Category: स्वास्थ्य-जीवनशैली

  • आजदेखि जाेन्सनकाे खाेप लगाइँदै, यी हुन् खाेप केन्द्र

    आजदेखि जाेन्सनकाे खाेप लगाइँदै, यी हुन् खाेप केन्द्र

    काठमाडौं । अमेरिकाले अनुदानमा उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोना खोप आजदेखि लगाइँदैछ । जोन्सनको खोप एक मात्रा पर्याप्त हुनेछ ।

    स्वास्थ्य मन्त्रालयले अमेरिकाबाट आएको १५ लाख ३४ हजार भाइल खोप साउन ४ देखि ६ गतेसम्म लगाइने अघिल्लो साता तय गरेको थियो ।

    यो खोप ५० देखि ५४ वर्ष उमेर समूहका लागि तोकिएको छ । यो सँगै पूर्ण र अति अशक्त अर्थात क र ख वर्षका अपांग नागरिकहरु, नेपालमा बसोबास गरिरहेका शरणार्थीहरु र यसअघिको अभियानमा छुटेका फ्रन्टलाइनर कर्मचारीहरुलाई यो खोप उपलब्ध हुनेछ ।

    काठमाडौंका २८ वटा अस्पताल र स्थानीय तहका खोप केन्द्रहरु गरी ५३ स्थानबाट खोप दिइनेछ । नेपालमा यसअघि भारतीय कम्पनी एक्ट्राजेनेकाकाे काेभिशिल्ड र चिनियाँ कम्पनी सिनाेफार्मकाे भेराेसेल खाेप दिइएकाे थियाे । यी दुवै खाेप दुई मात्रा लगाउनुपर्ने भए पनि जाेन्सन भने एक मात्रा पर्याप्त हुनेछ ।

  • प्रधानमन्त्रीले भने : मेरो प्राथमिकता खोप, खोप र खोप हो

    प्रधानमन्त्रीले भने : मेरो प्राथमिकता खोप, खोप र खोप हो

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पहिलो, दोस्रो र तेस्रो प्राथमिकता खोप रहेको बताएका छन् ।

    प्रतिनिधिसभामा विश्वासको मत लिने क्रममा सांसदहरुका सवालको जवाफ दिदै प्रधानमन्त्री देउवाले आफ्नो प्राथमिकता जनताको जीवन भएको बताए । उनले सरकारले छ्टिटै सबै नागरिकलाई कोभिड १९ विरुद्धको खोप दिने बताए ।

    ‘मेरो पहिलो प्राथमिकता खोप हो । दोस्रो प्राथमिकता खोप हो । तेस्रो प्राथमिकता पनि खोप हो । विकासभन्दा जनताको जीवन महत्वपूर्ण छ । पहिले लाइफ, अनि विकास’, देउवाले भने ।

    आफू नेतृत्वको सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध सुमधुर राख्ने भन्दै भारत, चीन वा जुनसुकै देशसंग सम्बन्ध सुदृढ राखेर राष्ट्रिय हित प्रबर्धन गर्ने बताए । ‘हाम्रो राष्ट्रिय हित भनेकै छिमेकी देशहरुसंगको सुदृढ सम्बन्धमा छ । हाम्रो देश गरिब छ, सबैको सहयोग लिनुपर्छ’, देउवाले भने ।

    प्रधानमन्त्री देउवाले राष्ट्रको जीवनमा खास-खास समयमा राष्ट्रिय सरकार आवश्यक पर्ने भन्दै सहमतिको सरकार बनाउन आफू तयार रहेको बताए । ‘मिल्छ भने सरकारमा आउनुस्, सहमतिको सरकार बनाऔं ।

  • भारतद्धारा नेपाललाई १५० थान आइसीयू बेड हस्तान्तरण

    भारतद्धारा नेपाललाई १५० थान आइसीयू बेड हस्तान्तरण

    काठमाडौं । भारतले नेपाललाई कोभिड-१९ उपचारका लागि १५० आईसीयू बेड प्रदान गरेको छ ।

    आइतबार स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई भारतीय राजदूत विनय मोहन क्वात्राले ती बेड हस्तान्तरण गरेका हुन्।

    कानुनमन्त्री कार्कीले महामारीको समयमा गरेको सहयोगका लागि धन्यवाद दिए।

    भारतले कोरोना रोकथामका लागि उक्त आईसीयू बेड उपलब्ध गराएको राजदूत क्वात्राले बताए। कानुनमन्त्री कार्कीले ती बेड तुरून्त अस्पतालको आवश्यकता अनुसार वितरण गरिने बताए।

  • थप १८०१ जनामा संक्रमण पुष्टि, २३ जनाकाे मृत्यु

    थप १८०१ जनामा संक्रमण पुष्टि, २३ जनाकाे मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १८ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधीबाट ६हजार ६२८ र एन्टीजेन विधीबाट ३ हजार नमुना परीक्षण गर्दा १८०१ जनामा संक्रमण पुष्टि भएको हो ।

    आइतबार देशैभरको प्रयोगशालाहरुमा पीसीआर र एन्टीजेन गरी ९ हजार ६२८ स्वावको नमुना परीक्षण गरिएको थियो ।

    यस्तै पछिल्लो २४ घण्टामा १६ सय ६७ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट मुक्त भएर जानेको दर ९४. ७ प्रतिशत रहेको छ ।

    भने २३ जनाको कोभिडको कारण ज्यान गएको छ । हालसम्म कोभिडको कारण ९ हजार ५५० जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।

     

     

  • विश्वभर तीन अर्ब ६० करोड १८ लाख ५६ हजार २९५ डोज खोप लगाइयो

    विश्वभर तीन अर्ब ६० करोड १८ लाख ५६ हजार २९५ डोज खोप लगाइयो

    काठमाडौं । विश्वभर तीन अर्ब ६० करोड १८ लाख ५६ हजार २९५ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्यांकहरु यस प्रकार रहेका छन् ।

    चीनमा एक अर्व ४३ करोड ७६ लाख २३ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । भारतमा ४० करोड ४९ लाख ३१ हजार ७१५ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

    अमेरिकामा ३३ करोड ६० लाख ७१ हजार ६४० डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा ११ करोड ६४ लाख ८१ हजार ५२ डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ ।

    जर्मनी ८ करोड ५६ लाख १५ हजार ४३० डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । बेलायतमा ८ करोड २६ लाख ४९ हजार ३३१ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ ।

    जापान ६ करोड ६७ लाख १४ हजार ५२८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । फ्रान्समा ६ करोड ३३ लाख १९ हजार ८०५ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ ।

    टर्कीमा ६ करोड २९ लाख ६४ हजार २४१ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । इटाली ६ करोड ११ लाख २ हजार ९८७ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

  • कोरोना तेस्रो लहरको पूर्वतयारीमा लाग्न प्रधानमन्त्री देउवाको निर्देशन

    कोरोना तेस्रो लहरको पूर्वतयारीमा लाग्न प्रधानमन्त्री देउवाको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको तेस्रो लहरको पूर्वतयारीमा लाग्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन् ।

    स्वास्थ्य मन्त्रालयका सचिव, विशिष्ठ विज्ञ, स्वास्थ्य सेवा विभागका महानिर्देशक, खोप महाशाखाका प्रमुखलगायतलाई बालुवाटार बोलाएर प्रधानमन्त्री देउवाले सीमा नाकाहरूमा होल्डिङ सेन्टर तत्काल बनाउन, परीक्षणको दायरा बढाउन, अस्पतालमा अक्सिजन, वेड र आईसीयूको प्रवन्धका लागि निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

    त्यस्तै कोरोनाको खोप खरिदलाई चुस्त रूपमा अघि बढाउन र खोप केन्द्रहरू बढाएर सहजरूपमा खोप लगाउने व्यवस्था मिलाउन पनि उनले निर्देशन गरेका छन् ।

  • समाज डेन्टलको नयाँ शाखा अब भक्तपुरको राधेराधेमा

    समाज डेन्टलको नयाँ शाखा अब भक्तपुरको राधेराधेमा

    काठमाडौं । समाज डेण्टल हस्पिटलको चौथो शाखा भक्तपुरको राधेराधेमा खुलेको छ । समाज डेन्टल हस्पिटलले आफ्नो स्थापनाको २१ औं वार्षिक उत्सवको अवसरमा भक्तपुरमा पनि सेवा विस्तार गरेको हो ।

    समाज डेण्टल हस्पिटलका प्रमुख शंकु घिमिरिले सांस्कृतिक शहर भक्तपुर क्षेत्रमा पनि आफ्नो सेवा विस्तार गर्न पाउदाँ खुसी लागेको बताए । भक्तपुरको राधेराधेमा सेवा सुरु भएको पहिलो महिना साउनभर सवै दन्त सेवामा २० प्रतिशत छुट दिने जानकारीपनि घिमिलेले दिएका छन् ।

    समाज डेन्टल हस्पिटलले २० वर्ष देखि दात तथा मुख सम्बन्धी रोगको उपचार गर्दै आएको छ । काठमाडौंको नयाँ बानेश्वरबाट सुरु भएको समाज डेन्टल अहिले भक्तपुरको राधेराधेमा समेत गरि चार वटा शाखा छन् । समाजले बानेश्वर, जाउलाखेल, गंगवु र भक्तपुरको राधेराधेमा आफ्नो सेवा दिइरहेको छ ।

  • काठमाडौं उपत्यकामा शनिवार थपिए ४२८ जना संक्रमित , ७३ सय सक्रिय संक्रमित

    काठमाडौं उपत्यकामा शनिवार थपिए ४२८ जना संक्रमित , ७३ सय सक्रिय संक्रमित

    काठमाडौं । उपत्यकामा पछिल्लो २४ घण्टामा ४२८ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा २९९, भक्तपुरमा ५२ र ललितपुरमा ७७ गरी ४२८ जनामा थप संक्रमण पुष्टि भएको हो।

    स्वास्थ्य मन्त्रालयका अनुसार ९ वटा जिल्लामा ५०० भन्दाबढी संक्रिय संक्रमित रहेको जनाएको छ । जसमा मोरङ, सुनसरी, झापा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की र सुर्खेत रहेको छ ।

    हाल काठमाडौं उपत्यकामा ७,३९९ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

  • शनिबार कोभिडबाट २१ जनाको मृत्यु, १८ सय संक्रमित थपिए

    शनिबार कोभिडबाट २१ जनाको मृत्यु, १८ सय संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा १,८७५ जना कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६६ (६,८५८ पीसीआर र ३,२०८ एन्टीजेन) नमुना परीक्षण गर्दा ती बिरामी थपिएका हुन् ।

    शनिबारको संक्रमण दर १८.६२ प्रतिशत छ ।

    शनिबार २,१६४ जना संक्रमणमुक्त भएका छन् । थप २१ जनाको मृत्यु भएको छ ।

    निको हुने दरमा वृद्धि भएसँगै शनिबार सक्रिय संक्रमितको संख्या घटेको छ । ३.९० प्रतिशत सक्रिय संक्रमित छन् ।

    हालसम्म मृत्यु हुनेको कुल संख्या ९ हजार ५२७ पुगेको छ। संक्रमितको कुल संख्या ७ लाख नाघेको छ । पीसीआर विधिबाट भएको परीक्षणमा हालसम्म ६ लाख ६५ हजार ८८६ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट ४८ हजार ३६२ जनामा पुष्टि भएको छ । संक्रमितमध्ये ६ लाख ३० हजार ४०७ जना निको भएका छन् ।

  • काठमाडौंमा पुनः बढ्यो संक्रमण दर

    काठमाडौंमा पुनः बढ्यो संक्रमण दर

    काठमाडौं । पछिल्लो समय काठमाडौँमा कोभिड-१९ को संक्रमण दर बढेर २० प्रतिशत पुगेको छ । एक हप्ताअघिसम्म संक्रमण दर ९ प्रतिशतमा झरेको थियो । अहिले ११ प्रतिशतले बढेको छ । जेठको तेस्रो हप्ता परीक्षण गरिएकामध्ये ७० प्रतिशतलाई संक्रमण देखिने गरेको थियो ।

    हाल गरिएको निषेधाज्ञामा संक्रमण दरमा कमी आए पनि पछिल्लो समय चहलपहल बढ्दा कोरोना पोजिटिभ हुनेको संख्या बढेको हो । संक्रमण दर बढ्दा महानगरले ३२ वडामा १६ केन्द्र बनाएर परीक्षण गरेको थियो । विगतका दैनिक एक हजार ५०० सम्म परीक्षण गर्दै आएको महानगरले परीक्षणलाई पनि घटाएर १५० मा झारेको छ ।

    जनस्वास्थ्य महाशाखा प्रमुख हरिबहादुर कुँवरले भने, ‘पछिल्लो समय काठमाडौंमा संक्रमण दर निरन्तर उकालो लाग्ने अवस्थामा छ, यसरी नै संक्रमित बढ्ने हो भने अवस्था फेरि जटिल बन्न सक्छ, त्यसैले सबैले बेलैमा सावधानी अपनाउन आवश्यक भएको छ ।’

    उनका अनुसार सधैँ लकडाउन गरेर पनि सम्भव हुँदैन केन्द्र सरकाले सक्दो छिटो सबै नागरिकलाई खोपको व्यवस्था गर्न आवश्यक छ । खोप ल्याइसकेपछि पनि बढी आवश्यकता भएको र मानिसको बढी भीड भएको स्थानमा प्राथमिकता हेरी प्रभावकारीरुपमा अभियान सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।

    काठमाडौंका ल्याब टेक्निसियन राधिका कुइँकेलका अनुसार अहिले परीक्षणका लागि नागरिक केन्द्रसम्म पनि आउँदैनन् । परीक्षणभन्दा पहिले नागरिकले खोपको माग गरेका छन् ।

    ७ प्रतिशतमा खोप

    काठमाडौं महानगरपालिकाले हालसम्म सात प्रतिशत नागरिकले मात्रै खोपको दुबै मात्रा लगाएको जनाएको छ । पहिलो मात्रा लगाउने नागरिक १६ प्रतिशत रहेका भए पनि त्यसको आधाभन्दा कम नागरिकले मात्र पूर्ण खोप लगाएका छन् । देशको अन्य शहरको तुलनामा जनघनत्व बढिरहेकाले यहाँ खोप अभियानलाई छिटो र प्रभावकारीरुपमा अघि बढाउनुपर्ने कामपाको भनाइ छ ।

    परीक्षण मात्रै होइन, परीक्षणका क्रममा समस्या बढी भएका बिरामीका लागि एम्बुलेन्समा राखी अस्पतालसम्म लैजाने र ल्याउने व्यवस्थासम्म कामपाले नै गर्दै आएको छ । यसका लागि पनि नागरिकले पैसा तिर्नु पर्दैन । यसरी कोरोना पोजिटिभ भएका बिरामीका लागि एम्बुलेन्ससँग कामपाले दुई हप्ताअघि नै सम्झौता गरिसकेको छ ।

    महानगरका ३२ वडामध्ये सात स्थानबाट नागरिकले सेवा प्राप्त गर्न सक्नेछन् । कोरोनाका बिरामीले मात्रै होइन, अन्य दीर्घ रोग भएका कसैलाई अस्पतालसम्म जान र आउन परेमा पनि कामपाले निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । त्यसका लागि आवश्यक पर्ने जो कोहीले ११८० हटलाइन नम्बरमा सम्पर्क गर्नुपर्ने छ ।

    हालसम्म कामपामा ६९ हजार ५४२ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । तीमध्ये दुई हजार ७४३ सक्रिय संक्रमित छन् । त्यसैगरी हालसम्म ६६ हजार २९६ यस रोगबाट मुक्त भएका छन् । कोरोना संक्रमणकै कारण ५०३ ले ज्यान गुमाएका छन् ।

    कामपामा हाल रहेका संक्रमितमध्ये दुई हजार ५८९ होम आइसोलेशनमा छन् भने ३९ जना संस्थागत आइसोलेशनमा र ११५ ले अस्पतालमा उपचार गराइरहेका छन् । कोभिड-१९ को संक्रमणविरुद्ध लड्नका लागि कामपाले आफ्नो क्षेत्रभित्र रहेका १२ अस्पतालले माग गरेअनुरूप क्षमता बढाउन आवश्यकपर्ने उपकरण तथा व्यवस्थापनमा सहयोग गर्नका लागि अस्पतालसँग सम्झौता गरी नागरिकको उपचारमा सहजीकरण गरेको थियो ।

    अस्पतालको व्यवस्थापन तथा उपचार प्रणालीको सुधार तथा क्षमता वृद्धि गरेर संक्रमणमा परेका बिरामीलाई बचाउन महानगरले आफ्नो क्षेत्रभित्र भएका सरकारी तथा सामुदायिक अस्पतासँग सम्झौता गरेको हो ।

    कामपाले यसरी सम्झौता गरेका अस्पतालमा वीरेन्द्र सैनिक अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल, क्षेत्रपाटी निःशुल्क चिकित्सालय, निजामती कर्मचारी अस्पताल, महेन्द्र नारायण निधि मेमोरियल अस्पताल, हेल्पिङ ह्याण्ड्स सामुदायिक अस्पताल, शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, मोडल अस्पताल र नेपाल कोरियामैत्री अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल नरदेवी आयुर्वेदिक अस्पतालसँग अक्सिजनसहितको उपकरण जडान गर्नका लागि सम्झौता गरेको थियो । रासस

  • विश्वभर तीन अर्ब डोज खोप लगाइयो, चीनमा मात्र एक अर्बलाई

    विश्वभर तीन अर्ब डोज खोप लगाइयो, चीनमा मात्र एक अर्बलाई

    काठमाडौं । विश्वभर तीन अर्ब ५७ करोड ३२ लाख ५८ हजार ११४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्यांकहरु यस प्रकार रहेका छन् ।

    चीनमा एक अर्व ४२ करोड ६३ लाख ४७ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । भारतमा ३९ करोड ९६ लाख ९५ हजार ८७९ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

    अमेरिकामा ३३ करोड ५४ लाख ७४ हजार ३ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा ११ करोड ५३ लाख २४ हजार १५२ डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ ।

    जर्मनी ८ करोड ४९ लाख ८९ हजार ८५० डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । बेलायतमा ८ करोड २३ लाख ९२ हजार १९४ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ ।

    जापान ६ करोड ६७ लाख १४ हजार ५२८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । फ्रान्समा ६ करोड ३३ लाख १९ हजार ८०५ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ ।

    टर्कीमा ६ करोड २४ लाख १२ हजार २३४ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । इटाली ६ करोड ५ लाख ७१ हजार ३४१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

  • साउन १५ गतेभित्र ३२ लाख खोप आइपुग्ने, कोभिसिल्डको दोस्रो मात्रा पनि चाँडै लगाइने

    साउन १५ गतेभित्र ३२ लाख खोप आइपुग्ने, कोभिसिल्डको दोस्रो मात्रा पनि चाँडै लगाइने

    काठमाडौं । सरकारले चीनबाट यही साउन १५ गतेभित्र ३२ लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ ल्याउने भएको छ । चीनसँग खरिद गरिएको खोप नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट नियमित चार उडानमार्फत यही साउन १५ गतेभित्र ल्याउन लागिएको हो ।

    मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले चीनबाट खरिद गरिएको खोप निगमको जहाजबाट नियमित ल्याउन थालिएको जानकारी दिए । गत असार २५ गतेदेखि चीनबाट खरिद भएको खोप ल्याउन शुरु गरिएकामा पुनः आगामी बुधबार (यही ६ गते साउन) जहाज चीनतर्फ जाने भएको उनले बताए । निगमको वाइडबडी जहाजले यही साउन ६ गतेदेखि तीन उडानमार्फत नियमित खोप ल्याउने छ ।

    उनका अनुसार चीनसँग खरिद गरिएको खोप लिन यही साउन ७ गते पौनै ६ः०० बजे गएर अर्को दिन अर्थात् साउन ७ गते बिहान खोप लिएर जहाज नेपाल आउने छ । यस्तै साउन ७ गते पुनः जहाज गएर ८ गते र ९ गते १० गते खोप नेपाल ल्याइने छ । यसअघि असार २५ गते आठ लाख खोप चीनबाट आएको थियो ।

    छिट्टै कोभिशिल्डको दोस्रो मात्रा

    यस्तै मन्त्रालयले कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो मात्राको खोप दिने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले कोभिशिल्डको पहिलो मात्रा लगाएका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा छिट्टै दिइने बताए । खोप केही दिनमा नै प्राप्त हुने जनाउँदै उनले खोपको प्रतिक्षा गरिरहेका सबै ज्येष्ठ नागरिकलाई दोस्रो खोप दिइने बताए ।

    उनले कोभिशिल्डको दोस्रो मात्राका रूपमा जापान सरकारले उपलब्ध गराउने एस्ट्राजेनिका खोप लगाइने बताए । जापान सरकारले नेपाललाई कोभ्याक्समार्फत १६ लाख मात्रा खोप उपलब्ध गराउने घोषणा गरेको छ । भारतको सिरम इन्स्टिच्युट कम्पनीले सरकारले खरिद गरेको कोभिशिल्ड खोप उपलब्ध नगराएपछि ज्येष्ठ नागरिकले खोप लगाउन नपाएका हुन् ।

    गत फागुन २३ देखि चैत १० गतेसम्म ६५ वर्षमाथिका उमेर समूहका करिब साढे १४ लाख व्यक्तिलाई ‘कोभिशिल्ड’ को पहिलो मात्रा लगाइएको थियो । मन्त्रालयले कोभिशिल्ड र एस्ट्राजेनिका खोप एउटै कम्पनी तथा एउटै फर्मुलामा बनेकाले लगाउन केही फरक नपर्ने अधिकारीले बताए ।

    कोभ्याक्समार्फत कहाँ–कहाँबाट खोप

    नेपालका ६० लाख जनसङ्ख्यालाई पुग्ने खोप कोभ्याक्सले उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । सोहीअनुसार अहिले विभिन्न देशले कोभ्याक्समार्फत नेपाललाई खोप उपलब्ध गराइरहेका छन् । अहिलेसम्म भारत, चीन, अमेरिका, जापानलगायत देशले कोभ्याक्समार्फत नेपाललाई खोप उपलब्ध गराइसकेका छन् ।

    नेपालले असार २८ गते अमेरिकाबाट १५ लाख ३४ हजार ८५० मात्रासहितको जोन्सन एण्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत अनुदान सहयोग प्राप्त गरेको हो । यसअघि कोभ्याक्स सुविधामार्फत भारतबाट कोभिशिल्ड खोप तीन लाख ४८ हजार मात्रा खोप प्राप्त भएको थियो । यस्तै जापान सरकारले कोभ्याक्स सुविधाअन्तर्गत जापानमै उत्पादित कोभिड–१९ विरुद्धको एस्ट्राजेनिका खोपको १६ लाख मात्रा नेपाललाई प्रदान गर्ने घोषणा गरेको छ । नेपालमा अहिलेसम्म ६५ लाख ८२ हजार ८५० मात्रा खोप आइसकेको छ ।

    यसैगरी स्वास्थ्य सेवा विभागका खोप तथा बाल स्वास्थ्य शाखाका प्रमुख डा झलक शर्मा गौतमले कोभ्याक्समार्फत थप खोप आउन थालेको जानकारी दिए। कोभ्याक्समार्फत तीन लाख ५० हजार खोप आउन थालेको हो । मन्त्रालयले चीन र अमेरिकाले उपलब्ध गराएको खोप प्राथमिकताका आधारमा लगाएको छ ।

    चीन र अमेरिकाबाट प्राप्त भएको खोप असार २९ देखि साउन १ गतेसम्म लगाइएको थियो । भेरोसेल ५५ वर्ष र सो माथिका उमेर समूह तथा जोन्सन एण्ड जोन्सन खोप ५० वर्षदेखि ५४ वर्ष उमेर समूहका सबै नागरिकलाई लगाइएको छ । नेपालमा अहिलेसम्म पहिलो मात्रा २७ लाख ६५ हजार ७०९ र दोस्रो मात्रा ११ लाख २० हजार २८२ व्यक्तिले लगाइसकेका छन् । सरकारले १८ वर्षभन्दा माथिका कूल दुई करोड २० लाख जनसङ्ख्यालाई निःशुल्क खोप लगाउने लक्ष्य लिएको छ ।

  • भारतमा अबको १२५ दिन क्रिटिकल हुने, नेपालले भन्यो : हामी थप सतर्क हुनुपर्छ

    भारतमा अबको १२५ दिन क्रिटिकल हुने, नेपालले भन्यो : हामी थप सतर्क हुनुपर्छ

    काठमाडौं । भारतको स्वास्थ्य मन्त्रालयले कोभिड-१९ संक्रमणको हिसाबमा अबको १०० देखि १२४ दिन निकै कष्टकर हुने बताएको छ । शुक्रबार आयोजित प्रेस ब्रिफिङमा भारतीय नीति आयोगका सदस्य डा. वीके पौलले यस्तो बताएका हुन् ।

    स्वास्थ्य मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा डा. पौलले यस्तो बताएका हुन् । आगामी जुलाईसम्म ५० करोड डोज खोप लगाइसक्ने योजना रहेको पनि उनले जनाए । यसका लागि ६६ करोड डोज कोभिसिल्ड र कोभ्याक्सिन खोप खरिद गरिएको पनि उनले जनाए ।

    अगस्ट अन्त्यसम्म भारतमा तेस्रो वेभ सुरु हुनसक्ने पौलको आंकलन छ । भारतको संक्रमण दरमा उल्लेख्य गिरावट आउन नसकेको बताउँदै उनले यसबीचमा रोकथामका प्रयत्न नभए तेस्रो लहर सुरु हुने उनको भनाई छ ।

    ‘भाइरस अहिलेपनि हामी वरपर छ । केही जिल्ला र राज्यमा पनि अहिले स्थिती जोखिमपूर्ण छ । हामी यो समयमा निकै सचेत हुनुपर्छ किनभने पुनः संक्रमण बढ्न सक्छ । यो हाम्रा लागि खतराको घण्टी पनि हो’ पौलले भने, ‘परिस्थिती अहिले नियन्त्रणमा छ तर, भविष्यमा बाहिर जान सक्छ । परिस्थितीलाई कता लैजाने छ भन्ने हाम्रो हातमा छ ।’

    नेपाल थप सतर्क हुनुपर्छ

    भारतीय स्वास्थ्य मन्त्रालयको यस्तो अभिव्यक्ति आउने वित्तिकै नेपालको समकक्षी मन्त्रालयले पनि थप सतर्क हुनुपर्ने बताएको छ । प्रवक्ता कृष्णप्रसाद पौडेलले भारतमा वेभ सुरु भएको तीन चार सातामै नेपालमा आउन सक्ने भएकाले सतर्क हुनुपर्ने जरुरी भएको बताए ।

    भारतमा अगस्ट अन्त्यमा तेस्रो लहर सुरु हुनसक्ने मन्त्रालयको आंकलन छ ।

    ‘नेपालमा अहिले पनि जोखिम टरिसकेको छैन । भारतको भनाई आएपछि हामी थप सतर्क हुनुपर्ने देखिएको छ’ प्रवक्ता पौडेलले भने, ‘अहिले पनि हामीले सर्तसहित निषेधाज्ञा खुुकुलो बनाएका हौं । जोखिम अहिले पनि छ ।’

  • सकियो भन्दै लाइनमा बसेकालाई लखेटेर सिभिल अस्पतालमा कसले कब्जा गर्‍यो खोप ? (भिडियोसहित)

    सकियो भन्दै लाइनमा बसेकालाई लखेटेर सिभिल अस्पतालमा कसले कब्जा गर्‍यो खोप ? (भिडियोसहित)

    काठमाडौं । निजामति कर्मचारी अस्पताल (सिभिल अस्पताल) भित्र लाइनमा बसेका सर्वसाधारणलाई खोप सकिएको भनि फिर्ता गराएर पहुँचवालालाई अस्पताल हाताभित्रै लुकिछिपी खोप लगाइने गरेको खुलासा भएको छ । शुक्रबार अपरान्ह चार बजेको समयमा अस्पतालले खोप सकिएको जानकारी गराउन प्रहरीलाई आग्रह गरेपछि लाइनमा बसेकाहरु फिर्ता भइरहेका बेला भित्र यस्तो बदमासी भएको हो ।

    अस्पतालभित्र पहुँचका आधारमा लुकिछिपी खोप लगाइरहेको दृष्य एक युवा टोलीले भिडियोमा कैद गरेको छ । भिडियो सार्वजनिक भएपछि र हल्लाखल्ली मच्चिएपछि महानगरीय प्रहरी वृत्तका प्रमुख डीएसपीसहित दुई जना इन्सपेक्टरको टोलीले हस्तक्षेप गरेको थियो । लुकिछिपी खोप लगाएको भनेर बिरोध गर्नेलाई उल्टै प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रहरीले खोप लगाउने कार्यमा संलग्न एक कर्मचारी, एक सुरक्षा गार्ड गरी दुई जना र विरोध गर्ने चार युवालाई नियन्त्रणमा लिएको हो । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका एक अधिकारीका अनुसार अस्पतालका एक लेखा अधिकृतलाई पनि नियन्त्रणमा लिइएको थियो ।

    ‘निजामती कर्मचारी अस्पतालले यस्तो बदमासी गरेको देखेपछि दुवै पक्षलाई नियन्त्रणमा लिएका हौं,’ उनले भने । विरोध गर्ने युवाहरुलाई छोडिसकिएको उनले जानकारी दिए ।

    ती प्रहरीका अनुसार चार सय तीन जना खोप लगाउनका लागि लाईनमा थिए । उनी भन्छन्, ‘खोप सकियो भनेर अस्तालले भनेपछि हामीले बिन्ती गरेर लाइनमा बसेकालाई फिर्ता गरायौं । तर एक्कासी अस्पताल भित्रै खोप लगाउने काम भइरहेको थाहा पाएपछि हामीले नियन्त्रणमा लिएर रोकेका छौं ।’

    यो समस्या मिलाइदिनुपर्‍यो भनेर काठमाडौं महानगरपालिका र अस्पताल प्रशासनबाट फोनमा दवाव आइरहेको उनले सुनाए । यसलाई आवश्यक छलफल गरेर मात्र टुंग्याउने उनको भनाइ छ ।

    प्रहरीले कर्मचारीलाई नियन्त्रणमा लिएपछि अस्पतालका कर्मचारीले उनीहरुलाई छोडिदिनुपर्‍यो भनेर प्रहरीसँग हारगुहार गरेका थिए । त्यति नै बेला महानगरपालिका र अस्पताल निर्देशकले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका प्रमुख डीएसपीलाई समेत फोन गरेर पक्राउ परेका व्यक्तिलाई छोड्न आग्रह गरेका थिए ।

    अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. बिधान निधी पौडेलले भने खोप लगाउन छुटेका कर्मचारीले लगाएको नेपाल प्रेससँग बताए । सेवाग्राहीलाई खोप सकियो भनेर अस्पतालका कर्मचारीले मात्र लगाउन मिल्छ त भन्ने प्रश्नमा उनले भने, ‘बाहिर लाइनमा चार सयदेखि पाँच सय थिए । तर अस्पतालसँग ४० देखि ५० जति खोप मात्र भएपछि कसलाई लगाउनु कसलाई नलगाउनु ? यो त निजामती कर्मचारी अस्पताल पनि हो नि । त्यसैले निजामती कर्मचारीलाई प्राथमिकतामा राख्नुपरिहाल्यो नि ।’

    जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले शुक्रबार साँझ नै एक विज्ञप्ति जारी गर्दै खोप सकिएकाले खोप लगाउने कार्यक्रम स्थगित भएको जानकारी गराएको थियो । साउन २ गते शनिबारसम्म भेरोसेल लगाउने भनिएकोमा अर्को सूचना नभएसम्म अभियान रोकिएको जनाइएको छ ।

    खोप केन्द्रका कर्मचारीले लाइनमा बसेका सर्वसाधारणलाई सकियो भनेर घरमा लैजाने,आफन्त र पहुँचवालाको घर घरमै लगेर खोप लगाइदिने तथा कतिपयले पैसा लिएर खोप दिने गरेको समेत गुनासो आउन थालेका छन् । सिभिल अस्पतालको यो प्रकरण त सर्वसाधारणले तत्कालै प्रतिवाद गरेर सार्वजनिक भएको छ । तर हजारौं डोज खोप लुकाएर अन्यत्रै लगाउन थालिएको छ । 

  • शुक्रबार २९ सय कोभिड बिरामी थपिए, ४३ जनाको मृत्यु

    शुक्रबार २९ सय कोभिड बिरामी थपिए, ४३ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा थप २,९३६ कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य तथा मन्त्रालयका अनुसार १४,१८२ नमुना (९,६१३ पीसीआर र ४,५६९ एन्टिजेन) परीक्षण गर्दा थपिएका हुन् ।

    शुक्रबार २४ घण्टामा ४३ जनाले ज्यान गुमाएका छन् भने १,७७५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएकोे छ ।

    थपिएका संक्रमित मध्ये काठमाडौंमा ३ सय ४३, मोरङ्गमा २ सय ८४, झापामा १ सय ५१, कास्कीमा १ सय ३८, ललितपुरमा १ सय ३६ तथा भक्तपुरमा ६२ जना छन् ।

    सक्रिय संक्रमित २६ हजार ८ सय २७ पुगेका छन् । काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, कास्की, सुर्खेत, मोरङ्ग, झापा र सुनसरीमा सक्रिय संक्रमित पाँच सय भन्दा बढी छन् । शुक्रबार १७ सय ७५ जनामात्र संक्रमणमुक्त भएका छन् । नेपालमा कुल संक्रमितको ९४ दशमलव ५ प्रतिशत निको भएको छ ।

  • काठमाडौंमा भेरोसेल खोप कार्यक्रम स्थगित, मौज्दात खोप सकियो

    काठमाडौंमा भेरोसेल खोप कार्यक्रम स्थगित, मौज्दात खोप सकियो

    काठमाडौं । खोपको मौज्दात सकिएपछि काठमाडौं जिल्लामा भेरोसेल खोप अभियान स्थगित भएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले विज्ञप्ति जारी गर्दै खोप सकिएकाले तत्काल अभियान स्थगित गर्नुपरेको जनाएको छ ।

    साउन २ गतेसम्म भेरोसेल लगाउने भनिएकोमा अर्को सूचना नभएसम्म अभियान रोकिएको जनाइएको छ ।

  • ४९ अस्पतालमा ६० वर्ष माथिका नागरिकलाई ५० प्रतिशत छुट दिइने (सूचीसहित)

    ४९ अस्पतालमा ६० वर्ष माथिका नागरिकलाई ५० प्रतिशत छुट दिइने (सूचीसहित)

    काठमाडौं । सरकारले थप २५ वटा अस्पतालमा ज्येष्ठ नागरिकको स्वास्थ्य उपचारमा ५० प्रतिशत छुटको व्यवस्था विस्तार गरेको छ । यो सँगै ज्येष्ठ नागरिकको निःशुल्क एवं सहुलियतपूर्ण स्वास्थ्य उपलब्ध गराउने अस्पतालहरु ४९ वटा पुगेको छ यसअघि २४ वटा अस्पतालमा यो सेवा सञ्चालन गर्दे आएको थियो ।

    यी अस्पतालहरुमा ६० देखि ६९ वर्षसम्मका ज्येष्ठ नागरिकलाई स्वास्थ्य उपचार सेवामा ५० प्रतिशत छुट हुनेछ । ७० देखि ७९ वर्षसम्मका ज्येष्ठ नागरिकलाई शारीरिक अशक्तता, दीर्घरोग र आर्थिक स्थितिका आधारमा ७५ प्रतिशत, ८० देखि ८४ वर्षसम्मकालाई शतप्रतिशत छुट हनेछ ।

    ८५ वर्षभन्दा माथि उमेरसमूहलाई अस्पतालमा उपलब्ध सबै स्वास्थ्य सेवाहरु निःशुल्क हुनेछ । तर अस्पतालले उपलब्ध गराएको वार्ड वा बेडको प्रयोग नगरी प्राइभेट वार्ड वा क्याबिनमा बसी उपचार गरे सरकारले दिएको यी कुनै पनि सुविधा लागू हुने छैन।

    हेर्नूस अस्पतालको सूची :

     

  • भीड बढेको भन्दै खोप केन्द्रको संख्यामा वृद्धि गर्न प्रधानमन्त्रीको निर्देशन

    भीड बढेको भन्दै खोप केन्द्रको संख्यामा वृद्धि गर्न प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं । खोप केन्द्रमा भीड बढेर संक्रमणको जोखिम बढेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले खोप केन्द्रको संख्यामा वृद्धि गर्न निर्देशन दिएका छन् ।

    केन्द्र बढाएर स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने प्रबन्ध मिलाउन देउवाले मुख्य सचिव र स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई निर्देशन दिएका हुन् ।

    अहिले मुलुकका ७७ वटै जिल्लामा भेरोसेल र जोन्सन एन्ड जोन्सन खोप अभियान चलिरहेको छ । काठमाडौंका ४४ वटा केन्द्रमा अहिले खोप अभियान संचालन भैरहेको छ तर भीडभाड भएको जनगुनासो छ ।

  • कोरोनाको तेस्रो लहर सुरु भएको डब्लुएचओको भनाई, हामी थर्ड वेभको प्रारम्भिक चरणमा छौं : टेड्रोस

    कोरोनाको तेस्रो लहर सुरु भएको डब्लुएचओको भनाई, हामी थर्ड वेभको प्रारम्भिक चरणमा छौं : टेड्रोस

    जेनेभा । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको तेस्रो लहर सुरु भएको जनाएको छ । बिहीबार आयोजित नियमित प्रेस ब्रिफिङमा डब्लुएचओ निर्देशक टेड्रोस एदानोम गेब्रासिसले विश्व तेस्रो लहरको प्रारम्भिक चरणमा रहेको बताए ।

    ‘दुर्भाग्यपूर्णरुपमा हामी तेस्रो लहरको प्रारम्भिक चरणमा छौं’ उनले भने ।

    तेस्रो लहर सुरुआत हुनुमा संसारका ११० भन्दा बढी मुलुकमा फैलिएको डेल्टा प्रजाति जिम्मेवार रहेको समेत उनले बताए ।

    सामाजिक आवागमनमा वृद्धि र सामाजिक दूरीको नियम पालना नहुँदा डेल्टा भेरिएन्ट फैलिएको डब्लुएचओले जनाएको छ । डेल्टा भेरिएन्ट फैलँदा मृत्यु र संक्रमण संख्यामा वृद्धि भएको जनाइएको छ ।

    गतसाता निर्देशक टेड्रोसले डेल्टा निकै संक्रामक रहेको र विश्वका १११ मुलुकमा फैलिएको जनाएका थिए । चारसाता यता विश्वभर डेल्टाको कारण संक्रमण संख्यामा पुनः वृद्धि भएको छ ।

  • कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ६६ हजार नाघ्यो (सूचीसहित)

    कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ६६ हजार नाघ्यो (सूचीसहित)

    काठमाडौं । कोरोनाभाइरस सुरु भएयता हालसम्म विश्वभर यस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ६६ हजार नाघेको छ ।

    जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख ६६ हजार ५६१ जनाको मृत्यु भएको छ । विश्वभरी कूल सङ्क्रमितको संख्या १८ करोड ८९ लाख २५ हजार २२३ जना रहेका छन । विश्वभर तीन अर्ब ५३ करोड ७२ लाख ५५ हजार ५६४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

    सो विश्वविद्यालयले जुलाई १६ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका संक्रमित र यस संक्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् । रासस

    सूचीसहित :

  • तनाव कम गरे कपाल फुल्न रोकिन्छ !

    तनाव कम गरे कपाल फुल्न रोकिन्छ !

    काठमाडौं । कहिल्यै तपाईँले तनावले कपाल फुल्छ भन्ने सोच्नु भएको छ ? यदि छ भने कोलम्बिया विश्वविद्यालयको पछिल्लो एक अध्ययनले यसलाई सही प्रमाणित गरिदिएको छ ।

    त्यो अध्ययनले एउटा अर्को रोचक सत्य बाहिर ल्याएको छ । कोलम्बिया विश्वविद्यालयको त्यो अध्ययनअनुसार कपाल फुल्नु स्थायी होइन । विश्वविद्यालयका एसोसिएट प्रोफेसर डा. मार्टिन पिकार्डले बताए अनुसार यो अध्ययनबाट कपाल स्थायी रूपमा फुलेको नहुने र पुरानै अवस्थामा फर्काउन सकिन्छ ।

    ‘हामीले कुनै पनि विशेष उपचार बिनानै फुलेको कपाल फेरि पुरानै अवस्थामा फर्काउन सकिने पत्ता लगाएका छौं,’ पिकार्डले भनेका छन्, ‘त्यसका लागि मानसिक तनाव कम गर्नु/हटाउनु पर्छ ।’

    त्यो अध्ययनबाट वैज्ञानिकले कपालको अवस्था हेरेर मानसिक अवस्था वा तनाव भए/नभएकोसमेत अनुमान गर्न सक्ने डा. पिकार्डले बताएका छन् ।

  • चितवनमा आज र भोलि खोप अभियान सञ्चालन हुँदै

    चितवनमा आज र भोलि खोप अभियान सञ्चालन हुँदै

    चितवन । जिल्लामा शुक्रबारदेखि कोरोनाविरुद्धको चिनियाँ साइनोफार्म कम्पनीको (भेरोसेल) खोप अभियान सञ्चालन गरिएको छ । जिल्लाका सबै पालिकामा यो अभियान सञ्चालन गरिएको हो ।

    स्वास्थ्य कार्यालय चितवनका अनुसार ५५ वर्षमाथिका सबै नागरिकलाई आज र भोलि यो खोप दिइने छ । नागरिकता वा अन्य परिचय खुल्ने सरकारी कागजात लिएर आउनेलाई खोप लगाइने छ । यही साउन ३ गते सरकारी, निजी र सामुदायिक विद्यालय तथा क्याम्पसका प्राध्यापक, शिक्षकलाई खोप लगाइने छ । यसका लागि सम्बन्धित पालिकाको शिक्षा शाखाबाट प्रमाणित गरेको प्रतिलिपि र कार्ड अनिवार्य गरिएको कार्यालयका प्रमुख दीपकप्रसाद तिवारीले बताए ।

    यसैगरी यसअघि नै तोकिएको तर खोप लगाउन छुटेका स्वास्थ्यकर्मी, कर्मचारी, पत्रकार, बैंक कर्मचारी, सुरक्षाकर्मी, संंस्थान कर्मचारी, जनप्रतिनिधि सबैले यो खोप लगाउन पाउने छन् । परिचय र प्रमाण खुल्ने कागजात लिएर सम्बन्धित खोप केन्द्रबाट खोप लगाउने व्यवस्था गरिएको उनले जानकारी दिए ।

    यस्तै खोप अनिवार्य गरेका देशमा जानुपर्ने व्यक्तिले पासपोर्टमा भिसा लागेको प्रमाणसहित आएमा उनीहरुलाई पनि यो खोप दिइने प्रमुख तिवारीले बताए । सार्वजनिक सवारीका चालक र सहचालकलाई लाइसेन्स र सम्बन्धित निकायबाट प्रमाणसहित आएमा खोप लगाउने व्यवस्था गरिएको छ ।

    तोकिएका समूहबाहेक अन्यलाई यो खोप दिन नमिल्ने बताउँदै उनले भने, ‘तोकिएका समूहबाहेक अरुलाई खोप दिन मिल्दैन । यसअघि कोभिशिल्ड पहिलो डोज लगाएकालाई पनि यो खोप लगाउन मिल्दैन ।’ खोपसम्बन्धी केही समस्या भएमा सम्बन्धित वार्डको स्वास्थ्य संस्थाबाट जानकारी लिन सकिने कार्यालयले जनाएको छ ।

  • बिहीबार चीनबाट थप १० लाख डोज भेरोसेल खोप आउँदै, कोभ्याक्सबाट थप ३ लाख ५० हजार डोज आउने

    बिहीबार चीनबाट थप १० लाख डोज भेरोसेल खोप आउँदै, कोभ्याक्सबाट थप ३ लाख ५० हजार डोज आउने

    काठमाडौं । आगामी दुईसाताभित्र चीनबाट कोभिड–१९ विरुद्ध न्यूनतम ३० लाख डोज भेरोसेल खोप नेपाल आइपुग्ने भएको छ । सोहीअनुसार नेपाल वायुसेवा निगमले उडान तालिका तय गरेको छ । नेपाल प्रेससँग कुरा गर्दै निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले आउने बिहीबार थप १० लाख खोप आउने जानकारी दिए । बुधबार निगमको वाइडबडी जहाज बेइजिङ प्रस्थान गर्ने कार्यक्रम छ ।

    प्रबन्ध निर्देशक पौडेलका अनुसार चीनसँग खरीद गरिएका खोप लिन यही साउन ६ गते पौनै ६ः०० बजे गएर अर्को दिनअर्थात् साउन ७ गते बिहान खोप लिएर जहाज नेपाल आउने छ ।

    यस्तै साउन ७ गते पुनः जहाज गएर साउन ८ गते र साउन ९ गते गएर जहाजले साउन १० गते खोप नेपाल ल्याउने छ । चीन सरकारसँग ननडिस्क्लोजर सम्झौताअनुसार सरकार ‘भेरोसेल’ खोप खरीद गरेर ल्याउन थालेको हो । यसअघि असार २५ गते आठ लाख मात्रा खोप चीनबाट ल्याइएको थियो । सरकारले चीनबाट खोप ल्याएपछि नियमितरुपमा खोप अभियान पनि सञ्चालन गरिरहेको छ ।

    चीनबाट यसअघि खरिद गरिएको ८ लाख डोज खोप आइसकेको छ भने अब ३२ लाख डोज खोप आउन बाँकी छ ।

    यसैगरी सरकारले खरीद गर्नेबाहेक कोभ्याक्स सुविधामार्फत पनि सरकारले खोप ल्याइरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले ६० लाख जनसङ्ख्यालाई पुग्ने खोप कोभ्याक्सले उपलब्ध गराउने प्रतिबद्धताअनुसार खोप आइरहेको जानकारी दिए । सरकारले असार २८ गते अमेरिकाबाट १५ लाख ३४ हजार ८५० मात्रासहितको जोन्सन एण्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत अनुदान सहयोग प्राप्त गरेको हो । यसअघि कोभ्याक्स सुविधामार्फत तीन लाख ४८ हजार खोप भारतबाट प्राप्त भएको थियो ।

    यस्तै जापान सरकारले कोभ्याक्स सुविधाअन्तर्गत जापानमै उत्पादित कोभिड-१९ विरुद्धको एस्ट्राजेनिका खोपको १६ लाख मात्रा नेपाललाई प्रदान गर्ने घोषणा गरेको छ । नेपालमा अहिलेसम्म ६५ लाख ८२ हजार ८५० मात्रा खोप आइसकेको छ ।

    यसैगरी स्वास्थ्य सेवा विभागका खोप तथा बालस्वास्थ्य शाखाका प्रमुख डा झलक शर्मा गौतमले कोभ्याक्समार्फत थप खोप आउन थालेको जानकारी दिए । कोभ्याक्समार्फत तीन लाख ५० हजार डोज खोप आउन थालेको हो । सरकारले चीन र अमेरिकाले उपलब्ध गराएको खोप प्राथमिकताका आधारमा लगाइरहेको छ ।

    असार २९ देखि यही साउन २ गतेसम्म मुलुकभरि नै खोप लगाउन थालिएको हो । भेरोसेल ५५ वर्ष र सोमाथिका उमेर समूह तथा जोन्सन एण्ड जोन्सन खोप ५० वर्षदेखि ५४ वर्ष उमेर समूहका सबै नागरिकलाई लगाइँदैछ । सरकारले १८ वर्षभन्दा माथिका कूल दुई करोड २० लाख जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य लिएको छ ।

    नेपालमा अहिलेसम्म पहिलो मात्रा २६ लाख २१ हजार ४७६ र दोस्रो मात्रा ११ लाख आठ हजार ८६८ ले लगाइसकेका छन् । नेपालमा कोभिशिल्ड, भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप लगाइएको छ ।

  • पर्वतमा एकै गाउँका १२ बालबालिका कोरोना संक्रमित, नयाँ भेरियन्टको शंका

    पर्वतमा एकै गाउँका १२ बालबालिका कोरोना संक्रमित, नयाँ भेरियन्टको शंका

    पर्वत । पर्वतको एउटा गाउँका १२ बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कुश्मा नगरपालिका–८ चुवामा १२ बालबालिका कोरोना संक्रमित भएका हुन् । जिल्लाभर कम मात्रामा बालबालिका संक्रमित भइरहेको अवस्थामा पछिल्लो एक हप्तामा चुवामा एकैपटक १२ बालबालिका सङ्क्रमित भएका हुन् ।

    वडाध्यक्ष राजकुमार क्षेत्रीका अनुसार १३ महिनादेखि ११ वर्ष उमेर समूहका बालबालिका संक्रमित भएका हुन् । रुघाकोकी, ज्वरोलगायतका लक्षण देखिएपछि गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको उहाँले बताउनुभयो । उहाँले बालबालिका धमाधम सङ्क्रमित भएकाले यो नयाँ खालको भेरियन्टको आशङ्का गरिएको बताउनुभयो ।

    अनुसन्धानकर्ताले तेस्रो लहरको सङ्क्रमणले बालबालिका प्रभावित हुने प्रक्षेपण गरेका थिए । पर्वतको यो सङ्क्रमणको घटना तेस्रो लहरको संकेतका रूपमा व्याख्या गरे पनि भेरियन्टको परीक्षण गर्न स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशलाई अनुरोध गरिएको वडाध्यक्ष क्षेत्रीले बताए ।

    चुवामा मात्रै अहिले बालबालिकासहित विभिन्न उमेरका ४२ जना सक्रिय सङ्क्रमित रहेका छन् । वडाले स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानी र अक्सिजनसहितको आइसोलेशन सञ्चालन गरेको छ ।

    सङ्क्रमितलाई निःशुल्क उपचार, औषधि र अक्सोमिटर वितरण गरिँदै आएको छ । पर्वतमा सक्रिय सङ्क्रमितको सङ्ख्या २०० रहेको छ । दोस्रो लहरमा सङ्क्रमित भएका दुई हजार १४६ मध्ये एक हजार ९२१ जना निको भएका हुन् । कोरोना सङ्क्रमणबाट अहिलेसम्म ५८ जनाले ज्यान गुमाएका छन् ।

    रासस

  • नर्भिक अस्पतालको अध्यक्षमा सिंह र सीइओमा मिश्र नियुक्त

    नर्भिक अस्पतालको अध्यक्षमा सिंह र सीइओमा मिश्र नियुक्त

    काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलमा नयाँ नेतृत्व चयन भएको छ । अस्पतालको संचालक समितिको बैठकले अध्यक्षमा राजेन्द्रबहादुर सिंह र प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा अजयकुमार मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

    अध्यक्षमा नियुक्त सिंह यसअघि नर्भिक अस्पतालको कार्यकारी निर्देशकको रुपमा कार्यरत थिए । उनलाई बढुवा गरी संचालक समितिको अध्यक्ष बनाइएको हो ।

    अध्यक्षमा नियुक्त सिंह विगत एक दशकभन्दा लामो समयदेखि नर्भिकमा आबद्ध छन् । उनी नर्भिकमा आउनुअघि नेपाल प्रहरीको एआइजीबाट अवकाश प्राप्त व्यक्ति हुन् ।

    उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीए, अमेरिकाको भर्जिनियास्थित एफबीआई अकाडेमीबाट ग्राजुएसन, क्रिमिनल जस्टिस एण्ड पोलिस म्यानेजमेन्ट विषयमा यूकेबाट पोस्ट ग्राजुएट सर्टिफिकेट लेभलको अध्ययन पूरा गरेका छन् ।

    यसैगरी, नर्भिक अस्पतालको प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा नियुक्त अजय मिश्र कुशल बैंकर तथा व्यवस्थापकको परिचय बनाएका व्यक्ति हुन् । उनी एक कुशल विश्लेषक तथा बैंकहरुको मर्जर विज्ञ समेत हुन् ।

    उनी यसअघि यूनाइटेड फाइनान्सको सीइओको रुपमा कार्यरत थिए । यूनाइटेड फाइनान्सलाई नवील बैंकमा सफल रुपमा मर्ज गराएर एकीकृत कारोबारसँगै उनले करिअरको १६ वर्ष समय बिताएको बैंकिङ सेक्टरबाट अवकाशको घोषणा गरेका थिए ।

    मिश्रसँग गोर्खा फाइनान्स, सिद्धार्थ डेभलपमेन्ट बैंक, जनता बैंक लगायतका आधा दर्जन बित्तीय संस्थामा काम गरेको अनुभव छ ।
    बैंकिङमा आउनुअघि मिश्रले नेपाल सरकार, यूएनडिपी, प्लान इन्टरनेशनल, नेपाल टेलिभिजन लगायतमा काम गरेका थिए । यी संस्थाहरुमा उनको नन्बैंकिङ करिअरको १६ वर्ष व्यतीत भएको थियो ।

    मिश्रले काठमाडौं युनिभरसिटीबाट विजिनेश एडमिनिस्ट्रेसनमा एमफिल(प्राचार्य)सम्मको अध्ययन पूरा गरेका छन् । नर्भिक अस्पतालको नेतृत्व परिवर्तन भए पनि मुख्य लगानी भने बिएलसी होल्डिङ्सकै कायम रहनेछ ।

     

  • बिहीबार २६ सय कोभिड बिरामी थपिए, ३३ जनाको मृत्यु

    बिहीबार २६ सय कोभिड बिरामी थपिए, ३३ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा २६७६ जना कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ७६८ नमुना (८२५६ पीसीआर र ४५१२ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    बिहीबारको संक्रमण दर २०.९५ प्रतिशत छ ।

    बिहीबार थप ३३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १७५७ जना निको भएका छन् ।

    पछिल्लो घण्टामा काठमाडौं उपत्यकामा ५५३ जना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा ३३९, ललितपुरमा १३४ र भक्तपुरमा ८० जना कोभिड बिरामी थपिएका छन् ।

    सक्रिय संक्रमित प्रतिशत ४.०२ प्रतिशत छ ।

    कूल संक्रमित संख्या ६ लाख ६२ हजार, कूल मृत्यु ९४६३ र कूल निको हुने संख्या ६ लाख २६ हजार पुगेको छ ।

    भारतको अवस्था कस्तो छ ?

    भारतमा कोरोनाभाइरसबाट नयाँ ४१ हजार ८०६ जना सङ्क्रमित भएका छन् । सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार अघिल्लो दिनभन्दा दैनिक सङ्क्रमितको सङ्ख्या फेरि बढेको हो । अघिल्लो दिन ३८ हजार ७९२ जना नयाँ सङ्क्रमित थपिएका थिए ।

    त्यसैगरी कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले थप ३९ हजार १३० जना सङ्क्रमणमुक्त भएका छन् ।भारतमा अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या चार लाख ३२ हजार ४१ रहेको अधिकारीले जनाएका छन् ।

    पछिल्लो एक दिनमा कोरोनाभाइरसका कारण थप ५८१ जनाको मृत्यु भएको पनि मन्त्रालयले बिहीबार जानकारी दिएको छ । भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड नौ लाख ८७ हजार ८८० पुगेको छ भने तीमध्ये तीन करोड एक लाख ४३ हजार ८५० जना सङ्क्रमणमुक्त भएका छन् ।

    चौथो वेभको घोषणा गरिएको दक्षिण कोरियामा कोभिडका सङ्क्रमितहरु बढ्दै

    दक्षिण कोरियामा कोभिड १९का सङ्क्रमितहरुको संख्या बढ्दै गएको देखिएको छ । यहाँका अधिकारीहरुले गएको शनिबार कोभिड १९ को चौथो वेभको शुरुआत भएको बताएका थिए ।

    दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घन्टायताको तथ्यांक हेर्दा कोभिड १९ का सङ्क्रमितहरु एकै दिनमा धेरै अर्थात् १ हजार ६०० जना भेटिएको बताएका छन् ।

    हुनत अघिल्लो दिनको तुलनामा यहाँ १५ जना घटेका छन् । मंगलबार दक्षिण कोरियामा एक हजार ६१५ जना भेटिएका थिए । दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको छ महिनापछि एकै पटक यतिधेरै संख्याका संक्रमित पहिलो पटक देखिएका हुन् । यहाँका अधिकारीहरुले दक्षिण कोरियामा गएको दश दिनदेखि निरन्तर रुपमा कम्तीमा पनि एक हजारजना संक्रमितहरु देखिएका हुन् ।

    खोप अभियानसँगै ब्राजिलको कोभिड-१९ अस्पतालमा भर्ना र मृत्युदरमा कमी

    ब्राजिलमा कोरोना भाइरसबिरूद्धको खोपमा भएको प्रगति र खोप अभियानको सफलतासँगै कोभिड अस्पताल भर्ना र सङ्क्रमणका कारण हुने मृत्युदरमा कमी आएको ‘ओभरवाल्डो क्रुज फाउन्डेशनले बिहीबार जानकारी गराएको छ ।

    महामारीको बारेमा साप्ताहिक बुलेटिनमा संघीय अनुदान प्राप्त स्वास्थ्य अनुसन्धान सेवाले डिसेम्बरदेखि पहिलो पटक कुनै ब्राजिलको कुनै पनि राज्यमा रहेका कोभिड अस्पतालमा ९० प्रतिशतभन्दा बढी सेवाग्राही नपुगेका बताइएको छ ।यद्यपि चार राज्यहरूलाई भने अझै खतरामुक्त क्षेत्र घोषणा गरिएको छैन । ती अस्पतालमा अझै पनि ८० प्रतिशतभन्दा बढी सघन उपचार कक्षले बिरामीलाई सेवा दिइरहेका छन् ।

  • भोलि सांसदहरुको कोभिड-१९ परीक्षण गरिने

    भोलि सांसदहरुको कोभिड-१९ परीक्षण गरिने

    काठमाडौं । शुक्रबार राष्ट्रिय सभा र प्रतिनिधि सभाका संसदहरुको कोरोनाभाइरस परिक्षण गरिने भएको छ ।

    संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार स्वास्थ्य मन्त्रालयसँग छलफल भएपछि शुक्रबार बिहान साढे १० बजेदेखि बेलुका ४ बजेसम्म सांसदहरुको कोरोना परीक्षण गर्न लागिएको हो ।

    पाण्डेका अनुसार, ‘संसदका कर्मचारी तथा सचिवालयका कर्मचारीको एन्टिजेन्ट विधिबाट परीक्षण गर्न लागिएको हो । कोरोना परीक्षण गराउने सांसद तथा कर्मचारी करिब ७ सयजना हुनेछन् ।’

    संघीय संसदको बैठक बस्ने तयारी भएकोले संसद सचिवालयले सांसद तथा कर्मचारीहरुको कोरोना परीक्षण गर्न लागिएको हो ।

  • ‘कोरोना गार्ड’ प्रयोग नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

    ‘कोरोना गार्ड’ प्रयोग नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कोरोना गार्ड’ प्रयोग नगर्न आग्रह गरेको छ । मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै कोरोनाभाइरस रोकथाम र नियन्त्रण गर्ने र निष्प्रभावी बनाउने जनाउँदै बिक्रीमा ल्याइएको कोरोना गार्ड नकिन्न आग्रह गरेको हो ।

    मन्त्रालया सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोना गार्डले कोभिड-१९ को रोकथाम र नियन्त्रणमा कुनै काम नगर्ने भएकाले त्यस्ता भ्रमपूर्ण गार्ड नकिन्न आग्रह गरेका हुन् ।

    ‘विज्ञापनमा गरिए जस्तो यस्तो यन्त्रले कोभिड-१९ भाइरसलाई निष्क्रिय बनाउने वा सो यन्त्रको प्रयोग गरेर मास्क लगाउनु नपर्ने भन्ने कुरा भ्रामक र तथ्यहीन छ,’ उनले भने, ‘अहिलेसम्म कोभिड-१९ लाई यसरी नियन्त्रण गर्ने कुनै प्रविधिको विकास भएको छैन ।’

    गत वर्ष पनि कोरोनाकोभाइरसबाट जोगाउनको लागि ‘भाइरस रिमुभिङ कार्ड’ प्रयोग गरिएकोमा मन्त्रालयले उक्त कार्ड प्रयोग नगर्न आग्रह गरेको थियो । उक्त कार्डले कोरोनाभाइरस संक्रमणबाट नजोगाउने उल्टै मुटु, फोक्सोलगायतमा गम्भीर असर पार्नसक्ने बताइएको थियो । मन्त्रालयले कोरोनाभाइरसबाट बच्नका लागि एकमात्र उपाय खोप लगाउने, मास्कको सधैँ प्रयोग गर्ने र स्वास्थ्य सुरक्षाका सबै मापदण्ड लागू गर्ने बताएको छ ।

    यस्तै मन्त्रालयले निषेधाज्ञा खुकुलो भएसँगै संक्रमणको जोखिम बढेकोले स्वास्थ्यका मापदण्ड प्रयोग गर्न सबैलाई आग्रह गरेको छ । मन्त्रालयले संक्रमणबाट बच्न सुरक्षाका सबै उपाय अपनाई व्यापार गर्न समेत आग्रह गरेको छ ।

  • सीसीएमसी र स्वास्थ्य मन्त्रालयका पदाधिकारीसँग देउवाको छलफल : फाइजर खोप ल्याउनेबारे ब्रिफिङ

    सीसीएमसी र स्वास्थ्य मन्त्रालयका पदाधिकारीसँग देउवाको छलफल : फाइजर खोप ल्याउनेबारे ब्रिफिङ

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाबाट फाइजर खोप ल्याउन सकिने अवस्थाबारे आज स्वास्थ्य मन्त्रालय र सीसीएमसी पदाधिकारीसँग छलफल गरेका छन् ।

    निजी निवास बुढानिलकण्ठमा भेट्न पुगेका कोभिड संकट व्यवस्थापन केन्द्र निर्देशक समितिका अध्यक्ष बालानन्द शर्मा र स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालसँग देउवाले ब्रिफिङ मागेका थिए ।

    फाइजर खोप ल्याउन भैरहेको प्रगति, गर्नुपर्ने काम र उक्त खोप ल्याउँदा नेपालमा भण्डारणको अवस्थाबारे देउवाले सोधपुछ गरेका थिए । माइनस ७० डिग्री सेल्सियसमा भण्डारण गर्नुपर्ने फाइजर खोपको कोल्ड चेन नेपालमा छैन ।

    प्रधानमन्त्रीसँगको भेटमा स्वास्थ्य मन्त्रालयका पदाधिकारीले १२ देखि १८ वर्ष उमेरका बालबालिकालाई लगाउन आवश्यक भएकाले ल्याउन पहल भैरहेको बताएका थिए । साथै, २ करोड ५० लाख जनसंख्यालाई कोरोना खोप आवश्यक परेको जानकारी मन्त्रालयले गराएको थियो ।

    साथै, प्रधानमन्त्री देउवाले महामारी नियन्त्रणका लागि भैरहेका अन्य प्रयासबारे पनि पदाधिकारीबाट ब्रिफिङ लिएका थिए ।

  • सरकारले भन्यो : जोन्सन खोपको साइड इफेक्टबारे जानकार छौं, आत्तिनुपर्दैन

    सरकारले भन्यो : जोन्सन खोपको साइड इफेक्टबारे जानकार छौं, आत्तिनुपर्दैन

    काठमाडौं । जोन्सन एन्ड जोन्सन खोपमा स्नायु प्रणाली सिथिल हुने (गीयाङ बारे सिन्ड्रोम)को समस्या देखिएको भन्ने अन्तर्राष्ट्रिय संचारमाध्यमको विवरणप्रति सरकारले आफू जानकार रहेको र आत्तिनु नपर्ने जनाएको छ ।

    नेपाल पे्रससँग कुरा गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले यो समस्याप्रति मन्त्रालय जानकार रहेको र आत्तिनु जरुरी नरहेको बताए ।

    अमेरिकाको औषधि सम्बन्धी नियामक निकाय फुड एन्ड ड्रग एडमिनिस्ट्रिेसन (एफडीए)ले जोन्सन खोपले स्नायु प्रणाली सम्बन्धी जोखिम बढाउन सक्ने चेतावनी दिएको थियो ।

    एफडीएको चेतावनीपछि द न्यूयोर्क टाइम्सले अमेरिकाको कूल जनसंख्याको तुलनामा उक्त समस्या विकसित हुने सम्भावना तीनदेखि पाँच प्रतिशत बढी रहेको अधिकारीहरुलाई उध्दृत गर्दै लेखेको थियो ।

    अमेरिकामा २८ करोड व्यक्तिले जोन्सन एन्ड जोन्सन खोप लगाएका छन् । जसमध्ये १०० जनामा गीयाङ बारे सिन्ड्रोम देखिएको र ९५ प्रतिशत गम्भीर बिरामी रहेको समेत एफडीएले जनाएको छ ।

    शरिरको प्रतिरक्षा प्रणालीले स्नायु सम्बन्धी कोषलाई क्षति पुर्‍याएपछि यसले मांशपेशीलाई कमजोर तुल्याउँछ भने बेला बेलामा पक्षघात पनि हुने गर्छ । अमेरिकाले सोमबार जोन्सन एन्ड जोन्सनको १५ लाख मात्रा नेपाल ल्याएको छ । सरकारले साउन ४ गतेदेखि जोन्सन खोप लगाउन सुरु गर्ने भन्दै खोप केन्द्र समेत तोकेको छ ।

  • बुधबार २९ सय कोभिड बिरामी थपिए, १८ जनाको मृत्यु

    बुधबार २९ सय कोभिड बिरामी थपिए, १८ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा २९०५ जना कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २४ जनामा परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    बुधबार थप १८ जनाको मृत्यु भएको छ । आजको संक्रमण दर २२.३० प्रतिशत रहेको छ ।

    काठमाडौं उपत्यकामा ४२४ जना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा २९४, भक्तपुरमा ६९ र ललितपुरमा ६२ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १६०६ जना संक्रमणमुक्त भएका छन् ।

    गण्डकी प्रदेशमा सबैभन्दा बढी ४४.७ प्रतिशत र कर्णाली प्रदेशमा ४० प्रतिशत सक्रिय संक्रमित पुष्टि भएका छन् ।

  • सरकारी तथा निजी अस्पतालमा कोरोना संक्रमित बिरामी घटे

    सरकारी तथा निजी अस्पतालमा कोरोना संक्रमित बिरामी घटे

    काठमाडौं । सरकारी तथा निजी अस्पतालमा कोरोना संक्रमित बिरामीको सङ्ख्या घट्दै गएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना संक्रमण तीव्र गतिमा बढेपनि पछिल्लो समय भने सरकारी तथा निजी अस्पतालमा कोरोनाका बिरामी घट्दै गएका हुन् ।

    कूल ८०३ श्ययासहित बिरामीको विभिन्न रोगको उपचार गराइरहेको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) ले कोरोना उच्च बिन्दुमा पुग्दा ३७० श्ययामार्फत कोभिड–१९ बिरामीको उपचार गरेको थियो । कोरोना बिरामीको लागि कूल ४०० श्यया छुट्याइएको सो अस्पतालले कोरोना उच्च बिन्दुमा हुँदा ५७ सघन उपचार केन्द्र र ३९ भेन्टिलेटरमार्फत बिरामीको उपचार गरेको अस्पतालका कोरोना व्यवस्थापन समितिका संयोजक डा सन्तकुमार दासले जानकारी दिए ।

    कोरोना संक्रमित बिरामी घट्दै गएपछि उक्त अस्पतालले हाल कोरोना बिरामीका लागि १६० श्यया छुट्याएको छ । जसमध्ये कोरोनाका ९४ बिरामी भर्ना भएर उपचार गराइरहेको डा दासले बताए । भर्ना भएका ९४ बिरामीमध्ये ३० बिरामीको सघन उपचार केन्द्र एवं भेन्टिलेटरको सहयोगमा उपचार भइरहेको छ । गत वर्षको कोरोना सङ्क्रमणको समयमा टिचिङ अस्पतालले कोभिड–१९ का बिरामीको उपचारका लागि जम्मा १०० श्यया छुट्याइएको थियो ।

    निजी लगानीमा सञ्चालित अस्पतालमा पनि कोरोना संक्रमित बिरामीको सङख्यामा कमी आएको छ । कूल २०० श्ययासहित बिरामीको विभिन्न रोगको उपचार गराउँदै आएको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले कोरोना उच्च बिन्दुमा पुग्दा दैनिक ७५ देखि ८० बिरामीको उपचार गरेको थियो । कोरोना बिरामीको लागि ८४ भन्दा बढी श्यया छुट्याइएको सो अस्पतालले कोरोना उच्च विन्दुमा हुँदा १८ सघन उपचार एवं भेन्टिलेटरमार्फत बिरामीको उपचार गरेको थियो ।

    कोरोना संक्रमित बिरामी घट्दै गएपछि उक्त अस्पतालले हाल कोरोना बिरामीका लागि छुट्याइएको श्ययामा पनि कटौती गरेको छ । अस्पतालका प्रशासक हरि खड्काले हाल दैनिक ८ देखि १० जना कोरोना सङ्क्रमित बिरामी भर्ना भएर उपचार गरेको जानकारी दिए। उक्त अस्पतालमा अहिले भेन्टिलेटरमा राखेर उपचार गर्ने बिरामी पनि घटेको छ ।

    ग्राण्डीले गत वर्ष कोरोना बिरामीका लागि ५४ श्यया छुट्याएर भेन्टिलेटर, सघन उपचार कक्षसहितको कोभिड–१९ को बिरामीको उपचार गरेको थियो । दोस्रो चरणको कोरोना सङ्क्रण शुरु हुनुपूर्व दैनिक ५०० भन्दा बढी बिरामीलाई ओपिडी सेवा प्रदान गर्दै आएको सो अस्पतालले अहिले दैनिक जम्मा २०० देखि ३०० बिरामीलाई ओपिडी सेवा प्रदान गरेको छ ।

    कोभिडको समयमा स्वास्थ्य सामग्रीको अभाव र पाएका सामग्री पनि महँगो शुल्कमा खरीद गर्नुपर्ने भएकाले उपचारमा केही समस्या भएको प्रशासक खड्काको भनाइ छ । सरकारी तथा निजी अस्पतालमा कोभिड–१९ का बिरामी घटेपछि अस्पतालमा माग हुँदै आएको कोरोना उपचार सामग्रीको बिक्रीवितरण समेत घटेको छ ।

    दुई वर्षदेखि काठमाडौँको सामाखुशीमा स्वास्थ्यसामग्री बिक्री गर्दै आएको ग्लोबल हस्पिटलको प्रालिका निर्देशक बद्रीनाथ घिमिरेले कोरोनाका बिरामी घटेसँगै अस्पतालबाट कोरोना उपचारका लागि आवश्यक स्वास्थ्य सामग्रीको मागमा कमी आएको जानकारी दिए ।

    ‘कोरोना बिरामी घटेसँगै कोरोना उपचारका लागि आवश्यक पिपिइ, माक्स, सेनिटाइजर, पल्स अक्सिमिटरलगायतका स्वास्थ्य सामग्रीको मागमा कमी आएको छ’, उनले भने । सरकारी तथ्याङ्कअनुसार पछिल्लो पटक असार २९ गते देशभर २४ घण्टामा दुई हजार ३९८ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको थियो भने कोरोना सङ्क्रमणका कारण १२ जनाले ज्यान गुमाएका थिए । रासस

  • कोरोना खोप खरिद गर्न सरकारको ५ अर्ब सहमति (भिडियो)

    कोरोना खोप खरिद गर्न सरकारको ५ अर्ब सहमति (भिडियो)

    काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई ५ अर्बको सहमति प्रदान गरेको छ ।

    नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदवहालीपछि कोरोनाविरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सो रकम दिनेसम्बन्धी निर्णयमा हस्ताक्षर गरे ।

    देउवा नेतृत्वको सरकारको हिजोको पहिलो क्याविनेटले आगामी चैतसम्ममा सबै नागरिकलाई कोरोनाविरुद्धको खोप सुनिश्चित गर्ने निर्णय गरेको थियो ।

    अर्थमन्त्री शर्माले कोभिड-१९ नियन्त्रण तथा रोकथामअन्तर्गत दायित्व व्यवस्थापनका लागि स्रोतको सुनश्चिततासम्बन्धी निर्णय गरेका छन् । जसअन्तर्गत संघीय अस्पतालका लागि ५६ करोड ४१ लाख ५७ हजार र प्रदेश तथा स्थानीय तहले सञ्चालन गरेका अस्पतालका लागि प्रदेश सामाजिक विकास मन्त्रालयमार्फत ३७ करोड ३४ लाख ९० हजार वित्तीय हस्तान्तरण हुनेछ ।

    सरकारी तथा निजी अस्पतालमा एचडीयू, भेन्टिलेटर, आईसीयूलगायत कोरोना नियन्त्रणसम्बन्धी स्वास्थ्य सामग्री खरिदका लागि संघीय तथा निजी अस्पताललाई ९६ करोड १२ लाख ११ हजार निकासा र प्रदेश तथा स्थानीय तहमा सञ्चालित अस्पताललाई प्रदेशमार्फत ५२ करोड ४४ लाख ४० हजार वित्तीय हस्तान्तरणसम्बन्धी निर्णय भएको अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्यले जानकारी दिए ।

    अर्थमन्त्री शर्माले कोरोनाले थिलथिलो भएको अर्थतन्त्रलाई पुनरुत्थान गर्नुपर्ने अहिलेको आवश्यकता रहेकाले सरकार निजी क्षेत्रसँगसँगै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

     

    रासस

  • भारतमा जिका भाइरस संक्रमण पुष्टि भएपछि नेपालमा सतर्कता

    भारतमा जिका भाइरस संक्रमण पुष्टि भएपछि नेपालमा सतर्कता

    काठमाडौं । लामखुट्टेबाट सर्ने जिका भाइरस संक्रमणको पुष्टि भएपछि गत शुक्रबार भारतको केरला राज्यमा आपतकाल लागू भयो । जहाँ जिका भाइरसका १४ वटा केस पुष्टि भए ।

    भारतमा यो संक्रामक भाइरस पुष्टि भएपछि खुला सीमा भएको नेपालमा पनि यसलाई लिएर उच्च सतर्कता अपनाइएको छ । कोभिड-१९ संक्रमण कायमै रहँदा जिकाको संक्रमणले थप चिन्ता तुल्याएको छ ।

    डेंगी सार्ने लामखुट्टेका दुई प्रजाति एडेस एगिप्टी र एडेस अल्बोपिक्टस नेपालका ७७ जिल्लामै पुगिसकेको सरकारको भनाई छ । लामखुट्टेका यी दुई प्रजातिबाट जिका भाइरस फैलन सक्ने आशंका स्वास्थ्य मन्त्रालयको छ ।

    महामारी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का पूर्वनिर्देशक डा. वासुुदेव पाण्डे जिका संक्रमण गर्ने लामखुट्टे मुलुकका सबै भूभागमा पुगेको बताउँछन् । ‘मुख्य कुरा भाइरस संक्रमित मान्छे र भाइरस फैलाउने लामखुट्टेलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने हो’ उनले भने ।

    चिकित्सकका अनुसार जिका भाइरस संक्रमणको कारण बेलै नपुगी बच्चा जन्मिने र मस्तिष्कमा गम्भिर असर पुग्न सक्ने हुन्छ । मांशपेशीमा कमजोरी हुने र कहिलेकाहिँ पक्षघात हुनेजस्ता सम्भावना पनि जिका भाइरसको कारण हुनेगर्छ ।

    खुला सीमा र ठूलो संख्यामा मानिसहरु नेपाल र भारत आउजाउ गर्दा भाइरस फैलन सक्ने पूर्वनिर्देशक पाण्डे बताउँछन् । सन् २०१८ मा विश्व स्वास्थ्य संगठनसँग मिलेर स्वास्थ्य मन्त्रालयले गरेको एक अध्ययनमा नेपाल जिका र डेंगीजस्ता रोगको उच्च जोखिममा रहेको जनाइएको थियो ।

  • मन्त्रिपरिषद्को पहिलो निर्णय : चैतसम्म सबै नेपालीलाई खोप लगाउने

    मन्त्रिपरिषद्को पहिलो निर्णय : चैतसम्म सबै नेपालीलाई खोप लगाउने

    सरकारले सबै नागरिकलाई निःशुल्क रुपमा कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउने भएको छ । प्रधानमन्त्रीमा शेरबहादुर देउवा भएपछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सबै नागरिकलाई खोप उपलब्ध गराउने निर्णय गरेको हो । आगामी असोज मसान्तभित्र एक तिहाइलाई र आगामी चैत मसान्तभित्र खोप लगाउन योग्य सबैलाई खोप सुनिश्चित गर्ने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

    त्यस्तै, कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि यसअघिको सरकारले गरेको खर्च सार्वजनिक गर्ने निर्णय पनि आजको मन्त्रिपरिषद् बैठकले गरेको छ । महामारीको समयमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइकर्मी लगायतलाई पाउनुपर्ने जोखिम भत्ता एक साताभित्र उपलब्ध गराउन शुरु गर्ने निर्णय बैठकले गरेको छ । मन्त्रिपरिषद्ले सरकारको प्रवक्ताका रुपमा मन्त्री कार्कीलाई तोकेको छ ।

    यस्तो हुनेछ सरकारको प्राथमिकता

    मन्त्रिपरिषद्को बैठकले सरकारको विभिन्न प्राथमिकता निर्धारण गरेको छ । त्यसमा शान्ति सुव्यवस्था कायम गर्ने विषयलाई प्रमुख प्राथमिकतामा राखिएको छ । कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचार, आर्थिक समृद्धि, कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रको शिघ्र पुनरुत्थान गर्ने विषय पनि सरकारको उच्च महत्वमा रहेको छ ।

    विकास निर्माण कार्यमा तीव्रता, दिँदै सार्वजनिक सेवाको प्रभावकारी वितरण वर्तमान सरकारको प्रमुख दायित्वमा रुपमा निर्धारण गरिएको छ । संविधानको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदुढीकरणलाई नवगठित सरकारले महत्वका साथ प्राथमिकतामा समेटेको छ । विपद्को प्राथमिकताका आधारमा व्यवस्थापन गरिनेछ । त्यस्तै, सरकारले स्थानीय तहको निर्वाचनलाई पनि आफ्नो प्राथमिकतामा समावेश गरेको छ ।

    विशेष सल्लाहकार नियुक्त गरिने

    कोरोना भाइरसको नियन्त्रण, रोकथाम र उपचारलाई प्रभावकारी रुपमा अगाडि बढाउन सरकारले विशेष सल्लाहकार नियुक्त गर्ने भएको छ । सल्लाहकारले सरकारको काम कारवाहीलाई व्यवस्थित रुपमा अगाडि बढाउन सहयोग गर्नेछ ।

    कोभिड-१९ को रोकथाम नियन्त्रण र उपचारका लागि हालसम्म भएको खर्चको सार्वजनिक गर्ने निर्णय भएको सरकारका प्रवक्ता कार्कीले जानकारी दिए । यसैगरी कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्न एक हप्ताभित्र विशेष प्याकेज ल्याइने भएको छ । यस्तै शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गरिनेछ । सरकारी, सार्वजनिक निकायमा श्रेस्ता प्रणालीमा आधारित कार्ययोजना बनाइ कार्यान्वयनमा ल्याइने भएको छ ।

    समग्र आर्थिक विकासका लागि विभिन्न विधामा आवश्यक दक्ष जनशक्तिको प्रक्षेपण गरी व्यवस्थापन गर्न वृहत जनशक्ति योजना तयार गरिनेछ । विकास निर्माणको कामलाई तीव्रता दिने, अर्थ अभाव हुन नदिने, राष्ट्रिय हितलाई सर्वोपरी राखी छिमेकी मित्र राष्ट्रलगायत सबै मित्र राष्ट्र र अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरुसँगको सम्बन्ध र सहकार्यलाई थप सदृढ बनाउँदै जाने सरकारको योजना छ ।

    मन्त्री कार्कीले परिवर्तित सन्दर्भमा मन्त्रिपरिषद् तथा यसका विभिन्न समितिमा प्रक्रियामा रहेका सम्पूर्ण प्रस्तावहरू सम्बन्धित मन्त्रालयमा फिर्ता पठाउने निर्णय भएको जानकारी दिए ।

    तस्वीर रोशन सापकोटा,रासस