Category: स्वास्थ्य-जीवनशैली

  • काेभिड फ्रन्टलाइनर स्वाथ्यकर्मीले एक महिनासम्म टेलिकमकाे नि:शुल्क भ्वाइस कल सेवा पाउने

    काेभिड फ्रन्टलाइनर स्वाथ्यकर्मीले एक महिनासम्म टेलिकमकाे नि:शुल्क भ्वाइस कल सेवा पाउने

    काठमाडौं । नेपाल टेलिकमले कोरोना माहामारीमा स्वास्थ्यकर्मीको मनोबल बढाउनका लागि ‘धन्यवाद स्वास्थ्यकर्मी अफर’ ल्याएको छ ।

    टेलिकमले कोरोना महामारीमा संक्रमणको परवाह नगरी फ्रन्टलाइनमा बसेर विरामीको सेवामा दिनरात खटिने स्वास्थ्यकर्मीको मनोवललाई अझ उचो राख्न र हौसला प्रदान गर्नका लागि सो अफर ल्याएको बताएको छ ।

    सो अफर सम्बन्धी टेलिकमले आइतबार नेपाल चिकित्सक पसिरद्, नेपाल नर्सिङ परिसद्, नेपाल फर्मासिप्ट परिसद्, नेपाल स्वास्थ्य व्यवसायी र नेपाल आयुर्वेदिक परिसद्बीच हस्ताक्षर समेत गरेको छ ।

    टेलिकमका अनुसार सो अफरअन्र्तगत देशभरका स्वास्थ्यकर्मीले प्रयोग गरेका नेपाल टेलिकमका पोष्टपेड र प्रिपेड सिमकार्डमा एक महिनासम्मको निशुल्क भ्वाइस कल उपलव्ध गराइने छ ।

    साथै, स्वास्थ्यकर्मीले आफ्नो मोवाइल नम्बरबाट टेलिकमका नेटवर्कभित्र जुनसुकै समयमा गर्ने कल पनि निःशुल्क गरिने छ ।

    यो अफर लिनका लागि स्वास्थ्यकर्मीले आफ्नो आधिकारिक प्रमाणपत्र भने टेलिकमलाई उपलव्ध गराउनुपर्नेछ । । साथै यो अफर स्वास्थ्यकर्मीको नामका सिमकार्डमा मात्र उपलव्ध हुने भएकाले टेलिकमको सिम नहुनेले नयाँ सिम लिन पनि कम्पनीले सुझाएको छ ।

    यसरी नयाँले सिम लिंदा आफ्नो सम्बन्धित परिषद्को लेटरप्याडमा स्वास्थ्यकर्मीको नाम तथा विवरण उल्लेख गर्नुपर्ने छ । नयाँ सिम लिने स्वास्थ्यकर्मीले निःशुल्क सिम प्राप्त गर्ने टेलिकमको भनाइ छ ।

    टेलिकमका अनुसार यो अफर निश्चित समयका लागि भएपनि कोरोना माहामारीको अवस्था हेरेर समय थप गर्न सकिने बताइएको छ ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्ली अधिकारीसहित पदाधिकारीको बैठक राखेर फ्रन्टलाइनरलाई हौसला हुने खालको कार्यक्रम र सुविधा उपलब्ध गराउन निर्देशन दिएपछि टेलिकमले यो अफर ल्याएको हो ।

  • कोरोनाको ‘हटस्पट’ जनकपुरधाममा भीडभाड रोक्न प्रशासन असफल (तस्बिरहरु)

    कोरोनाको ‘हटस्पट’ जनकपुरधाममा भीडभाड रोक्न प्रशासन असफल (तस्बिरहरु)

    जनकपुरधाम । कोरोना महामारी फैलन नदिन सरकारी नीतिअनुसार स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरेका छन् । निषेधाज्ञाको उद्देश्य संक्रमण दरको नियन्त्रण गर्नु नै हो ।

    तर, प्रदेश २ को अस्थायी राजधानी रहेको जनकपुरधाममा निषेधाज्ञाको पालना गराउन धनुषा प्रशासन असफल भएको छ । कोरोना संक्रमण तीब्र गतिमा बढ्न थालेपछि वैशाख २२ गते जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले निषेधाज्ञा लगाए । तर बजारमा देखिएको चहल–पहलले निषेधाज्ञा अन्त्य भएको जस्तो लाग्छ ।

    बजार क्षेत्रका अधिकांश पसल खुल्न थालेका छन् । सडकमा सिटी रिक्सा यात्रु ओसार्न सुरु गरिसके । ठेला फलफूल र पसलहरुमा विभिन्न समान बेच्दा न व्यवसायीले स्वास्थ्य मापदण्ड अपनाएको देखिन्छ, न सेवाग्राही अर्थात् सर्वसधारण जनता सचेत देखिन्छन् । प्रहरीले पक्रिन छाडेपछि त मास्क प्रयोग नगर्नेको संख्या बढ्न थालेको छ ।

    गृह मन्त्रालयले शनिवार मात्र ७७ वटै जिल्ला प्रशासन र सुरक्षा निकायलाई पत्राचार गर्दै ‘जनतालाई घरबाट निस्किनै नदिनू’ भनेर निर्देशन दिएको थियो । तर, धनुषामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न स्थानीय प्रशासनले कुनै चासो देखाएका छैन । यस विषयमा बुझ्न प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलासँग सम्पर्क स्थापित हुन सकेन ।

    जनकपुधाम उपमहानगरपालिका कोरोनाको हटस्पट बनेको छ । अहिले उपमहानगरमै करिब १२ सय कोरोनाका सक्रिय संक्रमित छन् । र उनीहरु घरमै छन् । स्वास्थयकर्मीले निगरानी नगर्दा कतिपयले त घुमफिर पनि गर्छन् । यस्तो बेला बजारमा देखिन थालेको भीडभाडले जनकपुरमा कोरोनाले भयावह रुप लिने देखिन्छ ।

    हेर्नुस् तस्बिरहरु

  • वागमती सरकारलाई कोभिडविरुद्ध लड्न पौने दुई करोडका स्वास्थ्य सामग्री सहयोग

    वागमती सरकारलाई कोभिडविरुद्ध लड्न पौने दुई करोडका स्वास्थ्य सामग्री सहयोग

    हेटौंडा । वागमती प्रदेश सरकारलाई ब्याक टु लाइफ नामक अन्तर्राष्ट्रिय संस्थाले स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

    संस्थाले कोभिड-१९ को उपचार तथा व्यवस्थापनमा सहयोग हुने करिब १ करोड ७० लाख रुपैयाँ बराबरका विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

    संस्थाले प्रदेश सरकारलाई कोभिड उपचार तथा व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यका साथ एक करोड ७० लाख रुयैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

    शनिवार प्रदेशको सामाजिक विकास मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरेर स्वास्थ्य सामग्री प्रदेशका मुख्यमन्त्री, डोरमणि पौडेललाई हस्तान्तरण गरेको हो ।

    संस्थाले अक्सिजन कन्सेन्टेटर, हाई फ्रिक्वेन्सीको मोबाइल एक्सरे, पीपीई, मास्कलगायतका विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको मुख्यमन्त्री पौडेलका प्रेस सम्योजक प्रकाश दाहालले जानकारी दिए ।

    संस्थाले अक्सिजन कन्सन्ट्रेटर र १८ थान, हाई फ्रिक्वेन्सीको मोबाइल एक्सरे २ थान, पल्स अक्सो मिटर ६० थान, सिरिन्ज पम्प, ईन्फेसन पम्प ५/५ थान, मास्क ६ हजार थान, सर्किजल मास्क एक लाख थान, फेससिल्ड २७०० थान, पीपीई ११०० थान, मोनीटर ३० थान, इलेक्ट्रो कार्डियोग्राम १० थान स्वास्थ्य सामग्री मुख्यमन्त्री पौडेललाई हस्तान्तरण गरेको प्रेस सम्योजक प्रकाश दाहालले जानकारी दिए ।

    स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा प्रदेशका सामाजिक विकास मन्त्री सरस्वती बस्नेतलगायतको सहभागिता थियो ।

    जर्मनीको अन्तर्राष्ट्रिय संस्था ब्याक टु लाइफले नेपालमा सन् २००९ देखि शिक्षा, स्वास्थ्य र सामुदायिक विकासको क्षेत्रमा काम गरिरहेको छ ।

  • कोरोनाभाइरस नेपाल : शनिबार ८,९८० संक्रमित थपिए, १२९ जनाको मृत्यु

    कोरोनाभाइरस नेपाल : शनिबार ८,९८० संक्रमित थपिए, १२९ जनाको मृत्यु

    काठमाडौं । शनिबार मुलुकमा ८,९८० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार १०५ पीसीआर र एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    पछिल्लो २४ घण्टामा १२९ जनाको मृत्यु भएको छ । ८८४८ जना निको भएका छन् ।

    कूल संक्रमित संख्या १ लाख १५ हजार ८०६ पुगेको छ ।

    कूल संक्रमित संख्या ५ लाख ५ हजार पुगेको छ । अहिलेसम्म ज्यान गुमाउनेको संख्या ६,१५३ पुगेको छ ।

  • कोभिड-१९ संकट व्यवस्थापन अध्यादेशको पूर्णपाठ : स्वास्थ्य संकटकालदेखि युनिफाइड अस्पतालसम्म

    कोभिड-१९ संकट व्यवस्थापन अध्यादेशको पूर्णपाठ : स्वास्थ्य संकटकालदेखि युनिफाइड अस्पतालसम्म

    काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासले विहिबार जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश सार्वजनिक भएको छ ।

    उक्त अध्यादेशमा महामारी नियन्त्रणका लागि स्वास्थ्य संकटकाल घोषणा गर्नेदेखि युनिफाइड अस्पताल संचालन गर्ने सम्मका कार्ययोजना समावेश गरिएको छ ।

    मन्त्रीपरिषद्ले विहिबार अध्यादेश जारी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसामु सिफारिस गरेको थियो ।

    हेर्नूस अध्यादेशको पूर्णपाठ :

  • लुम्बिनीले कोरोना अस्पताललाई पठाउने भयो थप ७ करोड बजेट

    लुम्बिनीले कोरोना अस्पताललाई पठाउने भयो थप ७ करोड बजेट

    रुपन्देही । लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत रहेका कार्यालयहरुलाई दोस्रो लहरको कोरोना नियन्त्रण तथा रोकथाम गर्नका लागि थप ७ करोड ७४ लाख बजेट पठाउने निर्णय गरेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोष समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

    कोरोना भाइरस नियन्त्रण तथा उपचार कोष समितिको केही दिनअघि बसेको बैठकले बजेटको सुनिश्चिता गर्दै बजेट छुट्टयाएको थियो । निर्णयसँगै बजेट निकासाको प्रक्रिया शुरु गरिएको प्रादेशिक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेलले जानकारी दिएका छन् ।

    उक्त बजेट प्रदेश आपूर्ति केन्द्र, कोरोना अस्पताल, आयुर्वेद चिकित्सालय, जनस्वास्थ्य प्रयोगशाला र स्वास्थ्य कार्यालयहरुलाई कोरोना रोकथाम र नियन्त्रणका लागि पठाइएको हो ।

    मन्त्रालयका प्रवक्ता पौडेलका अनुसार बैठकले प्रदेश आपूर्ति केन्द्र, बुटवलका लागि प्रदेश सरकारले ५ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । उक्त बजेटबाट केन्द्रले अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्टर किट्स्, पिपिई र कोभिड १९ परीक्षणका लागि आर एन ए एक्सटक्सन किट्स, रिएजेन्टस, केमीकल लगायतका सामग्री खरिद गर्न सक्नेछ ।

    त्यसैगरी बैठकले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवाका लागि कोभिड १९ परीक्षणका लागि आवश्यक पर्ने रिएजेन्ट कन्ज्युमेबल्सका लागि २० लाख उपलब्ध गराउने निर्णय गरेको छ ।

    प्राविधिक कार्यदलको सिफारिस अनुसार लुम्बिनी प्रदेशमा रहेका तराईका ३ अस्पतालहरु पृथ्वीचन्द्र अस्पताल, परासी, बर्दिया अस्पताल, गुलरिया र कपिलवस्तु अस्पताल, तौलिहवालाई १५ लाखका दरले ४५ लाख बजेट उपलब्ध गराउने निर्णय भएको छ ।

    त्यसैगरी बैठकमा पहाडका ७ अस्पतालहरु पाल्पा अस्पताल, तानसेन, रामपुर अस्पताल, रामपुर, गुल्मी अस्पताल, तम्घास, अर्घाखाँची अस्पपताल, सन्धिखर्क, प्यूठान अस्पताल, बिजुवार, रोल्पा अस्पताल रेउघा र रुकुमपूर्व अस्पताल, सिस्नेलाई १० लाखका दरले ७० लाख बजेट उपलब्ध गराउने निर्णय गरेको छ ।

    त्यसैगरी संक्रमितहरुको परिक्षण एवं पहिचान गर्न, समुदायमा थप संक्रमण फैलन नदिनका लागि जनस्वास्थ्य अभियान संचालन गर्न प्रदेशमा रहेका १२ वटा स्वास्थ्य कार्यालयहरुलाई ५ लाखका दरले ६० लाख उपलब्ध गराएको छ ।

    प्रदेशमा रहेको ९ वटा आयुर्वेदहरुलाई एक लाखका दरले ९ लाख र लुम्बिनी आयुवेद चिकित्सालय र प्रदेश आयुर्वेद चिकित्सालय, बिजौरीलाई २ लाख ५० हजारका दरले ५ लाख गरी जम्मा १४ लाख उपलब्ध गराउने निर्णय भएको छ ।

    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसियु भवनको लिफ्ट र जेनरेटर खरिदका लागि ५० लाख र भीम अस्पताल भैरहवामा आइसोलेसन अस्पताल संचालन तथा व्यवस्थापनका लागि १५ लाख बजेट उपलब्ध गराउने निर्णय भएको छ ।

    संघीय सरकारले पनि केही दिन अगाडि लुम्बिनीमा रहेका विभिन्न अस्पतालमा अक्सिजन प्लान्ट राख्नका लागि बजेट व्यवस्थापन गरिसकेको छ ।

     

  • नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ६ हजार नाघ्यो, कूल संक्रमण ५ लाख नजिक

    नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ६ हजार नाघ्यो, कूल संक्रमण ५ लाख नजिक

    काठमाडौं । शुक्रबार नेपालमा ८,६०७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३ हजार २२६ पीसीआर र एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    पछिल्लो २४ घण्टामा १७७ जनाको मृत्यु भएको छ ।

    ७,८९० जना निको भएका छन् । सक्रिय संक्रमित संख्या १ लाख १६ हजार पुगेको छ ।

    संक्रमित संख्या ४ लाख ९७ हजार पुगेको छ । कूल मृतक संख्या ६,०२४ पुगेको छ । ३ लाख ७४ हजार जना निको भएका छन् ।

     

  • उपप्रधानमन्त्री पोखरेलबाट ‘कोभिड आइसोलेशन तथा अक्सिजन थेरोपी सेन्टर’ शुभारम्भ

    उपप्रधानमन्त्री पोखरेलबाट ‘कोभिड आइसोलेशन तथा अक्सिजन थेरोपी सेन्टर’ शुभारम्भ

    काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज काठमाडौंको बसुन्धारामा ‘राधा स्वामी कोभिड आइसोलन तथा अक्सिजन थेरापी सेन्टर’को शुभारम्भ गरेका छन् ।

    काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा नेपाली सेनाले संचालन गरेको ८८ शैयाको आइसोलेशन केन्द्रको उपप्रधानमन्त्री पोखरेलले शुभारम्भ गरेका हुन् ।

    कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले अक्सिजन प्लान्ट र कोरोनाभाइरसाविरुद्धको खोप खरिद सरकारको पहिलो प्राथमिकता भएको बताए ।‘हामीले जिटूजी र बीटूबी जुनसुकै माध्यमबाट अक्सिजन प्लान्ट र खोप ल्याउनका लागि पहल गरिरहेका छौं ।

    जतिसुकै बजेट लागे पनि हामी छिटो ल्याउन प्रयत्नशील छौं,’ उपप्रधानमन्त्री पोखरेलले भने, ‘भारत सरकारले छिट्टै नेपाललाई लिक्वीड अक्सिजन प्लान्ट सहयोग गर्दैछ । चीन सरकारले दिएको अक्सिजन सिलिण्डर पनि छिट्टै ल्याउँछौ । निजी क्षेत्रलाई पनि प्रोत्साहित गरिरहेका छौं ।’

    बिभिन्न देशले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाइरहेको र सहयोग आउने क्रम पनि जारी रहेको उनले बताए । कोरोनाको त्रासबाट मुक्ति दिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडविरुद्धको लडाईंको समग्र नेतृत्व गर्नुभएको उपप्रधानमन्त्री पोखरेलले बताए ।

    ‘अहिले फैलिरहेका बिभिन्न हल्ला र भ्रमको पछाडि नलाग्न आग्रह पनि गरे । ‘अहिले जति पनि भ्रमपूर्ण कुराहरु फैलिएका छन्, त्यसमा कुनै सत्यता छैन’ उनले भने ।तत्काल ८८ शैयाको अक्सिजन थेरापी सुविधासहित सुरु भएको यो आइसोलेशन केन्द्रका लागि राधास्वामी केन्द्रले भवन उपलब्ध गराएको हो ।

    आवश्यकता अनुसार २ सय बेडसम्म संचालन गर्न सकिने आइशोलेसन केन्द्रका लागि चाहिने पूर्वाधारका लागि काठमाडौं महानगरपालिकाले बजेटको व्यवस्था गरेको छ भने नेपाली सेनाले उपचार, सुरक्षा र व्यवस्थापनको जिम्मेवारी लिएको छ ।आइशोलेशन केन्द्र संचालनमा आएपछि कोरोनाका बिरामीहरुको उपचारमा थप राहत मिल्ने विश्वास लिइएको छ ।

    आइसोलेशन केन्द्र शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिव खगराज बराल, प्रधानसेनापति पूर्णचन्द्र थापा, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी, टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी लगायत उपस्थित थिए ।

  • भारतमा ४२ सय जनाको मृत्यु, २ लाख ५९ हजार संक्रमित थपिए

    भारतमा ४२ सय जनाको मृत्यु, २ लाख ५९ हजार संक्रमित थपिए

    दिल्ली । कोरोनाभाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा भारतमा ४ हजार २ सय ९ जनाको मृत्यु भएको छ । २ लाख ५९ हजार ५ सय ९१ जना नयाँ संक्रमित थपिएका छन् भने ३ लाख ५७ हजार २ सय ९५ जना डिस्चार्ज भएका छन् ।

    भारतमा अहिलेसम्म कुल २ करोड ६० लाख संक्रमित छन् भने २ करोड २७ लाख संक्रमणमुक्त भएका छन् ।

    हालसम्म भारतमा मृत्यु हुनेको संख्या २ लाख ९१ हजार ३ सय ३१ जना पुगेको छ भने ३० लाख २७ हजार भन्दा बढी संक्रिय संक्रमित रहेका छन् ।

     

  • कोरोनाभाइरस नेपाल : विहीबार ८,३०५ संक्रमित थपिए, १९० जनाको मृत्यु

    कोरोनाभाइरस नेपाल : विहीबार ८,३०५ संक्रमित थपिए, १९० जनाको मृत्यु

    काठमाडौं । विहीबार नेपालमा कोरोनाभाइरसका ८,३०५ संक्रमित थपिएका छन् । २२ हजार ८७ पीसीआर र एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    थप १९० जनाको मृत्यु पुष्टि भएको छ ।

    ६५४३ जना निको भएका छन् । सक्रिय संक्रमित संख्या १ लाख १५ हजार पुगेको छ ।

    कूल संक्रमित संख्या ४ लाख ८८ हजार ६४५ पुगेको छ । मृतक संख्या ५ हजार ८४७ पुगेको छ । निको हुनेको कूल संख्या ३ लाख ६६ हजार पुगेको छ ।

  • कोरोना रिपोर्ट समयमा नआउँदा बिरामीलाई सास्ती

    कोरोना रिपोर्ट समयमा नआउँदा बिरामीलाई सास्ती

    सुर्खेत । कर्णाली प्रदेशमा कोरोनाको स्वाव दिएको रिपोर्ट विरामी सन्चो भइसकेपछि पनि नपाईने गरेको दुखेसो बढेको छ ।

    ‘मैले कोरोनाका लक्षणसहित देखिदा बैशाख २७ गते स्वाव दिएको थिएँ । चौकुने गाउँपालिकाका अमर शाहीले नेपालप्रेसलाई भने, ‘अहिले म पूर्ण रुपमा सन्चो भइसकेको छु । कोरोनाको रिपोर्ट के आएको छ थाहा भएको छैन ।’

    सोही दिन गुटुमा कोरोना जाँचका लागि स्वाव दिएका पेशाले शिक्षक तिर्थ पौडेलले स्वाव दिएको ११ दिन वित्दापनि कोरोनाको रिर्पोट नपाइएको  दुखेसाे गरे । ‘घरमा परिवार विरामी छन् । उहाँहरुलाई सन्चो भएको छैन । हामीलगायत ३४ जनाले कोरोना जाँचका लागि स्वाव दिएका थियौं । अहिलेसम्म न त कोरोना संक्रमण भएको थाहा भएको छ न त अन्य रोगको उपचार गर्न पाइएको छ ।’

    उनले गुनासो गरे, ‘कम्तिमा समयमै रिपोर्ट पाइदिएको भए त्यहि अनुसार औषधी मूलो गर्न पाइन्थ्यो । अन्य औषधी सेवन गरेको खण्डमा थप क्षति व्यहोर्नुपर्छ कि भन्ने भय छ । सिटामोलहरु, व्रोफिनहरु खाने र रिर्पोट कुर्ने काम मात्रै भइरहेको छ ।’

    जाजरकोटका पत्रकार पवन खनालले कोरोनाको रिपोर्ट ८ दिनमा पनि नआउने गरेको गुनासो गरे । ‘वीरेन्द्रनगरमै चार पाँच दिनमा रिपोर्ट पाइन्छ रे । यहाँ त आठ दिनमा पनि कोरोनको रिपोर्ट पाईदैन । रिपोर्ट नआएका कारण सर्वसाधारण नागरिक समस्यामा परेका छन् ।’ उनी भन्छन्, ‘समयमै कोरोना भए नभएको थाहा पाएको भए सोही अनुसार उपचार गर्न सहज हुने थियो ।’

    वीरेन्द्रनगर ४ का एक युवाले भने आफूले चौविस घन्टामा नै कोरोनाको रिपोर्ट पाएको बताए । ‘म अस्पतालमा गएँ । लाइन लागे र एक हजार रुपैंया तिरें ।’ उनले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘चौविस घन्टामा मेरो रिपोर्ट आएको हो । म अहिले होम आइसोलेसनमा बसेको छु ।’ उनले प्रदेश अस्पतालमा गएर एक हजार तिरेर स्वाव दिएको खण्डमा तत्कालै रिपोर्ट पाइने बताए ।

    चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले कोरोनाको रिपोर्ट ११ दिनसम्म नआएको बताए । ‘हामीले पठाएको लामो समय हुँदा पनि रिपोर्ट आएको छैन । स्वास्थ्य निर्देशनालयमा सोध्दा आउँछ भन्ने मात्रै जवाफ आइरहेको छ ।’ उनले भने ।

    प्रयोगशालाका इन्चार्ज ओम शर्माले पाँच सयको क्षमता भएको बताउँदै अत्याधिक चाप बढेकाले समयमै रिपोर्ट दिन नसकिएको स्वीकार गरे ।

    ‘जाजरकोट सल्यानको पनि हामीले नै जाँच्नु पर्ने अवस्था आएको छ । सुर्खेतमै दैनिक हजारौं स्वाव संकलन भइरहेको छ ।’ उनी भन्छन्, ‘पहिलो प्राथमिकता अस्पतालमा उपचार गर्न आएकाहरुलाई दिने गरेका छौं । पैसा तिरेर स्वाव जाँच गराउनेहरुलाई नि प्राथमिकता दिइदै आएको छ । त्यसपछि हामीले अन्यको स्वाव जाँच गरिरहेका छौं ।’

    उनले मेसिन अभाव हुनु, जनशक्तिको कमी हुनु, आवश्यक सामानहरु नहुनु पनि रिपोर्ट आउन ढिलाई हुनुको कारण भएको बताए । ‘दैनिक रुपमा हामी विदाको दिन पनि खटेर काम गर्दै आइरहेका छौं । अस्पतालका मेसु र निर्देशनालयका निर्देशकसँग हाम्रो कुरा भइरहेको छ ।’

    उनले भने, ‘दोश्रो भेरियन्टको कोरोना आइसकेपछि हालसम्म प्रदेश सरकारका कोही पनि हाम्रा समस्याबारे बुझ्न आएका छैनन् ।’ उनले गत वर्ष चौविस घन्टा खटेर काम गरेपनि आवश्यक सेवा सुविधा नपाएको गुनासो गरे ।

     

  • चिनियाँ दोस्रो डोज खोप लगाउन बाँकीको विवरण माग

    चिनियाँ दोस्रो डोज खोप लगाउन बाँकीको विवरण माग

    काठमाडौं । चिनियाँ खोप भेरोसेलको दोस्रो डोज खोप लगाउनुपर्नेहरुको लगत सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालयहरुले तयार गरी प्रदेश मार्फत स्वास्थ्य सेवा विभागमा उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।

    मन्त्रालयले भेरोसेलको दोस्रो मात्रा खोप लगाउनु पर्नेहरुले आफ्नो स्थानीय तहका स्वास्थ्य संयोजकहरु मार्फत जिल्ला स्वास्थ्य कार्यालयहरुमा लागत टिपाउन आग्रह गरेको हो ।

    भेरोसेलको दोस्रो मात्रा खोप लगाउनेहरुको लगत तयार भएपछि यथाशिघ्र प्रदेशको समन्वयमा खोप लगाउने मिति र स्थान तोकिने मन्त्रालयका प्रवक्ता डा .समिर कुमार अधिकारीले बताए ।

    उनले खोप लगाउने बाहनामा एक जिल्लाबाट अर्को जिल्लामा आवतजावतका लागि सवारीसाधनको पास बनाउने गरेको भन्दै पास बनाएर आवतजावतको व्यवस्था नगरिदिन सबै जिल्ला प्रशासनलाई आग्रह गरेका छन् ।

  • ९१ वर्षीया उपमेयर कार्कीले जितिन् कोरोना

    ९१ वर्षीया उपमेयर कार्कीले जितिन् कोरोना

    काठमाडौं । वीरगन्ज महानगरपालिकाका उपमेयर शान्ति कार्की कोरोना संक्रमणमुक्त भएकी छन् ।

    ९१ वर्षीय कार्कीले कोरोना जितेकी हुन् । उनलाई दुई साता अघि कोरोना संक्रमण पुष्टि भएको थियो ।

    संक्रमण पुष्टि भएसँगै उनको वीरगन्ज महानगरपालिकाले संचालन गरेको कोभिड अस्थायी अस्पतालमा  उपचार भइरहेको थियो ।

    उपमेयर कार्की कोभिड अस्पताल उदघाटनकै दिन पहिलो कोभिड संक्रमित भई उपचारार्थ भर्ना भएकी थिइन् । बुधबार स्वाव परीक्षण गर्दा नेगेटिभ आएसँगै उनलाई आज विहान डिर्चाज गरिएको मेयर विजय कुमार सरावगीले बताए ।

    उपमेयर कार्कीलाई लिन लिन मेयर विजय कुमार सरावगी र प्रमुख प्रशासकिय अधिकृत प्रदिप निरौला कोभिड अस्पताल पुगेका थिए ।
    मयेर सरावगीले कार्कीलाई उच्च मनोबलका साथ कोभिड १९ जितेमा बधाई दिएका छन् ।

    अविवाहित कार्की कांग्रेसबाट उपमेयरमा २०७४ सालको चुनावमा निर्वाचित भएकी थिइन् ।

  • कोरोनाको नयाँ भेरियन्ट ५० प्रतिशत बढी संक्रामक, कोभिशिल्ड खोप प्रभावकारी

    कोरोनाको नयाँ भेरियन्ट ५० प्रतिशत बढी संक्रामक, कोभिशिल्ड खोप प्रभावकारी

    काठमाडौं । इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोभिड – १९ को तेस्रो भेरियन्ट निकै संक्रामक रहेको बताएको छ ।

    नेपालमा गतहप्ता कोभिड १९ संक्रमितको ३५ वटा नमुनालाई जिन स्क्विन्सिग गर्दा ९७ प्रतिशतमा (३४ वटा) बि. १. ६१७.२ नयाँ भेरियन्ट र तीन प्रतिशतमा(१ वटा) बि.१. ६१७. १ पुष्टि भएसँगै नेपालमा कोभिड १९ को तेस्रो भेरियन्ट रहेको पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि मंगलबार एक विज्ञप्ति निकाल्दै नेपालमा तेस्रो भेरियन्ट रहेको बारे जानकारी गराइसकेको छ । यस सन्दर्भमा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले तेस्रो भेरियन्ट यस अघि देखा परेको भेरियन्ट भन्दा ५० प्रतिशत बढी संक्रामक रहको बताएका छन् ।

    बुधबार पत्रकारहरुसँग कुरा गर्दै इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. कृष्ण पौडेलले शुरुमा बेलायतमा पत्ता लागेको भेरियन्ट भन्दा यो भेरियन्ट ४० देखि ५० प्रतिशत बढी संक्रामक रहेको बताए ।

    यो भेरियन्ट २० देखि ४४ वर्ष उमेर समुहमा उच्च संक्रमण रहेको पनि उनले जानकारी दिऐ । उनले भने,‘प्रारम्भिक अध्ययनहरुले यो सर्ने दर अन्य भेरियन्टभन्दा उच्च छ भन्ने देखियो । जुन अप्रत्यक्ष रुपमा नेपालमा संक्रमण बढेको दर, भारतमा बढेको दरले पनि अप्रत्यक्ष रुपमा हामि एउटा निष्कर्षमा पुग्न सक्छौँ यो अलि बढी संक्रामक छ भनेर । केही अध्ययनहरुमा, बेलायतको मेडिकल जर्नलमा ब्लगमा उहाँहरुले लेखेको अनुसार बेलायतमा पत्ता लागेको भेरियन्टभन्दा यो भेरियन्ट अझै ४० देखि ५० प्रतिशत बढी संक्रामक छ है भनेर आँकलन गरिएको छ ।’

    डा. पौडेलले हाल कोभिड विरुद्धमा लगाइरहेको कोभिशिल्ड खोपले तुलनात्मक रुपमा यस भेरियन्टको जटिलता कम गर्न र मृत्यूदर कम गराउन प्रभावकारी हुने पनि बताए । उनले भने,‘तुलनात्मक हिसाबले यो भेरियन्टमा पनि जटिलता कम गर्न र मृत्यूदर कम गराउन सहयोगी÷प्रभावकारी छ भन्ने बुझिन्छ । खोपको प्रभावकारीता राम्रै देखिएको छ ।’

    उनले सामाजिक दुरी कायम गर्ने, मास्कको प्रयोग गर्ने तथा सरसफाई लगायतका जनस्वास्थ्यको मापदण्ड पालना गरेर मात्रै कोभिड १९ को तेस्रो भेरियन्टबाट बच्न सकिने भन्दै जनस्वास्थ्यको मापदण्ड कडाईका साथ पालना गर्नुपर्ने पनि बताए ।

     

  • मिडिया हेल्प फाउण्डेसनलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

    मिडिया हेल्प फाउण्डेसनलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

    काठमाडौं । कोरोना कहरका बीच नियमित समाचार संप्रेषणमा खटिएका पत्रकारहरूलाई मिडिया हेल्प फाउण्डेसनले अत्यावश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउने भएको छ ।

    फाउण्डेसनले पहिलो चरणमा नियमित रिपोर्टिङमा खटिने पत्रकारहरुलाई स्वास्थ्य सामाग्री उपलब्ध गराउन लागेको हो ।

    फाउण्डेसनलाई युवा उद्यमी एवं समाजसेवी मनोज आचार्यले अत्यावश्यक स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेका छन् । बुधबार आचार्यले १ हजार थान एन ९५ मास्क र २० लिटर स्यानिटाइजर फाउण्डेसनका संयोजक नकुल अर्याललाई हस्तान्तरण गरेका हुन् । कोरोनाको कहरका बावजुद जनतालाई सही सूचना संप्रेषण गर्न खटिएका पत्रकारहरुलाई प्रोत्साहन गर्न आफूले सहयोग गरेको आचार्यले बताए ।

    ‘फिल्डमा खटिने पत्रकारलाई मास्क र स्यानिटाइजरजस्ता अत्यावश्यक सामाग्री अभाव नहोस् र जनताले कोरोनाबारे सन्तुलित समाचार पाउन्’, सामाग्री हस्तान्तरण गर्दै आचार्यले भने । आचार्यको अगुवाइमा सर्लाहीको ईश्वरपुरमा आइसोलेशन सेन्टर सञ्चालनमा आएको छ भने फुड ब्यांक र स्वास्थ्य सामाग्री वितरण अभियान जारी छ ।

    मिडिया हेल्प फाउडेसनका संयोजक अर्यालले पहिलो चरणमा समाचार संकलनमा खटिने २ सय ५० पत्रकारलाई मास्क, स्यानिटाइजर, फेस शिल्ड र ग्लोभ्स वितरण गर्ने जनाए ।

    यसैबीच, अमेरिकामा बस्दै आएका युवा अभियन्ता नवराज सुवेदीले मिडिया हेल्प फाउण्डेसनलाई १५ हजार रूपैयाँ सहयोग गरेका छन् । पत्रकारहरूलाई अत्यावश्यक स्वास्थ्य सामाग्री खरिद र वितरणका लागि सुवेदीले सो रकम उपलब्ध गराएका हुन् । सुवेदी एनआरएन अमेरिकाको महासचिव पदको प्रत्याशी छन् ।

  • थप ३५ हजार अक्सिजन सिलिन्डर नेपाल भित्रिने तयारी

    थप ३५ हजार अक्सिजन सिलिन्डर नेपाल भित्रिने तयारी

    काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना महामारीसँगै अहिले अस्पतालमा अक्सिजन अभाव छ । यो अभाव टार्न निजी क्षेत्रले पनि सिलिन्डर खरिद गरेर सरकारलाई साथ दिइरहेका छन् ।

    निजी क्षेत्रले ९ हजार ८ सय ५ अक्सिजन सिलिन्डर र ५ हजार अक्सिजन व्याग नेपाल ल्याइरहेका छन् । सरकारले चीनबाट २० हजार, निजी क्षेत्रले ९ हजार ८ सय ५० र विभिन्न देशमा बसोबास गरिरहेका नेपालीले करिब ५ हजार अक्सिजन सिलिन्डर नेपाल ल्याउँदै छन् । सरकार, निजी क्षेत्र र विभिन्न देशमा बसेका नेपालीले गरी करिब ३५ हजार अक्सिजन सिलिन्डर नेपाल ल्याउन लागेका हुन् ।

    स्वास्थ्य मन्त्रालायका प्रवक्ता डा. जागेश्वर गौतमले स्वास्थ्य मन्त्रालयले चीनबाट १ हजार ३ सय अक्सिजन सिलिन्डर ल्याइसकेको र अब बाँकी रहेको १८ हजार ७ सय अक्सिजन सिलिन्डर पनि आउने क्रममा रहेको बताए ।

    गौतमले भने, ‘पहिलो पटक ५ सय र दोस्रो ८ सय गरी १ हजार ३ सय अक्सिजन सिलिन्डर नेपाल आइसकेको छ । अब बाँकी रहेको सिलिन्डर पनि दैनिक रुपमा आउने छ ।’

    व्यापारीले खरिद गरेको सिलिन्डर तातोपानी नाकामा ।

    एभेरष्ट अक्सिजन उद्योगका सञ्चालक शिवप्रसाद घिमिरेले ७ हजार ५० वटा अक्सिजन सिलिन्डर चीनबाट नेपाल ल्याउँदै छन् । सँगै ५ हजार अक्सिजन व्याग पनि ल्याउँदै छन् ।

    घिमिरेले भने, ‘अक्सिजन सिलिन्डर अब १ /२ दिनमा नेपाल आइपुग्छ । ५ हजार अक्सिजन व्याग पनि आइपुग्दैछ आज नै नेपाल आइपुग्नेछ । चीनमा परल मूल्य र ढुवानी खर्च जोडेपछि मात्र नेपालमा बिक्री मूल्य भन्न सकिन्छ ।’

    घिमिरेका अनुसार यसभन्दा पहिले नेपालमा अक्सिजन व्याग प्रयोगमा अएको छैन । अक्सिजन प्रयोग गर्नुपर्ने बिरामीले अक्सिजन मास्कको माध्यमबाट आफूसँगसँगै लिएर जान सक्ने उनले बताए ।

    नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष दीपककुमार मल्होत्रा पनि चीनबाट २ हजार ८ सय अक्सिजन सिलिन्डर ल्याउँदै छन् । भोलि वा पर्सिमा ती सामग्री आइपुग्ने उनले जानकारी दिए । उनले भने, ‘सरकार, निजी क्षेत्र र विभिन्न संघसस्थाले गरी करिब ३५ हजार अक्सिजन सिलिन्डर नेपाल ल्याउँदै छन् । यो अभाव आएपछि धेरै हदसम्म अभाव टर्छ । नेपाल आइपुग्दा प्रति सिलिन्डर १३ हजार पर्न जान्छ ।’

  • कोरोनाभाइरस नेपाल : बुधबार ८,१७३ संक्रमित थपिए, २४६ जनाको मृत्यु

    कोरोनाभाइरस नेपाल : बुधबार ८,१७३ संक्रमित थपिए, २४६ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा कोरोनाभाइरसका ८,१७३ जना संक्रमित थपिएका छन् ।

    बुधबार थप २४६ जनाको मृत्यु पुष्टि भएको छ ।

    सोही अवधीमा ७ हजार ९ सय ८९ जना संक्रमण मुक्त भएका छन् ।

    काठमाडौं उपत्यकामा मात्र २,४८६ जना संक्रमित भएका छन् ।

  • असारसम्म साढे ५ लाख अक्सिजन सिलिन्डर आवश्यक पर्ने

    असारसम्म साढे ५ लाख अक्सिजन सिलिन्डर आवश्यक पर्ने

    काठमाडौं । सरकारले आगामी असारसम्म कोरोना महामारीबाट संक्रमित भएका बिरामीका लागि पौने ४ अर्ब लिटर अक्सिजन अर्थात साढे ५ लाख  सिलिण्डर खपत हुने अुनमान गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालये एक साता अघि मात्र जारी गरेको ‘मेडिकल अक्सिजन प्रयोग तथा आवश्यकता निर्धारण सम्बन्धी मापदण्ड, २०७८’ अनुसार यस्तो अनुमान गरिएको हो ।

    मापदण्डमा अनुमान असार महिनासम्ममा ३ प्रकारका गरेर अक्सिजन जरुरी पर्ने ६० हजार ३५ जना बिरामीका लागि अर्ब ८५ करोड ३२ लाख ९७ हजार ६ सय १७ लिटर अर्थात ४६ लिटर क्षमताका ५ लाख ६६ हजार ६ सय ६१ अक्सिजन सिलिण्डर खपत हुने अनुमान गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालका सहायक प्रवक्ता डा. समिरकुमार अधिकारीले नेपाल प्रेसलाई जानकारी दिए ।

    उनका अनुसार जेठ महिनामा ३ हजार २३ जना आइसीयू अर्थात भेन्टिलेटरमा पुगेका बिरामीका लागि २९ करोड ७० लाख ६३ हजार ९४ लिटर अर्थात ४३ हजार ६ सय ८६ अक्सिजन सिलिण्डर खपत हुनेछ । ७ हजार ५३ एचडीयू जटिल अवस्थामा पुगेका विरामीका लागि ५९ करोड ६३ हजार ७ सय ८६ लिटर अर्थात ८६ हजार ७ सय ७४ अक्सिजन सिलिण्डर खपत हुनेछ ।

    र १० हजार ७५ जना साधारण अक्सिजन बेडमा पुगेका बिरामीलाई ४० करोड ६२ लाख ४० हजार १ सय २८ अर्थात ५९ हजार ७ सय ४१ सिलिण्डर खपत हुने अनुमान छ । यसरी जेठ महिनामा ३ प्रकारका गरेर २० हजार १ सय ५१ जना बिरामीलाई गरेर जम्मा १ अर्ब २९ करोड ३३ लाख ६७ हजार ८ लिटर अर्थात १ लाख ९० हजार २ सय १ अक्सिजन सिलिखण्ड खपत हुनेछ ।

    यस्तै असार महिनामा ३ हजार ६ सय ९८ जना आइसीयू अर्थात भेन्टिलेटरमा पुगेका बिरामीका लागि ३६ करोड ३४ लाख १९ हजार ७ सय ८४ लिटर अर्थात ५३ हजार ४ सय ५४ अक्सिजन सिलिण्डर खपत हुनेछ । ८ हजार ६ सय २८ एचडीयू जटिल अवस्थामा पुगेका विरामीका लागि ७२ करोड १८ लाख ६९ हजार ७ सय २५ लिटर अर्थात १ लाख ६ हजार १ सय ५७ अक्सिजन सिलिण्डर खपत हुनेछ ।

    र १२ हजार ३ सय २६ जना साधारण अक्सिजन बेडमा पुगेका बिरामीलाई ४९ करोड ६९ लाख ८४ हजार ३ सय २० अर्थात ७३ हजार ८६ सिलिण्डर खपत हुने अनुमान छ । यसरी असार महिनामा ३ प्रकारका गरेर २४ हजार ६ सय ५२ जना बिरामीलाई गरेर जम्मा १ अर्ब ५८ करोड २२ लाख ७३ हजार ८ सय २९ लिटर अर्थात २ लाख ३२ हजार ६ सय ८७ अक्सिजन सिलिण्डर खपत हुनेछ ।

    सरकारको अुनमान भन्दा बैशाखमा ७४ प्रतिशत बढी संक्रमित थपिए

    मापदण्डमा अनुमान गरिए अनुसार बैशाख महिनामा ७६ हजार १ सय ६० नयाँ संक्रमित थपिने अनुमान गरिएको थियो । जसमध्ये ८० प्रतिशत अर्थात ६० हजार ९ सय २८ जना सामान्य बिरामी, १० प्रतिशत अर्थात ७ हजार ६ सय १६ अस्पतालमा अक्सिजन सहित, ७ प्रतिशत अर्थात ५ हजार ३ सय ३१ जना गम्भिर एचडीयू र गम्भिर आइसीयु तथा भेन्टिलेटरमा ३ प्रतिशत अर्थात २ हजार २ सय ८५ जना पुग्ने अनुमान थियो ।

    तर संक्रमण दर भने एक महिना अघि एक दिनमा ७९ जना मात्र थपिएका थिए । अहिले दैनीक रुपमा ८ देखि ९ हजारका दरले संक्रमित थपिरहेका छन् । यसरी हेर्दा बैशाख महिनामा १ लाख ९ हजार ७ सय ४० जना संक्रमित थपिएका छन् । सरकारले अनुमान गरेको भन्दा ७४ प्रतिशतले बढी अर्थात ५६ हजार ५ सय संक्रमित बढी थपिएका मन्त्रालयका सहायक प्रवक्ता डा. समिरकुमार अधिकारीले बताए ।

    तर आईसीयू तथा भेन्टिलेटरमा पुग्ने विरामीको संख्या भने सरकारले अनुमान गरेजस्तो बैशाखमा पुगेको छैन् । ठिक एक महिना अघिको तथ्यांक हेर्दा चैत १ गते एक जना पनि आइसीयू र भेन्टिलेटरमा बिरामी थिएन । तर एक महिनाको अवधिमा करिव २ हजार संक्रमित आईसीयू तथा भेन्टिलेटरमा पुगेका छन् ।

    जसमा ७ वटै प्रदेशमा गरेर १ हजार ३ सय ३१ जना आईसीयूमा छन् भने ३ सय ७० जना भेन्टिलेरटमा छन् । यस्तै काठमाडौं उपत्यकामा १ सय ८० जना आईसीयूमा छन् भने १ सय १ जना भेन्टिलेटरमा छन्् । सात वटै प्रदेश र काठमाडौं उपत्यकाको तथ्यांकलाई जोड्दा १ हजार ५ सय ११ जना आइसीयूमा छन् भने ४ सय ७१ जना आईसीयूमा छन् ।

    मापदण्ड अनुसार सरकारले जेठ महिनामा १ लाख ७ सय ५४ जना नयाँ संक्रमित थपिने अनुमान गरेको छ । जसमध्ये ८० हजार ६ सय ३ सामान्य, १० हजार ७५ जना अस्पतालमा अक्सिजन सहित, ७ हजार ५३ जना गम्भिर एचडीयूमा र ३ हजार २३ जना गम्भिर आइसीयू तथा भेन्टिलेटरमा पुग्नेछन् । यस्तै असार महिनामा १ लाख २३ हजार २ सय ६० जना नयाँ संक्रमित थपिने छन् । जसमा ९८ जार ६ सय ८ सामान्य, १२ हजार ३ सय २६ जना अस्पतालमा अक्सिजनसहित, ८ हजार ६ सइ २८ जना गम्भिर एचडीयूमा र ३ हजार ६ सय ९८ जना गम्भिर आइसीयू तथा भेन्टिलेरमा पुग्नेछन् ।

    तर सरकारले बैशाख महिनामा अनुमान गरेको संक्रमणदर भन्दा ७४ प्रतिशतले बढी थपिएकाले जेठ महिनामा अनुमान गरेको संख्या १ लाख ७ हजार ७४ मा ८३ हजार ८ सय ९३ जना बढी थपिएर १ लाख ९१ हजार पुग्ने अनुमान गर्न सकिन्छ । भलै अहिले देशव्यापी निषेधाज्ञा जारी भएकाले यसरी नबढ्न पनि संक्छ । तर अधिकांश जिल्लामा निषेधाज्ञा जारी भएको २० दिन पुरा भइसक्दा पनि कोरोना संक्रमणदर घट्न सकेको छैन् ।
    मापदण्ड अनुसार आइसीयू र भेन्टिलेटरमा राखी उपचार गर्नुपर्ने गम्भीर अवस्थाका बिरामीका लागि १० लिटर प्रति मिनेटका दरले हरेक दिन औसतमा १४ हजार लिटर अक्सिजन खपत हुने अनुमान गरिएको छ । एजडीयुमा राखी उपचार गर्नुपर्ने गम्भिर बिरामीका लागि ८ लिटर प्रति मिनेटका दरले प्रति दिन औसतमा १२ हजार लिटर अक्सिजन खपत हुनेछ । अस्पतालमा अक्सिजनसहित उपचार गर्नुपर्ने बिरामीका लागि ४ लिटर प्रति मिनेटका दरले प्रति दिन औसतमा ६ हजार लिटर अक्सिजन खपत हुने अनुमान छ ।

    यसरी हेर्दा १० जना बिरामीलाई आईसीयूमा राखेर उपचार गर्दा प्रतिदिन १ लाख ४० हजार ४ सय लिटर र २१ सिलिण्डर आवश्यक पर्दछ । ५० जना बिरामीलाई एचडीयूमा राखेर उपचार गर्दा प्रति दिन ५ लाख ९७ हजार ६ सय लिटर र ८८ सिलिण्डर आवश्यक पर्दछ । १ सय जना सामान्य विरामीलाइृ अक्सिजन दिएर उपचार गर्दा प्रतिदिन ५ लाख ७६ हजार लिटर र ८५ सिलिण्डर आवश्यक पर्दछ ।

    कोभिड–१९ को उपचारका लागि तोकिएका अस्पतालले बेड संख्याका आधारमा कम्तीमा ७ दिनका लागि मेडिकल अक्सिजन मौज्दात राख्नु पर्नेछ । मेडिकल अक्सिजनको प्रयोग दर्तावाल चिकित्सकको सिफारिस र स्वास्थ्यकर्मीको निगरानीमा मात्र गर्नुपर्नेछ ।

    कोभिड–१९ महामारीमा संक्रमितको उपचार व्यवस्थापनमा अक्सिजनको महत्वपूर्ण भूमिका रहेकाले यसको व्यापक प्रयोग भइरहेको अवस्थामा अक्सिजनको प्रयोग तथा आवश्यकतालाई ध्यान दिदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘मेडिकल अक्सिजन प्रयोग तथा आवश्यकता निर्धारण सम्बन्धी मापदण्ड, २०७८’ जारी गरेको हो । जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ६४ ले लिएको अधिकार प्रयोग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीण निर्णयबाट बैशाख २३ गते स्वीकृत गरेसँगै लागू भइसकेको छ ।

  • सल्यान अस्पतालसँग प्रदेश लेखा समितिले माग्यो अक्सिजन प्लान्ट खरिदको कागजात

    सल्यान अस्पतालसँग प्रदेश लेखा समितिले माग्यो अक्सिजन प्लान्ट खरिदको कागजात

    सुर्खेत । अक्सिजन प्लान्ट खरिद प्रक्रियामा अनियमितता आशंकामा कर्णाली प्रदेशसभाको सार्वजनिक लेखा समितिले सल्यान जिल्ला अस्पतालसँग ३ दिनभित्र खरिदसम्बन्धी कागजपत्र मागेको छ ।

    सामाजिक विकास मन्त्रालयले सल्यान जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट राख्न भनी विनियोजन गरेको बजेटबाट अक्सिजन कन्सट्रेटर खरिद गरेपछि जताततै टिप्पणी बढेपछि संसदीय समितिले चासो देखाएको हो । समितिका सचिव उपेन्द्रकुमार गुरुङका अनुसार कोरोना महामारी रोकथाम तथा उपचारका लागि जिल्लामा विनियोजित बजेटको खर्च विवरण मन्त्रालयसँग मागिएको छ ।

    ‘हामीले सल्यान अस्पतालले खरिद गरेको अक्सिजन कन्सन्ट्रेटर खरिद सम्बन्धी कागजात पनि समितिमा तीन दिनभित्र पठाउन पत्र काटेका छौं’, गुरुङले भने ।

    स्वास्थ्य सेवा कार्यालय सल्यानले गत पुसमा अक्सिजन प्लान्ट जडानको लागि ४० लाखको टेन्डर आह्वान गरेको थियो । प्रतिस्पर्धी ३ कम्पनीमध्ये सुर्खेतको ड्रागन मेडिकल प्रालिले ३८ लाख ९९ हजारमा सो कामको जिम्मा पाएको थियो । तर, अक्सिजन प्लान्ट जडानको जिम्मेवारी पाएको कम्पनीले झुक्याएर ल्याएको अक्सिजन कन्सन्ट्रेटर मेसिनको शारदा नगरपालिकाका मेयर सुरेश अधिकारी र सल्यानकी सीडीओ लक्ष्मीदेवी हुमागाई खतिवडाले जेठ १ गते संयुक्त उद्घाटन गरेका थिए ।

    जडानसहित ५१ लाख लागतमा बनेको भनिएको अक्सिजन प्लान्ट अक्सिजन कन्सन्ट्रेटर मेसिन भएको भन्दै चिकित्सकसहित केही अगुवा र सरोकारवालाले सामाजिक संजालमा विरोध गरेका थिए ।

    ‘हामी विभिन्न मिडयामा आएका कुराहरुलाई नजिकबाट नियालिरहेका थियौं । यसबारेमा आवश्यक छानविन नै गर्नुपर्ने देखिएर हामीले तीन दिनभित्र कागजात पठाउन निर्देशन दिएका छौं ।’ समितिका अध्यक्ष दीनबन्धु श्रेष्ठले नेपाल प्रेसलाई भने, ‘वास्तविक रूपमा के भएको हो भन्ने समितिले अध्ययन गर्नेछ । त्यसपछि हामी के कारवाही गर्ने वा कुन प्रक्रियामा जाने भन्ने निर्णय गर्छौं ।’

  • तिलोत्तमाले बनायो थप कोरोना अस्थायी अस्पताल

    तिलोत्तमाले बनायो थप कोरोना अस्थायी अस्पताल

    रुपन्देही । सक्रिय कोरोना संक्रमित बढ्दै गएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले वडा नं. ९ केवलानीस्थित नगरपालिकाको सभाहल तथा अतिथि गृहमा कोभिड स्थायी अस्पताल निर्माण गरेको छ ।

    शंकरनगरमा रहेको आइसोलेसन सेन्टरले बिरामीको चाप थेक्न नसक्ने देखिएपछि थप आइसोलेसन सेन्टर निर्माण गरिएको नगर प्रमुख बासुदेव घिमिरेले बताए । तत्काल ४० बेड रहेपनि केवलानीको कोरोना अस्थायी अस्पतालमा बेड संख्या एक सय पुर्याउन सकिने नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

    नगरपालिकाको सभाहल नयाँ रहेकोले विद्युत्, खानेपानी, सरसफाईलगायत आवश्यक पूर्वाधार निर्माण गरी आइसोलेशन सेन्टर निर्माण गरिएको हो ।अस्थायी अस्पतालमा सेन्टर फ्लो अक्सिजन सिष्टमबाट बिरामीलाई आवश्यकताअनुसार अक्सिजन उपलब्ध गराइने कोरोना फोकल पर्सन केशव भट्टराईले जानकारी दिए ।

    उनका अनुसार यो सिष्टमबाट बिरामीलाई अक्सिजन दिँदा अक्सिजन किफायती हुन्छ । बुधबार अस्थायी अस्पतालको चावी कोरोना फोकल पर्सन भट्टराईलाई हस्तान्तरण गर्दै नगर प्रमुख घिमिरेले कोरोना महामारीसँग जुध्न नगरपालिकाले उपलब्ध सबै साधनस्रोतको उच्चतम प्रयोग गर्ने बताए । अस्थायी अस्पताल निर्माणमा सहयोग गर्ने सम्पूर्णमा आभार व्यक्त गर्दै नगर प्रमुख घिमिरेले अस्पतालमा थप सेवा सुविधा थप्दै लगिने बताए ।

    नगरपालिकाले अस्थायी अस्पताल सञ्चालन तथा व्यवस्थापनको लागि नगर उपप्रमुख जागेश्वरी चौधरीको संयोजकत्वमा समिति समेत गठन गरेको छ ।

    समितिको सदस्यहरुमा वडा नं. ९ का वडाध्यक्ष नारायण न्यौपाने, वडा नं. ५ का चेतनारायण भण्डारी, वडा नं. ७ का दुर्गा पाण्डेय, वडा नं. ८ का कृष्ण पौडेल, प्रवक्ता सुरेन्द्र श्री, स्वास्थ्यकर्मी खगराज पोखरेल, गणेश भण्डारी तथा ईलाका प्रहरी कार्यालय मंगलापुरका प्रतिनिधि रहेका छन् भने सदस्य सचिवमा कोरोना फोकल पर्सन केशव भट्टराई रहेका छन् ।

  • चीनको सिचुवान प्रान्तले उपलब्ध गराएको २०० थान अक्सिजन जेनेरेटर काठमाडौं आइपुग्यो

    चीनको सिचुवान प्रान्तले उपलब्ध गराएको २०० थान अक्सिजन जेनेरेटर काठमाडौं आइपुग्यो

    काठमाडौं । चीनको सिचुवान प्रान्तले उपलब्ध गराएका अक्सिजन सिलिन्डर र जेनेरटर लगायतका स्वास्थ्य सामाग्री बुधबार काठमाडौं आइपुगेका छन् ।

    २०० थान अक्सिजन जेनेरटर काठमाडौं आइपुगेको चिनियाँ दूतावासले जनाएको छ ।

    चीनले यसअघि २००० अक्सिजन सिलिन्डर र १० थान भेन्टिलेटर उपलब्ध गराइसकेको छ ।

  • सिरमले भन्यो : यसवर्षको अन्त्यदेखि मात्र विदेशमा खोप आपूर्ति गछौं

    सिरमले भन्यो : यसवर्षको अन्त्यदेखि मात्र विदेशमा खोप आपूर्ति गछौं

    दिल्ली । भारतीय खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युटले सन् २०२१ को अन्त्यदेखि मात्र खोपको आपूर्ति सुरु हुनसक्ने बताएको छ ।

    कोभिसिल्ड खोप उत्पादन गर्दै आएको कम्पनीले विज्ञप्ती जारी गर्दै सरकारसँगको सघन छलफलपछि तत्काललाई विदेशमा खोप आपूर्ति हुन नसकेको जनाएको हो ।

    सिरमका प्रमुख कार्यकारी अधिकृत आधार पुनेवालाले विज्ञप्ती जारी गर्दै तत्काललाई भारतभित्रै खोप आपूर्ति गर्नुपर्ने अवस्था रहेको जनाएका छन् । ‘यसवर्षको अन्त्यदेखि खोप आपूर्ति सुरु हुनसक्ने हाम्रो विश्वास छ’ उनले भनेका छन् ।

    साथै, सिरमले सिंगो विश्वलाई खोप लगाउनको लागि अझै २ देखि ३ वर्ष लाग्ने समेत उल्लेख गरेको छ ।

    सिरम इन्स्टिच्युटले अस्ट्राजेनेका र अक्सफोर्डले विकास गरेको खोपलाई भारतीय नाम ‘कोभिसिल्ड’मा उत्पादन गर्दै आएको छ । नेपालले समेत सिरमले उत्पादन गरेको उक्त खोपको २० लाख डोज नेपाल ल्याइसकेको छ ।

    भारतबाट अझै १० लाख डोज खोप आउन बाँकी छ । सिरमले तत्काल खोप नदिँदा नेपालको खोप अभियान प्रभावित बन्ने भएको छ ।

  • भारतमा अहिलेसम्मकै सर्वाधिक मृत्यु, एकैदिनमा ४,५०० ले ज्यान गुमाए

    भारतमा अहिलेसम्मकै सर्वाधिक मृत्यु, एकैदिनमा ४,५०० ले ज्यान गुमाए

    दिल्ली । कोरोनाभाइरस संक्रमणको कारण भारतमा अहिलेसम्मकै धेरैजनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा पछिल्लो ४ हजार ५ सय २९ जनाको मृत्यु भएको छ ।

    दैनिक मृत्यु हुनेको संख्यामा भारतले अमेरिकालाई समेत उछिनेको छ । संक्रमण दर घटेपनि भारतमा मृत्यु हुनेको संख्यामा कमी आएको छैन ।

    थप २ लाख ६७ हजार ३ सय ३४ जनामा संक्रमण पुष्टि भएको छ भने ३ लाख ८९ हजार ८ सय ५१ जना डिस्चार्ज भएका छन् ।

    भारतमा अहिलेसम्म २ करोड ५४ लाख जनामा संक्रमण पुष्टि भएको छ भने २ करोड १९ लाख जना संक्रमण मुक्त भएका छन् ।

    मुत्यु हुनेको कूल संख्या २ लाख ८३ हजार २ सय ४८ रहेको छ भने संक्रिय संक्रमित संख्या ३२ लाख २६ हजार ७ सय १९ छ ।

     

  • वीर अस्पतालमा अनियमितताको आरोप, छानविन समिति के गर्दैछ ?

    वीर अस्पतालमा अनियमितताको आरोप, छानविन समिति के गर्दैछ ?

    काठमाडौं । वीर अस्पताललाई चिकित्सक र स्टाफ नर्स भर्ना प्रक्रियामा आर्थिक चलखेल भएको आरोप लागेको छ ।

    नयाँ सर्जिकल भवन सञ्चालनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ताकेता गर्दा पनि न्याम्स प्रशासनले भवन सञ्चालनको प्रक्रिया अघि नबढाएपछि मन्त्रालय आफैंले बजेट दिएर २०० शय्या कोभिड वार्ड सञ्चालन गर्न भनेको थियो ।

    त्यसपछि न्याम्स प्रशासनले आकस्मिक विभागका लागि १४ जना चिकित्सक र ८ जना स्टाफ नर्स माग गरेको थियो । जसमा १४ जना चिकित्सकका लागि २३ र ८ नर्सका लागि २०० जनाले निवेदन दिइसकेका छन् ।

    नयाँ सर्जिकल भवनमा २ सय कोभिड शय्या सञ्चालन गर्ने भनिएकोमा वैशाख २२ गते १०० जना स्टाफ नर्स र ३ जना वरिष्ठ चिकित्सक माग भएको अन्तिम दिनसम्म १ हजार ८०० जना स्टाफ नर्सले निवेदन दिएका थिए ।

    न्याम्सका उपकुलपति प्रा.डा.डीएन शाहले आफूनिकट विवादित शाखा अधिकृत रमण खड्कालाई जिम्मा दिई मन्त्रालय र आफूनिकटका १०० जना स्टाफ नर्सको नाम छनोट समितिमा बुझाएपछि विभिन्न निकायमा उजुरी परेको छ ।

    ‘उपकुलपतिले आफ्नो एजेण्ट नै खटाएर रकम उठाउनुभएको छ,’ निर्देशक कार्यालय स्रोतले जनाएको छ ।

    ‘यस्तो महामारीमा पनि ज्यान जोखिममा राखेर काम गर्छु भन्नेलाई रकममा लेनदेन हुनु योग्य र सक्षम कर्मचारी नआउनु अस्पतालका लागि दुर्भाग्य हो,’ अस्पतालका अधिकृत तहकी एक स्टाफ नर्सले नेपाल प्रेससँग भनिन् ।

    स्टाफ नर्स भर्नामा आर्थिक चलखेल भएको भन्दै कर्मचारीले उपकुलपतिको ध्यानाकर्षण गराइसकेका छन् । कर्मचारी संगठनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, अख्तियार र प्रधानमन्त्री कार्यालयमा समेत उजुरी दिएका थिए ।

    विरोध गर्ने कर्मचारीलाई अस्पताल प्रशासनले सरुवा र कारवाहीको धम्की दिइरहेको उनीहरूको गुनासो छ ।

    अक्सिजन मेसिन खरिदको फाइल अघि बढेन

    अस्पतालमा कोभिडको उपचारमा दक्ष टोली खटिए पनि इमर्जेन्सी, आईसीयू र कोभिड वार्डमा अक्सिजन नभएर दिन दिनै बिरामी ज्यान गुमाइरहेका छन् । तर कमिसनमा कुरा नमिल्दा उपकुलपति शाह र खरिद इकाईले अक्सिजन मेसिन खरिदको फाइल पनि अगाडि नबढाएको आरोप लागेको छ ।

    उपकुलपतिले कमिसनका लागि सानो फाइल पनि रोक्ने र पैसा पाएपछि मात्र सदर गर्ने गरेको अस्पताल स्रोतको दावी छ । उनले अधिकार जति सबै आफैसँग राखेर चेक समेत आफैंले काटेर कमिसन लिने गरेको आरोप छ ।

    पीसीआर मेसिन थन्क्याइयो

    राष्ट्रिय सर्तकता केन्द्रको प्रतिवेदन अनुसार कमिसन नपाएका कारण खरिद प्रमुख भगवती थपलियाको टिमले बिग्रिएका सिटी स्क्यान, मेमोग्राम, इन्डोस्कोपी, फाइवर स्क्यान, इबस, टीएमटी, सि-आर्म, १२ वटा भेन्टिलेटरलगायत उपकरण मर्मत गरेका छैनन् ।

    ८० रूपैयाँमा पाउने ओपीडी छाप १ सय ५० वटा खरिद गर्नुपर्नेमा उपकुलपतिनिकट कर्मचारीको चौरी गंगा सप्लायर्ससँग ५ सय २५ मा खरिद गरेको खरिद इकाईका एक सदस्यले बताए ।

    उनका अनुसार खरिद प्रमुखले उपकुलपति कार्यालय जाने लिफ्ट जडान गर्दा ४० लाख अनियमितता गरेको, दुवाकोट परियोजना सञ्चानलका लागि डीपीआर बनाउन आफूनिकटले उपकुलपतिले २ आर्थिक वर्षको ८० करोड बजेट फ्रिज गराएको विषय पनि स्वास्थ्य मन्त्रालयले छानबिनमा ल्याएको छ ।

    यस्तै खाद्यान्नको टेन्डरमा अनियमितता गरेको, सदर नै नभएको फाइल उपकुलपतिले सदर गरी टेन्डर खारेज गरेको भनी गोरखापत्रमा सूचना निकालेको र पछि उपकुलपतिले उक्त टेन्डर रद्द गर्ने पैसा पाएपछि पुनः फाइल सदर गरेको बताइन्छ ।

    आफूनिकट निर्देशक ल्याउन स्वास्थ्यमन्त्रीलाई प्रस्ताव

    खरिद इकाइको टिमले अस्पतालमा रिक्त रहेको निर्देशक सिफारिसमा आफूअनुकुल काम गर्ने व्यक्तिलाई मात्र सिफारिस गर्न उपकुलपति शाहलाई दबाब दिइरहेका छन् ।

    खरिद इकाईले आफूनिकट निर्देशक ल्याउन मेडिकल माफियामार्फत स्वास्थ्यमन्त्रीसमक्ष अनुचित प्रस्ताव लगेको अस्तालका एक वरिष्ठ डाक्टरले बताए ।

    ६ बर्षदेखि कार्यरत खरिद एकाईले नयाँ सर्जिकल भवनलाई चाहिने अर्बौंको उपकरण आफूलाई कमिसन दिने व्यापारीलाई मिल्ने गरी टेन्डर गर्ने तयारीमा छन् । इकाइलाई उपकुलपति शाहको साथ रहेको प्रशासनका एक कर्मचारीले बताए ।

    ‘पटक-पटक खरिद इकाई परिवर्तन गर्ने फाइल उठे पनि निर्देशक, रजिष्ट्रार र रेक्टरले किन अधि बढाउँदैनन ?,’ उनले प्रश्न गरे, ‘विरोध गर्ने कर्मचारी र डाक्टरलाई धम्काउने र तर्साउने काम किन गरिन्छ ?’

    कर्मचारी संघले राष्ट्रिय सर्तकता केन्द्रको निर्देशन अनुसार दोषीलाई कारवाही र नयाँ खरिद इकाइको गठनका लागि माग गरेको छ । संघले खरिद इकाइमा कार्यरत प्रमुखलगायतको सम्पत्ति छानविनसहित अन्य विषयमा छानविन गरी कारवाही गर्न प्रधानमन्त्री कार्यालय, संसदको राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा तथा स्वास्थ्य समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सर्तकता केन्द्र, सम्पत्ति शुद्धीकरण विभाग, स्वास्थ्य मन्त्रालयलगायतमा उजुरी दिएको छ ।

    उपकुलपतिले प्रमाण दिन नमानेपछि..

    वीर अस्पताल स्वास्थ्य कर्मचारी संघले गत फागुन ३ गते वीर अस्पताल तथा ट्रमा सेन्टरमा कर्मचारी भर्ना, उपकरण खरिद, उपकरण मर्मत, समायोजन हुन नक्कली बिरामी भएको मेडिकल बोर्ड सिफारिस बनाएको, आफूनिकटसँग कोटेसनमा सामान खरिदमा अनियमितता भएको, दुवाकोट परियोजना र सर्जिकल भवन सञ्चालनमा बाधा खडा गरेकाले छानविन गरी पाउँ भनेर उजुरी दिइसकेकेको छ ।

    संघले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सर्तकता केन्द्र र स्वास्थ्य तथा मन्त्रालयमा उजुरी दिएपछि प्रधानमन्त्री कार्यालयले फागुन ५ गते स्वास्थ्य मन्त्रालयलाई यस बारेमा छानविन गर्न निर्देशन दिएको थियो । प्रधानमन्त्री कार्यालयको निर्देशन अनुसार स्वास्थ्य मन्त्रालयले फागुन १३ गते १५ दिन भित्र छानविन गरी प्रतिवेदन दिने गरी मन्त्रालयका प्रमुख जनस्वास्थ्य प्रशासक रिता भण्डारीको संयोजकत्वमा समिति गठन गरेको थियो ।

    समितिले अहिलेसम्म छानविन प्रतिवेदन नबुझाएपछि कर्मचारी संघले बैशाख १६ गते पुनः ती सबै निकायमा उजुरी दिँदै छानविन प्रतिवेदन बुझाउन नक्कली मेडिकल बोर्ड सिफारिस छानविन गर्न माग गरेको थियो ।

    स्वास्थ्य मन्त्रालयले यही बैशाख १४ गते छानविन समितिलाई ३ दिन भित्र प्रतिवेदन बुझाउन ताकेता पत्र काटेको छ । समितिका एक सदस्यले भने छानबिनका लागि आवश्यक कागजात वीर अस्पताल खरिद एकार्ई र न्याम्सका उपकुलपतिको दवावका कारण उपलब्ध नगराएकाले प्रतिवेदन तयार गर्न ढिलाई भएको जानकारी दिए ।

    आफ्नो अनियमितता पर्दाफास हुने भएकाले आवश्यक कागजपत्र उपकुलपतिलाई भनेर नदिएको उनी बताउछन् । छानविन समिति खरिद एकाईले गरेको भष्टाचारका बारेमा २४ घन्टा भित्र सबै जानकारी दिन पत्र पनि काटिसकेको छ ।

    कर्मचारीले कोभिड भत्ता नदिएको, सेवा बिस्तार भत्ता, औषधि खरिद खर्च, शैक्षिक भत्ता, कोरना बिमा नदिएको, अस्थायी करार ज्यालादारी कर्मचारीलाई ३ महिनासम्म तलव नदिएको तर कमिसनका लागि व्यापारीलाई भने खरिद एकाई, लेखा शाखा र उपकुलपतिले रकम निकासा गरेको बताएका छन् ।

    संघले खरिद एकाइले भ्रष्टाचार गरेकोमा छानविन गर्न माग गर्दै यस वर्ष समयमा तलव भत्ता, कोभिड भत्ता, कर्मचारी बिमा, आवश्यक स्वास्थ्य सुरक्षा सामाग्री, कर्मचारी विरामी हुदाँ उपचार र बेडको व्यवस्था तत्काल उपलब्ध गराउन माग गरेको छ ।

    त्यस्तै सर्जिकल भवन १०० शय्या आईसीयूसहित पूर्ण रुपमा सञ्चालन गर्न र तत्काल अक्सिजन प्लान्ट जडान गर्न पनि माग गरेका छन् । वीर र नयाँ सर्जिकल भवनमा आफूनिकटलाई टेन्डर दिन नपाएपछि खरिद इकाई अहिले काठमाडौं महानगरपालिकाले दिने उपकरण नलिने र पैसा मागेर आफैं टेन्डर गर्नुपर्ने भन्दै आइतबार उपकुलपतिलाई समेत दबाब दिइसकेका छन् ।

    आरोप प्रमाणित गर्न उपकुलपति शाहको चुनौती

    उपकुलपति प्रा. डा. डीएन शाहले भने आफू र अस्पताल प्रशासनमाथि लगाइएका सबै आरोप अस्वीकार गरेका छन् ।

    उपकुलपति प्रा. डा. डीएन शाह

    उनले नेपाल प्रेससँग कुराकानी गर्दै भने, ‘यदि मैले कुनै बदमासी गरेको छु भने प्रमाणित होस, म हदैसम्मको कारवाही भोग्न तयार छु, तर मलाई कोहि कसैले कपोकल्पित र घृणित आरोप लगाएको ठहरियो भने उनीहरुलाई पनि हदैसम्मको कारवाही हुनुपर्छ भन्ने पनि मेरो माग छ ।’

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको छानविन समितिलाई किन प्रमाण नदिएको भन्ने प्रश्नमा उपकुलपति शाहले भने, ‘तपाईंको यस प्रश्नबाट नै सरकारले गठन गरेको छानविन समिति कति कमजोर छ भन्ने प्रमाणित भएको छ । यति मैले छानविन समितिलाई प्रमाण नदिएको भए मलाई यत्तिकै किन छोडेको सरकारले ? आवश्यक प्रमाण नदिने पदाधिकारीलाई कारवाही गर्नुपर्दैन ?’ उनले उल्टो प्रश्न गर्दै भने, ‘अहिलेसम्म सरकाले गठन गरेका कुनै छानविन समितिलाई प्रमाण नदिएका कारण प्रतिवेदन तयार गर्न सकेनौ भन्ने सुन्नुभएको छ ? छैन नि ? अनि यो कसरी भन्न सकेको हो ?’

    उपकुलपति शाहले आफूविरुद्ध भ्रामक र कपोकल्पित हल्ला फैलाउनेलाई आफुले राम्रोसँग चिनेको पनि बताए । उनले भने, ‘मलाई थाहा छ, मविरुद्ध को लागिरहेको भन्ने कुरा । जो मविरुद्ध उत्रिएका छन् नि, तिनीहरू भनेका अस्तालमा काम नगर्ने, राजनीति गर्ने व्यक्ति हुन् । उनिहरूका केही स्वार्थ, ती स्वार्थ पूरा भएन, त्यसैले मविरुद्ध खनिएका हुन् ।’

    उपकुलपति शाहले अहिलेको प्रकरणमा मात्र नभइ आफू न्याम्सको उपकुलपति नियुक्त भएदेखि अहिलेसम्मको अवधिमा आफूले गरेका कुनै पनि काममा बदमासी गरेको प्रणाणित गरेर देखाउन पनि चुनौती दिएका छन् । उनले भने, ‘यो प्रकरण मात्र नभइ यहाँ रहँदा गरेको कुनै पनि काममा बदमासी गरेको देखिए म हदैसम्मको कारवाही भोग्न तयार छु ।’

  • चौधरी फाउन्डेसन र नबिल बैंकले वीर अस्पतालमा १८ शैयाको आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने

    चौधरी फाउन्डेसन र नबिल बैंकले वीर अस्पतालमा १८ शैयाको आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने

    काठमाडौं। चौधरी फाउन्डेसनले नेपालको पहिलो वीर अस्पतालमा १८ शैयाको आईसीयू वार्ड स्थापनाका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान सँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

    फाउन्डेसनका तर्फबाट उपाध्यक्ष निर्वाण चौधरी र प्रतिष्ठानका उपकुलपति प्रा.डा. देवनारायण शाहले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

    वीर अस्पतालमै अक्सिजन प्लान्ट स्थापनाका लागि नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेशरी शाह र प्रतिष्ठानका उपकुलपति शाहले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

    सरकारले वीर अस्पताललाई ‘केन्द्रीय कोभिड अस्पताल’ घोषणा गरेको छ । वीर अस्पतालको नयाँ भवनलाई अक्सिजन प्लान्टसहितको आईसीयू वार्ड बनाउन यस्तो पहल गरिएको हो ।

    अक्सिजन प्लान्टको क्षमता ५० क्युबिक मिटर प्रतिघण्टा रहनेछ । यसअनुसार एक दिनमा ४० लिटर क्षमताका १५० सिलिन्डर अक्सिजन भर्न सक्ने चौधरी फाउन्डेसलनले जनाएको छ ।

    चौधरी फाउन्डेसनका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले कोरोना महामारीले आक्रान्त मुलुकलाई जिम्मेवार कर्पोरेट हाउसहरु एकजुट भएर कोभिड सार्वजनिक हस्पताललाई सहयोग गर्नुपर्ने बताए ।

    कोरोनालाई परास्त गर्न हाम्रो संयुक्त प्रयास आवश्यक रहेको उनले बताए । चौधरीले भने, ‘हरेक नागरिक, सामाजिक संघसंस्था, कर्पोरेट हाउस अहिले एकजुट भएर सार्वजनिक अस्पतालहरूसँग सहकार्य गर्दै अत्यावश्यक पूर्वाधार निर्माणमा सरिक हुनुपर्ने बेला आएको छ ।’

    नाम्स उपकुलपति शाहले चौधरी फाउन्डेसन र नबिल बैंकलाई धन्यवाद दिदै भने, ‘यस्तो कठिन घडीमा कोरोना उपचारका लागि अत्यन्तै संवेदनशील मानिने आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने चौधरी फाउन्डेसन र नबिल बैंकको निर्णयलाई हामी हृदयदेखि नै स्वागत गर्दछौं । यो वार्डले सयौं कोरोना बिरामीलाई जीवनदान दिनेछ भन्ने हाम्रो विश्वास छ ।’

    नबिल बैंकका सीईओ शाहले अब केन्द्रीय कोभिड अस्पतालमा अक्सिजन अभाव नहुने वातावरण तयार हुने विश्वास व्यक्त गरे । ‘जताततै अक्सिजन हाहाकारका खबरले हामीलाई मर्माहत बनाइरहन्छ । त्यसैले पहिले अक्सिजनकै व्यवस्थापनमा लागेका हौं,’ शाहले बताए ।

  • नेपालमा कोरोनाभाइरसका थप दुई नयाँ प्रजाति भेटियो, थप सतर्क बन्न स्वास्थ्य मन्त्रालयको आग्रह

    नेपालमा कोरोनाभाइरसका थप दुई नयाँ प्रजाति भेटियो, थप सतर्क बन्न स्वास्थ्य मन्त्रालयको आग्रह

    काठमाडौं । नेपालमा कोरोनाभाइरसका थप दुई नयाँ प्रजाति फैलिएको पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विज्ञप्ती जारी गर्दै बी-१६१७२ र बी-१६१७१ प्रजातिका दुई म्युटेन्ट भाइरस भेटिएको जनाएको हो ।

    देशका विभिन्न भागबाट गत साता संकलित ३५ नमुनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा जिन सिक्वन्सिङ गरी आज प्राप्त नतिजाअनुसार ९७ प्रतिशतमा (३४ वटामा) बी १६१७२ र ३ प्रतिशतमा बी१६११७१ भाइरस फेला परेको हो ।

    परिवर्तित दुई भाइरससँगै नेपालमा फैलिएको कोरोनाभाइरसको नयाँ प्रजाति तीन पुगेको छ । यसअघि नेपालमा युके भेरिएन्ट फैलिएको मन्त्रालयले जनाएको थियो ।

    विश्व स्वास्थ्य संगठनले २०२१ मे १० मा यो नयाँ भेरिएन्टलाई विश्वव्यापी भेरिएन्ट अफ कन्सर्न भनेर घोषणा समेत गरेको छ । हाल पत्ता लागेको भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण अवस्थामा रहेको पनि मन्त्रालयले जनाएको छ ।

    सरकारले विज्ञप्तीमार्फत जनस्वास्थ्यको मापदण्डलाई कडाइका साथ पालना गर्न आग्रह समेत गरेको छ ।

  • सुदूरपश्चिममा २४ घण्टामा २३४ जनाले जिते कोरोना

    सुदूरपश्चिममा २४ घण्टामा २३४ जनाले जिते कोरोना

    कैलाली । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    सबैभन्दा धेरै कंचनपुरमा ६, कैलालीमा ५, डोटी र दार्चुलाका १/१ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    कपिलवस्तुका एक जनाको पनि आज प्रदेशमा ज्यान गएको छ । योसँगै प्रदेशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ७२ पुगेको छ ।

    २४ घण्टामा ५८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ३१ हजार छ सय ७५ पुगेको छ । २४ घण्टामा २३४ जना संक्रमण मुक्त भएका छन् ।

  • अक्सिजन अभाव हुन नदिन प्रदेश मन्त्री यादवको संयोजकत्वमा बन्यो समिति

    अक्सिजन अभाव हुन नदिन प्रदेश मन्त्री यादवको संयोजकत्वमा बन्यो समिति

    जनकपुरधाम । प्रदेश २ मा कोरोना संक्रमित विरामीको उपचारमा अक्सिजन अभाव हुन नदिन आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवको नेतृत्वमा अक्सिजन अनुगमन व्यवस्थापन समिति गठन भएको छ ।

    प्रादेशिक कोभिड संकट व्यवस्थापन समितिको बैठकले मन्त्री यादवको अध्यक्षतामा अनुगमन व्यवस्थापन समिति बनाएको हो । समितिमा सुरक्षा निकायका प्रमुखहरुलाई राखिने छन् । पछिल्लो समयमा प्रदेशभित्र रहेका प्लान्टहरुले अक्सिजन बाहिर पठाउने गरेको गुनासो आएपछि अनुगमन व्यवस्थापन समिति बनाइएको एक पदाधिकारीले बताए ।

    उनका अनुसार मन्त्री यादव नेतृत्वको समितिले प्रदेशभित्रका प्लान्टबाट दैनिक उत्पादन हुने अक्सिजन र वितरण प्रणालीको निरन्तर अनुगमन हुनेछ । लापरबाही गर्ने अक्सिजन उद्योग तथा प्लान्टलाई कारबाहीको दायरमा समेत ल्याउने काम समितिले गर्नेछ ।

    यस्तै बैठकले कोरोना संक्रमितहरुको उपचार भइरहेको प्रदेशभित्रका सरकारी तथा नीजि अस्पतालहरुको अनुगमनका लागी पनि मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. राम केवल साहको अध्यक्षतामा विज्ञ समूह गठन समेत गरेको छ । उक्त समितिले प्रदेश भित्रका अस्पतालहरुको अनुगमन निरीक्षण गर्नुका साथै अस्पतालहरुलाई दिनु पर्ने सुविधाका सम्बन्धमा प्रदेश सरकारले सुझाव दिनेछ ।

    आवश्यकता अनुसार निजी अस्पतालहरुमा कोरोना संक्रमितहरुको उपचारको व्यवस्था मिलाउनका लागी आइएमओ गर्न प्रदेश सरकारमा सिफारिस गर्ने क्षेत्राधिकार उक्त समितिलाई दिइएको छ ।

    मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा सम्पन्न बैठकमा मन्त्रीहरु, प्रमुख सचिव गोकर्ण मणि दुवाडी, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. राम केवल शाह, नेपाली सेनाका सहायक रथी शिशिर चन्द्र केसी, नेपाल प्रहरीका डिआइजी धिरज प्रताप सिंह, शसस्त्र प्रहरीका डिआजी चन्द्र प्रकाश गौतम, अनुसन्धान निर्देशक हरिहर पौडेलसहितको उपस्थिति रहेको थियो ।

  • भारतले दशैं अघि खोप नपठाउने

    भारतले दशैं अघि खोप नपठाउने

    काठमाडौं । भारतले आगामी अक्टोबरभन्दा अघि कोरोनाभाइरसविरुद्धको खोपलाई विदेशमा आपूर्ति नगर्ने भएको छ ।

    सरकारी स्रोतलाई उध्दृत गर्दै रोयटर्स समाचार एजेन्सीले जनाएअनुसार घरेलु मागलाई मध्यनजर गर्दै भारतले उक्त निर्णय गरेको हो ।

    भारतको यो कदमले कोभ्याक्स संजालअन्तर्गत हुने भनिएको विश्वव्यापी खोप आपूर्ति प्रभावित हुने देखिएको छ । खरिदका लागि अग्रिम भुक्तानी दिइसकेका नेपाल, बंगलादेश र श्रीलंकाजस्ता मुलुकहरुलाई थप समस्या पर्ने देखिएको छ ।

    विश्वकै सबैभन्दा ठूलो खोप उत्पादक मुलुकले आपूर्ति गर्नमा ढिलाइ गर्ने भएपछि नेपालसहितका अन्य मुलुकले लामै समय कुर्नुपर्ने देखिएको छ ।

    देशभित्रै संक्रमण र मृत्युको अवस्था भयावह बनेपछि भारतले गतमहिना खोप आपूर्ति रोकेको थियो । त्यसअघि उसले ६६ मिलियन डोज विश्वव्यापी वितरण गरिसकेको थियो । नेपालले पनि भारतबाट २० लाख डोज ल्याएर खोप अभियान चलाएको थियो । नेपालले बाँकी १० लाख डोज कोभिसिल्ड खोप पाउन बाँकी छ ।

    भारतले खोप निर्यात तत्काल नगर्ने भएपछि कोभ्याक्सले अन्य खोप उत्पादक मुलुकहरुलाई खोप आपूर्ति गर्न आग्रह गरेको छ । भारतमा संक्रमण दर २५ मिलियन नाघेको र मंगलबार सर्वाधिक जनाको मृत्यु भएपछि भारतले यस्तो निर्णय गरेको बताइएको छ ।

    खोप निर्यात र आपूर्तिको जिम्मा पाएको भारतीय विदेश मन्त्रालयले यसबारे कुनै प्रतिक्रिया दिइसकेको छैन । सिरम इन्स्टिच्युटका प्रवक्ताले भारतभित्रै खोप आपूर्ति गर्नुपर्ने भएपछि विदेशका लागि तत्काल खोप आपूर्ति नहुने बताएका छन् ।

    नेपाललाई कोभ्याक्स सुविधाअन्तर्गत खोप आउने आशा थियो तर, कोभ्याक्सलाई पनि सिरमले नै दिने भएपछि त्यस च्यानलबाट खोप तत्काल आउने आशा टरेको छ । कोभ्याक्सले सिरमसँग १.१ बिलियन डोज अस्ट्राजेनेका खोपको सम्झौता गरेको थियो ।

    राष्ट्रसंघीय नियोग युनिसेफ प्रमुखले सोमबार जी-सातको बैठकअघि ती मुलुकलाई कोभ्याक्समा खोप आपूर्ति गर्न आग्रह गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो देशले थप २० लाख डोज मोर्डना, फाइजर र जोन्सन एन्ड जोन्सनको खोप निर्यात गर्ने घोषणा गरेका छन् ।

  • रुपन्देहीमा एकैदिन ७७८ जना संक्रमणमुक्त

    रुपन्देहीमा एकैदिन ७७८ जना संक्रमणमुक्त

    रूपन्देही । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ७७८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ३६१ जना नयाँ संक्रमित थपिएका छन् ।

    रुपन्देहीका बिभिन्न पीसीआर प्रयोगशालाहरुमा ८८८ नमुना परीक्षण गर्दा ३६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्लामा यो अवधिमा ५ जनाको मृत्यु भएको छ ।

    जिल्लामा आज पनि बुटवल उपमहानगरमा सबैभन्दा बढी संक्रमित थपिएका छन् । बुटवलमा पछिल्लो २४ घण्टामा १४१ जनामा संक्रमण पुष्टि भएको छ ।

    त्यसैगरि तिलोत्तमामा १०३ जना, सिद्धार्थनगरमा ३६ जना, देवदहमा ३३ जना र सैनामैनामा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अन्य पालिकाहरुमा १० जना भन्दा कमको संख्यामा संक्रमित थपिएका छन् । मंगलबार जिल्लामा मृत्युदर पनि घटेको छ ।

    सोमबार झण्डै २८ प्रतिशतका दरले संक्रमण पुष्टि भएकोमा आज सो अनुपात बढेको छ । आज करिव ४० प्रतिशतका दरले संक्रमित थपिएका छन् ।

  • कोरोनाभाइरस नेपाल : मंगलबार ८,२०३ संक्रमित थपिए, १९६ जनाको मृत्यु पुष्टि

    कोरोनाभाइरस नेपाल : मंगलबार ८,२०३ संक्रमित थपिए, १९६ जनाको मृत्यु पुष्टि

    काठमाडौं । मंगलबार मुलुकमा कोरोनाभाइरसका ८,२०३ संक्रमित थपिएका छन् ।

    २० हजार ९७९ पीसीआर र एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    पछिल्लो २४ घण्टामा १९६ जनाको मृत्यु भएको छ ।

    ६,८९१ निको भएका छन् । सक्रिय संक्रमित संख्या १ लाख १४ हजार पुगेको छ ।

    कूल संक्रमित संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ । भाइरसका कारण अहिलेसम्म ५,४११ जनाले ज्यान गुमाएका छन् ।

    काठमाडौं जिल्लामा मात्र २०४९ जना संक्रमित थपिएका छन् । काठमाडौंमा सक्रिय संक्रमित संख्या २७ हजार ३३९ पुगेको छ ।

  • कैलालीमा २६६ जनामा संक्रमण, ६ संक्रमितको मृत्यु

    कैलालीमा २६६ जनामा संक्रमण, ६ संक्रमितको मृत्यु

    कैलाली । कैलालीमा पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा उपचाररत ६ जनाको ज्यान गएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए।

    मृत्यु हुनेमा कैलालीका ४ जना जना डोटी र कञ्चनपुरका १ /१ जना रहेका छन् । सूचना अधिकारी श्रेष्ठका अनुसार कैलाली धनगढीका ३ जना र जोशीपुरका १ जना हुन्।

    पछिल्लो २४ घण्टामा कैलालीमा २६६ जनामा संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा धनगढीमा सबै भन्दा धेरै १८५ जना र कैलालीमा अन्य स्थानीय तहमा ८१ जनामा संक्रमण पुष्टि भएको हो ।

    कैलाली बाहेकका जिल्लाका ३७ जना संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए । प्रयोगशालामा ५०९ जनाको परीक्षण गर्दा ३०३ जनमा संक्रमण पुष्टि भएको थियो ।

  • स्वास्थ्य मापदण्ड विनाका आइसोलेसन केन्द्र घातक, जथाभावी आइसोलेसन नखोल्न मन्त्रालयकाे आग्रह

    स्वास्थ्य मापदण्ड विनाका आइसोलेसन केन्द्र घातक, जथाभावी आइसोलेसन नखोल्न मन्त्रालयकाे आग्रह

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य मापदण्ड पुरा नगरी जथाभावी आइसोलेसन सेन्टर नखोल्न सबैलाई आग्रह गरेको छ ।

    कोभिड- १९ संक्रमणका विरामीको संख्या बढेसंगै विभिन्न संघसंस्थाहरुले आईसोलेसन सेन्टर खोल्ने खोल्ने क्रम पनि बढ्दै गएको भन्दै मन्त्रालयले स्वास्थ्य मापदण्ड विनाका आइसोलेसन केन्द्र घातक हुने चेतावनी दिएको छ ।

    ठूलो हल वा कोठामा बेड, ओढ्ने ओछ्याउने, अक्सिजनका सिलिण्डर लगायत सामाग्री राखेर आइसोलेसन सेन्टर खोल्ने होडबाजी जस्तो नै चल्न थालेपछि मन्त्रालयले जथाभावी आइसोलेसन सेन्टर नखोल्न सचेत गराएको हो ।

    सञ्चारकर्मीसँग मंगलबार कुरा गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले आइसोलेसन सेन्टर खोल्दै गर्दा आवश्यक स्वास्थ्यकर्मीहरु, उपचारमा चाहिने उपकरणहरु, औषधीहरु र क्रिटिकल केयरका लागि लैजाने अस्पतालहरुको समन्वय , प्रत्यक्ष निगरानीका सुनिश्चितता गर्न सुझाव दिए ।

    उनले सामान्य भौतिक पुर्वाधारको व्यवस्थामात्रै गरेर स्वास्थ्य मापदण्ड पालना गर्न नसक्ने गरी बनाईएका आइसोलेसन केन्द्रहरु स्वास्थ्यका हिसावले अर्को घातक हुनसक्ने चेतावनी दिए ।

    उनले भने,‘पछिल्लो समय आईसोलेसनको नाममा मानिसरहरु जम्मा गरेर बस्न मिल्ने ठाउँहरु धेरै व्यवस्थापन गर्न खोजिएको देखिन्छ । तर हामी सबैले बुझ्नुपर्ने विषय चाहीँ मानिसहरु आईसोलेसनमा आफ्नो घरको छुट्ै कोठामा बस्नु भन्दा उपयुक्त अर्को ठाउँ कहीँ पनि हुदैन । स्वास्थ्य जटिलता, अलिकति गाहे भयो भने हामीले जुन मापदण्ड पालना गर्न नसक्ने गरी बनाईएका आईसोलेसन केन्द्रहरु चाहीँ स्वास्थ्यका हिसावले अर्को घातक हुनसक्छ कि भन्ने डर छ ।’

    उनले थपे,‘ हामी संक्रमणको आशंकामा पुग्यौ भने अलग्गिएर बस्ने, परीक्षण गराउने,संक्रमण पुष्टि भईसकेपछि पनि आफ्नो घर परिवारको अरु सदस्यलाई नभेटेर छुट् बस्ने गर्यौ र स्वास्थ्यमा कुनै समस्या भएन भने त्यो सबैभन्दा धेरै उपयुक्त हुन्छ । अर्को  आईसोलेसन सेन्टरहरु स्थापना गर्दा स्वास्थ्यकर्मीहरु, त्यहाँ चाहिने उपकरणहरु, औषधीहरु र त्यहाँ गाहे हुने वित्तिकै क्रिटिकल केयरका लागि स्वास्थ्य जटिलताका लागि लैजाने अस्पतालहरुको समन्वय , प्रत्यक्ष निगरानी हुने गरी गरेनौ भने हामीलाई गाहे हुन्छ ।’

    उनले टोल टोलमा आइसोलेसन सेन्टरका नामा स्वास्थ्य सामाग्रीहरुको ठूलो खपत हुने र साच्ची आवश्यक पर्ने अस्पतालहरुमा उपचार सामाग्रीको अभाव हुन सक्ने स्थिति श्रृजना भएकाले आफुहरु चिन्तित बनेको बताए ।

    उनले आइसोलेसन सेन्टरमा स्वास्थ्य मापदण्ड अनुसार राख्नै पर्ने स्वास्थ्य सामाग्री, जनशक्तिको व्यवस्थापन तथा त्यहाँबाट निस्कने फोहर व्यवस्थापनको विषय चुनौतिपुर्ण रहेको बताए ।

    उनले भने,‘पछिल्लो समयमा टोल टोलमा आईसोलेसन सेन्टरका नाममा स्वास्थ्य सामाग्रीहरु ठूलो मात्रामा खपत हुने गरी खोलिराखेको अवस्थाले हामी अलिकति चिन्तित छौ । ती सामाग्रीहरुको व्यवस्थापन पनि अर्को चुनौतिपुर्ण पाटो हो । त्यहाँबाट निस्कने फोहर व्यवस्थापन अर्को चुनौतिपुर्ण पाटो हो । र जहाँ क्रिटिकल केयरका लागि साँच्चै अस्पतालहरुमा ती सामाग्रहरु चाहिन्छ । ती जनशक्तिहरु छन् भने ती जनशक्तिहरु उपलब्ध गराएर सहयोग गर्न सकिन्छ । जहाँ विरामीको क्रिटिकल केयर गर्नुपर्ने आवश्यकता हुन्छ ती ठाउँहरुमा अझै गाहे हुन्छ ।’

    डाक्टर अधिकारीले कोभिड १९ को उपचार नभईरहेको अवस्थामा संक्रमण रोक्ने किसिमका गतिविधिमा विशेष ध्यान दिन पनि आग्रह गरे । उनले आइसोलेसन सेन्टरहरु खोल्दै अस्पताल जस्तो क्रिटिकल केयर गर्ने स्थानहरुमा अक्सिजन लगायत स्वास्थ्य उपचारका सामाग्री अभाव हुने चुनौति पनि बढ्दै जाने भएकाले स्वास्थ्यकर्मीसहितको क्रिटिकल केयर र आवश्यक पर्दा अस्पतालहरुको समन्वय हुने व्यवस्था गर्नुपर्ने आवश्यकता औल्याए ।

    डाक्टर अधिकारीले संक्रमणलाई फैलन नदिनस्वास्थ्य सर्तकताका मापदण्ड कडाईका साथ अनुशासित भएर पालना गर्न सबैलाई अपिल गरे ।

  • मन्त्रालयले खटाएका ३ डाक्टर बेपत्ता !

    मन्त्रालयले खटाएका ३ डाक्टर बेपत्ता !

    जनकपुरधाम । महोत्तरीको जलेश्वर अस्पतालका लागि प्रदेश २ सामाजिक विकास मन्त्रालयले पठाएका डाक्टरहरू हाजिर हुन गएका छैनन् ।

    मन्त्रालयले प्रादेशिक अस्पताल जनकपुरका डा. रविरंजन प्रधान (फिजिसियन), डा. सन्तकुमार यादव (मेडिकल अधिकृत) र शैलेन्द्रकुमार यादव (एनेस्थेसिया) लाई काजमा खटाएको थियो ।

    अस्पताल विकास समितिका अध्यक्ष सुरेश पाण्डेले ती चिकित्सकलाई ६ दिनअघि पत्राचार गरेपनि सम्पर्कमा नआएको बताए । अहिले अस्पतालमा कोरोनाका १० संक्रमितको उपचार भइरहेको छ ।

    भेन्टिलेटरको आवश्यकता पर्ने संक्रमितलाई बाहिर पठाउने गरेको उनको भनाइ छ । उनले मन्त्रालयले पठाएको डाक्टर सम्पर्कमा नरहेको र हाजिर हुनका लागि आवश्यक पहल गरिदिन सम्बन्धित निकायसँग आग्रह समेत गरे ।

    यता, प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. प्रमोद यादवले मन्त्रालयले जलेश्वर पठाएका तीनैजना हिँडिसकेको बताए । उनले भने, ‘यहाँबाट गइसकेको छ । हाजिर भएको छैन भने अस्पतालले सम्पर्क गर्नुपर्‍यो नी ।’ उनले उनीहरुको ड्यूटी समेट काटिसकेको उनको भनाइ छ ।

    अस्पतालमा ५ भेन्टिलेटर छ । तर दक्ष जनशक्तिको अभावमा भेन्टिलेटर अलपत्र परेको छ ।

  • नेपालका २३ अस्पताललाई जापानले दियो स्वास्थ्य सामाग्री

    नेपालका २३ अस्पताललाई जापानले दियो स्वास्थ्य सामाग्री

    काठमाडौं । जापानले नेपालका २३ अस्पताललाई पोर्टेबल अल्ट्रासाउन्ड इमेज डायग्नोस्टिक सिस्टम प्रदान गरेको छ । जापनी राजदुत किकुता युताकाले आज आयोजित कार्यक्रममा ती स्वास्थ्य सामाग्री नेपाललाई हस्तान्तरण गरेका थिए ।

    कार्यक्रममा उनले भने, ‘अन्ट्रासाउन्ट डायग्नोस्टिक सिस्टम प्रयोग गर्न सहज छ र यसले कोभिड बिरामीको उपचारमा सहयोग पुर्‍याउनेछ ।’

    जापानले नेपालका २५ वटा अस्पताललाई उक्त स्वास्थ्य सामाग्री प्रदान गर्ने बताएको छ । नेपालस्थित जापानी राजदूतावासले मंगलबार विज्ञप्ती जारी गर्दै बाँकी सिस्टम मंगलबार र बुधबार सञ्‍चालनमा ल्याउने जनाएको छ ।

    जापानले २५ अस्पतालहरूलाई गत जनवरी २७ मा यसअघि ब्लड ग्यास एनलाइजर अनुदानमा दिएको थियो । आगामी महिनामा एक सय ६० अक्सिजन कन्सन्ट्रेटर र ६ एम्बुलेन्स अनुदानमा दिने तयारी जापानले गरेको छ ।