Category: स्वास्थ्य-जीवनशैली

  • विश्वका हरेक स्वास्थ्य संकटमा किन अग्रपंक्तिमा छ कम्युनिष्ट देश क्युवा ?

    विश्वका हरेक स्वास्थ्य संकटमा किन अग्रपंक्तिमा छ कम्युनिष्ट देश क्युवा ?

    सन् २०१४देखि २०१६सम्म पश्चिम अफ्रिकालाई इबोला भाइरसले सतायो । भाइरससँग लढ्न धनी देशहरूले पैसा मात्रै सहयोग गरिरहेका थिए । तर, फिल्डमा पैसा हैन स्वास्थ्य सेवा आवश्यक थियो । क्युवाले नेतृत्व लियो । सन् २०१४ को अक्टोबरमा १ सय ६५ स्वास्थ्यकर्मी पठायो । डाक्टर, नर्स र संक्रमण नियन्त्रण विज्ञहरू समेटेर सिरिया लियोनमा क्युवाली टोली छ महिना बसेको सन् २०१४ मै बिबिसीले उल्लेख गरेको थियो ।

    इबोला आतंकको चार वर्षअगाडि हाइटीको हैजा संकटमा उस्तै नाम कमायो क्युवाली मेडिकल मिसनले । सन् २०१० को जनवरी १२ मा हाइटीमा भूकम्प आयो । २ लाख बढी मान्छेको ज्यान गयो । भूकम्प आएको १० महिनापछि अक्टोबर २० मा हैजा देखा पर्‍यो । हैजाले १० हजार बढीको ज्यान लियो । हैजा नियन्त्रणमा क्युवाली मिसन धेरै सफल भयो ।

    ९ सय ८ जनाको क्युवाली मेडिकल मिसनले हाइटीका दुर्गम क्षेत्रहरूका जनताको घरघरमा पुगेर सेवा गरे । हैजाको पहिलो रेस्पोन्स गर्ने देश पनि क्युवा भएको भन्दै बेलायती समाचार एजेन्सी रोयटर्स लेख्छ, ‘हाइटीका ३० देखि ४० प्रतिशत हैजा बिरामी क्युवाली स्वाथ्यकर्मीहरूले उपचार गरेका थिए ।’

    क्युवाको हाइटी सेवाको तारिफ गर्दै रोयटर्सले सन् २०१० को डिसेम्बर ३ मा हेडलाइन बनायो- हाइटी हैजाको अग्रपंङ्तिमा क्युवाली स्वास्थ्यकर्मी एक विशाल शक्ति ।

    कोभिड-१९ महामारीमा पनि क्युवाको स्वास्थ्य सक्रियता उस्तै छ । सन २०२०को अप्रिलसम्ममा मात्रै क्युवाले इटालीदेखि दक्षिण अफ्रिकासम्म १२ सय बढी स्वास्थ्यकर्मीलाई २२ देशको संकट क्षेत्रमा खटाएको बिबिसीले उल्लेख गरेको छ । दक्षिण अफ्रिका सरकारले त क्युवाली डाक्टरलाई सन् २०२१ को नोबेल पुरस्कार दिनुपर्ने प्रस्ताव समेत गरेको थियो ।

    अझ रोचक कुराचाहिँ आफ्नो कट्टर दुश्मन देश अमेरिकालाई संकट पर्दा समेत क्युवाले स्वाथ्य सहायताको प्रस्ताव गरेको थियो । सन् २००५ मा अमेरिकाको गल्फ कोस्टमा हुरिक्यान कट्रिना आउँदा तत्कालीन क्युवान रास्ट्रपति फिडेल क्यास्ट्रोले १ हजार ५ सय ८६ डाक्टर, २७ पाउन्ड औषधि र २६ टन अन्य स्वास्थ्य सहायता प्रस्ताव गरे पनि अमेरिकाले अस्वीकार गरेको सोही वर्ष अमेरिकी च्यानल सिएनएनले समाचार बनाएको थियो ।

    कोरोना संकट : दुई खोप अन्तिम चरणमा, अक्सिजन र भेन्टिलेटरमा आत्मनिर्भर
    दि न्यू योर्क टाइम्सका अनुसार अहिले विश्वमा ९० कोभिड-१९ विरुद्धका खोपहरू बन्दैछन् । त्यसमा पाँच खोप त क्युवाले मात्रै बनाएको छ । क्युवाले विकास गरेका पाँच खोपमा दुई खोप नागरिकहरुलाई लगाउन सुरु भएको छ । खोप विकास गर्ने सबैभन्दा सानो र दुई खोप अन्तिम चरणमा पुर्‍याउने क्युवा एक्लो ल्याटिन अमेरिकी देश हो ।

    ‘सोभेरेन २’ र ‘आब्दाला’ नामक दुई खोप क्युवाले आफ्ना नागरिकहरूलाई दिन थालेको छ ।

    कतिपयले क्लिनिकल ट्रायल नभइकन खोप दिएको भनेर आलोचना गरेका छन् । क्युवाली विज्ञहरूले भने यस अगाडि क्लिनिकल ट्रायल भएका १ लाख ४५ हजारको नजिता राम्रो देखिएकोले दिन थालेको बताएका छन् । क्युवा अगाडि रसिया, चीनले पनि क्लिनिकल ट्रायल गर्नुअघि खोप दिएका थिए । हाल दुवै खोप क्लिनिकल ट्रायल पार गर्दै विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त छन् ।

    क्युवाले आफ्ना एक करोड १३ लाख संख्याका नागरिकलाई आफूले बनाएको खोप लाउने लक्ष्यसाथ यात्रा तय गरेको छ । क्युवाको बायोक्युवाफर्माका सभापति डाक्टर इदुआर्दो मार्तिनेजले दि न्यु योर्क टाइम्सका क्युवा रिपोर्टर इद अगस्टिनसँग भनेका छन्, ‘सम्भवतः आफ्नै खोप सबै नागरिकलाई लगाउने पहिलो देश हामी हौं ।’

    खोप विकासमा क्युवाको अनुभव पुरानो हो । फ्रान्सेली च्यानल फ्रान्स २४ का अनुसार क्युवाले सन् १९८०को दशकपछि आफैं खोप बनाउन थालेको हो । आफूलाइ चाहिने ८० प्रतिशत खोप क्युवाले आफैं उत्पादन गरेको फ्रान्स २४ ले लेखेको छ ।

    कोभिड-१९विरुद्धका खोपहरू मात्रै हैन भेन्टिलेटरदेखि अक्सिजन सिलिन्डर उत्पादनमा पनि क्युवाले आफैं नेतृत्व गरेको छ । सन् २०२० बाट तयार गरेको क्युवाको क्युवान न्युरोसाइन्स सेन्टरका बायोमेडिकल इन्जिनियर, विश्वविद्यालयका अन्वेषकदेखि सरकार तथा निजी क्षेत्रको सहकार्यमा भेन्टिलेटर र अक्सिजन सिलिन्डर उत्पादन भएको चिनियाँ समाचार एजेन्सी सिन्हुवाले उल्लेख गरेको छ ।

    अमेरिकि नाकाबन्दीले ल्याएको क्युवाको स्वाथ्य क्रान्ति
    सन् १९५३ जुलाई २६ बाट क्युवाली क्रान्तीकारी नेता फिडेल क्यास्ट्रोले सैन्य तानाशाह फुल्गेनसियो बाटिस्टाविरुद्ध आफ्ना अर्जेन्टाइन कमरेड चे ग्वेभारासँग मिलेर क्रान्ति छेडे । आधा दशकपछि नै क्रान्ति सफल भयो । सन् १९५९ को जनवरी १ मा बाटिस्टा भागेर डोमिनिकल रिपब्लिक भन्ने देशमा आए । त्यसको ६ दिनपछि राजधानी हवाना आएर सत्तामा आएका क्यास्ट्रोको दल अहिले सम्म सत्तामा छ । क्युवामा क्यास्ट्रो सत्तामा आउँदा नेपालमा भने प्रथम आम निर्वाचनको तयारी हुँदै थियो ।

    अमेरिकी आडका सैन्य तानाशाह बास्टिस्टालाई अपदस्त गरेपछि फिडेल क्यास्ट्रोमाथि अमेरिकाले नाकाबन्दी लायो । नाकाबन्दीले टापुको देश क्युवालाइ धेरै असहज बनायो । स्वास्थ्य क्षेत्रमा झनै समस्या थोपरिएको विभिन्न सञ्चारमाध्यमले लेखेका छन् ।

    क्रान्ति सफल भएपछि यसलाई जोगाउन क्यास्ट्रोले सन् १९६० को सेप्टेम्बर २८ मा क्रान्ति रक्षा कमिटी बनाए । छोटकरीमा सिडिआर भनेर चिनिने कमिटीमा हजारौं मजदुर, किसानदेखि युवा विद्यार्थीहरू समेटिए । क्रान्तिको उपलब्धिमा कसैले धावा बोले नबोलेको नियमन गर्न र काउन्टर गर्न कमिटी बनेको थियो ।

    पछि त्यही कमिटीलाई नै सार्वजनिक स्वास्थ्य क्षेत्रमा परिचालन गरियो । फिडेलको मृत्यु भएको एक महिनापछि सन् २०१६को डिसेम्बर अंकमा भारतको म्यागाजिन डाउन टु अर्थमा लेख्दै भारतिय जनस्वास्थ्य अभियन्ता अभय सुक्लाले क्यास्ट्रोलाई सार्वजनिक स्वास्थ्यका नायक भनेका छन् ।

    उनले क्युवाले स्वास्थ्यकर्मी पठाएर धेरै देशहरूलाई सहयोग गरेको, बालमृत्युदर घटाएको, विकाशील देशहरूको विपत्तिमा सहायता गरेको तथा सन् १९९९ मा ल्याटिन अमेरिकन स्कुल अफ मेडिसिन बनाएर सयौँ स्तरीय डाक्टर उत्पादन गरेकोमा तारिफ गरेका छन् ।

    क्युवाको स्वास्थ्य क्षेत्र राम्रो भएकोले त्यसको प्रतिव्यक्ति आयु अमेरिकी र बालमृत्युदर न्युजिल्याण्ड स्तरको भएको स्पेनको अखबार एल पाइसले उल्लेख गरेको छ । एल पाइसका अनुसार मेनिन्जाइटिस बि विरुद्धको पहिलो खोप क्युवाले सन् १९८५ मै बनाएको थियो ।

    यस्तैगरी, सिपिलिस र एड्सलाई आमाबाट बच्चामा सर्न नदिने उपचार पनि क्युवाले बनाएको र सन् २०१५ मा विश्व स्वाथ्य संगठनले तारिफ गरेको एल पाइसले उल्लेख गरेको छ । फिडेल क्यास्ट्रोको भाषामा ‘सेतो कोटधारी सेना’को रुपमा पारिभाषिक क्युवाली डाक्टरले क्युवाको कुटनैतिक शक्तिको काम गरेका छन् ।

    विश्व स्वाथ्य संगठनले समेत क्युवामा पछिल्लो तीन दशकमा स्वास्थ्य क्रान्ति भएको भन्दै आफ्नो आधिकारिक वेबसाइटमा क्युवाले स्वाथ्य क्षेत्रको तारिफ गरेको छ । क्युवाको स्वाथ्य सेवा समुदायमैत्री र गरिबमैत्री भएको भन्दै धेरैले तारिफ गर्छन् ।

    नाकाबन्दी लाएपछि पनि क्युवाले गरेको स्वाथ्य प्रगतिमा अमेरिका सकारात्मक छैन । सन् २००५को कट्रिना हुरिक्यानमा क्युवाको स्वास्थ्य सहायता नलिएको अमेरिका अरु देशलाई पनि नलिन आग्रह गर्छ । क्युवाले डाक्टरहरूको मानव अधिकार हनन गरेको भन्दै यस्तो आग्रह गर्ने गरेको छ ।

    तर, क्युवाको स्वाथ्य सामर्थ्य बुझ्ने देशहरूले अमेरिकी आग्रह अस्वीकार गर्दै आएका छन् । स्पेनिस अखबार एल पाइसका अनुसार हाल विश्वका ६७ देशमा आधा लाख क्युवाली डाक्टर छन् । क्युवाको स्वाथ्य क्षेत्रका समर्थकहरूले भने नाकाबन्दी गरेर आफैं क्युवाली नागरिकलाई दु:ख दिएर मानव अधिकार हनन गर्ने अमेरिकाले मानव अधिकारको कुरा उठाउन नमिल्ने तर्क गर्दै आएका छन् ।

  • कैलालीका १२ सहित सुदूरपश्चिममा थप ३० कोरोना संक्रमितको मृत्यु

    कैलालीका १२ सहित सुदूरपश्चिममा थप ३० कोरोना संक्रमितको मृत्यु

    कैलाली । सुदूरपश्चिममा बुधबार ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    कैलालीमा सबै भन्दा धेरै १२ जनाको मृत्यु भएको छ । कंचनपुरमा ८ जना, डडेल्धुरामा ३ जना, दार्चुला र अछामका २/२ जना, डोटि र बझाङका १/१ जनाको मृत्यु भएको प्रदेश स्वास्थ निर्देशनालयले जनाएको छ ।

    उपचारका क्रममा बाकेका १ जनाको पनि सुदूर पश्चिममा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

    यो संगै प्रदेशमा ज्यान गुमाउनेको संख्या ३१७ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घन्टामा ८७५ जनामा संक्रमण पुष्टि भएको छ । मंगलबार २१३ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

  • शुक्रबार ८,५२० संक्रमित थपिए, २०३ जनाको मृत्यु पुष्टि

    शुक्रबार ८,५२० संक्रमित थपिए, २०३ जनाको मृत्यु पुष्टि

    काठमाडौं । शुक्रबार मुलुकमा ८,५२० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २०३ जनाको मृत्यु पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ४७८ वटा पीसीआर र एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । ६ हजार १३५ जना निको भएका छन् ।

    कूल संक्रमित संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ । मृत्य हुनेको संख्या ४६६९ पुगेको छ । निको हुनेको संख्या ३ लाख २७ हजार पुगेको छ ।

    सक्रिय संक्रमित संख्या १ लाख ७३ हजार ३६ पुगेको छ । ५१६ जना क्वारेन्टिनमा छन् ।

    परीक्षणमध्ये संक्रमण दर १६ प्रतिशत छ । पजेटिभमध्ये मृत्युदर १.४ प्रतिशत छ । काठमाडौंमा सक्रिय संक्रमित ३० हजार ४५२ छन् ।

  • चीनले दिने अक्सिजन सिलिन्डरको दोस्रो खेप केही दिनमा नेपाल आइपुग्ने

    चीनले दिने अक्सिजन सिलिन्डरको दोस्रो खेप केही दिनमा नेपाल आइपुग्ने

    काठमाडौं । चीनले उपलब्ध गराउने भनेको अक्सिजन सिलिन्डरको दोस्रो खेप केही दिनमै नेपाल आउने भएको छ ।

    चिनियाँ राजदूत होउ यान्छीले ट्वीटमार्फत यस्तो जानकारी दिएकी हुन् ।

    चीनले दिएको ४०० थान अक्सिजन सिलिन्डर, १६० थान अक्सिजन कन्सनटेटर र १० थान भेन्टिलेटर गत मंगलबार काठमाडौं आइपुगेको थियो ।

  • भदौ १६ गतेसम्म नेपालमा ४२ हजारको मृत्यु हुनसक्ने वासिङ्टन युनिभर्सिटीको प्रक्षेपण

    भदौ १६ गतेसम्म नेपालमा ४२ हजारको मृत्यु हुनसक्ने वासिङ्टन युनिभर्सिटीको प्रक्षेपण

    काठमाडौं । कोभिड-१९ महामारीको कारण आगामी भदौ १६ गते (अगस्ट १) सम्म नेपालमा ४२ हजार ५३९ जनाको मृत्यु हुने प्रक्षेपण युनिभर्सिटी अफ वासिङ्टन स्कुल अफ मेडिसिनले गरेको छ ।

    उक्त विश्वविद्यालयको इस्टिच्युट फर हेल्थ मेट्रिक्स एन्ड इभालुएसन (आइएचएमई)का अनुसार कोभिडको अवस्था खराब भए नेपालमा त्यति संख्यामा मानिसको ज्यान जाने छ ।

    दैनिक मृत्यु, अस्पतालको स्रोत साधन, दैनिक संक्रमण र परीक्षण, मास्कको प्रयोग र सामाजिक दूरी पालनाको वर्तमान अवस्थालाई अध्ययन गर्दैै उक्त निकायले सो प्रक्षेपण गरेको हो ।

    यदि उपलब्ध जनसंख्याले मास्कको अनिवार्य प्रयोग गर्ने हो भने उक्त कूल मृत्युलाई ४ हजारले घटाउन सकिने पनि जनाइएको छ ।

    दैनिक मृत्युलाई आधार मान्दा जेठ १६ गते (मे ३०) मा सर्वाधिक ८७० जनाको मृत्यु हुने प्रक्षेपण पनि उक्त निकायले गरेको छ । अर्थात, जेठ १६ लाई भाइरसको दोस्रो लहरको पिक (उचाइ) मानिएको छ ।

    जेठ ११ गतेसम्म १ लाख ७ हजार थप बेड आवश्यक पर्न सक्ने आंकलन पनि गरिएको छ । सोही मितिमा २१ हजार आइसीयू बेड पनि चाहिन सक्ने अध्ययनको निष्कर्ष छ ।

    बैशाख ३० गते विहिबारसम्म नेपालमा भाइरसका कारण ४ हजार ४६६ जनाको मृत्यु भएको छ । ४ लाख ३१ हजार जना संक्रमित भएका छन् । सो मितिसम्म सक्रिय संक्रमित संख्या १ लाख ५२ हजार पुगेको छ ।

  • आजदेखि स्वास्थ्य मन्त्रालयबाट अक्सिजन सिलिन्डर वितरण हुने

    आजदेखि स्वास्थ्य मन्त्रालयबाट अक्सिजन सिलिन्डर वितरण हुने

    काठमाडौं । उपत्यकामा अक्सिजन सिलिन्डरको वितरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट शुक्रबारदेखि हुने भएको छ ।

    कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिले शुक्रबार विज्ञप्ती जारी गर्दै मन्त्रालयबाट अक्सिजन वितरण हुने जानकारी गराएको हो ।

    अक्सिजन सिलिन्डर मागको आपुर्तीलाई अभाव हुन नदिन मन्त्रालयबाटै वितरण गर्ने निर्णय गरेको सीसीएमसी सचिवालयका महासचिव नुरहरी खतिवडाले जानकारी दिए ।

    सिलिण्डरको अभावलाई थप व्यवस्थापनका लागि मन्त्रिपरिषद्ले ५० हजार खाली सिलिण्डर विदेशवाट ल्याउने निर्णय गरेको छ । ३० हजार सिलिण्डर चिनबाट अनुदानमा ल्याउने भने पनि ४०० वटा मात्र ल्याएको छ  ।

  • यस्ता व्यक्तिलाई भेरोसेल खोपको दोस्रो डोज नदिइने

    यस्ता व्यक्तिलाई भेरोसेल खोपको दोस्रो डोज नदिइने

    काठमाडौं । कोरोनाविरुद्धको पहिलो खोप लगाइसकेका व्यक्तिहरुमा पुनः लक्षण देखिन थालेकालाई चिनियाँ खोप भेरोसेलको दोस्रो डोज तत्काल नदिइने भएको छ ।

    शुक्रबार जनस्वास्थ्य विभागले वडा क्लिनिक इन्चार्जहरुसँग अनलाईन बैठक गर्दै त्यस्ता व्यक्तिहरुको बिषयमा अर्को निर्णय हुने बताएको छ ।

    ‘पहिलो डोज लगाएका र त्यसपछि संक्रमण नभएका व्यक्तिहरुका लागि मात्र हो, लक्षण देखिएका व्यक्तिलार्ई भने दोस्रो खोप दिइने छैन’ विभागका प्रमुख हरिबहादुर कुँवरले भने, ‘माथिल्लो निकायबाट प्राप्त निर्देशनबमोजिम हामी खोप सञ्चालन गछौं । यसबीच केहि निर्णय भएछ भने हामी तत्काल परिपत्र र योजना पठाउँछौं ।’

    कोरोनाविरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज जेठ २ देखि ११ गतेसम्म सञ्चालन गर्ने काठमाडौं महानगरपालिकाले एउटा वडा एउटा खोप केन्द्र तोकिसकेको छ ।

  • भारतमा २४ घण्टामा चार हजारको मृत्यु, संक्रमण दरमा भने केही सुधार

    भारतमा २४ घण्टामा चार हजारको मृत्यु, संक्रमण दरमा भने केही सुधार

    नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा चार हजारको व्यक्तिको ज्यान गएको जनाएको छ ।

    मन्त्रालयका अनुसार कोभिडबाट पछिल्लो २४ घण्टामा तीन लाख ४३ हजार व्यक्ति संक्रमित भएका छन् भने तीन लाख ४४ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् ।

    भारतमा गत बुधबार एकै दिन चार हजार २०५ जनाको कोभिड संक्रमणबाट ज्यान गएको थियो । बिहीबार पनि चार हजार १२० जनाको मृत्यु भएको थियो । भारतमा कोरोनाभाइरस संक्रमणबाट हालसम्म दुई लाख ६२ हजार ३१७ जनाको मृत्यु भइसकेको छ ।

    भारत विश्वमै तेस्रो सर्वाधिक प्रभावित मुलुक हो । पहिलो सर्वाधिक असर परेको संयुक्तराज्य अमेरिकामा हालसम्म पाँच लाख ९८ हजार तथा दोस्रो सर्वाधिक असर परेको मुलुक ब्राजिलमा चार लाख ३० हजारको मृत्यु भइसकेको छ ।

    कोरोनाभाइरस महामारी शुरु भएयता भारतमा कूल संक्रमित दुई करोड ४० लाखमध्ये दुई करोड ७९ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार भारतमा हाल ३७ लाख व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् ।

    गत जनवरीबाटै खोप अभियान शुरु गरेको भारतमा हालसम्म १७ करोड ९३ लाख व्यक्तिलाई खोप लगाइएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार भारतभर ३१ करोड १३ लाख कोभिड नमुना परीक्षण गरिएको छ ।

  • मुस्ताङ चिकित्सक, आइसियु र भेण्टिलेटरविहीन

    मुस्ताङ चिकित्सक, आइसियु र भेण्टिलेटरविहीन

  • सामाजिक विकास मन्त्रीले पठाइन गृह जिल्लामा स्वास्थ्य सामाग्री

    सामाजिक विकास मन्त्रीले पठाइन गृह जिल्लामा स्वास्थ्य सामाग्री

  • गण्डकीमा ७ हजार नाघे सक्रिय संक्रमित, अस्पताल भरिभराउ

    गण्डकीमा ७ हजार नाघे सक्रिय संक्रमित, अस्पताल भरिभराउ

    पोखरा महानगरका ७८ वर्षीय एक पुरुष बुधबार बिहानसम्म स्वास्थ्य राम्रै थियो । दिउँसो एक्कासी स्वास्थ्यमा सामान्य खराबी आयो र अस्पताल भर्ना हुनुपर्‍यो । परीक्षणमा उनको कोरोना संक्रमण पुष्टि भयो । तर, केहीबेरमै उनको मृत्यु भयो । उपचारमा संलग्न चिकित्सकसमेत चकित बने । तर, पछिल्लो केही दिनयता देखिने यस्ता दृश्य भने उनीहरुका लागि नौला होइनन् ।

    ‘ती पुरुषको अवस्था राम्रै थियो । उहाँलाई हेरेर कसैले पनि कोभिड लागेको छ भन्नै सक्थेनन्,’ प्रदेश स्वास्थ्य निर्देशनालय प्रमुख डा विनोदविन्दु शर्मा भन्छन्, ‘तर, कोभिड संक्रमणले भित्रभित्रै सखाप पारिसकेको रहेछ । उहाँको फोक्सो पूरै ड्यामेज भइसकेको थियो ।’

    गण्डकी प्रदेशमा पछिल्लो एक हप्ताको कोरोना तथ्यांकमात्रै हेर्ने हो भने अवस्था भयावह छ । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार गण्डकीमा पछिल्लो २ हप्तामै ९९ जना कोरोना संक्रमितले ज्यान गुमाइसकेका छन् ।
    बुधबारमात्रै प्रदेशभरका १६ जना संक्रमितको मृत्यु भयो । यो हालसम्मकै उच्च संख्या हो । बिहीबार गण्डकीका थप १४ जनाले ज्यान गुमाए । बिहीबार मृत्यु भएकामध्ये सबैभन्दा बढी कास्कीकै छन् । योसँगै गण्डकीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ सय १८ पुगेको छ ।

    भरिए कोभिड अस्पताल, भन्छन्– नयाँ भर्ना लिन सक्दैनौं

    कोभिड बिरामीका लागि गण्डकी प्रदेशमा तोकिएको अस्पताल संक्रामक तथा सरुवा रोग अस्पताल हो । यो पोखराकै लेखनाथमा छ । ५२ बेड क्षमताको उक्त अस्पतालमा अहिले पूर्ण रुपमा संक्रमितले भरिइसकेको छ ।

    ‘त्यसमध्ये ४ बेड त प्रिआइसोलेसनका लागि बनाएका थियौं । तर, सबै संक्रमितले अहिले भरिइसक्यो,’ अस्पतालका कार्यकारी प्रमुख डा. विकास गौचन भन्छन्, ‘यहाँ आउनेहरुलाई अब नआउनुस्, सिट छैन भन्नेबाहेक हामीसँग अर्को उपाय छैन ।’

    डा. गौचनले संक्रामक तथा सरुवा रोग अस्पतालमा बेड खोज्दै फोन गर्नेहरुका लागि आफूहरु बेड नभएर अन्तै खोज्न भन्न बाध्य भएको यथार्थ सुनाए । ‘यहाँ नभएपछि के गर्नु ? अर्को सरकारी अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाउँछौं । त्यहाँ पनि हुन सकेन भने त आफैं खोज्नुस् भन्ने नै हो,’ उनले भने ।

    कोभिड उपचारका लागि अहिले संक्रामकसहित पश्चिमाञ्चल क्षेत्री अस्पताल, मणिपाल, चरक, गण्डकी मेडिकल कलेज तथा मेडिप्लस लगायतमा उपचार भइरहेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पूरा गण्डकीभर ५ सय ६ जना संक्रमित अस्पतालमा उपचाररत छन् ।

    अस्पतालमा भर्ना भएका पूरा संख्यामध्ये अहिले कास्कीमामात्रै ४ सय १४ जना संक्रमित छन् । त्यसमध्ये आइसियूमा अझै ९२ जना र भेन्टिलेटरमा २९ जना उपचाररत रहेको प्रदेश स्वास्थ्य निर्देशनालय प्रमुख डा. विनोद विन्दु शर्मा बताउँछन् ।

    भरिए भेन्टिलेटर, भएकामा कर्मचारी छैनन्

    गण्डकी प्रदेशभरका अस्पतालमा कुल ८६ भेन्टिलेटर छन् । तर, ती बेडमध्ये अधिकांश भेन्टिलेटर चलाउने प्राविधिक नभएकै कारण चालू हुन सकेका छैनन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार अहिले प्रदेशभर जम्मा २५ भेन्टिलेटर चालू अवस्थामा छन् । तीसबै भरिइसकेका छन् ।

    प्रदेशकै एकमात्र कोभिड उपचार अस्पताल संक्रामक तथा सरुवा रोग अस्पतालमा ६ वटा भेन्टिलेटर छ । तर, कर्मचारी अभावकै कारण सुरु हुन सकेको छैन । गण्डकी प्रदेशभरिमा सबैभन्दा बढी भेन्टिलेटर भएको गण्डकी मेडिकल कलेज हो । उक्त अस्पतालमा भएका १९ वटै भेन्टिलेटर कोरोना संक्रमितले भरिएका छन् ।

    होम आइसोलेसनबाटै डर !

    गण्डकीमा बैशाखयता कोरोना संक्रमितको संख्या उकालो लागेसँगै मृत्युदर पनि बढेको छ । कोभिड परीक्षण गरिएकामध्ये ५० प्रतिशतभन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुन थालेको निर्देशनालय प्रमुख डा. शर्माको भनाइ छ । उनका अनु्सार गण्डकीमा बिहीबारसम्म सक्रिय कोरोना संक्रमितको संख्या ७ हजार ३१ पुगेको छ ।

    दैनिक ठूलो संख्यामा कोरोना संक्रमित फेला पर्दासमेत ९५ प्रतिशतभन्दा बढी होम आइसोलेसनमा छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकीमा बिहीबारसम्म ६ हजार ८ सय ६८ जना संक्रमित होम आइसोलेसनमै छन् ।

    केही समयअघि मुख्यमन्त्री कार्यालयमा बसेको प्रदेश कोरोना रोकथाम समितिलेसमेत होम आइसोलेसनलाई प्रोत्साहन गर्दै ‘होम आइसोलेसन किट’को व्यवस्था गरेको थियो । तर, उक्त होम आइसोलेसन किटसमेत खरिद गर्न सक्ने संक्रमितलाईमात्रै उपलब्ध गराउने निर्णय भएको थियो ।

    अहिले प्रदेशमा कोरोना संक्रमितको संख्या र मृत्युदर बढ्नुमा ‘होम आइसोलेसन’कै कमजोरी रहेको निर्देशनालयसमेत स्वीकार्न बाध्य भएको छ । ‘सरकारी आइसोलेसनभन्दा होम आइसोलेसन धेरै राम्रो भनेर प्रोत्साहन गर्न खोजेका थियौं,’ डा शर्मा स्वीकार्छन्, ‘केही समस्या प¥यो भने सीधै खबर गर्न पनि भनेका थियौं । तर, अवस्था गम्भीर भइसक्दा पनि खबर गर्दैनन् ।’

    प्रदेशमा संक्रमणदर र मृत्युदर बढ्नुमा कोरोनाको पछिल्लो म्युटेन पनि कारक रहेको डा शर्माले जानकारी दिए । ‘अहिले भारतको डबल म्युटेन देखा परिरहेको छ । यसको संक्रमणदर, मृत्युदर कति हो भन्ने ठ्याक्कै हामीले पनि एकिन गर्न सकेका छैनौं,’ उनले भने, ‘अहिले कोरोना बढिरहेको यो पनि एउटा कारण हो ।’

    अघिल्ला कोरोनाभन्दा अहिले देखा परेको कोरोना भाइरस धेरै गुणा खतरनाक रहेकाले सर्तक रहनसमेत डा शर्माले आग्रह गरे । ‘यो लकडाउन अझै २, ३ महिना जाने देखिन्छ । दिनमा कम्तिमा एक घन्टा आफूलाई घरभित्रै सम्हाल्न सक्यो भनेमात्रै पनि धेरै सुधार आउँछ । यसलाई सामान्य रुपमा नलिऔं,’ उनले भने ।

  • सय वर्ष अगाडिको अमेरिकी नारा-  ‘मास्क लगाऊ नत्र जेल जाऊ’

    सय वर्ष अगाडिको अमेरिकी नारा-  ‘मास्क लगाऊ नत्र जेल जाऊ’

    काठमाडौं । कोभिड–१९ विश्वव्यापी आएपछि मास्क प्रयोगको प्रचलनमा व्यापकता आयो । चीन, जापान, दक्षिण कोरिया, सिंगापुर लगायतका एसियाली देशमा मास्क लगाउने आम बानी नै छ । अमेरिकी र युरोपेलीले भने मास्क लगाउन उतीसारो मन पराउँदैनन् । कतिसम्म भने थुप्रै शहरमा मास्क बिरोधी प्रदर्शन समेत भए ।

    अमेरिकी राष्ट्रपति ट्रम्पदेखि ब्राजिलका राष्ट्रपति जे बोल्सोनारोले त सार्वजनिक रुपमै मास्कको ‘काम छैन’ भन्ने आशयका उत्तेजक अभिव्यक्ति थिए । यद्यपि, कार्यकालका अन्तिम हप्तामा ट्रम्पले मास्क लगाए । बोल्सोनारोले अहिले मास्क लाएरै सार्वजनिक रुपमा उपस्थित हुन थालेका छन् ।

    खास गरी मास्क लगाउने कामको नेतृत्वकर्ता अहिले पनि एसिया नै भएको तर्क अमेरिकामा छ । गत वर्ष कोरोना भाइरस आएपछि मास्क लगाएर भाइरस रोकिँदैन भन्ने तर्क केही स्वाथ्यविदले समेत गरे । पश्चिमा मिडियामा यस्तै भावका समाचार पनि आए । मास्क लगाएका एसियाली मुलका अमेरिकीमा रंगभेदी हिंसाका समाचार व्यापक सार्वजनिक भए ।

    पछि त्यसलाई चिर्ने समाचार आए । जस्तै २०२० को अप्रिल २३ मा सीएनएनले लेख्यो, ‘एसिया मे ह्याब बिन राइट अबाउट कोरोनाभाइरस एन्ड फेस मास्क एन्ड दि रेस्ट अफ दि वोल्ड इज कमिङ अराउन्ड’ अर्थात ‘मास्क लगाउने र कोरोना भाइरस बारेमा एसिया सहि हुनसक्छ र बाँकी विश्व पनि सँगै आउँदैछ ।’

    सीएनएनको त्यो हेडलाइनले एसियाली आमजनमानसको मास्क लगाउने बानीलाई सार्वजनिक रुपमा केहि सहज बनाइदियो । अहिले अमेरिकादेखि दक्षिण अमेरिकासम्म मास्क लगाउने प्रचलन सामान्य बनिसकेको छ ।

    एसियन र एसियाली दैनिकीसँग जोडिएको मास्कको प्रयोग अमेरिका आफैंले पनि गरेको थियो । सन् १९१८ मा स्पेनिस फ्लूको विश्वव्यापी महामारीपछि यस्तो भएको थियो ।

    सय वर्ष अगाडिको अमेरिकि नाराः ‘कि मास्क लाऊ नत्र जेल जाऊ’

    सय वर्ष अगाडि सन् १९१८ र १९१९ मा विश्वभर महामारीका रुपमा फैलिएको थियो–इन्फ्लुइन्जा ।  यसलाई धेरैले स्पेनिस फ्लू भनेर चिन्छन । हिस्ट्री डटकमका अनुसार उक्त विश्वव्याधिमा ५ करोड मान्छेको ज्यान गएको थियो भने अमेरिकामा मात्रै ६ लाख ७५ हजारले मृत्युवरण गरेका थिए ।

    फ्लूबाट जोगिन अमेरिकाले धेरै हदसम्म सचेतना अपनाएको थियो । हातमा पञ्जा लगाउने, सार्वजनिक स्थानमा नथुक्नेदेखि सार्वजनिक भेला सम्मेलन बन्द गरिएको थियो । मास्क लगाउने अनिवार्य नियम त्यहि बेला आएको हो ।

    अधिकांशले सरकारले जारी गरेको नियम माने पनि विरोधीले भने मास्क लगाउने नियम पालन नगरेको हिस्ट्री डटकमले बताएको छ । कतिपयले चुरोट पिउन सहजताका लागि मास्कलाई दूलो पारेर लगाएको दि न्यु योर्क टाइम्सले उल्लेख गरेको छ । धेरैले मास्क विरोधी भेला समेत आयोजना गर्ने गरेका थिए ।

    सन् १९१८ को मार्च ४ मा अमेरिकी राज्य कान्ससको फोर्ट रिलेमा रहेका १ सय अमेरिकी सैनिकमा फ्लू देखिएको दि न्यू योर्क टाइम्ले लेखेको छ ।

    त्यो बेला मास्कलाई मुजल, जर्म शिल्ड र डर्ट ट्रयाप भन्ने गरिएको टाइम्ले लेखेको छ । मास्क लाउन प्रेरित गर्न विभिन्न यात्रुहरुले आफै नारा लेखेर यात्रा गर्ने गरेका थिए । जसमा क्यालिफोर्नियाको रेलयात्रुको दि न्यू योर्क टाइम्सले प्रकाशन गरेको एक तस्बिर अहिले नेपाली सामाजिक सञ्जालमा भाइरल भएको छ । जसमा मास्क लगाएका सात यात्रुमध्ये एकले छातीमा एक पोस्टर टाँसेकी छन् । जसमा लेखिएको छ – ‘वेयर मास्क अर गो टु जेल’ अर्थात कि मास्क लाऊ नत्र जेल जाऊ ।

    मास्क नलगाउनेलाई ५ देखि १० डलरसम्म जरिवाना र १० दिनसम्मको जेल सजाय भएको दि न्यु योर्क टाइम्सकी पत्रकार क्रिस्टिन हाउसरले सन २०२० को अगस्टमा एक लामो फिचरमार्फत उल्लेख गरेकी छन् । उनका अनुसार सबैभन्दा धेरै सन् १९१८ नोभेम्बर ९ मा एक हजार जनालाई मास्क नलगाएकोमा अदालतमा हाजिर गराइएको थियो । तत्कालीन न्यायाधीश म्याथ्यु ब्राडीले उनीहरुलाई ५ डलर जरिवाना र ८ देखि १० घन्टा जेल सजाय सुनाएको समाचार तत्कालीन सनफ्रान्सिस्को क्रेनिकलले लेखेको थियो भने ५ डलर तिर्न नसक्नेलाई ४८ घन्टा जेलमा राखिएको थियो ।

  • रुपन्देहीमा पछिल्लो २४ घण्टामा थप १८ जना कोरोना संक्रमितकाे मृत्यु

    रुपन्देहीमा पछिल्लो २४ घण्टामा थप १८ जना कोरोना संक्रमितकाे मृत्यु

    रूपन्देही । रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधिमा थप १८ जना कोरोना संक्रमितकाे मृत्यु भएकाे छ । याेसंगै जिल्लामा मृत्यु हुनेको संख्या ३ सय २७ पुगेको छ । बिहिबार मृत्यु हुने संख्या अहिलेसम्मकै धेरै भएकाे जनाइएकाे छ ।

    यस्तै बिहिबार मात्र थप ४ सय ९४ जना संक्रमित  भएका छन् । जिल्लामा १ हजार २ सय ९७ नमुना परीक्षण गर्दा ४ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सोही अवधिमा ४ सय ९२ जना कोरोनामुक्त भएकाे जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । बिहिबार  संक्रमित थपिएसंगै जिल्लामा  सकृय संक्रमित ७ हजार ४ सय ७० जना पुगेका छन् ।

    बिहिबार रुपन्देहीको बुटवल उपमहानगरपालिकामा १ सय ९४ जना, तिलोत्तमामा १ सय ३० जना, सिद्धार्थनगरमा ४५ जना, सैनामैनामा ४१ जना, देवदह र कञ्चनमा २०-२० जना कोरोना संक्रमित थपिएका छन् ।

    त्यसैगरि सियारीमा ११ जना, कोटहिमाईमा ९ जना, ओमसतियामा ८, सुद्धोधनमा ५ जना, गैडहवामा ४ जना, मायादेबीमा ३, रोहिणीमा २ र लुम्बिनी साँस्कृतिक नगर तथा सम्मरीमाईमा १-१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

  • कोरोनाभाइरस नेपाल : २१४ मृतक थपिए, ८९६० जना संक्रमित

    कोरोनाभाइरस नेपाल : २१४ मृतक थपिए, ८९६० जना संक्रमित

    काठमाडौं । विहिबार नेपालमा कोरोनाभाइरसका ८,९६० जना संक्रमित थपिएका छन् । १९ हजार ४७४ पीसीआर र ७७१ एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित भेटिएका हुन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१४ मृतक थपिएका छन् ।

    कूल संक्रमित संख्या ४ लाख ३१ हजार पुगेको छ । कूल मृत्यु संख्या ४ हजार ४६६ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ५०५५ जना निको भएका छन् । निको हुने प्रतिशत ७४.५७ प्रतिशत छ । संक्रमण दर १५.९ प्रतिशत पुगेको छ ।

    सक्रिय संक्रमित संख्या १ लाख ५२ हजार पुगेको छ ।

  • उपचारबाट पन्छिनु अस्पतालको बाध्यता कि गैरजिम्मेवारी ?

    उपचारबाट पन्छिनु अस्पतालको बाध्यता कि गैरजिम्मेवारी ?

    काठमाडौं । सरकारले अक्सिजन सिलिन्डरको कोटा तोकेसँगै अस्पतालले कोरोनाको नयाँ बिरामी भर्ना नलिने र उपचार गराइरहेकालाई पनि डिस्चार्ज गरिदिने बताउन थालेका छन् ।

    नयाँ भेरियन्टसहितको कोरोना संक्रमण तीव्र बढेसँगै अस्पतालमा संक्रमितको चाप बढेको छ । बेड र अक्सिजनको अभाव पनि देखिन थालेपछि उपचार नै नपाइ संक्रमितको मृत्यु भइरहेको समाचार पनि सार्वजनिक भइरहेको छ ।

    कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना संक्रमितको उपचार गर्न उपत्यकाका अस्पतालहरुका लागि अहिले कोटा निर्धारण गरेको छ । अभाव हुन नदिन सबै अस्पताललाई चाप र आवश्यकताको आधारमा अक्सिजन उपलब्ध होस् भनेर त्यस्तो कोटा प्रणाली लागू गरिएको सीसीसीएमसीको भनाइ छ ।

    अस्पतालको क्षमता हेरेर ५ वटादेखि ३ सयसम्म ठूला सिलिन्डरको कोटा तोकिएको छ ।

    नर्भिक, ग्राण्डी, मेडिसिटी अस्पतालले अक्सिजन अभाव देखाउँदै बिरामी भर्ना नलिने बताइसकेका छन् । जोरपाटीस्थित नेपाल मेडिकल कलेजले पनि अस्पतालमा अक्सिजन नभएकोले बिरामी डिस्चार्ज गर्न भन्दै आफ्नो व्यवस्था आफैं गर्न बिरामीका आफन्तलाई भनेको थियो ।

    उपत्यकाका अस्पताललाई तोकिए बमोजिम दैनिक न्यूनतम अक्सिजन सिलिन्डर भरेर उपलब्ध गराउन अक्सिजन उद्योगलाई सीसीएमसीले अनुरोध गरेको हो ।

    अक्सिजन कोटा प्रणाली वैज्ञानिक : सीसीएमसी

    सीसीएमसी सचिवालयका सहसचिव नूरहरि खतिवडाले सीसीएमसीले वैज्ञानिक तरिकाले नै काठमाडौं उपत्यकामा अक्सिजनको कोटा तोकेको बताए ।

    सहसचिव नूरहरि खतिवडा

    खतिवडाले भने, ‘अहिले देशैभर अक्सिजनको हाहाकार छ । ठूला अस्पातालले धेरै अक्सिजन लगेर सानाले नपाउने अवस्था भएकोले कोटा तोकिएको हो । अक्सिजन भएमा तोकेको कोटाभन्दा धेरै पनि प्रयोग गर्न सकिने छ । तर, अक्सिजनको अभाव भएकोले सबै अस्पतालले अक्सिजन पाउन भनेर कोटा तोकिएको हो । अक्सिजन बिक्रीमा चलखेल शुरू भएपछि सीसीएमसीले त्यसलाई रोक्न पनि कोटा तोकेको हो ।’

    अक्सिजन उद्योगहरूले कालोबजारी गरेर अक्सिजन बिक्री गर्न शुरू गरेकोले सानादेखि ठूला सबै अस्पतालले अक्सिजन पाउन भनेर कोटा तोकिएको उनले बताए ।

    अहिले अक्सिजनको कालोबारी गर्न नपाएका उद्योगीहरुले नै अक्सिजनको कोटा तोक्नु तलत हो भनिरहेका छन् । कोरोनाको बिरामी सबैले अक्सिजन प्रयोग गर्न सक्ने अवस्था ल्याउनका लागि कोटा तोकिएको खतिवडाले बताए ।

    उनले नेपाल प्रेससँग भने, ‘हामीले तोकेको कोटा न्यूनतम हो । अस्पतालले तोकेको कोटा पाउने अवस्था छ । पहिले ठूला अस्पतालले धेरै लिने गरेको थिए । र अन्यलाई उद्योगले नै धेरै पैसा लिएर बिक्री गरिरहेका थिए । हामीले कोटा तोकेपछि कालोबजारीमा अक्सिजन बेच्न नपाएर उद्योगीले विरोध गरेका हुन् । अहिले साना अस्पतालले पनि कोटा अनुसारको अक्सिजन पाएका छन् ।’

    काठमाडौं प्रशासनले भन्यो- मानवीय संवेदनालाई ध्यान दिऊँ

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले संक्रमण तीव्र फैलिरहेको अवस्थामा सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको छ ।

    विभिन्न अस्पतालले अक्सिजन अभावको कारण देखाई बिरामीलाई अस्पतालमा भर्ना गर्न नसकिने तथा भर्ना भएका बिरामीलाई समेत उपचार गर्न नसकिने भन्दै सार्वजनिक सूचना जारी गरिरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रशासनले विज्ञप्ति निकालेरै मानवीय संवेदनशीलतामा ध्यान दिन भनेको छ ।

    वर्तमान परिस्थितिमा संक्रमण नियन्त्रणका लागि अस्पताल, औषधि तथा अक्सिजनको व्यवस्थापनमा सबै पक्ष क्रियाशील भइरहेको जानकारी गराउँदै अक्सिजनको अभावलाई पूर्ति गर्न सबै पक्षबाट भइरहेको प्रयासलाई नजरअन्दाज गर्दै सार्वजनिक सूचनाका नाममा सर्वसाधारण जनतामा त्रास फैलाउने कार्य नगर्न पनि प्रशासनले चेतावनी दिएको छ ।

    हेर्नुस् अस्पतालको विज्ञप्ति

     

  • क्यान्सर अस्पतालले १४० वेडको कोभिड वार्ड सञ्चालनमा ल्याउने

    क्यान्सर अस्पतालले १४० वेडको कोभिड वार्ड सञ्चालनमा ल्याउने

  • मकवानपुर प्रशासनले अक्सिजनको अभाव हुन नदिने

    मकवानपुर प्रशासनले अक्सिजनको अभाव हुन नदिने

  • भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या घटेन, एकै दिन चार हजार बढीको मृत्यु

    भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या घटेन, एकै दिन चार हजार बढीको मृत्यु

    नयाँ दिल्ली । भारतमा कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्यामा पछिल्ला केही दिनदेखि कमी आएको छैन ।

    भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार हजार १२० जनाको मृत्यु भएको छ । यो सहित भारतमा कोभिड-१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ५८ हजार ३१७ जनाको ज्यान गइसकेको छ ।

    मन्त्रालयका अनुसार दैनिक कोभिड-१९ का संक्रमितको संख्यामा भने केही कमी आएको छ । पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ६२ हजार ७२७ जना नयाँ संक्रमित थपिएका छन् भने तीन लाख ५२ हजार संक्रमणमुक्त भएका छन् ।

    भारतमा हालसम्म दुई करोड ३७ हजार व्यक्ति कोभिड-१९ बाट संक्रमित भएका छन् जसमध्ये एक करोड ९७ लाख ३४ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । हाल भारतमा ३७ लाख १० हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् ।

    भारतको राजधानी नयाँ दिल्ली, मुम्बई समेतका ठूला शहरमा कोरोनाभाइरसबाट पीडित बिरामीको उपचारमा ठूलो संकट उत्पन्न भएको छ । विभिन्न प्रमुख शहर एवं राज्यमा स्थानीय तहमा सरकारले पूर्ण लकडाउन, आंशिक लकडाउन, प्रतिबन्ध, कर्फु समेतका उपायहरु घोषणा गरे पनि केन्द्र सरकारले देशव्यापी लकडाउन गर्न अस्वीकार गरेको छ ।

    सरकारले कोभिड-१९ विरुद्धको खोपलाई पनि तिब्र गतिमा अगाडि बढाएको छ । देशव्यापी रुपमा पर्याप्त खोप नभए पनि सरकारले १८ वर्षदेखि माथिका सबै नागरिकलाई खोप उपलब्ध गराउन शुरु गरेको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार देशभर हालसम्म १७ करोड ७२ लाख व्यक्तिले खोप लगाएका छन् ।

  • कोरियाले निर्माण गर्‍यो आफैँले कोरोना परीक्षण गर्न मिल्ने किट, हरेक पसलमा उपलब्ध हुने

    कोरियाले निर्माण गर्‍यो आफैँले कोरोना परीक्षण गर्न मिल्ने किट, हरेक पसलमा उपलब्ध हुने

    सीयोेल । दक्षिण कोरियाले आफूलाई कोरोना संक्रमण भए नभएको थाहा पाउन आफैँले परीक्षण गर्न मिल्ने किट निर्माण गरेको छ । किट यहाँका दुई औषधि निर्माता कम्पनी हुमासिस र एसडी बायोसेन्सरले निर्माण गरेका हुन् ।

    उक्त किटमार्फत आफूलाई कोरोना लागेको शङ्का लागेमा घरमै बसेर आफ्नो परीक्षण गरी निश्चिन्त हुन सकिन्छ । घरमै बसी आफ्नो स्वाबमार्फत परीक्षण गरिने यो किटले परीक्षण गरेको १५ मिनेटमै कोरोना भाइरस लागे नलागेको पत्ता लगाउन सकिन्छ ।

    यतिमात्र नभई यो किट अब हरेक २४ घण्टा पसलमा सहजै उपलब्ध हुने भएको छ । यहाँका जी एस-२५, सेभेन इलाभेन, इ-मार्टलगायतका २४ घण्टा पसलबाट सजिलै खरिद गर्न सकिने उक्त किटको खुद्रा मूल्य १० हजार कोरियन वन अर्थात् झण्डै एक हजार नेपाली रुपैयाँ पर्छ ।

    यसको सहायताले अब प्रयोगकर्ताले सहजै आफ्नो नतिजा थाहा पाई पोजिटिभ आए सेल्फ आइसोलेशन बस्ने तथा थप पीसीआर जाँच गरी स्वास्थ्य सुरक्षा अपनाउन सक्नेछन् । कोरियामा पछिल्लो समय कोरोना भाइरसको प्रकोप थप बढ्न थालेपछि सरकारले परीक्षणको दायरा बढाउन उक्त नीति अवलम्बन गरेको बताइएको छ ।

  • गुल्मीको कोरोना परिक्षण प्रयोगशाला ३ महिनापछि पुनः सञ्चालनमा

    गुल्मीको कोरोना परिक्षण प्रयोगशाला ३ महिनापछि पुनः सञ्चालनमा

    रुपन्देही । गुल्मीको तम्घासमा रहेको कोरोना परिक्षण प्रयोगशाला बन्द भएको ३ महिनापछि पुनः संचालनमा आएको छ । गत वर्षको असोज महिनामा सञ्चालनमा आएको उक्त प्रयोगशाला आवश्यक बजेट अभाव भएको भन्दै गत फागुन ८ गतेबाट बन्द भएको थियो ।

    परराष्ट्रमन्त्री मन्त्री प्रदीप ज्ञवालीले स्रोत व्यवस्थापन गरी सञ्चालनको जिम्मेवारी जिल्लाका स्थानीय तहले गर्ने सहमतिमा शुरु गरिए पनि सबै स्थानीय तहले प्रतिवद्धता जनाए अनुसारको रकम समयमा उपलब्ध नगराउदा परिक्षण प्रयोगशाला बन्द भएको थियो ।

    महामारीको समयमा बन्द भएको समाचार सार्वजनिक भएपछि स्थानीय तहले प्रतिवद्धता गरेको रकम र अन्य रकम समेत उपलब्ध गराएपछि बुधबारबाट पुनः संचालनमा आएको जिल्ला समन्वय समितिका प्रमुख समेत रहेका तम्घास अस्पताल व्यवस्थापन समिति अध्यक्ष लक्षमण पराजुलीले जानकारी दिए । अहिले प्रत्येक गाउँपालिकाले २–२ लाख तथा नगरपालिकाले ३–३ लाख गरी जम्मा २६ लाख रकम संकलन भएपछि प्रयोगशाला संचालनमा आएको पराजुलीले जानकारी दिए ।

    प्रयोगशाला तम्घास अस्पताल मातहत रहेर सञ्चालन हुनेछ । पहिले प्रयोगशालामा काम गरेका केही कर्मचारीले कोभिड भत्ता र केहीले तलब–भत्ता नै पाएका थिएनन् । अब केही दिनभित्रै भत्ता र तलब पाउने सहमती भएपछि प्रयोगशाला सञ्चालनमा ल्याइएको हो । पहिलो दिन विभिन्न स्थानीय तहबाट एक सय नमुना स्वाब आएको ल्याब टेक्नोलोजिष्ट केपी भण्डारीले जानकारी दिए ।

  • लुम्बिनीमा अक्सिजन अभाव, अक्सिजन सिलिण्डर बुझाउन सरकारकाे अपील

    लुम्बिनीमा अक्सिजन अभाव, अक्सिजन सिलिण्डर बुझाउन सरकारकाे अपील

    रूपन्देही । नयाँ भेरियण्टको कोभिड-१९ संक्रमणले यसबाट संक्रमितको संख्या बढेपछि लुम्बिनी प्रदेशमा अक्सिजनको अभाव देखिएको छ ।  अक्सिजनकाे अभाव देखिएपछि लुम्बिनी प्रदेशको प्रदेश सरकारले  अक्सिजन सिलिण्डर बुझाउन अपील गरेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक बुधबार एक अपील जारी गर्दै भनेको छ, “घर, उद्योग, प्रतिष्ठान तथा अन्य स्थानमा राखिएका अक्सिजनका सिलिन्डर अस्पतालमा बुझाउन सार्वजनिक अपिल गरिन्छ ।”

    सार्वजनिक अपिल यस्तो छ :

  • कोभिड नियन्त्रणका लागि पछिल्लो २४ घण्टामा मात्र करिव ४२ करोड रकम निकासा

    कोभिड नियन्त्रणका लागि पछिल्लो २४ घण्टामा मात्र करिव ४२ करोड रकम निकासा

    काठमाडौं । सरकारले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि पछिल्लो २४ घण्टाको अवधिमा करिव ४२ करोड रकम निकासा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोभिड–१९ प्रतिकार्यका लागि एचडीयू स्थापना तथा जडान खर्च भुक्तानीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ५ करोड ५८ लाख ७४ हजार निकासा दिइएको छ ।

    कार्यालयका प्रवक्ता किरणराज शर्माका अनुसार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई २ करोड ७२ लाख ५३ हजार र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ६ करोड २५ लाख ४० हजार रकम निकासा भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा एचडीयू स्थापना तथा जडानका लागि ३ करोड ३५ लाख ८८ हजार वित्तीय हस्तान्तरण स्वीकृत भएको छ ।

    त्यसैगरी कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचार कार्य (मेडिकल उपकरण खरिद, औषधी खरिद, बिरामीको उपचारमा प्रत्यक्ष रुपमा संलग्न स्वास्थ्यकर्मी र अन्य कर्मचारीको व्यवस्थापन सम्बन्धी मार्गदर्शन २०७७ बमोजिम खाना तथा बसोबास खर्च, वेड, आईसीयूमा अक्सिजन पाइपलाइन बिस्तार र लीक्वीड अक्सिजन भर्ने कामका लागि शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताललाई २४ करोड निकासा भएको पनि प्रवक्ता शर्माले बताए ।

    साथै कोभिड–१९ बाट संक्रमित विरामीको उपचारका लागि प्रयोग हुने रेमडिसिभिर औषधी आयातमा लाग्ने भन्सार महसुल आर्थिक ऐन, २०७७ अनुसार बैशाख २७ गतेदेखि लागू हुने गरी पूर्ण रुपमा छुट दिने निर्णय भएको पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

  • घरबाट निस्किन रहर नगरौं, हजारौंलाई घर फर्किन रहर छ

    घरबाट निस्किन रहर नगरौं, हजारौंलाई घर फर्किन रहर छ

    विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)मानव जातिकै लागि एउटा विषम परिस्थिति सावित भएको छ । यो संकटको घडीमा संयम र जिम्मेवार भएर सबैले आ–आफ्नो ठाँउबाट रोकथामका लागि भूमिका निर्वाह गर्न जरुरी छ । यस्तो अवस्थामा सरकारलाई सबै दोष थुपारेर जनताचाहिँ लापरबाही गर्दै हिँड्ने गरेकाले पनि संक्रमणको दर भुसमा सल्किएको आगो जस्तै बनेको छ । अनि पिल्सिएका छन् कैयौँ युवा, छट्पटाएका छन् हरेक नेपाली मन ।

    जीवन र मरणको दोसाँधमा एक मुठी सासको लागि लडिरहेका छन् हजारौँ संक्रमित । असहाय भएका छन् स्वास्थ्यकर्मीहरू ।

    संक्रमण जसलाई पनि लाग्न सक्छ, आफूले गरेको नियमको पालनाले अर्कोको जोखिम कम हुन्छ भने अरुले गरेको नियमको पालनाले आफूलाई जोखिम कम हुने हुँदा सबै मिलेर सबैको रक्षाका लागि अनुशासित हुन जरुरी छ । म मात्र जोगिन्छु मैले रोकथामका सबै उपाय पालना गरेको छु भनेर ढुक्क हुने अवस्था छैन । त्यसैले आफू लगायत सबैलाई सही तरिकाले मास्कको प्रयोग गर्न, हात बारम्बार साबुन पानी वा स्यानीटाइजरले सफा गर्न, सामाजिक दुरी ६ फिट भन्दा बढी कायम, आनावश्यक हिँडडुल नगर्न सबैको प्रमुख दायित्व हो ।

    यो अवस्थामा मन बहलाउने बहानामा घुमन्ते बनेर फेरि घर फर्केर सरकारलाई गैरजिम्मेवार घोषणा गर्नु मुर्खता हो । रोकथामको लागि सबैले यस विषम अवस्थाको जटिलतालाई मनन गरेर कडा सेल्फ लकडाउनमा बस्नु नै बुद्धिमानी हो । यो नै अहिलेको परिस्थितिले मागेको अपरिहार्यता हो ।

    अवस्था कठिन छ, दर्दनाक छ । कोरोनाको नयाँ प्रजातिलाई कतिपयले मजाकको रुपमा लिएका छन् भने खोप लगाएकाले ‘मलाई लाग्नै सक्दैन’ भनेर ढुक्क भई स्वास्थ्य मापदण्डको पालना नगरेको पाइन्छ । यस्तो भ्रममा पर्ने मुर्खता नगर्नुहोस् । कोभिड–१९को संक्रमण भएर मुक्त भएका र खोपका दुबै डोज पूरा गरेकालाई पनि लाग्छ । खोप रोकथामको एउटा माध्यम मात्र हो ।

    यसरी नयाँ प्रजाति थपिँदै जाँदा खोपको असर प्रभावकारी नबन्न सक्छ । उच्च मनोबल संक्रमणसँग लड्ने सबैभन्दा बलियो अस्त्र हो । अवस्था भयावह बन्दै जाने क्रममा सम्पूर्ण नागरिकको मनोबल कमजोर परिरहेको छ । रोगसँग लडने रोग प्रतिरोधात्मक क्षमताका साथै मनोबललाई पनि बलियो बनाउन सक्नु नै यस रोगमाथि विजय प्राप्त गर्नु हो । समय बिताउने सामाजिक सञ्जाल फेसबुक सबैको प्रिय माध्यम हो । यस्तो सञ्जालमा संक्रमणसँग सम्बन्धित नकारात्मक खबर तथा तस्बिर पोष्ट गर्नाले पनि मानिसमा त्रास र अत्यास बढेकोे छ ।

    त्यसैले संक्रमित तथा उनीहरूका आफन्त लगायत सम्पूर्ण नागरिकको हौसला बढाउन र रोगसँगको सकारात्मक पक्षसँग पनि परिचित हुन निको भएका बिरामीको संख्या, सरकार वा अरु सामाजिक संघसंस्था तथा व्यक्तिहरूले समस्यालाई सहज बनाउन गरिरहेका प्रयासबारे जानकारी गराइदिन पर्छ ।

    कोभिड–१९को कारणले हुने श्वासप्रश्वासमा समस्याको लक्षण र अत्यास, डर र त्रासले हुने छट्पटीको प्रकार उस्तै उस्तै पनि हुने गर्दछ । र सबैको घरमा अक्सिजन नाप्ने उपकरणको उपलब्धता नहुन पनि सक्छ , होमआइसोलेसनमा बसेका बिरामीलाई र संक्रमितको ख्याल राख्ने कसैलाई पनि सास फेर्न गाह्रो भएको महसुस भएकै भरमा अस्पताल जानाले साँच्चिकै अक्सिजन नपुगेका बिरामीको पहिचान र उपचारमा ढिलाइ हुनसक्छ ।

    अहिले देशका सबैजसो अस्पतालहरू बेड, अक्सिजन र स्वास्थ्यकर्मीहरूको चरम अभावबाट गुज्रिरहेका छन् । त्यसैले आफ्नो मनोबललाई उच्च राखी लक्षणहरूको सही पहिचान गरी अस्पताल जानुपर्ने जरुरी छ ।

    एक्लै होमआइसोलेसनमा बस्न लामो समय बिरामीलाई गाह्रो भएका समाचार देखाइराख्दा आफुलाई पनि गाह्रो भएको हो की भन्ने छटपटी र अत्यास लाग्नु र सास फेर्न ग्राहो भएको जस्तो लाग्नु स्वाभाविक हो । यस्तो अवस्थामा गोलीगाँठो मुनि पारेर एउटा सिरानी, पेटको मुनि पारेर दुईवटा सिराना, घाँटीको मुनि पारेर एउटा सिरानी राखेर सास फेर्न अप्ठयारो नहुने गरी घोप्टो परेर प्रोन पोजिसनमा सुत्नाले केही समयपछि सास फेर्न सहज हुँदै जान्छ ।

    होमआइसोलेसनमा बसेका संक्रमितहरूले जथाभावी औषधि प्रयोग गर्नाले अन्य नकारात्मक असर पर्न सक्छ । यो रोगको निश्चित औषधि नभएका कारण स्वास्थ्यकर्मीको पराशर्म लिएर मात्र लक्षण अनुसारको औषधि प्रयोग गर्नुपर्दछ । अहिले संक्रमितहरूको सहयोगका लागि स्वास्थ्यकर्मीहरूले फोन नम्बर सहितको विभिन्न ग्रुप बनाएर परामर्श दिने गरेका छन् । हरेक संक्रमितलाई अस्पताल लैजान जरुरी छैन तर होमआइसोलेसनमै निको हुनका लागि स्वास्थ्य परामर्श हुने जरुरी हुन्छ ।

    मानिस अत्यन्त संवेदनशील प्राणी हो । मानिसलाई दुख, पीडा, माया र अत्मीयताको आभास हुने भएकाले आफू र आफ्ना परिवारका लागि आतिनु एकदमै स्वाभाविक कुरा हो तर आफू र आफ्ना परिवारको सुरक्षा मात्र सोचेर अफ्ठ्यारोमा परेका अन्य मानिसको नजिक नपर्नु अमानवीय पक्ष हो । उचित तरिकाले मास्कको प्रयोग गरेर दुरी कायम गरेर पनि संक्रमितलाई सहयोग गर्न सकिन्छ । सबै मानिस परिवारसँगै बसेका या आफ्नै घरमा हुन्छन् भन्ने पनि हुँदैन । उनीहरू यस्तो अवस्थामा एक्लै परेकाले, देख्नेले संक्रमण सर्ने डरले सहयोग नगर्दा कतिपय संक्रमितले होमआइसोलेसनमै दम तोडेको पक्ष अति नै दुखद् हो ।

    सरुवा रोग हो, डराउनुपर्छ , दुरी कायम गर्नुपर्छ तर उचित तरिकाले स्वास्थ्य मापदण्ड पालना गरेर सहयोग गर्न सकिन्छ । यो संक्रमण कसलाई कहाँबाट कसरी सर्छ भन्ने अन्दाज लगाउन सकिँदैन त्यसैले सर्तक भएर एक अर्कालाई सहयोग गर्न जरुरी छ । हामी सबै मिलेर अवश्य यसविरुद्ध लडन सक्छौँ । संक्रमितको हिम्मत, मनोबल र हौसला बढाइ राख्न अत्यन्त जरुरी छु । त्यसैले सबैले सबैलाई माया गरौं । मानिस भएर मानवीय व्यवहारको आभाष दिलाउन नभुलौं । संक्रमणको डरले संक्रमितलाई नै वेवास्ता गर्नु संक्रमण भन्दा पनि घातक हुनसक्छ । त्यसैले हरेक मानिस स्वच्छ मानसिक, मनोबल र आत्मीयताले बलियो हुन आवश्यक छ ।

    तत्कालीन स्वास्थ्य संकटको घडीमा आफ्नो परिवारबाट टाढा रहेर दिनरात भोक तिर्खा नदुखाई केही नभनी हरेक पल भेन्टिलेटर र अक्सिजनको सहारामा जीन्दगीसँग लडिरहेका बिरामीहरुको सेवामा समर्पित स्वास्थ्यकर्मी महान छन् । स्वास्थ्यकर्मी रुमाल हुन्, सबैका दुःख पीडालाई पुछेर आफू भिज्न जानेका छन । उनीहरू सम्पूर्ण देशमाथि आइपरेको यस चोटमा मह्लम बनेर उभिएका छन् । कृपया उनीहरूको बारेमा विभिन्न ट्रोल बनाएर, सेवा सुविधालाई बढाएर हौसला दिनुपर्नेमा उनीहरूले पाइरहेका सेवा सुविधा समेत घटाएर दुखाइमा नुन छर्किने काम नगरियोस् ।

    स्वास्थ्यकर्मीको त्यागमा हरेक जनताको जिन्दगी बाँचेको छ, उनीहरूलाई पनि हाम्रो साथ सहयोग र हौसलाको खाँचो छ भन्ने अनुभूति गरौँ । आज देश कोभिड–१९को महामारीले आक्रान्त छ । स्वास्थ्य क्षेत्र एकदमै अस्तव्यस्त बनेको छ । अवस्था कठिन र जोखिमपूर्ण छ, केही दिन अझै संयमित भई संघर्ष गरौं । सबैको कोसिसले अवश्य यसबाट पार पाउनेछौँ ।

    लेखक शिक्षण अस्पताल महाराजगंजमा कार्यरत नर्स हुन् ।

  • कोरोनाले चहराएको घाउमा मल्हम लगाइरहेका योद्धा (भिडियो)

    कोरोनाले चहराएको घाउमा मल्हम लगाइरहेका योद्धा (भिडियो)

    आज विश्व नर्सिङ दिवस । विश्वरभरका नर्सिङ पेसामा रहेकाहरू यतिबेला कोभिड महामारीसँग जुधिरहेका छन् । नेपालमै पनि यतिबेला आफ्नै ज्यानको जोखिम मोलेर नर्सहरू बिरामीको सुरक्षा र उनीहरूलाई निको पार्न तल्लीन छन् ।

    नेपालमा पनि कोभिड संक्रमितको दर उच्च भएसँगै नर्सहरू २४सै घण्टा बिरामीको सेवामा छन् । यतिबेला आफू संक्रमित हुन्छु भन्ने परवाहै नगरी बिरामीको सेवामा कटिबद्ध नर्सका अनुभूति के-के छन् त ?

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका दुई नर्ससँग नर्सिङ पेसाप्रतिको आकर्षण र महामारीमा खटिदाँको अनुभूतिबारे नेपाल प्रेसले कुराकानी गरेको छ । उनीहरूसँग गरेको कुराकानीको सम्पादित अंश :

    मित्रा देवकोटा, नर्सिङ अधिकृत

    म टेकु अस्पतलामा काम गर्न थालेको १५ वर्ष भयो । यो पेसाका आएको चाहिँ २९ वर्ष । यो पेसामा म रुचिले त आएको थिइनँ । पारिवारिक दबाबले आएको थिएँ ।

    दाइलाई नर्सिङ पेसा रुचि भएकाले उहाँले यही विषय पढ्न जोड गर्नुभयो । सुरुमा त न पढ्न मन लाग्थ्यो न काम गर्न नै । तर, विस्तारै काम गर्दै गएपछि यो पेसाले मलाई तान्यो । रुचि बढ्दै गयो । बिरामीको दुःख देख्दा र आफूले गरेको केयरले पेसाप्रति अपनत्व बढ्दै गयो । अनि लाग्न थाल्यो- मैले जे गरेछु राम्रै गरेछु ।

    हुन त टेकु अस्पतालमा पहिल्यैदेखि नै सरुवा रोगका बिरामीको उपचार हुन्थ्यो । सुरुमा एचआईभी भन्नेबित्तिकै पनि डर हुन्थ्यो । तर, काम गर्दै गएपछि सामान्य लाग्न थाल्यो । दुई वर्षअघिसम्म डेंगु पनि हामीले पार गर्‍यौं । कैयन् डरहरू त काम गर्दागर्दै गायब हुन्छन् । कोभिडको हकमा पनि त्यस्तै भयो । कोभिडका बेला पनि हामी सकेसम्म जोगिँदै काम गरेका छौं । सकेसम्म संक्रमण हुन दिएका छैनौं । हामीलाई चाहिँ पहिल्यैदेखि सरुवा रोगबाट कसरी बच्ने र कसरी काम गर्ने भन्ने पहिल्यैदेखिको अभ्यास थियो ।

    सुरुमा त कोभिडको प्रसंगमा पनि डर नलागेको होइन । बाहिरका डाटाहरू हेर्दा पढ्दा पनि डर लाग्थ्यो । तर, विस्तारै बिरामीको सेवा गर्दै जाँदा बानी पर्न थाल्यो । हामीलाई स्वास्थ्य सामानहरूको अभाव भएन ।

    अहिले भने एकदमै चिन्ता छ । सिरियस बिरामी धेरै आएका छन् भने हामी पनि थारै स्टाफले धेरै बिरामीको रेखदेख गर्नुपर्ने अवस्था छ । हाम्रो आफ्नो समय भन्ने नै छैन । आफू पनि संक्रमित हुने हो कि भन्ने पिर भइरहन्छ । तापनि बिरामीको दु्ःख देख्दा भोक प्यास नै मेटिन्छ । बिरामीको स्वास्थ्यलभाको कामना गरिन्छ ।

    पहिला र अहिलेको कोभिड बिरामीको अवस्था फरक छ । पहिले कोभिडका बिरामी आफैं ट्वाइलेट जान सक्ने र केयर गर्न सक्ने हुन्थे । तर अहिले भर्ना भएका बिरामी बेडबाट उठ्यो कि सेचुरेसन एकदमै कम हु्न्छ । भरसक हाम्रो केयर उहाँहरूलाई बढी छ । हामीले जस्तोसुकै अवस्थामा पनि हार खाएका छैनौं । अझैपनि खानु नपरोस् । यही छ कामना ।

    एन्जिला ढकाल, नर्स

    मेरो बच्चादेखिकै रुचि हो नर्स बन्ने । उपचार गराउन जाँदा पनि मेरो ध्यान भने अरु नै तिर जान्थ्यो । डाक्टर, नर्स कस्ता हुन्छन् ? अस्पतालभित्र के-के हुन्छ होला ? कसरी काम गर्छन् होला भन्ने खुल्दुली भइरहन्थ्यो । म आफैं पनि लडेर हात भाँचिदा हातको पीडा भएन । हातको उपचार कसरी गर्छन् भन्नेतिर ध्यान हुन्थ्यो ।

    एसएलसीपछि मलाई नर्सिङ नै पढ्न मन लाग्यो । र यो क्षेत्रमा प्रवेश गरेँ ।

    ६ वर्ष भयो, म नर्सिङ पेसामा प्रवेश गरेको । म टेकु अस्पतालको ग्यास्ट्रो आइसोलेसनमा कार्यरत छु । यतिबोला हामीलाई चुनौती अत्यधिक छ । पहिलेको कोभिडको तुलनामा अहिले निकै कठिन छ । अहिलेका बिरामीलाई अक्सिजनको मात्रा पुगेको छैन । प्रत्येकलाई अक्सिजन लगाउनुपर्छ । बिरामीको हेरचाह पहिलो लहरकोलाई भन्दा अहिले धेरै छ । बिरामी एकैपटक आईसीयूमै लैजानुपर्ने खालको आउनुहुन्छ । बेड नहुँदा तत्काल लैजान नपाउँदा दुःख लाग्छ ।

    कुनै समय त ड्युटी आवर २४ घण्टा समेत भयो । तर, अहिलेचाहिँ ६/६ घण्टाको सिफ्ट ड्युटी हुन्छ । यसरी काम गरिरहँदा थुप्रै समस्या आउँछन् । अहिलेको अवस्थामा उपचारका क्रममा संक्रमितसँग बस्नुपर्छ । अस्पतालबाट काम गरेर घर जाँदा मन खिन्न हुन्छ । हाम्रो पनि घरमा बच्चाहरू छन्, बुढा बा आमा छन् । कतै हाम्रो कारण उहाँहरूलाई सर्ने त होइन भन्ने डर लागिरहन्छ । ‘बरु भए मलाई नै होस्’ परिवारलाई केही नहोस् भन्ने लागिरहन्छ ।

    जति नै दुःख परे पनि जागिर छाडौं जस्तो चाहिँ यो पेसामा आएपछि नलाग्दो रहेछ । हामीले केयर गरेर नै बिरामी बाँच्छन् भने किन भाग्ने भन्ने लाग्दोरहेछ । हामी नै भाग्यौं भने आम मानिसको के अवस्था होला ? त्यसैले जस्तोसुकै अवस्था आए पनि मन दह्रो बनाउनुपर्छ भन्ने लाग्छ ।

    (फोटो/भिडियो : निशान्तसिंह गुरुङ)

  • चीनको सहयोगमा प्राप्त हुने स्वास्थ्य सामग्री ल्याइँदै

    चीनको सहयोगमा प्राप्त हुने स्वास्थ्य सामग्री ल्याइँदै

  • सय बेड भएका अस्पतालले १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्नुपर्ने

    सय बेड भएका अस्पतालले १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्नुपर्ने

    काठमाडौं । कम्तीमा सय बेड भएका निजी तथा सामुदायिक अस्पतालले १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्नुपर्ने भएको छ ।

    स्वास्थ्य मन्त्रालयमा बुधबार बसेको आइसीएस पदाधिकारी बैठकले उक्त निर्णय गरेको प्रवक्ता जागेश्वर गौतमले बताए ।

    अक्सिजन प्लान्ट जडान गरेर मन्त्रालयमा जानकारी गराउन समेत उनले निर्देशन दिइएको बताए ।

    पछिल्लो साता अक्सिजन अभावमा मृत्यु हुने कोभिडका बिरामीको संख्यामा वृद्धि भएपछि उक्त निर्णय गरिएको प्रवक्ता गौतमले जानकारी गराए ।

  • अस्पताल बाहिरबाटै फर्कियो एम्बुलेन्स (भिडियो)

    अस्पताल बाहिरबाटै फर्कियो एम्बुलेन्स (भिडियो)

    काठमाडौं । करिब साढे तीन बजे । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पतालमा एउटा एम्बुलेन्स आइपुग्यो । एम्बुलेन्सभित्र एकज बिरामी सिकिस्त देखिन्थे ।

    एम्बुलेन्सको ढोका खोलेलगत्तै आकस्मिक कक्षका स्वास्थ्यकर्मी आए । उनले अलिक निराश लबजमा भने, ‘के भएर ल्याउनुभएको ?’

    ‘सिकिस्त देखिएका बिरामीका आफन्तले भनिन्, ‘ज्वरो आएको छ । श्वास फेर्न नि गाह्रो भएको छ ।’

    ‘यहाँ त ठाउँ नै छैन । बेडै छैन । बाहिर पनि प्याक छ,’ यही भावमा भने ती स्वास्थ्यकर्मीले ।

    आकस्मिक कक्षबाहिर कोभिडका बिरामीहरू अटाइनअटाइ थिए । अस्पतालमा ढोकैसम्म बिरामीको लाम थियो । त्यसपछि एम्बुलेन्सको ढोका बन्द भयो । निराश भएर बिरामी लिएर आफन्तहरू एम्बुलेन्ससँगै फर्किए ।

  • बुधबार एकैदिनमा १६८ मृतक थपिए, ९३०५ जनामा संक्रमण पुष्टि

    बुधबार एकैदिनमा १६८ मृतक थपिए, ९३०५ जनामा संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा कोरोनाभाइरसका ९ हजार ३ सय ५ जना संक्रमित थपिएका छन् ।

    २० हजार ३६२ वटा पीसीआर र ४२४ वटा एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    काठमाडौं उपत्यकामा मात्रै ३ हजार ९२४ जना संक्रमित थपिएका छन् ।

    बुधबार एकैदिनमा १६८ जनाको निधन भएको छ ।

    पछिल्लो २४ घण्टामा ४ हजार ४४४ जना निको भएका छन् । निको हुने दर ७४.९ प्रतिशत छ ।

    बुधबारसम्म देशभर सक्रिय संक्रमित संख्या १ लाख १ हजार ६३४ पुगेको छ ।

  • चिकित्सक संघले गर्‍यो – देशभर ‘रेड अलर्ट’ घोषणा

    चिकित्सक संघले गर्‍यो – देशभर ‘रेड अलर्ट’ घोषणा

    काठमाडौं । देशको स्वास्थ्य संस्थाले थेग्न नस्कने गरी कोडिड-१९ को संक्रमण बढेपछि नेपाल चिकित्सक संघले देश भर ‘रेड अलर्ट’ घोषणा गरेको छ ।

    संघले बुधबार एक अपील जारी गर्दै कोभिड-१९ को महामारीको जालोलाई तोड्नका लागि ‘रेड एलर्ट’ घोषणा गरेको हो ।

    चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की र महासचिव डा. बद्री रिजालले जारी गरेको अपीलमा चिकित्सक, नर्स, स्वास्थ्यकर्मी फिल्डमा अग्रभागमा रहेर काम गरिरहेका छौ, गरिरहेने प्रतिबद्धता व्यक्त गरिएको छ ।

    राष्ट्रपति, प्रधानमन्त्री, सम्पूर्ण राजनीतिक दलहरु, नागरिक समाज समेतलाई सम्बोधन गर्दै अपिलमा भनिएको छ ‘नेपालको स्वास्थ्य अवस्थालाई गम्भीर रुपमा मनन गर्दै नेपाल चिकित्सक संघ देशभर “रे८ अलर्ट” घोषणा गर्दै सबैले आ आफ्नो स्थानबाट सहयोग र समन्वयकारी भूमिका निर्वाह गर्न अपील गरेका छौ ।’

    यस्तो छ अपील

  • बिरामी बचाइदिन अक्सिजन उद्योगलाई आफन्तको फोन !

    बिरामी बचाइदिन अक्सिजन उद्योगलाई आफन्तको फोन !

    काठमाडौं । अस्पतालमा अक्सिजन अभाव हुन थालेपछि कोरोना संक्रमितका आफन्तले सोझै अक्सिजन उद्योगलाई फोन गर्न थालेका छन् ।

    कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले अक्सिजनको कोटा तोकेपछि केही अस्पतालले बिरामी भर्ना नलिने तथा उपचार गरिरहेका बिरामी डिस्चार्ज गरिदिने बताउन थालेका छन् ।

    नेपाल अक्सिजन उत्पादक संघका अध्यक्ष गौरव शारदाले अक्सिजनका लागि आफूहरूलाई बाक्लो फोन आउन थालेको बताउँछन् ।

    शारदाले नेपाल प्रेससँग भने, ‘बिरामीको आफन्तले अक्सिजन दिएर आफ्नो बिरामीको ज्यान बचाइदिनुपर्‍यो भन्छन् । हामीले अस्पताललाई नै अक्सिजन दिने गरेका छौं भनेर बुझाउँछौं । अहिले हामीले उत्पादन गरेको अक्सिजन सीधै अस्पतालभन्दा अन्य ठाउँ बिक्री गर्न मिल्दैन । फोन गर्नेहरूले कति पैसा लाग्ने हो त्यती दिन्छौ समेत भन्ने गरेका छन् ।’

    सिलिन्डरको अभावले उत्पादन भएको सबै अक्सिजन उपभोग गर्न सक्ने अवस्था नरहेको उनले बताए । नेपाल अक्सिजन उत्पादक सघंका उपाध्यक्ष वसन्त मरठ्ठाले पनि अक्सिजन दिएर बिरामीको ज्यान बचाइदिनुपर्‍यो भनेर दैनिक धेरै फोन आउने गरेको बताए ।

    मरठ्ठाले भने, ‘अक्सिजन उद्योगीलाई अक्सिजन दिनु पर्‍यो भनेर धेरै फोन आउने गरेको छ । अक्सिजन उत्पादकले फोन थेग्नै नसक्ने अवस्था छ । अहिले स्वास्थ्य मन्त्रालय र सीसीएमसीको मात्रै फोन उठाउने अवस्था आएको छ । अक्सिजन चाहियो भन्नेहरूको फोन आएर फोन सधै बिजी हुने गरेको छ । यस्तो महामारीको समयमा घरमा भएको सबै अक्सिजन सिलिन्डर प्रयोगमा ल्याउन सके केही सहज हुन्छ कि भन्ने अवस्था आएको छ ।’

    उनले भने, ‘साना सिलिन्डर घरमा नै थन्किएर बसेका भए त्यसलाई तत्कालै प्रयोगमा ल्याउनु पर्‍यो । अहिले सिलिन्डरको अभावले गर्दा भएको सबै उत्पादन प्रयोग गर्न सकिएको छैन । त्यसलाई प्रयोग गर्न पनि घरमा लगेर राखेका र अक्सिजन प्रयोग गर्ने उद्योगहरुसँग भएको सबै सिलिन्डर प्रयोगमा ल्याउन सके अवस्था केही सहज हुने थियो ।’

    सीसीएमसीले काठमाडौं उपत्यकाका अस्पतालहरूलाई क्षमता हेरेर ५ देखि ३ सय सिलिन्डर दिन अक्सिजन उद्योगहरूलाई आदेश गरेको छ ।

    अहिले अक्सिजन बिक्री डिपोबाट नभइ उद्योगबाटै सीधा अस्पताल जाने गरेको छ । चीनबाट हिजो मात्रै ४ सय थान अक्सिजन सिलिन्डर जहाजबाट नेपाल भित्रिएको छ ।

  • सेनाले सार्वजनिक गर्‍यो-शव व्यवस्थापनको विवरण

    सेनाले सार्वजनिक गर्‍यो-शव व्यवस्थापनको विवरण

  • सरकारले तोक्यो रेम्डेसिभिर औषधिको मूल्य

    सरकारले तोक्यो रेम्डेसिभिर औषधिको मूल्य

    काठमाडौं । सरकारले कोभिड-१९ उपचारमा प्रयोग हुने औषधि रेम्डेसिभिरको मूल्य निर्धारण गरेको छ ।

    स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्रले बुधबार विज्ञप्ती जारी गर्दै प्रति भायल चार हजार नौसय रुपैयाँमा उपलब्ध हुने जनाएको छ ।

    चिकित्सकले रेम्डेसिभिर औषधि सिफारिस गरेमा सम्बन्धित चिकित्सकको प्रेस्क्रिप्सनसहित सम्पर्क गर्न केन्द्रले अनुरोध गरेको छ ।

    जसका लागि कुपण्डोल युएन पार्कस्थित आयन हेल्थकेयरमा सम्पर्क गर्न भनिएको छ ।

  • एमबिबिएस, बिडिएस, नर्सिङ, फार्मेसी विषयको शुल्क निर्धारण

    एमबिबिएस, बिडिएस, नर्सिङ, फार्मेसी विषयको शुल्क निर्धारण

    काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा सम्बन्धि विभिन्न कार्यक्रमको शुल्क तोकेको छ । आयोगले बुधबार एक सूचना जारी गर्दै शैक्षिक सत्र २०७७/७८ का लागि १७ वटा कार्यक्रमको शुल्क तोकेको हो ।

    गत बर्ष कायम भई कार्यान्वयनमा रहेका कार्यक्रमको शुल्क यथावत राखी अन्य कार्यक्रमको शुल्क निर्धारण गरेको जनाएको छ ।

    आयोगको बैशाख ९ गतेको निर्णयानुसार एमबीबीएस काठमाडौं उपत्यका भित्र ४० लाख २३ हजार र उपत्यका बाहिर ४४ लाख ३६ हजार तोकिएको आयोगका सदस्य सचिव डिल्लीराम लुइटेलले बताए ।

    चिकित्सा सम्बन्धि शैक्षिक कार्यक्रम संचालन गर्ने मेडिकल कलेजहरुले आयोगले तोकेको शुल्क भन्दा बढी शुल्क लिन पाउने छैनन ।

    सूचीसहित :

  • यस्तो छ, चिनियाँ खोपको दोस्रो डोज लगाउने तालिका

    यस्तो छ, चिनियाँ खोपको दोस्रो डोज लगाउने तालिका

    काठमाडौं । सरकारले चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाउनको लागि सर्वसाधरणलाई आव्हान गरेको छ । कोभिड १९ बिरुद्धको खोप चीनीयाँ खोप भेरोसेलको पहिलो मात्रा लगाएकाहरुलाई खोप लगाउन भनेको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०७८/०१/२२ गतेको निर्णय अनुसार यही जेठ २ गते देखि खोप अभियान संञ्चालन गर्ने जनाएको छ ।

    यस अवधिमा १८ देखि ५९ बर्ष उमेरका व्यक्तिहरुलाई खोप अभियान कार्यक्रम संचालन निर्देशिका २०७७ बमोजिम खोप लगाइने छ । स्वास्थ्य कार्यालयले काठमाडौं महानगर सहित ९ वटा पालिकाहरुमा खोप केन्द्र तोकिसकेको छ ।

     

     

  • तत्काल स्वास्थ्य संकटकाल घोषणा गर्न नगरपालिका संघको माग

    तत्काल स्वास्थ्य संकटकाल घोषणा गर्न नगरपालिका संघको माग

    काठमाडौं । कोरोना महामारी नियन्त्रण गर्न नसके विकराल स्थिति आउन सक्ने भन्दै तत्काल संकटकाल घोषणा गर्न नेपाल नगरपालिका संघले माग गरेको छ । संघका अध्यक्ष अशोककुमार ब्याञ्जुले स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई ध्यानाकर्षण पत्र लेख्दै यस्तो माग गरेका हुन् ।

    ‘हाल फैलदो महामारी नियन्त्रण गर्न नसके विकराल स्थिति आउन सक्ने भएकोले मुलुकमा तत्काल स्वास्थ्य संकटकाल घोषणा गरी नागरिकको जीउ, ज्यान सुरक्षाका लागि निम्न बमोजिमका कार्यलाई अघि बढाउन संघ सरकारलाई ध्यानाकर्षण गराउन चाहान्छौं,’ पत्रमा भनिएको छ ।

    हालसम्म नेपालमा ६८ जिल्लामा फैलिएर झन् भयावह भएको, अक्सिजन अभावले अधिक मात्रामा मानवीय क्षति समेत भइरहेको संघको भनाइ छ।

    संक्रमण रोकथाम संविधानत: संघको एकल अधिकार भए पनि महामारी नियन्त्रण साझा प्रयासमा मात्र सम्भव हुने भन्दै संघले स्थानीय, प्रदेश र केन्द्र सरकारबीच समन्वयको आवश्यकता औंल्याएको छ ।