Category: विश्व प्रेस

  • चीनबाट ल्याइने स्मार्टफोन र प्रविधिमा हटाइएको भन्सार कर अस्थायी : ट्रम्प

    चीनबाट ल्याइने स्मार्टफोन र प्रविधिमा हटाइएको भन्सार कर अस्थायी : ट्रम्प

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि लगाइएको स्मार्टफोन तथा प्राविधिक क्षेत्रको भन्सार कर अस्थायी भएको बताएका छन् ।

    बेलायती विश्व सेवा बीबीसीका अनुसार ट्रम्पले यो धेरै समय नजाने बताएका हुन् । सामाजिक संजालबाट ट्रम्पले यो धेरै नजाने भन्दै ‘पक्षपातपूर्ण व्यापारिक अभ्यास’विरुद्ध नै हुने बताए ।

    चीनमाथि १४५ प्रतिशत भन्सार कर अमेरिकाले लगाएपछि चीनले १२५ प्रतिशतले काउन्टर गर्यो । तर, शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अलि लचिलो देखिए ।

    उनले अमेरिकामा आयात गरिने चीनका स्मार्टफोन तथा प्रविधिका कुराहरुलाई लगाइएको कर हटाएको घोषणा गरे ।

     

     

  • युक्रेनको सुमीमा रुसी आक्रमणमा परी कम्तीमा २१ जनाको मृत्यु, ८३ घाइते

    युक्रेनको सुमीमा रुसी आक्रमणमा परी कम्तीमा २१ जनाको मृत्यु, ८३ घाइते

    किएभ । युक्रेनको सुमी शहरको मध्यभागमा आइतबार भएको रुसी ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा २१ जनाको मृत्यु हुनुका साथै अन्य २० जना घाइते भएको युक्रेनी आकस्मिक सेवाले जनाएको छ ।

    ‘रुसी ब्यालेस्टिक क्षेप्यास्त्र शहरको मध्य क्षेत्रमा मानिसहरूको बाक्लो आवतजावत भइरहेको क्षेत्रमा प्रहार गरिएको थियो’, सेवाले सामाजिक सञ्जालमा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रारम्भिक तथ्याङ्कअनुसार अहिलेसम्म २१ जनाको मृत्यु भएको छ । कम्तीमा २० जना घाइते भएका छन् ।’

    आइतबार भएको आक्रमणमा परी घाइते हुनेको सङ्ख्या ८३ पुगेको किएभले जनाएको छ ।

    ‘सात बालबालिकासहित ८३ जना घाइते भएका छन्’, गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उद्धार कार्य जारी छ ।’ -रासस/एएफपी

  • अमेरिकी करबारे चीन- यसले गरिब राष्ट्रलाई गम्भीर क्षति पुर्‍याउँछ

    अमेरिकी करबारे चीन- यसले गरिब राष्ट्रलाई गम्भीर क्षति पुर्‍याउँछ

    बेइजिङ । चीनका वाणिज्यमन्त्री वाङ वेन्ताओले विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ)का प्रमुखलाई अमेरिकी करवृद्धिले गरिब राष्ट्रलाई ‘गम्भीर क्षति’ पुर्‍याउने बताएका छन् ।

    वासिङ्टन र बेइजिङले यो महिना एकापसमा अतिरिक्त कर लगाउने घोषणा गरिरहेका छन् । यसै सिलसिलामा अहिलेसम्म अमेरिकाले चिनियाँ सामानको आयातमा १४५ प्रतिशत अतिरिक्त कर लगाएको छ । त्यसको बदलामा चीनले अमेरिकी सामानको आयातमा १२५ प्रतिशत कर लगाएको छ ।

    यसले विश्वका दुई ठूला अर्थतन्त्रबीच व्यापार युद्ध चर्किने डर बढाएको छ, जसको प्रत्यक्ष असर विश्वको शेयर बजारमा परेको र यसले शेयर कारोबारलाई अस्तव्यस्त बनाएको छ ।

    अर्थशास्त्रीहरूले अमेरिका र चिनियाँ अर्थतन्त्रबीचको व्यापारमा आएको अवरोधले उपभोक्ताका लागि मूल्यवृद्धि हुने र यसले विश्वव्यापी मन्दी निम्त्याउन सक्ने चेतावनी दिएका छन् ।

    ‘अमेरिकी कर नीतिका कारण आउने नतिजाले विशेष गरी अल्पविकसित देशहरूलाई गम्भीर क्षति पुर्‍याउनेछ र मानवीय सङ्कटसमेत निम्त्याउन सक्छ’, वाङले शुक्रबार डब्ल्यूटीओका प्रमुख नगोजी ओकोन्जो-इवेलासँग भने, ‘संयुक्त राज्य अमेरिकाले निरन्तर कर वृद्धिको बाटोलाई पछ्याएको छ, जसले विश्वमा ठूलो अनिश्चितता र अस्थिरता ल्याएको छ । यसले अन्तर्राष्ट्रिय अराजकता निम्त्याएको र अमेरिकाभित्र पनि अन्योल निम्त्याएको छ ।’

    बेइजिङले शुक्रबार अमेरिकी सामानमा लगाएको १२५ प्रतिशत कर शनिबारदेखि लागू हुने बताएको छ, जुन वासिङ्टनले अमेरिका प्रवेश गर्ने चिनियाँ सामानमा लगाएको १४५ प्रतिशत करसँग मिल्दोजुल्दो छ ।

    तर चीनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको थप करलाई बेवास्ता गर्ने सङ्केत गरेको छ । बेइजिङले भनेको छ, ‘अत्यधिक कर वृद्धिपछि आयातकर्ताहरूले अमेरिकामा चिनियाँ सामान खरिद गर्नुको अब आर्थिक अर्थ रहँदैन ।’

    चीनले विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ)मा मुद्दा दायर गर्ने बताएको छ र ट्रम्पको गलत कर नीतिलाई ‘मजाक’ र ‘सङ्ख्याको खेल’ को संज्ञा दिएको छ ।

    बेइजिङको प्रतिशोधले बजारमा नयाँ उतारचढाव निम्त्याएको, स्टकमा गिरावट आएको, सुनको मूल्यमा वृद्धि भएको र अमेरिकी सरकारी ऋणपत्रहरू दबाबमा परेको बताइएको छ ।

    बेइजिङको भन्सार तथ्याङ्कअनुसार गत वर्ष संयुक्त राज्य अमेरिकालाई चिनियाँ सामानको बिक्री ५०० अर्ब डलरभन्दा बढी थियो, जुन देशको निर्यातको १६.४ प्रतिशत हो ।

    ट्रम्पले चीनबाट नयाँ वृद्धि भए पनि आफ्नो कर नीतिले ‘वास्तवमै राम्रो काम गरिरहेको’ बताएका छन् ।

    यसै साताको सुरुमा घोषणा गरिएको अमेरिकी कर वृद्धिका कारण विश्व बजारमा खर्बौं डलर घाटामा गएपछि राष्ट्रपति ट्रम्पले तीन महिनाका लागि धेरै व्यापार साझेदारहरूमाथिको दण्डात्मक कर स्थगित गरेका छन् ।

    ह्वाइट हाउसले ट्रम्प बेइजिङसँगको सम्झौताप्रति ‘आशावादी’ रहेको र अन्य १५ देशले ९० दिनको कर कटौतीका क्रममा प्रस्ताव ‘टेबल’मा ल्याएको जनाएको छ । -रासस/एएफपी

  • ओमानमा अमेरिका र इरानबीच उच्चस्तरीय आणविक वार्ता सुरु

    ओमानमा अमेरिका र इरानबीच उच्चस्तरीय आणविक वार्ता सुरु

    मस्कट । संयुक्त राज्य अमेरिका र इरानबीच तेहरानको आणविक कार्यक्रमबारे अत्यन्त संवेदनशील वार्ता शनिबार ओमानको राजधानी मस्कटमा सुरु हुँदैछ । वार्ता सफल नभए सैनिक कारबाही हुनसक्ने चेतावनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएका छन् ।

    यो वार्ता सन् २०१८ मा राष्ट्रपति ट्रम्पले इरानसँगको अन्तर्राष्ट्रिय आणविक सम्झौताबाट अमेरिका बाहिरिएपछि दुबै देशबीचको सबैभन्दा उच्चस्तरीय संवाद हो । वार्तामा अमेरिकातर्फबाट विशेष दूत स्टिभ विटकोफ र इरानतर्फबाट विदेशमन्त्री अब्बास अराघ्चीले नेतृत्व गरेका छन् ।

    इरानको सरकारी समाचार संस्थाका अनुसार अराघ्चीको टोली शनिबार बिहान तेहरानबाट मस्कट प्रस्थान गरिसकेको छ।

    वार्ता सुरु हुनु केही घण्टाअघि राष्ट्रपति ट्रम्पले पत्रकारहरूसँग भने, ‘म चाहन्छु इरान समृद्ध र सुखी देश बनोस्, तर त्यसले कहिल्यै आणविक हतियार नबनाओस् ।’

    इरानका सर्वोच्च नेता अयातोल्ला खामेनेईका सल्लाहकार अली शामखानीले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘हामी एक वास्तविक र न्यायोचित सम्झौता खोजिरहेका छौं । यदि अमेरिकाले सद्भाव देखायो भने वार्ता सफल हुन सक्नेछ ।’

    वार्ताको औपचारिक स्वरूप पुष्टि भइसकेको छैन । अमेरिकाले प्रत्यक्ष वार्ता हुने बताएको छ भने इरानले तेस्रो पक्षको माध्यमबाट संवाद हुने बताएको छ । इरानी सञ्चार माध्यमका अनुसार दुबै पक्षले ओमानी विदेशमन्त्रीसँग भेटपछि अप्रत्यक्ष वार्ता सुरु गर्नेछन्।

    चिन्ता बढ्दो

    दुबै देशले पछिल्ला दिनमा एकअर्कालाई सैनिक कारबाहीको चेतावनी दिँदै आएका छन् । ट्रम्पले भनेका छन्, ‘यदि वार्ता असफल भयो भने आवश्यक परे सैन्य कदम चालिन्छ ।’

    यसको जवाफमा इरानले अन्तर्राष्ट्रिय निरीक्षकहरूलाई देशबाट निष्कासित गर्नसक्ने चेतावनी दिएको छ, जसलाई अमेरिका तनावको वृद्धि मानेको छ ।

    वर्षौंदेखि कडा प्रतिबन्धको मारमा परेको इरान अहिले वार्ताबाट केही आर्थिक राहत खोजिरहेको विश्लेषकहरू बताउँछन् । सन् २०१५ को आणविक सम्झौताबाट अमेरिका बाहिरिएपछि इरानले आफ्नो कार्यक्रम तीव्र बनाएको छ ।

    हालै अन्तर्राष्ट्रिय ऊर्जा संस्थाले इरानसँग ६० प्रतिशतसम्म प्रशोधित युरेनियम रहेको जानकारी दिएको छ, जुन हतियार निर्माणको लागि आवश्यक ९० प्रतिशतको नजिक छ ।

    सरकारको अस्तित्व जोगाउने प्रयास

    विशेषज्ञहरूका अनुसार इरान अहिले पूर्ण रूपमा आणविक कार्यक्रम बन्द गर्न तयार छैन, तर केही गतिविधि फिर्ता लिने सम्भावना छ । वार्ता सफल भए इरानको अर्थतन्त्रमा केही सहजता आउने र जनताको असन्तुष्टि कम हुने विश्वास गरिएको छ ।

    यस प्रकार अमेरिका र इरानबीचको यो वार्ता केवल आणविक कार्यक्रमका लागि मात्र नभई सम्पूर्ण क्षेत्रको शान्ति, स्थायित्व तथा इरानी सरकारको भविष्यका लागि पनि निकै महत्वपूर्ण मानिएको छ । -रासस/एएफपी

  • बंगलादेशलाई आफ्नो विमानस्थल र बन्दरगाहबाट मालसामान आउजाउ गर्न नदिने भारतको घोषणा

    बंगलादेशलाई आफ्नो विमानस्थल र बन्दरगाहबाट मालसामान आउजाउ गर्न नदिने भारतको घोषणा

    काठमाडौं । भारतले आफ्नो विमानस्थल तथा बन्दरगाहबाट बंगलादेशमा आउजाउ गर्ने सामानहरु निषेध गर्ने भएको छ । आज भारतको विदेश मन्त्रालयले एक सूचना जारी गरेर यस्तो निर्णय गरेको हो ।

    भारतीय मिडिया इन्डिया टुडेका अनुसार भारतको उत्तरपूर्वी क्षेत्रबारेमा बंगलादेशी प्रधानमन्त्री युनुसले गरेको टिप्पणी चीनबाट प्रेरित भएको भन्दै यस्तो गरेको बताइएको छ ।

    हालै चीन भ्रमणमा पुगेका युनुसको गत हप्ता भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग बैंककमा बिम्स्टेकको दौरानमा पहिलो पटक भेट भएको थियो । भेट भएको केही समयमै भारतको यो निर्णय सार्वजनिक भएको हो । यो निर्णयले बंगलादेशले तेस्रो देशमा भारत हुँदै पाउने कार्गो ट्रान्जिट नपाउने भएको हो ।

  • ट्रम्पलाई सीको चेतावनी– यो व्यापार युद्धमा चीन हार्दैन, अमेरिका विश्वबाट एक्लिनेछ

    ट्रम्पलाई सीको चेतावनी– यो व्यापार युद्धमा चीन हार्दैन, अमेरिका विश्वबाट एक्लिनेछ

    काठमाडौं । चीनिया राष्ट्रपति सी जीन पिङले अमेरिकाप्रति लक्षित गर्दै भन्सार दस्तूर बढाउने युद्धमा कोही पनि बिजेता नहुने र विश्वको विरुद्ध जान खोज्नेहरु आफैं एक्लिने चेतावनी दिएका छन् ।

    स्पेन भ्रमणमा रहेका राष्ट्रपति सीले त्यहाँका प्रधानमन्त्रीसँगको भेटमा विगत सात दशकमा भएको चीनको विकास आत्मविश्वास र कठिन महेनतको परिणाम हो भन्दै कुनै देशको समर्थनबाट नभएको समेत प्रष्ट पारेका छन् ।

    चीनिया कम्युनिस्ट पार्टीका महासचिव समेत रहेका सीले चीन आफ्नै बलबुता र आफ्नै सिद्धान्तबाट अघि बढेको भन्दै वाह्य वातावरण परिवर्तनले बेइजिङलाई कुनै असर नगर्ने प्रष्ट पारे ।

    अमेरिकाले चीनमाथि १३४ प्रतिशत भन्सार कर बढाएको जवाफमा चीनले पनि अमेरिकी उत्पादनमाथि १२५ प्रतिशत कर लगाएको छ । यो व्यापार युद्दमा चीनले नहार्ने र अमेरिका विश्वबाट एक्लिने चेतावनी सीले दिएका छन् ।

    उनले चीन र युरोपेली युनियनले आफ्ना अन्तर्राष्ट्रिय जिम्मेवारीलाई साझेदारी रुपमा पूरा गर्दै अन्तर्राष्ट्रिय व्यापारलाई मर्यादित बनाउने बताएका छन् ।

  • अमेरिकी-चीन व्यापार युद्ध : चीनले भन्सार नलाएका नेपालसहित ४२ देशको सूची सार्वजनिक गर्‍यो

    अमेरिकी-चीन व्यापार युद्ध : चीनले भन्सार नलाएका नेपालसहित ४२ देशको सूची सार्वजनिक गर्‍यो

    काठमाडौं । अमेरिकाले इजरायल जस्तो मित्र देशदेखि चीन जस्तो ‘शत्रुवत्’ देशहरूमा भन्सार कर लगाएको छ । यसरी भन्सार कर लाइएका देशको सूचीमा अटाएको नेपालको लागि १० प्रतिशत कर लाइएको छ ।

    अमेरिकाले चीनलाई १२५ प्रतिशत कर लाउने राष्ट्रपति डोनाल्ड ट्रम्पले उद्घोष गरिसकेका छन् भने चीनले पनि ८४ प्रतिशत लाउने बताइसकेको छ ।

    चीन बाहेकका अरू देशले भने अमेरिकालाई प्रतिकार गरेर भन्सार कर लादेका छैनन् । अहिले चीनले भने आफूले कर नलाएका देशहरूको सूची सार्वजनिक गरेको छ ।

    चिनियाँ विदेश मन्त्रालयकी एक प्रवक्ता माओ निङले चीनले भन्सार कर नलाएका ४२ देशहरू र अमेरिकाले भन्सार कर लाएका विभिन्न देशहरूको सूची सार्वजनिक गरेको ट्विट रिपोस्ट गरेकी छिन् ।

    चीनले भन्सार कर नलाएका देशहरूमा दक्षिण एसियाबाट नेपाल, अफगानिस्तान र बंगलादेश छन् भने आसियान देशहरूमा म्यानमार, लाओस र कम्बोडिया छन् ।

    अरू देशहरू अफ्रिकाबाट छन् । प्रवक्ता माओ निङले अति कम विकसित देशहरूलाई चीनले शून्य भन्सार लाएको तर अमेरिकाले ती देशहरूलाई पनि लाएको उदाहरण दिएका पोस्ट एक्समा साझा गरेकी छिन् ।

  • चीन र अमेरिकाको व्यापार युद्धमा विदेश मन्त्रालयका प्रवक्ताले साभार गरिन् माओ वाणी, के भनेका थिए माओले ?

    चीन र अमेरिकाको व्यापार युद्धमा विदेश मन्त्रालयका प्रवक्ताले साभार गरिन् माओ वाणी, के भनेका थिए माओले ?

    काठमाडौं । अहिले अमेरिका र चीनको व्यापार युद्ध चरम स्तरमा पुगेको छ । अमेरिकाले भन्सार कर थोपर्दा सबैजसो देश चुइँक्क नबोल्दा चीन भने मुखर भयो ।

    दुवै पक्षले भन्सार कर थपाथप गर्दा अहिले चीनलाई अमेरिकाले १२५ प्रतिशत भन्सार कर बनाउने बताएको छ भने चीनले अमेरिकालाई ८४ प्रतिशत करले प्रतिकार गरेको छ ।

    यी दुई आर्थिक महाशक्तिको व्यापारिक युद्ध आएसँगै चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले सामाजिक सञ्जालमा जनवादी गणतन्त्र चीन स्थापनामा नेतृत्व गर्ने माओको मन्तव्य साभार गरेर पोस्ट गरेकी छिन् । उनले क्याप्सनमा लेखेकी छिन्, ‘हामी चिनियाँ हौँ । हामी उत्तेजनासँग डराउँदैनौँ । हामी झुक्दैनौँ ।’

    साथै माओ निङले साझा गरेको माओको मन्तव्यमा भनिएको छ, ‘कतिन्जेलन सम्म यो युद्ध जारी हुन्छ त्यो हाम्रो हातमा छैन । यो राष्ट्रपति ट्रम्पको निर्णयमा भर पर्थ्यो । यो राष्ट्रपति आइजन आवरमा निर्भर छ । वा जो अबको अमेरिकी राष्ट्रपति हुन्छ उसैमा निर्भर हुन्छ । यो उनीहरूको हातमा छ । जतिसुकै लामो होस् यो युद्ध हामी कदापि झुक्नै छैनौँ । हामीले जिन नहुन्जेलसम्म लड्नेछौँ ।’

     

  • दक्षिण सुडानका सबै नागरिकको भिजा रद्द गर्दै अमेरिका, नयाँ भिजा पनि जारी नहुने

    दक्षिण सुडानका सबै नागरिकको भिजा रद्द गर्दै अमेरिका, नयाँ भिजा पनि जारी नहुने

    काठमाडौं । डोनाल्ड ट्रम्प सत्ताका अधिकारीहरू बिच्किएमा कतिसम्म बिच्किन्छन् र निर्णय गर्छन् भन्ने एक नजिर बनेको छ दक्षिण सुडानसँगको सम्बन्ध ।

    अवैध आप्रवासीहरूलाई फिर्ता लाने सवालमा दुई देशको कुरा नमिल्दा अमेरिकाले सबै दक्षिणी सुडानका नागरिकहरूको भिजा रद्द गर्ने निर्णय गरेको छ ।

    अमेरिका त्यत्तिमै रोकिएन, अब दक्षिण सुडानका नागरिकलाई अरू थप भिजा पनि जारी नहुने भएको छ ।

    अमेरिकी उपविदेशमन्त्री क्रिस्टोफर लेन्डाउ र विदेशमन्त्री मार्को रुबिओले भिजा रद्द गरिएको सवाल पुष्टि गरेका छन् ।

    १५ वर्ष अगाडि मात्रै सुडानबाट अलग भएर स्वतन्त्र देशको मान्यता पाएको दक्षिण सुडानले भिजा रद्द निर्णयबाट थप तनाव झेल्ने न्यू योर्क टाइम्सले उल्लेख गरेको छ ।

    न्यू योर्क टाइम्सका अनुसार भिजा रद्द गरेता पनि दक्षिण सुडानी नागरिकहरूलाई डिपोर्ट गर्ने वा नगर्नेबारेमा भने कुनै निर्णय भएको छैन ।

  • भारतका एक्ला कम्युनिष्ट मुख्यमन्त्रीको रगत कसले लिन खोज्यो ?

    भारतका एक्ला कम्युनिष्ट मुख्यमन्त्रीको रगत कसले लिन खोज्यो ?

    काठमाडौं । दक्षिण भारतीय राज्य केरेलाका मुख्यमन्त्री पिनारायी भिजायानले बुधवार गम्भीर सवाल उठाए । भने, ‘मलाई थाहा छ तिमी मेरो रगत लिन खोज्दैछौँ । तर तिमीले सजिलैसँग लिनेवाला छैनौँ ।’

    भारतका एक्ला कम्युनिष्ट मुख्यमन्त्री भिजायानको यो आक्रोश बुधवार सार्वजनिक भएको हो । यो आक्रोशको समाचार भारतीय मिडियाहरूले प्राथामिकताकासाथ बनाइरहेका छन् ।

    यो आक्रोशको जरा मुख्यमन्त्रीकी छोरीसँग जोडिन्छ । छोरीमाथि गैरकानुनी भुक्तानी गरेको मुद्दामा बढेको संघ सरकारको निकाय सिरियस फ्रड इन्भेस्टिगेसन अफिसले गरेको छानबिनसँग जोडिन्छ ।

    छोरी बिनाको बारेमा गरिएको छानबिन आफूलाई नै गलाउन गरिएको पनि मुख्यमन्त्री भिजायानले बुधवारै बताएका छन् । छोरीको छानबिनबारेमा आफ्नो राजीनामा मागिएको सवालमा मुख्यमन्त्री भिजायानले त्यो कल्पना मात्रै भएको बताए । सम्पत्ति शुद्धीकरणको मुद्दामा छोरी बिनालाई गरिएको छानबिन राजनीतिक रूपमा प्रेरित भएको मुख्यमन्त्रीले बताएका छन् ।

    भारतका गृहमन्त्री तथा बीजेपीका नेता अमित शाहले सन २०२२ सेप्टेम्बरमा कम्युनिष्टबारेमा आक्रमक मन्तव्य दिँदै भनेका थिए, ‘कंग्रेस बिलाउँदै छ । कम्युनिष्ट विश्वबाटै अन्त्य हुँदैछ ।’

    बीजेपी सरकारले कम्युनिष्टलाई राजनीतिक रूपमा सिध्याउन भारतको एक्ला कम्युनिष्ट मुख्यमन्त्रीमाथि दबाब बढाएको टिप्पणी भएको छ ।

  • अमेरिका भ्रमणमा जाने आफ्ना नागरिकलाई चीनको ‘रिस्क अलर्ट’ 

    अमेरिका भ्रमणमा जाने आफ्ना नागरिकलाई चीनको ‘रिस्क अलर्ट’ 

    काठमाडौं । अमेरिका भ्रमणमा जाने आफ्ना नागरिकहरूलाई चीनले  ‘रिस्क अलर्ट’  गरेको छ ।

    ट्रम्पको भन्सार कर र चीनको काउन्टर करको व्यापारिक युद्ध भइरहेको समयमा चीनको यस्तो कदम सार्वजनिक भएको हो ।

    चिनियाँ अखबार ग्लोबल टाइम्सका अनुसार बुधबार चीनको पर्यटन मन्त्रालयले यस्तो सूचना आफ्नो आधिकारिक वेबसाइटमा जारी गरेर आफ्ना नागरिकलाई अमेरिका भ्रमण अगाडि जोखिम मूल्याङ्कन गर्न र सचेत हुन आग्रह गरेको छ ।

  • चीनमाथि १०४ प्रतिशत दस्तुर लगाउँदै ट्रम्पले भने- अहिलेसम्म उनले लुटे, अब हाम्रो पालो

    चीनमाथि १०४ प्रतिशत दस्तुर लगाउँदै ट्रम्पले भने- अहिलेसम्म उनले लुटे, अब हाम्रो पालो

    काठमाडौं । विश्वभर भन्सार कर आतंक मच्चाउने क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापारिक प्रतिस्पर्धी चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार लगाउने घोषणा गरेका छन् ।

    अब चीनमाथि अमेरिकाको भन्सार कर १०४ प्रतिशत भएको छ । अमेरिकी राष्ट्रपति कार्यालयका अनुसार चीनमाथि थप भन्सार दस्तुर लगाउने निर्णय भइसकेको छ ।

    चीनसहित विश्वका ६० देशमाथि बढाइएको अमेरिकाको भन्सार दस्तुर आजदेखि लागू भएको ह्वाइट हाउसले जनाएको छ ।

    एसियामा सबैभन्दा कम भन्सार दस्तुर नेपालमाथि छ । ट्रम्पले अब औषधी कम्पनीहरूमाथि पनि भन्सार दस्तुर उच्च बनाउने घोषण गरेका छन् । यो कदमपछि विदेशी औषधी कम्पनीहरू अमेरिकाबाट बाहिर जान बाध्य हुने ट्रम्प प्रशासनको दाबी छ ।

    अमेरिकामा औषधी सप्लाई गर्ने अधिकांश कम्पनी चीन, भारत र युरोपका छन् । अमेरिकाले चीनबाट आउने सस्ता सामानका साना पार्सलहरूमाथि पनि भन्सार दस्तुर लाग्ने जनाएको छ । ट्रम्पले चीनले अहिलेसम्म अमेरिकालाई लुटेको भन्दै अब लुट्ने पालो हाम्रो भनेका छन् ।

  • अदालतले राष्ट्रपति हटाएको दक्षिण कोरियामा जेठ २० मा उपनिर्वाचन

    अदालतले राष्ट्रपति हटाएको दक्षिण कोरियामा जेठ २० मा उपनिर्वाचन

    काठमाडौं । दक्षिण कोरियाको संवैधानिक अदालतले राष्ट्रपतिलाई अपदस्थ गरेपछिको चुनावी मिति जेठ २० (जुन ३) लाई तोकिएको छ ।

    राष्ट्रपतिबाट अपदस्ठ गरिएका योन सुक यिओले गत डिसेम्बरमा सैन्य कानून लगाउने प्रयास गरेका थिए, तर संसदले उक्त कदम उल्टाएको थियो । यही मुद्दामा राष्ट्रपति अपदस्थ भएसँगै नयाँ चुनावी मिति तोकिएको हो ।

    दक्षिण कोरियाका प्रधानमन्त्री हान डुक सोले चुनावी मिति सार्वजनिक गरेको जर्मनीको विश्व च्यानल डीडब्ल्यूले उल्लेख गरेको छ ।

    डीडब्ल्यूका अनुसार अपदस्थ राष्ट्रपतिको दल जनशक्ति पार्टी र विपक्षी दल लोकतान्त्रिक पार्टीको प्रमुख प्रतिस्पर्धा हुने भएको छ । चीन, जापान र भारतपछिको एसियाको चौथो ठूलो अर्थतन्त्र दक्षिण कोरियामा कार्यकारी राष्ट्रपतीय प्रणाली छ । पाँच वर्षे कार्यकालको लागि राष्ट्रपति चयन हुने प्रावधान भए तापनि उनी अपदस्थ भएसँगै उपचुनाव हुन लागेको हो ।

    अपदस्थ राष्ट्रपतिले तीन वर्षमात्रै कार्यकाल चलाउन पाएका छन् ।

  • ट्रम्पको भन्सार करको विपक्षमा मस्क:  हटाउन आग्रह गरेको खुलासा

    ट्रम्पको भन्सार करको विपक्षमा मस्क:  हटाउन आग्रह गरेको खुलासा

    काठमाडौं । विभिन्न देशहरुलाई आफ्नो रुचिअनुसारको भन्सार कर लादेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भन्सार कर घटाउन उनका प्रमुख सहयोगीमध्ये एक खर्बपति प्रविधि व्यापारी एलन मस्कले आग्रह गरेका छन् ।

    भन्सार करको बारेमा पुनर्विचार गर्न मस्कले ट्रम्पलाई आग्रह गरेको अमेरिकी अखबार वासिङ्टन पोस्टले उल्लेख गरेको छ । पोस्टको समाचार साभार गरेर रुसी विश्व च्यानल आरटीले उल्लेख गरेअनुसार ट्रम्पसँग व्यक्तिगत भेट गरेर मस्कले भन्सार करबारेमा फरक मत राखेको तर परिणाम सोचेअनुसारको नआएको हो ।

    ट्रम्पलाई साथ दिएका अरु व्यापारीहरुले समेत बढीमा १० प्रतिशतभन्दा धेरै भन्सार कर नलगाउन आग्रह गरेको आरटीले उल्लेख गरेको छ । अमेरिकी व्यापारीहरुको एक समूहले भित्रभित्रै भन्सार कर घटाउन वा कटाैती गर्न लबिङ थालेको आरटीले उल्लेख गरेको छ ।

  • म्यानमारमा भूकम्पबाट मृत्यु हुनेको संख्या ३६ सय पुग्यो

    म्यानमारमा भूकम्पबाट मृत्यु हुनेको संख्या ३६ सय पुग्यो

    काठमाडाैं । म्यानमारमा विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या संख्या ३६ सय पुगेको छ भने ५ हजार १७ जना घाइते भएकाछन् र १६० जनाअझै बेपत्ताछन्।

    म्यानमारको राज्यप्रशासन परिषद्का अनुसार मृत्यु हुनेको संख्याबढ्दै गइरहेको छ । यो संख्या १० हजार नाघ्ने अनुमान गरिएको छ ।

    मार्च २८ मा स्थानीय समय अनुसार १२ः५१ बजे म्यानमारमा ७.९ म्याग्निच्युडको शक्तिशाली भूकम्पगएको थियो। भूकम्पको कडा धक्का थाइल्यान्डमा पनि महसुस गरिएको थियो ।

    देशको मौसम विज्ञान तथा जल विज्ञान विभागका अनुसार आइतबारसम्म २.८ देखि ७.५ म्याग्निच्युडसम्मका जम्मा ८९ वटा परकम्पहरू रेकर्ड गरिएकाछन्।(सीसीटीभीप्लस)

  • पोखरा-जोमसोम हवाई उडानको सङ्ख्या घट्यो

    पोखरा-जोमसोम हवाई उडानको सङ्ख्या घट्यो

    मुस्ताङ । राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडक सहज हुँदै जान थालेपछि पोखरा-जोमसोम हवाई उडानको सङ्ख्या दुई तिहाइले घटेको छ ।

    पर्यटकीय यामका बेला निकै चहलपहल हुने जोमसोम नागरिक उड्यन कार्यालयको जोमसोम विमानस्थलमा हवाई यात्रुको चहलपहल पहिलेको जस्तो देखिँदैन ।

    हिमाली जिल्ला मुस्ताङमा बिहानको समयम मात्रै साना टुईनेटर जहाजहरुले पोखरा—जोमसोम हवाई सेवाको उडान भर्ने गर्दथे । तर बिहानको समयमा जोमसोम विमानस्थल पुग्ने हो भने सीमित हवाई यात्रु बाहेक अन्य कोही हुँदैनन् ।

    राष्ट्रिय राजमार्ग सुरु हुनुअघि पोखरा–जोमसाम हवाई यात्रा गर्दै दैनिक तीन सय बढी पर्यटक मुस्ताङ आउने गरेका थिए । अहिले त्यो सङ्ख्या घटेर आधा पनि पुग्दैन । यसको कारण हो स्तरोन्नति हुँदै गरेको कोरला सडक । म्याग्दीको बेनीदेखि मुस्ताङको मुक्तिनाथसम्म दुई तिहाईभन्दा बढी कच्ची सडक कालोपत्र भइसकेको छ ।

    सडक कालोपत्र भएकै कारण हवाई यात्रुको सङ्ख्या विगतका वर्षभन्दा यसपाली हवाई उडान घट्न पुगेको जोमसोम नागरिक उड्यान कार्यालयका प्रमुख केशव लम्सालले जानकारी दिए । “कोरला सडक स्तरोन्नति हुनु अगावै यहाँ १८ वटासम्म हवाई उडान हुने गरेको हाम्रो रेकर्डमा छ”, उनले भने,“अहिले हवाई यात्रा गर्ने कतिपय पर्यटक सडकमार्ग हुँदै मुस्ताङ आउँजाउ गर्छन् ।”

    हिउँदयामको समाप्ति र वसन्त ऋतुको आगमनसँगै यो समय मुस्ताङ घुम्ने उपयुक्त अनुकूल समय हो । यद्यपि योसमयमा पोखराबाट हवाईमार्ग हुँदै मुस्ताङ आउने पर्यटक सडकमार्गबाट आउँने गर्दा उडान घटेको तारा एअरलाईन्सका जोमसोम व्यवस्थापक सुजन लालचनले उल्लेख गरे ।

    “पहिला हामीलाई यात्रुवर्गलाई टिकट उपलब्ध गराउनै हम्मेहम्मे पर्ने गथ्र्यो, पोखरा जोमसोम टु वे कै टिकट काटेर आउने हवाई यात्रुले गर्दा नेपाली पर्यटकसहित स्थानीय र कर्मचारीलाई हवाई टिकट छैन भन्नुपथ्र्यो”, उनले भने,“ अहिले पोखराबाट आतेजातेको टिकट लिएर नआएमा यहाँबाट जहाज नै खाली पठाउनु अवस्था भइरहेको छ, पछिल्लो वर्षमा झनै यस्तो समस्य थपिएर उडान क्रमशः घट्ने अवस्था देखिएको छ ।”

    पोखराबाट भारतीय पर्यटकले मुक्तिनाथको दर्शन गरी भोलिपल्टै फर्किने गरी दुईतर्फी हवाई टिकट लिने गरेको भए पनि अन्य मुलुकका पर्यटकले भने एकतर्फी टिकट लिएर हवाईयात्रा गर्ने भएकाले जोमसोमबाट प्रायः जहाज खालीखाली पठाउनुपर्ने अवस्था रहेको समिट एअरलाईन्सका जोमसोमका व्यवस्थापक सुमन थकालीको भनाइ छ । “पहिला पहिला यहाँबाट स्थानीय र कर्मचारी लगायतमा यात्रु पनि जहाजको यात्रा गर्न खोज्थे’, उनले भने, “अहिले सडक बाटो राम्रो भएकाले यहाँबाट अधिकांश यात्रु सडकमार्गबाटै पोखरा झर्ने गर्छन् ।”

    पोखरा जोमसोम हवाई उडान घट्नुको अर्को कारण पछिल्लो समय सुरक्षित हवाई यात्रामा चुनौती पोखरा जोमसोम हवाई मार्गमा आधादर्जन जती हवाई दुर्घटना भइसकेको छ । बढ्दो हवाई जोखिमलाई न्यूनीकरण नेपाल नागरिक उड्यान प्राधिकरणले नयाँ नियम र थप निगरानी बढाउन थालेपछि हवाई उडान घट्नु पुगेको विश्लेषण गरिएको छ ।

    यसो त (पोखरा—जोमसोम) हवाई यात्राका लागि सम्बन्धित ट्राभल एजेन्सीहरुले टिकट बुकिङ गर्ने गरे पनि उडान रद्द हुँदा तत्कालै सडकमार्गबाट यात्रुलाई मुस्ताङ पठाउने गर्दा हवाई उडान घटेको व्यवस्थापक थकालीले उल्लेख गरे । ट्राभल कम्पनीले हवाई टिकट बुकिङ गरे पनि सडकमार्गबाट यात्रा गराउँदा हवाई टिकटको आधा भाडा बचत हुने भएकाले पनि पहिलेको जस्तो जहाज कुरेर बस्ने नगरेको उनले जनाए ।

    यसरी जहाजको टिकटमा बुकिङ गरेर गाडीमा पठाउँदा ट्राभल कम्पनीलाई आर्थिक लाभ हुने उनले बताए । पछिल्लो समय राष्ट्रिय गौरवको बेनी जोमसोम कोरला सडक सहज बनेपनि अधिकांश पर्यटक सडकमार्ग हुँदै मुस्ताङ आउने गरेको पाइएको छ । सडकमार्गको सहजता र सस्तो मूल्यमा यात्रा गर्न पाइने र सवारीसाधन पनि भनेको समयमा उपलब्ध हुने भएकाले सडकमार्गबाट यात्रा गर्ने पर्यटकको सङ्ख्या वृद्धि भएको हो ।

    मुस्ताङका स्थानीय नागरिक, कर्मचारी, सुरक्षाकर्मी, मजदुर र सामान्य व्यक्तिसमेत सडकमार्गबाट आवतजावत गर्ने गरेका छन् । अहिले दैनिक पोखरा —जोमसोम हवाई उडान दैनिक ५÷६ वटा मात्रै हुने गरेको जोमसोम नागरिक उड्यन कार्यालयको भनाइ छ । यसमा यात्रा गर्ने ८० प्रतिशत भारतीय र २० प्रतिशत अन्य मुलुकका विदेशी पर्यटक रहेको छ ।

    निर्माणधीन राष्ट्रिय गौरवको बेनी—जोमसोम सडक आयोजना कार्यान्वयनमा आउन पूर्व अनुकूल मौसममा (पोखरा–जोमसोम) हवाई उडान दैनिक १८ वटासम्म हुने गथ्र्यो । साना जहाजलाई अनुकूल समयमा यात्रु ओसारपोसार गर्न भ्याइनभ्याइ हुने गथ्र्यो । भारतीय र तेस्रो मुलकका विदेशी पर्यटकले मात्रै टिकट पाउँथ्ये । नेपाली आन्तरिक पर्यटकलाई पोखरा–जोमसोम हवाई टिकट पाउन निकै कठिन पथ्र्यो ।

    हवाई टिकट मूल्यमा एकरुपता नहुँदा नेपाली पर्यटकका साथै मुस्ताङका स्थानीयवासीलेसमेत हवाईयात्रा गर्न निकै सास्ती खप्नुपर्दथ्यो । स्वदेशी हवाई यात्रु भन्दा विदेश पर्यटकको हवाई यात्रु टिकटमा दोब्बर÷तेब्बर मूल्यपर्ने भएकाले सम्बन्धित निजी एअरलाईन्स कम्पनीहरुले स्वदेशीलाई हवाई टिकट दिन खोज्दैनथ्ये ।

    कुनै दुर्घटना भयो वा सिकिस्त बिरामी परेको बखतमा मात्रै स्वास्थ्यचौकी वा अस्पतालको सिफारिसमा उनीहरुले हवाई टिकट उपलब्ध गराउँथ्ये । पोखरा–जोमसोम हवाईयात्रा गर्नुपर्दा यात्रुलाई निकैनै सङ्घर्ष गर्नुपथ्र्यो । तर, अहिले त्यो समय पूरै फेरिएको छ ।

  • भाकपा महासचिवमा एमए बेबी निर्वाचित

    भाकपा महासचिवमा एमए बेबी निर्वाचित

    काठमाडौं । केरलाका पूर्वमन्त्री एमए बेबी भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादी (सीपीआईएम) को महासचिवमा निर्वाचित भएका छन् ।

    आइतबार पार्टीको २४औं महाधिवेशनमा उनी महासचिवमा निर्वाचित बनेका हुन् । सीताराम येचुरीको मृत्युपछि महासचिवको पद रिक्त थियो । प्रकाश करातले अन्तरिम संयोजकको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

    सन् १९५४ मा केरलाको प्राकुलममा जन्मिएका बेबीले भारतीय विद्यार्थी संघको राजनीतिमा उदायका थिए ।

    उनले १९८६ देखि १९९८ सम्म राज्यसभाका सदस्य सम्हालिसकेका छन् ।

  • अफगानिस्तानबाट ५ लाख अमेरिकी हतियार गायब, आतंकवादी संगठनमा पुगेको संयुक्त राष्ट्रसंघको प्रतिवेदन

    अफगानिस्तानबाट ५ लाख अमेरिकी हतियार गायब, आतंकवादी संगठनमा पुगेको संयुक्त राष्ट्रसंघको प्रतिवेदन

    काठमाडौं । तालिबान शासित अफगानिस्तानबाट ५ लाख थान अमेरिकी हतियार गायब भएको समाचार बाहिर आएको छ ।

    बिबिसीका अनुसार हराएका हतियारमध्ये केही अल कायदाका लडाकुसम्म पुगेका छन् ।

    तस्करीको माध्यमबाट ती हतियार आतंकवादी संगठनहरुसम्म पुगेको अनुमान संयुक्त राष्ट्रसंघको छ । एक पूर्व अफगानी अधिकारीले बिबिसीलाई बताए अनुसार तालिबानले सन् २०२१ म अफगानिस्तानमाथि पुनः नियन्त्रणमा लिने बेला १० लाख सैन्य हतियार बुझेका थिए । ती अधिकांश हतियार अमेरिकाको आर्थिक सहायतामा खरिद गरिएका थिए ।

    अमेरिकामा निर्मित एम फोर,एम १६ राइफलहरू थिए । त्यसबेला अफगानी सैनिक हतियार छाडेर भागेका थिए । गत वर्ष दोहामा राष्ट्रसंघीय सुरक्षा परिषदको प्रतिबन्ध समिति बैठकमा तालिबान अधिकारीले आफूहरूले सत्तामा आउने बेला बुझेका १० लाखमध्ये ५ लाख हतियार हराएको स्वीकार गरेका थिए ।

    राष्ट्रसंघले गत महिना जारी गरेको एक रिपोर्टमा अल कायदासँग सम्बन्धित संगठनले कालो बजारीबाट ती हतियार किनेको उल्लेख गरेको छ ।

    यसमा पाकिस्तानको तहरिक ए तालिबान,उज्बेकिस्तानको इस्लामिक मुभमेन्ट,इस्ट तुर्किस्तान इस्लामकि मुभमेन्ट र यमनको अन्सरुल्लाह मुभमेन्टजस्ता संगठनहरु पर्छन् ।

  • म्यान्मारमा भूकम्प: मृतकको सङ्ख्या ३ हजार ३०० नाघ्यो

    म्यान्मारमा भूकम्प: मृतकको सङ्ख्या ३ हजार ३०० नाघ्यो

    याङ्गुन । म्यान्मारमा ठूलो भूकम्पबाट मर्नेहरूको सङ्ख्या तीन हजार ३०० भन्दा माथि पुगेको सरकारी मिडियाले शनिबार बताएको छ । संयुक्त राष्ट्रसङ्घका सहायता प्रमुखले विश्वसामु विपद्ग्रस्त राष्ट्रलाई सहयोग गर्न नयाँ आह्वान गरेका छन् ।

    मार्च २८ को भूकम्पले देशभरका भवन र पूर्वाधारहरू ध्वस्त पारेको छ । यसको परिणामस्वरूप तीन हजार ३५४ जनाको मृत्यु र चार हजार ५०८ जना घाइते भएको तथा २२० जना बेपत्ता भएको सरकारी मिडियाले प्रकाशित गरेको नयाँ तथ्याङ्कमा उल्लेख छ ।

    विपद् भएको एक हप्ताभन्दा बढी समयपछि पनि देशका धेरै मानिस अझै आश्रयविहीन छन् । तिनीहरूको घरहरू नष्ट भएका कारण या थप भत्किने डरले बाहिर सुत्न बाध्य छन् ।

    संयुक्त राष्ट्रसङ्घको एक अनुमानअनुसार ७.७ म्याग्निच्युडको भूकम्पले ३० लाखभन्दा बढी मानिस प्रभावित भएको हुनसक्छ । यसले चार वर्षको गृहयुद्धले निम्त्याएको अघिल्लो चुनौतीहरूलाई थप जटिल बनाएको छ ।

    संयुक्त राष्ट्रसङ्घका शीर्ष सहायता अधिकारीले शनिबार मध्य म्यान्मारको मण्डाले सहरमा पीडितहरूसँग भेट गरे । मण्डाले भूकम्पको केन्द्र नजिकै अवस्थित छ र अहिले सहरभरि गम्भीर क्षति व्यहोरेको छ ।

    ‘विनाश आश्चर्यजनक छ’, टम फ्लेचरले एक्समा एक पोस्टमा लेखेका छन्, ‘विश्व म्यान्मारका जनताको साथमा उभिनुपर्छ ।’

    देशको सैन्य जुन्ता प्रमुख मिन आङ ह्लाइङ शुक्रबार बैंककमा क्षेत्रीय शिखर सम्मेलनमा एक दुर्लभ विदेश यात्राबाट फर्केपछि नयाँ मृत्यु सङ्ख्या घोषणा गरिएको थियो । बैंककमा जुन्ता प्रमुखले थाइल्यान्ड र भारतका प्रधानमन्त्रीहरूलगायत नेताहरूसँग भेट गरेका थिए ।

    जनरलको शिखर सम्मेलनमा उपस्थितिले विवाद निम्त्याएको थियो । स्थलमा प्रदर्शनकारीहरूले उनलाई ‘हत्यारा’ भनेर ब्यानर प्रदर्शन गरेका थिए र जुन्ताविरोधी समूहहरूले उनको सहभागिताको निन्दा गरेका थिए ।

    सन् २०२१ को विद्रोहमा आङ सान सुकीको नागरिक सरकारबाट सत्ता खोसेपछि उनको सशस्त्र सेनाले म्यान्मारमा शासन गरेको छ । उक्त सैन्य कूले बहुपक्षीय द्वन्द्व निम्त्याएको छ र यो अझै समाधान हुन सकेको छैन ।

    भूकम्पपछि जुन्ताले दर्जनौं आक्रमण गरेको बताइएको छ । यसमा बुधबार अस्थायी युद्धविराम घोषणा भएदेखि कम्तीमा १६ वटा आक्रमण भएको संयुक्त राष्ट्रसङ्घले शुक्रबार जनाएको छ ।

    वर्षौंको लडाइँले म्यान्मारको अर्थ व्यवस्था र पूर्वाधार तहसनहस पारेसँगै भूकम्पपछिको राहत प्रदान गर्न अन्तर्राष्ट्रिय प्रयासहरूलाई उल्लेखनीय रूपमा बाधा पु¥याएको छ ।

    चीन, रूस र भारत उद्धार टोलीहरू म्यान्मार पठाएर बाँचेकाहरूलाई पत्ता लगाउन मद्दत गर्ने पहिलो देशहरूमध्ये थिए । संयुक्त राज्य अमेरिका परम्परागत रूपमा अन्तर्राष्ट्रिय विपद् राहतको अग्रणी रहेको छ, तर राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको मानवीय सहायता एजेन्सीलाई विघटन गरेका छन् ।

    वासिङ्टनले शुक्रबार म्यान्मारलाई पहिलेको २० लाख डलरको सहायतामाथि थप ७० लाख डलर थप्ने बताएको छ । -रासस/एएफपी

  • ट्रम्पको विश्वव्यापी भन्सार शुल्क लागू, अमेरिकी व्यापारमा नाटकीय परिवर्तन

    ट्रम्पको विश्वव्यापी भन्सार शुल्क लागू, अमेरिकी व्यापारमा नाटकीय परिवर्तन

    वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हालसम्मकै व्यापक भन्सार शुल्क शनिबार लागू भएको छ । यसले प्रतिक्रियास्वरूप जवाफी कारबाही र बढ्दो व्यापारिक तनाव निम्त्याउन सक्छ र विश्व अर्थतन्त्रलाई अस्तव्यस्त पार्नसक्छ ।

    मेक्सिको र क्यानाडाका सामानहरूबाहेक अधिकांश अमेरिकी आयातमा असर पार्दै मध्यरातमा १० प्रतिशत ‘आधारभूत’ भन्सार शुल्क लागू भयो । यसमा ट्रम्पले देशको व्यापार घाटासँग सम्बन्धित समस्याहरू समाधान गर्न आपत्कालीन आर्थिक शक्तिहरूको आह्वान गरेका छन् ।

    ह्वाइट हाउसका अनुसार व्यापार अन्तरहरू सम्बन्धहरूमा ‘पारस्परिकताको अभाव’ र अन्य नीतिहरू जस्तै ‘अत्यधिक मूल्य–वृद्धि करहरू’ द्वारा प्रेरित थिए ।

    अप्रिल ९ मा युरोपेली सङ्घ (र्इयु), जापान र चीनसहित करिब ६० व्यापारिक साझेदार प्रत्येक अर्थतन्त्रका लागि अनुकूल उच्च दरको सामना गर्न तयार छन् ।

    पहिले नै अर्को हप्ता सुरु हुने चिनियाँ सामानहरूमा ट्रम्पको ३४ प्रतिशत भन्सार शुल्कले बेइजिङले अप्रिल १० देखि अमेरिकी उत्पादनहरूमा ३४ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेको छ ।

    बेइजिङले विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ)मा संयुक्त राज्य अमेरिकामाथि मुद्दा हाल्ने र उच्चस्तरको चिकित्सा र इलेक्ट्रोनिक्स प्रविधिमा प्रयोग हुने दुर्लभ खनिज तत्वहरूको निर्यातलाई प्रतिबन्ध लगाउने पनि बताएको छ ।

    तर अन्य प्रमुख व्यापारिक साझेदारहरूले अन्तर्राष्ट्रिय गतिरोध र मन्दीको डरको विकास भइरहेको बेला आफूलाई रोकेका छन् । ट्रम्पले शुक्रबार सामाजिक सञ्जालमा ‘चीनले यसलाई गलत खेल्यो’, यो ‘उनीहरूले गर्न नसक्ने कुरा हो’ भन्दै चेतावनी दिएका थिए ।

    बजारहरू धराशायी

    शुक्रबार वालस्ट्रिट एसिया र युरोपका समान पतनको बाटो पछ्याउँदै गिरावटमा गयो । अर्थशास्त्रीहरूले भन्सार शुल्कले वृद्धिलाई कम गर्न र मुद्रास्फीतिलाई बढावा दिनसक्ने चेतावनी पनि दिएका छन्, तर ट्रम्पले आफ्नो ट्रुथ सोशल प्लेटफर्ममा उनका ‘नीतिहरू कहिल्यै परिवर्तन हुने छैनन्’ भनेका छन् । तथापि ट्रम्पको पछिल्लो भन्सार शुल्कमा उल्लेखनीय अपवादहरू छन् ।

    स्टिल, एलुमिनियम र अटोमोबाइल आयातमा प्रभाव पार्ने हालै लगाइएको २५ प्रतिशत भन्सार शुल्कमा यी थपिएका छैनन् । साथै ह्वाइट हाउसका अनुसार तामा, औषधि, सेमिकन्डक्टर र काठ, ‘केही महत्त्वपूर्ण खनिजहरू’ र ऊर्जा उत्पादनहरूसँगै अस्थायी रूपमा छुट दिइएको छ ।

    तर ट्रम्पले तामा र काठको अनुसन्धान गर्न आदेश दिएका छन्, जसले चाँडै नै थप भन्सार शुल्कहरू निम्त्याउन सक्छ । उनले औषधि र सेमिकन्डक्टर जस्ता अन्य उद्योगमा पनि असर पार्ने धम्की दिएका छन् । यसको अर्थ कुनै पनि छुट सीमित हुनसक्छ ।

    क्यानाडा र मेक्सिकोले उत्तर अमेरिका व्यापार सम्झौता बाहिर संयुक्त राज्य अमेरिकामा प्रवेश गर्ने सामानहरूमा २५ प्रतिशतसम्मको अलग भन्सार शुल्कको सामना गर्ने भएकाले ती दुवै मुलुक पछिल्लो भन्सार शुल्कबाट अप्रभावित छन् ।

    प्रतिशोधको जोखिम

    ट्रम्पको तहगत समयसीमाले देशहरूलाई वार्ता गर्न ठाउँ दिए पनि उनीहरूले छुट पाउन सक्दैनन् भने चीनले पहिले नै गरे जस्तै, उनीहरूले प्रतिशोध लिने सम्भावना रहेको अक्सफोर्ड इकोनोमिक्सले यस हप्ता चेतावनी दिएको छ ।

    ईयु व्यापार प्रमुख मारोस सेफ्कोभिचले २० प्रतिशत कर दरको सामना गर्ने र्इयुले ‘शान्त, सावधानीपूर्वक चरणबद्ध, एकीकृत तरिका’ले कार्य गर्ने र वार्ताका लागि समय दिने बताएका छन् । यद्यपि उनले भने, ‘हामी हात बाँधेर बस्दैनौं ।’

    ईयुले अमेरिकी प्रविधि कम्पनीहरूमा कर लगाएर प्रतिक्रिया दिनसक्ने फ्रान्स र जर्मनीले बताएका छन् ।

    जापानका प्रधानमन्त्री सिगेरु इसिबाले ट्रम्पले जापानी–निर्मित वस्तुहरूमा २४ प्रतिशत कर दर लगाएपछि ‘शान्त दिमागको’ दृष्टिकोण अपनाउन आह्वान गरे ।

    यसैबीच ट्रम्पले दक्षिणपूर्वी एसियाली उत्पादन केन्द्रबाट हुने आयातमा ४६ प्रतिशत अमेरिकी भन्सार शुल्कको सामना गर्नुपरेको भन्दै भियतनामका शीर्ष नेतासँग ‘धेरै फलदायी’ कुराकानी गरेको बताए ।

    राष्ट्रपति पदमा फर्केपछि ट्रम्पले क्यानाडा र मेक्सिकोबाट अवैध आप्रवासन र फेन्टानल लागुपदार्थका कारण आयातमा कर लगाएका छन् र चीनबाट आउने वस्तुहरूमा थप २० प्रतिशत दर लगाएका छन् । अप्रिल ९ सम्ममा चिनियाँ उत्पादनहरूमा यस वर्ष थपिएको कर दर ५४ प्रतिशत पुग्नेछ ।

    ट्रम्पको २५ प्रतिशत अटो कर पनि यस हप्ता लागू भयो र जीप-मालिक स्टेलान्टिसले केही क्यानाडाली र मेक्सिकाली एसेम्बली प्लान्टहरूमा उत्पादन रोकेको छ ।

    सेन्टर फर स्ट्रेटेजिक एन्ड इन्टरनेसनल स्टडिजका अनुसार ट्रम्पको नयाँ विश्वव्यापी करहरू विश्वव्यापी व्यापार युद्धलाई ट्रिगर गर्ने र महामन्दीलाई गहिरो बनाउन सबैभन्दा बढी सम्झना गरिने स्मुट-हेली शुल्क ऐन, १९३० को कानूनपछिको सबैभन्दा व्यापक कर वृद्धि हो ।

    अक्सफोर्ड इकोनोमिक्सको अनुमानअनुसार यस कार्यले औसत प्रभावकारी अमेरिकी कर दर २४ प्रतिशत पुर्‍याउनेछ र यो सन् १९३० को दशकमा देखिएको भन्दा पनि उच्च हो । -रासस/एएफपी

  • आठ महिनापछि मोदी-युनुस भेटः छोडेनन् आफ्ना पुरानै अडान

    आठ महिनापछि मोदी-युनुस भेटः छोडेनन् आफ्ना पुरानै अडान

    काठमाडौं । अरू देशका प्रधानमन्त्रीहरु भन्दा भिन्न प्रधानमन्त्री हुन् बंगलादेशका महोमद युनुस । अरूलाई प्रधानमन्त्री भन्दा उनलाई प्रमुख सल्लाहकार भनिन्छ । संसदीय जनमत भन्दा सडक जनमतलाई सेनाले साथ दिएर हसिनालाई हटाएपछिको सत्ता रित्तता पुरा गर्न आसिन भएकोले उनी डिफ्याक्टो प्रधानमन्त्री भएता पनि उनको औपचारिक पद भने प्रमुख सल्लाहकार हो । भारतका प्रधानमन्त्री मोदी र युनुसको भेट हुन आठ महिना लाग्यो ।

    गत अगस्ट ७ मा सपथ लिएका युनुसले शुक्रबार मात्रै भेट गरे । उनीहरुको भेट हुने संयुक्त राष्ट्रसंघको ७९ औं साधारण सभामा न्यूयोर्क पुग्दा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र मोदीको भेट भयो । युनुसले चाहाँदा पनि भेट भएन । हसिनाको रक्षाकवच बनेर बसेको भारतले हसिनालाई जबरजस्त हटाएर बनेको युनुस सरकारको पक्षमा मत दिएको थिएन ।

    भारत विरोधी खुलेर आलोचना गर्ने युनुसले भारतलाई लाएका आरोपहरुमा हसिनालाई सुदुर्गगि सन्धी भएता पनि हस्तान्तरण नगरेको, हसिनालाई शरण दिएर बंगलादेश अस्थिर बनाउने खालका मन्तव्यहरु मिडियामा दिएको, हिन्दू नरसंहार गरेको आरोप लाएर सामाजिक सञ्जाल र आम सञ्चारमा प्रोपोगाण्डा गरेको लगायतका छन् । यी बाहेक सीमानामा भारतीय सुरक्षा फौजबाट बङ्गलादेशी नागरिकहरुलाई गोली हानेर हत्या गरिएका लगायतका छन् ।

    भारतका र मोदीका पनि युनुससँग गुनासा छन् । भारत विरोधी धारणा बढाएको, हिन्दू अल्पसंख्यकहरुलाई नरसंहार गरेको, बिपक्षीहरुलाई पेलपाल गरेको लगायतका आरोप भारतका छन् ।

    शुक्रबारको भेटमा पनि मोदी र युनुसका यिनै अडानहरु दोहोरिए । मोदीले युनुसलाई हिन्दू अल्पसंख्यकहरुको दमन बन्द गर्न, भारतसँगको सम्बन्ध बिगार्ने खालका कामहरु नगर्न आग्रह गरेका थिए । ४० मिनेटको भेटमा युनुसले पनि हसिनालाई बंगलादेशमा अस्थिरता ल्याउने मन्तव्य दिन बन्द गर्न, उनलाई सुपुर्दगि गर्न लगायतका माग गरेका थिए ।

    हालसालै युनुसले भारतको उत्तरपूर्वी क्षेत्र भूपरिवेष्ठित भएकोले समुद्रसँग पहुँच नभएको भन्दै त्यसको अवसर सदुपयोग गर्न चीनलाई स्थान भएको बताएका थिए । यसले सम्बन्धमा असर गरेको थियो । यसै मेसोमा दुई देशका नेताहरुको भेट पहिलोपटक आठ महिनामा भएको हो । सन २०२४ अगस्ट ५ मा हसिनाले देश छोड्ने अवस्था आएसँगै भारत र बंगलादेशको सम्बन्ध बिग्रिएको थियो । सन १९७१ मा पूर्वी पाकिस्तान प्रान्तबाट स्वतन्त्र देश बंगलादेश भएको बंगलादेशको स्वतन्त्रतामा भारतीय सेनाको साथ थियो । तर, पछिल्लो समयमा भारत विरोधी धारणा बंगलादेशमा बढेर दुई देशको तनाव बढेको छ । बंगलादेश विरोधी धारणा पनि भारतमा बढेको छ । खासगरि समाजिक संजालमा बंगलादेशलाई ‘कंगलादेश’ भन्दै भारतीयहरुले कटाक्ष गर्दै आएका छन् ।

  • श्रीलङ्का भ्रमणमा भारतीय प्रधानमन्त्री मोदी

    श्रीलङ्का भ्रमणमा भारतीय प्रधानमन्त्री मोदी

    कोलम्बो । कोलम्बोले छिमेकी भारत र यसको सबैभन्दा ठूलो ऋणदाता चीनसँगको सम्बन्धलाई सन्तुलनमा राख्दैगर्दा श्रीलङ्काका राष्ट्रपतिले शनिबार प्रधानमन्त्री नरेन्द्र मोदीलाई भव्य स्वागत गरेका छन् ।

    राष्ट्रपति अनुरा कुमार दिसानायकेले मोदीलाई १९ तोपको सलामीसहित स्वागत गरे । वामपन्थी राष्ट्रपति दिसानायकेले गत वर्षको चुनाव जितेपछि कोलम्बो भ्रमण गर्ने मोदी पहिलो विदेशी गन्यमान्य व्यक्ति हुन् ।

    दिसानायके र मोदीले ऊर्जा, रक्षा र स्वास्थ्यसम्बन्धी सम्झौताहरूमा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ, तर भ्रमणको मुख्य आकर्षण भारत समर्थित १२० मेगावाटको सौर्य ऊर्जा परियोजनाको सुरुवात हुनेछ ।

    मुलुकको उत्तरपूर्वी त्रिङ्कोमाली जिल्लामा रहेको सौर्य विद्युत परियोजना वर्षौंदेखि रोकिएको थियो, तर नयाँदिल्लीको समर्थनमा संयुक्त परियोजनाका रूपमा पुनर्जीवित भएको छ ।

    शुक्रबार साँझ कोलम्बो आइपुगेपछि श्रीलङ्कामा आफ्नो ‘शानदार स्वागत’ को प्रशंसा गर्दै मोदीलाई राजधानीको इन्डिपेन्डेन्स स्क्वायरमा सम्मान गारद अर्पण गरिएको थियो ।

    कोलम्बोले नयाँदिल्ली र बेइजिङको प्रतिस्पर्धात्मक चासोसँग जुधिरहेको बेला मोदीको भ्रमण भएको हो । नयाँदिल्ली श्रीलङ्कामा चीनको बढ्दो प्रभावको बारेमा चिन्तित छ । यसलाई भारतले आफ्नो भूराजनीतिक प्रभावको क्षेत्रभित्र रहेको ठान्छ ।

    क्षेत्रीय सहयोगीहरू

    दिसानायकेको पहिलो विदेश भ्रमण डिसेम्बरमा नयाँदिल्ली थियो, तर त्यसपछि उनले जनवरीमा बेइजिङको भ्रमण गरे । यसले श्रीलङ्काको नाजुक सन्तुलन कायम राख्ने प्रयासलाई उजागर गर्दछ ।

    सन् २०२२ मा श्रीलङ्काले आफ्नो सार्वभौम ऋणमा डिफल्ट गर्दा १४ अर्ब डलरको द्विपक्षीय ऋणको आधाभन्दा बढी हिस्सा ओगटेको चीन श्रीलङ्काको सबैभन्दा ठूलो एकल द्विपक्षीय ऋणदाताका रूपमा देखा परेको छ ।

    चीन श्रीलङ्कालाई आफ्नो ऋणको पुनर्गठन गर्ने पहिलो देश पनि थियो । यस कदमले यस टापु मुलुकुलाई त्यस वर्षको सबैभन्दा खराब आर्थिक मन्दीबाट उम्कन बाटो खुलाएको थियो ।

    कोलम्बोले जनवरीमा चिनियाँ सरकारको स्वामित्वमा रहेको कम्पनीसँग टापुको दक्षिणमा रहेको तेल प्रशोधन केन्द्रमा तीन अर्ब ७० करोड डलर लगानी गर्ने सम्झौतामा पनि हस्ताक्षर गरेको थियो ।

    यो श्रीलङ्काको सबैभन्दा ठूलो एकल विदेशी लगानी हुनेछ र टापुको अर्थतन्त्रका लागि महत्त्वपूर्ण मानिएको छ । नयाँदिल्लीले श्रीलङ्कामा चीनको बढ्दो प्रभावप्रति चिन्ता व्यक्त गरेको छ ।

    मोदीको श्रीलङ्का भ्रमण थाइल्यान्डमा भएको शिखर सम्मेलन र क्षेत्रीय राष्ट्रका नेताहरूसँगको बैठकपछि भएको हो । थाइल्यान्डमा उनले छिमेकीहरूसँग भारतको सम्बन्धलाई सुदृढ पार्न खोजेका थिए ।

    बैंककमा बङ्गालको खाडीमा सात राष्ट्रको समूह बिमस्टेक बैठकको अवसरमा मोदीले म्यान्मारका जुन्ता प्रमुख मिन आङ ह्लाइङसँग दुर्लभ आमने–सामने बैठक गरेका थिए ।

    मोदीले शुक्रबार छिमेकी बङ्गलादेशका अन्तरिम नेता मुहम्मद युनुससँग पनि कुराकानी गरेका थिए । यो ढाकामा क्रान्तिले नयाँदिल्लीका दीर्घकालीन मित्र शेख हसिनालाई हटाएर सम्बन्धहरू बिगारेपछि पहिलो यस्तो बैठक थियो ।

    भारत हसिनाको सरकारको सबैभन्दा ठूलो हितैषी थियो र उनको पतनपछि सीमापारि सम्बन्धहरू बिग्रिको थियो । यसको परिणामस्वरूप युनुसले गत महिना चीनमा आफ्नो पहिलो राजकीय भ्रमण गर्ने निर्णय गरेका छन् ।

    मोदीले शुक्रबार बैंककमा आफ्ना नेपाली समकक्षी केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए । साथै उनले भुटानका चेरिङ तोबगायसँग पनि भेट गरेका थिए । -रासस/एएफपी

  • ट्रम्पको कर कटौतीका लागि अमेरिकासँग वार्ता गर्दै इजरायल

    ट्रम्पको कर कटौतीका लागि अमेरिकासँग वार्ता गर्दै इजरायल

    काठमाडौं । इजरायलले आफ्नो मुख्य सहयोगी अमेरिकासँग राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाउनुभएको विश्वव्यापी भन्सार शुल्क घटाउन वार्ता गरिरहेको त्यहाँका अर्थमन्त्रीले बताएका छन् ।

    इजरायलले अमेरिकी आयातमा बाँकी रहेका सबै भन्सार शुल्कहरू हटाएको एक दिनपछि ट्रम्पले यस हप्ता आफ्ना मित्र र शत्रुहरू दुवैलाई आफ्नो व्यापक ‘मुक्ति दिवस’ भन्सार शुल्कहरूद्वारा समान रूपमा प्रहार गरेको घोषणा गरेका हुन् ।

    ट्रम्पले प्रमुख व्यापार साझेदारहरूका लागि केही कडा भन्सार शुल्कहरू आरक्षित गरे भने अमेरिकी सैन्य सहायताको शीर्ष लाभार्थी इजरायलबाट आएका सामानहरूमा १७ प्रतिशत भन्सार शुल्क लगाए।

    ‘अर्थ मन्त्रालयले अमेरिकी प्रशासनसँग भन्सार शुल्कको दायरा घटाउने र इजरायली उद्योगमा उनीहरूको प्रभाव कम गर्ने उद्देश्यले निरन्तर वार्ता गरिरहेको छ’, अर्थमन्त्री बेजलेल स्मोट्रिचले बिहीबार एक्समा लेखे ।

    स्मोट्रिचले मार्चमा वासिङ्टनमा आफ्ना अमेरिकी समकक्षी स्कट बेसेन्टसँग भेट गरेका थिए।

    मङ्गलबार उनले अमेरिकी आयातमा इजरायलको सबै बाँकी भन्सार शुल्क हटाउने घोषणा गरे । यसले अझै पनि तिनीहरूको अधीनमा रहेका अमेरिकी सामानहरूको एक प्रतिशतलाई असर गरेको छ ।

    ट्रम्पले आफ्नो भन्सार शुल्क घोषणा गरेपछि इजरायली कार्यकारीले आफ्नै भन्सार शुल्क हटाएकोमा कडा आलोचना सामना गर्नुपरेको छ ।

    ‘स्मोट्रिच अमेरिकाबाट इजरायलमा आयातमा सबै भन्सार शुल्क हटाउन हतारिनुभयो र जवाफमा इजरायलबाट अमेरिकामा सामानहरूको आयातमा १७ प्रतिशत भन्सार शुल्क पाउनुभयो । प्रतिभाशाली’, मध्यमार्गी इजरायली सांसद भ्लादिमिर बेलिआकले एक्समा लेखे ।

    इजरायलको निर्माता सङ्घ ९एमएआई० ले ट्रम्पको भन्सार शुल्क घोषणाले सङ्घलाई पूरै आश्चर्यमा पारेको बताएको छ ।

    ‘भन्सार शुल्क लागु गर्नु सम्भवतः इजरायलसँगको अमेरिकी व्यापार घाटासँग सम्बन्धित छ जस्तो देखिन्छ’, एमएआईले एक विज्ञप्तिमा भन्यो ।

    बिहीबार छुट्टै विज्ञप्तिमा एमएआईले यो निर्णयले इजरायलको अर्थतन्त्रका लागि ‘ठूलो चुनौती’ खडा गरेको बताएको छ ।

    एएमआईले ‘इजरायलको छूट सुनिश्चित गर्न र÷वा लगाइएको करहरू कम गर्न’ अमेरिकी र इजरायली अधिकारीहरूसँग सम्पर्कमा रहेको पनि बताएको छ ।

    अमेरिकी वाणिज्य मन्त्रालयको तथ्याङ्कअनुसार सन् २०२४ मा संयुक्त राज्य अमेरिकाको इजरायलसँग लगभग सात अर्ब डलरको व्यापार घाटा थियो ।

     

  • चेन्नईमा कार्ल मार्क्सको सालिक राख्ने तमिलनाडुका मुख्यमन्त्री स्टालिनको घोषणा

    चेन्नईमा कार्ल मार्क्सको सालिक राख्ने तमिलनाडुका मुख्यमन्त्री स्टालिनको घोषणा

    काठमाडौं । भारतको तमिलनाडु राज्यका मुख्यमन्त्री एमके स्टालिनले राजधानी चेन्नईमा विश्वका कम्युनिष्टहरुका मार्गदर्शक दार्शनिक कार्ल मार्क्सको सालिक ठड्याउने घोषणा गरेका छन् ।

    राज्य विधानसभामा बोल्दै मुख्यमन्त्री स्टालिनले चेन्नईमा मार्क्सको सालिक राख्ने घोषणा गरेका हुन् । जुन ठाउँमा एक शताब्दीअघि मजदुर आन्दोलन उठेको थियो, सोही ठाउँमा मार्क्सको सालिक राखिने भएको हो ।

    तमिलनाडु राज्य सरकारले भारतका स्वर्गीय कम्युनिष्ट नेता अल इन्डिया फरवार्ड ब्लकका संस्थापक पीके मुकिया थेवरको स्मृति भवन मदुराई जिल्लामा निर्माण गर्ने भएको छ ।

    राज्यसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री स्टालिनले भने, ‘द्रविण मोडेलको यो सरकार महान दार्शनिक, विश्व नेता तथा कम्युनिष्ट दर्शनका प्रणेता कार्ल मार्क्सप्रति सच्चा श्रद्धा व्यक्त गर्न चाहन्छ ।

    मदुराईमा जारी भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीको २४औं महाधिवेशनको सत्रमा सहभागी हुनुअघि मुख्यमन्त्री स्टालिनले विश्व कम्युनिष्ट र भारतीय वामपन्थी आन्दोलनका दुई अग्रजको सम्मानमा महत्वपूर्ण घोषणा गरेका हुन् ।

    भारतका कम्युनिष्ट पार्टीहरुले तमिलनाडु सरकार र मुख्यमन्त्रीको प्रशंसा गरेका छन् । द्रविण पार्टी डीएमके आफैंमा मारक्सवाद मान्ने वामपन्थी क्षेत्रीय दल हो ।

    मार्क्सको शालिक राख्ने निर्णय गरेकोमा मुख्यमन्त्री स्टालिनलाई भारतीय कम्युनिस्ट पार्टीले आफ्नो महाधिवेशन समारोहमा सम्मान गरेको छ ।

  • दक्षिण कोरियाली राष्ट्रपतिलाई महाअभियोग लाउने/नलाउने मुद्दा अदालतमा : दुवै पक्षले तताए सडक

    दक्षिण कोरियाली राष्ट्रपतिलाई महाअभियोग लाउने/नलाउने मुद्दा अदालतमा : दुवै पक्षले तताए सडक

    काठमाडौं । दक्षिण कोरियाली राष्ट्रपति योन सुक यिओललाई महाअभियोग लाउने कि नलाउने भन्ने मुद्दा दक्षिण कोरियाको अदालतमा पुगेपछि समर्थक र विरोधी दुवै खेमाले सडक आन्दोलन तताएका छन् ।

    गत डिसेम्बरमा राष्ट्रपतिले देशमा कम्युनिष्टहरुको चुनौती भएको भन्दै उत्तर कोरियालाई देखाएर सैन्य कानुन लगाएका थिए । तर, उनको कानुन २४ घण्टा टिकेन ।

    संवैधानिक अदालतमा जारी मुद्दामा राष्ट्रपतिलाई महाअभियोग लागेमा ६० दिनमा अर्को चुनाव हुनुपर्ने बेलायती विश्व च्यानल बीबीसीले उल्लेख गरेको छ ।

    बीबीसीका अनुसार राष्ट्रपतिलाई दंगा भड्काएको फरक मुद्दा पनि रहेको छ । त्यो मुद्दामा पनि सुनुवाइ हुने भएको छ ।

  • भिजा आवेदन दिने विद्यार्थीहरूको सामाजिक सञ्जाल नियमन गर्दै अमेरिकी सरकार

    भिजा आवेदन दिने विद्यार्थीहरूको सामाजिक सञ्जाल नियमन गर्दै अमेरिकी सरकार

    काठमाडौं । एकपछि अर्को आप्रवासन नीतिमा कडाइ गरेको अमेरिकाले अमेरिकामा पढ्न जाने विदेशी विद्यार्थीहरूको सामाजिक सञ्जाल नियमन गर्ने भएको छ ।

    अमेरिकी विदेशमन्त्री मार्को रुबिओलले विद्यार्थीहरूको भिजा आवेदन गर्नेहरूको सामाजिक सञ्जाल नियमन गर्न निर्देशन दिएका छन् ।

    उनले अमेरिकामा विदेशमा हुने कूटनीतिज्ञहरूलाई यस्तो आदेश दिएका हुन् । बङ्गलादेशको अखबार ढाका ट्रिब्युनले अमेरिकी अखबार न्यू योर्क टाइम्सको समाचार साभार गरेर बनाएको सामाग्री अनुसार गत मार्च २५ मा रुबिओले निर्देशन दिएका थिए ।

    अमेरिकाले अमेरिकामा विद्यार्थी आन्दोलन गरेका र अमेरिकाप्रति आलोचनात्मक धारणा बनाएकाहरूलाई धमाधम डिपोर्ट गर्ने निर्णय सार्वजनिक गरेको अर्को हप्ता यस्तो समाचार आएको हो ।

  • डेढ लाखभन्दा बढी सैनिक थप्दै रुस, सेनाको संख्या २४ लाख पुर्‍याउने

    डेढ लाखभन्दा बढी सैनिक थप्दै रुस, सेनाको संख्या २४ लाख पुर्‍याउने

    काठमाडौं । रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले पछिल्ला वर्षकै सबैभन्दा धेरै सैनिक थप्ने भएका छन् ।

    बेलायती विश्व च्यानल बीबीसीका अनुसार रुसले १८ वर्षबाट ३० वर्ष उमेर पुगेका युवाहरुबाट १ लाख ६० हजार सैनिकको माग गरेका छन् ।

    सन २०११ पछि यो सबैभन्दा धेरै संख्याको सैनिक माग भएको बताइएको छ । तर, यो संख्या युक्रेनसँगको युद्धमा भने नजाने बताइएको छ । पुटिनले रुसका सैनिकहरु बढाएर झण्डै २४ लाख पुर्याउने बताएका छन् ।

     

  • अमेरिकी संविधानमा छैन तर तेस्रो कार्यकाल पनि राष्ट्रपति बन्न ट्रम्प तयार

    अमेरिकी संविधानमा छैन तर तेस्रो कार्यकाल पनि राष्ट्रपति बन्न ट्रम्प तयार

    काठमाडौं । अमेरिकाको संविधानमा कुनै पनि राष्ट्रपतिले तेस्रो कार्यकाल राष्ट्रपति बन्ने प्रावधान निषेध गरिएको छ । तर, वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने सन २०२८ को चुनावमा पनि जान तयार भएका छन् । यो कुरा उनले सार्वजनिक रूपमै भनेका छन् ।

    अमेरिकी समाचार एजेन्सी एपीका अनुसार सन २०२९ को जनवरीमा कार्यकाल सकिने ट्रम्पले सन २०२८ मा हुने आगामी राष्ट्रपति चुनावमा लड्न तयार भएको कुरामा आफू गम्भीर भएको बताएका छन् ।

    अमेरिकी च्यानल एनबीसीसँग टेलिफोन संवाद गरेका ट्रम्पले फ्लोरिडामा रहेको आफ्नो नीजि क्लब मार आ लागोबाट भनेका थिए, ‘मैले तेस्रो कार्यकाल काम गर्नेबारेमा कुनै चुट्किला भनेको होइन ।’

    आफू यो विषयमा ‘गम्भीर’ भएको ट्रम्पले बताएका छन् । सन २०१६ को चुनावमा पूर्व विदेशमन्त्री, पूर्वप्रथम महिला उम्मेदवार हिलरी क्लिन्टनलाई हराएका ट्रम्प सन २०२० मा पूर्वउपराष्ट्रपति पुरुष उम्मेदवार जो बाइडेनसँग पराजित भएका थिए ।

    गत वर्ष (सन २०२४)को चुनावमा ट्रम्पले महिला उम्मेदवार तथा तत्कालीन उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गरेर दोस्रो कार्यकाल राष्ट्रपति भएका थिए ।

    अमेरिकी संविधानको २२ औँ संशोधन सन १९५१ मा भएको थियो फ्राङ्लिन रुजबेल्टले लगालग चार कार्यकाल जितेपछि दुई कार्यकालको समय सीमा तोकिएको थियो ।

  • समयसीमा सकिनुअघि टिकटक सम्झौता हुनेमा विश्वस्त छु: ट्रम्प

    समयसीमा सकिनुअघि टिकटक सम्झौता हुनेमा विश्वस्त छु: ट्रम्प

    वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अप्रिल ५ को समयसीमाअघि नै टिकटकको चिनियाँ मालिक बाइटडान्सले लोकप्रिय छोटो भिडियो एप बेच्ने वा संयुक्त राज्य अमेरिकामा यसमाथि प्रतिबन्ध लगाइनेबारे सम्झौता गर्न विश्वस्त भएको बताएका छन् ।

    ‘हामीसँग धेरै सम्भावित खरिदकर्ताहरू छन् । टिकटकमा ठूलो चासो छ’, ट्रम्पले एयर फोर्स वानमा पत्रकारहरूलाई भने, ‘हामीसँग टिकटक किन्न चाहने धेरै मानिस छन् । हामी चीनसँग पनि यसबारे कुराकानी गरिरहेका छौं । किनभने उनीहरूको यससँग केही सम्बन्ध हुनसक्छ, म टिकटक जीवित रहेको हेर्न चाहन्छु ।’

    सत्र करोड प्रयोगकर्ता रहेको यो प्लेटफर्म अधिग्रहण गर्न इच्छुक चार समूहसँग यस महिना अमेरिकाले वार्ता गरिरहेको ट्रम्पले बताए ।

    बेइजिङले अमेरिकीहरूको जासुसी गर्न वा अमेरिकी जनमतलाई गोप्य रूपमा प्रभाव पार्न एपको दुरुपयोग गर्न सक्छ भन्ने चिन्तालाई लिएर लागू गरिएको अमेरिकी कानूनले टिकटकलाई बाइटडान्सबाट अलग गर्न वा संयुक्त राज्यमा प्रतिबन्ध लगाउन आदेश दिएको छ ।

    यो कानून ट्रम्पको शपथग्रहण हुनुभन्दा एक दिनअघि जनवरी १९ मा लागू भयो, तर ट्रम्पले तुरुन्तै ढिलाइको घोषणा गरेपछि यसलाई सञ्चालन जारी राख्न अनुमति दिएको छ । त्यो ढिलाइ अप्रिल ५ मा समाप्त हुने तय गरिएको छ ।

    सम्झौता नभएमा के तपाईं म्याद थप्नुहुन्छ’ भन्ने प्रश्नमा ट्रम्पले भने, ‘टिकटकसँग सम्झौता हुनेछ, म निश्चित छु ।’

    ट्रम्पले आफ्नो पहिलो ह्वाइट हाउस कार्यकालमा राष्ट्रिय सुरक्षा चिन्ताका कारण संयुक्त राज्य अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने प्रयास गरेका थिए, तर अहिले यसप्रति सकारात्मक भएका छन् ।

    ‘स्वार्थका साथ भन्नुपर्दा मैले ३६ अङ्कले युवा मत जितेको छु । रिपब्लिकनहरूले सामान्यतया युवा समूहसँग धेरै राम्रो प्रदर्शन गर्दैनन् र मलाई लाग्छ, यसको धेरै भाग टिकटकका कारण हुनसक्छ’, उनले भने । -रासस/एएफपी

  • चीनले समुद्रमा फेला पार्‍यो नयाँ तेल खानी

    चीनले समुद्रमा फेला पार्‍यो नयाँ तेल खानी

    बेइजिङ । चीनको ‘नेशनल अफशोर आयल कर्पोरेसन’ले साउथ चाइना सीको पूर्वी क्षेत्रमा १० करोड टनभन्दा बढी तेल भण्डार भएको एउटा ठूलो तेल खानी पत्ता लगाएको जनाएको छ ।

    चीनको गुआङडोङ प्रान्तको शेन्जेनबाट करिब १७० किलोमिटरको दूरीमा हुइझोउ १९-६ तेल क्षेत्र रहेको कर्पोरेसनले जनाएको हो ।

    परीक्षण ड्रिलिङबाट दैनिक ४१३ ब्यारेल कच्चा तेल र ६८ हजार घनमिटर प्राकृतिक ग्याँस उत्पादन भएको सीएनओओसीले जनाएको छ ।

    सरकारी स्वामित्वको तेल कम्पनीका प्रमुख कार्यकारी अधिकृत झोउ सिन्ह्वाईले दक्षिण चीन सागरको पूर्वमा तेल र ग्याँस अन्वेषणमा क्रमिक सफलताको प्रशंसा गरेका छन् ।

    ‘सीएनओओसीले ‘लगातार दुई वर्षमा १० मिलियन टन तेल क्षेत्रहरू पत्ता लगाएको छ, जसले अपतटीय तेल र ग्याँस उत्पादनमा निरन्तर वृद्धिको लागि नयाँ आशा सिर्जना गरेको छ’, उनले थपे ।

    अमेरिकी इनर्जी इन्फर्मेसन एडमिनिस्ट्रेसनले दक्षिण चीन सागरमा क्षेत्रीय विवादका कारण धेरै हदसम्म कम अन्वेषण गरिएको, तर पत्ता लागेका अधिकांश तेल र ग्याँस निर्विवादित क्षेत्रमा रहेको बताएको छ ।

    चीनले दक्षिण चीन सागरको लगभग सबै भाग आफ्नो भएको दाबी गर्दै आएको छ, तर फिलिपिन्स, मलेसिया, भियतनाम, इन्डोनेसिया र ब्रुनाईले यसलाई विवादित बनाएका छन् ।

    सीएनओओसीका प्रमुख भूगर्भविद् जु चाङगुईले यो खोज ‘ठूलो सफलता’ भएको बताएका छन् ।

    ‘यो खोजले भूगर्भीय भण्डारको हिसाबले दक्षिण चीन सागरको उत्तरी भागमा सबैभन्दा ठूलो ‘क्लास्टिक होल’लाई तेल क्षेत्र साबित गरेको छ’, उनले भने ।

    अमेरिकी सरकारको विश्लेषणअनुसार गत वर्ष दैनिक एक करोड ११ लाख ब्यारेल कच्चा तेल आयात गर्दै आएको चीन विश्वकै सबैभन्दा ठूलो कच्चा तेल आयातकर्ता हो । -रासस/एएफपी

  • ट्रम्पको व्यापार युद्धका कारण युरोपलाई ‘स्वतन्त्रता’ तर्फ अगाडि बढाउनुपर्छ: ईसीबी प्रमुख

    ट्रम्पको व्यापार युद्धका कारण युरोपलाई ‘स्वतन्त्रता’ तर्फ अगाडि बढाउनुपर्छ: ईसीबी प्रमुख

    पेरिस । युरोपेली केन्द्रीय बैंक (ईसीबी)का अध्यक्ष क्रिस्टिन लागार्डले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ भन्सार महसुलको लहर ल्याउन तयारी गरिरहेको बेला युरोपले आर्थिक स्वतन्त्रतातर्फ अगाडि बढ्नुपर्ने बताएकी छन् ।

    विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रलाई ‘संसारका हरेक देशले लुटेको’ आरोप लगाउँदै ट्रम्पले बुधबार विभिन्न व्यापारिक साझेदारहरूमाथि पारस्परिक भन्सार महसुल लगाउने प्रतिज्ञा गरेका छन् । यसलाई उनले ‘मुक्ति दिवस’ भनेका छन् ।

    लागार्डले फ्रान्स इन्टर रेडियोलाई युरोपले ‘अस्तित्वको क्षण’ को सामना गरिरहेको बताइन् ।

    ‘उहाँले यसलाई संयुक्त राज्य अमेरिकामा ‘मुक्ति दिवस’ भन्नुहुन्छ । मैले यसलाई एक यस्तो क्षणको रूपमा देख्छु, जुन बेला हामीले सामूहिक रूपमा हाम्रो भाग्यमाथि अधिक नियन्त्रण लिने निर्णय गर्नुपर्छ र मलाई लाग्छ यो स्वतन्त्रतातर्फको एक कदम हो’, युरोपेली सङ्घ (ईयू)ले अमेरिकी भन्सार महसुलको जवाफ तयार गरिरहेको बेला लागार्डले भनिन्, ‘प्रभावकारी रूपमा वार्ता गर्ने स्थितिमा आफूलाई राख्न हामी झुक्नेमात्र छैनौं भनेर हामीले देखाउनुपर्छ ।’

    ईसीबीको अनुमानअनुसार ट्रम्पको व्यापार युद्धले पहिलो वर्षमै युरो क्षेत्रको अर्थतन्त्रलाई ०.३ प्रतिशतले घटाउन सक्छ र यदि युरोपेली सङ्घले प्रतिकार गरेमा ०.५ प्रतिशतले घट्नसक्छ ।

    ‘व्यापार युद्धले केवल हारहरूमात्र सिर्जना गर्छ’, लागार्डले भनिन् । -रासस/एएफपी

  • भारतमा रामनवमीको तयारी- मन्दिरको ५०० परिधिमा मदिरा प्रतिबन्ध , २४ घण्टा अखण्ड रामचरित्र पाठ

    भारतमा रामनवमीको तयारी- मन्दिरको ५०० परिधिमा मदिरा प्रतिबन्ध , २४ घण्टा अखण्ड रामचरित्र पाठ

    काठमाडौं । नेपालसँग सीमा जोडिएको भारतीय राज्य उत्तर प्रदेशमा आसन्न रामनवमीमा नयाँ नियम ल्याइएको छ ।

    नियम अनुसार २४ घण्टा रामचरित्रको अखण्ड पाठ, २४ घण्टा विद्यु त आपूर्ति तथा मन्दिर आसपास क्षेत्रमा मदिरा बिक्री प्रतिबन्ध लगायतका छन्।

    मन्दिरको ५०० मिटरको सेरोफेरोमा मदिरा बिक्री निषेध गरिएको भारतीय अखबार इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ । इन्डियन एक्सप्रेसका अनुसार उत्तर प्रदेशका सबै ७५ जिल्लालाई यस्तो निर्देशन दिइएको छ ।

    यो साल चैत्र २४ मा पर्ने रामनवमीको दिन पशु बद पनि निषेध गरिएको छ । चैत २३ बाट २४ घण्टा अखण्ड रामचरित्र पाठ हुनेछ । नियम नमान्नेलाई कडा कारबाही हुने बताइएको छ ।

  • अमेरिकामा ‘एक्टिभिजम’ गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीको एच-१ भिजा रद्द, आफै देश छोड्न आदेश

    अमेरिकामा ‘एक्टिभिजम’ गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीको एच-१ भिजा रद्द, आफै देश छोड्न आदेश

    काठमाडौं । विद्यार्थी आन्दोलन र अरू मुद्दामा सामाजिक सञ्जालबाट एक्टिभिजम गर्ने अन्तर्राष्ट्रिय  विद्यार्थीहरुलाई अमेरिकाले धपाउने भएको छ ।

    उनीहरूको एच-१ भिजा रद्द गरेर अमेरिकाले विद्यार्थीलाई इमेल पठाएर आफै देश छोड्न भनेको छ ।

    अमेरिका विरोधी पोस्ट लाइक, कमेन्ट र सेयर गर्ने तथा क्याम्पस हातामा आन्दोलन गर्नेहरूको भिजा रद्द भएको जानकारी दिइएको बताइएको छ ।

    भारतीय च्यानल एनडीटीभीका अनुसार यो तातीमा सयौँ भारतीय विद्यार्थी छन् । कति नेपालीहरू छन् भन्नेमा कुनै गणित सार्वजनिक भएको छैन ।

    यसरी धपाइएकाहरूले भविष्य मा प्रक्रिया पुरा गरेर फेरि भिजा लिन सक्ने बताइएको छ ।

    हालसालै अमेरिकी विदेशमन्त्रीले भिजाको कडाइ बारेमा कडा प्रतिक्रिया दिँदै भनेका थिए- ‘अमेरिकी भिजा जन्मसिद्ध अधिकार होइन।’

  • भूकम्पबाट म्यानमारमा १६ सय बढीको ज्यान गयो : मेडिकल निर्यातमा संकट

    भूकम्पबाट म्यानमारमा १६ सय बढीको ज्यान गयो : मेडिकल निर्यातमा संकट

    काठमाडौं । गत शुक्रवार म्यानमार र थाइल्याण्डमा गएको ७.७ रेक्टर स्केलको भूकम्पबाट म्यानमानमा मात्रै १६०० बढीको ज्यान गएको छ । बेलायती विश्व च्यानल बीबीसीका अनुसार म्यानमारमा अहिले मेडिकल सहायता सामाग्रीहरूको निर्यात ठप्प भएको छ ।

    मेडिकल सहायता सामाग्री निर्यातमा गम्भीर असर परेको बारेमा संयुक्त राष्ट्रसंघले ध्यानाकर्षण गराएको बीबीसीले बताएको छ । मेडिकल सहायता रोकिँदा धेरै संकट ल्याउने जोखिम बढेको बताइएको छ ।

    विश्व खाद्य कार्यक्रमका म्यानमार निर्देशक माइकल डोनफोर्डले विभिन्न मानवीय सहायता संस्थाहरूले म्यानमारको राजधानी नेपिदमा खाद्यान्न आपूर्तिको प्रयास गरिरहेको बताएका छन् ।

    बीबीसीका अनुसार भूकम्प प्रभाव क्षेत्रहरूमा तीन करोड नागरिकहरूको बसोबास गरेको छ ।

  • भूकम्प प्रभावित म्यान्माको एक आवासीय भवनमा ९० जनाभन्दा बढी फसेको आशङ्का

    भूकम्प प्रभावित म्यान्माको एक आवासीय भवनमा ९० जनाभन्दा बढी फसेको आशङ्का

    मान्डले । मध्य म्यान्माको मान्डलेमा विनाशकारी भूकम्पका कारण ध्वस्त भएको एक अपार्टमेन्ट ब्लकमा भग्नावशेषभित्र ९० जनाभन्दा बढी मानिस फसेको हुनसक्ने रेडक्रसका एक अधिकारीले शनिबार बताएका छन् ।

    शुक्रबार गएको ७.७ म्याग्निच्यूडको भूकम्पबाट सबैभन्दा बढी प्रभावित मान्डलेका भवनमध्ये ‘स्काई भिल्ला कन्डोमिनियम डेभलपमेन्ट’ पनि एक हो । उक्त भवनको भग्नावशेषबाट नौ जनाको मृत शरीर र ४४ जनालाई जीवितै निकालिएको घटनास्थलमा रहेको रेडक्रसका एक अधिकारीले नाम नबताउने शर्तमा एएफपीसँग बताए ।

    उनले भने, ‘९० जनाभन्दा बढी मानिस भित्र हुन सक्छन् । हामी अझै पनि डाटा सङ्कलन गरिरहेका छौं । हराएका परिवारका सदस्यहरूको खोजी गरिरहेका छन् र हामीले सूचना सङ्कलन गरिरहेका छौं ।’

    भूकम्पका कारण म्यान्मामा एक हजारभन्दा बढी मानिसको मृत्यु भएको छ, तर सञ्चार सेवा नराम्ररी अवरुद्ध भएको छ । विपत्तिको वास्तविक परिमाण बाहिर आउन थालेको छ ।

    यो दशकौंपछिको देशको सबैभन्दा ठूलो भूकम्प हो, जसमा १७ लाखभन्दा बढी जनसङ्ख्या भएको दोस्रो ठूलो सहर मान्डले नराम्ररी प्रभावित भएको छ ।

    भूकम्पका कारण स्काई भिल्ला कोन्डोको १२ मध्ये ६ तलामात्र देखिएको छ ।

    भूकम्पले सडक तथा पुलहरू भत्काएको कारण भग्नावशेष हटाउन आवश्यक साधनहरू लिएर प्रभावित क्षेत्रमा पुग्न समस्या भइरहेको छ । स्थानीय स्तरमा उपलब्ध डोजर र स्काइभेटरले विशेषज्ञहरूको सहयोगमा काम गरिरहेका छन् । -रासस/एएफपी