Category: विश्व प्रेस

  • चीनले आफ्नो विकास चाहेको सी चिनफिङको भनाइ

    चीनले आफ्नो विकास चाहेको सी चिनफिङको भनाइ

    वेइजिङ । चीनका राष्ट्रप्रमुख सी चिनफिङले फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन र जर्मनीका चान्सलर एन्गेला मर्केलसँगको भिडियो सम्मेलनमा चीनले अरूको स्थान कब्जा गर्न नचाहेको तर आफ्नो विकासमा दृढ रहेको बताएका छन् ।

    सम्मेलनमा उनले विश्व महामारीको परिस्थिति अझै गम्भीर रहिरहेको तथा आर्थिक पुनरुत्थानको सम्भावना राम्रो नभएको बताएका छन् । विश्वले पारस्परिक रुपमा सम्मान र सहकार्य गर्नुपर्ने कुरामा जोड दिँदै चीनले आफ्नो सर्वाङ्गीण विकास गर्ने अग्रसर रहेको तर अरुलाई प्रतिस्थापन गर्न नचाहने कुरा व्यक्त गरे ।

    उक्त अवसरमा उनले दुबै राष्ट्रका नेताहरूसँग ‘बेल्ट एण्ड रोड’ मा सहकार्यका लागि विश्व समुदायलाई प्रस्ताव प्रस्तुत गर्नुको उद्देश्य साझा विकासको मौकाको सिर्जना गरेको बताए ।

    यूरोपले अन्तर्राष्ट्रिय मामिलामा सकारात्मक भूमिका निर्वाह गर्ने, विश्व शान्ति, विकास र समृद्धिको संयुक्त रुपमा संरक्षण गर्ने आशा पनि राष्ट्रपति सीले गरे ।

    यसैबीच फ्रान्सका राष्ट्रपति म्याक्रोनले फ्रान्सले चीनसँग विश्व व्यापार संगठनको सुधार, जलवायु परिवर्तनको सामना, जैविक विविधताको संरक्षण आदि क्षेत्रहरूमा घनिष्ठ सम्पर्क गर्ने आशा लिएको बताएको बुभिएको छ ।

    जर्मन चान्सलर मर्केलले जर्मनीले चीनसँग खोपको निष्पक्ष उत्पादन र वितरण, मानिसको पुनःआवत-जावत तथा व्यापार आदानप्रदानका लागि सहकार्यका लागि अह्वान गरे ।

  • रूसी विमान दुर्घटना, विमानमा यात्रारत २९ को अवस्था अज्ञात

    रूसी विमान दुर्घटना, विमानमा यात्रारत २९ को अवस्था अज्ञात

    मस्को । मंगलबार बिहान २९ यात्रु लिएर रूसको सुदुर-पूर्वी क्षेत्रबाट उडेको रूसी विमान दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

    विमानमा ६ चालक दलका सदस्यसहित २९ जना यात्रु रहेको रूसी समाचार संस्था स्पुटिनकले जानकारी गराएको छ । प्रारम्भिक जानकारी अनुसार विमानमा एक बच्चा, ६ चालकदलका सदस्य र २२ जना यात्रु थिए ।

    रूसको पेट्रोपाभलोस्क-कामचास्कीबाट पालानाका लागि उडेको विमान कामचात्का क्षेत्रबाट मङ्गलबार अपरान्ह रार्डरसँग सम्पर्क बिच्छेद् भएको रूसी आपतकालीन सेवा मन्त्रालयको प्रमुख महानिर्देशनालयले जानकारी गराएको छ ।

    विमानबारे थप जानकारी सङ्कलन भइरहेको रूसी प्रशासनले बताएको छ ।

  • जापानमा पहिरोमा परेका ८० जना अझै बेपत्ता

    जापानमा पहिरोमा परेका ८० जना अझै बेपत्ता

    टोकियो । जापानमा पहिरोमा परेका ८० जना अझै पनि बेपत्ता नै रहेका छन् ।

    गत शनिबार बिहान आएको पहिरोमा परी बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेपनि अहिलेसम्म पनि नभेटिएका हुन् ।

    देशको मध्य भागमा पर्ने अतामी सहर क्षेत्रमा अत्यधिक बर्षपछि ठूलो पहिरो गएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।

    अतामी सहरका मेयरले घटनास्थलका विभिन्न ठाउँमा उद्धारकर्ताहरू परिचालन गरिएको भएपनि सफलता प्राप्त हुन नसकेको उल्लेख गरे ।

    घटनास्थलबाट २२ जनालाई उद्धारकर्ताहरुले जीवितै उद्धार गरेका छन् भने अहिलेसम्म तीन जनाको मात्रै शव भेटिएको छ । प्रहरी अधिकारीहरुले अहिलेसम्म तीन जनाको मात्रै मृत्यु भएको पुष्टि गर्न सकिएको बताएका छन् ।

    सरकारी अधिकारीहरुले घटना भएको बेला त्यस क्षेत्रमा २१५ जना मानिस रहेको र पहिरो गएको ठाउँमा १३० ओटा घर रहेको जानकारी दिएका छन् ।

  • बङ्गलादेशमा थप एक हप्ता ‘कडा लकडाउन’ हुने

    बङ्गलादेशमा थप एक हप्ता ‘कडा लकडाउन’ हुने

    ढाका । बङ्गलादेशमा लागू भइरहेको कडा लकडाउन फेरि एक हप्ताका लागि थप गरिएको छ ।

    बङ्गलादेश सरकारले लकडाउन थप गर्ने निर्णय सोमबार गरेसँगै बङ्गलादेशमा यही जुलाई १४ तारिखसम्म लकडाउन लागू हुने भएको छ ।
    कोरोनाभाइरसको महामारी नियन्त्रणमा आइनसकेकाले लकडाउनलाई कडा बनाउँदै निरन्तरता दिनु परेको सरकारी अधिकारीहरूले जनाएका छन् ।

    सरोकारवाला तथा विज्ञहरूसँग परामर्श गर्दा उनीहरूले अझै पनि लकडाउन थप्नुपर्ने सुझाव दिएकाले लकडाउनलाई निरन्तरता दिने निर्णय गरिएको सरकारले जनाएको छ ।

    कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न भन्दै बङ्गलादेशमा यही जुलाई १ देखि सात दिने कडा लकडाउन घोषणा गरिएको थियो ।

    बङ्गलादेशमा गत आइतबार कोरोनाभाइरसका कारण एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु भएको छ । सरकारी अधिकारीका अनुसार आइतबार एकैदिनमा बङ्गलादेशमा कोरोनाका कारण १५३ जनाको मृत्यु भएको छ ।

    मृतकको संख्या अत्यधिक बढेपछि कडा लकडाउन लगाउन बाध्य हुनुपरेको सरकारी अधिकारीहरूले बताउने गरेका छन् ।

    बङ्गलादेशमा कोरोनाका कारण अहिलेसम्म १५ हजार ६५ जनाको मृत्यु भएको छ ।

    त्यसैगरी बङ्गलादेशमा कोरोनाका कारण अहिलेसम्म नौ लाख ४४ हजार ९१७ जना संक्रमित भएका छन् । तीमध्ये आठ हजार ६६१ जना पछिल्लो २४ घण्टामा थपिएका जनाइएको छ ।

  • अमेरिकी सेना फिर्ता हुन थालेसँगै चीनद्वारा अफगानिस्तानमा ४.६० लाख करोड लगानीको प्रतिबद्धता

    अमेरिकी सेना फिर्ता हुन थालेसँगै चीनद्वारा अफगानिस्तानमा ४.६० लाख करोड लगानीको प्रतिबद्धता

    काबुल । अफगानिस्तानबाट अमेरिकी सेनाको फिर्ती प्रक्रियालाई अर्को शक्तिराष्ट्र चीनले अवसरको रुपमा हेर्न थालेको छ ।

    चीनले अफगानिस्तानमा आफ्नो महत्वाकाङ्क्षी बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)मा लगानी गर्ने तयारी थालेको छ । काबुलमा चीनले ४.६० लाख करोड रुपैयाँ लगानी गर्ने जनाइएको छ ।

    सूत्रका अनुसार उक्त योजना चीन-पाकिस्तान आर्थिक करिडोरकै एक हिस्सा हुनेछ । जसमा उत्तर-पश्चिम पाकिस्तानबाट अफगानिस्तान र चीनको बीचमा एक करिडोरको निर्माण हुनेछ । यसबाट चीनलाई मध्यपूर्व, मध्य एसिया र युरोपसम्म व्यापारको बाटो खुल्नेछ ।

    काबुल र पेशावरबीच बाटो बनाउनेबारे अधिकारीहरुबीच अहिले चर्चा चलिरहेको छ । पाँचवर्षदेखि चीनले अफगानिस्तानमा बीआरआईलाई विस्तार गर्ने योजना बनाइरहेको छ । तर, अमेरिकाको उपस्थितीको कारण चीनको योजना पुरा हुन पाएन ।

    चीन र अफगानिस्तान सरकारबीच वार्ताहरु भएपनि अमेरिकाको कारण प्रक्रिया अघि बढ्न पाएको थिएन । अमेरिकाले सेप्टेम्बर ११ सम्म अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता गर्ने तयारी गरेको छ । काबुलस्थित प्रमुख सैन्य अड्डालाई पछिल्लो साता नै अमेरिकाले छाडिसकेको छ ।

  • संसदमा हंगामा मच्चिएपछि बीजेपीका १२ जना सांसद एक वर्षलाई निलम्बित

    संसदमा हंगामा मच्चिएपछि बीजेपीका १२ जना सांसद एक वर्षलाई निलम्बित

    मुम्बई । भारतको महाराष्ट्र राज्यमा सुरु संसदको मनसुन सत्रमा हंगामा मच्चिएको छ ।

    बीजेपीका सांसदहरुले चुनावमा आरक्षण, विधानसभा अध्यक्षको चुनाव, मराठा आरक्षण र किसान संरक्षण लगायतका माग गर्दै जमेर प्रदर्शन गरे । बीजेपी सांसदको नाराबाजीले आधा घण्टा संसद अवरुद्ध भयो ।

    संसदभित्रै स्थिती तनावग्रस्त बनेपछि स्थितीलाई नियन्त्रणमा लिन मार्सल प्रयोग गरिएको थियो । विधानसभा अध्यक्षसँग धक्कामुक्का गरेको आरोप पनि उनीहरुलाई लगाइयो ।

    यस घटनाप्रति दुःख व्यक्त गर्दै संसदीय कार्यमन्त्री अनिल परवले घटनामा संलग्न १२ जना बीजेपी सांसदलाई निलम्बित गर्न प्रस्ताव पेश गरे ।

    उक्त प्रस्ताव बहुमतले परित भएपछि ती १२ जना बीजेपी सांसदलाई एकवर्षको लागि निलम्बित गरिएको घोषणा गरिएको छ ।

  • चीनले अन्तरीक्षमा पठायो विश्वकै पहिलो जल तथा मौसमको अध्ययन गर्ने स्याटेलाइट

    चीनले अन्तरीक्षमा पठायो विश्वकै पहिलो जल तथा मौसमको अध्ययन गर्ने स्याटेलाइट

    बेइजिङ । अन्तरीक्षमा रहेर जल तथा मौसमको अध्ययन गर्ने विश्वकै पहिलो स्यटेलाइटको रुपमा चीनले सोमबार फेन्गुइन-थ्रीई स्याटेलाइट प्रक्षेपण गरेको छ ।

    विज्ञहरुले प्रक्षेपणप्रति उत्साह व्यक्त गर्दैै मौसमको तथ्यांकमा हुने कमीकमजोरीलाई सच्याउँदै विश्व जल तथा मौसमबारे अध्ययन गर्नेछ । सोमबार बिहान उत्तरपश्चिम चीनको जिक्वान स्याटेलाइट लन्च सेन्टरबाट लङ मार्च-फोरसी रकेटमा हालेर उक्त स्याटेलाइट अन्तरीक्षमा पठाइएको हो ।

    स्याटेलाइटले चीनको मौसम भविष्यवाणीलाई तथ्यपरक बनाउने र जल तथा मौसम अन्वेषणलाई थप सुद्धढ बनाउने आशा चीनले लिएको छ । आठ वर्ष लगाएर बनाइएको उक्त स्याटेलाइटमा ११ वटा रिमोट सेन्सर समेत जडान गरिएको छ ।

    चिनियाँ अन्तरीक्ष नियोगका अनुसार उक्त स्याटेलाइटले बिहानदेखि बेलुकासम्मको मौसमको जानकारी दिँदै विश्वकै मौसमबारे तथ्यांकहरु उपलब्ध गराउने जनाइएको छ ।

  • अमेजनको सीईओबाट जेफ बेजोसको राजीनामा

    अमेजनको सीईओबाट जेफ बेजोसको राजीनामा

    न्यूयोर्क । स्थापनाको २७ वर्षपछि जेफ बेजोसले सोमबार अमेजनको प्रमुखबाट राजीनामा दिएका छन् । प्रमुख कार्यकारीको पद एन्डी जेसीलाई हस्तान्तरण गर्ने घोषणा समेत गरेका छन् ।

    अमेजनलाई डिजिटलरुपमा पुस्तक विक्रीको प्लेटफर्मको रुपमा विकास गरेका बेजोसले कम्पनीको सेयर मूल्य १.७५ ट्रिलियन डलर पुर्‍याएका थिए । कम्पनी हाँकेको झन्डै २० वर्षपछि बेजोसले अमेजनलाई निरन्तरता नदिने बताएका हुन् ।

    वासिङ्टन पोस्ट, स्पेस कम्पनी ब्लु ओरिजिनजस्ता कम्पनी र समाजसेवामा आफू व्यस्त हुने भन्दै उनले अमेजन छाड्न चाहेको कुरा गत फेब्रुअरीमै गरेका थिए । त्यतिबेला सीईओको पदलाई प्रमुख कार्यकारीको पदमा रुपान्तरण गर्ने उनको भनाइ थियो ।

    कम्पनीमा सार्वजनिक भूमिका नहुने भएपनि केही वर्षदेखि अमेजनमा बेजोसको प्रभाव निकै उच्चरुपमा रहँदै आएको छ । एकल सेयरहोल्डरको रुपमा बढी हिस्सा भएको हैसियतमा अब जेसी प्रमुख कार्यकारी अधिकृत हुनेछन् ।

    अमेजनको निकै कठिनपूर्ण चरणमा बेजोसले सीईओको भूमिकाबाट बाहिरिएका छन् । महामारीको कारण अमेजनको सेवाको उच्च माग छ भने नाफा कमाउनु दबाबमा पनि कम्पनी छ ।

  • फिलिपिन्समा सैनिक विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ५० पुग्यो

    फिलिपिन्समा सैनिक विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ५० पुग्यो

    मनिला । फिलिपिन्समा आइतबार भएको सैनिक विमान दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ५० पुगेको यहाँको रक्षा मन्त्रालयले सोमबार जानकारी दिएको छ । फिलिपिन्सको एउटा सैनिक विमान हवाई मैदानमा अवतरण गर्नेक्रममा आइतबार दुर्घटनाग्रस्त भएको थियो ।

    त्यसमा परेर आइतबार नै कम्तीमा पनि १७ जनाको मृत्यु भएको बताइएको थियो । सैनिकहरु चढेको उक्त विमानमा सवारमध्ये अरु घाइते थिए । ती घाइतेमध्ये केहीको मृत्यु भएपछि सोमबार मृतकको संख्या ५० पुगेको फिलिपिन्सको रक्षा मन्त्रालयले जानकारी दिएको हो ।

    सी–१३० हर्कुलस विमानमा ९२ जना सवार रहेका बताइएको छ । सुलु प्रान्तको जोलो द्वीपस्थित विमानस्थलमा अवतरण गर्नेक्रममा नजिकैको आवासीय क्षेत्रमा आइतबार मध्याह्न विमान दुर्घटनाग्रस्त भएको हो ।

    स्थानीय सञ्चारमाध्यमहरुमा प्रशारित दृष्यहरु र प्रकाशित तस्बिरमा दुर्घटनाग्रस्त विमान भुँइमा बजारिएसँगै आगलागी भएको देखिएको छ । विमान दुर्घटनाग्रस्त भएको नजिकै घरहरु माथि बाक्लो कालो धुँवा पनि ती दृष्यमा देखिएको छ ।

    सोमबार एकजना सैनिक जर्नेलले दिएको समाचारमा त्यस दुर्घटनामा ९६ जना यात्रु रहेका र तीमध्ये ५० जनाको ज्यान गएको छ । अरु घाइते रहेका छन् । उनका अनुसार दुर्घटनामा परेर मृत्यु हुनेमा ४७ जना सैनिक छन् । अरु तीन जना गैर सैनिक नागरिक रहेका छन् । सो विमान यहाँको सेनाको रहेको बताइएको छ ।

    सो विमान कागायान डी ओरोबाट दक्षिणी मिन्डानाओ द्वीपतर्फ सैनिकहरु लिएर गैरहेको थियो । उनले जोलोमा विमान अवतरण गर्न लाग्दा नजिकैको आवासीय क्षेत्रमा खसेको पनि बताए ।

    फिलिपिन्सको रक्षा मन्त्रालयले दुर्घटनाको कारणका बारेमा सरकारले अनुसन्धान सुरु गरेको जानकारी दिएको छ । सेनाका प्रवक्ताले सो विमानको दुर्घटनाका बारेमा आइतबार साँझदेखि नै अनुसन्धान सुरु भएको बताएका छन् ।

  • पाकिस्तानले भन्यो- लाहोर विस्फोटमा भारतको हात छ

    पाकिस्तानले भन्यो- लाहोर विस्फोटमा भारतको हात छ

    कराँची । पाकिस्तानी राष्ट्रिय सुरक्षा सल्लाहकारले गत महिना लाहोरमा भएको कार बम विस्फोटमा भारतको हात भएको बताएका छन् । आइतबार एक पत्रकार सम्मेलनमा सल्लाहकार मोइद युसुफले त्यो विस्फोटको अनुसन्धानबाट ‘इन्डियन इन्टेलिजेन्स’को हात रहेको खुलेको बताए ।

    त्यो घटनामा संलग्न व्यक्ति भारतीय नागरिक भएको र भारतीय गुप्तचर निकाय ‘रअ’का लागि काम गर्दै आएको खुलेको मोइदलाई उद्धृत गर्दै एपीन्युजले बताएको छ ।

  • कन्दहार जिल्ला तालिबानकाे नियन्त्रणमा

    कन्दहार जिल्ला तालिबानकाे नियन्त्रणमा

    कन्दहार । अफगानिस्तानको प्रमुख विद्रोही तालिबान समूहले रातभरको संघर्ष पश्चात् कन्दहार जिल्लालाई आफ्नो नियन्त्रणमा लिएको छ ।
    अमेरिकी सेनाले यही जुलाई महिनाभित्रै अफगानिस्तान छाड्ने तयारी गरेसँगै तालिबान समूहले अफगानी सरकारी सेनाविरुद्ध आक्रामक कारबाहीलाई तिब्र बनाएको छ ।

    कन्दहारलाई तालिबानी समूहले आफ्नो प्रमुख गढको रुपमा लिने गर्दछन् । गत मे महिनादेखि नै अफगानिस्तानका ग्रामीण क्षेत्रहरुलाई तालिबान समूहले आफ्नो नियन्त्रणमा ल्याउने अभियान सफलतापूर्वक सञ्चालन गरिरहेका छन् ।

    काबुल नजिकैको बघराम हवाई मैदान अमेरिकी र नेटो सैनिकले खाली गरेको दुई दिनभित्रै कन्दहार प्रान्तको दक्षिणी पन्जवाई जिल्लालाई तालिबानीहरुले नियन्त्रणमा लिएका छन् । बघराम हवाई मैदानबाट अमेरिकी सेनाले तालिबान र अल–कायदा विरुद्ध दुई दशक हवाई आक्रमण गर्ने गरेको थियो ।

    विगत केही वर्षदेखि तालिबान र अफगान सैनिकबीच पन्जवाई जिल्लालाई नियन्त्रणमा लिन पटक पटक संघर्ष हुँदै आएको छ । कन्दहार प्रान्तलाई तालिबान समूहले आफ्नो जन्मभूमिका रुपमा लिने गरेको छ ।

    पञ्जवाई जिल्लाका गभर्नर हास्ती मोहम्मदले तालिबान समूह र अफगान सेनाबीच रातभर गोली हानाहान भएको र बिहान अफगान सेनाले जिल्ला छाडेको जानकारी दिए । उनले तालिबान समूहले जिल्ला प्रहरी मुख्यालय र गभर्नरको कार्यालयलाई कब्जामा लिएको बताए ।

    कन्दहारका प्रान्तीय परिषदका प्रमुख सईद जान खाक्रीवालले पनि पञ्जवाई जिल्ला तालिवानको नियन्त्रणमा गएको पुष्टि गर्दै सरकारी फौजले जानाजान जिल्ला छाडेको आरोप लगाए ।

    हालैका साताहरुमा अफगानिस्तानका धेरै प्रान्तमा संघर्ष भइरहेका छन् र देशका ४०० मध्ये १०० भन्दा बढी जिल्ला आफ्नो नियन्त्रणमा लिइसकेको तालिवानले दाबी गरेको छ ।

    बघराम हवाई मैदान खाली गरेसँगै तालिबान समूहले नयाँ क्षेत्रहरु आफ्नो नियन्त्रणमा लिन थप संघर्ष गर्ने अनुमान गरिएको छ । सरकारी फौजले बघराम हवाई मैदानलाई आतंकवाद विरुद्ध लड्न प्रयोगमा ल्याइने बताएको छ । आफूहरुले विमानस्थलको राडार प्रणालीलाई पुनः सञ्चालनमा ल्याइसकेको सेनाले जनाएको छ । रासस

  • महिला सैनिकलाई हिलमा परेड खेलाइएकोमा युक्रेनी संसदमा विरोध

    महिला सैनिकलाई हिलमा परेड खेलाइएकोमा युक्रेनी संसदमा विरोध

    इटहरी । आसन्न स्वतन्त्रता दिवसको लागि खेलिने परेडको तयारीको क्रममा महिला सैनिकलाई हिलमा परेड खेलाइएपछि युक्रेनमा सर्वत्र आलोचना भएको छ ।

    तत्कालीन सोभियत संघबाट ३० वर्ष अगाडि स्वतन्त्र भएको युक्रेनको स्वतन्त्रता दिवस २४ अगस्टमा पर्छ । सोहि दिवस लक्षित गरेर महिला सैनिकलाइ हिलमा परेड खेल्न अभ्यास गरेको तस्बिर सार्वजनिक भएपछि विरोध भएको हो । युक्रेनको रक्षा मन्त्रालयको संचार सेवाले असार १८ (जुलाई २) मा तस्बिर र भिडियो सार्वजनिक गरेको थियो ।

    भिडियोमा बोलेकी महिला सैनिक इभाना भेद्भिदले भनेकि थिइन,‘आज पहिलोपटक हिलमा तालिम भयो । यो आर्मी बुट्सभन्दा अलिक गाह्रो छ तर हामी प्रयास गरिरहेका छौँ ।’

    हिल लाएर महिलालाई परेड खेलाउनु महिलाविरोधी हर्कत भएको भन्दै चौतर्फी विरोध भइरहेको छ । युक्रेनका महिला सांसदहरूले रोस्टममै हिल ल्याएर कडा विरोध गरेको बेलायती अखबार दि गार्जियनले लेखेको छ । उनीहरूले रक्षामन्त्रीलाई हिल लाएर परेड खेल देखाउन चुनौती समेत दिए ।

    गार्जियनका अनुसार युक्रेनी प्रतिनिधिसभाकी उपसभामुख ओलिना कोन्ड्रायुकले महिलालाई अपमान हुने काम गरको भन्दै सरकारी अधिकारीलाई माफी माग्न आग्रह गरेकी छन् । बीबीसीका अनुसार धेरै युक्रेनीहरूले भने रक्षामन्त्री एन्द्री तरानलाइ माफी माग्न दबाब दिइरहेका छन् ।

    साढे दुई लाखबढी युक्रेनी सेनामा हाल ३१ हजार महिला सैनिक कार्यरत छन् । जसमा ४ हजारभन्दा बढी अधिकृत स्तरका छन् । जसमा साढे १३ हजार बढी महिला सैनिकले युक्रेनको रुससँग जोडिएको पूर्वी सीमाका पृथकतावादीसँग युद्ध लडेको उपसभामुख ओलिना कोन्ड्रायुकले बताएकी छन् । सन २०१४ बाट सुरू भएको प्रिथकतावादीसँगको युद्धमा १३ हजारबढीको ज्यान गइसकेको छ ।

  • सेना र तालिबानबीचको भीडन्तमा तीन अफगान सेनासहित २३ जनाको मृत्यु

    सेना र तालिबानबीचको भीडन्तमा तीन अफगान सेनासहित २३ जनाको मृत्यु

    काबुल । अफगानिस्तानको सरकारी फौज र तालिबानहरुबीच भएको दोहोरो भीडन्तमा परी २३ जनाको ज्यान गएको छ । अफगानिस्तानको उत्तरी बादखसान प्रान्तमा सो भीडन्त भएको हो । त्यसमा परेर अरु कैयौँ व्यक्ति हराएका छन् ।

    उक्त भीडन्तमा परी तीन जना अफगानिस्तानको सेनाका सदस्य पनि मारिएका बादखसान प्रान्तका प्रान्तीय सूचना प्रमुखले बताएका छन् । सो क्षेत्रमा शुक्रबार रातिदेखि शनिबार मध्याह्नसम्म पनि भीडन्त भएको थियो । त्यसमा परेर कैयौँ तालिबान घाइते पनि भएका छन् ।

    सो क्षेत्रमा तालिबानहरु लुकेर बसेको सूचनाका आधारमा संयुक्त सुरक्षा फौजले हमला गरेको थियो । त्यस हमलामा परेर ती तालिबानहरु मारिएका हुन् । त्यस क्रममा तालिबानहरुले पनि सरकारी सुरक्षाफौजमाथि हमला गरेका थिए ।

    ती हमलामा परेर तीनजना अफगान सेना मारिएका र अरु केही घाइते भएका थिए । सो क्षेत्रका केही समयअघि देखि ती तालिबानहरुले हिंसात्मक कारबाहीलाई जारी राखेका छन् ।

  • ५५ वर्षपछि न्यूजिल्यान्डमा भारी हिमपात, राजधानी वेलिङ्टनमा आपतकाल लागु

    ५५ वर्षपछि न्यूजिल्यान्डमा भारी हिमपात, राजधानी वेलिङ्टनमा आपतकाल लागु

    काठमाडौं । यतिबेला युरोपेली र अमेरिकी मुलुकहरु प्रचण्ड गर्मीसँगको चुनौतिसँग जुधिरहेका छन् । अर्कोतर्फ, ५० लाख जनसंख्या भएको मुलुक न्यूजिल्यान्डले पनि अहिलेसम्मकै सर्वाधिक हिमपातको सामना गर्नुपरेको छ ।

    ५५ वर्षयता पहिलोपटक न्यूजिल्यान्डमा हिमपात भएको छ । हिउँसहितको आँधीको कारण अहिले न्यूजिल्यान्डको राष्ट्रिय राजमार्ग बन्द गरिएको छ । प्रत्येक दिन उडानहरु समेत बन्द गर्नुपरेको छ ।

    त्यहाँको मौसम विज्ञान विभागका अनुसार सामान्यजसो जुलाईको अन्त्य तथा अगस्टको सुरुमा हिमपात हुने गर्छ । तर, आर्कटिक विस्फोटको कारण एक पहिले नै त्यहाँ हिमपात भएको छ ।

    केही सहरमा १० वर्षपछि हिमपात भएको छ । यसकारण जुन महिना न्यूजिल्यान्डमा ५५ वर्षयताकै चिसो महसुस गरियो । केही सहरको तापमान १ डिग्री सेल्सियसदेखि माइनस ४ डिग्रीसम्म महसुस भयो । जुन महीनामा न्यूजिल्यान्डको तापमान ११ देखि १४ डिग्री सेल्सियस रहन्छ ।

    स्थानीय संचारमाध्यमका अनुसार राजधानी वेलिङटनमा स्थानीय आपतकालको घोषणा गरिएको छ । भारी हिमपात भएको ठाउँका नागरिकलाई सुरक्षित स्थानमा जान भनिएको छ । मौसम विभागका अनुसार आर्कटिक क्षेत्रबाट आएको हिउँसहितको आँधीले समुन्द्र किनारमा १२ मिटर उचाइमा लहर समेत उठेको छ ।

    न्यूजिल्यान्डसँगै अष्ट्रेलियामा समेत चिसो बढ्ने जनाइएको छ ।

  • आज शक्ति प्रदर्शन गर्दै ट्रम्प, २०२४ को चुनाबमा दाबेदारी पेश गर्ने

    आज शक्ति प्रदर्शन गर्दै ट्रम्प, २०२४ को चुनाबमा दाबेदारी पेश गर्ने

    वासिङ्टन । अमेरिकामा एउटा भनाई चर्चित छ : जुन राष्ट्रपति चुनावमा पराजित हुन्छन्, उनीहरु नफर्किने गरेर चलेर जान्छन् । फर्केर पनि सत्ताको अनुहार उनीहरुले हेर्दैनन् ।’ तर, डोनाल्ड ट्रम्पको हकमा भने यो भनाई सार्थक नहुने देखिएको छ । ट्रम्पले पटक-पटक सन् २०२४ मा हुने राष्ट्रपतिय चुनावमा आफू रिपब्लिकन पार्टीबाट उम्मेदवार हुने बताउने गरेका छन् ।

    शनिबार फ्लोरिडाको सरसोटामा ट्रम्पले ‘सेभ अमेरिका’ नामक र्‍याली आयोजना गर्दै शक्ति प्रदर्शनको तयारी गरेका छन् । पुनः राष्ट्रपतिमा उठ्ने उनको कसरतको रुपमा यो प्रदर्शनलाई हेरिएको छ ।

    यो र्‍याली किनपनि महत्वपूर्ण छ भने, ४ जुलाईमा अमेरिकाको स्वतन्त्रता दिवस पनि मनाइन्छ । राजनीतिक विश्लेषक तथा रिपब्लिकन पार्टीका नेताहरुका अनुसार यो वर्षको ६ जनवरीपछि ट्रम्पको पहिलो ठूलो सम्बोधन हुनेछ ।

    सन् २०२४ मा हुने चुनावको दाबेदारीको रुपमा यो र्‍याली महत्वपूर्ण हुने विश्लेषकले लिएका छन् । ट्रम्पका सहयोगी ज्यासन मिलरको नजरमा ट्रम्प एक नेता मात्र हैनन्, बरु उनी एउटा आन्दोलन हुन् । बाइडेन प्रशासनलाई खोप अभियान चलाउन ट्रम्प खाँचो पर्न सक्ने विश्लेषण उनको छ । किनभने, ट्रम्पका १७ प्रतिशत समर्थक खोप अभियानको विरुद्धमा छन् ।

  • मन्त्रिपरिषद् विस्तार गर्दै मोदी, २८ मन्त्री थपिने

    मन्त्रिपरिषद् विस्तार गर्दै मोदी, २८ मन्त्री थपिने

    दिल्ली । केही दिनमै भारतीय मन्त्रिपरिषद् विस्तार हुने भएको छ । सन् २०२४ मा हुने लोकसभा चुनाव र आउँदो पाँचवर्षमा हुने विधान सभा चुनावलाई दृष्टिगत गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रिपरिषद्को आकार विस्तार गर्न लागेका हुन् ।

    मोदीको दोस्रो कार्यकालको यो पहिलो विस्तार हुनेछ । कांग्रेसबाट सत्तारुढ भाजपा प्रवेश गरेका ज्योतिरादित्य सिन्ध्यिा मन्त्री बन्ने बलियो सम्भावना छ । सिन्ध्यिाको साथ पाएरै भाजपाले मध्यप्रदेशमा सत्ता प्राप्त गरेको थियो ।

    असममा भाजपालाई जित दिलाएका सर्बानन्द सोनोवाल पनि मन्त्री बन्ने जनाइएको छ । उनकै साथ पाएर भाजपाका हेमन्तविश्व शर्मा राज्यका मुख्यमन्त्री बनेका थिए ।

    मन्त्रिपरिषद् विस्तारमा केही पुराना मन्त्रीलाई हटाउने तयारी भएको छ । अहिले पनि ९ मन्त्रीसँग एकभन्दा बढी विभाग रहेका छन् जसमा प्रकाश जावेडकर, पीयूष गोयल, धर्मेन्द्र प्रधान, नितिन गड्करी, डा. हर्षवर्धन, नरेन्द्रसिंह तोमर, रविशंकर प्रसाद, स्मृति इरानी र हरदीप सिंह छन् ।

    नितिशकुमारको जेडीयू कोही मन्त्री बन्नेछ वा छैन भन्ने कुरा तय छैन । सन् २०१९ मा केन्द्रमा नितिशले मन्त्री बन्न गरिएको आग्रह अस्वीकार गरेका थिए । सूत्रका अनुसार नितिशले कम्तीमा दुई मन्त्रालय प्रस्ताव गरेका छन् ।

  • भारतमा कोभिडबाट मृत्यु हुने संख्या ४ लाख नाघ्यो, खोप अभियान सुस्त हुँदा मृत्यु रोकिएन

    भारतमा कोभिडबाट मृत्यु हुने संख्या ४ लाख नाघ्यो, खोप अभियान सुस्त हुँदा मृत्यु रोकिएन

    दिल्ली । कोभिड–१९ को कारण भारतमा मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ । खोप अभियान चलिरहँदा पनि त्यहाँ मृत्यु हुनेको संख्यामा उल्लेखनीय कमी आएको छैन ।

    थप मृत्युहरुलाई गणना नगरिँदा मृत्यु संख्या यो भन्दा उच्च हुन सक्ने भारतीय संचारमाध्यमले जनाएका छन् । अमेरिका र ब्राजिलपछि भारत कोभिड मृत्यु हुने ४ लाख संख्या पुग्ने तेस्रो प्रभावित मुलुक हो ।

    संक्रमित संख्या अमेरिकाबाट दोस्रो स्थानमा रहेको भारतको ३० मिलियन पुगेको छ । पछिल्ला दिनहरुमा भारतमा दैनिक संक्रमण ४० हजारमा घटेको छ ।

    गत मे महीनामा संक्रमण उत्कर्षमा पुग्दा दैनिक ४ लाख संक्रमण भएको थियो । विभिन्न राज्यले कडा लकडाउन गरेपछि संक्रमित हुने संख्यामा कमी आएको हो ।

    गत जनवरीमा खोप अभियान सुरु भएपनि कूल जनसंख्याको ५ प्रतिशतले मात्र भारतमा खोप लगाएका छन् ।

  • खोप लगाएकालाई थाइल्यान्डले गर्‍यो पर्यटन खुला, एकैदिन ४०० पर्यटक पुगे

    खोप लगाएकालाई थाइल्यान्डले गर्‍यो पर्यटन खुला, एकैदिन ४०० पर्यटक पुगे

    बैंकक । कोभिड-१९ विरुद्धको खोप लगाएका विश्वभरका मानिसलाई थाइल्यान्डले पर्यटन खुला गरेको छ । झन्डै १५ महीनापछि थाइल्यान्डको प्रमुख पर्यटकीय थलो फुकेटले खोप लगाएका मानिसलाई क्वारेन्टिनरहित रुपमा पर्यटन खुला गरेको जनाएको हो ।

    बिहीबार अबुधाबीबाट पहिलोपटक एक यात्रुवाहक जहाज फुकेटमा अवतरण गर्‍यो । दोहा, तेलअभिभ र सिंगापुरबाट गरी ४०० पर्यटक उक्त दिन थाइल्यान्ड पुगेका छन् ।

    सीएनएनसँग कुरा गर्दै थाइल्यान्डका पर्यटनमन्त्री पिफाट राचाकीप्रकरनले कोरोना महामारीले थला परेको मुलुकको अर्थतन्त्रलाई उकास्न पनि फुकेटलाई खुला गर्नु जरुरी रहेको बताएका छन् ।

    सन् २०१९ मा थाइल्यान्डले घरेलु र विदेशी पर्यटकबाट गरी कूल ९३.७ बिलियन डलर कमाइ गरेको थियो । तर, सन् २०२० मा महामारीको कारण त्यहाँको अर्थतन्त्र जर्जर बन्यो ।

    पर्यटन खुला गर्ने जुलाई १ को घोषणालाई सांकेतिकरुपमा महत्वपूर्ण रुपमा लिइएको छ किनभने, खुला गर्दैमा तत्काल ठूलै संख्यामा पर्यटक जाने भन्ने पनि होइन । फुकेट पुनः खुला भएको पहिलो तीन महिनामा १ लाख अन्तर्राष्ट्रिय पर्यटक जाने अपेक्षा छ ।

  • कोरोनाबाट अत्यन्त प्रभावित २० देशका संक्रमित र मृतकको संख्या

    कोरोनाबाट अत्यन्त प्रभावित २० देशका संक्रमित र मृतकको संख्या

    काठमाडौं । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या १८ करोड २२ लाख ४ हजार ८५७ जना रहेका छन् । कोरोना सुरु भएयता हालसम्म विश्वभर यस संक्रमणबाट ३९ लाख ४७ हजार ९९ जनाको मृत्यु भएको छ ।

    सो विश्वविद्यालयले जुलाई १ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका संक्रमित र यस संक्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् । रासस

    देश                                       संक्रमितको संख्या                              कूल मृत्यु

    संयुक्त राज्य अमेरिका     ३ करोड ३६ लाख ६४ हजार ९४९      ६ लाख ४ हजार ७१४
    भारत                              ३ करोड ४ लाख ११ हजार ६३४         ३ लाख ९९ हजार ४५९
    ब्राजिल                           १ करोड ८५ लाख ८७ हजार १४१        ५ लाख १८ हजार ६६
    फ्रान्स                            ५८ लाख ३७ हजार २६५                     १ लाख ११ हजार २४४
    रुस                              ५४ लाख ३९ हजार ५९४                      १ लाख ३२ हजार ९७३
    टर्की                              ५४ लाख २५ हजार ६५२                   ४९ हजार ७३२
    बेलायत                        ४८ लाख १७ हजार २९८                    १ लाख २८ हजार ४०४
    अर्जेन्टिना                     ४४ लाख ७० हजार ३७४                   ९४ हजार ३०४
    इटाली                          ४२ लाख ५९ हजार ९०९                    १ लाख २७ हजार ५६६
    कोलोम्बिया                 ४२ लाख ४० हजार ९८२                     १ लाख ६ हजार ५४४
    स्पेन                            ३८ लाख ८ हजार ९६०                      ८० हजार ८७५
    जर्मनी                         ३७ लाख ३६ हजार २०५                    ९० हजार ९४५
    इरान                           ३२ लाख ४ हजार ५५७                     ८४ हजार २६४
    पोल्याण्ड                     २८ लाख ७९ हजार ९१२                   ७५ हजार २१
    मेक्सिको                     २५ लाख १९ हजार २७९                   २ लाख ३३ हजार ४७
    युक्रेन                         २३ लाख १०१                                   ५४ हजार ५८१
    इन्डोनेसिया                 २१ लाख ७८ हजार ३७२                 ५८ हजार ४९१
    पेरु                            २० लाख ५२ हजार ६५                   १ लाख ९२ हजार ३३१
    दक्षिण अफ्रिका          १९ लाख ७३ हजार ९७२                 ६० हजार ६४७
    नेदरल्याण्ड                १७ लाख १२ हजार ७४७                 १८ हजार २८

  • टीकटकद्वारा ७३ लाख प्रयोगकर्ताको एकाउन्ट निलम्बन, बालबालिकालाई प्रयोगमा कडाइ गर्ने

    टीकटकद्वारा ७३ लाख प्रयोगकर्ताको एकाउन्ट निलम्बन, बालबालिकालाई प्रयोगमा कडाइ गर्ने

    काठमाडौं । बालबालिकाले आफ्नो प्लेटफर्म प्रयोग गरेको आशंकामा चिनियाँ भिडियो साझेदारी एप टीकटकले यो वर्षको पहिलो तीन महिनामा झन्डै ७३ लाख प्रयोगकर्ताको खातालाई निलम्बन गरेको छ। उसले निलम्बित ती खाताहरु कुल प्रयोगकर्ताको एक प्रतिशतभन्दा कम रहेको बताएको छ।

    किशोर पुस्तामाझ लोकप्रिय टीकटक १३ वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिले मात्रै चलाउन पाउने नियम छ। निलम्बित अकाउन्टका बारेमा पहिलो पटक निर्देशिका प्रतिवेदनमा यस्तो विवरण सार्वजनिक गरिएको हो ।

    यस्तो जानकारीले प्रयोगकर्ताको सुरक्षाका विषयमा पारदर्शिता र उत्तरदायित्व वहन गरेर अगाडि बढ्न सजिलो हुने समेत टीकटकले जनाएको छ ।

    टीकटकका अनुसार तीन महिनामा नियम पालना नगरेका ६,१९,५१,३२७ भिडिओहरू हटाइएका छन् । तीमध्ये ८२ प्रतिशत भिडिओले हेर्नुभन्दा पहिले, ९१ प्रतिशत कुनै पनि प्रयोगकर्ताले गुनासो गर्नुभन्दा पहिले र ९३ प्रतिशत प्रकाशित भएको २४ घण्टाभित्रै हटाइएका हुन् ।

    विज्ञापन नीति र निर्देशिका पालना नगरेका १,९२,९०० विज्ञापनहरू अस्वीकृत गरिएका छन् । कुल १,११,४५,५१४ अकाउन्टहरू निर्देशिका र प्रयोगका सर्तहरू पालना नगरेका कारण हटाइएका छन् । टीकटकले किशोर उमेरकालाई सुरक्षित राख्न १६ वर्ष नपुगेका प्रयोगकर्ताहरूलाई सन्देश पठाउन र आदानप्रदान र प्रत्यक्ष भिडिओ प्रसारण गर्ने सुविधा नदिएको बताएको छ।

    टीकटक किशोर पुस्तामाझ चर्चित भएपनि हालै यसको प्रयोगमा कम उमेरका बालबालिकाको संख्या बढ्न थालेको भन्दै चिन्ता व्यक्त गरिएको छ। गत वर्ष न्युयोर्क टाइम्सले प्राप्त गरेको तथ्याङ्कमा एक चौथाइ अमेरिकी प्रयोगकर्ताहरू १४ वर्ष वा कम उमेरका रहेको देखिएको थियो।

  • क्यानडामा अत्यधिक गर्मीले मृत्यु हुनेको संख्या २३० पुग्यो, त्यहाँको तापक्रम अहिलेसम्मकै उच्च बिन्दूमा

    क्यानडामा अत्यधिक गर्मीले मृत्यु हुनेको संख्या २३० पुग्यो, त्यहाँको तापक्रम अहिलेसम्मकै उच्च बिन्दूमा

    ओटावा । क्यानडामा अत्यधिक गर्मीका कारण पछिल्ला केही दिनमा आएको तातो हावामा परेर कम्तीमा पनि २३० जनाको मृत्यु भएको छ । क्यानाडाका अधिकारीहरुले दिएको जानकारीअनुसार क्यानाडाको तापक्रम अहिलेसम्मकै सबैभन्दा उच्च विन्दुमा पुगेको छ ।

    यस तापक्रमका कारण तातो हावा चलिरहेको बताइएको छ । यसैकारण ती नागरिकको मृत्यु भएको हो । यहाँका विभिन्न स्वास्थ्य समस्यासँग जुधिरहेका वृद्ध मानिसहरुलाई यो तातो हावाले बढी असर गरेको छ । मृत्यु हुनेमा धेरैजसो तिनै नागरिकहरु परेका बताइएको छ ।

    क्यानाडाको खासगरी ब्रिटिश कोलम्बिया प्रान्तका नागरिक बढी प्रभावित भएका छन् । जसका कारण यहाँका नागरिकमा विभिन्न स्वास्थ्य समस्याहरु पनि देखिएको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् ।

    प्राप्त समाचार अनुसार मंगलबार मात्र क्यानाडाको तापक्रम अधिकतम ४९.६ डिग्री सेल्सियममा पुगेको थियो । यहाँ यो अहिलेसम्मकै उच्च तापक्रम भएको बताइएको छ । क्यानाडाको तापक्रम बुधबार चौथो दिन पनि उच्च नै रहेको बताइएको छ । अमेरिकाको उत्तर पश्चिमी क्षेत्रमा पनि तापक्रम निकै बढेको छ । तातो हावाका कारण अमेरिकाका यी क्षेत्रमा पनि केही मानिसको ज्यान गएको बताइएको छ ।

    तातो हावाका कारण ब्रिटिश कोलम्बिया क्षेत्रमा जनजीवन नै प्रभावित भएको छ । ब्रिटिश कोलम्बिया प्रान्तको लिटन गाउँमा सबैभन्दा धेरै तापक्रम देखिएको छ । उक्त गाउँका स्थानीयहरुका अनुसार अहिले सो गाउँबाट मानिसहरु बाहिर निस्किन सक्ने अवस्था देखिएको छैन ।

    क्यानाडाको भ्यानकुभरमा मात्रै गत शुक्रबारयता ६५ जनाको मृत्यु भएको बताइएको छ । यसरी मृत्यु हुनुमा अत्यधिक गर्मी नै प्रमुख कारण रहेको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीको भनाई छ ।

  • चिनियाँ कम्युनिष्ट पार्टीको सय वर्ष : विश्व हल्लाउने ६ उपलब्धी

    चिनियाँ कम्युनिष्ट पार्टीको सय वर्ष : विश्व हल्लाउने ६ उपलब्धी

    इटहरी । ‘सम्राज्यवादले १०० वर्षसम्म हामी (चीन) लाई नियन्त्रण गर्‍यो । उनीहरूले कुनै निर्माण नगरी हाम्रा सबै कुराहरू लगे’ सन् १९६१ को अक्टोबर ५ मा चीन भ्रमणमा रहेका नेपालका राजा महेन्द्रसँग माओले भनेका थिए ।

    उनले अगाडि थपेका थिए, ‘क्विङ वंशदेखि चेङ काइसेकको समयमा जम्मा हाम्रो स्टिल उत्पादन ४० हजार टनमात्रै थियो । कसैले भन्न सक्छ  कि हामीसँग फलाम र स्टिल छैन । मेसिन उत्पादन गर्ने उद्योग पनि छैन । न त कुनै भूगर्भिक काम नै छन ।’

    चिनियाँ कम्युनिष्ट पार्टीले सत्ता कब्जा गरेको १२ बर्षपछि यस्तो हालत थियो चीनको । त्यही हालत जस्ताको तस्तै माओले महेन्द्रलाई नेपाल चीन सीमा सन्धीको सवालमा भएको भेटमा सुनाएका थिए ।

    माओको ‘अन डिप्लोमेसी’ पुस्तकको माओ र महेन्द्रको संवाद राखिएको छ । चीनको तत्कालीन अँध्यारो औद्योगिक कथा सुनाएका माओले भविष्यको उज्याले चित्र पनि देखाएका थिए । उनले महेन्द्रलाई भनेका थिए, ‘यूरोप र अमेरिकालाई अहिलेको स्तरमा आउँन युगौँ लागेको थियो । उनीहरुलाई चीनले आगाडि एक सय वर्षमा उछिन्यो भने गज्जब हुनेछ ।’

    माओले महेन्द्रलाई ६० बर्ष अगाडि भनेको कुरा पूरा हुने दिशामा छ । माओकालको अल्पविकसित चीनले अर्थतन्त्रको कोणमा आज यूरोपका देशहरूलाई जितिसक्यो । अहिले अमेरिकापछिको दोश्रो ठूलो अर्थतन्त्र चीनको छ । पर्जेजिङ पावर प्यारिटीको आधारमा त सन् २०१४ बाटै चीनले अमेरिकालाई पनि जितेको तथ्यांक छ ।

    यो फड्कोको नेतृत्व चिनियाँ कम्युनिष्ट पार्टीले गरिरहेको छ । आज चिनियाँ कम्युनिष्ट पार्टी स्थापना दिवसको ठीक सय वर्ष भएको छ । सन् १९२१ मा माओलगायतका १२ जना नेताहरूले सांघाइमा कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । त्यो समयमा माओ २७ बर्षका थिए । जुलाइ १ मा पार्टी स्थापना गरिएपनि यसको पहिलो महाधिवेशन भने जुलाइ २३ मा भएको थियो ।

    स्थापनाको १०० वर्ष र चीनको सत्तामा भएको ७२ वर्ष भएको छ चिनियाँ कम्युनिष्ट पार्टीको । यो दौरानमा राजनीतिक स्वतन्त्रता नदिएको, मानव अधिकारको हनन् गरेको देखि एकदलीय तानाशाही लाएको आरोप चीनलाई लाग्दै आएको छ । चीनले भने आफ्नो देश र भूगोल अनुसारको फरक राज्य व्यवस्था भएको जिकिर गर्दै आफ्नो सही व्यवस्था भएको तर्क गर्दै आएको छ ।

    केही राजनीतिक आलोचनाको बाबजुद चिनियाँ कम्युनिष्ट पार्टीको सात दशक लामो सत्ताले विश्वलाई उदाहरणीय देखाउने केही गज्जब प्रगतिहरू गरेको छ । बुँदागत रूपमा चर्चा गरौँ :-

    १. सबैभन्दा ठूलो र सबैभन्दा धेरै समय सत्तामा भएको कम्युनिष्ट पार्टी

    विश्वका अस्तित्वमा रहेका कम्युनिष्ट पार्टीहरूमा सबैभन्दा ठूलो पार्टी चिनियाँ कम्युनिष्ट पार्टी हो । पार्टीमा साढे ९ करोड बढी सदस्य छन् । यो संख्या चीनको जनसंख्याको ७ प्रतिशत हाराहारी भएको सीएनएनले लेखेको छ ।

    यद्यपि चिनियाँ कम्युनिष्ट पार्टी विश्वका सबै पार्टीमा सबैभन्दा ठूलो भने हैन । भारतको सत्ताधारी बीजेपी विश्वको सबैभन्दा ठूलो पार्टी हो । बीजेपीका १८ करोड हाराहारी सदस्य छन् । विश्वको सबैभन्दा ठूलो मात्रै हैन सबैभन्दा धेरै लामो सत्तामा हुने पार्टी पनि चिनियाँ कम्युनिष्ट पार्टी हो । सोभियत संघको पार्टीले पाएको भन्दा लामो सत्ता चिनियाँ कम्युनिष्ट पार्टीले पाएको छ ।

    २. सबै निर्णायक युद्ध मोर्चामा सफल

    सन १९२७ को अगस्ट १ मा चिनियाँ कम्युनिष्ट पार्टीले जनमुक्ति सेनाको निर्माण गर्‍यो । सांघाइमा भएका ट्रेड युनियन आन्दोलनमा व्यापक हस्तक्षेत्र र कम्युनिष्टलाई प्रतिबन्ध लाएपछि जनमुक्ति सेना निर्माण भएको थियो ।

    त्यही जनमुक्ति सेनाले गरेका विभिन्न निर्णायक युद्धहरूमा उसको जित भएको छ । उदाहरणको लागि दोस्रो विश्वयुद्ध सकिनु अगाडि जापानी उपनिवेशवादी शक्तिसँग युद्ध भयो । जापान पछि हट्न बाध्य भयो ।

    तत्कालीन चेङ काइसेकको सत्ता र जनमुक्ति सेना युद्धमा जापान धपाउने मुद्धामा एक थिए । दोश्रो विश्व युद्धपछि जनमुक्ति सेनाले चेङ काइसेकको राष्ट्रिय सेनासँग लढ्यो । करिब पाँच वर्षको युद्धपछि सन् १९४९ मा काइसेक भागेर जापानको पूर्व उपनिवेश ताइवान पुगे । त्यहीँबाट ‘गणतन्त्र चीन’ नाममा सरकार चलाए ।

    सन् १९४९ अक्टोबर १ मा माओले पेकिङ (हालको बेइजिङ)को तियानानमेन स्क्वेयरमा पुगेर ‘जनवादी गणतन्त्र चीन’को घोषणा गरे । रोचक कुरा के छ भने,जनवादी गणतन्त्र चीनलाई अमेरिका मात्रै हैन संयुक्त रास्ट्रसंघले समेत मान्यता दिएन ।

    संयुक्त राष्ट्रसंघको स्थायी सदस्य चीनको सिटमा पनि चेङ काइसेकको ताइवानले नै मान्यता पायो । संयुक्त राष्ट्रसंघको स्थापना गर्ने सुरूका केही विश्व नेतामा काइसेक भएको र उनको सत्तालाई अमेरिकी सहयोग भएकोले ताइवानले त्यो सुविधा पायो ।

    जनवादी गणतन्त्र चीनलाई पनि राष्ट्रसंघमा ल्याउन धेरै देशले पहल गरे । यसो गर्नेमा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइराला पनि थिए। सन् १९६० को संयुक्त राष्ट्रसंघको पन्ध्रौँ साधारणसभामा विपीले चीनलाई अलग गरेर बनेको राष्ट्रसंघले विश्वका सबै क्षेत्रको प्रतिनिधित्व नहुने तर्क गरेका थिए ।

    त्यसको ठीक ११ बर्षपछि सन १९७१ मा जनवादी गणतन्त्र चीन ताइवानको ठाउँमा स्थायी सदस्य भयो । अहिलेसम्म ताइवान संयुक्त राष्ट्रसंघ सदस्य समेत भएको छैन ।

    चीन सन् १९५० देखि १९५३ सम्म भएको कोरियाली युद्धमा अमेरिकी सेनासँग आमनेसामने भएको थियो । उक्त युद्धमा समेत चीनको हार भएन । यस्तै भारतसँग सन् १९६२ मा भएको युद्धमा समेत चीन विजयी भयो ।

    यी सबै युद्ध मोर्चाको जस चिनियाँ कम्युनिष्ट पार्टीले लिने गरेको छ । चेङ काइसेक र जापानसँग लढेको युद्ध त चीनले विकास गरेको ‘रेड टुरिजम’ मार्फत व्यापक प्रचारप्रसार समेत हुने गरेको छ ।

    ३. हङकङदेखि मकाउलाई पुनः चीनमै फर्काउन सफल

    चिनियाँ कम्युनिष्ट पार्टीकै नेतृत्वमा हङकङ र मकाउ चीनमा पुनः आएका हुन । युद्ध नगरी वार्ताका माध्यमले चीनले त्यी भूभाग पुःन पाएको हो । सन १९९७ जुलाई १ मा हङकङ चीनमा आएको थियो । चिनियाँ कम्युनिष्ट पार्टी ७६ वर्ष पुगेको अवसरमा बेलायतबाट चीनलाई औपचारिक रूपमा हङकङ हस्तान्तरण भएको थियो ।

    सन १८४२ मा भएको तत्कालिन चीनको क्विङ वंशसँग भएको अफिम युद्धताका बेलायतले हङकङ हडपेको थियो । सन १९११ मा गणतन्त्र चीन बने पनि फिर्ता आउन नसकेको भूमि जनवादी गणतन्त्र चीन बनेको ४८ वर्षमै फर्कियो ।

    हङकङ फिर्ता भएको दुई बर्षपछि मकाउ पोर्चुगलबाट सन १९९९ को डिसेम्बर २० मा फिर्ता भएको थियो । बिबिसीका अनुसार सन १८८७ देखी मकाउ पोर्चुगलको औपचारिक रूपमा उपनिवेश भएको थियो ।

    ४. सबैभन्दा छोटो समयमा अत्यधिक धेरैलाई गरिवीबाट उठाउन सफल

    चीनले सबैभन्दा छोटो समयमा सबैभन्दा धेरै नागरिकलाई गरिवीबाट उठाएको विश्व बैंकको भनाइ छ । विश्व बैंकका अनुसार सन १९७० को दशकदेखि हालसम्मको कुल गरिवीबाट माथि उठाइएका मानिसमा विश्वको ७० प्रतिशत हिस्सा चीनको छ ।

    चिनियाँ समाचार एजेन्सी सिन्हुवाका अनुसार सन् १९७० को दशकदेखि सन २०२१ सम्म आउँदा चीनले ७७ करोड नागरिकलाई गरिवीबाट माथि उठाएको छ । राष्ट्रपति सी चिनफिङले यहि बर्षको फेब्रअरी २५ मा चीन चरम गरिवीबाट मुक्त भएको घोषणा गरे । सीले पछिल्ला आठ वर्षमा १० करोडलाई गरिवीबाट उठाएको बीबीसीले उल्लेख गरेको छ ।

    ५. अमेरिकी नेतृत्वको विश्व व्यवस्थाको सबैभन्दा ठूलो बागी

    दोस्रो विश्वयुद्धपछि विश्व मानचित्रमा एकछत्र अमेरिकी राज सुरू भयो । सोभियत संघ ढलेपछि झनै त्यसमा बल पुग्यो । पछिल्लो दशमा चीनले अमेरिकी विश्व व्यवस्थामा केही भएपनि धक्का दिएको छ । एसियाली विकास बैंक र विश्व बैंकको विकल्पमा चीन नेतृत्वको एसियाली पूर्वाधार लगानी बैंक सन् २०१६ को जनवरीमा स्थापना भएको छ ।

    यसको मुख्यालय बेइजिङमा रहेको छ । नयाँ विकास बैंक सोही वर्ष फेब्रुअरीमा स्थापना भएको छ । यसको मुख्यालय सांघाइमा छ । आर्थिक क्षेत्रमा मात्रै हैन रणनीतिक क्षेत्रमा सांघाइ कोअपरेसन अर्गनाइजेसन सन् २००१ मा खोलेको छ ।

    विश्वको उद्योग भनेर चिनिएको चीनको आर्थिक र रणनीतिक प्रभाव क्रमशः बढ्दैछ । चीनलाई बेलायी अखबार दी गार्जियनले त ‘सूपरपावर-इन-वेटिङ’ अर्थात आसन्न महाशक्ति भनेर व्याख्या गरेको छ । यो कुरामा अमेरिकी नेतृत्व बेखुस छ । ट्रम्पदेखि जो बाइडेनसम्मले अमेरिकाको अबको प्रमुख प्रतिस्पर्धी चीन भनेका छन् । चीनलाई काउन्टर दिन विभिन्न देशहरूसँग गठबन्धनको तयारीमा छ अमेरिका ।

    default

    ६. प्रविधिदेखि अन्तरिक्षसम्मको नयाँ विश्वशक्ति

    आर्टिफिसियल इन्टेलिजेन्स, फाइभ जीदेखि सूचना प्रविधिका विभिन्न क्षेत्रमा चीन नेतृत्वदायी भएर आएको छ । अमेरिकी जीपीएसलाई विकल्प दिने आफ्नै बाइडो नामक प्रविधि सन २०२० को जुलाइ ३१ मा राष्ट्रपति सीले सार्वजनिक गरे । यस्तै अन्तरीक्षमा सन २०२२ भित्र आफ्नै अन्तरिक्ष स्टेशन बनाउन चीन लागिपरेको छ ।

    अमेरिकी नेतृत्वको अन्तरिक्ष स्टेशनमा चिनियाँ अन्तरिक्ष यात्रीलाई सहभागी नबनाएको भन्दै चीनले आफ्नै स्टेशन बनाउन लागेको ग्लोबल टाइम्सले उल्लेख गरेको छ । सन् २००३ को अक्टोबर १५ मा पहिलोपटक आफ्ना यात्री अन्तरिक्षमा पठाएको चीनले हालसालै जुन १७ मा तीन अन्तरिक्ष यात्री पठाएको छ ।

    उनीहरू तीन महिनासम्म अन्तरिक्षमा चिनियाँ अन्तरीक्ष स्टेशन निर्माणमा सक्रिय हुनेछन् । बाँकी तीनजनालाई तीन महिनापछि पठाउन तयारी अवस्थामा राखेको छ । अन्तरिक्ष यात्री पठाउने चीन अमेरिका र रसियापछि दोस्रो देश भएको छ ।

    चीनले बेल्ट एन्ड रोड इनिसिएटिभ नामक विश्वस्तरीय पूर्वाधार कार्यक्रम ल्याएको छ । बीआरआई भनेर चिनिने परियोजनामा अमेरिका नकारात्मक छ । तर, अमेरिका एक्लैले बीआरआईसँग प्रतिस्पर्धा गर्न नसक्ने अमेरिकी अधिकारीहरूले स्वीकार्दै आएका छन् । यसले पनि एक खालको चीनको प्रभुत्व देखाउँछ ।

    जसको जस चिनियाँ कम्युनिष्ट पार्टीकै हुन्छ । किनभने चीनमा कम्युनिष्ट पार्टीकै मातहत सबै कुराहरू रहन्छन । सन् २०१७ मा भएको १७ औँ पार्टीको महाधिवेशनमा बोल्दै राष्ट्रपति सीले पार्टीको सबै क्षेत्रमा नेतृत्व हुनुपर्ने धारणा राखेका थिए । सीएनएनले सीलाई उदृत गर्दै लेखेको छ, ‘पूर्व, पश्चिम, दक्षिण र उत्तर, पार्टीले सबैतिर नेतृत्व गर्छ ।’

  • राष्ट्रपति सीको सम्बोधन : चीनलाई घेर्नेविरुद्ध १.४ बिलियन चिनियाँ जनता धातुको पर्खालजस्तै उभिनेछन्

    राष्ट्रपति सीको सम्बोधन : चीनलाई घेर्नेविरुद्ध १.४ बिलियन चिनियाँ जनता धातुको पर्खालजस्तै उभिनेछन्

    बेइजिङ । चिनियाँ कम्युनिष्ट पार्टीले आज स्थापनाको १०० वर्ष मनाउँदैछ । चीनसहित विश्वभर चिनियाँ कम्युनिष्ट पार्टीको शुभेच्छुकले यो वर्षगाँठलाई मनाइरहेका छन् ।

    सयौं वर्षगाँठलाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति एवं सीपीसी महासचिव सी जिङपिङले आफ्नो मुलुकले अन्य देशलाई दमन नगर्ने बताएका छन् । साथै, उनले चीनलाई असर पुर्‍याउन खोज्ने तत्वविरुद्ध आफूहरु धातुको पर्खालजस्तै भएर उभिने चेतावनी समेत दिए ।

    विश्लेषकहरुले चिनियाँ राष्ट्रपतिको यो चेतावनी अमेरिकासहितका पश्चिमा मुलुकविरुद्ध लक्षित भएको बताएका छन् । बेइजिङमा उपस्थित ७० हजार सहभागि अगाडि उभिएर सीले चीनविरुद्धको षड्यन्त्र निस्तेज पार्ने समेत बताएको उल्लेख छ ।

    ‘चीनलाई घेर्ने र निस्तेज पार्ने षड्यन्त्रविरुद्ध १.४ बिलियन चिनियाँ जनता धातुको पर्खालजस्तै भएर उभिनेछन्’ सीले आफ्नो सम्बोधनमा भनेका छन्, ‘चिनियाँ कम्युनिष्ट पार्टीको उदयले चिनियाँ जनताको भाग्य मात्र हैन, सिंगो विश्वकै भाग्य बदलेको छ ।’

    सम्बोधनमा सीले चिनियाँ कम्युनिष्ट पार्टीका अग्रणी नेताहरु माओत्से तुङ, देङ जिआओपिङ, जियाङ जेमिन र हु जिन्ताओप्रति सम्मान व्यक्त गरे । ताइवानसँग एकताका लागि चीनले अबिचलित प्रतिबद्धता जनाएको समेत उनले बताए । ‘आफ्नो राष्ट्रिय सार्वभौमसत्ता र देश रक्षा गर्ने चिनियाँ जनताको सक्षमतालाई कसैले पनि दुष्प्रयास गर्नुहुँदैन’ उनले भनेका छन् ।

    विहिबार विहान आयोजित समारोहमा चिनियाँ आकाशमा सैन्य जहाज उडाइएका थिए भने राष्ट्रवादी गीत पनि बजाइएका थिए । तियानमेन स्क्वायरमा उपस्थित अधिकांशले मास्क पनि लगाएका थिएनन् । आजै, हङकङले पनि ‘ह्यान्डओभर डे’ मनाउँदैछ ।

    झन्डै एक घण्टाको सम्बोधनमा राष्ट्रपति तथा महासचिव सीले आधुनिक समयमा चिनियाँ कम्युनिष्ट पार्टीको भूमिकाको चर्चा गरे । उनले देशलाई असफल बनाउन नदिइने प्रतिबद्धता समेत जनाए । ‘समाजवादले मात्र चीनलाई जोगाउन सक्छ । चिनियाँ विशेषतासहितको समाजवादले मात्र चीन विकसित हुनसक्छ’ उनले भनेका छन् ।

    सन् १९२१ मा स्थापना भएको चिनियाँ कम्युनिष्ट पार्टी लामो गृहयुद्धपछि ७२ वर्ष अगाडि शक्तिमा आएको थियो ।

  • प्रचण्ड गर्मीले क्यानडामा मृत्यु हुने संख्या १३० पुग्यो, तापमान ४९.५ डिग्री सेल्सियस रेकर्ड

    प्रचण्ड गर्मीले क्यानडामा मृत्यु हुने संख्या १३० पुग्यो, तापमान ४९.५ डिग्री सेल्सियस रेकर्ड

    ओटावा/बीबीसी । अहिलेसम्मकै उखरमाउलो गर्मीको कारण क्यानडामा दर्जनौं मानिसको मृत्यु भएको छ । भ्यानकुभर प्रहरीका अनुसार शुक्रबारयता सो क्षेत्रमा गर्मीकै कारण १३० जनाभन्दा बढीले ज्यान गुमाएका छन् ।

    मृत्यु हुनेहरुमा अधिकांश वृद्धवृद्धा र कुनै न कुनै रोगसँग जुधिरहेका व्यक्तिहरु छन् । मंगलबार लगातार तेस्रो दिन क्यानडाको ब्रिटिस कोलम्बियास्थित लाइटनमा अहिलसम्मकै सर्वाधिक तापमान ४९.५ डिग्री सेल्सियस रेकर्ड भयो ।

    यो साता अगाडि उक्त क्षेत्रमा तापमान ४५ डिग्री सेल्सियसभन्दा बढी मापन भएको थिएन । उत्तर पश्चिमी अमेरिका र क्यानडाको आकाशमा तातो हावाको उच्च प्रवाह हुँदा सो क्षेत्रमा गर्मी बढेको बताइएको छ ।

    भ्यानकुभर सहरमा मात्र ६५ जनाले गर्मीकै कारण ज्यान गुमाए । बर्नबे क्षेत्रमा मात्र ३४ जनाको एक्कासी मृत्यु भएको छ भने सर्रे क्षेत्रमा ३८ जनाले ज्यान गुमाएका छन् ।

    प्रहरी सर्जेन्ट स्टिभ एडिसन भन्छन् : यसअघि भ्यानकुभरमा यस्तो गर्मी कहिल्यै महसुस भएको थिएन, दुःखसाथ भन्नुपर्छ दर्जनौं मानिसले गर्मीकै कारण ज्यान गुमाएका छन् ।’

    इन्भाइरोमेन्ट क्यानडाले बढ्दो तापक्रमबारे ब्रिटिस कोलम्बिया र अलबेटासहितका ठाउँलाई चेतावनीसहितको सूचना जारी गरेको छ ।

    अमेरिकाको पोर्टल्यान्ड र सियाटलमा सन् १९४० यताकै सर्वाधिक गर्मी महसुस गरिएको छ । सियाटलमा ४२.२ डिग्री सेल्यिससम्म तापक्रम पुगेको छ ।

  • अदालतद्वारा दक्षिण अफ्रिकी पूर्वराष्ट्रपति जुमालाई जेल सजायको फैसला

    अदालतद्वारा दक्षिण अफ्रिकी पूर्वराष्ट्रपति जुमालाई जेल सजायको फैसला

    काठमाडौं । अदालतको अपमान गरेको अभियोगमा दक्षिण अफ्रिकाको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति ज्याकोब जुमालाई १५ महीनाको जेल सजाय सुनाएको छ ।

    उनको कार्यकालमा परेको एक भ्रष्टाचार मुद्दाको सुनुवाइका लागि अदालतमा उपस्थित हुन दिइएको आदेश अवज्ञा गरेको अभियोगमा जुमालाई सजाय दिलाइएको हो ।

    आफ्नो कार्यकालको अन्त्यतिर सन् २०१८ मा जुमाले भ्रष्टाचारको अभियोगको सामना गर्नुपरेको थियो । नीति निर्माण प्रक्रियामा प्रभावित तुल्याउन व्यापारीहरुले राजनीतिज्ञसँग अनुचित लाभ लिएको आरोप त्यसमाथि उठेको थियो ।

    अदालतको आदेशपछि पूर्वराष्ट्रपति जुमा एकपटकमात्र अदालतमा उपस्थित भएका थिए तर, त्यसपछिका आदेशलाई उनले अवज्ञा गरेका थिए । न्यायाधीश रेमन्ड जोन्डो नेतृत्वको संबैधानिक इजलासले जुमालाई सजाय सुनाएको हो ।

  • चीनको सांघाईमा खुल्यो विश्वकै अग्लो होटल, ६३२ मिटर उचाइमा जे होटल

    चीनको सांघाईमा खुल्यो विश्वकै अग्लो होटल, ६३२ मिटर उचाइमा जे होटल

    बेइजिङ । चीनको व्यवसायिक सहर सांघाई संसारकै आकर्षक होटलको कारणले पनि चर्चित छ । सांघाई सहरमा अहिले थप आकर्षक होटल धमाधम बनिरहेका छन् ।

    गत जुन १९ मा खुलेको जे होटल अर्को चित्ताकर्षक मात्र छैन यसले अर्को कीर्तिमान राखेको छ । यसलाई विश्वकै सबैभन्दा अग्लो होटल भनिएको छ । ६३२ मिटर उचाइमा रहेको सांघाई टावरमा उक्त होटल अवस्थित छ ।

    यो भवन चीनकै सर्वाधिक उचाइको भवन हो । १६५ वटा कोठा रहेको उक्त होटलमा ३४ वटा सुइट छन् । होटलले चौबिसै घण्टा र सातै दिन सेवा दिने गरेको छ ।

    अत्याधुनिक शौचालयसहित इन्डोर स्विमिङ पुल समेत रहेको छ । स्पाको पनि यसभित्र व्यवस्था छ । प्रत्येक कोठाहरुमा चिनियाँ चियाको व्यवस्था समेत गरिएको छ । उक्त होटलमा ५५७ डलरबाट कोठाको शुल्क तोकिएको छ ।

  • इथियोपियाली क्षेत्रीय राजधानी मिकेली विद्रोहीको नियन्त्रणमा, सरकारद्वारा युद्धविरामको घोषणा

    इथियोपियाली क्षेत्रीय राजधानी मिकेली विद्रोहीको नियन्त्रणमा, सरकारद्वारा युद्धविरामको घोषणा

    इथियोपियाको विद्रोही संगठन ‘टिग्रे पीपल्स लिबरेसन फ्रन्ट’ ले केन्द्रीय फौजविरुद्धको नयाँ आक्रमण सुरु गरेको एकसातापछि टिग्रेस्थित विद्रोही लडाकूहरूले आफूहरूले क्षेत्रीय राजधानी मिकेली कब्जा गरेको दावी गरेका छन् ।

    यद्यपि इथियोपिया सरकारले भने आफूले कब्जा गुमाएको पुष्टि गरेको छैन बरु युद्धविरामको एकतर्फी प्रस्ताव गरेको छ । मिकेलीलाई इथियोपियाको सरकारी फौजले गत नोभेम्बरमा विद्रोहीको कब्जाबाट फिर्ता लिएको थियो ।

    मिकेलीस्थित प्रत्यक्षदर्शीहरूले उत्सव मनाउन सडकमा मानिसहरू नाचिरहेको बताएका छन् । टिग्रेमा गत साता नयाँ आक्रामक हमलाहरू सुरु गरेका त्यहाँका लडाकुहरूले मिकेलीको अन्तरिम प्रशासनलाई बाहिर निकालेको भन्ने खबर सोमवारदेखि आउन थालेका हुन् ।

    टिग्रे क्षेत्रमा त्यहाँको नेतृत्वलाई बाहिर निकाल्नका लागि प्रधानमन्त्री अबी अहमदले आठ महिनाअघि सरकारी फौज पठाउनुभएको थियो ।

    टिग्रे पीपल्स लिबरेसन फ्रन्टका प्रवक्ताले मिकेली आफ्नो नियन्त्रणमा आएको एएफपीसँगको कुराकानीमा दावी गर्नुभयो । अन्तरिम सरकारका एक अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा एएफपीसँग मिकेलीबाट सरकारी सेना पछि हटेको पुष्टि गरेका छन् ।

    यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेर्रेसले प्रधानमन्त्री अबीसँग सोमवार कुरा गर्दै सर्वसाधारणको सुरक्षा र मानवीय सहायता मानिसहरूसम्म पुगेको सुनिश्चित गर्न आवश्यक रहेको बताउनुभएको छ । उहाँले राजनीतिक समाधान खोज्न पनि प्रधानमन्त्री अबीलाई आग्रह गर्नुभयो ।

    संयुक्त राष्ट्रसंघले ५० लाखभन्दा बढी मानिस खाद्यान्न सहायताको पर्खाइमा रहेको र ३ लाख ५० हजार मानिसले भोकमरीको सामना गरिरहेको जनाएको छ। इथियोपियामा द्वन्द्वरत सबै पक्षमाथि आमहत्या र मानवअधिकार उल्लङ्घनको आरोप लागेको छ ।

    इथियोपियामा सरकारी फौजहरूबाट मिकेलीलगायतका ग्रामिण क्षेत्रलाई विद्रोहीको कब्जाबाट फिर्ता लिने क्रममा महिला तथा किशोरीहरूमाथि बलात्कार तथा दुब्र्यवहारका घटनाहरू भइरहँदा त्यहाँका नागरिकले टिग्रे पीपल्स लिबरेसन फ्रन्टलाई सहयोग गरेका कतिपय स्थानीयले बताएका छन् ।

    सेनाले किशोरीहरूमाथि बलात्कार र मानवीय दुब्र्यवहार गर्ने गरेको र प्रतिकार गर्न खोज्नेको हातखुट्टा नै काटिदिनेजस्ता अमानवीय व्यवहारहरू गर्नेगरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन् ।

  • अमेरिकाद्वारा इराक र सिरियामा आक्रमण, इरान समर्थित विद्रोही लक्षित हवाइ आक्रमण सुरु

    अमेरिकाद्वारा इराक र सिरियामा आक्रमण, इरान समर्थित विद्रोही लक्षित हवाइ आक्रमण सुरु

    वासिङ्टन । राष्ट्रपति जो बाइडेनले सत्ता सम्हालेयता अमेरिकाले इराक र सिरियामा हवाई आक्रमण सुरु गरेको छ । अमेरिकी रक्षा मन्त्रालयका अनुसार इराक र सिरियामा रहेका इरान समर्थित विद्रोहीमाथि लक्षित हवाई आक्रमण सुरु भएको हो ।

    पेन्टागनले विज्ञप्तिमार्फत अमेरिकी फौजमाथि विद्रोहीको ड्रोन हमलाको प्रत्युत्तरमा सञ्चालनमा रहेका र हतियार केन्द्रहरूमा हमला गरिएको जनाएको छ । ‘अमेरिकी सैनिकको रक्षा गर्ने कुरामा राष्ट्रपति बाइडन स्पष्ट छन्’ विज्ञप्तिमा उल्लेख छ ।

    राष्ट्रपति बनेयता बाइडेनले इरान समर्थित विद्रोहीमाथि आक्रमण गर्न स्वीकृति दिएको यो दोस्रो पटक हो। इरानमा रहेका अमेरिकी सेनामाथि गतमहिना केही ड्रोन आक्रमण भएका छन्। तर, यसमा आफ्नो संलग्नता नरहेको इरानले जनाएको छ ।

    आईएस समूहसँग लड्न इराकमा २,५०० जति अमेरिकी सैनिक छन्। पेन्टागनका अनुसार सिरियाका दुई र इराकको एक लक्ष्यमा रक्षात्मक हवाई हमला गरिएको हो। ती लक्ष्य इरान समर्थित कैताइब हेज्बुल्लाह र कैताइब सय्यद अल(शुहादा विद्रोही समूहले प्रयोग गर्ने स्थान भएको जनाइएको छ।

    सन् २००९ देखि अमेरिकाले कैताइब हेज्बुल्लाहलाई इराकको शान्ति र स्थिरताका लागि खतरा भन्दै आतङ्ककारी समूहको सूचीमा राखेको छ। विज्ञप्तिमा अमेरिकाले आफ्नो रक्षाका लागि प्रतिक्रिया जनाएको बताइएको छ।

    अमेरिकाले हमलामा के कति घाइते भए वा मारिए भन्ने बताएको छैन। तर एएफपी समाचार संस्थाले यूकेको सिरिया अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार सिरियामा अमेरिकी युद्ध विमानको एउटा आक्रमणमा पाँच विद्रोही मारिएको र अन्य केही घाइते भएको जनाएको छ।

    अमेरिकी आक्रमणमा जनएक बालक मारिएको र कम्तीमा अन्य तीन जना घाइते भएको केही सिरियाली संचारमाध्यमले जनाएका छन् । अमेरिकी नेतृत्वमा सद्दाम हुसेनलाई निस्तेज पारिएयता इराकको आन्तरिक मामिलामा इरानको प्रभाव बिस्तारै बढिरहेको बताइएको छ।

    इरानले अमेरिकासहित अन्य शक्ति राष्ट्रहरूसँग सन् २०१५ को परमाणु सम्झौतालाई पुनर्जीवित गर्न वार्ता गरिरहेको बेला यस्तो भएको हो। सो सम्झौतामा इरानले केही परमाणु कार्यक्रम रोक्ने र त्यसको बदला इरानमाथि लगाइएका प्रतिबन्ध कम गर्ने बुँदा छन्।

  • चिनियाँ कम्युनिष्ट पार्टीको सय वर्ष पुगेको अवसरमा विश्वकै दोस्रो ठूलो जलविद्युत आयोजना शुरु

    चिनियाँ कम्युनिष्ट पार्टीको सय वर्ष पुगेको अवसरमा विश्वकै दोस्रो ठूलो जलविद्युत आयोजना शुरु

    बेइजिङ । चीनको दक्षिण पश्चिममा निर्माण गरिएको विश्वकै दोस्रो ठूलो जलविद्युत आयोजनाबाट सोमबार विद्युत परीक्षण उत्पादन शुरु भएको छ । याङ्सी नदीको सहायक नदीका रुपमा रहेको जिन्सा नदीमा निर्माण गरिएको बाइहिटान बाँधबाट विद्युत उत्पादन हुन थालेको छ ।

    जैविक इन्धनको खपत कम गरी वैकल्पिक र जलविद्युत उत्पादन मार्फत विद्युतको माग पूरा गर्ने चीनको योजना बमोजिम चीनमा ठूला जलविद्युत गृहहरु निर्माण भइरहेका छन् ।

    यद्यपी जलविद्युत उत्पादनका लागि ठूला बाँध बनाउँदा पर्यावरणीय क्षतिमा चीनले पर्याप्त ध्यान नदिएको आरोप लाग्ने गरेको छ । सन् १९२१ मा चिनियाँ कम्युनिष्ट पार्टीको स्थापनाको एक सयौं वर्ष यसै साता मनाउने अवसरमा नयाँ विद्युत गृह निर्माणको घोषणा भएको छ ।

    बाइहेटान बाँधको उचाई २८९ मिटर अग्लो हुनेछ र १० लाख किलोवाट क्षमताका १६ वटा विद्युत उत्पादन जेनेरेटर जडान हुनेछन् । यो सन् २००३ मा चीनको याङ्जी नदीमै निर्मित थ्री गर्जेज बाँधपछिको दोस्रो ठूलो हो । थ्री गर्जेजको विद्युत उत्पादन क्षमता दुई करोड २५ लाख किलोवाट रहेको छ ।

    यी दुबै विद्युत आयोजना राज्य नियन्त्रित थ्री गर्जेज ग्रुप कर्पोरेसनले निर्माण गरेको हो । यो समूह जलविद्युत, सौर्य र वायु ऊर्जा उत्पादनमा विश्वकै सर्बाधिक ठूलो लगानीकर्ता हो ।

    विश्वका अन्य कतिपय मुलुकले जलविद्युत उत्पादनलाई त्याग्न थालेका छन् किनभने यसबाट समुदाय र खेतीपाती डुबानमा पर्ने तथा नदीको जैविकता विशृंखलित बनाउने तथा माछा र अन्य प्रजातिको अस्तित्वमा खतरा उत्पन्न हुने वातावरणविदहरुको चेतावनी दिइरहेका छन् ।

    चीनले उत्पादित विद्युतलाई शाङ्घाई र अन्य पूर्वी शहरहरुमा उच्च गतिको प्रसारण लाइनबाट विद्युत लैजाने गरेको छ । बाइहेटान विद्युतगृहबाट उत्पादित विद्युत उत्पादन पूर्ण क्षमतामा हुन थालेपछि बर्सेनि दुई करोड टन कोइलाको खपत कम हुने चिनियाँ अधिकारीहरुले बताएका छन् ।

  • भारतको जम्मु विमानस्थलमा दुई शक्तिशाली विस्फोट

    भारतको जम्मु विमानस्थलमा दुई शक्तिशाली विस्फोट

    दिल्ली । भारतको जम्मुस्थित विमानस्थलमा आइतबार शक्तिशाली विस्फोट भएको छ । करिब पाँच मिनेटको अन्तरमा दुई पटक विस्फोट भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

    विमानस्थलको उच्च सुरक्षासहितको प्राविधिक क्षेत्रमा भएको विस्फोटबाट कुनै मानवीय क्षति भएको विवरण भने अहिलेसम्म नआएको अधिकारीहरुले जनाएका छन् ।

    स्थानीय समय अनुसार बिहान १ः४५ बजे पहिलो विस्फोट भएको थियो । घटनास्थललाई सुरक्षा फौजले सुरक्षा दिएको छ । दुई विस्फोटमध्ये पहिलो विस्फोट प्राविधिक क्षेत्रको एउटा भवनको छतमा भएको थियो भने दोस्रो विस्फोट जमिनमा भएको थियो ।

    ‘जम्मु विमानस्थल भित्र अति संवेदनशील क्षेत्रका दुई विस्फोटन भएको खबर आएको छ, घटनाका बारेमा प्राप्त प्रारम्भिक विवरणमा कुनै मानवीय क्षति भएको विवरण छैन,’ एक जना सुरक्षा अधिकारीले भने ।

    विस्फोटका कारण कसैलाई घाउचोट लागेको र कुनै यन्त्रमा क्षति भएको विवरण पनि प्राप्त नभएको उनले जानकारी दिए । घटनाका बारेमा छलफल र समीक्षा गर्न उच्च सुरक्षा अधिकारीहरुको बैठक बोलाइएको पनि उनले बताए । घटनालाई सुरक्षा अधिकारीहरुले गम्भीरतापूर्वक लिएको पनि जनाइएको छ ।

  • कोभिडको संक्रमण बढेपछि बंगलादेशमा सोमबारदेखि देशव्यापी लकडाउन गरिने

    कोभिडको संक्रमण बढेपछि बंगलादेशमा सोमबारदेखि देशव्यापी लकडाउन गरिने

    ढाका । कोरोना संक्रमणको दर नघटेपछि बंगलादेशमा आगामी सोमबारदेखि कडा खालको लकडाउनको घोषणा गरिएको यहाँको सरकारले जनाएको छ । यहाँ पछिल्लो केही दिनमा कोरोनाका सैक्रमितहरु बढ्दै गएपछि सो घोषणा गरिएको राजधानी ढाकाबाट प्राप्त भएका समाचारमा जनाइएको छ ।

    बंगलादेशको सरकारले आगामी सोमबारदेखि एक साताका लागि देशव्यापी लकडाउनको घोषणा गरेको समाचारमा जनाइएको छ । लकडाउन आगमी सोमबारबाट सुरु हुने र त्यो एक हप्तासम्म हुने बताइएको छ । शुक्रबार मध्यराति सो कुराको जानकारी दिइएको हो ।

    बंगलादेशको प्रेस इन्फरमेसन्स डिपार्टमेन्टका तर्फबाट यहाँका स्वास्थ्य अधिकारीहरुलाई उद्धृत गर्दै सो समाचार सार्वजनिक गरिएको हो । यातायात मन्त्री समेत रहेका आवामी लिगका महासचिव अव्दुल कादिरले पनि सरकारले आगामी सोमबारबाट एक साताका लागि देशव्यापी लकडाउन गर्ने निर्णय गरेको जानकारी हालै दिएका थिए ।

    उनका अनुसार लकडाउनका बेला सबै सरकारी कार्यालय तथा अदालतहरु बन्द रहनेछन् । तर औधोगिक क्षेत्रहरु भने आलोपालो गरी चल्नेछन् ।लकडाउनमा सबै सार्वजनिक तथा निजी कार्यालयहरु तथा अदालतहरु बन्द रहेछन् । तर उद्योग तथा मिलहरु आलो पालो सञ्चालन हुने अधिकारीहरुले जनाएका छन् ।

    बंगलादेशमा पछिल्लो चौविस घण्टामा ५ हजार ८३० जनामा कोरोना संक्रमण देखिएको छ । यही अवधीमा १०८ जनाको संक्रमणबाट मृत्यु भएको उल्लेख गरिएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले पछिल्लो समय संक्रमण तथा मृत्युको दर पनि बढ्दै गएको जनाएको छ ।

    अहिलेसम्म बंगलादेशमा ८ लाख ७८ हजार ५९४ जनामा संक्रमण देखिएको छ । त्यसैगरी यहाँ अहिलेसम्म ज्यान जाने व्यक्तिको संख्या करिब १४ हजार जना पुगेको बताइएको छ ।

  • रुस, क्युवा, इरान : कोभिड खोप दौडमा यसरी बिजय भए यी ‘बागी’ देश

    रुस, क्युवा, इरान : कोभिड खोप दौडमा यसरी बिजय भए यी ‘बागी’ देश

    सन २०१९ को डिसेम्बर ३१ मा चीनको वुहान प्रान्तमा देखिएको भनेर कोरोना भाइरसबारेमा चीनले सबै देशलाइ अवगत गरायो । डिसेम्बर २०१९ बाट अहिले २०२१ जुन सम्म आइपुग्दा कोरोनाभाइरस (कोभिड-१९) विश्वव्यापी भएको छ । बोल्डोमिटर डटकमका अनुसार झन्डै साढे ३९ लाखको ज्यान गएको छ ।

    कोभिडको उत्पतिदेखी विश्वव्यापी भएको दौरानमा धेरै देशहरुले कोभिड-१९ विरुद्धको खोप बनाउन प्रतिस्पर्धा गरे । प्रतिस्पर्धामा रुस, क्युवा र इरान आ-आफ्नो ठाँउमा अब्बल देखिए । रुस विश्वको सबैभन्दा पहिलो कोभिड-१९ खोप सार्वजनिक गर्ने र प्रयोग गर्ने देश बन्यो । क्युवा ल्याटिन अमेरिकामा सबैभन्दा पहिलो भ्याक्सिन बनाउने देश बन्यो । इरान मुसलमान विश्वको पहिलो आफ्नै खोप बनाएर लगाउने देश बनेको छ ।

    अमेरिकी नेतृत्वको विश्व व्यवस्थामा पटक-पटक आँखा बिझाउने र नाकाबन्दी सामना गरेका विश्व शक्ति रुस, ल्याटिन अमेरिकी कम्युनिस्ट मुलुक क्युवा र पश्चिम एसियाली शक्ति इरानले कोभिड-१९ खोप दौडमा भने अमेरिकालाइ इष्र्या लाग्ने काम गरेर देखाए । यी तीनै बाघी देशको खोप उत्पादन र प्रयोगको बारेमा यहाँ बुँदागत रुपमा चर्चा गरौँ ।

    रुस

    विश्व स्वास्थ्य संगठनले कोभिड-१९ देखिएको ठीक एक बर्षपछि सन् २०२० को डिसेम्बर ३१ मा पहिलोपटक फाइजर भ्याक्सिनलाई आपतकालिन प्रयोगको अनुमति दियो । अमेरिकी कम्पनी फाइजर र जमर्न कम्पनी बायो-एनटेकले मिलेर यसको विकास गरेका थिए । तर, फाइजरको अनुमतिभन्दा धेरै अगाडि रुसले स्पुत्निक-पाँच नामक खोप उत्पादन गरेको थियो ।

    क्युवाले अन्य देशको खोप नल्याउने र आफ्नै लगाउने लक्ष्य सफल बनाएको छ । क्युवा आफ्नै पाँच खोप उत्पादनमा सक्रिय भएको अलजजिराले उल्लेख गरेको छ । पाँच खोपमा सोबेर्ना २ र आब्दाला प्रयोगमा आइसकेका छन् ।

    सन् २०२० को अगस्ट ११ मै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले खोप सार्वजनिक गरेका थिए । आफ्नै छोरीलाइ खोप लगाएर खोपको महत्व र सुरक्षाको सन्देश पुटिनले दिएका थिए । फाइजरले सन् २०२१ को डिसेम्बर ३१ मा मात्रै आपतकालिन प्रयोगको लागि विश्व स्वास्थ्य संगठनबाट अनुमति पाएको थियो । तर, स्पुतनिक-पाँच खोपको व्यापक प्रयोग डिसेम्बर पहिलो हप्ताबाटैै भएको थियो । बीबीसीका अनुसार २०२० को डिसेम्बर ५ बाट रुसले नागरिकलाई खोप लगाउन सुरु गरेको थियो । जर्मन समाचार च्यानल डीडब्लुका अनुसार आमसर्वसाधारणको लागि खोप कार्यक्रम सुरु गर्ने विश्वको प्रथम देश रुस हो ।

    हुन त, विश्व स्वास्थ्य संगठनले अनुमति नदिएको भन्दै विभिन्न आलोचना भएका छन । अहिलेसम्म विश्व स्वास्थ्य संगठनले अनुमति दिएको छैन । तर, युरोपका इटाली, बेलारुस र हंगेरी, एसियाका चीन, भारत, इरानदेखि ल्याटिन अमेरिकी देश ब्राजिलदेखि अर्जेन्टिना लगायत दर्जनौँ देशहरुले रुसी खोप लगाएका छन् । नेपाल लगायतका कयौँ देशहरुले रसियन खोप किन्न इच्छा देखाएका छन । यतिमात्र हैन भारत, चीन, अर्जेन्टिना, इटाली, ब्राजिल, इजिप्ट लगायतका देशले त आफ्नै देशमा रुसी खोप उत्पादन गरेको स्टाटिस्टा डटकमले उल्लेख गरेको छ ।

    यिनै कारणले रुस खोप उत्पादनमा सबैभन्दा अगाडि हुन सफल भएको छ । त्यही सफलताको मानक जनाउन नै साबिक सोभियत संघ हुँदा अन्तरिक्षमा पुग्ने पहिलो विमान ‘स्पुत्निक’कै नामबाट खोपको नामाकरण भएको छ ।

    क्युवा

    आफ्नै खोप उत्पादन गर्नेमा क्युवाका केही रेकर्ड छन् । जस्तो, क्युवा आफ्नै खोपहरु उत्पादन गर्ने ल्याटिन अमेरिकाको सबैभन्दा पहिलो देश हो । १ करोड १३ लाख हाराहारी जनसंख्या भएको क्युवा आफ्नै खोप उत्पादन गरेर प्रयोग गर्ने सबैभन्दा सानो देश पनि हो ।

    क्युवाले अन्य देशको खोप नल्याउने र आफ्नै लगाउने लक्ष्य सफल बनाएको छ । क्युवा आफ्नै पाँच खोप उत्पादनमा सक्रिय भएको अलजजिराले उल्लेख गरेको छ । पाँच खोपमा सोबेर्ना २ र आब्दाला प्रयोगमा आइसकेका छन । रोचक कुरा चाहिँ भ्याक्सिनमा सार्वभौमसत्ता खोजेको क्युवाले त्यहि नामबाट सोभेर्ना २ को नामाकरण गरेको छ । सोबेर्ना भनेको स्पेनिस भाषामा सार्वभौम हो । यस्तै, आदाब्ला भ्याक्सिन चाहि क्युवाका प्रख्यात क्रान्तीकारी कवि होसे मार्तिको कविता ‘आब्दाला’बाट नामारण गरेको भारतीय अखबार इन्डियन एक्सप्रेसले लेखेको छ ।

    शुक्रबार खोप लाएका सर्वोच्च नेता खामेनीले खोप लगाउन तीन सर्त राखेका छन् । पहिलो सर्त  नागरिक भन्दा अगाडि आफ्नो उमेर समूहको पालो नआइकन खोप नलगाउने । दोस्रो- अमेरिकी र बेलायती खोप नलगाउने । तेस्रो सर्त थियो- इरानलेनै विकास गरेको खोप लाउने ।

    सोबेर्ना २ को प्रभावकारिता कोभिड-१९ नियन्तत्रणमा ६२ प्रतिशत छ । आब्दालाको प्रभावकारिता भने त्यो भन्दा धेरै ९२.२८ प्रतिशत क्युवाको बायो क्युवा फर्माले उल्लेख गरेको छ । क्युवाको खोप किन्न अर्जेन्टिना, मेक्सिको, जमाइका, भियतनामदेखि भेनेजुएलाले इच्छा जाहेर गरेको बेलायती समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । इरानले त सोबेर्ना २ भ्याक्सिनको सन २०२१ को सुरुवातसँगै उत्पादन गर्न थालेको छ । सोबेर्ना २ र आब्दाला दुवै तीन डोजका खोप हुन् ।

    खोप विकासमा पाएको सफलताको व्याख्या गर्दै क्युवाली राष्ट्रपति मिगेल दियाज कनेलले खुशी हुँदै ट्विट गरे । क्युवाले पाँच खोप तयार गर्दै गरेको र दुई प्रयोगमा आएको प्रसंग ल्याउँदै कनेलले जुन २२ मा लेखेका छन, ‘१३ महिना अगाडि मैले क्युवाली वैज्ञानिकहरुलाई कोभिड-१९ विरुद्ध सार्वभौम सामना गर्न आग्रह गरेको थिएँ । उहाँहरुले एक मात्रै हैन पाँच उत्तर दिनुभयो । दुईवटा खोप तयार भइसके । अरु तयार हुदैछन् ।’

    इरान

    आफ्नै खोप उत्पादनमा अभूतपूर्व सफलता पाउने अर्को देश हो इरान । अमेरिकी नाकाबन्दीले तहसनहस भएको अर्थतन्त्रका बीच इरानले आफ्नै कोभिड-१९ बिरुद्धको खोप तयार गर्न सफल भएको छ । यो सँगै इरान मुसलमान विश्वको खोप उत्पादन गर्ने प्रथम मुलुक भएको छ । यहि शुक्रबार इरानी सर्वोच्च नेता अलि हुसैनी खामेनीले इरानले उत्पादन गरेको खोप लगाएर खोप सुरक्षित भएको सन्देश दिए ।

    इरानले आफ्नै पुँजी, प्रविधि र प्राविधिकबाट उत्पादन गरेको खोपको नाम ‘कोभिरान बरेकात’ राखएको अलजजिराले उल्लेख गरेको छ । अलजजिराका अनुसार नयाँ आफ्नै खोप उत्पादनलाइ सर्वोच्च नेता खामेनीले ‘राष्ट्रिय गौरव’ भनेका छन ।

    शुक्रबार खोप लाएका सर्वोच्च नेता खामेनीले खोप लगाउन तीन सर्त राखेका अलजजिरा र इरानी अखबार तेह्रान टाइम्सले लेखेका छन । पहिलो सर्त थियो- नागरिक भन्दा अगाडि आफ्नो उमेर समूहको पालो नआइकन खोप नलगाउने । दोस्रो सर्त- अमेरिकी र बेलायती खोप नलगाउने । विश्वास गर्न नसकिने भएकोले नलगाउने उनले गत जनवरी ८ मा सार्वजनिक रुपमा बोलेका थिए । तेस्रो सर्त थियो- इरानलेनै विकास गरेको खोप लाउने ।

    अन्ततः यी तीनै शर्त शुक्रबार खामेनीले पुरा गर्न सफल भए । उनले नागरिक भन्दा अगाडि खोप लाएनन् । ८० बर्ष माथिका इरानीलाई पहिलो चरणको खोप अभियान सुरु हुँदा आफूले ८२ बर्षका खामेनीले पनि लगाए । खोप इरानले नै बनाएको लगाए ।

    आफ्नै खोप उत्पादन गरेर लगाउने देशहरुमा इरान छैटौँ र मुसलमान विश्वको पहिलो मुलुक भएको तेहरान टाइम्सले लेखेको छ । इरानी खोप किन्नलाई एसिया र दक्षिण अमेरिकी ११ देशले इच्छा जाहेर गरेको तेहरान टाइम्सले जानकारी दिएको छ । अलजजिराका अनुसार इरानले कोभिरान बाहेकका अन्य खोपहरुको विकासमा पनि काम अगाडि बढाइरहेको छ ।

  • अफगानिस्तानबाट सेना फिर्ता भएपनि अमेरिकी सहयोग जारी रहने

    अफगानिस्तानबाट सेना फिर्ता भएपनि अमेरिकी सहयोग जारी रहने

    वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानका शीर्ष नेताहरु समक्ष दिगो साझेदारीका लागि बचनवद्धता व्यक्त गरेका छन् । अफगानिस्तानमा सक्रिय तालिबानीको हिंसात्मक कारबाही जारी रहेकै अवस्थामा अमेरिकी र नेटो फौज स्वदेश फर्कन लागेपछि दुई देशका शीर्ष नेताहरुबीच पछिल्लो घटनाक्रमबारे शुक्रबार साँझ समीक्षा भएको छ ।

    अफगान राष्ट्रपति अश्रफ घानी र राष्ट्रिय मेलमिलापका लागि उच्च परिषदका अध्यक्ष अब्दुल्ला अब्दुल्लाहले ह्वाइट हाउसमा राष्ट्रपति बाइडेनसँग भेट गर्नुअघि रक्षा मन्त्री लोयड अस्टिनसँग पेन्टागनमा अफगान सुरक्षा मामिला बारेमा छलफल गरेका थिए ।

    राष्ट्रपति बाइडेनले अफगानिस्तानलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे पनि अमेरिकी सेना स्वदेश फर्कने समय आइसकेकामा जोड दिएका थिए ।

    “अफगानिस्ताने आफ्नो भविष्यको निर्णय आफैं गर्नु पर्दछ,” राष्ट्रपति बाइडेनले अफगान नेताहरुसँगको आफ्नो भेटको शुरुमा संक्षिप्त टिप्पणी गर्दै भने । राष्ट्रपति बाइडेनले दिगो साझेदारी के हुन सक्छ भन्ने बारेमा विस्तृत वर्णन दिन चाहेनन् ।

    बाइडेन प्रशासनले आगामी सेप्टेम्बर ११ भन्दा अघि नै अफगानिस्तानमा तैनाथ अमेरिकी सेना स्वदेश फर्काइसक्ने गरी तयारी भइरहेको अवस्थामा अफगान नेताहरु वासिङ्टन पुगेका हुन् ।

    अफगानिस्तानमा अमेरिकी सेना बस्न थालेको २० वर्ष पुग्न लागेको छ । यस अवधिमा अमेरिकी र अफगानी सेना तथा सर्वसाधारणको ठूलो संख्यामा हत्या एवं मृत्यु भएको छ भने लाखौं विस्थापित भएका छन् ।

    राष्ट्रपति घानीले शुक्रबार नै अमेरिकी संसदकी सभामुख नान्सी पेलोसी र रिपब्लीकन पार्टीका सांसदहरुसँग भेटघाट गरेका थिए । उनले बिहीबार सिनेटमा रिपब्लीकन नेता मिच म्याक्कोनेलसँग पनि भेट गरे ।

    अमेरिकी रक्षा विभागका अनुसार सन् २००१ देखि जारी अफगान युद्धमा दुई हजार ४०० भन्दा बढी अमेरिकी सैनिकको मृत्यु हुनुका साथै २० हजारभन्दा बढी घाइते भएका छन् । युद्धका क्रममा तीन हजार ८०० भन्दा बढी अमेरिकी निजी सुरक्षागार्ड पनि मारिएको विभागको भनाई छ ।

    यस युद्धबाट अफगानी सर्वसाधारण अझ बढी प्रताडित भएका थिए । युद्धमा ६६ हजार भन्दा बढी अफगानी सेनाको ज्यान गएको थियो भने २७ लाखभन्दा बढी मानिस विस्थापित भएका थिए । उनीहरुमध्ये अधिकांश इरानतर्फ पलायन भएका थिए ।

    अमेरिकी सेनाको सबैभन्दा ठूलो हिस्सा स्वदेश फर्किए पनि अमेरिकी कुटनीतिज्ञको सुरक्षाका लागि करिब ६५० जना सैनिक मात्र अफगानिस्तानमा तैनाथ हुनेछन् । अमेरिकी अधिकारीहरुका अनुसार अर्को दुई साताभित्र कुटनीतिज्ञहरुको सुरक्षा व्यवस्था टुङ्गो लाग्नेछ ।

    केही सय अतिरिक्त अमेरिकी फौज काबुल विमानस्थलमा सेप्टेम्बरसम्म रहने सम्भावना छ । उनीहरुले टर्कीका सेनालाई आवश्यक सुरक्षा प्रदान गर्नेछन् ।

    समग्रमा, अधिकारीहरुले अमेरिकी र गठबन्धनको सैन्य कमान्ड, यसको नेतृत्व र अधिकांश सैनिकहरु जुलाई ४ सम्ममा वा त्यसको केही समयपछि फिर्ता हुने योजना रहेको बताएका छन् । यो योजना केही महिना अघि नै तयार भइसकेको बताइएको छ ।

    यद्यपी सैन्य फिर्ता सम्बन्धी विस्तृत विवरण दिन अमेरिकी अधिकारीहरुले अस्वीकार गरेका छन् ।

    पछिल्लो समय अफगानिस्तानमा चार हजारको हाराहारीमा अमेरिकी सेना बाँकी रहेको बताइएको छ । अमेरिकी सेनाको फिर्तीसँगै केही महिनाभित्रै अफगानिस्तानको सरकार र सैनिक पतन हुने अनुमान गरिएको छ । पछिल्लो समय तालिबान समूहले देशका धेरै जिल्लामा निरन्तर कब्जा गर्दै गएको र कैयौं जिल्लामा सेना एवं प्रहरीले आफ्ना पोस्टहरु छाड्न थालेका छन् ।

    अमेरिकी राष्ट्रपतिको “ओभल कार्यालय”मा बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपति घानीले राष्ट्रपति बाइडेनसँगको छलफल सकारात्मक रहेको बताउ । उनले अमेरिकी सहयोग निरन्तर राख्ने बाइडेनको भनाईबाट आफूहरु आशावादी रहेको बताएका थिए । तर उनले आगामी दिनमा कठिनाईहरु रहेको पनि स्वीकारेका थिए ।

    बाइडेनसँगको बैठकमा सहभागी अब्दुल्लाहले अमेरिकी सहयोगको निरन्तरताको आवश्यकताका बारेमा जोड दिएका थिए ।

    “हामीले के कुरा बिर्सिरहेका हुन्छौ भने अलकायदाले अफगानिस्तानमा एक निश्चित तह पार गरेको थियो जुन सबै मुलुकको सुरक्षाका लागि खतरा थियो,” अब्दुल्लाहले एपीसँगको भेटमा भने । “यदि अफगानिस्तानलाई पूर्ण रुपमा परित्याग गरियो, समर्थन गरिएन भने अफगानिस्तान फेरि एकपल्ट आतंकवादी समूहहरुको आश्रयस्थलमा परिणत हुने खतरा छ ।”

    अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले शुक्रबार पेरिसमा बोल्दै अफगानिस्तानमा बढ्दै गएको हिंसाका बारेमा चिन्ता व्यक्त गरेका छन् । उनले भने, ‘यदि तालिबान समूहले जबर्जस्ती शासन सत्ता हत्याउन खोजे युद्धको नवीकरण हुने वा त्योभन्दा खराब अवस्था सिर्जना हुनेछ ।”

    तैपनि, राष्ट्रपति बाइडेनमाथि अफगानिस्तानबाट बाहिरिने निर्णयलाई लिएर केही रिपब्लीकनले तिखो आलोचना गरिरहेका छन् । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले नै सन् २०२० मा तालिबान समूहसँग सन् २०२१ को मे महिनाभित्र सबै अमेरिकी फौज स्वदेश फिर्ता गर्ने सम्झौता गरेका थिए ।

    रिपब्लीकन नेता मिच क्याक्कोनेलले बिहीबार अफगानिस्तानबाट सेना फिर्ता गर्न बाइडेन प्रशासनले हतार गरेको बताउँदै सेना फिर्ताबाट आतंकवादी त्रास अरु बढ्ने बताए । उनले अमेरिकी सैनिक फिर्तीमा ढिलाई गर्न पनि आग्रह गरेका थिए ।

    तर ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले पूर्व राष्ट्रपति ट्रम्पले नै सेना फिर्ता गर्नेगरी तालिबान समूहसँग सम्झौता गरेको बताउँदै अहिले त्यस सम्झौताबाट अमेरिका पछि हट्न नसक्ने स्पष्ट पारिन् ।

    राष्ट्रपति बाइडेनले अफगान राष्ट्रपति घानी र अब्दुल्लाहले सामना गर्नुपर्ने कठिन परिस्थितिका बारेमा जानकार रहेको पनि साकीले उल्लेख गरे ।

  • अष्ट्रेलियाको सिड्नीमा १४ दिने लकडाउन लागू

    अष्ट्रेलियाको सिड्नीमा १४ दिने लकडाउन लागू

    सिड्नी । अष्ट्रेलियाको सिड्नीमा शनिबारदेखि १४ दिने लकडाउन शुरु भएको छ । विशाल सिड्नी, ब्ल्यु माउन्टेन्स, सेन्ट्रल कोष्ट र वोलोङगोङलगायतका क्षेत्रमा लकडाउन लागू गरिएको अधिकारीहरुले जनाएका छन् ।

    कोरोनाभाइरसको डेल्ट भेरियन्टको महामारी थप फैलिने खतरा रहेकाले लकडाउन लगाउनुपरेको अधिकारीहरुको भनाइ छ । अहिले घोषणा गरिएको लकडाउन अघिल्ला पटकभन्दा कडा गरिने पनि सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

    त्यसैगरी न्यू साउथ वालेस (एनएसडब्लु)मा पनि पाँच जनाभन्दा बढी हिँड्न नपाउने व्यवस्थासहित निषेधाज्ञा लागू गरिएको छ । बाहिरी गतिविधिहरुमा ५० प्रतिशत क्षमताको मात्रै गर्न अनुमति दिइने गरिएको छ ।

    घरभित्र वा बाहिर जहाँ गरिने काममा पनि मास्क अनिवार्य लगाउनुपर्ने र चार वर्गमिटर दूरी अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ । शनिबार बिहान ६ बजेदेखि शुरु भएको लकडाउन आगामी जुलाई ९ तारिखको मध्यरातसम्म कायम रहने भएको छ ।

  • जर्ज फ्लोएडको हत्या आरोपमा अमेरिकी पूर्वप्रहरीलाई २२ वर्ष ६ महिनाको जेल सजाय

    जर्ज फ्लोएडको हत्या आरोपमा अमेरिकी पूर्वप्रहरीलाई २२ वर्ष ६ महिनाको जेल सजाय

    न्यूयोर्क । अफ्रिकी-अमेरिकी मूलका अश्वेत जोर्ज फ्लोइडको हत्या आरोप लागेका एक अमेरिकी पूर्वप्रहरी डेरेक शोभिनलाई २२ वर्ष ६ महिनाको जेल सजाय सुनाइएको छ । सन् २०२० को मेमा अमेरिकाको मिनिआपुलिस सहरमा हत्या गरेको आरोपमा उनी हिरासतमा थिए ।

    शोभिनमाथि उनले पदमाथिको विश्वास र अख्तियारीको दुरुपयोग गरेको र खासगरी क्रूरता देखाएको आरोप लगाइएको छ । ४८ वर्षीय फ्लोइडको मृत्यु ती प्रहरी अधिकारीले नौ मिनेटभन्दा बढी समय घुँडाले घाँटी थिचेपछि भएको थियो।

    उनको हत्याले रङ्गभेद र प्रहरी बर्बरताविरुद्ध विश्वव्यापी प्रदर्शनहरू सिर्जना गरेको थियो। ४५ वर्षीय शोभिन गत महिना सेकेन्ड डिग्री हत्या र अन्य अभियोगमा दोषी ठहरिएका हुन्।

    सुनुवाइका बेला उनका वकिलले उक्त हत्यालाई ‘राम्रो मनसाय राख्दा भएको गल्ती’ बताएका थिए। उनले अब आजीवन हतियार राख्न समेत पाउने छैनन्।

    फ्लोइडको परिवार र समर्थकहरूले यस फैसलाको स्वागत गरेका छन्। फ्लोइडकी बहिनी ब्रिडगेट फ्लोइडले उक्त सजायले ‘अन्ततः प्रहरी बर्बरताका विषयलाई प्रहरीले गम्भीर रूपमा लिएको देखाएको बताउँदै अझै अगाडिको बाटो लामो रहेको’ बताएकी छन्। राष्ट्रपति जो बाइडनले सजाय उपयुक्तजस्तो देखिएको तर आफूलाई सबै कुरा थाहा नभएको स्वीकारेका छन्।