Category: स्वास्थ्य-जीवनशैली

  • बाह्रविसेको दुरुमथलीमा १५ बेडको अस्पताल निर्माण सुरु, दुर्गमका वासिन्दा खुसी

    बाह्रविसेको दुरुमथलीमा १५ बेडको अस्पताल निर्माण सुरु, दुर्गमका वासिन्दा खुसी

    सिन्धुपाल्चोक । दोलखासँग सीमा जोडिएको सिन्धुपाल्चोकको हिमाली क्षेत्र कर्थलीको दुरुमथलीमा १५ बेड क्षमताको सुविधा सम्पन्न अस्पताल निर्माणको सुरुवात भएपछि स्थानीय खुसी भएका छन् । बाह्रविसे नगरपालिका- १ कर्थलीको दुरुमथलीमा सुविधासम्पन्न अस्पताल निर्माण हुने भएपछि उपचारका लागि टाढा जानु पर्ने बाध्यता अन्त्य हुने भएपछि स्थानीय खुसी भएका हुन् ।

    सामान्य उपचारका लागि पनि बाह्रविसे बजारसम्म आउनु पर्ने हिमाली क्षेत्रका स्थानीय अब को केही वर्ष पछि भने आफ्नै गाउँमा सबै रोगको उपचार हुने भएपछि खुसी भएका हुन् । दुरुमथलीको स्थानीय समाजसेवी श्याम शेर्पाले अस्पताल निर्माणका लागि ५ रोपनी जग्गा निःशुल्क प्रदान गरेपछि अस्पताल निर्माणको औपचारिक सरुवात भएको हो । समाजसेवी शेर्पाले ५ रोपनी निःशुल्क र ५ रोपनी ५ वर्षको लागि निःशुल्क लिजमा जग्गा अस्पताल निर्माणका लागि प्रदान गरेका छन् ।

    समाजसेवी शेर्पाको आमा बुबा सवर्गीय ग्यालछिरी शेर्पा र ग्याल्गी बुट्टी शेर्पाको स्मृतिमा आफ्नो गाउँमा निर्माण हुने अस्पतालका लागि शेर्पाले जग्गा दान गरेका थिए ।

    नेपाली सेनाको पुर्व प्रधानसेनापति अभिमान सिंह बस्नेतको नाममा स्थापना गरिएको अभिमान सिंह फाउण्डेशनको सहयोगमा दुरुमथलीमा निर्माण हुने अस्पतालको बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले शिलन्यास गरेका थिए । आफुहरुको दुर्गम गाउँमा अस्पताल निर्माण गर्ने दाताहरु आएपछि हर्षित भएका दुरुमाथलीबासीले भव्य स्वागत गरेका थिए ।

    शेर्पा समुदायको स्थानीय स्याप्रु नृत्य र शेर्पाभाषको गितसंगीतमा दाताहरुको स्वागतमा दुरुमथली बासीहरु लामबद्ध भएका थिए । उपचारका लागि टाढा जानुपर्ने बाध्यता हामीलाई थियो,अब गाउँमा नै अस्पताल बनाउन उहाँहरु गाउँमाआउनु भएको छ,हामी गाउँका मान्छे खुसी छौ स्थानीय दालामु शेर्पाले भने ।

    १६ करोड ५० लाख रुपियाँको लागतमा निर्माण हुने अस्पताल छिटोमा ३ बर्ष र ढिलोमा ५ वर्ष भित्र निर्माण सम्पन्न गरेर स्थानीयलाई हस्तान्तरण गरिने फाउण्डेशनका अध्यक्ष सुदिपमान सिंह बस्नेतले जानकारी दिए ।

    अभिमान सिंह फाउण्डेशनले सातै प्रदेशका ७७जिल्लामा नै गरीव, दुःखी,असहाय र पिछडीएको वर्गको उपचारका लागि विकट बस्तीमा अस्पताल निर्माण गर्न लागिएको अध्यक्ष बस्नेतले जानकारी दिए । ‘सबै जिल्लामा अस्पताल निर्माणका लागि ५ अरब ५० करोड खर्च हुने अनुमान गरेका छौ ’बस्नेतले भने कुल बजेटको ८५ प्रतिशत कार्यक्रम र १५ प्रतिशत मात्रै प्रशासनिक कार्यमा खर्च गरिने छ ।

    अस्पताल निर्माणका लागि मुख्य सहयोग भारतको आरटीआई च्यारिटीएबल ट्रस्टले गर्नेछ भने नेपालको स्थानीय सरकार र एनआरएन सँगको साझेदारीमा फण्ड जुटाउने अध्यक्ष बस्नेतले बताए ।

    आफ्नो नगरपालिकाको विकट बस्तीका स्थानीयलाई स्वास्थ्य सुविधा प्रदान गर्ने उदेश्यले अस्पताल निर्माण सुरु गरेकामा बाह्रविसे नगरपालिकाको मेयर निमफुञ्जो शर्पाले खुसी व्यक्त गरे । ‘हाम्रो विकट ठाउँमा आएर अस्पताल निर्माणको सुरुवात गर्नुभएको छ, नगरपालिकाको तर्फबाट अस्पताललाई गर्नुपर्ने सबै सहयोग गर्न तयार छु’ मेयर शेर्पाले भने ।

    सोही वडाका अध्यक्ष बमबहादुर तामाङले आफ्नो कार्यकाल अन्तिम हुदै गर्दा अस्पतला निर्माण सुरु भएपनि आफु पदमा नभएपनि अस्पताल निर्माणका लागिआफुले सधै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    बाह्रविसे नगरखेलकुद विकास समितिका अध्यक्ष समेत रहेका सामाजिक अभियन्ता श्याम शेर्पाले आफुले सुरुदेखि नै गाउँमा अस्पतालन बनाउन खोजे पनि अहिले आएर त्यो सपना पुरा भएको बताए ।

    कर्थलीको दुरुमाथलीमा अस्पताल निर्माण भएपछि बाह्रविसे नगरपालिकाको घोर्थली, त्रिपुरासुन्दरी गाउँपालिकाको चोकटी लगायत वडाका स्थानीयलाई प्रत्यक्ष फाइदा पुग्नेछ । दोलखाको बिगु गाउँपालिकाको केही वडाका स्थानीय समेत यहाँ अस्पताल निर्माण सम्पन्न भएपछि उपचारका लागि आउने स्थानीयले जानकारी दिए ।

  • एमालेको विधान महाधिवेशन लक्षित स्वास्थ्यकर्मीको १५१ सदस्यीय समिति गठन

    एमालेको विधान महाधिवेशन लक्षित स्वास्थ्यकर्मीको १५१ सदस्यीय समिति गठन

    काठमाडौं । एमालेको असोज ४ देखि ६ गतेसम्म आयोजना हुने विधान महाधिवेशनमा पार्टीकै स्वास्थ्यकर्मीहरुले स्वास्थ्य मापदण्ड अनुरुप परीक्षण लगायत व्यवस्थापनको काम गर्ने भएका छन् ।

    केन्द्रीय सदस्य सुजिता शाक्यको अध्यक्षमा शुक्रबार बसेको बैठकले १५१ सदस्यीय स्वास्थ्य समिति बनाउने निर्णय समेत गरेको छ । बैठकमा केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङको समेत उपस्थिति थियो । भेलामा पार्टीको केन्द्रीय स्वास्थ्य विभाग, पेशागत जिल्ला कमिटी अन्तर्गतको स्वास्थ्य ईलाका कमिटी र पार्टीको घटक संगठन राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपालको समेत प्रतिनिधित्व हुने गरी अगुवा स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको शाक्यले बताइन् ।

    भेलाले शाक्यको संयोजकत्वमा देशभरीका अगुवा स्वास्थ्यकर्मीको सहभागिता हुने गरी १५१ सदस्यीय स्वास्थ्य समिति बनाउने निणर्य गरेको हो । बैठकले ९ वटा विशेष उपसमितिहरु चिकित्सक, नर्स, प्रयोगशाला, फार्मेशी, आयुर्वेद, जनस्वास्थ्य, पारामेडिक्स, रेडियोलोजी र सामग्रीको संयोजन गर्ने निणर्य गरेको छ ।

    देशभरीबाट करिव तीन हजार भन्दा बढी प्रतिनिधि उपस्थित हुने विधान महाधिवेशनको लागि कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी सोही अनुसारको सावधानी अपनाउने गरी व्यवस्थापकीय सजगता अपनाईने शाक्यले बताइन् । विधान अधिवेशनमा आउनेहरुले सकेसम्म भ्याक्सिन लगाएर आउन समेत विशेष ध्यानाकर्षण गराउने निणर्य बैठकले गरेका छ ।

  • कोभिडविरुद्ध थप ३ करोड डोज खोप ल्याइने, १७ प्रतिशतले लगाए पूर्ण मात्रा

    कोभिडविरुद्ध थप ३ करोड डोज खोप ल्याइने, १७ प्रतिशतले लगाए पूर्ण मात्रा

    काठमाडौं । सरकारले कोभिड-१९ विरुद्ध थप ३ करोड मात्रा खोप प्राप्त हुने क्रममा रहेको जनाएको छ ।

    अर्थमन्त्री जनाद्र्धन शर्माले आज प्रतिस्थापन विधेयक सार्वजनिक गर्दै १ करोड ३३ लाख ५९ हजार मात्रा खोप नेपाल आइपुगेको र थप ३ करोड प्राप्त हुने क्रममा रहेको जनाएका हुन् ।

    मुलुकको कूल जनसंख्याको १७ प्रतिशतले खोप लगाइसकेको बताउँदै उनले खोप लगाउन योग्य सबै नेपालीलाई जतिसक्दो चाँडो खोपको सुनिश्चितता गर्न खोपको प्रबन्ध गर्ने व्यवस्था गर्न स्रोतको व्यवस्था मिलाएको बताए ।

    कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि स्रोतको कमी हुन नदिन सरकार प्रतिबद्ध रहेको उनले जनाए । खोप व्यवस्थापनका लागि वैदेशिक स्रोतका अतिरिक्त आन्तरिक स्रोत समेत परिचालन गर्ने पनि अर्थमन्त्रीले जनाए ।

  • नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणलाई तीव्र बनाउन डब्लुएचओको आग्रह

    नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणलाई तीव्र बनाउन डब्लुएचओको आग्रह

    काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनले दक्षिणपूर्वी एसिया क्षेत्रका आफ्ना सदस्य राष्ट्रहरूलाई नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणका लागि भइरहेका प्रयासहरूलाई अझ तीव्र बनाउन अपिल गरेको छ । यस क्षेत्रमा हुने मृत्युहरू मध्ये दुई–तिहाइ मृत्युहरू नसर्ने रोगका कारणले हुने गरेको र तिनले गम्भीर कोभिड-१९ को जोखिम पनि बढाएको डब्लुएचओले जनाएको छ ।

    “कोभिड–१९ महामारीले नसर्ने रोगसहित बाँचिरहेका व्यक्तिहरूको संवेदनशीलतालाई थप उजागर गरिदिएको छ । गम्भीर रोग तथा मृत्युको जोखिम बढ्नुको अलावा, अत्यावश्यक सेवाहरू अवरुद्ध हुनाले नसर्ने रोगहरूको नियन्त्रणमा हासिल गरिएको प्रगति सुस्त हुने र उल्टिने नै पनि डर छ,” डब्लुएचओ क्षेत्रीय निर्देशक डा. पूनम खेत्रपाल सिंहले क्षेत्रीय बैठकको अन्तिम दिन भनिन् ।

    मुटु सम्बन्धी रोग, क्यान्सर, श्वासप्रश्वास सम्बन्धी दीर्घ रोग, मधुमेह, उच्च रक्तचाप आदि जस्ता नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रण डा. खेत्रपाल सिंहका प्रमुख प्राथमिकताहरूमध्येमा रहेको छ ।

    सन् २०१४ देखि सदस्य राष्ट्रहरूले नसर्ने रोगहरू सम्बन्धी सेवाहरू प्रदान गर्ने वा सेवाको परिमाण अभिवृद्धि गर्ने, शारीरिक क्रियाकलापहरू प्रवद्र्धन गर्ने, चिनीयुक्त तथा गुलिया पेयपदार्थमा कर लगाउने, खैनी तथा सुर्तीको प्रयोगको नियन्त्रणका लागि विभिन्न उपायहरू अवलम्बन गर्ने, मानसिक स्वास्थ्य प्रवद्र्धन गर्ने लगायतका कार्यहरू गरिरहेको जनाइएको छ ।

    “हामीले नसर्ने रोगहरूलाई सम्बोधन गर्न र तिनलाई महामारीको तयारी तथा प्रतिकार्यको अभिन्न अङ्ग बनाउन जरुरी छ । यसो भएमा आपतकालीन अवस्थामा नसर्ने रोगहरू सम्बन्धी सेवाहरूको निर्वाध पहुँचका लागि संयन्त्रहरू स्थापना गर्न र स्वास्थ्य सम्बन्धी गम्भीर जटिलताहरूको जोखिम न्यूनीकरण गर्न मद्दत पुग्छ,” क्षेत्रीय निर्देशकले भनिन् ।

    हाल जारी चुनौतीहरूको परिप्रेक्ष्यमा, सदस्य राष्ट्रहरूले दिगो विकास लक्ष्य २०३० का लक्ष्यहरू हासिल गर्नका लागि नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणका लागि क्षेत्रीय कार्ययोजना विस्तार गर्ने सम्बन्धमा छलफल गरेका छन् ।

    सदस्य राष्ट्रहरूले आँखा तथा मुखको एकीकृत स्वास्थ्य स्याहार र त्यसका लागि क्षेत्रीय कार्य योजना विकास गर्ने सम्बन्धमा पनि छलफल गरेका छन् । मुखको क्यान्सर सबैभन्दा व्याप्त पाँच क्यान्सरहरूमध्येमा रहेको छ र मुख सम्बन्धी स्वास्थ्य समस्या प्रमुख जनस्वास्थ्य चासोको रूपमा रहेको छ । यस क्षेत्रमा व्याप्त दृष्टि दोष तथा अन्धोपनको दर विश्वव्यापी रूपमा नै अत्यधिक मध्येमा रहेको छ ।

    यस क्षेत्रमा सन् १९९० र २०१५ को बीचमा अन्धोपन तथा मध्यमदेखि गम्भीर दृष्टदोषको दर घटेको केही प्रमाण छन् । तथापि, विश्वको औसतभन्दा यस क्षेत्रको दर उच्च रहँदै आएको छ र मोतिबिन्दुको प्रभावकारी शल्यक्रियाको दर लक्ष्यभन्दा कम रहेको छ ।

    सन् २०२० मा गरिएको मुख सम्बन्धी स्वास्थ्य नीतिहरूको अवस्था विश्लेषणले केही प्रगति भएको देखाएको भएता पनि सन् २०२५ का लक्ष्यहरू भेट्नका लागि अझ धेरै अन्तर विद्यमान रहेको देखाएको छ ।

    नसर्ने रोगहरूका कारणले हुने मृत्युको करिब आधा ३० देखि ६९ वर्ष बीचको उमेरमा असामयिक रूपमा हुने गरेको छ । यस क्षेत्रको एक चौथाइ वयस्क जनसङ्ख्या उच्च रक्तचापबाट पीडित छ भने प्रत्येक १२ जना वयस्कमध्ये एकजनालाई मधुमेह छ ।

    दिगो विकास लक्ष्यको लक्ष्य ३.४ हासिल गर्नका लागि भएका उपलब्धिहरूलाई कसरी कायम राख्ने, प्राथमिकता दिनुपर्ने क्षेत्रहरूमा कार्यलाई कसरी तीव्रता दिने र यस क्षेत्रमा नवीनतम उपाय तथा पद्धतिहरूको परीक्षण गर्नका लागि सञ्चालन मार्गनिर्देशन दिने नसर्ने रोगहरूको क्षेत्रीय कार्यान्वयन मार्गचित्र २०२२–२०३० विकास गर्ने सम्बन्धमा पनि सदस्य राष्ट्रहरूले छलफल गरेका छन् ।

  • खोप, अक्सिजन र स्यानिटरी प्याड उत्पादन गर्ने उद्योगलाई पाँच वर्षसम्म कर छुट दिइने

    खोप, अक्सिजन र स्यानिटरी प्याड उत्पादन गर्ने उद्योगलाई पाँच वर्षसम्म कर छुट दिइने

    काठमाडौं । सरकारले खोप, अक्सिजन र स्यानिटरी प्याड उत्पादन गर्ने उद्योगलाई पाँच वर्षसम्म कर छुट दिने भएको छ।

    शुक्रबार प्रतिनिधि सभा बैठकमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त व्यवस्था गरेको जानकारी दिएका हुन्।

    स्वास्थ्य खोप, अक्सिजन ग्यास र स्यानिटरी प्याड उत्पादन गर्ने उद्योगलाई उत्पादन शुरु भएको तीन वर्षसम्म लाग्ने करमा शतप्रतिशत र त्यसपछिका दुई वर्षसम्म पचास प्रतिशत छुट हुने व्यवस्था गरिएको छ ।

    साथै शिक्षकहरुको स्वास्थ्य उपचारको लागि छुट्टै अस्पताल निर्माण गर्न अध्ययन गरिने भएको छ ।

    मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघात भएका बिरामीले मासिक ५ हजार भत्ता पाउने

    क्यान्सर, मिर्गौला तथा मेरुदण्डको गम्भीर पक्षघात भएका बिरामीले मासिक ५ हजार रुपैयाँ भत्ता पाउने भएका छन्।

    यसअघि २०७४ मा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा मा पनि क्यान्सर एवम् मिर्गौलाका गम्भीर रोग भएका र स्पाइनल इन्जुरी भएर प्यारालाइसिस भएकाहरुलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिने निर्णय गरिएको थियो । तर, ओली नेतृत्वको सरकारले त्यसलाई खारेज गरेको थियो ।

  • भक्तपुरको दुवाकोटमा वीर अस्पतालले सेवा विस्तार गर्दै

    भक्तपुरको दुवाकोटमा वीर अस्पतालले सेवा विस्तार गर्दै

    काठमाडौं । भक्तपुरको दुवाकोटस्थित ‘वीर अस्पतालको विस्तारित परियोजना’को सेवा विस्तार गर्न थालिएको छ । वीर अस्पतालले अहिलेसम्म एक चिकित्सकको भरमा नियमित स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएकोमा अबदेखि विशेषज्ञ चिकित्सकसहितको सेवा विस्तार गर्न लागेको हो ।

    उपभोक्ताको मागलाई ध्यानमा राखेर विशेषज्ञ चिकित्सकसहितको सेवा विस्तार गर्न लागेको वीर अस्पतालका प्रशासन शाखा प्रमुख सागर मिश्रले जानकारी दिए । ‘एक महिनाभित्र प्रत्येक सातामा दुई दिन वीर अस्पतालबाट विशेषज्ञसहितको टोली गई उपचार गर्नेछ । साधारण एक्स–रे, भिडियो एक्स–रे र परीक्षणका लागि प्रयोगशाला सञ्चालनमा ल्याइनेछ’, उनले भने । वीर अस्पतालले तीन वर्षअघि दुवाकोटस्थित परियोजनामार्फत् सेवा दिँदै आएको छ ।

    अहिले दैनिक ३०–४० बिरामी नियमितरुपमा उपचार गर्न त्यहाँ जाने गरेका छन् । पाँच सय ३८ रोपनी क्षेत्रफलमा फैलिएको उक्त अस्पताललाई सरकारले यसै आर्थिक वर्षदेखि अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक अस्पताल बनाउन बजेट विनियोजन गरेको छ ।

    राष्ट्रिय गौरवको आयोजनाका रुपमा दुवाकोट अस्पताललाई समेटी चालु आवमा विस्तृत परियोजन प्रतिवेदन तयार गरी अर्को आवदेखि भवन निर्माण थालिने मिश्रले बताए । ‘अब सबै काम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्छ’, उनले भने । मन्त्रालयले चाँडै नै आयोजना प्रमुख नियुक्त गर्ने तयारी गरेको छ ।

    वीर अस्पतालमा अहिले पुरानो भवनमा चार सय ६० र नयाँमा पाँच सय शैय्या सञ्चालनमा छ । नयाँ सर्जिकल भवनलाई सरकारले कोरोनाभाइरस संक्रमितको उपचारका लागि ‘कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल’मा परिणत गरेको छ ।

  • पाँच बुँदे निर्णय गर्दै डब्लुएचओको काठमाडौं बैठक सकियो (निर्णयसहित)

    पाँच बुँदे निर्णय गर्दै डब्लुएचओको काठमाडौं बैठक सकियो (निर्णयसहित)

    काठमाडौं । विश्व स्वास्थ्य संगठन दक्षिणपूर्वी एसियाली क्षेत्रको ७४ औं बैठक ८ बुँदे निर्णय गर्दै आज सकिएको छ । पाँच दिनसम्म भर्चुअल माध्यममार्फत काठमाडौंमा बसेको बैठकको अध्यक्षता नेपालले गरेको थियो ।

    नेपालले यस सत्रदेखि अर्को सत्रसम्म नयाँ अध्यक्ष चयन नहुञ्जेल समितिको अध्यक्षता गर्ने निर्णय भएको छ । कोभिड-१९ महामारीको सन्दर्भमा अत्यावश्यक स्वास्थ्य सेवाहरुलाई थप प्रभावकारी बनाउन मन्त्रीस्तरीय घोषणापत्र जारी गर्ने निर्णय पनि भएको छ ।

    विश्व स्वास्थ्य संगठनको २०२२ देखि २०२३ सम्मको कार्यक्रम तथा बजेट पारित गर्ने, विद्यालय स्वास्थ्य र विद्यालयहरुमा स्वास्थ्य प्रवद्र्धन गर्ने कार्यलाई थप प्रभावकारी बनाउने निर्णय पनि भएको छ ।

    नसर्ने रोग, मुख स्वास्थ्य र आँखा स्वास्थ्यको रोकथाम तथा नियन्त्रणमा भए गरेका प्रयासलाई सुद्धढ बनाउने निर्णय गरिएको छ । साथै दक्षिणपूर्वी एसियाली मुलुकमा स्वास्थ्य प्रवद्र्धन बैठक गर्ने, भाइरल हेपाटाइटिस, एचआइभी तथा यौन रोग नियन्त्रणका लागि कार्य दशक मनाउने निर्णय पनि बैठकले गरेको छ ।

    ७५ औं बैठकको सत्र २०२२ सेप्टेम्बर ५ देखि ९ मा भुटानमा हुने पनि निर्णय भएको छ । काठमाडौंमा पाँचदिन सम्म चलेको बैठकलाई प्रधानमन्त्री शेरबहादुर देउवा र डब्लुएचओ निर्देशक डा. टेड्रोस लगायतले सम्बोधन गरेका थिए ।

  • शुक्रबार काठमाडौं उपत्यकामा ३५४ जना कोभिड संक्रमित थपिए

    शुक्रबार काठमाडौं उपत्यकामा ३५४ जना कोभिड संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा शुक्रबार ३५४ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा २५७ जना, भक्तपुरमा ४१ र ललितपुरमा ५६ छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा ६ हजार ५५४ जना सक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौंमा ३,४२९ जना, भक्तपुरमा १,१९१ जना र लललितपुरमा १,९३४ जना छन् ।

    कोरोनाभाइरस सुरु भएयता काठमाडौं उपत्यकामा ३१ सय ८६ जनाको मृत्यु भइसकेको छ ।

    १५ जिल्लामा ५०० भन्दा बढी संक्रमित छन् भने २१ वटा जिल्लमा २०० भन्दा बढी संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

     

  • शुक्रबार कोभिड संक्रमणबाट २१ जनाको मृत्यु, ११ सय संक्रमित थपिए

    शुक्रबार कोभिड संक्रमणबाट २१ जनाको मृत्यु, ११ सय संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा शुक्रबार मुलुकमा ११ सय ४६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । १० हजार ९१६ वटा नमूना (पीसीआर ८,५४९ र एन्टीजेन २,३६७) परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २१ जनाको मृत्यु भएको छ भने १६ सय ६० जना डिस्चार्ज भएका छन् ।

    गत २४ घण्टामा २९ हजार १८९ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

    हालसम्म मुलुकमा २७ हजार ९५८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

    नेपालमा कूल ७ लाख भन्दा बढी कोरोनाभाइरस संक्रमित छन् भने १० हजार ९२४ जनाले ज्यान गुमाएका छन् ।

    अहिलेसम्म आईसीयूमा ४५८ जना, भेन्टिलेटरमा १४५ जना, होम आइसोलेशनमा २६,२९६ जना, संस्थागत आइसोलेशनमा १,६६२ र क्वारेन्टाइनमा २५२ जना रहेको तथ्यांकमा उल्लेख छ ।

    मन्त्रालयको अनुसार नेपालमा कोरोनाभाइरसको संक्रमणदर १०.४ प्रतिशत छ भने मृत्युदर १.५ प्रतिशत छ ।

  • स्वास्थ्य आपतकाल सुरक्षा प्रणालीको सबलीकरण प्रमुख प्राथमिकताः डब्लुएचओ

    स्वास्थ्य आपतकाल सुरक्षा प्रणालीको सबलीकरण प्रमुख प्राथमिकताः डब्लुएचओ

    काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन र दक्षिणपूर्वी एसिया क्षेत्रका सदस्य राष्ट्रहरूले हाल जारी कोभिड–१९ महामारीको प्रभावकारी रूपमा प्रतिकार्य गर्न र भविष्यमा आउनसक्ने स्वास्थ्य आपतकालका लागि तयारी गर्नका लागि स्वास्थ्य आपतकाल सुरक्षा प्रणालीलाई थप सबलीकरण गर्ने बारेमा छलफल गरेका छन् ।

    ‘कोभिड–१९ महामारीले अभूतपूर्व चुनौतीहरू ल्याएको छ । विश्वको कुनै पनि देश यस स्तरको आपतकालको सामना गर्नका लागि पर्याप्त मात्रामा तयार थिएन । स्वास्थ्य सुरक्षा प्रणालीहरू सबलीकरण गर्ने हाम्रा प्रयत्नहरूमा हाल जारी महामारीबाट सिकेका पाठहरूको उपयोग गर्नु अत्यन्त महत्वपूर्ण छ,’ विश्व स्वास्थ्य सङ्गठन दक्षिणपूर्वी एसियाकी क्षेत्रीय निर्देशक डा। पूनम खेत्रपाल सिंहले क्षेत्रीय समितिको चौहत्तरौं बैठकमा भने ।

    आपतकालीन जोखिम व्यवस्थापनको सबलीकरण सन् २०१४ देखि विश्व स्वास्थ्य सङ्गठन दक्षिणपूर्वी एसिया क्षेत्रको लागि सबैभन्दा उच्च प्राथमिकताको कार्यक्रमको रूपमा रहँदै आएको छ ।

    यस क्षेत्रका ६ वटा देशहरूलाई प्रभावित बनाएको महाप्रकोप, सन् २००४ मा हिन्द महासागरमा आएको सुनामी पश्चात यस क्षेत्रले प्रतिकार्यको क्षमता निरन्तर रूपमा वृद्धि गर्दै आएको छ ।

    कोभिड–१९ महामारी शुरु हुनुभन्दा केही महिना पहिले मात्र, यस क्षेत्रका सदस्य राष्ट्रहरूले ‘दिल्ली घोषणापत्र’ अनुमोदन गरेका थिए जसको उद्देश्य जोखिमको लेखाजोखालाई विस्तार गरेर, लगानी अभिवृद्धि गरेर र बहुक्षेत्रीय योजनाहरूको कार्यान्वयनलाई थप प्रभावकारी बनाएर आपतकालीन तयारी क्षमतालाई थप सुदृढ बनाउने थियो ।

    विगतका वर्षहरूमा सदस्य राष्ट्रहरूले स्वास्थ्य आपतकाल तयारी तथा प्रतिकार्यका लागि अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावली ९२००५० को कार्यान्वयनमा पनि उल्लेखनीय प्रगति गरेका थिए ।
    ‘राष्ट्रहरूले संक्रमणको पैmलावट रोक्न र जीवन बचाउनका लागि विद्यमान प्रमुख क्षमताहरूको पूर्ण उपयोग गरेका छन् र साथै महामारीले निम्त्याएका अभूतपूर्व चुनौतीहरूको सामना गर्ने प्रयास पनि गरेका छन्’, क्षेत्रीय निर्देशकले भने। साथै, ‘हाम्रा स्वास्थ्य सुरक्षा प्रणाली र प्रबन्धहरूमा भएका गम्भीर कमीकमजोरी तथा अन्तरहरूलाई सम्बोधन गर्न जरुरी रहेको’पनि उनले बताए ।

    सदस्य राष्ट्रहरूले आपतकालीन शासन संरचना तथा जनशक्ति, निगरानी तथा चेतावनी संयन्त्र, प्रयोगशाला, आपूर्ति व्यवस्थापन प्रणाली, स्वास्थ्य स्याहार प्रणालीको तत्परता तथा जोखिम सञ्चार तथा सामुदायिक संलग्नता लगायतका तयारी प्रक्रियाका विभिन्न पक्षहरूको समीक्षा तथा सुधारका बारेमा पनि छलफल गरेका छन् ।

    हाल जारी प्रतिकार्यले गम्भीर स्वास्थ्य आपतकालको लागि तयारी गर्न र प्रतिकार्य गर्नका लागि सर्वोच्च स्तरको राजनीतिक नेतृत्व तथा संलग्नता र कार्यान्वयनका लागि बहुक्षेत्रीय प्रबन्धहरू अत्यन्त महत्वपूर्ण हुने कुरा देखाएको छ ।

    यस्ता प्रबन्धहरूले समयानुकुल, निर्णायक र बृहत् स्तरका कदमहरू चाल्न मद्दत गर्दछन् जस्तै सम्पूर्ण सरकारी संयन्त्र तथा सम्पूर्ण समाजद्वारा प्रतिकार्य र वित्तीय स्रोतहरूको परिचालन । यस किसिमका प्रबन्धहरूलाई निरन्तर रूपमा समीक्षा र सबलीकरण गर्नुपर्दछ ।

    डा.खेत्रपाल सिंहले स्वास्थ्य सुरक्षाका लागि राष्ट्रिय कार्ययोजनाहरू तर्जुमा र कार्यान्वयन गरेर र तिनलाई स्वास्थ्य प्रणाली सबलीकरणका प्रयासहरूसँग जोडेर राष्ट्रहरूले अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावली (२००५) अन्तर्गत आवश्यक पर्ने मुख्य क्षमताहरू निर्माण गर्ने, तिनलाई सुदृढ बनाउने र कायम राख्ने कार्य गर्नु जरुरी रहेको बताए।

    ‘हालको महामारीको प्रतिकार्य गर्न र भविष्यमा आउनसक्ने महामारी, आपतकाल तथा प्रकोपहरूका लागि अझ राम्रो तयारी गर्नका लागि स्वास्थ्य आपतकाल तयारी तथा प्रतिकार्य क्षमतालाई थप सबलीकरण गर्नका लागि आवश्यक पर्ने प्राथमिकता तथा कायहरू हामीले पहिचान गर्न हामीले काम गरिराख्नुपर्छ,’क्षेत्रीय निर्देशकले भने।

  • दीर्घरोगीलाई मासिक ५ हजार भत्ता, शहीद परिवारलाई पनि जीविकोपार्जन खर्च

    दीर्घरोगीलाई मासिक ५ हजार भत्ता, शहीद परिवारलाई पनि जीविकोपार्जन खर्च

    काठमाडौं । एमाले नारावाजी र अवरोधका बाबजुद शेरबहादुर देउवा नेतृत्वको सरकारले बजेट प्रतिस्थापन विधेयक संसदमा पेस गरेको छ ।

    अर्थमन्त्री जनार्दन शर्माले चालु खर्च अन्तर्गतका बैठक भत्ताहरूमा खर्च कटौती गर्ने र यसबाट उब्रिएको ५ अर्ब कोभिडमा खर्च गरिने बताएका छन् ।

    यसैगरी मिर्गौला तथा मेरुदण्डका दीर्घरोगीलाई ५ हजार रूपैयाँ भत्ता दिइने भएको छ । यसअघि देउवा नेतृत्वकै सरकारले यो निर्णय गरेको भए पनि कार्यान्वयनमा आएको थिएन ।

    विभिन्न राजनीतिक तथा परिवर्तनका आन्दोलनमा वलिदान गर्ने परिवार (शहीद) लाई जीवनवृत्तिस्वरूप मासिक ३ हजार प्रदान गरिने अर्थमन्त्री शर्माले बताएका छन् ।

  • थप ४८ नमुनामा डेल्टा भेरिएन्ट संक्रमण पुष्टि, सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

    थप ४८ नमुनामा डेल्टा भेरिएन्ट संक्रमण पुष्टि, सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

    काठमाडौं । पछिल्लो पटक गरिएको जिन सिक्वेन्सिङमा कोरोनाभाइरसको संक्रामक प्रजाति डेल्टा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । असार २३ देखि भदौ ४ सम्म मुलुकका विभिन्न स्थानबाट लिइएका ४८ वटा नमुना परीक्षण गर्दा सबैमा डेल्टा पुष्टि भएको हो ।

    जिनोमिक सिक्वेन्सिङ गर्दा डेल्टा भेरियन्ट देखिएको मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले बताए । उक्त नमुना भारतको नयाँ दिल्लीस्थित ‘द इन्स्टिच्युट अफ जिनोमिक एन्ड इन्टेग्रेटिभ बायोलोजी (आईजीआईबी)मा जिनोमिक सिक्वेन्सिङका लागि पठाइएको थियो ।

    डेल्टा भेरिएन्ट सबै उमेर समूहका मानिसहरुमा संक्रमण हुने भएकाले सतर्कता अपनाउन मन्त्रालयले आग्रह छ । नेपालमा अल्फा र डेल्टा भेरियन्ट तथा भेरिएन्ट अफ इन्ट्रेस्टका रूपमा कप्पा भेरिएन्ट भेटिएको छ ।

    नेपालको दोस्रो लहर संक्रामक हुनुमा डेल्टालाई कारण मानिएको छ । विज्ञहरुले डेल्टाकै कारण पुनः तेस्रो लहर आउन सक्ने चेतावनी दिएका छन् । पछिल्लो समय परीक्षण कम भएसँगै संक्रमण संख्या पनि घटेको छ भने मृत्युदर स्थिर छ ।

  • चितवनमा भाइरल ज्वरोका बिरामी बढे

    चितवनमा भाइरल ज्वरोका बिरामी बढे

    चितवन । मौसम परिवर्तन भएसँगै यहाँका अस्पतालमा भाइरल ज्वरोका बिरामीको संख्या बढेको छ । भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामीहरु बढेका छन् ।

    भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार अहिले अस्पतालमा उपचार गराउन आउनेमध्ये जनरल मेडिसिन विभागमा आउने बिरामीको सङ्ख्या १०० भन्दा बढी छ । पहिलेको तुलनामा यो संख्या बढी हो । लक्षण कारोनासँग मिल्दोजुल्दो भएको तर कोरोना नभई भाइरल ज्वरो रहेको उनले जानकारी दिए ।

    भरतपुर अस्पतालको जनरल मेडिसिनमा अहिले दैनिक २०० को हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन् । तीमध्ये ६० प्रतिशत ज्वरो र मौसमी रुघाखोकीका बिरामी आउने गरेका उनले बताए।

    मौसममा परिवर्तन हुने समय र नियमित वर्षाका कारण पानी दूषित हुँदा बिरामीको चाप बढेको भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा कालिदास अधिकारीले बताए । अहिले ज्वरो र मौसमी रुघाखोकीका बिरामी पहिलेको तुलनामा बढ्दै गएको उनको भनाइ छ । गत एक सातायतादेखि बिरामीकोे चाप बढ्दै गएको हो ।

    अस्पतालमा आएका बिरामीमध्ये अधिकांश दुई–तीन दिनदेखि उच्च ज्वरो आएका रहेका छन् । यस्तै भाइरल ज्वरोका बिरामी बालबालिकाको सख्या पनि अहिले उच्च छ । अस्पतालमा आउने बालबालिकामध्ये ७० देखि ८० प्रतिशत भाइरल ज्वरोका बिरामी छन् । बालबालिकामा पनि अहिले उच्च ज्वरो, निमोनिया र रुघाखोकीको समस्या देखिएको अस्पतालले जनाएको छ ।

    पाँच वर्षमुनिका बच्चामा ज्वरो र मौसमी रुघाखोकीको समस्या बढी देखिएको अस्पतालका बालरोग विशेषज्ञ डा युवानिधि बशौलाले जानकारी दिए। कोभिडका कारण बालबालिकालाई पूर्णखोप लगाउन नपाउँदा यस्तो समस्या देखिएको उनको भनाइ छ । अहिलेको समयमा झोलिलो पदार्थ, सागपात, फलफूलजस्ता पोषणयुक्त खानेकुरामा बढी जोड दिन चिकित्सकले सुझाएका छन् ।

  • क्षेत्रपाटी नि:शुल्क चिकित्सालयको अत्याधुनिक भवन बन्ने, मेयर शाक्यले गरे शिलान्यास

    क्षेत्रपाटी नि:शुल्क चिकित्सालयको अत्याधुनिक भवन बन्ने, मेयर शाक्यले गरे शिलान्यास

    काठमाडौं । काठमाडौंको क्षेत्रपाटीमा रहेको क्षत्रपाटी नि:शुल्क चिकित्सालयले ३५ करोड रूपैयाँको लागतमा आठ तल्ले अत्याधुनिक नयाँ भवन बनाउने भएको छ । काठमाडौं महानगरपालिका वडा नं १७ मा रहेको सो अस्पतालले हाल सञ्चालनमा रहेको अस्पतालसँगैको जग्गामा अत्याधुनिक आठ तल्ले भवन बनाउन लागेको हो । अस्पतालका संस्थापकको नाममा ‘माउ बद्रि’ भवन निर्मार्ण गर्न लागेको हो ।

    आज आयोजित एक कार्यक्रमका बीच काठमाडौं महानगरपालिका मेयर विद्या सुन्दर शाक्य तथा उपमेयर हरिप्रभा खड्गी (श्रेष्ठ) ले संयुक्त रूपमा शिलान्यास गरेका छन् । शिलान्यास कार्यक्रममा आयोजित समारोहलाई सम्बोधन गर्दै काठमाडौं महानगरपालिका मेयर शाक्यले क्षेत्रपाटी नि:शुल्क चिकित्सालय नयाँ युगमा प्रवेश गरेको बताउँदै रकम अभावका कारण भवन निर्माण सम्बन्धी कार्य नरोकिने प्रतिबद्धता व्यक्त गरे ।

    ‘यहाँ वडा अध्यक्षज्युहरू, उपमेयरज्यु छौं, फेरि पनि जितेर आउने हामी मध्येबाटै कोही हुन्छौं, त्यसैले जनताको सेवा गर्ने क्षत्रपाटी चिकित्सालयले रकम अभावमा काम गर्न पाइन भनेर गुनासो गर्ने ठाउँ दिन्नौं,’ मेयर शाक्यले भने ।

    मेयर शाक्यले स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गर्ने वित्तिकै प्रतिफल आउने नभई वर्षौंपछि प्रतिफल आउने हुँदा जनताको सेवामा समर्पित अस्पतालको लागि काठमाडौंबासीले तिरेको कर, जनतालाई फिर्ता गरेको बताए ।

    मेयर शाक्यले जनताको सेवामा समर्पित र राम्रो काम हुने ठाउँमा रकम अभाव हुन नदिनेसमेत प्रतिबद्धता व्यक्त गरेका छन् । मेयर शाक्यले अस्पतालले बिरामीको सेवामा विशेष ध्यान दिनुपर्ने बताए । अस्पतालमा आएका बिरामीहरूले नराम्रो रहेछ भन्दै फर्कनु पर्ने अवस्था आउन नदिन व्यवस्थापन, कर्मचारी र चिकित्सकहरूलाई सुझाव दिएका छन् ।

    कार्यक्रममा उपमेयर हरिप्रभा खड्गी (श्रेष्ठ)ले क्षत्रपाटी नि:शुल्क चिकित्सालयले काठमाडौंभित्रका कोर सिटीका जनताको सेवामा कुनै कसर बाँकी नराखेको बताइन् । मेयर खड्गीले भनिन्, ‘काठमाडौंमा फोहोरको समस्या छ, खानेपानीको समस्या छ, त्यसैले स्वास्थ्य संस्थाको धेरै नै महत्व छ ।’

    उपमेयर खड्गीले शहरी क्षेत्रभित्र राम्रो सेवा दिने स्वास्थ्य संस्थाको रूपमा सामुदायिक अस्पतालको संख्या भएको बताइन् ।
    कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं १७ का वडा अध्यक्ष नविन मानन्धरले क्षेत्रपाटी नि:शुल्क चिकित्सालयको संस्थागत र संगठित रूपमा विकास गरेर अघि बढ्नुपर्ने बताए । वडा अध्यक्ष मानन्धरले कोरोना महामारीमा अस्पतालले बिरामीहरूको नि:शुल्क उपचार गरेको स्मरण गराउँदै २०१५ सालदेखि उक्त अस्पतालले जनताको सेवामा समर्पित भएर काम गर्दै आएको बताए ।

    काठमाडौं महानगरपालिकाले उपलब्ध गराएको पाँच करोड तथा अन्य दाताहरुले उपलब्ध गराएको थप डेड करोड रूपैयाँ सहित निर्माण सुरु गरिएको अस्पताल दाताहरुबाट संकलित सहयोग रकमबाट निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको व्यवस्थापन समितिका अध्यक्ष डा. मनोजमान श्रेष्ठले बताए ।

    क्षेत्रपाटी नि:शुल्क चिकित्सालय २०१३ साल माघ २३ गते १० रूपैयाँको कूल पुँजीबाट सुरु भएको नेपालको पुरानो सामुदायिक स्वास्थ्य संस्था हो । तत्कालिन सञ्चार, यातायात तथा नहर मन्त्री गणेश मान सिंहले २०१६ साल माघ २३ गते श्रीपञ्चमीका दिनमा भवन शिलान्यास गरेर भौतिक पूर्वाधारमा अघि बढेको अस्पतालले हाल दुई वटा अत्याधुनिक भवनमा सम्पूर्ण स्वास्थ्य सेवा प्रवाह गर्दै आइरहेको छ ।

    हुनेसँग शुल्क लिने र नहुनेसँग शुल्क नलिई सेवा गर्ने नीति लिएको क्षत्रपाटी नि:शुल्क चिकित्सालयमा मुटु सम्बन्धी अत्याधुनिक उपचार सेवा उपलब्ध छ भने दैनिक १०० सिलिण्डर अक्सिजन उत्पादन गर्ने प्लान्ट सहित अत्याधुनिक भेन्टिलेटर सुविधा समेत रहेको छ ।

  • बिहीवार १२ सय कोभिड संक्रमित थपिए, थप १४ जनाको मृत्यु

    बिहीवार १२ सय कोभिड संक्रमित थपिए, थप १४ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा १२७१ जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ९४४ नमुना परीक्षण गर्दा ती संक्रमित भेटिएका हुन् ।

    बिहीवार कोभिड संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । १८४५ जना निको भएका छन् । मुलुकभर सक्रिय संक्रमित संख्या २८ हजार ६७८ छ ।

    काठमाडौंमा ३२९, ललितपुरमा ६७ र भक्तपुरमा ३७ जना कोभिड संक्रमित थपिएका छन् । उपत्यकामा बिहीबार ४३३ जनामा नयाँ संक्रमण पुष्टि भएको छ ।

    १६ जिल्लामा सक्रिय संक्रमित संख्या ५०० भन्दा माथि छ भने २१ जिल्लामा सक्रिय संक्रमण २०० भन्दा माथि छ ।

    कूल संक्रमित संख्या ७ लाख ७४ हजार छ । कूल मृत्यु हुने संख्या १० हजार ९०३ छ ।

  • कोभिड महामारीविरुद्ध लड्न स्वास्थ्य आपतकाल सुरक्षा प्रणालीलाई बलियो तुल्याउने प्रतिबद्धता

    कोभिड महामारीविरुद्ध लड्न स्वास्थ्य आपतकाल सुरक्षा प्रणालीलाई बलियो तुल्याउने प्रतिबद्धता

    काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन र दक्षिणपूर्वी एसिया क्षेत्रका सदस्य राष्ट्रहरूले कोभिड–१९ महामारीविरुद्ध लड्न र भविष्यमा आउनसक्ने स्वास्थ्य आपतकालका लागि तयारी गर्न सुरक्षा प्रणालीलाई बलियो बनाउनेबारे छलफल गरेका छन् । काठमाडौंमा जारी डब्लुएचओ दक्षिणपूर्वी एसियाली सदस्य मुलुकहरुको ७४ औं बैठकको तेस्रो दिन बिहीबार महामारीविरुद्ध मिलेर लड्नेबारे छलफल भएको हो ।

    “कोभिड-१९ महामारीले अभूतपूर्व चुनौतीहरू ल्याएको छ । कुनै पनि देश यस स्तरको आपतकालको सामना गर्नका लागि पर्याप्त मात्रामा तयार थिएनन् । स्वास्थ्य सुरक्षा प्रणाली सबलीकरण गर्ने हाम्रा प्रयत्नहरूमा हाल जारी महामारीबाट सिकेका पाठहरूको उपयोग गर्नु अत्यन्त महत्वपूर्ण छ,” विश्व स्वास्थ्य सङ्गठन दक्षिणपूर्वी एसियाकी क्षेत्रीय निर्देशक डा. पूनम खेत्रपाल सिंहले भनिन् ।

    आपतकालीन जोखिम व्यवस्थापनलाई बलियो तुल्याउनेबारे सन् २०१४ देखि विश्व स्वास्थ्य सङ्गठनले कार्य गर्दै जनाउँदै उनले सन् २००४ मा हिन्द महासागरमा आएको सुनामीपछि पश्चात यस क्षेत्रले प्रतिकार्यको क्षमता निरन्तर रूपमा वृद्धि गर्दै आएको स्मरण समेत गरिन् ।

    कोभिड महामारी शुरु हुनुभन्दा केही महिना पहिले मात्र, यस क्षेत्रका सदस्य राष्ट्रहरूले ‘दिल्ली घोषणापत्र’ अनुमोदन गरेका थिए जसको उद्देश्य जोखिमको लेखाजोखालाई विस्तार गरेर, लगानी अभिवृद्धि गरेर र बहुक्षेत्रीय योजनाहरूको कार्यान्वयनलाई थप प्रभावकारी बनाएर आपतकालीन तयारी क्षमतालाई थप सुदृढ बनाउने थियो ।

    विगतका वर्षहरूमा सदस्य राष्ट्रहरूले स्वास्थ्य आपतकाल तयारी तथा प्रतिकार्यका लागि अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावली (२००५) को कार्यान्वयनमा पनि उल्लेखनीय प्रगति गरेका थिए ।

    “राष्ट्रहरूले संक्रमणको फैलावट रोक्न र जीवन बचाउनका लागि विद्यमान प्रमुख क्षमताहरूको पूर्ण उपयोग गरेका छन् र साथै महामारीले निम्त्याएका अभूतपूर्व चुनौतीहरूको सामना गर्ने प्रयास पनि गरेका छन्”, क्षेत्रीय निर्देशकले भनिन्, ‘हाम्रा स्वास्थ्य सुरक्षा प्रणाली र प्रबन्धमा भएका गम्भीर कमीकमजोरी तथा अन्तरहरूलाई सम्बोधन गर्न जरुरी रहेको छ ।’

    सदस्य राष्ट्रहरूले आजको बैठकमा आपतकालीन शासन संरचना तथा जनशक्ति, निगरानी तथा चेतावनी संयन्त्र, प्रयोगशाला, आपूर्ति व्यवस्थापन प्रणाली, स्वास्थ्य स्याहार प्रणालीको तत्परता तथा जोखिम सञ्चार तथा सामुदायिक संलग्नता लगायतका तयारी प्रक्रियाका विभिन्न पक्षहरूको समीक्षा तथा सुधारका बारेमा पनि छलफल गरेका छन् ।

    कोभिड महामारीबाट आफूहरुले निगरानी तथा सम्पर्कमा आएका व्यक्तिको खोजी कार्यदेखि लिएर क्लिनिकल व्यवस्थापन, प्रयोगशाला परीक्षण, खोप कार्यक्रम, तथा सामुदायिक संलग्नता लगायतका प्रतिकार्यका विभिन्न पक्षहरूको आकस्मिक रूपमा असामान्य स्तरमा क्षमता विस्तार गर्नुपर्ने आवश्यकताका लागि पनि योजना बनाउन जरुरी छ रहेको पाठ सिकेको सदस्य मुलुकहरुले बताएका छन् ।

    डा. खेत्रपाल सिंहले स्वास्थ्य सुरक्षाका लागि राष्ट्रिय कार्ययोजनाहरू तर्जुमा र कार्यान्वयन गरेर र तिनलाई स्वास्थ्य प्रणाली सबलीकरणका प्रयासहरूसँग जोडेर राष्ट्रहरूले अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावली (२००५) अन्तर्गत आवश्यक पर्ने मुख्य क्षमताहरू निर्माण गर्ने, तिनलाई सुदृढ बनाउने र कायम राख्ने कार्य गर्नु जरुरी रहेको बताइन् ।

    “हालको महामारीको प्रतिकार्य गर्न र भविष्यमा आउनसक्ने महामारी, आपतकाल तथा प्रकोपहरूका लागि अझ राम्रो तयारी गर्नका लागि स्वास्थ्य आपतकाल तयारी तथा प्रतिकार्य क्षमतालाई थप सबलीकरण गर्नका लागि आवश्यक पर्ने प्राथमिकता तथा कायहरू हामीले पहिचान गर्न हामीले काम गर्नुपर्छ,” क्षेत्रीय निर्देशकले भनिन् ।

  • कोभिड खोपसँगै नियमित खोप कार्यक्रमलाई पनि विस्तार गरौं : डब्लुएचओ

    कोभिड खोपसँगै नियमित खोप कार्यक्रमलाई पनि विस्तार गरौं : डब्लुएचओ

    काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले दक्षिणपूर्वी एसियाली मुलुकहरुलाई कोभिड-१९ खोप अभियानमा तीव्रता दिन र खोप कार्यक्रमको परिमाण विस्तार गर्नका लागि आग्रह गरेको छ ।

    क्षेत्रीय समितिको ७४ औं बैठकको क्रममा आज बोल्दै क्षेत्रीय निर्देशक डा. पूनम खेत्रपाल सिंहले भनिन्, ‘महामारीको कारण खोपद्वारा रोकथाम गर्न सकिने रोगहरू सम्बन्धित खोप सेवाहरू तथा निगरानी प्रक्रिया अवरुद्ध भएको हुनाले पुनः फैलने जोखिम बढिरहेको छ । यस सम्बन्धमा विभिन्न प्रयासहरू गरिराखिएको भएता पनि अझ धेरै गर्नुपर्ने आवश्यकता छ ।’

    महामारीको सुरुआतसम्म हासिल भएका उल्लेखनीय प्रगतिको स्मरण गराउँदै क्षेत्रीय निर्देशकले डीटीपी-३ खोपको कभरेज ९१ प्रतिशत पु¥याइसकेको हुनाले खोपद्वारा रोकथाम गर्न सकिने रोगको हकमा उक्त समयसम्मकै उत्कृष्ट अवस्थामा पुगिसकेको बताइन् ।

    ११ मध्ये १० देशहरूले डिटिपि-३ खोपको कभरेज ९० प्रतिशतभन्दा बढी हासिल गरिसकेका थिए ।

    डब्लुएचओका अनुसार यस क्षेत्रका देशहरूले महामारीको दौरानमा अत्यावश्यक सेवाहरू पुनःसुचारु गर्दा नियमित खोप कार्यक्रमहरूलाई प्राथमिकता दिएका भएता पनि यस क्षेत्रको डीटीपी कभरेज ८५ प्रतिशतमा झरेको छ । सन् २०१९ मा खोप नै नलगाएका वा पूर्ण रूपमा खोप नलगाएका बालबालिकाको सङ्ख्या ३० लाख रहेकोमा हाल सो सङ्ख्या बढेर ४९ लाख पुगेको छ । खोपद्वारा रोकथाम गर्न सकिने रोगहरूको निगरानी प्रक्रिया पनि प्रभावित भएको छ ।

    कोभिड-१९ महामारीले यस क्षेत्रको प्रमुख प्राथमिकताको रूपमा रहेको दादुरा तथा रुबेला उन्मूलनका रणनीतिहरूको कार्यान्वयनमा पनि असर पारेको डब्लुएचओले जनाएको छ। दादुराविरुद्धको खोपको पहिलो मात्राको अनुमानित कभरेज यस क्षेत्रमा सन् २०१९ मा ९४ प्रतिशत रहेकोमा सन् २०२० मा घटेर ८८ प्रतिशतमा खुम्चिएको छ । दादुराविरुद्धको खोपको दोस्रो मात्राको कभरेज पनि सन् २०१९ मा ८३ प्रतिशत रहेकोमा सन् २०२० मा घटेर ७८ प्रतिशत पुगेको छ ।

    “कोभिड-१९ ले पुर्‍याएको क्षतिलाई तुरुन्त पूर्ति गर्नुपर्ने, गएको दशकमा हासिल भएको प्रगतिको दरलाई पुनः प्राप्त गर्नुपर्ने, र शिशु, बालबालिका तथा वयस्कहरूलाई जीवन रक्षक खोपहरूद्वारा संरक्षण दिनुपर्ने आवश्यकता छ,” डा. खेत्रपाल सिंहले भनिन् ।

    हाल जारी क्षेत्रीय समिति बैठकले दक्षिणपूर्वी एसिया क्षेत्रीय खोप कार्ययोजना २०२२–२०३० को रणनीतिक खाकामा पनि छलफल गरेको छ । उक्त कार्ययोजना कोभिड–१९ विरुद्धको खोप तथा कोभिड–१९ महामारीबाट प्रभावित खोप प्रणाली तथा खोपद्वारा रोकथाम गर्न सकिने रोगहरूको निगरानीको पुनःस्थापनामा केन्द्रित छ ।

    “यस खाकाको कार्यान्वयनका लागि उच्चस्तरीय राजनीतिक तथा कार्यक्रमिक प्रतिबद्धता र साझेदारहरूको सहकार्य आवश्यक पर्नेछ जसका लागि विश्व स्वास्थ्य सङ्गठन प्रतिबद्ध छ,” क्षेत्रीय निर्देशकले भनिन् । अहिलेसम्म दक्षिणपूर्वी एसियाली क्षेत्रमा ९१ करोड ५० लाख मात्रा खोप लगाइसकिएको छ । हालैका हप्ताहरूमा भएको थप खोपको उपलब्धताले खोपको विस्तारमा सहयोग पुगेको जनाइएको छ ।

    महामारीले दिएको चुनौतीका बावजुद यो क्षेत्रले पोलियो उन्मूलन तथा मातृ तथा शिशु टिटानस मुक्त अवस्थालाई कायम राखिराखेको छ । पाँचवटा देशहरू दादुरा मुक्त भएका छन् भने ती मध्ये दुई देशहरू रुबेला मुक्त पनि हुन सफल भएका छन् । चारवटा देशहरूले खोपको माध्यमबाट हेपाटाइटिस बी नियन्त्रण गर्न सफल भएको पनि प्रमाणित भएको छ ।

    क्षेत्रीय समिति बैठक विश्व स्वास्थ्य सङ्गठनको दक्षिणपूर्वी क्षेत्रको शासन गर्ने निकायको वार्षिक बैठक हो । यसपालीको आयोजक राष्ट्र नेपाल रहेको यो बैठक महामारीको कारणले गर्दा गत वर्षदेखि भर्चुअल्ली गरिँदै आइएको छ ।

  • बुधबार १६ सय कोभिड संक्रमित थपिए, १० जनाको मृत्यु

    बुधबार १६ सय कोभिड संक्रमित थपिए, १० जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा १६४० जना कोभिड बिरामी थपिएका छन् । १३ हजार ४५५ नमुना परीक्षण गर्दा ती संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    परीक्षण गरिएका नमुनामध्ये ९७६७ पीसीआर र ३६८८ एन्टीजेन नमुना परीक्षण थिए । बुधबार थप २१६१ जना कोभिड बिरामी निको भएका छन् ।

    पछिल्लो २४ घण्टामा थप १० जनाको कोभिड संक्रमणको कारण मृत्यु भएको जनाइएको छ । अहिले देशभर सक्रिय संक्रमित संख्या २९ हजार ४७९ जना रहेका छन् ।

    बुधबारको संक्रमण दर १२.१८ प्रतिशत छ ।

    काठमाडौंं जिल्लामा ३४९, ललितपुरमा १५० र भक्तपुरमा ६९ गरि ५६८ जना संक्रमित उपत्यकामा थपिएका छन् । उपत्यकापछि कास्कीमा १३२ र मोरङमा १३८ जना संक्रमित थपिएका छन् ।

    कूल संक्रमित संख्या ७ लाख ७३ हजार (पीसीआर) र ८६ हजार (एन्टीजेन) संक्रमण पुष्टि भएको छ । कूल मृत्यु संख्या १० हजार ८८९ पुगेको छ ।

  • विद्यालय खोल्न हतार नगर्न अभिभावक संघको आग्रह, प्रशासनले भन्यो : जोखिम भएका ठाउँमा खोल्न दिइएको छैन

    विद्यालय खोल्न हतार नगर्न अभिभावक संघको आग्रह, प्रशासनले भन्यो : जोखिम भएका ठाउँमा खोल्न दिइएको छैन

    काठमाडौं । कोभिड-१९ को जोखिमको विश्लेषणका आधारमा काठमाडौँ र अन्य जिल्लाका स्थानीय तहमा आगामी असोज १ गतेदेखि विद्यालय सञ्चालन गर्न सकिने गरी तयारी गरिएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारीले मङ्गलबार बोलाउनुभएको बैठकमा स्वास्थ्य जोखिमको स्थिति विश्लेषण गरी जिल्ला सङ्कट व्यवस्थापन केन्द्रसँगको समन्वयमा कुन समूह वा सिफ्टमा विद्यालय खोल्ने भन्ने एकरूप कार्ययोजना पेश गर्न आग्रह गर्ने निर्णय भएको थियो ।

    विद्यालय खोल्न सकिने स्थानका शिक्षक र कर्मचारीले कोभिडविरुद्धको खोप लगाएको हुनुपर्नेलगायतका आधार बनाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले स्मार्ट लकडाउनअन्तर्गत विद्यालयलगायतका क्षेत्र खोल्न सकिने निर्णय यसअघि भइसकेकामा सम्बन्धित पालिकाले त्यसको ढाँचाबारे आवश्यक परामर्श गरी कार्ययोजना पेश गर्न भनिएको जानकारी दिइन् । उनले जोखिम भएका स्थानमा अनिवार्यरूपमा विद्यालय खोल्नुपर्ने भन्ने नरहेको स्पष्ट गरिन् ।

    हतार नगर्न अभिभावकको आग्रह

    राष्ट्रिय अभिभावक महासङ्घले भने जोखिम कायमै रहेकाले विद्यालय खोल्न हतारो नगर्न आग्रह गरेको छ । महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले शहरी क्षेत्रमा जोखिम कायम रहेको, महत्वपूर्ण चाडपर्व आउन लागेको, सबैले खोप नलगाएको र बालबालिका प्रभावित हुने गरी तेस्रो लहर आउन सक्ने भएकाले तत्काल विद्यालय खोल्न नहुने सुझाव सरोकार भएकाहरुको बैठकमा दिइएको बताए । भौतिकरूपमा विद्यालय बन्द हुँदा हाल सञ्चार तथा सूचना प्रविधिको सहयोगमा वैकल्पिक माध्यमबाट सिकाइ निरन्तरता दिइएको छ ।

  • काठमाडौं उपत्यकामा मंगलबार ५१९ संक्रमित थपिए

    काठमाडौं उपत्यकामा मंगलबार ५१९ संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मंगलबार ५१९ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा ३६४ जना, भक्तपुरमा ६६ र ललितपुरमा ८९ छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा ७ हजार ३१० जना सक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौंमा ४,०१९ जना, भक्तपुरमा १,२७६ जना र लललितपुरमा २०१५ जना छन् ।

    कोरोनाभाइरस सुरु भएयता काठमाडौं उपत्यकामा ३१ सय ७६ जनाको मृत्यु भइसकेको छ ।

    १७ जिल्लामा ५०० भन्दा बढी संक्रमित छन् भने २१ वटा जिल्लमा २०० भन्दा बढी संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

     

  • मंगलबार १६ सय कोभिड बिरामी थपिए, २१ जनाको मृत्यु

    मंगलबार १६ सय कोभिड बिरामी थपिए, २१ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा मंगलबार १६ सय ७७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । १५ हजार ३४ वटा नमूना (पीसीआर ११,१११ र एन्टीजेन ३,९२३) परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २१ जनाको मृत्यु भएको छ भने २ हजार ७२ जना डिस्चार्ज भएका छन् ।
    गत २४ घण्टामा ८० हजार ४०० जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

    हालसम्म मुलुकमा ३० हजार ३०३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । नेपालमा कूल ७ लाख भन्दा बढी कोरोनाभाइरस संक्रमित छन् भने १० हजार ८७९ जनाले ज्यान गुमाएका छन् ।

    अहिलेसम्म आईसीयूमा ५१४ जना, भेन्टिलेटरमा १५४ जना, होम आइसोलेशनमा २८,३१४ जना, संस्थागत आइसोलेशनमा १,९८९ र क्वारेन्टाइनमा २५८ जना रहेको तथ्यांकमा उल्लेख छ ।

    मन्त्रालयको अनुसार नेपालमा कोरोनाभाइरसको संक्रमणदर ११.१ प्रतिशत छ भने मृत्युदर १.५ प्रतिशत छ ।

  • दक्षिणपूर्वी एसियाका ११ जना स्वास्थ्यमन्त्रीद्वारा १२ बुँदे ‘काठमाडौं सहमति’ सार्वजनिक (घोषणापत्रसहित)

    दक्षिणपूर्वी एसियाका ११ जना स्वास्थ्यमन्त्रीद्वारा १२ बुँदे ‘काठमाडौं सहमति’ सार्वजनिक (घोषणापत्रसहित)

    काठमाडौं । काठमाडौंमा जारी विश्व स्वास्थ्य संगठनको ७४ औं दक्षिणपूर्वी एसियाली बैठकको दोस्रो दिन ११ वटा सदस्य मुलुकका स्वास्थ्य मन्त्रीहरुले १२ बुँदे सहमति गरेका छन् ।

    १२ बुँदे घोषणापत्रमा कोभिड महामारीले अर्थतन्त्र, समाज र स्वास्थ्यमा पारेको चुनौतिविरुद्ध एक भएर लड्ने, स्वास्थ्यमा सबैको पहुँच तुल्याउन स्वास्थ्य प्रणालीमा व्यापक पुनर्संरचना गर्ने तथा राजनीतिक नेतृत्व एवं सरकारलाई उत्तरदायी तुल्याउने सहमति छन् ।

    दिगो विकास लक्ष्य हासिल गर्न प्राथमिक स्वास्थ्य केन्द्रमा स्थानीय लगानी बढाउने, आधारभूत तथा अत्यावश्यक स्वास्थ्य संरचना समुदायस्तरमै निर्माण गर्ने छन् । आधारभूत स्वास्थ्य स्याहारको तहमा मानसिक स्वास्थ्यसहितका अन्य नसर्ने रोगहरुविरुद्ध एकभएर लड्ने सहमति पनि छन् ।

    दक्षिणपूर्वी एसियामा कोभिडविरुद्धको खोप र सामाग्रीको समानुपातिक वितरणमा जोड दिने तथा विगतमा भएका सम्झौताको कार्यान्वयन गर्ने लगायतका सहमति छन् । आइतबारदेखि सुरु बैठकको दोस्रो दिन ११ वटै मुलुकका स्वास्थ्यमन्त्रीहरुले भर्चुअलरुपमा छलफल गरेका थिए ।

    सम्मेलन पाँचदिन चल्नेछ ।

  • सरकारद्वारा राष्ट्रिय एम्बुलेन्स निर्देशिका जारी, क र ख वर्गको लाई मात्र भन्सार छुट दिइने

    सरकारद्वारा राष्ट्रिय एम्बुलेन्स निर्देशिका जारी, क र ख वर्गको लाई मात्र भन्सार छुट दिइने

    काठमाडौं । सरकारले राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ सार्वजनिक गरेको छ । नयाँ निर्देशिका स्वीकृत भएसँगै एकीकृत एम्बुलेन्स तथा पूर्व अस्पताल सेवा सञ्चालन निर्देशिका २०७७ खारेज भएको छ। स्वास्थ्य मन्त्रीसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशिका कार्यन्वयनका लागि यसअघि नै स्वीकृति दिइसकेका छन् ।

    नयाँ जारी राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ अनुसार अब एम्बुलेन्स सञ्चालन गर्दा क र ख कुन वर्गको खरिद वा प्राप्ति गर्ने हो सो स्पष्ट उल्लेख गरि निवेदन दिनुपर्ने भएको छ ।

    यसअघि एम्बुलेन्सलाई क, ख र ग गरी तीन वर्गमा विभाजन गरिएको थियो । नयाँ निर्देशिकामा क र ख वर्गको मात्र एम्बुलेन्स सञ्चालन गर्न पाउने र ग वर्गका एम्बुलेन्सले अब नवीकरण गरेर ख वर्गमा लैजानुपर्ने व्यवस्था गरिएको छ ।

    अब क र ख वर्गका एम्बुलेन्स खरिद गर्दा राजस्व छुट दिइने सरकारले जनाएको छ । सबै एम्बुलेन्समा अनिवार्य रुपमा फेर व्हील ड्राइभ, पावर स्टेरिङ, सस्पेन्स चेन प्रणाली जडान गरिएको हुनुपर्ने जनाइएको छ ।

    एम्बुलेन्स सेवा सञ्चालन गर्न जनस्वास्थ्य सेवा ऐन र नियमावालीको प्रावधानअनुसार स्वास्थ्य संस्थाले सञ्चालन गर्ने व्यवस्था गरिएको छ। चालकले स्वास्थ्य तालिम केन्द्रबाट तालिम लिएको हुनुपर्ने, जीपिएस अनिवार्य जडान हुनुपर्ने लगायतका व्यवस्था निर्देशिकामा व्यवस्था गरिएको छ ।

     

  • आज काठमाडौंका आठवटा खोप केन्द्रमा कोरोनाविरुद्ध पहिलो र दोस्रो डोज खोप लगाइँदै

    आज काठमाडौंका आठवटा खोप केन्द्रमा कोरोनाविरुद्ध पहिलो र दोस्रो डोज खोप लगाइँदै

    काठमाडौं । आज काठमाडौंका विभिन्न आठवटा खोप केन्द्रमा कोभिड-१९ विरुद्धको खोप लगाइँदैछ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार आज भेरोसेल, अस्ट्राजेनेका र जोन्सन एन्ड जोन्सनको पहिलो र दोस्रो डोज लगाउन लागिएको हो ।

    प्रहरी अस्पताल र नेपाली सेनाको अस्पतालमा आज पहिलो र दोस्रो डोजको खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिए । भेरोसेल र एस्ट्राजेनेका खोप प्रहरी अस्पताल खोप केन्द्र तथा र सैनिक अस्पतालमा भेरोसेल र जोन्सन एन्ड जोन्सन खोपको पहिलो र दोस्रो मात्रा लगाइने भएको छ ।

    राजधानीको सामाखुसीस्थित राधास्वामी आइसोलेसन सेन्टर, वीर अस्पताल, प्रसूति गृह, त्रिवि शिक्षण अस्पताल, सशस्त्र प्रहरी अस्पताल र निजामती अस्पतालमा अस्ट्राजेनेका खोपको पहिलो मात्रा दिइने छ।

  • नेपालद्वारा स्वास्थ्य प्रणालीको पुनर्संरचना गर्ने प्रस्ताव, रोग नियन्त्रण केन्द्र स्थापनाको घोषणा

    नेपालद्वारा स्वास्थ्य प्रणालीको पुनर्संरचना गर्ने प्रस्ताव, रोग नियन्त्रण केन्द्र स्थापनाको घोषणा

    काठमाडौं । विश्व स्वास्थ्य संगठनको ७४ औं दक्षिणपूर्वी एसियाली बैठक नेपाली राजधानीमा जारी छ । बैठकको दोस्रो दिन आज संगठनको ११ वटा क्षेत्रीय सदस्य मुलुकका स्वास्थ्यमन्त्रीबीच आज राउन्डटेबल भैरहेको छ ।

    राउन्ड-टेबुलमा स्वास्थ्यमन्त्रीहरुले आ-आफ्नो मुलुकका स्वास्थ्य एजेन्डाहरु प्रस्तुत गरिरहेका छन् । साथै, स्वास्थ्य रणनीति र चुनौतिहरु पनि पेश गरेका छन् । नेपाली स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले नेपालको तर्फबाट एजेन्डाहरु प्रस्तुत गरे ।

    सार्वजनिक स्वास्थ्यका चुनौतिहरुसँग जुधेर सेवालाई प्रभावकारी बनाउनेबारे स्वास्थ्य सेवाकै पुनर्संरचना गर्नेबारे मन्त्री श्रेष्ठले योजना प्रस्तुत गरेका छन् ।

    नेपालले रोग नियन्त्रण केन्द्र स्थापना गर्ने, खाद्य सुरक्षा, एन्टी-माइक्रोबायल रेसिस्टेन्स र जुनोटिक स्वास्थ्यलाई सम्बोधन गर्नेबारे एउटै स्वास्थ्य नीति बनाउने घोषणा नेपालले गरेको छ । थाइल्यान्ड, माल्दिभ्स, श्रीलंकासहितका मुलुकका स्वास्थ्य मन्त्रीले आज बिहानै सम्बोधन गरिसकेका छन् ।

  • काठमाडौं उपत्यकामा सोमबार ६०६ कोभिड बिरामी थपिए

    काठमाडौं उपत्यकामा सोमबार ६०६ कोभिड बिरामी थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा सोमबार ६०६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा ४१८ जना, भक्तपुरमा १०१ र ललितपुरमा ८७ छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा ७ हजार ५२३ जना सक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौंमा ४,१५८ जना, भक्तपुरमा १,३३९ जना र लललितपुरमा २०२६ जना छन् ।

    कोरोनाभाइरस सुरु भएयता काठमाडौं उपत्यकामा ३१ सय ७३ जनाको मृत्यु भइसकेको छ ।

    १८ जिल्लामा ५०० भन्दा बढी संक्रमित छन् भने २१ वटा जिल्लमा २०० भन्दा बढी संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

  • सोमबार १८ सय कोभिड संक्रमित थपिए, २० जनाको मृत्यु

    सोमबार १८ सय कोभिड संक्रमित थपिए, २० जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा सोमबार १८ सय ९७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । १५ हजार ९७१ वटा नमूना (पीसीआर ११,६०९ र एन्टीजेन ४,३७०) परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २० जनाको मृत्यु भएको छ भने १७ सय ४३ जना डिस्चार्ज भएका छन् ।

    गत २४ घण्टामा १ लाख ७ हजार २३२ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

    हालसम्म मुलुकमा ३० हजार ९७३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । नेपालमा कूल ७ लाख भन्दा बढी कोरोनाभाइरस संक्रमित छन् भने १० हजार ८५८ जनाले ज्यान गुमाएका छन् ।

    अहिलेसम्म आईसीयूमा ५१२ जना, भेन्टिलेटरमा १६३ जना, होम आइसोलेशनमा २८,९११ जना, संस्थागत आइसोलेशनमा २०६२ र क्वारेन्टाइनमा २६० जना रहेको तथ्यांकमा उल्लेख छ ।

    मन्त्रालयको अनुसार नेपालमा कोरोनाभाइरसको संक्रमणदर ११.८ प्रतिशत छ भने मृत्युदर १.५ प्रतिशत छ ।

  • आजदेखि डब्लुएचओ क्षेत्रीय बैठक काठमाडौंमा सुरु, प्रधानमन्त्री देउवादेखि महानिर्देशक टेड्रोसले गरे सम्बोधन

    आजदेखि डब्लुएचओ क्षेत्रीय बैठक काठमाडौंमा सुरु, प्रधानमन्त्री देउवादेखि महानिर्देशक टेड्रोसले गरे सम्बोधन

    काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) दक्षिणपूर्वी एसियाको ७४ औं बैठक आजदेखि काठमाडौंमा सुरु भएको छ । भर्चुअलरुपमा सुरु भएको बैठकलाई प्रधानमन्त्री शेरबहादुर देउवादेखि डब्लुएचओ महानिर्देशक डा. टेड्रोस आधानोम घेब्रेससले सम्बोधन गरे ।

    सम्बोधनमा स्वास्थ्य नेताहरुले बलियो स्वास्थ्य प्रणाली निर्माण र विश्व्यापी स्वास्थ्यमा पहुँचका लागि बृहत प्रतिबद्धताको आह्वान गरे । बैठक शुभारम्भ गर्दै प्रधानमन्त्री देउवाले मानवताको लागि खोप, औषधीय सामाग्री र प्रविधिमा समान पहँुचको लागि आग्रह गरे ।

    सबैको लागि स्वास्थ्यमा पहुँच जरुरी भएको उनले बताए । नागरिकलाई अत्यावश्यक स्वास्थ्य सेवाको पहुँच वृद्धि गर्न समग्र क्षेत्रकै स्वास्थ्य प्रणालीमा सुधार गर्ने लगायतका महत्वपूर्ण निर्णय बैठकले गर्नुपर्ने देउवाको भनाई थियो ।

    डब्लुएचओ निर्देशक डा. टेड्रोसले कोभिड-१९ महामारीले मानिसहरुको जीवन, जीवनशैली, समाज र अर्थतन्त्रमा असर पारेको बताउँदै यसवर्षको मे महीनामा विनाशकारी कोरोनाको लहरपछि अहिले सिंगो क्षेत्रमै कोभिड संक्रमणमा देखिएको गिरावटप्रति खुशि जनाए ।

    महामारीलाई व्यापकरुपमा फैलने अवस्था आउन नदिनको लागि खोप वितरण लगायतका कार्य न्यायपूर्ण हुने बताए । अहिले पनि विभिन्न ठाउँ र त्यहाँका अस्पतालमा पनि बिरामी बढ्नु दुःखद भएको उनको भनाई छ ।

    डब्लुएचओकी क्षेत्रीय निर्देशक पुनम खेत्रपाल सिंहले कोभिडले समग्र स्वास्थ्य प्रणालीमा चुनौति दिइरहेको बताउँदै उनले कोभिड बहुआयामिक चुनौति थपेको बताइन् । ‘महामारीको कारण मुलुकहरुको अर्थतन्त्रमा निकै दबाब परिरहेको छ र, हामीले स्वास्थ्यमा पहुँच, स्वास्थ्य प्रणालीको पुननिर्माणमा केन्द्रित हुनुपर्छ ।’

    पाँच दिन चल्ने बैठकमा संगठनका क्षेत्रीय सदस्य मुलुकहरुका स्वास्थ्य मन्त्रीहरु, बरिष्ठ स्वास्थ्य अधिकारीहरु, राष्ट्रिय नियोग, विकास साझेदार, नागरिक समाजका प्रतिनिधि सहभागि हुने जनाइएको छ । अत्यावश्यक स्वास्थ्य सेवा, तयारी, प्रतिकार्य, नसर्ने रोगहरुविरुद्ध लड्ने योजना साथै अन्य स्वास्थ्य मुद्दाबारे छलफल हुने जनाइएको छ ।

    भोलि बस्ने मन्त्रीहरुको अर्को राउन्डटेबलमा कोभिड महामारीले असर पारेको अत्यावश्यक स्वास्थ्य सेवाहरुको पुननिर्माण गर्दै स्वास्थ्यमा सर्वव्यापी पहुँच तुल्याउनेबारे छलफल हुनेछ । क्षेत्रीय रुपरेखा अन्तर्गत खोप वितरण योजना, विद्यालय स्वास्थ्य तथा हेपाटाइटिस, एचआइभीजस्ता सरुवा रोगबारे पनि छलफल हुने जनाइएको छ । सन् २०२३ भित्र रुबेलालाई दक्षिणपूर्वी एसियाबाटै हटाउनेबारे पनि छलफल हुने जनाइएको छ ।

     

  • आन्दोलनरत बीपी प्रतिष्ठानका चिकित्साकर्मीसँगको सहमति कार्यान्वयन हुँदैछ : स्वास्थ्य मन्त्रालय (विज्ञप्तिसहित)

    आन्दोलनरत बीपी प्रतिष्ठानका चिकित्साकर्मीसँगको सहमति कार्यान्वयन हुँदैछ : स्वास्थ्य मन्त्रालय (विज्ञप्तिसहित)

    काठमाडौं । स्वास्थ्य मन्त्रालयले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत स्वास्थ्यकर्मीबीच यसअघि भएको ६ बुँदे सहमतिको कार्यान्वयन भैरहेको जनाएको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै आन्दोलनरत चिकित्साकर्मीको माग पुरा गर्न सरकार गम्भीर भएको भन्दै ९ बुँदै कार्यान्वयन योजना पनि सार्वजनिक गरेको छ ।

    प्रतिष्ठानको समस्या पहिचान तथा छानविन कार्यदल गठन भई प्रतिवेदन पेश भएको समेत मन्त्रालयले जनाएको छ । आन्दोलनरत समितिबीच विगतमा भएका सहमति कार्यान्वयन गर्न ९ बुँदे योजना कार्यान्वयन भैरहेको जानकारी गराउँदै मन्त्रालयले स्वास्थ्य सेवालाई नरोक्न समेत आग्रह गरेको छ ।

    मन्त्रालयले कोभिड–१९ महामारीको यस्तो विषम परिस्थितीमा स्वास्थ्य क्षेत्रलाई ठप्प नराखी सेवालाई सुचारु गर्न समेत आग्रह गरेको छ । हेर्नूस मन्त्रालयद्वारा सार्वजनिक योजना कार्यान्वयनबारेको विज्ञप्ति :

  • दशैंअघि दुई करोड ५ लाख डोज खोप ल्याइने

    दशैंअघि दुई करोड ५ लाख डोज खोप ल्याइने

    काठमाडौं । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले दशैं अघि नै कोभिड-१९ विरुद्ध २ करोड ५ लाख डोज खोप ल्याइने बताएका छन् ।

    आइतबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा राज्यमन्त्री श्रेष्ठले खरिद, लागत साझेदारी र कोभ्यासमार्फत खोप ल्याउन लागिएको जानकारी गराए ।

    चीनबाट ४४ लाख डोज भेरोसेल खोप १० दिनभित्र ल्याइने उनले जनाए । बालबालिकाको लागि ४० लाख मोर्डना र ६० लाख डोज फाइजर खोप ल्याउने तयारी भएको छ ।

    मोर्डनालाई पैसासमेत भुक्तानी गरिएको राज्यमन्त्री श्रेष्ठले जानकारी दिए । कोभ्याक्सबाट १ करोड १३ लाख डोज खोप निःशुल्क आउन लागेको जानकारी दिँदै उनले बाँकी डोज लागत साझेदारीबाट ल्याउन लागिएको समेत जानकारी गराए ।

    लागत साझेदारीबाट ६० लाख डोज सुनिश्चित भएको उनको भनाई छ । ‘चैतसम्म शतप्रतिशत नेपालीलाई खोप लगाउने प्रधानमन्त्रीको प्रतिबद्धताअनुसार अगाडि बढेका छौं’ राज्यमन्त्री श्रेष्ठले भने ।

  • नेपालको अध्यक्षतामा भोलिदेखि डब्लुएचओ बैठक बस्दै, महामारी र खोप आपूर्तिबारे छलफल हुने

    नेपालको अध्यक्षतामा भोलिदेखि डब्लुएचओ बैठक बस्दै, महामारी र खोप आपूर्तिबारे छलफल हुने

    काठमाडौं । नेपालको अध्यक्षतामा भोलि बिहान पौने दश बजेदेखि विश्व स्वास्थ्य संगठन दक्षिणपूर्वी एसियाको ७४ औं बैठक भर्चुअलरुपमा बस्ने भएको छ ।

    आइतबार स्वास्थ्य मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले उक्त सत्रमा हुने छलफल र नेपालले पेश गर्ने एजेन्डाबारे जानकारी गराए ।

    ११ वर्षपछि नेपालले अध्यक्षता गर्ने बैठकमा कोभिड-१९ महामारी नियन्त्रण तथा रोकथाम, खोपको आपूर्ति, गैरकोभिड रोगहरुविरुद्ध जुध्ने रणनीति तथा योजना, सन् २०२३ सम्म दादुरा र रुबेला हटाउने प्रतिबद्धता लगायतबारे छलफल हुने जानकारी गराए ।

    यसअघि पारित भएका एजेन्डाको कार्यान्वयन र चुनौतिविरुद्ध लड्ने साझा लक्ष्यबारे पनि छलफल हुने भएको छ । स्वास्थ्य सचिव डा. रोशन पोखरेलले कोभिडसहित नसर्ने र मानसिक रोगबारे समेत छलफल हुने बताए ।

    दक्षिणपूर्वी एसियाका ११ देशमा कोभिडको खोपको आपूर्तिको अवस्थाबारे पनि छलफल हुने जानकारी उनले गराए ।

    विश्व स्वास्थ्य संगठन नेपालका प्रमुख डा. राजेश पाण्डवले वार्षिक बेठकमा महामारीको अवस्थामा स्वास्थ्यमा सर्वव्यापी पहुँच हासिल गर्न अत्यावश्यक योजनाबारे छलफल हुने जनाए ।

    भदौ २१ देखि २५ सम्म हुने छलफललाई विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस लगायतका पदाधिकारीले सम्बोधन गर्ने भएका छन् । सत्र चल्ने चारैदिनमा दक्षिणपूर्वी एसियाका स्वास्थ्यमन्त्री समेत सहभागि हुने सो अवसरमा जानकारी दिइयो ।

     

  • काठमाडौं उपत्यकामा आइतबार ४५३ संक्रमित थपिए

    काठमाडौं उपत्यकामा आइतबार ४५३ संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा आइतबार ४५३ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा २८८ जना, भक्तपुरमा ६७ र ललितपुरमा ९८ छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा ७ हजार ५८९ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये काठमाडौंमा ४,१९८ जना, भक्तपुरमा १,३१६ जना र लललितपुरमा २०७५ जना छन् ।

    १९ जिल्लामा ५०० भन्दा बढी संक्रमित छन् भने २० वटा जिल्लमा २०० भन्दा बढी संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

  • आइतबार १ हजार संक्रमित थपिए, २० जनाको मृत्यु,

    आइतबार १ हजार संक्रमित थपिए, २० जनाको मृत्यु,

    काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ८९ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । ७ हजार ९७१ वटा नमूना (पीसीआर ५,१७० र एन्टीजेन २,८०१) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार २० जनाको मृत्यु भएको छ भने १५ सय ३४ जना संक्रमणमुक्त भएका छन् ।

    गत २४ घण्टामा ५३ हजार १८२ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

    हालसम्म मुलुकमा ३१ हजार २४८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । नेपालमा कूल ७ लाख भन्दा बढी कोरोनाभाइरस संक्रमित रहेका छन् भने १० हजार ८३८ जनाले ज्यान गुमाएका छन् ।

    अहिलेसम्म आईसीयूमा ५२३ जना, भेन्टिलेटरमा १६२ जना, होम आइसोलेशनमा २९,०८१ जना, संस्थागत आइसोलेशनमा २,१६७ र क्वारेन्टाइनमा २६६ जना रहेको तथ्यांकमा उल्लेख छ ।

    मन्त्रालयको अनुसार नेपालमा कोरोनाभाइरसको संक्रमणदर १३.६ प्रतिशत छ भने मृत्युदर १.५ प्रतिशत छ ।

     

  • चिकित्सा शिक्षाका विद्यार्थीको छात्रवृत्ति दुरुपयोग नगर्न सांसदहरूको ध्यानकर्षण (भिडिओ)

    चिकित्सा शिक्षाका विद्यार्थीको छात्रवृत्ति दुरुपयोग नगर्न सांसदहरूको ध्यानकर्षण (भिडिओ)

    काठमाडौं । सांसदहरूले चिकित्सा शिक्षामा अध्ययनरत गरिव र जेहेन्दार विद्यार्थीहरूका लागि छुट्टयाइएको छात्रवृत्ति दुरुपयोग हुन नदिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

    आइतबार प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै सांसदहरू मानबहादुर विश्वकर्मा, अञ्जना विशंखे, विद्या भट्टराईलगायतले चिकित्सा शिक्षा अध्ययनरत गरिव र जेहेन्दार विद्यार्थीहरूका लागि व्यवस्था गरिएको छात्रवृत्तिमा दुरुपयोग हुने गरी नियमावली बनाउने काम नगर्न सरकारलाई सचेतसमेत गराएका छन् ।

    प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकी सांसद भट्टराईले सबैका लागि मेडिकल शिक्षामा पहुँच पुर्‍याउने गरी आरक्षणको व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराइन् । परीक्षा प्रणालीलाई सहज बनाउन पनि सरकारसँग उनको जोड छ ।

    सत्तारुढ दल नेपाली काँग्रेसका सांसद विश्वकर्माले गरिव र जेहेन्दार वर्गका लागि छुट्टयाइएको छात्रवृत्तिमा चलखेल नगर्न सचेत गराए । उनले सबै समुदायले चिकित्सा शिक्षा अध्ययन गर्न पाउनुपर्छ भन्ने कानूनी व्यवस्थालाई समेत बेवास्ता हुने गरी चिकित्सा क्षेत्रसँग सम्बन्धित नियमावली ल्याउने काम नगर्न जोड दिए ।

    सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) की सांसद अञ्जना विशंखेले सरकारी विद्यालयबाट आएका विद्यार्थीहरूलाई मेडिकल शिक्षा अध्ययनका लागि विशेष आरक्षणको व्यवस्था हुने गरी ऐन बनाउन ध्यानाकर्षण गराइन ।

    सांसदको प्रश्नको जवाफ दिँदै चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले मेडिकल शिक्षा अध्ययनका लागि लक्षित समुदायका लागि छुट्टयाइएको छात्रवृत्ति दुरुपयोग हुन नदिन आफूहरू सचेत रहेको जिकिर गरे ।

    उपाध्यक्ष गिरीले चिकित्सा अध्ययन संस्थान अन्तरगतका परीक्षाहरु संचालनमा ढिलाई नहुने गरी अघि बढ्ने प्रतिबद्धता जनाए । उनका अनुसार मंसीर, पुसभित्र सो संस्थानअन्तर्गतका सबै परीक्षा लिने गरी छलफल अघि बढाइएको छ ।

  • काठमाडौंमा ४० प्रतिशतले लगाए कोरोना विरुद्धको पूर्ण मात्रा खोप

    काठमाडौंमा ४० प्रतिशतले लगाए कोरोना विरुद्धको पूर्ण मात्रा खोप

    काठमाडौं । काठमाडौंमा कोभिड– १९ विरुद्धको पूर्ण खोप ४० प्रतिशत नागरिकले लगाइसकेका छन् ।

    शुक्रबारसम्म पहिलो मात्राको खोप ४८ प्रतिशतले लगाएका छन् भने ४० प्रतिशतले दुवै मात्राको खोप लगाएको स्वास्थ्य कार्यलयका प्रमुख बद्रीबहादुर खड्काले बताए ।

    शंकरापुर नगरपालिका र दक्षिणकालीमा १८ वर्ष भन्दा माथिकाले पहिलो डोज खोप शतप्रतिशतले लगाइसकेको खड्काले जानकारी दिए ।