Category: विश्व प्रेस

  • अमेरिका अपडेट : धमाधम राजीनामा दिँदै ह्वाइट हाउसका पदाधिकारी

    अमेरिका अपडेट : धमाधम राजीनामा दिँदै ह्वाइट हाउसका पदाधिकारी

    अमेरिकी संसदमा भएको हिंसात्मक घटना लगत्तै अमेरिकी फस्ट लेडी मेलानिया ट्रम्पका प्रमुख सचिव एवं ह्वाइट हाउसका संचार अधिकृत स्टिफेन ग्रासमले पदबाट राजीनामा दिएका छन् । साथै, ह्वाइट हाउसका सामाजिक सचिव अन्ना क्रिस्टिनाले पनि घटना लगत्तै राजिनामा दिएकी छन् । यी दुबैजना अधिकृत ट्रम्प प्रशासनमा लामो समयदेखि कार्यरत थिए ।

    ह्वाइट हाउसकी प्रेस सहयोगी सराह म्याथ्युजले पनि राजिनामा दिएकी छन् । ‘हाम्रो देशले सत्ताको शान्तिपूर्ण हस्तान्तरण गर्नुपर्छ’ उनले राजिनामा पत्रमा उल्लेख गरेकी छन् । घटनालाई लिएर अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ ब्रायनले पनि राजिनामा दिने मनस्थिती बनाइरहेको सीएनएनले जनाएको छ । अबको १४ दिनपछि नयाँ राष्ट्रपतिमा जो बाइडेनले सपथ लिने कार्यक्रम छ ।

  • अमेरिकी घटनाको विश्व नेताद्वारा निन्दा, बेलायती प्रधानमन्त्रीले भने– लज्जास्पद

    अमेरिकी घटनाको विश्व नेताद्वारा निन्दा, बेलायती प्रधानमन्त्रीले भने– लज्जास्पद

    अमेरिकी संसदमा गएराति भएको तोडफोड र हिंसाको घटनालाई विश्व नेताहरुले निन्दा गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी लोकतन्त्रमाथिको हमलाले आफूलाई चिन्तित बनाएको बताएका छन् । क्यानेडेली प्रधानमन्त्री जस्टिन टुर्डोले पनि अमेरिकी संसदमा भएको हमलाको निन्दा गर्दै दुःख व्यक्त गरेका छन् । हिंसाले जनताको भावनालाई जित्न नसकिने उनको भनाइ छ ।

    बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले अमेरिकी संसदमा देखिएको दृश्यलाई लज्जास्पद भएको टिप्पणी गरेका छन् । ‘लोकतान्त्रिक मुलुकको लागि शान्तिपूर्ण शक्ति हस्तान्तरण हुनु महत्वपूर्ण छ’ उनले भनेका छन् । अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले पनि ट्वीट गर्दै अमेरिकी परम्पराअनुसार सत्ताको हस्तान्तरण हुनुपर्ने बताएका छन् ।

    न्यूजिल्यान्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डेनले क्यापिटल हिलमा भैरहेको विकासक्रमलाई नियालिरहेको लेखेकी छन् । उनले लोकतन्त्रको जित हुनेमा शंका नरहेको लेखेकी छन् । स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले अमेरिकी लोकतन्त्रमा आफूलाई विश्वास रहेको उल्लेख गर्दै लोकतन्त्रको जित हुने बताएका छन् । जर्मनीका विदेशमन्त्री हेड्को मासले निर्वाचनको नतिजालाई स्वीकार्न ट्रम्प प्रशासनलाई आग्रह गरेका छन् ।

    अमेरिकी विदेशमन्त्री जिन यभ्सले अमेरिकी लोकतन्त्रको विजय हुनेमा आफू ढुक्क रहेको बताएका छन् । गएराति राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले संसद सत्र चलिरहेको बेला संसद भवन क्यापिटल बिल्डिङ भित्रै पसेर तोडफोड र हमला गरेका थिए ।

  • हिंसा प्रेरित पोष्ट गरेपछि ट्वीटरद्वारा डोनाल्ड ट्रम्पको एकाउन्ट बन्द

    हिंसा प्रेरित पोष्ट गरेपछि ट्वीटरद्वारा डोनाल्ड ट्रम्पको एकाउन्ट बन्द

    एजेन्सी । अमेरिकी संसद भवन क्यापिटल हिल्समा आक्रमण र तोडफोडमा उत्रिएका आफ्ना समर्थकलाई अझै उत्तेजित पार्ने आशयको ट्वीट गर्न थालेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर एकाउन्ट बन्द गरिएको छ ।

    स्थानीय समय अनुसार मंगलबार साँझ ६ बजे आसपास ट्रम्पले एउटा ट्वीट गरे जहाँ उनले चुनावमा धोका भएको झूटो दावीका अलावा आफ्ना समर्थकलाई ‘यस दिन याद राख्नु’ भन्दै अझै उत्तेजित हुन प्रोत्साहित गरे ।

    उनले लेखेका थिए, ‘यस्ता घटनाहरु भइरहन्छन् जब एउटा पवित्र निर्वाचनमा बिभिन्न धोखाधडीबाट एकजना सच्चा देशभक्तलाई हराइन्छ । लामो समयदेखि उसलाई खराव र एकपक्षीय व्यवहार गरिन्छ । शान्तसँग घर जानुहोस तर यो दिनको हमेशा याद राख्नुहोस ।’

    ट्वीटरले लगत्तै यो ट्वीटलाई हटाएको छ र ट्रम्पको एकाउन्ट नै निलम्बनमा राखेको छ । उनको यो ट्वीटले आफ्नो कम्पनीको नियमको उल्लंघन भएको ट्वीटरको प्रष्टोक्ति छ ।

    राष्ट्रपति ट्रम्पले धोखाधडीका कारण चुनाव हारेको आधारहीन टिप्पणीसहितको भिडियो ट्वीटर, फेसबुक र युट्युबमा लगातार पोष्ट गरिरहेका थिए । तीनै सामाजिक सन्जालबाट ट्रम्पका त्यस्ता सबै भिडियो हटाइएको छ । फेसबुक र इन्स्टाग्रामले पनि ट्रम्पलाइ २४ घण्टाका लागि कुने अपडेट गर्न राेक लगाएकाे छ ।

  • कोरोना महामारीको अनुसन्धानमा चीनको व्यवहारले डब्ल्यूएचओ निराश

    कोरोना महामारीको अनुसन्धानमा चीनको व्यवहारले डब्ल्यूएचओ निराश

    एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना महामारीको अनुसन्धानका क्रममा चीनको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरेको छ । डब्ल्यूएचओले भनेको छ कि अनुसन्धानमा चीनले देखाएको रबैयाबाट उनीहरु निकै निराश छन् ।

    विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानमले मंगलबारको पत्रकार सम्मेलनमा चीनले कोरोना सुरुआतको अनुसन्धानका लागि असहयोग गरेको आरोप लगाएको रोयटर्सलाई उदृत गरी बीबीसीले जनाएको छ ।

    चीनले अहिलेसम्म कोरोना महामारीको सुरुआत कहाँबाट भएको र त्यसको जाँचका लागि विशेषज्ञको टोलीलाई आफ्नो देशमा आउन अनुमति नदिएको डब्ल्यूएचओको भनाई छ ।

    जनवरीको सुरुआत मै विशेषज्ञको एउटा टोली अघिल्लो वर्ष चीनबाट सुरु भइ विश्वव्यापी महामारीको रुप लिएको कोरोनाको उद्गमस्थल वुहान जाँदै थियो ।

    जेनेभामा एक अनलाइन पत्रकार सम्मेलनमा डब्ल्यूएचओका निर्देशकले भने, ‘हामीलाई थाहा भएको छ कि अहिलेसम्म चिनियाँ अधिकारीहरुले त्यहाँसम्म पुग्नका लागि अत्यावश्यक अनुमतिका लागि सहमति दिएका छैनन । म लगातार चीनका वरिष्ठ अधिकारीहरुसँग सम्पर्कमा छु र मैले यो स्पष्ट पारेको छु कि यो मिसन डब्ल्यूएचओको प्राथमिकतामा सन्चालित छ ।’

  • वर्ष २०२१ का सम्भावित ठूला घटना, जसले संसार हल्लाउन सक्छन्

    वर्ष २०२१ का सम्भावित ठूला घटना, जसले संसार हल्लाउन सक्छन्

    काठमाडौं । कोरोनाभाइरस महामारीले सन् २०२० को आकार बदल्यो । भाइरस महामारीको कारण अहिले पनि आधा विश्व लकडाउनमै छ । यो प्यान्डेमिकको असर र प्रभाव सन् २०२१ मा पर्ने निश्चित छ । यसवर्ष अन्तराष्ट्रिय एजेन्डाले लकडाउनको प्रभाव र स्थिति क्रमशः सामान्य अवस्थामा फर्कने आशा गर्न सकिन्छ ।

    गतवर्ष एकान्तवास र लकडाउनको कारण ठूला कार्यक्रम रद्द भए । फेसबुक र गुगलले त सन् २०२२ सम्म ठूला कार्यक्रम आयोजना नगर्ने घोषणा गरिसकेका छन् । बाध्य भएर ठूला कार्यक्रम या त रद्द भए या सन् २०२१ मा धकेलिए । जसरी हुनेछन् ठूला कार्यक्रम यसवर्ष, ती सबै डिजिटल प्लेटफर्मममा हुनेछन् ।

    फरिद जकारिया आफ्नो पछिल्लो पुस्तक ‘महामारी पछिको विश्व’ पुस्तकमा लेख्छन्, ‘महामारीले विश्वव्यापीकरणको अन्त्य गरेको छैन बरु यसले ग्लोब्लाइजेसनलाई पुनर्व्याख्या गरिदिएको छ ।’ अरस्तु भन्छन् –मान्छे सामााजिक प्राणी हो ’। अरस्तुको यो भनाइले मान्छेको आशावादितालाई दर्शाउँछ । लेनिन भन्छन् –कहिलेकाहिँ ४० वर्षमा हुन नसकेको परिवर्तन समयले एक सातामै गरिदिन्छ ।’ लेनिनको यो राजनीतिक टिप्पणीले महामारीले बदलेको न्यारेटिभलाई दर्शाउँछ ।

    अवश्य पनि, महामारीले हामीलाई ठूला हैन, साना कुरालाई बुझ्न र सम्मान गर्न सिकाएको छ । सन् २०२० बाट धकेलिएका कार्यक्रम, खेल तथा कला कार्यक्रम लगभग एउटै समयमा हुनेछन् र भौतिक रुपमा हुने कार्यक्रम अब इन्टरनेट प्लेटफर्ममा हुनेछन् । यसवर्ष विश्वमा प्रभाव पार्न सक्ने केही इभेन्टलाई यहाँ प्रस्तुत गरिनेछ ।

    जनवरी

    डिजिटल डेभोस कस्तो हुनेछ ? हरेक वर्ष स्वीटजरल्यान्डको डेभोसमा हुने विश्व आर्थिक सम्मेलन यसपटक ‘डेभोस संवाद’मा मात्र सीमित हुनेछ । भौतिकरुपमा उपस्थित हुने ढंगले आयोजकले सुरक्षित समय निर्धारण गर्नेछन् । जनवरीको २५ को साता कोभिडपछिको विश्वलाई कसरी आकार दिने भन्ने बारेमा डेभोस छलफल हुनेछ ।

    विश्वका ठूला अर्थतन्त्रका राष्ट्र एवं सरकार प्रमुखले भाग लिनेछन् । जनवरी २८ मा हुने सनडान्स फिल्म फेस्टिभल डिजिटल हुनेछ । जनवरी १० मा जो बाइडेनले ४६ औं राष्ट्रपतिको रुपमा सपथ ग्रहण गर्दैछन् । जनवरी २४ मा पोर्चुगलमा राष्ट्रपति चुनाव हुनेछ । जनवरी ३१ मा ६३ औं ग्रामी अवार्ड हुनेछ ।

    फेब्रुअरी

    यो महिनाको ११ देखि २१ सम्म बर्लिन फिल्म फेस्टिभल हुनेछ । लैंगिक समानतातर्फ यस फेस्टिभलले स्टेप लिने अपेक्षा छ । फेस्टिभलमा अभिनय पुरस्कारलाई सर्वोत्कृष्ट भनेर मात्र दिइनेछ । भन्नुको अर्थ, उत्कृष्ट प्रमुख भूमिका र उत्कृष्ट सहायक भूमिकाको मात्र पुरस्कार दिइनेछ । मेल र फिमेल विभाजन हुनेछैनन् । फेब्रुअरी २८ मा गोल्डेन ग्लोब अवार्ड हुनेछ ।

    मार्च

    भारतमा मार्च २९ मा शिख धर्मावलम्वीको पर्व होला मेहल्ला हुनेछ । तीन दिने यस पर्वमा सहभागिले सैन्य अभ्यास तथा युद्ध कौशल प्रदर्शन गर्नेछन् । यो पर्व शिख गुरु गोविन्द सिंहकै पाला सन् १७१० देखि सुरु भएको मानिन्छ । यस क्रममा सहभागिले धार्मिक गीत तथा भजन गाउँछन् । मार्च ९ म अमेरिकामा एउटा बहुचर्चित मुद्दा चल्दैछ । एलिजाबेथ होम्स र उनका प्रेमी रमेश बल्वानीविरुद्ध मुद्दा सुरु हुनेछ । सात वर्षअघि उनीहरुले थेरानोस नामक कम्पनी खोलेर चिकित्सकीय ल्याब परिक्षणमा क्रान्ति ल्याउने प्रतिबद्धता गरेका थिए । यो मुद्दामा मिडिया मालिक रुपर्ट मर्डक, पूर्व अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले पनि धारणा राख्दैछन् । मार्च ८ मै जर्ज फ्ल्योडको हत्या आरोप लगाएका प्रहरी अधिकारीविरुद्ध सुनुवाइ सुरु हुनेछ । मार्च १७ मा नेदरल्यान्डमा आमचुनाव हुनेछ । मार्च २३ मा इजरायलमा चुनाव हुन्छ ।

    अप्रिल

    अप्रिल २५ तारिखमा विश्व फिल्मको सर्वोच्च अवार्ड अस्कर वितरण हुनेछ । भाइरस महामारीले गर्दा अवार्ड फेब्रुअरी २८ बाट पछि धकेलिएको थियो । भाइरसले गर्दा फिल्मको प्रदर्शन रद्द भएको र थप फिल्म प्रदर्शन हुने एवं अवार्डका लागि मनोनयन खुलाउन ढिलाइ भएकाले बल्ल अवार्ड हुनेछ । जनवरी पहिलो साता हुने गोल्डेन ग्लोब्स पनि फेब्रुअरी २८ मा हुनेछ । बाफ्टा फेब्रुअरी १३ बाट सरेर अप्रिल ११ मा हुने भएको छ । अप्रिल १९ मा राहुल क्यास्ट्रोले क्युवाली कम्युनिस्ट पार्टीको प्रथम सचिवबाट राजिनामा दिनेछन् ।

    मे

    भारतमा लकडाउनपछिको उपचार खोज्नको लागि विश्वको सबैभन्दा लामो दूरीको आरामदायी बसयात्रा सुरु हुँदैछ । दिल्लीबाट छुट्ने ‘बस टु लन्डन’ एसिया, मध्यएसिया र युरोपका १८ देश पुग्नेछ । ७० दिनमा लन्डन पुग्दा यसले १२,४२७ माइल यात्रा तय गर्नेछ । इटालीमा मे २२ मा भेनिस आर्किटेक्चर बाइनियलको उद्घाटन हुनेछ । विश्वको ठूलो कला कार्यक्रम मानिने भेनिस बाइनियल र जर्मन कला प्रदर्शन एउटै समयमा हुनेछन् । युनिभर्सल स्टुडियोले बेइजिङमा पाँचौ थिम पार्क खोल्नेछ । नेदरल्यान्डमा युरोभिजन गीत प्रतियोगिता रोटरड्याममा हुनेछ । मे ६ मा बेलायतका स्थानीय तहको चुनाव आयोजना हुनेछन् । मे २६ मा सबैभन्दा छोटो खण्डग्रास सूर्यग्रहण लाग्नेछ ।

    जुन

    विश्वकै सबैभन्दा पुरानो अन्तराष्ट्रिय फुटबल प्रतियोगिता कोपा जुन ११ देखि जुलाइ ११ मा कोलम्बिया र अर्जेन्टिनामा हुनेछ । साथै युरोकप फुटबल पनि यही मितिमा आयोजना हुनेछ । सन् २०२० देखि सरेको यो गेम फुटबल फ्यानका लागि खुशिको खबर हो । महिला युरोपेली च्याम्पियनसिप भने २०२२ मा हुनेछ । टुर डे फ्रान्सको पहिलो चरण पनि सन् २०२२ मा डेनमार्कमा हुनेछ । जुन १० तारिखमा चन्द्र ग्रहण लाग्नेछ ।

    जुलाई

    टोक्योले जुलाइ २३ देखि अगस्ट ८ तारिखसम्म निर्धारित समयभन्दा पछि सरेको ओलम्पिक खेल आयोजना गर्नेछ । टोक्योमा खेल भएको ६ महिनाभित्र सन् २०२२ फेब्रुअरीमा बेइजिङमा शीतकालिन ओलम्पिक हुनेछ । बेलायतमा राजकुमारी डायनाको ६० औं जन्म वर्षगाँठमा उनका दुई छोराहरु राजकुमार विलियम र राजकुमार ह्यारीले आमाको सम्मानमा बनाइएको सालिक अनावरण गर्नेछन् । जुलाई १ मा यो समारोह हुनेछ । अष्ट्रेलियाको दक्षिणी क्वीन्सल्यान्डमा जुलाई ३० देखि १ अगस्टसम्म दुईवर्षमा एकपटक हुने तारा फेस्टिभल अफ कल्चर एन्ड क्यामेल रेस हुनेछ । २२०० मानिस बसोबास गर्ने तारा नामक सानो कृषि सहरमा हुने महोत्सवमा १२ हजार आगन्तुक पुग्छन् ।

    अगस्ट

    अगस्ट १७ तारिखमा माइक्रोसफ्टले २५ वर्षदेखि प्रयोगमा ल्याएको इन्टरनेट एक्स्प्लोरर ब्राउजर बन्द गर्नेछ । यसको विकल्पमा उसले गुगलले विकास गरेको ओपन सोर्स सफ्टवेयर क्रोमियम सफ्टवेयर प्रयोगमा ल्याउनेछ । गुगलको क्रोम तथा अन्य धेरै ब्राउजरमा पनि क्रोमियम नै प्रयोग हुन्छ ।

    सेप्टेम्बर

    फ्रान्समा सेप्टेम्बर ११ मा २६.२ माइलको म्याराथन हुनेछ । उक्त अवसरमा विभिन्न स्थानमा रोकिएर खान पिउन मिल्ने र संगीतको पनि व्यवस्था भएकाले केही यसलाई विश्वकै सबैभन्दा लामो म्याराथन पनि भन्छन् । रुवान्डामा गुरिल्ला संरक्षणको लागि क्विता इजिना पर्व हुन्छ । रुवान्डाको ज्वालामुखी रहेका राष्ट्रिय निकुञ्जमा वार्षिक रुपमा आयोजना हुने क्विता इजिना पर्वमा त्यहाँ पहाडी गुरिल्लाको संरक्षणका लागि पहलकद्मी हुने गर्छ । सेप्टेम्बर ५ मा हङकङ विधान सभाको चुनाव हुनेछ । सेप्टेम्बर २६ मा जर्मनीले संघिय सभाको चुनाव गर्नेछ ।

    अक्टोबर

    अक्टोबर १ देखि २०२२ मार्च ३१ सम्म ब्युरो दे एक्पोजिसनको १७० वर्षको इतिहासमा मध्यपूर्वमा पहिलोपटक वर्ल्ड एक्स्पो हुँदैछ । प्रदर्शनीमा विश्वका १९० देशले भाग लिनेछन् । अक्टोबर १ मा रुसले लुना २५ नामक मुन ल्यान्डरलाई चन्द्रमातर्फ पठाउनेछ । यसले चन्द्रमाको दक्षिणी धु्रवमा टेक्नेछ । यो रुसको सन् २०३० सम्म चन्द्रमामा मानवसहित यान पठाउने योजनाको पहिलो कदम हो । रसियाले अक्टोबर १ मा देशव्यापी जनगणना थाल्नेछ भने जापानले प्रतिनिधि सभाको चुनाव गर्नेछ । अक्टोबर ३१ मा नासाले नयाँ हब्बल टेलिस्कोप लन्च गर्नेछ ।

    नोभेम्बर

    स्कटल्यान्डमा नोभेम्बर १ देखि १२ सम्म राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन हुनेछ । जलवायु परिवर्तनमाथिको संरचनात्मक सभा बेलायतले आोजना गर्ने अन्तराष्ट्रिय सम्मेलन हुनेछ । सम्मेलन सरेपछिको बीचमा अमेरिकामा जो बाइडेन राष्ट्रपतिमा चुनिएका छन् । उनी आएसँगै अमेरिकाले लिने जलवायु परिवर्तनमा बदलाव आउनेछ भन्नुको अर्थ ट्रम्पको निर्णयलाई उनले उल्ट्याउनेछन् । बेलायतको उपनिवेश बारबाडोसले यसै महिनामा विगतका अवशेष हटाउने प्रयासस्वरुप रानी एलिजाबेथलाई देशको राज्य प्रमुखबाट हटाउने भएको छ । अझै पनि १६ देशले बेलायती रानीलाई सेरेमोनियल शासक राखेका छन् । यही महिनामा नासाले चन्द्रमामा यान प्रक्षेपण गर्दैछ ।

    डिसेम्बर

    अमेरिकामा आर्ट बसेल मियामी बीच एकवर्षपछि पुनः हुनेछ । अघिल्लो वर्ष यसलाई मियामी बीच कन्भेन्सन सेन्टरमा अनलाइनमा राखिएको थियो । पछिल्लो समय सेन्टरलाई कोरोना भाइरसको रिजर्भ अस्पताल बनाइएको थियो । डिसेम्बर ४ मा पूर्ण सूर्यग्रहण लाग्नेछ ।

    वर्ष २०२१ मै चिनियाँ कम्युनिस्ट पार्टीले उसको १०० औं स्थापना दिवस सेलिव्रेट गर्नेछ । उत्तर कोरियाली वर्कस पार्टीले आठौं महाधिवेशन गर्नेछ । २०२१ को अन्त्यमा भारतले चन्द्रयान २ प्रक्षेपण गर्नेछ । चीनले यसैवर्ष ठूलो आकार स्पेस स्टेसन निर्माण गर्ने तयारी थालेको छ भने अमेरिका, चीन र युएईले मंगल ग्रहमा रोबोट पठाउनेछन् ।

    २०२१ को सुरुआतदेखि बेलायतमा कोरोनाभाइरसको नयाँ प्रजाति देखिएकाले केही मुलुकले पुनः लकडाउन र सामाजिक दूरीलाई कडाइको साथ पालना गर्दैछन् । केही युरोपेली मुलक र खाडी राष्ट्रले लकडाउन तयारी थालेका छन् । जापान, अष्ट्रेलिया, भारत, नेपाल लगायतले केही मुलुकमा अन्तराष्ट्रिय उडानलाई लगाइएको रोक कायमै राखेका छन् । यसले गर्दा यसवर्ष पनि डिजिटल प्लेटफर्मको प्रयोग बढी हुने आशा गर्न सकिन्छ ।

    सीएनएनका अनुसार मानसिक स्वास्थ्यको मुद्दा सन् २०२१ मा प्रमुख हुनेछ । ‘हामीसँग रोगको भ्याक्सिन त होला तर मानसिक स्वास्थ्यको भ्याक्सिन हुनेछैन’ अमेरिकी जनस्वास्थ्य विभागकी निवर्तमान अध्यक्ष लिजा काल्र्सन भन्छिन्, ‘हामीसँग आयात सीमित हुनेछ । यसले आर्थिक संकट अझै बढाउनेछ । रोगको डर उसै छ । यसले हाम्रो दैनिक तालिकालाई अवरोध गर्नेछ । वास्तवमै संकट चाहिँ २०२१ म गहिरो हुनेछ ।’ आइसोलेसन र प्रविधिको बढ्दो प्रयोगले बालबालिका र वृद्धवृद्धाले झनै कठिनाइको सामाना गर्न जनाइएको छ ।

    तर, संकटमा पनि समाजसेवा र सहयोगी भावनाको उदय हुने विश्वास गरिएको छ । कोभिड महामारीको बेला सहयोगी मन हुनुलाई कालो बादलमा हुने चाँदीको घेरा मानिएको छ ।

  • संसद भवनभित्र पेस्तोल बोकेर जाने अमेरिकी सांसदको उद्घोष

    संसद भवनभित्र पेस्तोल बोकेर जाने अमेरिकी सांसदको उद्घोष

    एजेन्सी । अमेरिकामा हालै सम्पन्न निर्वाचनमा विजयी एकजना महिला सांसदले वाशिंटन डिसीमा बुधबारदेखि शुरु हुने संसद अधिवेशनका क्रममा पेस्तोल बोकेर जागे घोषणा गरेकी छन् ।

    आइतबार सार्वजनिक गरिएको एउटा भिडियोमा रिपब्लिकन पार्टीकी सांसद लाउरेन बोबर्ट गोलीले भरिएको पेस्तोल बोकेर शहरमा घुमेको देखाइएको थियो । ‘म मेरो बन्दूक बोकेर डीसी र कंग्रेसमा जानेछु’ भिडियोमा उनले भनेकी छन् । यो भिडियो अहिलेसम्म २ मिलियनभन्दा बढीले हेरेका छन् ।

    तर डीसी शहरका प्रहरी प्रमुखले भनेका छन् कि शहरको कानूनअनुसार बन्दूक बोकेर हिंड्न नपाइने बाध्यताबारे बोबर्टसँग कुराकानी गर्ने योजना बनाएका छन् ।

    बोबर्टले कोलोराडोको राइफल टाउनमा शुटर्स ग्रिल नामको रेस्टुरेन्ट चलाउँछिन् । जहाँ कर्मचारीलाई खुलेआम हतियार बोकेर हिंड्न प्रोत्साहित गरिन्छ । राज्यको कानूनले नै हतियार राख्न पाइन्छ ।

    बन्दूक राख्न पाउने अधिकारको मुद्दा गएको नोभेम्बरको निर्वाचनमा बोबर्टको अभियानको एक महत्वपूर्ण हिस्सा थियाे । ट्वीटरमा पोस्ट गरिएको भिडियोमा बोबर्टले अगाडि भनेकी छन्, ‘भलै म अब अमेरिकाको सबैभन्दा उदार शहरमध्ये एकमा काम गर्दैछु । तर म आफ्नो अधिकार छोड्न सक्दिनँ ।’

    ‘त्यसैले पाँच फिट अग्लो, १०० पाउन्डको महिलाको रुपमा म कानूनी रुपमा आफ्नो रक्षा आफैं गर्न चाहन्छु, किनभने म आफ्ना लागि सबैभन्दा उत्कृष्ट सुरक्षाकवच हुँ’, उनले थपिन् ।

    तर यसबारे प्रहरीले तत्काल प्रतिक्रिया दिएको छ । डीसी प्रहरी प्रमुख रोवर्ट कोन्टी तृतीयले पत्रकारहरुसँग भने, ‘ती सांसदलाई पनि त्यही नियमको अधीनमा ल्याइनेछ जसरी डीसीको सडकमा बन्दूक बोकेर हिंड्नेहरुलाई पक्राउ गरिन्छ ।’

    अमेरिकाको संविधानले नागरिकलाई हतियार राख्ने अनुमति दिएको छ तर यसको कार्यान्वयन राज्यपिच्छे फरक फरक हुनेछ ।

  • बेइजिङमा हजारौंले लिए खोप, बेलायतमा खोप लगाउन शुरु

    बेइजिङमा हजारौंले लिए खोप, बेलायतमा खोप लगाउन शुरु

    बेइजिङ । चीनमा फेब्रुअरीमा मनाइने नयाँ वर्षका अवसरमा हुन सक्ने व्यापक यात्रा र घुमफिरलाई ध्यानमा राखी बेइजिङका हजारौं बासिन्दालाई कोभिड–१९ विरुद्धको खोप लगाउन थालिएको छ ।

    खोप लिन हजारौं मानिस सोमबार बिहानैदेखि खोप केन्द्रहरुमा लामबद्ध देखिएका छन् ।

    दुई दिनको अवधिमा ७३ हजारभन्दा बढी चिनियाँले बेइजिङमा पहिलो डोज खोप लिएको स्वास्थ्य सेवा विभागले जनाएको छ । खोप लिनेहरुमा सामुदायिक कार्यकर्ता र बस ड्राइभरहरु पनि रहेका छन् ।

    स्वास्थ्य अधिकारीहरुले चिनियाँ फर्मास्यूटिकल कम्पनी सिनोफार्मले विकास गरेको खोपलाई सःशर्त स्वीकृति प्रदान गरिसकेको छ । यस खोपको प्रभावकारिता झण्डै ७९ प्रतिशत रहेको सिनोफार्मले जनाएको छ ।

    बेइजिङमा ठूलो संख्यामा मानिसहरु स्थानीय अस्पतालहरु र सामुदायिक स्वास्थ्य केन्द्रहरुमा खोपका लागि भेला भएको दृश्य सरकारी टेलिभिजन सिसिटिभीले प्रशारण गरेको छ । स्वास्थ्य अधिकारीहरुले जिम र कारखानाका खाली भवनहरुलाई पनि खोपका लागि प्रयोग गरिएको बताएका छन् ।

    चीनले गत वर्ष सन् २०२० मा आपतकालीन प्रयोग अन्तर्गत करिब ४५ लाख व्यक्तिलाई खोप दिइसकेको छ जसमा अधिकांश स्वास्थ्यकर्मी र विदेशमा काम गर्ने व्यक्तिहरु रहेका छन् ।

    अहिले चीनले भाइरसबाट सर्वाधिक जोखिममा रहेका समूहलाई पहिलो प्राथमिकतामा राखेर खोप दिने तयारी शुरु गरेको छ ।

    यसैबीच, बेलायतले पनि सोमबारदेखि अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनिका फर्मास्यूटिकल्स कम्पनीले तयार पारेको खोप दिने तयारी गरेको छ ।

    अस्ट्राजेनिकाको खोपलाई स्वीकृति प्रदान गर्ने बेलायत पहिलो देश हो ।

    निकै सस्तो र वितरणमा निकै सहज मानिएको यो खोप एक जना ८२ वर्षीय बेलायती नागरिक ब्रायन पिकरलाई चर्चिल अस्पतालमा प्रदान गरेर खोप अभियान शुरु गरिएको छ ।

     

  • ट्रम्पले निर्वाचन अधिकारीसँग भोटका लागि आग्रह गरेको अडियो सार्वजनिक

    ट्रम्पले निर्वाचन अधिकारीसँग भोटका लागि आग्रह गरेको अडियो सार्वजनिक

    एजेन्सी । अमेरिकाको राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि निर्वाचित हुन असफल डोनाल्ड ट्रम्पले जर्जिया राज्यको प्रमुख निर्वाचन अधिकारीसँग आफूलाई जितका लागि आवश्यक मतको व्यवस्था गर्न आग्रह गरेको अडियो टेप सार्वजनिक भएको छ ।

    वाशिङटन पोस्टले यो टेलिफोन संवाद सार्वजनिक गरेको हो जहाँ राष्ट्रपति ट्रम्पले रिपब्लिकन सेक्रेटी अफ स्टेट ब्राड राफेन्सपर्गरसँग भनेका छन्, ‘म मात्र ११ हजार ७८० भोटको खोजी चाहन्छु ।’

    जवाफमा राफेन्सपर्गरले ट्रम्पसँग भनेका छन् कि जर्जियाको नतिजा ठीक छ ।

    डेमोक्रेटिक उम्मेद्वार जोय बाइडेनले जर्जियामा जित हासिल गरेका थिए । उनले कुल ३०६ इलेक्टोरल मत जितेका थिए भने ट्रम्पले २३२ ।

    मतदान सकिएपछि नै ट्रम्पले चुनावमा ठूलो मात्रामा घोटाला भएको आरोप लगाएका थिए । तर सर्वोच्च पदमा आसीन उनले आफ्ना आरोपको ठोस प्रमाण पेश गर्न सकेनन् ।

    आउने बुधबार अमेरिकी कंग्रेसले चुनावको परिणाम स्वीकार गर्नेछ भने जनवरी २० मा जोय बाइडेनले राष्ट्रपति पदको शपथ लिनेछन् ।

  • भारतमा कोरोनाविरुद्धका दुई खोपलाई स्वीकृति, खोप ७० प्रतिशत प्रभावकारी

    भारतमा कोरोनाविरुद्धका दुई खोपलाई स्वीकृति, खोप ७० प्रतिशत प्रभावकारी

    नयाँदिल्ली । भारतमा कोरोनाविरुद्धको दुई ओटा खोपलाई प्रयोगका लागि स्वीकृति दिइएको छ ।

    सेरम इन्स्टिच्यूट अफ इन्डिया र भारत बायोटेकका खोपलाई आपतकालीन अवस्थामा प्रयोग गर्न अनुमति दिइएको हो ।

    विज्ञहरुको सिफारिसका आधारमा दुवै खोपलाई स्वीकृति दिइएको भारतको औषधि नियन्त्रकको कार्यालयले आइतबार जनाएको छ ।

    कार्यालयको निर्णयका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा खोप कति सुरक्षित छ भन्ने एकिन गरेर मात्रै स्वीकृति गरिएको अधिकारीहरुले बताएका थिए । सुरक्षाको विषय आफूहरुको मुख्य चासो भएको उनीहरुको भनाई थियो ।

    खोपले कुनै हानि नगरे पनि केही सहायक असर भने गर्न सक्ने अधिकारीहरुले बताएका छन् । सामान्य ज्वरो आउने र अन्य खोप लगाउँदा झैं सामान्य दुखाई लगायतका पीडा हुने उनीहरुको भनाई छ ।

    सेरमको खोपले यही जनवरी १ र २ तारिखमा तोकिएको मापदण्ड पुरा गरेको पनि नियन्त्रकको कार्यालयले जनाएको छ ।

    यो खोप २३ हजार ७४५ जनामा परीक्षण गर्दा प्रभावकारी नजिता दिएको देखिएको सेरमले दावी गरेको छ । परीक्षणमा १८ वर्ष वा सो सरहदेखि त्योभन्दा धेरै उमेरका मानिसहरु सहभागी भएका थिए ।

    परीक्षण गर्दा सेरमको खोपले औसतमा ७० ४२ प्रतिशतसम्म काम गरेको पाइएको अधिकारीहरुले जनाएका छन् । यसको परीक्षण तेस्रो चरणसम्म भएको थियो ।

    सामान्य वा नियमित अवस्थामा भने यी खोपहरु प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ । यसको विकास र परीक्षणको काम अझै पनि जारी रहेको छ ।

    भारत बायोटेकको खोप भने आइसिएमआर र नेसनल इन्स्टिच्यूट अफ भाइरोलोजीले संयुक्त रुपमा विकास गरेका हुन् । विश्वभरी नै राम्रो मानिएको प्रणाली मार्फत यसको विकास गरिएको पनि अधिकारीहरुले जनाएका छन् ।

    सेरम र भारत बायोटेकका खोपहरु दुई डोज लगाउनु पर्नेछ भने यी खोपहरु २ देखि ८ डिग्री सेल्सियसमा भण्डार गर्न सकिने छ ।

    एजेन्सी

  • नाइजरमा इस्लामी चरमपन्थीद्वारा ५६ नागरिकको हत्या

    नाइजरमा इस्लामी चरमपन्थीद्वारा ५६ नागरिकको हत्या

    एजेन्सी । अफ्रिकी मुलुक नाइजरमा इस्लामी चरमपन्थीले मालीको सिमानानजिक एउटा गाउँमा आक्रमण गरी कम्तीमा ५६ जनाको हत्या गरेको छ । समाचारहरुमा जनाइएअनुसार अन्य २० जना गम्भीर घाइते छन् ।

    टिल्लाबेरी इलाकाको चोमोबंगोउ नामको गाउँमा हमला भएको स्थानीय अधिकारीहरुलाई उद्धृत गरी बीबीसीले जनाएको छ । यो ठाउँमा सन् २०१७ देखि नै संकटकाल लागू गरिएको छ ।

    पछिल्ला दिनहरुमा छिमेकी देश मालीबाट प्रवेश गर्ने इस्लामिक जिहादीहरुले यस गाउँलाई निशाना बनाउने गरेका छन् ।

    समाचार संस्था एएफपीले स्थानीय अधिकारीलाई नै उद्धृत गरी आक्रमणमा कम्तीमा ७० जना गाउँलेको हत्या गरिएको जनाएको छ । उसका अनुसार जोरोमदारेय नामको अर्को गाउँमा पनि आक्रमण भएको छ जहाँ एक दर्जनभन्दा बढी मारिएका छन् ।

    यस हमलाबारे नाइजर सरकारले अहिलेसम्म कुनै टिप्पणी गरेको छैन ।

  • डीभी भिसामा लगाइएको रोक तीन महिना थपियो, डीभी जितेका ४०० नेपाली रोकिए

    डीभी भिसामा लगाइएको रोक तीन महिना थपियो, डीभी जितेका ४०० नेपाली रोकिए

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डीभी लोटरी एवं कामदार भिसाको माध्यमबाट अमेरिकामा आउन लगाइएको रोकलाई थप तीन महिना लम्ब्याएका छन् । ट्रम्पले कार्यकारी आदेशमार्फत गत डिसेम्बर ३१ सम्म कामदार र आप्रवासी भिसामा रोक लगाएका थिए । अब यो रोकावट मार्च ३१ सम्म रहने भएको छ ।

    तर, जनवरी २० देखि राष्ट्रपतीय अफिस सम्हाल्ने तयारीमा रहेका जो बाइडेनले चाहिं ट्रम्पको यो कदमको निन्दा गरेका छन् । उनले आफू ह्वाइट हाउसमा पुगेपछि ट्रम्पले लगाएका सबै खराब अध्यागमन नीतिलाई सच्याउने बताएका छन् । बाइडेनले यसो भनेपछि जनवरी २० सम्म यो रोकावट चाहिं कायमै रहने भएको छ ।

    ट्रम्पले प्रतिबन्ध लगाएपछि नेपालबाट डीभी पर्नेहरु अमेरिका जान पाएका छैनन् । २०२१ को लागि डीभी परेकाहरुले भिसा पाएका छैनन् भने २०२० मा डीभी परेका र गएको सेप्टेम्बरमा भिसा पाएका पनि अमेरिका जान पाएका छैनन् । सेप्टेम्बरमा भिसा पाएकाहरु मार्चभित्र अमेरिका पुगिसक्नुपर्नेछ । नभए उनीहरुको भिसाको अवधि समाप्त हुनेछ । यस्तो बेला उनीहरुको भिसा के हुन्छ भन्नेबारे खुलाइएको छैन ।

    ट्रम्पले यस्तो निर्णय गर्दा डीभी परेका ४०० नेपाली नेपालमै रोकिएका छन् । मार्चभित्र अमेरिका नगए भिसा स्थगित हुने जनाइएको छ । अदालतको आदेशपछि डीभी परेका नेपालीको संख्या ४०४ रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

  • दक्षिण कोरियाले २०२१ मा ५२ हजार कामदार लैजाने

    दक्षिण कोरियाले २०२१ मा ५२ हजार कामदार लैजाने

    दक्षिण कोरियाली सरकारले नयाँवर्ष २०२१ का लागि रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत ५२ हजार कामदार लैजाने भएको छ । यसैसाता बसेको प्रवासी श्रमिक संख्या निर्धारण समितिले यस्तो निर्धारण गरेको हो ।

    यो प्रणालीमार्फत १६ देशले कोरियामा कामदार पठाउन पाउनेछन् । तर, कुन देशबाट कति कामदार लैजाने निधो भएको छैन । सन् २०२० मा ५६ हजारलाई लैजाने कोटा भएपनि अझै ३० हजार ९ सय ९ जना कोरिया जान पाएका छैनन् । लकडाउन र महामारीको कारण नेपालबाट पनि जान पाएका छैनन् ।

    प्रवासी मजदुर युनियनका अध्यक्ष उदय राईका अनुसार कामदार कोटामा छानिएकालाई लगिएपछि मात्र नयाँ कोटाका कामदारले प्राथमिकता पाउनेछन् । सन् २०२१ मा तोकिएका ५२ हजार कोटामध्ये ३७ हजार ७ सय जना उत्पादनमा, ६ हजार ४ सय जना कृषि क्षेत्रमा, ३ हजार माछापालन क्षेत्रमा, १८ सय जना निर्माण क्षेत्रमा, १ सय जना सेवा क्षेत्रमा रहनेछन् ।

    २०२१ को अप्रिलसम्म २२ हजार कामदारलाई रोजगार अनुमति दिने र बाँकी कामदार भने रोजगारदाताको माग र कोरियाको अर्थतन्त्र हेरेर निर्धारण हुने जनाइएको छ ।

  • टोकियोमा आपतकाल घोषणाको तयारी, आजै केन्द्रीय सरकारलाई आग्रह

    टोकियोमा आपतकाल घोषणाको तयारी, आजै केन्द्रीय सरकारलाई आग्रह

    जापानको राजधानी टोकियोमा कोरोना संक्रमण नियन्त्रण बाहिर जान थालेपछि टोकियो महानगरले आपतकाल घोषणाको अन्तिम तयारी थालेको छ ।

    जापानको सरकारी संचार सस्था एनएचकेले जनाए अनुसार टोकियो महानगरले आज साँझ आपतकाल घोषणाका लागि सरकारलाई औपचारिक आग्रह गरेको हो ।

    टोकियोसँगै साइतामा, खानागावा र चिबा प्रिफेक्चरमा आपतकाल घोषणाका लागि सरकारसमक्ष आग्रह गरिएको टोकियो महानगरकी गभर्नर कोइकेलाई उद्धृत गर्दै समाचारहरु प्रकाशन गरिएको छ ।

  • करिब ६ करोडले जिते कोरोना, नयाँ भाइरसले त्रास बढायो

    करिब ६ करोडले जिते कोरोना, नयाँ भाइरसले त्रास बढायो

    काठमाडौं । विश्वभर करिब ६ करोड संक्रमितले कोरोना जितेको तथ्यांक छ । ८ करोड ४३ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएकामा ५ करोड ९६ लाखभन्दा बढीले कोरोनाभाइरसको संक्रमण जितेका हुन् । तथ्यांकअनुसार विश्वभर पछिल्लो २४ घण्टामा ५ लाख ५२ हजारभन्दा बढीमा संक्रमण भएको छ

    अहिलेसम्म १८ लाख ६४ हजार ३५४ संक्रमितको मृत्यु भएको छ । अझै २७ प्रतिशत संक्रमित उपचाररत छन् ।

    कोरोना संक्रमणबाट विश्वमा सबैभन्दा धेरै असर परेका अमेरिकामा २ करोड ६ लाखभन्दा बढी संक्रमित भएका छन् ।

    पछिल्लो समय नयाँ प्रजातिको कोरोनाभाइरसको हल्लाले विश्व आतंकित छ ।

  • अष्ट्रेलियाले यसरी स्वागत गर्‍यो नयाँवर्ष २०२१

    अष्ट्रेलियाले यसरी स्वागत गर्‍यो नयाँवर्ष २०२१

    अष्ट्रेलियाले नयाँ वर्ष २०२१ को स्वागत भव्य ढंगले गरेको छ । सिड्नी र न्यूजिल्यान्डले आतसबाजी र झिलिमिलीसहित २०२० को बिदाइ र २०२१ को स्वागत भव्य गरे ।

    यो दृश्य हेर्न सिड्नीको ब्रिज नजिक हजारौं भेला भएका थिए । टाइमजोनको कारण अष्ट्रेलिया र न्यूजिल्यान्डले बाँकी विश्वले भन्दा चाँडो नयाँवर्षलाई स्वागत गर्छन् ।

    कोभिड–१९ मापदण्डलाई पालना गर्दै नयाँवर्षको स्वागत गरिएको अष्ट्रेलियाली संचार माध्यमले जनाएका छन् । भाइरसले प्रभावित मेलबर्न र सिड्नीमा संक्रमणबाट जोगिँदै आतसबाजी गरियो ।

    तर, विगतमा जस्तो भीडभाड नदेखिएको एबीसी अष्ट्रेलियाले जनाएको छ । भारत, फ्रान्स, लात्भिया, ब्राजिल लगायतका मुलुकले नयाँवर्ष मनाउँदा संक्रमण फैलने डरले गर्दा रात्रीकालिन कर्फ्यु लगाएका छन् ।

    तस्विरहरु : एपी र डेली मेल

  • युरोपेली युनियनबाट बेलायत अलग हुँदै, प्रधानमन्त्रीका बाउ–छोरा विभाजित

    युरोपेली युनियनबाट बेलायत अलग हुँदै, प्रधानमन्त्रीका बाउ–छोरा विभाजित

    ब्रेक्जिटपछि युरोपेली युनियनसँग सुमधुर सम्बन्ध राख्नको लागि भन्दै बेलायती प्रधानमन्त्री बोरिस जोन्सनका बाबुले आफूले फ्रान्सेली नागरिकताका लागि आवेदन दिएको बताएका छन् ।

    स्टान्ली जोन्सनले आफ्ना छोरा बेलायती प्रधानमन्त्री हुँदाहुँदै अर्को देशको नागरिकता लिन खोज्नुलाई कतिपयले व्यंग्य गरेका छन् । स्टान्लीले सन् २०१६ को बेलायती जनमतसंग्रहमा ब्रेक्जिटको विपक्षमा मतदान गरेका थिए ।

    ‘म आफूलाई वास्तविकरुपमा फ्रेन्च ठान्छु । मेरी आमा फ्रान्सेली थिइन् । मैले विगतको आफ्नो यथार्थलाई दाबी मात्र गरेको हुँ । यसले मलाई खुशी पनि तुल्याएको छ’ फ्रेन्च भाषामा बोल्दै ८० वर्षे स्टान्लीले भने

    ‘म सधैंभरि युरोपियन नै हुँ । हामी कसैले बेलायतीलाई तिमी युरोपेली होइन भन्न सक्दैनौं’ उनले भने, ‘युरोपेली युनियनसँग सम्बन्ध बनाइराख्नु जरुरी छ ।’ बुधबार एक भावुक मन्तव्यमा प्रधानमन्त्री जोन्सनले यसलाई युरोपसँगको बेलायती सम्बन्धको अन्त्यको रुपमा हेर्न नहुने बताए ।

    आज राति १२ बजेदेखि बेलायत औपचारिकरुपमा युरोपेली युनियनबाट अलग हुँदैछ । ४८ वर्षपछि युरोप र बेलायत अलग हुन लागेका हुन् ।

  • चीन सरकारले दियो सिनोफार्म खोपलाई अनुमति,

    चीन सरकारले दियो सिनोफार्म खोपलाई अनुमति,

    बेइजिङ । चीन सरकारले सिनोफार्म कम्पनीद्वारा विकास गरिएको कोभिड–१९ विरुद्धको खोपलाई ‘सःशर्त’ अनुमति दिएको छ । चिनियाँ कम्पनी सिनोफार्मका अनुसार यो खोपको प्रभावकारिता ७९ प्रतिशत छ ।

    सिनोफार्मको खोपलाई अनुमति दिएसँगै एसियामा फैलिएको कोरोनाभाइरसको प्रभाव घटाउन यो खोप महत्वपूर्ण पाइला हुने चिनियाँ अधिकारीहरुले बताएका छन् ।

    यसअघि नै सिनोफार्मद्वारा तयार पारिएको कोभिड विरुद्धको खोप आपतकालीन प्रयोग अन्तर्गत ४५ लाख चिनियाँ नागरिकलाई दिइसकिएको छ । खोप दिइएकाहरुमा खासगरी स्वास्थ्यकर्मी र विदेशमा काम गर्न जाने चिनियाँ नागरिक रहेका चिनियाँ स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

    बुधबार मात्र सिनोफार्मले आफूले विकास गरेको खोप ७९ दशमलब ३४ प्रतिशत सफल रहेको घोषणा गरेको थियो । पश्चिमा मुलुकका फर्मास्यूटिकल कम्पनीहरु फाइजर र मोडर्नाले विकास गरेका खोपहरु क्रमशः ९५ र ९४ प्रतिशत सफल रहेको दाबी गरिएको थियो ।

    चिनियाँ स्वास्थ्य प्रशासनका उप आयुक्त चेन सिफीले संवाददाताहरुसँग कुरा गर्दै सिनोफार्मको खोपलाई ‘सःशर्त’ अनुमति दिइएको जानकारी दिए । अब सिनोफार्मले यो खोपलाई बजारमा बिक्री गर्न पनि अनुमति पाएको छ ।

    चीनको राष्ट्रिय स्वास्थ्य आयोगका उपमन्त्री झेङ यिछिनले सिनोफार्मका खोपहरु वृद्धवृद्धा र अरु जोखिममा परेका नागरिकलाई निःशुल्क प्रदान गरिने जानकारी दिए । चीनका करिब १ अर्ब ३० करोड नागरिक सबैलाई खोप प्रदान गर्न अभूतपूर्व चुनौती छ ।

    उपमन्त्री झेङले भने, ‘कोभिड–१९ बाट सुरक्षित रहन कूल जनसंख्याको ६० देखि ७० प्रतिशत व्यक्तिलाई खोप दिनुपर्ने हुन्छ, र हामी त्यसैको तयारीमा छौं । बेइजिङले यसै वर्षको हिउँदसम्ममा लाखौं व्यक्तिलाई खोप दिइसक्ने योजना बनाएको छ ।

    चीनमा आफ्ना नागरिकलाई जरुरी हुने खोप चीनमा उत्पादन हुने चीन सरकारको भनाई छ ।

  • नयाँ कोरोनाभाइरस भेटिएपछि दिल्लीमा कर्फ्यु

    नयाँ कोरोनाभाइरस भेटिएपछि दिल्लीमा कर्फ्यु

    दिल्ली /नयाँ प्रजातिको कोरोनाभाइरस संक्रमणको डरले दिल्लीमा रात्रीकालिन कर्फ्यु घोषणा गरिएको छ । दिल्ली सरकारले अंग्रेजी नयाँवर्ष २०२१ को छेकोमा संक्रमण फैलिने भन्दै विहिबार र शुक्रबार निषेधाज्ञा घोषणा गरेको हो ।

    नयाँवर्ष मनाउन मानिसहरुले रात्री समयमा भीडभाड गर्ने र त्यसले संक्रमण फैलाउन मद्दत गर्ने भएपछि कर्फ्यु लगाउनुपरेको जनाइएको छ ।

    दिल्ली विपद व्यवस्थापन प्राधिकरणले डिसेम्बर ३१ को राती ११ बजेदेखि बिहान ६ बजे र जनवरी १ को राती ११ बजेदेखि भोलिपल्ट ६ बजेसम्म कर्फ्यु लागु गर्ने जनाएको हो । सार्वजनिक स्थलमा पाँचजनाभन्दा बढी भेला हुन र नयाँवर्षको कुनैपनि उत्सव, कार्यक्रम र समारोह राती नगर्न भनिएको छ ।

    दिल्लीका आठ जनामा नयाँ प्रकारको कोरोनाभाइरस फेला परेपछि यस्तो आदेश गर्नुपरेको जनाइएको छ । पछिल्लो समय दिल्लीमा कोभिड संक्रमण कम हुँदै गएको छ । बुधबार मात्रै दिल्लीमा ७०३ जना संक्रमित थपिएका थिए ।

  • यमनमा नयाँ सरकार आएलगत्तै विमानस्थलमा भयानक आक्रमण, प्रधानमन्त्री सुरक्षित

    यमनमा नयाँ सरकार आएलगत्तै विमानस्थलमा भयानक आक्रमण, प्रधानमन्त्री सुरक्षित

    एजेन्सी । यमनको दक्षिणी शहर अदनस्थित विमानस्थल नजिकै भएको विस्फाेटमा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ, ५० भन्दा बढी घाइते भएका छन् ।

    सुरक्षा अधिकारीहरुका अनुसार नयाँ सरकारका सदस्यहरु लिएर साउदी अरबबाट आएको विमान जब विमानस्थलमा अवतरण भयो त्यतिबेलै ठूलो आवाजसहितको विस्फाेट भएको हो ।

    विस्फाेटमा मारिने मानिसहरु विमानस्थलका सहायक कर्मचारीदेखि अधिकृतसम्म थिए । प्रधानमन्त्री अब्दुल मल्लिक सइदले भनेका छन् कि उनी र उनकाे मन्त्रिमण्डल सुरक्षित छ ।

    सूचनामन्त्रीले यो आक्रमणको जिम्मेदार हुती विद्रोही समूह भएको भन्दै यसलाई कायरतापूर्ण चरमपन्थी आक्रमण भनेका छन् । सूचनामन्त्री इरियानीले ट्वीट गरेका छन्, ‘हामी सबैलाई यो निश्चित बनाउन चाहन्छौं कि सबै मन्त्रिपरिषद सदस्य सुरक्षित हुनुहुन्छ र विमानस्थलमा इरान समर्थित हुती विद्रोहीको चरमपन्थी हमलाले हाम्रो जिम्मेवारीमा कुनै आँच आउने छैन । हाम्रा जीवन अन्य यमनीको तुलनामा अधिक मूल्यवान हुने छैन ।’

    नयाँ मन्त्रीहरुको स्वागतका लागि विमानस्थलमा ठूलो भीड जम्मा भएको थियो । विस्फाेटको आवाजसहितको मुस्लो आएसँगै सबै तितरवितर भए । केही समयपछि त्यहाँ गोली चलेको आवाज पनि सुनिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

    यमनको समाचार वेबसाइट अल मसदरका अनुसार विस्फाेटमा परी श्रम मन्त्रालयका एकजना सहसचिवको मृत्यु भएको छ । युवा तथा खेलकुद मन्त्रालयका उपमन्त्री मोनेर अल वजिह, यातायात उपमन्त्री नसिर सरिफलगायतका मानिसहरु घाइते भएका छन् ।

    प्रधानमन्त्री र मन्त्रिपरिषद सदस्यलाई विशेष सुरक्षा घेरामा राखिएको थियो र सुरक्षित बाहिर निकालिएको थियो ।

  • २०२० मा संसारका १० उपलब्धि : नेपाल पनि समेटियाे

    २०२० मा संसारका १० उपलब्धि : नेपाल पनि समेटियाे

    सन् २०२० मा जब कोरोना कहर उत्कर्षमा पुग्दै थियो, तब केही मुलुक यो चपेटाबाट बाहिर निस्किए भने केहीले प्रियजन गुमाए । सबै जनालाई लाग्यो – यो संकटबाट मुक्त हुने उपाय भनेकै खोप हो ।

    यस वर्ष कोरोना र खोप शब्दावली चर्चित रहे । यसबीचमा केही ठूला उपलब्धि पनि सामुन्ने आए । यहाँ केही यस्ता उपलब्धिबारे चर्चा गरिन्छ, जसलाई कोरोनाले सम्झने मौका पनि दिएन ।

    १) चीनबाट काेराेना शुरु, पहिलो खोप बेलायतलाई

    दुनियाँमा कोरोनाभाइरस सबैभन्दा पहिले चीनबाट फैलियो । तर, पहिलो खोप लगाउने सुरुआत चाहिं बेलायतदेखि भयो । ८ डिसेम्बरदेखि भ्याक्सिन लगाउने काम शुरु भयो । ब्रिटेनले फाइजर–बायोइनटेकबाट ८ लाख डोज खरिद गर्यो । ४ लाखलाई डोज दिने बेलायतको तयारी छ । पहिलो खोप ९० सालकी बुज्रुक मारग्रेट किननलाई दिइयो । अहिलेसम्म चीनका ४, रुसका २ र अमेरिकाको एक भ्याक्सिनलाई अप्रुभल मिलेको छ ।

    २) अन्तरिक्षमा ३२८ दिन बस्ने कीर्तिमान

    अन्तरिक्षमा ११ महिना बिताएपछि अमेरिकी अन्तरिक्ष नियोग नासाकी अन्तरिक्षयात्री क्रिस्टिना कोच २०२० को फेब्रुअरी २६ मा धर्तीमा फर्किइन् । कुनै महिलाको लागि यो सबैभन्दा लामो मिसन हो । क्रिस्टिनाले अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा ३२८ दिन बिताइन् । यस क्रममा उनले पृथ्वीलाई ५ हजार २४८ पटक चक्कर लगाइन् । यसक्रममा उनले मंगल मिसन, गुरुत्वाकर्षण, स्पेस रेडिएसन र यससँग जोडिएका तथ्यहरुको संकलन गरिन् ।

    ३) नेपाल अब गरिब रहेन, २०२२ सम्म विकासशील बन्ने लक्ष्य

    नेपाल अब निम्नबाट निम्न मध्यमवर्गको अर्थतन्त्र बनेको छ । गत जुलाइमा विश्व बैंकले नेपालको यो वर्गोत्थानलाई औपचारिकता प्रदान गरेको थियो । तर पनि कोरोनाभाइरसले नेपालको पर्यटन र होटल व्यवसाय चौपट बनेको छ । आर्थिक संकट झेलिरहेको नेपाललाई यसबीचमा अन्तर्राष्ट्रिय मुद्रा कोषले १५८४ करोड रुपैयाँको फन्ड पनि दियो । संयुक्त राष्ट्रसंघले नेपाललाई सन् २०२२ सम्म विकासशील देश बन्ने लक्ष्य दिएको छ ।

    ४)  दक्षिण अफ्रिका पोलियो मुक्त

    एकातिर संसार कोरोनाभाइरससँग लड्दै थियो भने दक्षिण अफ्रिका पोलियो मुक्त हुँदै थियो । गत २५ अगस्टमा विश्व स्वास्थ्य संगठनले अफ्रिकालाई पोलियोमुक्त महादेश घोषणा गरेको छ । अहिलेसम्म नाइजेरियामा मात्र पोलियो भाइरस बाँकी थियो । सन् १९९६ मा सम्पूर्ण अफ्रिकामा ७५ हजार बालबालिका पोलियाे संक्रमित थिए । संसारमा अहिलेसम्म अफगानिस्तान र पाकिस्तानमा मात्र पोलियो भाइरस सक्रिय छ ।

    ५) इजरायल र युएईबीच शान्ति सम्झौता

    गत अगस्टमा चीर प्रतिद्वन्द्वी मुलुक इजरायल र संयुक्त अरब इमिरेट्स (युएई)बीच ऐतिहसिक शान्ति सम्झौता भयो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सम्झौता गराएका थिए । सन् १९४८ मा स्वतन्त्रता हासिल गरेपछि इजरायलले कुनै अरब मुलुकसँग तेस्रोपटक यस्तो सम्झौता गरेको थियो । यसअघि जोर्डन र मिश्रसँग उसले सम्झौता गरिसकेको छ । इजरायल र युएईको मित्रतालाई लिएर प्यालेस्टाइनले विरोध जनायो । अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार यस्तो सम्झौता गराएर राष्ट्रपति ट्रम्पले एकै तीरमा दुई निशाना साधेका थिए ।

    ६) आकाशबाट सीधै समुन्द्रमा अवतरण

    अमेरिकाको निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सको ड्रागन क्याप्सुल अगस्ट २ मा पृथ्वीमा फर्कियो । इन्टरनेसनल स्पेस स्टेसनबाट पृथ्वीको सतहमा आउन यसलाई १९ घन्टा लाग्यो । ४५ वर्षपछि कुनै अमेरिकी स्पेसक्राफ्टले समुन्द्र सतहमा ल्यान्डिङ गरेको हो । यो मिसन चुनौतीपूर्ण थियो । ल्यान्डिङको क्रममा अमेरिकी राज्य फ्लोरिडमा इसायस नामक सामुन्द्रिक आँधी आउने चेतावनी जारी गरिएको थियो । यसको बाबजुद पनि यात्रा जारी रह्यो ।

    ७) २४ किलोमिटर टाढाबाट तस्बिर लिन सकिने ३२ सय मेगापिक्सलको क्यामेरा 

    अमेरिकी वैज्ञानिकले गत सेप्टेम्बरमा ३२०० मेगापिक्सलको संसारकै सबैभन्दा ठूलो डिजिटल क्यामेरा बनाए । यसलाई क्यालिफोर्नियाको एसएलएसी नेशनल एक्सिलेरेटर ल्याबमा राखियो । २४ किमी टाढाबाट पनि यसले फोटो खिच्न सक्ने दाबी गरिएको छ । आगामी दश वर्षभित्र यो क्यामेराबाट ब्रम्हाण्डको यस्तो तस्विर खिचिने भनिएको छ जसलाई अहिलेसम्म देखिएको छैन ।

    ८) संसारको पहिलो हाइड्रोजन इन्धन बस

    स्कटल्यान्डको एबरडिनमा हाइड्रोजनबाट चल्ने दुनियाँको पहिलो डबल डेकर बसको परीक्षण गरियो । अक्टोबरमा शुरु गरिएको यो पहलको लक्ष्य चाहिं कार्बन उत्सर्जनमा शून्यमा झार्नु हो । कार्बन र हाइड्रोजनलाई हावासँग मिलाएर बिजुली उत्पादन गर्ने भनिएको छ । एक बसलाई चार्ज गर्न १० मिनेटको समय लाग्छ ।

    ९) ४४ वर्षपछि चन्द्रमाबाट ल्याइयो चट्टान

    अमेरिकाको एपोलो र रुसको लुना मिसनपछि चीन विश्वको तेस्रो देश बन्यो जसले चन्द्रमाबाट चट्टान लिएर फर्कियो । चीनको चांग–ई यान २३ नोभेम्बरमा चन्द्रमातर्फ उडेको थियो । दुई किलो चट्टान लिएर यो यान १७ डिसेम्बरमा पृथ्वीमा फर्कियो । यसको ल्यान्डिङ राति डेढबजे भित्री मंगोलियामा भयो । चीनले यसलाई आफ्नो ठूलो उपलब्धि मानेको छ । ४४ वर्ष अगाडि अमेरिकाको एपोलो चट्टान लिएर पृथ्वीमा फर्किएको थियो । अमेरिका र रुसले मानवसहितको यान चन्द्रमामा पठाएका थिए तर, चिनियाँ यान भने मानवरहित थियो । यो रोबोटिक यान थियो ।

    १०) कमला ह्यारिस पहिलो अमेरिकी अश्वेत र महिला उपराष्ट्रपति

    डेमोक्रेटिक पार्टीको तर्फबाट अमेरिकामा जो बाइडेन राष्ट्रपति र कमला ह्यारिस उपराष्ट्रपति बन्दैछन् । कमला चाहिं उपराष्ट्रपति हुने पहिलो अमेरिकी महिला, अश्वेत र दक्षिण एशियाली मूलकी हुन् । ७८ वर्षे बाइडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुने बढी उमेरका हुनेछन् । यसअघि वयोवृद्ध रेकर्डमा रोनाल्ड रेगन थिए ।

  • सिरियामा सैनिक सवार बस एम्बुसमा, कम्तिमा २८ को मृत्यु

    सिरियामा सैनिक सवार बस एम्बुसमा, कम्तिमा २८ को मृत्यु

    पूर्वी सिरियामा यात्रुबाहक बसमा भएको एम्बुस आक्रमणमा कम्तीमा २८ जनाको मृत्यु भएको छ ।

    सिरियाको राज्य संचालित संचारमाध्यमका अनुसार बुधबार डेयर अल जोर प्रान्तमा भएको सो आक्रमणमा ‘नागरिक’हरु मारिएका छन् ।

    तर एउटा पर्यवेक्षक समूह र अन्य सूत्रहरुको दावीअनुसार आक्रमणमा मारिनेमा अधिकांश सैनिक हुन् । यति ठूलो संख्यामा सैनिकलाई निशाना बनाइएको पनि पछिल्लो एक वर्षमा पहिलो हो ।

    आक्रमणको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन । बेलायतमा आधारित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स (एसओएचआर)का अनुसार यो आक्रमण इस्लामिक स्टेटको जिहादी समूहले गरेको हो र आक्रमणमा कम्तीमा ३७ जनाको मृत्यु भएको छ ।

    आफ्ना श्रोतहरुलाई उदृत गरी एसओएचआरले भनेको छ, ‘यो इस्लामिक स्टेटका सदस्यहरुद्वारा पूरै योजनाबद्ध रुपमा गरिएको एम्बुस आक्रमण हो । उनीहरुले तीनवटा बसमा रहेका सैनिकहरुलाई निशाना बनाएका थिए ।’

    सन् २०१४ मा सिरियाको लगभग आधाभन्दा बढी क्षेत्रमा आईएस लडाकूको कब्जा थियो । करिव ८८ हजार वर्ग किलोमिटर क्षेत्रमा उनीहरु क्रुर शासन गर्दै आएका थिए । अमेरिकी सेनाको सहयोगमा सिरियाली सेनाले पाँच वर्षको अवधिमा अधिकांश क्षेत्रबाट आईएस गतिविधि नियन्त्रणमा लिइसकेको छ ।

    सन् २०१९ को मार्चमा आईएसबाट सिरिया र इराकमा कुनै खतरा नरहेको औपचारिक घोषणा गरिएको हो ।

  • अमेरिकी राजनीति, चीन–अमेरिका व्यापार विवाद समाधानको उपयुक्त समय

    अमेरिकी राजनीति, चीन–अमेरिका व्यापार विवाद समाधानको उपयुक्त समय

    सन् २०२० मा विश्वका दुई शक्तिशाली अर्थतन्त्र अमेरिका र चीनबीचको सम्बन्ध र विगत समीक्षा गर्दा यो वर्ष विश्व अर्थतन्त्रका लागि आशावादी बन्न सकेन । यसमा अमेरिका–चीन व्यापार विवाद र कोभिड–१९ को विश्वव्यापी महामारी मुख्यतया जिम्मेवार रहे । यी दुई मुलुकबीचको सम्बन्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कार्यकालमा व्यापार विवादका कारण थप तिक्ततापूर्ण बनेको देख्न सकिन्छ ।

    यो वर्ष विश्व नै महामारीका कारण गन्तब्यहीन बन्न पुग्यो । करिब आधा वर्ष अत्यन्तै निराशा पैदा गरेको कोभिड–१९ विरुद्धको लडाई केही विश्वविद्यालयको सहकार्यमा विश्वका औषधि कम्पनीहरूले विकास गरेका खोपको अध्ययन, अनुसन्धान र प्रयोगले सफलतातर्फ अघि बढेको देखिन्छ ।

    दुई देशको सम्बन्ध अहिलेसम्म पनि सुधारउन्मुख देखिएको छैन । यद्यपि अमेरिकी राजनीतिमा आएको परिवर्तन (राष्ट्रपतिमा जो वाइडेनको आवागमन)पछि विश्वका प्रमुख दुई अर्थतन्त्रबीचको विवादले सही दिशा लिनेमा विश्व समुदाय आशावादी बनेको छ ।

    गत वर्ष (सन् २०१९) को डिसेम्बरमा चीनको वुहानमा पहिलो पटक पत्ता लागेको कोरोनाभाइरसको जिवाणुले विश्वलाई चरम निराश बनाइरहेका समय विश्वकै शक्तिशाली भनिएको अमेरिका भने आफ्नै राजनीतिमा लुटुपुटु हुनुबाहेक खासै आशावादी क्रियाकलापमा अग्रसर नबन्दा विश्व समुदायले अमेरिकालाई हेर्ने आँखा फेरिएको छ ।

    चीन र अमेरिका आन्तरिक विवादमा फस्दा विश्व अर्थतन्त्रमा नकारात्मक प्रभाव त परिरहेकै थियो यसमा पनि कोभिड–१९ को उत्पत्तिलाई लिएर अमेरिकी ट्रम्प प्रशासन र चीनबीचको विवाद बाँकी विश्वका लागि अपेक्षा गरिएको विषय पक्कै थिएन । कोभिड–१९ का कारण विश्वव्यापी परेको असरले विश्वको अर्थतन्त्रलाई धराशायी नै बनायो । तर वर्षको अन्त्यमा आइपुग्दासम्म खोप विकासमा देखिएको सफलताले सकारात्मक परिवर्तनको आशा निर्माण गरेको छ ।

    सन् २०२० महामारीविरोधी लडाईमा चीनले देखाएको अग्रसरता विश्वका लागि प्रशंसनीय रह्यो । अमेरिकामा कोभिड–१९ को महामारी र राष्ट्रपतीय निर्वाचनले गर्दा उसको ध्यान बाँकी विश्वमा नपुगेको भन्ने भनाइहरू पनि चर्चामा आए । यसैबीच अमेरिका चीन व्यापार विवादका कारण अमेरिकाले चिनियाँ ठूला प्रबिधि कम्पनीहरूमा घोषित तथा अघोषित प्रतिबन्ध लगायो । चीनले पनि बदलामा अमेरिकी सामानहरूको आयातलाई निरूत्साहित ग¥यो । व्यापार विवाद तन्ँिकदै जाँदा कुटनीतिक सम्बन्ध स्थापनापछि दुई मुलुकबीचको सम्बन्ध अत्यन्तै निम्न विन्दुमा पुग्यो ।

    अमेरिकी निर्वाचनपछि नेतृत्व फेरिएसँगै दुई प्रमुख अर्थतन्त्र र सम्पूर्ण विश्वको फाइदाका लागि दुई मुलुकको कुटनीतिक सम्बन्धको विशाल जहाजलाई सही मार्ग दिने समय आएको छ । यसले सम्बन्धलाई विना अवरोध अघि बढ्न प्रेरित गर्नेछ ।

    विश्वव्यापी समुदायका लागि नयाँ तथा अकल्पनीय जोखिम र चुनौतीहरु रहेका छन् । विश्वका दुई ठूला देशहरूको रूपमा चीन र संयुक्त राज्य अमेरिकाले कठिनाइहरू पार गर्न, चुनौतीहरूको सामना गर्न र विकासको लागि यी मुलुकले बाँकी विश्वसँग सहकार्य गर्नु आवश्यक छ ।

    कोभिड–१९ को महामारीलाई पराजित गर्न अन्तर्राष्ट्रिय समुदायको संयुक्त प्रयास आवश्यक रहनेछ । संयुक्त राज्य अमेरिका र चीन जस्ता बलियो क्षमता भएका देशहरूले अझ बढी जिम्मेवारी वहन गर्नुपर्छ र उदाहरणीय नेतृत्व लिनु पर्छ ।
    अधिकांश कोभिड–१९ बाट सङ्क्रमित र मृत्युका घटनासाथ विश्वको अग्रणी संयुक्त राज्य अमेरिका अझै पनि महामारीको निरन्तर पुनरुत्थानको साथ झेलिरहेको छ । जबकि कोभिडबारे पहिलो खतराको ध्वनि बजाउने देश चीनले घरेलु हिसाबले भाइरसको फैलावटलाई नियन्त्रणमा लिन भाइरससँग सम्बन्धित पर्याप्त क्लिनिकल अनुभव प्राप्त गरेको छ ।

    उपचार, खोप र महत्वपूर्ण चिकित्सा उपकरणहरूको आपूर्ति जस्ता क्षेत्रमा सहयोग गरेर चीन र संयुक्त राज्य अमेरिकाले अन्तर्राष्ट्रिय समुदायको जिम्मेवार सदस्यहरूको रूपमा महामारीविरूद्धको विश्वव्यापी लडाईमा बढी योगदान गर्न सम्भव छ ।

    यसका साथै विश्वव्यापी अर्थतन्त्र महामारीको बीचमा स्थिर हुँदै गएको कारण विश्वका दुई ठूला अर्थतन्त्रहरूले उनीहरूको आर्थिक र व्यापारिक सम्बन्ध स्थायी बनाउनु र सकेसम्म छिट्टै विश्वव्यापी अर्थतन्त्रलाई फेरि प्रगतिको बाटोमा ल्याउन मद्दत गर्न आवश्यक छ ।

    अक्टोबरमा जारी गरिएको पछिल्लो विश्व आर्थिक रिपोर्टमा अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२० मा विश्वव्यापी अर्थतन्त्र ४।४ प्रतिशतले सङ्कुचित हुने पक्षेपण गरेको थियो साथै विश्व आर्थिक सङ्कटबाट बाहिरिने बाटो लामो, असहज र अत्यधिक अनिश्चित हुने चेतावनी दिएको छ ।

    सन् २०२० मा सकारात्मक वृद्धिको सम्भावना देख्ने एकमात्र ठूलो अर्थतन्त्र हुने प्रक्षेपण हुँदै चीन विश्वव्यापी व्यापारलाई प्रवद्र्धन गर्न र आफ्नो घरेलु बजार खोल्न प्रतिवद्ध रहेको छ । महामारीको कारणले कठिन अवस्थामा परिणत भएका संयुक्त राज्य अमेरिकासहित अन्य मुलुकका लागि लाभको अवसर सिर्जना गर्न कठिन हुनेछ ।

    सङ्क्रमण नियन्त्रणका लागि खोपको विकास र अनुसन्धानले एकातर्फ विश्वलाई आशावादी बनाएको छ भने अर्कोतर्फ बेलायतलगयतका विश्वका विभिन्न मुलुकमा देखिएका भनिएका नयाँ प्रकारका कोभिड–१९ का जीबाणुले विश्व समुदायलाई अनिश्चिततातर्फ धकेलिरहेको सङ्केत देखिएका छन् ।

    यस अर्थमा, विश्वको महत्वपूर्ण उपभोक्ता बजारबाट चिनियाँ अर्थव्यवस्थालाई अलग गर्नु वाशिङ्टनमा रहेर राजनीति गर्ने केही समूहको लागि लाभ लिने अवसर त होला यसले नत अमेरिका न विश्व समुदायलाई नै फाइदा हुन्छ । आधुनिक समयमा एकता र सहकार्यका अघि विश्वका कुनै शक्तिको पनि तागत नचलेका उदाहरण हामीमाझ छन् । अहिलेको विश्व बजार खुला अर्थव्यवस्थाका कारण मौलाउन सक्छ । अमेरिकालाई विश्वको प्रमुख अर्थतन्त्र बनाउनमा खुला, स्वतन्त्र तथा प्रतिस्पर्धी अर्थनीति सहायक बनेका हुन् ।

    ट्रम्प प्रशासनको अवरोधलाई अमेरिकी नागरिकले नरूचाएका निर्वाचनबाट प्रष्ट भइसकेको छ । द न्यूयोर्क टाइम्समा हालै सार्वजनिक रिपोर्ट अनुसार ट्रम्प प्रशासनको चिनिँया सामानमाथि अवरोधको नीतिका बावजुद अमेरिकीहरूको चिनिँया सामान खरीदमा देखिएको मोहले उनीहरूको अडान प्रष्ट गरेको मान्न सकिन्छ । महामारीका समय अमेरिकी प्रतिबन्धबीच चिनियाँ फर्निचर, उपकरण र खेलौनालगायतका सामानको माग नघट्नुलाई यसैको द्योतकका रूपमा लिन सकिन्छ ।

    विश्वव्यापी महामारीको सामना गर्नु र संसारको कमजोर अर्थतन्त्रलाई स्थिर गर्नुको अलावा चीन र संयुक्त राज्य अमेरिकाले मानवजातिको साझा भविष्यसँग सम्बन्धित मुद्दाहरूमा सहयोगी भूमिका खेल्न सकून् भन्ने पनि विश्व समुदायले अपेक्षा गर्छ ।

    यस अर्थमा विश्वव्यापी चासोका दुई मुद्दाहरू जलवायु परिवर्तनको प्रतिरोध गर्ने र आणविक अप्रसारलाई बचाउन चीन र संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्को स्थायी सदस्यको रूपमा भूमिका खेलेका छन् र अझै निर्णायक भूमिका खेल्नुपर्छ ।

    जबसम्म दुई देशले इतिहास र मानवताको लागि उत्तरदायित्वको भावनाका साथ कार्य गर्दछन् यसले कुनै पनि दुई व्यक्तिको मौलिक हितका साथै सम्पूर्ण विश्व समुदायको हितलाई ध्यानमा राख्दै उनीहरूले सम्पूर्ण विश्वमा ठूलो योगदान दिन सक्दछन् ।

    दुबै पक्षको प्राथमिकतामा आपसी सम्मान र समानताका सिद्धान्तहरूको समर्थन हुनुपर्छ र मतभेदको समाधानका लागि साझा आधार खोज्नु र दुबैको जित हुने गरी निर्णय लिन प्रतिबद्ध रहनु हो ।

    यसो हुन सकेमा चीन–अमेरिका कुटनीतिक सम्बन्धको विशाल जहाजलाई सही मार्गमा रहन मद्दत पुग्नेछ । यसले व्यवसायीक तथा कुटनीतिक सम्बन्धमा अवरोध गर्ने लुकेका आँधीबेहरी र छालहरूबाट बचेर अघि बढ्न यी दुई अर्थतन्त्रलाई मद्दत गर्नेछ साथै यसबाट विशाल विश्व समुदायको हितमा फाइदा पुग्नसक्छ ।

    एजेन्सी

  • अस्ट्राजेनिकाको खोपलाई बेलायतमा अनुमति

    अस्ट्राजेनिकाको खोपलाई बेलायतमा अनुमति

    लन्डन । फाइजर र मोडर्नाको तुलनामा केही कम प्रभावकारी देखिएको अक्सफोर्ड र अस्ट्राजेनिकाद्वारा विकास गरिएको कोभिड–१९ विरुद्धको खोपलाई बेलायत सरकारले अनुमति प्रदान गरेको छ ।

    बेलायतमा अस्ट्राजेनिकाको खोपलाई आगामी जनवरी ४ देखि प्रयोगमा ल्याइने तयारी गरिएको छ ।

    यो खोपलाई सामान्य तापमानमा पनि भण्डारण र यताउता लैजान सकिने अस्ट्राजेनिकाले बताएको छ । फाइजर–बायोएनटेक तथा मोडर्नाले तयार पारेका खोपलाई भने निकै चिसो तापक्रममा भण्डार गर्नुपर्ने भएकाले ओसारपसारमा निकै कठिनाई हुने गरेको छ ।

    बेलायती स्वास्थ्य मन्त्री म्याट ह्यानककले जनवरीदेखि अस्ट्राजेनिकाको खोप दिन शुरु गरिने बताए । अस्ट्राजेनिकाको खोप आम जनतालाई दिने बेलायत पहिलो मुलुक हो । बेलायतमा नयाँ स्वरुपमा कोरोनाभाइरस देखिएसँगै अस्ट्राजेनिकाको खोप चलाउन थालिएको हो ।

    बेलायत सरकारको स्वास्थ्य नियामक निकाय ९एमएचआरए० ले अक्सफोर्ड र अस्ट्राजेनिकाले विकास गरेको खोप प्रयोगमा ल्याउन सकिने भन्दै अनुमति दिएको थियो ।

    एक जना स्वास्थ्य विभागका प्रवक्ताले अस्ट्राजेनिकाको खोप स्वीकृत गर्नुअघि विज्ञहरुबाट तथ्याँक विश्लेषण गरिएको र सुरक्षा, गुणस्तर र प्रभावकारिता सन्तोषजनक पाइएको बताएका छन् ।

    आइतबार मात्र अस्ट्राजेनिकाका प्रमुख कार्यकारी पास्कल सोरिएटले खोपले अस्पतालमा उपचार गराउनुपर्ने कोभिडका बिरामीलाई शत प्रतिशत सुरक्षा प्रदान गर्ने बताएका छन् ।

    उनले आफूहरुले विकास गरेको खोपले फाइजर र मोडर्नाको झैं ९० प्रतिशतकै हाराहारीमा काम गर्ने बताएका छन् । यसअघि गरिएका परीक्षणमा खोपले ७० प्रतिशतको हाराहारीमा काम गर्ने बताइएको थियो । तर पछिल्लो पटकको अध्ययनले अस्ट्राजेनिकाको खोप पनि ९० प्रतिशत प्रभावकारी देखिएको बताइएको छ । (एजेन्सी)

  • अमेरिकी उपराष्ट्रपतिमा निर्वाचित ह्यारिसले पनि लगाइन् कोरोना खोप

    अमेरिकी उपराष्ट्रपतिमा निर्वाचित ह्यारिसले पनि लगाइन् कोरोना खोप

    एजेन्सी । अमेरिकाकी नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसले कोभिड–१९ खोप लिएकी छन् । उनले खोप लगाएको दृश्य टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिएको थियो, किनभने उनी सबै अमेरिकी जनतालाई खोपमा विश्वास दिलाउन चाहन्थिन् ।

    वासिंटन डिसीको अफ्रिकी–अमेरिकीको धना बसोबास रहेको क्षेत्रमा अवस्थित युनाइटेड मेडिकल सेन्टरमा माक्स लगाएकी ह्यारिसले कोपको डोज लिएकी हुन् ।

    कोरोना महामारीको सबैभन्दा चपेटामा परेको अमेरिकी नागरिक मध्ये अफ्रिकी–अमेरिकीहरुमा मृत्यु र बिरामीको दर उच्च छ । एउटा सर्वेक्षणले के पनि देखाएको थियो भने उनीहरु खोप अभियानप्रति पनि अनिच्छुक थिए ।

    ‘म सर्बैलाई यो कुरा सम्झाउन चाहन्छु कि तपाईहरुले समुदायमै यो खोप लिन सक्नुहुन्छ, जहाँ तपाईका परिचितहरुले नै खोप लिनुहुनेछ,’ अमेरिकी कम्पनी मोडर्नाले विकास गरेको खोप लिएपछि उनले भनिन् ।

    जनवरी २० मा सपथ लिएपछि ह्यारिक अमेरिकी इतिहासमा पहिलो महिला उपराष्ट्रपति बन्नेछिन् साथै पहिलो भारतीय–अमेरिकी उपराष्ट्रपति हुनेछिन् । उनका पिन डग एमहफलाई पनि कोरोना खोप लगाइएको छ ।

    यसअघि राष्ट्रपतिमा निर्वाचित जोय बाइडेनले अघिल्लो साता टेलिभिजन प्रत्यक्ष प्रशारणमार्फत नै खोरोना खोप लगाएका थिए ।

  • क्रोएसियामा भूकम्प, कम्तिमा सातको मृत्यु

    क्रोएसियामा भूकम्प, कम्तिमा सातको मृत्यु

    एजेन्सी । युरोपेली मुलुक क्रोएसियाको मध्य क्षेत्रमा ६.४ रेक्टरस्केलको भूकम्पपछि भौतिक संरचनामा भत्किएर कम्तिमा ७ जनाको मृत्यु भएको छ, थुप्रै घाइेत भएका छन् ।

    क्रोएसियाली प्रधानमन्त्रीका अनुसार पेटरिन्जा क्षेत्रमा १२ वर्षकी बालिकाको मृत्यु भएको छ । ग्लिना क्षेत्रमा ५ जनाको शव भेटिएको छ भने अर्का एकजना जाजिना चर्चमा मृत भेटिएको स्थानीय सन्चारमाध्यमलाई उदृत गरी बीबीसीले जनाएको छ ।

    पेटरिन्जाका मेयरका अनुसार शहरको आधाभन्दा बढी क्षेत्र तहसनहस भएको छ । केहि व्यक्तिहरुलाई भग्नावशेषबाट डोरीले तानेर निकाल्नुपरेको थियो ।

    यो भूकम्पको धक्का क्रोएसियाको राजधानी जग्रेव, छिमेकी देशहरु बोस्निया, सर्वियादेखि इटलीसम्म पनि महशुस गरिएको थियो ।

  • भारतमा आइपुग्यो नयाँ कोरोना, ६ जना संक्रमित

    भारतमा आइपुग्यो नयाँ कोरोना, ६ जना संक्रमित

    बेलायतमा देखिएको कोरोनाभाइरसको नयाँ प्रजाति भारतमा समेत देखापरेको छ । भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयका अनुसार विदेशबाट पुगेका ६ यात्रीमा नयाँ कोरोनाभाइरस पुष्टि भएको हो ।

    मन्त्रालयको निर्देशनअनुसार संक्रमितलाई भारतका विभिन्न ठाउँका अस्पतालमा भर्ना गरिएको छ । २५ नोभेम्बरदेखि २३ डिसेम्बरसम्म बेलायतका विभिन्न सहरबाट ३३ हजार यात्रु भारत पुगेका थिए ।

    संक्रमित ११४ जनामध्ये नयाँ प्रजातिको कोरोना ६ जनालाई पुष्टि भएको मन्त्रालयले जनाएको छ । अन्य संक्रमितको स्वाबलाई प्रयोगशालामा पठाइएको छ ।

    बेलायतबाट फर्किएका ६ जना नेपालीमा कोरोना देखिएपनि नयाँ प्रजातिको हो वा होइन भन्ने पुष्टि गर्न नमुनालाई हङकङ पठाइएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार केही दिनमै यसबारे पुष्टि हुने जनाइएको छ ।

  • ट्रम्पले सुरक्षा एजेन्सीलाई क्षतविक्षत पारे – बाइडेन

    ट्रम्पले सुरक्षा एजेन्सीलाई क्षतविक्षत पारे – बाइडेन

    एजेन्सी । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जोय बाइडेनले ट्रम्पको कार्यकालमा अमेरिकाको महत्वपूर्ण सुरक्षा एजेन्सीमा गम्भीर क्षति पुर्‍याइएको टिप्पणी गरेका छन् ।

    बाइडेनका अनुसार उनको टोलीले रक्षा लगायतका महत्वपूर्ण विभागहरुबाट आवश्यक सूचनाहरु अहिलेसम्म पाउन सकेको छैन । अमेरिकी अभ्यासमा राष्ट्रपति निर्वाचित भएपछि राष्ट्रिय सुरक्षा लगायतका विषयमा जानकारी राख्ने र निर्णय गर्न पाउने अधिकार रहन्छ ।

    उनले राष्ट्रिय सुरक्षा र विदेश नीतिका सहयोगीहरुसँगको संक्षिप्त छलफलका क्रममा यो कुरा गरेका हुन् ।

    बाइडेन आगामी जनवरी २० मा अमेरिकाको राष्ट्रपति पदको सपथ लिँदैछन् । तर अहिलेसम्म वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले हार स्वीकार गर्न सकेका छैनन् ।

    नोभेम्बर ३ मा भएको निर्वाचनको एक सातापछि बाइडेनलाई जासुसी संस्थाको ब्रिफिङ लिनबाट रोकिएको थियो, जवकि राष्ट्रपति निर्वाचित जो कोहिका लागि पनि यो सामान्य प्रक्रिया हो ।

    भर्चुअल माध्यमबाट आफ्ना कुरा राख्दै बाइडेनले उनको टिम रक्षा विभाग, व्यवस्थापन र बजेटको अवरोधको कसरी सामना गरिरहेको छ भनेर खुलाएका थिए ।

    ‘अहिले हामीले पाउनुपर्ने सूचनाहरु पाइरहेका छैनौं, जुन राष्ट्रिय सुरक्षा क्षेत्राम निवर्तमान प्रशासनले उपलब्ध गराउनुपर्छ,’ उनले भने ।

  • चक्कु आक्रमणबाट चीनमा ७ जनाको हत्या

    चक्कु आक्रमणबाट चीनमा ७ जनाको हत्या

    एजेन्सी । चीनको उत्तर–पूर्वी प्रान्त लियोलिङमा एक व्यक्तिको चक्कु आक्रमणबाट कम्तिमा ७ जानको मृत्यु भएको छ ।

    चिनियाँ सन्चारमाध्यमका अनुसार लियोनिङ प्रान्तको एउटा सानो शहर कायायुआनमा भएको यो आक्रमणमा अन्य सातजना घाइते भएका छन् ।

    सिन्ह्वाका अनुसार आक्रमणकारीलाई प्रहरीले पक्राउ गरिसकेको छ । तर अहिलेसम्म आक्रमणको उद्देश्य पुष्टि हुन नसकेको जनाइएको छ ।

    प्रत्यक्षदर्शीलाई उदृत गर्दै समाचारमा जनाइएअनुसार आक्रमणकारीले भीड क्षेत्रमा पुगेर चक्कु निकालेर एक्कासी आक्रमण सुरु गरेका थिए । निकै नै क्रुर देखिएका उनले अगाडी परेका जो कोहीलाई आक्रमण गरेका थिए ।

    चीनमा यस्तो खाले हिंसात्मक गतिविधि कमै मात्रामा हुने गरेको छ । तर केहि वर्षयता चक्कु वा धारिलो हतियार प्रयोग गरी हुने हिंसा बढेको छ । मानसिक रोगीहरु यस्तो अपराधमा संग्लग्न हुने गरेको अघिल्ला अनुसन्धानहरुले देखाएका थिए ।
    हङकङको साउथ चाइना मर्डिङ पोस्टमा प्रकाशित तथ्यांकअनुसार बिहान ८ बजे आसपासको समयमा चक्कु आक्रमण सुरु भएको हो । आक्रमणकारीलाई पक्राउ गर्ने क्रममा प्रहरी अधिकारीसमेत घाइते भएका थिए । प्रत्यक्षदर्शीका अनुसार आक्रमणकारीले महिला र बृद्ध–बृद्धालाई निशाना बनाएका थिए ।

  • नेपाललगायतका विदेशी नागरिकलाई जापानले लगायो प्रतिबन्ध

    नेपाललगायतका विदेशी नागरिकलाई जापानले लगायो प्रतिबन्ध

    नयाँ प्रजातिको कोरोनाभाइरस भेटिएपछि विभिन्न देशले पुनः अन्तराष्ट्रिय उडान बन्द गर्न थालेका छन् । जापानले नेपाल लगायतका मुलुकबाट आउने विदेशी नागरिकलाई रोक लगाउने निर्णय गरेको छ ।

    कोभिड–१९ को नयाँ भेरिएन्ट (प्रजाति) भेटिएसँगै जापानले सोमबारदेखि लागु हुने गरि विदेशी उडानमा रोक लगाएको हो । जापानी विदेश मन्त्रालयका अनुसार जनवरी अन्त्यसम्म रोक कायमै हुनेछ ।

    जापानी नागरिक र त्यहाँ बसोबास गर्ने विदेशी नागरिकले भने जापान जान पाउनेछन् । यद्यपी, उनीहरुले दुई साता अनिवार्य क्वारेन्टिन बस्नुपर्नेछ । शुक्रबार टोकियोमा बेलायतबाट फर्किएका दुई जनामा नयाँ कोरोना संक्रमित भेटिएका थिए ।

    नयाँ भेरिएन्ट भेटिएसँगै विश्वका ४० मुलुकहरुले बेलायतसँगको उडानमा रोक लगाइसकेका छन् ।

  • चीन सन् २०२८ सम्ममा विश्वकै धनी मुलुक बन्ने

    चीन सन् २०२८ सम्ममा विश्वकै धनी मुलुक बन्ने

    एजेन्सी । चीनले यसअघिको आंकलन भन्दा ५ वर्ष अगाडि नै सन् २०२८ सम्ममा अमेरिकालाई पछि पार्दै संसारको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश बन्ने प्रक्षेपणसहितको प्रतिवेदन शनिबार बेलायतमा सार्वजनिक गरिएको छ ।

    बेलायतमा कार्यालय रहेको सेन्टर फर इकोनोमिक्स एण्ड विजनेस रिसर्च (सीईबीआर)ले भनेको छ कि कोरोना महामारीको समय र त्यसपछि तीनको व्यवस्थापकीय कुशलताका कारण आगामी वर्षहरुमा अमेरिका र युरोपीय देशको तुलनामा उसले सापेक्ष विकास बढाउनेछ ।

    यो प्रतिवेदनको अर्को मुख्य कुरा भनेको सन् २०३० सम्ममा भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्रको रुपमा उदाउने प्रक्षेपण गरिनु पनि हो । सीईबीआरले हरेक वर्ष बक्सिङ डे अर्थात क्रिसमस डेको भोलिपल्ट विश्वभरको आर्थिक प्रतिवेदन सार्वजनिक गर्ने गर्छ ।

    निश्चित रुपमा कोरोना भाइरसको पहिलो पहिचान चीनमै भएको थियो । तर चीनले कोरोना नियन्त्रणका लागि अपनाएका कठोर उपायहरुकै कारण उसले अर्थतन्त्रलाई धरासायी बनाउने लकडाउनजस्ता गतिविधि पटक पटक गर्नुपरेन, जसरी युरोपेली देशहरुमा भइरहेको छ ।

    यसको परिणामस्वरुप चीनले मुख्य अर्थव्यवस्था भएका अन्य मुलुकभन्दा विपरिथ सन् २०२० मा आर्थिक मन्दीबाट आफूलाई बचाएको छ र यो वर्ष झन्डै २ प्रतिशतको आर्थिक बृद्धिको प्रक्षेपण गरेको छ ।

    यसको विपरित अमेरिकी अर्थव्यवस्था कोरोना महामारीका कारण सबैभन्दा प्रभावित भएको छ । अमेरिकामा कोरोनाका कारण ३ लाख ३० हजारभन्दा बढीको निधन भइसकेको छ भने १ करोड ८५ लाखभन्दा बढी संक्रमित भएका छन् ।

  • २०२५ मा भारत विश्वकै तेस्रो ठूलो आर्थिक महाशक्ति बन्ने

    २०२५ मा भारत विश्वकै तेस्रो ठूलो आर्थिक महाशक्ति बन्ने

    सन् २०२५ सम्म भारत विश्वको पाँचौ ठूलो आर्थिक महाशक्ति बन्ने भएको छ । एक भारतीय थिंक ट्यांकलाई उध्दृत गर्दै टाइम्स अफ इन्डियाले जनाएअनुसार पाँच वर्षमा भारतले बेलायतको अर्थतन्त्रलाई उछिन्नेछ ।

    सन् २०२५ भित्र भारत चीन र अमेरिकापछि विश्वको तेस्रो आर्थिक महाशक्ति बन्ने भएको छ । सन् २०१९ मै भारतले बेलायतलाई उछिनेको थियो तर, कोरोना कहरको कारण गिर्दो अर्थव्यवस्थाले गर्दा भारत पुनः छैंठौं स्थानमा धकेलिएको हो ।

    सेन्टर फर इकोनोमिक्स एन्ड बिजनेस रिचर्सले शनिबार सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा यस्तो उल्लेख छ । सन् २०२० मा भारतीय रुपैयाँ बेलायती पाउन्डभन्दा कमजोर भएकाले सूचिबाट भारत तल परेको उल्लेख छ ।

    प्रतिवेदनमा जनाइएअनुसार भारतीय अर्थतन्त्र सन् २०२१ मा ९ प्रतिशत र २०२२ मा ७ प्रतिशतले वृद्धि हुनेछ । तर, सन् २०३५ मा आर्थिक वृद्धिमा सुस्तता देखिने र वृद्धिदर ५.८ प्रतिशत मात्र हुने उल्लेख छ ।

    प्रतिवेदनअनुसार सन् २०२५ मा भारतले बेलायतलार्ई, २०२७ मा जर्मनीलाई र २०३० मा जापानलाई उछिन्नेछ । बेलायतस्थित एक थिंक ट्यांकले चाहिँ सन् २०२८ मा चीन अमेरिकालाई उछिन्दै विश्वकै पहिलो आर्थिक शक्ति बन्नेछ ।

  • कोरोनाभाइरसको नयाँ प्रजाति अन्य मुलुकमा फैलन थाल्यो

    कोरोनाभाइरसको नयाँ प्रजाति अन्य मुलुकमा फैलन थाल्यो

    बेलायतमा भेटिएको कोरोनाभाइरसको नयाँ प्रजाति अन्य मुलुकमा समेत फैलिन थालेको छ । फ्रान्समा पहिलोपटक भेटिएको त्यहाँका अधिकारीले जनाएका छन् ।

    फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार गतसाता लन्डनबाट पेरिस फर्किएका एकजना पुरुषमा यस्तो खाले भाइरस फेला परेको थियो । कुनै लक्षण नदेखिएका उनलाई टुर्सस्थित घरमा एकान्तवास राखिएको जनाइएको छ ।

    बेलायतसँगको यात्रा प्रतिबन्ध हटाएपछि फ्रान्समा संक्रमण भेटिएको हो । यसअघि भाइरसको उक्त नयाँ प्रकार डेनमार्क, अष्ट्रेलिया र नेदरल्यान्डमा पनि भेटिएको थियो ।

    भाइरस संक्रमण व्यापक भएपछि नेपालसहित दुईदर्जन मुलुकले बेलायतसँगको हवाइ सम्पर्क विच्छेद गरेका छन् । कोभिड–१९ का कारण युकेमा ७० हजारभन्दा बढीको ज्यान गएको छ । भाइरसको संक्रमण ह्वात्तै बढेपछि बेलायतमा अहिले लकडाउन छ ।

  • अमेरिकी सांसदले भने : नेपालको लोकतन्त्रमा गरिएको लगानी खेर गयो

    अमेरिकी सांसदले भने : नेपालको लोकतन्त्रमा गरिएको लगानी खेर गयो

    काठमाडौं । दुईजना अमेरिकी सांसदले नेपालले प्राप्त गर्ने अमेरिकी वैदेशिक सहायताको प्रभावकारितामा प्रश्न गरेका छन् । उनीहरुले नेपालको लोकतन्त्रमाथि गरिएको १३० मिलियन डलर (१५ अर्ब ३० करोड) रकम खेर गएको बताएका हुन् ।

    केन्टकी राज्यका सिनेटर र्‍यान्ड पउल र टेक्सस राज्यका सिनेटर लेन्सी गडेनले विहीबार अमेरिकी तल्लो सदन प्रतिनिधिसभामा २ हजार डलरको राहत चेक समेटिएको संशोधित राहत प्याकेजप्रति असन्तुष्टि व्यक्त गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

    नेपालसहित श्रीलंका, पाकिस्तान र भेनेजुएलामा हुने अमेरिकी वैदेशिक सहायतामाथि यस्तो प्रश्न गरिएको हो । यी दुवै ट्रम्प प्रशासनका पक्षधर रिपब्लिकन सांसद हुन् । राहत प्याकेज र खर्च विधेयक गत सोमबार प्रतिनिधिसभा र मध्यरातमा सिनेटबाट पारित भएका थिए ।

    सिनेटमा ९२ जनाले पक्षमा र ६ जना रिपब्लिकन सिनेटरले विपक्षमा मतदान गरेका थिए । राष्ट्रपति ट्रम्पले संसदबाट पारित राहत प्याकेजमा हस्ताक्षर नगरी खर्च विधेयकमा परिमार्जन नभएसम्म हस्ताक्षर नगर्ने संकेत गरेका छन् । आगामी सेप्टेम्बर अन्त्यसम्म सरकारी खर्च धान्ने खर्च विधेयक र कोरोनाको महामारीका कारण उत्पन्न आर्थिक समस्याको सामना गर्न राहत प्याकेज ५५९३ पृष्ठ लामो छ ।

    सिनेटर पउलले ट्वीट गरेका छन् : नेपालको लोकतन्त्र प्रवर्धन गर्न १३० मिलियन डलर । पाकिस्तानलाई यही कामका लागि १५ मिलियन डलर । आफ्नै देशको वैध मतदान छानबिनका लागि काम गर्न नसक्नेले अरु देशको लोकतन्त्रको प्रवर्धन गर्छु भन्न कति सुहाउँछ ?’

    नेपाललगायतका मुलुकमा गरिएको अमेरिकी वैदेशिक सहायतालाई यी दुई सांसदले हालैको अमेरिकी राष्ट्रपतीय चुनावमा भएको धाँधलीसँग जोडेर हेरेका छन् । यसको अर्थ, यी सांसदहरुले वैदेशिक सहायताको नाममा हुने सरकारी खर्च कटौतीका लागि संसदलाई आग्रह गरेका हुन् ।

  • नेकपा विभाजन चीनका लागि ठूलो झट्का : भारतीय र अमेरिकी मिडिया

    नेकपा विभाजन चीनका लागि ठूलो झट्का : भारतीय र अमेरिकी मिडिया

    संसद विघटन र नेकपा विभाजन चीनका लागि ठूलो झट्का भएको टिप्पणी भारत र अमेरिकी मिडिया तथा थिंकट्यांकले गरेका छन् । नेकपा विभाजनपछि चिनियाँ राजदूत होउ यान्छीको दौडधुपलाई उनीहरुले आउँदो चुनावमा चीनले दुई कम्युनिष्ट शक्तिलाई सँगै देख्न चाहेको रुपमा टिप्पणी गरेका छन् ।

    टाइम्स अफ इन्डियाले हेडलाइनमै लेखेको छ : नेपालको गहिरिंदो राजनीतिक संकट चीनको लागि महँगो पर्नेछ ।’ उसले नेकपा विभाजनपछि चिनियाँ प्रभाव कम हुने विश्लेषण समेत गरेको छ । ‘पार्टी टुक्रिए पनि आउँदो चुनावमा दुई कम्युनिष्ट शक्तिले मिलेर अघि बढून् भन्ने चिनियाँ चाहना छ’ उक्त अखबारले लेखेको छ ।

    नेपालका लागि पूर्व भारतीय राजदूत रञ्जित रोय, भारतीय सेनाका पूर्व मेजर जनरल अशोक मेहताले पनि चीनको प्रभाव घटेको र भारतलाई फाइदा भएको टिप्पणी गरेका छन् । इकोनोमिक टाइम्समा प्रकाशित आलेखमा पूर्वराजदूत रोयले नेकपा मिलाउने चिनियाँ प्रयास असफल भएको लेखेका छन् ।

    ‘चीनले ओलीको नेतृत्वको निरन्तरताभन्दा नेकपा एक हुने विषयमा बढी चासो दिएपछि ओलीले आफ्नो रणनीति बदलेका हुन्’ रोयको विश्लेषण छ, ‘त्यसपछि प्रधानमन्त्री ओली भारतसँग नजिक भएका हुन् ।’

    अमेरिकी अग्रणी अखबार वालस्ट्रिट जर्नलले संसद विघटन र नेकपा विभाजनले चिनियाँ उद्देश्यमा गम्भीर धक्का लागेको हेडलाइन लेखेको छ । ‘हिमालय देशमा अब चीनप्रति कम झुकाव भएको दलले शासनलाई नियन्त्रण गर्न सक्छ’ जर्नलको विश्लेषण छ, ‘नेकपा विभाजन हुँदा आउँदो वैशाखमा हुने चुनाव भारतप्रति झुकाव राख्ने दल नेपाली कांग्रेसले जित्न सक्छ ।’

    अर्कोतर्फ भारतका केही विज्ञले चाहिं नेपाली प्रधानमन्त्रीको कदमले हिमालय क्षेत्रमा अस्थिरताको बीउ रोपेको तर्क गर्छन् । भारतीय रक्षा मन्त्रालय अन्तर्गतको थिंकट्यांक एमपीआइडीएसएका नेपाल विज्ञ निहार नायकले नेपालको अहिलेको अवस्था भारतका लागि पनि सहज नभएको बताउँछन् ।

  • इजरायलमा पनि संसद विघटन, मार्चमा चुनाव घोषणा

    इजरायलमा पनि संसद विघटन, मार्चमा चुनाव घोषणा

    संसदमा बजेट पारित हुन नसकेपछि इजरायलको सरकारले संसद विघटन गरेको छ । बुधबार प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन सरकारले संसद भंगको घोषणा गरेको हो ।

    संसद विघटनपछि आउँदो २३ मार्च तारिखमा चुनाव घोषणा समेत गरिएको छ । कोभिड–१९ महामारी नियन्त्रणमा सरकारले उदासीनता देखाएको भन्दै आलोचना खेपिरहेका प्रधानमन्त्री नेतान्याहुले संसद विघटन गरेपछि इजरायलमा राजनीतिक अस्थिरता सुरु भएको छ ।

    राजनीति अस्थिर हुने मुलुकमध्ये इजरायल अगाडि छ । पछिल्लो दुई वर्षमा चौथोपटक चुनाव हुन लागेको हो । यही बीचमा सत्तारुढ गठबन्धन बीचमै मतभिन्नता देखिएको थियो ।

    नेतान्याहु १८ महिना र गान्ट्ज १८ महिनाका लागि आलोपालो प्रधानमन्त्री बन्ने सहमति थियो । २०२१ को नोभेम्बरबाट गान्ट्ज प्रधानमन्त्री बन्ने कुरा थियो । उनै गान्ट्जले सन् २०२१ का लागि प्रस्तुत गरेको बजेट नेतान्याहुले अस्वीकार गरेका हुन् ।