Category: स्वास्थ्य-जीवनशैली

  • शनिबार उपत्यकामा २५६ जना संक्रमित थपिए, ललितपुरमा संक्रमित संख्या शून्य

    शनिबार उपत्यकामा २५६ जना संक्रमित थपिए, ललितपुरमा संक्रमित संख्या शून्य

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २५६ जना कोरोना संक्रमित थपिएका छन् ।

    जसमा काठमाडौंमा २४३ जना र भक्तपुरमा १३ जना संक्रमित थपिँदा २४ घण्टामा ललितपुरमा नयाँ संक्रमित फेला परेका छैनन् ।

    काठमाडौं उपत्यकाका तीन जिल्लामा अहिलेसम्म ६ हजार ३५५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    जसमध्ये काठमाडौंमा ३५६१, भक्तपुरमा १०२५ र ललितपुरमा १७६९ जना सक्रिय संक्रमित छन्।

    हालसम्म नेपालमा ११ वटा जिल्लामा ५०० भन्दा बढी संक्रमित छन् भने २० वटा जिल्लामा २०० भन्दा बढी संक्रमित रहेको तथ्यांकमा उल्लेख छ ।

  • शनिबार १ हजार कोभिड संक्रमित थपिए, १६ जनाको मृत्यु

    शनिबार १ हजार कोभिड संक्रमित थपिए, १६ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा १ हजार ६६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ३८५ वटा नमूना (पीसीआर ८,५४० र एन्टीजेन २,८१८) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १६ जनाको मृत्यु भएको छ भने १२ सय ३४ जना डिस्चार्ज भएका छन् ।

    गत २४ घण्टामा १ लाख ७० हजार ३१७ जनाले कोभिड-१९ विरुद्धको खोप लगाएका छन् ।

    हालसम्म मुलुकमा २५ हजार ८२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

    नेपालमा कूल ७ लाख भन्दा बढी कोरोनाभाइरस संक्रमित छन् भने ११ हजार २८ जनाले ज्यान गुमाएका छन् ।

    अहिलेसम्म आईसीयूमा ३८९ जना, भेन्टिलेटरमा १२१ जना, होम आइसोलेशनमा २३,६३६ जना, संस्थागत आइसोलेशनमा १,५४६ र क्वारेन्टाइनमा २४६ जना रहेको तथ्यांकमा उल्लेख छ ।

    मन्त्रालयको अनुसार नेपालमा कोरोनाभाइरसको संक्रमणदर ९.३ प्रतिशत छ भने मृत्युदर १.५ प्रतिशत छ । मुलुकमा निको हुनेको दर ९५.४ प्रतिशत छ ।

  • असोज ४ गतेदेखि भेरोसेल खोपको दोस्रो मात्रा लगाइने, यी हुन् काठमाडौंका खोप केन्द्र

    असोज ४ गतेदेखि भेरोसेल खोपको दोस्रो मात्रा लगाइने, यी हुन् काठमाडौंका खोप केन्द्र

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले असोज ४ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने भएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले जिल्लाका १४५ खोप केन्द्रबाट भेरोसेल खोपको दोस्रो मात्रा लगाउने भएको हो । कार्यालयले यही असोज ४ देखि ६ गतेसम्म ती खोप केन्द्रमा गई खोप लगाउन सम्बन्धीत सबैलाई आग्रह गरेको छ ।

    कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काका अनुसार खोप लगाउनका लागि काठमाडौँ महानगरपालिकामा ३२, कीर्तिपुरमा १०, चन्द्रागिरिमा १५, नागार्जुनमा १०, तारकेश्वर ११, दक्षिणकालीमा नौ, बूढानीलकण्ठमा १३, टोखामा ११ तथा गोकर्णेश्वर, शङ्करापुर र वागेश्वरी मनहरामा नौ÷नौ खोप केन्द्र तोकिएको छ ।

    यसैगरी काठमाडौँ महानगरपालिकामा थप सात खोप केन्द्र तोकिएको छ । नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, वीर अस्पताल, त्रिवी शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र वीरेन्द्र सैनिक अस्पतालमा पनि खोप केन्द्र तोकिएको छ । सरकारले हिजोमात्र चीनबाट ४४ लाख मात्रा भेरोसेल खोप नेपाल ल्याएको थियो ।

  • काठमाडौं उपत्यकामा थपिए ३९७ संक्रमित

    काठमाडौं उपत्यकामा थपिए ३९७ संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा शुक्रबार काठमाडौं उपत्यकामा ३९७ जनमा थप कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा २७४ जना, भक्तपुरमा ५३ जना र ललितपुरमा ७० जना छन् ।

    उपत्यकामा हालसम्म ६,४४४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा काठमाडौंमा ३,५५२ जना, भक्तपुरमा १,०६८ जना र ललितपुरमा १,८२४ जना छन् ।

    काठमाडौं उपत्यकामा मात्र ३,२०९ जनाले ज्यान गुमाइसकेका छन् । उपत्यकामा एक सातादेखि संक्रमित हुनेको संख्या स्थिर छ ।

    एक साता अघि १५ जिल्लामा ५०० भन्दा बढी संक्रमित थिए भने अहिले घटेर ११ वटा जिल्लामा मात्र छन् । २० जिल्लामा भने २०० भन्दा बढी संक्रमित कायमै छन् ।

  • शुक्रबार १५ सय कोभिड संक्रमित थपिए, १० जनाको मृत्यु

    शुक्रबार १५ सय कोभिड संक्रमित थपिए, १० जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा १५ सय ५८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १२ हजार ३८५ वटा नमूना (पीसीआर ८,६६५ र एन्टीजेन ३,७२०) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १० जनाको मृत्यु भएको छ भने १३ सय ५१ जना डिस्चार्ज भएका छन् ।

    गत २४ घण्टामा ६० हजार १५९ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

    हालसम्म मुलुकमा २५ हजार ४९७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

    नेपालमा कूल ७ लाख भन्दा बढी कोरोनाभाइरस संक्रमित छन् भने ११ हजार १२ जनाले ज्यान गुमाएका छन् ।

    अहिलेसम्म आईसीयूमा ३८६ जना, भेन्टिलेटरमा ११७ जना, होम आइसोलेशनमा २३,९५० जना, संस्थागत आइसोलेशनमा १,५४७ र क्वारेन्टाइनमा २३६ जना रहेको तथ्यांकमा उल्लेख छ ।

    मन्त्रालयको अनुसार नेपालमा कोरोनाभाइरसको संक्रमणदर १२.५ प्रतिशत छ भने मृत्युदर १.५ प्रतिशत छ । मुलुकमा निको हुनेको दर ९५.३ प्रतिशत छ ।

  • चीनबाट आज आइपुग्यो ४४ लाख डोज भेरोसेल खोप

    चीनबाट आज आइपुग्यो ४४ लाख डोज भेरोसेल खोप

    काठमाडौं । चीनबाट खरिद गरिएको ४४ लाख डोज भेरोसेल खोप आज अपरान्ह नेपाल आइपुगेको छ । नेपाल वायुसेवा निगमको चार्टर्ड जहाजले सवा २ बजे खोपलाई काठमाडौं ल्याएको निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले बताए ।

    सरकारले चीनसँग पछिल्लो पटक ६० लाख डोज भेरोसेल खोप खरिद गरेको थियो। जसमध्ये १६ लाख डोज खोप भदौ ४ र ५ गते नै आइसकेको छ। खोप ल्याउन निगमको वाइडवडी ३३० जहाज बिहीवार बेइजिङ गएको थियो।

    पहिलोपटक एकै खेपमा यति धेरै खोप ल्याइएको हो । यसअघि एक भायलमा दुई डोज मात्र हुन्थ्यो जसले एक खेपमा ८ लाख भायल ल्याउने गरिएको थियो। अहिले चीनले एक भायलमा ५ डोजको खोप उत्पादन गर्छ । जसले गर्दा एकै पटक ४४ लाख डोज खोप ल्याउन सकिएको हो ।

    यसअघि कोभिसिल्ड २४ लाख ४८ हजार, ७४ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्ड जोन्सन, १७ लाख ७७ हजार ३२० डोज अस्ट्राजेनेका खोप आइसकेको छ।

    आगामी असोजमा गाभी संयन्त्रमार्फत १ लाख डोज फाइजर खोप ल्याइने भएको छ भने वर्षको अन्त्यसम्म ६० लाख फाइजर ४० लाख मोडर्ना गरी एक करोड डोज खोप आउने जनाइएको छ । फाइजर मंसिरभित्र आउनेछ भने मोडर्ना केही समयपछि आउने भएको छ ।

  • कोरोनाविरुद्धको खोप बेच्ने औषधी पसल सिल, अहेब पनि पक्राउ

    कोरोनाविरुद्धको खोप बेच्ने औषधी पसल सिल, अहेब पनि पक्राउ

    जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिकास्थित एक निजी औषधी पसलमा कोरोनाविरुद्धको खोप भेटिएपछि प्रहरीले प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत अहेब देवशरण यादवलाई पक्राउ गरेको छ ।

    यसअघि खोप भेटिएको वडा-३ यदुकोहास्थित श्रीराम हेल्थ केयर (औषधी पसल)का संचालक कमलेश मण्डल पनि पक्राउ परेका थिए । मण्डलले प्रहरीमा दिएको बयानको आधारमा अहेब यादवलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय यदुकोहामा बुझाएको मेयर उदय बरबरियाले जानकारी दिए ।

    निजी औषधी पसलले खोप सःशुल्क विक्री गरिरहेको सूचनाको आधारमा सुशासन समितिले औषधि पसलको अनुगमन गरेको थियो । सोही क्रममा श्रीराम हेल्थ केयरमा भेरोसेल ४ भायल, जोन्सन एण्ड जोन्सन १ भायल र अस्ट्राजेनेका १ भायल भेटिएको हो ।

    पैसा लिएर खोप बेच्ने श्रीराम हेल्थ केयरलाई सिल गरिएको छ । पक्राउ परेका अहेब यादवले बेच्नका लागि उक्त पसललाई खोप दिएको स्वीकार गरेका छन् । पक्राउ परेका औषधि पसल सञ्चालक मण्डल र अहेब यादवलाई हिरासतमा राखेर ईलाका प्रहरी कार्यालय यदुकोहाले अनुसन्धान गरिरहेको जनाएको छ ।

  • मोडर्ना र फाइजर खोपलाई नेपालमा आपतकालिन प्रयोगको अनुमति, मार्चमा ४० लाख डोज मोडर्ना ल्याइने

    मोडर्ना र फाइजर खोपलाई नेपालमा आपतकालिन प्रयोगको अनुमति, मार्चमा ४० लाख डोज मोडर्ना ल्याइने

    काठमाडौं । औषधि व्यवस्था विभागले कोभिड १९ विरुद्धका मोडर्ना र फाइजर खोपलाई आपतकालिन प्रयोगका लागि अनुमति दिएको छ। गत बुधबार विभागले यस्तो अनुमति दिएको हो ।

    १८ वर्षमुनिका बालबालिकाका लागि यी दुईवटा खोप लगाउने योजना सरकारको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले यी दुई खोप खरिदका लागि सम्झौता भइसकेको जनाएका छन् ।

    सन् २०२२ को जनवरीमा ६० लाख डोज फाइजर र मार्चसम्ममा ४० लाख डोज मोडर्ना खोप नेपाल ल्याउने स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले जनाएको छ। सरकारले फाइजर ६० लाख र ४० लाख मोडर्ना खोप खरिद गर्ने सम्झौता गरेको छ ।

    फाइजर खोपलाई माइनस ६० देखि ८० (अल्ट्रा कोल्ड चेन) डिग्री तापक्रम र मोडर्नालाई माइनस १५ देखि २० डिग्री तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ।

  • बिहीबार काठमाडौं उपत्यकामा ४३० संक्रमित थपिए

    बिहीबार काठमाडौं उपत्यकामा ४३० संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा बिहीबार काठमाडौं उपत्यकामा ४३० मा थप कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा २९३ जना, भक्तपुरमा ३९ जना र ललितपुरमा ९८ जना छन् ।

    उपत्यकामा हालसम्म ६,४७० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा काठमाडौंमा ३,५९० जना, भक्तपुरमा १,०५८ जना र ललितपुरमा १८२२ जना छन् ।

    काठमाडौं उपत्यकामा मात्र ३,२०७ जनाले ज्यान गुमाइसकेका छन् । उपत्यकामा एक सातादेखि संक्रमित हुनेको संख्या स्थिर छ ।

    एक साता अघि १६ जिल्लामा ५०० भन्दा बढी संक्रमित थिए भने अहिले घटेर १० वटा जिल्लामा मात्र छन् । २२ जिल्लामा भने २०० भन्दा बढी संक्रमित कायमै छन् ।

     

  • सांकेतिकरुपमा चाडपर्व मनाउन काठमाडौं प्रशासनको आदेश, अझै के-के गर्न पाइनेछैन ?

    सांकेतिकरुपमा चाडपर्व मनाउन काठमाडौं प्रशासनको आदेश, अझै के-के गर्न पाइनेछैन ?

    काठमाडौं । जिल्ला प्रशासन कार्यालयले सांकेतिकरुपमा मात्र चाडपर्व मनाउन आदेश जारी गरेको छ । आज बसेको काठमाडौं उपत्यकका तीन सीडीओको बैठकले निषेधाज्ञालाई थप खुकुलो तुल्याएका छन् ।

    असोज १ गतेदेखि अर्को आदेश नभएसम्म सर्तसहित विभिन्न क्षेत्रहरुलाई खुलाउने निर्णय बैठकले गरेको छ । जसअनुसार असोज १ गतेदेखि डीसीसीएमसीसँग समन्वय गरेर स्कुलहरु खुलाउन पाइने भएको छ ।

    स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गरी न्यूनतम सहभागितामा सांकेतिकरुपमा मात्र मनाउने निर्णय पनि भएको आदेशमा उल्लेख छ ।

    कोभिड संक्रमण कायमै रहेकाले अनावश्यक रुपमा घरबाहिर निस्कने, भीड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव, भोजभतेर नगर्ने र नगराउने आदेश पनि जारी भएको छ ।

    विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, सवारी चालक तथा सह चालक, क्यान्टिन संचालक र पदाधिकारीले अनिवार्यरुपमा खोप लगाउनुपर्ने आदेश पनि जारी भएको छ ।

    हेर्नूस आदेश :

  • कोरोनाबाट नेपालमा ज्यान गुमाउनेको संख्या ११ हजार नाघ्यो, बिहीवार १५ सय संक्रमित थपिए

    कोरोनाबाट नेपालमा ज्यान गुमाउनेको संख्या ११ हजार नाघ्यो, बिहीवार १५ सय संक्रमित थपिए

    काठमाडौं । नेपालमा कोभिड-१९ संक्रमणबाट ज्यान गुमाउनेको संख्या आज ११ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएसँगै कोभिडबाट मृत्यु हुनेको कूल संख्या ११ हजार २ पुुगेको छ ।

    बिहीबार १५ सय ११ जना नयाँ संक्रमित थपिएका छन् । १५ हजार १७९ नमुना पीसीआर र एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा १६८९ जना निको भएका छन् । सक्रिय संक्रमित संख्या २५ हजार ७७२ रहेको छ ।

    कूल संक्रमित संख्या ७ लाख ८१ हजार रहेको छ । कूल निको हुने संख्या ७ लाख ४५ हजार छ । १ लाख १० हजार जनाले पछिल्लो २४ घण्टामा कोभिडविरुद्धको खोप लगाएका छन् । पूर्ण मात्रा खोप लगाउने संख्या ५४ लाख ७३ हजार पुगेको छ ।

     

  • निजी औषधी पसलमा भेटियो कोभिडविरुद्धको ६ भायल खोप

    निजी औषधी पसलमा भेटियो कोभिडविरुद्धको ६ भायल खोप

    जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिकास्थित एक निजी औषधी पसलमा कोभिड-१९ विरुद्धको खोप फेला परेको छ । नगरपालिका-३ यदुकोहाको श्रीराम मेडिकलमा ६ भायल खोप फेला परेको हो । गोप्य सूचनाको आधारमा अनुगमन गर्दा खोप भेटिएका मेयर उदय कुमार बरबरियाले जानकारी दिए ।

    उनका अनुसार भेरोसेल ४ भायल, जोन्सन एण्ड जोन्सन १ भायल र अस्ट्राजेनेका १ भायल फेला परेको छ । खोप भेटिएपछि पसल संचालक कमलेश मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    खोप फेला परेको औषधी पसल नजिकै प्राथमिक स्वास्थ्य केन्द्र छ । केन्द्रका स्वास्थ्यकर्मीले नै निजी औषधी पसललाई बेचेको हुनसक्ने अनुमान गरिएको छ । तर, खोप फेला परेको घटनालाई ढाकछोपको प्रयास भइरहेको स्रोतले जनाएको छ ।

    इलाका प्रहरी कार्यालय यदुकोहाका प्रहरी निरीक्षक सम्पित भण्डारीले स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरुलाई सोधपुछको लागि बोलाएका छन् । डीएसपी जितेन्द्र बस्नेतले औषधी पसलमा खोप बरामद भएपछि सञ्चालकलाई पक्राउ गरिएको पुष्टि गरे । प्रहरीले यसबारे छानविन थालेको छ ।

  • इन्टर्नसिप नगराउनुको जवाफ खोज्दै चीनमा डाक्टर पढेर आएकाहरू (तस्बिरहरू)

    इन्टर्नसिप नगराउनुको जवाफ खोज्दै चीनमा डाक्टर पढेर आएकाहरू (तस्बिरहरू)

    काठमाडौं । चीनमा डाक्टर पढेर आएकाहरू लामो समयसम्म इन्टर्नसिप गर्न नपाएको विरोधमा राजधानीमा प्रदर्शन गरेका छन् ।

    सात वर्षअघि (सन् २०१४) मा एमबीबीएस कोर्स पूरा गरेको भए पनि चिकित्सा शिक्षा आयोगले इन्टर्नसिप नगराएको उनीहरूको गुनासो छ । माइतीघरमा भेला भएका उनीहरूले आफूहरूको इन्टर्नसिपमा भएको ढिलाइबारे जवाफ मागेका छन् ।

    उनीहरूले नेपाल मेडिकल काउन्सिलको इन्टर्नसिप नियमको बुँदा नम्बर ३ बारे पनि ध्यानाकर्षण गराएका छन् ।

     
     
     

    तस्बिरहरू : उमेश कार्की ।

  • ४४ लाख मात्रा खोप लिन निगमको जहाज आज बेइजिङ जादै

    ४४ लाख मात्रा खोप लिन निगमको जहाज आज बेइजिङ जादै

    काठमाडौं । कोरोनाभाइरसविरुद्धको ४४ लाख डोज खोप लिन नेपाल वायु सेवा निगमको चाटर्ड जहाज आज चीन प्रस्थान गर्ने भएको छ । बेलुका पौन ६ बजे खोप लिन बेइजिङ जान लागेको निगमले जनाएको छ ।

    खोप लिएर उक्त जहाज शुक्रबार नेपाल फर्किनेछ ।

    सरकारले चीनबाट पछिल्लो पटक ६० लाख डोज खोप खरिद गरेको थियो । जसमा १६ लाख एक साता अघि नै आइसकेको छ ।

    यसअघि २४ लाख कोभिसिल्ड, ७४ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्ड जोन्सन, १७ लाख डोज अस्ट्राजेनेका खोप आइसकेको छ ।

     

  • १६ हजार नमुना परीक्षण गर्दा १७ सय कोभिड संक्रमित थपिए, सातजनाको मृत्यु

    १६ हजार नमुना परीक्षण गर्दा १७ सय कोभिड संक्रमित थपिए, सातजनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा १७६० जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता कृष्णप्रसाद पौडेलले सो जानकारी दिएका हुन् ।

    कूल १६ हजार ८४४ नमुना परीक्षण (१२ हजार ५२४ पीसीआर र ४३२० एन्टीजेन) गर्दा ती संक्रमित थपिएका हुन् ।

    बुधबार १२२० जना निको भएका छन् भने ७ जनाको कोभिड संक्रमणको कारण मृत्यु भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबार ४९५ जना संक्रमित थपिएका छन् ।

    सक्रिय संक्रमित संख्या २६ हजार ३०३ छ । आजको पजेटिभिटी दर १०.६ प्रतिशत छ । ११ जिल्लामा सक्रिय संक्रमण ५०० भन्दा माथि छ ।

    ६० लाख ४ हजार १९ ले पहिलो डोज खोप लगाएका छन् । ५४ लाखले पूर्ण मात्रा लगाएका छन् । कूल खोप लगाउने संख्या १ करोड १४ लाख मात्रा रहेको छ । आजसम्म नेपालका कोरोना संक्रमणको कारण १० हजार ९९१ जनाको मृत्यु भएको छ ।

  • कोरोनाविरुद्धको खोपः नेपालमा कति प्रभावकारी ?

    कोरोनाविरुद्धको खोपः नेपालमा कति प्रभावकारी ?

    काठमाडौं । नेपालमा कोरोनाविरुद्धको खोपका लागि सरकारले निकै ठूलो धनराशी खर्च गरिरहेको छ । विभिन्न देशबाट खोप गरिद गरेर नागरिकलाई निशूल्क वितरण गरिरहेको सरकारले खाेपको प्रभावकारीताका सम्वन्धमा भने अहिलेसम्म कुनै अध्ययन गरेको छैन ।

    कोरोनाविरुद्धको खोपले संक्रमणको सम्भावनालाई शून्यमा झार्दैन । यद्यपि, खोप लगाएका व्यक्तिहरुमा गम्भीर लक्षण नदेखिने वा मृत्युदर कम हुने विश्वास गरिन्छ । नेपालका सन्दर्भमा अहिलेसम्म कोरोनाको दुवै खोप लगाएका र खोप नलगाएकाहरुको तुलनात्मक विश्लेषण कुनै निकायबाट भएको पाइँदैन ।

    भदौ ५ गते चर्चित हास्यकलाकार शम्भुराज थापा ‘बखते’को कोरोना भाइरस संक्रमणका कारण मृत्यु भयो । उनले कोरोनाविरुद्धको कुनै खोप लगाएका थिएनन् । एक महिनाअघि कोरोना पोजिटिभ देखिएका थापाको उपचारका क्रममा निधन भएको थियो । कोरोनाविरुद्धको खोप लगाएको भए ज्यान बाँच्थ्यो कि भनेर परिवारजनमा थकथकी भयो ।

    बुटवल उपमहानगरपालिकाका बुटवल-१८ का ७२ वर्षीय वडा अध्यक्ष हुमनाथ आचार्यको मृत्यु भयो । उनीमा पनि कोरोना पोजेटिभ देखिएको थियो । उनले पनि कोरोनाविरुद्धको खोप लगाएका थिएनन् ।

    चिकित्सकहरुले पनि भनिरहेका छन्– कोरोनाविरुद्धको खोप नलगाएकाहरुमा प्रतिरोधी क्षमता हुन्छ, कोरोना संक्रमणबाट हुने जोखिम बढी हुन्छ । यद्यपि, खोप लगाएकाहरुलाई जोखिमै नहुने भने होइन ।

    गत भदौ ३ गते राजधानी दैनिकका अध्यक्ष महेन्द्र शेरचनको कोरोना संक्रमणबाट उपचारको क्रममा मृत्यु भयो । थप उपचारका लागि भारत लैजानुअघि परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो । कोरोनाको कुनै लक्षण नदेखिएका उनले कोरोनाविरुद्धको दुवै डोज खोप लगाएका थिए । उनी पहिल्यैदेखि उच्च रक्तचाप र मधुमेहका विरामी थिए ।

    यी तीन उदाहरणहरुले कोरोनाविरुद्धको खोप नलगाउने मात्र नभएर एक डोज वा दुई डोज खोप लगाउनेहरु पनि पूर्ण सुरक्षित नरहेको सन्देश दिन्छन् । चिकित्सकहरुले पनि भनिरहेका छन्– कोरोनाविरुद्धको खोप नलगाएकाहरुमा प्रतिरोधी क्षमता हुन्छ, कोरोना संक्रमणबाट हुने जोखिम बढी हुन्छ । यद्यपि, खोप लगाएकाहरुलाई जोखिमै नहुने भने होइन ।

    खोप नलगाउने बिरामीमा कडा लक्षण

    चिकित्सकका अनुसार पछिल्लो समय एक डोज पनि खोप नलगाएका संक्रमितको मृत्युदर बढी छ । आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेका अधिकांश संक्रमितले कोरोनाविरुद्धको खोप नलगाएको पाइएको अस्पतालहरु जनाएका छन् ।

    सशस्त्र प्रहरी अस्पतालका कोभिड फोकल पर्सन डा. प्रविन नेपालले अस्पतालमा कोरानाका बिरामी घटेको बताए । ‘भर्ना दर घटेको छ, अस्पतालको आईसीयू, भेन्टिलेटरमा भर्ना भएकामध्ये खोप नलगाएकाहरु धेरै छन् ।’ उनका अनुसार मृत्यु हुनेमा पनि खोप नलगाउनेहरु नै धेरै छन् ।

    वीर अस्पतालमा पनि कोभिडका बिरामीको चाप घटबढ भइरहेको छ । बीचमा केही समय जटिल खालका बिरामीको संख्या बढेको थियो । अहिले केही घटेको वीर अस्पतालका कोभिड फोकल पर्सन डा. उमेश बोगटीले बताए । उनले भने, ‘अहिले पनि आईसीयू चाहिने विरामीहरु आइराखेकै हुन्छन् । बिरामीको चाप कम चाहिँ भएको छ ।’ अहिले आईसीयू चाहिने बिरामीमध्ये धेरैले खोप नलगाएको पाइएको उनी बताउँछन् ।

    ‘खोप नलगाएकाहरुलाई बढी गाह्रो हुने, उपचार पनि जटिल हुने र बाँच्ने सम्भावना पनि न्यून हुन्छ’, उनले भने, ‘खोप लगाएकामध्ये मृत्यु हुनेमा दीर्घरोगी धेरै छन् ।’

    महाराजगञ्जस्थित शिक्षण अस्पतालमा अहिले कोरोनाका बिरामी सय जनाभन्दा कम छन् । पछिल्लो समय अस्पतालमा कोरोनाका बिरामी घटेको अस्पतालका कोभिड फोकलपर्सन रामविक्रम अधिकारीले बताए । ‘भर्ना भएकामा पनि खोप नलगाएका बिरामी अवस्था जटिल छ’, उनले भने, ‘दीर्घरोगी र वृद्धवृद्धाको अवस्था बढी जटिल हुने गरेको छ ।’ खोप लगाएकाहरु पनि ढुक्क भएर बस्न चाहिँ नहुने उनको भनाइ छ ।

    नेपालमा कोरोना संक्रमणको दोस्रो वेभ देखिएसँगै गत जेठमा एकैदिन २४६ संक्रमितको मृत्यु भएको थियो भने एकैदिन करिब १० हजारमा संक्रमण पुष्टि भएको थियो । त्यतिबेला अस्पतालमा बेड र अक्सिजनसमेत पाउन मुस्किल थियो ।

    शिक्षण अस्तावलमा कुनैबेला भेटिन्लेटर पाउनै मुस्किल थियो । अहिले यहाँ भेन्टिलेटरमा ८ जना बिरामी छन् ।

    यीसँगै टेुक, नर्भिक, ग्राण्डी, पाटनलगायत अस्पतालमा पनि कोरोनाका बिरामीको चाप घटेको छ । अस्पतालमा भर्ना भएकाहरु अधिकांश खोप नलगाएका छन् ।

    घट्दै कोरोना संक्रमणदर

    पछिल्लो केहीदिन यता कोरोना संक्रमणदर घटेको छ । नेपालमा कोरोना संक्रमणको दोस्रो वेभ देखिएसँगै गत जेठमा एकैदिन २४६ संक्रमितको मृत्यु भएको थियो भने एकैदिन करिब १० हजारमा संक्रमण पुष्टि भएको थियो । त्यतिबेला अस्पतालमा बेड र अक्सिजनसमेत पाउन मुस्किल थियो । गम्भीर खालका बिरामीले आइसीयू, भेन्टिलेटर र अक्सिजन नपाएर ज्यान गुमाउनु परेको थियो ।

    हालसम्म पूर्ण मात्रामा खोप लगाउनेको संख्या ४८ लाख ९५ हजार १५२ छ । त्यस्तै ५५ लाख ३३ हजार ७९४ जनाले पहिलो डोज खोप लगाएका छन् । अझै ७१.६ प्रतिशत अर्थात २ करोड १७ लाख ५६ हजार ७६३ जनाले खोप लगाएका छैनन् ।

    संक्रमणदर कम भएसँगै अस्पतालमा बिरामीको चाप घटेको छ । जनस्वास्थ्यविज्ञहरुका अनुसार खोपको प्रभावकारिताका कारण गम्भीर प्रकारका बिरामी घटेका हुन् । तर अझै जोखिम कम भने भइनसकेको उनीहरुले बताएका छन् ।

    छिटै कोभिडको तेस्रो वेभ आउनसक्ने विज्ञको बुझाइ छ । त्यस्तै विश्व स्वास्थ्य संगठनले अर्को नयाँ भाइरस आएको र उक्त संक्रमण भए खोपले पनि काम नगर्ने चेतावनी दिइसकेको छ ।

    कतिले लगाए खोप ?

    स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार हालसम्म नेपालमा एक करोड ९२ हजार १६४ ले कारोनाविरुद्धको खोप लगाइसकेका छन् । जसमध्ये पहिलो डोज लगाउने १७ प्रतिशत छन् ।

    हालसम्म पूर्ण मात्रामा खोप लगाउनेको संख्या ४८ लाख ९५ हजार १५२ छ । त्यस्तै ५५ लाख ३३ हजार ७९४ जनाले पहिलो डोज खोप लगाएका छन् । अझै ७१.६ प्रतिशत अर्थात २ करोड १७ लाख ५६ हजार ७६३ जनाले खोप लगाएका छैनन् ।

    १३ लाख ६३ हजार ६१८ जनाले अमेरिकाले उपलब्ध गराएको जोन्सन एण्ड जोन्सनको पूर्ण खोप पाएका छन् ।

    यस्तै चीनबाट खरिद गरिएको र अनुदानमा प्राप्त भएको भेरोसेलको खोपमध्ये २० लाख ७० हजार ८५९ ले दोस्रो खोप लगाइसकेका छन् भने ३२ लाख ८९ हजार ९८८ ले खोपको दोस्रो मात्रा लगाउन बाँकी छन् ।

    यस्तै सेरम कम्पनीले उत्पादन गरेको कोभिसिल्ड, जापनिज अक्ट्राजेनेका र स्वीडिस अक्ट्राजेनेकाको दोस्रो डोज लगाउने १२ लाख ३२ हजार ८५१ छन् । २१ लाख ३४ हजार ८४८ जनाले पहिलो डोज मात्रै लगाएका छन् ।

    अस्पतालमा चाप कम

    मन्त्रालयका अनुसार अहिले ५२३ जना कोभिडका बिरामी आईसीयूमा छन् भने १६२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । प्रदेश १ मा आइसीयूमा ८० र भेन्टिलेटरमा ४२ बिरामी उपचाररत छन् । यस्तै प्रदेश २ का अस्पतालमा आईसीयूमा दुई जना उपचाररत छन् भने भेन्टिलेटर शून्य छ ।

    यस्तै बागमती प्रदेशमा आईसीयूमा २९१ र ९६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । गण्डकी प्रदेशमा ९० जना आईसीयू र ६ जना भेन्टिलेटरमा छन् ।

    लुम्बिनी प्रदेशमा ४५ जना आईसीयू र ९ जना भेन्टिलेटरमा छन् । यस्तै कर्णाली प्रदेशमा ७ जना आईसीयूमा छन् भने ३ जना भेन्टिलेटरमा छन् । सुदुरपश्चिममा भने ८ जनाको आईसीयूमा र ६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

    सबैभन्दा बढी संक्रमण देखिएको काठमाडौै उपत्यकाका अस्पतालमा कोभिडका जटिल बिरामी भर्ना हुने क्रम घट्दो छ । सरकारले तोकेको उपत्यकाका कोभिड अस्पतालका जनेरल बेडमा २५०, एचडीयूमा २५१, आईसीयूमा १५०, रु भेन्टिलेटरमा ७२ जना उपचाररत छन् ।

    कहाँबाट कति आयो खोप ?

    हालसम्म नेपालमा एक करोड ३३ लाख डोज खोप आपूर्ति भइसकेको छ । सुरुमा भारतले अनुदानमा दिएको कोभिसिल्डको १० डोज खोप आएको थियो । त्यसपछि नेपाललले खरिद गरेर कोभिसिल्डको १० लाख खोप ल्याएको थियो ।

    साथै नेपाली सेनालाई दिएको १ लाख डोज खोप गरी भारतबाट २१ लाख डोज खोप आपूर्ति भएको छ । भारतबाट खरिद गरेको १० लाख डोज खोप अझै आउन बाँकी छ ।

    त्यस्तै चीनबाट खरिद गरेर ४० लाख डोज भेरोसिल खोप ल्याइएको छ । त्यस्तै चीनले अनुदानमा दिएको ४० लाखमध्ये १८ लाख डोज खोप नेपाल आइसकेको छ । अनुदानको १६ लाख डोज खोप भने आउन बाँकी छ ।

    यसैगरी भुटानबाट ३ लाख ४८ हजार डोज खोप आएको छ । जापानबाट अनुदानको १५ लाख डोज अक्स्ट्राजेनका खोप नेपाल आएको छ । अमेरिकाबाट जोन्सन एण्ड जोन्सन खोप १५ लाख डोज आएको छ । र बेलायतबाट एक लाख डोज आएको मन्त्रालयले जनाएको छ ।

    चीनबाट खरिद गरेको ४४ लाख र अनुदानको १६ लाख खोप आउन बाँकी रहेको छ । मोर्डना फाइजर खोपको खरिद प्रक्रिया सुरु भएको मन्त्रालयले जनाएको छ ।

    खोपको प्रभावकारिताबारे स्पष्ट भइसकेको छैनः स्वास्थ्य मन्त्रालय

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार नेपालमा कोरोनाविरुद्धको खोपको प्रभावकारिताबारे स्पष्ट भइसकेको छैन । उनले भने, ‘खोपको प्रभावकारिताबारे स्पष्ट विवरण आएको छैन ।’

    खोप लगाएका कोरोना संक्रमित पनि मृत्यु भएको तर मृत्युको जोखिम कम भएको उनको भनाइ छ ।

    अहिले कोरोना संक्रमणदर स्थिर रहेको मन्त्रालयले जनाएको छ । ‘संक्रमणको जोखिम चाहिँ छ । खोप लगाए पनि ढुक्क हुने स्थिति छैन’, पौडेल भन्छन्, ‘अहिले संक्रमणदर १५ प्रतिशतसम्म घटेको छ ।’

    उनले महामारी विभिन्न वेभमा आइराख्ने भन्दै सचेतता अपनाउन सुझाव दिएका छन् ।

  • भीडभाड नगरी चाडपर्व मनाउन दिने प्रशासनको निर्णय, मंगलबार उपत्यकामा ४०० संक्रमित थपिए

    भीडभाड नगरी चाडपर्व मनाउन दिने प्रशासनको निर्णय, मंगलबार उपत्यकामा ४०० संक्रमित थपिए

    काठमाडौं । मंगलबार काठमाडौं उपत्यकाका तीन जिल्लामा ४०४ जना कोभिड बिरामी थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    काठमाडौंमा २९४, ललितपुरमा ६२ र भक्तपुरमा ४८ जना संक्रमित पुष्टि भएका छन् जुन पछिल्ला दिनमा घटिरहेको तथ्यांक हो ।

    मंगलबारसम्म काठमाडौं उपत्यकाको सक्रिय संक्रमित संख्या ६२५३ छ । सबैभन्दा बढी काठमाडौं जिल्लामा ३३४० छ भने भक्तपुरमा १०७८ र ललितपुरमा १८३५ छ ।

    यसैबीच, सोमबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) काठमाडौंको बैठकले भीडभाड नगरी चाडपर्व मनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

    ‘स्वास्थ्य मापदण्ड पालना गरेर मात्र चाडपर्व मनाउन दिने निर्णय भएको छ’ प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले नेपाल प्रेसलाई भने, ‘सकेसम्म कम मान्छे भेला भएर मनाउन दिने भन्ने छ ।’

    विद्यालय, रात्रीकालिन व्यवसायदेखि खुकुलो तुल्याइएका क्षेत्रबारे प्रशासनले कडाइका साथ अनुगमन गर्ने र प्रोटोकल उल्लंघन गर्नेालाई कार्वाही गर्ने निर्णय पनि डीसीसीएमसीले गरेको छ ।

    खोप वितरण र परीक्षणको दायरामा वृद्धि गर्ने निर्णय पनि बैठकले गरेको छ । ‘जनचेतनाको माध्यमबाट संक्रमण रोकथामलाई तीव्रता दिने निर्णय हामीले गरेका छौं’ सीडीओ रिजालले भने ।

    अहिले जारी निषेधाज्ञा भदौ मसान्तसम्म कायमै छ ।

  • १४ हजार नमुना परीक्षण गर्दा १५ सय संक्रमित थपिए, १९ जनाको मृत्यु

    १४ हजार नमुना परीक्षण गर्दा १५ सय संक्रमित थपिए, १९ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा १५६२ जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ४४३ नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    मंगलबार कोभिडको कारण थप १९ जनाको मृत्यु भएको छ । १५८९ जना निको भएका छन् ।

    मंगलबार संक्रमण दर १०.८१ प्रतिशत छ । तर, देशव्यापी औषत संक्रमण दर १९.३ प्रतिशत छ ।

    सक्रिय संक्रमित संख्या आजसम्म २६ हजार २०२ पुगेको छ । पछिल्लो २४ घण्टामा ८८ हजार १८४ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।

    कूल मृत्यु संख्या १० हजार ९८४ पुगेको छ । कूल संक्रमित संख्या ७ लाख ७९ हजार पुगेको छ ।

  • के हो निपा भाइरस, यसरी जोगिनुस् ?

    के हो निपा भाइरस, यसरी जोगिनुस् ?

    काठमाडौं । सरकारले निपा भाइरसको संक्रमणबाट बच्न सबै नागरिकलाई अपिल गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले निपा भाइरस प्राणघातक भएको उल्लेख गर्दै त्यसबाट बच्न सबै नागरिकलाई आग्रह गरेका हुन् ।

    मंगलबार सञ्चारकर्मीसँगको कुराकानीका क्रममा प्रवक्ता पौडेलले निपा भाइरस प्राणघातक भएको भन्दै कसैले पनि हेलचेक्राइँ गर्नुनहुने बताए । उनले निपा भाइरसको कुनै भ्याक्सिन बनि नसकेकोले यसबाट बच्न सबै सचेत र शतर्क हुनुपर्ने बेला आएको बताए ।

    प्रवक्ता पौडेलका अनुसार निपा भाइरसको मृत्युदर निकै उच्च रहेको र यो भाइरस फलफूल बढी खाने चमेरो (फ्रुट ब्याट) बाट पशुमा र पशुबाट मानिसमा सर्ने गर्दछ ।निपा भाइरसले मस्तिष्कमा चाँडो असर गर्ने, कोमामा पुर्याउने र बेहोस बनाउने गरेको बताउँदै प्रवक्ता पौडेलले पशुपंक्षीले जुठो पारेका, खोपेर छोडेका फलफूलहरु असावधानीवश पनि नखान आग्रह गरे ।

    स्वास्थ्य मन्त्रालयले निपा भाइरस प्राणघातक भएकोले पूर्णरुपमा स्वास्थ्यका मापदण्ड अपनाइ सचेत र सजग हुन र यस सम्बन्धी लक्षण देखिए तत्काल स्वास्थ्यचौकी गएर डाक्टरलाई देखाउन आग्रह गरेको छ ।

    यस्तो छ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्ण प्रसाद पौडेलको सुझाव
    हालसम्म नेपालमा पुष्टि भइसकेको छैन । यो अलिकति प्राणघातक छ, यसको मृत्युदर उच्च छ, तर यो यत्तिकै आउँदैन, यो संक्रमित पशुपंक्षीबाट मानवमा आउने हुनाले पशुपंक्षीले जुठो पारेका खोपेर छोडेका फलफूलहरु असावधानीवश पनि हामी नखाऔँ, फलफूल तरकारीहरु राम्रोसँग सफा गरेर खाऔँ, तरकारीको हकमा राम्ररी पकाएर खाआँै, फलफूलको हकमा बोक्रा फालेर खाऔँ, राम्ररी धोएर खाऔँ, त्यसबाट बच्न सकिन्छ ।

    जो मासुजन्य काममा हुनुहुन्छ, बंगुरहरु बिरामी हुनसक्छन्, गाईवस्तुहरु,मासुको काम गर्ने साथीहरुले पञ्जा लगाऔँ, मास्क लगाआँै, आफूलाई व्यक्तिगत सुरक्षाका कवचहरु लगाएर मात्र ह्याण्डिल गरौँ, मासुहरु राम्ररी पकाएर मात्र खाऔँ, भीडभाडमा नजाऔँ, किनभे व्यक्तिबाट व्यक्तिमा, मानव मानवमा पनि सर्न सक्छ, यसको मृत्युदर उच्च छ, यसले छिटै मस्तिष्कमा असर गरेर इन्सेफ्लाइटिभ, कोमा, डाउजी, बेहोस गराउन सक्छ, ज्वरो आउने, टाउको दुख्ने लक्षण देखिएको छ भने अस्पतालमा जाऔँ सही सूचना दिऔँ, आतंकीत नबनौँ, मापदण्ड नभुलौँ ।

    श्वासप्रश्वासको समस्या, सामान्य रुघाखोकी, ज्वरो आउने, टाउको दुख्ने, एकदम छिटो अचेत हुने, कोमामा जाने जस्ता समस्या छिटो–छिटो देखापर्ने र कम्पन आउने निपा भाइरसका मुख्य लक्षण हुन् । यो प्राणघातक भाइरस प्राकृतिक रुपमा फलफूल बढी खाने चमेरा (फ्रूट ब्याट) बाट पशुपंक्षी हुँदै मानिसमा सर्छ । साथै संक्रमित मानिसमाबाट अन्य मानिसमा पनि यो भाइरस सर्ने गर्दछ । निपा भाइरस विशेष गरी शरीरको ¥याल, दिशापिसाव लगायतको तरल पदार्थबाट सर्ने गर्दछ । निपा भाइरस विश्वमा पहिलोपटक सन् १९९९ मा मलेसियाको बंगुर फार्ममा भेटिएको थियो ।

     

     

  • औषधीमा आत्मनिर्भर हुन ऐन नै बाधक

    औषधीमा आत्मनिर्भर हुन ऐन नै बाधक

    काठमाडौं । औषधी उत्पादनसम्बन्धी विद्यमान नीति तथा कानुनमा परिमार्जन गरी अनुकूल वातावरण बन्न सकेमा देशलाई औषधीमा आत्मनिर्भर बनाउन सकिन्छ ।

    नेपालमै औषधी उत्पादन गर्न सकिन्छ भन्ने सोचसम्म नभएको अवस्थामा आयातमुखी अवधारणाअनुसार ल्याइएको औषधी ऐन–२०३५ ले अहिले झण्डै ५० प्रतिशत हिस्सा स्वदेशी उद्योगका उत्पादनले ओगटकोे र कतिपय औषधि विदेशमा समेत निर्यात हुने गरेको अवस्थालाई सम्बोधन गर्न नसक्ने भन्दै ऐनलाई उत्पादन र निर्यातमुखी बनाउनुपर्ने नेपाल औषधी उत्पादक सङ्घ(एपोन) ले माग गर्दै आएको छ ।

    केही वर्ष अघिसम्म करिब १० प्रतिशत मात्र स्वदेशी उत्पादन रहेकामा अहिले बढेर झण्डै ५१ प्रतिशत पुगेको र स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने सरकारी नीति र उपयुक्त वातावरण बन्न सक्यो भने छिट्टै औषधिमा ८० देखि ९० प्रतिशत आत्मनिर्भर बन्न सकिने एपोनका अध्यक्ष प्रज्वलजङ्ग पाण्डेले बताए।

    उनले भने, ‘‘मुलुकलाई आत्मनिर्भर बनाउने अभियानमा हामी छौं, यसमा राज्यले पनि सहजीकरण गरिदिनुपर्छ । यसका लागि अनुुकूल नीति र त्यसको प्रभावकारी कार्यान्वयन अहिलेको प्रमुख आवश्यकता हो । त्यसो हुनसक्यो भने यस क्षेत्रमा बाह्य लगानी र प्रविधिसमेत आकर्षण गर्न सकिन्छ ।’

    मानिसको स्वास्थ्य जस्तो अत्यन्त महत्वपूर्ण क्षेत्रसँग जोडिएको उद्योग धन्दालाई प्रवद्र्धन गर्ने कार्यमा सरकार उदासिन हुन नहुने अध्यक्ष पाण्डेको भनाइ छ ।

    एक तथ्याङ्कअनुसार नेपालको औषधि बजार करिब ४५ देखि ५० अर्बको छ । औषधीको बजार प्रत्येक वर्ष १८ देखि २० प्रतिशतले बढ्दै गएको उनको भनाइ छ । करिब ३० अर्ब बराबरको औषधि विदेशबाट आयात हुन्छ ।

    औषधी उत्पादनका लागि आवश्यक जनशक्ति र आधुनिक प्रविधि भित्र्याएर आयातलाई प्रतिस्थापन गर्न सकिने र यसबाट रोजगारी सिर्जना तथा विदेशी मुद्रा सञ्चितीमा सहयोग पुग्ने उनको तर्क छ । कम्तीमा आधारभूत औषधि मात्रै पनि स्वदेशमै उत्पादन गर्न सकियो भने औषधिमा ८० प्रतिशत आत्मनिर्भर बन्न सकिन्छ ।

    बङ्गलादेशले १७० देशमा औषधि निर्यात गर्ने गर्दछ । औषधि यसको राजस्वको चाैंथो महत्वपूर्ण स्रोत रहेको छ । भारतमा पनि राज्यले विभिन्न ३५ शीर्षकमा विभिन्न सहुलियत दिएको छ ।

    यहाँ भारत, चीन, बङ्गलादेश, अमेरिका, युरोपेली मुलुकबाट औषधि आयात हुन्छ । अहिले नेपालमा आयात हुने औषधिको झण्डै ८० प्रतिशत भारतबाट हुने गर्दछ । राष्ट्रिय औषधि नीति–२०५१ ले १० वर्षमा ८० प्रतिशत अत्यावश्यक औषधी स्वदेशमै उत्पादन गर्ने लक्ष्य लिएको भए पनि अहिलेसम्म कार्यान्वयनमा आउन नसकेको उनको गुनासो छ ।

    उनले भने ‘राष्ट्रिय स्वास्थ्य नीति–२०७१ ले गुणस्तरीय औषधि र आपूर्ति सुनिश्चिता गरी आन्तरिक उत्पादनलाई बढावा दिने र १५ प्रतिशतसम्म महँगो भए पनि नेपाली उत्पादन नै खरिद गर्न सकिने व्यवस्था गरेको थियो । तर, त्यो पनि कार्यान्वयनमा आएन ।’

    औषधी परीक्षणका लागि यहाँका अधिकांश उद्योगका आफ्नै प्रयोगशाला छन् । अधिकांश ती उद्योग अहिले पनि पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेका छैनन् । औषधीको गुणस्तर विश्वभर नै एउटै खालको हुनुपर्दछ ।

    अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै हरेक औषधीको उत्पादन हुने गर्दछ । मानवीय उपचारमा प्रयोग हुने वस्तुलाई सरकारले अत्यावश्यक सेवाअन्तर्गत राखेर उत्पादनमा सहुलियत दिनुपर्ने उनको भनाइ छ ।

    नेपालमै अन्तर्राष्ट्रिय गुणस्तरका औषधी उत्पादन हुने गरेको दाबी गर्दै उनले खुल्ला सिमानाका कारण पनि नेपालमा उत्पादन भएकाऔषधी छिमेकीमुलुकमा अवैध रुपमा निर्यात हुनसक्ने सम्भावना रहेकाले नेपालमै खपत हुने व्यवस्था मिलाउनुपर्ने सुझाव दिए। स्वदेशी औषधी उद्योगको सङ्ख्या र उत्पादन दुवै बढेको छ ।

    २०४६ मा स्थापना भएको यस सङ्घमा हाल ६६ उद्योग आवद्ध छन् भने १०÷१२ वटा आवद्ध हुने प्रक्रियामा छन् । नेपाल जडीबुटीबाट उत्पादन गर्न सकिने थुप्रै आयुर्वेद तथा अन्य वैकल्पिक उपचार पद्दतिमा प्रयोग गरिने औषधिमा पनि विश्वमै अग्रस्थानमा रहेकाले त्यस्ता औषधीको उत्पादन र बजारीकरणमा पनि ध्यान दिनुपर्ने उनको सुझाव छ । ‘भारतमा पतञ्जलिले ठूलो आम्दानी गर्न सकेजस्तै नेपालले पनि हर्बल मेडिसिनबाट राम्रो लाभ लिन सक्दछ’, उनले भने ।

    लोमोस ग्रुपका कार्यकारी निर्देशक समेत रहेका अध्यक्ष पाण्डेले कोही पनि नेपाली औषधीको अभावमा मर्न नपरोस् भन्ने उद्देश्यले गाउँगाउँसम्म औषधी उपलब्ध गराउन जोड दिइएको बताए।

    उनका अनुसार सो कम्पनीले हाल हर्मोन, सुईजन्यलगायतका विभिन्न ४०० किसिमका सामान्यदेखि अत्याधुनिक खालका औषधी उत्पादन गर्ने गरेको छ । कतिपय औषधि अफ्रिका, एशियालगायत १२÷१३ देशमा निर्यातसमेत हुने गरेको उनको भनाइ छ । रासस

  • नेपाल आयुर्वेद चिकित्सक सङ्घको महाधिवेशन मङ्सिर २४ र २५ मा

    नेपाल आयुर्वेद चिकित्सक सङ्घको महाधिवेशन मङ्सिर २४ र २५ मा

    काठमाडौं । नेपाल आयुर्वेद चिकित्सक सङ्घको महाधिवेशन आगामी मङ्सिर २४ र २५ गते काठमाडौँमा आयोजना हुने भएको छ । कोरोना महामारीका कारण महाधिवेशन पटक–पटक स्थगन हुँदै आएको थियो ।

    सङ्घका अध्यक्ष डा प्रकाश ज्ञवालीका अनुसार सङ्घमा करिब ८०० सदस्य आवद्ध छन् । महाधिवेशनमा विभिन्न जिल्लामा उत्कृष्ट आयुर्वेद सेवा प्रदान गर्ने तथा सम्बन्धित विषयमा योगदान दिने व्यक्तित्वलाई सम्मान गरिने उहाँले बताउनुभयो । महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने जनाइएको छ । रासस

  • सोमबार १४ सय संक्रमित थपिए, १६ जनाको मृत्यु

    सोमबार १४ सय संक्रमित थपिए, १६ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा सोमबार मुलुकमा १४ सय ८६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १६ हजार ५३९ वटा नमूना (पीसीआर १२,५३२ र एन्टीजेन ४,००७) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १६ जनाको मृत्यु भएको छ भने १२ सय ६० जना डिस्चार्ज भएका छन् ।

    गत २४ घण्टामा ९१ हजार ८३० जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

    हालसम्म मुलुकमा २६ हजार ६३० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

    नेपालमा कूल ७ लाख भन्दा बढी कोरोनाभाइरस संक्रमित छन् भने १० हजार ९६५ जनाले ज्यान गुमाएका छन् ।

    अहिलेसम्म आईसीयूमा ४७५जना, भेन्टिलेटरमा १३४ जना, होम आइसोलेशनमा २४,९५८ जना, संस्थागत आइसोलेशनमा १,६७२ र क्वारेन्टाइनमा २६२ जना रहेको तथ्यांकमा उल्लेख छ ।

    मन्त्रालयको अनुसार नेपालमा कोरोनाभाइरसको संक्रमणदर ८.९ प्रतिशत छ भने मृत्युदर १.५ प्रतिशत छ । मुलुकमा निको हुनेको दर ९५.२ प्रतिशत छ ।

  • ४४ लाख डोज भेरोसेल खोप बिहीबार नेपाल आइपुग्दै, एक हप्ताभित्रै १ लाख डोज फाइजर पनि आउने

    ४४ लाख डोज भेरोसेल खोप बिहीबार नेपाल आइपुग्दै, एक हप्ताभित्रै १ लाख डोज फाइजर पनि आउने

    काठमाडौं । कोरोनाभाइरस विरुद्धको ४४ लाख डोज भेरोसेल खोप बिहिबार नेपाल आउने भएको छ । सरकारले चीनबाट पछिल्लो पटक ६० लाख डोज खोप खरिद गरेको थियो । जसमा १६ लाख एक साता अघि नै आइसकेको छ ।

    व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाका अनुसार खोप लिनका लागि भदौ ३० गते नेपाल वायुसेवा निगमको जहाज चीन जाने तयारी छ ।

    यसअघि २४ लाख कोभिसिल्ड, ७४ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्ड जोन्सन, १७ लाख डोज अस्ट्राजेनेका खोप आइसकेको छ । साथै सरकारले यही साताभित्र १ लाख डोज फाइजर खोप ल्याउने भएको छ ।

    स्तनपान गराइरहेका महिला र १२ वर्षभन्दा माथि उमेर समूहका नागरिकहरुलाई लगाउन खोप ल्याउन लागिएको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिएका छन् ।

  • शनिबार र सार्वजनिक बिदाको दिनमा पनि नर्भिकको ओपिडी खोल्ने

    शनिबार र सार्वजनिक बिदाको दिनमा पनि नर्भिकको ओपिडी खोल्ने

    काठमाडौं । थापाथलीस्थित नर्भिक अस्पतालले यो सातादेखि शनिवार र सार्वजनिक बिदाका दिनहरुमा समेत ओपिडी सेवा संचालन गर्ने भएको छ ।

    अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रका अनुसार शनिवार र सार्वजनिक विदाका दिनमा पनि ओपिडी सेवा संचालनमा ल्याउने निर्णय भएको जानकारी दिए ।

    संचालन गरिने ओपिडीमा कुन कुन विशेषज्ञको सेवा पाइन्छ भन्ने कुरा नर्भिकले आफ्ना सामाजिक सञ्जालका विभिन्न प्लेटफर्महरुबाट जानकारी गराउने समेत उनले बताए ।

    यसैगरी, नर्भिक अस्पतालले ओपिडीको सन्ध्याकालीन सेवा समेत संचालन गरिरहेको छ । यो सेवालाई समेत अझ व्यापक बनाउने तयारी भइरहेको मिश्रले जानकारी दिए ।

    दैनिक अफिस जानुपर्ने बाध्यतामा रहेका व्यस्त सर्वसाधारणको सुविधालाई ध्यानमा राखी राति ८ बजेसम्म नै ओपिडी सेवा संचालन गर्ने तयारी भइरहेको हो ।

    यसैबीच, नर्भिक अस्पतालले सार्वजनिक गरेको शिक्षकलाई छूट सम्बन्धी स्किममा शिक्षकहरुको आकर्षण देखिएको छ । नर्भिकले अन्तर्राष्ट्रिय टिचर्स डेको अवसर पारेर गत शुक्रबारदेखि एक साताका लागि शिक्षकहरुलाई अस्पतालका सबै सेवामा १० प्रतिशत छुटको अफर सार्वजनिक गरेको थियो । यो अफर लिने शिक्षकहरुको संख्या बढिरहेको अस्पतालले जनाएको छ । यो अफर यो सातासम्म जारी रहनेछ ।

     

  • काठमाडौं उपत्यकामा घट्दै कोरोना संक्रमित

    काठमाडौं उपत्यकामा घट्दै कोरोना संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा आइतबार ३०९ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा १८७ जना, भक्तपुरमा ६६ र ललितपुरमा ५६ छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा ६ हजार ४०६ जना सक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौंमा ३,३१५ जना, भक्तपुरमा १,१६२ जना र लललितपुरमा १,९२९ जना छन् ।

    कोरोनाभाइरस सुरु भएयता काठमाडौं उपत्यकामा ३१ सय ९५ जनाको मृत्यु भइसकेको छ ।

    १३ जिल्लामा ५०० भन्दा बढी संक्रमित छन् भने २० वटा जिल्लमा २०० भन्दा बढी संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

  • आइतबार ९ सय संक्रमित थपिए, १३ जनाको मृत्यु

    आइतबार ९ सय संक्रमित थपिए, १३ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा आइतबार मुलुकमा ९ सय ११ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । ११ हजार ०१८ वटा नमूना (पीसीआर ७,८७८ र एन्टीजेन ३,१४०) परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १३ जनाको मृत्यु भएको छ भने १४ सय २३ जना डिस्चार्ज भएका छन् ।

    गत २४ घण्टामा १० हजार ४४९ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

    हालसम्म मुलुकमा २६ हजार ७५७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

    नेपालमा कूल ७ लाख भन्दा बढी कोरोनाभाइरस संक्रमित छन् भने १० हजार ९४९ जनाले ज्यान गुमाएका छन् ।

    अहिलेसम्म आईसीयूमा ४५४जना, भेन्टिलेटरमा १४० जना, होम आइसोलेशनमा २५,१७१ जना, संस्थागत आइसोलेशनमा १,५८६ र क्वारेन्टाइनमा ३२१ जना रहेको तथ्यांकमा उल्लेख छ ।

    मन्त्रालयको अनुसार नेपालमा कोरोनाभाइरसको संक्रमणदर ८.२ प्रतिशत छ भने मृत्युदर १.५ प्रतिशत छ ।

  • स्तनपान गराइरहेका महिलालाई पनि फाइजर खोप लगाइने

    स्तनपान गराइरहेका महिलालाई पनि फाइजर खोप लगाइने

    काठमाडौं । कोभिड–१९ विरुद्धको फाइजर खोप स्तनपान गराइरहेका महिलाहरूलाई पनि लगाइने भएको छ । यसबारे स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिएका छन् ।

    शुक्रबार यो खोपलाई औषधि व्यवस्था विभागले आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो ।

    सरकारले १२ बर्ष माथिका बालबालिकालाई लगाउन ६० लाख डोज फाइजर खोप खरिदको तयारी गरेको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बताएका थिए ।

    खोप शाखा प्रमुख सागर दाहाले केही सातामा एक लाख डोज फाइजर खोप ल्याउन लागिएको जानकारी दिएका छन् ।

  • विपी प्रतिष्ठानका आन्दोलनकारीलाई मन्त्रालयको आग्रह- माग पूरा हुँदैछन्, आन्दोलन फिर्ता लिनू

    विपी प्रतिष्ठानका आन्दोलनकारीलाई मन्त्रालयको आग्रह- माग पूरा हुँदैछन्, आन्दोलन फिर्ता लिनू

    काठमाडौं । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी आन्दोलन फिर्ता लिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ । आज विज्ञप्तिमार्फत मन्त्रालयले आन्दोलनको क्रममा उठाइएका मागहरू कति पूरा गरिएको र केही पूरा हुने प्रक्रियामा रहेको भन्दै आन्दोलन फिर्ता लिन आग्रह गरेको हो ।

    पदाधिकारीको कारवाहीका लागि २५ प्रतिशत सिनेटरको हस्ताक्षरमा कुलपतिसमक्ष प्रतिवेदन पेस गरिसकिएकोले छानविन गरी प्रक्रिया अघि बढाइने, चिकित्सा शिक्षा आयोग र मेडिकल काउन्सिलको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अध्ययन प्रतिवेदन तत्काल सार्वजनिक गर्ने प्रयास गरिने मन्त्रालयले आश्वस्त पारेको छ ।

    उच्चस्तरीय छानविन आयोग सिनेट बैठकबाट नै गठन गरिने मन्त्रालयले जनाएको छ । त्यसका लागि आवश्यक परामर्श र समन्वय गरी उचित निर्णय गरिने मन्त्रालयको भनाइ छ । प्रतिष्ठानका रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मीले राजीनामा दिइसकेको भन्दै स्वीकृतसमेत भइसकेको मन्त्रालयले विज्ञप्तिमा जनाएको छ ।

    अवरुद्ध गरिएका सेवाहरू नियमित गर्न मन्त्रालयले आग्रह गरेको छ ।

    विपी प्रतिष्ठानका कर्मचारी तथा चिकित्सक शुद्धीकरणको माग राखेर ३ महिनादेखि आन्दोलनरत छन् ।

     

  • म्याद गुज्रेका आइरन चक्की सुटुक्क नष्ट गर्दै जाजरकोट स्वास्थ्य कार्यालय

    म्याद गुज्रेका आइरन चक्की सुटुक्क नष्ट गर्दै जाजरकोट स्वास्थ्य कार्यालय

    सुर्खेत । जनतालाई निशुल्क वितरण गर्नुपर्ने सिटामोल, आइरन चक्कीजस्ता औषधिहरु जाजरकोट जिल्ला स्वास्थ्य कार्यालयले वितरण नगरी लामो समयसम्म भण्डारण गरी म्याद गुज्रेपछि सुटुक्क नष्ट गरेको पाइएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालयको भण्डारमै राखेर म्याद गुज्रिएको ३० लाख चक्की आइरन चक्की विहीबार नष्ट गरिएको हो । यता साउनदेखि जिल्लाभर आइरनको अभाव भइरहेको थियो ।

    नष्ट गर्दा सरोकारवाला सबैको उपस्थितिमा मुचुल्का उठाउनुपर्नेमा त्यो पनि नगरेर कार्यालयले मापदण्ड मिचेको भन्दै आलोचना सुरु भएको छ ।

    कुपोषण, रक्तअल्पतालगायतका समस्या भएका तथा गर्भवती र किशोरीलाइ देशभर आइरन चक्की निशुल्क विवतरण हुने गर्दछ । म्याद हुन्जेलसम्म पालिकाकाका स्वास्थ्य संस्थालाई नदिने तर म्याद गएपछि सुटुक्क नष्ट गर्ने परिपाटीले समस्या आएको नलगाड नगरपालिका नगर अस्पतालका प्रेम बुढाले बताए । ‘म्याद बाँकी भएको समयमा यहाँ औषधी नै दिइदैन,’ उनी भन्छन, ‘खेर फाल्नु भन्दा हाीलाई वितरण गरेको भए सबैले पाउँथे।’

    साउन महिनाभर भेरी नगरपालिकाले स्वास्थ्य सेवा कार्यालयसँग आइरन चक्की माग्दा उपलव्ध नगराएको स्वास्थ्यकर्मी बताउँछन् । भेरी नगरपालिकाको स्वास्थ्य शाखाले क्षेत्रीय स्टोरबाट आफैं माग गरेर एक महिनालाई पुग्ने आइरन चक्की ल्याएको उनको भनाई छ ।

    यस विषयमा बुझ्न कार्यालय प्रमुख टीकाराम जैसीलाई सम्पर्क गर्न खोज्दा फोन लागेन । सहायक प्रमुख जिल्ला अधिकारी हरि देवकोटाले आइरन चक्की जलाएको विषयमा आफूलाइ जानकारी नभएको बताए ।

  • फाइजर खोपलाई नेपालमा आपतकालिन प्रयोगको अनुमति

    फाइजर खोपलाई नेपालमा आपतकालिन प्रयोगको अनुमति

    काठमाडौँ । औषधि व्यवस्था विभागले कोभिड-१९ विरुद्धको खोप फाइजरलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । शुक्रबार यो खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको विभागले जनाएको छ ।

    महानिर्देशक नारायणप्रसाद ढकालले फाइजर खोपलाई प्रयोगका लागि अनुमति दिइएको बताए । सरकारले १२ बर्ष माथिका बालबालिकालाई लगाउन ६० लाख डोज फाइजर खोप खरिदको तयारी गरेको छ । कोभ्याक्स सुविधाबाट यो खोप नेपालले प्राप्त गर्ने स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बताएका थिए ।

    स्वास्थ्य सेवा विभाग परिवार कल्याण महशाखाका अनसार केही साता भित्रै १ लाख डोज फाइजर खोप नेपाल आउनेछ । खोप शाखा प्रमुख सागर दाहालले तत्काललाई एक लाख डोज फाइजर खोप ल्याउन लागिएको जानकारी दिएका छन् ।

    नेपालमा भारतको कोभिसिल्ड र कोभ्याक्सिन, चीनको भेरोसेल र कोरोना भ्याक, बेलायतमा उत्पादित अस्ट्राजेनेका, अमेरिकामा निर्मित जोन्सन एन्ड जोन्सन जानसन खोपले आपतकालिन प्रयोगको लागि अनुमति पाएका छन् ।

    कोभिडका खोप मध्ये फाइजर खोप निकै धेरै देशमा प्रयोग हुने खोप हो । सबैभन्दा अगाडी आएको र अमेरिकामा समेत यो खोप पहिलो रोजाईमा रहेको देखिन्छ ।

    फाइजरलाई माइनस ७० डिग्री सेल्सीयस तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ ।

  • खुकुलो निषेधाज्ञाबारे समीक्षा गर्न उपत्यकाका तीन सीडीओको बैठक भोलि बस्दै

    खुकुलो निषेधाज्ञाबारे समीक्षा गर्न उपत्यकाका तीन सीडीओको बैठक भोलि बस्दै

    काठमाडौं । काठमाडौं उपत्यकाको खुकुलो निषेधाज्ञाबारे समीक्षा गर्न तीनै जिल्ला प्रशासनका सीडीओहरुको बैठक भोलि बस्ने भएको छ । संक्रमण दर घटेको तर मृत्युदर स्थिर रहेको परिस्थितीमा बस्न लागेको तीन प्रमुख जिल्ला अधिकारीको बैठकले खुकुलो तुल्याइएका कतिपय क्षेत्रबारे समीक्षा गर्ने भएको छ ।

    बैठकले भदौ मसान्तसम्म कायम रहेको निषेधाज्ञालाई स्मार्ट लकडाउनको कार्यविधिअनुसार कसरी अघि बढाउनेबारे निर्णय लिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।

    प्रशासनले विद्यालय खुलाउन अनुमति दिएपनि स्थानीय निकायलाई विद्यालय खुलाउन भैरहेको कठिनाइबारे पनि छलफल हुने सीडीओ रिजालले जनाए ।

    अघिल्ला सीडीओ कालिप्रसाद पराजुलीले अन्य सीडीओहरुसँग छलफल नै नगरि विद्यालय खुलाउन अनुमति दिएपछि असन्तुष्ट रहेका नयाँ सीडीओ रिजाल र भक्तपुर तथा ललितपुरका प्रजिअले स्कुल खुलाउन दिने वा नदिनेबारे निर्णय गर्ने भएका छन् ।

    अघिल्ला सीडीओ पराजुलीले आफूहरुको सल्लाहबिनै विद्यालय खुलाउन आदेश दिएपछि अहिले भक्तपुर र ललितपुरका सीडीओहरु असन्तुष्ट छन् । काठमाडौंका सीडीओ रिजालले पनि अघिल्लो आदेशको समीक्षा हुने बताइसकेका छन् ।

    ललितपुरमा भने तत्काल विद्यालय नखुलाइने भएको छ । चाडपर्व पनि नजिकिएको र संक्रमण पनि बढ्ने सम्भावनाले ललितपुरमा विद्यालय खुलाउन अनुमति नदिइने ललितपुर सीडीओ ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । चाडपर्व नजिकिँदै गर्दा भाइरस संक्रमण पुनः बढ्ने र अवस्था जोखिमपूर्ण हुनसक्ने भन्दै विज्ञहरुले विद्यालय खोल्ने प्रशासनको गतसाताको निर्णयप्रति असन्तुष्टि जनाएका छन् ।

    भोलि बस्ने बैठकले फिल्म हल लगायतमा तोकिएको ५० प्रतिशत अकुपेन्सीबारे व्यवसायीको मागबारे पनि छलफल गर्ने भएको छ । निषेधाज्ञा र संक्रमणको परिस्थितीबारे समीक्षा गर्न भोलि बिहान तीनै जिल्ला प्रशासनहरुको डीसीसीएमसी बैठक बस्दैछ र अपरान्ह तीन सीडीओ आदेश जारी गर्नेछन् ।

    अहिलेको निषेधाज्ञा भदौ मसान्तसम्म कायमै छ ।

    शनिबार काठमाडौंमा २३०, ललितपुरमा ८५ र भक्तपुरमा ४२ जना कोभिड संक्रमित थपिएका छन् । सक्रिय संक्रमित संख्या उपत्यकामा शनिबारसम्म ६५३१ रहेको छ ।

  • शनिबार कोभिड संक्रमणबाट १२ जनाको मृत्यु, ९९४ संक्रमित थपिए

    शनिबार कोभिड संक्रमणबाट १२ जनाको मृत्यु, ९९४ संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ९९४ जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९८४० नमुना (६१३७ पीसीआर र ३७०३ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    शनिबार कोभिड संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । १३६८ जना निको भएका छन् ।

    सक्रिय संक्रमित संख्या घटेर २७ हजार ३५५ पुगेको छ । ६८ हजार ६३० जनाले पछिल्लो २४ घण्टामा कोभिडविरुद्धको खोप लगाएका छन् ।

  • बिल गेट्सको संस्थाद्वारा नेपाललाई २०० थान अक्सिजन कन्सनट्रेटर प्रदान

    बिल गेट्सको संस्थाद्वारा नेपाललाई २०० थान अक्सिजन कन्सनट्रेटर प्रदान

    काठमाडौं । अर्बपति बिल गेट्सको सामाजिक संस्था द बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले नेपाललाई कोभिड–१९ महामारीविरुद्ध २०० थान अक्सिजन कन्सनट्रेटर प्रदान गरेको छ ।

    साथै, युरोपियन सिभिल प्रोटेक्सन र हुयमानिटरियन एड अप्रेसनले नेपाललाई ६०० थान अक्सिजन कन्सनट्रेटर प्रदान गरेको छ । शनिबार युनिसेफ नेपालले ती सामाग्री स्वास्थ्य मन्त्रालयलाई प्रदान गरेको छ ।

  • बैतडीमा अक्सिजन प्लान्ट स्थापना अन्योलमा

    बैतडीमा अक्सिजन प्लान्ट स्थापना अन्योलमा

    काठमाडौं  । गत असारमै जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने भनेर सम्झौता भएको थियो । तीन महिना वित्न लाग्दा पनि हालसम्म अक्सिजन प्लान्ट स्थापनाबारे अन्योल छ ।

    सम्झौता गरिएको कम्पनी लापरवाहीका कारण प्लान्ट स्थापनामा ढिलाइ भएको हो । असारभित्र प्लान्ट निर्माण गर्ने गरी हेल्थ केयर सप्लायर्स, काठमाडौँ र अस्पतालबीच सम्झौता भएको थियो । प्लान्ट स्थापनाको काम सुरु हुन नसकेको जिल्ला अस्पतालका प्रमुख चिकित्सक डा बसन्तराज जोशीले बताए । प्लान्ट स्थापना गर्न सङ्घीय सरकारबाट एक करोड ५० लाख रूपैयाँ र सुदूरपश्चिम प्रदेश सरकारबाट ८० लाख प्राप्त भएको छ ।

    ‘गत आर्थिक वर्षभित्र जडान गरिसक्ने गरी असारमा दुवै पक्षबीच सम्झौता भएको हो’, जोशीले भने, ‘असारमा काम गर्न नसक्ने भनेपछि एक महिना म्याद थपिएको थियो । कम्पनीको मान्छेसँग सम्पर्क गर्दा चीनबाट सामग्री मगाएका छौँ, अझै नेपालमा पुगेको छैन भन्ने जवाफ आएको छ ।’

    कम्पनीले सम्झौता गरे पनि समयमा काम नगर्दा अन्योल भएको उनको भनाइ छ । भदौसम्म पर्खिने र उक्त समयमा पनि काम गर्न नसके अर्को कम्पनीको खोजी गर्ने अस्पतालको तयारी छ ।

    कोरोना महामारीको दोस्रो लहरसँगै जिल्लामा अक्सिजन अभाव भएपछि प्रदेश सरकार र सङ्घीय सरकारले प्लान्ट स्थापनाका लागि बजेट विनियोजन गरेको हो । तेस्रो लहर आए उपचारमा समस्या हुने देखिन्छ ।

    जिल्लामा प्लान्ट नहुँदा सिलिन्डर खरिद गरी अक्सिजन आपूर्ति गर्नुपर्ने अवस्था छ । ‘प्लान्ट स्थापना गरिए ५० शय्याको अस्पताल सञ्चालनमा ल्याउन सहयोग पुग्छ, शल्यक्रिया गर्न तथा सघन उपचार कक्ष सञ्चालनका लागि पनि सहज हुन्छ’, जोशीले भने ।

    अस्पतालसँग हाल एक सय ६ अक्सिजन सिलिन्डर रहेको छ । जिल्लामा हालसम्म कोरोना सङ्क्रमणबाट १८ जनाको मृत्यु भइसकेको छ ।

    रासस

  • भारतमा निपाह भाइरस पुष्टि भएपछि नेपालमा सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयद्वारा एड्भाइजरी

    भारतमा निपाह भाइरस पुष्टि भएपछि नेपालमा सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयद्वारा एड्भाइजरी

    काठमाडौं । पशुबाट मानिसमा सर्ने गम्भीर प्रकृतिको भाइरस निपाह भारतमा संक्रमण पुष्टि भएपछि स्वास्थ्य मन्त्रालयले सतर्कता अपनाउन सातै प्रदेशका अस्पतालहरुलाई परिपत्र गरेको छ ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको बैठकले सबै अस्पताललाई परिपत्र गर्दै संक्रमणको चुनौतिविरुद्ध प्रबन्ध गर्न र लक्षण देखिए रिपोर्टिङ गर्न भनेको छ । बिरामीको नमुना लिएर काठमाडौंको टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाउन पनि महाशाखाले आग्रह गरेको छ । भारतमा संक्रमण पुष्टि भएपनि मन्त्रालयले नेपालमा एड्भाइजरी जारी गरेको हो ।

    के हो निपाह भाइरस ?

    निपाह भाइरस पशुबाट मानिसमा सर्ने गम्भीर प्रकृतिको रोग लाग्ने भाइरसको संक्रमण हो। यस भाइरस प्राकृतिक रुपमा फ्रुट ब्याट भन्ने प्रजातिको चमेरोमा पाइन्छ।

    निपाह भाइरस कसरी सर्दछ ?

    निपाह भाइरस जनावरबाट जनावर, जनावरबाट मानिस र मानिसबाट मानिसमा सर्दछ।

    संक्रमित चमेरोबाट सुँगुर, गाई, गोरु जस्ता जनावर हुँदै मिनसमा सर्छ। संक्रमित पशुको संसर्गमा आएका फलफूल प्रयोग गरेमा पनि सर्छ। यस्तै संक्रमित व्यक्तिको रगत, दिसा, पिसाबसँग प्रत्यक्ष सम्पर्कमा आएमा पनि सर्छ।

    निपाह भाइरसका लक्षण

    ज्वरो आउने, रिंगटा लाग्ने, टाउको दुख्ने, मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, श्वासप्रश्वासमा कठिनाइ हुने र टन्सिलाइटिस

    निपाह भाइरसको रोकथाम कसरी गर्ने ?

    फलफूल राम्रोसँग पखालेर मात्र खाने
    तरकारी सकेसम्म पकाएर खाने
    मासु काट्दा र पकाउँदा पञ्जा र मास्कको प्रयोग गर्ने
    सकेसम्म पानी उमालेर मात्रै पिउने
    बेलाबेलामा साबुनपानीले हात धुने
    भिडभाड जाँदा मास्क लगाउने।