Category: स्वास्थ्य-जीवनशैली

  • वीर अस्पतालमै बन्छ ‘कडा रोगी’ को किर्ते सिफारिस, टेण्डरमा समेत ‘नक्कली बिरामी’ कर्मचारीको चलखेल

    वीर अस्पतालमै बन्छ ‘कडा रोगी’ को किर्ते सिफारिस, टेण्डरमा समेत ‘नक्कली बिरामी’ कर्मचारीको चलखेल

    काठमाडौं । वीर अस्पतालमा प्रदेश तथा स्थानीय तहमा समायोजन भएर गएका कर्मचारीले संघमै रहनका लागि मेडिकल बोर्डको नक्कली कागजपत्र बनाउने गरेको पाइएको छ ।

    समायोजन भएको कार्यक्षेत्रमा खटिन नचाहेका केही कर्मचारीहरूको बोर्डले नक्कली सिफारिस बनाइदिने गरेको पाइएको हो ।

    अस्पतालकै मेडिकल बोर्डका कर्मचारीको मिलेमतोमा नक्कली रिपोर्ट बनाएर रकम असुलीको धन्दा गर्दै आइरहेको वीर अस्पताल स्रोतले जनाएको छ ।

    कर्मचारी समायोजन २०७६ को समयमा स्थानीय तहमा समायोजन भएका कर्मचारीहरूले खटाएको ठाउँमा नजान र वीर अस्पतालको स्टोर र खरिद विभागमा बसेर अनियमितता गर्न नक्कली सिफारिस लिने गरेका छन् ।

    वीर कर्मचारीहरूले समायोजन भइसकेकाहरू काममा फर्किनका लागि जटिल रोग लागेको भन्दै वीर अस्पताल मेडिकल बोर्डबाट नक्कली सिफारिस बनाइ मन्त्रालयमा पेस गरेका थिए ।

    कर्मचारी समायोजन ऐनको दफा ८ मा समायोजनको आधारका बारेमा व्याख्या गरिएको छ । दफा ८ को ४ मा उल्लेख छ-‘माथि जेसुकै लेखिएको भएता पनि नेपाल मेडिकल बोर्डले कडा र जटिल रोग लागेको भन्ने सिफारिस गरेको अवस्थामा सम्बन्धित मन्न्त्रालयले कर्मचारीले रोजेको ठाउँमा राख्न सक्छ ।’

    एक कर्मचारीका अुनसार अस्पतालका कर्मचारीहरूले समायोजन हुँदा प्रदेश तथा स्थानीय तहमा समायोजन भएर गएकाहरूले संघमै रहनका लागि कीर्ते मेडिकल बोर्डको नक्कली कागजपत्र बनाउने गरेको पाइएको हो ।

    हाल उनीहरू वीर अस्पतालको भन्सार भनेर चिनिने स्टोर र खरिद विभागमा बसेर भ्रष्टाचार गरिरहेको खुल्न आएको छ ।

    कर्मचारी समायोजन ऐनको दफा ८ मा समायोजनको आधारका बारेमा व्याख्या गरिएको छ । दफा ८ को ४ मा उल्लेख छ-‘माथि जेसुकै लेखिएको भएता पनि नेपाल मेडिकल बोर्डले कडा र जटिल रोग लागेको भन्ने सिफारिस गरेको अवस्थामा सम्बन्धित मन्न्त्रालयले कर्मचारीले रोजेको ठाउँमा राख्न सक्छ ।’

    ऐनको यो बुँदालाई आधार मानी मेडिकल बोर्डबाट रोगै नलागे पनि कडा रोग लागेको सिफारिस गराउँदै कर्मचारीहरू समायोजन भएका स्थानीय तहमा हालसम्म पनि गएका छैनन् ।

    चिनेको चिकित्सकबाट कडा रोग लागेको प्रेस्क्रिप्सन बनाउने र त्यही पेस गरी मेडिकल बोर्डबाट कागज बनाएर खटाएको ठाउँमा नजाने प्रवृत्ति देखिएको छ ।

    तन्दुरुस्त र कुनै रोग नलागेका कर्मचारीले पनि बोर्डबाट सिफारिस पेस गरेका छन् । बोर्डबाट कडा रोग लागेको सिफारिस गराइदिने बिचौलियाहरूको संजाल वीर अस्पतालमै छ ।

    बोर्डबाट उक्त सिफारिस बनाइदिएबापत बिचौलियाले प्रतिब्यक्ति ३ देखि ३ लाख ५० हजार रूपैयाँ सम्म लिने गरेको छन् ।

    वीर अस्पतालका निर्देशकको अध्यक्षतामा रहेको तीन सदस्यीय बोर्डले क, ख र ग गरी तीन किसिमका सिफारिस गर्दछ । ‘क’ वर्गको सिफारिस विदेश उपचारमा जानका लागि दिने गरिन्छ । ‘ख’ वर्गको सिफारिस जटिल रोग लागेकोले चिकित्सकको निगरानीमा बस्नुपर्ने भन्ने हुन्छ । ‘ग’ वर्गमा आर्थिक सहायताका लागि सिफारिस गर्दछ ।

    तीन सदस्यीय बोर्डबाट सिफारिस गरिएका ९५ प्रतिशत कर्मचारीको एकपटक पुनः जाँच गरेमा त्यो रोग लागेको नभेटिने मेडिकल बोर्डका हालका एक कर्मचारीले बताए । बोर्डमा निर्देशकसहित मेडिकल विभाग प्रमुख र सर्जरी विभाग प्रमुख रहन्छन् ।

    बोर्डबाट सिफारिस भएकामध्ये १५ जनाभन्दा बढी वीरकै स्वास्थ्य समूहका कर्मचारी छन् ।

    अस्पतालमा कार्यरत डिल्लीराम खनाल, डिल्लीराम आचार्य, युवराज सुवेदी, जीवनकुमार श्रेष्ठलगायतका कर्मचारीलाई मेडिकल बोर्डले कडा बिरामी भनी सिफारिस गरेको छ । वीर अस्पतालका १५ भन्दा बढी कर्मचारीले मेडिकल बोर्डबाट कडा रोग भनी सिफारिस बनाएको अस्पताल स्रोतको भनाइ छ ।

    स्रोतका अनुसार यी स्वास्थ्यका कर्मचारीमध्ये ९५ प्रतिशत फर्जी बिरामी हुन् । ‘तन्दुरुस्त भएर पनि नक्कली बिरामी बनेकाहरूको पुनः एकपटक स्वास्थ्य जाँच गर्ने हो भने बोर्डको बदमासी छर्लङ्ग हुनेछ’ स्रोतले भन्यो ।

    नक्कली सिफारिस लिने वीर अस्पतालका कर्मचारीहरूमा अहेव विष्णु फुयाल, सविता जोशी, टीकाराम पनेरु, युवराज सुवेदी, डिल्लीराम आचार्य, जीवनकुमार श्रेष्ठ, डिल्लीराम खनाल, अरुणकुमार महतो शंकर झालगायत छन् ।

    यिनीहरू दैनिकरूपमा भक्तपुर, बालाजू, बूढानीलकण्ठजस्ता स्थानबाट पल्सर मोटरसाइकलमा कार्यालय आउँछन् । तर, जागिर चाहिँ कडा रोग लागेको भनेर खाइरहेका छन् ।

    मेडिकल बोर्डबाट सिफारिस गरिएका ९५ प्रतिशत कर्मचारीको एकपटक पुनः जाँच गरेमा त्यो रोग लागेको नभेटिने मेडिकल बोर्डका हालका एक कर्मचारीले बताए । बोर्डमा निर्देशकसहित मेडिकल विभाग प्रमुख र सर्जरी विभाग प्रमुख रहन्छन् ।

    उनीहरू दिनमा दशौंपटक वीर अस्पतालको चार तला उक्लने र झर्ने गर्दछन् । अस्पतालले आयोजना गरेको खेलकुद कार्यक्रममा पनि भाग लिन्छन् । तर, उनीहरूले कडा रोग लागेकाले डाक्टरको निगरानीमा रहनुपर्ने मेडिकल बोर्डको सिफारिस पेस गरेका छन् ।

    स्थानीय तहमा नजान उनीहरूले यस्तो झूटो बिरामी भएको भन्दै ठगिरहेको अस्पताल प्रशासनका अधिकारीहरू बताउँछन् ।

    वीर अस्पतालका अहेब टीकाराम पनेरुले ढाड खिइएको र लामो समयसम्म हिँड्न र उभिन नमिल्ने भनेर बोर्डबाट रिपोर्ट बनाएका छन् । स्रोतका अनुसार उनलाई सामान्य ढाड दुख्ने समस्या पनि छैन । उनी हरेक दिन वीर अस्पताल आउने-जाने गर्छन् ।

    उनीहरूलाई सत्तारुढ नेपाली कांग्रेससम्बद्ध स्वास्थ्यकर्मी संघका अध्यक्ष रामजी घिमिरेले स्वास्थ्य मन्त्रालयको पहुँचमा वीर अस्पतालमै राखी मेडिकल स्टोरको जिम्मा दिएर राखेका छन् ।

    पनेरु हाल विभिन्न मेडिकल व्यापारीसँग विभिन्न नाममा चन्दा उठाउने काममा सक्रिय छन् । उनीमाथि अहिले प्रधानमन्त्री कार्यालयमा कार्यरत दीपक भट्टको नाम लिँदै चन्दा उठाउने गरेको आरोप छ । अहेव पनेरु यतिसम्म छन् कि वीर अस्पतालकै निर्देशकलाई समेत टेर्दैनन ।

    उनले वीर अस्पतालको सरसफाइको टेन्डर पनि आफूनिकटलाई दिलाएका छन् । अस्पतालको सुपरभाइजर आफ्नै व्यापारिक साझेदार मिनालाई बनाएका छन् । उनी सरसफाइको सुपरभाइजर पनि बनाइएकी छन् ।

    केही दिनपहिले अस्पतालले सुरक्षा गार्डको टेन्डर आव्हान गरेको थियो । पनेरुले २५ लाख कमिसन लिएर आफूनिकटलाई दिन अस्पताल प्रशासनलाई दबाब दिएको भन्दै विरोध भयो ।

    आफूनिकटलाई दिन नपाएपछि उनले सो ठेक्का नै रद्द गराए । पनेरूले त्यति मात्र होइन अस्पताल फार्मेसीमा म्याद सकिन लागेको ९० लाखको औषधी बिनाआदेश मगाएर म्याद सकिएपछि सो औषधीलाई फिर्ता नगरी अस्पताल निर्देशक र प्रशासन लेखा प्रमुखसँग मिलेर व्यापारीलाई पैसा तिर्नुपर्छ भनेर दबाब दिन थालेका छन् ।

    वीर अस्पतालका अहेब टीकाराम पनेरुले ढाड खिइएको र लामो समयसम्म हिँड्न र उभिन नमिल्ने भनेर बोर्डबाट रिपोर्ट बनाएका छन् । स्रोतका अनुसार उनलाई सामान्य ढाड दुख्ने समस्या पनि छैन । उनी हरेक दिन वीर अस्पताल आउने-जाने गर्छन् । उनीहरूलाई सत्तारुढ नेपाली कांग्रेससम्बद्ध स्वास्थ्यकर्मी संघका अध्यक्ष रामजी घिमिरेले स्वास्थ्य मन्त्रालयको पहुँचमा वीर अस्पतालमै राखी मेडिकल स्टोरको जिम्मा दिएर राखेका छन् ।

    टेन्डर नदिएको र मेडिकल स्टोरमा अनियमता गर्न उपसचिवले रोकेका कारण उनी अहिले अस्पतालका उपसचिव सागर मिश्रको सरुवा गर्न लागेको अस्पताल स्रोत बताउँछन् ।

    उनलाई नक्कली मेडिकल बोर्ड सिफारिस बनाएको भन्दै कारबाहीको लागि प्रधानमन्त्री, स्वास्थ्य मन्त्रालय, र अख्तियारमा समेत उजुरीसमेत पारेको छ । उनी अहिले अस्पताल मेडिकल स्टोर प्रमुख छन् । उनले स्वास्थ्य मन्त्रालय र स्वास्थ्य विभागबाट अनुदानमा आउने औषधी र उपकरणहरूको बिल बनाएर करोडौं रकम भ्रष्टाचार गरेको स्टोरका कर्मचारीहरू बताउँछन् ।

    अस्पतालमा तलवबाहेक ५० प्रतिशत भत्ता पाइने लोभमा दरबन्दी नै नभएको ठाउँमा पनि बोर्डको सिफारिस बनाएर उनीहरू बस्न खोजेको स्रोतको दाबी छ ।

    अहेव पनेरुले नेपाली कांगेस महाधिवेशनलाई भनेर पनेरुले व्यापारीसँग लाखौं उठाएर खाएको वीर अस्पतालका कांग्रेसनिकट स्वास्थ्य कर्मचारीको आरोपसमेत छ ।

    उनीमाथि कोभिड भ्यासिन लगाउँदा पैसा लिएर वनस्थलीको अर्किड क्याफेबाट खोप लगाउने गरेको उजुरीसमेत छ ।

    उनलाई अघिल्लो कार्यकालमा सामाजिक एकाइमा रहँदा विभिन्न नर्सिङ कलेजसँग पैसा लिँदै तालिम गराउन दिएको, बीमाको रकम अनियमिता गरेको पनि आरोप लागेको थियो ।

    अस्पतालमा तलवबाहेक ५० प्रतिशत भत्ता पाइने लोभमा दरबन्दी नै नभएको ठाउँमा पनि बोर्डको सिफारिस बनाएर उनीहरू बस्न खोजेको स्रोतको दाबी छ ।

    अस्पतालमा ९ जनामात्र अहेवको दरबन्दी छ । तर, हाल ३६ जना कार्यरत छन् उनलाई रमाना दिन अस्पतालमा आवाज बुलन्द भएको छ तर अस्पतालले भने हालसम्म पनेरुलाई रमाना दिएको छैन ।

  • लुम्बिनीका ९ जिल्लामा आजदेखि बालबालिकालाई कोरोना खोप

    लुम्बिनीका ९ जिल्लामा आजदेखि बालबालिकालाई कोरोना खोप

    रूपन्देही । लुम्बिनी प्रदेशका नौ जिल्लामा आज सोमबारदेखि बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाइँदैछ ।

    विद्यालय उमेर समूह अर्थात् १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई सरकारले कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाउन लागिएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो अभियान १४ पुससम्म सञ्चालन गर्ने प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीका प्रमुख राजेन्द्र गिरीले जानकारी दिए ।

    लुम्बिनीका रुकुम पुर्व, रोल्पा, प्युठान, गुल्मी, अर्घाखाँची, पाल्पा, पश्चिमनवलपरासी, कपिलवस्तु र बर्दियाका विद्यार्थीलाई खोप लगाउन लागिएको हो ।

    लुम्बिनी प्रदेशका तीन जिल्ला रुपन्देही, दाङ र बाँकेमा भने १२ वर्षमाथिका बालबालिका र दीर्घरोगीका लागि फाइजर खोप सञ्चालन भएको र अहिले दोस्रो मात्रा लगाउने क्रम चलिरहेको छ ।

  • कोरोना संक्रमित भन्दा डिस्चार्ज हुनेको संख्या दोब्बर

    कोरोना संक्रमित भन्दा डिस्चार्ज हुनेको संख्या दोब्बर

    काठमाडौं । नेपालमा आज थप १८१ जनामा कोरोना पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४८३१ जनाको परीक्षण गर्दा १३३ र ५०४१ जनाको एन्टीजेन परीक्षण गर्दा ४८ जनामा संक्रमण देखिएको हो ।

    मन्त्रालयका अनुसार आज २८९ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

    यस्तै आज थप १ जनाको मृत्यु भएको छ ।

    अहिले देशभरी ५ हजार २७१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

  • भोलिदेखि १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप

    भोलिदेखि १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप

    काठमाडौं । सरकारले भोलिदेखि ५७ जिल्लाका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउँदैछ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मोडर्ना खोपको पहिलो मात्रा यही पुस ४ देखि १४ गतेसम्म विद्यार्थीलाई लगाउने भएको मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्रले जानकारी दिइन् । उनका अनुसार प्रदेश नं १ को ताप्लेजुङ, सङ्खुवासभा, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम र उदयपुर, प्रदेश नं २ को सिराहा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लास्थित विद्यालयका विद्यार्थीलाई खोप लगाइनेछ ।

    यस्तै खोप लगाउनेमा वाग्मती प्रदेशको दोलखा, सिन्धुपाञ्चोक, रसुवा, धादिङ, नुवाकोट, रामेछाप र मकवानपुर, गण्डकी प्रदेशको गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, लमजुङ, तनहुँ, नवलपरासी पूर्व, स्याङ्जा र पर्वत, लुम्बनी प्रदेशको रुकुमपूर्व, रोल्पा, प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी पश्चिम, कपिलवस्तु र बर्दिया रहेका छन् ।

    त्यस्तै कर्णाली प्रदेशका डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालीकोट, दैलेख, जाजरकोट, रुकुमपश्चिम र सल्यान तथा सुदूरपश्चिमका बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, अछाम र कञ्चनपुर जिल्लाका सो उमेर समूहका विद्यार्थीलाई खोप लगाउने भएका छन् । ती जिल्लाका विद्यार्थीलाई दोस्रो मात्रा भने माघ २ देखि १२ गतेसम्म सञ्चालन गर्नेछ ।

    यस्तै मन्त्रालयले यसअघि १२ वर्षमाथिका दीर्घ रोगीका लागि फाइजर खोप सञ्चालन भएका १९ जिल्ला र सिन्धुली गरी २० जिल्लामा पनि फाइजर खोप अभियान सोही अवसरमा मन्त्रालयले सञ्चालन गर्दैछ । यस्तै मन्त्रालयले यही पुस १३ देखि २२ गतेसम्म काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, चितवन, सिन्धुली, डडेल्धुरा र सुर्खेतका बालबालिकालाई फाइजर खोपको पहिलो मात्रा सञ्चालन गर्दैछ । ती जिल्लामा दोस्रो मात्रा भने माघ ४ देखि १३ गतेसम्म सञ्चालन हुने मन्त्रालयले जनाएको छ । रासस

  • बेहोस भेटिएकी स्टाफ नर्स अनुपमा श्रेष्ठको निधन

    बेहोस भेटिएकी स्टाफ नर्स अनुपमा श्रेष्ठको निधन

    काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत स्टाफ नर्स अनुपमा श्रेष्ठको निधन भएको छ । उनी बेहोस अवस्थामा शुक्रबार बाथरुममा भेटिएकी थिइन् ।

    हिजै अस्पताल ल्याइएको र उपचारका क्रममा अपरान्ह ४ बजेतिर निधन भएको अस्पतालमा कार्यरत एक नर्सले जानकारी दिइन् ।

    उनी बाथरुममा लडेर बेहोस भएकी हुन् या अन्य कुनै कारण, त्यसबारे थाहा हुन सकेको छैन । प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले एक होनाहार स्वास्थ्यकर्मी गुमाएको भन्दै दुस्ख व्यक्त गरेका छन् । श्रेष्ठ गत जुलाइदेखि प्रतिष्ठानमा आवद्ध थिइन् ।

  • १८९ जनामा कोरोना पुष्टि

    १८९ जनामा कोरोना पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १८९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

    सात हजार नौ सय ९७ जनामा गरिएको पीसीआर र एन्टिजेनको नमूना परीक्षणबाट १८९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा दुई सय ५० जना निको भएका छन् । थप दुई जनाले कोरोना भाइरसको सङ्क्रमणको कारण ज्यान गुमाएका मन्त्रालयले जनाएको छ ।

    अहिले नेपालमा पाँच हजार चार सय २८ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

     

  • जाडोमा छाला र कपालको स्याहार कसरी गर्ने : यस्ता छन् सौन्दर्यविद् खुशी पाठकका सुझाव

    जाडोमा छाला र कपालको स्याहार कसरी गर्ने : यस्ता छन् सौन्दर्यविद् खुशी पाठकका सुझाव

    काठमाडौं। पछिल्लो सहरमा युनिसेक्स सैलुनको लोकप्रियता बढिरहेको छ । तीमध्ये एक हो : त्रिपुरेश्वरस्थित ऐना युनिसेक्स । एयर होस्टेस करिअरदेखि व्यवसायिक यात्रा थालेकी खुशी पाठक यो सैलुनकी संचालिका हुन् । उनी अहिले युनिसेक्स व्यवस्थापन र संचालनमा सक्रिय छिन् ।

    सोलार पावर ‘इको पावर डेभलपमेन्ट’को निर्देशक एवं माथिल्लो ल्याप्चेखोला जलविद्युतको जनसम्पर्क तथा प्रशासनिक व्यवस्थापकको रुपमा काम गरेको अनुभव उनीसँग छ । हाइड्रोपावरको एचआर तथा एडमिन म्यानेरको रुपमा समेत काम गरिसकेकी काठमाडौं त्रिपुरेश्वरको ब्लूबर्ड मलमा उनले साउनदेखि युनिसेक्स सैलुन संचालनमा ल्याएकी छिन् ।

    प्रस्तुत छ उनीसँगको कुराकानी :

    अहिले किशोरकिशोरीमा कस्तो हेयर स्टाइल बढी चलेको छ ?

    टीनएजरहरूमा लुक्स र ड्रेस अनुसार हेयर स्टाइल बनाउने प्रचलन बढी छ । कुनै व्यक्ति कस्तो कार्यक्रममा सहभागी हुँदैछ, त्यसले पनि हेयर स्टाइल निर्धारणमा प्रभाव पार्छ । सामान्यतया केराटिन ट्रिटमेन्ट, हेयर स्ट्रेट गर्ने चलन बढी छ ।

    प्रायः ग्राहकले अनुहारको बनोट अनुसार हेयर डिजाइन गराउँछन् कि बजारमा चले अनुरुपको ?

    धेरै ग्राहकहरु त बजारमा चलेको स्टाइलमा कपालको डिजाइन गराउन भन्दै आउँछन् । तर हामीसँग हेयर मास्टरहरु पनि हुनुहुन्छ । उहाँहरुले ग्राहकको अनुहारको आधारमा कस्तो हेयर स्टाइल सुहाउँछ ? भन्ने हेरेर त्यही अनुसार सुझाव दिनुहुन्छ । धेरैले सुझाव अनुसारको डिजाइन मन पराउँछन् । कसैले आफूले बजारमा देखेको स्टाइल नै राम्रो लाग्यो भन्नुभयो भने त्यही अनुसार गर्छौं ।

    बाटुलो अनुहार भएकालाई कस्तो हेयर डिजाइन सुहाउँछ ?

    सामान्यतया बाटुलो अनुहार (राउण्ड फेस) भएको मान्छेलाई कपाल स्ट्रेट गर्दा नै राम्रो हुन्छ ।

    अलिक लाम्चो अनुहार भएका मान्छेलाई कस्तो हेयर स्टाइल सुहाउँछ ?

    लाम्चो अनुहार भएकालाई वेभी हेयर स्टाइल हुन्छ । यसलाई ब्लो जाइ स्टाइलिङ पनि भनिन्छ । लाम्चो अनुहार भएकाहरुले बढी यस्तै डिजाइन बढी उपयुक्त मान्छन् ।

    महिलाहरु कति अवधिमा हेयर डिजाइन गराउँछन् ?

    नियमित फेसन रुचाउने महिलाले सामान्यतया कुनै कार्यक्रममा जानु छ भने सोही दिन हेयर डिजाइन गरेर जान्छन् । इभेन्टमा जाँदा सामान्यतया जुरो र कर्ली हेयर बनाउने चलन छ । यसबाहेक नियमित भनेको त स्ट्रेट गर्ने, केराटिन, हेयर कलर आदि नै हो । वालियाज हेयर कलर टेकनिक धेरैले मन पराउँछन् ।

    कामकाजी महिलाका लागि कस्तो हेयर डिजाइन उचित हुन्छ ?

    हरेक दिन काममा जानुपर्ने महिलाहरुले कपाल कलर गराउनु हुन्छ भने हल्का लाइट र कपालको डिजाइन स्ट्रेट खालको बनाउनु राम्रो हुन्छ । यसबाहेक सोल्जर लेन्थ कट र लेयर कट नियमित अफिस जानुपर्ने महिलाहरुको लागि उचित हेयर स्टाइल हो ।

    अहिले केराटिनको ट्रेन्ड पनि चलिरहेको छ, के केराटिन गराउनैपर्छ ?

    केराटिन भनेको प्रोटिन हो । यसले काठमाडौंको जस्तो धुलोधुवाँ बढी हुने ठाउँमा कपाललाई ड्यामेज हुनबाट बचाउँछ । साथै, यसले कपाललाई स्मुथ बनाउन पनि सहयोग गर्छ । यसले कपाल झर्न पनि रोक्छ । कलर लगाउँदा कतिपय केमिकलको प्रयोगका कारण कपाल ड्यामेज हुने र झर्ने जस्ता समस्या देखिन सक्छन् । यसलाई रोक्न पनि केराटिन आवश्यक हुन्छ ।

    जाडोयाममा कपालमा चायाँ पर्छ, यसबाट कसरी छुटकारा पाउन सकिएला ?

    जाडोयाममा कपाल झर्ने समस्या धेरै हुन्छ । यसलाई रोक्न तेल (वेयल) मसाज गर्नुपर्छ । यसले कपाल झर्नबाट रोक्छ । साथमा हेयर स्पाले पनि यो समस्याबाट मुक्ति दिन्छ ।

    कपाललाई बलियो कसरी बनाउने ?

    वेल मसाज, हेयर मजास र हेयर स्पा नै कपाललाई बलियो र तन्दुरुस्त राख्ने उपाय हो । कपाललाई बलियो बनाउन चिसो कपाल बाँध्नु हुँदैन । बाँध्नै परे ड्राइ गरेर मात्रै बाँध्नुपर्छ । यसबाहेक कुन स्याम्पु सुट गर्छ रु त्यो पनि हेर्नुपर्छ । कपालअनुसार फरकफरक स्याम्पु सुट हुन्छ ।

  • ६७ देशबाट नेपाल आउँदा सात दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्ने (सूचीसहित)

    ६७ देशबाट नेपाल आउँदा सात दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्ने (सूचीसहित)

    काठमाडौं । कोराना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फैलिका विश्वका विभिन्न ६७ देशबाट नेपाल आउनेले अनिवार्य सात दिन क्वारेन्टिन बस्नुपर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन विभागले सूचना जारी गर्दै नेपाल आउनेले होटल क्वारेन्टिन बस्नुपर्ने मापदण्ड तोकेको हो ।

    जारी सूचनामा होटल क्वारेन्टिनमा बस्दा लाग्ने खर्च स्वयम्र व्यक्तिले व्यहोर्नु पर्नेछ । रिपोर्ट पोजेटिभ आए थप सात दिन होम आइशोलेसनमा बस्न पनि विमानस्थलले आग्रह गरेको छ । मंसिर १३ गतेको मन्त्रिपरिषद् बैठकले ओमिक्रोन संक्रमण भएका देशबाट नेपाल आउँदा कडाइ गर्ने निर्णय गरेको थियो ।

    छिमेकी भारतसहित एसियाली देशहरूमा पनि ओमिक्रोन फैलिँदै गएकाले कडाइ गरिएको विभागका निर्देशक मुकेशकुमार केसीले बताए ।

    अध्यागमनको सूचीमा अमेरिका, बेलायत, क्यानडा, स्पेन, इटाली, डेनमार्क, अस्ट्रिया, बेल्जियम, साइप्रस, फ्रान्स, जर्मनी, ग्रिस, नेदरल्यान्ड्स, नर्वे, पोल्यान्ड, पोर्चुगल, रसिया, सिंगापुर, स्विट्जरल्यान्ड, टर्की, दक्षिण कोरिया, थाइल्यान्ड, मलेसिया र माल्दिभ्सलगायत देश छन् ।

    अफ्रिकी देशका नागरिकलाई यसअघि नै सरकारले अनअराइभल भिसामा रोक लगाइसकेको छ ।

  • भारतमा ओमिक्रोनका १०९ केस पुष्टि : मुम्बइमा निषेधाज्ञा, जरुरी कामबाहेक नहिँड्न सरकारको आग्रह

    भारतमा ओमिक्रोनका १०९ केस पुष्टि : मुम्बइमा निषेधाज्ञा, जरुरी कामबाहेक नहिँड्न सरकारको आग्रह

    दिल्ली । भारतमा कोरोनाभाइरसको नयाँ भेरिएन्टको जोखिम बढ्दै गएको छ । भारतीय स्वास्थ्य मन्त्रालय र नीति आयोगले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै सर्वसाधारणलाई सतर्कता अपनाउन र अत्यावश्यक कामबाहेक हिँड्डुल नगर्न ट्राभल एड्भाइजरी जारी गरेको छ ।

    ५ प्रतिशतभन्दा बढी संक्रमित भएका जिल्लालाई तयारी हालतमा रहन समेत मन्त्रालयले भनेको छ । मन्त्रालयका स्वास्थ्य सचिव लव अग्रवाल र नीति आयोगका सदस्य वीके पौलले मिडियासँग छलफल गरेका थिए । भारतमा डेल्टाभन्दा पनि तीव्ररुपमा ओमिक्रोन भेरिएन्ट फैलिएको जानकारी उनले दिए ।

    अहिलेसम्म भारतका ११ राज्यमा कोरोनाका १०९ वटा केस पहिचान भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शुक्रबारसम्म ९१ वटा देशमा भेरिएन्ट संक्रमण पुष्टि भैसकेको छ । शुक्रबार बेलुका महाराष्ट्रमा ८ वटा केस भेटिएका छन् । संक्रमण बढ्न थालेपछि मुम्बईमा निषेधाज्ञा लागू गरिएको छ ।

    अहिले भारतमा दैनिक संक्रमण झन्डै १० हजारसम्म पुष्टि भएको छ । समग्र भारतमध्ये केरलामा सबैभन्दा बढी ४०.३१ प्रतिशत पुष्टि भएको छ । राजधानी दिल्लीमा समेत ओमिक्रोन भेरिएन्टका नयाँ संक्रमित भेटिएका छन् । सम्भावित तेस्रो लहरसँग जुध्न भारतले खोप अभियानलाई तीव्र तुल्याएको जनाएको छ । अहिलेसम्म त्यहाँ १३६ करोड डोज खोप लगाइएको छ ।

  • शुक्रबार २७४ जना कोभिड बिरामी थपिए, ३ जनाको मृत्यु

    शुक्रबार २७४ जना कोभिड बिरामी थपिए, ३ जनाको मृत्यु

    काठमाडौँ । पछिल्लो चौबिस घण्टामा मुलुकमा २७४ जना कोभिड संक्रमित थपिएका छन् । सोही अवधिमा थप २७० जना निको भएका छन् । आज थप ३ जना संक्रमितको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जारी गरेको विवरण अनुसार ७ हजार ६९१ जनाको पीसीआर बिधीबाट परीक्षण गर्दा २६९ र १ हजार ३२५ जनाको एन्टीजेन बिधिबाट परीक्षण गर्दा ५ जनाको गरी कुल ९ हजार १६ परीक्षण गर्दा २७४ जनाको पोजेटिभ आएको हो ।

    काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १११, भक्तपुरमा २० र ललितपुरमा ३० जना गरी उपत्यकामा १६१ जना थपिएका छन् ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ५२२ छ । आइसीयूमा १०४ जना भेन्टीलेटरमा २५ जना संक्रमति उपचाररत रहेका छन् । आज थप २ लाख ६ हजार ५२२ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् ।

    यो संगै खोप अभियान सुरु भएयता हालसम्म नेपालमा २ करोड १४ लाख ४५ हजार १४५ ले खोप लागाएका छन् । जसमा १ करोड १९ लाख १३ हजार ८८६ ले पहिलो मात्रा र ९५ लाख ३१ हजार २५९ ले पूर्ण मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ ।

  • ५० प्रतिशत जनसंख्यालाई खोप लगाएपछि मात्र बुस्टर डोज थाल्ने सरकारको तयारी छ : स्वास्थ्यमन्त्री खतिवडा

    ५० प्रतिशत जनसंख्यालाई खोप लगाएपछि मात्र बुस्टर डोज थाल्ने सरकारको तयारी छ : स्वास्थ्यमन्त्री खतिवडा

    नेपालमा भेरोसेल लगाएका ६० वर्षभन्दा माथिका नागरिकलाई सरकारले अतिरिक्त मात्रा खोप लगाउने निर्णय गरिसकेको छ । अतिरिक्त मात्रासँगै सरकारले ‘बुष्टर डोज’ लगाउने तयारीसमेत गरेको छ ।

    कुल जनसङ्ख्याको ५० प्रतिशत जनसङ्ख्यालाई कोरोना भाइरसविरुद्धको खोप लगाइसकेपछि मात्रा सरकारले सबै नागरिकलाई ‘बुष्टर डोज’ लगाउने तयारी गरेको छ । अहिले कुल जनसङ्ख्याको ३९ प्रतिशतलाई पहिलो र ३१ प्रतिशतलाई पूर्ण मात्राको खोप लगाइसकिएको छ । ‘बुष्टर डोज’ र ओमिक्रोन महामारी नियन्त्रणमा सरकार अहिले भइरहेको प्रयासबारे स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडासँग राष्ट्रिय समाचार समितिले कुराकानी गरेको छ ।

    नेपालीलाई कोरोनाविरुद्ध ‘बुष्टर डोज’ आवश्यक छ कि छैन ? अतिरिक्त खोपले नै पुग्दैन र ?

    कोरोना महामारी फैलिँदै गयो भने ‘बुष्टर डोजर’ लगाउनुपर्छ । कोरोनाबाट थप सुरक्षित हुनका लागि दुई मात्रा लगाएका व्यक्तिलाई छ महिनापछि ‘बुष्टर डोज’ दिने गरिन्छ । महामारी फैलिँदै गएका खण्डमा सरकार यहाँका नागरिकलाई ‘बुष्टर डोज’ दिन तयार रहेको छ । नीति तथा व्यावहारिक रुपमा हामी लगाउनुपर्छ भनेर हामी तयारी अवस्थामा नै छौं ।

    कुल जनसङ्ख्याको ५० प्रतिशतले पूर्ण मात्राको खोप लगाएका खण्डमा मात्र हामीले ‘बुष्टर डोज’ खोप लगाउँछौँ तर बीचमा नै महामारी आयो भने लगत्तै र नभएका खण्डमा समग्र जनसङ्ख्याको ५० प्रतिशतले खोप लगाएका खण्डमा ‘बुष्टर डोज’ लगाउँछौँ ।

    यही मितिदेखि भन्ने हामीले तय गरिसकेका छैनौँ । ‘बुष्टर डोजर’ का लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग मेरो सल्लाह भइसकेको छ । उनले ‘बुष्टर डोजर’ लगाउनका लागि अगाडि बढ्नू भन्नुभएको छ । विश्व स्वास्थ्य सङ्गठनले भने ज्येष्ठ नागरिक, अशक्त बिरामी, मुटुरोगी, मिर्गौला र दीर्घरोगीलाई मात्र ‘बुष्टर डोज’ लगाउनका लागि सिफारिस गरेको छ तर आम रुपमा अनिवार्य ‘बुष्टर डोज’ दिनुपर्छ भनेको छैन । यही पुस ४ गतेदेखि प्रत्येक स्कुलमा खोप केन्द्र राखेर १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि खोप लगाउँदै छौँ ।

    अहिले दैनिक एक लाख ८६ हजारले खोप लगाएको देखिन्छ । लक्षित समुदाय खोप लगाउन त्यत्ति उत्सुक भए जस्तो लाग्दैन । घरदैलामा नै खोप लगाउने केही योजना छ ?

    शहरी क्षेत्रमा ८० प्रतिशतभन्दा माथिका मानिसले खोप लगाइसकेका छन् तर ग्रामीण भेगमा ३५ प्रतिशतले मात्र खोप लगाएका छन् । हामीसँग अझै पनि ७० लाख मात्रा खोप रहेको छ । साढे तीन करोड पाइपलाइनमा छ । मानिस खोप लगाउन आएका छैनन् । यसभन्दा अगाडि हामीले जिल्लामा मात्र केन्द्रीत भएर खोप लगाएका थियौँ । तर गाउँका मानिसहरु चेतनाको अभाव वा लापरवाही के ले गर्दा हो खोप आएनन त्यो थाहा भएन ।

    उनीहरू आइनन भने हामी चुप लागेर बस्दैनौँ । अहिले हामीले छ हजार खोप केन्द्रबाट खोप लगाइरहेका थियौँ । अब हामीले पुसको पहिलो हप्ताबाट १६ हजार खोप केन्द्र राखेर खोप लगाउँछौँ । जनताको घरदैलोमा खोप केन्द्र पुगेपछि मानिसले पक्कै पनि खोप लगाउने छन् । सोह्र हजार खोप केन्द्रबाट पनि सबै नेपालीलाई खोप लगाउन सकिएन भने हामी जनगणना जस्तै गरी टोलटोलमा पुगेर लगाउँछौँ ।

    नेपालमा तीन करोड १४ खोप मात्रा आइसकेको छ । खोप दुई करोड सात लाख मात्रले लगाएको तथ्याङ्क छ । खोप भण्डारणमै थन्किए भन्ने कुरा पनि उठेको छ ? किन यसरी भण्डारण भए रु खोपमा किन सबैको सहभागिता नभएको हो ?

    राजनीति पार्टीले खोप अभियानलाई मुद्दा नै बनाएका छैनन् । मैले हालै संसद्को स्वास्थ्य तथा शिक्षा समितिको बैठकमा पनि सबै मिलेर सर्वसाधारणलाई खोप लगाउने अभियानमा जुटौँ भनेको छु । गाउँ, समाजमा रहेका समूह, गैरसरकारी संस्था, पत्रकारलगायत सङ्घसंस्थालाई पनि भनेको छु । राजनीतिक दल र नेताहरूलाई “पहिले भोट माग्न पर्चा लिएर जानुहुन्थ्यो, यसपल्ट खोप लिएर जानुहोस्” भनेको छु ।

    खोप र स्वास्थ्यकर्मी दिने काम हाम्रो हो भनेको छु । पहिले हामी सिधै भोट माग्न मतदातासमक्ष गएका थियौँ तर यसपटक स्वास्थ्य दिन आएको छौँ भनेर सबै राजनीतिक दलका नेता–कार्यकर्तालाई ५००–७०० मात्रा खोप निश्चित तापक्रममा राखेर जानुहोस् भनेर अनुरोध गरेको छु । मलाई लाग्छ केही दिनपछि राजनीतिक दलले जनतालाई खोप लगाउन चेतना प्रदान गर्ने छन् भन्ने विश्वास लिएको छु । यदि राजनीतिक दलले नगरेमा हामीसँग भएका जनशक्तिबाट सबैलाई खोप लगाउँछौँ ।

    कोरोनाको ओमिक्रोन भेरियन्ट रोकथाम गर्न सरकारको योजना के छ ?

    हामी अहिले ज्ञानविहीन अवस्थामा छैनौँ । पहिले कोभिड-१९ हुँदा खोप केही थिएन । हाहाकार भएको बेला पनि नेपालले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेको थियो । त्यतिबेला अक्सिजनको अभाव थियो तर अहिले हामीसँग प्रशस्त्र मात्रामा अक्सिजन छ । अक्सिजन निकाल्ने सानादेखि ठूलो उपकरण हामीसँग छ । स्वास्थ्यचौकीमा अक्सिजन पु¥याएका छौँ । ठूला अस्पतालमा १० हजार लिटरका प्लाण्ट स्थापना गरिसकेका छौँ । निजी संस्था आउँछन् भने सबै भन्सार मिनाहा गरेर अक्सिजन प्लाण्ट खडा गर्न सहुलियत दिएका छौँ । डेढ वर्षमा सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको हुनाले हरेक स्वास्थ्य केन्द्रमा न्यूनतम सामग्रीदेखि चिकित्सक र स्वास्थ्यकर्मी पु¥याएका छौँ । आइसियु र भेन्टिलेटर पनि वृद्धि भएको छ, गत वर्ष जस्तो हाहाकार छैन ।

    विदेशबाट आएका मानिसहरूलाई क्वारेन्टिनमा बसालेका छौँ । पहिले जस्तो हाहाकार महामारी हुँदैन । हामी अहिले सबैले खोप लगाइसकेका छौँ । ओमिक्रोनको आक्रमण कम हुन्छ कि भन्ने हामीलाई लागेको छ ।

    अस्पताल, जनशक्ति सबै तयारी अवस्थामा छन् । भारतबाट नेपाल आउने १६ ठाउँमा सहायता कक्ष राखेका छौँ । शङ्कास्पद मानिसलाई क्वारेन्टिनमा राखेका छौँ । अरु मानिसलाई कार्ड हेरेर आउने, जाने व्यवस्था गरेका छौँ । ओमिक्रोन जस्तै अरु भेरियन्ट देखिएका देशबाट नेपाल आउनका लागि मानिसलाई रोक्छौँ ।

    अर्को, शुरुमा ओमिक्रोन अरुभन्दा चारगुणा बढी खतरनाक छ भनेर भ्रम फिँजाइयो । ओमिक्रोन गत मङ्सिर ३ गते देखिन थालेको हो । यस बेलासम्म कुनै पनि बिरामीमा थकाइ नलाग्ने जस्ता समस्या देखिएको छैन । सङ्क्रमण देखिएको छ तर सामान्य मानिस जस्तै देखिएका छन् । मङ्सिर ३ गतेयता विश्वमा ६०० जनामा मात्र देखिएको छ । हाम्रो देशमा दुई जनालाई देखिएको थियो । ती सङ्क्रमित सञ्चो भइसकेका छन् । हामीले कैंयौँ देशबाट मानिस आउनका लागि रोक लगाएका छौँ ।

    सबै स्वास्थ्यकर्मीले अझै कोभिड भत्ता पाएका छैनन् । कहिलेसम्म तिनले अतिरिक्त पारिश्रमिक पाउलान् त ?

    वैशाखदेखि असारसम्मको कोरोना भाइरस भत्ता हामीले मागिसकेका छौँ । रु ४५ करोडभन्दा माथि नै रहेको छ । अर्थ मन्त्रालयबाट निकास भइसकेपछि हामी उपलब्ध गराउँछौँ । धेरै जसोलाई दिइसकेका छौँ । केही कर्मचारी मात्र छुटेका हुन् ।

    सरकारी अस्पतालमा उपचारका लागि अझै लाम लाग्नुपर्ने अवस्था छ । जनताले सरल तरिकाले स्वास्थ्योपचार कहिलेदेखि पाउँछन् ?

    हामीसँग भएको जनशक्ति र स्रोत परिचालन गरेका छौँ । शय्या र जनशक्ति थप्ने योजनामा हामी छौँ । वीर अस्पतालमा ५०० शय्या थपिएको छ । अन्य अस्पतालको क्षमता र शय्या विस्तार गर्नका लागि धेरै बजेट विनियोजन गरेका छौँ । अहिले अस्पतालको निर्माण प्रक्रिया चलिरहेको छ । अस्पतालको भौतिक पूर्वाधारदेखि जनशक्ति थप्ने काम भइरहेको छ । अब बिरामी लामबद्ध हुने अवस्थाको अन्त्य गर्छौं ।

    नेपालमा स्वास्थ्योपचार सेवामार्फत समाजवादको अवधारणा कार्यान्वयन गर्न केकस्ता मौलिक नीति, योजना तथा कार्यक्रम ल्याउने सोचाइ राख्नुभएको छ ?

    समाजवाद भनेको दुःखी, गरिब सबैले अवसरमा समानता पाउने प्रणाली हो । स्वास्थ्य बिमा निःशुल्क गर्ने तयारीमा छौँ । ज्येष्ठ नागरिकको उपचार निःशुल्क गरेका छौँ । गरिबीको रेखामुनि रहेका मानिसलाई परिचयपत्रका आधारमा निःशुल्क उपचारको व्यवस्था गरेका छौँ । सरकारी अस्पतालमा कडा र दीर्घ खालका रोगको उपचार निःशुल्क गरिरहेका छौँ । निःशुल्क गर्न नसकिएको बिरामीलाई आर्थिक सहयोग गरिरहेका छौँ । अहिले उपलब्ध गराइएको सुविधा पर्याप्त छैन, अझ सेवा, सुविधा विस्तार गर्नुपर्छ ।

    कडा खालका मुटु, मिर्गौला, अर्बुदरोग, एड्स जस्ता रोगीलाई शतप्रतिशत निःशुल्क उपचार गराउने केही योजना छ ?

    हामी भर्खर आएका छौँ । हामीसँग भएको स्रोतसाधन, बजेटको स्थिति त्यो सबै हेरेर के गर्न सकिन्छ भनेर हामी गृहकार्य गरिरहेका छौं । हाम्रो आर्थिक स्रोतमा रु एक–दुई करोड तलमाथि पार्न सक्दा बढीभन्दा बढी जनताले फाइदा पाउन सकिन्छ कि भनी हामी हेरिरहेका छौँ । अहिले हामी मुटु रोग, मिर्गौला, एड्सजस्ता बिरामीको निःशुल्क उपचार गरेका छौँ । बजेटमा विभिन्न प्रकृतिका बिरामीलाई रु पाँच हजार रुपियाँ दिने भनिएको छ । थप अझ के गर्न सकिन्छ भन्नेमा हामी लागिरहेका छौँ ।

    स्वास्थ्य बिमा सबै जिल्ला र सबै ठाउँमा कहिले पु¥याइने होला ?

    स्वास्थ्य बिमामा हामीले आकर्षण बढाउन सकेका छैनौँ । त्यो स्थानीय जनप्रतिनिधि र हाम्रो नै कमजोरी हो । रु तीन हजार ५०० लगानी गर्नेबित्तिकै आफूसँग पैसा नभएका बेला पनि उपचार गर्न पाउँछौ भन्न हामीले सिकाएका छैनौं। हामीमा परेका बेला मात्र खर्च गर्ने बानी छ । स्वास्थ्य बिमामार्फत सबैलाई निःशुल्क गर्न सकिन्छ कि भनेर हामी सोचिरहेका छौँ । ज्येष्ठ नागरिक, विपन्न, आर्थिक अवस्था कमजोर भएकामध्ये केहीलाई निःशुल्क गरिसकेका छौँ र केहीको तयारीमा हामी छौँ । अहिले पनि दलित तथा ७० वर्षभन्दा माथिका नागरिकका लागि निःशुल्क स्वास्थ्य बिमा छ ।

    उपचार र उपचार खर्च नपाएर अहिले पनि मानिसहरूले असमयमै ज्यान गुमाइरहेका छन् । यस्तो स्थितिको अन्त्य कहिले हुने हो ?

    उपचार गर्न नपाएर मानिसहरू अकालमा नै ज्यान गुमाउनुपर्ने अवस्था अब हुँदैन । अस्पतालको ढोकामा पुगिसकेपछि बिरामीलाई अस्पतालले उपचार गरेका छन् । हामीसँग भएको क्षमता र जनशक्तिबाट हामीले सेवा पु¥याइरहेका छौँ । हामीले सरकारी अस्पतालको क्षमता बढाउँदै जाने हो । सरकारी अस्पतालमा सहुलियत पनि छ । त्यसैले त्यहाँ भिड देखिएको हो । हामी सरकार अस्पतालमा जनशक्ति र शय्या थप्ने जस्ता काम गरिरहेका छौं । वीर अस्पतालमा ५०० शय्या थपिँदै छ । त्यसपछि त्यहाँ भिड कम हुन्छ । हामीले विभिन्न अस्पताल र प्रतिष्ठानमा बजेट विनियोजन गरेका छौँ । रु आठ अर्बका निर्माण प्रक्रिया चलिरहेका छन् ।

    प्रदेश र स्थानीय तहमा स्वास्थ्य सेवा सुदृढ गर्ने केके योजना छन् ? अब सङ्घीयतालाई बढावा दिन पनि हरेक प्रदेशमा एकएक चिकित्सा विश्वविद्यालय स्थापना गरिनुपर्ने होइन र ?

    सात प्रदेशमा शिक्षण अस्पताल र प्रतिष्ठान खोल्नका लागि निर्माण प्रक्रिया पूरा गरेर हामी ठूला अस्पताल स्थापना गर्छौँ । रामराजाप्रसाद सिंह, गिरिजाप्रसाद कोइरालाजस्ता नेताका नाममा प्रतिष्ठान खोलिँंदै छ जसमा विद्यार्थी पढ्ने र उपचार पनि हुने व्यवस्था गरिंँदै छ । पुराना अस्पतालको क्षमता विस्तार गरी सुविधासम्पन्न बनाइरहेका छौँ । पालिकास्तरमा पाँचदेखि १५ शय्याको अस्पताल बनाइरहेका छौँ । कुनै पनि स्वास्थ्य केन्द्र नभएका वडामा आधारभूत स्वास्थ्य केन्द्र बन्नुपर्छ भनेर काम गरिरहेका छौँ । स्वास्थ्य क्षेत्रलाई सकभर जनताको पहुँचमा पु¥याउने काम भइरहेको छ । गाउँगाउँसम्म स्वास्थ्यको सेवा पुगोस् भन्नेमा सरकारको ध्यान गएको छ ।

    प्रतिभाशाली तथा जेहेन्दार विद्यार्थी रकम अभावमा चिकित्सा शिक्षा अध्ययन गर्न वञ्चित छन् । चिकित्सा विषय पढ्न खोज्ने विपन्न विद्यार्थीलाई सहुलियत दरमा वा निःशुल्क अध्ययनको व्यवस्था त सरकारले नै गर्नुपर्ने हैन र ?

    छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीलाई हामीले पढाइनै रहेका छौँ । क्षमता र योग्यता भएका विद्यार्थीले चिकित्सा शिक्षा अध्ययन गरिरहेका छन् । छात्रवृत्ति कोटा पनि छुट्टाइएको छ । काठमाडौँ उपत्यका बाहिर शिक्षण अस्पताल खोल्न आउँछन् भने हामीले अहिले पनि अनुमति दिन्छौं ।

    तपाईँ स्वास्थ्यमन्त्री बनेपछि स्वास्थ्य क्षेत्रमा कस्ता विकृति देख्नुभयो ? त्यसको समाधान गर्न के प्रयास गर्दै हुनुहुुन्छ ?

    जसले जे जिम्मेवारी पाएको छ, त्यसले त्यो पूरा नगरेको अवस्था छ । खटाइएको ठाउँमा जानुप¥यो । छल्न र झुक्काउन भएन । ठूला अस्पतालमा शय्या बढाउने जस्ता समस्या छन् । औषधिलगायत ठाउँमा कालोबजारी भएको छ भने नियन्त्रण गर्नुप¥यो । स्वास्थ्य बिमा धेरै ठाउँमा पु¥याइने जस्ता विषय समस्याका रुपमा देखिएका छन् । यसमा हाम्रो ध्यान पुगेर काम गरिरहेका छौं ।

    वैकल्पिक स्वास्थ्य चिकित्सा प्रणालीलाई प्राथमिकतामा राख्नका लागि केकस्ता प्रयास भएका छन् ?

    देशका विभिन्न ठाउँमा प्राकृतिक चिकित्सालय पनि खोलिरहेका छौं। जनशक्ति उत्पादन भइरहेका छन् । परम्परागत रुपमा चल्दै आएका वैकल्पिक चिकित्सा प्रणालीलाई इन्कार गरेका छैनौँ । केही वर्षमा ह्वात्तै आयुर्वेदिक र प्राकृतिक चिकित्साको लोकप्रियता बढेको छ । राज्यले यसलाई संरक्षण र प्रोत्साहन गरेको छ ।

    राष्ट्रिय समाचार समिति

  • बिहीबार १८४ जना कोभिड संक्रमित थपिए, दुईजनाको मृत्यु

    बिहीबार १८४ जना कोभिड संक्रमित थपिए, दुईजनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा १८४ जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। ७ हजार २३० पीसीआर र ३ हजार ७८८ जनाको एन्टीजेन परीक्षणका क्रममा त्यति जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    पीसीआर र एन्टीजेन गरी कुल संक्रमितको संख्या ९ लाख २१ हजार ७३ जना पुगेको छ। कुल संक्रमितमध्ये ५ हजार ५२६ सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २६७ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ८ हजार ८३ पुगेको छ। उक्त अवधिमा २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

    हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५६७ पुगेको छ। हाल ९६ जना क्वारेन्टाइनमा छन्। १११ जना आइसीयू र २८ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

    पछिल्लो २४ घण्टामा देशभर २ लाख ४० हजार ५६४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

  • जर्मनीद्वारा नेपाललाई साढे ४१ लाख डोज मोडर्ना र जोन्सन खोप प्रदान

    जर्मनीद्वारा नेपाललाई साढे ४१ लाख डोज मोडर्ना र जोन्सन खोप प्रदान

    काठमाडौं । जर्मनीले कोभिड-१९ महामारीविरुद्ध नेपाललाई मोडर्ना र जोन्सन एन्ड जोन्सन खोप गरी साढे ४१ लाख डोज खोप नेपाललाई प्रदान गरेको छ ।

    जर्मनीका राजदूत स्टेफन रुसेकले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई मोडर्ना र जोन्सनको ४१ लाख ४२ हजार २५० डोज खोप प्रदान गरे । कोभ्यासमार्फत सो परिमाणको खोप नेपालले प्राप्त गरेको हो ।

    मोडर्ना खोप पुस ४ देखि देशभरका १२ देखि १८ वर्ष सम्मका करिब १८ लाख बालबालिकालाई लगाइने भएको छ । एक डोज मात्र लगाए पुग्ने जोन्सन खोपको ७ लाख १९ हजार ६५० डोज पनि काठमाडौं आइपुगेको छ । २१ लाख ७६ हजार जोन्सन खोपमध्ये यो पहिलो खेप नेपाल आएको हो। यसअघि आइतबार १९ लाख ६५ हजार ६०० डोज खोप नेपाल आइसकेको छ।

  • स्वास्थ्य मन्त्रालयको प्रवक्तामा संगिता मिश्रा नियुक्त

    स्वास्थ्य मन्त्रालयको प्रवक्तामा संगिता मिश्रा नियुक्त

    काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्तामा डा संगिता मिश्रा नियुक्त भएकी छिन् । स्वास्थ्यमन्त्री विरोध खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै प्रवक्ताको जिम्मेवारी डा मिश्रालाई दिने निर्णय गरेका हुन् ।

    यसअघि मन्त्रालयका प्रवक्ताको जिम्मेवारी स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलले सम्हालेका थिए । डा पौडेलले प्रवक्ताको रुपमा आज अन्तिमपटक कोरोना ब्रिफिङ गरी जिम्मेवारी हस्तान्तरण गरेको बताएका छन् ।

    स्वास्थ्यमन्त्रीका विज्ञ सल्लाहकार रमेश ढकालले मन्त्रालयको समन्वय महाशाखाको प्रमुख नै प्रवक्ता हुने चलन अनुरुप डा मिश्रालाई सो जिम्मेवारी दिइएको बताए । यसअघि प्रसुतिगृह अस्पतालका निर्देशक रहेकी डा मिश्रालाई गत १२ मंसिरमा सरुवा गरी मन्त्रालयको समन्वय महाशाखामा ल्याइएको थियो ।

  • नेपालमा ७५० जनाको जिन सिक्वेन्सिङ गर्दा ६९५ मा डेल्टा भेरिएन्ट पुष्टि

    नेपालमा ७५० जनाको जिन सिक्वेन्सिङ गर्दा ६९५ मा डेल्टा भेरिएन्ट पुष्टि

    काठमाडौं । नेपालमा अहिले पनि डेल्टा भेरिएन्ट नै प्रमुख रुपमा फैलिएको पाइएको छ । बुधबार स्वास्थ्य मन्त्रालयद्वारा आयोजित प्रेस ब्रिफिङमा सहप्रवक्ता डा. समीरकुमार अधिकारीले ७५० जनाको जिन सिकवीन्सिङ गर्दा ६९५ मा डेल्टा भेरियन्ट पुष्टि भएको जानकारी दिए ।

    उनले दिएको जानकारी अनुसार २ हप्ता अगाडि नेपालबाट बेलायतमा जिन सिक्वीन्सिङका लागि ७५० नमुना पठाइएको थियो । पब्लिक हेल्थ इङ्ल्याण्डको सहयोगमा बेलायत पठाइएको नमुनाको जिन सिक्वीन्सिङ गर्दा ६९५ मा डेल्टा भेरियन्ट देखिएको थियो ।

    ‘यो आँकडाका आधारमा भन्दा करिब ९३ प्रतिशतमा डेल्टा भेरियन्ट रहेको भन्न सकिन्छ’ उनले भने, ‘अहिले विश्वभर नै अधिकांश मुलुकमा डेल्टा भेरिएन्ट नै देखिएको छ ।’ दोस्रो लहरको बेला नेपालमा डेल्टा फैलिएको थियो ।

    अहिले संसारभर कोभिड-१९ को नयाँ भेरियन्ट ओमीक्रोनको जोखिम देखिएको छ । अहिले विश्वभर ७० मुलुकमा ओमीक्रोन भेरियन्ट देखापरिसकेको छ । ओमीक्रोन भेरियन्ट फेला परेको जानकारी दिने नेपाल ३६औँ मुलुक हो । नेपालमा अहिलेसम्म २ जनामा मात्रै यो भेरियन्ट रहेको पुष्टि भएको छ ।

  • बुधबार २८० जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

    बुधबार २८० जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

    काठमाडौँ । पछिल्लो चौबिस घण्टामा मुलुकमा २८० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । सोही अवधिमा थप ३ सय जना संक्रमणमुक्त भएका छन् । थप ६ जना संक्रमितको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएअनुसार ९ हजार २१२ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा २५२ र २ हजार ७८२ जनाको एन्टीजेन बिधिबाट परीक्षण गर्दा २८ जनाको गरी कुल ११ हजार ९९४ परीक्षण गर्दा २८० जनाको पोजेटिभ आएको हो ।

    काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ८९ , भक्तपुरमा ९ र ललितपुरमा २० जना गरी उपत्यकामा ११८ जना थपिएका छन् ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ६३५ रहेका छन् । आइसीयूमा ११२ जना भेन्टीलेटरमा २५ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

  • बालबालिकालाई विद्यालयमा नै खोप लगाइने

    बालबालिकालाई विद्यालयमा नै खोप लगाइने

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बालबालिकालाई विद्यालयमा नै पुगेर कोरोनाभाइरसविरुद्धको खोप लगाउने बताएका छन् ।

    उनले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि विद्यालयमा नै खोप केन्द्र राखेर खोप लगाइने बताएका छन् ।

    उनका अनुसार यही पुस ४ गतेदेखि बालबालिकालाई खोप लगाइने छ । सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि कोरोनाभाइरसविरुद्धको खोप लगाउनका लागि मोडर्ना खोप ल्याएको छ । उनले बुस्टर डोज लगाउनका लागि सरकारले नीतिगत र व्यवहारिक रुपमा तयारी गरिसकेको जानकारी दिए ।

    ‘महामारी फैलिँदै गयो भने बुस्टर डोज आवश्यक रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि बुस्टर डोज लगाउने बारेमा मेरो सल्लाह भइसकेको छ’, मन्त्री खतिवडाले भने, ‘थप सुरक्षित हुनका लागि दुई मात्रा लगाएका व्यक्तिले ६ महिनापछि बुस्टर डोज लगाउने हो । आवश्यक पर्दा यसका लागि सरकार तयार छ ।’

    नेपालमा भेरोसेलको दुई मात्रा लगाएका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई भने सरकारले अतिरिक्त एक मात्रा खोप दिने यसअघि नै निर्णय गरिसकेको छ ।

    विश्व स्वास्थ्य सङ्गठनले ज्येष्ठ नागरिक, अशक्त बिरामी, मुटु रोगी, मिर्गौला, दीर्घरोगीलाई मात्र बुस्टर डोज लगाउनका लागि सिफारिस गरेको छ ।

  • मंगलबार २६४ कोभिड संक्रमित थपिए, दुईजनाको मृत्यु

    मंगलबार २६४ कोभिड संक्रमित थपिए, दुईजनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा २६४ जना कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ७०९ नमुना (९३९२ आरटी पीसीआर) र ४३१७ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    सोही अवधीमा थप दुईजनाको कोभिड संक्रमणले मृत्यु भएको छ भने ३६२ जना निको भएका छन् ।

    सक्रिय संक्रमित संख्या ५६८९ छ । २ लाख ३६ हजार ४८२ जनाले पछिल्लो २४ घण्टामा कोरोनाविरुद्धको खोप लगाएका छन् ।

    काठमाडौं र ललितपुरमा सक्रिय संक्रमित संख्या ५०० भन्दा माथि छ । सुनसरी, भक्तपुर, कास्की, बाँके र कैलालीमा सक्रिय संक्रमित संख्या २०० भन्दा माथि छ ।

    गण्डकी प्रदेशको मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला र बाजुरामा संक्रमण संख्या शून्य छ ।

     

  • एमाले नेता ज्ञवालीलाई लक्षणसहितको कोरोना संक्रमण

    एमाले नेता ज्ञवालीलाई लक्षणसहितको कोरोना संक्रमण

    काठमाडौं । नेकपा एमालेका उपमहासचिव तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई कोरोनाभाइरस संक्रमण भएको छ ।

    आफूलाई हल्का लक्षणसहितको संक्रमण भएको जानकारी ज्ञवालीले ट्वीटमार्फत दिएका छन् । चारपाँच दिनदेखि आफ्नो सम्पर्कमा रहेका सबैलाई आइसोलेट हुन पनि उनले आग्रह गरेका छन् ।

    कुनै लक्षण देखिए कोरोना परीक्षण गर्न र सचेत हुन पनि उनले सुझाएका छन् ।

  • ‘एकदुई दिनदेखिको बिरामी संख्या र स्थिती देख्दा हामी कोभिडको अर्को लहरको संघारमा उभिएको जस्तो देखिन्छ’

    ‘एकदुई दिनदेखिको बिरामी संख्या र स्थिती देख्दा हामी कोभिडको अर्को लहरको संघारमा उभिएको जस्तो देखिन्छ’

    काठमाडौं । विगत १-२ दिनमा देखिन थालेका कोभिडका बिरामीको संख्या र स्थिति देख्दा हामी अर्को उभारको सँघारमा उभिएका छौं जस्तो देखिन्छ।

    ओमिक्रोन देखा नपर्दै पनि डेल्टा भेरियन्टले नै पनि हिउँदमा फेरि अर्को (अघिल्लो भन्दा सानो) उभार ल्याउने अपेक्षित थियो नै। त्यसको कारण थियो : मुख्यतः उच्च जोखिम समूहका व्यक्तिमा पहिले कोभिड संक्रमण भएर वा खोप लगाएर बनेको रोग(प्रतिरोधी क्षमतामा केही महिनापछि ह्रास आउने देखिएकाले।

    ओमिक्रोन देखिएपछि त त्यस्तो लहर झन चाँडो आउने र डेल्टा मात्रको लहर भन्दा ठुलो हुने पनि सुनिश्चित् जस्तै भएको छ।

    खालि त्यो ओमिक्रोनको लहर अघिल्लो (दोस्रो) लहरजस्तै ठूलो वा उस्तै हताहती गराउने हुन्छ कि केही सानो, कम क्षति गराउने हुन्छ भन्ने मात्र अहिल्यै अनुमान गरिहाल्न सकिंदैन।

    विगत केही दिनमा विशेष गरी सभा-सम्मेलन, बिहे, भोजमा संक्रमित भएर हप्तादिन जति पछि अस्पताल जाने, भर्ना हुने क्रम बढ्न थालेको देखिन्छ। यो डेल्टाकै पहिलेदेखिकै अपेक्षित हिउँदे उभार हो कि यसमा केही मात्रामा ओमिक्रोनको पनि देन छ, सरकारको जिनोम सिक्वेन्सिङ अध्ययनले मात्र त्यो बताउला।

    तर मूल कुरो, सबै फेरि एकदम सतर्क हुनुपर्ने भयो है। बिहेबारी, भोजभतेर, सभा-सम्मेलनबाट सकेसम्म टाढै बस्नुहोला।

    घरबाहिर निस्केको बेलामा घरका सबै सदस्यले सकेसम्म एन-९५ वा सो सरहको मास्क हरबखत लगाउनुहोला। आफूले स्कुल पठाएका केटाकेटीहरूलाई पनि त्यसो गर्न सिकाउनुहोला।

    मास्क लगाउँदा, मास्कको छेउ वा तलमाथिबाट हावा ननिस्कने गरी अनुहारमा टपक्क मिल्ने मास्क मात्र लगाउनुपर्छ। त्यस्तो मास्क नभेटिएमा बरू टपक्क मिल्छ भने एन(९५ मास्क र सर्जिकल मास्क, वा सर्जिकल र कपडाको मास्क, आदि २ थरी मास्क एकैचोटी लगाउने गर्नुपर्छ। मास्कको दुई छेउमा गाँठो र मुजा पारेर लगाउँदा पनि मास्कलाई तपाईंको अनुहारमा उपयुक्त तरिकाले टपक्क बस्ने बनाउन सकिन्छ।

    वातायन (भेन्टिलेशन) राम्रो नभएको बन्द कोठा वा ठाउँमा अरू व्यक्तिसँग मास्क लगाएरै पनि सकेसम्म नबस्नुहोला। सकेसम्म भेटघाट, र विशेष गरी अरु व्यक्तिसँग खानपान, बाहिर खुला ठाउँमा मात्रै गर्नुहोला।

    परिवारको कसैलाई सामान्य रुघा वा खोकि वा हल्का ज्वरो मात्र वा जुनसुकै कोरोनासँग मिल्न सक्ने लक्षण छ भने पनि तुरुन्त पिसिआर जाँच गराउनुहोला। अनि रिपोर्ट नआउन्जेल घरका अरु कोही पनि सदस्य कार्यालय, स्कुल वा बाहिर कतै नजानुहोला।

    यदि घरको १ जनाको मात्र पिसिआर पोजिटिव देखियो भने पनि पोजिटिव हुने त छुट्टै बस्नै पर्‍यो, बाँकि अरुले पनि क्वारन्टिनका सबै नियमको पालना सकेसम्म गर्नुहोला। नियमः सकेसम्म सबै आफूआफू पनि छुट्टै बस्ने, एकै कोठामा बस्दा सकेसम्म मास्क लगाउने, सँगै खाना नखाने, ७(१० दिनमा पिसिआर गर्ने।

    कसैले खोप लगाउनुभएको छैन भने तुरुन्त सरकारले दिएको खोप लगाउन गइहाल्नुहोला। जतिसुकै महिनाका गर्भवती, स्तनपान गराउने आमा, जुनसुकै दीर्घरोग हुने वा औषधी खाने सबैले कोभिड विरुद्ध सरकारले उपलब्ध गराएको जुनसुकै खोप पनि लगाउन सुरक्षित छ, र लगाउनुपर्छ।

    सबैजना आफू जोगिऊँ, अरुलाई जोगाऔं ।

    संक्रामक रोग विशेषज्ञ सुवेदीको ट्वीटरबाट साभार

  • नेपालमा भित्रियो ‘बाइ प्लेन क्याथल्याब’ : ‘न्यूरो इन्टरभेन्सन’ सेवा सुरु

    नेपालमा भित्रियो ‘बाइ प्लेन क्याथल्याब’ : ‘न्यूरो इन्टरभेन्सन’ सेवा सुरु

    काठमाडौँ । तपाईलाई मस्तिष्काघात अथवा पक्षघात भयो ? नआत्तिहोस् तर जतिसक्दो छिटो विशेषज्ञ उपचार सेवा र प्रविधिका पहुँचमा पुग्ने प्रयास गर्नुहोला । यसो भएमा पूर्ववत् अवस्थामा फर्किने संभावना । साथै ‘प्यारालाइसिल’ हुनबाट जोगिन पनि सकिन्छ ।

    यसका लागि नेपालमा पहिलो पटक ‘बाइ प्लेन क्याथल्याब’ मार्फत‘न्यूरो इन्टरभेन्सन’ सेवाको सुरुआत भैसकेको छ । अत्याधुनिक तथा विश्वस्तरीय सो उपकरणलाई बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल न्यूरो हस्पिटलले विगत एकवर्षदेखि सञ्चालनमा ल्याएको हो ।

    सोही अस्पतालमा विगत एकवर्षदेखि न्यूरो इन्टरभेन्सन सेवा प्रदान गर्दै आइरहेका इन्टरभेन्सनल न्यूरो रेडियोलोजिष्ट डा. सुवास फुयालका अनुसार इन्डोभास्कुलर वा न्यूरो इन्टरर्भेन्सन भनेको बिना शल्यक्रिया क्याथेटरको माध्यमबाट बन्द भएको मस्तिष्कको नसाखोल्ने वा फुटेको मस्तिष्कको नसालाई रिपेयर गर्ने पद्धति हो । यस प्रविधिमा हात वा खुट्टाको नसाबाट क्याथेटर पठाएर मस्तिष्कको नसा भित्र जमेको रगत थेग्लो निकालिन्छ । टाउको नखोलिकन नै मस्तिष्कभित्रको गहिराईमा रहेको रक्तनलीभित्र शल्यक्रिया गरिन्छ र बिरामीलाई सञ्चो बनाइन्छ ।

    उनी अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्सेज नयाँ दिल्लीबाट न्यूरो इन्टरभेन्सनमा डीएम उपाधि हासिल गर्ने पहिलो नेपाली चिकित्सक पनि हुन् । उनले भने, “यस पद्धतिमा शल्यक्रियाका लागि टाउको नखोलिने भएकाले बिरामीलाई छिट्टै घर पठाउन सकिन्छ । उपचारमा जोखिम समेत धेरै कम हुन्छ । मस्तिष्कको समस्या जस्तै, मस्तिष्कघात, एन्युरिजम (रक्तनलीको फोको), घाँटीको नसा सुक्ने, मेरुदण्डको नसा सम्बन्धि समस्यामा न्यूरो इन्टरभेन्सन पद्धतिबाट उपचार गर्न सकिन्छ । ”

    चिकित्सकका अनुसार उच्च रक्तचापका कारण मस्तिष्कको नसा कमजोर भई ‘ब्रेन हेमोरेज’ पनि हुनसक्छ । यसो हुँदा विगतमा टाउको खोलेर फुटेको नसा सिलाइन्थ्यो । यसरी टाउको खोलेर शल्यक्रिया गर्दा जटिलताका साथ–साथै अस्पतालको बसाई पनि लम्बिन्थ्यो । तर अहिले एन्युरिज्मका कारण हुने ब्रेन हेमोरेज भएका व्यक्तिलाई तारको माध्यमबाट खुट्टाको नसा हुँदै च्यातिएको नसा भित्रभित्रै सिलाइन्छ । यसलाई क्वाइलिङ्ग भनिन्छ । यस्ता बिरामीहरुलाई साधारणतया ५-७ दिनभित्र घर पठाउन सकिन्छ । डा. फुयालले भने “ तार (क्याथेटर) को माध्यमबाट शल्यक्रिया गर्दा इन्फेक्सन हुने, लामो समयसम्म सघन उपचार कक्ष (आइसियू)मा बस्नुपर्नेलगायतका समस्याबाट पनि छुटकारा पाउन सकिन्छ । ”

    अस्पतालका कार्यकारी अध्यक्ष प्राडा मधुदीक्षित देवकोटाका अनुसार एकवर्षका अवधिमा लगभग ५०० बिरामीले‘बाइ प्लेन क्याथल्याब’ मार्फत ‘न्यूरो इन्टरभेन्सन’ सेवा लिइसकेका छन् । क्याथल्याब मार्फत मस्तिष्क भित्रको रक्तनली सम्बन्धी रोग जस्तै नसा बन्द हुनु, रगतको नसाको फुकुण्डो फुट्नु र रगतको गुच्छा, घाँटीको नसा (क्यारोटिड) सुक्नु आदिको सफल उपचार भएको छ । यी सेवा प्रदान गर्न प्राविधिक रुपमा अत्यन्त चुनौतीपूर्ण मानिन्छ ।

    उनले भने, ‘जीवनशैली, तथा खानपानमा आएको परिवर्तन, हिँडडुल र शारीरिक व्यायामको कमी, मद्यपान र धूमपानको बानीले गर्दा रगतमा बोसोको मात्रा बढी हुँदा यसले रक्तनलीको रोग निम्त्याउँछ । यसले गर्दा उच्च रक्तचाप, मस्तिष्कघात र मुटुको समस्यामा वृद्धि भएको छ ।”

    डा. फुयालले भने “न्यूरो इन्टरभेन्सन पद्धतिमा औषधिको प्रयोगबाट थ्रम्बोलाईसिस गरी रगतको थेग्लो पगाल्ने गरिन्छ । यसका लागि मस्तिष्कघात भएको साढे चार घण्टा भित्र बिरामीलाई अस्पताल पु¥याउन आवश्यक छ । तर अहिले क्याथल्याव आईसकेपछि थ्रम्बेक्टोमीकोपद्धतिबाट २४ घण्टासम्म पनि यस्ता बिरामीलाई अस्पताल पु¥याउन सकेमा बन्द भएको ठूलो रगतको नसाबाट थेग्लो निकालेर बिरामीलाई पूर्ववत् अवस्थामा ल्याउन सम्भव भएको छ ।”

    के हो मस्तिष्काघात ?

    मस्तिष्क शरिरको सबैभन्दा महत्वपूर्ण अङ्ग हो । यसमा अरबौ कोशिका हुन्छन् जिनलाई निरन्तर पोषण र अक्सिजन आवश्यक पर्दछ । यो रक्त नलीको माध्यमबाट मस्तिष्कमा पुग्दछ । डा. फुयाल भन्छन् “ मस्तिष्कको रक्तनलीमा अवरोध भए वा त्यो फुट्न गएमा मस्तिष्कमा रगत आपूर्ती कम भई स्नायु कोषिकाहरुमा तत्काल क्षति पुग्छ । यसरी उत्पन्न हुने समस्यालाई मस्तिष्काघात भनिन्छ । यसले स्नायु र स्नायुतन्तुहरुमा स्थायी क्षति पु¥याइ अकालमा ज्यान समेत जान सक्छ र बाँचे पनि जीवन भर विकलाङ्ग भई परनिर्भर हुनुपर्ने बाध्यता आउन सक्छ ।”

    चिकित्सकहरुका अनुसार मस्तिष्कमा मस्तिष्कघात भइ रक्तनली बन्द भएर उपचार नपाएको खण्डमा प्रतिमिनेट करिब २० लाख मस्तिष्कका कोशिका मर्दछन् ।

    विश्वस्वास्थ्य स्वास्थ्य सङ्गठनले मस्तिष्कघातलाई आपतकालिन स्वास्थ्य अवस्था रुपमा वर्गीकरण गरेको छ । पछिल्लो समय नेपालमा मृत्युको तेस्रो कारण मस्तिष्काघात रहेको जनाइएको छ । सरकारसँग मस्तिष्काघातबाट वर्षेनी कतिजनाले अकालमा मृत्यु वरण गर्दछन् भन्ने तथ्याङ्क भने छैन ।

    मस्तिष्क घातका लक्षण

    चिकित्सकका अनुसार मस्तिष्काघात हुँदा उभिँदा शरीरको सन्तुलन नमिल्ने, आँखाले नदेख्ने वा आँखा धमिलो हुने, एक्कासी मुख एकातिर बाँङ्गीने, हातखुट्टामा कमजोर हुने, बोली नआउने वा बोली लरबराउने र शरिररको एक भाग (हर) कमजोर हुन सक्छ । ती लक्षण पहिचान गर्न चिकित्सकले छोटकरीमा ‘बि–फास्ट’अर्थात् (सन्तुलन नहुन, रिङ्गटा लाग्नु, आँखा धमिलो देख्नु, अनुहार बाङ्गिनु, हातखुट्टा लुलो हुनु, बोली लरबराउनु, बोल्न नसक्नु, समय खेर नफाली अस्पताल पु¥याउनु) नामकरण गरेका छन् ।

    मस्तिष्काघात कसलाई हुन सक्छ ?

    ५० वर्ष उमेर नाघेका, उच्च रक्तचाप भएका , धूम्रपान र मद्यपान सेवन गर्ने व्यक्ति, मधुमेह, उच्च कोलस्टेरोल भएका, तनावपूर्ण जीवनशैली जीउने व्यक्ति, मुटु तथा रक्तसञ्चार सम्बन्धी समस्या भएका, परिवारमा मस्तिष्कघातको इतिहास भएका तथा हालसालै अथवा पुरानो मस्तिष्क सङ्क्रमणले ग्रस्त बिरामीलाई यसको जोखिम हुनसक्ने जनाइएको छ ।

    मस्तिष्कघात कसरी हुन्छ ?

    डा फुयालका अनुसार मस्तिष्कघात दुई किसिमले हुन सक्छ । एक मस्तिष्कभित्रको रक्तनलीमा रगतको थेग्लो जमेर र अर्को मस्तिष्कमा रगत आपूर्ती गर्ने धमनिहरु फुटेर । दुर्भाग्यवश पक्षाघातको रोकथाम एवं उपलब्ध सेवाहरुको सम्बन्धमा जानकारी न्यून भेटिएको छ । तसर्थ हामीले त्यस दिशामा ध्यान पु¥याउन आवश्यक छ ।

    राष्ट्रिय समाचार समिति

  • संसद चल्नुअघि ६४० जनाको कोरोना परीक्षण : चारजनामा संक्रमण पुष्टि, सभामुखको रिपोर्ट नेगेटिभ

    संसद चल्नुअघि ६४० जनाको कोरोना परीक्षण : चारजनामा संक्रमण पुष्टि, सभामुखको रिपोर्ट नेगेटिभ

    काठमाडौँं । मंगलबारदेखि सुरु हुन लागेको संघीय संसदको बैठकलाई लक्षित गरि सरकारले सभामुखसहित सांसद, संसद सचिवालयका कर्मचारी, मर्यादापालक तथा सुरक्षाकर्मी गरी ६४० जनाको कोरोनाभाइरस परीक्षण गरेको छ । एन्टीजेन विधिबाट गरिएको परीक्षणमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    पोजेटिभ आउने ४ जनामा दुई जना संसद सचिवालयका कर्मचारी र दुई जना सुरक्षाकर्मी रहेको परीक्षण गर्न जाने स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसीडी)को टोलीले जानकारी दिएको छ ।

    स्वास्थ्यटोलीको नेतृत्व गरेका इडिसिडीका ल्याव टेक्निसियन निरीक्षक भोला अधिकारीले विहान ११ देखि दिउसो सवा तीन बजेसम्म १५७ जना सांसदसहित ६४० जनाको कोभिड परीक्षण गरेको बताए । उनले अझै २६० जनाको परीक्षणको रिपोर्ट आउन बाँकी रहेको र उनीहरुको रिपोर्ट भोलि बिहान आउने जनाए ।

    यसअघि संसद सचिवालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत इडिसिडीलाई सांसद, कर्मचारी, सुरक्षाकर्मी, मर्यादापालक र सवारी चालक गरी कुल ९०० जनाको कोभिड परीक्षण गरिदिन भनेको थियो ।

    एन्टिजेन परीक्षणका लागि नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, स्काई लाइट हल, तोकिएको थियो । महाधिवेशन चलेकाले कांग्रेस सांसदहरुले आज कोरोना परीक्षण गराएनन् । उनीहरुको भोलि बिहान परीक्षण गराइने भएको छ ।

  • मोडर्ना खोपको तेस्रो खेप नेपाल आइपुग्यो : थप १९ लाख ६५ हजार डोज काठमाडौंमा

    मोडर्ना खोपको तेस्रो खेप नेपाल आइपुग्यो : थप १९ लाख ६५ हजार डोज काठमाडौंमा

    काठमाडौं । कोभिड-१९ विरुद्धको मोडर्ना खोपको थप १९ लाख ६५ हजार ६०० डोज नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत नेपाललाई प्राप्त मोडर्ना खोपको तेस्रो खेप आइतबार बिहान सवा ९ बजे नेपाल आइपुगेको स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखाले जानकारी दिएको छ ।

    यसअघि अघिल्लो साता १ लाख ८८ हजार डोज र गत शुक्रबार १४ लाख ९८ हजार ६०० डोज मोडर्ना खोप नेपाल आइसकेको छ ।

    सरकारले यो खोप उक्त खोप १२ देखि १७ वर्षसम्मका बालबालिकालाई ४ पुस देखि लगाउने योजना बनाएको छ ।

  • थप २५४ जना संक्रमित थपिए

    थप २५४ जना संक्रमित थपिए

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) का २५४ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६८२ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

    मन्त्रालयका अनुसार ६ हजार २६८ जनाको पीसीआर गर्दा २४२ र २ हजार ४१४ जनको एन्टीजेन परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको हो ।

    आज थप एकजनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यस्तै थप २३४ जना संक्रमित निको भएर घर फर्किएका छन् ।आज देशभरी ५ हजार ८९० जना सक्रिय संक्रमित रहेका छन् ।

  • एमबीबीएस पढाइको शुभारम्भ गर्न राष्ट्रपति जुम्ला आउँदै, सबै तयारी पूरा

    एमबीबीएस पढाइको शुभारम्भ गर्न राष्ट्रपति जुम्ला आउँदै, सबै तयारी पूरा

    जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा एमबिबीएसलगायतका शैक्षिक कार्यक्रमको शुभारम्भ गर्न राष्ट्रपति विद्यादेवी भण्डारी आज जुम्ला आउँदैछिन् ।

    राष्ट्रपतिको स्वागतका लागि प्रतिष्ठानले सबै तयारी पूरा गरेको छ । राष्ट्रपतिले ७६ करोड रुपैयाँ लागतमा बन्न लागेको क्वार्टर र एकेडेमिक भवनको शीलान्यास गर्ने कार्यक्रम छ ।

    रजिष्ट्रार नृपेन्द्र महतका अनुुसार राष्ट्रपति भण्डारी आज ११ बजे नेपाली सेनाको हेलिकोप्टरबाट जुम्ला पुग्ने कार्यक्रम छ । ‘क्वार्टर र एकेडेमिक भवनको शिलान्यास गर्ने र त्यसपछि एमबीबीएस, बीएनएस, बीफार्मालगायतका शैक्षिक कार्यक्रम शुभारम्भ भएको घोषणा गर्नेछिन्,’ रजिस्टार महतले भने ।

    राष्ट्रपति जुम्ला आउने भएपछि कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियार र संघीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भवानीप्रसाद खातुन जुम्ला पुगिसकेका छन् ।

    एमबीबीएसमा १९, बीपीएचमा आठ, बीएनएसमा १६, बिफार्मामा आठ र बीएमएसमा ११ विद्यार्थी भर्ना भएका छन् । छात्रवृत्तिका विद्यार्थी मात्र भर्ना भएको प्रतिष्ठानले जनाएको छ । पिछडिएको क्षेत्रमा सहजरूपमा स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षाको पहुँच पु¥याउन र स्वास्थ्य विज्ञानको क्षेत्रमा उच्चस्तरीय अध्ययन अनुसन्धानको व्यवस्था गरी आवश्यक जनशक्ति उत्पादन गर्ने प्रतिष्ठानको प्रमुख लक्ष्य रहेको छ ।

    अहिले स्नातकोत्तर तहको एमडीएमएस कार्यक्रमलगायतका शैक्षिक कार्यक्रम सञ्चालन भइरहेका छन् । एमबीबीएस, बिएनएस, बिफार्मालगायतका संकायहरु सञ्चालनमा आउनु कर्णाली प्रदेशको मात्र नभई सम्पूर्ण राष्ट्रको गौरव रहेको प्रतिष्ठानले जनाएको छ ।

  • २३६ जना कोरोना संक्रमित थपिए, ३०७ जना डिस्चार्ज

    २३६ जना कोरोना संक्रमित थपिए, ३०७ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा आज कोरोना भाइरस (कोभिड—१९) का २३६ जना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १७८ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

    मन्त्रालयका अनुसार ५ हजार ६७२ जनाको पीसीआर गर्दा १९४ र ३ हजार ५०६ जनको एन्टीजेन परीक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको हो ।

    आज थप एकजनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

    यस्तै थप ३०७ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

    आज देशभरी ५ हजार ८८३ जना सक्रिय संक्रमित रहेका छन् ।

  • नेपालमा कोरोनाविरुद्ध दुई करोड मात्रा खोप लगाइयो

    नेपालमा कोरोनाविरुद्ध दुई करोड मात्रा खोप लगाइयो

    काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको दुई लाख मात्रा खोप लगाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना भाइरसविरुद्धको खोप दुई करोड मात्रा लगाइएको बताए । उनका अनुसार दुई करोड दुई लाख ३४ हजार ८२२ मात्रा खोप लगाइएको छ ।

    तीमध्ये एक करोड १० लाख ६६ हजार ४६४ जनाले एक मात्रा र ९१ लाख ६८ हजार ३५८ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । सबभन्दा बढी शुक्रबार खोप लगाएका छन् । उनका अनुसार तीन लाख २९ हजार ३२१ जनाले खोप लगाएका छन् । सरकारले दैनिक दुई लाख जनालाई खोप उपलब्ध गराउने व्यवस्था गरेको छ ।

    सरकारले गत माघदेखि कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन गरेको हो । अहिले सबै नागरिकलाई सरकारले खरिद गरेर र कोभ्याक्समार्फत ल्याएका खोप लगाउँदैछ । यस्तै लक्षितमध्ये ५५.५ प्रतिशतले पहिलो मात्रा र ४६ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन् । नेपालमा एक करोड ९९ लाख २२ हजार १६४ जनालाई खोप लगाउने सरकारको लक्ष्य छ । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले दुई करोड ९४ लाख ५३ हजार ७३० मात्रा खोप आइपुगेको छ ।

  • आज यसवर्षकै चिसो दिन : काठमाडौंको न्यूनतम तापक्रम ५.४ डिग्री

    आज यसवर्षकै चिसो दिन : काठमाडौंको न्यूनतम तापक्रम ५.४ डिग्री

    काठमाडौं । काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम ५.४ डिग्री मापन गरिएको छ । शुक्रबार उपत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्री थियो ।

    न्यूनतम तापक्रम घटेसँगै देशभर चिसो बढ्दै गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशभर चिसो बढ्ने क्रममा रहेकाले बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

    आगामी साताको मध्यतिर पश्चिमी वायुसँगै आएको पश्चिमी न्यूनचापीय प्रणाली (कुण्ड) का कारण सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ ।

    मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम पाँच दशमलव चार डिग्री र अधिकतम तापक्रम २० दशमलव सात डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस चार दशमलव सात डिग्री र सबैभन्दा धेरै भैरवाको अधिकतम तापक्रम ३० दशमलव चार डिग्री सेल्सियस रहेको छ ।

  • शुक्रबार २५० जनामा संक्रमण पुष्टि, एकैदिनमा ३ लाखभन्दा बढीले लगाए खोप

    शुक्रबार २५० जनामा संक्रमण पुष्टि, एकैदिनमा ३ लाखभन्दा बढीले लगाए खोप

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा २५९ जना कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ४८७ नमुना (६४७२ पीसीआर र ४०१५ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    ३३७ जना निको भएका छन् भने ३ जनाको कोभिड संक्रमणले मृत्यु भएको छ । सक्रिय संक्रमित संख्या ५९९७ छ ।

    शुक्रबारको दैनिक संक्रमण दर झन्डै ३ प्रतिशत छ ।

    पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार ३२१ डोज कोरोनाभाइरसविरुद्धको खोप लगाइएको छ ।

    कूल संक्रमित संख्या ९ लाख १९ हजार ५१४ छ । कूल मृत्यु ११ हजार ५५२ र कूल निको हुने संख्या ८ लाख ६ हजार छ । अहिले संस्थागत आइसोलेसनमा ९६ जना छन् ।

    अहिलेसम्म २ करोड २ लाख जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

  • पुस ४ गतेदेखि विद्यार्थीलाई स्कुलमै कोरोनाविरुद्धको मोडर्ना खोप लगाइने, कुन-कुन जिल्लामा लगाइनेछ ?

    पुस ४ गतेदेखि विद्यार्थीलाई स्कुलमै कोरोनाविरुद्धको मोडर्ना खोप लगाइने, कुन-कुन जिल्लामा लगाइनेछ ?

    काठमाडौं । आगामी पुस ४ गतेदेखि १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई विद्यालयमै कोभिड-१९ विरुद्धको खोप लगाइने भएको छ । मुलुकका ५७ जिल्लाका विद्यालयबाटै स्कुले विद्यार्थीलाई उक्त खोप दिन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    सरकारले खोप लक्षित समूहमा राखेको बालबालिकाको संख्या करिब ३४ लाख रहेको अनुमान छ । उनीहरूलाई लगाउन यसअघि आएका समेत गरी आइतबारसम्म मोडर्नाको ३६ लाख डोज खोप जम्मा हुने जनाइएको छ ।

    स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख सागर दाहालले खोप आइसकेको भोलिपल्टैबाट जिल्लामा पठाउने तयारी भइरहेको छ । ‘पहिलो डोजका लागि आधा मात्रै खोप पठाइन्छ । ४ पुसदेखि ५७ जिल्लाका सबै स्कुलबाट खोप दिइनेछ,’ दाहालले भने ।

    कोभ्याक्स सुविधामार्फत बिहीबार मात्रै मोडर्नाको करिब १५ लाख डोज खोप आएको छ । यसअघि एक लाख ८८ हजार डोज आएको थियो । आइतबार १९ लाख ६५ हजार ६ सय डोज आउने तयारी छ । कोभ्याक्सले नेपाललाई दिएको निःशुल्क खोप हो यो । परिवार कल्याण महाशाखा प्रमुख डा. विवेक लालका अनुसार मोडर्नाकै थप ४० लाख डोज खरिद गरेर ल्याउन लागिएको छ ।

    पुस ४ गतेदेखि ५७ जिल्लाका विद्यालयमा खोप लगाइने भएको छ । जसमा इलाम, पाँचथर, ताप्लेजुङ, भोजपुर, धनकुटा, तेह्रथुम, संखुवासभा, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, सिराहा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रामेछाप, रसुवा, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, धादिङ, मकवानपुर, गोरखा, म्याग्दी, मुस्ताङ, लमजुङ, पर्वत, नवलपरासी पूर्व, स्याङ्जा, तनहुँ, मनाङ, रुकुम पूर्व, रोल्पा, प्युठान, गुल्मी, अर्घाखाँची, पाल्पा, नवरपरासी पश्चिम, कपिलवस्तु, बर्दिया, डोल्पा, रुकुम पश्चिम, सल्यान, दैलेख, जाजरकोट, हुम्ला, जुम्ला, कालिकोट, मुगु, अछाम, डोटी, बझाङ, बाजुरा, कञ्चनपुर, बैतडी, दार्चुला छन् ।

  • १५ लाख डोज मोडर्ना खोप काठमाडौं आइपुग्यो, आइतबार थप १९ लाख ६५ हजार डोज आउँदै

    १५ लाख डोज मोडर्ना खोप काठमाडौं आइपुग्यो, आइतबार थप १९ लाख ६५ हजार डोज आउँदै

    काठमाडौं । नेपालले कोभ्याक्स सुविधाअन्तर्गत थप करिब १५ लाख मोडर्ना खोप प्राप्त गरेको छ । उक्त परिमाणको खोप काठमाडौं आइपुगेको छ ।

    स्वास्थ्य सेवा विभागको आपूर्ति शाखाका वरिष्ठ फार्मेसी अधिकृत डा. बडेबाबु थापाले बिहीबार दिउँसो १४ लाख ९७ हजार छ सय डोज मोडर्ना खोप नेपाल आइपुगेको जानकारी दिए ।

    आगामी आइतबार १९ लाख ६५ हजार छ सय खोप काठमाडौं आइपुग्ने समेत थापाले जानकारी दिए । गत शुक्रबार एक लाख ८८ हजार चार सय डोज मोडर्ना खोप नेपाल ल्याइएको थियो । नेपालले अहिलेसम्म दुई करोड ९४ लाख ५४ हजार १३० डोज खोप प्राप्त गरिसकेको छ ।

    मोडर्ना खोप १८ वर्ष मुनिका बालबालिकालाई लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    खोप अभियान सुरु भएदेखि हालसम्म नेपालमा कुल एक करोड ९९ लाख पाँच हजार ५०१ मात्रा खोप लगाइएको छ । जसमध्ये एक करोड आठ लाख ४६ हजार ९१९ जनाले पहिलो मात्रा र ९० लाख ५८ हजार ५८२ जनाले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    त्यस्तै, १८ वर्ष वा सोभन्दा माथिका लक्षित जनसङ्ख्यामा ५४.४ प्रतिशतले एक मात्रा र ४५.५ प्रतिशत पूर्ण मात्रा खोप लगाएका छन् ।

  • थपिए २११ कोरोना संक्रमित, २ जनाको मृत्यु

    थपिए २११ कोरोना संक्रमित, २ जनाको मृत्यु

    काठमाडौं । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) का २११ जना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ४५१ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

    मन्त्रालयका अनुसार ८ हजार १८ जनाको पीसीआर परीक्षण गर्दा १९७ र १ हजार ४३३ जनाको एन्टीजेन परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयले आज थप ३२९ जना संक्रमित निको भएर घर फर्किएको जनाएको छ । यस्तै आज थप २ जनाको मृत्यु भएको छ ।

    आज देशभरी ६ हजार १०५ जना सक्रिय संक्रमित रहेका छन् ।

     

  • बुस्टर डोज ओमिक्रोनविरुद्ध प्रभावकारी रहने फाइजर र बायो एनटेकको दावी

    बुस्टर डोज ओमिक्रोनविरुद्ध प्रभावकारी रहने फाइजर र बायो एनटेकको दावी

    एजेन्सी । खोप निर्माता कम्पनी फाइजर र वायो एनटेकले आफूले उत्पादन गरेको कोभिड खोप कोरोनाको नयाँ भेरियन्टविरुद्ध पनि काम गर्ने बताएका छन् ।

    बुस्टर डोज लगाएमा ओमिक्रोनविरुद्ध प्रभावकारी हुने ती कम्पनीको दावी छ । अन्य भेरियन्टविरुद्ध दुई डोज खोप लगाए बराबरको एन्टीबोडी ओमिक्रोनका लागि तीन डोज लगाउँदा मात्र प्राप्त हुने ती कम्पनीहरुले जनाएका छन् ।

    फाइजरको तेस्रो डोज लगाउँदा ओमिक्रोनलाई निस्तेज पार्न सकिने फाइजरका प्रमुख कार्यकारी अल्बर्ट बोउर्लाले जानाकारी दिए । ‘अहिले देखिएको नयाँ भेरियन्टको भाइरसबाट जोगिने सबैभन्दा प्रभावकारी तरिका भनेको बुस्टर डोज हो,’ उनले भने ।

    आफूहरुको अध्ययन प्रारम्भिक भएको र अझै थप अनुसन्धान आवश्यक भएको उनले जनाएका छन् ।

    आफूहरुले ओमिक्रोनलाई लक्षित गरेर विशेष प्रकारको खोप आविश्कार गर्न लागेको पनि ती कम्पनीको भनाइ छ । आगामी १०० दिनभित्र नयाँ खोप तयार हुने उनीहरुले बताएका छन् ।

    यसअघि विश्व स्वास्थ्य संगठनले अहिले प्रचलनमा रहेका खोपहरुले ओमिक्रोनका लागि काम गर्ने जनाएको थियो । ओमिक्रोनविरुद्ध अहिले प्रचलनमा आएका खोपहरुको प्रभावकारीतावारे विज्ञहरुले विभिन्न अनुसन्धान गरिरहेका छन् ।

    ओमिक्रोन अहिलेसम्मकै खतरनाक भेरियन्ट भएको विज्ञहरुले बताउँदै आएका छन् ।

  • वीरगञ्ज सीमा क्षेत्रमा कोरोना परीक्षण थालियो

    वीरगञ्ज सीमा क्षेत्रमा कोरोना परीक्षण थालियो

    वीरगञ्ज । कोरोनाभाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सम्भावित जोखिमलाई ध्यान दिँदै वीरगञ्ज सीमा क्षेत्रमा ‘हेल्थडेस्क’ स्थापना गरी अनिवार्य स्वास्थ्य परीक्षण थालिएको छ ।

    भारतबाट नेपाल प्रवेश यात्रुलाई गर्दा अनिवार्य रुपमा स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

    जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को निर्णय अनुसार भारतबाट आउनेलाई सबैलाई अनिवार्य स्वाथ्य परीक्षण गर्नुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए। उनका अनुसार वीरगञ्जको शङ्कराचार्य गेटमा आवागमनमा कडाइ गर्नुका साथै स्वास्थ्य परीक्षण अनिवार्य गरिएको हो । नेपाल र भारत दुवै देशमा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ का सङ्क्रमित भेटिएसँगै नेपालको सीमावर्तीे वीरगञ्ज नाकामा उच्च सतर्कता बढाइएको छ ।

    भारतमा ओमिक्रोनका सङ्क्रमित भेटिएसँगै पुनःजिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रमार्फत आवश्यक सजगता अपाउने गरी तयारी अघि बढाइएको पर्साका प्रजिअ ढकालले जानकारी दिए । यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीरगञ्जस्थित सूर्य हस्पिटलले ‘आमा सुरक्षा’ कार्यक्रम सञ्चालन गर्न अनुमति दिएको छ ।

  • थप परीक्षणका लागि सुदूरपश्चिमका १३ कोरोना संक्रमितको स्वाब टेकु प्रयोगशालामा

    थप परीक्षणका लागि सुदूरपश्चिमका १३ कोरोना संक्रमितको स्वाब टेकु प्रयोगशालामा

    कैलाली । सुदूरपश्चिम प्रदेशबाट १३ जना कोरोना सङ्क्रमितको स्वाब काठमाडौँ पठाइएको छ ।

    भारतबाट आएका तीन जना सङ्क्रमित तथा सेती अस्पतालमा कोरोना पुष्टि भएका दश जनाको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख रामप्रसाद ओझाले जानकारी दिए ।

    अफ्रिकी मुलुकबाट सुरु भएको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पनि देखिएको छ । सुदूरपश्चिममा नयाँ भेरियन्टको संक्रमण सुरु भए , नभएको पुष्टि गर्न काठमाडौँ पठाइएको उनले जानकारी दिए ।

    ‘अहिले सम्म यता नयाँ भेरियन्ट देखिएको छैन तर, हामी ढुक्क भएर बस्ने अवस्था छैन’ उनले भने, ‘त्यही भएर हामीले स्वाब काठमाडौँ पठाएका हौँ ।’

    यस अघि पनि कोरोना संक्रमण भए÷नभएको पुष्टि प्रदेशमा नै परीक्षण गरी नतिजा आउने भएपनि अहिले नयाँ भेरियन्ट भएकाले स्वाब काठमाडौं पठाइएको हो ।

    सोमबार मात्रै स्वस्थ्य मन्त्रालयले नेपालमा दुईजनामा यो भेरिन्टको संक्रमण पुष्टि भएको जानकारी दिएको थियो ।