Category: विश्व प्रेस

  • ट्रम्प प्रशासनद्वारा यूएसएडको औपचारिक योजना घोषणा

    ट्रम्प प्रशासनद्वारा यूएसएडको औपचारिक योजना घोषणा

    वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकी अन्तर्राष्ट्रिय विकास संस्था युएसएडलाई प्रभावकारी रुपमा ‘पुनर्गठन’ गर्ने घोषणा शुक्रबार गरेको छ ।

    अमेरिकी विदेशमन्त्री मार्को रुबियोले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आज विदेश मन्त्रालय र अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएड)ले सन् २०२५ को जुलाई १ सम्ममा विभागलाई यूएसएडका केही कार्यहरु पुनः समेट्ने गरी पुनर्गठन गर्ने आफ्नो आशयबारे कङ्ग्रेसलाई सूचित गरेका छन् ।’

    विदेश मन्त्रालयले प्रशासनको प्राथमिकतासँग मेल नखाने ‘यूएसएड’का बाँकी कामहरू बन्द गर्ने योजना बनाएको छ’, उनले भने, ‘दुर्भाग्यवश यूएसएडका कार्यक्रममा लाभ धेरै कम थियो र लागत धेरै उच्च थियो । संस्था धेरै पहिले नै आफ्नो मूल अभियानबाट पछि हटेको थियो ।’

    गत जनवरीमा पदभार ग्रहण गरेपछि रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले ९० दिनका लागि अमेरिकी वैदेशिक सहायता रोक्का गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।

    यसपछि यूएसएडका विभिन्न कार्यक्रमहरूमा नाटकीय कटौती गरियो र महत्त्वपूर्ण मानवीय सहायताका लागि केही छुटहरू दिइयो । सन् १९६१ मा अमेरिकी कङ्ग्रेसले सिर्जना गरेको स्वतन्त्र एजेन्सीमाथि सहायता रोक्काले स्तब्ध र निराश बनाएको छ ।

    विदेश सम्बन्धसम्बन्धी समितिमा सिनेटका डेमोक्र्याट संसद्हरूले यस कदमको निन्दा गर्दै एक विज्ञप्तिमा भनेका छन्, ‘पुनर्गठनले ‘यूएसएडका कुनै पनि कार्यक्रमहरू कार्यान्वयन गर्न असम्भवमात्र बनाउनेछैन, तर विदेश विभागमाथि थोपरिएको बोझले यसको मूल मिशनमा विशेष व्यवधान निम्त्याउनेछ ।’

    ‘यो प्रस्ताव गैरकानुनी, खतरनाक र गलत छ’, विज्ञप्तिमा भनिएको छ ।

    बन्द हुनुअघि यूएसएडले करिब ४३ अर्ब अमेरिकी डलरको वार्षिक बजेट व्यवस्थापन गरेको थियो, जुन विश्वको मानवीय सहायताको ४० प्रतिशतभन्दा बढी हो । ट्रम्पले पदभार ग्रहण गरेलगत्तै त्यहाँका अधिकांश कर्मचारीलाई प्रशासनिक बिदामा राखिएको थियो ।

    यूएसएडका कर्मचारीहरूलाई शुक्रबार एक पत्रमार्फत कानूनले आवश्यक नपरेका सबै रोजगारी हटाउने योजनाबारे जानकारी गराएको विभिन्न अमेरिकी सञ्चार संस्थाहरूले जनाएका छन् ।

    पत्रमा स्वतन्त्र निकाय यूएसएडका कार्यबाहक प्रमुख जेरेमी लेविनले अमेरिकी विदेश मन्त्रालयले आगामी महिनाहरूमा यूएसएडका अधिकांश स्वतन्त्र कार्यहरू बन्द गर्ने योजना बनाएको बताएका छन् । -रासस/एएफपी

  • म्यान्मार र थाइल्यान्डमा शक्तिशाली भूकम्प- भवनहरु ध्वस्त, मानवीय क्षति कति ?

    म्यान्मार र थाइल्यान्डमा शक्तिशाली भूकम्प- भवनहरु ध्वस्त, मानवीय क्षति कति ?

    काठमाडौं । शुक्रबार मध्य म्यान्मारमा आएको शक्तिशाली भूकम्पले राजधानी न्यापिडोका सडकहरू ध्वस्त पारेको, भवनहरूलाई क्षति पुर्याएको र छिमेकी थाइल्यान्डका मानिसहरूलाई सडकमा भाग्न बाध्य पारेको छ ।

    शुक्रबार दिउँसो सागिङ सहरको उत्तरपश्चिममा ७.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ । केही मिनेटपछि सोही क्षेत्रमा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    एएफपी पत्रकारहरूका अनुसार २० लेन चौडा राजमार्गहरू भएको एक फराकिलो म्यान्माको राजधानी न्यापिडोमा भवनहरूका छतका टुक्राहरू खस्दै सडकहरू भत्किएका छन् ।

    भूकम्प आएर हल्लाउन थाल्दा एएफपी पत्रकारहरूको एउटा टोली न्यापिडोको राष्ट्रिय सङ्ग्रहालयमा थियो ।

    वर्दीधारी कर्मचारीहरू बाहिर दौडिँदा घरको छत र भित्ताबाट टुक्राहरू खसेका थिए । तिनीहरूमध्ये कोही काँपेका र आँसुले भरिएका थिए भने अरूले प्रियजनहरूलाई सम्पर्क गर्ने प्रयास गर्न सेलफोन समातेका थिए ।

    स्थिर हुनुअघि करिब आधा मिनेटसम्म जमिन हिंसात्मक रूपमा कम्पन भयो ।

    भूकम्पपछि हताहतको तत्काल कुनै खबर आएको छैन तर भूकम्पले उत्तरी थाइल्यान्डका नजिकैका सहरहरू र राजधानी बैंककसम्म आतङ्क फैलायो ।

    भवनहरू क्षतिग्रस्त

    भूकम्पले बैंककका भवनहरूलाई क्षति पुर्याएको छ र केही मेट्रो र लाइट रेल सेवाहरू निलम्बित गरिएको छ ।

    थाई प्रधानमन्त्री पेटोङटार्न सिनावात्राले शुक्रबार एक पोस्टमा उनले दक्षिणी फुकेट टापुमा आधिकारिक भ्रमणलाई बीचमै रोकेर भूकम्पपछि ‘आकस्मिक बैठक’ गरेको बताए  ।

    बेइजिङको भूकम्प एजेन्सीका अनुसार कम्पन चीनको दक्षिणपश्चिमी युनान प्रान्तमा पनि महसुस गरिएको छ । एजेन्सीले ७.९ म्याग्निच्युडको कम्पन मापन गरेको छ ।

    म्यान्मामा भूकम्प सामान्य छ । यहाँ सन् १९३० देखि सन् १९५६ सम्म सागाइङ फल्टको वरपर छ वटा ठूला भूकम्प आएका थिए ।

    मध्य म्यान्माको प्राचीन राजधानी बगानमा ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पले सन् २०१६ मा तीन जनाको ज्यान लिएको थियो भने पर्यटन स्थलका मन्दिर र स्तम्भहरू भत्किएका थिए ।

    विशेषज्ञहरूका अनुसार म्यान्मारका सहरहरूमा तीव्र विकास, पुरानो पूर्वाधार र कमजोर सहरी योजनाले लोकप्रिय क्षेत्रहरूलाई भूकम्प र अन्य विपत्तिहरूप्रति असुरक्षित बनाएको छ ।

    गरिब दक्षिणपूर्वी एसियाली यो राष्ट्रमा विशेष गरी ग्रामीण राज्यहरूमा चिकित्सा प्रणाली कमजोर छ ।

    बैंककमा कम्तीमा दुई जनाको मृत्यु

    थाई आपत्कालीन प्रतिक्रियाकर्ताहरूले राजधानी बैंककमा शक्तिशाली भूकम्प आएपछि खसेको भवनको भग्नावशेषमुनि दुई जनाको मृत्यु भएको र अज्ञात सङ्ख्यामा अन्य अझै रहेको बताएका छन् ।

    उद्धारकर्मी सोङ्वुट वाङपोनले निर्माणाधीन अग्लो भवनको भग्नावशेषको थुप्रो बाहिर कुरा गर्दै पत्रकारहरूलाई अन्य सात जना जीवित फेला परेका जानकारी दिए ।

    शुक्रबार दिउँसो ७.७ म्याग्निच्युडको भूकम्प आउँदा बहुतले भवन ढल्यो, जसका कारण भवनको शिरमा रहेको क्रेन भुइँमा ढल्यो र धुलोको विशाल हावा देखिएको थियो । –रासस/एएफपी

  • थाइल्यान्ड र म्यानमारमा शक्तिशाली भूकम्प, बैंकको गगनचुम्बी भवन ध्वस्त

    थाइल्यान्ड र म्यानमारमा शक्तिशाली भूकम्प, बैंकको गगनचुम्बी भवन ध्वस्त

    काठमाडौं । थाइल्यान्ड र मान्मारमा शक्तिशाली भूकम्प गएको छ । ७.७ रेक्टर स्केल मापन गरिएको भूकम्पले बैंकको गगनचुम्बी स्काइ क्रापर भवन नै ध्वस्त भएको छ । कैयौं हताहत भएको अनुमान छ ।

    संयुक्त राज्य भूगर्भ सर्वेक्षण ( यूएसजीएस) का अनुसार ७.७ रेक्टर स्केलको भूकम्पको केन्द्रबिन्दु बर्मेली शहर सागाइङबाट १६ किलोमिटर (१० माइल) उत्तरपश्चिमस्थित मन्डले शहर नजिकै रहेको छ । यो राजधानी नेपिडावबाट लगभग १०० किलोमिटर उत्तरमा रहेको क्षेत्र हो।

    चीन र थाइल्यान्डमा भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पको क्षतिबारे विवरणहरु आउने क्रम जारी छ । बैंककमा बढी क्षति पुगेको हुनसक्ने अधिकारीहरुले जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ।

  • रुस र युक्रेन काल सागरमा युद्धविराम गर्न सहमत

    रुस र युक्रेन काल सागरमा युद्धविराम गर्न सहमत

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति मिसनअनुसार रुस र युक्रेनले काल सागरमा युद्धविराम गर्ने सहमति गरेका छन् । बेलायती विश्व च्यानल बीबीसीका अनुसार साउदी अरबमा भएको तीन दिने शान्ति वार्तापछि उक्त सहमति भएको हो ।

    ‘दिगो शान्तिको लागि’ सबै पक्षले काम जारी राख्ने अमेरिकाले बताएको बीबीसीले उल्लेख गरेको छ । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले काल सागरको युद्धविरामले सकारात्मक दिशा दिएको बताएका छन् । रुसी राष्ट्रपति पुटिनबाट यसबारेमा सार्वजनिक प्रतिक्रिया आइसकेको छैन ।

    सन् २०२२ फेब्रुअरी अन्तिम हप्ताबाट युक्रेनमा रुसले सैन्य हमला गरेको थियो । युद्धमा युक्रेनको पक्षमा अमेरिका, युरोप तथा अरु अमेरिकी धुरीका देशहरुले साथ दिँदै आएका थिए, तर अमेरिकामा राष्ट्रपति चयन भएर आएका ट्रम्पले रुससँग समन्वयको नीति लिएर युद्धको पल्ला युक्रेनको पक्षमा होइन, रुसको पक्षमा पारिदिएका छन् ।

  • ‘होली वाइन’ खुवाउने चर्च बन्द गर्न जापानी अदालतको आदेश, के छ नेपालसँग सम्बन्ध ?

    ‘होली वाइन’ खुवाउने चर्च बन्द गर्न जापानी अदालतको आदेश, के छ नेपालसँग सम्बन्ध ?

    काठमाडौं । नेपालमा ‘होली वाइन’ खुवाउने भनेर चर्चा र विवादमा आएको युनिफिकेसन चर्चका सबै कारोबार बन्द गर्न जापानी अदालतले आदेश दिएको छ । जापानको टोकियो अदालतले मंगलबार यस्तो आदेश दिएको जापानको अंग्रेजी भाषाको मिडिया जापान टाइम्सले उल्लेख गरेको छ ।

    जापान टाइम्सका अनुसार युनिफिकेसन चर्चले चन्दा असुल्न हदैसम्मका गतिविधिहरु गरेको भन्दै यस्तो आदेश आएको बताइएको छ । अदालतको आदेशले चर्चलाई दिइँदै आएको कर छुट खारेजमात्रै गरेको छैन, चर्चाका सम्पत्तिहरु बेचबिखन गर्न आदेश दिएको छ ।

    जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको सन् २०२२ जुलाईमा भएको हत्यामा यो चर्चका गतिविधिहरु जोडिएकाले त्यस मुद्दामा डेढ वर्षको बन्द कोठाको सुनुवाइपछि यस्तो फैसला आएको जापान टाइम्सले उल्लेख गरेको छ ।

    सन् २०२३ को अक्टोबरमा जापानको शिक्षा मन्त्रालयले अदालतमा मुद्दा दायर गरेर चर्चको इजाजत बन्द गर्न माग गरेको थियो । त्यसैअनुसार अहिले फैसला आएको छ । चर्चबारेमा नागरिक तहबाट पनि ३२ मुद्दा परेको बताइएको छ ।

    जापान टाइम्सका अनुसार जापानका मुख्य सचिव योसिमासा हायासीले फैसलाको स्वागत गरेका छन् । उनले भनेका छन्, ‘पीडितलाई सहयोग गर्न जे जे गर्नुपर्ने हो, त्यो त्यो गर्न हामी तयार छौं ।’

    युनिफिकेसन चर्च र नेपालसँगको सम्बन्ध !

    युनिफिकेसन चर्च दक्षिण कोरियामा मुख्यालय भएर प्रादुर्भाव गरिएको एक चर्च हो । यसले धर्म परिवर्तन वा धार्मिक गतिविधिहरु विश्वभर गर्दै आएको छ । सन म्युङ मुनले सन् १९५४ मा यसको स्थापना गरेका थिए । विभिन्न मिडियाहरुमा लगानी, व्यापारिक कारोबारमा संलग्नता र विभिन्न देशहरुमा गतिविधिहरुले यो चर्च बलियो छ ।

    नेपालमा यसलाई युनिफिकेसन चर्चभन्दा पनि युनिभर्सल पीस फेडरेसनको नाममा चर्चा गरिन्छ । यसले नेपालमा होली वाइन खुवाउने, विभिन्न अवार्डहरु खासगरी शान्तिदूतको नाममा दिने गरेको छ । नेपालका धेरै नेताहरुलाई विभिन्न देशहरुमा लगेर अवार्ड दिने वा नेपालकै प्रभावशालीहरुलाई नेपालमै पनि अवार्ड दिएर यसले प्रभाव बढाउने गरेको छ ।

    माधव नेपाललाई होली वाइन खुवाउन उत्तर कोरिया पुर्‍याउनेदेखि केपी शर्मा ओलीलाई होली वाइनमा जोड्ने यही युनिफिकेसन चर्च हो । यसले गिरिजाप्रसाद कोइराला र सुजाता कोइरालालाई पनि आफ्नो अभियानमा जोडेको थियो ।

    नेपालमा चलेका वैवाहिक प्रतिबद्धता समारोहको आयोजक यही चर्च हो ।

    एकनाथ ढकाल नेपालका हर्ताकर्ता हुन् । कोशी प्रदेशमा बिक्रमश्री भनेर परिचित नारायणप्रसाद तिम्सिना यो अभियानमा जोडिएका चिनिएका केही नाम हुन् । उनीहरुले मुनलाई शान्ति दूत भन्दै चर्चा गर्छन् ।

    याे पनि पढ्नुस्: सिन्जो आबे हत्या प्रकरण : विवादस्पद धार्मिक अभियानले निम्त्याएको परिणाम

  • दक्षिण कोरियामा डढेलो, १८ जनाको मृत्यु र २७ हजार विस्थापित

    दक्षिण कोरियामा डढेलो, १८ जनाको मृत्यु र २७ हजार विस्थापित

    काठमाडौं । दक्षिण कोरियाको सबैभन्दा खराब मध्येको तीव्र हावाका कारण फैलिएको डढेलोले देशको दक्षिणी क्षेत्रहरूलाई ध्वस्त पारेको छ ।

    अधिकारीहरूका अनुसार आगलागीले १८ जनाको मृत्यु भएको छ भने दुई सयभन्दा बढी संरचनाहरू नष्ट भएको तथा २७ हजार मानिसलाई विस्थापित हुन बाध्य पारेको छ ।

    आगलागीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रहरू मध्ये एक दक्षिणपूर्वी उइसेङ जङ्गलमा लागेको डढेलो निभाउने प्रयासमा एउटा हेलिकप्टर दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएका छन् । कोरिया वन सेवाले उद्धार कार्य जारी रहेको र विमानमा एक पाइलट मात्र थिए भन्ने अनुमान गरेको छ ।

    एक प्राचीन बौद्ध मन्दिर, घरहरू, कारखानाहरू र सवारी साधनहरू लगायत संरचनाहरू नष्ट भएका छन् । आगलागीबाट ४३ हजार तीन सय ३० एकड जमिन जलेको र १९ जना घाइते भएको सरकारको आपत्कालीन प्रतिक्रिया केन्द्रले जनाएको छ ।

    टेलिभिजन सम्बोधनमा दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति हान डक–सुले गत शुक्रबार सुरु भएको डढेलोले विगतका अन्य धेरै डढेलोको तुलनामा बढी क्षति पु¥याएको बताए ।

    “क्षतिहरू बढ्दै छन्”, हानले भने, “हामीसँग यस्ता डढेलोका क्षतिहरू हुन सक्छन् जुन हामीले पहिले कहिल्यै अनुभव गरेका छैनौँ, त्यसैले हामीले यो हप्ताको बाँकी समयमा सबै डढेलोलाई निभाउन हाम्रा सबै क्षमताहरू केन्द्रित गर्नुपर्छ ।”

    हानले रातभरको तीव्र हावाले क्षेत्रहरूमा डढेलो निभाउन कर्मचारीहरूले कठिनाई भोगिरहेको बताए । उनले करिब चार हजार छ सय ५० अग्नि नियन्त्रक, सैनिक र अन्य कर्मचारीहरूले करिब एक सय ३० हेलिकप्टरको सहयोगमा डढेलो निभाउन काम गरिरहेको बताए । उनले बिहीबार केही मात्रामा ५–१० मिलिमिटर पानी पर्ने अपेक्षा गरिएको बताए ।

    पर्यवेक्षकहरूका अनुसार जारी डढेलो दक्षिण कोरियामा जमिन जलेको सन्दर्भमा तेस्रो ठूलो हो ।

    अग्नि नियन्त्रकहरूले सुक्खा बतासका कारण आगलागी नियन्त्रण गर्न सङ्घर्ष गरिरहेकाले धेरै दक्षिणपूर्वी सहर र सहरका अधिकारीहरूले मङ्गलबार बासिन्दाहरूलाई खाली गर्न आदेश दिएका थिए । दक्षिण कोरियाको गृह मन्त्रालयका अनुसार सबैभन्दा ठूलो आगलागी अन्डोङ, छिमेकी र उइसेङ र सान्चेओङ काउन्टी तथा उल्सान सहरमा भएको थियो ।

     

    यसअघि मङ्गलबार अधिकारीहरूले ती क्षेत्रमा सबैभन्दा ठूलो डढेलोमध्ये अधिकांश निभाएको तर हावा र सुक्खा अवस्थाले आगो फेरि फैलिएको बताएका थिए । तर हावा बढेपछि आगो निभाउने प्रयासहरू रातारात आंशिक रूपमा स्थगित गरियो ।

     

    उइसेङमा आगलागीले गाउन्सा मन्दिरका ३० भन्दा बढी संरचनामध्ये करिब आधा नष्ट गरेको छ । यी संरचना मूल रूपमा सातौँ शताब्दीमा निर्माण गरिएको थियो । नष्ट भएका संरचनामध्ये दुई राज्य–निर्दिष्ट ‘खजाना’ –सन् १६६८ मा बनेको खोलामा बनाइएको मण्डप–आकारको संरचना र सन् १९०४ मा राजाको दीर्घायुको अभिव्यक्तिका लागि निर्माण गरिएको जोसेओन राजवंशको संरचना थिए ।

     

    सरकारी र बौद्ध अधिकारीहरूका अनुसार मन्दिरको अर्को राज्य–निर्दिष्ट ‘खजाना’ आठौँ शताब्दीमा निर्मित ढुङ्गाको बुद्ध मूर्तिलाई सुरक्षित स्थानमा सारिएको थियो ।

     

    कोरिया वन सेवाले मङ्गलबार राष्ट्रव्यापी रूपमा डढेलोको चेतावनी उच्च ‘गम्भीर’ स्तरमा बढाएको छ । यसले स्थानीय सरकारहरूलाई आपत्कालीन प्रतिक्रियामा थप कामदारहरू नियुक्त गर्न, वन र पार्कहरूका लागि प्रवेश प्रतिबन्धहरू कडा गर्न र सैन्य एकाइहरूलाई प्रत्यक्ष–आगो अभ्यास रोक्न सिफारिस गर्न आवश्यक परेको छ ।

     

    अधिकारीहरूका अनुसार मृतक १८ जना मध्ये चार जना अग्नि नियन्त्रक र सरकारी कर्मचारी छन् । उनीहरू शनिबार सान्चेओङमा तीव्र हावाले गर्दा आगोको ज्वालामा फसेपछि मारिएका थिए ।

     

    सरकारी अधिकारीहरूले मानवीय त्रुटि सम्भवतः पारिवारिक चिहानहरूमा बढेको घाँस वा वेल्डिङको कामबाट स्पार्कहरू सफा गर्दा आगोको प्रयोगका कारण धेरै आगलागी निम्त्याएको आशङ्का गर्छन् ।

  • ५० लाख अमेरिकी डलर तिर्दा पाइने गोल्ड कार्ड एकै दिन हजार जनाले लिए

    ५० लाख अमेरिकी डलर तिर्दा पाइने गोल्ड कार्ड एकै दिन हजार जनाले लिए

    काठमाडौं । अमेरिकामा एकै दिन एक हजार भन्दा धेरैले गोल्ड कार्ड लिएका छन् । अमेरिकी अर्थ सचिव होवार्ड लुटनिकले यस्तो जानकारी सार्वजनिक गरेका हुन् ।
    उनले एक पडकास्टरसँगको कुराकानीमा उनले गत हप्ता एकै दिन हजार कार्ड बिक्री भएको बताएका छन्। सचिव लुटनिकले भनेका छन्, ‘विश्वका तीन करोड ७० लाखले यो गोल्ड कार्ड किन्न सक्छन् । राष्ट्रपतिले दश लाखले किन्ने अनुमान गर्नु भएको छ ।’ लुटनिकले लगानीकर्ता जोन पाउनसनसँगको भेटमा यस्तो तरिका ट्रम्पले पाएको बताएका छन्।
    अमेरिकाले सित्तैमा चिठ्ठा तानेर दिँदै आएको ग्रीन कार्ड भन्दा ‘इज्जतिलो’ र ‘एलिट’ मानिने यो कार्ड लिने प्रणाली राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरु गरेका हुन् ।
  • क्यानडाका प्रधानमन्त्रीले सदन विघटन गरेर चुनाव घोषणा गरे

    क्यानडाका प्रधानमन्त्रीले सदन विघटन गरेर चुनाव घोषणा गरे

    काठमाडौं । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले सदन विघटन गरेका छन् ।

    जस्टिन ट्रुडोपछि सत्ताको बागडोर सम्हाल्न आएका कार्नीले सदन विघटन गरेका हुन । उनले आगामी अप्रिल २८ मा उपचुनाव गर्ने घोषणा गरेका छन् ।

    बेलायती विश्व च्यानल बीबीसीका अनुसार बैङ्क अफ इङ्गल्याण्डका पूर्वगभर्नरसमेत रहेका कार्नीले ट्रम्पलाई आलोचना गरेर भनेका छन्, ‘उनी हामीलाई विभाजन गरेर हाम्रो कब्जा गर्न खोज्दैछन्।’

  • गाजामा इजरायली आक्रमणमा कम्तीमा १३० जनाको मृत्यु

    गाजामा इजरायली आक्रमणमा कम्तीमा १३० जनाको मृत्यु

    गाजा । गाजा पट्टीमा विगत ४८ घण्टामा इजरायली आक्रमणमा कम्तीमा १३० प्यालेस्टिनीको मृत्यु भएको छ । त्यस्तै २६३ जना घाइते भएको गाजास्थित स्वास्थ्य अधिकारीहरूले शनिबार बताएका छन् ।

    सन् २०२३ को अक्टोबरमा सुरु भएको प्यालेस्टाइन-इजरायली द्वन्द्वमा मृत्यु हुनेको सङ्ख्या ४९ हजार ७४७ पुगेको छ । घाइतेको सङ्ख्या एक लाख १३ हजार २१३ पुगेको छ ।

    विज्ञप्तिमा धेरै पीडितहरू भग्नावशेषमुनि फसेका र नागरिक रक्षा टोलीहरूको पहुँच बाहिर रहेको उल्लेख गरिएको छ ।

    स्वास्थ्य अधिकारीहरूले गाजा पट्टीका बासिन्दाहरूलाई एन्क्लेभमा रहेका अस्पतालहरूमा गएर रक्तदान गर्न आह्वान गरेका छन् ।

    जनवरी १९ मा सुरु भएको हमाससँगको युद्धविराम रद्द भएपछि इजरायलले मङ्गलबार गाजामा पुनः आक्रमण सुरु गरेको थियो । त्यसपछि इजरायली सेनाले दक्षिणी, उत्तरी र मध्य गाजामा जमिन अपरेशन सुरु गरेको थियो । -रासस/सिन्ह्वा

  • टर्किएमा सरकारविरुद्ध हजारौँ प्रदर्शनकारी सडकमा

    टर्किएमा सरकारविरुद्ध हजारौँ प्रदर्शनकारी सडकमा

    इस्तानबुल । इस्तानबुलका मेयर तथा रिपब्लिकन पिपुल्स पार्टी (सीएचपी)का नेता इकराम इमामोग्लुको गिरफ्तारीपछि टर्किएको आन्तरिक सङ्कट गहिरिएको छ । हजारौं मानिस सडकमा ओर्लिएका छन् । धेरै ठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप र गिरफ्तारी भएको छ ।

    राजनीतिक उथलपुथलका बीच टर्किएको शेयर बजारमा विगत दुई दशकयताकै सबैभन्दा ठूलो गिरावट आएको छ । टर्किएको मुद्रा लिरामा पनि गिरावट आएको छ ।

    टर्किएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बढ्दो प्रदर्शनको निन्दा गर्दै शुक्रबारको प्रार्थनापछि आफ्नो सरकारले ‘तोडफोड’ र ‘सडकमा देखिएको आतङ्क’ विरुद्ध कुनै सम्झौता नगर्ने बताएका छन ।

    उनले भने, ‘हामी सार्वजनिक अव्यवस्था स्वीकार गर्दैनौँ ।’

    टर्किएका विपक्षी नेतालाई पक्राउ गरेपछि प्रदर्शनकारीहरु देशभरका सडकमा उत्रिएका छन् । सन् २०२८ को राष्ट्रपतीय चुनावका लागि सीएचपीको उम्मेदवार घोषणा हुनुभन्दा केही दिनअघि बुधबार प्रहरीले इकराम इमामोग्लुलाई भ्रष्टाचार र चरमपन्थी समूहलाई सहयोग गरेको आरोपमा पक्राउ गरेको थियो ।

    इस्तानबुलका मेयर तथा रिपब्लिकन पिपुल्स पार्टी (सीएचपी)का नेता इकराम इमामोग्लु ।

    एक दिनअघि इस्तानबुल विश्वविद्यालयले इमामोग्लुको डिप्लोमालाई अवैध घोषित गरेको थियो । राष्ट्रपति पदका उम्मेदवारका लागि विश्वविद्यालयको डिग्री वा डिप्लोमा अनिवार्य छ ।

    सीएचपीको राष्ट्रपति मनोनयनको चुनाव आइतबार हुन गइरहेको छ, जसमा १५ लाख सदस्यले मतदान गर्नेछन् र इमामोग्लु एकमात्र उम्मेदवार हुन् । इस्तानबुलका मेयर तथा रिपब्लिकन पिपुल्स पार्टी (सीएचपी)का नेता इकराम इमामोग्लुलाई राष्ट्रपति एर्दोगानको मुख्य प्रतिद्वन्द्वी मानिन्छ ।

    टर्किएमा प्रदर्शनमा लगाइएको प्रतिबन्धको अवज्ञा गर्दै प्रदर्शनकारीहरू शुक्रबार तेस्रो दिन पनि सडकमा उत्रिएका छन् । टर्किएको गृह मन्त्रालयले बिहीबार ५३ र शुक्रबार ९७ जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

    सीएचपी एक धर्मनिरपेक्ष राजनीतिक पार्टी हो र इमामोग्लुलाई राष्ट्रपति एर्दोगानको सबैभन्दा बलियो राजनीतिक प्रतिद्वन्द्वीको रूपमा हेरिन्छ । प्रशासनले अनुसन्धानको सिलसिलामा इमामोग्लुसहित १०० भन्दा बढी राजनीतिज्ञ, पत्रकार र व्यापारिक नेताहरूलाई गिरफ्तार गरेको छ । -रासस/एएफपी

  • अमेरिकाद्वारा ५ लाख आप्रवासीको कानूनी मान्यता खारेज

    अमेरिकाद्वारा ५ लाख आप्रवासीको कानूनी मान्यता खारेज

    वासिङ्टन । संयुक्त राज्य अमेरिकाले लाखौं आप्रवासीको कानूनी हैसियत समाप्त गर्ने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी इतिहासकै सबैभन्दा ठूलो निर्वासन अभियान सञ्चालन गर्ने र मुख्यतः ल्याटिन अमेरिकी मुलुकबाट आउने आप्रवासीलाई नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    आगामी वर्षको जनवरीसम्म लागू हुने यो आदेशले ट्रम्पका पूर्ववर्ती जो बाइडेनले अक्टोबर २०२२ मा सुरु गरेको एक योजनाअन्तर्गत संयुक्त राज्य अमेरिका आएका लगभग पाँच लाख ३२ हजार क्युबा, हाइटी, निकारागुआ र भेनेजुयलाका नागरिकहरूलाई प्रभावित गर्नेछ ।

    अमेरिकी गृह मन्त्रालयको आदेश सङ्घीय रजिस्टरमा प्रकाशित भएको ३० दिनपछि उनीहरूले आफ्नो कानूनी सुरक्षा गुमाउनेछन्। यसको अर्थ यो कार्यक्रमद्वारा प्रायोजित आप्रवासीहरूले अप्रिल २४ सम्ममा ‘संयुक्त राज्य अमेरिका छोड्नुपर्छ, जबसम्म उनीहरूले देशमा रहन अनुमति दिने अर्को आप्रवासन स्थिति प्राप्त गर्दैनन्’ आदेशमा भनिएको छ ।

    संयुक्त राज्य अमेरिकामा शरण लिन चाहनेहरूलाई समर्थन गर्ने गैरनाफामूलक संस्था वेलकम डट यूएसले उक्त कदमबाट प्रभावित भएकाहरूलाई ‘तुरुन्तै’ अध्यागमन वकिलको सल्लाह लिन आग्रह गरेको छ ।

    सन् २०२३ को जनवरीमा घोषणा गरिएको क्युबा, हाइटी, निकारागुआ र भेनेजुयलाका नागरिकका लागि सीएचएनभी कार्यक्रमले मानव अधिकारको गम्भीर अभिलेख भएका यी चार मुलुकबाट प्रतिमहिना ३० हजार आप्रवासीलाई दुई वर्षका लागि अमेरिका प्रवेशको अनुमति दिएको थियो ।

    बाइडेनले यो योजनालाई अमेरिका र मेक्सिकोको भीडभाड हुने सीमामा दबाब कम गर्ने ‘सुरक्षित र मानवीय’ तरिकाको रूपमा व्याख्या गरेका थिए । गृह मन्त्रालयले शुक्रबार यो योजना ‘अस्थायी’ भएको बताएको छ ।

    आदेशमा भनिएको छ, ‘प्यारोल स्वाभाविक रूपमा अस्थायी हो र प्यारोलमात्र कुनै पनि अध्यागमन स्थिति प्राप्त गर्न अन्तर्निहित आधार होइन, न यो संयुक्त राज्य अमेरिकामा प्रवेश हो ।’

    क्यालिफोर्नियाका अध्यागमन वकिल निकोलेट ग्लेजरका अनुसार यो आदेशले सीएचएनभी योजनाअन्तर्गत अमेरिका प्रवेश गरेका ५० लाख आप्रवासीमध्ये अधिकांशलाई असर गर्नेछ ।

    ‘यसका लागि केवल ७५ हजार शरण आवेदनहरू कानूनी रूपमा दायर गरिएको थियो । त्यसैले सीएचएनभी प्यारोलहरूको विशाल बहुमतले आफूलाई स्थिति, वर्क परमिट र निष्कासन योग्य ठहर गर्नेछ’, उनले एक्समा पोस्ट गरेका छन् ।

    ट्रम्पले गत साता भेनेजुयलाको एक गिरोहका २०० भन्दा बढी कथित सदस्यलाई एल साल्भाडोरमा उडाउने दुर्लभ युद्धकालीन कानून लागू गरेका थिए ।

    नेता निकोलस मदुरोको नेतृत्वमा तेलको धनी भेनेजुयलाको अर्थतन्त्र धराशायी भएपछि पछिल्लो एक दशकमा ७० लाखभन्दा बढी भेनेजुयलावासीले आफ्नो देश छाडेका छन् । -रासस/एएफपी

  • चीनकाे राजकीय अनुसन्धानका गोप्य सूचना विदेशीलाई बेच्ने अन्वेषकलाई दिइयो मृत्युदण्ड

    चीनकाे राजकीय अनुसन्धानका गोप्य सूचना विदेशीलाई बेच्ने अन्वेषकलाई दिइयो मृत्युदण्ड

    काठमाडौं । चीनले अनुसन्धानका गोप्य सूचना विदेशी शक्तिलाई बेच्ने एक अन्वेषकलाई मृत्युदण्डको सजाय दिएको छ । बेलायती विश्व च्यानल बीबीसीका अनुसार बुधबार चीनको राज्य सुरक्षा मन्त्रालयले ती पूर्वअन्वेषकले राज्यका गोप्य सूचनाहरु विदेशीलाई बेचेकाले त्यस्तो सजाय भएको उल्लेख गरेको छ ।

    ती अन्वेषकले आफूलाई संस्थानमा राम्रो नगरिएको भन्दै कार्यालय छोड्नु अगाडि गोप्य सूचनाहरु सुरक्षित गरेका थिए । पछि उनले विभिन्न लगानीहरु गरे, तर सबैमा असफल भए ।

    अनि ती गोप्य सूचना विदेशी एजेन्टलाई ‘कौडीको भाउमा’ बेचे । र, अहिले यही कसुरमा उनलाई मृत्युदण्डको फैसला सुनाइएको बीबीसीले उल्लेख गरेको छ ।

    तर उनको पूरा नाम सार्वजनिक भएको छैन । ती व्यक्तिको थर चैँ लिउ भएको बताइएको छ ।

  • युएसएडमाथिको निलम्बन रोक्न मस्कलाई अदालतको आदेश

    युएसएडमाथिको निलम्बन रोक्न मस्कलाई अदालतको आदेश

    काठमाडौं । एक सङ्घीय न्यायाधीशले एलोन मस्क नेतृत्वको अमेरिकी ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसियन्सी (डोज)’ द्वारा प्रमुख अमेरिकी सहायता एजेन्सी बन्द गर्ने कार्य रोक्न मंगलबार आदेश दिएका छन्।

    अमेरिकी जिल्ला अदालतका न्यायाधीश थियोडोर चुआङले मस्क र डोजले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएड) लाई विघटन गर्नुले अमेरिकी संविधानको धेरै किसिमले उल्लङ्घन गरेको हुनसक्ने बताए।

    राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय सरकारको खर्च र रोजगारी कटौती गर्न अर्बपतिको कानुनी अधिकारलाई चुनौती दिँदै यूएसएडका वर्तमान र पूर्व कर्मचारी र ठेकेदारहरूले दायर गरेको मुद्दाको जवाफमा चुआङले यस्तो आदेश दिएको हो ।

    उनीहरूले अमेरिकी संविधानको ‘नियुक्ति खण्ड’ अन्तर्गत मस्कले आफ्नो अधिकार प्रयोग गर्न सिनेटको अनुमति पुष्टि गर्नुपर्ने तर्क गरेका छन् ।

    न्यायाधीश चुआङले मस्कलाई सरकारमाथि अथाह शक्ति प्रयोग गर्न अनुमति दिने हो भने संविधानको ‘नियुक्ति खण्ड’ को करिब अन्त्यको ढोका खोल्न’ र यसले ‘प्राविधिक औपचारिकता बाहेक अरू केही होइन’ मा सीमित गर्ने बताए ।

    चुआङले मस्क र डोजको कार्यले सन् १९६१ मा कंग्रेसले स्थापना गरेको युएसएडलाई कहिले र कसरी बन्द गर्ने भन्ने निर्णय गर्ने कंग्रेसको अधिकारको उल्लङ्घन गरेको बताए ।

    अमेरिकी विदेशमन्त्री मार्को रुबियोले गत साता विश्वभर मानवीय सहायता वितरण गर्ने युएसएडका ८३ प्रतिशत कार्यक्रम रद्द गर्ने र करिब १२० देशमा स्वास्थ्य र आपतकालीन कार्यक्रम गर्ने बताए ।

    अदालतको यो फैसला ट्रम्पको लागत कटौती र सरकारी कर्मचारी कटौती अभियानका लागि पछिल्लो कानूनी झट्का हो । अर्का एक न्यायाधीशले हालै मस्कको डोजले बर्खास्त गरेका विभिन्न एजेन्सीमा कार्यरत हजारौँ परीक्षण कालका कामदारलाई पुनः नियुक्त गर्न आदेश दिए ।

    चुआङले इमेल र अन्य इलेक्ट्रोनिक प्रणालीमा पहुँच हालका यूएसएड कर्मचारी र ठेकेदारहरूलाई पुनस्र्थापित गर्न आदेश दिए ।

    उनले भने, ‘अदालतले स्थायी रूपमा बन्द भएको कार्यालय यूएसएडका कार्यवाहक प्रशासक वा संयुक्त राज्य अमेरिकाका अन्य आधिकारिक अधिकारीबाट खुलेको पुष्टि नगरे युएसएडलाई आफ्नो वासिङ्टन मुख्यालय पुनः नियन्त्रणमा लिन अनुमति दिइनुपर्छ ।’

    ट्रम्पले गत जनवरीमा एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै युएसएड अन्तर्गतका सबै अमेरिकी विदेशी सहायता रोक्का गर्न माग गरेको थियो ।

  • अमेरिकी भिसा होल्डरहरु निरन्तर निगरानीमा, जुनसुकै बेला हुनसक्छ भिसा रद्द र निष्कासन

    अमेरिकी भिसा होल्डरहरु निरन्तर निगरानीमा, जुनसुकै बेला हुनसक्छ भिसा रद्द र निष्कासन

    काठमाडौं । संयुक्त राज्य अमेरिकाले भिसासम्बन्धी नीतिमा परिवर्तन गरिरहेका बेला अमेरिकी भिसाबाहकहरुलाई निगरानीमा राखिने भएको छ ।

    काठमाडौंस्थित अमेरिकी दूतावासले सूचना जारी गर्दै भिसा जारी भइसकेपछि पनि भिसा जाँचको क्रम नरोकिने जनाएको छ ।

    उनीहरुले अमेरिकी कानून र आप्रवासनका नियमहरु पालना नगरेको पाइमा जुनसुकै बेला भिसा रद्द गरेर निष्कासन गरिने समेत अमेरिकी दूतावासे जनाएको छ । उनीहरुलाई निरन्तर भिसा जाँचमा राखिने सूचनामा उल्लेख छ ।

  • ९ महिना अन्तरिक्षमा अड्किएर पृथ्वी ओर्लिएका बच र सुनिताको कथा (५ प्रश्नोत्तरसहित)

    ९ महिना अन्तरिक्षमा अड्किएर पृथ्वी ओर्लिएका बच र सुनिताको कथा (५ प्रश्नोत्तरसहित)

    काठमाडौं । अन्तरिक्षमा अड्किएका दुई अमेरिकी अन्तरिक्ष यात्री ९ महिनापछि फर्किएको खबर यतिखेर विश्वका समाचार हेडलाइन बनिरहेका छन् । यसरी फर्कनेहरूमा अमेरिकाको नासाको दुई अन्तरिक्ष यात्रु बच विलमोर र सुनिता विलियम्स हुन् । अहिले बच र सुनिता आफू चढेको अन्तरिक्ष यानबाट फ्लोरिडाको समुद्रमा ओर्लेर ‘रोलिङ चेयर’ मा मुस्कानका तस्बिर उत्तिकै भाइरल छन् । बच र सुनिताको अन्तरिक्षमा अलपत्र परेको ९ महिने कथा के हो ? यहाँ त्यसैको चर्चा गरिएको छ ।

    १. उनीहरूको प्रारम्भिक अन्तरिक्ष यात्रा समय कति तोकिएको थियो ?

    अन्तरिक्ष यात्रुहरू सुनिता विलियम्स र बच विलमोर गत जुन ५ मा पृथ्वीबाट अन्तरिक्ष पुगेका थिए । उनीहरूको प्रारम्भिक यात्रा समय एक हप्ताको थियो । तर, यात्रा बढेर ९ महिना पुग्यो । २८६ दिन अन्तरिक्षमा बसेका उनीहरूलाई अमेरिकी समयअनुसार मंगलबारमात्रै पृथ्वीमा ल्याइयो । अन्तरिक्षबाट पृथ्वीमा आउन १७ घण्टा लागेको अलजजिराले उल्लेख गरेको छ । स्पेस एक्सको क्रू ड्रागन क्याप्सुलबाट ओर्लिएका उनीहरूलाई क्रू-९ का कमान्डर तथा नासा अन्तरिक्ष यात्री निक हेग र पाइलट अलेक्सान्दर गोर्बुनोभले ल्याएका थिए । सुनिता र बच फिर्ता गर्ने क्रममा अरु दुई अन्तरिक्ष यात्रीहरुको नाम सूचीबाट हटाइएको थियो । हटाइएकाहरू जेना कार्डमन र स्टेफिनी विल्सन रहेको स्पेस न्यूजले लेखेको छ ।

    २. बसाइ लम्बिनुको कारण के थियो ?

    एक हप्ताका लागि गएका उनीहरू ९ महिना बस्नु पर्ने बाध्यताको कारण प्राविधिक नै भएको बताइन्छ । बोइङ सीएसटी-१०० स्टारलाइनरको परीक्षण उडानको क्रममा उनीहरू अन्तरिक्ष पुगेका थिए । बोइङ अन्तरिक्ष यानले काम नगरेपछि यस्तो भएको बताइएको छ । अमेरिका, रुस, जापान, क्यानडा र युरोपेली संघहरूले सञ्चालन गरेको साझा अन्तरिक्ष स्टेसनमा पुगेका उनीहरू बोइङको प्राविधिक समस्याको कारणले त्यहीँ बस्नुपर्ने बाध्यतामा पुगेका हुन् ।

    ३. योभन्दा धेरै लामो अन्तरिक्षमा बस्ने अरु पनि छन् ?

    सुनिताहरूले अन्तरिक्षको २८६ दिनको बसाइ अहिलेसम्मको लामो भने होइन । यसअघि रुसका भालेरी पोल्याकोभले रुसको अन्तरिक्ष स्टेसन मिरमा लगातार ४३७ दिन बिताएको अष्ट्रेलियन ब्रडकास्टिङ कर्पोरेसनले उल्लेख गरेको छ । किस्ता किस्तामा सबैभन्दा धेरै अन्तरिक्षमा बस्ने अनुहार भने अमेरिकी अन्तरिक्ष यात्रु पेगी वाइटसन हुन् । उनी चार किस्तामा ६७५ दिन अन्तरिक्षमा बसेकी थिइन् ।

    अन्तरिक्षमा बस्नेहरूले फ्रोजन फूड, चकलेट, सुपलगायतका खाना खाने गर्छन् । ती खाना पृथ्वीबाटै लगिन्छ । अन्तरिक्ष स्टेसन आफैँमा व्यवस्थित ठाउँ भएकोले त्यहाँ २८६ दिन वा त्यो भन्दा लामो बस्नु आफैँमा समस्या भने होइन ।

    ४. पृथ्वी फर्किएका अन्तरिक्ष यात्रुलाई लयमा फर्किन कति समय लाग्छ ?

    पृथ्वीमा फर्किएका अन्तरिक्ष यात्रीहरूले धेरै फरक अनुभव गर्नुपर्ने हुन्छ । अन्तरिक्षको गुरुत्व नभएको क्षेत्रबाट गुरुत्व भएको पृथ्वीमा आउने फरकपनाले नै हुनुपर्छ उनीहरू कुनै जहाजका यात्रु जस्तो ओर्लेर ठमठम हिँड्न सक्दैनन् । उनीहरूलाई ह्विल चेयरजस्तो गुड्किने ‘रोलिङ चेयर’ मा राखेर हिँडाइन्छ ।

    अन्तरिक्षबाट पृथ्वीमा आएपछि शारीरिक लयमा आउन केही महिना लाग्ने विभिन्न अन्तरिक्ष यात्रुले भन्दै आएका छन् । अस्ट्रेलियन ब्रडकास्टिङ कर्पोरेसनले एक जानकारसँग बुझ्दा अन्तरिक्षबाट पृथ्वीमा फर्किएसँगै शरीर लयमा आउन दुईदेखि तीन महिना लाग्ने बताएका थिए ।

    यस्तै सन् २०२३ मा टाइम म्यागाजिनसँग कुरा गरेका अन्तरिक्ष यात्रु फ्राङ्क रुबिओले पृथ्वीमा भन्दा अन्तरिक्षमा अनुकूलन सजिलो भएको बताएका थिए । ३७१ दिन लगातार अन्तरिक्षमा बिताएका रुबिओले भनेका थिए, ‘तपाईं अन्तरिक्षमा तत्कालै अनुकूलित हुन सक्नुहुन्छ, तर दुःखको कुरा यो छ कि पृथ्वीमा यही कुरा लामो समय लाग्छ । बढी सकस हुन्छ ।’

    ५. सुनिताहरूको अन्तरिक्ष बसाइको अर्थ राजनीति के हो ?

    सुनिताहरू ९ महिना अन्तरिक्ष स्टेसनमा बस्नुको अर्थ भोकभोकै मर्ने अवस्था आउनु थिएन । न त थियो उनीहरूको ज्यानकै खतरा । तर, उनीहरू अन्तरिक्षमा इन्तु न चिन्तुको अवस्थामा रहेको हल्ला मास मिडिया र सोसल मिडिया दुवैले सनसनी बनाए । यसो हुनुमा राजनीति छ । अर्थराजनीति छ । व्यापारिक प्रतिस्पर्धा छ । राजनीतिक मानमनितोको कुरा छ ।

    अन्तरिक्ष यात्रीहरू अन्तरिक्षमा जाँदा अमेरिकी विमान कम्पनी बोइङको परीक्षण अन्तरिक्ष उडानबाट गए । त्यही उडान नै असफल भइदियो । अन्तरिक्ष स्टेसनमा त जसोतसो पुगे । फर्केर ल्याउने माहोल बनेन । उनीहरू त्यतै अड्किए । र, यो घटनालई एलन मस्कको अन्तरिक्ष कम्पनी स्पेस एक्सले व्यापक प्रचार गर्‍यो । अन्तरिक्षमा बोइङ ब्राण्डभन्दा स्पेस एक्स नै सही ब्राण्ड भन्ने देखाउन पनि यसले घर गर्‍यो । मस्ककै अन्तरिक्ष यानबाट यात्रुहरू ओरालिएको घटनाले अब बोइङ कुख्यात र स्पेस एक्स प्रख्यात हुने वातावरण आएको छ ।


    अझ एलन मस्क र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त यो मुद्दालाई झनै प्रचार गरेका थिए । गत जनवरी अन्तिमतिर मस्कले आफूलाई राष्ट्रपति ट्रम्पले अन्तरिक्षमा अड्केका यात्रुहरूलाई ल्याउन आग्रह गरेको सार्वजनिकरूपमा बताएका थिए । अन्तरिक्ष यात्रुलाई जतिसक्दो चाँडो ल्याउन आफूलाई ट्रम्पले बताएको मस्कले भनेका थिए । उसो त यी अन्तरिक्ष यात्रुहरूलाई फिर्ता ल्याउने महिनौंको योजनानै भएको स्पेस न्यूजले उल्लेख गरेको छ ।

    मस्कले आफ्नो अन्तरिक्ष व्यापारमा प्रतिस्पर्धा गर्ने बोइङको व्यापारमा धक्का पुग्ने खालको अभिव्यक्ति दिएजस्तै ट्रम्पले पनि आफ्ना राजनीतिक प्रतिस्पर्धी बाइडेन र उनको सत्तालाई धक्का पुग्ने अभिव्यक्ति दिए । बाइडेनले चाँडै फिर्ता ल्याउने प्रस्ताव अस्विकार गरेको भन्दै ट्रम्पले मस्ककै लाइनमा बोले ।

    नासाका कार्यवाहक प्रशासक जेनेत पेत्रोसँगको भेटपछि ट्रम्पले आफूले आग्रह गरेरै चाँडो आएको सन्देश दिन सफल भए । ट्रम्पले यहि मार्च १७ मा आफ्नो स्वामित्वको सामाजिक सञ्जाल ट्रूथ सोसलमा भनका थिए, ‘नासाले पहिलेको योजनाभन्दा दुई हप्ता अगाडि नै फर्काउन नासा सहमत भएको छ ।’

  • ट्रम्प-पुटिन वार्ता : ३० दिनको युद्धविराममा सहमति, युक्रेनको प्रतिक्रिया अनिश्चित

    ट्रम्प-पुटिन वार्ता : ३० दिनको युद्धविराममा सहमति, युक्रेनको प्रतिक्रिया अनिश्चित

    वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच युक्रेन युद्धबारे दुई घण्टाभन्दा बढी टेलिफोन वार्ता भएको छ। वार्तामा ३० दिनका लागि युक्रेनको ऊर्जा तथा पूर्वाधारमाथि आक्रमण रोक्ने सहमति भएको ह्वाइट हाउसले जनाएको छ। यो सम्झौताले शान्ति स्थापनाको पहिलो चरणको संकेत गरे पनि युक्रेनले यस योजनामा साथ दिन्छ वा दिँदैन भन्ने अझै स्पष्ट भएको छैन।

    पुटिनले शान्ति वार्ताका लागि युक्रेनलाई विदेशी सैन्य सहायता पूर्ण रूपमा रोक्नुपर्ने शर्त अघि सार्नुभयो, जबकि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पुटिनको प्रस्तावलाई ‘मात्रै कुरा गर्ने’ प्रयास भएको बताए । ट्रम्पले रूससँग ‘केही सम्पत्ति बाँडफाँट’ को विषयमा कुराकानी भइरहेको संकेत गरेपछि युरोपेली राष्ट्रहरू चिन्तित भएका छन्।

    वार्तापछि ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा वार्ता ‘महत्वपूर्ण चरणमा पुगेको’ बताउए, तर अझै धेरै विषयहरू टुंग्याउन बाँकी रहेको उल्लेख गरे । उता, पुटिनले आफ्नो सेना युक्रेनी भूभागमा निरन्तर अघि बढिरहेको दाबी गर्दै नेटो सेनालाई कुनै पनि हालतमा युक्रेनमा तैनाथ हुन नदिने अडान दोर्याए ।

    अमेरिका–युक्रेन विभाजन

    ह्वाइट हाउसमा ट्रम्पको पुनरागमनपछि युक्रेनमा अमेरिकी नीतिमा पूर्ण परिवर्तन आएको छ।

    अमेरिकी राष्ट्रपति ट्रम्पले गत महिना पुटिनसँग कुरा गरेको घोषणा गरेर विश्वलाई चकित पारेका थिए । यसले रुसी सेनाले युक्रेनमा आक्रमण जारी राखेसम्म रुसी राष्ट्रपतिलाई अलग्याउने पश्चिमी प्रयासहरूलाई तोडेको थियो।

    त्यसयता उनले रुसी राष्ट्रपतिसँग ‘धेरै पटक’ कुरा गरेका छन् । पुटिनका लागि उहाँले विगतमा बारम्बार प्रशंसा व्यक्त गरे । यद्यपि कुनै पनि वार्ताको औपचारिक रूपमा घोषणा गरिएको थिएन।

    ट्रम्पका विशेष दूत स्टिभ विटकफले संयुक्त युद्धविराम योजनाको विवरण प्रस्तुत गर्न गत बिहीबार मस्कोमा पुटिनसँग तीन घण्टा बैठक गरेका थिए । उक्त योजनाले युद्धमा ३० दिनको विरामको परिकल्पना गर्दछ।

    तर वासिङ्टनको मस्कोसँगको सम्बन्ध सुधार हुँदा युक्रेनसँगको सम्बन्ध निकै जटिल बनेको छ।

    ट्रम्पको युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग फेब्रुअरी २८ मा ओभल अफिसमा विवाद भएको थियो । उक्त विवादका कारण संयुक्त राज्य अमेरिकाले किएभलाई दिने अर्बौं डलरको सैन्य सहयोग अस्थायी रूपमा निलम्बन गर्न पुग्यो।

    जेलेन्स्की पछि युद्धविराम योजना र संयुक्त राज्य अमेरिकालाई युक्रेनको दुर्लभ खनिज भण्डारमा प्राथमिकताको पहुँच दिने सम्झौता दुवैमा सहमत हुन बाध्य भए ।

    एपी/एएफपी

  • क्राइमियालाई रुसी भूभागको मान्यता दिन अमेरिका तयार

    क्राइमियालाई रुसी भूभागको मान्यता दिन अमेरिका तयार

    काठमाडौं । जनमतसंग्रहबाट रुसमा गाभिएको युक्रेनको क्राइमियालाई रुसी भूभाग मान्न अमेरिका तयार देखिएको छ । अमेरिकी मिडियाले यस्तो जानकारी दिएको रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ ।

    आरटीका अनुसार अमेरिकाले चाँडै मान्यता दिने र त्यसो गर्न संयुक्त राष्ट्रसंघलाई पनि दबाब दिने बताइएको छ । सन् २०१४ मा जनमतसंग्रह दाबी गरिएको एक मतदानबाट क्राइमिया रुसमा गाभिएको थियो ।

    युक्रेन र रुस तनावको समयमा रुसी भाषी बाहुल्य भएको उक्त सामुद्रिक टापु क्षेत्र रुसमा गाभिएको थियो । आफूमा गाभिएसँगै रुसले क्राइमिया जोड्ने सीधा सामुद्रिक पुल बनाएको थियो । उक्त पुलमा युक्रेनले पटकपटक हमला गर्दै आएको छ ।

    सन् २०१४ मा क्राइमिया रुसमा गाभिए पनि अमेरिका, यूरोप तथा विश्वका अरु धेरै देशले यसलाई मान्यता दिएका छैनन् ।

  • चिनियाँ भाषा परीक्षामा ५० प्रतिशत भारतीय विद्यार्थी

    चिनियाँ भाषा परीक्षामा ५० प्रतिशत भारतीय विद्यार्थी

    रुपन्देही । लुम्बिनी बौद्ध विश्वविद्यालयमा स्थापित चिनियाँ भाषा परीक्षण केन्द्रले सञ्चालन गरेको परीक्षामा भारतीय विद्यार्थीको आकर्षण बढ्दै गएको छ ।

    विश्वविद्यालयमा गत वर्षदेखि चिनियाँ भाषा परीक्षण हुने गरेको हो । विश्वविद्यालय अन्तर्गत देवदह शिक्षा विकास परियोजना अन्तर्गत देवदहमा भाषा परीक्षण परीक्षा हुँदै आएको छ ।

    एसएसके परीक्षामा सहभागिताका लागि आवेदन दिने विद्यार्थीमध्ये करिव आधा विद्यार्थी भारतबाट रहेको परियोजनाका निर्देशक डा। कुमार खड्काले जानकारी दिए ।

    पछिल्लो परीक्षामा सहभागी ७२ विद्यार्थीमध्ये ३४ जना भारतीय रहेको खड्काले बताए । भारतको गोवा, केरला, गुजरातलगायतका क्षेत्रबाट विद्यार्थीहरु परीक्षा दिन लुम्बिनी क्षेत्रमा आएका हुन् ।

    एसएसके १ देखि ६ सम्मको परीक्षण विश्वविद्यालयमा हुने गरेको छ । लुम्बिनीमा भाषा परीक्षण शुरु भएपछि नेपाल तथा भारतका विद्यार्थीहरुलाई सहज भइरहेको लुम्बिनी बौद्ध विश्वविद्यालयका चिनियाँ भाषा विषय समितिका अध्यक्ष डा। सागर न्यौपानेले बताए ।

    भाषा परीक्षण केन्द्रमा फ्रेबुअरी महिनाबाहेक हरेक महिना परीक्षा सञ्चालन गर्ने गरिएको निर्देशक खड्काले जानकारी दिए ।

    विश्वविद्यालयमा स्नातक तहमा चिनियाँ भाषा केन्द्रीत भएर बिटिसिएसओएल विषय सञ्चालन गरिएको छ । स्नातक तहमा समेत भारतबाट विद्यार्थी अध्ययन गर्न आएको विश्वविद्यालयले जनाएको छ ।

    विश्वविद्यालयमा चालु शैक्षिक सत्रमा मात्रै ३८ जना विद्यार्थी स्नातक र स्नातकोत्तर तह अध्ययनका लागि भर्ना भएका छन् । आगामी शैक्षिक सत्रमा विदेशी विद्यार्थीको संख्या ब्यापक बढोत्तरी गरिने योजना रहेको छ ।

  • ट्रम्प र पुटिनबीच मंगलबार युक्रेनबारे छलफल हुने

    ट्रम्प र पुटिनबीच मंगलबार युक्रेनबारे छलफल हुने

    वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्ध अन्त्यका लागि रुसी समकक्षी भ्लादिमिर पुटिनसँग मङ्गलबार कुरा गर्ने योजना रहेको बताएका छन् ।

    अमेरिकी अधिकारीहरूले साउदी अरबमा भएको वार्तापछि वासिङ्टनले तीन वर्षे युद्ध रोक्ने प्रस्ताव गरेको केही हप्ताभित्रै युक्रेन र रुसबीच युद्धविराम सम्झौता हुन सक्ने आशा व्यक्त गरेका थिए ।

    ‘मलाई लाग्छ कि हामी युक्रेनी भूमि, विद्युत् गृहको बारेमा कुरा गर्नेछौँ,’ ट्रम्पले एयर फोर्स वनमा पत्रकारसँगको कुराकानीमा भने, ‘मलाई लाग्छ, युक्रेन र रूस दुवै पक्षबीच यस विषयमा धेरै छलफल भइसकेको छ। हामी पहिलो पटक यसको बारेमा कुरा गर्दैछौँ र केहि जमिनहरूमाथिको दावीबारे टुङ्गो लगाउने बिषयमा छलफल गर्दैछौँ।’

    वासिङ्टन र किएभका युरोपेली सहयोगीहरूले मस्कोलाई युद्ध रोक्न दबाब दिइरहेका छन् तर पुटिनले यसबारे कुनै स्पष्ट जवाफ दिएका छैनन । बरु शर्तहरूको एक शृङ्खला सूचीबद्ध गर्दै अमेरिकी प्रस्तावमाथि ‘गम्भीर प्रश्नहरू’ उठाएका छन् ।

    केही दिनअघि पुटिनसँग केही घण्टा भेटवार्ता गरेका ट्रम्पका दूत स्टिभ विटकोफले सीएनएनसँगको कुराकानीमा भनेका छन्, ‘दुई राष्ट्रपतिबीच यो साता निकै राम्रो र सकारात्मक छलफल हुनेछ ।’

    उनले भने, ‘सायद, ट्रम्पले वास्तवमै आगामी हप्ताहरूमा कुनै न कुनै प्रकारको सम्झौता हुने अपेक्षा गर्नुभएको छ र यो आवश्यक मुद्दा हो भन्ने मेरो पनि विश्वास हो।’

    युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले क्रेमलिनले युद्ध अन्त्य गर्न नचाहेको आरोप लगाएका समय ट्रम्प र पुटिनबीच वार्ता हुनेछ । कुनै पनि युद्धविराममा सहमत हुनुअघि मस्कोले पहिले ‘युद्धभूमिमा आफ्नो स्थिति सुधार्न’ चाहेको जेलेन्स्कीले बताएका छन् ।

  • नौ महिनादेखि अन्तरिक्षमा फसेका बुच र सुनीतालाई लिन पुग्यो स्पेसएक्सको यान (भिडिओ)

    नौ महिनादेखि अन्तरिक्षमा फसेका बुच र सुनीतालाई लिन पुग्यो स्पेसएक्सको यान (भिडिओ)

    काठमाडौं । नौ महिनाभन्दा बढी समयदेखि अन्तरिक्षमा फसेका दुई अन्तरिक्ष यात्रीलाई ल्याउन अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सको रकेट आइतबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा सकुशल पुगेको छ ।

    फसेका दुई अन्तरिक्ष यात्री बुच विल्मोर र सुनीता विलियम्सलाई पृथ्वीमा ल्याउन उक्त यानलाई अन्तरिक्षमा पठाइएको थियो । यो यानमा १० यात्रीलाई पठाइएको थियो । दुवै यानको भेटपछि उनीहरूले बुच र सुनीतासँग भेट गरी आपसमा खुशी साटेको भिडिओ नासाले सार्वजनिक गरेको छ ।

    स्पेसएक्सको रकेट अन्तरिक्ष यात्रीहरूलाई प्रत्यक्ष टिभीमा शून्य गुरुत्वाकर्षणमा आफ्ना समकक्षीहरूलाई अँगालो हालेको टेलिभिजनबाट प्रत्यक्ष प्रशारित फुटेजमा देखाइएको थियो ।

    आफ्नो पहिलो चालक दलयात्रामा परीक्षण गरिरहेको बोइङ स्टारलाइनर अन्तरिक्ष यानले उनीहरूलाई पृथ्वीमा फिर्ता उडान गर्न असमर्थ भएपछि बुच विल्मोर र सुनीता विलियम्स गत जुनदेखि कक्षीय प्रयोगशालामा फसेका थिए ।

    त्यसपछि विल्मोर र विलियम्सको यात्रा नौ महिनासम्म लम्बिएको हो ।

    यो लगभग छ महिनाको अन्तरिक्ष यात्रीहरूको लागि मानक आईएसएस रोटेशन भन्दा धेरै लामो भएको छ ।

    तर यो सन् २०२३ मा नासाका अन्तरिक्ष यात्री फ्रान्क रुबियोले बनाएको ३७१ दिनको अमेरिकी अन्तरिक्ष रेकर्ड वा मिर अन्तरिक्ष स्टेशनमा लगातार ४३७ दिन बिताएका रुसी अन्तरिक्ष यात्री भ्यालेरी पोल्याकोभको विश्व रेकर्डभन्दा छोटो हो ।

    तैपनि, आफ्नो परिवारबाट लामो समयसम्म टाढा रहनुको अनपेक्षित प्रकृतिले उनीहरूप्रतिको चासो र सहानुभूति बढाएको छ ।

    उनीहरूले यति लामो समयका लागि अतिरिक्त लुगाफाटा र व्यक्तिगत हेरचाहका सामानहरूसमेत साथमा लगेका थिएनन् । -रासस/एएफपी

  • अमेरिकी भिसा नपाउने सूचीमा भुटान किन ? नेपालको शरणार्थी काण्ड दोषी भएको भुटानी मिडियामा चर्चा

    अमेरिकी भिसा नपाउने सूचीमा भुटान किन ? नेपालको शरणार्थी काण्ड दोषी भएको भुटानी मिडियामा चर्चा

    काठमाडौं । अमेरिकामा भ्रमण गर्न नपाउने प्रस्ताव गरिएका ११ देशमा उत्तर कोरियासँगै दक्षिण एसियाली देश भुटान पनि अटेको छ ।

    अमेरिकी अखबार न्यू योर्क टाइम्समा आएको समाचार अनुसार रातो बत्ति बालेर अमेरिका घुम्न जान नपाउने ११ देशको सूचीमा भुटान, उत्तर कोरियासहित अफगानिस्तान, क्युवा, भेनेजुएला, इरान, लिबिया, सिरिया, सोमालिया, सुडान र यमन छन् ।

    यस्तै, भिजा प्रतिबन्द हुने देशहरुमा पाकिस्तान दक्षिण कोरियाबाट अटाएको छ । रातो सूचीमा परेको भुटान पाकिस्तानभन्दा समस्याग्रस्तको सूचीमा परेको छ । तर, नेपाल दुवै सूचीमा परेको छैन ।

    तर, भुटानी रातो सूचीको कारण नेपाल भएको विभिन्न टिप्पणीहरु सामाजिक संजालमा भएका छन् ।

    नेपालमा भएको शरणार्थीको नक्कली काण्डले भुटानको बदनाम भएर रातो सूचीमा परेको बताउनेहरु धेरै देखिएका छन् । भुटानी मिडियाले पनि यहि कोणको तर्क गरेका छन् ।

    भुटानी अखबार दि भुटनिजका अनुसार नेपालमा सन २०२३ मा नक्कली भुटानि शरणार्थीको रुपमा अमेरिका पठाउन खोजिएकोले त्यस्तो भएको हुनसक्ने उल्लेख गरिएको छ ।

    यस्ताे छ सूची

  • ४१ देशका नागरिकलाई अमेरिकाले भिसा नदिने, दक्षिण एसियाबाट भुटान, पाकिस्तान र अफगानिस्तान

    ४१ देशका नागरिकलाई अमेरिकाले भिसा नदिने, दक्षिण एसियाबाट भुटान, पाकिस्तान र अफगानिस्तान

    काठमाडौं । एकपछि अर्को आक्रामक निर्णय गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ४१ देशमाथि यात्रा तथा भिसा प्रतिबन्ध लगाउने भएको छ । रोयटर्सका अनुसार तीमध्ये कतिपय देशमा पूर्ण प्रतिबन्ध लगाइँदैछ भने केहीमा आंशिक ।

    अमेरिकाले अफगानिस्तान, उत्तर कोरिया, सिरिया, इरान, क्युवासहितका देशमा आफ्ना नागरिकलाई पूर्ण प्रतिबन्ध लगाएको छ भने ती देशका नागरिकलाई पनि भिसा नदिने नीति लिएको हो । पूर्ण प्रतिबन्ध लगाइएका देशहरूलाई रातो सूचीमा राखिएको छ ।

    रातो सूचीमा रहेका अन्य देशमा भुटान, लिबिया, यमेन, सोमालिया, सुडान र भेनेजुयला समेत छन् ।

    त्यस्तै यात्रा कडाइ सूचीमा राखिएका देशमा दक्षिण पाकिस्तान, बेलारुस, हाइटी, लाओस,म्यानमार, रुस, सियरालिओन, दक्षिण सुडान, तुर्केमिनिस्तान लगायत छन् । यी देशको भिसा नीतिमा आंशिक निलम्बन गरिएको र यसको असर पर्यटक तथा विद्यार्थी भिसाका साथै आप्रवासी भिसामा पर्ने बताइएको छ ।

    केही देशलाई अध्ययनको सूचीमा राखिएको र यो निर्णयलाई अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पारित गर्न बाँकी रहेको बताइएको छ । न्युयोर्क टाइम्सका अनुसार ११ देशलाई रेड लिस्टमा राखेर भिसा पूर्ण प्रतिबन्ध लगाइँदैछ ।

    रेडलिस्टमा दक्षिण एसियाबाट भुटान र अफगानिस्तान परेका छन् । त्यस्तै भिसा कडाइ गरिएका तर पूर्ण प्रतिबन्ध नलगाइने १० देशमा दक्षिण एसियाबाट पाकिस्तान परेको छ । तेस्रो सूचीमा २२ देश छन् जसलाई ६० दिनको लागि कतिपय चासो सम्बोधन गर्नुपर्ने सूचीमा राखिएको छ ।

  • राष्ट्रसंघका कर्मचारीलाई अमेरिकाको प्रश्न- तपाईंको कम्युनिष्टसँग सम्बन्ध छ ?

    राष्ट्रसंघका कर्मचारीलाई अमेरिकाको प्रश्न- तपाईंको कम्युनिष्टसँग सम्बन्ध छ ?

    काठमाडौं । अमेरिकाले संयुक्त राष्ट्रसंघमा काम गर्नेहरुलाई विभिन्न ३६ प्रश्न सोधेको छ । ती प्रश्नमा एक ‘तपाईंको कम्युनिष्टसँग सम्बन्ध छ’ भन्ने पनि रहेको बेलायती विश्व च्यानल बीबीसीले उल्लेख गरेको छ ।

    बीबीसीका अनुसार अमेरिकाविरुद्ध विचार बोक्ने देश, विचार तथा सत्तासँग सम्बन्ध छ कि भनेर अमेरिकाले प्रश्न सोधेको छ । अमेरिकाको व्यवस्थापन तथा बजेट कार्यालयले पठाएको प्रश्नहरुको संगालोमा यी प्रश्नहरु पनि भएको बताइएको छ ।

    चीन, रुस, क्युबा, इरान जस्ता देशहरुबाट सहायता नदिएको प्रमाण पनि पेस गर्न संयुक्त राष्ट्रसंघका कर्मचारीहरुलाई पठाएको पत्रमा बताइएको बीबीसीले उल्लेख गरेको छ ।

    संयुक्त राष्ट्रसंघको मानव अधिकार क्षेत्रले भने अमेरिकाले पठाएको ३६ प्रश्नको फारम नभर्ने सार्वजनिक गरेको बीबीसीले उल्लेख गरेको छ ।

  • दक्षिण अफ्रिकाका राजदूतलाई देश निकाला गर्ने अमेरिकाको घोषणा

    दक्षिण अफ्रिकाका राजदूतलाई देश निकाला गर्ने अमेरिकाको घोषणा

    वासिङ्टन । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले वासिङ्टनका लागि दक्षिण अफ्रिकाका राजदूतले अमेरिका र राष्ट्रपति डोनाल्ड ट्रम्पलाई घृणा गरेको आरोप लगाउँदै उनलाई देश निकाला गर्ने घोषणा गरेका छन् ।

    दक्षिण अफ्रिकी राष्ट्रपतिको कार्यालयले शनिबार दक्षिण अफ्रिकाका राजदूतलाई देश निकाला गर्ने अमेरिकी निर्णय ‘खेदजनक’ भएको बताएको छ ।

    राजदूतलाई देश निकाला गर्ने घोषणा गर्दै शुक्रबार रुबियोले लेखेका छन्, ‘संयुक्त राज्य अमेरिकाका लागि दक्षिण अफ्रिकाका राजदूतलाई अब हाम्रो महान देशमा स्वागत छैन ।’

    ‘इब्राहिम रसुल अमेरिकालाई घृणा गर्ने र घृणा गर्ने एक जातिगत राजनीतिज्ञ हुन्’, ट्रम्पलाई उद्धृत गर्दै विदेशमन्त्री रूबियोले भने, “उहाँसँग हामीसँग छलफल गर्ने केही पनि आधार छैन र यसैले उहाँलाई अमेरिकामा ‘अस्वीकार्य व्यक्ति’ का रूपमा घोषणा गरिएको छ । उहाँलाई अमेरिकामा ‘अस्वीकार्य व्यक्ति’ (पर्सना नन ग्राटा) मानिनेछ ।’

    कूटनीतिमा कूटनैतिक शिष्टाचारअन्तर्गत विशेष सुविधा दिइएकोमा त्यस्तो सुविधाको दुरुपयोग गर्ने, कूटनीतिक मर्यादाको उल्लङ्घन गर्ने व्यक्तिलाई ‘होस्ट कन्ट्री’ले अस्वीकार्य व्यक्ति घोषणा गर्न सक्दछ ।

    वासिङ्टन र प्रिटोरियाबीचको बढ्दो तनावको पछिल्लो घटनाक्रमका रुपमा राजदूतलाई देश निकाला गर्नु संयुक्त राज्य अमेरिकाको दुर्लभ कदम हो ।

    ट्रम्पले गत फेब्रुअरीमा दक्षिण अफ्रिकालाई दिइने अमेरिकी सहयोग रोक्का गरेका थिए र त्यहाँको कानूनको हवाला दिँदै श्वेत किसानहरूको जमिन जफत गर्न सकिने बताएका थिए ।

    गत हप्ता ट्रम्पले दक्षिण अफ्रिकाका किसानहरूलाई संयुक्त राज्य अमेरिकामा बसोबास गर्न स्वागत गरिएको भन्दै सरकारले गोराहरूको भूमि ‘जफत’ गरिरहेको आरोप दोहो¥याएका थिए ।

    ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेखेका छन्, ‘सुरक्षाको कारणले दक्षिण अफ्रिकाबाट आएका कुनै पनि किसान परिवारलाई त्यस देशबाट पलायन हुनुपरेमा नागरिकताको द्रुत मार्गको व्यवस्था गर्दै उनीहरूलाई संयुक्त राज्य अमेरिकामा आमन्त्रित गरिनेछ ।’

    दक्षिण अफ्रिकी मूलका अर्बपति एलन मस्कले दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाको सरकारमाथि ‘खुलेआम रङ्गभेदी स्वामित्वसम्बन्धी कानून’ रहेको आरोप लगाउँदै आएका छन् र उनी ट्रम्पका निकटतम सहयोगीमध्येका एक हुन् ।

    दक्षिण अफ्रिकामा भूमिको स्वामित्व एक विवादास्पद मुद्दा हो । रङ्गभेदको अन्त्यको तीन दशकपछि पनि अधिकांश खेतीयोग्य जमिनहरू श्वेत समुदायको स्वामित्वमा छ र सरकार सुधारहरू कार्यान्वयन गर्न दबाबमा छ ।

    गत महिना दक्षिण अफ्रिकामा आयोजित जी-२० को एक कार्यक्रममा रामाफोसाले अमेरिकी राष्ट्रपति ट्रम्पले जनवरीमा पदभार ग्रहण गरेलगत्तै उनीसँग ‘सकारात्मक’ कुराकानी भएको बताएका थिए ।

    उक्त सुधारिएको भनिएको सम्बन्ध पछि ‘लिक’बाट बाहिरिएको देखिएको छ । -रासस/एएफपी

  • भारतमा पूर्वराष्ट्रपतिको मासिक तलब साढे दुई लाख, पूर्वप्रधानमन्त्री दम्पतीलाई सुविधैसुविधा

    भारतमा पूर्वराष्ट्रपतिको मासिक तलब साढे दुई लाख, पूर्वप्रधानमन्त्री दम्पतीलाई सुविधैसुविधा

    काठमाडौं । नेपालमा अहिले पूर्वविशिष्टहरुलाई दिने सेवा सुविधाको बहस चुलिएको छ । के दिनु सही र के दिनु गलत भन्ने सवाल मास मिडिया र सोसल मिडियामा चर्चा छ । यसै मेसोमा यो सामग्रीमा नेपालको छिमेकी भारतका अवकाशप्राप्त पूर्वराष्ट्रपति तथा पूर्वप्रधानमन्त्रीहरुलाई दिइने सेवा सुविधाको चर्चा गरिएको छ ।

    पूर्वराष्ट्रपतिलाई मासिक साढे दुई लाख तलब र निःशुल्क घर

    भारतका पछिल्लो समयमा अवकाश पाएका राष्ट्रपति हुन् रामनाथ कोभिन्द । सन २०२२ जुलाई २५ मा अवकाश भएसँगै उनले पाउने सेवा सुविधा के के हुन् भन्नेबारेमा भारतीय मिडियाहरुले धेरै समाचार बनाए ।

    भारतीय सञ्चारमाध्यम जागरण जोशका अनुसार भारतका पूर्व राष्ट्रपतिको रुपमा कोभिन्दले पाउने सेवा सुविधाहरुमा मासिक साढे दुई लाख भारतीय रुपैयाँ तलब, आजीवन निःशुल्क उपचार तथा आकर्षक घर रहेका छन् ।

    यत्तिमात्रै होइन, भारतभरमा जल, स्थल र हवाई जहाँबाट यात्रा गरे तापनि निःशुल्क गर्न पाउँछन् । उनको साथमा थप एक जना जान पाउने व्यवस्था गरिएको छ । अवकाश प्राप्त राष्ट्रपतिका श्रीमान वा श्रीमती जसले भए तापनि निःशुल्क कार तथा टेलिफोन सेवा पाउनेछन् । भारतभर यात्रा गर्न १२ उच्च तहको हवाई टिकट पाउनेछन् । एक सचिवालय हुने र त्यसको खर्बबर्च पनि सरकारले नै गर्ने व्यवस्था भारतमा छ ।

    पूर्वप्रधानमन्त्रीलाई सुविधा: निःशुल्क आवास, सञ्चार, स्वास्थ्य, यातायात सेवा

    भारतका पूर्वप्रधानमन्त्रीलाई जीवनभर निःशुल्क आवास सुविधा हुन्छ । भारतीय समाचार पोर्टल इन्डिया डटकमका अनुसार पूर्वप्रधानमन्त्रीलाई हवाई सेवामा वर्षको ६ वटा टिकट दिइन्छ भने रेलमा जत्तिसुकै यात्रा गर्दा पनि शुल्क लाग्दैन ।

    यस्तै स्वास्थ्य सेवा निःशुल्क छ । मासिक २० हजार पेन्सन पाइन्छ । पाँच वर्षसम्म विशिष्ट सुरक्षा सुविधा हुन्छ भने मन्त्री तहका सेवासुविधा सबै हुन्छन् । जीवनभर पानी र बिजुलीको पनि पैसा लाग्दैन ।

    पूर्वप्रधानमन्त्रीका पति÷पत्नी र आश्रितहरुले पनि निःशुल्क रेल यात्रा, निःशुल्क सरकारी अस्पताल सेवा तथा हवाई भाडामा व्यापक छुट पाउने व्यवस्था गरिएको छ ।

  • इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधामन्त्रीले हिन्दूलाई दिए होलीको शुभकामना

    इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधामन्त्रीले हिन्दूलाई दिए होलीको शुभकामना

    काठमाडौं । इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले यसअघिका प्रधानमन्त्रीहरुभन्दा फरक देखिँदै हिन्दू धर्मावलम्बीको पर्व ‘होली’का अवसरमा शुभकामना दिएका छन् ।

    उनले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै रङको यो पर्व वसन्तको आगमन र प्रेमको प्रतीक रहेको उल्लेख गरेका छन् । यसअघि पाकिस्तामा हिन्दूहरुको पर्वमा यसरी शुभकामना दिने प्रचलन विरलै थियो ।

    प्रधानमन्त्री सरिफले पाकिस्तानमा रहेका हिन्दू धर्मावलम्बीलाई विशेष शुभकामना व्यक्त गर्दै यो पर्वले तपाईंहरूको जीवनलाई खुसी, स्वास्थ्य, सफलता र समृद्धिले भरोस् भन्ने कामना गरेका छन् ।

  • ३० दिने युद्धबिराम गर्न पुटिन तयार, राखे यी तीन सर्तहरू

    ३० दिने युद्धबिराम गर्न पुटिन तयार, राखे यी तीन सर्तहरू

    काठमाडौं । युक्रेनसँग युद्ध बिराम गर्न रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले तयार भएको बताएका छन् ।

    रुसी विश्व च्यानल आरटीका अनुसार तीस दिने युद्ध बिरामको लागि रुस तयार भएको पुटिनले बताएका छन् । त्यसको लागि पुटिनले विभिन्न सर्तहरू राखेका छन् ।

    सैन्य परिचालन बन्द हुनुपर्ने, सैनिक तालिम स्थगन हुनुपर्ने, हतियार परिचालन बन्द हुनुपर्ने सर्तहरू राखिएको छ ।

    बिहीबार बेलारुसका समकक्षी एलेक्सेन्डर लुकासेन्कोसँगको पत्रकार सम्मेलनमा बोल्दै पुटिनले यस्तो बताएका हुन् ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्ध अन्त्य गर्ने सवालमा ह्वाइट हाउसको तनावपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सकरात्मक भएको बताएका छन् ।

    यता पुटिनले तीस दिने युद्ध बिरामको लागि सशर्त तयार भएको बताएका छन् । यद्यपि, रुस र युक्रेनको युद्ध बिरामको चर्चा हुँदै गर्दा रुसको राजधानी मस्कोमा भने युक्रेनी ड्रोन हमला भएको खबर सार्वजनिक भएको छ ।

  • पाकिस्तानमा पनि एउटा पाङ्ग्राविनै जहाज अवतरण !

    पाकिस्तानमा पनि एउटा पाङ्ग्राविनै जहाज अवतरण !

    काठमाडौं । केही दिनअघि नेपालमा पांग्राविनै बुद्ध एयरको जहाज उडेको खबर सेलाउन नपाउँदै पाकिस्तानको यस्तै घटना सार्वजनिक भएको छ ।

    गल्फन्यूजका अनुसार विहीबार पीके ३०६ कल साइनको जहाज पछाडिको एउटा पांग्राविनै पाकिस्तानको लाहोर एयरपोर्टमा अवतरण भएको हो । पाकिस्तानकै कराँची विमानस्थलबाट उडेको थियो त्यो जहाज ।

    एक पांग्रा रहस्यमय रूपमा गायव भएको समाचारमा जनाइएको छ । विमान उड्दा पांग्रा भएता पनि केहीमा ठोक्किएर झरेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

    नेपाली वायुसेवा कम्पनी सन् २०१३ डिसेम्बर ५ देखि यूरोपेली संघको आकाशमा प्रतिबन्धित छन् । तर, सन् २०२० मा प्रतिबन्धमा परेको पाकिस्तान एअरलाइन्सको उडान भने गत नोभेम्बरबाट सकिएको थियो ।

  • भारतबारे अमेरिकी संस्थाको रिपोर्ट- घृणा अभिव्यक्ति दिनेमा योगी र मोदी शीर्षस्थानमा

    भारतबारे अमेरिकी संस्थाको रिपोर्ट- घृणा अभिव्यक्ति दिनेमा योगी र मोदी शीर्षस्थानमा

    काठमाडौं । अमेरिकाको राजधानी वासिङटन डीसी मुख्यालयमा भएको एक संस्थाले भारतमा सन २०२४ मा भएको घृणा अभिव्यक्तिको रिपोर्ट तयार गरेको छ ।

    रिपोर्ट अनुसार सत्ताधारी दल बीजेपीका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र आसामाका मुख्यमन्त्री हिमन्त विश्वास शर्मा लगायतका बीजेपी नेताहरू शीर्ष स्थानमा आएका छन् ।

    सेन्टर फर दि स्टडी अफ अर्गनाइज्ड हेट (सीएसओएच) अन्तर्गतको इन्डिया हेट ल्याबले गरेको अध्ययन अनुसार योगीले ८६, मोदीले ६७, शाहले ५८ र शर्माले ३६ घृणा अभिव्यक्ति दिएको रिपोर्टमा उल्लेख गरिएको छ । उनीहरू क्रमशः शीर्ष चार घृणा अभिव्यक्ति दिने अनुहारमा परेका छन् ।

    सन २०२४ मा दस्तावेजिकरण गरिएका ११६५ घृणा अभिव्यक्तिमा यी चार राजनीतिक अनुहारहरू शीर्ष स्थानमा आएका छन् । ११६५ घृणाका अभिव्यक्तिमा मुस्लिमप्रति १०५० पटक, इसाई प्रति १८ पटक र इसाई तथा मुस्लिम दुवै लक्षित ९७ पटक घृणाका अभिव्यक्ति दिइएको बताइएको छ ।

    मुस्लिमलाई लक्षित गरेर ११ खालका जिहादहरु प्रयोग भएको रिपोर्टमा बताइएको छ । जस अनुसार प्रेम जिहाद, भूमि जिहाद, भोट जिहाद, जनसंख्या जिहाद, रेल जिहाद, आर्थिक जिहाद, हलाल जिहाद, धाम जिहाद, थुक जिहाद, यूपीएससी जिहाद र मल जिहाज अटाएका छन् । यी सबै नामहरु हिन्दूलाई मुस्लिमले तनाव दिन बनाइएका मोर्चाहरू भन्दै घृणा अभिव्यक्ति दिइएको रिपोर्टमा उल्लेख छ ।

    सामाजिक सञ्जालको प्रयोगले घृणा अभिव्यक्ति झनै बढेको बताइएको छ । खासगर हिन्दूत्वको मुद्दा बोक्ने बीजेपी, विश्व हिन्दू परिषद् बजरङ्ग दल, अन्तर्राष्ट्रिय हिन्दू परिषद्, सकल हिन्दू समाज, हिन्दू जनजागृति समिति, हिन्दू जागरण मञ्च, गौ रक्षा दल लगायतका संस्थाहरू जोडिएको छ । तर, रोचक कुरा रिपोर्टमा हिन्दूबारेमा विभिन्न दल तथा संस्थाहरूका नेताहरूले गरेको घृणा अभिव्यक्तिका उदाहरणहरू भने दिइएका छैनन् ।

  • अमेरिकी पडकास्टरसँग रुसका विदेशमन्त्री- रुसले चीनलाई कहिल्यै धोका दिँदैन

    अमेरिकी पडकास्टरसँग रुसका विदेशमन्त्री- रुसले चीनलाई कहिल्यै धोका दिँदैन

    काठमाडौं । अमेरिकी पडकास्टरसँग कुरा गरेका रुसका विदेशमन्त्री सेर्गि लेभ्रोबले रुसले चीनलाई कहिल्यै धोका नदिने बताएका छन् ।

    रुसी विश्व च्यानल आरटीका अनुसार अन्तरवार्तामा लेभ्रोबले चीनसँग गरेका वाचा, प्रतिबद्धता र उत्तरदायित्वहरू पुरा गर्न रुस प्रतिबद्ध भएको बताएका हुन् ।

    बुधवार अंग्रेजी भाषामा प्रकाशन भएको पडकास्टरसँगको अन्तरवार्तामा लेभ्रोबले चीनसँगका रुसले गरेका कानुनी मात्रै नभएर राजनीतिक प्रतिबद्धताहरू पनि पुरा गर्ने बताउँदै भने, ‘यति बलियो, यति विश्वासिलो र यति दीर्घकालीन सम्बन्ध चीनसँग कहिल्यै थिएन ।’

    अमेरिका र रुसले युक्रेन युद्ध समापन गरेसँगै दुई देशको मिलनले चीन एक्लिने हो कि भन्ने चर्चाका बिच लेभ्रोबले यस्तो बताएका हुन् ।

  • युक्रेनसँग भन्दा रुससँग सम्झौता गर्न सहज छ : डोनाल्ड ट्रम्प

    युक्रेनसँग भन्दा रुससँग सम्झौता गर्न सहज छ : डोनाल्ड ट्रम्प

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनसँग सम्झौता गर्न सहज हुने बताएका छन् ।

    रुसी विश्व च्यानल आरटीका अनुसार मङ्गलवारको व्यापारिक गोलमेच कार्यक्रममा ट्रम्पले यस्तो बताएका हुन् ।

    आफूले रुस र युक्रेनसँग शान्ति कायम गर्नेगर शान्ति निर्माताको काम गर्न खोजेको तर युक्रेन असहयोगी भएको तर्क ट्रम्पले गरेका छन् ।

    रुस र अमेरिकी अधिकारीहरूले साउदी अरबमा गरेको छलफल लगत्तै ट्रम्पको यस्तो भनाई आएको हो ।

    गोलमेच कार्यक्रममा ट्रम्पले भने, ‘मैले भन्दै आएको छु कि रुससँग भन्दा युक्रेनसँग सम्झौता गर्न गाह्रो छ । यस्तो नहुनुपर्ने हो । तर यस्तै छ ।’

    ट्रम्पले थपेका छन्, ‘राष्ट्रपति पुटिनलाई पनि यस्तै लाग्दो हो ।’ कयौँ मान्छेहरूको हताहती हुने भन्दै ट्रम्पले युद्ध अन्त्य हुनुपर्ने बताएका छन् ।

  • युक्रेन र अमेरिकाबीच ३० दिने अस्थायी युद्धविरामको सहमति

    युक्रेन र अमेरिकाबीच ३० दिने अस्थायी युद्धविरामको सहमति

    जेद्दा, साउदी अरब । मङ्गलबार साउदी अरेबियाको जेद्दामा युक्रेन र अमेरिकी प्रतिनिधिमण्डलबीच उच्चस्तरीय वार्ता सम्पन्न भएको छ । वार्तापछि जारी गरिएको संयुक्त विज्ञप्तिमा अमेरिकाले युक्रेनलाई सुरक्षा सहायता पुनः सुरु गर्ने तथा खुफिया जानकारी आदानप्रदानमा रोक नलगाउने जनाएको छ। यस वार्ताको क्रममा युक्रेनले अमेरिकी प्रस्तावलाई स्वीकार गर्दै ३० दिने अस्थायी युद्धविरामको लागि सहमति जनाएको छ।

    ह्वाइट हाउसमा आयोजित कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम प्रस्तावबारे प्रतिक्रिया जनाउँदै युक्रेनले यसमा सहमति जनाएको र आशा गरिएको छ कि रुसले पनि समर्थन गर्ने बताए । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष वार्ता गर्ने संकेत गर्दै आपसी समझदारीका लागि पहल गर्ने उल्लेख गरे ।

    वार्तामा अमेरिकी विदेश सचिव मार्को रुबियोले साउदी अरेबियाको मध्यस्थताको प्रशंसा गर्दै अब रुसले युद्धविराम सर्तहरू स्वीकार गरेर वास्तविक शान्ति वार्तामा अघि बढ्नुपर्ने बताए । उनले वार्ताको सफलताका लागि अमेरिकी राष्ट्रपति ट्रम्पको पहललाई श्रेय दिँदै युद्ध अन्त्य गर्नु नै प्रमुख उद्देश्य रहेको स्पष्ट पारे।

    यस वार्तामा अमेरिकाको तर्फबाट विदेश सचिव मार्को रुबियोसँगै राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज र मध्यपूर्व राजदूत स्टीभ विटकफ सहभागी थिए भने युक्रेनको तर्फबाट राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका प्रमुख कर्मचारी एन्ड्री येर्माक, विदेशमन्त्री एन्ड्रि सिबिहा र रक्षामन्त्री रुस्टेम उमरोभ उपस्थित थिए।

    यसैबीच, रुसी राज्य समाचार संस्था ताससँग कुरा गर्दै रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले अमेरिकी प्रतिनिधिहरूसँग आगामी दिनमा सम्पर्क गर्न सकिने सङ्केत गरे ।

    फेब्रुअरी २८ मा ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँग युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच विवाद भएको थियो। त्यसयता अमेरिका र युक्रेनबीच उच्चस्तरीय वार्ता हुन सकेको थिएन। राष्ट्रपति ट्रम्पले युक्रेनलाई अमेरिकी सैन्य सहायता र खुफिया जानकारी आदानप्रदानमा रोक लगाएपछि दुई देशबीचको सम्बन्ध नाजुक बनेको थियो। हाल कीभले अमेरिकासँग सम्बन्ध सुधार गर्न निरन्तर पहल गरिरहेको छ।

    अब प्रस्तुत युद्धविराम प्रस्तावमा रुसले कसरी प्रतिक्रिया जनाउनेछ भन्ने चासोको विषय बनेको छ। यदि रुसले सहमति जनाएको खण्डमा युद्ध अन्त्यतर्फ एक महत्वपूर्ण कदम अघि बढ्ने विश्वास गरिएको छ।

  • होलीको दिन घरमै नमाज पढ्न मुस्लिम समुदायलाई उत्तर प्रदेश सरकारको आग्रह

    होलीको दिन घरमै नमाज पढ्न मुस्लिम समुदायलाई उत्तर प्रदेश सरकारको आग्रह

    काठमाडौं । भारतमा भूगोल तथा जनसंख्याको हिसाबले सबैभन्दा ठूलो र मुस्लिमको आवादी पनि सबैभन्दा धेरै रहेको उत्तर प्रदेश सरकारले होलीको दिन जुमाको नमाज नगर्न निर्देशन जारी गरेपछि खैलाबैला मच्चिएको छ ।

    उत्तर प्रदेशका मुख्यमन्त्री तथा गोरखनाथ पीठका पिठाधीश योगी आदित्यनाथले जमाहको नमाज हरेक साता मस्जिदमा गर्न सकिने तर होली वर्षमा एक दिन मात्र आउने भएकाले त्यस दिन कुनै अप्रिय घटना हुन नदिन यस्तो आग्रह गरिएको बताएका छन् ।

    यस वर्ष फागु पूर्णिमा अर्थात् होली आगामी शुक्रवार परेको छ । शुक्रवार मुस्लिम समुदायले मस्जिदमा जम्मा भएर नमाज पढ्ने र सडकमा ठूलो संख्यामा निस्कने गर्छन् । यस्तोमा साम्प्रदायिक दंगा हुन नदिन उत्तर प्रदेश सरकारले मुस्लिम समुदायलाई घरभित्रै नमाज पढ्न भनेको हो ।

    मुख्यमन्त्री योगीले भने- होलीको अवसरमा मलाई लाग्छ कि एक अर्काको भावनाको सम्मान गर्न आवश्यक छ । स्वभाविक रूपमा जुमाहको नामज हरेक शुक्रवारको दिन हुनेगर्छ । होली वर्षमा एक पटक मात्र आउँछ । यही त भनेको हो,प्रेमपूर्वक सम्झाएको हो । हरेक साता मस्जिदमा जुमाहको नमाज त भएकै छ,वर्षमा एक दिन संयोगवश शुक्रवार नै परेको होलीको दिन उहाँहरू घरमै बसे के हुन्छ ?

    यसअघि होली र रमजान पर्वको विषयलाई लिएर प्रदेशको संभल जिल्लामा भएको शान्ति समिति बैठकपछि प्रहरीका सर्कल अफिसर अनुज चौधरीले ‘होलीको रंग लागेर जसको धर्म भ्रष्ट हुन्छ भन्दैछन् उनीहरू त्यस दिन घरबाट बाहिर ननिस्कन आग्रह छ’ भनेका थिए ।

    उनको यो भनाइलाई लिएर विपक्षी समाजवादी पार्टीलगायत मुस्लिम समुदायले आपत्ति जनाएपछि मुख्यमन्त्री योगीले प्रहरी अधिकारीको बचाउ गर्दै होलीको रंग लागे धर्म नष्ट हुन्छ भन्ने कसैलाई छ भने उनीहरू त्यस दिन घरभित्रै बस्न आग्रह गरेका छन् ।

    अघिल्लो वर्ष संभल जिल्लामा हिंसा भड्केका कारण यस पटक सुरक्षा सतर्कता अपनाइएको छ । मुस्लिमहरूले होलीको रंग शरीरमा लाग्दा धर्न नष्ट हुने बताउँछन् । होलीको दिन भारतमा विशेष गरी युपीमा लाखौँ हिन्दुहरू रंग अवीर लगाउँदै सडकमा उत्सव मनाउन निस्कने गर्छन् ।

    त्यस क्रममा मस्जिदमा जाने मुस्लिमलाई रंग लाग्दा हिंसा भड्किन नदिन उक्त दिन घरमै नमाज पढ्न भनिएको हो । वर्षमा एक पटक मनाइने पर्व भएकाले हरेक साता मनाउने समुदायले त्यस दिन अर्काको भावनाको सम्मान गर्न सक्नुपर्ने मुख्यमन्त्रीले बताएका छन् ।

    योगीले आजतक च्यानलमा भने- १४ मार्चमा होली छ, २ बजेसम्म होली खेल्न दिनुस् त्यसपछि तपाईँहरू जुमाहको नामज पढ्न जानुस् । धेरै मुस्लिम धर्म गुरुले पनि यसअघि अपिल गरिसकेका छन् कि हामी यो कुरा मान्छौँ भनेर । अब तपाईँहरू वर्षमा एक दिन पनि हिन्दु समुदायको भावनाको सम्मान गर्न सक्नुहुन्न भने घरमै नमाज पढ्नुस् ।

    प्रहरी अधिकारी अनुज चौधरी ओलम्पियन र धेरै वीरतापूर्ण पुरस्कार प्राप्त व्यक्ति भएकाले उनले आफ्नै शैलीमा दिएको बयानको विरोध गर्नु औचित्यहीन रहेको योगीले बताएका छन् ।

  • संसदका अध्यक्षमाथि यौन शोषणको आरोप लगाएको भन्दै नाइजेरियाकी महिला सांसद निलम्बनमा

    संसदका अध्यक्षमाथि यौन शोषणको आरोप लगाएको भन्दै नाइजेरियाकी महिला सांसद निलम्बनमा

    काठमाडौं । संसदका अध्यक्ष गड्सविल अक्पाबियोमाथि यौन शोषणको आरोप लगाएको भन्दै नाइजेरियाकी महिला सांसद नताशा अक्पोटी युडुआगन निलम्बनमा परेकी छन् ।

    संसदका नेतृत्वमाथि यौन शोषणको आरोप लगाएपछि उनलाई नाइजेरियाको संसदले ६ महिनाका लागि निलम्बन गरेको अलजजिराले उल्लेख गरेको छ ।

    उनलाई बिहीबारदेखि नै संसद प्रवेशमा रोक लगाइएको छ भने उनको भत्ता तथा सुरक्षा पनि कटौती गरिएको छ । यद्यपि अध्यक्ष अक्पाबियोले भने आफूमाथिको आरोप अस्वीकार गरेका छन् ।

    बुधबार संसदको आचारसंहिता समितिले प्रक्रियागत नियमको उल्लंघन गरेको भन्दै अक्पाबियोमाथिको आरोपको उजुरी लिन अस्वीकार गरेको थियो । यद्यपि यो उनको निलम्बन भने यसअघि उनले संसदमा स्थान परिवर्तन गरेको विषयका कारण गरिएको भनेर दाबी गरिएको छ ।

    गत फेब्रुअरी ७ मा नाइजेरियाको १०९ मध्ये ४ जना महिलामध्येकी सांसद युडआगनले एक टीभी अन्तरवार्तामा अध्यक्ष अक्पाबियोले ईच्छाविपरीत यौन फाइदा लिन खोजेकोबारे बोलेकी थिइन् । ‘यो अन्याय टिक्नेछैन’, उनले भनेकी थिइन् ।

    उता अध्यक्ष अक्पाबियोले आफूले नताशालाई कुनै पनि गलत नगरेको भनेर सार्वजनिक रुपमा दाबी गरेका छन् ।

  • पेरिसको रेल स्टेसनमा दोस्रो विश्वयुद्धको बम फेला

    पेरिसको रेल स्टेसनमा दोस्रो विश्वयुद्धको बम फेला

    पेरिस । फ्रान्सको सबैभन्दा व्यस्त टर्मिनलतर्फ जाने रेलमार्गमा दोस्रो विश्वयुद्धको बम फेला परेपछि पेरिस गारे डु नोर्ड रेल स्टेसनमा शुक्रबार यातायात रोकिएको अधिकारीहरूले बताएका छन् ।

    राष्ट्रिय एसएनसीएफ रेल कम्पनीले सेन्ट डेनिस उपनगरको क्षेत्रमा मर्मत कार्यको क्रममा रातभर ‘रेलमार्गको बीचमा’ विस्फोट नभएको बम फेला परेको बताएको छ ।

    आरईआर बी उपनगरीय रेलले एक्समा लेखेको पोस्टमा बम ‘दोस्रो विश्वयुद्धको समय’को भएको उल्लेख छ ।

    पेरिस प्रहरीले यन्त्रलाई निष्क्रिय पार्ने काम गरिरहेकाले युरोस्टार रेलहरूका साथै उच्च गति र स्थानीय सेवाहरू सञ्चालन गर्ने रेल स्टेसनमा सबै ट्राफिक बन्द गरिएको थियो ।

    गारे डु नोर्ड रेल स्टेशन पेरिसको उत्तरमा अवस्थित छ र देशको सबैभन्दा व्यस्त रेल टर्मिनल हो । एसएनसीएफका अनुसार यो टर्मिनलले प्रत्येक दिन अनुमानित सात लाख मानिसलाई सेवा प्रदान गर्दछ । -रासस/एएफपी