Category: स्वास्थ्य-जीवनशैली

  • दोस्रो लहर कोरोनाको हटस्पट बनेको लुम्बिनीमा घट्यो संक्रमणदर, मृत्यु शून्य

    दोस्रो लहर कोरोनाको हटस्पट बनेको लुम्बिनीमा घट्यो संक्रमणदर, मृत्यु शून्य

    रुपन्देही । दोस्रो चरणको कोरोना महामारीको हटस्पट बनेको लुम्बिनीमा अहिले संक्रमण दरसँगै मृत्युदर पनि घटेको छ । आइतबार र सोमबार कोरोना संक्रमणबाट लुम्बिनी प्रदेशभर कसैको मृत्यु भएको छैन । चैतमा दोस्रो लहर शुरु भएयता प्रदेशमा संक्रमितको दैनिक मृत्युदर पहिलो पटक शुन्यमा झरेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    कोरोना संक्रमणदर तीव्र भएको बेला वैशाखको अन्तिम साता मृत्युदर निकै उच्च थियो । त्यसबेला लुम्बिनी प्रदेशमा दैनिक ५० को आसपासमा संक्रमितको मृत्यु हुने गरेको थियो । जेठको पहिलो सातादेखि मृत्युदर केही घट्न थालेको थियो ।

    असार लागेपछि दैनिक मृत्युदर १० वा त्यो भन्दा कम छ । असार ७ गते १० जना र १४ गते ९ संक्रमितको मृत्यु भएको थियो ।

    कोरोना संक्रमणका कारण लुम्बिनी प्रदेशमा हालसम्म २ हजार ४५ जनाको मृत्यु भइसकेको छ । जसमा १ हजार ७ सय पीसीआरबाट पुष्टि भएका हुन् भने ३ सय ४५ जना एन्टिजेन परीक्षणबाट पोजेटिभ आएको थियो ।

    दोस्रो लहरमा रुपन्देही सबैभन्दा बढी प्रभावित जिल्ला बनेको थियो । वैशाख ३० गते मात्र रुपन्देहीमा १८ जना संक्रमितको मृत्यु भएको थियो । त्यो दिन सक्रिय संक्रमितको संख्या साढे ७ हजार थियो ।

    त्यसपछि बाँके जिल्लामा पनि संक्रमणदर र मृत्युदर उच्च थियो । प्रदेशका अरु जिल्ला पनि कोभिडको दोस्रो लहरबाट प्रभावित भएका थिए । वैशाख र जेठ महिनामा संक्रमितको लागि अस्पतालमा बेड पाउन पनि निकै गाह्रो भएको थियो । बेड र अक्सिजन नपाएर धेरै संक्रमितले ज्यान समेत गुमाएका थिए ।

    मृत्युदरसँगै संक्रमणदरमा पनि कमी आएको छ । अहिले प्रदेशमा सक्रिय संक्रमितको संख्या १ हजार २ सय ६ रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेशका केही स्थानमा नयाँ प्रजातिको कोरोना भाइरस पनि भेटिएकाले थप सचेत रहन मन्त्रालयले आग्रह गरेको छ ।

  • सुदूरपश्चिममा तेस्रो लहरको कोरोना नियन्त्रण तयारी सुरु, सेती अस्पतालले माग्यो ५ करोड

    सुदूरपश्चिममा तेस्रो लहरको कोरोना नियन्त्रण तयारी सुरु, सेती अस्पतालले माग्यो ५ करोड

    कैलाली । तेस्रो लहरको कोरोना संक्रमण फैलिनसक्ने खतरालाई मध्यनजर गर्दै सुदूरपश्चिम प्रदेश सरकारले नियन्त्रणका लागि तयारी थालेको छ ।

    प्रदेश सरकारले तेस्रो लहरको कोरोनाबाट बालबालिका बढी प्रभावित हुनसक्ने भन्दै अस्पतालहरूलाई त्यहीं अनुसारको व्यवस्थापन गर्न परिपत्र गरेको छ ।

    प्रत्येक जिल्ला अस्पतालमा १० शय्या र तराईको धनगढी, महेन्द्रनगर र टीकापुरमा ४० देखि ५० शय्याको व्यवस्थापन गर्न भनिएको छ ।

    कञ्चनपुरको महाकाली र टिकापुर अस्पतालमा बलमैत्री छुट्टै अस्पताल निर्माण कार्यसमेत सुरु भइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    सेती अस्पतालमा भने दुई वटा अस्थायी कोरोना अस्पताल तयार हुने भएका छन् । एउटा हाल सञ्चालनमा रहेको छ भने अर्काे थप हुने भएको छ ।

    ‘निर्माणाधीन कोरोना अस्पतालमा अन्य कोरोनाका विरामीलाई राखिने छ ’ सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले भने, ‘पहिले तयार भइसकेको कोरोना अस्पतालमा बालबालिकाको लागि व्यवस्थापन गरिने छ ।’

    सेती अस्पतालले माग्यो ५ करोड

    सेती प्रादेशिक अस्पतालले तेस्रो लहरको कोरोनाबाट जोखिम कम गर्न प्रदेश सरकारसँग ५ करोड रकम माग गरेको छ ।

    मन्त्रालयले असार ६ गते तेस्रो लहरको कोरोनाबाट बालबालिका बढी प्रभावित हुने भन्दै सेती अस्पताललाई आवश्यक संरचनाको अवस्था र लागत रकमबारे परिपत्र मगाएको थियो ।

    जवाफमा अस्पतालले २५ शय्याको आइसोलेसन भवन, सीसी क्यामेरा, अक्सिजन पाइपलाइन, आवश्यक जनशक्ति र उपकरणको लागि ४ करोड ९६ लाख २५ हजार ५८० रुपैयाँ माग गरेको हो । उपचार कक्ष निर्माण र उपकरण जडान गर्न रकम माग गरिएको सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

    अस्पतालमा ९ बेडको एनआईसीयू रहेको छ । उक्त संख्या बढाएर २५ बनाउने लक्ष्य रहेको उनले बताए ।

    सामाजिक विकास मन्त्रालयले कम्तीमा ४० शय्याको बनाउन परिपत्र गरेको छ । तर अस्पतालले ५० शय्यासम्मको व्यवस्था गर्ने तयारी गरेको छ ।

  • मंगलबार २३ सय कोभिड बिरामी थपिए, १२ जनाको मृत्यु

    मंगलबार २३ सय कोभिड बिरामी थपिए, १२ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा २,३९८ जना कोरोना संक्रमित थपिएका छन् । ११ हजार १२ नमुना (पीसीआर ७०५८ र एन्टिजेन ३९५४) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    मंगलबार कोरोना संक्रमणदर २१.७७ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप १२ जनाले ज्यान गुमाएका छन् भने २०७८ जना डिस्चार्ज भएका छन् ।

    मंगलबार काठमाडौ उपत्यकामा ५८७ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौं जिल्लामा ४१०, ललितपुरमा ९७ र भक्तपुरमा ८० जना छन् ।

    मोरङ, सुनसरी, झापा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र कास्की ८ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

    मुलुकमा हालसम्म भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख ५८ हजार ७७८ जना रहेको छ भने कुल ६ लाख २३ हजार १०५ जना संक्रमणमुक्त भएका छन् ।

    अहिलेसम्म मुलुकमा ९,४१२ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ । नेपालमा मंगलबारसम्म कोभिड–१९ विरुद्धको पहिलो मात्राको खोप लगाउनेको संख्या २६ लाख ११ हजार ८०७ जना रहेको छ भने ११ लाख ३ हजार १३० जनाले दोस्रो डोज खोप लगाइसककेका छन् ।

     

     

  • जापानले नेपालसहितका एसियाली देशलाई ११ मिलियन अस्ट्राजेनेका खोप दिने

    जापानले नेपालसहितका एसियाली देशलाई ११ मिलियन अस्ट्राजेनेका खोप दिने

    काठमाडौं । जापानले नेपालसहितका एसियाली मुलुकलाई यसै महीनामा आस्ट्राजेनेका खोप प्रदान गर्ने भएको छ ।

    समाचार संस्था रोयटर्सका अनुसार जापानले कोभ्याक्समार्फत एसियाली मुलुकलाई दिने भनेको ११ मिलियन खोपबाट नेपालले खोप प्राप्त गर्ने भएको छ ।

    नेपालसहित, बंगलादेश, कम्बोडिया, इरान, लाओस, श्रीलंका र प्रशान्त क्षेत्रीय मुलुकले सो परिमाणबाट खोप प्राप्त गर्ने जापानी विदेशमन्त्री तोसिमित्सु मोतेगीको भनाई उध्दृत गर्दै रोयटर्सले जनाएको छ ।

    जापानले बिहीबारदेखि ताइवान, इन्डोनेसिया र भियतनाममा प्रतिदेश १ मिलियन डोज खोप आपूर्ति गर्दैछ । जापानले कोभ्याक्सलाई १ बिलियन डलर र ३० मिलियन डोज खोपको प्रतिबद्धता जनाएको छ ।

    तस्विर : नेपालका लागि जापानी राजदूत किकुता युतुका

  • नर्भिक अस्पतालद्वारा आइपीओ ल्याउने तयारी

    नर्भिक अस्पतालद्वारा आइपीओ ल्याउने तयारी

    काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण भएको छ । नर्भिक अस्पतालले हालै आफूलाई प्राइभेट कम्पनीबाट पब्लिकमा रुपान्तरण गरेको हो ।

    नेपालमा निजी क्षेत्रबाट स्तरीय स्वास्थ्य सेवाको जग बसालेको नर्भिक अस्पतालले भविष्यमा आफ्नो सेवालाई बिस्तार गर्ने र यो कार्यमा जनसहभागितालाई समेत सुनिश्चित गर्ने अवधारणाअन्तर्गत आफूलाई प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण गरेको हो ।

    पब्लिक कम्पनीमा रुपान्तरण भएसँगै नर्भिकले भविष्यमा सर्वसाधारणका लागि साधारण सेयरको प्राथमिक निस्कासन(आइपीओ) गर्ने तयारी गरेको छ ।

    नर्भिक अस्पताल नेपालको सेयर बजारमा सूचीकृत हुने पहिलो अस्पताल तथा मेडिकल कलेज बन्ने गरी काम अगाडि बढेको अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले जानकारी दिए ।

     

  • यसअघि छुटेका ज्येष्ठ नागरिकलाई पनि खोप दिइने

    यसअघि छुटेका ज्येष्ठ नागरिकलाई पनि खोप दिइने

    काठमाडौं । यसअघि छुटेका ६० वर्षभन्दा माथिका सबै नागरिकले कोभिड-१९ विरुद्धको खोप लगाउन पाउने भएका छन् ।

    जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले यसअघि विभिन्न कारणले छुटेका नागरिकलाई पनि खोप दिइने जानकारी दिए ।

    खोप अभियान चलेको बेला बिरामी हुनेदेखि विभिन्न कारणले छुटेका ज्येष्ठ नागरिकले खोप लगाउन पाएका थिएनन् । आफ्नो उमेर खुल्ने सरकारी परिचयपत्र लिएर यसअघि छुटेका ज्येष्ठ नागरिकले खोप लगाउन पाउने भएका छन् ।

    आजदेखि साउन २ गतेसम्म भेरोसेल र साउन ४ गतेदेखि ६ गतेसम्म जोन्सन एन्ड जोन्सन खोप लगाउने अभियान सुरु भएको छ ।

  • आजदेखि भेरोसेल र चार गतेदेखि जोन्सन खोप लगाइने, यी हुन् काठमाडौंका ४४ खोप केन्द्र (सूचीसहित)

    आजदेखि भेरोसेल र चार गतेदेखि जोन्सन खोप लगाइने, यी हुन् काठमाडौंका ४४ खोप केन्द्र (सूचीसहित)

    काठमाडौं । आजदेखि मुलुकका ७७ वटै जिल्लामा कोभिड-१९ विरुद्धको नयाँ खोप अभियान सुरु भएको छ ।

    चिनियाँ खोप भेरोसेल आजदेखि साउन २ गतेसम्म र अमेरिकी खोप जोन्सन एन्ड जोन्सन साउन ४ गतेदेखि ६ गतेसम्म लगाइने भएको छ ।

    प्रत्येक जिल्लास्थित स्वास्थ्य कार्यालयहरुले तोकेका खोप केन्द्रबाट खोप लगाइने भएको छ । काठमाडौं जिल्लामा ४४ वटा खोप केन्द्र तोकिएको छ । यी हुन् खोप केन्द्र :

    कस–कसले लगाउन पाउँछन् ?

     

     

  • तेस्रो लहरको संक्रमण रोक्न सुदूरपश्चिममा पूर्वतयारी सुरु

    तेस्रो लहरको संक्रमण रोक्न सुदूरपश्चिममा पूर्वतयारी सुरु

    कैलाली । दोस्रो लहरको कोरोना संक्रमण कम भइरहेको अवस्थामा तेस्रो लहरको संक्रमण नियन्त्रणको लागि सुदूरपश्चिममा तयारी सुरु भएको छ । प्रदेश सरकारले पनि तेस्रो लहरको कोरोनाको व्यवस्थापन गर्न सबै अस्पतालहरुमा परिपत्र गरेको छ ।

    सेती प्रादेशिक अस्पतालले उक्त परिपत्र अनुसार प्रदेश सरकारसँग आवश्यक रकम माग गरेको छ ।

    अस्पतालले तेस्रो लहरका बालबालिका बढी प्रभावित हुने प्रक्षेपण भइरहँदा उनीहरुको लागि उपचार कक्ष निर्माण र उपकरण जडान गर्न रकम माग गरिएको छ ।

    अस्पतालले बालबालिकाका लागि आवश्यक पर्न सक्ने भन्दै एनआईसीयूका बेडको निर्माण र भौतिक संरचना तयार गर्ने काम गरिरहेको जनाएको छ ।

    अस्पतालमा अहिले ९ शय्याको एनआईसीयूका रहेको छ । उक्त संख्या बढाएर २५ बनाउने लक्ष्य रहेको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

    सामाजिक विकास मन्त्रालयले कम्तीमा ४० शय्याको व्यवस्था गर्न बनाउन परिपत्र गरेको छ । तर अस्पतालले ५० शय्यासम्मको व्यवस्था गर्ने तयारी गरेको छ ।

    सामाजिक विकास मन्त्रालयले पनि प्रदेशमा तेस्रो लहरको लागि तयारी थलिएको बताएको छ । सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले टिकापुर र महाकाली अस्पतालका नयाँ भवन निर्माण सुरु भइरहेको जनाएको छ ।

    सेती अस्पतालमा निर्माणाधीन कोरोना अस्पतालमा अन्य कोरोनाका बिरामीलाई राखिने र पहिले तयार भइसकेको कोरोना अस्पतालमा बालबालिकाको लागि व्यवस्थापन गर्ने तयारी भइरहेको जनाएको जनाए ।

    तयार भइसकेको कोरोना अस्पतालमा ५० शय्या रहेको छ भने प्रदेश सरकारले थप ५० शय्याको अस्पताल निर्माण गरिरहेको छ ।

  • भोलिदेखि देशभर जोन्सन एन्ड जोन्सन र भेरोसेल खोप लगाइने, कस-कसले लगाउन पाउनेछन् (सूचीसहित)

    भोलिदेखि देशभर जोन्सन एन्ड जोन्सन र भेरोसेल खोप लगाइने, कस-कसले लगाउन पाउनेछन् (सूचीसहित)

    काठमाडौं । चीनबाट भेरोसेल र अमेरिकाबाट जोन्सन एन्ड जोन्सन खोप आइपुगे लगत्तै सरकारले असार २९ गते भोलिदेखि खोप अभियान संचालन गर्ने घोषणा गरेको छ ।

    सोमबार स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले मंगलबारदेखि दुबै खोप लगाइन सुरु गर्ने निर्णय गरेको छ । सरकारको निर्णयअनुसार भेरोसेललाई ५५ वर्ष माथिकाले लगाउन पाउनेछन् भने, जोन्सन एन्ड जोन्सनलाई ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकले लगाउन पाउनेछन् ।

    भेरोसेल ५५ वर्षमाथिका नागरिक, विश्वविद्यालय, विद्यालयका प्राध्यापक शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातका चालक र सहचालक र खोप अनिवार्य गरिएका देशमा जाने नागरिकलाई लगाइने भएको छ ।

    जोन्सन एन्ड जोन्सन चाहिँ ५० देखि ५४ वर्ष उमेर समूहका नागरिक, पूर्ण र अति अशंक अपांग भएकालाई, नेपालमा बसोबास गरिरहेका शरणार्थीलाई, स्वास्थ्यकर्मीलाई लगाइने भएको छ ।

    खोप लगाउन पहिचान खुल्ने सरकारी कागजात लिएर खोप केन्द्रमा जान मन्त्रालयले आग्रह गरेको छ ।

  • सोमबार २३ सय कोभिड बिरामी थपिए, १८ जनाको मृत्यु

    सोमबार २३ सय कोभिड बिरामी थपिए, १८ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा २३७० जना कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५८४ (७६८९ पीसीआर र ३८९५ एन्टीजेन) नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    सोमबारको संक्रमण दर २०.४५ प्रतिशत छ ।

    थप १८ जनाको कोभिड संक्रमणले मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ११३३ जना डिस्चार्ज भएका छन् ।

    काठमाडौं जिल्लामा ५४१८ जना सक्रिय संक्रमित छन् । भक्तपुरमा ९५३ र ललितपुरमा १३१९ जना सक्रिय संक्रमित छन् ।

    उपत्यकाका तीन जिल्लासहित कास्की, चितवन, मकवानपुर, मोरङ, सुनसरी र झापामा सक्रिय संक्रमित संख्या ५०० भन्दा माथि छ । २६ जिल्लामा सक्रिय संक्रमित संख्या २०० भन्दा माथि छ ।

  • खोप अभियानमा दुर्गम क्षेत्र र मजदूरलाई प्राथमिकता दिन माग

    खोप अभियानमा दुर्गम क्षेत्र र मजदूरलाई प्राथमिकता दिन माग

    काठमाडौं । राष्ट्रियसभाका सदस्यले बाढी, पहिरो र डुबानबाट प्रभावित जनतालाई तत्काल राहत उपलब्ध गराउन तथा कोभिड-१९ संक्रमण रोकथामका लागि सबै नागरिकलाई यथाशीघ्र खोप सुनिश्चित गराउन सरकारसँग माग गरेको छ ।

    राष्ट्रियसभाको आजको विशेष समयमा भाग लिँदै नेकपा (एमाले)की दीपा गुरुङले सबै नागरिकलाई यथाशीघ्र खोप उपलब्ध गराउन माग गरेकी छन् । उनले वर्षाका कारण मुलुकका विभिन्न भेगमा बाढीपहिरोका घटनापछि हुने उद्धार, राहतका साथै सडक यातायात खुलाउन तीनै तहका सरकारको संयुक्त प्रयासको खाँचो औँल्याएकी छन् ।

    सोही दलकी शारदादेवी भट्टले मुलुकको तराई भेगका अधिकांश क्षेत्र डुबानमा परेर बालीनालीको क्षति भएकाले किसानलाई उचित क्षतिपूर्ति दिलाउन माग गरीन् । उनले कैलालीमा तीनवर्षीय विवेक विष्टका हत्यामा संलग्नलाई कानूनी कारवाही होस् भनीन् । एमालेकै कविता बोगटीले सरकारले खोपको पहल गरेर सराहनीय काम गरेको बताइन् ।

    सोही दलकी विमला घिमिरेले राष्ट्रिय गौरवका आयोजनामा काम गर्ने मजदूरलाई कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न माग गरीन् । एमालेकी नन्दा चपाईँले कोरोना रोगविरुद्धको खोप लगाउन दुर्गम क्षेत्रका नागरिकलाई प्राथमिकता दिन अनुरोध गरीन् । सोही दलका नरपति लोहारले बाढीपीडित जनताका लागि तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन आग्रह गरे ।

    नेपाली कांग्रेसका प्रकाश पन्थले जनताले अपेक्षा गरेअनुरुप जनप्रतिनिधिले भूमिका निर्वाह गर्न नसकेकोे जनाउँदै राष्ट्रियसभाको कामकारवाही अझ प्रभावकारी हुनुपर्नेमा जोड दिए । नेकपा (माओवादी केन्द्र)का जीवन बुढाले राष्ट्रियसभालाई कानून निर्माण तथा विचार निर्माण गर्ने थलो बनाउनुपर्ने बताए । सोही दलका महेशकुमार महराले मुलुकमा शान्तिसुरक्षाको कमजोर व्यवस्थापनका कारण पछिल्लो समय हत्याहिंसा र बलात्कारका घट्ना बढेको भनी चिन्ता व्यक्त गरे । रासस

  • फाइजर खोप खरिदमा समन्वय गर्न अमेरिकालाई नेपालको आग्रह

    फाइजर खोप खरिदमा समन्वय गर्न अमेरिकालाई नेपालको आग्रह

    काठमाडौं । नेपालले अमेरिकी खोप फाइजरको आपूर्तिमा समन्वय गर्न अमेरिकालाई आग्रह गरेको छ । सोमबार त्रिभुवन विमानस्थलको विशिष्ठ कक्षमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठले राजदूत र्‍यान्डी बेरीलाई उक्त आग्रह गरेका हुन् ।

    जवाफमा बेरीले नेपाललाई सहयोग गर्न आफू र अमेरिका सरकार तयार रहेको बताएका थिए । सोमबार अमेरिकी खोप जोन्सन एन्ड जोन्सनको १५ लाख डोज ग्रहण गर्दै मन्त्री श्रेष्ठले अमेरिकालाई थप आग्रह गरेका हुन् ।

    नेपालले उक्त परिमाणको खोप कोभ्याक्ससंयन्त्रबाट हासिल गरेको हो । तर, जोन्सन एन्ड जोन्सन, फाइजर र नोभाभ्याक्सले विक्रीका लागि अझै केही वर्ष लाग्ने जनाएका थिए ।

  • भरतपुरमा कोरोनाको डेल्टा भेरिएन्ट संक्रमण पुष्टि

    भरतपुरमा कोरोनाको डेल्टा भेरिएन्ट संक्रमण पुष्टि

    भरतपुर । भरतपुरमा कोरोनाभाइरसको ‘डेल्टा भेरिएन्ट’ फेला परेको छ । भरतपुर अस्पतालले परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाएकामध्ये दुई नमूनामा नयाँ भरिएन्ट पत्ता लागेको हो ।

    सो अस्पतालका प्रयोगशालामा पोजेटिभ देखिएका पाँच नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाइएको थियो अस्पतालले आज एक विज्ञप्ति प्रकाशित गरी यसरी पठाइएका नमूना मध्ये दुई नमूनामा डेल्टा प्रमाणित भएको जनाएको छ ।

    अस्पतालका कोभिड क्लिनिकल कोअर्डिनेटर डा. प्रमोद पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा यसरी पठाइएका नमूना भरतपुर महानगरपालिकाभित्रका भएको जनाइएको छ ।

    कोरोनाको पहिलो लहरको अल्फा भेरियन्टभन्दा कोरोनाको डेल्टा भेरिएन्ट बढी संक्रमक रहेको विभिन्न अनुसन्धानले पुष्टि गरेको वरिष्ठ कन्सल्टेन्ट फिजिसियनसमेत रहेका उनले जानकारी दिए ।

    डेल्टा भेरियन्टले बालबालिकादेखि वृद्ध-वृद्धासम्म सबै उमेर समूहका व्यक्तिलाई उच्च संक्रमण गर्ने र फोक्सोमा बढी असर पार्नसक्ने क्षमता भएको विज्ञले बताएका छन् ।

    विज्ञप्तिमा सम्पूर्ण नागरिकलाई त्रसित नभई उच्च सतर्कताका साथ जनस्वास्थ्यका मापदण्ड पालना गर्न अपिलसमेत गरिएको छ । यस अघि स्याङजा, गोरखा र नुवाकोटमा डेल्टा भेरिएन्ट पुष्टि भएको थियो ।

  • ८.८ प्रतिशतलाई पहिलो डोज र ३.५ प्रतिशतले लगाए दोस्रो डोज

    ८.८ प्रतिशतलाई पहिलो डोज र ३.५ प्रतिशतले लगाए दोस्रो डोज

    काठमाडौं । मुलुकको कूल जनसंख्याको ८.८ प्रतिशतले कोभिड-१९ विरुद्ध पहिलो डोज र ३.५ प्रतिशतले दोस्रो मात्रा लगाएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै खोप उत्पादक मुलुक, खोप उत्पादक कम्पनी तथा तिनका वितरकसँग खोप प्राप्तीका लागि संवाद भैरहेको जनाएको छ ।

    सोमबार अमेरिकाबाट १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप प्राप्त भएको समेत मन्त्रालयले जनाएको छ ।

  • अमेरिकाले पठाएको कोरोना खोप नेपाल आइपुग्यो, स्वास्थ्यमन्त्रीलाई हस्तान्तरण (भिडियो)

    अमेरिकाले पठाएको कोरोना खोप नेपाल आइपुग्यो, स्वास्थ्यमन्त्रीलाई हस्तान्तरण (भिडियो)

    काठमाडौं । अमेरिकाले नेपालाई अनुदानमा उपलब्ध गराएको १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप आज काठमाडौं आइपुगेको छ ।

    खोप बोकेर आएको अमेरिकी कार्गो जहाज १० बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो ।

    विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी राजदूत र्‍यान्डी बेरीले स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठलाई खोप हस्तान्तरण गरे।

  • कोरोना अपडेट : १,५३३ निको हुँदा १,८३१ संक्रमित थपिए

    कोरोना अपडेट : १,५३३ निको हुँदा १,८३१ संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा आइतबार मुलुकमा १ हजार ८३१ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ९,२१८ जना (एन्टिजेन्ट ३,६८३ र पीसीआर ५५३५) नमुना परीक्षण गर्दा संक्रमित थपिएका हुन् ।

    २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट २० जनाले ज्यान गुमाएका छन् भने १,५३३ संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

    पछिल्लो दुई हप्ताको तथ्यांकलाई हेर्ने हो भने मुलुकमा संक्रमण बढ्दै गएको देखिन्छ ।

    हालै गरिएको निषेधाज्ञा खुकुलो भएपनि संक्रमणको जोखिम नघटेकाे मन्त्रालयले जनाएको छ ।

     

  • नेवानीबारे मन्त्रालयको प्रष्टीकरण- निगम निजीकरणबारे छलफलसमेत भएको छैन

    नेवानीबारे मन्त्रालयको प्रष्टीकरण- निगम निजीकरणबारे छलफलसमेत भएको छैन

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायु सेवा निगमलाई निजीकरण गर्ने वा निजी कम्पनीमा रुपान्तरण गर्ने कुनै योजना नभएको प्रष्ट्याएको छ । निगमलाई निजीकरण गर्न खोजिएको भन्दै त्यहाँका कर्मचारी आन्दोलनरत रहेको बेला मन्त्रालयको यो धारणा आएको हो ।

    निगमले विज्ञप्ति निकालेर निजीकरणको प्रकृयाका सम्बन्धमा हालसम्म कुनै छलफल समेत नभएको बताएको छ ।

    नेवानीको विषयमा भ्रामक सूचना सम्प्रेषण भइरहेको भन्दै मन्त्रालयले आफ्नो यसप्रति ध्यानाकर्षण भएको समेत बताएको छ ।

    ‘नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने वा निजी कम्पनीमा रुपान्तरण गर्ने मन्त्रालयको हालसम्म कुनै योजना एवं कार्यक्रम नभएको तथा निजीकरणको प्रकृयाका सम्बन्धमा हालसम्म कुनै छलफल समेत नभएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ’, प्रवक्ता तारानाथ अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

  • वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्‍घाटन, ५०० बेड थप गरिने (तस्विरहरु)

    वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्‍घाटन, ५०० बेड थप गरिने (तस्विरहरु)

    काठमाडौं । केन्द्रिय कोभिड–१९ को एकीकृत वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनमा ५०० बेड थपिने भएको छ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त भवनको उद्घाटन गरे । भवनको उद्घाटन कार्यक्रममा अस्पतालका प्रमुख प्रशासकिय अधिकारी प्रा.डा. जागेश्वर गौतमले आइसीयू, एचडीयू र जनरल गरि ५०० बेड थपि सेवा विस्तारको तयारीमा रहेको जानकारी गराए ।

    अहिले अस्पतालमा २ वटा अक्सिजन प्लान्ट र १ लिक्विड ग्याँस ट्याङक जडान गरिसकेकाले वीरको पुरानो भवन र ट्रमा सेन्टरमा रहेका कोभिडका बिरामीलाई नयाँ भवनमा सारिएको उनले जानकारी गराए । पुरानो भवन र ट्रमामा नन कोभिडको बिरामीको उपचार सुरु भइसकेको गौतमले जानकारी समेत गराए ।

    उनका अनुसार आकस्मिक बेडको संख्यामा वृद्धि गरेर थप १०० थपि आइसियु बेड २०० पुर्‍याउने तथा तथा मिर्गौला डाइलाइसिसको मेशिनलाई १५ बाट बढाएर १०० पुर्‍याउने तथा दैनिक ७५ वटा सर्जरी पुर्‍याउने लक्ष्य अनुसार काम अघि बढाइएको उनको भनाई छ ।

    महीनामा १५ जनाभन्दा बढीको मिर्गौला प्रत्यारोपण गर्ने तयारी समेत छ । वीरलाई थप ५ अर्ब अनुदान दिए निःशुल्क विशेषज्ञता सेवा प्रदान गर्न सकिने भन्दै गौतमले प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गराए । वीरमा ८३१ जना दरबन्दी थप भएसँगै विशेषज्ञता सेवा प्रवाहमा सहज हुने विश्वास व्यक्त उनले व्यक्त गरे ।

  • स्याङ्जा र गोरखामा कोरोनाको डेल्टा भेरिएन्ट संक्रमण पुष्टि

    स्याङ्जा र गोरखामा कोरोनाको डेल्टा भेरिएन्ट संक्रमण पुष्टि

    काठमाडौं । विश्व स्वास्थ्य संगठनले भेरिएन्ट अफ कन्सर्नको रुपमा सूचीकरण गरेका कोरोनाभाइरसका दुई संक्रामक प्रजाति विभिन्न जिल्लाहरुमा पुष्टि भएका छन् ।

    गण्डकी प्रदेशको स्याङ्जा र गोरखामा पाँचजनामा डेल्टा भेरिएन्ट पुष्टि भएको छ । पहिलोपटक भारतमा संक्रमण पुष्टि भएको डेल्टाको वैज्ञानिक नाम बी१६१७२ हो ।

    प्रदेशको स्वास्थ्य मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै गोरखा र स्याङ्जामा डेल्टा भेटिएको जनाएको हो । पछिल्लो समय १०० भन्दा बढी मुलुकमा डेल्टा र यसको उपप्रजाति डेल्टा प्लस संक्रमण फैलिएको छ ।

    गतसाता नुवाकोटमा संक्रामक डेल्टा प्लस पुष्टि भएको थियो ।

  • सैनिक अस्पतालमा काठमाडौं महानगरवासीकाे नि:शुल्क हेमोडाइलाइसिस सेवा सुरु

    सैनिक अस्पतालमा काठमाडौं महानगरवासीकाे नि:शुल्क हेमोडाइलाइसिस सेवा सुरु

    काठमाडौं । नेपाली सेनाद्धारा सञ्चालित काठमाडौंको छाउनीस्थित वीरेन्द्र अस्पतालमा काठमाडौं महानगरवासी मृगौला रोगीका लागि निःशुल्क हेमोडाइलाइसिस सेवा सुरु भएको छ ।

    आइतबार अस्पताल परिसरमा एक समारोहकाबीच काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र प्रधान सेनापति पुर्णचन्द्र थापाले निःशुल्क हेमोडाइलाइसिस सेवाको संयुक्त रुपमा शुभारम्भ गरेको हो ।

    काठमाडौं महानगरको आर्थिक सहयोग र नेपाली सेनाको व्यवस्थापनमा वीरेन्द्र अस्पताल छाउनीमा आइतबारदेखि मिर्गौलाका बिरामीका लागि निःशुल्क हेमोडाइलाइसिस सेवा सुरु भएको हो । सेवा शुभारम्भपछि संक्षिप्त प्रतिक्रिया दिँदै महानगरका प्रमुख शाक्यले महानगरवासीलाई स्वास्थ्य सेवा दिने प्रयास स्वरुप अस्पतालसंग सहकार्य गरेको बताए ।

    मिर्गौला सम्बन्धी रोग लाग्नु भन्दा अगावै त्यसलाई रोक्न वा रोग लागिसकेको भए थप बिग्रन नदिन यसै वर्षदेखि ‘स्वस्थ मिर्गौला–स्वस्थ काठमाडौं’ कार्यक्रम अन्र्तगत ३२ वटै वडाहरूमा प्रारम्भीक परीक्षणको सेवा सुरु भईसकेको बताए ।

    महानगरले सेवा सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार, ८ ओटा हेमोडायलाइसिस मेसिन, एउटा रिप्रोसेसिङ मेसिन, पानी शुद्धीकरण प्लान्ट र अन्य मेडिकल उपकरणहरू जडान गर्न अस्पताललाई ३ करोड रुपैयाँ अनुदान उपलब्ध गराएको छ । यससम्बन्धी सहकार्यका लागि महानगरपालिका र अस्पतालबीच ५ बर्षका लागि २०७६ पुस २ गते नै सम्झौता भएको थियो ।

    सम्झौता अनुसार जडान गरिएका ८ वटा हेमोडायलाइसिस मेसिनबाट हरेक हप्ता दुई सिफ्टमा सेवा सञ्चालन गर्न सकिन्छ । तत्कालका लागि ४८ जना विरामीलाई साताको २ पटक सेवा प्रदान गर्न सकिने अस्पतालका प्रमुख सहायक रथी डाक्टर अरुण शर्माले बताए ।

    यो सेवा विपन्न र सेरोनेगेटिभ दीर्घ चरणको मृगौला रोगी, क्रोनिक किड्नी डिजिज स्टेज – ५ पुगिसकेकाहरुका लागि मात्रै हो । यो सेवा लिनका लागि विरामीले महानगरपालिकाको सिफारिस आवश्यक पर्छ ।

    अहिले देशभरिका ६५ वटा अस्पतालहरूमा चालु रहेका ४ सय ९८ वटा डायलासिस मेसिनबाट ३ हजार ५ सय १६ जना विपन्न वर्गका विरामीहरूले निःशुल्क हेमोडायलाइसिस सेवा प्राप्त गरिरहेको तथ्याङ्क छ । निःशुल्क डायलाइसिस गर्दा राज्यले प्रति विरामी वार्षिक २ लाख ६० हजार रुपैयाँ खर्च व्यहोरिरहेको छ । नेपालमा हरेक वर्ष २ हजार ६ सय जना मिर्गौलाका नयाँ विरामीहरू थपिरहेको सरकारी तथ्यांक छ ।

  • काठमाडौंमा भाइरस संक्रमण उकालो, शनिबार भेटिए ४१४ जना संक्रमित

    काठमाडौंमा भाइरस संक्रमण उकालो, शनिबार भेटिए ४१४ जना संक्रमित

    काठमाडौं । शनिबार काठमाडौंमा ४१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार ३८० जनामा संक्रमण पुष्टि भएको थियो । तर, शनिबार संक्रमण संख्यामा वृद्धि भएको छ ।

    पछिल्लो २४ घण्टामा काठमाडौंमा ३०३, ललितपुरमा ६० र भक्तपुरमा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। काठमाडौंबाहेक तीन जिल्लामा एक सयभन्दा बढी संक्रमित थपिएका छन्।

    सुनसरीमा १६०, चितवनमा ११२ र कास्कीमा १११ जनमा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार देशभर दुई हजार १६९ जनामा संक्रमण देखिएको छ भने एक हजार ४३२ जना निको भएका छन्। त्यस्तै, कोरोनाबाट २२ जनाको ज्यान गएको छ।

  • शनिबार २१ सय संक्रमित थपिए, २२ जनाको मृत्यु

    शनिबार २१ सय संक्रमित थपिए, २२ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा २१६९ जना कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४१७ (६५३० पीसीआर र ३८८७ एन्टीजेन) नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    आजको संक्रमण दर २०.८२ प्रतिशत छ । शनिबार थप २२ जनाको मृत्यु भएको छ ।

    १४३२ जना डिस्चार्ज भएका छन् । सक्रिय संक्रमित प्रतिशत ४.०५ प्रतिशत रहेको छ ।

    अहिलेसम्म ६ लाख ५४ हजार २१२ पीसीआर परीक्षण गर्दा संक्रमित पुष्टि भएका छन् । ४३ हजार ४५ जना एन्टीजेन परीक्षणमा संक्रमित पाइएका छन् ।

    अहिलेसम्म कोभिडको कारण ९३६२ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ६ लाख १८ हजार निको भएका छन् ।

  • भण्डारणको समस्या भएपछि चिनियाँ खोपलाई सीधै प्रदेशमा पठाउँदै सरकार

    भण्डारणको समस्या भएपछि चिनियाँ खोपलाई सीधै प्रदेशमा पठाउँदै सरकार

    काठमाडौं । सरकारले चीनबाट ल्याइएको भेरोसेल खोपलाई सीधै प्रदेशको चिस्यान केन्द्रमा पठाउन सुरु गरेको छ । भण्डारणमा समस्या हुने भएपछि सरकारले खोपलाई प्रदेशमा पठाउन लागेको हो ।

    अमेरिकाले १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप दिने भएपछि सरकारलाई भण्डारको समस्या भएको हो । अहिले टेकु अस्पतालको चिस्यान केन्द्रमा ६ लाख मात्रै डोज अटाउँछ ।

    अमेरिकाबाट आउने १५ लाख डोज खोपलाई पनि सुरक्षित भण्डारण गर्नुपर्ने बाध्यता सरकारलाई छ । चीनबाट यसैसाता ल्याइएको ८ लाख डोज खोपलाई प्रदेशका चिस्यान केन्द्रमा पठाउन लागिएको हो ।

    जसमध्ये २ लाख मात्रा हेटौंडा र पोखरामा पठाइएको स्वास्थ्य सेवा विभागले जनाएको छ । लुम्बिनीको बुटवलमा पनि भण्डारणको लागि खोप पठाउने तयारीमा विभाग छ ।

    सरकारले चीनबाट ल्याएको ८ लाख डोजलाई ५५ वर्षभन्दा माथिल्लो उमेरका नागरिकलाई लगाउने तयारी गरेको छ तर, यसबारे निर्णय भैसकेको छैन । साथै, वैदेशिक रोजगारीमा जाने मानिसलाई समेत गन्तव्य मुलुकले खोप अनिवार्य गरेपछि उक्त समूहलाई पनि लगाउने तयारीमा सरकार छ ।

  • १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप अमेरिकादेखि सोमबार काठमाडौं आइपुग्ने

    १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप अमेरिकादेखि सोमबार काठमाडौं आइपुग्ने

    काठमाडौं । कोभ्याक्स संयन्त्रमार्फत अमेरिकाले नेपाललाई अनुदानमा उपलब्ध गराउन लागेको १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप सोमबार बिहान काठमाडौं आइपुग्ने भएको छ ।

    प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भटट्राईले यस्तो जानकारी दिएका हुन् । एक डोज मात्र लगाए पुग्ने जोन्सन एन्ड जोन्सन खोपलाई अमेरिकाले उपहारमा दिन लागेको जनाइएको छ ।

    गत महीना अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपालसहितका मुलुकलाई पहिलो चरणमा ८० मिलियन डोज खोप कोभ्याक्समार्फत उपलब्ध गराउने घोषणा गरेका थिए ।

  • कोभिड निको भएपछि पनि चितवनमा बिरामी बढे

    कोभिड निको भएपछि पनि चितवनमा बिरामी बढे

    चितवन । कोभिड-१९ संक्रमितको संख्या केही न्यून भए पनि पोष्ट कोभिडका बिरामी भने बढ्दै गएका छन् । कोभिड निको भएपछि पोष्ट कोभिडको समस्या आएको हो ।

    एकिन तथ्याङ्क नभए पनि उपचारमा संलग्न चिकित्सकका अनुसार पोष्ट कोभिडका बिरामी बढ्दो संख्यामा छन् । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष रहेका फिजिसियन डा. भोजराज अधिकारीले कोभिड भएर अस्पतालमा रहेकामध्ये ५० प्रतिशत पुनः परीक्षणका लागि आउने गरेका बताए । तीमध्ये आधामा केही न केही समस्या देखिने गरेको उनको भनाइ छ ।

    अस्पताल भर्ना नभई घरमै उपचार गरेका पनि समस्या लिएर आउने गरेका उनले जानकारी दिए । पुष्पाञ्जली अस्पतालमा बिरामी परीक्षण गर्ने डा. अधिकारीका अनुसार दैनिक यस खालका बिरामी अस्पतालमा आउने गरेका छन् । कोभिड निको भएपछि खोकी लागिरहने, श्वास्वा भइरहने जस्ता समस्या लिएर बिरामी आउने गरेका छन् । परीक्षण गर्दा कोभिड नेगेटिभ देखिने तर लक्षण भने बाँकी नै रहने समस्या देखिने गरेको बताइएको छ ।

    उनले भने, ‘कोभिडपछि निमोनिया लामो समयसम्म रहिरहन्छ, छाति सफा हुन समय लाग्छ ।’ दमका पुराना बिरामीको पहिलेको भन्दा कोभिडपछि केही जटिल अवस्था हुने गरेको छ । उनले भने, ‘कोभिड पहिले दमको समस्या दुई नम्बर थियो भने कोभिडपछि तीन नम्बर हुने गर्दछ, दम नियन्त्रणमा थियो, त्यही अवस्थामा भएन भनेर परीक्षण गर्न आउने पनि छन् ।’

    शरीर गल्ने, आलश्य हुने, खान रुचि नहुने, रिंगटा लाग्ने, छाति दुख्ने, शरीर गह्रौं हुने जस्ता समस्या लिएर पनि बिरामी आउने गरेका छन् । कतिपय बिरामीले समस्या भएको बताए पनि परीक्षण गर्दा केही पनि नदेखिने गरेको अधिकारीको भनाइ छ । उहाँले भन्नुभयो, ‘कतिपयलाई मनोवैज्ञानिक समस्या हुन्छ, कुनै समस्या नभए पनि बिरामी भएको अनुभूति गर्ने गर्दछन् ।’

    कतिपय बिरामीलाई कोभिडपछि मधुमेह नघट्ने समस्या पनि देखिने गरेको छ भने कतिपयलाई स्टेरोएड औषधिका कारण रगतमा चिनीको मात्रा बढी हुने गरेको छ । कलेजोको इञ्जाएम बढेर वाकवाकी हुने समस्या लिएर बिरामी आउने गरेका डा. अधिकारीको भनाइ छ ।

    पोष्ट कोभिडका बिरामीमा फोक्सो सुक्ने र कर्किने समस्या आउने गरेको बताइएको छ । लामो समय अक्सिजन लगाएका बिरामीमा शरीरलाई चाहिने पौष्टिक तत्व कम हुने हुँदा समस्या देखिने गरेको छ । कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरका कोभिड टिमलिडर डा. पुकार घिमिरे यस्ता बिरामी नियमित आउने गरेका बताउछन् ।

    उपचारपछि पुनः स्वास्थ्य परीक्षण गर्न आउँदा धेरैजसोको फोक्सोमा निमोनिया सुधार भई नसकेको अवस्थामा आउने गरेको बताइएको छ । सुधारोन्मुख हुँदै गर्दा थप केही भइहाल्छ कि भन्ने आशंका लिएर बिरामी आउने गरेका उनको भनाइ छ ।

    बिरामीलाई थकान महसुस हुने, हातखुट्टा गल्ने, शरीर गलेर काम गर्न नसक्ने, खोकी लागिरहने जस्ता समस्या पनि देखिने गरेको उनी बताउँछन् । पोष्ट कोभिडका बिरामीको फोक्सोमा ढुसीको संक्रमण रहने र त्यसबाट खकारमा रगत आउने समस्या लिएर बिरामी आउने गरेका छन् । मुटुको चाल छिटोछिटो घटबढ हुने समस्या पनि हुने गरेको बताइएको छ ।

    चितवन मेडिकल कलेजका मनोरोग विशेषज्ञ प्रा. डा. सिपी सेढाईं कोभिडपछि मनोरोगको समस्या लिएर बिरामी आउने गरेका बताउछन् । परीक्षणका लागि आउने बिरामीमध्ये १५ प्रतिशत हाराहारी पोष्ट कोभिडका रहेका उनको भनाइ छ । ठूला-ठूला घटना देखेपछि डराएर समस्या देखिए जस्तै गरी पोष्ट कोभिडका बिरामी अस्पताल आउने गरेका सेढाईं बताउछन् । त्यस्ता बिरामीलाई सम्झाई बुझाई गर्ने र आवश्यक देखिएमा औषधि दिने गरिएको सेढाईंको भनाइ छ ।

    चितवन मेडिकल कलेजले पोष्ट कोभिडका बिरामीका लागि छुट्टै उपचारको व्यवस्थापन गरेको छ । सो विभागमा नियमित बिरामी आउने गरेका कलेजले जनाएको छ । जिल्लामा यहाँ भन्दा धेरै बिरामी बाहिरी जिल्लाबाट आउने गरेका छन् । रासस

  • विश्वमा प्रत्येक मिनेटमा ११ जना भोकका कारण मृत्यु हुने तथ्यांक सार्वजनिक

    विश्वमा प्रत्येक मिनेटमा ११ जना भोकका कारण मृत्यु हुने तथ्यांक सार्वजनिक

    काठमाडौं । विश्वमा प्रत्येक मिनेटमा ११ जना मानिसको भोकका कारण मृत्यु हुने गरेको गरीबी निवारणका लागि काम गर्ने संगठन अक्सफामको हालै सार्वजनिक एक अध्ययनले देखाएको छ । उक्त संस्थाका अनुसार गत वर्षको तुलनामा विश्वभरि अनिकालको अवस्थाको सामना गर्ने व्यक्तिको सङ्ख्या छ गुणा बढेको छ ।

    ‘भाररसका कारण भोकमरीमा वृद्धि’ नामक अक्सफार्मद्वारा बिहीबार सार्वजनिक एक अध्ययन प्रतिवेदनमा खाद्यान्न अभाबका कारण हुने मृत्यु दर कोभिडका कारण थपिएको र कोभिडका कारण प्रतिमिनेट सात व्यक्तिले खाद्यान्न अभाबको चरम सङ्कट व्यहोर्दै मृत्युवरण गर्नुपरेको पाइएको छ ।

    “तथ्याङ्कहरू आश्चर्यजनक छन्, हामीले यो याद राख्नु पर्छ कि यी तथ्याङ्कहरूले व्यक्तिले विश्व स्वास्थ्य सङ्कटका कारण अकल्पनीय पीडालाई भोगिरहेका छन् भन्ने देखाउँछन्,” अक्सफाम अमेरिकाका अध्यक्ष तथा कार्यकारी अधिकृत एबी म्याक्सम्यानले भने । “भोकले एक जना व्यक्तिको मृत्यु हुनु भनेको पनि अति संवेदनशील कुरा हो । तर तथ्याङ्कले जटिल समस्या उजागर गर्दछ ।”

    मानवीय सहायताका लागि काम गर्ने यस समूहका अनुसार विश्वभर १५ करोड ५० लाख व्यक्तिले यतिबेला खाद्यान्न सङ्कटको चरम असुरक्षाबीच बाँचिरहेका छन् । यो गत वर्षभन्दा करिब दुई करोड बढी हो । खाद्य सङ्कट झेलेका मुलुकमध्ये करिब दुई तिहाई मुलुकमा सैन्य द्वन्द्व भएका कारण खाद्य असुरक्षा भएको हो ।

    अहिलेको अवस्थामा भने मानिसहरूलाई द्वन्द्वका कारणभन्दा पनि बढी खाद्य असुरक्षाको अवस्थामा वृद्धि हुनुमा कोभिड-१९ का कारण आएको आर्थिक मन्दी र बढ्दो जलवायु सङ्कटको कारण मानिसहरूलाई भोकमरीको चपेटामा धकेलिरहेको म्याक्सम्यानले बताए ।

    कोभिड र जलवायु परिवर्तनका कारण यो बर्ष पाँच लाख २० हजार मानिसलाई भोकमरीको नजिकमा धकेलेको जानकारी उनले अक्सफार्मको तथ्याङ्कलाई मुल्याङ्कन गर्ने शिलशिलामा सार्वजनिक गरे ।

    “राजनीतिक फाइदाका लागि एक आपसमा लडाई गर्ने दलहरूले एक अर्काबीच यस्ता द्वन्द्व सिर्जना गर्नुको सट्टा जलवायु परिवर्तन र आर्थिक सङ्कटविरूद्ध आफ्नो एजेन्डाअघि बढाएमा प्रभावित लाखौंलाई फाइदा पुग्नेछ,” उनले भने ।

    महामारीको बावजुद पनि यो समयमा पनि विश्वव्यापी सैनिक खर्च ५१ अर्ब अमेरिकी डलरले बढेको छ जसका कारण संयुक्त राष्ट्रसंघले भोकमरीलाई रोक्नको लागि कम्तिमा छ गुणा बढी खर्च छुट्ट्याउनुपर्छ ।

    उक्त प्रतिवेदनले अफगानिस्तान, इथियोपिया, दक्षिण सुडान, सिरिया र यमनलगायत देशहरूलाई द्वन्द्वको खराब अवस्थामा रहेका मुलुकका रूपमा उल्लेख गरेको छ । यहाँ द्वन्द्वमा परेकासहित अन्य जनसङ्ख्या पनि भोकमरीको जोखिममा परिरहेको प्रतिवेदनले देखाएको छ ।

    विश्वमा भोकमरीको पीडालाई युद्धको हतियारको रूपमा प्रयोग गरिइरहेको पाइन्छ । द्वन्द्वले नागरिकहरूलाई खाना र पानीबाट वञ्चित गर्दै अन्य मानवीय राहतलाई व्यवस्थापन गर्नसमेत बाधा पु¥याउन रिपोर्टमा उल्लेख भएको म्याक्सम्यानले जानकारी दिए ।

    उनले भने,, “मानिसहरूलाई जब खाद्य सङ्कटबीच बाँच्नुपरेको अवस्थामा मानवीय सहायताका लागि हात अघि बढ्नुको सट्टा बजारमा गोलाबारी र विष्फोट भइरहेको छ जसले भएको बालीनाली र गाईवस्तुहरूलाई विनास मात्रै गर्दैन यसले नागरिकमा चरम निराशा पैदा गर्छ ।”

    यस संस्थाले विपत्तिजनक भोकमरीलाई जारी राख्न द्वन्द्व रोक्न र राहतका लागि कामगर्ने संघसंगठनहरूलाई द्वन्द्वक्षेत्रमा सञ्चालन गर्न र आवश्यक परेकाहरूसम्म पुग्न सुनिश्चित गर्न सरकारहरूलाई आग्रह गरेको छ । यसले दाता मुलुकलाई ‘संयुक्त राष्ट्र संघले भोकमरी कम गर्नको लागि गरेको प्रयासहरूलाई तुरुन्त र पूर्ण रुपमा सक्रिय बनाउन’ आग्रह गरेको छ ।

    यसैबीच विश्वव्यापी तापक्रम वृद्धि र महामारीको कारण आएको आर्थिक परिणामले विश्वव्यापी खाद्यान्नको मूल्यमा ४० प्रतिशतले वृद्धि भएको जनाएको छ । यो पछिल्लो एक दशकमा उच्च हो । उक्त बृद्धिले दशौं लाख मानिसहरूलाई भोकमरीमा धकेल्ने कामगरेको प्रतिवेदनले जनाएको छ ।

  • रेबिजबाट तीनको मृत्यु : सावधानी अपनाउन आग्रह

    रेबिजबाट तीनको मृत्यु : सावधानी अपनाउन आग्रह

    काभ्रेपलाञ्चोक । प्राणघातक रोग रेबिजबाट काभ्रेपलाञ्चोकमा तीन जनाको मृत्यु भएको छ । एक महीनाको अवधिमा जिल्लाको एकै गाउँका आठ वर्षीय बालकसहित तीनको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा चौँरीदेउराली गाउँपालिका-६ का आठ वर्षीय सुशन पहरी, ४४ वर्षीय सुब्बा लामा र ८० वर्षीय तेजप्रसाद पन्त रहेका छन् । पहरीको गत वैशाख १० गते र अन्य दुईको गत चैत २९ गते उपचारका क्रममा मृत्यु भएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।

    यसैगरी २०७६ साल माघ १७ गते धुलिखेल नगरपालिका-४ का २२ वर्षीय राधाकृष्ण मगरको रेबिज रोगबाट मृत्यु भएको केन्द्रले जनाएको छ । मगरले ढलमा खसेको सानो कुकुरलाई निकाल्ने क्रममा टोकेपछि परीक्षणमा रेबिज पोजेटिभ देखिएको थियो । मृत्यु भएका चारै जनालाई कुकुरले टोकेका कारण रेबिज रोग लागेको थियो । रेबिजका कारण २०७७ मंसिरमा धुलिखेल-४ कै एक गाईकोसमेत मृत्यु भएको थियो । उक्त गाईलाई पनि संक्रमित कुकुरले नै टोकेको थियो ।

    दुई महीनाअघि चौँरीदेउरालीमा रेबिजबाट मानिसको मृत्यु भएपछि केन्द्रले सामुदायिक तथा छाडा कुकुरसँग सावधानी अपनाउन आग्रह गर्दै आएको छ । केन्द्रले चौंरीदेउराली गाउँपालिकामा तीनको मृत्यु भएपछि, बनेपा नगरमा गत साल पुस तथा धुलिखेल नगरमा यही असार ८ गते सामुदायिक तथा छाडा कुकुरमा रेबिजको नमूना परीक्षण गरेको छ । नमूना परीक्षण गरिएका कुकुरमा रेबिजको भाइरस भेटिएपछि चौँरीदेउरालीमा यसविरुद्धको २०० भ्याक्सिन पठाइएको केन्द्रले जनाएको छ ।

    केन्द्रले प्राणघातक रोग रेबिजबाट मानिसको मृत्यु हुन थालेपछि जिल्लाका बनेपा, धुलिखेल र पनौती नगरपालिकामा गरेको सर्वेबाट सात हजार ५०० सामुदायिक तथा छाडा कुकुर रहेको जनाएको छ । यसमध्ये तीन हजार कुकुरलाई रेबिजविरुद्धको भ्याक्सिन लगाउँदै स्थायी बन्ध्याकरण गरिएको केन्द्र प्रमुख डा. मोगलप्रसाद शाहले बताए। उनले भने, ‘यी तीन नगरपालिकाको बाँकी कुकुरलाई क्रमशः भ्याक्सिन लगाउँदै बन्ध्याकरण गरिनेछ ।’ उनका अनुसार जिल्लाको १३ स्थानीय तहमा कुकुरको सर्वे गर्दै भ्याक्सिन तथा बन्ध्याकरण कार्यक्रम बिस्तार गर्दै लगिनेछ । सम्भावित जोखिम न्यूनीकरण गर्न हाल दुई हजार भ्याक्सिन केन्द्रमा ल्याइएको छ ।

    यसैबीच केन्द्रमा हाल सामुदायिक तथा छाडा कुकुरको स्थायी बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप कार्यक्रम सञ्चालन गरिएको छ । वाग्मती प्रदेशस्थित पशुपक्षी तथा मत्स्यविकास निर्देशनालाय हेटौँडाको सौजन्य तथा नेपाल एनिमल वेलफेयर एण्ड रिसर्च सेन्टर (नार्क)को प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रममा १०० कुकुरलाई रेबिजविरुद्धको खोप तथा स्थायी बन्ध्याकरण गर्ने योजना छ । सामदायिक र छाडा कुकुरलाई रेबिजविरुद्धको खोप र स्थायी बन्ध्याकरण तथा रोगबारे जनचेतना फैलाउँदा रोगको न्यूनीकरण गर्न सकिने जनाइएको छ ।

    रेबिज के हो र यसबाट कसरी बच्ने ?

    रेबिज जनावरको टोकाइका क्रममा ¥यालबाट सर्ने प्राण घातक रोग हो । यो रोग लागेपछि त्यसको संक्रमण स्नायू प्रणालीमा हुन्छ र रोग लागेको व्यक्ति वा जनावरले असामान्य स्वभाव देखाउँछ । विशेषगरी यो रोगबाट संक्रमित कुकुर, बिरालो, मुसा वा जङ्गली जनावरको टोकाइबाट सर्ने प्रमुख शाहले बताए ।

    यो प्राण घातक रोग भएपनि आत्तिनुपर्ने रोग नभएको उनको भनाइ छ । रेबिज विरुद्धको खोप आइसकेको र टोकाइपूर्व नै त्यस्तो खोप लगाउँदा रोगबाट बच्न सकिन्छ । यस्तै त्यस्ता जनावरले टोकेमा तत्काल साबुन पानीले घाउ धोएर तत्काल चिकित्सकको सल्लाहअनुसार उपचार गरे पनि रेबिजबाट बच्न सकिन्छ । तर बहुलाएको कुकुर वा त्यस्तो रोग लागेको शङ्का लागेका जनावरले टोकेपछि पनि हेलचेक्रयाई गरी रेबिजविरुद्धको खोप लगाउन ढिलाइ गरे मानिसको ज्यानै जाने उनको भनाइ छ । यस्तै रोग लागेको जनावरको ¥याल घाउमा परेमा वा त्यस्तो जनावरको जुठो खाएमा पनि रेबिज रोग सर्छ ।

    स्वास्थ्य तथ्याङ्कअनुसार नेपालमा वर्षेनी २०० बिरामीको रेबिजका कारण मृत्यु हुने गरेको छ । प्राणघातक रेबिज रोग नियन्त्रणको लागि अन्तर्राष्ट्रियरुपमा जनचेतना जगाउन तथा सरोकारवालाबीच ऐक्यबद्धता प्रकट गर्न प्रत्येक अङ्ग्रेजी वर्षको सेप्टेम्बर २८ को दिनलाई ‘अन्तर्राष्ट्रिय रेबिज दिवस’का रुपमा मनाउने गरिएको छ । विश्वमा आगामी सन् २०३० सम्ममा रेबिज रोग उन्मूलन गर्ने लक्ष्य लिइएको छ । रासस

  • अमेरिकाबाट १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप नेपाल आउँदै

    अमेरिकाबाट १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप नेपाल आउँदै

    काठमाडौं । अमेरिकाले नेपाललाई १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप उपलब्ध गराउने भएको छ ।

    अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रवक्तालाई उध्दृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएअनुसार सो परिमाणको खोप शनिबार (अमेरिकी समयअनुसार शुक्रबार) नेपाल आइपुग्नेछ ।

    विपन्न र गरिब मुलुकलाई ८० मिलियन डोज खोप उपलब्ध गराउने राष्ट्रपति बाइडेनको घोषणा अनुसार नेपालले उक्त परिमाणमा खोप प्राप्त गर्न लागेको जनाइएको छ ।

    अमेरिकाले भुटानलाई पनि ५ लाख डोज मोर्डना खोप आपूर्ति गर्ने भएको छ । नेपालमा सुरक्षितपूर्वक खोप पुर्‍याउन वैज्ञानिक समूह, कानूनी टीम र अधिकारीहरुले मिलेर काम गरिरहेको ह्वाइट हाउसका अधिकारीले बताएको रोयटर्सले जनाएको छ ।

    के भन्छन् नेपाली अधिकारीहरु ?

    प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईका अनुसार खोप आउने निश्चित भएपनि मिति भने यकिन नभएको बताउँछन् । यस्तै जवाफ परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले पनि दिइन् ।

    स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले खोप आउनेबारे मन्त्रालयलाई जानकारी नभएको बताए । पछिल्लो समय खोपको मूल्य र मितिबारे अधिकारीहरुले विवरण सार्वजनिक गर्न चाहिरहेका छैनन् ।

    शुक्रबार चीनबाट ८ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ ।

  • शुक्रबार २२ सय कोभिड बिरामी थपिए, २० जनाको मृत्यु पुष्टि

    शुक्रबार २२ सय कोभिड बिरामी थपिए, २० जनाको मृत्यु पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा २२३९ जना कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३१३ परीक्षण (६६५७ पीसीआर र ४६५६ एन्टीजेन) गर्दा ती संक्रमित थपिएका हुन् ।

    शुक्रबार संक्रमण दर १९.७९ रहेको छ ।

    पछिल्लो अवधिमा थप २० जनाको मृत्यु भएको छ । १३१६ जना निको भएका छन् ।

    काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३८० जना संक्रमित थपिएका छन् । काठमाडौंमा २६१, भक्तपुरमा ४५ र ललितपुरमा ७४ संक्रमित छन् ।

    कूल संक्रमित संख्या ६ लाख ५२ हजार ८५९ (पीसीआर), कूल निको हुने संख्या ६ लाख १६ हजार, कूल मृत्यु संख्या ९३४४ जना रहेको छ ।

    मुलुकको सक्रिय संक्रमित प्रतिशत ४.०६ प्रतिशत छ । काठमाडौं जिल्लामा ५३७७, भक्तपुरमा १०४० र ललितपुरमा १३८५ जना सक्रिय संक्रमित छन् ।

  • वीर अस्पतालमा ५०६ बेड थपिने, ८३१ पुल दरबन्दी पनि थपियो

    वीर अस्पतालमा ५०६ बेड थपिने, ८३१ पुल दरबन्दी पनि थपियो

    काठमाडौं । कोरोनाको तेस्रो लहरलाई ध्यानमा राख्दै वीर अस्पतालमा शैय्या संख्यामा थप गरिने भएको छ । ५०६ बेड थप्ने निर्णयसँगै वीरमा कूल शैय्या संख्या ९६६ हुने भएको छ । अहिले वीरमा ४६० शैय्या छन् ।

    साथै, ८३१ जनाको पुल दरबन्दी पनि थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १२ औं तहका कर्मचारी कार्यकारी निर्देशक रहने गरी पुल दरबन्दी थपिएको हो। दरबन्दी थप्न असार २१ गते बैठक बसेको थियो । वीरमा अब पुल दरबन्दीमा थपिएका ८३१ जनासहित १ हजार ५१८ जनाको दरबन्दी पुगेको छ । त्यहाँ पहिला १९ विभाग थिए भने त्यसलाई बढाएर २९ र ७ वटा इकाईलाई बढाएर ९ पुर्‍याइएको छ।

    १२औं तहका कार्यकारी निर्देशकसहित प्रशासनतर्फको सहसचिव पनि १ जनाको दरबन्दी थपिएको जनाइएको छ । साथै, विभिन्न समूहमा ११ औं तहका १७ जना, ९ र १० औं तहका ११६ जना, ८ औं तहका मेडिकल अफिसर ४९ जना, डेन्टल सर्जन ४ जना, नर्सिङ अधिकृत ७ र ८ औं तहका १९ जना, ७ र ८ औं तहका प्राविधिक अधिकृत ३३ जना, रा प तृतिय प्रशासन लेखा विविध २ जना, रा प अनंकृत प्रथम प्रशासन लेखा ११ जना, स्टाफ नर्स ५र६र७ औं तहमा ६८५, स्वास्थ्य प्राविधिक ५३ जना र १५५ जना श्रेणीविहिन दरबन्दी पनि थपिएको छ ।

    सरकारले दोस्रो लहरको समय वीरलाई केन्द्रिय कोभिड अस्पतालको रुपमा बनाउने निर्णय गरेको थियो जसको प्रमुखमा डा. जागेश्वर गौतमलाई पठाइएको थियो ।

  • चार दिनदेखि सुत्केरी अस्पतालमा बन्धकः श्रीमान् पैसाको खोजीमा भौँतारिँदै

    चार दिनदेखि सुत्केरी अस्पतालमा बन्धकः श्रीमान् पैसाको खोजीमा भौँतारिँदै

    धनुषा । बच्चा जन्मिएपछि आमाको न्यानो काखमा हुर्कन पाउनु उनको नैसर्गिक अधिकार हो । यहाँका एक जना महिला सुत्केरी त भइन् तर उपचार खर्च तिर्न नसक्दा जनकपुरको एक निजी अस्पतालमा चार दिनदेखि बन्धक बन्नुपरेको छ । अस्पतालमा बन्धक बन्नुपर्दा बच्चाको स्हारसुसार र सहजरुपमा आमाको न्यानो काखमा हुर्कन पाउन समस्या उत्पन्न भएको छ ।

    जनकपुरधामस्थित आर्या केयर अस्पतालमा धनुषाकी क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर कुचाई टोलकी ३० वर्षीया बेगम खातुन चार दिनदेखि बन्धक बनेकी हुन् । ब्यथा लागेपछि यही असार १७ गते खातुन अस्पताल भर्ना भएकी थिइन् । शल्यक्रिया गरी एक छोरा र एक छोरी जुम्ल्याहा बच्चा जन्म दिएकी खातुनलाई असार २१ गते नै अस्पतालले डिस्चार्ज गरेको थियो तर उपचार खर्चबापत  एक लाख १० हजार बुझाउन नसक्दा उनी चार दिनदेखि बन्धक बनेकी छन् ।

    अस्पताल प्रशासनले उनलाई जनरल वार्डमा राखेर घर जानबाट वञ्चित गरेको छ । खातुनका ३१ वर्षीय श्रीमान् मोहम्मद समीर नदाफले आफन्त र गाउँमा अस्पताललाई तिर्नुपर्ने पैसा खोजे पनि पूरा रकम व्यवस्था गर्न सकेको छैनन् । लकडाउनका कारण देखाएर ऋण नपाउँदा उनी अस्पतालमा चार दिनदेखि घेरिएको नदाफले बताए ।

    दैनिक ज्याला मजदूरी गरी जीविकोपार्जन गर्दै आएका नदाफको न आफ्नो घर छ, न त काम । उनले भने, ‘दैनिक ज्याला मजदूरी गरी हातमुख जोर्ने गरेको हामी, लामो समयसम्म भएको लकडाउनका कारण काम नपाएर छाक टार्न नै मुस्किल भएको बेला अस्पतालको उपचार खर्च कसरी जुटाऔं ?’ उनले उपचार खर्च तिर्न नसक्दा आफ्ना श्रीमती र नवजात शिशु घर ल्याउनका लागि भनी चारपाँच दिनदेखि गाउँमा चारैतिर चन्दा सङ्कलन गरिरहेको बताइन््।

    नदाफले आज उपचार खर्च जुटाई दिनका लागि गुहार मागे । उनले भने,‘सबैतिर गाउँमा डुलेर श्रीमती र नवजात शिशुलाई अस्पतालको खर्च जुटाउनका लागि चन्दा मागें, अहिले ५० हजार जति सङ्कलन भयो तर अझ ६० हजार बाँकी छ ।’

    उता अस्पताललाई तिर्नुपर्ने बिल बढेकोबढ्यै छ । यता नदाफ भने पैसाको खोजीमा गाउँमा भौँतारिइरहेका छन् । ‘एउटा झोला र कापी लिएर हिँडेको छु’, दुःख सुनाउँदै उनले भने, ‘कोरोनाको बेला घर नआउनुस् भन्दै कसैले चाहिँ टाढैबाट झोलामा पैसा हाल्दिनुहुन्छ । सबैको नाम र दिएको पैसा कापीमा टिपेको छु ।’ नदाफले बसोबास गर्ने बस्तीमा पनि प्रायः सबै गरीब नै छन् तर, सकेको सबैले सहयोग गरेका छन् । प्रतिघर रु २० देखि ५०० सम्म सहयोग प्राप्त भएको उनले बताए। ‘यसरी कहिलेसम्म उपचार खर्च तिर्ने पैसा जम्मा हुने हो, पत्तो छैन’, मलिन अनुहारमा उनले भने ।

    शल्यक्रिया र औषधिका लागि ऋण खोजेर उनले करीब ५० हजार उपचारमा रित्याइसकेका छन् । उनले भने, ‘अब दुई रुपैयाँ पनि तिर्न सक्ने अवस्थामा छैन ।’ यसरी श्रीमती अस्पतालमा छन्, श्रीमान् पैसाको खोजीमा गाउँ टोलमा भौँतारिँदै छन् । समीरले कुनै मनकारी मनले उपचार खर्चका लागि सहयोग गर्न चाहे ९८१८०२६४४० मा सम्पर्क गर्न आग्रह गरे । बच्चा र आमाको स्वास्थ्य अवस्था अहिलेसम्म ठीक छ । तर उपचार खर्च चाँडो जुटाउन नसके गाह्रो हुनसक्ने उहाँको दुःखेसो छ ।

    अस्पताल प्रशासनले बिरामीको आर्थिक अवस्था हेरेर केही छुट गर्न सक्ने तर सबै उपचार खर्च मिनाहा गर्न नसकिने बताएको छ । अस्पताल प्रशासनका अनुसार दुवै बच्चालाई आइसियुमा राखेर उपचार गर्नुपरेकाले खर्च बढेको हो । अस्पतालले गर्नसक्ने जति सक्दो छुट गर्नेछ ।रासस

  • विदेशमा गरेकोभन्दा नेपालमै गरेको मिर्गौला प्रत्यारोपण राम्रो भयो : प्रधानमन्त्री ओली

    विदेशमा गरेकोभन्दा नेपालमै गरेको मिर्गौला प्रत्यारोपण राम्रो भयो : प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशले विज्ञान प्रविधिको क्षेत्रमा फड्को मारेकै कारण आफ्नो दोस्रो मृगौला प्रत्यारोपण स्वदेशमै सफल भएको बताएका छन् । विदेशमा गरेको पहिलो प्रत्यारोपणभन्दा स्वदेशमा गरेको दोस्रो प्रत्यारोपण बढी सहज र प्रभावकारी बनेको उनले सुनाए ।

    नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) द्वारा आयोजित एक कार्यक्रममा ओलीले भने, ‘हाम्रा डाक्टरहरु अलि सुरा जस्तो लाग्यो । बाहिरका डाक्टरहरुले केही समय डायलाइसिसमै बस्नुपर्ने जस्तो कुरा गरेका थिए । यहाँका डाक्टरले हामी गर्छौं भने ।’

    पहिलोपटक प्रत्यारोपण गर्दा बारम्बार संक्रमणहरुले सताउने गरे पनि दोस्रोपटकको प्रत्यारोपणपछि भने त्यस्तो समस्या झेल्नु नपरेको पनि उनले बताए । प्रत्यारोपण गरेको १२/१३ दिनमै कार्यक्रममा भाग लिन थालेको ओलीको भनाइ थियो ।

  • सरकारी अस्पतालमा बढ्यो संक्रमितको चाप, यस्तो छ कोरोनाको ग्राफ

    सरकारी अस्पतालमा बढ्यो संक्रमितको चाप, यस्तो छ कोरोनाको ग्राफ

    काठमाडौं । कोरोना महामारी शिथिल भएसँगै सरकारकाले काठमाडौं उपत्यकामा निषेधाज्ञा क्रमशः खुकुलो बनाउँदै लगेको छ । तर, खोप अभियानमा सुस्तता, जनस्वास्थ्यका मापदण्डमा हेलचक्र्याइँ र सम्पर्क पहिचान रोकिँदा संक्रमण दर फेरि बढ्नसक्ने विज्ञहरुले औंल्याएका छन् ।

    पछिल्लो एक साताको तथ्यांक हेर्ने हो भने संक्रमण दरको ग्राफ उकालो लागिरहेको देखिन्छ । हिजो बुधबार मुलुकको संक्रमण दर २६.५० प्रतिशत पुग्यो जुन एक सातायताकै उच्च हो । आज भने १७ प्रतिशतमा झरेको छ । आज बिहीबार १८७५ जना संक्रमित भएका छन् भने १२८६ जना निको भएका छन् । आजको संक्रमण दर १७.८५ प्रतिशत रहेको छ । हिजो बुधबार २९ सय संक्रमित थपिएका थिए र संक्रमण दर उच्च देखिएको थियो ।

    कूल संक्रमितको ४३.५६ प्रतिशत अर्थात ११ हजार ५६३ सक्रिय संक्रमित बागमती प्रदेशमै छन् । काठमाडौं उपत्यकाको संक्रमण दर २० प्रतिशत आसपासमा छ । कर्णालीमा सर्वाधिक ५० प्रतिशत र गण्डकीमा ४० प्रतिशत संक्रमण दर छ । केही दिनयता अस्पतालहरुमा गम्भीर बिरामीको संख्या बढ्न थालेको छ भने आइसीयू र भेन्टिलेटर ‘अकुपाइड’ हुन थालेका छन् ।

    राजधानीका प्रमुख सरकारी अस्पतालहरु शिक्षण अस्पताल, शुक्रराज ट्रपिकल र वीर अस्पताल पुनः भरिन थालेका हुन् । त्यहाँ रहेका भेन्टिलेन्टर र आइसीयू अहिले लगभग अकुपाइड छन् । स्वास्थ्य मन्त्रालयले मुलुकका अन्य जिल्लाका अस्पतालमा समेत केही दिनयता कोभिड उपचारमा आउने बिरामीको संख्यामा वृद्धि भएको जनाएको छ ।

    असार १७ गते २६.०४ प्रतिशत, १८ गते २१.१८ प्रतिशत, १९ गते २६.१६ प्रतिशत, २० गते २१.३६ प्रतिशत, २१ गते २३.२६ प्रतिशत, २२ गते २२.८९ प्रतिशत, २३ गते २६.५० प्रतिशत, २४ गते १७.८५ प्रतिशत संक्रमण दर कायम छ । स्वास्थ्य मन्त्रालयले निषेधाज्ञा खुकुलो भएपछि भाइरस र मान्छेको घुलमिल हुँदा संक्रमण पुनः उकालो लागेको र जोखिम बढेको जनाएको छ ।

    ‘निषेधाज्ञा खुकुलो भएपछि भाइरस, मान्छे र वातावरणको इकोसिस्टम मिलेकाले संक्रमण बढेको हो,’ मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले भने, ‘थर्ड वेभ आउन सक्ने स्पष्ट संकेत देखिएको छ ।’
    आगामी सेप्टेम्बर तथा अक्टोबरमा तेस्रो वेभ आउनसक्ने सरकारी प्रक्षेपण रहेको पनि प्रवक्ता पौडेलले जानकारी दिए । हेलचक्र्याइँ जारी रहे अहिले नै गत अप्रिल र मे महिनाको जस्तो परिस्थिति दोहोरिनसक्ने उनले चेतावनी दिए ।

    दोस्रो लहर उत्कर्षमा पुग्दा ती दुई महिनामा अस्पतालमा बेड, आइसीयू र भेन्टिलेटरको चरम अभाव देखिएको थियो । अक्सिजन र औषधी अभावमा थुप्रैले दोस्रो लहरमा ज्यान गुमाएका थिए ।

    आइसीयू र भेन्टिलेटरमा चाप

    संक्रमित संख्या वृद्धि हुँदै जाँदा उपचारका लागि अस्पताल जाने कोभिड बिरामी पनि बढ्न थालेका छन् । राजधानीका प्रमुख अस्पतालहरु वीर, टेकु, पाटन, शिक्षण अस्पतालमा केही दिनयता कोभिडका बिरामी बढेका छन् भने आइसीयू र भेन्टिलेटर लगभग अकुपाइड छन् ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. पौडेल सरकारले निजी अस्पताल र मेडिकल कलेजलाई निःशुल्क कोभिड उपचारका लागि अनुमति नदिएकाले सरकारी अस्पतालमा चाप बढेको हुनसक्ने बताउँछन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका २४ आइसीयूमध्ये २३ वटा भरिएका छन् । अस्पताल निर्देशक डा. अनुप बाँस्तोलाका अनुसार ४० वटा कोभिड वार्डमा बिरामी बढेर २९ जना पुगेका छन् । त्यहाँको २२ वटा भेन्टिलेटरमा १७ जना गम्भीर बिरामी छन् ।

    ‘केही दिनयता दैनिक १५ जनासम्म गम्भीर बिरामी आउन थालेका छन्’ निर्देशक बाँस्तोलाले भने, ‘निषेधाज्ञा खुकुलो भएसँगै बिरामी बढ्न थालेका छन् जसले गर्दा हामीले थप तयार गर्नेबारे पनि सोचिरहेका छौं । पुनः बढ्ने हो कि भन्ने शंका गर्न सकिन्छ ।’

    महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा केही दिनयता कोभिड बिरामी बढ्न थालेको प्रवक्ता रामविक्रम अधिकारीले बताए । उनका अनुसार कोभिड वार्डका ५२ आइसीयूमध्ये ३० जना बिरामी छन् । १५ जना भेन्टिलेटरमा छन् । टिचिङको १६५ आइसीयूमध्ये ८३ जना बिरामी छन् । ‘पछिल्ला दिनमा बिरामी बढेको जस्तो देखिएको छ’ प्रवक्ता अधिकारीले बताए, ‘वास्तविकरुपमा बढेको कुरा थाहा पाउन केही दिन अझै यो प्यार्टन हेर्नुपर्ने हुन्छ ।’

    धुलिखेल अस्पतालका ३० मध्ये १८ जना आइसीयूमा छन् भने ६ जना भेन्टिलेटरमा छन् । अस्पतालका डा. रमेश मकाजुका अनुसार कोभिडको बिरामीको संख्या ह्वात्तै नबढे पनि स्थिररुपमा बिरामीहरु आइरहेका छन् । वीर अस्पतालको २० वटा आइसीयूमध्ये २० वटै अकुपाइड भएका छन् । वीरमा १३ जना भेन्टिेलटरमा उपचाररत छन् ।

    अस्पतालका डा. अच्युत कार्कीका अनुसार केही दिनयता कोभिड बिरामीको संख्यामा वृद्धि भएको देखिन्छ । बिरामी संख्यामा वृद्धि भएसँगै आफूहरु थप तयारीमा लागेको उनले बताए । सरकारले वीरलाई कोभिड डेडिकेटेड अस्पतालको रुपमा घोषणा गरेको छ ।

    बुधबार दिउँसोसम्म छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालका २० वटा आइसीयूमा १७ जना बिरामी छन् । सशष्त्र प्रहरी बल बलम्बुका २० आइसीयूमा १० जना छन् । भक्तपुरका अस्पतालका ६ आइसीयू सबै भरिएका छन् । पाटन अस्पतालका ३० आइसीयूमा बुधबारसम्म २५ जना बिरामी छन् । निजामती कर्मचारी अस्पताल बानेश्वरका सूचना अधिकारी सुमनबाबु मरहठ्ठाका अनुसार १५ वटा आइसीयूमा १२ जना बिरामी छन् । २२ वटा एचडीयूमा ७ वटा बेड खाली छन् ।

    सीडीओको बैठक बस्दै

    काठमाडौं उपत्यकामा संक्रमण दरमा वृद्धि भएपछि तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक शनिबार बस्ने भएको छ । भक्तपुरका सीडीओ पे्रमप्रसाद भट्टराईका अनुसार बैठकले सार्वजनिक यातायात सञ्चालनमा आएपछि संक्रमण दरमा भएको वृद्धि र अस्पतालमा शैय्या अभाव हुन थालेकोबारे समीक्षा गरिने भएको छ ।

    ‘हामीले निषेधाज्ञाको समीक्षा गर्दै थप आदेश जारी गर्ने वा पुनः कडाइ गर्ने भन्ने बारेमा छलफल गर्नेछौं,’ नेपाल प्रेससँग प्रजिअ भट्टराईले भने, ‘स्वास्थ्य मन्त्रालयका पदाधिकारीलाई पनि राखेर हामीले परिस्थितीको मूल्यांकन गर्नेछौं ।’

    काठमाडौंका प्रजिअ कालिप्रसाद पराजुलीले पनि संक्रमणको दर र अस्पतालको अवस्थाबारे अवगत भएपछि स्वास्थ्य मन्त्रालयको रायका आधारमा अघि बढ्ने बताए । ‘हामी समीक्षा बैठक बस्नेछौं र कसरी अघि बढ्ने भन्नेबारे थप रणनीति तयार पार्नेछौं’ काठमाडौं सीडीओ पराजुलीले भने ।

    रोग नियन्त्रण महाशाखाले पछिल्लो समय संक्रमण दर वृद्धि हुनुमा डेल्टा र डेल्टा प्लस भाइरस जिम्मेवार रहेको जनाएको छ । विश्व स्वास्थ्य संगठनले गत मे महीनामा डेल्टालाई भेरिएन्ट अफ कन्सर्न (चासोको भाइरस) श्रेणीमा राखेको छ भने डब्लुएचओले नै डेल्टा प्लस भाइरस नेपालसहित ९० भन्दा बढी मुलुकमा फैलिएको जनाएको छ ।

    पहिलोपटक भारतमा भेटिएको डेल्टा र त्यसबाट उत्परिवर्तित डेल्टा प्लसलाई विद्यमान सार्स-कोभिड-२ मध्ये सबैभन्दा संक्रामक मानिएको छ । खोप लगाउन सकिएमात्र डेल्टालाई रोकथाम गर्न सकिने भनिएपनि नेपालको खोप अभियान निकै सुस्त भएकाले डेल्टाको फैलावट तीव्र भएको हो । पछिल्ला अध्ययनहरुमा पनि अन्य भेरिएन्टभन्दा पनि डेल्टा ४० देखि ६० प्रतिशत बढी संक्रामक रहेको बताइएको छ ।

    खोप अभियान सुस्त

    बिहीबारसम्म २६ लाख ११ हजारले पहिलो डोज खोप लगाएका छन् भने ९ लाख ३३ हजारले दोस्रो मात्रा । कोभ्याक्स, भारत लगायतका उत्पादक मुलुक तथा संयन्त्रबाट आपूर्ति नहुँदा मुलुकको खोप अभियान प्रभावित बनेको छ । खोप अभियान सुस्त हुँदा र निषेधाज्ञा खुकुलो भएर भीडभाड बढ्दा थप लहरहरु आउन सक्ने मन्त्रालयको भनाई छ ।

    सरकारले कूल जनसंख्याको दुई तिहाइ अर्थात ७२ प्रतिशतलाई खोप लगाउने जनाए पनि चीनबाहेक अन्य मुलुकबाट तत्काल खोप आउने सम्भावना देखिएको छैन । कोभ्याक्सले ३ लाख ४८ हजार डोज आस्ट्राजेनेका र १.५ मिलियन डोज जोन्सन एन्ड जोन्सन खोपको प्रतिबद्धता जनाएपनि त्यो खोप कहिले आउने भन्ने टुंगो छैन ।

    चीनबाट थप ४० लाख डोज खोप आउने तयारीमा छ । चीनको साइनोफार्मसँग भएको नन-डिस्क्लोजर सहमतिअनुसार खोप आउन लागेको हो । मुलुकको दुई तिहाइ जनसंख्यालाई खोप लगाउन डेढदेखि दुई करोड डोज खोप आवश्यक हुने सरकारी प्रक्षेपण छ । जसलाई हेरेर स्वास्थ्य मन्त्रालयले खोप खरिद गर्न मन्त्रिपरिषद्मा प्रस्ताव गरेको छ । सरकारले आगामी सातादेखि चरणबद्धरुपमा खोप आपूर्ति गर्ने बताएपनि यही रफ्तारमा खोप अभियान चलाउँदा लक्षित वर्गलाई लगाउन केही वर्ष लाग्ने देखिन्छ ।

    संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी महामारीको समयमा नेपालमा चलेको अहिलेको खोप अभियानलाई ‘अभियान’ भन्न नमिल्ने बताउँछन् । ‘कतिजनाले लगाएका छन् र ? यो अभियान नै होइन,’ उनी भन्छन् ।

    पहिलो र दोस्रो लहरबाट सरकारले महामारी नियन्त्रणमा पाठ नसिकेको बताउँदै उनले भीडभाड पुनः बढेकाले जोखिम थपिएको उल्लेख गरे । नागरिकहरु पनि जनस्वास्थ्यका मापदण्ड पालनामा सचेत हुनुपर्ने उनको सुझाव छ । संक्रमण दरमा पुनः वृद्धि भएसँगै अस्पतालमा अबको दुई सातासम्म बेडको अभाव हुनसक्ने उनले बताए ।

    तेस्रो लहर आउनुपूर्व सरकार र अन्य निकाय मिलेर बिपद्विरुद्ध रणनीति तयार गर्नुपर्ने सुझाव विज्ञहरुको छ । ‘हामीले धेरैपटक सुझाव दिएका छौं र यसको पालना भएको छैन’ सुवेदी भन्छन्, ‘हामीले ठूलो कुरा भनेका होइनौं । परीक्षण बढाउनुपर्छ र सुरक्षाका मापदण्डलाई कडाइका साथ लागु गर्नुपर्छ भन्ने हाम्रो भनाई हो ।’ नेपालमा बुधबारसम्म ६ लाख ५१ हजार संक्रमित पुगेका छन् । कूल मृत्यु संख्या ९ हजार ३२० पुगेको छ ।

  • बिहीबार १८ सय कोभिड बिरामी थपिए, थप २९ जनाको मृत्यु

    बिहीबार १८ सय कोभिड बिरामी थपिए, थप २९ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा १८७५ जना कोभिड बिरामी थपिएका छन् । १० हजार ५०४ नमुना पीसीआर र एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    बिहीबार संक्रमित हुने दर १७.८५ प्रतिशत छ ।

    पछिल्लो २४ घण्टामा थप २९ जनाको कोभिडको कारण ज्यान गएको छ । १२८६ जना निको भएका छन् । निको हुने दर ९४.५ प्रतिशत छ ।

    बिहीबार काठमाडौं उपत्यकामा ४२७ जना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा २८७, ललितपुरमा ८२, भक्तपुरमा ५८ संक्रमित पुष्टि भएको छ ।

    ९ जिल्लामा सक्रिय संक्रमित संख्या ५ सयभन्दा बढी छ । २५ जिल्लामा सक्रिय संक्रमित संख्या २०० भन्दा बढी छ । काठमाडौं जिल्लामा ५४३०, भक्तपुरमा १०६१ र ललितपुरमा १४२३ जना सक्रिय संक्रमित छन् ।

    मुलुकको सक्रिय संक्रमित संख्या ४.०६ प्रतिशत छ ।

    भारतमा सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि

    भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ । पछिल्ला केही दिन लगातार घट्दै गएकोमा बिहीबार फेरि बृद्धि भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

    उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट ४५ हजार ८९२ जना नयाँ सङ्क्रमित थपिएका छन् । यसअघि बुधबार एक दिनमा नयाँ सङ्क्रमितको सङ्ख्या ४३ हजार ७३३ रहेको विवरण संघीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको थियो ।

    भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेका सङ्क्रमितहरुको कुल सङ्ख्या भने चार लाख ६० हजार ७०४ रहेको मन्त्रालयले जनाएको छ । कुल सङ्क्रमित मध्ये १।५ प्रतिशत मात्रै अहिले सङ्क्रमित अवस्थामा रहेका हुन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ८१७ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण कुल मृतकको सङ्ख्या चार लाख पाँच हजार २८ पुगेको छ ।

    विश्वभर तीन अर्ब ३२ करोड डोज खोप लगाइयो

    विश्वभर तीन अर्ब ३२ करोड ६५ लाख ४० हजार २३१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु यस प्रकार रहेका छन् ।

    चीनमा एक अर्व ३३ करोड १६ लाख ७९ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । भारतमा ३६ करोड ८१ लाख १२ हजार ११३ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

    अमेरिकामा ३३ करोड ५ लाख ६० हजार ७३५ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा दश करोड ३० लाख ६२ हजार ६०९ डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ । बेलायतमा आठ करोड २ लाख १२ हजार ६६८ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । जर्मनी सात करोड ८६ लाख ७२ हजार ९२ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

    पोल्याड छ करोड ७ लाख ५९ हजार ७४४ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । फ्रान्समा पाँच करोड ७२ लाख ७९ हजार १९८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । टर्कीमा पाँच करोड ५४ लाख ६३ हजार ४०० डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । इटाली पाँच करोड ५४ लाख ५६ हजार २७६ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

  • कोरोना खोपको भण्डारण : एकैचोटि धेरै आए समस्या पर्ने

    कोरोना खोपको भण्डारण : एकैचोटि धेरै आए समस्या पर्ने

    काठमाडौं । कोरोनाविरुद्धको खोप पर्याप्त नभएको र त्यसका लागि सरकारले यथेष्ट प्रयत्न नगरेको आवाज उठिरहेको छ । तर, नेपालले पहल गरे जति सबै खोप एकैचोटि नेपाल आए भण्डारणको समस्या हुने देखिएको छ ।

    नेपाल सरकारले अहिले रुस, बेलायत, चीन र भारतबाट खोप ल्याउन पहल गरिरहेको छ । चीनबाट  केहीदिनमा १० लाख डोज खोप नेपाल आइपुग्दैछ ।

    त्यस्तै, राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी जो बाइडेन, चीनका राष्ट्रपति सी जिङपीङ, बेलायती महारानी एलिजाबेथ द्वितिया, रुसी समकक्षी भ्लादिमिर पुटिन र भारतीय समकक्षी रामनाथ कोविन्दलाई खोप खरिदका लागि सहजीकरण गरिदिन आग्रह गर्दै पत्र पठाएकी छिन् ।

    यदि सबैले खोप दिए र नेपालले खरिदका लागि प्रक्रिया अघि बढाएका ठाउँबाट खोप आयो भने कहाँ राख्ने भन्ने चिन्ता भएको बताउँछन्, खोप शाखाका प्रमुख डा. झलक गौतम ।

    कोरोनाविरुद्धको खोपलाई अत्यन्त चिसोमा राख्नुपर्ने हुन्छ । कुनै खोप माइनस ७० डिग्री सेल्सियस तापक्रममा राख्नुपर्ने हुन्छ भने कुनै माइनस २ देखि ८ डिग्री सेल्सियस चिसोमा भण्डारण गर्नुपर्ने हुन्छ ।

    कुन खोप कति तापक्रममा राख्नु पर्छ ?

    फरक देशबाट ल्याइएको खोपलाई फरक-फरक ठाउँमा राख्नुपर्ने हुन्छ । किनकि, सबै खोपलाई एकै तापक्रममा भण्डारण गर्न मिल्दैन । त्यसका लागि आवश्यक कोल्ड चेन नेपालमा छैन ।

    अमेरिकाबाट ल्याइने खोप फाइजरको भण्डारण सबैभन्दा चुनौतीपूर्ण छ । उक्त खोपलाई माइनस ७० डिग्री सेल्सियस तापक्रममा राख्नुपर्ने हुन्छ । उक्त कम्पनीको खोप पग्लियो भने पुनःभण्डारण गर्नसमेत नसकिने कम्पनीले जनाएको छ । यसको लागि विशेष रेफ्रिजेटरको आवश्यकता पर्छ ।

    त्यस्तै अमेरिकामै बनेको जोन्सन एण्ड जोन्सनको खोप भण्डारणका लागि २ देखि ८ डिग्री सेल्सियस बीचको तापक्रम चाहिन्छ । खोपको सुरक्षामा ध्यान दिन नसके खोपले काम नगर्ने कम्पनीले जनाएको छ ।

    भण्डारण गर्न सजिलो हुने भएकाले सरकारले अमेरिकामा उत्पादित अन्य खोप भन्दा जोन्सन एण्ड जोन्सन खोप खरिद गर्न बढी जोड दिएको छ । त्यस्तै उक्त खोप एक डोज मात्रै लगाए पुग्छ ।

    अमेरिकामा नै उत्पादन भएको मोडेर्ना खोप पनि २ देखि ८ डिग्री सेल्सियस तापक्रममा राख्नुपर्ने हुन्छ । तर, खोप ढुवानी गर्नको लागि भने माइनस ५० देखि माइनस १५ डिग्री (५८ डिग्री फरेनहाइट देखि ५ डिग्री फरेनहाइट) को बीचमा राखेर ल्याउनुपर्ने हुन्छ ।

    भारतको कोभिसिल्ड खोपलाई २ देखि ८ डिग्री ताक्रममा सुरक्षित राख्न सकिन्छ । यो तापक्रम सामान्य फ्रिजमा हुने तापक्रम हो ।

    त्यस्तै रुसले उत्पादन गरेको स्पूतनिक-५ खोपलाई २ देखि ८ डिग्रीको तापक्रममा सुरक्षित राख्न सकिन्छ । यसैगरी सिनोर्फाम कम्पनीले उत्पादन गरेको चीनको भेराेसेल खोपका लागि ६ महिनासम्म २ देखि ८ डिग्री सेल्सियस तापक्रम आवश्यक पर्छ । जुन खोप भण्डारण गर्न र सुरक्षित राख्न सजिलो हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    २० लाख डोजभन्दा बढी राख्न समस्या छः खोप शाखा

    विभिन्न देशबाट एकैपटक ठूलो परिमाणमा खोप आइपुगे भण्डारण गर्न समस्या हुने खोप शाखाले जनाएको छ । शाखाका प्रमुख गौतम भन्छन्, ‘हामीसँग अहिले २० लाख डोज खोपसम्म भण्डारण गर्ने क्षमता छ । त्यो भन्दा धेरै आएमा राख्न गाह्रो छ ।’

    खोपको प्रभावकारिता कायम गर्न खोप उत्पादनको समयदेखि लगाउने बेलासम्म तोकिएको तापक्रममा राख्नुपर्छ । नत्र खोपले काम नगर्ने विज्ञहरू बताउँछन् ।

    खोपलाई परिवहन, भण्डारण, वितरण र लगाउने बेलासम्म एउटा खास तापक्रम कायम राख्ने प्रणाली ‘कोल्ड चेन’ हो । कोल्ड चेनमा खोपलाई चाहिने तापक्रम अनुसारको रेफ्रिजेरेटरमा राखिएको हुनुपर्दछ ।

    नेपालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा धेरै क्षमताको भण्डारण छ, तर त्यहाँ कोल्ड चेन छैन । डा. गौतम भन्छन्, ‘अहिले भण्डारणको समस्या छ, तर यही कारण खोप नल्याउने भन्ने हुँदैन ।

    अहिल एयरपोर्टबाहेक ७ वटै प्रदेश अस्पतालमा खोप भण्डारण केन्द्र छन् । उनले थपे, ‘अहिलेकै अवस्थामा त भण्डारणको समस्या छैन । एकैचोटि धेरै खोप आयो भने मात्रै समस्या हो । एकैचोटि धेरै मात्रामा खोप आए निजी कम्पनीलाई भण्डारणको जिम्मा दिने तयारी भइरहेको डा. गौतमले बताए ।

    नेपालमा आउन सक्ने सम्भावना भएको फाइजर खोपको भण्डारणका लागि भने रेफ्रिजेरेटरको अभाव भएको उनको भनाइ छ । फाइजर खोपलाई माइनस ७० डिग्री सेल्सियस तापक्रममा राख्नुपर्ने हुन्छ । ‘हामीसँग ७० युनिट स्पेस छ, जहाँ २ देखि ८ डिग्री सेल्सियस तापक्रमको ‘कोल्ड चेन’ छ’, डाक्टर गौतमले भने ।

    भण्डारण विस्तारको तयारी गर्दैछौंः मन्त्रालय

    नेपालमा कोरोनाविरुद्धको खोप भण्डारणका लागि पर्याप्त ठाउँ नभएको स्वीकार्छन्, स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारी । ‘हाम्रा स्वास्थ्य संस्थामा खोप राख्नका लागि पर्याप्त ठाउँ छैन’ उनी भन्छन्, ‘हामी कहाँ रेफ्रिजेरेटर नै कम छन्, भएकामा पनि लामो समयसम्म राख्न सकिने अवस्था छैन ।’

    यसअघि यस्ता रेफ्रिजेरेटरको कम आवश्यकता भएकाले विस्तारमा धेरै जोड नदिएको उनले बताए । ‘अब भने माइनस ७० डिग्री सेल्सियससम्मकै खोप भण्डारण बनाउने तयारी भइरहेको छ’ उनले भने, ‘त्यसका लागि हामी छलफल गरिरहेका छौं ।’

    कहाँबाट कति आउँदैछ खोप ?

    सरकारले कोरोना भाइरसविरुद्धको खोप ल्याउन मित्रराष्ट्रहरूसँग पहल गरिराखेको छ । यसअघि चीन र भारतले कोभिड १९ विरुद्धको ३० लाख डोज खोप अनुदानमा नेपाललाई उपलब्ध गराइसकेको छ । बेलायत, रुस, अमेरिकाले पनि अनुदानमा खोप उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    सरकार पनि चीन र अमेरिकाबाट कोभिड १९ विरुद्धको खोप खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार खोप निर्माता कम्पनी र ती देशका सरकारसँग खोप खरिद प्रक्रिया अघि बढेको छ ।

    नेपाल सरकारले चीनसँग भेरोसिल, भारतसँग कोभिशिल्ड, रुससँग स्पुतनिक ५, अमेरिकासँग जोन्सन एण्ड जोन्सन, मोर्डर्ना, नोभाभ्याक्स, फाइजरलगायतका कम्पनीको खोप खरिद गर्न लागेको हो ।

    अमेरिकाले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरे पनि अमेरिकाको जोन्सन एन्ड जोन्सन कम्पनीबाट ५० लाख डोज खोप खरिद गर्ने सरकारको तयारी छ ।

    यता, नन-डिस्क्लोजर सहमतिअनुसार चीनको सिनोफार्म कम्पनीबाट ४० लाख डोज खोप खरिदको प्रक्रिया सुरु भइसकेको छ ।    एक साताभित्र सरकारले खरिद गरेको १० लाख डोज खोप नेपाल आउँदैछ । चीनसँग खोप खरिद सम्झौता अघि बढेको छ । सोही अनुसार पहिलो पटक खरिद गरेको खोप लिनको लागि नेपाल वायुसेवा निगम चीनतर्फ जादैछ भने आगामी साउनसम्म बाँकी ३० लाख खोप पनि आउने मन्त्रालयले जनाएको छ ।

    थप खोप खरिदका लागि सरकारले भारतलाई अग्रिम भुक्तानी गरिसकेको छ । १७ लाख डोजका लागि भुक्तानी भए पनि भारतबाट खोप आउने टुंगो भने छैन ।