काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६६६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार २० वटा नमूना ९पीसीआर ९ हजार ७७१ र एन्टीजेन २ हजार २४९० परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।
सोही अवधिमा ६२२ जना संक्रमणमुक्त भएका छन् भने ११ जनाको मृत्यु भएको छ। गत २४ घण्टामा ७३ हजार ४२७ जनाले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् ।
दैनिक कोरोनाभाइरस संक्रमणदर ५.५ प्रतिशत रहेको मन्त्रालयदले जनाएको छ । निको हुनेको दर ९७.३ प्रतिशत छ भने १.४ प्रतिशत मृत्युदर छ ।
काठमाडौं, भक्तपुर, ललितपुर र कास्कीमा ५०० भन्दा बढी कोरोना संक्रमित छन् । यस्तै १० जिल्लामा २०० भन्दा बढी संक्रमित छन् । शून्य संक्रमित भएको मुस्ताङमा अहिले संक्रमित भेटिएको छ भने मुगुमा संक्रमण शून्य छ ।
अहिलेसम्म देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या १० हजार २६९ छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ८ लाख १० हजार २९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने हालसम्म ७ लाख ८८ हजार ६३० जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ३७२ पुगेको छ।
काठमाडौं । काठमाडौं जिल्लामा आजदेखि कोभिड–१९ विरुद्ध अस्ट्राजेनेका खोपको दोस्रो डोज ८ वटा स्थानीय तहमा लगाइँदै छ । आजदेखि ११ गतेसम्म खोप लगाउने कार्यक्रम छ ।
काठमाडौं महानगरपालिका, कीर्तिपुर नगरपालिका, चन्द्रागिरि नगरपालिका, नागार्जुन नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, टोखा नगरपालिका र गोकर्णेश्वर नगरपालिकामा खोप लगाइने भएको छ ।
नेपाल प्रहरी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, वीर अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल र निजामती कर्मचारी अस्पतालबाट खोप केन्द्रबाट खोप सञ्चालन हुनेछ ।
खोप लगाउन जाँदा पहिलो डोज खोप लगाएको खोप कार्ड र विद्युतीय दर्ता गरेको प्रिन्ट वा फोटोसहित लिएर जानुपर्ने छ ।
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार आइतबार गरिएको पीसीआर परीक्षणबाट ६७३ र एन्टिजेन परीक्षणबाट १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
१० हजार ८६४ गरिएको नमूना परीक्षणमा ८२८४ पीसीआर परीक्षण र २५८० एन्टीजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।सोही अवधिमा ५०१ जना कोरोनामुक्त भएका छन् भने कोरोनाबाट १३ जनाको मृत्यु भएको छ।
अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या १० हजार ३६० छ ।
काठमाडौं । वीर अस्पतालले १ हजार रुपैयाँमा पीसीआर परीक्षण सुरु गरेको छ । अस्पतालले विदेश जानेहरुको फोटो र क्युआर कोडको सुविधासहितको पीसीआर परीक्षण १ हजारमै सुरु गर्न थालेको छ ।
अस्पतालको प्रयोगशालामा यो सुविधा २४ सैं घण्टा उपलब्ध हुने वीरका प्रमुख प्रशासकीय अधिकारी भुपेन्द्र बस्नेतले जानकारी दिए ।
सर्वसाधारणलाई सुविधा र राहत पुर्याउने उद्देश्यको लागि यो सेवा उपलब्ध गराइएको हो । एक दिनमा १ सयदेखि १५० सम्मको परीक्षण भइरहेको छ । पीसीआर रिपोर्ट मोबाइल र इमेल दुवैमार्फत पठाउने सुविधा सुरु गरेको बस्नेतले बताए ।
उनले भने– शुल्क १ हजार रुपैयाँमात्र रहेकाले सर्वसाधारणलाई सहज र सुलभ हुने भएकाले पीसीआर सुविधा लिन सक्नेछन् ।
काठमाडौँ । कोरोनाभाइरसविरुद्धको अस्ट्राजेनेका खोपको दोस्रो मात्रा भोलिदेखि काठमाडौं जिल्लामा लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले आज सूचना जारी गर्दै ९ गतेबाट काठमाडौंका आठवटा स्थानीय तहमा पहिलो डोज लगाएका १८ वर्षमाथि उमेर समूहलाई दोस्रो डोज दिन लागेको जनाएको छ ।
काठमाडौं महानगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, कीर्तिपुर नगरपालिका, चन्द्रागिरि नगरपालिका, नागार्जुन नगरपालिका, टोखा नगरपालिका र गोकर्णेश्वर नगरपालिकाबाट खोप प्रदान गरिने भएको छ ।
महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल, छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल, रत्नपार्कस्थित वीर अस्पताल, थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल र बानेश्वस्थित निजामती कर्मचारी अस्पतालबाट पनि खोप दिइनेछ । उक्त खोप अभियान स्थानीय तहका खोप केन्द्रमा तीन दिन र तोकिएका अस्पतालमा दुई दिन सञ्चालन हुनेछन् ।
काठमाडौं । अमेरिकाले अनुदानमा उपलब्ध गराएको कोभिड-१९ विरुद्धको १ लाख ६२० डोज खोप आज बिहान नेपाल आइपुगेको छ ।
कोभ्याक्स संयन्त्रमार्फत नेपालले उक्त परिमाणको खोप प्राप्त गरेको हो । कतार एयरवेजको विमानबाट खोप आइपुगेको हो ।
अमेरिकाले यसअघि पनि १५ लाख डोजभन्दा बढी डोज जोन्सन एन्ड जोन्सन खोप नेपाललाई दिएको छ । ल्याइएको फाइजर खोप १२ वर्षभन्दा माथिका दीर्घरोगीलाई लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार आइतबार गरिएको पीसीआर परीक्षणबाट ५२२ र एन्टिजेन परीक्षणबाट ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जम्मा ७ हजार ६२५ गरिएको नमूना परीक्षणमा ६०६१ पीसीआर परीक्षण र १५६४ एन्टीजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।सोही अवधिमा ८७७ जना कोरोनामुक्त भएका छन् भने कोरोनाबाट ३ जनाको मृत्यु भएको छ।
अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या १० हजार २०१ छ ।
काठमाडौं । अमेरिकाले नेपाललाई कोरोना महामारीबिरुद्ध १ लाख ६२० डोज फाइजर खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेको छ ।
अमेरिकी दूतावासका अनुसार यो परिमाणको खोप सम्भवत भोलि काठमाडौ आइपुग्नेछ । अमेरिकाले यसअघि पनि जुलाइमा १५ लाख जोन्सन एन्ड जोन्सन खोप उपलब्ध गराएको थियो ।
यसैबिच स्वास्थ मन्त्रालयले अमेरिकाबाट ६० लाख डोज फाइजर खोप खरिद गर्ने तयारी गरेको छ । १२ वर्ष भन्दा माथिको उमेर समुहलाई फाइजर खोप लगाउने सरकारको तयारी छ ।
कार्तिक २८ गते देखि फाइजर खोप लगाउने तयारी छ ।
Breaking: From the United States ➡️ Nepal. The United States is donating 100,620 Pfizer vaccines to the people of Nepal, the arrival is expected tomorrow! This adds to the 1.53 million J&J vaccines given by the U.S. to Nepal in July. #inthistogether 🛬
न्यूयोर्क । कोभिड–१९ को महामारी सुरु भएदेखि नै गर्भवती महिलाहरूमा यसले पार्ने असरबारे होसियारीसाथ ध्यान दिइएको छ ।
कुनै पनि नयाँ संक्रमक रोग लागेमा गर्भवती महिला र उनमा भएको भ्रुणलाई असर गर्न सक्छ भन्ने विश्वासका कारण महिलालाई संक्रामक रोगबाट सुरक्षित राख्न खोप वा औषधीको प्रयोगबारे अध्ययन गरिएको र १८ महिनाको अनुसन्धानपछि डाक्टर तथा अनुसन्धानकर्ताहरूले यसको खतराबारे सान्दर्भिक व्याख्या गरेका छन् ।
कोभिड–१९ को संक्रममण गराउने सार्स-कोभ-२ का कारण संक्रमित अधिकांश गर्भवती महिलामा जटिल समस्या भएको अनुभव नगरिएको अध्ययनले देखाएको छ । यद्यपि कोरोनाभाइरसले हल्का वा कुनै लक्षण नदेखिने समस्या गर्भवती महिलामा भेटिएको निचोड अनुसन्धानले निकालेको छ ।
अध्ययनले अन्य व्यक्तिजस्तै केही गर्भवती महिलाले कोभिडको गम्भीर समस्या भने अनुभव गरेको पाइएको छ । आमाबाट यो भाइरस गर्भमा रहेको भ्रुणमा पास गर्ने सम्भावना पनि निकै दुर्लभ भेटिएको उक्त अध्ययनले देखाएको छ । तथापि, कोभिड भएका केही गर्भवती महिलाहरू भने कोभिडको संक्रमणपछि असाध्यै अस्वस्थ भएको पाइएको छ । यस्तो अवस्थामा उनीबाट जन्मने बच्चा अपाङ्ग हुने वा मृत जन्मिने खतरा बढ्छ । सामान्य अवस्थामा जस्तै मोटो वा अश्वेत वा एसियाली गर्भवती महिलाहरूलाई पनि गम्भीर कोभिड हुने सम्भावना बढी हुन्छ ।
यी खराब नतिजाहरू सायद सार्स-कोभ-२ ले प्लासेन्टामा पार्ने असरसित सम्बन्धित छन् । यो पाठेघरको भित्री संरचना हो, जसले आमाबाट भ्रुणमा अक्सिजन र पोषक तत्वहरू पुर्याउँछ र अर्को दिशामा फोहोर उत्पादन हटाउँछ । तर प्लासेन्टामा हुने असरले महिला कति अस्वस्थ बन्ने भन्ने निर्धारण भने गर्दैन । त्यसैले सबै गर्भवती महिलालाई संक्रमण हुनबाट जोगाउनु महत्वपूर्ण मानिन्छ ।
सन् २०२१ को जुलाईपछि बेलायतमा हरेक पाँच कोभिड संक्रमित बिरामी, जो गम्भीर बिरामी भएपछि भेन्टिलेटरको सहयतासमेत लिनुप¥यो, मध्ये एक विरामी गर्भवती रहेको भेटिएको छ ।
यसको अर्थ, यस अवधिमा १६ देखि ४९ वर्षका (प्रजनन उमेरका) गहन उपचारमा लागेका एक तिहाइ महिलाहरू गर्भवती थिए । यी महिलाहरूलाई खोप लगाइएन, जसले गर्दा तिनीहरूले यति धेरै गम्भीर घटनाहरू ब्यहोर्नुपरेको अनुसन्धानले बताएको छ ।
यी महिला बेलायतमा खोप कार्यक्रम सुरु हुँदा धेरैजसो गर्भवती भइसकेका थिए र खोप लिएका थिएनन्, किनकि त्यसो गर्ने कुनै स्पष्ट सिफारिस गरिएको थिएन ।
अहिलेसम्म, चिकित्सकीय तवरमा असुरक्षित गर्भवती महिलाहरूलाई मात्र कोभिड खोप लगाउने सुझाव दिइयो तथापि, हालै त्यो सल्लाहमा परिवर्तन आयो । गर्भावस्थाको बेला कोभिडको खतरा अझ स्पष्ट हुँदै गएकोले, गर्भवती महिलाहरूलाई गम्भीर कोभिडप्रति बढी खोप लगाउने र गर्भावस्थाको लागि हानिकारक खोपहुने कुनै संकेत नभएकोले सरकार र रोयल कलेज अफ प्रसूति विशेषज्ञ तथा स्त्रीरोग विशेषज्ञहरूले अहिले सबै गर्भवती महिलाहरूलाई कोभिडको लागि खोप लगाउन सल्लाह दिइरहेका छन्।
साधारणतया, कोभिड खोप लगाएको व्यक्तिलाई सार्स-कोभ-२ भाइरस संक्रमण हुने सम्भावना कम रहेको र संक्रमण हुँदासमेत गम्भीर कोभिड विकास हुनदेखि अत्यन्तै सुरक्षित रहेको पाइएको छ सर्भेक्षणले देखाएको छ ।
अमेरिका र बेलायतमा गरिएको अनुसन्धनात्मक अध्ययनले देखाएअनुसार मोडर्ना र फाइजरद्वारा विकसित एमआरएनए कोभिड खोपहरू पनि गर्भावस्थामा प्रभावकारी देखिए । यसमा कुनै सुरक्षाको चिन्ता रहँदैन बरू गर्भावस्थामा खोप लगाउँदा सार्स-कोभ-२ को संक्रमणको जोखिम कम हुन्छ । क्यानाडाको ओन्टारियोमा गरिएको अर्को एक अनुसन्धनात्मक तथ्यांकले देखाएअनुसार कोभिड खोपले गर्दा गर्भ तुहुने खतरा बढी भएको कुनै प्रमाण नपाइएको भेटिएको छ ।
उनीहरूले गर्भवती महिलाहरूमा हुने खोपका दुष्प्रभावहरूबारे पनि तोकेरै अनुसन्धान गरेका छन् । अध्ययनहरूले देखाएअनुसार खोप पछि छालाको सतहमा रातोपना देखिने, ज्वरो र गम्भीर थकानको दर गर्भवती तथा गैर–गर्भवती महिलाहरूमा तुलना गर्न सकिन्छ र वास्तवमा गर्भवती महिलाहरूमा मांसपेशी दुख्ने, जोर्नीको कडापन र टाउको दुख्ने समस्या कम हुन्छ ।
यी दुष्प्रभावहरूको दर गर्भावस्थाको तीन महिनापछिको समयमा खोप लगाएका महिलाहरूमा कम भेटिएको बताइएको छ । सार्स–कोभ–२ संक्रमणबाट खोप नलगाएका आमा र बच्चाको जोखिम कुनै पनि सम्भावित खोपको असरको जोखिमभन्दा निकै बढी हुन्छ । कसै–कसैले खोपले बच्चालाई दीर्घकालीन असर गर्छ भन्ने कुरा हामीलाई थाह छैन भन्ने तर्क गरे तापनि खोकी र इन्फ्लुएन्जाको लागि दिइने अन्य खोपहरू नियमित रूपमा गर्भवती महिलालाई दिइन्छ । यसबाट पनि हामी आत्मविश्वासका साथ केही तार्किक धारणाहरू बनाउन सक्छौं ।
एमआरएनए कोभिड खोप जस्तै यी खोपहरूले प्लेसेन्टा पार गर्दैनन्, जसले बच्चामा प्रभाब पर्ने खतरालाई कम गर्छ । गर्भावस्थामा नियमित रूपमा दिइने यी अन्य खोपहरूले बच्चालाई कुनै प्रतिकूल असर नपार्ने भएकोले कोभिड खोपले पनि असर गर्छ भन्ने सुझाव दिने कुनै कारण छैन ।
लन्डन । बेलायतको एउटा स्वास्थ्य सुरक्षा निकाय (युकेएचएसए) ले डेल्ट प्लस भेरियन्ट झन चाडो फैलिने निश्कर्ष निकालेको छ ।
सो निकायका अधिकारीहरुले शुक्रबार सार्वजनिक गरेको विवरणमा लामो समयको अध्ययनबाट यस्तो निश्कर्ष निकालिएको उल्लेख छ । यस बारेमा थप अध्ययन अझै भइरहेको पनि उनीहरुको भनाइ छ । तर यसको असर भने गम्भीर प्रकारको नहुने सकारात्मक संकेत पनि अनुसन्धानकर्ताहरुले सुनाएका छन् । अहिले उपलब्ध रहेका खोपहरूले नै यसबाट संक्रमितलाई बचाउन सकिने उनीहरुको निश्कर्ष छ ।
बेलायतमा पछिल्लो समय कोरोनाभाइरसबाट दैनिक संत्रमितहरुको संख्या अत्यधिक धेरै देखिएको छ । ती मध्ये डेल्टा भेरिअन्टबाट संक्रमितहरु नै धेरै रहेको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । उनीहरुले डेल्ट प्लस भेरियन्ट व्यापक रूपमा फैलिन सक्ने तर अहिले उपलब्ध खोपहरूले नै काम गर्न सक्ने जनाएका छन् ।
स्वास्थ्य अधिकारीहरुले दिएकोे विवरणअनुसार विश्वमा कोरोनाभाइरसका हजारौँ भेरिअन्टहरू अहिले फैलिरहेका छन् । भाइरस उत्परिवर्तित भइरहने हुँदा नयाँ भेरियन्ट देखा पर्नुलाई आश्चर्यजनक रुपमा लिनु नपर्ने उनीहरुको भनाई छ । अमेरिकामा पनि डेल्टा प्लस भेरिअन्टका कारण धेरै मानिस संक्रमित भएको पाइएको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।
त्यसैगरी डेनमार्कमा पनि यो भेरिअन्ट देखिएको छ, तर संक्रमितहरुको संख्या भने काम देखिँदै गएकाले धेरै चिन्ता लिनुपर्ने अवस्था छैन तर उच्च सतर्कता अपनाइरहनुपर्नेतर्फ भने अधिकारीहरुले जोड दिएका छन् । कोरोनाभाइरसले आफ्नो रुप फेर्दै फैलिँदै गरेकाले कतिपय देशहरुले आफ्नो देशका बासिन्दालाई खोपको अतिरिक्त मात्रासमेत दिन थालेका छन् ।
साथै मास्क लगाउने, सेनिटाइजर वा साबुन पानीको प्रयोग गर्ने, सम्भव भएसम्म सामाजिक दुरी कायम गर्नेलगायतका उच्च सतर्कता भने अपनाउनुपर्नेमा सबैले जोड दिने गरेका छन् । त्यसैगरी कोठाका झ्यालढोका खुला राख्न, कुनै लक्षण देखिए पीसीआर परीक्षण गर्न र नेगेटिभ नतिजा नआउन्जेल एक्लै बस्न पनि उनीहरुले आह्वान गर्ने गरेका छन् ।
कोरोनाभाइरसले रुप फेर्दै जाँदा अहिले प्रयोग हुँदै र प्रभावकारी हुँदै आएका खोपहरुले पनि काम नगर्ने अवस्था पनि आउन सक्नेतर्फ विज्ञहरुले सतर्क गराएका छन् ।
काठमाडौं । संयुक्त राज्य अमेरिकाले नेपाललाई एक लाख ६ सय २० डोज कोभिड-१९ विरुद्धको फाइजर खोप अनुदान दिने भएको छ । अमेरिकी दूतावासले ट्वीटमार्फत दिएको जानकारी अनुसार त्यो खोप भोलि सोमबार नेपाल आइपुग्नेसमेत जानकारी दिएको छ ।
अमेरिकाले यसअघि १५ लाखभन्दा धेरै जोनसोन एन्ड जोनसोन खोप पनि नेपालाई अनुदानमा दिएको थियो । त्यो खोप गत जुलाईमा नै नेपालमा आइपुगेर लगाइएको थियो ।
Breaking: From the United States ➡️ Nepal. The United States is donating 100,620 Pfizer vaccines to the people of Nepal, the arrival is expected tomorrow! This adds to the 1.53 million J&J vaccines given by the U.S. to Nepal in July. #inthistogether 🛬
काठमाडाैं । ६ महिनादेखि ५९ महिनाका करिब २७ लाख बालबालिकालाई आज र भाेलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत छ महिनादेखि ५९ महिना उमेरसमूहका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने छ । सधैं कात्तिक ३ र ४ गते भिटामिन ‘ए’ खुवाउँदै आएकोमा यसवर्ष दसैं परेकाले कात्तिक ७ र ८ गते खुवाउन लागिएको हाे ।
स्वास्थ्य सेवा विभागको पोषण शाखाले दिएको जानकारीअनुसार भिटामिन ‘ए’ छ महिनादेखि ११ महिनासम्मका बालबालिकालाई एक लाख युनिट र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई दुई लाख युनिट खुवाइने छ । सोही अवसरमा १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधिसमेत खुवाइने छ ।
२०० मिलिग्राम एकदेखि दुई वर्षका बालबालिकालाई र ४०० मिलिग्राम दुईदेखि पाँच वर्षसम्मका बालबालिकालाई अल्वेन्डाजोल (जुका)को औषधि खुुवाइने छ । पोषण शाखा प्रमुख पराजुलीले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमका लागि भिटामिन ‘ए’ क्याप्सुल ३० लाख क्याप्सुल र अल्वेन्डाजोल २५ लाख ट्याब्लेट वितरण गरिने छ । जुकाको औषधि २४ लाख बालबालिकाले खानेछन् ।
छ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले विसं २०५० बाट भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । जुकाको औषधि विसं २०५६ बाट खुवाउन थालिएको हो । ‘राष्ट्रिय भिटामिन ‘ए’ कामर्यक्रम सञ्चालनका लागि २५ हजार स्वास्थ्यकर्मी र ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका परिचालित हुनेछन् ।
मन्त्रालयले भिटामिन ‘ए’ खुवाउन लैजाँदा अभिभावकलाई कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ ।
काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ५१३ जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ६९३१ नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।
सोही अवधिमा थप ८ जनाको कोभिड संक्रमणले मृत्यु भएको छ । ८१७ जना निको भएका छन् ।
सक्रिय संक्रमित संख्या १० हजार ५५९ पुगेको छ । शनिबार काठमाडौंमा १५०, ललितपुरमा ३९, भक्तपुरमा २४ जना संक्रमित थपिएका छन् ।
मुस्ताङ र मुगु जिल्लामा संक्रमण शून्य छ । काठमाडौं, भक्तपुर र ललितपुरमा सक्रिय संक्रमित संख्या ५०० भन्दा माथि छ । १४ जिल्लामा सक्रिय संक्रमित संख्या २०० भन्दा छ ।
पीसीआर परीक्षण गर्दा अहिलेसम्मको संक्रमित संख्या ८ लाख ८ हजार ५३४ पुगेको छ । कूल मृत्यु ११ हजार ३४५ र निको हुने संख्या ७ लाख ८६ हजार पुगेको छ ।
काठमाडौं । अमेरिकाको फाइजर-बायोएनटेक कम्पनीद्वारा उत्पादित कोभिड-१९ विरुद्धको फाइजर खोप ५ देखि ११ वर्षसम्मका बालबालिकालाई समेत लगाइने भएको छ। हालै सम्पन्न परीक्षण अनुसार उक्त उमेर समूहका बालबालिकामा यो खोप ९० दशमलव ७ प्रतिशत प्रभावकारी देखिएको पुष्टि भएको छ ।
उक्त कम्पनीले शुक्रबार ‘क्लिनिकल ट्रायल’को रिपोर्ट सार्वजनिक गर्दै यो खोप ५ देखि ११ वर्षसम्म उमेर समूहका बालबालिकामा समेत प्रभावकारी देखिएको जानकारी गराएको हो ।
‘ट्रायलमा संलग्नमध्ये १६ जना बालबालिकामा गरिएको अध्ययन अनुसार प्लेसेबो (ट्रायल ड्रग) सेवन गरेका १३ जना बालबालिकामा कोभिड–१९ संक्रमण देखियो भने फाइजर भ्याक्सिन लगाएका ३ जना मात्र संक्रमित भए,’ फाइजरले ‘युएस फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन’लाई बुझाएको डकुमेन्टमा उल्लेख छ ।
२ हजार २ सय ६८ जना सहभागी रहेको ट्रायलमा दुई गुणाभन्दा बढी बच्चाहरुलाई प्लेसबोभन्दा खोप दिइएको थियो, जसको प्रभावकारिता ९० प्रतिशतभन्दा राम्रो देखिएको थियो ।
फाइजरको क्लिनिकल ट्रायल भाइरसविरुद्ध प्रभावकारिता मापन गर्न डिजाइन गरिएको थिएन। यसको उद्देश्य परीक्षण पूरा गरिसकेका प्रौढहरुको तुलनामा खोप लगाएका बालबालिकाहरुमा ‘न्युट्रलाइज्ड एन्टीबडी’को मात्रा कस्तो छ भनी तुलना गर्नु रहेको कम्पनीले जानकारी दिएको छ ।
परीक्षणबाट प्राप्त नतिजाका आधारमा कोभिड–१९ भ्याक्सिनले बालबालिकामा बलियो प्रतिरोध क्षमता विकास गरेको फाइजर-बायोएनटेक कम्पनीले दाबी गरेको छ ।
पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई १० माइक्रोग्राम मात्र भएको दुई डोज खोप दिइएको थियो। १२ वर्षभन्दा माथिका बालबालिकालाई भने यही मात्राको खोपको तेस्रो डोज पनि दिइएको थियो ।
अमेरिकाकै फाइजर–बायोएनटेक र मोडर्ना खोपका कारण युवाहरुमा ‘साइड इफेक्ट’का रुपमा मुटुमा समस्या (म्योकार्डिटिस) नदेखिएको युएस फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले जनाएको छ । १६ वर्षमाथिका व्यक्तिलाई फाइजर खोप लगाउन एडमिनिस्ट्रेसनले पूर्ण अनुमति दिइसकेको छ भने कम्तीमा १२ वर्ष पुगेका व्यक्तिहरुलाई खोप लगाउनको लागि भने अनुगमनसहितको अनुमति दिएको छ ।
अमेरिकामा १२ देखि १७ वर्षसम्म उमेर समूहका ११ मिलियन (१ करोड १० लाख) बालबालिकाले फाइजर खोप लगाइसकेका छन् । एडमिनिस्ट्रेसनबाट अनुमति पाएपछि ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि सम्भवतः नोभेम्बरदेखि खोप दिइने फाइजर-बायोएनटेक कम्पनीले जनाएका छन् ।
फाइजर–बायोएनटेकले ११ वर्षमाथिका किशारकिशोरीका लागि यसअघि नै यो खोप ल्याइसकेको छ । नेपाल सरकारले पनि अमेरिकाबाट ११ वर्षभन्दा माथिका किशोरकिशोरीलाई लक्षित गरेर पहिलो खेपमा १ लाख डोज फाइजर खोप आउँदो सोमबार ल्याउन लागेको छ ।
काठमाडौं । पछिल्लो २४ घण्टामा शुक्रबार देशभर ७०८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट ५७४ र एन्टिजेन परीक्षणबाट १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जम्मा ९ हजार ३७६ गरिएको नमूना परीक्षणमा ७,२५३ पीसीआर परीक्षण र २,१२३ एन्टीजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
सोही अवधिमा ९३२ जना कोरोनामुक्त भएका छन् भने कोरोनाबाट ११ जनाको मृत्यु भएको छ।
गत २४ घण्टामा ५८,८५३ जनाले कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन् ।
अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या १० हजार ९४६ छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ८ लाख ८ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ९३ हजार ९०५ पुगेको छ ।
हालसम्म ७ लाख ८५ हजार ८१३ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ३३७ पुगेको छ।
काठमाडौं । नेपालमा कातिक २८ गतेदेखि १२ वर्षभन्दा माथिका किशोर किशोरीलाई कोभिड-१९ विरुद्धको फाइजर खोप लगाइने भएको छ ।
फाइजरको एक लाख डोज खोप सोमबार गाभीले नेपाल ल्याउने तयारी गरिरहेको छ । उक्त खोप माइनस ७० डिग्रीमा भण्डारण गर्नुपर्ने भएकाले तत्काल लगाउन लागिएको हो ।
मुलुकका २४ वटा अस्पतालबाट फाइजर खोप लगाइने भएको छ । परिवार कल्याण महाशाखाका अनुसार १२ वर्षमाथिका दीर्घ रोगका बिरामीलाई खोप दिइनेछ ।
महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालका अनुसार अस्पतालमा उपचाररत क्यान्सर, मुटु, मधुमेह, दम, एचआईभी लगायतका रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरुलाई खोपको पहिलो प्राथमिकतामा राखिएको छ ।
यसैबीच, अमेरिकी खोप उत्पादक कम्पनी फाइजर बायोएनेटकले फाइजर खोपको बुस्टर डोज (तेस्रो मात्रा) लगाउँदा कोभिड–१९ संक्रमणबाट बच्ने सम्भावना ९५ प्रतिशत रहेको जनाएको छ । कम्पनीले बिहीबार विज्ञप्ती जारी गर्दै १६ वर्षमाथिका १० हजारमा गरिएको परीक्षणको नतिजाबाट यो तथ्य आएको बताएको छ ।
कम्पनीका अनुसार दोस्रो डोज लगाउँदा ८४ प्रतिशत र बुस्टर डोज डोज लगाउँदा ९५.६ प्रतिशत सुरक्षित हुने परीक्षणले देखाएको छ ।
चितवन । औषधि दिन अटेर गर्ने सप्लायर्सलाई भरतपुर अस्पतालले कारवाही थालेको छ । १ वर्षसम्म खरिद आदेश बमोजिम १४ दिनभित्र उपलब्ध गराउनुपर्ने सम्झौतामा लेखिए पनि २ महिनासम्म आलटाल भएपछि अस्पतालले कारवाही नै थालेको हो ।
मेडिकल सुपरिटेन्डेन्टका रुपमा कृष्ण पौडेलको नियुक्तिपछि उनले औषधि उपलब्ध गराउन ढिलाइ गर्ने सप्लायर्सलाई कारवाही तीव्र पारेका छन् । अस्पतालले अतिआवश्यक औषधि आफैंले खरिद गरेर बढी पर्न गएको मूल्य सप्लायर्सबाटै लिने गरी कारवाही गरेको हो ।
पहिलो चरणमा पोखराको सन फार्मेसी, हिमसागर मेडिकल हल र भरतपुरको मेडिसेल्स फर्म कारवाहीमा परेका छन् । सन फार्मेसीले २ सय ११, हिमसागरले १ सय ८१ र मेडी सेल्सले ९४ प्रकारका औषधि उपलब्ध गराउने गरी अस्पतालसँग सम्झौता गरेका थिए । तर, खरिद आदेश पाएको महिनौंसम्म औषधि दिन अटेर गर्दै आइरहेका थिए ।
अस्पताल फार्मेसीका प्रमुख सविनराज लामिछानेले अतिआवश्यक औषधि अभाव हुन नदिन अस्पतालले नै खरिद गरेको बताए । ‘बेलैमा औषधि नदिने सप्लायर्सलाई पटकपटक ताकेता गर्दै आएका छौं,’ उनले भने, ‘बिरामीको उपचार प्रभावित नहोस् भनेरै सम्झौता भएका सप्लायर्सले नै दायित्व व्यहोर्ने गरी अन्य निकायबाट खरिद गर्न सुरु गरेका हौं ।’ तोकिएको समयमा आपूर्ति नभएमा जमानत जफत गरी रद्दसमेत गरी कारवाही भोग्न सप्लायर्सले लिखित सम्झौता गरेका छन् ।
खरिद आदेश पाएको १७ दिनभित्र समेत स्वीकृत नमूना, गुणस्तर र कम्पनीका औषधिहरु सप्लाई दिन नसके अस्पतालले नै अन्य निकायबाट खरिद गरे पनि सबै दायित्व खर्च सप्लायर्सलेनै ब्यहोर्ने, ढिलो सप्लाई भएमा दैनिक ०.०५ प्रतिशतका दरले जरिवाना समेत लगाइने उल्लेख छ । अस्पतालले १० वटा औषधि सप्लायर्स र ६ वटा सर्जिकल समान सप्लायर्ससँग गत माघमा एक वर्षको अवधिभरका लागि सम्झौता गरेको थियो । केही सप्लायर्सले पटक पकट ताकेता गरेपछि मात्रै औषधि उपलब्ध गराउने गर्दै आएका छन् ।
भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार सन फार्मेसीले प्रतिट्यावलेट १ रुपैयाँ ४० पैसामा उपलब्ध गराउने गरी सम्झौता गरेको मेटफार्मिन (मधुमेह बिरामीको उपचार गर्ने) औषधि लाई १ रुपैयाँ ७५ पैसामा खरिद गरेर सो मूल्य सोही सप्लयार्सबाट लिने गरी कारवाही गरिएको छ ।
यस्तै हिमसागरले प्रतिट्यावलेट ६ रुपैयाँ ९८ पैसामा ल्याउने गरी सम्झौता गरेको मेटफर्मिन प्लस ग्लिमेप्राइड औषधि ७ रुपैयाँमा खरिद गरेर सो मूल्य सोही सप्लायर्सबाट लिने गरी कारवाही गरेको छ । यो औषधि पनि मधुमेह बिरामीको उपचारमा प्रयोग हुने गर्छ ।
यस्तै मेडिसेल्सले ११ रुपैयाँमा प्रति भाइल उपलब्ध गराउने गरी सम्झौता गरेको डेक्सा मेथासोन इन्जेक्सन १८ रुपैयाँ १२ रुपैयाँमा खरिद गरेर सबै मूल्य सप्ल्यार्सबाट लिने गरी कारवाही गरेको छ । यौ औषधि कोभिड–१९, आकस्मिक कक्ष तथा सघन कक्षमा उपचारत बिरामीलाई जीवन रक्षक औषधिका रुपमा प्रयोग हुने गर्छ ।
अस्पतालले सम्झौता बराबरको मूल्यमात्रै तिर्ने छ भने बढी परेको मूल्य सप्लायर्सले जरिवाना वापत तिर्नुपर्ने पौडेलले जानकारी दिए ।
अस्पतालका मेसु प्रा.डा. कृष्ण पौडेलले सम्झौता बमोजिमका औषधि सप्लाई गर्न नसक्ने सप्लायर्सलाई क्रमशः कारवाहीको दायरामा ल्याइने बताए । ‘सम्झौता हुबहु कार्यान्वयन हुनुपर्छ । औषधि अभाव हुन नदिन कारवाही प्रक्रिया थालेका छौ,’ मेसु डा. पौडेलले भने, ‘अटेर गरिरहे कालोसूचिमा राख्न विभाग तथा मन्त्रालयतहमै पत्राचार गर्दैछौं ।’
अस्पतालको फार्मेसीमा चिकित्सकले उल्लेख गरेका औषधि सहजै बिरामीले पाउनुपर्ने वातावरण बनाउन लागिपरेको उनले बताए । बिमाका विरामीले पाउनुपर्ने करिव ७ सय प्रकारका औषधिमध्ये करिव १ सय ५० प्रकारका औषधि सप्लार्सले बेलैमा उपलब्ध नगराउदा अभाव हुँदै आएको छ ।
भरतपुर अस्पतालकाे स्टाेरमा थन्किएकाे म्याद गुज्रिएका औषधि ।
यसैबीच अस्पतालमा करिब २० लाख मूल्य बराबरका म्याद गुज्रेका औषधि स्टोरमा थन्किएका छन् । उत्पादन भएको मितिले कम्तिमा ७५ प्रतिशत म्याद गुज्रन बाँकी अवधि भएका सामानहरुमात्रै अस्पताललाई उपलब्ध गराउनुपर्ने भए पनि ठूलो परिमाणका औषधिहरु प्रयोगविहिन भएर बसेका छन् ।
अस्पतालले ३ महिना वा सो भन्दा कम अवधिको म्याद भएका औषधिहरु फिर्ता पठाउन सक्ने र सो समान बराबरको रकम असुल गर्न पाउने गरी सम्झौता भएका थिए । तर, अस्पताल प्रशासनले पटकपटक ताकेता गर्दै म्याद सकिन लागेका वा म्याद नाघेका औषधि फिर्ता लैजान आग्रह गरेपनि सप्लायर्सहरुले इन्कार गर्दै आइरहेका छन् ।
औषधि खरिद ठेक्कामा छनौट भएका फर्महरुले सस्तो मूल्य राखेर ठेक्का हात पारे पनि अस्पताललाई चाहिएका बेला दिन र म्याद नाघेका औषधि लैजान ढिलाई गर्दै आइरहेका छन् ।
अत्यावश्यक, दीर्घरोगीले सेवन गर्ने, स्वास्थ्य बिमा तथा विपन्न कार्यक्रममार्फत निःशुल्क दिनुपर्ने औषधिसमेत बेलाबखत अभाव हुँदै आएको छ । मेसु डा. पौडेलका अनुसार अन्य सप्लायर्सलाई पनि ताकेता गरिएको र अटेर गरे कारवाही गरिनेछ ।
काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ५४५ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट ४७० र एन्टिजेन परीक्षणबाट ७५ जनाको कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा जम्मा ८ हजार ५४९ गरिएको परीक्षणमा ६५८६ पीसीआर र १९६३ एन्टीजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
सोही अवधिमा ७२६ जना डिस्चार्ज भएका छन् भने ८ जनाको मृत्यु भएको छ। गत २४ घण्टामा २३५६८ जनाले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् ।
अहिलेसम्म देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ३१५ छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ८ लाख ७ हजार ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ९३ हजार ७७१ पुगेको छ ।
हालसम्म ७ लाख ८८ हजार ८८१ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ३२६ पुगेको छ ।
काठमाडौं । देशभरिका बालबालिकालाई यही कात्तिक ७ गतेदेखि भिटामिन ‘ए’ निःशुल्क खुवाउने भएको छ ।
छ महिनादेखि ५९ महिनाका करिब २७ लाख बालबालिकालाई यही कात्तिक ७ र ८ गते भिटामिन ‘ए’ खुवाउने भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत छ महिनादेखि ५९ महिना उमेरसमूहका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने छ । सधैँ कात्तिक ३ र ४ गते भिटामिन ‘ए’ खुवाउँदै आएकोमा दसैँ परेकाले कात्तिक ७ र ८ गते खुवाउने भएको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख केदार पराजुलीले भिटामिन ‘ए’ छ महिनादेखि ११ महिनासम्मका बालबालिकालाई एक लाख युनिट र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई दुई लाख युनिट खुवाइने छ । सोही अवसरमा १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधिसमेत खुवाइने छ ।
२०० मिलिग्राम एकदेखि दुई वर्षका बालबालिकालाई र ४०० मिलिग्राम दुईदेखि पाँच वर्षसम्मका बालबालिकालाई अल्वेन्डाजोल (जुका)को औषधि खुुवाइने छ । पोषण शाखा प्रमुख पराजुलीले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमका लागि भिटामिन ‘ए’ क्याप्सुल ३० लाख क्याप्सुल र अल्वेन्डाजोल २५ लाख ट्याब्लेट वितरण गरिने छ । जुकाको औषधि २४ लाख बालबालिकाले खानेछन् ।
छ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले विसं २०५० बाट भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । जुकाको औषधि विसं २०५६ बाट खुवाउन थालिएको हो । ‘राष्ट्रिय भिटामिन ‘ए’ कामर्यक्रम सञ्चालनका लागि २५ हजार स्वास्थ्यकर्मी र ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिने उनले बताए ।
मन्त्रालयले भिटामिन ‘ए’ खुवाउन लैजाँदा अभिभावकलाई कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ । मन्त्रालयले वितरण केन्द्रमा भीडभाड नगर्न, एक व्यक्ति र अर्को व्यक्तिबीच कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गर्न, आफ्नो र बालबालिकाको सुरक्षाका लागि अनिवार्यरूपमा मास्कको सही तरिकाले प्रयोग गर्न र साबुनपानीले पटक–पटक हात धुन र स्यानिटाइजरको प्रयोग गर्न आग्रह गरिएको छ ।
न्यूयोर्क । अमेरिकी चिकित्कसले सुँगरको मिर्गाैलालाई मानिसमा सफलतापूर्वक प्रत्यारोपण गरेका छन् । द न्यूयोर्क टाइम्सका अनुसार प्रत्यारोपणपछि यसले सामान्यरुपमै काम गरिरहेको छ ।
अमेरिकी चिकित्सा इतिहासमा यसलाई ठूलै उपलब्धी मानिएको छ भने चिकित्सकले अन्य मिर्गौला पीडितमा पनि यस्तै प्रयोग गर्ने योजना बनाइरहेका छन् ।
अनुसन्धानकर्ताले लामो समयदेखि सुँगुरको मिर्गौलालाई मानिसमा प्रत्यारोपण गर्न सकिनेबारे सोध गरिरहेका थिए । पछिल्लो समय क्लोनिङ र जेनेटिक इन्जिनियरिङले यो प्रयोगले मूर्तता पाउने कुराहरुमा सजिलो बनाइरहेको थियो ।
तर, जनावरबाट मानिसमा अंग प्रत्यारोपण गर्ने यो कार्यलाई लिएर केही नैतिक आचारणका प्रश्नहरु पनि उब्जिएका छन् । न्यूयोर्क राज्यस्थित ल्यानगोन स्वास्थ्य केन्द्रका चिकित्सकले परिवारको अनुमति लिएर मस्तिष्कको मृत्यु भैसकेका एक व्यक्तिमा सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका थिए ।
ती बिरामीलाई भेन्टिलेटरमा जीवितै राखिएको थियो । मिर्गाैला प्रत्यारोपणपछि चिकित्सकले उक्त प्रत्यारोपित मिर्गौलाले काम गर्छ वा गर्दैन भनेर हेरेका थिए । यस्तो शल्यक्रिया पहिलोपटक भएको उनीहरुको भनाई छ ।
अनुसन्धानकर्ताले ५४ घण्टासम्म यसबारे अध्ययन गरेका थिए । तर, यो पद्धती चाँडै अन्य बिरामीमा भने लागू हुनेछैन किनभने त्यहाँ अन्य चिकित्सा र प्रविधिगत कठिनाइ आउनसक्छन् । तर, यस्तो शल्यक्रियामा संलग्न चिकित्सकले भने यसलाई कोशेढुंगा भनेका छन् ।
‘यो ठूलो सफलता हो’ शल्यक्रियामा संलग्न जोन हप्किन्स विश्वविद्यालयका प्राध्यापक तथा चिकित्सक डोरी सेगेभले भने, ‘यो अभूतपूर्व उपलब्धि हो ।’ अहिले अमेरिकामा १ लाखभन्दा बढी बिरामी मिर्गौला प्रत्यारोपणको पर्खाइमा छन् ।
दिल्ली । भारतमा १ अर्ब जनसंख्यालाई कोभिड–१९ विरुद्धको खोप लगाइएको छ । आज बिहान ९ बजेर ४७ मिनेटमा यो कीर्तिमान कायम भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
जनवरी १६ देखि भारतमा खोप अभियान सुरु भएको थियो । पछिल्लो ३१ दिनमा मात्र २० करोड डोज खोप लगाइएको थियो ।
त्यहाँका ७५ प्रतिशत युवा जनसंख्याले कम्तीमा एक डोज खोप लगाएका छन् भने ३१ प्रतिशत जनसंख्याले पूर्ण डोज खोप लगाइसकेका छन् । १०० करोड डोज पुरा भएको आधिकारिक घोषणा गर्नको लागि सरकारले विशेष तयारी गरेको छ ।
यसका लागि रेल र जहाजमा लाउड स्पिकर समेत जडान गरिएको छ । शतप्रतिशत खोप लगाएका गाउँलाई पनि स्वास्थ्यकर्मीको सम्मानका लागि ब्यानर र पोस्टर टाँस्न अपिल गरिएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले इतिहास रचेको भन्दै १३० करोड नागरिकलाई बधाइ दिएका छन् । भारतीय विज्ञान, सामूहिकता र व्यवसायको जित भएको उनले उल्लेख गरेका छन् ।
काठमाडौं । नेपालमा भोकमरीको अवस्था औषत रहेको एक विश्वव्यापी अध्ययनले देखाएको छ । ग्लोबल हङ्गर इन्डेक्स २०२१ को सूचीमा नेपाल १९.१ अंकसहित ७६ औं स्थानमा छ ।
उक्त अध्ययनले पछिल्लो वर्षहरुमा नेपालमा भोकमरीको अवस्थामा वृद्धि हुँदै गएको पनि देखाएको छ ।
कूल ११६ मुलुकमा गरिएको अध्ययनमा नेपाल दक्षिण एसियामा श्रीलंका र बंगलादेशपछिको तेस्रो स्थानमा छ । भारत दक्षिण एसियामै पाकिस्तानभन्दा पनि पुछारमा छ ।
सूचीको पुछारमा सोमालिया रहेको छ जहाँको भोकमरीको अवस्था निकै उच्च छ । उक्त अध्ययनका अनुसार नेपालमा खाद्य संकटको कारण हुने भोकमरीको अवस्था नाजुक बन्दै गएको पनि देखिएको छ ।
काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ६६२ जना कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता कृष्णप्रसाद पौडेलले सो जानकारी दिएका हुन् ।
८४२६ कूल परीक्षण (७०२२ पीसीआर र १४०४ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।
सोही अवधीमा ७५८ जना डिस्चार्ज भएका छन् । १३ जनाको मृत्यु भएको छ । बुधबार काठमाडौं उपत्यकामा २५३ जना संक्रमित थपिएका छन् ।
अहिलेसम्म ११ हजार ५७९ जना सक्रिय संक्रमित छन् । प्रवक्ता पौडेलका अनुसार मुस्ताङ र मुगु जिल्ला कोरोना संक्रमण शून्य बनेका छन् । मुलुकको औषत संक्रमण दर १८.६ प्रतिशत रहेको छ ।
काठमाडौं । कोरोनाभाइरस संक्रमणदर मंगलबारदेखि पुनः उकालो लागेपछि सरकार झस्किएको छ । केही सातायता चार प्रतिशतमा झरेको दैनिक संक्रमणदर उकालो लाग्दै मंगलबार ११ प्रतिशतमा पुगेको छ । संक्रमणदर ३ प्रतिशत पुगेपछि सामान्य अवस्था मान्न सकिने चिकित्सक बताउँछन् ।
स्वास्थ्य मन्त्रालयको तथ्यांंक अनुसार सोमबार ९ हजार ६९७ वटा नमूना (पीसीआर र एन्टीजेन) परीक्षण गर्दा ५९१ जनामा संक्रमण पुष्टि भएको थियो भने मंगलबार ९ हजार ९१६ वटा नमूना (पीसीआर र एन्टीजेन) परीक्षण गर्दा १ हजार ९६ जनामा कोरोना पुष्टि भएको छ ।
सरकारले भने चाडपर्वको कारण दैनिक संक्रमण पुनः उकालो लाग्नसक्ने जनाएको छ । मन्त्रालयका प्रवक्ता डा। कृष्णप्रसाद पौडेलले भने, ‘चाडपर्वले गर्दा धेरै प्रयोगशालाले कोरोनाको परीक्षण गरेका थिएनन् । होल्ड भएका नमुनाको परीक्षण एकैपटक भएकाले पनि वृद्धि भएको हुन सक्छ । चाडपर्वले मानिसको आवतजावत ह्वातै बढेकाले केही दिन बढ्न सक्ने उनले बताए ।
डेढ करोड भन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप
नेपालमा अहिलेसम्म एक करोड ८८ लाख ५८ हजार सात सय १० डोज खोप आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकानुसार खोप १ करोड ५० लाख भन्दा बढीले लगाएका छन् । यसमध्ये ६४ लाख ८५ हजार ९२३ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् भने एक डोज ८५ लाख ६२ हजार ३६५ जनाले लगाएका छन् ।
मन्त्रालयका अनुसार कुल जनसंख्यामा २१ प्रतिशतभन्दा बढीले पूर्ण मात्रा खोप लगाइसकेका छन् र २८ प्रतिशत बढीले पहिलो मात्रा लगाएका छन् । १८ वर्ष माथिका ४३ प्रतिशतले पहिलो डोज र ३२।६ प्रतिशतले पूर्ण डोज खोप लगाएको मन्त्रालयले जनाएको छ ।
काठमाडौं । चीनले नेपाललाई थप २० लाख डोज खोप अनुदान दिने भएको छ । परराष्ट्रमन्त्री नारायण खड्कासँगको टेलिफोन संवादमा चिनियाँ विदेशमन्त्री वाङले सो जानकारी दिएका हुन् ।
परराष्ट्र मन्त्रालयद्वारा जारी गरेको विज्ञप्तिअनुसार कुराकानीमा खड्का र वाङबीच द्वीपक्षिय सम्वन्ध, कोभिड १ विरुद्धको लडाईंमा सहकार्य, सीमा व्यवस्थापन, द्वीपक्षीय व्यापार लगायतका विषयमा छलफल भएका थिए । तातापानी र रसूवागढी नाकाबाबाट सामाआपूर्ति बढाउने विषयमा पनि कुराकानी भएको मन्त्रालयल जनाएको छ ।
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९१६ नमुनामध्ये ८ हजार १४० पीसीआर परीक्षण गर्दा ९५७ जना र १ हजार ७७६ एन्टिजेन परीक्षण गर्दा १३९ जनामा संक्रमण पुष्टि भएको हो ।
गत २४ घण्टामा १ लाख ६३ हजार २६ जनाले कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ भने १००४ जना निको भएका छन् । अहिले सक्रिय संक्रमित ११ हजार ८१५ जना छन् ।
काठमाडौं । नेपालमा अहिलेसम्म कोभिड-१९ विरुद्धको खोप १ करोड ५० लाख भन्दा बढीले लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार हालसम्म १ करोड ५० लाख ४८ हजार २८८ डोज खोप लगाइएको छ ।
यसमध्ये ६४ लाख ८५ हजार ९२३ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् भने एक डोज ८५ लाख ६२ हजार ३६५ जनाले लगाएका छन् ।
मन्त्रालयका अनुसार कुल जनसंख्यामा २१ प्रतिशत भन्दा बढीले पूर्ण मात्रा खोप लगाइसकेका छन् र २८ प्रतिशत बढीले पहिलो मात्रा लगाएका छन् ।
१८ वर्ष माथिका ४३ प्रतिशतले पहिलो डोज र ३२.६ प्रतिशतले पूर्ण डोज खोप लगाएको तथ्यांकमा उल्लेख छ । सरकारले १५ वर्ष माथिका २ करोड भन्दा बढीलाई कोरोनाभाइरस विरुद्धको खोप लगाउन लक्ष्य लिएको छ ।
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५९१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ९,६९७ वटा नमूना (पीसीआर ७,६५४ र २,०४३ एन्टीजेन) परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा ९३७ जना डिस्चार्ज भएका छन् भने ९ जनाको मृत्यु भएको छ। गत २४ घण्टामा २७ हजार ७०१ जनाले कोरोनाभाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।
अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या ११ हजार ८७४ छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ८ लाख ५ हजार ५६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ९३ हजार ४३० पुगेको छ ।
हालसम्म ७ लाख ८२ हजार ३९३ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार २९३ पुगेको छ ।
काठमाडौं । स्वास्थ्य मन्त्रालयमा नेतृत्व फेरिएसँगै वीर अस्पतालका केही कर्मचारीले मन्त्री विरोध खतिवडाका नाममा चन्दा आतंक मच्चाउन थालेको आरोप लागेको छ ।
जागेश्वर गौतमको ठाउँमा डा.भुपेन्द्र बस्नेत वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकृत भएर आएपछि सुधारको प्रयास भइरहेका बेला कर्मचारी नै बाधक बनेर बस्नेत असफल बनाउन लागेको आरोप छ ।
वीर अस्पतालको खरिद एकाई ,जनरल स्टोर र सामाजिक एकाईमा लामो समयदेखि बसेर आर्थिक अपचलन तथा ठेकेदारहरुसँग मिलेमतो गर्ने गरेका कर्मचारीनै मेडिकल माफियाहरुमार्फत आफ्नो प्रभाव बढाउन मन्त्रालयमा नेतृत्व परिवर्तन भएको मौका छोप्न थालेका हुन् ।
वीर अस्पतालको मेडिकल सामग्री खरिद तथा ठेक्का र कर्मचारी भर्नामा मिलेमतो गर्ने गरेको भन्दै यसअघि पनि सतर्कता केन्द्रले सचेत गराएको थियो ।
वीर अस्पताल र ट्रमा सेन्टरका एजेन्ट मन्त्री खतिवडाकै जिल्ला मकवानपुरका अहेब विष्णु फुयाल , अग्निधर बस्याल र जनरल स्टोरका केही कर्मचारी तथा लेखा शाखा प्रमुख लोक बोहरालगायतले सप्लायर्सहरुमार्फत चन्दा आतंक मच्चाएको भन्दै मन्त्रालयमा समेत उजुरी पुगेको छ ।
विष्णु फुयाल र अग्निधरको समूहले पहिलो पटक मन्त्री बनेका खतिवडाको लागि दशैं खर्च भन्दै वीरमा करोडौंका सामग्री सप्लाइ गर्ने व्यवसायीहरुसँग पैसा संकलन गरेको आरोप लागेको छ ।
वीरमा सामग्री सप्लाइमा ठूलो अनियमितता हुने गरेको छ भने जनरल स्टोर तथा लेखा शाखाका कर्मचारीको मिलेमतोमा केही व्यवसायीको सिण्डिकेट चल्ने गरेको छ । यसअघि सफल निर्देशकको छबी बनाएका डा.भुपेन्द्र बस्नेतलाई निरीह बनाउन खोजिएको छ ।
अस्पतालका एक बरिष्ठतम कर्मचारीले भने– मन्त्री हाम्रा छन्, अब भुपेन्द्रको केही चल्दैन भन्दै सामानको दररेट मिलाएर ल्याऊ भनेर विभिन्न होटलमा सप्लायरहरुसँग लेखा प्रमुख बोहोरा र अहेब फुयालहरुले डिल गरिरहेका छन् ।
यो टोलीले मन्त्रीको नाम लिदै अस्पतालका सबै शाखा र विभागका स्टोर आफू मातहत हुनुपर्ने भन्दै प्रशासनलाई दबाब दिएपछि वीरको ब्यथिती बाहिर आएको हो । प्रमुख प्रशासकीय अधिकृत बस्नेतका सुधारको काममा भाँजो हाल्न थालिएपछि कर्मचारीहरु विभाजित भएका छन् ।
यसअघि पनि लेखा शाखा प्रमुख बोहरा, अहेब फुयालले जागेश्वर गौतमको पालामा मिलमतो गरि म्याक्सिक लाई २४ करोड़को अनियमित टेन्डर दिएपछि ठूलो विवाद भएर गौतमको सरुवा भएको थियो ।
अस्पतालका कर्मचारीहरूले लेखा प्रमुख लोक बोहराको सरुवा, मेडिकल स्टोर माथि अनुगमन, वीरबाट सरुवा भएका कर्मचारीको रमाना लगायत माग राखी स्वास्थ्य मन्त्री र सचिवलाई निवेदन दिन लागेको बताइएको छ ।
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७७ नमुनामध्ये ६ हजार ९६६ पीसीआर परीक्षण गर्दा ३८५ जना र १ हजार १११ एन्टिजेन परीक्षण गर्दा ६ गरी ३९१ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने ६८० जना निको भएका छन् । अहिले सक्रिय संक्रमित १२ हजार २९७ जना छन् ।
काठमाडौं । बडा दसैंलाई हिन्दुहरूले महान चाडका रुपमा मनाउँछन् । दसैंको पहिलो दिन पूजा कोठामा जमरा राखेर घटस्थापना गरिन्छ भने अन्तिम दशमीका दिन जमरासँगै टिका लगाइन्छ ।
पूजा कोठामा घामको किरण नछिर्ने गरेर बलौटे माटोमा विशेषत जौसँग मकै, गहुँ, धान राखेर उमारिन्छ । यसरी उमारेको जमरा विजयादशीको दिन टिकासँग आशिर्वाद दिएर शीरमा लगाउने प्रचलन छ । देवीशक्तिको आराधना गर्दै उमारिएको जमरा कुल देवताहरूलाई अर्पण गरी प्रसाद स्वरुप टिकासहित ग्रहण गर्ने गरिन्छ ।
दसैंमा टिकाको आफ्नै धार्मिक मान्यता छ, तर स्वास्थ्यको दुष्टिकोणले पनि जमरा लाभदायक छ । शहरीकरणका कारण उब्जेका गम्भीर प्रकृतिका दीर्घरोगसँग लड्ने प्रतिरोधात्मक क्षमतायुक्त गुणकारी औषधिका रुपमा जमरालाई मानिन्छ ।
यस्तै, पछिल्लो समय जमराको जुस पिउने प्रचलन पनि बढ्दै गएको छ । जमराको झोल सेवन गर्दा छाला, कलेजो, रगतसम्बन्धी समस्या, ज्वरो, उच्च रक्तचाप, क्यान्सर एवं मधुमेहजस्ता रोग भएकाहरूलाई ज्यादै फाइदा पुग्ने चिकित्सकहरूको भनाइ छ । यसमा एन्टीअक्सिडेण्ट समेत हुने भएकाले सौन्दर्यमा समेत निखार ल्याउने र शरीर तन्दुरुस्त राख्ने अध्ययनहरूले पुष्टि गरेका छन् ।
जौको अंकुर सम्पूर्ण आहार र औषधिमध्ये सर्वोत्कृष्ट वनस्पति हो । अन्य हरिया सागपातमा पाइने पौष्टिक तत्व भन्दा जौ वा यसको अंकुरमा पाइने तत्व तुलनात्मक रूपमा धेरै नै बढी छ ।
जमरामा शरीरलाई आवश्यक खनीज पदार्थ, भिटामिन, प्रोटिन, एमिनोएसिडजस्ता तत्व प्रशस्त मात्रामा पाइन्छ । शरीरबाट विषाक्त पदार्थ हटाउन, रगतमा चिनीको मात्रा सन्तुलनमा राख्न, दाँत र कपाल स्वस्थ राख्न, पाचन प्रक्रिया सहज बनाउन र रक्तचाप सन्तुलनमा राख्न जमराको जुस लाभदायी मानिन्छ ।
पहिलोपटक खेती गरिएको अन्नबाली जौलाई मानिन्छ । गाउँघरमा अझै पनि जमरालाई सुकाएर राखी रोग लाग्दा पानीमा उमालेर पिउने चलन छ । जौको सातु एकदमै रुचाइन्छ । बजारमा अहिले जौको चिउरा, ओट्स र बार्लेकोको माग धेरै हुने गरेको छ । पेट सफा गर्न जौबाट बनेका खाद्य पदार्थ उपयोगी मानिन्छ ।
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ७७३ नमुनामध्ये १ हजार ४४६ पीसीआर परीक्षण गर्दा १३६ जना र ३२७ एन्टिजेन परीक्षण गर्दा ११ गरी १४७ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने ८४५ जना निको भएका छन् । अहिले सक्रिय संक्रमित १२ हजार ५९८ जना छन् ।
दसैं होस् वा तीज या अरु कुनै पर्व मेलामा सफा र चिटिक्क हुन मन सबैलाई हुन्छ । तर धेरैलाई चाडपर्वमा कस्तो मेकअप गर्ने भन्ने चिन्ताले सताउने गर्छ ।
दसैं असोज कात्तिक महिनामा पर्छ । यो समयमा न गर्मी न जाडो हुन्छ । यसैले मेकअप गर्दा पसिनाले निथु्रक्क भिजेर लतपतिने समस्या हुँदैन भने जाडोले अनुहार खुम्चने पनि हुँदैन ।
त्यसैले यो समयमा तपाईंले गरेको मेकअपले अझ सुन्दर देखाउँछ । दसैंमा निधारमा टीका र कानमा जमरा लगाउनुपर्ने भएकाले हभी मेकप नगरे पनि हुन्छ । हल्का मेकअपले पनि तपाईंलाई सुन्दर देखाउन सक्छ ।
कसरी गर्ने मेकअप ?
मेकअप गर्नुअघि हामीले फेसको सफाइ गर्नुपर्छ । शुरुमा चिसो वाइपस वा मस्चराइजरले अनुहारलाई राम्ररी सफा गर्ने । अनुहार सफा भइसकेपछि टोनर प्रयोग गर्नुपर्छ । टोनरले अनुहारको छालामा भएका सानासाना दागलाई पुर्ने काम गर्छ ।
टोनर चाहिँ हामीले दैनिक फेसवास र क्लिन्जिङ गरेपछि प्रयोग गर्न सक्छौं । यसरी टोनरले क्लिन्जिङ गर्दा छाला सुख्खा छ भने फेस सिरम प्रयोग गर्न सकिन्छ । फेस क्लिन्जिङ गरेपछि मस्चराइजिङ क्रिम लगाउनु पर्छ । मस्चराइजिङपछि सन्सक्रिम लगाउने । यति गरिसकेपछि मेकअप गर्ने पालो आउँछ ।
मेकअपलाई दिनभर अड्याइ राख्नका लागि फेस प्राइमरको प्रयोग गर्न सक्छौं । यसपछि अनुहारमा डाइरेक्ट फाउण्डेसन पनि प्रयोग गर्न सकिन्छ । शुरुमा आँखाको मेकअप गर्दा आइस्याडो गर्नुपर्छ । आइस्याडोभन्दा अघि चाहिँ आई प्राइमर लगाउनु राम्रो ।
आई प्राइमरले आईस्याडोलाई लामो समयसम्म नबिगारी राख्न सक्छ । चाँडपर्वमा मेकअप गर्दा पार्टीमा गर्ने जस्तो हेब्बी मेकअप गर्नुपर्दैन् । हल्का मेकअप गर्ने भएकाले आँखामा आइस्याडो लगाउँदा पनि म्यूड कलर लगाउनु पर्छ । आइस्याडो लगाउँदा हल्का स्किन र ब्राउन कलर लगाउनु पर्छ । यसमा कसैलाई गाजल ल्याउन मन छ भने तलमाथि लगाउन सकिन्छ । गाजल लागइसकेपछि फाउण्डेसन लगाउन मिल्छ ।
फाउण्डेशन लगाउनुअघि हामील सानासाना दाग वा आँखामुनिको कालो भागलाई हटाउनका लागि कन्सुलर प्रयोग गर्नुपर्छ । मेकअप गर्दा ब्रस वा स्पन्ज प्रयोग गर्न सक्छौं । फाउण्डेशन लगाइसकेपछि लुज पाउडर प्रयोग गर्नुपर्ने हुन्छ । लुज पाउडर प्रयोग गरिसकेपछि जेल लाइनर लगाउन सक्छौं ।
यसपछि फेस कटिङ गर्नुपर्छ, यसले मेकपलाई सेपमा ल्याउँछ । फेस कटिङपछि ब्लसर प्रयोग गर्नुपर्छ । ब्लसर प्रयोग गर्दा दिनमा चाहिँ चम्किलोभन्दा पनि थोरै मधुरो कलर प्रयोग गर्न सक्छौं ।
त्यसपछि थोरै हाइलाइटर प्रयोग गर्न सकिन्छ । तर, दिनमा प्रयोग नगर्दा पनि हुन्छ । यसपछि अनुहारलाई सुहाउँदो लिपिष्टक लागाउनु पर्छ । अन्त्यमा सेतो पाउडरले फिनिसिङ दिनुपर्छ । यसरी दशैंमा तपाईंले घरमा नै मेकअप गरेर आफ्नो सौन्दर्यमा अझ निखार ल्याउन सक्नुहुनेछ ।
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५९४ नमुनामध्ये ३ हजार ६७१ पीसीआर परीक्षण गर्दा३२६ जना र १ हजार ९२३ एन्टिजेन परीक्षण गर्दा ३९ गरी ३६५ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ भने ६०९ जना निको भएका छन् । अहिले सक्रिय संक्रमित १४ हजार २७६ जना छन् ।