Category: स्वास्थ्य-जीवनशैली

  • क्षेत्रपाटी निःशुल्क चिकित्सालयलाई चीनद्वारा विद्युतीय सवारीसाधन प्रदान

    क्षेत्रपाटी निःशुल्क चिकित्सालयलाई चीनद्वारा विद्युतीय सवारीसाधन प्रदान

    काठमाडौं । चीन सरकारले काठमाडौंको क्षेत्रपाटीमा रहेको क्षेत्रपाटी निःशुल्क चिकित्सालयलाई विद्युतीय सवारीसाधन उपहार दिएको छ ।

    शनिबार नेपालका लागि चिनियाँ राजदूत छन सोङले एक कार्यक्रमबीच विद्युतीय सवारीसाधन चिकित्सालयलाई हस्तान्तरण गरेका हुन् । विद्युतीय सवारी हस्तान्तरण गर्दै राजदूत सोङले चीन र नेपालको सम्बन्ध थप सुदृढ बनाउन चीन प्रतिबद्ध रहेको बताए ।

    कार्यक्रममा उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले विश्वमै चर्चाको विषय बनेको कार्बन डाइअक्साइड कम उत्सर्जन गर्न विद्युतीय गाडीहरुको ठूलो भूमिका रहेको उल्लेख गर्दै सहयोगका लागि चीन सरकारलाई धन्यवाद दिए ।

    उनले चिकित्सालयलाई अगाडि बढाउन निरन्तर सहयोगहरु आइरहेको उल्लेख गर्दै चिकित्सालयले टोलवासीलाई मात्र नभई काठमाडौं जिल्लाभर सेवा विस्तार गर्नुपर्ने बताए ।

    उनले नागरिकको सेवामा प्रभावकारी भएर लाग्न चिकित्सालयका प्रतिनिधिहरुलाई निर्देशनसमेत दिए ।

    उनले विसं. २०१३ सालमा समान्य उपचारबाट शुरु गरिएको चिकित्सालय आजको दिनसम्म आइपुग्दा अस्पतालको रुपमा विकास हुनु खुशीको कुरा भएको बताए ।

  • जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य

    जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य

    रुपन्देही । लुम्बिनी प्रदेशमा स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा निर्देशिका २०७८ (पहिलो संशोधन २०८१) कार्यान्वयनमा आएको छ ।

    लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका स्वास्थ्य कार्यालय मार्फत मुटुको भल्भ फेर्ने, क्यान्सर उपचार र मिर्गौला प्रत्यारोपण गर्ने बिरामीहरूको सुविधाका लागि सिफारिस दिन थालिएको हो ।

    मुख्यमन्त्री चेतनारायण आचार्यले एउटा सिफारिस बनाउनकै लागि स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यताको अन्त्य गरिएको, यसबाट बिरामी र तिनका परिवारका सदस्यहरूलाई सहज भएको बताए ।

    सेवा प्रवाहलाई सरल र चुस्त बनाउने गरी प्रदेश मन्त्रिपरिषद् बैठकबाट स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा निर्देशिका २०७८ (पहिलो संशोधन २०८१) लाई पारित गर्ने निर्णय गरेको थियो ।

    यस अघि प्रदेश स्वास्थ्य निर्देशनालयबाट उपचार सुविधाको सिफारिस हुँदै आएको थियो । अबदेखि सम्बन्धित जिल्लाको स्वास्थ्य कार्यालयबाट सिफारिस गर्न थालिएको स्वास्थ्य मन्त्री खेमबहादुर सारुले बताए ।

    ‘प्रदेश सरकारले गरेको निर्णय कार्यान्वयनमा आइसक्यो । झुक्किएर निर्देशनालयमा नआउनुहोला । सबै काम जिल्ला तहबाटै हुन्छ’ उनले भने, ‘एउटा सिफारिस बनाउन टाढा आउनुपर्ने बाध्यताको अन्त्य गरेका छौँ । यो निर्णयले सेवा लिन सहज हुनेछ ।’

    कतिपय बिरामीका आफन्तहरू झुक्किएर अहिले पनि स्वास्थ्य निर्देशनालय आउने गरेका छन् । तर, स्वास्थ्य उपचार विशेष आर्थिक सुविधाका लागि जिल्ला स्वास्थ्य कार्यालयबाट सिफारिस गर्न सुरु गरिएको स्वास्थ्य निर्देशक डा।विनोद गिरीले जानकारी दिए ।

    ‘कतिपय स्थानीय तहले सोझै प्रदेश स्वास्थ्य निर्देशनालयमा सिफारिस पत्र पठाउने गरेका छन् । अब निर्देशनालय होइन, स्वास्थ्य कार्यालयमा स्थानीय तहले पत्र पठाउनुपर्ने हुन्छ’निर्देशक डा।गिरीले भने,‘बिरामीका आफन्तहरू अलमलमा पर्नु भएन, अब सिधै जिल्लामा रहेको स्वास्थ्य कार्यालयबाट सिफारिस हुन्छ ।’

    लुम्बिनी प्रदेश सरकारले मुटुको भल्भ फेर्न, क्यान्सरको उपचार र मिर्गौला प्रत्यारोपणका लागि प्रति बिरामी दुई लाख रुपैयाँ स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा प्रदान गर्दै आएको छ ।

  • विकराल बन्दै मानसिक स्वास्थ्य समस्या- उपचारका संयन्त्र र दक्ष जनशक्ति निम्छरो

    विकराल बन्दै मानसिक स्वास्थ्य समस्या- उपचारका संयन्त्र र दक्ष जनशक्ति निम्छरो

    बुटवल । मानसिक स्वास्थ्य समस्या अहिले प्रायः घर परिवारमा देखिएको छ । विश्व स्वास्थ्य संगठनको हालैको तथ्यांकअनुसार नेपालमा झण्डै २८ प्रतिशतमा मानसिक स्वास्थ्य समस्या छ । कुल जनसंख्याको ११ प्रतिशत हिस्सामा त कडा खालको समस्या रहेको पाइएको नेपाली विज्ञहरुले हालै गरेको सर्वेक्षणको विवरणमा छ ।

    लुम्बिनी प्रदेशको कुल जनसंख्याको १८ प्रतिशतमा मानसिक स्वास्थ्य समस्या र करिब ५ प्रतिशतमा कडा खालको समस्या रहेको र तत्काल उपचारको खाँचो रहेको तथ्यांकमा छ । व्यक्ति-व्यक्तिमा मानसिक समस्या रहेको र त्यसको रोकथाम तथा उपचारका संयन्त्र र जनशक्ति भने एकदमै न्यून छ ।

    मानसिक समस्याका कारणहरु अनेक भए पनि समस्या भने विस्तारै साझा बनिरहेको छ, जुन मुलुकको जनस्वास्थ्यका लागि अर्को चिन्ताको विषय हो । यसमा राज्यले सार्वजनिक स्वास्थ्यको संवेदनशील विषय मानेर ध्यान दिन ढिला गर्ने हो भने यो समस्याबाट हुने क्षति अझ भयावह हुने मानसिक रोगविज्ञहरुले चेतावनी दिइसकेका छन् । समस्या विकराल छ, तर रोकथाम र उपचारका लागि न दक्ष जनशक्ति छ न त उपयुक्त र पर्याप्त साधनस्रोतसहितको स्वास्थ्य केन्द्र नै छ ।

    विज्ञहरुले त अहिलेको जनसंख्याको आधाभन्दा धेरै हिस्सामा कुनै न कुनै मानसिक स्वास्थ्य समस्या रहेको दाबी गरेका छन् । मानसिक स्वास्थ्य समस्या रहेकामध्येका झण्डै १८ प्रतिशतलाई त तत्कालै स्वास्थ्य केन्द्रमा निगरानीमै राखेर उपचार गनुपर्ने अवस्था छ र त्यसो गर्न ढिलाइ गरे, त्यो समूहले आफैंलाई सक्ने र अरुलाई पनि गम्भीर क्षति पुर्‍याउन सक्ने जोखिम तीब्र रुपमा बढिरहेको विज्ञहरुको भनाइ छ ।

    गरिबी, बेरोजगारी, अभाव, महँगी, अस्थिरता, अस्वाभाविक देखासिकी, घरेलु हिंसा, चरम महत्वाकांक्षा र तिनै महत्वाकांंक्षा पूरा गर्न साधनस्रोत नहँुदा हरेकजसोमा छटपटी छ । छटपटीलाई अहिले विकसित भइरहेको डिजिटल स्क्रीनको सामाजिक सञ्जालले उकेरा लगाउने काम गरेको छ । छटपटी भएपछि तिनै सामाजिक सञ्जालको प्रयोग गरेर कसैमाथि खनिने, लाञ्छना लगाउने, गालीगलौज गर्ने, तथ्यहीन आरोप लगाउने, आक्रमणमै उत्रिने र तिनै सबै हर्कतबाट पनि पार नलागेपछि आफैंलाई सर्वनाश पार्दै आत्महत्या गर्नेसम्मका समस्या जोखिमका रुपमा बढिरहेको पाइएको छ ।

    के हो मानसिक स्वास्थ्य समस्या ?

    शारीरिक र मानसिक रुपमा तन्दुरुस्त मान्छेलाई मात्र स्वस्थ मान्छे मान्न सकिन्छ । त्यसैले मानिसलाई लाग्ने रोग वा स्वास्थ्य समस्या पनि दुई किसिमका हुन्छन्- शारीरिक र मानसिक । सामान्य अर्थमा भन्नुपर्दा प्रत्यक्ष रुपमा शरीरलाई असर गर्ने समस्याहरूलाई शारीरिक समस्या वा रोग भनिन्छ । जस्तैः उच्च रक्तचाप, मधुमेह, झाडापखाला, मोतियाविन्दु, मुटुको समस्या, हाडजोर्नीको समस्या आदि ।

    विज्ञहरुका अनुसार मनलाई असर गर्ने समस्याहरूलाई मानसिक समस्या वा मानसिक रोग भनिन्छ । जस्तैः डिप्रेसन, एन्जाइटी (आत्तिने समस्या), लागुपदार्थ दुर्व्यसनी, पर्सनालिटी डिसअर्डर (व्यक्तित्व विकार), स्किजोफ्रेनिया आदि । मानसिक समस्या कडा र सामान्य गरी दुई किसिमका हुन्छन् । कडा किसिमको मानसिक समस्या जस्तै स्किजोफ्रेनिया, मेनिया, बाइपोलार डिसअर्डर आदि हुँदा बिरामीलाई आफू बिरामी छु भन्ने पनि चेतना हुँदैन ।

    त्यसैगरी अलि सामान्य किसिमको मानसिक समस्या जस्तैः एन्जाइटी (मन आतिने समस्या), फोबिया (कुनै चिजदेखि डरलाग्ने समस्या), पीटीएसडी आदि हुँदा बिरामीलाई आफूमा समस्या छ भन्ने कुरा थाहा हुने मानसिक रोग विशेषज्ञ डा.वासुदेव कार्कीको भनाइ छ ।

    लुम्बिनीमा प्रदेश जनसंख्याको झण्डै १८ प्रतिशतमा समस्या

    लुम्बिनी प्रदेशको करिब ५६ लाख जनसंख्यामा झण्डै १८ प्रतिशतमा मानसिक स्वास्थ्य समस्या रहेको बताइन्छ । तीमध्ये करिब ५ प्रतिशतलाई त तत्कालै स्वास्थ्य संस्थामा भर्ना गरेर उपचार गर्नैपर्ने अवस्था छ ।

    तीन तहका सरकारी संयन्त्र र मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको संस्था (सीएमसी)ले हालै गरेको सर्वेक्षणमा यस्तो अवस्था पाइएको सर्वेक्षणमा खटिएका मानसिक रोग विशेषज्ञ डा.कार्कीले बताए ।

    डा.कार्कीसहितको विशेषज्ञ र प्राविधिकहरुको टोलीले लुम्बिनी प्रदेशका सबै पालिकामा पुगेर मानसिक स्वास्थ्य समस्याका बारेमा अध्ययन गर्नुका साथै पालिकामा रहेका स्वास्थ्यकर्मीलाई फोकल पर्सनका रुपमा विशेष तालिम दिएको थियो ।

    के छ उपचार, कति छन् विशेषज्ञ ?

    मानसिक स्वास्थ्य समस्याको उपचार छ । औषधिद्वारा र परामर्श अर्थात् थेरापीका माध्यमबाट मानसिक स्वास्थ्य समस्याको उपचार गर्न सकिन्छ । बुटवलका विशेषज्ञ डा.मनोज ढुंगानाका अनुसार मानसिक स्वास्थ्यको समस्यालाई बेलैमा ध्यान दिएमा थेरापीकै माध्यमबाट निको गर्न सकिन्छ ।

    मानसिक समस्याको उपचार गर्दा औषधिका साथै साइकोथेरापी (मनोचिकित्सा उपचार) लाई पनि अपनाइने डा.ढुंगानाको भनाइ छ । ‘साइको’ भनेको मन र ‘थीरापी’ भनेको उपचार भन्ने हुन्छ । अर्थात ‘साइकोथेरापी’को अर्थ मनको उपचार भन्ने हुन्छ । यस पद्धतिमा बिरामी र थेरापिस्टबीच बातचित भई उपचार गरिने भएकाले यसलाई ‘बातचित थेरापी’ पनि भनिन्छ ।

    मानसिक स्वास्थ्य समस्या समुदायस्तरको भयावह स्थितिका रुपमा बढिरहे पनि त्यसको रोकथाम र उपचारका संयन्त्र भने निम्छरो अवस्थामा छ । जनसंख्याको ठूलो हिस्सामा मानसिक स्वास्थ्य समस्या रहे पनि मानसिक रोग विशेषज्ञ, मनोपरामर्शदाताहरु तथा पैरवीकर्ताको संख्या र उपचार केन्द्र भने एकदमै न्यून छन् । केही निजी क्षेत्रबाट खोलिएका अस्पताल तथा क्लिनिकहरुले मानसिक स्वास्थ्यसम्बन्धी सेवा दिँदै आएको अवस्था छ ।

    मानसिक रोग विशेषज्ञका रुपमा आधिकारिक दर्ता भएका विज्ञहरुको संख्या मुलुकभर जम्मा २५० छ । त्यसमा पनि करिब ७८ जना अहिले देश बाहिर रहेका छन् । लुम्बिनी प्रदेशमा लुम्बिनी प्रादेशिक अस्पताल, राप्ती अस्पताल, भेरी अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्यूठान जिल्ला अस्पतालमा मानसिक रोग विशेषज्ञमार्फत सेवा दिन सुरु भएको छ, तर यी संस्थामै दक्ष जनशक्ति न्यून छन् ।

    लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य सेवाका क्षेत्रमा तालिम लिएका जनशक्तिको संख्या (सरकारी तवरमा) ३७४ को हाराहारीमा छ । यीमध्ये मनो-परामर्शदाताको संख्या केबल १०० रहेको छ ।

    पालिकास्तरमा रहेका केही स्वास्थ्यकर्मीसमेत गरी तालिम लिएर औषधि सिफारिस गर्नसक्ने अवस्थामा रहेका स्वास्थ्यकर्मीको संंख्या केबल २०० रहेको छ । स्वास्थ्य व्यवस्थापकका रुपमा केबल ७० जनाले काम गरिरहेका छन् । औषधिका लागि संघीय सरकारले प्रदेश सरकारलाई सशर्त अनुदानसमेत उपलब्ध गराउँदै आएको छ । अहिले मानसिक स्वास्थ्य समस्याको उपचारमा प्रयोग हुनेमध्येका १२ प्रकारका औषधिलाई सरकारले निःशुल्क गरेको छ ।

    के गर्दैछ प्रदेश सरकार ?

    अहिले स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्यको गम्भीर समस्याका रुपमा रहेको मानसिक स्वास्थ्यको क्षेत्रलाई सम्बोधन गर्नेगरी मानसिक स्वास्थ्य तथा मनो-सामाजिक रणनीतिक कार्ययोजनालाई अन्तिम रुप दिइरहेको स्वास्थ्यमन्त्री खेमबहाुर सारुको भनाइ छ ।

    मस्यौदाको रुपमा रहेको कार्ययोजनालाई सरोकारवाला पक्षसँग छलफल गरेर टुंगोमा पुर्‍याइने र मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर कार्यान्वयनमा लगिने स्वास्थ्यमन्त्री सारु बताउँछन् । विशेषज्ञहरुसहित मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको सीएमसी (सेन्टर फर मेन्टल हेल्थ, एन्ड काउन्सिलिङ नेपाल)को प्राविधिक सहयोग र सहकार्यमा कार्ययोजनालाई अन्तिम रुप दिने काम भइरहेको उनले बताए ।

    मस्यौदामा सुझाव संकलन

    लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्यको समस्या विकराल बन्दै गइरहेको सन्दर्भमा मानसिक स्वास्थ्य र मनो-सामाजिक सेवालाई जनस्तरमा पु¥याउन नीतिगत रुपमा सुधार गरेर अघि बढ्न थालिएको स्वास्थ्य सचिव डा.वासुदेव उपाध्यायले बताए । स्वास्थ्य मन्त्रालयले वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक नोदनारायण चौधरीको संयोजकत्वमा प्राविधिक टोली गठन गरेर परिचालन गरेको सचिव उपाध्यायले बताए ।

    प्रदेश सरकारसँग संघीयस्तरमा रहेका विशेषज्ञहरु डा. वासुदेव कार्की, मनो-सामाजिकविद् पशुपति महत तथा सीएमसी नेपालका प्रादेशिक संयोजक हिमाल गैरेसहितको विज्ञहरुको टोलीले सहजीकरण र सहकार्य गरिरहेको छ ।

  • स्वास्थ्य क्षेत्रमा फड्को मार्दै सिञ्जा

    स्वास्थ्य क्षेत्रमा फड्को मार्दै सिञ्जा

    जुम्ला । जिल्लाको सिञ्जा गाउँपालिकाले स्थानीयलाई सहज स्वास्थ्य सेवा दिने उद्देश्यले विभिन्न रोगसम्बन्धिका निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । विशेषज्ञ चिकित्सकबाट पालिकास्थित स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरी यहाँका नागरिकलाई घरदैलोमा निःशुल्क उपचार सेवा दिन थालिएको हो ।

    गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा स्वास्थ्य शाखालाई रु ९५ लाख बजेट विनियोजन गरी सेवा सञ्चालन गर्न थालिएको जानकारी दिए । स्थानीय सरकारको स्रोतसाधनबाट स्थानीयलाई सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन थालिएको उनले बताए ।

    “जबसम्म नागरिकको स्वास्थ्य सबल हुँदैन तबसम्म अन्य परिवर्तनको पनि अर्थ रहँदैन भनेर जनप्रतिनिधिले स्वास्थ्य क्षेत्रमा लगानी बढाउने निर्णय गरी शिविरमार्फत सेवा दिन थालेका हौँ । स्वास्थ्य क्षेत्रमा दीर्घकालीन प्रतिफलसहितका योजना बनाएर अघि बढेका छौँ”, अध्यक्ष धितालले भने ।

    गाउँपालिको आयोजनामा प्लान नेपालको साझेदारी र कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानको प्रविधिक सहयोगमा गत कात्तिक ३० गते शनिगाउँ स्वास्थ्य चौकी र यही मङ्सिर १ गते नराकोट स्वास्थ्य चौकीमा विशेषज्ञसहित स्वास्थ्य जाँच तथा अपाङ्गता पहिचान गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ललित रोकायाले बताए । उनका अनुसार स्वास्थ्य शिविरबाट सात सय २२ जनाले सेवा लिएका छन् ।

    उक्त शिविरमा हाडजोर्नीसम्बन्धी दुई सय दुई, स्त्री रोगसम्बन्धी ९५, जनरल जाँच एक सय ५०, मनोसामाजिक परामर्श एक सय ३०, अपाङ्गता परीक्षण एक सय १० र मुखको परीक्षण ३५ जनाको भएको रोकायाले जानकारी दिए ।

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाडजोर्नी विशेषज्ञ डा पुजन रोकायाबाट बिरामीको स्वास्थ्य जाँच भएको थियो । गत कात्तिक २८ गते नराकोट स्वास्थ्य चौकीमा सञ्चालित निःशुल्क कानको परीक्षणमा दुई सय ५९ जनाले सेवा लिएका गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रोकायाले जानकारी दिए । उक्त शिविर गाउँपालिकाको आयोजना र नेपालगञ्जस्थित विएन अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो ।

    सिञ्जाका ३२ वटा गाउँमा पुगेर मासिक रुपमा यहाँका ज्येष्ठ नागरिकको स्वास्थ जाँच गर्ने गरिएको स्वास्थ्य शाखाका प्रमुख रोकायाले बताए । गाउँमै दक्ष चिकित्सकबाट निःशुल्क उपचार पाउँदा सेवा लिन टाढा जानुपर्ने बाध्यता अन्त्य भएको सिञ्जा–३ की नुन्नु उपाध्यायले बताए ।

    अहिले पालिकामा छ वडामध्ये तीनमा स्वास्थ्य चौकी र तीनमा आधारभूत स्वास्थ्य चौकीबाट सेवा प्रवाह भइरहेको गाउँपालिकाका अध्यक्ष धितालले जानकारी दिए । उनका अनुसार गर्भवतीका लागि नराकोट, धापा र शनिगाउँ स्वास्थ्य चौकीमा भिडियो एक्सरे सेवा उपलब्ध गराइएको छ ।

    आपत्कालीन अवस्थाका बिरामी, ज्येष्ठ नागरिक, अपङ्गता र सुत्केरीलाई निःशुल्क रुपमा एम्बुलेन्स सेवा उपलब्ध गराइएको गाउँपालिकाका उपाध्यक्ष सीतली रोकायाले बताए । गत आवमा चारवटा स्वास्थ्य शिविर सञ्चालन गरी एक हजार पाँच सयबढीले सेवा लिएका गाउँपालिकाले स्वास्थ्य शाखाले जनाएको छ ।

    आगामी वैशाखमा सिञ्जा कर्णाली प्रदेशकै उकृष्ट पोषणमैत्री स्थानीय तह घोषणा हुन लागेको बताउँदै विभिन्न १६ सूचकमध्ये १४ वटा पूरा गरिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर शाहीले जानकारी दिए। स्वास्थ्य क्षेत्रको पहुँच कम भएका ठाउँमा स्वास्थ्य शिविरमार्फत सेवा प्रवाह भइरहेको उनले बताए ।

    नवजात शिशुलाई खोप र ज्येष्ठ नागरिकलाई निःशुल्क औषधिसहित स्वास्थ्य जाँच कार्यक्रमले दीर्घरोगीले सहज उपचार पाएका स्थानीय बताउँछन् । गत आवमा स्वास्थ्यतर्फ सिञ्जा गाउँपालिका जिल्लाका आठ स्थानीय तहमध्ये पहिलो भएको थियो । स्वास्थ्य सेवातर्फ विभिन्न सूचक पूरा गरी ८७ प्रतिशत अङ्क प्राप्त गर्दै सिञ्जा जिल्लाकै पहिलो भएको जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ ।

  • महिला मृत्युदर घटाउन नि:शुल्क ‘एचपीभी’ खोप

    महिला मृत्युदर घटाउन नि:शुल्क ‘एचपीभी’ खोप

    काठमाडौं । आगामी माघ २२ गतेदेखि देशैभर पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको ‘एचपीभी खोप’ निःशुल्क दिइने भएको छ ।

    पछिल्लो समय पाठेघरको मुखमा हुने क्यान्सरका कारण अकालमा मृत्यु हुनेको सङ्ख्या बढ्दो छ । उक्त जोखिम न्यूनीकरण गर्ने उद्देश्यले करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले विश्व क्यान्सर दिवस (फेब्रुअरी ४) को सन्दर्भ पारेर विद्यालयमा अध्ययनरत  कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिन लागिएको जानकारी दिए । उनका अनुसार १६ लाख ८८ हजार सात सय ६८ किशोरीलाई खोप दिइने लक्ष्य छ ।

    उनले भने, “१७ लाख किशोरीहरुलाई खोप लगाउने अनुमान गरेका छौँ । सम्पूर्ण विद्यालय र स्वास्थ्य केन्द्रहरु खोप केन्द्रको रुपमा प्रयोग हुने छन् । यो खोप लगाएपछि ९० देखि ९५ प्रतिशत सम्म पाठेघरको मुखमा हुने क्यान्सरबाट सुरक्षित बनाउँछ ।”

    स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार १८ हजार नौ सय विद्यालयमा खोप केन्द्र र आठ हजार दुई सय अन्य खोप केन्द्र रहनेछन् भने २७ हजार ८० जना स्वास्थ्यकर्मीहरु परिचालित हुनेछन् । उक्त अभियानमा ५४ हजार एक सय ६० जना स्वयंसेवक खटाइनेछन् । १५ हजार छ सय ७४ सुपरिवेक्षकहरु संलग्न हुनेछन् ।

    उनले भने, “यो विद्यालय केन्द्रित खोप अभियान हो । माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभरि एकै पटक सञ्चालन गर्ने तयारीमा छौँ ।”

    प्रत्येक दिन चार जनाको मृत्यु 

    पाठेघरको मुखमा हुने क्यान्सरको बिरामीको सङ्ख्या र मृत्यु हुने सङ्ख्या नेपालमा बर्सेनी बढ्दै गएको छ । महिलामा हुने क्यान्सरमध्ये नेपालमा यो पहिलो स्थानमा र विश्वमा हुने क्यान्सरहरुमा यो चौथो स्थानमा छ ।

    विश्व स्वास्थ्य सङ्गठनको सन् २०२० को तथ्याङ्कअनुसार यो क्यान्सर हरेक वर्ष पाँच लाख ७० हजार महिलालाई हुने र सन् २०३० सम्ममा सात लाखसम्म पुग्ने अनुमान गरिएको छ । त्यसैगरी हरेक वर्ष तीन लाख ११ हजार महिला यसैका कारण मृत्यु हुने र सन् २०३० सम्ममा चार लाख पुग्ने अनुमान गरिएको छ ।

    नेपालमा प्रत्येक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु भइरहेको तथ्याङ्क छ । ‘ग्लोबल क्यान्सर अब्जरभेटरी २०२२’ का अनुसार हरेक वर्ष नेपालमा दुई हजार एक सय ६९ जना महिलामा यस्तो क्यान्सर हुने अनुमान गरिएको छ । हरेक वर्ष एक हजार तीन सय १३ जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने र औसतमा प्रत्येक दिन चार जना महिलाको यो क्यान्सरबाट मृत्यु हुने अनुमान छ ।

    पाठेघरको मुखको क्यान्सर निवारणलाई सरकारले प्राथमिकतामा राख्दै आएको छ । नीति तथा कार्यक्रममा यो विषय समावेश गरी तीन पटक घोषणा गरिसकेको छ । राष्ट्रिय खोप कार्यक्रममा एचपीभीलाई समावेश गर्न सरकारले आव २०७२र७३ र २०७३र७४ मा ‘ग्लोबल अलाएन्स फर भ्याकसिन्स एण्ड इम्युनिजेसन’ ९गाभी० को सहयोगमा अध्ययनस्वरूप कास्की र चितवनमा सफलतापूर्वक ‘पाइलट कार्यक्रम’ सञ्चालन गरिसकेको छ । आव २०८०/८१ मा ‘डेमोन्स्ट्रेसन’ को रुपमा हरेक प्रदेशको १–१ वटा अस्पतालमा १० हजार किशोरीलाई यो खोपको दुई मात्रा दिइ सकिएको छ ।

    खोप शाखाले खोप सेवा सञ्चालन निर्देशिकामा आव २०८१/८२ स्वीकृत गरी खोप अभियान सञ्चालन र नियमित खोप सेवा सञ्चालनको तयारीमा गरेको छ । खोप शाखा प्रमुख डा गौतमले खोप यही पुसको मध्य सम्ममा आइपुग्ने बताए । उनका अनुसार खोप गाभी र नेपाल सरकारको संयुक्त सहकार्यमा आइरहेको छ । “अर्को वर्षदेखि माघ वा फागुनतिर हरेक वर्ष यसरी नै खोप दिइनेछ । यसअघि दुई मात्राको खोप दिएका थियौँ । यो पटक एक मात्राको खोप लगाए पुग्ने छ”, उनले भने । यो अभियानका लागि १७ लाख ७० हजार २० मात्रा खोप छिट्टै आइपुग्ने उनको भनाइ छ ।

    के हो एचपीभी खोप ? 

    चिकित्सकका अनुसार पाठेघरको मुखमा हुने क्यान्सरबाट बच्न सुरुवाती अवस्थामा उपचार गर्न सकिएमा यसबाट बच्न सकिन्छ । पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउन यस भाइरस विरुद्ध दिइने खोप नै एचपीभी हो । पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण एचपीभी नामक भाइरस हो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार पाठेघरको मुखमा हुने क्यान्सरमध्ये ९५ प्रतिशतभन्दा बढी क्यान्सर एचपीभीले गराउँछ ।

    नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर एचपीभीको प्रजाति १६ र १८ बाट भएको देखिन्छ । यो रोगबाट बच्न एचपीभी खोप नै प्रमुख उपाय हो । यौनसम्पर्क भइनसकेका नौदेखि १४ वर्ष उमेर समूहका बालबालिकाका लागि विश्व स्वास्थ्य सङ्गठनले एचपीभीको खोप सिफारिस गरेको छ । यो खोप लगाएपछि क्यान्सर नै हुँदैन भन्ने नभए पनि जोखिमलाई धेरै हदसम्म घटाउँछ । क्यान्सर रोक्न नियमित स्क्रिनिङ आवश्यक रहने विशेषज्ञ चिकित्सकहरु बताउँछन् ।

    सन् २०३० सम्म क्यान्सर निवारण गर्न विश्व स्वास्थ्य सङ्गठनले अन्तर्राष्ट्रिय रणनीति बनाएको छ । जसमा ९९०–७०–९०० को लक्ष्य राखिएको छ । ९० प्रतिशत किशोरीलाई १५ वर्षको उमेरसम्म पूर्णरुपमा एचपीभी खोप लगाइसक्ने, ७० प्रतिशत महिलालाई ३५ वर्षसम्म एक पटक र ४५ वर्षसम्ममा पुनः परीक्षण गरिसक्ने, क्यान्सर पुष्टि भएका ९० प्रतिशत महिलाले उपचार पाउने र निको बनाउने लक्ष्य विश्व स्वास्थ्य सङ्गठनले लिएको छ ।

  • जाडो मौसममा यसरी जोगिन सकिन्छ निमोनियाबाट

    जाडो मौसममा यसरी जोगिन सकिन्छ निमोनियाबाट

    चितवन । चिसो मौसममा निमोनिया गराउने ‘भाइरस’ सक्रिय हुने हुँदा यसबाट बच्न विज्ञ चिकित्सकको सुझाव छ । जाडो मौसममा बालबालिकादेखि बृद्धबृद्धासम्मलाई निमोनियाको संक्रमण धेरै हुने जनाउँदै सावधानी अपनाउन सुझाव दिइएको हो ।

    केही वर्ष अघिसम्म राजधानी बाहिर विशिष्टिकृत सेवा अभाव हुँदा बिरामीहरु काठमाण्डौं केन्द्रीत हुने गर्दथे । पछिल्ला दिनहरुमा विशिष्टिकृत सेवा राजधानी बाहिर पनि उपलब्ध हुन थालेपछि निमोनियाका कारण अकालमा ज्यान जाने क्रम घटेको छ । चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा सेवा दिंदै आएका प्रा.डा.शीतल अधिकारीले चिसो मौसममा अन्य समयमा भन्दा बढी निमोनिया हुन सक्ने बताए ।

    उनले भने, “चिसोले निमोनिया बनाउने भन्दा पनि चिसो वातावरणमा निमोनिया हुन सक्छ । इन्फ्लुएन्जा भाइरस चिसोमा सक्रिय हुने भएकाले निमोनिया हुने सम्भावना बढी हुन्छ ।” रुघा, खोकी, ज्वरो आउनेबित्तिकै बोलीचालीको भाषामा निमोनिया लाग्यो भनिने भए पनि त्यो निमोनिया नभएको उनको भनाई छ । उनले भने, “निमोनियामा साधारणतया एक्सरे गरेर हे¥यो भने फोक्सोमा सेतो दाग देखिन्छ त्यो निमोनिया हो ।”

    निमोनिया फोक्सोमा हुने एक प्रकारको संक्रमण भएको भन्दै उनले कोभिडको बेलामा भाइरसले निमोनिया बनाएको बताउनुभयो । सामान्यतया धेरैजनालाई हुने इन्फ्लुएन्जा भाइरसले गर्दा निमोनिया हुने भन्दै अन्य ब्याक्टेरियाले गर्दा पनि निमोनिया हुने बताए । उनले भने “मधुमेह नियन्त्रणमा नभएको वा रोगसँग लड्ने क्षमता कम भएको व्यक्तिहरूलाई यो बाहेक फङ्गस ९ढुसी० ले पनि निमोनिया गराउँछ ।” फोक्सोमा संक्रमण भएपछि खोकी लाग्ने, ज्वरो आउने र छाती दुख्ने गर्दछ ।

    साधारण भाषामा निमोनिया भनेको फोक्सो पाक्ने समस्या भएको भन्दै उनले भने, “फोक्सोको एक भाग अथवा पुरै भाग पाक्ने हो । त्यसको वरिपरि पानी जम्ने र त्यो इन्फेक्टेड भयो भने पीप जस्तो हुन्छ ।”

    निमोनियाको दुई प्रकृति रहेको छ । ब्याक्टेरियल निमोनिया अर्थात् भाइरस निमोनियाको समयमै उपचार भयो भने खासै खतहरू बस्दैन । तर कुनै–कुनै निमोनिया जस्तैः कोभिड निमोनिया निको भएपनि फोक्सोमा खतहरु देखिएको उनले जानकारी दिए ।

    समयमा उपचार भयो र अन्य जटिलताहरु जस्तो पीप बनेन भने साधारणतया निमोनिया निको हुने रोग अन्तर्गत पर्ने उनको भनाई छ ।

    साधारणतया निमोनिया हुने कारणमा भाइरस र ब्याक्टेरिया नै मुख्य कारण हुन् । धेरैजसो बिरामीलाई इन्फ्लुएन्जा, कोभिड र श्वासप्रश्वासमा असर गर्ने भाइरस नै हो । त्यस्तै ब्याक्टेरियाका कारणले हुने निमोनियामा सामान्तया स्ट्रेप्टोकोकस निमोनिया हो । यो धेरैजसो भीडभाडमा जाँदा हुने निमोनियामा पर्दछ ।

    निमोनियाबाट बच्नको लागि भिडभाडमा जाँदा मास्कको प्रयोग गर्ने, रुघा लागिरहेको व्यक्तिको अगाडि नजान, खोक्दा, हाच्छ्यु गर्दा सर्ने भएकाले कोभिडको बेलामा प्रयोग गरेका मापदण्डहरु प्रयोग गर्न उनले सुझाव दिए ।

    अहिले निमोनियाको भ्याक्सिन समेत पाईने उनले बताए । समयमै उपचार गरेमा प्रायःजसो निमोनिया निको हुन्छ । रोगसँग लड्ने क्षमता कम भएको अवस्थामा सबैजना निको हुँदैनन् । करिब १० प्रतिशतलाई निको पार्न नसकिने उनी बताउँछन् । उनले भने “पानी धेरै जमेको छ, निमोनिया ठूलो छ र कहिलेकाहीँ खकारहरु ननिस्केर भएको निमोनिया छ भने त्यो जटिल नै हुन्छ ।”

    रासस

  • पाठेघरको क्यान्सरविरुद्ध १७ लाख किशोरीलाई निःशुल्क खोप

    पाठेघरको क्यान्सरविरुद्ध १७ लाख किशोरीलाई निःशुल्क खोप

    काठमाडौंं । किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन सरकारले खोप अभियान सञ्चालन गर्ने भएको छ । क्यान्सर दिवसको अवसर पारेर आगामी माघ २३ गतेदेखि १५ दिनसम्म देशव्यापी खोप अभियान सञ्चालन गरिने छ ।

    अभियानअन्तर्गत ७ देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार ९०० किशोरीलाई निःशुल्क खोप लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हाल मुलुकमा हरेक दिन चार जनाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान गइरहेको सन्दर्भमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले त्यसविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको उक्त मन्त्रालयका प्रवक्ता डा।प्रकाश बुढाथोकीले बताए ।

    मन्त्री पौडेलले कार्यभार सम्हालेका दिन आफ्नो योजना तथा प्राथमिकतामा किशोरीहरुको पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि खोप अभियान सञ्चालन गर्ने उल्लेख गरेका थिए ।

    आगामी वर्षदेखि नियमित खोप अभियानमा पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप पनि समावेश गर्ने निर्णय भएको उनले जानकारी दिए । ‘एचपिभी’ खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)को सहयोगका साथै सरकारी लगानी पनि छ ।

    पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा। अरुण शाही पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमनपापिलोमा सङ्क्रमण भएकाले त्यसविरुद्ध खोप लगाउनुपर्नेमा जोड दिए ।

    ह्युमनपापिलोमा सङ्क्रमण कलिलो उमेरमा विवाह गर्ने, कलिलो उमेरमै बच्चा जन्माउने, धेरै बच्चा जन्माउने, छोटो समयको अन्तरालमा लगातार बच्चा जन्माउने, धेरै जनासँग यौन सम्बन्ध कायम गर्ने अधिक धूमपान तथा मद्यपान गर्ने र यौनाङ्गको सरसफाइमा ध्यान नदिनेलाई हुने उनले बताए ।

    सन् २०२२ मुलुकमा क्यान्सरका २२ हजार नयाँ बिरामी देखिएकामा १४ हजारभन्दा बढीले ज्यान गुमाएका थिए । हरेक वर्ष एक हजार ५०० बालबालिकामा क्यान्सर देखिने गरेको छ । ती बालबालिकालाई आर्थिक अभावमा मृत्युको मुखमा पर्न नदिनु राज्यको दायित्व भएको बताउँदै मन्त्री पौडेलले आफ्नातर्फबाट हरसम्भव प्रयत्न गरिने बताएका थिए ।

  • कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप प्रभावकारी रुपमा सञ्चालन गछौं : प्रधानमन्त्री

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप प्रभावकारी रुपमा सञ्चालन गछौं : प्रधानमन्त्री

    जुम्ला । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप प्रभावकारीरुपमा सञ्चालन गरी गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा दिइने बताएका छन् ।

    प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रतिष्ठानका कुलपति ओलीले कर्णालीका जनताले आफ्नै ठाउँमा गुणस्तरीय स्वास्थ्य सुविधा पाउन थालेकामा खुसी व्यक्त गर्दै कर्णालीमा सय श्यैयाको अस्पताल बनाउने प्रक्रिया सुरु भइसकेको अवगत गराए ।

    प्रधानमन्त्री ओलीले प्रतिष्ठानमा आवश्यक सेवा, सुविधामा उपलब्ध नेपाल सरकार प्रतिबद्ध रहेको समेत बताए ।

    प्रतिष्ठानको परिकल्पनादेखि आफूू जानकार रहेको र चुनौतीका बीच विगतमा आफू प्रधानमन्त्री हुँदा चिकित्सा शिक्षा आयोगको बैठकबाट स्वीकृति गराएर प्रतिष्ठानमा चिकित्सा कक्षा सञ्चालन भई पहिलो दीक्षान्तसम्म आइपुुगेकामा खुसी व्यक्त गरे ।

    उनले भने, अभिभावकको लगानी, आशा र विश्वासका साथै तपाईँहरुको मेहनत र लगावका कारण आज यो सफलता हासिल भएको छ । यस सफलतालाई दूरदराजका जनताको गुणस्तरीय स्वास्थ्य सेवा दिन लाग्नुुहोस् ।’

    दीक्षित विद्यार्थीलाई प्रधानमन्त्री ओलीले आग्रह गर्दै भने, म खुसी व्यक्त गर्न चाहान्छुु, कर्णाली अगाडि बढ्दैछ । कर्णाली र सुदूरपश्चिमका समेत गरी १३ जिल्लाका जनताले यहाँबाट स्वास्थ्य सेवा पाउनुु असम्भव जस्तै ठानिएको सपना पूरा भएको अवसर हो । अब यसलाई थप प्रभावकारीरुपमा सञ्चालन गर्नु हामी सबैको दायित्व हो ।’

    संयुक्त राज्य अमेरिकाको हार्वड मेडिकल कलेज सेन्टर फर प्राइमरी केयर र सिस्टम स्ट्रेन्थेनिङका निर्देशक प्रा डा क्रिस्टिन मसेङ्गर प्रमुुख अतिथि रहेको समारोहमा जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन पूरा गरेका ५८ विद्यार्थीलाई दीक्षित भएका छन् ।

    समारोहमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा डा अञ्जनीकुमार झालगायत सहभागी थिए ।

     

  • १६ लाख किशोरीलाई पाठेघरको क्यान्सरविरुद्धको खोप निःशुल्क लगाइने

    १६ लाख किशोरीलाई पाठेघरको क्यान्सरविरुद्धको खोप निःशुल्क लगाइने

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सरबाट जोगाउन देशैभरका किशोरीहरुलाई निःशुल्क खोप लगाउने निर्णय गरेका छन् ।

    मंगलबार मन्त्रीस्तरीय निर्णय भए पछि यही माघ २३ गते क्यान्सर दिवसको अवसर पारेर देशव्यापी खोप अभियान थाल्ने मन्त्रालयको तयारी छ । १५ दिन सञ्चालन हुने अभियानअन्र्तगत देशैभरका किशोरीहरुलाई खोप दिइनेछ ।

    यस निर्णयबाट देशभरका ७ देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार नौ सय किशोरी लाभान्वित हुने मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले जानकारी दिए ।

    हाल नेपालमा हरेक दिन ४ जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान गैरहेको मन्त्रालयको तथ्यांकले देखाएको छ ।किशोरीहरुलाई सानै उमेरबाट नै क्यान्सरबाट जोगाउन यस्तो निर्णय गरिएको मन्त्री पौडेलले जानकारी दिए ।

    ‘हामीले धेरै महिलाले पाठेघरको मुखको क्यान्सरका कारण ज्यान गुमाएको देखेका छौं,’ मन्त्री पौडेलले भने, ‘किशोरावास्थामै खोप दिन सकिए धेरै ज्यान जोगाउन सकिन्छ भनेर अभियानकै रुपमा खोप थाल्ने निर्णय गरेका हौं ।’

    मन्त्री पौडेलले आगामी वर्षबाट नियमित खोप अभियानमा समेत पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप समावेश गराउने निर्णय गरेका छन् ।

    जसअनुसार यसै वर्ष नियमित खोपमा समावेश हुन चाहने कक्षा ६ अध्ययनरत वा १० वर्षका बालिकालेसमेत यो खोप लगाउन पाउनेछन् । आगामी वर्षबाट भने सबै किशोरीले नियमित रुपमा खोप लगाउन पाउने गरी व्यवस्था गरिएको प्रवक्ता डाक्टर बुढाथोकीले जानकारी दिए ।

    मन्त्री पौडेलले आफ्नो योजना तथा प्राथमिकतामा किशोरीहरुको पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि खोप अभियान सञ्चालन गर्ने उल्लेख गरेका थिए । साथै, मन्त्रीका रुपमा उनले गरेको पहिलो निर्णय राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीतिले पनि सानै उमेरदेखि नै क्यान्सरबाट जोगाउन खोप दिने विषय समेटेको छ ।

    सोहीअनुरुप मन्त्री पौडेलले किशोरीलक्षित निर्णय गरेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । मन्त्री पौडेलले विश्व स्वास्थ्य सिखर सम्मेलनका क्रममा जर्मनीमासमेत विश्व स्वास्थ्य संगठनका महानिर्देशकलगायत अधिकारीहरुसँग नेपालले सञ्चालन गर्न लागेको खोप अभियानबारे जानकारी गराउँदै आवश्यक सहयोगका लागि आग्रह गरेका थिए । भ्याक्सिनसम्बन्धी विश्व सञ्जाल गाभीलेसमेत मन्त्रालयलाई साथ दिने निर्णय गरिसकेको छ ।

  • जलनका सबै बिरामीको निःशुल्क उपचार हुन्छ : स्वास्थ्यमन्त्री पौडेल (भिडिओ)

    जलनका सबै बिरामीको निःशुल्क उपचार हुन्छ : स्वास्थ्यमन्त्री पौडेल (भिडिओ)

    काठमाडौं । स्वास्थ्यमन्त्री तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जलनका सबै बिरामीहरुलाई सरकारले निःशुल्क उपचारको व्यवस्था गरेको बताएका छन् ।

    चालू आर्थिक वर्षका लागि मन्त्रालय आफैँले र आगामी आर्थिक वर्षदेखि विनियोजित बजेटमा नै समावेश गर्ने गरी कस्मेटिक बाहेकका जलन विरामीहरुको उपचार निःशुल्क गर्नेगरी सम्बन्धित अस्पताललाई परिपत्र गरिएको मन्त्री पौडेलको भनाइ थियो ।

    मंगलवार अपरान्ह जलन पीडितहरुसँगको छलफलमा उनले जलन पीडितका लागि उपचार सेवाको बिस्तार जिल्ला अस्पतालसम्म गर्ने प्रयासमा आफू लागिपरेको पनि बताए । हाल सरकारले ८ वटा अस्पतालमा सो व्यवस्था गरेको भएपनि त्यसलाई जिल्ला अस्पतालसम्म पुर्याउने योजना तय गरिएको पनि मन्त्री पौडेलले बताए ।

    ‘अहिले हामीले यो ८ वटा अस्पताललाई नै परिपत्र गरिएको छ कि कस्मेटिक बाहेक जलनका सबै विरामीको उपचार शुल्क मन्त्रालयले व्यर्होर्छ’, उनले भने, ‘त्यसअनुसार व्यवस्थापन गर्नु÷गराउनु भनेर हामीले सम्बन्धित अस्पतालहरुलाई परिपत्र गरिसकेको अवस्था छ । यो वर्षका लागि मन्त्रालय आफैले स्रोत सुनिश्चित गरेको छ । आगामी वर्षदेखि यो बजेट नै विनियोजन भएर आउँछ ।’

    मन्त्री पौडेलले जनशक्तिको अभावमा पनि नेपालमा जलनका बिरामीहरुको उपचार प्राथमिक स्वास्थ्य केन्द्रसँग पु¥याउने सम्भावना नभएको पनि स्पष्ट पारे । कार्यक्रममा जलन पीडितहरुले जलनका बिरामीको उपचार सहज बनाउने मन्त्री पौडेलले खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।

  • लुम्बिनी अस्पतालमा एमआरआई ल्याउन नदिन षडयन्त्र

    लुम्बिनी अस्पतालमा एमआरआई ल्याउन नदिन षडयन्त्र

    रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई सेवा स्थापनाका लागि विगत ४ वर्षदेखि हुँदै आएको प्रयास यस पटक पनि असफल हुने चिन्ता थपिएको छ ।

    मेशिन खरिदका लागि बोलपत्र आह्वान गरी प्रक्रिया अगाडि बढिसकेको अवस्थामा विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा गलत ढंगका प्रचारबाजी भएपछि उक्त सपना यस पटक पनि तुइहिने हो कि भन्ने चिन्ता थपिएको अस्पताल प्रशासनले जनाएको छ ।

    एमआरई मेसिन खरिदका लागि टेन्डर आह्वान गरिएपछि आएका विभिन्न हल्ला तथा भ्रमबारे स्पष्ट पार्नका लागि सोमबार पत्रकार सम्मेलन गरी अस्पताल प्रशानसले खण्डन गरेको छ । अस्पतालले मेशिन खरिदका लागि यही कातिक १ गते बोलपत्र आह्वान गरेको थियो ।

    ‘एनसीबी’ अर्थात नेश्नल कम्पिटेटिभ विडिङ अनुसार आह्वान गरिएको बोलपत्रमा अधिकतम मूल्य १५ करोड राखिएकोमा सोही मुल्यमै सामान खरिद गरिएको जसरी गलत प्रचार भएको अस्पताल प्रमुख डा। इन्द्र ढकालले गुनासो गरे ।

    ‘बोलपत्रमा उल्लेख गरिएको रकममा सप्लायर्स कम्पनीहरुले प्रतिस्प्रर्धा गर्दा सबैभन्दा कम मुल्य कबोल गर्ने कम्पनी छनोट भई उसैले खरिद गर्ने हो ।’–ढकालले भने, ‘समान्यतया कम्पनीहरुले २०÷२५ प्रतिशतसम्म कम मुल्यमा कबोल गर्ने प्रचलन रहेको हुँदा हामीले खरिद गर्न लागेको मेशिनको मूल्य पनि कम हुने अनुमान गरका छौं ।, तर बजारमा गलत हल्ला बढी भयो ।’

    सामान आपूर्ति गर्नसक्ने स्वदेशी कम्पनीहरु हुँदाहुँदै एनसिबीमा जान उपयुक्त ठानेर नै आइसिबीमा नगएको समेत उनले प्रष्ट पारे । सार्वजनिक खरिद ऐन अनुसार ५ अर्व बढी लागत मूल्य पर्ने, जटिल सामान भनि ‘पिपिएमओ’ले सिफारिस गरेका, दातृ निकायको सहयोग तथा स्रोतबाट खरिद गर्नु परेमा तथा स्वदेशी सप्तालयर्स कम्पनीहरुले प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा मात्रै आइसिबीमा जानु पर्ने बाध्यकारी अवस्था रहेको उनले स्पष्ट पारे ।

    यसैगरी विगतका टेन्डरहरुमा आईसिबी विधिबाट जाँदा विश्व बजारमा डरलको भाउ घटबढ हुँदा त्यसको प्रभावले टेन्डर नै रद्द गर्नुपरेको घटनालाई आधार मानेर एनसिबी विधि अपनाएको उनले उल्लेख गरे ।

    बजारमा फैलाइएको हल्ला जस्तो अस्पतालले पुरानो मेशिन खरिद गर्ने नभई पुरानो प्रविधिको नभई विश्व बजारमा हाल आएकाभन्दा केही पुरानो प्रविधि भएको उल्लेख गरे । प्रदेश सरकारले उपलब्ध गराएको १५ करोड बजेटबाट नयाँ प्रविधिको मेशिन खरिद गर्न सम्भव नभएकै कारण पुरानो प्रविधिको मेशिन खरिदन गर्नुपर्ने बाध्यता रहेको उनले स्पष्ट पारे ।

    ‘हामीले खरिद गर्ने भनेको पुरानो मेशिन नभई केही पुरानो प्रविधिको भने हो । जुन तेस्ला १।५ प्रविधि हो, यसलाई २ तेस्लामा अपग्रेड गर्न सकिन्छ ।’–प्रमुख ढकालले भने, ‘जबकी विश्व बजारमा ३ तेस्ला पनि आएको छ, यसको मूल्य २५ देखि ३० करोड बढी पर्छ उक्त रकम हामीसँग नभएकै कारण पुरानो प्रविधिले भएपनि सेवा दिनुपर्छ भन्ने हाम्रो चाहना हो ।’

    सरकारले प्रयाप्त बजेट उपलब्ध गराएको अवस्थामा आफूहरुले पनि ३ तेस्ला मेशिन खरिद गर्न तयार हुने उनले उल्लेख गरे । खरिद कार्यलाई अझ पारदर्शी र प्रतिस्पर्धी बनाउन सार्वजनिक खरिद अनुगमन कार्यालयमा सम्पूर्ण कागजातसहित आवश्यक राय तथा निर्देशनको लागि पठाइने समेत उनले स्पष्ट पारे । त्यहाँबाट प्राप्त निर्देशनका आधारमा थप काम कारबाही अगाडी बढाइने उनले बताए ।

    लुम्बिनी प्रदेश सकारको गौरव आयोजनाको रुपमा रहेको यस अस्पताललाई १२ सय सैय्यामा स्तर वृद्धिका लागि अन्डरग्राउण्डसहित १२ तले अत्याधुनिक भवन निर्माणका काम भैरहेको छ । लुम्बिनी प्रदेशसहित छिमेकी प्रदेशका जिल्लाहरु समेत गरी यहाँ १६ बढी जिल्लाका सेवाग्राही आउने गर्दछन् । अस्पतालबाट गत आर्थिक वर्षमा मात्रै साढे ३ लाखले स्वास्थ्य सेवा लिएको तथ्याङ्क रहेको छ ।

     

  • सिकलसेलको औषधि ल्याएर वितरण गर्ने प्रधानमन्त्रीको घोषणा

    सिकलसेलको औषधि ल्याएर वितरण गर्ने प्रधानमन्त्रीको घोषणा

    धरान । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतमा उत्पादन र परीक्षण भएको सिकलसेलको औषधि ल्याएर नेपालका बिरामीलाई वितरण गर्ने बताएका छन् । नेपालको थारु समुदायमा यो रोग बढी लाग्ने गरेको छ ।

    बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको १३ औं दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीले संसारमा खोज र अनुसन्धानबाट पत्ता नलाग्ने र इमानदार तथा लगनशील भएर काम गरेमा सफलता प्राप्त हुने भएकोले उत्पादित नयाँ चिकित्सकहरुलाई क्स्क्स सिकलसेलको औषधि वितरण गर्न तयार हुनुपर्ने बताएका हुन् ।

    उनले नेपालको यही धर्तीबाट ऋषि चरकले स्वास्थ विज्ञानको थालनी गरेको सन्दर्भ उल्लेख गर्दै सकभर निरोगी हुने र बिरामी भए सुलभरूपमा उपचार पद्धतिका लागि सरकारले ध्यान दिएको जनाए ।

    प्रधानमन्त्री ओलीले नेपालका स्वास्थ सस्थामा चिकित्सक विद्यार्थीको कोटा थप्न, यस क्षेत्रलाई प्रभावकारी र सुशासनयुक्त बनाउन सरकार प्रतिबद्ध रहेकोे स्पष्ट गरे ।

    समारोहमा ६५७ विद्यार्थी दीक्षित भएका छन् ।

     

  • बिपी कोइराला क्यान्सर अस्पतालमा ‘फ्लो साइटोमेट्रि’ सेवा सुरु

    बिपी कोइराला क्यान्सर अस्पतालमा ‘फ्लो साइटोमेट्रि’ सेवा सुरु

    चितवन ।  यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त क्यान्सर भएका बिरामीको प्रकार परीक्षण सुरु गरिएको छ । यसअघि नमूना बाहिर पठाइदै आएकोमा उपकरण खरिद गरेर यही परीक्षण सुरु गरिएको हो ।

    अस्पतालका उपनिर्देशक डा. उमेश नेपालका अनुसार रक्तक्यान्सरका प्रकार परीक्षण गर्ने फ्लो साइटोमेट्रि सेवा सुरु गरिएको हो । यसका लागि आवश्यकपर्ने उपकरण  एक करोड ५० लाखमा खरिद गरेर जनशक्तिलाई तालिम दिएपछि सेवा सुरु गरिएको हो ।

    उनका अनुसार एक जना डाक्टर र एकजना प्राविधिकलाई भारतको टाटा मेमोरियल क्यान्सर अस्पतालमा तालिमका लागि पठाइएको थियो । तालिमप्राप्त जनशक्ति र उपकरण आएसँगै सेवा सुरु गरिएको उनले जानकारी दिए ।

    अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार यसअघि यो परीक्षण धेरै भारत पठाउने गरिन्थ्यो । केही नमूना काठमाडौँ जाने गर्दथ्यो । नतिजा आउन १५ दिनभन्दा बढी समय लाग्ने गरेकोमा अहिले पाँच दिनमा नतिजा आउने गरेको उनले जानकारी दिए ।

    बाहिर पठाउँदा  ३० हजारभन्दा बढी खर्च हुने गरेकोमा यहाँ परीक्षण हुँदा १२ हजार मात्रै लाग्ने गर्दछ । अस्पतालमा रक्त क्यान्सरका बिरामी धेरै नै हुने भएकाले बिरामीलाई सहज भएको छ ।

    उनले भने “छिटो रोग पहिचान गर्न पनि सहज भएको छ ।” कार्यकारी निर्देशक डा पौडेलले अस्पतालका सेवा विस्तार गर्ने कार्यमा आफू लागिरहेको बताएट । अस्पतालमा थन्किएर बसेको सिटी स्क्यान मर्मत गरेर सञ्चालनमा ल्याइएको छ,भने लामो समयदेखि रोकिएको मेमोग्राम सेवा छिट्टै सञ्चालनमा ल्याइदै छ ।

  • चिसाे बढेसँगै डेंगुकाे संक्रमण घट्दै

    चिसाे बढेसँगै डेंगुकाे संक्रमण घट्दै

    काठमाडौं ।  नेपालमा डेङ्गी सङ्क्रमण घट्दै गएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले जाडो बढ्नुका साथै सरकारले डेङ्गी सार्ने लामखुट्टे नियन्त्रण अभियान सञ्चालन गरेपछि कात्तिकयता सङ्क्रमण घट्दै गएको बताए ।

    सरकारले डेङ्गीको सङ्क्रमण बढ्न थालेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नुका साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गरिरहेको छ । उहाँका अनुसार अहिले नेपालमा ४२औँ हप्ताबाट डेङ्गी सङ्क्रमण घट्न थालेको हो । नेपालमा अहिले डेङ्गी सङ्क्रमणको ४५औँ हप्ता चलिरहेको छ ।

    डा. दाहालले ४२औँ हप्तामा मात्रै दुई हजार पाँच सय ८२, ४३ औँ हप्तामा दुई हजार दुई सय चार, ४४ औँ हप्तामा एक हजार ७१ र ४५औँ हप्ता चलिरहँदा ५५ जनामा मात्र सङ्क्रमण देखिएको जानकारी दिए। “जाडो बढेसँगै डेङ्गी सङ्क्रमण घटिरहेको छ”, उनले भने “४५ हप्तामा आइपुग्दा फाट्टफुट्ट मात्र देखिन थालेका छन् । सङ्क्रमण घटेपनि सावधानी अपनाउनुपर्छ ।”

    अहिलेसम्म २९ हजार एक सय ५८ मा सङ्क्रमण भएको भन्दै १२ जनाको निधन भएको किटजन्य रोग शाखाका प्रमुख डा दाहालले जानकारी दिए । उनका अनुसार डेङ्गी सङ्क्रमण हुम्ला बाहेक सबै जिल्लामा देखिएको छ ।

    सबैभन्दा बढी कास्कीमा सात हजार दुई हजार २४ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेङ्गी रोग लाग्दछ ।

    उपत्यकामा छ हजारभन्दा बढीमा सङ्क्रमण

    उपत्यकामा छ हजार छ सय १२ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । काठमाडौँमा चार हजार पाँच सय ९५, भक्तपुरमा आठ सय ३१ र ललितपुरमा एक हजार एक सय ८६ जनामा डेङ्गी सङ्क्रमण देखिएको हो ।

  • सन् २०५० सम्ममा विश्वमा क्यान्सरबाट मृत्यु हुनेको संख्या दोब्बर हुने अनुमान

    सन् २०५० सम्ममा विश्वमा क्यान्सरबाट मृत्यु हुनेको संख्या दोब्बर हुने अनुमान

    काठमाडौं । अस्ट्रेलियाको एक अध्ययनले सन् २०५० सम्ममा विश्वभर क्यान्सरका कारण हुने मृत्युको सङ्ख्या झण्डै दोब्बर हुने प्रक्षेपण गरेको छ ।

    अध्ययनले सन् २०५० मा विश्वमा एक करोड ८५ लाख मानिसको क्यान्सरका कारण मृत्यु हुने अनुमान गरेको छ, जुन सन् २०२२ को ९७ लाखको तुलनामा ८९.७ प्रतिशतले बढी हो ।

    युनिभर्सिटी अफ क्विन्सल्याण्डका हब्तामु बिजुआयेहुको नेतृत्वमा अनुसन्धानकर्ताहरूले १८५ देशका ३६ प्रकारका क्यान्सरका विरामी र मृत्युदरको विश्लेषण गरी सन् २०५० को संयुक्त राष्ट्रसङ्घको जनसङ्ख्या पूर्वानुमानमा यो दर लागू गरेर भविष्यका क्यान्सरका विरामी र मृत्युको प्रक्षेपण गरेका थिए ।

    सन् २०२२ मा दुई करोड क्यान्सर भएकामा सन् २०५० मा तीन करोड ५३ लाख पुग्ने अनुमान गरिएको छ ।

    संयुक्त राष्ट्रसङ्घको मानव विकास सूचकाङ्क (एचडीआई) मा कम वरियता भएका देशहरूमा सन् २०५० सम्ममा क्यान्सरका बिरामी र मृत्यु दर तीन गुणाले बढ्ने अनुमान गरिएको छ ।

    सन् २०५० मा फोक्सोको क्यान्सर यस रोगका कारण हुने मृत्युको प्रमुख कारण रहने अनुमान गरिएको छ, जुन सन् २०२२ मा १८.७ प्रतिशत रहेको थियो ।

    सन् २०२२ देखि २०५० को बीचमा महिलाको तुलनामा पुरुषमा क्यान्सरका बिरामी र मृत्यु हुनेको सङ्ख्या केही बढी हुने अध्ययनले देखाएको छ ।

  •  सिकलसेल उपचारका लागि भेरि अस्पतालमा बेग्लै वार्ड स्थापना गर्ने मन्त्री पौडेलको निर्णय

     सिकलसेल उपचारका लागि भेरि अस्पतालमा बेग्लै वार्ड स्थापना गर्ने मन्त्री पौडेलको निर्णय

    काठमाडौं । पश्चिम तराईका थारु समुदायमा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिएको सिकलसेल एनिमिया रोगको उपचारका लागि भेरी अस्पताल नेपालगञ्जमा बेग्लै वार्ड स्थापना हुने भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै थारु समुदायको प्रमुख स्वास्थ्य समस्याको उपचारका लागि बेग्लै वार्ड स्थापना गरेर विशेष उपचार व्यवस्था गर्ने निर्णय गरेका हुन् ।

    ठूलो संख्यामा थारु समुदायमा समस्स्या देखिए पनि यसको उपचारका लागि पर्याप्त व्यवस्था हुन सकेको छैन । यस्तोमा मन्त्री पौडेलले भेरि अस्पताल नेपालगञ्जमा हेमोग्लोविनोप्याथी वार्ड स्थापनाको निर्णय गर्दै भर्ना हुने बिरामीहरुका लागिसमेत व्यवस्था गराउने निर्णय गरेका हुन् ।

    मन्त्री पौडेलले गत महिना सिकलसेल उपचारसम्बन्धमा अभियन्ता उज्वलविक्रम थापा, थारु अधिकारकर्मीलगायतको टोलीसँग समुदायको समस्याबारे जानकार रहेको भन्दै यसका लागि केही व्यवस्था गर्ने घोषणा गरेका थिए । सोहीअनुरुप थारु समुदायलाई पायक पर्ने र अधिक बसबोबास रहेको क्षेत्रलाई लक्षित गरी भेरि अस्पतालमा वार्ड स्थापनाको निणय गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले जानकारी दिए ।

    थारु समुदायमा वंशाणुगत स्वास्थ्य समस्याका रुपमा रहेको सिकलसेलबाट समुदायका झण्डै १२ प्रतिशत नागरिक प्रभावित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एक आँकडाले देखाएको छ ।

    पश्चिम तराई बाँके, बर्दिया, कैलाली कञ्चनपुर लगायतका भुभागमा बसोवास गर्ने थारु समुदायका नागरिकहरु सिकल सेल रोगबाट बढी प्रभावित पाइएको छ ।

    विपन्न नागरिक औषधी उपचार कोष निर्देशिका। बमोजिम सिकलसेल एनिमिया रोग लागेका विरामीहरुलाई शल्यक्रिया, औषधी तथा औषधीजन्य समाग्री, थप निदानात्मक सेवा शैया सेवा शुल्क आदिको लागि १ लाख रुपैया सम्म खर्चको व्यवस्था गरिने मन्त्राललयले जनाएको छ ।

  • स्वास्थ्य बीमा कार्यक्रममा ३० प्रतिशत नागरिक आवद्ध (भिडिओ)

    स्वास्थ्य बीमा कार्यक्रममा ३० प्रतिशत नागरिक आवद्ध (भिडिओ)

    काठमाडौं । नेपाल सरकारद्वारा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रममा कूल जनसंख्याको ३० प्रतिशत नागरिक आवद्ध भएका छन् ।

    आफ्नो चार वर्षे कार्यकालमा भएका उपलब्धि सार्वजनिक गर्न मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले २०७७ कार्तिकमा कुल जनसंख्याको १२ दशमलव ७९ प्रतिशत स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएकोमा २०८१ कार्तिकसम्म ३० प्रतिशत नागरिक आवद्ध भएको जानकारी गराएका हुन् ।

    उनका अनुसार यस अवधिमा ७९ प्रतिशतले बीमा नवीकरण गरेका छन् । आफ्नो कार्यकालमा स्वास्थ्य बीमा ऐनले दिएको अधिकारका आधारमा १८ वटा कार्यविधि बनाइएको बसौलाले बताए ।

     

    बसौलाले आफ्नो ४ वर्षे कार्यकालमा ७७ जिल्लाको ७५३ वटा स्थानीय तहहरुमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको उल्लेख गर्नुभयो । सेवा प्रदायक स्वास्थ्य संस्थालाई गरिएको भुक्तानी स्वास्थ्य बीमा बोर्डको वेभसाईटमा प्रकाशित गर्ने गरिएको, हरेक वर्ष स्वास्थ्य बीमा बोर्डको नीति तथा तथा कार्यक्रम र वार्षिक बजेट बनाई कार्य गर्ने व्यवस्थाको शुरुवात गरेको उनले बताए ।

    त्यस्तैबसौलाले स्वास्थ्य बीमा ऐन, २०७४ को मर्म बमोजिम स्वास्थ्य बीमा कोष बनाई, सो को सञ्चालन कार्यविधि स्वीकृत गराई कार्य भईरहेको जिकिर गर्नुभयो । उहाले स्वास्थ्य बीमा कार्यक्रमकै कारण सरकारी अस्पताल र स्वास्थ्य केन्द्रबाट प्रभावकारी काम भएको बताए ।

    उनले सिमित जनशक्तिका बाबजुत आफ्नो कार्यकालमा बोर्डबाट भएका कामकारवाहीहरु सन्तोषजनक रहेको धारणा राखे। बसौलाले स्वास्थ्य बीमाको स्थायी संगठन संरचना स्वीकृत गरि आफ्नै कार्यविवरण अनुसारको कार्मचारीबाट सञ्चालन गर्नुपर्ने बताए । कार्यकारी निर्देशक बसौलाको चार बर्षे कार्यकाल आगामी मंसिर २५ गतेबाट समाप्त हुँदैछ ।

    ((

  • १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

    १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

    काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेका छन् ।

    आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै उनले सरकारी अस्पतालहरु कान्ति बाल अस्पताल काठमाडौं, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा यस्तो सेवा निःशुल्क गर्ने निर्णय गरेका हुन् ।

    मन्त्री पौडेलको सचिवालयका अनुसार मंसिर १ गतेबाट उपचार निःशुल्क हुने गरी व्यवस्था मिलाइएको छ । राज्यको सामथ्र्यका आधारमा धेरै धनराशी खर्च हुने क्यान्सर उपचार निःशुल्क गर्ने मन्त्रालयको नीति छ । यसैअन्र्तगत मन्त्री पौडेलले आफू मन्त्रालयमा पदबहाल गरेलगत्तै बालबालिकाको क्यान्सर उपचार सेवा निःशुल्क बनाउन पहल थालेका थिए । हाल यो व्यवस्था बालबालिकाबाट शुरु गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

    नेपालमा कुल हुने मृत्युमध्ये दुई तिहाइभन्दा बढी ७१ प्रतिशत नसर्ने रोगका कारण हुने गरेको छ । त्यसमध्ये ११ प्रतिशतको क्यान्सरका कारण ज्यान जाने गरेको मन्त्रालयअन्र्तगतको इपिडिमियालोजी तथा रोग नियन्त्रण महाशाखाद्वारा सार्वजनिक तथ्यांकमा छ ।

    नेपालमा सन् २०२२ मा २२ हजार नयाँ बिरामी देखिएकामा १४ हजार बढीले ज्यान गुमाएको पाइएको छ । नेपालमा हरेक वर्ष करिब १५ सय बालबालिकामा क्यान्सर देखिने गरेको छ । ती बालबालिकालाई परिवारको आर्थिक अभावमा मृत्युको मुखमा पर्न नदिन र समयमै उपचार गरेर ज्यान बचाउन उपचार निःशुल्क बनाउने निर्णय गरिएको मन्त्री पौडेलले बताए ।

    समयमै उपचार गर्न सकिए बालबालिकाको क्यान्सर निको गर्न सकिन्छ, उनले भने, तर आर्थिक अभावमा कोही पनि परीक्षण र उपचाबाट बञ्चित नहोउन् भनेर निःशुल्क बनाउने निर्णय गरेका हौं ।

    मन्त्री पौडेलले कार्यभार सम्हाल्नासाथ पहिलो निर्णय राष्ट्रिय क्यान्सर रणनीति स्वीकृत गरेर थालेका थिए । र, नीतिअनुसार बालबालिकाको क्यान्सर न्यूनीकरण गर्न पहिलो निर्णय गरेको तीन महिनाभित्रै उनले तीन महिना पुग्नासाथ उपचार निःशुल्क गराउने निर्णय गरेका हुन् ।

    सरकारले हरेक व्यक्तिलाई उपचारका लािग दिने रकमबाट अपुग रकम मन्त्रालयको आन्तरिक श्रोतबाट उपचार खर्चको व्यवस्थापन गरि उपचार गरिने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

  • ७ वर्षपछि राप्ती प्रतिष्ठानमा एमबीबीएस पढाइ : चिकित्सा शिक्षा आयोगले ३७ विद्यार्थीलाई पठायो

    ७ वर्षपछि राप्ती प्रतिष्ठानमा एमबीबीएस पढाइ : चिकित्सा शिक्षा आयोगले ३७ विद्यार्थीलाई पठायो

    रुपन्देही । चिकित्सा शिक्षा आयोग काठमाडौंले ३७ जना एमबीबीएस पढ्ने विद्यार्थीलाई भर्नाको लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको छ । आयोगले कलेज म्याचिङ गर्दै पूर्ण छात्रवृत्तिमा एमबीबीएस पढ्ने विद्यार्थीलाई भर्नाका लागि पठाएको हो ।

    विद्यार्थी भर्नाको तयारी प्रतिष्ठानले गरिसकेको रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले बताए । यस वर्षबाट प्रतिष्ठानमा एमबीबीएस पढाइ सुरु हुने भएपछि छात्रवृत्तिमा पढ्ने विद्यार्थीहरु आउन लागेका हुन् ।

    चिकित्सा शिक्षा आयोगले एमबीबीएस पढाइ सञ्चालनका लागि ५० सीट सुनिश्चित गरेको छ । जसमा ७५ प्रतिशत छात्रवृत्तिमा विद्यार्थीले पढ्न पाउने रजिष्ट्रार लम्सालले बताए । उनका अनुसार ४ जना विदेशी र ९ जना नेपालीले रकम भुक्तानी गरेर पढ्न पाउने छन् । आयोगबाट आउने नामावलीअनुसार भर्ना हुनेछन् ।

    प्रतिष्ठानले करिब ७ बर्षपछि एमबिबिएस पठनपाठनका लागि आयोगबाट अनुमति पाएको हो । हाल प्रतिष्ठानमा बिएस्सी र बिएनएस नर्सिङ र चिकित्सकको एमडीको पठनपाठन भइरहेको छ । अब एमबीबीएस पढ्नकै लागि जिल्ला बाहिर जानुपर्ने अवस्थाको अन्त्य हुने भएको छ ।

    ‘एमबीबीएस पढाइ सञ्चालन गर्ने कुरा धेरै महत्त्वपूर्ण कुरा हो’, उनले भने, ‘दाङको चिकित्सा शिक्षामा यसले ठूलो र महत्वपूर्ण अर्थ राख्छ, दाङकै आर्थिक, सामाजिक विकासमा शैक्षिक कार्यक्रम सुरुवातले कोसेढुङ्गा सावित हुनेछ ।’

    यसअघि लामो समय शैक्षिक कार्यक्रम सुरु नहुँदा यसलाई पूर्णरुपमा संचालनका लागि दवाव बढेको थियो । तर, अब वर्षेनि शैक्षिक कार्यक्रम थपिन थालेपछि जिल्लामा उत्साह थपिएको छ । राप्ती उपक्षेत्रीय अस्पताललाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइएको हो ।

  • सिटामोल अभाव  छैन: औषधि लिमिटेड

    सिटामोल अभाव  छैन: औषधि लिमिटेड

    काठमाडौं ।  बजारमा सिटामोल अभाव भएको भन्ने हल्ला मात्र रहेको नेपाल औषधि लिमिटेडले जनाएको छ । लिमिटेडका प्रबन्ध निर्देशक कैलाशकुमार पनेरुले सिटामोलको कुनै अभाव नरहेको र यसको नियमित उत्पादन पनि भइरहेको बताए ।

    उनले भने, “हामीले नियमित उत्पादन गरिरहेका छौँ । दैनिक दुई सिफ्टमा काम भइरहेको छ । सिटामोलसँगै जीवनजललगायत अन्य औषधि पनि उत्पादन भइरहेको छ ।” उहाँका अनुसार दैनिक तीन लाख सिटामोल उत्पादन भइरहेको छ ।

    “डेङ्गीका बेला पनि सिटामोल पाइएन भन्ने सुनिएपछि सूचना निकालेका छौँ । हामीसँग जति खरिदका लागि आउनुभएको छ, दिएका छौँ । खरिद बिक्रीको अनुपात हेर्ने हो भने सन्तुलित छ”, प्रबन्ध निर्देशक पनेरुले भने । सिटामोलको अभाव रहेको भन्ने विभिन्न माध्यमबाट गुनासो आएकाले लिमिटेडले बिहीबार एक सूचना जारी गरी सोबारे ध्यानकर्षण गराएको थियो ।

    खरिदका लागि सम्पर्क गर्ने लिमिटेडका सबै भण्डारणकर्ता, सरकारी अस्पताल तथा तीनै तहका सरकार मातहतका स्वास्थ्य आपूर्ति व्यवस्थापन निकायलाई मागअनुसारको परिमाणमा सिटामोलको तत्काल आपूर्ति गर्दै आइरहेको सूचनामा उल्लेख छ ।

    लिमिटेडले पछिल्लो समय बढिरहेको डेङ्गीको सङ्क्रमणलाई लक्षित गर्दै सर्वसाधारणका लागि सिटामोल सहज रुपमा उपलब्ध गराउने उद्देश्यले काठमाडौँ, बबरमहलस्थित बिक्री महाशाखाको काउन्टरबाट जोकोहीले आवश्यकता अनुसारको खरिद गर्नसक्ने व्यवस्था मिलाएको छ । उक्त काउन्टरबाट बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सिटामोल खरिद गर्नसक्ने लिमिटेडले जनाएको हो ।

     

  • सिंहदरबारबाट मुख्यसचिवले ‘लामखुट्टे खोजी र नष्ट’ गर्दै सुरू गरे डेंगु नियन्त्रण अभियान (भिडिओ)

    सिंहदरबारबाट मुख्यसचिवले ‘लामखुट्टे खोजी र नष्ट’ गर्दै सुरू गरे डेंगु नियन्त्रण अभियान (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट लामखुट्टेको लार्भा मार्ने विशेष कार्यक्रमको सुरुवात भएको छ ।

    डेंगी नियन्त्रणका लागि सरकारले सुरु गरेको राष्ट्रव्यापी अभियान अन्तर्गत शुक्रवार मुख्यसचिव एकनारायण अर्यालले उक्त कार्यक्रमको औपचारिक रूपमा सुरु गर्दै डेंगी नियन्त्रणका लागि सरकारी तहबाट पहल सुरु गरेका हुन् ।

     

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सिफारिसमा गरिएको यो कार्यक्रमले सरकारी कार्यालय मात्र नभई देशव्यापी रूपमा डेंगी नियन्त्रणमा टेवा पुर्‍याउने अपेक्षा गरिएको मुख्यसचिव अर्यालले बताए ।

    स्वास्थ्य मन्त्रालयले लामखुट्टेको प्रजनन रोक्नका लागि जमेको पानीलाई हटाउने र सरसफाइलाई प्राथमिकता दिनुपर्ने सुझाव दिँदै आएको छ । लामखुट्टेले फुल पार्ने स्थल नष्ट गर्दा डेंगीको संक्रमण घटाउने प्रयासमा सहयोग पुग्ने विश्वास मन्त्रालयले व्यक्त गरेको छ ।

    यसअघि, बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले सबै सरकारी कार्यालयमा शुक्रबार बिहान १० बजे १० मिनेटको लागि एकसाथ सरसफाइ अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

    यो अभियान अन्तर्गत सरकारी कार्यालयमा रहेका ग्यारेज, प्रयोगविहीन टायर, सवारी साधन, र अन्य सामग्रीमा जमेको पानी लामखुट्टेको लार्भा उत्पादन हुने मुख्य स्रोत मानिँदै आएको छ । लामखुट्टेले फैलाउने डेंगीको प्रकोप बढ्दै गएकाले यी स्थानको सरसफाइ गर्नुपर्ने निर्णय सरकारले लिएको हो ।

  • स्तन क्यान्सर प्रभावितलाई आत्मबल बढाउँदै पूर्वसांसद रावल (भिडिओ)

    स्तन क्यान्सर प्रभावितलाई आत्मबल बढाउँदै पूर्वसांसद रावल (भिडिओ)

    चितवन । पूर्वसांसद दिलकुमारी रावल पार्वती स्तन क्यान्सर भएका बिरामीहरुलाई आत्मबल बढाउने अभियानमा लागेकी छन् । क्यान्सर रोगलाई प्राणघात रोगको रुपमा लिने सोचलाई परिवर्तन गर्न समयमा नै क्यान्सर रोगको पहिचान गरि उपचार गराउन सके निको हुने भन्दै पूर्वसांसद रावल आत्मबल बढाउने अभियानमा लागेकी हुन् ।

    चितवनमा स्तन क्यान्सर विजेता जमघट कार्यक्रममा क्यान्सर विजेताहरुसँग अन्तरक्रिया गर्दै रावलले भनिन्, ‘क्यान्सर हुँदैमा मरिँदैन । तर, समयमा पहिचान गरेर उपचारमा जानुपर्छ । आफ्नो जीवनशैली परिवर्तन गर्नुपर्छ ।’

    रावललाई २०७९ साल कात्तिक महिनामा स्तन क्यान्सर पहिचान भएको थियो । उनका अनुसार सुरुमा पोलेको जस्तो भएपनि नेपालमा जँचाउँदा क्यान्सर पहिचान नभएपछि दिल्ली गएर दोस्रोपटकको जाँचमा क्यान्सरको पहिचान भएको थियो ।
    उनले एक महिना दिल्लीमै बसेर उपचार गरेर फर्किएकी थिइन् । रावलका अनुसार अहिले पनि उनी औषधि सेवन गरिरहेकी छन् ।

     

    ‘क्यान्सर भएर उपचारबाट फर्किएपछि मैले एक महिनामा नै संसद गएर यो विषय छलफलको सरुवात गरेँ’, उनले स्तन क्यान्सर विजेताहरुको जमघटमा भनिन्, ‘हामीले क्यान्सरको उपचार तथा रोग पहिचानको लागि १२ बुँदे काठमाडौँ घोषणापत्र बनाएर सरकार, राष्ट्रिय योजना आयोगलाई समेत जानकारी गराएका छौँ ।’

    हरेक वर्ष अक्टोवर महिनालाई अन्तर्राष्ट्रिय रुपमा स्तन क्यान्सर सचेतना महिनाको रुपमा विभिन्न सचेतनामूलक कार्यक्रम गरि मनाइन्छ । चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा भएको स्तन क्यान्सर विजेताहरुका कार्यक्रममा पूर्व सांसद रावलसँगै अन्य स्तन क्यान्सर विजेताहरुले आफ्नो अनुभव सुनाएका थिए ।

    २०६१ सालमा स्तन क्यान्सर भएर उपचारपछि क्यान्सर जितेकी पञ्चा गुरुङले क्यान्सरको शंका लागेमा क्यान्सर विशेषज्ञसँग नै उपचार गराउनुपर्ने बताएकी थिइन् । आफू ३८ वर्षको हुँदा स्तनमा गिर्खा निस्केको पहिचान भएपछि स्त्री तथा प्रसूती रोग विशेषज्ञ कहाँ सल्लाह लिँन जाँदा हर्मोनल इम्ब्यालेन्स भनेर औषधि दिएको र ३ महिना खाएको अनुभव सुनाउँदै उनले भनिन्, ‘क्यान्सर भएको मान्छेलाई हर्मोनल ब्यालेन्स गर्ने औषधिले सञ्चो हुने कुरै भएन ।’ त्यसपछि क्यान्सर अस्पतालमा गएर तत्कालै शल्यक्रिया गरेर उपचार गरेपछि निको भएको उनले बताइन् ।

    उनले आफू स्वस्थ हुनुको कारण आफू स्वयं र आफ्नो परिवार भएको बताइन् । उनले क्यान्सर बिरामीलाई निको हुनको लागि मायाको खाँचो भएको भन्दै माया दिन अनुरोध गरेकी थिइन् ।

    अहिले नेपालमा क्यान्सर रोग लाग्ने बिरामीहरुमध्ये सबैभन्दा धेरै फोक्सोका क्यान्सर बिरामी छन् भने दोस्रो नम्बरमा स्तन क्यान्सरका बिरामी रहेका छन् । विपी कोइराला क्यान्सर अस्पताल भरतपुरका कार्यकारी निर्देशक डाक्टर शिवजी पौडेलका अनुसार गतवर्ष नयाँ थपिएका क्यान्सर रोगीमध्ये ७ सय १२ जनामा स्तन क्यान्सर भएको जानकारी दिए ।

    उनका अनुसार देशभरका ६५ वटा क्यान्सर उपचार गर्ने अस्पतालहरुमा नयाँ थपिएका बिरामीमध्येको यो विवरण हो । कूल स्तन क्यान्सरका बिरामीमध्ये १० जना मात्रै पुरुष रहेको पनि उनले जानकारी दिए ।

     

  • विश्व पोलियो दिवसः नेपाल पनि पोलियोको जोखिममा

    विश्व पोलियो दिवसः नेपाल पनि पोलियोको जोखिममा

    काठमाडौँ । आज नेपालसहित विश्वभर पोलियो दिवस मनाइँदै छ । यस वर्ष दिवसको नारा ‘पोलियो अन्त्य गरौँ’ भन्ने रहेको छ ।

    दिवसको अवसरमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले भिडियो सन्देश जारी गर्दै पोलियो रोग उन्मुलन गर्ने विश्वव्यापी महान अभियानमा संलग्न हुन सबैमा अनुरोध गरेको छ। उनले सन्देशमा पोलियो उन्मूलन गर्ने महान अभियानमा संलग्न हुनु भनेको आफ्ना बालबालिकालाई एक वर्ष उमेरभित्र एक÷एक महिनाको फरकमा तीन पटक पोलियो थोपा खुवाउनु रहेको उल्लेख गरेका छन्  ।

    मन्त्री पौडेलले सुइबाट दिइने पोलियो खोप पनि १४ हप्ताको उमेरमा र नौ महिनाको उमेरमा एक÷एक पटक लगाउनुपर्ने बताए। “अझै पनि केही देशमा पोलियोका नयाँ बिरामी देखापरिरहेका छन्, विश्वका कतिपय देशमा वातावरणमा पनि पोलियोका भाइरस देखिएको हुँदा पोलियोका जोखिम कायम रहेको छ”, उनले भनेका छन्, “हाम्रो देशको सन्र्दभमा पनि वातावरणमा पोलियो भाइरस भए÷नभएको बारे गरिने निगरानीलाई थप प्रभावकारी बनाइएको छ ।”

    संसारबाट पोलियो रोग उन्मुलन नभएसम्म हामी पनि पोलियो जस्तो घातक रोगको जोखिममा रहिरहने परिस्थिति रहेको मन्त्री पौडेलेको भनाइ रहेको छ  । उनले नेपालमा पनि पोलियोको जोखिम अझै कम नभएकाले सबै अभिभावकलाई आफ्ना बालबालिकालाई तोकिएको उमेरमा नै पोलियो खोप लगाउन आग्रह गरेका छन् ।

    मन्त्री पौडेलले पोलियो खोपसँगै सरकारले प्रदान गर्ने सबै खोप लगाउनसमेत अनुरोध गर्नुभएको छ । पोलियो रोग पोलियो भाइरसबाट हुने सङ्क्रामक रोग हो । पोलियो लागेपछि ज्वरो आउने, पखाला लाग्ने, जीउ दुख्ने, थकाइ महसुस गर्ने र रोग गम्भिर हुन थाल्यो भने पक्षघात हुने तथा मृत्युसम्म हुने गर्दछ ।

    पोलियो रोग दुषित खाना र पानीको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ । नेपालमा पाँच वर्ष मुनिका बालबालिकालाई मुखबाट र सुइबाट दुई तरिकाले पोलियोविरुद्धको खोप प्रदान गरिँदै आइएको छ ।

    मुखबाट खुवाइने खोप (ओरल पोलियो भ्याक्सिन) तीन पटक जन्मेको छ हप्ता, १० हप्ता र १४ हप्ताको उमेरमा तथा सुईबाट दिइने खोप ९इनएक्टिभेटेड पोलियो भ्याक्सिन० दुई पटक १४ हप्ता र ९ महिनाको उमेरमा दिने गरिन्छ ।

    बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले पोलियो रोग जुनसुकै उमेरका मानिसमा पनि लाग्ने तर बढीजसो पाँच वर्ष मुनिका बालबालिका बढी जोखिम हुने गरेको बताए । पोलियोबाट बच्नका लागि पोलियोविरुद्धको खोप नै लगाउनु रहेको उनको भनाइ छ । पोलियोबाट बच्नका लागि साथै व्यक्तिगत सरसफाइ, शुद्धिकरण गरिएको पानी र स्वच्छ खानामा पनि विशेष ध्यान दिनुपर्दछ ।

    गत जेठमा टुकुचा खोला र वागमती नदीको सङ्गम स्थल टेकुमा पोलियो जिवाणु भेटिएपछि काठमाडौँ उपत्यकाका तीन जिल्लामा पाँच वर्ष मुनिका बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइएको थियो ।

    रासस

  • संघीय अस्पतालमा रेडियालोजी रिपोर्ट डिजिटल गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय, वार्षिक १ अर्ब विदेशिनबाट जोगिने

    संघीय अस्पतालमा रेडियालोजी रिपोर्ट डिजिटल गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय, वार्षिक १ अर्ब विदेशिनबाट जोगिने

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकलाई वार्षिक १ अर्ब बराबरको खर्चभार कम गर्ने गरी संघीय अस्पतालमा रेडियोलोजी फिल्म प्रयोग हटाउने निर्णय गरेको छ ।

    फिल्ममा हुने खर्च कटाएर एक्सरे, एमआरआइ तथा सीटीस्क्यानको शुल्क समेत नागरिकका लागि घटाउने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बुधबार मन्त्रीस्तरीय निर्णय गरेका हुन् ।

    अब यस आधारमा मन्त्रालय मातहतका संघीय २२ अस्पतालले क्रमैसँग नागरिकलाई डिजिटल रिपोर्ट उपलब्ध गराउनेछन् ।

    स्वास्थ्यका लागिसमेत हानीकारक मानिने एक्सरे फिल्म प्रयोगमा भैरहेको ठूलो धनराशी खर्च कटौती गर्दै नागरिकलाई राहत दिने गरी यस्तो निर्णय गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

    यस्तो निर्णय हाल संघीय अस्पतालमा लागू गरिने र क्रमैसँग निजी तथा अन्य तहगत अस्पतालमा समेत विस्तार गर्ने मन्त्रालयको योजना रहेको मन्त्रालयले जनाएको छ । अहिले राजधानीको संघीय वीर अस्पतालले वर्षमा करिब ४ करोड रुपैयाँ रेडियोलोजी फिल्मका लागि खर्च गर्ने गरेको तथ्यांक छ । यसैगरी कान्ति बाल अस्पतालमा करिब ३ करोड रुपैयाँ यसका लागि खर्च हुने गरेको छ ।

    यो निर्णयले संघीय अस्पतालको वार्षिक करिब ५० करोड रुपैयाँ बजेट बचत हुने अनुमान गरिएको मन्त्रालयका सहसचिव एवम प्रवक्ता डा.प्रकाश बुढाथोकीले बताए ।

    उनले भने, ‘निजी र देशैभर डिजिटल रिपोर्ट दिन सकिए वर्षमा करिब १ अर्ब रुपैयाँ रकम विदेशिनबाट रोकिने अनुमान गरेका छौं । यसले नागरिकलाई रेडियोलोजी सेवामा लागतसमेत कर्म पर्ने र स्वास्थ्यमा समेत नकारात्मक प्रभाव कम पर्ने अपेक्षा गरेका छौं ।’

  • आर्थोपेडिक स्पाइन्स के हो, कसरी हुन्छ उपचार ? (भिडिओ)

    आर्थोपेडिक स्पाइन्स के हो, कसरी हुन्छ उपचार ? (भिडिओ)

    अर्थोपेडिक शल्यक्रिया भनेको शल्यक्रियाको प्रकार हो । जुन मस्कुलोस्केलेटल अवस्थाहरूसँग सम्बन्धित छ । अर्थोपेडिक शल्यचिकित्सकहरूले मस्कुलोस्केलेटल फ्याक्चर, मेरुदण्डका रोगहरू, खेलकुदमा चोटपटक, डिजेनेरेटिभ रोगहरू, क्यान्सरहरू, ट्युमरहरू र जन्मजात दोषहरू दुवै शल्यक्रिया र गैर-सर्जिकल विधिहरू प्रयोग गरेर उपचार गर्छन् ।

    सुरुमा आर्थोपेडिक सर्जनहरूले बच्चाको हड्डी सिधा गर्न कोष्ठकहरू प्रयोग गरेर बाल्यकालको हड्डी विकृतिको उपचार गर्दथे । न्युज एजेन्सी नेपालले आर्थोपेडिक स्पाइन्सका बारेमा केएमसी अस्पतालका अर्थोपेडिक स्पाइन्स सर्जन डा. प्रकाश सिटौलासँग कुराकानी गरेका छौँ । प्रस्तुत छः आर्थोपेडिक स्पाइन्सका बारेमा न्युज एजेन्सी नेपालले गरेको कुराकानीको सम्पादित अंश ।

    आर्थोपेडिक स्पाइन्स भनेको के हो, आम सर्वसाधरणले के बुझ्ने ?

    मानिसहरुका अंगहरु चल्नको लागि तारहरु छन् । त्यो तारहरु स्पाइनल घाँटीको बेसदेखि तल बस्ने ठाउँको पछाडिसम्म हुन्छ । स्पाइनल कोर्ड भनेपछि शरीरका हात खुट्टा चलाउने काम ब्रेनबाट आउँछ । स्पाइन्सलाई सञ्चालन गर्न शरीरले बोनी भ्रट्रिभ वयवभित्र राखेको हो ।

    कहिलेकाहीँ चोटपटक लाग्यो भने जहाँ बोनी भ्रट्रिभ वयव भाँच्चियो भने त्यो भित्रको खोटहरु इन्सिवर हुनसक्छ । अब यो भइसकेपछि कुन लेभलमा भएको छ । घाँटीमा भएको छ भने शरीरको दुई वटा हात खुट्टा चलाउने र दिसापिसाव पनि सहभागिता हुने हुन्छ । हामीले थाहा नपाउन सक्छौँ ।

    ढाडको पछाडि भयो भने खुट्टा नचल्ने हुनसक्छ । दिसा पिसावमा पनि इनभल्व हुनसक्छ । शरीरमा कुन लेभलमा चोट लागेको छ । शरीरका कति तारहरु इन्जरी भयो त्यही अनुसारले शरीरका विभिन्न भागहरु नचल्ने हुनसक्छ ।

    स्पान्सन उपचार के हो र कसरी गर्न सकिन्छ ?

    स्पान्सन कट इन्जरीमा चोट लागेपछि अधिकांश विरामीहरु अस्पतालमा आउँछन् । स्पान्सन कट इन्जरीमा ट्रान्सफन महत्वपूर्ण हुन्छ । चोट लागेको ठाउँमा कसरी उपसार गर्ने भन्ने हुन्छ । पहिला ड्यामेज भएको भएपनि दोस्रो पटक ड्यामेज नहुनको लागि कसरी ह्याण्डिल गर्ने । त्यहाँबाट ट्रान्सफर कसरी गर्ने । इन्जुरी हुने उत्पादनशिल युवाहरुलाई बढी हुन्छ । त्यो मान्छेहरुलाई के महत्वपूर्ण हुन्छ भने उनीहरुलाई जसरी पनि दोस्रो पटक इन्जेरी हुन नदिएर उनीहरुलाई ऊर्जाशिल बनाए राख्यौं भने राज्यलाई बढी भार थपिँदैन ।

    नीतिगत रुपमा हेर्दा एउटा नीति ल्याउनुपर्छ । बिरामीलाई चोट लागेको ठाउँमा कसरी ह्याण्डिल गर्ने भन्ने हो । हामीले बिरामी भएर आएपछि उनीहरुलाई डाइगनोज गर्नुप¥यो । के छ र कति सर्जरी चाहिन्छ । एमसीसँग मोडलसिटी स्क्यान र एमआरआई पनि छ । हामीले सबै गरे बिरामीको स्पाइनो कर्ट इन्जरी भएपछि अरु चोटहरु हुनसक्छ । नसा लगायत सबै परीक्षण गराएर बिरामीको सर्जरी गरिन्छ ।

    भिडिओ

    निजी क्षेत्रका अस्पतालका काम गर्नुभएको अनुभवले के भन्छ,जनशक्ति र राज्यको लगानी कस्तो पाउनुभएको छ ?

    जनशक्ति विगतमा कम थियो । अहिले बिस्तारै नेपालमा नै वयल ट| ण्ड स्पाइनल सर्जन तालिमहरु गर्न सहज छ । एडभान्स तालिम लिन जानु बाहेक बाँकी सबै नेपालमा नै हुने अवस्था छ । तर मुख्य कुरा मलाई के लाग्छ भने सबैको प्रोटोकल बनाउनुपर्छ । स्पाइनल कर्ट इन्जुरी भयो भने वा कुनैपनि मेजर दुर्घटना भयो भने हामीले स्पाइनल कर्ट इन्जरी लिन्छौं ।

    उसको ह्याण्डलिङ राइट फर्ममा एक्सिडेण्ट साइट टु द हस्पिटल प्रोटोकलअनुसार गर्नुपर्छ । तर यसमा मैले ध्यान नदिएको पाएँ । यसमा अझै पनि केही छैन । बिरामीलाई डोकोमा राखेर ल्याउने हो । पहाडमा अरु उपाय पनि छैन ।

    शहरमा पनि सवारी साधनको पर्याप्त उपलब्धता छ । त्यहाँ पनि राम्रोसँग ह्याण्डर भएको पाउँदिन । अर्को चाहिँ इभन एम्बुलेन्समा मेडिपारामेडिक्सहरु छैन । स्पान्इस बोर्ड र नेक सभाइकली मोबिलाइजर दुई वटा महत्वपूर्ण छ । कुनैपनि मान्छेलाई सभाइक्स पाइन्स एकदमै इन्जरीमा पर्टीकल्ली घाँटीको हार्ड भाँचिनेमा एकदमै महत्वपूर्ण हुन्छ ।

    यहाँ इन्जरी भएपछि दुईवटै हातखुट्टा प्यारालाइज हुन्छ । दिसापिसाव पनि जान्छ । कतिपय हामीले गर्न पनि सक्दैनौं । यो भइसकेपछि फेरि गर्न सकिँदैन । अब अनस्टेबल पाइन्छ तर उसको इन्जरी भइसकेको छैन भने उसलाई ट्रान्सफरमा पनि कहिले कहीँ भएको पाइएको छ । यसमा एक्सिडेण्ट साइटदेखि हस्पिटलसम्म अलिकति केही न केही गर्नैपर्छ जस्तो लाग्छ ।

    सरकारको प्राथमिकतामा यो कुरा परेको छ की छैन ?

    यसमा एटीएड्भान्स ट्राभलामा लाइभ स्पोर्ट भन्छ त्यो अनुसार डेफिनेण्ट गाइडलाइन्सहरु छन् । बाहिरतिर कुनैपनि मान्छे इन्जरी भयो भने उनीहरुलाई झ्यापसँगले पाइन बोर्डमा राख्छन् । घाँटी अथवा नेक मोविलाइज हुन्छ । त्यो भनेको दोस्रो पटक इन्जरी हुन नदिन हो । कुनै एउटा त्यो सम्बन्धि जानकारले हेरेर नेक इन्जरी छैन नभनि उनीहरुले त्यो बाट आउट गर्दैन । दे नेभर टु ड्याट, बाहिर हुँदा पनि हामीले हेरेर त्यो सर्भाइकल इन्जरी रुप आउट हुँदैन ।

    त्यो पोजिसनमा म्याक्सिमम चुकिरहेका छौं जस्तो लाग्छ । एम्बुलेन्सको गुणस्तर हामीले सुधार गर्नुपर्छ जस्तो लाग्छ । विभिन्न स्थानमा ट्रमा सेन्टरहरु खोलेर स्पान्इस कर्ट इन्जरी भनेको उ त्यो गरेर रिकग्नाइज गर्ने की भनेर आउँछ ।  अर्को पाटो दुर्घटनाबाट अस्पतालसम्म हेर्ने एउटा दोस्रो अस्पताल पुगेपछि हो ।

    विशेषज्ञले के सर्भिस दिन्छ । त्यसमा अप्रेसन गर्ने नगर्ने वा स्टेपीलाइज गर्ने हामी डिसाइज गर्छौं । त्यो कुरा कसरी गर्छौं । तेस्रो पार्ट भनेको चाहीँ रियल स्पाइन्स कर्ट सर्जरी छ भने अब उसलाई अप्रेशनले स्पाइन्लकर्ट इन्जरीलाई फेरि फर्केर आउँदैन । जे जति ड्यामेज भयो त्यो भयो नै । यदि ड्यामेज भइसक्यो भने उसलाई हामीले स्पेशलाइज गरेर उसलाई रेडी बनाएर रिह्यावलिटेशन तेस्रो प्रोसेस हुन्छ । रिह्यावलिटेशनमा चाहीँ हाम्रो पनि फिजियोथेरापिष्टहरु छन् ।

    तर स्पाइनलकर्ट इन्जरी रिह्यावलिटेशन इज अ डिफ्रेन बल गेम अल टुगेदर यो अत्यन्तै बेग्लै हो । अहिले नेपालको कन्टेक्समा दियर इज अ फेरि नाइस स्पाइनल कण्र्ड इन्जरी रिह्यावलिटेशन सेन्टर साँगामा छ । मुलुकभरको लागि एउटा सेन्टर छ । त्यो पनि एउटा निजी संस्थाहरुले उनीहरुको पहलमा गरेका छन् । पूर्वका मान्छेलाई वा पश्चिमका भन्ने निश्चित छैन । पहिला त त्यहाँ मान्छेहरु आइपुग्दैनन् । आइनसक्ने मान्छेहरुलाई के त ? त्यसैले यो रिह्यावलिटेशनको पाटोमा पनि हामीले हेर्नुपर्छ जस्तो लाग्छ ।

    उपचारमा कति खर्चिलो छ ?

    उपचार अलिकति खर्चिलो नै हुन्छ । त्यो इन्सपलान्सहरु यता उता र अप्रेसन ठूलो सर्जरी हो । जस्तो सरकारले स्पाइनल कर्ट इन्जरी भयो भने थोरै सहयोग रकम दिन्छन् । तर त्यो उपचारको लागि पर्याप्त छैन । सुपरफेसली कुरा गर्न चाहँदिन । यो विषयमा गहिरो अध्ययन गरेर अघि बढ्नुपर्छ जस्तो लाग्छ ।

    नीतिगत रुपमा अफ्ठ्यारो भएको कुरा आयो, सरकारले के गरिदियो भने विरामीले सहज रुपमा उपचार पाउँछन् ?

    शरीरमा चोट लागेको कुरामा एउटै उद्देश्य छ । चोट धेरै कसलाई लाग्छ भन्दा सडक दुर्घटना युवाहरुलाई बढी लाग्छ । समग्र सरकारको नीति जसलाई चोट लागेको छ । चोट लाग्नु अघि स्वस्थ थियो । अब हाम्रो सबै गोल ट्रमा व्यवस्थापनमा के हुनुपर्छ भन्दा चोट लागेको मानिसलाई तत्काल सुधार हुने उपचार हुनुपर्छ । हार्डले स्पाइनकर्टलाई बचाएको कुरालाई सुरक्षित गर्नेगरी व्यवस्थापन आवश्यक चाहिन्छ ।

    दुर्घटना स्थलदेखि अस्पताल र अस्पतालमा उपचारमा खट्ने दक्ष डाक्टर नभएर रिकभरी हुन समस्या हुन्छ । त्यो विषयमा विशेष खाल गर्नुपर्छ । सडक दुर्घटनामा मोटरसाइकल सुरक्षित छैन । सरकारले मोटरसाइकलको लागि छुट्टै लेन बनाउने,स्पिड सीमा छ तर पनि दुर्घटना हुन्छ । ठाउँ ठाउँमा ट्राफिक पुलिसले चेक गर्दा पनि जुम गरेर जाने पनि पाइन्छ । मोटलाइकल दुर्घटना स्पाइनल कर्ट इन्जरीको लागि मुख्य माध्यम भएको छ ।

    मापासे जुन दिनदेखि लागू भयो । त्यो ठूलो स्टेप हो । त्यो दिनदेखि ट्रमा धेरै घटेको छ । मापसे चेक गर्ने कार्यले सडक दुर्घटना धेरै कम गरेको छ । यो प्रशंसा गर्न योग्य छ । त्यो भन्दा अघि अधिकांश दुईपाङ्ग्रे हुने गरेका थिए । अहिले पनि छ । सडक लाइट,सडक खाल्डाखुल्डी लगायत धेरै कारणहरु रहेका छन् ।

    स्पाइनल कर्ट इन्जरी रोगको जोखिम कम गर्न कसले के गर्न सकिन्छ ?

    यसमा नागरिकलाई सचेतना जगाउनु उपयुक्त हुन्छ । सुर्तिजन्य वस्तुहरुमा क्यान्सरको भएको फोटो राखिएको छ । सडक दुर्घटना कम गर्न सचेतना मुलुक अभियान नागरिक स्तरबाट पनि गर्न जरुरी छ । उमेर समूह अनुसारको ट्रान्सफर कसरी गर्ने भन्ने सचेतनाको खाँचो छ ।

    स्पाइनल कर्ट इन्जुरीको उपचार पछिको अवस्था कस्तो हुन्छ ?

    स्पाइनल कर्ट इन्जरी रिह्यावलिटेशन उपचारको तेस्रो पाट हो । स्पाइनलकर्ट इन्जरी भएको बिरामीलाई फेरि दोहो¥याएर नहोस् भन्ने हो । त्यो बेला कसैको खट्टा नचल्ने हुनसक्छ । ह्विलचियर उनीहरुलाई महत्वपूर्ण हुन्छ । उनीहरुलाई त्यो खालको उपलब्धता छैन । हात खुट्टा नै नचल्नेहरुलाई पूर्ण कियर हेरचाह चाहिन्छ । एक जना हात खुट्टा नचल्ने भएर बस्यो भने परिवारको आर्थिक स्थितिमा समस्या पर्छ ।

    एक दुई जना उसलाई हेरचाह गर्ने मानिस चाहिन्छ । यो अफ्ठ्यारो अवस्था हो । तर उनीहरुलाई डाक्टरले स्पाइनलकर्ट इन्जरी रिह्यावलिटेशन लेभल अफ इन्जुरीलाई ख्याल गर्नुपर्छ । उनीहरुलाई सहजता आवश्यक पर्छ । यी सबै विषयमा खाल ग¥यो पनि ती विरामीहरु पूर्णरुपमा स्वास्थ देखिन्छन् । यसमा पनि सरकारले स्पष्ट नीति बनाउनुपर्छ । सरकारले कति हेर्ने र परिवारले कति गर्नसक्ने स्पष्ट बनाउनुपर्छ ।

    दुर्घटना भएपछि दुर्गम क्षेत्रमा उनीहरुको पहिलो उपचार कसरी गर्न सकिन्छ ?

    दुर्गम क्षेत्रमा दुर्घटना भयो भने स्पाइन्स कर्टदेखि डोकोमा लैजानु भएन । त्यहाँ स्पाइन बोर्ड नेपालको बाटो अनुसारको डिजाइन गर्नुपर्छ । तर उनीहरुलाई हामीले सचेत बनाउनुपर्छ । उनीहरुलाई यात्रा गराउँदा सुरक्षित रुपमा कसरी गराउन सकिन्छ । दुर्गममा भयो भने दुई वटा कुराहरु महत्वपूर्ण हुन्छ । एउटा सचेतना जगाउने । अर्को प्रिपियसन । जब हामीलाई थाहा हुन्छ ।

    यो समस्या भयो भने यो हुन्छ । त्यसको लागि हामी प्रियप्रियड हुन्छौँ । हाम्रो तयारी के छ भन्नेकुरा आउँछ । सबै भन्दा पहिला सरकारले दुर्गम क्षेत्रमा गएर रेडियोमार्फत सचेतना फैलाउने,पमप्लेट निकाल्ने,मानिसहरुलाई जम्मा बनाएर सचेत गराउने काम गर्नुपर्छ । सबै ठाउँमा आधुनिक स्पाइन्स बोर्ड नहोला । जहाँ पनि तखता र काठलाई मिलाएर बनाउने हो । घाँटीलाई दुईतिरबाट साइट ब्याग सिरानी बनायो पनि हुन्छ ।

  • उपचार खर्च व्यहोर्न नसक्ने जलनका बिरामीको अब सातै प्रदेशका सरकारी अस्पतालबाट निःशुल्क उपचार

    उपचार खर्च व्यहोर्न नसक्ने जलनका बिरामीको अब सातै प्रदेशका सरकारी अस्पतालबाट निःशुल्क उपचार

    काठमाडौं । अब उपचार खर्च व्यहोर्न नसक्ने जलनका बिरामीको सात वटै प्रदेशका सरकारी अस्पतालबाट निःशुल्क उपचार हुने भएको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जलनपीडितको उपचार निःशुल्क बनाउने प्रस्ताव पारित गरेको हो ।

    मन्त्रिपरिषद्बाट पारित भएको निर्णय अनुसार अब कोशी प्रदेशको बीपी कोइरालाल स्वास्थ्य विभान प्रतिष्ठान, मधेश प्रदेशको नारायणी अस्पताल, बागमती प्रदेशको कीर्तिपुर अस्पताल, गण्डकी प्रदेशको पोखरना स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशको भेरी अस्पताल, कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिम प्रदेशको सेती प्रदादेशिक अस्पतालमार्फत उपचार खर्च व्यहोर्न नसक्ने नागरिकलाई कस्मेटिक बाहेकको जलन उपचारको व्यवस्था निशुल्क गरिनेछ ।

    मन्त्रिपरिषदको निर्णय सार्वजनिक भएपछि मन्त्री स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले भने, ‘अब आर्थिक अभावका कारण कसैले पनि जलनको उपचारबाट बञ्चित हुनु पर्देन,’ आर्थिक अभावमा विपन्न समुदायका नागरिकले पाएको समस्या कम गर्न निर्णय गरेका हौं ।’ देशमा हरेक वर्ष ५५ हजार जनामा आगलागी वा कुनै माध्यमबाट जलनको समस्या देखिने गरेको स्वास्थ्य मन्त्रालयको प्रक्षेपण छ ।

    मन्त्री पौडेलले मन्त्री नियुक्त भएलगत्तै सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जलनसम्बन्धी उपचार निःशुल्क र सहज बनाउने योजना सार्वजनिक गरेका थिए ।

    मन्त्री पौडेलको प्राथमिकताअनुसार मन्त्रालयले जलन उपचार निःशुल्क बनाउन प्रक्रिया अघि बढाएको थियो । मन्त्रालयले यससम्बन्धी प्रस्ताव अर्थ मन्त्रालयमा लगेकामा अर्थले हालै स्वीकृति दिएलगत्तै मन्त्रिपरिषद बैठकले समेत स्वीकृत गरेको मन्त्रालयका प्रवक्ता डा।प्रकाश बुढाथोकीले जानकारी दिए ।

    मन्त्रिपरिषदको निर्णयमा उपचार गर्न नसक्ने बिरामीलाई कस्मेटिकबाहेकका जलनको उपचार व्यवस्था निःशुल्क गर्ने उल्लेख छ । मन्त्रालयले आफ्नै विद्यमान श्रोतबाटै व्यवस्थापन गर्ने गरी जलनको उपचार निःशुल्क बनाउनुका साथै सातै प्रदेशबाट उपचार थाल्ने भएको छ ।

    स्वास्थ्य मन्त्रीको निर्णयको जलनपीडितका पक्षमा वकालत गर्दै आइरहेका अभियन्ताले प्रशंसा गरेका छन् । अभियन्ता उज्वलविक्रम थापाले सामाजिक सञ्जाल फेसबुकबाटै आफ्नो गुहार र जलनले छट्पटिएकाको छट्पट्टी आत्मसात गरेको भन्दै स्वास्थ्यमन्त्री पौडेललाई धन्यवाद दिएका छन् ।

  • आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    काठमाडौं । बालबालिकालाई आज पनि देशैभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ ।

    स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका पोषण शाखा प्रमुख लीला विक्रम थापाले आज पनि ५ वर्ष मुनिका बालबालिकालाई लक्षित गरी भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागेको बताए ।

    महाशाखाले हिजो पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाएकाे थियाे ।

    उनले सात सय ५३ स्थानीय तहमा यस्को व्यवस्था रहेको जनाउँदै पायकपर्ने स्थान विद्यालय, वडा कार्यालयमा स्वस्थ्य स्वयंसेविकालाई परिचालन गरिएको बताए । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत हरेक वर्ष ६ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुल तथा एक वर्षदेखि पाँच वर्ष मुनिका बालबालिकालाई जुकाको औषधि खुवाइने गरिएको छ ।

    उनले भने,“बालबालिकाको सर्वाङ्गीण विकासको लागि खोप र पोषण दुवै अपरिहार्य आवश्यक छ । ६ महिनादेखि ५ वर्ष मुनिका करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ र एक देखि पाँच वर्ष मुनिका बालबालिकालाई १८ देखि १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य लिएका छौँ ।”

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसकाबारेमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा नजिकैको स्वास्थ्य संस्था वा वडा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

  • महिला स्वास्थ्य स्वंसेविकाहरूलाई आफ्नो काममा जाँदा अब गाडीमा पैसा नलाग्ने (भिडिओ)

    महिला स्वास्थ्य स्वंसेविकाहरूलाई आफ्नो काममा जाँदा अब गाडीमा पैसा नलाग्ने (भिडिओ)

    काठमाडौं । महिला स्वास्थ्य स्वयंसेविकाहरूले आफ्नो कामका लागि निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने भएका छन् ।

    शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा यातायात व्यवसायीहरूले स्वास्थ्य प्रयोजनका लागि सार्वजनिक यातायातका साधनमा भाडा नलिने घोषणा गरेका हुन् । स्वास्थ्यमन्त्री प्रदीप पौडेलको उपस्थितिमा यससम्बन्धी समझदारी समेत भएको छ ।

    कात्तिक १५ गतेबाट यस्तो व्यवस्था लागू गर्न मन्त्री पौडेलले गरेको आग्रहमा यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले सहमति जनाएका छन् ।

    सो क्रममा मन्त्री पौडेलले महिला स्वास्थ्य स्वयंसेविकाहरूले देशको स्वास्थ्य क्षेत्रमा पुर्‍याएको भूमिकालाई सम्मान गर्न यो निर्णय महत्वपूर्ण रहेको बताए । स्वास्थ्य स्वयंसेविकाहरूलाई थप सहयोग गर्नका लागि के गर्न सकिन्छ भनेर आफूहरू चिन्तित रहेको पनि उनले बताएका छन् ।

    महासंघका अध्यक्ष स्वाँरले आफूहरूलाई मन्त्री पौडेलले विगतदेखि नै निःशुल्क सुविधाका लागि आग्रह गरेको भन्दै व्यवसायिक सामाजिक उत्तरदायित्वअन्र्तगत सुविधा उपलब्ध गराउने घोषणा गरे ।

    मन्त्रालयसँग महासंघले गरेको प्रतिबद्धतामा सामाजिक उत्तरदायित्वअन्तर्गत सम्बन्धित तह रहेको जिल्लाभर तोकिएको जिम्मेवारी पूरा गर्न सार्वजनिक यातायातका साधनमा प्राथमिकता दिएर निःशुल्क आवतजावत गर्न दिने उल्लेख छ ।

  • बजारमा ताजा रगतको अभाव- डेंगु संक्रमितलाई समस्या (भिडिओ)

    बजारमा ताजा रगतको अभाव- डेंगु संक्रमितलाई समस्या (भिडिओ)

    काठमाडौं । डेंगुको संक्रमण बढेसँगै देशभर रगतको कमी हुन थालेको छ । बाढी,पहिरो, डेंगु र चाडवाडका कारण उपत्यकासहित देशभर नै रगतको कमी हुन शुरु भएको नेपाल रेडक्रस सोसाइटीले जनाएको हो ।

    नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय रक्तसञ्चार सेवाका निर्देशक पवनकुमार गुप्ताले अहिले दैनिक रुपमा माग पनि दशैँ तिहारले गर्दा पहिलाको तुलनामा संकलन र माग कम भएको बताए ।

    उनले अहिले डेंगु बढेकाले प्लेटलेट रिच प्लाज्माको भने माग बढेको बताए। उनले प्लेटलेटको माग दिनानुदिन बढ्दै गएपनि दशैँ,तिहार जस्ता चाडपर्वले मानिसहरु घर जाने र रगत संकलन कम हुने गर्दा माग पूरा गर्न कठिनाइ भइरहेको  बताउँदै रातो रगत, होल ब्लडहरु भने रेडक्रससँग पर्याप्त रहेको उल्लेख गरे ।

    उनले पिआरपीको लागि प्रत्येक दिन ताजा रगतको आवश्यक पर्ने तर रक्तदान गर्नेहरुको कमीका कारण माग पूरा गर्न कठिन भएको बताए । उनका अनुसार एक जना बिरामीको लागि ७ वटासम्म पिआरपी माग हुने गरेको छ ।

    अहिले रेडक्रसले ७० प्रतिशतसम्म माग पूरा गर्न सकेको छ । निर्देशक गुप्ताले डेंगु बढेका कारणले पिआरपीको माग बढिरहेको भन्दै पिआरपीको माग सम्बोधन गर्न दैनिक रुपमा रगत संकलन गर्नुपर्ने बताउँदै नजिक र पायक पर्ने ठाउँमा रक्तदान गर्न पनि रेडक्रसको तर्फबाट आह्वान गरे ।

     

    उनले भने, ‘अहिले दैनिक रुपमा माग पनि दशैँ तिहारले गर्दा पहिलाको तुलनामा कम देखिएको छ तर प्लेटलेट प्रोडक्ट (पिआरपी) र प्लेटलेट कन्सर्टेटको माग अत्याधिक रुपमा बढेको छ । यो बढ्नुको पछाडि मुख्य कारण हो, जुन अहिले डेंगुको संक्रमण जुन बढीरहेको त्यसले प्लेटलेटको माग बढेको छ । हामीसँग प्लेटलेट बाहेकको प्रोडक्टहरु जस्तै रातो रगत, होल ब्लडहरु पर्याप्त मात्रामा छ । नभएको पिआरपी हो । पिआरपीको माग बढ्दो माग भएको कारणले गर्दा पिआरपीको लागि हामी स्ट्रगल गरिरहेका छौँ । कसरी पु¥याउने र यसको व्यवस्थापनको लागि प्रत्येक दिन ब्लड कलेक्शन हुनुपर्छ । पिआरपी बनाउनको लागि हामीलाई फ्रेस ब्लड चाहिन्छ । रगत कलेक्शन भएको ६ देखि ८ घण्टाभित्र हामलिे पिआरपी छुट्याउनुपर्छ । स्टक ब्लडबाट यो बनाउन मिल्दैन । दशैँदेखि तिहारसम्म हाम्रो डोनेशन संख्या घट्छ वर्षौंदेखि । एक जना बिरामीको लागि ७ वटासम्म पिआरपी प्रोडक्ट माग हुन्छ । हामीले अहिले ६० देखि ७० प्रतिशत माग पूरा गर्न सकेका छौँ ।’

  • देशभर साढे १९ हजार बढी डेङ्गुबाट सङ्क्रमित, सबैभन्दा बढी काठमाडौंमा

    देशभर साढे १९ हजार बढी डेङ्गुबाट सङ्क्रमित, सबैभन्दा बढी काठमाडौंमा

    काठमाडौं । देशभर डेङ्गु सङ्क्रमण तीव्ररुपमा फैलिरहेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को पछिल्लो तथ्याङ्क अनुसार डेङ्गु सङ्क्रमितको सङ्ख्या १९ हजार पाँच ९९ पुगेको छ । डेङ्गु सङ्क्रमणबाट हालसम्म नौ जनाले ज्यान गुमाइसकेका छन् ।

    डेङ्गु सङ्क्रमण मुलुकका ७६ जिल्लासम्म फैलिएको महाशाखाले जनाएको छ । डेङ्गु सङ्क्रमण सबैभन्दा बढी काठमाडौंमा फैलिएको छ । काठमाडौंमा डेङ्गु सङ्क्रमणबाट हालसम्म तीन हजार एक सय तीन जना प्रभावित बनेका छन् । यस्तै कास्कीमा दुई हजार आठ सय ४७ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ ।

    यस्तै तनहुँमा दुई हजार एक सय सात, पर्वतमा एक हजार पाँच सय ६२, चितवनमा नौ सय ७१, ललितपुरमा आठ सय २७, गोरखामा ५ सय ८८, बाग्लुङमा छ सय १०, भक्तपुरमा तीन सय ५५ तथा स्याङ्जामा तीन सय ३५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको महाशाखाले जनाएको छ ।

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका रिसर्च युनिटका संयोजक तथा सङ्क्रामक रोग विशेषज्ञ डा शेरबहादुर पुन भन्छन्,“पोस्ट मनसुन सुरु हुँदा डेङ्गुको जोखिम बढ्ने सम्भावना हुन्छ । दसैँ लगत्तै अस्पताल आउने डेङ्गुका बिरामी बढिरहेका छन् । समुदायमा डेङ्गु सङ्क्रमण फैलिएको देखिन्छ ।”

    विसं २०८० को पुस मसान्तसम्म देशभर झण्डै ५२ हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि भएकामा २० जनाको मृत्यु भएको थियो । डेङ्गु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो । लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्याङ्की पूरै खाली गरेर सफा गरिरहने, सुत्ने बेला झुलको प्रयोग गर्नुपर्छ ।

    डेङ्गु सङ्क्रमणबाट बच्न मुख्यतः लामखुट्टेको टोकाइबाट जोगिनुपर्छ । डा पुन भन्छन्, “झूलको प्रयोग गर्नु राम्रो हुन्छ । जटिल लक्षण देखिए स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ ।”

  • हेटौंडास्थित अनुसन्धान केन्द्रलाई दक्षिण पूर्वी एसियाली केन्द्र बनाउन विश्व स्वास्थ्य संगठनसँग मन्त्री पौडेलको आग्रह

    हेटौंडास्थित अनुसन्धान केन्द्रलाई दक्षिण पूर्वी एसियाली केन्द्र बनाउन विश्व स्वास्थ्य संगठनसँग मन्त्री पौडेलको आग्रह

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले हेटौंडामा रहेको विश्व स्वास्थ्य संगठनको कीटजन्य रोग नियन्त्रण अनुसन्धान तथा तालिम केन्द्रलाई क्षेत्रीय अनुसन्धान केन्द्रका रुपमा विकास गर्न सघाउन आग्रह गरेका छन् ।

    जर्मनीको बर्लिनमा आयोजित विश्व स्वास्थ्य शिखर सम्मेलनका क्रममा संगठनका महानिर्देशक डाक्टर टेड्रोस गिब्रिएससँगको कुराकानीका क्रममा स्वास्थ्यमन्त्री पौडेलले यस्तो आग्रह गरेका हुन् ।

    नेपालमात्र नभएर दक्षिण पूर्वी एसियाकै अनुसन्धान केन्द्रका रुपमा विकास गर्न सकिने भन्दै मन्त्री पौडेलले यसका लागि सरकारका तर्फबाट गर्नुपर्ने सहयोगका लागि तयार रहेको बताए ।

    जवाफमा विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोसले नेपालले संगठनको स्वास्थ्य लक्ष्य पूरा गर्न महत्वपूर्ण योगदान दिएको चर्चा गर्दै यस विषयमा सकारात्मक रहेको बताएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वय महाशाखा प्रमुख डाक्टर भीम सापकोटाले जानकारी दिए ।

    सम्मेलनका क्रममा मन्त्री पौडेलले विश्वव्यापी खोप अलाएन्स गाभीका कार्यकारी अधिकृत सानिया निस्तारसँग पनि भेट गरे । उनले नेपाल बालबालिकामा हुने क्यान्सरसँग जुध्न लागिपरेको भन्दै बाल क्यान्सर नियन्त्रणका लागि खोपको सहायताका लागि आग्रह गरे ।

    मन्त्रालयले सानै उमेरदेखि क्यान्सर नियन्त्रणका लागि योजना बनाएर काम थालेको भन्दै मन्त्री पौडेलले गाभीबाट प्राप्त हुने सहयोगले साथ मिल्ने बताए ।

    मन्त्री पौडेलले जर्मनीका संघीय स्वास्थ्यमन्त्री कार्ल लउटरबचसँग पनि भेटवार्ता गर्दै नेपालले डिजिटल स्वास्थ्यमार्फत स्वास्थ्य सुधार अघि बढाउने बताए ।

    जर्मन मन्त्रीले जर्मन अन्तर्राष्ट्रिय सहायता एजेन्सीमार्फत नेपाललाई दिन लागिएको करिब ३० मिलियन युरो स्वास्थ्य सहायताको प्राथमिकताबारे जिज्ञासा राखेका थिए । जवाफमा मन्त्री पौडेलले डिजिटल प्रणालीको सुधार अघि बढाउने बताएका हुन् ।

    नेपालका महिला स्वास्थ्य स्वयंसेविकामार्फत बालबालिका तथा महिलाको खोप तथा पोषणमा भैरहेको सुधारको विश्वका स्वास्थ्य क्षेत्रका सरोकारवालाले प्रशंसा गरेका छन् ।

    विश्व स्वास्थ्य शिखर सम्मेलनमा बोल्ने क्रममा स्वास्थ्य मन्त्री पौडेलले नेपालको दूरदराजका क्षेत्रमा समेत ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाले पोषण र स्वास्थ्यका क्षेत्रमा मातृ र शिशुका लागि उदाहरणीय काम गरेको बताएका थिए ।

    स्थानीय समुदायका महिलाले प्रभावकारी योगदान दिएकै कारण मातृशिशु मृत्युदर कम गर्न सकेको मन्त्री पौडेलले बताएपछि सहभागीहरुले त्यस कार्यको प्रशंसा गरेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

    सम्मेलनमा सहभागी हुने क्रममा मन्त्री पौडेलले नर्वेका स्वास्थ्यमन्त्री जाँ क्रिश्चियन भेस्ट्रे तथा युनिसेफका शीर्ष अधिकारीसँग समेत भेटवार्ता गर्दै स्वास्थ्य सुधारमा नेपालले गरिरहेको प्रयासमा ऐक्यबद्धताका लागि आग्रह गरेका थिए ।

    युनिसेफका डेपुटी प्रोग्राम डिरेक्टर ओमर अब्दीसँग मन्त्री पौडेलले महिला स्वास्थ्य स्वयंसेविकाको परिचालन व्यवस्थित ढंगले गर्न सशक्तीकरणका लागि पर्याप्त सेवा सुविधा उपलब्ध गराउन सघाउन आग्रह गरेका थिए ।

    जवाफमा युनिसेफका डेपुटी प्रोग्राम डिरेक्टरले नेपालका महिला स्वास्थ्य स्वयंसेविकाको योगदान प्रशंसनीय रहेको भन्दै सघाउन तयार रहेको बताएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका समन्वय महाशाखा प्रमुख सापकोटाले जानकारी दिए ।

  • डेङ्गु लागेको कसरी थाहा पाउने ? यस्तो अवस्थामा हुनसक्छ जोखिम

    डेङ्गु लागेको कसरी थाहा पाउने ? यस्तो अवस्थामा हुनसक्छ जोखिम

    काठमाडौं ।बिदाको दिन सामान्यतय म तरकारी किन्न तरकारी बजार जाने गर्दछु । अनि फर्कदा सार्बजनिक गाडीमा/बसमा फर्कने गर्दछु । केही दिनअगाडि मेरो ठीक पछाडिको सिटमा एक जोडी ज्वरो अनि टाउको/जीउ असाध्य दुखेको, खानामा अरुचि भएको भन्दै कुरा गर्दै थिए ।

    अर्कोले भन्दै थियो सायद डेङ्गु पो हो कि ? भोलि चिकित्सकसँग परामर्श गरेर रगतको जाँच गराउनु पर्ला भन्दै बिरामीले भन्दै थिए । त्यस्तै अस्ति बिहानै कोठाको झ्यालबाहिर दुई व्यक्ति (सायद बिहानी हिँडाइमा थिए) ज्वरो अनि जीउ दुखेको भन्दै डेङ्गु लागेको शङ्का गर्दै थिए । यसबाट हाल समुदायमा डेङ्गु फैलिएको देखिन्छ ।

    डेङ्गु सुरुवा रोग हैन तर यो लामखुट्टेको टोकाइबाट सर्ने र फैलने गर्छ । डेङ्गु लक्षणहरुका बारेमा चर्चा हुने गरेको देखिए तापनि अधिकांश सङ्क्रमितहरु लक्षण बाकेर नै आफ्नो कार्यक्षेत्रमा खटिरहेका पनि देखिन्छन् । कतिपय भने घरमा नै आराम गरेर स्वास्थलाभ गरिरहेका अवस्था छ ।

    डेङ्गुका लक्षणहरुका बारेमा धेरै सुनेको र व्यापक प्रचार भएको पनि देखिन्छ तर जटिलता निम्त्याउन सक्ने सङ्केतहरुका बारेमा भने कमैलाई थाहा भएको देखिन्छ । सन् २०२२ मा अधिकांश डेङ्गुबाट मृत्यु भएकाहरु भर्ना हुँदा नै जटिल डेङ्गु लिएर आएका तथ्याङ्क देखिन्छ तर हामीले विगतमा देखिएका कमीकमजोरीबाट सिकेर आगामी दिनहरुमा डेङ्गुको मृत्युदरलाई घटाउने कोसिस गर्नुपर्दछ । यसर्थ डेङ्गु मृत्युदर वा जटिलता घटाउने एक मुख्य उपायमध्ये ‘जटिल डेङ्गु’ का पूर्वसङ्केतहरुका बारेमा थाहा पाउनु पनि आवश्यक छ ।

    अधिकांश डेङ्गु सङ्क्रमितमा सुरुमा ‘फेब्राइल फेज’ देखिने गर्दछ । यसमा मुख्यतयाः टाउको दुख्ने, जीउ दुख्ने, जोर्नी वा मांसपेशीका दुख्ने र खाना खान पटक्कै मन नलाग्ने हुन्छ । त्यस्तै, ज्वरो आउने, आँखाको गेडी दुख्ने वा खस्लाजस्तो हुने, शरीरमा स–साना राता बिमिराहरु देखिने, पखाला लाग्नेजस्ता समस्या पनि देखिने गर्दछ । कतिपयलाई खोकी पनि लागेको देखिन्छ ।

    तर खोकी डेङ्गुको कारणले हो वा फ्लू भाइरसले गर्दा हो भनेर छुट्याउने गरेको भने देखिँदैन । वास्तवमा हाल फ्लूको सिजन पनि हो भने कोभिडको सङ्क्रमण पनि सँगसँगै देखिएको छ । ‘फेब्राइल फेज’ औसतमा झन्डै आठदेखि १० दिनमा देखिने गर्दछ । ज्वरो घटेको २४ देखि ४८ घण्टा बिरामीमा ‘जटिल डेङ्गु’ देखिने सक्ने सम्भावना प्रबल रहन्छ ।

    ‘जटिल डेङ्गु’का पूर्वसङ्केतहरु के के हुन् त ?

    तारन्तार बान्ता हुनु,

    असाध्य पेट दुख्नु,

    नाक वा गिजाबाट रगत बग्नु,

    बेचैनी हुनु वा अत्यन्त कमजोर हुनु आदि ।

    माथि उल्लिखित लक्षण वा सङ्केतहरु घरमा सङ्क्रमित भएर बसिरहेको बेला देखिन वा थाहा पाउन सकिन्छ । तसर्थ, यस्ता सङ्केतहरु देखिए तुरुन्त स्वस्थ केन्द्र वा अस्पतालमा जानुपर्दछ । अस्पतालमा जाँच गर्दा थप सङ्केतहरु देखिने गर्दछ । परीक्षणबाट कलेजो आकार बढेको वा सुन्निएको तथा छाती वा पेटमा पानी भए÷नभएको थाहा हुन्छ ।

    रगतको जाँच गर्दा प्लेटेलेट्स तीव्र गतिमा घट्नु र हेमाटोकृत बढेको देखन्छ । डेङ्गुको सङ्क्रमण भएको बिरामीलाई कमजोरी अनुभव हुन्छ । डेङ्गु लागेपछि रगतमा प्लेटलेट्सको सङ्ख्या तीव्र रुपमा घट्न थाल्छ । यस्तो अवस्थामा औषधिका साथसाथै खानपान र सही दिनचर्या आवश्यक हुन्छ ।

    सन् २०२२ सालमा काठमाडौँमा देखिएको डेङ्गु प्रकोपले सबैभन्दा धेरै मानिसको ज्यान लिएको थियो । यो प्रकोपलाई कोभिड–१९ को घातक लहरहरुभन्दा खासै फरक महसुस नगरे वा तुलना गरिएको थियो । काठमाडौँका लागि सन् २०१९ पछिको दोस्रो ठूलो प्रकोप (धेरैलाई अस्पताल आउनुपर्ने बाध्यता गराएको कारण) थियो ।

    अनि नेपालको इतिहासमा नै ‘घातक डेङ्गु’ वर्षका रुपमा मैले सन् २०२२ लाई लिएको थिएँ । यसमा विशेषतः ज्येष्ठ नागरिक अनि दीर्घरोगीहरु जस्तै उच्चरक्त चाप, मधुमेह र श्वास–प्रश्वासको सङ्क्रमण भएका व्यक्तिहरु बढी डेङ्गुको जटिलताबाट मृत्यु भएका थिए । मनसुनको समयमा डेङ्गु सँगसँगै देखिने अरू सङ्क्रामक रोगहरुले डेङ्गु लक्षणलाई थप जटिल बनाउन सहयोगी भूमिका खेल्ने विभिन्न अध्ययनहरुको नतिजाले देखाएको छ ।

    नेपालमा डेङ्गु सँगसँगै चिकुनगुनिया भाइरस, स्क्रब टाइफस, फ्लूजस्ता थप सङ्क्रमणहरु फैलने गर्दछ । यसर्थ, ज्येष्ठ नागरिक, सह–सङ्क्रमित वा उच्च रक्तचाप, मधुमेह र श्वास–प्रश्वास (दीर्घ वा हालै सङ्क्रमित भएको अवस्था) समस्या भएका व्यक्तिहरूले ‘जटिल डेङ्गु’ का पूर्वसङ्केतलाई कुर्नै वा देखिनु नै पर्छ भन्ने छैन  ।

    यस्तो अवस्थामा चिकित्सकको निरन्तर सम्पर्कमा रही आफ्नो स्वास्थ अवस्थाका बारेमा जानकारी लिनु अति बुद्धिमानी हुनेछ । डेङ्गुबाट बच्नु भनेको यस्ता लामखुट्टेको टोकाइबाट बच्नु नै हो । किनभने यसको टोकाइ एवं सङ्क्रमण निकै घातक हुन सक्छ ।

    दसैँ अगाडि डेङ्गुले गति लिँदै गइरहेको अवस्था थियो । दसैँलगत्तै अस्पतालमा जाँदा डेङ्गु पुष्टि भएका बिरामीहरुको सङ्ख्या अझ बढ्दै गइरहेको पाइएको छ । यसबाट दिनमा नै दर्जनौँ डेङ्गु भाइरस पुष्टि हुने क्रमले निरन्तरता पाइरहेको अवस्था देखिन्छ । हुन त काठमाडौँ मात्र नभई देशका विभिन्न ठाउँहरुमा डेङ्गुले व्यापक प्रभाव पारेको जानकारीहरु आउने क्रम जारी छ । डेङ्गुको यो रफ्तारमा सम्भवतः तत्काल रोकिने सम्भावाना अत्यन्त न्यून देखिन्छ ।

    चाखलाग्दो कुरा के छभने अधिकांश डेङ्गु सङ्क्रमितहरु लक्षण लिएर घरघरमा बसिरहेको वा कार्यक्षेत्रमा निरन्तर खटिरहेका देखिन्छन् । अझ भनौँ धेरै मानिस ‘वाकिङ डेङ्गु’को अवस्थामा रहेको देखिन्छ । ‘वाकिङ डेङ्गु’ भन्नाले डेङ्गु सङ्क्रमित भई निरन्तर आफ्नो दैनिकीलाई निरन्तरता दिइरहेको अवस्थालाई भन्न खोजेको हो ।

    चाडपर्वमा मान्छेहरु यसको लक्षणलाई नजरअन्दाज गर्दै आउजाउ, भेटघाट गरिरहेका छन् । किनभने डेङ्गुको सामान्य लक्षण आम समस्यासँग मिल्दोजुल्दो हुन्छ । यस्तो अवस्थामा मान्छेहरु सामान्य समस्या ठानेर आफूखुसी औषधिसमेत खाँदै हिँड्डुल गरिरहेका हुन्छन् । जब समस्या जटिल बन्दैन, तबसम्म उनीहरु अस्पताल पुग्दैनन् ।

    अधिकांशलाई डेङ्गुको लक्षण देखिएको ८–१० दिनमा स्वास्थ्यमा सुधारोन्मुख देखिन्छ भने केहीमा डेङ्गुले जटिल अवस्था सिर्जना गर्न सक्दछ । तसर्थ ‘जटिल डेङ्गु’ का पूर्वसङ्केतहरु सङ्क्रमितले थाहा पाउन अति आवश्यक देखिन्छ र सो देखिए तुरुन्त चिकित्सकसँग सम्पर्क गर्न सक्छन् ।

    हाल डेङ्गु सङ्क्रमणको लहर रोक्न विभिन्न कारणले गर्दा  चुनौती रहेको भए तापनि ‘जटिल डेङ्गु’ का पूर्वसङ्केतलाई ध्यान दिनसक्ने हो भने डेङ्गुबाट हुनसक्ने मृत्युदरलाई उल्लेखनीय सङ्ख्यामा कम गर्न सकिन्छ ।

    हालसम्म रेडियो, टेलिभिजन, पत्रपत्रिका तथा सामाजिक सञ्जालहरुमा डेङ्गु के हो, कसरी सर्छ र यसका लक्षणहरुका बारेमा जानकारीहरु दिने गरेको देखिए तापनि अबको प्रचारप्रसार तथा जानकारीहरु ‘जटिल डेङ्गु’ का पूर्वसङ्केतका बारेमा केन्द्रित हुनुपर्ने देखिन्छ । यसबाट डेङ्गुबाट हुने मृत्युदरलाई उल्लेखनीय रुपमा कम गर्न सकिनेछ । यो नै अहिलेको प्रमुख आवश्यकता र सघन माग पनि हो ।

    (लेखक शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्)

  • के दाँतमा साँच्चै आँखाले देखिने कीरा हुन्छ ?

    के दाँतमा साँच्चै आँखाले देखिने कीरा हुन्छ ?

    दाँतमा ‘कीरा लाग्नु’ यो एक आम बोलचालको शब्द हो, जसले दाँतमा प्वाल पर्नु , प्वाल परेको भागमा कालो हुनु वा ‘क्याभिटी’ भन्ने जनाउँछ ।

    जब हामीले धेरै चिनी भएको खाना वा पेय पदार्थ लिन्छौं, हाम्रो मुखमा भएका ब्याक्टेरियाहरुले त्यस चिनीलाई एसिडमा परिवर्तन गर्छन् । यो एसिडले दाँतको इनामेल यानी दाँतको बाहिरी तह लाई कमजोर पार्दै क्षति पुर्‍याउँछ, जसले गर्दा ‘क्याभिटी’ वा प्वालहरू बन्दछन् ।

    तसर्थ, ‘दाँतमा कीरा लाग्यो’  भनेको दाँतको भाग ब्याक्टेरियाहरूको एसिडले सडेको र दाँतमा समस्या भएको भनेर बुझ्नु पर्दछ ।

    मन्त्र फुकेर दाँतको कीरा झार्ने कीराहरू झर्‍यो भनेको सुनिन्छ नी ! त्यो कसरी सम्भव छ ? कीरा झारेपछि दुख्न छोड्नु सन्चो हुनु पछाडि के कारण हो ?

    यो एक प्रकारको परमपरागत मान्यताहरू सँग सम्बन्धित छ । जसरी जादूगरले कुनै कुरा छल स्वरूप देखाउन सक्छन् त्यसरी नै यो विधामा निपूर्ण भएका व्यक्तिहरूले गोवरमा हुने कीरा , जंगलमा पाइने काठ वा जराभित्र हुने कीरालाई दाँतबाटै निकालिएको भनेर कलात्मकरूपले निकालेर देखाउँछन् ।

    दुख्न छोड्नुपछि चाहिँ वैज्ञानिक कारणहरू छन् ।

    हामीले प्लेसिबो एफेक्ट सुनेका छौं, त्यो विश्वासले मानसिकरूपमा दुखाईको अनुभव कम गर्न सकिन्छ । यस्तो अवस्थामा मानिसले आफ्नो शरीरले निको भइरहेको आभास गर्छ, जसले गर्दा दुखाई घट्न सक्छ ।

    अर्को कारण चाहिँ स्वाभाविक निको हुन थाल्नु ।

    कहिलेकाहीँ समय बित्दै जाँदा, शरीरले आफैँ सामान्य रूपमा साना दुखाईहरू कम गर्न विभिन्न रसायन बनाउँछ र दुखाई कम गर्छ । यो शरीरको रोग प्रतिरोधात्मक क्षमता पनि हो ।

    कहिले काहीँ हामी केही दुखाई कम हुने दबाई खाएर डेन्टिस्टकोमा नगएर कीरा झार्नतिर जान्छौं । मन्त्र फुकेको समय र यस प्रक्रियालाई सँगै मिल्दा, मानिसले यसलाई मन्त्रको प्रभाव ठान्न सक्छन् वा कीरा झरेरै दुख्न कम भएको भनेर विश्वास गर्न सक्छन् ।

    कीरा लागेपछि के गर्ने ? यसको उपचार विधि के हो ?

    दीर्घकालीन रूपमा दाँतको कीरा लाग्ने जस्ता समस्याहरूको समाधान आधुनिक चिकित्सा उपचार नै हो, जस्तै डेन्टिस्टकहाँ गएर सही उपचार गराउनु ।

    उपचार के गर्ने भन्ने चाहिँ तपाईँको दाँतमा भएको प्वाल कति गहिरियो, तपाईँको दाँतमा भएको नशामा पुग्यो कि पुगेन भन्ने मा भर पर्छ । कन्डिसन अनुसार तपाईँको दाँत फिलिङ (भर्ने ) वा नशाबाटै दाँतको उपचार गर्ने निधो चाहिँ डेन्टिस्टले तपाईँको दाँतको जाँच गरेपछि भन्छन् ।

    चाड पर्वको बेला दाँतलाई कसरी ख्याल राख्ने ?

    दाँतको स्वास्थ्यलाई चाडपर्वको मिठासले खराब गर्न नदिन यी कुराहरूलाई ध्यान दिनुभयो भने तपाईं दाँतको समस्या र दुखाईबाट बच्न सक्नुहुन्छ ।

    ॰ चिनी भएका खानेकुराले दाँतमा ब्याक्टेरिया बढाउँछ, जसले दाँतको इनामेललाई क्षति पुर्‍याउँछ । प्रयास गर्नुहोस् कि मिठाई या मीठो खानेकुरा खाएपछि तुरुन्तै मुख सफा गर्न सकियोस् ।

    ॰ चाडपर्वमा व्यस्त भएपनि, बिहान र रातमा दाँत मञ्जन गर्ने आदतलाई नछोड्नुहोस् । मिठाई खाएपछि पनि मञ्जन गर्न सके राम्रो हुन्छ।

    ॰ फ्लोराइडयुक्त मञ्जन प्रयोग गर्नुहोस्, जसले दाँतलाई एसिडबाट बचाउँछ र इनामेल बलियो बनाउँछ ।

    ॰ सुगर-फ्री चुइङ्गम चपाउनुहोस् यसले दाँतमा अड्किएर रहेका खानाका टुक्रा निकाल्ने काम गर्छ र मुखलाई प्राकृतिकरूपमा सफा राख्छ।

    चाडपर्वअघि वा पछि नियमित डेन्टल चेकअप गर्न बिर्सनु हुँदैन। यसले कुनै दाँतको समस्या पहिले नै थाहा पाउन र समयमै उपचार गर्न मद्दत गर्छ ।

    (डा. पौडेल मुख तथा दन्तरोग विशेषज्ञ हुन् ।)

  • नेपालले बीमामार्फत नागरिकको स्वास्थ्य हक रक्षा गर्ने प्रयत्न गरिरहेको छ: मन्त्री पौडेल

    नेपालले बीमामार्फत नागरिकको स्वास्थ्य हक रक्षा गर्ने प्रयत्न गरिरहेको छ: मन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले साझा स्वास्थ्य संकटसँग जुध्नका लागि श्रोत जुटाउन विश्व स्वास्थ्य संगठनसँग आग्रह गरेका छन् ।

    दक्षिण एसिया जनसांख्यिक हिसाबले समेत बढी स्वास्थ्य जोखिम क्षेत्रका रुपमा रहेको भन्दै उनले यस क्षेत्रमा बढ्न सक्ने स्वास्थ्य समस्यासँग जुध्न श्रोतको अभाव प्रमुख समस्या रहेको चर्चा गरे ।

    भारतको नयाँ दिल्लीमा सञ्चालित दक्षिण एसिया क्षेत्रको बैठकलाई नेपालका तर्फबाट सम्बोधन गर्दै मन्त्री पौडेलले भने, ‘दक्षिण एसिया जनसांख्यिक हिसाबले पनि जोखिम क्षेत्रमा छ । श्रोत अभावमा साझा स्वास्थ्य समस्यासँग लड्न समस्या देखिएको छ ।’

    मन्त्री पौडेलले नेपालको समस्या पनि दक्षिण एसियाको साझा समस्यासँग जोडिएको भन्दै आफ्नो श्रोत वृद्धिका लागि पनि लाग्ने प्रतिबद्धता जनाए । ‘हामी हाम्रा देशका स्वास्थ्य संकटसँग लड्न आफैं पनि श्रोत बढाउने प्रयास गरिरहेका छौं,’ उनले भने ।

    संगठन सदस्य रहेका दक्षिणपूर्वी एसियाली राष्ट्रका स्वास्थ्य मन्त्री र संगठनका उच्च अधिकारी बैठकमा उनले सबै सदस्य राष्ट्रहरुले आन्तरिक श्रोत थप गर्नुपर्ने बताए ।

    बैठकका क्रममा मन्त्री पौडेलले संगठनका दक्षिणपूर्वी एसिया निर्देशक सइमा वाजेदसँग भेट वार्ता गरेका थिए । त्यसक्रममा मन्त्री पौडेलले नेपाल स्वास्थ्य बीमा सुधार गर्दै नागरिकको आधारभूत स्वास्थ्य उपचारको हक बलियो बनाउन लागि परेको भन्दै संगठनबाट नीतिगत सहयोग र साथको अपेक्षा गरेको बताए ।

    उनले संगठन र नेपालका कतिपय स्वास्थ्य प्राथमिकता साझा भएको भन्दै नेपालका आधारभूत समस्या समाधानमा संगठनसँग सहकार्य निरन्तर जारी राख्ने प्रतिबद्धता पनि जनाए ।

  • प्रसूति गृहमा मनोस्वास्थ्य ओपीडी र ‘न्यु बर्न स्क्रिनिङ’ सेवा सुरु (भिडियो)

    प्रसूति गृहमा मनोस्वास्थ्य ओपीडी र ‘न्यु बर्न स्क्रिनिङ’ सेवा सुरु (भिडियो)

    काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा दुई नयाँ सेवा सुरु भएको छ । अस्पतालले गर्भवती तथा सुत्केरीका लागि मानसिक स्वास्थ्य सेवाको ओपीडी र नवजात शिशुमा वंशाणुगत रोग पत्ता लगाउन ‘न्यु बर्न स्क्रिनिङ’ सेवा सुरु गरेको हो ।

    आइतबार सेवा शुभारम्भ गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अनिवार्य रुपमा दिनुपर्ने दुई सेवा अस्पतालले सुरु गर्नु राम्रो पक्ष रहेको बताए ।

    उनले भने, ‘मनोस्वास्थ्य ओपीडीले गर्भवती तथा महिलालाई सहयोग पु¥याउनेछ । नवजात शिशुहरुको परीक्षण सेवा पनि अत्यावश्यक सेवा हो ।’

    मन्त्री पौडेलले यी सेवा व्यवस्थापनका लागि आवश्यक साधन स्रोतको व्यवस्थापनमा कमी हुन नदिने आश्वस्त पारे ।

    अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले गर्भधारण गरेका वा सुत्केरीमा समस्याको जोखिम बढी भएकाले मनोस्वास्थ्य ओपीडी सेवा सुरु गरिएको बताए ।

    उनले भने, ‘गर्भवती तथा सुत्केरी अवस्थामा हुने मानसिक स्वास्थ्य समस्याहरुले महिलाको मात्रै नभएर बच्चाको समेत शारीरिक, मानसिक र भावनात्मक वृद्धि विकासमा नकारात्मक असर पर्छ । यस्तो अवस्थामा देखिने समस्यालाई समयमै पहिचान गर्न सकिएमा समाधान गर्न सकिन्छ ।’

    डा. अधिकारीले नवजात शिशुमा हुनसक्ने ‘मेटाबोलिक डिसअर्डर’ पहिचान गरी समयमै उपचार गर्न र नवजात शिशुको मृत्युदर घटाउन सेवा सुरु गरिएको बताए ।

    अस्पतालले गत साउनदेखि हालसम्म २०५ जना शिशुमा यो परीक्षण गरिसकेको छ । नवजात शिशु जन्मेको केही दिनभित्र गरिने ‘ब्लड स्पट टेस्ट’लाई ‘न्यु बर्न स्क्रिनिङ टेस्ट’ भनिन्छ । उक्त जाँचबाट नवजात शिशुमा हुनसक्ने विभिन्न प्रकारका वंशाणुगत समस्या पत्ता लगाउन सकिन्छ ।

    उक्त परीक्षणबाट हाल ६ वटा वंशाणुगत रोग पहिचान गर्न सकिने र भविष्यमा थप साधनस्रोत थपेर अरु रोगका लागि पनि सेवा सञ्चालन गर्ने लक्ष्य छ । परीक्षणमा पोजिटिभ आएका शिशुका लागि तुरुन्त आवश्यक उपचार सुरु गरिनेछ ।