Category: स्वास्थ्य-जीवनशैली

  • भारतले आजदेखि नेपालमा खोप आपूर्ति गर्ने

    भारतले आजदेखि नेपालमा खोप आपूर्ति गर्ने

    काठमाडौं । भारतीय विदेश मन्त्रालयले आजदेखि नेपालसहितका छिमेकी देशहरुलाई कोरोनाभाइरस विरुद्धको खोप उपलब्ध गराउने बताएको छ ।

    विज्ञप्ती जारी गर्दै मन्त्रालयले नेपालसहित भुटान, माल्दिभ्स, बंगलादेश, म्यानमार र सेसेल्समा खोप आपूर्ति शुरु हुने उल्लेख छ । प्रधानमन्त्री नरेन्द्र मोदीले समेत ट्वीटमार्फत बुधबारदेखि नै खोप वितरण सुरु हुने लेखेका छन् ।

    मन्त्रालयले अनुदानमा खोप वितरण गर्ने बताए पनि परिमाण भने खुलाएको छैन । तर, कतिपय भारतीय मिडियाले चाहिँ छिमेकी मुलुकलाई १ करोड डोज उपलब्ध गराउन लागेकाे उल्लेख गरेका छन् ।

    नेपाल सरकारले भने कति परिमाणमा खोप आइपुग्छ भनेर केही बताएको छैन । अघिल्लो साता नेपालको औषधी व्यवस्था विभागले भारतको सिरम इन्स्टिच्युटमा उत्पादन भइरहेको अक्सफोर्ड एक्ट्राजेनेकाको कोभिसिल्ड खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो ।

    नेपालले भने ६० लाख जनसंख्याको लागि कोभिसिल्ड भ्याक्सिनको माग गरेको छ । भारतीय विदेश मन्त्रालयले भने आन्तरिक माग पूरा हुने निश्चित भएको कारणले मात्र छिमेकी मुलुकलाई खोप उपलब्ध गराउने उल्लेख गरेको छ।

     

  • स्वास्थ्यकर्मी र सफाइ कर्मचारीसमेत ५ लाखलाई दिने तयारी गर्दै मन्त्रालय

    स्वास्थ्यकर्मी र सफाइ कर्मचारीसमेत ५ लाखलाई दिने तयारी गर्दै मन्त्रालय

    काठमाडौं । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउन लगत लिने काम शुरू गरेको छ ।

    सरकारले ५ दिनअघि कोभिड-१९ विरुद्धको भ्याक्सिन नेपालमा आपतकालीनरूपमा प्रयोग गर्ने निर्णय गरेको थियो । आपतकालीन प्रयोगका लागि भारतीय कम्पनी सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्डलाई प्रयोगमा ल्याउने औषधि व्यवस्था विभागले प्रेस वक्तव्यमार्फत सार्वजनिक गरिसकेको छ ।

    आजै मात्र भारतीय केन्द्रीय स्वास्थ्य समितिले भारतले नेपालसहितका छिमेकी मुलुकलाई कोरोनाभाइरस विरुद्धको १ करोड डोज खोप निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ । त्यो खोप एक साताभित्रै आपूर्तिको व्यवस्था मिलाइने भारतीय सञ्‍चारमाध्यमहरूले जनाएका छन् ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले पहिलो चरणमा स्वास्थ्यकर्मी र अस्पतालमा कार्यरत सफाइ कर्मचारीहरूलाई खोप लगाउने तयारी भइरहेको बताए । उनले नेपालप्रेससँग भने, ‘हामी अहिले धमाधम त्यस्ता कर्मचारीको विवरण संकलन गरिरहेका छौं । नेपालमा खोप भित्र्याएको एकसाताभित्र लगाउन शुरू गर्छौं ।’

    गौतमका अनुसार करिब ३ लाख स्वास्थ्यकर्मी र २ लाखको संख्यामा रहेका सफाइ कर्मचारीहरूलाई प्रारम्भिक चरणमा भ्याक्सिन लगाउन मन्त्रालयले तयारी गरिरहेको छ । सँगसँगै खोपले पुगेको खण्डमा वृद्ध, बालबालिका, दीर्घरोगीलगायत जोखिममा रहेका समुदायसमेत गरी पहिलै चरणमा ३ प्रतिशत जनसंख्या लाभान्वित हुने उनले जानकारी दिए ।

    भ्याक्सिन भण्डारणको पूर्वतयारी तीब्र

    मन्त्रालयले भ्याक्सिन भण्डारण गर्न करिब ८ करोड लगानीमा सातवटै प्रदेशमा कोल्ड चेन (चिस्यान केन्द्र) निर्माण कार्य भइरहेको  मन्त्रालयअन्तर्गतको खोप महाशाखाका प्रमुख डा. झलक गौतमले जानकारी दिए । धेरै भ्याक्सिन राख्‍न भने त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थलमा रहेको कोल्ड चेन प्रयोगको तयारी गरिएको छ ।

    कोरोना भ्याक्सिन नेपाल भित्र्याउन ४ वटा मापदण्ड अनिवार्य गरिएको थियो । ती मापदण्डमा खोप सुरक्षित र प्रभावकारी हुनुपर्ने, खोपको पर्याप्त उपलब्धता हुनुपर्ने, नेपालका परिवेश अनुसार उपयुक्त कोल्ड चेन भण्डारण र कम लागतको थियो ।

  • भारतले नेपाललाई निःशुल्क कोरोना खोप दिने, आपूर्ति अर्को सातादेखि

    भारतले नेपाललाई निःशुल्क कोरोना खोप दिने, आपूर्ति अर्को सातादेखि

    काठमाडौं । भारतले नेपालसहितका छिमेकी मुलुकलाई कोरोनाभाइरस विरुद्धको १ करोड डोज खोप निःशुल्क उपलब्ध गराउने भएको छ । भारतीय केन्द्रिय स्वास्थ्य समितिले नेपाल र भुटानलाई उक्त परिमाणमा खोप निर्यात गर्ने निर्णय गरेको समाचार एजेन्सी मिन्टले जनाएको छ ।

    बंगलादेशले भने २ करोड डोज खोप गिफ्टको रुपमा पाउने जनाइएको छ । भुटानी प्रधानमन्त्री लोते छिरिङले पनि भारतले आफ्नो देशलाई निःशुल्क खोप उपलब्ध गराउन लागेको ट्वीट गरेका छन् । भारतले श्रीलंका, अफगानिस्तान, मौरिसस र माल्दिभ्सलाई पनि खोप उपलब्ध गराउने भएको छ ।

    भारतले छिमेकी देशलाई १० मिलियन डोज खोप वितरण गर्ने भएको छ । भारतीय मिडियाले यो निर्णयलाई खोप कुटनीतिको कदमको रुपमा लिएका छन् । छिमेकी सम्बन्ध हार्दिक बनाउन खोप कुटनीतिले काम गर्ने उनीहरुको ठम्याइ छ ।

    बैठकपछि मिन्ट एजेन्सीसँग कुरा गर्दै भारतीय स्वास्थ्य मन्त्रालयका एक अधिकारीले सीरम इन्स्टिच्युटको कोभिसिल्ड र बायोटेकको कोभ्याक्सिनका १० मिलियन डोज छिमेकीलाई प्रदान गर्ने निर्णय भएको हो । आउने साता यी परिमाणको डोजको आपूर्ति सुरु हुने समेत भारतले जनाएको छ ।

  • हेल्थ डेस्क क्लिनिक वीर अस्पताललाई हस्तान्तरण

    हेल्थ डेस्क क्लिनिक वीर अस्पताललाई हस्तान्तरण

    काठमाडौं । वीर अस्पतालमा निर्माण गरिएको हेल्थ डेस्क क्लिनिक (ज्वरो नाप्ने कोठा) औपचारिक रुपमा अस्पताललाई हस्तान्तरण गरिएको छ ।

    नेपालमा कोभिड १९ को महामारी फैलिए लगत्तै वीर अस्पतालमा रत्नाग्य, हेल्प नेपाल नेटवर्क तथा न्यू डायमेन्सन, कुलेश्वर – १४ को सहयोग तथा वीर अस्पतालको सहकार्यमा ज्वरो नाप्ने कोठा सञ्चालनमा आइरहेको थियो ।

    उक्त हेल्थ डेस्क क्लिनिक सोमबारदेखि औपचारिक रुपमा बिर अस्पताललाई हस्तान्तरण गरिएको हो । वीर अस्पतालमा बिरामीको चाप बढी हुने, बिरामीलाई सामाजिक दुरी तथा स्वास्थ्य मापदण्डको विषयमा काउन्सिलिङ गर्नुपर्ने, तथा कोभिड १९ को संक्रमित पनि छुट्याउनुपर्ने भएकोले वीरमा उक्त डेस्क स्थापना गरिएको हेल्प नेपाल नेटवर्ककि सचिव लता घिमिरेले जानकारी दिए ।

    हेल्थ डेस्क क्लिनिक अस्पताललाई हस्तान्तरण गरिएसँगै आगामी दिनमा आवश्यक मर्मतसम्भार तथा सञ्चालनमा नियमितता दिन आग्रह गरिएको छ ।

    हेल्थ डेस्क क्लिनिक(ज्वरो नाप्ने कोठा ३ लाख ७५ हजार रुपैँयाको लागतमा निर्माण भएको हो । कुनैपनि उपचारअघि ज्वरो नाप्ने कोठामा ज्वरो नाप्न तथा परामर्श लिन आग्रह गरिएको छ ।

     

  • स्वास्थ्य मन्त्रालयको चेतावनी- नेपालमा कोरोनाको ‘सेकेन्ड-वेभ’ आउन सक्छ

    स्वास्थ्य मन्त्रालयको चेतावनी- नेपालमा कोरोनाको ‘सेकेन्ड-वेभ’ आउन सक्छ

    काठमाडौं । नेपालमा नयाँ प्रजातिको कोरोनाभाइरस भेटिएसँगै विज्ञहरुले दोस्रो लहर आउन सक्ने चेतावनी दिएका छन् । नेपाल प्रेससँग कुरा गर्दै टेकु अस्पतालका संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले जनस्वास्थ्यका मापदण्डलाई झनै कडाइका साथ पालना गर्नुपर्ने बेला आएको बताए ।

    ‘पहिलो नै नेपालमा नयाँ कोरोना आएको अनुमान थियो तर, यो कुरा बल्ल आज पुष्टि भयो’ उनले भने, ‘पहिलेभन्दा ७० प्रतिशत बढीले जोखिमपूर्ण हुने भएकाले नयाँ कोरोनाबाट सावधान हुनुपर्ने हुन्छ किनभने यसको फैलने गति तीव्र हुन्छ ।’

    नयाँ प्रजातिको भाइरसले अहिले विकसित गरिएको खोपको प्रभावकारितालाई पनि चुनौति दिने पुनले बताए ।

    ‘अहिले विद्यालय, सिनेमा घर र बजार खोलिएको अवस्था छ’ उनले भने, ‘अब यी थलोमा जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्नुपर्छ । नागरिक स्वयम् सचेत नहुने हो भने भोलि कठिन पर्नसक्छ ।’

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पनि नयाँ जातको कोरोनाभाइरस भेटिएसँगै नागरिक थप सतर्क हुनुपर्ने बताए ।

    ‘यसले दोस्रो वेभको खतरातर्फ संकेत गरेको छ’ गौतमले भने, ‘किनभने अहिले बजार, विद्यालय र कार्यालय खुलिसकेको अवस्था छ र भीडभाड बढेको छ । यस्तो अवस्थामा नयाँ भाइरसको फैलावट बढी हुन्छ ।’

    इटाली, जर्मनी र बेलायतमा जस्तो हताहतको स्थिती आए पुनः नियमनको दिशातर्फ सरकार जान सक्ने पनि उनले जनाए । संक्रमण घटेजस्तो देखिएपनि जोखिम चाहिँ नघटेको उनले बताए ।

    ‘भोलि स्थिती भयावह बन्न थाल्यो भने पुनः नियमन गर्ने स्थितीतर्फ अघि बढ्न सकिन्छ’ उनले भने, ‘अहिले खुलेका विद्यालय, फिल्म हल र कार्यालय पुनः बन्द हुनसक्छन् ।’ खोपभन्दा महत्वपूर्ण मास्क भएको समेत गौतमले बताए ।

  • नेपालमा पनि भेटियो नयाँ प्रजातिको कोरोनाभाइरस

    नेपालमा पनि भेटियो नयाँ प्रजातिको कोरोनाभाइरस

    काठमाडौं । नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस भित्रिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार विज्ञप्तिमार्फत नयाँ भाइरस पुष्टि भएको जनाएको छ ।

    कोभिड -१९ को नयाँ प्रजाति (भेरियन्ट) बेलायतबाट केही दिन अघि नेपाल फर्किएका ६ वटा नमुनाको  SARS-COV 2 परीक्षणको नतिजा नेपालमा परीक्षण गर्दा ३ वटा नमुनामा s -gene target  नेगेटिभ देखिएको थियो ।

    उनीहरुमा नयाँ प्रजातिको भाइरसको संक्रमण भएको हो होइन भन्ने पुष्टि गर्नका लागि गत पुस २७ गते विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङ प्रयोगशाला पठाइएको थियो ।

    ती नजिताहरु राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई ई-मेल मार्फत आज ५ गते प्राप्त भएकोमा ३ जनामा नयाँ प्रजातिको भाइरस पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

    नयाँ भाइरस पुष्टि हुनेमा २८ वर्षीया महिला, ६७ वर्षीय पुरुष र ३२ वर्षीयम पुरुष रहेका छन् । उक्त प्रजाति बेलायतमा देखिएकै नयाँ भेरियन्ट भएको पुष्टि भएको हो । संक्रमितमध्ये २८ वर्षीय महिला र ३२ वर्षीय पुरुषको हाल रिपोट नेगेटिभ आइसकेको र ६७ वर्षीय पुरुषको भने पोजेटिभ नै रहेको छ ।

    तर उनमा लक्षण नदेखिएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी  दिए । माघ १ गते पछाडी उनीहरु बेलायतबाट नेपाल आएका हुन् । मन्त्रालयले नयाँ भाइरसको भ्याक्सिन नेपालमा उपलब्ध नभएसम्म सावधानी अपनाउन समेत आग्रह गरेको छ ।

  • नेपाललाई दिइने खोपबारे भारतले आज टुंगो लगाउने

    नेपाललाई दिइने खोपबारे भारतले आज टुंगो लगाउने

    नयाँ दिल्ली । नेपालसहित भुटान, बंगलादेश र ब्राजिललाई उपलब्ध गराइने कोभिड–१९ विरुद्धको खोपको मात्रा र समय तय गर्न आज भारतमा केन्द्रीय स्वास्थ्य समितिको बैठक बस्दैछ ।

    नेपाली समय अनुसार मध्यान्ह सवा १२ बजे बस्ने बैठकले नेपाललाई दिइने खोपको मात्रा निधो गर्ने भारतीय संचारमाध्यमले जनाएका छन् । बैठकमा भारतीय स्वास्थ्य मन्त्री हर्षबर्धन, विदेशमन्त्री एस जयशंकर, भारत बायोटेक र सिरम इन्स्टिच्युटका प्रतिनिधि पनि सहभागि हुनेछन् ।

    नेपालसहितका मुलुकलाई कहिले र कति मात्रामा खोप दिइने भन्ने कुरा बैठकमा टुंगो लगाइने भएको छ । भारतले शनिबारदेखि खोप लगाउन सुरु गरेको छ भने नेपालले आपतकालीन प्रयोगका लागि अक्सफोर्डले विकसित गरेको एस्ट्राजेनेका खोपलाई अनुमती दिएको छ ।

    यसैसाता दिल्लीमा बसेको नेपाल–भारत संयुक्त आयोगको बैठकमा पनि भारतले खोप निर्यातका लागि छिमेकी मुलुक नेपाललाई उच्च प्राथमिकतामा राखेको जनाएको थियो ।

  • नयाँ कोरोनाभाइरसले २०२१ सबैभन्दा कठिन हुनसक्छ : विश्व स्वास्थ्य संगठन

    नयाँ कोरोनाभाइरसले २०२१ सबैभन्दा कठिन हुनसक्छ : विश्व स्वास्थ्य संगठन

    जेनेभा –नयाँ कोरोना भाइरसको फैलावटसँगै विश्व स्वास्थ्य संगठनले वर्ष २०२१ अघिल्लो वर्षभन्दा बढी कठिन हुने चेतावनी दिएको छ । नियमित मिडिया ब्रिफिङमा संगठनका प्रमुख डा. टेड्रोस आधानोमले नयाँ भाइरसले यो वर्ष कठिन हुने बताएका हुन् ।

    उनका अनुसार बेलायत र ब्राजिलमा भेटिएको भनिएको नयाँ प्रजातिको कोरोना भाइरस सबै महादेशका ५० देशमा फैलिइसकेको उल्लेख गरे । नयाँ म्युटेन्ट भाइरसले विकसित खोपको प्रभावकारितालाई पनि चुनौति दिएको भन्दै उनले सरकार प्रमुखहरुलाई गम्भिर बन्न आग्रह गरे ।

    नेपालको छिमेकी मुलुक भारतमा समेत नयाँ भाइरस फैलिइसकेको विश्वास गरिएको छ । एसियामा नयाँ भाइरस फैलने क्रम जापानमा तीव्र रहेको समेत संगठनले जनाएको छ । जापानमा अहिले आपतकाल लागु भैरहेको छ । नेपालले समेत नयाँ भाइरसको सम्भावित नमुना हङकङमा परिक्षणका लागि पठाएको थियो ।

    शुक्रबारसम्म विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० लाख नाघेको छ भने संक्रमित संख्या ९ करोड नाघेको छ । यसमा सबैभन्दा बढी प्रभावित अमेरिका, ब्राजिल र भारत छन् ।

  • कोरोनाभाइरस अपडेट : सक्रिय संक्रमित संख्या ४ हजार ५८, २४० संक्रमित थपिए

    कोरोनाभाइरस अपडेट : सक्रिय संक्रमित संख्या ४ हजार ५८, २४० संक्रमित थपिए

    काठमाडौं । शनिबार अपरान्हसम्म नेपालमा कोरोनाभाइरस संक्रमित संख्या २ लाख ६७ हजार ५६ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २४ घन्टामा २४० नयाँ संक्रमित थपिएका छन् ।

    ३ हजार ८१९ पीसीआर परिक्षण गरिएको थियो । शनिबारसम्म नेपालमा ४ हजार ५८ सक्रिय संक्रमित छन् ।

    अहिलेसम्म २ लाख ६१ हजार ४४ जना निको भएका छन् । ४७७ जना निको भए । २४ घन्टामा ६ जनाको कोरोनाबाट मृत्यु भएको छ । मृत्यु हुनेको संख्या १९५४ पुगेको छ । देशभर २०० जना क्वारेन्टाइनमा छन् ।

  • खोप कार्यक्रम सुरु गरेकोमा भारतलाई नेपालको बधाई, परराष्ट्रमन्त्री भन्छन् : नेपाललाई आशा पलायो

    खोप कार्यक्रम सुरु गरेकोमा भारतलाई नेपालको बधाई, परराष्ट्रमन्त्री भन्छन् : नेपाललाई आशा पलायो

    काठमाडौं । कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रम थालनी गरेकोमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतलाई बधाई दिएका छन् । शनिबार बिहान दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा ज्ञवालीले भारतमा भ्याक्सिनको सुरुआत हुँदा नेपाललाई भाइरसविरुद्ध लड्ने कार्यमा आशा पलाएको समेत बताए ।

    नेपालले भारतले उत्पादन गरेको भ्याक्सिन नै प्रयोगमा ल्याउने समेत ज्ञवालीको भनाई छ ।

    ‘भारत खोप उत्पादनमा अग्रणी मुलुक हो । यसले हामीलाई आशा जगाएको छ’ ज्ञवालीले भने, ‘यो अवसरका लागि म भारतलाई बधाइ दिन चाहन्छु र खोप उत्पादनकर्ता कम्पनीलाई पनि शुभकामना व्यक्त गर्न चाहन्छु । भारतको छिमेकी हुनुको नाताले पनि यो खोप हामीले पनि पाउनेछौं भन्ने आशा छ ।’

    पूर्वाधार, औद्योगीकरण र दशक लामो लोकतन्त्रको अभ्यासमा भारतले गरेको सफलताप्रति ज्ञवालीले पं्रशसा जनाए । ज्ञवाली तीनदिने औपचारिक भ्रमण पुरा गरेर शनिबार अपरान्ह स्वदेश फर्कँदै छन् ।

  • कोरोनाबाट विश्वभर २० लाखको मृत्यु,  संक्रमितको संख्या ९ करोड नाघ्यो

    कोरोनाबाट विश्वभर २० लाखको मृत्यु, संक्रमितको संख्या ९ करोड नाघ्यो

    काठमाडौं । कोरोनाभाइरसको संक्रमण झनै फैलँदो छ । जोन हप्कीन्स विश्वविद्यालयका अनुसार विश्वभर भाइरसबाट मृत्यु हुनेको संख्या शुक्रबार रातीसम्म २० लाख नाघेको छ । ९ करोडभन्दा बढीलाई संक्रमण पुष्टि भएको जनाएको छ । भाइरसको संक्रमण विस्तार १९० देशमा भएको जनाइएको छ ।

    अमेरिकामा मात्र ३ लाख ८७ हजारले ज्यान गुमाएका छन् । ब्राजिलमा २ लाख ७ हजार, भारतमा १ लाख ५१ हजारले ज्यान गुमाएका छन् । त्यसपछि प्रभावित मुलुकमा मेक्सिको, बेलायत र इटाली छन् । तथ्यांकअनुसार भाइरसबाट नेपालमा मृत्यु हुनेको संख्या १९४८ छ र मृत्युदर ६.९ प्रतिशत रहेको छ । २ लाख ६६ हजार ८१६ जना भाइरसबाट संक्रमित भएका छन् ।

    नयाँ कोरोनाभाइरस आफ्नो मुलुकमा देखिन थालेपछि बेलायतले सबै मुलुकसँगको हवाइ तथा यातायात सम्पर्क विच्छेद गरेको छ । प्रधानमन्त्री बोरिस जोन्सनले गएरातिबाट लागु हुने गरि बेलायतमा हुने सम्पर्कमा रोक लगाएका हुन् । ब्राजिलमा देखिएको नयाँ प्रकारको कोरोना प्रजाति बेलायतमा भेटिएको जनाइएको छ । बेलायत यतिबेला कडा लकडाउनमा छ ।

  • कोरोनाविरुद्धको खोप प्रयोगमा ल्याउने सरकारको निर्णय

    कोरोनाविरुद्धको खोप प्रयोगमा ल्याउने सरकारको निर्णय

    काठमाडौं । सरकारले कोभिड–१९ विरुद्ध आपतकालीन प्रयोगका लागि भारतीय कम्पनी सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्डलाई प्रयोगमा ल्याउने निर्णय गरेको छ । औषधि व्यवस्था विभागले शुक्रबार प्रेस वक्तव्य जारी गर्दै उक्त खोप आपतकालीन रुपमा प्रयोग गर्नको लागि सशर्त अनुमति प्रदान गर्ने जनाएको छ ।

    माघ २ गते बसेको विभागको बैठकले यस्तो निर्णय गरेको हो । भारतले चाहिँ शनिबारदेखि कोभिसिल्ड खोप देशव्यापी प्रयोगमा ल्याउँदैछ ।

  • मलेसियामा दुई साताको लागि लकडाउन घोषणा

    मलेसियामा दुई साताको लागि लकडाउन घोषणा

    बुधबार रातीदेखि मलेसियाको राजधानी क्वालालाम्पुरम १४ दिनको लागि लकडाउन लागु भएको छ । कोरोनाभाइरसको संक्रमण उत्कर्षमा पुगेपछि सरकारले कडा लकडाउनको घोषणा गरेको हो । मलेसियाको श्रमबजारमा हजारौं नेपाली श्रमिक कार्यरत छन् ।

    लकडाउन लागु हुनु केही अघिसम्म राजधानी क्वालालाम्पुरमा किनमेल गर्नेको घुइँचो थियो । होटल र बजार पुरै भरिभराउ देखिन्थ्यो । मलेसियाका राजाले गतसाता देशव्यापी आपतकालको घोषणा गरिसकेका छन् । सरकारले खाद्यान्नको आपूर्ति व्यवस्था राम्रै हुने बताएपनि किनमेल गर्नेको घुइँचो थियो भने राजधानी क्वालालाम्पुर छाड्नेको संख्या पनि उच्च थियो ।

    लकडाउनले अलग हुनुअघि केही परिवार भने आफ्ना सदस्यसँग डिनर र भोजमा सहभागि रहे । ‘गतसाताको अनुभवपछि मलेसियामा ग्रोसरी स्टोर र अत्यावश्यक पसल खुलै हुन्छन्’ अनुसन्धानकर्ता ह्यारिस जैनल भन्छन्, ‘म स्वयमले पनि यसपटक हतार गरेको छैन । मेरै दाइ र उसको गर्लफ्रेन्डलाई भेटेर समय बिताएँ ।’

    गतवर्षको मार्चमा मलेसियामा पहिलोपटक लकडाउन भएको थियो । मलेसियामा अहिले भाइरसको तेस्रो लहर सुरु भएको छ । प्रधानमन्त्री मिउद्दिन यासिनले सोमबार देशका केही प्रमुख भागमा लकडाउन घोषणा गरेका थिए । राजधानी क्वालालाम्पुरसहित जोहोर, सेलाङ्गोर, पेनाङ, पुत्रजय र लुबानमा दुई साताको लागि लकडाउन घोषणा गरिएको हो ।

    अहिले मलेसियामा तीन मन्त्रीसहित एक उपप्रधानमन्त्रलाई भाइरस संक्रमण पुष्टि भएको छ ।

  • बालुवाटारको प्राङ्गणमा प्रधानमन्त्री र मन्त्रीहरुको योगासन (फोटो फिचर)

    बालुवाटारको प्राङ्गणमा प्रधानमन्त्री र मन्त्रीहरुको योगासन (फोटो फिचर)

    काठमाडौं । राष्ट्रिय योग दिवस तथा मकर संक्रान्तिको बिहानै प्रधानमन्त्री निवास बालुवाटारको प्राङ्गणमा पलेटी कसेर योगासन गरिएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरुलाई योग दिवसका अवसरमा योगा गराइएको हो । प्रधानमन्त्रीले कोरोनापछि योगको महत्व अझ बढेको बताएका छन् ।

  • राष्ट्रिय योग दिवस आज– ‘गरौं योग डटेर, कोरोना जान्छ हटेर’

    राष्ट्रिय योग दिवस आज– ‘गरौं योग डटेर, कोरोना जान्छ हटेर’

    काठमाडौं । आज पाँचाैं राष्ट्रिय योग दिवस । सरकारले योगमा नागरिकलाई प्रोत्साहित र अभ्यस्त गर्न यस वर्षका लागि ‘गरौं योग डटेर कोरोना जान्छ हटेर’ भन्ने नारासहित सप्ताहव्यापी रुपमा मनाउने भएको छ ।

    राष्ट्रिय योग दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको हिमालय क्षेत्रमा प्राचीन योगी ऋषि महर्षीले दीर्घ तपः साधनाको माध्यमबाट प्राप्त योग बिद्या अहिले पनि उत्तिकै नवीन, सान्दर्भिक र जीवन जगतका लागि उर्जाप्रदायक रहेको बताएका छन् ।

    ‘योग ध्यान र प्रणायामलाई हाम्रो जीवनकला, जीवनशैली र जीवन पद्धति बनाउन सक्यौं भने कोभिड–१९ लगायत धेरै प्रकारका महामारी सामना गर्न सहज बनाउँछ,’ प्रधानमन्त्री ओलीले आफ्नो वक्तव्यमा भनेका छन्, ‘जनताको जीवनको सुख ल्याउन हामीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा तय गरेका छौं । शारीरिक र मानसिक रुपले स्वास्थ्य र निरोगी नागरिक यसको आधारभूमि हो । त्यसका लागि योग र औषधिजन्य वनस्पतिको प्रयोगलाई हरेक नागरिकको दैनिकीमा जोड्नुपर्दछ ।’

    प्रधानमन्त्री ओलीले योग अभ्यासमा सही ढंगले लाग्न र यस सम्बन्धी खोज, अनुशन्धान गरी तथ्यपरक कुराहरु अगाडि ल्याउन सबैलाई अपीलसमेत गरेका छन् ।
    सरकारले २०७२ सालदेखि राष्ट्रिय योग दिवस मनाउन थालेको हो । अन्तर्राष्ट्रिय रुपमा भने जुन महिनाको २१ तारिखलाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउन थालिएको छ । सन् २०१४ मा संयुक्त राष्ट्रसंघ महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तर्राष्ट्रिय योग दिवसको प्रस्ताव गरेका थिए । त्यस प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले समर्थन गरेका थिए ।

  • भारतमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या करिब एक करोड पाँच लाख

    भारतमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या करिब एक करोड पाँच लाख

    भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बुधबारसम्म एक करोड चार लाख ९५ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १५ हजार ९६८ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड चार लाख ९५ हजार १४७ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

    गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण २०२ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५१ हजार ५२९ जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड एक लाख २९ हजार भन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा दुई लाख १४ हजार ५०७ सक्रिय सङ्क्रमित रहेका छन् ।

    भारतको राष्ट्रिय राजधानी दिल्लीमा आइतबार ३८६ जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको र १६ जनाको मृत्यु भएको छ । यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले आइतबारसम्म देशभर १८ करोड ३४ लाख ८९ को हाराहारीमा नमूना परीक्षण गरेको छ । हिजो मङ्गलबार एक दिनमा ८ लाख ३६ हजार २२७ जनाको कोभिड¬–१९ परीक्षण गरेको छ ।

  • रुसले नेपाललाई २ करोड ५० लाख डोज खोप दिने

    रुसले नेपाललाई २ करोड ५० लाख डोज खोप दिने

    मस्को । रुसले नेपाललाई कोरोना भाइरसविरुद्ध २ करोड ५० लाख डोज खोप उपलब्ध गराउने भएको छ । रुसको विदेश मन्त्रालयलाई उध्दृत गर्दै रोयटर्स समाचार एजेन्सीले रुसले आफूले विकास गरेको स्पुतनिक–फाइभ खोप नेपाललाई उपलब्ध गराउने समाचार लेखेको छ ।

    खोप उपलब्ध गराउनेबारे नेपालसँग सम्झौता भएको पनि उल्लेख छ । रुसले भारतलाई पनि खोप दिने सम्झौता गरेको समाचारमा उल्लेख छ । भारतमा स्पुतनिक–भी खोपको परिक्षण गराउने पनि जनाइएको छ ।

    मंगलबार मात्र स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले नेपालमा खोप ल्याउन रुस, भारत र युएइसँग छलफल भैरहेको जनाएका थिए ।

    नेपाललाई थाहा छैन

    यसैबीच स्वास्थ्य मन्त्रालय र त्यस अन्तर्गतको खोप महाशाखाका अधिकारीहरुले भने यसबारेमा कुनै जानकारी नभएको बताएका छन् ।

    नेपाल प्रेससँग कुरा गर्दै खोप महाशाखाका प्रमुख झलक गौतमले सरकारी तहबाट यसबारे अहिलेसम्म कुनै जानकारी नभएको बताए । उनले रुसको उक्क्त खोपको प्रभावकारीतामाथिनै प्रश्न रहेको बताए ।

    स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर अधिकारीले पनि रुसले खोप पठाउनेबारे अनविज्ञता जाहेर गरेका छन् ।

  • प्रदेश–१ मा कोरोना संक्रमणको दर नगन्य

    प्रदेश–१ मा कोरोना संक्रमणको दर नगन्य

    विराटनगर । कोरोना संक्रमणको दर देशभरि नै कम भइरहेको छ । प्रदेश–१ मा संक्रमणको दर नगन्य देखिएको छ नै कोरोनाका कारण अस्पताल भर्ना हुने बिरामीहरु पनि कम छन् पछिल्ला दिनमा कोरोना संक्रमित बिरामीको संख्यामा आएको कमीसँगै अस्पतालका शय्या खाली हुन थालेका छन् ।

    प्रदेश–१ का निजी अस्पतालहरुले छुट्टै रुपमा सञ्चालन गरेको कोभिडको उपचारको सेवा बन्द गर्न थालेका छन् । कोरोना संक्रमितको संख्यामा आएको कमीसँगै विराटनगरको न्यूरो अस्पतालले कोरोना उपचारको सेवा बन्द गरेको छ । नोबेल, विराट र झापाको विएमसी अस्पतालले कोरानाको उपचारको सेवा बन्द गर्ने तयारी गरेका छन् ।

    पुसको चौथो सातासम्म आइपुग्दा प्रदेशका सरकारीसहित नीजि अस्पतालमा गरी कुल चार जना कोरोना संक्रमित उपचाररत छन् ।
    स्वास्थ्य मन्त्रालयको अनुमति लिएर झापा र मोरङका चार निजी अस्पतालहरुले गएको साउन महिनाबाट कोरोनाको छुट्टै उपचारसहितको सेवा सञ्चालन गर्दै आएका थिए ।

    कुनै समय प्रदेश–१ मा कोरोना संक्रमितहरुले अस्पतालमा शय्या अभाव हुँदा बाध् भएर होम आइसोलेशनमा बस्नु पर्ने अबस्था समेत सृजना भएको थियो । पछिल्ला दिनमा कोरोनाको नँया संक्रमित अस्पताल भर्ना हुन छाडेपछि प्रदेशमा कोरोनाको प्रभाव कम भएको अनुमान गरिन थालेको छ ।

    विराटनगरको न्यूरो अस्पतालले कोरोना संक्रमितको उपचारका लागि छुटै भवनको व्यवस्था गरी सेवा प्रदान गर्दै आएको थियो । न्यूरो अस्पतालका प्रशासन प्रमुख राजेश भट्टराईले गएको दुई सातायताबाट कोरोना संक्रमित उपचारका लागि अस्पतालमा भर्ना नभएपछि अस्पतालले सेवा बन्द गरेको जानकारी दिए ।

    ‘पछिल्ला दिनमा अस्पतालमा सेवा लिने विरामी आउन छाडे’ उनले भट्टराईले भने, ‘विरामीको संख्यामा कमी आएर शय्याहरु खाली हुनथालेपछि खर्चिलो कोरोना उपचारको सेवालाई बन्द गरेका छौं ।’

    त्यसैगरी विराटनगरकै नोबेल र विराट शिक्षण अस्पताल र भलापाको वीएमसी अस्पतालले पनि छुट्टै कोभिड अस्पताल सञ्चालन गर्दै आएकोमा माघबाट सेवा बन्द गर्ने तयारी गरेका छन् । विराटनगरको नोबेलमा कोराना संक्रमित सबै उपचारपछि घर फर्किएका छन् । त्यहा नँया कोभिडका विरामी भर्ना भएका छैैनन् ।

    बीएनसीमा पनि एक जनामात्र कोरोना संक्रमितको उपचार भइरहेको छ । कोभिडका नयाँ विरामी भर्ना नभएपछि अस्पतालले कोभिडको उपचार सेवा बन्द गर्ने तयारी गरेको छ ।

    अस्पतालका सूचना अधिकारी प्रमिस गिरीले नँया विरामी भर्ना नभएको हालको अबस्था र आज भोलिमा उपचाररक्त विरामी पनि डिस्चार्ज भएर जाने भएकाले कोभिड अस्पतालकोे सेवा बन्दको तयारी गरिएको जानकारी दिए ।

    विराटको कोभिड अस्पतालमापनि एक सातादेखि नँया कोभिडका विरामी भर्ना भएका छैैनन् । अस्पतालमा उपचाररत दुई संक्रमितको डिस्चार्जे तयारी भएकाले कोभिड अस्पतालको सेवा बन्दको तयारी भईरहेको अस्पतालका प्रशासकीय प्रमुख सुधीरसिंह रोठोरले जानकारी दिए ।

    कोरोना संक्रमणको प्रदेश–१ हटस्पट बनेपछि सरकारी अस्पतालहरु कोशी, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले छुटै कोभिड अस्पताल सञ्चालनमा ल्याएका छन । निजी स्तरका विराटनगरका नोबेल, विराट शिक्षण अस्पताल, न्यूरो अस्पताल र झापाको बीएन्डसी अस्पतालले पनि सेवा प्रदान गर्दै आएको थियो ।

    सरकारी अस्पतालका शय्या पनि खाली हुँदै

    प्रदेशका सरकारी अस्पतालहरुमा पनि कोभिड संक्रमित नगन्य छन् । अधिकांश अस्पतालमा बिरामीको संख्या घटेर शय्या खाली हुन थालेका छन । कोरोना संक्रमितको उपचार हुने प्रदेशका सरकारी अस्पतालमा अब दोहोरो संख्यामा संक्रमित छैनन् ।

    प्रदेश सरकारले गत चैतबाट सञ्चालनमा ल्याएको कोसी कोभिड–१९ अस्पतालमा सबै शय्या खाली भएको छ ।

    अस्पतालका अनुसार दुईजना संक्रमितमध्ये भेन्टिलेटरमा उपचाररत एकजनाको बुधबार बिहान मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी आनन्द लामिछानेका अनुसार उपचाररक्त अर्का संक्रमित निको भएर घर फर्किएपछि नयाँ संक्रमित अस्पतालमा भर्ना भएका छैनन् । ‘पछिल्लो एक महिनायता संक्रमित भर्ना हुने दर लगभग शून्यमा पुगेको अवस्था छ,’ उनले भने ।

    हालसम्म कोसी कोभिड अस्पतालमा उपचारका लागि भर्ना भएका ८२२ जना भर्ना भएकामा ५५ जनाको मृत्यु भएको छ ।
    धरानको बीपीको कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सोमबारसम्म जम्मा एकजना संक्रमित मात्र उपचाररत छन् । अस्पतालका सहप्रवक्ता चुडामणि पोखरेलले हालसम्म भर्ना भएका १ हजार १ सय ७३ जनामध्ये १ सय १९ जनाको मृत्यु भएको छ । प्रतिष्ठानबाट कोरोना स्वास्थ्यलाभ गरी ९ सय ७६ जना घर फर्किएका छन् ।

    प्रतिष्ठानले हालसम्म ७३ हजार ३ सय ७ नमुना संकलन गरी पीसीआर परीक्षण गरेको छ । तीमध्ये ६४ हजार ३२९ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

    झापाको मेची अस्पतालमा पनि ४ दिनयता नँया संक्रमित भर्ना भएका छैैनन् । कोरानको उपचार भर्ना भएका तीन जना दुई दिन अघि डिस्चार्ज भएर घर फर्किएका छन् ।

    प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार कोरोनाका सक्रिय संक्रमित ७ सय जना छन् । तीमध्ये २ सय ६७ जना होमआइसोलेसनमा छन् । २९ हजार ९९६ संक्रमितमध्ये २९ हजार २४७ जना डिस्चार्ज भएका छन् । संक्रमण देखिएका ४६३ जनाको मृत्यु भएको छ । प्रदेशभर हालसम्म दुई लाख १० हजार ७ सय २५ जनाको पीसीआर परीक्षण भएको छ ।

    प्रदेशमा दैनिक १ हजार ५ सयको संख्यामा हुने गरेको परीक्षण अहिले चार सय हाराहारीमा परीक्षण भइरहेको छ ।

  • थप ४८८ जनामा संक्रमण पुष्टि, १० को मृत्यु

    थप ४८८ जनामा संक्रमण पुष्टि, १० को मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ४८८ जनामा संक्रमण पुष्टि भएको हो ।

    योसँगै हालसम्म देशभर कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार २६४ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमित ४ हजार ३७३ जना छन् । यस्तै आज ५२७ जना कोरोनामुक्त भएर घर फर्केका छन् ।

    साथै, कोरोनामुक्त हुनेको संख्या हालसम्म २ लाख ५८ हजार ९६८ पुगेको छ । यसैगरी कोरोना भाइरसको संक्रमणबाट १० जनाको मृत्यु भएसँगै हालसम्म मृत्यु हुनेको संख्या १९२७ पुगेको छ ।

  • नेपाल कोरोना नियन्त्रणमा सार्क मुलुकमै अग्रस्थानमा, कोभिड अस्पताल खाली

    नेपाल कोरोना नियन्त्रणमा सार्क मुलुकमै अग्रस्थानमा, कोभिड अस्पताल खाली

    काठमाडौं । सार्क मुलुकमध्ये नेपाल सक्रिय कोरोना संक्रमितको संख्या कम हुनेमा अग्रस्थानमा देखिएको छ । पुष २६ गतेको तथ्यांक अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ४ सय २२ छ ।

    कुल संक्रमित मध्ये १ दशमलव ८ प्रतिशत सक्रिय संक्रमित छन् । जुन सार्क मुलुक मध्ये कै कम हो। नेपालमा कुल संक्रमितको संख्या २ लाख ६४ हजार ७८० पुगेको छ ।

    कोरोनामुक्त हुनेको संख्या २ लाख ५८ हजार ४४१ पुगेको छ । अर्थात ९७ दशमलव ४ प्रतिशत संक्रमण मुक्त भइसकेका छन् । निको हुनको प्रतिशतमा पनि सार्क मुलुक मध्ये नेपाल अग्रस्थानमा छ।

    सरुवा रोग नियन्त्रणको जिमेवारी बोकेको इपिडिमीयोलोजी तथा रोग नियन्त्रण माहाशाखाले पछिल्लो समय नेपालमा कोरोना संक्रमण घट्दै गएको जनाएको छ ।

    पीसीआर कम गरेको कारण संक्रमण कम देखिएको हो कि भन्ने जिज्ञाशामा महाशाखाका निर्देशक डाक्टर बासुदेब पाण्डेले अश्वीकार गरे । पीसीआर कम गरेर कोरोना संक्रमण कम देखिएको होइन वास्तविकता मै संक्रमण घट्दै गएको जानकारी उनले दिए ।

    पछिल्ला महिनाहरुमा दश हजारको हाराहारीमा पीसीआर गर्दा २ हजारको हाराहारीमा संक्रमित पहिचान हुन्थ्यो । अहिले ५ हजारको हाराहारीमा पीसीआर गर्दा ४ सयको हाराहारीमा संक्रमित भेटिएको छ ।

    पाण्डेले नेपाल प्रेससँग भने- ‘यसहिसाबले पनि संक्रमण घटेकै देखिन्छ सर्बसाधारणलाई लाग्ला पीसीआर कम गरेर कोरोना कम देखिएको हाे । तर, त्यसो होइन वास्तविकता मै कोरोना संक्रमित घटेका छन् ।अस्पतालका बेडहरु पनि खाली हुँदै गएका छन् ।’

    कोरोना संक्रमित घट्दै गएपछि कोरोना अस्पतालका बेडहरु पनि खाली हुँदै गएका हुन् । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालले पनि कोरोनाका बिरामी घटेको जनाएको छ ।

    कोरोना संक्रमित घटेपछि शुक्रराज अस्पतालले १० महिनापछि माघ १ गतेबाट कोरोना बाहेकका बिरामीलाई पनि भर्ना लिने तयारी गरेको छ ।
    अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले वार्ड र आइसीयू दुबैमा कोरोना संक्रमित घटेका र माघ १ गतेदेखि आइसीयूलाई मात्र कोभिड वार्ड बनाउने र अन्यलाई पहिले जस्तै सामान्य वार्ड बनाउने बताए । उनले अन्य रोगका बिरामीलाई पनि भर्ना लिने तयारी गरेको नेपाल प्रेसलाई जानकारी दिए ।

    संघीय राजधानी काठमाडाैं बाहिरका जिल्लाहरुमा पनि कोभिड अस्पतालका शय्याहरु खाली हुँदै गएका छन् । विराटनगरस्थित कोशी कोभिड १९ उपचार केन्द्रमा कोरोना संक्रमितहरु नआउँदा अस्पताल खाली भएको छ ।

    ८० शय्याको क्षमता भएको उक्त उपचार केन्द्रमा अहिले एक जना पनि संक्रमित नभएको केन्द्रले जनाएको छ । प्रदेश-१ का अधिकांश अस्पतालमा कोरोना संक्रमित घटेको अस्पतालहरुले जनाएका छन् । चितवनको कोरोना अस्पतालमा पनि संक्रमित घटेका छन् ।
    स्वास्थ्य मन्त्रालयले देशभर नै संक्रमित घट्दै गएको र अवस्था सामान्यतिर फर्किरहेको जनाएको छ । इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले असोजमा गरेको अनुसन्धानमा नेपालमा धेरैलाई भाइरस संक्रमण भएर थाहै नपाइ निको भैसकेको पनि भेटिएको थियाे ।

    समाजमा संक्रमणको अवस्था पत्ता लगाउन भाइरस बिरुद्ध एन्टीबडी बनेको छ छैन भनेर रगतबाट गरिएको ‘सेरोप्रिभ्यालेन्स’ परीक्षणमा झन्डै १५ प्रतिशतमा एन्टिवडी बनिसकेको भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

    सातै प्रदेशमा गरिएको यो परीक्षणमा त्यो बेलै १५ प्रतिशतमा एन्टीबडी बनिसकेकाले अहिले यो संख्या झन् बढेको हुन सक्ने महाशाखाका निर्देशक डा. पाण्डे बताउँछन् । उनी भन्छन्- ‘संक्रमण घट्दै गएर अवस्था सामान्य तिर फर्किरहेको छ यो खुशीको कुरा हो । तर सबै नागरिकले जनस्वास्थ्यका मापदण्ड पालन गर्न छोड्न हुन्न ।’

    बेलायत लगायत अन्य मुलुकमा कोरोनाको नयाँ स्वरुप पनि भेटिएकोले सबैले जनस्वास्थ्यका मापदण्ड पालन गरेर कोरोनाको नयाँ स्वरुपलाई रोक्नतर्फ सचेत हुनुपर्ने शुक्रराज अस्पतालका डा. शेर बहादुर पुन बताउछन् ।

    धेरै मुलुकमा कोरोना संक्रमण दर शून्यमा पुगेर फेरि दोस्रो लहर सुरु भएको छ । त्यसैले यसतर्फ पनि सचेत हुँदै नागरिकले जनस्वास्थ्यका मापदण्ड राम्रोसँग पालना गर्ने र सरकारले संक्रमण नियन्त्रणको रणनीति अझ शसक्त बनाएर संक्रमणको दोस्रो लहरबाट बच्नुपर्ने डा. पुन को सुझाब छ ।

    संक्रमण यही रफ्तारले घट्दै गए र भाइरसको दोस्रो लहर सुरु नभए सार्क मुलकुमा नेपाल कोरोना नियन्त्रण गर्ने पहिलो मुलुक बन्न सक्ने बिज्ञहरुले बताएका छन् ।

    १२ प्रतिशत भन्दा कम सक्रिय संक्रमित हुनुलाई विश्व स्वास्थ्य संगठनले जोखिम लिष्टबाट हटाउने गरेको छ । यो हिसाबले नेपाल अहिले न्यून जाेखिम लिष्टमा छ र अवस्था सामान्य तर्फ फर्किरहेको पनि इपिडीमियोलोजी तथा रोग नियन्त्रण माहाशाखाले जनाएको छ ।

    सार्कदेशमा सबैभन्दा बढी सक्रिय संक्रमित यत्तिबेला भुटानमा छन् । जहाँ कुल संक्रमित मध्ये ४०.२ प्रतिशत सक्रिय संक्रमित छन् । त्यस्तै, कुल संक्रमित मध्ये पाकिस्तान १९.८, श्रीलंकामा १४.७, अफगानिस्थानमा १५.२, बंगलादेश ९.२, माल्दिसमा ५.० र भारतमा २.२ प्रतिशत सक्रिय संक्रमित छन् ।

    नेपालमा १.९ प्रतिशत सक्रिय संक्रमित छन् । सार्क मुलुकमा नेपाल सक्रिय संक्रमित सबैभन्दा कम भएको र निको हुने प्रतिशत सबैभन्दा बढी भएको मुलुक हो ।

  • भारत, रुस र युएइबाट खोप ल्याउन पहल, पहिलो चरणमा ३० प्रतिशत जनसंख्यालाई

    भारत, रुस र युएइबाट खोप ल्याउन पहल, पहिलो चरणमा ३० प्रतिशत जनसंख्यालाई

    काठमाडौं । सरकारले खोप ल्याउन भारत, रुस र युइएसँग छलफल गरिरहेको जनाएको छ । स्वास्थ्य मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले खोप चाँडै नेपालमा आउने बताए । ती तीन देशका राजदूतसँग प्रक्रिया र ढुवानीका बारेमा छलफल भैरहेको उनले जानकारी दिए ।

    कोभ्याक्समार्फत आउने खोप सुरुमा ३० प्रतिशत जनसंख्यालाई दिइने र बाँकी ३० प्रतिशत खरिद प्रक्रियामार्फत ल्याइने जानकारी दिँदै त्रिपाठीले निःशुल्क खोप प्रदान गरिने प्रतिबद्धता दोहोर्‍याए । ‘चाँडै खोप ल्याउन खोप बनिरहेको मुलुकका सरकार प्रमुखसँग छलफल गरिरहेका छौं । म स्वयमले भारत, रुस र युइएका राजदूतहरुसँग कुरा गरिरहेको छु’ त्रिपाठीले भने, ‘जति सम्भावना छन् आपूर्तिका, ती सबैलाई खुला राखेर ल्याउन लागिएको छ ।’

    नेपाल कोरोना नियन्त्रणमा सार्क मुलुकमै अग्रस्थानमा, कोभिड अस्पताल खाली

    खोप कहिले ल्याइन्छ भन्ने निश्चित मिति भने उनले तोकेनन् । ‘खोप चाँडै आउँछ र निःशुल्क लगाइन्छ’ उनले भने । खरिद प्रक्रियामा सरकार पारदर्शी ढंगले अघि बढेको र यस काममा नीजि क्षेत्रलाई पर नराखिने उनले बताए । कोभ्याक्सबाट आउने खोप सुरुमा जोखिम वर्ग, ५० वर्ष उमेर माथिका र दीर्घरोगीलाई लगाइने समेत उनले जनाए ।

    खोप व्यवसायिकभन्दा पनि राजनीतिक सामाग्रीको रुपमा देखापरेको समेत टिप्पणी उनले गरे । ‘हामीले खोप आयात विशुद्ध व्यवसायिक हो भन्ने ठानेका थियौं तर, त्यस्तो होइन रहेछ’ उनले भने, ‘यो त राजनीतिक सामाग्री जस्तो पो देखियो ।’ खोप आपूर्ति र वितरणलाई अभियान र मिसनको रुपमा लिइएको मन्त्री त्रिपाठीले बताए ।

    भारतमा कोरोना खोपको तयारी, शुरुमा ३० करोडलाई खोप दिइने

    खोप लगाउनको लागि १६ हजार खोप केन्द्र परिचालित गरिने जनाउँदै त्रिपाठीले यस कार्यमा खट्नको लागि ५ हजार कर्मचारी र ५२ हजार स्वयंसेवक खटाइने समेत जनाए । खोप भण्डारण पर्याप्त रहेको उनले बताए । संक्रमणको दर घटेपनि जोखिम पनि यथावत रहेको बताउँदै मन्त्री त्रिपाठीले सतर्कता अपनाउन समेत आग्रह गरे ।

  • कोरोनाभाइरसले भुटानमा पहिलो मृत्यु

    कोरोनाभाइरसले भुटानमा पहिलो मृत्यु

    थिम्पु । महामारी विश्वभर फैलिएको दस महिनपछि कोभिड–१९ को कारण हिमाली राष्ट्र भुटानमा पहिलो मृत्यु भएको छ ।

    भुटानी स्वास्थ्य मन्त्रालयका अनुसार दोस्रो लकडाउनकै क्रममा शनिबार पहिलोपटक मृत्युको केस पुष्टि भएको हो ।

    भुटानमा अहिलेसम्म ८१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सक्रिय संक्रमित संख्या ३४३ छ । भुटानले अहिले दोस्रो चरणको देशव्यापी लकडाउन गरिरहेको छ ।

  • कोभिड–१९ बारे अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठनलाई चीनले सघाउने

    कोभिड–१९ बारे अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठनलाई चीनले सघाउने

    विश्व स्वास्थ्य संगठनका अनुसन्धानकर्ताहरुलाई चीनमा अनुसन्धानको अनुमति दिनका लागि चीन तयार भएको चीनले बताएको छ । विश्व स्वास्थ्य संगठनले कोभिड १९ भाइरसको उत्पत्तिको विषयमा चीनमा अनुसन्धान गर्ने इच्छा देखाएको थियो ।

    तर विगतमा भने चीनले विश्व स्वास्थ्य संगठनका अनुसन्धानकर्ताहरुलाई प्रवेश गर्न दिए पनि अनुसन्धान गर्न नदिने बताउँदै आएको थियो । तर शनिबार चीनले ती अनुसन्धानकर्ताहरुलाई चीनमा अनुसन्धानको लागि अनुमति दिइएको बताएको छ ।

    चीनको वुहान शहरमा कोभिडको भाइरस उत्पत्ति भएको बताइएको छ । त्यस विषयमा विश्व स्वास्थ्य संगठनले अनुसन्धान गर्न चाहेको थियो । तर चीन सरकारले दिएको थिएन । शनिबार चीनका एकजना वरिष्ठ स्वास्थ्य अधिकारीले यो जानकारी दिएका छन् ।

    उनले भनेका छन् कि चीनले विश्व स्वास्थ्य संगठनका अनुसन्धान अधिकारीहरुलाई यस विषयमा अनुमति दिएको छ र आगामी केही दिनमा उनीहरुको आगमन हुने बताइएकोले चीनले उनीहरुको स्वागत गर्नेछ ।

    चीनको नेशनल हेल्थ कमिसनका निर्देशक चेन इसिनले सो कुराको जानकारी दिएका हुन् । उनले ती अधिकारीहरुले चीनमा कोभिड १९ को उत्पत्तिको बारेमा गर्ने अनुसन्धानमा पूर्ण रुपमा सघाउन चीन तयार रहेको समेत बताए ।

    उनले भने –विश्व स्वास्थ्य संगठनका अनुसन्धानकर्ताहरुले यस अनुसन्धानका विषयमा उनीहरुको कार्यक्रम र कार्य सूची के कस्तो छ भन्ने बारेमा हामीलाई थाहा दिएपछि उनीहरुसँगै हाम्रा अनुसन्धान अधिकारीहरु पनि वुहान जान तयार छन् ।

    यस अनुसन्धानमा आफूहरुले आवश्यक सहयोग गर्ने र उनीहरुको कार्यक्रमअनुसार नै आफ्ना अनुसन्धान अधिकारीहरु वुहान जाने पनि चीनका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले बताएका छन् ।

  • कोरोना निको भएका बालबालिकामा गम्भीर स्वास्थ्य समस्या– एकको मृत्यु, १७ शय्यामा

    कोरोना निको भएका बालबालिकामा गम्भीर स्वास्थ्य समस्या– एकको मृत्यु, १७ शय्यामा

    काठमाडौं । एकपटक कोरोना संक्रमण भएर निको भएका बालबालिकामा ‘मल्टिस्टिम इन्फ्लेमेटोरी सिन्ड्रोम (एमआईएस—सी) जस्तो जटिल स्वास्थ्य समस्या देखिन थालेको कान्ति बाल अस्पतालले जनाएको छ ।

    एमआईएस—सीका कारण कान्तिमा १३ वर्षीया बालकको मृत्यु भएको छ भने १७ जना अस्पताल भर्ना भएको कान्ति अस्पतालका निर्देशक डा. कृष्ण पौडेलले जानकारी दिएका छन् ।

    कान्ति अस्पतालका अनुसार पछिल्लो समय दैनिक एक जना बिरामी कोरोना संक्रमणपछि देखिने एमआईएस—सीको समस्या लिएर आउने गरेका छन् ।

    एकपटक कोरोना संक्रमण भएर निको भएका बालबालिका ज्वरो आउने, वाक्वाकी हुने, पेट दुख्ने, पखाला लाग्ने, मुटुको धड्कन गडबड हुने, रगत जम्ने, मिर्गौला फेल हुने जस्ता लक्षण लिएर अस्पताल आउने गरेको पाइएको छ ।

    वरिष्ठ बालरोग विशेषज्ञ डा. कृष्ण पौडेल कोरोना संक्रमण निको भएका बालबालिकामा मेल्टिस्टिम इन्फ्लामेटोरी सिन्ड्रोमका लक्षण देखएको बताउँछन् ।

    एमआईएस–सी के हो ? कसरी थाहा पाउने ?

    बाल रोग विशेषज्ञहरूका अनुसार कोरोनाभाइरस संक्रमणमुक्त भएका बालबालिकामा २४ घण्टाभन्दा बढी निरन्तर ज्वरो आउने, झाडापखाला लाग्ने, टाउको दुख्ने, आँखा र जिब्रो रातो हुने, ओठ सुन्निने, हात खुट्टा पनि रातो देखिएर केही सुन्निएजस्तो हुने तथा छालाका समस्या देखिए एमआईएस–सी को लक्षण हुनसक्छ ।

    विज्ञका अनुसार कोरोना निको भएको दुईदेखि ६ हप्तापछि बालबालिकामा एमआईएस—सी देखिन सक्छ । समयमै अस्पताल पुर्याए एमआईएस—सी निको हुनसक्छ । कान्तिमा मृत्यु भएका १३ वर्षीय बालकमा पनि यस्तै लक्षण देखिएर हार्ट फेलियर भएपछि मृत्यु भएको थियो ।

    कान्तिमा मृत्यु भएका १३ वर्षीय बालकका बुबा–आमामा कोरोना संक्रमण भएर दुई महिनाअघि निको भएको थियो । त्यतिबेला बालकलाई कुनै लक्षण थिएन र पीसीआर गरिएन । पछि बालकलाई पनि कोरोना भएर निको भइसकेको र कोरोनापछि देखिने मल्टिसिस्टम इन्फ्लेमेटोरी सिन्ड्रोमका कारण उनको मृत्यु भएको अस्पतालले जनाएको छ । बालकमा एन्टीबडी पोजेटिभ पनि थियो ।

    अक्टोबरसम्ममा अमेरिकाका करीब १२०० भन्दा बढी कोरोना निको भएका बालबालिकामा मल्टिस्टिम इन्फ्लेमेटोरी सिन्ड्रोम देखिएको थियो ।

    भारतका केही ठाउँमा पनि बालबालिकामा यस्तो रोग देखिएको छ । अध्ययनले १४ वर्ष मुनि उमेर समूहका बालबालिकामा कोरोना संक्रमण अन्य उमेर समूहभन्दा न्यून र संक्रमित भएर मृत्यु हुने पनि यो उमेर समूहमा कमै रहेको देखाएको छ ।

    कान्ति अस्पतालले गत चैतदेखि हालसम्म ८० जना कोरोना संक्रमितको उपचार गर्यो, त्यसमध्ये तीन जनाको मृत्यु भयो । नेपालमा १० वर्षभन्दा कम उमेरका कोरोना संक्रमितको संख्या ५ हजार ९०० छ ।

    बालबालिकामा कोरोनाभन्दा कोरोना संक्रमणपछि देखिने ‘मल्टिसिस्टम इन्फ्लेमेटोरी सिन्ड्रोम’ घातक देखिएको छ । उनीहरुलाई यो स्वास्थ्य समस्याबाट बचाउने उपाय भनेकै कोरोना संक्रमण हुन नदिनु हो । विज्ञहरू जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालन गर्न सुझाउँछन् ।

     

  • भारतमा बर्डफ्लु संक्रमण बढ्दाे, नेपालको तयारी कस्तो ?

    भारतमा बर्डफ्लु संक्रमण बढ्दाे, नेपालको तयारी कस्तो ?

     काठमाडौं । भारतका चार राज्यमा बर्डफ्लु (एचफाइभ एनवान)को संक्रमण फैलिएको छ । इन्डियन एक्सप्रेसका अनुसार हिमाञ्चल प्रदेशमा जंगली पंक्षी, राजस्थानमा काग, मध्यप्रदेश र केरलामा हाँसमा फ्लु देखिएको हो । हरियाणाका पोल्टी फार्ममा केही दिनयता एकलाख भन्दा बढी हाँस र कुखुराको मृत्यु भएको जनाइएको छ ।

    हिमाञ्चल प्रदेशको पोङ ड्याम तालमा बसाइ सरेर आएका करिब १८ सय चरा मरेको भेटिएको छ । केरलास्थित दुई राज्यमा हाँसमा बर्डफ्लु संक्रमण भेटिएको छ । २५० वटा काग मरेपछि राजस्थानका दर्जनौं जिल्लामा सतर्कता अपनाइएको छ । इन्फ्लुएन्जा टाइपको भाइरसले गर्दा कुखुरा, हाँस र जंगली पंक्षीमा बर्डफ्लु संक्रमण बढी हुने गर्छ ।

    भारतमा अहिले लक्षणसहित र लक्षणविहिनको बर्डफ्लु भेटिएको छ । अन्डा उत्पादन शक्ति कम हुने कुखुरा र हाँसमा लक्षणविहिन बर्डफ्लु भेटिएको बताइन्छ । पंक्षीविज्ञहरु जंगली पंक्षी र हाँसको कारण इन्फ्लुएन्जाको संक्रमण व्यापक हुने बताउँछन् । लक्षण नदेखिएका केही पंक्षी उडेर एक ठाउँमा अर्को ठाउँमा जाने र उनीहरुको दिशामा समेत भाइरस भेटिने बताइएको छ ।

    सिजनअनुसार बसाइ सर्ने चराहरु एक ठाउँबाट अर्को ठाउँमा उडेर जाँदा भाइरसको प्रसारण व्यापक हुने गरेको अमेरिकी भाइरोलोजिस्ट भिन्सेन्ट राकानिलोले बताए । कहिलेकाहिँ बर्डफ्लु चराबाट सुँगुर, घोडा, बिराला र कुखुरामा पनि सर्न सक्ने उनले बताए । सन् १९९७ मा हङकङको मासु बजारमा बर्डफ्लु भेटिएको थियो र संक्रमित १८ जनामध्ये ६ जनाको मृत्यु भएको थियो ।

    नेपालको तयारी कस्तो छ ?

    सरकारले बर्डफ्लु रोकथाम तथा नियन्त्रणको लागि पूर्वतयारी थालिएको बताएको छ ।
    हरेकजसो हिउँदमा नेपालमा पशुपंक्षीलाई लाग्ने बर्डफ्लु रोगको प्रकोप देखिदै आएको छ । नेपालका लागि आयातित रोग भएपनि विगत १० वर्षदेखि किसानहरुले यसको दुःख भोग्दै आएका छन् । केहीदिन अघि छिमेकी राष्ट्र भारतको पश्चिमोत्तर क्षेत्रमा बर्डफ्लु देखिन थालेको छ ।

    छिमेकी मुलुकमा देखिएसँगै नेपाल सरकारले यसको पूर्वतयारी थालिसकेको छ । कृषि मन्त्रालयका सहसचिव एवं पशुपन्छी महाशाखाका प्रमुख डा. विमलकुमार निर्मलले सीमा क्वारेन्टाइनलाई कडा बनाउन र प्रयोगशालालाई तयारी अवस्थामा राख्न दिर्नेशन दिएको बताए ।

    उनले भने,‘यस वर्षको तयारी भनेको, जहाँ फार्ममा लाग्यो त्यहीँ त्यो रोगलाई समाप्त गर्ने वा नष्ट गर्ने भन्ने छ । पहिले ३ किलोमिटर वा ५ किलोमिटर भन्ने थियो । अहिले त्यो छैन । पहिलो सूचना आउनेबित्तिकै टार्गेट त्यो फार्मलाई गर्छौ । हामिसँग अहिले बर्डफ्लु आदेश छ । बर्डफ्लु नियन्त्रण आदेशमा कन्ट्रोल रुम स्थापना गर्छौ ।’

    उनका अनुसार कोभिड कहर नेपालमा शुरु भइसकेपछि बर्डफ्लु नेपालमा आएको थिएन । बोर्डहरु सिल भएको, पशु तथा पशुजन्य बस्तु कुनैपनि आयात भएको अवस्था थिएन । अहिले भारतमा बर्डफ्लु देखिएको छ । तर नेपालमा देखा परिसकेको त छैन तर सम्भावना  भने उच्च  छ ।

    सरकारले बर्डफ्लु भित्रिन नदिन तथा नियन्त्रण गर्न आवश्यक तयारी गरिरहेको बताउँदै डा. निर्मलले किसानहरुलाई कुखुरा ओसारपसार गर्दा अनिवार्य रुपमा क्वारेन्टाइन प्रयोग गर्नुपर्ने, हेल्थ सर्टिफिकेट लिनुपर्ने र कहिँकतै ठुलो परिमाणमा कुखुरा मरेका छन् भने जानकारी दिन आग्रह गरे । जाडो महिनामा आउने रोग भएकाले आगामी १ महिना विशेष सजगता अपनाउन पनि उनको आग्रह छ ।

    उनी भन्छन्,‘गत वर्ष कतिपय रोगको नियन्त्रणमा केन्द्रीय सरकार र प्रदेश सरकारको तालमेल मिलेन । किनभने धेरैजसो यो रोग नियन्त्रणको स्रोतहरु र जिल्लाका कर्मचारीहरु प्रदेश सरकार अन्र्तगत परिसकेपछि अप्ठ्यारो भएको थियो । आदेशमा त्यससम्बन्धी संशोधन पनि गरिसकिएको छ । गृह मन्त्रालय समेतको समन्वयमा रहेर बर्डफ्लु रोग नियन्त्रण नियमावली नै बनाईरहेका छौँ । तर अहिले आदेशमै काम गरिरहेको अवस्था हो ।’

    उनले अगाडी थपे, ‘यो बेलामा दुई कुरामा विशेष तत्परता देखाएका छौँ । प्रयोगशाला– जहाँ यस सम्बन्धी रोगको निदान र पहिचान गर्ने र अर्को, क्वारेन्टाइन–जतिपनि सीमा क्षेत्र छ त्यहाँ ध्यान दिने । झन्डै १ खर्ब भन्दाबढी लगानी भएको उद्योग यसलाई जोगाउनका लागि व्यवसायीहरु आफैँपनि लाग्नुहुन्छ । प्रत्येक प्रदेशमा उहाँहरुसँग हाम्रो एउटा संयन्त्र छ । बर्डफ्लु नियन्त्रण आदेश अनुसार प्रमुख भएकाले यसलाई प्रमुख जिल्ला अधिकारीले हेन्डील गर्नुहुन्छ ।’

    नेपालमा यो रोग देखियो भने प्रयोगशालाले किटान गर्ने, क्वारेन्टाइनले सुपरिवेक्षण गर्ने, तुरुन्तै बर्डफ्लु नियन्त्रणको प्रमुखको हैसियतले प्रमुख जिल्ला अधिकारीले यसमा नियन्त्रणको प्रक्रिया अगाडी बढाउने सरकारको तयारी छ ।
    कोभिडको बेला प्रयोग भएको प्रयोगशालाहरु पशुपन्छीको लागि पनि प्रयोग गर्न सकिने उनको भनाइ छ ।

    साथै किसानलाई पनि ओसारपसार गर्दा अनिवार्य रुपमा क्वारेन्टाइन, हेल्थ सर्टिफिकेशन नलिइ जान नदिने सरकारको तयारी छ ।

  • महामारीमै निष्फिक्री सभा, सम्मेलन र आन्दोलन

    महामारीमै निष्फिक्री सभा, सम्मेलन र आन्दोलन

    विराटनगर । प्रतिनिधिसभा विघटनपछि राजधानी काठमाडौंसहित देशका मुख्य शहरमा विरोध प्रदर्शन, सभा–सम्मेलन जस्ता कार्यक्रमले निरन्तरता पाइरहेको छ । नोवेल कोरोनाभाइरस (कोभिड–१९) महामारीका बेला विराटनगरका सडक आन्दोलनमा निस्किएका नेताहरूलाई पछ्याउँदै जनताले पनि सडक तताएका छन् । त्यसको असर स्वास्थ्य क्षेत्रमा परिरहेको छ ।

    पार्टीका प्रदर्शन र सभा–सम्मेलनमा सामान्य स्वास्थ्य मापदण्डलाई पालना गरेको पनि पाइँदैन । सभा–सम्मेलनमा सहभागी अधिकांशले मास्कको प्रयोग पनि गरेको देखिंदैन ।

    यसले धेरैजसोलाई के अब कोरोनाको संक्रमण अन्त्य भएको हो ? भन्ने प्रश्न पनि उब्जाइदिएको छ । तर जनस्वास्थ्य क्षेत्रमा काम गर्नेहरू भने यस कदमलाई आत्मघाती मान्छन् ।

    जनस्वास्थ्य विज्ञ डा. नवराज सुब्बा राजनीतिक दलको यो कदमलाई कोरोनाभाइरसभन्दा खतरनाक मान्छन् । भन्छन्, ‘जे भइरहेको छ, गलत भइरहेको छ । यसले भयानक असर पार्न सक्छ ।’

    उनी पछिल्लो समय कोरोनाभाइरस सुषुप्त अवस्थामा देखिए पनि यसको संक्रमण भने अन्त्य भइनसकेको बताउँछन् ।

    मानिसहरू विरोध प्रदर्शन र सभा–सम्मेलनमा खुला रूपमा सडकमा सहभागी भइरहेका छन् । डा. सुब्बा भने यो किसिमको व्यवहार र मनोविज्ञानमा राजनीतिक प्रभाव देख्छन् ।

    नेताहरूले नै लत्तो छाडेपछि महामारी सकिएको सन्देश गएर जनता पनि गम्भीर हुन छाडे जस्तो देखिएको बताउँदै उनी भन्छन्, ‘अहिले भइरहेका राजनीतिक निर्णय र गतिविधिहरूले घरघरमा संक्रमण फैलाउने वातावरण तयार पारेको छ ।’

    कोशी अस्पतालको कोरोना उपचार केन्द्रका संयोजक डा. दीपक सिग्देल कोरोनाको अन्त्य भइसकेको जस्तो गरी निष्फिक्री हिंड्ने बेला भइनसकेको बताउँछन् ।

    ‘संक्रमणको खतरा टरेको छैन’ डा. सिग्देल भन्छन्, ‘राजनीतिक एजेण्डाले जनस्वास्थ्यको संवेदनशीलतालाई छायाँमा पारेको देखियो । जनस्वास्थ्यको मापदण्ड पालना गर्नै छाड्नु वास्तवमै खतरनाक छ ।’

    संक्रमणको अवस्थालाई हेर्ने हो भने माघको अन्तिम साता या फागुनको पहिलो हप्ताभित्र कोरोनाको दोस्रो चरण देखिन सक्ने भएकाले त्यतिखेरसम्म चाहिं यो भीडभाड कम गर्नु आवश्यक रहेको उनले बताए ।

    डा. सिग्देलले दोस्रो चरणको संक्रमण नेपालमा भित्रिएको अवस्थामा त्यसका लागि आवश्यक तयारी समेत नभएकाले निकै खतरा निम्तिन सक्ने बताए ।

    कोभिड–१९ विरुद्ध खोप लगाउन थालेका विकसित मुलुकहरूको यो स्तरको संवेदनशीलताले महामारी मध्यान्तरमा रहेको बुझ्नुपर्ने डा. सिग्देल बताउँछन् ।

    ‘सामान्य स्वास्थ्य मापदण्ड कतैबाट पनि पालना गरेको देखिएन’ डा. सिग्देलले भने, ‘यदि युरोपेली मुलुकमा जस्तै नेपालमा पनि कोरोनाको दोस्रो कहर देखिएमा हाम्रो नियन्त्रण भन्दा बाहिर जान सक्छ । अहिले नै यस्तो निष्फिक्री हुने अवस्था आइसकेको छैन ।’

    कोभिड–१९ विरुद्ध खोप लगाउन थालेका विकसित मुलुकहरूको यो स्तरको संवेदनशीलताले महामारी मध्यान्तरमा रहेको बुझ्नुपर्ने डा. सिग्देल बताउँछन् ।

    डा. सिग्देल अझै पनि लक्षण भएका शंकास्पद संक्रमितहरूको परीक्षण नभइरहेको बताउँछन् । यो अवस्थामा संक्रमण दर घटेको भन्न नसकिने उनको कथन छ । पछिल्लो समय बढेको राजनीतिक नाराजुलुस र सभाहरूको असर दुई हप्तापछि देखिने पनि उनी बताउँछन् ।

    ‘अहिले एकबाट अर्को समुदाय र परिवारमा भाइरस फैलिइरहेको छ’ डा. सिग्देल भन्छन्, ‘हामीले योभन्दा कठिन अवस्थाको सामना गर्नुपर्ने दिन आउन सक्छ ।’

    उनी भन्छन्, ‘महामारी नियन्त्रणमा युद्धस्तरमा लाग्नुपर्ने सरकारी निकायहरू भाइरसलाई यसरी हलुका रूपमा सोचिरहेका छन् । सरकार, दल र समाजको व्यवहार उग्र छ । सार्वजनिक यातायात भरिभराउ छन्, चोकचोकमा दिनहुँ नाराजुलुस भइरहेका छन् । हात धुने, मास्क लगाउने जस्ता जनस्वास्थ्यका मापदण्ड पालना हुन छाडेको छ ।’

    महानगरले रोक्यो परीक्षण

    विराटनगर महानगरपालिकाले कोरोनाको पीसीआर परीक्षण बन्द गरेको छ । उसले स्वाब संकलनमा मोबाइल पीसीआर भेन र जैन भवनमा भीटीएमबाट गरिने दुवै परीक्षण बन्द गरेको हो ।

    मेयर भीम पराजुली संक्रमितहरूको संख्या न्यून भएपछि कोरोना परीक्षणको काम स्थगित गरिएको बताउँछन् ।

    ‘पछिल्लो समय कोरोना परीक्षणका लागि आउने मानिसको संख्या ह्वातै घट्यो’ मेयर पराजुलीले भने, ‘लक्षित वर्ग नै परीक्षणको लागि आउने क्रममा कमी आएपछि अत्यधिक खर्चिलो पीसीआर परीक्षणको सेवा महानगरले हाललाई बन्द गरेको छ ।’

    महानगरले संक्रमित भएर स्वाब दिने ठाउँसम्म पुग्न नसकेका अशक्त, वृद्ध र बालबालिकाका लागि मोबाइल पीसीआर भेन सञ्चालनमा ल्याएको थियो ।

    त्यसैगरी विराटनगरमा कोरोनाभाइरसको संक्रमण बढेपछि जैन भवनमा गत वैशाख ५ गतेदेखि कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरूको स्वाब संकलनको व्यवस्था मिलाइएको थियो ।

    गएको पुस २ गतेबाट जैन भवनबाट गर्दै आएको स्वाब संकलन कार्य पनि महानगरले रोकेको छ । विराटनगरमा हालसम्म ८ हजार ६९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भइसकेको छ ।

    प्रदेश–१ मा ७८ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । प्रदेशमा कोरोना संक्रमणका कारण ४४१ जनाको मृत्यु भएको छ ।

    कोभिड–१९ विरुद्ध लडाइँको अग्रपंक्तिमा रहेका चिकित्सक, भाइरोलोजिष्ट, जनस्वास्थ्यविद् सबै कोरोना महामारी होइन, त्यसको डर सकिएको बताउँछन् । उनीहरूका अनुसार नेपालमा भाइरसको डर र सावधानी उत्कर्षमा पुग्न सक्ने बताइरहेका समयमा परीक्षण अत्यन्तै कम हुने गरेको छ ।

    अहिले प्रदेश–१ मा नै दैनिक दुईदेखि तीन जना संक्रमितको मृत्यु भइरहेको छ । भेन्टिलेटरमा पुग्नेको संख्यामा पनि कमी आएको छैन ।

    प्रदेश–१ को सामाजिक विकास मन्त्रालयको मंगलबारको तथ्यांक अनुसार अहिले तीन जना संक्रमित भेन्टिलेटर र ११ जना आईसीयूमा छन् ।

    प्रदेश–१ मा ७८ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । प्रदेशमा कोरोना संक्रमणका कारण ४४१ जनाको मृत्यु भएको छ ।

  • अफ्रिकामा भेटियो कोरोनाभाइरसको नयाँ प्रजाति, बेलायतको भन्दा बढी संक्रमित

    अफ्रिकामा भेटियो कोरोनाभाइरसको नयाँ प्रजाति, बेलायतको भन्दा बढी संक्रमित

    बेलायतपछि दक्षिण अफ्रिकामा कोरोनाभाइरसको नयाँ प्रजाति भेटिएको छ । बेलायतका स्वास्थ्य सचिव ह्यानकका अनुसार अफ्रिकामा भेटिएको कोरोनाभाइरस कोभिडको नयाँ रुपान्तरित प्रजाति हो । बेलायतमा भेटिएभन्दा खतरनाक र चाँडो संक्रमण हुने भएकाले यसले कोभिड–१९ रोकथामका लागि भैरहेका प्रयासलाइ चुनौति दिने ठानिएको छ ।

    अफ्रिकामा नयाँ भाइरस भेटिनुको अर्थ कोरोनाभाइरसले चाँडो चाँडो रुप परिवर्तन गरिरहेको छ भन्ने हो । बीबीसीलाई अन्तर्वार्ता दिँदै स्वास्थ्य सचिव ह्यानककले अफ्रिकादेखि बेलायत आउने अन्तराष्ट्रिय उडानमा रोक लगाउने तयारी भैरहेको बताए । अफ्रिकामा भेटिएको नयाँ भाइरसलाई हाल विकास गरिएको खोपले काम नगर्ने बताइएको छ ।

    बेलायतमा अफ्रिकी स्वरुपको भाइरस द्रुत गतिमा संक्रमित भैरहेको जनाइएको छ । जसले गर्दा बेलायतले मंगलबारदेखि कडा नियमसहितको लकडाउन घोषणा गरेको छ । ‘बेलायतभन्दा अफ्रिकाको भाइरस निकै कडा र खतरनाक छ’ ह्यानककले बीबीसीलाई भने । बैज्ञानिकले अफ्रिकामा म्युटेसन भएको प्रजाति अरुभन्दा भिन्न रहेको बताएका छन् जुन स्पाइक प्रोटिनमा म्युटेसन भएर मानव कोषमा सजिलै प्रवेश गर्न सक्छ ।

    अफ्रिकाको उक्त प्रजाति बेलायतसहित अन्य मुलुकमा पनि फैलिएको आशंका गरिएको छ । दक्षिण अफ्रिकाको नयाँ भाइरसलाई ५०१.भीटु नाम दिइएको छ । अहिले यो प्रजातिको भाइरस केपटाउनको पूर्वी र पश्चिमी भेगमा फैलिएको छ । बेलायत, अष्ट्रिया, नर्वे र जापानमा भाइरस पुगिसकेको छ । भाइरसको यो म्युटेसनले पहिले संक्रमित भएका व्यक्तिको एन्टीबडीले काम नगर्ने र खोपलाई छिटो छिटो परिवर्तन गर्नुपर्ने चुनौति बैज्ञानिक सामु छ ।

  • काठमाडौं प्रदूषित सहरको ९६ औं स्थानमा, बिहानै घरबाट ननिस्कन सुझाव

    काठमाडौं प्रदूषित सहरको ९६ औं स्थानमा, बिहानै घरबाट ननिस्कन सुझाव

    काठमाडौं । पश्चिमी वायुको प्रभावले गर्दा मौसम चिसिएसँगै काठमाडौंमा प्रदुषण ह्वात्तै बढेको छ । हावाको प्रदुषण मापन गर्ने एयर भिजुअल सूचक आइक्यू एयरले काठमाडौंलाई संसारकै प्रदूषित सहरको सूचीमा अटाएको छ ।

    सोमबार बेलुकीपख उपत्यकाको हावा एकदमै आँखा पोल्ने खालको थियो । साझँपख घरबाहिर निस्कँदा अधिकाशंले आँखा पिरो महसुस गरेका थिए ।

    यो समाचार तयार पर्दा सम्म काठमाडौं संसारकै प्रदूषित सहरको सूचीमा ९६औं स्थानमा रहेको छ ।काठमाडौंको एक्यूआइ अहिले ५ छ ।

    हावाको प्रदुषण मापन गर्ने एयर भिजुअल सूचक आइक्यू एयरले सोमबार बेलुका काठमाडौंलाई संसारकै प्रदुषित सहरको सूचिको पहिलो स्थानमा राखेको थियो । पहिलो स्थानमा रहेको काठमाडौंको एक्यूआइ ४८७ थियो ।

    मंगलबार‌ सूचीको पहिलो स्थानमा किर्गिस्तानको विश्केक सहर रहेको छ ।हाल विश्केकको एक्यूआइ ४६९  छ  । यस्तै दोस्रो स्थानमा चीनको वुहान सहर छ । छैठौं स्थानमा भारतको मुम्बई र पाँचौ नम्बरमा बंगलादेशको ढाका छन् ।

    बिहानै घरबाट ननिस्कन जनस्वास्थ्यविद् सुझाव

    पश्चिमी वायुको प्रभावको कारण काठमाडौं उपत्यका चिसिएको छ र घाम लागेको छैन । तराइमा तुवाँलो र उच्च हिमाली भेगमा हिमपात भैरहेका छन् । बुधबार अपरान्हदेखि मात्र मौसम खुल्ने आशा मौसमविद्ले गरेका छन् ।

    जनस्वास्थ्यविद्ले दुई दिनसम्म मौसममा यही स्थिती रहने बताए । जनस्वास्थ्यविद् डा समीरमणी दीक्षितले यो मौसमले श्वासप्रश्वास प्रणालीमा गम्भिर असर पार्ने भएकाले दुई दिन मर्निङ वाक नगर्न र मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गरे । वायुमण्डलमा रहेका चिसोका कणहरु सतहमा आइरहेको, चिसो हावा सतहमै थिग्रिएको बताउँदै उनले चिसोबाट बच्न आग्रह गरे ।

  • ३७ हजार स्वाब परीक्षणपछि आफैं संक्रमित भइन् नितु

    ३७ हजार स्वाब परीक्षणपछि आफैं संक्रमित भइन् नितु

    चितवन । ३७ हजारभन्दा बढी स्वाब परीक्षण गर्दा सुरक्षित रहेकी डा. नितु अधिकारी अहिले आफैं कोरोना संक्रमित भइन् । भरतपुर अस्पतालद्वारा  गत जेठमा सञ्चालित कोभिड–१९ प्रयोगशालाको नेतृत्व गर्दै आएकी डा. अधिकारी लामो समय सङ्क्रमणबाट सुरक्षित थिइन् ।

    उनी गत साता संक्रमित भएपछि होम आइसोलेसनमा बसेकी छिन् । उनीसँग श्रीमान् । आमासमेत संक्रमित भएका छन् । उनीसँगै श्रीमान् र आमासमेत सङ्क्रमित भएका छन् । अधिकारीले भनिन्, ‘निकै गाह्रो हुँदो रहेछ।’ उनले टाउको, शरीर र छाती दुखेको बताए। उक्त प्रयोगशालामा दैनिक ६०० सम्म स्वाब परीक्षण हुने गरेको थियो। शुरुआती समयमा स्वाबको सङ्ख्या धेरै भएपछि २४ सै घण्टा काम गर्नुपरेको थियो । उक्त ल्याबमा काम गर्ने अन्य कर्मचारीलाई यसअघि नै कोरोना पुष्टि भइसकेको छ ।

    भरतपुर कोभिड–१९ प्रयोगशालामा कार्यरत मेडिकल प्राविधिक आफू सुरक्षित भई काम गर्दा पनि सङ्क्रमित हुन पुगेको बताउँछन्। ‘पिपिइ सेट लगाउने, निरन्तर सरसफाइ गर्ने, प्रयोग भएका वस्तुको तत्काल र वैज्ञानिक हिसाबले निर्मलीकरण गर्ने गरिन्छ, यति गर्दा पनि सङ्क्रमित भएँ,’ डा. अधिकारीले भनिन्, ‘कुनै पनि अवस्थामा कमजोरी नहोस् भनी सबै साथीहरु होसियारीका साथ काम गर्ने गरेका थियौँ।’

    जिल्लामा पोजेटिभ सङ्क्रमित छ हजार ४१२ जना पुगेका छन् । मृतकको सङ्ख्या १०१ पुगेको छ । छ हजार ६३ जना निको भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । भरतपुर महानगरमा मात्रै चार हजार ५८९ जना छन् । यस्तै माडीमा १३१, राप्तीमा ३११, रत्ननगरमा ७५७, खैरहनीमा ३९८, कालिका नगरमा १८८ र इच्छाकामनामा ३८ जना सङ्क्रमित देखिएका छन्।

  • कोरोना खोप अभियान भारतमा पनि शुरु, नेपालमा कहिले ?

    कोरोना खोप अभियान भारतमा पनि शुरु, नेपालमा कहिले ?

    काठमाडाैं । भारतले कोरोनाविरुद्धको खोप तयार गरिरहेको दुई वटा कम्पनीलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएसँगै नेपालमा पनि कोरोना खोप आउने सम्भावना बढेको छ ।

    भारत सरकारले आइतबार अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाद्वारा विकास गरिएको ‘कोभिसिल्ड’ नामक खोप र भारत बायोटेक र भारतीय औषधि अनुसन्धान परिषद्ले विकास गरेको ‘कोभ्याक्सिन’ नामक खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।

    भारतमा जनवरी दोस्रो सातादेखि यी खोपको प्रयोग शुरु हुनेछ । पहिलो चरणमा स्वास्थ्यकर्मी र अग्रभागमा रहेर काम गरिरहेका कर्मचारीलाई प्रदान गरिनेछ भने तीन करोड नागरिकलाई खोप अभियानमा निःशुल्क समावेश गराइनेछ ।

    भारतले कोरोनाविरुद्धको खोप लगाउन शुरू गर्दा नेपालले पनि खोप उपलब्ध गराइदिन भारतलाई अनुरोधसहितको पत्राचार गरेको छ । नेपालका लागि भारतीय राजदूतसँग स्वास्थ्यमन्त्रीले भेटघाट गरेका छन् भने भारताका लागि नेपाली राजदूतले नेपाललाई खोप उपलब्ध गराउन भारत सरकारका अधिकारी र खोप उत्पादक कम्पनीका अधिकारीसँग भेटवार्ता गरेका छन् ।

    नेपालमा अग्रभागका कर्मचारी र स्वास्थ्यकर्मीका लागि १ करोड २० लाख डोज खोपको मागसहित भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले खोप उत्पादक कम्पनी सेरमका अधिकारीहरुसँग भेट गरेको जानकारी नेपाल प्रेसलाई दिएका छन् ।

    राजदूत आचार्यले भने– ‘संसारको सबैभन्दा ठूलो खोप कम्पनी सिरम इन्स्टिच्युट भारतमै छ । उसले अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले तयार पारेको कोभिसिल्ड नामक खोप उत्पादन गरिरहेको छ । हामीले पनि खोप उपलब्ध गराउन भारत सरकार र कम्पनीलाई समेत अनुरोध गरेका छौं’ राजदूत आचार्यले भने, ‘सेरमका अधिकारीले नेपाललाई खोप उपलब्ध गराउने बारे सरकारबाटै कुरा आएकोले नेपाललाई प्राथमिकतामा राखेको बताएका छन् । भारतले नेपाललाई पनि छिट्टै खोप उपलब्ध गराउने छ भन्नेमा हामी आशावादी छौं ।’

    भारतले उत्पादक कम्पनीसँग खोप खरीद गर्दा नेपालका लागि पनि २० प्रतिशत जनसंख्यालाई पुग्ने गरी खरीद गर्ने र सोको भुक्तानी नेपालले भारत सरकारलाई गर्ने गरी सरकारले भारतसँग छलफल भइरहेको बताइएको छ ।

    खोपले अनुमति पाउनुअघि नै भारत सरकारले आफ्ना जनतालाई विशेष खोप अभियानको तयारी पूरा गरेको छ । खोप अभियानका लागि खोप उत्पादनस्थलदेखि खोप लगाइने स्थान सम्म पुर्‍याउन कार्गो जहाज र भ्यान तयारी अवस्थामा राखिएको छ ।

    खोप कार्यक्रमको तयारीको परीक्षण स्वरुप शनिबार भारतभरि खोप अभियानको ‘ड्राई रन’ गरिएको थियो ।

    नेपालमा हालसम्म खोप कहिले ल्याउने भन्ने समेत टुंगो छैन । बेलायतमा पहिलोपल्ट खोपको प्रयोगभए यता नै नेपालले पनि खोप ल्याउने प्रयास गरिरहेको बताएको छ । खोपको भण्डारण र व्यवस्थापनका लागि सबै प्रदेशमा गरी ८ करोड रुपैयाँ विनियोजन पनि गरिएको छ । पूर्वाधार निर्माण भने सुरु भएको छैन ।

    खोप ल्याएपछि पहिलो चरणमा को लाभान्वित हुने भन्ने स्पष्ट कार्ययोजना अझै बनेको छैन । कतिपय देशले उत्पादन कम्पनीलाई अग्रिम भुक्तानी गरी आफूलाई आवश्यक खोप उपलब्ध गराउन पहल गरिरहेका छन् । नेपाल भने उत्पादक देशसँग अनुदान माग्ने रणनीतिमा छ ।

    भारतले प्रयोग अनुमति दिएको अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाद्वारा विकास गरिएको सेरम कम्पनीले उत्पादन गरिरहेको ‘कोभिसिल्ड’ नामक खोप नेपालको लागि उपयुक्त हुने खोप विज्ञ डा. श्याम उप्रेती बताउँछन् ।

    उनका अनुसार उक्त खोप २ देखि ८ डिग्री तापक्रममा भण्डारण गर्न सकिने हुँदा नेपालमा अहिले भएकै खोप भण्डारण पूर्वाधार प्रयोगमा ल्याउन सकिन्छ र मूल्यको हिसाबमा पनि सुलभ छ ।

    कोभिसिल्ड खोप दुई डोजको नेपाली मूल्य ४०० देखि ६०० मा कम्पनीले सरकारलाई उपलब्ध गराउन सक्नेछ । नेपालसँग खोप एक ठाउँबाट अर्को ठाउँमा लैजाने दुईवटा मात्रै खोप रेफ्रिजेरेटर भ्यान छ । रेफ्रिजेरेटर भ्यान थप्नेतर्फ पनि स्वास्थ्य मन्त्रालयले अहिलेसम्म ध्यान दिएको छैन ।

  • नक्कली पीसीआर रिपोर्ट लिएर दुबई उड्न लागेका ७ पक्राउ

    नक्कली पीसीआर रिपोर्ट लिएर दुबई उड्न लागेका ७ पक्राउ

    काठमाडौं । नक्कली पीसीआर रिपोर्ट सहित विदेश जान लागेका ७ जना  परेका छन्।

    फ्लाई दुबईको उडानद्वारा दुबई जान लागेका सल्यान खैरागर घर भएका २६ वर्षीय दिनेश सिंह लगायत ७ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार साँझ प्रहरीले पक्राउ गरेको हाे ।

    प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

     

  • संक्रिय संक्रमितको संख्या घटेर ५ हजार तल, ४१९ संक्रमित थपिए

    संक्रिय संक्रमितको संख्या घटेर ५ हजार तल, ४१९ संक्रमित थपिए

    पछिल्लो २४ घन्टामा देशमा ४१९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा २ लाख ६१ हजार ४३८ जना कोरोनाभाइरस संक्रमित भएका छन् ।

    यही अवधिमा ७५० जना भाइरस संक्रमणबाट मुक्त भएका छन् । निको हुनेको संख्या २ लाख ५३ हजार ८५७ पुगेको छ । हालसम्म पीसीआर विधिबाट १९ लाख ४२ हजार ७०२ परिक्षण भएका छन् । अहिलेसम्म क्वारेन्टाइनमा रहनेको संख्या ३६७ रहेको छ ।

    संक्रमणबाट २४ घन्टामा थप ६ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८७० पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ७११ मा झरेको छ । ५ हजार ७११ आइसोलेसनमा छन् । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वभर संक्रमित संख्या ८ करोड ३१ लाख नाघेको छ ।

  • करिब ६ करोडले जिते कोरोना, नयाँ भाइरसले त्रास बढायो

    करिब ६ करोडले जिते कोरोना, नयाँ भाइरसले त्रास बढायो

    काठमाडौं । विश्वभर करिब ६ करोड संक्रमितले कोरोना जितेको तथ्यांक छ । ८ करोड ४३ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएकामा ५ करोड ९६ लाखभन्दा बढीले कोरोनाभाइरसको संक्रमण जितेका हुन् । तथ्यांकअनुसार विश्वभर पछिल्लो २४ घण्टामा ५ लाख ५२ हजारभन्दा बढीमा संक्रमण भएको छ

    अहिलेसम्म १८ लाख ६४ हजार ३५४ संक्रमितको मृत्यु भएको छ । अझै २७ प्रतिशत संक्रमित उपचाररत छन् ।

    कोरोना संक्रमणबाट विश्वमा सबैभन्दा धेरै असर परेका अमेरिकामा २ करोड ६ लाखभन्दा बढी संक्रमित भएका छन् ।

    पछिल्लो समय नयाँ प्रजातिको कोरोनाभाइरसको हल्लाले विश्व आतंकित छ ।

  • कोरोनाविरुद्धको भ्याक्सिन खरिदमा निजी क्षेत्रलाई अनुमति दिइने

    कोरोनाविरुद्धको भ्याक्सिन खरिदमा निजी क्षेत्रलाई अनुमति दिइने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्धको खोप चाँडो भन्दा चाँडो सबैको पहुँचमा पु¥याउन निजी क्षेत्रलाई पनि खोप ल्याउने अनुमति दिन लागिएको बताएका छन् ।

    नेपाल स्काउटले नयाँ वर्षको अवसरमा आयोजना गरेको वालवालिकासँग प्रधानमन्त्री कार्यक्रममा बालिकाहरुले सोधेको प्रश्नको जवाफ दिदै प्रधानमन्त्रीले भने,‘निजी क्षेत्रलाई पनि भ्याक्सिन लाउन अनुमति दिने,सरकारको तर्फबाट पनि जतिसक्दो चाँडो ल्याउने तयारी भइरहेको छ,आज पनि हामीले त्यसको बैठक गरेका छौं ।’

    प्रधानमन्त्रीले खोप ल्याएपछि सबैभन्दा पहिले फ्रन्टलाइनकाा डाक्टर,नर्स,सुरक्षाकर्मी र जेष्ठ नागरिकलाई लगाइने बताए । त्यसपछि क्रमशः सबै नेपालीलाई भ्याक्सिन उपलब्ध गराउन सरकारले सबै तयारी गरिरहेको बताए ।

    उनले भने,‘सबै नेपालीलाई भ्याक्सिन आवश्यक हुन्छ । सबैमा भ्याक्सिन पु¥याउन तीब्र तयारी भइइरहेको छ । विश्व स्वास्थ्य संगठनबाट हामीले कोभ्याक्स प्राप्त गर्दासम्म ढिला हुन्छ भनेर सरकारकाले आफैं किनेर ल्याउँदैछ । सकेसम्म हाम्रा छिमेकी देशमा बनेको र परीक्षण सफल भएको भ्याक्सिनमा हामी जोड दिन्छौं ।’

  • नेपालमा नयाँ कोरोनाभाइरसको त्रास, ७ जनाकाे नमूना हङकङ पठाइँदै

    नेपालमा नयाँ कोरोनाभाइरसको त्रास, ७ जनाकाे नमूना हङकङ पठाइँदै

    काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नेपालमा कोरोनाभाइरसको नयाँ प्रजाति छ/छैन भन्ने पत्ता लगाउन बेलायतबाट आएका कोरोना पोजेटिभ देखिएका ७ जनाको नमूना जिन सिक्वेन्सिङका लागि हङकङ पठाउने तयारी गरेको छ ।

    पछिल्लो समय बेलायतमा ७० गुणा बढी संक्रामक भएको नयाँ स्वरुपको कोरोना बेलायतबाट नेपाल आएका ७ जनामा संक्रमण भएको आशंका गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका प्रवक्ता राकेश गुप्ताका अनुसार बेलायतबाट नेपाल आएका कोरोना पोजेटिभ देखिएका ७ जना व्यक्तिको नमूना जिन सिक्वेन्सिङका लागि हङकङ पठाउन प्याकिङ गरिसकिएको र कुरियर गरेर पठाउन लागिएको जानकारी दिए ।

    नेपालमा कोरोनाको पोजेटिभ, नेगेटिभ छुट्याउने प्रविधि मात्र छ तर त्यसको प्रजाति र परिवर्तित स्वरुप छुट्याउने जिन सिक्वेन्सिङ परीक्षणको व्यवस्था भने छैन । सरकारले पुस १ देखि ७ गतेसम्म बेलायत अथवा त्यहाँको बाटो हुँदै नेपाल प्रवेश गर्ने नागरिकलाई १० दिन होटल क्वारेन्टाइनमा बस्न अनुरोध गरेको थियो । बेलायतबाट नेपाल आएसँगै उच्च ज्वरो आएका पाँच जनाको पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएको थियो ।

    पछिल्लो समय बेलायतमा ७० गुणा बढी संक्रामक भएको नयाँ स्वरुपको कोरोना बेलायतबाट नेपाल आएका ७ जनामा संक्रमण भएको आशंका गरिएको छ ।

    बिहीबार बेलायतबाटै आएका थप दुई जनाको पनि पीसीआर पोजेटिभ देखिएपछि ७ जनाको नमूना जीन सिक्वेन्सिङका लागि हङकङ पठाउन लागिएको र छिट्टै नेपालमा नयाँ स्वरुपको भाइरस छ/छैन पत्ता लाग्ने र सरकारले नियन्त्रणको लागि त्यही अनुसारको रणनीति बनाउने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले नेपाल प्रेससँग बताउनुभयो ।

    जिन सिक्वेन्सिङ गरेपछि चाइनाको वुहानबाट शुरू भएको कोरोनाको प्रजाति हो वा नयाँ स्वरुपको भन्ने पत्ता लाग्नेछ । नेपालमा कोरोनाभाइरसको नयाँ स्वरुप देखिए संक्रमण बढ्ने खतरा रहेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् ।

    नेपालमा कोरोनाभाइरस महामारीको पहिलो लहर देखिंदा अधिकांश संक्रमितहरू विदेशबाट फर्किएका व्यक्ति थिए । नयाँ भाइरसको स्वरुप पनि विदेशबाटै यात्रा गरेर आउनेबाट भित्रिरहेको आशंका गरिएको छ ।

    कोरोना संक्रमणको नयाँ स्वरुप फैलिन नदिन सरकारले बेलैमा रणनीति बनाउनुपर्ने भन्दै आम नागरिकले पनि जनस्वास्थ्यका मापदण्ड अझ राम्रोसँग पालन गर्नुपर्ने सुझाव डा. पुनको छ ।

    १० महिनादेखि नेपालमा कोरोना संक्रमण रहिरहेको कारण भाइरसले स्वरुप परिवर्तन गरिसकेको आशंका पनि विशेषज्ञको छ । धेरै देशहरूले जिन परीक्षण गरिरहेका छन् । भारतमा समेत नयाँ स्वरुपको कोरोना संक्रमण देखिसकेको छ । तर नेपालमा हालसम्म जिन परीक्षण प्रविधि छैन ।

    बेलायतमा देखिएको नयाँ स्वरुपको कोरोना ७० प्रतिशत संक्रामक भएकोले एक व्यक्तिबाट अर्कोमा छिटो सर्ने चिकित्सकहरूले बताएका छन् । बेलायतको युनिभर्सिटी अफ हर्डस्फिल्डमा ग्लोबल पब्लिक हेल्थका प्राध्यापक डा. पदम सिम्खडाका अनुसार जतिबेला चीनको वुहानबाट कोरोनाभाइरस संक्रमण शुरू भयो र विश्वभर फैलियो त्यहीबेलादेखि भाइरसको रूपान्तरण हुँदै गयो । भाइरस धेरै समय रहँदा रूप परिवर्तन हुने गर्छ ।

    नेपालमा कोरोनाभाइरस महामारीको पहिलो लहर देखिंदा अधिकांश संक्रमितहरू विदेशबाट फर्किएका व्यक्ति थिए । नयाँ भाइरसको स्वरुप पनि विदेशबाटै यात्रा गरेर आउनेबाट भित्रिरहेको आशंका गरिएको छ ।

    अहिले बेलायतमा देखिएको नयाँ स्वरुपको भाइरस पनि कोरोनाकै अर्को रूप हो । यो बढी संक्रामक भएको कारण जनस्वास्थ्यका मापदण्ड अझ सही ढंगले अपनाउनुपर्छ । यद्यपि यो नयाँ स्वरुपको भाइरसलाई पनि अहिले निर्माण भएका खोपले काम गर्छ ।

    कोरोनाविरुद्ध भर्खरै विकसित खोपको प्रभावलाई बेलायतमा देखिएको नयाँ भाइरसले कुनै असर पार्न नसक्ने अमेरिकन वैज्ञानिकहरूले यसअघि नै बताइसकेका छन् । बढी संक्रामक भए पनि बिरामीलाई सिकिस्त बनाउने दर पुरानो कोरोनामा जत्तिकै रहेको विज्ञहरू बताउँछन् ।

    नयाँ स्वरुपको कोरोनाको लक्षण पनि पुरानोको जस्तै छ । तर छिटो सर्ने हुँदा यसको नयाँ स्वरुप खतरनाक छ ।