Category: स्वास्थ्य-जीवनशैली

  • दसैँलगत्तै बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन शुरु गर्छौं: स्वास्थ्य राज्यमन्त्री

    दसैँलगत्तै बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन शुरु गर्छौं: स्वास्थ्य राज्यमन्त्री

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दसैँ लगत्तै १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने बताएका छन् ।

    आइतबार कान्ति बाल अस्पताललाई बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेशनले स्वास्थ्य सामग्री हस्तान्तरण गर्न आयोजित कार्यक्रममा बोल्दै राज्यमन्त्री श्रेष्ठले १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको १ करोड खोप आउने सुनिश्चितता भइसकेको बताए ।

    यसका लागि ४० लाख मोर्डना र ६० लाख फाइजर खोप खरिदको व्यवस्था गरिसकिएको उनले बताए । दशैँलगत्तै १ लाख फाइजर खोप आउने
    उनले जानकारी दिए । फागुनसम्ममा क्रमश ः खोप आउने र बालबालिकालाई उपलब्ध गराइने उनको भनाइ छ ।

    उनले भने,‘सरकारको तर्फबाट यसलाई उच्च प्राथमिकता दिएर एक करोड खोप जसमा मोर्डना ४० लाख र फाइजर ६० लाख खोपको खरिद गर्ने व्यवस्था सुनिश्चितता भइसकेको र यो दशैँको लगत्तै १ लाख फाइजर खोप आउने त्यसपछि फागुन सम्ममा पटक पटक गरेर फाइजर र मोर्डना आएर बालबच्चाको लागि पनि खोपको व्यवस्थापन हुनेछ । र क्रमिक रुपमा देशभरी खोप लगाइने जानकारी गराउन चाहान्छु ।’

    राज्यमन्त्री श्रेष्ठले सरकारले कोरोनाविरुद्धको खोपलाई पहिलो प्राथमिकता दिएको उल्लेख गर्दै तिनै तहको अस्पतालको व्यवस्थापकिय पक्षलाई सुधार्न नीति बनाउने तयारी सरकारले गरेको बताए ।

    सरकारले स्वास्थ्य क्षेत्रको दरबन्दी बढाउन ध्यान दिएको उनको भनाई छ । कोभिड १९ रोकथाम तथा नियन्त्रणको सम्बन्धमा मृत्यु भएका स्वास्थ्यकर्मीको बालबच्चालाई अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिने पनि उनले बताए ।

    एक कार्यक्रमकाबीच बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेशनले कान्ति बाल अस्पताललाई २५ वटा भेन्टीलेटरलगायतको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

    कोरोना संक्रमणको पहिलो लहरदेखि नै सरकारलाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गर्दै फाउण्डेशनले संक्रमणको तेस्रो लहर आउनसक्ने सम्भावनालाई ध्यान दिदैँ पूर्वतयारी स्वरुप स्वास्थ्य सामग्री हस्तान्तरण गरेको फाउण्डेशनको नेपाल प्रतिनिधि महेश नकर्मीले बताए ।

    फाउन्डेशनले ४१ करोड ४८ लाख ४९ हजार ३०० रुपैयाँ बराबरको स्वास्थ्य सामग्री कान्ति बाल अस्पताललाई हस्तान्तरण गरेको छ ।

     

  • अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ लाख नाघ्यो

    अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ लाख नाघ्यो

    न्यूयोर्क । कोरोनाभाइरस संक्रमणबाट अमेरिकामा ज्यान गुमाउनेको संख्या ७ लाख नाघेको छ । जोन हप्किन्स युनिभर्सिटीका अनुसार शनिबार बिहानसम्मको तथ्यांकअनुसार भाइरसबाट मृत्यु हुनेको संख्या ७ लाख २ सय ५८ पुगेको हो ।

    आज बिहानसम्म अमेरिकामा संक्रमितको संख्या ४ करोड ३६ लाखभन्दा नाघेको छ ।

    पछिल्लो २८ दिनमा मात्रै त्यहाँ कोरोनाबाट ५१ हजार ६ सय ८३ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २८ दिनमा अमेरिकामा ३७ लाख ६० हजारभन्दा बढी संक्रमित थपिएका छन् ।

    शनिबार बिहानसम्म विश्वमा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४७ लाख ९० हजार नाघेको छ । त्यस्तै भाइरसबाट संक्रमित हुनेको संख्या २३ करोड ४२ लाखभन्दा बढी छ । विश्वभर कोरोना भाइरसविरुद्ध ६ अर्ब २६ करोडभन्दा बढी मात्रा खोप लगाइएको छ ।

  • फेवा किनारमा डब्लूएचओको ‘वाक द टक’ (तस्बिरहरु)

    फेवा किनारमा डब्लूएचओको ‘वाक द टक’ (तस्बिरहरु)

    पोखरा । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले व्यस्त जीवनलाई स्वस्थ राख्ने उद्देश्यका साथ कास्कीको पोखरमा सुरु गरेको ‘वाक द टक’ कार्यक्रम आज सम्पन्न भएको छ ।

    डब्लूएचओका नेपाल प्रमुख डा. राजेश समबाजीराव पाण्डवसहितको टोलीले पोखराको बाराहीघाटदेखि बङ्लादीसम्मको करिब दुई किलोमिटर फुटट्र्याकमा हिँड्दै उक्त कार्यक्रम सम्पन्न गरेको हो । डब्लूएचओका नेपाल प्रमुख डा. पाण्डवले शारीरिक व्यायामका माध्यमबाट शरीरलाई स्वस्थ राख्ने उद्देश्यका साथ सुरु भएको हिँड्दै कुरा गर (वाक द टक) कार्यक्रम व्यस्त जीवनका लागि अपरिहार्य हुँदै गएको बताए ।

    उनले विश्वभरि नै कोभिड–१९ को महामारीले मानव जीवनको स्वास्थ्यमा नकारात्मक असर पारेको उल्लेख गर्दै स्वस्थ जीवनयापनका लागि शारीरिक व्यायाम महत्वपूर्ण हुँदै गएको बताए ।

    सोही क्रममा पाण्डवले पोखरा पहिलो पटक आएको अनुभव सुनाउँदै यहाँको प्राकृतिक सौन्दर्यताले आफूलाई निकै लोभ्याएको बताए । उनले भने, ‘पोखरा निकै सुन्दर लाग्यो, हिमशृङ्खला र तालतलैया निकै लोभलाग्दा रहेछन् ।

    ‘ ‘वाक द टक’ कार्यक्रमले एकअर्काबीच आत्मियता र भाइचारा वृद्धि गराउनुका साथै मानसिक स्फूर्ति बढाउने उनले बताए । पाण्डवले महामारी अझै पनि निमूर्ल भइनसकेकाले स्वास्थ्य मापदण्ड र सर्तकतालाई हरेक नागरिकले पालना गर्दैै स्वस्थ जीवनयापनमा ध्यान दिनुपर्नेमा जोड दिए ।

    डब्लूएचओको ७०औँ वार्षिकोत्सवका अवसरमा सन् २०१८ देखि वाक द टक अभियान सुरु गरिएको हो । उक्त अभियान नेपालको लुम्बिनी, काठमाडौँ, कर्णाली र जनकपुरमा पनि सम्पन्न भइसकेको डब्लूएचओको नेपालस्थित सञ्चार अधिकृत सुधन ज्ञवालीले जानकारी दिए । उनका अनुसार पोखरामा आकस्मिकरुपमा स्वास्थ्यमा काम गर्ने डब्लूएचओका प्रतिनिधिसँगको रिभ्यू कार्यशाला चलिरहेको छ । सोही क्रममा पोखराका विभिन्न क्षेत्रका व्यक्तिसहितको टोलीले फेवाकिनारमा हिँड्दै कुरा गर कार्यक्रम सम्पन्न गरेको हो ।

    व्यस्त जीवनलाई स्वस्थ राख्नका लागि हिँड्दै गफ गर्ने र प्रकृतिसँग रमाउँदा शारीरिक एवं मानसिक स्फूर्ति बढ्ने उनले बताए । पोखरा पर्यटकीय नगरी भएकाले यहाँको पर्यटन प्रवद्र्धनसँगै स्वस्थ जीवनका लागि हिँडौ भन्ने सन्देश दिन फेवा किनारमा कार्यक्रमको आयोजना गरिएको ज्ञवालीको भनाइ थियो ।

    पदयात्रा अघि कार्यक्रममा सहभागीले फेवा किनारमा योग ध्यानसमेत गरेका थिए । डब्लुएचओका प्रतिनिधिसहित पोखराका विभिन्न क्षेत्र, सङ्घसंस्था र प्रतिनिधिसहित करिब ५० जनाको सहभागिता थियो ।

  • शनिवार ८ सय संक्रमित थपिए, ९ जनाको मृत्यु

    शनिवार ८ सय संक्रमित थपिए, ९ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ८६७ जना कोभिड बिरामी थपिएका छन् । ८ हजार २१९ नमुना (पीसीआर ५५९८ र २६२१ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    सोही अवधिमा थप ९ जनाको मृत्यु भएको छ । १,१२३ जना निको भएका छन् । मुलुकमा सक्रिय संक्रमित संख्या १७ हजार ६४२ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ८३ हजार ३७३ जनालाई कोभिडविरुद्धको खोप लगाइएको छ । शनिवारको दैनिक संक्रमण दर १० प्रतिशत भन्दा बढी छ ।

    काठमाडौंमा १६४, ललितपुरमा ६५, भक्तपुरमा २६, कास्कीमा ३८, मोरङमा ४६, झापामा ५०, रुपन्देहीमा ३७ जना संक्रमित थपिएका छन् । ९ जिल्लामा मात्र सक्रिय संक्रमित संख्या ५०० भन्दा बढी छ ।

    कूल संक्रमित संख्या ७ लाख ९६ हजार, कूल मृत्यु ११ हजार १५७ र कूल निको हुने संख्या ७ लाख ९६ हजार पुगेको छ ।

     

  • दुबै डोज खोप लगाएका कैलालीका दुई पुरुषको कोरोनाभाइरस संक्रमणबाट मृत्यु

    दुबै डोज खोप लगाएका कैलालीका दुई पुरुषको कोरोनाभाइरस संक्रमणबाट मृत्यु

    कैलाली । कोरोना सङ्क्रमणबाट कैलाली दुई जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कैलाली धनगढी उपमहानगरपालिका ३ का ७५ वर्षीय पुरुष र धनगढी उपमहानगरपालिका ५ का ९० वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।

    ७५ वर्षीय पुरुषलाई १३ गते र ९० वर्षीय पुरुषमा १४ गते कोरोना सङ्क्रमण पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए । ७५ वर्षीय पुरुषमा स्क्रब टाइफस समेत देखिएको उनले जानकारी दिए ।

    उनीहरू दुवै जनाले कोरोनाविरुद्धको दुवै डोज खोप लगाएको समेत श्रेष्ठले जानकारी दिए । अहिले सेती अस्पतालमा ११ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ ।

  • शुक्रबार १ हजार कोरोना संक्रमित थपिए, १३ जनाको मृत्यु

    शुक्रबार १ हजार कोरोना संक्रमित थपिए, १३ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा १,०६६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ११३ (पीसीआर १०११३ र एन्टीजेन ३२५५) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।
    यस्तै सोही अवधिमा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ भने ९३८ जना निको भएका छन् ।

    नेपालमा कुल संख्या ७ लाख ९५ हजार ९५९ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार १ सय ४८ पुगेको छ भने ७ लाख ६६ हजार ६९६ जना संक्रमणमुक्त भएका छन् ।

    मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ११५ जना रहेका छन् । जसमध्ये १६ हजार ८८१ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार २३४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३५४ जना आईसीयू र ११६ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै २४२ जना क्वारेन्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

    आज कुन जिल्लामा कति संक्रमित थपिए ?

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा २६६, कास्कीमा ८४, मोरङमा ७६, ललितपुरमा ६२, झापामा ५७, सोलुखुम्बुमा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै रुपन्देहीमा ४४, सुनसरीमा ३५, चितवनमा ३२, भक्तपुरमा ३१, दाङमा १३ र काभ्रेपलाञ्चोकमा १२ जना कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

  • बादलको टिप्पणीपछि प्रशासनको स्पष्टीकरण : मापदण्ड पालना गरेर सभा-सम्मेलन गर्न बन्देज छैन

    बादलको टिप्पणीपछि प्रशासनको स्पष्टीकरण : मापदण्ड पालना गरेर सभा-सम्मेलन गर्न बन्देज छैन

    काठमाडौं । आजदेखि गोदावरीमा सुरु भएको एमालेको विधान महाधिवेशनतर्फ लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले विज्ञप्ति जारी गरेको छ ।

    सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले विज्ञप्ति जारी गर्दै स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी गर्न र गराउनमा कुनै बन्देज नलगाइएको प्रष्टीकरण दिएका छन् ।

    प्रशासनले बिहीवार आदेश जारी गर्दै आज बिहानदेखि राजधानीमा भीडभाड, जात्रा, महोत्सव गर्न नपाइने बताएको थियो । प्रशासनको आदेश लगत्तै एमाले स्थायी कमिटी सदस्य रामबहादुुर थापा बादलले प्रशासनको आदेश राजनीतिक प्रतिशोधले प्रेरित भएको बताएका थिए ।

    एमालेको विधान महाधिवेशन हुनुको एकदिनअघि काठमाडौं उपत्यकाका तीनै जिल्ला प्रशासनले सभा, गोष्ठी र जुलुसलाई भर्चुअलरुपमा मात्र गर्न आदेश दिएका थिए । यसबारे सामाजिक संजालमा निकै टिकाटिप्पणी भएको थियो ।

    ‘उक्त आदेश कोभिड संक्रमण फैलन नदिनका लागि पालना गर्नुपर्ने स्वास्थ्य मापदण्ड र पूर्व सतर्कताका सम्बन्धमा मात्र जारी गरिएको हो’ प्रशासनको विज्ञप्तिमा उल्लेख छ ।

    कोभिड संक्रमणको जोखिम यथावत रहेको बताउँदै प्रशासनले आदेश जारी गर्नुपरेको बताएको छ ।

  • प्रसूति अस्पतालले नर्सिङ क्याम्पससँग माग्यो क्लिनिकल अभ्यासको निवेदन

    प्रसूति अस्पतालले नर्सिङ क्याम्पससँग माग्यो क्लिनिकल अभ्यासको निवेदन

    काठमाडौं । परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले नर्सिङ क्याम्पसहरूलाई १० दिनभित्र काउन्सिलको नवीकरण गर्न माग गरेको छ ।

    अस्पतालले सूचना जारी गर्दै सम्बन्धित परिषद् र युनिभर्सिटीको नवीकरण तथा अस्पतालसँग गत वर्ष भएको सम्झौताको प्रतिलिपि संलग्न राखी १० दिन भित्र निवदेन दिन आग्रह गरेको छ।

    साथै अस्पतालमा क्लिनिकल अभ्यास गराउन ल्याउने प्रोग्राम र विद्यार्थी सङ्ख्या खुलाई नवीकरणका लागि निवेदन दर्ता गर्न आग्रह गरेको छ ।

    म्याद समाप्त भए पश्चात प्राप्त भएका निवेदन दर्ता नगरिने समेत सूचनामा भनिएको छ ।

  • स्वास्थ्यकर्मी कुटपिट गर्नेलाई कारबाहीको माग

    स्वास्थ्यकर्मी कुटपिट गर्नेलाई कारबाहीको माग

    काभ्रे । दोलालघाटमा कोभिड–१९ विरुद्धको दोस्रो डोज खोप लगाउने क्रममा स्वास्थ्यकर्मीलाई कुटपिट भएको छ । भुम्लु गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयसमक्ष आफ्ना स्वास्थ्यकर्मीमाथि हातपात गर्ने अनिल पोटलाई कारवाहीको माग गरेको छ ।

    पोटेले भुम्लु–१० स्थित दोलालघाट स्वास्थ्य एकाइका अहेब हितेशकुमार मण्डललाई बुधबार ८ नं वडास्थित दुलालेश्वर माध्यमिक विद्यालयमा खोप लगाइरहेको अवस्थामा कुटपिट गरी अन्य स्वास्थ्यकर्मीलाई गालीगलौज गरेकाले कानुनबमोजिम कारबाहीका लागि गाउँपालिकाद्वारा बिहीबार दिइएको लिखित निवेदनमा जनाइएको छ ।

    साथै स्वास्थ्यकर्मी मण्डललेसमेत आफूमाथि हातपात गरी भ्याक्सिन फ्याँकीदिन्छु भन्दै पटक-पटक धम्क्याउने पोटेलाई कारबाहीको माग गर्दै गाउँपालिकासमक्ष निवेदन पेश गरेका छन् ।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढाकाराम अर्यालका अनुसार खोप लगाउन अवरोध गर्दै खोपको रेकर्ड फाइल च्यात्ने वडा सदस्य मनोज श्रेष्ठलाई समेत कारबाहीको माग गरिएको छ ।

    श्रेष्ठले आफूलाई फरक लक्षित समूहलाई खोप लगाउन दबाब दिँदै गालीगलौज गरी हातपात गर्ने प्रयास गर्दा स्थानीयवासीले छेकेका र खोप दर्ता रजिष्ट्रर च्यातेको मण्डलले बताए । उनले भने, ‘वडा सदस्यले मलाई लक्षित समूहबाहेकलाई खोप लगाउन बारम्बार दबाब दिँदै आएका थिए, त्यस दिन कुटपिट गर्न खोज्दै खोपको दर्ता रजिष्ट्रर नै च्यातिदिए, स्थानीयवासीले नछेकेको भए म जनप्रतिनिधिबाट कुटिने थिएँ ।’

  • आजदेखि मास्क नलगाउने यात्रुले सार्वजनिक सवारी साधन चढ्न नपाउने

    आजदेखि मास्क नलगाउने यात्रुले सार्वजनिक सवारी साधन चढ्न नपाउने

    काठमाडौं उपत्यकामा मास्क नलगाउने यात्रुले सार्वजनिक सवारी साधनमा यात्रा गर्न नपाउने भएका छन् । काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीसहितको बैठकले आज बिहानदेखि लागू हुने गरी उक्त निर्णय गरेको हो ।

    उपत्यकाको भीडभाडलाई मध्यनजर गरी यहाँ सवारी साधन सञ्चालनमा छुट्टै मापदण्ड बनाएर लागु गरिएको हो । सोअनुसार स्वीकृत सिट क्षमताअनुसार मात्रै यात्रु राख्न, सबै यात्रुले अनिवार्यरूपमा मास्क लगाउन, मास्क नलगाएका यात्रुलाई सवारी साधानमा प्रवेश रोक लगाउन, चालक सहचालकले अनिवार्यरूपमा मास्क, भाइजर र पञ्जा लगाउन, सवारी साधनको ढोकामा अनिवार्यरूपमा स्यानिटाइजर राख्न, सवारी साधनलाई अनिवार्यरूपमा दैनिक स्यानिटाइज गर्न भनिएको छ । आजदेखि लागू गरिएको निषेधाज्ञा अर्को आदेश नभएसम्मका लागि लागू हुने जनाइएको छ ।

    कोभिड–१९ सङ्क्रमण कायमै रहेकाले अनावश्यकरूपमा बाहिर ननिस्किन, भीडभाड, जुलुस, जात्रा, महोत्सव नगर्न भनिएको छ । चाडपर्व स्वास्थ्यका सबै मापदण्ड पालना गरी साङ्केतिकरूपमा मनाउनुपर्ने आदेशमा उल्लेख छ । चाडवाडको बेला हुनसक्ने सम्भावित जोखिबाट बच्न पनि अनुरोध गरिएको छ । यस्तै आधिकारिक काउन्टरबाट टिकट काटी यात्रा गर्न र सवारी साधनको छतमा यात्रु नराख्न पनि निर्देशन गरिएको छ ।

    बैठक, गोष्ठी, सेमिनार गर्दा सकेसम्म भर्चुअल माध्यम प्रयोग गर्न र यदि उपस्थित हुनैपरेमा स्वास्थ्यका सबै मापदण्ड पालना गर्न भनिएको छ । सार्वजनिक सेवा प्रदायक संस्थालाई यथासम्भव अनलाइनबाट सेवा प्रवाह गर्न आग्रह गरिएको छ । उपस्थित हुनैपर्ने भएमा स्वास्थ्यका सबै मापदण्ड अपनाउन भनिएको छ ।

    होटल र पार्टी प्यालेसले पनि कर्मचारीलाई सकेसम्म आफैँ एन्टिजेन परीक्षणको व्यवस्था मिलाउन भनिएको छ । सबै व्यवसाय सञ्चालन गर्दा भौतिक दूरी कायम गरी स्वास्थ्यका सबै मापदण्ड प्रयोग गर्न भनिएको छ । स्थानीय ढुवानी बिहान १ः०० देखि ११ः०० र अपराह्न ४ः०० देखि ७ः०० बजेसम्म नगर्न भनिएको छ भने निर्माण सामग्रीका ढुवानी बिहान १ः०० देखि बिहान ५ः०० बजेसम्म गर्नुपर्ने आदेशमा उल्लेख छ ।

  • निजी अस्पताल सन्चालकलाई ‍बनाइयाे लुम्बिनी प्रादेशिक अस्पतालको मेसु

    निजी अस्पताल सन्चालकलाई ‍बनाइयाे लुम्बिनी प्रादेशिक अस्पतालको मेसु

    रुपन्देही । लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पतालमा ११ औं तहका मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्र खनाललाई हटाएर १० औं तहका डा. इन्द्र ढकाललाई मेसु बनाएको छ । ११ औं तहका ५ जना डाक्टर रहेको सो अस्पतालमा १० औं तहका डक्टरलाई प्रशासनिक जिम्मेवारी दिइएपछि असन्तुष्टि सुरु भएको छ ।

    साउन २७ गते शंकर पोखरेल नेतृत्वको सरकारले यही निर्णय गर्दा चौतर्फी आलोचना भएपछि सरकारले थमौती गरेको थियो । पोखरेल नेतृत्वको सरकारको अन्तिम बैठकले ब्यापक आलोचनाका बीच खनाललाई हटाएर डा. इन्द्र ढकाललाई निमित्त मेडिकल सुपरिटेण्डेन्टमा नियुक्त गर्दा अहिलेको सरकारको नेतृत्व गरेको गठबन्धन दलका सांसदहरु तथा मन्त्रालयकै कर्मचारीले विरोध गरेका थिए ।

    त्यसबेला गरिएको नियुक्तिको माइन्युट नभेटिएको भन्दै केसी नेतृत्वको सरकारले उक्त निर्णय कार्यान्वयन गरेको थिएन । तर बिहीबार साँझ बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले भने डा. खनाललाई हटाएर सो स्थानमा डा. ढकाललाई नियुक्त गरेको हो ।

    लुम्बिनी प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला मन्त्री कृष्णध्वज खड्काले डा. खनाललाई कोभिड अस्पताल संचालन तथा व्यवस्थापन समितिको संयोजक बनाएर डा. ढकाललाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त भै कामकाजका लागि खटाइएको जानकारी दिए ।

    अघिल्लो सरकारले रेडियोलोजीका वरिस्ठ चिकित्सक डा. खनाललाई रेडियोलोजी विभागमा सरुवा गरेको थियोे यसपटक भने कोभिड उपचारको संयोजकको जिम्मेवारी दिएको छ ।

    चितवनमा दरबन्दी रहेका दशौं तहका हाडजोर्नी विशेषज्ञ डा. ढकाल २०७६ कार्तिकदेखि लुम्बिनी प्रादेशिक अस्पतालमा काजमा कार्यरत छन् । त्यो समयमा १ वर्षका लागि काज लिएर आएपनि लामो समय राजनीतिक दवावमा ढकालले प्रकृया मिलाएर बसेका छन् ।

    पहिलोपटक २०७२ सालमा लुम्बिनी अञ्चल अस्पतालको मेसु बनेका डा. खनाल आफूभन्दा माथिल्लो तहका डा. विकास देवकोटा सरुवा भएर आएपछि मेसुबाट बिदा भएका थिए । २०७६ मंसिरमा तत्कालीन मेसु डा. कृष्ण खनालको अवकाशपछि उक्त जिम्मेवारीमा दोहोरिएका थिए ।

    पहिलोपटक अस्पतालको मेसुबाट बिदा भएपछि कान्ति बाल अस्पताल पुगेका डा. खनाललाई पूर्वअर्थमन्त्री तथा एमालेका उपमहासचिव विष्णु पौडेलले लुम्बिनी प्रादेशिक अस्पतालको सुधारका लागि भन्दै बुटवल फर्काएका थिए ।

    निमित्त मेसु हुँदै अस्पतालका बेथिति नियमन गर्न थालेका डा. खनालले त्यतिबेला अस्पताल परिसरमा रहेका सटर भत्काएर चिकित्सकहरुलाई मेडिकलमा नभई अस्पतालमा बस्न बाध्य बनाएका थिए ।

    अस्पतालको पूर्वतर्फ रहेका ७३ वटा सटरमा अस्पतालका चिकित्सकहरु क्लिनिक चलाउँथे तर उनले तिनै सटर भत्काइदिएका कारण केही व्यवसायीसँगै व्यापारिक पृष्ठभूमिका नेताहरू असन्तुष्ट थिए ।

    कांग्रेस नेता परशुराम ढकालका छोरा डा. इन्द्र ढकालको परिवार अस्पताल नजिकै रहेको निजी अस्पताल साझा अस्पतालका संचालक भएकाले सरकारी अस्पतालमा स्वार्थ बाझिने र १० औं तहका डक्टरले ११ औं तहका डाक्टरहरुलाई काममा खटाउन समस्या पर्ने स्वास्थ्यकर्मीको भनाइ छ ।

    यस्ता छन् बैठकका अन्य निर्णय

    मन्त्रिपरिषद बैठकले लुम्बिनी प्रदेशको राजधानी निर्माण एवं जग्गा प्राप्तिका विषयमा सरोकारवालासँग छलफल एवं सहजीकरणका लागि पर्यटन तथा शहरी विकास मन्त्रालयको सचिवकोे सयोजकत्वमा कार्यदल निर्माण गर्ने भएको छ ।

    रुकुम पूर्वको भुमे, उत्तरगंगा गाउँपालिकाको वडा थपघट, समायोजन र पाल्पा जिल्लाको वगनासकाली गाउँपालिका केन्द्र परिवर्तन गर्ने सम्बन्धी प्राप्त प्रस्ताव नेपाल सरकारलाई मन्त्रिपरिषदको बैठकले सिफारिस गरिएको सरकारका प्रवक्ता एवं अर्थमन्त्री कृष्णध्वज खड्काले जानकारी दिए ।

    यस्तै लुम्बिनी प्रदेशको कृषि विकास सम्वन्धी रणनीतिको परिर्वत गर्ने मस्यौदा तर्जुमा गरी पेश कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्थापन मन्त्रालयलाई निर्देशन दिने, लुम्बिनी प्रदेशको शिक्षा सम्बन्धी प्रादेशिक नीतिको मस्यौदा तर्जुमा गरी पेश गर्न शिक्षा, विज्ञान, युवा खेलकुद मन्त्रालयलाई निर्देशन दिने मन्त्री परिषद्ले निर्णय गरेको सरकारका प्रवक्ता खड्काले बताए ।

    खड्काले उद्यम विकास कोष सञ्चालन नियामली (प्रथम संशोधन) २०७८ गरी यसभन्दा अगाडि १० लाख रुपैया ऋण प्रदान गर्न सकिनेमा अधिकतम २० लाख रुपैयाँ प्रदान गर्न सकिने गरी संशोधन गरेको जानकारी दिए ।

    बैठकले लुम्बिनी प्रदेशमा कानून निर्माण गर्नुपर्ने भएकाले कानून मस्यौदा समिति लुम्बिनी प्रदेश सरकारका मुख्य न्यायधिवक्ताको संयोजकत्वमा संयोजकत्वमा कानून मस्यौदा कार्यदलका सदस्य नियुक्त गर्ने निर्णय गर्ने, प्रदेश मन्त्रालय र अन्तर्गतका कार्यलयको आर्थिक वर्ष २०७८÷०७९ अस्थायी दरवन्दी २०७८ साल असोज मसान्तसम्मका लागि स्वीकृत गरेको छ ।

  • डब्लुएचओले कोभिड-१९ को जानकारी भोलिदेखि नेपाली भाषामा दिने

    डब्लुएचओले कोभिड-१९ को जानकारी भोलिदेखि नेपाली भाषामा दिने

    काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले कोभिड-१९ सम्बन्धी जानकारी अब नेपाली भाषामा उपलब्ध गराउने भएको छ । डब्लुएचओले पाँचमा विज्ञान ‘साइन्स इनफाइभ’ कार्यक्रममार्फत पोडकाष्टबाट कोभिड–१९ सम्बन्धी जानकारी गराउने भएको हो । भोलिदेखि प्रत्येक शुक्रबार दृश्य र श्रव्यमा दुवैमा कोभिड-१९ को जानकारी गराउने छ ।

    कोभिड-१९ सम्बन्धी अफवाह र गलत समाचार फैलिन थालेपछि डब्लुएचओले इन्टरनेट प्रयोगकर्तालाई लक्षित गरी यो पोडकाष्ट थालेको हो । यसले अफवाहलाई चिर्न र सत्य सूचनामा मात्रै विश्वास गर्न सहयोग मिल्ने बताइएको छ ।

    पोडकाष्टका नयाँ अङ्क प्रत्येक शुक्रबार साउण्ड क्लाउडमा पाँचमा विज्ञान च्यानलमार्फत प्रसारण गरिनेछन् । भोलिदेखि प्रसारण गरिने पोडकाष्टको पहिलो अङ्कमा डब्लुएचओकी मातृ तथा नवजात शिशु स्वास्थ्य विज्ञ डा ओज्गे टुनचाल्पले कोभिड–१९ महामारीका समयमा गर्भवती तथा गर्भाधारणको योजनामा रहेका महिलाले ध्यान दिनुपर्ने विषयमा छलफल गर्नेछन् । रासस

  • स्वास्थ्य मापदण्डभित्र रहेर गर्ने कार्यक्रम बन्देज लगाउने आदेश र उद्देश्य छैन : गृह मन्त्रालय

    स्वास्थ्य मापदण्डभित्र रहेर गर्ने कार्यक्रम बन्देज लगाउने आदेश र उद्देश्य छैन : गृह मन्त्रालय

    काठमाडौं । सरकारले संविधान, प्रचलित कानुन र कोभिड–१९ को नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य मापदण्डभित्र रही गरिने कुनै पनि क्रियाकलापमा बन्देज लगाउने कुनै आदेश र उद्देश्य नभएको स्पष्ट पारेको छ । गृह मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।

    ‘नेपालको संविधान, प्रचलित कानुन र कोभिड–१९ को नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य मापदण्डभित्र रही गरिने कुनै पनि क्रियाकलापमा बन्देज लगाउने नेपाल सरकारको कुनै आदेश रउद्देश्य नभएको व्यहोरा सबैको जानकारीको लागि अनुरोध छ,’ मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    विज्ञप्तिमा जिल्ला प्रशासन कार्यालय, काठमाडौं र भक्तपुरले जारी गरेको आदेशको विषयमा सार्वजनिक रूपमा अभिव्यक्त चासो र चिन्ताप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

  • बिहीबार १ हजार नयाँ संक्रमित थपिए, १२ जनाको मृत्यु

    बिहीबार १ हजार नयाँ संक्रमित थपिए, १२ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा १०७८ जना कोभिड बिरामी थपिएका छन् । ११ हजार ७६५ नमुना (पीसीआर ८५५५ र ३२१० एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    सोही अवधिमा थप १२ जनाको मृत्यु भएको छ । ९११ जना निको भएका छन् । मुलुकमा सक्रिय संक्रमित संख्या १८ हजार १६८ पुगेको छ ।

    गत २४ घण्टामा २ लाख ८९ हजारलाई कोभिडविरुद्धको खोप लगाइएको छ । बिहीबारको दैनिक संक्रमण दर ९ प्रतिशत भन्दा बढी छ ।

    काठमाडौंमा २६७, ललितपुरमा ६५, भक्तपुरमा ३७, कास्कीमा ६५, मोरङमा ५५, झापामा ७५ जना संक्रमित थपिएका छन् । ९ जिल्लामा मात्र सक्रिय संक्रमित संख्या ५०० भन्दा बढी छ ।

    कूल संक्रमित संख्या ७ लाख ९४ हजार, कूल मृत्यु ११ हजार १२३ र कूल निको हुने संख्या ७ लाख ६५ हजार पुगेको छ ।

  • तातोपानी कुण्ड खुला : कोभिड प्रोटोकल पालना गर्दै डुब्नेको घुइँचो

    तातोपानी कुण्ड खुला : कोभिड प्रोटोकल पालना गर्दै डुब्नेको घुइँचो

    बेनी । प्राकृतिक चिकित्सालयरुपमा चर्चित म्याग्दीको बेनी नगरपालिका-४ सिंगामा रहेको तातोपानी कुण्ड खुला भएको छ । कोरोनाभाइरस संक्रमण घटेको भन्दै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले कुण्ड खुलाएको हो ।

    पाँच महीनासम्म बन्द रहेको कुण्ड कोरोना घटेसँगै असोजको पहिलो सातादेखि संचालनमा आएको छ । बैशाखको तेस्रो सातादेखि कुण्डलाई बन्द गरिएको थियो ।

    तातोपानी कुण्ड व्यवस्थापन सचिव कुमार केसीले कोरोनाभाइरस संक्रमण घट्दै गएकाले सतर्कता अपनाएर कुण्ड खुला गरिएको बताए । खुला भएपछि दैनिक डेढसय दुईसयले कुण्डमा डुब्दै आएका छन् ।

    कुण्डमा डुब्दा अनिवार्य मास्क लगाउनुपर्ने, स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्ने, भीडभाड गर्न नहुने नियम राखिएको छ । जसअनुसार आलोपालो अनुसार कुण्डमा डुब्ने नियम बनाइएको छ । पानी पिउँदै तातोपानी कुण्डमा बिहान ३ घण्टा र बेलुकी ३ घण्टाको दरले सातदिनदेखि दशदिनसम्म डुबेमा बाथ रोग, ढाढ दुख्ने, ग्यास्ट्रिक, चर्मरोग लगायत निको हुने विश्वास गरिन्छ ।

  • काठमाडौँ उपत्यकाका ७५ प्रतिशतले लगाए कोरोनाको खोप

    काठमाडौँ उपत्यकाका ७५ प्रतिशतले लगाए कोरोनाको खोप

    काठमाडौँ उपत्यकामा ७३ प्रतिशतले कोरोना भाइरसविरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रायका सहप्रवक्ता समीरकुमार अधिकारीले हालसम्म उपत्यकामा पहिलो मात्रा ७६ प्रतिशत र पूर्ण मात्रा ७३ प्रतिशतले खोप लगाएको जानकारी दिए । उपत्यकामा मङ्गलबारसम्म करिब ५० प्रतिशतले खोप लगाएका थिए । उपत्यकामा लक्षित २१ लाख २९ हजार ७७३ जनसङ्ख्या छन् ।

    उनका अनुसार काठमाडौँ जिल्लामा पहिलो मात्रा ७८ प्रतिशत र पूर्णमात्रा ७४ प्रतिशत जनसङ्ख्याले खोप लगाइसकेका छन् । काठमाडौँमा खोप लगाउने १५ लाख ६३ जना लक्षित रहेका थिए ।

    यस्तै भक्तपुरमा पहिलो मात्रा ६३ प्रतिशत र पूर्णमात्रा ७५ प्रतिशत, ललितपुरमा पहिलो मात्रा ७६ प्रतिशत र पूर्णमात्रा ६९ प्रतिशतले खोप लगाइसकेका छन् । भक्तपुरमा दुई लाख ४६ हजार ८५१ जना र ललितपुरमा तीन लाख ८२ हजार ८६० जना लक्षित खोप लगाउने जनसङ्ख्या रहेका छन् । सरकारले असोज मसान्तभित्र ३३ प्रतिशत, पुस मसान्तसम्म दुई तिहाइ र चैत मसान्तभित्र सबै लक्षित जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य लिएको छ ।

  • कोरोना संक्रमण ८ प्रतिशतमा झर्‍यो, बुधबार ११ सय संक्रमित थपिए

    कोरोना संक्रमण ८ प्रतिशतमा झर्‍यो, बुधबार ११ सय संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ११५७ जना कोभिड बिरामी थपिएका छन् । १४ हजार ५४१ नमुना (पीसीआर १० हजार ६५२ र ३८८९ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    सोही अवधिमा थप ८ जनाको मृत्यु भएको छ । १११३ जना निको भएका छन् । मुलुकमा सक्रिय संक्रमित संख्या १८ हजार १९३ पुगेको छ ।

    पछिल्लो २४ घण्टामै २ लाख ८६ हजारलाई कोभिडविरुद्धको खोप लगाइएको छ । बुधबारको दैनिक संक्रमण दर ७.९५ प्रतिशत छ ।

    काठमाडौंमा २६५, ललितपुरमा ४२, भक्तपुरमा २८, कास्कीमा ३८, मोरङमा ७८, झापामा ७६, रुपन्देहीमा ५४ जना संक्रमित थपिएका छन् । ९ जिल्लामा मात्र सक्रिय संक्रमित संख्या ५०० भन्दा बढी छ ।

    कूल संक्रमित संख्या ७ लाख ९४ हजार, कूल मृत्यु ११ हजार १२३ र कूल निको हुने संख्या ७ लाख ६४ हजार पुगेको छ ।

     

  • वैशाखसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप : राज्यमन्त्री श्रेष्ठ

    वैशाखसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप : राज्यमन्त्री श्रेष्ठ

    काठमाडौं । सरकारले सबै नेपाली नागरिकलाई कोरोनविरुद्धको खोप लगाउने अवधि लम्बाएको छ । यसअघि प्रधानमन्त्रीले चैतसम्म सबै नागरिकलाई खोप लगाउने जनाएका थिए । तर, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले भने वैशाख मसान्तसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने बताएका छन्।

    राज्यमन्त्री श्रेष्ठले सरकारले दसैँअघि ३३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने गरी काम गरिरहेको जानकारीसमेत दिएका छन्। विश्व मुटु दिवसको अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारले अहिले दैनिक तीन लाख जनालाई सो खोप लगाउने काम गरिरहेको बताए।

    सरकारले तीनमहिने कार्यकालमा एक करोड थप खोप लगाउने काम गरेको जानकारी उनले दिए । राज्यमन्त्री श्रेष्ठले बालबालिकाका लागि एक करोड खोप सुनिश्चित गरिएको समेत बताए ।

    ‘हामीले एक करोड ७७ लाख डोज खोप ल्याइसकेका छौँ । दसैँसम्म ३३ प्रतिशत जनतालाई खोप लगाइसक्ने जानकारी पनि गराउन चाहन्छु। हाल आएर एक दिनमा तीन लाख जनतालाई खोप लगाएका छौँ। फ्रन्टलाइनरहरूलाई खोपमा उच्च प्राथमिकता दिइएको छ। १४ वटा हिमाली जिल्लाहरूमा १८ वर्षभन्दा माथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने अभियानलाई सुरु गरिएको छ। बालबालिकाहरूका लागि पनि एक करोड खोपको सुनिश्चित गरिएको छ,’ उनले भने।

    मुटुरोग, क्यान्सरजस्ता दीर्घ रोगहरूको उपचार निःशुल्क रूपमा गर्ने गरी सरकारी अस्पतालहरूको सुधार गर्न सरकार लागिपरेको राज्यमन्त्री श्रेष्ठले बताए । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले मुटुरोगबाट बच्न धुम्रपान तथा प्रदूषणबाट बच्ने र नियमित शारीरिक व्यायाम गर्न नागरिकलाई आग्रह गरे । मुटुरोगको भयावह अवस्था देखिएको उल्लेख गर्दै उनले उपचारका लागि सहज हुने व्यवस्था गर्न सरकारलाई पनि सुझाब दिए।

    कार्यक्रममा ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले मुटुरोग लाग्न नदिने गरी व्यायाम गर्न आफूले ललितपुर महानगरपालिकाभित्र साढे ३२ किलोमिटर साइकल ट्रयाक बनाएको जानकारी गराए ।

  • चीनमा डाक्टर पढेका विद्यार्थीलाई नेपालमै इन्टर्नसिप गराउन सरकारले आवेदन माग्यो

    चीनमा डाक्टर पढेका विद्यार्थीलाई नेपालमै इन्टर्नसिप गराउन सरकारले आवेदन माग्यो

    काठमाडौं । शिक्षा मन्त्रालयले चीन तथा विदेशमा चिकित्सा शिक्षा अध्ययनरत सन् २०१५ ब्याचका विद्यार्थीलाई नेपालमा नै इन्टर्नसिप गराउनका लागि प्रक्रिया अगाडि बढाएको छ। कोभिड–१९ महामारीले इन्टर्नसिप गर्न नपाएका सन् २०१५ ब्याचका विद्यार्थीसँग सरकारले आवेदन मागेको हो ।

    मन्त्रालयले असोज २२ गतेसम्म आवेदन दिन भनेको छ। मन्त्रालयको वेबसाइटमा राखिएको सूचना लिंकमा गएर विद्यार्थीले आवेदन दिन सक्ने भएका छन् ।

    चीन तथा अन्य मुलुकमा अध्ययनरत नेपाली विद्यार्थीले महामारीले इन्टर्नसिप गर्न नपाएपछि नेपालमा नै गर्न पाउनुपर्ने माग गर्दै आन्दोलन गर्दै आइरहेका छन्। सरकारले सन् २०१४ ब्याचका लागि इन्टर्नसिप गराउने निर्णय गरेर आवश्यक प्रक्रिया समेत अगाडि बढाइसकेको छ।

    सन् २०१५ ब्याचमा कति विद्यार्थी छन् भन्ने यकिन तथ्यांक नभएपछि सरकारले आवेदन मागेको हा । सरकारद्वारा सुझाव पेश गर्न गठित कार्यदलले सन् २०१५ ब्याचमा भर्ना भइ सैद्धान्तिक अध्ययन पुरा गरी इन्टर्नसिप पुरा गर्न नपाएका मेडिकल विद्यार्थीलाई नेपालमै इन्टर्नसिप अनुमति प्रदान गर्न सुझाव दिने निर्णय गरेको थियो।

    इन्टर्नसिप लगायतका कोर्ष बाँकी रहेका विद्यार्थीहरुलाई स्वास्थ्य मन्त्रालयको समन्वयमा मन्त्रालय अन्तर्गतका अस्पतालमा प्रयोगात्मक अभ्यास गर्न अनुमति प्रदान गर्न पत्राचार गर्ने निर्णय पनि भएको छ । मुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वको बैठकले भदौ २३ गते प्राडा दिलिप शर्माको संयोजकत्वमा कार्यदल गठन गरेको थियो।

  • आज विश्व मुटु दिवस : मुटु रोगबाट बच्न सरकारका ६ सल्लाह

    आज विश्व मुटु दिवस : मुटु रोगबाट बच्न सरकारका ६ सल्लाह

    काठमाडौं । आज विश्व मुटु दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । स्वास्थ्य मन्त्रालयले मुटुरोगबाट बच्न स्वस्थ जीवनशैली अपनाउन नागरिकलाई आग्रह गरेको छ ।

    ‘स्वस्थ जीवनशैली नै हो, स्वस्थ मुटुको आहार’ भन्ने नाराका साथ आज मुटु दिवस मनाउन लागिएको हो ।

    स्वास्थ्य मन्त्रालयले आज सूचना जारी गर्दै मुटुलाई स्वस्थ राख्न विभिन्न सल्लाह दिएको छ । स्वस्थ खानेकुरा खान, शारीरिक व्यायाम गर्न, शरिरको तौललाई नियन्त्रणमा राख्न, धुमपान र मद्यपान छाड्न, कोलस्ट्रोल र रक्तचापलाई नियन्त्रणमा राख्न र मानसिक तनाव व्यवस्थापन गर्न मन्त्रालयको आग्रह छ ।

    पछिल्लो समय निष्क्रिय जीवन र मानसिक तनावको कारण मुटुरोग देशभरका सबै उमेर, वर्ग र क्षेत्रका मानिसलाई लागेको भन्दै मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ ।

  • सडक पुगेसँगै गाउँ पस्यो मुटुरोग

    सडक पुगेसँगै गाउँ पस्यो मुटुरोग

    चितवन । सहरियामा बढी देखिने गरेको मुटुरोग सहरीकरणसँगै गाउँमा भित्रिएको छ । यातायात सञ्जालनसँगै तयारी खानेकुरा गाउँ पुगेपछि यो समस्या भित्रिएको हो । स्थानीय उत्पादन घट्दै जानु र गाउँमा पनि तयारी खानेकुरा खाने प्रचलन बढ्दै गएपछि मुटुरोगको समस्या गाउँगाउँमा देखिन थालेको विज्ञहरूले बताएका छन् ।

    मुटुरोग विशेषज्ञ डा .प्रकाशराज रेग्मी यातयात सञ्जाल पुगेका ठाउँमा तयारी खानेकुरा, धुमपान, मध्यपानजस्ता चिजले जीवनशैली बिगारेको बताउँछन् । उनले भने, ‘चाउचाउ, कोकोकोला, दालमोठजस्ता तयारी खानाले पहाडी क्षेत्रमा पनि जीवनशैली बिगारेको छ, जसले मुटुरोग निम्त्याइरहेको छ ।’ सहरियाहरूले स्वास्थ्यप्रति ध्यान दिन थालेकाले सहरमा समय–समयमा परीक्षण गर्ने प्रचलन बढेको छ । गाउँमा यसप्रति कसैको ध्यान छैन ।

    स्थानीय तहमा उत्पादन भएका न्यून गुणस्तरका मदिरा सेवन गर्ने, तयारी खाना खाने, व्यायाम नगर्ने, धुमपान र सुर्तीजन्य पदार्थको सेवनले गर्दा ग्रामीण क्षेत्रका युवामा मुटुरोगको समस्या बढ्दै गएको नेपाल हर्ट फाउण्डेशनका पूर्वअध्यक्षसमेत रहेका रेग्मीको भनाइ छ । सहरमा नियमित स्वास्थ्य परीक्षणसँगै व्यायाम गर्ने क्रम बढेको उनले बताए । मुटुरोगको खासै लक्षण नहुने हुँदा नियमित स्वास्थ्य परीक्षण आवश्यक हुने उनको भनाइ छ ।

    ‘पहिले–पहिले पहाडका मानिस लामो बाटो हिँड्नुपर्ने, कडा मेहेनत गर्नुपर्ने भए पनि आजभोलि गाउँगाउँमा ट्र्याक्टर, मोटरसाइकल, गाडीको सुविधा हुँदा शारीरिक परिश्रम घटेको छ’, उनले भने, ‘युवा वर्ग काम गर्दैनन्, विषादी भएका तरकारी फलफूल प्रयोग गर्छन् ।’ ग्रामीण क्षेत्रमा समस्या आइसकेपछि मात्रै उपचारको खोजी गरिँदा त्यतिञ्जेल ढिलो भइसकेको हुने उनी बताउँछन् ।

    मुटुरोग विशेषज्ञ डा ओममूर्तिलेअनिल ग्रामीण क्षेत्रबाट पनि बिरामी आउने गरेको बताए । अन्य कारणसँगै आवेगमा आउने कारणले मुटुको समस्या देखिने गरेको उनको भनाइ छ । उनले भने, ‘कुनै पनि जोखिम नदेखिएका व्यक्तिमा पनि रिसका कारण हृदयघात भएर मृत्यु हुने गरेको छ’, उनले भने, ‘रिसाहा व्यक्तिलाई मुटुको धड्कन, रक्तसञ्चार र क्लटिङ टेन्डेन्सीमा असर गर्छ ।’ रिसाहा व्यक्तिलाई धेरै समस्या अउने जनाउँदै उनले यसलाई नियन्त्रण गर्नुपर्ने बताए।

    सकारात्मक सोच राख्नु मुटुका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले भने, ‘नकारात्मक कुरा दिमागमा हाबी हुँदा हाम्रो शरीरमा त्यसले विभिन्न किसिमका हर्मोन उत्पादन गर्छ, त्यसले रक्तसञ्चार प्रणालीमा असर गर्दछ ।’ चितवन मुटु अस्पतालका मुटुरोग विशेषज्ञ डा शङ्कर लौडारी प्रत्येक वर्ष विश्वमा १७।९ मिलियन मानिसले मुटुका कारण ज्यान गुमाउने गरेको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क रहेको छ । विश्वमा नसर्ने रोगका कारण मृत्यु हुनेमध्ये ३२ प्रतिशत मुटुरोगका कारण मृत्यु हुने गर्दछ । मुटुरोगका कारण मृत्यु हुनेमा ८५ प्रतिशत हृदयघात हो । अन्य मुटुको बाथ, हट्फेलर पर्दछन् ।

    विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क उद्धृत गर्दै उनले भने, ‘मुटुरोगीमध्ये ७५ प्रतिशत गरिब र निम्न मध्यम आय भएका नागरिक पर्दछन् ।’ विश्वमा सबैभन्दा बढी प्रभावित हुने देशमा क्रमशः चीन, भारत, रसिया र अमेरिका पर्दछन् । सन् १९९० मा २५० मिलियनमा देखिएको यो समस्या सन् २०२१ सम्म आउँदा ५२३ मिलियनममा पुगेको छ ।

    नेपालमा नसर्ने रोगका बिरामीमध्ये २७ प्रतिशत मुटुका हुने गर्दछन् । लौडारीको भनाइमा मुटुरोगीमध्ये १२ प्रतिशतले रोगकै कारण रोजगारी गुमाउने गरेका छन् । नेपालमा एक लाख जनसङ्ख्यामा ५६९ पुरुष र ४७९ महिला प्रभावित भएको तथ्याङ्क रहेको छ। मुटुरोगका कारण पुरुष बढी प्रभावित हुने गरेका छन् । लौडारीका अनुसार मुटुरोगीमध्ये १६ प्रतिशतलाई हृदयघात, छदेखि १० प्रतिशतलाई मुटुको बाथरोग हुने गरेको छ । यस्तै चारदेखि १० प्रतिशत धड्कनसम्बन्धी र चारदेखि सात प्रतिशतलाई मुटुको जन्मजात रोग हुने गर्दछ ।

    मुटुरोगको प्रमुख कारणमा २५ देखि ४० प्रतिशतमा उच्च रक्तचाप, छदेखि १० प्रतिशतमा मधुमेह, २० प्रतिशतमा खराब एलडिएल कोलस्ट्रोल, २० देखि २५ प्रतिशत धुमपान, १५ देखि २० प्रतिशत मोटोपन रहेको छ । दक्षिण एशियामा मुटुरोगको समस्या धेरै भएका देशमा नेपाल तेस्रो हो ।

    खानपान र जीवनशैलीमा परिवर्तन गर्न सके धेरैजसो मुटुरोगबाट बच्न सकिने चिकित्सकहरु बताउँछन् । । शरीरको तौल नियन्त्रण गर्ने, नियमित व्यायाम गर्ने, तारेको भुटेको खानेकुरा सकेसम्म नखाने, कार्बोहाइड्रेट बढी हुने भात, आलु गुलियो पदार्थ कम खान सुझाव दिन्छन् । यसैगरी मधुमेह र कोलस्ट्रोललाई नियन्त्रण गर्नुपर्ने उल्लेख गर्दै उनले भने, ‘चिल्लो र बोसोजन्य खाना अनि मासु कम खानुपर्छ ।’उनले समयमै सुत्न, विषादिरहित फलफूल र तरकारी खान तथा धुमपान र मध्यपान नगर्न सुझाव दिए । अस्पतालमा पछिल्ला वर्षमा ग्रामीण क्षेत्रबाट मुटुका बिरामी आउन थालेको उनको भनाइ छ ।

    विज्ञका अनुसार छातीको बीचको भाग दुख्नु, दम बढ्नु, खुट्टा सुनिनु, घाँटीको रक्तनली फुल्नु, ओठ, जिब्रो र औँलाका टुप्पा निलो हुनु, औँलाका टुप्पा बाक्ला, चाक्ला हुनु, टाउको दुख्ने समस्या देखिएमा मुटुरोग लक्षण हुन् सक्छन् । यस्तै मुटुको धड्कन रोकिने वा छिटो चल्ने, कफमा रगत देखापर्ने, जोर्नी दुख्ने, सुन्निने र ज्वरो आउने हुने गर्दछ । हातखुट्टा ओठ आदि झट्का दिँदै अनियन्त्रितरूपमा चल्नु र छातीमा हात राख्दा धर्केको महसुस हुने भएमा मुटुरोग लागेको हुनसक्ने विज्ञहरूको भनाइ छ । रासस

  • लोमस र क्यूमेडको औषधि गुणस्तरहिन पाइएपछि विक्री वितरण रोक्न विभागको निर्देशन

    लोमस र क्यूमेडको औषधि गुणस्तरहिन पाइएपछि विक्री वितरण रोक्न विभागको निर्देशन

    काठमाडौं । दुई औषधि उत्पादक कम्पनीका औषधि न्यून गुणस्तर पाइएपछि विक्री वितरणमा रोक लगाउन औषधि व्यवस्था विभागले निर्देशन दिएको छ । विभागले बजार अनुगमनका क्रममा संकलन गरेको नमुना परीक्षण गर्दा क्यूमेड फर्मुलेसन प्राली र लोमस फर्मास्युटिकल्स प्रालीले उत्पादन गरेका औषधि न्यून गुणस्रको पाइएको जनाएको हो ।

    क्यूमेडको लेभोसेफ (५०० ९लोभोफ्लोक्सासिन ५०० एमजी ट्याबलेट्स) नामको औषधि र लोमसको जेफिक्स (१०० ९सेफिक्सिम १०० एमजी डिस्प्रेसिवल ट्याब्लेट्स) नामका औषधि न्यून गुणस्तरको फेला पारेको हो। क्यूमेडको लेभोसेफ (५०० औषधिको ब्याच नम्बर एलभिटी ११०१७ र लोमसको जेफिक्स) १०० को ब्याच नम्बर जेडएक्स २२० मा समस्या देखिएको हो।

    विभागले यी दुई औषधिलाई बजारमा विक्री वितरणका लागि रोक लगाउन कम्पनीहरुलाई निर्देशन दिएको छ । यी दुबै औषधि एन्टिबायोटिक्स हुन्।

  • मंगलबार ११ सय कोभिड संक्रमित थपिए, १२ जनाको मृत्यु

    मंगलबार ११ सय कोभिड संक्रमित थपिए, १२ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मंगलबार देशभर ११ सय ५८ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । १४ हजार ००३ वटा नमुना परीक्षण गर्दा (पीसीआर ११,६७२ तथा एन्टीजेन २,३३१) ती संक्रमित थपिएका हुन् ।

    सोही अवधिमा १,३१८ जना निको भएका छन् भने थप १२ जनाको मृत्यु भएको छ । गत २४ घण्टामा २ लाख ८ हजार ९० जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

    मन्त्रालयका अनुसार हालसम्म मुलुकमा १८ हजार ४२२ जना सक्रिय संक्रमित छन् ।

    नेपालमा कूल ७ लाख भन्दा बढी कोरोनाभाइरस संक्रमित छन् भने ११ हजार ११५ जनाले ज्यान गुमाएका छन् ।

    अहिलेसम्म आईसीयूमा ३६४ जना, भेन्टिलेटरमा १२० जना, होम आइसोलेशनमा १७,१२५ जना, संस्थागत आइसोलेशनमा १२९७ र क्वारेन्टाइनमा ३२८ जना रहेको तथ्यांकमा उल्लेख छ ।

    मन्त्रालयको अनुसार नेपालमा कोरोनाभाइरसको दैनिक संक्रमणदर ८.२ प्रतिशत छ भने मृत्युदर १.४ प्रतिशत छ । मुलुकमा निको हुनेको दर ९६.३ प्रतिशत छ ।

  • कात्तिक ७ र ८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने

    कात्तिक ७ र ८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने

    काठमाडौं । बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि कात्तिक ७ र ८ गते खुवाइने भएको छ । यसअघि कात्तिक २ र ३ गते खुवाइने पूर्वनिर्धारित योजना थियो तर, दशैंको कारण मिति परिवर्तन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    सो दिन भिटामिन ‘ए’ र जुकाको औषधिसँगै बालभिटा पनि दिइनेछ । सरकारले ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि र ६ देखि २३ महिनाका बालबालिकाहरुलाई बालभिटा वितरण गर्दै आएको छ।

  • जन्डिस बढेपछि वर्षमानलाई भोलि बिहानै बैंकक लैजाने तयारी

    जन्डिस बढेपछि वर्षमानलाई भोलि बिहानै बैंकक लैजाने तयारी

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि थाइल्याण्डको बैंकक लैजाने तयारी भएको छ ।

    पुनलाई भोलि बिहान ६ बजे बैंकक लैजाने तयारी भएको उनका स्वकीय सचिव सन्तोष पुनले नेपाल प्रेसलाई जानकारी दिए । उनको स्वास्थ्यमा समस्या देखिएपछि दुई दिनअघि अस्पताल भर्ना गरिएको छ ।

    केही चेकजाँचपछि उनको शरीरमा जण्डिसको मात्रा देखिएको थियो । घरमा आराम गर्दा र औषधी खाँदा पनि त्यसमा केही सुधार नआएपछि चिकित्सकले उपचारका लागि बैंकक लैजान सुझाव दिएको पुनले जानकारी दिए।

    वर्षमान यसअघि पनि बिरामी भएका थिए । शुरूमा भाइरल ज्वरो आएर भाइरल निमोनिया भएपछि उनलाई थाइल्याण्ड लगेर उपचार गरिएको थियो । त्यहाँ करिब महिना दिन बसेर उपचार गरेर उनी स्वदेश फर्किएका थिए ।

    उनले विगत पाँच वर्षदेखि बैंककमै उपचार गराइरहेका छन् ।

  • रेडक्रसद्वारा स्वास्थ्य मन्त्रालयलाई १ लाख डोज भेरोसेल खोप प्रदान

    रेडक्रसद्वारा स्वास्थ्य मन्त्रालयलाई १ लाख डोज भेरोसेल खोप प्रदान

    काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले स्वास्थ्य मन्त्रालयलाई आज एक लाख डोज भेरोसेल खोप प्रदान गरेको छ । स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा रेडक्रसका पदाधिकारीले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले खोप हस्तान्तरण गरे ।

    यसै साता चीनले नेपाल रेडक्रस सोसाइटीलाई उपहार स्वरुप एक लाख डोज खोप उपहारस्वरुप प्रदान गरेको थियो ।

  • नेपालमा पहिलोपटक कोभिड-१९ को जिन सिक्वेन्सिङ परीक्षण सुरु

    नेपालमा पहिलोपटक कोभिड-१९ को जिन सिक्वेन्सिङ परीक्षण सुरु

    काठमाडौं । नेपालमा पहिलोपटक कोरोनाभाइरस परीक्षणको जीन सिक्वेन्सिङ सुरु भएको छ । स्वास्थ्य मन्त्रालयले विज्ञप्ती जारी गर्दै सरकारी प्रयोगशालाहरुमा जीन सिक्वेन्सिङ सुरुवात भएको जानकारी दिएको छ ।

    मन्त्रालयका अनुसार त्रिभुवन विश्वविद्यालयको जैविक प्रविधि केन्द्रीय विभाग र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला जिन सिक्वेन्सिङ सुरु गरिएको हो । जैविक प्रविधि विभागमा १६ वटा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २६ वटा नयाँ नमूनाहरु गरी जम्मा ४२ वटा नमूनाहरु सिक्वेन्सिङ गरिएको थियो ।

    जसमध्ये भाद्र र असोजमा संकलन भएको मध्ये ४१ वटा नमूनाहरु सबैमा डेल्टा भेरियन्ट देखिएको मन्त्रालयले जनाएको छ । गत वैशाखमा ‘एस’ जीन नेगेटीभ भएको नमूनामा अल्फा भेरिएन्ट देखिएको छ।

    डब्लुएचओ नेपाल कार्यालय र वासिङ्टन विश्वविद्यालयले प्रयोगशालालाई प्राविधिक सहयोग गरेका छन् ।

  • सरकारको लक्ष्यअनुसार नै कोरोनाको खोप पुग्दै, नेपाल सार्कमा चौथो

    सरकारको लक्ष्यअनुसार नै कोरोनाको खोप पुग्दै, नेपाल सार्कमा चौथो

    काठमाडौँ । सरकारले अघि सारेको लक्ष्यअनुसार नै कोरोनाभाइरस विरुद्धको खोप लक्षित वर्गमा पुग्ने देखिएको छ । सरकारले असोज मसान्तसम्म लक्षित वर्गको एक तिहाइ जनसंख्यालाई खोप लगाउने लक्ष्य राखेको थियो । सोही अनुसार अहिलेसम्म ३० प्रतिशतलाई पहिलो मात्रा र २८ प्रतिशतलाई पूर्णमात्राको खोप लगाइसकिएको छ ।

    खोप शाखा प्रमुख सागर दाहालले लक्ष्यअनुसार असोज मसान्तसम्म लक्षित वर्गलाई खोप लगाइसक्ने जानकारी दिए । ‘हामीले असोज मसान्तसम्म लक्षित वर्गको ३३ प्रतिशत जनसंख्यालाई खोप लगाउने भनेका थियौँ’, उनले भने, ‘सोहीअनुसार हामीले दैनिक खोप अभियान सञ्चालन गरिरहेका छौं असोज मसान्तसम्म ३३ प्रतिशतलाई खोप पुर्‍याउँछौँ ।’

    प्रधानमन्त्री शेरबहादुर देउवाले असार २९ मा आफू नियुक्त भए लगत्तै कोरोनाभाइरसविरुद्धको खोपलाई सरकारले पहिलो प्राथमिकतामा राख्ने र आसोज मसान्तसम्ममा ३३ प्रतिशतमा खोप पुर्‍याइने घोषणा गरेका थिए । सोही अनुरुप सरकारले अनुदान प्राप्त हुने देशबाट अनुदान तथा चीन र भारतबाट खरिद गरेर पनि खोप ल्याउने नीति लिएको हो ।

    सरकारले १८ वर्षभन्दामाथिका ७१.६ प्रतिशत अर्थात् कूल दुई करोड १७ लाख ५६ हजार ७६३ जनालाई खोप लगाउने लक्ष्य राखेको छ । सरकारले आगामी असोजसम्म लक्षित वर्गको ३३ प्रतिशत, पुस मसान्तसम्म दुई तिहाइ र चैत मसान्तसम्म लक्षित सबैलाई खोप लगाउनसक्ने जनाएको छ । पहिलो चरणको अर्थात् असोज मसान्तसम्मको लक्ष्य पूरा हुन लागेकाले खोपको आगामी अरु लक्ष्य पनि पूरा हुने देखिएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कम्तीमा ६० प्रतिशत जनसंख्यालाई खोप लगाएमा रोगको नियन्त्रण गर्न सकिने जनाइएको छ । खोप अभियानकै क्रममा मन्त्रालयले अहिले पनि भेरोसेलको पहिलो मात्रा खोप अभियान सञ्चालन भइरहेको छ । अहिले दैनिक एक लाखभन्दा बढी जनाले खोप लगाइरहेका छन् ।

    अहिलेसम्म पूर्वरुकुम, मनाङ र मुस्ताङका सबै लक्षित समुदायले पूर्णमात्राको खोप लगाइसकेका छन् । उनका अनुसार कूल जनसंख्याको २२ प्रतिशतले पहिलो र २० प्रतिशतले पूर्णमात्राको खोप लगाइसकेका छन् । अहिले ६६ लाख नौ हजार २३३ ले पहिलो र ६० लाख ३६ हजार ४०१ जनाले पूर्ण मात्रा गरी कूल एक करोड २६ लाख ४५ हजार ६३४ जनाले खोप लगाइसकेका छन् ।

    खोप अभियानअन्तर्गत सबैले खोप लगाउन थालेपछि संक्रमण पनि घट्दै गइरहेको छ । आइतबार १३ हजार ७३६ जनामा कोभिड–१९ परीक्षण गर्दा ८३४ जनामा संक्रमण देखिएको छ । अहिले परीक्षण गरिएकामध्ये करिब १२ देखि १५ प्रतिशतमा संक्रमण देखिएको छ ।

    अहिलेसम्म नेपालमा संक्रमणदर १९ प्रतिशत छ । नेपालमा पहिलो पटक संक्रमण देखिएको एक वर्षपछि नेपालमा खोप लगाइएको थियो । नेपालमा पहिलो पटक २०७६ माघ ९ गते संक्रमण देखिएको थियो । सरकारले गत माघ १४ गतेदेखि खोप लगाउन सुरु गरेयता सात महिनामा यही भदौ १६ गते नै एक करोड ९२ हजार १६४ सर्वसाधारणले खोप लगाएका थिए ।

    कुन जिल्लामा कतिले खोप लगाए

    सबभन्दा बढी काठमाडौँ उपत्यकामा जनसंख्यालाई खोप लगाइएको छ । काठमाडौँ जिल्लामा पहिलो ५० प्रतिशत र दोस्रो ४९ प्रतिशत जनसंख्यालाई, ललितपुरमा पहिलो ५० प्रतिशत जनसंख्या र ४५ प्रतिशत पूर्ण मात्राको खोप लगाइसकेको छ ।

    यस्तै भक्तपुरमा ४१ प्रतिशतलाई पहिलो मात्रा खोप र ४६ प्रतिशतलाई पूर्ण मात्राको खोप लगाइसकेको छ । उपत्यकापछि सबभन्दा बढी रसुवामा खोप लगाइएको छ । रसुवामा पहिलो मात्रा ५६ प्रतिशत र पूर्णमात्रा ४७ प्रतिशतलाई लगाइएको छ । यस्तै काभ्रेमा ३७ प्रतिशत पहिलो र ३१ प्रतिशत पूर्ण मात्रा, रामेछाप २६ प्रतिशत पहिलो र ३६ प्रतिशत पूर्ण मात्राको खोप लगाइएको छ ।

    यस्तै कास्कीमा पहिलो मात्रा २५ प्रतिशत जनसङ्ख्या र पूर्ण ३१ प्रतिशतलाई, लमजुङमा पहिलो ३० प्रतिशत र पूर्ण मात्रा २९ प्रतिशतलाई लगाइएको छ । स्याङ्जा पहिलो ३२ प्रतिशत र पूर्ण मात्रा २८ प्रतिशत, पर्वत पहिलो २३ प्रतिशत र पूर्ण मात्रा २५ प्रतिशतलाई खोप लगाइसकेको जनाइएको छ ।

    कुन प्रदेशमा कतिले खोप लगाए

    मन्त्रालयका अनुसार सबभन्दा बढी वाग्मती प्रदेशमा खोप लगाइएको छ । वाग्मती प्रदेशमा पहिलो ३६ प्रतिशत र पूर्ण मात्रा ३४ प्रतिशत जनसंख्यालाई खोप लगाइएको छ । गण्डकी प्रदेशमा पहिलो र पूर्ण मात्रा खोप २४/२४ प्रतिशत जनसंख्यालाई, लुम्बिनी प्रदेशमा पहिलो १९ प्रतिशत र पूर्ण मात्रा १७ प्रतिशत, सुदूरपश्चिम प्रदेशमा पहिलो १८ प्रतिशत र पूर्ण मात्रा १७ प्रतिशतलाई खोप लगाइसकेको छ ।

    यस्तै प्रदेश नं १ मा १८ प्रतिशतले पहिलो र १५ प्रतिशतले पूर्ण मात्रा र प्रदेश नं २ मा १५ प्रतिशतले पहिलो र १३ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मुलुकभरि विशेष क्षेत्र काम गर्ने सबैजसोलाई खोप लगाइसकेको जानकारी दिए ।

    ‘हामीले लक्ष्यअनुसार सबैलाई खोप लगाइसकेका छौँ’, उनले भने, ‘सबै नागरिकलाई खोप लिने लक्ष्यसहित खोप ल्याइरहेका छौँ ।’ सुरुमा ६५ वर्षभन्दा माथिका र स्वास्थ्यकर्मी, अस्पतालमा काम गर्ने सरसफाइकर्मी, कोभिड–१९ विरुद्धको रोकथाम र नियन्त्रणमा अग्रपङ्क्तिमा रहेका काम गर्ने व्यक्तिबाट सुरु गरिएको खोप अहिले ५० वर्षमाथिका प्रायः सबैलाई खोप दिइसकेको थियो ।

    मन्त्रालयले यही असोज ४ गतेदेखि १४ गतेसम्म ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुला जिल्लामा १८ वर्षभन्दा माथिका सबैलाई भेरोसेल खोपको पहिलो मात्रा लगाइँदै छ ।

    यस्तै काभ्रे र चितवनमा पनि १८ वर्षभन्दा माथि छुटेका विद्यार्थी र ३५ वर्षमाथिका सबैलाई र काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछाम जिल्लामा ४० वर्षमाथिका खोप लगाउन बाँकी र १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप लगाइँदै छ ।

    नेपालमा अहिले कोभिशिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन, एस्ट्राजेनिका खोप लगाइएको छ । सरकारले सर्वसाधारणलाई खोप लगाउनका लागि खरिद, अनुदान र कोभ्याक्स सुविधामार्फत ल्याइरहेको छ । सरकारले खोपको कमी हुन नदिन अनुदान लिएर तथा खरिद गरेर पनि खोपको मात्रा पुर्याउने बताइरहेको छ ।

    बालबालिकाका लागि चाँडै एक लाख मात्रा आउँदै

    सरकारले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना र फाइजर खोप लगाइने तयारी गरेको छ । बालबालिका लागि मोडर्ना ४० लाख र फाइजर ६० लाख मात्रा ल्याइने छ । मोडर्ना कोभ्याक्स सुविधाअन्तर्गत ल्याउनका लागि पैसा पनि बुझाइसकेको छ । खोप शाखा प्रमुख दाहालले एक लाख मात्रा फाइजर खोप चाँडै नै आउने बताए ।

    उनका अनुसार अहिलेसम्म एक करोड ७७ लाख मात्रा खोप आइसकेको छ । यसैगरी ५९ लाख मात्रा भेरोसेल खोपका लागि पैसा तिरिसकेको उनले बताए । कूल खोप लगाउने लक्षितमध्ये २० प्रतिशत कोभ्याक्स सुविधामार्फत ल्याउने सरकारले तयारी रहेको छ । कोभ्याक्सबाट निःशुल्करुपमा एक करोड १३ लाख मात्रा खोप प्राप्त गर्ने सरकारको योजना छ । सरकारले असोज मसान्तभित्र एक करोड पाँच लाख ४८ हजार मात्रा खोप र चैतसम्म तीन करोड २३ लाख मात्रा खोप ल्याइसक्ने जनाएको छ ।

    सार्कमा नेपाल चौथो

    कोरोनाभाइरसविरुद्धको खोप लगाउनेमा नेपाल सार्क मुलुकमा चौथो स्थानमा छ । सार्क देशहरुमा सबैभन्दा बढी भुटानले ६५.६ प्रतिशत नागरिकलाई खोप दिएको छ । त्यस्तै दोस्रोमा मालदिभ्सले ६१.४८, श्रीलंकाले ५२.६१ प्रतिशतलाई र नेपालले लक्षित बर्गको २८ प्रतिशत नागरिकलाई पूर्ण मात्रामा खोप लगाएको पनि डा. अधिकारीले बताए ।

  • सोमबार १२ सय कोभिड बिरामी थपिए, ७ जनाको मृत्यु

    सोमबार १२ सय कोभिड बिरामी थपिए, ७ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा सोमबार देशभर १२ सय ८२ जना कोभिड संक्रमित थपिएका छन् । १५ हजार ४८८ वटा नमुना परीक्षण गर्दा (पीसीआर १२,०८१ तथा एटीजेन ३,४०७) जनामा संक्रमण पुष्टि भएको हो ।

    सोही अवधिमा १,२६२ जना निको भएका छन् भने थप ७ जनाको मृत्यु भएको छ । गत २४ घण्टामा ३ लाख १२ हजार ८७४ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

    मन्त्रालयका अनुसार हालसम्म मुलुकमा १८ हजार ८४८ जना सक्रिय संक्रमित छन् ।

    नेपालमा कूल ७ लाख भन्दा बढी कोरोनाभाइरस संक्रमित छन् भने ११ हजार १०३ जनाले ज्यान गुमाएका छन् ।

    अहिलेसम्म आईसीयूमा ३८५ जना, भेन्टिलेटरमा १२५ जना, होम आइसोलेशनमा १७,५३५ जना, संस्थागत आइसोलेशनमा १३१३ र क्वारेन्टाइनमा २५६ जना रहेको तथ्यांकमा उल्लेख छ ।

    मन्त्रालयको अनुसार नेपालमा कोरोनाभाइरसको संक्रमणदर ८.२ प्रतिशत छ भने मृत्युदर १.४ प्रतिशत छ । मुलुकमा निको हुनेको दर ९६.२ प्रतिशत छ ।

  • डब्लुएचओले कोरोनाभाइरस उत्पत्तिबारे पुनः अनुसन्धान गर्ने

    डब्लुएचओले कोरोनाभाइरस उत्पत्तिबारे पुनः अनुसन्धान गर्ने

    जेनेभा । विश्व स्वास्थ्य संगठनले कोभिड-१९ को उत्पत्तिबारेको अनुसन्धानलाई पुनर्जीवित गर्ने प्रयास गरिरहेको छ। अमेरिकी सञ्चार माध्यमले जनाएअनुसार वालस्ट्रीट जर्नलको रेपोर्टमा उल्लेख भएअनुसार विश्व स्वास्थ्य सङ्गठनको एक निकायले २० जना वैज्ञानिकहरूको एउटा टोलीलाई यस बारे थप नयाँ प्रमाण खोज्नको लागि भेला गर्दैछ।

    विवरणअनुसार कोभिड-१९ को उत्पत्तिबारे चिनियाँ वैज्ञानिकहरूले दिएको प्रमाण अप्रयाप्त छ। रिपोर्टमा भनिएको छ : वैज्ञानिकहरूको नयाँ समूह जसमा प्रयोगशाला सुरक्षा, जैविक सुरक्षा विशेषज्ञहरू र आनुवंशिक विशेषज्ञहरू समेत सम्मिलित छन् उनीहरूले कोरोनाभाइरस प्रयोगशालाबाट बाहिरएको हो वा होइन भन्ने विषयमा गम्भीर अध्ययन-अनुसन्धान गर्नेछन् । उक्त अध्ययनले यस किसिमका भाइरस सङ्क्रमणको भविष्यमा हुन सक्ने जोखिमलाई समेत केन्द्रमा राखेर प्रतिवेदन तयार पार्नेछ।

    स्वास्थ्य सङ्गठनले यस नयाँ पहलले अनुसन्धानलाई छिटो गर्न र जोखिम कम गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गरेको छ। यसअघि अगस्टमा अमेरिकाले कोभिड भाइरसको उत्पत्ति बारे एउटा रिपोर्ट जारी गरेको थियो उक्त रिपोर्टलाई बेइजिङले पूर्णरूपमा राजनीतिक भएको र कुनै वैज्ञानिकता र विश्वसनीयता नभएको भन्दै अस्विकार गरेको थियो ।

    त्यसबारे चिनियाँ उपविदेश मन्त्री मा झाओक्सुले कडा शब्दमा आपत्ति जनाउँदै अमेरिकाले भाइरस ट्रेसिङका नाममा अन्तर्राष्ट्रिय सहयोगमा विषाक्तता नथप्न र महामारीको विरूद्धको लडाइमा वैज्ञानिक ढङ्गले अनुसन्धान गर्दै सही बाटो समात्न आग्रह गरेका थिए।

    यसैगरी उक्त रिपोर्टको सारांश मा भनिएको छ(अमेरिकी खुफिया समुदाय (आईसी)का अनुसार नोभेल कोरोनाभाइरसको उत्पत्ति अतिरिक्त जानकारी बिना कहिल्यै पहिचान गर्न सकिदैन ।रिपोर्टका अनुसार अमेरिकी गुप्तचर समुदाय अझै पनि यस भाइरसको उत्पत्ति प्रयोगशालाबाट भएको हो वा जनावरबाट मानिसमा प्रवेश गरेको हो भन्ने बारे विभाजित नै छ।

    डब्लुएचओ नेतृत्वको वैज्ञानिकहरूको एक टोली जसले २०२१ को शुरुमा चीनको यात्रा गरी भाइरसको उत्पत्तिको बारे अनुसन्धान गर्ने प्रयत्न गरेको थियो यद्यपि यसले त्यसबारे स्पष्ट र यथेष्ट प्रमाण र तस्वीरहरू सङ्कलन गर्न भने निकै सङ्घर्ष गरेको थियो।

  • नेपालमा गुलाव चक्रवातको असर आजदेखि, हल्कादेखि मध्यम खालको वर्षा हुने

    नेपालमा गुलाव चक्रवातको असर आजदेखि, हल्कादेखि मध्यम खालको वर्षा हुने

    काठमाडौँ । हिन्द महासागरबाट शुरु भएको चक्रवात गुलाबको प्रभाव आज सोमबारदेखि नेपालमा पर्ने भएको छ । यस वर्षको मनसुन सकिन अब केही दिन बाँकी रहेका बेला नेपालमा गुलाब चक्रवात आउन लागेको हो ।

    गुलाबको प्रभावले नेपालमा त्यस्तो ठूलो असर गर्ने भने नदेखिएको जल तथा मौसमविज्ञान विभागकी वरिष्ठ मौसमविद् प्रतिमा श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार आजदेखि मौसममा केही गडबडी हुनसक्छ । “पानी पर्नेछ तर त्यस्तो नोक्सानी गर्नेखालको वर्षा भने देखिदैन,” मौसमविद् श्रेष्ठले भनिन् । धेरैजसो चक्रवातजस्तो यसले ठूलो वर्षा गराउन नसक्ने उनले बताइन् ।

    उनले भनिन्, “आजदेखि नै पर्नेजस्तो देखिएको छ, यो दुई तीन–दिनमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ तर सतर्कता अपनाउन भने जरुरी छ ।” यो वर्षाको अन्तिमतिर भएकाले ठूलो पानी पर्न सक्ने भन्दै उनले दुई–तीन दिनसम्म सतर्कता अपनाउन अनुरोध गरिन् । नेपालको ठूला नदीमा बहाब बढेकाले सतर्कता अपनाउन भने जरुरी रहेको उनले बताइन् ।

    अहिले नेपालमा भारतको मध्यप्रदेश तथा उत्तरप्रदेश आसपास अवस्थित न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ । मनसुनी न्यूनचापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर रहेको मौसमविज्ञान विभागले जनाएको छ ।

    यता, बाढी पूर्वानुमान महाशाखाका मौसमविद् मौसम भण्डारीका अनुसार चक्रवातको कारण नेपालमा अझै पानी पर्ने सम्भावना छ । “यो तीन–चार दिन नेपालमा रहनेछ ।” तर आजदेखि मौसममा आउन सक्ने परिवर्तनलाई ख्याल गरी सतर्कता अपनाउन भने अनुरोध गरिएको उनले बताइन् । उनले भनिन्,“ ठूलो पानी नपरे पनि यो समयमा क्षति हुनसक्छ ।” यसलाई ध्यान दिई सतर्कता अपनाउन आग्रह गरिएको उनको भनाई छ ।

    हाल नेपालमा सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले उक्त स्थानहरुका पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सामान्य सतर्कता अपनाउन मौसम विभागले अनुरोध गरेको छ ।

  • आजदेखि काठमाडौंमा अस्ट्राजेनेका र भेरोसेल खोपको पहिलो डोज लगाउन सुरु, कुन खोप कुन केन्द्रमा लगाउने ?

    आजदेखि काठमाडौंमा अस्ट्राजेनेका र भेरोसेल खोपको पहिलो डोज लगाउन सुरु, कुन खोप कुन केन्द्रमा लगाउने ?

    काठमाडौँ, ११ असोज । काठमाडौँ महानगरपालिकामा आजदेखि कोभिड-१९ विरुद्धको खोप अस्स्ट्राजेनेका को पहिलो डोज लगाउन सुरु गरिएको छ । खोप लगाउन बाँकी १८ बर्ष माथिका सबैलाई आजबाट अस्ट्राजेनेका खोपको पहिलो मात्रा दिन लागिएको हो ।

    काठमाडौँ महानगरपालिका भित्रका ३२ वटै वडाका खोप केन्द्रसँगै नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, निजामती कर्मचारी अस्पताल बानेश्वर, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली र वीरेन्द्र अस्पताल छाउनीमा गएर समेत खोप लगाउन सकिने भएको छ । विहान १० देखि अपरान्ह ४ बजेसम्म चल्नेछ । खोप लिनका लागि विद्युतीय दर्ता र परिचयपत्र लिएर जानुपर्ने छ ।

    काठमाडौंमा आजदेखि भेरोसेलको पहिलो मात्रा खोप दिइँदै

    यसैबीच, काठमाडौं जिल्लामा आजदेखि तीन दिनसम्म कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाइँदै छ।

    काठमाडौं महानगरपालिका, कीर्तिपुर नगरपालिका, चन्द्रागिरी नगरपालिका, नार्गाजुन नगरपालिका, तार्केश्वर नगरपालिका, दक्षिणकाली नगरपालिका, बुढानिलकण्ठ नगरपालिका, टोका नगरपालिका, गोकर्णेश्वर नगरपालिका, शंखरापुर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकामा तोकिएका खोप केन्द्रमा खोप सकिने भएको छ ।

    त्यसबाहेक काठमाडौं महानगरभित्र नेपाल प्रहरी अस्पताल महाराजगन्ज, सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, वीर अस्पताल, शिक्षण अस्पताल महाराजगन्ज, निजामति अस्पताल बानेश्वर, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली र वीरेन्द्र सैनिक अस्पताल छाउनीमा समेत खोप लगाउने व्यवस्था गरिएको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिए।

     

  • आइतबार काठमाडौंमा २७९ जनामा कोरोना संक्रमण पुष्टि

    आइतबार काठमाडौंमा २७९ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा आइतबार काठमाडौं उपत्यकामा २७९ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २३२, ललितपुरमा २३ र भक्तपुरमा २४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

    हालसम्ममा उपत्यकाका तीन जिल्लामा ४,५५८ जना संक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौंमा २,५५४, भक्तपुरमा ८१९ र ललितपुरमा १,१८५ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    हालसम्म नेपालमा ९ वटा जिल्लामा ५०० भन्दा बढी संक्रमित छन् भने २० वटा जिल्लामा २०० भन्दा बढी संक्रमित रहेको तथ्यांकमा उल्लेख छ ।

    काठमाडौं उपत्यकामा मात्र ३,२२९ जनाले कोरोनाबाट ज्यान गुमासकेका छन् ।

  • आइतबार ८ सय कोभिड बिरामी थपिए, ९ जनाको मृत्यु

    आइतबार ८ सय कोभिड बिरामी थपिए, ९ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा आइतबार देशभर ८३४ जना कोभिड संक्रमित थपिएका छन् । १३ हजार ७३६ वटा नमुना परीक्षण गर्दा (पीसीआर ८,५८९ तथा एटीजेन ५,१४७) जनामा संक्रमण पुष्टि भएको हो ।

    सोही अवधिमा १२७९ जना निको भएका छन् भने थप ९ जनाको मृत्यु भएको छ । गत २४ घण्टामा १ लाख २३ सय १ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

    मन्त्रालयका अनुसार हालसम्म मुलुकमा १९ हजार १४२ जना सक्रिय संक्रमित छन् ।

    नेपालमा कूल ७ लाख भन्दा बढी कोरोनाभाइरस संक्रमित छन् भने ११ हजार ९६ जनाले ज्यान गुमाएका छन् ।

    अहिलेसम्म आईसीयूमा ३६८ जना, भेन्टिलेटरमा १२० जना, होम आइसोलेशनमा १७,८१३ जना, संस्थागत आइसोलेशनमा १,३२९ र क्वारेन्टाइनमा २३० जना रहेको तथ्यांकमा उल्लेख छ ।

    मन्त्रालयको अनुसार नेपालमा कोरोनाभाइरसको संक्रमणदर ६ प्रतिशत छ भने मृत्युदर १.४ प्रतिशत छ । मुलुकमा निको हुनेको दर ९६.२ प्रतिशत छ ।

  • सरकारी अस्पतालको हालत लाजमर्दो भो, सुधार्नैपर्छ : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ (भिडिओ)

    सरकारी अस्पतालको हालत लाजमर्दो भो, सुधार्नैपर्छ : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ (भिडिओ)

    चितवन । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले मेडिकल कलेजहरू खोल्ने बताएका छन् ।

    वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २२ औं वार्षिकोत्सव तथा १७ औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवसको उद्घाटन गर्दै उनले भने, ‘यो आउने वर्षमा दुई/चार वटा भए पनि मेडिकल कलेजहरू खोल्नुपर्छ ।’

    प्राइभेटलाई मात्रै दिन छाडेर सरकारी संस्थाहरूमा समेत नर्सिङका कोर्सहरू पढाउन सुरू गरिने श्रेष्ठले बताए । ‘अब धेरै ठाउँमा सरकार आफैँले खोल्नुपर्छ । मेडिकल कलेज १९ वटा हुने ?’, उनले भने, ‘सरकारको एउटा दुईटामात्रै हुने त्यो सम्भव छ ? ४-५ सय बेडको अस्पतालमा बेसिक साइन्सको कोर्सहरू चलाइने छ ।’

    उनले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा समेत शैक्षिक कार्यक्रम चलाउन सुझाए । ‘यति ठूलो संरचना छ, फुल युज हुनुपर्‍यो । भरतपुरमै रिसर्च सेण्टर बनाउने गरी क्याविनेटमै निर्णय गर्ने प्रक्रियामा छौँ’, मन्त्री श्रेष्ठले भने ।

    उनले सरकारी अस्पताल तथा स्वास्थ्य क्षेत्रमा सुधारका लागि सरकारले ११ वटा कमिटी बनाएर अध्ययन गरिरहेको जानकारी दिए । म बाँच्छु भन्ने विश्वास जगाउँदै सरकारी अस्पतालमा उपचार गर्न आउने वातावरण बनाइने बताए । अहिले सरकारी अस्पतालको अवस्था लाजमर्दो रहेको आफूले भेटेको सुनाए ।

    ‘रेडियसन गर्न ३-४ महिना कुर्नुपर्ने, ट्रान्सप्लान्ट गर्न २ वर्ष कुर्नुपर्ने, डायलाइसिस गर्नुपरे कहिँ ठाउँ नपाउने अवस्था छ । यो सुधार्नैपर्छ ।’