Category: विश्व प्रेस

  • नेपालमा संघीयताका लागि दिएको रकम सुनाउँदै ट्रम्पले भनेः दिस इज फ्रड ! (भिडिओ)

    नेपालमा संघीयताका लागि दिएको रकम सुनाउँदै ट्रम्पले भनेः दिस इज फ्रड ! (भिडिओ)

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक दस्तावेज सार्वजनिक गर्दै नेपालमा वित्तीय संघीयताका लागि अमेरिकाले २ कराेड अमेरिकी डलर दिएकाे बताएका छन् । याे सहयाेगलाई उनले ठगीकाे संज्ञा दिए ।

    एलन मस्कले नेतृत्व गरेकाे डिपार्टमेन्ट अफ गभमेन्ट इफिसिएन्सी (डज) को ले तयार गरेकाे दस्तावेजलाई ट्रम्पले सार्वजनिक गरेका हुन् । दस्तावेजमा विभिन्न देशहरुलाई अमेरिकाले विभिन्न शीर्षकमा गरेकाे सहयाेगकाे विवरण उल्लेख छ । नेपाललाई दुईवटा शीर्षकमा गरिएकाे सहयाेगलाई ट्रम्पले ठगीकाे संज्ञा दिएका हुन् ।

    हालै सार्वजनिक भएको भिडिओमा ट्रम्पले नेपालको वित्तीय संघीयताको २ करोड अमेरिकी डलर तथा नेपालको जैविक संरक्षणको क्षेत्रमा १ करोड ९० लाख डलर  दिएकाे उल्खेख गरेका छन् ।

    नेपालको नाम र नेपालको वित्तिय संघीयतालाई दिइएको रकम उल्लेख गरेर ट्रम्पले भने, ‘दिस इज फ्रड !’

  • नेपाली विद्यार्थीलाई धम्क्याउने किट कलेजकी कर्मचारीले माफी मागिन् (भिडिओ)

    नेपाली विद्यार्थीलाई धम्क्याउने किट कलेजकी कर्मचारीले माफी मागिन् (भिडिओ)

    काठमाडौं । भारतको ओडिसा राज्यस्थित किट युनिभर्सिटीकी होस्टेल स्टाफले नेपाली विद्यार्थीहरूसँग सार्वजनिक माफी मागेकी छन् । नेपालकी छात्रा प्रकृति लम्सालको मृत्युपछि शान्तिपूर्ण विरोध प्रदर्शनमा उत्रेका विद्यार्थीहरुलाई उनले हप्कीदप्की गरेकी थिइन् ।

    एक भिडिओ सन्देश जारी गर्दै उनले क्षमायाचना गरेकी हुन् ।

    उनले भनेकी छन्, ‘यो भिडिओ म गत १६ फेब्रुअरीको रात भएको घटनामा मैले बोलेका कुराहरूप्रति क्षमायाचना गर्न बनाइरहेकी छु । त्यसबेला मैले दिएको अभिव्यक्ति मेरो व्यक्तिगत थिए । यसमा किट युनिभर्सिटीका कुनै पनि अधिकारीको संलग्नता छैन । मेरो अभिव्यक्तिले मेरा नेपाली विद्यार्थी र नेपाली जनताको भावनामा चोट लाग्न गएकोमा म गम्भीर क्षमायाचना गर्छु ।’

    यी कर्मचारीले नेपाली विद्यार्थीहरुलाई थर्काउँदै तुरुन्तै आफ्नो सामान प्याक गरेर घर फर्किन चेतावनी दिएकी थिइन् । उनीसहित दुई महिलाहरुले थर्काएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ । नेपालीहरूले मात्र नभएर भारतीयले पनि उनको यस्तो हर्कतको आलोचना गरेका छन् ।

    कलेजले आज एक सूचना जारी गर्दै उनीसहित ५ जना कर्मचारीलाई कारवाही गरिएको जनाएको छ ।

  • संसदमा झूट बोलेको अभियोगमा सिङ्गापुरका विपक्षी नेतालाई जरिवाना

    संसदमा झूट बोलेको अभियोगमा सिङ्गापुरका विपक्षी नेतालाई जरिवाना

    सिङ्गापुर । सिङ्गापुरका विपक्षी दलका नेतालाई संसद्मा झूट बोलेको र पार्टीका एक सदस्यलाई झूटो साक्षीको विवरण ढाकछोप गर्न सहयोग गरेको अभियोगमा सोमबार जरिवाना गरिएको छ ।

    सिङ्गापुर वर्कर्स पार्टीका महासचिव ४८ वर्षीय प्रितम सिंहलाई एक सांसदमाथि छानबिन गरिरहेको संसदीय समितिसमक्ष झूट बोलेको अभियोगमा दोषी ठहर गरिएको हो ।

    केही महिनाभित्रै हुने चुनावमा सत्तारुढ पिपुल्स एक्सन पार्टी (पीएपी)को अत्यधिक प्रभुत्वलाई चुनौती दिन खोजिरहेको बेला यो सजाय आएको हो ।

    पीएपीले सन् १९५९ देखि धनी शहर-राज्यमा शासन गर्दै आएको छ ।

    सिंहले समितिलाई भनेको कुरा विपरीत सांसद रइसाह खानलाई संसदमा आफ्नो झूटलाई ढाकछोप गर्न भनिए पनि सिकाएअनुसार ‘बनावटी कुरा’ गर्दा उनी चुकेको देखिएको जिल्ला अदालतका न्यायाधीश ल्यूक टानले बताए ।

    न्यायाधीशले खानको बयानलाई उद्धृत गर्दै भने, ‘सिंहले खानलाई बैठकको क्रममा आफ्नो दाबीलाई वास्तविक प्रमाणित गर्न’ हदैसम्म्को अभिनय गर्न भनेका रहेछन्, तर खानले सिंहले भने जस्तो गर्न सकेनन् ।’

    अदालत बाहिर पत्रकारहरूसँग बोल्दै आफूलाई राजनीतिक प्रतिशोध लिने मनसायबाट सत्ताधारी मान्छेहरूले फसाएको बताउँदै सिंहले भने, ‘मसँग भएको सल्लाह र मलाई शुभेच्छुकहरूले दिएको सल्लाहको आधारमा म आमचुनावमा भाग लिनेछु ।’

    उनले थपे, ‘मलाई कानून एकदम स्पष्ट छ भनेर सल्लाह दिइएको छ । निर्वाचन विभागले पछि विज्ञप्ति जारी गर्नेछ भन्ने मैले बुझेको छु । यो चुनाव सजिलो हुनेवाला छैन । हामीले कडा सङ्घर्ष गर्नुपर्नेछ र हामी त्यही गर्नेछौँ ।’

    आफूलाई प्रत्येक अभियोगमा सात हजार सिंगापुर डलर जरिवाना गरिएको अदालतको फैसलाविरुद्ध अपिल गर्ने सिंहले बताए ।

    सिंहले भने, ‘विपक्षी राजनीति रोज्ने बाटो कमजोर मन भएकाहरूका लागि होइन ।’

    संविधानअनुसार न्यूनतम १० हजार सिंगापुर डलर (सात हजार ४०० अमेरिकी डलर) जरिवाना वा कम्तीमा एक वर्षको जेल सजाय पाउने व्यक्ति निर्वाचनमा भाग लिन वा पाँच वर्षसम्म संसदीय सीट धारण गर्न अयोग्य ठहरिन्छ ।

    ‘प्रतिआरोप १० हजार अमेरिकी डलर जरिवानाको सीमा ननाघेकाले उनी निर्वाचनमा जान अयोग्य ठहरिनु हुनेछैन’, सिंगापुर म्यानेजमेन्ट युनिभर्सिटीमा संवैधानिक कानूनका प्राध्यापक यूजिन टानले भने ।

    यस प्रकरणपछि विधायिकाबाट राजीनामा दिएकी रइसा खानले आफूसँगै आएकी एक महिला बलात्कार पीडितको बारेमा संसदमा सुनाएको कथा तयार पारेको स्वीकारेकी थिइन्।

    पूर्वसांसदले सन् २०२१ मा संसदलाई दिएको जानकारीमा एक प्रहरी अधिकारीले कथित पीडितको पहिरनबारे ‘असंवेदनशील टिप्पणी’ गरेको र उनले रक्सी पिएको बताएका थिए, तर गृहमन्त्री के शनमुगमले यस्तो घटनाको प्रहरी फाइलमा कुनै रेकर्ड नभएको र खानले अन्ततः झूट बोलेको स्वीकारेको बताए ।

    त्यसपछि सिंहमाथि खानको बयानबारे छानबिन गर्ने संसदीय समितिसमक्ष झूट बोलेको आरोप लागेको थियो । उनले पार्टी नेताको रूपमा आफ्नो जिम्मेवारीलाई कम आँक्ने प्रयासमा खानले बलात्कार पीडितको बारेमा कथा बनाएकोबारे आफूलाई थाहा नभएको समितिलाई बताएका थिए ।

    तर न्यायाधीशले साक्षीको रूपमा सिंहको विश्वसनीयतालाई तोडिदिएका छन् । सन् २०२० को आमचुनावमा पीएपीले आफ्नो प्रभुत्व कायम राख्न ९३ मध्ये ८३ सीट जितेको थियो ।

    प्रमुख विपक्षी वर्कर्स पार्टीले सन् १९६५ मा स्वतन्त्र भएयताको सबैभन्दा बलियो प्रदर्शन गर्दै १० सीट जितेको थियो । यसका नेताहरूले आगामी चुनावमा संसदमा पार्टीको संख्या अझ बढाउने आशा व्यक्त गरेका छन् । यो चुनौती नयाँ प्रधानमन्त्री लरेन्स वोङको पहिलो ठूलो राजनीतिक परीक्षा हुनेछ । -रासस/एएफपी

  • दक्षिण एसियाको भूराजनीतिमा जित्दैछ चीन, छिमेकमा भारतले गुमाउँदैछ मित्रवत् अनुहार दिनानुदिन

    दक्षिण एसियाको भूराजनीतिमा जित्दैछ चीन, छिमेकमा भारतले गुमाउँदैछ मित्रवत् अनुहार दिनानुदिन

    काठमाडौं । कोलम्बो वन्दरगाहको पाइलट टावर दक्षिण एसियामा चीनसँगको भारतको संघर्षको एक महत्त्वपूर्ण बिम्ब हो । दक्षिण एसियामा केही यस्ता ठाँउहरू छन् जहाँ भारतीय र चिनियाँ युद्धपोत बेलाबेला ओहोरदोहोर गर्छन् । दक्षिणतिर चीनद्वारा सञ्चालित तथा चीनको बीआरआईमा जोडिएको कन्टेनर टर्मिनल रहेको छ । पश्चिमतिर, भारतको अडानी समूह अर्को टर्मिनल निर्माण गर्दैछ, जसले २०२३ मा अमेरिकी सरकारको ५५३ मिलियन डलरको वित्तीय सहायता पाएको थियो ।

    यो सम्झौता सार्वजनिक भएसँगै यसलाई चीनको प्रभावलाई चुनौती दिनको लागि सहयोगको एउटा नमूना भनेर हर्कबढाइँ गरियो । चीनको प्रभाव यो क्षेत्रभर व्यापार, हतियार बिक्री र पूर्वाधार परियोजनाहरू मार्फत फैलिरहेको थियो । यसमा भारतले अन्य तरिकामा पनि विरोध जनायो । आफ्नो छिमेकीलाई कोभिड-१९ र चिनियाँ ऋणसँग सम्बन्धित ऋण समस्याबाट राहत प्रदान गर्दै ‘भारत अब हारिरहेको छैन- र यो सायद चीनसँगको रणनीतिक प्रतिस्पर्धामा जित्दैछ’ भनेर सन् २०२३ मा र्‍यान्ड कर्पोरेसन नामको एक थिंक ट्यांकले लेखेको पनि थियो ।

    तर, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी यस महिना वाशिङ्टन भ्रमणको तयारी गरिरहँदा उनको क्षेत्रीय उपलब्धि मिश्रित देखिन्छ । गत १८ महिनामा माल्दिभ्स, नेपाल, बंगलादेश र श्रीलंकामा भारतका मित्रवत् मानिएका अनुहारहरू सत्ताको बागडोरमा छैनन् । खासगरी बंगलादेश चीनतर्फ ढल्किँदैछ ।

    यत्तिमात्रै होइन यी र यस्ता राजनीतिक उथलपुथल र अडानी समूहका अध्यक्ष गौतम अडानीमाथिको अमेरिकी घुसकाण्ड आरोपले गर्दा उनी जोडिएका क्षेत्रीय अडानी परियोजनाहरू विवादमा परेका छन् । हुन त अडानीले घुसलाई अस्वीकार गरेका छन् । र, पनि डिसेम्बर ११ मा अडानीको कम्पनीले बनाउन लागेको कोलम्बो वन्दरगाहको लागि अमेरिकी ऋण प्रयोग नगर्ने घोषणा गर्‍यो ।

    नेपालका लागि पूर्वभारतीय राजदूत रञ्जित रे भारतले दलहरूबीच समान सम्बन्ध निर्माण गर्न नसकेको र ओलीलाई जुलाईमा प्रधानमन्त्री बनेपछि भ्रमणको निम्तो नदिएकोमा आलोचना गर्छन् ।

    यस उतारचढावको एक कारण क्षेत्रीय नेताहरूले एसियाका महाशक्तिहरूलाई एकअर्कासँग खेलाउनु हो । तर, यसमा भारतको कमजोर कूटनीतिक क्षमता पनि कारक छ । यसले भौगोलिक तथा सांस्कृतिक सम्बन्धका सेतु भएको भारतका लागि गम्भीर प्रश्न उब्जाउँछ । मोदीले २०१४ मा ‘छिमेकी प्रथम’ नीति अपनाएका थिए । भारतका सुरक्षा र कूटनीतिक वृत्तका केही सदस्यहरू चिनियाँ प्रभाव तुलनात्मकरूपमा कमजोर रहँदा पनि भारतले सम्भावित लाभ लिन नसकेकोमा चिन्तामा छन् ।

    चीनमा नियन्त्रण गर्न भारतमाथि निर्भर परेका अमेरिका र अन्य सरकारहरूका लागि पनि चिन्ताको विषय हो । धेरैजसो पश्चिमी अधिकारीहरू डराउँछन् कि भारतको क्षेत्रीय कूटनीति प्रायः उल्टो असर पार्छ वा उनीहरूको आफ्नै रणनीतिसँग द्वन्द्वमा आउँछ । केहीले भारतले निरंकुश शासकहरूलाई समर्थन गर्ने, अपारदर्शी व्यापार सम्झौताहरू प्रवर्द्धन गर्ने र आफ्नै देशमा अन्धराष्ट्रिय भावना भड्काउनेजस्ता चीनकै व्यवहारको नक्कल गरिरहेको आरोप लगाउँछन् । डोनाल्ड ट्रम्प पुनः ह्वाइट हाउस फर्किनु भारतका लागि नयाँ चुनौती थप्ने अर्को कारक बनेको छ ।

    बंगलादेशकै कुरा गरौँ- यो देश दक्षिण एसियाली क्षेत्रको सबैभन्दा ठूलो ढलमल ढलमल हुने देश हो । पाकिस्तान त धेरै समयबाट चीनसँग ज्यादै निकट छ । भारत २००९ देखि २०२४ सम्म बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको कट्टर समर्थक थियो र उनको बढ्दो अधिनायकवादी शासनलाई नजरअन्दाज गर्‍यो । कतिसम्म भने बंगलादेश इस्लाम अतिवादीबाट तनावमा हुने भन्दै भारतीय अधिकारीहरूले अमेरिकासँग उनको शासनको आलोचना कम गर्नसमेत लबिङ गरे ।

    केही समयका लागि भएपनि भारतको रणनीति सफल भएको भान पर्‍यो । व्यापार, पूर्वाधार र सुरक्षासम्बन्धी सम्बन्धहरू झाँगिए । बंगलादेशले चीनसँग सम्बन्ध बिस्तार गरेतापनि सुरक्षा मामिलामा भारतलाई प्राथमिकता दियो । तर, अगस्ट २०२४ मा भारतको यो हालिमुहाली कमजोर हुन पुग्यो । विद्यार्थीहरूले नेतृत्व गरेको विरोध प्रदर्शनपछि शेख हसिनालाई अपदस्थ गरियो, र उनी भारतमा निर्वासित भइन । अहिले बंगलादेशमा भारतविरोधी भावना व्यापक रूपमा फैलिएको छ । बंगलादेशका हिन्दूहरूमाथि आक्रमण भएको समाचारप्रति धेरै भारतीयहरू बिच्किएका छन् ।

    यसैबीच, चीनले आफ्नो बीआरआई पूर्वाधार योजनालाई केही सीमित गरेको जस्तो देखिन्छ । भारतसँगको चारवर्षे सीमा विवाद समाधान गरे जस्तो देखिन्छ । रैपनि रणनीतिक अवसरहरूको फाइदा त्यही चीनले उठाइरहेको छ । बंगलादेशका अन्तरिम विदेशमन्त्री तौहीद हुसैनका अनुसार चीनले बंगलादेशलाई पहिले नै २ अर्ब डलर आर्थिक सहायता दिने वाचा गरिसकेको छ । र, थप ५ अर्ब डलर सहयोगबारे छलफल बढ्दैछ ।

    गत जनवरीमा बेइजिङ भ्रमण गर्ने क्रममा उनले थप सहायता मागे, र चीनले केही ऋणहरूको अवधि विस्तार गर्‍यो । दुवै पक्षले पूर्वाधार परियोजनामा संलग्न हुने प्रतिबद्धता जनाए भने चीनले बंगलादेशको दोस्रो ठूलो बन्दरगाह मोंगला पोर्टको विकास गर्ने प्रस्तावबारे छलफल गर्‍यो । भारतले यो वन्दरगाह विकास गर्न शेख हसिनाको कार्यकालमा प्रस्ताव पेश गरेको थियो, जसको उद्देश्य हिन्द महासागरमा रहेका चीन-नियन्त्रित बन्दरगाहहरूको सञ्जालसँग प्रतिस्पर्धा गर्नु थियो ।

    चीनमा नियन्त्रण गर्न भारतमाथि निर्भर परेका अमेरिका र अन्य सरकारहरूका लागि पनि चिन्ताको विषय हो । धेरैजसो पश्चिमी अधिकारीहरू डराउँछन् कि भारतको क्षेत्रीय कूटनीति प्रायः उल्टो असर पार्छ वा उनीहरूको आफ्नै रणनीतिसँग द्वन्द्वमा आउँछ ।

    यो केबल भारतीय खुफिया क्षेत्रको असफलता मात्र नभएर क्षेत्रीय मामिलामा भारतको पुरानो र अप्रभावी नीति उजागृत हुनु थियो । भारतले जोसुकै सत्तामा भए पनि दशकौंसम्म आफ्नो सुरक्षा चासोलाई प्राथमिकता दिने शर्तमा समर्थन गर्‍यो । मोदीले यस नीतिलाई अझ सशक्त बनाए । तर, मुख्य रूपमा आर्थिक शक्तिमा निर्भर रहे । उनले २०२२ मा श्रीलंकाको ऋण संकटपछि ४ अर्ब डलरको सहायता पनि थिए । तर, २०१५ मा नेपालको अनौपचारिक नाकाबन्दीजस्ता कडा कारवाही जस्ता कदम पनि चाले ।

    भारतीय अधिकारीहरूले भन्ने गरेका छन् कि यो नीति सफल भइरहेको छ । उनीहरू श्रीलंकाका नयाँ राष्ट्रपतिसँगको सम्बन्धलाई उदाहरण दिन्छन्, जसको पहिलो विदेश भ्रमण भारतमै भएको थियो । यद्यपि उनको वामपन्थी पार्टी चीनसँग ऐतिहासिक रूपमा निकट छ । उनीहरूले माल्दिभ्सका नयाँ नेतालाई चुनाव प्रचारका क्रममा लिएको ‘भारत विरोधी’अडान परित्याग गर्न पनि राजी गराएको भन्दैछन् । बंगलादेशको सन्दर्भमा भने, भारतीय अधिकारीहरूले भारतीय मिडियामा आएका व्यापक अफवाहलाई रोक्न देखिनेखालको पहल गरेका छैनन् । भारतीय अखबारहरूको दाबी छ की अमेरिका नै शेख हसिनाको पतनको कारक थियो ।

    यति हुँदाहुँदै पछिल्लो केही हप्ताहरूमा वरिष्ठ भारतीय कूटनीतिक तथा सुरक्षा विश्लेषकहरूले यो नीतिको पुनर्विचारको आह्वान गरेका छन् । उनीहरू भन्दैछन्- भारतले आवश्यकता भन्दा धेरै बल प्रयोग गर्‍यो र चीनकै जस्तो गल्ती गर्‍यो । विपक्षी दलहरू तथा नागरिक समाजसँग सम्बन्ध विकास गर्न असफल भयो । साझा मूल्य तथा पहिचान प्रवर्द्धन गर्न सकेन । केही विश्लेषकहरू यसलाई मोदीको राजनीतिक विपक्षीहरू र गैरसरकारी संस्थाहरूप्रति देखिएको कठोरतासँग जोड्छन् । उनका हिन्दू राष्ट्रवादी विचारहरूले पनि खासगरी मुस्लिम बहुल बंगलादेशमा नकारात्मक छाप छोड्न सकेको हुनसक्छ ।

    भारतीय पूर्वविदेश सचिव शिवशंकर मेननका शब्दमा भन्दा विश्व निकै तीव्र गतिमा परिवर्तन भइरहेको छ तर भारत अझै पुरानै रणनीति अपनाइरहेको छ । र, पुरानै नतिजा अपेक्षा गरिरहेको छ । मेननका अनुसार, भारतले आर्थिक एकीकरणमा ध्यान दिनु पर्छ र कमजोर छिमेकीहरूसँग पारस्परिक लाभ खोज्न छोड्नुपर्छ । अन्य विज्ञहरू भन्छन्, भारतले क्षेत्रका युवाहरूलाई बढी प्राथमिकता दिनुपर्छ । उनीहरूलाई भारतमा अध्ययन गर्न प्रोत्साहित गर्नुपर्छ । अर्का पूर्वविदेश सचिव श्याम शरणका भनाइमा भारतले क्षेत्रीय मामिलामा संलग्न हुने कूटनीतिज्ञहरूको सङ्ख्या बढाउनुपर्ने र सीमावर्ती क्षेत्रमा स्थानीय सरकारहरूको बढी संलग्नता सुनिश्चित गर्नुपर्ने आवश्यकता आएको छ ।

    भारतीय कूटनीतिज्ञहरू श्रीलंकासँग अझ चनाखो रूपमा प्रस्तुत भएका छन् । यद्यपि त्यहाँका राष्ट्रपति अनुरा कुमारा दिसानायके अझै पनि दुवै पक्षसँग सम्बन्ध सन्तुलित राख्न खोजिरहेका छन् । उनले जनवरीमा चीन भ्रमण गर्दा, दक्षिण श्रीलंकामा रहेको चीनको स्वामित्वमा रहेको बन्दरगाह नजिकै ३.७ अर्ब डलरको तेलशोधक परियोजनालाई तीव्ररूपमा अघि बढाउने सहमति जनाएर आए । भारतले उक्त बन्दरगाहलाई सम्भावित सैन्य खतराका कोणमा लिँदै आएको छ ।

    भारतले जोसुकै सत्तामा भए पनि दशकौंसम्म आफ्नो सुरक्षा चासोलाई प्राथमिकता दिने शर्तमा समर्थन गर्‍यो । मोदीले यस नीतिलाई अझ सशक्त बनाए । तर, मुख्य रूपमा आर्थिक शक्तिमा निर्भर रहे ।

    दिसानायकेले विदेशी अनुसन्धान जहाजहरूको भ्रमणमा लगाइएको रोक हटाएका छन् । उक्त रोकावट भारतले चिनियाँ जहाजहरूको भ्रमणको विरोध गरेपछि लगाइएको थियो । साथै, उनले चीनले रोजेको शब्दावली प्रयोग गर्दै तिब्बतलाई ‘सिचाङ’भनेर सम्बोधन गरे र ताइवानसँग एकीकरणका लागि चीनको ‘सबै’ प्रयासको समर्थन जनाए । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि गत डिसेम्बरमा चीन भ्रमण गर्दा यस्तै भाषाको प्रयोग गरे । उनले आर्थिक सम्बन्ध अझै गहिर्‍याउने सहमति गरे । नेपालका लागि पूर्वभारतीय राजदूत रञ्जित रे भारतले दलहरूबीच समान सम्बन्ध निर्माण गर्न नसकेको र ओलीलाई जुलाईमा प्रधानमन्त्री बनेपछि भ्रमणको निम्तो नदिएकोमा आलोचना गर्छन् ।

    भारतका लागि अर्को चिन्ताको विषय भनेको पूर्वाधार परियोजनाहरूमा प्रतिस्पर्धा गर्न मोदी निकट मानिएका अडानी समूहमा गरिएको निर्भरता हो । सन् २०१७ मा अडानीले बंगलादेशलाई बिजुली आपूर्ति गर्ने २५ वर्षे सम्झौता गर्‍यो । श्रीलंकामा, उसले कोलम्बो बन्दरगाह र वायु ऊर्जाका परियोजना विनाप्रतिस्पर्धा नै पायो । नेपालमा, अडानीले एक विमानस्थल निर्माण गर्न र तीनवटा विमानस्थल सञ्चालन गर्न शक्ति लगाइरहेको छ ।

    बङ्गलादेशले अहिले बिजुली सम्झौतामा पुनः वार्ता गर्न चाहिरहेको छ । बंगलादेशले सम्झौतामा मूल्य अनावश्यक रूपमा बढाइएको आरोप समेत थपेको छ । अडानी समुहले भने कम्पनीले सम्झौता अनुसारका सबै दायित्वहरू पूरा गरेको बताएको छ। श्रीलंकाले पनि वायु ऊर्जा सम्झौतामाथि पुनरावलोकन गरिरहेको छ ।

    यी सबै समस्याहरूको जरामा अझ गहिरो समस्या लुकेको छ । विश्व मञ्चमा पुगेर मोदी भारतलाई उदीयमान विश्वशक्ति र विश्व दक्षिणका प्रवक्ताका रूपमा प्रस्तुत गर्छन् । तर, क्षेत्रीय अधिकारीहरूका अनुसार भारतले आफ्नै छिमेकीहरूबीच के लक्ष्य राख्छ भन्ने कुनै खाका प्रस्ट भएको छैन । जबसम्म भारतले त्यसलाई स्पष्ट पार्दैन तबसम्म उसका शंकालु छिमेकीहरूले अन्य विकल्पहरू सुरक्षित राख्नेछन् । र, चीनले यसको फाइदा उठाइरहनेछ ।

    (दि इकोनोमिस्टबाट अनुवादित सामग्री)

  • दिल्ली रेल्वे स्टेसनमा भएको भागदौडमा १८ जनाको मृत्यु

    दिल्ली रेल्वे स्टेसनमा भएको भागदौडमा १८ जनाको मृत्यु

    काठमाडौं । भारतको राजधानी दिल्लीको नयाँ दिल्ली रेल्वे स्टेसनमा भएको भागदौडमा १८ जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा ९ महिला, ४ पुरुष र ५ बालबालिका रहेका छन् । तीमध्ये सबैभन्दा बढी ९ जना बिहारका, ८ जना दिल्ली र १ जना हरियाणाका छन् ।

    आइतबार बिहान भएको उक्त घटनामा कैयौँ मानिस घाइते भएका छन् ।

    प्रयागराज महाकुम्भमा जानका लागि हजारौँ भक्तजनहरू रेलमा चढ्न जम्मा भएका बेला १३ र १४ नम्बर प्लेटफर्ममा घटना भएको हो।

    दिल्ली फायर सर्भिसले एक आपत्कालीन कल प्राप्त गर्नासाथ तुरुन्तै ४ फायर इन्जिनहरू नयाँ दिल्ली रेलवे स्टेसनमा पठाएको थियो।

    यसबाहेक घटनास्थलबाट एम्बुलेन्सहरूले पनि घाइतेको उघार गरिरहेका छन् । रेलवे पुलिस र दिल्ली पुलिसले घाइतेहरूलाई लेडी हार्डिङ्ग अस्पतालमा भर्ना गरिरहेका छन् ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहले नयाँ दिल्ली रेलवे स्टेसनमा भएको भागदौडमा मारिएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

  • बेलायती मिडियासँग पूर्वभारतीय राजदूत रे भन्छन्- ओलीलाई निम्तो नगर्नु गलत

    बेलायती मिडियासँग पूर्वभारतीय राजदूत रे भन्छन्- ओलीलाई निम्तो नगर्नु गलत

    काठमाडौं । नेपालका लागि भारतका पूर्वराजदूत रञ्जित रेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले निम्तो नदिनु गलत भएको बताएका छन् ।

    नेपालमा भारतले नाकाबन्दी लगाएको समयमा राजदूत रहेका तथा ‘काठमाण्डु डिलेमा’ नामक चर्चित पुस्तकका लेखकसमेत रहेका रेले बेलायती अखबार दि इकोनोमिस्टमा बोल्दै यस्तो बताएका हुन् ।

    रेले नेपालका सबै दलहरुसँग समान सम्बन्ध बनाउनमा पनि भारत चुकेको बताएका छन् । गत जुलाईमा प्रधानमन्त्री भएका ओलीलाई भारतले निम्तो दिनुपर्नेमा नदिएको रेले बताएका छन् ।

    दक्षिण एसियामा भारतभन्दा चीन कसरी बढी सफल भइरहेको छ भन्ने शीर्षकको इकोनोमिस्टको एक ताजा सामग्रीमा रेले यस्तो बताएका हुन् ।

  • बंगलादेशका प्रधानमन्त्रीसँग भिडिओ कल गरेपछि मोदीसँग भेटे एलन मस्कले

    बंगलादेशका प्रधानमन्त्रीसँग भिडिओ कल गरेपछि मोदीसँग भेटे एलन मस्कले

    काठमाडौं । विश्वका सबैभन्दा धनाड्य खर्बपति एलन मस्कले बंगलादेशका अन्तरिम सरकारका प्रमुख र भारतीय प्रधानमन्त्रीसँगै एकै दिन छलफल गरेका छन् ।

    अमेरिकाको भ्रमणमा पुगेका मोदीसँग भौतिक भेट गर्नु अगाडी मस्कले बंगलादेशका आन्तरिक सरकारका प्रमुख महोमद युनुसँग लामो कुराकानी गरेका थिए ।

    भारतीय समाचार पोर्टल दि प्रिन्टका अनुसार मस्क र युनुसको लामो छलफलमा युनुसले मस्कको स्टारलिङ्क इन्टरनेट बंगलादेशमा ल्याउन आग्रह गरेका थिए ।

    मोदीसँगको भेटमा अन्तरिक्ष, प्रविधि आदिमा छलफल भएको मोदीले मस्ककै स्वामित्व भएको सामाजिक सञ्जाल एक्समा लेखेका छन् । मोदी र मस्कको भेट मोदी र ट्रम्पको भेट भन्दा अगाडि भएको थियो ।

    ट्रम्पले मस्कलाई डिपार्टमेन्ट अफ गभरभेन्ट  इफिसिएन्सी (डज)को प्रमुख बनाएकोले त्यो भेट डजको कि नीजि कुन हैसियतमा भएको भनेर पत्रकारहरूले सोधेको प्रश्नमा ट्रम्पले त्यो बारेमा आफूलाई जानकारी नभएको र मोदीलाई सोध्नुपर्ने बताएको दि प्रिन्टले उल्लेख गरेको छ ।

    दि प्रिन्टका अनुसार ज्यादै भन्सारको कारणले भारतमा व्यवसाय गर्न गाह्रो भएकोले मस्कले त्यही बारेमा पनि कुरा गरेको हुनसक्ने ट्रम्पले बताएका थिए ।

  • १६ वर्षमा मोदीको तेस्रो पत्रकार सम्मेलन अमेरिकामा : अडानीको प्रश्नमा ‘नीजि मामिला’ भन्दै पन्छिए

    १६ वर्षमा मोदीको तेस्रो पत्रकार सम्मेलन अमेरिकामा : अडानीको प्रश्नमा ‘नीजि मामिला’ भन्दै पन्छिए

    काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पछिल्लो १६ वर्षमा तेस्रो पत्रकार सम्मेलन अमेरिकामा गरेका छन् ।

    भारतीय समाचार पोर्टल दि वायरका अनुसार अमेरिकाको औपचारिक भ्रमणमा पुगेका मोदीले डोनाल्ड ट्रम्पसँग गरेको बिहीबार गरेको संयुक्त पत्रकार सम्मेलनमा भारतीय खर्बपति तथा मोदीका मित्र गौतम अडानीबारेमा पनि प्रश्न गरिएको थियो ।

    अमेरिकामा मुद्दा चलाइएका मोदी निकट अडानीबारेमा पत्रकार सम्मेलनमा सोधिएको थियो । मोदीले अडानीको बारेमा खासै बोल्न चाहेनन् ।

    उनले यसलाई ‘नीजि मामिला’ भनेर पन्छिएको दि वायरले उल्लेख गरेको छ ।

    मोदीले अडानीको प्रश्नमा भनेका छन्, ‘भारत वशुधैव कटुम्बकममा आधारित एक लोकतन्त्र हो । हरेक भारतीयहरू यो परिवारका सदस्य हुन् । हामी नीजि मामिलालाई दुई देशको छलफलको विषयमा ल्याउँदैनौँ ।’

    बाइडेन सत्ता हुँदा गौतम अडानीलाई घुसको मुद्दा दर्ता भएको थियो । तर, गत फेब्रुअरी १० मा डोनाल्ड ट्रम्पले त्यो मामिलालाई १८० दिनसम्मलाई स्थगन गरेको दि वायरले उल्लेख गरेको छ ।

  • यी हुन् विश्वका १० गरिब देश (सूचीसहित)

    यी हुन् विश्वका १० गरिब देश (सूचीसहित)

    काठमाडौं । फोर्ब्सले हालै विश्वका शीर्ष १० गरिब देशहरूको सूची सार्वजनिक गरेको छ । सूचीअनुसार आठ देशहरू अफ्रिकाका हुन्, प्रति पूँजी जीडीपीको आधारमा देशहरूको सूची निकालिएको हो ।

    यो सूचीमा भारतसँग मैत्रीपूर्ण सम्बन्ध भएको टापु राष्ट्र माडागास्कर १० औँ स्थानमा छ । भारत प्रतिद्वन्द्वी देशहरू, पाकिस्तान र बंगलादेश, गिर्दो अर्थतन्त्र र वित्तीय समस्या भए पनि यो सूचीमा छैनन् । इन्डिया डटकमका अनुसार यो सन् २०२४ को तथ्याङ्कमा आधारित छ ।

    यी हुन् ती देशहरू

    दक्षिण सुडान : फोर्ब्सका अनुसार, विश्वको सबैभन्दा कान्छो देश, प्रति व्यक्ति जीडीपीको हिसाबले सबैभन्दा गरिब देशको सूचीमा पहिलो नम्बरमा छ । २०११ मा एक सार्वभौम राष्ट्र बनेको सानो पूर्वी अफ्रिकी देशको जनसंख्या १ करोड ११ लाख रहेको छ । यहाँको कुल जीडीपी २९.९९ अर्ब डलर छ।

    बुरुन्डी : बुरुन्डी पूर्वी अफ्रिकामा रहेको सानो भूपरिवेष्टित देश हो । बुरुन्डी विश्वको दोस्रो सबैभन्दा गरिब देशको रूपमा सूचीकृत छ । यहाँ १,३४,५९,२३६ जनसंख्याको कुल गार्हस्थ्य उत्पादन २.१५ अर्ब डलर छ। विज्ञहरूले बुरुन्डीको तीव्र जनसंख्या वृद्धि, साथै यसको ठूलो कृषि जनसंख्यालाई यसको आर्थिक समस्याको प्रमुख कारणको रूपमा जिम्मेवार ठहराएका छन्।

    मध्य अफ्रिकी गणराज्य : ४३.०३ अर्ब डलरको कुल जीडीपी भएको मध्य अफ्रिकी गणराज्यको जनसंख्या ५,८४९,३५८ रहेको छ । यो विश्वको तेस्रो सबैभन्दा गरिब देश हो। यहाँ सुन, तेल, युरेनियम र हीराको भण्डार नै भए पनि, राजनीतिक अस्थिरता, सशस्त्र द्वन्द्वका ८० प्रतिशत नागरिक गरिबीको रेखामुनि बस्छन्।

    मलावी : मलावी मनमोहक परिदृश्यका लागि परिचित छ । दक्षिणपूर्वी अफ्रिकामा अवस्थित मलावी २,१३,९०,४६५ जनसंख्या छ । यहाँको कुल जीडीपी १०.७८ अर्ब डलर छ । मलावी कृषिमा धेरै निर्भर छ । कृषि पनि वर्षामा निर्भर हुन्छ तर जलवायु परिवर्तन जस्ता कारणले उत्पादन कमी हुँदा जनताहरू मारमा छन् ।

    मोजाम्बिक : पूर्वी अफ्रिकामा रहेको कम जनसंख्या भएको मोजाम्बिक विश्वको सबैभन्दा गरिब देशहरूको सूचीमा पाँचौँ स्थानमा छ। प्राकृतिक स्रोतसाधनमा धनी भए पनि, प्राकृतिक प्रकोप, रोग, तीव्र जनसंख्या विस्फोट, कम कृषि उत्पादकत्व र सम्पत्ति असमानताले ग्रस्त छ । वर्षौंदेखिको आतंकवाद र गिरोह हिंसाले यो देश तहसनहस भएको छ। पूर्व पोर्चुगिज उपनिवेश मोजाम्बिकको २४.५५ अर्ब डलरको सम्पत्ति छ । यहाँको जनसंख्या ३४,४९७,७३६ रहेको छ।

    सोमालिया : अफ्रिकाको सबैभन्दा बढी हिंसाग्रस्त देशहरू मध्ये एक हो, सोमालिया । समुद्री डाँकाहरूका लागि सोमालिया कुख्यात छ । यहाँको जनसंख्या १९,००९,१५१ जनसंख्या रहेको छ । १३.८९ अर्ब डलरको जीडीपी सोमालियाको छ । विनाशकारी गृहयुद्धले तहसनहस भएकाले यहाँको राज्य र अर्थतन्त्र ध्वस्त भएको छ

    प्रजातान्त्रिक गणतन्त्र कंगो : उप-सहारा अफ्रिकाको सबैभन्दा ठूलो देश, प्रजातान्त्रिक गणतन्त्र कंगो विश्वको सातौं गरिब देश हो । यहाँको कुल जीडीपी ७९.२४ अर्ब डलर छ । १०४,३५४,६१५ जनसंख्या भएको कंगो कोबाल्ट र तामा जस्ता प्राकृतिक स्रोतसाधनमा धनी छ । तर पनि गम्भीर आर्थिक संकटसँग जुधिरहेको छ । लगभग ६२ प्रतिशत कंगोलीहरू प्रति दिन १८० रुपैयाँभन्दा कममा बाँचिरहेका छन् । यहाँका जनतालाई नेपाली शान्ति सेनाले सुरक्षा दिइरहेका छन् ।

    लाइबेरिया : ५,४९२,४८६ जनसंख्या भएको यो पश्चिम अफ्रिकी राष्ट्र विश्वको आठौं गरिब देश हो । यसको कुल जीडीपी ५.०५ अर्ब डलर छ। विज्ञहरूका अनुसार लाइबेरियाको दीर्घकालीन गरिबी विनाशकारी गृहयुद्ध र इबोला जस्ता प्रकोपहरू मुख्य कारण हुन् ।

    यमन : इरानको नजिकको सहयोगी यमन विश्वको नवौं सबैभन्दा गरिब देश हो । यहाँको जीडीपी १६.२२ अर्ब डलर छ । लगभग ३४.४ मिलियन जनसंख्या रहेको यमनमा वर्षौंदेखिको गृहयुद्ध र राजनीतिक अस्थिरता छ, जसले यसको अर्थतन्त्रलाई ध्वस्त पारेको छ।

    यमन द्वन्द्वले लाखौंलाई आन्तरिक रूपमा विस्थापित गरेको छ । पूर्वाधारमा क्षति पुर्‍याएको छ र कृषि उत्पादनमा बाधा पुर्‍याएको छ । खाना, पानी र औषधि जस्ता आवश्यक वस्तुहरूको अभाव भएको छ । लाखौंले बाँच्नको लागि संयुक्त राष्ट्र संघ जस्ता एजेन्सीहरूबाट प्राप्त मानवीय सहायतामा भर पर्नु परेको छ।

    माडागास्कर : रणनीतिक हिन्द महासागर क्षेत्रमा भारतको नजिकको सहयोगी टापु राष्ट्र माडागास्कर विश्वको १० औँ सबैभन्दा गरिब देश हो । ३०.३ मिलियन जनसंख्या रहेको माडागास्करको कुल जीडीपी १८.१ बिलियन डलर छ। १९६० मा सार्वभौम बनेको पूर्व फ्रान्सेली उपनिवेश माडागास्करको अर्थतन्त्र प्रायः पर्यटन र खानीमा निर्भर छ।

  • भारतीय प्रधानमन्त्री मोदी र डज प्रमुख मस्कबीच भेटवार्ता

    भारतीय प्रधानमन्त्री मोदी र डज प्रमुख मस्कबीच भेटवार्ता

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहिले अमेरिका भ्रमणमा रहेका छन् ।

    अमेरिकामा रहँदा उनले राष्ट्रपति डोनाल्ड ट्रम्प लगायत अन्य व्यक्तित्वहरूसँग भेटघाट गरिरहेका छन् ।

    यसैबीच उनले अमेरिकी सरकार दक्षता विभाग (डज) का प्रमुख एलोन मस्कसँग पनि भेट गरेका छन् ।

    भेटमा नवप्रवर्तन, अन्तरिक्ष अन्वेषण र दिगो विकासमा सहकार्य गर्न सकिने विषयमा छलफल भएको थियो । मस्कसँगै उनका परिवारका सदस्य पनि भेटका क्रममा सहभागी थिए ।

  • ग्रिनल्याण्ड लिने मुद्दामा ट्रम्पलाई साथ दिँदै अमेरिकी सांसदले विधेयक दर्ता गराए- नयाँ नाम के राखे ?

    ग्रिनल्याण्ड लिने मुद्दामा ट्रम्पलाई साथ दिँदै अमेरिकी सांसदले विधेयक दर्ता गराए- नयाँ नाम के राखे ?

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डलाई अमेरिकामा गाभ्ने बताएसँगै अमेरिकी रिपब्लिकन पार्टीका एक सांसदले त्यसलाई साथ दिने विधेयक दर्ता गराएका छन् ।

    मङ्गलवार दर्ता गराइएको विधेयकले डेनमार्कको भूमि ग्रिनल्याण्ड किन्ने, नयाँ नाम राख्ने बताइएको छ । ग्रिनल्याण्डको नयाँ नाम ‘रेड, ह्वाइट, ब्लूल्याण्ड’ राख्ने सांसद बडी कार्टरले उल्लेख गरेका छन् ।

    ट्रम्पकै कार्यकालमा अमेरिकाको भूमि बढ्ने भन्दै कार्टरले ग्रिनल्याण्ड नाम हटाएर अमेरिकी नाम राख्ने विधेयकमा उल्लेख गरेको अमेरिकी च्यानल फक्सले उल्लेख गरेको छ ।

    ट्रम्पले बारम्बार ग्रिनल्याण्ड अमेरिकाले लिने बताएसँगै डेनमार्कले त्यो सम्भव नभएको बताउँदै आएको छ । केहि हप्ता अगाडि एक रुसी सांसदले ग्रिनल्याण्डको भाषा र संस्कृति रुसी नागरिकहरूसँग मिल्ने भन्दै रुसमा गाभिने तर्क गरेका थिए ।

    युरोपेली युनियनका अधिकारीहरूले भने ग्रिनल्याण्ड डेनमार्ककै हुने बताउँदै आएका छन् । अमेरिकी तथा डेनमार्कका विभिन्न संस्थाहरूले सर्वेक्षण गरिरहेका छन् ।

    अमेरिकीले गरेको सर्वेक्षणमा अमेरिकामा गाभिन तयारहरू धेरै र डेनमार्कले गरेको सर्वेक्षणमा डेनमार्कमै बस्न तयारहरूको संख्या धेरै देखाइँदै आएको छ । अहिले पनि ग्रिनल्याण्डमा अमेरिकी सेनाको शिविर रहेको छ ।

  • ‘गल्फ अफ मेक्सिको’ उच्चारण गरेको भन्दै अमेरिकी पत्रकारलाई ह्वाइट हाउस छिर्न प्रतिबन्ध

    ‘गल्फ अफ मेक्सिको’ उच्चारण गरेको भन्दै अमेरिकी पत्रकारलाई ह्वाइट हाउस छिर्न प्रतिबन्ध

    काठमाडौं । गल्फ अफ मेक्सिको उच्चारण गरेको आधारमा एक अमेरिकी पत्रकारलाई ह्वाइट हाउसमा छिर्न प्रतिबन्ध लगाइएको छ ।

    जर्मनको विश्व च्यानल डीडब्लूका अनुसार अमेरिकी सरकारी समाचार एजेन्सी एपीका पत्रकारले राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ न्वारान गरेको गल्फ अफ अमेरिका नभनेर गल्फ अफ मेक्सिको भनेको आधारमा उनलाई प्रवेश नदिइएको हो ।

    यो घटना मङ्गलवारको हो । एपीकी कार्यकारी सम्पादक जुली पेसले ट्रम्प प्रशासनले स्वतन्त्र पत्रकारिता गर्नमा अवरोध गरेको भन्दै सार्वजनिक वक्तव्य दिएकी छिन् ।

    एपीले आफ्नो स्टाइल बुकमा पछिल्लो ४०० वर्षमा गल्फ अफ मेक्सिको कै नाम प्रयोग भएको भन्दै आफू विश्व न्यूज एजेन्सी भएकोले त्यही नाम प्रयोग गर्ने बताएको छ ।

    हालसालै गुगल र एपलले अमेरिकी राष्ट्रपतिले दिएकै नाम ‘गल्फ अफ मेक्सिको’ प्रयोग गरेका छन् ।

    यस्तै ट्रम्प प्रशासनले पत्रकारलाई निषेध गरेकोमा ह्वाइट हाउस करोसपोन्डेन्ट्स एसोसिएसनले विरोध प्रदर्शन गरेको छ ।

    अध्यक्ष युजेन डेनियल्सले प्रवेश निषेधको घटन अस्वीकार्य भएको भन्दै सार्वजनिक वक्तव्य दिएका छन् ।

  • रुसले हामीलाई धेरै राम्रो व्यवहार गर्‍यो : डोनाल्ड ट्रम्प

    रुसले हामीलाई धेरै राम्रो व्यवहार गर्‍यो : डोनाल्ड ट्रम्प

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसले अमेरिकालाई राम्रो व्यवहार गरेको बताएका छन् ।

    रुसी विश्व च्यानल आरटीका अनुसार ट्रम्पले हालसालै रुसले रिहाइ गरेको १४ वर्ष कैद फैसला सुनाइएका अमेरिकी दूतावासका कर्मचारीको सवालमा बोल्दै ट्रम्पले यस्तो बताएका हुन् ।

    मार्क फोगेल नामका अमेरिकी दूतावासका कर्मचारीलाई लागूऔषध बोकेको आरोपमा रुसले पक्राउ परेको थियो ।

    दुई देशको सहमति अनुसार फोगेको रिहाइ भएको छ । फोगेल ट्रम्पका मध्यपूर्वका दूत स्टेभ विटकोभको नीजि जहाजमा रुसबाट मङ्गलवार बिदा भएका छन् ।

    ट्रम्पले फोगेलको रिहाइमा रुसले धेरै सर्त पनि नराखेको भन्दै राम्रो व्यवहार गरेको बताउँदै आगामी दिनहरूमा रुससँगको सम्बन्धमा यसले सहयोग पुग्ने बताएका छन् ।

    ट्रम्पले भनेका छन्, ‘मलाई विश्वास छ यसले लाखौँ मान्छे मार्ने युद्धको अन्त्य गर्न सुरुवाती भूमिका खेल्नेछ ।’

  • दक्षिण कोरियाली शिक्षिकाद्वारा ८ वर्षीया विद्यार्थीमाथि छुरा प्रहार

    दक्षिण कोरियाली शिक्षिकाद्वारा ८ वर्षीया विद्यार्थीमाथि छुरा प्रहार

    काठमाडौं । दक्षिण कोरियाली एक शिक्षिकाले एक ८ वर्षकी छात्रालाई छुरा प्रहार गरेकी छन् ।

    सोमबार छुरा प्रहार गरिएको बेलायती विश्व च्यानल बीबीसीले उल्लेख गरेको छ । ४० वर्षको उमेरमा हिँडिरहेकी ती शिक्षिकाले छुरा प्रहारबाट विद्यार्थीको ज्यान गएको छ ।

    यो घटनाले दक्षिण कोरियालाई हल्लाएको छ । कार्यवाहक राष्ट्रपति चोइ साङ मोकले मङ्गलवार छानबिन गर्न आदेश दिएका छन् ।

    गत डिसेम्बर ९ मा डिप्रेसनमा परेको भन्दै शिक्षिकाले ६ महिनाको बिदा मागेको खुलेको छ । तर, उनी बिदा पुरा नभई २० दिनमा काममा फर्किएकी थिइन ।

    चिकित्सकले उनी काममा आउन योग्य भएको भन्दै सिफारिस गरेको आधारमा उनी काममा आएको पाइएको छ ।

  • दक्षिण कोरियाको तेल भण्डारण ट्याङ्की विस्फोटमा एक जनाको मृत्यु

    दक्षिण कोरियाको तेल भण्डारण ट्याङ्की विस्फोटमा एक जनाको मृत्यु

    सियोल । दक्षिण कोरियाको तेल भण्डारण ट्याङ्की विस्फोटमा सोमबार एक कामदारको मृत्यु हुनुको साथै अन्य घाइते भएको योनहाप समाचार एजेन्सीले जनाएको छ ।

    राजधानी सियोलबाट करिब ३०० किलोमिटर दक्षिणपूर्वमा रहेको उल्सानको एउटा कारखानामा स्थानीय समय अनुसार बिहान ११ः१५ बजे विस्फोट भएको हो ।

    घटनास्थलमा उपस्थित एक जनालाई अचेत अवस्थामा शल्यक्रियाका लागि अस्पताल लगिएको थियो, तर पछि उनको मृत्यु भएको थियो ।

    ट्याङ्कीको माथि रहेको ह्याच खोलेरभित्र रहेको पेट्रोकेमिकलको मात्रा जाँच गर्ने क्रममा विस्फोटमा परी दुईजना घाइते भएको अनुमान गरिएको छ ।

    विस्फोटपछि लागेको आगो निभाउन दमकलसहितको उपकरण परिचालन गरेको थियो ।

    आगलागी भएको ट्याङ्कीको वरिपरि लुब्रिकेन्ट, बायोडिजेल र अन्य चार-पाँच वटा ट्याङ्की थिए ।

    करिब तीन घण्टापछि आगो पूर्ण रुपमा निभाइएको थियो । -रासस/सिन्ह्वा

  • चीनमा विवाह गर्नेको सङ्ख्यामा २० प्रतिशतले घट्यो: सरकारी तथ्यांक

    चीनमा विवाह गर्नेको सङ्ख्यामा २० प्रतिशतले घट्यो: सरकारी तथ्यांक

    बेइजिङ । निरन्तर जनसाङ्ख्यिकीय चुनौतीको पछिल्लो सङ्केतलाई पछ्याउँदै गत वर्ष चीनमा विवाहमा २० प्रतिशतको गिरावट देखिएको सरकारी तथ्याङ्कले देखाएको छ ।

    बेइजिङले युवा परिवारहरूको लागि अनिश्चित आर्थिक दृष्टिकोणसहित जन्मदर वृद्धिलाई प्रोत्साहित गर्न काम गरिरहेको छ ।

    सन् २०२४ मा ६१ लाख दम्पतीले विवाहका लागि दर्ता गराएका र यो अघिल्लो वर्षको तुलनामा ७७ लाखले कम हो ।

    सन् २०२३ मा विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देशको रूपमा रहेको चीनलाई भारतले उछिनेको छ । सन् २०२३ मा चीनको कुल जनसङ्ख्या लगातार तेस्रो वर्ष २०.५ प्रतिशतले घटेको थियो ।

    चीनको एक अर्ब ४० करोड जनसङ्ख्या अहिले तीव्र गतिमा बुढ्यौली जनसङ्ख्या हुँदै गएको छ । गत वर्षको अन्त्यसम्ममा चीनमा ६० वर्ष वा सोभन्दा माथिको जनसङ्ख्या करिब एक चौथाइ रहेको छ ।

    जनसाङ्ख्यिकीय प्रवृत्तिहरूले देशका अधिकारीहरूका लागि नयाँ चुनौती प्रस्तुत गरेका छन् । यसले लामो समयदेखि आर्थिक विकासको चालकको रूपमा आफ्नो विशाल कार्यबलमा भरोसा गरेको छ ।

    हालैका वर्षहरूमा बेइजिङले सुरु गरेको परिवार समर्थक अभियानको बावजुद विवाहमा गिरावट आएको छ । अभियानमा विभिन्न अनुदान र सन्देशमार्फत मानिसहरूलाई धेरै (दुई वा सोभन्दा बढी) बच्चा जन्माउन प्रोत्साहित गरिएको छ ।

    तर विशेषज्ञहरूका अनुसार विशेष गरी शिक्षा र बच्चाको हेरचाहको लागि हुने उच्च लागत र नयाँ स्नातकहरूको पर्खाइमा चुनौतीपूर्ण रोजगार बजार आमाबाबुलाई धेरै बच्चा बनाउन निरुत्साहित गर्ने कारकहरूमध्ये एक हो ।

    चिनियाँ ‘माइक्रोब्लगिङ साइट- वेइबो’ का एक सेवाग्राहीले भने, ‘यदि म आफ्ना आमाबाबुमा भर पर्दिनँ भने म घर किन्न सक्दिनँ र विवाह गर्न पनि ठूलो खर्च लाग्छ ।’

    ‘यो वर्ष मलाई अचानक महसुस भयो कि अविवाहित हुनु पनि धेरै राम्रो छ । त्यति धेरै दबाब छैन, म कमाउँछु र आफ्नै पैसा खर्च गर्छु’, उनले थपे ।

    सन् १९८० को दशकमा जनसङ्ख्या वृद्धि उच्च बनेपछि बेइजिङले ‘एक सन्तान नीति’ लागू गरेको थियो । यो नियम सन् २०१६ मा मात्र अन्त्य भएको हो ।

    दम्पतीलाई सन् २०२१ मा तीन सन्तान जन्माउन अनुमति दिइएको थियो, तर चीनको जनसाङ्ख्यिकीय परिवर्तनको सङ्केत देखिन थालिसकेको थियो ।

    विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा घट्दो विवाहले आगामी वर्षहरूमा पेन्सन र सार्वजनिक स्वास्थ्य प्रणालीमा दबाब बढाउने खतरा छ । बेइजिङले सेप्टेम्बरमा लामो समयदेखि निरन्तरता पाएको ६० वर्षको वैधानिक सेवा निवृत्तिको उमेर क्रमशः बढाउने घोषणा गरिसकेको छ । यसलाई प्रत्याशित कदम भनिएको छ । -रासस/एएफपी

  • डब्लूएचओमा नेपालका आचार्यलाई हराएर निर्देशक बनेकी हसिना पुत्री विवादमा : क्यानडाको नागरिकता भएको खुलासा

    डब्लूएचओमा नेपालका आचार्यलाई हराएर निर्देशक बनेकी हसिना पुत्री विवादमा : क्यानडाको नागरिकता भएको खुलासा

    काठमाडौं । गत वर्ष नेपालका उम्मेदवार डाक्टर शम्भुप्रसाद आचार्यलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) दक्षिणपूर्वी एसियाको क्षेत्रीय निर्देशकमा पराजित गरेकी बङ्गलादेशकी अपदस्त प्रधानमन्त्री शेख हसिना पुत्री साइमा वाजेद विवादमा आएकी छिन् ।

    क्यानडा र बंगलादेश दुवै देशको नागरिकता भएको भन्दै उनी विवादमा आएकी हुन् । डब्लूएचओमा नियुक्त हुँदा पनि बंगलादेशी नागरिकको रूपमा भएको भन्दै अहिले आलोचना भएको बंगलादेशी अखबार प्रोथम आलोले उल्लेख गरेको छ ।

    सन २०२४ को फेब्रुअरीबाट आचार्यलाई चुनाव जितेर कार्यभार सम्हालेकी थिइन् । वाजेदले ११ देशका सदस्य भएको चुनावमा नेपालका आचार्यले २ मत मात्रै पाउँदा वाजेदले ८ मत पाएकी थिइन ।

    नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, माल्दिभ्स, उत्तरकोरिया, इन्डोनेसिया, श्रीलंका, थाइल्याण्ड र म्यानमार सदस्य तथा मतदाता भएको चुनावमा नेपाल सरकारका तत्कालीन प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले गर्नुपर्ने जत्ति पहल नगरेको आरोप लाग्दै आएको छ ।

    आइतबार ललितपुरको पाटन ढोकाको बग्गीखानामा हलमा आयोजित कार्यक्रममा पत्रकार तथा चिन्तक कनकमणि दीक्षितले नेपाल सरकारले मोदीको लय के होला भन्ने सोच्दासोच्दै नेपाली उमेदवारलाई जिताउन नकसेको बताएका थिए ।

  • यूएसएडका १४ हजार कर्मचारीहरूमा २९० को मात्रै जागिर जोगिने

    यूएसएडका १४ हजार कर्मचारीहरूमा २९० को मात्रै जागिर जोगिने

    काठमाडौं । अमेरिकी अन्तर्राष्ट्रिय सहयोग निकाय यूएसएडमा काम गरेका १४ हजार कर्मचारीहरूमा २९० जनाको मात्रै जागिर बच्ने भएको छ ।

    यूएसएडकी पूर्वप्रशासक सामन्था पावरले हासलौ अमेरिकी अखबार न्यू योर्क टाइम्समा एक आलेख लेखेर यस्तो बताएकी हुन् ।

    अमेरिकाको विदेश नीतिलाई फाइदा गर्नेगरी विश्वभर राजनीतिक पुँजी बनाएर तथा धेरै मानवीय सेवाहरूमा यूएसएड महत्त्वपूर्ण भएको भन्दै पावरले बन्द हुनु खराब भएको तर्क गरेकी छिन् ।

    उनले यूएसएड बन्द भएर स्टेट डिपार्टमेन्टमा गाभिएमा विश्वभरका ‘तानाशाह’लाई फाइदा पुग्ने बताएकी छिन् । पावरले चीन र रुसलाई त्यसले फाइदा हुने बताएकी छन् ।

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उनले नियुक्त गरेका डिपार्टमेन्ट अफ गभरमेन्ट इफिसिएन्सी (डज) प्रमुख एलन मस्कले यूएसएडमा तारन्तार आक्रमण गरिरहेका छन् ।

    हालसालै सामाजिक सञ्जालमा यूएसएडकी पूर्व प्रशासक पावरको अस्वभाविक सम्पत्ति भएको चर्चा चलेको छ ।

    मस्कले पनि सेयर र कमेन्ट गरेको सामाजिक सञ्जाल एक्सको चर्चामा पावरको सम्पत्ति ६७ लाख अमेरिकी डलरबाट बढेर ३ करोड पुगेको बताइएको छ ।

    १ लाख ८० हजार डलर तलब हुने कर्मचारीको यो सम्पत्ति अस्वभाविक भएको बताइएको छ । मस्कले उक्त जानकारी सेयर गरेर लेखेका छन्, ‘यो शङ्कास्पद सुनिन्छ ।’

  • हसिनाको अवामी लिग दलद्वारा देशव्यापी विरोध- बंगलादेश बन्दसम्मको घोषणा

    हसिनाको अवामी लिग दलद्वारा देशव्यापी विरोध- बंगलादेश बन्दसम्मको घोषणा

    काठमाडौं । बंगलादेशमा राजनीतिक संकट चुलिएसँगै अपदस्त गरिएको सत्ताधारी दल अवामी लिगले आजबाट विरोध कार्यक्रम सुरू गरेको छ । शेख हसिनाको दल अवामी लिगलाई धरपकड तथा अगामी चुनावमा भाग लिन नदिने चर्चा चलेसँगै आन्दोलन उठेको हो ।

    आज बंगलादेशभर विरोधका कार्यक्रम घोषणा भएका छन् । यस्तै फेब्रुअरी १६ मा बंगलादेश बन्दको कार्यक्रम राखिएको छ । त्यसको दुई दिनपछि हड्ताल हुने बताइएको छ । अन्तरिम सरकारका प्रमुख महोमद युनुसको राजीनामा, शेख हसिनालाई अन्तर्राष्ट्रिय अदालतमा लाइएका मुद्दा फिर्ता तथा खराब शासनको अन्त्य लगायतका माग राखेर आन्दोलन थालिएको हो ।

    हसिनाले प्रतिबन्ध गरेको बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) ले पनि बंगलादेशका ६४ जिल्लामा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । बंगलादेशमा दलविहीन अन्तरिम सरकारको अलोकप्रियतासँगै अहिले दुई फरक कित्ताका दलहरू अवामी लिग र बीएनपी एकजुट आएको भारतीय अखबार दी प्रिन्टले उल्लेख गरेको छ ।

  • आफ्नै दलका सांसदले अविश्वासको प्रस्तावमा मत हाल्ने धम्की दिएपछि राजीनामा दिए मणिपुरका मुख्यमन्त्री सिंहले

    आफ्नै दलका सांसदले अविश्वासको प्रस्तावमा मत हाल्ने धम्की दिएपछि राजीनामा दिए मणिपुरका मुख्यमन्त्री सिंहले

    काठमाडौं । जातीय हिंसाको चपेटामा परेको उत्तर पूर्वी भारतीय राज्य मणिपुरका मुख्यमन्त्री वीरेन सिंहले राजीनामा दिएका छन् ।

    उनको राजीनामा आइतबार आएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

    विपक्षी कंग्रेसले राखेको अविश्वास प्रस्तावमा भारतीय जनता पार्टी (बीजेपी)कै सांसदले भोट हाल्ने धम्की दिएसँगै सिंहको राजीनामा आएको हो ।

    भारतीय डिजिटल मिडिया दि प्रिन्टका अनुसार मणिपुर विधान सभाको सातौँ सत्रमा राखिएको अविश्वास प्रस्तावमा आफ्नै दलका सांसद (एमएलए)ले भोट हाल्ने भनेपछि बीजेपीको केन्द्रीय नेतृत्वले हस्तक्षेप गरेर राजीनामा गर्न लाएको बताइएको छ ।

    वीरेन सिंह जातीय मुद्दामा र हिन्दू मुद्दामा कट्टर मानिन्थे । उनले जातीय हिंसा रोक्न नसकेको आरोप लाग्दै आएको थियो ।

    भारतीय डिजिटल मिडिया दि वायरले मणिपुरमा जातीय हिंसा भएको ६४९ दिनमा सिंहले राजीनामा दिएको उल्लेख गरेको छ ।

    वायरका अनुसार राजीनामा अगाडि सिंहले बीजेपी नेता अमित शाहलाई भेटेका थिए । भेट १५ मिनेट भएको थियो ।

    ६० हजार विस्थापित भएको मणिपुरको जातीय हिंसामा २५९ को ज्यान गएको दि वायरले उल्लेख गरेको छ ।

  • चार हजार मतान्तरले हारेका केजरिवालको क्षेत्रमा ३७ हजार मतदाताको नाम काटिएको पुष्टि

    चार हजार मतान्तरले हारेका केजरिवालको क्षेत्रमा ३७ हजार मतदाताको नाम काटिएको पुष्टि

    काठमाडौं । भारतनको संघीय राजधानी दिल्लीको चुनावमा आम आदमी पार्टी (आप)को हारसँगै आपका राष्ट्रिय अध्यक्ष अरबिन्द केजरिवालको हारको पनि चर्चा भएको छ ।

    केजरिवाल हारको बारेमा रोचक तथ्य सार्वजनिक भएको छ । केजरिवालको चुनावी क्षेत्रमा ३७ हजार मतदाताको नाम हटाइएको पाइएको छ । आपले आरोप लाउँदै आएको कुरा तथ्यांकबाट पनि पुष्टि भएको हो ।

    भारतीय डिजिटल मिडिया दि क्विन्टका अनुसार सन् २०२० को चुनावमा १ लाख ४६ हजार १२२ मतदाता रहेका थिए भने २०२५ मा यो आँकडा घटेर १ लाख ६ हजार ३६५ जनामा पुगेको देखिएको छ ।

    भारतका समग्र निर्वाचन क्षेत्रहरुमा मतदाताहरु बढेका आँकडा आइरहँदा केजरिवालको चुनाव क्षेत्रमा भने २५ प्रतिसत मतदाता पाँच वर्षमा घट्नुले त्यसलाई राजनीतिक कोणमा आप र केजरिवाललाई हराउने अर्थमा व्याख्या गरिएको छ ।

    आपका केजरिवाल दिल्लीको आफ्नो चुनाव क्षेत्रमा चार हजार बढी मतले हारेका थिए । भारतीय मिडिया न्यूज १८ का अनुसार भारतीय जनता पार्टी (बीजेपी)का नेता प्रवेश वर्माको मत ३० हजार ८८ आउँदा केजरिवालको मत २५ हजार ९९९ आएको थियो ।

     

  • प्यालेस्टाइन समस्याबारे छलफल गर्न आकस्मिक अरब शिखर सम्मेलन गरिने

    प्यालेस्टाइन समस्याबारे छलफल गर्न आकस्मिक अरब शिखर सम्मेलन गरिने

    कायरो । इजिप्टले प्यालेस्टिनी भूमिसम्बन्धी ‘पछिल्लो गम्भीर घटनाक्रम’ बारे छलफल गर्न फेब्रुअरी २७ मा अरब राष्ट्रहरूको शिखर सम्मेलन आयोजना गर्ने जनाएको छ ।

    इजिप्टको विदेश मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘इजिप्टले प्यालेस्टाइनी भूमिसम्बन्धी ‘पछिल्लो गम्भीर घटनाक्रम’ बारे छलफल गर्न सम्मेलन आयोजना गर्नेछ ।’

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टिनीहरूलाई गाजापट्टीबाट इजिप्ट र जोर्डनमा स्थानान्तरण गर्ने र तटीय क्षेत्रमा अमेरिकी नियन्त्रण स्थापित गर्ने योजनाविरुद्ध इजिप्टले क्षेत्रीय समर्थन जुटाइरहेका बेला ‘आकस्मिक अरब शिखर सम्मेलन’ हुन लागेको हो ।

    इजिप्टले प्यालेस्टाइनलगायत अरब मुलुकहरूसँग हालैका दिनहरूमा उच्चस्तरमा व्यापक परामर्श गरेपछि प्यालेस्टिनी मुद्दासम्बन्धी पछिल्लो गम्भीर घटनाक्रमलाई सम्बोधन गर्न शिखर सम्मेलनको अनुरोध गरेको थियो ।

    सम्मेलनका लागि इजिप्टले हाल अरब लिगको अध्यक्षता गरिरहेको बहराइनसँग समन्वय पनि गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।

    शुक्रबार इजिप्टका विदेशमन्त्री बद्र अब्देलाटीले जोर्डन, साउदी अरब र संयुक्त अरब इमिरेट्स (यूएई)लगायत क्षेत्रीय साझेदारहरूसँग प्यालेस्टिनीहरूलाई उनीहरूको भूमिबाट जबरजस्ती विस्थापन गर्ने कार्यको विरोध गर्न सक्रियता देखाएका थिए ।

    गत हप्ता ट्रम्पले गाजामा अमेरिकी प्रशासनको अवधारणा अघि सार्दै गाजामा बसोबास गर्दै आएका प्यालेस्टिनीलाई इजिप्ट र जोर्डन जस्ता अन्य स्थानमा पुनःस्थापित गरेपछि ध्वस्त क्षेत्रलाई ‘मध्यपूर्वको रिभेरा’का रूपमा पुनर्निर्माण गर्ने परिकल्पना गरिएको थियो ।

    उक्त टिप्पणीले विश्वव्यापी प्रतिक्रिया निम्त्याएको छ र अरब देशहरूले इजरायलसँगै स्वतन्त्र प्यालेस्टिनी राज्यसँग दुई–राज्य समाधानमा जोड दिँदै प्रस्तावलाई दृढतापूर्वक अस्वीकार गरेका छन् । -रासस/एएफपी

  • ‘पदीय दायित्वविपरीत’ आचरण गरेको आरोपमा बेलायती मन्त्री ग्वेन बर्खास्त

    ‘पदीय दायित्वविपरीत’ आचरण गरेको आरोपमा बेलायती मन्त्री ग्वेन बर्खास्त

    लण्डन । बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले आफूलाई मन्त्री पदबाट बर्खास्त गरेपछि लेबर पार्टीका एक सांसद एन्ड्रयु ग्वेनेले आफूले गलत निर्णय गरेकोमा दुःख व्यक्त गरेका छन् ।

    सन् २०२४ को जुलाईमा भएको चुनावमा भारी मतान्तरले विजय हासिल गरे पनि स्टार्मर सरकारले आफ्ना सदस्यका कारण पहिलो सात महिनामा व्यहोर्नुपरेको यो पछिल्लो क्षति हो ।

    प्रधानमन्त्री पीएका अनुसार प्रधानमन्त्रीले एन्ड्रयु ग्वेनेको उक्त टिप्पणीको जानकारी पाउनेबित्तिकै उनलाई कनिष्ठ स्वास्थ्य मन्त्री पदबाट बर्खास्त गरेका थिए ।

    रिपोर्टमा ग्वेनले यहुदीविरोधी, नस्लवादी र यौनवादी टिप्पणी गरेको आरोप लगाइएको र उनलाई लेबर पार्टीबाट पनि निलम्बित गरिएको छ ।

    ‘म मेरो गलत टिप्पणीप्रति गहिरो खेद प्रकट गर्दछु र मैले गरेको कुनै पनि अपराधका लागि क्षमा प्रार्थी छु’, ग्वेनले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

    उनले भने, ‘प्रधानमन्त्री र पार्टीले गरेका निर्णयहरु म राम्ररी बुझेको छु ।’

    ग्वेनले ह्वाट्सएप ग्रुपमा लेबर पार्टीका एक दर्जनभन्दा बढी सल्लाहकार पार्टी पदाधिकारी र कम्तीमा एक अन्य सांसदसँग शेयर गरेको सन्देशको छायाँप्रति पोस्ट गरेका छन् ।

    उनले एउटा घटकलाई ट्रकले ‘किचेको’ भनेर पनि ठट्टा गरेका थिए । अर्को टिप्पणीमा उनले आफ्ना सहकर्मीलाई फोहर सङ्कलनबारे सोध्ने ७२ वर्षीया महिलाको चाँडै मृत्यु हुने बताएका थिए ।

    सरकारका एक प्रवक्ताले भने, ‘सार्वजनिक पदधारण गरी उच्चस्तरको आचरण कायम गर्न र श्रमजीवी जनताको सेवामा सरकारको नेतृत्व गर्न प्रधानमन्त्री कटिबद्ध हुनुहुन्छ ।’

    उनले भनेका छन्, ‘यी मापदण्ड पूरा नगर्ने कुनै पनि मन्त्रीलाई कारबाही गर्न प्रधानमन्त्री हिचकिचाउनु हुनेछैन ।’

    गत वर्षको नोभेम्बरमा लुइस हेघले संसदको सदस्य बन्नुअघि आफूले अपराध स्वीकार गरेको खुलासा भएपछि यातायातमन्त्री पदबाट राजीनामा दिएका थिए ।

    जुलाई ४ को आमचुनावमा उनको लेबर पार्टीले सत्ता जितेपछि स्टार्मरको क्याबिनेटका कुनै सदस्यले उनको राजीनामा पहिलो पटक दिएका थिए । -रासस/एएफपी

  • मोदीको दश वर्षे सत्ताकालमा अमेरिकाले फर्कायो १२ हजार बढी भारतीय अवैध आप्रवासी (सूचीसहित)

    मोदीको दश वर्षे सत्ताकालमा अमेरिकाले फर्कायो १२ हजार बढी भारतीय अवैध आप्रवासी (सूचीसहित)

    काठमाडौं । हालै अमेरिकाले अवैध आप्रवासीको रुपमा रहेका भारतीयहरुलाई हतकडी र नेल लगाएर भारतमा ल्याएसँगै यसमा धेरै कोणबाट आलोचना भएको छ । आलोचना ट्रम्प सरकारले आप्रवासीहरुलाई गरेको अमानवीय व्यवहारको मात्रै छैन, आफ्ना नागरिकको सुरक्षा र सम्मानलाई ख्याल नगरेको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस. जयशंकरको पनि आलोचना भएको छ ।

    अर्को हप्ता अर्थात् फेब्रुअरी १२ र १३ मा अमेरिकाको औपचारिक भ्रमणमा ह्वाइट हाउस पुगेर ट्रम्पसँग वार्ता गर्न कसिएका मोदीलाई यो घटनाले झड्का दिएको छ । अमेरिकाको सीमा सुरक्षामा खटाइएका सैन्य अधिकारी ब्रिगेडियर जनरल माइकल डब्ल्यू बैंकले सामाजिक सञ्जालमा भारतीयहरुलाई हतकडी र नेल लगाएको तस्बिर सार्वजनिक गरेर ‘इलिगल इन्डियन एलियन’ भनेपछि झनै भारत सरकारको आलोचना चुलिएको छ ।

    यसबारेमा भारतीय संसदमै पनि कुरा उठेको छ । कुरा उठ्दा भारतीय विदेशमन्त्री जयशंकरले विभिन्न वर्षमा भारतीयहरुलाई फर्काइएको बताए । र, उनैले मोदी सरकारको कार्यकालभरिका तथ्यांक पनि दिए । जसअनुसार सबैभन्दा धेरै फर्काइएको साल सन् २०२४ देखिएको छ । त्यो साल १ हजार ३६८ भारतीय फर्काइएका थिए ।

    मोदीको सत्ताकालमा साढे १२ हजारभन्दा धेरै भारतीय अमेरिकाबाट फर्काइएको पाइएको छ । मोदी सरकारका पछिल्ला दर्श वर्षको सत्ताकालमा विभिन्न वर्षमा फर्काइएका भारतीयहरुको आँकडा यस्तो छः

    • सन् २०१४ : ५९१
    • सन् २०१५ : ७०८
    • सन् २०१६ : १३०३
    • सन् २०१७ : १०२४
    • सन् २०१८ : ११८०
    • सन् २०१९ : २०४२
    • सन् २०२० : १८८९
    • सन् २०२१ : ८०५
    • सन् २०२२ : ८६२
    • सन् २०२३ : ६७०
    • सन् २०२४ : १३६८
    • सन् २०२५ : १०४
  • एक दशकमै दिल्लीबाट बढारियो आपः २७ वर्षपछिको बीजेपी सत्तामा को बन्दैछ मुख्यमन्त्री ?

    एक दशकमै दिल्लीबाट बढारियो आपः २७ वर्षपछिको बीजेपी सत्तामा को बन्दैछ मुख्यमन्त्री ?

    काठमाडौं । भारतको संघीय राजधानीबाट नयाँ शक्तिको रुपमा उदाएको आम आदमी पार्टी (आप)ले सरप्राइज दिँदै आएको छ । जस्तो सन् २०१५ मा भएको दिल्ली चुनावमा ७० सीटमा आमले एकल ६७ स्थान जित्यो । सन् २०१३ बाट राजनीतिमा आएको आपको यो रोचक सरप्राइज थियो । सन् २०२० को पछिल्ल्लो चुनावमा पनि आपले सरप्राइज दियो । भारतीय जनता पार्टी (बीजेपी)ले सबै शक्ति लगाउँदा पनि आपले एकल ६२ सीट ल्याएर देखाइदियो ।

    यही फेब्रुअरी ५ मा भएको चुनावमा पनि आपले सरप्राइज दियो, तर यो सरप्राइज अरु बेला जस्तो आपलाई खुशी बनाएर बीजेपीलाई दुःखी बनाउने सरप्राइज थिएन । यो आपलाई तनाव दिने र आपको नेतृत्वलाई तनाव दिने सरप्राइज हो । आपले दशक लामो सत्तामा पहिलो पटक दिल्लीको सरकार नबनाउने पक्का भयो । बहुमत बढी सीट जितेर बीजेपीको मुख्यमन्त्री बन्ने निश्चित देखिएको छ । आपका संस्थापक तथा दिल्लीका पूर्वमन्त्री अरबिन्द केजरिवालले चुनाव हारेका छन् । यद्यपि दिल्लीकी मुख्यमन्त्री आतिशीले भने चुनाव जितेकी छन् ।

    आपको चुनावी हारमा इन्डिया गठबन्धनका दलहरुले आप र कंग्रेसलाई आलोचना गरेका छन् । जम्मु काश्मीर क्षेत्रका नेता तथा मुख्यमन्त्री ओमार अब्लुल्लाले दुइटै दललाई संकेत गरेर सामाजिक सञ्जाल एक्समा भनेका छन्, ‘अझै आफू-आफूमा झगडा गर्दै गर ।’

    खासमा दिल्लीमा गठबन्धन गरेर जाने कंग्रेसको प्रस्ताव केजरिवालको दलले मानेको थिएन । यही मुद्दालाई लिएर अहिले धेरै आलोचना सुरु भएको छ । गठबन्धन नहुनु र आन्तरिक गुट तथा लामो सत्ताको कारणले आप कमजोर बनेको बताइएको छ । हालसालै आफ्नो चुनाव क्षेत्रमा अबको मुख्यमन्त्री को हो भन्ने प्रश्नमा केजरिवालले आफू नै हो भनेका थिए । यसले वर्तमान मुख्यमन्त्री आतिशी पक्षधरले असहयोग गरेको बताइन्छ ।

    को हुन् केजरिवाललाई हराउने वर्मा ?

    केजरिवाललाई चुनाव हराएका प्रवेश वर्मा साना उम्मेदवार होइनन् । पश्चिम दिल्ली चुनाव क्षेत्रबाट लोकसभा सदस्य भइसकेका उनी पूर्वमुख्यमन्त्री साहिवसिंह वर्माका छोरा हुन् । साहिव सन् १९९६ बाट १९९८ मा बीजेपीबाट दिल्लीको मुख्यमन्त्री भएका थिए । उनका छोरा ४७ वर्षका प्रवेशले केजरिवाललाई हराउन सफल भएका छन् ।

    प्रवेश र केजरिवालको चुनावी मोर्चा एकै साल सुरु भएको हो । प्रवेशले सन् २०१३ मा दिल्लीको मेरौली चुनाव क्षेत्रबाट चुनाव जितेको भारतीय मिडिया टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ । सन् २०१४ र २०१९ मा उनी पश्चिम दिल्लीको चुनाव क्षेत्रबाट भारी मतले संघ सांसद भएका थिए । केजरिवालसँग चुनाव लड्नु अगाडि उनले नारा लगाएका थिए, ‘केजरिवाल हटाऔं, देश बचाऔ’ र यही नारामा उनी सफल भएका छन् ।

    को बन्दैछ बीजेपीको दिल्लीको मुख्यमन्त्री ?

    २७ वर्षपछि दिल्लीको मुख्यमन्त्रीको ओहोदामा बलियो बहुमतसहित बीजेपी आउने निश्चित भएको छ । योसँगै बीजेपीबाट को मुख्यमन्त्री हुने भन्ने चर्चा सुरु भएको छ । भारतीय मिडिया इकोनोमिक टाइम्सका अनुसार मैदानमा विभिन्न अनुहारहरु छन् । त्यसमा एक अनुहार प्रवेश वर्मा हुन् । उनीपछिका अनुहारहरुमा दुश्यन्त गौतम, स्मृति इरानी, शुष्मा स्वराजकी छोरी बाँसुरी स्वराजलगायतका नामहरु रहेका छन् ।

    अरविन्द केजरीवालले १५ वर्ष लगातार मुख्यमन्त्री बनेकी शीला दीक्षितलाई हराएर २०१३ मा मुख्यमन्त्री बनेका थिए । यसपटक केजरीवाललाई हराएका प्रवेश बर्मा मुख्यमन्त्रीका दाबेदार हुन् । अर्का दाबेदार हरिश खुराना बिजेपीका पहिलो मुख्यमन्त्री मदनलाल खुरानाका छोरा हुन् ।

    दिल्लीमा बिजेपीको तेस्रो र अहिलेसम्मकी अन्तिम मुख्यमन्त्री सुष्मा स्वराजकी छोरी बाँसुरी स्वराज गत वर्षको लोकसभा निर्वाचनमा दिल्लीबाट जितेर केन्द्रीय सांसद बनेकी थिइन् । उनलाई मुख्यमन्त्री पठाउन सकने चर्चा पनि छ । यद्यपी मुख्यमन्त्रीको टुंगो भाजपाको केन्द्रीय संसदीय बोर्डले लगाउनेछ ।

  • दिल्लीमा आम आदमी पार्टीलाई धक्का, अरविन्द केजरीवालसमेत पराजित

    दिल्लीमा आम आदमी पार्टीलाई धक्का, अरविन्द केजरीवालसमेत पराजित

    काठमाडौं । भारतको राजधानी नयाँ दिल्ली प्रदेशको निर्वाचनमा लगातार जित्दै आएको आम आदमी पार्टी कमजोर देखिएको छ ।

    मतगणनाको पछिल्लो रुझानमा भारतीय जनता पार्टी बहुमत नजिक पुगेको छ । नयाँ दिल्लीका पूर्व मुख्यमन्त्री तथा आदमी पार्टीका संस्थापक अरविन्द केजरीवाल समेत चुनावमा पराजित भएका छन् ।

    उनलाई भाजपाका परवेश बर्माले पराजित गरेका हुन् । पछिल्लो मतगणना अनुसार भाजपा ३६ सीटमा अग्रतासहित ११ सीटमा जित निकालेर अगाडि छ । त्यस्तै आम आदमीले ६ सीट जितेर १७ सीटमा अग्रता लिइरहेको छ । ३६ सीट भए सरकार चलाउन बहुमत पुग्छ । यहाँ अन्य दलले अग्रता समेत लिन सकेका छैनन् ।

    ७० सीटको विधान सभामा भाजपा बहुमतसहित सरकार चलाउने ठाउँमा पुगेको छ । केजरीवालपछिका नेता मनिष सोसधिया पनि पराजित भएका छन् ।

  • च्याट जीपीटीसँग टक्कर लिएको डीप सीकको प्रयोगमा बन्देज लगाउने विधेयक ल्याउँदै अमेरिका

    च्याट जीपीटीसँग टक्कर लिएको डीप सीकको प्रयोगमा बन्देज लगाउने विधेयक ल्याउँदै अमेरिका

    काठमाडौं । अमेरिकाको कृत्रिम प्रज्ञा ‍(एआई) क्षेत्रमा तहल्का मच्चाएको ब्राण्ड च्याट जीपीटीसँग प्रतिस्पर्धा गरेको चिनियाँ समकक्षी डीप सीकको प्रयोगमा बन्देज लगाउन अमेरिकाले तयारी गरेको छ ।

    रुसी विश्व च्यानल आरटीका अनुसार एक विधेयक ल्याएर त्यस्तो गर्न लागिएको हो । अमेरिकी सरकारी सेवाका कम्युटरहरुमा डीप सीक प्रयोग निषेध गर्ने विद्येयकमा प्रावधान छ ।

    अमेरिकी सदनका सांसदहरुले बिहिबार प्रस्तुत गरेको विद्येयकले अमेरिकी प्रयोगकर्ताहरुको मोबाइलको सूचनाहरु चीन लैजाने भन्दै रोक्न भनिएको छ । डीप सीक अमेरिकामा च्याट जीपीटी भन्दा धेरै डाउललोड भएको एआई एप हो ।

    चीनले भने अमेरिकी कदमलाई वैचारिक विभेदको उपमा दिएको हो । विश्वभर प्रभाव बढाउन सक्रिय दुई महाशक्ति अमेरिका र चीनको प्रतिस्पर्धा एआई क्षेत्रमा पनि व्यापक भएको छ । त्यसको एक अंश च्याट जीपीटी र डीक सीकलाई मानिएको छ ।

    खर्बौ डलरमा बनेको च्याट जीपीटी र ६० लाख डलरमा मात्रै तयार भएको डीक सीकले धेरै बहस सार्वजनिक गरेको छ । अमेरिकी कम्पनहिरुका खबौंको सेयर डीप सीकको उदयसँगै घटेको छ ।

    अहिले पश्चिमा मिडियाहरु त्यसको ‘ड्यामेज कन्ट्रोल’मा सक्रिय भएर च्याट जीपीटी भन्दा डीप सीक धेरै कमजोर भएको समाचारलाई सामाजिक संजालहरुमा प्राथामिकता दिएर बुस्ट गरिरहेका छन् ।

  • युक्रेनको पक्षमा लागेर उच्च नेतृत्व हत्या तयारीमा लागेका चार रुसी जासुस महिला पक्राउ

    युक्रेनको पक्षमा लागेर उच्च नेतृत्व हत्या तयारीमा लागेका चार रुसी जासुस महिला पक्राउ

    काठमाडौं । रुसी उच्च अधिकारीहरुको हत्या गर्ने मिसनमा युक्रेनको लागि जासुसी गरेको आरोपमा रुसले चार रुसी महिला पक्राउ गरेको छ । रुसी गुप्तचर निकाय संघीय सुरक्षा सेवा (एफएसबी)ले शुक्रबार पक्राउको जानकारी दिएको हो ।

    युक्रेनी भूमिमा यस अगाडि तालिम दिइएका ती चार महिलालाई गोली चलाउन, ड्रोन उडान, बारुदी धराप थाप्न र बाह्य गुप्तचरी पत्ता लगाउनेबारेमा तालिम दिइएको रुसी अधिकारीहरुले बताएको रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ ।

    आरटीका अनुसार ती महिलाको घरमा छापा मार्दा बिस्फोटक पदार्थहरु भेटिएका थिए । पक्राउ गरिएका महिलालाई आतंकवादको मुद्दा चलाइने भएको छ जसबाट उनीहरुलाई ३० वर्षसम्म कैद हुने देखिन्छ ।

    महिलाले आफूलाई क्रिप्टोकरेन्सीको माध्यमबाट भुक्तानी गरिएको बताएका छन् ।

  • अमेरिका र इजरायलविरुद्ध अनुसन्धान गरेको भन्दै अन्तर्राष्ट्रिय अदालतलाई ट्रम्पको प्रतिबन्ध

    अमेरिका र इजरायलविरुद्ध अनुसन्धान गरेको भन्दै अन्तर्राष्ट्रिय अदालतलाई ट्रम्पको प्रतिबन्ध

    काठमाडौं । इजरायल, अमेरिका र अमेरिकाका अरू मित्रहरू माथि अनुसन्धान गरेको भन्दै अमेरिकाले अन्तर्राष्ट्रिय अदालतलाई प्रतिबन्ध गरेको घोषणा गरेको छ ।

    रुसी विश्व च्यानल आरटीका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले एक कार्यकारी आदेश जारी गरेर यस्तो गरेका हुन् ।

    गत नोभेम्बर २१ मा हमासका नेतासँगै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई पनि पक्राउ पुर्जी जारी गरेको थियो अन्तर्राष्ट्रिय अदालतले ।

    मानवताविरुद्ध अपराध गरेको भन्दै यस्तो पक्राउ पुर्जी जारी गरिएको थियो । यस्तै त्यो भन्दा अगाडि मार्च १७ मा रुसी राष्ट्रपति भ्यादिमिर पुटिनलाई पनि पक्राउ पुर्जी जारी भएको थियो ।

    ट्रम्पको प्रतिबन्धले अन्तर्राष्ट्रिय अदालतका अनुसन्धानमा जोडिएका, फैसला गरेका र उनीहरूको परिवारलाई भिसा बन्द र अरू प्रतिबन्ध हुने बताइएको छ ।

  • दक्षिण अफ्रिकामा हुने जी-२० बैठकमा अमेरिका गयल हुने

    दक्षिण अफ्रिकामा हुने जी-२० बैठकमा अमेरिका गयल हुने

    काठमाडौं । अमेरिकी विदेश मन्त्री मार्को रुबिओले दक्षिण अफ्रिकाको जोहानेसबर्ग सहरमा हुने जी-२० सम्मेलनमा नजाने बताएका छन्।

    दक्षिण अफ्रिकाले नीजि सम्पत्ति कब्जा गरेको, ‘ प्रतिबद्धता’ , ‘ समानता’ र ‘ दिगोपन’ जस्ता अहिलेको ट्रम्प सरकारले अस्वीकार गरेका मुद्दालाई जी-२० मा बोकेकोले नजाने बताएका छन् ।

    आफूले ‘अमेरिका विरुद्ध’को काममा करदाताको पैसा नफाल्ने रुबिओले दाबी गरेका छन् ।

    सामाजिक सञ्जाल एक्समा उनको यो धारणा आएपछि धेरैले इजरायललाई नरसम्हार मुद्दा लाएकोले नगएको टिप्पणी गरेका छन् ।

    आगामी नोभेम्बर २२ बाट २५ सम्म दक्षिण अफ्रिकाको जोहानेसबर्गमा विश्वका २० शक्तिशाली अर्थतन्त्र अर्थात् जी-२० शिखर सम्मेलन छ ।

    अमेरिका नजाने पक्का भएसँगै विश्वको नम्बर १ अर्थतन्त्र गयल हुने निश्चित भएको हो ।

  • दिल्ली चुनावको एक्जिट पोलमा २७ वर्षपछि बीजेपी आगमनको संकेत

    दिल्ली चुनावको एक्जिट पोलमा २७ वर्षपछि बीजेपी आगमनको संकेत

    काठमाडौं । बुधवार भारतको राजधानी क्षेत्र समेटिएको दिल्लीको चुनावमा भारतीय जनता पार्टी (बीजेपी)को अग्रता देखिएको छ ।

    अग्रता एक्जिट पोलहरूमा देखिएको हो । भारतीय मिडियाहरूले बीजेपीले २७ वर्षपछि दिल्लीमा आगमन गरेको बताएका छन् ।

    बीजेपीबाट मुख्यमन्त्री बनेका महाराष्ट्रका मोहन यादवले त दिल्लीमा बीजेपीको मुख्यमन्त्री बन्ने उद्घोष गरेको भारतीय समाचार च्यानल एएनआईले उल्लेख गरेको छ ।

    बेलायती अखबार गार्डियनका अनुसार बीजेपीले ४३ सिट ल्याउँदा आम आदमी पार्टी (आप)को २६ सिट मात्रै आउने एक्जिट पोलको नजिता आएको भन्दै बीजेपीको सरकार बन्न सक्ने बताए ।

    सन २०२० को चुनावमा आम आदमी पार्टीले दिल्लीका ७० सिटमा ६२ सिट ल्याएको थियो भने बाँकी ८ बीजेपीले ल्याएको थियो । यो चुनावसँगै दिल्लीको सत्ताको दशकबाट आम आदमी पार्टी बढारिने अनुमान सुरु भएको छ ।

    भ्रष्टाचार विरोधी अभियानबाट दिल्ली सत्तामा आएको आम आदमी पार्टीलाई एक समय राष्ट्रिय दल बन्ने धेरैको आँकलन थियो । तर, यो वर्षको दिल्ली चुनावले उसलाई दिल्लीको सत्ताबाटै बाहिर ल्याउने देखाएको छ ।

  • अवैध भारतीय आप्रवासी फिर्ता ल्याइएको अमेरिकी सैन्य जहाज ओर्लियो पन्जाबमा

    अवैध भारतीय आप्रवासी फिर्ता ल्याइएको अमेरिकी सैन्य जहाज ओर्लियो पन्जाबमा

    काठमाडौं । अमेरिकामा पुगेका अवैध भारतीयहरु बोकेर ल्याइएको एक अमेरिकी सैन्य जहाज भारतको पन्जाबमा ओर्लिएको छ । अमेरिकाले फर्काएका १०० भारतीयहरु उक्त जहाजमा आएको बेलायती विश्व च्यानल बीबीसीले उल्लेख गरेको छ ।

    अमेरिकी राज्य टेक्ससबाट मंगलबार उडेको जहाज पन्जाबको अमृतसरमा अवतरण भएको हो । भारतमा १८ हजार हाराहारी अवैध आप्रवासीहरु अमेरिकामा भएको बताइएको छ ।

    पन्चाबका अधिकारीहरुले अमेरिकाबाट फिर्ता बोलाइएकाहरुलाई सौदार्यपूर्ण व्यवहार गर्ने बताएका छन् । भारत एसियाबाट अमेरिकामा सबैभन्दा धेरै अवैध अप्रावासी पठाउने मुलुक हो ।

    सन् २०२४ मा अवैध भएकोमा पक्राउ पर्नेहरुको सूचीमा भारत अमेरिकाकै चौथो स्थानमा रहेको थियो । भारत अगाडिका सिर्स तीन स्थानमा भने ल्याटिन अमेरिकी देशका नागरिकहरु भएको रिपोर्टहरुले देखाएका छन् ।

  • ग्याङहरू ठेगान लगाएको एल साल्भादोरको अमेरिकालाई प्रस्ताव- तिम्रा अपराधीहरू लेउ, पैसा देऊ

    ग्याङहरू ठेगान लगाएको एल साल्भादोरको अमेरिकालाई प्रस्ताव- तिम्रा अपराधीहरू लेउ, पैसा देऊ

    काठमाडौ । ल्याटिन अमेरिकी मुलुक एल साल्भादोरले अमेरिकासँग अदालतबाट प्रमाणित अपराधीहरू पठाउन माग गरेको छ ।

    हजारौँ ग्याङ सदस्यहरूले तहसनहस बनाएको देशमा ग्याङलाई नै तहसनहस बनाएर चर्चित बनेका राष्ट्रपति नायिव बुकेलेले यस्तो आग्रह गरेका हुन् ।

    ४३ वर्षका राष्ट्रपति बुकेलेले अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँगको भेटमा यस्तो प्रस्ताव गरेको रुबियोले सार्वजनिक गरिसकेका छन् ।

    अमेरिकाको स्टेट डिपार्टमेन्टले दिएको सूचना अनुसार एल साल्भादोरले आपराधिक आप्रवासीहरू, भेनेजवेलाका ग्याङ सदस्यहरू तथा अरू अपराधीहरू लिन तयार भएको बताएको छ । त्यसमा अमेरिकाले धन्यवाद दिएको छ ।

    रुबियोले सार्वजनिक गरेपछि बुकेलेले पनि सामाजिक सञ्जाल एक्समा यसको औपचारिक पुष्टि गरेर आफूले त्यस्तो प्रस्ताव गरेको बताएका छन् । उनले अमेरिकासँग पैसा लिएर अपराधिहरु ल्याउन सकिने बताएका छन् ।

    उनले यसलाई ‘अमेरिकी जेल प्रणाली’ एल साल्भादोरमा सार्ने नाम दिएका छन् । अमेरिकालाई थोरै रकममा त्यस्तो सुविधा दिने भन्दै बुकेलेले त्यसले एल साल्भारोको जेल प्रणाली पनि दिगो हुने बताएका छन् ।

    सन २०२३ मा एल साल्भादोरले बनाएको मेगा जेलमा ४० हजार कैदी अटाउने बीबीसीले उल्लेख गरेको छ । आतंकवाद नियन्त्रण कक्ष भनेर चिनिने यसलाई धेरैले प्रशंसा र केहीले आलोचना गरेका छन् ।

    जथाभावी पक्राउ गरिएको, परिवारलाई भेट्न नदिइएको र यातना दिइएको तथा दुई छाक खाना बाहेक केहि नदिइएको भन्दै मानव अधिकार पक्षधरहरूले आलोचना गर्दै आएका छन् । तर, राष्ट्रपति बुकेलेले आतंकवाद अन्त्य गर्न यो आवश्यक भएको बताएका छन् ।

    उनी यही मुद्दाले चर्चित छन् । हाल ८० हजार भन्दा धेरै ग्याङ सदस्य थुनामा छन् । त्यसले संसारको सबैभन्दा जोखिमपूर्ण देशको सूचिमा परेको एल साल्भादोर त्यो सूचिमा तल आएको छ भने बुकेलेको लोकप्रियता चुलिएको छ ।

    सन २०११ मा राजनीतिमा आउने उद्घोषण गरेका यि पूर्व व्यापारी सन २०१२ मा एल साल्भादोरको नोएभा कुस्काट्लान सहरको मेयर बने । सन २०१५ मा उनी सान साल्भादोरको पनि मेयर भए । तर, उनले राष्ट्रपति बन्न खोज्दा उनको दलले उपराष्ट्रपतिको पनि नाम दिन चाहेन ।

    उनले विद्रोह गरेर आफै दल खोले । सन २०१९ मा राष्ट्रपति बने । सन २०२४ मा दोहोरिए । एलन मस्क र ट्रम्पसँग सीमा सम्पर्क भएका उनी अमेरिकी चुनावमा खुलेर ट्रम्पको पक्षमा लागेका थोरै विश्व नेतामा एक नेता थिए । अहिले उनैको पहलमा अपराधीहरू एल साल्भादोर ल्याउने चर्चा चलेको छ ।

  • गाजा क्षेत्र अमेरिकाले कब्जा गरेर सेना राख्ने, प्यालेस्टाइनीलाई हटाउने

    गाजा क्षेत्र अमेरिकाले कब्जा गरेर सेना राख्ने, प्यालेस्टाइनीलाई हटाउने

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टाइनी भूमि गाजापट्टी कब्जा गर्ने बताएका छन् । गाजालाई अमेरिकाले कब्जा गरेर सेना राख्न सक्ने पनि उनले बताएको अमेरिकी विश्व च्यानल सीएनएनले उल्लेख गरेको छ ।

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग संयुक्त पत्रकार सम्मेलनमा ह्वाइट हाउसमा बोल्दै ट्रम्पले गाजाबाट हटाइएका प्यालेस्टाइनीहरुको पुनर्वास गरिने बताएका छन् ।

    ट्रम्प कार्यकालका दुई पक्षीय भ्रमण आएका प्रथम विदेशी सरकार प्रमुखको रूपमा पुगेका नेतान्याहुले ट्रम्पको मुद्दालाई सही भनेर साथ दिएको बेलायती विश्व च्यानल बीबीसीले उल्लेख गरेको छ ।

    यस अगाडि इजिप्टको मरुभूमिमा सार्ने प्रस्ताव यस अगाडि पनि आएको थियो । इजिप्टले त्यसलाई अस्वीकार गरेको थियो ।

    ट्रम्पको मन्तव्यको कडा विरोध पनि सुरु भएको छ । प्यालेस्टाइनी पृष्ठभूमिकी अमेरिकी सांसद रासिदा तालिबले ट्रम्पको प्रस्तावलाई ‘जातीय नरसंहार’को उपमा दिएकी छिन् ।

  • भाकपा मार्क्सवादीको २४औं महाधिवेशन संकल्प- राज्य प्रायोजित हिन्दूत्वसँग लड्ने, त्रिपुरा र बंगालमा विस्तार हुने

    भाकपा मार्क्सवादीको २४औं महाधिवेशन संकल्प- राज्य प्रायोजित हिन्दूत्वसँग लड्ने, त्रिपुरा र बंगालमा विस्तार हुने

    काठमाडौं । हालै भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीको आगामी अप्रिल पहिलो हप्ता तामिलनाडुको मदुराईमा हुने २४औं महाधिवेशनको लागि प्रस्ताव गरिएको संकल्प सार्वजनिक भएको छ । संकल्पमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दाहरुमा स्पर्श गरिएको छ ।

    राष्ट्रको मुख्य अवस्थाको चित्रण गर्दै संकल्पमा राम मन्दिर निर्माण, एकै खाले सिभिल कोड जारी गरेर भारतीय जनता पार्टी (भाजपा)ले मुस्लिमविरोधी काम गरेको उल्लेख गरेको छ ।

    भाजपा सत्ताको चरित्र राष्ट्रका सम्पत्तिहरुलाई ठूला पुँजीपतिहरुलाई हस्तान्तरण गर्ने र प्रजातन्त्रमा आक्रमण गर्ने बताइएको छ । भारतको अमेरिकासँगको साझेदारीलाई साम्राज्यवादसँगको साझेदारी भन्दै बहुध्रुवीय विश्व बन्दै गरेकोले त्यो कमजोर भएको लेखिएको छ ।

    सन् २०२४ को लोकसभा चुनावम भाजपाले एकल बहुमत नल्याए तापनि आगामी चुनावमा बहुमत ल्याउन व्यापारिक तथा धार्मिक मुद्दा लगाएर सर्वसत्तावाद लादेर प्रयत्न गर्ने बताइएको छ ।

    संकल्पमा भाकपा मार्क्सवादीको शक्ति बढाउन विभिन्न बुँदाहरु लेखिएको छ । जसमा हिन्दूत्वको मुद्दा बोक्ने आरएसएसका मुद्दालाई काउन्टर गर्ने, पश्चिम बंगला र त्रिपुरामा बलियो हुने भन्दै अहिले दलको सबैभन्दा ठूलो जनसमर्थन केरेलामा भएको र त्यहाँ लगालग दुई पटक सरकार बनेको, तर पनि त्यहाँ धेरै समस्या भएको बताइएको छ ।

    राजनीतिक लाइनमा मोदी सरकारलाई दक्षिणपन्थी, सर्वसत्तावादी, नवफाँसीवादीको उपमा दिइएको छ । हिन्दूत्व बोक्ने भाजपासँग भिड्न सबै धर्म निरपेक्ष शक्तिहरु गोलवन्द हुनुपर्ने बताइएको छ । मोदी र हिन्दूत्वविरुद्ध मास र क्लास दुवै संघर्ष हुनुपर्ने लेखिएको छ ।

    संकल्पको कदमहरुमा श्रमजीवी ग्रामीणका विपन्न, श्रमिक वर्ग तथा शहरी विपन्नको पक्षमा पार्टी हुने लेखिएको छ । महिला, दलित, आदिवासी र धार्मिक अल्पसंख्यकहरुको पक्षमा पार्टी हुने बताइएको छ । साथै भारतीय जनताको सम्राज्यवादविरोधी मानसिकतालाई अझ बढाउने कुरालाई संकल्पका कदमहरुमा अटाइएको छ ।