Category: स्वास्थ्य-जीवनशैली

  • भारतमा एकैदिन १ लाख ४१ हजार संक्रमित, दिल्लीमा कर्फ्यु लागू

    भारतमा एकैदिन १ लाख ४१ हजार संक्रमित, दिल्लीमा कर्फ्यु लागू

    दिल्ली । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसका १ लाख ४१ हजार ९८३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधीमा संक्रमणले २८५ जनाको मृत्यु भएको छ ।

    ४० हजार ८१६ जना संक्रमणमुक्त भएका छन् ।

    सक्रिय संक्रमित संख्या ४ लाख ६६ हजार ३११ पुगेको छ । एकैदिनमा एक्टिभ केसमा एकलाख वृद्धि भएको छ ।

    लगातार दोस्रो दिन भारतमा संक्रमित संख्या एकलाख माथि छ । सबैभन्दा बढी महाराष्ट्र राज्यमा ४० हजार ९२५ केस देखिएका छन् । बंगालमा १८ हजार २१३ र दिल्लीमा १७ हजार ३३५ संक्रमित देखिएका छन् ।

    राजधानी दिल्लीमा शुक्रबार राती १० बजेदेखि सोमबार बिहान ५ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको छ । यो दौरानमा सर्वसाधारणलाई घरबाट बाहिर निस्कन अनुमति छैन ।

  • माओवादी अध्यक्ष प्रचण्डलाई पनि कोरोना संक्रमण

    माओवादी अध्यक्ष प्रचण्डलाई पनि कोरोना संक्रमण

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि कोरोना संक्रमण भएको छ ।

    प्रचण्डको निजी सचिवालयले स्वास्थ्यमा केही असहजता देखिएकोले हिजो बेलुकी पीसीआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको बताएको छ।

    ‘उहाँ अहिले आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहनु भएको र स्वास्थ्य अवस्था सामान्य छ,’ उनकी स्वकीय सचिव गंगा दाहालले भनेकी छिन्, ‘यो बीचमा उहाँको सम्पर्कमा रहनु भएका सबैले सतर्कता अपनाउनु हुन अनुरोध गर्दछौं। डाक्टरको सल्लाहअनुसार आइशोलेसनमा बस्नुपर्ने भएकोले पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको जानकारी गरॉउदछौं।’

    माओवादी नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना संक्रमण भएको छ। त्यस्तै माओवादी केन्द्रीय कार्यालयका अधिकांश कर्मचारीलाई समेत कोरोना भएपछि कार्यालय नै बन्द गरिएको छ।

  • खोप अभियानलाई तीव्रता दिन र अस्पतालमा अक्सिजनको तयारी गर्न प्रधानमन्त्रीको निर्देशन (भिडिओ)

    खोप अभियानलाई तीव्रता दिन र अस्पतालमा अक्सिजनको तयारी गर्न प्रधानमन्त्रीको निर्देशन (भिडिओ)

    काठमाडौं । शुक्रबार २४ जनामा ओमिक्रोन र झन्डै एकहजार जनामा कोरोना संक्रमण पुष्टि भएपछि कोभिड-१९ संकट व्यवस्थापन केन्द्र समन्वय समिति (सीसीएमसी)को बैठक बसेको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा ओमिक्रोन फैलिएपछि कोरोनाको जोखिमको अवस्थाबारे ब्रिफिङ गरिएको थियो । कोरोनाको तेस्रो लहर रोकथामबारेको तयारी र मापदण्डबारे समेत प्रधानमन्त्रीलाई जानकारी गराइएको थियो ।

    बैठकपछि नेपाल प्रेससँग कुरा गर्दै सीसीएमसी प्रवक्ता सुनिता नेपालले ओमिक्रोन फैलिएको र संक्रमण उकालो लागेको बारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरिएको बताइन् ।

    बैठकमा प्रधानमन्त्री देउवाले कोरोनाबारे जनचेतना जगाउने कामलाई अघि बढाउन, खोप अभियानलाई तीव्रता दिन, अत्यावश्यक व्यक्तिको लागि चाँडै बुस्टर डोजको व्यवस्था गर्न, अस्पतालमा अक्सिजन लगायतको व्यवस्था गर्न र सीमा क्षेत्रमा होल्डिङ सेन्टर निर्माण कार्यलाई तीव्रता दिन निर्देशन दिएका थिए ।

    बैठकमा स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले नयाँ भेरिएन्टको फैलने क्रम, आगामी रणनीति र तयारीबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । ‘आजको बैठकमा पछिल्लो स्थितीबारे छलफल भयो तर, निर्णय भएको छैन’ प्रवक्ता नेपालले भनिन्, ‘आगामी आइतबार वा सोमबार पुनः सीसीएमसी बैठक बसेर मन्त्रिपरिषद्लाई सिफारिस गर्नेछौं ।’

    बैठकमा स्थानीय तहमा जोखिमको अवस्था हेरेर स्मार्ट लकडाउनको कार्यविधिअनुसार अघि बढ्न जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)लाई निर्देशन गर्ने निर्णय भएको छ । केन्द्रको निर्णयअनुसार अब स्थानीय डीसीसीएमसीले आफ्नो ठाउँमा जोखिमको मूल्यांकन गरेर आवश्यक निर्णय लिन सक्नेछन् । ‘सुरुमा कर्मचारी कम राखेर काम गराउने, विद्यालय र भीडभाड हुने ठाउँलाई रोक्नेजस्ता उपायहरु हुनसक्छन् । त्यसपछि पनि संक्रमण वृद्धि भए निषेधाज्ञामै जानुपर्ने हुनसक्छ’ प्रवक्ता नेपालले नेपाल प्रेसलाई भनिन् ।

    अध्यागमनले जारी गरेको भारतसहितका मुलुकबाट आउने यात्रुले अनिवार्य १० दिन क्वारेन्टिन बस्नुपर्ने नियमलाई नागरिक दायित्व सम्झिएर पालना गर्न समेत उनले आग्रह गरिन् ।

    सीसीएमसी प्रमुख रामप्रसाद थपलियाले पुनः बस्ने बैठकले निर्णयका लागि मन्त्रिपरिषद्मा प्रस्ताव गर्ने बताए । ‘आज छलफल मात्र भयो तर, पुनः बस्ने बैठकले मन्त्रिपरिषद्मा सिफारिस गर्छ’ उनले भने ।

    शुक्रबार २४ वटा ओमिक्रोन केस पुष्टि भएपछि सीसीएमसी अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले बैठक बोलाएका हुन् ।

     

  • शुक्रबार एकैदिनमा ९६८ जना कोरोना संक्रमित थपिए

    शुक्रबार एकैदिनमा ९६८ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ९६८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १४ हजार ९७१ कूल नमुना परीक्षण (८२७२ पीसीआर र ६६९९ एन्टीजेन) गर्दा ती संक्रमित थपिएका हुन् ।

    कोभिड संक्रमणको कारण आज कुनै मृत्यु भएको छैन । पछिल्लो २४ घण्टामा २६२ जना निको भएका छन् ।

    सक्रिय संक्रमित संख्या ५७४१ पुगेको छ । आज २ लाख ६३ हजार जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।

    आजको दैनिक संक्रमणदर झन्डै ७ प्रतिशत पुगेको छ ।

    काठमाडौं उपत्यकाका तीन जिल्लामा ३६९ जना संक्रमित थपिएका छन् । काठमाडौंमा २८४, ललितपुरमा ६२ र भक्तपुरमा २३ जना संक्रमित थपिएका छन् ।

  • शिक्षक र विद्यार्थीमा कोरोना संक्रमणपछि दाङका विद्यालय माघ ३ गतेसम्म बन्द

    शिक्षक र विद्यार्थीमा कोरोना संक्रमणपछि दाङका विद्यालय माघ ३ गतेसम्म बन्द

    तुलसीपुर उपमहानगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयहरु माघ ३ गतेसम्मका लागि पूर्ण रुपमा पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। विद्यालयका शिक्षक र विद्यार्थीहरुमा कोरोना संक्रमण दर फैलिएपछि शुक्रबार तुलसीपुर उपमहानगरपालिकाको आकस्मिक बैठक बसी यस्तो निर्णय गरेको हो ।

    सामुदायिक विद्यालयमा कोरोना संक्रमणको दर तीव्र रुपमा बढेपछि पठनपाठन बन्द गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

    मंगलबार र बिहिबार गरीएको परिक्षणमा तुलसीपुर क्षेत्रका सामुदायिक र संस्थागत विद्यालय गरी ५ वटा विद्यालयका शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि आउने आइतबारदेखी ८३ वटा सामुदायिक र ६८ वटा संस्थागत विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय भएको उपमहानगरपालिकाले जनाएको छ ।

    बैठक शिक्षा समितिको संयोजक कुमार लामीछानेको अध्यक्षतामा बसेको बैठकमा जनस्वास्थ्य प्रर्वद्धन शाखा प्रमुख ओमपी न्यौपाने, वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक नवराज लामीछाने, शिक्षा समितिका सदस्य श्याम डाँगी र विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

  • ओमिक्रोन भरिअन्टलाई कमजोर नआँक्न डब्लुएचओको चेतावनी

    ओमिक्रोन भरिअन्टलाई कमजोर नआँक्न डब्लुएचओको चेतावनी

    काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोनले मानिसको ज्यान लिइरहेकाले यसलाई कमजोर नआँक्न पुनः चेतावनी दिएको छ ।

    पछिल्ला अध्ययनले ओमिक्रोनले अन्य भेरिअन्टभन्दा कम मात्रामा मात्रै सङ्क्रमितलाई अस्पतालको उपचार चाहिने अवस्थामा पुर्‍याउने देखिएको जनाएका छन्।

    डब्ल्यूएचओ प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले ओमिक्रोनले धेरै सङ्ख्यामा मानिसहरू सङ्क्रमित हुँदा स्वास्थ्य प्रणालीहरू दबावमा परेको बताएका छन्। राष्ट्रसङ्घीय स्वास्थ्य सङ्गठनले गतसाता विश्वभर सङ्क्रमणको सङ्ख्या ७१ प्रतिशतले बढेको र अमेरिकी महाद्विपमा १०० प्रतिशतले बढेको जनाएको छ। विश्वभरका गम्भीर सङ्क्रमणको घटनामध्ये ९० प्रतिशत सङ्क्रमितले कोभिड खोप नलगाएको पनि डब्ल्यूएचओले बताएको छ।

    ‘डेल्टाभन्दा ओमिक्रोन विशेषगरी खोप प्राप्त गरेका व्यक्तिहरूमा कम घातक देखिएको भए पनि यसको आधारमा त्यसलाई कम जोखिमयुक्त भनेर वर्गीकरण गर्नु हुँदैन’ बिहीवार आयोजित प्रेस ब्रिफिङमा डब्ल्यूएचओ प्रमुखले भने।

    ‘पहिलेका भेरिअन्टले जस्तै ओमिक्रोनले मानिसहरूलाई अस्पताल पुर्‍याउने र मार्ने गरिरहेको छ। वास्तवमा सङ्क्रमणको सुनामी यति विशाल र तीव्र छ कि विश्वभरिका स्वास्थ्य प्रणालीलाई दबाव परेको छ’ उनले भने ।

  • भारतमा एकै दिन १ लाख १७ हजार कोभिड संक्रमित, मुम्बईमा लकडाउन तयारी

    भारतमा एकै दिन १ लाख १७ हजार कोभिड संक्रमित, मुम्बईमा लकडाउन तयारी

    दिल्ली । भारतमा कोभिड संक्रमितको संख्या एकलाख नाघेको छ । पछिल्लो २४ घन्टामा एक लाख १७ हजार १०० जनामा संक्रमण देखिएको छ । यो अवधिमा ३०४ जनाको कोभिडका कारण मृत्यु भएको छ ।

    भारतमा एक साताअघि दैनिक संक्रमण १० हजार थियो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै कोभिड संक्रमितको संख्या बढेको छ ।

    भारतमा २६ राज्यमा ओमिक्रोन भेरिअन्ट देखिएको छ । सात महिनापछि पहिलो पटक संक्रमितको संख्या एक लाख नाघेको हो । सन् २०२१ को ६ जुनमा भारतमा १ लाखभन्दा बढी नयाँ संक्रमित देखिएका थिए ।

    कोभिडबाट महाराष्ट्र सबैभन्दा बढी प्रभावित छ । महाराष्ट्रमा शुक्रबार ३६ हजार २६५ नयाँ संक्रमित भेटिएका छन् । संक्रमण बढेपछि मुम्बईमा लकडाउन गर्ने तयारी भएको छ ।

  • दाङमा ३० जना शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण

    दाङमा ३० जना शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण

    तुलसीपुर । दाङ तुलसीपुरको गुरुजजुर माध्यमिक विद्यालय रक्षाचौरका ११ जना शिक्षक र विद्यार्थीसहित ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। रिर्पोटअनुसार रक्षाचौरको ११ जना शिक्षक र विद्यार्थीसहित ३० जनामा कोरोना संक्रमण पुष्टि भएको तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिए ।

    त्यस्तै सेन्टर माविमा १५ जनामा कोरोन संक्रमण पुष्टि भएको छ। यसअघि तुलसीपुरका आश्वरा माध्यमिक विद्यालय बालमितेरी र जनता संस्कृत माध्यमिक विद्यालयका विद्यार्थी र शिक्षकमा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो। तुलसीपुर क्षेत्रमा चार-पाँच दिनको अवधीमा हालसम्म ६९ जनामा संक्रमण पुष्टि भएको छ भने परिक्षण कार्य जारी रहेको छ ।

    त्यस्तै बिहीबार ओमिक्रोन हो वा होइन भनेर परिक्षणका लागि २० जनाको स्वाब नेपालगञ्ज पठाइएको केसीले बताए । उनका अनुसार स्वाबको नतिजा आउन कम्तीमा पनि एक हप्ता लाग्ने छ । कोरोना बढेपछि तुलसीपुर क्षेत्रका ३ बिद्यालय बन्द भएका छन् ।

  • नेपालमा तीन महिनायताकै उच्च संक्रमण : बिहीबार ५४० जना कोरोना संक्रमित थपिए

    नेपालमा तीन महिनायताकै उच्च संक्रमण : बिहीबार ५४० जना कोरोना संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ५४० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार ९९ नमुना (७२०९ पीसीआर र ४८९० एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका छन् ।

    सोही अवधीमा थप १ जनाको कोभिड संक्रमणले मृत्यु भएको छ । २७१ जना निको भएर घर फर्किएका छन् ।

    सक्रिय संक्रमित संख्या ५४३१ पुगेको छ । १ लाख २० हजार जनाले बिहीबार कोभिडविरुद्धको खोप लगाएका छन् ।

    आजको दैनिक संक्रमणदर झन्डै ७ प्रतिशत पुगेको छ । आज पुष्टि भएको संक्रमण गत तीन महिनायताकै उच्च हो । गत कात्तिक १० गते ५८२ संक्रमण पुष्टि भएको थियो ।

    काठमाडौं उपत्यकामा आज ३१० जना संक्रमित थपिएका छन् जसमा काठमाडौं जिल्लामा २२१ जना, ललितपुरमा ५९ र भक्तपुरमा ३० जना संक्रमित थपिएका छन् ।

    पीसीआर परीक्षण गर्दा कूल संक्रमित संख्या ५ लाख ३० हजार ४८० र एन्टीजेन परीक्षण गर्दा ९६ हजार ४४५ संक्रमित पुष्टि भएको छ । कूल मृत्यु ११ हजार ६०२ छ ।

     

  • स्वास्थ्यमन्त्री-राजदूत भेटवार्ता : जापानले कोभिड-१९ रोकथामका लागि नेपाललाई थप सहायता दिने

    स्वास्थ्यमन्त्री-राजदूत भेटवार्ता : जापानले कोभिड-१९ रोकथामका लागि नेपाललाई थप सहायता दिने

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र नेपालका लागि जापानका राजदूत किकुता युताकाबीच भेटघाट भएको छ । मन्त्रालयमा आज आयोजित भेटमा दुई देशबीच परस्परिक सहयोग र कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि निर्वाह गर्नसक्ने भूमिकाबारे छलफल भएको थियो ।

    मन्त्री खतिवडाले कोभिड–१९ निवारणका लागि नेपाललाई आवश्यक सामग्री उपलब्ध गराएकामा जापान सरकारलाई धन्यवाद दिए । जापानले नेपाललाई १६० थान अक्सिजन जेनेरेटर, २५ थान ब्लड ग्यास एनालाइजर, २५ थान पोर्टेबल अल्ट्रासाउन्ड इमेज डायग्नोस्टिक सिस्टम र छ थान जापानमा निर्मित एम्बुलेन्स उपलब्ध गराएको थियो ।

    मन्त्री खतिवडाले जापान सरकारले कोभिड–१९ महामारीको रोकथामका साथै जनताको रक्षा, जीविकोपार्जन र महामारीपछिको आर्थिक पुनरुत्थानका लागि नेपाललाई प्राथमिकता दिएको उल्लेख गरे । उनले नेपाल–जापानबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन राजदूत युताकाबाट निर्वाह भएको भूमिकाको प्रशंसा गर्दै दुई देश र जनताको पारस्परिक हितका लागि मिलेर काम गर्नुपर्नेमा जोड दिए ।

    आगामी दिनमा पनि जापान सरकारबाट नेपालको स्वास्थ्य क्षेत्रमा निरन्तर सहयोगको अपेक्षा गर्दै मन्त्री खतिवडाले पूर्वाधार विकास, गरिबी निवारण, कृषि, साना तथा मझौला उद्यमलाई सहयोग, जनस्वास्थ्य तथा शिक्षाको सुधार, मानव संशाधनको विकासलगायत क्षेत्रमा महत्वपूर्ण जापान सरकारको निरन्तर सहयोग रहदै आएको छ भने ।

    राजदूत युताकाले कोभिड–१९ को नियन्त्रणमा आफूहरुले सहयोग गर्दै आइरहेको र फेरि पनि सहयोग गर्न तयार रहेको बताए । उनले यसअघि जापान सरकारले नेपाललाई कोभ्याक्स सुविधाअन्तर्गत २० करोड अमेरिकी डलर बराबरको खोप उपलब्ध गराउनाका साथै अहिले ८० करोड अमेरिकी डलर उपलब्ध गराउने प्रतिबद्धता जनाएको जानकारी गराएका थिए । रासस

  • भारतमा बिहीबार ९१ हजार संक्रमित थपिए, ३२५ जनाको मृत्यु

    भारतमा बिहीबार ९१ हजार संक्रमित थपिए, ३२५ जनाको मृत्यु

    दिल्ली । पछिल्लो २४ घण्टामा भारतमा ९० हजार ९२८ जना कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधीमा ३२५ जनाको मृत्यु भएको छ भने १९ हजार २०६ जना निको भएका छन् ।

    सक्रिय संक्रमित संख्या २ लाख ८५ हजार ४०१ पुगेको छ । दैनिक संक्रमणदर ६.४३ प्रतिशत पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ४९५ वटा ओमिक्रोन भेरिएन्ट संक्रमण पुष्टि भएको छ । त्यहाँ कूल ओमिक्रोन संक्रमण केस संख्या २६३० पुगेको छ ।

    महाराष्ट्रमा ओमिक्रोनका ७९७ केस पुष्टि भएका छन् । दिल्लीमा ४६५, राजस्थानमा २३६, केरलामा २३४, कर्णाटका २२६, गुजरातमा २०४ र तामिलनाडुमा १२१ संक्रमण पुष्टि भएका छन् ।

  • ३० प्रतिशत बेड भरिए स्मार्ट लकडाउनमा जानुपर्ने हुनसक्छ : स्वास्थ्य मन्त्रालय

    ३० प्रतिशत बेड भरिए स्मार्ट लकडाउनमा जानुपर्ने हुनसक्छ : स्वास्थ्य मन्त्रालय

    काठमाडौं । स्वास्थ्य मन्त्रालयले अस्पतालका ३० प्रतिशत बेड कोभिड संक्रमित बिरामीले भरिए स्मार्ट लकडाउनमा जाने संकेत गरेको छ ।

    बुधबार मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता संगीता कौशल मिश्राले अस्पतालमा बेडको स्थितीबारे रिर्पोटिङ गर्न अस्पतालहरुलाई निर्देशन दिइन् ।

    ‘स्मार्ट लकडाउनको कार्यविधिले ३० प्रतिशतभन्दा बढी बेड भरिए प्रणालीमा चाप आउन नदिन स्मार्ट लकडाउन गर्नुपर्ने भनेको छ’ उनले भनिन्, ‘त्यस्तो अवस्था आउन नदिन सबै नागरिकले अनिवार्य जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने हुन्छ ।’

    बुधबार नेपालमा ४३५ जना कोभिड संक्रमित थपिएका छन् । यो संक्रमण तीन महिनायताकै उच्च हो । यसअघि कात्तिक २३ गते ४४३ जनामा संक्रमण पुष्टि भएको थियो ।

    नेपालको कोरोनाको आर भ्यालू पनि १.०६ प्रतिशत पुगेको छ । आर भ्यालू एक प्रतिशतभन्दा बढ्नुले महामारी नियन्त्रणबाहिर गएको संकेत गर्छ । प्रेस ब्रिफिङमा प्रवक्ता मिश्राले सम्भावित तेस्रो लहरसँग जुध्न मन्त्रालयले तयारी सुरु गरेको समेत बताइन् ।

    मन्त्रालयको तथ्यांकअनुसार बुधबार काठमाडौंमा सबैभन्दा धेरै २०९ जना संक्रमित पुष्टि भएका छन् । ललितपुरमा २६ र भक्तपुरमा १८ जना संक्रमण पुष्टि भएको छ ।

    अहिलेसम्म नेपालमा ओमिक्रोनका ३ वटा केस पुष्टि भएका छन् । ओमिक्रोन पत्ता लगाउन मन्त्रालयले जिन सिक्वेन्सिङको काम गरिरहेको समेत प्रवक्ता मिश्राले बताइन् ।

  • नेपालमा कोरोना संक्रमण तीन महिनायताकै उच्च : बुधबार ४३५ संक्रमित थपिए

    नेपालमा कोरोना संक्रमण तीन महिनायताकै उच्च : बुधबार ४३५ संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ४३५ जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार २६७ नमुना (३७० पीसीआर र ३५५२ एन्टीजेन) नमुना परीक्षण गर्दा संक्रमित थपिएका छन् ।

    आजको दैनिक संक्रमणदर झन्डै ६ प्रतिशत पुगेको छ ।

    आज कोभिड संक्रमणको कारण मृत्यु आँकडा छैन । आज थप २३९ जना निको भएका छन् ।

    आजसम्म सक्रिय संक्रमित संख्या ५२२५ पुगेको छ । पछिल्लो २४ घण्टामा २ लाख ४६ हजार जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।

  • नेपाल सीमावर्ती बिहारमा कर्फ्यु घोषणा : ओमिक्रोन संक्रमण उकालो

    नेपाल सीमावर्ती बिहारमा कर्फ्यु घोषणा : ओमिक्रोन संक्रमण उकालो

    पटना । नेपाल सीमावर्ती भारतीय राज्यमा ओमिक्रोन संक्रमण फैलिएपछि रात्रीकालिन कर्फ्यु घोषणा गरिएको छ । राती १० बजेदेखि ५ बजेसम्म लागू हुने कर्फ्युमा सपिङ मल, स्वीमिङ पुल, क्लब, सिनेमा घर, रंगशाला, जिमखाना बन्द हुनेछन् ।

    जनवरी ६ देखि सुरु हुने कर्फ्यु जनवरी २१ सम्म लागू हुने मुख्यमन्त्री नितिश कुमारले जनाएका छन् । उनकै अध्यक्षतामा बसेको कोभिड सम्बन्धी उच्चस्तरीय कार्यदलको बैठकले कर्फ्यु लागू गर्ने निर्णय गरेको हो ।

    बैठकपछि मुख्य सचिव अमिर सुभानीले प्रतिबन्धहरुबारे घोषणा गरेका हुन् । सबै सरकारी र निजी कार्यलयमा ५० प्रतिशत कर्मचारी राखेर काम गर्न पाइने भएको छ ।

    नेपालसँग सीमा जोडिएको राज्य बिहारमा ओमिक्रोन संक्रमण फैलनेक्रममा छ । सोही बाटो हुँदै नेपालमा समेत मानिसहरु आवतजावत गर्ने भएकाले नेपालमा संक्रमणको जोखिम अझै बढेको छ ।

  • भारतमा कोरोनाको तेस्रो लहर : आज ५८ हजार संक्रमित थपिए, ५३४ जनाको मृत्यु

    भारतमा कोरोनाको तेस्रो लहर : आज ५८ हजार संक्रमित थपिए, ५३४ जनाको मृत्यु

    दिल्ली । पछिल्लो २४ घण्टामा भारतमा ५८ हजार ९७ कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले आज बिहान जनाएअनुसार संक्रमणबाट थप ५३४ जनाको मृत्यु भएको छ ।

    आजको दैनिक संक्रमणदर ४.१८ प्रतिशत छ ।

    सक्रिय संक्रमित संख्या २ लाख १४ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा निको हुने संख्या १५ हजार ३८९ छ ।

    भारतमा ओमिक्रोन भेरिएन्ट संक्रमण संख्या २ हजार नाघेको छ । अहिलेसम्म २१३५ वटा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १९ वटा ओमिक्रोन भेरिएन्ट संक्रमण पुष्टि भएको छ ।

    महाराष्ट्रमा मात्रै ६५३ ओमिक्रोन केस पुष्टि भएको छ । दिल्लीमा ६४६, केरला १८५ र राजस्थानमा १७४ ओमिक्रोन संक्रमित भेटिएका छन् ।

    कोभिड-१९ सम्बन्धी भारतको राष्ट्रिय प्राविधिक सल्लाहकार समूहका सल्लाहकार डा. एनके अरोराले भारतमा तेस्रो लहर सुरु भैसकेको बताएका छन् । जसमा ओमिक्रोनको योगदान ५० प्रतिशत रहेको छ ।

    ‘पछिल्लो साता निकै बढेको कोरोना संक्रमणले तेस्रो लहर सुरु भएको बताउँछ । अन्य थुप्रै मुलुकमा समेत यो ट्रेन्ड देखिएको छ’ उनले भने ।

  • पाल्पा जिल्ला अस्पतालका स्वास्थ्यकर्मी नै कोरोना संक्रमित, अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द

    पाल्पा जिल्ला अस्पतालका स्वास्थ्यकर्मी नै कोरोना संक्रमित, अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द

    रूपन्देही । स्वास्थ्यकर्मी नै कोरोना संक्रमित भएपछि पाल्पाको जिल्ला अस्पतालमा आकस्मिकबाहेकको सेवा बन्द भएको छ । अस्पतालमा कार्यरत कर्मचारीलाई कोरोना भाइरसको सङ्क्रमण भएपछि अत्यावश्यकबाहेकको सेवा बन्द गरिएको हो ।

    निमित्त मेडिकल सुपरिटेन्डेण्टसहित १० कर्मचारीको पिसीआर परीक्षण गर्दा नौ जनामा कोरोना सङ्क्रमण देखिएको अस्पताल विकास समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले जानकारी दिए।

    अस्पतालले सूचना जारी गर्दै सुत्केरी सेवा, ल्याब, सुरक्षित गर्भपतन र सिफारिसबाहेकका सेवा पूर्णरूपमा बन्द गरिएको जनाएको छ ।

    मेसुसहित ६ मेडिकल अधिकृत, एक डेन्टल सर्जन, एक पारामेडिक्स र एक ल्याब टेक्निसियनमा कोरोना पुष्टि भएको हो । उनीहरु सबै आइसोलेशन बस्नुपरेकाले सेवा बन्द गरिएको पाण्डेयले बताए । जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमण बढ्दै गएको छ ।

  • ‘बुस्टर डोज’ खोप अभियान रोक्ने सरकारको निर्णय

    ‘बुस्टर डोज’ खोप अभियान रोक्ने सरकारको निर्णय

    काठमाडौं । सरकारले कोभिड-१९ विरुद्धको बुस्टर डोज खोप दिने कार्य स्थगित भएको जनाएको छ ।

    थप प्राविधिक विषयहरु छलफल तथा तयारी गरी आगामी माघ महिनादेखि यस विषयमा जानकारी गराउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    प्रवक्ता संगीता कौशल मिश्राले विज्ञप्ति जारी गर्दै सबै नागरिकलाई कोभिड-१९ विरुद्धको खोप चाँडै उपलब्ध गराउन महत्वपूर्ण भएको जनाएकी छिन् ।

    मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै विभिन्न पाँच प्रकारका बिरामी र ६० वर्षभन्दा माथिल्लो उमेरका नागरिकलाई बुस्टर डोज दिने निर्णय गरेको थियो ।

    तर, सरकारले बुस्टर डोज चाहिँ भनेको छैन । उसले ‘खोपको एक अतिरिक्त मात्रा’ भनेको छ । सरकारले चैतसम्म लक्षित जनसंख्यालाई खोप लगाइसक्ने बताएपछि ओमिक्रोन भेरिएन्टको कारणले सरकारलाई चुनौति थपिएको छ । 

  • कोरोनाको नयाँ भेरिएन्ट ‘आइएचयू’ फ्रान्समा पुष्टि : डब्लुएचओले विस्तृत विवरण सार्वजनिक गर्ने

    कोरोनाको नयाँ भेरिएन्ट ‘आइएचयू’ फ्रान्समा पुष्टि : डब्लुएचओले विस्तृत विवरण सार्वजनिक गर्ने

    पेरिस । कोरोनाभाइरसको प्रजाति ओमिक्रोनले विश्वलाई चुनौति दिइरहेको बेला फ्रान्समा आज कोरोनाको नयाँ भेरिएन्ट आइएचयू (बी.१.६४०.२) संक्रमण पुष्टि भएको छ ।

    अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार फ्रान्सका वैज्ञानिकले आएचयूका १२ वटा संक्रमण फेला पारेको घोषणा गरेका हुन् । प्रारम्भिक प्रतिवेदनमा नयाँ भेरिएन्ट ४६ वटा म्युटेन्ट मिलेर बनेको र यो अहिलेको ओमिक्रोनभन्दा पनि संक्रामक हुनसक्ने बताइएको छ ।

    विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को यसबारे विवरण आउन बाँकी छ । डब्लुएचओले आजै यसबारे पत्रकार सम्मेलन गर्ने जनाइएको छ । फ्रान्सेली वैज्ञानिकले आएचयू भेरिएन्टको असरबारे प्रमाणित हुन केही साता लाग्ने बताएका छन् ।

    मेडआरजिभ नामक एक स्वास्थ्य प्रतिवेदनमा प्रकाशित विवरणमा जनाइएअनुसार आएचयू भेरिएन्टमा ४६ म्युटेसन र ३७ डिलेसन रहेको उल्लेख छ ।

    नयाँ भेरिएन्टको भेरिएन्टलाई डब्लुएचओले वर्गीकरण गर्ने बताइएको छ । नोभेम्बर अन्तिममा डब्लुएचओले ओमिक्रोनलाई भेरिएन्ट अफ कन्सर्नमा समावेश गरेको थियो ।

  • करिब साढे ९ हजार परीक्षण गर्दा ३९३ कोरोना संक्रमित थप

    करिब साढे ९ हजार परीक्षण गर्दा ३९३ कोरोना संक्रमित थप

    काठमाडौं । नेपालमा आज ३९३ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ७९४ जनाको पीसीआर परीक्षण गर्दा ३५५ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै १ हजार ५३५ जनाको एन्टीजेन परीक्षण गर्दा ३८ जनामा संक्रमण देखिएको हो ।

    मन्त्रालयले आज थप तीन जनाको मृत्यु भएको जनाएको छ । यस्तै २६३ जना संक्रमित डिस्चार्ज भएका छन् ।

    आज देशभरी ५ हजार ९४ जना सक्रिय संक्रमित रहेका छन् ।

    आज काठमाडौं उपत्यकामा १ हजार ९९, भक्तपुरमा ५१४ र ललितपुरमा ५९५ जना सक्रिय संक्रमित रहेका छन् ।

  • अमेरिकामा एकैदिन १० लाखभन्दा बढी संक्रमित

    अमेरिकामा एकैदिन १० लाखभन्दा बढी संक्रमित

    न्यूयोर्क । कोरोनाभाइरसको नयाँ भेरिएन्टले अमेरिकालाई चपेटामा पारेको छ । एकैदिनमा मात्र अमेरिकामा १० लाख कोरोना संक्रमित थपिएका छन् । जोन हप्किन्स युनिभर्सिटीले सार्वजनिक गरेको डेटामा आइतबार अमेरिकामा १० लाख कोरोना संक्रमित थपिएको उल्लेख छ ।

    मंगलबार राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले बढ्दो भाइरस संक्रमणलाई लिएर आगामी रणनीति तय गर्ने योजना बनाएका छन् ।

    अमेरिकी फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसनले सोमबार १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाको बुस्टर डोज दिइने जनाएको छ ।

  • भारतमा थप ३७ हजार ३७९ जना कोरोना सङ्क्रमित

    भारतमा थप ३७ हजार ३७९ जना कोरोना सङ्क्रमित

    दिल्ली । भारतमा गत २४ घण्टामा कोरोनाभाइरसबाट थप ३७ हजार ३७९ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोना शुरु भएदेखि हालसम्म तीन करोड ४८ लाख ८ हजार ८८६ जना सङ्क्रमित भएका छन् ।

    गत २४ घण्टामा भएका सङ्क्रमित मध्ये एक हजार ८९२ जना भने ओमिक्रोन भेरियन्टका सङ्क्रमित रहेका पनि समाचारमा जनाइएको छ । ती मध्ये पनि ७६६ जना भने निको भएका छन् । सोही अवधिमा थप १२४ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउने व्यक्तिको संख्या चार लाख ८२ हजार १७ पुगेको मन्त्रालयले थप जानकारी दिएको छ ।

    भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या एक लाख ७१ हजार ८३० रहेको छ । अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या कूल सङ्क्रमितको सङ्ख्याको ०.४९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा भारतमा एघार हजार ७ जना कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४३ लाख ६ हजार ४१४ जनालाई कोरोना सङ्क्रमण निको भएका छन् । भारतमा कोरोना भाइरस निको हुने दर ९८.१३ प्रतिशत रहेको जनाइएको छ ।

    भारतमा कोरोना शुरु भएदेखि हालसम्म ६८ करोड २४ लाख भन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ४६ करोड ७० लाख भन्दा बढी डोज खोप लगाइएको जनाइएको छ । रासस

  • लक्षित समूहलाई आजबाट कोरोनाको ‘बूस्टर डोज’ खोप

    लक्षित समूहलाई आजबाट कोरोनाको ‘बूस्टर डोज’ खोप

    काठमाडौं । सरकारले लक्षित समूहलाई आजबाट कोभिड–१९ विरुद्धको अतिरिक्त खोप दिँदैछ ।

    कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका तर सरकारको मापदण्ड अनुसार लक्षित समूहमा परेकालाई खोपको थप एउटा मात्र दिइन लागिएको हो ।

    कसले पाउँछन् अतिरिक्त खोप ?

    • मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति
    • सक्रिय क्यान्सरका रोगी
    • अंग प्रत्यारोपण गरेका बिरामी
    • एचआईभी संक्रमण भएका बिरामी

    उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरिरहेका बिरामी र भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्ष तथा सोभन्दा माथिका ज्येष्ठ नागरिकलाई खोपको अतिरिक्त मात्रा दिन लागिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

    लक्षित व्यक्तिले खोप कार्डसहित नजिकैको स्वास्थ्य संस्थामा गएर अतिरिक्त मात्रा खोप लगाउन सक्नेछन् ।

  • बुधबार बेलुकादेखि पानी पर्ने सम्भावना : चिसो अझै बढ्ने

    बुधबार बेलुकादेखि पानी पर्ने सम्भावना : चिसो अझै बढ्ने

    काठमाण्डौ । आगामी बुधवारदेखि मौसम बदली भएर पानी पर्ने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । पश्चिमी वायु सक्रिय हुने भएकाले बुधवार बेलुकादेखि शुक्रवारसम्म मौसम बदली भएर पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।

    पश्चिमी वायुको असरको कारण पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जनाइन् । शुक्रवार सुदुरपश्चिम क्षेत्रबाट पश्चिमी वायुको प्रभाव देखिन थाल्ने भएकाले सुदूरपश्चिममा बुधवार धेरै पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।

    त्यसपछि बिस्तारै मध्य हुँदै पूर्वतर्फ सर्नेछ र देशभरि नै प्रभाव पर्ने उनले जनाइएको छ ।

    मौसम बदलीले मुलुकका धेरै ठाउँमा पानी पर्ने र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । मौसम बदली भएसँगै न्यूनतम र अधिकतम तापक्रम घट्ने भएकाले चिसो अझै बढ्न सक्ने सम्भावना छ ।

  • पाँच प्रकारका बिरामी र ६० वर्षभन्दा माथिकालाई मात्र ‘बुस्टर डोज’ दिने सरकारको निर्णय

    पाँच प्रकारका बिरामी र ६० वर्षभन्दा माथिकालाई मात्र ‘बुस्टर डोज’ दिने सरकारको निर्णय

    काठमाडौं । सरकारले ६ प्रकारका बिरामीलाई मात्र कोभिड-१९ विरुद्धको बुस्टर डोज दिने निर्णय गरेको छ । तर, यसलाई बुस्टर डोज भन्न अस्वीकार गर्दै सरकारले ‘थप एक अतिरिक्त मात्रा’ भएको जनाएको छ ।

    सोमबार सूचना जारी गर्दै सरकारले खोप लगाएको ३ महिना पुगेकालाई पहिले जुन खोप लगाएको त्यही खोपको अर्को मात्रा दिइने जनाएको छ । खोप लगाउन खोप कार्डसहित स्वास्थ्य संस्थामा सम्पर्क राख्न भनिएको छ ।

    कस-कसले खोपको तेस्रो मात्रा पाउनेछन् ?

    मध्यम तथा गम्भीररुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु, सक्रिय क्यान्सर रोगीहरु, अंग प्रत्यारोपण गरेका व्यक्तिहरु, एचआइभी भएका बिरामीहरु, उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधीहरु सेवन गरिरहेका बिरामी, भेरोसेल तथा सिनोफार्म खोप लगाएका ६० वर्ष र सो भन्दा माथिल्लो उमेरका व्यक्तिहरुले अतिरिक्त खोप पाउने भएका छन् ।

  • सोमबार ३२६ कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु

    सोमबार ३२६ कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ३२६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ४९८ नमुना (९७०० पीसीआर र २७९८ एन्टीजेन) गर्दा ती संक्रमित थपिएका हुन् ।

    सोही अवधिमा थप दुई जनाको कोरोना संक्रमण मृत्यु भएको छ । २५५ जना निको भएका छन् ।

    आजको दैनिक संक्रमणदर ३ प्रतिशत छ ।

    सक्रिय संक्रमित संख्या ५ हजार ५ पुगेको छ । काठमाडौंमा १४४, ललितपुरमा २८ र भक्तपुरमा १६ जना कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार काठमाडौं उपत्यकामा १८८ जना संक्रमण देखिएको छ ।

    काठमाडौं उपत्यकाका तीन जिल्लामा सक्रिय संक्रमित संख्या ५०० भन्दा माथि छ । सोलुखुम्बु, मनाङ, मुस्ताङ, रसुवा, हुम्ला, मुगु र बाजुरामा आज संक्रमण पुष्टि भएको छैन ।

    सुनसरी, कास्की, बाँके र कैलालीमा सक्रिय संक्रमित संख्या २०० भन्दा माथि छ । ३ लाख ४४ हजार जनाले पछिल्लो २४ घण्टामा कोभिडविरुद्ध खोप लगाएका छन् ।

    स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ८ लाख २८ हजार ९८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेन परीक्षणबाट ९६ हजार २४५ जनामा संक्रमण पुष्टि भएको छ।

    हालसम्म ८ लाख १२ हजार ४१९ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ५९६ पुगेको छ

     

  • भारतमा पछिल्लो २४ घण्टामा ३३ हजार संक्रमित थपिए, १२३ जनाको मृत्यु

    भारतमा पछिल्लो २४ घण्टामा ३३ हजार संक्रमित थपिए, १२३ जनाको मृत्यु

    दिल्ली । भारतमा एकसातामै कोरोनाभाइरस संक्रमण २०० प्रतिशतले वृद्धि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्र त्यहाँ ३३ हजार ७५० कोरोना संक्रमित थपिएका छन् ।

    जसमध्ये १७५ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ ।

    सोही अवधीमा १२३ जनाको मृत्यु भएको छ । अहिलेसम्म ४ लाख ८१ हजार ८९३ मृतक संख्या पुगेको छ ।

    भारतमा सक्रिय संक्रमित संख्या १ लाख ४५ हजार ५८२ पुगेको छ । केन्द्रिय स्वास्थ्य मन्त्रालयका अनुसार ओमिक्रोन भेरिएन्ट संक्रमण पुष्टि संख्या १७०० पुगेको छ ।

    महाराष्ट्रमा ओमिक्रोन संक्रमित सख्ंया ५१०, दिल्लीमा ३५१, केरलामा १५६, गुजरातमा १३६ र तामिलनाडुमा १२१ पुगेको छ । यसैबीच भारतमा आजदेखि १५ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धको खोप लगाउन सुरु गरिएको छ ।

  • कोरोनाको नयाँ भेरिएन्ट फैलन नदिन उच्च सतर्कता र तयारीका लागि स्वास्थ्य विभागको अनुरोध

    कोरोनाको नयाँ भेरिएन्ट फैलन नदिन उच्च सतर्कता र तयारीका लागि स्वास्थ्य विभागको अनुरोध

    काठमाडौं । स्वास्थ्य सेवा विभागले कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनको संस्करण फैलिन नदिन थप सतर्कता र तयारीका लागि अनुरोध गरेको छ ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशभरका स्थानीय तह, स्वास्थ्य कार्यालय र सातै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई परिपत्र गर्दै उक्त अनुरोध गरेको हो ।

    कोभिड-१९ को थप संक्रामक भेरिएन्ट ओमिक्रोन नेपालमा समेत भित्रिनुले सबै निकाय अझ सतर्क र पूर्वतयारीका साथ रहनु अपरिहार्य देखिएको भन्दै जनस्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्न, परीक्षणको दायरा बढाउन, संक्रमितहरूको उपचार र आइसोलेसनको प्रभावकारी व्यवस्थापन गर्न, खोपको प्रयोग बढाउनेलगायतका कार्य गर्न महाशाखाको आग्रह छ ।

  • भारतमा शनिबार २३ हजार नयाँ सङ्क्रमित, ४०० जनाको मृत्यु

    भारतमा शनिबार २३ हजार नयाँ सङ्क्रमित, ४०० जनाको मृत्यु

    दिल्ली । भारतमा कोरोनाभाइरसबाट थप झण्डै २३ हजार नयाँ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २२ हजार ७७५ नयाँ सङ्क्रमित भएका हुन् ।

    सोही अवधिमा कोरोनाका कारण ४०६ को मृत्यु भएको पनि भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । नयाँ सङ्क्रमितमध्ये एक हजार ४३१ जनालाई भने ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको अधिकारीले जनाएका छन् ।

    भारतमा अहिलेसम्म २३ राज्यमा ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको र यो फैलिने क्रम तीव्र भएको उनीहरुको भनाइ छ । ओमिक्रोनबाट सबैभन्दा बढी प्रभावित महाराष्ट्र राज्य रहेको छ । त्यसपछि धेरै केन्द्रीय राजधानीसमेत रहेको दिल्ली राज्यमा ओमिक्रोनका सङ्क्रमित भेटिएका छन् ।

    भारतमा पछिल्लो एक दिनमा आठ हजार ९४९ कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको सङ्ख्या तीन करोड ४२ लाख ७५ हजार ३१२ पुगेको छ । मन्त्रालयका अनुसार भारतमा अहिले एक लाख चार हजार ७८१ जना सङ्क्रमित अवस्थामै रहेका छन् ।

  • आज थपिए झण्डै ४ सय कोरोना संक्रमित

    आज थपिए झण्डै ४ सय कोरोना संक्रमित

    काठमाडौं । नेपालमा आज कोरोना संक्रमितको संख्यामा वृद्धि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ९५९ जनामा परीक्षण गर्दा ३८२ जनामा संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयले ५ हजार ७ जनाको पीसीआर परीक्षण गर्दा ३४२ र १५ हजार ९५२ जनाको एन्टीजेन परीक्षण गर्दा ४० जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

    यस्तै आज २५२ जना संक्रमित निको भएर घर फर्किएका छन् । मृत्यु हुनेको संख्या भने आज शून्य रहेको छ ।

    देशभरी ४ हजार ९६९ जना सक्रिय संक्रमित रहेका छन् ।

  • नेपालका हिमनदीको क्षेत्रफल र आयतन घट्ने क्रममा रहेको अध्ययनको निष्कर्ष

    नेपालका हिमनदीको क्षेत्रफल र आयतन घट्ने क्रममा रहेको अध्ययनको निष्कर्ष

    काठमाडौँ । हिमालय क्षेत्रका हिमनदीको क्षेत्रफल र आयतन घट्ने क्रममा रहेको तथ्य जलवायु परिवर्तनसम्बन्धी अध्ययनको एक प्रतिवेदनले सार्वजनिक गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआइ) नेपालले इसिमोडलगायत संस्थाको सहयोगमा गरेको अध्ययन प्रतिवेदन शुक्रबार राजधानीमा सार्वजनिक गरिएको छ ।

    नेपालको हिमाली क्षेत्रमा जमेर रहेका पानीका स्रोत र यसको तल्लो तटीय क्षेत्रमा जलवायु परिवर्तनको असर बुझ्न अध्ययन गरिएको कार्यक्रममा जानकारी गराइएको छ ।

    हिमाली क्षेत्रको भौगोलिक अवस्था, उत्तर-दक्षिणमा छोटो दूरीमा उचाइ परिवर्तनको कारणले तापक्रम र वर्षाको भिन्नतामा उच्च परिवर्तन देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । नेपालमा सन् १९७७ देखि २०१० सम्म करिब २४ प्रतिशतले हिमनदीको क्षेत्रफल घटेको यसअघिको एक अध्ययन प्रतिवेदनको निष्कर्षलाई पनि पछिल्लो अध्ययनले सार्वजनिक गरेको छ । सन् १९७० देखि २००७ सम्म नेपालको खुम्बु क्षेत्रमा पर्ने इम्जा र ल्होत्से हिमनदीको उचाइ घटेको तथ्य पनि अध्ययनले सार्वजनिक गरेको छ ।

    हिमतालको तीव्र विकासले हिमताल विष्फोटबाट हुने बाढीको जोखिम बढेको छ । कोशी, गण्डकी र कर्णाली जलाधारमा सम्भावित खतरनाक ४७ वटा हिमताल पहिचान गरिएका छन् । यसमध्ये २१ वटा नेपालको उच्च हिमाली क्षेत्रमा, २५ वटा तिब्बतमा र एउटा भारतमा पर्ने अध्ययन प्रतिवेदनमा उल्लेख छ । हालसम्म नेपाल हिमशृङ्खलाबाट ३५ वटा हिमताल विष्फोटन भएको विभिन्न स्रोतमा उल्लेख गरिएको तथ्यलाई पनि अध्ययन बाहिर ल्याएको छ ।

    अध्ययन कार्यदलका संयोजक मोहनबहादुर चन्द सन् १९६३ मा कञ्चनजङ्घा क्षेत्रमा हिमताल फुटेको तथ्य स्थलगत अध्ययनका क्रममा स्थानीय बूढापाकाबाट पुष्टि भएको बताउँछन् । यसको अभिलेख भने कतै नभएको र यो विषय सञ्चारमाध्यममा पनि नआएको उनले कार्यक्रममा सुनाए ।

    कार्यक्रममा पूर्ववातावरण सचिव भएर काम गरिसकेका कृष्ण ज्ञवालीले यस्ता विषयमा छलफल गर्ने वातावरण परिषद् प्रधानमन्त्रीको अध्यक्षतामा गठन गरिए पनि त्यसको बैठक नै कम बस्ने गरेको जानकारी गराए । परिषद्को बोझिलो संरचना भएकाले कमै बैठक बस्ने गरेको समेत उनको अनुभव छ ।

    वन तथा वातावरण मन्त्रालयका उपसचिव डा अरुणप्रकाश भट्टले पछिल्लो समय मेलम्चीमा आएको बाढी, मनाङको हिमपहिरो र सुदूरपश्चिम प्रदेशमा बेमौसममा पानी परी धानबाली नष्ट भएको घटना जलवायु परिवर्तनको प्रभाव भएको बताए ।

    विकसित राष्ट्रले कार्वन उत्सर्जन गर्दा आएको यो समस्या समाधानमा पनि तिनै देशले भूमिका खेल्नुपर्ने उहाँको भनाइ छ । सन् २०११ को अध्ययन अनुसार नेपालले ०।०५६ प्रतिशतमात्र कार्बन उत्सर्जन गर्छ ।

    कार्यक्रममा टिआइ नेपालका अध्यक्ष पद्मिनी प्रधानाङ्ग, उपाध्यक्ष बुद्धिनारायण श्रेष्ठ, महासचिव मुकुन्दबहादुर प्रधान, त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान केन्द्रीय विभागका रमेशराज पन्तलगायतले जलवायु परिवर्तनका विषयमा नेपालले आफ्नै स्रोतबाट विस्तृत अध्ययन सुरु गर्नुपर्नेमा जोड दिएका थिए ।

    राजधानी काठमाडौँ उपत्यकालगायत प्रमुख सहरमा फैलिएको प्रदूषण रोकेर पनि जलवायु परिवर्तनबाट हुने समस्या रोक्न सहयोग गर्न सकिने उनीहरुको भनाई थियो । स्थानीय तहले जलवायु परिवर्तनसम्बन्धी अध्ययन जनचेतना जगाउन छुट्याउने बजेट रकमान्तर गरी विकास निर्माणमै लगाइने गरिँदा पनि समस्याका बारेमा जनतालाई जागरुक गराउन नसकिएकाले यसतर्फ ध्यान दिनुपर्नेमा उनीहरुले जोड दिएका थिए ।

  • २३५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, ४ जनाको मृत्‍यु

    २३५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, ४ जनाको मृत्‍यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा २३५ जना कोभिड बिरामी थपिएका छन् ।

    ७ हजार ८८५ जनाको पीसीआर परीक्षण गर्दा २२४ जना र १ हजार १९९ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जना गरी २३५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ।

    सोही अवधीमा थप ४ जनाको कोभिड संक्रमणले मृत्‍यु भएको छ भने २१२ जना संक्रमणमुक्त भएका छन्।

    शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २४ हजार ६३३ पुगेको छ। योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५९४ पुगेको छ भने ८ लाख ११ हजार ९५८ जना संक्रमणमुक्त भएका छन् ।

  • विदेशमा चिकित्सा शिक्षामा भर्ना भएका विद्यार्थीलाई स्वदेशमै अध्ययन गर्न दिने सरकारको निर्णय

    विदेशमा चिकित्सा शिक्षामा भर्ना भएका विद्यार्थीलाई स्वदेशमै अध्ययन गर्न दिने सरकारको निर्णय

    काठमाडौं । चिकित्सा शिक्षामा स्नातक अध्ययनलाई विदेश गएका विद्यार्थीलाई अब स्वदेशमै अध्ययन गर्न पाउने भएका छन् । सरकारले अप्ठ्यारो परेका त्यस्ता विद्यार्थीलाई नेपालमै अध्ययन गर्न पाउने सैद्धान्तिक सहमति दिएको छ।

    बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले चीनलगायतका देशमा भर्ना भएका विद्यार्थीलाई स्वदेशमै अध्ययन गर्न सैद्धान्तिक स्वीकृती दिएको हो। चिकित्सा शिक्षाको स्नातक तहमा चीनलगायतका देशमा भर्ना भएका विद्यार्थीका हकमा बाँकी रहेको अध्ययन, प्रयोगात्मक अभ्यास वा इन्टर्नसीप पूरा गर्न सैद्धान्तिक स्वीकृति दिएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

    सरकारको निर्णयसँगै कोभिड-१९ को महामारीले विदेशमा भर्ना भएका तर जान नसकेका विद्यार्थीले नेपालमै बाँकी रहेको अध्ययन, प्रयोगात्मक अभ्यास वा इन्टर्नसीप नेपालमै गर्ने बाटो खुल्ला भएको छ ।

    सन् २०१६ र त्यसपछि भर्ना भएका विद्यार्थीको हकमा अन्तर्राष्ट्रिय मान्यतामा असर नपर्ने गरी बाँकी अध्ययन र प्रयोगात्मक अभ्यास र इन्टर्नसिप गराई समस्या समाधान गराउन गठित कार्यदलले सुझाव दिएको थियो।

  • अमेरिकामा ८० प्रतिशत आईसीयू बेडहरू भरिभराउ

    अमेरिकामा ८० प्रतिशत आईसीयू बेडहरू भरिभराउ

    न्यूयोर्क । संयुक्त राज्य अमेरिकाको स्वास्थ्य सेवा प्रणालीले कोभिड-१९ ओमिक्रोन संस्करणको फैलावटका कारण अभूतपूर्व चाप ब्योहोर्नुपरेको छ । सघन उपचार एकाई (आईसीयू) मा ७८ प्रतिशत बेडहरू भरिभराउ छन् । जर्ज वाशिंगटन युनिभर्सिटी अस्पतालका प्रकोप चिकित्सा प्रमुख डा जेम्स फिलिप्सले उक्त जनाकारी दिएको सीएनएनले जनाएको छ।

    यो हप्ता अमेरिकामा महामारीको रेकर्ड बनेको छ जहाँ दैनिकरूपमा कोभिड-१९का घटनाहरू पाँच लाखभन्दा माथि छ । यो सँगै अस्पताल भर्ना हुने सङ्क्रमितको संख्या नाटकीय रूपमा बढेको छ । केही राज्यहरूमा लगभग तीन गुणा बढेको छ र स्वास्थ्य सेवा सुविधाहरूको प्रवाहमा जटिलता थपिएको छ ।

    अमेरिकाको स्वास्थ्य र मानव सेवा विभागको तथ्याङ्क अनुसार बिहीबारसम्म ७८ प्रतिशत आईसीयू बेडहरू भरिएका छन् जसमध्ये २२५ कोभिड१९का बिरामीहरू छन् । अन्य धेरै देशहरू जस्तै, अमेरिकाले अब ओमिक्रोन महामारीको नयाँ लहरको सामना गरिरहेको छ।

  • २४१ जनामा कोरोना पुष्टि

    २४१ जनामा कोरोना पुष्टि

    काठमाडौं । नेपालमा आज कोरोना भाइरसका २४१ जना संक्रमित थप भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ८१४ जनाको पीसीआर परीक्षण गर्दा २३५ र २ हजार ८३ जनाको परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयले आज २२८ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

    आज कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ । देशभरी ४ हजार ८७१ जना सक्रिय संक्रमित रहेका छन् ।

  • घुन्सा फाउण्डेसनको स्वास्थ्य शिविरबाट ३ हजार बढीले लिए निःशुल्क सेवा

    घुन्सा फाउण्डेसनको स्वास्थ्य शिविरबाट ३ हजार बढीले लिए निःशुल्क सेवा

    झापा । घुन्सा फाउन्डेसनको मुटुरोग सम्बन्धि स्वास्थ्य शिविरबाट तीनहजार बढीले निःशुल्क सेवा लिएका छन् ।

    फाउण्डेसनकी संस्थापक यान्जोम शेर्पाले ६७ जनाको मुटुको गम्भीर रोग पत्ता लगाई निःशुल्क सल्यक्रियाको लागि सिफारिस गरिएको बताइन् ।

    पूर्व प्रधामन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको शिविरमा विपन्नहरुलाई प्राथमिकता दिइएको थियो । शिविर सञ्चालनमा दमकका मेयर रोमनाथ ओली, उपमेयर गीता अधिकारी लगायतले सहयोग गरेका थिए ।

    घुन्सा फाउण्डेसन, दमक नगरपालिका र विपन्नका लागि स्वास्थ्य नेपालको संयुक्त आयोजनामा शिविर भएको हो ।

    शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेन्टरको प्राविधिक सहयोग रहेको शिविरमा प्रतिष्ठित चिकित्सकले मुटुको जाँच गरेका थिए ।