Category: स्वास्थ्य-जीवनशैली

  • खोप लगाएकाको प्रमाणपत्रको शुल्क नलिन मन्त्रालयको आग्रह

    खोप लगाएकाको प्रमाणपत्रको शुल्क नलिन मन्त्रालयको आग्रह

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाएकाको क्युआर कोडसहित प्रमाणपत्रको शुल्क नलिन आग्रह गरेको छ ।

    केही म्यानपावर कम्पनीले प्रमाणपत्रका लागि वैदेशिक रोजगारमा जाने व्यक्तिसँग शुल्क लिइरहेको जानकारीमा आएकाले विज्ञप्ति जारी गर्दै सो आग्रह गरिएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए ।

    विदेश जानुपर्ने कतिपय व्यक्तिले कोभिड–१९ विरुद्धको खोप लगाएको क्युआर कोडसहितको प्रमाणपत्र लिन अनलाइन फाराम भरी म्यानपावर कम्पनीलाई शुल्क बुझाउनु परेको गुनासा प्राप्त भएकाले त्यसो नगर्न अनुरोध गरिएको र शुल्क लिनेलाई कडा कारवाही गरिने पनि विज्ञप्तिमा उल्लेख छ ।

  • शंकरदेवमा माधवपक्षीय अखिल फोर्सद्वारा सेनिटरी प्याड मेसिन सहयोग (भिडियो)

    शंकरदेवमा माधवपक्षीय अखिल फोर्सद्वारा सेनिटरी प्याड मेसिन सहयोग (भिडियो)

    काठमाडौं । माधव नेपालपक्षीय अखिल फोर्सले सेनिटरी प्याड भेन्डिङ मेसिन वितरण गरेको छ ।

    सोमवार शंकरदेव क्याम्पसमा अनेरास्ववियूको समन्वयमा केन्द्रीय अखिल फोर्सले सेनिटरी प्याड भेन्डिङ मेसिन वितरण गरेको हो । फोर्सले देशभरका विद्यार्थीका मागहरूमा केन्द्रित रही रचनात्मक काम गर्ने योजनाअनुरूप मेसिन वितरण गरिएको अनेरास्ववियू अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए । उनका अनुसार देशभरका आंगिक क्याम्पसहरूमा सेनिटरी प्याड भेन्डिङ मेसिन वितरण गरिनेछ ।

    शंकरदेव क्याम्पसकी उपप्रमुख मिखा श्रेष्ठले आंगिक कलेजहरूमा धेरै कुराहरू आवश्यक रहेकोले यस्ता कामहरू गर्दै जान सुझाव दिइन् । महिलाहरुको लागि अखिल फोर्सको यो कार्य उल्लेखनीय भएको भन्दै श्रेष्ठले कलेजका शौचालयमा धेरै समस्या भएको बताइन् ।

     

  • खोपको व्यवस्थापन र वितरण नै महामारीविरुद्ध लड्ने मुख्य उपाय हो : प्रधानमन्त्री देउवा

    खोपको व्यवस्थापन र वितरण नै महामारीविरुद्ध लड्ने मुख्य उपाय हो : प्रधानमन्त्री देउवा

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरानाविरुद्धको खोपको व्यवस्थापन र वितरण नै महामारीविरुद्ध लड्ने मुख्य उपाय हो भन्नेमा सरकार पूर्ण विश्वस्त रहेको बताएका छन् ।

    कान्तिपुर इकोनमिक समिट २०२१ लाई आज भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले सरकारले कोभिड–१९ विरुद्धको तत्कालिक, मध्यमकालीन तथा दीर्घकालीन आर्थिक पुनरुत्थानको रणनीतिमा काम गरिरहेको जानकारी दिए ।

    उनले भने, ‘एकातिर खोप व्यवस्थापनका लागि आवश्यकपरेमा संसारका हरेक खोप निर्मातासम्म सबै खालका उपाय लगाएर पुग्नेछौँ भने अर्कोतिर पहुँच भएकाले मात्र खोप पाउने स्थिति नबनोस् भनेर खोपको वितरण सामन्यायिक हुने मानवीय आधारको हुने स्थिति पनि बनाउने छौँ ।’

    यो सप्ताहान्तसम्म पूर्णमात्रामा खोप लगाएका ३२ लाखसहित कूल ७८ लाख जनाले कम्तीमा खोपको पहिलो डोज लगाएका र दैनिक तीन लाख ६७ हजार जनासम्मलाई खोप लगाउन सकिएको अवस्था बनेको उनले बताए । हाल नेपालमा आइसकेको एक करोड आठ लाख खोपबाहेक आगामी असोजसम्म कम्तिमा अर्को एक करोड खोप मुलुकमा आउने भएको छ । यसबाहेक आगामी चैतसम्म सरकारले खोप लगाउन उपयुक्त सबै जनतालाई खोप लगाएर सक्ने प्रण गरेको प्रधानमन्त्री देउवाले जानकारी दिए ।

    ‘यसका अतिरिक्त अबको हाम्रो कोभिडविरुद्धको रणनीति विज्ञानमा, स्वास्थ्य क्षेत्रका विज्ञको सल्लाहमा आधारित हुनेछ भन्नेमा पनि म सरकार प्रमुखको हैसियतले सबैलाई विश्वस्त गराउन चाहन्छु’, उनले भने ।

    आर्थिक स्थायित्व कायम राख्ने गरी राहत कार्यक्रम

    प्रधानमन्त्री देउवाले खोपपछिको तत्कालिक अर्थव्यवस्था सञ्चालनको मूल नीति समष्टिगत आर्थिक स्थायित्व कायम राख्ने तथा उपयुक्त राहत कार्यक्रमको ढाँचा तयार गर्नेमा केन्द्रित हुने बताए ।

    गत वर्ष आर्थिक गतिविधि रोकिएर कर्जाको माग कम भएकाले पनि व्याजदर कम भएको थियो । जसले गर्दा ऋण लिएर व्यवसाय गरिरहेका उद्यमीलाई केही राहत भएको थियो । आर्थिक गतिविधि बिस्तारै बढ्दै जाँदा एकातिर कसरी व्याजदर अनियन्त्रितरुपमा बढ्नबाट रोक्ने भन्नेमा सरकारले ध्यान दिनेछ भने अर्कोतिर साना लगानीकर्ता तथा व्यवसायीलाई संरक्षण गर्ने, लघु तथा साना र मझौला उद्योगलाई विभिन्न लक्षित कार्यक्रमबाट समस्या समाधान गर्ने उनले उल्लेख गरे ।

    ठूला उद्योगको उत्पादनका लागि माग सिर्जना गर्ने, अनौपचारिक क्षेत्रमा रोजगारी गरिरहेका व्यक्तिले पनि वित्तीय संस्थाबाट सुलभरुपमा ऋण पाउने स्थिति बनाउने र कृषि तथा कृषिजन्य उद्योगको संरक्षण गर्दै किसानको उत्पादन खेर नजाने परिस्थिति सिर्जना गर्नेतर्फ सरकारले ध्यान दिने उनको भनाइ थियो ।

    महामारीले पीडित पर्यटन र यातायात क्षेत्रलगायत धेरै मानिसको जमघटमा आधारित पार्टी प्यालेस, डिपार्टमेन्टल स्टोर जस्ता विभिन्न व्यवसायलाई राहत दिनुको अलावा खोपमा प्राथमिकता पनि दिइने सरकारले जनाएको छ । कोभिड–१९ र बाढीपहिरोले सँगै असर गरेको अवस्थालाई सरकारले विशेष ध्यान दिनेछ ।

    मध्यमकालीन आर्थिक नीति खोप तथा महामारीमा कमी आएपछिको मुलुकको पुनरुत्थानको प्रारम्भिक ढाँचा तयार गर्नेमा सरकार केन्द्रित हुने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले यसअन्तर्गत सरकारले विपन्न वर्गलाई रोजगारीको प्रमुख स्रोत बनेका सडक आयोजना कार्यान्वयनको गति बढाउने, आवश्यक नियम कानून संशोधन गरी उद्योग क्षेत्रमा रोजगारीमूलक लगानी बढाउन आँटिला सुधार गर्ने, अस्पताललाई स्तरोन्नित गर्नेलगायत कार्य गर्ने अवगत गराए ।

    सरकारको दीर्घकालीन रणनीतिअनुसार कोभिड–१९ को महामारीको समग्र असरको आर्थिक तथा भौगोलिक क्षेत्रगत अध्ययनको निष्कर्षमा आधारित हुनेछ । ती निष्कर्ष भविष्यमा स्वास्थ्य मापदण्ड बनाएर त्यसको पालना गराउने, आर्थिक रुपान्तरणकारी आयोजना सम्पन्न गर्ने र शिक्षा तथा सामाजिक सुरक्षालगायतका क्षेत्रको समग्र गुणस्तर बढाउनेसँग सम्बद्ध हुने सरकारको सोच रहेको छ ।

  • आइतबार काठमाडौं उपत्यकामा थपिए ७३९ संक्रमित

    आइतबार काठमाडौं उपत्यकामा थपिए ७३९ संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७३९ जना नयाँ संक्रमित थपिएका छन् । जसमा काडमाडौंमा ५२२ जना, भक्तपुरमा ६३ जना र ललितपुरमा १५४ जना थपिएका छन् ।

    हालसम्म उपत्यकामा ११,७८६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमध्ये काठमाडौंमा ८,४३० जना, भक्तपुरमा १,३८६ जना र ललितपुरमा १९७० जना छन् ।

    हालसम २१ वटा जिल्लामा ५०० भन्दा बढी संक्रमित रहेका छन् भने १६ वटा जिल्लामा २०० भन्दा बढी कोरोनाभाइरस संक्रमित छन् ।

  • कोरोना अपडेट : २२ सय संक्रमित थपिए, ३३ जनाको मृत्यु

    कोरोना अपडेट : २२ सय संक्रमित थपिए, ३३ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा २,२१२ जना थप कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार १०९ नमुना (पीसीआर ८०८८ र एन्टीजेन ४०१८) परीक्षण गर्दा संक्रमण पुष्टी भएको हो ।

    आइतबार सोही अवधिमा ३३ जनाको मृत्यु भएको छ भने १,८६७ जना डिस्चार्ज भएका छन् ।

    हालसम्म कोरोनाभाइरस संक्रमितको संख्या ७ लाख ३२ हजार २७२ रहेको छ भने कूल १०,२९२ जनाले ज्यान गुमाइसकेको मन्त्रालयले जनाएको छ ।

    मुलुकमा ३९ हजार २९८ जना सक्रिय संक्रमित रहेका छन् । गत २४ घण्टामा ७० हजार ७७० ले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

    मन्त्रालयका अनुसार आईसीयूमा ७५८ जना , भेन्टिलेटरमा १९३ जना, होम आइसोलेशनमा ३५०१८ जना, संस्थागत आइसोलेशनमा ४२८० र क्वारेन्टाइनमा ४१९ जना रहेको तथ्यांकमा उल्लेख छ ।

  • मुलुकका ५७ जिल्लाकाे निषेधाज्ञामा कडाइ, २२ जिल्ला संक्रमणको रेडजोनमा

    मुलुकका ५७ जिल्लाकाे निषेधाज्ञामा कडाइ, २२ जिल्ला संक्रमणको रेडजोनमा

    काठमाडौँ । ललितपुर र भक्तपुर जिल्लामा अघिल्लो साता (साउन २१–२७) मा भेला प्रशिक्षण तथा गोष्ठी अनिवार्य भर्चुअलको माध्यमबाट मात्रै आयोजना गर्ने गरी आदेश जारी भयो ।

    यसको अघिको आदेश हेर्ने हो भने २५ जनाभन्दा बढी सहभागी नहुने गरी कार्यक्रम गर्न सकिन्थ्यो । यही साउन २८ देखि अगामी भदौ ८ गतेसम्मका लागि जारी आदशेमा यसका अतिरिक्त राति ८ बजेभित्रमा सार्वजनिक तथा निजी सवारी गन्तव्य स्थलमा पुगिसक्नुपर्ने थप आदेश जारी भएको छ ।

    ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले भने, ‘राति बीच बाटोमा अलमल गर्ने अवस्था देखियो, यसले भीडभाड बढेको पाइयो, यसलाई रोक्न ८ बजेभित्र नै गन्तव्यमा पुगिसक्नुपर्ने गरी निर्णय गरिएको हो ।’

    स्थानीय प्रशासनले मानवीय लापरबाहीका कारण कोभिड–१९ फैलने खतरा रहेको निष्कर्ष निकाल्दै आदेशलाई केही कडाइ गर्न थालेको हो । अन्य विभिन्न दर्जनभन्दा बढी जिल्लाले समेत कडाइ गर्दै निषेधको आदेश जारी गर्न थालिसकेको छ । गृह मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेल कोरोना संक्रमण दरमा वृद्धि भएसँगै काठमाडौँ ललितपुर, भक्तपुरसहित झापा, इलाम, पर्सा, दाङ, बाँके, सुर्खेतलगायत जिल्लाले आदेशमा केही कडाइ गर्दै थपेको बताउछन् । उनका अनुसार यसरी आंशिक वा पूर्ण रुपमा आदेश जारी गर्ने ५७ जिल्ला रहेका छन् । मुलुकभर नै निषेधाज्ञामा कडाइ गर्न थालिएको छ ।

    कोरोनाको दोस्रो लहर सुरुआत भएलगत्तै गएको वैशाख ७ गते नै सीमित क्षेत्र तोकेर निषेधाज्ञा लगाउने पहिलो जिल्ला बाग्लुङले समेत अघिल्लो हप्ताबाट थप कडाइ गर्न थालेको छ । पछिल्ला दिनमा कोभिड–१९ को सङ्क्रमण वृद्धि हुँदै गएको निष्कर्ष निकाल्दै जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसका आधारमा यही साउन २६ गतेको निर्णयले बिहान १० बजेसम्म मात्र अत्यावश्यक सामग्री खरिद÷बिक्रीका लागि समय खुला गरेको छ ।

    उक्त जिल्लामा अन्य गतिविधिसमेत बार तोकेर सञ्चालनको अनुमति दिइएको छ । अघिल्लो साता दुई सय जना नयाँ संक्रमित देखिएकामा त्यसको पछिल्लो हप्ता नयाँ संक्रमित पाँच सय पुगेको थियो । त्यसैले अहिले जिल्लामा परीक्षणको दायरासमेत बढाएर नियन्त्रणको काम तीव्र पारिएको निमित्त प्रजिअ गणेश गौतमले जानकारी दिए । बाग्लुङमा आज सक्रिय संक्रमितकोसंख्या ७२० छ ।

    दोस्रो लहरका समयमा सबैभन्दा प्रभावित भएको बाँके जिल्लामा वैशाख १३ गते निषेधाज्ञा जारी गरिएको थियो । बाँके दोस्रो लहरको कोरोना संक्रमणका बेला निषेधको आदेश जारी गर्ने दोस्रो जिल्ला हो । बाँकेमा पछिल्लो समयमा कोरोनाका बिरामीसँगै अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ । यही साउन २२ को निर्णयानुसार मानिसको भीडभाडका कारण सम्भावित तेस्रो लहरको प्रतिकार्यमा समेत बाधा पुग्नसक्ने जोखिम बढेको जनाउँदै बाँकेका प्रजिअ शिवराम गेलालले पूर्वजारी आदेशबमोजिम निषेध गरिएका गतिविधि नगर्न÷नगराउन सचेत गराएको छ ।

    यसपछि तेस्रो नम्बरमा (वैशाख १४ गते) निषेधको आदेश जारी गर्ने सुर्खेत जिल्लामा पनि कोरोनाको संक्रमण बढ्दै गएको निष्कर्ष निकाल्दै आदेशलाई केही कडाइ गर्न थालिएको छ । सुर्खेतले साउन २२ को निर्णयअनुसार जिल्लामा तरकारी, दूध, फलफूल खरिदका लागि बिहान ६ देखि ७ बजेसम्म र खाद्यान्न खरिद बिक्रीका लागि बिहान ७ देखि ८ बजेसम्मका लागि पसल खोल्न अनुमति दिएको छ ।

    झापा जिल्ला अझै एक कदम अघि बढेर आदेश जारी गरेको छ । साउन ३२ सम्म जारी आदेशमा अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमै रोक लगाइएको छ । सरकारी तथा सार्वजनिक कार्यालयको सेवा स्थगत गरिएको छ भने अत्यावश्यक सेवा सञ्चालन गर्ने कार्यालयलाई पनि न्यूनतम कर्मचारी राखेर सेवा दिन आदेश भनिएको छ । अन्य अत्यावश्यक सामग्री ढुवानीका साधन भने समय तोकेर सञ्चालन गर्न सकिने जनाइएको छ ।

    चितवनमा पनि संक्रमितको संख्या र संक्रमण दर वृद्धि भइरहेकाले अत्यावश्यक काम नपरी बाहिर ननिस्कन स्थानीय प्रशासनले अनुरोध गरिसकेको छ । यी केही प्रतिनिधिमूलक जिल्ला हुन् । अहिले पनि मुलुकका ५७ जिल्लामा निषेधाज्ञा जारी गरी कोभिड– १९ नियन्त्रणका गतिविधि सञ्चालन भइरहेको छ । प्रायः जिल्लामा कोभिडका बिरामीको चाप बढ्दै गएको निष्कर्षका साथ त्यसको नियन्त्रणका लागि निषेधाज्ञामा कडाइ गर्न थालिएको छ ।

    गृह मन्त्रालयका प्रवक्ता पोखरेलले कोरोना जोखिम आङ्कलन गरेरै स्वास्थ्य मन्त्रालयले पठाएको सूचनाका आधारमा गृह मन्त्रालयले बन्द रहेका देशभरका कोभिड–१९ आइसोलेशन सेन्टर, अस्पताल र शिक्षण अस्पताल पुनः सूचीकरण एवं व्यवस्थापन गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको बताए । कोरोनाको पहिलो र दोस्रो लहरका बेला सूचीकृत गरिएका अस्पताललाई पुनः सूचीकरण गर्न भनिएको हो ।

    गृहले अद्यावधिक विवरण यकिन गरी दैनिक रुपमा विवरण पठाउन र अस्पतालको अनुगमन र सुपरिवेक्षण गर्न पनि निर्देशन दिइसकेको छ । उनका अनुसार केही जिल्लाले सवारी नै सञ्चालन गर्न रोक लगाएर आदेश जारी गरिसकेका छन् ।

    विगतको अनुभव हेर्दा निषेधको आदेशले कोभिड–१९ नियन्त्रणमा महत्वपूर्ण योगदान दिएको स्वास्थ्यविज्ञले बताउँदै आएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारी संक्रमण रोक्न निषेधको आदेश महत्वपूर्ण टुल भएको नेपालको विगतको उदाहरणले नै देखाउने बताउँछन् ।

    सरकारले आवश्यकता हेरी निषेधको आदेश जारी गर्ने अधिकार प्रजिअलाई नै दिएका कारण स्थानीय प्रशासनले संक्रमणको अवस्थाको आधारमा आदेश कडाइ र खुकुलो बनाउँदै आएका छन् ।

    गृहमन्त्री बालकृष्ण खाँडले कोरोनाको तेस्रो लहर आएमा बिरामीले अस्पतालको बरन्डासमेत नपाउने अवस्था सिर्जना हुनेतर्फ मातहतका निकायको ध्यानाकर्षण गराइसकेका छन् ।

    एक हजारदेखि दुई हजारको हाराहारीमा दैनिक संक्रमण देखिँदै आएकामा पछिल्ला केही हप्तामा बढेर दुईदेखि चार हजारको हाराहारीमा संक्रमित देखिन थालेका छन् । यो बीचमा एक दिनमा पाँच हजार बिरामी र एक दिन ५५ जनाको समेत मृत्यु भएको विवरण आएको थियो ।

    दोस्रो लहर कम भएको पछिल्ला केही हप्तामा यो उच्चतम संक्रमण र मृत्यु संख्या हो । शुक्रबार मात्रै ११ हजार सात सय आठ पीसीआर परीक्षणमा दुई हजार सात सय ६३ र छ हजार आठ सय ७४ एन्टीजेन परीक्षणमा एक हजार एक हजार ५२ जना गरी कूल तीन हजार नौ सय १५ जनामा संक्रमण पुष्टि भएको थियो ।

    योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोनाभाइरस संक्रमितको संख्या सात लाख २८ हजार पाँच सय ३२ रएन्टीजेन परीक्षण गर्नेको संख्या ७४ हजार ३४ पुगेको छ । मृत्यु हुनेको संख्या अहिलेसम्म दश हजार २३९ पुगेको छ । नेपालमा संक्रमणमुक्त हुने दर ९३ दशमलव ३ प्रतिशत रहेको छ । यसरी निषेधाज्ञा खुकुलो बनाउँदा मानिसमा कोरोना नै हराइसकेको भन्ने सन्देश पुगेकाले समस्या बढ्दै गएको जनस्वास्थ्य विज्ञको भनाइ छ । रासस

  • शनिबार काठमाडौं उपत्यकामा थपिए ७९५ संक्रमित

    शनिबार काठमाडौं उपत्यकामा थपिए ७९५ संक्रमित

    काठमाडौं । काठमाडौ उपत्यकामा पछिल्लो २४ घण्टामा ७९५ जना नयाँ संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा ५३५, भक्तपुरमा ९६ र ललितपुरमा १६४ जना छन् ।

    उपत्यकामा ११ हजार ८८८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमध्ये काठमाडौंमा ८५७९, भक्तपुरमा १३९१ र ललितपुरमा १९१८ जना छन् ।

    नेपालभरी २२ वटा जिल्लामा ५०० भन्दा बढी संक्रमित रहेका छन् भने १५ वटा जिल्लामा २०० भन्दा बढी संक्रमित रहेका छन् ।

  • शनिवार २६ सय कोभिड संक्रमित थपिए, २० जनाको मृत्यु

    शनिवार २६ सय कोभिड संक्रमित थपिए, २० जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा २६ सय २४ कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५७३ जनाको नमुना (८,६६७ पीसीआर र ४,९०६) परिक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    शनिबार २० जनाले ज्यान गुमाएका छन् भने १३ सय २० जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार मुलुकमा ३९ हजार ४०५ जना सक्रिय संक्रमित रहेका छन् ।

    पछिल्लो २४ घण्टामा देशभर ९४ हजार ७८९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

    हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १०,२५९ रहेको छ भने कूल ७ लाख भन्दा बढी संक्रमित रहेको तथ्यांकमा उल्लेख छ ।

     

  • लामो अन्तरमा खोप लगाउँदा पनि प्रभावकारी हुन्छ : स्वास्थ्य मन्त्रालय

    लामो अन्तरमा खोप लगाउँदा पनि प्रभावकारी हुन्छ : स्वास्थ्य मन्त्रालय

    काठमाडौं । स्वास्थ्य मन्त्रालयले धेरै समयको अन्तरमा कोरोना भाइरसविरुद्धको खोप लगाउँदा पनि प्रभावकारी हुने जनाएको छ । मन्त्रालयले ‘कोभिशिल्ड’ खोपको पहिलो मात्रा लगाएको लामो समयका अन्तरमा अहिले ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा लगाउन थालिएकाले उक्त खोपले काम गर्ने स्पष्ट पारेको छ ।

    मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले ‘कोभिशिल्ड’ को पहिलो मात्रा लगाएको करिब पाँच महिनापछि दोस्रो मात्रा लगाए पनि खोपले काम गर्ने जानकारी दिए । फागुन २३ देखि चैत १० गतेसम्म ६५ वर्ष माथिका उमेर समूहका करिब साढे १४ लाख व्यक्तिलाई सो खोपको पहिलो मात्रा लगाएकामा अहिले करिब पाँच महिनापछि ‘एस्ट्राजेनिका’ खोपको दोस्रो मात्रा दिइएको छ ।

    “कोभिशिल्ड÷एस्ट्राजेनिका खोप लगाउँदा दुई मात्रा बीचको अन्तराल दुईदेखि तीन महिना हुन्छ भनिएकामा अहिले पाँच महिनापछि दोस्रो मात्रा दिएको छ,” उनले भने, “यसबीच भएका अध्ययनले पहिलो मात्राले पनि काम गरिरहने र धेरै समयको अन्तरालमा दोस्रो मात्रा लगाउँदा पनि प्रभावकारी हुने देखिएका छन् ।”

    उनले पहिलो मात्रा र दोस्रो मात्राको अन्तराल पाँच महिनाको भए पनि खोपले प्रभावकारी रुपमा काम गर्ने भएकाले ढुक्क भएर ‘एस्ट्राजेनिका’ खोपको दोस्रो मात्र लगाउन अनुरोध गरेका छन् ।

    भूटानबाट दुई लाख ३० हजार र जापानबाट पाँच लाख १३ हजार मात्रा ‘एस्ट्राजेनिका’ खोप आइसकेपछि मन्त्रालयले कोभिशिल्डको सट्टामा ‘एस्ट्राजेनिका’ खोप लगाएको हो ।

    उनले कोभिशिल्ड र एस्ट्राजेनिका खोप एउटै कम्पनी र एउटै फर्मुलामा बनेकाले लगाउन केही फरक नपर्ने भएकाले कोभिशिल्डको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो मात्राका रुपमा एस्ट्राजेनिका लगाइएको जानकारी दिए । हालसम्म ४६ लाख ५९ हजार चार सय १४ पहिलो मात्रा र ३२ लाख २३ हजार ६ सय ९३ जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

  • उपत्यकाका चार अस्पताल र बाहिरका ५० शैया भन्दामाथीका अस्पतालबाट खोप प्रमाणीकरण हुने

    उपत्यकाका चार अस्पताल र बाहिरका ५० शैया भन्दामाथीका अस्पतालबाट खोप प्रमाणीकरण हुने

    काठमाडौं । काठमाडौं उपत्यकामा टेकु अस्पतालका अतिरिक्त पाटन अस्पतालल नेपाल प्रहरी अस्पताल र निजामती अस्पतालबाट र उपत्यका बाहिरका ५० शैया भन्दा माथीका सरकारी अस्पतालबाट समेत खोप प्रमाणीकरण गर्ने व्यवस्था मिलाइएको गृह मन्त्रालयले स्पष्ट पारेको छ । वैदेशिक रोजगारमा जाने युवालाई समेत लक्षित गरी खोप लगाउन थालिएसँगै खोप प्रमाणीकरणको माग अत्याधिक बढ्न गएकाले यस्तो व्यवस्था गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई उदृत गर्दै गृह मन्त्रालयले एक विज्ञप्तीमार्फत स्पष्ट पारेको हो ।

    विगतमा कोभिड–१९ विरुद्धको भ्याक्सिन लगाएकालाई वैदेशिक यात्रा प्रयोजनका लागि खोपको प्रमाणीकरण आवश्यक परेको अवस्थामा टेकु अस्पतालबाट प्रमाणीकरण हुँदै आएको थियो । कतिपय देशले क्यूआर कोडसहितको खोप प्रमाणीकरणलाई मात्र मान्यता दिने गरेकाले खोप प्रमाणीकरण आवश्यक पर्ने व्यक्ति स्वयंमले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनलाईन प्रणालीमार्फत खोप लगाइएको विवरण प्रविष्ट गरी आवश्यक कागजात अर्थात खोप कार्ड, राहादानी नम्बर, अनलाईन फर्ममा रहेको कबुलियतनामाको नमूना अपलोड गरी क्यूआर कोडसहितको प्रमाणीकरण प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव फणिन्द्रमणी पोखरेलले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

    अनलाईन प्रणालीमाफर्त अपलोड गरिएका कागजात स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको अनलाईनबाटै स्वतः प्रमाणीकरण हुने र यो प्रक्रिया निरन्तर रुपमा चलिरहने भएकाले क्यूआर कोडसहितको प्रमाणपत्र क्रमशः सबैले पाउने व्यवस्था समेत मिलाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले यस विषयमा कुनै समस्या भए बरिष्ठ जनस्वास्थ्य अधिकृत दिपक झाको मोबाइल नम्बर ९८४३२८४३५२ मा सम्पर्क राख्न पनि अनुरोध गरेको छ ।

  • नेपालले ४० लाख डोज मोर्डना खोप प्राप्त गर्ने, २०२२ को मार्चदेखि आपूर्ति सुरु हुँदै

    नेपालले ४० लाख डोज मोर्डना खोप प्राप्त गर्ने, २०२२ को मार्चदेखि आपूर्ति सुरु हुँदै

    काठमाडौं । नेपालले कोभ्याक्स संयन्त्रमार्फत कोभिड-१९ विरुद्ध ४० लाख डोज मोर्डना खोप प्राप्त गर्ने भएको छ । विश्व बैंकले सो मात्राको खोप नेपाललाई खरिद गरिदिने भएको हो ।

    शुक्रबार विश्व बैंक र गाभी संयन्त्रबीच ४ मिलियन डोज मोर्डना खोप खरिदबारे सम्झौता भएको बैंकद्वारा विज्ञप्तिमा उल्लेख छ । विश्व बैंकले किनिदिने सो खोप नेपालले कोभ्याक्स संयन्त्रमार्फत प्राप्त गर्नेछ ।

    सन् २०२२ को मार्चदेखि खोपको आपूर्ति सुरु हुने जानकारी दिँदै विश्व बैंकले १२ देखि १७ वर्ष उमेर समूहका किशोर किशोरीलाई उक्त खोप प्रभावकारी हुने समेत जनाएको छ ।

    विश्व बैंकका नेपाल निर्देशक फरिस हदाद जर्भोभले महामारीविरुद्धको स्वास्थ्य सहायतामा बैंक नेपालसँगै रहेको जनाएका छन् । महामारी सुरु भएयता विश्व बैंकले नेपाललाई १०४ मिलियन डलर बराबरको स्वास्थ्य सहायता उपलब्ध गराएको छ ।

  • शुक्रबार झन्डै ४ हजार कोभिड संक्रमित थपिए, २७ जनाको मृत्यु

    शुक्रबार झन्डै ४ हजार कोभिड संक्रमित थपिए, २७ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ३९१५ जना कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १८ हजार ५८२ नमुना ९११ हजार ७०८ पीसीआर र ६८७४ एन्टीजेन० परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    शुक्रबार थप २७ जनाको मृत्यु भएको छ । २११८ जना निको भएका छन् । सक्रिय संक्रमित संख्या ३८ हजार ७९८ पुगेको छ ।

    काठमाडौं उपत्यकामा शुक्रबार १०९८ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ७९९, ललितपुरमा १२८ र भक्तपुरमा १६२ जना संक्रमित थपिएका छन् ।

    ३२ लाख २३ हजार जनाले पूर्ण डोज खोप लगाएका छन् । कूल मृतक संख्या १० हजार २३९ पुगेको छ । कूल संक्रमित संख्या ७ लाख २८ हजार रहेको छ ।

  • अशक्त,अपांग र दीर्घरोगीलाई घरमै गएर कोभिडविरुद्धको खोप लगाउन अदालतको आदेश

    अशक्त,अपांग र दीर्घरोगीलाई घरमै गएर कोभिडविरुद्धको खोप लगाउन अदालतको आदेश

    काठमाडौं । सर्वाेच्च अदालतले खोप केन्द्रसम्म जान नसक्ने जेष्ट नागरिक,अशक्त तथा अपांगता भएका र दृष्टिविहीन लगायत दीर्घरोगीहरुलाई घर घरमै गएर खोप सेवा उपलब्ध गराउन आदेश दिएको छ ।

    न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले अधिवक्ता प्रवेश केसीको रिटमाथि सुनुवाई गर्दै शुक्रवार यस्तो आदेश दिएको हो ।

    अदालतले अशक्त,अपांग र दीर्घ रोगी तथा थला परेकाहरुको वडास्तरबाट लगत संकलन गरि घर घरमै खोप सेवा उपलब्ध गराउन आदेश जारी गरेको हो । संविधानले दिएको मौलिक हक कार्यन्वयनका सन्दर्भमा अदालतले यस्ता आदेश दिएको हो ।

  • पोखराका २५ सय पर्यटनकर्मीले लगाए खोप

    पोखराका २५ सय पर्यटनकर्मीले लगाए खोप

    पोखरा । पर्यटन परिषद्को समन्वयमा बिहीबार पोखराका दुई हजार ५०० पर्यटनकर्मीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । पोखराको विभिन्न पाँच स्थानमा पर्यटन सम्बद्ध सङ्घ संस्थालगायत पर्यटन क्षेत्रका मजदुर, कर्मचारी र पर्यटन व्यवसायीलाई प्राथमिकताका आधारमा खोप लगाउन कार्यक्रम सम्पन्न गरिएको परिषद्का महासचिव रामचन्द्र शर्माले जानकारी दिए ।

    उनका अनुसार नेपाल पर्यटन बोर्ड, होटल माउण्ट कैलाश, होटल बाराही, बुमराङ रेष्टुरेण्ट र खपौदीको द ब्रिजमा गरेर पाँच स्थानमा खोप केन्द्र तोकिएको थियो । प्रत्येक खोपकेन्द्रमा ५०० खोपको व्यवस्था गरिएको शर्माले जानकारी दिए ।

    परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले निकै लामो समयको प्रयासपछि पहिलो चरण सरकारले पर्यटन क्षेत्रलाई दुई हजार ५०० खोप छुट्याएको बताए । ‘हामीले निकै लामो समयदेखि तीन तहकै सरकारलाई खोपको माग गर्दै आएका थियौँ, अहिले पहिलो चरणमा जम्मा दुई हजार ५०० खोप उपलब्ध भयो’, भट्टराईले भने ।

    उनले पहिलो चरणको खोप अग्रमोर्चामा खटिने मजदुर, कर्मचारी र व्यवसायीलाई प्रबन्ध गरिएको जानकारी दिए । उनले अहिले लगाइएको खोप पर्याप्त नभएको जनाउँदै पुनः बाँकी पर्यटनकर्मीका लागि पनि सरकारले छिटो खोप उपलब्ध गराउनेमा आशावादी रहेको बताए । उनका अनुसार पोखरामा २० हजारभन्दा बढी पर्यटन क्षेत्रमा आबद्ध छन् ।

    गण्डकी प्रदेशका पर्यटन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेल र कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकमार थापाले खोपकेन्द्रको संयुक्त अनुगमन गरेका थिए । मन्त्री कँडेलले पोखरा पर्यटकीय राजधानी भएकाले पर्यटन क्षेत्रलाई प्राथमिकता राखेको जनाउँदै छिट्टै बाँकी पर्यटनकर्मीका लागि खोपको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    परिषद्का सदस्य एवं पर्यटन क्षेत्रमा आबद्ध पश्चिमाञ्चल होटल एशोसिएशन (हान), ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल पश्चिमाञ्चल (टान), नेपाल टुर एण्ड ट्राभल्स एजेण्ट्स (नाट्टा), रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान), नेपाल हवाई खेलकुद संस्था (ना), पोखरा ट्याक्सी व्यवसायी समिति, पर्यटन यातायात व्यवसाय समिति, गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ), पर्वतारोहण सङ्घ गण्डकी (एनएमए) इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसियशन (एगा), ट्रेकिङ इक्युपमेन्ट सप एशोसियन (टेसा), महिला पर्यटन व्यवसायी मञ्च ९ओटेफ०, पर्यटन व्यवसायी महिला सङ्घ (टेवान) लगायत २५ भन्दा बढी सङ्घसंस्थाका सदस्यहरुले खोप लगाएको परिषद्का उपाध्यक्ष एवं कार्यक्रमका संयोजक पोमनाराण श्रेष्ठ जानकारी दिए ।

    परिषद्ले पर्यटनकर्मीलाई खोपको सुनिश्चितता नभएसम्म पर्यटन व्यवसाय सञ्चालन गर्न नसकिने भएकाले ‘नो भ्याक्सिन, नो टुरिजम’ भन्दै सामाजिक सञ्जाललगायत जिल्ला प्रशासन अगाडि विभिन्न चरणमा दबाबमूलक आन्दोलनसमेत गरेको थियो । रासस

  • विद्यार्थीलाई आजदेखि अस्ट्राजेनेका खोप लगाउन सुरु (तस्वीरहरु)

    विद्यार्थीलाई आजदेखि अस्ट्राजेनेका खोप लगाउन सुरु (तस्वीरहरु)

    काठमाडौं । प्रवेशपत्रको आधारमा विद्यार्थीले पनि कोभिड–१९ विरुद्धको खोप लगाउन थालेका छन् । सिभिल अस्पताल लगायत राजधानीका खोप केन्द्रमा विद्यार्थीलाई अस्ट्राजेनेका खोप लगाउन थालिएको छ ।

    सिभिल अस्पतालमा बिहानैदेखि खोप लगाउने विद्यार्थी लामबद्ध थिए । पाँच संयुक्त विद्यार्थी संगठनले परिक्षार्थीलाई खोप लगाउन दबाब दिएपछि सरकारले बुधबार खोप लगाउने निर्णय गरेको थियो ।

    बिहीबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले पनि विद्यार्थीलाई प्रवेश पत्रको आधारमा खोप लगाइने जानकारी गराएका थिए । हेर्नूस् तस्विरहरु :

    
    
     
     
     
     
     
     
  • तोकिएको सिट सङ्ख्याभन्दा बढी भर्ना नगर्न मेडिकल कलेजलाई सर्वोच्चको आदेश

    तोकिएको सिट सङ्ख्याभन्दा बढी भर्ना नगर्न मेडिकल कलेजलाई सर्वोच्चको आदेश

    काठमाडौं । सर्वोच्च अदालतले नेपाल मेडिकल काउन्सिलबाट तोकिएको सिट सङ्ख्याभन्दा बढी गैरकानूनीरुपमा भर्ना गर्न नपाउने फैसला गरेको छ ।

    न्यायाधीश अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संयुक्त इजलासले गरेको फैसलाका पूर्णपाठमा मेडिकल कलेजका विद्यार्थीको समस्या समाधान गर्न आदेशको माग गर्र्दै दायर गरेको रिट निवेदनमाथि उक्त फैसला गरेको हो । जिल्ला सोनभद्र चोपान नगरपालिका- ८ भारत स्थायी घर भई मोरङ विराटनगर उपमहानगरपालिका-५ स्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल प्राली एमबिबिएस तहको पहिलो सत्रमा अध्ययनरत विद्यार्थी विनितकुमार वर्माले दायर गरेको रिट निवेदनमा उक्त फैसला आएको हो ।

    फैसलाको पूर्णपाठमा अदालतले चार बुँदे निर्देशनात्मक आदेश जारी गरेको छ । “अब उप्रान्त नेपालमा सञ्चालित मेडिकल कलेजले नेपाल मेडिकल काउन्सिलबाट तोकिएको सिट सङ्ख्याभन्दा बढी स्वदेशी वा विदेशी विद्यार्थी भर्ना नगर्नु नगराउनु”, फैसलाको पूर्णपाठमा भनिएको छ, “कुनै कारणवश बढी विद्यार्थी भर्ना गराएको देखिएमा तत्काल अर्को वर्षमा तोकिएको सिट सङ्ख्यामा नबढ्ने गरी सो अघिल्लो वर्षमा बढी भर्ना लिएको सिट सङ्ख्या बराबरका सिट नेपाल सरकारले प्रदान गर्ने अन्य छात्रवृत्तिसरह नै थप नेपाली विद्यार्थीलाई छात्रवृत्तिका रुपमा उपलब्ध गराउने व्यवस्था मिलाउनु ।”

    अदाललते आदेश कार्यान्वयन भए नभएकोसमेत निरीक्षण र अनुगमन गरी आवश्यक कारवाही गर्न भनेको छ । “उपर्युक्त बमोजिम सञ्चालित मेडिकल कलेजले प्रचलित कानून बमोजिम नेपाल सरकारको सरोकारवाला निकाय, नेपाल मेडिकल काउन्सिल र सम्बन्धित विश्वविद्यालयले तोकेको मापदण्ड एवं भर्ना सिट सङ्ख्याको पालना भए नभएको हेर्नु”, फैसलामा भनिएको छ, “यस सम्बन्धमा नियामक निकायको निर्णय, पत्र, निर्देशन तथा मापदण्ड र अदालतबाट कुनै आदेश भएको भए सो आदेश कार्यान्वयन भए नभएको नियमितरुपमा निरीक्षण एवं अनुगमन गरी आवश्यक कारवाही गर्नु गराउनु ।”

    अदाललते मेडिकल कलेजको निरीक्षण गर्न खटिएका व्यक्तिको सेवा शर्तअनुरुप निष्पक्षताका साथ कार्यसम्पादन भए वा नभएको हेर्न भनेको छ । “मेडिकल कलेजको निरीक्षण गर्न खटिएका अधिकार प्राप्त अधिकारीबाट आफ्नो सेवा शर्त अनुरुप तथा निष्पक्षताका साथ कार्यसम्पादन गरे नगरेकाबारे अनुगमन गरी निजको कार्यसम्पादनको अभिलेख राख्नु”, फैसलामा भनिएको छ, “सम्बन्धित निकायको जिम्मेवार अधिकृतमार्फत राख्न लगाई निजमध्ये कसैको कार्य सम्पादनमा व्यक्तिगत स्वार्थ वा कुनै पनि प्रकारको अन्य कैफियत देखिएमा निजलाई भविष्यमा यस प्रकृतिको निरीक्षण कार्यमा संलग्न नगर्नु नगराउनु ।”

    अदालतले नोबेल मेडिकल कलेजले शैक्षिकसत्र २०७२/०७३ का लागि एमबिबिएस शैक्षिक कार्यक्रममा नेपाल मेडिकल काउन्सिलबाट तोकिएको सिट सङ्ख्याभन्दा बढी भर्ना लिएको र पुनरावेदन अदालत पाटनको विसं २०७२ मङ्सिर १६ को आदेशबमोजिम गरेको नदेखिएकाले आगामी वर्षमा सम्बन्धित वर्षका लागि निर्धारित कूल सिट सङ्ख्यामा नबढ्ने भर्ना लिन भनेको छ ।

    “शैक्षिकसत्र २०७२/०७३ मा बढी भर्ना लिएका विद्यार्थी सङ्ख्याको पाँच भागको एक भाग सिट सङ्ख्याका दरले आगामी पाँच वर्षसम्म प्रत्येक वर्ष सरकारले उपलब्ध गराउने नेपाली विद्यार्थीको छात्रवृत्ति सङ्ख्यामा थप गर्ने व्यवस्था मिलाउनु”, निर्देशनात्मक आदेशमा भनिएको छ, “आगामी वर्षमा नेपाल मेडिकल काउन्सिलले स्वीकृत गरेको सिट सङ्ख्याभन्दा बढी विद्यार्थी भर्ना गर्ने अन्य मेडिकल कलेजको हकमा पनि उपरोक्त निर्देशन अनिवार्यतः लागू हुनेछ ।”

  • पाँच विद्यार्थी सङ्गठनद्वारा चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षा पुनः गराउन माग

    पाँच विद्यार्थी सङ्गठनद्वारा चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षा पुनः गराउन माग

    काठमाडौं । पाँच विद्यार्थी सङ्गठनले चिकित्सा शिक्षा आयोगबाट लिइएको मेडिकल र पारामेडिकल प्रवेश परीक्षा पुनः गर्न माग गरेका छन् ।

    राजधानीमा बिहीबार बसेको नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), अखिल (छैटौँ) र समाजवादी विद्यार्थी युनियनको संयुक्त बैठकले आयोगद्वारा लिइएको प्रवेश परीक्षामा कोटाभन्दा कम विद्यार्थी मात्र उत्तीर्ण गरेको भन्दै पुनः परीक्षाको माग गरेको अनेरास्ववियु अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए ।

    “प्रवेश परीक्षाबाट क्षमताभन्दा थोरै विद्यार्थी उत्र्तीण हुँदा विद्यार्थीले मुलुकभित्र अध्ययनको अवसर नपाई विदेश जाने परिस्थिति हुन्छ”, उनले भने, ‘जसले गर्दा विद्यार्थीलाई झन्झट, तनाव थपिने र नेपाली मुद्रा विदेशिने स्थिति बनेका कारण तत्काल पुनः प्रवेश परीक्षाको मिति सार्वजनिक गरी विद्यार्थीलाई देशमै अध्ययनको वातावरण बनाउन माग गर्दछौँ ।”

    बैठकले इञ्जिनीयरिङ क्याम्पसमा गरिएको शुल्क वृद्धि फिर्ता लिन र इञ्जिनीयरिङको शुल्क निर्धारण आयोग गठन गरी देशभरिका क्याम्पसमा एउटै शुल्क निर्धारण गर्न माग गरेको छ । पूर्वाञ्चल विश्वविद्यालयमा भएको भ्रष्टाचारको विषयमा उच्चस्तरीय छानबिन समिति गठन गरी भ्रष्टाचारमा संलग्नलाई कारवाही गर्न र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको भ्रष्टाचार अनियमितामा संलग्न उपकुलपतिलाई वर्खास्त गर्न पनि माग गरिएको छ ।

    यसैगरी बैठकले विदेशी विश्वविद्यालयको सम्बन्धमा सञ्चालित शिक्षण संस्थाले जथाभावी शुल्क असुल गरेको पाइएकाले ति संस्थामाथि अनुगमन गरी कारबाही गर्न बैठकले माग गरेको अखिलका अध्यक्ष पराजुलीले जानकारी दिए ।

    त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमा इञ्जिनीयरिङ, मेडिकल, वाणिज्य सहितका विषयमा कोटा थप गर्न माग गर्दै कक्षा ११ र १२ मा दिइँदै आएको छात्रवृति कार्यान्वयनको सन्र्दभमा शहरका विद्यालयमा कठिनाइ उत्पन्न भएको हुनाले तत्काल कार्यविधि बनाइ छात्रवृत्ति सहज बनाउन बैठकले माग गरेको छ ।

  • पाकिस्तानले नेपाललाई दियो दुई करोडका स्वास्थ्य सामग्री

    पाकिस्तानले नेपाललाई दियो दुई करोडका स्वास्थ्य सामग्री

    काठमाडौं । पाकिस्तानले नेपाललाई ३० भेन्टिलेटरसहित झण्डै २ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्रीहरु सहयोग गरेको छ ।

    नेपालका लागि पाकिस्तानका चार्ज डी अफेयर्स अदनान जाभेद खानले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रोशन पोखरेललाई मन्त्रालयमै भेटेर पाकिस्तानमै निर्मित ती सामग्री हस्तान्तरण गरे ।

    पाकिस्तानले सार्कका सदस्य राष्ट्रहरुका लागि प्रतिवद्धता गरेको कोभिड १९ आपतकालीन सहायता कार्यक्रमअन्तरगत ती स्वास्थ्य उपकरण उपहारका रुपमा प्रदान गरिएको काठमाडौंस्थित पाकिस्तानी दूतावासले जनाएको छ । अघिल्लो महिना दूतावासले नपाल सरकारलाई सोही कार्यक्रम अन्तरगत ४ करोड ३० लाख रुपैयाँभन्दा बढीको चेक प्रदान गरेको थियो ।

    स्वास्थ्य सामग्रीहरु बुझेपछि सचिव पोखरेलले पाकिस्तान सरकार र जनताप्रति आभार प्रकट गरेका छन् । चार्ज डी अफेयर्स खानले नेपाललाई कोभिडको रोकथाम र नियन्त्रणमा पाकिस्तानको सहयोग जारी रहने प्रतिवद्धता जनाए ।

  • नर्भिकमा बाथ र हर्मोन रोगको निःशुल्क ओपिडी सेवा सञ्चालन हुने

    नर्भिकमा बाथ र हर्मोन रोगको निःशुल्क ओपिडी सेवा सञ्चालन हुने

    काठमाडौं । नर्भिक अस्पतालको निःशुल्क आपीडी अभियान अन्र्तगत शनिवार दुई विशेषज्ञहरुले सेवा दिने भएका छन् ।

    नर्भिकमा कार्यरत वरिष्ठ हर्मोन रोग विशेषज्ञ डा. मधु पाण्डे र वरिष्ठ बाथरोग विशेषज्ञ डा. अभिलाषा शाहले निःशुल्क ओपिडी सेवा दिने भएका छन् ।

    सुगर, थाइराइड तथा हर्मोनसँग सम्बन्धित जुनसुकै समस्या भएका बिरामीले लाभ लिनसक्नेछन् ।

    नर्भिकले दुई साताअघिदेखि आफ्नो कर्पोरेट सोसियल रेसपोनसिबिलीटी(सीएसआर) अन्तर्गत प्रत्येक शनिवार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई निःशुल्क ओपिडी सेवाका लागि प्रस्तुत गर्ने गरेको छ । यही क्रममा आउने शनिवार डा.द्वयले बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म नर्भिक अस्पतालमै बिरामीहरुलाई निःशुल्क ओपिडी सेवा दिनेछन् ।

    निःशुल्क ओपिडी सेवा लिनका लागि नर्भिक अस्पतालका ओपीडी प्रमुख क्षितिज उप्रेतीलाई ९८४११८१२८१ नम्बरमा वा नर्भिक अस्पतालको ल्याण्डलाइन नम्बर ०१५९७००३२ मा फोन गरेर आफ्नो नाम टिपाउन सकिनेछ ।

    प्रत्येक शनिवारको निःशुल्क ओपिडी सेवामा बस्ने विशेषज्ञ चिकित्सकहरुको विषयमा पूर्वजानकारी नर्भिक अस्पतालको वेबसाइट र फेसबुक पेजबाट गराइन भएको छ ।

    नर्भिक अस्पतालका सीइओ अजयकुमार मिश्रले प्रत्येक शनिवार अलग–अलग विशेषज्ञहरुलाई फ्री ओपिडी सेवामा प्रस्तुत गरिने उल्लेख गर्दै सम्बन्धित बिरामीहरुलाई भरपूर फाइदा लिन आग्रह गरेका छन् ।

  • बिहीबार ३२ सय कोभिड संक्रमित थपिए, ३२ जनाको मृत्यु

    बिहीबार ३२ सय कोभिड संक्रमित थपिए, ३२ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ३२६० जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार ४६२ नमुना (१० हजार ८०६ पीसीआर र ४७५६ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    बिहीबार थप ३२ जनाको मृत्यु भएको छ । २२९४ जना निको भएका छन् । सक्रिय संक्रमित संख्या ३८ हजार १८० पुगेको छ ।

    काठमाडौं उपत्यकामा आज ११३३ जना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा ८११, ललितपुरमा १९२ र भक्तपुरमा १३० जना संक्रमित थपिएका छन् ।

    कूल मृत्यु संख्या १० हजार २१२ पुगेको छ । कूल संक्रमित संख्या ७ लाख २५ हजार (पीसीआर) र ७२ हजार (एन्टीजेन) पुगेको छ । कूल निको हुने संख्या ६ लाख ७७ हजार पुगेको छ ।

  • लुनकरणदास-गंगादेवी चौधरी च्यारिटी अस्पताल पुनः सञ्चालनमा आउने

    लुनकरणदास-गंगादेवी चौधरी च्यारिटी अस्पताल पुनः सञ्चालनमा आउने

    सुनसरी । यहाँको दुहबीमा संचालित लुनकरणदास–गंगादेवी चौधरी च्यारिटी अस्पताललाई स्तरोन्नति गरी पुनः संचालनमा ल्याइने भएको छ ।

    काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल र बसन्त चौधरी फाउण्डेसनले संयुक्त रुपमा ५ करोड रुपैयाँ लगानी गरी करिब साढे ३ वर्षदेखि बन्द रहेको सो अस्पताललाई स्तरोन्नति गर्दै पुनः संचालनमा ल्याउने भएको हो ।

    बन्द हुनुअघिसम्म १५ शैय्या क्षमतामा संचालनमा रहेको अस्पतालको स्तरोन्नति गरी ५० शैय्या बनाइनेछ । सो च्यारिटी अस्पताल नवीनतम प्रविधि र मेडिकल उपकरणले सुसज्जित हुनेछ ।

    सो अस्पताललाई नर्भिकले दक्ष जनशक्तिको साथै विशेषज्ञ सेवा समेत उपलब्ध गराउनेछ । अस्पतालको सम्पूर्ण प्राविधिक पक्ष नर्भिकले हेर्नेछ भने आर्थिक सहयोग बसन्त चौधरी फाउण्डेसनले जुटाउनेछ ।

    नर्भिक अस्पतालका संरक्षक बसन्त चौधरीले दुहबीको सो अस्पतालमा नर्भिकको प्रविधि, जनशक्ति तथा अनुभव समेत प्रयोग गरी पूर्वी नेपालका सर्वसाधारणलाई न्यून दरमा स्वास्थ्य सेवा उपलब्ध गराइने योजना रहेको बताए ।

    ‘हामीले सो अस्पताललाई पुनर्जीवन दिनका लागि ३ करोड रुपैयाँ बराबरको लगानी पूर्वाधार विकासमा गर्नेछौं,’ अध्यक्ष चौधरीले भने–‘२ करोड रुपैयाँ बराबरको स्वास्थ्य उपकरण उपलब्ध गराउनेछौं ।’

    करिब ८ हजार वर्गफिटको नयाँ संरचनासहित मुटुरोग/प्रसूति सेवा लगायतका शल्यक्रियाका लागि अत्याधुनिक अप्रेसन थिएटर, अत्याधुनिक उपकरणजडित आइसीयू लगायतका संरचना निर्माण गरी अस्पताल पुनः संचालन हुनेछ । सो अस्पतालमा डायलासिस सेवा समेत उपलब्ध हुनेछ । अस्पतालमा २४ सै घण्टा स्तरीय आकस्मिक सेवा समेत उपलब्ध हुनेछ ।

    अस्पतालमा ७५ जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् । आगामी बैशाख १ गते पर्ने नर्भिक अस्पतालको स्थापना दिवसको अवसर पारेर सो च्यारिटी अस्पतालको सम्पूर्ण सेवाको सुरुवात हुनेछ ।

    चौधरीका पितामाताको नाममा स्थापित सो अस्पतालको शिलान्यास २०५२ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गरेका थिए ।

  • ३३ प्रतिशत जनसंख्यालाई खोप सुनिश्चित : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

    ३३ प्रतिशत जनसंख्यालाई खोप सुनिश्चित : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

    काठमाडौं । सरकारले मुलुकको ३३ प्रतिशत जनसंख्यालाई लगाइने खोप सुनिश्चित भएको बताएको छ । आज प्रतिनिधि सभामा बोल्दै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले उक्त जानकारी दिएका हुन् ।

    सरकारले एडीबी र विश्व बैंकको आर्थिक सहयोगमा आवश्यक खोप खरिद गर्ने जानकारी दिँदै उनले १२ देखि १८ वर्ष उमेरकोलाई खोप लगाउन १ करोड डोज खोपको सुनिश्चितता भएको जनाए ।

    खोप व्यवस्थापन गर्न नसकिएकाले कक्षा १२ को परीक्षा पोस्टपोन्ड गर्नुपरेको बताउँदै राज्यमन्त्री श्रेष्ठले जसको कारण अहिलेको स्थितीमा जाँच दिन सक्ने अवस्था नरहेको बताए ।

    आन्तरिक मूल्यांकनको आधारमा परीक्षा संचालन गर्ने बारे सरकारले सोचिरहेको उनको भनाई छ । केही दिनमै मेलम्ची लगायतका बाढी प्रभावित ठाउँका बासिन्दालाई खोप लगाउने सुनिश्चितता गर्ने उनको भनाई छ ।

    मुलुकका ७७ वटै जिल्ला र काठमाडौंका १० खोप केन्द्रबाट क्यूआर कोडसहितको खोप प्रमाणीकरण कार्ड वितरण हुने उनले जनाए ।

  • अबको खोप काठमाडौं, जनघनत्व भएका तराईका जिल्ला र विद्यार्थीलाई लगाइने : १८ देखि ३० वर्ष उमेरकालाई कोभिसिल्ड दिइने (भिडियो)

    अबको खोप काठमाडौं, जनघनत्व भएका तराईका जिल्ला र विद्यार्थीलाई लगाइने : १८ देखि ३० वर्ष उमेरकालाई कोभिसिल्ड दिइने (भिडियो)

    काठमाडौं । सरकारले अबको कोभिड खोप प्राथमिकतामा राजधानी काठमाडौं, बढी जनघनत्व भएका तराईका जिल्ला र विद्यार्थीलाई राख्ने भएको छ । आज प्रतिनिधि सभामा बोल्दै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले ती क्षेत्रका व्यक्तिलाई प्राथमिकता दिई काम अघि बढाउने बताए ।

    ५०० भन्दा बढी संक्रिय संक्रमित भएका जिल्लाहरुमा पनि खोप कार्यक्रम प्राथमिकताका साथ अघि बढाउने उनले बताए । असोजसम्म थप एक करोडभन्दा बढी खोप आउने भएकाले खोप अभाव हुन नदिइने पनि उनले बताए । बुधबारको तथ्यांक अनुसार २० जिल्लामा सक्रिय संक्रमित छन्।

    खोप कार्यक्रमलाई व्यवस्थित बनाउन खोप केन्द्रहरु गप गरिने जानकारी पनि श्रेष्ठले दिए । खोप आपूर्तिमा वृद्धि गरिएको र ५ करोड ५० लाख डोज खोप आवश्यक पर्ने भन्दै स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले पूर्ववर्ती सरकारले ४२ लाख खोप उपलव्ध गराएको जानकारी गराए । बुधबारसम्म ७५ लाख डोज खोप लगाइएको उनले जानकारी दिए ।

    सरकारले खोप अभियानअन्तर्गत दैनिक १ लाख देखि २ लाख डोज लगाउने कार्यक्रम सुरु गरेको उनले जनाए । असोज मसान्तसम्म १ करोड ८ लाख डोज खोप प्राप्त हुने सुनिश्चत भएको उनले जनाए । उमेर समूह र आर्थिक गतिविधि हुने ठाउँमा छुट्टै व्यवस्थापन गरेर खोप दिइने उनको भनाइ छ। धेरै संक्रमित रहेका १५र१६ जिल्लामा खोप पहिला दिइने उनले बताए।

    निजी क्षेत्रसँगको साझेदारीबाट खोप कार्यक्रमलाई अघि बढाउने स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको भनाई छ । निजी क्षेत्रका स्वास्थ्य क्षेत्रलाई नाफाभन्दा सेवामुखी बनाउन सरकारले पहल गर्ने उनको भनाइ थियो ।

     

  • मनाङमा विद्युत् अभावले स्वास्थ्यसेवामा समस्या

    मनाङमा विद्युत् अभावले स्वास्थ्यसेवामा समस्या

    मनाङ । बाढीपहिरोका कारण यस हिमाली जिल्लामा स्वास्थ्यसेवा प्रवाहमा समस्या भएको छ । गत असार १ गते आएको बाढीपहिरोले विद्युत् आपूर्ति अवरुद्ध गराएकाले सर्वसाधारणलाई सबै प्रकारका स्वास्थ्य सेवा उपलब्ध गराउन कठिन भएको हो । विद्युत्को अभाव र सौर्य ऊर्जा पनि जडान नहुँदा स्वास्थ्य तथा अन्य सेवाबाट मनाङवासी वञ्चित हुँदै आएका छन् ।

    जिल्ला अस्पतालका जनस्वास्थ्य निरीक्षक रहमत अन्सारीले भने, ‘विद्युत् आपूर्ति नहुँदा जेनेरेटरको सहयोग लिइरहेका छौँ, जेनेरेटर सञ्चालनका लागि इन्धन आपूर्ति गर्न मुस्किल छ, हेलिकप्टरबाहेक इन्धन ल्याउने अरु विकल्प छैन, विद्युत् नहुँदा स्वास्थ्यसेवा प्रवाहमा समस्या भएको छ’।

    ‘सौर्य ऊर्जा ल्याइए पनि जडान गरिएको छैन, जेनेरेटर चलाएर सेवा दिँदै आएका छौँ, तेल सकिनै लागेको छ, तेल ल्याउन सडक सुबिधा छैन, हेलिकोप्टरबाट ल्याउनुपर्छ,’ उनले भने, ‘मौसम पनि खराब छ, तेल ल्याउन सकिएन भने अबको एक/दुई दिनमा जिल्ला अस्पतालले दिँदै आएको सेवा नै अवरुद्ध हुने अवस्थामा पुगेको छ ।’

    जेनेरेटरका लागि थप तेल ल्याउन गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयलाई जानकारी गराइसकिएको निरीक्षक अन्सारीले बताए । ‘तेल अभाव भएको जानकारी गराइसकेका छौँ । छिट्टै आउने अपेक्षामा छौँ’ उनले भने । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट मनाङ ल्याइएको सौर्य ऊर्जा हालसम्म जडान गर्न सकिएको छैन ।

    स्वास्थ्य, खानेपानी, जलस्रोत तथा सिँचाइ विकास सवडिभिजन, पूर्वाधार विकास कार्यालय, भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र चामे गाउँपालिकाको कार्यालयमा सौर्य ऊर्जा जडान गर्ने भनिए पनि हालसम्म जडान गरिएको छैन । आइपुगेको सौर्य ऊर्जा जडानका लागि विज्ञ प्राविधिक नहुँदा ढिलाइ भएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए ।

    ‘सामग्री आए पनि विज्ञ प्राविधिकको अभावले सौर्य ऊर्जा जडान गर्न सकिएको छैन, सम्बद्ध मन्त्रालयलाई जानकारी गराएका छौँं,’ उनले भने । बाढीपहिरोले क्षति पु¥याएको केही समयमा मन्त्रालयमार्फत १६ वटा सौर्य ऊर्जा ल्याएर जडान गरिए पनि पछिल्लो समय ल्याइएका पाँच वटा सौर्य ऊर्जा भने अझैसम्म जडान गरिएको छैन । विद्युत् आपूर्ति नहुँदा मनाङवासी अध्यारोमै रात बिताउँदै आएका छन् ।

  • विद्यार्थीले प्रवेशपत्र देखाएर कोभिडविरुद्धको खोप लगाउन पाउने, तीनवटा केन्द्र तोकियो

    विद्यार्थीले प्रवेशपत्र देखाएर कोभिडविरुद्धको खोप लगाउन पाउने, तीनवटा केन्द्र तोकियो

    काठमाडौं । प्रवेशपत्रका आधारमा परिक्षार्थी विधार्थीले कोभिड-१९ विरुद्धको खोप प्राप्त गर्ने भएका छन् । संयुक्त विद्यार्थी संगठनले परिक्षार्थीलाई अनिवार्यरुपमा खोपको व्यवस्था गर्न माग गरेपछि स्वास्थ्य मन्त्रालयले यस्तो निर्णय गरेको हो ।

    खोप महाशाखा प्रमुख झलक गौतमले प्रवेशपत्रकै आधारमा विद्यार्थीले खोप लगाउन पाउने निर्णय भएको जानकारी दिए । संयुक्त विद्यार्थी संगठनले मंगलबार परीक्षामा सहभागि हुने परिक्षार्थीलाई प्रवेश पत्रको आधारमा खोप दिलाउन स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठसँग माग गरेका थिए ।

    चीनबाट थप खोप आएपछि परिक्षार्थीलाई खोप दिइने भएको छ । विद्यार्थीले प्रवेशपत्रका आधारमा काठमाडौंका वीरेन्द्र सैनिक, नेपाल प्रहरी अस्पताल पानीपोखरी, शसस्त्र प्रहरी बल बलम्बु अस्पतालबाट खोप पाउने छन् ।

  • बुधबार ३४ सय कोभिड संक्रमित थपिए, ३० जनाको मृत्यु

    बुधबार ३४ सय कोभिड संक्रमित थपिए, ३० जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ३४८१ जना कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १६ हजार ६५६ नमुना (१० हजार ९०७ पीसीआर र ५७४९ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    बुधबार थप ३० जनाको मृत्यु भएको छ । १८८५ जना निको भएका छन् । सक्रिय संक्रमित संख्या ३८ हजार ३३ जना रहेको मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले बताए ।

    काठमाडौं उपत्यकामा बुधबार ९६४ जना संक्रमित थपिएका छन् । हिजोभन्दा बुधबार संक्रमित संख्या केही कम भएपनि उच्च संक्रमण दर रहेको प्रवक्ता पौडेलले बताए ।

    साउन महीनामा भएको दैनिक परीक्षण दर हेर्दा २० देखि २५ प्रतिशत हारहारीमा छ । कूल संक्रमित ७ लाख ९५ हजार (पीसीआर), ६ लाख ७५ हजार डिस्चार्ज र मृत्यु १० हजार ११९ छ ।

  • कर्णालीमा छैन स्तरीय ‘ब्लड बैंक’, विरामीलाई जहिले सास्ती

    कर्णालीमा छैन स्तरीय ‘ब्लड बैंक’, विरामीलाई जहिले सास्ती

    सुर्खेत ।कर्णाली प्रदेशको सबैभन्दा ठूलो अस्पताल कालागाउँमा हालसम्म ब्लड बैंक स्थापना भएको छैन । प्रदेश सरकार मातहतमा रहेको प्रदेश अस्पतालमा ब्लड बैंक नहुँदा अत्यावश्यक रुपमा रगत आवश्यक पर्ने विरामीलाई सामजिक सञ्जालको भर पर्नुपर्ने  अवस्था छ ।

    सामाजिक सञ्जालमा रगत आवश्यक भनेर प्रचार भएपछि मात्रै विरामीले रगत पाउने गरेका छन् ।अस्पतालमा भएको रेडक्रस सोसाईटीद्धारा सञ्चालित ब्लड बैंकमा भने अनुसारको कहिल्यै पनि रगत पाउन नसकिएको सेवाग्राहीको भनाई छ ।

    कर्णालीको सुविधा सम्पन्न भनिदै आएको अस्पतालमा ब्लड बैंक नभएकै कारण सेवाग्राहीहरु बारम्बार समस्यामा पर्दै आइरहेका छन् ।

    ‘पुरानो एक कोठामा रगत बैंक रहेछ । त्यहाँ मेरा आफन्तलाई रगत आवश्यक परेकोले छ कि भनेर गएको थिएँ, त्यहाँ रगत नै रहेनछ । पछि साथीहरुसँग सामाजिक सञ्जालमा कुरा गरेपछि मात्रै रगतको व्यवस्था हुनसक्यो ।’ दैलेख घर भएका सेवाग्राही उमेश पाण्डेले गुनासो गरे ।
    ‘कम्तिमा राजधानीमा रहेको प्रदेश अस्पतालमा एक व्यवस्थित रगत बंक त हुनुपथ्र्यो नि ? सरकारले बारम्बार प्रदेश अस्पतालमा सेवा सुविधा थप गराइरहेको दाबी गर्ने समयमा सबैभन्दा धेरै आवश्यक पर्ने रगत नै अस्पतालमा छैन ।’

    उनले दुर्घटनामा परेका व्यक्तिहरुलाई रगत तत्काल आवश्यक पर्ने भएपनि यतातर्फ सरकारको ध्यान जान नसकेको भन्दै आक्रोश पोखे ।
    कर्णालीमा धेरै रक्तदान गरेका पत्रकार प्रवास कुमार शाक्यले राज्यले बारम्बार घच्घच्याउँदा पनि ब्लड बैैक स्थापना गर्न नचाहेको दुखेसो पोखे ।

    ‘मेरो प्रदेशमा एउटा सुविधा सम्पन्न रक्तसञ्चार केन्द्र छैन् । कुरा बुझ्दा त अहिलेको बजेटमा समेत सुविधा सम्पन्न रक्तसञ्चार केन्द्र बनाउन बजेट छुट्याएको छैन् समेत छैन । रेडक्रसलाई सोध्यो प्रदेश अस्पतालले ठाउँ नै दिँदैन रे । साँच्चै कस्ले रोक्यो सुविधा सम्पन्न रक्तसञ्चार केन्द्र बनाउन ? सरकारले वा प्रदेश अस्पतालले ?’ उनले भने ।

    ‘कोरोना महामारीको समयमा अन्यत्र गएर तत्काल रगत ल्याउन पनि सकिदैन । यहाँ खोज्यो भने रगत भनेको समयमा पाइदैन । भनेको समयमा रगत नपाइएको खण्डमा विरामीको ज्यानै जाने खतरा हुन्छ ।’ वीनपा ६का दिपक बुढा भन्छन्, ‘सरकारले बेलैमा अत्याधुनिक रगत बैंक खोलेर सेवा प्रवाह गरोस् ।’

    सामाजिक विकास मन्त्रालयका सचिव कृष्ण प्रसाद काप्रीले व्लड बैंक स्थापनाको कुरा सहि भएको बताए ।

    ‘यहाँहरुले गम्भीर विषयमा कुरा उठाउनु भएको छ । म अहिले विदामा छु । आजै प्रदेश अस्पतालका डाक्टरसँग फोनमा कुरा गरेर व्लड बैंक स्थापना गर्नकालागि आवश्यक सल्लाह गर्छु ।’ सचिव काप्रीले भने, ‘हामीसँग स्वास्थ्य क्षेत्रका लागि बजेट अभाव भन्ने छैन । अन्य कार्यक्रम काटेर भएपनि लगानी गछौं । यहि आर्थिक वर्षमा व्लड बैंक स्थापना गर्नकालागि आवश्यक सल्लाह गर्छौं ।’

    उनले अस्पतालमा ब्लड बैक नै नभएको भन्ने कुरा आफ्नो जानकारीमा नभएको बताउँदै कर्णालीमा अत्याधुनिक ब्लड बैंक स्थापना गर्नेमा मन्त्रालय लाग्ने बताए ।

  • काठमाडौं रेडजोनमा पुगिसकेको छ, निषेधाज्ञामा जतिबेला पनि कडाइ गर्नुपर्ने हुनसक्छ

    काठमाडौं रेडजोनमा पुगिसकेको छ, निषेधाज्ञामा जतिबेला पनि कडाइ गर्नुपर्ने हुनसक्छ

    कोरोनाभाइरस संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप दुई साता लम्बिएको छ । संक्रमण र मृत्युदरमा भएको वृद्धिसँगै उपत्यकाका तीनै जिल्ला प्रशासनले भदौ ८ गते मध्यरातसम्म निषेधाज्ञालाई थप गरेका छन् । बिहीवारबाट लागू हुनेगरी राती ८ बजेदेखि अत्यावश्यक बाहेकका निजी तथा सार्वजनिक सवारीसाधन चलाउन नपाउने निर्णय सीडीओहरुले गरेका छन् । स्वयम सरकारले असोज मध्यदेखि तेस्रो लहर सुरु हुन सक्ने सम्भावना जनाएको छ । यस विषयमा न्यूज एजेन्सी नेपालले काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीसँग संवाद गरेको छ ।

    निषेधाज्ञाबारे जारी गरिएको नयाँ आदेश कस्तो छ ?

    हामीले वैशाख १६ गतेदेखि जारी गरेको निषेधाज्ञा अहिलेसम्म जारी नै छ । हामीले निरन्तर्ता नै दिएका छौँ । फेरि भदौ ८ गतेसम्म केही क्षेत्रहरुलाई हामीले सिमित गरेका छौँ । हामीले अहिले दुई/तीनवटा कुरामा जोड दिएका छौँ । एउटा पूर्ण रुपमा निषेध गरिएका विषयहरु छन् । त्यसमा सबै प्रकारका सभा सम्मेलन, खुल्ला स्थानमा भेला हुने, जम्मा हुने, भीडभाड गर्नु नहुने, केही क्षेत्रहरु खोल्न नपाइने छन् । अर्को भनेको स्वास्थ्यका मापदण्ड पालना गरेर कार्य सञ्चालन गर्ने भनेर छोडेका विषयहरु पनि छन् । र अहिले हामीले निषेधाज्ञा जारी गरेको साढे तीन महिना पुग्यो ।

    बीचको २ महिनादेखि हामीले केही क्षेत्रहरु खुलाएको अवस्था छ । तर पछिल्लो चरणमा हिजो/अस्तिको डाटा हेर्ने हो भने संक्रमण दर ह्वात्तै बढ्दै गइरहेको छ । संक्रमण दर बढेको छ, निको हुने दर घटेको छ । मृत्युदर पनि बढ्न थालेको अवस्था छ । अस्पतालमा बिरामीहरुको चाप अहिले बढेको देख्न सकिन्छ । त्यो कारणले अब यसलाई फरक दृष्टिकोणले हेर्नुपर्छ । एकैपटक पूर्ण निषेधाज्ञा जारी गर्नुभन्दा पनि पहिला हामीले पूर्वमा केही गर्नुपर्छ भनेर अनुगमनको रुपमा केही निर्णयहरु गरेका हौँ ।

    हिजो म आफैँ पनि अनुगमनमा निस्किएँ । सार्वजनिक यातायातको क्षेत्रमा मास्कहरु लगाएको छ कि छैन, मल पसलहरुमा पनि भीडभाड कत्तिको छ ? मास्कहरु के छ, भनेर हामी निस्किएका थियौँ । मास्क अधिकांशले लगाएको नै देख्यौँ । नलगाएकालाई हामीले बाँड्यौं पनि । अब जरिवानाको सुरुआत पनि गरेका छौं । संक्रमण दर पनि नबढोस् र दैनिक जीवनका कुराहरु पनि चालु हुन् भन्ने नै हाम्रो अहिलेको नीति हो । त्यो अनुसार हामी यो बीचमा बसेर काम गरिरहेका छौँ । अधिकांश साबिक बमोजिमकै निर्णयहरु छन् ।

    अनि बेलुका ८ बजेपछि सबै बन्द भनेको के हो ? कस्तो बन्द हो ?

    हिजो हामीले थप एउटा गरेको छौं, रात्रीकालीन व्यवसायको कारणले होटल, रेष्टुरेण्ट, टेक-अवे मात्रै दिने भन्यौँ, हाम्रोमा गुनासोहरु आए । मानिसहरु बाहिरै बसेर खाइरहेका छन् । रेष्टुरेण्टहरु चालु भइरहेको छ, होटलका मानिसहरुले पनि स्वास्थ्य प्रोटोकलहरु पालना गरेको देखिँदैन भन्ने गुनासो आएपछि हामीले भीडभाडजन्य गतिविधिहरु रोक्नलाई नै यो मास्क खोलेर हुने गतिविधि र बेलुकाको खानपिनको कार्यक्रम त्यसमा अलिकति निरुत्साहित गर्न सकियोस् भनेर हामीले सबैले आ-आफ्नो गन्तव्यमा ८ बजेभित्र पुगिसक्नु पर्ने सोचमा एउटा निर्णय थप गरेका हौँ । त्यसमा अत्यावश्यक सेवाका गाडीहरु चल्न पाउँछन् ।

    गिटी, बालुवा, निर्माणजन्य सामग्रीहरुको ढुवानी गर्न राती दिइएको छ । बाहिरबाट उपत्यका प्रवेश गर्ने गाडीहरु पनि चल्न पाएका छन् । जस्तै जामको कारणले, कारणवश थानकोटदेखि तल रोकिनुपर्ने स्थिती नआओस् भनेर उपत्यका आउने/जानेलाई पनि सहजीकरण गरिदिनु भनेका छौँ । सबै निजी र सार्वजनिक सवारीसाधनहरु ८ बजेभित्र गन्तव्यमा पुगिसक्नुपर्ने भनेको मतलव रात्रीकालीन व्यवसायमा, माहोलमा भीडभाड नहोस् भन्ने मुख्य उद्देश्य हो । यसमा पनि हिजो हामीले आदेश जारी गर्यौं । अब केही सुझाव हामीलाई प्राप्त भएको छ । राती कोरोना सर्ने दिउँसो नसर्ने, दिउँसो भीडभाडमा कोरोना नलाग्ने, राती लाग्ने भन्ने प्रश्न पनि आएको छ । हाम्रो मुख्य उद्देश्य सवारी साधन रोक्ने होइन, तर यो भीडभाडजन्य गतिविधि मोटरसाइकल पार्किङ, गाडीहरु पार्किङ गरेर रेष्टुरेण्टतिर खाने प्रवृत्ति धेरै देखियो, मास्कहरु नलगाउने प्रवृत्ति देखियो त्यसैले हामीले अनुगमन पनि गरिराखेका छौँ ।

    त्यसलाई कडाइ गर्ने मुख्य उद्देश्य हो । अरु साविक बमोजिम नै छ । तर, अब अलिकति काठमाडौंमा रेड जोनमै हामी पुगिसकेका छौँ भन्ने स्वास्थ्य विज्ञहरुको रिपोर्ट आइराखेको छ । यो जारी गरेको आदेश जुनसुकै बखत पनि पुनरावलोकन हुनसक्छ । हामी दिनप्रतिदिन डाक्टरहरुसँग र स्वास्थ्य मन्त्रालयसँग समन्वयमा छौँ, हाम्रो मुख्य उद्देश्य भयावह नहोस् भन्ने नै हो । अक्सिजन अहिले हाम्रो ब्यालेन्समा छ । अक्सिजन नपुगेर कोही व्यक्तिहरुको पिक टाइममा मृत्यु भयो तर त्यसमा अहिले सुधार आएको छ । बेडमा अलिकति चाप भएकोले बेड थप गरेको हो ।

    अनुगमन गर्दागर्दै पनि सेवाग्राहीहरुले स्वास्थ्यका मापदण्ड पालना गरिरहेको देखिँदैन यसमा के भन्नुहुन्छ ?

    हरेक ठाउँमा हरेक निकायको जिम्मेवारी हुन्छ । यहाँ पनि सेवाग्राही आउनुभएको छ, म बेलाबेलामा गएर आफैँ हेरिरहेको हुन्छु । मास्क नलगाएकोलाई मास्क लगाउनुस् भनिरहेका छौँ, भीडभाड गर्नेलाई अलिकति दूरी कायम गरेर बस्नुस् भनिरहेका छौँ, यो सबैले पालना गर्नुपर्ने हुन्छ । सेवाप्रदायक संस्थाहरुले पनि आफ्नो कार्यालयको व्यवस्थापनमा ध्यान दिनुपर्यो । नागरिकहरुले पनि आफू कसरी सुरक्षित हुने भनेर ध्यान दिनुपर्यो । मास्क कसरी लगाउने, सम्भव भएसम्म भीडभाडजन्य गतिविधि नगर्ने, सेवा लिनुपर्दा पनि दूरी कायम गरेर बस्नुपर्ने हुन्छ । गर्न सक्दा टोकन सिस्टम लागू गरिदिने हो भने हरेक कार्यालयले टोकन दिने त्यसपछि उसको पालो तोकिन्छ र पालोमा आउने सिस्टम भए राम्रो हुन्छ ।

    विद्युत प्राधिकरण, दूरसञ्चार, खानेपानीतिर यो सम्भव हुन्छ, तर हाम्रो यो नागरिकता वितरणको कार्य छ, त्यसमा एउटा व्यक्ति पटक-पटक सम्पर्कमा हुनुपर्छ । सनाखत गराउनुपर्‍यो, कार्डमा ल्याप्चे गर्नुपर्‍र्योे, त्यसमा समस्या हुन्छ । मैले यहाँ पनि टोकन सिस्टम लागू पनि गरेँ । तर व्यवहारिक रुपमा त्यति कार्यान्वयन गर्न सकिएन । त्यो भएको हुनाले भीडभाड जन्य गतिविधि रोक्नको निम्ति सेवा प्रदायक संस्थाले पनि ध्यान दिनुपर्यो र नागरिकहरुले पनि त्यत्तिकै ध्यान दिनुपर्यो । अब अनुगमनमा हामी निस्केका पनि छौँ, स्थायी संयन्त्र पनि मैले बनाइदिएको छु, हाम्रो सहायक सिडिओ साबहरुलाई आजदेखि नै दिनमा तीन पटक अनुगमन गर्ने भनेको छु ।

    एकपटक बिहानपख, मध्यान्हपख र बेलुकाको गतिविधिहरुका अनुगमन र रिपोर्टिङ गरेर त्यहाँ जरिबाना गर्ने अधिकार पनि प्रत्यायोजन गरेको छु । हामीले गरिरहेका छौँ, तर आम नागरिकहरु र सबै क्षेत्रबाट सरोकारवाला संस्थाहरुको सहभागिता बिना यो सम्भव छैन । प्रहरीको गाडी जाँदा बन्द गर्ने, प्रहरी जाँदा रेष्टुरेण्टबाट उठेर हिँड्ने र फेरि प्रहरी गएपछि खोल्ने त्यो प्रवृत्तिले यो नियन्त्रण हुँदैन । प्रहरीको संलग्नता कति क्षेत्रमा गराउने हेर्नुहोस् त अहिले खोप व्यवस्थापनमा प्रहरी, परीक्षाको सुरक्षामा प्रहरी, जुलुस व्यवस्थापन प्रहरी, हरेक ठाउँमा सीमित प्रहरी हुन्छ । काठमाडौंमा ३०/४० लाख जनसंख्या सबैको पछाडि प्रहरी लगाएर साध्य हुने पनि होइन । हामीले अनुगमन गर्ने भन्दा पनि व्यक्ति स्वयं नै सचेत हुनुपर्छ । यसो भयो भने कोरोना नियन्त्रण गर्न सकिन्छ ।

    काठमाडौं उपत्यकामा राजनीतिक दलहरुबाट भइरहेका अवरोध तथा नारा जुलुसहरुलाई हस्तक्षेप गर्न किन सक्नुभएन ?

    हामीले अहिले राजनीतिक दलहरुलाई पनि अनुरोध गरेका छौँ । यो बीचमा मैले एउटा स्टेटमेण्ट पनि निकालेँ । सभाजुलुस नगर्नु भनेर । त्यसपछि अलि कम भएको छ । र हामीले यो सबैको विषय हो, सबै जिम्मेवार नै हुनुपर्छ, अहिले जुलुस सभा गर्ने अवस्था होइन भनेर अनुरोध गर्यौं । अनुमति कसैलाई दिएका छैनौँ । र हस्तक्षेपको कुरा, एउटा माग राखेर जुलुस निकालेको छ त्यहाँ प्रहरीले लाठी चार्ज गर्ने कि नगर्ने ? शान्तिसुरक्षा, अपराध नियन्त्रणको प्रश्न त होइन, एउटा स्वास्थ्य मापदण्ड पालना गर्न अपनाउने अभियान हो, उहाँहरुलाई हामीले भनेका छौँ, मानिराख्नु भएको पनि छ, कोरोना नियन्त्रण गर्न राजनीतिक दल, नागरिक समाज, आम जनता सबैको दायित्व हो, त्यो सबैले आ-आफ्नो भूमिका दायित्व बुझेर नियम पालना गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु । अब आउने दिनमा त्यस्ता गतिविधिहरु नहोला भन्ने अपेक्षा गरेका छौँ ।

    कोरोना महामारी बढ्दै गयो भने त्यसको विरुद्ध लड्न कस्तो तयारी छ ?

    अब अहिले त प्रमुख भनेकै अक्सिजन नै हो । अक्सिजन अहिले ब्यालेन्समा गइरहेको छ र कतिपय अस्पतालमा अहिले लिक्विड अक्सिजनको व्यवस्था गरेकोले त्यस्तो समस्या देखिँदैन, स्वास्थ्य सामग्री पनि स्वास्थ्य मन्त्रालयले व्यवस्थापन गरेकै छ । प्रमुख समस्या भनेको अहिले खोपको हो । खोपको माग र आपूर्तिको बीचमा दूरी छ । धेरैलाई खोप लगाउनुपर्ने छ । खोपको मात्रा कम आइरहेको छ । त्यो भएको हुनाले भीडभाड हुने, सबै नागरिकले खोप पाउने, नपाउने सुनिश्चितता नहुने, त्यो कारणले नै भीड भएको हो ।

    त्यसको लागि क्रमशः हामीले आपूर्ति बढाउँदै जानुपर्छ खोपको लागि र स्वास्थ्य सामग्रीको लागि पनि हामीले सम्बन्धित निकायलाई भन्नुपर्छ । यो स्वास्थ्य मन्त्रालयले नै गर्छ तर पनि भन्नुपर्छ । जस्तो अक्सिजन प्लान्टको लागि दिनदिनै जानकारी लिइरहेको छु, अवस्था के छ, तयारी अवस्थामा हुनुपर्यो भनेर । हरेक हिसावले हामीले आफ्नो सम्बन्धित सरोकारवाला निकायहरुलाई आफ्नो कुराहरु भन्ने राख्ने गरिरहेका छौँ । त्यस्तो भयावह आत्तिहाल्नुपर्ने अवस्था होइन, तर अहिले हामीले लापरवाही गर्दै गयौँ, हेलचेक्राँइ गर्दै गयौँ भने बीचको दोस्रो कोरोनाको लहरले धेरै व्यक्तिहरुको निधन भयो त्यो अवस्थामा नपुग्नको लागि हामी आफू पनि सचेत हुनुपर्यो ।

  • अस्तव्यस्त कोशी अस्पताल : बिरामीका झमेला, कसले बुझिदेला ?

    अस्तव्यस्त कोशी अस्पताल : बिरामीका झमेला, कसले बुझिदेला ?

    विराटनगर । मोरङ रंगेली नगरपालिका रञ्जनीकी रनमाया कार्कीको खुट्टा करकर दुख्न थाल्यो । स्थानीय क्लिनिकमा देखाएर औषधी पनि खाइन् तर उनको खुट्टा दुख्न छाडेन । त्यसपछि थप उपचारका लागि अस्पताल जाने तयारी गरिन् ।

    स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भएका कारण उनी नजिकैको स्वास्थ्य चौकीबाट रेफर भएर कोशी अञ्चल अस्पतालमा उपचार गर्न आइन् । काउन्टर र परीक्षणको भीडका कारण एक्सरेको पालो कुर्न नसक्दा उनलाई झन पीडा भयो । उनले भनिन्, ‘अस्पतालको भीड देखेर एकछिन पनि बस्न मन छैन । लाइनमा बसेको तीन घण्टा भइसक्यो, एक्सरेको पालो कतिखेर आँउछ थाहा छैन ।’

    आमाको उपचार गराउन आएका हिरण्य कार्कीले अस्पतालमा उपचार गराउन समस्या भएको बताए । समयमा परीक्षण गर्न नपाउँदा रोग घट्नुको सट्टा बढेकोमा उनले गुनासो गरे । टिकट काटेर डाक्टरलाई देखाए पनि एक्सरे गरेर आउनु भनेपछि धेरै दु:ख पाएको भन्दै उनले भने, ‘एक्सरे गर्न पालो नआएपछि भोलिपल्ट फेरि आउनु पर्ने भयो । बिरामीलाई झन् पीडा भो ।’

    ज्वरो आएर उपचार गराउन आएका सुनसरी दुहवीका रामबहादुर श्रेष्ठलाई अस्पतालका सबै रिपोर्ट भेला गर्न तीन दिन लाग्यो ।

    बीमाका कारण बिरामीको चाप

    स्वास्थ्य बीमा कार्यक्रममा सरकारले प्राथमिकतामा राखेपछि कोशी अस्पतालमा बिरामीको चाप बढेको छ । यसअघि विराटनगरका निजी अस्पतालहरूले विज्ञापन नै गरेर स्वास्थय बीमा गरेका बिरामीलाई बोलोउने गरेको र सामान्य बिरामीलाई समेत धेरै परीक्षण गरेर सरकारसँग बीमावापतको रकम लिँदै आएका थिए ।

    साउनयता प्रथम सेवा विन्दूबाट रेफर नभइ निजी अस्पतालमा गए स्वास्थ बीमाको रकम नपठाउने निर्णय भएपछि कोशी अस्पतालमा बीरामीको चाप बढेको छ ।

    यसअघि बिरामीको इच्छाअनुसार सजिलै रेफर गरिँदै आएकोमा साउनयता भने डाक्टरले एनएमसी नम्बरसहित राखेर कारणसहित रेफरको चिठ्ठी बनाइदिनु पर्ने नियम लागेपछि कोशी अस्पतालले बिरामीलाई रेफर समेत दिन छाडेको छ ।

    स्वास्थ्य बीमा कार्यक्रममा कडाइ भएपछि ओपीडी सेवा लिने ५ सयदेखि ६ सयबाट बढेर साउनयता दैनिक १ हजारभन्दा बढी पुगेको छ ।
    तीमध्ये अधिकांश स्वास्थ्य बीमाका सेवाग्राही रहेको अस्पताल प्रशासनले जनाएको छ । बिरामी अनुसारको संरचना र कर्मचारी अभावमा जताततै बिरामीको पट्टाइलाग्दो लाम हुन्छ ।

    ज्येष्ठ नागरिक, अपांगता भएका र अशक्तका लागि एउटा साथै महिला र पुरुषको अलग काउन्टर बनाएर काम गरिएको भए पनि सेवा प्रवाहमा समस्या भएको अस्पतालका बीमा कार्यक्रम हेर्ने कर्मचारी भोला ढुंगेल बताँउछन् । ‘सबै कागजपत्र स्क्यान गरेर रेकर्ड राख्नुपर्छ । दिनहुँ बीमा कार्यक्रमका सहभागीको संख्या बढेको छ । कर्मचारी भने कम छन् ‘, ढुंगेलले भने ।

    कोटा लागू भएपछि सकस बढ्यो

    बिरामीको चाप बढेपछि अस्पतालमा भिडियो एक्सरे अल्ट्रासाउण्ड गराउन अस्पतालमा दैनिक कोटा प्रणाली लागू भएको छ । घण्टौ लाइन बसेपछि कोटा सकिएको भन्दै भोलि लाइन लाग्न भनिएपछि बिरामीको विरोधले दिनहुँ अस्पतालमा होहल्ला मच्चिन्छ । समस्या समाधानतर्फ अस्पताल प्रशासनले कुनै चासो नराखेको सेवाग्राही गुनासो गर्छन् ।

    अस्पतालले रेफर पनि नदिने र समयमा उपचार पनि नपाउने भएपछि बिरामीहरू मर्कामा परेको उपचारका लागि आएका प्रबिन कार्कीले बताए ।

    कोशी अस्पतालमा २ सय देखि २ सय ५० जना अल्ट्रासाउन्ड, सिटी स्क्यान र एक्स-रेलगायतका रेडियोलोजी सेवा लिन आउँछन् ।
    तर, रेडियोलोजी विभागमा चिकित्सक नपुगले ५० देखि ६० जनाभन्दा बढीको जाँच हुन पाउँदैन ।

    सेवा प्रवाहमा चिकित्सक र कर्मचारी अभाव

    रेडियोलोजी विभागमा दुईजना चिकित्सकको दरबन्दी छ । तर पाँच वर्षदेखि रिक्त छ । अस्पताल विकास समितिले करारमा नियुक्त गरेको दुईजना र दरबन्दीका एकजना गरी तीनजना रेडियोलोजिस्ष्टले राजीनामा दिएको कारण अस्पतालको सेवा प्रभावित बनेको छ ।
    अहिले छात्रावृत्ति करारमा नियुक्त एकजना चिकित्सकमात्र कार्यरत छन् ।

    अस्पतालमा दुईजनाको रेडियोलोजिस्टको दरबन्दीअनुसार डा. ओमबिजु पन्त र डा पुस्कर देव थिए । डा. पन्त विभागीय कारवाहीमा परेका छन् भने भएका डा. देवले अघिल्लो आइतबारदेखि लागू हुने गरी राजीनामा दिएका छन् ।

    सेवा प्रभावित हुनुमा जनशक्ति अभाव रहेको अस्पताल प्रशासनको भनाइ छ । दरबन्दीअनुसारका चिकित्सक नहुनु र करारमा रहेका डाक्टरहरुले पनि राजीनामा दिएका कारण समस्या भएको अस्पतालका निमित्त मेसु डा. लक्ष्मीनरायण यादवले बताए ।

    रेडियोलोजी विभागमा सबैभन्दा बढी समस्या भएको भन्दै यादवले सेवा दिने जनशक्तिकै अभावमा सेवाग्राहीले दु:ख पाएको स्वीकारे । डा. यादवका अनुसार अस्पतालमा ऐनेस्थेसिया, नेफ्रोलोजिष्ट, कार्डियोलोजिष्टको समेत अभाव छ । ५ सय शय्यामा स्तरोन्नती भएको अस्पतालमा संरचना र जनशक्ति भने त्यो अनुसारको नहुँदा अन्तत: बिरामीले दु:ख पाएका छन् ।

  • अगस्टभित्रै ७६ लाख डोज भेरोसेल खोप चीनबाट आइपुग्ने, खरिदबाट ६० लाख र अनुदानबाट १६ लाख आउँदै

    अगस्टभित्रै ७६ लाख डोज भेरोसेल खोप चीनबाट आइपुग्ने, खरिदबाट ६० लाख र अनुदानबाट १६ लाख आउँदै

    काठमाडौँ । सरकारले चीनबाट यसै महीनाभित्र कोभिड-१९ विरुद्ध थप ७६ लाख भेरोसेल खोप ल्याउने भएको छ । खरिद र अनुदान प्रक्रियाबाट सो परिमाणको खोप ल्याउन लागिएको जनाइएको छ । ६० लाख डोज खोप खरिदका लागि सरकारले साइनोफार्म कम्पनीसँगको नन-डिस्क्लोज एग्रिमेन्टअनुसार यसैसाता भुक्तानी पनि गरिसकेको छ ।

    १६ लाख डोज खोप भने चीन सरकारले अनुदानमा दिन लागेको हो । सहमतिअनुसार ६० लाख डोजमध्ये ८ लाख भदौ २ गते र थप ८ लाख डोज भदौ ४ गते आइपुग्ने जनाइएको छ । बाँकी ४४ लाख डोज अगष्ट महिनाभित्रै ल्याउने भनिएको छ । अनुदानमा दिने घोषणा भएको १६ लाख डोज खोप अगष्टभित्रै आइपुग्ने चिनियाँ पक्षले सरकारलाई जानकारी दिएको छ ।

    चीनबाट ल्याउन लागिएको सो परिमाणको खोप थप प्राथमिकता समूहका नागरिकलाई लगाइने भएको छ । यसअघि चीनबाट १८ लाख डोज खोप अनुदानमा आएको थियो । खरिदमार्फत ४० लाख डोज खोप पनि आईसकेको छ ।

    स्वास्थ्य सेवा विभागका अनुसार अहिले आउने भनिएको ६० लाख डोज खोप खरीदको प्रक्रिया पूर्ववर्ती ओली सरकारले गरेपनि सम्झौता र भुक्तानी चाहिँ देउवा सरकारले गरेको हो । सरकारले आगामी चैतभित्र सबै नागरिकलाई खोप लगाउने लक्ष्य राखेको छ ।

  • क्यूआर कोर्डको आवेदन वितरण स्थगित, अनलाइनबाट आवेदन दिन सकिने

    क्यूआर कोर्डको आवेदन वितरण स्थगित, अनलाइनबाट आवेदन दिन सकिने

    काठमाडौं । तत्कालका लागि क्यूआर कोडसहितको खोप प्रमाणपत्र वितरण स्थगित भएको छ । स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै कीर्तिपुरमा आवेदन बुझाएकाको क्यूआर कोड सहितको प्रमाणपत्र जारी नभएसम्म थप आवेदन फारम लिने कार्य रोकिएको जनाएको छ ।

    मन्त्रालयका अनुसार vaccine.mohp.gob.np/public-request मा फर्म भर्न सकिने छ । अनलाइन फारम भरेकाले प्रमाणपत्र तयार भयो वा भएन भनेर थाहा पाउन vaccine.mohp.gob.np/search मार्फत जानकारी पाउन सक्ने भएका छन् । प्रमाणपत्र तयार भएपछि यस लिंकबाट प्राप्त गर्न सकिने मन्त्रालयको भनाई छ ।

  • मंगलबार ४९ सय कोभिड संक्रमित थपिए, ३५ जनाको मृत्यु

    मंगलबार ४९ सय कोभिड संक्रमित थपिए, ३५ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ४९०४ जना कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार १२३ (५९०६ एन्टीजेन र १३२१७ पीसीआर) नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    मंगलबार थप ३५ जनाको कोभिड संक्रमणको कारण मृत्यु भएको छ । मृत्युदर ५.१८ प्रतिशत पुगेको छ । २११५ जना निको भएका छन् । सक्रिय संक्रमित संख्या उकालो लाग्दै ३७ हजार ३३२ पुगेको छ ।

    काठमाडौं उपत्यकामा आज १,१८६ जना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा ७९५, ललितपुरमा २३९ र भक्तपुरमा १५२ जना संक्रमित थपिएका छन् ।

    कूल संक्रमित संख्या ७ लाख २० हजार, कूल मृत्यु १० हजार १५० र कूल निको हुने संख्या ६ लाख ७३ हजार पुगेको छ । अहिलेसम्म २७ लाख २२ हजार जनाले पूर्ण डोज खोप लगाएका छन् ।

  • काठमाडौंको निषेधाज्ञा १३ दिन थपियो, बेलुका ८ बजेदेखि निजी तथा सार्वजनिक सवारीसाधन चल्न नपाउने

    काठमाडौंको निषेधाज्ञा १३ दिन थपियो, बेलुका ८ बजेदेखि निजी तथा सार्वजनिक सवारीसाधन चल्न नपाउने

    काठमाडौं । कोभिड-१९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भदौ ८ गतेसम्मको लागि लम्बिएको छ ।

    आज बसेको काठमाडौं उपत्यकाका तीनै जिल्ला प्रशासनहरुको संयुक्त बैठकले थप कडाइ गर्दै निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

    नयाँ आदेश अनुसार अत्यावश्यक बाहेकका अन्य निजी एवं सार्वजनिक सवारी साधनहरु बेलुका ८ बजेभित्र गन्तव्यमा पुगिसक्नुपर्ने भएको छ । ८ बजेपछि निजी तथा सार्वजनिक सवारी साधन चल्न पाउनेछैनन् ।

    स्थानीय ढुवानी बिहान ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म संचालन गर्न पाउने निर्णय समेत भएको छ । साउन २७ गतेसम्म पहिलेकै निषेधाज्ञा कायम छ भने नयाँ आदेशहरु साउन २८ गतेदेखि लागू हुनेछन् । 

  • मेडिसिटी अस्पतालद्वारा यती तथा तारा एयरका पाइलट र क्रुलाई हस्पिटल केयर प्रशिक्षण

    मेडिसिटी अस्पतालद्वारा यती तथा तारा एयरका पाइलट र क्रुलाई हस्पिटल केयर प्रशिक्षण

    ललितपुर । नेपाल मेडिसिटी अस्पतालले यति एयरलाइन्स र तारा एयरका पाइलट, क्याबिन–क्रु तथा प्रशासनिक कर्मचारीलाई प्रि–हस्पिटल केयरबारे प्रशिक्षण प्रदान गरेको छ ।

    अस्पतालको प्रि–हस्पिटल केयर तथा आकस्मिक उपचार विभाग प्रमुख डा. सञ्जय कार्की तथा इन्फेक्सन कन्ट्रोल नर्स रक्षा अधिकारलिे प्रशिक्षण प्रदान गरेका थिए । यती तथा तारा एयरका १५ जना कर्मचारी सहभागी रहेको जनाइएको छ ।

    देशका विभिन्न स्थानबाट बिरामी स्थानान्तरण गर्नेक्रममा के–कस्ता प्रक्रिया तथा सावधानी अपनाउन सकिन्छ भन्ने विषयमा कर्मचारीहरुलाई प्रशिक्षण प्रदान गरिएको हो ।

    हाल देशमा हेलीकोप्टर तथा चार्टर्ड फ्लाईटबाट बिरामीहरुलाई स्थानान्तरण गर्ने गरिएकोमा अब यति एअरलाइन्स तथा तारा एयरले नियमित एयरलिफ्ट एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ ।

    यस व्यवस्थाले बिरामीलाई रात्रिकालीन उद्दार उडान गर्न समेत सहज हुने भएको हो । मेडिसिटी र ती दुई एयरलाइन्स कम्पनीबीच द्विपक्षिय सम्झौताको कार्यान्वयनसँगै यति तथा ताराका कर्मचारीहरु तथा स्काई क्लबका सदस्यहरुले अस्पतालको सेवामा विशेष सहुलियत समेत प्राप्त गर्नेछन् ।

  • स्वास्थ्य राज्यमन्त्रीसँग नाम नजोड्न जनमैत्री अस्पतालको आग्रह

    स्वास्थ्य राज्यमन्त्रीसँग नाम नजोड्न जनमैत्री अस्पतालको आग्रह

    काठमाडौं । बालाजुस्थित जनमैत्री अस्पतालले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठसँग आफ्नो नाम नजोड्न अपिल गरेको छ । अस्पतालले सूचना जारी गर्दै राज्यमन्त्री श्रेष्ठले आफ्ना सबै व्यवसायबाट अलग भएको घोषणा गरिसकेकाले नाम जोडेर प्रचार नगर्न आग्रह गरेको हो ।

    ७ वर्षदेखि बन्द रहेको उक्त अस्पताललाई राज्यमन्त्री श्रेष्ठले नै संचालनमा ल्याएका हुन् । विसं २०७० चैतदेखि मुनाफा वितरण नगर्ने मोडलमा उक्त अस्पताल सन्चालनमा ल्याइएको उल्लेख छ । गतसाता राज्यमन्त्री श्रेष्ठले आफू सबै व्यवसायबाट अलग भएको र कुनै पनि सरकारी सुविधा नलिने घोषणा गरेका थिए ।

    सञ्चालनमा आएको पाँच महिना भएपनि भवनको केही भाग निर्माणकै क्रममा रहेकोले व्यवसाय सुचारु गर्न आवश्यक प्रशासनिक र नियामकीय प्रक्रिया पूरा गर्ने काम अघि बढीरहेको अस्पतालले जनाएको छ ।

    कर तिर्ने लगायत प्रयोजनका लागि वडा र महानगरपालिकासंग समन्वय गरी नियमानुसार सम्पूर्ण कर चुक्ता गर्ने प्रक्रिया अघि बढीसकेको विज्ञप्तीमा उल्लेख गरिएको छ । सामाजिक संजालमा स्वास्थ्य राज्यमन्त्री विभिन्न पेशामा आबद्ध भएकाले स्वार्थ बाझिन सक्ने भन्दै विरोध हुने गरेको थियो ।