Category: विश्व प्रेस

  • सेनाको गुप्तचर सूचना चीनलाई बेचेको आरोपमा एक अमेरिकी सैनिक पक्राउ

    सेनाको गुप्तचर सूचना चीनलाई बेचेको आरोपमा एक अमेरिकी सैनिक पक्राउ

    वासिङ्टन । एफबीआईले चीनमा रहेका व्यक्तिलाई गोप्य सूचना बिक्री गरेको आशङ्कामा बिहीबार एक अमेरिकी सैनिकलाई पक्राउ गरेको न्याय मन्त्रालयले जनाएको छ।

    वासिङ्टन राज्यको एक सैन्य शिविरमा तैनाथ सेनाका सप्लाइ सर्जेन्ट जियान झाओमाथि अमेरिकी सरकारबाट चीनमा अनिर्दिष्ट व्यक्तिहरूलाई बेच्न गोप्य ‘हार्ड ड्राइभ’ र कम्प्युटर सङ्कलन गरेको आरोप लगाइएको थियो।

    सन् २०२४ जुलाईमा सुरु भएको चोरीका लागि झाओले प्रतिबन्धित पदार्थको लागि कम्तीमा १५ हजार अमेरिकी डलर भुक्तानी प्राप्त गरेको आरोप लगाइएको छ।

    निर्णायक मण्डलीले उनलाई अनधिकृत व्यक्तिहरूलाई राष्ट्रिय प्रतिरक्षा जानकारी प्राप्त गर्न र प्रसारित गर्न षड्यन्त्र गरेको साथै घुसखोरी र सरकारी सम्पत्तिको चोरीको आरोप लगाएको हो।

    अभियोग-पत्रअनुसार झाओले संयुक्त राज्य अमेरिकाको राष्ट्रिय प्रतिरक्षासँग सम्बन्धित कागजातहरू, लेखहरू, फोटोहरू, उपकरणहरू र नोटहरू प्राप्त गर्न र प्राप्त गर्न हकदार नभएका व्यक्तिहरूलाई प्रेषित गर्न अन्य सहयोगीहरूसँग मिलेर ‘जानीजानी र गैरकानूनी रूपमा षड्यन्त्रमा संलग्न भएको आरोप लागेको छ ।

    एफबीआईले सक्रिय अमेरिकी सैनिक ली तियान र पूर्वसैनिक रुओयु डुआनलाई पनि सरकारी सम्पत्ति चोरी र घुस लिएको आरोपमा बिहीबार पक्राउ गरेको छ ।

    तियानले ‘संयुक्त राज्य अमेरिकी सेनाको परिचालन क्षमतासँग सम्बन्धित संवेदनशील सैन्य जानकारी सङ्कलन गर्ने’ विशेष गरी अमेरिकी सैन्य हतियार प्रणालीको बारेमा सन् २०२१ नोभेम्बर र सन् २०२४ डिसेम्बरको बीचमा अनिर्दिष्ट रकममा डुआनलाई बेचेको एफबीआईले आरोप लगाएको छ ।

    अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘शुक्रबार पक्राउ परेका प्रतिवादीहरूमाथि हाम्रो देशलाई धोका दिएको, अमेरिकाको प्रतिरक्षा क्षमतालाई कमजोर पार्न सक्रिय रूपमा काम गरेको र चीनमा हाम्रा प्रतिद्वन्द्वीहरूलाई सहयोग गरी सशक्त बनाएको आरोप लगाइएको छ।’

    महान्यायाधिवक्ता बोन्डीले भने, ‘तिनीहरूले छिटो, कडा र बृहत् न्यायिक सजायको सामना गर्नेछन् ।’ -रासस/एएफपी

  • ट्रम्पको इतिहासको ज्ञानमा प्रश्न गर्ने न्यूजिल्याण्डका राजदूत बर्खास्त

    ट्रम्पको इतिहासको ज्ञानमा प्रश्न गर्ने न्यूजिल्याण्डका राजदूत बर्खास्त

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इतिहासको ज्ञानमा प्रश्न गर्ने एक न्यूजिल्याण्डका राजदूत बर्खास्तमा परेका छन् । बेलायतका लागि न्यूजिल्याण्डका राजदूत फिल गोफले मंगलबार रुस र अमेरिकाको सहमति सन् १९३८ मा भएको म्युनिक सम्झौतासँग तुलना गरेका छन् ।

    उक्त सम्झौता अनुसारले नै हिटलरले चेकोस्लोभाकियाको केही भाग लिएका थिए । न्यूजिल्याण्डका विदेशमन्त्री विन्सटन पिटर्सले यो भनाइलाई लिएर आलोचना गर्दै त्यो धेरै निराशाजनक भनाइ भएकोले पदमा रहिरहन आवश्यक नभएको बताएको बेलायती विश्व च्यानल बीबीसीले उल्लेख गरेको छ ।

    विदेशमन्त्री पिटर्सले राजदूतको भनाई न्यूजिल्याण्ड सरकारको भनाइ नभएको बताएका छन् । सन् २०२३ बाट बेलायतको लागि राजदूत भएका गोफ न्यूजिल्याण्डका राजनीतिज्ञ हुन् ।

    उनले न्यूजिल्याण्डको सबैभन्दा ठूलो शहर अकल्याण्डमा दुई कार्यकाल मेयर जितेको बीबीसीले उल्लेख गरेको छ ।

  • ट्रम्पका विदेशमन्त्री भन्छन्- युक्रेन युद्ध अमेरिका र रुसको ‘प्रोक्सी वार’ हो

    ट्रम्पका विदेशमन्त्री भन्छन्- युक्रेन युद्ध अमेरिका र रुसको ‘प्रोक्सी वार’ हो

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशमन्त्री नियुक्त गरेका मार्को रुबिओले युक्रेन युद्ध अमेरिका र रुसको ‘प्रोक्सी वार’ भएको बताएका छन् ।

    अमेरिकी च्यानल फक्ससँग बुधबार बोल्दै रुबिओले यस्तो बताएको रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ ।

    आरटीका अनुसार रुबिओले अमेरिकी प्रशासनमा पहिलोपटक यस्तो सार्वजनिक रुपमा बताएका हुन् । साथै उनले अन्तरवार्तामा ट्रम्पले आफूलाई शान्ति निर्माताको रुपमा प्रस्तुत गर्न खोजेको दाबी गरेका छन् ।

    रुसका राष्ट्रपति पुटिनसँग ट्रम्पले ९० मिनेट गरेको फोन कुराकानी र अमेरिकी तथा रुसी विदेशमन्त्रीहरुको साउदी र टर्कीमा भएको उच्च स्तरिय भेटघाटपछि रुबिओको यस्तो भनाई आएको हो ।

     

  • ट्रम्पलाई चीनको चेतावनी- धम्कीसँग डराउँदनौं, अमेरिकासँग जस्तोसुकै युद्ध लड्न तयार छौं

    ट्रम्पलाई चीनको चेतावनी- धम्कीसँग डराउँदनौं, अमेरिकासँग जस्तोसुकै युद्ध लड्न तयार छौं

    काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पका एकपछि अर्को निर्णयबाट विश्व व्यवस्था ध्रुवीकृत भइरहेका बेला कम्युनिष्ट मुलुक चीनले अमेरिकासँग जस्तोसुकै युद्धको लागि तयार रहेको चेतावनी दिएको छ ।

    ट्रम्पले बढाउँदै लगेको चिनियाँ उत्पादनमा लाग्ने आयातशुल्क ट्यारिफको बदला लिएसँगै चीनले जस्तोसुकै युद्धको सामना गर्न तयार रहेको बताएको हो ।

    ट्रम्पले सबै चिनियाँ वस्तुमाथि थप ट्यारिफ लगाएपछि विश्वका सबैभन्दा ठूलो अर्थतन्त्र मानिएका अमेरिका र चीन आमुन्नेसामुन्ने भएका हुन् । ट्रम्पले व्यापार युद्ध छेडेको आरोप बेइजिङले लगाएको छ ।

    ट्रम्पको कदमको बदलामा चीनले पनि तत्कालै अमेरिकी कृषिजन्य वस्तुहरूमा १० देखि १५ प्रतिशत आयातशुल्क लगाइदिएको छ ।

    वासिङटनस्थित चीनिया दूतावासले भनेको छ, ‘यदि अमेरिकाले युद्ध नै चाहेको हो भने, चाहे त्यो ट्यारिफ युद्ध होस्, वा व्यापार युद्ध वा जस्तोसुकै प्रकारको अन्य युद्ध, हामी अन्त्यसम्म लड्न तयार छौँ ।’

    चीनमा राष्ट्रिय जनकङ्ग्रेसको वार्षिक सम्मेलनका लागि देशभरका कम्युनिस्ट नेताहरू बेइजिङमा भेला भइरहेका बेला अमेरिकाप्रति निकै कठोर टिप्पणी आएको बीबीसीले जनाएको छ ।

    अमेरिकाले ‘फेन्टनिल’ लागुऔषध भित्रिनुमा चीनलाई दोष दिने गरेकोमा चिनियाँ विदेश मन्त्रलायले कडा आपत्ति जनाएको छ । फेन्टनिलको मामिला अमेरिकाले चिनियाँ आयातमा ट्यारिफ लगाउनका निम्ति पेस गरिएको कमजोर बहाना भएको विदेश मन्त्रालयले जनाएको छ ।

    चीनको विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन्, ‘धाकधम्कीबाट हामी डराउँदैनौं । अमेरिकाले डर देखाएर हामीसँग हुँदैन । दबाब दिनु, जबरजस्ती गर्नु र तर्साउनु चीनसँग व्यवहार गर्ने उचित तरिका होइन । हामी बदला लिन तयार छौं ।’

  • २ अर्ब वैदेशिक सहायता रोक्का गर्ने ट्रम्पको कदममा सर्वोच्च अदालतको लगाम

    २ अर्ब वैदेशिक सहायता रोक्का गर्ने ट्रम्पको कदममा सर्वोच्च अदालतको लगाम

    काठमाडौं । अमेरिकाको सर्वोच्च अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २ अर्ब अमेरिकी डलरको वैदेशिक सहायता रोक्का गर्ने कदममा लगाम लगाएको छ ।

    अमेरिकी अखबार न्यू योर्क टाइम्सका अनुसार बुधवारको फैसलाले यस्तो लगाम लगाएको हो । सर्वोच्चका ९ न्यायाधीशहरुमा ५ जना लगामको पक्षमा थिए भने ४ जना ट्रम्पको कदमको पक्षमा ।

    परम्परागत न्यायाधीशहरु ट्रम्पको पक्षमा थिए भने उदार न्यायाधीशहरु विपक्षमा । यद्यपि यो लगामले ट्रम्पको यूएसएड बन्द गर्ने र अरू सहयता रोक्ने बारेमा पनि केहि बोलेको छैन । यो फैसलाले ट्रम्पको एक सिग्नेचर परियोजनामा असर गर्ने बताइएको छ ।

  • प्रसिद्ध हिन्दू धाम केदारनाथमा १३ किलोमिटर केबलकार परियोजना भारतको मन्त्रिपरिषदबाट स्वीकृत

    प्रसिद्ध हिन्दू धाम केदारनाथमा १३ किलोमिटर केबलकार परियोजना भारतको मन्त्रिपरिषदबाट स्वीकृत

    काठमाडौं । विश्वको प्रसिद्ध हिन्दू धाम केदारनाथमा झण्डै १३ किलोमिटरको केबलकार परियोजना भारतको मन्त्रिपरिषदबाट स्वीकृत भएको छ ।

    भारतको प्रेस इन्फरमेसर ब्युरोका अनुसार भारतको सोनप्रयागबाट केदारनाथसम्म पुग्ने १२.९ किलोमिटर लामो केबलकार परियोजना मोदी सरकारले स्वीकृत गरेको हो ।

    परियोजना ४० अर्ब बढी भारतीय रुपैयाँमा बन्ने बताइएको छ । केबलकार सार्वजनिक नीजि साझेदारीमा बन्ने भएको हो । यसले ९ घण्टाको यात्रालाई ३६ मिनेटमा छोट्याउने बताइएको छ ।

    नेपालमा प्रसिद्ध पाथिभरा माताको दर्शन गर्ने ठाउँसम्म केबलकार निर्माण गर्न लाग्दा पहिचानवादीले आन्दोलन गरेर अवरोध सिर्जना गरिरहेका बेला भारतले केदारनाथ धाममा केबलकार बनाउने अनुमति दिएको हो ।

    यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो निर्णयबाट केदारनाथ दर्शन गर्न जाने श्रद्धालुलाई सहज हुने र समय तथा पैसाको खर्च पनि कम हुने आशा व्यक्त गरेका छन् ।

  • मुखाले ट्रम्प: विश्व नेताहरूलाई ‘प्याच्च’ बोलेका चार उदाहरण

    मुखाले ट्रम्प: विश्व नेताहरूलाई ‘प्याच्च’ बोलेका चार उदाहरण

    काठमाडौं । गत शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई हेपेर बोलेको कुरा र ह्वाइट हाउसबाट निकालेको कुरा विश्व मिडियामा चर्चामा छ । विश्व सोसल मिडियामा यो मुद्दा ट्रेन्डिङमा छ ।

    खासगरी कूटनीतिक मर्यादा कायम नगरेको भनेर यसको चर्चा र चिन्ता धेरैले गरेका छन् । यो चर्चा र चिन्ता ठीक छ । किनभने विश्वभरको कूटनीतिक मर्यादा कायम गर्न भनेर कूटनीतिक सम्बन्धको भियना सम्मेलन (भीसीडीआर) अनुसार पनि यो गलत हो । सन् १९६१ अप्रिल १८ मा हस्ताक्षर भएको र सन् १९६४ अप्रिल २४ बाट लागू भएको भीसीडीआरका ५३ धाराहरूमा कूटनीतिक कुराहरूको के के गर्न हुने र के के नहुने भन्ने प्रस्ट तोकिएको छ ।

    धारा २९ मा कूटनीतिक व्यक्तिलाई सम्बन्धित देशले मानमनितो कायम गर्नुपर्ने, सम्मान गर्नुपर्ने लेखिएको छ, तर यी कुरा शुक्रबारको ट्रम्प, उनका उपराष्ट्रपति जेडी भेन्स र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको चर्काचर्कीमा झल्किएन ।

    ट्रम्पले विश्व नेताहरूलाई मिलेसम्म पेलपाल गर्नु र मिडिया वा सोसल मिडियामा हल्लाखल्ला गर्नु कुनै पृथक प्रवृत्ति थिएन । उनले अमेरिकाले दुश्मन मानेका उत्तर कोरिया, इरान, क्युबा, भेनेजुयलाका नेताहरूलाई मात्रै होइन, अमेरिकासँग राम्रो र कामकाजी कूटनीतिक सम्बन्ध भएका देशका नेताहरूलाई पनि पेलपाल गर्न छोडेका छैनन् ।

    यो सामग्रीमा ट्रम्पले गत जनवरी २० मा शपथ लिएर सुरु भएको दोस्रो कार्यकालको यो छोटो दौरानमा मुखाले भएर विश्व नेताहरूलाई तीतो बोलेका चार उदाहरण प्रस्तुत गरिएको छ ।

    १. देशको कार्यकारी प्रमुखलाई प्रदेशको भन्दै हेपिए क्यानेडाली प्रधानमन्त्री

    अमेरिकाको उत्तरी छिमेकी क्यानडासँग अमेरिकाको धेरै राम्रो सम्बन्ध छ । कूटनीतिक, सैन्यदेखि विभिन्न रणनीतिक साझेदार छिमेकी हुन् यी देशहरू । अमेरिकी मुद्दामा क्यानडाले सक्रिय साथ दिएको छ । चाहे हुवावेसँगको टक्करमा हुवावे अधिकारी पक्राउ गरेर होस् वा अमेरिकाले गरेका युद्धमा कूटनीतिक साथ दिएर होस्, क्यानडा अमेरिकाको साथमै हुन्छ । त्यही क्यानडालाई हेपेर ट्रम्पले अमेरिकाको ५१औं राज्य बन्न बारम्बार आग्रह गरे । ट्रम्पले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई भेट्दा गभर्नर बन्न आग्रह गरे ।

    ट्रुडोले क्यानडामा गरेको सम्बोधनमा ट्रम्पको ५१औं राज्यको चुनौती गम्भीर भएको बताएका छन् । हालसालै बेलायतको भ्रमणमा पुगेका उनले सोमबार बेलायती राजा चाल्र्स तृतीयसँग बोल्दै क्यानडालाई ५१ औं राज्य बनाउने ट्रम्पको चुनौती गम्भीर र वास्तविक भएको उनले गुनासो गरेका विभिन्न मिडियाहरूले उल्लेख गरेका छन् ।

    २. शपथग्रहणमा अतिथि बोलाएर चिनियाँ उपराष्ट्रपतिकै अगाडि चीनको व्यापक आलोचना

    गत जनवरी २० मा भएको दोस्रो कार्यकालको शपथग्रहण समारोहमा ट्रम्पको निम्तो मान्न चिनियाँ उपराष्ट्रपति हान चङकै अगाडि चीनको कडा आलोचना गरे । मिथ्या सूचना दिएर उत्तेजक भाषण गरे । उनले चिनियाँ उपराष्ट्रपति अतिथि भएको समारोहमा बोल्दै पानामा नहरको कुरा जोडे । त्यो नहर चीनको कब्जामा भएको बताएर भने, ‘चीनले पानामा नहर चलाइरहेको छ । हामीले चीनलाई दिएको होइन पानामा नहर । हामीले यो नहर पानामालाई दिएको हो । अब हामी फिर्ता गर्छौं ।’

    यो सूचना मिथ्या भएको बेलायती अखबार गार्डियनले बताइसकेको छ । पानामा नहरको तीन चौथाइ प्रयोग अमेरिकाले गर्ने र चीन सुदूरको दोस्रो स्थानमा मात्रै भएको गार्डियनले समाचारमा उल्लेख गरेको छ ।

    पानामा नहर र पानामा स्वतन्त्रताको समयको गणित रोचक छ । सन् १९०३ मा पानामा कोलम्बियाबाट स्वतन्त्र भयो र सन् १९०४ बाट त ८२ किलोमिटर लामो पानामा नहर खन्न सुरु भयो । एक दशकमा प्रशान्त महासागर र क्यारेबियन सागर जोड्ने गरी नहर तयार भयो । अमेरिकाकै स्वामित्वमा पानामा नहर थियो । अमेरिकी साथमै पानामा स्वतन्त्रता अभियान बढेको थियो । जिम्मी कार्टर राष्ट्रपति हुँदा सन् १९७९ मा हस्ताक्षर भएर बिल क्लिन्टनको समयमा सन् १९९९ मा पानामा नहर पानामा देशमै हस्तान्तरण गरिएको थियो ।

    ३. रुससँग एक्लै लड्न नसक्नै भन्दै बेलायती प्रधानमन्त्रीको सार्वजनिक खिसिट्युरी

    जेलेन्स्कीले ट्रम्पसँग भेटघाट गर्नुभन्दा एक दिन अगाडि बेलायती प्रधानमन्त्री केइर स्टार्मर पनि अमेरिकामै थिए । उनले ट्रम्पसँग भेटवार्ता गरेका थिए । उनले ट्रम्पको तारिफ गरेर भनेका थिए, ‘शान्ति सम्झौता हुने गरी युक्रेन संवादलाई परिवर्तन गर्नु भएकोमा धेरै धन्यवाद ।’ स्टार्मरले राजा चाल्र्स तृतीयको राजकीय भ्रमणको निम्तो दिएर भने, ‘यो दोस्रो राजकीय भ्रमणको निम्तो हो । यो धेरै विशेष छ । यसभन्दा अगाडि यस्तो कहिल्यै भएको थिएन ।’

    ट्रम्पलाई खुशी बनाउन एक आणविक शक्ति सम्पन्न र संयुक्त राष्ट्रसंघको स्थायी सदस्य देशका कार्यकारी प्रमुखले यस्तो भन्दा पनि ट्रम्पले उनलाई अतिरिक्त सम्मान दिएनन् । राजाको कुरा गर्दा पनि खासै आदरार्थी शब्द प्रयोग गरेनन् । यति भने, ‘उनी साँच्चिकै महापुरुष हुन् ।’

    बिहीबार सम्मानको शब्दमा कन्जुस गरे पनि अपमानको शब्दमा भने ट्रम्प उदार देखिए । ह्वाइट हाउसमा आएका विशेष सम्बन्ध भएको मुलुक बेलायतका प्रधानमन्त्री स्टार्मरलाई ट्रम्पले रुसको उदाहरण दिएर पत्रकार अगाडि भने, ‘रुससँग एक्लै भिड्न सक्नुहुन्छ ?’

    ४. सँगै हुँदा र नहुँदा पनि भारतीय प्रधानमन्त्री मोदीलाई अहसज हुने मन्तव्य

    गत फेबु्रअरी १३ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ह्वाइट हाउसमा ट्रम्पसँग पत्रकार सम्मेलनमा बसे । सम्मेलनमा बस्दा मोदीले हिन्दीमा बोले । ट्रम्पले अंग्रेजीमै बोल्ने भए । मोदीसँग बोल्दा पत्रकार अगाडि ट्रम्पले भने, ‘भारतले जस्तो गर्छ, हामी त्यस्तै गर्छौं । उनीहरूले जत्ति भन्सार शुल्क लिन्छन् । हामी त्यत्ति नै लिन्छौं ।’

    मोदीले ट्रम्पलाई उत्तेजित बनाएनन् । उनले नम्र भएर ट्रम्पले देशको स्वार्थलाई पहिलो स्थान दिए जस्तै आफूले पनि त्यही गर्ने बताए । जेलेन्स्की जस्तो च्याँठिएर थप बिच्क्याएनन् । ट्रम्पले भने मोदीसँगको बन्द कोठाको छलफल पनि छताछुल्ल पारिदिए । अमेरिकी च्यानल फक्सका पत्रकार सिन ह्यानिटीसँग बोल्दै भने, ‘मोदीलाई मैले जति भारतले भन्सार लाउँछ म त्यति लाउँछु भन्दा उनले होइन होइन भने । मैले उनलाई तिमी जति लाउँछौं, म त्यति लाउँछु भने ।’

    भारतलाई ‘भन्सारको राजा’ भन्दै आलोचना गर्ने ट्रम्पले ह्यानिटीलाई थपे, ‘मसँग कसैले तर्क गर्न सक्दैन ।’

  • युक्रेनलाई दिइएको सैन्य सहायता स्थगन गर्न ट्रम्पको आदेश

    युक्रेनलाई दिइएको सैन्य सहायता स्थगन गर्न ट्रम्पको आदेश

    काठमाडौं । अमेरिकी हतियार र आडभरोसामा अहिलेसम्म रुससँग लड्दै आएको युक्रेनलाई दिइँदै आएको सैन्य सहायता स्थगन गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आदेश दिएका छन् ।

    बेलायती विश्व च्यानल बीबीसीका अनुसार ह्वाइट हाउसले यसको औपचारिक पुष्टि गरेको छ ।

    ट्रम्प र उनका उपराष्ट्रपति जेडी भेन्ससँग ह्वाइट हाउसमा गत शुक्रवार भएको भनाभन तथा हालसालै युक्रेन र युरोपेली देशहरूको भेलालाई लिएर ट्रम्पले रुससँगको युद्ध अन्त्य धेरै धेरै पर भएको भनेर टिप्पणी गरे लगत्तै यस्तो निर्णय आएको हो ।

    आजै अमेरिकी दुई सदनमा ट्रम्पको सम्बोधन हुँदै छ । उक्त सम्बोधनमा ट्रम्पले के भन्नेबारेमा कुनै सार्वजनिक भएको छैन । तर, उनले युरोप, युक्रेन र युद्धबारेमा केहि न केहि त नयाँ दिने चर्चा चलेको छ ।

  • …अनि जेलेन्स्कीले सुट लगाउन र दाह्री खौरिन छोडे

    …अनि जेलेन्स्कीले सुट लगाउन र दाह्री खौरिन छोडे

    काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की जब ह्वाइट हाउस आइपुगेर कारबाट ओर्लिए, स्वागतमा उभिएका अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पले उनलाई अभिवादन गर्दै बोलेको पहिलो संवाद थियो– यु आर अल ड्रेस्ड अप टुडे (तपाईं आज राम्रोसँग सजिनुभएको छ ।)

    युक्रेनी राष्ट्रपतिले युक्रेनी त्रिशुल अंकित सैन्य शैलीको कालो स्वेटसर्ट लगाएका थिए, जस्तो पोसाक नेताहरूले औपचारिक भ्रमणमा प्राय लगाउँदैनन् । ओभल हाउसभित्र छिरेपछि जेलेन्स्कीको यो लवाइमाथि नै प्रश्न उठ्यो । एक पत्रकारले जेलेन्स्कीको पोशाकलाई लिएर होच्याउन खोजेपछि सुरुमै माहोल तातेको थियो ।

    जब पत्रकारहरूका लागि फ्लोर ओपन गरियो, रियल अमेरिकाज भ्वाइस नामक ट्रम्प समर्थित केवल नेटवर्कका ह्वाइट हाउस संवाददाता ब्रायन ग्लेनले जेलेन्स्कीलाई सोधे, ‘तपाईँ किन सुट लगाउनुहुन्न रु तपाईँ यो देशको सर्वोच्च कार्यालयमा हुनुहुन्छ, तर सुट लगाउन मान्नुभएको छैन किन रु’

    उनी यतिमा रोकिएनन् । अपमानजनक प्रश्न गरे, ‘तपाईँसँग सुट त छ ?

    यतिबेलासम्म अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिसँग सौहार्दपूर्ण संवाद गरिरहेका जेलेन्स्कीलाई पत्रकारको प्रश्नबाट बिच्किए ।

    उनलाई प्रतिप्रश्न गरे, ‘(मेरो लुगासँग) तपाईँलाई किन प्रोब्लम भयो ?’

    पत्रकारले कठोर जवाफ दिए, ‘धेरै अमेरिकी जनतालाई प्रोब्लम छ, किनकि तपाईँले यो कार्यालयको मर्यादालाई सम्मान गर्नुभएको छैन ।’

    त्यसपछि जेलेन्स्कीले दिएको जवाफ भने सबैको मुटुमा लाग्यो ।

    उनले भने, ‘जब हाम्रो देशमा युद्ध सकिन्छ, त्यसपछि म पनि कस्टुम (सुट) लगाउनेछु । सम्भवतः तपाईंकैजस्तो वा त्योभन्दा राम्रो, वा त्योभन्दा सस्तो, थाहा छैन ।’

    हलमा क्षणिक हाँसो गुन्जियो । ट्रम्पले भने, ‘मलाई त तपाईँको ड्रेस मन परेको छ ।’

    तर ट्रम्पको यो प्रतिक्रियाले जेनेन्स्कीको मुड ठिक ठाउँमा आएन । त्यसपछि जे जस्तो वार्तालाप भयो, सारा विश्व साक्षी छ । कतिले चाहिँ पोशाक सम्वन्धी अनुचित प्रश्नोत्तरले नै सौहार्दपूर्ण भेटघाटमा ट्वीस्ट ल्याएको बताइरहेका छन् ।

    जेलेन्स्कीले अमेरिका भ्रमणमा यस्तो पोसाक लगाएको पहिलो पटक भने थिएन । अमेरिकीहरूले प्रश्न उठाएको पनि पहिलोचोटि होइन । योभन्दा अगाडि जेनेल्स्कीले चार पटक अमेरिकाको भ्रमण गर्दा कहिल्यै सुट लगाएका छैनन् । यहाँ मात्र होइन, पछिल्लो समय उनले कुनै पनि उच्चस्तरीय बैठक वा भेटघाटमा उनको ड्रेसअप यस्तै नै छ । यस्तै लुगा लगाएर उनले सन् २०२३ मा राष्ट्रसंघको महासभालाई सम्बोधन गरेका थिए । सुट नलगाउने मात्र होइन, उनले दाह्री नखौरिएको पनि धेरै भइसक्यो ।

    सन् २०१९मा युक्रेनको राष्ट्रपति भएका जेलेन्स्कीले सुरु–सुरुमा अरू विश्वनेताहरु जस्तै सुट नै लगाउँथे । क्लीन सेभ नै गर्थे । तर, जब सन् २०२२ मा रसियाले युक्रेनमाथि धावा बोल्यो र युद्ध सुरु भयो, त्यसपछि जेलेन्स्कीको गेट अप बदलिएको हो । देश युद्धमा होमिएपछि उनले सुट लगाउन छोडेर सेनाको जस्तो पोसाक लगाउन थालेका छन् । साथै, दाह्री खौरिन पनि छाडेका छन् । जेलेन्स्कीको अभिप्राय भनेको देशको सेनाप्रति अभिभावकत्व दर्शाउनु र विश्वलाई आफू लडाइमा रहेको सन्देश दिनु हो ।

    यो पोसाक नै उनको पहिचान बनिसकेको छ । उनी टाँक भएका लुगा लगाउँदैनन् । प्राय गोलो गला भएका टिसर्ट र ठूला पकेट भएका पाइन्ट लगाउँछन् । उनको यस्तो ड्रेसअपमा युक्रेनी जनतालाई आपत्ति छैन । उनीहरू जेलेन्स्कीको उच्च अठोट र स्वाभिमानको लडाइलाई साथ दिइरहेका छन् ।

    पछिल्लो पटक ह्वाइट हाउसमा गरिएको तुच्छ प्रश्नहरूपछि विश्वव्यापीरुपमा नै जेलेन्स्कीप्रति सहानुभूति बढेको छ । धेरैले प्रश्नकर्ता पत्रकारको धज्जी उडाइरहेका छन् । अमेरिकीहरूले समेत उनलाई गाली गरिरहेका छन् ।

    व्यापकरुपमा आलोचना खेप्नुपरेपछि प्रश्नकर्ता पत्रकार ग्लेनले ट्विटरमा प्रतिवाद गर्न बाध्य भए ।

    उनले लेखेका छन्, ‘जेलेन्स्कीप्रति मेरो सहानुभूति छ, तर उनको पोशाकले हाम्रो देशलाई अपमानित गरिरहेको छ । मलाई आलोचकहरूले जति गाली गरे पनि मेरो अडान यही नै हो ।’

    ग्लेनलाई सामाजिक सञ्जालमा जतिले गाली गरे पनि उनकी गर्लफ्रेन्डले भने समर्थन जनाएकी छन् । ग्लेनकी गर्लफ्रेन्ड मार्जोरी टेलर ग्रिनी अमेरिकी विधायक हुन् ।

    उनले ग्लेनले गरेको प्रश्नको भिडिओ राख्दै लेखेकी छन्, ‘म तिमीप्रति गर्व गर्छु कि जेलेन्स्कीले अमेरिकालाई अपमान गरिरहेको विषयलाई उठाएर राम्रो गर्‍यो । उनी हाम्रो राष्ट्रपतिसँग भिख माग्न ओभल अफिसमा आउँदा एउटा सुट पनि लगाउन किन सक्दैनन् ?’

  • १४ औं सन्तानका पिता बने एलन मस्क, ५ महिनाको अन्तरालमा दोस्रोपटक पुत्रलाभ

    १४ औं सन्तानका पिता बने एलन मस्क, ५ महिनाको अन्तरालमा दोस्रोपटक पुत्रलाभ

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगीसमेत रहेका विश्वका एक नम्बर धनाढ्य व्यक्ति एलन मस्कले १४ औं सन्तानको पिता बनेका छन् । पत्नी सिभोन जिलिसबाट उनलाई हालै पुत्रलाभ भएको छ ।

    क्यानेडाली नागरिक तथा मस्कको कम्पनी न्यूरोलिंककी निर्देशक ३९ वर्षीया जिलिसले ट्विटर (एक्स) बाटै आफूहरुको पछिल्लो उपलब्धी सार्वजनिक गरेकी हुन् । उनले लेखेको पोस्टमा मस्कले रिप्लाइ गर्दै लभ इमोजी राखेका छन् । मस्क र जिलिसको यो चौथो सन्तान र दोस्रो छोरा हो । नवजात बच्चाको नाम सेल्डन लिकर्गुस राखिएको छ । बच्चाको जन्म कहिले भएको हो भन्ने जिलिसले खुलाएकी छैनन् ।

    टेस्ला, एक्स तथा अन्तरिक्ष कम्पनी स्पेस एक्सका मालिक एलन मस्कका चार महिलाबाट १४ सन्तान छन् । पेज सिक्समा प्रकाशन भएको समाचारअनुसार मस्ककी पहिलो श्रीमती जस्टिन विल्सनबाट ६, पूर्वपे्रमिका ग्रिम्सबाट ३, जिलिसबाट ४ र लेखक एस्ली सेन्ट क्लेयरबाट एक सन्तान भएका छन् ।

    सन् २०२१ को नोभेम्बरमा मस्क र जिलिसले आफूहरुलाई जुम्ल्याहा सन्तान प्राप्त भएको खुलासा गरेका थिए । त्यसको दुई सातापछि मात्रै मस्कले म्युजिसियन प्रेमिका ग्रीम्सबाट छोरी जन्माए । सरोगेट विधिबाट उनीहरुलाई पुत्रीलाभ भएको थियो । त्यसको तीन बर्षपछि २८ फेब्रुअरि २०२४ मा जिलिसबाटै तेस्रो सन्तानका रूपमा अर्की छोरी अर्काडिया जन्मिइन् । उनको पहिलो जन्मदिन मनाएलगत्तै जिलिसाले चौंथो सन्तान जन्माएकी हुन् ।

    अझ रोचक के छ भने मस्क १३ औं सन्तानको बाबु बनेको ६ महिना पनि भएको छैन । लेखक पार्टनर एस्ली सेन्ट क्लेयरले गत फेबु्रअरी १४ मा मस्कसँगको सहकार्यमा पाँच महिना अगाडि आफूहरुले १३ औं सन्तान उत्पादन गरेको जानकारी एक्सबाट दिएकी थिइन् ।

    उनले लेखेकी थिइन्, ‘पाँच महिना अगाडि मैले नयाँ बच्चालाई संसारमा स्वागत गरे । उसको पिता एलन मस्क हो । मैले हाम्रो बच्चाको गोपनियता र सुरक्षाका खातिर यो खबर सार्वजनिक गरेको थिइनँ ।’

    सेन्ट क्लेयरका प्रतिनिधि ब्रायन ग्लीकलीचले एक्समा १५ फेबु्रुअरमा पोस्ट गर्दै लेखेका थिए, ‘एस्ले र एलनले केही समयदेखि बच्चा हुर्काउनका लागि आपसी सम्झौतामा काम गरिरहेका छन् । हामी एलनले एस्लेसितको सम्वन्ध र सन्तानप्राप्तिको सार्वजनिक स्वीकारोक्ति गर्ने प्रतिक्षामा छौं ।’

    फेबु्रअरी २८ मा एक अदालतले मस्कलाई बच्चाको कस्टडीका विषयमा सुनवाइ गर्न मे २९ मा बोलाएको छ ।

    मस्कलाई सन् २००२ मा पहिलो पत्नी जस्टिन विल्सनबाट पहिलो सन्तानका रुपमा पुत्रलाभ भएको थियो । तर, १० वर्षकै उमेरमा उनीहरुले छोरा गुमाउनुपर्यो । त्यसपछि उनीहरुले थप पाँच सन्तान जन्माए ।

  • ट्रम्प- जेलेन्सकी काण्डमा रुसका पूर्वराष्ट्रपति मेदभेदेवको टिप्पणी: सुुँगुरले झापड भेट्यो

    ट्रम्प- जेलेन्सकी काण्डमा रुसका पूर्वराष्ट्रपति मेदभेदेवको टिप्पणी: सुुँगुरले झापड भेट्यो

    काठमाडौं । अमेरिकी समय अनुसार शुक्रबार राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भेन्सले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई झाँको झारेको विषयमा रुसका पूर्वप्रधानमन्त्री तथा पूर्वराष्ट्रपति दिमित्रि मेदभेदेवले प्रतिक्रिया दिएका छन् ।

    उनले जेलेन्स्कीलाई सुँगुरको उपमा दिएका छन् र अमेरिकामा उनले झापड पाएको बताएका छन् ।

    उनले एलन मस्कको स्वामित्व रहेको समाजिक संजाल एक्समा लेखेका छन्, ‘एक अशिष्ट सुँगुरले अन्ततः ओभल अफिसमा पाउनुपर्ने झापड पाएको छ । र, राष्ट्रपति डोनाल्ड ट्रम्प सहि हुनुहुन्छ– किभ सत्ता तेस्रो विश्व युद्धको लागि जुवा खलिरहेको छ ।’

    भेदभेदेव अहिले पनि रुसका प्रभावशाली अनुहार हुन् । उनी पुटिन अध्यक्ष भएको राष्ट्रिय सुरक्षा परिषदका उपप्रमुख हुन् । उनी सन २०१२ बाट २०२० सम्म प्रधानमन्त्री भएका थिए भने सन २००८ बाट सन २०१२ सम्म राष्ट्रपति भएका थिए ।

    उनी राष्ट्रपति हुँदा अहिलेका राष्ट्रपति भ्लादिमिर पुटिन प्रधानमन्त्री भएका थिए भने उनी प्रधानमन्त्री हुँदा पुटिन राष्ट्रपति थिए ।

  • ट्रम्प र भेन्स मिलेर ह्वाइटहाउसमा जब जेलेन्स्कीको झाँको झारे…(भनाभनको पूर्णपाठसहित)

    ट्रम्प र भेन्स मिलेर ह्वाइटहाउसमा जब जेलेन्स्कीको झाँको झारे…(भनाभनको पूर्णपाठसहित)

    काठमाडौं । युरोपको सबैभन्दा ठूलो मित्र, साझेदार र गठबन्धन देश नै अमेरिका हो । तर, केही हप्ता अगाडि यूरोपेली संघको सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनीको चर्चित म्युनिक सुरक्षा सम्मेलनमा पुगेका अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले सबैलाई बिच्क्याए ।

    उनले यूरोपमा वाक स्वतन्त्रता कमजोर भएको र यूरोपेली लोकतान्त्रिक मान्यतामा विचलित हुँदै गएको आरोप लगाए । अरु त अरु, उनले युरोपले सुन्नै नचाहेको एउटा कुरा पनि भने, ‘युरोपको चुनौती रुस र चीनबाट होइन आफैं भित्रबाट हो ।’

    ट्रम्पको कुरा र काम पहिलो कार्याकालबाटै परिचित छ । गत जनवरी २० मा दोस्रो कार्यकालको सपथ लिएसँगै ट्रम्पले यूरोपेली संघका देशहहरुलाई बेवास्ता गरेर रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग लामो संवाद गरे । दुई देशका उच्चस्तरीय अधिकारीहरुको भेट साउदी अरब र टर्कीमा गराइसके । आफ्नो उत्तरी निकट छिमेकी क्यानडालाई उनी ५१ औं राज्य बन्न पटकपटक भनिरहेका छन् ।

    हाम्रै दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिका भ्रमणको तयारी अन्तिममा पुग्दापुग्दै उनले आफ्नो देशमा अवैधरूपमा बसिरहेका भारतीयलाई नेल र हतकडी लगाएर हल्लाखल्ला गर्दै लखेटे ।

    ट्रम्प प्रशासनका अधिकारीले सामाजिक संजालमा तस्बिर हाल्दै लेखेका छन्, ‘अवैधानिक भारतीय एलियनहरु ।’

    अमेरिकाका राष्ट्रपति र उपराष्ट्रपतिको अराजक स्वभाव कूटनीतिक मर्यादाअनुरूप नभएको भन्दै व्यापक आलोचना भइरहेको छ ।

    उसो त जो बाइडेनकालमै अमेरिकाको कूटनीतिक मर्यादा कहाँ थियो र ? बाइडेनले रुसका राष्ट्रपतिलाई होच्याउँदै भनेका थिए, ‘वेश्याको पागल छोरो ।’

    गैरकूटनीतिक छ्न् भनेर कूटनीतिक प्रयासबाट भाग्ने कुरा भएन । त्यही भएर आफू विपक्षी कित्तामा हुँदा ट्रम्पको कटु आलोचना गरेका हालका बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले ट्रम्पको तारिफ गरेका छन् ।

    हालसालै अमेरिकाको भ्रमणमा ह्वाउट हाउसमा भएको पत्रकार सम्मेलनमा उनले युक्रेनको संवादलाई शान्तितर्फ लगेको भन्दै ट्रम्पको तारिफ गरे । स्टार्मरभन्दा अगाडि ट्रम्पसँग भेट गर्न पुगेका फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनले पनि ट्रम्पको तारिफ पटकपटक गरे ।

    युरोपभन्दा अमेरिकाले धेरै युक्रेनलाई दिएको कुरामा म्याक्रोनले पत्रकार सम्मेलनमै ‘फ्याक्ट चेक’ गरिदिए । तर, सम्मानपूर्वक गरे । मुस्कुराउँदै गरे । ट्रम्पको तीघ्रामा हातले थम्थमाएर आफ्ना कुरा गरे ।

    आवणिक शक्ति भएका बेलायत र फ्रान्सका शीर्ष नेताले पनि ट्रम्पसँग बोल्दा सम्मान प्रकट गरे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्रकार सम्मेलनमा भारतले अमेरिकी सामानमा जति भन्सार लाउँछ अमेरिकाले भारतीय सामानमा त्यति लाउँछ भन्दै सीधासिधी भने । मोदीले त्यसलाई थप उत्तेजित बनाएनन् । आफ्ना कुरा राखे ।

    जलेन्स्कीसामु यसरी भड्किए ट्रम्प र भेन्स

    कुराकानीको सुरुमा माहोल राम्रै थियो । ट्रम्पले युक्रेनी सैनिक र जनताको तारिफ गरे । बहादुरीको सम्मानमा शब्द खर्चिए । यसमा जेलेन्स्की खुशी देखिए । तर ट्रम्पले जेलेन्स्कीलाई अब युद्ध रोकिने समय भएको भन्दा उनको मुहारको उज्यालो गयल भयो ।

    जेलेन्स्कीले पुटिनको नाम लिएर हत्यारा र आतंककारी भने । यसो भन्दा ट्रम्प र भेन्स दुवै शान्त थिए । जेलेन्स्कीले पुटिनले २५ पटक सम्झौता उल्लङघन गरे भनेपछि चै ट्रम्पले थपे, ‘मसँगको सम्झौता उल्लङघन भएको छैन ।’

    सुरुमा यत्ति मात्रै बिमति देखिएको थियो । ट्रम्पले पत्रकारहरुको प्रश्नमा आफू यूक्रेन र रुस कसैको पक्षमा नभएको आफू शान्तिको पक्षमा भएर अमेरिकाको शान्ति निर्माता राष्ट्रपतिको रुपमा चिनिन चाहेको बताए ।

    जेलेन्स्कीले अमेरिकी आडभरोसामै युद्ध गर्ने तर अमेरिकाले भन्दैमा रोक्दिनँ भनेपछि ट्रम्प चिढिए । आक्रामक पात्रहरु ट्रम्प र भेन्स जेलेन्स्कीसँग सहमत हुने सम्भावना थिएन । त्यसैको प्रतिबिम्ब हो अमेरिकी समयअनुसार शुक्रबार भएको चर्काचर्की र जेलेन्स्कीलाई ह्वाइट हाउसबाट गरिएको निकाला ।

    अहिले भाइरल भएको ७ मिनेटभन्दा छोटो भिडिओ क्लिपहरु हेर्दा यस्तो लाग्छ– भेन्स र ट्रम्पले युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई बोलाए । क्यामेरा तेर्स्याए । अनि भकाभक थर्काएर आफ्ना कुरा भन्न थाले । जेलेन्स्कीलाई होच्याउने र थच्याउने गर्न थाले । तर पूरा ५० मिनेट लामो भिडिओ हेर्ने हो भने कथा फरक छ । अराजक स्वभावका ट्रम्प र भेन्सलाई उत्तेजित बनाउनुमा जेलेन्सकीकै पनि भूमिका छ ।

    ट्रम्पलाई मोदी, म्याक्रोन र स्टार्मर जतिको पनि मानमनितो नदिदाँ युक्रेनी राष्ट्रपति भोलोदिमिर चुकेका हुन् । भेन्सले युक्रेनको युद्ध मोर्चामा धेरै मरिरहेका छन्, अब युद्ध रोकौं भन्ने तर्क गर्दा जेलेन्स्की च्याँठिएर सोध्छन्, ‘तपाईँ युक्रेन पुगेर हेर्नुभएको छ ?’

    यसबाट भेन्सले अमेरिकासँग युक्रेन कृतज्ञ नभएको गुनासो गर्दै भने, ‘कहिल्यै अमेरिकालाई सहयोगको लागि धन्यवाद भन्नु भयो ?’

    यस्तै, आफूले युद्ध गरेको धेरै गाह्रो भएको र अमेरिकालाई पनि युद्ध गरेमा गाह्रो हुने भनेर जेलेन्स्कीले अर्ती दिए । यसो भन्दा शान्त बसिरहेका ट्रम्पलाई पनि आत्मसम्मानमा ठेस पर्याे । र भने, ‘त्यस्तो आदेश दिने तपाईँको औकात छैन ।’

    ट्रम्प-जेलेन्स्की तनावको अर्को कारण बाइडेन

    स्वभाव, सम्बन्ध र स्वार्थको संयोजन नै कूटनीति हो । ट्रम्प र जेलेन्स्कीको कमजोर सम्बन्ध र यस अगाडिका राष्ट्रपति जो बाइडेन र जेलेन्स्कीको समधुर सम्बन्धमा स्वभाव, सम्बन्ध र स्वार्थले काम गरेको छ ।

    जेलेन्स्कीसँग ट्रम्प बिच्किने एक कारण सन् २०१९ मा ट्रम्पले भनेको कुरा जेलेन्स्कीले नमान्नु पनि हो । अमेरिकी विश्व च्यानल सीएनएनका अनुसार सन् २०१९ जुलाई २५ मा ट्रम्पले जेलेन्स्कीलाई फोन गरेर जो बाइडेन र उनका छोरा हन्टर बाइडेनको छानबिन गर्न भनेका थिए । जेलेन्स्कीले मानेनन् । त्यसले पनि जेलेन्स्कीको सम्बन्ध बाइडेनसँग राम्रो भयो । ट्रम्पसँग भएन ।

    कार्यकालबाट बिदा हुँदै गर्दा हन्टर बाइडेनको मुद्दालाई माफी दिएर बिदा भएका थिए बाइडेन । त्यो मुद्दा त सकियो । तर ट्रम्प जेलेन्स्की तनाव सकिएन । त्यसकै एक पराकम्प ह्वाइट हाउसको पत्रकार सम्मेलनमा शुक्रबार देखिएको हो ।

    ट्रम्प जस्तै उनका उपराष्ट्रपति भेन्स पनि जेलेन्स्कीसँग राजनीतिक कारणले बिच्किएका छन् । जेलेन्स्कीसँग भनाभन हुँदा उनले गत वर्ष अक्टोबरमा पेन्सिलभियामा गएर डेमोक्रेटिक दलको तर्फबाट अभियानमा जोडिएको भन्दै कटाक्ष गरे ।

    यस्तो छ ट्रम्प, भेन्स र जेलेन्स्कीको चर्काचर्की संवादको पूणं अंशः

    भेन्सः म त्यस्तो कूटनीतिबारे कुरा गर्दैछु जसले तपाईंको देशको विनाश रोक्छ ।

    जेलेन्स्कीः हो, तर तपाईँले भन्नु खोज्नुभएको कूटनीति के हो ?

    भेन्सः राष्ट्रपति महोदय, सम्मानका साथ भन्न चाहन्छु कि अमेरिकी मिडियाको अगाडि आएर यस विषयलाई उठाउनु अपमानजनक हो । अहिले तपाईंहरूको अगाडि सिपाहीहरूको अभाव भएकोले जबरजस्ती भर्ती गरिरहनु भएको छ । तपाईंले अमेरिकी राष्ट्रपतिलाई धन्यवाद दिनु पर्ने हो, किनभने उहाँ तपाईंको देशलाई विनाशबाट जोगाउन खोज्दै हुनुहुन्छ ।

    जेलेन्स्कीः तपाईँ युक्रेन पुगेर हेर्नु भएको छ र तपाईं हाम्रो समस्याबारे यस्तो भन्नुहुन्छ ? एकपटक आएर हेरिसक्नुभएको छ ?

    भेन्सः म… म त्यहाँ गएको छु… म वास्तवमा हेरेको छु, कुराहरु सुनेको छु, र मलाई थाहा छ कि तपाईंले मानिसहरू बोलाएर प्रचारात्मक भ्रमणमा लैजानुहुन्छ । राष्ट्रपति महोदय, के तपाईं सेनामा जनशक्तिको बिजोग भएको कुरामा असहमत हुनुहुन्छ ?

    जेलेन्स्कीः हामीसँग समस्या छन् ।

    भेन्सः अमेरिकी राष्ट्रपतिको ओभल अफिसमा आएर प्रशासनलाई आलोचना गर्नु सम्मानजनक कुरा हो ? के लाग्छ तपाईंलाई ? जबकि उहाँ तपाईंको देशलाई विनाशबाट जोगाउन प्रयास गर्दैहुनुहुन्छ ।

    जेलेन्स्कीः धेरै, धेरै प्रश्नहरू आए । पहिलोबाटै सुरु गर्छु ।

    भेन्सः ठीक छ ।

    जेलेन्स्कीः सबैभन्दा पहिलो कुरा त युद्धको समयमा सबैलाई समस्या हुन्छ । तपाईंलाई पनि हुन्छ । तर तपाईंहरूसँग राम्रो समुद्र छ । अहिले महसुस गर्नुहुन्न, तर भविष्यमा यसको महसुस गर्नुहुनेछ ।

    ट्रम्पः तपाईंलाई केही पनि थाहा छैन ।

    जेलेन्स्कीः भगवानले कृपा गरून् ।

    ट्रम्पः हामी के महसुस गर्नेछौं भनेर तपाईंले हामीलाई अर्ती नदिनुस् । हामी समस्या समाधान गर्ने प्रयास गर्दैछौँ । तपाईंले हामीलाई के महसुस गर्नेछौ भन्ने होइन ।

    जेलेन्स्कीः मैले तपाईँलाई केही भनेको छैन । म उहाँको प्रश्नको उत्तर दिइरहेको छु ।

    ट्रम्पः त्यस्तो आदेश दिने तपाईंको औकात छैन ।

    जेलेन्स्कीः म आदेश दिइरहेको छैन ।

    ट्रम्पः हामी के महसुस गर्छौं भन्ने तपाईंको कुनै दम छैन । हामी राम्रो र शक्तिशाली महसुस गर्छौं ।

    जेलेन्स्कीः तपाईं प्रभाव महसुस गर्नुहुनेछ ।

    ट्रम्पः तपाईंको अहिले राम्रो अवस्था छैन । तपाईंले आफूलाई खराब स्थानमा राख्नु भएको छ । उहाँ (भेन्स) यसमा सही हुनुहुन्छ ।

    जेलेन्स्कीः युद्ध सुरु भएपछि ।

    ट्रम्पः तपाईँको बलियो स्थान छैन । तपाईं हामीसँग कार्ड खेल्न बन्द गर्नुहोस् ।

    जेलेन्स्कीः हामी कार्ड खेलिरहेका छैनौं ।

    ट्रम्पः तपाईं कार्ड नै त खेल्दै हुनुहुन्छ । तपाईं लाखौं मानिसहरूको जीवनसँग जुवा खेल्दै हुनुहुन्छ । तपाईं तेस्रो विश्वयुद्धको जुवा खेल्दै हुनुहुन्छ । अहिले तपाईँले जे गरिरहनु भएको छ त्यसले यो देश अमेरिकाको अपमान भइरहेको छ ।

    भेन्सः के तपाईंले एकचोटि धन्यवाद भन्नुभएको छ ?

    जेलेन्स्कीः धेरै पटक ।

    भेन्सः गलत । यो बैठकभरि तपाईंले धन्यवाद भन्नुभएको छ ? तपाईं अक्टोबरमा पेन्सिल्भेनिया गएर विपक्षी दलको समर्थन गर्नुभयो । अमेरिकालाई धन्यवाद भन्न शब्द खर्च गर्नुस्, जसले तपाईंको देश बचाउन प्रयास गर्दैछ ।

    जेलेन्स्कीः कृपया, तपाईं सोच्नुहुन्छ कि तपाईं युद्धबारे ठूलो स्वरमा बोल्नुभयो भने…

    ट्रम्पः उहाँ ठूलो स्वरमा बोल्नु भएको छैन । तपाईंको देश ठूलो समस्यामा छ ।

    जेलेन्स्कीः म उत्तर दिउँ ?

    ट्रम्पः परेन परेन । तपाईंले धेरै कुरा गरिसक्नुभयो । तपाईंको देश ठूलो समस्यामा छ ।

    जेलेन्स्कीः मलाई थाहा छ ।

    ट्रम्पः तपाईं जितिरहनुभएको छैन ।

    जेलेन्स्कीः म…

    ट्रम्पः तपाईं हामीले दिएको सहयोगको कारण राम्रो स्थितिमा आउन सक्नुहुन्छ ।

    जेलेन्स्कीः राष्ट्रपति महोदय, हामी हाम्रो देशमा बसिरहेका छौं । बलियो छौं । युद्ध सुरु भएदेखि हामी एक्लै थियौं । र हामी धन्यवाद दिन्छौं । मैले धन्यवाद दिएको छु ।

    ट्रम्पः तपाईं एक्लै हुनुहुन्थेन । हामीले तपाईंलाई यो मूर्ख राष्ट्रपति (बाइडेन) मार्फत ३५० अर्ब डलर सहयोग दियौँ । हामीले तपाईंलाई सैन्य उपकरणहरू दियौँ । तपाईंका सैनिकहरू साहसी छन्, तर तिनीहरूले हाम्रो सैन्य उपकरण प्रयोग गर्नुपर्यो । यदि तपाईंलाई हाम्रो सैन्य उपकरण नभएको भए यो युद्ध दुई साताभित्रै सकिन्थ्यो ।

    जेलेन्स्कीः पुटिनबाट सुन्दा त उनी तीन दिनमै भन्थे ।

    ट्रम्पः त्यो भन्दा पनि कम समय लाग्थ्यो सायद ।

    जेलेन्स्कीः दुई साताभित्र । यो पक्कै पनि ।

    ट्रम्पः यस्तो अवस्थामा सम्झौता गर्नु गाह्रो हुन्छ ।

    भेन्सः के तपाईं केवल धन्यवाद भन्न सक्नुहुन्छ…?

    जेलेन्स्कीः मैले धेरै पटक अमेरिकी जनतालाई धन्यवाद दिएको छु ।

    भेन्सः असहमतिहरू स्वीकार गर्नुहोस् र ती असहमतिहरू समाधान गरौँ । अमेरिकी मिडियामा विवाद उठाएर गलत सावित हुने प्रयास नगरौँ । हामीलाई थाहा छ, तपाईं गलत हुनुहुन्छ ।

    ट्रम्पः तर हेरौँ, मलाई लाग्छ अमेरिकी जनताले के भइरहेको छ भन्ने देख्नु महत्वपूर्ण छ । तपाईंलाई धन्यवाद दिनुपर्छ किनभने अहिले तपाईँसँग कुनै कार्ड छैन ।

    जेलेन्स्कीः म आभारी छु ।

    ट्रम्पः तपाईँ युद्धमा पुरिनुभएको छ । मान्छेहरु मरिरहेका छन् । तपाईँका सैनिकहरु रित्तिइरहेका छन् ।

    जेलेन्स्कीः कृपया, राष्ट्रपति महोदय ।

    ट्रम्पः त्यसपछि तपाईं हामीलाई भनिहाल्नुस् ‘म युद्धविराम चाहन्नँ, म अघि बढ्न चाहन्छु ।’ सुन्नुहोस् यदि तपाईँ युद्धविराम चाहने हो भने अहिले हुन्छ । म चाहन्छु गोलाबारी रोकियोस् । तपाईंका मान्छेहरु मर्न रोकियोस् ।

    जेलेन्स्कीः अवश्य पनि । हामी युद्ध रोक्न चाहन्छौँ ।

    ट्रम्पः तर तपाईं युद्धविराम चाहनुहुन्न । म चाहन्छु युद्धविराम ।

    जेलेन्स्कीः तर मैले तपाईंलाई सोधें, के छन् त ग्यारेन्टीहरू ?

    ट्रम्पः किनभने तपाईं युद्धविराम छिट्टै पाउन सक्नुहुन्छ, सम्झौताभन्दा छिटो ।

    जेलेन्स्कीः हाम्रो जनतालाई युद्धविरामबारे सोध्नुहोस् । उनीहरुको चाहना हजुरलाई मतलब छैन ?

    ट्रम्पः त्यो कुरा मसँग थिएन । त्यो मुर्ख जो बाइडेनसँग थियो । त्यो ओबामासँग थियो । माफ गर्नुहोला, उनीहरुले तपाईंलाई सिरक दिए, तर मैले त ट्याङ्क हान्ने जेभलिन (हतियार) दिएँ । हो, मैले तपाईंलाई ती ट्याङ्कहरू ध्वस्त पार्नका लागि जेभलिन दिएँ । तपाईंसँग खेल्ने कुनै कार्ड छैनन् । तपाईं कृतज्ञ हुनुपर्छ । सोचाइहरु परिवर्तन गरेर मात्रै हुने हुनाले सम्झौतामा पुग्न सकस छ ।

  • ट्रम्पसँगको सम्बन्ध सुधार गर्न सकिने जेलेन्स्कीको भनाइ, माफी माग्न अस्वीकार

    ट्रम्पसँगको सम्बन्ध सुधार गर्न सकिने जेलेन्स्कीको भनाइ, माफी माग्न अस्वीकार

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग शान्ति स्थापना गर्ने कुरामा चकाचर्की भएपछि अमेरिकी टेलिभिजन फक्स न्यूजसँग बोल्दै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकासँगको आफ्नो सम्बन्ध अझै सुधारगर्न सकिने बताएका छन् ।

    फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पसँगको सम्बन्ध लाई बचाउन सकिन्छ कि भनेर सोधिएको प्रश्नमा जेलेन्स्कीले भने, ‘पक्कै पनि ।’

    अमेरिका र युक्रेनबीचको सम्बन्ध ‘दुई राष्ट्रपति भन्दा बढी’ का लागि रहेको बताउँदै उहाँले युक्रेनलाई रूसको ठूलो र राम्रो सशस्त्र सेनाविरुद्धको लडाइँमा वासिङ्टनको सहयोगको खाँचो रहेको बताए ।

    जेलेन्स्कीले ट्रम्पको मनपर्ने समाचार च्यानल फक्ससँग भने, ‘अमेरिका र ट्रम्पको समर्थन बिना यो यात्रा पक्कै कठिन हुनेछ ।’

    राष्ट्रपति ट्रम्पले शुक्रबार पत्रकारसँग कुरा गर्दै जेलेन्स्कीले ‘बढी खेलिरहेको’ र तत्काल युद्ध अन्त्य गर्न सहमत हुनुपर्ने बताउनुभएको थियो ।

    तपाईँ ट्रम्पसँग माफी माग्न चाहनुहुन्छ त भन्ने प्रश्नमा जेलेन्स्कीले अस्वीकार गर्दै फक्स न्यूजसँग भने, ‘हामीले केही नराम्रो गरेका छौँ भन्ने मलाई लाग्दैन । यद्यपि, उहाँले पत्रकारहरूको अगाडि विवादको विषयलाई धेरै आदानप्रदान नहोस् भन्ने आफूले चाहेको बताउनुभएको थियो ।’

    यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सीएनएनसँगको कुराकानीमा जेलेन्स्कीलाई ‘हाम्रो समय खेर फालेकोमा माफी माग्न’ आग्रह गरेका छन् । -रासस/एएफपी

  • जेलेन्स्कीको पक्षमा उभिए विश्व नेताहरु : क-कसले दिए साथ ?

    जेलेन्स्कीको पक्षमा उभिए विश्व नेताहरु : क-कसले दिए साथ ?

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भेन्ससँग भनाभन भएपछि ह्वाइस हाउसबाट निकालिएका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको पक्षमा विश्वभरका नेताहरुले साथ दिएका छन् ।

    खासगरि यूरोपेली नेताहरु तथा क्यानेडाली नेताहरुले उनलाई साथ दिएका हुन् । पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले जेलेन्स्की एक्लै नभएको बताएका छन् ।

    स्पेनी प्रधानमन्त्री पेद्रो सान्चेसले आफ्नो देश युक्रेनको पक्षमा उभिने लेखेका छन् भने युरोपेली आयोगकि सभापति उर्सुला भोन देर लेयेनले पनि साथ भएको उल्लेख गरेकी छन् ।

    फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन तथा क्यानडाका कार्यबाहक प्रधानमन्त्री जस्टिन ट्रूडो तथा न्यूजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लुक्सोनले साथ दिएको बताएका छन् ।

    उनीहरुले सामाजिक संजालमा जेलेन्स्कीलाई मेन्सन गरेर यस्तो उल्लेख गरेका छन् । यीबाहेक यूरोपेली संघका साना मझौला अरु देशहरुले पनि साथ दिएको उल्लेख गरेका छन् ।

     

  • जेलेन्स्कीलाई ह्वाइट हाउसबाट निकालेका ट्रप्प भन्छन्- शान्ति चाहे पुन: आउन सक्छन्

    जेलेन्स्कीलाई ह्वाइट हाउसबाट निकालेका ट्रप्प भन्छन्- शान्ति चाहे पुन: आउन सक्छन्

    काठमाडौं । अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सन्जाल ट्रुथ सोसलमा पोस्ट गरेर वार्तालाई दबाबको कोणमा व्याख्या गरेका छन् । भावुक भएर काम नहुने भन्दै ट्रम्पले जेलेन्स्की शान्तिको पक्षमा नभएको र अमेरिकाको वार्तालाई आफ्नो शक्तिको कोणमा प्रयोग गर्न खोजेको आरोप लाएका छन् ।

    अमेरिकाको ह्वाइट हाउस आएर अमेरिकालाई अपमान गरेको भन्दै ट्रम्पले अमेरिका जेलेन्स्कीले अमेरिकालाई देखाएर लिन खोजेको फाइदा दिन तयार नभएको बताएका छन् ।

    आफू शान्तिको पक्षमा भएको ट्रम्पले लेखेका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई ह्वाइट हाउसबाट नाकाला गरेको कुरालाई घुमाउरो पाराले जोड्दै ट्रम्पले लेखेका छन्, ‘शान्ति चाहे भने उनी पुनः आउन सक्छन् ।’

  • ट्रम्पसँग भनाभन भएपछि जेलेन्स्कीलाई ह्वाइट हाउस छाड्न आदेश

    ट्रम्पसँग भनाभन भएपछि जेलेन्स्कीलाई ह्वाइट हाउस छाड्न आदेश

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका समकक्षी भाेलाेदिमिर जेलेन्स्कीबीचको वार्ता असफल भएको छ ।

    युक्रेनको बहमूल्य खनिज पदार्थबारे द्वपक्षीय वार्ता हुने बताइए पनि ह्वाइट हाउसमा भएको उनीहरुबीचको वार्ता चर्काचर्कीमा परिणत भएपछि उनलाई अमेरिका छाेड्न आदेश दिइएकाे बीबीसीले उल्लेख गरेकाे छ ।

    उनीहरुबीच पत्रकार सम्मेलनका क्रममा भएकाे भनाभनको भिडियाे सार्वजनिक भएकाे छ । जहाँ ट्रम्पले जेलेन्स्कीलाई तेस्रो विश्वयुद्ध गराउन लागेको आरोप लगाएका छन् ।

    ट्रम्पले आफू युक्रेनलाई सघाउन नसक्ने र युद्धबाट पछि हटे मात्र खनिजको सम्झौता हुने बताए । जेलेन्स्की अमेरिकाले गरेको सहयोगप्रति आभारीसमेत नभएको ट्रम्पकाे दाबी छ । भेटमा ट्रम्पले यदि अमेरिकाले सैन्य सहयोग नगरेको भए जेलेन्स्की दुई हप्तामा पराजित हुने पनि बताए ।

    भेटमा अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले युक्रेनकाे समस्या समाधानमा कूटनीतिक तवरले अमेरिका अघि बढ्न चाहेकाे र यसकाे सुरुवात याे वार्ता भएकाे बताएका थिए ।

    भेटपछि राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै जेलेन्स्कीले शान्ति नचाहेको उल्लेख गरेका छन् । र उनले शान्तिको आवश्यकता परे अमेरिकालाई सम्झिन सक्ने पनि बाटो खुल्ला रहेकाे उल्लेख गरेका छन् ।

    युक्रेन मुद्दालाई युक्रेनको र यूरोपको हातमाथि पारेर समाधान गर्न फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन र बेलायतका प्रधानमन्त्री केइर स्टार्मर पछि जेलेन्स्की वासिङटन पुगेका थिए । तर, उनीसग भनाभन भएपछि परिस्थिति फरक बनेको हो ।

    बाइडेन सत्तामा भएको बेला अमेरिका र रुसको उच्चस्तरिय कुराकानी बन्द भएको थियो । तर ट्रम्प रास्ट्रपति भएपछि पुटिनसग ९० मिनेट फोन कुराकानी भएको थियो भने साउदी अरब र टर्कीमा दुई देशका उच्चस्तरिय वार्ता भएको थियो । यहि कारण जेलेन्स्की र यूरोपेली नेताहरु आफूलाई नराखि यूक्रेनी मुद्दामा पुटिनसग कुरा गरेको भन्दै बिच्किएका छन्।

  • ट्रम्पलाई फकाउन प्रयासरत बेलायती प्रधानमन्त्रीले वासिङ्टनमा दिनुपर्ने परीक्षा

    ट्रम्पलाई फकाउन प्रयासरत बेलायती प्रधानमन्त्रीले वासिङ्टनमा दिनुपर्ने परीक्षा

    रोब पिचेटा (सीएनएन)

    लण्डन । बेलायती प्रधानमन्त्री केइर स्टार्मरले केही न केही कदम त चाल्नैपर्ने भएको छ । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सौहार्दपूर्ण सम्बन्ध बनाउने हेतुले फुकिफुकी पाइला चालिरहेका छन् । ट्रम्पले चुनाव जित्नुअगाडि नै उनको बढाइचढाइ गरेका थिए र ट्रम्पले पनि उनलाई ‘धेरै राम्रो’ भनिसकेका छन् ।

    वासिङ्टन भ्रमणमा हिँडेका स्टार्मरले अन्ततः केही ठोस फाइदा निकाल्न सक्नेछन् । यो वाशिङ्टन भ्रमण उनको विदेश नीतिमा अहिलेसम्मकै ठूलो चुनौती हो । चुनौती पनि विशेषगरी युक्रेनको भविष्यका लागि । उनले पुलको काम गरेर ट्रम्पलाई द्वन्द्वात्मक प्रवृत्तिबाट टाढा राखेर पश्चिमा गठबन्धनका चिन्ताहरूबारेमा सम्झाइबुझाइ गर्न सक्छन् ।

    यद्यपि अर्को नकारात्मक सम्भावना पनि छ । त्यो हो- स्टार्मरले अन्ततः पत्तो पाउनेछन् कि उनले बनाइरहेको ‘पुल’ ले काम गर्दैन । हुन त उनी र ट्रम्प स्वाभाविक राजनीतिक सहयात्री होइनन् । उनीहरूबीच विगतमा बोझिलो सम्बन्धको पृष्ठभूमि छ । उनीहरूको दृष्टिकोणमा ठूलो अन्तर छ । स्टार्मर हरेक अवसरमा बेलायत र अमेरिकाबीचको ‘विशेष सम्बन्ध’ को चर्चा गर्छन् । तर त्यही सम्बन्ध अहिले केही अस्थिर देखिन्छ । उनीहरूको चाहना नितान्त पृथक छन् ।

    ‘यो भ्रमणको महत्व ठूलो छ’ स्टार्मरकी पूर्व नीति निर्देशक क्लेयर एन्स्लीले सीएनएनलाई भनिन्, ‘यो भ्रमण यूरोप र अमेरिकाबीच तथा यूरोप र बेलायतबीचको सम्बन्धका लागि ठूलो परीक्षा हो ।’

    ट्रम्पको ताल र युक्रेनको आपतकाल

    युक्रेनप्रति ट्रम्पको अडानले यो शताब्दीऔँ पुरानो आन्ध्र महासागरपार गठबन्धनलाई अनिश्चिततामा ठीक त्यसैगरी लगेको छ जसरी उनले अन्य धेरै सम्बन्धलाई प्रभावित तुल्याएका छन् । अमेरिका र नेटोबीचको सम्बन्धसमेत समस्यामा पर्नेगरी उनले रुसी नेता भ्लादिमिर पुटिनको कदमको खुलेर स्वागत गरे । उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको आलोचना गरेका छन् भने यूरोपका नेताहरूको फोनसमेत वास्ता नगरी बसेका छन् । युक्रेन मामिलामा त यूरोपलाई बाहिरै राखेका छन् ।

    स्टार्मरले सोमबार वाशिङ्टन पुगेका फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनलाई पछ्याउँदै यी अस्तव्यस्त सम्बन्धलाई सुधार्ने प्रयास गरिरहेका छन् । उनी शुक्रबार वाशिङ्टन जाने तयारी गरिरहेका जेलेन्स्कीको भ्रमणको पूर्वतयारी गर्दैछन् । यी तीन नेताहरू युक्रेन र यूरोपलाई स्वीकार्य हुने शान्तिको मोडल सुनिश्चित गर्न चाहन्छन् । यो त्यस्तो शान्ति मोडल हो जसले युक्रेनको कब्जामा रहेको भूभागलाई बेच्ने छैन, जसलाई अमेरिकाले दीर्घकालसम्म कायम राख्न प्रतिबद्ध रहनेमा कुनै आनाकानी गर्नेछैन ।

    बेलायत र फ्रान्सले युक्रेनमा सम्भावित यूरोपियन ‘शान्ति सेना’ पठाउने कूटनीतिक प्रयासको नेतृत्व गरिरहेका छन् । युद्धविरामको सम्झौतामा हस्ताक्षर भएमा यो सेना युक्रेन प्रवेश गर्न सक्छ । तर, यो योजनाको मुख्य आधार अमेरिकी सुरक्षा उपस्थिति हुनेछ, जसमा पोल्यान्ड वा रोमानियाजस्ता नजिकका नेटो देशहरूमा केन्द्रित हवाई सुरक्षा व्यवस्था रहने सम्भावना छ ।

    सोमबार ट्रम्पले पत्रकारहरूसँग बोल्दै भने, ‘सम्झौता भएपछि यूरोपले कुनै समस्या नल्याउने निश्चितता दिनुपर्नेछ ।’ तर स्टार्मरले जोड अर्कै छ । उनका अनुसार यूरोपले एक्लै यो जिम्मेवारी बोक्न सक्दैन र पुटिनलाई पुनः आक्रमण गर्नबाट रोक्ने एकमात्र उपाय अमेरिकी आडभरोसा नै हो । वाशिङ्टन जाने उडानमा उनले फेरि यही कुरा दोहोर्‍याएर पत्रकारलाई सुनाए ।

    स्टार्मरको मुख्य प्राथमिकता जेलेन्स्कीलाई आफ्नै देशको भविष्यबारे हुने वार्तामा समावेश गर्न ट्रम्पलाई राजी गराउनु हुनेछ । यो नै यूरोपको ट्रम्पसँगको सबैभन्दा आधारभूत आग्रह हो । जेलेन्स्कीलाई मस्कोपक्षीय सम्झौतामा बाध्य पारिएला कि भन्नेमा यूरोपको टाउको दुःखाइ धेरै छ ।

    तर, स्टार्मरले पाइला चालेको जमिन सजिलो छैन । उनको समस्या स्पष्ट छ । यो भ्रमण ट्रम्पको लागि भन्दा उनको लागि धेरै महत्वपूर्ण छ । ट्रम्पलाई यूरोपेली शक्तिहरूसँग समय बिताउने जाँगर खासै छैन । उनले चर्को भन्सार शुल्क लगाउने धम्की दिएका छन् । विगतका दशकदेखि चलेको अमेरिकी विदेश नीतिबाट बिच्किएका छन्, जुन नीतिले नै वाशिङ्टनका प्राथमिकताहरूमा यूरोपको सुरक्षालाई उच्च स्थानमा राखेको थियो ।

    स्टार्मरले आफ्नो भ्रमणअघि ट्रम्पलाई उनैले चाहेको एक ठूलो उपहार दिँदै मंगलबार घोषणा गरे- बेलायतले सन् २०२७ सम्ममा आफ्नो रक्षा खर्च कुल ग्राहस्थको २.५% पुर्याउनेछ भने अर्को दशकको मध्यसम्ममा ३% पुर्याउनेछ । यो सरकारको पूर्वघोषित लक्ष्यभन्दा छिटो पुर्‍याइएको योजना हो, जुन धेरै खर्चिलो छ । साथै, यो अति आवश्यक पनि छ । बेलायती सेना निकै कमजोर अवस्थामा रहेको विज्ञहरू बताउँछन् । बेलायतको सेनासम्बन्धी एक ठूलो समीक्षा चाँडै टुङ्गोमा पुग्दैछ, र कसैले पनि त्यसको निष्कर्ष सकारात्मक हुने अपेक्षा गरेका छैनन् ।

    ‘हामीले आफ्नो राष्ट्रिय सुरक्षा नीति परिवर्तन गर्नैपर्छ, किनकि पुस्तागत चुनौतीलाई पुस्तागत जवाफ नै आवश्यक हुन्छ’, स्टार्मरले नयाँ नीति सार्वजनिक गर्दै थपे, ‘हाम्रो युगले हामीबाट अहिले साहसको माग गरिरहेको छ ।’ पछि पत्रकारहरूसँग कुरा गर्दै उनले पछिल्ला केही साताका घटनाहरूले यो निर्णय लिने बाटो तय गरेको स्वीकारे ।

    अमेरिका नेतृत्वको पश्चिमा गठबन्धनको जटिल सम्बन्ध

    विहीबारको वार्ताले ट्रम्पप्रति यूरोपले अपनाएको दुई धार रणनीतिको व्यापक परीक्षण गर्नेछ ।

    एउटा पक्ष ट्रम्पबाट दूरी बनाउन चाहन्छ । जर्मनीका सम्भावित आगामी नेता फ्रेडरिक मर्जले आइतबारको आफ्नो चुनावी जितपछि भनेका छन्, ‘यूरोपले अमेरिकाबाट ‘स्वतन्त्रता हासिल गर्नुपर्छ’ । साथै उनले आफ्नो देशको राजनीतिमा अमेरिकाको ‘अस्वीकार्य हस्तक्षेप’ को आलोचना गरे ।

    तर, स्टार्मर, म्याक्रोन र इटालीकी नेतृ जियोर्जिया मेलोनीजस्तै, अर्को समूहमा दृढतापूर्वक उभिएका छन् । उनको विश्वास छ कि ट्रम्पलाई फकाइफुल्याइ गर्ने हो भने पुटिनको प्रभाव परिधिबाट टाढा राख्न सकिन्छ ।

    र, यो गर्न सक्ने नेताहरू धेरै छैनन् । स्टार्मरकी पूर्व नीति प्रमुख एन्स्लीले भनिन्, ‘हामी निकट भविष्यमा चुनावको सामना गरिरहेका छैनौँ । हामीसँग स्थिर, मध्यम-वामपन्थी सरकार छ । त्यसैले, हामी यी वार्ताहरूमा महत्वपूर्ण भूमिका खेल्न सक्छौँ ।’

    तर, मिडियाको अगाडि ट्रम्पसँग उभिँदा स्टार्मरलाई केही असहज प्रश्नहरूको सामना गर्नुपर्ने हुनसक्छ । उनको मध्यम-वामपन्थी सरकारका कैयौँ सदस्यहरूले विगतमा ट्रम्पको खुलेर आलोचना गरेका छन् । स्टार्मर आफैँले पनि प्रतिपक्षी सांसदको रूपमा ट्रम्पको आलोचना गरेका थिए । ट्रम्पले बोरिस जोन्सनलाई समर्थन गर्नुले जोन्सन प्रधानमन्त्री बन्न ‘अयोग्य’ बनेको भन्न भ्याएका थिए ।

    यसको प्रतिउत्तरमा गत अक्टोबरमा राष्ट्रपति पदका उम्मेदवार रहेका ट्रम्पले स्टार्मरको लेबर पार्टीलाई निर्वाचनमा हस्तक्षेप गरेको आरोप लगाए । दर्जनौँ कार्यकर्ताहरूले कमला ह्यारिसको पक्षमा प्रचार गरेको तथ्य बाहिर आएपछि उनले यस्तो भनेका थिए ।

    त्यसपछि, स्टार्मरले आफ्नै पार्टीभित्रबाट ट्रम्पप्रति आउने आलोचनालाई कडाइका साथ नियन्त्रणमा राखेका छन् । तर व्यक्तिगत रूपमा, गाजा र युक्रेनबारे ट्रम्पका पछिल्ला अभिव्यक्तिहरूले अधिकांश लेबर सदस्यहरूलाई स्तब्ध पारेका छन् ।

    ‘ट्वीटर कूटनीति भनेको जटिल भू-राजनीतिक समस्याहरू व्यवस्थापन गर्ने सामान्य तरिका होइन,’ एक सांसदले सीएनएनलाई भने, ‘यसले राष्ट्रपति कार्यकालमा यूरोपेली रक्षा प्रणालीका बारेमा गम्भीर प्रश्न उठाउँछ, किनभने मिथ्या सूचना नै सत्य सूचनाको रूपमा ग्रहण गरिन सक्छ ।’

    ‘मूर्ख’ सम्झौतामा मुखरः चर्चा बेलायत, मौरिसस, अमेरिका र चीनको

    स्टार्मरलाई ह्वाइट हाउसमा समाधान गर्नुपर्ने थुप्रै चुनौतीहरूमा युक्रेन मामिलामात्रै छैनन् । उनको भ्रमण विश्व मामिलामा सबैलाई खुसी पार्ने रणनीतिको ठूलो परीक्षा हो ।

    प्रधानमन्त्री सबैलाई सन्तुष्ट राख्न चाहन्छन् । उनले ट्रम्पको खुलेर आलोचना गर्न अस्वीकार गरेका छन् । यूरोपेली संघबाट बाहिरिएसँगै यूरोपियन संघसँगको साझेदारीलाई सुधार गरेका छन् । स्पष्ट रूपमा युक्रेनको समर्थन गरेका छन्, र चीनसँगको सम्बन्धलाई सामान्य बनाउन प्रयास गरेका छन् । भू–राजनीतिक भुमरीमा उनी बेलायतलाई असम्भव रूपमा साँघुरिएको ‘भेन डायाग्राम’ भित्र अटाउन प्रयासरत छन् ।

    यसको एउटा ज्वलन्त उदाहरण हो- चागोस टापुहरूबारे उनको विवादास्पद योजना । यो बेलायतको अन्तिम अफ्रिकी उपनिवेश हो । यसलाई मौरिससलाई हस्तान्तरण गर्ने उनको योजना कानुनी र नैतिक रूपमा वर्षौँदेखि चलिरहेको विवादलाई अन्त्य गर्ने प्रयास हो ।

    बेलायती कार्यकारी सत्ता मुकाम डाउनिङ स्ट्रिटका अनुसार सम्झौताले डिएगो गार्सियाको भविष्य ९९ वर्षका लागि सुरक्षित गर्नेछ । डिएगो गार्सिया भनेको उक्त टापुहरूमा रहेको एउटा अमेरिकी-ब्रिटिश सैन्य शिविर हो । तर, सम्झौताका लागि अन्तिम स्वीकृति पाउन स्टारमरलाई ट्रम्पको अनुमोदन आवश्यक पर्नेछ । र, वेस्टमिन्स्टरले मपाइत्व सम्झौताविद् ट्रम्पलाई यसको सर्तहरू मन पर्ने आशा धेरैको छैन, किनभने यस सम्झौताका लागि लन्डनले अर्बौं पाउन्ड तिर्नुपर्नेछ । र मोरिसस चीनबाट अत्यधिक आयातमा निर्भर रहेकोले यसले आन्ध्र महासागरका दुबै पक्षमा राष्ट्रिय सुरक्षा सम्बन्धी चासो बढाएको छ ।

    पूर्व टोरिज मन्त्री ग्रान्ट स्याप्सका अनुसार यो सम्झौता ‘मूर्खता’ हो । स्याप्सले टोरिज सरकारमा हुँदा रक्षा सचिवको रूपमा यस सम्झौताका वार्ता रोकेका थिए । तर, यही वार्तापछि लेबर सरकारले पुनः सुचारु गर्‍यो ।

    ‘(चीन) ले आफ्नो प्रभाव विस्तार गर्न भूमि प्रयोग गर्छ । तिनीहरू जासुसी गर्नेछन्’, स्याप्सले सीएनएनलाई भने, ‘बेलायती सैन्य शिविरमा धेरै संवेदनशील गतिविधिहरू हुन्छन् । त्यसैले कोही पनि आफ्नो वरिपरि सम्भावित दुस्मनहरू भएको हेर्न चाहँदैन ।’

    मोरिससले दशकौंदेखि यी टापुहरूमा आफ्नो नियन्त्रणको प्रयास गर्दै आएको छ । अन्तर्राष्ट्रिय अदालत जस्ता संस्थाहरूले यसको दाबीलाई समर्थन गरेका छन् । तर, स्याप्स भन्छन्, ‘कहिलेकाहीँ, ट्रम्पले विश्वलाई प्रमाणित गरिरहेझैँ, तपाईंले ‘होइन’ भन्नुपर्ने हुन्छ र तपाईँले आफ्नो राष्ट्रिय हितको बारेमा सोच्नुपर्छ ।’

    अर्का पूर्वटोरिज रक्षा सचिव पेनी मोर्डन्टले पनि सम्झौताको आलोचना गरे । हालका विदेश सचिव डेभिड लामीले अघि बढाएको सम्झौतालाई उनले भने, ‘लामीको बेलायती उपनिवेशकालीन विगतप्रति आत्मग्लानि महसुस गर्ने चाहनाले उनलाई चीनको वर्तमान उपनिवेशवादलाई सहयोग गर्न उक्साएको हो कि भन्ने आशंका उब्जाएको छ ।’

    स्टार्मरको आफ्नै दलमा पनि सम्झौताको विरोधका केही स्वरहरू उठिरहेका छन् । ‘हाम्रो राष्ट्रिय सुरक्षाका लागि के राम्रो छ भन्ने नै एक मात्र महत्वपूर्ण कुरा हो । म अझै उदार मन लिएर बसेको छु । तर अहिलेसम्म यो सम्झौता त्यही हो भन्ने कुरामा म विश्वस्त भइसकेको छैन,’ एक लेबर सांसदले सीएनएनलाई भने, ‘यदि अमेरिकाले यो सम्झौताको समीक्षा गर्न समय लियो र यसलाई अनिश्चितकालका लागि लम्ब्यायो भने मलाई कुनै समस्या हुने थिएन ।’

    युक्रेन, चागोस, चीन, र ट्रम्पका बारेमा भएका विभिन्न विवादास्पद टिप्पणीहरू बिहीबारको छलफलका लागि संवेदनशील विषयहरू हुनेछन् । स्टारमरले यसबारे सावधानीपूर्वक कुरा उठाउनेछन् । माक्रोंजस्तै उनले ट्रम्पलाई क्यामेराको अगाडि सिधै तथ्यहरू सुधारेर सच्याउने सम्भावना छैन । तर, अब चाप्लुसीको ठाउँ छँदैछैन । केही गम्भीर छलफलहरू सुरू गर्न थोरै मात्र समय बाँकी छ ।

    स्टारमरले आफ्नो इच्छाले राजनेता बन्न रोजेका होइनन् । उनको मुख्य घोषित उद्देश्य बेलायतको अर्थतन्त्र बढाउनु हो । उनी सत्रुता चाहँदैनन् । बरु लगानी र व्यापार चाहन्छन् । तर विश्वको अवस्था फरक छ । स्टार्मरले चाहुन् वा नचाहुन् उनी अहिले संकटग्रस्त विश्व संरचनाको एउटा महत्वपूर्ण हिस्सा बन्न पुगेका छन् ।

    सोमबार, स्टारमरले स्वीकार गरे कि ट्रम्पले युक्रेनसम्बन्धी ‘विश्वव्यापी छलफलको’ धार बदलेका छन् । अब बेलायत मुखर हुने अवसर आएको छ ।

    तस्बिरहरू : AP

    (सीएनएनबाट अनुवादित)

  • अमेरिकी अधिकारीहरुसँग कुरा गर्न टर्की पुगे रुसी प्रतिनिधि (भिडिओ)

    अमेरिकी अधिकारीहरुसँग कुरा गर्न टर्की पुगे रुसी प्रतिनिधि (भिडिओ)

    काठमाडौं । अमेरिकी अधिकारीहरुसँग भेट गर्न रुसी अधिकारीहरु टर्की पुगेका छन् । रुसी विश्व च्यानल आरटीका अनुसार रुसी अधिकारीहरु राजधानी इस्तानबुलमा पुगेका हुन् ।

    भेट अमेरिकी र रुसी उच्च अधिकारीहरुले बन्द कोठामा हुने आरटीले उल्लेख गरेको छ । यहि बुधबार रुसका विदेशमन्त्री सेर्गी ल्याभ्रोबले भेट हुने सूचना सार्वजनिक गरेका थिए ।

    तर, भेटमा के हुने भन्नेमा उनले कुनै खुलाएका थिएनन् । सन २०२२ फेब्रुअरीमा रुसले युक्रेनमा हमला गरेपछि अमेरिका र रुसको बोलचाल बन्द भएको थियो । तर, ट्रम्प गत जनवरी २० मा राष्ट्रपति डोनाल्ड ट्रम्प भएसँगै बोलचाल सुरु भएको थियो ।

    ट्रम्प र रुसका राष्ट्रपति भ्यादिमिर पुटिनको ९० मिनेट लामो फोन कुराकानीपछि अमेरिका र रुसका विदेशमन्त्रीहरुले साउदी अरबमा आमनेसामने भेट गरेका थिए । भेटपछि ट्रम्पले युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई तानाशाह भनेका थिए भने युक्रेनको पक्षमा ल्याइएको संयुक्त राष्ट्रसंघको एक मतमा अमेरिकाले रुसलाई साथ दिएको थियो ।

    गत फेब्रुअरी १८ मा साउदी अरबमा भेट गरेका अमेरिकी तथा रुसी अधिकारीहरुले अर्को भेट टर्कीमा गर्न लागेका छन् । यो भेटपछि ट्रम्प र पुटिनको वार्ताको माहोल बन्ने बताइएको छ ।

     

  • बंगलादेशको सेनाले भन्यो- अराजकताले सीमा नाघ्यो, देशको सार्वभौमसत्ता र स्वतन्त्र खतरामा छ

    बंगलादेशको सेनाले भन्यो- अराजकताले सीमा नाघ्यो, देशको सार्वभौमसत्ता र स्वतन्त्र खतरामा छ

    ढाका । बंगलादेशको राष्ट्रिय सेनाले देशको स्थिति नियन्त्रणबाहिर जान लागेको र कानून व्यवस्था थप खराब हुँदै गएको भन्दै अब यो अराजकता लामो समय रहन गाह्रो हुने चेतावनी दिएको छ ।

    आर्मी समारोहलाई सम्बोधन गर्दै प्रधान सेनापति जनरल वाकर उज जमानले अन्तरिम राजनीतिक नेतृत्व अराजकता नियन्त्रण गर्न असफल भएको बताएका छन् । उनले बंगलादेशी सेनाको कुनै महत्वकांक्ष नरहेको तर अराजकताले सीमा नाघेको बताएका छन् ।

    सेनापतिले शान्ति व्यवस्था कायम गर्न त्यहाँको प्रहरी पूर्णरूपमा असक्षम भइसकेको र प्रहरीका उच्च अधिकारीहरुलाई शेख हसिनाको सरकारसँग जोडेर कोहीलाई जेल र कोहीलाई अदालती प्रक्रियामा लगिएपछि प्रहरीको मनोबल समाप्त भएको बताएका छन् ।

    सेनापतिले भनेका छन्, ‘देशमा तत्कालन राष्ट्रिय एकता र संस्थागत अनुशासनको अत्यावश्यक भइसकेको छ । समाजमा एक अर्काबीच भइरहेको तनाव,झगडा र लडाइले बंगलादेशको सार्वभौमिकता एकदमै खतरामा परिसकेको छ । यदि तपाईँहरू एक आपसमा विमतिलाई छाड्नुको साटो निरन्तर एक अर्काको हत्या गर्ने र आतंक मच्चाउने काममा लागिरहनु हुन्छ भने देशको एकता र स्वतन्त्रता थप खतरामा पर्नेछ ।’

    कुनै राजनीतिक समूहको नाम नलिई उनले सरोकारवालाहरूले एक अर्कोलाई आरोप लगाएर परिस्थिति आफ्नो पक्षमा पार्न खोजे पनि देश अराजकताको आगोमा परिसकेको सेनापतिले बताएका छन् ।

    बंगलादेशमा विद्यार्थी आन्दोलनले सत्ताच्यूत भएपछि हसिना भारतमा निर्वासित छन् भने महमद युनुसको नेतृत्वमा अन्तरिम सरकार छ । अन्तरिम सरकारले निर्वाचन गर्ने भने पनि त्यहाँ अराजकता कायमै छ भने हिन्दू धार्मिक अल्पसंख्यकहरूमाथि अत्याचारले सीमा नाघेको छ ।

  • वैदेशिक सहायता रोक्ने मुद्दामा ट्रम्पलाई सर्वोच्च अदालतको साथ- १ खर्ब तिर्नु नपर्ने

    वैदेशिक सहायता रोक्ने मुद्दामा ट्रम्पलाई सर्वोच्च अदालतको साथ- १ खर्ब तिर्नु नपर्ने

    काठमाडौं । अमेरिकाको सर्वोच्च अदालतका प्रधानन्यायाधीशले जोन रोबर्ट्सले अमेरिकी समय अनुसार बुधवार मध्यराति ट्रम्प प्रशासनले वैदेशिक सहायताको २ अर्ब डलर खर्च गर्नै पर्ने अदालती आदेश स्थगन गरेका छन् ।

    अमेरिकी विश्व च्यानल सीएनएनका अनुसार ट्रम्प प्रशासनले पनि उक्त लक्ष्य पूरा गर्न असम्भव रहेको दाबी गरिएको छ।

    न्यू योर्क टाइम्सले यसलाई ट्रम्पको जितको कोणमा व्याख्या गरेको छ । प्रधानन्यायाधिशले बुधवार मध्यरात ट्रम्पको कानुनी टीमको अपिल अनुसार ‘प्रशासकीय स्थगन’को आदेश दिएका हुन ।

    यो आपत्कालीन अपिल पहिलो पटक राष्ट्रपति डोनाल्ड ट्रम्पको संघीय सरकारलाई पुनः संरचना गर्ने मुद्दा सर्वोच्चमा पुगेको हो ।

    जसमा विभिन्न सरकारी निकायहरूमा ठूलो मात्रामा बजेट कटौतीसमेत समावेश छ । यो मुद्दाले न्यायाधीशहरूलाई कार्यकारी शाखामा ट्रम्पको शक्ति केन्द्रित अभ्याससँग अदालत जोडाएको छ ।

  • बलिउड नायिका बनाउने प्रलोभनमा युवतीलाई बलात्कार आराेपमा भारतका व्यापारीविरुद्ध मुद्दा

    बलिउड नायिका बनाउने प्रलोभनमा युवतीलाई बलात्कार आराेपमा भारतका व्यापारीविरुद्ध मुद्दा

    काठमाडौं । भारतका चर्चित व्यपारी तथा अमेरिकामा मुख्यालय डोमिनो पिज्जा चेन व्यवसायका भारतीय प्रमुख श्याम एस भार्तिआविरुद्ध बलात्कार जाहेरी परेको छ ।

    बलिउड नायिका बन्न चाहानो एक युवतीलाई बलात्कार गरेको भन्दै भार्तिअ र अरु तीन जनाविरुद्ध जाहेरी परेको छ । युवतीले आफूलाई सिंगापुरमा विभत्स बलात्कार गरेको आरोप लाएको बेलायती विश्व च्यानल बीबीसीले उल्लेख गरेको छ ।

    बीबीसीका अनुसार चार महिना अगाडि नै दर्ता गरेको जाहेरी गत आइतबार मात्रै दर्ता भएको थियो । बम्बई उच्च अदालतले आदेश दिएपछि मात्रै भार्तिआको जाहेरी दर्ता भएको हो ।

    बलिउड नायिका बन्ने लक्ष्यमा हिँडेकी युवतीलाई नायिका बनाउने चलचित्रमा आफूले लगानी गर्ने भन्दै सिंगापुर लगिएको र त्यहाँ विभत्स बलात्कार गरिएको युवतिको आरोप छ ।

    बलात्कारको भिडिओ पनि बनाइएको उनले जाहेरीमा उल्लेख गरेकि छिन् । घटना सन २०२३ को भएको बताइएको छ ।

  • यौनिक च्याट गर्ने अमेरिकी गुप्तचरका १०० भन्दा धेरै अधिकारी बर्खास्त गरिँदै

    यौनिक च्याट गर्ने अमेरिकी गुप्तचरका १०० भन्दा धेरै अधिकारी बर्खास्त गरिँदै

    काठमाडौं ।अमेरिकाको गुप्तचर निकायका १०० भन्दा धेरै अधिकारीहरू बर्खास्त हुने भएका छन् । गुप्तचर विभागको च्याटरुपमा यौनिक च्याट गर्ने अधिकारीहरूलाई बर्खास्त गरिने भएको छ ।
    अमेरिकी च्यानल सीएनएनका अनुसार राष्ट्रिय गुप्तचर विभागकी निर्देशक तुल्सी गाबार्डले मंगलबार यस्तो घोषणा गरेकी हुन् । फक्स न्यूजसँगको एक अन्तरवार्तामा गाबार्डले यसरी च्याट गर्नेहरू बर्खास्त गरिने र उनीहरूको सेक्युरिटी क्लियरेन्स बन्द हुने बताएकी हुन् ।
    उनले औपचारिक च्याटरुपमा आपत्तिजनक सन्देशहरु पठाइएको भन्दै आपत्ति जनाएकी हुन् । अमेरिकी गुप्तचर विभागका अधिकारीहरुले यौनिक मुद्धामा च्याट गरेको कुरा सार्वजनिक भएसँगै गाबार्डको यस्तो भनाइ आएको हो ।
  • ट्रम्पको घोषणा- ५० लाख डलरको गोल्ड कार्ड किन्नेले अमेरिकी नागरिकता पाउने

    ट्रम्पको घोषणा- ५० लाख डलरको गोल्ड कार्ड किन्नेले अमेरिकी नागरिकता पाउने

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका धनी मानिसहरूका लागि ५० लाख डलरमा अमेरिकाको नागरिकता दिने नयाँ योजना अघि सारेका छन् ।

    राष्ट्रपति ट्रम्पले अमेरिकाले विश्वका धनी मानिसहरूलाई ५० लाख डलरको गोल्ड कार्ड बेच्ने घोषणा गरेका हुन् । यसलाई अमेरिकामा ५० लाख डलरमा अमेरिकी नागरिकता साटफेर गर्ने प्रस्ताव भनिएको छ ।

    राष्ट्रपति ट्रम्पले ओभल अफिसमा भने- हामी गोल्ड कार्ड बेच्दैछौं, तपाईँसँग ग्रीन कार्ड छ, यो चाहिँ गोल्ड कार्ड हो । हामीले यो कार्डको मूल्य करिब ५ मिलियन डलर राखेका छौँ र यसले यसले ग्रीन कार्डको सुविधामात्र नभएर अमेरिकी नागरिकता प्राप्तिको रुट पनि हो । यो गोल्ड कार्ड किनेर धनी मानिसहरू हाम्रो देशमा आउनेछन् ।

    गोल्ड कार्ड करिब २ सातापछि विक्री शुरु हुने ट्रम्पले बताएका छन् । ५० डलर भनेको आजको मूल्यमा नेपाली रुपैया करीव ७० करोडजति हुन्छ ।

    सीएनएनका अनुसार राष्ट्रपति ट्रम्पले यस्तो गोल्ड कार्ड रुसी प्रभावशाली व्यापारीहरूलाई पनि बेचिने बताएका छन् । उनले केही रुसी धनाढ्यहरू अत्यन्तै राम्रा मान्छेका रूपमा आफूले चिनेको बताएका छन् ।

    राष्ट्रपति ट्रम्पसँगै उभिएका वाणिज्य मन्त्री होवार्ड लुटनिकले यस्तो कार्डले अमेरिकी सरकारको इबी फाइभ इमिग्रेन्ट इन्भेस्टर भिसालाई विस्थापित गर्ने बताएका छन् ।

    इबी फाइभ इमिग्रेन्ट इन्भेस्टर भिसा विदेशी लगानीकर्तालाई अमेरिकी परियोजनाहरूमा लगानी गरेर रोजगारी सिर्जना गर्ने प्रयोजनका लागि दिने गरिन्छ ।

  • एआईका कारण सिंगापुरको एक बैंकमा ४ हजार जनाको जागिर खोसिँदै

    एआईका कारण सिंगापुरको एक बैंकमा ४ हजार जनाको जागिर खोसिँदै

    काठमाडौं । मान्छेको काम एआईले गर्न थालेसँगै सिंगापुरको एक बैंकले चार हजार जागिर कटौती गरेको छ । बेलायती विश्व च्यानल बीबीसीका अनुसार सिंगापुरको सबैभन्दा ठूलो बैंक डीबीएसले आगामी तीन वर्षमा यत्ति जागिर कटौती गर्ने बताएको छ ।

    डीबीएसका अवकासउन्मुख प्रमुख पियुष गुप्ताका अनुसार चार हजार जनाको जागिर कटौती भएता पनि एआईमा जोडिने नयाँ एक हजार जागिर जोडिने बताएका छन् । एआईले मान्छेको जागिर कसरी खोस्छ भनेर पहिलोपटक सार्वजनिक गर्ने एक प्रमुख बैंकको रुपमा डीबीएसलाई लिइएको छ ।

    यद्यपि, एआईले बैंकका स्थायी कर्मचारीहरुलाई भने विस्थापन नगर्ने बताइएको छ । सन २०२४ मा आएको अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार एआईले विश्वका ४० प्रतिशत जागिर धरापमा पार्नेछ । चालिस प्रतिशत अर्थात् हरेक एक सयमा चालिसको जागिर जाने कुरालाई धेरैले गम्भिर रुपमा लिएर चर्चा र चिन्ता गर्दै आएका छन् ।

  • राष्ट्रसंघमा युक्रेनविरुद्ध रुसको पक्षमा उभियो अमेरिका, भारत र चीन मतदानमा सहभागी भएनन्

    राष्ट्रसंघमा युक्रेनविरुद्ध रुसको पक्षमा उभियो अमेरिका, भारत र चीन मतदानमा सहभागी भएनन्

    काठमाडौं । अमेरिकी विदेश नीतिमा निर्णायक फड्को मार्दै राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले संयुक्त राष्ट्रसंघ बैठकमा रुसको साथ र युक्रेनको विपक्षमा मत दिएको छ ।

    सोमवार राति संयुक्त राष्ट्रसंघमा भएको युक्रेनी क्षेत्रबाट रुसले सेना हटाउनुपर्ने प्रस्तावमाथिको मतदानमा अमेरिकाले विपक्षमा मतदान दिएको हो । अझ रोचक चाहिँ भारत र चीनले यो मतदानमा भाग लिएनन् ।

    बेलायत,जर्मनी र फ्रान्स लगायत ९३ देशले प्रस्तावको पक्षमा मत हाल्दा अमेरिका,रुस,इजरायल हंगेरी लगायत १८ भोट विपक्षमा परेको थियो ।

    यो प्रस्ताव युक्रेनसँगको रुसको युद्धको तेस्रो वार्षिकोत्सवमा आएको हो । भारत र चीनसहित ६५ देशले मतदानमा भाग लिएनन् ।

    रुस युक्रेन युद्धको तीन वर्षमा अमेरिकाले रुसको पक्षमा मत दिएको यो पहिलो पटक भएको सीएनएनले जनाएको छ ।

    यद्यपि राष्ट्रसंघको बहुमतबाट मस्कोले युक्रेनको भूभागमा गरेको कारबाहीको भर्त्सना गरिएको छ ।

    युरोपलगायत अमेरिकाका स्थायी सहयोगी मुलुकहरू र अमेरिका यसरी पहिलो पटक विभाजित भएका छन् ।

  • शान्ति आउँछ र युक्रेन नेटो सदस्य बन्छ भने राजिनामा दिन तयार छु : जेलेन्स्की

    शान्ति आउँछ र युक्रेन नेटो सदस्य बन्छ भने राजिनामा दिन तयार छु : जेलेन्स्की

    काठमाडौं । चुनावी कार्यकालको म्याद सकिएको भनेर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अवैध र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव नगर्ने तानाशाह भनेर आलोचना गरिएका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशमा शान्ति आउँछ र देशलाई नेटो सदस्यता मिल्छ भने राजिनामा दिन तयार भएको बताएका छन् ।

    चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार आइतबार जेलेन्स्कीले राजधानी किभको एक पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । रुसले युक्रेनमा हमला गरेको ठीक तीन वर्ष पुरा भएको दिन जेलेन्स्कीको यस्तो भनाई सार्वजनिक भएको हो । सन २०२२ फेबु्रअरी २४ मा रुसले युक्रेनमा सैन्य हमला सुरु गरेको थियो ।

    नेटो सदस्यता बन्न नहुने हो भने सुरक्षा प्रत्याभूति दिएर आफ्नो देशका आठ लाख सैनिकलाई आर्थिक सहयोग गर्ने हो भने पनि तयार भएको जेलेन्स्कीले बताएको चिनियाँ अखबार ग्लोबल टाइम्सले उल्लेख गरेको छ । गत मे महिनामा जेलेन्स्कीको पाँच वर्षे कार्यकालको सीमा सकिएको थियो ।

    युक्रेनमा सैन्य कानुन लागु भएको र देश युद्धमा भएको चुनाव गर्न नसकिने भन्दै युक्रेन तथा युक्रेनी समर्थक यूरोपेली देशहरुले जेलेन्स्कीलाई आधिकारिक नेता मानेका छन् । तर, पुटिन र ट्रम्पले भने मान्यता नदिएको जस्तो तर्क गर्दै आएका छन् ।

  • गुप्तचर विभागको उपप्रमुखमा सेलिब्रेटी पडकास्टर नियुक्त गरे ट्रम्पले

    गुप्तचर विभागको उपप्रमुखमा सेलिब्रेटी पडकास्टर नियुक्त गरे ट्रम्पले

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको गुप्तचर विभागको उपप्रमुखमा एक पडकास्टर नियुक्त गरेका छन् । बेलायती विश्व च्यानल बीबीसीका अनुसार अमेरिकाको संघीय अनुसन्धान व्यूरो (एफबीआई)को उपप्रमुखमा पडकास्टर ड्यान बोनगिनोलाई नियुक्त गरेका छन् ।

    देशलाई अतिधेरै माया गर्ने मान्छे भन्दै ट्रम्पले उनको परिचय दिएर सामाजिक संजालमा घोषणा गरेका छन् । ५० वर्षका पडकास्टर सँधै पडकास्टर मात्रै होइनन् । न्यू योर्क प्रहरी विभाग र सेक्रेट सर्विसमा उनले काम गरेको अनुभव लिएका छन् ।

    उनी ट्रम्पका कट्टर समर्थक हुन् । दि ड्यान बोनगिनो सो नामक पडस्कार चलाउनको उनका फेसबुक सक्रियता अमेरिकाका सीएनएन र फक्स न्यूजको दुवै जोड्दा भन्दा धेरै हुने बीबीसीले उल्लेख गरेको छ ।

     

  • अमेरिकाका सरकारी कर्मचारीलाई मस्कको मेल- कि प्रगति गरेको देखाऊ, नत्र राजीनामा देऊ

    अमेरिकाका सरकारी कर्मचारीलाई मस्कको मेल- कि प्रगति गरेको देखाऊ, नत्र राजीनामा देऊ

    काठमाडौं । अमेरिकी सरकारी कर्मचारीहरूमा हालसालै एक इमेल गएको छ । इमेलमा सरकारी कर्मचारीहरूलाई आफूले गरेका प्रगतिहरूको फेहरिस्त देखाउन र त्यसो गर्न नसकेमा राजीनामा दिन भनिएको छ ।

    राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नाजायज सरकारी खर्च कटौती गर्नलाई बनाएको डिपार्टमेन्ट अफ गभरमेन्ट इफिसिएन्सी (डज)का प्रमुख एलन मस्क नेतृत्वमा उक्त इमेल गएको हो ।

    अमेरिकी मिडिया सीबीएसन्यूजका अनुसार मस्कले नेतृत्व गरेको इमेलको उत्तर कर्मचारीहरूले सोमबार मध्यरातसम्म दिनुपर्ने छ ।

    नदिएको खण्डमा वा आफूले गरेका प्रगतिहरू देखाउन नसकेको खण्डमा राजीनामा मानिने इमेलमा भनिएको छ ।मस्कले पठाएको इमेलमा भनिएको छ, ‘तपाईँले पछिल्लो हप्तामा के गर्नुभयो ?’ मस्कले आफ्नै स्वामित्वका सामाजिक संजाल एक्समा पोस्ट गर्दै उत्तरहरू बुलेटमा लेखेर दिन सकिने र त्यत्ति गर्नलाई पाँच मिनेट मात्रै लाग्ने उल्लेख गरेका छन् ।

    मस्कले राष्ट्रपति ट्रम्पकै लाइनमा आफूले इमेल पठाएको सार्वजनिक रूपमा बताइसकेका छन् । शनिवार ट्रम्पले एक सभामा आफूले कर्मचारीतन्त्रमा उत्कृष्ट कर्मचारी राख्ने र निकृष्टलाई हटाउने बताएको सीबीएसन्यूजले उल्लेख गरेको छ ।

  • को हुन् शिक्षा र राजनीतिमा ओडिसामा जमेका किटका संस्थापक अच्युत सामन्त ?

    को हुन् शिक्षा र राजनीतिमा ओडिसामा जमेका किटका संस्थापक अच्युत सामन्त ?

    काठमाडौं । अहिले नेपालमा किट कलेजको सवाल अझै सेलाएको छैन । नेपाल आएका किटका विद्यार्थीहरुले गरेका विभिन्न पत्रकार सम्मेलन तथा जानकारीहरुले किट मुद्दा सेलाएकै छैन । किट कलेजमा नेपाली विद्यार्थीहरुलाई अपमान गर्ने दुई महिला कर्मचारीहरुले गालीको एक कारण किट संस्थाक अच्युत सामन्त थिए ।

    उनलाई अपमान गरेको भन्दै किटका महिला कर्मचारीहरुले उनले ४० हजारलाई पढाएको खर्चको लेखाजोखा गरेर भनेका थिए, ‘तिम्रो देशको बजेट भन्दा धेरै’ ।

    यसरी अपमान गर्ने महिला कर्मचारीले माफी मागिसकेका छन् भने किट कलेजले पनि निकाला गरेको सूचना भारतीय मिडियाहरुमा आएका छन् । आखिर को हुन् त किटका संस्थापक अच्युता ?

    बीजेडीका सांसददेखि राजनीतिबाट सन्याससम्म

    अच्युता सामन्त भारतको ओडिसा राज्यका प्रभावशाली नेता हुन् । त्यहाँको बलियो दल बीजेडीका नेता हुन उनी । उनी सांसद भइसकेका अनुहार हुन् । उनले ओडिसामा दुई निजी शैक्षिक संस्थाहरु खोलेका छन् ।

    उनले खोलेका कालिङ्गा इन्ट्ट्यिुट अफ इस्डस्ट्रियल टेक्नोलोजी (किट) र कालिङ्गा इन्ट्ट्यिुट अफ सोसल साइन्सेज (किस)का संस्थापक पनि हुन् । किट र किसकै आधारमा उनले राजनीति बलियो बनाएका थिए । यद्यपि, पछिल्लो समयमा उनले राजनीतिबाट बिदा लिएका थिए ।

    गत चुनावमा ओडिसाको कन्धमल लोक सभा सिटको चुनावमा बीजेपीसँग हारेपछि उनले राजनीतिबाट सन्यास लिएको घोषणा गरेका थिए ।

    उनको उक्त घोषणाको समाचार भारतीय अखबारहरु डेकन हेराल्डदेखि टाइम्स अफ इण्डियासम्म आएको थियो । बीजेपी उम्मेदवार सुकुन्त कुमार पानिग्राहीसँग सामन्तले २१ हजार ३७१ मतले सन २०२४ को चुनावमा पराजित भएका थिए ।

    आफैं प्राध्यापक डाक्टर रहेका अच्युतले किटको विवाद बढ्दै गएपछि प्रकृतिका परिवारका सदस्यहरुबाहेक नेपाली दूतावासका अधिकारीहरुसँग भेटेका अत्युतले परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवा तथा खानेपानी मन्त्री प्रदीप यादवसँग फोनमा कुराकानी गरेपछि प्रकृति लम्सालको नाममा नेपाली विद्यार्थीहरुको लागि छात्रबृत्ति स्थापना गर्ने प्रतिबद्धता घोषणा गरेका थिए ।

     

  • युक्रेन अशिष्ट भएको डोनाल्ड ट्रम्पको आरोप : अर्थसचिवलाई गरिएको ‘व्यवहार’मा आपत्ति

    युक्रेन अशिष्ट भएको डोनाल्ड ट्रम्पको आरोप : अर्थसचिवलाई गरिएको ‘व्यवहार’मा आपत्ति

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन अशिष्ट भएको भन्दै आरोप लगाएका छन् । बुधबार अमेरिकी राष्ट्रपति चढ्ने जहाज एयर फोर्स वानमा उक्लनु अगाडि ट्रम्पले पत्रकारसँग यस्तो बताएको रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ ।

    आरटीका अनुसार अमेरिकी अर्थसचिव स्कट बेसेन्टले युक्रेनको राजधानी किभमा यात्रा गर्दा खराब व्यवहार गरिएको भन्दै ट्रम्पले आलोचना गरेका छन् । उनले लामो रेल यात्रामा किभ पुगेका स्कटसँग भेट्न राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले समय नदिएको बताएका छन् ।

    उनले भनेका छन्, ‘जेलेन्स्की सुतिरहेकोले भेट्न हाजिर भएनन् ।’ युक्रेनका खनिजहरुमा अमेरिकालाई स्थान दिनेबारेमा कुनै सम्झौता नभएकोमा ट्रम्पले आपत्ति जनाएका छन् ।

    पछिल्लो समयमा ट्रम्प र जेलेन्स्कीको वाक युद्ध सुरु भएको छ । ट्रम्पले जेलेन्स्कीलाई चुनाव नगर्ने तानाशाह भनेका छन् भने ट्रम्पलाई जेलेन्स्कीले रुसी मिथ्या सूचनाको अन्तरिक्षमा पुगेको आरोप लगाएका छन् । हालसालै अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले ट्रम्पसँग मुखाले भएर युक्रेनी राष्ट्रपतिलाई कुनै फाइदा नहुने बताएका छन् ।

    हालासालै रुसी र अमेरिकी विदेशमन्त्रीहरुले साउदी अरबमा भेट गरेका थिए । भेटमा जेलेन्स्कीलाई निम्तो गरिएको थिएन् । त्यसपछि दुई देशका राष्ट्रपतिहरुको आरोपप्रत्यारोप सुरु भएको हो ।

     

  • अजरबैजान र इरान हुँदै आउने रुस-भारत नयाँ व्यापार रुटले घटायो ५६ प्रतिशत खर्च

    अजरबैजान र इरान हुँदै आउने रुस-भारत नयाँ व्यापार रुटले घटायो ५६ प्रतिशत खर्च

    काठमाडौं । रुस र भारतको नयाँ व्यापार मार्गले दुई देशको व्यापारको लागत स्वाट्टै घटाएको छ । रुसी विश्व च्यानल आरटीका अनुसार उक्त रुटले व्यापार खर्च घटाएको तथा व्यापार आयातन बढाएको छ ।

    इन्टरनेसनल नर्थ साउथ ट्रेड करिडोरको नाममा परिचित नयाँ रुट रुस, अजरबैजान, इरान हुँदै भारत आउँछ ।

    यसले पुरानो लामो रुट भन्दा छोटो समयमा सहज आयात निर्यातमा सहजता थपेको आरटीले उल्लेख गरेको छ । उक्त रुटबाट व्यापार १.७ गुुणाले बढेको रुसी अधिकारीहरुले दाबी गरेका छन् ।

    युक्रेन युद्ध सुुरु भएसँगै अमेरिका तथा यूरोपेली देशहरुको नाकाबन्दीमा परेता पनि रुस र भारतले व्यापार गर्दै आएका छन् ।

    उनीहरुले पश्चिमा देशहरुलाई नछोइकन बनेको नयाँ व्यापार करिडोरबाट व्यापार बढाएका छन् ।

     

  • अमेरिकी भिसामा नयाँ नियम- नवीकरणको म्याद घटाइयो, पुन: अन्तरवार्ता दिनुपर्ने

    अमेरिकी भिसामा नयाँ नियम- नवीकरणको म्याद घटाइयो, पुन: अन्तरवार्ता दिनुपर्ने

    काठमाडौं । अमेरिकाले भिसा सकिएको ४८ महिनामा अन्तरवार्ता नगरिकन भिजा नवीकरण हुने प्रावधान हटाएको छ । नयाँ प्रावधानअनुसार ४८ महिनामा भिसा नवीकरण हुने कुरालाई घटाएर १२ महिनामा ल्याइएको छ ।

    यस्तै, अब यस्ता लक्षित वर्गका सेवाग्राहीले अनिवार्य अन्तरवार्ता दिनुपर्ने भएको छ । यसअघि अन्तरवार्ता नगरिकन भिसा नवीकरण हुने प्रावधान रहेको भारतीय अखबार बिजनेस टूडेले उल्लेख गरेको छ ।

    उच्च दक्ष पेशाकर्मीलाई दिइने एच-१बी, शैक्षिक कार्यक्रममा आएका अन्तर्राष्ट्रिय विद्यार्थीलाई दिइने एफ-१ तथा छोटो समयमा आएका पर्यटक तथा व्यापारिक क्षेत्रको लागि दिइने बी१/बी२ भिजा लिनेहरुलाई यो प्रावधानले असर गर्ने बताइएको छ ।

    यही मंगलबार अमेरिकाको स्टेट डिपार्टमेन्टले एक सन्देश जारी गरेर यस्तो जानकारी दिएको हो ।

     

  • प्रकृति लम्सालको नाममा किट कलेजले छात्रवृत्ति कोष स्थापना गर्ने

    प्रकृति लम्सालको नाममा किट कलेजले छात्रवृत्ति कोष स्थापना गर्ने

    काठमाडौं । कलेजमा मृत फेला परेकी नेपाली विद्यार्थी प्रकृति लम्सालको नाममा केआइआइटी कलेजले छात्रवृत्ति कोष स्थापना गर्ने भएको छ ।

    मृतक लम्सालका बुबा र काकासँग भेट गरेपछि यस्तो घोषणा भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । केआइआइटीकि संस्थापक अच्युता सामन्ताले यस्तो जानकारी सार्वजनिक गरेको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।

    ‘लम्सालको सम्मानमा उनको स्मृतिमा एक छात्रवृत्ति स्थापना गरिनेछ ।’ केआइआइटी संस्थापक अच्युता सामन्ताले परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवा तथा खानेपानी मन्त्री प्रदीप यादवसँग नेपाली विद्यार्थीहरुको सुरक्षित फिर्तिको बारेमा कुराकानी गरेको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।

    बुधबारै २० वर्षे प्रकृतिको शव नेपाल ल्याएर सद्गगद गरिएको थियो ।

  • ट्रम्पपछि मस्क र उपराष्ट्रपति जेडी भेन्स पनि खनिए जेलेन्स्कीमाथि, के-के भने ?

    ट्रम्पपछि मस्क र उपराष्ट्रपति जेडी भेन्स पनि खनिए जेलेन्स्कीमाथि, के-के भने ?

    काठमाडौं । अमेरिकी उपराष्ट्रपति जेडी भेन्स र खर्बपति एलन मस्क दुवैले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको आलोचना गरेका छन् ।

    जेडी भेन्सले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गाली गरेर राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई कुनै फाइदा नहुने बताएका छन् ।

    जेलेन्स्कीले ट्रम्प ‘रुसको मिथ्या सूचनाको अन्तरिक्षमा’ बसेको आरोप बुधवार लाएका थिए । त्यसको प्रतिक्रियामा भेन्सले यस्तो प्रतिक्रिय दिएको रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ ।

    यस्तै जेलेन्स्की विरुद्धमा टेस्ला कार, अन्तरिक्ष कम्पनी स्पेस एक्स तथा सामाजिक सञ्जाल एक्सका मालिक एलन मस्कले पनि विरोध गरेका छन् । मस्कले अमेरिकी पत्रकार गोन्जाले लिराको हत्या गरेको बताएका छन् ।

    सन २०२४ जनवरीमा मृत्यु भएका पत्रकारको दोष जेलेन्स्कीलाई लाएका छन् ।

    उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘जेलेन्स्कीले अभिव्यक्ति स्वतन्त्रता प्रत्याभूति नगरुन्जेल र निर्वाचन रोकिउन्जेल युक्रेनी जनताको प्रतिनिधित्व गर्न सक्दैनन् ।’

    मस्कले जेलेन्स्कीले अनावश्यक युद्ध गरेर युक्रेनका धेरै छोराहरू तथा बाबुहरूको हत्या गरेको भन्दै आलोचना गरेका छन् ।

    यही आलोचनालाई ट्रम्पले पनि सामाजिक सञ्जाल एक्समा सेयर गरेका छन् ।

  • जेलेन्स्कीविरुद्ध खनिए ट्रम्प- के के भने ?

    जेलेन्स्कीविरुद्ध खनिए ट्रम्प- के के भने ?

    काठमाडौं । अमेरिकी र रुसी विदेशी मन्त्रीहरूको साउदी अरबमा भएको भेटसँगै डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीविरुद्ध पोस्ट गरेका छन् ।

    जेलेन्स्कीलाई ‘मध्यम स्तरको हास्य कलाकार’ उपमा दिएका छन् ।

    युरोपले भन्दा २ खर्ब अमेरिकी डलर अमेरिकाले दिएको, जम्मा साढे तीन खर्ब डलर दिइसकेको, अनावश्यक युद्ध बाइडेनको आडमा सुरु गरेको, युक्रेनलाई ध्वस्त गरेको, लाखौँको जीवन सकाएको जस्ता आरोप जेलेन्स्कीलाई ट्रम्पले लाएका छन् ।

    ट्रम्पले जेलेन्स्कीलाई चुनाव नगर्ने ‘तानाशाह’ पनि भनेका छन् । ट्रम्पले लेखेको पोस्ट जेडी भेन्स, एलन मस्क लगायतले सेयर गरेका छन् । यो समाचार रुसी तथा विश्व मिडियामा प्राथमिकताका साथ आएको छ ।

    सन २०२२फेब्रुअरीबाट रुसले युक्रेनमा हमला गरेर युद्ध सुरु भएको थियो ।

    अमेरिकी र युरोपेली हतियार, आर्थिक , गुप्तचरी तथा कूटनीतिक आडमा युक्रेनले युद्ध लडेको थियो । ट्रम्प आएसँगै अब युक्रेनलाई सकस हुने देखिएको छ ।