Category: स्वास्थ्य-जीवनशैली

  • बर्दघाटको चौपता अस्पताललाई ६ वटा डायलासिस मेसिन हस्तान्तरण

    बर्दघाटको चौपता अस्पताललाई ६ वटा डायलासिस मेसिन हस्तान्तरण

    बनेपा । पश्चिम नवलपरासीको बर्दघाट(१४ मा रहेको शहीद स्मृति सामुदायिक अस्पताल ९चौपता अस्पताल० लाई ६ वटा हेमोडायलासिस मेसिन हस्तान्तरण गरिएको छ । आज काभ्रेको धुलिखेलमा एक कार्यक्रमका बीच प्रतिनिधिसभा सदस्य विनोद चौधरीको उपस्थितिमा मेसिन बर्दघाट नगरपालिकाका मेयर शम्भुलाल श्रेष्ठलाई हस्तान्तरण गरिएको हो ।

    रोटरी क्लब अफ धुलिखेलको समन्वयमा जर्मन रोटरी भोलिन्टियर डाक्टरका तर्फबाट डाक्टर जोबस्ट इस्बरीले उक्त मेसिन उपलब्ध गराएको हो ।

    सांसद चौधरीले डायलासिस मेसिन उपलब्ध भएपछि पश्चिम नवलपरासीसहित नजिकका बिरामीले लाभ लिनसक्ने बताए ।

    उनले भने, ‘आज जर्मन रोटरी भोलिन्टियर डाक्टर र रोटरी क्लब अफ धुलिखेलको सहकार्यमा चौपता अस्पताल बर्दघाटलाई ६ वटा हेमोडायलासिस मेसिन हस्तान्तरण गरिएको छ । यसबाट पश्चिम नवलपरासीका मृगौला रोगीहरूको उपचारमा महत्वपूर्ण योगदान पुग्नेछ ।’

    धुलिखेल नगरपालिकाका मेयर अशोक व्याञ्जूले मोफसलका सामुदायिक अस्पतालमा महत्वपूर्ण स्वास्थ्य सामग्री उपलब्ध हुँदा यसबाट नागरिकलाई लाभ हुने विश्वास व्यक्त गरे ।

    यसअघि रोटरी क्लव अफ धुलिखेलले पश्चिम नवलपरासीमा ह्विल चियर प्रदान गर्नुका साथै बर्दघाटको रेयुकाइ भवनमा आँखा क्लिनिक पनि सञ्चालनमा सहयोग गरेको थियो । डायलासिस मेसिन हस्तान्तरण कार्यक्रममा मेयर शम्भुलाल श्रेष्ठ, चौपता अस्पतालका अध्यक्ष डीबी रानासहितका पदाधिकारी पनि उपस्थित थिए ।

    सांसद चौधरीले अस्पतालका लागि डायलासिस मेसिन र त्यसका लागि आवश्यक जनशक्तिको व्यवस्था गरिदिन स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई आग्रह गर्दै आएका थिए । मन्त्री पौडेलले यसका लागि समन्वय गरेका थिए । स्वास्थ्यमन्त्री पौडेलले हेमोडायलासिस मेसिन सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति तयार गर्न पनि सहयोग गर्ने जनाएका छन् ।

    स्वास्थ्य हब बन्दै पश्चिम नवलपरासी

    सांसद चौधरीले आफ्नो निर्वाचन क्षेत्रलाई स्वास्थ्य सेवाको हबकै रूपमा विकास गर्दै लगेका छन् । उनकै पहलमा अलपत्र अवस्थामा रहेको ट्रमा सेन्टर निर्माण अगाडि बढेको छ । काठमाडौं बाहिर पहिलो ट्रमा सेन्टर बर्दघाटमा निर्माण भइरहेको छ ।

    यस्तै चिसापानी अस्पतालमा विशेषज्ञ सेवासहित सञ्चालन भइरहेको छ । चौधरी फाउन्डेसनको सहयोगमा अस्पतालको स्तरोन्नतिका साथै सेवा विस्तार कार्य भएको हो ।

    सरावलमा १५ बेडको अस्पताल निर्माण कार्य पनि अघि बढेको छ । सांसद चौधरीको निरन्तरको पहलमा सरकारले अस्पतालका लागि स्रोत सुनिश्चित गरिसकेको छ । सांसद चौधरीकै पहलमा निःशुल्क कृत्रिम हातखुट्टा उपलब्ध गराउन सीजी सबल केन्द्र सञ्चालन हुनुका साथै सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा छ ।

  • निःशुल्क स्वास्थ्य शिविरः मुटु तथा मिर्गौलाका सात सय बिरामी लाभान्वित

    निःशुल्क स्वास्थ्य शिविरः मुटु तथा मिर्गौलाका सात सय बिरामी लाभान्वित

    रामपुर । रामपुर नगरपालिकामा शनिबार सञ्चालन भएको निःस्वास्थ्य शिविरमा मुटु र मिर्गौला रोगका ७०० बिरामी लाभान्वित भएका छन् ।

    रोटरी क्लब अफ रामपुर र रोट्र¥याक्ट क्लब सेन्ट्रलको आयोजना तथा रामपुर नगरपालिकाको संयोजनमा भएको बृहत् शिविरमा मुटु तथा मिर्गौला रोग विशेषज्ञबाट बिरामीको स्वास्थ्य जाँच भएको थियो ।

    गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलको प्राविधिक सहयोगमा वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर विशाल केसीसहितको ६५ जना स्वास्थ्यकर्मीको टोलीले मुटु, मिर्गौला जाँच गरी बिरामीलाई निःशुल्क औषधि गरेको थियो । शिविरमा मधुमेह, रक्तचापलगायत अन्य रोगको पनि परीक्षण भएको थियो ।

  • मुख्यमन्त्री सिँहद्वारा सिरहाको मिर्चेयामा १४ निजी अस्पताल अनुगमन, १३ अस्पताल बन्द गर्न निर्देशन

    मुख्यमन्त्री सिँहद्वारा सिरहाको मिर्चेयामा १४ निजी अस्पताल अनुगमन, १३ अस्पताल बन्द गर्न निर्देशन

    जनकपुर । मुख्यमन्त्री सिंहको अनुगमन, बिरामी छाडेर अस्पतालका सञ्चालक, चिकित्सक र कर्मचारी फरार मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहसहितको टोलीले मिर्चेयामा १४ वटा निजी अस्पताल तथा पोलिक्लिनिकको अनुगमन गरेका छन् । तीमध्ये सेवा सञ्चालन अनुमति नलिई सञ्चालनमा रहेका १३ अस्पताल तथा पोलिक्लिनिकलाई बन्द गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिएका छन् ।

    बन्द गर्न निर्देशन दिइएका अस्पतालमा समित माउन्ट हस्पिटल प्रालि, एस जेके पोलिक्लिनिक, मंगलम हेल्थ केयर सेन्टर(पोलिक्लिनक), सिद्धकामना हस्पिटल प्रालि, शान्ति हेल्थ केयर प्रालि, बाल संसार हेल्थ केयर प्रालि, राम ओरल एण्ड डेन्टल क्लिनक, रेखा नर्सिङ होम, मिथिला चश्माघर आँखा उपचार केन्द्र, बालकल्याण हेल्थ केयर प्रालि, विष्णु पोलिक्लिनिक, लक्ष्मी हेल्थ केयर प्रालि र लाइफलाइन क्लिनिक छन् ।

    मिर्चेया नगरपालिकाबाट १५ बेडको सेवा सञ्चालन अनुमति लिएको मनकामना मिड इस्टर्न अस्पतालमा मापदण्ड पुरा नगरी २५ शय्याभन्दा बढीको अस्पतालमा उपलब्ध हुने सेवा सञ्चालन भइरहेकाले १५ दिनभित्र अनुगमन गराई मापदण्डअनुसार सेवा सञ्चालन गर्न निर्देशन दिइएको छ ।

    प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अस्पताल अनुगमन समितिका सदस्यसचिव र जनस्वास्थ्य अधिकृत सन्तोषकुमार ठाकुरले १५ शय्याको सो अस्पतालले आवश्यक आधारभूत स्वास्थ्य सेवा नदिई एनेस्थेसियाका चिकित्सक नराखी मेजर शल्यक्रिया गर्ने गरेको र भेन्टिलेटरसमेत नभएको पाइएको बताए । सो अस्पताललाई प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको टोलीबाट १५ दिनभित्र अनुगमन गराई अनुमतिअनुसारको सेवा सञ्चालन गर्न निर्देशन दिइएको जनस्वास्थ्य अधिकृत ठाकुरले बताए ।

    अनुगमन टोली पुगेका बेला सिद्धकामना हस्पिटल प्रालिका सञ्चालक, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरूले अस्पतालमा उपचार गराइरहेका आठ बिरामी र कुरुवालाई भित्र नै छाडेर बाहिरबाट सटर डाउन गरी फरार भएका थिए । जनस्वास्थ्य अधिकृत ठाकुरले सो अस्पताल बन्द गर्न निर्देशन दिइसकेको जानकारी दिए ।

    जनस्वास्थ्य अधिकृत ठाकुरका अनुसार मुख्यमन्त्री सिंहले अहिलेसम्म १ सय ५७ निजी स्वास्थ्य संस्थाको अनुगमन गरेका छन् । तीमध्ये १७ वटा मापदण्डअनुसारका पाइएका छन् भने मापदण्ड पुरा नगरेका १ सय आठवटा अस्पताल बन्द गराइएका छन् ।

    नवीकरण नगराएका २५ अस्पताललाई नवीकरण गराउन भनिएको छ । बन्दमध्ये मापदण्ड पुरा गरेका पाँच अस्पताललाई प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको टोलीले अनुगमन गरी सञ्चालन गर्न अनुमति दिएको छ ।

    मुख्यमन्त्री सिंहसहितको अनुगमन टोली मिर्चेया बजार प्रवेश गरेसंगै स्वास्थ्य सेवा सञ्चालन अनुमति नलिई सञ्चालनमा रहेका मिर्चेयाका आठ अस्पताल तथा पोलिक्लिनिक बन्द गरी सञ्चालक, व्यवस्थापन तथा उपचारमा संलग्न कर्मचारीहरू फरार भएका थिए ।

  • श्री कालीबहादुर गणद्वारा आयोजित स्वास्थ्य शिविर

    श्री कालीबहादुर गणद्वारा आयोजित स्वास्थ्य शिविर

    सुर्खेत। नेपाली सेनाको श्री काली बहादुर गणद्वारा शनिबार बराहताल गाउँपालिका–२, रानिघाट सिकारवासमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।

    स्वास्थ्य सेवामा पहुँचबाट बञ्चित नागरिकलाई लक्षित गरी आयोजना गरिएको शिविरमा ठूलो संख्यामा नागरिकहरूको सहभागिता देखिएको छ।

    स्वास्थ्य शिविर कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय (स्वास्थ्य महाशाखा), कर्णाली प्रदेश अस्पताल, सुर्खेत आँखा अस्पताल, र श्री ज्योति फाउण्डेशनको सहकार्यमा भएको हो। यस अवसरमा स्थानीयवासीलाई विभिन्न प्रकारका स्वास्थ्य परीक्षण तथा परामर्श प्रदान गरिएको छ।

    शिविरमा आएका बिरामीहरूको उपचारका लागि आवश्यक औषधि निःशुल्क रूपमा वितरण गरिएको थियो।

    आयोजकका अनुसार औषधि खरिदमा मात्रै करिब डेढ लाख रुपैयाँ खर्च गरिएको छ। स्वास्थ्य शिविरका क्रममा प्रमुख सेनानी शैलेन्द्र सिलवालले शिविर बिहानैदेखि सञ्चालनमा आएको जानकारी दिए।

    दिउँसो १ बजेसम्म ३ सयभन्दा बढी स्थानीयले स्वास्थ्य सेवा लिइसकेका सेनानी सिलवालले बताए।

    शिविर साँझ ५ बजेसम्म सञ्चालन हुने जनाइएको छ। आयोजकका अनुसार स्वास्थ्य परीक्षण, आँखा परीक्षण, रक्तचाप जाँच, मधुमेह, महिला सम्बन्धि समस्यामा परीक्षण लगायतका सेवा प्रदान गरिएको छ।

    प्रमुख सेनानी शैलेन्द्र सिलवालका अनुसार नेपाली सेना राष्ट्र सुरक्षामा मात्र सीमित नभई नागरिक सेवामा पनि उत्तिकै संलग्न रहँदै आएको छ।

    उनले भने,ञनेपाली सेना संविधानले दिएको राष्ट्र सुरक्षाको जिम्मेवारीसँगै नागरिक सेवामा पनि समर्पित छ। स्वास्थ्य शिविर जस्ता कार्यक्रमहरूमार्फत हामी नागरिक र सेनाबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन चाहन्छौं।

    यसअघि नेपाली सेनाले चौकुने गाउँपालिकामा पनि स्वास्थ्य शिविर सञ्चालन गरिसकेको छ। सेना नागरिक सहकार्यलाई अझ बलियो बनाउन यस्ता सेवा कार्यक्रम निरन्तर सञ्चालन गरिने प्रमुख सेनानी सिलवालले जानकारी गराएका छन्।

  • बाँझोपनको उपचारका लागि हार्दिक आइभीएफमा निःशुल्क आई.यु.आई.सेवा लिन आह्वान

    बाँझोपनको उपचारका लागि हार्दिक आइभीएफमा निःशुल्क आई.यु.आई.सेवा लिन आह्वान

    काठमाडौं । स्वास्थ्य सेवा प्रदायक हार्दिक आई.भी.एफ सेन्टर सिनामंगलले निःशुल्क इन्ट्रायुटेरिन इन्सेमिनेसन (आई.यु.आई.) सेवा सुरु गरेको छ । चैत १० गतेबाट शुरु भएको यो निःशुल्क सेवा २०८२ सालको वैशाख ३१ गतेसम्म चल्ने सेन्टरले जनाएको छ ।

    आर्थिक अभावका कारण उपचार नपाएर सन्तान सुखबाट बञ्चित दम्पतीलाई लक्षित गरी नयाँ वर्षको अवसर पारेर निःशुल्क आई.यु.आई. सेवा सुरु गरिएको सेन्टरले जनाएको छ ।

    बाँझोपनको उपचारका लागि आई.यु.आई. प्रभावकारी उपचार प्रद्धति मानिन्छ । यो पद्धतिमा विशेष विधिबाट तयार पारिएका शुक्रकिटलाई महिलाको पाठेघरभित्र राखिने भएकाले गर्भधारणको सम्भावना धेरै रहने चिकित्सकहरु बताउँछन् । पुरुषमा शुक्रकिटको संख्यामा कमी भएमा वा कमजोरी भएमा, अस्पष्ट बाँझोपनको समस्या भएमा र महिलाको प्रजनन समस्या भएमा आई.यु.आर्ई उपचार पद्धति प्रभावकारी मानिन्छ ।

    नेपालमा आई.यु.आई. उपचारको औसत खर्च १५ देखि २० हजारसम्म पर्ने भएपनि हार्दिक आई.भी.एफ. सेन्टर सिनामंगलले निःशुल्क गर्न लागेको हो । आई.यु.आई.उपचार गर्दा गर्भधारणको सफलता दर २० देखि २५ प्रतिशतसम्म रहने विश्वास गरिएको छ ।

    शिविरमा हार्दिक आईभीएफका अनुभवी डाक्टरहरूले निःशुल्क परामर्श र प्रारम्भिक स्वास्थ्य परीक्षण गरी आई.यु.आई. उपचार प्रदान गर्नेछन् ।

    सिनामंगलस्थित हार्दिक आई.भी.एफ सेन्टर क्रिस्टल कम्प्लेक्समा सञ्चालन हुनेछ । आई.यु.आई सेवा लिन चाहनेले ०१५९१७९८२ वा ९८०२३५२८११ र ९७०९१३९१८० मा फोन गरी नाम दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ । अग्रिम नाम दर्ता गराउनेलाई मात्र यो निःशुल्क सेवा उपलब्ध गराइने आई.भी.एफ सेन्टरले जनाएको छ ।

  • वैदेशिक रोजगारी, जीवनशैली र स्वास्थ्य

    वैदेशिक रोजगारी, जीवनशैली र स्वास्थ्य

    प्रत्येक दिन हजारौंको संख्यामा विदेशिनु नेपालीहरूको रहर, बाध्यता, मौका जे भए पनि यसका आफ्नै फाइदा एवं चुनौती छन् । नेपालबाट युवाहरू रोजगारीको खोजीमा भारत, खाडी मुलुकहरू जस्तैः साउदी अरब, कतार, यूएई तथा मलेसिया, दक्षिण कोरिया, जापान, अस्ट्रेलिया र पश्चिमी देशहरूमा पुग्छन् । यो प्रक्रियाले उनीहरूको र देशको आर्थिक अवस्था सुधार गर्न मद्दत गर्छ, तर यसका साथै उनीहरूको बदलिँदो संस्कृति, परिवेश, मौसम, खानपिन र कार्यगत वातावरणले जीवनशैलीमा ठूलो परिवर्तन ल्याउँछ, जसले स्वास्थ्यसँग प्रत्यक्ष असर पु¥याउँछ ।

    वैदेशिक रोजगारीले नेपाली कामदारहरूको जीवनशैलीमा गम्भीर परिवर्तन ल्याउँछ । त्यहाँको जीवनशैलीले उनीहरूको शारीरिक र मानसिक स्वास्थ्यमा विभिन्न चुनौती निम्त्याउँछ ।

    जीवनशैलीमा परिवर्तन र प्रभाव

    कामको बोझः नेपाली कामदारहरूले दिनको १०-१४ घण्टासम्म काम गर्नुपर्छ, जसले उनीहरूको व्यक्तिगत समय र आराममा कमी ल्याउँछ ।

    बसाइको अवस्थाः धेरैजसो कामदारहरू सानो कोठामा धेरै जनासँग बस्नुपर्छ, जुन असुविधाजनक र अस्वस्थकर हुन्छ ।

    खानपानः परम्परागत नेपाली खाना (दाल-भात-तरकारी) को सट्टा फास्ट फुड वा सस्तो खानामा निर्भरता बढ्छ, जसले पोषणको कमी गराउँछ । खाना पकाउने सुविधा सीमित भएकाले तयारी खानेकुराको प्रयोग बढी हुन्छ ।

    सामाजिक जीवनः परिवार र आफन्तबाट टाढा रहँदा एक्लोपन र भावनात्मक तनाव बढ्छ । नयाँ देशमा साथी बनाउन र स्थानीय संस्कृतिसँग घुलमिल गर्न समय लाग्छ । नेपाली समुदायसँगको सम्पर्कले भने केही राहत दिन्छ ।

    आर्थिक व्यवस्थापनः कमाइको ठूलो हिस्सा परिवारलाई पठाइन्छ, तर व्यक्तिगत खर्च र बचतमा ध्यान कम हुन्छ । कतिपय अवस्थामा ऋण तिर्नमै धेरै समय लाग्छ, जसले जीवनशैलीमा दबाब थप्छ ।

    फुर्सदको समयः फुर्सद कम हुने भए पनि केही कामदारहरू सामाजिक सञ्जाल, फिल्म वा साथीहरूसँग समय बिताउँछन् । नशालु पदार्थ (रक्सी, चुरोट)को प्रयोग पनि देखिन्छ, जुन स्वास्थ्य र आर्थिक रूपमा हानिकारक हुन्छ ।

    जीवनशैली सुधार्ने उपाय

    आहारमा ध्यानः सम्भव भएसम्म घरमै पकाएर खाने र फलफूल तथा तरकारीको प्रयोग बढाउनुहोस् । आयुर्वेदशास्त्रमा बताइएका रोग एवं मौसमअनुसारको खानपानका नियमहरूको पालन गर्नुपर्छ ।

    व्यायाम तथा तनाव व्यवस्थापन: दैनिक व्यायाम, योग, ध्यान, प्राणायाम, सद्वृत्तको पालन गर्नुपर्छ ।

    समय व्यवस्थापनः कामपछि विश्राम र व्यायामको लागि समय छुट्ट्याउनुहोस् ।

    सामुदायिक सहभागिताः नेपाली संघसंस्था वा साथीहरूसँग जोडिएर सामाजिक समर्थन लिनुहोस् ।

    प्राविधिक सम्पर्कः परिवारसँग नियमित कुराकानी गरेर भावनात्मक सन्तुलन कायम गर्नुहोस् ।

    बचत र योजनाः कमाइको एक हिस्सा भविष्यको लागि बचत गर्नुहोस् ।

    नीतिगत व्यवस्थापन

    स्वास्थ्य बीमा योजनाः नेपाल सरकारले प्रवासी नेपाली कामदारहरूको लागि अनिवार्य स्वास्थ्य बीमा योजना लागू गर्नुपर्छ ।

    अन्तर्राष्ट्रिय सम्झौताः नेपाल सरकारले प्रवासी नेपाली धेरै भएका देशहरूसँग सम्झौता गरेर उनीहरूको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्नुपर्छ ।

    स्वास्थ्य जागरूकता कार्यक्रमः नेपाल सरकारले वैदेशिक रोजगारीमा जाने कामदारहरूलाई स्वास्थ्य र जीवनशैलीबारे तालिम दिनुपर्छ ।
    नेपाली दूतावासको भूमिकाः विदेशमा रहेका नेपाली दूतावासहरूले प्रवासी नेपालीको स्वास्थ्यसम्बन्धी समस्याहरू समाधान गर्नसक्ने प्रभावकारी प्रणाली विकास गर्नुपर्छ । नियमित स्वास्थ्य शिविर र सचेतना कार्यक्रम आयोजना गराउनुपर्छ ।

    मानसिक स्वास्थ्य सहयोगः प्रवासी नेपालीको मानसिक स्वास्थ्यलाई ध्यान दिने कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ । मानसिक रोगहरूमा प्रभावकारी देखिएको योग र ध्यानका आधारभूत तालिमहरू उपलब्ध गराउनुपर्छ ।

    नेपाली कामदारहरूको वैदेशिक रोजगारीले आर्थिक अवसर प्रदान गरे पनि जीवनशैलीमा ठूलो प्रभाव पार्छ । वर्तमान अवस्थामा सर्नेभन्दा नसर्ने रोगको प्रकोप बढिरहेको हुनाले खानपान र जीवनशैली व्यवस्थापन अत्यन्तै महत्वपूर्ण विषय बनिरहेको छ । वैदेशिक रोजगारीमा जानुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू पनि नेपालकै नागरिक हुन् । उनीहरूको स्वास्थ्य रक्षा पनि राष्ट्रको जिम्मेवारी हो । तसर्थ समयमै समस्याको पहिचान र व्यवस्थापनका उपायहरू अवलम्बन गर्नसके स्वस्थ तथा सुखी नेपालको हाम्रो साझा सपना साकार हुनेछ ।

    (डा. क्षेत्री दाङस्थित नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय आयुर्वेद विद्यापीठका उपप्राध्यापक हुन् ।)

  • भारत, बङ्गलादेश र भुटानका आँखाका बिरामी उपचार गर्न नेपालमा

    भारत, बङ्गलादेश र भुटानका आँखाका बिरामी उपचार गर्न नेपालमा

    काठमाडौं । भारत, बङ्गलादेश, भुटानलगायत देशका नागरिक आँखा उपचारका लागि नेपाल आउने गरेका छन् । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित २८ आँखा अस्पताल, दुई सय २४ आँखा उपचार केन्द्रमा विदेशी बिरामी उपचारार्थ आएका हुन् ।

    सन् २०२४ मा सङ्घको सञ्जालमार्फत नौ लाख सात हजार ७१ जना विदेशी नागरिकको आँखा परीक्षण तथा एक लाख ६२ हजार आठ सय ४५ जनाको शल्यक्रिया गरिएको सङ्घका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रले बताए ।

    सञ्जालमार्फत सन् २०२४ मा ३२ लाख ६८ हजार ३४ जना आँखाका बिरामीको आँखा परीक्षण गरी दुई लाख ५८ हजार पाँच सय ७५ जनाको शल्यक्रिया गरिएको छ । सङ्घका अस्पताल तथा विभिन्न बाह्य कार्यक्रममार्फत ३४ हजार चार सय २५ जना आँखाका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ । सङ्घद्वारा विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय विकास साझेदार संस्थाको सहयोग तथा अस्पतालको आन्तरिक स्रोतबाट निःशुल्क शल्यक्रिया गरिएको हो ।

    सङ्घले आफ्ना सञ्जालमार्फत नेपाली तथा अन्य देशका नागरिक गरी हालसम्म चार करोड ६८ लाख ६८ हजार ६० जनाको उपचार गरेको छभने ५३ लाख ९२ हजार दुई सय २४ जनाको आँखाको शल्यक्रिया गरेको जानकारी कार्यकारी निर्देशक मिश्रले दिनुभयो ।

  • स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा क्षेत्री नियुक्त

    स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा क्षेत्री नियुक्त

    काठमाडौं । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा क्षेत्री नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले मंगलबार मन्त्रालयमा अध्यक्ष नियुक्त थापालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।

    थापाको नियुक्तिपछि स्वास्थ्य बीमा बोर्डले गति लिने विश्वास गरेको मन्त्री पौडेलले बताए ।

    उनले भने, ‘तपाईंको नेतृत्वमा स्वास्थ्य बीमामा सुधार ल्याएर आम नागरिकको पहुँच बढाउने हाम्रो लक्ष्य प्राप्ति हुने विश्वास लिएको छु । बोर्डको कार्यकारी निर्देशकमा डा. रघुराज काफ्ले यस अघि नै नियुक्त भइसकेका छन् ।

    मन्त्री पौडेलले स्वास्थ्य बीमाको सुधार र स्वास्थ्य बीमा कोष बलियो पार्दै यसको दिगोपनामा प्राथमिकता रहेको बताउँदै आएका छन् । हालै मात्र उनले श्रोत थप गर्न सकिने विकल्प प्रस्तुत गर्दै यसमा सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको बताएका थिए ।

    बोर्डका कार्यलाई प्रभावकारी बनाउन आवश्यक नीतिगत व्यवस्था गर्नका लागि मन्त्रालय प्रतिबद्ध रहेको मन्त्री पौडेलले बताएका छन् ।

    प्यूठान स्थायी घर भएका अध्यक्ष नियुक्त थापाले २०६१ सालमा त्रिविविबाट स्वास्थ्य शिक्षामा प्रथम श्रेणीमा स्नातकोत्तर गरेका छन् भने उनी बोर्डको यसअघि सदस्य भइसकेका छन् ।

  • मस्कुलर डिष्ट्रोफीको उपचार विधिकाे कार्ययोजना तयार पार्न अग्रवालको संयोजकत्वमा सुझाव समिति गठन

    मस्कुलर डिष्ट्रोफीको उपचार विधिकाे कार्ययोजना तयार पार्न अग्रवालको संयोजकत्वमा सुझाव समिति गठन

    काठमाडौं । मानिसको मांसपेशी कमजोर बनाउने जटिल रोग ‘मस्कुलर डिष्ट्रोफी’को पहिचान, उपचार, रोकथाम एवं पुनःस्थापनाका लागि दीर्घकालिन नीति तथा कार्ययोजना तयार पार्न वरिष्ठ कन्सल्ट्यान्ट तथा न्युरोलोजिष्ट प्रा. डा. जगदीशप्रसाद अग्रवाल संयोजकत्वको सुझाव समिति गठन गरिएको छ ।

    यो रोगका बिरामीको सङ्ख्या बढेको भन्दै त्यसको पहिचान तथा रोकथामका लागि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको पहलमा समिति गठन गरिएको हो । समितिको सदस्यमा त्रिवि शिक्षण अस्पतालका प्रा डा रोहितकुमार पोखरेल, ‘मस्कुलर डिस्ट्रोफी फाउण्डेसन नेपाल’का अनिलकुमार उपाध्याय, त्रिवि शिक्षण अस्पतालकी प्रा. डा. मिता शाह राना तथा मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेल रहेका छन् ।

    यसैगरी, नेपाल पेडियाट्रिक्स सोसाइटीका प्रतिनिधि तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकी निष्ठा श्रेष्ठ समितिको सदस्य र सदस्य सचिवमा मन्त्रालयका डा पुष्पराज पौडेल छन् । स्वास्थ्य मन्त्रालयकाअनुसार मांसपेशी कमजोर बनाउँदै हिँडडुल गर्न समस्या पार्ने आनुवंशिक रोगका बिरामी बढिरहेका छन् ।

    रोकथाम तथा बिरामी र परिवारलाई पुनःस्थापना आवश्यक पर्ने भएकाले यसका लागि आवश्यक नीति तथा कार्यक्रम तयार पार्न समितिलाई जिम्मेवारी प्रदान गरिएको प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी गराए ।

    नेपालमा हाल यसबाट ८०० जना प्रभावित भएको तथ्याङ्क छ । आनुवांशिक बाहेक अन्यमा समेत देखापर्ने जटिल प्रकृतिको रोगको गर्भावस्थामा हुने आनुवांशिक परीक्षणमार्फत ९५ प्रतिशत बिरामी पत्ता लगाउन सकिने विज्ञहरुको भनाइ छ । यो रोग भएका बालबालिका तथा अन्यलाई अतिरिक्त सेवा, विशेष सहयोग र मनोवैज्ञानिक सघनताको आवश्यकता पर्दछ ।

    समितिलाई रोग रोकथाम, परिवार र स्वास्थ्यकर्मीलाई जानकारी दिन सचेतनामूलक कार्यक्रम तयार पार्ने तथा सामाजिक पुनःस्थापना र आत्मनिर्भरताका लागि कार्यक्रम तयार पार्ने योजना मन्त्रालयलाई बुझाउने कार्यादेश दिइएको छ ।

  • विश्व क्षयरोग दिवसः जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदै

    विश्व क्षयरोग दिवसः जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदै

    काठमाडौं । आज मार्च २४ तारिख । हरेक बर्ष आजकै दिन संसारभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ । क्षयरोग रोग विरुद्ध जनचेतना जगाउने, सरल र सहज रुपमा उपचारको प्रबन्ध गर्ने, गराउने उद्देश्यका साथ यो दिवस मनाउने गरिएको छ ।

    दिवसको यस वर्षको नारा ‘हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं । लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चतता, आजको आवश्यकता’ भन्ने तय गरिएको छ । यस दिवसले क्षयरोग महामारीको अन्त्यका लागि गरिएका प्रतिबद्धता, प्रयास, तथा उपलब्धीलाई सम्झिने अवसर समेत प्रदान गरेको छ ।

    राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले दिवसका अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गर्ने तयारी गरेको छ । उक्त रोगका कारण नेपालमा हजारौँ मानिस प्रभावित भइरहेका छन् । विश्वव्यापी रुपमा क्षयरोग अन्त्यका लागि गरिएका हाम्रो साझा तथा सामूहिक संकल्पमा केन्द्र कटिबद्ध रहेको जनाएको छ ।

    केन्द्रका निर्देशक डा. श्रीराम तिवारीले जारी गर्नुभएको विज्ञप्तिमा क्षयरोग (टीबी) विश्वभर लाखौँ मानिसलाई प्रभावित गर्ने सरुवा रोग भएको र नेपालमा यो जनस्वास्थ्य समस्याको रुपमा रहिआएको उल्लेख छ । सन् २०२३ मा विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा अनुमानित ६८ हजार नयाँ क्षयरोग प्रभावित व्यक्तिहरू थिए, जसको दर प्रति एक लाख जनसङ्ख्यामा २२९ रहेको थियो । त्यसैगरी क्षयरोगका कारण १६ हजारको मृत्यु भएको अनुमान गरिएको छ । जसको मृत्युदर प्रति एक लाख जनसङ्ख्यामा ५४ थियो ।

    सोही अवधिमा, राष्ट्रिय क्षयरोग कार्यक्रमले ४० हजार ७७६ जना क्षयरोग प्रभावित व्यक्ति उपचारका लागि दर्ता गरेको थियो । त्यसमा ३९ प्रतिशत महिला र ६१ प्रतिशत पुरुष थिए । पत्ता लागेका औषधि प्रतिरोधी क्षयरोग प्रभावित व्यक्ति ७५६ जना थिए । उपचारका लागि दर्ता भएका मध्ये ७२ प्रतिशत फोक्सोको क्षयरोग र २८ प्रतिशत फोक्सो बाहिर अन्य अङ्गमा लाग्ने क्षयरोगी थिए । त्यसैगरी उपचार सफलता दर ९२ प्रतिशत छ । उल्लेखनीय प्रगतिका बावजुद, नेपालले अझै पनि क्षयरोग अन्त्यका लागि धेरै चुनौतीको सामना गरिरहेको केन्द्रले जनाएको छ ।

    अनुमानित क्षयरोग प्रभावित व्यक्ति र उपचारको दायरामा आएका क्षयरोग प्रभावित व्यक्तिको सङ्ख्यामा ठूलो अन्तर छ । करिब ४० प्रतिशत अनुमानित क्षयरोग प्रभावित व्यक्तिलाई उपचारको दायरामा ल्याउन सकिएको छैन । पर्याप्त स्रोतको अभाव ‘राष्ट्रिय क्षयरोग कार्यक्रमको पञ्च वर्षीय क्षयरोग रणनीतिक योजना २०२१÷२२ देखि २०२५÷२६’ का अनुसार पाँच वर्षको लागि क्षयरोग कार्यक्रमको बजेट एक सय ९२ मिलियन अमेरिकी डलर रहेकोमा एक सय १० मिलियन मात्र (अनुमानित) उपलब्ध छ । त्यो भनेको ४३ प्रतिशत बजेट अभाव हुनु हो ।

    क्षयरोगको कारणबाट रोगीको परिवारमा अधिक आर्थिक व्ययभार परेको छ । राष्ट्रिय क्षयरोग बिरामी लगत सर्वेक्षण–२०२४ का अनुसार नेपालमा ५१ प्रतिशत क्षयरोग प्रभावित व्यक्ति तथा उनीहरूको परिवारलाई यस रोगको कारणबाट अधिक आर्थिक व्यय भार परेको छ ।

    रोग अन्त्यका लागि सबै क्षेत्रको सहकार्य हुन नसक्दा थप प्रगति हासिल हुन नसकेको केन्द्रले स्पष्ट पारेको छ । रोगको अन्त्यका लागि स्वास्थ्य क्षेत्रसहित, स्वास्थ्य बाहेकका अन्य क्षेत्रहरू जस्तैः शिक्षा, श्रम तथा रोजगार, सामाजिक सुरक्षण लगायत अन्यको पनि महत्त्वपूर्ण योगदान रहनु आवश्यक छ । यसका साथै नीजि क्षेत्र र समुदायको संलग्नता पनि उत्तिकै महत्त्वपूर्ण छ ।

    चुनौतीलाई समाधान गर्न केन्द्रले निरन्तर आफ्ना प्रयासलाई परिस्कृत गर्दै लगेको जनाएको छ । नेपालभर क्षयरोग उपचारका सेवा छ हजार २४१ स्वास्थ्य संस्था र निदानका सेवा ८०० स्वास्थ्य संस्थामा निःशुल्क उपलब्ध छन् ।

    रोगको द्रूत परीक्षण सेवाको पहुँच ६७ जिल्लाका ११७ स्वास्थ्य संस्थामा पुगेको छ । यो परीक्षणबाट क्षयरोग प्रभावित व्यक्तिको औषधि प्रतिरोधको अवस्था थाहा पाउन सकिन्छ । औषधि प्रतिरोधी क्षयरोगका बिरामीको उपचार सेवा २९ वटा उपचार केन्द्र र ९८ उपचार उप– केन्द्रबाट प्रदान गरिँदै आएको केन्द्रले जनाएको छ । औषधि प्रतिरोधी बिरामीको लागि इन्जेक्सनरहित छोटो अवधिको, छ महिने उपचार ‘रेजिमेन’ उपलब्ध गराएको छ ।

    मुलुकको सङ्घीय संरचनालाई ध्यानमा राखी नेपालले नवीनतम् प्रयासको रुपमा स्थानीय तहको नेतृत्व, उत्तरदायित्व र अपनत्व विकास गरी क्षयरोग अन्त्यका लागि भएका प्रयासलाई दिगो रुपमा गति दिनको लागि क्षयरोग मुक्त नेपाल अभियान १४९ स्थानीय तहमा विस्तार गरिएको छ । एआई जडित डिजिटल एक्सरे मेसिनद्वारा समुदायमा क्षयरोग बिरामीको सक्रिय खोजपड्ताल सुुरुआत भएको छ ।

    राष्ट्रिय क्षयरोग छैटौँ औषधि प्रतिरोध सर्वेक्षण र पहिलो क्षयरोग बिरामी लगत सर्वेक्षण जस्ता महत्त्वपूर्ण अध्ययनसम्पन्न भएको छ । प्रत्येक वर्ष क्षयरोग रोकथाम, निदान, र उपचारसम्बन्धी सीप अभिवृद्धि तालिम सञ्चालन गरिएको छ । यी प्रयास प्रभावकारी भएपनि, क्षयरोग अन्त्यका लक्ष्य प्राप्तिका लागि सुधार गर्न धेरै बाँकी रहेको केन्द्रले जनाएको छ ।

    आगामी दिनमा क्षयरोग प्रभावित व्यक्तिको पहिचानमा वृद्धि गर्ने, आवश्यक स्रोत तथा साधन जुटाउन तथा परिचालनको लागि स्थानीयतहलाई नेतृत्वदायी भूमिका प्रदान, एकीकृत सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ । त्यसैगरी स्वास्थ्य प्रणालीलाई सुदृढ गरी गुणस्तरीय उपचार सेवा सुनिश्चित गर्नुका साथै निजी क्षेत्रको संलग्नतालाई सुदृढीकरण गर्ने र क्षयरोग प्रभावित व्यक्तिलाई सामाजिक सुरक्षण प्रदान गर्न आवश्यक समन्वय तथा सहकार्य बढाउन विशेष प्राथमिकता निर्धारण गरिएको छ ।

    सन् २०३० सम्ममा क्षयरोग महामारीको अन्त्य र २०५० सम्ममा क्षयरोग मुक्त नेपाल हासिल गर्ने लक्ष्यतर्फ केन्द्र अग्रसर रहेको विज्ञप्तिमा उल्लेख छ । हरेकबर्ष विश्वमा ८० लाख नयाँ क्षयरोगी थपिन्छन भने २० लाखको क्षयरोगकै कारणले मृत्यू हुने गरेको डरलाग्दो तथ्याङ्क छ ।

    तीन हप्ता वा सो भन्दा बढी समयदेखि लगातार खोकी लागेमा, खकारमा रगत देखिएमा, श्वास फेर्न गाह्रो भएमा वा छाती भारी भइरहेमा, अकास्मात धेरै तौल घटेमा यस रोग लागेको हुन सक्छ । त्यस्तै पसिना आउने धेरै भएर थकान बढी महसुस भएमा नजिकैको स्वास्थ चौकी गएर परीक्षण गर्नुपर्दछ । शारिरीक अवस्था कमजोर भई रोग प्रतिरोधात्मक क्षमता कम भएकामा यो रोगको संक्रमण हुन सक्छ । यो रोगसँग डराउनु नपर्ने र यसको निःशुल्क उपचारको प्रबन्ध गरिएको छ ।

    रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका मान्छेमा, चुरोट रक्सी या लागुऔषध सेवन गर्नेमा र क्षयरोगको औषधिको पूर्ण मात्रा सेवन नगरेमा उक्त रोगको पुनः संक्रमण फेरि देखिन सक्ने भएकाले उपचारमा विशेष ध्यान दिनु आवश्यक हुने जनाइएको छ । औषधिको नियमित सेवनले क्षयरोग निको हुने चिकित्सकहरुको भनाइ छ ।

  • दिक्तेलमा निःशुल्क आँखा शल्यक्रिया शिविर

    दिक्तेलमा निःशुल्क आँखा शल्यक्रिया शिविर

    खोटाङ । नेपाल नेत्रज्योति सङ्घ खोटाङले दिक्तेल बजारमा तीनदिने निःशुल्क आँखा शल्यक्रिया शिविर सञ्चालन गरेको छ । पहिलो दिन शनिबार ३४ जनाको आँखाको शल्यक्रिया गरिएको छ ।

    सगरमाथा चौधरी आँखा अस्पताल सिरहा, लहानको प्राविधिक सहयोग तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बन्दोबस्तीमा सुरु भएको उक्त शिविरमा उपचारका लागि दुई सय ५७ बिरामी आएका थिए ।

    शिविर यही चैत ११ गतेसम्म सञ्चालन हुने आयोजक नेत्रज्योति सङ्घका अध्यक्ष इन्द्र कसजूले जानकारी दिए । शिविरमा शल्यक्रिया, आँखा जाँच, औषधि तथा चश्मा वितरण गर्ने कार्यक्रम रहेको छ ।

    आँखाको शल्यक्रिया गरिएका बिरामीलाई खाना, खाजा तथा बासजस्ता सेवा निःशुल्क प्रदान गरिने आयोजकले जनाएको छ । शिविरमा सगरमाथा चौधरी आँखा अस्पताल लहानका मुख्य शल्यचिकित्सक दिवाकर चौधरी, आँखा उपचार केन्द्र दिक्तेलका नेत्र सहायक हरिहर श्रेष्ठससहित १६ चिकित्सक टोलीले सेवा प्रदान गरिरहेको छ ।

    जिल्लाका तीन ठाउँमा सञ्चालन गर्नेगरी सुरु गरिएको शिविर यसअघि चैत ४, ५ र ६ गते केपिलासगढी गाउँपालिकाको बाक्सिला बजारमा सञ्चालन गरिएको थियो ।

    तीन दिनसम्म सञ्चालन भएको शिविरमा ४७ जनाको शल्यक्रिया, तीन सय ९२ जनाको आँखा जाँच, ३४ ज्येष्ठ नागरिकलाई निःशुल्क चश्मा वितरण र तीन सय १० जनालाई निःशुल्क औषधि वितरण गरिएको थियो ।

    नेत्रज्योति सङ्घले यही चैत १४, १५ र १६ गते हलेसी तुवाचुङ नगरपालिकासँगको समन्वयमा हलेसीबजारमा निःशुल्क शिविर सञ्चालनको तयारी गरेको छ । यसपटकको शिविरमा जिल्लाका करिब दुई हजार आँखाका बिरामीले सेवा लिने अनुमान गरिएको आयोजकले जनाएको छ ।

    जिल्लामा एक हजार पाँच सय ४२ जनामा अन्धोपनाको समस्या रहेको सर्वेक्षणले देखाएको छ । उनीहरूलाई संसार देखाउने उद्देश्यले निःशुल्क शल्यक्रियासहितको आँखा उपचार सेवा शिविरको आयोजना गरिएको अध्यक्ष कसजूले जानकारी दिए ।

    शिविरको उद्घाटन कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले गर्नुभएको थियो । विसं २०६० वैशाख १० गतेदेखि जिल्लामा औपचारिक रुपमा सेवा सुरु गरेको नेत्रज्योति सङ्घले २७ हजार पाँच सय एक जनाको उपचार गरिसकेको छ ।

    सेवा सुरु गरेयता जिल्लाका तीन हजार ३८ ज्येष्ठ नागरिकलाई चश्मा निःशुल्क वितरण गरिएको आयोजकले जनाएको छ । शिविरका लागि सगरमाथा चौधरी आँखा अस्पतालले औषधि, उपकरण तथा प्राविधिक सहयोग निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

  • ‘दाँत तथा मुख स्वस्थ राख्न १० मिनेट छुट्याउँ’

    ‘दाँत तथा मुख स्वस्थ राख्न १० मिनेट छुट्याउँ’

    काठमाडौं । आज मार्च २०, ‘स्वस्थ मुखः सकारात्मक सोच’ भन्ने नाराका साथ विश्वभर मुख स्वास्थ्य दिवस २०२५ मनाइँदैछ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले मुख स्वास्थ्यलाई मुख एवं अनुहारको दुखाइ, मुख तथा घाँटीको क्यान्सर, मुखको सङ्क्रमण, जन्मदै तालु तथा ओठ चिरेको (खुँडे), गिँजासम्बन्धी रोग, दाँत किराले खाने तथा झर्ने, दाँतमा प्वाल पर्ने तथा अन्य मुखसम्बन्धी रोगबाट मुक्त हुने अवस्थाको रुपमा व्याख्या गरेको छ ।

    नेपालमा दाँत किराले खाने, गिँजाबाट रगत आउने, गिँजा फुल्ने र पाक्ने, दाँत हल्लिने समस्या अधिकांशमा देखिन्छ । चिनीको खपत, सुर्ती, रक्सीको प्रयोग र सरसफाइको कमी मुखसम्बन्धी स्वास्थ्य समस्याका मुख्य कारक रहेको डब्लुएचओको भनाइ छ ।

    दन्त विशेषज्ञसमेत रहनुभएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी दाँतको तथा मुखको स्वास्थ रह्यो भने ९० देखि ९५ प्रतिशत समस्याहरु रोकथाम गर्न सकिने बताउँछन् । उनका अनुसार दाँत तथा मुख सफा राख्न सकियो भने दाँत किराले खाने समस्या, गिँजाको समस्या, मुखमा आउने घाउ-खटिरा, मुखको क्यान्सर, दाँत खिएर जाने समस्या हुनबाट जोगिन्छ ।

    डा. बुढाथोकी भन्छन्, “दाँत तथा मुख शरीरको प्रवेशद्वार हो । मुख स्वास्थ भएन भने त्यसबाट खाइएका चिजहरु शरीरमा फोहोरकै रुपमा जाने हुन्छन् । मुख शरीरको ऐना पनि हो । मुखमा देखिने समस्या तथा घाउखटिरा दाँत तथा मुखसम्बन्धी कारणहरु हुन सक्छन् वा शरीरमा भएका कुनै रोगहरुको प्रतिबिम्बको रुपमा देखिने गर्दछ ।”

    विज्ञकाअनुसार दाँत तथा मुखको समस्या समयमै निदान गर्न सकियो भने उपचारमा कम लागत र जटिलता पनि धेरै निम्तिँदैन । डा. बुढोथोकीले दाँत तथा मुखको समस्या हुँदा मधुमेह, श्वासप्रश्वासका समस्या, मष्तिष्कमा असर तथा गर्भवतीको पेटमा हुर्किरहेको बच्चाको वृद्धिविकासमा पनि समस्या देखिन सक्ने बताउँछन् ।

    मुख स्वास्थ राख्न प्रत्येक दिन कमसेकम दुई पटक फ्लोराइडयुक्त मन्जनले दाँत माझ्ने र एक पटक डेन्टल फ्लसले सफा गर्ने, गुलियो खानेकुरा कम खाने, खाना खाइसकेपछि र गुलियो खानेकुरा खाएपछि सफा पानीले मुख कुल्ला गर्ने, सूर्तीजन्य पदार्थ तथा मदिरा सेवन नगर्ने, मौसम अनुसारको फलफूल तथा सागसब्जी खाने, मुखमा कुनै समस्या देखिएमा आफै जथाभावी औषधि सेवन नगर्ने र मुख स्वास्थ्यलाई राम्रो बनाउन ६-६ महिनामा दाँत परीक्षण गराउनुपर्ने विज्ञको सुझाव छ ।

    “बिहान खाना खाइसकेपछि पाँच मिनेट र राति सुत्नुअघि पाँच मिनेट दाँतलाई मजाले सफा गरियो भने दाँत तथा मुखका धेरै समस्याबाट बच्न सकिन्छ । यसलाई नियमित जीवनशैलीको रुपमै अपनाउनुपर्छ”, डा बुढाथोकीले भने ।

  • चीनले उत्पादन गर्‍यो क्यान्सरको नयाँ औषधि

    चीनले उत्पादन गर्‍यो क्यान्सरको नयाँ औषधि

    एजेन्सी । चिनियाँ कम्पनीले विकास गरेको नयाँ क्यान्सर औषधिले विश्वव्यापी ध्यान खिचेको छ ।

    अकेसो कम्पनीका अध्यक्ष मिशेल सियाका अनुसार कम्पनीको नयाँ विकसित औषधि, इभोनेसिमाबले फोक्सोको क्यान्सरको लागि अनियमित, डबल ब्लाइन्ड चरण तीन क्लिनिकल परीक्षणमा अग्रणी औषधि किट्रयुडा (किट्रुडा)लाई उछिनेको छ ।

    परीक्षणमा, इभोनेसिमाबले रोग बिग्रँदै नगएको बिरामीहरू बाँच्ने समयलाई किट्रयुडाको तुलनामा लगभग दोब्बर बनाएको उनको भनाई छ । जसले अमेरिकी निर्माताको लागि १३० अर्ब अमेरिकी डलरभन्दा बढीको बिक्री गरेको छ । जसका कराण बायोटेक उद्योगमा व्यापक ध्यान आकर्षित गरेको छ।

    ‘औषधि उद्योगको लागि, किट्रुडालाई उछिनेर धेरै बिरामीहरूलाई फाइदा पुर्‍याउने औषधि विकास गर्नु उल्लेखनीय उपलब्धि हो। विश्वभरका धेरै कम्पनीहरूले यस्ता औषधिहरू विकास गर्न प्रयासरत छन्, तर तिनीहरूका सबै चरण तीन परीक्षणहरू असफल भएका छन्। हाम्रो चरण तीन क्लिनिकल परीक्षण अनियमित, डबल–ब्लाइन्ड अध्ययनमा कडा सकारात्मक परिणाम प्राप्त गर्ने संसारको पहिलो हो,’अध्यक्ष मिशेल सियाले भनेका छन् ।

    डा।सियाको कम्पनीलाई इभोनेसिमाब विकास गर्न एक दशक लागेको हो । चीनले औषधि नवप्रवर्तनमा उल्लेखनीय प्रगति गरिरहेको छ, नयाँ औषधिहरू विकास भइरहेका छन् र पाइपलाइनमा छन् ।

  • राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको निर्देशकमा सहसचिव डा. श्रीराम तिवारी

    राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको निर्देशकमा सहसचिव डा. श्रीराम तिवारी

    काठमाडौं । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको निर्देशकको जिम्मेवारी सहसचिव डा. श्रीराम तिवारीले पाएका छन् ।

    केही दिन अघि स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले मन्त्रस्तरीय निर्णय गर्दै उक्त जिम्मेवारी दिएका हुन् । मन्त्रालयले जिम्मेवारी दिएसँगै तिवारीले निर्देशकको जिम्मेवारी सम्हालिसकेका छन् ।

    निर्देशकको जिम्मेवारी सम्हाल्दै उनले क्षयरोगका विरामी अहिले पनि समुदायमा लुकेर बसिरहेकाले पत्ता लगाएर उपचारमा ल्याउनका लागि थप कार्यक्रम ल्याउने नेपाल प्रेससँग बताए ।

    डा. तिवारीले क्षयरोग पालिका निर्माण गर्ने सरकारको कार्यक्रमलाई सुदृढीकरण गरेर क्षयरोग मुक्त समाज निर्माणमा लाग्ने प्रतिवद्धता जनाए ।

    उनी यस अघि गजेन्द्रनारायण सिंह अस्पताल राजबिराजमा र भरतपुर अस्पताल चितवनमा प्रमुख मेडिकल सुपरिटेण्डेन्टको जिम्मेवारीमा थिए । त्यस अघि २०७८ माघ २७ देखि २०७९ असोज ४ सम्म ८ महिना स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशको सचिवको जिम्मेवारी सम्हालेका थिए ।

    त्यसअघि गोरखा अस्पताल, महाकाली अञ्चल अस्पताल कञ्चनपुरको प्रमुख मेडिकल सुपरिटेण्डेन्टको जिम्मेवारीमा थिए ।

     

  • डोल्पामा पहिलो पटक कानको शल्यक्रिया

    डोल्पामा पहिलो पटक कानको शल्यक्रिया

    काठमाडौं । डोल्पाको जिल्ला अस्पताल दुनैमा पहिलो पटक कानको शल्यक्रिया सुरु भएको छ ।

    ब्याक टु लाइफ इ भीको सहयोगमा फागुन २९ र चैत १ मा सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमा शल्यक्रिया भइरहेको छ ।

    शिविरमा ३४९ जनालाई कान, नाक, घाँटीसम्बन्धी रोगहरूको निदान तथा उपचार र सुन्ने क्षमता कम भएका २५ बिरामीहरूका सुन्ने क्षमताको जाँच गराइएको थियो।

    डा अरुण केसीको नेतृत्वमा पहिलो पटक जिल्लामै कानको शल्यक्रिया सुरु भएको हो । आज र भोलि जम्मा २० जना को कानको शल्यक्रिया गरिने छ ।

    उनीहरूको सबै चेकजाँच, शल्यक्रिया तथा औषधि वितरण निःशुल्क गरिएको जिल्ला अस्पताल दुनै डोल्पा डा‍. अखण्ड उपाध्यायले जानकारी दिए ।

  • स्वास्थ्य सामग्री र मेसिन खरिदमा कमिसन खेल- मन्त्रीले टेन्डर रद्द गरेपछि व्यापारी अदालतमा

    स्वास्थ्य सामग्री र मेसिन खरिदमा कमिसन खेल- मन्त्रीले टेन्डर रद्द गरेपछि व्यापारी अदालतमा

    जनकपुरधाम । मधेश प्रदेशभर स्वास्थ्य सामग्री तथा मेसिन प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले आपूर्ति गर्छ । केन्द्रलाई आर्थिक प्रभावमा पारेर व्यापारीले आफू अनुकूल टेन्डर आह्वान गर्न लगाउँछ । र, केन्द्रलाई आर्थिक प्रभावमा पारेकै व्यापारीले टेन्डर हात पार्छ । यस कार्यमा ठूलो रकम अनियमिता हुने गरेको छ ।

    केन्द्रका कर्मचारीले कोरोना कालदेखि नै व्यापारीको आर्थिक प्रलोभनमा परेर स्वास्थ्य सामग्री तथा मेसिन खरिद गर्ने गरेको रोग अहिले पनि कायमै छ । पछिल्लो पटक एउटै व्यापारीलाई पर्ने मापदण्ड निर्धारण गरेर पुनः ७ वटा टेन्डर केन्द्रले आह्वान गरेको थाहा पाएपछि स्वास्थ्यमन्त्री शत्रुधनप्रसाद सिंहले एक्सन लिए ।

    मन्त्री सिंहको आदेशमा केन्द्रले सबै टेन्डर रद्द गरेपछि व्यापारी अदालत पुगेका छन् ।

    स्वास्थ्यमन्त्री सिंहको निर्देशनमा केन्द्रले फागुन १८ मा ७ वटा टेन्डर रद्द गरेको सूचना निकालेको थियो । टेन्डर रद्द भएपछि आदित्य इन्टरनेशनल जनकपुरधाम ७ का प्रोप्राइटर अमितकुमार सिंहले उच्च अदालत जनकपुरमा रिट हालेका छन् ।

    उनले केन्द्र, मन्त्रालयसमेतलाई विपक्षी बनाई हालेको रिटमा उच्च अदालतले मंगलबार दुबै पक्षलाई छलफलका लागि बोलाएको छ ।

    रिटमा सुनुवाइ गर्दै न्यायाधीश ध्रुवकुमार पियाले कम्पनीको ठेक्का रद्द गर्नेगरी २०८१/११/१५ को निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राखी उक्त निर्णयसँग सम्बन्धित सक्कल निर्णय फाइल झिकाउन आदेश दिएको छ ।

    स्रोतका अनुसार रिट हालेका आदित्य इन्टरनेशनलका प्रोप्राइटर सिंहले अदालतलाई समेत प्रभावित पार्ने धम्की दिन थालेका छन् ।

    मन्त्रालय स्रोतले भन्यो, ‘सिंह ठूलो माफिया हुन् । उनले पैसाको धाक लगाउँछन् । अदालतलाई पनि किन्ने हैसियत राखेको छु, मन्त्रीले केही गर्न सक्दैनन् भनेर धम्काउने गरेका छन् ।’

  • चिकित्सा शिक्षण आयोगको निर्देशन उल्लंघन, शुल्क असुल गर्न थालेपछि डेन्टल विद्यार्थीहरूले विरोध प्रदर्शन

    चिकित्सा शिक्षण आयोगको निर्देशन उल्लंघन, शुल्क असुल गर्न थालेपछि डेन्टल विद्यार्थीहरूले विरोध प्रदर्शन

    काठमाडौं । चिकित्सासँग सम्बन्धित शैक्षिक व्यवस्थापनमा अनियमितता भएको भन्दै डेन्टल विद्यार्थीहरूको समूहले विरोध प्रदर्शन गरेका छन् ।

    चिकित्सा शिक्षण आयोगले डेन्टल पढाइमा सहभागी हुने विद्यार्थीलाई व्यावहारिक तालिमको लागि ल्याब र बिरामी कलेजले आवश्यक व्यवस्था गर्नुपर्ने स्पष्ट निर्देशन दिएको थियो । तर, केहि कलेजहरूले आयोगको निर्देशनलाई बेवास्ता गर्दै, व्यावहारिक तालिमका लागि शुल्क असुल गर्न थालेका छन् ।

    आयोगका अनुसार, यी शुल्क असुलीविरुद्ध डेन्टल विद्यार्थीहरू सडकमा उत्रिएका छन् । उनीहरूले भनिरहेका छन्, ‘शुल्क असुली रोक्न र व्यावहारिक तालिमको उचित व्यवस्था गर्न आयोगले समयमै कडा कदम चाल्नुपर्छ ।’

    डेन्टल कलेजका विद्यार्थीहरू यो समस्या समाधान नभएसम्म अध्ययन बन्द गर्दै विरोध प्रदर्शन गर्न तयार रहेको बताएका छन् ।

    यस विषयमा आयोगले कलेजहरूमा निरीक्षण गर्न र आवश्यक कदम चाल्न निर्देशन दिएको छ ।

    चिकित्सा शिक्षण आयोगले डेन्टल विद्यार्थीहरूका लागि ल्याब र बिरामी कलेजमा प्रयोगात्मक प्रशिक्षणको व्यवस्था कलेजहरूले गर्नुपर्ने निर्णय गरेको थियो । आयोगका अनुसार, डेन्टल अध्ययन गर्ने विद्यार्थीहरूले सम्बद्ध कलेजबाट प्रयोगात्मक (Practical) कार्यका लागि ल्याब र बिरामी कलेजका सुविधाहरूको उपयोग गर्नुपर्नेछ ।

    विज्ञप्तिमा भनिएको छ, ‘श्री विश्वविद्यालय लगायतका सबै प्रतिष्ठान र शिक्षण संस्थाहरूलाई यस विषयमा विशेष ध्यान दिन निर्देशन दिइएको छ । राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा २(थ) अनुसार, ‘शिक्षण शुल्क’ का तहत सबै कलेजहरूले कलेजमा भर्ना, शिक्षण, ल्याब, पुस्तकालय र परीक्षा शुल्क लिन सक्ने छन् ।यसैगरी, चिकित्सा शिक्षा छात्रवृत्ति तथा अनुदान कार्यविधि, २०७९ को दफा १६ मा निःशुल्क अध्ययनको व्यवस्था भएका विद्यार्थीहरूको लागि कुनै पनि शुल्क तिर्नु पर्ने छैन । उल्लिखित व्यवस्थाहरूको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित संस्थाहरूलाई आग्रह गरिएको छ ।’

  • स्वास्थ्य बीमा सुधार सुझाव समितिको प्रतिवेदन सार्वजनिक

    स्वास्थ्य बीमा सुधार सुझाव समितिको प्रतिवेदन सार्वजनिक

    काठमाडौं । स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदन २०८१ सार्वजनिक गरिएको छ । प्रतिवेदनले तत्कालीन, अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन गरी विभिन्न ढाँचामा रही सुझाव पेस गरेको छ ।

    आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, सचिवद्वय डा विकास देवकोटा र हरिप्रसाद मैनाली, स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा रघुनाथ काफ्लेलगायतको उपस्थितिमा प्रतिवेदन सावर्जनिक गरिएको हो ।

    स्वास्थ्य बीमाको प्रभावकारिता वृद्धि गरी यसलाई सबै नागरिकको पहुँचमा पुर्‍याउन, बिमामार्फत उपलब्ध हुने सेवा गुणस्तरीय तथा सर्वसुलभ बनाउन, स्वास्थ्य बीमामा सुशासन कायम गर्न, स्वास्थ्य बिमालाई आत्मनिर्भर बनाउन तथा देशमा एकीकृत ढङ्गबाट स्वास्थ्य सेवा कार्यक्रम बीमामार्फत सञ्चालन गर्नुपर्ने विषयमा केन्द्रित रही सुझाव दिइएको छ ।

    गत असोज १३ गते डा शम्भु आचार्य नेतृत्वमा नौ सदस्यीय स्वास्थ्य बिमा सुधार सुझाव समिति गठन गरिएको थियो । समितिले गत पुस १९ गते स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई प्रतिवेदन बुझाएको थियो ।

    प्रतिवेदन सार्वजनिक गर्दै स्वास्थ्यमन्त्री पौडेलले स्वास्थ्य बिमालाई व्यवस्थित गर्न र निरन्तरता दिन खोजिएकाले सरकारको प्राथमिकतामा रहेको बताए । उनले भने, “अब हरेक तहमा स्वास्थ्य बिमा प्रदान गर्ने एकाइ हुने व्यवस्था अनिवार्य गरिनेछ । स्वास्थ्य बिमा तीनवटै सरकारको हो । तीनवटै सरकारले खर्च गर्ने रकम बिमा कोष बलियो बनाउन उपयोग गर्न आवश्यक छ ।”

    मन्त्री पौडेलले नागरिकको स्वास्थ्यमा बढी असर पार्ने चिनीजन्य पदार्थमा लगाउन सकिने कर तथा स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने प्रदूषण, सुर्ती, मदिराआदिमा लगाइएको करको सानो अंश मात्र स्वास्थ्य बीमा कोषमा सिधै जाने व्यवस्था मिलाउन सकिएमा अहिलेको स्वास्थ्य बिमा कोष बलियो बनाउने सकिने बताए ।

    घातक रोग लाग्दा अहिलेको सुविधा थैलीले धान्ने अवस्था नरहेकाले व्यक्तिको तिर्नसक्ने क्षमताका आधारमा प्रिमियम र सहभुक्तानीकोसमेत व्यवस्था गरी सुविधाको थैली कम्तीमा पाँच लाख पुर्याउनुपर्ने सुझाव दिइएको छ ।

    प्रतिवेदनमा संविधानले सुनिश्चित गरेको निःशुल्क आधारभूत स्वास्थ्य सेवा र आकस्मिक सेवालाई थप प्रभावकारी बनाउन स्वास्थ्य बिमासँग आबद्ध गर्नुपर्ने र क्लिनिकल सेवा एउटै रहने गरी थप भौतिक सुविधा लिनसक्नेगरी सेवाको थैली तथा प्रिमियमको डिजाइन गर्ने सुझाव दिइएको छ ।

    साथै अतिरिक्त भौतिक सुविधा लिन चाहनेका लागि बोर्डले अतिरिक्त प्रिमियम निर्धारण गर्ने गरी प्याकेज तयार पार्ने तथा प्रेषण व्यवस्थित गर्न सेवा प्रदायक मन्त्रालय र बोर्डले मापदण्ड बनाइ लागू गर्ने भनिएको छ ।

    स्वास्थ्य बिमा बोर्डको सङ्गठन संरचना स्वीकृत गर्ने, आधारभूत स्वास्थ्य सेवा प्याकेजको पुनरावलोकन र कार्यान्वयन, पुरानो बाँकी भुक्तानी गरी तत्कालीन गर्नुपर्ने सुझाव दिएको छ । त्यसैगरी स्वास्थ्य बिमाको पुनःसंरचना र नामकरण, बोर्डलाई आधुनिक सूचना प्रणालीको प्रयोगमार्फत पूर्ण स्वचालित बनाउने, सुविधा थैलीको दायरा फराकिलो बनाउने सुझाव दिइएको छ ।

    तीन तहका सरकारका स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई कानुन बनाएर एकीकृत गर्ने, प्रिमियम प्रगतिशील बनाई सात हजारदेखि १५ हजारसम्म बनाउने, गरिब तथा लक्षितलाई पूर्ण अनुदान दिने, सरकारी सबै कर्मचारी तथा औपचारिक क्षेत्रका कर्मचारीलाई स्वास्थ्य बिमाको दायरामा ल्याउने भनिएको छ ।

    आमनागरिकको स्वास्थ्य बिमामा अनिवार्य आबद्धता गर्ने र सरकारी कर्मचारी तथा सङ्गठित क्षेत्रका कामदारलाई सरकारबाट निर्णय गराई स्वास्थ्य बिमामा आबद्ध गर्ने भनिएको छ ।

    समितिले २०९१ सालभित्र शतप्रतिशत नागरिकलाई बिमाको दायरामा ल्याउन १० वर्षे प्रस्तावित लक्ष्यसहितको सुझाव पनि दिएको छ । प्रतिवेदनमा उल्लेख भएअनुसार चालु वर्षमा देशभरका ३९ प्रतिशत घरधुरी र २५ प्रतिशत जनसङ्ख्या बिमामा आबद्ध रहेकामा २०९१ सालमा शतप्रतिशत घरधुरी र ९० देखि १०० प्रतिशत जनसङ्ख्या स्वास्थ्य बीमामा आबद्ध हुने लक्ष्य रहेको छ ।

     

  • वीरगञ्जमा लामखुट्टेको आतङ्क बढ्यो

    वीरगञ्जमा लामखुट्टेको आतङ्क बढ्यो

    वीरगञ्ज । औद्योगिक तथा व्यापारिक नगरीको रूपमा परिचित वीरगञ्जमा केही सातादेखि लामखुट्टेको आतङ्कले सर्वसाधारण जनता आजित भएका छन् । वीरगञ्ज महानगर क्षेत्रमा गर्मीको सुरूआतसँगै लामखुट्टेको प्रभाव देखिएकाले यहाँका सर्वसाधारण बिहान र साँझको समयमा निकै सास्ती पाउँदै आइरहेका छन् ।

    होलीको समयमा सरसफाइका कर्मचारी बिदामा भएकाले पनि महानगरको भित्री सडकमा फोहरमैला उठ्न सकेको थिएन । त्यहीे कारणले पनि लामखुट्टेको प्रभाव झनै बढेको हो । जाडो मौसमको अन्त्य र गर्मी मौसमको सुरूआती भएकाले पनि लामखुट्टेको प्रभाव झनै देखिएको हो ।

    वीरगञ्ज महानगर वडा नं ६ मिनाबजारमा व्यापार गर्दै आइरहेका परशुराम तेली पनि अत्यधिक मात्रामा वीरगञ्जमा लामखुट्टे देखिए पनि वीरगञ्ज महानगरले लामखुट्टेको स्प्रे छर्किनलाई बेवास्ता गरेको बताए । “साँझ र बिहानको समयमा बाहिर बसिसक्नुछैन”, उनले भने, “यतिविघ्न लामखुट्टे आउँदा पनि महानगर के हेरेर बसेको छ ।” तेली मात्रै होइन, वीरगञ्ज महानगर वडा नं ४ बिर्ताका राकेश झा पनि लामखुट्टेको आतङ्कबाट आजित भएको गुनासो गर्छन् ।

    “एक त वीरगञ्जको नाला खुल्लै छ । जसको कारणले लामखुट्टेको आतङ्क बढेको बढ्यै छ”, उनले भने, “मेयरसाबले वीरगञ्जलाई स्वच्छ र हराभरा बनाउँछु भन्नुहुन्छ । यहाँ त मच्छडगञ्ज भइसक्यो ।” डेङ्गी ज्वरो लामखुट्टेको टोकाइबाट सर्ने सरूवा रोग हो ।

    डेङ्गीको विषाणुद्वारा सङ्क्रमित भएको पोथी लामखुट्टेले यो रोग सार्दछ । रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रमाभन्दा सहरी क्षेत्रमा बढी पाइने गरेको छ । वीरगञ्ज महानगरका सरसफाइ व्यवस्थापन शाखा प्रमुख सर्फुदिन मियाँले आइतबारदेखि वीरगञ्जका वडामा लामखुट्टे मार्नका लागि ३२ वटै वडामा कार्यतालिका बनाएर लामखुट्टे मार्ने अभियान सुरू गर्न लागेको जानकारी दिए ।

    ‘‘गर्मीको सुरूवातसँगै बढ्दो लामखुट्टेको प्रकोप र त्यसबाट फैलन सक्ने डेङ्गी, मलेरिया र इन्सेफलाईटिस जस्ता प्राणघातक रोगको सङ्क्रमणलाई नियन्त्रण गर्न वडा नं १ देखि ३२ वटै वडामा कार्यतालिका बनाएका छौँ,” उनले भने, “महानगरले लामखुट्टको लार्भा मार्नका लागि बिहानदेखि साँझमा नालामा पम्प स्प्रेबाट लार्भा साईटिङ स्प्रे तीन पटक तथा वयस्क लामखुट्टे मार्न बेलुकीदेखि रातिसम्म ऐयर स्प्रे दुई पटक कार्यक्रम राखिएको छ ।”

    यद्यपि वीरगञ्ज महानगरले गत फागुन २५ गते लामखुट्टे नियन्त्रणको लागि चैत ३ गतेदेखि पम्प तथा ऐयर स्पे कार्यक्रमको कार्यतालिकासमेत सार्वजनिक गरेको थियो । यो अभियान आइतबारदेखि चैत २४ गतेसम्म जारी रहने बताइएको छ ।

  • नेपाली सेनाको स्वास्थ्य शिविरबाट ५२५ जना लाभान्वित

    नेपाली सेनाको स्वास्थ्य शिविरबाट ५२५ जना लाभान्वित

    गोरखा । गोरखाको सहिद लखन गाउँपालिका-६, स्थित घैरुङ स्वास्थ्य चौकीमा सञ्चालन भएको दुई दिने बृहत् स्वास्थ्य शिविरमा पाँच सय २५ जनाले निःशुल्क स्वास्थ्य उपचार सेवा लिएका छन् ।

    नेपाली सेना रिपुमर्दन गण र सहिद लखन गाउँपालिकाको संयुक्त आयोजनामा भएको शिविरमा स्त्रीरोग, हाडजोर्नी, छालासम्बन्धी रोग, पाठेघरको मुखको क्यान्सर परीक्षणलगायत उपचार सेवा प्रदान गरिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख वीरेन्द्र श्रेष्ठले जानकारी दिए ।

    शिविरमा तीन सय ५८ जना महिला र एक सय ६७ जना पुरुषले स्वास्थ्य जाँच गराएको उनको भनाइ छ । उपचार सेवा लिएकामध्ये ४१ जना महिलाको पाठेघरको मुखमा हुने क्यान्सर रोगको पूर्व पहिचानका लागि पाठेघरको क्यान्सर स्क्रिनिङ (भिआइए) परीक्षण गराइएको थियो ।

    भिआइए परीक्षण गराइएकामध्ये चार जनामा भने क्यान्सरको जोखिम भएको पाइएको प्रमुख श्रेष्ठको भनाइ छ । उनीहरूलाई पहिलो चरणमा थर्मोक्रोवुलेसन (सेकाइ) विधिबाट उपचार थालिएको र फलोअपको लागि व्यवस्था मिलाइएको छ ।

    त्यस्तै शिविरमार्फत एक सय ४९ जनाले हाडजोर्नीसम्बन्धी उपचार सेवा लिए भने दुई सय ५४ जनाले अन्य विभिन्न रोगको जाँच गराएको उनले बताए । शिविरमा १० जनाले दन्त उपचार, ९० जनाले स्त्रीरोगसम्बन्धी उपचार, २२ जनाले छाला रोगसम्बन्धी उपचार र ७३ जनाले प्रयोशालासेवा लिएका छन् ।

    उपचार सेवा लिएका बिरामीलाई आवश्यक औषधिसमेत निःशुल्क उपलब्ध गराइएको प्रमुख श्रेष्ठले बताए। ‘‘शिविरमा हाडजोर्नी, स्त्रीरोग, चर्मरोग, जनरल ओपिडी परीक्षणदेखि लिएर निःशुल्क प्रयोगशाला सेवा प्रदान गरिएको हो, उनले भने, “गाउँमा विशेषज्ञ चिकित्सकबाट निःशुल्क सेवा पाएपछि बिरामी खुसी भएका छन् ।”

    सो क्रममा करिब रु तीन लाखभन्दा बढीको औषधि बिरामीलाई वितरण गरिएको छ । लायन्स क्लब अफ गोरखाकाली, प्रभु र सानिमा बैंकको सहयोगमा शुक्रबार र शनिबार शिविर सञ्चालन गरिएको हो ।

  • डोल्पाको सदरमुकाममा नि:शुल्क स्वास्थ्य शिविर, १५ सय बढी लाभान्वित

    डोल्पाको सदरमुकाममा नि:शुल्क स्वास्थ्य शिविर, १५ सय बढी लाभान्वित

    काठमाडाैं । डोल्पाकाे जिल्ला अस्पताल दुनैमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । विभिन्न विशेषज्ञ डाक्टरहरुबाट सेवा दिने उदेश्यले शुक्रबार ब्याक टु लाइफ र हेरेन्डेक नेपालकाे सहयाेगमा दुनैमा निःशुल्क स्वास्थ्य शिविर सञ्‍चालन गरिएको हाे।

    शिबिरमा  मुटु राेग,स्त्रीरोग, बालरोग, नाक, कान घाँटी, सामान्य/आन्तरिक रोग लगायतका सेवा राखिएकाे थियाे ।  मुटुराेग  विशेषज्ञ  डा. चन्द्रमणी अधिकारी, डा. अमृत बाेगटी,  डा, कृष्ण चन्द्र अधिकारी र  डा, विजय घिमिरे सहभागी थिए ।

    ४१९ जनाको निःशुल्क हृदय परीक्षण (२३० जनाकाे इकोकार्डियोग्राम र  ८५ जनाकाे इसीजी), उच्च रक्तचाप, मुटु रोग तथा छाती दुखाइसम्बन्धी परामर्श र उपचार गरिएको छ ।

    स्त्रीरोग विशेषज्ञ नेतृत्व र रेडियोलोजिस्टको सहकार्यमा  स्त्रीरोग विशेषज्ञ डा. इच्छा उप्रेती र डा. कृष्ण बुढाथाेकीले प्रजनन स्वास्थ्य समस्याहरूको निदान तथा उपचार, पाठेघर खस्ने समस्याका लागि पेसेरी रिङ्ग राख्ने सेवा, परिवार नियोजन परामर्श दिइएकाे थियाे । ४७५ जनालाई स्त्रीरोग सम्बन्धी परामर्श तथा  ३५२ जनाकाे  युसीजी भिडियो एक्सरे गराइएकाे हाे ।

    त्यसैगरी  बालरोग विशेषज्ञको नेतृत्वमा डा. रस्मिता श्रेष्ठ र  देविका खड्काले  दम, न्यूमोनिया जस्ता बालबालिकामा देखिने सामान्य रोगहरूको उपचार, बच्चाहरूको वृद्धिदर तथा विकास मूल्यांकन, अटिज्म स्पेक्ट्रम डिसअर्डर (ASD) तथा ADHD परीक्षण  गराइएकाे छ ।  २०३ जना बालबालिकालाई बालरोग सम्बन्धी परामर्श तथा उपचार गरिएको छ।

    डा. अरुण केसीले नाक, कान घाँटी विशेषज्ञ/सर्जनको नेतृत्व गरेका थिए । ३४९ जनालाई कान, नाक, घाँटीसम्बन्धी रोगहरूको निदान तथा उपचार र सुन्ने क्षमता कम भएका २५ बिरामीहरूका सुन्ने क्षमताको जाच  गराइएकाे थियाे । २० जना बिरामीको कानको शल्यक्रिया चैत ५ र ६ गते हुनेछ ।

    एमडी फिजिसियन/आन्तरिक रोग विशेषज्ञको नेतृत्वमा डा. करण राजबंशीले ५०३ जनालाई सेवा दिए । आन्तरिक रोगहरूको निदान, उपचार र रोकथाम, दीर्घकालीन तथा नसर्ने रोगहरूको उपचार, मधुमेह, श्वासप्रश्वाससम्बन्धी रोगहरूको उपचार, दम , निमाेनिया ब्रोंकाइटिस, पाचनप्रणाली सम्बन्धी समस्या समाधान, पेट दुखाइ तथा ग्यास्ट्राइटिस, कलेजो तथा आन्द्रासम्बन्धी समस्या, पाचन शक्ति कमजोर हुने समस्या संक्रामक तथा सामान्य रोगहरूको उपचार, तथा आवश्यक बिरामीको भिडियो एक्सरे पनि गरिएको  थियाे ।
    शिविरमा १५९१  जनाले सेवा लिएका थिए ।

    उनीहरुकाे सबै चेकजाँच तथा औषधि वितरण नि:शुल्क गरिएको जिल्ला अस्पताल दुनै डोल्पा डा‍. अखण्ड उपाध्यायले जानकारी दिए ।

  • सचिवमा बढुवा नभएपछि असन्तुष्ट डा. संगिता मिश्र एक सातादेखि ‘अनिश्चितकालीन’ बिदामा

    सचिवमा बढुवा नभएपछि असन्तुष्ट डा. संगिता मिश्र एक सातादेखि ‘अनिश्चितकालीन’ बिदामा

    काठमाडौं । बढुवामा अन्याय भएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त स्वास्थ्य सचिव डा.संगिता कौशल मिश्र एक सातादेखि बिदामा बसेकी छन् । बरियतामा आफूभन्दा पछिका अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटा सचिवमा बढुवा भएपछि उनी असन्तुष्ट थिइन् ।

    मन्त्रीपरिषदले सचिव बढुवा गर्ने निर्णय लिएको भोलिपल्टैदेखि मिश्र विदामा बसेकी हुन् । स्वास्थ्यमन्त्रीले आफूलाई विभेद गरेको उनको आरोप छ ।

    सरकारले निर्णय सच्याउने तथा उचित व्यवस्थापनको पर्खाइमा रहेको डा. मिश्रले नेपाल प्रेससँग बताइन् । कहिलेसम्म विदामा बस्नुहुन्छ ? भन्ने प्रश्नमा उनले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेल वा मन्त्रालयसँग बुझ्न सुझाइन् ।

    मन्त्रालय स्रोतका अनुसार मिश्रले एक साताका लागि विदा लिएकी थिइन् । उनले मागेको विदा आजबाट सकिएको छ । भोलि शनिबार हो । आइतबारपछि पनि विदा बस्न चाहेमा उनले अर्को निवेदन दिन सक्ने मन्त्रालय स्रोतको भनाइ छ ।

    मिश्र बिदा बसेपछि स्वास्थ्यमन्त्री पौडेलले स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी अतिरिक्त स्वास्थ्य सचिव डा. टंक बाराकोटीलाई दिएका छन् । डा. देवकोटा सचिव भएसँगै विभागको महानिर्देशक खाली भएको थियो । देवकोटासँगै स्वास्थ्य सचिवमा सिफारिस भएका बाराकोटीलाई मन्त्रीले महानिर्देशक बनाएका हुन् । उनले शुक्रबार दिउसो विभागमा पुगेर पदभार ग्रहण गरिसकेका छन् ।

    डा.बाराकोटी स्वास्थ्य मन्त्रालयको १२औँ तहमा अतिरिक्त सचिवमा रुपमा मन्त्रालयमा कार्यरत थिए । स्वास्थ्यमन्त्री पौडेलले गत फागुन २७ मा मन्त्रीस्तरीय निर्णय गर्दै बाराकोटीलाई महानिर्देशकको जिम्मेवारी दिएका थिए ।

    यसैबीच स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा नियुक्त भएका डा.रघुराज काफ्लेले पनि बोर्डमा पुगेर पदबहाली गरेका छन् । केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले काफ्लेलाई बोर्डको कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।

    काफ्लेले स्वास्थ्य बीमा सुधार कार्यदलको सदस्य भएर स्वास्थ्य बीमा सुधारका लागि सुझाव दिएका थिए । उनी यसअघि गण्डकी प्रदेश सरकारको नीति तथा योजना आयोगको उपाध्यक्ष थिए भने त्यस अघि बैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक थिए ।

  • सोलुखुम्बुमा भाइरल सङ्क्रमण, फाप्लु अस्पतालमा क्षमताभन्दा बढी बिरामी

    सोलुखुम्बुमा भाइरल सङ्क्रमण, फाप्लु अस्पतालमा क्षमताभन्दा बढी बिरामी

    सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा भाइरल सङ्क्रमणको प्रकोप उच्च भएको छ । पछिल्ला केही सातायता जिल्लाका विभिन्न स्थानमा भाइरल ज्वरो, रूघाखोकी, दम, निमोनिया, झाडापखाला, टाउको दुख्ने तथा श्वासप्रश्वाससम्बन्धी समस्याबाट ग्रसित बिरामीको सङ्ख्या अत्यधिक बढिरहेको छ ।

    स्वास्थ्य कार्यालयका अनुसार बिरामीको चाप असामान्य रूपमा वृद्धि भएको छ । जसले गर्दा जिल्लाको प्रमुख स्वास्थ्य केन्द्र फाप्लु अस्पतालको सेवा प्रवाहमा कठिनाइ सृजना भएको छ ।

    जिल्ला अस्पताल फाप्लुमा दैनिक एक दर्जनभन्दा बढी बिरामी भाइरल सङ्क्रमणका कारण उपचारका लागि पुगिरहेका छन् । पन्ध्र शय्या क्षमताको यस अस्पतालमा अहिले ५० जनाभन्दा बढी बिरामी भर्ना गरेर उपचार गराइरहेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका निमित्त प्रमुख सानी शेर्पाका अनुसार कारण जनशक्ति व्यवस्थापनमा समेत चुनौती सृजना भएको छ ।

    उनका अनुसार अस्पतालका सबै बेड भरिएका छन्, जसका कारण सुत्केरी कक्षका बेडसमेत अन्य बिरामीलाई उपचार दिन प्रयोग गरिएका छन् । “अस्पतालमा भर्ना भएका अधिकतम बिरामी भाइरल सङ्क्रमणकै हुन् । जनशक्ति कम छ, तर बिरामीको चाप अत्यधिक छ । अहिले हामीले उपलब्ध सबै स्रोतसाधन परिचालन गरिरहेका छौँ”, शेर्पाको भनाई छ ।

    ओपिडीका बिरामीलाई पनि अक्सिजन

    अस्पतालमा आउने अधिकांश बिरामी गम्भीर अवस्थाका छन् । डाक्टरहरूका अनुसार ज्वरो, दम, निमोनिया र श्वासप्रश्वास समस्याले ग्रसित बिरामीलाई अक्सिजन नै दिनुपर्ने अवस्था छ । “अस्पतालका सबै बेड भरिएका छन् । सुत्केरी कक्षका बेडमा समेत अन्य बिरामी राखेर उपचार गराइरहेका छौँ । यदि बिरामीको सङ्ख्या अझै बढे, हामीलाई भुइँमा राखेर उपचार गर्नुपर्ने अवस्था आउन सक्छ”, डा रामबाबु जोशीले भने ।

    भाइरल सङ्क्रमणबाट प्रभावित हुनेमा सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धा रहेका डा जोशीले बताए । स्वास्थ्य कार्यालयका अधिकारीले बालबालिकालाई विशेष सावधानी अपनाउन आग्रह गर्दै स्वास्थ्य समस्याबाट जोगिन पर्याप्त पानी पिउने, भीडभाडबाट टाढा रहने, मास्क लगाउने र व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्ने सुझाव दिएका छन् । फाप्लु अस्पतालमा जनशक्ति तथा आवश्यक औषधिको अभावले थप समस्या निम्त्याएको छ ।

    दुर्गम क्षेत्र भएकाले स्वास्थ्यकर्मी सीमित छन्, तर बिरामीको चाप अत्यधिक हुँदा उपचार प्रभावकारी रूपमा दिन कठिन भइरहेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका डा. श्रेया पङ्गेनीका अनुसार भाइरल ज्वरो एकअर्काबाट सजिलै फैलिने भएकाले सावधानी अपनाउनुपर्ने आवश्यकता छ ।

    भवन सुविधासम्पन्न, जनशक्ति अभाव

    साना साँघुरा टहराबाट विगत ५४ वर्षदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको सोलुुखम्बुको जिल्ला अस्पताल फाप्लुको सुविधासम्पन्न भवन तयार भएको छ । विविध कारणले वर्षौँदेखि बन्न नसकेको भवन सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङबु शेर्पाले सरोकारवाला निकायमा पहल र समन्वय बढाएपछि भवन निर्माण भएको हो ।

    जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद निरौला र सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङबु शेर्पाले बुधबार संयुक्त रूपमा उद्घाटन गरेपछि लिफ्टसहितको अपाङ्गमैत्री नयाँ भवनबाट एकीकृत स्वास्थ्य सेवा सुरू हुने भएको छ । तर जनशक्ति भने अत्यन्त कम हुँदा उपचारमा समस्या भएको अस्पतालका स्वास्थ्यकर्मी बताउँछन् ।

    कोशी प्रदेश सरकारले यस अस्पताललाई १५ शय्याको मात्र स्वीकृति दिँदा सोहीअनुसार जनशक्ति रहेको अस्पतालका निमित्त प्रमुख शेर्पाले बताए । जसका कारण अस्पताल विकास समितिले आधा दर्शनभन्दा बढी कर्मचारी करारमा राखेर सेवा सञ्चालन गर्नुपरेको उनको भनाइ छ । हिमाली जिल्लाको अस्पताल भएकाले जनशक्ति कम रहे पनि बिरामीको चाप धेरै हुने भएकाले उपचारमा स्वास्थ्य उपकरण, औषधि तथा जनशक्तिको पनि अभाव झेल्नुपरेको अस्पताल प्रशासनले जनाएको छ ।

    अस्पताल व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्णप्रसाद निरौलाले अस्पतालको दरबन्दीअनुसार जनशक्ति र उपकरण व्यवस्थापनमा स्थानीय तह, प्रदेश र सङ्घीय सरकारसँग समन्वय गर्ने बताए । सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङबु शेर्पाले जिल्ला अस्पताल भौतिक पूर्वाधारमा अब्बल रहेकाले सेवा प्रवाहमा चुस्त र स्तरीय बनाउन लाग्ने बताए ।

    सोलुदूधकुण्ड नगरपालिका–४ मा रहेको यस अस्पतालमा जनशक्ति र आवश्यक उपकरण व्यवस्थापनमा नगरपालिकाले सहजीकरणमा सक्दो सहयोग गर्ने उनको प्रतिबद्धता छ । जिल्ला अस्पतालको सुविधासम्पन्न भवन सहरी विकास मन्त्रालयको रु २१ करोड २१ लाखको लागतमा निर्माण भएको ३० शय्याको अस्पताल भवन विसं २०७६ पुस २७ गतेदेखि निर्माण सुरु भई गत असार २५ गते निर्माण कम्पनीले अस्पताललाई हस्तान्तरण गरेको थियो ।

    विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पाइला टेक्ने सर एडमन्ड हिलारीले ५४ वर्षअघि स्थापना गर्नुभएको फाप्लु अस्पताल ६४ रोपनी क्षेत्रफलमा फैलिएको छ । हालै नवनिर्मित भवन सात रोपनीमा बनेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालको आफ्नै सुविधासम्पन्न भवन नहुँदा लामो समयदेखि पुरानो भवनबाट सेवा प्रवाह हुँदै आएको थियो । सरकारले कर्मचारीको दरबन्दी घटाउँदा सेवा प्रवाहमा चुनौतीको सामना गर्नुपरेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।

  • ४५ कोठाको स्वास्थ्य चौकी निर्माण

    ४५ कोठाको स्वास्थ्य चौकी निर्माण

    गोरखा । भूकम्पमा भत्केको घैरुङ स्वास्थ्य चौकीको भवन पुनर्निर्माण सम्पन्न भएको छ ।

    जिल्लाको सहिद लखन गाउँपालिका-६ घैरुङस्थित स्वास्थ्य चौकीको भवन रु आठ करोड ५४ लाख छ हजार लागतमा पुनर्निर्माण सम्पन्न भएको हो ।

    गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापामगरका अनुसार सङ्घीय सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र भारत सरकारको आर्थिक सहयोगमा स्वास्थ्य चौकी पुनर्निर्माण गरिएको हो ।

    पैतालीस कोठाको नवनिर्मित भवनबाट आगामी चैतदेखि सेवा प्रवाह गरिने उनले जानकारी दिए ।

    विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भवन भत्काएपछि घैरुङस्थित हिमालय माध्यामिक विद्यालयमा सञ्चालन हुँदै आएको छ ।

  • जग्गा विवादले ४ वर्षदेखि बन्द बर्थिङ सेन्टर सञ्चालनमा

    जग्गा विवादले ४ वर्षदेखि बन्द बर्थिङ सेन्टर सञ्चालनमा

    बझाङ । बझाङको तलकोट गाउँपालिका-२ ढुङ्गानामा रहेको बर्थिङ सेन्टर स्थापना भएको ४ वर्षपछि सञ्चालनमा आएको छ । जग्गा विवादका कारण ४ वर्षदेखि बन्द भएको बर्थिङ सेन्टर सञ्चालनमा आएको हो ।

    तलकोट गाउँपालिकाको करिब २५ लाखको लागतमा निर्माण गरिएको उक्त बर्थिङ सेन्टर उद्घाटन नहुँदै विवादमा आएको थियो ।

    लामो समयदेखि गाउँमा बर्थिङ सेन्टर अलपत्र परेको र सुत्केरी महिलाको समस्या यथावत रहेको गुनासो आएपछि गाउँपालिकाले जग्गाधनीसँग समन्वय गरेर बर्थिङ सेन्टर सञ्चालनमा ल्याएको हो ।

    गाउँमा सुत्केरी व्यथा लागेका महिलालाई बोकेर टाढा रहेको स्वास्थ्य संस्थामा लिनुपर्ने बाध्यता रहेकोमा अब गाउँमै बर्थिङ सेन्टर सञ्चालन भएपछि सहज हुने स्थानीयवासीले अपेक्षा गरेका छन् ।

    गाउँपालिका उपाध्यक्ष पार्वती कुँवर भण्डारीले उक्त बर्थिङ सेन्टरको उद्घाटन गर्दै बर्थिङ सेन्टर सञ्चालनमा आएकाले महिलाहरूलाई सहज हुने बताइन् ।

    उक्त बर्थिङ सेन्टरमा १-१ अहेव, अनमि र कार्यालय सहयोगी गरी तीन जना कर्मचारी राखिएको वडाध्यक्ष जनक बोहराले बताए ।

  • वीर अस्पतालको निर्देशकमा डा. शर्मा नियुक्त

    वीर अस्पतालको निर्देशकमा डा. शर्मा नियुक्त

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वीर अस्पतालको निर्देशकमा डा‍. दिलीप शर्मालाई नियुक्त गरेको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा गठित समितिको सिफारिसअनुसार डा. शर्मालाई उक्त पदमा सिफारिस गरेका थियो ।

    नवनियुक्त निर्देशक डा. शर्मा सोही अस्पतालमा १० औँ तहका कर्मचारी हुन् ।

  • जिल्ला अस्पताल बझाङमा एक हप्तादेखि रेविजविरुद्धको भ्याक्सिन अभाव, खोप नलगाई फर्किन्छन् बिरामी

    जिल्ला अस्पताल बझाङमा एक हप्तादेखि रेविजविरुद्धको भ्याक्सिन अभाव, खोप नलगाई फर्किन्छन् बिरामी

    बझाङ । जिल्ला अस्पताल बझाङमा एक हप्तादेखि रेविजविरुद्धको भ्याक्सिन अभाव हुँदा सेवाग्राहीलाई समस्या भएको छ । रेविजविरुद्धको भ्याक्सिन अभाव भएपछि जिल्ला अस्पताल बझाङमा रेविजको सुई लगाउन आउने बिरामीहरू त्यसै फर्कन बाध्य भएका छन् ।

    अस्पतालमा एक हप्तादेखि भ्यासिक्न अभाव भएको जिल्ला अस्पताल बझाङका प्रमुख डा. नवराज जोशीले बताए । स्वास्थ्य मन्त्रालय अन्तर्गतको आपूर्ति स्वास्थ्य केन्द्र धनगढीबाट यसअघि भ्याक्सिन आउने गरेकोमा पछिल्लो एक हप्तादेखि भ्याक्सिन नआएकोले समस्या भएको उनले बताए ।

    अस्पतालबाट पटक पटक भ्याक्सिन माग भए पनि उपलब्ध हुन नसकेको उनको भनाई छ । यो यस अस्पतालको मात्र समस्या नभएर प्रदेशभरिका अस्पतालहरुमा रेविज रोग विरुद्धको भ्याक्सिन अभाव रहेको समेत डा.जोशीले बताए ।

    रेविजविरुद्धको भ्याक्सिन औषधि पसलहरूमा भने प्रति भाइल ६ सय रुपैयाँसम्म पर्ने गरेको छ । कुकुरले टोकेका व्यक्तिले तीन पटक रेविजविरुद्धको भ्यक्सिन लगाउनुपर्ने हुन्छ । जिल्ला अस्पतालमा दैनिक १०/ १५ जना बिरामी रेबिज रोगविरुद्धको खोप लगाउन आउने गरेका छन् ।

    छविसपाथिभेरा गाउँपालिका–६ माटेसाघुँका भुवन सिंहले छोरीलाई कुकुरले टोकेपछि आइतबार रेविजविरुद्धका खोप लगाउन जिल्ला अस्पताल लगाएत जिल्लाका सबै स्वास्थ्य संस्थामा सोध्दा अभाव भएको भन्ने खबर आएपछि खोप नलगाएरै घर फर्किएको बताए ।

    नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक अन्तर्गत हरेक नागरिकले आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने व्यवस्था गरिएको भए तापनि सरकारी अस्पतालबाट निःशुल्क रूपमा पाउने स्वास्थ्य सेवाबाट नागरिक वञ्चित भएका हुन् ।

  • आयुर्वेद चिकित्सालयमा सेवा विस्तार

    आयुर्वेद चिकित्सालयमा सेवा विस्तार

    त्रिशूली । नुवाकोटको विदुर नगरपालिका–५ पिपलटारस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले २५ श्ययाको अन्तरङ्ग सेवा (अस्पताल) सञ्चालनमा आएको छ । स्थापनाको करिब तीन दशकसम्म बहिरङ्ग (ओपिडी) सेवा दिँदै आएको चिकित्सालयले बागमती प्रदेश सरकारको सहयोगमा आइतबारदेखि सुरु गरेको २५ श्ययाको अस्पतालको बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले शुभारम्भ गरे । अस्पतालको सेवा विस्तारलाई नियमित बनाउन चुनौती भएकाले विश्वसनीय सञ्चालनका लागि सेवा प्रवाहमा खटिन उनले निर्देशन दिए ।

    “आयुर्वेदिक सेवा मानिसले रोगले आक्रमण गर्न सुरु गदाको बखतमा लिनुपर्नेमा स्वास्थ्य अवस्था निकै कमजोर भएर अन्यत्र उपचार नभएर निराश भएपछि मात्र आउने गरेको पाएको छु”, उनले भने, “प्रदेश सरकारले मुख्यमन्त्री स्वास्थ्य कार्यक्रमलगायतका सेवा विस्तार गरेर पुर्‍याउँदै आएको सहयोगका सेवालाई प्रचारप्रसारमा जोड दिएर लक्षित वर्गसम्म पु¥याउन लाग्नुहोस् । बिरामीको माग र सेवाग्राहीको चापअनुसार थप सेवा वृद्धि गर्दै लैजानेछौँ ।”

    चिकित्सालयमा अस्पतालको सेवा शुभारम्भको क्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले चिकित्सालयले आफूलाई चाहिने आयुर्वेद औषधिको उत्पादनमा संलग्न हुने कार्यक्रम सञ्चालनमा ल्याउन सुझाव दिए । अस्पताललाई चाहिने भौतिक संरचना, जनशक्ति, उपकरण सहितको सेवा उपलब्ध रहेकाले बिरामीलाई आयुर्वेद सेवामा आकर्षण गर्नतर्फ लाग्न उनले निर्देशन दिए ।

    यसअघि बिरामीको स्वास्थ्य जाँच एवं परीक्षणको आधारमा औषधि उपलब्ध गराउँदै आएको चिकित्सालयले अब बिरामीलाई भर्ना गरेर उपचार दिन पाउने भएसँगै रसुवा र नुवाकोटको सेवाग्राही बिरामीलाई यहाँबाट अन्यत्र जानुपर्ने बाध्यता अन्त्य हुने कार्यालयका प्रमुख डा. नरेन्द्रप्रसाद गिरीले जानकारी दिए ।

    उनको अनुसार चिकित्सालयबाट बिशेषज्ञ चिकित्सकसहित विषयगत प्राविधिक (स्वास्थ्यकर्मी) मार्फत बिरामी परीक्षण, पञ्चकर्म/पूर्वकर्म थेरापी, योग, प्राणायम, जीवनशैली व्यवस्थापन, अकुपञ्चर, प्याथोलोजी ल्याब, निःशुल्क र सशुल्क फार्मेसीलगायतको आयुर्वेद उपचारको सेवा प्रवाह सञ्चालनमा छ ।

    बागमती प्रदेश सरकारको नवीनतम कार्यको रुपमा ज्येष्ठ नागरिकको स्वास्थ्य प्रवद्र्धन, छ महिनासम्मका सुत्केरी लक्षित दुग्धवद्र्धक औषधि वितरण, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रममार्फत उच्च रक्तचाप, मधुमेह, मुटु, श्वासप्रश्वासजन्य रोगको परीक्षण, मानसिक रोग निराकरणसम्बन्धी परामर्शले आयुर्वेद उपचारको सेवा जनस्तरसम्म विस्तार गरिएको छ ।

    कोभिड-१९ को महामारीको समयमा आयुर्वेद औषधालयको सेवा प्रवाह निकै प्रभावकारी भएसँगै त्यसपश्चात् बिरामीको चाप वृद्धि हुँदै आएको चिकित्सालयले जनाएको छ । नुवाकोट, रसुवा धादिङ सहित आसपासका जिल्लाबाट हाल दैनिक एकसय बिरामीले बहिरङ्ग सेवा लिँदै आएकाले अन्तरङ्ग सेवा विस्तारले यो दर अझै धेरै वृद्धि हुने लक्ष्य लिएको छ ।

  • कडा रोग लागेका बिरामीलाई दिइने सहायतामा कोशी सरकारको निरन्तरता, यी हुन् क्याविनेटका अन्य निर्णय (भिडिओ)

    कडा रोग लागेका बिरामीलाई दिइने सहायतामा कोशी सरकारको निरन्तरता, यी हुन् क्याविनेटका अन्य निर्णय (भिडिओ)

    विराटनगर । कोशी प्रदेश सरकारले कडा रोग लागेका बिरामीहरूका लागि दिँदै आएको सहयोग रकम वितरण गर्ने भएको छ । प्रदेश सरकारको‌ आज बसेको मन्त्रिपरिषद्को बैठकले ८ करोड ६० लाख रुपैयाँ थप निकासा गर्ने निर्णय गर्दै बिरामीहरूलाई सहयोग रकम वितरण गर्ने निर्णय गरेको हो ।

    प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री एवं सरकारका प्रवक्ता रेवती रमण भण्डारीका अनुसार यो पटक सहायता रकम वितरण गरेपछि अर्को वर्षदेखि भने भिन्दै तरिकाबाट सहयोग गर्ने नीति लिइने बताए ।

    त्यस्तै आज बसेको बैठकले फागुन २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश सभामा गर्ने सम्बोधनको तयारीका लागिका प्रदेश सभालाई आग्रह गर्ने निर्णय गरेको छ ।

    त्यस्तै प्रदेशमा आएका प्रदेश सचिव रामप्रसाद आचार्यलाई आन्तरिक मामला तथा कानून मन्त्रालयमा कामकाज गर्न खटाउने र सचिव पवन कुमार तिम्सिनालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नै कामकाजमा खटाउने निर्णय भएको मन्त्री भण्डारीले जानकारी दिए ।

    मन्त्रिपरिषद् बैठकले धनकुटा नगरपालिका र चीनको फुझाउ सहरबीच भगिनी सम्बन्ध कायम गर्न परामर्श दिने समेत निर्णय गरेको छ । त्यस्तै कोशी पर्यटन वर्ष को लागि विनियोजित गरेको रकमको स्रोतगत बाँडफाँट गर्ने निर्णय समेत गरेको छ ।

  • वीरगञ्ज-पलथैया औद्योगिक कोरिडोरमा औषधि उद्योग विस्तार हुँदै

    वीरगञ्ज-पलथैया औद्योगिक कोरिडोरमा औषधि उद्योग विस्तार हुँदै

    वीरगञ्ज । वीरगञ्ज-पलथैया औद्योगिक कोरिडोरमा सञ्चालित म्याग्नस फर्माले मौजुदा उद्योगमा रु एक अर्ब लगानी बढाएर ‘इन्जेक्टेबल’ औषधि पनि उत्पादन गर्ने भएको छ ।

    कम्पनीले ‘भाइल’ तथा ‘ड्रप’हरु उत्पादन गर्न आवश्यक उपकरण जडान एवं परीक्षण गरिहेको तथा आगामी वैशाखदेखि पूर्ण क्षमतामा काम नयाँ औषधि बनाइने फर्माका प्रबन्ध निर्देशक सुधिरप्रकाश मास्केले बताए ।

    उद्योगमा थपिएको नयाँ ‘इन्जेक्टेबल प्लान्ट’बाट औषधिका भाइल र एम्पुलको उत्पादनका साथसाथै आँखा, नाक र कानमा प्रयोग हुने ड्रप पनि बनाउने उनले बताए ।

    “कम्पनीले एक सय भन्दा धेरै औषधि उत्पादन गर्न सक्ने प्लान्ट स्थापना गरे पनि हालसम्म २० प्रकारका औषधि उत्पादनको अनुमति पाएका छौँ”, उनले भने ।

    कम्पनीमा हाल तीन सय ५०भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । गत आर्थिक वर्षमा रु एक अर्ब २६ करोड मूल्य बराबरको कारोबार गरेको कम्पनीको चालु आवमा रु एक अर्ब ४० करोडको कारोबार गर्ने लक्ष्य लिएको छ ।

  • पूर्वयुवराज पारसको स्वास्थ अवस्था बुझ्न नर्भिक अस्पताल पुगे कमल थापा

    पूर्वयुवराज पारसको स्वास्थ अवस्था बुझ्न नर्भिक अस्पताल पुगे कमल थापा

    काठमाडौं । अस्वस्थ भई उपचाररत पुर्ब युबराज पारस शाहको स्वास्थ अवस्था बुझ्न राप्रपा नेपालका अध्यक्ष कमल थापा थापाथलीस्थित नर्भिक अस्पताल पुगेका छन् ।

    पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले शाहकाे स्वास्थ्य अवस्थाको बारे जानकारी लिँदै शीघ्र स्वास्थ लाभको कामना गरेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

  • सरकारी स्वास्थ्य संस्था चार महिनादेखि औषधिविहीन

    सरकारी स्वास्थ्य संस्था चार महिनादेखि औषधिविहीन

    पर्वत । जिल्लाको कुश्मा नगरपालिकाभित्र रहेका स्वास्थ्य संस्था चार महिनादेखि औषधिविहीन बनेका छन् । नगरपालिकाभित्र रहेका स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत स्वास्थ्य केन्द्र तथा सहरी स्वास्थ्य केन्द्रमा औषधि अभाव भएपछि सेवाग्राही मर्कामा परेका हुन् ।

    नगरपालिकाले समयमा औषधि खरिद गर्न नसक्दा सर्वसाधारण सरकारले वितरण गर्ने ९८ किसिमका औषधि पाउनबाट वञ्चित बनेका हुन् । चालु आर्थिक वर्षका लागि औषधि खरिद गर्न नगरसभाबाट बजेट पारित भए पनि जनप्रतिनिधि र स्वास्थ्य सेवाका कर्मचारीको लापरबाहीका कारण आठ महिनासम्म औषधि खरिद हुन सकेको छैन ।

    सर्वसाधारणलाई निःशुल्क वितरण गर्नुपर्ने औषधिको अभाव भएको चार महिना बितिसक्दा पनि खरिद गर्ने तयारी गरिएको छैन । औषधि खरिदका लागि सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्राप्त सशर्त रकम रु १६ लाख र नगरपालिकाको निशर्त रु आठ लाख गरी रु २४ लाख बजेट छ ।

    बजेट अभावले नभर्ई खरिद प्रक्रिया ढिलो भएकाले औषधि अभाव भएको नगरपालिकाको स्वास्थ्य शाखाकी सिनियर अनमी दुर्गा सापकोटाले बताउनुभयो । विगतका वर्षहरूमा पनि औषधि अभाव र म्याद नाघेका औषधि भेटिने गरेको थियो ।

    कुश्मा नगरपालिकाभित्रका १४ वडामा रहेका १७ वटा स्वास्थ्य संस्थामा उपचारका लागि आउने नागरिकले रित्तो हात फर्किनु परेको बताउँछन् । सामान्य रोगदेखि जटिल र दीर्घरोगी समेत निःशुल्क औषधि पाइने आशमा स्वास्थ्य संस्थामा आउने गरेकामा सेवाग्रही रित्तो हात फर्काउनुपरेको कुश्मा–१२ ठूलीपोखरीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख कृष्ण सुवेदीले जानकारी दिए ।

    वडा नं १४ मा रहेको आर्थर डाडाँखर्क स्वास्थ्यचौकीका प्रमुख चन्द्रकान्त गौतमले निःशुल्क उपलब्ध गराउनुपर्ने औषधि नहुँदा सर्वसाधारण बिरामीलाई रित्तो हात फर्काउनुपर्ने अवस्था आएको बताए । निःशुल्क दिनुपर्ने औषधि नहुँदा समस्या भइरहेको गुनासो गर्दै उनले भने, ‘चार महिनासम्म पनि खरिद गरेर पठाउन नसक्नु नगरपालिकाको कमजोरी हो ।’

    नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख यमप्रसाद शर्माले औषधि खरिदमा ढिलाइ भएकाले समयमा स्वास्थ्य संस्थामा पठाउन नसकिएको बताए । उनले नगरसभा हुन ढिला भएकाले खरिद प्रक्रिया समेत लम्बिएको उल्लेख गरे ।

    ‘गत असार १० गते सम्पन्न हुनुपर्ने नगरसभा असोजको १० गते भयो, नगरसभा तीन महिनाले ढिलाइ हुँदा औषधि खरिद गर्न पनि ढिलाइ भएको हो’ शर्माले भने। अब एक महिनाभित्रमा सबै स्वास्थ्य संस्थामा औषधि पु¥याइने उनले जानकारी दिए।

    कुश्मा नगरपालिकामा नौ स्वास्थ्यचौकी, एउटा प्राथमिक स्वास्थ्य केन्द्र, तीन आधारभूत स्वास्थ्य केन्द्र र चार सहरी स्वास्थ्य केन्द्र गरी १७ वटा स्वास्थ्य संस्था सञ्चालित छन् । यी स्वास्थ्य संस्थाबाट बर्सेनि खोप सेवा, गर्भवती परीक्षण, परिवार नियोजन, सुरक्षित गर्भपतनलगायत सेवा सञ्चालन हुँदै आएका छन् ।

    यतिबेला मौसमी रुघाखोकी भाइरल ज्वरोको सङ्क्रमणका कारण बजार तथा ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा बिरामीको घुइँचो बढे पनि औषधिको अभावले प्रभावकारी सेवा दिन नसकिएको स्वास्थ्यकर्मीले बताएका छन् । सामान्य औषधि खरिदका लागि सर्वसाधारणलाई सदरमुकामसम्म पुग्नुपर्ने बाध्यता छ ।

     

  • गोरखामा निःशुल्क स्वास्थ्य शिविरः सात सय ७४ जना लाभान्वित

    गोरखामा निःशुल्क स्वास्थ्य शिविरः सात सय ७४ जना लाभान्वित

    गोरखा । धार्चे गाउँपालिका-२केरौजामा मङ्गलबार सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा सात सय ७४ जनाले उपचार सेवा लिएका छन् ।

    शिविरमा एक सय ७७ जनाले स्त्री तथा प्रसूति र तीन सय ३४ जनाले नाक, कान र घाँटी, एक सय ५६ जनाले युएसजी र ७२ जनाले इसिजी सेवा लिएका थिए ।

    काठमाडौँस्थित ग्रीन सिटी हस्पिटलको प्राविधिक सहयोगमा मुटु फाउन्डेसनले आयोजना गरेको शिविरमा एक सय १७ जनाको पाठेघरको मुखको क्यान्सरको ‘भिआइए’ जाँच गरिएको फाउन्डेसनका अध्यक्ष धनबहादुर गुरुङले बताए । शिविरमा पाठेघर खस्ने समस्या भएका १० जनामा ‘रिङ प्रेसरी’ राखेर उपचार गरिएको थियो ।

  • कर्णाली प्रदेश अस्पतालमा अहिलेसम्म १५ जनाले गरे मिर्गौला प्रत्यारोपण

    कर्णाली प्रदेश अस्पतालमा अहिलेसम्म १५ जनाले गरे मिर्गौला प्रत्यारोपण

    सुर्खेत। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा प्रभावकारी बन्दै गएको छ। अस्पताल प्रशासनका अनुसार हालसम्म १५ जना बिरामीको सफल प्रत्यारोपण भइसकेको छ ।

    नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहकार्यमा सञ्चालन गरिएको यस सेवाबाट कर्णालीका मिर्गौला रोगीहरूलाई प्रत्यक्ष रूपमा राहत पुगेको छ ।

    यसअघि मिर्गौला प्रत्यारोपणका लागि काठमाडौं वा विदेश जानुपर्ने बाध्यता थियो। तर, अहिले आफ्नै प्रदेशमा सुविधा उपलब्ध भएपछि बिरामीहरूलाई आर्थिक र शारीरिक रूपमा सहज भएको छ ।

    प्रदेश अस्पतालमा पहिलो पटक २०७९ माघ २३ गते एक जनाको मिर्गौला प्रत्यारोपण गरिएको थियो। त्यसपछि २०८० असार २६ र २७ गते दोस्रो पटक ९ जनाको, तेस्रो पटक २ जनाको, चौथो पटक २०८१ फागुन १९ गते १ जनाको र पाँचौँ पटक २०८१ फागुन २० गते २ जनाको सफल प्रत्यारोपण गरिएको छ ।

    अस्पतालले प्रत्यारोपण सेवा नियमित रूपमा सञ्चालन गर्न आवश्यक कानुनी तथा व्यवस्थापकीय प्रक्रिया पूरा गरिसकेको जनाएको छ ।

    चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको दक्षता अभिवृद्धि गर्दै प्रत्यारोपण सेवालाई थप प्रभावकारी बनाउन अस्पतालले विभिन्न तालिम सञ्चालन गरिरहेको छ ।

    आवश्यक स्वास्थ्य उपकरण तथा प्रविधिको विस्तार गर्दै आगामी दिनमा मिर्गौला प्रत्यारोपण सेवा अझ व्यवस्थित बनाउने योजना रहेको प्रदेश अस्पताल निर्देशक डा. केशर ढकालले जानकारी दिए ।

    यस्तै, अस्पतालले अन्य विशेषज्ञ सेवा विस्तार गर्ने तयारी समेत गरेको छ। क्यान्सर रोगको उपचारका लागि अंकोलोजी सेवा सञ्चालन, जलन
    (पोस्टिकु) उपचार तथा शल्यक्रिया सेवा थप गर्ने र न्यूरो सर्जरी सेवा सुरु गर्ने योजनामा रहेको छ । साथै, अस्पतालले आगामी दिनमा स्वास्थ्य सेवा अझ प्रभावकारी बनाउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

  • बारपाकमा क्यान्सरको निःशुल्क ‘स्क्रिनिङ’ शिविर

    बारपाकमा क्यान्सरको निःशुल्क ‘स्क्रिनिङ’ शिविर

    गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकास्थित बारपाकमा पाठेघरको मुखमा हुने क्यान्सर रोगको पूर्वपहिचानका लागि सोमबार निःशुल्क ‘स्क्रिनिङ’ शिविर सम्पन्न भएको छ । शिविरमा एक सय २० जना समुदायका महिलाले पाठेघरको मुखको क्यान्सर जाँच गराएका छन् । जाँच गराएकामध्ये आठ जनामा पाठेघरको मुखको क्यान्सर पोजेटिभ देखिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख मोदराज भट्टले जानकारी दिए ।

    शिविरमा महिलाको पाठेघरको मुखमा हुने क्यान्सरको जोखिम पहिचान गर्न ‘भिजुअल इन्स्पेक्सन विथ एसेटिक एसिड’ (भिआइए) परीक्षण गरिएको हो । भिआइए पोजेटिभ देखिएका आठ महिलाको तत्कालै उपचार सुरु गरेर छ महिनापछि पुनः परीक्षणको व्यवस्था मिलाइएको उनको भनाइ छ ।

    गाउँपालिकाको आयोजना तथा अष्ट्रेलियन सर्भिकल क्यान्सर फाउण्डेसन र नेपाल क्यान्सर रिलिफ सोसाइटीको प्राविधिक सहयोगमा ३० देखि ४९ वर्ष उमेर समूहका महिलाको पाठेघरको मुखको क्यान्सर जाँच तथा उपचार शिविर सञ्चालन गरिएको हो ।

    भिआइए विधिबाट एचपिभी भाइरस पत्ता लाग्ने क्यान्सर हुनुअघि नै उपचार गरी बच्न सकिने प्रमुख भट्टले जानकारी दिए । ग्रामीण भेगका महिलामा पाठेघरको क्यान्सर, पाठेघर खस्ने समस्या बढी देखिने भएकाले समयमा नै समस्या पहिचान तथा न्यूनीकरण गर्न शिविर सञ्चालन गरिएको उनले बताए ।

    “भिआइए परीक्षणबाट १० वर्षपछि क्यान्सर हुँदैछ वा पाठेघरको अवस्था कस्तो छ भन्ने पहिचान गर्दछ”, प्रमुख भट्टले भने, “हामीले औषधि राखेर हेर्छौँ र परीक्षणबाट क्यान्सर बनाउने एचपिभी जीवाणु पोजेटिभ वा नेगेटिभ के छ भन्ने पत्ता लाग्छ, पाठेघरको अवस्था पत्ता लागेपछि सोहीअनुसार उपचार गर्न सुरु गरिन्छ ।”

    गाउँपालिकाले विशेषज्ञ चिकित्सकको निगरानीमा तालिमप्राप्त भिआइए नर्समार्फत महिलाहरूको पाठेघरको क्यान्सरको ‘स्क्रिनिङ’ गरिएको उनले बताए।