Category: विश्व प्रेस

  • मास्क नलगाउने एक व्यक्तिलाई सिंगापुरमा ६ साताको जेल सजाय

    मास्क नलगाउने एक व्यक्तिलाई सिंगापुरमा ६ साताको जेल सजाय

    सिंगापुरको एक अदालतले मास्क नलगाएको अभियोगमा एक बेलायती नागरिकलाई ६ साताको जेल सजाय सुनाएको छ । सार्वजनिक स्थानमा मास्क लगाउन पटक–पटक आग्रह गर्दा पालना नगरेपछि ती व्यक्तिविरुद्ध मुद्दा चलाइएको थियो ।

    ४० वर्षिय बेलायती नागरिक बेन्जामिन ग्लिनले गत मेमा मास्क नलगाइ सार्वजनिक स्थानमा गएको अभियोग थियो । त्यसपछि उनलाई जुलाईमा अदालतमा उपस्थित गराइएको थियो । साथै, उनले कर्मचारीलाई समेत धम्की दिएको आरोप छ ।

    सिंगापुरका मिडियाले जनाएअनुसार अदालतमा ती व्यक्तिले बेलायत फर्कन चाहेको भन्दै पासपोर्ट फिर्ता मागेका थिए । एसियाली अर्थतन्त्रको राजधानी मानिने सिंगापुरमा मास्क नलगाउने र कोभिड पालना नगर्नेलाई जेल सजायको नियम तोकिएको छ ।

    कडा मापदण्डको कारण सिंगापुरले अहिले कोभिड संक्रमणलाई नियन्त्रणमा राखेको छ ।

  • के तालिवान विजयको अर्थ अमेरिकी परराष्ट्र नीति कमजोर भएको भन्ने हो ? बाइडेनले अब के गर्लान ?

    के तालिवान विजयको अर्थ अमेरिकी परराष्ट्र नीति कमजोर भएको भन्ने हो ? बाइडेनले अब के गर्लान ?

    काठमाडौं । अफगानिस्तानको लामो बसाई अमेरिकाका लागि ओसामा विन लादेनको अन्त्य र अल कायदाको सङ्गठन निर्मुल पार्नुलाई उपलब्धिमुलक मानिएको छ । चीन र रूसजस्ता शक्तिशाली मूलुकमा रहेर अफगानिस्तानको शान्तिका लागि भएका पहलले अमेरिकालगायतका उसका सहयोगी राष्ट्रमा लाभ पुगेको पक्कै हुनसक्छ ।

    यसबारे अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पकै शब्दले अफगानिस्तानमा अमेरिकी सेनाको बसाई अमेरिकाका लागि अनावश्यक आर्थिक बोझ पनि परेको पुष्टि हुन्छ । अमेरिकी सेना अफगानिस्तानमा प्रवेश गरेदेखि अहिलेसम्म करिब १२ अर्ब अमेरिकी डलर बराबरको रकम खर्च भएको अमेरिकी तथ्याङ्क रहेको छ ।

    अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने निर्णय अमेरिकी तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको योजना हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने निर्णयलाई निरन्तरता दिँदै यो प्रक्रिया लगभग अन्तिम चरणमा रहेको छ । अफगानिस्तानमा अमेरिकी सेनाको पहिलो दशकको बसाई अमेरिकाका लागि फलदायी भएको तर दोस्रो दशकमा उल्लेख्य उपलब्धिहरू नभएको केही अमेरिकी विश्लेषकहरूले गर्ने गरेका छन् ।

    अमेरिकी समाचार संस्था सीएनएनका जोन वाउससँगको गत हप्ता प्रशारित एक अन्तरवार्तामा अफगानिस्तान र मध्यएसियाबारे विशेष जानकार स्ट्यानफोर्ड विश्वविद्यालयका इतिहासकार रोबर्ट क्रुजले ‘ट्रम्प प्रशासनले तालिबानसँग गरेको सन् २०२० को सम्झौताले तालिवानलाई देश कब्जा गर्न सहज भएको’ बताएका छन् ।

    अफगानिस्तानको लामो बसाईले अमेरिकाका लागि आर्थिक बोझबाहेक केही महशुस नभएको अफगानिस्तानको पछिल्लो राजनीतिक अवस्थाबारे बोल्दै इन्स्टिच्युट फर चाइना अमेरिका स्टडिजका राजनीतिक विश्लेषक सौरभ गुप्ताले भने, ‘१५ अगस्तमा काबुलमा लामो समयपछि तालिवानको चहलपहल देखियो । तालिवानसँग प्रतिकार गर्ने राजनीतिक इच्छासमेत संस्थापन पक्षले नदेखाउँदा तालिवानको सहज विजय भयो ।’

    ‘अमेरिकी सेनाको सैन्य गठबन्धनमा अफगानिस्तानमा तालिवान समूहलाई देशका प्रायः सबै सहरी ईलाकाबाट विस्थापित गरेपछि ती क्षेत्रमा जुन किसिमको राजनीतिक नेतृत्व विकासका लागि स्थानीयलाई प्रोत्साहित गर्नुपथ्र्यो त्यसो नभएको पुष्टि भएको छ ।’

    करिब बीसवर्षसम्म तालिवानलगायतका समूहले ‘आतङ्कवाद’लाई प्रोत्साहन गरेको आरोपसहित अफगानिस्तानमा रहेको अमेरिकी नेतृत्वको नेटो गठबन्धन सैनिकले तालिवान लडाकूको अफगानी राजधानीमा भएको प्रबेशका बेला काबुलमा नै रहेर पनि केही गर्न सकेन । केबल मुकदर्शक बनेर स्थितिलाई हेर्नु नै उनीहरूको बाध्यता रह्यो । अमेरिका र तालिवान समूहबीच अफगानिस्तानको शान्तिका लागि कतारमा गरिएको सम्झौताले उनीहरूलाई निश्चित घेरामा रहन बाध्य पार्‍यो । विदेशी सैनिकले एक डेढमहिनादेखि नै अफगानिस्तानबाट बर्हिगमनको प्रक्रियालाई अघि बढाइसकेको थियो ।

    अचम्मको कुरा के छ भने करिब तीनलाखको संख्यामा रहेको भनिएको अफगान सेना तालिवानले केन्द्रीय राजधानी काबुल कब्जा गर्दा पनि कुनै प्रतिकारमा उत्रेन । यो अफगानिस्तानमा दुई कार्यकालसम्म ‘निर्वाचित’ भएका असरफ गनीले तालिवानसँग गरेको आत्मसमर्पण हो ।

    ६ वर्षभन्दा बढी सत्ताको बागडोर सम्हालेका राष्ट्रपति घानीले छिमेकमा सुटुक्क शरण लिन पुगेको खबरले उनलाई साथ दिँदै आएका अफगान नेतासमेत खुशी देखिएनन् । यस पहिले राष्ट्रपति बनिसकेका हमिद कार्जाईले तालिवानसँगको शान्तिवार्तामा नेतृत्व लिने बताएका छन् ।

    उनीसहित संस्थापन पक्षका केही सदस्य कतारको दोहामा रहेका अफगान तालिवान नेतासँग अफगानिस्तानको आगामी बाटो तय गर्न बन्ने सरकारको गठजोडका लागि त्यसतर्फ जाने तय भएको छ । अमेरिकासँगको सम्झौतापछि तालिवानले संयुक्त सरकारको माग गरिरहेका थिए । तर सरकारले तालिवानलाई उनीहरूले माग गरेजस्तो राजनीतिक हिस्सा दिन मानेको थिएन ।

    विमानस्थलमा पश्चिमी मुलुकका राजदूताबासका कर्मचारी तथा उनीहरूको परिवारको सुरक्षार्थ सीमित घेरामा रहेर काबुलमा तालिवान समूहका लडाकूको ओहोरदोहोर हेरेर बस्नु विदेशी सेनाको कमजोरी नभई सम्झौताप्रतिको प्रतिवद्धता हो । वार्ता चलिरहेका समय हुलका हुल लडाकू राजधानीमा पस्नु र यसमा अफगान सेनाले किन प्रतिकार गरेन ? अहिले सबैको प्रश्न अफगान सेना र त्यहाँको राजनीतिज्ञप्रति सोझिएको छ ।

    के यो उनीहरूको परनिर्भरता थिएन त ? अनि अफगानिस्तानको परिवर्तनलाई स्वभाविक नभने के भन्ने ? यसै बिषयमा विश्लेषक गुप्ताले भने, ‘अमेरिकी सेनाको हालैको अफगान राजधानीमा हालै देखिएका अस्तव्यस्तता अपेक्षाकृत थिएनन् । तालिवानलाई सन् २००१ मा सत्ताच्युत गरेपछि अमेरिकाले अफगान नागरिकलाई राजनीतिकरूपमा सुसङ्गठित गर्नुपर्थ्यो तर यो राजनीतिक इच्छाशक्ति नदेखिँदा विदेशी सेना फिर्ता हुँदासाथ सरकारको नेतृत्वमा रहेका राष्ट्रपतिले नै विदेशमा शरण लिन पुग्नुपर्ने वातावरण सिर्जना हुनु राजनीतिक इच्छाशक्तिको अभाव हो ।’

    गुप्ताको तर्क छ, ‘एक पटकको विजय राष्ट्र निर्माणमा असम्भव विकल्प बन्न पुग्यो । काबुलमा एक विश्वसनीय उत्तराधिकारीको विकल्प खोज्न नसक्दा अमेरिकाले बीस वर्षसम्म गरेको लगानी क्षणभरमा भत्किएको देख्न सकिन्छ । राजनैतिक व्यवस्था को निर्माण गरी त्यसपछि सम्मानपूर्वक विदेशी फौज फिर्ताको सम्झौता गरिएको भए राम्रो हुन्थ्यो । यसले तालिवानलाई पनि समावेश गरी अफगानिस्तानले शान्तिको बाटो तय गर्न सक्थ्यो ।’

    अफगानिस्तानमा भएको युद्ध ‘सन् २००८ सम्ममा आधारभूतरूपमा निर्दिष्ठ दिशातर्फ गएको उनी तर्क गर्छन् । सन् २०११ मा (ओसामा) बिन लादेन मारिएपछि अमेरिकी सेना अफगानिस्तानमा सधैं रहनुपर्ने ठोस कारण थिएन । गुप्ताले चिनियाँ समाचारसंस्था सिन्ह्वासँगको अन्तवार्ताका क्रममा भने, ‘काबुल(अफगान संस्थापन पक्ष) र तालिबानलाई सरकारको शक्ति साझेदारी सम्झौतामा जबरजस्ती गर्ने राजनैतिक बलबिन लादेन मारिएपछिसम्म अमेरिकामा थियो । तर भूतपूर्व राष्ट्रपति बराक ओबामाको प्रशासनले अफगानिस्तानमा तालिवान बलियो बन्ने खालकोे राजनैतिक समूह चाहँदैनथ्यो । सुरक्षित अवतरणका लागि अनुकुल भएका समय निभाउनुपर्ने भूमिकामा अभाव भएको हो ।’

    उनका अनुसार अमेरिकाले अफगानिस्तानमा सेनापतिको इच्छा र समर्थनमा लडाइँ जारी राख्ने र तालिवानलाई आत्मसमर्पण गराउने अख्तियारसहित सन् २०१५ मा छ महिनाका लागि तालिवानसँग कोलडाईलाई अनुमति दिइयो । तालिबानसँग सम्झौता गरिएको समय सन् २०१९ को मध्यसम्म पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनको सन्दर्भमा पनि अमेरिकी नीति सोही रहेको थियो ।

    लडाईले अमेरिका र अफगान सरकारले तालिवानलाई नत आत्मसमर्पण गराउन सक्यो न उनीहरूलाई राजनीतिक मूलप्रबाहमा ल्याउन नै सक्यो । अफगान सरकारले ट्रम्पको कार्यकाल सकिनै लाग्दा जो बाइडेन निर्वाचित हुनसक्ने र उक्त नेतृत्वले अफगानिस्तानबारे फरक रणनीति ल्याउनसक्ने अभिलाषासहित द्वन्द्वलाई दबाएर जाने निर्णय लियो ।

    ट्रम्प समूहले तालिबानसँग सम्झौता गरिएका प्रतिबद्धता पूरा गर्न असफल भयो र यसै वर्षको सुरूमा राजनीतिक नेतृत्वबाट पूरै बाहिरियो । अन्तमा, बाइडेन र ट्रम्पको रणनीतिमा अडिग रहे र सेना फिर्ता प्रक्रिया अघि बढ्यो ।

    गुप्ताको तर्क रहेको छ, ‘ट्रम्पको शक्ति विस्तारै सेलाउँदै गएपछि पश्चिम र यसका अफगान प्रतिनिधिले नत त राजनीतिक साहस बटुले न त गुप्तचरले दीगो उत्तराधिकारीको विकल्प खडा गर्न सक्यो । बरु यो नै अमेरिका र पश्चिमको अन्तरर्राष्ट्रिय सम्बन्धमा चीसोपन ल्याउने एउटा कडी बनेको छ ।’

    भियतनाम युगपछिको वासिङ्टन र अन्य पश्चिमी पूँजीवादी शासकको पुस्ताले अन्तरर्राष्ट्रिय सम्बन्धमा शक्ति र मापदण्ड वा कानुनको सम्बन्धलाई गहिरोसँग लिएको जस्तो व्यवहारले देखाउने गरेको छ । उनीहरूका लागि अन्तरर्राष्ट्रिय मामिला मुख्यतया घरायसी विवादको कारक बन्ने गरेका छन् । यसैका कारण हामीले आज अफगानिस्तानमा शक्ति र मापदण्डको यस कमजोर ‘ककटेल’ नीतिगत प्रभावको असर देख्न परिरहेको छ । रासस

  • ८ वर्षीया बालिका किनेर ‘सेक्स-स्लेभ’ बनाउनेलाई १८ वर्ष कैद

    ८ वर्षीया बालिका किनेर ‘सेक्स-स्लेभ’ बनाउनेलाई १८ वर्ष कैद

    काठमाडौं । आठ वर्षीया बालिकालाई किनेर ‘सेक्स-स्लेभ’ बनाउने एक क्यानडियन नागरिकलाई १८ वर्षका लागि कैद सजाय सुनाइएको छ । अफ्रिकी मुलुक आइभरी कोस्टबाट ८ वर्षीया बालिकालाई किनेर क्यानडा लगेर उनले तीन वर्षसम्म ‘सेक्स-स्लेभ’ बनाएका थिए ।

    क्यानडाको मोन्टेरल शहरमा बस्दै आएका ६० वर्षीय सिल्भेन भिलामेरलाई न्यायाधीश पिएर ल्याबेलले कैदको फैसला सुनाएका हुन् । भिलामेर पूर्व ‘साइकोएडुकेटर’ रहेको र खतरामा रहेका किशोर-किशोरीको मद्दत गर्ने गरेको भाइसले लेखेको छ ।

    भिलामेर सन् २०१५ मा अफ्रिका गएका थिए । जहाँ ती बालिकाकी आमा निश्चित पैसा लिएर आफ्नी छोरीलाई ती व्यक्तिसँगै क्यानडा पठाउन तयार भएकी थिइन् । ती व्यक्तिले बालिकाको जीवन सुन्दर बनाइदिने र भविष्य उज्वल बनाइदिने आश्वासन दिएका थिए ।

    तर, त्यसको बदलामा उनले ती बालिकालाई ‘सेक्स-स्लेभ’ बनाएर तीन वर्ष सम्म राखेको खुलेको थियो । समय-समयमा बालिकालाई अन्य मानिससँग पनि पठाएको र बाध्य बनाएर राखेका थिए ।

    भिलामेरसँग ‘चाइल्ड पोर्नोग्राफी’सम्बन्धी ८ हजार तस्वीरहरू रहेकोसमेत फेला परेको थियो । प्रहरीले बाल यौन दुर्व्यवहार मुद्दामा भिलामेरमाथि अनुसन्धान गर्ने क्रममा तीन वर्षपछि ती बालिकालाई फेला पारी उद्धार गरेको थियो । तीनै भिलामेरमाथि बुधबार तीन अपराध- यौन शोषण, मानव तस्करी र बाल यौन दुर्व्यवहार मुद्दामा गरी १८ वर्ष कैदको फैसला सुनाइएको हो ।

  • मलेसियाका राजाद्वारा प्रधानमन्त्रीको उम्मेदवार पेस गर्न दलहरुलाई आह्वान

    मलेसियाका राजाद्वारा प्रधानमन्त्रीको उम्मेदवार पेस गर्न दलहरुलाई आह्वान

    क्वालाम्पुर । मलेसियाका राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले देशका राजनीतिक दलहरुलाई मिलेर काम गर्न आह्वान गरेका छन् । दलहरुका बीचमा विवाद र बेमेल हुदाँ देशमा राजनीतिक अस्थिरता मौलाएकाले दलहरुलाई मिल्न र सहकार्य गर्न उनले आग्रह गरेका हुन् ।

    उनले स्थायी सरकारको सुनिश्चितता हुनेगरी संयुक्तरुपमा नयाँ गरेका हुन् । राजदरबारद्वारा बुधबार जारी वक्तव्यमा राजाले मङ्गलबार प्रमुख राजनीतिक दलका प्रमुख नेताहरुसँग छलफल गरेको उल्लेख गरिएको छ ।

    छलफलका क्रममा राजाले विश्वासको मत प्राप्त गर्न सक्नेगरी प्रधानमन्त्रीको उम्मेदवार तयार पार्न पनि आग्रह गर्नुभएको छ । तत्कालीन प्रधानमन्त्री मुहिद्धिन यासिनले गत सोमबार पदबाट राजीनामा दिएपछि राजाले नयाँ प्रधानमन्त्रीको दाबी पेस गर्न दलहरुलाई आह्वान गरेका हुन् ।

    यासिनले मलेसियाको तल्लो सदनबाट बहुमत गुमाएपछि दिएको राजीनामा राजाले तत्कालै स्वीकृत गरिसकेका छन् । राजाले अर्को प्रधानमन्त्री चयन नहुँदासम्मका लागि यासिनलाई नै कामचलाउन प्रधानमन्त्रीको जिम्मेवारी दिएका छन् ।

  • घानीलाई युएईले दियो आश्रय, पैसा लगेको भन्ने आरोपको खण्डन

    घानीलाई युएईले दियो आश्रय, पैसा लगेको भन्ने आरोपको खण्डन

    काबुल । तालिवानले सत्ता कब्जा गरेपछि देश छाडेका अफगान राष्ट्रपति असरफ घानीले संयुक्त अरब एमिरेट्समा आश्रय लिएका छन् । गल्फ नेसन एजेन्सीका अनुसार युएईले मानवीय आधारमा घानीलाई आश्रय दिएको जनाएको छ ।

    युएई विदेश मन्त्रालयले मानवीय आधारमा घानी र उनको परिवारलाई आश्रय दिएको जनाएको छ । तर, बुधबारको भिडिओ सम्बोधनमा घानीले आफूले देश छाड्ने कुुरालाई अस्वीकार गरेका थिए ।

    ‘अहिले म युएईमा आइपुगेको छु । यसले रक्तपात र थप अस्थिरतालाई रोकेको छ । मैले ठूलो रकम लिएर देशबाट भागेको कुरा पूर्णतः गलत छ’ घानीलाई उध्दृत गर्दै अरब न्यूजले लेखेको छ ।

    ७२ वर्षिय घानीले संकटमा देश छाडेको भन्दै निकै आलोचना खेपिरहेका छन् । गत सोमबार अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि अफगान सरकारको आलोचना गरेका थिए ।

    युएईले निर्वासित नेतालाई आश्रय दिएको यो पहिलोपटक भने होइन, यसअघि पाकिस्तानी प्रधानमन्त्री बेनजिर भुट्टोलाई पनि युएईले आश्रय दिएको थियो ।

  • सबै अमेरिकीलाई बाहिर निकालेपछि मात्रै काबुलबाट सेना फिर्ता हुने बाइडेनको भनाई

    सबै अमेरिकीलाई बाहिर निकालेपछि मात्रै काबुलबाट सेना फिर्ता हुने बाइडेनको भनाई

    एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट आफ्ना नागरिक बाहिर ननिकालेसम्म अमेरिकी सेनाले काबुल नछाड्ने बताएका छन् ।

    बुधबार प्रशारित एबीसी न्युजसँगको अन्तर्वार्ताका क्रममा उनले सबै अमेरिकी नागरिकलाई अफगानिस्तानबाट बाहिर ल्याउन सरकार प्रतिबद्ध रहेको बताए । सबैलाई बाहिर निकाल्नका लागि ३१ अगष्टको समयसीमा बढाउन पनि सकिने उनको संकेत थियो । अमेरिकाले यो वर्षको अगष्ट ३१ भित्र आफ्ना सबै सेना अमेरिका फिर्ता लाने यसअघि नै निर्णय गरेको थियो ।

    ‘सबै नागरिकले के बुझ्नुपर्छ भने हामी यही अगष्ट ३१ अगाडि नै सबैलाई ल्याउने प्रयासमा छौं,’ बाइडेनले भनेका छन्, ‘यदि भ्याइएन भने एक जनामात्रै अमेरिकी नागरिक रहेसम्म हामी फर्किने छैनौं । फसिरहेका आफ्ना नागरिक छाडेर अमेरिकी सेना फर्किनै सक्दैन ।’

    १० देखि १५ हजार अमेरिकी नागरिक अझै पनि अफगानिस्तानमा रहेको अनुमान गरिएको छ । बाइडेनका अनुसार अमेरिकी मिसनलाई सहयोग गरिरहेका ५० देखि ६५ हजार अफगानी नगरिकले पछि देश छाड्न चाहेको बताए ।

  • हाइटीमा भूकम्पबाट ज्यान गुमाउनेको संख्या एक हजार ९४१ पुग्यो

    हाइटीमा भूकम्पबाट ज्यान गुमाउनेको संख्या एक हजार ९४१ पुग्यो

    पोर्ट अ प्रिन्स । गत शनिबार हाइटीमा गएको ७.२ रेक्टर स्केलको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एक हजार ९४१ पुगेको क्यारेबियन राष्ट्रको नागरिक सुरक्षा निकायले मङ्गलबार जानकारी दिएको छ ।

    यस भूकम्पमा परी नौ हजार ९०० भन्दा बढी व्यक्ति घाइते भएका समाचारमा जनाइएको छ । यसैबीच भूकम्प गएको तीन दिनपछि हाइटीमा अवस्थित शान्ति भवनबाट १६ जनालाई जीवित उद्धार गरिएको छ । यस भूकम्पको केन्द्रविन्दु दक्षिणी शहर लेस केयेसबाट उत्तरपश्चिम ४१ किलोमिटर टाढा रहेको स्थानमा ३० किलोमिटर गहिराइमा रहेको बताइएको छ ।

    भूकम्पका कारण ६० हजारभन्दा बढी घर भत्किएका छन् भने, ७६ हजार क्षतिग्रस्त भएका छन् । कमजोर संरचना भएका केही जेल तथा थुप्रै सामुदायिक विद्यालयलगायतका भवन भत्किएका छन् । यस प्रकोपको कारण पाँच लाखभन्दा बढी बालबालिका प्रभावित भएका संयुक्त राष्ट्रसङ्घको बालबालिका एजेन्सी युनिसेफले जनाएको छ ।

    हाइटीको सरकारले भूकम्पपछिको अवस्थालाई व्यवस्थित गर्न एक महिना लामो राष्ट्रिय सङ्कटकाल घोषणा गरेको छ ।

    सन् २०१० को जनवरीमा हाइटीमा गएको ७.० रेक्टर स्केलको भूकम्पले पोर्ट–औँ–प्रिन्स र नजिकैका अधिकांश शहरमा ठूलो क्षति भएको थियो । उक्त भूकम्पमा परी कम्तीमा दुई लाखभन्दा बढी मानिसको ज्यान गुमेका थिए । तीन लाखभन्दा बढी घाइते भएका उक्त घटनामा एक लाख ५० हजारभन्दा बढी हाईटीवासी घरबारविहीन भएका थिए ।

  • अमेरिकामा कोभिडबाट एकैदिन हजारको मृत्यु, न्यूजिल्यान्डमा डेल्टा संक्रमण पुष्टि

    अमेरिकामा कोभिडबाट एकैदिन हजारको मृत्यु, न्यूजिल्यान्डमा डेल्टा संक्रमण पुष्टि

    वासिङ्टन । अमेरिकामा कोभिड-१९ संक्रमणबाट मंगलबार एकैदिन एक हजार जनाको मृत्यु भएको छ । कम खोप लगाएका राज्यमा डेल्टा भेरिएन्ट संक्रमणसँगै मृत्युदर पनि बढेको रोयटर्सले जनाएको छ ।

    गत महीनादेखि अमेरिकामा दैनिक औषत ७६९ जनाको मृत्यु भएको छ । यो संख्या गत अप्रिल मध्यदेखि यताकै उच्च हो । मृत्यु र संक्रमण दरमा वृद्धि भएसँगै राष्ट्रपति बाइडेनले यात्रुका लागि थप कडा कदमहरु घोषणा गर्ने तयारी गरेका छन् ।

    अमेरिकालाई अहिले डेल्टा संक्रमण र यसको फैलावट मुख्य चुनौति बनिरहेको छ ।

    यसैबीच, न्यूजिल्यान्डमा पनि डेल्टा भेरिएन्ट पुष्टि भएको छ । एकजनामा भाइरस संक्रमण पुष्टि भएपछि मंगलबारदेखि देशव्यापी लकडाउन गरिएको न्यूजिल्यान्डमा पहिलोपटक डेल्टा पुष्टि भएको हो ।

    प्रधामन्त्री ज्याकिन्डा आर्डेनले छिमेकी मुलुक अष्ट्रेलियाबाट डेल्टा संक्रमण भएको हुनसक्ने बताएकी छिन् । बुधबार थप ६ वटा संक्रमण पुष्टि भएको न्यूजिल्यान्डका अधिकारीले जनाएका छन् ।

  • भारतले काबुलबाट फिर्ता ल्यायो सबै कूटनीतिक कर्मचारी र अलपत्र नागरिक

    भारतले काबुलबाट फिर्ता ल्यायो सबै कूटनीतिक कर्मचारी र अलपत्र नागरिक

    काठमाडौं । सुरक्षा चासोका बीच भारतले काबुलबाट आफ्ना राजदूतसहित सबै कूटनीतिज्ञलाई उद्दार गरेको छ । भारतीय सेनाको विशेष विमानबाट उनीहरुलाई दिल्ली लगिएको हो ।

    सो जहाजले कूटनीतिज्ञ, कर्मचारी, सुरक्षाकर्मी र अलपत्र केही भारतीय नागरिकसहित डेढसय जनालाई स्वदेश फर्काएको हो । भारतीय विदेशमन्त्री एस जयशंकरले उद्दार प्रक्रिया कठिन र चुनौतिपूर्ण भएको बताए ।

    ‘घरमा सुरक्षितपूर्वक फर्कन पाउँदा खुशि लागेको छ’ राजदूत रुडेन्द्र टन्डनले भारतीय मिडियासँग भने । राष्ट्रपति असरफ घानी देश छाडेर भागेको र तालिवानले सत्ता हातमा लिएपछि अहिले अफगानिस्तानको स्थिती तरल बनिरहेको छ ।

    राजदूत टन्डनका अनुसार केही भारतीय नागरिक अहिले पनि काबुल विमानस्थलमा सुरक्षित घर फिर्तीको प्रतीक्षामा छन् । व्यवसायिक उडान सुरु हुने वित्तिकै उनीहरुलाई फिर्ता ल्याउने तयारी भैरहेको उनले जनाए ।

  • पत्नी हत्याको आरोप लागेका काँग्रेस सांसद थरुरलाई अदालतद्वारा सफाइ

    पत्नी हत्याको आरोप लागेका काँग्रेस सांसद थरुरलाई अदालतद्वारा सफाइ

    दिल्ली । सुनन्दा पुष्करको मृत्युको मामिलामा भारतीय कांग्रेस सांसद शशी थरुरलाई ठूलो राहत मिलेको छ । दिल्लीस्थित राउज एवेन्यू कोर्टले बुधबार थरुरलाई घटनामा सफाइ दिएको छ । सन् २०१४ मा दिल्लीस्थित एक होटलमा सुनन्दाको शव भेटिएको थियो ।

    पुष्करको मृत्युपछि थरुरमाथि मानसिक उत्पीडत दिलाउने र आत्महत्या गर्न उक्साउने आरोप लागेको थियो । बुधबार अदालतको फैसला आएलगत्तै थरुरले अदालतलाई धन्यवाद दिएका छन् । उनले भने, ‘मैले पछिल्लो सातवर्ष पीडा र यातना झेलिरहेको थिएँ ।’

    विशेष न्यायाधीश गिताञ्जली गोयलले फैसला सुनाउँदै मुद्दारलाई रद्द गरिएको बताइन् । सुनन्दा पुष्करकी साथी तथा वरिष्ठ पत्रकार नलिनी सिंहले थरुरको सम्बन्ध पाकिस्तानी पत्रकार मेहर तरारसँग जोडिएको दावी गरेकी थिइन् ।

  • तालिवान विजयपछि बाइडेनको लोकप्रियतामा ७ प्रतिशतले कमी

    तालिवान विजयपछि बाइडेनको लोकप्रियतामा ७ प्रतिशतले कमी

    काठमाडौं । तालिवानले अफगान सत्तालाई नियन्त्रणमा लिएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनको लोकप्रियतामा गिरावट आएको छ । रोयटर्सको अध्ययनमा बाइडेनको अप्रुभल रेटिङमा ७ प्रतिशतले कमी देखिएको हो ।

    बाइडेनले ह्वाइट हाउस सम्हालेयताकै न्यून विन्दूमा उनको लोकप्रियता घटेको रोयटर्सले जनाएको छ । तर, न्यूयोर्क म्यागजिनले चाहिँ बाइडेनको लोकप्रियतामा ५० प्रतिशतले कमी आएको जनाएको छ ।

    अफगानिस्तानमा तालिवानको विजयपछि बाइडेनको अप्रुभल रेटिङ ओरालो लागेको म्यागजिनले जनाएको छ । तर, बाइडेनको यो न्यून ग्राफ ट्रम्पको अप्रुभल रेटिङभन्दा उच्च रहेको समेत म्यागजिनले जनाएको छ ।

    आलोचकले अफगानिस्तानसहितको विदेश नीतिमा बाइडेन प्रशासन असफल भएको बताउने गरेका छन् । पूर्वराष्ट्रपति ट्रम्प र विदेशमन्त्री माइक पोम्पियोले त बाइडेनको राजीनामा समेत मागेका थिए ।

     

  • सत्ता कब्जापछि तालिवानको पत्रकार सम्मेलन : केही दिनमै समावेशी सरकार घोषणा हुने

    सत्ता कब्जापछि तालिवानको पत्रकार सम्मेलन : केही दिनमै समावेशी सरकार घोषणा हुने

    काबुल । अफगान सत्ता नियन्त्रणमा लिएपछि तालिवानले पहिलोपटक आज राजधानी काबुलमा पत्रकार सम्मेलनको आयोजना गरेको छ । सो अवसरमा तालिवानी प्रवक्ताका अभिव्यक्ति सुन्दा तालिवान उदार बन्ने संकेत देखिएको जनाइएको छ ।

    प्रवक्ता जबिहुल्लाह मुजाहिदले युद्ध सकिएको र अब कसैसँग बदला नलिइने बताए । आफ्नो सरकारले महिलाको अधिकारलाई इस्लामको कानून अनुसार सम्मान गरिने उनले बताएका थिए ।

    स्वास्थ्यसहितका अत्यावश्यक क्षेत्रमा महिलाले काम गर्न सक्ने उनले बताए । उनले महिलासँग कुनै भेदभाव समेत नगर्ने बताए । २० वर्षअघिको शासनकालमा तालिवानलाई महिलालाई अत्याचार गर्ने आरोप थियो ।

    आइतबार काबुललाई नियन्त्रण गरेपछि तालिवानले महिला र बालबालिकालाई पहिलेजस्तै शोषण र अत्याचार गर्ने संशय पैदा भएको थियो । प्रवक्ता मुजाहिदले आफूहरुले सत्ता कब्जा गरेपछि सबैजनालाई आममाफी दिइएको बताए ।

    राजनीतिक वार्ता जारी रहेको र आफूहरु सबै पक्षलाई समेटेर सरकार बनाउने तयारीमा जुटेको उनले बताए । साथै उनले अफगानिस्तानलाई छिमेकीसहितका अन्य मुलुकविरुद्ध प्रयोग हुन नदिइने समेत बताए । ‘हामी विश्व समुदायलाई आश्वस्त तुल्याउन चाहन्छौं कि हाम्रो जमिन कसैको विरुद्ध प्रयोग हुन दिइने छैन’ उनले भने ।

    काबुलस्थित विदेशी दूतावासहरुको सुरक्षामा आफूहरु प्रतिबद्ध रहेको र कुनै हानी नपुग्ने उनले बताए । ‘हामी विदेशी देशहरुलाई आश्वस्त तुल्याउन चाहन्छौं कि सबै दूतावास, मिसन, अन्तर्राष्ट्रिय संगठन र सहायता एजेन्सीको सुरक्षालाई सुनिश्चित गर्छौ’ उनले भने ।

    भारत, अमेरिकासहित ती मुलुकका साझेदारले आफ्ना नागरिक र दूतावासलाई फिर्ता लगिरहेको सन्दर्भमा तालिवानी प्रवक्ताले यस्तो बताएका हुन् ।

  • तालिवान त्रासमा बुर्का लगाएर रिर्पोटिङ गर्दै महिला पत्रकार !

    तालिवान त्रासमा बुर्का लगाएर रिर्पोटिङ गर्दै महिला पत्रकार !

    काबुल । तालिवान त्रासका कारण अहिले काबुलको दृश्य केही भिन्न देखिन्छ । सैलुन, ब्यूटी पार्लर र टेलरका भित्ताबाट युवतीका तस्विर हटाउन थालिएको छ भने विज्ञापनका होर्डिङ बोर्ड हटाइएको छ ।

    काबुलमा रहेर अन्तर्राष्ट्रिय संचारमाध्यममा रिर्पोटिङ गर्ने महिला पत्रकारहरुले पनि बुर्का लगाउन थालेका छन् । तालिवानले अफगानिस्तान कब्जा गर्नुअघि बुर्का बिनै रिर्पोटिङ गर्ने उनीहरु सोमबारदेखि भने बुर्का लगाएरै रिर्पोटिङमा खटिएका छन् ।

    केहीदिनअघि बुर्काबिनै रिर्पोटिङ गरेकी सीएनएनकी क्लारिसा वार्डले सामेबारदेखि फिल्डमा उत्रँदा मुस्लिम महिलाले जस्तै पहिरन लगाउन थालेकी छिन् । ‘तालिवानहरुले अमेरिकाविरोधी नारा लगाएका थिए, त्यही बेला उनीहरु मप्रति फेन्ड्ली पनि देखिए’ बुर्खा लगाएर रिपोर्टिङमा खटिँदाको अनुभव उनले सुनाइन् ।

    तर, वार्डले त्यसरी गरेको रिर्पोटिङको अमेरिकाभित्रै विरोध भएको छ । टेड क्रुज लगायतका रिपब्लिकन सांसदले बुर्खा लगाएर गरिने रिर्पोटिङको विरोध गरेका छन् । सीएनएनबाहेकका अन्य अन्तर्राष्ट्रिय मिडियाका महिला रिपोर्टरले पनि बुर्का लगाएरै रिर्पोटिङ गरिरहेका छन् ।

  • यस्तो हुनेछ तालिवानको सरकार, को हुन् सर्वोच्च नेता हिबतुल्लाह अखुन्दजादा ?

    यस्तो हुनेछ तालिवानको सरकार, को हुन् सर्वोच्च नेता हिबतुल्लाह अखुन्दजादा ?

    काठमाडौँ । झण्डै २० वर्षपछि तालिवान विद्रोहीले जीत हासिल गरेपछि अफगानिस्तानमा बन्ने नयाँ सरकार कस्तो होला भन्ने चासो र जिज्ञासा सर्वत्र छाएको छ । नयाँ सरकारका बारेमा अफगानिस्तान, तालिबान र अन्तरराष्ट्रिय मामिलाका जानकारले आआफ्ना अनुमान सार्वजनिक गरिरहेका छन् । उनीहरुमध्ये अधिकांशले अफगानिस्तानमा फेरि पनि कट्टरपन्थी, रुढीवादी, अनुदारवादी र अलोकतान्त्रिक शासन व्यवस्था लागू हुने अनुमान गरेका छन् ।

    हुन पनि सरिया कानुन लागु गर्ने मुख्य बाचाका साथ सुरु भएको तालिवान विद्रोहले टुङ्गोमा पुगेपछि उनीहरुले आफ्नो वाचा लागु गर्ने प्रयास अवश्य गर्नेछन । उनीहरुले अघिल्लो शासनकालमा पनि त्यसको अभ्यास गरिसकेका थिए । उनीहरुको नेतृत्व, पृष्ठभूमी, सहयोगी र समर्थकलाई हेर्दा पनि उनीहरु कट्टरपन्थी अलोकतान्त्रीक शासन व्यवस्थामा उन्मुख हुने नै देखिन्छ ।

    रुसी सेनाले अफगानिस्तान छाडेपछि सन् १९९० को दशकमा उत्तरी पाकिस्तानबाट तालिबान विद्रोह सुरु भएको हो । उनीहरुले सुरुमा मुख्यतः धार्मिक संस्थाबाट विद्रोह सुरु गरेको पाइन्छ । त्यसबेला उनीहरुलाई सुन्नी इस्लामको कडा धार सिकाउने विभिन्न निकायले आर्थिक सहयोग गरेको बताइन्छ । साउदी अरबको आर्थिक सहयोगमा सञ्चालित विद्यालयमा हुने कट्टरपन्थी सुन्नी इस्लामसम्वन्धी पढाइले तालिबान विद्रोहीको विद्रोह चर्किदै गएको धेरैको विश्वास छ । विद्यालयमा अध्ययनरत विद्यार्थीले सुरु गरेको विद्रोह भएकाले नै यसलाई तालिबान विद्रोह भन्ने गरिएको छ ।

    पाश्तो भाषामा तालिबानको अर्थ “विद्यार्थीहरू“ भन्ने हुन्छ । त्यसैले यसलाई विद्यार्थीको विद्रोहको रुपमा बुझाउने गरिन्छ । साउदी अरबको सहयोगमा सञ्चालित विद्यालयमा शरिया कानुन नै सर्वोत्तम हो भन्ने पढाइन्छ । यसलाई लागु गर्न सकेमा मात्रै सबैको हित हुने, धर्म हुने र सुख शान्ति मिल्ने उनीहरुलाई विश्वास दिलाइएको छ । त्यसैबाट दीक्षित भएका विद्यार्थी नै लडाकू हुँदै अहिले राज्य सञ्जालन गर्ने जिम्मेबारीसम्म आइपुगेका छन् । तालिबान विद्रोहका प्रशिक्षक तथा प्रशिक्षार्थी सबै सरिया कानुन पूर्णतः लागू पर्नुपर्ने पक्षमा नै देखिन्छन ।

    शरिया कानुनमा विषेशतः महिलालाई बढी नियन्त्रणमा राख्नुपर्ने व्यवस्था उल्लेख गरिएको छ । महिलाले लेख्ने, पढ्ने, सार्वजनिकरुपमा बोल्ने, भाषण गर्ने आदी गर्न नहुने उनीहरुको मान्यता छ । सार्वजनिक गतिविधिमा महिलालाई निषेध गरिएको छ । महिला बजार निस्कनु पर्दा परिवारको पुरुष सदस्यसँग मात्रै निस्कनु पर्ने उनीहरुको भनाइ छ । तालिबान विद्रोहीका नेताले विगतमा दोषी पाइएका हत्यारा वा अवैध यौनसम्बन्ध राख्नेलाई हत्याको सजाय तथा चोरी गर्नेलाई हात काट्ने सजायसम्म दिने गरेका थिए ।

    तालिबान विद्रोहीको अघिल्लो सरकारले हत्यारा र व्यभिचारीलाई सार्वजनिकरूपमा मृत्युदण्ड दिने गरेको थियो । त्यसैगरी चोरी गरेको प्रमाणित भए अङ्गभङ्गको दण्डसमेत दिने गरिन्थ्यो । उनीहरुले आफ्नो प्रभाव भएको क्षेत्रमा विगतमा पुरुषले दाह्री पाल्नै पर्ने र महिलाले पूरै शरीर छोपिनेगरी बुर्का लगाउनै पर्ने व्यवस्था कडाइका साथ लागू गराएका थिए । तालिबान विद्रोहीले अघिल्लो कार्यकालमा टीभी, चलचित्र र सङ्गीतमाथि प्रतिबन्ध लगाएका थिए भने १० वर्ष र त्यसभन्दा माथिका बालिकालाई विद्यालय जान निषेध गरिएको थियो ।

    बढी चर्चामा आउने गरेका केही व्यवस्था, मान्यता र घटनालाई हेर्दा पनि उनीहरुको शासन व्यवस्था कति कठोर र कति कट्टरवादी छ भन्ने छर्लङ्ग हुन्छ । उनीहरुको विचार र धार अहिले पनि घोषितरुपमा परिवर्तन नभएकाले नयाँ कार्यकालमा पनि उस्तै शासन व्यवस्था लागु हुने सहजै अनुमान लगाउन सकिन्छ । नयाँ सरकार हाँक्न तालिवान विद्रोही समूहका चर्चित नेताद्वय हिबतुल्लाह अखुन्दजादा र मुल्लाह अब्दुल गनी बरादरको नाम बढी चर्चामा रहेको छ ।

    तालिबान विद्रोही समूहको शिर्षस्थानमा अहिले हिबतुल्लाह अखुन्दजादा रहनु भएको छ । उनी विद्रोही समूहको राजनीतिक, धार्मिक र सैन्य प्रमुखको जिम्मेबारीमा रहेकाले सरकारको आगामी बाटो उनकै आधारमा तय हुने देखिन्छ । इस्लाम धर्मका विद्वान अगुवा भएकाले उनले नै तालिबानको दिशा बदलेर अहिलेको अवस्थामा ल्याइपु¥याएको ठानिन्छ । तालिबानको गढ मानिने कान्दहारको पुराना बासिन्दा भएकाले पनि उहाँले तालिबान नेतृत्वमा आफ्नो पकड बनाएको मानिन्छ ।

    सन् १९८० को दशकदेखि नै विद्रोही कमाण्डर भएपनि उहाँको मुल पहिचान भने सैन्य कमाण्डरको रूपमाभन्दा पनि धार्मिक विद्वान अगुवाको रूपमा धेरै छ । त्यसैले उनले धर्मसँग जोडिएका धेरै आदेश दिने गरेका छन् र उनका आदेशहरु धेरै कठोर हुने गरेका छन् ।

    तालिबान समूहको नेतृत्व पूर्वप्रमुख मोहम्मद मन्सुरले गरेका बेला नै उनी त्यसको उपप्रमुख थिए । मन्सुरले आफ्नो इच्छापत्रमा हिबतुल्लाहलाई आफ्नो उत्तराधिकारी घोषित गरेका थिए । मन्सुरको सन् २०१६ को मेमा अमेरिकी ड्रोन हमलामा भएपछि मृत्यु भएकाले त्यसपछि मन्सुरकै घोषणा अनुरुप हिबतुल्लाहले प्रमुखको जिम्मेबारी पाएका हुन् । उनी अहिले झण्डै ६० वर्षको भएका छन् ।

    तालिबान सरकार हाक्ने अर्का नेता बरादर भने तालिवान समूहको संस्थापक हुन् । सन् १९९४ मा तालिबान समूहको स्थापना गर्ने चार जनामध्ये उनी पनि एक हुन् । उनी अहिले पार्टीको राजनीतिक मामिला हेर्ने उपप्रमुखको जिम्मेबारीमा पनि छन् । विषेश गरेर राजनीतिक र अन्तरराष्ट्रिय सम्वन्धमा धेरै काम गरेकाले पनि नयाँ सरकारमा उनको प्रभाव बढी हुने देखिएको छ ।

    उनी सन् २००१ मा अमेरिकी नेतृत्वको गठबन्धन सेनाले तालिबानलाई सत्ताबाट हटाएपछि विदेशी सैन्य फौजविरुद्ध उत्रिने प्रमुख पात्र थिए । उनलाई सन् २०१० मा कराँचीबाट पक्राउ गरिएको थियो । त्यतिपछिका हरेक शान्ति वार्तामा तालिबान समूहले रिहा गर्न उनको नाम उच्च प्राथमिकताका साथ राख्ने गरेको थियो । उनलाई तालिबानका पूर्वप्रमुख मुल्लाह ओमारका सबभन्दा विश्वासीला निकट सहयोगीका रुपमा चिनिन्छ । उनी सधैँ अमेरिकासँगको वार्ताको पक्षधर मानिन्छन् ।

    यसरी सम्भावित भावी नेतृत्व, उनीहरुको पृष्ठभूमी, तालिबान सरकारको अघिल्लो कार्यकालमा भएका घटना, उनीहरुको मुल मान्यता, प्रशिक्षणलगायतलाई आधार मानेर हेर्दा तालिबान विद्रोही समूहको नयाँ सरकार पनि कठोर, कट्टरपन्थी र अलोकतान्त्रीक नै हुने देखिन्छ । उनीहरुको त्यो धारलाई परिवर्तन गराउन सर्वत्र दवाव त हुन्छ ।

    उनीहरु त्यसका लागि लचक हुने सङ्केत भने अहिलेसम्म केही देखिएको छैन । उनीहरु आफ्नो विगतको धारलाई परिवर्तन गरी उदारवादी धारतर्फ आउने सङ्केत गरे भने अन्तरराष्ट्रिय समुदायको समर्थन र सहयोग पनि विस्तारै पाउने सम्भावना रहन्छ । तर पुरानै कठोर धारबाट टसमस भएनन भने उनीहरुलाई विश्व समुदायले सहयोग नगर्ने र फेरि सत्ताच्युत गराउने प्रयास भइरहने देखिन्छ । (रासस र अन्तर्राष्ट्रिय संचारमाध्यमको सहयोगमा)

  • एकजनामा कोरोना संक्रमण भएपछि न्यूजिल्यान्डमा देशव्यापी लकडाउन घोषणा

    एकजनामा कोरोना संक्रमण भएपछि न्यूजिल्यान्डमा देशव्यापी लकडाउन घोषणा

    वेलिङ्टन । एकजनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि न्यूजिल्यान्डकी प्रधानमन्त्री ज्याकिन्डा आर्डेनले आजदेखि देशव्यापी लकडाउनको घोषणा गरेकी छिन् । गत फेब्रुअरीदेखि पहिलोपटक मंगलबार स्थानीय संक्रमण पुष्टि भएको थियो ।

    अधिकारीहरुले डेल्टा प्रजाति हुनसक्ने आंकलन गरेका छन् तर, सीएनएनका अनुसार जिन सिक्वेन्सिङ भैरहेको छ । त्यहाँको ठूलो सहर अकल्यान्डका एक ८५ वर्षिय वृद्धमा भाइरस संक्रण पुष्टि भएको थियो । ती वृद्धले खोप लगाएका थिएनन् ।

    आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य निर्देशक एस्ले ब्लुमफिल्डले संक्रमित व्यक्तिले विभिन्न सहर घुमेको र सम्भवतः सीमावर्ती क्षेत्रबाट संक्रमण भएको हुनसक्ने बताए ।

    मंगलबार रातीदेखि त्यहाँ लकडाउन सुरु हुँदैछ । लेभल फोरको यो लकडाउनमा अत्यावश्यक सबै जनालाई घरमै बस्न भनिएको छ र व्यापार तथा व्यवसाय बन्द गर्न भनिएको छ । गतवर्ष न्यूजिल्यान्डमा लकडाउन लागू भएको थियो ।

  • फेसबुकद्वारा तालिवानलाई प्रतिबन्ध घोषणा, अझैपनि ‘आतंककारी’ सूचीमा राखेको भनाई

    फेसबुकद्वारा तालिवानलाई प्रतिबन्ध घोषणा, अझैपनि ‘आतंककारी’ सूचीमा राखेको भनाई

    क्यालिफोर्निया । अमेरिकी सामाजिक संजाल फेसबुकले तालिवानलाई अझैपनि आफूले आतंकवादी संगठनको सूचीमा राखेको भन्दै प्लेटफर्ममा प्रतिबन्ध लगाइएको घोषणा गरेको छ ।

    तालिवानलाई आफूले आतंकवादी सूचीमा राखेकाले उससँग सम्बन्धित सामाग्रीलाई प्रतिबन्ध लगाइएको फेसबुकले जनाएको छ । तालिवान सम्बन्धित सामाग्री पहिचान गर्न र हटाउन फेसबुकले अफगान विज्ञहरुको समूह बनाएको छ ।

    तालिवानले वर्षौंदेखि फेसबुकमार्फत आफ्ना धारणा राखिरहेको छ । अफगानिस्तानको सत्तालाई नियन्त्रणमा लिएपछि तालिवानलाई कसरी हेर्ने भन्ने समस्या अमेरिकी प्रविधि कम्पनीहरुलाई परिरहेको छ ।

    ‘अमेरिकी कानूनले तालिवानीलाई अझैपनि आतंकवादी संस्था मान्छ । हामीले उनीहरुलाई हाम्रो सेवा प्रयोग गर्न प्रतिबन्ध लगाएका छौं । यसको अर्थ उनीहरुको अथवा उनीहरुका लागि बनाइएका अकाउन्टहरु बन्द गर्ने र उनीहरुको प्रशंसा, समर्थन वा प्रतिनिधित्व गर्ने सामाग्री हटाउने हो’ फेसबुक प्रवक्ताले बीबीसीलाई भने ।

    फेसबुकले यो नीति इन्स्टाग्राम र ह्वाट्स एपमा पनि लागू हुने जनाएको छ ।

  • चौतर्फी आलोचनापछि बाइडेनद्वारा आफ्नै निर्णयको बचाऊ : अफगानी सेना आफ्नै देशका लागि लड्नुपथ्र्यो

    चौतर्फी आलोचनापछि बाइडेनद्वारा आफ्नै निर्णयको बचाऊ : अफगानी सेना आफ्नै देशका लागि लड्नुपथ्र्यो

    वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको राष्ट्रिय सेनाले आफ्नो देशको लागि लड्न नसकेको बताएका छन् । उनले भनेका छन्, ‘अफगान सेनाले आफ्नो देशको लागि आफैँ लड्न सक्नुपथ्र्यो, तर किन लडेन भन्ने कुरा हामीले खोजिरहेका छौँ । उनले भने, “जे होस्, गत साताका विकासक्रमले अफगानिस्तानमा अमेरिकी सैन्य सङ्लग्नता अहिले अन्त्य गर्नु उचित निर्णय थियो भन्ने पुष्टि गर्छ ।”

    टेलिभिजनमार्फत सन्देश जारी गर्दै बाइडेनले उक्त कुरा बताएका हुन् । पछिल्लो समयमा अफगानिस्तानको सेनाले अमेरिकाले दिएको तालिम तथा सुविधाअनुसार आफै लड्न नसकेको भन्दै बाइडेनले आफ्नो कदमको बचाउ गरेका छन् ।

    उनले भने, अफगान फौजले उनीहरूकै देश र जनताका लागि पनि जे जसरी लड्न सक्नुपथ्र्यो, त्यो नचाहेको देखियो । अब यसो भएपछि अमेरिकी सैनिक कति समयसम्म त्यहाँ रहेर लड्न सक्छन् ? अब अमेरिकाको भनाइ यो हो कि अब अमेरिकी सेना युद्धमा मर्नु हुँदैन ।’

    अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएको विषयमा उनले आफ्नो निर्णयको बचाउ पनि गरे । गर्नुभयो । यो निर्णयमा आफू कटिबद्ध रहेको समेत बाइडेनले बताए । युद्धग्रस्त अफगानिस्तानमा तालिबानको नियन्त्रणपछि अमेरिकाले आलोचना खेपिरहेको छ । तर, पनि राष्ट्रपति बाइडेनले भने यो निर्णय सही समयमा गरिएको उचित निर्णय भएको समेत बताए ।

    अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले देश छाडेर गएपछि गत आइतबार नै तालिबानीले सत्तामा पुगेका छन् । आइतबार तालिबानले लडाइँ जितेको घोषणा पनि गरेका थिए ।

    अफगानिस्तानका तालिबान सशस्त्र विद्रोही पुनःसत्तामा आएसँगै अफगानिस्तानमा करिब २० वर्ष लामो अमेरिकी नेतृत्वको गठबन्धनको उपस्थितिको पनि औपचारिकरुपमै अन्त्य भएको छ ।

    तालिबानले महिनौँअघिदेखि देशैभरि आफ्नो नियन्त्रण विस्तार सुरु गरेका थिए । पछिल्ला दिनमा त्यो गति तीव्र बन्यो र उनीहरूले केही दिनभित्रै अफगानिस्तानभरि आफ्नो नियन्त्रण कायम गरे ।

    यति चाँडै उनीहरु सत्तामा आउलान् भन्ने अनुमान भने नगरिएको अमेरिकी अनुमान थियो । तालिबानको तीव्र विस्तारका बाबजुद पनि स्वयं अफगान सेनाले नै आफ्ना देशका विरुद्धमा लड्न नचाहेको विषयले पनि अहिले नै अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता हुनु आवश्यक रहेको पुष्टि गरेको बाइडेनले बताएका छन् ।

  • तालिवानद्वारा सरकारी कर्मचारीलाई आममाफीको घोषणा, काममा फर्कन आग्रह

    तालिवानद्वारा सरकारी कर्मचारीलाई आममाफीको घोषणा, काममा फर्कन आग्रह

    काबुल । अफगान सत्ता नियन्त्रणमा लिएको तालिवानले सबै सरकारी कर्मचारीलाई आममाफी दिने घोषणा गरेको छ । काबुल नियन्त्रणमा लिएको दुई दिनपछि तालिवानले सबै सरकारी कर्मचारीलाई काममा फर्कन आग्रह गरेको हो ।

    ‘हामीले सबैलाई आममाफी दिने घोषणा गरेका छौं । अब तपाईंहरुले पूर्ण आत्मविश्वासका साथ काममा फर्कनुपर्छ’ तालिवानद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

    सत्ता नियन्त्रणमा लिएपछि यतिबेला तालिवानी नेताहरु सरकार गठनको गृहकार्यमा जुटेका छन् । केही दिनभित्रै अफगानिस्तानमा नयाँ सरकार बन्ने तालिवानको भनाई छ । अघिल्ला राष्ट्रपति असरफ घानी सरकारको मातहतमा रहेर काम गरेका सरकारी कर्मचारी त्रासका कारण काममा फर्किएका थिएनन् ।

  • विभत्स तालिवानी शासन फर्किने त्राशमा छन् अफगानी जनता

    विभत्स तालिवानी शासन फर्किने त्राशमा छन् अफगानी जनता

    इस्तानबुल । तालीवानहरु पछिल्ला दुई दशकमा लडेकाहरुलाई समेत माफी दिने र सामान्य अवस्था आउने भन्दै काबुल गेटमा थुप्रिरहेका छन् ।
    तर, तालिवान शासन भोगेका र तालिवान आधार क्षेत्रमा बसेकाहरु भने तालिवानले देशको अधिकांश भागहरु कब्जा गरेको भन्दै अन्तर्राष्ट्रिय फौजको बहिर्गमनबाट चिन्तित भएका छन् ।

    नागरिकहरुको भागाभाग

    तालिवानले कब्जा गरेको क्षेत्रका सरकारी कार्यलयहरु, पसलहरु र विद्यालयहरु अझै बन्द छन् । धेरै बासिन्दाहरु बाहिर कमैमात्रामा निस्कन सकेका छन् वा राजधानी काबुलतर्फ भाग्न थालेका छन् ।

    तर, ९/११ को आक्रमणपछि अमेरिकाले तालिवान सत्ता ढाल्नु अगाडि सन १९९६ देखी २००१ सम्म सत्तामा हुँदा तालिवानको लादेको इस्लामिक नियमहरु दोहोरिने संकेतहरु आइसकेका छन् ।

    धेरैले महिला, अल्पसंख्यक जातीय समुदायहरु, पत्रकारदेखि गैरसरकारी संस्थाका कामदारहरुले प्राप्त गरेको उपलब्धी गुमेर दुई दशक अगाडिकै अवस्थामा पुग्ने हो कि भन्ने चिन्ता लिन थालेका छन् ।

    तालिवान सत्ता ढलेसँगै आएको एक सिंगो पुस्ताको आधुनिक र प्रजातान्त्रिक राज्यको आशाहरु तालिवानको आगमनले मार्न सक्ने देखिन्छ ।

    आइतबार तालिवानी लडाकुहरु राजधानी प्रवेश गरेपछि एउटा तस्बिर सामाजिक संजालमा भाइरल भयो । तस्बिरमा एक ब्यूटी सलोन संचालकले महिलाका पोस्टरहरुमा पोतिरहेको देखिन्छ । युवाहरु हतारहतार घरमा आएर जिन्स र टिसर्ट फेरे र परम्परागत सलवार कमिज पोशाक पहिरिए ।

    केहि दिन अगाडि तालिवानी कब्जामा आएको पश्चिमि सहर हेरातका गैरसरकारी संस्थामा काम गर्ने २५ वर्र्षीय विश्वविद्यालयका स्तानक युवा आफूले तालिवान आएपछि घर छोडेर बाहिर ननिस्किएको बताइन् । भिडन्तको डरले आफू बाहिर ननिस्केको उनी बताउँछिन ।

    उनले सडकमा एकदमै थोरै मात्रै महिलाहरु हिडेको बताइन भने महिला डाक्टरहरु समेत डराएर घरभित्रै भएको बताइन ।

    ‘म तालिवान सहन सक्दिन,’ हेरातबाट फोनमा बोल्दै उनले भनिन , ‘मसँग उनीहरुप्रति राम्रो भावना छैन । तालिवानको महिला र युवतिहरु प्रतिको धारणा कसैले परिर्वतन गर्न सक्दैन । अझै पनि उनीहरु महिलाहरु घरमै बसुन् भन्ने चाहन्छन् ।’

    उनले तालिवानसँगका भयले नाम सार्वजनिक गर्न भने चाहिनन् । उनी हेरात विश्वविद्यालयमा स्नातकोत्तर कोर्ष सुरु गर्ने योजनामा थिइन् जहाँ आधा भन्दा धेरै महिलाहरुको संख्या छ ।

    तालिवन शाशनको नियम अनुसार आफू बुर्का लाउन तयार नभएको उनी सुनाउँछिन । भन्छिन, ‘म यो स्वीकार गर्न सक्दिनँ । जे परे परोस म आफ्नो अधिकारको लागि लड्छु ।’

    तालिवानको अफगानीहरुलाई निश्चिन्त पार्ने गरी वक्तव्यहरु जारी गरेका छन् । उनीहरुले सरकारी सेवामा, सुरक्षा निकायमा काम गर्नेहरुलाई बदला नलिने बताएका छन् भने जीवन, सम्पत्ति र इज्जतमा सम्मान गर्ने बताएका छन् ।

    उनीहरुले अफगानहरुलाई देशमै रहन आग्रह गरेका छन् । व्यापार, दूतावास तथा देशीविदेशी परोपकारी संस्थाहरुलाई सुरक्षित वातावरण बनाउने प्रतिवद्धता जनाएका छन् ।

    डर लादिँदै

    कसैलाई तालिावनहरुको व्यवहारले भने फरक सन्देश दिएको छ । गत महिना दक्षिणी प्रान्त घान्जीको मालिस्तान जिल्लामा तालिवानले कब्जा जमाए । त्यसपछि घर–घर गएर सरकारसँग काम गरेका २७ नागरिकलाइ मारे । १० घाइते भए । घरहरु लुटिए । यो अफगानिस्तानको स्वतन्त्र मानव अधिकार आयोगको तथ्यांक हो ।

    हेरात कब्जा गरेपछि तालिवानको दुई आरोपित चोरलाइ मुखमा कालोमोसो दलेर सडकमा घिसारे । त्यो एक चेतावनी थियो । दोहोरिएमा हात काट्ने धम्की थियो ।

    यौजन्य विक्रिती गर्नेहरुलाइ ढुंगाले हानेर मार्ने र सार्वजनिक स्थानमा हत्या गर्ने इस्लामी कानूनी सजायका लागि समेत तालिवानहरु परिचित छन् ।

    महिला अधिकार

    आफ्नो अघिल्लो शासनमा तालिवानहरुले महिलालाई काम गर्न बन्देज गरे । उनीहरुले विद्यालय पढ्न पनि प्रतिबन्ध गरे । बाहिरफेर हिँड्दा बुर्का लाउनुपर्ने र एक पुरुष आफन्त अनिवार्य हुनुपर्ने नियम बनाए ।

    अहिलेका दिनहरुमा तालिवान नेतृत्वले महिला शिक्षाको लागी उदार भएको बताउँछ । तर, अधिकारकर्मीहरु भने यो नियम स्थानीय कमान्डर र समुदायको तजबिजमा हुने बताउँछन् । मुख्य शहरहरु बाहेक बाँकी क्षेत्रहरुमा अफगानिस्तान धेरै रुढिवादी देश हो ।

    ‘अधिकार बारेमा तालिवानका वक्तव्यहरु र स्थानीय स्तरमा निषेधात्मक अवस्थाहरुले तालिवानहरु आफ्नै नीतिमा एकमत नभएको देखाउछ’, गत jर्ष न्यू योर्क शहरस्थित ह्युमेन राइट्स वाचले आफ्नो प्रतिवेदनमा बताएको छ ।

    एक कुरामा भने उनीहरु एकमत छन्- त्यो हो फरक मत राख्नेहरुप्रतिको अनुदारता । ह्युमेन राइट्स वाच भन्छ, ‘तालिवान पटकपटक पत्रकार (खास गरी महिला पत्रकार) र आफ्नो समूहको आलोचानात्मक रिपोर्ट गर्नेहरुलाई धम्क्याउँछ र थुन्छ ।’

    पछिल्लो समयमा मारिएका पत्रकारहरुको बिषयमा तालिवान र सरकारले एक अर्कालाई दोस दिइरहेका छन् । कतिपय अरु इस्लामिक समूहहरुले समेत जिम्मेवारी लिएका छन् ।

    शुक्रबार तालिवानले कान्दहारको एक रेडियो नियन्त्रणमा लिए । र नयाँ नाम दिए भोइस अफ सरिया, इस्लामी कानून । उनीहरुले स्टेसनका कर्मचारीहरुलाई कारबाही गरे या फर्कन दिए, त्यो भने अझैसम्म पुष्टि भएको छैन । तर,अब स्टेसनले कुनै संगीत प्रशारण गर्ने छैन किनभने त्यो तालिवान शासित क्षेत्रमा निषेध छ ।

    यस्तै हेल्मन्ड प्रान्तको एक अर्को रेडियो स्टेसन पनि तालिवानले बन्द गराए । त्यो स्टेसनले महिलाका कार्यक्रमहरु दिँदै आएको थियो । यद्यपि, यो अस्थायी भएको तालिवानको भनाइ छ ।

    मुख्य डर चाहिँ अफगानिस्तानको हजारा अल्पसंख्यहरुसँग छ । हजारा सिटी मुसलमान हुन् जसलाई तालिवान सत्ताको समयमा धेरै पीडित बनाइएको थियो ।

    पछिल्लो दुई दशकमा हजारा समुदायको शिक्षा र सामाजिक हैसियतमा धेरै विकास भएको थियो । उनीहरुलाई पश्चिमा शैलीको सरकारको लागि धेरै लागानी गरिएको रुपमा बुझिन्छ । सरकार ढलेपछि उनीहरुमाथि बदला लिने सम्भवाना देखिन्छ ।

    पछिल्ला वर्षहरुमा, सुन्नी सम्प्रदायका आईएक समर्थक समूहले हजारा समुदायलाइ धेरै आक्रमण गरेका छन् । गत वर्ष मातृ कक्षमा हमला गरेर २४ जनाले ज्यान गुमाउनु पर्यो । जसमा आमा र नवजात शिशुहरु पनि थिए ।

    तालिवानले यस्तो आक्रमणको निन्धा गर्दै आइएकका समर्थक समूहसँग भिडन्त गरेको थियो । तर, पुनः शक्तिमा भएपछि आफ्नै जस्तो कतिपय सिद्धान्त बोक्ने यस्तो समूहलाई तालिवानले नियन्त्रयणमा लिन्छन् कि लिँदैनन् हेर्न बाँकी छ ।

    एसोसिएट प्रेस

  • अमेरिकामा रहेको अफगानी सम्पत्तिमा तालिवानलाई पहुँच नदिइने

    अमेरिकामा रहेको अफगानी सम्पत्तिमा तालिवानलाई पहुँच नदिइने

    वासिङ्टन । अमेरिकी खातामा राखिएका कुनै पनि अफगान सञ्चितिमा तालिबान समूह पहुँचबाट वञ्चित हुने अमेरिकी प्रशासन अधिकारीले एएफपीलाई सोमबार बताएका छन् ।

    तालिवानको सहज कब्जापछि अमेरिकी सेनाले अफगानिस्तानको राजधानी खाली गरिरहेको बेला अधिकारीले भने, “अफगानिस्तानमा रहेको कुनै पनि केन्द्रीय बैंकको सम्पत्ति तालिवानलाई उपलब्ध गराइने छैन ।”

    अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार अप्रिलको अन्त्यमा केन्द्रीय बैंकको कूल सञ्चिति ९.४ अर्ब डलर पुगेको थियो । तर यस विषयमा जानकार एक व्यक्तिका अनुसार ती मध्ये अधिकांश रकम अफगानिस्तान बाहिर राखिएको छ ।

    संयुक्त राज्य अमेरिकामा अफगान सञ्चितिको कति हिस्सा छ भन्नेबारे अहिले स्पष्ट पारिएको छैन ।

  • तालीवानी कब्जाबारे भारत मौन, भारतसँगको सहकार्यका पक्षमा रहेका अफगानीको पक्षमा उभिने

    तालीवानी कब्जाबारे भारत मौन, भारतसँगको सहकार्यका पक्षमा रहेका अफगानीको पक्षमा उभिने

    दिल्ली । तालीवानी विद्रोहीले अफगानिस्तानको सत्ता कब्जा गरेपछि भारतले यसप्रति प्रतिक्रिया जनाएको छ। त्यहाँको विदेश मन्त्रालयले पहिलो पटक सार्वजनिक गरेको धारणामा तालीवानीबारे केही उल्लेख गरिएको छैन् ।

    काबु्लको सुरक्षा अवस्था बिग्रिएको उल्लेख गर्दै भारतले त्यहाँको अवस्था नजिकबाट नियालीरहेको, भारतीय नागरिकाका लागि लगातार रुपमा सुरक्षा ‘एडभाइजरी’ जारी गरेको उल्लेख गरिएको छ। त्यस्तै अफगानिस्तानमा रहेका शिख र हिन्दू प्रतिनिधिसँग सम्पर्कमा रहेको र भारत आउन चाहानेका लागि सहजिकरण गरिने बताइएको छ।

    विकास र शिक्षा जस्ता कुरामा भारतसँग आपसी सहकार्य गर्न चाहाने धेरै अफगानी नागरिक रहेको भन्दै उनीहरुको पक्षमा भारत उभिने विदेश मन्त्रालयको भनाइ छ।

  • अफगानिस्तानबाट अमेरिकी बहिर्गमन, अर्थात भियतनाम भाग- २

    अफगानिस्तानबाट अमेरिकी बहिर्गमन, अर्थात भियतनाम भाग- २

    बीस वर्षअगाडि अमेरिका काबुल छिर्‍यो, तालिवानको भागाभाग भयो । २० वर्षपछि तालिवान काबुल छिर्‍यो, अमेरिकाको भागाभाग भयो ।

    सन् २००१ सेप्टेम्बर ७ मा अमेरिकी विमानले काबुलमा बम बर्साएका थिए । त्यसको दुई दशकको सेरोफेरोमा तालिवान काबुल फर्किए । अमेरिकाले आफ्ना नागरिक र कर्मचारीलाई हवाई उद्धार गरेर लग्यो ।

    बीस वर्षअगाडि यस्तो होला भन्ने कल्पना कसैलाई थिएन । सायद यही कारण हुनसक्छ, तालिवान नेताहरू आफूहरूले अमेरिकालाई जितेको दावी गर्दैछन् । चार महिनाअगाडि नै बीबीसीसँग अफगानिस्तानको बाल्क जिल्लाका तालिवानी छायाँ मेयर हाजी सिक्मतले भनेका थिए, ‘हामीले युद्ध जित्यौँ । अमेरिकाले हार्‍यो ।’

    सिक्मतले भनेका कुरा अमेरिकी तथ्यांकले पनि एक हदसम्म पुष्टि गर्छन् । हार्भर्ड विश्वविद्यालयको केनेडी स्कूलकी लिन्डा बिल्म्स र ब्राउन विश्वविद्यालयको कस्ट्स् अफ वार प्रोजेक्टको तथ्यांक हेरौँ । अमेरिकी समाचार एजेन्सी एपीले यही तथ्यांक साभार गरेर समाचार बनाएको छ । जसअनुसार सुरक्षा दस्ताको हताहती तथ्यांक यस्तो छ :-

    अमेरिकी सैनिकहरूको मृत्यु संख्या : २४४८

    अफगान सेना तथा प्रहरीको मुत्यु संख्या : ६६,०००

    न्याटोलगायतका अन्य अमेरिकी साझेदारी सैनिकको मृत्यु संख्या : ११४४

    तालिवान र अन्य विपक्षी लडाकुको मृत्यु संख्या : ५१,१९१

    सैन्य तथा प्रहरीको मृत्यु संख्या हेर्दा अमेरिकी, युरोपेली तथा अफगान सरकारका तर्फबाट एकमुष्ट संख्या ६९ हजार ५ सय ९२ हुन्छ । तालिवान र अन्य विद्रोही लडाकुको संख्या ५१ हजार १ सय ९१ मात्रै छ । यो आँकडाले पनि तालिवान तथा अन्य विद्रोहीको मृत्यु संख्या सत्ताधारीको भन्दा १८ हजार ४ सय १ थोरै देखिन्छ । अर्थात सैन्य मोर्चामा अमेरिकी तथा अफगानी सत्ताधारीको धेरै क्षति भएको छ ।

    ७२ जना पत्रकार, ४४४ सहायताकर्मीहरू, ३८४६ अमेरिकी ठेकेदारदेखि ४७,२४५ अफगान नागरिक मरेका छन् । यो आँकडाले गैरसैन्य पक्षको मृत्यु संख्या ५१ हजार ६ सय ७ देखिन्छ । यो हताहतीको मुख्य नोक्सानी सत्तापक्षकै मान्नुपर्छ । किनभने नागरिकहरूको जीउधन रक्षाको प्रमुख नेतृत्व राज्यकै हो । सत्ताकै हो ।

    Taliban fighters take control of Afghan presidential palace after the Afghan President Ashraf Ghani fled the country, in Kabul, Afghanistan, Sunday, Aug. 15, 2021. (AP Photo/Zabi Karimi)

    अब आर्थिक पक्षको कुरा गरौँ । करिब दुई दशक लामो युद्धमा अमेरिकाको प्रत्यक्ष खर्च २ ट्रिलियन अमेरिकी डलर भनिएको छ । यो भनेको २० खर्ब अमेरिकी डलर हो । यो सानो रकम होइन । अहिलेको सटही दर ११८.८१ ले नेपालीमा रूपान्तरण गर्दा यो २३७६.२ खर्ब नेपाली रूपैयाँ हुन आउँछ । साढे १६ खर्बमात्रै वार्षिक बजेट भएको नेपालका लागि यो १४४ बर्ष पुग्ने रकम हो ।

    हुन त बालमृत्यु दर घटाएर ५० प्रतिशत पुर्‍याएको देखि अफगानिस्तानका ३७ प्रतिशत महिलाहरू पढ्नसक्ने हुनु आफ्नो उपलब्धी भएको अमेरिकी दावी छ ।

    भियतनाम भाग- २

    दोस्रो विश्वयुद्धपछि एसियाका विभिन्न युद्ध मोर्चामा सहभागी भयो अमेरिका । सन् १९५० देखि १९५३ सम्म भएको कोरियाली युद्ध, सन् १९५५ देखि १९७५ सम्मको भियतनाम युद्ध, सन् २००१ को अफगानिस्तान युद्ध र सन् २००३ को इराक युद्धमा अमेरिका सहभागी थियो ।

    यी चार मुख्य युद्धमध्ये दुई युद्धमा अमेरिका विजयी भयो । कोरियाली युद्धमा उसले आफ्नो लाइनको दक्षिण कोरिया बनाउन चाहेको थियो । बनायो । इराक युद्धमा सद्दाम हुमेनको सत्ता ढाल्न खोजेको थियो । ढाल्यो ।

    भियतनाम र अफगानिस्तानमा भने अमेरिकी मिसन सफल हुन सकेन । ओसामा बिन लादेन मारिए पनि तालिवानलाई निमिट्यान्न पार्न अमेरिका असफल भयो । ठीक यसैगरी भियतनाममा दक्षिणी भियतनाम दक्षिण कोरियाजस्तै बनाउने अमेरिकी अभियान असफल भयो ।

    भ्वाइस अफ अमेरिकाका अनुसार सन् १९७३ को मार्च २९ मा अमेरिकाले लडाकु दस्ता फिर्ता लगेको थियो । त्यसको ठीक दुई वर्षपछि सन् १९७५ मा उत्तर र दक्षिण भियतनाम एक भयो । एक भयो भन्दा पनि कम्युनिष्ट उत्तरको कब्जामा आयो । र, सन् १९७५ को अप्रिल ३० मा बाँकी रहेका अमेरिकिलाई सैगुन क्षेत्रबाट हेलिकप्टरबाट उद्धार गरिएको थियो ।

    सन् १९७५ अप्रिल ३० मा अमेरिकी नागरिकलाई सैगुन (अहिलेको हो चि मिन्ह्) शहरबाट नागरिकलाई हेलिकप्टरबाट उद्धार गरिएको र आइतबार काबुलबाट गरिएकोलाई अमेरिकीहरूले एकै भएको तुलना गरेका छन् । ४६ वर्षअगाडि सैगुनबाट जस्तै आइतबार काबुलबाट उद्धार हुनेहरूको तस्बिर एकैजस्तो देखिएकोले यस्तो तुलना भएको हो ।

    सैगुन र काबुलको व्यापक तुलना भएपछि अमेरिकी विदेश मन्त्री एन्थोनी ब्लिङ्कनले आइतबार अमेरिकी च्यानल एबीसीको ‘दिस विक’ कार्यक्रममा बोल्दै खण्डन गरेका थिए । दी गार्जियनका अनुसार ब्लिङ्कनले २० वर्षअगाडिको ९/११ आक्रमण गर्नेलाई तह लाउने लक्ष भएकोले त्यो लक्ष भेटेको भन्दै बचाउ गरेका थिए ।

    अमेरिकाको भियतनामा युद्ध धेरै अलोकप्रिय युद्ध हो । यूएसए टुडेको एक तथ्यांकअनुसार ५८ हजार २ सय २० अमेरिकी सैनिकहरूको मृत्यु भएको थियो । आर्थिक क्षेत्रमा समेत ठूलो क्षति भएको थियो । सन् १९६८ को कुल गार्हस्थ उत्पादनको २.३ प्रतिशत खर्च भएको सन् २०१९ मा सार्वजनिक भएको यूएसए टुडेको तथ्यांक छ ।

    यसरी झन्डै बीस बर्षको अफगानिस्तान युद्ध र साँढे उन्नाइस बर्षको भियतनाम युद्ध अमेरिकाले एसियामा पाएको ठुलो झट्का हो । ४६ बर्षअगाडि कम्युनिष्टसँग युद्धबाट बाहिरिएको अमेरिकाले ४६ बर्षपछि धार्मिक कट्टरपन्थीहरूसँगको युद्धबाट पनि विश्राम लिएको छ ।

    यसरी जत्ति नै तर्क गरेपनि अफगानिस्तान युद्ध अमेरिकाको लागी भियतनाम युद्ध भाग २ भएको छ । र, यही खालको तर्क अमेरिकीहरूले आफैं गर्न थालेका छन् । विदेश मन्त्रीले बचाउ गर्न एबीसी च्यानलमा बोल्नु परेको छ ।

  • अफगान सत्तालाई नियन्त्रणमा लिने तालिवानी कदमको चीनद्वारा स्वागत

    अफगान सत्तालाई नियन्त्रणमा लिने तालिवानी कदमको चीनद्वारा स्वागत

    काठमाडौं । तालिवानले अफगानिस्तानी सत्तालाई नियन्त्रणमा लिएपछि चीनको पहिलो प्रतिक्रिया आएको छ । चिनियाँ विदेश मन्त्रालयले तालिवानले सत्ता लिएपछि पनि चीन अफगानिस्तानसँग मैत्रीपूर्ण र साझेदारी सम्बन्ध कायम राख्न चाहेको जनाएको छ ।

    अमेरिकाले अफगानिस्तानबाट सैनिक फिर्ती गर्न थालेसँगै चीनले तालिवानलाई बेइजिङमा बोलाएर छलफल गरेको थियो । सो बेलादेखि नै बेइजिङ र तालिवानबीच सम्बन्धमा सुधार आउन सक्ने आंकलन गरिएको थियो ।

    सोमबार चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ताले अहिलेको परिस्थितीमा चीनले अफगानिस्तानसँग सम्बन्ध सुधार्न चाहेको बताइन् । प्रवक्ता हुवा चिनइङले भनिन्, ‘तालिवानीले चीनसँग मैत्रीपूर्ण सम्बन्ध राख्न चाहिरहेका छन् । साथै उनीहरुले अफगानिस्तानको शान्ति प्रक्रिया तथा पुननिर्माणमा सहभागि हुन चाहिरहेका छन्’ उनले भनिन् ।

    ‘हामी यो परिस्थितीलाई स्वागत गर्र्छाैं । अफगानी जनताले आफै आफ्नो भाग्य कोर्ने र विकसित हुने अधिकारको हामी सम्मान गर्छौ । यसका लागि हामी मैत्रीपूर्ण सम्बन्ध राख्न चाहन्छौं’ उनले भनिन् ।

    साथै, प्रवक्ता चिनइङले शक्तिको स्वभाविक हस्तान्तरण गर्न तथा खुला र समावेशी इस्लाम सरकार बनाउन पनि आग्रह गरिन् । चीनले काबुलस्थित दूतावासलाई निरन्तरता दिने जनाएको छ । चीनले अहिलेको अफगान परिस्थितीलाई नजिकबाट नियालिरहेको पनि जनाएको छ ।

     

  • संसदमा बहुमत गुमाएपछि मलेसियाली प्रधानमन्त्रीद्वारा राजीनामा

    संसदमा बहुमत गुमाएपछि मलेसियाली प्रधानमन्त्रीद्वारा राजीनामा

    क्वालालाम्पुर । संसदमा बहुमत गुमाएपछि मलेसियाली प्रधानमन्त्री मुहियाद्धिन यासिनले आज पदबाट राजीनामा दिएका छन् । पछिल्लो महिना गठबन्धनमा विवाद भएपछि यासिनको सरकार ढल्ने टिप्पणीहरु भैरहेका थिए ।

    सोमबार उनले राजीनामा त्यहाँका राजालाई बुझाएको यासिनको मन्त्रीमण्डलका एक प्रभावशाली मन्त्री खैरी जमालुद्दिनले जानकारी दिए ।

    १७ महिना प्रधानमन्त्री कार्यकाल बिताएका यासिनको राजीनामा पछि कोभिड-१९ बाट प्रभावित अर्थतन्त्रलाई उकास्ने र भाइरसलाई नियन्त्रण गर्ने प्रयासमा धक्का लाग्ने जनाइएको छ ।

    मलेसियाको स्टक मार्केटमा त्यहाँको मुद्रा रिंगिटको मूल्य यसवर्ष अहिलेसम्मकै न्यून विन्दूमा पुगेको थियो । संसदमा कसैको बहुमत पनि नपुगेपछि अबको प्रधानमन्त्री को बन्नेछ भन्ने टुंगो छैन ।

    मलेसियामा पूर्वी एसियाकै सर्वाधिक भाइरस संक्रमण दर कायम छ । संवैधानिक राजा अल सुल्तान अब्दुल्लाले अब बहुमत पुष्टि गर्ने संसदका एक सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्न सक्ने सम्भावना छ ।

     

  • अफगान संकटबारे छलफल गर्न आज राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक बस्दै

    अफगान संकटबारे छलफल गर्न आज राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक बस्दै

    काठमाडौं । तालिवान विद्रोहीले अफगानिस्तानको सत्ता हातमा लिएपछि आज राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठक बस्दैछ । भारतले अध्यक्षता गर्ने बैठकमा अफगानिस्तानको पछिल्लो संकटमाथि समीक्षा हुने जनाइएको छ ।

    अफगानिस्तानमा नयाँ सरकार गठन गर्ने तयारी गरिरहेको तालिवानलाई अन्तर्राष्ट्रिय मान्यता दिने वा नदिने भन्ने बहस भैरहेको बेला परिषद्को बैठक अर्थपूर्ण हुनसक्छ ।

    बेलायतले तालिवान सरकारलाई मान्यता दिन नसकिने बताइसकेको छ । प्रधानमन्त्री बोरिस जोन्सनले आइतबार राती काबुलको पछिल्लो अवस्थाबारे प्रेसमिट गरेका थिए ।

    सुरक्षा परिषद्को अर्को सदस्य मुलुक चीन भने अफगानिस्तान मामिलामा अहिले पूर्णतः मौनजस्तै छ । गत महीना तालिवान नेताहरुलाई स्वागत गरेको चीनको अहिलेको मौनतालाई पनि अर्थपूर्ण हेरिएको छ ।

  • युद्ध अब सकियो, शान्तिपूर्ण अन्तर्राष्ट्रिय सम्बन्धतर्फ केन्द्रित हुन्छौं : तालिवान प्रवक्ता

    युद्ध अब सकियो, शान्तिपूर्ण अन्तर्राष्ट्रिय सम्बन्धतर्फ केन्द्रित हुन्छौं : तालिवान प्रवक्ता

    काबुल । आफना लडाकुले राजधानी कब्जामा लिएको र राष्ट्रपति नै देश छाडेर भागेको परिस्थितीमा अब लडाईको अन्त्य भएको तालिवानले घोषणा गरेको छ ।

    अलजजिरासँग कुरा गर्दै तालिवान प्रवक्ताले अब लडाइ लड्नु जरुरी नभएको बताएका हुन् । तर, हतियारधानी तालिवान लडाकुले सत्ता आफ्नो आफ्नो हातमा लिएपछि राजधानी काबुलमा त्रासका दृश्यहरु व्याप्त छन् । काबुल विमानस्थलमा देश छाड्न चाहनेको भीड छ र पृष्ठभूमिमा गोली पड्किएका आवाज सुन्न सकिन्छ ।

    तालिवानको राजनीतिक विभागका प्रवक्ता मोहम्मद नहिमले आफूहरु अब अलग भएर बस्न नसक्ने र चाँडै नयाँ सरकार गठन हुनसक्ने बताएका छन् । उनले शान्तिपूर्ण अन्तर्राष्ट्रिय सम्बन्ध चाहेको समेत बताए ।

    ‘धन्यवाद भगवान, अब युद्ध सकिएको छ’ उनले अलजजिरासँग भने ।

    ‘हामीले जे चाहेका थियौं त्यो पाएका छौं । जुन हाम्रो देश र नागरिकको स्वतन्त्रता पनि हो । हामी कसैविरुद्ध हाम्रो भूमि प्रयोग गर्न अनुमति दिँदैनौं हामी अरुलाई दुःख पनि दिन चाहन्नौं’ उनले भने ।

  • देश छाडेका अफगानी राष्ट्रपति घानीले भने- रक्तपात निम्त्याउन चाहिनँ

    देश छाडेका अफगानी राष्ट्रपति घानीले भने- रक्तपात निम्त्याउन चाहिनँ

    एजेन्सी । देश छोडेर भागेका अफगानी राष्ट्रपति अस्रफ घानीले अफगानिस्तानमा तालिवानले जितेको स्वीकार गरेका छन् । रक्तपात रोक्नका लागि आफूले देश छोड्नुपरेको उनको जिकिर छ ।

    सामाजिक सञ्जालमा स्टाटस लेख्दै घानीले अफगानी जनताको समन, सम्पत्ति र आत्मसंरक्षणको जिम्मा अब तालिवानसँग रहेको उल्लेख गरेका छन् ।

    देश छोडेपछि पहिलो टिप्पणीमा उनले भनेका छन्, ‘तारबार र बन्दुकको बलबाट तालिवानले जितेको छ । अब मुलुकको प्रतिष्ठा र जनताको जीवन उनीहरुको हातमा छ ।’

    घानी थप्छन्, ‘राजधानी छोड्नु मेरो लागि कठिन निर्णय थियो । आइतबार म निकै सकसमा परेको थिएँ । तालिवानका लडाकु राष्ट्रपति भवनमा पस्न उद्यत थिए । म उनीहरुको प्रतिकार गरौं वा मेरो प्यारो मुलुक, जसका लागि मैले आफ्नो जीवन २० वर्षदेखि सुम्पेको छु, त्यसलाई नै त्यागौं । अन्ततः मैले रगतको भेल निम्त्याउन चाहिनँ ।’

    ‘उनीहरु अब नयाँ ऐतिहासिक परीक्षामा छन् । या त उनीहरुले अफगानिस्तानको नाम र सम्मानलाई रक्षा गर्ने छन् या अन्य स्थान र नेटवर्कहरुलाई प्राथमिकता दिनेछन्,’ उनले थपे ।

    आफू कहाँ छु भन्ने घानीले खुलाएका छैनन् । तर, धेरै सञ्चारमाध्यमका अनुसार उनी ताजीकिस्तानमा रहेको विश्वास गरिएको छ ।

  • काबुलको विमानस्थलमा कोलाहल, ६ हजार सुरक्षाकर्मी परिचालन

    काबुलको विमानस्थलमा कोलाहल, ६ हजार सुरक्षाकर्मी परिचालन

    काठमाडौं । अफगानिस्तानमा तालिबानले कब्जा जमाएपछि देशवासीहरु आतंकित बनेका छन् । राजधानी काबुलबाट मानिसहरु भाग्ने सिलसिला तीव्र बनेको छ ।

    काबुलस्थित हमिद कारजाइ अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले कोलाहलपूर्ण अवस्था रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

    धेरै मानिसहरु देश छोडेर जानका लागि विमानस्थलमा ओइरिएका छन् । तालिवानले विमानस्थलबाट बाहिर जानेहरुलाई अहिलेसम्म कुनै अवरोध गरेको छैन ।

    अफगानिस्तानमा रहेका विदेशी नागरिकहरु पनि धमाधम स्वदेश फर्किरहेका छन् । विभिन्न देशहरुले अफगानिस्तानमा रहेका आफ्ना नागरिकहरुलाई जहाज चार्टर्ड गरेर पनि स्वदेश फर्काइरहेका छन् ।

    धेरै देशले कुटनीतिक नियोग तथा दूतावासहरु खाली गराएर कर्मचारीहरुलाई त्यहाँबाट भगाएका छन् ।

    समाचारहरुमा जनाइए अनुसार काबुलको सुरक्षामा खटिएका ६ हजार सुरक्षा फौजलाई विमानस्थलको आसपासको क्षेत्रमा पठाइएको छ ।

  • अन्तर्राष्ट्रिय समुदायको संयुक्त आह्वानः अफगानीलाई देश छोड्न देउ

    अन्तर्राष्ट्रिय समुदायको संयुक्त आह्वानः अफगानीलाई देश छोड्न देउ

    एजेन्सी । अफगानिस्तानमा विद्रोही समुह तालिबानको नियन्त्रणसँगै त्यहाँका नागरिकहरुको सुरक्षालाई लिएर अन्तर्राष्ट्रिय समुदायबाट चासो र चिन्ता प्रकट भएको छ ।

    विश्वका ६० भन्दा बढी देशले संयुक्त वक्तव्य जारी गर्दै देश छोड्न चाहने नागरिकलाई अवरोध नगर्न तालिवानसँग आग्रह गरेका छन् ।

    तालिवानको नाम नलिइकन विज्ञप्तिमा भनिएको छ, ‘अफगानिस्तानको सत्ता र शक्ति हातमा लिएकाहरुले त्यहाँका जनताको जीवनरक्षाका निम्ति जिम्मेवारी र उत्तरदायित्व वहन गर्नुपर्छ ।’

    अफगान जनताले सुरक्षित र सम्मानित जीवन बाँच्न पाउनुपर्ने पनि विज्ञप्तिमा उल्लेख छ । विज्ञप्ति जारी गर्नेमा अमेरिका, बेलायत, अष्ट्रेलिया लगायत राष्ट्रहरु छन् ।

    राजधानीमा काबुलमा प्रवेशसँगै तालिवानले अफगानिस्तानमाथि कब्जा जमाएको छ । अफगानी लडाकुहरुले राष्ट्रपति भवनलाई समेत आफ्नो नियन्त्रणमा लिइसकेका छन् । यससँगै सुरक्षा चिन्ताले काबुलबाट बाहिर भाग्न मानिसहरु प्रयासरत छन् । विमानस्थलमा कोलाहलको अवस्था उत्पन्न भएको छ ।

    यी पनि पढ्नुहाेस्

    तालिवान विद्रोहीद्वारा अफगानी राष्ट्रपति कार्यालय कब्जा

    राष्ट्रपति कार्यालय कब्जा गरेपछि तालिवानको घोषणा : अब इस्लामिक इमिरेट्स अफ अफगानिस्तान बनाउँछौं

    तालिवानको नालीबेलीः १२ प्रश्नोत्तरमा बुझ्नुहोस् अफगानिस्तानको संकट

    पदबाट राजीनामा दिँदै अफगानी राष्ट्रपतिले देश छाेडे

  • राष्ट्रपति कार्यालय कब्जा गरेपछि तालिवानको घोषणा : अब इस्लामिक इमिरेट्स अफ अफगानिस्तान बनाउँछौं

    राष्ट्रपति कार्यालय कब्जा गरेपछि तालिवानको घोषणा : अब इस्लामिक इमिरेट्स अफ अफगानिस्तान बनाउँछौं

    काबुल । राष्ट्रपति कार्यालय कब्जा गरे लगत्तै तालिवानी विद्रोहीले राष्ट्रपति भवनबाटै इस्लामिक एमिरेट्स अफ अफगानिस्तानको घोषणा गर्ने जनाएका छन् । अफगानिस्तानको यो नाम अमेरिकाले आफ्नो सहयोगमा सरकार बनाउनुअघि चल्तीमा थियो ।

    एक तालिवानी सैन्य कमान्डरले राष्ट्रपति कार्यालयबाटै आफूसँग यस्तो घोषणा गर्ने तयारी भैरहेको बताएको समाचार एजेन्सी एपीले जनाएको छ । राष्ट्रपति कार्यालय कब्जा गरेसँगै तालिवानी विद्रोहीले सरकार गठन गर्ने संकेत गरेका छन् ।

    काबुलबाट सार्वजनिक भएका भिडिओ र तस्विरमा काबुल विमानस्थलमा देश छाड्नेको ताँती देखिन्छ । आजै बेलुका राष्ट्रपति असरफ घानी र उपराष्ट्रपति ताजिकिस्तान भागेका छन् ।

    अमेरिका लगायत उसका पश्चिमा साझेदार मुलुकहरुले आफ्ना कूटनीतिक कर्मचारी र नागरिकलाई फिर्ता लगेका छन् । भारतले एयर इन्डियाको बिमानबाट आफ्ना २०० नागरिकलाई अघि साँझ दिल्ली लगेको छ ।

    अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार अहिले काबुल विमानस्थलको अवस्था तनावग्रस्त छ । त्यहाँ आगलागी भएको र गोली चलेको खबर पनि आइरहेका छन् ।

  • तालिवान विद्रोहीद्वारा अफगानी राष्ट्रपति कार्यालय कब्जा

    तालिवान विद्रोहीद्वारा अफगानी राष्ट्रपति कार्यालय कब्जा

    काबुल । लडाकु समूह तालिवान अफगानिस्तानमाथि विजय नजिक पुगेको छ । राजधानी काबुलमा प्रवेश गरेर तालिवान लडाकुहरुले राष्ट्रपति भवनलाई नियन्त्रणमा लिएका छन् ।

    रोयटर्सका अनुसार विद्रोहीहरु कार्यालय भवनभित्र पसेर झण्डा समेत गाडेका छन् ।

    आजै बेलुका राष्ट्रपति असरफ घानी र उपराष्ट्रपति देश छाडेर काजिकिस्तानतर्फ भागेका छन् । सीएनएनका अनुसार तालिवान विद्रोहीहरु काबुल सहरतर्फ प्रवेश गर्न सुरु गरेका छन् ।

    काबुल मिसनका अमेरिकी राजदूतलाई अमेरिकी सेनाले काबुल एयरपोर्टबाट उद्दार गरेको छ ।

    यसले २० वर्षपछि अफगानिस्तानमा तालिवानको शासन लगभग निश्चित गरेको छ ।

  • पदबाट राजीनामा दिँदै अफगानी राष्ट्रपतिले देश छाेडे

    पदबाट राजीनामा दिँदै अफगानी राष्ट्रपतिले देश छाेडे

    काबुल । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले पदबाट राजीनामा दिँदै देश छाडेका छन् । रोयटर्सका अनुसार तालिवानी विद्रोहीले राजधानी नियन्त्रण गरेर सत्ता आफ्नो हातमा लिन सक्ने चर्चाका बीच राष्ट्रपति घानी देश छाडेर काजिकिस्तान पुगेका हुन् । उनीसँगै उपराष्ट्रपति अमरुल्ला सलेहले पनि देश छाडेका छन् । 

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग कुरा गर्दै तालिवानी प्रवक्ताले शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरणका लागि आफूले वार्ता गरिरहेको बताएका थिए।

    दश दिनभित्रै तालिवानले प्रमुख सहर कब्जा गरेपछि राष्ट्रपति घानीलाई राजीनामा दिन तीव्र दबाब थियो । काबुलस्थित पत्रकार बसिर अहमद ग्वाखले राष्ट्रपति घानीले राजीनामा दिएको जनाएका छन् । उनका अनुसार राजीनामको सक्कली पत्र कतारस्थित तालिवानलाई पठाइएको छ । राष्ट्रपति घानीले देश छाडेको पुष्टि पनि पत्रकार ग्वाखले पहिलोपटक गरेका थिए ।

  • हाइटीमा शक्तिशाली भूकम्प : ३०४ को मृत्यु, एक हजार ८०० घाइते

    हाइटीमा शक्तिशाली भूकम्प : ३०४ को मृत्यु, एक हजार ८०० घाइते

    पोर्ट अ प्रिन्स । शनिबार गएको ७.२ रेक्टर स्केलको भूकम्पमा परी मृत्यु हुनेको संख्या ३०४ पुगेको प्रहरीले पुष्टि गरेको छ । शनिबारको शक्तिशाली भूकम्प पछि आइतबार पुनः ५.८ रेक्टर स्केलको नयाँ भूकम्प गएको अमेरिकी भौगर्विक सर्वेक्षण रिपोर्टले जनाएको छ ।

    शक्तिशाली घातक कम्पन आएको एक दिनपछि युरोपेली–भूमध्यसागरीय सिस्मोलोजिकल सेन्टर (इएमएससी) ले आइतबार सो कुरा बताएको हो । ग्रीनबीच समय अनुसार बिहान तीन बजे गएको पछिल्लो भूकम्पको केन्द्रविन्दु दक्षिणी शहर लेस केयेसबाट उत्तरपश्चिमी ४१ किलोमिटर (२५ माइल) ३० किलोमिटर गहिराइमा रहेको बताइएको छ ।

    शनिबारको भूकम्पमा परी ३०४ जनाको मृत्यु भएको, करिब एक हजार ८०० व्यक्ति घाइते भएका हाइटीका अधिकारीले पुष्टि गरेका छन् । भूकम्पका कारण एक हजारभन्दा बढी घरहरू भत्किएका छन् भने कमजोर संरचना भएका केही जेल तथा थुप्रै सामुदायिक विद्यालयलगायतका भवनहरू भत्किएका छन् ।

    हाइटीको सरकारले भूकम्पपछिको अवस्थालाई व्यवस्थित गर्न एक महिना लामो राष्ट्रिय सङ्कटकाल घोषणा गरेको छ ।

    यसपहिले सन् २०१० को जनवरीमा हाइटीमा गएको ७.० रेक्टर स्केलको भूकम्पले पोर्ट–अउ–प्रिन्स र नजिकैका अधिकांश शहरहरूमा ठूलो क्षति भएको थियो । उक्त भूकम्पमा परी कम्तीमा दुई लाखभन्दा बढी मानिसको ज्यान गुमेको थियो । तीन लाखभन्दा बढी घाइते भएका उक्त घटनामा साढे एक लाखभन्दा बढी हाईटीबासी घरबारविहीन भएका थिए ।

  • तालिवानसँग लत्रिँदै अफगान सरकार,  थप रक्तपातबिना सत्ता सुम्पने तयारी !

    तालिवानसँग लत्रिँदै अफगान सरकार, थप रक्तपातबिना सत्ता सुम्पने तयारी !

    काठमाडौं । अफगानिस्तानमा तालिवानले कब्जा जमाउँदै गएपछि सरकारले शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरणको तयारी सुरु भएको छ । देशका अधिकांस महत्वपूर्ण क्षेत्रमा कब्जा जमाइसकेका तालिवानी लडाकु अहिले राजधानी काबुलमा समेत प्रवेश गरिसकेका छन् ।

    तालिवानलाई रोक्न सक्ने अवस्था नदेखिएपछि सरकारले वार्ताको पहल गरेको छ । तालिवानले पनि सकभर रक्तपातबिना शान्तिपूर्ण तवरले सत्ता हस्तान्तरण गर्न चाहेको सन्देश दिएका छन् । काबुलबाट बाहिरिन चाहने कसैलाई पनि अवरोध नगर्ने उक्त विद्रोही संगठनले जनाएको छ ।

    तालिवानका एक प्रवक्ताले ट्वीट गर्दै भनेका छन्, ‘संक्रमण प्रक्रियाले पूर्णता नपाउञ्जेलसम्म काबुलको सुरक्षाको जिम्मेवारी अर्को पक्ष (सरकार) सँग छ ।’

    त्यसलगत्तै अफगान सरकारले काबुलमा रक्तपात रोक्न तथा शक्ति हस्तान्तरण गर्न वार्ताहरू भइरहेको जानकारी दिएको हो ।

    अफगानिस्तानका गृहमन्त्री अब्दुल सत्तार मिर्जाकवलले तालिवानले आफ्ना लडाकुलाई काबुलबाट पछि हट्न आदेश दिएको भन्दै एउटा संक्रमणकालीन सरकारलाई ‘शान्तिपूर्ण तवरले शक्तिको हस्तान्तरण गर्न’ तयारी भएको बताएका छन् ।

    ‘अफगानी जनताले सुर्ता गर्नु पर्दैन, शहरमा कुनै आक्रमण हुने छैन र एउटा संक्रमणकालीन सरकारलाई शान्तिपूर्ण तवरबाट शक्तिको हस्तान्तरण हुने छ,’ उनले एउटा रेकर्ड गरिएको भाषणमा भनेका छन् ।

    यसअघि तालिवानले एउटा अनलाइन विज्ञप्ति जारी गरेको थियो, जसमा उसले आफ्ना लडाकुलाई काबुलको गेटभित्र नपस्न र शहरलाई बलपूर्वक कब्जामा नलिन निर्देशन दिइएको उल्लेख छ ।

    ‘हस्तान्तरणको प्रक्रिया बिना कुनै हताहति शान्तिपूर्ण तरिकाले हुने सुनिश्चित गर्नका लागि वार्ताहरू हुन गइरहेका छन्,’ विज्ञप्तिमा भनिएको छ ।

    अर्को एउटा विज्ञप्तिमा संगठनले बैंक, व्यापारी तथा उद्योगीका सम्पत्ति, पैसा र संस्थाहरमा लडाकु समूहले कुनै हस्तक्षेप नगर्ने भनेर आश्वस्त तुल्याएका छन् । यद्यपि यस्तो प्रद्धिवद्धताका बाबजुद मानिसहरु आत्तिएर शहरबाट आआफ्नो घरतर्फ पलायन हुने क्रम बढेको छ ।

    यसअघि चारैतर्फबाट तालिवानी लडाकु कावुलतर्फ प्रवेश गरिरहेका थिए । तर, माथिल्लो तहको निर्देशनपछि उनीहरु रोकिएको बताइएको छ । त्यसैले अहिलेसम्म देशको राजधानी शहर सरकारकै नियन्त्रणमा छ । अन्यत्र भने तालिवानले कब्जा जमाइसकेका छन् ।

    अफगानिस्तानमा जारी संकटसँगै त्यहाँ रहेका विदेशी दूतावासहरू धमाधम खाली गराइएका छन् । अमेरिकाले हेलिकोप्टरमार्फत आफ्नो दूतावासका कर्मचारीहरूलाई रेस्क्यू गरेको थियो ।

    तालिवानविरुद्ध अफगान सरकारको कमजोर प्रतिरोधले कूटनीति क्षेत्रलाई पनि अचम्भित तुल्याएको छ । अघिल्लो हप्तामात्रै अमेरिकी जासुसी संयन्त्रले कम्तीमा तीन महिना अफगान सरकारले तालिवानलाई रोक्न सक्ने आँकलन गरेको थियो ।

    राष्ट्रपति अस्रफ घानीले शनिबार अन्तर्राष्ट्रिय साझेदार र स्थानीय नेताहरूसँग आफू आपतकालीन परामर्शमा रहेको बताएका थिए । त्यसपश्चात भने उनी मौन बसेका छन् । समाचारहरुमा भने उनले तालिवानी कमाण्डरलाई सत्ता सुम्पने मनस्थिति बनाइसकेको उल्लेख छ ।

    राजधानी काबुलमा अहिलेसम्म तालिवानले कुनै आक्रमण नगरे पनि त्यहाँ आतंकको माहोल छ । बाहिरबाट आएर बसिरहेका मानिसहरु आ-आफ्नो घर फर्किने हतारोमा छन् । विमानस्थलमा भीडभाड छ । धेरै मानिसहरू आफ्नो कार यत्तिकै सडकमा छोडेर एयरपोर्टतर्फ दौडिएको पनि समाचारमा उल्लेख छ ।

    तालिवानका एक अधिकारीले लडाकुहरूलाई जितको खुशीमा बन्दुक नपड्काउन आदेश दिइएको बताएका छन् । साथै अफगानको सुरक्षा बलसँग सम्बन्धी व्यक्तिहरूलाई सकुशल घर फर्किन दिइने उनको भनाइ छ ।

    अस्पताल तथा विमानस्थललाई यथावत सञ्चालन हुन दिइने तथा आपतकालीन आपूर्ति सेवाहरू पनि प्रभावित नहुने उनको भनाइ छ । विदेशी नागरिकलाई उनीहरुले चाहेको खण्डमा देश छोड्न अनुमति दिइने छ । अथवा तालिवानका प्रशासकहरूसमक्ष उनीहरूले आफ्नो उपस्थिति दर्ता गर्न सक्नेछन् ।

  • तालिवानको नालीबेलीः १२ प्रश्नोत्तरमा बुझ्नुहोस् अफगानिस्तानको संकट

    तालिवानको नालीबेलीः १२ प्रश्नोत्तरमा बुझ्नुहोस् अफगानिस्तानको संकट

    काठमाडौं । दक्षिण एसियाली देश अफगानिस्तानमा अहिले विद्रोही समुह तालिवानको दबदबा बढेको छ । राजधानी काबुलबाहेकका धेरै महत्वपूर्ण सहरहरुमा तालिवानले कब्जा गरिसकेका छन् भने काबुलमा पनि उनीहरुको प्रवेश भएको छ ।

    सन् २००१ मा अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसको पालाबाट सुरु भएको अमेरिका–अफगानिस्तान युद्ध सबैभन्दा लामो हो । बुसपछि ओबामा, डोनाल्ड ट्रम्प र जो बाइडेनसम्म उक्त युद्ध प्रकरण लम्बिएको छ ।

    डोनाल्ड ट्रम्पले सन् २०२१ को मे महिनाभित्र सबै अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता गर्ने निर्णय गरेका थिए । तर त्यसो भएन । ट्रम्पलाई हराएर राष्ट्रपति भएका जो बाइडेनले सेप्टेम्बर ११ भित्र सबै अमेरिकी फौजलाई अफगानिस्तानबाट फिर्ता ल्याउने घोषणा गरे । उनले सेप्टेम्बर ११ नै तोक्नुको उद्देश्य सन् २००१ को सेप्टेम्बर ११ मा न्यूयोर्कको ट्वीन टावरमा अलकायदाले हमला गरेको दिन पार्नु थियो ।

    त्यसपछि अफगानिस्तानबाट अमेरिकी सेना बाहिरियो । युरोपेली सैन्य गठबन्धन न्याटोका सैनिकहरु पनि फिर्ता भए । त्यसपछि अफगानिस्तानमा तालिवानको चहलपहल बढिरहेको छ । र, अहिले दिनानुदिन अफगानिस्तानका ठूला सहर र प्रान्तीय राजधानीहरु कब्जा गरेको समाचार आइरहेका छन् । राजधानी काबुल नजिकै तालिवान पुगेको सूचना छ ।

    यसबीच धेरैलाई तालिवान को हुन्, के हुन् लगायत जिज्ञासा जागेको छ । हामी १२ वटा प्रश्नोत्तरमार्फत यस्तो जिज्ञासाको समाधान गर्ने प्रयास गर्दैछौं ।

    १. के हो तालिवानको अर्थ ?

    तालिवानको अर्थ र उनीहरुको व्यवहारबीच आकाश–जमिनको अन्तर छ । तालिवान शब्द पास्तु भाषाबाट बनेको हो । जसको अर्थ हुन्छ, विद्यार्थी । हिंसात्मक आन्दोलन सुरु गर्नुअघि उनीहरु धार्मिक विद्यार्थीको रुपमा विभिन्न समारोहमा सहभागी हुन्थे ।

    बिबिसीका अनुसार सुन्नी मुस्लिमका धार्मिक मान्यतााहरु पढाउन साउदी अरेबियाले प्रायोजन गरेका कार्यक्रमहरुमा उनीहरु सहभागी हुन्थे । तर, पछि उनीहरु हिंसात्मक गतिविधि गर्ने समूहमा परिणत भए ।

    २. कहिले भयो तालिवानको उत्पत्ति ?

    सन् १९९० को दशकअघि तालिवानको नाम सुनिएको थिएन । सन् १९८९ फेब्रअरीमा सोभियत संघले एक दशक लामो अफगानिस्तान बसाइ अन्त्य गरेपछि तालिवानले फैलने मौका पायो ।

    सन् १९९४ मा औपचारिक रुपमा तालिवान मुल्लाह मोहमद ओमरले स्थापना गरेका थिए । ओमरको सन् २०१३ अप्रिलमा स्वास्थ्य समस्याको कारण मृत्यु भयो । कतिपयले उनको मृत्यु पाकिस्तानमा भएको बताउँछन् भने कतिपयले अफगानिस्तानमै भएको भन्छन् ।

    ओमरपछि आएका मुल्ला अख्तर मन्सुर पनि सन् २०१६ को मे महिनामा अमेरिकी ड्रोन हमलामा परेर मारिए । मन्सुरको मृत्युपछि अहिले मौलावी हिबातुल्ला आखुन्जदा तालिवानको सर्वोच्च नेताको रुपमा छन् ।

    ३. कहिलेदेखि सुरु भयो सत्ताकब्जाको अभ्यास ?

    सन् १९८९ मा सोभियत संघ अफगानिस्तानबाट बाहिरियो । त्यसपछि सोभियत संघ समर्थित वामपन्थी जनवादी प्रजातान्त्रिक पार्टी अफगानिस्तान (पिडिपिए) कमजोर बन्यो ।

    सन् १९९२ मा मुजाहिदिनहरुले काबुल कब्जा गरे । पिडिपिएका राष्ट्रपति महोमद नाजिबुल्ला अपदस्त भए । ब्रिटानीका डटकमका अनुसार मुजाहिदिन भनेको अरबिक भाषामा धार्मिक गुरिल्ला हो । मुजाहिदिनले बुर्हानुदिन रब्बानीलाई सन् १९९२ मा रास्ट्रपति बनाए ।

    मुजाहिदिनभित्रै आन्तरिक लफडा भयो । विभिन्न गुटहरु बने । त्यसैको फाइदा उठाउँदै तालिवानले हमला सुरु गर्यो । सन् १९९५ मा अफगानिस्तानको इरानी सीमामा पर्ने हेरात प्राप्त कब्जा गरेका तालिवानले एक वर्षपछि काबुल कब्जा गरे ।

    सन् १९९८ सम्म आउँदा अफगानिस्तानको ९० प्रतिशत भूभाग तालिवानको कब्जामा परेको बिबिसीले लेखेको छ । महिला अधिकार कुण्ठित गर्ने र धार्मिक कानून लाउने तालिवानको मुद्दामा धेरै मान्छे असहमत छन् ।

    ४. किन ढाल्यो अमेरिकाकाले तालिवान सत्ता ?

    सन् १९९६ मा सत्ताकब्जा गरेका तालिवानलाई अमेरिकाले मान्यता दिएको थिएन । सन् २००१ को अन्तिमबाट भने हमला नै सुरु गर्यो । हमला गर्नुको कारण अल कायदा कनेक्सन हो ।

    सन् २००१ को सेप्टेम्बर ११ मा न्यू योर्क सहरमा जहाज अपहरण गरेर ट्वीन टावरमा हमला भयो । अल कायदा नेता ओसामा बिन लादेनले हमलाको जिम्मा लिए । झण्डै तीन हजार अमेरिकी नागरिकको ज्यान गएको र अमेरिकी सुरक्षालाई चुनौती दिएको आतंककारी हमलाले अमेरिका रिसायो । र, ‘आतंवादविरुद्ध युद्ध’को घोषणा गर्यो ।

    तालिवानले अल कायदालाई समर्थन र सुरक्षा गरेको आपोपमा अमेरिकाले सन् २००१ को अक्टोबर ७ बाट हमला सुरु गर्यो । डिसेम्बर पहिलो साताभित्र तालिवान सत्ता ढल्यो ।

    ५. कत्रो छ तालिवान फौज ?

    फौजका बारेमा तालिवानले कुनै आधिकारिक तथ्यांक दिँदैन । बिबिसीका अनुसार ८५ हजार संख्याका तालिवानको फौज छ । न्यू योर्क टाइम्सले भने ७५ हजार हाराहारी भएको उल्लेख गरेको छ ।

    ६. तालिवानलाई प्रायोजन गर्ने देश कुन हुन् ?

    सन् १९९६ देखि २००१ सम्म अफगानिस्तानमा तालिवान सत्ता हुँदा तीन देशले मात्रै मान्यता दिएका थिए, पाकिस्तान, युएई र साउदी अरेबियाले ।

    सोभियत संघ अफगानिस्तानमा हुँदा तालिवान र मुजाहिदिनलाई सहयोग गरेको अमेरिकाले सोभियत संघ फर्केपछि तालिवानको सत्ता आउँदा भने मान्यता दिएन । थुप्रै अन्तरवार्ताहरुमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले तालिवान र मुजाहिदिन उत्पादनमा अमेरिकी हात रहेको बताएका छन् ।

    ७. अफगान सरकारमाथि तालिवान हाबी हुनुको कारण के हो ?

    अमेरिकी र न्याटो सैनिक फिर्ता हुनासाथ तालिवानले अफगान सरकारलाई धेरै दबाबमा राखेको छ । ३४ प्रान्त भएको अफगानिस्तानका अधिकांश प्रान्त कब्जा गरेको तालिवान संघीय राजधानी काबुल नजिकै पुगिसकेको छ ।

    न्यू योर्क टाइम्सका अनुसार ८३ अर्ब अमेरिकी डलर खर्च गरेर अफगानी फौजमा तालिम दिइएको थियो । तर, तालिमको विज्ञापन जस्तो नतिजा आएको छैन । धेरै अफगानी सैनिकले आत्मसर्पण गरे । उनीहरु सिमावर्ती देशमा भएको भीडन्तबाट भागेर छिमेकी देश ताजाकिस्तान पुगेका थिए ।

    अफगान सरकारसँग सेना, प्रहरी र हवाई दस्ता गरी तीन लाख फौज भएको मानिन्छ । तर, फौजलाई आवश्यक तलव, सुविधा र हौसला नभएर समस्या भएको विभिन्न संचारमाध्यमले लेखेका छन् ।

    महिनौंसम्म तलवविहीन भएर सुरक्षाकर्मीले काम गर्नुपरेको, युद्धमा जाँदा आवश्यक खानपिनको व्यवस्था नभएको र व्यापक भ्रस्टचार भएकोले अफगानी फौज ठूलो भएर पनि नजिता नदेखिएको बताइन्छ ।

    अफगानिस्तानको सबैभन्दा ठूलो समुदाय पास्तुनको फौज भएकोले पनि तालिवान बलियो भएको कतिपयको भनाइ छ । तालिवानविरुद्ध विभिन्न जातिगत मोर्चाहरु पनि छन्, अफगाानिस्तानमा । तर, तालिवानको अगाडि उनीहरुको शक्ति रुपमा कमजोर छ ।

    तालिवान अफगानिस्तानमा मात्रै हाबी भएको छैन । एकताका पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा समेत हाबी भएका थिए । सन् २०१२ को अक्टोबरमा पानिस्तानी तालिवानले मलाला युसुफजाई विद्यालयबाट घर फर्कदाँ गोली हानेको घटना चर्चित भयो ।

    मलालले नोबेल शान्ती पुरस्कारसमेत पाइन् । तर, पछिल्ला वर्षहरुमा पाकिस्तानी सैन्य हमलाले पाकिस्तानी तालिवानलाई धेरै हदसम्म नियन्त्रण गरेको छ । पाकिस्तानमा अफगानिस्तानमा जस्तो प्रभावशाली छैनन् तालिवान ।

    ८. तालिवान, अल कायदा र आईएसआइमा के फरक छ ?

    तालिवान मुलतः अफगानिस्तान केन्द्रित छ । उनीहरु विदेशी फौज अफगानिस्तानबाट बाहिरिनुपर्ने पक्षमा छन् । तर, अल कायदा र आईएसआइ भने अन्तर्राष्ट्रिय समूह हुन । तर, युरोप र अमेरिकाको विरोध गर्ने लाइनमा भने उनीहरुको मिल्ती देखिन्छ ।

    कार्नेगी इन्डोमेन्ट फर इन्टरनेसनल पिस नामक थिंक ट्यांकका अनुसार तालिवान संस्थापक मुल्ला ओमार र अल कायदा नेता ओसामा बिन लादेनको परिवारबीचमा वैवाहित सम्बन्ध थियो ।

    ९. तालिवानको आम्दानीको स्रोत के हो ?

    सिया मुस्लिमको कठोर कानून सरिया लागू गरेर सत्ताकब्जा गर्ने तालिवानको मूल मान्यता हो । उनीहरुलाई त्यो मान्यता राख्ने देश तथा व्यक्ति समूहले सहयोग गर्ने गरेका छन् ।

    तालिवानहरु आफूलाई इस्लामिक इमिरेट अफ अफगानिस्तान भन्छन् । उनीहरुको आम्दानीको अर्को स्रोत भनेको अफिमलगायतका लागूऔषधबाट लिइने कर हो । तालिवानले अफिम खेती र बिक्रीबापत दश प्रतिशत कर लिने विभिन्न मिडियाहरुले लेखेका छन् । कब्जा गरेको क्षेत्रमा भएका विभिन्न कारोबारबाट कर लिएर तालिवानले आम्दानी गर्दै आएको छ ।

    १०. कहिले भयो अमेरिका–तालिवान वार्ता ?

    तालिवानले सन् २०१३ को जुन महिनामा कतारको राजधानी दोहामा आफ्नो कार्यालय खोले । त्यसपछि कतारको समन्वयमा अमेरिकी अधिकारीसँग अनौपचारिक वार्ता भएको मानिन्छ ।

    अमेरिकासँग पहिलो प्रत्यक्ष वार्ता र शान्ति सम्झौता २०२० को फेब्रअरी २९ मा भयो । उक्त वार्तापछि अमेरिकी र न्याटो सैनिक पोस्टमा तालिवान आक्रमण घट्यो तर अफगान सरकारसँग भने बढ्यो । जुन अहिले झन् धेरै परिणाममा जारी छ ।

    ११. किन सशंकित छन् रुस, चीन र भारत ?

    अमेरिकी सेना अफगानिस्तानमा आउँदा सबैभन्दा धेरै विरोध गर्ने देश थिए, रुस र चीन । तर, अहिले उनीहरुलाई नै अमेरिकी सेना फर्किएपछि तनाव भएको छ । अफागानिस्तानमा भएको अस्थिरतमा मध्यएसिया जाने र आफूलाई समस्या हुने रुसको चिन्ता छ ।

    सीमा जोडिएको देश चीन–अफगान अस्थिरताले आफ्नो झिनजिझाङ प्रान्त झन् अस्थिर हुने चिन्ता चीनको छ । यही चिन्ता चिर्न तालिवान नेताहरुले मस्को र बेइजिङ गएर वार्ता गरेका थिए ।

    भारत तालिवान सत्ता आएपछि कास्मिरमा थप तनाव बढ्ने चिन्तामा छ । त्यहीं चिन्ताका कारण सन् १९९६ मा तालिवान सत्ता आउँदा मान्यता नदिएको भारत अहिले विभिन्न अनौपचारिक च्यानलबाट तालिवानसँग सम्पर्कमा भएको भारतीय मिडियाहरुले नै लेखेका छन् ।

    १२. के हो नेपाली गोर्खा सैनिक कनेक्सन ?

    मूलतः अफगानिस्तान अमेरिकी युद्धमैदान हो, जहाँ सुरुदेखि नै बेलायत सहभागी भयो । रोयटर्सका अनुसार ८१०० बेलायती सैनिक अफगानिस्तानमा खटिएका थिए ।

    सन् २०१४ को अक्टोबरमा बेलायतले आफ्ना फौजलाई फिर्ता लग्यो । ७०० सैनिक भने न्याटोको सदस्यको रुपमा कार्यरत रहिरहे । उनीहरु पनि पछि न्याटोसँगै फिर्ता भए ।

    अलजजिराका अनुसार अफगान युद्धमा ४५७ सैनिकको ज्यान गएको छ, जसमा नेपाली गोर्खा सैनिक पनि छन् । सबैभन्दा पहिले ज्यान गुमाउने गोर्खा सैनिक हुन् युवराज राई । उनको अफगानिस्तानको दक्षिणी प्रान्त हेल्मन्डमा २८ वर्षको उमेरमा मृत्यु भएको रोयटर्सले उल्लेख गरेको छ । उनी सन् २००८ नोभेम्बर ४ मा मारिएका थिए ।

    गोर्खालीको मृत्युसँगै बहादुरीको कथा पनि आयो, अफगानिस्तानमा । अट्याक्टिङ सार्जन्ट दीपप्रसाद पुनले भिक्टोरिया क्रसपछिको दोस्रो ठूलो पदक कन्सपिक्युअस ग्यालन्ट्री बेलायती महारानीबाट पाएका थिए । सन् २०१० को सेप्टेम्बर १७ मा आफ्नो पोस्टमा एक्लै हुँदा तीस तालिवानसँग बहादुरीपूर्वक भिडेकोमा उनले पदक पाएका हुन् ।