Category: स्वास्थ्य-जीवनशैली

  • नेता केसीको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड नर्भिकमा

    नेता केसीको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड नर्भिकमा

    काठमाडौं । पार्टी नेता कृष्ण केसीको स्वास्थ्य अवस्था बुझ्न माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नर्भिक अस्पताल पुगेका छन् । सोमबार साँझ उनी प्रचण्ड थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल पुगेको अस्पताले स्रोतले जनाएको छ ।

    माओवादी नेता केसीको स्वास्थ्य अवस्थाको बारेमा बुझ्न प्रचण्ड स्वकीय सचिव गंगा दाहालसहित अस्पताल पुगेका थिए । त्यहाँ उनले केसीको उपचारमा संलग्न स्वास्थ्यकर्मीसँग कुरा गरेका थिए । माओवादी युवा नेता केसीलाई घाँटीमा घाउ देखिएपछि गतसाता अस्पताल भर्ना गरिएको थियो ।

    उपचारका क्रममा उनको छातिमा समेत सामान्य समस्या देखिएको छ । अवस्था सामान्य छ । केसीमा कोभिडको लक्षण समेत देखिएको सोमबार नै पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । रिपोर्ट आइसकेको छैन ।

  • काभ्रेका ज्येष्ठ नागरिकलाई घरघरमै खोप

    काभ्रेका ज्येष्ठ नागरिकलाई घरघरमै खोप

    बनेपा । ज्येष्ठ नागरिकप्रति स्थानीय सरकार कति जिम्मेवार बन्नुपर्छ भन्ने उदाहरण काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले पुष्टि गरेको छ । अहिले उनीहरुलाई नगरपालिकाले कोरोना विरुद्धको खोप घर–घरमा लगाइ उत्कृष्ट सेवा प्रदान गरिरहेको छ ।

    नमोबुद्ध –८ का १०२ वर्षीय अमन्तीनाथ हुमागाईँले आफ्नै निवासमा सोमबार कोभिशिल्डको दोस्रो मात्रा खोप लगाएपछि भने ‘आज म खुशी छु । नगरपालिकालाई धन्यवाद दिन चाहन्छु ।’ उनलाई नगरपालिकाको स्वास्थ्यकर्मी टोलीले घरमै पुगेर खोप लगाइदिएको थियो ।

    सोही अवसरमा नगरप्रमुख टङ्कप्रसाद तिमल्सिनाले उनलाई खोप कार्ड प्रदान गर्दै ६५ वर्षदेखि १०२ वर्षसम्मका नागरिकलाई घरमै पुगे खोप लगाउने व्यवस्था मिलाएको जानकारी दिए ।

    नगरप्रमुख तिमल्सिना स्वास्थ्यकर्मी लिएर ज्येष्ठ नागरिकको घर–घरमा पुगेर खोप लगाउने अभियानमा तल्लीन छन् । नगरपालिकाले गत फागुन २३ देखि २९ गतेसम्म पनि पहिलो चरणको खोप अभियानका शुरुआत गरेको थियो ।

    नगरपालिकामा ६५ वर्षमाथि एक हजार ७०७ नागरिक रहेका बताइएको छ । नगरका ११ वटै वडामा खोप केन्द्र तोकिएको छ उनले भने, ‘कोही नागरिक खोपबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यसहित अभियान चलाइरहेका छौँ ।’ नगरपालिकाले ज्येष्ठ नागरिकलाई खोपसँगै मास्क, स्यानिटाइजर र च्यावनप्रासलगायतका स्वास्थ्य सामग्रीसमेत वितरण गरेको छ ।

    आइसोलेसनमा बिरामीको चाप बढ्यो

    पछिल्लो समय कोभिड–१९ बाट संक्रमित हुनेको सङ्ख्या बढ्न थालेसँगै नमोबुद्ध–४ मा स्थापना गरिएको आइसोलेशन केन्द्रमा संक्रमितको चाप बढेको छ । पछिल्लो एक सातामा केन्द्रमा लक्षणसहितका बिरामीको चाप ह्वात्तै बढेको बताइएको छ । नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाद्वारा संयुक्तरूपमा सञ्चालन गरिएको केन्द्रमा हाल १४ कोभिडका बिरामी रहेको केन्द्रका प्रमुख मथुरा सत्यालले जानकारीदिए । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार सोमबार मात्रै ७५ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।

  • संक्रमण नियन्त्रण गर्न चीन र भारतका सीमामा कडाइ, तेस्रो लहरविरुद्ध तयारी गर्न सरकारलाई निर्देशन

    संक्रमण नियन्त्रण गर्न चीन र भारतका सीमामा कडाइ, तेस्रो लहरविरुद्ध तयारी गर्न सरकारलाई निर्देशन

    काठमाडौं । संसदीय समितिले कोभिडविरुद्धको खोप खरिदमा अनियमितता गर्नेहरुमाथि कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसद राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले खोप खरिदमा अनियमितता भए/नभएको अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो ।

    दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई सचेत गराइएको समितिकी सभापति निरुदेवी जैरुले जानकारी दिइन् । उनले भनिन्, ‘खोपमा अनियमितता भएको कुरा विभिन्न सञ्चार माध्यमहरुमा आईरहेको अवस्थामा सोको छानवीन गरी दोषी प्रमाणित भएमा कानूनको दायरामा ल्याउन सरकारलाई निर्देशन गरिन्छ ।’

    समितिले कोभिडको तेस्रो लहर आउन नदिने गरी पूर्वतयारीका लागि आवश्यक सामग्रीहरुको उचित प्रबन्ध गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ । सभापति जैैरुले संक्रमितहरुको संख्यामा वृद्धि हुन लागेकाले उनीहरुको उपचार तथा तेस्रो लहर आउन नदिने गरी तयारी गर्न पनि सरकारलाई भनिएको बताइन् ।

    बैठकमा समिति सदस्यहरुले नागरिकलाई कोभिड खोप लगाउने व्यवस्था गर्न ढिलाई नगर्न सरकारलाई सचेत गराएका थिए । समिति सदस्य एवम् काँग्रेस सांसद राधेश्याम अधिकारीले सबै नागरिकलाई खोप लगाउने व्यवस्था छिटो गर्न सरकारको ध्यानाकर्षण गराए । उनले भने, ‘कोभिड खोप लगाउने जनशक्तिको आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई आग्रह गर्दछु । ’

    बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले कोभिड संक्रमण नियन्त्रणका लागि सरकारले भारत र चीन दुवै मुलुकको सीमामा कडाई गरिरहेको जानकारी गराए । कोभिडको तेस्रो लहर आउन नदिन पनि सरकारले विभिन्न उपायको खोजी गरिरहेको उनले समितिलाई जानकारी गराए । सरकारले आगामी चैत महीनाभित्र भित्र सबै नागरिकलाई कोभिडविरुद्धको खोप लगाईसक्ने योजना सार्वजनिक गरेको छ । तर त्यस अनुसारको कामलाई भने अघि बढाउन नसकेको समितिको निष्कर्ष छ ।

  • सोमबार ३६ सय कोभिड बिरामी थपिए, २२ जनाको मृत्यु

    सोमबार ३६ सय कोभिड बिरामी थपिए, २२ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ३६५१ जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ५९४ नमुना (६१४९ एन्टीजेन र १०४४५ पीसीआर) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    सोमबार थप २२ जनाको मृत्यु भएको छ । १७८४ जना निको भएका छन् । १ लाख ४५ हजार जनाले पछिल्लो २४ घण्टामा कोभिडविरुद्धको खोप लगाएका छन् ।

    सक्रिय संक्रमित संख्या ३६ हजार २८८ छ ।

    सोमबार काठमाडौं उपत्यकामा ९५९ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ६२४, ललितपुरमा १६५ र भक्तपुरमा १७० जना संक्रमित थपिएका छन् ।

    कूल संक्रमित संख्या ७ लाख १७ हजार पुगेको छ । कूल मृत्यु १० हजार ११५ पुुगेको छ । मृत्युदर बढेर ५.०६ प्रतिशत पुगेको छ । २६ लाख भन्दा बढीले पूर्ण डोज खोप लगाइसकेका छन् ।

  • सरकारद्वारा अस्ट्राजेनेका खोपको गाइडलाइन सार्वजनिक, कस्तो अवस्थामा लगाउन मिल्दैन ?

    सरकारद्वारा अस्ट्राजेनेका खोपको गाइडलाइन सार्वजनिक, कस्तो अवस्थामा लगाउन मिल्दैन ?

    काठमाडौं । सरकारले कोभिसिल्ड र अस्ट्राजेनेका खोप प्रयोग सम्बन्धी अन्तरिम मार्ग निर्देशन जारी गरेको छ । खोप अभावको स्थितीमा १२ सातापछि पनि खोप लगाउन सकिने गाइडलाइनमा उल्लेख छ ।

    इटालीमा बनेको खोप भुटानबाट र जापानबाट बनेको अस्ट्राजेनेका खोप प्रयोगमा सोमबारदेखि आएको जानकारी दिँदै मन्त्रालयले भुटानबाट आएको खोप भदौ १५ गतेसम्म र जापानमा बनेको असोज ३१ गतेसम्म लगाउन मिल्ने जनाइएको छ ।

    १८ वर्षभन्दा कम उमेरका, पहिला अन्य कुनै कारणले गम्भिर प्रकारको प्रतिक्रिया एनाफाइलेक्सिस भएका व्यक्ति र पहिले भेरोसेल, जोन्सन तथा अन्य कोभिडका खोप लगाएकाले अस्ट्राजेनेका लगाउन नमिल्ने जनाइएको छ ।

    अहिले कोभिड संक्रमण भएका व्यक्तिले संक्रमण भएको ३० दिनपछि खोप लगाउन मिल्ने उल्लेख छ । कुनै पनि कारणले गम्भिर बिरामी भएको र अहिले ज्वरो आएको व्यक्तिले लगाउन नमिल्ने जनाइएको छ ।

  • स्वास्थ्य मन्त्रालयमा कसले कुन जिम्मेवारी पाए (सूचीसहित)

    स्वास्थ्य मन्त्रालयमा कसले कुन जिम्मेवारी पाए (सूचीसहित)

    काठमाडौं । स्वास्थ्य मन्त्रालयले ३५ वटा कार्य सम्पादको जिम्मेवारी बाँडफाँट गरेको छ । जसका लागि स्थायी १०६ र मन्त्रालयमा कार्यरत कर्मचारीको संख्या १४७ छ ।

    कसले कुन जिम्मेवारी पाए (सूचीसहित) :

    -स्वास्थ्य सचिव डा.रोशन पोखरेल
    -प्रमुख विशेषज्ञ डा.दिपेन्द्ररमण सिंह
    -नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा.गुणराज लोहनी
    -नीति तथा योजना शाखा जिम्मेवार अधिकारी : शम्भु ज्ञवाली
    -चिकित्सा सेवा शिक्षा तथा अनुसन्धान शाखा जिम्मेवार अधिकारी : शकुन्तला प्रजापति
    -आयूर्वेद तथा वैकल्पिक चिकित्सा शाखा जिम्मेवार अधिकारी : डा.बाबुराजा अमात्य
    -गुणस्तर मापदण्ड तथा नियमन महाशाखा प्रमुख डा. मदनकुमार उपाध्याय
    -गुणस्तर मापदण्ड तथा नियमन शाखा जिम्मेवार अधिकारी : सानुबाबु अधिकारी, पान बहादुर क्षेत्री
    -सूचना प्रविधि शाखा जिम्मेवार अधिकारी : जगदीश रौनियार
    -जनसंख्या व्यवस्थापन तथा सूचना महाशाखा प्रमुख : शैलजा रेग्मी भट्टराई
    -लैंगिक समता तथा सामाजिक समावेशीकरण शाखा जिम्मेवार अधिकारी : सोना लक्ष्मी कर्माचार्य
    -स्वास्थ्य समन्वय महाशाखा प्रमुख : शैलजा रेग्मी भट्टराइ
    -प्रादेशिक तथा स्थानीय स्वास्थ्य समन्वय शाखा जिम्मेवार अधिकारी : भीमप्रसाद सापकोटा
    -बहुक्षेत्रीय समन्वय शाखा जिम्मेवार अधिकारी : डा.समीर कुमार अधिकारी
    -विकास सहायता समन्वय शाखा जिम्मेवार अधिकारी : यशोधा अर्याल
    -सार्वजनिक सूचना समन्वय शाखा जिम्मेवार अधिकारी : गणेश कुमार श्रीवास्तव
    -प्रशासन महाशाखा प्रमुख : शैलजा रेग्मी भट्टराई
    -कर्मचारी प्रशासन शाखा : बाबुराम घिमिरे
    -आर्थिक प्रशासन शाखा : लक्ष्मी प्रसाद जोशी
    -कानुन शाखा : मानबहादुर बस्नेत
    -आन्तरिक प्रशासन शाखा : भानुभक्त न्यौपाने
    -स्वास्थ्य आपत्कालिन तथा विपद् व्यवस्थापन इकाई: डा.समीरकुमार अधिकारी

  • कोभिसिल्डको दोस्रो मात्रा लगाउन ज्येष्ठ नागरिकहरु लामबद्ध (तस्विरहरु)

    कोभिसिल्डको दोस्रो मात्रा लगाउन ज्येष्ठ नागरिकहरु लामबद्ध (तस्विरहरु)

    काठमाडौं । कोभिसिल्डको पहिलो डोज लगाएका १४ लाख नागरिकलाई आजदेखि अस्ट्राजेनेकाको दोस्रो मात्रा लगाउन सुरु गरिएको छ । काठमाडौंका १४४ वटै खोप केन्द्रमा बिहानैदेखि खोप लगाउनेहरु लामबद्ध छन् ।

    भुटान र जापानले खोप उपलब्ध गराएपछि कोभिसिल्डको दोस्रो मात्रा लगाउन सुरु गरिएको हो । हेर्नूस तस्विरहरु :

    
     
            

  • सीसीएमसीसँग छलफल गर्दै काठमाडौं उपत्यकाका तीनैजना सीडीओ

    सीसीएमसीसँग छलफल गर्दै काठमाडौं उपत्यकाका तीनैजना सीडीओ

    काठमाडौं । कोरोनाभाइरस संक्रमण र मृत्युदर ह्वात्तै बढेपछि काठमाडौंका तीनै जिल्ला प्रशासन कार्यालयले कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)सँग छलफल गर्दैछन् ।

    भाइरस संक्रमणको पछिल्लो अवस्थाबारे मंगलबार बिहान सीसीएमसीसँग छलफल हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए ।

    सीडीओ पराजुलीका अनुसार सीसीएमसीसँगको छलफल लगत्तै काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारहरुको बैठक पनि बस्ने तयारी छ । साउन २७ गतेपछि भीडभाड हुने क्षेत्रहरुलाई कडाइ गर्ने तयारीबारे छलफल भएको सीडीओ पराजुलीले जनाए ।

    आइतबार मात्रै ५५ जनाको मृत्यु भएको छ जुन ४६ दिन यताकै सबैभन्दा उच्च हो । ‘मास्क लगाउने र सामाजिक दूरी पालना गर्नेबारे अहिलेको अनुगमनलाई कडाइ तुल्याउँदै केही क्षेत्रमा कडाइ गर्ने तयारी भएको छ’ सीडीओ पराजुलीले भने ।

    सीसीएमसीले स्मार्ट लकडाउन गर्न यसअघि नै सुझाव दिइसकेको छ । सोही सुझावको आधारमा अघि बढ्ने तयारीमा जिल्ला प्रशासनहरु छन् । अहिलेको जारी निषेधाज्ञा साउन २७ गतेसम्म कायमै छ ।

  • आजदेखि १४ लाख जनालाई अस्ट्राजेनेकाको दोस्रो डोज लगाइँदै, काठमाडौंमा मात्र १४४ वटा केन्द्र तोकियो

    आजदेखि १४ लाख जनालाई अस्ट्राजेनेकाको दोस्रो डोज लगाइँदै, काठमाडौंमा मात्र १४४ वटा केन्द्र तोकियो

    काठमाडौं । कोभिसिल्ड खोपको दोस्रो डोजको प्रतीक्षामा रहेका ज्येष्ठ नागरिकलाई आजदेखि अस्ट्राजेनेका खोप लगाइँदैछ । गत चैतमा कोभिसिल्डको पहिलो मात्रा लगाई बसेका ६५ वर्ष माथिका ज्येष्ठ नागरिक र अन्य १४ लाख व्यक्तिलाई जापान र भुटानले उपलब्ध गराएको खोप अस्ट्राजेनेका लगाउन लागिएको हो।

    गत चैतमा अक्सफोर्ड -एस्ट्राजेनेकाले विकास गरेको र भारतको सेरम इन्स्च्यिूटले उत्पादन गरेको कोभिडसिल्ड खोपको पहिलो मात्रा लगाइएको थियो। दोस्रो डोज १२ सातामा लगाउनुपर्ने भएपनि भारतले खरिद गरेको खोप उपलब्ध नगराएपछि दोस्रो मात्रा डोज लगाउन ढिलाई भएको हो।

    दोस्रो डोज लगाई बाँकी रहेको खोप वैदेशिक रोजगारी, अध्ययन र अन्य प्रयोजनमा विदेश जाने व्यक्तिलाई लगाउने निर्णय गरिएको छ । मिर्गौलाले काम नगरी डायलाइसिस गर्नुपर्ने, डायलाइसिस गरेका, अंग प्रत्यारोपण गरेका तथा क्यान्सर रोगका बिरामीलाई एस्ट्राजेनका खोप दिने भएको छ ।

    काठमाडौंमा १४४ वटा खोप केन्द्र तोकिएको छ। यसअघि भेरोसेल खोपको दोस्रो डोज लगाउँदा कायम भएका खोप केन्द्रमा आजदेखि अस्ट्राजेनेका खोप लगाउन लागिएको हो ।

    काठमाडौं महानगरपालिकामा १७ वटा खोप केन्द्र तोकिएको छ। कीर्तिपुर नगरपालिकामा १०, चन्द्रागिरी नगरपालिकामा १५, नागार्जुन नगरपालिकामा १०, तारकेश्वर नगरपालिकामा ११, दक्षिणकाली नगरपालिकामा ९, बूढानीलकण्ठ नगरपालिकामा १३, टोखा नगरपालिकामा ११, गोकर्णेश्वर नगरपालिकामा ९ र कागेश्वरी मनोहरा नगरपालिकामा ९ वटा खोप केन्द्र तोकिएको छ।

    महानगरपालिकाको हकमा राधास्वामी आइसोलेसन सेन्टर, बालाजु, सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल र परोपकार प्रसूती गृह तथा स्त्रीरोग अस्पतालमा पनि खोप लगाउन सकिने कार्यालयले जनाएको छ।

  • थप २५४८ जनामा संक्रमण, ५५ जनाको मृत्यु

    थप २५४८ जनामा संक्रमण, ५५ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप २५४८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

    देशभरका प्रयोगशालामा १२ हजार ३७८ नमुना परीक्षण गर्दा २५ सय ४८ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै आज २ हजार २९ जना कोरोना संक्रमण मुक्त भएका छन्

    कोभिडको कारण ५५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    देशभर ३५ हजार ५७८ सक्रिय संक्रमित छन् ।

     

  • आजदेखि कोभिशिल्डको दोस्रो डोज खाेप दिइँदै, यी हुन खोपकेन्द्र (सूचीसहित)

    आजदेखि कोभिशिल्डको दोस्रो डोज खाेप दिइँदै, यी हुन खोपकेन्द्र (सूचीसहित)

    काठमाडौं । सरकारले सोमबारदेखि कोरोना भाइरस विरुद्धको पहिलो डोज कोभिशिल्ड खोपको मात्रा लगाएकाहरुलाई दोस्रो डोजको रुपमा एस्ट्राजेनेकाको खोप दिने भएको छ।

    यसअघि कोभिसिल्डको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलाई भोलि २५ गतेदेखि अस्ट्राजेनेका खोप लगाउने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको खोप महाशाखाका अनुसार दोस्रो डोजको रुपमा अस्ट्राजेनेका खोप दिइन लागिएको हो ।

    भुटानबाट आएको २ लाख ३० हजार डोज र जापानबाट शनिबार र आइतबार आउने अस्ट्राजेनेका खोप लगाउन लागिएको हो । यसअघि कोभिसिल्डको पहिलो डोज लगाएका १३ लाखभन्दा बढी ६५ वर्षमाथिका ज्येष्ठ नागरिकले दोस्रो डोज लगाउन पाएका छैनन् ।

    खोप शाखा प्रमुख झलक शर्मा गौतमले साउन २५ गतेदेखि कोभिसिल्डको पहिलो डोज लगाएकालाई अस्ट्राजेनेकाको दोस्रो मात्रा खोप लगाउने तयारी भइरहेको जानकारी दिए।

    अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको र भारतको सेरम इन्स्च्यिूटले उत्पादन गरेको कोभिडसिल्ड जेष्ठ नागरिकलाई गत चैतमा लगाइसकिएको छ। भारतबाट खोप आउने कार्य रोकिएपछि सरकारले अस्ट्राजेनेका खोप लगाउने निर्णय गरेको थियो।

    स्वास्थ्य कार्यालय काठमाडौंले काठमाडौंको १२ वटै स्थानीय तहमा खोप स्थानमा खोप केन्द तोकेको छ । काठमाडौं महानगरमा मात्रै ६ वटा अस्पतालहरुबाट खोप लगाइँदैछ ।

  • प्रधानमन्त्री देउवालाई बंगलादेशमा अध्ययनरत मेडिकल विद्यार्थीले बुझाए ७ बुँदे ध्यानाकर्षण पत्र

    प्रधानमन्त्री देउवालाई बंगलादेशमा अध्ययनरत मेडिकल विद्यार्थीले बुझाए ७ बुँदे ध्यानाकर्षण पत्र

    काठमाडौं। बंगलादेशमा अध्यनरत मेडिकल विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। शनिबार नेप्लिज मेडिकल स्टुडेन्ट एशोसिएसन बंगलादेशले देउवालाई बालुवाटारमा भेटेर ध्यानाकर्षण पत्र बुझाएको हो।

    उक्त पत्रमा नेपालबाट जाँदा आफूले पढ्ने कलेजकै हस्टेलमा क्वोन्टिनको व्यवस्थापनका निम्ति पहल गरिदिन, भ्याक्सिन लगाउन नपाएका र बंगलादेशमै रहेका नेपाली बिधार्थिहरुलाई यथाशिघ्र भ्याक्सिनको व्यवस्थापनका निम्ति आवश्यक पहल गरिदिन र पिजी अध्ययनरत चिकित्सकहरुको उचित मूल्यांकन गरि अन्य देशको नागरिक सरह सेवा सुविधाको व्यवस्थाको लागि आवश्यक पहल गरिदिन आग्रह गरिएको छ।

     

    अध्यक्ष नवीन यादवको नेतृत्वमा बुझाइएको पत्रमा त्यस्तै एमबीबीएस एवं बिडिएस गरिरहेका नेपाली इन्टर्न चिकित्सकहरुको उचित मुल्यांकन गर्दै पारिश्रमिकको व्यवस्थाका निम्ति पहल गरिदिन, २ वर्षको लागि भिसा शुल्क तिर्दा पनि एक वर्षको मात्रै भिसा पाउने गरिएको भन्दै त्यसका लागि पहल गरिदिन र बंगलादेश सरकारले नेपाली विद्यार्थीका निम्ति उपलब्ध गराउने छात्रवृति पाउने प्रक्रिया र मापदण्ड निर्धारण गरिदिन माग गरिएको छ।

  • प्रधानमन्त्री देउवाको आह्वान : अति आवश्यक परे मात्रै बाहिर निस्किऊँ, मुख र नाख छोपिने गरि मास्क लगाऊँ (भिडियो)

    प्रधानमन्त्री देउवाको आह्वान : अति आवश्यक परे मात्रै बाहिर निस्किऊँ, मुख र नाख छोपिने गरि मास्क लगाऊँ (भिडियो)

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अतिआवश्यक परे मात्रै घरबाहिर निस्कन नागरिकहरुलाई आग्रह गरेका छन् । आजदेखि शुभारम्भ भएको मास्क अभियानका लागि गरेको भिडियोमा सम्बोधनमा देउवाले मास्कको उचित प्रयोग गर्न र भौतिक दूरी कायम गर्न आह्वन गरेका छन्।

    उनले सम्पूर्ण राजनीतिक दल र निजी क्षेत्रलाई भिडभाड हुने भेला आयोजना नगर्न समेत आग्रह गरेका छन्। स्वाथ्य मन्त्रालयमा आयोजित एक कार्यक्रममा स्वाथ्य राज्यमन्त्री उमेश श्रेष्ठले मास्क अभियानको शुभारम्भ गरेका छन् । अभियानको शुभारम्भ गर्दैै उनले मास्कको उचित प्रयोग नभएकाले अभियानमार्फत मास्क लगाउन प्ररेति गर्नुपर्ने बताए।

    साउन २९ गतेसम्म मुलुककै ७७ वटै जिल्लामा मास्क लगाउन प्रेरित गर्ने जनचेतनामूलक कार्यक्रम संचालन गरिएको छ । स्वास्थ्य मन्त्रालयमा आयोजित मास्क अभियान शुभारम्भ कार्यक्रममा बोल्दै विश्व स्वास्थ्य संगठनका नेपाल निर्देशक डा. राजेश पाण्डवले पाँचवर्ष माथिकालाई अनिवार्य मास्कको प्रयोग गराउन सरकारलाई सुझाव दिए ।

  • शनिबार ३२ सय कोभिड संक्रमित थपिए, १९ जनाको मृत्यु

    शनिबार ३२ सय कोभिड संक्रमित थपिए, १९ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ३२१८ जना कोभिड-१९ बिरामी थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ५७३ नमुना (८८६६ पीसीआर र ४७०७ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    शनिबार थप १९ जनाको कोभिड संक्रमणले मृत्यु भएको छ । सोही अवधिमा १७२२ जना निको भएका छन् ।

    सक्रिय संक्रमित संख्या ३५ हजार ४३२ पुगेको छ । १ लाख ९१ हजारले कोभिडविरुद्धको खोप लगाएका छन् ।

    शनिबार काठमाडौं उपत्यकामा ९१० जना बिरामी थपिएका छन् । जसमध्ये काठमाडौं जिल्लामा ५९३, ललितपुरमा १८९ र भक्तपुरमा १२८ जना संक्रमित थपिएका छन् ।

    कूल संक्रमित संख्या ७ लाख १२ हजार ७४०, कूल मृत्यु १० हजार ३८ र कूल डिस्चार्ज हुने संख्या ६ लाख ६७ हजार रहेको छ ।

  • कोरोनाको तेस्रो लहर नआउँदै मुख्य अस्पताल बिरामीले भरिभराउ (भिडियो रिपोर्ट)

    कोरोनाको तेस्रो लहर नआउँदै मुख्य अस्पताल बिरामीले भरिभराउ (भिडियो रिपोर्ट)

    काठमाडौं । पछिल्लो साता राजधानीका मुख्य अस्पतालमा कोभिड-१९ बिरामीको चाप बढ्न थालेको छ । शुक्रराज ट्रपिकल, वीर, शिक्षण, पाटन लगायतका शैय्या, आइसीयू र भेन्टिलेटर भरिभराउ हुन थालेका छन् । टेकुस्थित शुक्रराजसहितका अस्पतालले बिरामीको चापमा वृद्धि हुन थालेपछि शैय्या संख्यामा बढोत्तरी गरेका छन् । अहिले अस्पताल परिसरकै एक टहरामुनी शैय्या थपेर उपचार थालिएको छ ।

    अस्पतालका सूचना अधिकारी नवराज गौतमले पछिल्लो समय बिरामीको चापमा वृद्धि भएपछि शैय्या संख्यामा वृद्धि भएको जानकारी दिए । सम्भावित तेस्रो लहरलाई मध्यनजर गर्दै अन्य पूर्वाधार पनि बढाउने तयारी भएको उनले जनाए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबार अपरान्हसम्मको तथ्यांकअनुसार बागमती प्रदेशमा ४७३ जना बिरामी आइसीयू र ९१ जना भेन्टिलेटरमा उपचाररत छन् ।

    प्रदेश १ मा १२० जना आइसीयू र ४३ जना भेन्टिलेटरमा छन् । देशभर ७३२ जना आइसीयू र १५८ जना भेन्टिलेटरमा छन् । मन्त्रालयका अनुसार बिहीबार ३७ सय कोभिड बिरामी थपिएका छन् भने १० हजार भन्दा बढीले ज्यान गुमाएका छन् ।

    सक्रिय संक्रमित संख्या ३४ हजार ९४२ छ भने काठमाडौं उपत्यकाको एक्टिभ केस १० हजारभन्दा बढी छ । संक्रमणमा भएको वृद्धि र अस्पतालमा चाप पर्न सुरु भएसँगै काठमाडौं उपत्यकाका सीडीओले सीसीएमसीसँग छलफल तयारी थालेका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले अस्पतालमा बढेको चाप र संक्रमण संख्यामा भएको वृद्धिबारे कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)सँग आइतबार छलफल हुने बताए ।

     

  • जापानबाट ५ लाख ४८ हजार डोज अस्ट्राजेनेका खोप आज काठमाडौं आइपुग्यो

    जापानबाट ५ लाख ४८ हजार डोज अस्ट्राजेनेका खोप आज काठमाडौं आइपुग्यो

    काठमाडौं । जापानले कोभ्यास संयन्त्रमार्फत उपलब्ध गराउने घोषणा गरेको १६ लाख डोज अस्ट्राजेनेका खोपमध्ये ५ लाख ४८ हजार डोज आज काठमाडौं आइपुगेको छ । थप २ लाख ५२ हजार डोज खोप भोलि आइतबार आइपुग्ने भएको छ ।

    शनिबार बिहान नेपाल आइपुगेको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वाथ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई नेपालका लागि जापानी राजदूत किकुता यातुकाले हस्तान्तरण गरेका हुन्। 

    जापान सरकारले कोभ्यासमार्फत १६ लाख डोज अस्ट्राजेनेका खोप नेपाललाई उपलब्ध गराउने घोषणा गरेको थियो।

  • कोरोनाबाट मुलुकमा ज्यान गुमाउनेको संख्या १० हजार नाघ्यो

    कोरोनाबाट मुलुकमा ज्यान गुमाउनेको संख्या १० हजार नाघ्यो

    काठमाडौं । कोरोनाभाइरस संक्रमणको कारण मुलुकमा ज्यान गुमाउनेको संख्या १० हजार नाघेको छ । शुक्रबार थप २५ जनाको मृत्यु भएसँगै मृतकको कूल संख्या १० हजार १९ पुगेको छ ।

    भाइरस संक्रमणको १४ महीनामा यतिजना नेपाली नागरिकले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालको मृत्युदर १.५ प्रतिशत रहेको मन्त्रालयले उल्लेख गरेको छ ।

    कोरोनाले पहिलोपटक २०७७ जेठ ३ गते सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षिया सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो । जेठ ५ गते एकैदिन २ सय ४६ जनाको मृत्यु भएको थियो ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार पहिलो लहरमा ६० वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिकले ज्यान गुमाएका थिए भने दोस्रो लहरमा युवाले पनि ज्यान गुमाए । ९ वर्ष तलका ४५ जनाले ज्यान गुमाएका छन् ।

    तेस्रो लहरमा बालबालिका बढी संक्रमित हुने सरकारको अनुमान छ । जसको तयारीका लागि सरकारले १८० भेन्टिलेटरसहितको २७५ आइसीयू बेड थप्ने प्रक्रिया थालनी गरेको छ ।

    सरकारले आगामी ५ महीनामा थप २ लाख संक्रमित थपिने प्रक्षेपण गरेको छ । साथै, असोज १५ गतेको छेकोमा तेस्रो लहर आउन सक्ने अनुमान पनि सरकारको छ । दोस्रो लहर समेत २० प्रतिशतभन्दा तल घट्न सकेको छैन ।

    सार्क मुलुकमा नेपालको मृत्युदर भारत, भुटान, माल्दिभ्स र श्रीलंकाको भन्दा बढी छ ।

     

  • शुक्रबार ३७ सय कोभिड बिरामी थपिए, २५ जनाको मृत्यु

    शुक्रबार ३७ सय कोभिड बिरामी थपिए, २५ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ३७२९ जना कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ६७५ नमुना (६१८२ एन्टीजेन र ९४९३ पीसीआर) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    शुक्रबार थप २५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको संख्या कूल संख्या १० हजार १९ पुगेको छ ।

    १८२५ जना निको भएका छन् । सक्रिय संक्रमित ३४ हजार ९४२ रहेको छ । १ लाख २० हजार जनाले पछिल्लो २४ घण्टामा कोभिड विरुद्धको खोप लगाएका छन् ।

    काठमाडौं उपत्यकामा ६४७ जना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा ४१७, ललितपुरमा १४७, भक्तपुरमा ८३ जना संक्रमित थपिएका छन् । कास्कीमा ३८३, झापामा १७३ र चितवनमा १५५ जना संक्रमित थपिएका छन् ।

    शुक्रबार संक्रमण दर २४ प्रतिशत छ । कूल संक्रमित संख्या ७ लाख १० हजार, ६ लाख ६५ हजार डिस्चार्ज भएका छन् । २२ लाख जनाले पूर्ण डोज खोप लगाएका छन् ।

  • कोभिसिल्डको पहिलो डोज लगाएकालाई साउन २५ गतेदेखि अस्ट्राजेनेका खोप लगाइने

    कोभिसिल्डको पहिलो डोज लगाएकालाई साउन २५ गतेदेखि अस्ट्राजेनेका खोप लगाइने

    काठमाडौं । यसअघि कोभिसिल्डको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलाई साउन २५ गतेदेखि अस्ट्राजेनेका खोप लगाउने तयारी भएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको खोप महाशाखाका अनुसार दोस्रो डोजको रुपमा अस्ट्राजेनेका खोप दिइन लागिएको हो ।

    भुटानबाट आएको २ लाख ३० हजार डोज र जापानबाट शनिबार र आइतबार आउने अस्ट्राजेनेका खोप लगाउन लागिएको हो । यसअघि कोभिसिल्डको पहिलो डोज लगाएका १३ लाखभन्दा बढी ६५ वर्षमाथिका ज्येष्ठ नागरिकले दोस्रो डोज लगाउन पाएका छैनन् ।

    खोप शाखा प्रमुख झलक शर्मा गौतमले साउन २५ गतेदेखि कोभिसिल्डको पहिलो डोज लगाएकालाई अस्ट्राजेनेकाको दोस्रो मात्रा खोप लगाउने तयारी भइरहेको जानकारी दिए। उनका अनुसार भेरोसेलको दोस्रो डोज लगाउने कार्य सकिने लगत्तै कोभिसिल्डको दोस्रो डोज लगाउन सुरु गरिनेछ । उपत्यकामा कोभिसिल्डको दोस्रो मात्रा लगाउन सुरु गरिहाल्ने र खोप आएसँगै प्रदेशमा पनि सुरु गर्ने उनले जनाए ।

    अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको र भारतको सेरम इन्स्च्यिूटले उत्पादन गरेको कोभिडसिल्ड जेष्ठ नागरिकलाई गत चैतमा लगाइसकिएको छ। भारतबाट खोप आउने कार्य रोकिएपछि सरकारले अस्ट्राजेनेका खोप लगाउने निर्णय गरेको थियो।

  • आजदेखि ७७ वटै जिल्लामा भेरोसेलको दोस्रो डोज खोप लगाउन सुरु

    आजदेखि ७७ वटै जिल्लामा भेरोसेलको दोस्रो डोज खोप लगाउन सुरु

    काठमाडौं । आजदेखि मुलुकका ७७ वटै जिल्लामा कोभिड-१९ विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाउन सुरु भएको छ । गत असार २९ गतेदेखि भेरोसेलको पहिलो डोज लगाएकालाई दोस्रो मात्रा दिन लागिएको हो।

    सो खोप अभियानमा ५५ वर्षभन्दा माथिल्लो उमेरकाले दोस्रो डोज लगाएका थिए । आजबाट सुरु भएको अभियानमा पहिलो डोज खोप लगाएको २१ दिन पुगेका सबै व्यक्तिलाई दोस्रो डोज खोप दिइने भएको छ ।

    स्वास्थ्य मन्त्रालयले २० लाखभन्दा बढी मानिसलाई भेरोसेलको दोस्रो मात्रा लगाउने लक्ष्य रहेको जानकारी दिएको छ । काठमाडौं उपत्कामा १ लाख ६५ हजार जनालाई दोस्रो मात्रा लगाउने कार्यक्रम छ ।

    सबै प्रदेश स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई खोप अभियान चलाउन निर्देशन दिइएको छ । ५५ वर्षमाथिका, अत्यावश्यक सेवामा कार्यरत व्यक्ति तथा विदेश जाने नागरिकका लागि छुट्टाछुट्टै केन्द्रको व्यवस्था गरिएको छ ।

  • सेवाग्राहीलाई खुशी पार्ने गरी काम गर्न प्रदेश अस्पताललाई मुख्यमन्त्री शाहीको निर्देशन

    सेवाग्राहीलाई खुशी पार्ने गरी काम गर्न प्रदेश अस्पताललाई मुख्यमन्त्री शाहीको निर्देशन

    सुर्खेत । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश अस्पतालको निरीक्षण गरेका छन् । उनले बिरामीको उचित उपचार गर्न र अस्पतालले दिने सेवा प्रवाहमा कुनैपनि कमजोरी नगर्न अस्पताल प्रशासनलाई निर्देशन दिए ।

    कोरोनाको तेस्रो भेरियन्टकोको जोखिमलाई ध्यान दिएर त्यसको तयारीका लागि अस्पताललाई स्रोत साधन सम्पन्न बनाउन मुख्यमन्त्री शाहीले जोड दिए । ‘यहाँहरूलाई आवश्यक बजेट विनियोजन गरिसकिएको छ । उक्त बजेटको अधिकतम प्रयोग गर्दै अस्पतालाई अत्याधुनिक बनाउन प्रयास जारी राख्नुहोस्’, मुख्यमन्त्री शाहीले भने, ‘बजेट कम भएको छ भने प्रदेश सरकार त्यसको व्यवस्था मिलाउन तयार छ । अस्पतालमा आएका सेवाग्राहीको मुहारमा सधैं खुशी ल्याउने गरी कामहरु अघि बढाउनुस् ।’

    कर्णाली प्रदेशको सबैभन्दा विश्वासिलो अस्पतालको रूपमा विकास गर्न सरकार लागिरहेको शाहीले जानकारी गराए ।

    मुख्यमन्त्री शाहीसँगै कर्णाली प्रदेशका प्रमुख सचिव र सबै मन्त्रालयका सचिहरूले प्रदेश अस्पतालमा स्वास्थ्य परीक्षणसमेत गराएका छन् ।

  • स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमितताबारे सरकारले छानविन गर्ने

    स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमितताबारे सरकारले छानविन गर्ने

    काठमाडौं । स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमितताबारे सरकारले छानविन गर्ने भएको छ । कोरोना महामारी सुरु भएपछि स्वास्थ्य उपकरण खरिद गर्दा अनियमितता भएको सार्वजनिक भएको थियो ।

    पूर्ववर्ती केपी शर्मा ओली सरकारका मन्त्रीहरु अनियमितताको विवादमा मुछिएका थिए । गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रममा समावेश गर्न कार्यदलले यस्तो सुझाव दिएको छ ।

    तत्कालिन स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, स्वास्थ्य सचिव यादव कोइराला, स्वास्थ्य सेवा विभागका तत्कालिन महानिर्देशक महेन्द्र श्रेष्ठ, मन्त्री ढकालका विज्ञ सल्लाहकार खेम कार्कीलाई लेखा समिति समेतले सोधपुछ गरेको थियो ।

  • सरकारको न्यूनतम साझा कार्यक्रमको केन्द्रमा कोरोना महामारी नियन्त्रण

    सरकारको न्यूनतम साझा कार्यक्रमको केन्द्रमा कोरोना महामारी नियन्त्रण

    काठमाडौं । सत्तारुढ गठबन्धनको कार्यदलले सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन शीर्ष नेताहरुलाई बुझाएको छ । सरकारको प्राथमिकतामा यसपटक कोेरोना महामारी नियन्त्रण रहेको छ ।

    कांग्रेस नेता पूर्णबहादुर खड्का संयोजकत्वको कार्यदलले तयार पारेको प्रतिवेदन आज बालुवाटारमा शीर्ष नेताहरुलाई बुझाइएको हो । मीनेन्द्र रिजाल, रमेश लेखक, देव गुरुङ, वर्षमान पुन, राजेन्द्र श्रेष्ठ र महेन्द्र यादव कार्यदलमा सदस्य थिए ।

    प्रतिवेदनमा भनिएको छ : संयुक्त सरकारको प्राथमिकता कोभिड–१९ को महामारीबाट उत्पन्न मानवीय संकटको समाधान गर्ने । हेर्नूस थप योजना :

    १) आगामी असोजसम्ममा एक तिहाई नागरिकलाई र चैत मसान्तसम्ममा खोप लगाउन योग्य सबै नेपालीलाई निशूल्क खोपको व्यवस्था गर्ने ।

    २) स्वास्थ्यकर्मीहरूका लागि व्यक्तिगत सुरक्षा साधन (पिपिइ), उपचारमा खटिएका स्वास्थ्यकर्मीहरू, अस्पतालका कर्मचारी, एम्बुलेन्स चालक, सफाई मजदुर तथा सुरक्षाकर्मीहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने ।

    ३) कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि अस्पताललगायत भौतिक पूर्वाधारको विकासमा प्राथमिकता दिने । खोप उत्पादनका लागि नेपालमै भ्याक्सिन ल्याब स्थापना गर्न पहल गर्ने ।

    ४) कोभिड-१९ को सम्भावित तेस्रो लहरको विरुद्ध स्वास्थ्य सचेतना, आवश्यक जनशक्ति र गुणस्तरीय स्वास्थ्यसामाग्रीको व्यवस्थापन र अस्पतालहरूको स्तरोन्नती गर्ने ।

    ५) स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमितताको छानबीन गर्ने र दोषीउपर कानुनी कारवाही गर्ने ।

  • भुटानबाट पैंचोमा ल्याइएको ३ लाख डोज अस्ट्राजेनेका खोप काठमाडौं आइपुग्यो

    भुटानबाट पैंचोमा ल्याइएको ३ लाख डोज अस्ट्राजेनेका खोप काठमाडौं आइपुग्यो

    काठमाडौं । भुटानले पैंचोमा उपलब्ध गराएको ३ लाख डोज अस्ट्राजेनेका खोप आज बिहान काठमाडौं आइपुगेको छ । खोप ल्याएको ड्रुक एयरको जहाज सवा ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

    विमानस्थलका प्रबन्ध निर्देशक प्रतापबाबु तिवारीका अनुसार २१ बाकस खोप आइपुगेको छ । भुटानले खोप लगाइसकेर मौज्दात भएको र चाँडै मिति गुज्रने भएकाले ती खोप काठमाडौं ल्याइएको हो ।

    परराष्ट्र मन्त्रालयले पैंचोमा सो खोप ल्याइएको जनाएको छ । नेपालले पछाडि फिर्ता गर्ने सर्तमा पैंचोमा खोप ल्याएको दिल्ली नियोगका रामप्रसाद सुवेदीले जानकारी दिए । भुटानबाट ल्याइएको खोप यसअघि कोभिसिल्डको पहिलो डोज लगाएका ६५ वर्षभन्दा माथिको उमेरका ज्येष्ठ नागरिकलाई प्रदान गरिने भएको छ ।

  • काठमाडौंमा सक्रिय संक्रमित संख्या १० हजार नाघ्यो, १६ जिल्लामा ५०० भन्दा बढी संक्रमित

    काठमाडौंमा सक्रिय संक्रमित संख्या १० हजार नाघ्यो, १६ जिल्लामा ५०० भन्दा बढी संक्रमित

    काठमाडौं उपत्यकामा कोभिड-१९ को सक्रिय संक्रमित संख्या बिहीबारसम्म १० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, भक्तपुर र ललितपुरमा एक्टिभ केस १० हजार ६८ पुगेको छ ।

    काठमाडौं जिल्लामा ७०८०, ललितपुरमा १६८९ र भक्तपुरमा १२९९ सक्रिय संक्रमित छन् ।

    सक्रिय संक्रमित ५०० भन्दा माथि रहेका जिल्लाहरु : मोरङ, झापा, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, नवलपरासी पूर्व, कास्की, बागलुङ, गोर्खा, रुपन्देही, सुर्खेत

    सक्रिय संक्रमित २०० भन्दा माथि रहेका जिल्लाहरु : धनकुटा, धनुषा, बारा, सप्तरी, सिराहा, दोलखा, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, स्याङ्जा, तनहुँ, लमजुङ, दाङ, पाल्पा, बाँके, जुम्ला, कैलाली, कञ्चनपुर

  • मास्क अभियान यही साउन २३ गतेदेखि देशभर संचालन हुने

    मास्क अभियान यही साउन २३ गतेदेखि देशभर संचालन हुने

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही साउन २३ देखि २९ गतेसम्म देशभर मास्क अभियान सञ्चालन गर्ने भएको छ । ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूलनाराका साथ मन्त्रालयले अभियान सञ्चालन गर्न थालेको हो । मन्त्रालयले मास्क लगाई मानिसको व्यवहारमा परिवर्तन गर्न अभियान सञ्चालन गर्न थालेको बताइएको छ ।

    मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना भाइरसबाट बच्न मास्क अभियान सञ्चालन गर्न थालिएको बताए । उनले जनस्वास्थ्यमा मापदण्ड उल्लघङ्न भएको र मास्क लगाउन पनि लापरवाही गरेकाले स्वास्थ्यको मापदण्ड तथा मास्कको महत्वबारे जानकारी गराउन अभियान शुरु गर्न लागिएको जानकारी दिए ।

    “महामारी नियन्त्रणमा खोप जतिकै मास्क, सेनिटाइजरसंँग जनस्वास्थ्यको भूमिका पनि महत्वपूर्ण रहेको छ”, उनले भने, ‘सबै नेपालीलाई महामारी नियन्त्रणमा मास्कको भूमिकाबारे जनचेतना जगाउन आवश्यक छ ।” म पनि मास्क लगाउँछु र अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु भन्ने सन्देश दिई कोभिड-१९ को रोकथाम तथा नियन्त्रण गर्न अभियान सञ्चालन गरिएको हो । कोरोना भाइरसबाट बच्न बढी प्रभावकारी उपाय भनेको नै मास्क रहेकाले सबैले अनिवार्य मास्क लगाउनसमेत उनले आग्रह गरे ।

    सङ्क्रमण दिनानुदिन बढे पनि मानिसले सही तरिकाले मास्क नलगाउने गरिएको पाइएको छ । स्वास्थ्य सेवा विभागको राष्ट्रिय स्वास्थ्य, शिक्षा तथा सूचना केन्द्रका निर्देशक डा राधिका थपलियाले मास्कबारे जनचेतना मात्र नभइ मास्कले मानिसको व्यवहारमा परिवर्तन गर्न अभियान शुरु गर्न थालिएको बताए । उहाँले मास्कलाई सही तयारीले लगाउन सिकाउनका लागि अभियान सञ्चालन गरिएको जानकारी दिए ।

    “मास्क लगाए पनि कतिपयले बोल्दा मास्क फुकाल्ने, चिउडोमा लगाउने, सही तरिकाले मास्क नलगाउने जस्तो देखिएको छ”, उनले भने, ‘यसपटक मास्कको जनचेतना नभएर मास्क लगाई मानिसको व्यवहारमा परिवर्तन गर्न अभियान सञ्चालन गर्न थालिएको हो ।”

    स्थानीय तहले पनि आ-आफ्नो क्षेत्रमा मास्क कसरी लगाउने भनेर सिकाउने छन् । उनका अनुसार स्वास्थ्य स्वयमसेविकामार्फत गाउँटोलमा मास्कको महत्वबारे टोलटोलमा सिकाइने छ । सात दिनसम्म मास्कको महत्व र लगाउने तरिका सिकाइने छ । अहिले दैनिक सङ्क्रमित बढेपछि जोखिम पनि बढेको छ । बुधबार मात्र चार हजार १०७ व्यक्तिमा सङ्क्रमण देखिएको थियो ।

  • पाँच महीनामा २ लाख संक्रमित थपिने सरकारको प्रक्षेपण

    पाँच महीनामा २ लाख संक्रमित थपिने सरकारको प्रक्षेपण

    काठमाडौं । स्वास्थ्य मन्त्रालयले आगामी पाँच महीनामा झन्डै २ लाख कोरोनाभाइरस संक्रमित थपिन सक्ने प्रक्षेपण गरेको छ । त्यसमध्ये ९ हजार ६ सय ९३ लाई आइसीयूमा राख्नुपर्ने अवस्था आउन सक्ने मन्त्रालयले जनाएको छ ।

    प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले सो जानकारी गराएका हुन् । प्रक्षेपणमा साउनमा ५३ हजार ३०७, भदौमा ४५ हजार ७२६, असोजमा ३८ हजार ५९७, कात्तिकमा ३१ हजार ४४ र मंसिरमा २५ हजार १८३ जना नयाँ संक्रमित थपिने उल्लेख छ। संक्रमितमध्ये ८० प्रतिशत सामान्य, १५ प्रतिशत जटिल र ५ प्रतिशत गम्भीर हुने अनुमान स्वास्थय मन्त्रालयले गरेको छ ।

  • बिहीबार ३९ सय कोभिड बिरामी थपिए, ३७ जनाको मृत्यु

    बिहीबार ३९ सय कोभिड बिरामी थपिए, ३७ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ३९३८ कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १८ हजार ४०८ नमुना (११ हजार ८७० पीसीआर र ६५३८ एन्टीजेन) परीक्षण गर्दा ती बिरामी थपिएका हुन् ।

    बिहीबार थप ३७ जनाको मृत्यु भएको छ । २०१२ जना निको भएका छन् ।

    सक्रिय संक्रमित संख्या ३४ हजार ४२२ पुगेको छ । पछिल्लो २४ घण्टामा १ लाख १७ हजार जनाले कोभिड विरुद्धको खोप लगाएका छन् ।

    काठमाडौं उपत्यकामा आज १०७५ जना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा ७६६, ललितपुरमा १६३ र भक्तपुरमा १४६ जना संक्रमित थपिएका छन् ।

    कूल संक्रमित संख्या ७ लाख ८ हजार, कूल मृत्यु ९९९४ पुगेको छ । होम आइसोलेसनमा ३१ हजार छन् ।

  • जापानबाट शनिबार ५ लाख र आइतबार ३ लाख डोज खोप काठमाडौं आइपुग्ने

    जापानबाट शनिबार ५ लाख र आइतबार ३ लाख डोज खोप काठमाडौं आइपुग्ने

    काठमाडौं । जापानले कोभ्याक्स संयन्त्रमार्फत नेपाललाई दिने घोषणा गरेको १६ लाख डोज अस्ट्राजेनेका खोपको आधा हिस्सा यसै सप्ताहन्तमा आउने भएको छ ।

    क्योदो न्यूज एजेन्सीका अनुसार, ५ लाख १० हजार डोज खोप शनिबार र ३ लाख ३० हजार डोज आइतबार काठमाडौं आइपुग्ने भएको छ ।

  • साउन २५ देखि ३२ गतेसम्म खोप सप्ताह मनाइने, उपत्यकामा खोप केन्द्र विस्तार

    साउन २५ देखि ३२ गतेसम्म खोप सप्ताह मनाइने, उपत्यकामा खोप केन्द्र विस्तार

    काठमाडौं । साउन २५ देखि ३२ गतेसम्म खोप सप्ताह मनाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सप्ताह अवधिभर दोस्रो डोजको खोप लगाइने कार्यलाई प्राथमिकता दिने बताए ।

    बिहीबार प्रतिनिधिसभाको स्वास्थ्य तथा शिक्षा समितिमा बोल्दै राज्यमन्त्री श्रेष्ठले सो कुरा बताएका हुन् । जापान र भुटानबाट आउने अस्ट्राजेनेका खोप यसअघि कोभिसिल्डको पहिलो डोज लगाएका १३ लाख ५० हजारलाई दिइने समेत जानकारी उनले दिए ।

    जापानले दिने भनेको १८ लाख खोमध्ये आधा शनिबार र आइतबार आउने जनाइएको छ । भुटानले दिने भनेको ३ लाख डोज खोप पनि शनिबार नै आउने भनिएको छ ।

    काठमाडौंमा १५०, ललितपुरमा ७७ र भक्तपुरमा ३८ वटा खोप केन्द्र विस्तार गरिएको जानकारी पनि राज्यमन्त्री श्रेष्ठले दिए । मुलुकभर क्यूआर कोडसहितको खोप कार्ड दिइने पनि उनले बताए ।

  • खोप कार्ड लिन यस्तो सास्ती, दिनभर भोकभोकै लाइनमा (भिडिओ)

    खोप कार्ड लिन यस्तो सास्ती, दिनभर भोकभोकै लाइनमा (भिडिओ)

    काठमाडौं । सरकारले खोप प्रमाणीकरण कार्ड जिल्ला अस्पतालबाटै वितरण गर्ने भनेपनि त्यसको कार्यान्वयन हुन सकेको छैन । विदेश जाने श्रमिकहरु राजधानीबाटै कार्ड लिनुपर्ने बाध्यतामा छन् ।

    क्यूआर कोर्डसहितको कार्ड जिल्लाबाटै वितरण गर्ने भनिएपनि टेकु अस्पतालमा कार्ड लिनेको भीड घटेको छैन बरु, कार्ड लिनकै लागि चारपाँच दिन बसेर भएपनि सर्वसाधारण राजधानी आउनुपर्ने बाध्यतामा छन् ।

    टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अहिले पनि जिल्लाबाट आउनेको बाक्लो भीड छ । खोप कार्ड वितरण कार्य व्यवस्थित नहुँदा अस्पतालबाटै कोरोनाभाइरस संक्रमण हुने जोखिम देखिन्छ । उपत्यकाबाहिरबाट आएका सर्वसाधारणले चारदिनसम्म पनि भोकै बसेर कार्ड लिनुपरेको गुनासो गरेका छन् ।

    अस्पतालले सेवाग्राहीको व्यवस्थापन र कार्यलाई चुस्त र दुरुस्त राख्न नसक्दा सर्वसाधारणले अनाहकमा दुःख पाएको र कोभिड जोखिमको त्रास पनि बढेको गुनासो छ । तर, टेकु अस्पतालका सूचना अधिकारी सूचना अधिकारी नवराज गौतमले सेवा व्यवस्थापनका लागि प्रयास भैरहेको बताए ।

    टेकु अस्पतालमा मात्र भीड बढेको भन्दै स्वास्थ्य मन्त्रालयले उपत्यकाका अन्य चार अस्पतालबाट पनि खोप प्रमाणीकारण लिन सकिने सेवा सुरु गरिएको जनाएको छ । गत साता कोभिड संकट व्यवस्थापन केन्द्र सीसीएमसी बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले क्यूआर कोड सहितको खोप प्रमाणीकरण वितरण गर्न निर्देशन दिएका थिए ।

  • बुस्टर खोप तत्काल रोक्न ठूला देशलाई डब्लुएचओको आग्रह

    बुस्टर खोप तत्काल रोक्न ठूला देशलाई डब्लुएचओको आग्रह

    काठमाडौं । विश्व स्वास्थ्य संगठनले बुस्टर भ्याक्सिन अभियानलाई तत्काल रोक्न विकसित मुलुकहरुलाई आग्रह गरेको छ । डब्लुएचओ निर्देशक डा. टेड्रोस आधानोमले आगामी सेप्टेम्बरसम्म तेस्रो डोज नलगाउन भनेका हु्न् ।

    प्रत्येक मुलुकले कूल जनसंख्याको १० प्रतिशत नागरिकलाई खोप लगाएमात्र बुस्टर खोपका लागि अनुमति दिन सकिने उनको भनाई छ । इजरायल र जर्मनी लगायतका देशले बुस्टर भ्याक्सिन भन्दै तेस्रो डोज लगाउने जनाएका थिए ।

    ठूला देशको यस्तो निर्णयले गरिब देश पछि पर्ने भन्दै डब्लूएचओ प्रमुखले यस्तो आग्रह गरेका हुन् । डब्लुएचओका अनुसार न्यून आपूर्तिका कारण न्यून आय भएका मुलुकले एकसयमा १.५ प्रतिशत जनसंख्यालाई मात्र खोप लगाउन सकेका छन् ।

    खोप आपूर्तिमा निश्पक्षता र समानुपतिक नियम लागू हुनुपर्ने भन्दै उनले बढीभन्दा बढी खोप न्यून आय भएका मुलुकमा जानुपर्ने समेत बताए ।

  • खोप लगाएका नेपालीलाई स्वीटजरल्यान्डमा यात्रा अनुमति, बेलायतको रेड लिस्टमा नेपाल कायमै

    खोप लगाएका नेपालीलाई स्वीटजरल्यान्डमा यात्रा अनुमति, बेलायतको रेड लिस्टमा नेपाल कायमै

    काठमाडौं । कोभिड-१९ संक्रमणको स्थिती बढेको बताउँदै बेलायतले नेपाललाई रेड लिस्टमा राखेको छ । बिहीबार सार्वजनिक गरेको नयाँ कोभिड प्रोटोकलको सूचीमा बेलायतले भारतलाई रेड लिस्टबाट हटाएको छ भने नेपाल सूचीमा कायमै छ ।

    नयाँ नियम आगामी आठ अगस्ट तारिखदेखि सुरु हुने बेलायतले जनाएको छ । बेलायतको रेड जोन सूचीमा अधिकांश मध्यपूर्व, दक्षिण एसिया र पूर्वी एसियाली मुलुकहरु छन् ।

    आगामी आइतबारदेखि लागू हुने नियमानुसार नेपालबाट बेलायत जानेले १० दिन क्वारेन्टिनमा बस्नुपर्नेछ भने दोस्रो र आठौं दिनमा कोभिड परीक्षण गर्नुपर्ने भएको छ ।

    यसैबीच, खोप लगाएका नेपाली नागरिकले वैधानिक भिसामा स्वीटजरल्यान्डमा यात्रा अनुमति पाउने भएका छन् । स्वीटजरल्यान्डको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै खोप लगाएका नेपाली, बेलायती र भारतीयलाई क्वारेन्टिन बिनै यात्रा अनुमति दिने जनाएको छ ।

    अगस्ट ४ देखि यो नियम लागू भएको जनाइएको छ ।

  • जापानबाट ८ लाख र भुटानबाट ३ लाख डोज अस्ट्राजेनेका खोप शनिबार काठमाडौं आइपुग्ने

    जापानबाट ८ लाख र भुटानबाट ३ लाख डोज अस्ट्राजेनेका खोप शनिबार काठमाडौं आइपुग्ने

    काठमाडौं । आगामी शनिबार र आइतबार जापानबाट आठलाख डोज अस्ट्राजेनेका खोप नेपाल आइपुग्ने भएको छ ।

    जापानी दूतावासले विज्ञप्ति जारी गर्दै उसले दिने भनेको कूल १६ लाख डोजमध्येको आधा यसै सप्ताहन्तमा आउने जनाएको हो ।

    बाँकी ८ लाख डोज केही पछि आइपुग्ने जनाइएको छ । राजदूत किकुता याकुताले आज स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भेट गर्दै खोप आइपुग्ने जनाएका छन् ।

    यसैबीच, भुटानले पैंचोमा दिन लागेको ३ लाख डोज अस्ट्राजेनेका खोप पनि शनिबार नै आइपुग्ने भएको छ ।

     

  • भेरोसेल खोपको दोस्रो डोज शुक्रबारदेखि : काठमाडौंका १४७ केन्द्रमा कसले-कहाँ लगाउन पाउने ? (सूचीसहित)

    भेरोसेल खोपको दोस्रो डोज शुक्रबारदेखि : काठमाडौंका १४७ केन्द्रमा कसले-कहाँ लगाउन पाउने ? (सूचीसहित)

    काठमाडौं । शुक्रबारदेखि मुलुकका ७७ वटै जिल्लामा कोभिड-१९ विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाइँदैछ । स्वास्थ्य सेवा विभागले भीडभाड नगरी खोप लगाउने कार्यक्रम संचालन गर्न मातहतका निकायलाई निर्देशन दिइसकेको छ । काठमाडौं जिल्लामा मात्र १४७ वटा खोप केन्द्र तोकिएको छ ।

    पहिलो मात्रा लगाउँदाको कार्ड, विद्युतीय दर्ता गर्दाको प्रिन्ट तथा फोटोसहितको नम्बरको आधारमा खोप लगाउन पाइने जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । साउन २४ गतेसम्म खोप अभियान संचालन हुने जनाइएको छ । काठमाडौं महानगरपालिकामा मात्र ३२ वटा वडामै खोप केन्द्र रहने व्यवस्था मिलाइएको छ ।

    काठमाडौं महानगरमा अत्यावश्यक सेवामा कार्यरतहरुका लागि राधास्वामी आइसोलेसन, सशष्त्र प्रहरी अस्पताल, वीर, शिक्षण, निजामती कर्मचारी, परोपकार प्रसूति अस्पताल र काठमाडौं मेडिकल कलेज सिनामंगललाई खोप केन्द्र तय गरिएको छ ।

    विदेशमा जानेहरुको हकमा भने वीरेन्द्र सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल, शुक्रराज ट्रपिकल अस्पताल टेकु, निजामती कर्मचारी अस्पताल टेकु र सशष्त्र प्रहरी अस्पताल तय गरिएको छ ।

    पहिलो मात्रा लगाएको २१ दिन पुरा भएको, ५५ वर्ष वा सोभन्दा माथिल्लो उमेरका सबै नागरिकहरु, विश्वविद्यालय र विद्यालयका प्राध्यापक, कर्मचारी, शिक्षक, सार्वजनिक यातायातका चालक र सहचालक र खोप अनिवार्य गरिएका मुलुकमा जाने श्रमिकले मात्र खोप लगाउन पाउनेछन् ।

    हेर्नूस सूची :