Category: स्वास्थ्य-जीवनशैली

  • बुधबार ३३२ जना कोभिड संक्रमित थपिए, ४ जनाको मृत्यु

    बुधबार ३३२ जना कोभिड संक्रमित थपिए, ४ जनाको मृत्यु

    काठमाडौं । मंसिर लागेयता मुलुकको दैनिक संक्रमण दर ४ प्रतिशतकै आसपासमा छ । पछिल्लो २४ घण्टामा ३३२ जना कोभिड–१९ संक्रमित थपिएका छन् ।

    बुधबार भक्तपुरमा ११, ललितपुरमा २६ र काठमाडौंमा १४४ गरी उपत्यकामा १८१ जना कोभिड संक्रमित थपिएका छन् ।

    सोही अवधिमा २३२ जना निको भएका छन् । थप ४ जना कोभिड संक्रमित थपिएका छन् । १ लाख ४७ हजारले कोभिडविरुद्धको खोप लगाएका छन् ।

    आजसम्म मुलुकमा ७ हजार ३६९ जना सक्रिय संक्रमित छन् । स्वास्थ्य मन्त्रालयद्वारा बुधबार आयोजित नियमित प्रेस ब्रिफिङमा सहप्रवक्ता डा. समीर अधिकारीले काठमाडौंका चारवटै नाकाबाट खोप लगाउन सुरु गरिएको बताए ।

    उनले सबै नागरिकलाई खोप लगाउन आग्रह गरे ।

     

  • सरकारले लुम्बिनी प्रदेशका १४ अस्पतालमा विकास समितिका पदाधिकारी फेर्दै

    सरकारले लुम्बिनी प्रदेशका १४ अस्पतालमा विकास समितिका पदाधिकारी फेर्दै

    रुपन्देही । लुम्बिनी प्रदेश सरकारले प्रदेशमा रहेका १२ जिल्ला र २ प्रादेशिक अस्पतालमा रहेका अस्पताल विकास समितिका पदाधिकारी परिवर्तनको तयारी गरेको छ ।

    अघिल्लो सरकारले नियुक्ति गरेका सबै अध्यक्ष तथा पदाधिकारीहरु हटाएर नयाँ नियुक्ति गर्नका लागि सरकारले विभागीय मन्त्रालयको सिफारिसमा प्रकृया अगाडि बढाएको छ ।

    स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले अघिल्लो सरकारले नियुक्ति गरेका पदाधिकारी हटाई केही दिनमा नयाँ नियुक्ति गर्ने भएको बताए ।

    विकास समिति गठन आदेश परिवर्तन गर्न लागेको र केही दिनमा बस्ने मन्त्रिपरिषदले त्यो अनुमोदन गर्ने र अस्पताल विकास समितिमा नयाँ नियुक्ति गर्ने तयारी गरेको उनले बताए ।

    नेकपाको सरकारले २०७६ सालमा लुम्बिनी प्रदेशका १२ बटा जिल्ला २ प्रादेशिक र आयुर्वेद अस्पतालमा अस्पताल विकास समितिमा पदाधिकारी नियुक्ति गरेको थियो ।

    तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको बहिर्गमनसंगै प्रदेश सरकार मातहत नियुक्त गरिएका आयोग र निकायका अध्यक्ष तथा प्रमुखहरुलाई हटाई नयाँ नियुक्त गरिसकिएको छ ।

    यसअघि ती अस्पतालमा नियुक्त पदाधिकारीले दलीय दवावमा आफ्नो जिम्मेवारी नछोडेपछि र उनीहरुलाई हटाउँदा पनि अदालतबाट पुनःबहाली हुने सम्भावनालाई मध्यनजर गर्दै सरकारले अस्पताल विकास समितिमा नयाँ नियुक्तिका लागि गठन आदेश ल्याउने तयारी गरिएको हो ।

  • पीसीएल नर्सिङमा भर्ना खुला, मंसिर अन्त्यसम्म आवेदन दिन सकिने

    पीसीएल नर्सिङमा भर्ना खुला, मंसिर अन्त्यसम्म आवेदन दिन सकिने

    काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी)ले प्रमाणपत्र तह नर्सिङका लागि विद्यार्थी भर्न खुला गरेको छ।

    पूर्ण शुल्कमा पढ्न चाहने र छात्रवृत्तिमा पढ्न चाहने विद्यार्थीलाई २८ गतेभित्र आवेदन दिन सकिने सीटीइभीटीका सदस्य सचिव जीवनारायण काफ्लेले जानकारी दिए।

    सीटीइभीटीले यो पटक चिकित्सा शिक्षा ऐन अनुसार मापदण्ड पुगेका ४५ कलेजलाई मात्र अध्यापनको अनुमति दिएको छ भने करिब १६०० सिट छुट्याएको छ।

    आंगिक र साझेदारीका ४ वटा र ४१ वटा निजी नर्सिङ कलेजले पिसिएल नर्सिङ अध्ययनका लागि अनुमति पाएका हुन्। कलेजको नाम भने आज सार्वजनिक गर्ने सीटीइभीटीले जनाएको छ।

  • काठमाडौं महानगरका ३२ वटै वडामा आज कोरोनाविरुद्ध पहिलो र दोस्रो डोज खोप लगाउन सुरु

    काठमाडौं महानगरका ३२ वटै वडामा आज कोरोनाविरुद्ध पहिलो र दोस्रो डोज खोप लगाउन सुरु

    काठमाडौं । काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा आज पनि कोरोनाभाइरसविरुद्धको खोप लगाइँदै छ ।

    महानगरमा सबै वडा कार्यालयमा रहेका खोप केन्द्रमा पहिलो र दोस्रो मात्राको खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    खोप केन्द्रमा अस्ट्राजेनेकाको दोस्रो र भेरोसेल खोपको पहिलो र दोस्रो डोज खोप लगाइने छ। बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाइने छ । खोप लगाउनको लागि उमेर खुल्ने परिचयपत्र लगेर खोप केन्द्रमा गएर खोप लगाउन सकिने छ ।

  • यी हुन् कोरोना संक्रमित नभेटिएका पाँच जिल्ला

    यी हुन् कोरोना संक्रमित नभेटिएका पाँच जिल्ला

    काठमाडौं । मंगलबार काठमाडौं र ललितपुरमा मात्र ५०० भन्दा बढी सक्रिय संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच जिल्लामा संक्रमितको संख्या शून्य छ । जसमा ओखलढुङ्गा, मनाङ, हुम्ला, डोल्पा र जाजरकोट छन् ।

    आठ जिल्लामा २०० भन्दा बढी संक्रमित रहेका छन् । जसमा भक्तपुर, मोरङ, सुनसरी, झापा, धनुसा, कास्की, पूर्वीनवलपरासी, बाँके र कैलाली छन् । उपत्यकामा मात्र १६०७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

  • मंगलबार ३५१ जना संक्रमित थपिए, ९ जनाको मृत्यु

    मंगलबार ३५१ जना संक्रमित थपिए, ९ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मंगलबार मुलुकमा ३५१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार १७४ जनामा नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    सोही अवधिमा कोरोनाभाइरस संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ भने २७३ जना डिस्चार्ज भएर घर फर्किएका छन् ।

    गत २४ घण्टामा ९८ हजार ५११ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

    मन्त्रालयका अनुसार देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ५०९ पुगेको छ भने अहिलेसम्म ७ हजार ३०० सक्रिय संक्रमित छन् ।

    हालसम्म देशभर पीसीआर विधिबाट भएको परीक्षणमा जम्मा ८ लाख १९ हजार ६९९ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ३७० जनामा पुष्टि भएको छ ।

    संक्रमितमध्ये हालसम्म ८ लाख ८९० जना संक्रमणमुक्त भएका छन् ।

    हाल कोरोना निको हुनेदर ९७.७ प्रतिशत रहेको छ भने मृत्युदर १.४ छ ।

  • तौल घटाउन खोज्दैहुनुहुन्छ ? दूधको नियमित सेवन गर्दा घट्छ तौल

    तौल घटाउन खोज्दैहुनुहुन्छ ? दूधको नियमित सेवन गर्दा घट्छ तौल

    तौल घटाउनको लागी धेरैजसो मानिसहरु के खाने र नखाने भन्ने अन्योलमा हुन्छन् । तौल घटाउनको लागि धेरै मानिसहरुले दूध पिउँदैनन् । धेरैलाई यो लाग्न सक्छ कि दूध पिउनाले तौल झन् बढ्न सक्छ त्यसले मानिसहरु आहारमा दूध पिउँदैनन् । के साच्चै दुधले तौल बढाउँछ त ? विज्ञहरुका अनुसार दूध पिउनाले तौल बढ्दैन, उल्टो यसले केही किलो तौल घटाउन पक्कै मद्दत गर्छ ।

    दूधले तौल घटाउन मद्दत गर्छ

    दूध उच्च गुणस्तरको प्रोटीनको स्रोत हो । यसमा जिंक, म्याग्रसियम, क्याल्सियम, भिटामिन–बी १२ र भिटामीन डी जस्ता पोषक तत्वहरु प्रशस्त मात्रामा पाइन्छ । दूधले हड्डीलाई बलियो बनाउनुका साथै पाचन र रोग प्रतिरोधात्मक क्षमतालाई पनि राम्रो बनाउँछ । दूध एउटा सन्तुलन आहार हो त्यसैले दूध पिउँदा फाइदा हुन्छ । हाम्रो शरीरलाई आवश्यक पोषण नपाउँदा तौल घटाएपछि समस्या आउन सक्छ ।

    एक अध्ययनका अनुसार कम क्यालोरी आहार लिने व्यक्तिहरूले डेरीबाट उत्पादन हुने दुग्धजन्य पदार्थ सेवन गरेर बढी तौल घटाउँछन् । धेरै अध्ययनहरुका अनुसार जो मानिसहरु डेरी प्रोडक्ट युक्त खानेकुरा खान्छन् उनीहरुले तौल घटाएपनि फाइदा पाउँछन् । दूधमा क्याल्सियम प्रचुर मात्रामा पाइन्छ र यसको सेवनले मोटोपना, मेटाबोलिक सिन्ड्रोम, मधुमेह र मुटुसम्बन्धी रोगको जोखिम कम गर्छ ।

    शारिरिक व्यायाम गरेपछि दूध पिउँदा फाइदा

    तौल घटाउनका लागि दूध पिउन सकिन्छ । यसले तौल बढाउँदैन । शारिरिक व्यायाम गरेपछि प्रोटीन शेक लिनुहुन्छ भने दूधमा मिसाएर पिउने गर्नूस् । यदि गाईको दूध पच्दैन भने, सोया र नट मिल्क जस्ता बिरुवामा आधारित दूध उत्पादन लिन सकिन्छ।

  • अब नेपाल र भारत दुवै देशमा कोभिड खोप मान्य हुने

    अब नेपाल र भारत दुवै देशमा कोभिड खोप मान्य हुने

    काठमाडौं । नेपाल र भारतबीच कोरोना भाइरस विरुद्धको खोप प्रमाणपत्रको पारस्परिक मान्यता दिनेबारेमा सहमति भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताको लागि समझदारीपत्र आदानप्रदान भएको हो । स्वास्थ्यमन्त्री विरोध खतिवडाको उपस्थितिमा स्वास्थ्य सचिव डा रोशन पोखरेल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले सो सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

    सहमतिनुसार नेपालमा खोप लगाएका व्यक्तिको खोपको प्रमाणपत्रलाई भारतले र भारतमा खोप लगाएका व्यक्तिको खोपको प्रमाणपत्रलाई नेपालले मान्यता दिने छन् । यी दुईमध्ये एक देशमा खोप लगाएको प्रमाणपत्र देखाएमा एक अर्का देशमा आवतजावत गर्न पाइने भएकोे हो ।

    सो कार्यक्रममा सचिव डा पोखरेलले एक अर्का देशले खोप लगाएको प्रमाणपत्रको मान्यता दिएसँगै आवतजावतमा सहज हुने बताए । ।

  • कांग्रेस नेता बस्नेत अस्पताल भर्ना

    कांग्रेस नेता बस्नेत अस्पताल भर्ना

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री मोहनबहादुर बस्नेत अस्पताल भर्ना भएका छन् । उनलाई रुघाखोकी र ज्वरो देखिएपछि सोमबार काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो ।

    कांग्रेस अधिवेशनका क्रममा गृह जिल्ला सिन्धुपाल्चोकमा रहेका नेता बस्नेत रुघाखोकी र ज्वरोबाट पीडित भएका हुन्।

    जाँचका क्रममा चिकित्सकको सल्लाहअनुसार अस्पताल भर्ना गरिएको नेता बस्नेतका सञ्चार सहयोगी रामचन्द्र दुलालले जानकारी दिए। उनी पार्टीको १४औँ महाधिवेशन सम्पन्न गर्नका लागि गठित स्वास्थ्य समितिका संयोजकसमेत हुन् ।

  • अब गर्भवतीलाई पनि कोरोनाविरुद्धको खोप लगाइने

    अब गर्भवतीलाई पनि कोरोनाविरुद्धको खोप लगाइने

    काठमाडौं । सरकारले गर्भवती भएको पहिलो तीन महिना पुगेका सबै गर्भवतीलाई कोरोनाभाइरसविरुद्धको खोप दिने भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार यसअघि संक्रमणको उच्च जोखिममा रहेका गर्भवती महिलाहरूले मात्र कोभिडविरुद्धको खोप लगाइरहेका थिए ।

    चैत मसान्तसम्म लक्षित समूहमा खोप लगाइसक्ने लक्ष्य लिइएकाले सबैलाई स्वास्थ्य संस्थामा गएर सम्पर्क राख्न मन्त्रालयले आग्रह गरेको छ । गर्भवतीमा खोपको प्रभावकारिताबारे अस्पष्टताका कारण खोप लगाउनेको संख्या न्यून रहे पनि बिस्तारै बढ्दै गएको मन्त्रालयले जनाएको छ ।

    स्वास्थ्य विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । सरकारले पुस मसान्तसम्म दुई तिहाइ र बैशाख मसान्तसम्म लक्षित जनसंख्यालाई कोभिडविरुद्धको खोप दिने लक्ष्य राखेको छ ।

  • काठमाडौंका चारवटा नाकामा एक महिनासम्म खोप अभियान

    काठमाडौंका चारवटा नाकामा एक महिनासम्म खोप अभियान

    काठमाडौँ । महानगरपालिकाले चार नाका कलङ्की, बल्खु, कोटेश्वर र नयाँ बसपार्क गोङ्गबुमा आगामी एक महिनासम्म कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन सुरु गरेको छ ।

    कामपा स्वास्थ्य सेवा विभागले जिल्ला स्वास्थ्य कार्यालयसँग सहकार्य गरेर कलङ्की, बल्खु, कोटेश्वर र नयाँ बसपार्क गोङ्गबुमा आगामाी एक महिनासम्म कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको जनाएको छ । यही मङ्सिर ५ गतेबाट सुरु भएको कार्यक्रम आगामी पुस ५ गतेसम्म चल्ने कामपाले जानकारी गराएको छ ।

    काठमाडौँ प्रवेश गर्ने १८ वर्ष उमेर पूरा भएका सबै नागरिकलाई उमेर खुलेको प्रमाण आधारमा खोप दिइने पनि कामपाले जनाएको छ । कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले नागरिकको स्वास्थ्य सुरक्षामा आफू सधैँ जिम्मेवार रहेको बताए ।

    कोरोनाको दोस्रो लहरको समयमा पनि कामपाले उपत्यकाको सरकारी र सामुदायिक गरी १२ अस्पताललाई कोभिडविरुद्ध उपचार गर्नका लागि विभिन्न औजार, उपकरण, सामग्री तथा स्रोत परिचालनमा सहयोग गरेको कार्यक्रममा प्रमुख शाक्यले स्मरण गराए ।

    कामपा स्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले निर्धारण गरिएको चारवटै खोप केन्द्रबाट केन्द्रबाट भेरोसेल, कोभिसिल्ड/एस्ट्राजेनेका खोप उपलब्ध हुने जानकारी दिए ।

    यससँगै महानगरका ३२ वटै वडामा यसअघि तोकिएको खोप केन्द्रबाट मङ्सिर ७ र ८ गते कोभिडविरुद्धको पहिलो र दोस्रो मात्राको खोप कार्यक्रम सञ्चालन हुनेछ । यसमा १८ वर्ष उमेर समूहमाथिका र यसअघि खोप लगाउन छुटेका सबै नागरिक, पहिलो मात्रा लगाएर आठ हप्ताको समय कटिसकेकाहरुलाई दोस्रो मात्रा दिइने स्वास्थ्य विभागले जनाएको छ । यहाँ भेरोसेल, कोभिसिल्ड/एस्ट्राजेनेका खोप उपलब्ध हुनेछन् ।

  • ललितकला प्रज्ञा प्रतिष्ठानमा मुटु सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

    ललितकला प्रज्ञा प्रतिष्ठानमा मुटु सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

    काठमाडौं । नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा मुटु सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा गंगालाल अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणी अधिकारीले अस्पतालले दिने सेवाहरुसहित मुटु रोग लाग्नुका कारणहरु, अपनाउनु पर्ने सावधानी, उपचार विधीका बारेमा बताए । गंगालाल अस्पतालमा १५ वर्षभन्दा मुनी, ७० वर्षभन्दा माथी, विपन्न वर्गका मानिसहरुका लागि निःशूल्क उपचार हुने भएतापनि विरामीहरु समयमा नै उपचार गर्न नआउने कुरा बताए ।

    प्रतिष्ठानका विभाग प्रमुख प्राज्ञ रमेशनाथ खनालले शरिरमा सम्पूर्ण अंगहरुको आ–आफ्ना महत्वपूर्ण कार्य हुने र त्यसमा पनि मुटु विना केही सेकेण्ड पनि बाँच्न नसकिने भएकोले सचेतना कार्यक्रम आयोजना गरेको बताए ।

    डा. अधिकारीले भने नेपालमा वर्षेनी मृत्यु हुनेहरु मध्ये ३३% मुटु रोगका बिरामीहरु छन् । मुटु रोग वंंशाणुगत र जीवन शैलीका कारणले हुने गर्दछ भने केही जन्मजात पनि हुन्छ । मुटुमा रोग छ कि छैन भनि जानकारी लिनको लागि इको टेस्ट गर्दा सजिलै पत्ता लाग्छ । मुटुमा समस्या आउने बित्तिकै छाती, दायाँ वा बाँया हातमा निक दुखाई हुन्छ । यसो हुँदा १२ घण्टा भित्रमा जति सक्दो छिटो अस्पताल पुग्न सक्यो त्यति नै बाँच्ने सम्भावना बढि हुने बताए ।

    अनुसन्धानका अनुसार हृदयघात भएकाहरु मध्ये २३% मानिसहरु अस्पताल नपुग्दै मर्छन् । १३% मानिसहरु अस्पताल पुगेर मर्छन् । बाँकी ६४% विरामीहरु निको हुन्छन् । ती निको भएका मानिसहरुको आयु पनि त्यति लामो हुँदैन्, कति बाँच्ने भन्ने कुरा हृदयघात भएको कति समयमा उपचार पायो भन्नेमा निर्भर गर्दछ । हृदयघात जुन उमेर समूहमा हुन सक्ने भएपनि उमेर बढ्दै जाँदा हृदयघात हुने सम्भावना पनि बढ्दै जान्छ । यो रोग रक्तचाप, सुगर हुने व्यक्तिहरुमा बढी हुन्छ भने महिलाको तुलनामा पुरुषलाई बढि हुन्छ । जाँड, रक्सी, चुरोट, खैनी, सूर्ति, जम्ने चिल्लो पदार्थ (घ्यू, डाल्डा)खाने, तनाव लिने, मोटो(त्यसमा पनि पेट ठूलो हुने) व्यक्तिलाई मुटु रोगको सम्भावना बढि हुन्छ । डा. अधिकारीका अनुसार चुरोट खाने १०० पुरुषहरु मध्ये ८ जना र १०० महिला मध्ये १३ जनालाई हृदयघात हुने बताए ।

    शरिरको सम्पूर्ण दुखाईको तुलनामा मुटुको दुखाई ज्यादा हुन्छ र ज्यानसमेत जान सक्ने भएकोले समयमै सावधानी अपनाउनु पर्दछ । यसका लागि नुन कम खाने(दिनमा ५ ग्राम), फलफुल, सागपात बढि खाने, दिनहुँ व्यायाम गर्ने, तनावरहित जीवन जिउनु पर्दछ ।

     

  • सोमबार दुई जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित

    सोमबार दुई जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित

    काठमाडौं । सोमबार काठमाडौं र ललितपुरमा मात्र ५०० भन्दा बढी सक्रिय संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच जिल्लामा काेराेना संक्रमितको संख्या शून्य छ । जसमा ओखलढुङ्गा, मनाङ, हुम्ला, डोल्पा र जाजरकोट छन् ।

    आठ जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । जसमा भक्तपुर, मोरङ, सुनसरी, झापा, कास्की, पूर्वीनवलपरासी, बाँके र कैलाली छन् । उपत्यकामा मात्र १५६० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

     

  • सोमबार ३ सय संक्रमित थपिए, ४ जनाको मृत्यु

    सोमबार ३ सय संक्रमित थपिए, ४ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा सोमबार मुलुकमा ३८५ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार ६९७ जनामा नमुना परीक्षण गर्दा ३८५ जनामा संक्रमण पुष्टि भएको हो ।

    सोही अवधिमा कोरोनाभाइरस संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ भने २५८ जना डिस्चार्ज भएर घर फर्किएका छन् ।

    गत २४ घण्टामा ७१ हजार ४८३ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

    देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ५०० पुगेको छ ।

    मन्त्रालयका अनुुसार देशभर पीसीआर विधिबाट भएको परीक्षणमा जम्मा ८ लाख १९ हजार ३८६ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ३३२ जनामा पुष्टि भएको छ । संक्रमितमध्ये हालसम्म ८ लाख ६१७ जना संक्रमणमुक्त भएका छन् ।

    हाल कोरोना निको हुनेदर ९७.७ प्रतिशत रहेको छ भने देशभर ७ हजार २६९ जना सक्रिय संक्रमित रहेका छन् ।

  • नेपालमा थप कोभिसिल्ड खोप निर्यात गर्न सिरमलाई भारत सरकारको अनुमति

    नेपालमा थप कोभिसिल्ड खोप निर्यात गर्न सिरमलाई भारत सरकारको अनुमति

    काठमाडौं । भारतले नेपालसहित ताजिकिस्तान र मोजाम्बिकलाई ५० लाख डोज कोभिसिल्ड खोप कोभ्याक्स संयन्त्रमार्फत उपलब्ध गराउन उत्पादक कम्पनी सिरम इन्स्टिच्युटलाई अनुमति दिएको छ ।

    इन्डिया टुडेका अनुसार निर्यात अनुमति पाए लगत्तै सिरमले मंगलबारदेखि निर्यात सुरु गर्नेछ । खोपको पहिलो लट बुधबार नेपालमा आइपुग्ने समेत विवरणमा उल्लेख छ ।

    गत अक्टोबरमा पनि भारतले सिरमलाई नेपालसहितका मुलुकलाई १०/१० लाख डोज खोप उपलब्ध गराउन अनुमति दिएको थियो । भारत सरकारले संचालन गरेको भ्याक्सिन मैत्री कार्यक्रमअन्तर्गत उक्त मात्राको खोप उपलब्ध गराएको थियो ।

    भारतको स्वास्थ्य मन्त्रालयका निर्देशक प्रकाशकुमार सिंहले सिरम इन्स्टिच्युटलाई निर्यात अनुमति दिएको जनाइएको छ । अहिले सिरमसँग २४ करोड ८९ लाख डोज कोभिसिल्ड खोप उत्पादन गरेको र स्टकमा रहने खोपको परिमाणमा वृद्धि भैरहेको जनाइएको छ ।

  • हैजा नियन्त्रणका लागि १० दिने खोप अभियान सञ्चालन

    हैजा नियन्त्रणका लागि १० दिने खोप अभियान सञ्चालन

    रुपन्देही । कपिलवस्तुमा फैलिएको हैजा नियन्त्रणका लागि १० दिने खोप अभियान सञ्चालन भएको छ ।लुम्बिनी प्रदेशको स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले मंसिर ५ देखि १२ गतेसम्म १० दिन हैजाविरुद्धको खोप सञ्चालन गरिएको जनाएको छ ।

    मन्त्रालयले डब्लूएचओबाट प्रमाणित स्यानकोल नामक मुखबाट खुवाइने भ्याक्सिन दिइएको जनाएको छ । कपिलवस्तुका कृष्णनगर, शिवराज, महाराजगन्ज, विजयनगर नगरपालिका र यशोधरा गाउँपालिकामा असोज १८ देखि फैलिएको झाडा पखालामा हैजाको जीवाणु भेटिएपछि सतर्कता अपनाइएको हो ।

    हैजाबाट अहिलेसम्म १ हजार ४ सय ४९ जना संक्रमित भएका छन् । संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार उक्त खोप २ देखि ४ हप्ताको फरकमा २ मात्रा लगाउनुपर्ने छ । दुवै मात्रा पाएका व्यक्तिमा ७ देखि १० दिनबाट उक्त खोपले काम गर्न सक्ने बताइएको छ ।

    कपिलवस्तुमा भने ३ हप्ताको फरकमा मंसिर २६ देखि पुस ४ सम्म दोस्रो मात्राको खोप अभियान सञ्चालन गर्ने मन्त्रालयको तयारी छ ।
    कपिलवस्तुमा हैजा फैलिएका पाँचवटै स्थानीय तहका एक वर्षमाथिका सबै व्यक्तिलाई खोप लगाइने मन्त्रालयका सचिव डा. विकास देवकोटाले जानकारी दिए ।

    कपिलवस्तुमा असोज १८ देखि हैजा फैलिएको थियो । असोज २२ मा परीक्षणमार्फत् उक्त झाडापखाला हैजा हो भन्ने प्रमाणित भएको र पानीको स्रोत फोहोर भएका कारण हैजा फैलिएको अनुमान गरिएको थियो ।

    मन्त्रालयका स्वास्थ्य अधिकृत शैलेन्द्र पाण्डेले कपिलवस्तुमा पानी शुद्ध गर्न क्लोरिन ट्याबलेट वितरण, थप स्वास्थ्यकर्मी परिचालन र व्यक्तिगत सरसफाइका लागि चेतनामूलक कार्यक्रम संचालन गरिएको बताए ।

    कपिलवस्तुमा जस्तै प्रकृतिको हैजा केही वर्ष पहिले नेपालगन्जमा फैलँदासमेत यही विधि अपनाएर नियन्त्रणमा लिइएको मन्त्रालयले स्मरण गरेको छ ।

  • एक जिल्लामा मात्र ५०० भन्दा बढी सक्रिय  संक्रमित ‍

    एक जिल्लामा मात्र ५०० भन्दा बढी सक्रिय संक्रमित ‍

    काठमाडौं । आइतबार ललितपुरमा मात्र ५०० भन्दा बढी सक्रिय  संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच जिल्लामा काेराेना संक्रमितको संख्या शून्य छ । जसमा ओखलढुङ्गा, मनाङ, हुम्ला, जाजरकोट र मुगु छन् ।

    काठमाडौं, भक्तपुर, मोरङ, सुनसरी, झापा, कास्की, पूर्वीनवलपरासी, बाँके र कैलालीमा २०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । उपत्यकामा मात्र १४७७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

     

  • आइतबार ३७० जना निको हुँदा २३८ जना कोरोना संक्रमित थपिए

    आइतबार ३७० जना निको हुँदा २३८ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा आइतबार मुलुकमा २३८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ७ हजार ८४५ पीसीआर र १२ सय ७८ जनाको एन्टीजेन परीक्षण गर्दा २३८ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा ३७० जना संक्रमणमुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ । गत २४ घण्टामा४० हजार १४ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।

    अहिलेसम्म ७ हजार १६४ जना संक्रिय संक्रमित छन् । मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ९ लाख भन्दा बढी पुगेको छ भने ८ लाख भन्दा बढी निको भएका छन् ।

    नेपालमा दैनिक कोरोना संक्रमणदर २.६ प्रतिशत छ । मृत्युदर १.४ प्रतिशत छ निको हुनेको दर भने ९७.७ प्रतिशत छ ।

  • १८ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको खोप लगाइने

    १८ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको खोप लगाइने

    काठमाडौं । सरकारले १८ वर्षमाथिका सबै नागरिकलाई कोरोनाभाइरस विरुद्धको खोप दिने भएको छ । देशभर खोप लगाउन प्रदेशहरूमा खोप पठाउने काम भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि सरकारले खोप उमेर र पेसालाई वर्गीकरण गरेर लगाउँदै आएको थियो ।

    अहिले नेपालमा झण्डै ३६ लाख खोप उपलब्ध छ । खोप लगाउन बाँकी १८ वर्षभन्दा कम उमेरका बालबालिका लागि खरिद सम्झौता गरिएको खोप डिसेम्बरभित्र आउने मन्त्रालयले जनाएको छ ।

    फाइजर खोप १२ वर्षदेखि १८ वर्षका बालबालिका र दीर्घरोगीलाई लगाउनका लागि सरकारले खरिद सम्झौता गरिसकेको छ। ६० लाखको खरिद सम्झौता भएको र १० वा १५ लाखको दरले भण्डार क्षमता अनुसार आउने छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार कूल १ करोड ६९ लाख ८६ हजार ३६९ लगाएको खोपमध्ये ९१ लाखले mएक मात्रा र ७८ लाखभन्दा बढीले दोस्रो मात्रा खोप लगाइसकेका छन् । १८ वर्षभन्दा तलका धेरै नागरिकले खोप नलगाएको मन्त्रालयले जनाएको छ।

  • अस्पतालको स्तरवृद्धिसँगै दुर्गममा छुट्टै स्वास्थ्यचौकी बनाउँनेछौं : स्वास्थ्यमन्त्री

    अस्पतालको स्तरवृद्धिसँगै दुर्गममा छुट्टै स्वास्थ्यचौकी बनाउँनेछौं : स्वास्थ्यमन्त्री

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सङ्घीय तथा प्रदेश सरकारको मातहतमा रहेका अस्पताललाई आवश्यक चिकित्सकको दरबन्दी खुल्ला गरेर गुणस्तरीय बनाउने सरकारको लक्ष्य रहेको बताएका छन् ।

    मकवानपुरस्थित समाजवादी प्रेस सङ्गठनद्वारा आज हेटौँडामा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले कोरोना संक्रमणबाट पीडित र अन्य नागरिकले पनि सम्बन्धित उपकेन्द्रमा गएर खोप लगाउन सजक हुनुपर्ने धारणा व्यक्त गरे ।

    मन्त्री खतिवडाले छिमेकी राष्ट्र भारत, चीन र अमेरिकाबाट कोभिडविरुद्धको खोप ल्याई सबै नेपाली नागरिकलाई उपलब्ध गराउन थालिसकेको र अहिले १२ वर्षदेखि १८ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाइने जानकारी दिए ।

    दुर्गम भेगका जनतालाई स्वास्थ्य सेवा सुलभ ढङ्गबाट उपलब्ध गराउन पायक पर्ने स्थानमा छिट्टै स्वास्थ्यचौकी स्थापना गरिने र सरकारको छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई करार सेवामा नियुक्त गरी उपचार सेवालाई तीव्रता दिने लक्ष्यका साथ गृहकार्य भइरहेको पनि उनले जानकारी दिए ।

    मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालको आजै निरीक्षण गर्दै मन्त्री खतिवडाले गुणस्तरीय स्वास्थ्यसेवा छिटोछरितो उपलब्ध गराउन आग्रह गरे । उनले एक अत्याधुनिक एम्बुलेन्स आजै सरकारका तर्फबाट हेटौँडा अस्पतालका रजिष्टार राजेशप्रसाद प्रसाईलाई हस्तान्तरण गरे ।

  • सन्तानको पालनपोषण कसरी गर्ने ? यी हुन् अभिभावकलाई १० टिप्स !

    सन्तानको पालनपोषण कसरी गर्ने ? यी हुन् अभिभावकलाई १० टिप्स !

    बच्चाहरूको सही पालन-पोषणको लागि परिस्थिति अनुसारको सोचाइ–बुझाइ हुन आवश्यक छ । निश्चय नै सबै बच्चाहरूमा एउटै नियम लागू हुन सक्दैन । चाहे बच्चाहरूको ख्याल राख्ने कुरा होस्, माया जताउने कुरा होस् वा कडा रूपमा प्रस्तुत हुने कुरा होस् । हरेक बच्चासँग भिन्न–भिन्न तरिकाले प्रस्तुत हुन जरूरी छ । तपाईंले यो हेर्नुपर्छ कि तपाईंको सन्तानलाई के आवश्यक छ ।

    १)  बच्चामाथि अधिकार नजमाउनूस्

    तपाईं बच्चाहरूमाथि अधिकार जमाउन नखोज्नुहोस् । उनीहरूलाई सहारा दिँदै हुर्काउनुहोस् अनि उनीहरूको साथको आनन्द लिनुहोस् । तपाईं आफ्ना बच्चाहरूलाई भविष्यको लागि गरिने लगानी नबनाउनुहोस् ।

    २)  उनीहरू जे बन्न चाहन्छन्, त्यही बन्न दिनुहोस्

    उनीहरूलाई जे बन्नु छ, त्यही बन्न दिनुहोस् । तपाईंले जीवनलाई जुन रूपमा बुझ्नुभएको छ, त्यसलाई आफ्ना बच्चाहरूमाथि थोपर्ने प्रयास नगर्नुहोस् । तपाईंले आफ्नो जीवनमा जे–जति गर्नुभयो, तपाईंको बच्चाले पनि त्यही गर्न आवश्यक छैन । तपाईका बच्चाहरूले केही यस्तो चीज गर्नुपर्छ, जसको बारेमा तपाईंले आफ्नो जीवनमा कल्पना गर्ने हिम्मत समेत गर्नुभएन । तबमात्र, यो संसार अगाडि बढ्नेछ ।

    ३)  साँचो माया दिनुहोस, जे चीज माग्यो त्यही होइन

    मानिसहरूमा यो गलत बुझाइ रहेको छ कि बच्चाहरूलाई माया गर्नु भनेको उनीहरूको हरेक इच्छा पूरा गर्नु हो । उनीहरूले जे–जे माग्छन्, तपाईं सबैथोक दिँदै जान थाल्नुभयो भने, यो ठूलो मूर्खता हो । जब तपाईं स्नेह र प्रेमले भरिनुहुन्छ, तपाईं त्यही मात्र गर्न सक्नुहुन्छ जे आवश्यक छ । जब तपाईं कसैलाई साँच्चिकै माया गर्नुहुन्छ, तपाईं उसको नजरमा अप्रिय हुन तयार रहनुहुन्छ । साथै, तपाईं त्यही गर्नुहुन्छ, जे उसको लागि उत्तम हो ।

    ४)  बच्चाहरूलाई ठूलो बनाउन हतार नगर्नुहोस्

    यो एकदमै महत्त्वपूर्ण छ कि एउटा बच्चालाई बच्चा नै हुन दिनुपर्छ बच्चालाई एकैचोटि जवान बनाउने हतार नगर्नुहोस्, किनकि पछि त्यसलाई उल्ट्याउन सकिँदैन । ऊ बच्चा छँदा, बच्चाको जस्तो व्यवहार गर्छ भने, यो राम्रो कुरा हो । तर, जवान भइसकेपछि पनि बच्चाको जस्तो व्यवहार गर्न थाल्यो भने, त्यो उचित होइन । बच्चालाई आरामले हुर्किन दिनुहोस; बच्चा हतार–हतारमा जवान हुनुपर्ने कुनै आवश्यकता छैन ।

    ५)  यो सिक्ने बेला हो, न कि सिकाउने

    आफ्ना बच्चाहरूलाई सिकाउनको लागि तपाईंले जीवनको बारेमा के नै जान्नुभएको छ ? तपाईंले जीविको–पार्जनका केही तरिकाहरू मात्र सिकाउन सक्नुहुन्छ । कृपया आफूलाई आफ्ना बच्चाहरूसँग दाँज्नुहोस् अनि हेर्नुहोस् को चाहिँ बढी आनन्दित छ ? तपाईंको बच्चा, होइन त ? यदि तपाईंभन्दा तपाईंको बच्चा बढी आनन्दित रहन सक्छ भने, जीवनको बारेमा सल्लाह दिनका लागि को बढी सक्षम छ तपाई वा तपाईंको बच्चा ? जब तपाईंको जीवनमा बच्चाको आगमन हुन्छ, यो केही सिक्ने समय हो, न कि सिकाउने । जब घरमा बच्चा आउँछ, नजानिकनै तपाईं हाँस्नुहुन्छ, खेल्नुहुन्छ, गाउँनुहुन्छ, उसको लागि जे पनि गर्नु हुन्छ । तपाईं ती सबै चीजहरू गर्नुहुन्छ, जुन तपाईंले बिर्सिनु भइसकेको थियो । त्यसैले, यो जीवनको बारेमा सिक्ने समय हो ।

    ६)  बच्चाहरू स्वाभाविक रूपमा आध्यात्मिक हुन्छन्

    यदि बच्चाहरूलाई जथाभावी नसिकाइने हो भने, उनीहरू आध्यात्मिक सम्भावनाप्रति एकदमै नजिक हुन्छन् । सामान्यतया, कि त आमाबुबा, शिक्षकहरू, समाज वा टेलिभिजन अथवा कसै न कसैले उनीहरूमा केही न केही थोपरिरहेका हुन्छन् । यस्तो परिवेश सृजना गर्नुहोस्, जहाँ यस्तो बाहिरी हस्तक्षेप निकै कम हुन्छ— जहाँ, बच्चालाई कुनै धर्मसँग पहिचान स्थापित गर्नको लागि नभई आफ्नो प्रज्ञा वा बुद्धिमतामा बढ्न प्रोत्साहन गरिन्छ । त्यसबेला, अध्यात्म शब्द नजानिकनै बच्चा स्वतः आध्यात्मिक बन्दछ ।

    ७)  प्रेम र सहाराले भरिएको वातावरण बनाउनुहोस्

    यदि तपाईं आफैँ डर, निराशा, रिस, जलन वा चिन्ताको उदाहरण बन्नुहुन्छ भने, तपाईं कसरी आफ्नो बच्चाबाट खुसी र आनन्द अपेक्षा गर्न सक्नुहुन्छ ? उनीहरूले पनि त्यही सिक्ने छन् । तपाईंले गर्न सक्ने सबैभन्दा उत्तम काम भनेको माया, प्रेम, स्नेह, हाँसो र खुसीको माहोल सृजना गर्नु हो ।

    ८)  बच्चालाई आफ्नो साथी बनाउनुहोस्

    बच्चाहरूमाथि आफ्नो कुरा थोपर्ने काम बन्द गर्नुहोस् । साथै, उनीहरूको अगाडि आफ्नो नजिकको साथी बन्नुहोस् । आफूलाई बच्चाभन्दा माथि राखेर उनीहरूमाथि शासन नगर्नुहोस् । बरु, आफूलाई उनीहरूभन्दा मुनि राख्नुहोस्, ताकि उनीहरू तपाईंसँग सहज भई कुरा गर्न सकून् ।

    ९)  मान–प्रतिष्ठा नखोज्नुहोस्

    तपाईं आफ्नो बच्चाहरूबाट माया र प्रेम चाहनुहुन्छ, होइन र ? तर, थुप्रै आमाबुबाहरू यो भन्नुहुन्छ कि, “मेरो इज्जत गर्न सिक्नू ।” तपाईं यो संसारमा केही समय अगाडि आउनुभयो, शारीरिक रूपमा तपाईं बच्चाभन्दा ठुलो हुनुहुन्छ, अनि तपाईंले जीवन निर्वाह गर्ने केही तरिकाहरू जान्नुभएको छ— योबाहेक अरू के कुरामा तपाईं आफ्ना बच्चाहरूभन्दा उत्तम जीवन हुनुहुन्छ, ?

    १०)  बच्चाको आकर्षणको केन्द्र बन्नुहोस्

    बच्चालाई थुप्रै कुराहरूले प्रभावित गरिरहेका हुन्छन्न् परिवार, टेलिभिजन, छरछिमेक, शिक्षकहरू, विद्यालय अनि अरू लाखौँ चीजहरूले । बच्चालाई सबैभन्दा बढी जे आकर्षक लाग्छ, उसले त्यही पछ्याउँछ । अभिभावकको रूपमा तपाईंले आफूलाई यस्तो बनाउनुपर्छ कि उसलाई आफ्ना आमाबुबासँग समय बिताउने कुराले सबैभन्दा बढी आकर्षित गरोस् । यदि तपाईं आनन्दित, बुद्धिमानी र अद्भुत मानिस हुनुहुन्छ भने, उसले बाहिर अरूको साथ खोज्दैन । हरेक कुराको लागि, उसले तपाईंलाई नै सोध्ने छ ।

    यदि तपाईं साँच्चिकै आफ्ना बच्चाहरूको निम्ति राम्रो हेरचाह र पालन–पोषण सुनिश्चित गर्न चाहनुहुन्छ भने, सर्वप्रथम तपाईंले आफूलाई एक शान्त, स्नेही र आनन्दित मनुष्यमा रूपान्तरण गर्नु अपरिहार्य छ ।

  • शनिबार २४२ जना संक्रमित थपिए, थप एकजनाको मृत्यु

    शनिबार २४२ जना संक्रमित थपिए, थप एकजनाको मृत्यु

    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २४२ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय सात हजार १३६ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

    यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आठ लाख १८ हजार ७८७ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ९५ हजार ३०८ जना रहेको छ । आज ४४४ जना निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या सात लाख ९९ हजार ९८९ पुगेको छ । निको हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

    एकको मृत्यु

    हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४९५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप एक जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । अहिले मृत्युदर १.४ प्रतिशत छ । त्यसैगरी पछिल्लो समय एक लाख तीन हजार २०९ जनाले खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ३०३ रहेको छ ।

  • रामदेव र आचार्य बालकृष्णले चन्द्रागिरी डाँडामा सिकाए योग (तस्बिरहरु /भिडिओ)

    रामदेव र आचार्य बालकृष्णले चन्द्रागिरी डाँडामा सिकाए योग (तस्बिरहरु /भिडिओ)

    योगगुरु रामदेव बाबाले शनिबार बिहान चन्द्रागिरि डाँडामा योग ध्यान तथा प्रशिक्षण सिकाएका छन् । बिहीबार नेपाल आएका भारतीय योगगुरु रामदेव बाबा शुक्रबार राति चन्द्रागिरि रिसोर्टमा बसेका थिए ।

    शुक्रबार साँझ त्यहाँ पुगेका उनलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायतले स्वागत गरे । रामदेव बाबा र पतञ्जलि योगपीठका आचार्य बालकृष्णले शनिबार बिहान चन्द्रागिरिमा योग ध्यान तथा योग प्रशिक्षण गराएका थिए ।

    शनिबार बिहान चन्द्रागिरि डाँडाको स्वच्छ हावामा योग ध्यान तथा योग प्रशिक्षण हुने भएपछि चन्द्रागिरि हिल्स लिमिटेडले बिहान पाँच बजेदेखि नै केबलकार सञ्चालन गरेको थियो ।

    शनिबार बिहान ५ देखि ७ बजेसम्म सो रिसोर्टको हलमा र त्यसपछि बिहान ९ बजेसम्म खुला हावामा सञ्चालन गरिएको योग तथा ध्यान प्रशिक्षण शिविरमा सहभागी हुन योगप्रेमीहरु त्यहाँ पुगेका थिए । त्यस प्रशिक्षणमा योगगुरु रामदेव बाबा र आचार्य बालकृष्ण सहभागी थिए ।

    त्यस अवसरमा बाबा रामदेव र आचार्य बालकृष्णले धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वको पर्वत चन्द्रागिरिको निरीक्षण गर्नुका साथै त्यहाँ राखिएको जिप लाइनमा पनि सयर गरेका थिए । रामदेव बाबा र आचार्य बालकृष्णले त्यस अवसरमा चन्द्रागिरिमा अवस्थित भालेश्वर महादेव मन्दिरमा पूजाअर्चना पनि गरेका थिए ।

  • काठमाडौं विश्वकै आठौँ प्रदूषित सहर, यी हुन् नेपालका ‘रेड जोन’ सहर

    काठमाडौं विश्वकै आठौँ प्रदूषित सहर, यी हुन् नेपालका ‘रेड जोन’ सहर

    काठमाडौं । नेपालको राजधानी काठमाडौं विश्वकै प्रदूषित सहरको आठौँ नम्बरमा उक्लिएको छ । वायुको गुणस्तर मापन गर्ने युरोपेली संस्था आइक्युएयरको लाइभ अपडेटमा पाकिस्तानको लाहोर विश्वकै प्रदूषित सहरको पहिलो नम्बरमा छ । त्यहाँ वायु गुणस्तर सूचकांक पिएम २.५ (पार्टिकुलेट म्याटर) को मात्रा प्रतिघन्टा ४०७ माइक्रोग्राम प्रतिघनमिटर छ । जुन घातक हो ।

    नेपालमा पनि यो सूचकांक पाँच सयसम्म नाघ्ने गरेको छ । यद्यपि, शनिबार बिहान काठमाडौंमा पिएम २‍. ५ को मात्रा प्रतिघन्टा १७६ सम्म पुगेको आइक्युएरको तथ्यांकमा उल्लेख छ । यो सूचकांक १५१ नाघेमा अस्वस्थकर मानिन्छ । वातावरण स्वास्थ्य विज्ञ यादवराज जोशीले काठमाडौंमा दुई दिनयता बदली हुँदा वायु प्रदूषण बढ्दै गएको बताए ।

    दोस्रोमा दक्षिण कोरियाको इनचोन, तेस्रोमा भारतको राजधानी नयाँदिल्ली, कीर्गिस्तानको विस्केक, पाँचौमा भारतको कोलाकाता सहर, छैटौँमा क्रोसियाको जागरेब, सातौँमा बंगलादेशको ढाका र आठौँमा नेपालको काठमाडौं रहेको छ ।

    नेपालका यी सहर रेडजोनमा

    नेपालमा वातावरण विभागले पनि वायु प्रदूषणको गुणस्तर मापन गर्छ । विभागले काठमाडौंसहित मुलुकका विभिन्न सहरमा राखेको वायु गुणस्तर मापन केन्द्रको तथ्यांक अनुसार प्रदूषण बढ्दै गएको छ ।

    शनिबार बिहानको तथ्यांक अनुसार काठमाडौंसहित पाँच सहरको वायु प्रदूषण मानव स्वास्थ्यका लागि हानिकारक अवस्थामा पुगेको छ ।

    पिएम२।५ को मात्रा प्रतिघन्टा हेर्दा पोखरामा १८४, बिराटनगरमा १७६, काठमाडौंको रत्नपार्कमा १५१, कीर्तिपुरमा १५६, सिमरामा १५४ पुगेको छ । धनकुटा, धनगढी, महेन्द्रनगरमा पनि प्रदूषण बढिरहेको छ । ती सहरको वायु गुणस्तरको मात्रा राष्टिय मापदण्डभन्दा बढी रहे पनि रेड जोनमा परिसकेका छैनन् ।

  • यी पाँच जिल्लामा कोरोनासंक्रमितको संख्या शून्यमा झर्‍यो

    यी पाँच जिल्लामा कोरोनासंक्रमितको संख्या शून्यमा झर्‍यो

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच जिल्लामा सक्रिय संक्रमितको संख्या शून्यमा झरेको छ । जसमा ओखलढुङ्गा, मनाङ, हुम्ला, जाजरकोट र मुगु छन् ।

    शुक्रबार काठमाडौं र ललितपुरमा पाँच सयभन्दा बढी सक्रिय संक्रमित छन् र नौ जिल्लामा २०० भन्दाबढी संक्रमित छन् । जसमा मोरङ, सुनसरी, झापा, भक्तपुर, कास्की, पूर्वीनवलपरासी, रुपन्देही, बाँके र कैलाली रहेका छन् ।

    अहिलेसम्म नेपालमा सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या सात लाख ९९ हजार ५४५ जना रहेका छन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको छ । अहिलेसम्म संक्रमणबाट ११ हजार ४९४ जनाको निधन भएको छ ।

    होम आइसोलेशन सात हजार ६०, संस्थागत आइसोलेशनमा ४७९, सघन उपचार कक्ष (आइसीयू)मा २३१ र भेन्टिलेटरमा ५६ जना उपचाररत छन् । यस्तै आज एक लाख ७३ हजार ४९८ ले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् । हालसम्म ९० लाख ८१ हजार ६५४ ले पहिलो मात्रा र ७८ लाख एक हजार ५०६ जनाले पूर्णमात्राको खोप लगाएका छन् ।

  • १० हजार नर्सलाई रोजगारीको लागि बेलायत पठाउने सरकारको तयारी

    १० हजार नर्सलाई रोजगारीको लागि बेलायत पठाउने सरकारको तयारी

    काठमाडौं । सरकारले १० हजार नेपाली नर्सलाई रोजगारीका लागि बेलायत पठाउने भएको छ। नर्स पठाउनको लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयारी अगाडि बढाएको मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले बताए ।

    शुक्रबार वैदेशिक रोजगार पत्रकार समाजले काठमाडौंमा गरेको वैदेशिक रोजगारको वर्तमान अवस्था र सुधारको प्रतिवद्धता विषयक कार्यक्रममा  उनले यस विषयमा बेलायत सरकारसँग नेपालले सम्झौताको तयारी गरिरहेको बताए। उनका अनुसार, ‘यहाँबाट पठाउँदा कसरी श्रमिकमैत्री सम्झौता गर्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको छ । बेलायतले स्टाफ नर्स लैजान खोजेकाले मन्त्रालयले अन्य निकायसँग पनि छलफल गरेर प्रक्रिया अगाडि बढाउने छ।’

    बेलायतका लागि छानिने नर्सको मासिक तलब २ लाख ५० हजारभन्दा बढी हुने छ। साथै बिमा, आउँदा जाँदाको खर्च लगायतका सुविधा हुनेछ। दुई देशबीच सम्झौता भएमा सन् २०२२ को मध्यतिर बेलायतमा नर्सलाई पठाउन सकिने मन्त्रालयको अनुमान छ।

  • २९६ कोरोना संक्रमित थप, ३६९ जना डिस्चार्ज

    २९६ कोरोना संक्रमित थप, ३६९ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा शुक्रबार कोरोना भाइरस (कोभिड—१९) का २९६ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९७२ जनामा गरिएको परीक्षणमा सो संख्यामा कोरोना पुष्टि भएको हो ।

    शुक्रबार ७ हजार ७७७ जनाको पीसीआर परीक्षण गर्दा २७१ जना र १ हजार १९५ जनाको एन्टीजेन परीक्षण गर्दा २५ जनामा कोरोना पुष्टि भएको हो ।

    यस्तै शुक्रबार थप ३६९ जना संक्रमित निको भएर घर फर्किएका छन् । मन्त्रालयका अनुसार थप ५ जनाको मृत्यु भएको छ ।
    आज देशभरी ७ हजार ५३९ जना सक्रिय संक्रमति रहेका छन् ।

  • मेडिकल काउन्सिलको चुनाव आजदेखि सुरु, ३५ जना चुनावी मैदानमा

    मेडिकल काउन्सिलको चुनाव आजदेखि सुरु, ३५ जना चुनावी मैदानमा

    काठमाडौं । नेपाल मेडिकल काउन्सिलको चुनाव आजदेखि सुरु भएको छ । काठमाडौं उपत्यकाबाहिरका ६ मतदान केन्द्रमा आज मतदान हुँदैछ ।

    जसमा कोशी अस्पताल विराटनगर, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, प्रादेशिक अस्पताल जनकपुर, नारायणी अस्पताल वीरगञ्ज, भरतपुर अस्पताल चितवन र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई मतदान केन्द्र तोकिएको छ ।

    एक उपाध्यक्ष र आठ सदस्यका लागि ३५ जना चुनावी मैदानमा छन् । उपाध्यक्षका लागि तीन र आठ सदस्यका लागि ३२ जनाको उम्मेदवारी छ । उपाध्यक्ष पदका लागि शिवजी पौडेल, रामपरिक्षण यादव र प्रमोदकुमार यादवले उम्मेदवारी दिएका छन्।

    शनिबार समेत अन्य १२ केन्द्रमा मतदान हुँदैछ । जसमा मेची प्रादेशिक अस्पताल झापा, कोशी अस्पताल विराटनगर, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, गजेन्द्रनारायण सिंह अस्पताल राजविराज, लाहान अस्पताल, प्रादेशिक अस्पताल जनकपुर, नारायणी अस्पताल वीरगञ्ज, हेटौंडा अस्पताल, भरतपुर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रादेशिक अस्पताल, पाल्पा अस्पताल तानसेन, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, भीम अस्पताल भैरहवा, भेरी अस्पताल नेपालगञ्ज, प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र सेती प्रादेशिक अस्पताल छन् ।

    काठमाडौं विश्वविद्यालय धुलिखेलमा १० गते ,नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी र स्थानीय विकास प्रतिष्ठान जावलाखेल ललितपुरमा १० र ११ गते मतदान हुने निर्वाचन समितिले जनाएको छ।

     

  • तिलोत्तमाका ज्येष्ठ नागरिकलाई घरमै निःशुल्क उपचार

    तिलोत्तमाका ज्येष्ठ नागरिकलाई घरमै निःशुल्क उपचार

    रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ७० वर्ष उमेर माथिका ज्येष्ठ नागरिकहरुलाई घर-घरमा पुगेर सेवा दिने गरी कार्यक्रम सुरु गरेको छ ।

    ज्येष्ठ नागरिकहरुको लागि ‘ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्य परीक्षण’ कार्यक्रम बनाएर तिलोत्माले यो कार्यक्रमको शुरुवात गरेको हो ।
    तिलोत्तममा ७० वर्षमाथि झण्डै चार हजार आठ सय ज्येष्ठ नागरिक रहेको स्वास्थ्य शाखाले तथ्यांक निकालेको छ ।

    यो कार्यक्रमअनुसार हरेक वडामा दुई-दुई स्वास्थ्यकर्मीहरु नागरिकको घरदैलोमै पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्नेछन् । सामान्य स्वास्थ्य समस्या भएकाहरुलाई निःशुल्क औषधी दिइने र स्वास्थ्य समस्या जटिलउन्मुख भए आवश्यकताअनुसार अस्पताल पठाइने नगरपालिकाले जनाएको छ ।

    नगरपालिकाले विभिन्न ११ थरी औषधी र मधुमेह परीक्षणको समेत व्यवस्था गरेको छ । स्वास्थ्यकर्मीहरुले ज्येष्ठ नागरिकलाई स्वास्थ्य परीक्षणको साथैं निःशुल्क औषधी र आवश्यक परामर्श उपलब्ध गराउने जनस्वास्थ्य निरीक्षक केशव भट्टराईले जानकारी दिए ।

    नगर प्रमुख बासुदेव घिमिरेले ज्येष्ठ नागरिकको मन जितेर काम गर्न स्वास्थ्यकर्मीलाई आग्रह गरेका छन् । तिलोत्तमा नगरपालिकाले शिक्षा र स्वास्थ्यमा विशेष जोड दिएर काम गरिरहेको बताउँदै उनले ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ख्याल गरेर यो कार्यक्रम सुरु गरिएको बताए ।

  • नेपालमा वायु प्रदूषण बढ्दै गएको भन्दै सचेत रहन विज्ञको सुझाव

    नेपालमा वायु प्रदूषण बढ्दै गएको भन्दै सचेत रहन विज्ञको सुझाव

    काठमाडौं । विज्ञहरुले नेपालमा वायु प्रदूषण बढ्दै गएको भन्दै आम नागरिकहरुलाई सचेत रहन आग्रह गरेका छन् । जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले नेपालमा वायु प्रदूषण बढ्दै गएकाले त्यसतर्फ सचेत रहन आग्रह गरेका हुन् ।

    बंगालको खाडी र पश्चिम अरेबियन सागरमा उत्पन्न भएको एक किसिमको जलवायु प्रणालीका कारण भारतका केही शहरहरुमा भीषण वर्षा हुने र त्यसको असर नेपालमा पनि देखिने बताए ।

    डा. उप्रेतीले बुधवार बेलुकादेखि नै काठमाडौं लगायत देशभरका केही शहरहरुमा वायुको गुणस्तर कम भएको बताए । दक्षिण भारतमा २ सय १५ मिलिमिटर भन्दा बढी वर्षा हुने सम्भावना रहेको र भारतमा देखिएको प्रदूषण उत्तरतर्फ सर्दा नेपालमा असर पर्ने उनको भनाइ छ ।

    डा. उप्रेतीले नेपालमा वर्षा नभए पनि उच्च हिमाली क्षेत्रमा हिमपात र बाक्लो कुहिरो लाग्ने तथा तराईमा शीतलहर देखापर्ने बताए । विराटनगर, धनगढी, महेन्द्रनगर लगाएत स्थानमा वायु प्रदुषणको स्तर बिग्रिँदै गएको छ ।

    जलवायुविज्ञ डा. उप्रेतीले भने,‘अहिले खास अरेबियन सागर र बंगालको खाडीको सदन पार्टमा, महाराष्ट्रदेखि पश्चिमतिर अरेबियन सागरमा र पूर्वी बंगालको खाडीमा उत्पन्न हुने एक खालको सिस्टमले दक्षिण भारतमा ठूलो वर्षा गराउँदैछ, त्यहाँ २ सय १५ मिलिमिटर भन्दा बढीको वर्षा (खतरा) भएकाले रेड अलर्ट जारी गरेको छ, त्यसको असर नेपालमा पनि पर्ने देखिन्छ । हिजोदेखि आजसम्मको अवस्था हेर्ने हो भने रेड अलर्ट छ, हावाको खतरा तह पुगिसकेको छ, अहिलेको जस्तै हो भने काठमाडौंमा पनि यसको असर बढ्न सक्छ, यसले निम्त्याउने श्वासप्रश्वाससम्बन्धी रोगहरुदेखि मानव स्वास्थ्यमा यसको ठूलो असर देखिन्छ, यसले डेथ पनि गराउन सक्छ ।’

    डा. उप्रेतीले वायु प्रदूषण कम गर्न धुलोलाई घटाउने गरी नगरपालिकाहरुले पानी छर्कने, उद्योगधन्दा केही दिनका लागि बन्द गर्ने र सवारीसाधन बन्द गर्ने लगायतका काम बेलैमा गर्नुपर्ने बताए । उनले वायु प्रदूषण बढ्दै गएमा देशव्यापी लकडाउन गर्नुपर्ने बताए ।

  • २९९ कोरोना संक्रमित थपिए, ६ जनाको मृत्यु

    २९९ कोरोना संक्रमित थपिए, ६ जनाको मृत्यु

    काठमाडौं । नेपालमा आज २९९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १५१ जनामा गरिएको परीक्षणमा सो संख्यामा कोरोना पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार आज ७ हजार ८६३ जनाको पीसीआर परीक्षण गर्दा २७२ र ३ हजार २८८ जनाको एन्टीजेन परीक्षणमा २७ जनामा संक्रमण देखिएको हो ।

    यस्तै आज थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार आज २६० जना संक्रमित निको भएर घर फर्किएका छन । अहिले देशभरी ७ हजार ६४२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

  • दुर्घटनामा गम्भीर घाइते डाक्टर खरेलको मृत्यु

    दुर्घटनामा गम्भीर घाइते डाक्टर खरेलको मृत्यु

    रूपन्देही । सडक दुर्घटनामा घाइते भएका डा. दीपक खरेलको उपचारका क्रममा मृत्यु भएको छ । बाणगंगा नगरपालिका वडा नं. ८ का खरेलको उपचारको क्रममा काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो ।

    कपिलवस्तु सामुदायिक अस्पतालमा कार्यरत डा. खरेल कार्तिक २१ गते दुर्घटनामा परेका थिए । जिल्लाको बुद्धभूमि टिक्करमा मोटरसाइकल दुर्घटनामा उनी गम्भीर घाइते भएका थिए ।

    घाइते भएपछि बुटवलमा उपचार हुन नसकेपछि उनलाई हेलिकप्टरबाट काठमाडौं लगिएको थियो । टाउको र घाँटीमा चोट लागेको उनलाई बुटवलबाट काठमाडौंको मेडिसिटी अस्पतालमा रिफर गरिएको थियो । आर्थिक स्थिति कमजोर भएका कारण उनलाई तीन दिनअघि ट्रमा सेन्टरमा रिफर गरिएको हो ।

    ट्रमा सेन्टरमा उनको न्यूरो सर्जन डा. राजीव झा नेतृत्वको टोलीले उपचार गरेको थियो । हालै मात्र डा. खरेलको सबै उपचार निःशुल्क गर्न सरकारले निर्देशन दिएको थियो ।

  • अमेरिकी सहायकमन्त्री लूद्वारा खोप कार्यक्रमको अवलोकन (भिडिओ)

    अमेरिकी सहायकमन्त्री लूद्वारा खोप कार्यक्रमको अवलोकन (भिडिओ)

    काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले आज बिहान त्रिवि शिक्षण अस्पतालमा जारी कोभिड-१९ विरुद्धको खोप अभियानको अवलोकन गरेका छन् ।

    गत आइतबारदेखि अमेरिकाले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको फाइजर खोप अभियान सुरु भएको छ । कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकाले यसअघि जोन्सन एन्ड जोन्सन र फाइजर खोप उपलब्ध गराइसकेको छ ।

    सो अवसरमा स्वास्थ्यमन्त्री विरोध खतिवडा पनि सहभागी थिए । १२ वर्षभन्दा माथिका बालबालिका र दीर्घरोगीलाई फाइजर खोप लगाउन सुरु गरिएको छ ।

  • ४१२ कोरोना संक्रमित थपिए, १ जनाको मृत्यु

    ४१२ कोरोना संक्रमित थपिए, १ जनाको मृत्यु

    नेपालमा कोरोना भाइरस (कोभिड—१९) का ४१२ जना संक्रमित थपिएका छन् । ११ हजार ९९३ जनामा भएको परीक्षणमा सो संख्यामा कोरोना पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट भएको १० हजार १०६ परीक्षणमा ३६३ र एन्टीजेन विधिबाट भएको १ हजार ८८७ परीक्षणमा ४९ जनामा कोरोना पुष्टि भएको हो ।

    यस्तै आज २०२ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

  • मंगलबार ३ सय कोभिड बिरामी थपिए, ४ जनाको मृत्यु

    मंगलबार ३ सय कोभिड बिरामी थपिए, ४ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मंगलबार मुलुकमा ३७७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ६ हजार ५०५ पीसीआर र २ हजार ६४४ जनाको एन्टीजेन परीक्षण गर्दा ३७७ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा १७० जना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ । गत २४ घण्टामा ७९ हजार ५६९ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।

    मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ८ लाख १७ हजार ६७२ जना पुगेको छ भने कुल संक्रमितमध्ये ७ हजार ४७६ जना सक्रिय संक्रमित छन्।

    यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ९८ हजार ७१४ पुगेको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४८२ पुगेको छ।