Category: स्वास्थ्य-जीवनशैली

  • कोभिड महामारीको केन्द्रबिन्दु बन्दै युरोपः डब्ल्यूएचओ

    कोभिड महामारीको केन्द्रबिन्दु बन्दै युरोपः डब्ल्यूएचओ

    एजेन्सी । विश्व स्वास्थ्य संगठनका वरिष्ठ अधिकारीहरूले युरोपमा गत महिनामा कोरोनाभाइरस सङ्क्रमण ५० प्रतिशत भन्दा बढी बढेको बताएका छन् । यसले खोपहरूको पर्याप्त आपूर्तिको बाबजुद युरोप महामारीको केन्द्रबिन्दु बनेको टिप्पणी गरेका छन्।

    ‘त्यहाँ प्रशस्त खोप उपलब्ध हुन सक्छ, तर खोपको खपत बराबर हुन सकेको छैन जसले समस्या निम्त्याएको छ,’ डब्लुएचओका आपतकालिन प्रमुख डा। माइकल रायनले बिहीबार पत्रकार सम्मेलनमा भनेका छन्।

    उनले युरोपेली अधिकारीहरूलाई खोपहरूमा अन्तर बन्दू गर्न आग्रह गरे। डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससका अनुसार आफ्नो जनसंख्याको ४०५ भन्दा बढी खोप लगाएका देशहरूले रोक्नु पर्छ र यसको सट्टा विकासोन्मुख देशहरूलाई उनीहरूसँग रहेको खोप प्रदान गर्नुपर्दछ ।

    इम्युनो(सम्झौता भएका मानिसहरूलाई बाहेक अरू कुनै बूस्टरहरू मात्रा दिन हातर गर्नु पर्दैन,’ टेड्रोसले भने। उनले खोप निर्माताहरूलाई कोभ्याक्स आपूर्तिलाई प्राथमिकता दिन आह्वान गरेका छन् ।

    अझै, गरीब देशहरूले विश्वको कोभिड–१९ खोपहरूको १५ भन्दा कम प्राप्त गरे पनि, अफ्रिका र दक्षिणपूर्वी एशियामा केसहरू गत हप्ता ९५ ले घटेको देखाएको छ।

    ६० भन्दा बढी देशहरूले जाडो भन्दा पहिले कमजोर प्रतिरोधी क्षमता विरुद्ध लड्न बुस्टर खुराक दिन थालेका छन् ।यद्पि अर्को कोभिड–१९ लहर आउँने सम्भावना अझै कायमै छ। संयुक्त राज्यमा, ५ देखि ११ वर्षका बालबालिकाहरूले यस हप्ता कोभिड–१९ विरुद्धको खोप लिन थालेपछि अधिकारीहरूले जोखिम भन्दा लाभ बढी भएको टिप्पणी गरेका छन् ।

    यसअघि बिहीबार, डब्लुएचओका ५३ देशका युरोप क्षेत्रका निर्देशक डा हान्स क्लुगेले कोभिड–१९ का बढ्दो सङ्क्रमितको सङ्ख्या ूगम्भीर चिन्ताको विषयू भएको बताएका थिए।

    ‘युरोप महामारीको केन्द्रबिन्दुमा फर्किएको छ जहाँ हामी एक वर्ष पहिले थियौं,’ डब्ल्यूएचओको कोपेनहेगन कार्यालयका क्लुगेले भने। क्लुगेले चेतावनी दिदै भनेका छन् कोरोनाभाइरसबाट सङ्क्रमितको अस्पताल भर्ना दर गत हप्तामा दोब्बर भन्दा बढी भएको छ र यस्तै बढ्दै जाने हो भने यस क्षेत्रमा थप ५००,००० महामारीबाट मृत्यु हुनसक्छ ।

    डब्लुएचओ युरोपले मध्य एशियामा पूर्व सोभियत गणतन्त्रहरू जत्तिकै पूर्वसम्म फैलिएको क्षेत्रले झण्डै १८ लाख नयाँ साप्ताहिक घटनाहरूमा अघिल्लो हप्ताको तुलनामा करिब ६ प्रतिशतले वृद्धि भएको बताएको छ ।

    क्लुगेले यस क्षेत्रका देशहरू भ्याक्सिनेशन रोलआउटको विभिन्न चरणहरूमाू रहेको र क्षेत्रव्यापी औसत ४७५ मानिसहरूलाई पूर्ण रूपमा खोप लगाइएको बताउँनुभएको छ। त्यसैगरी केवल आठ देशहरूमा भने उनीहरूको जनसंख्याको ७०५लाई पूर्ण रूपमा खोप लगाइएको छ।

    युरोपको कोभिड-१९ मा भएको बृद्धिले लगातार पाँचौं हप्तासम्म बढिरहेको देखाएको छ। संक्रमण दर युरोपमा अहिलेसम्मकै उच्च थियो, जसले प्रति १००,००० व्यक्तिमा १९२ नयाँ सङ्क्रमण भएको देखाएको छ।

    ‘हामी स्पष्ट रूपमा अर्को लहरमा छौं,’स्वीडेनका प्रमुख महामारी विशेषज्ञ एन्डर्स टेगनेलले बिहीबार भनेका छन्। ‘ महामारीको बढ्दो रूप पूर्ण रूपमा युरोपमा केन्द्रित छ।’ मध्य र पूर्वी युरोपका धेरै देशहरूले हाल दैनिक सङ्क्रमण दर बढेको देखाएका छन्।

    एम्स्टर्डममा रहेको युरोपेली मेडिसिन एजेन्सीले बिहीबार अनलाइन ब्रिफिङमा विज्ञहरूले सबैलाई खोप लगाउन आग्रह गरेका छ।
    ‘युरोपमा महामारीको अवस्था अहिले धेरै चिन्ताजनक छ किनकि संक्रमण दर, अस्पतालमा भर्ना हुने र मृत्युको संख्यामा बृद्धि भएको देख्न सक्छौं,; इएमए का क्लिनिकल अध्ययन र निर्माण कार्य बलका प्रमुख फर्गस स्वीनीले भने।

    उनका अनुसार सबैलाई पूर्ण मात्राको खोप लगाउँन अनिवार्य छ किनकि यो मात्र महामारी नियन्त्रण गर्ने एक सशक्त उपाय हो ।

     

  • शुक्रबार १ सय संक्रमित थपिए, २ जनाको मृत्यु

    शुक्रबार १ सय संक्रमित थपिए, २ जनाको मृत्यु

    काठमाडौं । कोरानोभाइरसको नमूना परिक्षणमा कमि आएसँगैै संक्रमितको संख्या पनि घटेको छ । पछिल्लो २४ घण्टामा २ हजार ३०७ वटा पीसीआर परीक्षण र २ हजार ५३७ जनाको एन्टिजेन परीक्षण गर्दा १८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ६४९ जना निको भएका छन् । गत २४ घण्टामा ३७७५ जनाले कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन् ।

    नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख भन्दा बढी पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ४३८ पुगेको छ भने ७ लाख ९४ हजार ४३८ जना संक्रमणमुक्त भएका छन् ।

    मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ८ हजार ४१३ जना रहेका छन् । जसमध्ये ७ हजार ७६३ जना होम आइसोलेसनमा रहेका छन् भने ६५० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २०० जना आईसीयू र ५५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

  • आज हल्का वर्षा र हिमपातको सम्भावना

    आज हल्का वर्षा र हिमपातको सम्भावना

    काठमाडौं । नेपालमा उल्लेखनीय मौसम प्रणाली नरहे पनि देशका अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    देशका हिमाली भेगमा हल्का हिमपात तथा प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको छ । आज राजधानी काठमाडौँ उपत्यकाको आकाशमा दिनभरजसो सामान्य बदली रहेको छ । मौसम बदली र तुलनात्मकरूपमा तापक्रम पनि घटेकाले बढी चिसो महसुस गरिएको छ ।

    महाशाखाका अनुसार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि समान्य बदली तथा अन्य प्रदेशहरूमा आंशिक बदली रहेको छ । प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । रातिको समयमा प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेशमा आंशिकदेखि समान्य बदली रहने छ । प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    भोलि शनिबार पनि प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि समान्य बदली तथा अन्य प्रदेशमा मौसम सामान्यता सफा रहनेछ । प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    कात्तिक २१ गते आइतबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहने छ । प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षातको सम्भावना रहेको छ । साथै प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    महाशाखाको पछिल्लो विवरणमा आज काठमाडौँको अधिकतम तापक्रम २३ दशमलव नौ र न्यूनतम तापक्रम नौ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।

  • फेब्रुअरीसम्म युरोपमा कोभिडले थप पाँचलाख जनाको मृत्यु हुनसक्छ : डब्लुएचओ

    फेब्रुअरीसम्म युरोपमा कोभिडले थप पाँचलाख जनाको मृत्यु हुनसक्छ : डब्लुएचओ

    काठमाडौं । कोरोनाभाइरस संक्रमण फैलने गतिलाई तत्कालै नियन्त्रणमा नलिइए आगामी फेब्रुअरीभित्र युरोपमा थप पाँचलाख जनाको मृत्यु हुने चेतावनी विश्व स्वास्थ्य संगठनले दिएको छ ।

    डब्लुएचओका युरोपेली प्रमुख हान्स क्लगले युरोपमा कोरोना संक्रमणले अर्को कीर्तिमान राख्नेतर्फ उन्मुख भएको बताए । निकै संक्रामक मानिएको डेल्टा प्रजातिको कारणले युरोपमा पुनः भाइरस संक्रमण निकै बढेको उनले मिडियासँग बताए ।

    ‘आज, युरोपका प्रत्येक देशहरु कोरोनाको पुनः संक्रमणसँग लडिरहेका छन् र कतिपयले लड्न थालिसके’ कोपनहेगनस्थित डब्लुएचओको युरोपेली मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने ।

    अहिले युरोपेली आयोगका २७ मुलुकसहित बेलायत, रुस, टर्की, इजरायल र केही एसियाली मुलुकमा ७८ मिलियन कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो साता युरोपेली अस्पतालका भर्ना हुने कोभिड संक्रमणमा दोब्बर वृद्धि भएको समेत प्रमुख क्लगले बताए ।

    ‘यदि यो संकट निरन्तर रह्यो भने फेब्रुअरीभित्र थप पाँचलाख जनाको मृत्यु हुनसक्छ’ उनले भने । ‘हामी भाइरसको अर्को लहरसँग लड्न थालेका छौं’ उनले भने, ‘युरोप पुनः महामारीका केन्द्रबिन्दु बन्न थालेको छ जुन एकवर्ष अघि पनि हामीमाझ थियो ।’

     

     

  • सरकारले ६० लाख डोज फाइजर खोप खरिद प्रक्रिया अघि बढायो

    सरकारले ६० लाख डोज फाइजर खोप खरिद प्रक्रिया अघि बढायो

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले किशोर-किशोरीलाई लक्ष्य गरेर नेपाल सरकारले फाइजरको ६० लाख मात्रा खोप खरिद गर्ने प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

    विश्व बैंकको सहयोगमा फाइजरको ६० लाख मात्रा खोप खरिद गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयारी गरेको र यससम्बन्धी फाइल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने तयारीमा रहेको मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    कोभिड–१९ महामारीको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले उच्च प्राथमिकता दिँदै आएको र कोरोनाविरुद्धको खोप अभियान पनि सञ्चालन गर्दै आएको बताउँदै प्रवक्ता डा पौडेलले आज विज्ञप्ति प्रकाशन गरेर खोप खरिद पक्रिया मन्त्रिपरिषद्मा नरोकिएको स्पष्ट गरेका छन् ।

    साथै सो विज्ञप्तिमा खोप खरिद प्रक्रिया रोकिएको भन्ने समाचारमा कुनै सत्यता नरहेको पनि स्पष्ट गरिएको छ ।

  • काठमाडौंमा पुनः डेंगु संक्रमण पुष्टि, सतर्कता अपनाउन विज्ञको सुझाव

    काठमाडौंमा पुनः डेंगु संक्रमण पुष्टि, सतर्कता अपनाउन विज्ञको सुझाव

    काठमाडौं । काठमाडौंमा एक वर्षपछि डेंगुको संक्रमण पुनः देखा परेको छ । काठमाडौंमा डेंगु फैलाउने एडीस जातको लामखुट्टे र उच्च जनघनत्व भएकाले जोखिम बढेको हो । हाल घट्टेकुलो, मैतीदेबी, कोटेश्वर आदि क्षेत्रमा डेंगुका संक्रमितहरु बढेको दखिएको छ ।

    सन् २०१९ मा डेंगुले महामारीको रूप लिंदा काठमाडौँ शहर प्रभावित भएको थियो । डेंगुको डेन–१, २, ३ र ४ गरी चार सेरोटाईपहरु हुन्छन् । नेपालमा डेंगुका चारै सेरोटाईपहरु देखिइसकेको छ ।

    डेंगुको दोश्रो पटक संक्रमण भए त्यसलाई ‘सेकेण्डरी डेंगु इन्फेक्सन’ पनि भनिन्छ । पहिलो डेंगुको सेरोटाईपभन्दा फरक सेरोटाईपले पुनः संक्रमण गरेको भए संक्रमितमा डेंगु झन कडा हुने अनुसन्धानहरुबाट प्रमाणित भइसकेको छ ।

    त्यसैले, काठमाडौंमा सन् २०१९ मा देखिएको डेंगुको सेरोटाईप–२ भन्दा फरक सेरोटाईप (१ वा ३ वा ४) अहिले देखिदै गरेको डेंगुले संक्रमितलाई दोश्रो पटक संक्रमण गरेको रहेछ भने सो व्यक्तिमा डेंगु कडा हुन सक्ने अनुमान गरिएको छ ।

  • भारतीय खोप कोभ्याक्सिनलाई डब्लुएचओद्वारा आपतकालिन प्रयोगको अनुमति

    भारतीय खोप कोभ्याक्सिनलाई डब्लुएचओद्वारा आपतकालिन प्रयोगको अनुमति

    काठमाडौं । भारतमै उत्पादन भएको कोभिड-१९ विरुद्धको खोप कोभ्याक्सिनलाई विश्व स्वास्थ्य संगठनले आपतकालिन प्रयोगका लागि मान्यता दिएको छ ।

    भारत बायोटेक कम्पनीले निर्माण गरेको यो खोप भारतमै उत्पादित पहिलो स्वदेशी खोप हो । डब्लुएचओको अनुमतिपछि गरिब मुलुकहरुमा खोप लगाउने बाटो खुलेको छ ।

    डब्लुचएओको प्राविधिक सल्लाहकार समूहले कोभ्याक्सिन खोप सुरक्षित रहेको र संगठनको मापदण्डअनुसार रहेको जनाएको छ । यो खोपबाट कुनै जोखिम नरहेको समेत डब्लुएचओले जनाएको छ ।

    डब्लुएचओको उक्त समितिले विश्वव्यापी प्रयोगका लागि खोपलाई अनुमति दिनुअघि भारत बायोटेकबाट थप कागजपत्र मगाएको थियो । कोभ्याक्सिनलाई चार सातको अन्तरमा दुई डोज लगाउनुपर्ने भएको छ ।

    गत जनवरीमा भारतमा यसलाई आपतकालिन प्रयोगको अनुमति दिइएको थियो भने, नेपालमा समेत यसलाई अनुमति मिलेपनि प्रयोगमा चाहिँ आएको छैन ।

  • मधुमेह दिवसमा नर्भिकको हेल्थ प्याकेज घोषणा

    मधुमेह दिवसमा नर्भिकको हेल्थ प्याकेज घोषणा

    काठमाडौं । नर्भिक अस्पतालले विश्व मधुमेह दिवसको अवसरमा एक्सक्लूसिभ हेल्थ प्याकेजको घोषणा गरेको छ ।

    मधुमेहको समस्या न्यूनिकरणका लागि आफ्नो तर्फबाट पनि योगदान गर्न सकियोस् र मधुमेहका संभावित बिरामीहरुलाई स्वास्थ्य जाँचका लागि प्रोत्साहित गर्न सकियोस् भन्ने उद्देश्यले नर्भिकले विशेष प्याकेज घोषणा गरेको हो ।

    मधुमेह जाँचको विशेष प्याकेज विश्व मधुमेह दिवसको दिन सहुलियत दरमा खरीद गर्न सकिने अस्पतालले जनाएको छ ।

    विश्व मधुमेह दिवस नोभेम्बर १४ को दिन पर्छ । सो दिन नर्भिकमा आएर वल्र्ड डायबिटिज डे प्याकेज लिन चाहनेले रु. ६००० तिरे पुग्छ । यो शुल्कमा रेन्डम ब्लड सुगर, एचबीए वानसी, एसजीओटी, एसएसजीपीटी, जी जीटी, यूरिया, क्रेटिनाइन, लिपिड प्रोफाइल, यूरिक एसीड, सीआरपी, इएसआर, र सीबीसी जस्ता परीक्षणहरु हुनेछन् । सामान्य अवस्थामा यी सबै परीक्षण गर्दा १० हजार हाराहारी तिर्नुपर्ने हुन्छ । मधुमेह दिवसको दिन १० हजार हाराहारी पर्ने परीक्षणलाई ६ हजारमा सीमित गरी प्याकेज तयार गरिएको हो ।

    नर्भिकले विश्व मधुमेह दिवसको दिन मधुमेह रोग विशेषज्ञ डा. डिना श्रेष्ठको निःशुल्क कन्सलट्यान्ट सेवा समेत संचालन गर्नेछ । कुनै पनि व्यक्तिको रिपोर्ट असामान्य आएको खण्डमा मात्र डा. श्रेष्ठको कन्सलट्यान्ट सेवा निःशुल्क हुने शर्त राखिएको छ ।

    यसैगरी, नर्भिक अस्पतालले विश्व मधुमेह दिवसको अवसर पारेर हाईब्लड सुगरको संभावित समस्या पत्ता लगाउने उद्देश्यले एचबीए वान सी परीक्षणमा समेत छुटको अफर सार्वजनिक गरेको छ । एचबीए वानसी तीन महिनाको सुगर लेभल जाँच गर्ने परीक्षण विधि हो । यो परीक्षण गर्दा लाग्ने शुल्कमा पनि नर्भिकले २५ प्रतिशत छुटको घोषणा समेत गरेको छ ।

  • ९ हजार नमुना परीक्षण गर्दा ४४७ संक्रमित थपिए, थप ७ जनाको मृत्यु

    ९ हजार नमुना परीक्षण गर्दा ४४७ संक्रमित थपिए, थप ७ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ४४७ जना कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयद्वारा बुधबार आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता कृष्णप्रसाद पौडेलले सो जानकारी दिए ।

    ९९१३ वटा पीसीआर र एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । पछिल्लो अवधिमा ४३९ जना निको भएका छन् । थप ७ जनाको मृत्यु भएको छ । सेनाले व्यवस्थापन गरेका शवको विवरण आउन बाँकी रहेको प्रवक्ता पौडेलले बताए ।

    आजसम्म सक्रिय संक्रमित संख्या ९१२३ छ । बुधबारको दैनिक संक्रमण दर ६ प्रतिशत रहेको कूल परीक्षणको आधारमा मुलुकको संक्रमण दर १८.३ प्रतिशत रहेको जनाइएको छ । हुम्ला र मुगु जिल्लामा कोभिड संक्रमण शून्य छ ।

    काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबार १७५ जना संक्रमित थपिएका छन् ।

    ‘दैनिक संक्रमण दर घट्ने क्रममा रहेपनि जोखिम कायमै छ’ प्रवक्ता पौडेलले भने, ‘चाडपर्वको बेला संक्रमणमा वृद्धि हुने भएकाले थप सर्तकता अपनाउनुपर्ने हुन्छ ।’

  • नेपालमा २४ प्रतिशतले लगाए पूर्ण मात्रा कोरोना खोप

    नेपालमा २४ प्रतिशतले लगाए पूर्ण मात्रा कोरोना खोप

    काठमाडौं । नेपालको कूल जनसंख्याको २४.३ प्रतिशतले मात्र कोभिड–१९ विरुद्ध पूर्णमात्रा खोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो ।

    कूल जनसंख्याको २८.७ प्रतिशतले एकडोज खोप लगाएको मन्त्रालयले जनाएको छ । चीनले बुधबार १६ लाख डोज भेरोसेल खोप दिएको जनाउँदै मन्त्रालयले चैतसम्म सबै जनसंख्यालाई खोप लगाउने समेत जनाएको छ ।

    ‘सरकार नेपाली जनतालाई समयमै कोभिडविरुद्धको खोप लगाउन प्रतिबद्ध छ’ विज्ञप्तिमा भनिएको छ ।

  • चीनद्वारा नेपाललाई थप १६ लाख डोज भेरोसेल खोप प्रदान

    चीनद्वारा नेपाललाई थप १६ लाख डोज भेरोसेल खोप प्रदान

    काठमाडौँ । चीनले नेपाललाई थप १६ लाख डोज भेरोसेल खोप उपलब्ध गराएको छ । स्वास्थ्य मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्यमन्त्री विरोध खतिवडालाई खोप हस्तान्तरण गरेकी हुन् ।

    चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई थप ३ लाख डोज खोप तथा मेडिकल उपकरण सहयोग गर्नेसमेत राजदूत यान्छीले जनाएकी छिन् । उक्त खोप डिसेम्बर ५ मा काठमाडौंमा आइपुग्ने भएको छ ।

    चीनले अहिलेसम्म नेपाललाई ३४ लाख डोज खोप अनुदानमा दिएको छ । त्यस्तै नेपालले चीनबाट कोभ्याक्स कस्ट सेयरिङअन्तर्गत ५९ लाख डोज खरिद गरेको छ । जसमध्ये १० लाख २० हजार डोज खोप आइसकेको छ । थप खोप ल्याउने प्रक्रिया चलिरहेको स्वास्थ्य सचिव डा. रोशन पोखरेलले जानकारी दिएका छन् ।

  • मिस युनिभर्स नेपालका सुन्दरीले दाँतको परीक्षण गराउँदै भने : हामीले मात्र हैन, सबैले दाँतको स्याहार गरौं

    मिस युनिभर्स नेपालका सुन्दरीले दाँतको परीक्षण गराउँदै भने : हामीले मात्र हैन, सबैले दाँतको स्याहार गरौं

    काठमाडौँ । मिस युनिभर्स नेपाल २०२१ का विजेता र सह-विजेताले राजधानीको कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी)मा पुगी आफ्नो दाँतको परीक्षण तथा उपचार गराएका छन् ।

    विजेता सुजिता बस्नेत र सहविजेता नीनाकान्त मण्डलले केडीसीमा गई मुख स्वास्थ्य दन्त परीक्षण तथा उपचार गराएका हुन् । डिसेम्बरमा इजरायलमा मिस युनिभर्स वर्ल्ड २०२१ प्रतियोगितामा जानुअघि उनीहरुले स्वास्थ्यको तयारीस्वरुप यस्तो परीक्षण गरेका हुन् ।

    केडीसीमा सुन्दरीद्धयलाई अध्यक्ष बुद्धिमान श्रेष्ठले स्वागत गरेका थिए । विद्यार्थी, फ्याकल्टी र स्टाफ सहभागी भएको उक्त अन्तरक्रिया कार्यक्रममा बस्नेत र मण्डलले मुख तथा दन्त स्वास्थ्यको बारेमा समेत विचार राखेका थिए ।

    मुख तथा दाँतको स्याहारमा लाग्न उनीहरुले आग्रह गरे । मिस नेपाल अमेरिका समेत रहिसकेकी बस्नेतले मुख तथा दन्त स्वास्थ्यको महत्व सुन्दरी प्रतियोगिताका लागि मात्रै नभएर सबैलाई आवश्यक रहेको बताइन् । हेल्दी स्माइलका लागि ओरल हेल्थ डेन्टिस्ट्रीको बारेमा समेत उनले कुरा गरिन् ।

    कलेज प्रिन्सिपल रविन्द्रमान श्रेष्ठले मुख तथा दाँत स्वास्थ्य र केडीसीले यस क्षेत्रमा दिएको योगदानको चर्चा गर्दै बस्नेत र मण्डललाई सफलताको शुभकामना दिए । केडीसी अध्यक्ष श्रेष्ठले टाइटल विजेता सुन्दरीद्धयलाई मुख तथा दाँतको स्वास्थ्य परीक्षण गरी आवश्यक पर्ने उपचार प्रतिस्पर्धामा भाग लिनु जानुअघि गर्ने गरी मिलाइएको बताए ।

  • ५० लाख डोज खोप खरीदमा सहजीकरण गरिदिन भारतीय राजदूतलाई स्वास्थ्यमन्त्रीको आग्रह

    ५० लाख डोज खोप खरीदमा सहजीकरण गरिदिन भारतीय राजदूतलाई स्वास्थ्यमन्त्रीको आग्रह

    काठमाडौं । सरकारले भारतबाट थप ५० लाख मात्रा कोभिड-१९ विरुद्धको खोप खरीद गर्ने भएको छ । स्वास्थ्यमन्त्री विरोध खतिवडाले भारतीय राजदूत विनयमोहन क्वात्रासँगको भेटमा खोप खरीद कार्यमा समन्वय गर्न आग्रह गरेका छन् ।

    स्वास्थ्य सेवा विभागले भारतीय खोप निर्माता कम्पनीसँग खरीद प्रक्रिया अघि बढाएको छ । जवाफमा राजदूतले आफ्नो तर्फबाट आवश्यक सहयोग तथा समन्वय गर्ने बताएका थिए ।

    मन्त्री खतिवडाले राजदूत क्वात्रासँगको भेटमा आपसी हित र द्धिपक्षीय सम्बन्धबारे पनि कुरा गरेका थिए । कोभिड महामारीका बेला भारत सरकारका तर्फबाट खोप, औषधि तथा अन्य स्वास्थ्य सामग्री उपलव्ध गराएकोप्रति मन्त्री खतिवडाले धन्यवाद दिएका थिए ।

    उनले दुई देशले प्रदान गरेको कोभिड-१९ विरुद्धको खोपलाई आपसी मान्यता दिने भारत सरकारको प्रस्ताव प्रक्रियामा रहेको बताए । ‘तपाईँहरुको तर्फबाट आएको सो प्रस्ताव परराष्ट्र मन्त्रालयको सुझाव अनुसार कानून न्याय तथा संसदीय मामिला मन्त्रालय तथा गृह मन्त्रालयको राय सहमति माग गरेको र त्यहाँबाट सहमति प्राप्त हुनासाथ आवश्यक प्रक्रिया अघि बढ्ने छ,’ उनले राजदूत क्वात्रालाई भने ।

    भेटमा मन्त्री खतिवडाले नेपालमा मिर्गौलाका बिरामी दिनानुदिन बढ्दै गई रहेको भन्दै थप डाइलाइसीस मेसिनको आवश्यकता रहेको बताए । उनले १५० देखि पछिल्लो निर्देशिकामा नयाँ एम्बुलेन्स क र ख बर्गका मात्रै लिन पाइने भन्ने छ । भारतले बर्षेनी उपलव्ध गराउने ठूलो संख्याका एम्बुलेन्सहरु ग वर्गका हुन् ।

  • काठमाडौंमा राति ९ बजेसम्म मात्र देउसीभैलो खेल्न पाइने

    काठमाडौंमा राति ९ बजेसम्म मात्र देउसीभैलो खेल्न पाइने

    काठमाडौं । काठमाडौं जिल्लामा राती ९ बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने भएको छ ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज विज्ञप्ति जारी गर्दै कोभिड–१९ संक्रमण हुन नदिन स्वास्थ्य मापदण्ड पालना गर्दैै देउसी खेल्न पाइने सूचना जारी गरेको हो ।

    पटका, आतसवाजीजस्ता विस्फोटक एवं प्रज्वलनशिल पदार्थ उत्पादन, ओसारपोसार, विक्री वितरण तथा प्रयोग नगर्न समेत प्रशासनले निर्देशन दिएको छ ।

    देउसी भैलो खेल्दा राती ९ बजेसम्म मात्र सभ्य एवं शान्तिपूर्णरुपमा गर्ने र यस्ता कार्यक्रम गर्दा शान्तिपूर्णरुपमा गर्न पनि प्रशासनले भनेको छ । कोभिड–१९ को जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड पालना गर्न समेत प्रशासनले भनेको छ ।

  • मंगलबार ४६९ कोभिड बिरामी थपिए, ११ जनाको मृत्यु

    मंगलबार ४६९ कोभिड बिरामी थपिए, ११ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ४६९ जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार २८७ वटा नमुना (७११५ पीसीआर र ३१७२ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    सोही अवधिमा थप ११ जना कोभिड संक्रमितको मृत्यु भएको छ । ५५५ जना निको भएका छन् । सक्रिय संक्रमित संख्या ९ हजार १७४ छ ।

    पछिल्लो २४ घण्टामा ८० हजार ८१८ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।

    काठमाडौं, भक्तपुर र ललितपुरमा ५०० भन्दा सक्रिय संक्रमित छन् । मनाङ, मुगु र हुम्लामा संक्रमित संख्या शून्य छ । १० जिल्लामा सक्रिय संक्रमित संख्या २०० भन्दा माथि छ ।

    कूल संक्रमित संख्या ८ लाख १३ हजार ४३३ छ । कूल निको हुने संख्या ७ लाख ९२ हजार ८३२ छ । कूल मृतक संख्या ११ हजार ४२७ छ ।

     

  • कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५० लाख नाघ्यो, राष्ट्रसंघद्वारा खोपको समान वितरण गर्न आग्रह

    कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५० लाख नाघ्यो, राष्ट्रसंघद्वारा खोपको समान वितरण गर्न आग्रह

    काठमाडौं । विश्वमा कोरोनाभाइरसको प्रकोपबाट मृत्यु हुनेको संख्या ५० लाख नाघेको बताइएको छ । गएको करिब दुई वर्षयता यो भाइरसको प्रकोप सुरु भएको थियो । त्यसैले यस्तो अवस्थामा विश्वका नागरिकलाई यस भाइरसका विरुद्धको खोप सहज र सुलभ रुपमा उपलब्ध हुनुपर्ने संयुक्त राष्ट्रसंघले जनाएको छ ।

    संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले कोरोना भाइरसविरुद्धको खोप वितरण समान नहुँदा संसारका नागरिकले ज्यान गुमाउनुपरेको बताएका छन् । उनले भनेका छन् – विश्वका धनी भनिएका देशहरुले कोरोना भाइरसको तेस्रो मात्रा लगाउने तयारी गर्दैछन् तर पनि यहाँ अफ्रिकामा भने पाँच प्रतिशत मात्र नागरिकहरुले पूर्ण खोप लिएका छन् ।

    उनले यो संसारकै लागि लाजमर्दो अवस्था हो भनेका छन् । उनले यो महामारीले विश्वलाई नै उत्तिकै असर गरिरहेकाले सबै देशहरुले यो खोपको उपलब्धतामा समान व्यवहार अपनाउनुपर्नेमा जोड दिए । महासचिव गुटेर्रेसले हाल विश्वमा कोरोना भाइरसका विरुद्धको खोप उत्पादन र वितरणका क्षेत्रमा काम गरिहेका देशहरुलाई विशेषगरी खोपको समानतामा काम गर्न आग्रह गरे ।

    महासचिव गुटेर्रेसले भने- म विश्वका धनी देशहरुलाई यो आग्रह गर्दछु कि खोप यो महामारी विरुद्धको एकमात्र उपाय भएकाले यसमा सबैको पहुँच पुर्‍याउन सकियोस् । उहाँले अहिले पनि खोपको वितरण त भइरहेको छ र विश्वका सबैजसो देशमा यो पुगेको छ भन्दै तर पनि नागरिकलाई समान रुपमा भने वितरण गरिएको छैन, त्यसैले अहिलेको प्रयासलाई अरु धेरै बढाउनुपर्ने अवस्था छ ।’

    अहिले यो खोप धनी देश र मध्यमबर्गीय देशहरुमा पुगेको तर पनि गरिब तथा तेस्रो विश्वमा पुग्न नसकेको बताए । यस्तो अवस्थामा विश्वलाई नै कोरोना भाइरसको महामारीबाट बचाउन र त्यसका लागि विश्वका सबै देशका नागरिकमा खोप उपलब्ध गराउन उनले आग्रह गरे ।

    यो महामारीबाट विश्वका पचास लाखभन्दा बढी नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था दुःखद भएको भन्दै अहिले पनि मानव जातिसँग यो महामारीका विरुद्धमा लड्ने एक प्रभावकारी उपाय खोपमात्र रहेकोतर्फ सबैले बुझ्नुपर्ने उनले बताए । रासस

  • काठमाडौंबाट बाहिरिनेलाई अनिवार्य खोप लगाउन सरकारको आग्रह : भोलिदेखि कलंकी, कोटेश्वर र बसपार्कमा खोप लगाइने

    काठमाडौंबाट बाहिरिनेलाई अनिवार्य खोप लगाउन सरकारको आग्रह : भोलिदेखि कलंकी, कोटेश्वर र बसपार्कमा खोप लगाइने

    काठमाडौं । सरकारले तिहारका लागि काठमाडौँ उपत्यकाबाट बाहिरिनेहरूलाई कोभिड-१९ विरुद्धको खोप लगाएर गन्तव्यतर्फ प्रस्थान गर्न आग्रह गरेको छ ।

    उपत्यकाका कलङ्की, कोटेश्वर, नयाँ बसपार्क र सामाखुसीमा मङ्गलबारदेखि खोप लगाउने व्यवस्था मिलाइएको जनाउँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो परिचयपत्रका साथ खोप केन्द्रमा गई खोप लगाउन सबैमा अनुरोध गरेको हो ।

  • सोमबार ५३३ कोभिड संक्रमित थपिए, थप ९ जनाको मृत्यु

    सोमबार ५३३ कोभिड संक्रमित थपिए, थप ९ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ५३३ जना कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ६६४ नमुना (७४६८ पीसीआर र ४१९६ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    सोही अवधिमा थप ९ जनाको कोभिड संक्रमणबाट मृत्यु भएको छ । ४९० जना निको भएका छन् । मुलुकको कूल संक्रमित संख्या ९३१८ छ ।

    काठमाडौं जिल्लामा १६२, ललितपुरमा ५० र भक्तपुरमा १६ जना संक्रमित थपिएका छन् । काठमाडौं, भक्तपुर र ललितपुरमा सक्रिय संक्रमित संख्या ५०० भन्दामाथि छ ।

    मोरङ, सुनसरी, झापा, नुवाकोट, मकवानपुर, कास्की, नवलपरासी पूर्व, रुपन्देही, बाँके र कैलालीमा सक्रिय संक्रमित २०० भन्दा माथि छ । मनाङ र मुगुमा कोरोना संक्रमण शून्य छ ।

    कूल संक्रमित संख्या पीसीआर ८ लाख १३ हजार ११ र एन्टीजेन ९४ हजार ६२७ छ । निको हुने संख्या ७ लाख ९२ हजार २७७ तथा मृत्यु हुने संख्या ११ हजार ४१६ छ ।

  • विमानस्थलमा पीसीआर परीक्षण शुल्क १२ सय लिन निर्देशन

    विमानस्थलमा पीसीआर परीक्षण शुल्क १२ सय लिन निर्देशन

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रस्थान गर्ने यात्रुहरुका लागि पीसीआर परीक्षण शुल्क १२ सय रुपैयाँ लिन सरकारले निर्देशन दिएको छ । यसअघि दुई हजार लिने गरिएकोमा आजैको मितिदेखि लागू हुने गरी १२ सय रुपैयाँ लिन प्रयोगशालाई लिन निर्देशन दिइएको हो ।

    विमानस्थल परिसरमा रहेका पीसीआर परीक्षणका प्रयोगशालाले जथाभावी शुल्क लिएको गुनासो आएपछि विमानस्थल संचालक विभागले आठवटा प्रयोगशालालाई पत्राचार गरेको हो ।

    स्टार हस्पिटल, टिजी मेडिसिन डिप्टिवुटरस प्रालि, क्रिस्टल डाईग्नोष्टिक प्रालि, अल्फा हेल्थ केयर एन्ड मोलिकुलर जेनेटिक, कोरोना ट्रेडिङ कम्पनी, सिद्धि पोलिक्लिनिक र विध ल्याबलाई पत्राचार गर्दै पीसीआर शुल्क १२ सयभन्दा शुल्क नलिन निर्देशन दिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशकले छड्के निरिक्षणपछि उक्त निर्देशन दिएका थिए ।

  • माल्दिभ्सबाट २ लाख १६ सय डोज अस्ट्राजेनेका खोप काठमाडौं आइपुग्यो

    माल्दिभ्सबाट २ लाख १६ सय डोज अस्ट्राजेनेका खोप काठमाडौं आइपुग्यो

    काठमाडौं । नेपाललाई माल्दिभ्स सरकारले दिएको दुई लाख एक हजार ६०० डोज अस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ । कतार एयरवेजको नियमित उडानबाट आइतबार सो परिमाणको खोप काठमाडौं आईपुगेको स्वास्थ्य सेवा विभाग खोप आापूर्ति व्यवस्थापन महाशाखा प्रमुख उपेन्द्र ढुङ्गानाले बताए ।

    उक्त खोपलाई टेकुस्थित केन्द्रीय खोप भण्डारणमा राखिएको छ । खोपलाई केहीदिनपछि प्राथमिकताका आधारमा विभिन्न जिल्लामा पठाईने ढुङ्गानाले जनाए । यसअघि सार्क राष्ट्र भारत र भुटानबाट समेत कोभिडविरुद्धको खोप आईसकेको छ ।

  • शनिबार ३७२ जना कोभिड बिरामी थपिए, ११ जनाको मृत्यु

    शनिबार ३७२ जना कोभिड बिरामी थपिए, ११ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा थप ३७२ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५,३१६ पीसीआर परीक्षणमा २९७ जना र २,५९५ एन्टिजेन परीक्षणमा ७५ जना गरी ३७२ जनामा संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ९११ जना संक्रमणमुक्त भएका छन् ।

    हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ९,५२६ जना रहेका छन् ।

    हालसम्म ७ लाख ९१ हजार २६९ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ३९९ पुगेको छ।

  • खोपको समान वितरणको माग गर्दै मेगन र ह्यारीले लेखे जी-२० सम्मेलनलाई पत्र

    खोपको समान वितरणको माग गर्दै मेगन र ह्यारीले लेखे जी-२० सम्मेलनलाई पत्र

    काठमाडौं । कोभिड-१९ विरुद्धको खोप समान वितरणको माग गर्दैै मेगन मर्केल र प्रिन्स ह्यारीले जी-२० सम्मेलनका नेताहरुलाई खुला पत्र लेखेका छन् । पत्र लेखनमा उनीहरुलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) निर्देशक डा. टेड्रोसले पनि साथ दिएका छन् ।

    यो सप्ताहन्त इटालीको रोममा जी-२० सम्मेलन हुँदैछ । महामारी सुरु भएयताकै यो ठूलो भौतिक उपस्थितीमा हुने सम्मेलन हो । ड्युक एन्ड डचेज अफ ससेक्सले डब्लुएचओको वेबसाइटमार्फत यस्तो पत्र लेखेका हुन् ।

    विश्व्यापीरुपमा ८ बिलियन डोजमात्र प्रयोग भएको तर, न्यून आय भएका मुलुकमा त्यसको ३ प्रतिशत मात्र खोप लगाइएको तथ्य प्रस्तुत गर्दै उनीहरुले पत्रमा बाँकी खोप कहाँ गयो भनेर ठूला मुलुकलाई प्रश्न गरेका छन् ।

    कोभ्याक्स संयन्त्रमार्फत न्यून आय भएका मुलुकमा १.३ बिलियन डोज खोप आपूर्तिको प्रतिबद्धता जनाइएपनि अहिलेसम्म जम्मा १५० मिलियन डोज वितरण भएको बताउँदै पत्रमा उनीहरुले बाँकी खोप किन आएन भनेर प्रश्न उठाएका छन् ।

    जी-२० सम्मेलनमा भाग लिने केही ठूला मुलुकले खोपको स्टक राखेको र मिति गुज्रने वित्तिकै प्रयोगविहिन हुने भएकोतर्फ पत्रमा ध्यानाकर्षण पनि जनाइएको छ । उनीहरुले सन् २०२१ भित्र विश्वभर ४० प्रतिशत जनसंख्यालाई खोप लगाउने लक्ष्य पुरा गर्नेतर्फ पनि ध्यानाकर्षण गराएका छन् ।

  • अमेरिकामा ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई फाइजर खोप लगाउन अनुमति

    अमेरिकामा ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई फाइजर खोप लगाउन अनुमति

    न्यूयोर्क । अमेरिकी खाद्य तथा औषधि विभागले कोभिड–१९ विरुद्धको फाइजर खोपलाई ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकामा आपतकालिन प्रयोग गर्न अनुमति दिएको छ ।

    यो खोपलाई आगामी कात्तिक २८ गतेदेखि नेपालमा ११ वर्षभन्दा माथिल्लो उमेरका दीर्घरोगीलाई पनि लगाइँदैछ । न्यूयोर्क टाइम्सका अनुसार २८ मिलियन अमेरिकी बालबालिकालाई यो खोप लगाइनेछ ।

    फाइजर–बायोएनटेक कम्पनीले उत्पादन गरेको यो खोपलाई तीन साताको अन्तरमा दुई मात्रा लगाउनुपर्ने हुन्छ । रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले औपचारिकरुमा अनुमति दिएपछि अब यो खोपलाई आगामी बुधबारदेखि अमेरिकामा लगाउन थालिनेछ ।

    बाइडेन प्रशासनले बालबालिकालाई कोभिड–१९ को खोपलाई सजिलैसँग उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै आएको छ । औपचारिक प्रक्रिया पुरा गरेपछि तत्कालै फाइजरको १५ मिलियनको डोजको वितरण अमेरिकाभर हुने समेत जनाइएको छ ।

  • कोभिड-१९ बाट अति प्रभावित देशहरू (सूचीसहित)

    कोभिड-१९ बाट अति प्रभावित देशहरू (सूचीसहित)

    काठमाडौं । जोन हप्किन्स विश्वविद्यालको अध्ययनका आधारमा सिन्ह्वाले कोभिड-१९ बाट अति प्रभावित देशहरूको पछिल्लो अपडेट सार्वजनिक गरेको छ ।

    सूची :

    देश सङ्क्रमितको सङ्ख्या
    विश्व २४५,५०३,८७९
    अमेरिका ४५,८२६,०९८
    भारत ३४,२३१,८०९
    ब्राजिल २१,७८१,४३६
    बेलायत ८,९७८,४४३
    रूस ८,२६०,०४५
    टर्की ७,९६१,५०५
    फ्रान्स ७,२४८,२८५
    इरान ५,८९९,५०९
    अर्जेन्टिना ५,२८६,०७४
  • भरतपुर अस्पतालमा आइतबारदेखि अनलाइनबाट टिकट लिन सकिने

    भरतपुर अस्पतालमा आइतबारदेखि अनलाइनबाट टिकट लिन सकिने

    चितवन । भरतपुर अस्पतालले अनलाइनबाट ओपीडी (बहिरङ्ग)टिकट सुरु गरेको छ । अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार भरतपुर अस्पतालको मोबाइल एप्लिकेसन वा भरतपुर अस्पतालको वेबसाइटमा गएर टिकट लिन सकिने व्यवस्था गराएको हो । आउँदो आइतबारदेखि अनलाइनबाट टिकट लिन सकिने सूचना अधिकारी पौडेलले जानकारी दिए ।

    अस्पतालमा प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले टिकट लिन अत्यधिक भीड भएपछि अनलाइन टिकट सुरु गरिएको बताए । उनले यो व्यवस्थासँगै टिकट लिन लामो समय कुर्नुपर्ने बाध्यताको अन्त्य हुने बताए । उनले भने, ‘अहिले सबैको हातहातमा स्मार्ट मोबाइल छ । दुई/तीन सय जनाले अनलाइन टिकट लिनुभयो भने पनि धेरै सहज हुन्छ ।’ अनलाइन टिकट सुरु गरेसँग टिकट काट्न लाइनमा बस्ने भीड कम हुने अपेक्षा गरिएको छ ।

    अस्पतालले ओपिडीमा अत्यधिक भीड भएपछि गत असोज १८ गतेबाट जिओपीडी सेवा सुरु गरेको थियो । बिहान ८ः३० बजेदेखि दिउँसो ३ बजेसम्म जनरल ओपीडी (फ्याम्लि मेडिसिन) सेवा सञ्चालन हुँदै आएको हो । बिहान ८ देखि टिकट खुल्ला हुन्छ भने ८ः३० बजेदेखि जिओपीडी परीक्षण गरिन्छ । यी दुबै सेवा सञ्चालन भएसँगै टिकट काट्न र ओपिडी परीक्षण गराउन निकै सहज हुने अस्पतालले जनाएको छ । रकमको भुक्तानी खल्ती सेवाबाट गर्न सकिनेछ । टिकटको शुल्क ३० रुपैयाँ रहेको छ ।

    सङ्घीय अस्पताल भरतपुरमा चितवनसहित १९ जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन् ।

  • शुक्रबार थप ५४९ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

    शुक्रबार थप ५४९ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५४९ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ७४६ वटा नमूना (पीसीआर ७१४५ र एन्टीजेन २६०१) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    सोही अवधिमा ५६९ जना संक्रमणमुक्त भएका छन् भने ६ जनाको मृत्यु भएको छ । गत २४ घण्टामा १ लाख २५ हजार ५२७ जनाले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् ।

    दैनिक कोरोनाभाइरस संक्रमणदर ५.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । निको हुनेको दर ९७.३ प्रतिशत छ भने १.४ प्रतिशत मृत्युदर छ ।

    काठमाडौं, भक्तपुर, ललितपुर र कास्कीमा ५०० भन्दा बढी कोरोना संक्रमित छन् । यस्तै ९ जिल्लामा २०० भन्दा बढी संक्रमित छन् । मुगुमा संक्रमितको संख्या शून्य छ ।

    अहिलेसम्म देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या १० हजार १५१ छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ८ लाख भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ भने हालसम्म ७ लाख भन्दा बढी कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ३८८ पुगेको छ ।

  • ‘पूर्ण मात्रा खोप लगाएका व्यक्तिले पनि कोराना सार्न सक्छन्’

    ‘पूर्ण मात्रा खोप लगाएका व्यक्तिले पनि कोराना सार्न सक्छन्’

    लन्डन । बेलायतमा गरिएको एक अध्ययनअनुसार कोभिड-१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएका व्यक्तिहरूलाई पनि कोभिड सङ्क्रमण भएको पाइएको छ । त्यस्ता व्यक्तिहरूबाट अरूलाई पनि सङ्क्रमण हुने गरेको पाइएको छ।

    उक्त अध्ययनअनुसार दुई मात्रा खोप लगाएका व्यक्तिले पनि खोप नै नलगाएका व्यक्तिले जत्तिकै सङ्क्रमण फैलाउन सक्ने सम्भावना देखिएको छ। लक्षण भए पनि नभए पनि खोप लगाइसकेका तर सङ्क्रमण भएका मानिसले सङ्गै बस्ने खोप नलगाएका अरू मानिसमा कोरोनाभाइरस सार्ने सम्भावना ३८ प्रतिशत रहेको सो अध्यननले देखाएको छ । उनीहरूले पाँच मध्ये दुई जनालाई कोभिड सार्न सक्छन्।

    तर सङ्गै बस्ने सबै जनाले पूर्ण मात्रामा कोभिड विरुद्धको खोप लगाएका छन् भने त्यस्तो सम्भावना २५ प्रतिशत मात्र हुने पनि अध्यननले देखाएको छ । ‘द लान्सिट इन्फेक्सस डिजिजेज’को अध्ययनबाट किन अत्यधिक मानिसलाई खोप दिनु महत्त्वपूर्ण छ भन्ने स्पष्ट भएको शोधकर्ताहरूले बताएका छन् ।

    खोप नलगाएका मानिसहरू आफूलाई कोभिड सर्ने जोखिमबाट जोगिन खोप लगाएका अरु मानिसप्रति ढुक्क नहुन विज्ञहरूले सुझाएका छन् । खोपले कोरोनाभाइरस सङ्क्रमणबाट हुने गम्भीर समस्या र मृत्युबाट जोगाउन सहयोग गर्ने अध्ययनले देखाएको छ । तर सङ्क्रमण रोक्न भने पूर्णरूपमा त्यति प्रभावकारी भनरे नहुन सक्छ ।

    विशेषगरी भाइरसका डेल्टा भेरिअन्टजस्ता बढी सङ्क्रामक बनेका बेला तिनले कोभिड सर्नबाट रोक्न सक्दैनन् । अनि बिस्तारै खोपले दिने प्रतिरोधात्मक सुरक्षा घट्दै जान्छ र खोपको अतिरिक्त मात्रा आवश्यक पर्छ । त्यसैले सबैले अनिवार्यरूपमा पूर्ण मात्राको खोप लिन विज्ञले सुझाएका छन् ।गत सेप्टेम्बरसम्म एक वर्ष लगाएर गरिएको उक्त अध्ययनमा लण्डन र बोल्टनमा कोभिडका लागि पीसीआर परीक्षण गरेका ४४० घरपरिवारलाई छनोट गरिएको थियो ।

    खोप नलगाएका मानिससँग तुलना गर्दा पूर्ण मात्रामा खोप लगाएका मानिसमा डेल्टा भेरिअन्ट सरेर कोभिड हुने कम तर उल्लेख्य जोखिम भने भएको देखिएको छ ।

  • औषधिमा गरिएको मूल्यवृद्धिमा छानबिन गरिने

    औषधिमा गरिएको मूल्यवृद्धिमा छानबिन गरिने

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कानूनविपरीत मूल्यवृद्धि गरिएका औषधिका सम्बन्धमा छानबिन गर्ने बताएका छन् ।

    स्वास्थ्य पत्रकार मञ्च नेपालले आज आयोजना गरेको भेटघाट कार्यक्रममा उनले कानूनविपरीत मूल्यवृद्धि गरिएका औषधिको छानबिन गरिने बताएका हुन् । उनले स्वास्थ्य सचिव डा. रोशन पोखरेललाई वृद्धि गरिएको मूल्यका सम्बन्धमा छानबिन गर्न निर्देशन दिएका छन् ।

    औषधि व्यवस्था विभागले केही कम्पनीले उत्पादन गरेका औषधिको मूल्य बढाएपछि मन्त्रालयले त्यसको छानबिन गर्ने भएको हो । ‘कच्चा पदार्थको मूल्य बढेका खण्डमा मात्र वैज्ञानिक मापदण्डका आधारमा मात्र औषधिको मूल्य बढाउन पाइन्छ’, उनले भने, ‘औषधिको मूल्य मनपरी बढायो भनेर मैले सचिवलाई निर्देशन दिइसके । सचिवले मूल्यका सम्बन्धमा बुझिरहेका छन् । दुई/चार दिनमा यसका सम्बन्धमा जानकारी गराउँछौँ ।’

    उनले अहिले मूल्य नियन्त्रण गर्नुका साथै दीर्घकालीनरुपमा कसरी समाधान गर्ने भन्ने विषय पनि टुङ्गो लगाइने बताए । सिटामोल भारतमा दुई रुपैयाँ र नेपालमा एक रुपैयाँदेखि डेढ रुपैयाँ पाइने गरेको उल्लेख गर्दै उनले अहिले व्यापारीले नेपालबाट भारतमा सिटामोल पठाउने गरेको बताए । औषधि व्यवस्था विभागले ५२ प्रकारका औषधिको मूल्य २० प्रतिशतसम्म वृद्धि गरेको छ ।

  • दक्षिण एसियमा क्षयरोग उन्मूलनको प्रयासलाई गति दिने स्वास्थ्य मन्त्रीहरूको प्रतिबद्धता

    दक्षिण एसियमा क्षयरोग उन्मूलनको प्रयासलाई गति दिने स्वास्थ्य मन्त्रीहरूको प्रतिबद्धता

    दिल्ली । विश्व स्वास्थ्य संगठन दक्षिणपूर्वी एसिया क्षेत्रका देशका स्वास्थ्य मन्त्रीहरूले वर्तमान महामारीका कारण क्षयरोग उपचार सेवाहरूमा आएका गतिरोध र पहिले नै उच्च भार भएका क्षेत्रमा रोगका घटनामा भएका वृद्धिलाई ध्यानमा राख्दै क्षयरोग उन्मुलन प्रयासहरूलाई पुनः गति दिने प्रतिबद्धता जनाएका छन् ।

    क्षयरोग प्रतिकार्यको पुनःथालनीका लागि उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोस अधानोमले भने, “क्षयरोग रोकथाम तथा उपचार गर्न सकिने रोग भए पनि यसले हरेक वर्ष १० लाखभन्दा बढी मानिसको ज्यान लिन्छ र तीमध्ये झन्डै आधा मृत्यु विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एसिया क्षेत्रमा हुने गर्छ । हामीले क्षयरोग उन्मूलनको प्रयासलाई तीव्र बनाउनै पर्छ ।”

    बैठकको उद्घाटन गर्दै विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एसिया क्षेत्रकी क्षेत्रीय निर्देशक डा पूनम खेत्रपाल सिंहले भनिन्, ‘क्षयरोगको रोकथाम, निदान र उपचार सेवालाई विस्तार गर्न तत्काल कदम चाल्नु र विशेषगरी जोखिममा रहेका जनसङ्ख्यामा हुने कुपोषणलाई सम्बोधन गर्दै सामाजिक सुरक्षाका उपायहरूलाई बलियो बनाउनु आवश्यक छ ।”

    मंगलबार भएको दिनभरको भर्चुअल बैठकमा स्वास्थ्य मन्त्रीहरूले आवश्यक कार्यक्रमहरू ठोस रूपमा कार्यान्वयन गर्दै यसलाई गति दिन ‘मन्त्रीस्तरीय प्रतिबद्धता पत्र’मा सर्वसम्मत हस्ताक्षर गरे । यस बैठकको आयोजना भारत, इन्डोनेसिया र नेपालका स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एसिया क्षेत्रीय कार्यालयले संयुक्त रूपमा गरेका हुन् ।

    मन्त्रीहरूले उच्चतम राजनीतिक तहको नेतृत्वमा राष्ट्रिय कार्यक्रमहरूमार्फत क्षयरोग उन्मूलन गर्न बहुक्षेत्रीय र सम्पूर्ण समाजलाई संलग्न गराउने पद्धति अपनाउने र लक्ष्यहरूलाई सूक्ष्मरूपमा अनुगमन गर्ने प्रतिवद्धता जनाएका छन् ।

    उनीहरूले कोभिड–१९ को महामारीका बेला गुमाएको आधारमा फर्कन आवश्यक पर्ने अग्रिम लगानीलगायत बजेट र जनशक्ति विनियोजन वृद्धि गर्न सहमती जनाएका छन् । यस क्षेत्रमा क्षयरोगको उन्मूलन गर्न आवश्यक वृहत्तर कार्यक्रमहरू कार्यान्वयन गर्न वार्षिक ३ अर्ब डलर आवश्यक पर्ने अनुमान गरिएको छ ।

    मन्त्रीस्तरीय प्रतिबद्धता पत्रमा अधिकारमूलक, लाञ्छनामुक्त, गुणस्तरीय र जनकेन्द्रित सेवाको उच्चतम मापदण्ड सुनिश्चित गर्न आह्वान गरिएको छ । यसले आप्रवासी, कैदी, बालबालिका, वृद्ध र क्षयरोग तथा एचआइभी दुवै संक्रमण भएका उच्च जोखिममा रहेका जनसङ्ख्या लगायत सबैका लागि रोकथाम, निदान, उपचार, पुनस्र्थापन र प्रशामकमूलक उपचार पहुँचयोग्य हुनुपर्छ भन्ने कुरामा जोड दिएको छ ।

    प्रतिबद्धता पत्रमा सबै सम्भावित स्वास्थ्य केन्द्रहरूमा सेवाहरू सुदृढ गर्दै उपचारको पहुँच बढाउन र पहुँच नपुगेकाहरूसम्म पुग्न डिजिटल स्वास्थ्य र प्रविधिको प्रभावकारी प्रयोग जस्ता नवीन उपचार तथा सेवा पद्धतिहरू प्रयोग गर्न आह्वान गरिएको छ ।

    स्वास्थ्य मन्त्रीहरूले क्षयरोग उपचार सेवासँगै सामाजिक र आर्थिक सुरक्षालाई मूलधारमा ल्याउन प्रतिबद्धता जाहेर गरेका छन् । गरिबी र कुपोषण क्षयरोगको सबैभन्दा ठूला कारकमा पर्दछन् । विज्ञप्तिमा भनिएको छ, कोभिड–१९ को युगमा बिरामी र परिवारका लागि देशको सन्दर्भमा अनुकूल सामाजिक आर्थिक सहयोगको व्यवस्था आवश्यक र बढी सान्दर्भिक हुन्छ ।

    यसले क्षयरोगका बिरामी र तिनका परिवारलाई लक्षणहरू देखिने समयदेखि सफल उपचार पूरा नभएसम्म निदान गर्न र केही अवस्थामा उपचारभन्दा बाहिरको समस्यालाई सम्बोधन गर्न, ठूलो आर्थिक नोक्सान हटाउने लक्ष्य हासिल गर्न सामाजिक सहयोगको आह्वान गरेको छ ।

    क्षेत्रीय निर्देशकले भने, ‘हामीले राजनीतिक र आर्थिक प्रतिबद्धतालाई परिचालन गर्न सँगै काम गरिरहँदा यस क्षेत्रका सबै देशहरूलाई द्रुत र सान्दर्भिक मार्गदर्शन र प्राविधिक सहयोग पनि जारी राख्नेछौं’ डा. खेत्रपालले भनिन्, “सबैका लागि निष्पक्ष, स्वस्थ, स्वास्थ्यको सुरक्षा गर्ने र दिगो क्षेत्र एवम् विश्व निर्माणको लागि क्षयरोग उन्मूलन गर्ने हाम्रो प्रतिबद्धतालाई एकसाथ पुनःथालनी र पुनर्जीवित गरौं ।”

    बैठकमा ग्लोबल फण्ड, स्टप टीबी पार्टनरसिप, जाइका, एसियाली विकास बैंक, विश्व बैंक, अमेरिकी दूतावासलगायत साझेदार निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । क्षयरोग रोकथाम गर्न र निको पार्न सकिने रोग भए पनि यो विश्वमा धेरैको ज्यान लिने सङ्क्रामक रोग हो ।

    विश्वको एक चौथाई जनसङ्ख्याको बसोबास रहेको विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एसिया क्षेत्रले विश्वव्यापी क्षयरोग भारको ४३ प्रतिशत र औषधि प्रतिरोधी क्षयरोगको विश्वव्यापी भारको एक तिहाइ भार वहन गर्छ ।

    तसर्थ, सन् २०१७ मा क्षेत्रीय निर्देशक डा पूनम क्षेत्रपाल सिंहले क्षेत्रीय प्राथमिकताको कार्यको रूपमा ‘क्षयरोग उन्मूलन गर्ने गतिशील प्रयासहरू’ घोषणा गर्नुभयो । उच्चस्तरीय बैठकमा स्वास्थ्य मन्त्रीहरू र विश्व स्वास्थ्य संगठनले यो रोग उन्मूलन गर्न थप स्रोतसाधन र कार्यलाई बढाउने प्रतिबद्धता जनाउँदै ‘कार्य आह्वान’पत्र ग्रहण गरे ।

    सन् २०१८ मा यस क्षेत्रले सन् २०३० सम्ममा क्षयरोग उन्मूलनका प्रयासहरूलाई थप गति दिने र द्रुत एवम् ठोस प्रगति सुनिश्चित गर्ने आफ्नो प्रतिबद्धता पुनव्र्यक्त गरेको थियो ।

  • बिहीबार थप ५९१ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

    बिहीबार थप ५९१ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५९१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ३५५ वटा नमूना (पीसीआर ८८४८ र एन्टीजेन २५०७) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    सोही अवधिमा ६६४ जना संक्रमणमुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ । गत २४ घण्टामा १ लाख १ हजार ४७५ जनाले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् ।

    दैनिक कोरोनाभाइरस संक्रमणदर ५.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । निको हुनेको दर ९७.३ प्रतिशत छ भने १.४ प्रतिशत मृत्युदर छ ।

    काठमाडौं, भक्तपुर, ललितपुर र कास्कीमा ५०० भन्दा बढी कोरोना संक्रमित छन् । यस्तै १० जिल्लामा २०० भन्दा बढी संक्रमित छन् । मुगुमा संक्रमितको संख्या शून्य छ ।

    अहिलेसम्म देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या १० हजार २३६ छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ८ लाख भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ भने हालसम्म ७ लाख भन्दा बढी कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ३८२ पुगेको छ ।

  • म आएपछि स्वास्थ्य क्षेत्रमा भष्ट्रचार हुँदैन : मन्त्री खतिवडा

    म आएपछि स्वास्थ्य क्षेत्रमा भष्ट्रचार हुँदैन : मन्त्री खतिवडा

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले १२ वर्षमुनिका बालकालिकाका लागि लगाउने कोरोनाभाइरसविरुद्धको खोप ल्याउने तयारी भइरहेको जानकारी दिएका छन् ।

    स्वास्थ्य पत्रकार मञ्च नेपालले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अहिले भारत र चीनमा १२ वर्षमुनिका बालकालिकाका लागि खोपको परीक्षण भइरहेको र त्यसको सफल परीक्षणपश्चात नेपालले पनि खोप ल्याउने तयारी गरिएको जानकारी दिए । ‘बाह्र वर्षमुनिका बालबालिकाका लागि लगाउने खोपको अहिले भारत र चीनमा दोस्रो चरणको सफल परीक्षण सकेर तेस्रो (अन्तिम) चरणको परीक्षण भइरहेको छ’, उनले भने, ‘तेस्रो चरणको सफल परीक्षण सकेर विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिइसकेपछि हामीले उक्त खोप ल्याउँछौं ।’

    भारत वा चीन जसले हामीलाई चाँडो खोप उपलब्ध गराउँछ सोही मुलुकबाट खोप ल्याइने तयारी भइरहेको उनको भनाइ छ । अहिले १२ वर्षभन्दामाथिका उमेरसमूहका बालबालिकालाई लगाउनका लागि सरकारले फाइजर र मोर्डना खोप ल्याउन थालेको छ । केही दिनअघि मात्र अमेरिका सरकारले कोभ्याक्समार्फत नेपाललाई एक लाख ६२० मात्रा खोप उपलब्ध गराएको थियो ।

    मन्त्री खतिवडाले फाइजर ६० लाख र मोडर्ना ४० लाख मात्रा खोप सुनिश्चित गरिएको जानकारी दिए । ‘हामी खोपका लागि पैसा पनि तिरिसकेका छौँ’, उनले भने, ‘चाँडै नै फाइजर र मोडर्ना खोप ल्याउँछौँ ।’ ती दुबै खोप १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई लगाइन्छ । उनले स्वास्थ्य संवेदनशीलतामा भ्रष्टाचार हुन नदिने प्रतिबद्धतासमेत जनाए । ‘यसअघि स्वास्थ्य क्षेत्रमा भ्रष्टाचार र अनियमितताका कुरा आएका थिए’, उनले भने, ‘तर म आएपछि अब स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा भ्रष्टाचार र अनियमितता हुन दिँदैन ।’

    मन्त्री खतिवडाले कोरोनाभाइरसको उपचार गरेका केही अस्पतालले तोकेभन्दा बढी पैसा मागेको हुनाले रकम निकासा नगरिएको बताउनुभयो । ‘केही अस्पतालले तीन दिनका बिरामीलाई १३ दिन भर्ना गरिएको, शैय्यामा राखेर उपचार गरिएका बिरामीलाई सघन उपचारकक्ष (आइसीयू) र भेन्टिलेटरमा राखेर उपचार गरिएको भनेर गलत रिर्पोट बुझाएर रकम माग गरेको पाइयो’, उनले भने, ‘१० हजार रुपैयाँको बिल बढाएर अस्पतालले ९० हजार रुपैयाँ पनि पुर्‍याएको पाइयो । त्यही भएर हामीले त्यस्ता अस्पतालको रकम निकास गरेका छैनौँ ।’

    मन्त्री खतिवडाले केही औषधिमा औषधि उत्पादक सङ्घले मनोमानीरूपमा पैसा बढाएको भन्ने गुनासो आएकाले सत्यतथ्य बुझ्न मन्त्रालयका सचिवलाई निर्देशन दिएको जानकारी दिए । उनले स्वास्थ्य बीमा कार्यक्रममा निःशुल्क बनाउने आफूले प्रयास गर्नेसमेत बताए । ‘अहिले लोपोन्मुख र अल्पसंख्यकलाई स्वास्थ्य बिमा निःशुल्क गर्ने प्रयास रहेको छु’, उनले भने, ‘लोपोन्मुख र अल्पसंख्यकलाई निःशुल्क गराए विस्तारै अन्य वर्गलाई पनि निःशुल्क स्वास्थ्य बिमा गराउन सकिन्छ ।’ स्वास्थ्य बिमा कार्यक्रममा प्रतिपरिवारले वार्षिक तीन हजार ५०० रुपैयाँको बिमा गरे रु एक लाखसम्म निःशुल्क उपचार गर्न पाइन्छ ।

    मन्त्री खतिवडाले सबैलाई स्वास्थ्य सेवाको सहज पहुँच पु¥याउने दृढता व्यक्त गरे ।

  • मन्त्री खतिवडाद्वारा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनुगमन

    मन्त्री खतिवडाद्वारा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनुगमन

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा नेतृत्वको टोलीले सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेको छ ।

    प्रतिष्ठानको सहकुलपतिसमेत रहेका मन्त्री खतिवडा नेतृत्वको टोलीले हालै धरान पुगेर अनुगमनका क्रममा राजनीतिक दलका स्थानीय प्रतिनिधि, सरोकार पक्ष, नागरिक दबाब सञ्जालका सदस्यलगायतसँग छलफल गरेको हो । सो अवसरमा मन्त्री खतिवडाले प्रतिष्ठानको आकस्मिक सेवाको अनुमगन गरी सेवालाई थप व्यवस्थित बनाउन निर्देशन दिएका थिए ।

    उक्त सञ्जालमा स्थानीय जनप्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल पत्रकार महासङ्घ, सञ्चारकर्मी र राजनीतिक दलका प्रतिनिधि छन् ।

    विभिन्न विवाद र आरोपमा मुछिएका पदाधिकारीलाई तत्काल कारबाही गर्नुपर्ने सुझाव टोलीलाई प्राप्त भएको बताइएको छ । मन्त्री खतिवडाको संयोजकत्वमा बनेको उच्चस्तरीय छानबिन समितिका सदस्यमा सिनेट सदस्य एवं मन्त्रालयका सचिव डा.रोशन पोखरेल र सिनेट सदस्य एवं धरानका नगरप्रमुख तिलक राई रहेका छन् ।

    छानबिन समितिले प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा. गुरु खनाल र निर्देशक डा. गौरीशङ्कर शाहलाई छुट्टाछुट्टै भेटेर बयान लिएको थियो । छानबिन समितिको टोलीले प्रतिष्ठानको ऐन २०४९ को परिच्छेद ४ को दफा ११ को घ अनुसार पदाधिकारीको बयान लिएको हो ।

    प्रतिष्ठानमा अहिले सात अर्ब रुपैयाँ सञ्चित घाटा रहेको छ भने आर्थिक वर्ष २०७८/७९ मा अहिलेसम्म ९१ करोड रुपैयाँ घाटा रहेको पाइएको छ । दोषीमाथि कारबाही गर्न, उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न, विचाराधीन मुद्दा फास्टट्रयाकबाट छिटो निरुपण गर्न र प्रतिष्ठानमा सुशासन कायम राख्न तत्काल पहल लिन सरोकार पक्षले मन्त्री खतिवडासँग आग्रह गरेको थियो ।

    प्रतिष्ठानमा बेथिति बढेको, आर्थिक अनियमिततामा पदाधिकारी संलग्न रहेको भन्दै कारबाहीको माग गरी अस्पतालका चिकित्सक, कर्मचारी र विद्यार्थी आन्दोलनमा छन् ।

  • रुपन्देहीमा सीताले जन्माइन् चार छोरी, आमा र बच्चाहरुको अवस्था सामान्य

    रुपन्देहीमा सीताले जन्माइन् चार छोरी, आमा र बच्चाहरुको अवस्था सामान्य

    रुपन्देही । रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा एक महिलाले चम्ल्याहा जन्माएकी छन् । सो अस्पतालमा पाल्पाको माथागढी गाउँपालिका-१ निवासी २४ बर्षीया सीता सार्कीले मंगलबार चार छोरीलाई जन्म दिएकी हुन् ।

    अस्पतालको सूचना शाखाका अनुसार कात्तिक ६ गते अस्पताल भर्ना भएकी सीताको मंगलबार दिउंसो शल्यक्रिया गरिएको थियो । महिला तथा प्रसूती विशेषज्ञ डा. तारा केसीको टीमले उनको शल्यक्रिया गरेको थियो । अस्पतालका जनसम्पर्क अधिकृत सुशील गुरुङका अनुसार अहिले बच्चा र आमाको अवस्था सामान्य छ ।

    सीताका चार छोरीहरु क्रमशः एक किलो ६० ग्राम, एक किलो एक सय ग्राम, एक किलो १३० ग्राम र एक किलो एक सय १५ ग्राम तौलका छन् । नवजात शिशुको दुई किलो चार सय ग्राम तौल सामान्य मानिन्छ । त्यसअनुसार उनीहरुको तौल आधा कम छ ।

    बच्चा स्वस्थ हुँदाहुँदै पनि तौल कम भएकाले बाहिरी इन्फेक्सन नहोस् भनेर एनआईसीयूमा राखिएको छ । परिवार तथा आफन्त अब कसरी उनीहरुलाई हुर्काउने भन्ने विषयमा चिन्तित छन् ।

  • थपिए ६७२ जना संक्रमित, ८ जनाको मृत्यु

    थपिए ६७२ जना संक्रमित, ८ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार आइतबार गरिएको पीसीआर परीक्षणबाट ५८२ र एन्टिजेन परीक्षणबाट ९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    ९ हजार ४९५ गरिएको नमूना परीक्षणमा ७१६७ पीसीआर परीक्षण र २३२८ एन्टीजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।सोही अवधिमा ४९५ जना कोरोनामुक्त भएका छन् भने कोरोनाबाट ८ जनाको मृत्यु भएको छ।

    अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या १० हजार ३७५ छ ।

  • चीनबाट आज थप १० लाख २० हजार डोज भेरोसेल खोप नेपाल आइपुग्यो

    चीनबाट आज थप १० लाख २० हजार डोज भेरोसेल खोप नेपाल आइपुग्यो

    काठमाडौं । चीनबाट आज थप १० लाख २० हजार डोज भेरोसेल खोप आज नेपाल आइपुगेको छ । कोभ्याक्ससँगको कस्ट-सेयरिङमा सरकारले खरिद गरेको कोभिडविरुद्धको खोप बुधबार बिहान नेपाल आइपुगेको हो।

    चाइना साउदर्न विमानको कार्गो फ्लाइट खोप लिएर पौने १० बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो।

    सरकारले कोभ्याक्ससँग कस्ट-सेयरिङमा ५९ लाख डोज खोप किन्ने सम्झौता गरेको थियो। सोही अनुसार पहिलो लटमा आज १० लाख २० हजार डोज खोप आएको हो। खोपलाई टेकुस्थित भण्डारणमा राखिएको छ।

    यसअघि पनि चीनबाट नेपाल सरकारले अनुदान सहयोग र खरिद गरेर कुल एक करोड २० लाख डोज भेरोसेल खोप प्राप्त गरिसकेको छ ।

    हालसम्म नेपालले कुल १ करोड ५३ लाख ४२ हजार एक सय ९८ डोज खोप लगाइसकेको छ । यस्तै हालसम्म नेपालले कुल १ करोड ८९ लाख ५९ हजार तीन सय ३० डोज खोप प्राप्त गरेको छ ।