Category: विश्व प्रेस

  • भारतका पाँच वामपन्थी दल, बजेटमा आपत्ति जनाउँदै आए एकै ठाउँ

    भारतका पाँच वामपन्थी दल, बजेटमा आपत्ति जनाउँदै आए एकै ठाउँ

    काठमाडौं । भारतका पाँच वामपन्थी दलले हालै प्रस्तुत भारतको बजेटमा विरोध जनाएका छन् । भारतीय कम्युनिष्ट पार्टी (मारेक्सवादी), भारतीय कम्युनिष्ट पार्टी, भारतीय कम्युनिष्ट पार्टी (माले) लिबरेसन, क्रान्तिकारी समाजवादी पार्टी र अल इन्डिया फर्वाड लिगले संयुक्त विज्ञप्ति निकालेर बजेटमा आपत्ति जनाएको हुन् ।

    पाँच वामपन्थी दलले एकै स्वरमा भारतको बजेटको विरोध गरेका छन् । साथै उनीहरुले आठ बुँदे माग अघि सारेका छन् ।

    यस्ता छन् आठ बुँदे माग

    १) डलरका २०० अर्बपतिमाथि ४ प्रतिशत धन कर लगाउनुपर्ने ।

    २) न्यूनतम कृषि समर्थन मूल्यको प्रत्याभूति हुनुपर्ने तथा कृषि बजारीकरणको विधेयकको मस्यौदा फिर्ता हुनुपर्ने ।

    ३) सार्वजनिक क्षेत्रको निजीकरण तथा सार्वजनिक सम्पत्ति निजी क्षेत्रलाई बुझाउन अन्त्य गर्नुपर्ने । बीमामा १०० प्रतिशत प्रत्यक्ष वैदेशिक लगानीको अन्त्य हुनुपर्ने ।

    ४) माहात्मा गान्धी ग्रामीण रोजगार प्रत्याभूति ५० प्रतिशत बढाउनुपर्ने र शहरी क्षेत्रको रोजगार प्रत्याभूतिको ऐन जारी गर्नुपर्ने । वर्तमान सामाजिक सुरक्षा र पेन्सनको व्यवस्था बढाउनुपर्ने ।

    ५) जीडीपीको ३ प्रतिशत स्वास्थ्यमा र ६ प्रतिशत शिक्षामा लगाउनुपर्ने ।

    ६) सार्वजनिक वितरण प्रणालीलाई बलियो बनाउन खाद्य सहुलियत बढाउनुपर्ने ।

    ७) महिला तथा बालबालिका क्षेत्रमा लगानी र सुरक्षा बढाउनुपर्ने ।

    ८) राज्यमा केन्द्रबाट जाने पैसा र परियोजना रकम बढाउनुपर्ने । पेट्रोलियम पदार्थको अतिरिक्त मूल्य अन्त्य गर्नुपर्ने ।

  • चीनले अमेरिकामाथि लगायो प्रतिशोधात्मक भन्सार दर

    चीनले अमेरिकामाथि लगायो प्रतिशोधात्मक भन्सार दर

    बेइजिङ । चीनले मङ्गलबार चिनियाँ सामानमा लगाएको १० प्रतिशत भन्सार दरको प्रतिशोधमा संयुक्त राज्य अमेरिकाबाट आयात हुने कोइला र तरलीकृत प्राकृतिक ग्यासमा १५ प्रतिशत भन्सार दर लगाउने बताएको छ ।

    बेइजिङको वित्त मन्त्रालयले संयुक्त राज्य अमेरिकाबाट कच्चा तेल, कृषि मेसिनरी, ठूला विस्थापन सवारीसाधन र पिकअप ट्रकको आयातमा १० प्रतिशत भन्सार महसुल लगाउने पनि घोषणा गरेको छ ।

    बेइजिङका अनुसार नयाँ उपायहरू सप्ताहन्तमा वासिङ्टनले लगाएको ‘एकतर्फी भन्सार दर वृद्धि’ को प्रतिक्रियामा आएका हुन् ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडा र मेक्सिकोलगायत प्रमुख व्यापार साझेदारहरूविरुद्ध व्यापक उपायहरू घोषणा गरेका थिए । चीनबाट आउने सामानहरूले उनीहरूले पहिले नै वहन गरेको भन्सार दरमाथि थप १० प्रतिशत भन्सार दर लगाइने छ ।

    गैरकानूनी आप्रवासी र फेन्टानिलसहितका लागुऔषधको संयुक्त राज्य अमेरिकामा प्रवाह रोक्न असफल भएका देशहरूलाई सजाय दिने उद्देश्यले यी कदमहरू चालिएको ट्रम्पले बताएका छन् ।

    चीनले भनेको छ, ‘अमेरिकी कदमले विश्व व्यापार सङ्गठनका नियमहरूको गम्भीर उल्लङ्घन गर्दछ, आफ्नै समस्या समाधान गर्न केही गर्दैन र चीन र संयुक्त राज्य अमेरिकाबीचको सामान्य आर्थिक र व्यापारिक सहयोगमा बाधा पुर्‍याउँछ ।’

    अर्को सोमबारदेखि लागू हुने बेइजिङको करको घोषणा ट्रम्पले आगामी २४ घन्टामा राष्ट्रपति सी जिनपिङसँग फोनमा कुरा गर्ने घोषणा गरेको केही समयपछि गरिएको हो ।

    क्यानाडा, मेक्सिको सम्झौता

    मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबाम र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो दुवैले यसअघि ट्रम्पसँग अन्तिम समयमा सम्झौता गरेर अमेरिकामा आप्रवासी र फेन्टानिलको प्रवेशविरुद्ध कडा सीमा उपायहरू गरेका थिए । यसबाट धम्की दिइएको भन्सार दरमा ३० दिनको विराम लागेको छ ।

    एसियाली शेयर बजारहरू मङ्गलबार भन्सार दरमा विराम लागेको खबरले बढे भने वार्ताहरूले विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनविरुद्धको भन्सार दर कम गर्नसक्ने आशाले थप आशावादिता प्रदान गर्‍यो । तथापि चीनले आफ्ना उपायहरू घोषणा गरेपछि व्यापारीहरूले ती लाभहरूमध्ये केही घटाए ।

    क्यानडा र मेक्सिकोबाट आयातमा २५ प्रतिशत भन्सार दर लगाउने ट्रम्पको धम्कीले विश्वव्यापी व्यापार युद्धको डर निम्त्याएपछि सोमबार विश्वव्यापी शेयर बजारमा गिरावट आएको थियो ।

    सिनबामसँग ‘धेरै मैत्रीपूर्ण’ वार्तापछि मेक्सिकोमाथि लगाइएको भन्सार ‘तुरुन्तै रोक्ने’ र आफ्ना समकक्षीले अमेरिका–मेक्सिको सीमामा १० हजार सैनिक पठाउन सहमत भएको ट्रम्पले बताए ।

    व्यापार युद्ध होइन

    संयुक्त राज्य अमेरिका र क्यानडाबीच तनाव बढेको देखिन्छ, तर ट्रुडोसँग दुई पटक फोन गरेपछि ट्रम्पले ट्रुथ सोसलमा ‘प्रधानमन्त्री हामीसँग सुरक्षित उत्तरी सीमा सुनिश्चित गर्न र अन्ततः फेन्टानिल जस्ता लागुऔषधको घातक प्रकोप अन्त्य गर्न सहमत हुनुभएको छ’ भने ।

    ट्रुडोले सीमा सुरक्षित गर्न, लागुऔषध कार्टेलहरूलाई आतङ्ककारीका रूपमा सूचीबद्ध गर्न, ‘फेन्टानिल जार’ नियुक्त गर्न र मनी लन्ड्रिङविरुद्ध कारबाही गर्न क्यानडाले लगभग १० हजार अग्रपङ्क्तिका अधिकारीहरू तैनाथ गर्ने बताए ।

    अधिकारीहरूले डिसेम्बरमा नै आठ हजार ५०० कर्मचारी तैनाथ गरिसकेको बताएको हुनाले क्यानाडेली सीमामा परिवर्तनको वास्तविक सीमा स्पष्ट थिएन ।

    क्यानडा, चीन र मेक्सिको संयुक्त राज्य अमेरिकाका तीन सबैभन्दा ठूला व्यापारिक साझेदार हुन् ।

    ह्वाइट हाउसले पहिले नै सप्ताहन्तमा ‘धेरै वार्ताहरू’ भएको बताएको थियो ।

    ‘यो व्यापार युद्ध होइन, यो लागुऔषधको युद्ध हो’, राष्ट्रिय आर्थिक परिषद्का निर्देशक केभिन ह्यासेटले सीएनबीसीलाई भने, ‘क्यानडेलीहरूले स्पष्ट भाषा बुझ्न नसकेको जस्तो देखिन्छ ।’

    यद्यपि अमेरिकी सरकारको तथ्याङ्कले क्यानाडा हुँदै न्यूनतम मात्रामा मात्र लागुऔषध प्रवेश गरेको देखाउँछ ।

    ५१औं राज्य ?

    ओटावाले भन्सार दरको कडा जवाफ दिने प्रतिज्ञा गरेको थियो ।क्यानडेलीहरूले खेलकुद कार्यक्रमहरूमा अमेरिकी राष्ट्रिय गानको विरोध गरेका छन्, संयुक्त राज्य अमेरिकामा बिदा रद्द गरेका छन् र अमेरिकी उत्पादनहरू बहिष्कार गरेका छन् ।

    यसको सबैभन्दा धेरै जनसङ्ख्या भएको प्रान्त ओन्टारियोले सोमबार अमेरिकी कम्पनीहरूलाई सरकारी सम्झौतामा दशौं अर्ब डलरको सरकारी ठेक्कामा बोलपत्र हाल्न प्रतिबन्ध लगाएको थियो र ट्रम्पका सहयोगी एलन मस्कको स्टारलिङ्कसँगको सम्झौता खारेज गरेको थियो ।

    ट्रम्पले क्यानडाको अस्तित्वलाई प्रश्नमा राखेर हालै दबाब बढाका छन् । सोमबार फेरि एकपटक यसलाई ५१औं अमेरिकी राज्य बनाउने वकालत गरे ।

    ट्रम्पको भन्सार दर धम्कीमाथि क्यानडेली सरकारमा राजनीतिक सङ्कटले ट्रुडोले राजीनामा दिने घोषणा गरे । क्यानडेलीहरूले अब अप्रिलको सुरुमा चुनावको सामना गर्नुपरेको छ ।

    यसैबीच ट्रम्पले कागजातविहीन आप्रवासीहरूमाथि व्यापक कारबाहीको प्रतिज्ञा गर्दै मेक्सिकोलाई संयुक्त राज्य अमेरिकासँगको सीमा सुरक्षित गर्न भारी दबाब दिएका छन् ।

    ‘भन्सार दर’ शब्द ‘शब्दकोषको सबैभन्दा सुन्दर शब्द’ भएको बताउने अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा पहिलो कार्यकालभन्दा पनि बढी भन्सार दर लगाउँदै हुन् ।

    उनले अधिकांश विशेषज्ञहरूले विपरीत भने पनि यसको प्रभाव अमेरिकी उपभोक्तामा नपर्ने र विदेशी निर्यातकर्ताहरूले नै व्यहोर्ने जोड दिएका छन् ।

    यद्यपि ७८ वर्षीय अर्बपति राष्ट्रपतिले आइतबार आफ्नो फ्लोरिडा रिसोर्टबाट फर्किंदै अमेरिकीहरूले आर्थिक ‘पीडा’ महसुस गर्न सक्ने स्वीकार गरे । –रासस/एएफपी

  • नेतृत्वलाई डोनाल्ड ट्रम्पले ‘अतिवादी पागलहरु’ भनेको केही दिनपछि बन्द भयो यूएसएड मुख्यालय

    नेतृत्वलाई डोनाल्ड ट्रम्पले ‘अतिवादी पागलहरु’ भनेको केही दिनपछि बन्द भयो यूएसएड मुख्यालय

    काठमाडौं । अमेरिकाको अन्तर्राष्ट्रिय सहयोग निकाय (यूएसएड)को मुख्यालय बन्द भएको छ । विभिन्न अमेरिकी मिडियाहरुको समाचारहरुलाई साभार गरेर रुसी विश्व च्यानल आरटीले उल्लेख गरे अनुसार वासिङटन डीसीको मुख्यालय बन्द गरिएको छ ।

    रोनाल्ड रेगन भवनमा रहेको मुख्यालय फेब्रुअरी ३ अर्थात सोमबारबाट बन्द भएकाे बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यूएडएडका नेतृत्वलाई ‘अतिवादी पागलहरु’ भनेको तथा एलन मस्कले ‘अपराधिक संगठन’ उपमा दिएको केही समयमै मुख्यालय बन्द भएको खबर सार्वजनिक भएको हो ।

    सन १९६१ मा स्थापना भएको यूएसएडलाई अमेरिकी करदाताहरुको रकमको दूरुपयोग गरेको आरोप लाग्दै आएको छ । कतिपय यूएसएडका पूर्व अधिकारीहरुले यसलाई सीआईएको फ्रन्ट अर्गनाइजेसन भन्दै यसमा तलदेखि माथीसम्म सीआईएको मिसमास हुने सार्वजनिक रुपमा बताइसकेका छन् ।

    यूएसएसका ६०० कर्मचारीहरुको एजेन्सीको कम्युटर प्रणालीबाट बन्द गरिएको पाइएको छ । यस अगाडि नै ट्रम्पले अमेरिकाले दिने वैदेशिक सहयोग ९० दिनसम्म बन्द हुने घोषणा गरिसकेका छन् ।

    यूएसएडका उच्च अधिकारीहरुलाई ‘अतिवादी पागलहरु’ भनेका ट्रम्पले यूएसएडबारेमा थपेका थिए, ‘हामी उनीहरुलाई निकाल्छौं । र, त्यसपछि निर्णय लिन्छौं ।’

  • एलन मस्कलाई साथ दिँदै ह्वाइट हाउस प्रवक्ताले यूएसएडका यी चार खर्चलाई भनिन् ‘वाहियात’ (भिडिओ)

    एलन मस्कलाई साथ दिँदै ह्वाइट हाउस प्रवक्ताले यूएसएडका यी चार खर्चलाई भनिन् ‘वाहियात’ (भिडिओ)

    काठमाडौं । विश्वका सर्वाधिक धनी व्यक्ति तथा अमेरिकी राष्ट्रपतिले सरकारी संयन्त्रको खर्च कटौतीमा खटाएका अनुहार एलन मस्कले तारन्तार अमेरिकी अन्तर्राष्ट्रिय सहयोग निकाय यूएसएडको कटाक्ष गरिरहेका छन् ।

    घरी ‘राक्षस’ त घरी ‘आपराधिक संगठन’ भन्दै मस्क बिच्किएका छन् । उनले यूएसएडले मर्नुपर्ने सम्म भन्न भ्याएका छन् । टेस्ला कार , स्पेस एक्स कम्पनी र सामाजिक सञ्जाल एक्सका साहु मस्कले आफ्नै स्वामित्वको सामाजिक सञ्जालमा यूएसएड विरुद्धको कटाक्ष सार्वजनिक गरेका हुन् । र, मस्कको कटाक्ष सार्वजनिक भएको केहि समयमै ह्वाइट हाउसकी प्रवक्ताले मस्कको साथ दिएकी छिन् ।

    उनले अमेरिकी करदाताहरूको रकम यूएसएडले ‘वाहियात’ क्षेत्रमा खर्च गरेको भन्दै चार उदाहरणको चिर्कटो पनि देखाएकी छिन् । चार उदाहरणहरूमा एक सर्वियाको कार्यक्षेत्रमा विविधता, समानता र समावेशिताको मुद्दामा खर्च गरिएको १५ लाख डलर, आयरल्यान्डको विविधता, समानता र समावेशिता क्षेत्रको संगीतमा खर्च गरिएको ७० हजार डलर, कोलम्बियाको ट्रान्सजेन्डर नाट्य क्षेत्रमा खर्च गरिएको ४७ हजार डलर र पेरुको ट्रान्सजेन्डर हास्य किताबमा खर्च गरिएको ३२ हजार डलरका चार उदाहरणका चिर्कटो देखाएर प्रवक्ता क्यारोलिन लेभिटले कटाक्ष गरेकी हुन् ।

    यो पनि पढ्नुहोस्- यूएसएडविरुद्ध खनिए एलन मस्क- आपराधिक संस्था भन्दै मर्ने समय आएको दाबी

    लेभिटले मस्कको पक्षमा बोलेको कुरालाई मस्कले पनि रिपोस्ट गरेका छन् जुन भिडियो एक्समा ३६ लाख बढिले हेरेका छन् ।

    मस्कले नेतृत्व गरेको डिपार्टमेन्ट अफ गभरमेन्ट इफिसिएन्सी (डज)का कर्मचारीहरूलाई यूएसएडको भुक्तानी प्रणालीमा पहुँच नदिएको भन्दै समाचारहरू आएका छन् ।

    यूएसएडको खर्चका कमजोरीहरू देखिने भएकोले पहुँच नदिइएको अनुमान गरिएको छ । अहिले यूएसएडको वेबसाइट पनि बन्द छ ।

  • अमेरिकी भविष्यमै जुवा खेल्दैछन् ट्रम्प, विश्वले नै ठूलो मूल्य चुकाउन सक्छ

    अमेरिकी भविष्यमै जुवा खेल्दैछन् ट्रम्प, विश्वले नै ठूलो मूल्य चुकाउन सक्छ

    राष्ट्रपति डोनाल्ड ट्रम्पले जे भनेका थिए, ठीक त्यही गरिरहेका छन् ।

    उनी भूमण्डलीकृत अर्थतन्त्रबाट बाहिरिएका मतदाताहरूलाई खुसी पार्न कठोर व्यापार युद्धहरू सुरु गरिरहेका छन । उनले फेन्टानिलको घातक प्रभावलाई रोक्न कदम चालिरहेका छन् । उनले दक्षिणी सिमानाको असुरक्षाका कारण आप्रवासीहरूविरुद्ध कडा कारबाही गरिरहेका छन । र, राष्ट्रपति ट्रम्पले एलन मस्कको सहयोगमा, आफ्ना समर्थकहरूले दोष लगाएको सरकारी संयन्त्रलाई कमजोर बनाउँदैछन् ।

    ‘जब जननिर्वाचित राष्ट्रपतिले आफूले वाचा गरेका कुराहरू पूरा गर्छ, त्यो लोकतन्त्र हो’, उपराष्ट्रपति जेडी भेन्सले शनिबार राति ट्विटरमा लेखे- ‘जब कुनै निर्वाचित नभएका कर्मचारीहरूले राष्ट्रपतिलाई रोक्छन्, त्यो अधिनायकत्व हो । राष्ट्रपति ट्रम्प त्यो अधिनायकत्वको अगाडि झुक्न अस्वीकार गर्नुहुन्छ । तयार रहनुहोस् ।’

    तर ट्रम्पले चुनावी प्रतिज्ञा पूरा गर्ने आफ्ना तीव्र प्रयासहरूले ठूलो मूल्य चुकाउनसक्ने सम्भावना छ ।

    विदेशमा अमेरिकी नेतृत्व कमजोर पार्ने र देशका परम्परागत जिम्मेवारीहरुलाई खतरामा पार्नसक्छ । यसले विश्वव्यापी अर्थतन्त्रलाई असर गर्नसक्छ । अमेरिकी सहयोगीहरूसँग भएका सम्झौताहरू जोखिममा छन्- जस्तैः उत्तर अमेरिकी व्यापार सम्झौता, जसलाई ट्रम्पले क्यानडा र मेक्सिकोमाथि नयाँ ठूला भन्सार करको तहनसहस र पानामा नहरको नियन्त्रण अमेरिकाबाट पानामामा हस्तान्तरण गर्ने सन्धि ।

    घरेलु रूपमा संघीय कर्मचारीहरूलाई हटाउने कारबाही र अनियमित खर्चका निर्णयहरूले लाखौं नागरिकका लागि महत्त्वपूर्ण सहयोगहरू संकटमा पार्न सक्छन् । ट्रम्पले राजनीतिक कारणले संघीय कर्मचारीहरूलाई हटाउनु कानूनी रूपमा वैध छ कि छैन भन्ने प्रश्न उम्रिरहेका छन् ।

    ट्रम्पको दोस्रो कार्यकाल तेस्रो हप्तामा प्रवेश गर्दा उनको तीव्र परिवर्तनले अमेरिकाका समस्याहरू समाधान गर्छ वा राष्ट्रिय विभाजनलाई अझै गहिरो बनाउँछ ? आर्थिक अराजकता सिर्जना गर्छ, उपभोक्ताहरूका लागि मूल्य बढाउँछ, रोजगारी गुमाउने जोखिम बढाउँछ र अमेरिकालाई अन्तर्राष्ट्रिय रूपमा अलग पार्नेछ भन्ने प्रश्नहरू उब्जिएका छन् ।

    ट्रम्प यस्ता कुरा सुन्न तयार छैनन् । उनको अर्थतन्त्रको बुझाइसँग तपाईंले तर्क गर्न सक्नुहुन्छ, तर उनले विश्वको खुला व्यापार अर्थतन्त्रलाई कायापलट गर्ने प्रतिबद्धता गरिरहेका छन् । अमेरिकाका साझेदारहरुलाई तनावमा राखेर भए तापनि अमेरिकाको प्रशोधन आधारको पुनर्निर्माणको कुरा गरिरहेका छन् ।

    ट्रम्पका अहिलेसम्मका ठूला निर्णयहरूले उनका जीवनभरका केही गहिरा रुचिहरू झल्काउँछन्, जसमा कमजोर प्रतिस्पर्धीहरूमाथि शक्ति प्रयोग गर्ने प्रवृत्ति देखिन्छ । उनका समर्थकहरू भन्छन् कि यो रणनीति प्रभावकारी छ ।

    उठ्दो छालले सबै नाउलाई उचाल्ने दिनहरुको अन्त्य भएको छ ।

    ‘तिम्रा उत्पादन अमेरिकामै बनाऊ र त्यहाँ कुनै कर लाग्नेवाला छैन’, आइतबार राष्ट्रपतिले ट्रूथ सोसल सामाजिक सञ्जालमा लेखे, ‘अमेरिकाले किन अरु देशलाई सहुलियत दिन खर्बौं डलर उडाउने ?’

    अमेरिकी भविष्यमै जुवा खेल्दैछन् ट्रम्प

    मंगलबारबाट लागू हुनेगरी ट्रम्पले क्यानडा र मेक्सिकोलाई २५ प्रतिशत तथा चीनलाई १० प्रतिशत भन्सार कर लाद्दैछन् ।
    राष्ट्रपतिले आफ्नो कुनै मानसिक परिवर्तन नदेखाए तापनि सोमबार क्यानडा र मेक्सिकोका नेताहरुसँग कुराकानी गर्ने आइतबार साँझ सार्वजनिक गरेका छन् ।

    ‘म कुनै नाटकीय परिवर्तनको चाहना राख्दिनँ । हामीले कर लगाउनेछौं । उनीहरुले हामीलाई धेरै पैसा दिनुपर्नेछ र म निश्चिन्त छु कि उनीहरुले तिर्नेछन्’, अमेरिकी राष्ट्रपति चढ्ने एयर फोर्स वान जहाजबाट ओर्लेर ट्रम्पले पत्रकारहरुलाई भने ।

    ट्रम्पको करमाथिको भर सन् १९३० को दशकको ग्रेट डिप्रेसनको समयमा जस्तै तनाव थप्ने बीउ जस्तै एक ठूलो जुवा हो ।

    ‘यो अमेरिकी अर्थतन्त्रका लागि आत्म-क्षति हो’, पूर्वअमेरिकी अर्थ सचिव ल्यारी समर्सले सीएनएनको ‘इन्साइड पलिटिक्स सन्डे’ कार्यक्रममा भने ।

    डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति बनेका बिल क्लिन्टनको प्रशासनमा अर्थ सचिवको रुपमा सेवा गरेका समर्स थप्छन्- ‘म आगामी तीन वा चार महिनामा मुद्रास्फीति अझ उच्च हुने देख्छु । किनकि जब मानिसहरूले किन्ने सामानमाथि कर लगाइन्छ, मूल्य स्वाभाविक रूपमा बढ्छ ।’

    सरकारी संयन्त्रलाई ध्वस्त पार्नु पनि खतरनाक हुनसक्छ । गत हप्ता ह्वाइट हाउसले हतारमा फिर्ता लिएको अस्थायी खर्च रोकावटले देखायो कि यदि संघीय सेवाहरू, जसमा लाखौं नागरिक निर्भर छन, ती हटाए भने ठूलो अराजकता आउनसक्छ ।

    ट्रम्पका अहिलेसम्मका ठूला निर्णयहरूले उनका जीवनभरका केही गहिरा रुचिहरू झल्काउँछन्, जसमा कमजोर प्रतिस्पर्धीहरूमाथि शक्ति प्रयोग गर्ने प्रवृत्ति देखिन्छ । उनका समर्थकहरू भन्छन् कि यो रणनीति प्रभावकारी छ । उदाहरणका लागि गत हप्ता अमेरिकाको धम्कीपछि कोलम्बियाले आप्रवासनसम्बन्धी मुद्दामा पछि हटेको थियो । उनीहरू ट्रम्पको मध्यपूर्वमा नरक मच्चिने चेतावनीपछि गाजामा हमासले बन्धकहरू रिहा गर्न बाध्य बनाएको रूपमा चित्रण गर्छन् ।

    यूएसएड दशकौंदेखि भोकमरी, गरिबी र रोगसँग लड्न र वैश्विक स्थिरता कायम राख्न दिइँदै आएको थियो । गैरसरकारी संस्थाहरू अहिले यो बुझ्न संघर्ष गर्दैछन् कि कुन सेवाहरू विदेश मन्त्रालयको मानवीय सहायता छुटअन्तर्गत पर्छन् ।

    तर ट्रम्पले अत्यन्त तीव्र गतिमा अमेरिकी घरेलु र विदेश नीतिहरू परिवर्तन गर्न लिएका असाधारण कदमहरूले राजनीतिक र आर्थिक जोखिमहरू निम्त्याउँछन् । उनको विशाल कार्यकारी शक्तिको प्रयोग अत्यधिक देखिनसक्छ, जसले मतदाताहरूका प्रमुख चिन्ताहरू बेवास्ता गर्नसक्छ । ट्रम्पको करमाथिको भर सन् १९३० को दशकको ग्रेट डिप्रेसनको समयमा जस्तै तनाव थप्ने बीउ जस्तै एक ठूलो जुवा हो ।

    साथै उनले अमेरिकी सहयोगीहरूलाई चीन जस्ता प्रतिस्पर्धी राष्ट्रहरूको काखमा ठेल्दिने खतरा पनि मोलिरहेका छन् ।

    यो सबै योजनाबद्ध रूपमा भइरहेको एक अचम्मलाग्दो आर्थिक, कूटनीतिक र घरेलु शक्ति प्रदर्शन हो, जुन यति तीव्र गतिमा भइरहेको छ कि नागरिकहरूका लागि बुझ्नसमेत कठिन भइरहेको छ ।

    उत्तर अमेरिका र बाँकी विश्वलाई हल्लाइरहेको छ

    राष्ट्रपतिले यस सप्ताहन्तमा क्यानडा र मेक्सिकोमाथि २५ प्रतिशत भन्सार कर र चीनबाट अमेरिका आयात गरिने वस्तुहरूमा १० प्रतिशत भन्सार कर लगाउने घोषणा गरे । उनी क्यानडालाई अमेरिकाको ५१औं राज्य बनाउनुपर्ने आफ्नो माग रटान गरिहरेका छन् । ट्रम्पले डेनमार्कलाई ग्रीनल्यान्ड हस्तान्तरण गर्न दबाब दिइरहेका छन् र पानामालाई यसको नहरको नियन्त्रण छोड्न बाध्य पार्ने प्रयास गरिरहेका छन् ।

    अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आइतबार पानामाका राष्ट्रपतिलाई चेतावनी दिँदै भने- ‘पानामा नहर सन्धिअन्तर्गत अमेरिकाको अधिकार संरक्षण गर्न आवश्यक कदम चालिनेछ ।’ किनभने हङकङ केन्द्रित आधारित कम्पनीहरूले उक्त जलमार्गका नजिकैका दुई मुख्य बन्दरगाह नियन्त्रणमा राखेका छन् । ट्रम्पले पछि चेतावनी दिएका थिए- ‘हामी यसलाई फिर्ता लिनेछौं वा केही अत्यन्त शक्तिशाली हुनेवाला छ ।’

    ट्रम्पले अमेरिकी वैदेशिक सहायता यूएसएड पनि स्थगित गरेका छन् । यूएसएड दशकौंदेखि भोकमरी, गरिबी र रोगसँग लड्न र वैश्विक स्थिरता कायम राख्न दिइँदै आएको थियो । गैरसरकारी संस्थाहरू अहिले यो बुझ्न संघर्ष गर्दैछन् कि कुन सेवाहरू विदेश मन्त्रालयको मानवीय सहायता छुटअन्तर्गत पर्छन् । अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी यूएसएडको वेबसाइट बन्द भएको छ ।

    त्यसैगरी एलन मस्कले सप्ताहन्तमा एक्समा लेखे कि यूएसएड एक आपराधिक संस्था हो र थपे, ‘यसलाई मर्न दिनुपर्छ ।’

    सीएनएनको आइतबारको रिपोर्टअनुसार यूएसएडका शीर्ष सुरक्षा अधिकारीहरूलाई निलम्बन गरिएको छ । किनभने उनीहरूले मस्कका ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसेन्सी’ (डज)का अधिकारीहरूलाई एजेन्सी प्रणालीहरूमा पहुँच दिन नकारेका थिए ।

    यूएसएडका शीर्ष सुरक्षा अधिकारीहरूलाई निलम्बन गरिएको छ । किनभने उनीहरूले मस्कका ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसेन्सी’ (डज)का अधिकारीहरूलाई एजेन्सी प्रणालीहरूमा पहुँच दिन नकारेका थिए ।

    अमेरिकाभित्र प्रशासनले ठूलो संख्यामा निर्वासनको गति बढाउँदै ३ लाख भेनेजुयली आप्रवासीहरूको सुरक्षालाई आइतबार खारेज गर्‍यो । जसले उनीहरूलाई आफ्नो दमनकारी, गरिब मुलुकमा फिर्ता पठाउने खतरा बढाएको छ ।

    कानूनी संस्थाहरूमा व्यापक सफाइ अभियान चलाउँदै ट्रम्पको टोलीले सन् २०२१ जनवरी ६ को घटनासँग सम्बन्धित मुद्दाहरूमा संलग्न एक दर्जनभन्दा बढी सरकारी वकिलहरूलाई बर्खास्त गर्‍यो । साथै ट्रम्पका मुद्दाहरूमा संलग्न एफबीआई एजेन्टहरूको नाम बुझाउन माग गरियो, जसले हजारौंको जागिर र भविष्य जोखिममा पार्नसक्छ ।

    प्रविधि क्षेत्रका अगुवा एलन मस्क, जसको अमेरिकी सरकारसँग अर्बौं डलर बराबरको ठेक्का छ र सम्भावित कन्फ्लिक्ट अफ इन्ट्रेस्ट छ, उनले अझै ठूलो हलचल ल्याए ।

    मस्कको डज टोलीले संघीय भुक्तानी प्रणालीमा पहुँच पाएको छ, जसले उनीलाई सरकारको खर्च निगरानी र सीमित गर्नसक्ने अधिकार दिनेछ । यसबीच अमेरिकी अर्थ विभागका एक शीर्ष कर्मचारी, जसले सरकारी भुक्तानी रोक्नेबारे प्रश्न उठाएका थिए, उनले आकस्मिक रुपमा पदत्याग गरे ।

    भन्सार कर, नयाँ व्यापार युद्ध

    ट्रम्पका नयाँ व्यापार युद्धहरूले उनको असीमित शक्ति प्रयोगलाई देखाउँछ र कसरी उनका विश्वासहरू दशकौंदेखि चलेको अमेरिकी विश्व नेतृत्वसँग विरोधाभाषी छन् भन्ने प्रमाणित गर्छ ।

    मंगलबार उनले क्यानडा र मेक्सिकोमाथि लगाउन लागेको विशाल भन्सार करको जरो उनको पुरानै विश्वासमा छ कि अमेरिका प्रायः हरेक देशद्वारा ठगिएको छ ।

    भन्सार करहरूको औपचारिक उद्देश्य अमेरिकी सहयोगीहरूलाई दण्डित गर्नु हो । किनभने उनीहरूले अवैध आप्रवासन र अमेरिका भित्रिने फेन्टानाइल नियन्त्रण गर्न पर्याप्त प्रयास नगरेको ट्रम्पको आरोप छ ।

    ट्रम्पका नयाँ व्यापार युद्धहरूले उनको असीमित शक्ति प्रयोगलाई देखाउँछ र कसरी उनका विश्वासहरू दशकौंदेखि चलेको अमेरिकी विश्व नेतृत्वसँग विरोधाभाषी छन् भन्ने प्रमाणित गर्छ ।

    धेरै ट्रम्प समर्थकहरूका लागि ‘सुन्दर’ करहरू अन्य देशहरूबाट सम्झौता गराउन र राष्ट्रपतिले ‘विजय’ हासिल गरेको देखाउने एक हतियार हो । यद्यपि ‘विजयहरू’ प्रायः उनले दाबी गरे जति प्रभावशाली हुँदैनन्, तर यस पटक चैँ भन्सार कर लगाउनु नै स्वयं जितको रूपमा प्रचार गरिएको छ ।

    ‘यिनीहरू राष्ट्रपतिले गरेका वाचा हुन् र ती वाचा पूरा भएका छन्’, ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लिभिटले शुक्रबार भनिन् ।

    तर यो जितको मूल्य महँगो पर्नसक्छ ।

    सन फ्रान्सिस्कोको एउटा किराना पसलमा बिहीबार मेक्सिकोबाट आयात गरिएका एभोकाडो र केरा प्रदर्शन गरिएको थियो ।

    क्यानडाले शनिबार घोषणा गर्‍यो कि अमेरिकी आयातमा १०० अर्बभन्दा बढीको प्रतिशोधी भन्सार कर लगाइनेछ ।

    त्यसैगरी क्यानडाका केही शीर्ष प्रान्तीय नेताहरूले अमेरिकी उत्पादनहरू जस्तैः वाइन र मदिरा बहिष्कार गर्न क्यानडेलीहरूलाई आह्वान गरे ।

    मेक्सिकोले आफ्नो प्रतिक्रिया सोमबार सार्वजनिक गर्ने तयारी गरेको छ ।

    राष्ट्रपति क्लाउडिया शेइनबाउमले आइतबार चेतावनी दिँदै भनिन्, ‘समस्या समाधान गर्न वार्ता नै उत्तम माध्यम हो, टकराव होइन । सार्वभौमसत्ताको सवाल कुनै हालतमा वार्ता गर्न मिल्ने कुरा होइन ।’

    अमेरिका र मेक्सिकोबीच सीमा मुद्दाहरूमा लामो समयदेखि तनाव छ, तर उत्तरतर्फको सीमा क्यानडा-अमेरिका मामिलामा समस्या निकै कम छ ।

    अमेरिकी सीमा तथा भन्सार सुरक्षा तथ्यांकअनुसार गत वर्ष उत्तरतर्फको सीमामा जम्मा ४३ पाउन्ड फेन्टानाइल जफत गरियो । जबकि दक्षिण पश्चिमी सीमामा २१ हजार पाउन्डभन्दा बढी बरामद भएको थियो । र, क्यानडाले यसअघि नै ४१ अर्ब खर्चेर सीमा सुरक्षा सुदृढ गर्ने प्रतिबद्धता जनाएको छ ।

    किन ट्रम्प अमेरिकाका मित्रविरुद्ध धारे हात लगाइरहेका छन् ?

    यसले प्रश्न उठाउँछ- के अमेरिका आफ्नो प्रमुख विदेशी प्राथमिकता क्यानडाबाट आउने खतरासँग जुध्नमा नै केन्द्रित छ ? अमेरिका र क्यानडाबीचको व्यापार साझेदारी सबैभन्दा व्यापक छ, जसले यस्ता कदमहरूलाई अझ विवादास्पद बनाउँछ ।

    मेक्सिको र क्यानडामाथि ट्रम्पका भन्सार कर आक्रमणहरूले अमेरिकी-क्यानडेली अर्थतन्त्रको एकीकरणमा दशकौंसम्म गरिएको प्रयासलाई उल्टाइरहेको छ । यो सर्वसत्तावादी शक्तिहरूलाई रोक्दै लोकतन्त्र र समृद्धि प्रवर्द्धन गर्ने अमेरिकी विदेश नीतिको एक अभिन्न अंग थियो ।

    ट्रम्पको क्यानडामाथिको आक्रमण- जसले उनको पहिलो कार्यकालमा हस्ताक्षर गरिएको अमेरिका-मेक्सिको-क्यानडा व्यापार सम्झौतामा धक्का पुर्‍याउँछ- एक विश्वसनीय साझेदारको अर्थतन्त्रलाई गहिरो मन्दीमा धकेल्न सक्ने र लाखौं क्यानडेली श्रमिकको रोजगारी संकटमा पार्नसक्ने जोखिम बोकेको छ ।

    यद्यपि मेक्सिको र क्यानडा अमेरिकाभन्दा साना अर्थतन्त्र भए तापनि तिनीहरूले अमेरिकाविरुद्ध प्रतिक्रिया जनाउने क्षमता राख्छन् । तिनका प्रतिशोधी भन्सार करहरूले अमेरिकी उपभोक्ताका लागि महत्त्वपूर्ण सामानहरूको मूल्यवृद्धि गराउन सक्छन् । जबकि ट्रम्पले खुद्रा सामानको मूल्य घटाउने वाचा गरिरहेका छन् ।

    मेक्सिको र क्यानडामाथि ट्रम्पका भन्सार कर आक्रमणहरूले अमेरिकी-क्यानडेली अर्थतन्त्रको एकीकरणमा दशकौंसम्म गरिएको प्रयासलाई उल्टाइरहेको छ । यो सर्वसत्तावादी शक्तिहरूलाई रोक्दै लोकतन्त्र र समृद्धि प्रवर्द्धन गर्ने अमेरिकी विदेश नीतिको एक अभिन्न अंग थियो ।

    क्यानडाका लागि अमेरिकासँगको मित्रता अमेरिकी सुरक्षामा सहयोग पुर्‍याउने प्रतिबद्धता पनि थियो । विशेष गरी सन् २००१ को सेप्टेम्बर ११ को आतंकवादी आक्रमणपछि क्यानडाले अमेरिकालाई प्रत्यक्ष समर्थन गरेको थियो ।

    शनिबार क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रूडोले भने- ‘इतिहासले हामीलाई मित्र बनाएको छ । अर्थतन्त्रले साझेदार बनाएको छ र आवश्यकताले हामीलाई सहयोगी बनाएको छ । यो सत्य दशकौंदेखि रहिआएको छ- नर्मान्डीको समुद्री किनारदेखि कोरियाली प्रायद्वीपका पहाडसम्म, फ्लान्डर्सका खेतहरूदेखि कान्धारका सडकहरूसम्म ।’

    तर ट्रम्प पश्चिमी गोलार्द्धमा अझ ठूलो नियन्त्रण चाहन्छन्- जुन भन्सार करहरूप्रति उनको प्रेमसँग मिसिँदा १९औं शताब्दीको जस्तो वातावरण सिर्जना गर्दैछ । ट्रम्पले आइतबार फ्लोरिडाबाट ट्रूथ सोसलमा लेखे- ‘क्यानडा हाम्रो प्रिय ५१औं राज्य बन्नुपर्छ । क्यानडेली जनताको लागि निकै कम कर, अझ राम्रो सैन्य सुरक्षा र कर शून्य ।’

    तर उनको धम्कीविपरीत असर पार्दैछ । पूर्वक्यानडेली वित्तमन्त्री क्रिस्टिया फ्रिल्यान्डले सीएनएनमा फरिद जकारियसँग आइतबार भनिन्- ‘यो आर्थिक युद्धको कार्य हो । राष्ट्रपति ट्रम्पले आज बिहानमात्र स्पष्ट रूपमा जे भने- यो हाम्रो सार्वभौमिकतामाथिको प्रत्यक्ष आक्रमण हो ।’

    फ्रील्यान्ड, जो लिबरल पार्टीको नेतृत्वको दौडमा छिन् र ट्रुडोको सम्भावित उत्तराधिकारी हुन् । उनले भनेकी छन्- ‘अमेरिकीहरू क्यानडेली प्रतिक्रियाबाट आश्चर्यचकित हुनेछन् । हामीले चोट खाएका छौं । अवश्य पनि, किनभने हामी तपाईंका मित्र र छिमेकी हौं, तर सबैभन्दा बढी, हामी क्रोधित छौं र हामी एकताबद्ध तथा दृढ छौं ।’

    (सीएनएनका वरिष्ठ संवाददाता स्टेफेन कोलिनसनको विश्लेषणलाई नेपालीमा अनुवाद गरिएको हाे ।- सं.)

  • ट्रम्पको चेतावनी- विश्वका अधिकांश देशले अमेरिकालाई धोका दिए, कर बढाएर सहायता घटाउँछौं

    ट्रम्पको चेतावनी- विश्वका अधिकांश देशले अमेरिकालाई धोका दिए, कर बढाएर सहायता घटाउँछौं

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चाँडै नै युरोपेली युनियनमाथि करहरू बढाउने चेतावनी दिएका छन् । मेरिल्याण्डमा बीबीसीका पत्रकारसँग कुरा गर्दै ट्रम्पले चीन, मेक्सिको र क्यानडापछि युरोपियन युनियनमाथि थप कर लगाउने बताएका हुन् । ट्रम्पले युरोपियन युनियनले अमेरिकाबाट धेरै फाइदा उठाएको तर उनीहरूले अमेरिकालाई कुनै सहयोग नगरेको बताए ।

    उनले भने- उनीहरूले हाम्रो कार किन्दैनन्, हाम्रो कृषि उत्पादन खरिद गर्दैनन्, उनीहरू लगभग हामीबाट कुनै पनि किन्दैनन् । हामी उनीहरूका लाखौं कार धेरै मात्रामा खाद्य र कृषि उत्पादन लिन्छौं । त्यसैले अब उनीहरूमाथि पनि टेरिफ लगाउँछौं ।

    राष्ट्रपति ट्रम्पले विश्वका अधिकांश देशले अमेरिकालाई धोका दिएको भन्दै अमेरिका हरेक देशसँग घाटामा रहेको बताए । उनले अबको यो अवस्था बदल्ने बेला आएकाले कर बढाउने, सहायता घटाउनेजस्ता योजना ल्याइएको बताएका छन् ।

  • यूएसएडविरुद्ध खनिए एलन मस्क- आपराधिक संस्था भन्दै मर्ने समय आएको दाबी

    यूएसएडविरुद्ध खनिए एलन मस्क- आपराधिक संस्था भन्दै मर्ने समय आएको दाबी

    काठमाडौं । विश्वका सबैभन्दा धनी एवं अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विश्वास पात्र एलन मस्कले अमेरिकी अन्तर्राष्ट्रिय सहयोग निकाय यूएसएडविरुद्ध तारन्तार कटाक्ष गरेका छन् ।

    आफ्नै स्वामित्वको सामाजिक सञ्जाल एक्समा विभिन्न पोस्ट गर्दै मस्क यूएसएडमाथि खनिएका छन् । मस्कले कोभिड-१९ जस्तो जैविक हतियारको खोजमा यूएसएडले लगानी गरेको र त्यसकै कारण लाखौंको ज्यान गएको दाबी गरेका छन् ।

    त्यस्तै यूएसएडलाई उग्र वापमन्थी माक्सवादीहरूको संस्था भन्दै मस्कले उनीहरूले अमेरिकालाई घृणा गर्ने बताएका छन् । मस्कले यूएसएडलाई राक्षसको पनि उपमा दिएका छन् ।

    यूएसएडलाई आफ्नो प्रोपोगाण्डा मिडियामा दिन पैसा दिने संस्थाको रूपमा आरोपित गरेका छन् । मस्कले भनेका छन्, ‘यूएसएड आपराधिक संस्था हो । यसले मर्ने समय आएको छ ।’

  • अमेरिकी नयाँ भन्सार महसुलप्रति चीन असन्तुष्ट, डब्ल्यूटीओमा मुद्दा दायर गर्ने

    अमेरिकी नयाँ भन्सार महसुलप्रति चीन असन्तुष्ट, डब्ल्यूटीओमा मुद्दा दायर गर्ने

    बेइजिङ । चीनले आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा बेइजिङमाथि लगाइएको नयाँ करको ‘दृढतापूर्वक विरोध’ गरेको र ‘आफ्नो अधिकार र चासोको दृढतापूर्वक रक्षा गर्न सम्बन्धित जवाफी कदम’ चाल्ने वाचा गरेको बताएको छ ।

    शनिबार प्रमुख व्यापार साझेदारहरूविरुद्ध व्यापक कदम सार्वजनिक गर्दै ट्रम्पले चिनियाँ आयातमा विद्यमान शुल्कमा थप १० प्रतिशत कर लगाउने घोषणा गरेका थिए ।

    आइतबार एक विज्ञप्तिमा चीनको वाणिज्य मन्त्रालयले वासिङ्टनको ‘गलत अभ्यास’ को आलोचना गर्दै बेइजिङ ‘यसप्रति अत्यन्त असन्तुष्ट र दृढतापूर्वक विरोध गर्दछ’ भनेको छ ।

    मन्त्रालयले बेइजिङले विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ)मा मुद्दा दायर गर्ने र ‘संयुक्त राज्य अमेरिकाले एकपक्षीय रूपमा लगाएको करले विश्व व्यापार सङ्गठनका नियमहरूको गम्भीर उल्लङ्घन गर्छ’ भनी तर्क गरेको बताएको छ ।

    ‘यी शुल्कहरू अमेरिकाको आफ्नै समस्या समाधान गर्न मात्र असहयोगी नभई सामान्य आर्थिक र व्यापारिक सहयोगलाई पनि कमजोर बनाउँछन्’, मन्त्रालयले भनेको छ, ‘संयुक्त राज्य अमेरिकाले अन्य देशहरूलाई हरेक पालोमा कर लगाउने धम्की दिनुको सट्टा फेन्टानिल जस्ता आफ्नै मुद्दाहरूलाई वस्तुनिष्ठ र तर्कसङ्गत रूपमा हेर्ने र व्यवहार गर्नेछ भन्ने चीनलाई आशा छ ।’

    विज्ञप्तिमा थप उल्लेख छ, ‘बेइजिङले अमेरिकालाई आफ्नो गलत अभ्यासहरू सुधार गर्न, चीनलाई आधा बाटो भेट्न, आफ्ना समस्याको सामना गर्न, स्पष्ट संवाद गर्न, सहयोगलाई बलियो बनाउन र समानता, आपसी लाभ र आपसी सम्मानको आधारमा मतभेदहरू व्यवस्थापन गर्न आग्रह गर्दछ ।’

    ‘व्यापार युद्ध वा भन्सार युद्धमा कुनै विजेता हुँदैन’, विज्ञप्तिमा चीनको विदेश मन्त्रालयले भनेको छ, ‘थप भन्सार महसुल लगाउने अभ्यास रचनात्मक छैन र यसले लागुऔषध नियन्त्रणमा भविष्यको द्विपक्षीय सहयोगलाई अनिवार्य रूपमा प्रभावित र क्षति पुर्‍याउनेछ ।’ -रासस/एएफपी

  • ट्रम्पलाई क्यानडाको जवाफ- अमेरिकामाथि २५ प्रतिशत भन्सार कर लाउने

    ट्रम्पलाई क्यानडाको जवाफ- अमेरिकामाथि २५ प्रतिशत भन्सार कर लाउने

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जवाफ दिँदै क्यानडाले पनि अमेरिकालाई पनि कर लगाउने भएको छ । ट्रम्पले शनिवारबाट क्यानडालाई भन्सार कर लगाएको थियो ।

    बेलायती विश्व च्यानल बीबीसीका अनुसार क्यानडाले २५ प्रतिशत नै कर लाउने भएको छ ।

    प्रधानमन्त्री जस्टिन ट्रुडोले कर अमेरिकाका १५५ अर्ब डलरका सामानमा लाग्ने जानकारी दिएका छन ।

    यस्तै मेक्सिकोले पनि कर लाउने बताएको छ । तर, कति प्रतिशत भनिएको छैन ।

    अवैध आप्रवासी छोडेको र फेन्टानल लागूऔषधलाई अमेरिका छिर्न दिएको भन्दै ट्रम्पले उत्तरी छिमेकी क्यानडा र दक्षिण छिमेकी मेक्सिकोलाई भन्सार कर २५ प्रतिशत लाउने बताएका थिए ।

  • पाकिस्तान आक्रमणः १८ अर्धसैनिक सुरक्षाकर्मीको मृत्यु, बलोच पृथकतावादी समूहले लियाे जिम्मेवारी

    पाकिस्तान आक्रमणः १८ अर्धसैनिक सुरक्षाकर्मीको मृत्यु, बलोच पृथकतावादी समूहले लियाे जिम्मेवारी

    क्वेटा । पाकिस्तानको दक्षिण पश्चिमी बलुचिस्तान प्रान्तमा भएको आक्रमणमा परी १८ अर्धसैनिक सुरक्षाकर्मीको मृत्यु हुनुका साथै अन्य तीन जना गम्भीर घाइते भएका प्रहरी र सेनाले शनिबार जानकारी दिएका छन् ।

    आक्रमणको बलोच पृथकतावादी समूहले जिम्मेवारी लिएको छ ।

    अफगानिस्तान र इरानसँग सीमा जोडिएको गरिब, तर खनिज पदार्थले भरिपूर्ण बलुचिस्तानमा सुरक्षा फौजले दशकौंदेखि साम्प्रदायिक, जातीय र पृथकतावादी हिंसाविरुद्ध लड्दै आएको छ ।

    नाम नबताउने शर्तमा एक प्रहरी अधिकारीले एएफपीसँग कुरा गर्दै भने, ‘निहत्था अर्धसैनिक अधिकारी बोकेको एउटा गाडीमा अफगानिस्तानको सीमा नजिकैको मङ्गोचर शहर नजिकै ७०–८० जना सशस्त्र आक्रमणकारीले गोली चलाएका थिए ।’

    स्थानीय स्रोतबाट प्राप्त समाचारलाई पुष्टि गर्दै उनले भने, ‘रातभर भएको आक्रमणमा १८ अर्धसैनिक बलको मृत्यु भएको थियो ।’

    अन्य तीन अर्धसैनिक अधिकारी गम्भीर घाइते भएका छन् भने दुई जना सकुशल बाँच्न सफल भएका छन् ।

    सेनाले जारी गरेको वक्तव्यमा १८ अर्धसैनिक बल मारिएको पुष्टि गरिएको छ, जसलाई उसले ‘आतङ्कवादीको कायरतापूर्ण कार्य’ भनेको छ ।

    सेनाले जारी गरेको विज्ञप्तिमा सुरक्षा बल र प्रहरीले रातभर गरेको आक्रमणको जवाफी कारबाहीमा १२ जना आक्रमणकारी मारिएको उल्लेख छ ।

    उक्त प्रान्तमा हालैका महिनाहरूमा सुरक्षा बलविरुद्ध आक्रमणहरू बढेका छन् । गत जनवरीमा पृथकतावादी बलुचिस्तान लिबरेशन आर्मी (बीएलए)ले गरेको बम विस्फोटमा परी ६ सुरक्षाकर्मीको मृत्यु भएको थियो ।

    बीएलएले बलुचिस्तानका पञ्जाबीलगायत अन्य प्रान्तहरूबाट त्यहाँ तैनाथ सुरक्षा बल वा पाकिस्तानीविरुद्ध घातक आक्रमणको दाबी गर्ने गरेको छ ।

    लडाकूहरूले विदेशी लगानी (विशेष गरी चीन)बाट सञ्चालित ऊर्जा परियोजनाहरूलाई पनि निशाना बनाउने गरेका छन् । उनीहरूले बाहिरी मानिसहरूले संसाधनऔधनी क्षेत्रको दोहन गरेको आरोप लगाउँदै आक्रमणहरू गर्ने गरेका छन् ।

    नोभेम्बरमा क्वेटाको मुख्य रेलवे स्टेसनमा भएको बम विस्फोटमा १४ सैनिकसहित २६ जनाको मृत्यु भएको थियो ।

    उक्त समूहले अगस्तमा दर्जनौं आक्रमणकारीले गरेको समन्वित आक्रमणको जिम्मेवारी पनि लिएको छ, जसमा कम्तीमा ३९ जनाको मृत्यु भएको थियो । सन् २०२१ मा काबुलमा अफगान तालिवान सत्तामा फर्किएपछि पाकिस्तानको सीमावर्ती क्षेत्रमा पनि हिंसा बढेको छ ।

    पाकिस्तानले तालिवान सरकारले अफगान भूमिबाट आक्रमण गर्ने लडाकूलाई परास्त गर्न असफल भएको आरोप लगाउँदै आएको छ । इस्लामाबादस्थित अनुसन्धान समूह सेन्टर फर रिसर्च एन्ड सेक्युरिटी स्टडिजका अनुसार सन् २०२४ मा भएका हिंसात्मक आक्रमणमा एक हजार ६०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो, जुन करिब एक दशकयताकै सबैभन्दा घातक वर्ष बनेको छ । -रासस/एएफपी

  • आजबाट क्यानडा, मेक्सिको र चीनमाथि कर थोपर्दै ट्रम्प

    आजबाट क्यानडा, मेक्सिको र चीनमाथि कर थोपर्दै ट्रम्प

    काठमाडौं । आजबाट अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना तीन मुख्य व्यापारिक साझेदार देशमा भन्सार कर थोपर्ने भएका छन ।

    बेलायती विश्व च्यानल बीबीसीका अनुसार उत्तरी छिमेकी क्यानडा, दक्षिणी छिमेकी मेक्सिको र मुख्य व्यापारिक साझेदार देश चीनलाई क्रमशः २५, २५ र १० प्रतिशत अतिरिक्त भन्सार कर शनिबारबाट लागू हुनेछ ।

    ह्वाइट हाउसले कर लाग्नेबारेमा औपचारिक जानकारी सार्वजनिक गरिसकेको छ । क्यानडाबाट आउने तेललाई भने १० प्रतिशतमात्र कर फेब्रुअरी १८ बाट लाग्ने ट्रम्पले बताएका थिए ।

    ट्रम्पले युरोपेली सङ्घलाई पनि कर लगाउने धम्की दिँदै आएका छन् । अमेरिकालाई समान व्यवहार नगरेको भन्दै ट्रम्पले यस्तो धम्की दिएका हुन् ।

    गत जनवरी २० बाट कार्यकाल सुरु गरेका ट्रम्पले ‘पहिले अमेरिका’ नीति लिएर अगाडि जाने बताएका छन् ।

    अवैध आप्रवासी र फेन्टानेल नामक लागुऔषध भित्रन नरोकेको भन्दै क्यानडा र मेक्सिकोलाई कर लादिएको ट्रम्पको दाबी छ । चीनलाई भने व्यापारमा अस्वाभाविक फाइदा लिएको र फेन्टानेललाई ल्याउन दिएको आरोप लगाइएको छ ।

  • भारतको आर्थिक वृद्धिदर ६‍.८ प्रतिशत पुग्ने अनुमान

    भारतको आर्थिक वृद्धिदर ६‍.८ प्रतिशत पुग्ने अनुमान

    नयाँदिल्ली । भारतको कुल गार्हस्थ उत्पादन (जीडीपी) आर्थिक वर्ष सन् २०२५/२६ (२०२५ अप्रिल-२०२६ मार्च) को अवधिमा ६.३-६.८ प्रतिशतको दायरामा बढ्ने अनुमान गरिएको छ ।

    अर्थ मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको सर्वेक्षणअनुसार आर्थिक वर्ष सन् २०२४-२५ (२०२४ अप्रिल-२०२५ मार्च) मा देशको वास्तविक कुल गार्हस्थ उत्पादन (जीडीपी) र कुल मूल्य अभिवृद्धि (जीभीए) वृद्धि राष्ट्रिय आयको पहिलो अग्रिम अनुमानअनुसार ६.४ प्रतिशत रहेको अनुमान गरिएको छ ।

    अर्थमन्त्री निर्मला सीतारमणले शुक्रबार संसदमा आर्थिक सर्वेक्षण पेश गरिन् ।

    सर्वेक्षण गत आर्थिक वर्षको अर्थतन्त्रको अवस्थाको विवरण दिने प्रि-बजेट दस्तावेज हो । अर्थमन्त्रीले शनिबार सङ्घीय बजेट प्रस्तुत गर्दैछिन् । -रासस/सिन्ह्वा

  • अमेरिकामा फेरि अर्काे विमान दुघर्टना, काेही जीवित नरहेकाे आशंका

    अमेरिकामा फेरि अर्काे विमान दुघर्टना, काेही जीवित नरहेकाे आशंका

    काठमाडौं । अमेरिकाको पेन्सिलभेनियास्थित फिलाडेल्फियामा निजी जहाज दुर्घटना भएको छ ।

    शुक्रबार स्थानीय समयअनुसार बेलुका साढे ६ बजे फिलाडेल्फियाको रूजवेल्ट मलनजिक निजी विमान दुर्घटना भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयर्टसले जनाएको छ । उक्त विमान एयर एम्बुलेन्स भएको बताइएको छ ।

    विमानमा चार चालक दलका सदस्यहरू, एक बिरामी बालक र उनको हेरचारका आएका व्यक्ति समेत गरी ६ जना सवार थिए ।
    एयर एम्बुलेन्स कम्पनीले जहाजमा सवार कुनै पनि बाँचेको पुष्टि गरेको छैन।

    ‘यस समयमा हामी कुनै पनि बाँचेको पुष्टि गर्न सक्दैनौं’ कम्पनीले एक विज्ञप्तिमा भन्यो।

    विमान सहरको धेरै जनसंख्या भएको भागमा ठोक्किएपछि कति मानिसहरू जमिनमा हाताहाती भएको छन् भन्ने खुलेको छैन । गत साता मात्रै अमेरिका जहाज दुर्घटना भएको थियो ।

     

     

     

  • रुसी कब्जामा परेका युक्रेनी सैनिकले आफ्नो पक्षबाट बलात्कार र हत्या भएको स्वीकारे

    रुसी कब्जामा परेका युक्रेनी सैनिकले आफ्नो पक्षबाट बलात्कार र हत्या भएको स्वीकारे

    काठमाडौं । रुसको कब्जामा आएका युक्रेनी सैनिकले आफ्नो पक्षबाट रुसी महिलाको बलात्कार र हत्या गरेको बताएका छन् ।

    रुसी विश्व च्यानल आरटीले सार्वजनिक गरेको एक भिडिओ फुटेजमा बोलेका युक्रेनी सैनिकले रुसको रुस्कोए पोरेच्नोएमा आठ महिलाको बलात्कार तथा १४ सर्वसाधारणको हत्या गरेको बताएका छन् ।

    ३०० स्थानीय भएको उक्त रुसी गाँउमा गत अगस्टमा युक्रेनी सैनिकहरुले कब्जा जमाएका थिए । त्यहाँ युद्ध अपराध भएको रुसले बताउँदै आएको थियो ।

    तर, पश्चिमा देश तथा मिडियाहरुले यो मुद्दामा ध्यान दिएका थिएनन् । तर, शुक्रबार रुसको अनुसन्धान निकायले सार्वजनिक गरेको भिडिओबाट यो मुद्दाले प्राथामिकता पाएको हो ।

  • हमासको कब्जाका थप तीन बन्धक रिहाइ हुँदै, अझै अटाएनन् विपीन जोशी

    हमासको कब्जाका थप तीन बन्धक रिहाइ हुँदै, अझै अटाएनन् विपीन जोशी

    काठमाडौं । हमासले थप तीन जना बन्धक शनिबार रिहा गर्ने भएको छ । हमाससँगको समन्वय गरिरहेको एक देश कतारको विश्व च्यानल अलजजिराका अनुसार तीन जना बन्धकहरु सबै इजरायली हुन् ।

    उनीहरुको ओफर काल्देरोन, किथ सिगेल र यार्देन बिबास भएको बताइएको छ । अलजजिराका अनुसार हमासले तीन बन्धक छोडेसँगै इजरायललले पनि सहमतिअनुसार ९० जना प्यालेस्टाइनी बन्दीहरु रिहाई गर्ने भएको छ ।

    इजरायलले जन्मकैद फैसला पाएका नौ जना तथा अरु लामो सजाय सुनाइएका ८१ जनाको रिहाई गर्ने भएको हो । यस अगडि इजरायल बाहेक थाइल्याण्डका बन्धकहरु पनि रिहाई भएका थिए ।

    केही दिन अगाडि इजरायली अखबार टाइम्स अफ इजरायलले हमासको बन्धकमा भएकाहरुमा थाइ बाहेक एक नेपाली र एक तान्जानियाली भएको उल्लेख गरेको थियो । उक्त समाचारले विपिन जोशी जिवित भएको संकेत गरेको थियो ।

    नेपाल सरकारले कतार, इजिप्ट तथा इजरायल सबै पक्षसँग विपिन जोशीको रिहाईको कूटनीतिक पहल गरिरहेको छ । तर, अहिलेसम्म जोशीको रिहाई भएको छैन ।

     

  • समावेशी कर्मचारीले गर्दा हवाई दुर्घटना भयो : ट्रम्प

    समावेशी कर्मचारीले गर्दा हवाई दुर्घटना भयो : ट्रम्प

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार भएको दुर्घटना समावेशी कर्मचारीको कारण भएको बताएका छन् । दुर्घटनाको दुख व्यक्त गर्ने क्रममा व्हाइट हाउसमा पत्रकार सम्मेलन गर्दै ट्रम्पले दुर्घटना अनुसन्धानमा गएको बताएका छन् ।

    बेलायती विश्व च्यानल बीबीसीका अनुसार ट्रम्पले किन समावेशितालाई दोष लाउनु भएको भन्ने उत्तरमा ट्रम्पले भने, ‘किनभने मसँग कमनसेन्स छ ।’

    जागिरमा समावेशिता होइन दक्षता मान्यता दिने ट्रम्पले शपथग्रहणकै दिन बताएका थिए ।

    नेपाली समय अनुसार बिहीबार तथा अमेरिकी स्थानीय समय अनुसार बुधवार राती ९ बजे अमेरिकी सैनिक हेलिकप्टर र एक यात्रुवाहक जहाज जुधेर खसेका थिए ।

    जहाजमा चार चालक दलका सदस्य सहित ६० यात्रु थिए भने हेलिमा तीन सैनिक सहभागी थिए । अहिलेसम्म कोही जीवित नभएको जानकारी सार्वजनिक भएको छ ।

  • ट्रम्पले दोहोर्‍याए ब्रिक्स राष्ट्रहरुलाई शत प्रतिशत कर लगाउने धम्की

    ट्रम्पले दोहोर्‍याए ब्रिक्स राष्ट्रहरुलाई शत प्रतिशत कर लगाउने धम्की

    वासिङ्टन । क्यानाडा र मेक्सिकोमाथि भन्सार महसुल लगाउने समय सीमा नजिकिँदै गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार ब्रिक्स राष्ट्रहरूमा शत प्रतिशत कर लगाउने आफ्नो धम्की दोहोर्‍याएका छन् ।

    यसअघि ट्रम्पले ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकासहितका ब्रिक्स राष्ट्रहरूलाई अमेरिकी डलरको प्रतिस्पर्धी मुद्रा सिर्जना गरेमा शत प्रतिशत कर लगाउने धम्की दिएका थिए ।

    ‘ब्रिक्स देशहरूले डलरबाट टाढा जाने प्रयास गरिरहेको र हामी हेरेर बस्ने अवस्था अब समाप्त भएको छ’, उनले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेखे, ‘हामी यी देखिने रूपमा शत्रुवत देशहरूबाट प्रतिबद्धता माग्नेछौं कि उनीहरूले न नयाँ ब्रिक्स मुद्रा सिर्जना गर्नेछन् न त शक्तिशाली अमेरिकी डलरको प्रतिस्थापन गर्न कुनै अन्य मुद्रालाई समर्थन गर्नेछन् । अन्यथा उनीहरूले शत प्रतिशत भन्सार महसुलको सामना गर्नुपर्नेछ ।’

    ब्रिक्स भन्सार महसुलबारे ट्रम्पको टिप्पणी पदासीन भएलगत्तै तोकिएको फेब्रुअरी १ को समय सीमाभन्दा केही दिनअघि आएको छ । जसअनुसार छिमेकी क्यानाडा र मेक्सिकोले अमेरिकी सीमा पार गर्ने अवैध आप्रवासीहरू र घातक फेन्टानलको प्रवाहमाथि कडा कारबाही नगरे तिनीहरूमाथि २५ प्रतिशत भन्सार महसुल लगाउने बताएका छन् ।

    ट्रम्पले छुट्टै ब्रिक्स समूहको सदस्य चीनमाथि व्यापार असन्तुलन र अमेरिकी फेन्टानल आपूर्तिमा कथित भूमिकाका कारण फेब्रुअरी १ देखि नै वस्तुहरूमा थप १० प्रतिशत कर लगाउने धम्की दिएका छन् । -रासस/एएफपी

  • ट्रम्पको फेसबुक, इन्टाग्राम खाता बन्द गरेको क्षतिपूर्ति मिलाउन मेटाले साढे दुई करोड डलर तिर्दै

    ट्रम्पको फेसबुक, इन्टाग्राम खाता बन्द गरेको क्षतिपूर्ति मिलाउन मेटाले साढे दुई करोड डलर तिर्दै

    काठमाडौं । सन २०२१ बाट सन २०२४ जुलाईसम्म अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक तथा इन्टाग्रामका खाता बन्द गराएको फेसबुकको मातृ कम्पनी मेटाले साढे दुई करोड अमेरिकी डलर क्षतिपुर्ति तिर्ने भएको छ ।

    बेलायती विश्व च्यानल बीबीसीका अनुसार सन २०२१ जनवरी ६ मा अमेरिकाको क्यापिटोल हिलमा भएको दंगाको समयपछि ट्रम्पको फेसबुक बन्द गरिएको थियो । त्यसको विरुद्धमा ट्रम्प अदालत गएका थिए ।

    त्यहि मुद्दा मिलान गर्ने क्रममा मेटाले साढे दुई करोड तिर्न राजी भएको हो । यो खबर सबैभन्दा पहिले वाल स्ट्रिट जर्नलले सार्वजनिक गरेको थियो ।

    मुद्दा मिलाएको दुई करोड २० लाख डलर ट्रम्पको पुस्तकालायको स्थापनामा खर्च गरिने बताइएको छ । गत नोभेम्बरमा ट्रम्पले चुनाव जितेपछि मेटा मालिक मार्क जुकरबर्ग ट्रम्पलाई भेट्न उनकै रिसोर्ट मार आ लागोमा पुगेका थिए ।

    आफूलाई मेटाका फेसबुक तथा इन्टाग्राम अनि ट्विटरबाट प्रतिबन्द गरेपछि ट्रम्पले आफ्नै स्वामित्वको सामाजिक संजाल ट्रूथ सोसल संचालनमा ल्याएका थिए ।

    खर्बपति ट्रम्पले अहिले पनि आफ्र्नै संजालमा पोस्ट गर्ने गरेका छन् । एलन मस्कले किनेपछि मात्रै ट्विटरबाट ट्रम्पको प्रतिबन्द फुकुवा भएको थियो । ट्रम्प फेरि राष्ट्रपतिय चुनावमा जाने र जित्ने अनुमान आउन थालेपछि मात्रै मेटाले प्रतिबन्द फुकुवा गरेको थियो ।

  • टेलिग्रामका साहु दुरोभ भन्छन्- पश्चिमा शिक्षाभन्दा चिनियाँ शिक्षा स्तरीय छ

    टेलिग्रामका साहु दुरोभ भन्छन्- पश्चिमा शिक्षाभन्दा चिनियाँ शिक्षा स्तरीय छ

    काठमाडौं । रुसी नागरिक तथा टेलिग्रामका संस्थापक पाभेल दुरोभले पश्चिमा देशको शिक्षाभन्दा चिनियाँ शिक्षा स्तरिय भएको बताएका छन् । रुसी विश्व च्यानल आरटीका अनुसार चीनको किर्तिम प्रज्ञा (एआई)को क्षेत्रमा भएको व्यापक फड्कोको कारण प्रतिस्पर्धात्मक शिक्षा भएको बताएका छन् ।

    बुधबार एक सन्देश दिएर दुरोभले सोभियत मोडेलमा जस्तो धेरै प्रतिस्पर्धाको शिक्षा चीनको भएको भन्दै यसले गर्दा चिनियाँ शिक्षा स्तरिय भएको बताएका हुन् ।

    चिनियाँ नयाँ वर्षको शुभकामना दिँदै दुरोभले यस्तो बताएका दुरोभले डीपसीक भन्दा अरु चिनियाँ स्तरियताका कुराहरु अब क्रमशः आउने बताएका छन् ।

    अन्तर्राष्ट्रिय म्याथमेटिकल ओलम्पियाडमा अमेरिका भन्दा चीन अग्राणी छ । चीनले १८५ स्वर्ण पदक पाउँदा अमेरिकाले १५१ मात्रै पाएको आरटीले उल्लेख गरेको छ ।

     

  • उडानकै क्रममा यात्रुवाहक जहाज र सैनिक हेलिकप्टर अमेरिकाको राजधानीमा जुधेर दुर्घटना

    उडानकै क्रममा यात्रुवाहक जहाज र सैनिक हेलिकप्टर अमेरिकाको राजधानीमा जुधेर दुर्घटना

    काठमाडौं । एक यात्रुवाहक जहाज र सैन्य हेलिकप्टर अमेरिकाका जुधेका छन् ।

    तीन सैनिक सवार हेलिकप्टर र चार चालक दलका सदस्यसहित ६० यात्रु बोकेको अमेरिकन एयरलाइन्सको जहाज जुधेर वासिङ्टन डीसीमा बग्ने पोटोम्याक नदीमा खसेको बेलायती विश्व च्यानल बीबीसीले उल्लेख गरेको छ ।

    बीबीसीका अनुसार स्थानीय समय अनुसार रातको ९ बजे दुर्घटना भएको हो ।

    उद्धार कार्य जारी भएको भन्दै जीवित उद्धार कसैको नभएको बीबीसीले उल्लेख गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनालाई ‘दु:खद’ भन्दै आपतकालीन उद्धारकर्ताको प्रयत्नको लागि ‘धन्यवाद’ दिएका छन्।

  • विपिन जोशी जीवित भएको इजरायली मिडियाको सङ्केत- बिहीबार  रिहाइ हुने बन्धकमा अटाएनन् 

    विपिन जोशी जीवित भएको इजरायली मिडियाको सङ्केत- बिहीबार  रिहाइ हुने बन्धकमा अटाएनन् 

    काठमाडौं ।  विपिन जोशी जीवित रहेको इजरायली मिडियाले सङ्केत गरेको छ ।

    इजरायलको अखबार टाइम्स अफ इजरायलका अनुसार हमासको बन्धक सूचीमा आठ थाईल्याण्डका, एक नेपाल र एक तान्जानियाका नागरिक भएको भनिएको छ ।

    हमासको कब्जामा भएका एक मात्र नेपाली बन्धक विपिन जोशी हुन । दुई थाई नागरिकको ज्यान गएको पुष्टि भएको बताएको टाइम्स अफ इजरायलले ‘एक नेपाली’ बन्धक भएको उल्लेख गरेको छ ।

    नेपालीको हताहत भएको कुरा गरेको छैन । तर,  जनवरी ३० मा अर्थात् बिहीबार रिहाइ हुने सूचीका तीन जना बन्धकमा विपिन जोशीको नाम भने अटेको छैन ।

    दुई महिला र एक ज्येष्ठ नागरिक सूचीमा छन् । १९ वर्षकी अगम बर्गर, २९ वर्षकी आर्बेल येहुद र ८० वर्षका गदि मोसे मोसेस रिहाइ हुने सूचीमा अटाएका छन् ।

  • दक्षिण सुडानमा विमान दुर्घटना हुँदा २० जनाको मृत्यु

    दक्षिण सुडानमा विमान दुर्घटना हुँदा २० जनाको मृत्यु

    जुबा । दक्षिण सुडानमा विमान दुर्घटना भएको छ । उक्त विमान दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु भएको प्रदेशका सूचना तथा सञ्चारमन्त्री गतवेच विपालले बुधबार जानकारी दिएका छन् ।

    राजधानी जुबाका लागि उडेको विमान स्थानीय समयअनुसार करिब १०ः३० बजे युनिटी राज्यको तेल क्षेत्र नजिकै खसेको थियो ।

    ‘विमान विमानस्थलबाट ५०० मिटर टाढा दुर्घटनाग्रस्त भयो । विमानमा २१ जना सवार थिए । अहिले त्यहाँ एक जनामात्र बाँचेका छन्’, गतवेच विपालले भने ।

    ग्रेटर पायोनियर अपरेटिङ कम्पनी (जीपीओसी)ले चार्टर्ड गरेको र लाइट एयर सर्भिस एभिएसन कम्पनीले सञ्चालित उक्त विमान यस क्षेत्रमा नियमित उडानमा रहेको उनले बताए ।

    उनले उक्त दुर्घटनाबाट राज्य सरकार गहिरो दुःखी भएको बताउँदै यसबारे छानबिन गरिने जानकारी दिए । -रासस/एएफपी

  • जापानमा आत्महत्या गर्ने महिलाभन्दा पुरुषको सङ्ख्या दोब्बर

    जापानमा आत्महत्या गर्ने महिलाभन्दा पुरुषको सङ्ख्या दोब्बर

    टोकियो । जापानमा सन् २०२४ मा विद्यालयस्तरका विद्यार्थीले आत्महत्या गर्ने क्रम नरोकिएको, तर सामान्य वृद्धि देखिएको भेटिएको यहाँको स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक तथ्याङ्कले देखाएको छ ।

    मन्त्रालयका अनुसार सन् २०२३ मा ५१३ जना विद्यार्थीले आत्महत्या गरेकोमा सन् २०२४ मा यो सङ्ख्या ५२७ पुगेको थियो । यद्यपि सबै उमेर समूहका मानिसको आत्महत्या दर सन् २००३ को तुलनामा ७.२ प्रतिशतले कमी भएको देखिएको छ । सन् २००३ मा ३४ हजार ४२७ जनाले आत्महत्या गरेकोमा यो सङ्ख्या २० वर्षपछि अर्थात् सन् २०२४ मा २० हजार २६८ मा झरेको थियो ।

    जापानमा आत्महत्या गर्ने २० वर्षभन्दा कम उमेरका बालबालिकाको सङ्ख्या भने सन् २०२३ मा ८१० जना रहेकामा सन् २०२४ मा घटेर ८०० जनामा झरेको पछिल्लो तथ्याङ्कले देखाएको छ ।

    ‘हामी यसलाई गम्भीरतापूर्वक लिन्छौं’, जापानको मन्त्रिपरिषद्का सहायक मुख्य सचिव केइचिरो टाचिबानाले नियमित पत्रकार सम्मेलनमा भने, ‘बालबालिकाको जीवन रक्षाका लागि आवश्यक कदम चाल्न र कसैलाई पनि आफ्नो ज्यान लिन दबाब नदिइने समाजलाई साकार पार्न हामी सक्दो प्रयास जारी राख्नेछौं ।

    स्वास्थ्य मन्त्रालयले थप तथ्याङ्क उपलब्ध भएपछि मार्चमा तथ्याङ्कको विश्लेषण जारी गर्ने अपेक्षा गरिएको थियो ।

    जापानमा हरेक वर्ष अगस्तको अन्त्यदेखि सेप्टेम्बरको सुरुसम्म हरेक गर्मीयामको बिदाको अन्त्यमा किशोरकिशोरीले आत्महत्या गर्ने क्रम बढ्दै गएको छ । यसका कारण सरकार र सञ्चारमाध्यमले समस्याहरूसँग सङ्घर्षरत किशोरकिशोरीलाई आत्महत्या रोज्नबाट रोक्न सार्वजनिक रूपमा आह्वानलाई बढावा दिएका छन् ।

    अधिकांश विद्यार्थीले आत्महत्या गर्नुको वास्तविक कारण भने खुल्न सकेको छैन । विगतको विश्लेषणले किशोरकिशोरीहरूलाई अध्ययन, बदमाशी, सम्बन्ध, क्यारियर छनोट र स्वास्थ्य समस्याहरूसँग सम्बन्धित धेरै दबाबहरूको सामना गरिरहेको देखाएको छ ।

    सन् २००३ मा जापानमा आत्महत्या गर्ने पुरुषको सङ्ख्या महिलाको भन्दा एक तिहाइले बढी थियो । त्यसयता पुरुष आत्महत्या दर घटेको छ । यद्यपि यो अझै पनि महिलाको तुलनामा दोब्बर छ ।

    सरकारले सञ्चालन गरेका व्यापक जागरूकता अभियान, मानसिक स्वास्थ्य सेवा र कठोर कार्यस्थल संस्कृति सुधार गर्ने प्रयासलाई पुरूषको आत्महत्या दर नियन्त्रणका लागि श्रेय दिइन्छ । -रासस/एएफपी

  • पाकिस्तानमा सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने पीटीआईकाे चेतावनी

    पाकिस्तानमा सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने पीटीआईकाे चेतावनी

    इस्लामावाद । पाकिस्तान तेहरिक-ए-इन्साफ (पीटीआई) खैबर-पख्तुनख्वा शाखाका अध्यक्ष जुनैद अकबरले पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन) नेतृत्वको गठबन्धनविरुद्ध राष्ट्रव्यापी अभियान सुरु गर्ने चेतावनी दिएका छन् ।

    एक स्थानीय टीभी च्यानलसँग कुरा गर्दै अकबरले सरकारसँग वार्ता गर्न विपक्षीको तत्परतालाई कमजोरीको सङ्केतका रूपमा हेरिएको बताए । पीएमएल-एन नेतृत्वको गठबन्धन सरकारसँग मङ्गलबार भएको चौथो चरणको वार्तामा पीटीआई सहभागी नभएपछि उनले यस्तो टिप्पणी गरेका हुन् ।

    सरकारको वार्ता समितिको मङ्गलबारको बैठक पीटीआईका प्रतिनिधिहरु बैठकमा उपस्थित नभएपछि स्थगित भएको थियो । पाकिस्तानको राष्ट्रियसभाका सभामुख अयाज सादिकले सहभागिताको कमीका बाबजुद समिति यथावत रहने बताए ।

    पीटीआई र सरकारबीच पहिलो चरणको वार्ता सन् २०२४ डिसेम्बर २३ मा भएको थियो । गत डिसेम्बरमा वार्ता सुरु भएयता दुवै पक्षबीच तीन पटक भेटवार्ता भइसकेको छ ।

    पीटीआई र पीएमएल-एन नेतृत्वको सरकारबीच गत वर्षको डिसेम्बरमा पाकिस्तानमा राजनीतिक तनाव कम गर्न वार्ता सुरु भएको थियो, तर सन् २०२३ मे ९ मा इस्लामावादमा भएको प्रदर्शन र सन् २०२४ नोभेम्बर २६ मा इस्लामावादमा भएको प्रदर्शनको छानबिनका लागि सरकारले न्यायिक आयोग गठन नगरेको आरोप लगाएपछि वार्ता रोकिएको थियो ।

    अकबरले भने, ‘पीटीआई वार्तालाई अघि बढाउन तयार छ, तर वर्तमान गतिविधिले गतिरोधको सङ्केत गर्दछ ।’

    पीटीआईले अब सडकबाट समाधान खोज्छ कि भनेर सोधिएको प्रश्नमा उनले भने, ‘हो, पक्कै पनि यसो हुनसक्छ ।’

    ‘द एक्सप्रेस ट्रिब्यून’का अनुसार उनले चुनावमा धाँधली भएको भन्दै फेब्रुअरी ८ मा जिल्लास्तरीय विरोध प्रदर्शन र इस्लामावादको डि–चोकमा विरोध प्रदर्शन गर्नेलगायतका विभिन्न विरोधका योजना घोषणा गरेका थिए ।

    पाकिस्तानमा गत वर्ष फेब्रुअरी ८ मा १२ औं राष्ट्रिय आमनिर्वाचन सम्पन्न भएको थियो । निर्वाचनमा सेलुलर र इन्टरनेट सेवाहरू बन्द गरिएको र व्यापक धाँधली भएको आरोप लागेको थियो ।

    अकबरले आफ्नो टिप्पणीमा पीटीआईले सडक प्रदर्शन शुरू भएपछि वार्तामा संलग्न नहुने घोषणा गरेका थिए ।

    पूर्वक्रिकेटर इमरान खानले स्थापना गरेको पार्टीमा महत्त्वपूर्ण परिवर्तनको सङ्केत गर्दै उनले पीटीआईको ‘होमियोप्याथिक नेतृत्व’लाई मे महिनामा हुने पुनर्गठनपछि कट्टरपन्थीहरूले प्रतिस्थापन गर्ने बताए ।

    अकबरले भने, ‘पीटीआईको प्रान्तीय मन्त्रिमण्डलमा पुनर्गठन गर्ने योजना छ, जसमा दुई नयाँ सदस्य खैबर पख्तुनख्वाका मुख्यमन्त्री अली अमीन गन्दापुरको टोलीको हिस्सा बन्ने अपेक्षा गरिएको छ ।’

    उनले सङ्घीय सरकारले पीटीआईभित्र विभाजन सिर्जना गर्न खोजेको र पार्टीका सदस्यहरूलाई वफादारी परिवर्तन गर्न बाध्य पारेको आरोप लगाए ।

    पीटीआईका एक नेताले पूर्वमन्त्री खानको रिहाइमा आशावादी रहेको बताएका छन् । -रासस/एएफपी

  • ८५ प्रतिशत ग्रीनल्यान्डवासी अमेरिकामा जोडिन असहमत: सर्वेक्षण

    ८५ प्रतिशत ग्रीनल्यान्डवासी अमेरिकामा जोडिन असहमत: सर्वेक्षण

    काठमाडौं । हालै सार्वजनिक एक सर्वेक्षणअनुसार ८५ प्रतिशत ग्रीनल्यान्डका नागरिक अमेरिकामा जोडिन असहमत देखिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको राष्ट्रिय सुरक्षाको लागि ग्रीनल्यान्ड किन्ने र ग्रीनल्यान्डवासी अमेरिकामा जोडिन तयार भएको बताएपछि यस्तो सर्वेक्षण नतिजा आएको जर्मनीको विश्व च्यानल डीडब्ल्यूले उल्लेख गरेको छ ।

    डीडब्ल्यूका अनुसार ६ प्रतिशतमात्रै अमेरिकासँग जोडिने पक्षमा छन् । ९ प्रतिशत ग्रीनल्यान्डवासी अनिर्णयमा छन् ।

    डेनमार्कको सार्वभौमसत्ता भएको ग्रीनल्यान्डमा ५७ हजार नागरिक छन् । विश्वको सबैभन्दा ठूलो टापु ग्रीनल्यान्डमा अमेरिकी सैन्य शिविर पनि छ । खनिज तथा धातुहरुको खानीको रुपमा चित्रित ग्रीनल्यान्डलाई लिने चुनावी एजेन्डालाई ट्रम्पले राष्ट्रपतिको शपथपछि पनि दोहो¥याएका छन् ।

    क्यानडालाई ५१औं राज्य बनाउने, ग्रीनल्यान्ड खरिद गर्ने र पानामा नहरलाई फेरि अमेरिकाकै स्वामित्वमा ल्याउने उद्घोष गर्दै आएका ट्रम्पले आफ्नो कार्यकालमा अमेरिकाको क्षेत्रफल बढ्ने बताउँदै आएका छन् ।

  • रुसी सांसद भन्छन्- संस्कृति मिल्ने भएकाले ग्रीनल्यान्ड रुसमा जोडिनुपर्छ

    रुसी सांसद भन्छन्- संस्कृति मिल्ने भएकाले ग्रीनल्यान्ड रुसमा जोडिनुपर्छ

    काठमाडौं । रुसका एक सांसदले ग्रीनल्यान्ड रुसमा गाभिनुपर्ने बताएका छन् । रुसी विश्व च्यानल आरटीका अनुसार रुसका सांसद भिताली मिनोलोभले रुसी इनुट जाति र ग्रीनल्यान्डका आदिवासीको भाषा एकै भएको भन्दै रुसमा गाभिनुपर्ने बताएका छन् ।

    राष्ट्रपतीय चुनाव जितेपछि ग्रीनल्यान्ड किन्ने भन्दै आएका ट्रम्पको प्रस्तावको पक्ष र विपक्षमा विश्व मिडियामा समाचार आइरहँदा रुसी सांसदको यस्तो धारणा आएको हो ।

    रुसी मिडिया गजेटामा मंगलबार प्रकाशन भएको समाचारले सांसद मिनोलोभले अमेरिकामै आश्रित भएको क्यानडा ५१औं राज्य शहर भएको र अमेरिका बाइडेन सत्ताको कारणले झन पछि परेको बताएका छन् ।

    रुसी विश्व च्यानल आरटीका अनुसार ग्रीनल्यान्डमा ६० प्रतिशतले बोलिने भाषा रुसी समुदायसँग मिल्छ ।

  • ट्रम्पको पहिलो कार्यकालमा ‘चेन अफ कमान्ड’ नमान्ने पूर्वप्रधानसेनापतिको सुरक्षा खोसिँदै, हटाइयो तस्बिर

    ट्रम्पको पहिलो कार्यकालमा ‘चेन अफ कमान्ड’ नमान्ने पूर्वप्रधानसेनापतिको सुरक्षा खोसिँदै, हटाइयो तस्बिर

    काठमाडौं । डोनाल्ड ट्रम्प राष्ट्रपति हुँदाको समयमा ‘चेन अफ कमान्ड’ नमानेको तथा राष्ट्रपतिलाई असहयोग गरेको भन्दै अवकाशप्राप्त जर्नेल मार्क मिलेको सुरक्षा खोस्ने भएको छ । ट्रम्प प्रशासनका सुरक्षा सचिवले मिलेको सुरक्षा खोसिने तथा उनको एक तारा घटुवा गर्ने तयारी भएको ट्रम्प पक्षधर मानिने अमेरिकी मिडिया फक्सन्युजले उल्लेख गरेको छ ।

    फक्सन्युजका अनुसार पेन्टागनले मिलेको तस्बिर पनि हटाउने निर्णय गरेको छ । यस अगाडि पेन्टागनको मिलेको पहिलो तस्बिर ट्रम्पको शपथग्रहणकै दिन हटाइएको थियो । उनको अर्को तस्बिर आर्मी मार्सलको करिडोरमा भएको तस्बिर हटाइने भएको छ ।

    अमेरिकाको वाटरगेट स्क्यान्डल सार्वजनिक गरेका पत्रकार बोब वुडल्यान्डले आफ्ना पुस्तक ‘वार’मा पूर्वप्रधानसेनापति मिलेले ट्रम्पलाई फाँसीवादी भनेको, उनको मानसिक अवस्था ठीकठाक भएको वा नभएको टुंगो नभएको बताएका छन् ।

    उनकै अर्को पुस्तक ‘पेरिल’मा बोबले मिलेले चिनियाँ समकक्षीलाई प्रधानसेनापति हुँदा ट्रम्पको जानकारीविना चीनलाई आक्रमण गर्ने कुनै अमेरिकी सेनाको योजना नभएको जानकारी दिएको उल्लेख गरेका छन् । यस्तो गर्नुलाई चेन अफ कमान्ड मिचेको अर्थमा रिपब्लिकनहरुले आक्रोश पोख्दै आएका छन् ।

    अमेरिकाको संविधानअनुसार सेनाको परमाधिपति राष्ट्रपति हुन्छन् ।

  • लाखौं अमेरिकी कर्मचारीलाई आठ महिनाको तलब लिएर राजीनामा गर्न ट्रम्प प्रशासनको आग्रह

    लाखौं अमेरिकी कर्मचारीलाई आठ महिनाको तलब लिएर राजीनामा गर्न ट्रम्प प्रशासनको आग्रह

    काठमाडौं । सरकारी संयन्त्र चुस्त र दुरुस्त बनाउने मुद्दा लिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले आठ महिनाको तलब लिएर जागिर छोड्न चाहेमा राजीनामा दिन लाखौं कर्मचारीहरुलाई इमेल गरेको छ ।

    बेलायती विश्व च्यनल बीबीसीका अनुसार मंगलबार अमेरिकाका लाखौं कर्मचारीहरुलाई उक्त इमेल पठाइएको छ । अमेरिकामा बीस लाख सरकारी कर्मचारी भएको बताइएको छ । यही फेब्रुअरी ६ बाट काम गर्ने कि राजीनामा दिने भन्नेमा निर्णय लिन आग्रह गरिएको छ ।

    खासगरी घरबाटै कार्यालयको काम गर्ने दुई लाख हाराहारी कर्मचारीलाई यस्तो जोड गरिएको छ । ट्रम्प प्रशासनले दश प्रतिशत कर्मचारीहलाई यसरी बिदा दिएर एक खर्ब अमेरिकी डलर जोगाउने उद्देश्य लिएको छ ।

    ट्रम्पले सरकारी संयन्त्रलाई चुस्त बनाएर खर्बपतिहरु एलन मस्क र विवेक रामास्वामीलाई डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिएन्सी (डज)को नेतृत्व लिन यसअगाडि नै नियुक्त गरिसकेका छन् । सरकारी संयन्त्रको संख्या कटौती गरी सानो ठिक्कको र खर्च जोगाउने बनाउने मस्क र रामाश्वामीले बताउँदै आएका छन् ।

    ट्रम्पले ट्विटर (एक्स) तथा टेस्ला अनि स्पेस एक्सका मालिक मस्क र ट्रम्पलाई समर्थन गरेर राष्ट्रपति उम्मेदवारी फिर्ता लिएका रामाश्वामीलाई डजको नेतृत्व गर्न दिएका छन् ।

  • बाइडेन प्रशासनताका ९ हजार नेपाली गैरकानूनी रुपमा अमेरिका प्रवेश गरेको खुलासा

    बाइडेन प्रशासनताका ९ हजार नेपाली गैरकानूनी रुपमा अमेरिका प्रवेश गरेको खुलासा

    काठमाडौं । बाइडेन सत्ताकालको चार वर्षमा ९ हजार नेपाली दक्षिणी सिमानाबाट अमेरिका प्रवेश गरेको खुलासा भएको छ । अमेरिकाको होमल्यान्ड सेक्युरिटीले जारी गरेको तथ्यांकमा यस्तो देखिएको हो ।

    बाइडेनभन्दा अगाडि डोनाल्ड ट्रम्पको चार वर्षे कार्यकालमा भने १ हजार ८५० नेपाली अवैध रुपमा अमेरिका प्रवेश गरेको अमेरिकाबाट प्रकाशन हुने नेपयोर्कले उल्लेख गरेको छ ।

    नेपालमा तल्लो बाटो भनेर कुख्यात रुट प्रयोग गरेर मेक्सिकोको सिमानाबाट अमेरिका छिर्ने नेपालीहरुले करोड हाराहारी रकम बुझाएर पुग्ने गरेका खबर सार्वजनिक भएका छन् । यसरी अमेरिका पुगेकाहरुलाई यस अगाडि नै पनि १०० जनाभन्दा धेरैलाई नेपाल फर्काइएको पाइएको छ ।

    डोनाल्ड ट्रम्पले सीमा नाकामा संकटकाल घोषणा गरेर सेना परिचालन गर्नासाथ बाइडेन कालमा दैनिक चार हजार हाराहारी अवैध रुपमा अमेरिका छिर्दै आएकोमा अहिले घटेर दैनिक ६०० भन्दा कम पुगेको अमेरिकी च्यानल फक्सले उल्लेख गरेको छ ।

  • कुम्भ मेलामा भागदौड हुँदा दर्जनौँको मृत्यु भएको आशंका

    कुम्भ मेलामा भागदौड हुँदा दर्जनौँको मृत्यु भएको आशंका

    काठमाडौं । विश्वको सबैभन्दा ठूलो हिन्दु धार्मिक मेला तथा स्नान महाकुम्भमा भागदौड हुँदा कयौँको ज्यान गएको आशङ्का गरिएको छ ।

    अमेरिकी विश्व च्यानल सीएनएनका अनुसार बुधवार भागदौड भएको हो प्रयागराज सहरको आगन्तुक छेक्ने बार भत्केपछि भागदौड भएको थियो ।

    भारत सरकारले मृतकको सङ्ख्या सार्वजनिक गरेको छैन । तर स्थानीयले नदी किनारमा धेरै लास देखेको उल्लेख गरेका छन् ।

    बेलायती विश्व च्यानल बीबीसीले पनि कयौँको हताहती भएको आशङ्का भएको भन्दै नदी किनारमा जुत्ता चप्पल, लुगा कपडा जथाभाबी छरिएको पाइएको उल्लेख गरेको छ ।

    १० करोडले सहभागिता जनाउने बताइएको महाकुम्भ मेलालाई एआईबाट सुरक्षा मिलाएर भागदौड रोकिएको समाचारहरू आएको केहि दिनपछि नै भागदौडबाट हताहतीको खबर सार्वजनिक भएको हो ।

  • बाइडेनले सहयोग रकम जँड्याहा नाविक जस्तो खर्च गरे : ह्वाइट हाउस

    बाइडेनले सहयोग रकम जँड्याहा नाविक जस्तो खर्च गरे : ह्वाइट हाउस

    काठमाडौं । निवर्तमान अमेरिकी राष्ट्रपति जो बाइडेनले जँड्याहा नाविक जस्तो बजेट खर्च गरेको आरोप लागेको छ ।

    ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले मङ्गलवारको प्रथम पत्रकार सम्मेलनमा यस्तो बताएकी हुन ।

    रुसी विश्व च्यानल आरटीका अनुसार ९० दिन वैदेशिक सहयोग बन्द गरेर ट्रम्पले ‘अमेरिका प्रथम’ नीति अनुसार वैदेशिक सहयोगमा अनुशासन ल्याउने लेभिटले बताइन ।

    अमेरिकामा मूल्यवृद्धि सकस बाइडेनको जथाभाबी वैदेशिक सहयोगको कारण भएको लेभिटले बताइन ।

    विश्व स्वास्थ्य सङ्गठन लाई ३ करोड ७० लाख डलर र गाजामा ५ करोड कन्डममा खर्च गरिएको लेभिटको तर्क थियो।

    हालसालै ट्रम्पले यूएसएडका उच्च कर्मचारीलाई बिदा दिएका तथा ९० दिनको विश्व सहयोग बन्द गरेको सार्वजनिक गरेका थिए ।

  • श्रीलङ्काले ५ वर्षपछि हटायो सवारीसाधन आयातमा लगाएको प्रतिबन्ध

    श्रीलङ्काले ५ वर्षपछि हटायो सवारीसाधन आयातमा लगाएको प्रतिबन्ध

    कोलम्बो । मुलुकले आफ्नो सबैभन्दा खराब आर्थिक मन्दीबाट बाहिर निस्कने थप सङ्केतहरू देखाएपछि श्रीलङ्काले मङ्गलबार सवारीसाधन आयातमा लगाइएको पाँच वर्षको प्रतिबन्ध हटाउने घोषणा गरेको छ ।

    सूचनामन्त्री नलिन्दा जयतिसाले सन् २०२० देखि लागू गरिएको प्रतिबन्ध चरणबद्ध रूपमा हटाएर शनिबारदेखि बस, ट्रक र उपयोगिता सवारीसाधनहरूको आयात खुला गरिने बताइन् ।

    ‘हाम्रो विदेशी मुद्रा सञ्चिति रित्तिने गरी आयातमा वृद्धि हुन नदिन हामी धेरै सावधानीपूर्वक अघि बढिरहेका छौँ’, जयतिसाले कोलम्बोमा पत्रकारहरूलाई भनिन्, ‘मागका आधारमा हामी कार, मोटरसाइकल र तीन पाङ्ग्रे जस्ता अन्य श्रेणीका सवारीसाधनहरूको आयात खोल्नेछौँ ।’

    उनले आयात कर राजस्व उत्पन्न गर्न आवश्यक भएको बताइन् । सरकारले यस वर्ष आयातलाई लगभग एक अर्ब २० करोड डलरमा सीमित गर्ने आशा गरेको छ । सवारीसाधनमा हालको करदर ३०० प्रतिशतभन्दा बढी छ ।

    श्रीलङ्काले सन् २०२० मार्चमा आयात प्रतिबन्ध लगाउनु अघिको अन्तिम पूर्ण वर्ष सन् २०१९ मा सवारीसाधन आयातमा एक अर्ब ४० करोड डलर खर्च गरेको थियो । यस टापु राष्ट्रले सन् २०२३ अगस्तमा व्यवसायिक सवारीसाधन आयात प्रतिबन्ध हटाउने प्रयास गरेको थियो, तर देश अझै विदेशी ऋणमा डिफल्ट भएको अवस्थामा आयातकर्ताहरू प्रतीतपत्र खोल्न असमर्थ थिए ।

    श्रीलङ्काले द्विपक्षीय र निजी ऋणदाताहरूसँग ऋण पुनर्गठन सम्झौता सुरक्षित गरेपछि डिसेम्बरमा दिवालिया राष्ट्रका रूपमा आफ्नो स्थिति औपचारिक रूपमा समाप्त गर्‍यो ।

    यस मुलुकले सन् २०२२ अप्रिलमा आफ्नो ४६ अर्ब डलरको बाह्य ऋण चुकाउन असफल भएको थियो । किनकि देश आयातको वित्तपोषण गर्न विदेशी मुद्राबाट बाहिर निस्केको थियो, जसले खाद्यान्न, इन्धन र औषधिहरूको पीडादायी अभाव निम्त्यायो ।

    महिनौंको सडक प्रदर्शनले भ्रष्टाचार र कुव्यवस्थाको आरोप लागेका तत्कालीन राष्ट्रपति गोटाबाय राजपक्षेको पतन भयो । उनका उत्तराधिकारीले अन्तर्राष्ट्रिय मुद्राकोषबाट राहत ऋण प्राप्त गरे । यसले दक्षिण एसियाली राष्ट्र सुधार हुँदै गएको, तर अझै पूर्ण रूपमा सङ्कटमुक्त नभएको बताएको छ । -रासस/एएफपी

  • च्याट जीपीटीसँग टक्कर लिने चिनियाँ एप डीपसीकबारे के भने ट्रम्पले ?

    च्याट जीपीटीसँग टक्कर लिने चिनियाँ एप डीपसीकबारे के भने ट्रम्पले ?

    काठमाडौं । यही अंग्रेजी महिनामा बजारमा आएको चिनियाँ कृत्रिम प्रज्ञा (एआई) एप डीपसीकको अहिले विश्वभर चर्चा छ ।

    अर्बौं डलरमा तयार भएको अमेरिकीकाको च्याट जीपीटीसँग ६० लाख डलरमा मात्रै तयार भएको डीपसीक आएसँगै अमेरिकाका एआई कम्पनीहरूको सेयर स्वाट्टै घटेका समाचार आएका छन् ।

    यसै मेसोमा अमेरिकामा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प पनि मुखर भएका छन् । ट्रम्पले डीपसीकको नामै लिएर यसले अमेरिकालाई चेतावनी दिएको बताएका छन् ।

    बेलायती विश्व च्यानल बीबीसीका अनुसार अमेरिकी प्रविधि क्षेत्रका उद्योगलाई यो खतराको घण्टी भएको बताएका छन् ।

    डीपसीक आएसँगै अमेरिकाको जिपको विशाल ब्राण्ड एनभिदिआको सेयर मूल्य ६०० अर्ब अमेरिकी डलरले घटेको छ ।

    बजारमा ल्याइएको केहि हप्तामै अमेरिका, बेलायत तथा अरू देशहरूमा डीपसीक सबैभन्दा धेरै डाउनलोड भएको एआई एप भएको बीबीसीले उल्लेख गरेको छ । तर, ट्रम्पले डीपसीकलाई अवसरको रूपमा पनि लिएका छन् ।

    चिनियाँ भन्दा सस्तो बनाउन सकिएमा त्यो अवसर भएको उनले बताएको बीबीसीले लेखेको छ ।

  • ट्रम्प राष्ट्रपति भएसँगै अमेरिकामा अवैध पस्नेहरु स्वाट्टै घटे : दैनिक ६०० भन्दा कम पुग्यो संख्या

    ट्रम्प राष्ट्रपति भएसँगै अमेरिकामा अवैध पस्नेहरु स्वाट्टै घटे : दैनिक ६०० भन्दा कम पुग्यो संख्या

    काठमाडौं । गत जनवरी २० मा राष्ट्रपतिको शपथ खाएका डोनाल्ड ट्रम्पको आगमनसँगै अमेरिकामा अवैध रूपमा पस्ने आप्रवासीहरूको संख्या स्वाट्टै घटेको छ ।

    अमेरिकी च्यानल फक्स न्यूजका अनुसार अहिले औसत ६०० भन्दा कमका दरले अवैध आप्रवासीहरू प्रवेश गरिरहेका छन् । सन २०२३ डिसेम्बरताकाको दैनिक ४००० को प्रवेशको दर भन्दा यो धेरै थोरै भएको बताइएको छ ।

    बाइडेन सत्ताका अन्तिम दिनहरूमा पनि हरेक दिन १२०० देखि १४०० का दरले अवैध आप्रवासीहरू अमेरिकामा प्रवेश गरेको फक्सले उल्लेख गरेको छ ।

    आफ्नो शपथग्रहणकै दिन मेक्सिकोसँग जोडिएको दक्षिणी सीमामा संकटकाल लगाएर सेना परिचालन गरेका थिए ट्रम्पले । त्यति मात्रै होइन, उनले सीमा सुरक्षा कमजोर गरेको नाममा कोस्ट गार्ड कमान्डरलाई हटाएका थिए ।

    अमेरिकामा एक करोड भन्दा धेरै अवैध आप्रवासीहरू भएको विभिन्न अध्ययनहरूले देखाएका छन् । यो भनेको धेरै देशको जनसंख्या भन्दा धेरै हो ।

    ट्रम्पले अहिले अवैध आप्रवासीहरूलाई हतकडी र नेल लगाउँदै धमाधम फिर्ता गर्न थालेका छन् ।

    नेपालीहरूको अवैध आप्रवासन संख्या पनि अमेरिकामा ३००० हाराहारी भएको अमेरिकाबाट प्रकाशन हुने नेपयोर्कले उल्लेख गरेको छ ।

  • मोदीसँगको फोन संवादपछि ट्रम्पले भने- भारतले अवैध आप्रवासी लानेछ

    मोदीसँगको फोन संवादपछि ट्रम्पले भने- भारतले अवैध आप्रवासी लानेछ

    काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको टेलिफोन संवाद पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले आफ्ना अवैध आप्रवासी लाने बारेमा बोलेका छन् ।

    भारतको मिडिया टाइम्स अफ इण्डियाका अनुसार मोदीसँग कुराकानी भएपछि मङ्गलवार ट्रम्पले भने, ‘भारतले आफ्ना अवैध आप्रवासी लान के गर्दा राम्रो हुन्छ त्यही गनेछ ।’

    मादीसँगको वार्ता पनि ट्रम्पले यस्तो भन्नु अगाडि आफ्ना अमेरिकी समकक्षीसँगको कुराकानीमा भारतका विदेशमन्त्री एस जयशंकरले पनि भारतले आफ्ना अवैध आप्रवासीहरू ल्याउन तयार भएको बताएका थिए ।

    ट्रम्प र मोदीको फोन संवादमा दुई देशको व्यापार, अमेरिकाबाट भारतले खरिद गर्ने सुरक्षा सामाग्री लगायत मुद्दामा छलफल भएको ह्वाइट हाउसले उल्लेख गरेको छ ।

    ह्वाइट हाउसका अनुसार दुई नेताले हिन्द प्रशान्त क्षेत्रका सुरक्षा, भारतका प्रधानमन्त्रीको आसन्न अमेरिकाको भ्रमणको बारेमा पनि कुराकानी भएको छ ।

    यस्तै यही वर्षको अन्ततिर भारतले पहिलोपटक आयोजना गर्न लागेको क्वाड बैठकको बारेमा पनि छलफल भएको बताइएको छ ।

    अमेरिका सहित एसियाका तीन शक्ति भारत, जापान र अस्ट्रेलियाको लुज गठबन्धनलाई क्वाड नाम दिइएको छ ।