Category: स्वास्थ्य-जीवनशैली

  • अस्ट्रेलियामा खोप अभियान शुरु, प्रधानमन्त्री मरिसनले लगाए खोप

    अस्ट्रेलियामा खोप अभियान शुरु, प्रधानमन्त्री मरिसनले लगाए खोप

    क्यान्बेरा- कोरोनाभाइरस फैलिनबाट रोक्ने उद्देश्यले कडा लकडाउन र प्रतिबन्धहरु घोषणा गरेको अस्ट्रेलियामा कोभिड–१९ विरुद्धको खोप औपचारिक रुपमा शुरु भएको छ ।

    अस्ट्रेलियामा फाइजर कम्पनीले विकास गरेका हजारौं डोज खोप आइपुगेको छ । प्रधानमन्त्री स्कट मरिसनले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । अस्ट्रेलियाले अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र वृद्धवृद्धालाई पहिलो चरणमा खोप लगाउने तयारी गरेको छ ।

    अस्ट्रेलियाको क्यान्बेरास्थित गारान सर्ज सेन्टरमा सोमबार आयोजित विशेष समारोहमा एक २२ वर्षीया नर्सलाई पहिलो खोप दिइएको छ । उक्त समारोहमा अस्ट्रेलियाका स्वास्थ्य मन्त्री ग्रेग हन्ट पनि उपस्थित थिए ।

    गारान सर्ज सेन्टरमा कोरोनाभाइरसको परीक्षण गर्नुका साथै कोभिड–१९ विरुद्धको खोप दिइने एउटा केन्द्र हो ।

    त्यस अवसरमा स्वास्थ्य मन्त्री ग्रेग हन्टले संवाददाताहरुसँग कुरा गर्दै जतिसक्दो चाँडो धेरैभन्दा धेरै अस्ट्रेलियाली नागरिकलाई खोप दिन सरकार प्रयत्नशील रहेको बताए ।

    दक्षिण अस्ट्रेलिया राज्यको रोयल एडिलेड अस्पताल र फ्लिन्डर्स मेडिकल सेन्टरमा चार हजार डोज खोपको व्यवस्था गरिएको छ । यस राज्यमा पहिलो तीन साताभित्रै करिब १२ हजारलाई खोप दिने तयारी छ ।

  • कोरोना संक्रमणबाट कैलालीमा एक जनाको मृत्यु

    कोरोना संक्रमणबाट कैलालीमा एक जनाको मृत्यु

    धनगढी । कैलालीमा एक जना कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । गोदावरी नगरपालिका–२ का ७० वर्षीय बृद्धको कोरोना संक्रमण बाट मृत्यु भएको हो ।

    फागुन ३ गरे सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा भर्ना भएका उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा सोमबार विहान उनको मृत्यु भएको सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

    यो सहित सेती अस्पतालमा उपचारका क्रममा मृत्यु हुने संक्रमितको संख्या ३२ पुगेको छ । ५० शय्याको अस्थायी अस्पताल अहिले खाली भएको छ । उनीसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ९ सय ९५ पुगेको छ ।

    आइतबार साँझसम्म नेपालमा २ लाख ७३ हजार ४३१ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये २ लाख ६९ हजार ८७६ जना निको भइसकेका छन् । आइतबार साँझसम्म देशभरका क्वारेन्टीनमा ६८ जना छन् ।

    स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार देशभरका अस्पतालमा गरी ५२ जना कोरोना संक्रमितको आईसीयूमा र १० जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । ९ सय ९६ जना अस्पतालमा उपचाररत छन् भने बाँकी होम आईसोलेसनमा छन् ।

  • चीनद्वारा १६ कोभिड-१९ खोपलाई परीक्षणको अनुमति

    चीनद्वारा १६ कोभिड-१९ खोपलाई परीक्षणको अनुमति

    चीन सरकारले चीनभित्र नै बनेका कम्तीमा पनि १६ ओटा खोपलाई परीक्षणको अनुमति दिएको बताइएको छ । चीनको नेशनल मेडिकल प्रोडक्स एड्मिनिस्ट्रेसनले सो कुराको जानकारी दिएको हो । सो निकायले दिएको जानकारीअनुसार चीन सरकारले १६ ओटा कम्पनीका खोपहरुलाई परीक्षणको अनुमति दिएको छ भने ती मध्येका छ ओटाको त परीक्षणको तीन चरण नै भइसकेको जनाइएको छ ।

    यी मध्येका दुई ओटा कम्पनीले निर्माण गरेका खोपले भने चीनभित्र र बाहिर पनि बजार लिएको बताइएको छ । चाइना नेशनल बायोटेक ग्रुपको तर्फबाट बनेको सिनोफार्मको खोपले अहिले बजार लिएको छ । त्यस्तै गरी सिनोभ्याक बायोटेकले बनाएको कोरोना भ्याक भ्याक्सिनले पनि बजारमा प्रवेश पाएको छ र यसको धेरै तिर प्रयोग पनि भएको बताइएको छ ।

    ती दुई खोपले चीनको सरकारी आधिकारिक निकायबाट गएको डिसेम्बर ३० मा र यसै वर्षको फेब्रुअरी ५ मा नै अनुमति पाएका बताइएको थियो । त्यसैगरी चीनको औषधि व्यवस्थापन सम्बन्धी सरकारी निकायले यही फेब्रुअरीको ९ तारिखमा चार करोडभन्दा बढी खोप यहाँका औषधिको प्रचलन गर्ने संस्थाहरुलाई हस्तान्तरण गरेर लगाइएको पनि बताइएको छ ।

    त्यसमार्फत ती खोपहरु चीनमा काम गर्ने र भाइरसको जोखिम रहेका समुदायका नागरिकलाई नै लगाइएको बताइएको छ । ती खोपहरु भने अरु कतिपय देशमा निर्यात पनि गरिएको बताइएको छ ।

  • नर्भिक अस्पतालमा नयाँ ओपिडी सेवा शुरु

    नर्भिक अस्पतालमा नयाँ ओपिडी सेवा शुरु

    काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले विश्वस्तरीय सेवा दिने अभियान अन्तर्गत नयाँ ओपिडी बहिरङ्ग सेवाको सुरुवात गरेको छ ।

    अस्पतालले आइतबार पत्रकार सम्मेलन आयोजना गरी आफ्नो पुरानो ओपिडी भवनलाई पुननिर्माण गरी अझ स्तरीय, आधुनिक बनाई सेवा सुचारु गरेको बताएको हो ।

    अस्पतालका सञ्चालन प्रमुख कपिल गौतमले अन्तर्राष्ट्रिय स्तरको सेवा दिने अभियान अन्तर्गत नयाँ ओपिडी कक्षको सुरुवात गरिएको बताए ।

    उनले अस्पतालले आफ्नो सेवालाई पूर्ण रुपमा डिजिटाइज गरी अत्याधुनिक बनाउने कामको सुरुवात ओपिडी सेवाबाट गरेको जानकारी दिए ।

    उपचारका लागि लामो लाइन लाग्नुपर्ने र डाक्टरलाई लामो समयसम्म कुर्नुपर्ने अवस्थालाई हेरेर क्यू म्यानेजमेन्ट सिस्टम लागू गरिएको समेत बताए ।

    यस्तै विरामीहरुले स्पष्टसँग देख्नेगरी डाक्टरको कक्ष अगाडि सम्बन्धित डाक्टरको फोटो सहितको डिजिटल बोर्ड राख्ने व्यवस्था मिलाइएको पनि बताए ।

    नर्भिकले प्रत्येक कन्सलट्यान्टहरुसम्म बिरामी पुग्नुभन्दा अगाडि उनीहरुको भाइटल लिनका लागि ३ वटा स्तरीय कोठा समेत तयार गरेको छ ।

    ओपिडी सेवाको विषयमा कुनै समस्या आए तत्काल समाधान हुने गरी ओपिडी इञ्चार्जको कक्ष समेत सँगै राखेको छ ।

    नर्भिकले आफ्ना सबै विभाग तथा सेवालाई डिजिटाइज गर्दै आधुनिक र समयसापेक्ष सेवा दिने योजना बनाएको समेत सञ्चालन प्रमुख गौतमले बताए ।

  • भारतबाट ल्याइयो थप १० लाख डोज ‘कोभिशिल्ड’

    भारतबाट ल्याइयो थप १० लाख डोज ‘कोभिशिल्ड’

    काठमाडौं । कोभिड १९ विरुद्धको ‘कोभिशिल्ड’ खोप १० लाख डोज काठमाडौं आइपुगेको छ ।

    भारतको नयाँ दिल्लीबाट दिउँसो साढे २ बजे एयर इन्डिया विमानमार्फत १० लाख डोज खोप काठमाडौँ आइपुगेको हो ।

    फागुन ५ गते खोप उत्पादक कम्पनी सेरम इन्सिच्युट अफ इन्डियासँग २० लाख डोज खोप लिने सहमतिअनुसार आइतबार पहिलो चरणमा १० लाख डोज खोप त्रिभुवन विमानस्थल आइपुगेको छ ।

    यसअघि गत माघ ८ गते भारत सरकारले सोही कम्पनीको खोप अनुदानमा उपलब्ध गराएको थियो । अहिले उक्त खोप अग्रपंक्तिमा काम गर्ने कर्मचारीलाई लगाइँदैछ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले खोप विमानस्थलबाट टेकुस्थित चिस्यान केन्द्रमा भण्डारण गरिने जनाए ।

    उक्त खोप यहि फागुन २३ गतेदेखि ५५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई लगाइने छ । खोप टेकुस्थित चिस्यान केन्द्रबाट प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयबाट देशभरिका खोप केन्द्रमा वितरण गरिने उनले बताए ।

    उनले सम्झौताअनुसार बाँकी खोप उत्पादक कम्पनीले स्वास्थ्य सेवा विभागले प्रस्ताव गर्ने आपूर्ति तालिकाअनुसार चाँडै नै प्राप्त गर्ने जानकारी दिए ।

  • भारतबाट थप १० लाख डोज कोरोना खोप आज नेपाल ल्याइँदै

    भारतबाट थप १० लाख डोज कोरोना खोप आज नेपाल ल्याइँदै

    काठमाडौं । कोभिड-१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप १० लाख डोज आज काठमाडौं ल्याइँदै छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले भारतको नयाँ दिल्लीबाट दिउँसो साढे १ बजे एयर इन्डिया विमानमार्फत १० लाख डोज खोप काठमाडौँ ल्याउन लागिएको जानकारी दिए ।

    उनका अनुसार फागुन ५ गते खोप उत्पादक कम्पनी सेरम इन्सिच्युट अफ इन्डियासँग २० लाख डोज खोप लिने सहमतिअनुसार आइतबार पहिलो चरणमा १० लाख डोज खोप आउन लागेको हो ।

    यसअघि गत माघ ८ गते भारत सरकारले सोही कम्पनीको खोप अनुदानमा उपलब्ध गराएको थियो । अहिले उक्त खोप अग्रपंक्तिमा काम गर्ने कर्मचारीलाई लगाइँदैछ । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले खोप विमानस्थलबाट टेकुस्थित चिस्यान केन्द्रमा भण्डारण गरिने जनाए ।

    उक्त खोप यहि फागुन २३ गतेदेखि ५५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई लगाइने छ । खोप टेकुस्थित चिस्यान केन्द्रबाट प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयबाट देशभरिका खोप केन्द्रमा वितरण गरिने उनले बताए ।

    उनले सम्झौताअनुसार बाँकी खोप उत्पादक कम्पनीले स्वास्थ्य सेवा विभागले प्रस्ताव गर्ने आपूर्ति तालिकाअनुसार चाँडै नै प्राप्त गर्ने जानकारी दिए ।

  • विश्वभर कोभिड-१९ विरूद्धको २० करोड खोप प्रयोग, खोपको अत्यधिक परिमाण धनी राष्ट्रमा

    विश्वभर कोभिड-१९ विरूद्धको २० करोड खोप प्रयोग, खोपको अत्यधिक परिमाण धनी राष्ट्रमा

    कोभिड–१९ विरूद्धको खोप अभियान सञ्चालनको आधिकारिक तथ्याङ्क अनुसार शनिबारसम्म विश्वभर २० करोड मात्रा खोप लगाइसकिएको सम्बन्धित देश र स्वास्थ्य क्षेत्रमा सक्रिय निकायको आधिकारिक स्रोतहरुका आधारमा एएफपी सङ्कलन गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

    विश्वका खासगरी १०७ मुलुक र क्षेत्रमा खोप अभियानलाई तीब्र पारिएको अन्तर्राष्ट्रिय स्वास्थ्य निकायहरूले बताएका छन् ।

    ग्रीनवीच समय अनुसार शुक्रबार साँझ १० बजेसम्म चीन र रूसबाहेकका विश्वका १०७ मुलुकमा २० करोड १० लाख ४२ हजार १४९ मात्रा खोप प्रयोग भइसकेको एएफपीलाई प्राप्त तथ्याङ्कमा उल्लेख छ । चीन र रूसले भने खोप प्रयोगबारे प्रगति विवरण पछिल्ला केही दिनमा सार्वजनिक गरेका छैनन् ।

    विश्वभर प्रयोग भएका खोपको मात्राको करिब ४५ प्रतिशत जी–७ समूह राष्ट्र संयुक्त राज्य अमेरिका, क्यानडा, बेलायत, जर्मनी, फ्रान्स, इटाली र जापानमा प्रयोग भएको बताइएको छ । यी देशहरूमा विश्वको कूल जनसङ्ख्याको १० प्रतिशत जनसङ्ख्या रहेको छ । यद्यपि यी मुलुकहरूले शुक्रबार आफूहरू खोपलाई बढी प्रभावित मुलुकमा न्यायोचित रूपमा पठाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

    जी–७ सदस्य राष्ट्रका नेताहरूले विश्वव्यापी कोरोनाभाइरस खोपका लागि उनीहरूको कुल सहयोगलाई दोब्बरभन्दा बढी अर्थात् ७।५ अर्ब अमेरिकी डलर गर्ने योजना बनाएको बताएका छन् । उक्त सहयोगलाई विश्व स्वास्थ्य संगठनको नेतृत्वमा कोभाक्स योजनामार्फत अघि बढाइने छ ।

    विश्वव्यापी जनसंख्याको आधा भाग रहेका मुलुकहरू, जसलाई विश्व बैंकले उच्च आम्दानी र उच्च–मध्यम आम्दानी रहेकोे भनी वर्गीकरण गरेको छ,मा विश्वमा उत्पादन भएका कोभिड–१९ विरूद्धको खोपको ९२ प्रतिशत मात्रा गएको एएफपीलाई प्राप्त विवरणहरूमा उल्लेख छ ।

    विश्वका निम्न आम्दानी भएका २९ मुलुकमध्ये गिनी र रूवान्डामा मात्र खोप अभियान सञ्चालन भएको देखिएको छ ।

    देशको कूल जनसङ्ख्याको झण्डै आधा जनसङ्ख्यालाई कोभिड–१९ विरूद्धको पहिलो खोप सेवा दिने मुलुकमध्ये इजरायल अग्रस्थानमा रहेको बताइएको छ । हरेक तीन इजरायलीमध्ये एक जनाले शनिबारसम्ममा दुबै खोप लिइसकेका छन् ।

    देशको कूल जनसङ्ख्याको १० प्रतिशतभन्दा बढी जनसङ्ख्यालाई खोप उपलब्ध गराउने मुलुकहरूमा, बेलायत ९२५० प्रतिशत, बहराइन १६ प्रतिशत, शिसेल ४३ प्रतिशत र माल्दिभ्स १२ प्रतिशत, रहेका छन् ।

    खोपको मात्रा प्रयोगका हिसाबले अमेरिकामा सबैभन्दा बढी पाँच करोड ९० लाख ६० हजार अर्थात् धेरै मात्रा खोप लगाइएको छ । त्यसैगरी फेब्रुअरी ९ सम्ममा चीनमा चार करोड ५० हजार खोप लगाइसकिएको थियो भने भारतमा एक करोड ७० लाख ५० हजार र इजरायलमा ७० लाख १० हजार मात्रा खोपको मात्रा लगाइसकिएको छ ।

  • आइतबार भारतबाट १० लाख डोज खोप नेपाल आउँदै

    आइतबार भारतबाट १० लाख डोज खोप नेपाल आउँदै

    कोभिड-१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप १० लाख डोज आइतबार काठमाडौं आइपुग्ने भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले भारतको नयाँ दिल्लीबाट १ः३० को एयर इन्डिया विमानमार्फत खोप १० लाख डोज काठमाडौँ आउन थालेको जानकारी दिए ।

    उनका अनुसार यहि फागुन ५ गते खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज खोप किन्ने सहमतिअनुसार आइतबार १० लाख डोज खोप आउन थालेको हो ।

    यसअघि गत माघ ८ गते भारत सरकारले अनुदानमा उपलब्ध गराएको सोही खोप आएको थियो । अहिले उक्त खोप अग्रपंक्तिमा काम गर्ने कर्मचारीलाई लगाइँदैछ । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले खोप विमानस्थलबाट टेकुस्थित चिस्यान केन्द्रमा भण्डारण गरिने जनाए ।

    उक्त खोप यहि फागुन २३ गतेदेखि ५५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई लगाइने छ । खोप टेकुस्थित चिस्यान केन्द्रबाट प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयबाट देशभरिका खोप केन्द्रमा वितरण गरिने उनले बताए ।

    उनले सम्झौताअनुसार बाँकी खोप उत्पादक कम्पनीले स्वास्थ्य सेवा विभागले प्रस्ताव गर्ने आपूर्ति तालिकाअनुसार चाँडै नै प्राप्त गर्ने जानकारी दिए ।

  • आइतबार भारतबाट थप १० लाख डोज खोप ल्याइने प्रधानमन्त्रीद्वारा जानकारी

    आइतबार भारतबाट थप १० लाख डोज खोप ल्याइने प्रधानमन्त्रीद्वारा जानकारी

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडविरुद्धको थप १० लाख डोज खोप आइतबार भारतबाट नेपाल आइपुग्ने बताएका छन् । शनिबार विराटनगरमा आयोजित पार्टीको जनसभामा प्रधानमन्त्रीले यस्तो जानकारी दिएका हुन् ।

    यसअघि पनि भारतबाट १० लाख डोज खोप आइसकेको छ । ‘भोलि फेरि १० लाख मात्राको खोप किनेर भारतबाट ल्याउँदैछौं । केही दिनपछि चीनबाट ल्याउनेछौं र केही दिनपछि फेरि भारतबाट ल्याउँदैछौं’ ओलीले भने ।

    सरकारले फागुन २३ गतेदेखि ५५ वर्षभन्दा माथिल्लो उमेर समूहका नागरिकलाई खोप लगाउने घोषणा गरिसकेको छ । भारतको सिरम इन्स्टिच्युटसँग २० लाख मात्रा खोप ४ डलरको मूल्यमा खरिद गर्ने सम्झौता भएको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले यसअघि बताएका थिए ।

    प्रधानमन्त्रीका अनुसार किनेर ल्याउने खोपको पहिलो खेप आइतबार काठमाडौं ल्याउन लागिएको हो । लगत्तै अन्तर्राष्ट्रिय खोप सहायता सञ्जाल कोभ्याक्समार्फत पनि साढे २२ लाख डोज सहायतास्वरुप आउने बताइएको छ ।

    भारत र कोभ्याक्स सुविधामार्फत अक्सफोर्ड विश्वविद्यालय तथा अस्ट्राजेनेका कम्पनीद्वारा विकसित कोभिसिल्ड खोप ल्याउन लागिएको हो । सरकारले चीनको सिनोफार्मले विकास गरेको खोपलाई पनि आपतकालीन प्रयोगको अनुमति दिइसकेको छ ।

  • कोरोनाविरुद्ध रामदेवले ल्याए ‘कोरोनिल’ आयुर्वेद औषधि

    कोरोनाविरुद्ध रामदेवले ल्याए ‘कोरोनिल’ आयुर्वेद औषधि

    काठमाडौं । योग गुरु रामदेवको पतञ्जलीले कोरोनाभाइरसविरुद्धको औषधि ‘कोरोनिल’ सार्वजनिक गरेको छ । दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा रामदेवले पतञ्जली योगपीठले विकास गरेको मेडिसिन लन्च गरे ।

    यो लन्च समारोहमा भारतीय स्वास्थ्य मन्त्री हर्षवर्धन र यातायात मन्त्री नितिन गड्करी पनि सहभागी थिए । सो अवसरमा रामदेवले कोरोनिल औषधिबारे तयार पारिएको वैज्ञानिक कार्यपत्र पनि प्रस्तुत गरेका थिए ।

    रामदेवले ल्याएको कोरोनाविरुद्धको औषधिलाई पहिलो आयुर्वेदिक औषधि भनिएको छ । यो औषधिले विश्व स्वास्थ्य संगठनको मापदण्ड अन्तर्गत रहेर भारतको केन्द्रीय औषधि गुणस्तर नियमन विभागबाट मान्यता प्राप्त गरेको छ ।

    विश्वका १५८ देशमा औषधि वितरण गरिने रामदेवले जनाएका छन् । भारतको प्राचीन औषधि पद्धति आयुर्वेदअन्तर्गत रहेर पतञ्जली रिसर्च इन्स्टिच्युटले कोरोनिल औषधि विकास गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै रामदेवले यो औषधिले सस्तो मूल्यमा मानवताको सेवा गर्ने बताए ।

    सो अवसरमा भारतका केन्द्रीय स्वास्थ्य मन्त्री हर्षवर्धनले भारतको आयुर्वेद विज्ञानलाई अन्तर्राष्ट्रिय स्तरमा लैजानुपर्ने र यसका लागि सरकारले सहयोग गर्ने बताए ।

  • दैनिक संक्रमित संख्या सयभन्दा तल झर्‍यो, शनिबार ८८ संक्रमित थपिए

    दैनिक संक्रमित संख्या सयभन्दा तल झर्‍यो, शनिबार ८८ संक्रमित थपिए

    काठमाडौं । नेपालमा दैनिक कोरोनाभाइरस संक्रमणको संख्या एकसयभन्दा तल झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घन्टामा देशभरमा ८८ जना संक्रमित थपिएका छन् ।

    २,०४८ पीसीआर परिक्षणमध्ये त्यति जनामा मात्र संक्रमण पुष्टि भएको हो । २४ घन्टामा भाइरसबाट मृत्यु हुनेको संख्या शुन्य छ । सोही अवधीमा निको हुनेको संख्या १३६ छ ।

    अहिलेसम्म नेपालमा भाइरसबाट मृत्यु हुनेको संख्या २०६१ र संक्रमित संख्या २ लाख ७३ हजार ३५१ रहेको छ । शुक्रबारसम्म ३ लाख ८३ हजार ३९८ जनाले कोभिडविरुद्धको खोप लिएका छन् ।

  • कोभ्याक्स सुविधाको खोप फागुनभित्रै नेपाल आउने

    कोभ्याक्स सुविधाको खोप फागुनभित्रै नेपाल आउने

    सरकारले यही फागुन महिनाभित्र कोभ्याक्स सुविधामार्फत कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप ल्याउन अन्तिम तयारी गरेको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २० प्रतिशत जनसङ्ख्या पुग्ने गरी कोभ्याक्स सुविधामार्फत खोप ल्याउन लागेको हो । स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले आफूहरुले सबै प्रक्रिया पूरा गरिसकेकाले फागुन अन्तिमसम्म ‘कोभिशिल्ड’ खोप ल्याउन थालेको जानकारी दिए ।

    उनका अनुसार २० प्रतिशतलाई दिइने भनेको खोप कोभ्याक्सले एकैपटक नभई पटकपटक पठाउने छ । विश्व स्वास्थ्य सङ्गठन, ग्लोबल भ्याक्सिन अलाइअन्स’ (गाभी) लगायत संस्थाले निम्न आय मुलुक भएका देशलाई निःशुल्क खोप उपलब्ध गराउने भएको छ ।

    ‘कोभिशिल्ड’ खोप विश्व स्वास्थ्य सङ्गठनमा सूचिकृत भएकोले नै कोभ्याक्सले सोही खोप पठाउन थालेको हो । यसअघि नेपालमा उक्त खोप लगाउन थालिएको छ । भारत सरकारले उपलब्ध गराएको १० लाख मात्रा ‘कोभिशिल्ड’ खोप गत माघ १४ गतेबाट लगाउन थालिएको हो ।

    सरकारले अहिले स्वास्थ्यकर्मी, कर्मचारी र अग्रपङ्क्तिमा काम गरिरहेका कर्मचारीलाई खोप दिइरहेको छ ।

    केही दिनअघि मात्र सरकारले कोभिशिल्ड २० लाख मात्रा खोप किन्ने प्रक्रिया अगाडि बढाइसकेको छ । उक्त खोप केही हप्तामा आउने आउने उनले बताए। सोही किनेको खोप यही फागुन २३ गतेदेखि ५५ वर्षभन्दामाथिका व्यक्तिलाई लगाइने भएको छ ।

    यस्तै चीन सरकारले पनि सरकारलाई पाँच लाख मात्रा खोप उपलब्ध गराउने भएको छ । चीनले ‘भेरोसिल’ नामक खोप उपलब्ध गराउने भनेको छ । उक्त खोप औषधि व्यवस्था विभागले समेत सूचिकृत गरिसकेको छ ।

    खोप सोमबारसम्म
    यसैगरी पहिलो चरणको खोपअन्तर्गत दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई आगामी सोमबारसम्म खोप लगाइने भएको छ । आजसम्म मात्र खोप लगाइएकाले थप दुई दिन खोप लगाउने समय बढाएको खोप शाखाका प्रमुख डा गौतमले जानकारी दिए ।

    दोस्रो चरणमा जिल्लास्थित सरकारी कार्यालयका कर्मचारी, स्थानीय तहका पदाधिकारी र कर्मचारी, वित्तिय संस्थाका कर्मचारी, पत्रकार र अग्रपङ्क्तिमा काम गर्नेलाई खोप लगाइरहेका छन् । उनका अनुसार अहिले तीन लाख ८४ हजार जनाले खोप लगाइसकेको छन् ।

  • स्वास्थ्य केन्द्रका कर्मचारीले बिरामीमाथि दुर्व्यबहार गर्न लागेपछि स्थानीयले नगरपालिका घेरे

    स्वास्थ्य केन्द्रका कर्मचारीले बिरामीमाथि दुर्व्यबहार गर्न लागेपछि स्थानीयले नगरपालिका घेरे

    सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाको आडैमा वडा नम्बर ८ को शहरी स्वास्थ्य केन्द्र छ । २०७६ सालमा स्थापना भएको उक्त केन्द्रमा स्थानीयले उपचार पाउनै छोडेका छन् । उनीहरुलाई त्यहाँ जाँदा न औषधि दिइन्छ न त चेकजाँच नै गरिन्छ ।

    नजिकै स्वास्थ्य केन्द्र हुँदा गाह्रो साह्रो परेको समयमा उपचार गर्न पाइएला भन्ने स्थानीयवासीको आशा तब निराशामा परिणत भयो जब त्यहाँका स्वास्थ्य कर्मचारी सेवाग्राहीलाई अपशब्द बोल्न थाले । कार्यालयमा कहिल्यै समयमा नआउने, सेवाग्राहीलाई राम्रो व्यवहार नगर्ने भएपछि स्थानीयहरु नगरपालिका घेराउ गर्न आए ।

    ‘जहिल्यै स्वास्थ्य संस्थामा हामी जाँदा वा हाम्रा वृद्ध आमाबुवा जाँदा कर्मचारी नभेटिने, भेटिए पनि स्वास्थ्य जाँच नगर्ने, उनीहरुलाई औषधि छैन भन्ने अनि सकेसम्म उपचार गर्न आनाकानी गर्ने बानी कर्मचारीहरुमा देखियो,’ स्थानीय प्रेम थापाले नेपालप्रेससँग गुनासो गर्दै भने, ‘बुढापाकालाई स्वास्थ्य संस्था भित्र नल्याउनेसम्मका गैरजिम्मेवार हर्कत बढदै गएपछि हामी आन्दोलित हुन बाध्य भएका हौं ।’

    अर्का युवा विनम्रप्रताप सिंहले नगरपालिकाले स्वास्थ्य संस्थाबाट पाइने सेवा सहज बनाउन भूमिका खेलोस भन्ने चाहनाले नगरपालिका घेराउ गर्न बाध्य भएको प्रतिक्रिया दिए । ‘उपचार पाइने स्थानमा अपहेलना भएपछि वा स्वास्थ्य संस्थामा काम गर्नेले सेवा प्रवाह नगरेपछि त्यो संस्थाको औचित्य छैन । संस्थालाई कि राम्रो बनाउ कि खारेज गर भन्ने मागसहित हामी यहाँ आएका हौं ।’ उनले आफूहरुको माग पुरा नभएपछि अरु आन्दोलन गर्न लागेको बताए ।

    स्थानीय तुलसी पुलामी भन्छिन्, ‘सेवा लिन जाँदा कर्मचारीले वेवास्ता गर्ने र आफ्ना समस्या राख्दा झर्किने गर्दछन् । सेवाग्राही आउँदा मोबाइलमा वाइफाई चलाएर बस्छन् ।’

    यता, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले नागरिकहरु नगरपालिकामा आएपछि मात्रै घटनाको जानकारी भएको बताए । ‘त्यसअघि हामीलाई के भएको छ भन्ने जानकारी थिएन । उहाँहरु कार्यालयमा आउनु भएपछि मात्रै हामीले जानकारी पाएका हौं,’ उनले भने, ‘हामी स्वास्थ्य केन्द्रका इन्चार्ज सहितका कर्मचारीलाई कार्यालयमा बोलाउँछौं । के भएको हो बुझ्छौं । उनीहरुको गल्ती भए कारवाही गर्छौं ।’

     

  • कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ९९४, झन्डै ९ सय थपिए : नेपाली सेना

    कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ९९४, झन्डै ९ सय थपिए : नेपाली सेना

    काठमाडौं । नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्यामा सेना र स्वास्थ्य मन्त्रालयबीच फरक–फरक तथ्यांक पाइएको छ ।

    सेनाको इन्सिडेन्ट कमान्ड सिस्टमले बुधबारसम्म मृत्यु हुनेको संख्या २ हजार ९९४ रहेको जनाएको छ । स्वास्थ्य मन्त्रालयले चाहिँ बुधबारसम्म मृतक संख्या २,०५५ उल्लेख गरेको छ ।

    यी दुईबीच ८८९ अंकको फरक छ । सेनाले कोरोना पुष्टि भएको पीसीआर रिपोर्ट र मृत्यु भएको प्रमाणपत्रका आधारमा मात्रै शव व्यवस्थापन गर्दै आएको छ ।

    नेपाल प्रेससँग कुरा गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले सेनाले शव व्यवस्थापन गरिसकेको भनिएका अरुको कोरोनाकै कारण मृत्यु भएको हो वा होइन भन्ने बारे अध्ययन भैरहेको र सोही अनुसार अद्यावधिक गरिने बताए ।

    सेनाको तथ्यांकअनुसार कोरोनाबाट मृत्यु हुने दर १ प्रतिशत नाघेको छ । मन्त्रालयले सार्वजनिक गरेको मृतक संख्या र नेपाली सेनाले शव व्यवस्थापन गरेको संख्यामा झन्डै ९ सयको फरक पाइएपछि छानविन समिति गठन गरिएको थियो ।

  • कोरोना खोप निजी कम्पनीले पनि ल्याउन पाउने, सरकारी खोप भने निःशुल्क

    कोरोना खोप निजी कम्पनीले पनि ल्याउन पाउने, सरकारी खोप भने निःशुल्क

    काठमाडौं । कोरोनाविरुद्धको खोप निजी कम्पनीले पनि ल्याउन पाउने गरी सरकारले प्रक्रिया अघि बढाएको छ । यद्यपि निजी कम्पनीले ल्याउने खोप भने सरकारले किन्ने छैन ।

    स्वास्थ्य मन्त्रालयमा विहिबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीले निजी कम्पनीलाई पनि खोप ल्याउन दिने गरी मापदण्ड बनाउने बताए ।

    उनका अनुसार निजी कम्पनीको खोप निजी प्रयोजनमा दिन सकिनेछ । तर, सरकार आफैंले खोप किने निःशुल्क लगाउने उनले बताए । सरकारले ल्याएको खोप निःशुल्क हुने र मापदण्डभित्रका मान्छेलाई लगाइनेछ ।

    निजी कम्पनीले निजी प्रयोजनका लागि ल्याउन सक्ने गरी व्यवस्था गरिने मन्त्री त्रिपाठीले बताए । सरकारले हालैमात्र २० लाख डोज खोप किन्न भारतसँग प्रक्रिया अघि बढाइसकेको छ ।

    २ साताभित्र सो खोप नेपाल आउने बताइएको छ । खोपका लागि सरकारले १ अर्ब रूपैयाँ अर्थमन्त्रालयमार्फत निकास गर्दैछ । चीनको खोपलाई पनि आकस्मिक प्रयोगका अनुमति दिइएको छ । चीनले पनि ५ लाख डोज खोप अनुदानमा दिएको छ ।

  • चिनियाँ खोप सिनोफार्मलाई सरकारले दियो आपतकालीन प्रयोगको अनुमति

    चिनियाँ खोप सिनोफार्मलाई सरकारले दियो आपतकालीन प्रयोगको अनुमति

    काठमाडौं । सरकारले चिनियाँ खोप सिनोफार्मलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । औषधि व्यवस्था विभागको जनवरी १६ को बैठकले यस्तो निर्णय गरेको जारी वक्तव्यमा उल्लेख छ ।

    भारतको कोभिसिल्डपछि विभागले चिनियाँ कम्पनी बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टले उत्पादन गरेको सिनोफार्म खोपलाई अनुमति दिएको हो ।

    विभागको यो निर्णयपछि सरकारलाई चिनियाँ खोप ल्याउन बाटो खुलेको छ । चीनले नेपाललाई ५ लाख डोज खोपमा अनुदानमा दिने घोषणा गरिसकेको छ ।

    जनवरी १३ मा सिनोफार्मले सरकारसँग आपतकालिन प्रयोगका लागि निवेदन दिएको थियो । जनवरी १५ सरकारले भारतको कोभिसिल्ड खोपलाई आपतकालिन प्रयोगको अनुमति दिएको थियो ।

    सिनोफार्मले ७९.३४ प्रतिशत खोप प्रभावकारी हुने जनाएको छ ।

  • कोरोनाविरुद्धको खोपका लागि अर्थ मन्त्रालयले दुई खेपमा एक अर्ब निकासा गर्ने

    कोरोनाविरुद्धको खोपका लागि अर्थ मन्त्रालयले दुई खेपमा एक अर्ब निकासा गर्ने

    काठमाडौं । सरकारले भारतबाट २० लाख डोज खोप किन्ने निर्णय गरेसँगै अर्थ मन्त्रालयले एक अर्ब रुपैयाँ बजेट स्वीकृत गरेको छ । कोरोना खोप खरीदका लागि स्वास्थ्य मन्त्रालयलाई अर्थबाट १ अर्ब रुपैयाँ बजेट उपलब्ध भएको हो ।

    मंगलबार बसेको मन्त्रीपरिषद्का बैठकले उत्पादकलाई अग्रीम भुक्तानी दिएर खोप खरिद गर्ने निर्णय लिएको थियो । अर्थले पैसा निकासा गरेपछि २० लाख डोज खोप आउने निश्चित भएको छ ।

    अर्थमन्त्रीका प्रेस सल्लाहकार भुवन केसीका अनुसार सो रकम अर्थले स्वास्थ्य मन्त्रालयलाई दुई किस्तामा दिने छ । केही दिनअघि नै स्वास्थ्यलाई ५० करोड रुपैयाँ दिने निर्णय अर्थले गरिसकेको थियो । मंगलबार थप ५० करोड रुपैयाँ स्वीकृत गरेको हो ।

    कोरोना खोप खरीद प्रक्रियाका लागि स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयसँग पहिल्यै रकम माग गरेको थियो । यो रकम स्वीकृत भएसँगै नेपालले भारतबाट २० लाख खोप खरीद गर्ने छ । यसअघि भारतले नेपाललाई १० लाख डोज खोप अनुदानमा दिएको थियो । सो खोप पहिला ‘फ्रन्ट लाइन’ मा काम गर्ने स्वास्थ्यकर्मी, सरसफाइकर्मी, पत्रकार लगायतलाई दिइएको छ । चीनले पनि नेपाललाई ५ लाख डोज खोप उपलब्ध गराउने बताएको छ ।

    मंगलबारसम्ममा २ लाख ८३ हजारभन्दा बढीले कोरोनाको खोप लगाइसकेका छन् ।सरकारले फागुन २३ गतेदेखि ६० वर्ष उमेर माथिका जेष्ठ नागरिकलाई खोप लगाउने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

  • फागुन २३ देखि ६० वर्ष माथिकालाई खोप लगाइने

    फागुन २३ देखि ६० वर्ष माथिकालाई खोप लगाइने

    काठमाडौं । सरकारले फागुन २३ गतेदेखि ६० वर्षभन्दा बढी उमेरका नागरिकलाई खोप लगाउने जनाएको छ । स्वास्थ्य मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले उक्त जानकारी दिए ।

    फागुन ४ गतेसम्म २ लाख ८३ हजार जनालाई खोप लगाइएपनि कुनै साइड इफेक्ट नदेखिएको उनले जनाए ।

    २४ घन्टामा देशभर १२५ जना संक्रमित थपिएका छन् । यो सँगै कोरोना भाइरसबाट संक्रमित हुने संख्या अहिलेसम्म २ लाख ७३ हजार ७० पुगेको छ । काठमाडौं उपत्यकामा मात्र ६० संक्रमित छन् । आजसम्म १, ६२१ सक्रिय संक्रमित छन् ।

    २४ घन्टामा ९१ जना डिस्चार्ज भएका छन् । नेपालमा भाइरसबाट निको हुनेको दर ९८.७ प्रतिशत रहेको छ । बेलायती भेरिएन्टको संक्रमण बढ्ने क्रममा रहेकाले स्वास्थ्य मापदण्ड पालना गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

  • चिकित्सक संघले बढायो डाक्टरको फी, बिरामीले कसलाई कति तिर्ने ? (सूचीसहित)

    चिकित्सक संघले बढायो डाक्टरको फी, बिरामीले कसलाई कति तिर्ने ? (सूचीसहित)

    काठमाडौं । नेपाल चिकित्सक संघले डाक्टर तथा स्वास्थ्यकर्मीहरुले बिरामीबाट लिने परामर्श शुल्क बढाएको छ ।

    संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन अफ नेपालको संयुक्त बैठकले आजकै मितिबाट लागू हुने गरी शुल्क बढाएको हो ।

    सरकारले परामर्श शुल्क बढाउने सहमति कार्यान्वयन नगरेको भन्दै चिकित्सकहरुका संस्थाले आफैं डाक्टर फी  वृद्धि गरेको जनाएका छन् ।

    चिकित्सकहरुलाई पाँच समूहमा वर्गीकरण गरी अधिकतम ८२५ रुपैयाँदेखि न्यूनतम ४५० रुपैयाँ परामर्श शुल्क तोकिएको विज्ञप्तिमा उल्लेख छ ।

  • २० लाख डोज कोभिसिल्ड भ्याक्सिन भारतसँग खरिद गर्ने बाटो खुल्यो

    २० लाख डोज कोभिसिल्ड भ्याक्सिन भारतसँग खरिद गर्ने बाटो खुल्यो

    काठमाडाैं । प्रति भ्याक्सिन ४ डलरका दरले २० लाख डोज कोभिसिल्ड भ्याक्सिन भारतसँग खरिद गर्ने बाटो खुलेको छ । आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भारतमा बनेको कोभिसिल्ड भ्याक्सिन खरिद गर्दा अग्रिम भुक्तानी दिने निर्णय गरेसँगै बाटो खुला भएको हो ।

    भारतको सिरम इन्स्टिच्यूटसँग एक डोज खोपको ४ डलरमा खरिद गर्ने सहमति भए पनि भुक्तानीको विषयमा खरिद प्रक्रिया अघि बढ्न सकेको थिएन । मन्त्रिपरिषद्ले यो निर्णयले खोप खरिद गर्ने बाटो खुला गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले नेपाल प्रेसलाई जानकारी दिए ।

    अहिलेसम्म खरिद ऐन र नियमावलीअनुसार खरिद गर्न लागेको सामानको ८० प्रतिशत मात्रै अग्रिम भुक्तानी दिन सक्ने कानूनी प्रावधान रहे पनि सिरम इन्स्टिच्यूटले जति मूल्यको खोप खरिद गर्ने हो त्यसको अग्रिम भुक्तानी भएपछि मात्रै ब्याच नम्बर जारी गर्ने अडान राखेका थियो । यो समस्या समाधान गर्न मन्त्रिपरिषद् बैठकले बाधा अड्काउ फुकाउ गरेको स्वास्थ्यमन्त्री त्रिपाठीले बताए ।

    सरकारले सिरमसँग २० लाख डोज भ्याक्सिन खरिद गर्न लागेको छ । मन्त्रिपरिषद्को यो निर्णयले तत्काल खोप खरिद गरेर ल्याउने बाटो अघि बढेको उनले बताए ।

  • एनआरएनएले सुरु गर्‍यो निःशुल्क टेलि–हेल्थ सेवा, विश्वभरबाट अनलाइन उपचार गर्न पाइने

    एनआरएनएले सुरु गर्‍यो निःशुल्क टेलि–हेल्थ सेवा, विश्वभरबाट अनलाइन उपचार गर्न पाइने

    काठमाडौं । गैरआवसीय नेपाली संघ (एनआरएनए)ले टेलि–हेल्थ (दूर चिकित्सा) सेवा सुरु गरेको छ । यो सेवाबाट जुनसुकै मुलुकमा बसोबास गर्ने नेपालीले सेवा लिन सक्ने संघले जनाएको छ ।

    सेवाग्राहीले चाहेको समयमा अनलाइनमार्फत चिकित्सकसँग परामर्श लिन सक्नेछन् । यो कार्यक्रममा सबै क्षेत्र र विधाका स्वास्थ्य विज्ञ सहभागि रहेको जनाइएको छ ।

    मिर्गौला, कलेजो, मुटु, आँखा, नाक, कान, घाँटी तथा मुख सम्बन्धी स्वास्थ्य विज्ञदेखि डाइटिसियन, फिजियोथेरापिस्ट, दन्त चिकित्सकले सेवा दिन सक्ने जनाइएको छ । मनोचिकित्सक, मनोपरामर्शदाता, स्नायु रोग र छारे रोग पनि हेल्थ कार्यक्रममा रहेका छन् ।

    भाइबर, ह्वाट्सएप र मोबाइलमार्फत जिज्ञासा राख्न सकिनेछ । सेवा निःशुल्क हुने जनाइएको छ । सेवा अन्तर्गत आपतकालिन स्वास्थ्य सेवा चाहिँ प्रदान नगरिने जनाइएको छ ।

  • नेपालमा प्रयोगमा ल्याइएको कोभिसिल्ड खोपलाई डब्लुएचओद्वारा मान्यता प्रदान

    नेपालमा प्रयोगमा ल्याइएको कोभिसिल्ड खोपलाई डब्लुएचओद्वारा मान्यता प्रदान

    जेनेभा -विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अक्सफोर्ड–अस्ट्राजेनिकाले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ । कोभिड–१९ को महामारीसँग संघर्षरत कमजोर एवं गरिब राष्ट्रलाई खोप प्रदान गर्न यस स्वीकृतिले सहज बनाउने डब्लुएचओले विश्वास लिएको छ ।

    अस्ट्राजेनिकाको खोपलाई कोभाक्स कार्यक्रम मार्फत विश्वभर वितरण गर्न डब्लुएचओको अनुमतिले सहज बनाएको छ । डब्लुएचओले यसअघि फाइजरले विकास गरेको खोपलाई मान्यता दिइसकेको छ ।

    डब्लुएचओले जारी गरेको विज्ञप्तिमा कोभाक्स मार्फत विश्वभर नै खोप वितरण गर्न यस निर्णयले सघाउ पुग्ने उल्लेख छ । अस्ट्राजेनिकाको खोप हाल भारतको सेरम इन्स्टिच्यूट र दक्षिण कोरियाको एसकेबायोले उत्पादन गरिरहेका छन् ।

    भारत र दक्षिण कोरियाबाट अस्ट्राजेनिकाका करिब ३३ करोड ७२ लाख डोज खोप उत्पादन भइसकेको छ । यो खोप कोभाक्समा आबद्ध करिब १४५ मुलुक सहभागी छन् । यस खोपबाट सन् २०२१ को मध्यसम्ममा विश्वको कूल जनसंख्याको करिब ३.३ प्रतिशतलाई खोप लगाउन पर्याप्त हुनेछ ।

    कोभाक्सका लागि सेरम इन्स्टिच्यूटबाट अस्ट्राजेनिकाको २४ करोड, दक्षिण कोरियाबाट अस्ट्राजेनिकाको ९ करोड ६० लाख तथा फाइजरबाट १२ लाख डोज उत्पादन हुँदैछ । यी खोपहरु दुई डोज लगाउनु पर्दछ ।

    ६५ वर्षभन्दा माथिका व्यक्तिलाई पनि अस्ट्राजेनिकाको खोप लगाउन मिल्ने डब्लुएचओले जनाएको छ । डब्लुएचओको विज्ञ सल्लाहकार समूहको बैठकले अस्ट्राजेनिकाको खोप ६५ वर्षभन्दा माथिका व्यक्तिलाई पनि दिन सिफारिस गरेको छ ।

    यसअघि पर्याप्त तथ्याँकको अभावमा खोपको प्रभावकारिता आँकलन गर्न कठिन भएको पनि डब्लुएचओले स्वीकार गरेको छ ।

  • कोरोनासँग भिड्दै संक्रमितलाई योग सिकाउने ‘योगीराज’

    कोरोनासँग भिड्दै संक्रमितलाई योग सिकाउने ‘योगीराज’

    रूपन्देही । कोरोनाभाइरस संक्रमणको महामारी शुरू भएपछि योगसाधक विष्णुहरि आचार्य (योगीराज) को दिनचर्या फेरियो । डेढ दशकदेखि योग अभियान चलाइरहेका योगीराज समुदायस्तरमा कोरोना संक्रमण तीव्र रूपमा फैलिएपछि रूपन्देहीका क्वारेन्टिन र आइसोलेसनमा पुगेर योग सिकाउँदै आफ्नो दैनिकी फेर्न थालेका हुन् ।

    नेपालमा कोरोना महामारीको सन्त्रासले गत वर्षको चैतदेखि भएको लकडाउनमा धेरै मान्छे घर बाहिर निस्कन सकेनन् । बाध्यता र विवशताले निस्केका पनि कोही कसैको नजिक पर्न, सहयोग गर्न सकेनन् । तर योगीराजले निरन्तर आफ्नो अभियानलाई जारी राखे । आचार्यसँग यो बीचमा योग सिक्ने मान्छे फेरिए । आइसोलेसन र क्वारेन्टिन फेरिए तर उनको दैनिकी कोरोना महामारी शुरू भएपछि लामो समय एउटै रफ्तारमा बित्यो ।

    लुम्बिनी आयुर्वेदिक अस्पताल बुटवलमा कार्यरत वैद्य विष्णुहरि आचार्य (योगीराज) को दिनचर्या एकाएक परिवर्तन भएर क्वारेन्टिन हुँदै आइसोलेसन सेन्टरमा केन्द्रित भएको थियो । त्यतिमात्र होइन रूपन्देही आसपासमा रहेका विभिन्न क्वारेन्टाइनमा पुगेर योगसाधना, जडीबुटीको महत्वका विषयमा उनले निरन्तर सिकाउने अभियान चलाए ।

    छिमेकी मुलुक भारतमा कोरोनाभाइरस संक्रमणको दर उच्च देखिन थालेपछि नेपालस्थित आफ्नो गाउँ फर्केकाहरूलाई क्वारेन्टिनमा राख्न शुरू भएसँगै स्थानीय निकायहरूले त्यस्ता व्यक्तिलाई योग, नाचगान र जडीबुटी सेवन गराउन थालेपछि योगीराजको दैनिकी परिवर्तन भएको हो । चैतको तेस्रो सातादेखि क्वारेन्टिनमा बसेकाहरूलाई योगाभ्यास गराउँदै आएका योगीराजले अहिले पनि त्यही काम गरिरहेका छन् ।

    कोरोना संक्रमित राख्न बुटवल उपमहानगरपालिकाको वडा नं ११ देवीनगरस्थित एन्फा टेक्निकलमा आइसोलेसन निर्माण गरिएको थियो ।

    आचार्य तिनै संक्रमितलाई योग सिकाउन हरेक दिन बिहान ६ बजे आइसोलेसन सेन्टर पुग्ने र त्यहाँ कोरोना पोजेटिभ लक्षणसहितका बिरामीलाई ऊर्जा थप्ने काम गर्दथे । पीसीआर जाँच गर्दा कोरोना पोजेटिभ आएकाहरूको मनलाई आचार्यले योग सिकाएर सम्हालिदिएका छन् ।

    संक्रमितहरू आइसोलेसन सेन्टरको कम्पाउन्डभित्र हुन्थे । योगीराज आचार्य कम्पाउन्डभन्दा बाहिर २० मिटर टाढाको भौतिक दूरी बनाएर योग सिकाउँथे । संक्रमितलाई योग सिकाउँदा–सिकाउँदै आचार्य आफैं पनि संक्रमित भए । तर पनि आइसोलेसनमा बसेर योग सिकाउन छाडेनन् ।

    ‘म संक्रमितलाई सिकाउँदा–सिकाउँदै संक्रमित भएँ । तर, योग सिकाउन छाडिनँ’, उनले भने । उनले आइसोलेसनमा योग र आयुर्वेदको महत्वबारे सचेतना बढाउने काम गरे ।

    आइसोलेसनमा बस्ने संक्रमितलाई विभिन्न जडीबुटी र आयुर्वेदिक औषधिहरू पनि दिंदै योगमार्फत सकारात्मक सोच ल्याउने काम गरेका थिए ।

    लुम्बिनी प्रदेशमा संक्रमितको संख्या बढ्न थालेपछि सामाजिक विकास मन्त्रालयले योगबाट तनाव व्यवस्थापन गर्नका लागि भन्दै एक निर्देशिका पनि जारी गरेको थियो । त्यही निर्देशिकालाई आधार बनाएर योग प्रशिक्षक तथा वैद्यहरू संक्रमितहरूलाई योग–ध्यानसहित मनोसामाजिक परामर्श दिंदै आए ।

    ‘धेरै समस्याको समाधान योग ध्यानमा मात्रै छ । त्यसैले संक्रमितलाई योग अभियानसँग जोडेर कोरोना न्यूनीकरण गर्दै आम नागरिकमा सकारात्मक ऊर्जा दिन योग अभियान अघि बढाएको हुँ’, उनले भने ।

    योग सार्वजनिक, सार्वभौमिक र सर्वकालिक विज्ञान भएकाले यसको आवश्यकता कोरोना महामारी नआउँदा पनि रहेको र महामारीपछि महत्व अझै बढेको आचार्यले बताए । ‘जब महामारी र विपत्को अवस्था आउँछ अनि नागरिकहरूमा त्रास र मनोसामाजिक असर पर्दछ ।

    जसले आत्मबल कमजोर पार्नेदेखि रोग प्रतिरोधक क्षमतामा ह्रास ल्याउँछ । त्यस अवस्थामा मनोपरामर्श र योग ध्यानको महत्वपूर्ण भूमिका हुन्छ’, योगीराज आचार्य भन्छन् ।

    संक्रमितको मनोबल बढाउन ध्यान, प्राणायाम र भजन–कीर्तनलाई उनले प्राथमिकतामा राखेर काम गरे । मन्त्रयोग, राजयोग, हठयोग र लययोग जोडेर योग सिकाए । ‘शुरू–शुरूमा संक्रमितहरू योग सिक्न खासै इच्छुक देखिएनन् । त्यसपछि गीत र भजनमा नृत्य गराइयो । उनीहरू नाच्न थाले । नृत्यसँगै योग पनि सिक्दै गए’ उनी भन्छन् ।

    कोरोना महामारीबीच उनी रूपन्देहीका बुटवल, तिलोत्तमा, सिद्धार्थनगर, देवदह, मर्चवारीमाई, समरीमाई, मायादेवी, गैडहवा, शुद्धोधन, कोटहीमाईका क्वारेन्टिन र आइसोलेसनमा पुगेर हजारौंलाई योग, ध्यानका माध्यमबाट कसरी तनाव व्यवस्थापन गर्ने र चिन्ता हटाउने, साहस बटुल्ने भनेर प्रशिक्षण दिइसकेका छन् ।

    आचार्यलाई शुरू शुरूमा क्वारेन्टिनमा पुगेर योग सिकाउँदा केही डर पनि लाग्यो । एक–दुई ठाउँमा गएर सिकाएको ठाउँमा एक–दुई जनामा संक्रमण पनि देखियो । त्यो सुन्दा त एकछिन डर पनि लाग्यो उनलाई । त्यसपछि विस्तारै उनमा डर कम हुँदै गएको स्मरण गर्दछन् ।

    डरत्रास कायमै रहे पनि उनको योग, साधना र ध्यान गराउने, ऊर्जा थप्ने, साहस बटुल्न सघाउने, कुराकानी गर्ने अभियान रोकिएको छैन ।

    अहिले कोरोना संक्रमितको संख्या न्यून भएको छ तर उनले भने आफ्नो अभियानलाई जारी राखेका छन् । विभिन्न स्थानमा योगसाधना सिकाउने र नागरिकलाई ऊर्जा थप्ने कार्य रोकेका छैनन् । विद्यालय, पालिकाहरूमा पुगेर पनि योग तथा जडीबुटीको महत्वबारे अभियान चलाएका छन् ।

    आइसोलेसनमा पनि निरन्तर सम्हाले जिम्मेवारी

    आफू संक्रमित हुँदा पनि विष्णुहरि आचार्य (योगीराज) योग सिकाउनमै केन्द्रित रहे । कोरोना संक्रमणपछि उनी बुटवलको एन्फा टेक्निकलमा रहेको आइसोलेसनमा बसेका थिए । त्यसबखत उनले त्यहाँ रहेका संक्रमितलाई योग सिकाएर आफ्नो दैनिकी कटाए ।

    महामारीका कारण मुलुक लकडाउन भएपछि समाजमा डर त्रास बढेको अवस्थामा उनले संभावित संक्रमितहरू रहेका क्वारेन्टाइनहरूमा योग शिक्षाका साथै योग सिकाउँदै आएका थिए । क्वारेन्टाइनमा दिन विताइरहेकाहरूको मनोबल उच्च राख्न उनले खेलेको भूमिकाले उनको चर्चा बढ्दै गएको आइसोलेसनमा बसेर फर्केका उमेश कुँवरले बताए ।

    आइसोलेसन केन्द्रहरूमा संक्रमितहरूलाई दिन विताउन गाह्रो हुने अवस्थामा योगीराजको योग शिक्षाले उनीहरूको दैनिकी बदलिदिएकोे र दैनिक योगले कोरोना जित्न बल पुगेको महसूस भएको कुँवरले बताए । त्यो आइसोलेसनमा बसेका सबैले योगीराजको प्रशंसा गर्दै निस्केको व्यवस्थापन समिति संयोजक तथा वडाध्यक्ष रामचन्द्र क्षेत्रीले बताए । जसको फलस्वरूप उनी ती संक्रमितहरूको मनमा बस्न सफल भए ।

    उनको चर्चा बढिरहेकै अवस्थामा कोरोनाबाट टाढा हुन योगीराज पनि सकेनन् । कोरोना विरुद्धको लडाइँमा अग्रपंक्तिमा खटिरहेकै अवस्थामा उनी आफैं कोरोना संक्रमित भए । कोरोना संक्रमित भएपछि उनले आफ्नै निवासमा होम आइसोलेसनमा बस्ने निधो गरेनन्, जसको एउटा कारण थियो योगप्रतिको उनको लगाव ।

    उनी जहाँ योग सिकाउँदै आएका थिए, त्यहीं जाने निधो गरे । बुटवल देवीनगरस्थित एन्फा आइसोलेसन केन्द्रमा गए । संक्रमित हुनुपूर्व त्यही केन्द्रमा सयौं संक्रमितलाई योग शिक्षा दिएका उनी आफैं संक्रमित भएपछि यहाँ रहेका संक्रमितहरूसँग २४सै घण्टा विताउन थाले ।

    उनले आफूले प्रदान गर्दै आएको योग शिक्षामा कम गरेनन् । झन् बढी समय दिएर दैनिकी विताए । कोरोना पोजेटिभ भएर आइसोलेसनमा बस्दा उनले मनोबललाई बलियो र दह्रो बनाउने कला सिकाउनेदेखि खानपान, आहार–विहार सम्बन्धी शिक्षा दिने काम जारी राखे ।

    आफू संक्रमित हुनु अगाडि योग–ध्यानद्वारा कम्पाउन्ड बाहिरबाट संक्रमितहरूलाई मनोपरामर्श दिंदै आएका उनी संक्रमित भएपछि कम्पाउन्डभित्रै रहेर उनीहरूको मनोबल बढाएको आचार्य स्मरण गर्छन् ।

    सरकारको मापदण्डका आयुर्वेदिक औषधिका साथै स्थानीय ठाउँमा पाइने रोग प्रतिरोधक जडीबुटी जसले एन्टिभाइरलको काम पनि गर्दछन् त्यस्ता औषधिजन्य जडीबुटीको यथोचित प्रयोगको जानकारीका साथै योग, प्राणायाम र ध्यान तथा उनीहरूको मनोबल वृद्धि गर्नु उनको नियमित अभियान थियो ।

    योग, प्राणायाम र ध्यानद्वारा मनमा आएका तनाव हटाउन सकिने बताउँदै उनी भन्छन्, कोरोनाले आम नागरिकको मन त्रासमय बनाएको, मनोबलका साथै आत्मबल कमजोर बनाएकोे अवस्थामा योगको माध्यमबाट मनोबललाई बलियो र दह्रो बनाउन त्यस किसिमको कला सिकाउन लागिपरेको र परिणाम पनि राम्रै आएको हो । योगसँगै नचाउने, हँसाउने, आहारविहार र बिहानदेखि बेलुकासम्म फ्रेस हुने वातावरण बनाउँदै संक्रमितहरूको मनोबल वृद्धि गर्दै रोगसँग लड्ने शक्ति वृद्धि गर्ने आँट बढाइदिने मुख्य लक्ष्य आफूले राखेर काम गरेको उनले बताए ।

    योग शिक्षाले मानिसको दैनिकीमा सकारात्मक प्रभाव पार्ने र शरीर स्वस्थ राख्न मद्दत मिल्ने उल्लेख गर्दै आचार्य भन्छन्, आइसोलेसन सेन्टर तथा क्वारेन्टाइनमा बसेकाहरूलाई योग शिक्षाले तनावमुक्त बनाउनेदेखि सहजरूपमा दिन बिताउन मद्दत मिल्यो, योगलाई शारीरिक तथा मानसिक रूपमा तन्दुरुस्त राख्ने उपयुक्त विधि अहिलेको महामारीबाट प्रमाणित भएको आचार्य तर्क गर्दछन् ।

    मानिसलार्ई निरोगी, स्वस्थ राख्न योगको महत्व बढी हुने बताउँदै भन्छन्, अहिलेको महामारीमा जोसुकैले पनि योग अभ्यास गर्दा राम्रो हुने भएकाले आइसोलेसनमा योग अभ्यास प्रभावकारी देखियो, योग प्रशिक्षकका क्रममा नाचगानसहित विभिन्न योगासन तथा ध्यान विधिबारे सिकाएको उनी स्मरण गर्छन् ।

    यसरी लाग्यो योगसाधनाको लत

    अर्घाखाँचीको भूमिकास्थानमा जन्मिएका उनी युवावस्थादेखि नै योगमा चासो राख्थे । आयुर्वेदमा हेल्थ असिस्टेन्ट गरेका उनले बुटवलमै आयुर्वेद औषधि पसल खोले । यसबीचमा पतञ्जली योगसँग नजिक भए । भारतको हरिद्वारमा पुगेर योग प्रशिक्षण लिए ।

    प्रशिक्षण लिएर फर्किएपछि बुटवल कालिकापथ मन्दिरमा शुल्क लिएर योग गराउन शुरू गरे । २०६४ सालतिर हो, उनीसहित योगमा चासो राख्नेहरू मिलेर पतञ्जली योग समिति नेपाल नामक संस्था खोले । उनी सचिव भए । साबिकको अञ्चल समितिको अध्यक्ष भए ।

    अहिले प्रदेशको सदस्य र अन्नपूर्ण आश्रम नेपालको प्रदेश संयोजक छन् । नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको प्रदेश संयोजक पनि हुन् उनी । यहीबीचमा लोकसेवा लडेर उनी ६ वर्षअघि लुम्बिनी आयुर्वेद चिकित्सालयमा कार्यरत छन् ।

    ‘म अब जीवनभर नै योगसाधना र आयुर्वेदकै क्षेत्रमा लाग्छु, मैले यसलाई नै आफ्नो करिअर बनाएँ, योगको अभियानलाई नै निरन्तरता दिन्छु’, उनी भन्छन् ।

    जीवन सहज बनाउन के गर्ने ?
    १. बिहान छिट्टै उठ्ने
    २. मनतातो पानीले मुख कुल्ला गर्ने
    ३. बिहानीको घाम ताप्ने
    ४. बिहान कम्तीमा ४५ मिनेट अनुलोम–विलोम, कपालभाँति, भ्रामरी, भस्त्रिका, ध्यान, सूर्य नमस्कार आदि योग–ध्यान गर्ने
    ५. बिहान खाली पेटमा एक चम्चा च्यवनप्राश मनतातो पानीसँग खाने
    ६. ४–५ वटा तुलसीका पात, सानो टुक्रा अदुवा, दुई दाना मरिच, एउटा अलैंची, एउटा सानो टुक्रा दालचिनी हालेर पकाएको चिया खाने
    ७. कागती–पानी खाने
    ८. तुलसी चिया, गुडुची चिया वा बुढीऔंला बराबरको मोटाइ र लम्बाइ भएको गुर्जो थिचेर लगभग दुई ग्लास पानीमा उमालेर आधा पारी चिया जस्तै पिउने
    ९. सुन्तला, अंगुर, अमला आदि अमिलो फलफूल सिजन अनुसार खाने
    १०. थोरै ड्राइ फ्रुट्स खाने
    ११. खानामा लसुन, अदुवा, धनियाँ, जिराको मसला प्रयोग गर्ने
    १२. रात्रिकालमा हल्का भोजन गर्ने
    १३. राति सुत्नुभन्दा अघि एक चम्चा बेसार हालेको मनतातो दूध खाने ।
    १४. ७ देखि ८ घन्टा सुत्ने
    १५. सुक्खा खोकी वा घाँटी खसखस भएको खण्डमा १ ग्राम ल्वाङ, सुकुमेल, अदुवा चुस्ने ।

  • ‘नयाँ प्रकृतिको भाइरस विरुद्ध पनि कोभिशिल्डको प्रभावकारिता देखियो’

    ‘नयाँ प्रकृतिको भाइरस विरुद्ध पनि कोभिशिल्डको प्रभावकारिता देखियो’

    काठमाडौं । कोभिड १९ कोरोना भाइरसविरुद्ध नेपालमा दिईएको कोभिशिल्ड खोप प्रभावकारी भएकाले आम समुदायसम्म पुर्‍याउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।

    सोमबार स्वास्थ्य पत्रकार मञ्च नेपालले काठमाडौंमा आयोजना गरेको कोभिड १९ को महामारी र कोभिड विरुद्ध खोपको प्रभावकारिता विषयक अन्तरक्रियामा बोल्दै विज्ञहरुले कोभिशिल्ड खोप प्रभावकारी भएको भन्दै यसलाई आम मानिसहरुसम्म पुर्‍याउनुपर्नेमा जोड दिएका हुन् ।

    स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले कोभिशिल्ड खोपबाट नडराई सरकारले निर्धारण गरेको मापदण्ड अनुरुप खोपलिन आग्रह गरे । सरकारले प्रतिबद्धता गरेभन्दा एकमहिना अगाडी नै खोप अभियान शुरु गर्नु सरकारको सफलता भएको उनको भनाई छ ।

    खोप विज्ञ डा. श्याम राज उप्रेतीले अध्ययनले कोभिशिल्ड खोप ७० प्रतिशत भन्दा बढी प्रभावकारी भएको बताए । कोभिशिल्ड खोप लगाईसकेपछि कोरोना लागेपनि मृत्यु कम हुने, अस्पताल जानुपर्ने अवस्था नआउने तथा सिकिस्त बिरामी नपर्ने उनी बताउँछन्  ।

    भ्याक्सिन लगाएमा कोरोनाको संक्रमण भएपनि रोग लाग्न नसक्ने उनले स्पष्ट पारे । खोपले व्यक्तिलाई कोरोना संक्रमणबाट बचाएपनि अर्को व्यक्तिलाई सार्नसक्ने क्षमता भने रहने भएकाले खोप लगाएपनि जनस्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्नुपर्ने उनले बताए ।

    खोप विज्ञ उप्रेतीले १८ वर्ष मुनिका बालबालिकामा परिक्षण हुँदै गरेकाले अहिले खोप नदिईने बताए । गर्भवती महिला र खोपको पहिलो चरण लगाउँदा सिकिस्त बिरामी परेकाहरुलाई पनि खोप नदिने जानकारी दिए ।

    त्यसैगरी, उच्च ज्वरो हुँदा, रगत पातलो हुने औषधिको प्रयोग भइरहेको छ भने पनि कोभिशिल्डको प्रयोग गर्नुनुहुने विज्ञ उप्रेतिले बताउँछन् । पहिले दुध खुवाईरहेकी आमालाई खोप प्रयोग नगर्ने भनिएको भएपनि अब दुध खुवाईरहेकी आमालाई खोप दिन सकिने उनले बताए ।

    विश्व स्वास्थ्य संगठनले नै पहिलो मात्रा लगाएको चार हप्ताको अन्तरमा दोस्रो मात्रा खोप लगाउँदा प्रभावकारी हुने भनेको भएपनि अहिले भने ८ हप्तादेखि १२ हप्ताको अन्तरमा खोप दिएमा बढी प्रभावकारी हुने अध्ययनले देखाएको बताए । नेपाल सरकारले पनि दोस्रो मात्रा ८ हप्तापछि मात्रै दिने व्यवस्था गरेको उनले बताए ।

    खोप लगाइसकेपछि कति समयसम्म प्रभावकारी हुन्छ भन्ने अध्ययन भइरहेको उनको भनाई छ । बेलायत र दक्षिण अफ्रिकामा देखिएको कोरोनाको नयाँ प्रकृतिको भाइरस विरुद्धमा पनि कोभिशिल्डले केही प्रभावकारीता देखाएको उनले बताए ।

    खोपको गम्भिर प्रकारको साइड इफेक्ट नदेखिएको भन्दै उनले सामान्य इफेक्ट देखिएको र त्यसको २४ देखि ७२ घण्टा सम्ममा निको हुने बताए । कार्यक्रममा बोल्दै

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. अनुप बास्तोलाले कोभिशिल्ड खोपले रोग प्रतिरोधात्मक क्षमता र रोग प्रतिरोधात्मक एन्टीबडी बढाउने बताए ।

    खोप लगाएपछि साधारण असर देखापर्ने भन्दै उनले असर देखिएको अवस्थामा पारा सिटामोल तथा झोलिलो पदार्थहरु खान सुझाव समेत दिए । ५/७ दिनसम्म असर देखा परेमा स्वास्थ्यकर्मीसँग परामर्श गर्नपर्ने चिकित्सकको सुझाव छ ।

    सरकारले भारत सरकारसँग माघ ८ गते कोभिड १९ कोरोना भाइरसविरुद्धको दश लाख मात्रा कोभिशिल्ड खोप ल्याएको थियो । पहिलो र दोस्रो चरण गरी प्राथमिकताका आधारमा लाखौँ जनतालाई खोप लगाइसकिएको छ ।

  • थप २२ जनामा नयाँ कोरोना संक्रमण पुष्टि, विदेशमा मृत्यु हुने नेपालीको संख्या ३३५ पुग्यो

    थप २२ जनामा नयाँ कोरोना संक्रमण पुष्टि, विदेशमा मृत्यु हुने नेपालीको संख्या ३३५ पुग्यो

    काठमाडौं । नेपालमा नयाँ प्रजातिको कोरोनाभाइरस (युके भेरिएन्ट) संक्रमण हुने संख्या २२ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संक्रमण पुष्टि गरेको हो ।

    महाशाखा प्रमुख डा. कृष्ण पौडेलका अनुसार नयाँ भेरिएन्टको संक्रमण फैलावट बढ्ने क्रममा रहेको आशंका गरिएको छ । बेलायतबाट आएका ३ जना र उनीहरुको परिवारसहित कुनै ट्राभल हिस्ट्री नभएकामा भेरिएन्ट पुष्टि भएको हो ।

    केहीदिनअघि मुक्तिनाथ दर्शन गरि फर्किएका एक व्यक्तिको परिक्षण गर्दा भेरिएन्ट पुष्टि भएको र ती व्यक्तिको सम्पर्कमा रहेका १३ जनाको नमुना परिक्षण गर्दा पनि नयाँ भेरिएन्टको पुष्टि भएको हो । कन्ट्याक्ट ट्रेसिङ गर्दा ती व्यक्ति पनि बेलायतबाट फर्किएका व्यक्तिको नजिक थिए ।

    संक्रमण देखिएकामा कुनै स्वास्थ्य समस्या नभएको र पोखरा तथा काठमाडौंमा संक्रमणको थप आशंका गरिएको छ । महाशाखा पौडेलले भाइरस फैलने क्रममा रहेकाले सामाजिक सुरक्षाका मापदण्डलाई कडाइका साथ पालना गर्न जरुरी रहेको समेत बताए ।

    विदेशमा मृत्यु हुने नेपालीको संख्या ३३५ पुग्यो
    काठमाडौं । कोरोना भाइरस संक्रमणबाट विदेशमा थप दुई जना नेपालीको निधन भएको छ । गैरआवसिय नेपाली संघका अनुसार यो साता बेलायतमा थप दुई जनाको मृत्यु भएको हो ।

    यो सहित २१ देशमा कोरोनाले मृत्यु हुने नेपालीको संख्या ३३५ जना पुगेको छ । संघको स्वास्थ्य समिति संयोजक सन्जीव सापकोटाका अनुसार ५० देशमा रहेका ६० हजार १२१ जनामा भाइरस संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो सातासम्म अमेरिकामा ५ हजार भन्दा बढी नेपाली समुदायले खोप लगाएको जनाइएको छ ।

  • स्थानीय जनप्रतिनिधि र कर्मचारीलाई कोरोना खोप लगाउन थालियो

    स्थानीय जनप्रतिनिधि र कर्मचारीलाई कोरोना खोप लगाउन थालियो

    काठमाडौं । निजामती सेवाका कर्मचारीलाई आजदेखि कोभिड-१९ खोप दिन थालिएको छ ।

    आइतबारदेखि निजामती निजामती सेवाका कर्मचारी, स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलगायतलाई कोरोना भाइरसविरुद्धको खोप दिन थालिएको हो ।

    काठमाडौंमा निजामती सेवाअन्तर्गतका जिल्ला प्रशासन, मालपोत, नापी, हुलाक, कर कार्यालय, यातायात व्यवस्था कार्यालयका कर्मचारीहरुलाई परिचयपत्र हेरेर प्रदान गरिने निजामती कर्मचारी अस्पतालकी भ्याक्सिन कोअर्डिनेटर मंगलमाया प्रजापतीले बताइन् । त्यसैगरी प्रहरीहरूलाई पनि परिचयपत्र हेरेर खोप प्रदान गरिने उनले जानकारी दिइन् ।

    सरकारले माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप अभियान शुरू गरेको थियो । पहिलो चरणमा कोरोना महामारीविरुद्ध खटिएका फ्रन्टलाइनरलाई खोप दिइएको थियो ।

    दोस्रो प्राथमिकतामा सरकारी तथा निजी कार्यालयका कर्मचारी, सुरक्षाकर्मी र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई खोप दिन लागिएको हो । यसका लागि देशभर २ सयभन्दा बढी खोपकेन्द्र तोकिएको छ ।

    त्यसैगरी, पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीले काउन्सिलले लेखेको पत्र अनुसार र नेपाल बैंक, वाणिज्य बैंक, कृषि बैंक र कृषि बैंकका कर्मचारीलाई पनि खोप दिइने भएको छ ।

    न्यायाधीश र वकिलहरुलाई पनि परिचय पत्रअनुसार खोप दिइने प्रजापतीले बताइन् ।

  • स्थानीय जनप्रतिनिधि र सरकारी कर्मचारीलाई आजदेखि कोरोना खोप दिइँदै

    स्थानीय जनप्रतिनिधि र सरकारी कर्मचारीलाई आजदेखि कोरोना खोप दिइँदै

    काठमाडौं । सरकारले आजदेखि सरकारी कर्मचारी र स्थानीय जनप्रतिनिधिका लागि कोरोनाबिरुद्धको खोप अभियान सुरु गरेको छ । पहिलो चरणमा दोस्रो प्राथमिकतामा परेकाहरुलाई आजदेखि फागुन ८ गतेसम्म खोप दिइने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

    सरकारले माघ १४ गतेदेखि कोरोनाबिरुद्धको खोप अभियान सुरु गरेको थियो । पहिलो चरणमा कोरोना महामारीबिरुद्ध खटिएका फ्रन्टलाइनर कर्मचारीलाई खोप दिइएको थियो ।

    दोस्रो प्राथमिकतामा सरकारी तथा निजी कार्यालयका कर्मचारी, सुरक्षाकर्मी र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई खोप दिन लागिएको हो । यसका लागि देशभर २ सयभन्दा बढी खोपकेन्द्र तोकिएको छ ।

    मन्त्रालयका अनुसार पहिलो प्राथमिकतामा छुटेका फ्रन्टलाइनर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वास्थ्य स्वयम्सेविका, एम्बुलेन्स तथा शवबाहन चाकलहरुले पनि खोप लगाउन सक्नेछन् ।

  • भ्यालेन्टाइन डेमा यसरी गर्नूस मायालुलाई प्रपोज

    भ्यालेन्टाइन डेमा यसरी गर्नूस मायालुलाई प्रपोज

    आइतबार मायालु जोडीहरुले भ्यालेन्टाइन डे मनाउँदैछन् । प्रेमप्रेमिकाको लागि यो एउटा माया अभिव्यक्त गर्ने ठूलो अवसर पनि हो । तपाइँ आफ्नो मायालुलाई कसरी प्रपोज गर्ने भनेर चिन्तित हुनुहन्छ भने चिन्ता गर्नुपर्दैन ।

    यहाँ केही टिप्स छन्, जसले तपाइँलाई मायालुलाई प्रेम प्रस्ताव राख्न सजिलो बनाउनेछ ।

    • मायालु जोडीले रोमान्टिक डिनर गर्नूस । भान्समा सँगै समय बिताउनूस र खाना सँगै बनाउनूस । महामारी-मैत्री बन्नको लागि ग्रोसरी चीज अर्डर गर्दा गूलाबको फूल पनि मगाउन नभुल्नूस । घरमै खाना पकाउने मुड छैन भने रेष्टुराँमा गएर मनपर्ने डिस पनि अर्डर गर्न सक्नुहुन्छ ।
    • घरमा सँगै बसेर रोमान्टिक फिल्म पनि हेर्न सक्नुहुन्छ । आफ्नो अनुकूलता अनुसार रोमान्टिक फिल्मको नाइट सो हेर्न हलमा पनि जान सक्नुहुन्छ । एकअर्कोलाई प्रेम पत्र पनि लेख्न सक्नुहुन्छ । मैनबत्तिको प्रकाशमा संगीत सुन्दै तपाइँले आफ्नो पार्टनरको लागि पत्र पनि लेख्न सक्नुहुन्छ ।
    • आउटडोर डेटिङमा पनि जान सक्नुहुन्छ । तपाइँ पिकनिक पार्क, हाइकिङ जाँदा देखिने रोमान्टिक थलो र आफूलाई रमाइलो लाग्ने कुनै ठाउँमा तपाइँ गएर डेट गर्न सक्नुहुन्छ । मायालुलाई एउटा सरप्राइज गिफ्ट दिनूस र जुम मिटिङमा आएर देखाउनुस । मायालुको लागि महंगो उपहार जरुरी छैन ।
    • सामाजिक संजाल र इन्टरनेट अफ गरेर तपाइँले एकअर्काको लागि समय बिताउन सक्नुहुन्छ । यसो गर्दा एकले अर्कोलाई बुझ्न र महसुस गर्न सजिलो हुन्छ । सामाजिक संजालमा आउने कुराले ध्यान विकेन्द्रित गर्न सक्ने भएकाले तपाइँले सकेसम्म मोबाइललाई साइलेन्समै राखे राम्रो ।
    • -भ्यालेन्टाइन्स डे मनाउँदा कुनै तनाव र चिन्ता नलिनूस । विगतलाई बिर्सनूस र वर्तमानमा बाँच्नूस ।
  • विश्व समुदायलाई भारतले दियो दुई करोड २२ लाख खोप

    विश्व समुदायलाई भारतले दियो दुई करोड २२ लाख खोप

    काठमाडौं । कोरोनाभाइरस विरुद्धको खोप विकास गरेको भारतले विश्व समुदायलाई दुई करोड २९ लाखभन्दा बढी खोप प्रदान गरेको छ ।

    भारतको विदेश मामिला मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार भारतले विभिन्न देशलाई दुई करोड २९ लाख ७० हजारभन्दा बढी खोप प्रदान गरेको हो ।

    ‘भारतले आजको मितिसम्म दुई करोड २९ लाख ७० हजारभन्दा बढी खोप विश्व समुदायलाई प्रदान गरेको छ,’ विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भने ।

    उनका अनुसार विश्व समुदायलाई दिइएको कुल खोपमध्ये झण्डै ६४ लाख ७० हजार खोप निःशुल्क वितरण गरिएको हो भने एक करोड ६५ लाख खोप आर्थिक कारोवारसहित प्रदान गरिएको हो ।

    माग गर्ने अन्य देशहरुलाई पनि आगामी दिनमा समेत खोप उपलब्ध गराउने भारतले योजना बनाएको प्रवक्ता श्रीवास्तवले जानकारी दिए ।

    भारतले अफ्रिका, ल्याटिन अमेरिका र प्रशान्त द्धिपलगायतका क्षेत्रका देशहरुलाई खोप प्रदान गर्न चाहेको उनको भनाइ छ ।

    भारतमा कोरोनाभाइरसको विरुद्धमा कोभिशिल्ड नाम खोप विकास गरी लगाउन थालिएको हो । यो खोप विश्वमा धेरै प्रयोग भएका खोपहरू मध्येमा पर्दछ ।

    रासस/एएनआई

  • खोप खरिद गर्न विश्व बैंकले पौनै ९ अर्ब ऋण दिने, नेपालमा प्रयोग भएको खोपलाई  डब्लुएचओको सिफारिस

    खोप खरिद गर्न विश्व बैंकले पौनै ९ अर्ब ऋण दिने, नेपालमा प्रयोग भएको खोपलाई डब्लुएचओको सिफारिस

    काठमाडौं । कोभिड–१९ विरुद्धको खोप खरिद गर्नको लागि विश्व बैंकले नेपाललाई झन्डै ८ अर्ब ७० करोड (७ करोड ५० लाख अमेरिकी डलर) सहुलियत ऋण उपलब्ध गराउने भएको छ ।

    बैंकका नेपाल निर्देशक फारिस हदाद जेर्भोसका अनुसार नेपाललाई दिइने ऋण सहायताको प्रस्तावलाई बोर्डमा प्रस्तुत गरिने भएको छ । सरकारले प्राथमिकतामा राखेको ७२ प्रतिशत जनसंख्यालाई पुग्ने खोप खरिद गर्न विश्व बैंकको उक्त ऋण प्रयोग गरिने भएको छ ।

    जेर्भोसका अनुसार विश्व बैंकले मान्यता दिएको कुनैपनि उत्पादक वा विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधाबापत आउने खोप खरिदमा नेपालले रकम प्रयोग गर्न पाउने जनाइएको छ । सरकारले भारतीय खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युटसँग २० लाख डोज खरिद गर्ने तयारी गरेको छ ।

    स्वास्थ्य मन्त्रालयले सिरम इन्स्टिच्युटसँग ५ डलरभन्दा कम रकममै खोप खरिद गर्ने जनाएको छ ।

    अक्सफोर्डको खोपलाई सिफारिस
    विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाले विकास गरेको कोभिडविरुद्धको खोप प्रयोग गर्न सिफारिस गरेको छ ।

    खोप लगाउने विज्ञहरुको रणनीतिक सल्लाहकार समूह (सेज)ले अन्तरिम सिफारिस गर्दै सबै उमेरका वयस्कलाई खोप दिन सकिने जनाएको छ । यो खोप ६३ प्रतिशत प्रभावकारी रहेको पनि जनाइएको छ ।

    कोरोनाभाइरसको नयाँ भेरिएन्ट देखिएका देशमा पनि यो खोप लगाउन मिल्ने सेजको भनाई छ । खोपको पहिलो मात्रा (डोज) लगाएको ८ देखि १२ सातामा अर्को मात्रा लगाए प्रभावकारिता बढी हुने जनाइएको छ ।

    अक्सफोर्ड भ्याक्सिन ट्रायलका प्रमुख अनुसन्धानकर्मी प्राध्यापक सारा गिल्बर्टले डब्लुएचओबाट खोप प्रयोगको सिफारिस पाउनु महत्वपूर्ण भएको बताएकी छिन् । नेपालमा पनि यो भ्याक्सिनलाई आपतकालिन प्रयोगमा ल्याइएको छ ।

  • कोरोना परीक्षणको शुल्क घट्यो

    कोरोना परीक्षणको शुल्क घट्यो

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणको शुल्क घटाएको छ ।

    सरकारी प्रयोगशालाहरुमा कोभिड -१९ पीसिआर परीक्षणको शुल्क समायोजन गरि एक हजार निर्धारण गरेको हो ।

    बुधबार बसेको आइसिएका पदाधिकारी सहित कोभिड- १९ रोकथाम तथा नियन्त्रण सम्बन्धमा बसेको बैठकले अब उपरान्त सरकारी प्रयोगशालाहरुमा कोभिड १९ पीसिआर परीक्षणको शुल्क समायोजन गरि प्रति परीक्षण १ हजार निर्धारण गरिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बताए ।

    यसअघि कोरोना परीक्षण गर्दा २ हजार रुपैँया शुल्क लाग्ने गरेको थियो ।

  • दोस्रो प्राथमिकतामा परेकालाई फागुन २ गतेदेखि खोप

    दोस्रो प्राथमिकतामा परेकालाई फागुन २ गतेदेखि खोप

    काठमाडौं । सरकारले पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई फागुन २ गतेदेखि कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ लगाउने भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले फागुन २ देखि ८ गतेसम्म दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई खोप लगाइने जानकारी दिए । दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई जिल्लाबाटै खोप प्रदान गरिने छ ।

    पहिलो प्राथमिकतामा परेका व्यक्तिबाट बचेको खोप मन्त्रालयको दोस्रो प्राथमिकता परेका तीन लाख व्यक्तिलाई लगाइने उनले बताए । खोप अस्पताल र स्वास्थ्य सङ्घसंस्थाबाट लगाइने भएको छ ।

    उनका अनुसार जिल्लास्थित सबै सरकारी कार्यालयका कर्मचारी, सार्वजनिक संस्थानका कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, जिल्लास्थित पत्रकार, स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी, सीमा सुरक्षा चौकीमा खटिएका सुरक्षाकर्मी र पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई खोप लगाइने छ ।

    पहिलो चरणको पहिलो प्राथमिकतामा परेका चार लाख ३० हजारलाई लगाउने योजना भए पनि एक लाख ८४ हजारले खोप लगाएका छन् ।

    पहिलो चरणबाट बचेको खोप पत्रकार र कूटनीतिक नियोगका पदाधिकारी र कर्मचारीलाई यही माघ २६ गतेदेखि लगाउन थालिएको हो । उनीहरुलाई शुक्रबारसम्म लगाइने छ ।

    कूल जनसङ्ख्याको ७२ प्रतिशतलाई खोप लगाउने सरकारको योजना छ । तीमध्ये मन्त्रालयले यही माघ १४ गतेदेखि माघ २४ गतेसम्म पहिलो चरणमा कूल जनसङ्ख्याको तीन प्रतिशतलाई खोप दिनेमध्ये पहिलो प्राथमिकतामा परेका व्यक्तिलाई मात्र खोप प्रदान गरेको थियो ।

    भारत सरकारले अनुदानमा १० लाख मात्रा खोप उपलब्ध गराएको थियो । यस्तै चीन सरकारले पनि नेपाललाई पाँच लाख मात्रा खोप उपलब्ध गराउने भएको छ ।

    मन्त्रालयका प्रवक्ता डा गौतमले दोस्रो चरणका खोप अभियान नयाँ खोप आएपछि मात्र सञ्चालन गरिने बताए । नेपालमा अहिलेसम्म दुई लाख ७२ हजार ३४९ सङ्क्रमित भएका छन् । नेपालमा दुई लाख ६८ हजार ५४९ व्यक्ति निको र दुई हजार ४७ जनाको सङ्क्रमणबाट निधन भएको छ । रासस

  • दैनिक कफी पिउँदा हृदयघात हुने सम्भावना १२ प्रतिशतले घट्ने

    दैनिक कफी पिउँदा हृदयघात हुने सम्भावना १२ प्रतिशतले घट्ने

    दैनिक एक कप कफी पिउँदा हृदयघात हुने सम्भावना १२ प्रतिशतले घट्ने एक अध्ययनले देखाएको छ । २१ हजार मान्छेबीच गरिएको अध्ययनमा यो तथ्य पत्ता लगाएको जनाइएको छ ।

    कफीले शरिरमा रहेका एन्टिअक्सिडेन्स तत्वलाई घटाएर हृदयघातको जोखिम कम गर्छ । अमेरिकाको हार्ट एसोसिएसन जर्नलमा प्रकाशित एक रिपोर्टका अनुसार धेरैले कफी र क्याफिनलाई रक्तचाप बढाउने तत्वको रुपमा लिने गर्छन् ।

    तर, नयाँ अनुसन्धानले हार्ट फेल हुने जोखिम घट्ने दाबी गरेको हो । यो जोखिमलाई घटाउन मान्छे धुमपानबाट टाढा हुनुपनि जरुरी छ । २१ हजार मान्छेमाथि गरिएको अध्ययनले यस्तो पुष्टि गरेको हो । अध्ययनमा सामेललाई दैनिक कफी र क्याफिनको मात्रा सेवन गराएर यस्तो निष्कर्ष निकालिएको हो ।

    अमेरिकी कलेज अफ कार्डियोलजीका अनुसार दैनिक ३ कप कफी पिउँदा हृदयघात हुने सम्भावना १३ प्रतिशतले घट्छ । चिनियाँ मेडिकल युनिभर्सिटीका अनुसार दैनिक कफी सेवनले प्रोस्टेट क्यान्सरको खतरालाई १० प्रतिशतले घटाउँछ ।

  • कोरोनाभाइरस चीनबाट फैलिएको प्रमाण भेटिएन: डब्लुएचओ

    कोरोनाभाइरस चीनबाट फैलिएको प्रमाण भेटिएन: डब्लुएचओ

    काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरस चीनको प्रयोगशालाबाट नफैलिएको निष्कर्ष निकालेको छ । भाइरसको स्रोत पत्ता लगाउन चीन पुगेको डब्लुएचओको विज्ञ टोलीले मंगलबार वुहानमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो ।

    संगठनका खाद्य सुरक्षा तथा जनावर रोग सम्बन्धी विज्ञ पिटर बेन इम्बार्कले चीनमा भाइरसको स्रोत पत्ता नलागेको बताए । कुन जनावरबाट उक्त भाइरस मान्छेमा सर्‍यो भन्ने कुरा पनि पत्ता लगाउन नसकिएको उनले जनाए ।

    डिसेम्बर २०१९ मा वुहानमा भाइरसको पहिलो संक्रमण पुष्टि भएको थियो । चीनले सुरुदेखि नै भाइरस वुहानबाट फैलिएको भन्ने पश्चिमा मुलुकको आरोपलाई खण्डन गर्दै आएको छ । वुहानको अध्ययनमा डब्लुएचओ र चिनियाँ स्वास्थ्य अधिकारीहरु संलग्न थिए ।

    ‘हाम्रो प्रारम्भिक अध्ययनको निष्कर्षअनुसार भाइरसको स्रोत पत्ता लगाउन अझै गहन खोजको जरुरी परेको देखियो’ इम्बारेकले भने, ‘तर, प्रयोगशालाबाट उक्त भाइरस मान्छेमा फैलियो भन्ने कुरा अहिलेको लागि काल्पनिक मात्र हो, प्रमाण भेटिएन ।’

    उनका अनुसार चिनियाँ सामुन्द्रीक बजारमा बेच्न राखिएका फ्रोजन मासुबाट भाइरस फैलिएको हुनसक्ने तर यसबारे पुष्टि नभएको उनले जनाए । डब्लुएचओको टीमले आफूलाई भाइरसको उत्पतिबारे अनुसन्धान गर्न चीन सरकारले पूर्ण स्वतन्त्रता प्रदान गरेको पनि जनाएको छ ।

  • दुवाकोटमा वीर अस्पताल भवन बनाउन आर्थिक अभाव हुँदैन : अर्थमन्त्री (भिडियो)

    दुवाकोटमा वीर अस्पताल भवन बनाउन आर्थिक अभाव हुँदैन : अर्थमन्त्री (भिडियो)

    काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले भक्तपुरको दुवाकोटमा बन्न लागेको वीर अस्पतालको विस्तारित अस्पताल बनाउन आर्थिक अभाव नहुने बताएका छन् ।

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्वर १ दुवाकोटमा विस्तार गर्न लागिएकोे निर्माण क्षेत्रको अवलोकन गर्दै मन्त्री पौडेलले अस्पताल विस्तारका लागि कुनै पनि निकायवाट बाधा नहुने बताए ।

    उनले वीर अस्पतालसम्म पुग्ने बाटो निर्माणमा केन्द्रले नै काम गर्ने र आगामी ६ महिना भित्रमा बत्ती, पानी तथा अत्यावश्यक सेवा उपलब्ध गराइने बताए ।

    सडक डिभिजन, विद्युत् प्राधिकरण, खानेपानी तथा अन्य निकायका र वीर अस्पतालका पधाधिकारीसँगै स्थानीय तहका प्रमुखलाई पनि ६ महिना भित्र प्रगती प्रतिवेदन पेश गर्न मन्त्री पौडेलले निर्देशन दिएका छन् ।

    अर्थ मन्त्रीसँगै स्थलगत अवलोकनमा पुगेका स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले वीर अस्पतालको क्षमता बिस्तारमा आफूहरु दिलो ज्यान दिएर लागेको बताए ।

    दुवाकोटबासीलाई उनले यस कामलाई आफ्नै ठानेर सहयोग गर्न पनि आग्रह गरे ।

    चाँगुनारायण नगरपालिका वडा नम्वर १ मा विस्तार हुन लागेको वीर अस्पतालका लागि सरकारले राष्ट्रिय चिकिस्ता विज्ञान राष्ट्रिय प्रतिष्ठानका नाममा ५ सय ७० रोपनी जग्गा दिएको छ ।

    मनोहरा खोला किनारमा अवस्थित उक्त स्थानमा वीर अस्पतालका विभिन्न भवन तथा शैक्षिक संस्था तथा ल्याव बन्नेछन् । जसका लागि सरकारले चिनिया कम्पनीसँग सम्झौता गरिसकेको छ ।

    तर, ढल, पानी विद्युत्, बाटोलगायत कुनैपनि भौतिक पूर्वाधारविना आफूहरु काम गर्न नसक्ने भन्दै चिनियाँ कम्पनी पन्छिएपछि एक वर्षदेखि काम रोकिएको छ ।

    स्थलगत अवलोकनमा अर्थमन्त्री, स्वास्थ्य मन्त्री, स्वास्थ्य राज्यमन्त्री, खानेपानी, अर्थ र स्वास्थ्य सचिव, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति ,चाँगुनारायण नगरपालिकाका प्रमुख तथा स्थानीय तहका पदाधिकारी सहभागी थिए ।