Category: स्वास्थ्य-जीवनशैली

  • प्रदेश २ का कानूनमन्त्री यादवले लगाए कोरोना खोप

    प्रदेश २ का कानूनमन्त्री यादवले लगाए कोरोना खोप

    जनकपुरधाम । प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

    जनकपुरस्थित प्रादेशिक अस्पतालमा आयोजित एक समारोहबीच मन्त्री यादवले खोप लगाएर प्रदेशमा अभियानको शुरूआत गरे । आजदेखि शुरू भएको देशव्यापी अभियानअन्तर्गत पहिलो चरणमा कोरोना महामारी नियन्त्रणमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइ कर्मचारी, शववाहन चालक, एम्बुलेन्स चालकलगायतलाई खोप दिन थालिएको छ ।

    यादव पहिलो चरणको खोप अभियानको लक्षित समूहभन्दा बाहिरका खोप लगाउने पहिलो व्यक्ति हुन ।

    मन्त्री यादवले खोप लगाउँदा कुनै साइड इफेक्ट नगर्ने सन्देश दिन पनि आफैबाट खोप अभियान शुरूआत गरेको बताए । उनका अनुसार आजदेखि प्रदेश २ को वीरगञ्ज र राजविराजबाट पनि खोप लगाउन सुरु गरिएको छ ।

    वीरगञ्‍जमा मुख्यमन्त्री लालबाबु राउत र राजविराजमा सामाजिक विकास मन्त्री नवलकिशोर साहले खोप अभियानको शुभारम्भ गर्ने छन् । उनीहरूले भने खोप नलगाउने बताइएको छ ।

  • ३ महिनाभित्र सबै नेपालीलाई नि:शुल्क खोप उपलब्ध गराउने प्रधानमन्त्रीको प्रतिवद्धता

    ३ महिनाभित्र सबै नेपालीलाई नि:शुल्क खोप उपलब्ध गराउने प्रधानमन्त्रीको प्रतिवद्धता

    काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडविरुद्धको खोप तीन महिनाभित्र सबै नेपालीलाई उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् ।

    कोभिडविरुद्धको खोप अभियानको भर्चुअल उद्घाटन गर्दै ओलीले अब कोभिडको त्रास कम भएर जाने विश्वास पनि व्यक्त गरे ।

    ‘मलाई लाग्छ तीन महिनासम्ममा सबै नेपालीलाई खोप उपलब्ध गराउन सकिन्छ,’ ओलीले भने, ‘हामी भारतसँग थप खोप खरिदका लागि कुराकानी गरिरहेका छौं ।’

    खोप अभियान प्रारम्भ भए पनि कोभिडविरुद्ध अपनाइएको मापदण्डहरुलाई जारी राख्नुपर्ने प्रधानमन्त्रीले बताए । मास्कको प्रयोग, सामाजिक दूरी, सरसफाइ लगायतका कुराहरुमा पूर्ववत ध्यान दिन उनले देशवासीलाई सुझाव दिए ।

    उनले भने, ‘हामी खोपमा मात्रै भर पर्ने होइन । यो शतप्रतिशत विश्वसनीय नहुन सक्छ । हामीले कोभिडविरुद्धको लडाईमा अपनाएका अरु पक्षहरुमा किञ्चित लापरवाही गर्नुहुन्न । अहिलेका मापदण्डहरुलाई जारी राख्नुपर्छ ।’

    कोभिडविरुद्धको खोप आइसकेपछि अब कोभिड अस्पताल निर्माणमा पहिलेजस्तो जोड दिनु नपर्ने प्रधानमन्त्रीले बताए । ‘अब कोभिड १९ अब त्यसैगरी फैलिइरहन सक्दैन । हामी सरसफाइ, खानपिन, मास्कमा सजक भएका छौं । त्यसैले आज मान्छे हिजोभन्दा बढि सतर्क छन् । त्यसैले अब कोभिड अस्पतालमा धेरै ध्यान दिइराख्नु पर्दैन,’ उनले थपे, ‘पहिले जता पनि मान्छे देख्यो कि कोभिडको संवाहक जस्तो लाग्थ्यो । जसले पनि कोभिडै बोकेर हिँडेको छ कि जस्तो भान हुन्थ्यो । अब कसैलाई छ भने पनि केही छैन । सामाजिक दुरी कायम राख्नु, पर्यो मास्क लगाउनु पर्‍यो, खोप लगाउनुपर्‍याे ।’

  • कर्णालीमा कोरोनाविरुद्धको खोप सुरु, पहिलो खोप निर्देशकलाई

    कर्णालीमा कोरोनाविरुद्धको खोप सुरु, पहिलो खोप निर्देशकलाई

    सुर्खेत । कोरोना रोग विरुद्धको खोप कर्णालीका नौ जिल्लामा सुरु भएको छ भने डोल्पा जिल्लामा केहि समय पश्चात खोप सुरु हुने भएको छ ।

    कर्णाली स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्कालाई पहिलो खोप दिएर खोप कार्यक्रम सुरु भएको प्रदेश अस्पताल कालागाउँ सुर्खेतका कोरोना फोकलपर्सन डा. नवराज केसिले बताए ।

    यस्तै, कर्णालीका दश जिल्लामा पहिलो चरणको खोप कार्यक्रम एघार हजार पाँच सय ८० जनामा लगाईने निर्देशक डा. खड्काले बताए । स्वास्थ्यकर्मी, अस्पतालमा कार्यरत सुरक्षाकर्मी, सरसफाईकर्मी, एम्बुलेन्सका चालक, सहचालक र महिला स्वास्थ्यस्वंयसेविकालाई पहिलो चरणमा खोप लगाउन सुरु भएको डा. खड्काले बताए ।

    उनका अनुसार डोज खेर जाने सम्भावना भएका कारण प्रतिव्यक्ति दुइ डोजका आधारमा कर्णालीमा २६ हजार डोज आएको हो ।कर्णालीमा पहिलो चरणको खोपका लागि २६ हजार डोज आइपुगेको थियो ।

    सुर्खेतमा दुई हजार ७८१, दैलेखमा दुई हजार, जुम्लामा एक हजार ७०२, जाजरकोटमा एक हजार १४५, सल्यानमा एकहजार १२३, कालिकोटमा एक हजार २०, मुगुमा ५४७, डोल्पामा ५११, रुकुमपश्चिम ५०० र हुम्लामा ४५० जनालाई पहिलो चरणमा खोप लगाउन सुरु भएको हो ।

     

  • प्रधानमन्त्रीले भने- कोभिडले ह्यान्डसेकलाई बाइबाइ, नमस्तेलाई स्वागत

    प्रधानमन्त्रीले भने- कोभिडले ह्यान्डसेकलाई बाइबाइ, नमस्तेलाई स्वागत

    काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को कारण मानिसहरुको बीचको अभिवादन र सम्मान प्रकट गर्ने शैली परिवर्तन भएको बताएका छन् । ह्यान्डसेक गर्ने पश्चिमा शैलीलाई बाइबाइ गरेको र हाम्रो सभ्यताको नमस्कारलाई स्वागत गरेको उनको भनाइ छ ।

    कोभिड–१९ को खोपको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अंकमाल गर्ने र हात मिलाउने अब छैन । सबैभन्दा राम्रो नमस्कार वा नमस्ते हो भन्ने स्थापित भएको छ । न स्पर्शबाट सर्ने न स्वासप्रश्वासबाट । हाम्रा पूर्वजहरुले राम्रै पत्ता लगाएका रहेछन् ।’

    उनले थपे, ‘जानी नजानी अरुका सभ्यता सिक्दा बलियाले अर्काको ह्यात कर्याप्प पारेर आँशु निकाल्ने स्थिति पनि भएन । यसले एकप्रकारले पुनर्जागरणको स्थिति ल्याएको छ ।’

  • कोरोनाविरुद्ध खोप अभियान शुरु, दक्षिण एशियामा दोस्रो मुलुक बन्यो नेपाल

    कोरोनाविरुद्ध खोप अभियान शुरु, दक्षिण एशियामा दोस्रो मुलुक बन्यो नेपाल

    काठमाडौं । नेपालमा कोभिड १९ महामारीविरुद्धको खोप अभियान आजबाट शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल रुपमा विहान १० बजेर २३ मिनेटमा खोप अभियानको औपचारिक शुभारम्भ गरेका हुन् ।

    प्रधानमन्त्रीले खोप अभियानको आरम्भ गरे लगत्तै देशभरका १२० खोप केन्द्रहरुमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी,सुरक्षाकर्मी,सफाइ कर्मचारी,चालक,एम्बुलेन्स चालक लगायतलाई खोप दिइएको हो ।

    आज एकै दिन १२ हजार जनाले खोप लगाउने शुभारम्भ समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।

    नेपाल दक्षिण एशियामा कोभिड विरुद्ध खोप अभियान चलाउने भारतपछि दोस्रो मुलुक भएको छ । भारतले अनुदानमा दिएको खोप पहिलो चरणमा लगाउन थालिएको हो ।

  • दक्षिण कोरियामा बिरालोमा कोरना संक्रमण पुष्टि

    दक्षिण कोरियामा बिरालोमा कोरना संक्रमण पुष्टि

    रासस । दक्षिण कोरियामा पहिलोपटक एक बिरालोमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ख्याङ्सान जिन्जुस्थित एक बस्तीमा रहेको एक घरपालुवा बिरालोमा कोरोना भाइरस संक्रमण देखिएको हो । दक्षिण कोरियामा मानिसबाहेक जनावरमा कोरोना संक्रमण भेटिएको यो पहिलो घटना हो ।

    पछिल्लो समय उक्त बस्तीमा कोरोना महामारी फैलिएको थियो । उक्त स्थानमा कन्ट्याक्ट ट्रेसिङका आधारमा परीक्षण गर्दा बिरालोमा समेत संक्रमण पाइएको हो । उक्त बिरालो पाल्ने परिवारका तीन सदस्यमा पनि भाइरस पुष्टि भएको छ । यहाँ मानिसबाहेक अन्य जनावरमा समेत भाइरस देखा परेपछि सबैलाई सचेत रहन दक्षिण कोरिया सरकारले आग्रह गरेको छ ।

    कोरिया सरकारले कोभिड-१९ विरुद्ध खोपको तयारी गरिरहेको भए पनि अझै वितरण भएको छैन । सावर्जनिक स्थानमा चार जनाभन्दा बढी भेला हुन नपाउने, सामाजिक दूरी पालना गर्नुपर्ने र ‘नो मास्क नो राइड’ नियमलाई कडाइ गरे पनि संक्रमण फैलिन भने रोकिएको छैन ।

  • देशभर एकैसाथ कोरोना खोप अभियान आजदेखि

    देशभर एकैसाथ कोरोना खोप अभियान आजदेखि

    काठमाडाैं । आज देशभर कोरोना विरुद्धको खोप अभियान आरम्भ हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारबाट भर्चुअल रुपमा कोरोना विरुद्धको खोप अभियान शुभारम्भ गर्दैछन् ।

    प्रधानमन्त्री ओलीले राजधानी काठमाडौं उपत्यकाका ११ अस्पतालमा सुरु हुने खोप अभियानको अनलाइनमार्फत प्रत्यक्ष अवलोकन गर्नेछन् । स्वास्थ्य मन्त्रालयको कोभिडविरुद्धको इन्सिडेन्ट कमाण्ड सिस्टमका प्रमुख डाक्टर गुणराज लोहनीका अनुसार उपत्यकाका ११ अस्पतालका स्वास्थ्यकर्मीलाई खोप लगाएपछि बिहान ११ बजेदेखि देशैभरका अस्पतालबाट खोप कार्यक्रम सुरु गरिनेछ ।

    कोरोना बिरुद्धको खोप लगाएका व्यक्तिमा कुनै प्रकारको असर देखिएमा सरकारले निःशुल्क उपचार गर्ने स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डाक्टर समीर अधिकारीले बाताए । ‘साइड इफेक्ट’ देखिए निःशुल्क उपचार गर्ने भने पनि कोराेना विरुद्धको खोप लगाउन चाहनेहरूले खोपका कारणले भविष्यमा कुनै भवितव्य परिआए आफैं जिम्मेवार रहेको भनी मञ्जुरीनामामा हस्ताक्षर भने गर्नुपर्ने व्यवस्था गरिएको छ ।

    खोपका कारण मानिसको मृत्यु भएमा त्यसको क्षतिपूर्ति सरकारले दिँदैन । कोरोनाको खोप महामारी नियन्त्रणका लागि आपतकालीन प्रयोग गर्नुपर्ने नयाँ खोप भएकाले खोप उत्पादक कम्पनीहरूले ‘साइड इफेक्ट’ देखिएमा त्यसको क्षतिपूर्ति नतिर्ने जनाएको छन्। तर नेपालमा भारत सरकारले दिएको एस्ट्राजेन्का अक्स्फोर्डको खोप सुरक्षित रहेको वश्विास चिकित्सकहरुको छ ।

    ‘खोपले ०.१ प्रतिशत ‘साइड इफेक्ट’ गर्न सक्ने सम्भावना सबै अवस्थामा रहन्छ । अहिलेको लागि कोरोना महामारीबाट बच्ने सबैभन्दा ठूलो हतियार नै खोप हो । त्यसैले हामी उत्साही छौं,’ शुक्रराज सरुवा रोग अस्पतालका निर्देशक डा सागर राजभण्डारीले भने ।

    कोभिशिल्ड खोपले कोरोनाबाट कसरी बचाउँछ ?

    नेपालमा लगाउन लागिएको कोभिशिल्ड खोप कमजोर पारिएको भाइरस हो यसले सङ्क्रमण गर्दैन । खोपको माध्यमबाट यो भाइरस हाम्रो शरीरमा गएपछि रोग प्रतिरोधी क्षमतालाई सक्रिय बनाउँछ। जसले एन्टीबडी बन्छन् र ती कोरोनाभाइरस सङ्क्रमण विरुद्ध लड्न सक्षम हुन्छन् ।

    एक मानिसलाई यो खोपको दुई मात्रा दिनुपर्ने कम्पनीले जनाएको छ । पहिलो डोज लगाएको चारदेखि १२ साताको फरकमा दोस्रो डोज दिनुपर्छ ।

    नेपालमा १ महिनापछि दोस्रो दोज दिने तयारी गरिसकेर खोप अभियान आरम्भ गर्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

     

  • निश्चिन्त छन् भोलि पहिलो कोरोना खोप लगाउने चिकित्सक

    निश्चिन्त छन् भोलि पहिलो कोरोना खोप लगाउने चिकित्सक

    काठमाडौं । शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पातालका निर्देशक डा. सागर राजभण्डारीको नाममा भोलि एउटा ‘रेकर्ड’ बन्दै छ । नेपालमा कोरोनाविरुद्धको खोप लगाउने पहिलो व्यक्ति बन्न लागेका छन् उनी ।

    गत साता नेपाल भित्रिएको कोरोनाविरुद्धको खोप  ‘कोभिशिल्ड’को प्रयोग बुधबारबाट सुरु हुन लागेको हो । र, पहिलो खोप राजभण्डारीले लगाउने तय भइसकेको छ । पहिलो चरणमा यो खोप फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, शववाहन चालक, चिकित्सक र सरसफाईकर्मीलाई निशूल्क लगाउने सरकारको तयारी छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल विधिबाट खोप लगाउने अभियानको उद्घाटन गर्ने छन् । खोप कार्यक्रमको सुरुवात टेकु अस्पताल, टिचिङ र एपीएफ अस्पतालबाट गरिने छ ।

    राजभण्डारी भन्छन्ः सुनौलो अवसर

    कोरोनाविरुद्धको पहिलो खोप लगाउन लागेका टेकु अस्पतालका निर्देशक डा. राजभण्डारीले यो आफ्नो लागि सुनौलो अवसर भएको बताउँछन् । पहिलो प्रयोग आफूले गरेर खोप सुरक्षित छ भन्ने सन्देश दिन खोजेको उनको भनाइ छ ।

    निर्देशक राजभण्डारीले नेपाल प्रेससँग भने, ‘नेपालमा कोरोना भाइरसको पहिलो संक्रमितको उपचार टेकु अस्पतालले गरेको हो । खोप पनि पहिलोपटक यही अस्पतालको स्वास्थ्यकर्मीले लगाउँदा सकारात्मक सन्देश जान्छ भन्ने लाग्छ ।’

    उनी थप्छन्, ‘सामान्यतया कुनै नयाँ भ्याक्सिन बन्न ५/६ वर्ष लाग्छ । तर कोभिडको खोप एकै वर्षमा यति धेरै बनेको छ । वैज्ञानिकले धेरै दुख गरेका छन् । पहिलो खोप लगाउन पाउनु मेरो लागि सुनौलो अवसर हो ।’

    कोरोनाविरुद्धको लडाईमा स्वास्थ्यकर्मी, चिकित्सकहरु फ्रन्टलाइनमा खटिइरहेकाले उनीहरु उच्च जोखिममा छन् । अस्पतालकै स्वास्थ्यकर्मी तथा चिकित्सकमार्फत घर–परिवारमा कोरोना सर्न सक्ने खतरा भएकाले सुरक्षित रहन अहिले भ्याक्सिन लगाउनुपर्नेमा राजभण्डारीको जोड छ ।

    उनले थपे, ‘कोभिड–१९ ले स्वास्थ्यमा मात्र नभएर मानिसको हरेक पक्षमा असर गरेको छ । यसबाट मुक्त हुनको लागि भ्याक्सिन लगाउनुपर्छ ।’

    यो भ्याक्सिन सुरक्षित छ कि छैन भन्नेमा जनमानसमा रहेको संशय हटाउनुपर्नेमा पनि उनले जोड दिएका छन् ।

    उनी भन्छन्, ‘स्वास्थ्यकर्मी नै खोप लगाउन अघि सर्दा अरुलाई पनि ढुक्क हुन्छ भनेर पहिले हामी आफैंले लगाउन आँटेका हौं ।’

    ‘साइड इफेक्ट न्यून’

    ‘कोभिशिल्ड’ हरेक हिसाबले सुरक्षित रहेको उनी बताउँछन् । डा. राजभण्डारीको भनाइअनुसार यो भ्याक्सिनले ०.१ प्रतिशत मात्रै साइट इफेक्ट गर्छ । अर्थात्, हजार जनालाई खोप दिँदा एक जनालाई सामान्य लक्षण देखिन सक्छ ।

    ‘सामान्य लक्षण भन्नाले ज्वरो आउन सक्छ । तर त्यो भनेको भ्याक्सिनले काम गरेको हो । भ्याक्सिन सक्रिय हुँदा ज्वरो आउने, जोर्नी दुख्ने हुन्छ । केही घण्टामा आफै ठिक हुन्छ ।’

    लाखौमध्ये एक–दुई जनालाई गम्भिर प्रकारका लक्षणहरु देखिन सक्ने उनी बताउँछन् ।

    गर्भवती महिला, दम, मुटुको रोग भएका विरामी, एलर्जी हुने व्यक्ति, सुत्केरीलाई खोप दिँदा गम्भिर असर पर्ने देखिएकाले त्यस्ता व्यक्तिलाई खोप नदिने उनले बताए ।

    सुरक्षित रुपमा खोप दिने अस्पतालको तयारी छ । त्यसका लागि सबैभन्दा जोखिममा रहेका स्वास्थ्यकर्मीको सूची बनाइएको छ । बुधबार १० बजेदेखि खोप लगाउन सुुरु गरिने छ ।

    अस्पतालका दुई जना चिकित्सकले खोप लगाएपछि स्वास्थ्यकर्मी र सरसरफाईकर्मीले लगाउनेछन् । कसैलाई गम्भिर लक्षण देखिए त्यसको उपचारका लागि औषधी लगायत सबै बन्दोबस्त गरिने बताइएको छ ।

  • उपत्यकाको १७ अस्पतालबाट दिइँदैछ कोरोनाविरुद्धको खोप

    उपत्यकाको १७ अस्पतालबाट दिइँदैछ कोरोनाविरुद्धको खोप

    काठमाडौं । कोभिड –१९ को विरुद्धको ‘कोभिशिल्ड’ खोप  काठमाडौं उपत्यकामा १७ खोपकेन्द्रबाट दिइने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान १० बजे गर्ने खोपको भर्चुअल शुभारम्भ गर्नेछन् ।

    काठमाडौं उपत्यकामा १७ अस्पताललाई खोप केन्द्र बनाइएको स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य तथा खोप शाखाका निर्देशक डा झलक शर्मा गौतमले जानकारी दिए । उनका अनुसार काठमाडौँमा १२, ललितपुरमा तीन र भक्तपुरमा दुई अस्पतालमा खोप केन्द्र रहने छन् ।
    काठमाडौं त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, काठमाडौं मेडिकल कलेज जोरपाटी, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्र, सशस्त्र प्रहरी बलम्बु अस्पताल, शहीद गङ्गालाल अस्पताललगायत छन् । ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, किष्ट मेडिकल कलेज र आनन्द वन अस्पतालमा खोप केन्द्र रहने छन् ।

    यस्तै भक्तपुरमा भक्तपुर अस्पताल र कोरियामैत्री अस्पताल रहने छन् । उनले आज खोप केन्द्र बनाइएका उपत्यकाका अस्पतालको निरीक्षणसमेत गरिएको बताए।

    खोपको शुभारम्भ समारोहमा सातै प्रदेशमा रहेका ६२ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृत व्यक्तिलाई एकै साथ खोप दिइने छ । यस्तै यही माघ १८ गतेभित्र ७७ जिल्लाका ३०० खोप केन्द्रमार्फत खोप प्रदान गरिने खोप शाखाको तयारी छ ।

    भारत सरकारको अनुदानमा माघ ८ गते १० लाख मात्रा खोप नेपाल ल्याइएको हो । खोप शाखाका निर्देशक डा गौतमले सबै प्रदेशमा खोप पुगिसकेको बताए।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणको खोप अभियान शुरु गरेको १० दिनभित्र अभियान सम्पन्न गर्ने छ । सो चरणमा चार लाख ३० हजारलाई खोप प्रदान गरिने छ ।

    सरकारले प्रथम चरणको खोप सक्नुभन्दा अगाडि अर्को चरणको खोप लगाउनका लागि खोप ल्याउने तयारीमा रहेको छ । मन्त्रालयले खोपको समुचित प्रयोग गर्न र खेर जान नदिन आफूले नियमितसमेत गर्ने छ ।

    कोभिशिल्ड खोप अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका नामक औषधि उत्पादक कम्पनीले संयुक्त रुपमा विकास गरेका हुन् । भारतको सेरम इस्सिच्युटले खोप उत्पादन गरेको हो ।

    लक्षित समूहले मात्र खोप पाएको यकिन गर्नका लागि सम्बन्धित संस्थाले खोप पाउने व्यक्तिको सूची सार्वजनिक गर्ने व्यवस्था मन्त्रालयले गरेको छ । खोप केन्द्र रहेको संस्था र स्वास्थ्य कार्यालयका प्रमुखले सूची सार्वजनिक गर्नुपर्ने हुन्छ । खोपको अनुगमन जिल्ला कोभिड –१९ खोप समन्वय समितले गर्ने छ ।

    ककसले पाउँछन् ?

    पहिले चरणमा फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी छन् ।

    खोप केन्द्र खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयंसेविका, अन्तरराष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रमका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी एवं कारागारका कैदी र सुरक्षाकर्मीलाई खोप दिइने छ ।

    नेपालमा अहिले कोभिड–१९ को सङ्क्रमण दुई लाख ६९ हजार ७८९ जनामा देखिएको छ । सङ्क्रमणबाट दुई हजार ११ जनाको निधन भइसकेको छ ।

  • बेलायतले नेपाललाई एस्ट्राजेनेका खोप उपलब्ध गराउने

    बेलायतले नेपाललाई एस्ट्राजेनेका खोप उपलब्ध गराउने

    काठमाडौं । बेलायतले कोभ्याक्स कार्यक्रम अन्तर्गत नेपाललाई एस्ट्राजेनेका खोप उपलब्ध गराउने भएको छ । राजदूत निकोला पोलिटले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई भेट गर्दै यस्तो जानकारी दिएकी हुन् ।

    बेलायतले कोभ्याक्स कार्यक्रमलाई ५५० मिलियन पाउन्ड राशीको खोप उपलब्ध गराउँदैछ । विश्व स्वास्थ्य संगठनले कोभ्याक्स कार्यक्रम अन्तर्गत गरिब तथा विपन्न मुलुकलाई खोप सुनिश्चित गर्छ ।

    नेपालले पनि उक्त कार्यक्रममार्फत खोप प्राप्त गर्दैछ । तर, कहिले आउँछ भन्ने टुंगो लागिसकेको छैन । भेटमा बेलायती राजदूत पोलिटले बेलायतमा विकसित भएको खोप प्रयोग गरेकोमा नेपाललाई धन्यवाद पनि दिइन् ।

  • प्रदेश १ का लागि कोरोना विरुद्धको ९६ हजार खोप

    प्रदेश १ का लागि कोरोना विरुद्धको ९६ हजार खोप

    विराटनगर । भारत सरकारले सहयोग स्वरुप पठाएको कोरोना विरुद्धको ९६ हजार डोज खोप प्रदेश १ मा पनि आईपुगेको छ ।

    सोमबार प्रदेश नं. १ को राजधानी विराटनगरमा पहिलो चरणमा लगाउने खोप आएकोे हो ।

    प्रदेश १ का सबै १४ जिल्लालाई पर्याप्त हुने गरि डबल डोजको खोपको ९६ हजार खोप आइपुगेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख सागर प्रसाईले बताए ।

    विराटनगर आईपुगेको खोप माघ १३ गते बेलुकासम्म प्रदेशभरिका सबै जिल्लाहरुमा आवश्यकता अनुसार खोप पुगिसक्ने प्रमुख प्रसाईले जानकारी दिए ।

    प्रदेशभरिका प्रत्येक जिल्ला अस्पताल र केही ठुला अस्पतालहरुबाट प्रथम चरणमा कोरोना महामारीका बिच अग्रभागमा रहेर क्रियाशील स्वास्थ्यकर्मी, सरसफाईकर्मी र सुरक्षाकर्मीलाई कोरोना विरुद्धको खोप लगाउने प्रदेश सरकारको योजना छ ।

    प्रथम चरणमा ३५ हजार ५ सय ७६ जना लक्षित जनशक्तिलाई कोरोना विरुद्धको खोप लगाउने तयारी रहेको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख प्रसाईले बताए।

    प्रथम पटक खोप लगाईसकेका व्यक्तिले १ महिनापछि पुनः दोश्रोपटक खोप लगाउनुपर्ने भएकाले प्रदेशलाई हाल कुल ७१ हजार १ सय ५२ डोज कोरोना विरुद्धको खोप आवश्य पर्छ ।

    तर केन्द्रसरकारले पहिलो चरणमै सोमबार ९६ हजार डोज कोरोना विरुद्धको खोप विराटनगर पठाएको छ। यो सगै दोश्रो चरणको खोपपनि प्रदेश सरकारसँग पर्याप्त रहेको स्वास्थ्य महाशाखा प्रमुख प्रसाईले बताए ।

    कोरोना विरुद्धको खोप विराटनगरस्थित प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रमा भण्डारण गरिएको छ ।

  • नेपालमा कोरोनाको एकवर्ष : मृतक २ हजार नाघे, ४ लाख ३० हजारलाई खोप दिइँदै

    नेपालमा कोरोनाको एकवर्ष : मृतक २ हजार नाघे, ४ लाख ३० हजारलाई खोप दिइँदै

    काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म भाइरसबाट २०११ जनाले ज्यान गुमाएका छन् ।

    सोमबार १० जनाले ज्यान गुमाएका छन् । बितेको २४ घन्टामा ३३९ जना संक्रमित थपिए । कूल संक्रमित संख्या २ लाख ६९ हजार ७८९ पुगेको छ । आइतबार कोरोना भेटिएको ठीक एकवर्ष पुगेको छ ।

    २ लाख ६४ हजार ५३८ जना निको भएका छन् । ७० हजार १८९ जनाको आरटी पीसीआर परिक्षण गरिएको छ । संक्रमित हुनेमा पुरुष ६५ प्रतिशत र महिला ३४ प्रतिशत छन् ।

    बितेको २४ घन्टामा काठमाडौं उपत्यकामा १५४ जना थपिएका छन्। काठमाडौंमा मात्र ४९४ जनाको मृत्युु भएको छ । नेपालमा कोरोनाको मृत्युदर ०.७ प्रतिशत मात्र छ । कालिकोट, रुकम पश्चिम र मुगु कोरोनामुक्त भएका छन् ।

    सरकारले बुधबारदेखि कोभिडविरुद्धको खोप अभियान सुरु गर्दैछ । प्रधानमन्त्रीले बुधबार खोप कार्यक्रम शुभारम्भ गर्ने कार्यक्रम छ । सरकारले भारतको कोभिसिल्डलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।

  • अष्ट्रेलियाले फाइजर खोपलाई दियो अनुमति, ५० लाख जनसंख्यालाई लगाइने

    अष्ट्रेलियाले फाइजर खोपलाई दियो अनुमति, ५० लाख जनसंख्यालाई लगाइने

    काठमाडौं । अष्ट्रेलियाले फाइजर खोपलाई औपचारिक प्रयोगका लागि अनुमति दिएको छ । प्रधानमन्त्री स्कट मरिसनले सोमबार यस्तो घोषणा गरेका हुन् ।

    फेब्रुअरीको अन्त्यदेखि खोप लगाउन सुरु गरिने भएको छ । आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री मरिसनले विस्तृत अध्ययनपछि मात्र फाइजर खोपलाई अनुमति दिइएको बताए ।

    अष्ट्रेलियाको थेराप्युटिक गुड्स एड्मिनिस्ट्रेसनले खोप प्रयोगका लागि अनुमति दिएको हो । अस्थायी र आकस्मिक नभइकन पूर्ण रुपमा खोप प्रयोगका लागि फाइजरलाई अनुमति दिइएको उनले बताए ।

    अष्ट्रेलियाले यसअघि नै फाइजरसँग एक करोड डोजका लागि सम्झौता गरिसकेको छ । ५० लाख मानिसले अष्ट्रेलियामा खोप लगाउनेछन् । पहिलो चरणमा स्वास्थ्यकर्मी र वृद्धवृद्धाले खोप लगाउनेछन् ।

  • गण्डकी प्रदेशमा १७ हजार ३९६ जनालाई कोरोना खोप

    गण्डकी प्रदेशमा १७ हजार ३९६ जनालाई कोरोना खोप

    पोखरा । गण्डकी प्रदेशमा कोरोनाविरुद्धकोे ‘कोभिसिल्ड’ खोप आइपुगेको छ ।

    भारतले नेपाललार्ई अनुदानमा उपलब्ध गराएको खोप आइतबार साँझ पोखरा आइपुगेसँगै गण्डकी प्रदेशमा पहिलो चरणमा १७ हजार ३९६ अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मीलगायतलाई कोरोनाविरुद्धको खोप दिइने भएको हो ।

    सो खोप आज प्रदेशका अन्य जिल्लामा पुर्याइने र जिल्लाबाट पनि लगाउन शुरु गरिने गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

    पोखरा ल्याइएको खोप प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको ‘कोल्ड स्टोर’मा राखिएको छ । चिकित्सकको प्रत्यक्ष निगरानीमा जिल्लास्थित सरकारी अस्पतालमा खोप लगाइने निर्देशनालयले जनाएको छ ।

    गण्डकी प्रदेशको राजधानी शहर पोखरामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मणिपाल अस्पताल र प्रदेश सरकारको सङ्क्रामक तथा सरुवा रोग अस्पतालमा खोप दिइने छ । खोपका लागि जिल्लामा १० जना प्रशिक्षकलाई तालीम दिइएको निर्देशक शर्माले बताए ।

    उनले भने, ‘कोभिड–भ्याक्सिन आएसँगै हामीले पहिलो चरणमा ‘फ्रन्टलाइनर्स’लाई खोप दिने तयारी गरेका छौँ, आजै जिल्लामा खोप पुर्याउन शुरु गर्दछौँ, खोप दिने जनशक्तिलाई तालीम दिएर तयारी अवस्थामा राखेका छौँ ।’

    सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मीलाई खोप दिएपछि दोस्रो चरणमा सर्वसाधारणलाई दिने योजना बनाएको छ । अहिले गण्डकी प्रदेशमा ४० हजार डोज खोप आएको बताइन्छ ।

    कोरोना खोप एक व्यक्तिले दुई पटक लगाउनुपर्दछ । एकपटक खोप लगाएपछि एक महिनाको अन्तरमा अर्को डोज दिइने निर्देशनालयले जनाएको छ । १० प्रतिशत हाराहारीमा खोप खेर जाने अनुमान गरी हाललाई सो १७ हजार हाराहारीमा खोप लगाउने व्यक्ति छानिएको हो ।

    सरकारले कोरोना खोप आए पनि जोखिम कम नभएकाले स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गरको छ ।

    निर्देशक शर्माले भने, ‘अहिले गण्डकी प्रदेशमा सङ्क्रमणको दर कम भएको छ तर जोखिम कम भएको छैन, जोखिमका हिसाबले सबै नागरिकले दूरी कायम गर्ने र सरसफाइमा ध्यान दिनुर्दछ । खोप आयो भनेर जोखिम कम भयो भनेर सोच्नु हुँदैन अझै चनाखो हुनुपर्दछ ।’

  • प्रदेश १ मा ३५ हजार फ्रन्टलाइनरलाई कोरोनाविरुद्धको खोप दिइने

    प्रदेश १ मा ३५ हजार फ्रन्टलाइनरलाई कोरोनाविरुद्धको खोप दिइने

    विराटनगर । प्रदेश १ सरकारले पहिलो चरणमा ३५ हजारलाई कोरोना भाइरसविरुद्धको खोप दिने भएको छ । प्रदेशमा झण्डै ३७ हजार खोप आज आउँदैछ ।

    १४ माघबाट प्रदेशका १४ वटै जिल्लाका ३५ हजार फ्रन्टलाइनरलाई खोप लगाउने गृहकार्य थालिएको प्रदेश १ सामाजिक विकास मन्त्रालय अस्पताल विकास महाशाखा प्रमुख सागर प्रसाईंले बताए ।

    १० दिनभित्र स्वास्थ्यकर्मीलाई खोप लगाइसक्ने तयारीका साथ स्थानीय तहहरूबाट खोप लगाइनेहरूको विवरण संकलन भइरहेको उनले जानकारी दिए । त्यस्तै कोरोना भाइरस संक्रमण नियन्त्रण कार्यमा खटिएका सफाइकर्मी र सुरक्षाकर्मीलाई पनि खोप दिइनेछ । पहिलो चरणमा खोप लगाएकाहरूले एक महिनापछि दोस्रो डोज लगाइनेछ ।

    विराटनगरस्थित क्षेत्रीय स्टोरमा भ्याक्सिन भण्डारण गरिनेछ । त्यहाँ करिब ७० हजार भ्याक्सिन राख्न सक्ने क्षमता छ ।

  • कोरोना अपडेट: २४ घण्टामा ७० को मृत्यु, चार लाख बढी संक्रमित

    कोरोना अपडेट: २४ घण्टामा ७० को मृत्यु, चार लाख बढी संक्रमित

    काठमाडौं । काेरोनाका कारण पछिल्लो २४ घण्टामा विश्वभर ७० जनाको मृत्यु भएको छ भने चार लाख बढी संक्रमित थपिएका छन् । तथ्यांकअनुसार २४ घण्टामा चार लाख ३४ हजार संक्रमित थपिएका हुन् ।

    सबैभन्दा धेरै अमेरिकामा एक लाख २५ हजार दुई सय १६ जना संक्रमित थपिएका छन् भने एक हजार छ सय ९३ जनाको मृत्यु भएको छ । त्यस्तै मेक्सिकोमा एक हजार चार सय ७० जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

    पछिल्लो २४ घण्टामा ब्राजिल, बेलायत, रुस र इटालीमा क्रमशः पाँच सय ६२, छ सय १० र दुई सय ९१ कोराना संक्रमितको मृत्यु भएको छ ।

  • भारतमा कोरोनाभाइरस संक्रमित संख्या डेढकरोड नाघ्यो

    भारतमा कोरोनाभाइरस संक्रमित संख्या डेढकरोड नाघ्यो

    भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शनिबारसम्म एक करोड छ लाख ५४ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १४ हजार ८४९ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड छ लाख ५४ हजार ५३३ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जनाएको छ

    भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १५५ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५३ हजार ३३९ जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड तीन लाख १६ हजारभन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ ।

    हाल भारतमा एक लाख ८४ हजार ४०८ जना सक्रिय सङ्क्रमित रहेका छन् । भारतमा एक साता अघिदेखि कोभिड –१९ विरुद्धको खोप कार्यक्रम शुरु भईसकेको छ

    भारतको राष्ट्रिय राजधानी दिल्लीमा शनिबार १९७ जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको र १० जनाको मृत्यु भएको छ । भारतमा कोभिड–१९ शुरु भएयता भाइरस सङ्क्रमणको कारण दिल्लीमा १० हजार ७९९ को मृत्यु भइसकेको छ ।

    यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले बिहीबारसम्म देशभर १९ करोड १७ लाख ६ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । शनिबार एकै दिनमा मात्र सात लाख ८१ हजार ७५२ जनाको कोभिड–१९ परीक्षण गरेको जनाइएको छ ।

  • कोरोना संक्रमणका कारण विदेशमा थप ९ नेपालीको मृत्यु

    कोरोना संक्रमणका कारण विदेशमा थप ९ नेपालीको मृत्यु

    काठमाडौं । कोरोना भाइरस संक्रमणबाट विदेशमा यो साता थप ९ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा चार, कुवेतमा तीन, पोर्चुगलमा एक र मलेसियामा एक जनाको निधन भएको हो ।

    गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै कोरोना भाइरसबाट २० देशमा मृत्यु हुनेको सङ्ख्या ३२७ पुगेको छ ।

    स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५६ हजार २६ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ तीमध्ये ५३ हजार ४३२ जना कोरोनामुक्त भएका छन् । यो कूल सङ्क्रमितको ९५ प्रतिशत हो ।

    यस साता बेलायत, पोर्चुगल, स्पेन, पोल्याण्ड, मलेसिया, जापानलगायत मध्यपूर्वमा रहेका थप नेपालीमा संक्रमण देखिएको छ ।

    राससबाट

  • शालीनदीमा स्वस्थानी व्रत बस्न पिसिआर रिपोर्ट चाहिने

    शालीनदीमा स्वस्थानी व्रत बस्न पिसिआर रिपोर्ट चाहिने

    काठमाडौं । पौष शुक्ल पूर्णिमाका दिन (यही माघ १५गते) हिन्दू धर्मावलम्बीले स्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा शुरु हु्दैछ ।
    प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानी व्रत बसे तथा कथा भने र सुने मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।

    माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले नयाँ नियमसहित मेला व्यवस्थापनको तयारी पूरा भएको जानकारी दिएको छ ।

    कोभिड– १९ को महामारीका कारण यही माघ १५ गतेदेखि एक महिनासम्म चल्ने शालीनदी मेलाका लागि समितिले ५० व्रतालु राख्ने गरी पूजा सञ्चालन गर्ने कार्यविधि बनाएको समितिका अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठले बताए।

    उनले भने, ‘मेलामा जम्मा ५० जना व्रतालुलाई समावेश गरिनेछ, व्रत बस्न इच्छुक हुनेले भोलि (सोमबार) सम्म आवेदन दिनुपर्नेछ, व्रत बस्नका लागि २० देखि ५० वर्ष उमेर समूहका लागि मात्र समावेश गरिने नियम बनाएका छौँ ।’

    समितिले उनीहरुको पिसिआर, एक्स–रे रिपोर्ट आएपछि मात्रै व्रतका लागि योग्य मान्ने श्रेष्ठले बताए । गत वर्ष व्रतालुकोे सङ्ख्या ३०० भन्दा धेरै थियो । यस वर्ष कोभिड–१९ को महामारीका कारण समितिले ५० जनाको सङ्ख्या तोकेको हो ।

    व्रतालुको सुरक्षालाई ध्यानमा राखेर माधवनारायण भगवानको दर्शन गर्न दूर दर्शनको व्यवस्था मिलाइएको छ भने व्रतालु र भक्तजनबीच दूरी कायम गराउनका लागि व्रत परिसरमा बार लगाएर ठाउँ खाली गरिएको छ ।

    साथै मेलामा आउने भक्तजनका लागि मास्क अनिवार्य गर्दै दूरी कायम हुने गरी सम्पूर्ण सुरक्षा र स्वास्थ्यलगायतका विषयमा तयारी पूरा भएको आयोजक समितिले जनाएको छ ।

    मेलामा केही भक्तजन शालिनदीमा नुहाउन आउने हुँदा उनीहरुको स्वास्थ्य सुरक्षालाई ध्यान दिएर ठाउँ ठाउँमा साबुन पानी, स्यानिटाइजर र मास्क वितरण गर्ने तथा होडिङ बोर्ड राख्ने प्रबन्ध मिलाइसकिएको अध्यक्ष श्रेष्ठले बताए ।

    मेला सञ्चालनमा भीडभाड नहुने गरी व्यवस्थापन गर्ने र माधवनारायण व्रतालु नुहाउने पोखरीमा यस वर्ष प्रतिबन्ध लगाउने गरी कार्यविधि अपनाउनसमेत जिल्ला प्रशासन कार्यालय काठमाडौँले आदेश दिएको समितिले जनाएको छ ।

    गत वर्ष २२ लाख दर्शनार्थीले प्रत्यक्ष माधवनारायण स्वस्थानी व्रत मेलामा दर्शन गरेका जनाउँदै समितिले यस वर्ष भने भक्तालुको सङ्ख्यामा कमि आउने बताएको छ । रासस

     

  • कर्णालीका १० जिल्लालाई करिब १२ हजार कोभिड-१९ खोप

    कर्णालीका १० जिल्लालाई करिब १२ हजार कोभिड-१९ खोप

    कर्णाली । कर्णाली प्रदेशका १० जिल्लाका लागि ११ हजार ७८० डोज कोरोनाविरुद्धको खोप आउने भएको छ । स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निर्देशक डा. रविन खड्काका अनुसार ती खोप आइतबारनै (आज) आइपुग्नेछ ।

    पहिलो चरणमा कोरोना भाइरस संक्रमण नियन्त्रणमा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकका लागि खोप लगाइने खड्काले जानकारी दिए ।

    स्वास्थ्य मन्त्रालयले कर्णालीमा राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. अनुज भट्टचनलाई खोप अभियानको संयोजक तोकेको छ ।

    सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख वृषबहादुर शाहीले प्रदेशमा खोप लगाउन खोप केन्द्र, भण्डारणलगायत व्यवस्थापकीय काम गरिसकिएकोले छिट्टै अभियान शुरू गर्ने बताए ।
    राससबाट

  • सातै प्रदेशमा आज कोरोनाविरुद्धको खोप पुग्दै

    सातै प्रदेशमा आज कोरोनाविरुद्धको खोप पुग्दै

    काठमाडौं । भारत सरकारले अनुदानमा दिएको कोरोनाविरुद्धको ‘कोभिशिल्ड’ खोप आइतबार सातवटै प्रदेशमा पुग्दैछ ।

    शनिबारदेखिनै खोप पठाउन थालिएको बताउँदै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले सबै प्रदेशका भण्डारण केन्द्रमा आज खोप पुर्‍याइने जानकारी दिए ।

    भारतबाट जहाजमार्फत बिहीबार ल्याइएको खोप त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थलबाट सीधै टेकुस्थित स्वास्थ्य सेवा विभागको केन्द्रीय चिस्यान केन्द्रमा राखिएको छ । प्रवक्ता गौतमका अनुसार प्रदेशमा पठाइएको खोप आवश्‍यकताको आधारमा ७७ वटै जिल्ला अस्पतालमा वितरण गरिनेछ ।

    पहिलो चरणमा उक्त खोप अस्पताललाई नै खोप केन्द्र बनाएर लगाइनेछ । सात प्रदेश र ७७ जिल्लामा गरी करीब ३०० अस्पतालबाट खोप लगाइने सरकारको तयारी छ । काठमाडौं उपत्यकामा भने १० भन्दा बढी अस्पतालमा खोप वितरण गरिनेछ ।

    उक्त खोप स्वास्स्थ्य संस्थामा कार्यरत कोभिड-१९ व्यवस्थापनमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, संक्रमितको मृत्यु भएका शवको व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, स्थानीय तहमा कार्यरत फोहोर व्यवस्थापन तथा सरसफाइकर्मीलाई दिइनेछ ।

    दुई मात्रामा दिइने खोप पहिलोपटक लगाएको एक महिना वा चार हप्तापछि दोस्रो मात्रा दिइने मन्त्रालयले जनाएको छ। खोप लगाउन शुरु गरेको एक हप्ताभित्र सबै खोप लगाइसक्ने डा. गौतमले बताए ।

    भारत सरकारले नेपाललाई १० लाख मात्रा खोप अनुदानमा उपलब्ध गराएको छ । माइनस दुई डिग्री सेल्सियसदेखि माइनस आठ डिग्री सेल्सियसमा राख्न सकिने उक्त कोभिशिल्ड खोप भारतमा ७० प्रतिशत प्रभावकारी देखिएको छ ।

    सरकारको कुल जनसङ्ख्याको ७२ प्रतिशत मानिसलाई कोभिड–१९ विरुद्ध खोप लगाउने योजना रहेको छ । पहिलो चरण खोप लगाएपछि सरकारले दोस्रो चरणका लागि ‘कोभ्याक्स सुविधा’ नामक सयन्त्रअन्तर्गत निःशुल्क २० प्रतिशत खोप ल्याउने तयारी गरेको छ ।

    कोभ्याक्समार्फत आउने २० प्रतिशत जनसङ्ख्या पुग्नेबाहेक सरकारले बाँकी ५२ प्रतिशत खोप कूटनीतिक नियोगबाट सरकार–सरकार (जिटुजी), सार्वजनिक खरीद नियमावलीअनुसार र ठेक्कामार्फत ल्याउनेछ ।

  • कोभिसिल्डबारे ८ तथ्यः ७० प्रतिशत मात्र प्रभावकारी, घरकै फ्रिजमा राख्न सकिने

    कोभिसिल्डबारे ८ तथ्यः ७० प्रतिशत मात्र प्रभावकारी, घरकै फ्रिजमा राख्न सकिने

    काठमाडौं । सरकारले भारतबाट १० लाख डोज खोप भित्र्याएसँगै कोरोनाको कहरबाट मुलुकले त्राण पाउने आशा बढेको छ । साथै, यस खोपलाई लिएर विभिन्न संशय पनि देशवासीमा छन् ।

    सुरुमा कोभिसिल्डबारे १० तथ्यहरु पेश गर्दैछौं, जसले तपाईंलाई यो खोपको विषयमा जान्न मद्दत मिल्नेछ ।

    १. भारतीय खोप होइन
    नेपालले भारतबाट ल्याएको खोप कोभिसिल्डलाई धेरै भारतीय उत्पादन ठानेका छन्, जुन सत्य होइन । स्वीडेनको विश्वविख्यात बहुराष्ट्रिय फर्मा कम्पनी एस्ट्राजेनिसाले बेलायतको अक्सफोड विश्वविद्यालयसँगको सहकार्यमा यो खोप विकास गरेको हो । आफ्नै देशको औषधी उत्पादक कम्पनी सिरम इन्स्टिच्युटले उत्पादन गरेकाले भारतले यसको नाम कोभिसिल्ड राखेको हो । सिरम विश्वकै ठूलो भ्याक्सिन उत्पादक कम्पनी हो ।

    २. दर्जन देशमा अनुमति
    भारतसहित बेलायत, ब्राजिल, बंगलादेश, भुटानलगायत एक दर्जनभन्दा बढी देशले यो खोपलाई आपतकालिन प्रयोगमा अनुमति दिएका छन् । नेपालको सरकारले पनि आपतकालिन प्रयोगका लागि मात्र कोभिसिल्ड खोपलाई प्रयोगको अनुमति दिएको हो ।

    ३. प्रभावकारिता ७० प्रतिशत मात्र
    कुनै पनि भ्याक्सिनको सबैभन्दा महत्वपूर्ण पाटो हो यसको प्रभावकारिता । यो पाटोमा कोभिसिल्ड कमजोर छ । कोभिसिल्डको ट्रायलका क्रममा भेटिएको एउटा तथ्यले झन् अलमलमा पार्छ ।

    ट्रायलका क्रममा त्रुटीवस जो व्यक्तिलाई कम डोज दिइएको थियो, उनीहरुमा खोपले बढि काम गर्यो । बढि डोज दिइएकालाई कम काम गर्यो । भारतीय सञ्चारमाध्यमका अनुसार पहिलो डोज थोरै दिइएकाहरुमा यो खोप ९० प्रतिशत प्रभावकारी दखिएको थियो भने बढि डोज दिइएकाहरुमा ६२ प्रतिशत मात्रै प्रभावकारी देखियो, जुन आश्चर्यजनक नतिजा हो ।

    दुईथरि नतिजालाई मिलाएर समग्रमा कोभिसिल्डको नतिजा ७० प्रतिशत रहने विश्लेषण गरिएको छ, जुन फाइजरको भन्दा कम हो । फाइजरका प्रभावकारिता ९४ प्रतिशत अनुमान गरिएको छ । त्यसो त ५० प्रतिशतभन्दा बढि प्रभावकारिता भएका भ्याक्सिनलाई विज्ञहरुले प्रयोग गर्नयोग्य मान्छन् ।

    ४. यस्ता छन् साइड इफेक्ट
    कोरोना विरुद्धका अन्य खोपका तुलनामा कोभिसिल्डको साइड इफेक्ट कम हुने दावी गरिएको छ । सेरम इन्स्टिच्यूट अफ इन्डियाका अनुसार कोभिसिल्डका सम्भावित साइड इफेक्टहरुमा खोप लगाएको ठाउँमा सुन्निने, दुख्ने र चिलाउने, थकान महसुस हुने, टाउको दुख्ने, हाड जोर्नी दुख्ने, सिँगान बग्ने, खानामा अरुची हुने आदि हुन सक्छ । प्रत्येक १० जनामध्ये एक जना अलि कडा साइड इफेक्ट हुन सक्ने बताइएको छ ।

    ‘यी कुुरालाई सामान्यरुपमा लिनुपर्छ, आत्तिनु जरुरी छैन’ जनस्वास्थ्य विज्ञ डा. समीरमणि दीक्षितले नेपाल प्रेससँग भने, ‘कसैलाई एलर्जी छ र कोही भर्खर संक्रमणबाट मुक्त भएको छ भने तुरुन्तै खोप नलगाउँदा वेश हुन्छ ।’

    कोरोनाविरुद्धको खोपले भारतमा केही मानिसहरुको मृत्यू भएकाले धेरैमा त्राश पनि छ । तर, कोभिसिल्डले कसैको ज्यान लिएको छैन । भारतमा कोभ्याक्सिनको ट्रायलमा दुईले ज्यान गुमाएका थिए । गतसाता फाइजर खोप लगाउँदा उत्पन्न साइड इफेक्टले युरोपेली राष्ट्र नर्वेमा २९ जनाले ज्यान गुमाएका थिए ।

    ‘खोप लगाउँदा एलर्जी देखिनु स्वभाविक हो’ जनस्वास्थ्यविद डा. समीरमणि दीक्षित नेपालप्रेससँग भन्छन्, ‘सामान्य एलर्जी देखिदैंमा यसबारे भ्रम फैलाउनु राम्रो होइन ।’ आपतकालिन प्रयोगका लागि ल्याइएको भ्याक्सिनमध्ये कोभिसिल्ड सबैभन्दा सुरक्षित रहेको उनले बताए ।

    ५. यसरी गर्छ काम
    चिम्पाम्जीमा पाइने सामान्य रुघाखोकीको भाइरस एडेनोभाइरसको कमजोर संस्करण मिलाएर कोभिसिल्ड खोप विकास गरिएको हो । कोभिसिल्ड लगाएपछि यसले एन्टीबडी बनाउन थाल्छ र कोरोना संक्रमणविरुद्ध काम गर्न थाल्छ ।

    ६. लगाउने तरिका
    कोभिसिल्ड खोप ४ देखि १२ साताभित्र दुई डोज लगाउनुपर्ने हुन्छ । २ देखि ८ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्न सकिने भएकाले नेपालजस्ता मुलुकका लागि आपूर्ति र वितरणमा सजिलो हुन सक्नेछ । घरकै रेफ्रिजेरेटरमा पनि राख्न सकिन्छ । फाइजर खोपलाई माइनस ७५ डिग्री तापक्रममा भण्डारण गर्नुपर्ने भएकाले वितरणमा चुनौति थियो ।

    ७. बेलायत र ब्राजिलमा परिक्षण
    कोभिसिल्डलाई बेलायत र ब्राजिलमा तेस्रो चरणको परिक्षण गरिएको थियो । ब्राजिललाई त भारतले व्यवसायिकरुपमै खोप निर्यात गरेको हो । यो खोपलाई फेब्रुअरीमा भारतमा ‘ब्रिजिङ स्टडी’ गर्ने सिरम इन्स्टिच्युटले जनाएको छ । अहिले भारतमा मात्र ६ वटा कम्पनीले खोपका लागि ट्रायल गरिरहेका छन् ।

    ८. अरुभन्दा सस्तो
    कोभिसिल्ड विश्वकै सस्तो मूल्यको कोरोना भ्याक्सिनमा पर्छ । सेरिम इन्स्टिच्यूटका अनुसार यसको मूल्य भारत सरकारका लागि करिब चार सय ४० भारु रहेको छ भने बाहिर बजारमा ७ सय देखि ८ सय भारु पर्नेछ । सस्तो भएकाले ठूलो परिमाणमा उत्पादन गर्न सकिने मानिएको छ ।

    प्रभावकारिता बढि भएका फिजर र मोडर्ना जस्ता भ्याक्सिनहरु धनी मूलुकहरुले खरिद गरिसकेका छन् । यी दुई भ्याक्सिनको मूल्य ३५ देखि ४० अमेरिकी डलर रहेको छ, जुन नेपालजस्ता गरिब देशहरुका निम्ति महंगो हो ।

    नेपालका लागि कुन खोप उपयुक्त हुन्छ भन्ने जवाफ स्वास्थ्य मन्त्रालयसँग छैन । कोभिसिल्डसहित मोर्डना, फाइजर, बायोएनटेक, रुस र चीनले उत्पादन गरेका खोप अहिले आपतकालिन अनुमतिसहित विश्वमा प्रयोग हुन थालेका छन् । तर, नेपालको कोल्डचेन प्रणालीलाई हेर्दा कोभिसिल्ड सजिलो हुने तर्क स्वास्थ्य मन्त्रालयका अधिकारीको छ ।

    भारतले किन दियो सित्तैमा ?
    भारतले नेपालसहितका दक्षिण एसियाली मुलुकलाई निश्चित परिमाणमा भ्याक्सिन निशूल्क उपलब्ध गराएको छ । जानकारहरु यसलाई भारतको कुटनीति र छिमेकसँग सम्बन्ध सुधार्ने एउटा रणनीतिको रुपमा लिन्छन् ।

    जनस्वास्थ्य विज्ञ डा. दीक्षितले चाहिँ खोपमा राजनीति गर्नु गलत भएको बताए । ‘हरेक कुरामा राजनीति जोडिन्छ’ उनी भन्छन्, ‘खोप कुटनीति हुन सक्ला तर, यसका लागि भारतलाई धन्यवाद दिनुपर्छ ।’

    भारतले पाकिस्तानबाहेक दक्षिण एसियाली मुलुकलाई निःशुल्क खोप उपलब्ध गराएको छ । भारतभित्रै प्रतिपक्षी दलले बीजेपीको खोप भन्दै राजनीतिक रङ दिने प्रयास गरिरहेका छन् । यही आलोचनालाई खण्डन गर्न प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो चरणअन्तर्गत आफू र अन्य मन्त्रीले खोप लगाउने योजना बनाएको बताएका छन् । नेपालमा पनि नागरिकलाई खोपबारे चेतना दिन प्रधामन्त्री र शीर्ष नेताले सुरुमा खोप लगाउनुपर्ने सुझाव दीक्षितको छ ।

    ‘भारतले करोडौंलाई कोभिसिल्ड लगाउँदा केही नहुने तर, नेपालमा केही लाखको लागि लगाउन लाग्दा हल्ला गर्नुको तुक छैन’ उनले भने ।

    ‘जबसम्म शीर्ष नेताले खोप लगाउँदैनन् तबसम्म हल्लालाई चिर्न सकिँदैन र नागरिकमा विश्वास जगाउन सकिँदैन’ दीक्षितको तर्क छ । प्रधानमन्त्री स्वयम जोखिम समूहमा पर्ने भएकाले खोप लगाउनुपर्ने उनले बताए । सरकारले सार्वजनिक गरेको कोभिडको जोखिममा २० प्रतिशत जनसंख्या पर्दछ ।

    खोप आएपनि जनस्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्नुपर्ने सुझाव विज्ञहरुको छ ।

    ‘खोपभन्दा महत्वपूर्ण मास्क हो’ नेपाल पे्रससँग स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘खोप आउनु शुभ समाचार हो तर, नागरिकले सामाजिक दूरी र प्रोटोकललाई पालना गर्नु जरुरी छ ।’

    नेपालको कूल जनसंख्याको ८० प्रतिशतलाई खोप दिइने सरकारी योजना छ । पहिलो चरणमा फ्रन्टलाइनमा खटिने ५ लाखले खोप पाउनेछन् ।

  • प्रधानमन्त्रीको निर्देशनपछि चिकित्सा शिक्षा शुल्क नबढ्ने

    प्रधानमन्त्रीको निर्देशनपछि चिकित्सा शिक्षा शुल्क नबढ्ने

    प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएपछि यस वर्ष चिकित्सा शिक्षाको शुल्क नबढ्ने भएको छ । चिकित्सा शिक्षा आयोगको शुल्क निर्धारण सिफारिस कार्यदलले शुल्क बढाउन सुझाव दिए पनि आयोगका अध्यक्ष प्रधानमन्त्री ओलीले शुक्रबारको आयोगको बैठकमा कोरोना महामारीको समय भएकाले प्रस्ताव गरिएको शुल्क नबढाउन बरु घटाउन निर्देशन दिनुभएको थियो ।

    आयोगले शैक्षिक सत्र २०७७/७८ मा एमबिबीएस कार्यक्रमका लागि रु आठ लाख बढाउनुपर्ने प्रस्ताव पेश गरेको थियो । सिफारिस समितिले १७ विषयमध्ये अधिकांशमा विषयमा बढाउन सिफारिस गरेको थियो । बिडिएस, एमडिएमएस, एमडिएस साइन्स, एमडि आयुर्वेद, एमएन एमएस्सी नर्सिङ, एम फर्मा, एमएस्सी मेडिकल माइक्रबायोलोजी, एमएस्सी बेसिक साइन्स, एमफिल क्लिनिकल साइकोलोजीमा शुल्क बढाउन सिफारिस गरेको थियो ।

    बैठकले उक्त विषयमा निर्णय गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री केष्णगोपाल श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय कार्यदल बनाउने गठन गरेको छ । कार्यदलमा सहअध्यक्ष एवं स्वाथ्य तथा जनसङ्ख्यान्त्री हृदयेश त्रिपाठी, शिक्षा सचिव गोपीनाथ मैनाली, स्वाथ्य सचिव लक्ष्मण अर्याल, राष्ट्रिय योजना आयोगका सदस्य (शिक्षा) डा उषा झा, आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरी र आयोगका सदस्य सचिव डिल्लीराम लुइँटेल रहनुभएको छ ।

    बैठकमा राष्ट्रिय चिकित्सा ऐन २०७५ तथा राष्ट्रिय चिकित्सा शिक्षा नियमावली २०७७ पहिलो संशोधन, एकीकृत प्रवेश परीक्षा सञ्चालन कार्यविधि, नेशनल बोर्ड आफ मेडिकल स्पेसियालिटिज कार्यक्रम सञ्चालन कार्यविधि, चिकित्सा शिक्षासम्बन्धी प्रमाणपत्र तहभन्दा मुनिका कार्यक्रम सञ्चालन गर्न अनुमति प्राप्त गरेका संस्थाहरुको स्तरोन्नतिका सम्बन्धी मापदण्डहरु भने अनुमोदन भएको छ ।

  • कोरोना भाइरसको नयाँ प्रजाति पहिलेको भन्दा धेरै खतरनाक : प्रधानमन्त्री जोनसन

    कोरोना भाइरसको नयाँ प्रजाति पहिलेको भन्दा धेरै खतरनाक : प्रधानमन्त्री जोनसन

    बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको नयाँ प्रजातिको सङ्क्रमण पहिलेको भन्दा धेरै खतरनाक भएको बताएका छन् । पछिल्लो समयमा बेलायतमा कोरोना भाइरसका सङ्क्रमितहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको बताइरहेका बेला प्रधानमन्त्री जोनसनले यस्तो जानकारी दिएका हुन् ।

    प्रधानमन्त्री जोनसनले भनेका छन् –भाइरस पहिलेको भन्दा धेरै नै खतरा छ त्यसैले सबै नागरिकले पहिलेको भन्दा पनि अझ बढी सुरक्षा मापदण्डहरु अपनाउनुपर्ने हुन्छ ।

    शुक्रबार डाउनिङ स्ट्रिटमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले सो धारणा राखेका हुन्। उनले यो भाइरस पहिलो पटक गत महिना मात्र इंगल्याण्डको केन्टमा देखिएको जनाएका थिए ।

    पत्रकार सम्मेलनमा उनले नयाँ प्रजातिको भाइरस पुरानो भन्दा कम्तीमा पनि ७० प्रतिशत बढी मात्रामा सक्रमण फैलिने खालको रहेको समेत जनाए ।

    पछिल्लो समयमा निकै संक्रामक बन्दै गएको बेलायतमा कोरोना भाइरसको सक्रमणबाट एकैदिनमा १ हजार ८२० जनाको मृत्यु भएको समाचारमा जनाइएको थियो ।

    बेलायतका स्वास्थ्य अधिकारीहरुले गएको बुधबार मात्र यहाँ त्यति धेरै नागरिकको ज्यान कोरोना भाइरसको सङक्रमणबाट भएको जानकारी दिएका थिए ।

    बेलायतका स्वास्थ्यसम्बन्धी अधिकारीहरुले बेलायतमा कोरोना भाइरसको सङ्क्रमण शुरु भएदेखि अहिलेका केही हप्ता यता धेरै जनाको ज्यान जान थालेको बताउने गरेका छन् ।

    उता यहीँबाट नै शुरु भएको भनिएको कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको समाचारमा जनाइएको छ ।

    विश्व स्वास्थ्य संगठनले बुधबार दिएको जानकारीअनुसार सो भाइरस गत हप्तामा मात्र विश्वका १० वटा देशमा पुगेको हो । उक्त संगठनले महामारीको यो स्वरुप दिन प्रतिदिन नयाँ नयाँ देशमा पुगिरहेको बताएको छ ।

    बेलायतको स्वास्थ्य मन्त्रालयका अधिकारीले पनि यो संक्रमण पुरानो भन्दा खतरनाक भएको प्रमाण मिलेको बताएका छन् ।

    उनका अनुसार कोरोना भाइरसको पहिलेको संक्रमणमा १ हजार जना सङ्क्रमितमा १० जनाको ज्यान गएको पाइएको थियो भने यो नयाँ प्रजातिको संक्रमणमा भने एक हजार जना सङ्क्रमितहरुमा १३ वा १४ जनाको नै निधन भएको पाइएको छ ।

    पछिल्लो समयमा यो संक्रमण युरोपकै कैयौँ सहरमा पुगिसकेका पाइएको छ । यसका कारण ती देशमा थप सतर्कता अपनाउने गरिएको छ । तर ती देशमा हाल खोप पनि दिन थालिएकोले नागरिकमा आशा पलाएको भने बताइएको छ ।

    युरोपेली युनियनले आगामी अगष्ट महिनाको अन्तिम सम्ममा विभिन्न युरोपेली देशका करिब ७० प्रतिशत नागरिकलाई यो खोप दिइ सकिने कुरा हालैमात्र जानकारी गराएको छ । यहाँका कम्तीमा पनि ३८ हजार नागरिक सङ्क्रमित भएर अस्पतालमा रहेका छन् ।

  • कोरोनाविरुद्धको खोप ढिलोमा माघ १८ देखि लगाइने

    कोरोनाविरुद्धको खोप ढिलोमा माघ १८ देखि लगाइने

    काठमाडौं । सरकारले ढिलोमा माघ १८ सम्ममा कोरोनाविरुद्धको खोप लगाउन सुरु गर्ने भएको छ ।

    भारतले अनुदानमा दिएको १० लाख डोज कोभिशिल्ड बिहीबार नै काठमाडौं आइपुगिसकेको छ । माघ १४ देखि १८ गतेभित्र खोप सातै प्रदेशका फ्रन्टलाइनर, जेष्ठ नागरिक र दीर्घरोगीलाई समानुपातिक ढङ्गले लगाउन सुरु गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बताएका छन् ।

    शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले पनि माघ १४ गतेदेखि खोप लगाउन सुरु गरिने बताएका थिए ।

    “पहिलो दिन सबै प्रदेशका फ्रन्टलाइनरलाई एकैसाथ खोप दिएर खोप अभियान सुरु गरिनेछ,” मन्त्री त्रिपाठीले नेपाल प्रेससँग भने । भारतले नेपाललाई दिएको खोपको गुणस्तरमाथि प्रश्न उठिरहेका छन् ।

    सो विषयमा भारत सरकारले आफ्नो जनतालाई लगाइरहेको खोप नै नेपाललाई उपलब्ध गरएकोले  खोप सुरक्षित भएको मन्त्री त्रिपाठीले बताए ।

    “भारत सरकारले जुन खोप आफ्ना जनतालाई लगाइरहेको छ, त्यही गुणस्तरको खोप नेपाललाई पनि दिएको हो,” उनले भने, “त्यसैले ढुक्क भएर खोप लगाउनु हुन म आग्रह गर्छु ।”

  • भ्याक्सिन शुरुमा ‘फ्रन्टलाइनर’लाई होइन, ज्येष्ठ नागरिक र दीर्घ रोगीलाई दिउँ

    भ्याक्सिन शुरुमा ‘फ्रन्टलाइनर’लाई होइन, ज्येष्ठ नागरिक र दीर्घ रोगीलाई दिउँ

    काठमाडाैं । भारतबाट नेपालमा कोरोनाविरुद्धको खोप कोभिसिल्ड बिहीबार भित्रियो । कोरोनाविरुद्धको लडाईमा यो एउटा महत्वपूर्ण चरण हो । तथापि यस खोपको प्रभावकारिता बारे अहिले नै भन्न सकिने अवस्था छैन ।

    समग्रमा कोभिसिल्डले ७० प्रतिशत काम गर्ने भनिएको छ । खोप ‘हाफ डोज’ वा ‘लो डोज’ दिँदा ९० प्रतिशत र दुवै डोज लगाउँदा ६२ प्रतिशत काम गर्ने पनि भनिएको छ । बेलायत, साउथ एसिया, अफ्रिका ब्राजिल लगायतका देशहरूले प्रयोग गरेको आधारमा यसको प्रभावकारिता विश्लेषण गरिएको हो ।

    भारतले यसको प्रभावकारिताबारे कुनै तथ्यांक सार्वजनिक गरेको छैन । तर, उनीहरूसँग तथ्यांक छ । हामीले यसको यसको प्रभावकारिताबारे अहिले प्रारम्भिक तथ्यांकलाई नै आधार मान्नुपर्छ । यद्यपि, खोपले काम गर्छ कि गर्दैन भनिहाल्न त्यति सहज छैन । खोपको प्रभावकारिता खस्कने हो कि भन्ने आशंका पनि छ । त्यसैले यसको लागि अनुसन्धान जारी हुनुपर्छ ।

    एसजिन भाइरसको वरिपरि गुच्चाजस्तो चुच्चो निस्किएको हुन्छ, त्यसलाई स्पाइक भनिन्छ । फाइजर अक्सफोर्ड लगायतका कम्पनीले स्पाइक जिनलाई नै लक्षित गरेर भ्याक्सिनहरू बनाएका हुन्छन् । जुन भ्याक्सिन एस जीन अथवा स्पाइक जिनलाई टार्गेट बनाएर विकास गरिएका छन् त्यो स्पाइक जिनमा अत्यधिक मात्रामा परिवर्तन हुँदै गयो भने एउटा चुनौती रहन्छ ।

    भाइरसमा पछि गएर निरन्तर देखिने स्वरुप परिवर्तन नै हाम्रो लागि चुनौती हो । यसकारण प्रभावकारिताको अंक खस्कन सक्ने सम्भावना हुन्छ । स्पाइक जीनलाई लक्षित गरेर बनाइएका भ्याक्सिनहरू भाइरस म्युटेसन भयो भने भने आगामी दिनमा चुनौती हुन्छ ।

    यतिबेला भ्याक्सिनबारे नकारात्मक टिप्पणीहरू पनि भइरहेका छन् । यो स्वभाविक हो । कसैलाई केही भइहाल्छ कि भन्ने त्रास त छ नै । लाखौंमा तथा हजारौंमा एक जनालाई यस्तो हुनसक्छ । हालसम्म त्यस्तो नकारात्मक प्रभाव भ्याक्सिनको परेको छैन । तर, नपर्ला भन्न सकिन्न ।

    अहिलेलाई खुसी हुनुपर्ने कुरा चाहिँ भ्याक्सिन आएको छ । त्यो नै राम्रो कुरा हो । भ्याक्सिन नआएमा भाइरसले अझै कडा समस्या निम्त्याउन सक्थ्यो । त्यसकारण लक्षित समूहलाई बचाउने उपाय भ्याक्सिन नै हो ।

    ट्रायल नै नभएका कारण सुत्केरी महिला, नियमित औषधि लिइरहेका, रोग प्रतिरोधात्मक क्षमता कम भएका लगायत बिरामीलाई खोप नदिने भन्ने कुरा छ । यसमा धेरै कुरा स्पष्ट हुँदै जान्छ ।

    भ्याक्सिन वितरणबारे सुरुमा फ्रन्टलानरलाई दिनुपर्छ भन्ने कुरा छ । तर, तथ्यांक हेर्ने हो भने कोरोनाबाट सबैभन्दा बढी जेष्ठ नागरिक र दीर्घरोगी मरेका छन् । प्राथमिकतामा राखिएको फ्रन्टलाइनर बरु सजग नै छन् । मेरो चाहना जेष्ठ नागरिक र दीर्घ रोगीलाई पहिलो चरणमा खोप दिऊँ भन्ने हो ।

    (कुराकानीमा आधारित)

  • मोदीले भने- कोभिडविरुद्धको लडाइमा भारत सधै नेपालको साथमा

    मोदीले भने- कोभिडविरुद्धको लडाइमा भारत सधै नेपालको साथमा

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ विरुद्धको लडाइमा छिमेकी मुलुक नेपाललाई सहयोग गर्न आफ्नो देश प्रतिबद्ध रहेको बताएका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले अनुदानस्वरुप खोप उपलब्ध गराएकोमा भारतलाई ट्वीटरमार्फत दिएको बधाइको प्रत्युत्तर मोदीले दिएका हुन् । मोदीले जवाफमा ओलीलाई पनि धन्यवाद व्यक्त गरे ।

    कोभिड महामारीलाई रोक्न विश्व समुदायले गरेको प्रयत्नमा भारतमा उत्पादित खोपले योगदान दिएको समेत मोदीले उल्लेख गरेका छ्न । भारतले नेपाललाई विहिबार अक्सफोर्डले विकास गरेको एस्ट्राजेनेका खोप १० लाख डोज दिएको छ ।

  • नेपालमा ल्याइएको खोप ‘सुरक्षित’, यस्ता छन् विज्ञका सुझाव

    नेपालमा ल्याइएको खोप ‘सुरक्षित’, यस्ता छन् विज्ञका सुझाव

    काठमाडौं । जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेले खोप लगाएपनि जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्नुपर्ने बताएका छन् । भारतबाट विहिबार नेपालमा ल्याइएको खोप तुलनात्मक रुपमा सुरक्षित रहेको समेत उनले बताए ।

    फाइजरको खोपले नर्वे र भारत लगायतका मुलुकमा मृत्यु र साइड इफेक्ट भएको तर, नेपालमा ल्याइएको खोप सुरक्षित रहेको उनले उल्लेख गरे । चरित्र बदलिरहेको कोरोनाभाइरसको भेरिएन्टले विकसित खोपको प्रभावकारितालाई चुनौति दिने आशंकाका बीच उनको यस्तो टिप्पणी आएको हो ।

    नेपालमा आएको कोभिशिल्ड खोप तुलनात्मक रुपमा सुरक्षित मानिएको छ यो खोपको भारत लगायत धेरै देशमा ठूलो जनसंख्यामा क्लिनिकल ट्र्याल गरिएको थियो

    ‘भारत र नर्वेमा भएको मृत्यु फाइजरको खोपको कारणले हो, अक्सफोर्डको कोभिसिल्डले हैन’ उनी भन्छन्, ‘कोभ्याक्सिनलाई भारतका प्रतिपक्षी पार्टीले भाजपाको खोप भनेर यो खोप नलगाउन भनेका छन् । नेपालमा आएको यो खोप हैन ।’ उनले भारतमा भएको दुईजनाको मृत्युमध्ये एकको चाहिँ हृदयघातबाट भएको समेत बताए ।

    पहिलो चरणमा नेपालमा १० लाख डोज खोप ल्याइएपनि सबै नागरिकको पहुँचमा खोप पुग्न २०२२ को अन्त्यसम्म कुर्नुपर्ने उनको ठम्याइ छ । महामारीको नियन्त्रण हुने बेलासम्म खोप लगाएपनि जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने उनको सुझाव छ ।

    नेपालमा अक्सफोर्ड युनिभर्सिटीले अनुसन्धान गरेको, एस्ट्राजेनेका कम्पनीले उत्पादन गरेको, भारतको सिरम इन्स्टिच्युटमा प्लान्ट स्थापना गरिएको कोभिसिल्ड नामक खोप नेपाल ल्याइएको हो । जनस्वास्थ्य विज्ञ पाण्डेले यसरी सुझाव प्रस्तुत गरेका छन् :

    • -भारतमा यो खोप ४ लाख व्यक्तिलाई लगाउँदा २ जनाको मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन् | ती मध्ये १ जनाको हार्ट एट्याकबाट मृत्यु भएको थियो | नर्बेमा २३ जना जेष्ठ नागरिकको मृत्यु भएको थियो तर त्यहाँ यो खोप होइन, फाइजरको खोप लगाइएको थियो |
    • -नेपालमा आएको कोभिशिल्ड खोप तुलनात्मक रुपमा सुरक्षित मानिएको छ | यो खोपको भारत लगायत धेरै देशमा ठूलो जनसंख्यामा क्लिनिकल ट्र्याल गरिएको थियो |
    • -भारतमा तेस्रो चरणको क्लिनिकल ट्र्याल हुँदै गरेको खोप यो नभएर भारत बायोटेकको कोभ्याक्सिन नामक खोप हो | भारतमा यसको पनि भ्याक्सिनेसन भइरहेको छ | कोभ्याक्सिनलाई भारतका प्रतिपक्षी पार्टीले भाजपाको खोप भनेर यो खोप नलगाउने भनेका छन् | नेपालमा आएको यो खोप हैन |
    • -नेपालमा आएको कोभिशिल्ड खोप ३ हप्ताको अन्तरमा २ वटा लगाउनुपर्छ | दोस्रो मात्रा लगाएको १ हप्तापछि शरीरमा कोरोना भाइरसविरुद्धको एन्टिबोडी बन्ने बताइएको छ | तसर्थ पहिलो खोप लगाएपछि पनि कोरोना संक्रमण सर्ने सम्भावना हुन्छ | जनस्वास्थ्यका मापदण्ड अबलम्बन गर्नुपर्दछ |
    • -यो खोपको भारतमा ०.१५ % लाई साइड इफेक्ट देखिएको जनाइएको छ | खोप लगाएपछि रियाक्सन भएर एनाफाइलेटिक शकको खतरा हुनसक्छ | यस्तो भएमा आकस्मिक सुइको प्रयोगले अधिकांश व्यक्ति निको हुन्छन् |
    • -सामान्य साइड इफेक्टको रुपमा ज्वरो आउने, टाउको दुख्ने, खोप लगाएको ठाउँमा दुख्ने / गिर्खा पर्ने लगायत हुनसक्छ जुन ५ देखि ७ दिनसम्म रहनसक्छ |
    • -कुनै खोपको एलर्जी भएका, कुनै औषधिको एलर्जी भएका, अण्डा लगायत खाद्य पदार्थको एलर्जी भएका तथा बिगतमा कुनै पनि औषधिको रियाक्सन भएका व्यक्तिले बिशेष परामर्श गरेर मात्र चिकित्सकको निगरानीमा खोप लगाउनुपर्छ |
    • -गर्भवती, सुत्केरी, गर्भवती हुने योजना बनाएका महिला तथा बालबालिकामा यथेष्ट अनुसन्धान भएको छैन | तसर्थ नलगाउनु सुरक्षित हुन्छ |
    • -दीर्घरोगहरु जस्तै क्यान्सर, मुटु / किड्नी / फोक्सो / मस्तिष्क / ब्लीडिंग डिस्अर्डर / प्लेटलेट सम्बन्धि समस्या / स्नायु प्रणाली आदिको समस्या भएका व्यक्तिले यथेष्ट सुरक्षा अनुभति भएपछि वा बिशेषज्ञको निगरानीमा केहि समयपछि लगाउनु बुद्धिमानीपूर्ण हुन्छ |
    • -नेपालमा आएको यो खोप पहिले स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स र शबबाहन चालकलाई लगाउने सरकारले नीति बनाएको छ |
    • -कोभ्याक्स सुबिधा अन्तर्गत २० % जनसंख्यालाई पुग्नेगरि खोप आउँछ | उक्त खोप २ महिनापछि ३ % जनसंख्याको लागि आउँछ | बाँकी १७ % को लागि उपलब्धता अनुसार बिस्तारै आउँछ |
    • -अन्य खोप सरकारले तथा निजि क्षेत्रबाट उपलब्ध गराउने सरकारको योजना छ | खोपको प्राथमिकतामा स्वास्थ्यकर्मी, जनताको सम्पर्कमा रहेर काम गर्ने कर्मचारी, जेष्ठ नागरिक, दीर्घ बिरामी, बयस्क, एकपटक संक्रमण भएका अनि युवामा क्रमशः रहेको छ |
    • – महामारीको नियन्त्रण हुनेबेलासम्म खोप लगाएपनि जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने हुन्छ |
  • खोप उपलब्ध गराएकोमा प्रधानमन्त्री ओलीले दिए मोदीलाई धन्यवाद

    खोप उपलब्ध गराएकोमा प्रधानमन्त्री ओलीले दिए मोदीलाई धन्यवाद

    काठमाडौं । कोभिड–१९ खोप उपलब्ध गराएकोमा नेपालले भारतलाई धन्यवाद व्यक्त गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटमार्फत भारतीय समकक्षी नरेन्द्र मोदीलाई धन्यवाद दिएका हुन् ।

    ओली लेख्छन्– आफ्नै नागरिकलाई भ्याक्सिन लगाउन सुरु गरेको भारतले यस्तो संकटपूर्ण घडीमा नेपाललाई गरेको सहयोगप्रति हामी धन्यवाद दिन चाहन्छौं । छिमेकी मित्र हुनुको दायित्व गरेकोमा पनि ओलीले मोदीको प्रशंसा गरेका छन् ।

    भारतले १० लाख डोज कोभिडविरुद्धको खोप नेपाललाई अनुदान स्वरुप उपलब्ध गराएको छ । काठमाडौंस्थित भारतीय राजदूत विनयमोहन क्वात्राले प्रधानमन्त्रीलाई ओलीलाई भेटेर औपचारिकरुपमा हस्तान्तरण गरे । उक्त अवसरमा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठी पनि सहभागि थिए ।

     

  • नेपाल भित्रियो कोभिडविरुद्धको १० लाख डोज खोप, पाँचदिनभित्र सबै जिल्लामा पुर्‍याइने (फोटो फिचर)

    नेपाल भित्रियो कोभिडविरुद्धको १० लाख डोज खोप, पाँचदिनभित्र सबै जिल्लामा पुर्‍याइने (फोटो फिचर)

    काठमाडौं । भारतले अनुदानबापत उपलब्ध गराएको १० लाख डोज खोप नेपाल आइपुगेको छ । काठमाडौंमा विहिबार ११ बजेर ४५ मिनेटमा एयर इन्डियाको विमानले खोप ल्याएको हो ।

    त्रिभुवन विमानस्थलमा आयोजित संक्षिप्त समारोहमा भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई खोप हस्तान्तरण गरे ।खोप बुझ्दै स्वास्थ्य मन्त्री त्रिपाठीले चाँडै वितरणको काम सरकारले थाल्ने मिडियालाई बताए । मन्त्री त्रिपाठीले खोप आपूर्तिको लागि भारतीय सरकारलाई धन्यवाद समेत दिए ।

    अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्च्यिुट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप नेपाल ल्याइएको हो । विमानस्थलबाट प्राप्त खोपलाई सीधै टेकुको केन्द्रिय खोप भण्डारणसम्म लगिएको छ ।एयरपोर्टबाट तापक्रम कायम गर्न मिल्ने उपकरण जडित दुईवटा ट्रकमा टेकु लगिएको थियो । सरकारले खोपलाई शुक्रबार प्रदेशको खोप भण्डारण स्थलसम्म लग्दैछ । जिल्लागत विवरण सरकारले विहिबार साँझसम्म तयार पार्दैछ ।

    पाँच दिनभित्र सबै जिल्लामा खोप पुर्‍याउने तयारीमा सरकार जुटेको छ । खोप लगाउने दिन भने अझै तय भएको छैन । स्वास्थ्य मन्त्रालयले यसका लागि कानुनी, प्रशासनिक, आर्थिक र प्राविधिक प्रक्रिया पुरा गरेर खोप लगाउने योजना बनाएको छ ।

    सरकारले पहिलो चरणमा तीन प्रतिशत अर्थात ९ लाख ११ हजार ३ सय ४२ जनालाई खोप लगाउने तयारी गरेको छ । अहिले भने १० लाख डोज मात्रै आएकाले पहिलो चरणमा करिब चार लाखलाई मात्र खोप लगाउन सकिने मन्त्रालयको खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले बताए ।

    पहिलो चरणमा फ्रन्टलाइनका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक र जोखिममा रहेका अभियन्तालाई लगाइनेछ । अनुदानको खोप पर्याप्त नहुने भएपछि सरकारले भारत सरकारबाटै थप खोप किन्ने जनाएको छ ।

    नेपाल सरकारले गतसाता आपतकालिन प्रयोगका लागि कोभिसिल्ड खोपलाई प्रयोगमा अनुमति दिएको हो । यो खोपले अन्तराष्ट्रिय स्तरमा उपयोगका लागि विश्व स्वास्थ्य संगठनबाट छिटै अनुमति पाउने सम्भावना पनि देखिएको छ । खोप आएपनि स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्नुपर्ने सरकारको सुझाव छ ।

             
  • भारतले नेपाललाई पठायो कोभिड-१९ विरुद्धको खोप

    भारतले नेपाललाई पठायो कोभिड-१९ विरुद्धको खोप

    काठमाडौं । भारतले नेपाललाई अनुदानमा उपलब्ध गराएको कोभिड-१९ विरुद्धको खोप सामग्री आज बिहान दिल्लीबाट काठमाडौंतर्फ पठाइएको छ ।

    भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले ‘भ्याक्सिन मैत्री’ नेपालका लागि प्रस्थान गरेको बताएका छन् । एयर इण्डियाबाट आउन लागेका खोप सामाग्री त्रिभुवन विमानस्थलमै भारतीय राजदूत विनयमोहन क्वात्राले नेपाललाई हस्तान्तरण गर्दैछन् ।

    भारतले १० लाख डोज खोप अनुदानमा उपलब्ध गराएको छ । भारतबाट आउने खोप सामाग्री कसरी वितरण गर्ने भन्ने बारे स्वास्थ्य मन्त्रालयले मापदण्ड तय गरेको छ ।

  • भारतको खोप आज आउँदै, जाँचपासमा भन्सार विभागको फास्ट ट्रयाक

    भारतको खोप आज आउँदै, जाँचपासमा भन्सार विभागको फास्ट ट्रयाक

    काठमाडौं । भन्सार विभागले कोभिडविरुद्धका खोप र त्यससँग सम्बन्धित समाग्री नेपाल भित्र्याउँदा कुनै झन्झट र ढिलाइ हुन नदिन छरितो प्रक्रिया निर्धारण गरेको छ ।

    खोप सामाग्रीहरु सार्वजनिक विदाको दिन समेत भन्सार जाँचपास गरिने भएको छ । भन्सार विभागले कोभिड१९ विरुद्धको खोप सामाग्रहिरुको जाँचपास सम्बन्धी जानकारीका लागि मुख्य भन्सार विन्दुहरुमा र विशेषतः त्रिविस्थल भन्सार कार्यालयमा अलग्गै इकाइ खडा गरेर कर्मचारी खटाउने भएको छ ।

    आवश्यक प्रक्रियामा सहजीकरणका लागि भन्सार विभागमा तत्काल समस्या समाधान कार्यादल र्‍यापिड एक्सन टिम रहने भन्सार विभागले जनाएको छ । भारतले अनुदानमा दिएको खोप आजैबाट नेपाल भित्रिने तयारी छ ।

    अर्थमन्त्री विष्णु पौडेलले खोप सामाग्री आयात र भन्सार जाँचपासका सन्दर्भमा कुनै ढिला नहुन निर्देशन दिएका छन् । खोप पैठारीका कागजातहरुमा खोपको परिणाम तथा मूल्य नखुलेको पाइएमा स्वास्थ्य मन्त्रालयसँग समन्वय गरि जाँचपास हुने विभागले जनाएको छ ।

    भारतले बुधवार उपलब्ध गराएको खोप सामाग्री आज एयर इन्डियाको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने छ । विमानस्थलमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्रालयलाई खोप हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । ती खोपलाई टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ । स्वास्थ्य सेवा विभागबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइनेछ ।

  • भारतले दिने १० लाख डोज खोप भोलि नेपाल ल्याइने

    भारतले दिने १० लाख डोज खोप भोलि नेपाल ल्याइने

    काठमाडौं । भारतले दिएको कोरोना विरुद्धको खोप भोलि काठमाडौं आइपुग्ने भएको छ ।

    भारत सरकारले नेपाललाई १० लाख डोज कोरोनाविरुद्धको खोप अनुदान दिने  औपचारिक घोषणा गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बुधबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिए । अनुदानको खोप बिहीबारदेखि नै आउन थाल्ने उनले बताए । पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई दिइने मन्त्री त्रिपाठीले बताए ।

    स्वास्थ्यमन्त्री  त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राको संयुक्त पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले १० लाख खोप ल्याउन तयारी पूरा भई भोलि काठमाडौंमा खोप आइपुग्ने बताए ।

    भारतको सिरम इन्स्टिच्युटमा उत्पादन भइरहेको अक्सफोर्ड एक्ट्राजेनेकाको कोभिसिल्ड नामक खोप ल्याउन लागेको हो । वितरणको लागि भने केही समयपछि गर्नेछ ।

    मन्त्री त्रिपाठीले आज ऐतिहासिक दिन भएको पनि बताएका छन् । उनले खोप ल्याउन कानुनी, प्राविधिक,आर्थिक रुपमा समस्या नभएको समेत जानकारी दिए । भारतले अनुदानमा दिएको खोप लगाउने प्राविधिक रुपमा तयार भइसकेको छ ।

    उनले भने-भ्याक्सिन खरिदमा भारतले महत्वपूर्ण सहयोग गर्नेछ । र, बाँकी नागरिकलाई पनि छिटै खोप पुयाउनेछौ । र यसले नेपाल र भारत बीच थप मित्रता सम्बन्ध कायम भएको छ ।

    यो पनि पढ्नुहोस् : स्वास्थ्यकर्मी र सफाइ कर्मचारीसमेत ५ लाखलाई खोप दिने तयारी गर्दै मन्त्रालय

     

  • टेकु अस्पतालमा एक वर्षपछि कोभिडबाहेकका बिरामीको उपचार शुरू

    टेकु अस्पतालमा एक वर्षपछि कोभिडबाहेकका बिरामीको उपचार शुरू

    काठमाडौं । देशको एक मात्र सरुवा रोग अस्पताल शुक्रराज ट्रपिकल अस्पतालमा झण्डै एक वर्षपछि कोभिडबाहेकका बिरामी पनि भर्ना लिन थालिएको छ ।

    कोरोना भाइरस संक्रमण दर घटेसँगै पूर्ववत्‌रुपमा ननकोभिड सेवा शुरू गरिएको अस्पतालका निर्देशक सागरकुमार राजभण्डारीले जानकारी दिए । स्वास्थ्य मन्त्रालयको निर्देशनअनुसार आइतबारबाट सेवा थालिए पनि भर्ना हुने बिरामी न्यून छन् । नेपालमा माघ १० मा कोरोनाको पहिलो केस भेटिएको थियो । जोखिमलाई ध्यान दिँदै अस्पतालले कोरोनाबाहेकका बिरामीको उपचार बन्द गरेको थियो ।

    अधिकांस संक्रमित होम आइसोलेसनमा बस्‍ने र गम्भीर प्रकृतिका मात्र अस्पताल आउने भएकोले कोभिडका बिरामी न्यून संख्यामा भर्ना हुन थालेको अस्पतालले जनाएको छ । उपचारार्थ वार्डमा भर्ना भएका संक्रमितलाई भने अर्को कोठामा स्थानान्तरण गरिएको छ ।

    टेकु अस्पतालमा एचआईभी, क्षयरोगलगायतका सरुवा रोगका बिरामीहरू भर्ना गरेर उपचार गरिँदै आइएको छ ।