Category: स्वास्थ्य-जीवनशैली

  • भारतमा शुक्रबार ३ लाख ८६ हजार संक्रमित थपिए, ३,५०० को मृत्यु

    भारतमा शुक्रबार ३ लाख ८६ हजार संक्रमित थपिए, ३,५०० को मृत्यु

    दिल्ली । शुक्रबार भारतमा एकैदिन ३ लाख ८६ हजार ४५२ कोरोनाभाइरस संक्रमित थपिएका छन् । भारतको कूल भाइरस संक्रमित संख्या १ करोड ८७ लाख ६२ हजार ९७६ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ३४९८ संक्रमितको मृत्यु भएको छ । कूल मृतक संख्या २ लाख ८ हजार पुगेको छ । ३१ लाख ७० हजार सक्रिय संक्रमित पुगेका छन् ।

    एकैदिनमा संक्रमित र मृत्यु भएको यो सर्वाधिक भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

  • अब सर्लाहीमा पनि कोरोना परीक्षण

    अब सर्लाहीमा पनि कोरोना परीक्षण

    जनकपुरधाम । प्रदेश २ को सर्लाहीमा पनि आजबाट कोरोना परीक्षण शुरू भएको छ ।

    प्रदेश सरकारले खरिद गरेको पीसीआर मेसिन मलंगवा अस्पतालमा जडान भएपछि कोरोना परीक्षण थालिएको हो । सामाजिक विकास मन्त्री नवलकिशोर साहले मेसिनको उद्घाटन गरे ।

    साथै नयाँ एम्बुलेन्सको समेत मन्त्री साहले पूजापाठ गरी उद्घाटन गरेका छन् ।

    यसअघि नै प्रदेश २ का सात जिल्लामै कोरोना परीक्षण शुरू गरिएको थियो । यसअघि सर्लाहीमा परीक्षण नहुँदा स्वाबको नमूना परीक्षणका लागि वीरगञ्ज र अन्य ठाउँमा पठाउनुपर्ने बाध्यता थियो ।

    मन्त्री साहले कोरोना नियन्त्रणका लागि प्रदेश सरकार गम्भीर रहेको बताए । उनले भने, ‘प्रदेश सरकार आवश्यक काम गरिरहेको छ । तर हरेक जनताले पनि स्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ । अनि मात्र कोरोनालाई भगाउन सक्छौं ।’

    उद्घाटन समारोहमा जसपाका संघीय सांसद प्रमोद साह, प्रदेश सांसद निरा साह, जिल्ला समन्वय समितिका सभापति मेथुरप्रसाद चौधरी, मलंगवाका मेयर निरसल साहलगायत उपस्थित थिए ।

  • बाँकेमा कोरोनाबाट मृत्यु हुने ११० पुग्यो

    बाँकेमा कोरोनाबाट मृत्यु हुने ११० पुग्यो

    रूपन्देही । बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११० पुगेको छ । बाँकेका अस्पतालमा उपचार गराउन बाहिरका जिल्लाबाट आएका संक्रमित हालसम्म १११ जनाको मृत्यु भएको छ ।

    बिहीबार बाँकेका अस्पतालमा भर्ना भएका ११ जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको थियो ।

    बिहीबार मृत्यु हुनेमा बाँकेका आठ, कैलालीका दुई र बर्दियाका एक जना रहेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिएका छन् ।

    वलीले दिएको जानकारी उनका अनुसार मृत्यु हुनेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-४ निवासी ६० वर्षीय पुरुष, वडा नं ९ निवासी ४२ वर्षीय पुरुष, वडा नं ५ निवासी ५५ वर्षीय पुरुष, वडा नं ८ निवासी ३३ वर्षीय पुरुष, वडा नं १७ निवासी ६८ वर्षीय पुरुष, कोहलपुर नगरपालिका-११ निवासी ४३ वर्षीया महिला, वडा नं १३ निवासी ५० वर्षीय पुरुष, खजुरा गाउँपालिका-२ निवासी ६७ वर्षीया महिलाको मृत्यु भएको हो ।

    यसैगरी बाँकेमा उपचारका लागि आएका बढैयाताल गाउँपालिका-८ बर्दिया निवासी ३२ वर्षीय पुरुष, लम्कीचुहा नगरपालिका वडा नं १ कैलाली निवासी ४३ वर्षीय पुरुष र टीकापुर नगरपालिका कैलाली निवासी ५१ वर्षीय महिलाको पनि मृत्यु भएको स्रोत व्यक्ति वलीले बताए ।

  • कोभिडविरुद्धको खोप तत्काल उपलब्ध गराउने पहल गर्न रुसी राजदूतलाई प्रधानमन्त्रीको आग्रह

    कोभिडविरुद्धको खोप तत्काल उपलब्ध गराउने पहल गर्न रुसी राजदूतलाई प्रधानमन्त्रीको आग्रह

    काठमाडौं । नेपालका लागि रुसका राजदुत अलेक्सेई नोभिकोभले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीबार भेटवार्ता गरेका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका अवसरमा प्रधानमन्त्री ओलीले नेपालले रुसबाट खरिद गर्ने क्रममा रहेको कोभिड विरुद्धको खोप (स्पुतनिक-भी) तत्काल उपलब्ध गराउनेतर्फ पहल गर्न राजदुत नोभिकोभलाई आग्रह गरेका थिए ।

    जवाफमा राजदुत नेभिकोभसहितका प्रतिनिधिहरुले त्यसतर्फ आफूहरु सकारात्मक रहेको जवाफ दिएका छन् । भेटमा दुईपक्षीय सम्बन्धका अन्य आयाममाथि पनि चर्चा भएको थियो ।

    दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन गरिएका प्रयासहरुलाई थप गति दिने विषयमा छलफल केन्द्रित भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

  • कोरोना नियन्त्रण लागि धुलिखेलमा एक करोड कोषको व्यवस्था, बिरामीलाई निःशुल्क एम्बुलेन्स

    कोरोना नियन्त्रण लागि धुलिखेलमा एक करोड कोषको व्यवस्था, बिरामीलाई निःशुल्क एम्बुलेन्स

    काठमाडौं । धुलिखेल नगरपालिकाले कोरोना संक्रमण नियन्त्रणका लागि १ करोड कोष र बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । नगरपालिका प्रमुख अशोककुमार ब्याञ्जु श्रेष्ठले संक्रमण नियन्त्रणका लागि नगरवासीलाई अपील गर्दै सो व्यवस्थापन गरेको जानकारी दिए ।

    ‘कोभिड-१९ सँग सम्बन्धित गम्भीर प्रकारका लक्षण देखिएमा आवश्यक स्वास्थ्य सेवाका लागि तुरुन्त आफ्नो वडामा रहेका स्वास्थ्य संस्थामा वा नगरपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्न नगपरपालिकाको अनुरोध छ,’ नगरप्रमुख व्याञ्जुले भने ।

    धुलिखेलमा हाल ३, ४, ५, ६ र ७ लगायतका वडामा अत्यधिक संक्रमण देखा परेकाले सचेत रही जनस्वास्थ्यका मापदण्ड अपनाउन नगर प्रमुख ब्याञ्जुको आग्रह छ ।

     

  • कर्णाली सरकारले कोरोनाको महङ्गो औषधि निःशुल्क दिने

    कर्णाली सरकारले कोरोनाको महङ्गो औषधि निःशुल्क दिने

    सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोनाबाट संक्रमित भई आईसीयू तथा भेन्टिलेटरमा उपचार गराइरहेका विरामीहरुका लागि सबैभन्दा महँगो औषधि ‘रेम्डिसेभर’ निःशुल्क उपलब्ध गराउने भएको छ ।

    सरकारका प्रवक्ता एवम भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले गरिब तथा ज्येष्ठ नागरिकलाई औषधीको डोज निःशुल्क उपलब्ध गराउने तयारी प्रदेश सरकारले बनाएको बताएकी छिन् ।

    ‘गरिब, महिला, बालबालिका, ज्येष्ठ नागरिकलाई अन्तिम अवस्थामा पुगेको समयमा जोगाउनका लागि दिइने सबैभन्दा महँगो औषधि रेम्डिसेभर हामीले निःशुल्क दिनेछौं’, उनी भन्छिन्, ‘त्यसका लागि कोभिड कोषबाट आवश्यक बजेट व्यवस्था गरी स्वास्थ्य सेवा निर्देशनालयलाई औषधि व्यवस्थापन गर्न आवश्यक निर्देशन दिइसकेका छौं ।’उनले औषधी अभावमा कोही कसैलाई ज्यान गुमाउन नदिने बताइन् ।

  • कर्णालीमा ४ सय मात्रै अक्सिजन सिलिण्डर, प्रदेशभर ६२ आईसीयू 

    कर्णालीमा ४ सय मात्रै अक्सिजन सिलिण्डर, प्रदेशभर ६२ आईसीयू 

    सुर्खेत । कर्णाली प्रदेशमा रहेका सरकारी अस्पतालमा ४ सय मात्रै अक्सिजन सिलिण्डर छन् । कर्णालीमा कम्तिमा १ हजार सिलिण्डर आवश्यक पर्ने र बाँकी सिलिण्डर खरिद खरिद गर्न लागिएको सरकारका प्रवक्ता एवम् भूमी व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीले बताइन् ।

    उनका अनुसार कर्णालीमा हाल प्रदेश अस्पताल कालागाउँ सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्रै अक्सिजन उत्पादन भइरहेको छ । यी दुवै अस्पतालले दैनिक ३ सय लिटर मात्रै अक्सिजन उत्पादन गर्ने गरेका छन् । १० ओटा जिल्लामा मिनी अक्सिजन प्लान्ट स्थापना भइरहेको छ । मिनी प्लान्ट स्थापना भएको खण्डमा प्रतिप्लान्ट दैनिक १० लिटर अक्सिजन उत्पादन हुने स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काले बताए ।

    मन्त्री केसीले १५० सिलिण्डर अक्सिजन नेपालगन्जबाट नियमित रुपमा खरिद गरेर ल्याइरहेको दाबी समेत गरिन् । जनशक्ति पनि अभाव कर्णाली प्रदेशमा अहिले कुल दरबन्दीको एक तिहाइ मात्रै स्वास्थ्यकर्मी कार्यरत छन् । ‘हामीले २ सय प्रतिशत भत्ता दिँदा पनि कर्मचारी आउन मानेका छैनन् । करार सेवामा हामीले कर्मचारहिरु भर्ना गरेका छौं । तीमध्ये केही दिनमा अनमी र अहेव करिब १५० जनालाई नियुक्ति दिदैछौं’, मन्त्री केसी भन्छिन्, ‘कोरोनाको रोकथाम र उपचारका लागि एक अर्बको कोष स्थापना गरेका छौं ।’ उनका अनुसार २२ करोड प्रदेश अस्पतालललाई र १२ करोड रुपैयाँ चौरजहारी अस्पताल रुकुम र रणनीतिक अस्पताललाई दिने निर्णय भएको छ । कर्णाली प्रदेशमा ६२ वटा मात्रै आईसीयू छन् । त्यस्तै, ३४ भेन्टिलेटर, ५० वटा एचडियू बेड र १९५० आइसोलेसन रहेका छन् ।

     

  • कोरोना संक्रमित सांसदलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगियो

    कोरोना संक्रमित सांसदलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगियो

    जनकपुरधाम । प्रदेश २ का कोरोना संक्रमित सांसद ओमप्रकाश शर्माको स्वास्थ्यस्थिति झन् बिग्रिएपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।

    संक्रमण देखिएपछि नेपाली कांग्रेसका समानुपातिक सांसद शर्मा १० दिनदेखि होम आइसोलेसनमा बसेका थिए । आज दिउँसो अचानक स्वास्थ्यमा बढी खराबी आएपछि हेलिकप्टरमार्फत काठमाडौंस्थित मेडिसिटी अस्पताल लगिएको पारिवारिक स्रोतले जनाएको छ ।

    शर्मा उद्योग वाणिज्य संघ वीरगञ्जका पूर्वअध्यक्ष समेत हुन् । वीरगञ्जमा आइसोलेशन बेडको अभाव भएकाले काठमाडौं लानुपरेको आफन्तले बताएका छन् ।

  • कोरोना संक्रमितको उपचारमा प्रयोग हुने १० स्वास्थ्य सामग्रीमा कर छुट (सूचीसहित)

    कोरोना संक्रमितको उपचारमा प्रयोग हुने १० स्वास्थ्य सामग्रीमा कर छुट (सूचीसहित)

    काठमाडौं । सरकारले अक्सिजन सिलिन्डरलगायतका १० प्रकारका स्वास्थ्य सामग्रीमा कर छुट दिने निर्णय गरेको छ ।

    १३ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार कोरोना संक्रमितको उपचार व्यवस्थापनका लागि आवश्यक पर्ने ती सामग्रीमा छुट दिइएको हो ।

    अक्सिजनसहित १० प्रकारको सामग्रीको पैठारीमा लाग्ने भन्सार, मूल्य अभिवृद्धि कर, तथा अन्त शुल्कसमेत छुट दिने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै जानकारी गराएको हो ।

  • ब्राजिलमा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ४ लाख नजिक

    ब्राजिलमा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ४ लाख नजिक

    ब्राजिल । २४ घण्टायता कोभिड-१९ को संक्रमणबाट यहाँका ३ हजार १६५ नागरिकको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार बुधबार मात्र यहाँ अघिल्लो २४ घन्टामा कोभिड-१९ को संक्रमणमा परेका यहाँका ती नागरिकको एकै दिनमा ज्यान गएको हो ।

    यो सँगै ब्राजिलमा कोभिडको प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या करिब ४ लाख नजिक पुगेको छ । प्राप्त समाचारअनुसार यहाँका तीन लाख ९८ हजार १८५ जनाको यो संक्रमणबाट मृत्यु भएको सो मन्त्रालयले दिएको समाचारमा जनाइएको छ ।

    त्यसैगरी सोही अवधीमा थप अर्थात् गएको २४ घन्टायता करिब ८० हजार जनामा कोरोना भाइरस संक्रमण देखिएको पनि मन्त्रालयले जनाएको छ । कोरोना भाइरसको संक्रमण शुरु भएबाट ब्राजिलमा हालसम्म १ करोड ४५ लाख ३७ हजार जनाभन्दा बढीमा सो संक्रमण भएको बताइएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको नयाँ प्रजातिको भाइरसका साथै नयाँ नयाँ वेभहरु आइरहेका छन् । अस्पतालहरूले बिरामीको चाप थेग्न नसकेपछि उपचारमा समस्या भएको जनाएका छन् । यहाँको अवस्था दिन प्रति दिन थप जटिल बन्दै गएको पनि बताएका छन् ।

    यस देशमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राज्यका रुपमा साओ पाओलो रहेको छ । साओ पाओलोमा मात्र ९४ हजार भन्दा बढी नागरिकको ज्यान गएको छ । त्यसैगरी सो राज्यमा करिब ४० लाख नागरिक कारोना भाइरसबाट संक्रमित भएका छन् ।

    यहाँका अधिकारीहरुले अप्रिल महिना ब्राजिलका लागि सबैभन्दा खराब महिना भएको बताएका छन् । उनीहरुले यस महिनाभित्र मात्र कम्तीमा पनि ७० हजार जना नागरिकको यही संक्रमणबाट नै ज्यान गएको बताएका छन् ।

  • बिहीबार झन्डै ५ हजार संक्रमित थपिए, एकैदिनमा अहिलेसम्मकै सर्वाधिक मृत्यु

    बिहीबार झन्डै ५ हजार संक्रमित थपिए, एकैदिनमा अहिलेसम्मकै सर्वाधिक मृत्यु

    काठमाडौं । बिहीबार नेपालमा कोरोनाभाइरसका ४,९२८ जना संक्रमित थपिएका छन् । १३,५६० एन्टीजेन र पीसीआर नमुना परीक्षण गर्दा ती संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा ३५ जनाको मृत्यु भएको छ । यो संख्या अहिलेसम्मकै उच्च हो । गएको कात्तिक १९ गते एकैदिनमा सर्वाधिक ३० जनाको मृत्यु भएको थियो । कूल मृतक संख्या ३,२४६ पुगेको छ ।

    सक्रिय संक्रमित संख्या ३४,११७ पुगेको छ । पछिल्लो २४ घण्टामा ८८८ जना निको भएका छन् । नेपालमा कूल संक्रमित संख्या ३ लाख १७ हजार ५३० पुगेको छ ।

  • रुसले डिसेम्बरभित्र ८० लाख डोज खोप दिने, नेपालले माग्यो तत्कालै ४० लाख डोज

    रुसले डिसेम्बरभित्र ८० लाख डोज खोप दिने, नेपालले माग्यो तत्कालै ४० लाख डोज

    काठमाडौं । रुसले नेपाललाई आगामी डिसेम्बरभित्र कोभिड-१९ विरुद्धको ८० लाख डोज स्पुतनिक-५ खोप उपलब्ध गराउने भएको छ ।

    नेपाल प्रेससँग कुरा गर्दै स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले तत्कालका लागि ४० लाख डोज मागिएको र डिसेम्बरभित्र ८० लाख डोज खोप आउने जानकारी दिए ।

    खोपको मूल्य लगायतका विषयमा भने टुंगोमा पुग्न बाँकी रहेको उनले जनाए । बुधबार मन्त्री त्रिपाठी र मस्कोबाट काठमाडौं आइपुगेको स्वास्थ्य टोलीबीच खोप आपूर्तिको बारे छलफल भएको थियो ।

    रुसबाट सरकार-सरकार (जीटुजी) प्रक्रियाबाट त्यहाँ उत्पादित खोप स्पुतनिक-५ ल्याउने निर्णय गरेर सरकारले छलफल प्रक्रिया अघि बढाएको थियो । गत बैशाख ७ गते औषधी व्यवस्था विभागले रुसी खोपलाई आपतकालिन प्रयोगका लागि स्वीकृति दिइसकेको छ ।

  • कैलालीमा थप एक जना संक्रमितको मृत्यु

    कैलालीमा थप एक जना संक्रमितको मृत्यु

    कैलाली । कैलालीमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका १२ का २८ वर्षीय पुरुषको सङ्क्रमणबाट मृत्यु भएको हो ।

    १० गते कोरोना अस्पतालमा भर्ना भएका उनको आइसियुमा उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए । आज एकै दिन कैलालीमा ४ जनाको मृत्यु भएको छ ।

    ४ जनाको सेती अस्पतालमा र १ को होम हाइसोलेसनमा मृत्यु भएको हो।

    लम्की चुहा नगरपालिका २ का ३३ वर्षीय पुरुष, घोडाघोडी नगरपालिका १० का ६० वर्षीय पुरुष, गोदावरी नगरपालिकाका ८७ बर्सिया महिलाको र धनगढी उपमहानगरपालिका ३ कि ४५ बर्सिया महिलाको कोरोना सङ्क्रमणबाट आज मृत्यु भएको हो ।

  • गण्डकी प्रदेशमा कोरोनाबाट थप २ को मृत्यु

    गण्डकी प्रदेशमा कोरोनाबाट थप २ को मृत्यु

    पोखरा । गण्डकी प्रदेशमा कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुवै पोखराका छन् ।

    प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोनाका कारण मृत्यु हुनेमा पोखरा १४ का ४३ वर्षीय पुरुष छन् ।

    उनको मेडिप्लस अस्पतालमा उपचारका क्रममा बुधबार साँझ मृत्यु भएको हो । निर्देशनालय प्रमुख डा. विनोदविन्दु शर्माका अनुसार उनलाई बैशाख ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

    त्यस्तै, बिहीबार बिहान पोखरा ८ का ८९ वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु भएको डा शर्माले जानकारी दिए । फागुन ८ गते कोरोना संक्रमण पुष्टि भएका उनको होम आइसोलेसनमै मृत्यु भएको हो ।

    यो सँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२१ पुगेको छ ।

  • १० स्वास्थ्य सामाग्रीमा कर छूट दिने सरकारको निर्णय

    १० स्वास्थ्य सामाग्रीमा कर छूट दिने सरकारको निर्णय

    काठमाडौं । सरकारले अक्सिजन, आइसियु बेड लगायतका १० स्वास्थ्य सामाग्री आयातमा कर छूट दिने निर्णय गरेको छ ।

    गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । ती सामग्रीको आयातमा लाग्न महसुल, मूल्य अभिवृद्धि कर तथा अन्त शुल्क समेत छुट दिने निर्णय सरकारले गरेको हो ।

    मन्त्रिपर्षिदले कोभिड-१९ को उपचारका लागि चाहिने अक्सिजन सिलिन्डर, आइसियु बेड, अक्सिजन फ्लो मिटर, सिरिन्ज पम्प, आइसियु मोनिटर लगायतका सामग्रीमा कर छूट दिने निर्णय गरेको हो ।

  • गण्डकीमा थपिए ११२ संक्रमित, पोखराका मात्रै ७९ जना

    गण्डकीमा थपिए ११२ संक्रमित, पोखराका मात्रै ७९ जना

    पोखरा । गण्डकी प्रदेशमा थप ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    क्षयरोग उपचार केन्द्र, लाइफ केयर डा्रयग्नोस्टिक र मध्यविन्दु जिल्ला अस्पतालमा गरिएको परीक्षणमा ती नयाँ संक्रमित थपिएका हुन् ।

    पछिल्लो २४ घन्टामा गरिएको परीक्षणमा कास्कीकामात्रै ७९ जनामा कोरो संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । नवलपरासी पूर्व १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    त्यस्तै, बागलुङ ४, तनहुँ ६, लमजुङ २, स्याङजा ४, गोरखा र पर्वतका १÷१ जना र म्याग्दी २ मा कोरोना पुष्टि भएको निर्देशनालय प्रमुख विनोदविन्दु शर्माले बताए ।

    ‘सबै संक्रमित कन्ट्याक ट्रेसिङबाट पुष्टि हुनु भएको हो । उहाँहरुलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको छ,’ उनले भने ।

    योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १८ हजार ३ सय १७ पुगेको छ । प्रदेशमा बुधबारसम्मको तथ्यांकअनुसार १ हजा २८९ जना सक्रिय संक्रमित छन् । जसमध्ये २ सय २१ जना संक्रमितको मृत्यु भएको छ ।

  • साउदीबाट काठमाडौं आएको हिमालय एयरको जहाजमा कोरोना संक्रमित फेला

    साउदीबाट काठमाडौं आएको हिमालय एयरको जहाजमा कोरोना संक्रमित फेला

    काठमाडौं । हिमालय एयरलाइन्सको जहाज चढेर साउदी अरबियाको दमाङबाट काठमाडौं आएका एक यात्रुलाई कोरोना संक्रमण देखिएको छ ।

    विमानबाट ओर्लिएका यात्रुलाई स्वास्थ्य परीक्षण गर्दा संक्रमण पाइएपछि उनलाई अस्पताल लगिएको छ ।

    दिउँसो १२:३९ मा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको फ्लाइट नम्बर एच ९-५६६ कलसाइनको सो जहाजमा १३७ यात्रु रहेको बताइएको छ ।

    संक्रमितको वरपरका पाँचवटा रोको सिटमा रहेका २२ जनालाई आइसोलेसनका लागि सीधै होटल लगिएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले नेपाल प्रेसलाई जानकारी दिए ।

  • कैलालीमा  ४५ मिनेटमा ३ संक्रमितको मृत्यु

    कैलालीमा ४५ मिनेटमा ३ संक्रमितको मृत्यु

    कैलाली ।कैलालीमा पछिल्लो ४५  मिनेटको अवधिमा थप ३ कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत २ पुरुष र होम आइसोलेसनमा बसेकी एक महिलाको भएको हो ।

    उनी १४ गते अस्पताल भर्ना भएका थिए । उनको आइसियुमा उपचार भइरहेको थियो । ११: ४५ मा घोडाघोडी नगरपालिका १० का ६० वर्षीय पुरुषको मृत्यु भएको सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

    बुधवार अस्पताल भर्ना भएका घोडाघोडीका संक्रमित को आइसियुमा उपचार भइरहेको थियो । श्वासप्रश्वाससम्बन्धी समस्याले ग्रस्त उनलाई निमोनिया समेत भएको थियो ।

    आज बिहान पनि धनगढी उपमहानगरपालिका -३ कि ४५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । दोस्रो लहर पछि सेतीमा उपचाररत ११ संक्रमितको मृत्यु भएको छ । हाल सम्म ४३ संक्रमितको मृत्यु भइसकेको अस्पतालले जनाएको छ ।

    विहान ११ बजे कैलालीका गोदावरी नगरपालिकाका ८७ वर्षीया महिलाको पनि होम आइसोलेसनमा मृत्यु भएको छ । १५ गते उनीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । आइसोलेसनमा रहेका बेला उनको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

  • अब अनलाइनबाटै मानसिक स्वास्थ्य उपचार, महामारीमा प्रभावकारी हुने अपेक्षा

    अब अनलाइनबाटै मानसिक स्वास्थ्य उपचार, महामारीमा प्रभावकारी हुने अपेक्षा

    काठमाडौं । अब अनलाइनबाटै मानसिक स्वास्थ्य उपचार हुने भएको छ । ‘ह्याप्पी माइन्स् डट हेल्थ’ नाम दिइएको यो सेवाको उद्घाटन गर्दै गायिका एवं सामाजिक अभियन्ता आनी छोइङ डोल्माले आफ्नो शारीरिक साथै मानसिक स्वास्थ्यको पनि ख्याल गर्न सबैलाई आग्रह गरिन् । उनले सही समयमा सही सेवा शुरु गरेको भन्दै ह्याप्पी माइन्ड्स् डट हेल्थको सफलताको कामना पनि गरिन् ।

    ह्याप्पी माइण्ड्स् डट हेल्थु अनलाइनबाटै मानसिक स्वास्थ्यसम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्ने अनलाइन प्लेटफर्म हो।

    जीजी कर्पोरेसन प्रालिले सञ्चालनमा ल्याएको ह्याप्पी माइन्ड्स् डट हेल्थका माध्यमबाट मानसिक स्वास्थ्यसम्बन्धी जागरुकता बढाउने, मानसिक स्वच्छता र मानसिक स्वास्थ्यसम्बन्धी प्राथमिक चिकित्सकीय सहायता प्रदान गरिने उक्त संस्थाले बताएको छ ।

    ‘महामारीका बेला मानसिक स्वास्थ्य समस्या’

    मनोचिकित्सक डा. सुरज शाक्यको नेतृत्वमा ह्याप्पी माइण्ड्स् डट हेल्थमा नेपाल, अमेरिका र अष्ट्रेलियाका काम गरिरहेका अनुभवी नेपाली मनोविशेषज्ञ रहेका छन् । डा. शाक्यले कोभिड महामारीका बेला मानिसहरुमा मानसिक स्वास्थ्य समस्या पनि निकै बढेर गएको बताउंदै रोजगारदाताहरुलाई आफ्ना कर्मचारी र शैक्षिक संस्थाहरुलाइ आफ्ना विद्यार्थीहरुको मानसिक स्वास्थ्यको ख्याल गर्न आग्रह गरे।

    ह्याप्पी माइन्ड्स्‌की प्रबन्ध निर्देशक श्रेया गिरीले अनलाइनबाटै मनोचिकित्सा सेवा प्रदानका लागि ह्याप्पी माइन्ड्स् डट हेल्थ सुरु गरिएको बताइन् ।

    ‘कोरोना प्रकोपपछि विश्वभरि मानसिक समस्या विकराल बनिरहेको छ, नेपालमा पनि यो अवस्था निकै गम्भीर रुपमा देखिएको छ,’ प्रबन्ध निर्देशक गिरीले भनिन्, ‘यही समस्याको न्यूनिकरण र निराकरणको उद्देश्यका साथ हामीले युवाहरूको टिम बनाएर ह्याप्पी माइन्ड्स् डट हेल्थ शुरु गरिएको हो ।’

    ‘लकडाउनका बेला निरास र एक्लो’

    लकडाउनका बेला आफूलाई निरास र एक्लो महसुस गर्दै आफ्नो काम र विश्वविद्यालयको पठन पठन गर्न पनि असमर्थ भएपछि नेपाली मनोचिकित्सकको खोजी गर्दा निकै सास्ती भोगेको उनले बताइन् । ‘त्यसपछि मैले यो समस्याको पहिचान गरी समाधान खोज्ने अठोट लिएँ, त्यसैको प्रतिफल ह्याप्पी माइन्ड्स् डट हेल्थ सुरु गरिएको हो,’ गिरीले भनिन् ।

  • भारतमा बिहीबार ३ लाख ७९ हजार संक्रमित, ३,६०० जनाको मृत्यु

    भारतमा बिहीबार ३ लाख ७९ हजार संक्रमित, ३,६०० जनाको मृत्यु

    दिल्ली । पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ७९ हजार २५७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । ३,६४५ जनाको मृत्यु भएको छ ।

    सक्रिय संक्रमित संख्या १ करोड ८३ लाख पुगेको छ ।

    २ लाख ४ हजारभन्दा बढीको मृत्यु भएको छ ।

  • भीड बढेपछि कोरोनाविरुद्धको खोप लगाउन स्थगित

    भीड बढेपछि कोरोनाविरुद्धको खोप लगाउन स्थगित

    काठमाडौं । तत्कालका लागि चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा लगाउने काम रोकिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार खोप केन्द्रमा भएको भीडका कारण खोप लगाउने कार्य रोकिएको हो ।

    दोस्रो डोजको कोभिसिल्ड खोप लगाउने काम पनि रोकिएको मन्त्रालयले जनाएको छ । बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख झलक शर्मा गौतमले संक्रमणको बढ्दो जोखिमको कारण खोप लगाउने कार्य रोकिएको जनाए ।

    उनका अनुसार अर्को सूचना प्रकाशित नहुन्जेल कोभिडविरुद्धको खोप अभियान कार्यक्रम रोकिएको छ । खोप केन्द्रमा भएको भीडका कारण संक्रमणको जोखिम बढाएको भन्दै विरोध भएको थियो ।

    नियमित खोप कार्यक्रम भने यथावत् रुपमा सञ्चालन हुने उनले जनाए । मन्त्रालयको उक्त निर्णयपछि स्वास्थ्य कार्यालय काठमाडौंले सूचना जारी गर्दै खोप लगाउने काम बिहीबारदेखि रोकिने जानकारी दिएको छ।

  • अक्सिजन लेवल घटेपछि पूर्वरानी कोमललाई आईसीयू सारियो

    अक्सिजन लेवल घटेपछि पूर्वरानी कोमललाई आईसीयू सारियो

    काठमाडौं । कोरोना संक्रमण भएर उपचाररत पूर्वरानी कोमललाई नर्भिक अस्पतालको आईसीयूमा सारिएको छ । अक्सिजन लेवल घटेपछि हिजो राति आईसीयू सारिएको अस्पताल स्रोतले जानकारी दियो ।

    दिल्लीबाट फर्केलगत्तै कोभिड संक्रमण देखिएपछि चार दिनअघि पूर्वराजा ज्ञानेन्द्र र रानी कोमल नर्भिक अस्पताल भर्ना भएका थिए । लगत्तै पूर्वअधिराजकुमारी प्रेरणा पनि संक्रमण भएर सोही अस्पताल भर्ना भएकी छन् ।

    अहिले पूर्वराजा ज्ञानेन्द्र र छोरी प्रेरणाको स्वास्थ्य भने स्थिर रहेको अस्पताल स्रोतले जनाएको छ । यद्यपि, पूर्वराजा पनि अक्सिजन सपोर्टमा नै छन् ।

    ‘पूर्वरानीलाई अक्सिजन बढाउनुपरेकोले आईसीयूमा सारिएको हो,’ स्रोतले भन्यो ‘अहिले उहाँको अक्सिजन लेवल ८७ को आसपास छ ।’

    सामान्यतया अक्सिजन लेवल ९४ देखि १०० सम्म हुनुलाई स्वस्थ मानिन्छ । कोरोना संक्रमितको अक्सिजन लेवल लगातार ९० भन्दा तल झर्‍यो भने त्यसलाई चिन्ताका रूपमा लिने गरिन्छ ।

  • एक हप्तादेखि स्वास्थ्यकर्मी नहुँदा सेवाग्राहीलाई सास्ती

    एक हप्तादेखि स्वास्थ्यकर्मी नहुँदा सेवाग्राहीलाई सास्ती

    हुम्ला । सिमकोट गाउँपालिका-८ मा रहेको स्याँडा स्वास्थ्य चैकीमा एक हप्तादेखि स्वास्थ्यकर्मी नहुँदा सेवाग्राहीलाई समस्या भएको छ । स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा स्थानीयवासीहरु सेवा पाउन सकेका छैनन् ।

    उक्त स्वास्थ्यचौकीमा १ एचए, ३ अहेब, २ अनमी र १ जना कार्यालय सहयोगी गरेर जम्मा ७ जनाको दरबन्दी भए पनि यतिखेर २ अनमीले मात्रै काम गर्दे आएको स्थानीयवासीले बताएका छन् । अनमी स्वास्थ्य संस्थामै कार्यरत भएको भए पनि सेवाग्राहीले भने पर्याप्त मात्रामा सेवा नपाएको गुनासो गरेका छन् ।

    ४ दिनदेखि लगतार ज्वरोबाट ग्रस्त भएका १ वर्षीय बालकलाई उपचार गर्नका लागि स्वास्थ्यचौकीमा लैजाँदा झारो टार्ने काम गरेको सिमकोट–८ याङ्गु गाउँका स्थानीयवासी गजिन्द सुनारले बताए ।

    अन्य स्वास्थ्यकर्मीलाई उपस्थित हुन पटकपटक ताकेता गर्दा पनि नआएको वडाध्यक्ष चक्र बुढाले बताए । आउँदो आइतबारसम्म स्वास्थ्यचौकीमा फिर्ता हुने सो स्वास्थ्यचौकीका इन्चार्ज रविजङ्ग शाहीले बताए।

  • कोरोना अस्पतालमै अक्सिजन अभाव, भारततिर हुने तस्करी रोक्न आग्रह

    कोरोना अस्पतालमै अक्सिजन अभाव, भारततिर हुने तस्करी रोक्न आग्रह

    रुपन्देही । गम्भीर प्रकृतिका कोरोना संक्रमित बढ्दै गएपछि कोरोना विशेष अस्पतालमा अक्सिजनको अभाव हुन थालेको छ । अन्य अस्पतालमा पनि अक्सिजन प्रयोग गर्ने बिरामी बढ्दै अभाव हुन थालेको छ । कोरोना संक्रमणको दोस्रो लहरको रुपमा संक्रमणदर उकालो लागेपछि अस्पतालहरुमा स्वासप्रश्वासका विरामी बढिरहेका छन् ।

    रुपन्देहीमा २ हजार सक्रिय संक्रमित पुगेका छन् । पहिलेको भन्दा अहिले धेरै संक्रमितलाई अक्सिजन आवश्यक भएको स्वास्थ्यकर्मीको भनाइ छ । रुपन्देहीमा बुटवल र भैरहवामा २ वटा कोरोना विशेष अस्पताल छन् । यी २ अस्पतालमा अक्सिजन प्रयोग गर्नुपर्ने गम्भीर प्रकृतिका कोरोना संक्रमितहरुले भरिएका छन् ।

    लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डन डा. राजेन्द्र खनालले मागअनुसार अक्सिजन आपूर्ति नहुँदा रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा तरल अक्सिजनको अभाव भएको बताए ।

    खनालले प्रतिदिन १ सय ५० सिलिण्डर आवश्यक रहेकोमा अहिले १ सय २० सिलिण्डर अक्सिजन मात्रै आपूर्ति हुँदा कोरोना विशेष अस्पतालमा उपचारत संक्रमितको उपचारमा असहज भएको जानकारी दिए । पछिल्ला दिनहरुमा अस्पतालमा भर्ना भएका धेरैलाई अक्सिजन लगाउनुपर्ने भएपनि दैनिक अहिले ३० वटा भन्दा कम अक्सिजन सिलिण्डर आपूर्ती भएको उनले बताए ।

    हाल अस्पतालमा रहेको अक्सिजन जेनेरेशन प्लान्ट (अक्सिजन उत्पादन गर्ने मेसिन)ले काम समेत गरेको छैन । अहिले अस्पतालको आइसीयू/एचडियूमा उपचार गराइरहेका १३ जना र भेन्टिलेटरमा राखिएका दुई जनाको उपचारमा अक्सिजन कम आपूर्ति हुँदा समस्या भएको खनालले बताए ।

    लुम्बिनी प्रादेशिक अस्पताललाई नेपालगञ्जको एचओ अक्सिजन कम्पनीले तरल अक्सिजनका सिलिन्डहरु आपूर्ती गरिरहेको छ । यसअघि नै कम्पनीले अस्पतालले माग गरेजति अक्सिजन सप्लाई गर्न नसक्ने बताइसकेको छ ।

    रोटरी क्लब अफ बुटवलको सहयोगमा काठमाडौंको मेडिअक्सी प्रालिले जडान गरिदिएको अक्सिजन प्लान्टको कम्प्रेशर वालमा चुहावट भएर कम शुद्धता भएको अक्सिजन उत्पादन हुन थालेपछि प्लान्ट बन्द गरिएको अस्पतालले बताएको छ ।

    अक्सिजन प्रयोग हुने अन्य उद्योग बन्द गर्न आग्रह

    संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन प्रयोग गरिने उद्योगधन्दा केही समयका लागि बन्द गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरिसकेको छ । स्वास्थ्य मन्त्रालयले उद्योग मन्त्रालयलाई पत्र लेख्दै कोभिड-१९ का सङ्क्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिनका लागि उद्योगधन्दा केही समय बन्द गर्न आग्रह गरेको हो ।

    मन्त्रालयका वरिष्ठ सहायक प्रशासक डा. समीरकुमार अधिकारीले भारतमा संक्रमणको अवस्था खराब भइ अक्सिजन नपाएर संक्रमितको मृत्यु भइरहेकाले नेपालमा पनि त्यस्तो अवस्था नआओस् भन्नाका लागि त्यस्ता उद्योगधन्दा केही समय बन्द गर्न मन्त्रालयलाई पत्राचार गरिएको जानकारी दिए ।

    पत्रमा अक्सिजनसहित अक्सिजन सिलिण्डरको कालोबजारी, विदेश पैठारी भइ स्वदेशमा अप्ठयारो हुने अवस्थाको सिर्जना हुन नदिन, नेपाली बजारमा प्रशस्त अक्सिजन र अक्सिजन सिलिण्डरको व्यवस्था गरिदिनुहुन तथा अस्पतालमा उपचारका लागि प्रयोग हुने अक्सिजन उद्योगधन्दामा केही समयका लागि प्रयोग बन्द गर्न वा बन्द गर्न नसकिने अवस्थामा निकै कम खपत गर्न उल्लेख गरिएको छ ।

    लुम्बिनीका ४ उद्योगलाई अक्सिजन व्यवस्था गर्न प्रदेश सरकारको अनुरोध

    लुम्बिनी प्रदेशमा ४ वटा अक्सिजन उत्पादन गर्ने उद्योग छन् । अस्पतालहरुमा अक्सिजन अभाव हुन थालेपछि प्रदेश सरकारले अक्सिजनको जोहो गरिदिन प्रदेशमा सञ्चालित चार वटा अक्सिजन उत्पादक उद्योगसँग अनुरोध गरेको छ । प्रदेशका अस्पतालहरुमा अक्सिजनको अभाव हुन थालेपछि उद्योगहरुको क्षमता बढाइ अक्सिजन उत्पादन बढाउन आग्रह गरिएको स्वास्थ्य मन्त्री लिला गिरीले बताए ।

    उनले भने – प्रदेशमा रहेका चार वटा अक्सिजन उत्पादक उद्योगहरुको क्षमता बढाउन अक्सिजन उत्पादक उद्योगका लागि चौबिसै घण्टा विद्युत् आपूर्ती गर्ने र सिलिन्डर खरिदमा सरकारले सहयोग गर्ने सहमति भएको छ ।

    उद्योगले पूर्ण क्षमतामा उत्पादन गर्न थालेपछि अस्पतालमा अक्सिजनको कमी नहुने प्रदेश सरकारको अनुमान छ ।

    कोरोना अस्पतालले रकम नपाएको गुनासो

    बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालकोे कोरोना विशेष आइसोलेसन अस्पतालले प्रदेश सरकारबाट ५ करोड रुपैयाँ पाउन बाँकी रहेको जनाएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको व्यवस्थापनमा संचालित कोरोना विशेष अस्पतालमा हाल चिकित्सक र स्वास्थ्यकर्मी गरी १ सय २६ जना कार्यरत छन् । अस्पतालमा ३६ बेडको एचडियू कक्ष निर्माण भइरहेको छ भने २ वटा भेन्टिलेटरसहित १४ बेडको आईसियू अहिलेपनि संचालनमा छ ।

    २०७६ चैत्र महिनाबाट शुरु गरिएको कोरोना विशेष अस्पतालमा आईसियू निर्माण, संक्रमितहरुको उपचार, पीसीआर परिक्षण तथा चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई राखेको होटलको रकम गरी ५ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले बताए ।

    गत कात्तिक महिनासम्मको ५ करोड बराबर रकम भुक्तानी लिन बाँकी रहेकोले आइसोलेसनको थप बिस्तारमा समस्या भएको डा. खनालको भनाइ छ । ५ करोडमध्ये कात्तिकसम्म गरिएको पिसिआर परीक्षणको दुई करोड ३१ लाख, करिब १ करोड चिकित्सक र स्वास्थ्यकर्मी होटलमा बसेको तथा आईसियू र आईसोलेसन तयार गर्दा खर्च भएको करिब दुई करोड रुपैयाँ बाँकी रहेको उनले बताए ।

    सरकारले कोरोना संक्रमितहरुको उपचार निःशुल्क गर्ने घोषणा गरेपनि अस्पताललाई श्रोतको व्यवस्थापन गर्न नसकेको डाक्टर खनालको भनाइ छ । यसअघि स्वास्थ्य मन्त्रालयको समेत जिम्मा लिएका सामाजिक विकास मन्त्रालयको बेवास्ता तथा ढिलासुस्तीका कारण रकम भुक्तानी हुन नसक्दा अहिले चाहेर पनि समयमा एचडियू संचालनमा ल्याउन नसकिएको डा. खनालले बताए ।

     

  • बुधबार थप १७ जना कोरोना संक्रमितको मृत्यु

    बुधबार थप १७ जना कोरोना संक्रमितको मृत्यु

    काठमाडौं । बुधबार नेपालमा कोरोनाभाइरसबाट थप १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल मृतक संख्या ३,२११ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ४,८९७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । सक्रिय संक्रमित संख्या ३०,२०९ पुगेको छ ।

    कूल संक्रमित संख्या ३ लाख १२ हजार ६९९ पुगेको छ ।

  • विदेश जान बारकोडमार्फत् नाकाबाटै हेर्न मिल्ने पीसीआर रिपोर्ट मात्रै मान्य

    विदेश जान बारकोडमार्फत् नाकाबाटै हेर्न मिल्ने पीसीआर रिपोर्ट मात्रै मान्य

    काठमाडौं । सरकारले अब विदेश जानेहरुका लागि सरकारी प्रयोगशाला तथा तोकिएको अस्पतालको रिपोर्टलाई मान्यता दिने भएको छ ।

    विदेश जानेहरुले नक्कली पीसीआर रिपोर्ट देखाउन थालेपछि स्वास्थ्य तथा जनसंख्याले विदेश जानेहरुलाई नयाँ मापदण्ड बनाएको हो ।

    पीसीआर परीक्षण गर्न सरकारी प्रयोगशाला तथा मापदण्ड बमोजिमका अस्पतालका आधारमा ए वर्गका प्रयोगशालाहरुबाट मात्र परीक्षण हुने  मन्त्रालयले  जनाएकाे छ  ।

    सम्बन्धित प्रयोगशालाबाट प्राप्त रिपोर्टहरु सम्बन्धित व्यक्तिको फोटो र बारकोड वा आई एम यू अनलाइन प्रणालीबाट नाकामै हेर्न मिल्ने गरी उपलब्ध गराइएको रिपोर्ट मात्रै मान्य हुने व्यवस्था गर्ने निर्णय भएको मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले बताए ।

     

  • कोरोना परीक्षण गराउन चर्को घाममा घण्टौं लाइन, भीडका कारण जोखिम बढ्दो

    कोरोना परीक्षण गराउन चर्को घाममा घण्टौं लाइन, भीडका कारण जोखिम बढ्दो

    जनकपुरधाम । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा कोरोना परीक्षण गराउनेहरुको भीड लागेको छ । भारतबाट फर्केका र कोरोनाको लक्षण देखिएका व्यक्तिहरु कोरोना परीक्षण गराइरहेका छन् । स्वास्थ्य मापदण्ड पूरा नगरी परीक्षण गराउनेको भीडका कारण जोखिम झन् बढेको भन्दै केहीले चिन्ता व्यक्त गरेका छन् ।

    कोरोना परीक्षणका लागि चर्को घाममा घण्टौ लाइनमा बसेर स्याब दिनुपर्ने बाध्यता छ । कोठामा स्वाब संकलन गर्दा संक्रमण फैलिने जोखिमका कारण बाहिरै राखेर स्वाब संकलन गर्नुपरेको प्रयोगशालाका स्वास्थ्यकर्मी बताउँछन् ।

    चर्को घाममा बाहिरै लाइन लाग्नुपर्दा वृद्धबवद्धालाई बढी सास्ती भएको छ । एक घण्टा लाइन बस्दा बल्ल स्वाब दिन पाएको जनकपुरका एक युवकले बताए ।

    स्वाब संकलनका लागि लाइन लाग्ने ठाउँमा कम्तिमा छाना राख्न उनले माग गरे । उनले भने, ‘यहाँ प्रायः वृद्धवृद्धा र विरामी आउँछन् । सरकारको ध्यानाकर्षण होस् ।’

    कोरोनाको दोस्रो लहर सुरु भएपछि पीसीआर परीक्षण गराउनेको संख्या बढेको छ । हिजो मात्रै यहाँ १८३ जनाको पिसिआर परीक्षण भयो । जसमध्ये २२ जनामा संक्रमण पुष्टि भएको छ ।

  • बुधबार ४,८९७ संक्रमित थपिए, उपत्यकामा २ हजार

    बुधबार ४,८९७ संक्रमित थपिए, उपत्यकामा २ हजार

    काठमाडौं । बुधबार नेपालमा ४,८९७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र २,०४७ जना संक्रमित थपिएका छन् । आज मात्रै १४ हजार ८३४ परीक्षण भएका छन् । 

    सक्रिय संक्रमित संख्या ३०,२०९ पुगेको छ । पछिल्लो २४ घण्टामा १३,८७९ पीसीआर ९५५ एन्टीजेन विधिबाट गरिएको परीक्षणमा ती संक्रमित थपिएका हुन् । ५४ जना क्वारेन्टिनमा छन् ।

    निको हुने संख्या ७७३ जना छन् । 

  • सीईओसहित रावा बैंकका ५२ कर्मचारीलाई कोरोना, बैंक ५ दिनसम्म बन्द हुने

    सीईओसहित रावा बैंकका ५२ कर्मचारीलाई कोरोना, बैंक ५ दिनसम्म बन्द हुने

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठसहित सो बैंकका केन्द्र र शाखा कार्यालयका ५२ कर्मचारीलाई कोरोना संक्रमण भएको छ ।

    कर्मचारीमा कोरोना देखिएका बैंकहरू स्थानीय तहको निर्णय अनुसार ३ देखि ५ दिनसम्म बन्द हुने बताइएको छ ।

    ‘केन्द्रीय कार्यलयमा कोरोना संक्रमण देखिएको ठाउँलाई आइसोलेसन बनाएर काम सञ्चालन हुने छ । म ७ दिनदेखि नै आइसोलेसनमा छु र स्वास्थ्य अवस्था सामान्य छ ’,श्रेष्ठले नेपाल प्रेससँग भने ।

    बैंक पनि अतिआवश्यक सेवा भएकोले सरकारले निश्चित कर्मचारी उपस्थित भएर सञ्चालनको अनुमति दिएको छ ।

  • लकडाउनमा नर्भिक अस्पतालले निःशुल्क एम्बूलेन्स सेवा दिने

    लकडाउनमा नर्भिक अस्पतालले निःशुल्क एम्बूलेन्स सेवा दिने

    काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले निषेधाज्ञाको अवधिमा गम्भीर अवस्थाका बिरामीहरुका लागि निःशुल्क एम्बूलेन्स सेवा संचालन गर्ने भएको छ ।

    अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार निषेधाज्ञामा सार्वजनिक तथा निजी यातायात ठप्प भएको अवस्थामा स्वास्थ्य जटिलताका कारण सर्वसाधारणलाई समस्या नपरोस् भन्ने उद्देश्यले अस्पतालले गम्भीर अवस्थाका बिरामीका लागि निःशुल्क एम्बूलेन्स सेवा संचालनको घोषणा गरिएको हो ।

    स्वास्थ्यमा गम्भीर समस्या भई इमेरजेन्सी अस्पताल भर्ना हुनुपर्ने बिरामीहरुलाई लिन अस्पतालले घरैसम्म निःशुल्क एम्बूलेन्स पठाइदिनेछ । त्यस्ता बिरामीहरु ठीक भएपछि घरसम्मै लैजाने व्यवस्था समेत मिलाइनेछ ।

    यस्तो सुविधा लिनका लागि गम्भीर अवस्थाका बिरामी वा आफन्त तथा नजिकका व्यक्तिले अस्पताललाई फोन गरेर जानकारी गराउनुपर्नेछ । सो जानकारी पाएलगत्तै अस्पतालले निःशुल्क एम्बूलेन्स सेवाको माध्यमबाट समस्यामा परेका बिरामीहरुको तत्काल उद्धार गर्नेछ ।

    यो सुविधा काठमाण्डौका बिरामीका लागि मात्रै उपलब्ध हुने कार्यकारी निर्देशक सिंहले जानकारी दिनुभएको छ ।

  • गण्डकीमा कोरोनाबाट थप २ को मृत्यु

    गण्डकीमा कोरोनाबाट थप २ को मृत्यु

    पोखरा । गण्डकी प्रदेशमा कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बागलुङ र गोरखाका १ जना छन् ।

    प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मंगलबार साँझ बागलुङ नगरपालिका ५५ वर्षीय महिलाको मृत्यु भएको छ । उनको पोखरा मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

    उनलाई बैशाख १० गते कोरोना पुष्टि भएको थियो । त्यस्तै, बुधबार कोरोनाबाट गोरखा १४ का ५५ वर्षीय पुरुषको मृत्यु भएको छ ।

    ८ गते कोरोना पुष्टि भएका उनको भरतपुर जिल्ला अस्पताल चितवनमा उपचारका क्रममा मृत्यु भएको हो । योसँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय १९ पुगेको छ ।

  • कोरोना संक्रमित एमाले केन्द्रीय सदस्यको संख्या ४ पुग्यो

    कोरोना संक्रमित एमाले केन्द्रीय सदस्यको संख्या ४ पुग्यो

    काठमाडौं । वैशाख १० गते केन्द्रीय कमिटी बैठकमा भाग लिएका नेकपा एमालेका अर्का एक केन्द्रीय सदस्यमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

    केन्द्रीय सदस्य तथा राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेललाई कोरोना संक्रमण पुष्टि भएको हो ।

    यसअघि सोही बैठकमा सहभागी नेताहरू टोपबहादुर रायमाझी, खिमलाल भट्टराई र विष्णु रिजालमा पनि संक्रमण पुष्टि भएको थियो । रायमाझीबाहेक सबै होम आइसोलेसनमा छन् ।

  • ब्राजिलमा कोभिडबाट तीन लाख ९५ हजारको मृत्यु

    ब्राजिलमा कोभिडबाट तीन लाख ९५ हजारको मृत्यु

    ब्राजिल । २४ घण्टायता कोभिड-१९को सङ्क्रमणबाट यहाँका ३ हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ९५ हजार नाघेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार मङ्गलबार मात्र कोभिड-१९ को सङ्क्रमणमा परेका यहाँका ३ हजार ८६ जनाको एकै दिनमा ज्यान गएको हो ।

    योसँगै ब्राजिलमा कोभिडको प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ९५ हजारभन्दा बढी पुगेको पनि सो मन्त्रालयले दिएको समाचारमा जनाइएको छ ।त्यसैगरी सोही अवधीमा थप ७२ हजार भन्दा बढीमा कोरोना भाइरस सङ्क्रमण देखिएको पनि मन्त्रालयले जनाएको छ ।

    कोरोना भाइरसको सङ्क्रमण शुरु भएबाट ब्राजिलमा हालसम्म १ करोड ४४ लाख ४१ हजार जनाभन्दा बढीमा सो सङ्क्रमण भएको बताइएको छ । स्वास्थ्य मन्त्रालयकाअनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको नयाँ प्रजातिको भाइरसका साथै नयाँ नयाँ वेभ आइरहेका छन् । अस्पतालले बिरामीको चाप थेग्न नसकेपछि उपचारमा समस्या भएको जनाएका छन् ।

    यस देशमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राज्यका रुपमा साओ पाओलो रहेको छ । साओ पाओलोमा मात्र ९२ हजारभन्दा बढी नागरिकको ज्यान गएको छ । त्यसैगरी सो राज्यमा करिब २९ लाख भन्दा बढी नागरिक कारोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

  • भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख नाघ्यो, बुधबार एकैदिन ३ लाख ६० हजारमा संक्रमण

    भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख नाघ्यो, बुधबार एकैदिन ३ लाख ६० हजारमा संक्रमण

    काठमाडौं । बुधबार एकैदिन भारतमा ३ लाख ६० हजार ९६० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा एकैदिन ३ हजारभन्दा बढीको मृत्यु भएको छ ।

    योसँगै भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या २ लाख नाघेको छ । सक्रिय संक्रमित संख्या १ करोड ७९ लाख पुगेको छ ।

    सातदिन देखि लगातार ३ लाखभन्दा माथि संक्रमित थपिएका छन् । महाराष्ट्र, कर्नाटक, केरला, उत्तर प्रदेश, तामिल नाडु र दिल्ली भाइरसबाट सबैभन्दा बढी प्रभावित बनेका छन् ।

  • बाहिरिनेलाई सम्हाल्नै गाह्रो, भित्रिनेलाई भरेदेखि पर्छ साह्रो (भिडियोसहित)

    बाहिरिनेलाई सम्हाल्नै गाह्रो, भित्रिनेलाई भरेदेखि पर्छ साह्रो (भिडियोसहित)

    काठमाडौं । कोरोनाको नयाँ भेरिएन्टसहितको संक्रमण तीव्र गतिमा फैलिएपछि हुन लागेको लकडाउनका कारण उपत्यका छाड्ने सर्वसाधारणको संख्या आज बिहानसम्म १ लाख नाघेको छ ।

    अर्कातिर, उपत्यका भित्रिने नाकामा प्रहरीले बुधबार राति १२ बजेदेखि कडाइ गर्नका लागि विशेष योजना बनाएको छ ।

    सोमबार मन्त्रिपरिषद् बैठकले उपत्यकामा १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेसँगै मंगलबारमात्रै ४५ हजार सर्वसाधारणले उपत्यका छाडेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी रमेश बस्नेतले बताए ।

    तर, उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारी भने मंगलबार रातिसम्म ५२ हजारभन्दा बढीले उपत्यका छोडेको दावी गर्छन् ।

    जिल्ला प्रहरीको तथ्यांकअनुसार, काठमाडौंबाट देशका विभिन्न भागका लागि प्रस्थान गर्ने लामो दूरीका ५ हजार सवारीसाधन विभिन्न नाकाबाट बाहिरिएको एसपी वस्नेतले बताए । तर, ट्राफिक प्रवक्ता अधिकारीका अनुसार उपत्यकाका तीनै जिल्लाको विवरणका आधारमा ८ हजार सवारी साधन मंगलबार बाहिरिएका छन् ।

    त्यो क्रम बुधबार बिहानदेखि तीव्र रूपमा बढेको र बुधबारमात्रै २ लाखभन्दा बढी सर्वसाधारणले उपत्यका छाड्ने अनुमान ट्राफिक प्रहरीको छ । उसले गरेको अनुमानअनुसार, बुधबार विहान १० बजेभित्र १ लाखभन्दा बढी यात्रु उपत्यकाबाट बाहिरिएका छन् ।

    बुधबार राति १२ बजेसम्म उपत्यका छोड्ने र भित्रिने यात्रुका हकमा कुनै कडाइ नगरिएको, तर त्यसपछि फरकखाले सुरक्षा नीतिका साथ प्रहरी परिचालित हुने भएको छ ।

    उपत्यका प्रहरी कार्यालयका निमित्त प्रमुख एसएसपी उमेश रञ्जितकारका अनुसार बुधबार राति १२ बजेपछि उपत्यका भित्रिने यात्रुका हकमा उपत्यकास्थित तीनैवटा जिल्ला प्रशासन कार्यालयहरूले जारी गरेको मापदण्डका आधारमा व्यवहार गरिनेछ ।

    निषेधाज्ञा अवधिभर स्वास्थ्य, सुरक्षा, सञ्चार, खाद्यान्न ढुवानीसहितका अत्यावश्यक क्षेत्रसँग सम्बन्धित सवारी साधन र व्यक्तिलाई अवागमनमा अवरोध नगरिने एसएसपी रञ्जितकारले बताए ।

    निगरानी गरिने स्थान

    बुधबार राति १२ बजेदेखि देशका विभिन्न भागबाट राजधानी उपत्यका भित्रिने विभिन्न नाकामा प्रहरीको अवरोधक टोली तैनाथ हुने भएको छ ।

    नागढुंगा हुँदै उपत्यका भित्रिन चाहने यात्रुलाई झ्याप्लेखोलादेखि नै अवरोधमा पर्ने छन् । त्यस्तै, भीमफेदी-फर्पिङ रुटबाट उपत्यका छिर्ने नाका हुमाने भञ्ज्याङ, कान्तिराजपथ हुँदै उपत्यका छिर्ने नाका भट्टेडाँडा, वीपी राजमार्ग हुँदै उपत्यका छिर्ने नाका साँगा भञ्ज्याङ र मेलम्ची हुँदै उपत्यका छिर्ने जहरसिंहपौवालगायतका नाकामा प्रहरीले कर्डन ड्युटी खटाउने गरी योजना बनाएको छ ।

    ‘तर, स्वास्थ्य, सुरक्षा र सञ्चारलगायतका अत्यवश्यक सेवामाथि कुनै अवरोध हुने छैन’, एसएसपी रञ्जितकारले भने, ‘उहाँहरूले यात्राका क्रममा स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरे, नगरेको अनुगमन गरिनेछ । यदि मापदण्ड पालना नगरेको भए जोसुकैमाथि पनि हामी कारवाही गर्न सक्छौँ ।’

    मास्क अनिवार्य

    प्रहरीले मास्कबिना यात्रा गर्ने यात्रुलाई ५० रूपैयाँ जरिवाना गरी मास्क अनिवार्य लगाइदिने नीति अबलम्बन गरेको छ । यो जिम्मेवारी ट्राफिक प्रहरीलाई दिइएको छ ।

    उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीका अनुसार, सवारीसाधनमा सीट संख्याभन्दा बढी यात्रु राखिएमा र दुरीसम्बन्धी मापदण्ड पालना नगरिएमा त्यस्ता सवारी साधनमाथि कारवाही गरिएको बताए ।

    सम्हाल्नै गाह्रो

    आ-आफ्नो थातथलो जानका लागि हतारिएका सर्वसाधारणले यात्राका क्रममा स्वास्थ्यसम्बन्धी मापदण्ड व्यापक रुपमा उल्लंघन गरिरहेका छन् ।

    बुधबार बिहानैदेखि नागढुंगामा केन्द्रित भएका ट्राफिक प्रवक्ता अधिकारी भन्दै थिए, ‘जति सम्झाउँदा पनि मान्दैनन्, कतिलाई कारवाही गर्नु ?’

    बुधबार कलंकीचोकदेखि शुरू भएको ट्राफिक जामको लहर धादिङस्थित खानी खोलासम्म पुगेको थियो । ‘गाडीभरि यात्रु खचाखच छन्, तिनलाई उतार्ने कि जाम खुलाउने, बडो तनावमा छौँ हामी’, प्रवक्ता अधिकारीले भने ।

    तर, आँखाले देखेसम्म स्वास्थ्य मापदण्ड पालना नगर्ने यात्रुलाई आफूहरूले कारवाही गरिरहेको चेकपोष्ट प्रहरी, थानकोटका इन्स्पेक्टर याम बञ्जाडेले बताए । ‘ट्राफिक प्रहरीसँग समन्वय गरेर हामी यो कामलाई कडाइँका लागि कार्यान्वयन गर्दैछौँ’, उनले भने ।

    प्रहरी प्रमुख नै संक्रमित

    कोरोनाको नयाँ भेरिएन्टसहितको संक्रमणबाट उपत्यका प्रहरी कार्यालयका प्रमुख (एआईजी) हरिबहादुर पाल स्वयं नै ग्रस्त भएका छन् ।

    मंगलबार उनको पीसीआर रिपोर्ट पोजिटिभ भएपछि महाराजगञ्जस्थित प्रहरी अस्पतालको आइसोलेसन वार्डमा राखिएका छन् । तर, उनको स्थिति सामान्य रहेको एसएसपी रञ्जितकारले बताए ।