Category: स्वास्थ्य-जीवनशैली

  • आँखाको ज्योति गुम्न सक्ने शापूको संक्रमणबाट सचेत रहन विशेषज्ञको आग्रह

    आँखाको ज्योति गुम्न सक्ने शापूको संक्रमणबाट सचेत रहन विशेषज्ञको आग्रह

    काठमाडौं । मानिसको आँखामा लाग्ने रोग शापूले दृष्टिविहीन बनाउन सक्ने एक अध्ययनले देखाएको छ । नेपालको मध्यपहाडी क्षेत्रमा हुने यो रोग सेतो पुतलीबाट सर्ने गरेको अनुसन्धानबाट पत्ता लागेको हो । बढी मात्रामा बच्चाहरूमा लाग्ने यो रोग युवादेखि वृद्धासम्ममा लाग्ने गरेको नेत्ररोग विशेषज्ञले बताउने गरेका छन् । नेपालमा मात्र हुने यो शापू रोग बच्चाका लागि निकै खतरनाक मानिएको छ ।

    विशेषगरी भदौदेखि मङ्सिरसम्म महामारीका रूपमा देखिने यो रोग समयमा नै आँखा अस्पताल पुग्न नसके आँखाको ज्योति गुम्न सक्ने डाक्टरहरू बताउँछन् । रोगको लक्षण देखिएको २४ देखि ४८ घण्टाभित्र उपचारका लागि अस्पताल पुग्नुपर्ने नेपाल नेत्र ज्योति सङ्घले जनाएको छ ।

    बाल अन्धोपनको मुख्य कारण बनेको यो रोगले समाजमा समेत आर्थिक र सामाजिक रूपमा दख्खल पुर्‍याएको नेत्र ज्योति सङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष सागर प्रताप राणाले बताए । यो रोग लागेमा अस्पताल पुग्नैपर्ने लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान एवं रिर्सच सेन्टरका नेत्ररोग विशेषज्ञ ज्ञानेन्द्र लामिछानेको सल्लाह छ ।

    आँखाको ज्योति बचाउनका लागि शापू लागेको लक्षण थाहा पाउनासाथ अस्पताल पुगेर उपचार गरी निको बनाउन सकिन्छ, लामिछानेले भने, समयमा नै अस्पतालमा नआए दृष्टिविहीन हुनसक्ने सम्भावना अधिक रहन्छ । नेपालका गण्डकी प्रदेशका सबै जिल्ला र लुम्बिनी प्रदेशका पहाडी जिल्लामा यो रोग लाग्ने गरेको तथ्याङ्कले देखाएको छ ।

    शापू रोगका लक्षण

    यो रोग लागेमा मानिसको आँखामा विभिन्न लक्षण देखिने लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान एवं रिर्सच सेन्टरले जानकारी दिएको छ । रिर्सच सेन्टरका अनुसार शापू रोग लागेमा एक्कासी एउटा आँखा रातो हुने, चिप्रा नलाग्ने, उज्यालोमा हेर्न नसक्ने, आँखाको दृष्टिमा कमी आउने, आँखा दुख्ने, समयमा उपचार नपाए कालोमा सेतो देखिने गर्दछ ।

    मानिसमा यस्ता लक्षण देखिए तुरुन्त नजिकको आँखा अस्पतालमा पुग्नुपर्ने स्वास्थ्य विशेषज्ञ बताउँछन् । रणअम्बिका शाह आँखा अस्पताल भैरहवाका प्रमुख प्रकाश रायमाझीले शापू रोगको उपचार अस्पतालमा मात्र सम्भव भएकाले यसका लक्षण आउनाका साथ बिरामीलाई जतिसक्दो छिटो आँखा अस्पताल पुग्नुपर्ने बताउछन् । उनले मानिसमा अन्य कुनै भाइरसका कारणले आँखामा शापु रोगको जस्ता लक्षण देखिए पनि अस्पताल छिटो अस्पताल पुग्दा दृष्टि गुम्नबाट बचाउन सकिने बताए ।

    शापूबाट जोगिने

    यो रोगबाट जोखिनका लागि मानिस सेतो पुतलीको संसर्गबाट टाढै बस्नुपर्ने विशेषज्ञ बताउँछन् । उनीहरुले रातिको समयमा बत्तीमा आउने सेतो पुतलीले मानिसको आँखामा संसर्ग हुनपुगे मात्र यो रोग लाग्ने भएकाले पुतलीबाट टाढा रहनु नै उत्तम रहेको बताएका छन् । नेत्ररोग विशेषज्ञ मदनप्रसाद उपाध्यायले रातिमा घरको झ्यालढोका बन्द गर्ने, आफूखुसी औषधि या अन्य कुनै पनि उपचार नगर्ने, रातिमा बत्ती निभाएर सुत्ने, रोगको लक्षण देखिए तुरुन्तै आँखा उपचार केन्द्रमा पुग्नुपर्ने बताउछन् ।

    ‘मानिसको आँखा संवेदशील भएकाले घरेलु उपचारभन्दा रोग देखिए आँखा उपचार केन्द्रमा पुग्नुपर्दछ’, नेत्ररोग विशेषज्ञ उपाध्यायले भने, ‘यो रोगलाई आँखा पाक्ने रोगसँग दाँजेर घरमै बस्नु हुँदैन । आँखा उपचार हुने अस्पतालमा पुग्नु पर्दछ ।’ हरेक वर्ष बिराएर प्रकोपको रुप लिने यो रोग नेपालमा समस्याका रूपमा देखिएको छ । गत वर्ष नदेखिएको शापु यो वर्ष देखिएको नेत्ररोग विशेषज्ञले बताउने गरेका छन् ।

    अस्पतालको तयारी

    लुम्बिनी प्रदेशका पहाडी जिल्लामा प्रकोपका रूपमा देखिएको यो रोगको उपचारका लागि रणअम्बिका शाह आँखा अस्पताल भैरहवाले विशेष टोली तयारी अवस्थामा राखेको जानकारी दिएको छ । नेत्ररोग विशेषज्ञहरू यो रोगको उपचार २४सै घण्टा तयारी अवस्थामा छन् भने अस्पतालका अन्य कर्मचारी पनि शापुको उपचारका लागि अस्पतालको निर्देशनअनुसार काम गरेको लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान एवं रिर्सच सेन्टरले जनाएको छ ।

    लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान एवं रिर्सच सेन्टरका नेत्ररोग विशेषज्ञ उपाध्यायले शापु रोगको उपचार र रोकथामका लागि नेपालभरका नेत्ररोग विशेषज्ञ र अस्पतालसँग उपचार पद्धतिमा एकरूपता ल्याउनका लागि सहकार्य गरिएको बताए । नेपालमा विसं २०३२ मा देखिएको यो रोग बालबालिकामा बढी मात्रामा देखिने गरेको छ । यो रोग लागेपछि आँखाको ज्योति पुरानो अवस्थामा फर्काउन निकै कठिन हुने नेत्ररोग विशेषज्ञ बताउँछन् ।

    उपचार विधि

    लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान एवं रिर्सच सेन्टरका नेत्ररोग विशेषज्ञ लामिछानेका अनुसार यो रोगको उपचार विभिन्न वर्गमा विभाजन गरेर गरिएको छ । पहिलो, यो रोग लागेर तुरुन्त आँखा उपचार केन्द्र वा अस्पतालमा पुगे सामान्यरूपमा आइड्रपले नै निको हुने गर्दछ ।

    दोस्रो, यो अलि ढिलो अस्पताल पुग्ने र आँखामा शापुका जीवाणु फैलिसकेको हुनाले इन्जेक्सन लगाएर उपचार गरिन्छ । तेस्रो, अस्पताल ढिलो पुग्ने अवस्था हो । यस अवस्था जटिल अवस्था भएकाले शल्यक्र्रिया गरी शापुको उपचार गरिन्छ । उपचारपछि मानिसमा आँखाको ज्याति पुरानै अवस्थामा फर्काउन पनि कठिन छ । रातिमा सुत्दा पनि झुल लगाएर सुत्नुपर्ने नेत्ररोग विशेषज्ञहरू बताउँछन् ।

    पुतलीबाट टाढै बसौँ

    सेतो पुतलीले सार्ने शापु रोग नेपालमा मात्र हुने आँखामा लाग्ने रोग हो । यो भदौदेखि मङ्सिर महिनासम्म लाग्ने मौसमी रोग हो । यो रोग लागेपछि आँखाभित्रका तीनवटै पत्रलाई असर गर्ने सङ्क्रमण खालको रोग हो । आँखाको ज्योति नै गुम्ने खालको जटिल प्रकृतिको रोग भएकाले यस नेपालमा समस्याको रूपमा लिने गरिएको छ । नेपालका मध्यपहाडी जिल्लामा यो रोगको जोखिम बढी छ ।

    यसको उपचार नेत्र चिकित्सकले मात्र गर्ने भएकाले आइड्रप, आँखाभित्र इन्जेक्सनबाट औषधि पठाएर र शल्यक्रियाबाट गरिने भएकाले यो जटिल प्रकृति हो । यसका लागि मानिसले सेतो पुतलीबाटै टाढै बस्नु पर्दछ । यसको रोकथामका उपाय अपनाउनु शापु रोगबाट बच्नु हो । त्यसकारण नेपालमा मात्र पाइने यो रोगको निवारणका लागि नेत्ररोग विशेषज्ञहरूले अनुसन्धान गरी यसको निदान गर्नुपर्दछ ।

  • समयमै उपचार गरे निको हुन्छ क्यान्सर

    समयमै उपचार गरे निको हुन्छ क्यान्सर

    चितवन । ‘क्यान्सर’ झट्ट सुन्दा जोकोही डराउँछन् । यो रोग लागेपछि मृत्यु भईहाल्ने धेरैको बुझाई छ । तर, बेलैमा उपचार भए क्यान्सर रोग निको हुनसक्छ । नेपालमा आज १७ औंँ राष्ट्रिय क्यान्सर सर्तकता दिवस मनाइँदै छ । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल स्थापना भएको दिनको सम्झनामा दिवसकै रुपमा मनाउन थालिएको हो ।

    देशभित्रका क्यान्सरका बिरामीको ठूलो हिस्साले यही चितवनको क्यान्सर अस्पतालबाट उपचार सेवा लिएका छन् । करिब ६० प्रतिशत क्यान्सरका बिरामीले यही अस्पतालको सेवा लिँदै आएको अनुमान छ । क्यान्सरको उपचार गर्न अझै करिब २० प्रतिशत बिरामी भारत लगायतका देश पुग्छन् । तर, जस्तोसुकै क्यान्सरको उपचार नेपालमै सम्भव रहेको चिकित्सकहरु दाबी गर्छन् ।

    नेपालमा मुख्यतया फोक्सो, पाठेघरको मुखको क्यान्सर, स्तन, पेट र पीत्तथैलीको क्यान्सरका बिरामी धेरै भेटिन्छन् । पुरुषहरु फोक्सो र पेटको क्यान्सरबाट बढी प्रभावित छन् । महिलाहरु पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरबाट प्रभावित छन् ।

    सम्भव छ क्यान्सरको उपचार

    जति छिटो रोग पहिचान हुनसक्यो, उति उपचार सहज हुन्छ । रोग लाग्नुभन्दा लाग्नै नदिनु उत्तम हो । जीवनशैली संयम बनाउन सकियो भने करिब ३० प्रतिशत क्यान्सरका बिरामीको संख्यामा कमी आउन सक्छन् । क्यान्सर अस्पतालका उपनिर्देशक डा. कृष्णसागर शर्मा एक तिहाई क्यान्सर सुरुमा पत्ता लगाउन सके निको पार्न सकिने बताउँछन् ।

    ‘बेलैमा रोग पहिचान भएमा एक तिहाईलाई रोकथाम र एकतिहाई निको नै पार्न सकिन्छ,’ उपनिर्देशक डा. शर्माले भने, ‘केही निको पार्नै नसकिने क्यान्सरलाई पनि गुणस्तरीय जीवनयापनसहित जिउने उपचारपद्धतिहरु पनि छन् ।’ दिशा–पिसाब बेलाबखत परीक्षण गर्दा मृर्गौला वा आन्द्राको क्यान्सर, इण्डोस्कोपी वा मेमोग्राफि गरेमा पेट र स्तनको क्यान्सर पत्ता लगाउन सकिन्छ ।

    स्वच्छ जीवनयापन, आहारविहारमा सजग, व्यायाम, अर्गानिक भोजनमा प्रतिवद्ध बनेमा क्यान्सर लाग्नबाट बचिने उनी बताउँछन् । सुर्ती–चुरोट, रक्सी, लागुपदार्थ सेवन नगर्र्न, बासी सडेगलेको, ढुसी परेको खाना, पोलेको वा डढाएको मासु नखान आग्रह गर्छन् ।

    अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतम पहिलो चरणमै उपचार सुरु गरिए एक हप्तामै रोग निको पार्न सकिने अनुभव सुनाउँछन् । ‘क्यान्सर भए–नभएको कम्तिमा २ वर्षको फरकमा स्वास्थ्य परीक्षण गरौँ,’ उनले भने, ‘रोग जटिल हुनबाट बचाउँ, बेलैमा उपचार गरेर सहज जीवन विताउन लागौँ ।’

    भरतपुर क्यान्सर अस्पतालमा ६० प्रतिशत विरामी रोग फैलिएर तेस्रो वा चौथो अवस्था पुगेपछि मात्र उपचारमा आउने गरेका छन् । पाठेघरको मुखको क्यान्सरको भयावह स्थिति नियन्त्रण गर्न स्कुलमा अध्ययनरत ६ हजार बालिकालाई यही वर्ष भ्याक्सिन लगाइँदैछ ।

    क्यान्सर उपचारमा २२ वर्षे यात्रा

    एशियाकै नमुना अस्पतालको लक्ष्य सहित अस्पताल जन्मेको हो । चीन सरकारले बनाएर नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । ७५ बिघा १० कठ्ठामा फैलिएको छ । तत्कालिन बागवानी फार्मको पुरानै भवनबाट २०५२ सालमा डे केयर सेन्टरका रुपमा सामान्य उपचार थालिएको थियो ।

    २०५३ मंसीर १४ गते शिलन्यास गरियो । २०५७ असोज १० गते अस्पतालको उद्घाटन भयो । सुरुको वर्ष ७ हजार ९ सय ६४ बिरामी ओपीडी सेवा लिन आएका थिए । पाँचौँ वर्षमा ५१ हजार बिरामी आए । त्यसपछि वर्षेनी बिरामीको चाप बढ्दै गयो । १६ औँ वर्षमा १ लाख १२ हजार बढी बिरामीले सेवा लिएका छन् ।

    अघिल्लो वर्ष १ लाख ४५ हजार बढीले सेवा पाएको अस्पतालमा गत वर्ष ५० हजार कम बिरामी आइपुगे । गत वर्ष ९० हजार ५ सय ७१ जना बिरामीले मात्रै सेवा लिए । जसमध्ये ४ हजार ६ सय ८ जना क्यान्सरका नयाँ बिरामी हुन् ।

    अस्पतालका कार्यकारी निर्देशक डा. गौतम भन्छन्, ‘बिरामी कोभिडका कारणले घटेको देखियो, तर अस्पतालको आम्दानी साढे १० करोड बढ्यो ।’ गत वर्ष ३९ करोड ७४ लाख अस्पतालले सेवा शुल्कबाट आम्दानी गरेको थियो । कोभिड ल्याब, एचडीयू सेवा, आईसीयू, रेडियसन सेवा विस्तार गरेपछि आम्दानी थपिएको उनले बताए । अस्पतालमा हाल ४ सय ५० शय्या छ । छिटै ५० शय्याको स्वीकृति लिने प्रक्रियामै छ । अस्पतालको जग्गामा कहिले सिटीहल कहिले वागवनी फर्म र नर्सरी बनाउने प्रक्रिया पनि अगाडी बढे ।

    अबको योजना

    यो अस्पताललाई राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थानका रुपमा विकास गर्ने चर्चा छ । तर, भक्तपुर, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, सुशिल कोइराला क्यान्सर अस्पताललाई अध्ययन संस्थान मातहत सञ्चालन गर्ने योजना अघिल्लो सरकारले ल्याएपछि चितवनबाटै विरोध सुरु भयो ।

    चितवनको यो क्यान्सर अस्पताललाई अध्ययन प्रतिष्ठानको रुपमा परिणत गरेर लानुपर्ने माग धेरै पहिलेदेखिको हो । अस्पतालका अध्यक्ष डा. निर्मल लामिछानेले क्यान्सरसम्बन्धी विषेशज्ञ बनाउने अध्ययन प्रतिष्ठानका रुपमा विकास गर्नुपर्ने बताउँछन् । ‘दक्ष जनशक्ति र धेरै बिरामीको उपचार गर्दै आएकाले अध्ययन प्रतिष्ठानको माग गरेका हौँ,’ उनले भने । सेवाप्रदायकको भूमिकामा रहेको यो अस्पताल अब क्यान्सर प्रतिष्ठान बन्ने दिन कुरेर बसेको छ ।

    सेवा सुधारको प्रयास

    क्यान्सरको उपचारमा पालो कुर्नुपर्ने पीडा धेरैले भोगे । सरकारी चिकित्सक भेट्न नपाएपछि कैयन बिरामी निजी अस्पताल धाउनुपर्ने परम्परानै बस्यो । विचौलिया र राजनीतिले जेलिएको क्षेत्र भनेर निकै आलोचित बनिरह्यो । पछिल्ला केही वर्षयता बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सेवा सुधारका प्रयासहरु देखिन थालेका छन् । गत फागुनमा स्प्याक्ट गामा क्यामरा मेसिन मर्मत पछि अवरुद्ध न्यूक्लियर मेडिसिन सेवा सुरु भयो ।

    २०७६ पुसमा अत्याधुनिक शल्यक्रिया कक्ष सञ्चालनमा ल्याइयो । पुरानो अक्सिजन प्लाण्ट विस्थापित गरेर ६ एमएम हटाएर १२ एमएमको पाईप जडान गरेर सबै अन्तरंग विभागमा पुग्ने गरी अक्सिजन पाइपलाइन विस्तार गरिएको छ । अत्याधुनिक मोलिकुलर ल्याब (प्रयोगशाला) निर्माण, थप सिटीस्क्यान मेसीन ल्याउदै छ । अस्पतालले लेजरबाट सर्जरी सेवा विस्तारको सोच लिएको छ ।

    खाना नलीबाट छातीको एक्सरे गर्न मिल्ने ईबस मेसिन खरिद गरेको छ । ५० शय्याको आईसीयू सञ्चालनमा ल्याएको छ । कार्यकारी निर्देशक डा. गौतम भन्छन्, ‘उच्च गुणस्तरीय र आधुनिक शल्यक्रिया सेवानै हाम्रो लक्ष्य हो ।’ मेडिसिन बोन म्यारो ट्रान्सप्लान्ट सेवा, इन्टरभेन्सन रेडियोलोजी सेवा पनि सुरु गरिने बताए ।

  • शनिबार ९५३ काेराेनाभाइरस संक्रमित थपिए, ६ जनाको मृत्यु

    शनिबार ९५३ काेराेनाभाइरस संक्रमित थपिए, ६ जनाको मृत्यु

    काठमाडौ्रं । पछिल्लो २४ घण्टामा शनिबार ९५३ जना कोभिड संक्रमित थपिएका छन् । १० हजार ५७९ वटा नमुना परीक्षण हुँदा ती संक्रमित थपिएका हुन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १३ सय ७१ जना निको भएका छन् भने ६ जनाको मृत्यु भएको छ ।

    यस्तै काठमाडौं उपत्यकाका ३११ जना नयाँ संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा १९८, लतिपुरमा ७३ र भक्तपुरमा ४० जनालाई संक्रमण पुष्टि भएको छ ।

    हालसम्म नेपालमा ८ लाख ८१ हजार १०५ जनालाई संक्रमण भएको छ जसमा ७ लाख ५९ हजार ८७५ जना निको भएका छन् भने ११ हजार ८७ जनाको मृत्यु भएको छ ।

    यसैबीच पछिल्लो २४ घण्टामा २ लाख १६ हजार ७२५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

  • प्रधानमन्त्री देउवाद्वारा राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलनलाई सम्बोधन (पूर्णपाठ)

    प्रधानमन्त्री देउवाद्वारा राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलनलाई सम्बोधन (पूर्णपाठ)

    नेपाल चिकित्सक संघ राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलन २०७८ आज काठमाडौंमा भएको छ । सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको पहिलो प्राथमिकता कोरोनाभाइरस विरुद्धको खोप रहेको बताए । प्रधानमन्त्री देउवाको मन्तव्यको पूर्णपाठ :

    हामी कोभिड-१९ महामारीको सामना गरिरहेका छौं। सर्वसाधारण नागरिकहरुको जनजीविका तथा समाजमा परेको प्रभाव वा विश्वव्यापी महामारीको प्रभाव अत्यन्त ठूलो छ। कोभिडविरूद्धको खोप विकासपश्चात सबैका लागि सुपथ, सरल र सहज पहुँच, ज्ञान तथा अनुभवको साटासाट र औषधि तथा औषधिजन्य उपकरणको समयमै आपूर्ति जस्ता कार्यहरु नै सरकारको पहिलो प्राथमिकतामा रहेको छन्।

    पर्यटन, बैदेशिक रोजगार र आपूर्ति श्रृङ्खला तथा व्यापारमा देखिएको अवरोधले विपत्तिलाई झनै जटिल बनाइदिएको छ।यस संकटले विकासका योजनालाई जोखिममा पारिदिएको विद्यमान अवस्था छ।

    नेपाल चिकित्सक संघले चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवाका सम्बन्धमा भए गरेको खोज तथा अनुसन्धानमूलक वैज्ञानिक गतिविधिहरुलाई समावेश गरी सन् १९६३ सेप्टेम्बर देखि निरन्तर रुपमा जर्नल अफ नेपाल मेडिकल एसोसिएसनको प्रकाशन गर्दै आईरहेको छ। संघले महामारी तथा प्राकृतिक विपत्तिलाई प्राथमिकतामा राखी ‘PANDEMIC PREPAREDNESS IN NEPAL’ नामक सन्देशको तर्जुमा गरेर 1st NMA National Health Summit-2021 आयोजना गरेकोमा म खुसी व्यक्त गर्दछु।

    नेपालको भौगोलिक, आर्थिक, सामाजिक अवस्था र राजनीतिक प्रणाली भित्र रही नेपाली जनतालाई यो विद्यमान महामारीबाट कसरी जोगाउन सकिन्छ भन्ने सम्बन्धमा नेपाल सरकार निरन्तर लागि परिरहेको व्यहोरा यहाँहरुलाई विदितै छ। कोभिड-१९ को रोकथाम, नियन्त्रण, निदान र उपचार सम्बन्धी कार्यलाई व्यवस्थित बनाउनका लागि ऐन समेत निर्माण गरी आवश्यक कार्य अगाडी बढाईरहेको छ।

    नेपाल सरकारले शुरुदेखि नै जनस्वास्थ्यका मापदण्डहरुको निर्धारण, पालना, आवश्यक सामाग्रीहरुको आपूर्ति र वितरण, कोभिड-१९ संक्रमित व्यक्तिहरुको उपचार र व्यवस्थापन लगायत सरकारले सरोकारवाला निकायहरुको समन्वयमा आईसोलेसन, क्वारेन्टिन, परीक्षण, सम्पर्क व्यक्तिको खोजी आदि कार्य निरन्तर गरिरहेको छ। कोभिड-१९ विरुद्धको खोपलाई प्राथमिकतामा राखीसम्पूर्ण नागरिकहरुका लागि खोपको व्यवस्थापन गर्ने कार्यमा सरकार निरन्तर लागि रहेको र करोडौं नागरिकहरु यसबाट लाभान्वित भईसकेको विद्यमान अवस्था छ। यो खोप कार्यक्रमलाई सरकारले प्राथमिकतामा राखी सम्पूर्ण नेपाली नागरिकहरुलाई खोप उपलब्ध गराउने प्रतिबद्धता समेत यहाँहरुलाई दिलाउन चाहन्छु।

    यस शिखर सम्मेलनका लागि छनौट गरिएका बिषयवस्तुले कोभिड-१९ को महामारीलाई मात्र नभई अन्य प्राकृतिक विपत्तिहरुको सामना गर्नका लागि राज्यको तर्फबाट संचालन भएका गतिविधिहरुलाई थप प्रभावकारी बनाउन, र भावी दिनमा अवलम्बन गर्न सकिने विशेष रणनीतिलाई मापनयोग्य र सर्वसुलभ बनाउन उल्लेख्य सहयोग मिल्नेछ भन्ने मैले विश्वास लिएको छु। यहाँहरुको छलफल, परामर्श र वैज्ञानिक आधारबाट तयार गरिने नीतिगत सुझाब सल्लाह नेपाल सरकारको आधिकारिक दस्तावेजको रुपमा रहन सकोस् भन्ने अपेक्षा राख्दछु।

    कुनै पनि समस्याको समाधान सामूहिक, सहकार्य र प्रतिबद्धतामा निर्भर रहन्छ। जसरी कोभिड-१९ को महामारीमा होस् वा महाभूकम्पको समयमा नै किन नहोस् हाम्रो एकताबद्ध प्रयासबाट प्राकृतिक विपत्ति र माहामारीको सामनालाई सदैब प्ररास्त गर्दै आईरहेका छौं। यस्ता प्रकारका विपत्तिको सामना गर्नका निमित्त अवलम्बन गर्नु पर्ने आधारहरुलाई नीतिगत रुपमा समावेश गर्न सकेको अवस्थामा नेपालको स्वास्थ्य सेवालाई हामीले परिकल्पना गरे बमोजिमको सर्व सुलभ, सहज र पारदर्शि बनाउँदै नेपाली जनताको जीवन रक्षा गर्न सकिन्छ भन्ने मेरो विश्वास रहेको छ।

    कोभिड महामारीको समयमा संघले निर्वाह गरेको भूमिका प्रसंसनिय रहेको एवं विद्यमान अवस्थालाई ध्यानमा राख्दै यो शिखर सम्मेलनको आयोजना गरेकोमा नेपाल चिकित्सक संघ, सम्मेलन आयोजक समितिप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै कार्यक्रमको पूर्ण सफलताको कामना गर्दछु।

  • कोरोना अपडेट : शुक्रबार १४ सय संक्रमित थपिए, ९ जनाको मृत्यु

    कोरोना अपडेट : शुक्रबार १४ सय संक्रमित थपिए, ९ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा १४७६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार ६९० वटा नमुना (१०५७५ पीसीआर र ५११५ एन्टिजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    सोही अवधिमा १५५० जना कोरोनामुक्त भएका छन् भने थप ९ जनाले ज्यान गुमाएका छन् । अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या २० हजार २८७ छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ७ लाख ८९ हजार ८७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ९० हजार २८० पुगेको छ ।

    हालसम्म ७ लाख ५८ हजार ५०४ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ८१ पुगेको छ ।

  • राष्ट्रसंघीय महासभामा भाग लिएका ब्राजिली राष्ट्रपति आइसोलेसनमा

    राष्ट्रसंघीय महासभामा भाग लिएका ब्राजिली राष्ट्रपति आइसोलेसनमा

    न्यूयोर्क । राष्ट्रसंघीय महासभामा भाग लिएर फर्किएका ब्राजिली राष्ट्रपति जैर बोल्सेनारो आइसोलेसनमा बसेका छन् । रोयटर्सका अनुसार स्वास्थ्यमन्त्री कोरोना संक्रमित देखिएपछि बोल्सेनारोले बुधबार आफूलाई न्यूयोर्कमा क्वारेन्टिनमा राखेका हुन् ।

    ब्राजिलका स्वास्थ्य अधिकारीका अनुसार राष्ट्रसंघ महासभामा गएको ब्राजिली डेलिगेसन टोलीलाई नै आइसोलेसनमा राखिएको छ । समूहका सबै जनाको कोरोनाभाइरस परीक्षण समेत गरिने भएको छ ।

    मंगलबार राष्ट्रपति बोल्सेनारोले महासभामा भाषण गरेको केही घण्टापछि स्वास्थ्यमन्त्री मार्सेलो क्यूरोगा संक्रमित पाइएकी थिइन् । पूर्ण मात्रा खोप लगाएकालाई मात्र राष्ट्रसंघीय महासभामा भाग लिन अनुमति दिने राष्ट्रसंघीय नियमको उल्लंघन गर्दै बोल्सेनारो त्यहाँ पुगेका थिए ।

    उनले खोप अभियानको समेत विरोध गर्दै आएका छन् । मंगलबार राष्ट्रसंघ भवनमा बोल्सेनारो र बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँगको भेटमा स्वास्थ्यमन्त्री क्यूरोगा पनि सहभागि थिइन् । ब्राजिली डेलिगेसन टोलीले आफूलाई १४ दिन क्वारेन्टिनमा राख्ने निर्णय गरेको पुष्टि राष्ट्रसंघका प्रवक्ता स्टेफन डुजारिकले बताएका छन् ।

  • दशैं अघि बालबालिकालाई कोरोना विरुद्धको खोप : राज्यमन्त्री श्रेष्ठ

    दशैं अघि बालबालिकालाई कोरोना विरुद्धको खोप : राज्यमन्त्री श्रेष्ठ

    चितवन । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले बालबालिकाका लागि आवश्यक पर्ने कोभिड–१९ विरुद्धको खोप ल्याउने तयारी भइरहेको जानकारी दिएका छन् । आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले दशैँ अघि एक लाख डोज खोप ल्याइने बताउनुभयो ।

    बालबालिकाका लागि आवश्यक पर्ने ‘मोडोनारा’ र ‘फाइजर खोप’ ल्याउने तयारी मन्त्रालयले गरिरहेको जनाइएको छ । उनले भने, “बालबालिकाका लागि आवश्यक खोपको सुनिश्चितता भइसकेको छ । फाइजर खोप ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । यो खोप अत्यधिक चिसोमा राख्नुपर्ने भएकाले कसरी भण्डारण गर्ने भन्ने विषयमा छलफल हुँदैछ ।”

    आगामी चैत महिनाभित्र कोरोना विरुद्धको पूर्ण खोप लगाई सक्ने गरी ल्याइने तयारी गरिएको मन्त्री श्रेष्ठले जानकारी दिए । उनले भने, “अहिले १८ वर्षमाथिका विद्यार्थी र ४५ वर्ष माथिकालाई खोप लगाइएको छ ।” फरक प्रसङ्गमा मन्त्री श्रेष्ठले सरकारले चाँडै नै पूर्णता पाउने बताए ।

    भरतपुर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका चिकित्सक र व्यवस्थापन समितिसँग छलफल गरी अल्पकालीन र दीर्घकालीन योजनालाई कार्यान्वयन गरिने उनले जानकारी दिए । रासस

  • सीमामा चेकजाँच नहुँदा फेरि कोरोना महामारीको जोखिम बढ्दै

    सीमामा चेकजाँच नहुँदा फेरि कोरोना महामारीको जोखिम बढ्दै

    काठमाडौं । नेपाल–भारत सीमा खुलेसँगै प्रदेश २ मा कोरोनाको जोखिम बढ्नसक्ने आँकलन गरिएको छ ।कोरोनाको संक्रमण घटेसँगै प्रदेश २ को अस्थायी राजधानी जनकपुरसहित तराई मधेसका सिमावर्ती क्षेत्र उच्च जोखिममा पर्नसक्ने आँकलन गरिएको हो ।

    प्रदेश २ का स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झाले भारतबाट बिना चेकजाँच मानिसहरु आउने क्रम बढेपछि त्यसको जोखिम बढने खतरा रहेको बताए । उनले बजारमा मास्क लगाउने,स्वास्थ्य सतर्कता अपाउनेको संख्यामा कमी आएको छ भने बजारमा भीडभाड हुने गरेको छ ।

    सीमानाकाहरु खुलेसँगै सहज रुपमा आवागमन हुने र यसले कोरोनाको जोखिम बढाएको उनको भनाइ छ । उनले सीमामा प्रभावकारी रुपमा हेल्थ डेस्क राखेर मात्रै खोल्दा जोखिम कम हुनसक्ने बताए ।

    निर्देशक झाले भने, ‘भारतबाट बिना चेकजाँच मानिसहरु आउने क्रम बढेको छ, त्यसले कोरोना महामारीको जोखिम झनै बढाएको छ, बजारमा मास्क लगाउने,स्वास्थ्य सतर्कता अपाउनेको संख्यामा कमी आएको छ भने बजारमा भीडभाड हुने गरेको छ, सीमानाकाहरु खुलेसँगै सहज रुपमा आवागमन हुने र यसले कोरोनाको जोखिम बढाउँछ,सीमामा प्रभावकारी रुपमा हेल्थ डेस्क राखेर मात्रै खोल्दा जोखिम कम हुनसक्छ ।’

    उनले चाड पर्वमा सतर्कता अपाउनुपर्ने आवश्यकता औल्याउँदै कोरोना महामारी कम भएपछि नेपाल सरकारको असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल–भारतको अन्तर्राष्ट्रिय सीमानाका खुला गर्ने निर्णय गरेका थियो ।

     

  • काठमाडौं उपत्यकामा ४ सय जनामा कोभिड संक्रमण पुष्टि

    काठमाडौं उपत्यकामा ४ सय जनामा कोभिड संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा बिहीबार काठमाडौं उपत्यकामा ४०४ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २४५, ललितपुरमा ५२ र भक्तपुरमा १०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

    हालसम्ममा उपत्यकाका तीन जिल्लामा ५,११५ जना संक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौंमा २,८२९, भक्तपुरमा ९१२ र ललितपुरमा १,३७४ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    हालसम्म नेपालमा ९ वटा जिल्लामा ५०० भन्दा बढी संक्रमित छन् भने २० वटा जिल्लामा २०० भन्दा बढी संक्रमित रहेको तथ्यांकमा उल्लेख छ ।

     

  • कोरोना अपडेट : बिहीबार १५ सय संक्रमित थपिए, १३ जनाको मृत्यु

    कोरोना अपडेट : बिहीबार १५ सय संक्रमित थपिए, १३ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा १२ सय ३९ जना कोभिड–१९ संक्रमित थपिएका छन् ।

    बिहिबार १५ हजार २४३ वटा नमुना पीसीआर ११६२९ र एन्टीजेन ३६१४ परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । सोही अवधिमा १३ सय २४ जना निको भएका छन् भने १३ जनाको कोभिड संक्रमणले मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    कोरोनाभाइरस संक्रमण दर ८.१ प्रतिशत छ । हालसम्म २० हजार ७४३ जना सक्रिय संक्रमित रहेका छन् । १९ हजार ४३७ जना होम आइसोलेसनमा छन् ।

    अहिलेसम्म मुलुकमा कूल संक्रमित संख्या ७ लाख ८८ हजार, निको हुने संख्या ७ लाख ५६ हजार र कूल मृत्यु ११ हजार ७२ रहेको छ ।

     

  • कोभिड प्रोटोकल पुरा गर्ने काठमाडौं महानगरका स्कुल खोल्ने तयारी, २७ बुँदे कक्षा संचालन मापदण्ड तयार

    कोभिड प्रोटोकल पुरा गर्ने काठमाडौं महानगरका स्कुल खोल्ने तयारी, २७ बुँदे कक्षा संचालन मापदण्ड तयार

    काठमाडौं । काठमाडौं महानगरपलिकाले स्वास्थ्य मापदण्ड पुरा गरेका विद्यालयलाई असोज १० गते देखि खुलाउने तयारी गरेको छ । महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यको अधक्ष्यतामा बुधबार बेलुका बसेको बैठकले सो निर्णय गरेको हो ।

    मेयर शाक्यका अनुसार, २७ बुँदे मापदण्डसहित कक्षा सञ्चालन गर्न तयारी भएको छ । कक्षा सञ्चालन गर्नुअघि विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक र सम्बन्धित वडाका प्रतिनिधि बसेर विद्यालय सञ्चालन विषयमा समझदारी बनाएपछि मात्र विद्यालय खोल्न सकिने महानगरले जनाएको छ ।

    विद्यालय संचालन गर्दा स्वास्थ्य मापदण्ड पालना गराउने विषयमा शिक्षा विभागले अनुगमन गर्ने महानगरले जनाएको छ ।

    विद्यालय खोल्नुअघि विद्यार्थी, शिक्षक, कर्मचारी, चालक, सहचालक लगायत सबैले खोप लगाएको हुनुपर्ने र खोप लगाउन कोही बाँकी भए तुरुन्त काठमाडौं महानगरपालिकाको जनस्वास्थ्य विभागमा सम्पर्क गरी खोप लगाउन सकिने समेत महानगरपलिकाले जनाएको छ ।

    कोरोना संक्रमणदर २५ प्रतिशत रहेका स्थानमा समेत विद्यालय खुला

    यसैबीच, कोरोनाभइरस संक्रमणदर उच्च भएपनि विद्यालयहरु खुल्न थालेका छन् । अहिले प्रदेश १ मा सरदर २५ प्रतिशत कोरोनाभाइरस संक्रमणदर छ । त्यहाँ कोरोनाभाइरस संक्रमणको उच्च जोखिम कायमै भएपनि विद्यालय धमाधम खुल्न थालेका छन् ।

    यस्तै पाल्पामा पनि कोरोनाभाइरसको सङ्क्रमण दर १५ प्रतिशतभन्दा माथि छ । पाल्पाका १० वटा स्थानीय तह मध्ये नौ वटाले विद्यालय सञ्चालन गरिसकेका छन् । चिकित्सकका अनुसार पााच प्रतिशतभन्दा बढी संक्रमणदर हुनु भनेको एकदमै जोखिम हो । स्वास्थ्य मापदण्ड पालना गराएर विद्यालय सञ्चालन गर्नुपरेको प्रधानाध्यापकहरुले बताएका छन् ।

  • वायु प्रदूषणले वार्षिक ७० लाख व्यक्तिको अल्पायुमै मृत्यु : डब्लुएचओ

    वायु प्रदूषणले वार्षिक ७० लाख व्यक्तिको अल्पायुमै मृत्यु : डब्लुएचओ

    काठमाडौं । वायु प्रदूषण अहिले मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो वातावरणीय खतरा भएको भन्दै एक वर्षमा ७० लाख व्यक्तिको अल्पायुमा मृत्यु हुने विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले बुधबार जानकारी गराएको छ । सङ्गठनले वायु प्रदूषणको जोखिम कम गर्न तत्काल कदम चाल्नु आवश्यक भएकाप्रति जोड दिँदै मानव स्वासप्रश्वासमा देखिने अन्य समस्यामा धूम्रपान र अस्वास्थ्यकर भोजनसँग सम्बन्धित रहेको बताएको छ ।

    डब्लुएचओका अधिकारीहरूले भनेका छन्, “वायुको गुणस्तरसम्बन्धी सबै निर्देशनहरू कमजोर रहेको भन्दै यसको सुधारका लागि कठोर नीति लिने बताएको छ । वायु प्रदुषण तथा स्वस्थ आहारमा ध्यान दिन मात्रै सकेमा विश्वमा लाखौंको ज्यान जोगाउन सकिन्छ ।”

    “वायु प्रदुषण नियन्त्रणका लागि ल्याइने नयाँ कानूनको उद्देश्य वायु प्रदूषणको प्रतिकूल असरबाट मानिसहरूलाई जोगाउनु हो र यसबाट सरकारहरूले कानूनी तवरमा बाध्यकारी स्तरहरूको सन्दर्भको रूपमा प्रयोग गर्नेछन् ।”

    संयुक्त राष्टसंघीय स्वास्थ्य निकायले सन् २००५ मा अन्तिम पटक वायु गुणस्तरसम्बन्धी दिशानिर्देश (एक्युजी) जारी गरेको थियो, जसले विश्वभरि प्रदूषण कम गर्ने नीतिहरूमा उल्लेखनीय प्रभाव पारेको छ तथापि विश्व स्वास्थ्य संगठनले १६ वर्षभित्रमा वायु प्रदूषणले पहिले भन्दा कम मात्रामा स्वास्थ्यमा कस्तो असर पार्छ भन्ने कुरा देखाउँदै अझ बलियो प्रमाणहरू देखा परेको कुरा उल्लेख गरेको छ ।

    संगठनले भनेको छ, “विशेष देश वा क्षेत्रहरूमा मात्र नभई विश्वव्यापी रूपमा प्रमुख वायु प्रदूषकहरूको सङख्या जोखिम कम गर्न गरिएका कार्यहरूको सफाइ दिन कुनै देश विशेष मात्र नभइ विश्व समुदाय नै चुकेका प्रमाण पर्याप्त पाइन्छन् ।” यो नयाँ दिशानिर्देश अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म बेलायतको ग्लासगोमा आयोजना हुने विश्वव्यापी जलवायु शिखर सम्मेलन (कोप–२६) को लागि ठीक समयमा आएको छ ।

    विश्व स्वास्थ्य संगठनका अनुसार जलवायु परिवर्तनसँगसँगै वायु प्रदूषण मानव स्वास्थ्यको लागि सबैभन्दा ठूलो वातावरणीय खतरा हो । वायु गुणस्तर सुधार गर्दा जलवायु परिवर्तन कम गर्ने प्रयासमा वृद्धि हुनेछ र वायु गुणस्तर सुधार नगर्दा यसको ठीक विपरीत प्रभाव पर्ने सङ्गठनको ठहर छ ।

    विश्वको नयाँ दिशानिर्देशअनुसार ओजोन, नाइट्रोजन डाइअक्साइड, सल्फर डाइअक्साइड र कार्बन मोनोअक्साइडलगायत छ वटा प्रदूषकको लागि वायु गुणस्तरको स्तर सिफारिस गरिएको छ ।

    अन्य दुईमा १० र २.५ माइक्रोन वा सोभन्दा सानो पदार्थ स्वस्थ जीवनका लागि खतरनाक मानिने गर्छ । किनकि यिनीहरू फोक्सोमा सहजै गहिरो तहसम्म प्रवेश गर्न सक्षम हुन्छन् तर अनुसन्धानले देखाएअनुसार पीएम २.५ रक्तप्रवाहमा समेत प्रवेश गर्न सक्छ ।

    यसको परिणामस्वरूप मुख्यतया मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या हुन्छ तर अन्य अंगहरूलाई पनि असर गर्ने डब्लुएचओले बताएको छ । सन् २०१९ मा, विश्व जनसंख्याको ९० प्रतिशत भन्दा बढी मानिसहरू लामो समयसम्म पीएम २।५ को जोखिमका लागि २००५ एकक्यूजी भन्दा बढी भएको क्षेत्रमा बसोबास गर्थे । दक्षिणपूर्वी एसिया वायु प्रदुषका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र हो ।

    डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले भन्नुभयो, “वायु प्रदूषण सबै देशहरूमा स्वास्थ्यको लागि खतरा हो तर यसले निम्न तथा मध्यम आय भएका देशका मानिसहरूलाई सबैभन्दा बढी असर गर्छ । संगठनका अनुसार सन् १९९० को दशकदेखि उच्च आय भएका देशहरूमा वायु गुणस्तरमा उल्लेखनीय सुधार आएको भए तापनि विश्वव्यापी रूपमा मर्नेहरूको सङ्ख्या र सबैभन्दा धेरै स्वस्थ जीवन गुमेको बर्षलाई घोषणा गरेको पाइदैन । देशहरूको कमजोर आर्थिक अवस्थाका कारण धेरै देशहरूमा वायु गुणस्तर सामान्यतया खस्कँदै गएको छ ।

    डब्लुएचओले भनेको छ, “हरेक वर्ष वायु प्रदूषणले गर्दा ७० लाख अकालमै मृत्यु हुने अनुमान गरिएको छ र यसले गर्दा लाखौं मानिसहरूको ज्यान गएको अनुमान गरिएको छ ।” बच्चाहरूमा फोक्सोको वृद्धि र काम गर्ने क्षमता, श्वासप्रश्वाससम्बन्धी सङ्क्रमण तथा दम झनै बढेको हुन सक्छ ।

    वयस्कहरूमा, इस्केमिक मुटु रोग, जसलाई कोरोनरी मुटुसम्बन्धी रोग पनि भनिन्छ, र मस्तिष्कघातलगायतका बाहिरी वायु प्रदूषणले गर्दा अकालमा हुने मृत्युको सबैभन्दा सामान्य कारण हो । मधुमेह र न्युरोडजेनरेटिभ अवस्था जस्ता अन्य प्रभावहरूको प्रमाण पनि देखा पर्न थालेको संगठनले उल्लेख गरेको छ ।

    विश्व–स्वास्थ्य संघले बताएअनुसार वायु प्रदूषणले गर्दा हुने रोगको बोझ ‘अस्वास्थ्यकर भोजन र धूम्रपानजस्ता विश्वव्यापी स्वास्थ्यसम्बन्धी अन्य प्रमुख खतराहरूसित’ पनि सम्बन्धित छ । रासस

  • तीन जिल्लामा कोरोनाको पूर्ण मात्राको खोप लगाइयो

    तीन जिल्लामा कोरोनाको पूर्ण मात्राको खोप लगाइयो

    काठमाडौं । कोरोनाभाइरसविरुद्धको खोप तीन जिल्लामा पूर्णमात्रामा लगाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले मनाङ, मुस्ताङ र पूर्वरुकुममा सबै लक्षित जनसंख्यामा पूर्णमात्रामा खोप लगाएको जानकारी दिएका छन् ।

    यस्तै काठमाडौँ उपत्यकामा ४० प्रतिशत, भक्तपुरमा ४१ प्रतिशत र ललितपुरमा ३८ प्रतिशतले कोरोना भाइरसविरुद्धको पूर्णमात्राको खोप लगाएको छ । मुलुकभरि करिब १८ प्रतिशत जनसंख्याले पूर्णमात्राको खोप लगाएका छन् ।

    सरकारले यही असोज मसान्तसम्ममा ३३ प्रतिशतलाई पूर्णमात्राको खोप लगाउने लक्ष्य राखेको छ । कूल दुई करोड १३ लाख जनसंख्यालाई खोप लगाउने सरकारको तयारी रहेको छ । नेपालमा कोभिसिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन र एस्ट्राजेनिका खोप लगाइएको छ । आज एक लाख ५६ हजार १८ जनाले खोप लगाएका छन् । अहिलेसम्म पहिलो मात्रा ६२ लाख ६२ हजार ८७० जनाले र पूर्णमात्रा ५७ लाख ५२ हजार ८५३ जनाले लगाइसकेको छन् ।

  • कर्णाली प्रदेश अस्पताललाई १ करोड बराबरको स्वास्थ्य सामाग्री सहयोग

    कर्णाली प्रदेश अस्पताललाई १ करोड बराबरको स्वास्थ्य सामाग्री सहयोग

    सुर्खेत । कर्णाली प्रदेश अस्पताललाई ब्याक टू लाइफ नामक अन्तर्राष्ट्रिय संस्थाले कोभिड–१९ को उपचार तथा व्यवस्थापनमा सहयोग हुने करिब १ करोड बराबरका विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

    प्रदेश अस्पताल सुर्खेत स्थित वीरेन्द्रनगरमा बुधबार सम्पन्न एक कार्यक्रममा अस्पतालमा आवश्यक पर्ने स्वास्थ्य सामग्री प्रदेश अस्पतालका निर्देशक प्रोफेसर डाक्टर डम्बर खड्का र वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीलाई ब्याक टू लाइफका कार्यक्रम निर्देशक डिकेन्द्र ढकाल र प्रशासनिक निर्देशक अच्युत प्रसाद पौडेलद्वारा सहयोग हस्तान्तरण गरिएको हो ।

    ब्याक टू लाइफ जर्मन आईएनजीओ हो । यस संस्थाले नेपालमा सन् २००९ देखि शिक्षा, स्वास्थ्य र सामुदायिक विकासको क्षेत्रमा काम गरिरहेको छ । हाल कर्णाली प्रदेशको मुगु जिल्लामा र विकासका दृष्टिकोणले पछि परेका बागमती प्रदेशका केही जिल्लाहरुमा समेत स्वास्थ्य सहयोगका कार्य गर्दै आएको छ ।

    मुगुका सबै पालिकामा कार्यरत यस संस्थाले मुगु जिल्लामा १५ वटा बर्थिङ सेन्टर सन्चालन गरेको छ । यस संस्थाले कोभिड १९ को उपचारको लागि मुगु र वागमती प्रदेशमा पटक(पटक मेडिकल र राहत सामग्री सहयोग गरिरहेको छ ।

    उक्त कार्यक्रममा उपस्थित ब्याक टु लाइफका पब्लिक रिलेसन अधिकृत श्री अन्जन दाहालले उक्त हस्तान्तरण कार्यक्रम ४२सौं सामाजिक सेवा दिवसको अवसर पारेर आयोजना गरिएको जानकारी दिए ।

    संस्थाले बुधबार प्रदेश अस्पताललाई एनेस्थेसिया मेसिन १ थान , प्यासेन्ट मोनिटर १५ थान, पोर्टेबल डि आर एक्स रे डिटेक्टर सिस्टम १ सेट, डेन्टल एक्स रे मेशिन १ सेट हस्तान्तरण सहयोग गरेको हो ।

  • नेपालभित्रै नयाँ भेरिएन्ट बन्ने जोखिम देखियो : स्वास्थ्य मन्त्रालय

    नेपालभित्रै नयाँ भेरिएन्ट बन्ने जोखिम देखियो : स्वास्थ्य मन्त्रालय

    काठमाडौं । स्वास्थ्य मन्त्रालयले मुलुकभित्रै कोरोनाभाइरसको नयाँ भेरिएन्ट आउने जोखिम रहेको भन्दै सतर्क हुन नागरिकलाई आग्रह गरेको छ ।

    मन्त्रालयद्वारा आज आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता कृष्णप्रसाद पौडेलले नयाँ भेरिएन्ट बन्ने जोखिम देखिएकाले जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरे ।

    दोस्रो लहरअघि अल्फा भेरिएन्ट र दोस्रो लहरमा डेल्टा प्रजाति देखिएको भन्दै उनले मुलुकभित्रै नयाँ भेरिएन्ट बन्ने जोखिम देखिएको बताएका हुन् । ‘नयाँ भेरिएन्ट आउने जोखिम कायमै छ’ उनले भने ।

    दशैंतिहार जस्ता ठूला चाडपर्व नजिकिँदै गरेको बेला आवागमन र भीडभाड बढ्न सक्ने भन्दै भेरिएन्ट आउन सक्ने कुरा औंल्याएका हुन् । ‘भेरिएन्ट अफ कन्सर्न नभएका तर, ध्यान दिनुपर्ने चाहिँ नयाँ भेरिएन्टतर्फ हो’ उनले भने ।

    बुधबार मुलुकमा १४ सय संक्रमित थपिएका छन् र दैनिक संक्रमण दर ११ प्रतिशत छ ।

  • बुधबार १४ सय कोभिड संक्रमित थपिए, ६ जनाको मृत्यु

    बुधबार १४ सय कोभिड संक्रमित थपिए, ६ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा १४७८ जना कोभिड–१९ संक्रमित थपिएका छन् । बुधबार स्वास्थ्य मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता कृष्णप्रसाद पौडेलले सो जानकारी दिएका हुन् ।

    बुधबार १३ हजार ९३० नमुना पीसीआर र एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । १६३० जना निको भएका छन् । ६ जनाको कोभिड संक्रमणले मृत्यु भएको छ ।

    दैनिक संक्रमण दर ११.३ प्रतिशत छ । २१ हजार १३९ जना सक्रिय संक्रमित रहेका छन् । १९ हजार ८०५ जना होम आइसोलेसनमा छन् ।

    अहिलेसम्म मुलुकमा कूल संक्रमित संख्या ८ लाख ७७ हजार, निको हुने संख्या ७ लाख ३० हजार र कूल मृत्यु ११ हजार ६९ रहेको छ ।

  • सरकारले ४० वर्ष उमेर माथिका सबै नागरिकको पिसाब परीक्षण गर्ने

    सरकारले ४० वर्ष उमेर माथिका सबै नागरिकको पिसाब परीक्षण गर्ने

    काठमाडौं । ४० वर्ष उमेर माथिका नागरिकको पिसाब परीक्षण गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखा प्रमुख कृष्ण पौड्यालले संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा यस्तो जानकारी दिएका हुन् ।

    मुलुकभरका सबै वडा-वडामा पुगेर उनीहरुको पिसाब जाँचिने उनले जनाए । नेपालमा ४० वर्ष माथिको जनसंख्या ६५ लाख ३७ हजार छ ।

    प्रवक्ता पौडेलका अनुसार मिर्गौला रोगबाट बचाउन पूर्व रोकथामका लागि यो अभियान सुरु गर्न लागिएको हो । पिसाब जाँच गर्नका लागि प्रतिव्यक्ति ५० रूपैँयाको दरले ३२ करोड ६८ लाख ६६ हजार ४ सय ५० रुपैयाँ लाग्ने उनको भनाइ छ । बेलैमा ध्यान दिए नसर्ने रोगबाट बच्ने र बचावटको उपाय सस्तो रहेकाले मिर्गौला रोगबाट जोगाउन पिसाब जाँचको तयारी भएको उनले बताए ।

    सरकारले नीति तथा कार्यक्रममा समेत ४० वर्ष माथिका नागरिकको रक्तचाप, पिसाब तथा रगतमा ग्लुकोज, स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको वर्षमा एकपटक निःशुल्क जाँचको व्यवस्था गर्ने उल्लेख गरेको थियो । सोही नीति कार्यान्वयन गर्न यस्तो अभियान थाल्न लागिएको हो ।

    अहिले नेपालमा ४९६ वटा मेशिनबाट हेमाडाइलाइसिस सेवा सञ्चालन भइरहेको र यो वर्ष १५० वटा मेशिन थप्ने कार्यक्रम रहेको उनले जानकारी दिए । नसर्ने रोगको प्रकोप अत्याधिक रहेको र अध्ययहरुले ७१ प्रतिशत मृत्यु नसर्ने रोगकै कारण भएकाले ती रोगबाट बचाउन भन्दै सरकारले यस्तो नीति लिएको हो ।

  • करोडौं खर्चेर बनाइएको अस्पताल प्रयोगमै आएन, संरचना जीर्ण बन्दै

    करोडौं खर्चेर बनाइएको अस्पताल प्रयोगमै आएन, संरचना जीर्ण बन्दै

    जनकपुरधाम । १४ वर्ष अगाडि सहिद सूर्यनाथ रानको स्मृतिमा धनुषाको डुमरियामा अस्पताल बनाउने घोषणा भयो । करोडौं रुपैयाँ खर्चेर अस्पताल पनि बन्यो । तर, उक्त अस्पताल अझै सञ्चालनमा आएको छैन ।

    सहिदको सम्झनामा अस्पताल बनाउने घोषणा हुँदा स्थानीय खुसी थिए । तर बनेको अस्पताल पनि सञ्चालनमा नआउँदा स्थानीय दु:खी भएका छन् । सहिद सूर्यनाथको २२औं स्मृतिसभामा माओवादी नेता एवम् त्यतिबेलाका स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले अस्पताल बनाउने घोषणा गरेका थिए ।

    अस्पताल बन्ने भएपछि उत्साहित भएर ५ जना किसानले झण्डै २ विघा जग्गा दान गरे । करोडौंको लागतमा भौतिक संरचना पनि निर्माण भयो । सुविधासम्पन्न ४ वटा भवन बनेपछि अस्पताल सञ्चालन हुनेमा ढुक्क थिए स्थानीय बासिन्दा । तर विडम्बना अहिलेसम्म अस्पताल सञ्चालनमा आउन सकेको छैन । र उनीहरु निरास छन् ।

    दुई दिन अगाडि असोज ४ मा माओवादी केन्द्रले विगतजस्तै सहिद सूर्यनाथ रानको ३६ औं स्मृति दिवस मनाए ।

    माओवादी नेता नारायणकाजी श्रेष्ठ थिए, स्मृति दिवसको प्रमुख अतिथि । उनले अस्पतालबारे केही बोल्ने धेरै स्थानीयको आश थियो । तर उनले त्यसबारे केहि बालेनन् । सहिद रानले कोरेको क्रान्तिको बाटोमा हिँड्न स्थानीयलाई सुझाएर उनी काठमाडौं फर्के ।

    अस्पताल सञ्चालनका लागि बनेको त्यहाँको भौतिक संरचना पनि गजबको छ । हरेक कोठामा पंखा, अट्याच शौचालय र बेसिन जडान भएको छ । कोठामा मार्बल ओछ्याएको छ । त्यो सुविधा सम्पन्न भवन अहिले संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । कतिपय कोठाको सिसाको झ्याल र काठको ढोकासमेत फोडिसकेको छ । केही कोठामा दिसापिसाव गरिएको छ । अस्पताल दुर्गन्धित छ ।

    कोरोना महामारीका बेला अस्पताल सञ्चालन गर्न भौतिक संरचनाको अभावको कैयौं समाचार बने । तर डुमरियामा निर्माण भएको झण्डै ४ करोडको भौतिक संरचना अझै प्रयोगविहीन छ ।

    गत वर्ष प्रदेश २ सरकारले उक्त अस्पताललाई जिल्ला अस्पतालको रुपमा स्तरोन्नति गरी सञ्चालनमा ल्याउने निर्णय पनि गर्यो । तर चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमबाटै उक्त कार्यक्रम हटाइएको छ ।

    अस्पताल सञ्चालनका लागि स्थानीयले पटक पटक आन्दोलन गरे । धनुषा क्षेत्र नम्बर २ मा पर्ने उक्त ठाउँबाट निर्वाचित संघीय सांसद एवं पूर्वपर्यटन मन्त्री उमाशंकर अरगरियाले पटक–पटक सदनमै अस्पताल सञ्चालन गर्न आवाज उठाए, जतिबेला उनी जसपामा थिए ।

    सांसद अरगरियाकै दबाबका कारण तत्कालीन स्वास्थ्यमन्त्री एवं जसपा अध्यक्ष उपेन्द्र यादवले उक्त अस्पताललाई प्रदेशमातहतमा ल्याउने निर्णय गराए । तर पछिल्लो समय पार्टी विभाजन भएपछि सांसद अरगरिया लोसपामा गएकै कारण प्रदेश सरकारले उक्त अस्पताल सञ्चालनमा ल्याउने योजना चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमबाट हटायो ।

    अस्पताल सञ्चालनमा नआएपछि स्थानीय खिन्न छन् । जनकपुरधामदेखि करिब २५ किलोमिटर दूरीमा पर्छ डुमरिया । सामान्य बिरामी पर्दा जनकपुर वा सिरहा सदरमुकाम पुग्नुपर्ने त्यहाँका बासिन्दाको बाध्यता छ ।

    स्थानीय युवा निशान्त यादव भन्छन्, ‘हरेक वर्ष ठूला नेता आउँछन् । यो गर्छु, त्यो गर्छु भन्ने भाषण ठोक्छन् । तर फर्केपछि सबै बिर्सिन्छन् । त्यसैले त शहिद रानको नाममा अस्पताल सञ्चान गर्न करोडौंको लागतमा बनेको भवन पनि प्रयोगविहीन छ ।’ भवन बनेको १४ वर्षमा पनि अस्पता सञ्चालन नहुनु शहिद रानको अपमान भएको उनको बुझाई छ ।

    ‘गाउँमै अस्पताल ठूलो मध्यम वर्गका जनतालाई ठूलो राहत हुने थियो’, उनले भने, ‘तर जनकपुर वा सिरहा उपचार गराउन जानुपर्दा समय पनि बर्बाद हुन्छ । रुपैयाँ पनि बढी खर्च हुन्छ ।’

    जनताको पीडा महसुस गरेर अबिलम्ब अस्पताल सञ्चालनमा ल्याउन सरकारसँग उनको अनुरोध छ ।

  • भारतले थप खोप सहायता उपलब्ध गराउँछ : राजदूत आचार्य

    भारतले थप खोप सहायता उपलब्ध गराउँछ : राजदूत आचार्य

    काठमाडौं । भारतले कोभिड-१९ विरुद्ध नेपाललाई थप खोप सहायता उपलब्ध गराउने नेपाली राजदूत नीलाम्बर आचार्यले बताएका छन् ।

    भारतीय न्यूज एजेन्सी एनीसँग कुरा गर्दै आचार्यले नेपालले पाउन बाँकी १० लाख डोज खोपसहित थप मात्रा आउने तयारीमा रहेको बताएका छन् । ‘अक्टोबरदेखि सुचारु हुने खोप आपूर्ति र भ्याक्सिन मैत्रीको कारण नेपालले थप खोप प्राप्त गर्नेछ’ राजदूत आचार्यले भने ।

    गाभी नेतृत्वको कोभ्याक्सले नेपालजस्ता विकासोन्मुख मुलुकलाई समान खोप वितरणमा जोड दिएको पनि उनले जनाएका छन् । भारतीय स्वास्थ्य मन्त्रालयले यसैसाता आयोजना गरेको कार्यक्रममा स्वास्थ्यमन्त्रीले विदेशमा लगाएको खोप निर्यात खुला गर्ने बताएका थिए ।

  • किन बढाइयो स्यानिटरी प्याड र डाइपरको मूल्य ?

    किन बढाइयो स्यानिटरी प्याड र डाइपरको मूल्य ?

    काठमाडौं । महिलाहरुले महिनावारीको समयमा प्रयोग गर्ने स्यानिटरी प्याड र बच्चाहरुलाई दिशापिसाव गराउने डाइपरको मूल्य बढेको छ । विदेशबाट आउने कच्चा पदार्थ र ढुवानी खर्च बढेको भन्दै प्याड र डाइपरको मूल्य बढाइएको जनाइएको छ ।

    सरकारले प्रतिस्थापन विधेयकमार्फत स्थानिटरी प्याड उत्पादन गर्ने उद्योगलाई तीन वर्षसम्म करमा पूर्ण छुट र त्यसपछिको दुई वर्षसम्ममा ५० प्रतिशत छुट दिने भने पनि कच्चा पदार्थ र ढुवानी खर्च वृद्धि भएको भन्दै उद्योगी र व्यापारीले मूल्य बढाएका हुन् ।

    सरकारले प्याड निशुल्क वितरण गर्नुपर्ने बारे बहस भइरहेका बेला व्यापारीले मूल्य बढाएका हुन् ।

    यागेड इन्टरनेसनल प्रालिका सञ्चालक राजन वाग्लेले कच्चा पदार्थ र ढुवानी खर्च प्रतिकन्टेनर ४ हजार डलरबाट वृद्धि भएर १२ हजार डलर पुगेकाले बाध्य भएर मूल्य वृद्धि गर्नुपरेको बताए । वाग्लेले भने, ‘कच्चा पदार्थ आयात गर्दा लाग्ने ढुवानी खर्च दुई गुणाले वृद्धि भएको छ । कच्चा पदार्थकै पनि मूल्य बढेकाले प्याडको मूल्य बढाउन बाध्य भएका हौं ।’

    सरकारले अहिले विद्यार्थीलाई मात्रै निशुल्क स्यानिटरी प्याड वितरण गरिरहेको छ ।

    वाग्लेको अनुसार नेपालमा प्रतिवर्ष ६०० करोडको स्यानिटरी प्याड खपत हुने गरेको छ । ३०० करोडको प्याड नेपालमा नै उत्पादन हुन्छ भने ३०० करोडको तयारी प्याड भारत, चीनलगायत देशबाट आयात हुने गरेको छ ।
    प्याड बनाउन पल्प, पोलिमर, एसएपी, कपडा र सक्सिटलगायत कच्चा पदार्थ अमेरिका, चीन र भारतबाट ल्याउने गरिएको छ ।

    स्यानिटरी प्याड उत्पादक सावित्री भन्डारीले विदेशबाट आयात हुने कच्चा पदार्थको मूल्य वृद्धि भएकाले नै नेपाली बजारमा पनि प्याडको मूल्य बढेको बताइन् ।

    भण्डारीले भनिन्, ‘हामीले उत्पादन गरेको ६ देखि ८ वटा प्याड भएको पाकेट एक सय रुपैयाँमा बिक्री गर्दै आएका छौं । पुनः प्रयोग गर्न सकिने प्याड भने अहिले प्रतिगोटा १५० रुपैयाँमा बिक्री भइरहेको छ । तर प्याडमा प्रयोग हुने कपडा, सल्लोको बोक्रा, कपास जस्तै कच्चा पदार्थको मूल्य वृद्धि भएकाले मूल्य बढाउन परेको हो ।

    सरोज मेडिकलका सञ्चालक सरोज खड्काले भने, ‘पछिल्लो समय स्यानिटरी प्याड र डाइपरको मूल्य वृद्धि भएर आएको छ । पहिलेको तुलनामा प्रति प्याकेट २ देखि ५ रुपैयाँ मूल्य वृद्धि भएर आएको छ । डाइपरको भने कम्पनीअनुसार १ देखि ३ प्रतिशत मूल्य वृद्धि भएको छ ।’

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले प्याड प्रयोगकर्ता र यसको मूल्यबारे यकिन तथ्यांक नभएको बताए ।

  • सरकारले ल्यायो दुई स्वास्थ्य विधेयक, कोभिड अस्पताल संचालन र खोप खरिदको कानूनी अड्चन हट्ने

    सरकारले ल्यायो दुई स्वास्थ्य विधेयक, कोभिड अस्पताल संचालन र खोप खरिदको कानूनी अड्चन हट्ने

    काठमाडौं । सरकारले कोभिड-१९ संकट व्यवस्थापन र औषधी ऐन २०३५ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

    मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवम कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । सरकारले विधेयक पेश गर्न स्वीकृति दिएसँगै कोभिड युनिफाइड अस्पताल र खोप खरिदमा उब्जेको कानूनी समस्या हट्ने भएको छ।

    केपी ओली सरकारले ‘कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश २०७८’ अनुसार वीर अस्पतालको भवनमा कोभिड युनिफाइड अस्पताल सञ्चालनमा ल्याएको थियो ।

    सरकारले ६० दिन भित्रै अध्यादेश पारित नगराउँदा ‘कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश २०७८’ निष्क्रिय भएको थियो । त्यससँगै अस्पताल संचालनमा कानूनी समस्या आएको थियो।

    ‘औषधि (तेस्रो संशोधन) अध्यादेश २०७८’ निष्क्रिय हुँदा कोभिड खोप खरिदको प्रक्रियामा कानूनी समस्या आउने अवस्था थियो । आज सरकारले प्रतिस्थापन विधेयक ल्याएसँगै यो समस्या पनि हट्ने छ ।

  • कोरोनाको खोप लगाउनेमा नेपाल दक्षिण एसियामा चौंथो स्थानमा

    कोरोनाको खोप लगाउनेमा नेपाल दक्षिण एसियामा चौंथो स्थानमा

    काठमाडौं । दक्षिण एसियामा कोरोनाभाइरसविरुद्धको खोप लगाउनेमा नेपाल चौथो स्थानमा परेको छ । नेपालमा कूल जनसंख्यामध्ये झन्डै २० प्रतिशतले कोरोनाबिरुद्धको पूर्ण मात्रा खोप लगाइसकेका छन् ।

    नेपालमा हालसम्म ५६ लाख भन्दा बढीले दुबै मात्राको खोप लगाएका छन् भने ६२ लाख भन्दा बढीले पहिलो मात्राको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा कोभिसिल्ड, आष्ट्राजेनेका, भेरोसेल, जोन्सन एण्ड जोन्सन गरी झण्डै सवा करोड डोज खोप वितरण भइसकेको छ ।

    भारतमा १४ दशमलव ५५ प्रतिशतले पूर्ण मात्रा कोभिड खोप लगाएका छन् भने पाकिस्तानमा ११ दशमलव ०७ प्रतिशत जनसङ्ख्याले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।

    बङ्गलादेशमा ८ दशमलव ८७ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकको छभने दक्षिण एसियामा अफगानिस्तानमा १ दशमलव १३ प्रतिशतले मात्र पूर्ण मात्राको खोप लगाएको तथ्याङ्क छ।

    यस्तौ माल्दिभ्समा ६२ दशमलव १६ प्रतिशतले पूर्ण मात्राको कोभिड खोप लगाएका छन्। दक्षिण एसियाली मुलुकमध्ये भुटानमा कुल जनसङ्ख्याको सबैभन्दा धेरै अर्थात्‌ ६२ दशमलव ७६ प्रतिशतले पूर्ण मात्राको कोभिड खोप लगाइसकेका छन् ।

     

  • काठमाडौंमा ४ सय जनामा कोभिड संक्रमण पुष्टि

    काठमाडौंमा ४ सय जनामा कोभिड संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा मंगलबार काठमाडौं उपत्यकामा ४०२ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २६१, ललितपुरमा ४३ र भक्तपुरमा ९८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

    हालसम्ममा उपत्यकाका तीन जिल्लामा ५,३९३ जना संक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौंमा ३,०२८, भक्तपुरमा ९४७ र ललितपुरमा १,४१८ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    हालसम्म नेपालमा ९ वटा जिल्लामा ५०० भन्दा बढी संक्रमित छन् भने २० वटा जिल्लामा २०० भन्दा बढी संक्रमित रहेको तथ्यांकमा उल्लेख छ ।

  • मंगलबार १३ सय कोभिड संक्रमित थपिए, ५ जनाको मृत्यु

    मंगलबार १३ सय कोभिड संक्रमित थपिए, ५ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मंगलबार देशभर १३ सय ३० जना कोभिड संक्रमित थपिएका छन् । १३ हजार ६२२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ९६२६ तथा एन्टिजेन विधिबाट३९९६ जनामा संक्रमण पुष्टि भएको हो ।

    सोही अवधिमा थप १८ सय ३० जना निको भएका छन् भने ५ जनाको मृत्यु भएको छ । गत २४ घण्टामा ५५ हजार २४२ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

    मन्त्रालयका अनुसार हालसम्म मुलुकमा २१ हजार ५२४ जना सक्रिय संक्रमित छन् ।

    नेपालमा कूल ७ लाख भन्दा बढी कोरोनाभाइरस संक्रमित छन् भने ११ हजार ५३ जनाले ज्यान गुमाएका छन् ।

    अहिलेसम्म आईसीयूमा ३३५ जना, भेन्टिलेटरमा १०७ जना, होम आइसोलेशनमा २०,१६४ जना, संस्थागत आइसोलेशनमा १,३६० र क्वारेन्टाइनमा २५० जना रहेको तथ्यांकमा उल्लेख छ ।

    मन्त्रालयको अनुसार नेपालमा कोरोनाभाइरसको संक्रमणदर ९.७ प्रतिशत छ भने मृत्युदर १.४ प्रतिशत छ । मुलुकमा निको हुनेको दर ९५.९ प्रतिशत छ ।

  • कोरोना र निपाहा भाइरसबाट जोगिएर दशैं मनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

    कोरोना र निपाहा भाइरसबाट जोगिएर दशैं मनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

    काठमाडौं । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले निपाह भाइरस र कोरोनाभाइरसको दोहोरो संक्रमण बढेको हुनाले दशैैं लगायतका चाडपर्वहरु मनाउँदा सर्तकता अपनाउन आग्रह गरेका छन् ।

    ट्वीटरमार्फत उनले स्वास्थ्य मापदण्ड अपनाउँदै चाडपर्व मनाउन पनि भनेका छन् । साथै कोभिड–१९का नयाँ संक्रमितहरूको संख्या केही कम भएपनि जोखिम कायमै भएको समेत बताएका छन् ।

    भारतमा निपाह भाइरस संक्रमण देखिएपछि स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै थप सर्तकता अपनाउन आग्रह गरेको थियो ।

    हालसम्म नेपालमा १० वटा जिल्लामा ५०० भन्दा बढी संक्रमित छन् भने २० वटा जिल्लामा २०० भन्दा बढी संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

  • भारतले खोप निर्यातमा लगाएको रोक हटायो, नेपालले एक महीनाभित्र १० लाख डोज कोभिसिल्ड पाउने

    भारतले खोप निर्यातमा लगाएको रोक हटायो, नेपालले एक महीनाभित्र १० लाख डोज कोभिसिल्ड पाउने

    काठमाडौं । भारतले अक्टोबरदेखि खोप निर्यातमा लगाइएको प्रतिबन्ध हटाउने घोषणा गरेको छ । सोमबार दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारतीय स्वास्थ्यमन्त्री मनसुख माण्डवीयले विदेशमा खोप निर्यात हुने जनाएका हुन् ।

    भारतको उक्त घोषणासँगै नेपाललाई राहत मिलेको छ । भारतले निर्यात प्रतिबन्ध फुकुवा गरेसँगै अक्टोबरमा १० लाख डोज कोभिसिल्ड खोप प्राप्त गर्ने भएको छ । नेपालले उक्त मात्राको खोपका लागि उत्पादक कम्पनी सिरम इन्स्टिच्युटलाई भुक्तानी पनि गरिसकेको छ ।

    रोयटर्सका अनुसार पत्रकार सम्मेलनमा भारतीय स्वास्थ्यमन्त्रीले छिमेकी मुलुकसहित कोभ्याक्स संयन्त्रालाई खोप निर्यातको प्राथमिकतामा राखिएको जानकारी दिए । विश्वकै ठूलो खोप उत्पादक मुलुक भारतले गत अप्रिलमा विदेशमा खोप निर्यातमा रोक लगाएको थियो ।

    खोप उत्पादन गर्ने क्षमता बढिरहेको र अर्को महीनासम्म ३०० मिलियन अतिरिक्त डोज उत्पादन हुने भएकाले विदेशमा निर्यात सुरु गर्ने योजना रहेको स्वास्थ्यमन्त्रीले जानकारी दिएका छन् ।

    भारतले अक्टोबरमा खोप निर्यात गर्ने घोषणासँगै सोही बेला नेपालले पनि पाउन बाँकी डोज खोप पाउने खबरलाई परराष्ट्र मन्त्रालयले समेत पुष्टि गरेको छ । जसअनुसार नेपालले अबको एक महीनाभित्र १० लाख डोज कोभिसिल्ड खोप प्राप्त गर्नेछ ।

    नेपालसँगै भारतले बंगलादेश र श्रीलंका लगायतका छिमेकी मुलुकलाई पनि खोप निर्यात गर्ने भएको छ ।

  • फाइजरले भन्यो : ५ देखि ११ वर्षका बालबालिकामा खोप सुरक्षित

    फाइजरले भन्यो : ५ देखि ११ वर्षका बालबालिकामा खोप सुरक्षित

    काठमाडौं । कोभिड-१९ विरुद्धको अमेरिकी खोप फाइजरले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकामा पनि खोप प्रभावकारी रहेको जनाएको छ ।

    सो समूहका बालबालिकामा एन्टीबडी राम्रो बन्ने र कुनै खराब प्रतिक्रिया नरहेको पाइएको आफ्नो पछिल्लो परीक्षणले देखाएको फाइजरले जनाएको छ ।

    नेपालले समेत १२ देखि १८ वर्ष मुनिका बालबालिकालाई फाइजर खोप लगाउने तयारी गरेको छ । यसका लागि नेपालले भुक्तानी समेत गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    १२ वर्षभन्दा तलका बालबालिकामा खोप परीक्षण गर्दा सुरक्षित पाइएको उक्त कम्पनीले जनाएको छ ।

    ‘पछिल्लो केही समययता विश्वका लाखौं १२ वर्षभन्दा माथिका किशोर किशोरीले यो खोप लगाएका छन् । खासगरि डेल्टा भेरिएन्टले चुनौति थपेको बेला हामी अन्य उमेर समूहलाई पनि लगाउन सक्षम छौं’ फाइजरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    फाइजरले यो परीक्षण ५ देखि ११ वर्ष उमेरका २२६८ जनामा गरेको थियो ।

  • काठमाडौं उपत्यकामा सोमबार ३९६ जनामा कोभिड संक्रमण पुष्टि

    काठमाडौं उपत्यकामा सोमबार ३९६ जनामा कोभिड संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा सोमबार काठमाडौं उपत्यकामा ३९६ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २९८, ललितपुरमा ६३ र भक्तपुरमा ३५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

    हालसम्ममा उपत्यकाका तीन जिल्लामा ५,५३२ जना संक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौंमा ३,१२२, भक्तपुरमा ९७० र ललितपुरमा १,४४० जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    हालसम्म नेपालमा १० वटा जिल्लामा ५०० भन्दा बढी संक्रमित छन् भने २० वटा जिल्लामा २०० भन्दा बढी संक्रमित रहेको तथ्यांकमा उल्लेख छ ।

  • सोमबार १ हजार कोभिड संक्रमित थपिए, ८ जनाको मृत्यु

    सोमबार १ हजार कोभिड संक्रमित थपिए, ८ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा सोमबार देशभर १ हजार ९५ जना कोभिड संक्रमित थपिएका छन् । १३ हजार ८१७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ९७५ तथा एन्टिजेन विधिबाट १२० जनामा संक्रमण पुष्टि भएको हो ।

    सोही अवधिमा थप २ हजार ९५७ जना निको भएका छन् भने ८ जनाको मृत्यु भएको छ । गत २४ घण्टामा २२ हजार १९२ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

    मन्त्रालयका अनुसार हालसम्म मुलुकमा २२ हजार ३२३ जना सक्रिय संक्रमित छन् ।

    नेपालमा कूल ७ लाख भन्दा बढी कोरोनाभाइरस संक्रमित छन् भने ११ हजार ४८ जनाले ज्यान गुमाएका छन् ।

    अहिलेसम्म आईसीयूमा ३७१ जना, भेन्टिलेटरमा १०८ जना, होम आइसोलेशनमा २०,८९१ जना, संस्थागत आइसोलेशनमा १,४३२ र क्वारेन्टाइनमा २६४ जना रहेको तथ्यांकमा उल्लेख छ ।

    मन्त्रालयको अनुसार नेपालमा कोरोनाभाइरसको संक्रमणदर ७.९ प्रतिशत छ भने मृत्युदर १.४ प्रतिशत छ । मुलुकमा निको हुनेको दर ९५.८ प्रतिशत छ ।

  • ज्येष्ठ नागरिकको स्वास्थ्य सम्मेलन आजदेखि काठमाडौंमा सुरु

    ज्येष्ठ नागरिकको स्वास्थ्य सम्मेलन आजदेखि काठमाडौंमा सुरु

    काठमाडौं । ज्येष्ठ नागरिकको स्वास्थ्य सम्बन्धी राष्ट्रिय सम्मेलन काठमाडौंमा आजदेखि शुरु भएको छ। विश्व स्वास्थ्य संगठन नेपाल कार्यालयले उक्त कार्यक्रमको आयोजना गरेको हो ।

    यस सम्मेलनमा वृद्धवृद्धाहरुको स्वास्थ्य अवस्थाबारे छलफल हुने भएको छ । सम्मेलन ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था सुदृढ बनाउनको लागि सुरु गरिएको हो डब्लूएचओ ले जनाएको छ ।

    साथै यो सम्मेलनको उद्देश्य नेपालमा वृद्दवृद्दाहरुको जनसांख्यीक परिवर्तनको बारेमा जनचेतना जगाउनु समेत रहेको जनाइएको छ ।

    साथै स्वास्थ्यमा नीति निर्माताहरुको संलग्नता गराउने, पुनर्वास र वृद्धहरुको सामाजिक हेरचाह आवश्यकतामा नीति निर्माताहरुको संलग्नता गराउने, शहरहरुमा बढ्दो आर्थिक अवसरहरुको सन्दर्भमा परिवारबीच वृद्दवृद्दाहरुको भूमिका कसरी परिवर्तन भएको छ भन्नेबारे र यससंग सम्बन्धित अन्तर र चुनौतिहरुको पहिचान गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको जनाइएको छ ।

  • सेती अस्पतालमा उपचारत २ संक्रमितको मृत्यु

    सेती अस्पतालमा उपचारत २ संक्रमितको मृत्यु

    कैलाली । कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचारत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

    बझाङको सुर्मा गाउँपालिका–४ का ७७ वर्षीय पुरुष र सोही गाउँपालिका- २ का ४० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।

    ४० वर्षका युवक २१ गते र ७७ वर्षका वृद्ध २४ गते अस्पताल भर्ना भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठ जनाए।
    उनका अनुसार योसँगै सेती प्रादेशिक अस्पतालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ९४ पुगेको छ।

  • आजदेखि ११ दिनसम्म भेरोसेलको पहिलो मात्रा लगाउन सुरु, दोस्रो डोज कात्तिक ४ गतेदेखि

    आजदेखि ११ दिनसम्म भेरोसेलको पहिलो मात्रा लगाउन सुरु, दोस्रो डोज कात्तिक ४ गतेदेखि

    काठमाडौं । आजदेखि देशभर ११ दिनसम्म भेरोसेल खोपको पहिलो डोज लगाउन सुरु गरिएको छ । यसअघि पहिलो मात्रा लगाएकालाई दोस्रो डोज कार्तिक ४ देखि १४ गतेसम्म लगाइने भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार दश हिमाली जिल्लाहरु ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुलामा १८ वर्षमाथिकालाई पनि खोप लगाउन सुरु गरिएको छ ।

    त्यसैगरी काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछामका ४० वर्ष माथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीलाई पनि खोप दिइने भएको छ ।

    बाँकी ५८ जिल्लामा भने ३५ वर्षमाथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप दिइने छ ।

    त्यसबाहेक यसअघि छुटेका अग्रपङ्क्तिमा खटिने, अत्यावश्यक सेवा, शिक्षक, पर्यटकीय क्षेत्र, होटल व्यवसायमा काम गर्ने व्यक्तिलाई खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    काठमाडौंमा भेरोसेलको दोस्रो डोज खोप लगाइदै

    आजदेखि काठमाडौंमा भेरोसेलको दोस्रो डोज लगाइदै छ । पहिलो मात्रा खोप लगाएका दुई लाख ४० हजार जनालाई भेरोसेलको दोस्रो मात्रा लगाइने छ । जिल्ला स्वास्थ्य मन्त्रालयका अनुसार आजदेखि तीन दिनसम्म खोप लगाइने छ । काठमाडौँ जिल्लाका १४५ खोप केन्द्रबाट भेरोसेलको दोस्रो मात्रा लगाउन सुरु गरिएको छ । तीन दिन दोस्रो डोज लगाएपछि पहिलो डोज लगाउन सुरु हुनेछ । हिलो मात्रा भने काठमाडौँमा एक लाख व्यक्तिलाई मात्र लगाइने छ ।

  • उपत्यकामा थपिए २४१ संक्रमित, ५०० भन्दा बढी ११ जिल्लामा

    उपत्यकामा थपिए २४१ संक्रमित, ५०० भन्दा बढी ११ जिल्लामा

    काठमाडौं । पछिल्लो २४ घण्टामा आइतबार काठमाडौं उपत्यकामा २४१ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १८७, ललितपुरमा २२ र भक्तपुरमा ३२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

    हालसम्ममा उपत्यकाका तीन जिल्लामा २६५० जना संक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौंमा ३३४५, भक्तपुरमा ९७९ र ललितपुरमा १६३८ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    हालसम्म नेपालमा ११ वटा जिल्लामा ५०० भन्दा बढी संक्रमित छन् भने १९ वटा जिल्लामा २०० भन्दा बढी संक्रमित रहेको तथ्यांकमा उल्लेख छ ।

  • कोरोना संक्रमणदर घट्दै, पछिल्लो २४ घण्टामा थपिए ७ सय संक्रमित

    कोरोना संक्रमणदर घट्दै, पछिल्लो २४ घण्टामा थपिए ७ सय संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा आइतबार मुलुकमा ७ सय ३४ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । १० हजार १३ वटा नमूना (पीसीआर ७,३०४ र एन्टीजेन २,७०९) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    सोही अवधिमा १२ जनाको मृत्यु भएको छ भने १४ सय १३ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    गत २४ घण्टामा २१ हजार ३६० जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

    मन्त्रालयका अनुसार हालसम्म मुलुकमा २४ हजार ३१३ जना सक्रिय संक्रमित छन् ।

    नेपालमा कूल ७ लाख भन्दा बढी कोरोनाभाइरस संक्रमित छन् भने ११ हजार ४० जनाले ज्यान गुमाएका छन् ।

    अहिलेसम्म आईसीयूमा ३९० जना, भेन्टिलेटरमा ११७ जना, होम आइसोलेशनमा २२,८६४ जना, संस्थागत आइसोलेशनमा १,४४९ र क्वारेन्टाइनमा २४८ जना रहेको तथ्यांकमा उल्लेख छ ।

    मन्त्रालयको अनुसार नेपालमा कोरोनाभाइरसको संक्रमणदर ७.३ प्रतिशत छ भने मृत्युदर १.५ प्रतिशत छ । मुलुकमा निको हुनेको दर ९५.५ प्रतिशत छ ।

     

  • गोरखामा स्क्रब टाइफसका बिरामीको संख्या बढ्दै

    गोरखामा स्क्रब टाइफसका बिरामीको संख्या बढ्दै

    गोरखा । पछिल्लो समय गोरखाको आरुघाट गाउँपालिकामा ‘स्क्रब टाइफस’ रोगको जोखिम बढ्दै गएको छ ।

    यहाँका स्वास्थ्य संस्थामा उपचारका लागि आउने बिरामीमा स्क्रब टाइफस देखिन थालेपछि जोखिम बढ्दै गएको हो । गाउँपालिकामा स्क्रब टाइफसका २५ जना संक्रमित भेटिएका छन् ।

    गाउँपालिकाभित्रका विभिन्न स्थानमा स्क्रब टाइफसका बिरामी भेटिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख विजय श्रेष्ठले जानकारी दिए । विगतका वर्षमा फाट्टफुट्ट मात्र देखिए पनि यस वर्ष स्क्रब टाइफसका बिरामीको संख्या बढेको छ । उनले भने, ‘वर्षायामको सुरुबाटै बिरामीको संख्या बढेको छ, साउनदेखि हालसम्म स्क्रब टाइफसका २५ जना सङ्क्रमित पुष्टि भइसकेका छन् ।’

    लामो समयसम्म ज्वारो आएर उपचारका गराउँदा पनि निको नभएपछि गाउँपालिकाका स्वास्थ्य शाखाले स्क्रब टाइफस आशङ्कामा परीक्षण गराउँदा उनीहरुमा संक्रमण पुष्टी भएको उनले बताए। स्वास्थ्य चौकीमा नै आएर उपचार गर्दासमेत ज्वरो धेरै लामो समयमा निको नभएपछि स्वास्थ्य शाखाले स्क्रब टाइफसको किटको प्रयोग गरी परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टी भएको उनको भनाइ छ ।

    संक्रमण पुष्टी भएका सबैको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले जानकारी दिए । पछिल्लो केही साता आरुघाट प्राथामिक स्वास्थ्यकेन्द्रमा ज्वरोका बिरामी बढ्न थालेको केन्द्रले जनाएको छ । ज्वरो आउने र निको नहुने समस्या बढी देखिएका बिरामीमा स्क्रब टाइफसको किट प्रयोग गरी परीक्षण भइरहेको केन्द्रले जनाएको छ ।

    वर्षामा पानीका मुहान सफा नहुँदा पानीजन्य रोग देखापर्ने गरेको स्वास्थ्यकर्मीले बताएका छन् । यो समयमा किर्नालगायतका किराले टोक्ने भएकाले स्क्रब टाइफसका बिरामी पनि देखिने गरेका प्रमुख श्रेष्ठको भनाइ छ । उनले भने, ‘पशुचौपाया घुलमिल हुँदा किर्नाले टोक्ने र त्यसपछि स्क्रब टाइफस देखिने गरेको छ, स्क्रब टाइफसले ज्यानै लिन सक्ने भएकाले परीक्षणको दायरा बढाएर उपचार गरिरहेको छौँ ।’

    कोभिड–१९ सँग मिल्दाजुल्दा लक्षण

    यसैबीच नेपाल सरकारले केही दिनअघि कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएको ‘स्क्रब टाइफस’ रोग देखिन थालेको जनाएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै कोभिड–१९ का लक्षणसँग मिल्दाजुल्दा रोग स्क्रब टाइफस देखिन थालेकाले उक्त रोगसँग सचेत रहनसमेत अनुरोध गरेको छ ।

    कोभिड–१९ जस्तै स्क्रब टाइफसमा मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुने, खोकी, वान्ता, पेट दुखाइ र पखालाले सताउने, सास फेर्न समस्या हुने, धेरै टाउको दुख्ने, जोर्नी तथा मांसपेशी दुख्ने, बिमिरा देखिने, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने गर्दछ । स्क्रब टाइफस ‘ओरिन्सिया सुसुगामासी’ जीवाणुले संक्रमित एक प्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा सर्ने रोग हो । स्क्रब टाइफसले मस्तिष्क, कलेजो, फोक्सोलगायतमा संक्रमण र कहिलेकाहीँ बहुअङ्ग विकार (मल्टी अर्गन डिल्फसन)को अवस्था पनि सिर्जना हुनसक्ने छ ।

    के हो ‘स्क्रब टाइफस’ ?

    स्क्रब टाइफस रोग मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने संक्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने गर्दछ । समयमा नै रोगको पहिचान गरी औषधि सेवन गरे यो रोग निको हुने गर्दछ । यसको समयमा नै उपचार नगरे यसले गम्भीररुप लिनसक्ने स्वास्थ्यकर्मीले बताएका छन् ।

    बच्ने उपाय

    किर्नाको टोकाइबाट बच्न खेत, झाडी वा वनजङ्गलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने तथा शरीरको खुला भागमा कीटनाशक मलहमको प्रयोग गर्ने, घर वरिपरिका खेताबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्ने, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमको अन्न भण्डारण गर्नुपर्ने बताइएको छ ।