काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधीबाट ६ हजार ५८३ र एन्टीजेन विधीबाट ४ हजार ३२१ नमुना परीक्षण गर्दा २ हजार २९७ जनामा संक्रमण पुष्टि भएको हो ।
मंगलबार देशैभरको प्रयोगशालाहरुमा पीसीआर र एन्टीजेन गरी १० हजार ९०४ स्वावको नमुना परीक्षण गरिएको थियो ।
यस्तै पछिल्लो २४ घण्टामा ३ हजार १३० जना संक्रमणमुक्त भएका छन् । भने ४६जनाको कोभिडको कारण ज्यान गएको छ ।
हालसम्म कोभिडको कारण ८ हजार ७७२ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमण निको हुने दर ८९. ९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
काठमाडौं । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्टको परिवर्तित रूप पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले अहिले देखिएका नयाँ प्रजातीका भाइरस बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरूलाई असर पार्ने देखिएकाले थप सचेतता अपनाउन आग्रह गरेको छ ।
गत वैशाख २७ देखि जेठ २० सम्म देशका विभिन्न ठाउँबाट विभिन्न उमेर समूहका व्यक्तिबाट संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट भारत पठाइएका नमूनामध्ये गर्दा ४७ वटा नमूनामा डेल्टा भेरियन्टको बी.१.६१७.२, एउटा नमूनामा अल्फा भेरियन्ट मन्त्रालयले विज्ञप्ति निकालेर जनाएको छ ।
डेल्टा भेरीयन्ट पुष्टी भएका ४७ नमूनामध्ये ९ वटामा थप उत्परिवर्तन एवाई. १ भनिने के१४१७एन म्युटेसन भेटिएको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीको हस्ताक्षरमा जारी विज्ञप्तिमा उल्लेख छ ।
हाल सम्म यो प्रजाती नेपालसहित संसारका १० भन्दा वढी राष्ट्रहरूमा पुष्टि भएको मन्त्रालयको भनाइ छ ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड –१९ महामारीको पछिल्लो अवस्था¸यसको रोकथाम र नियन्त्रणका लागि सरकारले लागू गरेका रणनीति तथा मन्त्रालयसँग सम्बद्ध विविध विषयहरूका बारेमा जानकारी लिएकी छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङको नेतृत्वमा मन्त्रालयका सचिव लक्ष्मणप्रसाद अर्याल तथा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा। दीपेन्द्र रमण सिंहले आइतबार राष्ट्रपति कार्यालयमा आयोजित एक कार्यक्रममा सो जानकारी गराएको हो ।
मन्त्रालयको तर्फबाट विस्तृत जानकारी प्राप्त भएपछि सम्माननीय राष्ट्रपतिज्यूले स्वास्थ्यसम्बन्धी हकलाई नेपालको संविधानले नागरिकको मौलिक अधिकारका रूपमा उल्लेख गरेको बताउदै नागरिकको जीवन रक्षा नै यस बखत सबैको प्राथमिकता भएकोमा विशेष जोड दिइन् ।
राष्ट्रपति भण्डारीले स्वास्थ्य बहुआयामिक विषय भएकाले मन्त्रालयले शिक्षा¸खानेपानी तथा सरसफाई¸वन तथा वातावरण र कृषि लगायत एवं अन्य सम्बद्ध निकायसँग निरन्तर समन्वय गरी काम गर्नुपर्ने आवश्यकता औल्याएकी छन् ।
यसैगरी कोभिड –१९ महामारीसँग जुझ्न खोप एक मात्र विकल्प भएकाले सबै नागरिकका लागि यथाशीघ्र खोपको व्यवस्था गर्ने काममा प्राथमिकताका साथ अग्रसर हुन स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराएकी छन् ।
उक्त अवसरमा स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले सबैलाई स्वास्थ्य सेवा उपलब्ध गराई गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको अधिकारको संरक्षण गर्न स्वास्थ्य विमाको प्रावधानलाई सुदृढ गरिनु पर्ने बताउँदै यस विषयमा सरकारले गम्भीरताका साथ अध्ययन गरिरहेको बताए। यसैगरी उनले महामारीका कारण हाल मानसिक रोगीहरूको संख्या समेत उल्लेखनीय रूपले बढेकाले मानसिक रोगीहरूका लागि समेत अस्पतालमा थप बेडको व्यवस्था गरिनु पर्ने आवश्यकता रहेको कुरा जानकारी गराए ।
यसैगरी स्वास्थ्य तथा वातावरण सचिव लक्ष्मण अर्यालले करिब ६० लाख कोरोना विरुद्धको खोप खरिदको प्रकृया सुरू भइसकेको कुरा सो अवसरमा जानकारी दिँदै काठमाडौँमा ३०० शैया र प्रदेशहरूमा ५०र५० शैयाको सरुवा रोग अस्पताल निर्माण गरिनु पर्ने आवश्यकता रहेको बताए।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमण सिंहले कोभिड –१९ महामारी विरुद्धको खोपको न्यायिक वितरण हुनुपर्ने कुरामा जोड दिँदै नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले खोपको प्रभावकारिताको समेत अध्ययन गरिरहेको जानकारी गराए ।
सो अवसरमा राष्ट्रपति भण्डारीले कोभिड–१९ को रोकथाम र नियन्त्रणका भूमिका खेल्ने चिकित्सक,नर्स र स्वस्थ्यकर्मीको प्रशंसा गरेकी छन् ।
रुपन्देही । गत जेठ १३ गते बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा डाक्टर र नर्समाथि कुटपिट गरेको अभियोगमा थुनामा रहेका तीन जनालाई अदालतले धरौटीमा छोड्ने आदेश दिएको छ ।
बाँके जिल्ला अदालतले २५ हजार धरौटीमा छोड्ने आदेश दिएपछि उनीहरु आइतबार नै छुटेका हुन् । न्यायाधीश श्यामसुन्दर अधिकारीको एकल इजलासले दाङ तुलसीपुरका मानबहादुर रावतसहित भरत रावत र लोकराज रावतलाई जनही २५÷२५ हजार धरौटीमा छोड्न आदेश दिएको हो ।
अस्पतालका डाक्टर÷नर्समाथि कुटपिट गरेको अभियोगमा थुनामा रहँदै आएका नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य मानबहादुर रावतसहित भरत रावत र लोकराज रावतलाई कारबाही गर्न चौतर्फि दबाब परेको थियो ।
जेठ १३ गते बेलुकी तुलसीपुर उपमहानगरपालिका वडानम्बर ११ उरहरीका ५४ वर्षीय डिल्लीबहादुर रावतको कोरोनाका कारण मृत्यु भएपछि उनीहरूले उपचारमा लापरबाही भएको भन्दै त्यहाँ कार्यरत डाक्टर र नर्सहरूमाथि कुटपिट तथा तोडफोड गरेका थिए ।
घटना भएकै दिन बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानबिन समिति बनाइएकोमा उक्त समितिले घटनाको ५ दिनपछि २५ पृष्ठ लामो प्रतिवेदन बुझाएको थियो । उनीहरुलाई सोही दिन राति प्रहरीले पक्राउ गरी थुनामा राख्दै आएको थियो ।
काठमाडौं । आइतबार मुलुकमा २,४४२ जना कोभिड-१९ बिरामी थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १०,९५६ एन्टीजेन र पीसीआर परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा थप ५१ जनाको मृत्यु भएको छ । ३,४५६ जना डिस्चार्ज भएका छन् ।
काठमाडौं उपत्यकामा आइतबार ५४८ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ४५०, ललितपुरमा ५३ र भक्तपुरमा २५ जना बिरामी पत्ता लागेका हुन् ।
परीक्षण भएकामध्ये संक्रमण पत्ता लाग्ने प्रतिशत २१.३ प्रतिशत छ । मुलुकमा ५५ हजार ५३२ सक्रिय संक्रमित छन् । ४२ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित छन् ।
१४ दिनमा केही जिल्लामा संक्रमण बढ्दो क्रममा देखिएको मन्त्रालयले जनाएको छ ।
दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको संख्यामा दिनप्रति दिन कमी हुँदै आएको छ । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६० हजारभन्दा कम संक्रमित भएका हुन् । यो संख्या ८१ दिनपछिकै सबैभन्दा कम भएको पनि अधिकारीहरुले जनाएका छन् ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा पछिल्लो एक दिनमा ५८ हजार ४९१ जना कोरोनाभाइरसबाट संक्रमित भएका हुन् । त्यसैगरी सोही अवधिमा भारतमा कोरोनाका कारण थप एक हजार ५७६ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।
भारतमा कोरोनाभाइरसबाट संक्रमित भएर पनि पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएकाहरुको संख्या ८७ हजार ९१७ रहेको छ । मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या दुई करोड ९८ लाख ८१ हजार ९६५ रहेको छ । ती मध्ये सात लाख २९ हजार २४३ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् ।
भारतमा कोरोनाभाइरसबाट संक्रमित भएरपनि अहिले संक्रमणमुक्त भएकाहरुको कुल संख्या भने दुई करोड ८७ लाख ६६ हजार नौ रहेको छ । अहिलेसम्म ९६.२७ प्रतिशत संक्रमणमुक्त भएको पनि अधिकारीहरुले जनाएका छन् ।
भारतीय स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार शनिबारसम्म ३९ करोड १० लाख १९ हजार ८३ पटक कोभिड-१९ परीक्षण गरिएको छ । ती मध्ये शनिबार १८ लाख ११ हजार ४४६ नमुना परीक्षण गरिएको हो ।
त्यसैगरी भारतमा अहिलेसम्म २७ करोड ६६ लाख ९३ हजार ५७२ डोज कोरोनाविरुद्धको खोप प्रयोग भएको पनि मन्त्रालयले जनाएको छ ।
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २,४०१ जना कोभिड बिरामी थपिएका छन् । ११ हजार ६९६ पीसीआर र एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।
सोही अवधिमा थप ३४ जनाको कोभिडको कारण मृत्यु भएको छ । ३६६० जना डिस्चार्ज भएका छन् ।
कूल संक्रमित संख्या ६ लाख १९ हजार (पीसीआर परीक्षणमा पुष्टि भएका) पुगेका छन् । कूल मृत्यु ८६७५ पुगेको छ ।
सक्रिय संक्रमित संख्या ५७ हजार ६१८ छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकमा काठमाडौं उपत्यकामा सबैभन्दा धेरै संक्रमित फेला परेको देखिन्छ ।
मन्त्रालयका अनुसार ८७४ जना आइसीयूमा र २५८ जना भेन्टिलेटरमा छन् ।
काठमाडौं । सरकारले विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पीसीआर रिपोर्टलाई मान्यता दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेलाई पीसीआर परीक्षण गर्ने सम्बन्धमा सबै सरकारी पीसीआर प्रयोगशाला र २२ नीजि अस्पतालको प्रयोगशालाको परीक्षण रिपोर्टलाई मान्यता दिने भएको हो ।
मन्त्रालयका अनुसार ग्राण्डी, कान्तिपुर, स्टार, हेम्स, काठमाडौँ मेडिकल कलेज, नेपाल मेडिसिटी, वी एण्ड वी, अल्का, कान्तिपुर डेन्टल, जनमैत्री, नेपाल मेडिकल कलेज, नेपालगञ्ज मेडिकल कलेज, चितवन मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज रहेका छन् ।
यस्तै, नेशनल मेडिकल कलेज, युर्निभर्सल मेडिकल कलेज भैरहवा, मनमोहन मेमोरियल, काठमाडौं युर्निभर्सिटी मेडिकल कलेज धुलिखेल, नोवेल मेडिकल कलेज विराटनगर, न्यूरोकार्डियो अस्पताल विराटनगर, विराट मेडिकल कलेज विराटनगर, लेप्रोसी मिसन नेपाल अस्पताल ललितपुरलाई मान्यता दिएको हो ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार सरकारी अस्पतालका प्रयोगशालाको साथसाथै निजी अस्पतालमा गराएको पीसीआर परीक्षणको रिपोर्टलाई समेत विदेश जानका लागि मान्यता दिने निर्णय गरेको जानकारी दिए । सहप्रवक्ता अधिकारीले प्रक्रिया पुर्याएका अरु निजी अस्पताललाई पनि क्रमशः मान्यता दिने बताए । -रासस
दिल्ली । भारतमा कोभिड-१९ को तेस्रो लहर अक्टोबर (असोज मध्यदेखि) सुरु हुने चेतावनी विज्ञहरुले दिएका छन् ।
बीबीसीका अनुसार तेस्रो लहर अक्टोबरमा आउन सक्नेछ र महामारी एकवर्षका लागि महामारीको रुपमा रहनेछ ।
रोयटर्सले गरेको एक सर्वेक्षणमा तेस्रो लहरबारे जनाइएको हो । सर्वेमा सहभागि ८५ प्रतिशत विज्ञले अगस्टको सुरुवात र सेप्टेम्बरको मध्यसम्म वेभ सुरु हुन सक्ने बताए ।
अन्य तीन विशेषज्ञले भने नोभेम्बरबाट फेब्रुअरीको बीचमा तेस्रो लहर आउन सक्ने बताए । ७० प्रतिशत विज्ञका अनुसार तेस्रो लहर खोपको उपलब्धताको कारण नियन्त्रणमा आउन सक्छ ।
सर्वेमा सहभागि दुई तिहाइले बालबालिकको लागि तेस्रो लहरामा खतरा हुने बताए भने १४ विशेषज्ञले खतरा हुने दाबी गरे ।
काठमाडौं । लगातारको वर्षाका कारण सिन्धुपाल्चोकको लिपिङ पुलसँगैको सडक भाँसिदा त्रिवि शिक्षण, वीर र नर्भिक अस्पतालका लागि ल्याइएको अक्सिजन प्लान्ट तातोपानीमै रोकिएको छ । मितेरी पुलभन्दा करीब २०० मिटर तल रहेको लिपिङ पुलसँगैको सडक भाँसिएकाले अक्सिजन प्लान्ट बोकेको कन्टेनर काठमाडौँ ल्याउन नसकिएको आयातकर्ता विध म्यानेजमेन्टले जनाएको छ ।
कोरोना महामारीको दोस्रो लहर बढेसँगै राजधानीका ठूला अस्पतालमा अक्सिजनको अभाव भएपछि चीनबाट अक्सिजन प्लान्ट खरीद गरिएको थियो । चीनबाट आयात गरिएको अक्सिजन प्लान्ट सडक अवरुद्ध हुँदा तातोपानी क्षेत्रमै रोकिएपछि आयातकर्ता विध म्यानेजमेन्टले ‘एयर लिफ्टिङ’ मार्फत ल्याउन सहजीकरणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग आग्रह गरेको छ ।
विधले स्वास्थ्य मन्त्रालयललाई पत्र लेख्दै एयर लिफ्टिङका लागि सेनाको एमआई १७ हेलिकोप्टरको व्यवस्था गरिदिन भनेको छ । ‘लिपिङ भन्सार यार्डबाट एयर लिफ्टिङ गर्न सकिने सम्भावना छ’, विध म्यानेजमेन्टका निर्देशक विके भण्डारीले भने, ‘त्यहाँबाट करीब ५०० मिटर दूरीसम्म एयर लिफ्टिङका लागि सहजीकरण गरिदन अनुरोध गरिएको हो ।’
सानो क्षमताको हेलिकप्टरले उक्त सामग्री बोक्न नसक्ने भएकाले सेनाकै हेलिकोप्टरका लागि सहजीकरण गरिदिन मन्त्रालयसमक्ष आग्रह गरिएको निर्देशक भण्डारीले बताए । कोभिड-१९ युनिफाइड अस्पतालका प्रमुख प्रा.डा. जागेश्वर गौतमले सडक अवरुद्ध भएर रोकिएका अक्सिजन प्लान्ट ल्याउन सम्बन्धित निकायसँग छलफल भइरहेको जानकारी दिए ।
ढुवानीकर्ता सिल्क ट्रान्सपोर्टले लिपिङ पुल बिग्रिएकाले तत्कालै सडकमार्गबाट अक्सिजन प्लान्ट काठमाडौँ लैजान नसकिने भएकाले एयर लिफ्टिङका लागि विध म्यानेजमेन्टलाई अनुरोध गरिएको जनाएको छ । ‘हामीले एयर लिफ्टिङको सुझाव दिएको छौँ’, सिल्क ग्रुपका अध्यक्ष रमेश शेर्पाले भने । पचास क्युविक लिटर प्रतिघण्टा क्षमताको आठ थान र १५ क्युविक मिटर प्रतिघण्टाका तीन थान ३० क्युविक मिटर प्रतिघण्टाको दुई थान अक्सिजन प्लान्ट तातोपानी क्षेत्रमा रोकिएको हो । त्रिवि शिक्षण, वीर र निर्भिक अस्पतालका लागि ल्याइएका अक्सिजन प्लान्टको क्षमता ५० क्युविक लिटर प्रतिघण्टा रहेको छ ।
केन्द्रीय कोभिड युनिफाइड अस्पातल (वीर) मा नबिल बैंक लिमिटेड र टिचिङ अस्पतालमा नेपाल उद्योग परिसंघले अक्सिजन प्लान्ट सहयोग गर्न लागेका हुन् । चौधरी फाउण्डेशनको सहयोगमा सुर्खेत र धनगढी तथा अन्य स्थानका अस्पतालका लागि प्लान्ट ल्याइएको आयातकर्ताले जनाएको छ । ठूला अस्पतालका लागि ल्याइएका ती प्लान्ट सडक अवरुद्ध हुँदा बीच बाटामै रोकिएका हुन् ।
काठमाडौं । यसैसाता हिमालपारिको जिल्ला मुस्ताङको लेतेस्थित खोलामा आएको बाढीमा केही स्वास्थ्यकर्मीले खोपको डब्बालाई मुस्किलले तार्दै गरेको भिडियो भाइरल बन्यो ।
यो भिडियो एकैदिनमा विश्वभर भाइरल बन्यो जसलाई सयौं प्रतिष्ठित मानिसहरुले पनि सामाजिक संजालमा सेयर गरेका छन् । कोभिडको दोस्रो लहरसँग जुधिरहेको नेपालको यस्तो दृश्य देखेर धेरैले टिप्पणी पनि गरेका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का निर्देशक डा. टेड्रोसले पनि यो भिडियोमा प्रतिक्रिया नजनाइरहन सकेनन् । उनले ट्वीटरमा उक्त भिडियो सेयर गर्दै नेपाली स्वास्थ्यकर्मीलाई हिरोको संज्ञा दिएका छन् ।
‘जीवनलाई बचाउन स्वास्थ्यकर्मीले कति प्रयत्न गर्छन् भन्ने दृश्य हो यो । विभिन्न ठाउँमा यी नायकहरुलाई अहिलेसम्म खोप नलगाइनू के निश्पक्ष छ त ?’ टेड्रोस लेख्छन्, ‘खोपको समान वितरणका लागि हामीले हाम्रो शक्ति प्रयोग गर्नु जरुरी छ । अहिले होइन भने कहिले गर्ने त ?’
This is how far #healthworkers go to save lives. Is it fair that in many places these heroes have still not been vaccinated?
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५ सय ८ जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर सबैभन्दा बढी संक्रमण पुष्टि हुने जिल्लामा काठमाडौंमा बढी छ ।
काठमाडौंमा ३९४ जना, ललितपुरमा ६० जना र भक्तपुरमा ५४ जना छन्।
काठमाडौं जिल्लामा ६ हजार ७३५, ललितपुरमा २ हजार ९८३ र भक्तपुरमा २ हजार २५० जना सक्रिय संक्रमित छन्।
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २,७६८ जना कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,५६९ वटा पीसीआर र ५,४६८ एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।
शुक्रबार थप ४४ जनाको मृत्यु भएको छ ।
४०२० जना निको भएका छन् । सक्रिय संक्रमित संख्या ५९,६२४ पुगेको छ । परीक्षण गरिएकामध्ये संक्रमित दर १९ प्रतिशत छ ।
कूल संक्रमित संख्या ६ लाख १७ हजार ९४७ (पीसीआर परीक्षणमा पुष्टि भएका) र २४ हजार ८६१ जना (एन्टीजेन परीक्षण गर्दा) पुगेको छ । कूल मृत्यु ८६४१ पुगेको छ ।
काठमाडौं । वर्षायाम सुरु भएसँगै कोभिड-१९ बाहेकका अन्य रोग पनि फैलिन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले सचेत रहन अपिल गरेको छ ।
स्वास्थ्य मन्त्रालयले बिहीबार एक विज्ञप्ती जारी गर्दै बाढीपहिरोको जोखिम सँगै कोभिड संक्रमण, पानीजन्य रोगहरु, लामखुट्टेको टोकाइबाट हुने रोगहरु बढ्न सक्ने भएकाले सजग रहन भनेको हो ।
विपत्तिको परिस्थितिमा सबै संयन्त्रहरु परिचालन गरी क्षतिको न्यूनिकरण गर्न, जनधनको रक्षा गर्ने कार्यमा सरकार जुटिरहेको पनि मन्त्रालयले उल्लेख गरेको छ ।
सिन्धुपाल्चोक, मनाङ, म्याग्दी, बाजुरा, डोटी लगायतका विभिन्न जिल्लामा बाढीपहिरोले क्षति पुर्याएको जनाइएको छ । मन्त्रालयले घाइते तथा प्रभावितहरुको उपचारको लागि प्रबन्ध मिलाउने कार्य गरिरहेको समेत जानकारी गराएको छ ।
काठमाडौं । स्वास्थ्य मन्त्रालयले चीनबाट खरिद गर्न लागिएको खोपको परिमाण, मूल्य र आपूर्ति हुने समयबारे निश्चित नभएको जनाएको छ ।
मन्त्रालयले विहिबार विज्ञप्ति जारी गर्दै चीनको साइनोफार्मबाट खरिद गर्न लागिएको भनिएको मिडिया विवरणलाई गलत रहेको उल्लेख गरेको हो ।
‘चीनसहित विभिन्न मुलुकबाट खोप खरिद गर्ने प्रक्रिया अघि बढिरहेको छ’ मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ, ‘तर, खोपको मात्रा, मूल्य र आउने समय र अन्य विवरण पूर्णतः गलत छ ।’
बुधबार कोभिड संकट व्यवस्थापन निर्देशक समिति (सीसीएमसी)को बैठकपछि बालुवाटारबाट जारी वक्तव्यमा चीनबाट ४० लाख डोज साइनोफार्म खोप ल्याउने प्रक्रिया अघि बढेको जनाइएको थियो ।
बुधबार नेपाल प्रेससँग कुरा गर्दै मन्त्रालयका बरिष्ठ चिकित्सक डा. रोशन पोखरेलले पनि साइनोफार्मबाट नन-डिस्क्लोज एग्रिमेन्टअनुसार खोप खरिद प्रक्रियाको प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरिएको बताएका थिए ।
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २,६०७ जना कोभिड बिरामी थपिएका छन् । भाइरस संक्रमणबाट थप ३९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
पीसीआर र एन्टिजन विधिबाट १२,४८४ वटा परीक्षण गर्दा अहिले त्यति सङ्ख्यामा सङ्क्रमितहरू भेटिएका हुन् । अहिले देशभरि ६१,७२५ भन्दा बढी पुष्टि भएका सक्रिय सङ्क्रमित छन्।
२४ घण्टाको अवधिमा २,१४१ जना सङ्क्रमणमुक्त भएका छन्।
भारतमा मृत्युदर स्थिर तर, संक्रमण घट्दै
भारतमा केही सातादेखि दैनिक पुष्टि हुने सङ्क्रमितको सङ्ख्या घटेको देखिन्छ। अहिले पनि भारत कोरोनाभाइरसबाट अतिप्रभावित देशको सूचीमा अमेरिकापछि दोस्रो स्थानमा छ। त्यहाँ कोभिडबाट मृत्यु हुने मानिसको कुल सङ्ख्या तीन लाख ८१ हजार नाघेको छ।
सबैभन्दा बढी सङ्म्रित महाराष्ट्र राज्यमा छन् जहाँ ५९ लाख ३४ हजार भन्दा बढी सङ्क्रमित छन्।
नेपालसँग जोडिएका राज्यमध्ये उत्तर प्रदेश राज्यमा १७ लाख तीन हजार, पश्चिम बङ्गालमा १४ लाख ७१ हजार, बिहारमा ७ लाख १८ हजार र उत्तराखण्डमा ३ लाख ३७ हजारभन्दा केही बढी मानिस कोभिडबाट पीडित छन्।
तर सक्रिय सङ्क्रमितको सङ्ख्या क्रमशः घट्न थालेको सरकारले जनाएको छ। भारत सरकारका अनुसार अहिलेसम्म २।९७ करोडभन्दा बढी मानिसमा कोभिड पुष्टि भइसकेको छ।
ब्राजिलमा एकैदिन तीन हजार जनाको मृत्यु
ब्राजिलमा कोभिड-१९ को सङ्क्रमणबाट करिब तीन हजार नागरिकको मृत्यु भएको बुधबार जानकारी दिइएको छ । स्थानीय समयानुसार २४ घण्टायताको अवधिमा बुधबार मात्र २ हजार ९९७ जनाको ज्यान गएको बताइएको हो ।
ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार बुधबार मात्र यहाँ अघिल्लो २४ घन्टामा कोभिड–१९ को सङ्क्रमणमा परेका यहाँका २ हजार ९९७ जनाको एकै दिनमा ज्यान गएको हो । यो सँगै ब्राजिलमा कोभिडको प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या चार लाख ९३ हजार भन्दा बढी पुगेको पनि सो मन्त्रालयले दिएको समाचारमा जनाइएको छ ।
ब्राजिलमा धेरै पछि यति धेरै नागरिक एकैदिन मृत्यु भएको पाइएको छ । योसँगै यहाँ पछिल्ला केही समयमा प्रकोप बढ्दै गएको देखिएको छ । त्यसैगरी सोही अवधीमा थप ९९ हजार ३६७ जनामा कोरोना भाइरस संक्रमण देखिएको पनि मन्त्रालयले जनाएको छ । त्यसैगरी धेरैपछि यति धेरै संख्यामा सङ्क्रमित भेटिएका पनि बताइएको छ ।
बंगलादेशमा लकडाउन थप एक महिना लम्ब्याइयो
बंगलादेशमा पछिल्लो समयमा कोरोना भााइरसको प्रकोप बढ्दै गएपछि यहाँ जारी रहेको लकडाउन पनि थप एक महिना लम्ब्याइएको बताइएको छ । बंगलादेश सरकारले भाइरसको प्रकोप नघटेपछि यहाँ जारी रहेको लकडाउनलाई थप एक महिना लम्ब्याइएको बुधबार जानकारी दिएको छ ।
सो लकडाउन बुधबार रातिदेखि थपिएको छ र आगामी महिना जुलाइको १५ तारिखसम्म कायम रहने घोषणा गरिएको बताइएको छ । त्यस अवधिका लागि सार्वजनिक यातायताका साथै पर्यटनसँग सम्बन्धित होटल रेष्टुरेन्टहरु सीमित संख्यामा मात्र खुल्न दिइने बताइएको छ ।
सरकारी कार्यालय तथा बैंक र फाइनान्स सेवा पनि प्रत्येक दिन केही घन्टा छुट्याएर खोल्न दिइने छ । यो लकडाउन देशैभरि लगाइएको बताएको छ । बंगलादेश सरकारको मन्त्रीपरिषदको बैठकले बुधबार लकडाउनको समयावधि थप गरेको जनाएको छ । बंगलादेशमा पनि पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको देखिएको छ ।
कोरोनाबाट अत्यन्त प्रभावित केही देशका सङ्क्रमित र मृतकको संख्या :
जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या सत्र करोड ७० लाख ४८ हजार ३१ रहेका छन् । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३८ लाख ३३ हजार १८३ जनाको मृत्यु भएको छ ।
सो विश्वविद्यालयल दिएको पछिल्लो विवरणअनुसार अत्यन्त प्रभावित देशहरुका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।
देश सङ्क्रमितको संख्या कूल मृत्यु संयुक्त राज्य अमेरिका तीन करोड ३४ लाख ९८ हजार ५११ छ लाख ६८० भारत दुई करोड ९७ लाख ३१३ तीन लाख ८१ हजार ९०३ ब्राजिल एक करोड ७६ लाख २८ हजार ५८८ चार लाख ९३ हजार ६९३ फ्रान्स ५८ लाख ९ हजार ३१९ एक लाख १० हजार ७४० टर्की ५३ लाख ४८ हजार २४९ ४८ हजार ९५० रुस ५१ लाख ८९ हजार २६० एक लाख २५ हजार ४४३ बेलायत ४६ लाख ५०० हजार ८०५ एक लाख २८ हजार १९० इटाली ४२ लाख ४८ हजार ४३२ एक लाख २७ हजार १५३ अर्जेन्टिना ४१ लाख ९८ हजार ६२० ८७ हजार २६१ कोलम्बिया ३८ लाख २९ हजार ९८९ ९७ हजार ५६०
जनकपुरधाम । जनकपुरमा अक्सिजन उत्पादन शुरू भएको छ । एस.आर.जे ग्रुपले जनकपुरधाम उपमहानगरपालिका-२३ मा अक्सिजन प्लान्ट स्थापना गरेको हो ।
मुख्यमन्त्री लालबाबु राउतले प्लान्टको उद्घाटन गरे । उनले उद्योग स्थापनाले जनकपुरमा अक्सिजन अभाव नहुने विश्वास जनाए ।
७ करोड लगानीमा स्थापना गरिएको प्लान्टले दैनिक ४५० सिलिन्डर अक्सिजन उत्पादन गर्ने उद्योगले जनाएको छ ।
जनकपुरमा संचालित अस्पतालहरूमा अहिले दैनिक करिब २ हजार सिलिण्डर खपत हुन्छ । धनुषामा अहिले ढल्केवरमा रहेको ग्याँस उद्योगबाट र वीरगञ्ज, विराटनगरसहितका ठाउँबाट अक्सिजन आपूर्ति हुँदै आएको छ ।
काठमाडौं । ओम अस्पतालले कोरोना संक्रमणबाट मुक्त भएकाहरुलाई देखिने सम्भावित स्वास्थ्य जटिलताबाट जोगाउन ‘पोष्ट कोभिड हेल्थ चेकअप’ प्याकेज घोषणा गरेको छ ।
कोरोना महामारीको दोस्रो लहरमा उल्लेख्य संक्रमितलाई पोष्ट कोभिड लक्षण देखिएको भन्दै अस्पतालले शुलभ मूल्यमा स्वास्थ्य परीक्षण प्याकेज ल्याएको मेडिकल डाइरेक्टर डाक्टर हरिश जोशीले जानकारी दिए ।
अस्पतालले ६ हजार ५ सय रुपैयाँमा विशेषज्ञ चिकित्सकको परामर्शसहित सातवटा परीक्षणको सुविधा उपलब्ध गराउनेछ । प्याकेज अन्तर्गत सीबीसी, सीआरपी, कोभिड एन्टीबडी, डी–डाइमर, छातीको एक्सरे र ईसीजी सुविधा उपलब्ध हुनेछ ।
अस्पतालका सिनियर कन्सल्ट्यान्ट फिनिसियन डाक्टर विश्वनाथ कोइरालाले कोरोना संक्रमणमुक्त भएकाहरुले यो प्याकेजको सुविधा दिएर पूर्ण स्वास्थ्यलाभ गरी ढुक्कसँग आफ्नो नियमित कामकाजमा फर्कन उपयोगी रहने दावी गरेका छन् ।
कोरोना संक्रमितहरुलाई संक्रमणमुक्त भएपछि शारीरिक समस्या देखिने, जिउ दुख्ने, छिटो थकाई लाग्ने, निद्रा नलाग्ने, डिप्रेसन हुने, उच्च रक्तचाप, स्वास फेर्न कठिन हुने लगायतको समस्या देखिन थालेको छ ।
काठमाडौं । मुलुकका १४ जिल्लामा कोरोनाभाइरस संक्रमणमा वृद्धि भएको सरकारले जनाएको छ ।
बुधबार स्वास्थ्य मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता कृष्ण पौडेलले पछिल्ला १४ दिनमा ती जिल्लामा भाइरस संक्रमण बढेको जनाए ।
मन्त्रालयका अनुसार प्रदेश १ को उदयपुर, पाँचथर र तेह्रथुम, बागमती प्रदेशको नुवाकोट, गण्डकी प्रदेशको नवलपरासी पूर्व, लुम्बिनी प्रदेशको रोल्पा, कर्णाली प्रदेशको हुम्ला, जुम्ला, रुकुम पश्चिम र दैलेख, सुदूरपश्चिम प्रदेशको डोटी र बाजुरामा संक्रमणमा वृद्धि भएको हो ।
संक्रमण वृद्धि भएका जिल्लामा उच्च सतर्कता अपनाउन मन्त्रालयले अपिल पनि गरेको छ । अन्य जिल्लामा भने संक्रमण ओरालो लागेको मन्त्रालयले जनाएको छ ।
४३ जिल्लामा सक्रिय संक्रमित संख्या ५०० बढी रहेको प्रवक्ता पौडेलले जनाए । उनका अनुसार अन्य जिल्लामा भने तुलनात्मकरुपमा संक्रमण घट्दै गइरहेको छ । कूल पीसीआर परीक्षणमध्ये संक्रमण दर १८.९ प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ ।
काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा २८२८ जना कोभिड बिरामी थपिएका छन् । बुधबार आयोजित नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले उक्त जानकारी दिएका हुन् ।
८६८७ वटा नमुना पीसीआर परीक्षण र ४३३५ एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । कूल पीसीआर परीक्षणमध्ये संक्रमित दर १९ प्रतिशत पुगेको छ ।
बुधबार ५२ जनाको कोभिडको कारण ज्यान गएको छ । कूल मृतक संख्या ८५५८ पुगेको छ । ३०८२ जना निको भएका छन् । निको हुने प्रतिशत ८८.४९ छ ।
पीसीआर परीक्षणबाट ६ लाख १४ हजार र एन्टीजेन विधिबाट गरिएको परीक्षणमा २३ हजार २१७ कूल संक्रमित संख्या पुगेको छ ।
काठमाडौं । नेपाललाई तत्काल १४ लाख डोज अस्ट्राजेनेका खोपको आवश्यकता रहेको बताउँदै विश्व स्वास्थ्य संगठनले सहायताका लागि अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेको छ ।
डब्लुएचओका नेपाल प्रतिनिधि डा. राजेश पाण्डवले भिडियो सन्देश जारी गर्दै पहिलो डोज लगाएर दोस्रो मात्राको प्रतीक्षामा रहेका १४ लाख नेपालीलाई खोप जरुरी भएको जनाएका छन् ।
६५ वर्ष उमेर माथिको उक्त समूह कोरोनाभाइरसको जोखिम वर्गमा रहेकाले तत्काल सहायताको जरुरी रहेको समेत डा. पाण्डवले जनाएका छन् ।
“The need of the hour is to immediately provide second doses of AstaZeneca vaccines to the 1.4 million people who’re mostly over the age of 65 and in high-risk group.”
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले रिस,राग,अहंकार र बदलाभाव त्यागेर पार्टीलाई फुटबाट बचाउन आह्वान गरेका छन् ।
स्वास्थ्यमा गम्भीर समस्या भई थप उपचारका लागि भारत जानुअघि विज्ञप्ति जारी गर्दै नेता खनालले सयौं शहीदहरुको बलिदान र संघर्षबाट नेकपा एमाले आजको अवस्थासम्म आइपुगेको स्मरण गराएका छन् ।
नेता खनालले आफैभित्रका गलत प्रवृत्ति , बदलाको भाव र इगोका कारण पार्टीमा संकट बढेको भन्दै एकताले सफलता र फुटले विनाश निम्त्याउने औल्याएका छन् ।
‘विगतमा हामी सबै मिलेर ठूलाठूला सफलताहरु प्राप्त गरेको स्मरण गरौं । एकता सफलताको बाटो हो भने फुट विनाशको । त्यसैले रिस, राग, अंहकार र बदलाभाव त्यागेर पार्टीका वैधानिक प्रक्रिया अन्तर्गत यो पार्टी फुटबाट जोगाउन तथा एकताबद्ध पार्न म सबै नेता कार्यकर्ताहरुलाई विशेष आह्वान गर्न चाहन्छु’, खनालले भनेका छन् ।
काठमाडौं । बेलायत सरकारले कोभिड-१९ महामारीको सङ्कटसँग सामना गरिरहेका नेपाल सहित दक्षिण एशियाली र अन्य देशमा जनस्वास्थ्यका क्षेत्रमा प्रदान गर्दै आएको सहायता बजेटलाई कटौती गरेको छ ।
उसले अन्तरराष्ट्रिय परिवार नियोजन महासङ्घ (आइपिपिएफ)मार्फत् सहयोग गर्दै आएको करिव एकसय मिलियन अमेरिकी डलर कटौती गरेको जनाइएको छ । सो महासङ्घमा नेपाल परिवार नियोजन संघ सहित विश्वका १४१ देशका परिवार नियोजन संघ आबद्ध छन् । अब ती देशका सीमन्तकृत किशोर किशोरी, युवा तथा महिलाहरु यौन तथा प्रजनन स्वास्थ्य सेवाबाट बञ्चित हुनेछन् ।
बजेट कटौतीको असर विशेष गरी ती देशका मानवीय विपद् प्रभावित क्षेत्रका सीमान्तकृत समुदायलाई प्रदान गरिँदै आइएको यौन तथा प्रजनन् स्वास्थ्य सेवालाई प्रत्यक्ष असर पुर्याउने जनाइएको छ । साथै सहायता कटौतीले ती देशमा यौन तथा प्रजनन् स्वास्थ्य सेवाका क्षेत्रमा सञ्चालित परियोजना समेत बन्द हुने अवस्थामा पुगेका छन् ।
नेपाल परिवार नियोजन सङ्घका व्यवस्थापक डा नरेशप्रताप केसीले सहायता कटौतीले सङ्घले कार्यान्वयन गरिरहेको पहुँच परियोजना बन्द हुने अवस्थामा पुगेको जानकारी दिए । परियोजना बन्द हुँदा किशोरी तथा महिला यौन तथा प्रजनन् स्वास्थ्य सेवाबाट बञ्चित हुने उनले बताए । यसबाट विशेषगरी मानवीय विपद् क्षेत्रका लगभग एक लाख बीस हजार सीमान्तकृत तथा जोखिम समुदायका व्यक्ति ती सेवाबाट प्रत्यक्ष प्रभावित हुनेछन् ।
संघले सहायता कटौतीले सेवा प्रभावितका साथै केही दक्ष सेवा प्रदायक तथा कर्मचारीको कटौतीमा पनि पर्ने देखिने जनाएको छ । संघले हरेक चुनौतीका अगाडि नयाँ सम्भावना पनि हुने जनाउँदै आफ्नो श्रोत, साधन र क्षमताले भ्याएसम्म यौन तथा प्रजनन् स्वाथ्य सेवा निरन्तर जारी राख्ने व्यवस्थापक डा केसीले बताए । सामान्य तथा मानवीय विपदका अवस्थामा पनि स्वास्थ्य र सेवामा समर्पित रहने सङ्घले जनाएको छ ।
अमेरिकी राष्ट्रपति जो वाइडनले यौन तथा प्रजनन् स्वास्थ्यको नीति ‘ग्लोबल ग्याग रुल’लाई हटाउने हालै निर्णय गरेका थिए । सो निर्णय लगत्तै बेलायतले पनि दक्षिण एशियाली मुलुकलाई जनस्वास्थ्यका क्षेत्रमा प्रदान गरिरहेको सहायता बजेट कटौती गर्ने निर्णय गरेको बताइएको छ ।
काठमाडौं । स्वास्थ्य मन्त्रालयले मुलुकको २० प्रतिशत जनसंख्यालाई पुग्ने गरि खोप खरिद गर्न मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेश गरेको छ ।
चीनको साइनोफार्म कम्पनीसँग नन-डिस्क्लोजर सहमतिअनुसार खोप खरिद गर्ने प्रक्रिया सुरु गर्नको लागि मन्त्रालयले उक्त प्रस्ताव पेश गरेको हो ।
स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले २० प्रतिशत जनसंख्यालाई पुग्ने गरि खोप खरिद गर्न मन्त्रालयले प्रस्ताव पेश गरेको बताए । उक्त प्रस्ताव मन्त्रिपरिषद्मा छलफलमा रहेको र अनुमोदनको तयारीमा रहेको उनले जनाए ।
खोपको मात्रा र मूल्यबारे मन्त्रालयले खुलाएको छैन । चीनको साइनोफार्म कम्पनीले नेपालसँग खोप खरिद प्रक्रियाका लागि नन-डिस्क्लोज खरिद सहमतिको प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव अन्तर्गत रहेर मन्त्रालयले मन्त्रिपरिषद्बाट अनुमोदनका लागि सो प्रस्ताव गरेको हो ।
खोप प्रक्रिया चाहिँ आगामी एकसातामा पुरा हुने जानकारी प्रमुख विशेषज्ञ डा. पोखरेलले जानकारी दिए ।
काठमाडौं । रेबिज संक्रमण फैलन सक्ने भन्दै अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले नेपालबाट अमेरिकामा कुकुर लैजान प्रतिबन्ध लगाएको छ ।
नेपालसहित एक सय मुलुकबाट अमेरिकामा कुकुर लैजान रोक लगाइएको छ । ती देशमा कुकुरमाझ अझै रेबिज संक्रमण रहेको जनाउँदै सीडीसीले आयातमा रोक लगाएको हो ।
जुलाई १४ देखि यस्तो रोक लगाइएको सीडीसीद्वारा जारी एड्भाइजरीमा उल्लेख छ । अमेरिकाले नेपाललाई रेबिज संक्रमणको उच्च जोखिमयुक्त मुलुकको रुपमा राखेको छ ।
हालै अमेरिकामा तीनवटा रेबिज संक्रमित कुकुरहरु भित्रिएको घटना लगत्तै अमेरिकाले यस्तो निर्णय गरेको हो । नयाँ मात्र हैन, अमेरिकाबाट ती मुलुकमा लगिएका कुकुरहरुलाई पनि फिर्ता ल्याउन रोक लगाइएको सीडीसीले जनाएको छ ।
अमेरिकामा कुकुरहरुको स्वास्थ्य तथा सुरक्षाको सुनिश्चितताको लागि यस्तो निर्णय गरिएको सीडीसीले जनाएको छ ।
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधीबाट ७ हजार ४४९ र एन्टीजेन विधीबाट ५ हजार ८४१ नमुना परीक्षण गर्दा २ हजार ७४५ जनामा संक्रमण पुष्टि भएको हो ।
मंगलबार देशैभरको प्रयोगशालाहरुमा पीसीआर र एन्टीजेन गरी १३ हजार २९० स्वावको नमुना परीक्षण गरिएको थियो ।
यस्तै पछिल्लो २४ घण्टामा ४ हजार १८७ जना संक्रमणमुक्त भएका छन् । भने ४१ जनाको कोभिडको कारण ज्यान गएको छ । हालसम्म कोभिडको कारण ८ हजार ५०६ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।
धनगढी । हरिप्रिया प्रकाश फाउण्डेसनले सेती प्रादेशिक अस्पताललाई ५ सय वटा अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ । सुदरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टमार्फत फाउण्डेसनले ५ सय अक्सीजन सिलिण्डर भरेर अस्पताललाई उपलब्ध गराएको हो ।
नेपाली कांग्रेसका युवा नेता क्षितिज भण्डारीको अगुवाईमा फाउण्डेसनले सुदुरपश्चिम प्रदेशमा १ हजार ८ सय सिलिण्डर वितरण गर्दैछ । ‘हामीले सुदुरपश्चिम प्रदेशमा १८ सय अक्सिजन सिलिण्डर वितरण गर्ने क्रममा सेती अस्पताललाई ५ सय थान उपलब्ध गराएका हौं’, युवा नेता भण्डारीले भने ।
मुख्यमन्त्री भट्टले जनताको जीवनसंग जोडिएको सेवा उपलब्ध गराएकोमा फाउण्डेसनलाई धन्यवाद दिए । नेपाली कांग्रेस सुदुरपश्चिम प्रदेशका संसदीय दलका नेता डा. रणबहादुर रावलले युवा नेता भण्डारीको अग्रसरताले कांग्रेसको प्रतिष्ठा बढेको भन्दै फाउण्डेसनलाई धन्यवाद दिए ।
दिल्ली । भारतमा मंगलबार ६० हजार ४७१ व्यक्तिमा कोरोना संक्रमण देखा परेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार जानकारी दिएको छ । भारतमा ७५ दिनयताकै यो सब भन्दा कम कोरोना संक्रमित फेला परेको हो ।
गत २४ घण्टामा भारतमा कोरोना संक्रमणको कारण २ हजार ७२६ जनाको मृत्यु भएपछि भारतमा कोरोनाबाट मृत्यु हुने कूूल व्यक्तिको संख्या ३ लाख ७७ हजार ३१ भएको जनाइएको छ । यहाँ हाल कोरोना संक्रमितको कूल संख्या २ करोड ९५ लाख ७० हजार ८८१ पुगेको मन्त्रालयले मंगलबार जानकारी दिएको छ ।
गत २४ घण्टामा १ लाख १७ हजार ५२५ जना कोरोनाभाइरस संक्रमित मुक्त भएका छन् । यसैसँग भारतमा २ करोड ८२ लाख भन्दा बढी कोरोना मुक्त भएका बताइएको छ । भारतमा कोरोनाभाइरस संक्रमण मुक्त हुने दर ९५.६४ प्रतिशत रहेको छ । हाल यहाँ ९ लाख १३ हजार ३७८ जना सक्रिय संक्रमित रहेका छन् ।
कोरोना सुरु भएयता हालसम्म यहाँँ ३८ करोड १३ लाख ७५ हजार ९८४ जनाको कोरोना परिक्षण भएको सरकारी स्रोतले जानकारी दिएको छ । गत जनवरी १६ बाट भारतमा कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो । सो समयदेखि जुन १३ तारिखसम्म भारतमा २५ करोड ३१ लाख ९५ हजार ४८ डोज खोप लगाइएको थियो ।
काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोनाभाइरस संक्रमणको जोखिम नियन्त्रण गर्न काठमाडौं उपत्यकामा अढाई महिनाअघि (वैशाख १६) बाट निषेधाज्ञा लागू गरियो । राजधानीको मोडल पछ्याउँदै अन्य जिल्लाले पनि असार ७ गते मध्यरातसम्म निषेधाज्ञा कायमै राखेका छन् । ७७ जिल्लामध्ये हिजोसम्म खोटाङ र मनाङमा भने निषेधाज्ञा जारी गरिएको छैन ।
स्वास्थ्य मन्त्रालयका अनुसार ४३ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित छन् । १५ जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित छन् । पछिल्लो साता परीक्षणमा कमी आइरहेको बेला मन्त्रालयले परीक्षण नघटाउन अनुरोधसमेत गरेको छ ।
देशभर कुल परीक्षण गरिएकामध्ये संक्रमण दर १८.९ प्रतिशतमै स्थिर छ । पछिल्लो सातासम्म काठमाडौं उपत्यकाको संक्रमण दर २२.७२ प्रतिशत कायमै छ । सोमबारसम्म काठमाडौंको सक्रिय संक्रमित संख्या ८,१८२, भक्तपुरको २,४३४ र ललितपुरको ३,४४२ छ । मन्त्रालयका अनुसार मुलुकमा सक्रिय संक्रमित ६५ हजार ८०४ छन् ।
परीक्षणको दायरा घटेसँगै संक्रमित संख्या घटेपनि संक्रमणको दर भने स्थिर नै छ । निषेधाज्ञाको शुरूआती दिनमा स्वास्थ्य प्रणालीलाई नै चुनौती दिने गरी संक्रमण र मृत्युदर बढेको थियो ।
काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू भएको दुई महिना पुग्नै लाग्दा संक्रमण र मृत्युदर घटेको छ । स्वास्थ्य संस्थामा पनि बिरामीको चाप कम छ । शय्या र अक्सिजन अभावमा मृत्यु तथा आँगनमा राखेर उपचार गराइरहनुपर्ने बाध्यता अहिले छैन । निषेधाज्ञा लागू गरिएपछि संक्रमण दर ५ प्रतिशतभन्दा कम हुने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण थियो । तर, निषेधाज्ञा लागू भएको दुई महिना हुनै लाग्दा पनि संक्रमण दर ३० प्रतिशतमै स्थिर छ ।
संक्रमणदर उल्लेखनीय रूपमा नघट्दा निषेधाज्ञाको औचित्यमाथि नै प्रश्न उठ्न थालेको छ । यसको मोडालिटीबारे गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय अन्योलमा देखिएका छन् । अर्थतन्त्र र सामाजिक जीवनसँगै निषेधाज्ञालाई अगाडि बढाउनुपर्ने दबाब जिल्ला प्रशासनलाई छ । तर, तत्काल निषेधाज्ञा खुला गर्दा प्रि-लकडाउन अगाडिकै अवस्थामा संक्रमण दर फैलिन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले ती निकायलाई सचेत गराइरहेको छ ।
संक्रमण दर ५ प्रतिशतभन्दा कम नहुँदासम्म सार्वजनिक यातायात र शैक्षिक संस्था खोल्न नहुने स्वास्थ्य मन्त्रालयको प्रस्ताव छ । ‘संक्रमणदर १० प्रतिशतभन्दा कम हुँदै गएमा चरणबद्ध रूपमा खोल्ने हाम्रो योजना छ’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवं रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्ण पौडेलले नेपाल प्रेससँग भने, ‘संक्रमण दर ५ प्रतिशतभन्दा कम भएमा सार्वजनिक स्थान र विद्यालय खोल्न सकिने हाम्रो आंकलन छ ।’
मन्त्रालयले उपत्यकाको संक्रमण दर ५ प्रतिशत नहुँदासम्म जारी निषेधाज्ञालाई प्रभावकारीरुपमा कायमै राख्न भन्दै गृह मन्त्रालय र जिल्ला संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको छ । स्वास्थ्य मन्त्रालयको यही सुझावका आधारमा आफूहरु अघि बढेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए । ‘मन्त्रालयले संक्रमण दर ५ प्रतिशतभन्दा कम नभएसम्म कडाइ गर्नको लागि सिफारिस गरेको छ र सोही अनुसार हामी अघि बढिरहेका छौं’ ललितपुरका सीडीओ निरौलाले नेपाल प्रेसलाई भने ।
संक्रमण घटेको र मनसुन भित्रिएसँगै खेतीपातीको कामलाई पनि अघि बढाउनुपर्ने भएकाले तीनै सीडीओहरू निषेधाज्ञालाई खुकुलो बनाउनुपर्ने र जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात खोल्नुपर्ने मनस्थितिमा थिए । तर, स्वास्थ्य मन्त्रालयले संक्रमण दर नघटेको र परिस्थितिको विश्लेषण नगरी एकैपटक लकडाउन खोल्दा पुनः संक्रमण व्यापक हुनसक्ने भन्दै तत्काल अन्य क्षेत्र खोल्ने योजनाबाट उनीहरू पछि हटे । स्वास्थ्य मन्त्रालयका प्रवक्ता पौडेल अझै केही समयसम्म सार्वजनिक यातायात र विद्यालय खोल्ने अवस्था नरहेको बताउँछन् ।
‘निषेधाज्ञाको प्रभाव अहिले सकारात्मकरूपमा परेको छ र स्वास्थ्य संस्थामा पहिलेजस्तो चुनौती पनि छैन’ पौडेलले भने, ‘उपत्यकामा संक्रमणदर १० प्रतिशतमा झर्यो भने के-के गर्ने भनेर मन्त्रालयका टोलीहरूले काम गरिरहेको छ । यसबारे हामी छिट्टै टुंगोमा पुग्छौं ।’ काठमाडौं उपत्यकामा सोमबार ६०७ जना संक्रमित थपिएका छन् जो निकै राहतपूर्ण तथ्यांक हो तर, संक्रमणको दर भने उच्च छ । संक्रमणदर जति धेरै भयो उति नै समुदायमा संक्रमणको जोखिम उच्च हुने विज्ञहरू बताउँछन् ।
निषेधाज्ञा कहिलेदेखि खुल्छ त ? यो प्रश्नको यकिन जवाफ स्वयम् स्वास्थ्य मन्त्रालय र जिल्ला प्रशासनहरूको पनि छैन । ‘जति नागरिकले स्वास्थ्य मापदण्डको पालना गर्छन्, उति नै चाँडो संक्रमण दर पनि घट्छ’ ललितपुरका सीडीओ निरौला भन्छन्, ‘पुनः लापर्बाही बढे हामी योजनाअनुसार अघि बढ्छौं ।’ स्वास्थ्य मन्त्रालय र गृह मन्त्रालयको एउटै उत्तर छ- ‘संक्रमणदर १० प्रतिशतभन्दा कम भए मात्र सार्वजनिक यातायात र विद्यालय खुलाउन सकिन्छ ।’
काठमाडौं विश्वविद्यालयमा जनस्वास्थ्य विभागकी सहप्राध्यापक डा। अर्चना श्रेष्ठ संक्रमण दर नघट्नुले समुदायमा अझै जोखिम कायमै रहेको बताउँछिन् । ‘हामीले जसरी घट्यो भन्ने सोचिरहेका छौं । अवस्था त्यति सहज चाहिँ होइन’ उनले भनिन्, ‘सहज अवस्था भन्नका लागि परीक्षण गराएकामध्ये ५ प्रतिशतभन्दा कममा संक्रमण देखिनुपर्छ ।’ अहिले जारी गरिएको निषेधाज्ञाको समयमा पनि आवागमन ६० देखि ७० प्रतिशतको हाराहारीमा मात्र घटेको तथ्यांक मन्त्रालयसँग छ ।
डा. श्रेष्ठ ८० देखि ९० प्रतिशत आवागमन रोकिएका निषेधाज्ञाहरूले छिटो नतिजा दिने गरेको तर, नेपालमा त्यसो हुन नसकेको बताउँछिन् । उनी भन्छिन्, ‘संक्रमित हुने दर ५ प्रतिशतभन्दा कममा झार्न सकिएको भए बल्ल हामीले त्यसको प्रवृत्ति केलाउँदै सहज ढंगले नियन्त्रणका प्रयास गर्न सक्थ्यौं ।’
स्वास्थ्य मन्त्रालयले निषेधाज्ञा खुलाउनुअघि मुख्य तीन पक्षलाई मध्यनजर गरिरहेको छ । पहिलो- विश्व स्वास्थ्य संगठनको निर्देशिका । दोस्रो- अस्पतालमा बेडको अवस्था र सेवाको वर्तमान अवस्था र तेस्रो- सक्रिय संक्रमित र संक्रमण दर । मन्त्रालयका प्रवक्ता पौडेलले यी तीनै कुरालाई ख्याल राखेर डीसीसीएमसीलाई सिफारिस गरिएको बताए । संक्रमण दर कहिले १० प्रतिशतमा झर्छ भनेर अहिले भन्न नसकिएकाले डीसीसीएमसीले निषेधाज्ञा खुलाउन नसकेको हो ।
अघिल्लो लहरमा सरकारले ५ हजारभन्दा बढी सक्रिय संक्रमित हुँदा लकडाउन खुलाएपनि अहिले पनि कम संक्रमित हुँदा पनि निषेधाज्ञालाई निरन्तरता दिइरहेको छ । तर, किन ? मन्त्रालयको भनाइ छ- पहिलेको भन्दा अहिलेको भेरियन्ट घातक र संक्रामक छ । दोस्रो लहरमा विश्वव्यापी कन्सर्न अफ भेरिएन्ट भनिने डेल्टा प्रजाति व्यापक फैलिएको मन्त्रालयको विवरण छ ।
काठमाडौँ । कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकासहित १७ जिल्लामा जारी निषेधाज्ञा असार ७ गतेसम्मका लागि थप गरिएको छ । कतिपय जिल्लामा असार १ गतेदेखि जनजीवनलाई खुकुलो बनाइएको छ ।
गृह मन्त्रालयका अनुसार काठमाडौँ, ललितपुर र भक्तपुरका साथै बागलुङ, डडेलधुरा, उदयपुर, कालीकोट, स्याङ्जा, कपिलवस्तु, ताप्लेजुङ, पूर्वी नवलपरासी, तनहुँ, बारा, इलाम, अछाम, पाँचथर र मुस्ताङमा असार ७ सम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ ।
सरकारले काठमाडौँ उपत्यकालगायत तराईका जिल्लाहरूमा पाँच सय र पहाडी जिल्लाहरूमा दुई सय सङ्क्रमित फेला परेमा निषेधाज्ञा जारी गर्न निर्देशन सकिने प्रावधान ल्याएको थियो ।
जसअनुसार ७५ जिल्लामा वैशाख १३ बाट क्रमशः निषेधाज्ञा जारी गरिएको हो । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले काठमाडौँ उपत्यकाको ढाँचाअनुसार अन्य जिल्लामा पनि निषेधाज्ञा थप गरी विस्तारै खुकुलो पार्ने कार्य भइरहेको बताए ।
केही पहाडी जिल्लामा खाद्य तथा किराना र कपडा पसलहरू साँझ र बिहान खोल्न, विकास–निर्माण तथा भवन निमार्ण कार्य नियमित सुचारु गर्न निर्देशन दिइएको छ । अधिकांश जिल्लामा रोपाइँ सुरु भएकाले कृषिजन्य वस्तु तथा सामग्री आपूर्तिमा सहजीकरण गरिएको छ ।
दार्चुलामा असार १०, पर्सामा ६, गोरखामा ५, चितवनमा ३, रामेछाप २, हुम्ला २, धनकुटा ३ र भोजपुरमा २ गतेसम्म यसअघि लगाइएको निषेधाज्ञा कायमै छ । ती जिल्लाहरूमा पनि एक साता थपेर निषेधाज्ञा लम्ब्याएर सार्वजनिक सेवा खुकुलो बनाइने योजना छ ।
काठमाडौं । कोरोना संक्रमणको ग्राफ ओरालो लागेसँगै अस्पतालहरु विस्तारै सामान्य अवस्थामा फर्किन थालेका छन् । महामारी उत्कर्षमा पुग्दा सबैभन्दा बढी चाप व्यहोरेका टेकुदेखि टिचिङसम्मका अस्पतालमा हामीले आज स्थलगत अनुगमन गर्दा महामारी निकै हदसम्म शान्त भइसकेको भान भयो ।
एक महिना अगाडिसम्म टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका आँगन र कोरिडोर पनि भरिभराउ हुन्थे । अहिले त्यो अवस्था छैन । अस्पतालको इमर्जेन्सी वार्डमा बिरामीको संख्या न्यून देखिएको छ । हामी पुग्दा इमर्जेन्सीका केही बेडहरु खाली थिए ।
जेठको पहिलो साता यस अस्पताले १ सय ३७ जनासम्म कोभिडका बिरामी राखेर उपचार गर्यो । अहिले ८७ जना बिरामी उपचाररत छन् ।
‘जेठको पहिलो सातासम्म ४० जनाभन्दा बढी बिरामीलाई आँगनमा राखेर उपचार गर्न बाध्य थियौं । दोस्रो हप्तापछि विस्तारै घट्दै गयो,’ अस्पतालका निर्देशक डा. सागरराज भण्डारी भन्छन् ।
बिरामीहरू काठमाडौं बाहिरबाट विशेष उपचारका लागि अस्पतलाल आइरहेका छन् । धादिङ, गोरखा, सिन्धुपाल्चोक, काभ्रे लगायतका जिल्लाबाट आउने गम्भीर प्रकृतिका बिरामीको संख्या भने कम नभएको डा. भण्डारी बताउँछन् ।
डा. भण्डारीका अनुसार इमर्जेन्सीमा बिरामी घटे पनि आइसोलेसन र आइसीयू भने अहिले पनि लगभग प्याक छन् । आइसोलेसनमा रहेको ४० बेड सबै प्याक छन् भने २८ वटा आइसीयुमध्ये एउटा खाली छ ।
टेकुलगायत काठमाडौंका अन्य अस्पतालमा पनि कोभिडका संक्रमितहरू घटेसँगै कोभिड बेड खाली हुने क्रम बढ्दै गइरहेको छ । काठमाडौंको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अहिले कोभिडका बिरामी १ सय ५७ जना छन् ।
अस्पतालमा कोभिडको ६० वटा वार्ड अहिले खाली भएको अस्पतालका कोभिड व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दास बताउँछन् । उनका अनुसार आकस्मिक कक्ष पनि खाली हुँदै गइरहेका छन् । आइसीयु बेड भने प्याक रहेको दासले बताए ।
‘आइसीयु ५७ वटामा ५७ वटै प्याक छ,’ उनी भन्छन् ।
डा दासका अनुसार अहिले संक्रमितहरूमध्ये बाहिरबाट आउने क्रम केही बढेको छ ।
पाटन अस्पतालमा २ सय कोभिड बेडमा १ सय ३० खाली छन् । अस्पतालका कार्यकारी निर्देशक डा रवी शाक्यका अनुसार आइसीयु भने भरिभराउ नै छन् ।
वीर अस्पतालमा पनि आइसीयुबाहेक जनरल वार्ड भने खाली हुँदै गएका छन् । अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा जागेश्वर गौतमका अनुसार जम्मा १ सय ३० बेडमा मात्र संक्रमित छन् ।
‘आइसीयु पनि अभाव हुन नदिन १८ वटा आइसीयु बेड व्यवस्थापन गर्दैछौं । केही दिनमा तयार हुन्छ,’ उनले भने ।
राष्ट्रिय ट्रमा सेन्टरले विस्तारै कोभिड वार्ड हटाएर ट्रमा नै सुरु गर्दैछ ।
‘नयाँ कोभिडको लागि अब भर्ना लिँदैनौं । किनकि अन्य अस्पतालमा नै सहजै बेड पाइन्छ,’ अस्पतालका निर्देशक डा. सन्तोष पौडलले भने ।
अस्पताललमा कोभिडका ४० जना बिरामी छन् । जसममध्ये आइसीयुमा १० जना, ३० जना वार्डमा छन् ।
ननकोभिडका बिरामी बढ्दै
अस्पतालहरूमा कोभिडका बिरामी घटेसँगै ननकोभिडका बिरामी बढ्दैछन् । टिचिङमा अहिले ननकोभिडका बिरामी संख्या २ सय ८० पुगेको छ । यो केहीदिन यता बढ्दै गएको हो । डा. दासका अनुसार हाल अस्पतालको कोभिडका वार्डलाई कन्भर्ट गरेर तत्काललाई ननकोभिड बनाइएको छ ।
पाटन अस्पतालमा पनि ननकोभिडका बिरामी विस्तारै बढ्दै गएका छन् ।
‘हाम्रो अस्पतालमा ननकोभिडका बिरामी लकडाउनअघि फूल हुन्थे । लकडाउनपछि घटेका थिए । फेरि अहिले विस्तारै बढ्न थालेका छन्,’ कार्यकारी निर्देशक डा शाक्यले भने ।
‘आइसियु अझै एक महिना प्याक’
अस्पतालहरूमा अझै एक महिना आइसीयु अभाव हुने डाक्टरहरूको आँकलन छ । वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन आइसीयु केही हप्ता वा महिनासम्म अभाव हुनसक्ने बताउँछन् ।
‘हामीसँग धेरै आइसीयु नै छैन । त्यसैले यो समस्या त सधैं निरन्तर रहन्छ,’ डा पुन भन्छन् ।
संक्रमण भने अब विस्तारै घट्दै जाने उनको अनुमान छ ।
‘लकडाउनको प्रभावले पनि संक्रमण घट्दै गइरहेको छ । सायद एक महिनामा अझै देखिने गरी दर घट्छ,’ उनी भन्छन् ।
अधिकांश बिरामी खोप नलगाएका
गम्भीर प्रकारका अधिकांश बिरामी भने खोप लगाएका नै छन् । टेकु अस्पतालका निर्देशक डा भण्डारीका अस्पतालमा खोप लगाएर पनि संक्रमित भएकाहरू भर्ना हुनु परेको छैन ।
‘खोप लगाएका भर्ना हुनु परेका तथ्य निकै कम छन् । गम्भीर देखिएका र मृत्यु भएका धेरैजसो बिरामी युवाहरू छन् । जसले खोप लगाएमा थिएनन्,’ उनी भन्छन् ।
डा. भण्डारी तेस्रो वेभको जोखिमबाट जोगिन सरकारले खोपलाई प्राथमिकता दिनुपर्ने बताउँछन् । ‘खोपको वितरण प्रभावकारी गराउन सकियो भने तेस्रो वेभको जोखिम निकै कम हुन्छ । जनस्वास्थ्यको मापदण्ड र खोपको आवश्यकतालाई सरकार र नागरिकले ध्यान दिनुपर्छ,’ उनी सुझाउँछन् ।
काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले सरकारलाई ५० थान भेन्टिलेटर सहयोग हस्तान्तरण गरेको छ ।
ग्राडियन हेल्थ सिस्टम यु एस ए ले प्रदान गरेको ५० थान भेन्टिलेटरलाई राष्ट्रिय आविष्कार केन्द्र र अमेरिका–नेपाल मेडिकल फाउन्डेशनको सहकार्यमा नेपाल ल्याइ सोमबार अमेरिका–नेपाल मेडिकल फाउन्डेशनका अध्यक्ष डा. भुपेन्द्र बस्नेत र राष्ट्रिय आविष्कार केन्द्रका बोर्ड सदस्य हरिकुमार सिलवालले स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरे ।
सहयोगस्वरुप प्रदान गरिएको भेन्टिलेटर स्वास्थ्य मन्त्रालयमार्फत् नेपालका विभिन्न ९ वटा अस्पतालमा हस्तान्तरण गर्ने जनाइएको छ । सोमबार नै वीर अस्पताललाई १० वटा र सिभिल अस्पताललाई ५ वटा हस्तान्तरण गरिने बताइएको छ । भेन्टिलेटर बुझ्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले सरकारी अस्पताललाई सुविधासम्पन्न बनाउने तथा विरामीलाई बेडको अभाव हुन नदिनेगरी आवश्यक पुर्वाधारको विकास गरिने बताए ।
उनले स्वास्थ्य सामग्री सहयोग गर्नेहरुको नाम सामग्रीमा स्टीकर बनाएर कहिल्यै नमेटिने गरी टाँसिने उल्लेख गर्दै नेपालीहरुको जीवन बचाउनको निम्ति सहयोग गर्न पनि अपिल गरे ।
उनले भने,‘सबै सरकारी अस्पतालहरुलाई सुविधा सम्पन्न बनाउने, जेजे इक्युपमेन्ट चाहिने हो त्यो सबै थप्ने, कोही पनि बिरामी जतिसुकै क्रिटीकल बिरामी होस्, सरकारी अस्पतालमा आएपछि सामान छैन । बेड छैन । भेन्टिलेटर छैन । अथवा फलानो मेसिन बिग्रियो भनेर कोही फर्किनुपर्दैन । सबैलाई सरकारी अस्पतालमा आएपछि उपचार हुन्छ भन्ने कुराको ग्यारेन्टी हामी दिन सक्नेछौँ । यस्ता स्वास्थ्य सामग्री जजसले दिनुहुन्छ, स्पोन्सरवालाको नाम÷स्टिकर कहिल्यै नमेटिने गरी राख्ने ।’
स्वास्थ्य मन्त्रालयलाई दिइएको ५० थान भेन्टीलेटर ६ करोड रुपैयाँ बराबरको रहेको राष्ट्रिय आविष्कार केन्द्रले जनाएको छ ।
काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा २,९१८ जना कोभिड बिरामी थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,४३८ पीसीआर र ५,३८१ एन्टीजेन नमुना परीक्षण गर्दा संक्रमित थपिएका हुन् । परीक्षण गर्दा संक्रमण दर १८.९ प्रतिशत छ ।
सोमबार ५३ जनाको मृत्यु भएको छ । मृत्युदर १.३९ प्रतिशत छ । ५,१४७ जना निको भएका छन् । निको हुने दर ८७.८ प्रतिशत छ ।
पीसीआर परीक्षण गर्दा सक्रिय संक्रमित संख्या ६५ हजार ८०४ पुगेको छ । पीसीआर परीक्षणमा कूल संक्रमित संख्या ६ लाख १० हजार पुगेको छ भने एन्टीजेनमा २१ हजार ३३९ पुगेको छ ।
काठमाडौं । काठमाडौं महानगरपालिकामा कोभिड १९ विरुद्धको भेरोसेल खोप लगाउन पुनः शुरू गरिएको छ ।
जेठ २५ गतेबाट शुरू खोप अभियान २८ र २९ गते भ्याक्सिन अभाव भएको भन्दै रोकिएको थियो । काठमाडौं महानगरले वीर अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, विरेन्द्र सैनिक अस्पताल छाउनी, निजामति कर्मचारी अस्पताल नयाँ बानेश्वरलाई खोप केन्द्र तोकेको छ ।
ती खोप केन्द्रमा काठमाडौं महानगरपालिकाभित्रका ६०-६१ वर्ष उमेर समूहका व्यक्ति, यसअघि भेरोसेल खोपको पहिलो मात्रा लगाएका व्यक्ति, स्वास्थ्यकर्मी, कोरोना संक्रमितका प्रत्यक्ष जाँच, उपचार र हेरचाहमा संलग्न चिकित्सा, नर्सिङ र पारामेडिक विद्यार्थीहरुलाई खोप लगाइने व्यवस्था मिलाइएको छ ।