Category: स्वास्थ्य-जीवनशैली

  • मंगलबार थपिए ३१५ कोभिड संक्रमित, २ जनाको मृत्यु

    मंगलबार थपिए ३१५ कोभिड संक्रमित, २ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मंगलबार मुलुकमा ३१५ जना कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९३८६ पीसीआर र २४२४ एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित पुष्टि भएका हुन् ।

    सोही अवधीमा थप दुई जनाको कोभिड संक्रमणले मृत्यु भएको छ । ३०४ जना निको भएका छन् ।

    मन्त्रालयका अनुसार सक्रिय संक्रमित संख्या ६३५२ जना छन् । गत २४ घण्टामा १ लाख २७ हजार जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । काठमाडौं र ललितपुरमा सक्रिय संक्रमित संख्या ५०० भन्दा उच्च छ ।

    सुनसरी, भक्तपुर, कास्की, नवलपरासी पूर्व, बाँके र कैलालीमा सक्रिय संक्रमित संख्या २०० भन्दा माथि छ । मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, मुगु र सल्यानमा संक्रमण संख्या शून्य छ ।

    काठमाडौं जिल्लामा सोमबार ८२ जना, भक्तपुरमा ९ जना र ललितपुरमा ८१ जना संक्रमित थपिएका छन् ।

    कूल संक्रमित संख्या ८ लाख भन्दा बढी छन् भने निको हुने संख्या ८ लाख ५२ हजार छ ।

    कूल मृत्यु हुने संख्या ११ हजार ५४५ छ ।

  • मोर्डना खोप यसैसातादेखि १८ वर्षभन्दा तलका बालबालिकालाई लगाइने

    मोर्डना खोप यसैसातादेखि १८ वर्षभन्दा तलका बालबालिकालाई लगाइने

    काठमाडौं । सरकारले कोरोनाभाइरसविरुद्धको मोर्डना खोप १८ वर्षभन्दामुनिका बालबालिकालाई लगाउने भएको छ । यही हप्ताभित्र खोप लगाउन सुरु गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    नेपाल आएको मोडर्ना खोप १२ देखि १८ वर्षमुनिका बालबालिकालाई लगाइने छ । हाललाई हिमाली क्षेत्रका १५ जिल्लाका विद्यालयमा अध्ययनरत बालबालिकालाई उक्त खोप लगाउन सुरु गर्ने निर्णय भएको खोप शाखा प्रमुख सागर दाहालले बताए।

    खोप एक महिनाभित्र लगाउँदा माइनस दुईदेखि आठ डिग्रीसम्ममा पनि लगाउँदा हुने भएकाले हाललाई हिमाली क्षेत्रका बालबालिकालाई दिन लागिएको हो ।

    यसअघि फाइजर खोप पनि १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई लगाएको थियो। मोडर्ना खोप भण्डारण गर्दा भने माइनस २५ डिग्री सेल्सियसमा राख्नुपर्ने हुन्छ। नेपालले कोभ्याक्स सुविधामार्फत एक लाख ८८ हजार मात्रा मोडर्ना खोप पाएको थियो ।

     

  • एकै दिन नगरपालिकाका ६ कर्मचारीमा कोरोना पुष्टि

    एकै दिन नगरपालिकाका ६ कर्मचारीमा कोरोना पुष्टि

    उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाका ६ जना कर्मचारीमा एकै दिन कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    त्रियुगा नगरपालिकाको स्वास्थ्य शाखाले सोमबार गरेको एन्टिजेन परीक्षणमा प्राविधिक शाखाका इन्जिनियरसहित सबै जना र राजश्व शाखाका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य शाखाका अवधनारायण चौधरीले जानकारी दिए ।

    त्रियुगा नगरपालिकाको स्वास्थ्य शाखाले सोमबार ६० जनाको परीक्षण गर्दा एकै दिन ६ कर्मचारीमा कोरोना संक्रमण भेटिएको हो।

    त्रियुगा नगरपालिकामा दुई दिनमा एक महिला कर्मचारीसहित ८ कर्मचारीमा कोरोना पुष्टि भएको छ ।

  • तत्काल लकडाउन गर्ने वा नगर्नेबारे निर्णय भएको छैन : स्वास्थ्य मन्त्रालय

    तत्काल लकडाउन गर्ने वा नगर्नेबारे निर्णय भएको छैन : स्वास्थ्य मन्त्रालय

    काठमाडौं । कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुष्टि भएसँगै पुनः लकडाउन हुने हो कि भन्ने चासो सामाजिक संजालमा फैलिएको छ । सर्वसाधारणले यसबारे व्यापक टिकाटिप्पणी गरिरहेका छन् । यसअघि दुईपटक मुलुकमा लकडाउन भैसकेको छ ।

    नयाँ भेरिएन्टको संक्रमण पुष्टि भएसँगै नियन्त्रण तथा रोकथामको लागि सरकारले चुस्तरुपमा तयारी गरिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सह–प्रवक्ता डा. समीकुमार अधिकारीले तत्काल लकडाउन गर्ने वा नगर्नेबारे कुनै निर्णय नभएको बताए ।

    सरकारले तेस्रो लहरको सम्भावित जोखिमबाट बच्न के गर्छ ? के फेरि लकडाउन वा निषेधाज्ञा हुन्छ ? भन्ने प्रश्नमा अधिकारीले अहिलेको अवस्थामा मन्त्रालयले लकडाउन गर्ने वा नगर्नेबारे कुनै छलफल वा निर्णय नभएको बताए ।

    ‘अहिले नै लकडाउन वा निषेधाज्ञाबारे कुनै निर्णय भएको छैन। परीक्षण, निगरानी र खोप नै पहिलो प्राथमिकता हो,’ अधिकारीले भने । आफू यतिबेला अस्पताल व्यवस्थापनमा जुटेको उनले बताए ।

    सरकारले ओमिक्रोन संक्रमण पुष्टि भएका चीनको हङकङको राज्य र दक्षिण अफ्रिकासहितका ९ मुलुकबाट नेपाल आउन रोक लगाउने निर्णय गरेको छ । भारतबाट आउनेलाई अनिवार्य ७ दिन क्वारेन्टिनमा बस्नुपर्ने निर्णय पनि छ ।

    साथै अन्तर्राष्ट्रिय हवाई तथा स्थल नाकाहरूमा यात्रुहरूको आवतजावतलाई व्यवस्थित गर्न नेगटिभ पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ । पूर्ण मात्रा खोप नलगाएका र शंकास्पद सबै यात्रुहरुको एन्टिजेन परीक्षण गर्ने गरिएको छ।

    एन्टिजेन परीक्षणमा फेला परेकाहरूको नमुना संकलन गरी पीसीआर परीक्षण गर्ने र संकास्पद नमुनाहरूको जीन सिक्वेइन्स गर्ने गरिएको छ । यसका साथै एक महिनादेखि पोजिटिभ भएका नमुमनाहरूको समेत थप परीक्षण गर्ने काम भइरहेको डा. अधिकारीले बताए।

    नेपालमा ओमिक्रोन पुष्टि भएसँगै निगरानीका लागि ‘सर्भिलेन्स तथा कन्ट्याक्ट ट्रेसिंग’ को कार्यलाई थप प्रभावकारी बनाइएको उनले जानकारी दिए।

     

  • सोमबार थपिए २६५ कोभिड संक्रमित, २ जनाको मृत्यु

    सोमबार थपिए २६५ कोभिड संक्रमित, २ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा २६५ जना कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७११४ पीसीआर र १५०३ एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित पुष्टि भएका हुन् ।

    सोही अवधीमा थप दुईजनाको कोभिड संक्रमणले मृत्यु भएको छ । ३५७ जना निको भएका छन् ।

    सक्रिय संक्रमित संख्या ६३८६ जना छन् । १ लाख ६६ हजार जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । काठमाडौं र ललितपुरमा सक्रिय संक्रमित संख्या ५०० भन्दा उच्च छ ।

    सुनसरी, भक्तपुर, कास्की, नवलपरासी पूर्व, बाँके र कैलालीमा सक्रिय संक्रमित संख्या २०० भन्दा माथि छ । मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, मुगु र सल्यानमा संक्रमण शून्य छ ।

    काठमाडौं जिल्लामा सोमबार ७९ जना, भक्तपुरमा १० जना र ललितपुरमा २३ जना संक्रमित थपिएका छन् ।

    कूल संक्रमित संख्या ८ लाख २२ हजार ८३० (पीसीआर परीक्षण गर्दा) पुष्टि भएका छन् भने ९५ हजार ६१९ एन्टीजेन परीक्षणमा पुष्टि भएका छन् । निको हुने संख्या ८ लाख ४ हजार छ ।

    कूल मृत्यु हुने संख्या ११ हजार ५४३ छ ।

  • डब्लुएचओले घोषणा गर्नुअघि नै नेपालमा ओमिक्रोन आइसकेको पुष्टि !

    डब्लुएचओले घोषणा गर्नुअघि नै नेपालमा ओमिक्रोन आइसकेको पुष्टि !

    काठमाडौं । गत २३ नोभेम्बरमा विश्व स्वास्थ्य संगठनले दक्षिण अफ्रिकामा पहिलोपटक कोरोनाभाइरको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण भएको पुष्टि ग¥यो ।

    डब्लुएचओले यसलाई अत्यन्तै संक्रामक मानिने सूची भेरिएन्ट अफ कन्सर्नमा समेत राख्दै सतर्क हुन आह्वान ग¥यो । त्यसयता अहिलेसम्म ३० भन्दा बढी मुलुकमा यो भेरिएन्ट फैलिएको पुुष्टि भएको छ ।

    नेपालको स्वास्थ्य मन्त्रालयले पनि आज विज्ञप्ति जारी गर्दै मुलुकमा पहिलोपटक ओमिक्रोन भेरिएन्ट संक्रमण पुष्टि भएको जनाएको छ । गत मंसिर ३ गते विदेशबाट आएका दुईजनालाई भेरिएन्ट संक्रमण पुष्टि भएको मन्त्रालयको भनाई छ ।

    मंसिर ७ गते उनीहरुलाई भाइरस कोभिड संक्रमण पुष्टि भएको जनाइएको छ । डब्लुएचओले ओमिक्रोन भेरिएन्ट पुष्टि गर्नुअघि नै आज संक्रमित पाइएका दुईजना पहिल्यै नेपाल आइसकेको तथ्य पुष्टि भएको छ ।

    दुबै डोज खोप लगाइसकेका यी दुई व्यक्ति मंसिर ३ गते पीसीआर नेगेटिभको प्रमाणपत्र देखाएरै नेपाल छिरेका थिए । यो घटनाले विदेशबाट आउनेहरुको पीसीआरहरुको तथ्य र वैज्ञानिकतामा पनि प्रश्नचिन्ह खडा भएको छ ।

  • नेपालमा दुईजनामा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुष्टि

    नेपालमा दुईजनामा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा दुईजनामा कोरोना भाइरसविरुद्धको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलन आयोजना गर्दै दुईजनामा भाइरसको नयाँ भेरिएन्ट पुष्टि भएको जनाएको छ ।

    ६६ वर्षीय विदेशी नागरिकको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरियन्ट देखिएको मन्त्रालयले जनाएको छ । उनीहरुको स्वास्थ्य सामान्य रहेको मन्त्रालयले जनाएको छ।

    ओमिक्रोन संक्रमित भएको मुलुकबाट मंसिर ३ गते नेपाल आएका एक ६६ वर्षीय विदेशी र उनको सम्पर्कमा आएका अर्का एकजना ७१ वर्षीय व्यक्तिमा भेरिएन्ट संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले बताए । उनीहरूको मंसिर ७ गते परीक्षण गरिएको थियो।

    दक्षिण अफ्रिकामा पहिलोपटक पहिचान भएको ओमिक्रोन भेरिएन्ट अहिलेसम्म छिमेकी भारत सहित ४० भन्दा बढी देशहरूमा फैलिइसकेको छ।

    यो भेरिएन्ट अत्यधिक उत्परिवर्तित भएको भनिएपनि खोपको प्रभावकारिता हुने वा नहुनेबारे बैज्ञानिकहरू अझैसम्म स्पष्ट भइसकेका छैनन्। विश्व स्वास्थ्य सङ्गठनका वैज्ञानिकहरूले यसबाट नआत्तिन तर सचेत रहन आग्रह गरेका छन्।

    विश्वका धेरै देशहरूले दक्षिण अफ्रिकासहित ओमिक्रोन भेटिएका देशहरूमा यात्रा प्रतिबन्ध लगाएका छन्। नेपालले पनि दक्षिण अफ्रिकाबाट नेपाल आउन रोक लगाएको छ। नेपालमा ३५ प्रतिशतले एक मात्रा र २८ प्रतिशतले पूर्ण मात्रामा खोप लगाएका छन्।

  • बैतडीमा भारतबाट फर्किनेले सात दिन क्वारेन्टिनमा बस्नुपर्ने

    बैतडीमा भारतबाट फर्किनेले सात दिन क्वारेन्टिनमा बस्नुपर्ने

    बैतडी । भारतबाट फर्किएका व्यक्तिलाई अनिवार्य रुपमा क्वारेन्टिनमा राखिने भएको छ । भारतमा पनि कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सङ्क्रमण देखिएपछि यहाँ भारतबाट फर्केकालाई अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने भएको हो ।

    कोरोनाको नयाँ भेरियन्ट नफैलियोस् भन्नका लागि भारतबाट फर्केका नागरिकलाई अनिवार्य सात दिन क्वारेन्टिनमा बस्न आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।

    भारतबाट फर्केका नागरिकलाई होम क्वारेन्टिनमै बस्ने गरी व्यवस्था मिलाउन र त्यसको अनुगमन गर्न स्थानीय तहलाई पत्राचारसमेत गरिएको छ । उनले भने,‘भारतबाट फर्किनेको सीमानाका झुलाघाटमै एन्टिजेन परीक्षण गर्ने र उनीहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्न भनेका छौं ।’

    झुलाघाटमा यसअघि नै हेल्थ डेस्क स्थापना गरेर कोरोना परीक्षण कार्य जारी रहेको हो । यसका साथै सीमामा आवातजावत गर्दा अनिवार्य रुपमा स्वास्थ्यका मापदण्ड पालना गर्न पनि आग्रह गरिएको छ ।

    यसैबीच कोरोनाको नयाँ भेरियन्ट देखिएपछि सीमा क्षेत्रमा भारतीय प्रशासनले पनि कडाइ गरेको छ । झुलाघाट नाकाबाट भारत प्रवेश गर्नेहरुले अनिवार्य रुपमा कोरोनाका दुवै डोज लगाएको कार्ड लैजानुपर्ने भएको छ । कोरोनाविरुद्धको खोपका दुवै डोज लगाएपछि १५ दिनपछि भारत पस्न दिइने भारतीय प्रशासनले जनाएको छ ।

    पिथौरागढ जिल्ला अधिकारीको कार्यालयले जिल्ला प्रशासन कार्यालय बैतडीलाई पत्र लेखेर नेपालबाट भारत पस्नेलाई अनिवार्य कोरोनाविरुद्धको खोप लगाएको कार्ड हुनुपर्ने बताएको छ । दुवै डोज खोज लगाएको कार्ड नभएकालाई सीमाबाट जान नदिने भारतले जनाएको छ । रासस

  • दुई डोज खोप लगाएका नागरिकलाई ‘बुस्टर डोज’ लगाउन स्वास्थ्यमन्त्रीको आग्रह

    दुई डोज खोप लगाएका नागरिकलाई ‘बुस्टर डोज’ लगाउन स्वास्थ्यमन्त्रीको आग्रह

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले कोरोनाबिरुद्धको दुई डोज लगाइसकेका नागरिकहरुलाई बुस्टर डोज लगाउन आग्रह गरेका छन् ।

    प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको आईतवार सिंहदरवारमा बसेको बैठकमा मन्त्री खतिवडाले कोरोना बिरुद्धको दुई डोज लगाइसकेका नागरिकहरुलाई बुस्टर डोज लगाउन आग्रह गरेका हुन् ।

    उनले कोरोनाबिरुद्धको नयाँ प्रकार ओमिक्रोन आएसँगै तेस्रो डोज लगाउने कुराले चर्चा पाएको बताउँदै विश्व स्वास्थ्य संगठनले पनि तेस्रो डोज खोप लगाउन आग्रह गरेको बताए । उनले प्रतिरोधात्मक क्षमता कम भएकाहरुले ३ देखि ६ महिनाभित्रमा तेस्रो मात्राको खोप लगाउने व्यवस्था मिलाउने गरी सरकार प्रदेश र जिल्लागत तहमा व्यवस्थापनमा लागिरहेको बताए ।

    उनले भने, ‘बोस्टर डोजसँग गाँसिएका कुराहरु आए । यसको नाम बोस्टर भनिए पनि जे भनिए पनि यो तेस्रो डोजको नाम बोस्टर डोज भनियो । ओमिक्रोन आएपछि यसको चर्चा अलि बढी हुन थाल्यो र समाजमा के कुरा गएको छ भन्दा तेस्रो डोज लियो भने अझ सुरक्षित छ भन्ने छ । प्रतिरोधात्मक क्षमता कम भएकाहरुले तीनदेखि ६ महिनाभित्र लगाउँदा राम्रो भन्ने विश्व स्वास्थ्य संगठनको निर्देशन छ । सरकारी संयन्त्रलाई मिलाएर बोस्टर डोज दिने भन्ने कुरा मन्त्रीपरिषद्को बैठकमा प्रदेश हुँदै जिल्ला तहसम्म दिने भइसकेको छ ।’

    मन्त्री खतिवडाले कोरोनाबिरुद्धको नयाँ प्रकार ओमिक्रोनबाट बच्न सरकारले हालसम्म लगभग १० वटा देशलाई प्रतिबन्ध लगाएको बताए । उनले अन्य देशबाट आउने नागरिकहरुलाई पनि क्वारेन्टाइनमा राखिने र उनीहरुको पीसीआर परीक्षण गरेर मात्रै घर जान दिने बताए । मन्त्री खतिवडाले खोपका झोला बोकेर गायँ गाउँमा गई कोरोनाबिरुद्धको खोप लगाउन सहयोग गर्न पनि सञ्चारमाध्यम, राजनीतिक दलहरुलाई आग्रह गरे ।

    उनले भने, ‘ओमिक्रोनको हकमा अहिलेसम्म ८÷१० वटा देशलाई हामीले प्रतिबन्ध लगाएका छौँ । अन्य देशहरुबाट आउने नागरिकहरुलाई पनि क्वारेन्टाइन्मा राख्ने कुरा गरेका छौँ । कोराना भन्दा केही फरक भाइरस देखिए त्यसलाई जाच्ने प्रवन्ध हामीसँग छ र गरिरहेका छौँ । एउटा अनुरोध मिडियाका साथी, राजनीतिक दलहरुलाई हामीले भोट माग्नको लागि नमस्कार गरेर घर गएजस्तै त्यही मिहेनत कोरोना खोपका लागि गरिदिनुहोस् भन्न चाहन्छु । खोप र दुई जना सुई लगाउन जाने स्वास्थ्यकर्मीहरुलाई खोपका झोला, २००, ५००, ८००, १००० का झोला बोकेर जिल्ला जनस्वास्थ्य कार्यालयबाट लिएर गाउँ गाउँका केन्द्रहरुमा गएर भोट र पर्चा बाँड्न आएका थियौँ । यसपटक तपाईहरुको स्वास्थ्य उपचार गर्न आएका छौँ भनेर सबै दलहरु हिँडिदिनु होस् ।’

    बैठकमा समितिका सदस्य योगेश भट्टराईले नयाँ भेरियन्टबाट बच्न शतर्कता अपनाउनु पर्ने बताए । कोरोनाको नयाँ भेरियन्ट आएमा लकडाउन बाहेकको विकल्प सोच्नुपर्ने बताउँदै सदस्य भट्टराईले भने, ‘कोरोनाको नयाँ भेरियन्टबाट बच्न नाकामा शतर्कता अपनाउनु पर्छ, लकडाउन भन्दा पनि अन्य विकल्प के हुनसक्छ, त्यसमा ध्यान दिन आवश्यक छ ।’

    बैठकमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले कोरोना भाइरसको नयाँ भेरियन्ट नयाँ भएकोले विश्वले यसमा चासो दखाइरहेको भन्दै स्वास्थ्य सावधानी अपनाउन आग्रह गरे । उनले ओमिक्रोनको अध्ययन हुने क्रम जारी रहेकोले अध्ययनपछि यसबारेमा जानकारी गराउने बताए ।

    त्यस्तै परिवार कल्याण महाशाखाका निर्देशक डा.विवेककुमार लालले विश्व स्वास्थ्य संगठनले गरेको एक सुक्ष्म अध्ययनमा ओमिक्रोन धेरै घातक नरहेको बताए । उनले यसको पूरा अध्ययन भइ नसकेकोले गर्दा नेपालमा भने विभिन्न १३ नाकाहरुमा शतर्कता अपनाउन आग्रह गरे ।

    बैठकमा शिक्षा तथा स्वास्थ्य समितिका सदस्य जीवनराम श्रेष्ठले ओमिक्रोन विज्ञहरुको कुरा सुन्दा सामान्य लागेपनि संसारभर त्रासको वातावरण रहेको भन्दै शतर्कता अपनाउनु पर्ने बताए । उनले विगतमा पनि डराएर तयारी गर्न नसकेको बताउँदै यस पटक भने पूर्व तयारी गर्न आग्रह गर्नुभयो । उहाँले समस्या आउनु अगावै रणनीतिक रुपमा काम गर्न सुझाव दिए ।

    बैठकमा सदस्य खगराज अधिकारीले पोस्ट कोभिडमा नेपालको रिसर्च नपुगेको भन्दै अध्ययनको क्रम बढाउनु पर्ने बताए । उनले एन्टीबायोटिकको साइडइफेक्टको बारेमा अध्ययन गरेर मात्रै मन्त्रालय अगाडि बढेमा जनस्वास्थ्यप्रतिको दायित्व पूरा हुने बताए ।

    बैठकमा कोडि १९ को नयाँ भेरियन्ट ओमिक्रोन र त्यसले जनस्वास्थ्यमा पु¥याउने असरबारे छलफल गरिएको थियो । बैठकमा उपस्थित सदस्य तथा विज्ञहरुले विश्व स्वास्थ्य संगठनले यस नयाँ प्रकारबारे अध्ययन गरिरहेको र छिमेकी देश भारतमा संक्रमित फेला परिसकेकोले नेपालका सीमानाकाहरुमा स्वास्थ्य सुरक्षा अपनाउन, कोरोना परीक्षण गर्न र खोप लगाएकाहरुको खोप कार्ड देखाएपछि मात्रै आवतजावत गर्न दिन मन्त्रालयलाई आग्रह गरेका थिए । विज्ञहरुले नेपालमा पनि यसको संक्रमण फैलिन सक्ने भन्दै स्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी नियमित हात धुन, मास्कको प्रयोग गर्न, सामाजिक दूरी कायम राख्न र भीडभाड नगर्न आग्रह गरेका छन् ।

  • दाङमा १८ हजारले गराए स्वास्थ्य बिमा

    दाङमा १८ हजारले गराए स्वास्थ्य बिमा

    दाङ । दाङमा एघार महिनाको अवधिमा करिब १८ हजार जनाले स्वास्थ्य बिमा गराएका छन् । माघ ३० गते देखी दाङमा स्वास्थ्य बिमा कार्यक्रम लागू भएको थियो ।

    आम नागरिकहरूले सूचना नपाउँदा र कोरोना महामारीका कारण पनि स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी हुन नसकेको स्वास्थ्य बिमा कार्यक्रम दाङले जनाएको छ । अगामी असार सम्म जिल्लाका साढे २ लाख नागरिकलाई बिमामा आबद्ध गराउने लक्ष्य लिएको बताइएको छ ।

    सरकारले बिमा कार्यक्रम मार्फत नागरिकको स्वास्थ्य उपचारलाई राज्यले सुनिश्चित गर्ने उद्देश्य लिएको छ । गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न स्वास्थ्य बिमा कार्यक्रम ल्याइएको र सबै जनतालाई सहभागी गराइने उल्लेख छ ।

    कार्यक्रममा स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा। सुरेन्द्रराज उप्रेतीले स्वास्थ्य जोखिम न्यूनीकरण गर्दै पैसाको अभावमा रोगी भएर बस्नु नपर्ने भन्दै यो कार्यक्रम ल्याएको जानकारी दिए । स्वास्थ्य बिमाका लागि ५ जनाको परिवार सम्म ३५ सय रुपैयाँ जम्मा गर्ने र सरकारले एक लाख रुपैयाँको बिमा गरिदिने छ ।

    ६ जनादेखि माथिको परिवार सदस्य भए प्रति सदस्य ७ सय रुपैयाँ जम्मा गर्दै जाने र २ लाख रुपैयाँको बिमा सरकारले गर्ने छ । सरकारले अति गरिब, पूर्ण अपांगता, क्षय तथा कुष्ठ र एचआइभी सङ्क्रमित र ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई एक लाख रुपैयाँ सम्मको निःशुल्क बिमा गर्ने छ ।

    त्यस्तै महिला स्वास्थ्य स्वयंसेविकाको परिवारलाई योगदानको रकममा ५० प्रतिशत छुट गर्ने कार्यक्रम रहेको छ ।

  • दिल्लीमा ओमिक्रोन संक्रमण पुष्टि, भारतमा पाँचवटा केस भेटियो

    दिल्लीमा ओमिक्रोन संक्रमण पुष्टि, भारतमा पाँचवटा केस भेटियो

    बैंग्लोर, मुम्बइ र जामनगरपछि भारतको राजधानी नयाँ दिल्लीमा समेत कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनका अनुसार संक्रमित व्यक्ति तान्जानियबाट त्यहाँ पुगेका थिए ।

    दिल्ली विमानस्थलमा गरिएको परीक्षणमा ती व्यक्तिलाई ओमिक्रोन संक्रमण पुष्टि भएको पत्ता लागेको हो । उनलाई अहिले दिल्लीको एलएनजीपी अस्पतालमा भर्ना गरिएको छ ।

    अस्पतालका व्यवस्थापकीय निर्देशक सुरेशकुमारका अनुसार संक्रमित व्यक्तिमा घाँटीमा समस्या, थकान र शारिरिक दुखाइजस्ता लक्षण देखिएको छ । संक्रमित व्यक्तिले कोभिडविरुद्धको दुबै डोज खोप लिएकाले हल्का लक्षण देखिएको जनाइएको छ ।

    यसअघि गुजरातको जामनगरमा पनि ओमिक्रोन संक्रमित भेटिएका थिए । मुम्बइ र बैंग्लोरसहित भारतमा ओमिक्रोन संक्रमित पुष्टि हुनेको संख्या ५ पुगेको छ । कोरोनाको नयाँ भेरिएन्टलाई लिएर चिन्ता बढिरहँदा भारतले आजदेखि लागू हुने गरी अन्तर्राष्ट्रिय यात्रुलाई नयाँ गाइडलाइन्स ल्याएको छ ।

    संक्रमणको जोखिम उच्च रहेका देशबाट भारत जानेले अनिवार्य आरटी पीसीआर गर्नुपर्ने भएको छ । जोखिम कम भएका मुलुकबाट जाने मुलुकका यात्रुले भने विमानस्थलबाट बाहिर जाने मौका पाउनेछन् ।

  • २०५ जनामा कोरोना पुष्टि हुँदा, ४३६ डिस्चार्ज

    २०५ जनामा कोरोना पुष्टि हुँदा, ४३६ डिस्चार्ज

    काठमाडौं । नेपालमा आज २०५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ७४७ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

    आरटी—पीसीआर विधिबाट ७ हजार ९९५ जनाको परीक्षण हुँदा २०० र एन्टीजेन विधिबाट २ हजार ७५२ परीक्षण हुँदा ५ जनामा संक्रमण देखिएको हो ।

    मन्त्रालयले ४३६ जना संक्रमित निको भएर घर फर्किएको जनाएकाे छ ।

    यस्तै थप १ जनाको मृत्यु भएको छ ।

    देशभरी ६ हजार ५०७ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

  • खोप नलगाएकालाई भारत प्रवेशमा रोक

    खोप नलगाएकालाई भारत प्रवेशमा रोक

    काठमाडौं । भारतमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखा परेपछि आफ्नो देश प्रवेश गर्ने नाकामा कडाइ गर्न सुरुआत गरेको छ ।

    बैतडीसँग सीमा जोडिएको झुलाघाट नाकामा पनि भारतले खोप लगाएको कार्ड र परिचयपत्र अनिवार्य गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी भारतीले जानकारी दिए । ‘भारतको पिथौरागढ जिल्लाले लिखितरूपमा पत्र पठाएर दुईवटै मात्रा खोप लगाएका नेपाली नागरिकलाई मात्रै आफ्नो देश प्रवेश गर्न दिने भनेको छ ।’ देहरादुनमा नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएपछि भारतले सीमानाकामा कडाइ गरेको बताइएको छ । उनले भने, ‘कोरोनाको दुवै मात्रा खोप लगाएको १५ दिनपछि मात्रै भारत प्रवेश गर्न दिने भनेको छ ।’

    भारत जाने नेपाली नागरिकले अनिवार्यरूपमा १५ दिन अगाडि खोपको दुवै मात्रा लगाएको प्रमाण बोकेर जान प्रशासनले अनुरोध गरेको छ । खोप कार्ड नभएका नेपाली नागरिक भारत पस्न रोक लगाइएको छ । यसका साथै झुलाघाट नाकाबाट स्वदेश फर्किने नागरिकले अनिवार्यरूपमा सात दिन क्वारेन्टिन बस्नुपर्ने सूचना अधिकारी भारतीले जानकारी दिए । झुलाघाट नाकामा एन्टिजेन परीक्षण जारी रहेको भए पनि सात दिनसम्म यसको लक्षण देखा पर्नसक्ने भएकाले स्वदेश फर्किने नागरिकलाई अनिवार्यरूपमा क्वारेन्टिनमा बस्न आग्रह गरिएको हो ।

    सीमानाकामा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न पनि भनिएको छ । जिल्लामा हाल दुई जनामात्रै कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् भने संक्रमणका कारण हालसम्म १८ जनाको ज्यान गइसकेको छ ।

  • कोरोनाविरुद्धको दुई करोड खोपको मात्रा मौज्दात छ : मन्त्री खतिवडा

    कोरोनाविरुद्धको दुई करोड खोपको मात्रा मौज्दात छ : मन्त्री खतिवडा

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोरोनाभाइरसविरुद्धको दुई करोड खोपको मात्रा मौज्दात रहेको बताएका छन् । उनले दोस्रो मात्रा लगाइसकेका सबैलाई तेस्रो खोप लगाउन आग्रह गरे ।

    नेकपा (एकीकृत समाजवादी) रोशी गाउँपालिका–६ को वडा भेलालाई आज सम्बोधन गर्दै ‘बुष्टर’का रुपमा दोस्रो मात्रा खोप लगाएकालाई तेस्रो खोप लगाउन आग्रह गरेका हुन् । मन्त्री खतिवडाले नेपालमा कोरोना सङ्क्रमणको तेस्रो लहरको जोखिम बढिरहेका बेला तेस्रो खोप लगाउन अनिवार्य भइसकेको बताए । ‘कोरोनाको तेस्रो लहरको जोखिम बढिसक्यो, स्वास्थ्य मापदण्ड कायमै राख्नुस्, अनि खोप अनिवार्य लगाउनुहोला’, उनले भने ।

    मन्त्री खतिवडाले हालसम्म ६ हजार केन्द्रबाट खोप लगाउने काम भइरहेको उल्लेख गर्दै आगामी पुस १ गतेदेखि १९ हजार केन्द्रमा खोपको व्यवस्था गरिने बताए । उनले भने, ‘खोप जत्ति पनि उपलब्ध भएकाले लगाउन स्वास्थ्य केन्द्र जान सबैमा आग्रह गर्छु ।’

    मन्त्री खतिवडाले फरक प्रसङ्गमा निर्वाचनलगायत गतिविधिमा वामपन्थी एक भएर अघि बढ्ने जिकिर गरे। ‘एमालेबाहेक हामी एकै ठाउँमा हुन्छौँ,’ उनले भने । एमालेबाट कम्युनिष्ट आन्दोलन सम्भव नभएकाले अर्को दल खोल्नुपरेको उनको भनाइ थियो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं काभ्रेपलाञ्चोक सह–इन्चार्ज मुकुन्द गौतम, जिल्ला सदस्यद्वय जगत तामाङ र विशाल तामाङ, रोशी गाउँपालिकाका इन्चार्ज लार्साङ तामाङ, रोशीका अध्यक्ष जगत शाह, उपाध्यक्ष राजेन्द्र तामाङलगायतले आ–आफ्नो धारणा राखेका थिए ।
    रासस

  • अब दैनिक दुई लाखलाई कोरोनाविरुद्ध खोप लगाइने

    अब दैनिक दुई लाखलाई कोरोनाविरुद्ध खोप लगाइने

    काठमाडौं । नेपाल सरकारले दैनिक दुई लाख जनालाई कोरोनाभाइरस विरुद्धको खोप लगाउने गरी तयारी गरेको छ । यससम्बन्धी तयारी पूरा गरेको सरकारले जनाएको छ । यसका लागि आवश्यक खोप, खोपकेन्द्र र जनशक्तिको व्यवस्था गरिसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयले विदेशबाट नियमित खोप आउन थालेपछि खोप आवश्यक पर्ने सबैलाई लगाउने जनाएको छ । मन्त्रिपरिषद्को यही मङ्सिर १३ गते बसेको बैठकले सबै नागरिकलाई निःशुल्क रुपमा कोभिड–१९ खोप उपलब्ध गराउने निर्णय गरेको थियो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले दैनिक दुई लाख जनालाई खोप लगाउने गरी आवश्यक सबै तयारी पूरा भएको जानकारी दिए ।

    “अहिले पनि करिव दुई लाख जनाका हाराहारीमा खोप लगाइरहेका छौँ”, उनले भने, “खोप लगाउन आएका कोहीलाई पनि खोप नलगाकन फर्काएका छैनौं। खोपकेन्द्रमा आएका छन् सबैलाई खोप लगाएका छौँ ।” उनका अनुसार मन्त्रालयले जनताको घरदैलोसम्म खोप पु¥याउनका लागि सम्बन्धित जिल्लाका स्वास्थ्य कार्यालयलाई निर्देशन दिइसकेको छ ।

    “हामीसँग प्रसस्त्र मात्रामा खोप रहेको छ । अहिले पनि नियमित खोप आइरहेका छन्”, सहप्रवक्ता डा अधिकारीले भने, “खोप लगाउन कोही पनि नछुटुन भनेर जनताको घरदैलोसम्म खोप लगाउने अभियान सञ्चालन गर्नसम्बन्धी जिल्लाका खोप केन्द्रलाई निर्देशन दिइसकेका छौँ ।”

    उनले सर्वसाधारणमा कोभिड–१९ विरुद्धको खोप पु¥याउनका लागि नियमित सञ्चालन हुने खोप केन्द्रबाट नै खोप लगाइने बताए । उनले स्वास्थ्यकर्मी, कर्मचारी र अग्रपंक्तिमा काम गर्नेले खोप लगाइसकेको भन्दै अब स्थानीय तहमा पुगेर नै खोप लगाउन छुटेका व्यक्तिलाई खोप लगाइने जानकारी दिए । उनका अनुसार अहिलेसम्म नेपालमा दुई करोड ७३ लाख ५६ हजार ५३० मात्रा खोप आइसकेको छ । तीन करोड ५० लाख खोप आउने क्रममा छ ।

    अहिलेसम्म एक करोड ८८ लाख ६२ हजार २१६ जनाले खोप लगाइसकेका छन् । तीमध्ये एक करोड दुई लाख ४८ हजार ३६९ पहिलो मात्रा र ८६ लाख १३ हजार ८४७ जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन् । कूल जनसङ्ख्यामध्ये ३३.७ प्रतिशतले पहिलो मात्रा र २८.४ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।

    सरकारले पुस मसान्तभित्र कूल लक्षितको दुई तिहाई र चैतमसान्तसम्म लक्षित सबै नागरिकलाई खोप लगाउने लक्ष्य लिएको छ । सरकारले खरिद गरेर र कोभ्याक्स सुविधामार्फत दैनिक खोप ल्याइरहेको छ । हिजो मात्र मङ्सिर १७ गते एक लाख ७५ हजार ५६७ जनाले खोप लगाएका थिए । यस्तै मङ्सिर १० गते एक लाख ९६ हजार ८५३ जनाले मङ्सिर ११ गते एक लाख १५ हजार ४३४, मङ्सिर १२ गते एक लाख २७ हजार ६११ जनाले, मङ्सिर १३ गते एक लाख ४४ हजार ५३४ जनाले, मङ्सिर १४ गते दुई लाख ११ हजार ५५३ जनाले, मङ्सिर १५ गते दुई लाख २७ हजार ५८४ जनाले र मङ्सिर १६ गते एक लाख ४१ हजार ५५७ जनाले खोप लगाइसकेका छन् ।

    काठमाडौँ जिल्ला स्वास्थ्य कार्यालयले नौ वटा खोप केन्द्रबाट खोप वितरण गरेको छ । कार्यालयका प्रमुख शम्भु काफ्लेका अनुसार वीरेन्द्र सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल, सिभिल अस्पताल, कलङ्कीस्थित सहिद मेमोरियल अस्पताल, बल्खुको वयोधा अस्पताल, नयाँ बसपार्कको लोत्से भवन र कोटेश्वरको जडीबुटीबाट नियमित खोप वितरण गरिरहेको छ । ती केन्द्रबाट दैनिक दुई हजार ५०० जनाले खोप लगाइरहेका छन् ।

    उनले १८ वर्ष भन्दामाथिका व्यक्तिलाई खोप अभाव नभएको र जुनुसुकै बेला पनि ती खोप केन्द्रमा खोप लगाउन पाइने बताए । उनले नगरपालिकाले आवश्यकताअनुसार खोप प्रदान गरिरहेको जानकारी समेत दिए ।

    मोडर्ना र फाइजर चाँडै आउँदै

    सरकारले बालबालिका खोप लगाउनका लागि मोडर्ना र फाइजर ल्याउने अन्तिम तयारीमा गरेको छ । फाइजर खोप एक लाख मात्रा आइसकेको छ । यही पुस १५ गतेभित्र मोडर्ना र फाइजर खोप ल्याउने मन्त्रालयको तयारी रहेको छ । मोडर्ना ७७ लाख र फाइजर ६० लाख ल्याउनका लागि सबै प्रक्रिया पूरा गरिएको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिए ।

    सरकारले कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण देखिएका अफ्रिकासहितका नौ मुलुकबाट आउने यात्रुलाई आजैदेखि नेपाल प्रवेशमा अनुमति नदिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही मङ्सिर १३ को बैठकले दक्षिण अफ्रिका, बोत्सवाना, जिम्वाब्वे, नामिवीया, लेसोथो, इसवाटिनी, मोजाम्बिक, मलावी र हङकङबाट नेपाल आउनेलाई प्रवेश अनुमति नदिने निर्णय गरेको हो । भारतमा शुक्रबार मात्र ओमिक्रोन भेरियन्ट फेला परेको जनाइएको छ ।

  • २३८ कोरोना संक्रमित थपिँदा ३९२ जना डिस्चार्ज

    २३८ कोरोना संक्रमित थपिँदा ३९२ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा आज थप २३८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७९७ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका छन् ।

    पीसीआर विधिबाट ५ हजार २९५ परीक्षण हुँदा २२० र १५ सय २ एन्टीजेन परीक्षण हुँदा १८ जनामा संक्रमण पुष्टि भएको हो ।

    यस्तै शनिबार थप ३९२ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

    मन्त्रालयले थप ५ जनाको कोरोनाबाट मृत्यु भएको जनाएको छ ।

    शनिबार देशभरी ६ हजार ७४४ सक्रिय संक्रमित रहेका छन् ।

  • नेपालमा ‘ओमिक्रोन’को जोखिम बढ्दो : पूर्वी नाकामा भिडभाड उस्तै

    नेपालमा ‘ओमिक्रोन’को जोखिम बढ्दो : पूर्वी नाकामा भिडभाड उस्तै

    झापा । छिमेकी देश भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित फेला परेसँगै यसको जोखिम नेपालमा पनि बढेको छ । संक्रमण दर उच्च रहेको मानिने यो भेरियन्ट भारतमा देखिसक्दा पनि भारतसँग सीमा जोडिएको झापामा भने खासै सतर्कतासमेत देखिँदैन ।

    भारतसँग एक सय ४४ किलोमिटर सीमा जोडिएको झापामा पूर्वी नाका र भद्रपुर नाकामा सामान्य चेकजाँच भए पनि अन्य स्थानमा खासै सतर्कता छैन् ।

    अन्य नाकामा विगतमा संक्रमण फैलदा जस्तो सुरक्षाकर्मीले कडाई नगर्दा संक्रमितहरूसमेत सहजै आवतजावत गर्ने अवस्था छ ।विगतमा बन्द रहेका नाकाहरू सरकारले खोल्ने निर्णय गरेसँगै जोखिम पनि बढेको छ ।

    भारतसँगै, भुटान, बंगलादेशसहितबाट आवतजावत हुने पूर्वीनाका काँकडभिट्टामा पनि खासै कडाइ छैन । नाकामा प्रहरीले खोप कार्ड हेरेर आवतजावत दिइरहेको छ । जसका कारण पनि नयाँ भेरियन्ट नेपाल भित्रने जोखिम बढेको छ ।

    इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख प्रहरी नायब उपरीक्षक सुनील दाहालका अनुसार भारतबाट आएका नेपाली नागरिकका लागि भने खोप कार्ड हेरेर मात्र पनि प्रवेश दिइरहेको छ ।

    ‘भारतबाट आउने नेपालीको हकमा खोप कार्ड हेरेर मात्रै आवतजावत भइरहेको छ,’ उनले भने, ‘भारतसँगै अन्य देशका नागरिकको हकमा भने अनिवार्य पीसीआर वा एन्टिजेन्ट रिर्पोट र खोप कार्ड चाहिन्छ । यो नभएकालाई हामीले फर्काइरहेका छौँ ।’

    नाकाबाट दैनिक तीन हजार जनाको आवतजावत

    पूर्वीनाकामा अहिले दैनिक तीन हजारभन्दा बढीको आवतजावत छ । जसमा नजिकैको भारतीय बजार पानीट्यांकीबाट घरायसी प्रयोगको सामान ल्याउने पनि छन् ।

    नाकामा भिडभाड भने बढीरहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख डिएसपी दाहालले जानकारी दिए । उनका अनुसार अहिले पनि नाकामा शंकास्पदहरूलाई एन्टिजेन्ट परीक्षण गरिएको छ । जसमा हप्तामा दुई—चार जनामा कोरोना संक्रमण देखिइरहेको उनले बताए ।

    अहिलेसम्म नाकामा कडाइ गर्न कहीँबाट पनि लिखित निर्देशन नआएको डिएसपी दाहालले बताए । ‘लिखित रूपमा नाकामा कडाइ गर्न कहीँबाट पनि निर्देशन आएको छैन । तर, सिडिओ साबले मौखिक रूपमा कडाइ गर्न भन्नुभएको छ । स्वास्थ्य मापदण्ड अनिवार्य पालना गराउनु भन्नु भएको छ,’ उनले भने, ‘हामीले पनि स्वास्थ्य मापदण्ड अनिवार्य पालना गराएका छौँ ।’

    जिल्ला प्रशासन कार्यालय झापाले भने नाकामा सतर्कता बढाइरहेको दाबी गरेको छ । झापाका सहायक प्रमुख जिल्ला अधिकारी रूद्रप्रसाद न्यौपानले नाकाबाट आउने सबैको एन्टिजेन्ट परीक्षण भइरहेको दाबी गरे ।

    यद्यपि, नाकामा शंकास्पद र पीसीआर रिर्पोट नभएकाको मात्र परीक्षण गरिँदै आएको छ । ‘नाकामा ५(७ दिनदेखि नै सतर्कता अपनाएका छौँ । नाकामा आएका सबैको एन्टिजेन्ट परीक्षण गर्छौँ,’ उनले भने ।

  • बंगालमा ‘जवादु’ सामुन्द्रिक आँधी, नेपालमा भोलिबाट अर्को मौसमी प्रणाली सुरु हुँदै

    बंगालमा ‘जवादु’ सामुन्द्रिक आँधी, नेपालमा भोलिबाट अर्को मौसमी प्रणाली सुरु हुँदै

    काठमाडौंं । बंगालको खाडीको मध्यपश्चिम भूभागमा ‘जवाद’ नामक सामुन्द्रिक चक्रवात बनेको छ। उक्त चक्रवात आज शनिबार बिहान भारतको ओडिसाको तटीय क्षेत्रमा पुग्ने र तत्पश्चात उत्तर उत्तर पूर्वतर्फ सर्ने देखिएको छ ।

    उक्त चक्रवातका कारण नेपालमा खासै ठूलो प्रभाव पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । विशेष बुलेटिन जारी गर्दै महाशाखाले चक्रवातको अप्रत्यक्ष प्रभावले शनिबार रातिबाट प्रदेश १, २ र बागमतीमा आंशिकदेखि सामान्य बदली रहने छ । ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको र एक९दुई स्थानमा हल्का वर्षाको आँकलन गरिएको छ ।

    सोमबारबाट क्रमशः यो प्रणालीको प्रभाव नेपालमा कम हुँदै जाने देखिन्छ ।

    ‘आइतबारबाट पुनः अर्को पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव देशमा पर्न सक्ने सम्भावना देखिएको छ,’ महाशाखाले भनेको छ, ‘सो पश्चिमी न्यून चापिय प्रणालिको प्रभावले आइतबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षा र सो प्रदेशहरुको उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको संभावना रहेको छ।’

    सोमबार सो प्रणालीले देशभर प्रभाव पारी केही स्थानमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको संभावना रहेको छ ।

    आइतबार राति र सोमबार दिउँसो सो प्रणालीका कारण सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकरदुई स्थानमा भारी हिमपातको समेत सम्भावना रहेको छ । सो प्रणाली सोमबार रातिबाट कमजोर बन्दै जाने छ । न्यूज कारखाना

  • ‘ओमिक्रोन’ बारे राष्ट्रपतिको चासो, सावधानी अपनाउन स्वास्थ्यमन्त्रीलाई निर्देशन

    ‘ओमिक्रोन’ बारे राष्ट्रपतिको चासो, सावधानी अपनाउन स्वास्थ्यमन्त्रीलाई निर्देशन

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसको नयाँ भेरिन्ट (ओमिक्रोन) का बारेमा चासो व्यक्त गरेकी छन् ।

    राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित छलफलमा राष्ट्रपति भण्डारीले कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ को बारेमा चासो राख्दै यसबाट जोगिन विगतका हाम्रा अनुभवबाट पाठ सिकेर तत्काल सावधानी अपनाउन आवश्यक रहेको बताइन् ।

    उनले नयाँ भेरिएन्ट ओमिक्रोनबाट नागरिकको जीवन रक्षा गर्न जनस्वास्थ्यका मापदण्ड पालना गर्नेबारे जनचेतनाका कामलाई निरन्तरता दिनुपर्ने बताइन् ।

    ‘विस्तारै सामान्य अवस्थातिर फर्किन लागेको हाम्रो जनजीवन फेरि कोरोनाभाइरसको त्रासमा रहनुपर्ने अवस्था आउने हो कि भन्ने चिन्ता यसबाट बढेको छ’, उनले भनिन्, ‘जनताको जीवन रक्षा हाम्रो एकमात्र प्राथमिकता भएकाले नयाँ भेरिएन्टबाट जोगिन विगतका हाम्रा अनुभवबाट पाठ सिकेर तत्काल सावधानी अपनाउन आवश्यक रहेको छ ।’

    राष्ट्रपति भण्डारीले पछिल्लो समय विश्वका विभिन्न मुलुकमा फेरि कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ देखापरेको र अघिल्ला भेरिएन्टको तुलनामा यसको सङ्क्रमण दर पनि धेरै हुने भनिएको उल्लेख गर्दै नयाँ भेरिएन्टबाट बच्न दक्षिण अफ्रिका, नेदरल्याण्डसलगायत कतिपय मुलुकमा नयाँ सुरक्षा मापदण्ड घोषणा गरिएको सन्दर्भ उल्लेख गरिन् । उनले कोरोना भाइरसको अर्को सम्भावित प्रकोपबाट बच्न जनतालाई खोप उपलब्ध गराउँदै पूर्वतयारीमा जोड दिन आग्रह गरिन् ।

    सवै नागरिकलाई खोप

    राष्ट्रपति भण्डारीले सकेसम्म छिटो सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउन आवश्यक रहेको बताइन् । उनले एक चरण खोप लगाइसकेका नागरिकका लागि विशेषज्ञको राय लिएर ‘बुस्टर डोज’समेत उपलब्ध गराउन आग्रह गरिन् ।

    ‘खोप लगाउने कार्यलाई निरन्तरता दिँदै हामीले फेरि एक पटक नयाँ तयारीमा जोड दिनुपर्ने समय आएको छ’, उनले भनिन्, ‘कोरोना भाइरसको पाछिल्लो अवस्थाका बारेमा अध्ययन गरी तीनै तहका सरकार, जनप्रतिनिधि र सामाजिक संस्थाको सक्रिय भूमिकाबाट मात्रै भाइरस विरुद्धको लडाइमा सफलता प्राप्त गर्न सकिन्छ ।’

    राष्ट्रपति भण्डारीले कोभिड–१९ को प्रभावबाट उत्पन्न हुनसक्ने विषम परिस्थितिबाट मुलुक र जनतालाई सुरक्षित गर्न प्रदेश र स्थानीय तहअन्तर्गतका संरचनात्मक व्यवस्थालाई एकीकृत र जवाफदेहीरूपमा परिचालन गर्न आग्रह गरिन् ।

    पीसीआर परीक्षणलाई हरेक जिल्लासम्म पु¥याउन र अस्पतालमा बिरामीको हेरचारका लागि थप स्वास्थ्य जनशक्तिको अभावलाई पूर्ति गर्न सेवा निवृत्त स्वास्थ्यकर्मीका साथै प्यारामेडिक्स परिचालन गर्न पनि राष्ट्रपति भण्डारीले आग्रह गरिन् ।

    उनले कोरोना भाइरसको अघिल्लो दुई चरणको प्रहार झेल्ने क्रममा नागरिकको स्वास्थ्य, जीवन एवम् मुलुकको समग्र आर्थिक प्रणालीमा ठूलो क्षति पुगेको भन्दै यसक्रममा कोभिड–१९को महामारीसँग लड्न अग्रपङ्क्तिमा रहने डाक्टर, नर्स, सुरक्षाकर्मी तथा सफाईकर्मीप्रति आभार व्यक्त गरिन् ।

    स्वास्थ्यमन्त्री विरोध खतिवडाले एक हजार ६०० खोप केन्द्रमा प्रतिदिन दुई लाख दरले खोप लगाउन थालेको बताए । उनले दुई करोड ६८ लाख मात्रा खोप लगाइसकेसमेतको राष्ट्रपति भण्डारीलाई जानकारी दिए । यो भनेको खोप लगाउन योग्यको २८ प्रतिशत हो ।

  • नयाँ भेरिएन्टको संक्रमणबारे सतर्क रहन नेपाललाई डब्लुएचओको आग्रह

    नयाँ भेरिएन्टको संक्रमणबारे सतर्क रहन नेपाललाई डब्लुएचओको आग्रह

    काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनलाई लिएर सतर्क रहन आह्वान गरेका छन् । डब्लुएचओकी दक्षिणपूर्वी एसियाकी क्षेत्रीय निर्देशक पूनम खेत्रपाल सिंहले विज्ञप्ति जारी गर्दै भारतमा नयाँ भेरिएन्ट भेटिनु अप्रत्याशित नरहेको बताइन् ।

    उनले यसबारे भनिन्, ‘हामी बाँचिरहेको अन्तरसम्बन्धित विश्वलाई हेरेर आज डब्लुएचओको दक्षिण-पूर्वी एसिया क्षेत्रमा ओमिक्रोन भेरियन्टको पहिलो दुई केसहरु पुष्टि हुने कुरा अप्रत्याशित थिएन ।’

    डब्लुएचओले यस क्षेत्रका सबै देशलाई निगरानी बढाउन, सतर्क रहन र तीव्ररुपमा संक्रमित पहिचान गर्ने कार्यलाई तीव्र तुल्याउन आवश्यक कदम चाल्नुपर्ने कुरामा जोड दिएको छ ।

    ‘सरकारहरूले व्यापक र अनुकूल जनस्वास्थ्य तथा सामाजिक उपायहरू र जनसमुदायबाट रोकथाम र सावधानीका उपायहरूको कडा पालना गरिनु आवश्यक छ’ विज्ञप्तिमा भनिएको छ ।

    साथै डब्लुएचओले मास्क लगाउन, दूरी कायम गर्न, कम हावा चल्ने वा भीडभाड भएको ठाउँबाट टाढा रहन, र खोप लगाउनु आग्रह गरेको छ । खोप लगाएपछि पनि कोभिड संक्रमण रोकथामका नियमहरु पालना गर्न आग्रह गरिएको छ ।

    ओमिक्रोन भेरियन्टमा धेरै संख्यामा उत्परिवर्तनहरू रहेको जनाउँदै डब्लुएचओले जसमध्ये केही चिन्ताजनक भएको जनाएको छ । विश्वभरका अनुसन्धानकर्ताले ओमिक्रोनको सार्नसक्ने गुण, गम्भीरता र प्रतिरक्षा क्षमताबारे अध्ययन गरिरहेको समेत उल्लेख छ ।

  • शुक्रबार २४६ संक्रमित थपिए, कोभिडले हुने मृत्यु शून्य

    शुक्रबार २४६ संक्रमित थपिए, कोभिडले हुने मृत्यु शून्य

    काठमाडौं । पछिल्लो २४ घण्टा मुलुकमा २४६ जना कोभिड संक्रमित थपिएका छन् । ७८३६ नमुना परीक्षण (६४ सय पीसीआर र १४३६ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    सोही अवधीमा ३४७ जना बिरामी निको भएका छन् भने १ लाख ७५ हजार जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।

    पछिल्लो २४ घण्टामा कोभिड संक्रमणको कारण कसैको पनि मृत्यु भएको छैन । आजसम्म ६९२१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    काठमाडौं र ललितपुरमा मात्र ५०० भन्दा बढी सक्रिय संक्रमित छन् । सुनसरी, भक्तपुर, कास्की, नवलपरासी पूर्व, बाँके र कैलालीमा सक्रिय संक्रमित संख्या २०० भन्दा कम छ ।

  • टेकु अस्पतालमा २९ मंसिरदेखि इमरजेन्सी सेवा निःशुल्क उपचार

    टेकु अस्पतालमा २९ मंसिरदेखि इमरजेन्सी सेवा निःशुल्क उपचार

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको विशेष निर्देशन पछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको इमरजेन्सी सेवा निःशुल्क हुने भएको छ ।

    नेपालको संविधानमा स्वास्थ्यको हकलाई मौलिक हकका रुपमा उल्लेख गरेसँगै सबै सरकारी अस्पतालबाट निःशुल्क स्वास्थ्य सेवा दिलाउने लक्ष्यअन्तर्गत पहिलो चरणमा टेकुबाट यो अभियान सुरु गर्न लागिएको हो ।

    कोरोना भाइरसको तेस्रो लहरले हुनसक्ने सम्भावित जोखिमसमेतलाई मध्यनजर गर्दै जनताको स्वास्थ्यको हक सुनिश्चित गर्न शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले १९ मंसिरदेखि यो व्यवस्था लागू गर्न लागेको हो ।

    निर्देशकका रूपमा डा. मनिषा रावलले जिम्मेवारी सम्हालेसँगै मन्त्री खतिवडाको विशेष चासो र निर्देशनपछि यो व्यवस्था गर्न लागिएको हो ।

    यसका लागि आवश्यक सहजीकरण र व्यवस्थापनमा मन्त्रालयले नै सहयोग गर्ने भएको छ ।

    अस्पतालका तर्फबाट निर्देशक डा. रावलले मंरसिर १५ गते नै पत्र लेखेर अवगत गराइसक्नुभएको छ ।

    सो अस्पतालमा इमरजेन्सी विभागमा आएका विरामीहरूको पछिल्लो २४ घन्टाभित्र हुने परीक्षण र उपचार शुल्कदेखि टिकटसम्म सबै निःशुल्क हुने व्यववस्था गरिएको हो ।

    निःशुल्कअन्तर्गत रगत परीक्षण, एक्सरे, इसीजी, टिकटलगायतका सुविधा र २४ घन्टाभित्रको परीक्षण सुविधा र लाग्ने औषधिसमेत रहेको मन्त्रीको सचिवालयले जनाएको छ ।

    ‘सिवीसी, आरबीएस, युरीया क्रियटिभ, सोडीयम, पोटासियम, युरीन आरएमइ, स्टुल आरएमइ , एक्सरे चेस्ट, इसीजी, ब्लड ग्रुपीङ, सिटीलगायत रहेका छन् ।

    ‘यो व्यवस्थाले जनमुखी सरकारको प्रत्याभुती दिने र नेपाल सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन हुने,’ मन्त्रीका प्रेस सल्लाहकार शन्तराम बिडारीले जानकारी दिए ।

  • टेकु अस्पतालमा इमर्जेन्सी सेवा अबदेखि निःशुल्क

    टेकु अस्पतालमा इमर्जेन्सी सेवा अबदेखि निःशुल्क

    काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको इमर्जेन्सी सेवा निःशुल्क हुने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निर्देशनपछि सो सेवा निःशुल्क गरिएको हो ।

    नेपालको संविधानमा नागरिकले स्वास्थ्य सुविधा प्राप्त गर्ने अधिकारलाई मौलिक हकका रुपमा उल्लेख गरेसँगै सबै सरकारी अस्पतालबाट निःशुल्क स्वास्थ्य सेवा दिलाउने लक्ष्यअन्तर्गत पहिलो चरणमा टेकुबाट यो अभियान सुरु गर्न लागिएको हो ।

    कोरोनाभाइरसको तेस्रो लहरले हुनसक्ने सम्भावित जोखिमसमेतलाई मध्यनजर गर्दै जनताको स्वास्थ्यको हक सुनिश्चित गर्न शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले यही मङ्सिर १९ गतेदेखि यो व्यवस्था लागू गर्न लागेको हो ।

    यसका लागि आवश्यक सहजीकरण र व्यवस्थापनमा मन्त्रालयले सहयोग गर्ने भएको छ । अस्पतालका तर्फबाट निर्देशक डा मनिषा रावलले मङ्सिर १५ गते पत्र लेखेर आवश्यक सहयोग र सो सेवाबारे जानकारी गराइसकेका छन् । सो अस्पतालमा इमर्जेन्सी विभागमा आएका बिरामीको पछिल्लो २४ घण्टाभित्र हुने परीक्षण र उपचार शुल्कदेखि टिकटसम्म सबै निःशुल्क हुने व्यवस्था गरिएको हो ।

    निःशुल्कअन्तर्गत रगत परीक्षण, एक्सरे, इसिजी, टिकटलगायतका सुविधा र २४ घण्टाभित्रको परीक्षण सुविधा तथा त्यसमा लाग्ने औषधिसमेत रहेको मन्त्री खतिवडाको सचिवालयले जनाएको छ ।

    सिविसी, आरबीएस, युरिया क्रियटिभ, सोडियम, पोटासियम, युरिन आरएमइ, स्टुल आरएमइ, एक्सरे चेस्ट, इसिजी, ब्लड ग्रुपिङ, सिटी स्क्यानलगायत रहेका छन् । ‘यो व्यवस्थासँगै नागरिकले जनमुखी सरकारको प्रत्याभूति प्राप्त गर्ने र नेपाल सरकारको स्वास्थ्यसम्बन्धी नीति तथा कार्यक्रम पनि कार्यान्वयनमा आउने’, मन्त्री खतिवडाका प्रेस सल्लाहकार शन्तराम बिडारीले जानकारी दिए ।

    उनले आगामी दिनमा अन्य सरकारी अस्पतालमा पनि यस्तो व्यवस्था कार्यान्वयनमा ल्याइने विषयमा पहल भइरहेको बताए ।

  • नेपाली मःम संसारकै स्वादिष्ट परिकारको सीएनएन सूचीमा

    नेपाली मःम संसारकै स्वादिष्ट परिकारको सीएनएन सूचीमा

    न्यूयोर्क । अमेरिकी टेलिभिजन सीएनएनले नेपाली परिकार मःमलाई संसारकै स्वादिष्ट खानको सूचीमा समावेश गरेको छ ।

    संसारका स्वादिष्ट ३५ वटा परिकार समावेश गरिएको उक्त सूचीमा नेपालको मःमले पनि प्रवेश पाएको हो ।

    नेपालको राजधानी काठमाडौं घुम्न जाने विदेशी पर्यटकमाझ मःम आकर्षक परिकार रहेको समेत सीएनएनले जनाएको छ । डम्प्लिङ्स भनिने यस्तो परिकार यात्रा गर्दा खान मिल्ने समेत भनिएको छ ।

    सीएनएनले संसारका विभिन्न मुलुकका ३५ वटा डम्पिलङ्सलाई उल्लेख गरेको छ । जस्तोसुकै बेला र जस्तोसुकै परिस्थितीमा पनि यी खाना लिन सजिलो हुने जनाइएको छ ।

    यो सूचीको पहिलो स्थानमा चिनियाँ डम्पिलङ्स जिआओलङबाओ रहेको छ । इटालीको राभोइली, चीनको सिचुआन स्पाइसी वन्टोन, चीन–अजरबैजान र काजिकिस्तानमा रुचाइने मान्टी पनि सूचीमा छन् ।

  • भारतमा ‘ओमिक्रोन’ संक्रमित भेटिएपछि वीरगञ्ज नाकामा उच्च सतर्कता बढाइयो

    भारतमा ‘ओमिक्रोन’ संक्रमित भेटिएपछि वीरगञ्ज नाकामा उच्च सतर्कता बढाइयो

    वीरगञ्ज । भारतमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’का संक्रमित भेटिएसँगै नेपालको सीमावर्ती जिल्ला पर्साको वीरगञ्ज नाकामा उच्च सतर्कता बढाइएको छ ।

    भारतमा ओमिक्रोनकासंक्रमित भेटिएसँगै पुनः जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रमार्फत आवश्यक सजगता अपाउने गरी तयारी अघि बढाइएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।

    नयाँ भेरियन्ट नेपाल भित्रिने सम्भावनालाई मध्यनगर गरी केन्द्रको बैठकमार्फत थप सजगता अपनाउन सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेललाई आगामी आवश्यक निर्णय लिनका लागि ‘एक्सन प्लान’ बनाउने जिम्मा दिइएको प्रजिअ ढकालले जानकारी दिए ।

    पर्सामा भारतबाट खुलारूपमा आवतजावत हुने भएका कारण जिल्लामा नयाँ भेरियन्टको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन सक्रियरूपमा काम गर्ने गरी योजना अघि बढाएको जनाइएको छ ।

  • हङकङसहित ९ मुलुकबाट नेपाल आउन रोक लगाउने सरकारको निर्णय

    हङकङसहित ९ मुलुकबाट नेपाल आउन रोक लगाउने सरकारको निर्णय

    काठमाडौं । सरकारले कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुष्टि भएका विभिन्न ९ वटा मुलुकबाट नेपाल आउन रोक लगाएको छ ।

    आज मध्यरातदेखि लागू हुने गरी दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाबे, नामिबिया, लोसेथो, इसवाटिनी, मोजाम्बिक, मालावी र हङकङबाट नेपाल आउन रोक लगाएको हो ।

    आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको पर्यटनमन्त्री प्रेमबहादुर आलेले नेपाल प्रेसलाई बताए । जोखिमयुक्त मुलुकमा अनावश्यक यात्रा नगर्न पनि सरकारले आग्रह गरेको छ ।

    नेपालबाट विदेश जाने कर्मचारी पनि पूर्वस्वीकृति समेत लिनुपर्ने भएको छ । प्रतिबन्ध लगाइएका मुलुकको भ्रमण गरेर तीन साता पुरा नगरेका अन्य देशलाई नागरिकलाई पनि रोक लगाइएको छ ।

    ट्रान्जिटमा रहेका यात्रुलाई भने नेपाल आएपछि आफ्नै खर्चमा सातदिन क्वारेन्टिनमा राख्ने निर्णय समेत भएको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ओमिक्रोन संक्रमणविरुद्ध प्रतिकार्यको लागि विदेशबाट नेपाल आउने र नेपालबाट प्रस्थान गर्ने यात्रुको व्यवस्थापन सम्बन्धी आदेश–२०७८ जारी गरेकोे थियो ।

    विभिन्न मुलुकमा कोरोनाको नयाँ भेरिएन्ट देखापरेसँगै सरकारले नेपालमा त्यसको रोकथाम र नियन्त्रणका लागि कोभिड संकट व्यवस्थापन समन्वय समिति (सीसीएमसीसी)को नेतृत्वमा क्वारेन्टिन व्यवस्थापन टोली गठन गर्न निर्देशन दिएकोछ ।

    यसैगरि, संक्रमण नियन्त्रणको लागि दैनिक २ लाख मानिसलाई कोभिड–१९ विरुद्धको खोप लगाउन समेत निर्देशन दिइएको छ ।

  • २५ विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएपछि विद्यालय बन्द

    २५ विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएपछि विद्यालय बन्द

    बागलुङ । विदेशमा कोरोनाको तेस्रो भेरियन्टको त्रास बढिरहेको सन्दर्भमा बागलुङमा कोरोना सङ्क्रमणदर पुनः उकालो लाग्न थालेको छ । बिहीबारमात्रै बागलुङमा एकै विद्यालयका २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै समुदायस्तरमा बिहीबार नै तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

    बागलुङ नगरपालिकाको बलेवास्थित एक विद्यालयमा कोरोनाको लक्षणपछि ८२ जनाको परीक्षण गर्दा एकसाथ २५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिए ।

    उक्त विद्यालय व्यवस्थापन समितिको निर्णयानुसार अर्को सूचना जारी नभएसम्मका लागि विद्यालय बन्द गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार विद्यालयमा पुनः शुक्रबार थप विद्यार्थीको कोरोना परीक्षणपछि मात्रै विद्यालयको नाम खुलाइने छ ।

    घिमिरेका अनुसार विद्यालय भएको समुदायको तीन जनामा समेत कोरोना पुष्टि भएकाले धेरै मात्रमा समुदायमा कोरोना सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयको अनुमान छ । त्यस क्षेत्रमा स्वास्थ्य कार्यालयको टोली शुक्रबार जाने र अवस्था बुझेपछि जिल्लास्तरीय कोरोना सङ्कट व्यवस्थापन समितिले निर्णय गर्ने जनस्वास्थ्य निरीक्षक घिमिरेले बताए ।

    कोरोना पुनः बढेसँगै स्वास्थ्य सचेतना अपनाउन कार्यालयले अनुरोध गरेको छ । बागलुङमा बुधबारसम्म जम्मा १३ सक्रिय सङ्क्रमित रहेकामा बिहीबारमात्रै सक्रिय सङ्क्रमितको सङ्ख्या ४१ पुगेको छ । अहिले धवलागिरि अस्पताल बागलुङको आइसोलेशनमा दुई सङ्क्रमितको उपचार भइरहेको छ । रासस

  • भारतमा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुुष्टि

    भारतमा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुुष्टि

    काठमाडौं । भारतमा पहिलोपटक कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार दुईवटा संक्रमण पुुष्टि भएको हो ।

    भारतको स्वास्थ्य मन्त्रालयका अनुसार दुईवटा संक्रमण पुुष्टि भएको हो । कर्नाटकाका दुईजना पुरुषमा संक्रमण भेटिएको सरकारले जनाएको छ । ६६ र ४६ वर्ष उमेरका दुई पुरुषमा संक्रमण भेटिएपछि उच्च सतर्कता अपनाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    पत्रकार सम्मेलनमा बोल्दै नीति आयोगका सदस्य वीके पौलले नयाँ भेरिएन्टबारे नडराइकन सतर्क बन्नु जरुरी रहेको बताए । खोप अभियानलाई थप तीव्रता दिनु जरुरी भएको उनले बताए ।

    भारतमा भेटिएका दुईजना संक्रमितको थप कन्ट्याक्ट ट्रेसिङ भैरहको जनाउँदै उनले गम्भिरभएर परिस्थितीलाई नियालिरहेको समेत बताए ।

  • बिहीबार ३१५ जना कोभिड संक्रमित थपिए, ६ जनाको मृत्यु

    बिहीबार ३१५ जना कोभिड संक्रमित थपिए, ६ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ३१५ जना कोभिड–१९ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ४०३ नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०१ जना निको भएका छन् भने बिहीबार थप ६ जनाको मृत्यु भएको छ ।

    गत २४ घण्टामा १ लाख ४१ हजार ५५७ जनाले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् ।

    अहिलेसम्म सक्रिय संक्रमित संख्या ६ हजार ९५४ रहेको मन्त्रालयले जनाएको छ भने कूल ११ हजार ५३५ जनाको कोभिडका कारण मृत्यु भईसकेको छ ।

  • वीर अस्पतालले कोरोना बिरामीलाई फाेनबाटै परामर्श दिन थाल्यो

    वीर अस्पतालले कोरोना बिरामीलाई फाेनबाटै परामर्श दिन थाल्यो

    काठमाडौं । वीर अस्पतालमा आजदेखि कोभिड–१९ का बिरामीलाई लक्षित गरि ‘नेशनल टेलिकल्सन्टेसन सेन्टर’ सुरु गरिएको छ । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेको टेलिकल्सन्टेसन सेन्टर आज युनिफाइड अस्पतालदेखि सुरु गरिएको हो । विश्वस्वास्थ्य सङ्गठनको प्राविधिक सहयोगमा टेलिकल्सन्टेसन सेन्टर सुरु गरिएको हो ।

    अस्पतालमा निमित्त प्रमुख प्रशासकीय अधिकृत डा. भूपेन्द्रकुमार बस्नेतले कोभिड–१९ का बिरामीलाई फोनबाट नै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले टेलिकल्सन्टेसन सेन्टर सुरु गरिएको बताए । उनले कोभिड–१९ सम्बन्धी समस्या र जिज्ञासा सुनेर फोनबाटै परामर्श गर्नका लागि टेलिकल्सन्टेसन सेन्टर सुरु गरिएको जानकारी दिए । सेन्टरबाट स्वास्थ्य सेवा लिनका लागि ११३३ मा फोन गर्नुपर्ने हुन्छ ।

    सेन्टरमा आएका समस्यालाई चिकित्सकले फोनबाट समाधान गर्नुका साथै बिरामीको मोबाइल नम्बरमा समस्याको उपाय लेखेरसमेत पठाउने छन् । चिकित्सकले बिरामीलाई कस्तो समस्या रहेको छ सोहीअनुसार अस्पताल जान वा घरमै बसेर उपचार गर्न सल्लाह दिन्छन् ।

    टेलिकल्सन्टेसन सेन्टरमा २४ घण्टा सञ्चालन हुनेछ । तीन सिफ्टमा सञ्चालन हुने टेलिकल्सन्टेसन सेन्टरमा अहिले एक सिफ्टमा एक जना चिकित्सक र दुई जना पारामेडिसिने छन् । टेलिकल्सन्टेसन सेन्टरमा अहिले एकैपटकमा तीनजना व्यक्तिले फोन गरी सेवा लिनसक्ने छन् ।

    टेलिकल्सन्टेसन सेन्टर शुभारम्भ समारोहमा विश्वस्वास्थ्य सङ्गठन नेपालमा प्रमुख राजेश पाण्डवले अस्पताल आउन नसक्ने बिरामीलाई टेलिकल्सन्टेसन सेन्टरले सहयोग पुर्‍याउने बताए ।

    मन्त्रालयमा २०७६ चैत ११ गतेदेखि कोभिड–१९ लाई लक्षित गरी कलसेन्टर सञ्चालन गरिएको थियो । कोभिड–१९ सँग सम्बन्धित दैनिक सात हजार जिज्ञासा आउने गरेको चिकित्सक डा. नवराज जोशीले जानकारी दिए ।

  • फेरि अनसन बस्ने गाेविन्द केसीकाे चेतावनी, यस्ता छन् माग

    फेरि अनसन बस्ने गाेविन्द केसीकाे चेतावनी, यस्ता छन् माग

    काठमाडाैं । डा. गोविन्द केसीले विभिन्न माग राख्दै अनसन बस्ने चेतावनी दिएका छन् । पूर्वी रुकुमबाट एक विज्ञप्ती जारी गर्दै अनसनको चेतावनी दिएका हुन् । उनले खगेन्द्रप्रसाद अधिकारीलाई तत्काल सिटिइभिटीको उपाध्यक्षबाट बर्खास्त गर्न माग गरेका छन् ।

    एक विज्ञप्ती जारी गर्दै डा. केसीले अधिकारीलाई उपाध्यक्षबाट तत्काल बर्खास्त गर्नुपर्ने, बीपी प्रतिष्ठान धराका पदाधिकारीलाई बखाृस्त गरी आयोग बनाएर छानबिन सुरु गर्नुपर्ने माग गरेका हुन् ।

    डा. केसीले विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्तिका लागि बनेका मापदण्ड कार्यान्वयन गर्ने र यसअघि भएका सहमति पनि कार्यान्वयन हुनुपर्ने माग राखेका छन् ।

    यस्ता छन् केसीले राखेका मागहरु

    मेडिकल माफियाका प्रतिनिधि खगेन्द्र प्रसाद अधिकारीलाई सिटिइभिटीको उपाध्यक्षबाट तत्काल बर्खास्त गरियोस् । नर्सिंगलगायतका विषय पढाउने कलेजहरुबारे चिकित्सा शिक्षा ऐनका प्रावधान तथा चिकित्सा शिक्षा आयोगका निर्णयहरु अक्षरशः कार्यान्वयन गरियोस् ।

    बीपी प्रतिष्ठान धरानका भ्रष्ट पदाधिकारीहरुलाई तत्काल बर्खास्त गरी न्यायिक छानविन आयोग बनाएर छानविन शुरु गरियोस् ।

    सार्वजनिक पदमा रहनेहरुको स्वार्थको द्वन्द्व रोक्नका लागि कानुन ल्याउने तथा विश्वविद्यालय र प्रतिश्ठानहरुमा पदाधिकारी नियुक्तिका लागि मापदण्ड कार्यान्वयन गर्ने लगायत यस अगाडि हामीसितको भेटमा गरिएका सबै प्रतिबद्धताहरु पूरा गरियोस् ।

    विसं. २०८५ देखि नेपालको मेडिकल शिक्षा गैर–नाफामूलक हुने भनेर चिकित्सा शिक्षा ऐनमा किटानी भएकाले त्यो नीति कार्यान्वयन सुनिश्चित गरियोस् । अब कुनै पनि निजी मेडिकल कलेज नखोल्ने नीति सार्वजनिक गरियोस् ।

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस शुरु भइसकेको अवस्थामा आगामी शैक्षिक सत्रदेखि गेटा मेडिकल कलेजमा र त्यसपछिको शैक्षिक सत्रमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस शुरु गर्ने कुरालाई निश्चित गरियोस् ।

    २०८० सालसम्ममा प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल शिक्षण संस्था पुर्याउनुपर्ने प्रावधान चिकित्सा शिक्षा ऐनमा रहेकाले प्रदेश नं. २ र गण्डकी प्रदेशमा पनि तदारुकताका साथ त्यस्ता संस्था निर्माणलाई गति दिइयोस् ।

    हामीसित सम्झौता भएबमोजिम इलाम वा पाँचथर, उदयपुर र डडेल्धुरा वा डोटीमा समेत सरकारी मेडिकल कलेज खोल्ने कामलाई अघि बढाइयोस् ।

    काठमाडौं विश्वविद्यालयको आंगिक र विस्तारित कार्यक्रम रहेका कलेजहरुमा समेत चिकित्सा शिक्षा ऐन अनुसार ७५ प्रतिशत छात्रवृत्तिको प्रावधान लागू गरियोस् ।

    यस अगाडि हामीसित भएको सबै सम्झौताहरु कार्यान्वयन गरियोस् । तीमध्ये चिकित्सा शिक्षा ऐनको संशोधन गर्दा अध्यक्ष प्रधानमन्त्री तथा सहअध्यक्ष शिक्षा र स्वास्थ्यमन्त्री हुने व्यवस्था हटाएर कार्यकारी उपाध्यक्षलाई नै अध्यक्षताको जिम्मेवारी दिने व्यवस्था गरियोस् ।

  • ओमिक्रोन प्रभाव : मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा पूर्ण खोप अनिवार्य

    ओमिक्रोन प्रभाव : मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा पूर्ण खोप अनिवार्य

    गलेश्वर । कोरोनासंक्रमणको नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्यनजर राख्दै हिमालपारिको जिल्ला मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा कोरोनाविरुद्धको पूर्ण मात्रा खोप अनिवार्य गरिएको छ ।

    कोरोना संक्रमणको दोस्रो लहरपछि सामान्य बन्दै गएको मुस्ताङमा पछिल्लो समय घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटक बढेका थिए । हालै विश्वका कतिपय देशमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको भन्दै यसको जोखिमलाई मध्यनजर गर्दै मुस्ताङ प्रवेशमा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।

    उनका अनुसार विशेष गरी पर्यटकका लागि सात दिनभित्रको पीसीआर नेगेटिभ रिपोर्ट वा पूर्ण मात्राको खोप कार्ड वा पछिल्लो ७२ घण्टाभित्रको एन्टीजेन परीक्षण रिपोर्ट नभएका व्यक्तिलाई प्रवेशमा रोक लगाइएको हो । मुस्ताङमा स्थायी बसोबास गर्दै आएकाहरू तथा पूर्ण खोप लगाएका कर्मचारी, शिक्षक र सुरक्षाकर्मीहरूका लागि भने यो सर्त लागू नहुने जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ ।

    ‘मङ्सिर १५ गते राति १२ बजेदेखि २९ गते राति १२ बजेसम्म लागू हुने गरी मुस्ताङ घुम्न आउनेहरूका लागि कडाइ गरेका छौँ, त्यसबाहेक जिल्लाभित्रका विभिन्न क्रियाकलापहरूमा पनि कडाइ गर्दै आदेश जारी भएको छ,’ प्रजिअ शर्माले भने “नेपाल भित्रिएका बाह्य तथा आन्तरिक पर्यटकहरु एक पटक मुस्ताङ पुग्ने योजनामा हुन्छन् । अहिले विभिन्न देशमा नयाँ भेरियन्ट फैलिँदै गएको खबर आइरहेकाले पर्यटकका माध्यमबाट मुस्ताङसम्म पुग्न सक्ने जोखिमका कारण कडाइ गरिएको हो ।’

    जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले सार्वजनिक स्थलमा मेला, जात्रा, महोत्सव, भोजभतेर, हाटबजार लगायतका भीडभाड हुने खालका कार्यक्रम नगर्न पनि आदेश दिएको छ । त्यसैगरी विवाह, व्रतबन्ध, मृत्यु संस्कारलगायतका अनिवार्य कार्य गर्नु परेमा भने २५ जनाभन्दा बढी भेला हुन नपाउने आदेश जारी गरिएको छ ।

  • भरतपुर अस्पतालमा ‘ट्रमा इमरजेन्सी ’ सेवा सुरु

    भरतपुर अस्पतालमा ‘ट्रमा इमरजेन्सी ’ सेवा सुरु

    चितवन । दुर्घटनाका घाइते उपचारका लागि भरतपुर अस्पतालले ‘ट्रमा इमरजेन्सी सेवा’ सुरुआत गरेको छ । अर्थोपेडिक सर्जनको नेतृत्वमा ६ श्ययाको सेवा सुरु गरिएको हो ।

    दुर्घटनाका घाइतेलाई छिटोछरितो उपचार सरकारी अस्पतालमा हुन नसकेको गुनासो आएपछि घाइतेका लागि प्राथमिकता दिएर सो सेवा थालनी गरिएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा. कृष्णप्रसाद पौडेलका अनुसार दैनिक भरतपुर अस्पतालमा ३० देखि ४० जना दुर्घटनाका घाइते आउने गर्दछन् । सामान्य घाइते सरकारीमा आए पनि जटिल समस्या भएका निजी मेडिकल कलेजमा जाने गरेका छन् ।

    उनले भने, “घाइते मेडिकल कलेज जाने शव भरतपुर अस्पतालको शवगृह आउनेक्रम रोक्नका लागि छुट्टै ट्रमा इमरजेन्सी सञ्चालनमा ल्याएका हौँ ।” उनको भनाइमा जिल्लामा निजीमाभन्दा राम्रो सरकारी अस्पतालमा घाइतेको उपचार गर्न सकिन्छ । सिटिस्क्यान मेसिन अस्पतालमा छ भने एमआरआइ माग गरिएको छ । उपचारका लागि विशेषज्ञ चिकित्सक पनि छन् । केही वर्षअघि घाइतेको पहिलो उपचार सरकारीमा गर्नुपर्ने भन्दै लबिङ भए पनि सफल हुन सकेको छैन ।

    सरकारले भरतपुर अस्पतालमा मदन भण्डारी ट्रमा सेन्टर स्थापना गर्ने निर्णय गरेको भए पनि कार्यान्वयन हुन सकेको छैन । वार्षिक रु एक करोड ५० लाख हाराहारी बजेट आउने गरेको छ । सो रकमलाई सर्जिकल सामग्री खरिदमा अस्पतालले खर्च गर्ने गरेको पौडेलले जानकारी दिए। अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले अस्पतालले निर्माण थालेको ५० श्ययाको आकास्मिक भवनको माथिल्लो तल्लामा सुविधा सम्पन्न ट्रमा सेन्टर निर्माण गर्ने तयारी गरेको जानकारी दिए।

    उनका अनुसार विस्तृत अध्ययन प्रतिवेदनसमेत तयार भएको छ । स्वास्थ्य मन्त्रालयले आकस्मिक भवनका लागि ९ करोड रुपैयाँ विनियोजन गरेको छ । अपुग रकम अस्पतालले थप गरेर माथिल्लो दुई तलामा सुविधा सम्पन्न ट्रमा सेन्टर बनाउन लागिएको उनले जानकारी दिए ।

    चितवन र आसपासका जिल्लाका राजमार्ग, सडकखण्ड र भित्री सडकमा धेरै दुर्घटना हुने गर्दछन् । ती दुर्घटनाका घाइतेलाई यहाँको अस्पतालमा उपचार गरिँदै आएको छ । अधिकारीका अनुसार सरोकारवालासँग छलफल गरेर घाइतेलाई पहिलो बिन्दुका रुपमा भरतपुर अस्पतालमा उपचार गर्ने तयारी गरिएको छ । अस्पतालमा सबै सुविधा भएकाले सरकारीमा असम्भव भए मात्र निजीमा पठाउने गरी सरोकारवालासँग छलफल गरिएको हो । भरतपुर अस्पताल सङ्घीय अस्पताल हो । यस अस्पतालमा चितवनसहित १९ जिल्लाबाट बिरामी उपचारका लागि आउने गरेको सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए ।

    उनका अनुसार सङ्घीय अस्पतालमा हुनुपर्ने सबै सेवा प्रवाहका लागि अस्पतालमा काम भइरहेको छ । यसअघि पटकपटक प्रमुख फेरिएका कारण समस्या आएको थियो । अस्पतालले आकस्मिक सेवामा भएका १२ श्ययालाई बढाएर २० श्यया पु¥याएको छ ।

  • बुधबार ३१६ जना कोभिड संक्रमित थपिए, ३ जनाको मृत्यु

    बुधबार ३१६ जना कोभिड संक्रमित थपिए, ३ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ३१६ जना कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार ७२७ नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा सहायक प्रवक्ता डा. समीर अधिकारीले सो जानकारी दिएका हुन् । पछिल्लो २४ घण्टामा ३५९ जना निको भएका छन् ।

    काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा १५० जना संक्रमित थपिएका छन् । बुधबार थप तीनजनाको मृत्यु भएको छ । सक्रिय संक्रमित संख्या ६ हजार ९५४ छ ।

    पछिल्लो २४ घण्टामा २ लाख २७ हजार जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । बुधबार दैनिक संक्रमण पुष्टि हुने दर प्रति एकसय जनामा २.६ प्रतिशत छ ।

  • आज ९ लाख ७२ हजार डोज कोभिसिल्ड खोप आउँदै, शुक्रबार १ लाख ८८ हजार डोज मोडर्ना आईपुग्ने

    आज ९ लाख ७२ हजार डोज कोभिसिल्ड खोप आउँदै, शुक्रबार १ लाख ८८ हजार डोज मोडर्ना आईपुग्ने

    काठमाडौं । कोरोनाभाइरसविरुद्धको नौ लाख ७२ हजार मात्रा खोप आज आउँदै छ । भारतको सिरम इस्टिच्युट अफ इन्डिया कम्पनीबाट कोभिसिल्ड खोप आउन लागेको हो ।

    स्वास्थ्य सेवा विभागको आपूर्ति शाखाप्रमुख उपेन्द्र ढुङ्गानाले कोभ्याक्स सुविधाअन्तर्गत नौ लाख ७२ हजार मात्रा खोप आज आउन लागेको बताए । यस्तै, यही मङ्सिर २२ गते कोभ्याक्समार्फत छ लाख मात्रा खोप आउने उनले जनाए । सरकारले नियमित रुपमा खोप आउन थालेपछि १८ वर्षभन्दा माथिका सबैलाई खोप लगाउन आग्रह गरेको छ ।

    यस्तै, बालबालिकालाई लगाउने खोप मोडर्ना यही शुक्रबार नेपाल आउने भएको छ । अमेरिकाबाट खरिद गरिएका मोडर्ना खोप एक लाख ८८ हजार मात्रा आउन लागेको आपूर्ति शाखाप्रमुख ढुङ्गानाले जानकारी दिए । यसअघि बालबालिकालाई लगाउने फाइजर खोप आएको थियो । उनका अनुसार नेपालमा अहिलेसम्म दुई करोड ६१ लख ९६ हजार मात्रा खोप आइसकेको छ ।