Category: स्वास्थ्य-जीवनशैली

  • जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न राष्ट्रपतिको आह्वान

    जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न राष्ट्रपतिको आह्वान

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड-१९ महामारीविरुद्ध सरकारले जारी गरेका जनस्वास्थ्यका सुरक्षात्मक उपाय अझ कडाइका साथ पालना गर्न आग्रह गरेकी छिन् ।

    शनिबार अपराह्न ट्विट गर्दै उने नेपाल सरकारको प्रभावकारी प्रतिकार्य रणनीति र नागरिकको धैर्यका कारण नियन्त्रणोन्मुख रहेकामा केही समययता सङ्क्रमणको जोखिम पुनः बढेर गएकामा चिन्ता समेत व्यक्त गरेकी छिन् ।

  • भारतमा एकैदिनमा २ लाख ३४ हजार सङ्क्रमित, १३ सयको मृत्यु

    भारतमा एकैदिनमा २ लाख ३४ हजार सङ्क्रमित, १३ सयको मृत्यु

    भारत । कोरोनाभाइरसबाट एकैदिनमा २ लाख ३४ हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।एकैदिनमा यति धेरै सङ्क्रमित भएको यो नै पहिलो पटक भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् ।

    उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण मात्रै १३ सय भन्दा बढीको मृत्यु भएको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कमा एक दिनमा एक हजार ३४१ जनाको मृत्यु भएको उल्लेख छ ।

    योसँगै देशभरी अहिलेसम्म कोरोनाका कारण कुल मृतकको सङ्ख्या १ लाख ७५ हजार ६४९ पुगेको मन्त्रालयले जनाएको छ ।त्यसैगरी पछिल्लो २४ घण्टामा २ लाख ३४ हजार ६९२ जना सङ्क्रमित भएसँगै कुल सङ्क्रमितको सङ्ख्या एक करोड ४५ लाख २६ हजार ६०९ पुगेको अधिकारीहरुले जनाएका छन् ।

    भारतमा अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित रहेकाहरुको सङ्ख्या १६ लाख ७९ हजार ७४० पुगेको मन्त्रालयको तथ्याङ्क छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक लाख २३ हजार ३५४ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

    भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएरपनि मुक्त भइसकेकाहरुको कुल सङ्ख्या १ करोड २६ लाख ७१ हजार २२० पुगेको छ । भारतीय मेडिकल रिसर्च काउन्सीलले गत शुक्रबार मात्रै देशभरी १४ लाख ९४ हजार ३९७ जनाको कोरोना परीक्षण गरिएको जनाएको छ ।

  • कोरोनाको दोस्रो डोज खोप वैशाख ७ देखि

    कोरोनाको दोस्रो डोज खोप वैशाख ७ देखि

    काठमाडौं । कोभिड १९ विरुद्धको दोस्रो डोज खोप यही वैशाख ७ गतेबाट लगाइने भएको छ । जिल्लामा पहिलो चरणमा खोप लगाएकालाई पालो मिलाएर ७ गतेदेखि ११ गतेसम्म दोस्रो डोज दिन लागिएको हो ।

    स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार पहिलो चरणमा दुई समूहमा खोप लगाएका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, शव व्यवस्थापनका सुरक्षाकर्मी, कर्मचारी, सुरक्षाकर्मी, जनप्रतिनिधि, पत्रकार, बैंकका कर्मचारी र स्थानीय तहका कर्मचारीलाई दोस्रो डोज दिन लागिएको हो । सो चरणमा खोप लगाउनेको सङ्ख्या १४ हजार रहेको छ ।

    यस्तै दोस्रो चरणमा खोप लगाएका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई भने यस चरणमा खोप लगाइने छैन । जिल्लामा २७ हजारलाई दोस्रो चरणमा खोप लगाइएको कार्यालय प्रमुख दीपक तिवारीले जानकारी दिए। दोस्रो चरणका लागि समय नपुगेको र खोप आइनसकेकाले केही समयपछि दोस्रो डोज खोप लगाईने छ ।

    उनका अनुसार पहिलो चरणमा पाँच वटा केन्द्रमार्फत खोप लगाइएको भए पनि दोस्रो चरणमा भने केन्द्र विस्तार गरिएको छ । जिल्लाका ठूला अस्पताल र मेडिकल कलेजमा त्यहाँ कार्यरत स्वास्थ्यकर्मीलाई सोही अस्पतालबाट खोप लगाउने व्यवस्था मिलाइएको छ । तिवारीका अनुसार जिल्लाका सातवटै पालिकामा रहेकालाई खोप लगाउन सम्बन्धित पालिकामा नै खोप केन्द्र रहने छन् ।

    बाँकीका लागि स्वास्थ्य कार्यालय चितवनमा रहेको संस्थागत क्लिनिकमा खोप केन्द्रको व्यवस्था गरिएको छ । उनले भने, ‘लामो समय पालो कुर्न नपर्ने गरी व्यवस्था मिलाएका छौँ ।’

  • सरकारी अस्पतालमा अनलाइनबाट ओपिडी टिकट

    सरकारी अस्पतालमा अनलाइनबाट ओपिडी टिकट

    काठमाडौं । सरकारी अस्पतालमा बिरामीको उपचारमा झन्झट ब्यहोर्नुपर्ने गुनासो आइरहेको समयमा यहाँको अस्पतालले अनलाइनबाटै ओपिडी टिकट काट्ने व्यवस्था मिलाएको छ । टिकट लिन लामो समय पालो कुर्नुपर्ने झन्झटबाट छुटकारा दिन बकुलहर-रत्ननगर अस्पतालले अनलाइन टिकट शुरु गरेको हो ।

    स्पतालको सेवामा विविधिकरण गर्ने क्रममा शुक्रबारदेखि अनलाइनबाट टिकट लिन सक्ने सुविधा थप गरिएको अस्पतालले जनाएको छ । रत्ननगर नगरपालिकाका प्रमुख तथा अस्पताल व्यवस्थापन विकास समितिका अध्यक्ष नारायण वनले एक औपचारिक कार्यक्रमका बीच अनलाइनबाट टिकट लिन सक्ने प्रणालीको उद्घाटन गरे।

    सो अवसरमा उनले अस्पतालको सेवालाई प्रभावकारी बनाउने क्रममा बिरामीको चापलाई मध्यनजर गरी अनलाइनबाट टिकट काट्न सक्ने व्यवस्था गरिएको बताए । उनले भने, ‘घन्टौँ लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।’ उनले अगाडि भने, ‘हामी अस्पताललाई सबै किसिमले अब्बल बनाउँदै छौँ ।’

    अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेले अस्पतालको वेभसाइटमा गएर नाम, ठेगाना, उमेर, लिङ्ग, सम्पर्क नं लगायतको जानकारी भरेपछि टिकट जारी हुने जानकारी दिए । उनले बिमामार्फत काटिएको टिकटको भने प्रमाणित अस्पतालमा आएर गर्नुपर्ने बताए ।

  • बुटवलको कोरोना अस्पतालमा संक्रमितको मृत्यु

    बुटवलको कोरोना अस्पतालमा संक्रमितको मृत्यु

    रुपन्देही । बुटवलको कोरोना विशेष अस्पतालमा आज एक महिला संक्रमितको मृत्यु भएको छ ।

    अस्पतालको आइसियुमा उपचाररत अर्घाखाँचीको सितगंगा नगरपालिका २ निवासी ७० वर्षीय महिलाको शुक्रबार मृत्यु भएको हो ।

    कोभिड – १९ पोजेटिभ भएर चैत्र २९ गतेदेखि कोरोना अस्पतालमा उपचाररत ती महिलामा दिर्घरोग स्तन क्यान्सरको साथै ज्वरो, निमोनिय र श्वासप्रश्वासमा समस्या देखिएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

  • शुक्रबार ९०० जना संक्रमित थपिए, ४ जनाको मृत्यु

    शुक्रबार ९०० जना संक्रमित थपिए, ४ जनाको मृत्यु

    काठमाडौं । नेपालमा शुक्रबार ९०० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका अनुसार ६,१५८ परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    कूल संक्रमित संख्या २ लाख ८२ हजार ८९० पुगेको छ । २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । कूल मृत्यु संख्या ३,०७० पुगेको छ ।

    सोही अवधीमा २०८ जना निको भएका छन् ।

  • जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न विज्ञको सुझाव

    जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न विज्ञको सुझाव

    काठमाडौं । कोरोनाको नयाँ प्रजातिको जोखिम कम गर्न जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने विज्ञले बताएका छन् । अन्यथा कम्तिमा चारसाता लकडाउनमा जानुपर्ने उनको भनाइ छ ।  

    नेपाल प्रेससँग कुरा गर्दै शुक्रराज अस्पताल तथा सरुवा रोगका निर्देशक डा. सागर राजभण्डारीले काठमाडौंको परिवारसम्मै भाइरसको नयाँ भेरिएन्ट फैलिएको उल्लेख गरे । उपत्यकाका ३ जनामध्ये १ जनामा भाइरस पाेजेटिभ देखिएको  उनले बताए ।

    उनीहरुले मानवीय क्षति कम गर्न र संक्रमणको चक्रलाई रोक्न लकडाउन अहिले सहि समय भएको बताए । सरकारले किटान गरेका १४ वटा प्रभावित ठाउँमा लकडाउन गर्नु जरुरी रहेको उनको भनाई छ ।

     अहिल्यै लकडाउन गर्न सकिए संक्रमण फैलावटलाई धेरै हदसम्म रोक्न सकिने बताए ।

    लकडाउन गर्नु अगाडि नागरिकका अन्य समस्यालाई सम्बोधन गर्न डा. राजभण्डारीको सुझाव छ । 

    भाइरसको नयाँ प्रकारको कारण युवा र बालबालिका सबैभन्दा बढी प्रभावित बनेको बताउँदै उनले जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्न आग्रह गरे । उनले केही समयका लागि तत्काल विद्यालयसहित भीडभाड हुने थलो बन्द गर्न पनि सुझाव दिए ।

    टेकु अस्पतालमा कोभिडबाहेकका रोगको उपचार सेवा बन्द गरिएको जानकारी दिँदै राजभण्डारीले गैर-कोभिड बिरामीलाई अन्य अस्पतालमा रिफर गरिएको जनाए ।

  • भारतमा एकै दिनमा कोभिड-१९ सङक्रमित संख्या २ लाख १७ हजार

    भारतमा एकै दिनमा कोभिड-१९ सङक्रमित संख्या २ लाख १७ हजार

    भारत । गत २४ घण्टामा थप २ लाख १७ हजार भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको संख्या १ करोड ४२ लाख ९१ हजार भन्दा बढी पुगेको भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।

    भारतमा कोरोना भाइरस सङ्क्रमणको माहामारी शुरु भएयता एक दिनमा २ लाख १७ हजार भन्दा बढी संङ्क्रमित हुनु बिहीबार पहिलो पटक भएको समाचारमा जनाइएको छ । यसअघि बुधबार एक दिनमा २ लाख भन्दा बढी व्यक्ति संङ्क्रमित भएका थिए ।

    कोरोना सङ्क्रमणबाट बिहीबार एकैदिनमा १ हजार १८५ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको सख्या १ लाख ७४ हजार नाघेको छ ।पछिल्लो केहीदिनदेखि भारतमा दैनिक १ लाखभन्दा बढी सङ्क्रमित हुदै आएका थिए भने, बुधबार र बिहीबार २ लाख भन्दा बढी सङ्क्रमित भएका हुन् । यो तथ्याङ्कले भारतमा नयाँ सङ्क्रमितहरुको सख्या दैनिक रुपमा बढ्दै गएको देखाएको छ ।

    भारतमा हाल १५ लाख ६९ हजार ७४३ जना सक्रिय सङ्क्रमित रहेका छन् । भारतमा गत जनवरी १६ बाट कोरोनाविरुद्ध खोपको शुरुवात भएको थियो । सो समयदेखि हालसम्म ११ करोड ७२ लाख २३ हजार भन्दा बढी व्यक्तिहरु खोप लगाइसकेका छन् ।

    विगत केही दिनहरुमा कोभिड १९ को सङ्क्रमण उच्च रहेको छ । सङ्क्रमण बढ्दै गएपछि विद्यालयहरुले परीक्षा रद्द र स्थगित गर्दै आएको छ ।भारतको पश्चिम बंगालमा बाँकी रहेको चार चरणमा मतदान के गर्ने भन्ने विषयमा निर्वाचन आयोगको सहभागीतामा शुक्रवार एउटा महत्वपूर्ण बैठक बस्ने जनाइएको छ ।

    राष्ट्रिय राजधानी दिल्ली एक सावधानी उपायको रुपमा एक साताको कर्फ्यू शुक्रवार रातिबाट शुरु भएको छ ।

  • ब्राजिलको केस स्टडीः समयमा कोरोना पहिचान नहुँदा रित्तियो एक आमाको कोख

    ब्राजिलको केस स्टडीः समयमा कोरोना पहिचान नहुँदा रित्तियो एक आमाको कोख

    विश्वमा कोरोना भाइरसको महामारी सुरु भएको १ वर्षभन्दा बढी समय व्यतित भइसक्यो । विभिन्न देशहरुमा अहिले कोरोनाको दोस्रो लहरले लपेटिरहँदा सबैभन्दा बढी क्षति दक्षिण अमेरिकी देश ब्राजिलले भोगिरहेको छ ।

    कोरोनाबाट मृत्यु हुनेहरुको आँकडा अन्य देशहरुको तुलनामा ब्राजिलमा निकै उच्च छ । कोरोना भाइरसको संक्रमणले बालबालिकालाई धेरै असर नगर्ने प्रक्षेपणविपरीत यहाँ अहिलेसम्म कोरोनाकै कारण १ हजार ३ सयभन्दा बढी बालबालिकाले मृत्युवरण गरेका छन् ।

    ब्राजिलकी जेसिका रिकर्तेको एक वर्षका छोरालाई कोरोना संक्रमण हुनसक्ने अनुमान त्यहाँको स्थानीय चिकित्सकले अस्वीकार गरिदिएका थिए । बच्चामा कोरोनासँग मिल्दोजुल्दो लक्षण नदेखिएको ती चिकित्सकको दावी थियो । तर, दुई महिनापछि उनले कोरोना संक्रमणकै कारण आफ्नो छोरा गुमाइन् ।

    पेशाले शिक्षिका जेशिकाले लगातार दुई वर्ष आफ्नो प्रजनन क्षमताको उपचार गरे पनि असफल थिइन् । एकदिन अचानक उनी गर्भवती भइन् ।

    ‘उसको नाम प्रकाशसँग जोडिएको थियो । किनभने ऊ हाम्रो जीवनमा एक प्रकाशको रुपमा थियो । उसमा हामीले त्यो खुसी देखेका थियौं, जसको हामीलाई कल्पना नै थिएन,’ आफ्नो छोराबारे जेसिका भन्छिन् ।

    उनले आफ्नो छोरा लुकसलाई भोक नलाग्ने समस्या थाहा पाइन् । लुकस पहिले राम्रोसँग खाना खान्थे । जेसिकाले सुरुमा दाँत आउने समय भएकाले त्यस्तो भएको हो कि भन्ने सोचिन् । तर नर्ससमेत रहेकी उनकी धाइआमाले घाँटीमा एलर्जी भएको हुनसक्ने आंकलन गरिन् । त्यसको केही समयपछि लुकसलाई ज्वरो आउन थाल्यो र स्वास लिन समस्या हुन लाग्यो ।

    जेसिकाले छोरालाई अस्पताल लगिन् र कोरोना परीक्षण गर्न अनुरोध गरिन् । उनी भन्छिन्, ‘डाक्टरले अक्सिमिटर (रगतमा भएको अक्सिजनको मात्रा) मार्फत हेर्दा उसको स्तर ८६ प्रतिशत थियो । र मलाई थाहा छ कि त्यो साधारण नतिजा होइन ।’

    तर ज्वरो धेरै नभएका कारण चिकित्सकले कोभिड परीक्षणको आवश्यकता नरहेको बताए । सायद घाँटीको एलर्जीका कारण समस्या भएको हुनसक्ने भन्दै चिन्ता नलिन भने ।

    चिकित्सकले बच्चालाई कोरोना संक्रमण निकै दुर्लभ भएको भन्दै केही एन्टीबायोटिक दिएर घर फर्काइदिए । १० दिन औषधिको डोज पूरा गरेपछि बालकलाई निको हुँदै गयो । तर उसमा थकानको नयाँ समस्या देखियो । कोरोनाकै कारण यसो भएको भनेर फेरि चिन्ता हुन थाल्यो ।

    उनी भन्छिन्, ‘मेरो छोराका भिडियो मैले नर्स, आफ्ना परिबारका सदस्यलाई पठाएँ । उनीहरुले उल्टै मलाई छोराको धेरै चिन्ता नलिन सुझाए । उनीहरुले सोचेका थिए कि टेलिभिजनमा धेरै समाचार हेरेर म भ्रममा परिरहेको छु । तर मलाई महसुस भइरहेको थियो, मेरो छोरोलाई स्वास फेर्न कठिन भइरहेको छ ।’

    यो मे २०२० को कुरा हो । जतिबेला कोरोना भाइरसको महामारी लगातार फैलिरहेको थियो र उत्तर-पूर्वी ब्राजिलको तम्बोरिलको सिएरा शहरमा २ जनाको निधन भएको थियो । जेसिकाका पति इजरायल अर्को अस्पतालमा जाँदा आफैंलाई संक्रमण हुने चिन्तामा थिए । तर छोराको बिमारी घट्नुको सट्टा बढिरहेको थियो । ऊ धेरै समय सुत्न थाल्यो । जून महिनाको ३ तारिखमा उसले खाना खानेबित्तिकै वान्ता गर्‍यो । जेसिकाले तत्काल अस्पताल पुर्‍याइन् र उसको कोरोना परीक्षण भयो । उसको कोरोना नतिजा ‘पोजेटिभ’आयो ।

    अधिकांश बालबालिकामा एमआईएसको अवस्था

    जेसिकाकाअनुसार त्यतिबेला त्यस अस्पतालमा भेन्टिलेटर थिएनन् । लुकसलाई सोवरालको पेडिएट्रिक इन्सेन्टिभ केयर युनिट (आईसीयू) मा पठाइयो । जो त्यहाँबाट दुई घण्टाको दूरीमा थियो । त्यहाँ गएपछि थाहा भयो उनको छोरामा मल्टी सिस्टम इन्फ्लेमेन्ट्री सिन्ड्रोम (एमआईएस) को बिमारी रहेछ ।

    यो यस्तो स्थिति हो जहाँ भाइरसको विरुद्धमा रोग प्रतिरोधात्मक क्षमता लगभग शून्यको अवस्थामा पुग्छ । जसका कारण शरीरका महत्वपूर्ण अंगहरुले काम गर्न असमर्थ हुन्छन् । विशेषज्ञका अनुसार यो अवस्था ६ साताभन्दा धेरै उमेरका बालबालिकामा कोरोना संक्रमण भएपछि आउनसक्छ । यद्यपि यो निकै दुर्लभ हो ।

    तर साओपाउलो विश्वविद्यालयकी महामारी रोग विशेषज्ञ फातिमा मारिन्होका अनुसार उनले महामारीका क्रममा अहिलेसम्म एमआईएसबाट पीडित धेरै बिरामी देखेकी छन् । तर, सबै मृत्युमा यही अवस्था जिम्मेदार भने छैन ।

    लुकसलाई जव अस्पताल भर्ना गरियो, त्यो कोठामा जेसिकालाई बस्ने अनुमति थिएन । उनले त्यहाँ आफ्नो नन्दलाई पनि बोलाइन् ।

    ‘हामी मेसिनको टूँट्-टूँट् आवाजमात्र सुन्न सक्थ्यौं । केहि समयपछि मेसिन बन्द हुन्थ्यो । केही मिनेटपछि फेरि बज्न सुरु हुन्थ्यो,’ उनले भनिन् ।

    सोबरालको आईसीयूमा लुकसलाई एक महिनासम्म उपचार गरेकी बालरोग विशेषज्ञ म्यानुएला मोन्टेले आश्चर्य व्यक्त गर्दै भनिन्, ‘लुकसको स्थिति निकै नै चिन्ताजनक थियो । तर उसमा यस्तो गम्भीर लक्षण हुनुको कुनै कारण थिएन ।’

    राज्यको राजधानी पोर्टालेजाको अलवर्ट सविन चिल्ड्रेन्स अस्पतालकी बालरोग विशेषज्ञ लोहोना तावारेसका अनुसार कोरोना संक्रमण देखिएका बालबालिकामध्ये अधिकांशमा मधुमेह, मुटु, मोटोपनजस्ता अन्य रोगहरु पनि थिए । तर लुकसको हकमा यस्ता कुनै पनि समस्या थिएन ।

    लुकसलाई ३३ दिन आईसीयूमा राख्दा जेसिकाले ३ पल्टमात्र भेट्न पाइन् । लुकसको मुटुको समस्याका लागि इम्युनोग्लोबुलिन नामक औषधिको आवश्यकता थियो, जुन निकै नै महंगो थियो । सौभाग्यबस अस्पतालका एक अर्का बिरामीले त्यस औषधिको एक डोज उपलब्ध गराइदिए ।

    लुकसलाई यो औषधिको एक डोजले मात्र पुगेन । उनको शरीरमा राता टाटाहरु देखिन थाले । लगातार ज्वरो आइरहेको थियो र स्वास लिनका लागि अक्सिजन मास्कको सहायता चाहिन्थ्यो ।

    बिस्तारै उसको स्वास्थ्य अवस्था सुधार हुन थाल्यो । ऊ आफैं स्वास लिन सक्षम हुन थालेपछि चिकित्सकले नाटबाट ट्युव हटाइदिए । होसमा आउनेवित्तिकै बालकलाई एक्लोपनको महशुस हुन नदिनका लागि चिकित्सकहरुले भिडियो कलमार्फत जेसिका र इजरायलसँग कुरा गराए ।

    जेसिका भन्छिन्, ‘हाम्रो आवाज सुनेपछि ऊ रोएको थियो ।’

    यो अन्तिमपल्ट थियो जव छोरोले कुनै प्रतिक्रिया दिएको उनले देख्न पाइन् । अर्को भिडियो कलमा छोरोको हालत यस्तो भइसकेको थियो कि मानौं उसको शरीरमा प्राण बाँकी नै छैन । पछि अस्पतालले दिएको सूचनाअनुसार सिटी स्क्यान गरी हेर्दा उसलाई स्ट्रोक भएको थियो । त्यतिबेलासम्म पति-पत्नीलाई लुकस राम्रो तरिकाबाट ठीक भइरहेको भन्दै छिट्टै नै आईसीयूबाट निकालेर जनरल वार्डमा पठाउने आशा देखाइएको थियो । जेसिकाका अनुसार अस्पताल जाँदा उनीहरुलाई छोरा भेट्न भने दिइएन ।

    उनले भनिन्, ‘त्यस रात मैले आफ्नो फोन साइलेन्ट गरेर सुतेँ । सपनामा लुकस म भएको ठाउँमा आयो र मेरो नाकमा चुम्बन गर्‍यो । यो सपना माया र समर्पणको एक ठूलो भावना थियो र म बिहान खुसी हुँदै उठेँ । त्यतिबेला मैले मोबाइल हेर्दा डाक्टरको १० वटा मिस्डकल थियो ।’

    डाक्टरले जेसिकालाई लुकसको हार्ट रेट र अक्सिजन स्तर निकै तीव्र रुपमा घटिरहेका कारण विहान निधन भएको सुनाए ।

    छोराको मृत्युपछि सचेतना अभियान सुरु

    जेसिकालाई आज पनि लाग्छ, लुकसको समयमै कोरोना परीक्षण भएको भए ऊ आज जीवित हुने थियो ।

    ‘यदि डाक्टरले कोभिड होइन भने पनि त्यसको पुष्ट्याईंका लागि कोरोना परीक्षण गर्नुहोला,’ उनले भनेकी छन्, ‘एउटा बच्चाले आफूलाई कस्तो महशुस भइरहेको छ भनेर भन्न सक्दैन । त्यसैले हामी परीक्षणमै निर्भर रहनुपर्छ ।’

    जेसिकाले स्वीकार गरेकी छन्, उचित उपचारमा भएको ढिलाईले नै उनले यो क्षति ब्यहोर्नुपरेको हो ।

    ‘लुकसको उपचार सुरु हुँदा ढिला भइसकेको थियो । उनको फोक्सोले ७० प्रतिशत काम गरेको थियो र मुटु ४० प्रतिशतसम्म सुन्निएको थियो । यस्तो स्थितिबाट पनि बचाउन भने सम्भव थियो ।’

    डाक्टर मोन्टे भन्छिन्, ‘एमआईएस रोक्न त सकिँदैन तर सुरुवाति चरणमै उपचार प्रक्रिया सुरु भयो भने बिरामीलाई बचाउन सकिन्छ ।’

    जेसिका अब ती मानिसहरुलाई आफ्नो कहानी सुनाएर सहयोग गर्न चाहन्छिन् जो गम्भीर लक्ष्यलाई नजरअन्दाज गरिरहेका छन् ।

    बालबालिकालाई कोभिडको खतरा कम हुन्छ ?

    डाक्टर फातिमा हारिन्हो भन्छिन्, ‘बालबालिकालाई कोरोना संक्रमणको खतरा कम हुन्छ भन्ने तर्क भ्रमपूर्ण छ ।’ उनले आफ्नो अनुसन्धानमा थुप्रै संक्रमित बालबालिका भेटेकी छन् ।

    ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार २०२० को फेब्रुअरीदेखि २०२१ को मार्च १५ सम्म कोरोनाका कारण ९ वर्षमूनिका ८ सय ५२ र १ वर्षमूनि उमेरसमूहका ५ सय १८ बालबालिकाको निधन भएको छ ।

    अहिलेको अवस्थामा यो संख्या दुई गुणा बढ्नसक्ने अनुमान डा. मारिन्होको छ । उनका अनुसार कोरोना परीक्षणको दायरा साँघुरो हुँदा समस्याले विकराल रुप लिइरहेको छ ।

  • शिक्षक र विद्यार्थीमा कोरोना देखिए एक साता विद्यालय बन्द गर्न काठमाडौं महानगरको निर्देशन

    शिक्षक र विद्यार्थीमा कोरोना देखिए एक साता विद्यालय बन्द गर्न काठमाडौं महानगरको निर्देशन

    काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यार्थी वा शिक्षकमा कोरोना भाइरस संक्रमण देखिए महानगर क्षेत्रभित्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

    संक्रमण पुष्टि भएका विद्यालय एक साताका लागि बन्द गर्ने निर्णय गरिएको शिक्षा अधिकारी रामप्रसाद सुवेदीले पत्राचार गरेका छन् ।

    महानगर क्षेत्रका विद्यालयहरूलाई गरिएको पत्राचारमा प्रमुख स्तरको बिहीबार गरिएको निर्णय अनुसार कोभिड-१९ संक्रमणको बढ्दो क्रम देखिएकाले कुनै विद्यालयका शिक्षक, विद्यार्थी वा कर्मचारीमा कोरोना संक्रमण भएको पाइएमा उक्त विद्यालय अर्को सूचना नभएसम्म कम्तीमा एक हप्ता बन्द गरी वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ गर्न गराउनु भनिएको छ ।

    महानगरले विद्यालयहरूमा सामाजिक दूरी कायम गर्ने, मास्क अनिवार्य प्रयोग गर्ने तथा साबुन पानीले राम्रोसँग हात धुने / सेनिटाइजरको प्रयोग गर्नेलगायतका स्वास्थ्य तथा जनसंख्या मन्त्रलयबाट विगतमा जारी गरिएका मापदण्डहरुको कडाइका साथ पालना गरी अभिभावकहरु समेतको सहमतिमा विद्यालय सञ्चालन गर्नु/गराउन हुन पनि अनुरोध गरेको छ ।

  • सरकारी छात्रवृत्ति पाएका चिकित्सकलाई निजी अस्पताल र क्लिनिकमा अभ्यास गर्न रोक

    सरकारी छात्रवृत्ति पाएका चिकित्सकलाई निजी अस्पताल र क्लिनिकमा अभ्यास गर्न रोक

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी छात्रवृत्ति पाएका विशेषज्ञ चिकित्सकलाई निजी अस्पताल र क्लिनिकमा अभ्यास गर्न रोक लगाएको छ । विशेषज्ञ चिकित्सकलाई निजी अभ्यास नगर्ने व्यवस्था कडाइका साथ लागू गर्न निर्देशन दिइएकाे मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै जानकारी गराएकाे हाे ।

    स्वास्थ्य तथा जनसंख्या सचिव स्तरीय बैठकबाट यस्तो निर्णय भएपछि मन्त्रालय माताहतका निकायलाई सबै अस्पतालमा नै विस्तारित सेवा (इएचएस) सञ्चालनमा ल्याइ निजी अभ्यास नगर्ने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको मन्त्रालयका बरिष्ठ अस्पताल नर्सिङ प्रशासक शकुन्तला प्रजापतीले एक विज्ञप्तीमार्फत जानकारी गराएकी हुन् ।

    मन्त्रालयले सबै प्रतिष्ठान, संघीय, प्रादेशिक र स्थानीय तह अन्तर्गतका अस्पताललाई पत्र पठाउदैँ यस्तो निर्देशन दिएको छ । मन्त्रालयले एक चिकित्सक एक स्वास्थ्य संस्था नीति कार्यान्वयनमा ल्याउन पत्रमार्फत भनेको हो ।

  • विहिबार ५३४ संक्रमित थपिए, ५ जनाको मृत्यु

    विहिबार ५३४ संक्रमित थपिए, ५ जनाको मृत्यु

    काठमाडौं । विहिबार मुलुकमा ५३४ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । ४,१५२ परीक्षण गर्दा ती संक्रमित भेटिएका हुन् ।

    १५७ जना निको भएका छन् भने ५ जनाको मृत्यु भएको छ ।

    कूल संक्रमित संख्या २ लाख ८२ हजार ५४ पुगेको छ । कूल मृत्यु संख्या ३,०६६ पुगेको छ ।

  • कोरोना संक्रमण बढेपछि नेपालगञ्जका विद्यालय एक साता बन्द

    कोरोना संक्रमण बढेपछि नेपालगञ्जका विद्यालय एक साता बन्द

    बाँके । कोरोना भाइरस संक्रमण बढेपछि नेपालगञ्ज उपमहानगरपालिकामा शुक्रबारदेखि शैक्षिक संस्था बन्द हुने भएका छन् ।

    नेपालगञ्ज उपमहानगरपालिका विपद् व्यवस्थापन समितिको आज बसेको बैठकले नेपालगञ्जमा पछिल्लो समय कोभिड सङ्क्रमण उच्चगतिमा बढेपछि उपमहानगरपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्था एक साताका लागि बन्द गर्ने निर्णय गरेको उपप्रमुख उमा थापामगरले जानकारी दिए ।

    नगरप्रमुख डा धवलशम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले जिल्लाभरका सम्पूर्ण शैक्षिक संस्था बन्दका लागि जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकमा प्रस्ताव लैजाने निर्णय गरेको छ । बैठकले भारतबाट आउनेहरूको सीमानाका जमुनाहमा स्वास्थ्य परीक्षण तथा एन्टिजेन परीक्षणका लागि थप कडाइ गर्ने निर्णय गरेको छ ।

    मास्क अनिवार्य लगाउनेलगायत स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गर्दै बैठकले बजार अनुगमनलाई पनि कडाइ गर्ने निर्णय भएको छ । मास्क नलगाई कारोबार गर्ने पसल व्यवसाय कम्तीमा एक साताका लागि बन्द गर्ने निर्णय समितिको छ । घरबाहिर मास्क नलगाई आवागमन गर्नेलाई कारवाही गर्न बैठकले माग गरेको छ ।

    कोरोना भाइरस सङ्क्रमण तीव्रगतिमा फैलिएपछि मास्क नलगाई सडकमा निस्कनेलाई मास्क अनिवार्य प्रयोग गर्न लगाउन आग्रह गरिएको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए। छिमेकी मुलुक भारतमा तीव्ररूपमा सङ्क्रमण बढेकाले त्यसको प्रत्यक्ष असर बाँकेमा परेको छ ।

    कोरोना सङ्क्रमणदर अस्वाभाविकरूपमा बढे पनि स्वास्थ्यका मापदण्ड कार्यान्वयनमा बेवास्थाका कारण विगतमा जस्तै फेरि बाँके कोरोना सङ्क्रमणको केन्द्रविन्दु बनेको छ ।

    प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सरोकारवाला सबैसँग बैठक गरी कोरोना सङ्क्रमणविरुद्ध सबै एक भएर अभियान सञ्चालन गरिने बताए । ‘म आज मात्रै जिल्लामा आएको छु, आजै नेपालगञ्ज उपमहानगरपालिका सङ्क्रमण रोकथामका लागि आवश्यक छलफल गर्न बैठक गर्दैछौँ’, प्रमुख जिल्ला अधिकारी गेलालले भने, ‘भोलिसम्म सबै स्थानीय तहसँग आवश्यक छलफल गरी आइसोलेशन र क्वारेन्टिन सञ्चालनका विषयमा निर्णय हुनेछ ।’

  • १४ जिल्ला कोरोना अति संवेदनशील घोषणा, सात बजेपछि सार्वजनिक ठाउँमा भीडभाड नगर्न आग्रह

    १४ जिल्ला कोरोना अति संवेदनशील घोषणा, सात बजेपछि सार्वजनिक ठाउँमा भीडभाड नगर्न आग्रह

    काठमाडौंं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकका १४ जिल्लालाई कोरोनाबाट अति संवेदनशिल क्षेत्र घोषणा गर्दै ती क्षेत्रमा भीडभाड नगर्न सार्वजनिक अपिल जारी गरेको छ ।

    सह–प्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तीमा ती जिल्लाका रेष्टुरेन्ट, क्लब, खेलकुद, जीम, सार्वजनिक पूजाआजा, जात्राहरु, सभा, सम्मेलन बैठक तथा भेलाहरु, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्वीमिङ पुलमा सहभागि नभैदिनको लागि आग्रह गरिएको छ ।

    मन्त्रालयमा विहिबार बसेको सचिवस्तरीय बैठकले यस्तो निर्णय गरेको हो । बैठकले कोभिड-१९ संक्रमणबाट जोगिन संवेदनशिल बन्न आग्रह गर्दै जनस्वास्थ्यका मापदण्डमा कडाइ गर्न भनेको छ ।

    साथै होटलमा बसोबास गर्ने पाहुनाहरु र विदेशी नागरिकहरुको सूचि तयार गर्न भनिएको छ । नियमितरुपमा अस्पतालमा आइरहेका सेवाग्राहीलाई कोभिड-१९ संक्रमण पुष्टि भएमा मात्रै अन्य अस्पतालमा पठाउन भनिएको छ ।

    सबै सरकारी अस्पताललाई कोभिड–१९ संक्रमितलाई व्यवस्थापन गर्न तोकिएअनुसार निःशुल्क सेवा प्रवाह गर्नको लागि आग्रह गरिएको छ । नीजि प्रयोगशाला तथा अस्पतालले कोरोना परीक्षण तथा उपचारका लागि तोकिएको शुल्क अनुसार उपचार गर्न भनिएको छ ।

    साथै, बालबालिका, गर्भवती, सुत्केरी महिला, अपांगता भएका व्यक्तिहरु, ज्येष्ठ नागरिकहरुको लागि उपचारमा प्राथमिकता दिन समेत बैठकले आग्रह गरेको छ ।

     

     

  • चिनियाँ खोप लगाउन भारतीय व्यापारी काठमाडौंमा

    चिनियाँ खोप लगाउन भारतीय व्यापारी काठमाडौंमा

    काठमाडौं । बीसभन्दा बढी भारतीय व्यापारीले राजधानीको टेकु अस्पतालमा कोभिड-१९ विरुद्धको चिनियाँ खोप भेरोसेल लगाएका छन् । चीनमा व्यापार गरेको कार्डका आधारमा अस्पतालले उक्त खोप लगाइदिएको हो ।

    तर, उनीहरु भारतीय नागरिक रहेको पुष्टि भएपछि टेकु अस्पतालले अन्य भारतीयलाई खोप लगाउने कार्यमा रोक लगाएको छ । बुधबार थप ३० जना भारतीय खोप लगाउन टेकु पुगेपनि अस्पतालले नागरिकता मागेपछि उनीहरुले नागरिकता ल्याउन नसक्ने बताएका थिए ।

    टेकुसहित राजधानीका अन्य अस्पतालले पनि चिनियाँ खोप लगाएको हुनसक्ने अनुमान गरिएको छ । चीन प्रवेश गर्न चिनियाँ खोप लगाएको प्रमाण अनिवार्य हुनुपर्ने भएपछि भारतीय व्यापारी नेपाल आएका हुन् । अहिले भारतमा चिनियाँ खोप प्रयोगको लागि अनुमति छैन ।

    चीनबाट सामान आयात गर्ने भारतीय व्यापारी जहाज चढेर काठमाडौं आउन लागेपछि टेकु अस्पतालले गैरनेपालीलाई खोप दिन नसकिने बताएको हो । अस्पताल निर्देशक राजभण्डारीले भारतीयले खोप लगाएको पाइएपछि बुधबारदेखि अस्पतालको खोप सेवा रोकिएको बताए ।

    सरकारले चीनमा अध्ययन गर्ने विद्यार्थी, सीमापार व्यापार गर्नेलाई खोपको प्राथमिकतामा राखेको छ । चीनले अनुदानमा उपलब्ध गराएको आठलाख खोपलाई अहिले सरकारले दोस्रो चरणको खोप अभियानमा प्रयोग गरिरहेको छ । बुधबारसम्म ५३ हजार ९४१ जनाले खोप लगाइसकेका छन् ।

    चीनले भिसाको लागि भेरोसेल खोप अनिवार्य गरेपछि अहिले टेकु अस्पताल लगायतमा चिनियाँ खोप लगाउन जान चाहनेको भीड छ । बैशाख ५ गतेसम्म चिनियाँ खोप लगाउन सकिने तालिका छ । बैशाख ७ गतेदेखि सरकारले पहिलो चरणमा कोभिसिल्ड खोप लगाइसकेकालाई दोस्रो चरणको खोप प्रदान गर्दैछ ।

  • दिल्लीमा कर्फ्यू घोषणा, लकडाउनको विकल्प नरहेको चेतावनी

    दिल्लीमा कर्फ्यू घोषणा, लकडाउनको विकल्प नरहेको चेतावनी

    काठमाडौं । नयाँ भेरियन्टको कोरोना भाइरस संक्रमण नियन्त्रणबाहिर जान लागेपछि भारतको राजधानी दिल्लीमा कर्फ्यू घोषणा भएको छ ।

    दिल्ली सरकारका मुख्यमन्त्री अरविन्द केजरीवालले शुक्रवारदेखि सोमवारसम्म कफ्र्यु घोषणा गरेका हुन । कर्फ्यू शुक्रवार रााति १० बजेबाट लागु हुने बताइएको छ ।

    मुख्यमन्त्री केजरीवालले कोभिडविरुद्ध लड्न लकडाउन सबैभन्दा उपयुक्त विकल्प रहेको बताएका छन्  ।

  • पूर्वराजा सहभागी मेलामा सयौंलाई कोरोना पुष्टि, भारतमा बिहीबार २ लाख संक्रमित

    पूर्वराजा सहभागी मेलामा सयौंलाई कोरोना पुष्टि, भारतमा बिहीबार २ लाख संक्रमित

    दिल्ली । भारतमा विहिबार एकैदिन झन्डै २ लाख जना मानिस कोरोनाभाइरसबाट संक्रमित भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार भारतको कूल संक्रमित संख्या १ करोड ४० लाख पुगेको छ ।

    विहिबार २ लाख ७३९ जना संक्रमित थपिएका हुन् । ९३ हजार ५२८ जना निको भएका छन् । १४ लाख ७१ हजार सक्रिय संक्रमित छन् । विहिबार एकैदिन भेटिएको यो संख्या महामारीयताकै सक्रिय संक्रमित संख्या हो ।

    महाराष्ट्र, उत्तर प्रदेश, छत्तिसगढ, दिल्ली, मध्यप्रदेश, कर्नाटका, केरला, तामिलनाडु, गुजरात र राजस्थान सबैभन्दा बढी प्रभावित छन् । राजधानी दिल्लीमा मात्र १७,२८२ संक्रमित थपिएका छन् । संक्रमित राज्यमध्ये महाराष्ट्रमा मात्र ६३ प्रतिशत रहेको जनाइएको छ ।

    पूर्वराजा सहभागी कुम्भमेलामा सयौं संक्रमित

    नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह सहभागि हरिद्धारको कुम्भमेलामा नौ बरिष्ठ सन्तसहित सयौं भक्तजनमा कोरोना संक्रमण पुष्टि भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

    शाहले उक्त मेलामा मंगलबार गंगा नदीमै डुबेर शाहीस्नान समेत गरेका थिए । उक्त मेलामा सामाजिक दूरी पालना गर्न व्यवहारिकरुपमा कठिनाइ भएको र सयौं संक्रमित पाइएको स्थानीय प्रहरीले जनाएको छ ।

    दुई दिनसम्म चलेको उक्त मेलामा ३० लाखभन्दा बढीले गंगास्नान गरेको जनाइएको छ । भारतमा भाइरसको संक्रमण ह्वात्तै बढिरहँदा गंगास्नान आयोजना गरिएको भन्दै सरकारको आलोचना भैरहेको छ ।

    पूर्वराजाले स्नानपछि हरिद्वार पुगेर बाबा रामदेवलाई भेटेका थिए ।

  • कोशी कोभिड अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु

    कोशी कोभिड अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु

    विराटनगर। विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत कोरोना भाइरस सङ्क्रमित एक जना महिलाको मृत्यु भएको छ ।

    विराटनगर महानगरपालिका–४ बरगाछीकी ४६ वर्षीया महिलाको आज बिहान ४ः३० बजे निधन भएको हो । अस्पतालका निमित्त संयोजक एपोलो भगतका अनुसार मृतक महिला उपचारका लागि नोबेल अस्पताल पुगेकी थिइन् । पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि उनलाई उपचारका लागि नोबेलले बुधबार दिउँसो कोसी कोभिड अस्पताल रेफर गरेको थियो।

    भगतलेर गम्भीर अवस्थामा हिजो दिउँसो ४ बजेतिर अस्पतालमा भर्ना गरेर उपचार थालिए पनि बचाउन नसकिएको जानकारी दिए । उनले शव व्यवस्थापनका लागि पहल भइरहेको बताए ।

    मृतक महिलाका श्रीमान पनि कोरोना सङ्क्रमित छन् । परीक्षण रिपोर्ट पोजिटिभ आएका उनको पनि अहिले कोसी कोभिड–१९ उपचार केन्द्रमै उपचार भइरहेको छ ।

  • आज ५२ जना बालबालिकामा नयाँ कोरोना पुष्टि, ललितपुरमा कोरोनाको दोहोरो प्रजाति भेटियो

    आज ५२ जना बालबालिकामा नयाँ कोरोना पुष्टि, ललितपुरमा कोरोनाको दोहोरो प्रजाति भेटियो

    काठमाडौं । बुधबार भेटिएका कूल ६०३ जना कोरोना संक्रमितमध्ये ५२ जना १७ वर्षमुनिका बालबालिका भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    नियमित प्रेस ब्रिफिङमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले कोरोनाको नयाँ प्रजाति देशव्यापी रुपमा फैलिएको बताए ।

    शिक्षण संस्था कोरोनाको हटस्पट बनेको भन्दै उनले लकडाउन गर्नुपर्ने परिस्थिती आउन नदिनेतर्फ सबै सचेत हुनुपर्ने बताए । काठमाडौं, पोखरा, भक्तपुर, नुवाकोट र दार्चुलामा समेत यूके भेरिएन्ट फैलिएको उनले जनाए ।

    पहिलोपटक ललितपुरमा डबल म्युटेन्ट कोरोनाभाइरस पत्ता लागेको जानकारी पौडेलले दिए । उनले यूके भेरिएन्टका कारण नयाँ प्रजातिको कोरोना फैलिएको बताउँदै स्वास्थ्य सावधानी नअपनाए कठिन परिस्थिती आउन सक्ने चेतावनी दिए ।

  • बुधबार कोरोना संक्रमण ६ सय नाघ्यो, सक्रिय संक्रमित ४ हजार माथि

    बुधबार कोरोना संक्रमण ६ सय नाघ्यो, सक्रिय संक्रमित ४ हजार माथि

    काठमाडौं । बुधबारदेखि कोरोनाभाइरस संक्रमित संख्या ६ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वितेको २४ घण्टामा ६०३ जना संक्रमित थपिएका छन् ।

    ५८० पीसीआर र २३ एन्टीजेन परीक्षण गर्दा ती संक्रमित भेटिएका हुन् । सक्रिय संक्रमित संख्या ४,०५६ पुगेको छ । काठमाडौं उपत्यकामा मात्र २५४ जना संक्रमित भेटिएका छन् ।

    बितेको २४ घण्टामा १२९ जना डिस्चार्ज भएका छन् । ८० जना आइसीयू र २५ जना भेन्टिलेटरमा छन् । देशभर ७९ जना क्वारेन्टिनमा छन् ।

  • भारतमा आज १ लाख ८४ हजार संक्रमित थपिए, मुम्बईमा दुई साता लामो लकडाउन घोषणा

    भारतमा आज १ लाख ८४ हजार संक्रमित थपिए, मुम्बईमा दुई साता लामो लकडाउन घोषणा

    मुम्बई । भाइरस संक्रमण ब्यापकरुपमा फैलिएपछि बुधबारदेखि भारतको महाराष्ट्र राज्यमा दुई साताका लागि लकडाउन घोषणा गरिएको छ ।

    मंगलबार भिडियो सम्बोधन गर्दै मुख्यमन्त्री उद्धव ठाकरेले बुधबार साँझदेखि १५ दिनका लागि राज्यभर कडा लकडाउन गर्ने घोषणा गरेका हुन् । कोरोनाभाइरस नियन्त्रणका लागि गठित कार्यदलसँगको छलफलपछि ठाकरेले लकडाउन घोषणा गरेका हुन् ।

    भारतमा बुधबार १ लाख ८४ हजार संक्रमित थपिएका छन् । भारतको कूल संक्रमित संख्या १ करोड ३८ लाख पुगेको छ । २४ घण्टामा १,०२७ जनाको मृत्यु भएको छ ।

    भारतले अमेरिकी खोपहरु फाइजर र जोन्सन एन्ड जोन्सनलाई आपतकालिन प्रयोगका लागि अनुमति दिएको छ ।

  • एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी

    एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड-१९ को सङ्क्रमण बढ्न थालेपछि काठमाडौँलगायत देशका ठूला शहरी क्षेत्रका विद्यालय एक महिना बन्द गर्ने तयारीमा सरकार रहेको बताएका छन ।

    स्वास्थ्य पत्रकार मञ्च, नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले नयाँ खालको भाइरस बढ्दै गएपछि एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्नेबारे मन्त्रिपरिषद् बैठक र कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)मा समेत छलफल गरिएको जानकारी दिए ।

    ‘शहरी क्षेत्रमा कम्तीमा एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्ने कि भन्ने तयारी छ’, उनले भने, ‘अनलाइनबाट कक्षा सञ्चालन गर्दा सात–आठ लाख विद्यार्थी घरमै रहेर पढ्ने र त्यसले २० प्रतिशत आवतजावतमा कमि आउने देखिएको छ ।’

    मन्त्री त्रिपाठीले अहिलेको नयाँ भाइरस (भेरियन्ट) युवा र बालबालिकामा पनि देखिएकाले डर लाग्दो रहेको बताए । ‘१८ वर्षभन्दा मुनिका बालबालिकाका लागि खोप विकास भएको छैन’, उनले भने, ‘अहिले देखिने भाइरस बालबालिकामा पनि सर्ने भएको र उनीहरुलाई खोपसमेत लगाउन नमिल्ने भएकाले सङ्क्रमण दर फैलिन सक्ने सम्भावनालाई ध्यानमा राखेर अनलाइन कक्षा सञ्चालन गर्नुपरेको छ ।’

    ६ लाख पुग्ने प्रक्षेपण

    मन्त्री त्रिपाठीले अहिलेको अवस्थामा सङ्क्रमण बढ्दै गए असारको अन्तिमसम्म ६ लाख सङ्क्रमित पुग्ने प्रक्षेपण गरिएको जानकारी दिए । ‘अहिले सङ्क्रमण बढिरहेको अवस्थामा दैनिक ११ हजार र असारसम्म ६ लाख सङ्क्रमित पुग्ने प्रक्षेपण गरिएको छ’ उनले भने ।

    उनले सङ्क्रमण बढ्न नदिनका लागि सीमा नाकाबाट आउनेको परीक्षण गर्ने र सङ्क्रमण देखिएपछि आइसोलेशन सेन्टरमा राखिने बताए । उनले नेपाल भारतको मुख्य सीमा नाकामा एक हजार अट्ने खालको होल्डिङ सेन्टर राख्ने निर्माण गर्ने कार्य भइरहेको जानकारी दिए । उनले बन्दाबन्दी अवस्था आउनुभन्दा अगाडि नै रोकथाम र नियन्त्रण गरिने गरी तयारी गरिएको बताए । ‘गत वर्षदेखिको अनुभव र भौतिक पूर्वाधारको तयारीले हामी बन्दाबन्दीमा नगइकन रोकथाम र नियन्त्रण गर्न सक्षम छौं’ उनले भने, ‘मुलुकलाई बन्दाबन्दीसम्म पुग्न दिदैनौ ।’

    मन्त्री त्रिपाठीले सङ्क्रमणको दर बढ्दै गएकाले काठमाडौं उपत्यकामा रहेका अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन दिइएको जानकारी दिँदै पहिलेको भाइरसले एक जनाबाट ६ जनामा सङ्क्रमण सारे पनि अहिलेको नयाँ भाइरसले एक जनाबाट ४० जनामा सङ्क्रमण सार्न सक्ने बताए । उनले अर्थतन्त्रभन्दा जनताको जीवन ठूलो भएकाले सरकारले जनताको जीवनलाई महत्वपूर्ण मानेर रोकथाम र नियन्त्रण गरिने बताए ।

    भारतमा सङ्क्रमण बढेकाले खोप आउन ढिलाइ

    मन्त्री त्रिपाठीले भारतमा सङ्क्रमण ह्वात्तै बढेकाले कोभिड-१९ को खोप आउन ढिलाइ भएको जानकारी दिए । ‘खोप उत्पादक कम्पनीको स्थानीय एजेन्टले बिना लगानी १० प्रतिशत कमिशन मागेपछि २५ दिन ढिला भयो’, उनले भने, ‘तर सम्झौता हुने बेला भारतमा सङ्क्रमण बढेपछि त्यहाँका सरकारले आयात रोकिएका कारण नेपालमा खोप आउन सकेन ।’ उनले चाँडै नै १० लाख मात्रा खोप ल्याउने जानकारी पनि दिए ।

    स्वास्थ्य सचिव चाँडै

    मन्त्री त्रिपाठीले मन्त्रालयले स्वास्थ्य सचिव पनि चाँडै नियुक्त गरिने जानकारी दिए । उनले मन्त्रालयमा रहेकोे स्वास्थ्य सचिवको दरबन्दी अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा गएकाले नियुक्तीमा ढिलाइ भएको जानकारी दिए। ‘पहिले यहाँ रहेको स्वास्थ्य सचिवको दरबन्दी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा गएको छ’ उनले भने, ‘अब त्यो दरबन्दी यहाँ ल्याएर स्वास्थ्य सचिव हामी १०/१५ दिनमा नियुक्त गर्नेछौ ।’

  • मंगलबार ५१७ जना संक्रमित थपिए, ५ जनाको मृत्यु

    मंगलबार ५१७ जना संक्रमित थपिए, ५ जनाको मृत्यु

    काठमाडौं । मंगलबार नेपालमा ५१७ जना कोरोना संक्रमित थपिएका छन् भने ५ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार ५,२०३ परीक्षणमा १५३ जना निको भएका छन् ।

    कूल संक्रमित संख्या २ लाख ८० हजार ९८४ पुगेको छ । मृतक संख्या ३०५८ पुगेको छ । खोप लगाउनेको संख्या १ लाख ८५ हजार ५७० पुगेको छ ।

  • कोरोनाबाट बच्दै नयाँवर्ष मनाउन सरकारको आग्रह

    कोरोनाबाट बच्दै नयाँवर्ष मनाउन सरकारको आग्रह

    काठमाडौं । सरकारले कोरोनाभाइरस संक्रमणबाट बच्दै नयाँवर्ष मनाउन देशवासीलाई आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले विज्ञप्ती जारी गर्दै भीडभाड नगरिकन नयाँवर्ष मनाउन आग्रह गरेको हो ।

    यसवर्षको नयाँवर्ष संकल्पको रुपमा महामारीबाट सुरक्षित हुनुपर्ने कुरालाई लिन पनि मन्त्रालयले आग्रह गरेको छ । स्यानिटाइज, मास्क र सोसल डिस्टेन्स (एसएमएस) विधिलाई पालना गर्न भनिएको छ ।

    कोरोनाको यूके भेरिएन्ट फैलिएको भन्दै मन्त्रालयले सतर्क हुन भनेको हो ।

  • कैलाली र कञ्चनपुरका थपिए २० संक्रमित

    कैलाली र कञ्चनपुरका थपिए २० संक्रमित

    कैलाली । कैलाली र कञ्चनपुरका थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    मङ्गलबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ४९ जनाको परीक्षणमा २० जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।

    कैलालीको धनगढी उपमहानगरपालिका भित्रका १७ जनामा संक्रमण पुष्टि भएको छ । कैलालीकै भजनी नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको छ ।

    कञ्चनपुरको बेलौरी नगरपालिका १ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

  • हामीले कोभिड संक्रमितको उपचार गर्‍यौं, हामीलाई कसले पो हेर्‍यो र ?

    हामीले कोभिड संक्रमितको उपचार गर्‍यौं, हामीलाई कसले पो हेर्‍यो र ?

    चैत १२ गते कोभिड-१९ का कारण सरकारले लकडाउन लगाएको एक बर्ष पुग्यो । एक बर्ष पूरा हुँदै गर्दा फेरी कोरोना संक्रमणको दोस्रो लहरले हामीलाई लपेट्ने हो की भन्ने त्रास बढाएको छ । भारत लगायतका कतिपय देशमा कोरोनाको दोस्रो लहर तीब्र रुपमा फैलिदै गएको छ । भारतसँग तीन तिर खुल्ला सिमाना जोडिएको कारणले नेपालमा पनि यसको जोखिमको दर उच्च छ ।

    यो लेख तयार पार्दै गर्दा पछिल्लो २४ घण्टामा नेपालमा ५ सय ५९ जनामा कोरोना पुष्टि भएको छ । कुल संक्रमितको संख्या २ लाख ८० हजार ५ सय २४ जना पुगेको छ । पछिल्ला केही घण्टामा १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ हजार ५३ पुगेको छ ।

    सीमावर्ती क्षेत्रमा कोरोना संक्रमणको दर बढेको सूचनाहरु आइरहेका छन् । कोरोना संक्रमणबाट विश्वभर १३ करोड ७२ लाख भन्दा बढि मानिसहरु संक्रमित बने भने यो बीचमा २९ लाख ५८ हजार मानिसहरुले ज्यान गुमाए । २४ लाख मानिसहरु अहिले पनि संक्रिय संक्रमित छन् । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८० हजार २८ जना पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ९ सय ६१ जना सक्रिय संक्रमित छन् । नेपालमा पीसीआर परीक्षण हुनेको संख्या २३ लाख १२ हजार ९ सय १ पुगेको छ । कोरोना संक्रमित मृतकको संख्या ३ हजार ४० पुगेको छ । कोरोनासँग फ्रन्टलाइनमा लड्ने दजनौ स्वास्थ्यकर्मीले ज्यान गुमाए । गतबर्ष यो समयमा कोरोनाले विश्वव्यापी रूपमा सारा विश्वलाई आक्रान्त पार्न सुरु गरेको थियो । विश्वका दर्जनौं देशहरूका कोरोनाले उपस्थिती जनाउन थाल्यो ।

    स्वभाविक रूपमा त्यसबाट भारतसँग तीनतिर खुल्ला सिमाना भएको नेपाल, ठूलो संख्या भारतसहित तेस्रो मूलुकमा रोजगारीका लागि गएका युवापंक्ति भएकोले कोरोनालाई रोक्न सक्ने अवस्था रहेन । सुरुमा त कोरोना ठूलो हाउगुजीजस्तो भयो । नयाँ भाइरस भएकोले यसका बारेमा थोरै मात्रै ज्ञान र अध्ययन भएकोले स्वास्थ्य क्षेत्रसमेत यसबाट त्यति जानकार भएन ।

    अहिले फेरी नयाँ भेरिएन्टको भाइरस फैलिएको भन्ने छ । कोरोना संक्रमितहरू थपिदै जाने, मृत्युदर उच्चहुँदै जाने, सम्पर्कमा रहेका जतिलाई सर्ने खतरा हुने भएकोले त्रास स्वभाविक नै थियो । घरमा नै सुरक्षित बस्न सक्ने र रहनेहरु त जोगिन सक्थे होलान् तर हामी स्वास्थ्यकर्मीहरू कोरोना संक्रमितको उपचारबाट भाग्न सक्ने अवस्था छैन ।

    विगतको स्मरण

    गत बर्ष चैत महिनाबाट फैलिएको कोरोनाभाइरसको त्रास अहिले फेरी सुरु भएको छ । विश्वव्यापी रूपमा फैलिएको यो संकटको विरुद्ध हामीले पहिलो पंक्तिमा उभिएर लड्नुपर्ने र जनताको जीवन जोगाउनुपर्ने ऐतिहासिक काम र दायित्व पक्कै पनि हाम्रो नै थियो ।

    देशभरका स्वास्थ्यकर्मी, स्वास्थ्य संस्था, मेडिकल कलेजहरू विना कुनै गुनासो कोरोनाविरुद्धको लडाईको ‘मृत्युकुण्ड’मा हेलिन तयार भए । आफूभन्दा पनि पहिला जनतालाई प्राथमिकतामा राखेर काम गर्‍यौं । कोभिडविरुद्ध लड्न सरकारका प्रयासहरु आफ्नै थिए होलान् । त्यसप्रति खासै टिप्पणी छैन । यसबीचमा नीजि स्वास्थ्य संस्थामाथिको राज्यको विभेद यसपटक पनि विर्सन लायक पक्कै बन्यो । नीजि स्वास्थ्य संस्थालाई एउटा पीपीई पनि नदिई कोरोना संक्रमितको उपचार निःशुल्क गर्न भन्यो सरकारले ।

    तथापी चुपचाप संकटको बेलामा आफैँले सुरक्षा सामाग्रीहरुको व्यवस्थापन, जोहो गरेर स्वास्थ्यकर्मीहरुको मनोवललाई उच्च बनाउँदै कोरोना संक्रमित जनताको उपचारमा नीजि स्वास्थ्य संस्था पनि अग्रभागमा जुटे । समग्र देशभरीको तथ्यांकलाई नियाल्ने हो भने सरकारी स्वास्थ्य संस्थाकै हाराहारीमा नीजि स्वास्थ्य संस्थाहरुले कोरोना संक्रमितको उपचार गरेका छन् ।

    चितवन मेडिकल कलेजले के गर्‍यो ?

    कोरोना संक्रमण चितवनमा पनि देखिने जोखिम उच्च भएपछि भरतपुर महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्लाका अन्य सरकारी तथा नीजि स्वास्थ्य संस्थाहरूको पहलमा चितवन उद्योग संघको परिसरका भरतपुर कोरोना अस्थायी अस्पताल खोल्ने र त्यसमा सहयोग गर्ने काममा चितवन मेडिकल कलेज अग्रपंक्तिमा देखियो । हामी सबैको उद्धेश्य थियो, कोरोना संक्रमितहरू, सामान्य लक्षण भएकाहरूको उपचार त्यहाँ गर्न सकियोस् ।

    कोभिड र नन्कोभिडका बिरामीहरूलाई छुट्टाएर उपचार गराउँदा त्यसले संक्रमण थप बढाउँदैन भन्ने विश्वास हामीलाई थियो । चितवन मेडिकल कलेजका तर्फबाट हामीले २० थान बेड, भेन्टिलेटर सहयोग गरेका थियौं । भरतपुर कोभिड ल्यावमा ४ जना दक्ष प्राविधिकहरू खटाएर सहयोग गर्‍यौं ।

    कोरोनाका गम्भिर बिरामी बढ्दै जाँदा अस्पतालहरूमा नै राख्ने तर अन्य अवस्थाका बिरामीलाई यहीँ नै राखेर उपचार गर्ने मनासय खासै सफल भएन । अन्ततः हामी आफैंले उपचार नगरी नहुने अवस्था तयार भयो । कलेजले परिसरमा नै ज्वरो क्लिनिकसहित ३ भेन्टिलेटरसहित ५ बेड आइसियू र ७ बेड आइसोलेसन बनायो । त्यहाँ चौविसैं घण्टा स्वास्थ्यकर्मीहरुलाई खटाउने कामभयो ।

    स्वास्थ्य मन्त्रालयले गत साउन ३० गते एक सूचना जारी गर्दै कोरोना पोजेटिभ देखिएका बिरामीलाई सम्बन्धित अस्पतालमा नै राखेर उपचार गर्न निर्देशन दियो तर त्यस अगावै हामीले उपचार थाल्यौं । यस कलेजले ७५० बेड मध्ये २२० बेड कोरोना संक्रमितको उपचारका लागि छुट्टायो । त्यस मध्ये कोभिड वार्डमा ८४, कोभिड आइसियू ७३ र आइसोलेसन ६३ वेड सञ्चालन गर्‍यो । यति धेरै संख्यामा बेड छुट्टाएको सम्भवतः सीएमसी नै पहिलो र ठूलो अस्पताल हो भन्ने हाम्रो दावी छ ।

    क) कोभिडल्याव : चितवनमा कोरोना परीक्षण गर्न सरकारी तवरबाट खुलेको भरतपुर कोभिड ल्याब मात्रै थियो । त्यहाँ स्वाबका नमूनाहरु थुप्रिने अवस्था थियो । एक सातासम्म पनि परीक्षण रिर्पोट नआउने, विभिन्न १२/१४ जिल्लाबाट नमूनाहरु ल्याउने हुँदा निकै समस्या परिरहेको सन्र्दभमा सरकारले नीजि प्रयोगशालामा पनि कोरोना परीक्षण गराउने नीति लियो । सोही अनुसार चितवन मेडिकल कलेज भरतपुरले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुबाट पीसीआर परीक्षण गर्ने अनुमति पायो ।

    भरतपुर महानगरपालिका वडा. ५ कैलाशनगरमा खोलिएको कोरोना परीक्षण ल्यावबाट हालसम्म ३१ हजार ४ सय १५ जनाको कोरोना परीक्षण भैसकेको छ । ती मध्ये ६ हजार ४ सय ४४ जनामा संक्रमण पुष्टि भयो । कलेजले पाँच करोड चालिस लाखको लगानीमा अत्याधुनिक प्रविधिसहितको ल्याव तयार गरेको हो । एक सिफ्टमा चार सय जनाको दरले दैनिक १२ सय जनासम्मको नमूना परीक्षण गर्न सकिन्छ ।

    यसले चितवनमा कोरोना परीक्षणको नमूना दिएका व्यक्तिहरुलाई नतिजाका लागि १ सातासम्म कुर्नपर्ने बाध्यताको अन्त्य मात्रैं भएन, परीक्षणको दायरालाई फराकिलो बनाउन मद्दतसमेत पुग्यो । साथै कोरोना भए नभएको यकिन गर्न एन्टिजेन परीक्षणको समेत व्यवस्था हामीले मिलायौं ।

    ख) विभिन्न स्थानीयतहका अस्पतालहरुलाई सहयोग : लक्षण नदेखिएको कोरोना संक्रमित तथा आइसोलेसनमा राख्न आवश्यक बेडहरु हामीले जिल्लाका विभिन्न स्थानीय तहलाई सहयोग गर्‍यौं । माडी नगरपालिकालाई १० वेड, भरतपुर महानगरपालिका वडा नंं ५ मा क्वारेन्टाइन बनाउन १० वेड सहयोग गर्‍यौं ।

    एक हजार पाँचजना कोरोना संक्रमितको उपचार

    चितवन मेडिकल कलेज सबैभन्दा बढि कोरोना संक्रमितहरूको उपचार गराउने अस्पताल बनेको छ । यस कलेजले यो अवधिमा एक हजार पाँचजना संक्रमितको उपचार गर्‍यो । त्यसमा ५३९ जना पुरुष र ४६६ जना महिला रहेका थिए ।

    सबैभन्दा धेरै ९३ जना गम्भिर प्रकृतिका कोरोना संक्रमितले चितवन मेडिकल कलेजमा नै उपचार सेवा लिए । कोभिडकै बीच पनि हाम्रो कलेजका कुनै पनि सेवा रोकिएनन् । संक्रमित २३ जनाको अप्रेशन भयो । संक्रमितको मुटुमा स्टेन्ट राख्ने कामसमेत भयो । चितवनका मात्रै नभई नवलपरासी, गोरखा, लमजुङ, तनहुँ, मकवानपुर, बारा, पर्साका संक्रमितहरूसमेत उपचारका लागि आए । सामान्य अवस्थामा बिरामी आफ्नोमा तान्न मरिहत्ते गर्ने, अनावश्यक प्रतिस्पर्धा र होडबाजी गर्ने तर संकटका बेलामा बिरामी अन्यत्र पन्छाउनेहरू पनि भेटिए ।

    तर, चितवन मेडिकल कलेजले कहिल्यै पनि संक्रमित बिरामीलाई न त विभेद गर्‍यो न त उपचार नगरी कसैलाई फर्कायो । हामीले सबैको उपचार गर्‍यौं । अन्य अस्पतालमा काम गर्ने चिकित्सकहरु, जिल्लाका नेता, व्यापारीहरू, प्रतिष्ठित व्यक्तिहरुले समेत यसकलेजको उपचारप्रति विश्वास गरेर उपचार गराउनुभयो । उहाँहरू सबैले हामीलाई देखाउनु भएको माया र विश्वासप्रति हार्दिक धन्यवाद दिन चाहन्छु ।

    सबैभन्दा बढि स्वास्थ्यकर्मी संक्रमित :

    कोरोना कहरबाट सबैभन्दा बढि चितवन मेडिकल कलेज र यहाँकाम गर्ने स्वास्थ्यकर्मी तथा कर्मचारीहरु संक्रमित बने । आफ्नो घर, परिवारबाट समेत टाढा भएर बिरामीको उपचारमा खटिने क्रममा ३ सय १२ जना स्वास्थ्यकर्मी तथा कर्मचारी कोरोना संक्रमित भए ।

    अस्पतालले आफ्ना कुनै पनि सेवा कोभिडलाई कारण देखाएर रोकेन । कुनै पनि बिरामीले उपचार गराउन पाउनुपर्छ भन्नेमा हामी दृढ थियौ । एकताका यस्तो अवस्था आयो की अस्पतालका सिनियर चिकित्सक तथा नर्सहरु सबैजसो संक्रमित बने । अब कसरी सेवा सञ्चालन गर्ने भन्ने चुनौतीसमेत खडा भयो ।

    संक्रमितहरूको व्यवस्थापन आफैमा चुनौतीपूर्ण थियो । अस्पतालका भित्ताभित्तामा संक्रमण छ जस्तो अनुभूति हुन्थ्यो । यस्तो अवस्थाका बीच आफ्नो जिम्मेवारीबाट कोही पनि, कहिल्यै पनि पछाडि नहटेर दृढतापूर्वक बिरामीको ज्यान जोगाउने महाअभियानमा हेलिन तयार भयौं । राज्यकातर्फबाट कसैले पनि केही पाएको छैन । आशापनि छैन । कोरोना जोखिम भत्ता अस्पतालले आफ्नो ढंगले जति सक्यो त्यति दियो तर राज्यकातर्फबाट यहाँ पनि विभेद भयो ।

    कोरोना महामारीमा अहोरात्र खट्ने त िस्वास्थ्यकर्मी र कर्मचारीहरुलाई कलेजका तर्फबाट म सलुट र सम्मान गर्न चाहान्छु । उहाँहरूसँग कलेज प्रशासन सधैं ऋणी रहनेछ ।

    खेद्ने कहिलेसम्म ?

    चितवन मेडिकल कलेज देशभित्रका स्वास्थ्य क्षेत्रमा केही गरौं भन्ने उद्देश्यका साथ स्थापना गरिएको हो । ७५० शैय्याको यस अस्पतालले राजधानी काठमाण्डौंबाहिर अतिविशिष्ट सेवा प्रदान गर्दै आएको छ । कलेजले पल्मोनोलोजीक्रिटिकल केयर तथा स्लीप मेडिसिन, कार्डियोलोजी मुटुको सर्जरी, न्यूरो सर्जरी, ग्यास्ट्रोइन्टेरोलोजी, यूरोलोजी, ग्यास्ट्रोइन्टेस्टाइनल सर्जरी, प्लाष्टिक सर्जरी, हेपाटोबेलिरी तथा पेन्क्रियाटाइज, इन्डोक्रायनोलोजी, हेपाटोलोजी तथा लिभर प्रत्यारोपण, बाल सघन पेड्रियाट्रिक्स इन्टेन्सीभिस्ट, डायलाइसिस्, स्पेक्टसिटिजस्ता अतिविशिष्ट सेवा उपलब्ध गराउँदै आएको छ ।

    उपचारका लागि राजधानी जानुपर्ने बाध्यताको अन्त्यका लागि करोडौंको लगानीमा खोलिएको यस कलेजको योगदानलाई सधै नजरअन्दाज गर्ने गरेको पाउँदा दुःख लाग्छ । स्वास्थ्य शिक्षा पढ्नका लागि करोडौ रकम विदेशीने अवस्थालाई रोक्न स्वदेशी लगानीमा बनेका मेडिकल कलेजको योगदान छैन ? एक त स्वदेश छाडेर विदेशमा पढ्न जानुपर्ने अर्कोतिर करोडौं रकम विदेशीने अवस्थामा कमि ल्याउन के हामीले योगदान दिएका छैनौं ?

    राज्यले तोकि दिएको शुल्क लिएर पढाउँदा अनेक आन्दोलन, धम्की र त्रासबाट गुज्रिनुपरेको छ । पछिल्ला बर्षहरूमा बदनाम गराउने, हुर्मत लिने, माफियाको पगरी गुथाउने काम भए । मेडिकल शिक्षा र शूल्क सम्बन्धी जुनसुकै कुरा आउँदा पनि चितवन मेडिकल कलेजलाई मुछ्ने, कलेजको तस्वीरलाई प्रयोग गर्ने, अनावश्यक रुपमा जोड्ने र बदनाम गराउने काम यो बीचमा भए ।

    स्वदेशी लगानी र माटोमा उभिएर नेपाली जनताको माया र विश्वास बटुल्दै अगाडि बढेको यस कलेजको योगदानलाई सधै नजरअन्दाज गर्ने गरिएको छ । प्रेरणा र हौसला प्रदान गर्नु त कता हो कता उल्टै आरोपित गर्ने, बदनाम गर्ने कलेजको अस्तित्वलाई नै समाप्त बनाउने हिसावले गतिविधी गर्दा दुःख पक्कै पनि लाग्छ ।

    राज्यलाई संकट पर्दा समस्या पर्दा सतिशालजस्तैं उभिने नाफा घाटा नहेर्ने हामीजस्ता स्वास्थ्य संस्थालाई राज्यले केही दिएको छैन । २०७२ सालको भूकम्प आउँदा चितवन र यस वरपरका जिल्लाबाट आएका सयौं बिरामीको उपचार र उनीका आफन्तलाई खाना खुवाउने व्यवस्था हामीले मिलायौं । राज्यले निशूल्क उपचार गर्न भन्यो ।

    हामीले गर्‍यौं तर पछि उपचारको रकम भुक्तानीमा गर्दा अहिलेसम्म एक सुको रकम दिएको छैन । कोरोना महामारीको बेलामा आफै संक्रमित बनेर बिरामीको उपचारमा लाग्ने हामीलाई कसले पो सहयोग गरेको छ र ? भरतपुर महानगरपालिकाले केही थान पीपीई बाहेक अन्य सहयोग केही पाइएन । सरकारले कोरोना संक्रमितको उपचार निशुल्क गर्न भन्यो हामीले गर्‍यौं तर अहिलेसम्म रकम दिएको छैन । भूकम्पको जस्तैं सायद हुने होला ।

    बिरामीका लागि सबैभन्दा ठूलो कुरा ज्यान जोगाउनु हो । पैसा छ तर उपचार गर्ने भरपर्दो ठाँउ छैन भने पैसा हुनु र नहुनुको अर्थ के हुन्छ ? कोभिडको बेला चितवन मेडिकल कलेज हुँदैनथ्यो भने अनुमान गर्नुस् त कति मान्छेले अकालमा ज्यान गुमाउने थिए । केही व्यक्तिहरुले अस्पतालमा नै उपचारको क्रममा पनि ज्यान गुमाउनु भएको छ । म उहाँहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्न चाहान्छु ।

    प्रविधि, पद्धती र उपचार गर्ने दक्ष जनशक्तिका हिसावले कुनै पनि कमी हुन नदिँदा पनि बचाउन सकिएन । मृत्युलाई नजिकबाट स्पर्श गरेर नयाँ जीवन कयौं त्यस्ता व्यक्तिहरुलाई एकपटक सोध्नुस् चितवन मेडिकल कलेजले कोभिडका बेलामा कस्तो उपचार दियो भनेर ।

    भरतपुर सरकारी अस्पताल र अन्य नीजि अस्पतालले मात्रै यति धेरै गम्भिर प्रकृतिका कोभिडका बिरामीको उपचार गर्न सक्थे त ? पक्कै पनि सक्ने अवस्था नै थिएन । यदि चितवन मेडिकल कलेज नभएको भए सडकमा नै ज्यान गुमाउनुपर्ने अवस्था आउने थियो । कोभिडका बिरामी देखेपछि वरपर नै नपर्ने त्यो समयमा आगोको भुग्रोमाथि हाम्फालेर बिरामी जोगाएका छौं । तर,यसको कदर त कसैले गर्दैन कहि हुँदैन । धारे हातलगाएर लुटेरा, माफिया भन्दा कसको चित्त दुख्दैन ?

    कोभिडका बेलामा जताततै संकटपर्दा एक जनापनि स्वास्थ्यकर्मी कर्मचारीलाई जागिरबाट निकाल्ने, हातधूने अवस्था आउन दिएनौं । सबैलाई उर्जाका साथ काममा लगाउन सक्यौं । यति लामो राजमार्ग र सहायकमार्गहरुमा हुने सवारी दुर्घटनाका गम्भिर घाइतेहरूको उपचार गरेर हामी कयौं जीवनहरू बचाएका छौ । परिवारमा खुसी दिलाएका छौं । हाम्रो धर्म र कर्म यहीँ नै हो ।

    कुनै तक्मा वा सम्मानको अपेक्षा हामीले राखेका छैनौं । यति हो राज्य सबैको अभिभावक बनोस् । बन्नुपर्छ । चितवन मेडिकल कलेज चितवनवासी जनताको, देशको नै एक साझा सम्पती हो । जनताको स्वास्थ्य उपचारमा चितवन मेडिकल कलेजले पक्कै पनि सानो भए पनि योगदान गरेको छ । संकटका बेला, समस्याका बेलामा कहिल्यै पछाडि हटेको छैन । हट्ने पनि छैनौ । बार्षिक करोडौं रकम बराबरको निशुल्क उपचार गरेका छौं । रकम नभएकै कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्था छैन ।

    दक्ष चिकित्सकसहित अतिविशिष्ट सेवा सोहीअनुसारका उपकरण र प्रविधिलाई भित्राएर अहोरात्र उपचारमा खटेका छौं । हाम्रो यो अभियान निरन्तर जारी रहनेछ । उपचार पद्धतीमा उच्चस्तरीय प्रविधीको प्रयोगलाई आत्म साथगर्दै उपचारमा नागरिकहरुको पहुँचलाई सहज बनाउने, विश्वास जित्ने र संकट एवम् समस्यामा परेका नेपाली जनताको ओठमा परिवारमा खुसी फर्काउने प्रयासमा हामी निरन्तर लागिरहेका छौं ।

    (न्यौपाने चितवन मेडिकल कलेजका अध्यक्ष एवम् प्रवन्ध निर्देशक हुन्)

     

  • भारतद्वारा रुसी खोप ‘स्पुतनिक भी’लाई अनुमति

    भारतद्वारा रुसी खोप ‘स्पुतनिक भी’लाई अनुमति

    नयाँदिल्ली । भारतले कोभिड-१९ विरुद्धको रुसी खोप स्पुतनिक-भी लाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।

    कोभिड सङ्क्रमितको संख्या तिब्र गतिमा बढेसँगै भारतले खोप अभियानलाई गति दिन रुसी खोपलाई अनुमति दिएको खोप उत्पादक कम्पनीले जनाएको छ ।

    भारतमा रुसी खोप उत्पादन र वितरणको जिम्मेवारी लिएको डा रेड्डीज ल्याबोरेटोरिजका सहअध्यक्ष एवं व्यवस्थापन निर्देशक जी.भी. प्रसादले जारी गरेको विज्ञप्तिमा भारतमा स्पुतनिक-भी खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति प्राप्त गरेकामा निकै खुशी लागेको उल्लेख छ ।

    भारतमा हाल सेरम इन्स्टिच्यूटले उत्पादन गरेको अस्ट्राजेनिकाको कोभिसिल्ड र भारत बायोटेकको कोरोनाभ्याकलाई अनुमति दिइएको छ । भारतमा हाल दैनिक कोभिड सङ्क्रमितको संख्या एक लाख बढी छ ।

    रसियन डाइरेक्ट इन्भस्टमेन्ट फन्ड (आरडिआइएफ)को आर्थिक सहयोगमा विकास गरिएको स्पुतनिक भी लाई भारतमा उत्पादन अनुमति दिइएको छ । भारतमा यो खोप ८५ करोड २० लाख डोज उत्पादन हुनेछ ।

    आरडिआइएफका प्रमुख कार्यकारी किरिल डिभिट्रिभले पनि एक विज्ञप्ति प्रकाशन गरी स्पुतनिक खोपलाई भारतमा अनुमति प्राप्त हुनु ज्यादै खुशीको कुरा भएको बताएका छन् ।

    भारतमा हालसम्म करिब एक करोड ८ लाख मानिसलाई खोप दिइसकिएको छ । भारत विश्वकै ठूलो खोप उत्पादक राष्ट्र हो ।

    जुलाईको अन्त्यसम्ममा करिब ३० करोड मानिसलाई खोप दिइसक्ने भारतको महत्वाकाँक्षी योजना छ । तर खोपको कमीले भारतका केही राज्यमा समस्या उत्पन्न भएको छ । भारतले हाल खोप निर्यातमा ढिलाई गरेर आफ्नै देशमा खोप वितरणलाई तिब्रता दिएको छ ।

  • भारतबाट फर्किएका कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु

    पर्सा । कोरोना संक्रमणकै कारण वीरगञ्जमा आज बिहान एक युवकको उपचारको क्रममा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या, उच्च जरो, कडा निमोनियाबाट ग्रसित रहेका युवकको आज बिहान ३ः३० बजे वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

    भारतको हैदरावादबाट नेपाल फर्किएका बाराको जितपुर–सिमरा उपमहानगरपालिकाका–९ छातापिपरा निवासी ३७ वर्षीय पुरुषको चैत २९ गते आरटिपिसिआर रिर्पोट पोजेटिभ आएको थियो ।

    चैत २६ गतेदेखि वीरगञ्जको एडभान्स हस्पिटलमा उपचार गराइरहेका युवकमा सङ्क्रमण पुष्टि भए पनि उनलाई थप उपचारका लागि चैत ३० गते नारायणी अस्पतालमा भर्ना गरिएको अस्पतालका वरिष्ठ फिजिसियन डा निरज सिंहले जनाकारी दिए ।

    स्वास्थ्य अवस्था गम्भीर हुँदै गएका युवकको चिकित्सकको टोलीले रातभरि प्रयास गरे पनि उनको जीवन बचाउन नसकिएको चिकित्सक सिंहको भनाइ छ ।

    यसैबीच नारायणी अस्पतालको प्रयोगशालामा चैत ३० गते ९५ वटा स्वाबको नमूना परीक्षण गर्दा २१ पुरुष र १९ महिला गरी ४० जनामा सङ्क्रमण पुष्टि भएको छ ।

    पुष्टि भएकामध्ये पर्साका ३७ र बाराका तीन सङ्क्रमित रहेको अस्पतालका कोभिड कोडिनेटर डा सरोज रोशन दासले जानकारी दिए। उनले संक्रमितमध्ये १४ देखि २५ वर्ष उमेर समूहका सबैभन्दा बढी रहेको बताए । भेटिएका सङ्क्रमितको सिटी भ्यालु १४ देखि ३५ सम्म रहेको चिकित्सकले जनाएका छन् ।

  • जनस्वास्थ्यको नयाँ मापदण्ड आउँदै, उप-प्रधानमन्त्रीले आज देशबासीलाई अपील गर्ने

    जनस्वास्थ्यको नयाँ मापदण्ड आउँदै, उप-प्रधानमन्त्रीले आज देशबासीलाई अपील गर्ने

    काठमाडौं । मुलुकमा कोरोनाको दोस्रो लहर फैलिएको र यसले स्वास्थ्य जोखिम निम्त्याएको ठहर गर्दै सरकारले जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गर्ने भएको छ ।

    नयाँ मापदण्ड जारी गरेसँगै सार्वजनिक सरोकारका क्षेत्रले अपनाउनुपर्ने नियमहरुको बारेमा समेत सरकारले सार्वजनिकरुपमा देशवासीलाई अपील गर्न लागेको छ ।

    हिजो साँझ बसेको मन्त्रिपरिषदको बैठकले तत्काल कुनै पनि क्षेत्र बन्द गर्ने निर्णय लिनुभन्दा अगाडि जनतालाई कोरोनाको नयाँ प्रजातीबारे पर्याप्त जनचेनता फैलाउने र नयाँ मापदण्डका बारेमा सार्वजनिक अपील गर्ने निर्णय गरेको हो ।

    मन्त्रिपरिषद बैठकमा कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को पछिल्लो प्रस्तावमाथि छलफल भएको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए । सीसीएमसीले शैक्षिक संस्था तीन साता बन्द गर्न प्रस्ताव गरेको थियो ।

    उप-प्रधानमन्त्री एवं सीसीएमसी संयोजक इश्वर पोखरेलले सरकारका तर्फबाट आज मंगलबार सार्वजनिक संचारमाध्यममार्फत देशबासीलाई मापदण्डको पालनाबारे अपील गर्नेछन् । साथै स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र सरकारका प्रवक्ता पार्वत गुरुङले पनि उप(प्रधानमन्त्री पोखरेलसँगै देशवासीलाई मापदण्ड पालनाको लागि संयुक्तरुपमा अपील गर्नेछन् ।

    यूके भेरिएन्ट फैलिएको र जोखिम बढेको परिस्थिति आंकलनसहितको छलफल मन्त्रिपरिषदमा भएको थियो । तर, तत्काल लकडाउन गरिहाल्ने र शैक्षिक संस्था लगायतका कुनै क्षेत्र बन्द गर्ने निष्कर्षमा सरकार पुगिसकेको छैन ।

    संक्रमणको परिस्थिति हेरेर सरकारले निर्णय लिने भएको छ । दोस्रो लहरमा बालबालिका बढी संक्रमित भएकाले शैक्षिक संस्था बन्द गर्न दवाव भए पनि सरकारले सरोकारवालासँग छलफल गरेपछि मात्र यसबारे निर्णय लिने भएको छ ।

  • बुटवल उपमहानगरपालिकाका विद्यालयमा काेराेना सम्बन्धी स्वास्थ्यका नयाँ मापदण्ड

    बुटवल उपमहानगरपालिकाका विद्यालयमा काेराेना सम्बन्धी स्वास्थ्यका नयाँ मापदण्ड

    रूपन्देही । केहि दिनयता कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बुटवल उपमहानगपालिकाले कोरोना जोखिमलाई न्यूनीकरण गर्न स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्न आग्रह गरेको छ । कोरोनाको पुरानै र नयाँ प्रजातिसमेतको भाइरसको जोखिम बढ्दै गएपछि स्वास्थ्य सावधानीसहितको नयाँ मापदण्ड अपनाएर मात्रै विद्यालय सञ्चालन गर्न निर्देशन दिएको हो ।
    जोखिममा रहेको समुदायलाई नै पहिल्यै सुरक्षित बनाउने र समुदाय स्तरमा सचेतना जगाउने उद्देश्यले शैक्षिक संस्था सञ्चालनको नयाँ मापदण्ड बनाएर लागू गरिएको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जानकारी दिए । बालबालिकालाई जोगाउने र उनीहरूलाई नै परिवार हुँदै समुदायमा सन्देश वाहक दुतका रुपमा पनि परिचाल गर्नेगरी योजना बनाइएको उनकाे भनाइ छ ।
    विद्यालय, शिक्षक र अभिभावक समेतलाई अलग अलग मापदण्ड बनाएर लागू गरिएकाे उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत एवम् शिक्षा,स्वास्थ्य तथा जनसंख्या महाशाखा प्रमुख मित्रमणि खनालले बताए । उपमहानगरपालिकामा रहेका सामुदायिक र संस्थागत सबै विद्यालायमा लागू हुनेगरी मापदण्ड बनाइएको उनकाे भनाइ छ ।
    विद्यालय प्रवेश र बसमा चढ्नु अघि थर्मल गनबाट अनिवार्य तापक्रम नाप्ने, गुणस्तरीय मास्क र सेनिटाइजरको अनिवार्य प्रयोग गर्ने, सकेसम्म बालबालिकालाई बसमा नचढाई अभिभावकले विद्यालय पुर्याउने र विद्यालय परिसरमा साबुनपानीको व्यवस्था मिलाउनुपर्नेलगायत अन्य स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन गरिएको वडा नम्वर १६ का अध्यक्ष समेत रहेकाे उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए ।
    विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीमा कोभिडसँग मिल्ने लक्षण देखिएमा पीसीआर परीक्षणका लागि नगरपालिकामा सम्पर्क गर्न आग्रह गरिएको छ । यस्तै कुनै पनि बालबालिकाका अभिभावकमा पनि कुनै लक्षण देखिएको सूचना पाएमा सम्बन्धित वडा कार्यालय मार्फत समन्वय गर्नेगरी संयन्त्र तोकिएको उपमहानगरले जनाएको छ ।
    सहरी स्वास्थ्य प्रबर्द्धन केन्द्र, स्वस्थ्य चौकी तथा स्वास्थ्य संस्थामा फिवर क्लिनिकदेखि कोरोना विशेष अस्पताल नै सञ्चालन गरेर उपमहानगरपालिकाले मुलुकमै नमुना काम गर्दै आएको छ । बुटवलमा निर्माण भएको आईसीयुसहितको कोरोना विशेष अस्पताल मुलुककै व्यवस्थित र नमुना मानिएको थियो । छोटो अवधिमै अस्पताल निर्माण गरेर सबै वडामा संयन्त्र गठन गरेर कोरोना विरोधी अभियान सञ्चालन गर्नेमा बुटवल नै पहिलो पालिका बनेको थियो ।
    हाल तिनै संयन्त्र र संस्थालाई अभियानमा जोड्नेगरि नयाँ मापदण्ड बनाइएको उपमहानगरपालिकाका उपप्रमुख तथा अनुगमन समिति संयोजक गुमादेवी आचार्यले बताइन् । बुटवलको नयाँ मापदण्डमा विद्यार्थीले खाजा पानीसमेत घरबाट ल्याउनुपर्ने र टिफिन ब्रेक नगरी लगातार कक्षा सञ्चालन गरेर छिटो विद्यार्थी छोड्न आग्रह गरिएको छ ।
    त्यसैगरी कक्षा सञ्चालन गर्दा एउटा कक्षामा ३० जनासम्म विद्यार्थी र एउटा बेञ्चमा २ जना मात्र विद्यार्थी राख्न पनि उपमहानगरले आग्रह गरेको छ । जेठमा गर्ने भनिएको वार्षिक परीक्षा जुनसुकै बेला पनि गर्नुपर्ने अवस्था आउनसक्ने भन्दै बुटवल उपमहानगरले सम्पूर्ण विद्यालयलाई तयारी अवस्थामा रहन आग्रह गरेको छ ।  साथै यो समयमा शैक्षिक भ्रमणलगायतका कार्यक्रम नराख्नसमेत विद्यालयलाई निर्देशन जारी गरिएको छ ।
  • नयाँ कोरोना कडा भएकाले सतर्कता अपनाउन विज्ञहरुको सुझाव, बालबालिकामा संक्रमण बढ्दै

    नयाँ कोरोना कडा भएकाले सतर्कता अपनाउन विज्ञहरुको सुझाव, बालबालिकामा संक्रमण बढ्दै

    काठमाडौं । कोभिड-१९ को नयाँ स्वरुपको भाइरस देखापरेपछि सतर्कता अपनाउन विज्ञहरुले सुझाव दिएका छन् । पहिलेको भन्दा कडा खालको भाइरस रहेकाले विज्ञहरुले सतर्कता अपनाउन सुझाव दिएका हुन ।

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले अहिले देखिएको भाइरसले कडा खालको रहेकाले सर्तकता अपनाउनु आग्रह गरे । ‘पहिल्यैकै भाइरसको नयाँ स्वरुपमा अहिलेको भाइरस देखिएको छ । यसको अर्को मानिसमा सार्न सक्ने क्षमता पनि बढी हुन्छ’, उनले भने, ‘त्यसैले स्वास्थ्यका मापदण्ड अपनाई भाइरस सर्नबाट बच्नुपर्दछ ।’

    भाइरसको पहिलेकै जस्तै लक्षण देखिने गरे पनि मृत्यु हुने दर पनि बढिरहेको उनको भनाइ छ । सङ्क्रमितबाट यस भाइरस सार्ने सम्भावना ७० प्रतिशत हुने गरेको छ । सङ्क्रमणबाट बच्न खोपभन्दा पनि भौतिक दूरी कायम राख्ने, मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने र साबुनपानीले बारम्बार हात धुनु पर्दछ ।

    अस्पतालका प्रवक्ता डा अनुप बाँस्तोलाले मापदण्ड पालना नगर्दा अहिलेको भाइरस देखिएको बताए । उनका अनुसार विद्यालय, भीडभाड हुने ठाउँ, पार्टीप्यालेस, गाडी जस्ता ठाउँबाट भाइरस फैलिने गरेको बताए ।

    अहिले देखिएको भाइरस बालबालिका, युवा र ५० वर्षमुनिका व्यक्तिलाई पनि देखिने गरेको छ । पछिल्लो एक महिनादेखि यस कडाखालको भाइरसले गर्दा बिरामी पनि ह्वात्तै बढेको पाइन्छ । नयाँ खालको भाइरसले गर्दा अहिले दैनिक सङ्क्रमित बढिरहेका छन् । हिजो मात्र ३०३ जना सङ्क्रमित देखिएका छन् ।

    अहिले देशभर ८९ जना सघन उपचार कक्ष (सघन उपचार केन्द्र) र १५ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । काठमाडौँका सशस्त्र प्रहरी बल अस्पतालमा आइसियुमा ९, नेपाल प्रहरी अस्पतालमा १, शुक्रराज ट्रपिकलमा ८, त्रिवि शिक्षण अस्पतालमा २, पाटन अस्पतालमा ३, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा ६ र हम्स अस्पतालमा ९ जनाको उपचार गराइरहेका छन् ।

    यस्तै शुक्रराज ट्रपिकल अस्पतालमा ४, शिक्षण अस्पतालमा १, पाटन अस्पतालमा ५ र हम्स अस्पतालमा १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । अस्पतालका प्रवक्ता डा बाँस्तोलाले समुदायस्तरमा यस खालको भाइरस ह्वात्तै बढेको बताए । उनले यस किसिमको भाइरसको लक्षण लामो समयसम्म रहने, यही नै लक्षण हो भन्ने पनि पहिचान गर्न नसकिने बताए । सङ्क्रमितलाई चाँडै नै निमोनिया हुने सम्भावना पनि रहेको हुन्छ । पहिलेको भाइरसभन्दा यस भाइरसले १.६ प्रतिशत मृत्युदर पनि बढी गराउने उनको भनाइ छ ।

    यस्तै कोभिड-१९ को गत वर्ष ५ प्रतिशत बालबालिका सङ्क्रमित भएका थिए भने अहिले १५ देखि २० प्रतिशत बालबालिका देखिएको उनले बताए । बालबालिकामा ज्वरो, झाडापखला, रुघा लाग्ने जस्ता लक्षण देखिएका छन् ।

    इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण पौडेलले नेपालमा नयाँ खालका भाइरस बढ्दो रुपमा फैलिरहेको बताए । उनका अनुसार अहिले नमूना परीक्षण गर्दा २०० भन्दा बढी व्यक्तिमा नयाँ खालका भाइरस रहेको बताए ।

    भाइरस पत्ता लगाउन जीन सिक्वेन्सिङ

    अहिले नेपालमा देखिएको भाइरस नयाँ खालको भए पनि कस्तो किसिमको हो भन्ने अझै पत्ता लागिसकेको छैन । ‘नमूना परीक्षणमा भाइरसको नयाँ प्रकारको मात्रा देखिएको छ’ उनले भने, ‘परीक्षणका क्रममा भाइरसको ‘एस’ जीन नेगेटिभ देखिएकाले भाइरस साँच्चीकै नयाँ भाइरस भन्ने छ । ‘अणुवांशिक (जीन सिक्वेन्सिङ)को पूरा मात्रा परीक्षण गरेर कस्तो भाइरस हो भन्ने पत्ता लाग्दछ ।’

    नेपालमा यस खालको भाइरसको जीन सिक्वेन्सिङको पूरा मात्राको परीक्षण गर्न जनशक्ति र प्रयोगशाला नभएको उनले जानकारी दिए । उनका अनुसार त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्व विद्यालय र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएका उपकरणले भाइरसको जीन सिक्वेन्सिङ गर्ने तयारी भइरहेको बताए ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेश गुप्ताले जीन सिक्वेन्सिङको परीक्षणका लागि उपकरण ल्याउन थालिएको जानकारी दिए । उनले उपकरण आइसकेपछि एक हप्तामा जीन सिक्वेन्सिङको परीक्षण नेपालमा हुने जानकारी दिए । अहिले विश्व स्वास्थ्य सङ्गठनको समन्वयमा जीन सिक्वेन्सिङका लागि हङ्कङमा नमूना पठाइने गरिएको छ ।

  • नेपालमा आज एकैदिन १३ जना कोरोना संक्रमितको मृत्यु, ५५९ संक्रमित थपिए

    नेपालमा आज एकैदिन १३ जना कोरोना संक्रमितको मृत्यु, ५५९ संक्रमित थपिए

    काठमाडौं । कोरोनाभाइरसबाट नेपालमा सोमबार ५५९ जना संक्रमित थपिएका छन् । २४ घण्टामा १३ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार ५ हजार १०५ परीक्षण गरिएको छ । जसमा ४,३७८ पीसीआर र ७२७ एन्टीजेन परीक्षण भएको छ ।

    कूल संक्रमित संख्या २ लाख ८० हजार ५२४ पुगेको छ । कूल मृतक संख्या ३०५३ पुगेको छ । २४ घण्टामा १३८ जना निको भएका छन् ।

  • कैलाली र कञ्चनपुरका १५ जनामा संक्रमण पुष्टि

    कैलाली र कञ्चनपुरका १५ जनामा संक्रमण पुष्टि

    कैलाली । कैलाली र  कञ्चनपुरमा सोमबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    कैलालीमा १२ र कञ्चनपुरका ३ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालको प्रयोगशाला ७२ जनाको नमुना परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको अस्पतालमा सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।

    कैलालीको धनगढीका ४ जना, जोशीपुरका तिन जना, जानकी गाउँपालिकाका एक जना,गोदावरी नगरपालिकाका २ टिकापुरका २ जनामा संक्रमण पुष्टि भएको हो ।

    कञ्चनपुरको भिमदत्त नगरपालिका २ जना र कृष्णपुर नगरपालिकाका एक जनामा समेत संक्रमण देखिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

  • चिनियाँ खोपको प्रभावकारिता कम रहेको अधिकारीहरुको भनाई, डोज बढाउने तयारी

    चिनियाँ खोपको प्रभावकारिता कम रहेको अधिकारीहरुको भनाई, डोज बढाउने तयारी

    काठमाडौं । चीनकै एक स्वास्थ्य अधिकारीले आफ्नो देशमा निर्मित कोभिड खोपहरुको प्रभावकारिता कम भएको बताएका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य अधिकारी गाउ फूले प्रभावकारिता वृद्धि गर्नका लागि खोपहरूको सम्मिश्रण बनाउने विषयमा सोचिएको जानकारी दिए।

    नेपालमा पनि चीनले अनुदानमा दिएको आठ लाख मात्रा कोभिड खोप अहिले लगाउन थालिएको छ। नेपालले सिनोफार्मले विकास गरेको भेरोसेल नामक कोभिडविरुद्धको खोप आपतकालिन रुपमा प्रयोग गरिरहेको छ ।

    चीनले अहिलेसम्म चार प्रकारका खोपहरूलाई स्वीकृति दिएको छ जसमध्ये विदेशमा गरिएको परीक्षणमा केही खोपको प्रभावकारिता ५० प्रतिशतसम्म पनि देखिएको छ। नेपालमा चैत २५ गतेदेखि चिनियाँ खोप प्रयोगमा ल्याइएको छ ।

    पछि गाउले सम्मेलनमा राखेको आफ्नो भनाइलाई गलत रुपमा लिइएको बताएका छन् । चीनमा १० करोडभन्दा बढी मानिसले स्वदेशमा निर्मित खोपको कम्तीमा एक मात्रा लगाएका छन्। चिनियाँ रोग नियन्त्रण केन्द्रका प्रमुख ग्वाओ फुले हाल उपलब्ध खोपहरूको सुरक्षा दर उच्च नरहेको बताएका थिए।

    खोपको प्रभावकारिता वृद्धि गर्नका लागि खोपहरू मिसाउने विषयमा विचार गरिएको उनले बताएका थिए । उनले खोपको प्रभावकारिता वृद्धि गर्न डोजको सङ्ख्या परिवर्तन गर्ने र दुई मात्राबीच समयावधि बढाउने जस्ता कुराको चर्चा गरेका थिए ।

    तर पछि उनले सरकारी पत्रिका ग्लोबल टाइम्सलाई संसारभरिका खोपहरूको सुरक्षा दर कुनै बेला कम र कुनै बेला बढी हुनेू बताए।

  • बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु

    बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु

    रूपन्देही । रुपन्देहीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित रुपन्देहीको बुटवलमा आज बिहानमात्रै तीनजना संक्रमितको मृत्यु भएको छ ।

    अस्थायी कोरोना विषेष अस्पतालमा अर्घाखाँची मालारानी-५ की ७९ वर्षीय महिलाको बिहान साढे ९ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

    आज बिहान ५ बजे प्युठान स्वर्गद्वारी-९ का ४३ वर्षीय पुरुष र ७ बजेर २३ मिनेटमा रुपन्देही तिलोत्तमाकी ७१ वर्षीया महिलाको मृत्यु भएको थियो ।