Category: स्वास्थ्य-जीवनशैली

  • भारतमा सोमबार १ लाख ६८ हजार संक्रमित थपिए

    भारतमा सोमबार १ लाख ६८ हजार संक्रमित थपिए

    दिल्ली । भारतमा एकैदिन १ लाख ६८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ सक्रिय संक्रमित संख्या १२ लाख १ हजार पुगेको छ ।

    भारतमा कूल संक्रमित संख्या १ करोड २१ लाख नाघेको छ । मृत्यु संख्या १ लाख ७० हजार पुगेको छ ।

    महाराष्ट्र, छत्तिसगढ, कर्नाटका, उत्तर प्रदेश र केरला कोभिडबाट सबैभन्दा बढी प्रभावित भएका छन् । यी राष्ट्रमा ८६ प्रतिशत कोभिडसँग सम्बन्धित मृत्यु भएको छ ।

  • विद्यालय बन्द नगर्न सरकारलाई सरोकारवालाको सुझाव

    विद्यालय बन्द नगर्न सरकारलाई सरोकारवालाको सुझाव

    काठमाडौं । नयाँ प्रजातिको कोरोनाभाइरसको जोखिम बालबालिका र युवामा देखिन थालेपछि संक्रमण बढेका ठाउँमा शिक्षण संस्था बन्द गर्ने छलफल चलिरहेका बेला सरोकारवाला भने विपक्षमा उभिएका छन् ।

    शिक्षा मन्त्रालयले आज विहान आयोजना गरेको छलफलमा सहभागी शैक्षिक क्षेत्रका सरोकारवालाहरुले परीक्षाहरु आइरहेको भन्दै विद्यालय बन्द गर्न नहुने सुझाव दिएका छन् । गर्नै परे स्थानीय तहहरुले त्यहाँको अवस्था हेरेर गर्न सक्ने नगरपालिका संघका अध्यक्ष अशोक ब्यान्जुले बताए ।

    छलफलमा सहभागी परीक्षण बोर्डका अध्यक्ष डा.चन्द्रमणी पौडेल,नगरपालिका संघका अध्यक्ष अशोक ब्यान्जु,प्याव्सन र एनप्याव्सनका पदाधिकारी तथा अभिभावक संघहरुले विद्यालय बन्द नगर्न सुझाव दिएका हुन् ।

    छलफलमा उठेका कुराहरुलाई आफूहरुले सीसीएमसी हुँदै मन्त्रिपरिषद बैठकसम्म लैजाने शिक्षा सचिव रामप्रसाद थपलियाले बताए । सीसीएमसीले भने संक्रमण बढेका ठाउँमा विशेष गरि काठमाडौं लगायतका शहरी क्षेत्रमा कम्तिमा ३ साता शिक्षण संस्था बन्द गर्न प्रस्ताव लगेको छ ।

     

     

  • प्रदेश–१ मा कोरोना संक्रमित ह्वात्तै बढे, विराटनगर हटस्पट बन्ने खतरा

    प्रदेश–१ मा कोरोना संक्रमित ह्वात्तै बढे, विराटनगर हटस्पट बन्ने खतरा

    विराटनगर । प्रदेश–१ मा पछिल्लो समय कोरोना सक्रमितको संख्या उल्लेख्य बढेको छ । पछिल्लो १० दिनमा मात्र प्रदेशमा ७८ जना कोरोना संक्रमित थपिएका छन् । तीमध्ये मोरङका मात्र ६३ जना छन् ।

    १० दिन अघि प्रदेश भरी कुल ४३ जना कोरोनाका सक्रमित रहेका थिए । मोरङका ६३ जना संक्रमितमध्ये ५६ जना विराटनगर महानगरपालिकाका हुन् । त्यसपछि सुनसरीमा २६, झापामा १८, उदयपुरमा २, संखुवासभामा ३, पाँचथरमा १ र प्रदेश बाहरिका ८ जनामा संक्रमण देखिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार केही दिनदेखि कोरोना संक्रमितको संख्या निरन्तर बढिरहेको छ ।

    कोरोना संक्रमितहरुको दर केही महिनायतादेखि न्यून भएकोमा पुनः नयाँ विरामी भेटिन थालेका हुन् । कोरोनाका नँया संक्रमित फेला पर्न थालेपछि विराटनगरस्थति कोशी कोभिड अस्पताल पुनः सन्चालनमा ल्याइएको छ । अहिले अस्पतालमा सात जना उपचाररत छन् ।

    चैत २५ गतेसम्म अस्पतालमा जम्मा एक जना विरामी मात्रै उपचाररत थिए । आइतबार एकै दिन थप छ जना संक्रमित अस्पतालमा भर्ना भएका छन् ।

    प्रदेश–१ सरकारले संक्रमितको संख्या शून्यमा झरेपछि अस्पतालमा कार्यरत करारका कर्मचारीलाई दुई हप्ता अघि विदा गरेको थियो ।

    सामाजिक विकास मन्त्री उषकला राईले केही दिनदेखि प्रदेश–१ का भारतसँग सिमाना जोडिएका मोरङ, सुनसरी, झापा लगायतका जिल्लामा नँया कोरोनाका संक्रमित फेला पर्न थालेका त्यसको रोकथाम र नियन्त्रणकालागि आवश्य पहल भइरहेको बताइन् ।

    उनले कोरोना संक्रमितको उपचारका लागि कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्र पुनः सञ्चालनमा ल्याउने र प्रदेशभरीका विगतका कोरोना उपचारमा संलग्न अस्पतालहरूलाई तयारी अवस्थामा राख्न भनिएको बताइन् ।

    ‘हिजोको दिन जस्तै उपचारमा असहज नहोस भनेर प्रदेश भरीका १४ वटै जिल्लामा १० शय्यासम्मका कोभिड आइसोलेसन वार्ड तयारी अवस्थामा राख्न भनेका छौं,’ मन्त्री राईले भनिन्, ‘स्थानीय तहहरु अस्पतालको व्यवस्थापनमा जुटिरहेका छन् ।’ त्यसकालागि प्रदेश सरकारले आवश्यक बजेटको व्यवस्थापन गर्ने मन्त्री राईले बताइन् ।

    सीमावर्ती भारतीय क्षेत्रमा कोरोना संक्रमणको दर भयावह रुपमा बढिरहेका बेला नेपाली भूभागमा भने खासै सतर्कता अपनाइएको देखिँदैन् ।

    अहिले पनि किनमेलका लागि भारतको जोगवनी जानेहरुको भीड उत्तिकै छ । त्यही कारण विराटनगर विगतको जस्तै कोरोना हटस्पट बन्ने खतरा बढेको छ ।

    मुख्य नाका बन्द भए पनि खुला सीमाबाट नेपाल-भारत ओहोर-दोहोर गर्दै नेपालीहरु । तस्बिर: नेपालप्रेस

    कोरानो संक्रमित बढेसँगै कोशी अस्पतालको पीसीआर ल्यावमा पनि दैनिक परीक्षणको दायरा बढेको छ । कोशी अस्पताल कोभिड १९ पीसीआर ल्यावका क्लिनिकल माइक्रो बाइलोजिष्ट प्रणवकुमार यादवले अहिले दैनिक ५० को संख्यामा पीसीआर परीक्षण हुँदै आएको जानकारी दिए । उनका अनुसार तीमध्ये दुईदेखि चारजनासम्ममा संक्रमण देखिने गरेको छ ।

    ‘पछिल्लो दिनमा संक्रमणको दर शून्यमा झरेको थियो,’ यादवले भने, ‘मोरङको हकमा फेरि नयाँ संक्रमितहरु फेला पर्न क्रम बढेको छ । सतर्कता नअपनाउने हो भने भोलिका दिनमा कोरानाको भयवह स्थिति आउँन सक्छ ।’ गएको चैत २४ गते भारत गएर फर्किएका विराटनगरका चार जनामा संक्रमण देखिएको थियो ।

    कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा चुमनलाल दासले केही दिन यतादेखि भारतका विभिन्न शहरमा कोरोनाको नयाँ संक्रमित फेला पर्ने क्रम ह्वातै बढेकाले खुुल्ला सीमानाका कारण नेपालमा पनि कोरोनाको संक्रमण बढने सक्ने जोखिम बढाइदिएको बताए ।

    उनले त्यसका लागि आवश्य स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै सीमा क्षेत्रको आवतजावतमा स्वास्थ्य परीक्षण गरेर मात्र नेपाल प्रवेश गर्ने व्यवस्था गर्न आवश्यक रहेको बताए ।

    मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले विराटनगरमा पछिल्ला केही दिन फाटफुट रुपमा नयाँ सक्रमितहरु फेरी फेला पर्न थालेकाले आवश्यक सतकर्ता अपनाउन आवश्य रहेको बताए । तर उनले अहिलेसम्म थप योजना भने बनाइ नसकिएको स्वीकार गरे ।

    ‘कोराना रोकथाम र नियन्त्रणका लागि अहिले केही योजना बनाइएको छैन,’ प्रजिअ निरौलाले भने, ‘संक्रमण दर बढ्दै गएको खण्डमा आवश्यक तयारी गर्नुपर्ने हुन्छ । तर अहिलेको अबस्थासम्म अण्डरकन्ट्रोल छ भन्ने हाम्रो निष्कर्ष हो ।’ उनले अहिलेको अबस्थामा स्वास्थ्य मापदण्डलाई कडाईका साथ लागू गर्ने र कोरोनाबिरुद्धको खोप लगाउने कार्यलाई प्रभावकारी बनाउने काममा आफूहरु लागेको बताए ।

    जनस्वास्थ्य विज्ञ डाक्टर नवराज सुब्बाले विराटनगर लगायत मुलुकका मुख्य शहरमा पछिल्लो दिनदेखि फेरि नयाँ संक्रमित भेटिन थालेकाले महामारीको रुप लिनुभन्दा अगाडि नै स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने कराउने काम कडाईका साथ लागू गराउन सरोकारपाला निकायलाई आग्रह गरे ।

    ‘विश्वको कतिपय मुलुकहरु पुनःकोरोना कहरमा फेसेका छन् । नेपालमा पनि नयाँ संक्रमित भेटिन थालेको छन्,’ जनस्वास्थ्य विज्ञ सुब्बा भन्छन्, ‘खोप लगाउने कार्यपनि सँगसँगै भइरहेको छ । यद्यपि हामीले स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गर्नुपर्छ । अन्यथा विराटनगर पुनः एकपल्ट हटस्पट बन्न सक्छ ।

    उनले खुल्ला नाका भएकाले नेपाल प्रवेश गर्ने मानिसको स्वास्थ्य जाँच गराएर मात्र नेपाल प्रवेश गराउन पर्नेमा जोड दिए ।

  • सक्रिय संक्रमित संख्या ३ हजार पुग्यो, आइतबार ३०३ संक्रमित थपिए

    सक्रिय संक्रमित संख्या ३ हजार पुग्यो, आइतबार ३०३ संक्रमित थपिए

    काठमाडौं । आइतबारसम्म नेपालमा कोरोनाको सक्रिय संक्रमित संख्या २,९६१ पुगेको छ । स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका अनुसार एक्टिभ केस पछिल्लो समय बढिरहेको छ ।

    आइतबार ३०३ जना कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणमा ३०३ जना र ६४ जना एन्टीजेन परीक्षणमा संक्रमित थपिएका हुन् । आइतबार मात्रै १६४ जना निको भएका छन् ।

  • रुपन्देहीका बालबालिकामा बढी भेटिन थाल्यो कोरोना संक्रमण

    रुपन्देहीका बालबालिकामा बढी भेटिन थाल्यो कोरोना संक्रमण

    रुपन्देही । रुपन्देहीमा शुन्यमा झरेको कोरोना भाइरको संक्रमण विस्तारै बढ्न थालेको छ । केही दिनयता दिनहुँ कोरोना भाइरसको संक्रमित भेटिन थालेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

    छिमेकी देश भारतमा तीव्र गतिमा बढेको संक्रमणका कारण खुला सीमा भएका कारण संक्रमण बढ्न सक्ने आंकलन स्वास्थ्यकर्मीको छ । स्वास्थ्यकर्मीका अनुसार नेपालमा पनि कोरोनाको दोस्रो चरण सुरु आइसकेको छ ।

    संक्रमितको संख्या दिनहुँ बढेसँगै रुपन्देहीमा शुन्यमा झरेको संक्रमण विस्तारै बढ्दै गएको स्वास्थ्य कार्यालयको तथ्यांकले देखाएको छ ।
    बुधबार ६ जनामा देखिएको संक्रमण बिहीबार ९ जना र शुक्रबार थप १५ जनामा देखिएकोको संक्रमण दर बढ्दै गएको प्रष्ट हुन्छ । स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो एकसातामा रुपन्देहीमा मात्रै ३२ जना पुरुष र २४ जना महिला गरी ५६ जनामा संक्रमण पुष्टि भएको छ ।

    अहिले पहिलाभन्दा अलि फरक प्रकृतिको संक्रमण छ, युवा तथा विद्यार्थीहरूमा बढी संक्रमण पाइएको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख राजेन्द्र गिरीले बताए ।

    नयाँ भेरियन्ट हो वा पुरानै हो भन्ने अवस्था छैन । तर बालबालिका र कम उमेर समूहमा संक्रमण देखिएको डा. गिरीले बताए । शुक्रबार थपिएका संक्रमितसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ७१ पुगेको छ ।

    अहिले विद्यार्थी समूहमा पनि संक्रमण देखिएको छ । ‘भैरहवामा संक्रमितको ट्रेसमा परेका विद्यार्थीहरुमा पनि थप संक्रमण पुष्टि भएकोले हामी सबै सर्तक हुन जरुरी छ’ गिरीले भने ’हामीले सबै स्थानीय तहलाई निगरानी बढाउने, बाहिरबाट आएकालाई क्वारेन्टिन गर्ने, शंकास्पदको परीक्षण गरी आइशोलेशनमा राख्ने, कन्ट्रयाक्ट ट्रेसिङ गर्ने काम गरिरहेका छौ ।’

    रुपन्देहीका ४ वटा ल्याबबाट परीक्षण पनि गरिरहेको र आरडिटी एन्टिजिन किटबाट पनि परिक्षणलाई पालिका स्तरसम्म पठाएको गिरीले बताए ।

    बुटवलमा रहेको नेशनल प्याथल्याबको निजी ल्याबसहित लुम्बिनी प्रादेशिक अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट आएको रिपोर्ट अनुसार रुपन्देहीका विभिन्न ५ स्थानीय तहमा १५ जना कोरोना भाइरस कोभिड–१९ संक्रमित थपिएका छन् ।
    सबैभन्दा बढी बुटवल उपमहानगरपालिकामा–५ महिला र ४ पुरुष गरी ९ जना संक्रमित शुक्रबार थपिएका छन् ।

    त्यस्तै सिद्धार्थनगर नगरपालिका क्षेत्रमा २ महलिा र १ पुरुष गरी ३ जना, सियारी, मायादेवी र कंचन गाउँपालिकामा १/१ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लामा कुल संक्रमितको संख्या ९ हजार १ सय ९६ पुगेको छ ।

    तथ्याङ्कअनुसार हालसम्म एक सय ५६ जनाको मृत्यु भएको छ । जिल्लाका विभिन्न क्षेत्रबाट ८ हजार ९ सय ६९ जना निको भएर फर्किसकेका छन्, ७१ जना सक्रिय संक्रमित विभिन्न आइसोलेसनमा उपचाररत छन् ।

    सीमा क्षेत्रमा निगरानी
    भारतका विभिन्न प्रान्तमा कोभिड-१९ का संक्रमित बढ्न थालेपछि रुपन्देहीको सीमा क्षेत्रमा निगरानी बढाउन थालिएको छ ।

    भारतको विभिन्न ठाउँमा पुनः कडाइ भएकोले त्यहाँ रहेका नेपालीहरू धमाधम घर फर्कन थालेका छन् । भारतले पुनः संक्रमितको संख्या वृद्धि भएसँगै महाराष्ट्र, मध्यप्रदेश, गुजरातमा कडाई गरेको छ । महाराष्ट्र, तमिलनाडू, पञ्जाब, मध्यप्रदेश, दिल्ली, कर्नाटक, हरियाणा, गुजरात, छत्तीसगढ, उत्तरप्रदेशलगायतका राज्यमा पछिल्लो समय संक्रमितको संख्या बढिरहेको छ ।

    रुपन्देहीमा यस क्षेत्रकै ठूलो नाकाको रुपमा रहेको बेलहिया नाकाबाट धेरै नागरिक ओहोरदाहोर गर्ने भएकाले निगरानी बढाउनुपरेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

    भारतमा संक्रमित बढ्न थालेपछि रोजगारीको लागि गएका नेपालीहरू पुनः गाउँघर फर्किन थालेकोले सीमा क्षेत्रमा जोखिम बढेको हो । यो जोखिमलाई कम गराउन नाकामा हेल्थ डेस्क सक्रिय बनाइएको छ । संक्रमण नेपालमा पनि भित्रनसक्ने प्रबल सम्भावना रहेकोले वेलहिया नाकामा पनि हेल्थ डेक्स राखेर परीक्षण गर्ने तयारी स्वास्थ्य कार्यालय रुपन्देहीले गरेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण बढ्दो क्रममा रहेकाले नेपालमा पनि संक्रमण बढ्नसक्ने भन्दै सभा, गोष्ठी, जुलुस, र्‍याली, भेला, जमघट, सेमिनार, बैठक, भीडभाड हुने व्यावसायिक कार्यहरू नगर्न आग्रह गरेको छ । सामाजिक/भौतिक दूरी, मास्कको अनिवार्य प्रयोग तथा साबुनपानीले राम्रोसँग हात धुने, स्यानिटाइजरको प्रयोगलगायत जनस्वास्थ्यका मापदण्ड पालना गर्न सबैमा आग्रह गरिएको छ ।

    सीमा क्षेत्रमा नेपाल आउने यात्रुहरूका लागि भने अहिले कुनै सावधानी नअपनाइएको भन्दै आलोचना बढेपछि स्वास्स्य कार्यालय तथा प्रशासनलले पहल थालेका हुन् । सीमामा नेपालतर्फबाट निर्वाध रुपमा किनमेलका लागि आवतजावत भइरहेको छ, स्वास्थ्य चेकजाँचका लागि बनाइएको डेस्कमा अहिलेसम्म प्रहरीले भारतबाट आउनेहरुकोे तथ्याङक मात्र लिने गरेको छ ।

    भारतबाट नेपाल आउने शंकास्पद बिरामीलाई हेल्थ डेस्कमा आरडिटी बेस एन्टीजिन किटबाट परीक्षण गर्ने तयारी रहेको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डाक्टर राजेन्द्र गिरीले जानकारी दिए । ‘भारतमा संक्रमण बढेसँगै सक्रिय रुपमा हेल्थ डेस्कबाट जाँच बढाउन लागेको र पोजिटिभ देखिए आइसोलेटेडका लागि क्वारेन्टाइनमा राखिने छ,’ उनले भने ।

  • चिकित्सा शिक्षा आयोगको टोली अनुगमन गर्न कर्णाली स्वास्थ्य विज्ञानमा

    चिकित्सा शिक्षा आयोगको टोली अनुगमन गर्न कर्णाली स्वास्थ्य विज्ञानमा

    जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा चिकित्सा शिक्षा आयोगको टोली पुगेको छ । कर्णाली प्रतिष्ठानमा एमबिबीएस अध्ययनका लागि आवश्यक तयारीबारे अनुगमन गर्न डा सतीशकुमार देव नेतृत्वको टोली कर्णालीमा पुगेको हो ।

    डा कालुसिंह खत्री, डा पवन हमाल, डा प्रकाश थापा, डा प्रतीक ज्ञवाली र नेपालगञ्ज नर्सिङ क्याम्पसका एक प्रतिनिधिसहितको टोली जुम्ला पुगेको प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले बताए ।

    टोलीले जुम्लामा एमबिबीएस पठनपाठनका लागि चाहिने बिरामी सङ्ख्या, अस्पतालको अवस्था, अस्पतालले गर्ने सेवाप्रवाहको अवस्था, शिक्षक, कक्षाकोठा, आधारभूत विज्ञानका लागि आवश्यक भौतिक संरचना र ल्याब तथा उपकरणको अनुगमन गर्नेछ ।

    प्रतिष्ठानका रजिस्ट्रार काफ्ले भने, ‘एमबिबीएस पठनपाठनका लागि आवश्यक तयारी पूरा भइसकेको छ । पाँच महिनादेखि चिकित्सा शिक्षा आयोग टोलीको प्रतीक्षामा थियौँ । कोरोनाका कारण ढिलो भयो ।’ टोलीले कर्णाली प्रतिष्ठानको स्थलगत अनुगमनपछि प्रतिवेदन तयार पारेर आयोगमा पेश गरेपछि सिट निर्धारण गर्नेछ । यही शैक्षिक सत्रबाट पठनपाठन शुरु हुने तयारीका साथ काम भएको प्रतिष्ठानका रजिस्ट्रार काफ्लेले बताए ।

    एमबिबीएस पढाइ शुरु गर्नका लागि आवश्यक तयारी भइरहेको प्रतिष्ठानका रेक्टर डा निरेश थापाले बताए । उनले भने, ‘सकेजतिको सबै तयारी भइरहेको छ, आशा छ यही शैक्षिक सत्रदेखि एमबिबीएस पढाउनका लागि आयोगले अनुमति दिनेछ ।’

    एमबिबीएस अध्ययनका लागि चिकित्सा शिक्षा आयोगको टोली जुम्ला पुगेपछि कर्णालीवासी उत्साहित छन् । यहाँ अध्ययन गरेका चिकित्सकले स्वास्थ्य शिक्षा लिएर स्वास्थ्य सेवा दिन पाउने भएकामा कर्णालीवासी खुशी भएको प्रतिष्ठानका रेक्टर डा थापाले बताए ।

    कर्णालीमा एमबिबीएस पठनपाठन शुरु हुनु निकै खुशीको विषय भएको नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महत बताए । उनले भने, ‘एक त कर्णालीमा चिकित्सक पढ्न सुगमका विद्यार्थी आउने भए । कर्णालीका युवाले चिकित्सक पढ्न जिल्लाबाहिर महङ्गो खर्चेर जानुपरेन । कर्णालीबाट स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवा फैलाउने कार्य हुनुले दुर्गमताको पहिचान हटाएर सुगमतातिर फर्किएको आभाष दिलाएको छ ।’

    चिकित्सा शिक्षा ऐनअनुसार यहाँ पढ्ने विद्यार्थीले अनिवार्य दुई वर्ष प्रतिष्ठानले खटाएको क्षेत्रमा सेवा गर्नु पर्नेछ । स्वास्थ्य सेवा, जनशक्ति र समग्र विकासका लागि फाइदाजनक नै हुनेछ । यस क्षेत्र स्वास्थ्य पर्यटनको ‘हब’ बन्न सक्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

    चिकित्सा शिक्षा आयोगको टोली जुम्ला पुगिसकेकाले कर्णालीमा एमबिबीएस अध्ययनका लागि आशा जागेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका उपकुलपति डा मङ्गल रावल बताए। उनले भने, ‘टोली जुम्ला पुगेको छ, हामीले जति सकेका छौँ, कुनै कसुर बाँकी नराखेर काम गरेका छौँ । आइतबारदेखि अनुगमन हुनेछ । यो कर्णालीका लागि शुभसङ्केत हो ।’

    स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानलाई टेवा पु¥याउनका लागि एमबिबीएस पठनपाठनले निकै मद्दत पुग्नेछ । ‘एमबिबीएस मेडिकल कलेजको आधार हो । एमबिबीएस पठनपाठनले मेडिकल कलेज भएको प्रमाणित गर्छ । अब निकट भविष्यमै कर्णालीमा एमबिबीएस पठनपाठन शुरु हुने अपेक्षा गरिएको छ’, उपकुलपति रावलले भने । रासस

  • माछाबाट पेडिक्योर ! पेप्सीकोलामा खुल्यो ‘डा. फिस स्पा’ (भिडियाे)

    माछाबाट पेडिक्योर ! पेप्सीकोलामा खुल्यो ‘डा. फिस स्पा’ (भिडियाे)

    काठमाडाै‌। आरामदायी सोफामा बसेर दुवै खुट्टा पानीभित्र चोबल्नुस । तपाईंका खुट्टा वरिपरी स्याउँस्याँ माछाहरु दौडनेछन् । सुरुमा काउँकुति, त्यसपछि अद्भूत आनन्द ।
    यो हो, नेपालमा हालै भित्रिएको माछाबाट खुट्टाको थेरापी गर्ने पद्दति– फिस स्पा । पेप्सीकोला टाउनप्लानिङमा खुलेको ‘डा. फिस स्पा’ को शनिबार अभिनेता दिपकराज गिरीले उद्घाटन गरे ।
    जानकारका अनुसार यो थेरापीले क्षणिक आनन्द दिने मात्र नभएर खुट्टा तथा शारीरिक स्वास्थ्यलाई विभिन्न फाइदा पुर्याउँछ । फुटेको कुरकुच्चालाई नरम बनाउने, खु्ट्टाका मृत कोषहरुलाई हटाउने र नयाँ पैदा गर्ने, शरीरको रक्तसञ्चारलाई सुधार गर्ने, स्ट्रेस घटाउने लगायत यसका फाइदा छन् ।
    फिस स्पाको उद्घाटन गर्दै अभिनेता आज आफ्नो दोस्रो अनुभव भएको बताए । उनले यसअघि थाइल्यान्डमा फिस स्पाको पहिलो अनुभव सुनाएका थिए ।
    ‘मलाई निकै राम्रो अनुभव भएको थियो, नेपालमा पनि यस्तो सुरु भएकोमा खुशी लागेको छ,’ उनले भने । डा. फिस स्पाभित्र ओयल मसाज, लेग मसाज तथा होल बडी इलेक्ट्रिक मसाज लगायतका सुविधा पनि रहेका छन् ।
    हेर्नुस भिडियो:
  • शनिबार ३३७ जना कोरोना संक्रमित थपिए

    शनिबार ३३७ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । शनिबार नेपालमा ३३७ जना कोरोना संक्रमित थपिएका छन् । ३,५३२ पीसीआर परीक्षण गर्दा त्यति संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    सोही अवधीमा १५१ जना संक्रमित थपिएका छन् । २४ घण्टामा एकजनाको मृत्यु भएको छ ।

    कूल संक्रमित संख्या २ लाख ७९ हजार ७२५ पुगेको छ । ३०३९ जनाको मृत्यु भएको छ ।

  • भारतमा एकै दिन एक लाख ४५ हजार कोभिड-१९ सङ्क्रमित

    भारतमा एकै दिन एक लाख ४५ हजार कोभिड-१९ सङ्क्रमित

    नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट एकै दिन झण्डै डेढ लाख सङ्क्रमित भएका छन् । यो सङ्ख्या कोरोनाभाइरस महामारी सुरु भएदेखि अहिलेसम्मकै सबैभन्दा ठूलो भएको स्वास्थ्य अधिकारीहरुले शनिबार जनाएका छन् ।

    उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट एक लाख ४५ हजार ३८४ जना सङ्क्रमित भएका हुन् ।

    यसअघि अघिल्लो एकै दिनमा एक करोड ३२ लाख पाँच हजार ९२६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका थिए ।

    सरकारी अधिकारीहरुले सोही अवधिमा भारतमा देशभरी कुल ७९४ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ ।

    भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या दश लाख ४६ हजार ६३१ रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

    शुक्रबार मात्रै ७७ हजार ५६७ जना कोरोनाभाइरस मुक्त भएका छन् भने अहिलेसम्म कोरोनाभाइरस मुक्त भएकाहरुको सङ्ख्या एक करोड १९ लाख ९० हजार ८५९ रहेको छ ।

  • कोरोनाको नयाँ भेरिएन्ट : पुरानोभन्दा खतरनाक, यस्ता छन् अरु विशेषता

    कोरोनाको नयाँ भेरिएन्ट : पुरानोभन्दा खतरनाक, यस्ता छन् अरु विशेषता

    काठमाडौं । पुस पहिलो साता नेपाल आइपुगेका तीनजनामा बेलायती प्रजातिको कोरोना (बी.१.१.७.) पुष्टि भयो । उनीहरुमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षण गर्दा बेलायतमा आनुवांशिक गुण परिवर्तन गरेको भाइरसको संकेत देखिएको थियो ।

    यो उत्परिवर्तन हुने भाइरस अन्य कोरोनाभाइरसभन्दा ७१ प्रतिशतभन्दा बढी संक्रामक रहेको विज्ञहरुले बताएका छन् । यो भाइरस संक्रमण हुने व्यक्तिहरुमा अन्य कोरोनाभाइरसभन्दा बढी भाइरल लोड हुने विभिन्न अन्तर्राष्ट्रिय अध्ययनको निष्कर्ष छ ।

    पुसको पहिलो साताको संक्रमणयता नेपालमा कोरोनाको नयाँ प्रजाति समुदायस्तरमै फैलिएको आशंका विज्ञहरुले गरेका छन् । बेलायतमा देखिएको प्रजातिसँग मिल्दोजुल्दो भाइरस बढी मात्रामा फैलिरहेको स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।

    ईडीसीडी निर्देशक डा. कृष्णप्रसाद पौडेलले ब्राजिल र अफ्रिकामा समेत देखिएका नयाँ भेरिएन्टबारे पनि थाहा पाउन १५ वटा नमुना हङकङ पठाइएको बताए । उनका अनुसार हालै केही समुदायबाट लिइएका नमुनामा संक्रमण पुष्टि भएकामध्ये ७० प्रतिशतमा नयाँ प्रजाति भेटिएको छ । संक्रमित हुने स्कुले बालबालिका, शिक्षक र कर्मचारी बढी छन् ।

    स्वास्थ्य मन्त्रालयले यसै साता विज्ञप्ति जारी गर्दै काठमाडौं र पोखराजस्ता ठूला सहरका विद्यालयमा पढ्न जाने विद्यार्थीमा संक्रमण बढिरहेको जनाउँदै उच्च सतर्कता अपनाउन आग्रह गरेको थियो । पछिल्लो समय युवा र बालबालिकामा संक्रमण बढेको र अस्पतालको आइसीयूमा भर्ना हुनेमा पनि यही उमेर समूह रहेको मन्त्रालयले जनाएको छ । बालबालिकामा संक्रमण दर बढी हुँदा यसले बृद्धवृद्धा र जोखिम समूहलाई थप समस्या हुने मन्त्रालयको भनाई छ । बालबालिकामा कोभिडको लक्षण कम हुने र उनीहरु लक्षणविनै संक्रमण सार्नसक्ने वाहक (एसिम्टोम्याटिक क्यारियर) हुनसक्ने जोखिम रहेको मन्त्रालयको भनाई छ ।

    विहिबारसम्म नेपालमा कोरोनाबाट दैनिक संक्रमण हुने दर साढे ८.२८ प्रतिशत देखिएको छ । चैत २० गते ५.०२ प्रतिशत थियो । सात दिनमै साढे तीन प्रतिशतले संक्रमण वृद्धि हुनुलाई विज्ञहरु थप जोखिमको रुपमा व्याख्या गर्छन् । ईडीसीडीका निर्देशक डा. पौडेल कम उमेर समूहका व्यक्तिमा बेलायती भेरिएन्ट चाँडो बढी संक्रमित हुने र यसले अस्पतालको आइसीयू र भेन्टिलेटरमा बस्ने दर बढ्ने बताउँछन् । विहिबारसम्म मुलुकको सक्रिय संक्रमित संख्या पनि २,४०० नाघेको छ ।

    अस्पतालमा आइसीयूमा बिरामीहरु धेरै नै भर्ना भैसकेका छन् । अब कोरोनाको ग्राफ उकालो लाग्यो । हामीले ध्यान दिएनौं भने, संक्रमण बढ्न सक्छ ।’

    संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी कोरोनाको दोस्रो उभारमा कोही सिकिस्त भए अघिल्लो पटकभन्दा उपचारमा कठिन हुने र मृत्युदर बढ्ने बताउँछन् । उनका अनुसार नयाँ भेरिएन्टको संक्रमणशीलता र मृत्युदर दुबै उच्च रहेको छ । नेपालमा हाल उपलब्ध एन्टीबायोटिकले कोभिडले सिकिस्त बनाएका व्यक्तिलाई उपचार गर्न अत्यन्त कठिन हुने उनले बताए । पछिल्लो समय बढेको वायुप्रदूषणले बिरामीको श्वासप्रश्वास प्रणालीलाई असर पारेको र अस्पतालमा श्वासप्रश्वासको समस्या लिएर आउनेको चाप बढेको सुवेदी बताउँछन् ।

    ‘पहिलो लकडाउनमा हावाको प्रदूषण एकदम कम थियो र दम तथा फोक्सोजस्ता दीर्घरोगीलाई असर कम देखिएको थियो’ सुवेदी भन्छन्, ‘अहिले स्थिती उल्टो छ । ऐतिहासिक वायुप्रदूषणले सबैको स्वास्थ्य बिग्रिएको छ । कोभिड र प्रदूषणबाट बच्न सर्जिकल मास्क हैन, एन-९५ मास्क नै लगाउनुपर्छ ।’ कोभिडको बिरामीलाई अहिलेको वायुप्रदूषणले झनै समस्या निम्त्याएको उनको भनाई छ ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम पछिल्लो समय नयाँ प्रजातिको कोरोनाको लक्षणजस्ता देखिने बिरामीले अस्पताल भरिन सुरु भएको बताउँछन् ।

    ‘अहिले जुन भीडभाड भैरहेको छ, त्यसलाई तुरुन्तै बन्द गर्नुपर्छ र २५ जनाभन्दा कम मान्छे दूरी कायम गरेर भेला हुन सकिन्छ’ उनी भन्छन्, ‘अस्पतालमा आइसीयूमा बिरामीहरु धेरै नै भर्ना भैसकेका छन् । अब कोरोनाको ग्राफ उकालो लाग्यो । हामीले ध्यान दिएनौं भने, संक्रमण बढ्न सक्छ ।’

    ‘बी-११७’ भनिने यो यूके भेरिएन्टले आनुवांशिक गुण परिवर्तन गरेका कारण अन्य कोरोनाभाइरसभन्दा ७१ प्रतिशतभन्दा बढी संक्रमण गर्ने विज्ञहरु बताउँछन् । हाल प्रयोगमा आइरहेका खोपहरुले बी-११७ विरुद्ध काम गर्छ वा गर्दैन भन्ने अध्ययनहरु पनि भैरहेका छन् ।

    अर्कोतर्फ नयाँ प्रजातिको कोरोना विदेशबाट आउने मान्छेमा पुष्टि भएकाले उनीहरुलाई क्वारेन्टिनमा राखेर अनुगमन गर्ने भनिए पनि त्यसको प्रभावकारितामा प्रश्न उठेको छ । सरकारले अहिले बेलायत र त्यहाँबाट ट्रान्जिट हुँदै आउने यात्रुलाई अनिवार्य क्वारेन्टिनमा बस्न भनेपनि त्यसको सहि पालना भएको देखिँदैन ।

    यसै महिना बेलायतबाट नेपाल आएका मास्टरसेफ प्रतिस्पर्धी सन्तोष शाहले क्वारेन्टिन नियम उल्लंघन गरेको भनेर आलोचना भएको थियो । उनी आएकै दिनमा भीडभाडसहित जुलुसमा सहभागी हुनुका साथै मिडिया अन्तर्वार्तामा भागदौड गरेका थिए ।

    यतिबेला छिमेकी मुलुक भारतमा बेलायत, ब्राजिल र दक्षिण अफ्रिकामा उत्परिवर्तन भएका नयाँ प्रजातिका कोरोना फैलिएको छ । भारतमा पुनः लकडाउन र कर्फ्यु सुरु हुन थालेपछि विभिन्न नाकाबाट नेपाल आउनेको क्रम बढिरहेको छ । सीमानाका भद्रगोल भएको र हेल्थ डेस्कको व्यवस्था नभएको गुनासो पनि छ ।

    सीमामा एन्टीजेन परीक्षण गर्दा ठूलो संख्यामा कोरोनाको नयाँ प्रजातिसँग मिल्ने भाइरस भेटिएको अनुमान स्वास्थ्य मन्त्रालयले गरेको छ । नेपालमा नयाँ जिन सिक्वेन्स गर्न मिल्ने प्रयोगशाला नहुँदा मन्त्रालयले पुष्टिको लागि हङकङस्थित विश्व स्वास्थ्य संगठनको ल्याबमा पठाएको छ ।

    नयाँ भेरिएन्टका विशेषता

    कोरोनाको यूके भेरिएन्ट पहिलोपटक बेलायतमा पत्ता लागेको हो । बेलायती सरकारका परामर्शदाताहरुको बिचारमा यो भाइरसको नयाँ प्रकारले अन्यको दाँजोमा चाँडो संक्रमण हुने गुण बोकेको छ । तर, रोगको लक्षण भने पहिलेभन्दा फरक नरहेको विज्ञहरुले बताएका छन् ।

    यो भाइरसले मुख्य तीन कारणबाट विज्ञहरुलाई चिन्ता दिइरहेको छ । पहिलो- भाइरसको नयाँ प्रकारले अन्य प्रकारलाई चाँडो प्रतिस्थापन गरिरहेको छ । दोस्रो- नयाँ प्रकारमा देखिएको उत्परिवर्तन भाइरसको महत्वपूर्ण हुनसक्ने अंशलाई प्रभाव पार्ने खालको छ । तेस्रो- केही उत्परिवर्तन मानव कोषलाई प्रभाव पार्ने भाइरसको क्षमता बढाउने खालको हुने गरेको प्रयोगशाला परीक्षणमा भेटिएका छन् ।

    पहिलोपटक गत सेप्टेम्बरमा यूके भेरिएन्ट फेला परेको थियो । पुष्टि भैञ्जेलसम्म यसले बेलायतको राजधानी लन्डनको एक चौथाइ जनसंख्यालाई संक्रमित तुल्याइसकेको थियो । चीनको वुहानमा सबैभन्दा पहिलो जुन कोरोनाभाइरस फेला परेको थियो, त्यो अन्य देशमा संक्रमण फैलाइरहेको भाइरससँग दुरुस्तै मिल्दैन ।

    बी-११७ भनिने यो यूके भेरिएन्टले आनुवांशिक गुण परिवर्तन गरेका कारण अन्य कोरोनाभाइरसभन्दा ७१ प्रतिशतभन्दा बढी संक्रमण गर्ने विज्ञहरु बताउँछन् । हाल प्रयोगमा आइरहेका खोपहरुले बी-११७ विरुद्ध काम गर्छ वा गर्दैन भन्ने अध्ययनहरु पनि भैरहेका छन् ।

    अहिले संसारमा चर्चामा आएका तीन उत्परिवर्तित कोरोनाभाइरस छन् जसमा बी-११७ भनिने बेलायती म्युटेन्ट भाइरस, बी-१३५१ भनिने दक्षिण अफ्रिकाको नयाँ प्रजाति र ब्राजिलमा भेटिएको पी-१ भेरिएन्ट । दक्षिण अफ्रिकी र ब्राजिलियन प्रजातिले मानिसको एन्टीबडीलाई बिस्तारै कम गराएर खोपको प्रभावकारितालाई पनि चुनौति दिइरहेको जनाइएको छ । अहिले ब्राजिलमा एकैदिनमा ४ हजारभन्दा बढीको ज्यान जाने गरी फैलिएको पी-१ भाइरस कोरोनाको नयाँ प्रजाति हो ।

    जुलाइमा ५० हजारभन्दा बढी संक्रमण हुने प्रक्षेपण

    काठमाडौंमा समुदायस्तरमै कोरोनाको दोस्रो लहर फैलिएको बताइएपनि सरकारले चाहिँ परीक्षणको दायरा बढाउन सकेको छैन । आगामी तीन महिनामा थप ५० हजारभन्दा बढी संक्रमित हुनसक्ने अनुमान स्वास्थ्य मन्त्रालयको छ । मन्त्रालयका प्रवक्ता गौतम तीन महिनामा सरकारले अनुमान गरेभन्दा बढी जनामा कोरोना संक्रमण हुने बताउँछन् ।

    तर, जनस्वास्थ्य विज्ञ डा. सुवेदी प्रक्षेपण गरिएको उक्त संक्रमित संख्या परीक्षणको दायरा र कन्ट्याक्ट ट्रेसिङमा निर्भर हुने बताउँछन् । ‘यदि लक्षण देखिएकालाई मात्र परीक्षण गर्ने हो भने दुई तिहाइ संक्रमित गणनाको दायरामा नै आउने छैनन्,’ उनी भन्छन्, ‘सरकारले प्रक्षेपण गर्ने कुरा उसको टेस्टको दायरामा निर्भर हुनेछ ।’ विभिन्न सोधहरुका अनुसार ५० प्रतिशत कोभिड बिरामीमा लक्षण देखिएको छैन ।

  • शुक्रबार नेपालमा २८८ जना कोरोना संक्रमित थपिए

    शुक्रबार नेपालमा २८८ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । शुक्रबार नेपालमा कोरोनाभाइरसका २८८ जना संक्रमित थपिएका छन् । ४,०७१ पीसीआर परीक्षण गर्दा यति संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    १२७ जना निको भएका छन् । केही दिन यता मृत्युको तथ्यांक उपलब्ध भएको छैन ।

    कूल संक्रमित संख्या २ लाख ७९ हजार ३८८ पुगेको छ । कूल निको हुने संख्या २ लाख ७३ हजार ७३५ पुगेको छ । ३,०३८ जनाको मृत्यु भएको छ । देशभर ८४ जना क्वारेन्टिनमा छन् ।

  • वैशाखभित्रै खोप आपूर्ति गरिदिन सिरमलाई सरकारको पत्र

    वैशाखभित्रै खोप आपूर्ति गरिदिन सिरमलाई सरकारको पत्र

    काठमाडौं । स्वास्थ्य मन्त्रालयले भारतको खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युटलाई बाँकी १० लाख डोज खोप वैशाखभित्र उपलब्ध गराउन भन्दै तेस्रोपटक पत्राचार गरेको छ ।

    सिरमले दिनुपर्ने खोप नआउँदा नेपालको खोप अभियान प्रभावित भएपछि सरकारले पुनः पत्र पठाएको हो ।

    गत फागुन ५ गते सरकार र सिरम इन्स्टिच्युटबीच प्रतिखोप चार डलरका दरले २० लाख डोज खरिद गर्ने सहमति भएको थियो ।

    बाँकी १० लाख त्यसको एक साता अर्थात फागुन १५ गतेभित्र पठाइसक्नुपर्ने थियो । तर, सिरमले कुनै कारणबिना तत्काल खोप आपूर्ति गर्न नसकिने पत्र नेपाललाई लेखेको थियो ।

    खोपका लागि सरकारले ९३ करोड रुपैयाँ सिरमलाई उपलब्ध गराइसकेको छ । भारतभित्रै ब्यापक माग भैरहेको स्थितिमा भारतीय विदेश मन्त्रालयले अस्थायीरुपमा खोप आपूर्तिमा रोक लगाएको विवरण बीबीसीमा आएको थियो ।

    तर, विदेश मन्त्रालयले खोप आपूर्तिमा रोक नलगाएको बताइसकेको छ । नेपालमा सिरमले उत्पादन गरेको कोभिसिल्ड खोपलाई झन्डै १८ लाख जनाले लगाइसकेका छन् ।

     

  • २५ जना भन्दा बढी मानिस भेला नहुन मन्त्रालयकाे आग्रह

    २५ जना भन्दा बढी मानिस भेला नहुन मन्त्रालयकाे आग्रह

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जना भन्दा बढी मानिस भेला नहुन आग्रह गरेको छ ।

    कोभिड-१९ संक्रमणको दोस्रो लहर आएसँगै मन्त्रालयले भिडभाड कम गर्न र २५ जना भन्दा बढी मानिस भेला नहुन आग्रह गरेको हो । मन्त्रालयले २५ जना भन्दा बढी मानिस भेला हुन नदिने व्यवस्था गर्न मन्त्रिपरिषद् समक्ष प्रस्ताव लगिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

    प्रवक्ता गौतमले स्कुल, कलेज, सिनेमा हल, पार्टी प्यालेस, जुलुस लगायत सबै बन्द गर्नुपर्ने अवस्था आएको बताए । अहिले देखिएका संक्रमितहरूमा जटिल प्रकृतिको लक्षण देखिएको र संक्रमण दर पनि बढेर गएकाले सावधानी अपनाउनुपर्ने बेला आएको बताए ।

    उनले भने, ‘अहिले जुन भिडभाड भइरहेको छ कति ठाउँमा, अब त्यो भिडभाड पूरै बन्द गर्नुपर्छ । एकदमै जनस्वास्थ्यका मापदण्ड फलो गरेर २५ जना भन्दा कम मान्छे दुरी कायम गरेर भेला हुन सकिन्छ । त्यो पनि अब कति दिनपछि नगर्नुस भन्नुपर्ने अवस्था आउन सक्छ । जस्तो स्कुल, कलेज, सिनेमा हल पार्टी प्यालेस, भेला, जुलुस, भिडभाड, ठूलाठूला ग्यादरिङहरू सबै बन्द गर्नुपर्छ भनेर हामीले भनेका छौं । यो किन भनेको हो भन्ने कुरा पनि म भन्न चाहन्छु । अहिले छिटपुट रुपमा कोभिड-१९ का केसहरू गएको महिनाको भन्दा बढेर गयो । अस्पतालमा आइसियुमा विरामीहरू धेरै नै भर्ना भइसकेका छन् । त्यसबाट के बुझिन्छ भने अहिले अब कोरोनाको ग्राफ उकालो लाग्यो । अब बढ्न थाल्यो । अब हामीले ध्यान दिएनौं भने फेरी संक्रमण एकदम बढेर जान्छ ।’

    प्रवक्ता गौतमले अहिले कोरोना सर्ने साइकल अथवा चेनलाई ब्रेक गर्नुपर्ने अवस्था आइसकेको पनि बताए । त्यसका लागि भिडभाड नगर्ने, दुरी कायम गर्ने, मास्क लगाउने, सेनिटाइज गर्ने र लक्षण देखिए तुरुन्त जाँच गराउनुपर्ने बताए । यस्तै भिडभाड हुने सबै व्यवसाय तथा पेशालाई जनस्वास्थ्यका मापदण्ड पालना गराएर मात्रै सञ्चालन गर्न दिनुपर्ने पनि बताए ।

    उनले भने, ‘कहीँ न कहीँ कोरोना सर्ने जुन साइकल छ, ट्रास्मिसन हुने जुन चेन छ त्यसलाई ब्रेक गर्नुपर्छ । त्यो ब्रेक गर्नु भनेको भिडभाड नगर्ने, दुरी कायम गर्ने, मास्क लगाउने, सेनिटाइज गर्ने, र लक्षण देखियो भने तुरुन्त जाँच गराएर उपचार पनि गर्ने, त्यो गर्नका लागि हामीले भिडभाड हुने सबै व्यवसाय, पेशालाई जनस्वास्थ्यका मापदण्ड फलो गरेर गर्नचाहिं मिल्छ तर त्यो भनेको के हो भने भिडभाड नगरेर डिस्टेन्स कायम नगरीकन अब कुनैपनि काम गर्न मिल्दैन भनेको हो ।’

    छिमेकी मुलुकमा कोभिड संक्रमण बढ्दो क्रममा रहेकाले नेपालले सीमा नाकामा शंकास्पद देखिएका बिरामीको एन्टिजेन परीक्षण गर्ने र व्यवास्थापन गर्ने कार्यलाई तीव्रता दिएको पनि प्रवक्ता गौतमले बताए ।

    उनले भने, ‘सीमा नाकामा र अन्त शंकास्पद देखिएका ठाउँमा हामी एन्टिजेन टेस्ट गर्‍यो भने छिटो व्यवस्थापन गर्न सकिन्छ । जो पोजेटिभ आयो उसलाई आइसोलेसनमा पठाउने, लक्षण छ भने अस्पतालमा र लक्षण छैन भने घरमा, सम्भव भएन भने आइसोलेसन सेन्टरमा पठाउने र जो नेगेटिभ आयो उसलाई घरमै क्वारेन्टाइनमा बस्नु भनेर पठाउने, पाँचवटा मास्क पनि दिएर पठाउने, १० वटा मास्क दिएर पठाउनु भनेका थियौं हामीले कतिपय ठाउँमा मास्कको पनि सप्लाई हुँदैहोला, पाँचवटा दिएर पठाएको भन्ने रिपोर्ट आएको छ । त्यसरी पठाउने एउटा सीमा को कुरा यो भयो ।’

    पछिल्लो समय देखिएका संक्रमित व्यक्तिहरुमा जटिल किसिमका लक्षणहरू देखा परेको पनि प्रवक्ता गौतमले बताए । त्यसैले अहिले नै कोभिड संक्रमण भएका धेरै बिरामीहरूलाई अस्पतालमा भर्ना गर्नुपरेको पनि बताए ।

  • भारतमा एकैदिन १ लाख ३१ हजार कोरोना संक्रमित थपिए

    भारतमा एकैदिन १ लाख ३१ हजार कोरोना संक्रमित थपिए

    दिल्ली । भारतमा एकैदिन २४ घण्टामा १ लाख ३१ हजार जना कोरोना संक्रमित थपिएका छन् । यो संक्रमण संख्या एकदिनमा भेटिएको अहिलेसम्मकै सर्वाधिक भएको जनाइएको छ ।

    त्यहाँ २४ घण्टाको अवधिमा ७ सय ८० जनाको मृत्यु भएको छ । त्यहाँ कोरोना संक्रमित फेला पर्ने दर ९.२१ प्रतिशत पुगेको छ ।

    राजधानी दिल्लीको सर गंगाराम अस्पतालका ३७ डाक्टरमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुले कोरोना खोप लगाइसकेका थिए । संक्रमित डाक्टरहरुमध्ये ३२ जना होम क्वारेन्टिनमा रहेको र ५ जना अस्पताल भर्ना भएका छन् ।

  • शिक्षण संस्था बन्द गर्ने सरकारको तयारी, स्वास्थ्यमन्त्री भन्छन् : भर्चुअल कक्षा थाल्छौं

    शिक्षण संस्था बन्द गर्ने सरकारको तयारी, स्वास्थ्यमन्त्री भन्छन् : भर्चुअल कक्षा थाल्छौं

    काठमाडौं । स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले कोरोनाभाइरसको जोखिमलाई कम गर्न सरकारले शिक्षण संस्थामा भर्चुअल माध्यमबाट पठनपाठनको तयारी गरेको बताएका छन् ।

    चाँडै बस्ने कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले पढाइमा अवरोध नहुने गरि शिक्षण संस्थालाई भर्चुअल माध्यममा लैजाने निर्णय गर्ने मन्त्री त्रिपाठीले बताए ।

    प्राइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा विहिबार बेलुका बोल्दै मन्त्री त्रिपाठीले कोरोनाको दोस्रो लहरलाई रोक्नको लागि पढाइलाई भर्चुअल माध्यममा लैजानुको अर्को उपाय नभएको बताए ।

    पछिल्लो समय शिक्षण संस्थाहरु कोरोनाको हटस्पट बन्दै गएकाले सरकारले यस्तो निर्णय गर्ने तयारी गरिरहेको उनले बताए । कोभिडको बेलायती भेरिएन्ट काठमाडौं र पोखराजस्ता ठूला सहरमा फैलिएको र यसलाई रोकथाम गर्नको लागि जनस्वास्थ्यका मापदण्डमा कडाइ गर्नु जरुरी रहेको समेत उनले बताए ।

    पछिल्लो समय युवा उमेर समूहमा नयाँ प्रजातिको कोरोनाको असर देखिएको र शिक्षण संस्था त्यसबाट सबैभन्दा बढी प्रभावित भएको मन्त्री त्रिपाठीले बताए । राजनीतिक दलले गर्ने सभा, जुलुसलाई रोक्नको लागि उनले शीर्ष नेताहरुलाई आग्रह समेत गरे ।

    लकडाउन गर्नुपर्ने परिस्थिती आउन नदिनेतर्फ सबैले ध्यान दिनुपर्ने बताउँदै उनले लकडाउन गर्नु सरकारको रहर नभएको बताए । विहिबार राजधानीको एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन गर्नुपर्ने परिस्थिती आउन नदिन सबैले जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्नुपर्ने बताएका थिए ।

  • सक्रिय संक्रमित संख्या २४ सय नाघ्यो, ३३२ जना संक्रमित थपिए

    सक्रिय संक्रमित संख्या २४ सय नाघ्यो, ३३२ जना संक्रमित थपिए

    काठमाडौं । वितेको २४ घण्टामा नेपालमा ३३२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । कूल संक्रमित संख्या १ लाख ७९ हजार १०० पुगेको छ ।

    ४,००६ पीसीआर परीक्षण गर्दा त्यति संक्रमित भेटिएका हुन् । विहिबारसम्म सक्रिय संक्रमित संख्या २,४५४ पुगेको छ । २४ घण्टामा मृत्यु आँकडा प्राप्त भएको छैन ।

    सोही अवधीमा ७९ जना निको भएका छन् । ७५ जना देशभर क्वारेन्टिनमा रहेका छन् ।

  • प्रधानमन्त्रीको आग्रह : छिमेकी मुलुकमा कोरोना बढ्यो, सतर्क होऔं

    प्रधानमन्त्रीको आग्रह : छिमेकी मुलुकमा कोरोना बढ्यो, सतर्क होऔं

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारतमा कोरोना संक्रमणमा वृद्धि भएको बताउँदै सतर्क रहन आग्रह गरेका छन् ।

    चेम्बर अफ कमर्सको ७० औं वार्षिक साधारण सभालाई विहिबार राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्रीले खुला सीमाका कारण कोभिड जोखिम बढेको भन्दै सतर्क रहन भनेका हुन् ।

    अहिले नै सतर्कता नअपनाए जनजीवन ठप्प पार्नुपर्ने स्थिती आउन सक्ने चेतावनी दिँदै प्रधानमन्त्रीले सावधानीका उपाय अपनाउन आग्रह गरे । उनले भने, ‘यदि हामी सावधान भएनौं भने, हाम्रो जनजीवनलाई पनि ठप्प नगरौं तर, बाध्य भएरै ठप्प पार्ने स्थिती आउन सक्छ ।’

    कोभिड–१९ विरुद्धको खोपले शतप्रतिशत काम नगर्ने भएकाले सावधानी अपनाउनु नै सुरक्षित विधि रहेको उनले बताए । ओलीले तातो पानीको बाफ लिने, नुनपानीले कुल्ला गर्ने बानी बसाल्दा कोभिड संक्रमणबाट जोगिन सकिने उनको भनाई छ ।

  • कलिलाे उमेरमै  चुरोट र सुर्तीको लत !

    कलिलाे उमेरमै चुरोट र सुर्तीको लत !

    बाग्लुङ । सुर्तीजन्य पदार्थको सेवनमा २० वर्षमुनिका युवाको सहभागिता बढेर गएको छ । स्कुल र कलेज तहका किशोर–किशोरीलाई सुर्तीजन्य पदार्थको लतमा पर्न नदिन चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिएको छ ।

    स्वास्थ्य कार्यालय बागलुङको आयोजनामा भएको सुर्तीजन्य पदार्थको स्वास्थ्यमा प्रभाव र यसको नियमनसम्बन्धी ऐन नियम र मापदण्डका सम्बन्धमा आयोजित पैरवी कार्यक्रमका सहभागीले युवा र किशोर अवस्थामा सुर्तीजन्य वस्तुको सेवनबाट बचाउनुपर्ने आवश्यकताबारे चिन्ता व्यक्त गरे ।

    बागलुङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले किशोर अवस्थामा कुलतबाट जोगाउन सकेमात्र भविष्यमा दक्ष जनशक्ति उत्पादन गर्न सकिने भन्दै प्रशासनबाट नियमन कडाइ गरिने बताए । उनले सार्वजनिकस्थलमा चुरोट र सुर्तीजन्य वस्तु सेवन गर्नेलाई कारवाही गरिने बताए।

    ‘कारवाही गर्ने अधिकारीका रूपमा प्रजिअलाई तोकेको छ, अब हामी कडाइका साथ अनुगमन पनि गर्छौं’, कार्कीले भने ‘अब जता पायो त्यतै जहाँ पायो त्यहीँं धुमपान गर्दा कारवाही भोग्नुपर्छ ।’ सरकारले २०६८ सालमै सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन ल्याए पनि प्रभावकारी कार्यान्वयन भएको छैन ।

    विद्यालय र कलेज पढ्ने बालबालिकामा चुरोट खाने प्रवृत्ति बढेको, त्यसपछि क्रमशः युवा दुव्र्यसनमा फस्ने तथा लागुपदार्थ सेवनमा लाग्दा घरपरिवार तथा राष्ट्रकै लगानी खेर जाने, दक्ष जनशक्ति उत्पादनमा ह्रास आउनेजस्ता काम भइरहेको उनले बताए ।

    स्वास्थ्य कार्यालय प्रमुख सुरज गुरौले एक तिहाइ नेपालीले अहिले पनि धुमपान गरेको तथ्य बताए । साथै  १७ वर्षमुनिबाटै धुमपान सिक्ने गरेको अध्ययनले देखाएको भन्दै विद्यालय तहलाई समयमै सम्बोधन गर्न ढिलाइ गर्न नहुने उनी बताउँछन्।

    अहिले पनि सत्र वर्षमुनिका झण्डै १९ प्रतिशत किशोरकिशोरी त्यस्तो लतमा देखिएको बताइएको छ ।

    त्यस्ता वस्तुको सेवनले क्यान्सर, मधुमेह, उच्च रक्तचाप, मुटुसम्बन्धी रोग र अन्य धेरै नसर्ने रोग लाग्ने गरेको तथ्यसमेत भेटिएको छ । विश्वमा अहिले पनि एक अर्ब मानिस सुर्तीजन्य वस्तुको सेवनबाट नसर्ने प्रकृतिका जटिल रोग बोकेर बसेकोसमेत गुरौले जानकारी दिए । रासस

  • कोरानाको बेलायती भेरिएन्ट फैलिएको भन्दै सरकारद्वारा स्वास्थ्य मापदण्डमा कडाइ गर्न निर्देशन

    कोरानाको बेलायती भेरिएन्ट फैलिएको भन्दै सरकारद्वारा स्वास्थ्य मापदण्डमा कडाइ गर्न निर्देशन

    काठमाडौं । कोरोनाको बेलायती भेरिएन्ट नेपालमा फैलने क्रम बढेको भन्दै सरकारले जनस्वास्थ्यका मापदण्डमा कडाइ गर्न निर्देशन दिएको छ । बुधबार स्वास्थ्य मन्त्रालयमा बसेको बैठकले मापदण्डमा कडाइ गर्न भनेको हो ।

    काठमाडौं र पोखरा लगायतका ठूला सहरमा रहेका विद्यालयमा संक्रमण वृद्धि भएकाले उच्च सतर्कता अपनाउन मन्त्रालयले निर्देशन दिएको छ । सार्वजनिक यातायातमा भीडभाड कम गर्न, सपिङ मल, नाचघर, सिनेमा घर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल, मन्दिर लगायतका क्षेत्रमा जनस्वास्थ्यका मापदण्डमा कडाइ गर्न मन्त्रालयले निर्देशन दिएको छ ।

    विदेशबाट फर्किएपछि घरमै क्वारेन्टाइनमा रहेकोको अनुगमन गर्न स्थानीय प्रशासन र तहलाई समेत निर्देशन दिइएको छ । कन्ट्याक्ट ट्रेसिङ, एन्टीजेन र पीसीआर परीक्षणको दायरा बढाउन स्वास्थ्य कार्यालयलाई भनिएको छ ।

    सार्वजनिक स्थानमा मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गर्दै मन्त्रालयले रात्रीकालिन व्यवसाय तथा रेष्टुरेन्टहरु राती ९ बजेपछि कडाइका साथ बन्द गराउन मन्त्रालयले निर्देशन दिएको छ । ठूला सहरमा ५०० र साना सहरमा १०० भन्दा बढी सक्रिय संक्रमित भए आवागमनमा कडाइ गराउन पनि मन्त्रालयले भनेको छ ।

    आसन्न तीन दिवसिय क्रिकेट म्याच आयोजनाको स्वीकृति तथा संचालनको सन्दर्भमा विदेशबाट आउने टोली वा भ्रमण दलको सदस्य संख्या वा क्वारेन्टाइन अवधी निर्धारण गर्न पनि भनिएको छ । कोभिडको बढ्दो चुनौतिलाई मध्यनजर गरेर यस्ता कार्यक्रमलाई कडाइ गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।

    संक्रमणको बढी जोखिम हुने स्थानमा आलोपालोरुपमा एन्टीजेन परीक्षण बढाउन स्थानीय तहलाई मन्त्रालयले निर्देशन समेत दिएको छ ।

    छिमेकी मुलुक भारतमा पछिल्लो समय बेलायती र ब्राजिलियन भेरिएन्ट भेटिएको र संक्रमण फैलिएपछि नेपाल उच्च जोखिममा रहेको मन्त्रालयले जनाएको छ । बेलायती भेरिएन्ट चाहिँ नेपालमा यसअघि पुष्टि भैसकेको र वृद्धि हुने क्रम बढेको भन्दै मन्त्रालयले नियमित प्रेस ब्रिफिङमार्फत सतर्क हुने समेत भनिसकेको छ ।

    नेपालमा कोरोना संक्रमणको ग्राफ पछिल्ला दिनहरुमा उकालो लागिरहेको छ ।

  • कोरोनाको ग्राफ उकालो लाग्दै: थपिए ३३९ संक्रमित

    कोरोनाको ग्राफ उकालो लाग्दै: थपिए ३३९ संक्रमित

    काठमाडौं । बितेको २४ घण्टामा नेपालमा ३३९ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ४ हजार १ सय पीसीआर परीक्षण गर्दा २९८ जना र १ हजार ४० मा एन्टीजेन परीक्षण गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको हो ।

    उपत्यकामा मात्र १६३ जना संक्रमित थपिएका छन् । २४ घण्टामा ७४ जना निको भएका छन् । निको हुने दर ९८।१ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए ।

    कोरोनाको बेलायती भेरिएन्ट नेपालमा फैलने क्रममा रहेको जानकारी दिँदै मिडिया ब्रिफिङमा नेपाल समेत नयाँ कोरोनाको जोखिममा रहेको जानकारी दिइयो । छिमेकी मुलुक भारतमा ब्राजिलियन भेरिएन्ट समेत भेटिएकाले नेपाल उच्च जोखिममा रहेको प्रवक्ता गौतमले बताए ।

  • नयाँ प्रकारको कोरोना भित्रिएसँगै सुदूरपश्चिममा पहिलोपल्ट संक्रमितको मृत्यु

    नयाँ प्रकारको कोरोना भित्रिएसँगै सुदूरपश्चिममा पहिलोपल्ट संक्रमितको मृत्यु

    धनगढी । नयाँ प्रकारको कोरोना संक्रमणबाट कञ्चनपुरमा एक जनाको मृत्यु भएको छ ।

    जिल्लाको भीमदत्त नगरपालिका–१५ का ४५ वर्षीय संक्रमित पुरुषको बुधवार बिहान मृत्यु भएको हो । उनको कञ्चनपुर स्थित महाकाली अस्पतालमा उपचार भइरहेको थियो ।

    भारतको गुजरातबाटै कोरोना संक्रमित भएर आएका पुरुषको नेपालमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

    २२ गते अस्पतालमा भर्ना भएका सङ्क्रमित पुरुषको उपचारको क्रममा बुधवार बिहान मृत्यु भएको महाकाली अस्पतालका व्यवस्थापक दीपेन्द्र रावलले जानकारी दिए ।

    सुदूरपश्चिम प्रदेशमा नयाँ प्रकारको कोरोना संक्रमण भित्रिएपछि पहिलो पटक सङ्क्रमितको मृत्यु भएको हो । अहिले कैलाली र कञ्चनपुरमा सङ्क्रमितको सङ्ख्या बढिरहेको छ ।

  • कहिले हट्ला यो प्रदूषण ? तत्काल ठूलो वर्षातको सम्भावना न्यून

    कहिले हट्ला यो प्रदूषण ? तत्काल ठूलो वर्षातको सम्भावना न्यून

    काठमाडौं । कोभिड लकडाउनका बेला काठमाडौंबाट सगरमाथा देखिने गरी खिचिएको तस्विर भाइरल बन्यो । अघिपछि प्रदूषणले ‘भिजिब्लिटी’ निकै कम हुने काठमाडौंबाट सर्वोच्च शिखर छर्लङ्ग देखिएको विषयले नेपालमा मात्रै नभएर अन्तर्राष्ट्रिय संचारमाध्यममा पनि चर्चा पाएको थियो ।

    ठीक विपरित अवस्था अहिले छ । अचानक बढेको प्रदूषणका कारण काठमाडौंबाट सगरमाथा त के नजिकैका भीरपाखा पनि देखिँदैनन् । काठमाडौंको भिजिब्लििटी २ देखि ३ किमीसम्ममा सीमित भएको छ । नेपाली राजधानीले अहिले संसारकै प्रदूषित सहरको रुपमा खराब कीर्तिमान राखिरहेको छ ।

    वायुप्रदूषणको गुणस्तर (एक्यूआइ) ४ सय पीएमभन्दा माथि पुग्नु आफैंमा चिन्ताको विषय हो । वातावरणविद्हरु यसलाई ‘स्वास्थ्य संकटकाल’ कै संज्ञा दिन थालेका छन् । प्रदूषणको नियन्त्रणका लागि सरकारले विशेष रणनीति अपनाउनुपर्ने उनीहरुको सुझाव छ ।

    चैतको दोस्रो सातादेखि देशका विभिन्न स्थानमा लागेको डढेलोबाट निस्केको धुँवा काठमाडौंको वायूमण्डलमा फैलिएको हो । चैत १८ गते विभिन्न ठाउँमा हल्का वर्षा भएपछि घट्दै गएको वायुप्रदूषण अहिले पुनः बढ्न थालेको छ । सुदूरपश्चिमको धनगढीदेखि दाङ, पोखरा हुँदै राजधानी उपत्यकासम्मको वायु गुणस्तर विश्व स्वास्थ्य संगठनले मापन गरेभन्दा खतराको तहमा पुगेको छ ।

    डब्लुएचओका अनुसार एक्युआइ ३५ भन्दा तल हुनुपर्छ । ५१ देखि १ सयसम्मको एक्युआइलाई सामान्य मानिन्छ भने २ सय १ भन्दा माथि पुगे धेरै अस्वस्थकर हुन्छ । डब्लुएचओले ३०१ भन्दा माथि पुगे घातक हुने जनाएको छ । तर, नेपालको वायुप्रदूषण ४ सय एक्युआइभन्दा माथि छ । जल तथा मौसम विज्ञान विभागका अनुसार ठूलै हावा नचले र पानी नपरेसम्म अहिलेको वायुमण्डल सफा हुनेछैन ।

    बरिष्ठ मौसमविद् वरुण पौडेल पहाडी भूभागसहित काठमाडौंमा हल्का पानी पर्ने सम्भावना भए पनि पूर्णरुपमा प्रदूषण हट्नेगरी वर्षा हुने सम्भावना तत्काल नरहेको बताउँछन् । ‘अस्ति केही दिन हल्का बर्षा हुँदामात्र प्रदूषण घटेको थियो’ उनी भन्छन्, ‘त्यसयता वायुमण्डल स्थिर भएको छ र तत्काल प्रदूषण कम हुने गरी मौसम परिवर्तन हुने सम्भावना छैन ।’

    पौडेलका अनुसार गएको हिउँदयता ठूलो पानी पर्न सकेको छैन र प्रि-मनसुन पनि निस्क्रिय छ । सुख्खाको कारण डढेलो लाग्ने क्रम सुरु भएको र वैशाखमा घटना अझै बढ्नसक्ने उनले जनाए ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गत पुस महिनामै यो वर्ष डढेलोका कारण भयावह स्थिति आउन सक्ने बताएको थियो । सन् २०१२ देखि यताको तथ्यांक आंकलन गर्दा नोभेम्बरदेखि मार्च महिनासम्म डढेलो र आगजनीको घटना बढिरहेका छन् । सो वर्षमा ४० जिल्ला प्रभावित हुने गरी ३७९ वटा डढेलोका घटना भएका थिए भने ७३ वटा जिल्लामा २७ सयवटा डढेलोका घटना अभिलेख भएका छन् । यसपटक नेपालको वायुप्रदूषण हिन्दुकूश हिमश्रृंखला (तिब्बत र भुटानसम्मै) फैलिएको जनाइएको छ ।

    पछिल्लो साता नासाको ‘आइक्यूएयर’ नक्सामा नेपाली भूभागको धेरैजसो हिस्सा रातो देखिन्छ । उक्त रातो हिस्साभित्र राजधानी काठमाडौंसमेत छ । आइक्यूएयरको तथ्याङ्कले पछिल्लो साता नेपालसहित एसियाली मुलुकमा तुवाँलोको अवस्था विकराल बन्दै गएको देखाउँछ ।

    बातावरणविद् शंकरप्रसाद पौडेलका अनुसार म्यानमारदेखि अफगानिस्तानसम्म फैलिएको हिन्दूकुश हिमालय क्षेत्रमा प्रदूषण बढी देखिन्छ । ती स्थानको स्थानीय प्रदूषणमा वायु प्रदूषण मिसिँदा अवस्था झनै विकराल बनेको उनी बताउँछन् ।

    ‘अहिलेको वायूप्रदूषणमा नेपालको डढेलो मात्र जिम्मेवार छैन, भारतको विभिन्न स्थानमा खेतीबालीका लागि एकैपटक धेरै आगो बाल्दा नेपालमा समेत असर परेको पौडेल बताउँछन् । भारतबाट आएको डढेलोको धुवाँसँग नेपालको प्रदूषणसमेत मिसिएकाले कठिन भएको उनको भनाई छ ।

    दक्षिण एसियाली डढेलो नियन्त्रण सञ्जालका संयोजक सुन्दरप्रसाद शर्मा यो वर्षको डढेलोलाई भिन्न ढंगले हेर्नुपर्ने बताउँछन् । डढेलो मात्र नभएर एट्मोसफेयरिक ब्राउन क्लाउड (एबीसी) को कारण पनि प्रदूषण बढेको हो । उनी भन्छन्– ब्ल्याक कार्बन, सल्फर र हानिकारक डस्ट पार्टिकल लामो समय वायुमण्डलमा तैरिँदा प्रदूषण बढेको छ र यसले स्वास्थ्यमा समेत हानी पुर्‍याउँछ ।’

    सरकारको तयारी कस्तो छ ?

    प्रदूषण बढेको भन्दै सरकारले गत साता चार दिन देशब्यापीरुपमा शिक्षण संस्था बन्द गरायो । सकेसम्म घरबाहिर ननिस्कन र ब्यायामका गतिविधि नगर्न पनि भन्यो । तर, त्यसपश्चात प्रदूषण नियन्त्रणका विषयमा सरकारले थप योजना अघि सारेको छैन ।

    डेढेलो निभाउनका लागि सरकारले अग्नि नियन्त्रक विमान खरिदको तयारी गरेको छ । बनमन्त्री प्रेम ओलेले चाँडै फायर फाइटर विमान ल्याउन तयारी भएको बताए । हरेक वर्ष मुलुकभरका जंगलमा फैलिएको डढेलो नियन्त्रणबाहिर जान थालेपछि सरकारले फायर फाइटर विमान किन्न लागेको हो ।

    अहिलेको वायुप्रदूषण नियन्त्रण गर्न मुख्यतः तीन काम गर्नुपर्छ । पहिलो- डढेलो नियन्त्रण रणनीति कार्यान्वयन, दोस्रो- डढेलो लागिसकेपछि नियन्त्रण गर्न पहल । तेस्रो- सवारी साधन, धुवाँ निकाल्ने इट्टा-भट्टा र अव्यवस्थित सहरीकरण ।

    मन्त्रिपरिषद्को पछिल्लो बैठकमा यसबारे छलफल भई प्रक्रिया अघि बढेको वनमन्त्री आलेले जानकारी दिएका छन् । विमान कुन देशबाट किन्नेलगायत यसका खरिद प्रक्रियाबारे नियमसंगत ढंगले अघि बढ्ने उनले बताए । फायर फाइटर विमान चैत, वैशाख, जेठ र असार ४ महिना अग्नि नियन्त्रणका लागि प्रयोग गर्ने र बाँकी समय अन्य व्यवसायिक प्रयोजनमा लगाउन सकिनेबारे समेत छलफल भएको छ ।

    वातावरण मन्त्रालयका प्रवक्ता प्रकाश लम्साल अझै केही दिन प्रदूषणमा सुधार नभए मात्र सरकारले नयाँ रणनीति अघि सार्ने बताउँछन् । ‘तत्काल हामीसँग प्रदूषण नियन्त्रणको योजना छैन,’ नेपाल प्रेससँग उनले भने, ‘अझै केही दिन हेर्नेछौं ।’ सार्वजनिक यातायातका साधनमा जोरविजोर लागु गर्ने वा उद्योग कलकारखाना बन्द गर्ने मन्त्रालयको योजना नरहेको उनले बताए ।

    सन् २०१८ मा विश्व आर्थिक मञ्चसँगको सहकार्यमा संसारका झन्डै १८० मुलुकमा भएको अध्ययनपछि प्रकाशित एक सोधमा वातावरण प्रदूषण हुने मुलुकको सूचिमा नेपाल १७६ औं स्थानमा थियो ।

    लामो समयदेखिको खडेरीका कारणले यस वर्ष चैतमै डढेलोको घटना बढेको र यसले प्रदूषण वृद्धिमा सहयोग पुगेको जनाइएको छ । फागुनदेखि जेठसम्म डढेलोका घटना बढी हुने भए पनि यो वर्ष अझै बढ्ने संकेत देखिएकाले यसको नियन्त्रण र व्यवस्थापनका लागि जिल्लासँग पनि सहकार्य गरिने शर्माले बताए ।

    राष्ट्रिय बिपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता उद्धव रिजाल वायुप्रदूषण नियन्त्रण गर्न यसअघि भएका विभिन्न सहमति कार्यान्वयन नगर्दा अहिले समस्या निम्तिएको बताउँछन् । उनका अनुसार अहिलेको वायुप्रदूषण नियन्त्रण गर्न मुख्यतः तीन काम गर्नुपर्छ । पहिलो- डढेलो नियन्त्रण रणनीति कार्यान्वयन, दोस्रो- डढेलो लागिसकेपछि नियन्त्रण गर्न पहल । तेस्रो- सवारी साधन, धुवाँ निकाल्ने इट्टा-भट्टा र अव्यवस्थित सहरीकरण ।

    सन् २०१८ मा विश्व आर्थिक मञ्चसँगको सहकार्यमा संसारका झन्डै १८० मुलुकमा भएको अध्ययनपछि प्रकाशित एक सोधमा वातावरण प्रदूषण हुने मुलुकको सूचिमा नेपाल १७६ औं स्थानमा थियो । नेपालको प्रदूषण निकै उच्च रहेको उक्त शोधले उल्लेख गरेको थियो ।

  • कोरोनाविरुद्ध खोपको दोस्रो डोज बैशाख ७ गतेदेखि, कसले कहिले लगाउने (सूचीसहित)

    कोरोनाविरुद्ध खोपको दोस्रो डोज बैशाख ७ गतेदेखि, कसले कहिले लगाउने (सूचीसहित)

    काठमाडौं । कोरोनाभाइरस विरुद्धको खोपको पहिलो मात्रा (डोज) लिएकालाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्रा दिइने भएको छ । स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले माघ १४ देखि फागुन १० गतेसम्म खोप लगाएकालाई उक्त मितिमा दोस्रो डोज दिने निर्णय गरेको हो ।

    पहिलो प्राथमिकताको पहिलो र दोस्रो चरणमा पहिलो मात्रा खोप लगाएका व्यक्तिलाई दोस्रो मात्रा दिने बैठकको निर्णय छ । सोहीअनुसार स्वास्थ्य कार्यालयले खोप लगाउने मिति र केन्द्रको सूची प्रकाशित गरेको छ ।

    कार्यालयका अनुसार माघ १४ देखि फागुन १० गतेसम्म जुन खोप केन्द्रमा खोप लगाइएको हो सोही केन्द्रमा पुगेर खोप लगाउनु पर्ने हुन्छ। खोप केन्द्रमा बिहान १० देखि ४ बजेसम्म खोप लगाइने छ।

    कसको पालो कहिले ?

    माघ १४, १५, १६, १७ र २६ गते खोप लगाएकाहरुले वैशाख ७ गते।

    माघ १८, १९, २०, २१ र २७ गते खोप लगाएकाहरुले वैशाख ८ गते।

    माघ २२, २३, २४, २८ र फागुन २ गते खोप लगाएकाहरुले वैशाख ९ गते।

    माघ २९, फागुन ३, ४, ५ र ६ गते खोप लगाएकाहरुले वैशाख १० गते।

    माघ ३०, फागुन ७, ८, ९ र १० गते खोप लगाएकाहरुले वैशाख ११ गते।

  • कोरोनाविरुद्धको चिनियाँ खोप भोलिदेखि लगाइने, सरकारले तोक्यो २३ खोप केन्द्र

    कोरोनाविरुद्धको चिनियाँ खोप भोलिदेखि लगाइने, सरकारले तोक्यो २३ खोप केन्द्र

    काठमाडौं । चीनबाट अनुदानमा ल्याइएको कोभिड-१९ विरुद्धको सिनोफार्म खोप भोलिदेखि लगाउन थालिने भएको छ ।

    खोप लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउने व्यक्ति र समूहको प्राथमिकीकरण गरेको छ । मन्त्रालयले तोकेका २३ वटा केन्द्रबाट खोप लगाइने भएको छ ।

    मन्त्रालयले १८ देखि ५९ वर्ष समूहका प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, चीनमा अध्ययनमा जाने तयारीमा रहेका व्यक्ति, हिमालय पार व्यापार गर्ने व्यापारी, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, होटल, ट्रेकिङ, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने, औषधी, फलफूल, तरकारी लगायतका व्यापारीलाई खोप लगाउने निर्णय गरेको छ ।

    खोप लगाउन निवेदन दिएका संघसंस्था र यसअघि खोप लगाउन छुटेका अग्रपंक्तिमा खटिने व्यक्तिलाई पनि खोप लगाइने भएको छ । सरकारले आपतकालिन प्रयोगका लागि चिनियाँ खोप प्रयोगमा ल्याएको हो ।

    यी हुन् खोप केन्द्र :

    वीर अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, निजामती कर्मचारी अस्पताल मिनभवन, राष्ट्रय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र किर्तिपुर, नेपाल मेडिकल कलेज अत्तरखेल।

    काठमाडौं मेडिकल कलेज सिनामंगल, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसवारी, वीरेन्द्र अस्पताल छाउनी, नेपाल सशस्त्र प्रहरी अस्पताल बलम्बु, नेपाल प्रहरी अस्पताल पानीपोखरी।

    ओम अस्पताल चाबहिल, क्षेत्रपाटी नि:शुल्क चिकित्सालय क्षेत्रपाटी, भक्तपुर नेपाल कोरिया मैत्री अस्पताल ठिमी, भक्तपुर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन।

    किष्ट मेडिकल कलेज ललितपुर, आनन्दवन अस्पताल ललितपुर, धुलिखेल अस्पताल काभ्रे, त्रिशुली अस्पताल नुवाकोट, बाह्रविसे अस्पताल सिन्धुपाल्चोक र रसुवा जिल्ला अस्पताल।

  • मंगलबार २६० जना संक्रमित भेटिए

    मंगलबार २६० जना संक्रमित भेटिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा २६० जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै कूल संक्रमित संख्या २ लाख ७८ हजार ४ सय ७० पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ४ हजार २ सय ४३ पीसीआर परिक्षण भएको छ भने ११३ जना कोरोनाबाट मुक्त भएका छन् ।

    हालसम्म २ लाख ७३ हजार ४ सय ५५ जना संक्रमणबाट मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
    नेपालमा हालसम्म कोरोनाबाट ३ हजार ३६ जनाको मृत्यु भइसकेको छ भने १ हजार ९ सय ७९ जना आइसोलेसनमा र ६९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

    हालसम्म नेपालमा २२ लाख ९४ हजार ६७ पीसीआर परिक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

  • लकडाउन गर्ने मनस्थितिमा छैनौं : स्वास्थ्यमन्त्री

    लकडाउन गर्ने मनस्थितिमा छैनौं : स्वास्थ्यमन्त्री

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ रोकथामका लागि सरकार लकडाउन गर्ने मनस्थितिमा नरहेको स्पष्ट पारेका छन् ।

    मंगलबार काठमाडौंमा आयोजित ‘नेपाल हेल्थ कनक्लेभ २०२१’मा बोल्दै मन्त्री त्रिपाठीले नेपाल अब कहिल्यैपनि लकडाउनमा नजाने बताएका  हुन्। उनले लकडाउन भन्दा अगाडी गर्नुपर्ने सबै किसिमका प्रभावकारी कदमहरु चाल्न सरकार तयार रहेको बताए ।

    लकडाउनले कोभिड नियन्त्रण गर्न कम हुने भएपनि सामाजिक जनजीवन र अर्थतन्त्रमा दिर्घकालिन असर पार्ने भएकाले सरकार लकडाउनमा जाने मनस्थितिमा नरहेको उनले बताए ।

    मन्त्री त्रिपाठीले भने, ‘हामी यो चाहँदैनौं कि नेपाल फेरीपनि लकडाउनको अवस्थामा जाओस । लकडाउन भन्दा अगाडी जति महत्वपूर्ण र प्रभावकारी कदमहरु छन सरकार ती सबै कदमहरु चाल्न तयार छ र त्यसको तयारी गरिरहेको छ । किनभने लकडाउनले कम हुने त एकातिर छदैछ तर जनजीविकालाई यसले पार्ने प्रभाव र समाजलाई पार्ने प्रभाव अर्थतन्त्रलाई पार्ने प्रभाव, सामाजिक जीवनलाई पार्ने प्रभाव पछि र दिर्घकालिन रुपले हुने रहेछ तसर्थ संसारले नै जसरी यो लडाई लडिरहेको छ हामी पनि एउटा यो लडाईमा योद्दा भएको हुनाले नेपाल पनि सबैको काँधमा काँध मिलाएर लडाई गर्न तयार छ ।’

    छिमेकी मुलुकमा कोभिडको नयाँ लहर आएकाले नेपालले सीमा नाकामा एन्टीजेन परीक्षण शुरु गरेको पनि मन्त्री त्रिपाठीले बताए । यस्तै सीमा नाकामा आइसोलेसन र क्वारेन्टाइन निर्माण गर्ने काम भइरहेको बताउँदै कोभिडका कारण आतंकित नहुन पनि आग्रह गरे ।

    उनले थपे, ‘हाम्रो छिमेकमा सबैतिर अलिअलि बढ्दो स्थिति भएको हुनाले हामी त्यसको लागि सतर्क छौं । तर एउटा कुरा म यहाँहरुलाई विनम्रतापूर्वक निवेदन गर्न चाहन्छु, आतंकित हुनुपर्ने अवस्था छैन । आतंकित हुनु भनेको यो संक्रमणलाई झन थप्नु हो । सावधानी हुनुपर्छ, सतर्क हुनुपर्छ, सतर्कताका सबै उपायहरु अबलम्बन गर्नुपर्छ तर आतंकित गरेर जनतामा भय र त्रास गर्ने काम गर्नु हुँदैन ।’

    अहिले विश्वभर ८१ प्रकृतिका खोप विकशित भइरहेको र त्यस मध्ये १३ वटा खोपहरु प्रचलनमा आइसकेको अवस्थामा नेपालले पनि ३ किसिमका खोपलाई मान्यता दिई प्रचलनमा ल्याएको जानकारी दिए । चीन सरकारबाट अनुदानमा उपलब्ध कोभिड–१९ विरुद्धको खोप लगाउने अभियान बुधबार देखि शुरु हुने पनि उनले बताए ।

  • दिल्लीमा कर्फ्यु घोषणा, भाइरस संक्रमणमा ब्यापक वृद्धि

    दिल्लीमा कर्फ्यु घोषणा, भाइरस संक्रमणमा ब्यापक वृद्धि

    काठमाडौं । कोरोनाभाइरस संक्रमणमा वृद्धि भएपछि भारतको राजधानी दिल्लीमा रात्रीकालिन कर्फ्यु घोषणा गरिएको छ ।

    सोमबार मात्रै दिल्लीमा ३,५४८ संक्रमित थपिएका छन् भने १५ को मृत्यु भएको छ । मंगलबारबाट लागु हुने कर्फ्यु अप्रिल ३० सम्म रहनेछ ।

    बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म कर्फ्यु लगाइने भएको छ । चारदिनदेखि लगातार दिल्लीमा ३५ सयभन्दा बढी संक्रमित भेटिएका छन् ।

    केन्द्रिय स्वास्थ्य मन्त्रालयका अनु्सार भारतमा पछिल्लो २४ घण्टामा ९६,९८२ नयाँ संक्रमित थपिएका छन् । डिस्चार्ज हुनेको संख्या ५०,१४३ रहेको छ भने ४४६ जनाको मृत्यु भइसकेको छ ।

    भारतको आर्थिक राजधानी मुम्बईमा समेत सोमबारदेखि रात्रीकालिन कर्फ्यु लगाइएको छ । मुम्बइमा सिनेमा घर र भीडभाड हुने व्यापारिक थलोहरु बन्द गरिएको छ ।

  • भारतमा आजपनि १ लाख संक्रमित, दिल्लीमा कर्फ्यु लगाइने

    भारतमा आजपनि १ लाख संक्रमित, दिल्लीमा कर्फ्यु लगाइने

    दिल्ली । कोरोनाभाइरस संक्रमण बढेपछि भारतको राजधानीमा सरकारले रात्रीकालिन कर्फ्यु लगाउने तयारी गरेको छ । कोरोना लगातार बढिरहेको हुनाले सरकारले मानिसहरुलाई सतर्कता अपनाउन अपिल गरिरहेको छ ।

    दिल्लीमा संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । हाल दिल्लीको अवस्था चिन्ताजनक रहेको छ । महाराष्ट्रपछि कोराना नियन्त्रणका लागि भारत सरकारले दिल्लीमा कडाइ गर्न लागेको हो ।

    केन्द्रिय स्वास्थ्य मन्त्रालयका अनु्सार भारतमा पछिल्लो २४ घण्टामा ९६,९८२ नयाँ संक्रमित थपिएका छन् । डिस्चार्ज हुनेको संख्या ५०,१४३ रहेको छ भने ४४६ जनाको मृत्यु भइसकेको छ ।

    भारतको आर्थिक राजधानी मुम्बईमा समेत सोमबारदेखि रात्रीकालिन कर्फ्यु लगाइएको छ । मुम्बइमा सिनेमा घर र भीडभाड हुने व्यापारिक थलोहरु बन्द गरिएको छ ।

  • काठमाडौंमा आजपनि प्रदूषण घातक, आँखा पोल्ने समस्या बढ्दो

    काठमाडौंमा आजपनि प्रदूषण घातक, आँखा पोल्ने समस्या बढ्दो

    काठमाडौं । मंगलबार पनि उपत्यकासहित मुलुकभरको वायु गुणस्तर घातक देखिएको छ । डढेलोका कारण फैलिएको बाक्लो तुवाँलोले राजधानीसहितको आकाश ढाकिएको छ ।

    सर्वसाधारणले आँखा पोल्ने समस्या महसुस गरेका छन् । दुईदिनदेखि वायुप्रदूषणको अवस्था स्थिर देखिएको छ र केही दिनसम्म यो अवस्था कायमै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    वायु गुणस्तर मापन गर्ने सूचक (एक्यूआइ)का अनुसार मंगलबार नेपाली राजधानी संसारकै प्रदूषित सहरको पहिलो स्थानमा छ । काठमाडौंको एक्यूआइ ३१३ पीएम मापन गरिएको छ । पाकिस्तानको लाहोर र बंगलादेशको राजधानी ढाका क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । दिल्ली चौंथो स्थानमा छ ।

    संसारका प्रदूषित मुलुकको सूचिमा भने मंगलबार नेपाल १२ औं स्थानमा छ । पहिलो स्थानमा बंगलादेश छ ।

    मंगलबार मध्यान्ह काठमाडौंको झम्सिखेलमा ३०६ पीएम र दरबारमार्गको ३०४ पीएम एक्युआइ मापन गरिएको छ । रत्नपार्कको एक्युआइ २१३ पीएम छ । अमेरिकी दूतावासको एक्युआइ २९७ पीएम छ ।

    अमेरिकी दूतावासले ट्वीटरमार्फत बाह्य र शारीरिक गतिविधि कम गर्न आग्रह गरेको छ । बरिष्ठ मौसमविद् वरुण पौडेलले अझै केही दिन वातावरण स्थिर हुने बताए । काठमाडौं उपत्यकासहित पश्चिमी पहाडमा फाट्टफुट्ट वर्षा हुने भएपनि त्यसले प्रदूषण नहटाउने उनको भनाई छ ।

    तस्विर : लकडाउनको समयमा लिइएको तस्विर बायाँ र प्रदूषण बढेपछि अहिले लिएको तस्विर ।
    तस्विर क्रेडिट : Twitter/@_bidit

  • थप २६६ जनामा कोरोना संक्रमण पुष्टि

    थप २६६ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप २६६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

    देशभरका प्रयोगशालामा ४ हजार ५३६ नमुना परीक्षण गर्दा २६६ जनामा संक्रमण पुष्टि भएको हो ।

    आइतबार १६७ जनामा संक्रमण पुष्टि भएको थियो । २४ घण्टामा १०२ जनाको संक्रमणमुक्त भई घर फर्केका छन् ।

    पछिल्लो तीन महिना यताकै आज सबैभन्दा बढी कोरोना संक्रमण पुष्टि भएको हो ।

    यससँगै कुल संक्रमितको संख्या २ लाख ७८ हजार २१० पुगेको छ । उनीहरुमध्ये २ लाख ७३ हजार ३४२ जना संक्रमणमुक्त भएका छन् ।
    यस्तै २४ घण्टमा थप ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    हालसम्म संक्रमणबाट ३ हजार ३६ जनाको मृत्यु भइसकेको छ ।

     

  • डढेलो बढेपछि पुनः फैलियो तुवाँलो, मौसममा तीनदिन सुधार नहुने

    डढेलो बढेपछि पुनः फैलियो तुवाँलो, मौसममा तीनदिन सुधार नहुने

    काठमाडौं । डढेलो लाग्ने क्रम पुनः बढेपछि उपत्यकासहिको वायुमण्डलमा तुवाँलो फैलिएको छ । वायुमण्डल स्थिर हुँदा अझै ३ दिनसम्म राम्रोसँग घाम नलाग्ने र प्रदूषण बढ्नसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    नेपाल प्रेससँग कुरा गर्दै मौसमविद् मीनकुमार अर्यालले डढेलोको कारण पुनः तुँवालो लाग्ने क्रम सुरु भएको बताए । ठूलै पानी र हावा नचले तीनदिनसम्म घाम नलाग्ने र तुवाँलो अझै बढ्ने उनले जनाए ।

    उनका अनुसार अहिले ६ देखि ७ सय जंगलमा डढेलो लागेको छ । जसको असर सोमबारदेखिको मौसममा देखिन सुरु भएको हो । ‘स्थानीय प्रणाली विकास नहुँदा तत्काल ठूलै पानी पर्ने सम्भावना पनि छैन’ उनले भने, ‘जसले गर्दा वायुमण्डल केही दिन स्थिर हुनेछ ।’

    वितेको २४ घण्टामा काठमाडौं उपत्यकाको एक्युआई (वायुगुणस्तर मापन) र माथिल्लो तस्विरमा २४ घण्टामा नेपाली आकाशमा देखिएको डढेलोको नासाले खिचेको तस्विर ।

    काठमाडौंमा ३ देखि ४ किलोमिटरसम्म भिजिब्लिटी हुनसक्ने विभागले जनाएको छ । ‘सुदुरपश्चिम, कर्णाली र बागमतीमा हल्का वर्षा हुनसक्ने देखिन्छ बेलुकापख तर, यो वर्षाले तुवाँलो हट्दैन’ अर्यालले भने ।

    वायुको गुणस्तर मापन गर्ने सूचक (एक्यूआइ) सोमबारदेखि पुनः वृद्धि भएको छ । जसअन्तर्गत काठमाडौं दरबारमार्गतको एक्युआइ ३०७ पीएम छ । अमेरिकी दुतावासको एक्युआइ ३००, भक्तपुरको १८७, झम्सिखेलको २६६ छ ।

  • सुदूरपश्चिममा नयाँ प्रकारको कोरोना पुष्टि, तीव्र संक्रमण फैलने जोखिम

    सुदूरपश्चिममा नयाँ प्रकारको कोरोना पुष्टि, तीव्र संक्रमण फैलने जोखिम

    कैलाली । सुदूरपश्चिम प्रदेशमा नयाँ प्रकारको कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट केही दिन अघि नेपाल आएका ३ जना पुरुषमा नयाँ प्रकारको कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

    कञ्चनपुरका २२ वर्षीय, डडेल्धुराका ३१ वर्षीय र डोटीका ३० वर्षीय पुरुषमा नयाँ प्रकारको कोरोना पुष्टि भएको मन्त्रालयमा प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए । उनीहरू तीनै जना अहिले होम आइसोलेसनमा छन् ।

    ‘विगतको भन्दा यो फरक प्रकारको छ’ उनले भने, ‘यो कुन हो भन्ने बारे अझै अनुसन्धान भइरहेको छ ।’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनीहरूमा फरक प्रकारको कोरोना देखिएको कार्कीले बताए । उनले यस प्रकारको कोरोना तीव्र गतिमा फैलने समेत जनाए ।

    ‘केही दिन अघिसम्म भारतमा हजारको संख्यामा कोरोना संक्रमित थिए । अहिले लाख पुगेका छन्,’ उनले भने ‘नेपालमा पनि यो प्रकारको कोरोनाका संक्रमण तीव्र हुन सक्छ ।’

    कैलालीको त्रिनगर नाका हुँदै आएका ३ जनामा नयाँ प्रकारको कोरोना संक्रमण पुष्टि भइसक्दा पनि उक्त नाकामा हुने लापरबाही अझै कम भएको छैन ।

    न्यून संख्यामा भइरहेको परीक्षण अझै बढ्न सकेको छैन भने परीक्षण पनि कोरोना संक्रमण पुष्टि भएकाहरू पनि सोझै घर गइरहेका छन् ।

    पछिल्लो केही दिनयता भने नयाँ प्रकारको कोरोना भित्रिन थालेपछि संक्रतिमहरुलाई धनगढी उपमहानगरपालिकाले तयार पारेको आइसोलेसनमा राख्ने काम भइरहेको छ ।

    ‘अहिले सम्म करिब ७० जना लाई हामीले आइसोलेसनमा राखेका छौँ’ जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लाल बहादुर धामीले भने ।
    उनले पहिलो चरणमा भारतबाट भित्रिएका तीन संक्रमितहरू सोझै घर पुगेको बताए । ‘उहाँहरू होम आइसोलेसनमा बस्नु भएको छ,’ उनी भन्छन्, ‘अहिले हामीले यहीँ राख्ने व्यवस्था गरेका छौँ ।’

    एक महिनामा कैलालीको गौरिफन्टा नाकाबाट करिब १० हजार नेपाली भित्रिएका छन् । ती मध्ये करिब ३ हजार ५ सयको मात्रै एन्टिजेन परीक्षण गरिएको छ । परीक्षणको दायरा कम हुँदा पनि संक्रमण फैलन सक्ने जोखिम बढेको छ ।

    नयाँ प्रकारको कोरोना फैलिन नदिन तयारी थालिएको जिल्ला प्रशासन कार्यालय कैलालीको दावी छ । सूचना अधिकारी शिवराज जोशीले नयाँ प्रकारको कोरोना भित्रिएको पुष्टि भइसकेपछि भारतबाट आउने सबैको एन्टिजेन परीक्षण भइरहेको बताए । ‘हामीले तीव्र तयारी गरिरहेका छौँ’ जोशीले भने, ‘अहिले सबैलाई परीक्षण गरिएको छ ।’

  • कोरोनाका कारण भक्तपुरमा बिस्केट जात्रा स्थगित

    कोरोनाका कारण भक्तपुरमा बिस्केट जात्रा स्थगित

    भक्तपुर । कोभिड १९ का कारण भक्तपुरमा हुने प्रसिद्ध बिस्केट जात्रा स्थगित गरिएको छ ।

    कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको आइतबार बसेको बैठकले बिस्केट जात्रा रोक्ने निर्णय गरेको हो । गत वर्ष पनि जात्रा हुन सकेको थिएन ।

    जात्रामा भक्तजनको भीड हुने यसले संक्रमण फैलिन गई भयावहको अवस्था सिर्जना हुनसक्ने भन्दै बिस्केट जात्रा रोक्ने निर्णय बैठकले गरेको हो ।

    बैठकमा भक्तपुर जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, जिल्ला समन्वय समिति प्रमुख नवराज गेलाल लगायतको उपस्थिति थियो ।

  • भारतबाट फर्केका ५६ जनाको एन्टीजेन परीक्षणको नतिजा पोजेटिभ

    भारतबाट फर्केका ५६ जनाको एन्टीजेन परीक्षणको नतिजा पोजेटिभ

    कञ्चनपुर । भारतबाट फर्कने बढेसँगै कोरोनाको सङ्क्रमणसमेत बढ्दोरुपमा रहेको छ । सीमा नाका त्रिनगर (डोकेबजार) भएर भारतबाट फर्कने व्यक्तिमा कोरोनको सङ्क्रमण अधिक देखिन थालेको छ ।

    शुक्रबार र शनिबार गरी सीमानाका भएर फर्केका व्यक्तिको एन्टीजेन परीक्षण गर्दा ५६ जनाको परीक्षणको नजिता पोजेटिभ आएको छ ।

    शनिबार मात्रै सीमानाका भएर फर्केका ७६७ जनाको एन्टीजेन परीक्षण गरिएकामा जसमध्ये ३२ जनाको परीक्षणको नतिजा पोजेटिभ आएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले जानकारी दिए।

    उनका अनुसार एन्टीजेन पोजेटिभ आएका सबै जनालाई धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको आइसोलेशनमा राखिएको छ । एन्टीजेन परीक्षणमा १४ वर्षीय बालकदेखि ६० वर्षीय वृद्धसम्मको नतिजा पोजेटिभ आएको छ ।

    एन्टीजेन पोजेटिभ आएकामा १५ जना कैलाली, दुई जना सुर्खेत, सात जना अछाम, एक जना कञ्चनपुर, तीन जना डोटी, एक जना जुम्ला, एक जना बझाङ र दुई जना डडेल्धुराका रहेका छन् ।

    सीमानाकामा रहेको हेल्थ डेस्कमा भारतबाट फर्केकाको एन्टीजेन परीक्षणको व्यवस्था गरिएको छ । भारतबाट फर्कनेको सङ्ख्या धेरै भए पनि हेल्थ डेस्कमा भने स्वास्थ्यकर्मीको सङ्ख्या थोरै मात्र हुँदा परीक्षणमा समस्या हँुदै आएको छ ।

    सीमानाका त्रिनगर र गड्डाचौकी भएर भारतबाट फर्केका तीन जनामा नयाँ प्रकारको (भेरियन्ट) कोरोनाको सङ्क्रमणसमेत देखिएको थियो । तीनै जना अहिले घरमै आइसोलेशनम बसेका छन् ।

    भारतमा कोरोनाको सङ्क्रमण बढेसँगै मजदूरीका लागि गएका नेपाली घर फर्कन थालेका छन् । केही खेतमा लगाएको गहुँबाली भित्र्याउन र सुदूरपश्चिमको चाडपर्व चैते दशैँ मनाउनका लागिसमेत घर फर्केका हुन् ।

    सीमा क्षेत्रको आवतजावतमा खुकुलो गरिएपछि निकटवर्ती भारतीय बजारमा किनमेल गर्नेसमेत आवतजावतको कार्य भइरहेकाले कोरोनाको सङ्क्रमणको खतरा बढेको छ ।

  • आज थप १२८ मा कोरोना सङ्क्रमण पुष्टि, भारतबाट फर्किएकामा नयाँ कोरोना पुष्टि

    आज थप १२८ मा कोरोना सङ्क्रमण पुष्टि, भारतबाट फर्किएकामा नयाँ कोरोना पुष्टि

    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १२८ जनामा कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय दुई हजार ७२७ जनाको नमूना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७७ हजार ७६८ पुगेको छ । पछिल्लो २४ घण्टामा कारोनाका कारण एक जनाको मृत्यु भएको छ ।

    पछिल्लो २४ घण्टामा उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या १६१ जना छन् । योसँगै उपचार पछि निको हुनेको सङ्ख्या दुई लाख ७३ हजार १२३ पुगेको छ । नेपालमा निको हुने दर ९८ दशमलब तीन प्रतिशत रहेको छ ।

    अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ६१३ रहेका छन् । उनीहरुमध्ये ५९ जना क्वारेन्टिनमा छन् । अन्य आइसोलेशनमा छन् । हालसम्म नेपालमा २२ लाख ८१ हजार ८३२ को पिसिआर परीक्षण भएको छ । त्यस्तै तीन हजार ३२ जनाले कोरोनाका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

    भारतबाट फर्केकाको ‘भेरियन्ट’ कोरोना सङ्क्रमण
    भारतबाट फर्केका कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का एक पुरुषमा नयाँ प्रकारको (भेरियन्ट) कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको छ । दुई साताअघि भारतको कर्नाटकबाट फर्केका व्यक्तिमा नयाँ प्रकारको कोरोनाको सङ्क्रमण भएको पाइएको स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड पर्सन सिद्धराज भट्टले बताए ।

    “शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणको नतिजा आएको छ”, उनले भने, ‘नतिजामा कृष्णपुरका एक जनामा नयाँ प्रकारको कोरोना सङ्क्रमण देखिएको छ ।” भेरियन्ट कोरोनको सङ्क्रमण भएका व्यक्ति घरमै आइसोलेशनमा बसेका छन् । उनको स्वास्थ्य अवस्था सामान्य छ । भारतको कर्नाटकबाट फर्केका उहाँ पश्चिमी सीमानाका गड्डाचौकी हुँदै भित्रिएका थिए ।

    यसैगरी सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म कञ्चनपुरका एकसहित डोटीको जोरायल गाउँपालिकाका एक र डडेल्धुराको पर्शुराम नगरपालिकाका एक जना गरी तीन जनामा भेरियन्ट कोरोनाको पुष्टि भएको छ । भेरियन्ट कोरोना भएका सबै जना घरमै आइसोलेशनमा बसेका छन् ।