Category: कलाप्रेस

  • श्रीकान्त रानाको ‘केही गर्नु छ देशका लागि’ बजारमा (भिडिओ)

    श्रीकान्त रानाको ‘केही गर्नु छ देशका लागि’ बजारमा (भिडिओ)

    काठमाडौं । गायक तथा सर्जक श्रीकान्त राना क्षेत्रीको ‘केही गर्नु छ देशका लागि’ बजारमा आएको छ । उनलाई सुनिला राना क्षेत्रीले गीत बजारमा ल्याउन साथ दिएका छन् ।

    उनको आफ्नै ‘श्रीकान्त राना क्षेत्री’ युट्युबबाट सार्वजनिक गीतमा लय र स्वर राना आफैले दिएका छन् । उनलाई गायनमा वर्षा जेठाराले साथ दिएकी छन् । संगीत संयोजन राजेन्द्र बाजुरालीले गरेका छन्।

    मालाश्री रेकर्डिङ स्टुडियोमा रेकर्डिङ भएको गीतमा शब्द रचना श्रीकान्त राना क्षेत्री र शान्ति विष्टको रहेको छ । गीतको विशेष सल्लाहकारमा मौसम गुरुङ रहेका छन् ।

    देशका लागि केही गर्ने सोच भएका युवाहरूको साथ र सहयोगबाट गीत सार्वजनिक गर्न आफूलाई सहज भएको उनले बताए ।

    गीत बजारमा ल्याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै गीतमा समेटिएका विषयवस्तुहरूमा आफ्नो प्रतिक्रिया दिन पनि आग्रह गरेका छन् ।

  • कवि निर्भीकजंगको कविताकृति ‘त्यसरी त कहिल्यै सोचिएन’ सार्वजनिक

    कवि निर्भीकजंगको कविताकृति ‘त्यसरी त कहिल्यै सोचिएन’ सार्वजनिक

    काठमाडौं । कवि निर्भीकजंग रायमाझीको कविताकृति ‘त्यसरी त कहिल्यै सोचिएन’ सार्वजनिक भएको छ ।

    शनिबार सर्वनाम थिएटरमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति एवं कवि भूपाल राई र कवि मोमिला र कवि श्यामलले संग्रह विमोचन गरेका हुन् ।

    कवि मोमिलाले निर्भीक थोरै शब्दमा धेरै भाव अटाउने सामर्थ्य राख्ने अहिलेको पुस्ताको जबर्जस्त कवि भएको बताइन् । ‘निर्भीकको कविता पढ्दा हामी समय खेर फालिरहेका छैनौं बरू कविता सेलिब्रेट गरिरहेका छौं भन्ने महसुस हुन्छ’, मोमिलाले भनिन् ।

    यस्तै कवि श्यामलले भित्री मनसम्म लैजाने‌ शक्ति निर्भीकका कवितामा रहेको बताए । लय व्यवस्था दुरुस्त उतारेर कविता लेख्ने निर्भीकभित्र ‘क्रियटिभ पागलपन’ रहेको उनको भनाइ थियो ।

    ‘सामान्य मान्छेले न यो संसार बनाउँछ, न कविता लेख्न सक्छ। न भावनाको संसार बनाउँछ, न इन्जिनियरिङ गर्न नै सक्छ। त्यसका लागि क्रियटिभ म्याडनेस चाहिन्छ’ उनले भने, ‘देवकोटा, भूपि, हरिभक्तमा क्रियटिभ पागलपन थियो, त्यो पागलपनको अंश निर्भीकमा पनि छ।’

    सिर्जनाका निमित्त पागलपन जरुरी हुने बताउँदै उनले ‘त्यसरी त कहिल्यै सोचिएन’ पछिल्लो समयको बलियो हस्तक्षेप भएको बताए।

    यसैगरी कवि भूपाल राईले निर्भीकलाई सुरुमा पत्रकारको रूपमा चिनेको बताए । उनले थपे, ‘खरिलो प्रश्न गर्ने एक युवाको रूपमा सुरुमा मैले निर्भीकलाई चिनेको हुँ, त्यसपछि उनका कविता पढेँ । म धेरै प्रभावित भएँ। ईर्ष्यालाग्दो लेखन उनमा छ ।’

    एक दशकदेखि कविता लेखनमा सक्रिय निर्भीकजंगका कविता, निबन्ध तथा रिपोर्टिङहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यममा प्रकाशित छन् ।

    प्रेम, राजनीति, सामाजिक विभेद आदि विषयमा लेखिएका ५० थान कविता ुत्यसरी त कहिल्यै सोचिएनु संग्रहमा संकलित छन्।

    कलम प्रकाशनले प्रकाशन गरेको कविताकृतिको मूल्य ३ सय ७५ रुपैयाँ राखिएको छ।

  • चलचित्र ‘रक्तबीज’को निर्माण घोषणा

    चलचित्र ‘रक्तबीज’को निर्माण घोषणा

    काठमाडौं । निर्माता संजय न्यौपानेले नयाँ सिनेमा ‘रक्तबीज’को निर्माण घोषणा गरेको छन् । शुक्रबार कथा, पटकथा तथा संवाद लेखकको रुपमा प्रदीप भारद्धाजलाई अनुबन्धित गर्दै सिनेमा निर्माणको घोषणा गरेका हुन् ।

    निर्माण न्यौपानेले यसअघि ’प्रेम दिवस’ नाममा सिनेमा निर्माण गरेका थिए । उनले थुप्रै सिनेमामा अभिनय समेत गरेका छन् । यो सिनेमामा अभिनेता सौगात मल्ल, विशाल खरेल र प्रमोद अग्रहरीको मुख्य भुमिका रहनेछ । अभिनेता खरेलले निर्माता न्यौपानेको प्रेम दिवसबाट अभिनयमा डेव्यु गरेका थिए । सिनेमाको छायांकन अर्को वर्षको असोजबाट गरिने निर्माता न्यौपानेले बताए ।

    संजय न्यौपाने प्रोडक्सनको व्यानरमा निर्माण हुने सिनेमालाई एलए ग्रुप अमेरिका र कमल खतिवडाको लगानी रहनेछ । संजय न्यौपाने प्रस्तुतकर्ता रहेको सिनेमाका निर्माता खतिवाडा लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् । निर्माता खतिवडाले राम्रो टिम र स्कृप्ट भएकाले सिनेमामा लगानी गर्न तयार भएको बताए ।

    अभिनेता सौगात मल्लले लेखक प्रदीप भारद्धाजले केही समय अगाडी नै कथा सुनाएको र आफुलाई स्कृप्ट र भुमिका निकै मन परेकाले काम गर्न तयार भएको बताए । यो सिनेमाको मुख्य अभिनेत्री लगायत मुख्य भुमिकामा का मगर्ने केही कलाकार र निर्देशकको केही दिनमा टुङ्गो लाग्ने निर्माण टिमले जनाएको छ ।

    सिनेमा डार्क एक्सन जनरामा निर्माण हुनेछ । असोजबाट फ्लोरमा जाने सिनेमालाई सौरभ लामाले खिच्नेछन् । सिनेमाको सम्पुर्ण छायांकन पूर्वी नेपालको इलाम र झापामा गरिनेछ ।

  • भोजपुर प्रतिभा सम्मान ‘हिरण्य भोजपुरे’ र पुरस्कार ‘करुणा राई’लाई दिइने

    भोजपुर प्रतिभा सम्मान ‘हिरण्य भोजपुरे’ र पुरस्कार ‘करुणा राई’लाई दिइने

    काठमाडौं । भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतले हरेक दुई-दुई वर्षमा प्रदान गर्दै आएको प्रतिभा सम्मान र प्रतिभा पुरस्कार यस वर्ष क्रमशः संगीतकार, गायक तथा लेखक हिरण्य भोजपुरे र कवयित्री करुणा राईलाई प्रदान गर्ने भएको छ ।

    प्रतिष्ठानको निर्णयअनुसार सम्मान राशि १५ हजार रुपैयाँ र प्रतिभा पुरस्कार राशि ३५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ ।

    संस्थाले यसअघि साहित्यकारहरु पूर्णप्रकाश यात्री, परशु प्रधान, कृष्ण जोशी, जीबी लुगुन, सैलेन्द्र साकार, मन्जुल र साहित्यकार एवं गायक तथा संगीतकार गणेश रसिक, इतिहासकार ज्ञानमणि नेपाल र श्याम तमोटलाई सम्मान गरिसकेको छ ।

    यसैगरी पुरस्कृत हुने स्रष्टाहरुमा कवि श्रवण मुकारुङ, संगीतकार दिनेश वान्तवा, कवि विप्लव ढकाल, कवि विमल गीरी, धाविका मीरा राई, कवि तथा समालोचक पूर्ण ईन्फादा, गायक भीषण मुकारुङ र लेखक कविता राई रहेका छन् ।

    यस वर्षको सम्मान र पुरस्कार २०८१ साल बैशाखमा एक कार्यक्रमबीच प्रदान गरिने संस्थाले जनाएको छ ।

  • चलचित्र ‘हात्तीछाप’को ‘मायालु’ बोलको गीत सार्वजनिक

    चलचित्र ‘हात्तीछाप’को ‘मायालु’ बोलको गीत सार्वजनिक

    काठमाडौं । नायक दयाहाङ राई र नायिका उपासना सिंह ठकुरीलाई रोमान्टिक शैलीमा प्रस्तुत गरिएको फिल्म ‘हात्तीछाप’को ‘मायालु’ बोलको गीत सार्वजनिक गरिएको छ ।

    हर्क साउदको शब्द, प्रताप दास र ममता गुरुङको स्वर, उज्ज्वल सागरको संगीत रहेको यो गीतले प्रेमको भाषा भन्छ । फिल्मको यो गीतमा दया र उपासनाको रोमान्टिक प्रेम छल्किएको छ ।

    यो गीतको भिडियोले फिल्म भित्र उपासना र दयाबिच फैलिएको मायालाई देखाएको छ । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्धि तामाङ, बिजय बराल, कमलमणी नेपाल, पुष्कर गुरुङ, कविता आले, विल्सन विक्रम राई, विनोद न्यौपाने, भोलाराज सापकोटा, सुष्मा निरौला, रेयर राई, विशाल पहारी, सविना बास्तोला लगायतका कलाकारको अभिनय छ ।

    फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी छ । सिमोस सुनुवारको निर्देशनमा तयार भएको यो फिल्म माघको २६ गतेबाट रिलिज हुँदैछ । फिल्ममा निमेष श्रेष्ठको सम्पादन, प्रदीप भारद्धाजको लेखन, देव महर्जनको एक्सन, सुशन प्रजापतिको छायांकन छ ।

    रोहित कट्टेलले नेपालमा यो फिल्मको वितरण गर्नेछन् भने एमएसएम पोष्ट प्रोडक्शनले ओभरसिजमा फिल्मको वितरण गर्नेछ । किरण नेपालीको प्रस्तुतीमा तयार भएको यो फिल्ममा पुष्कर गुरुङ, अमलादेवी राई र जय श्रेष्ठको निर्माताको रुपमा छन् । सरोज नेपाली फिल्मका कार्यकारी निर्माता हुन्

  • ‘आइएमई पे’ कन्दरा सांगीतिक ब्यान्ड कन्सर्टको टिकेटिङ पार्टनरमा रहने

    ‘आइएमई पे’ कन्दरा सांगीतिक ब्यान्ड कन्सर्टको टिकेटिङ पार्टनरमा रहने

    काठमाडौं । नेपालको डिजिटल वालेट ‘आइएमई पे’ कन्दरा सांगीतिक ब्यान्ड कन्सर्टको एक मात्र टिकेटिङ पार्टनरको रुपमा रहने भएको छ ।

    कन्दरा सांगीतिक ब्यान्डले नेपाल सरकारको आन्तरिक पर्यटकीय अभियान ‘पहिला घरदेश, अनि परदेश–आन्तरिक पर्यटनको प्रवर्द्धन’ सन्देश लिइ नेपालका ८ स्थानमा सम्पन्न गर्न लागेको कन्सर्टको एकमात्र टिकेटिङ पार्टनर रुपमा आइएमई पे रहने भएको हो ।

    ‘हङ्गकङ्ग पोखरा’, ‘तगारोमा रूमाल’, ‘लेककी हे माया’, ‘तिमी पारी’, ‘डाँडापारी’ आदि कालजयी गीतहरू प्रस्तुत गरी नेपाली फोक–पप संगीतमा आफ्नो अमिट छाप छोडेको कन्दरा ब्यान्डले यही पुस २७ गते पोखराको पोखरा प्रदर्शनी केन्द्रबाट आफ्नो प्रत्यक्ष सांगीतिक कार्यक्रम सुरू गर्दैछ ।

    पहिलो कार्यक्रम पोखराबाट सुरू गरी अन्तिम कार्यक्रम काठमाडौंमा समापन गर्ने लक्ष्य कन्दरा ब्यान्डको व्यवस्थापन कम्पनी एल्फा स्क्वायरले जनाएको छ ।

    पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरामा हुन लागेको कार्यक्रममा गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, उद्योग, पर्यटन, बन, तथा वातावरण मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, पोखरा प्रज्ञा(प्रतिष्ठान, लाइन्स क्लब अफ पोखरा-सामीप्य, आदि संघ-संस्थाले प्रवर्द्धन गरिरहेका छन् भने सो कन्सर्टको एकमात्र एक्सक्लुसिव टिकेटिङ पार्टनर रुपमा आइएमई पे आबद्ध भएको छ, जसले आफ्नो आधिकारिक मोबाइल एपबाट टिकट विक्री गर्ने छ ।

    आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले भने, ‘कन्दरा ब्यान्डले नेपाली फोक–पप संगीतको क्षेत्रमा पुर्याएको योगदान र नेपाली कला संगीतबाट नेपालको आन्तरिक पर्यटनका लागि गरिरहेको यो अभियान–पहिला घरदेश, अनि परदेशको नारालाई हामी आइएमई समूह पनि उत्तिकै गर्विलो तवरले वहन गर्दै कन्दराको प्रत्यक्ष कार्यक्रममा सहभागि भइ टिकटको बिक्री वितरण गर्दा हामी सङ्गीतको क्षेत्र, पर्यटनको क्षेत्र, र समग्र नेपालको आर्थिक क्षेत्रमा नै योगदान गरिरहेको महसुस गरेको छु ।’

     

  • कुमारको ‘सिउॅंडीको काडैमा’ बिना र निक्सको रोमान्स

    कुमारको ‘सिउॅंडीको काडैमा’ बिना र निक्सको रोमान्स

    काठमाडौं । गीतकार कुमार शिवाकोटीको ‘सिउॅंडीको काडैमा’ बोलको गीतको भिडिओ रिलिज गरिएको छ । रमेश कँडेलको स्वर रहेको यो गीतमा कल्याण सिंहको संगीत र मोहीत मुनालको एरेन्ज रहेको छ ।

    डान्सिङ शैलीको सिउॅंडीको काँडैमा मोडल बिना राउतसँग निक्स शर्मा गज्जबसँग खुलेका छन् । एक रोमान्टिक प्रेम कहानी र आफ्नी मायालुको खुलेर प्रशंसा गरिएको म्युजिक भिडिओमा प्रहील कार्कीले निर्देशन गरेका छन् ।

    भिडिओको निर्माताका रूपमा यशना लुईंटेल, प्रिन्सा शर्मा र प्रनिका शिवाकोटी छन् । यसअघि प्रेम र विरहका गीत बजारमा ल्याएका गीतकार कुमार शिवाकोटीले फरक शैलीको छमछम नचाउने गीतको भिडिओबाट निकै आशा राखेको बताए ।

    अमेरिकामा रहेका गीतकार शिवाकोटीले यसअघि ‘भिझाएर आँशु’, ‘पिरतीको खेल’, ‘प्रियसी’ बजारमा ल्याइसकेका छन् । ‘हामी नेपाली’ बोलको गीत रिलिजको क्रममा छ । गीत लेखनमा लामो समयदेखि सक्रिय शिवाकोटीले अहिलेसम्म २ दर्जन बढी गीत आफ्नै शब्दमा रेकर्ड गराइसकेका छन् । सार्वजनिक गीतको भिडिओ जन्मभूमि इन्टरटेनमेन्ट मार्फत् बजारमा आएको हो ।

  • फागुन २५ गतेबाट प्रदर्शन हुने फिल्म ‘उपहार’को दोस्रो गीत सार्वजनिक (भिडिओ)

    फागुन २५ गतेबाट प्रदर्शन हुने फिल्म ‘उपहार’को दोस्रो गीत सार्वजनिक (भिडिओ)

    काठमाडौं । फागुन २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘उपहार’को दोस्रो गीत सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक ’मुटुको ४ आना’ बोलको गीतमा समीक्षा अधिकारी र महेन्द्र बिकेको स्वर छ ।

    फिल्मको सार्वजनिक गीतमा पछिल्लो समयका चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत तथा मुक्त उदासको शब्द रचना रहेको छ । गीतको अडियो र भिडियो पक्ष बलियो छ । गीतका शब्द सजिलै सम्झन सक्ने खालका छन् । कविराज गहतराजको कोरियोग्राफी सार्वजनिक गीतको भिडियोमा हेर्न सकिन्छ ।

    सार्वजनिक गीतमा अभिनेत्री रेखा थापा, बेनिशा हमाल, पूजा शर्मा, किरण केसी, राजाराम पौडेल, शिशिर राणा, निर्मल शर्मा, रामचन्द्र अधिकारी र विनोद कुमार पौड्याललाई फिचर्ड गरिएको छ । ‘उपहार’ सामाजिक विषयवस्तुमा आधारित रहेकाले फिल्ममा हाँस्यरसदेखि रोदनसम्म सबै कुराको समिश्रण रहेको निर्देशक देउजा बताउँछन् ।

    ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भएको ‘उपहार’मा मुकुन भुषाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, अंशु महर्जन, आशा भुुषाललगायतको पनि अभिनय छ । अभिनेत्री थापाका श्रीमान् बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् ।

    रेखा फिल्मस् र कपनगढी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।

     

  • धार्मिक आस्थामा चोट पुर्‍याएको भन्दै रणवीर कपुरविरुद्ध उजुरी

    धार्मिक आस्थामा चोट पुर्‍याएको भन्दै रणवीर कपुरविरुद्ध उजुरी

    नयाँ दिल्ली । बलिउड अभिनेता रणवीर कपूरविरुद्ध मुम्बईको घाटकोपर पुलिस स्टेशनमा धार्मिक भावनामा चोट पुर्‍याएको आरोपमा उजुरी दर्ता भएको छ।

    हालै सामाजिक सञ्जालमा रणवीरको एउटा भिडियो भाइरल भएको थियो, जसमा उनी केक जलाएपछि ‘जय माता दी’ भन्दै थिए । रणवीरको यो भिडियोको निकै आलोचना पनि भएको थियो ।

    बम्बे हाई कोर्टका वकिल आशिष राई र पंकज मिश्राले रणवीर विरुद्ध यो उजुरी दर्ता गरेका छन्, जसमा उनीहरूले आईपीसी (भारतीय दण्ड संहिता) को धारा २९५ए, २९८, ५०० र ३४ अन्तर्गत मुद्दा दर्ता गर्न माग गरेका छन्। तर, प्रहरीले भने अहिलेसम्म कुनै एफआईआर दर्ता नगरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम दैनिक भास्करले जनाएको छ ।

    कपूर परिवारमा हरेक वर्ष क्रिसमस धूमधामका साथ मनाउँदै आइरहेका छन् । यसपटक पनि क्रिसमसको विशेष अवसरमा सम्पूर्ण परिवारले मुम्बईमा सँगै खाना खाएका थिए । यो भिडियो त्यही बेला भाइरल भएको थियो । यो भिडियोमा कपूर परिवारका एक सदस्यले केकमा रक्सी खन्याए र त्यसपछि रणवीरले केकमा आगो लगाएर ‘जय माता दी’ भनेका छन् । यस क्रममा उनका परिवारका अन्य सदस्यले पनि उनीसँगै जय माता दी भनेका थिए ।

    उजुरीका अनुसार हिन्दू धर्ममा देवताको पूजा गर्नुअघि अग्निदेवतालाई पुकार्ने गरिन्छ तर क्रिसमस मनाउने क्रममा रणवीर कपुर र उनको परिवारका सदस्यले मदिरा सेवन गरेका थिए र ‘जय माता दी’ भनिरहेका थिए । यही कारणले उजुरीकर्ताले धारा ३४ अन्तर्गत एफआईआर दर्ता गर्न माग गरेको छ ।

    क्रिसमसको विशेष अवसरमा रणवीर र आलियाले छोरी राहालाई पहिलो पटक मिडियामा परिचय गराएपछि राहाका धेरै तस्विरहरू सामाजिक सञ्जालमा भाइरल भएका थिए ।

    रणवीरको हालै रिलिज भएको ‘एनिमल’ ले बक्स अफिसमा ठूलो कमाई गरेको छ । फिल्मले अहिलेसम्म भारतीय बक्स अफिसमा ५४० करोड र विश्वभर ८८०.८३ करोड कलेक्सन गरेको छ ।

     

  • रवि ओड र नितु पौडेलको स्वरमा रहेको ‘सत्य राम कसम’ सार्वजनिक

    रवि ओड र नितु पौडेलको स्वरमा रहेको ‘सत्य राम कसम’ सार्वजनिक

    काठमाडाैं । रवि ओड र नितु पौडेलको स्वरमा रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक ‘सत्य राम कसम’ बोलको गीतमा बाबुल गिरीको रचना, संगीत तथा कम्पोज रहेको छ ।

    रोमान्टिक र प्रेम भाव बोकेको गीतको भिडियोमा आरआर खड्का र करुणा श्रेष्ठ फिर्चड छन् । भिडियोमा आरआर र करुणाको केमेस्ट्री जमेको छ ।

    सियोन श्रेष्ठले निर्देशन गरेको भिडियोमा अनिल के मानन्धरको छायांकन रहेको छ । भिडियोको सम्पादन तथा कलर करेक्सन भने शिलन लम्सालले गरेका हुन ।

    भिडियोको निर्माता शिशिर गुरुङ रहेका छन् । सार्वजनिक गीतले युट्युबमा राम्रो प्रतिक्रिया बटुलिरहेको छ ।

  • ‘दुई कदम’ हङकङमा प्रदर्शन हुने

    ‘दुई कदम’ हङकङमा प्रदर्शन हुने

    काठमाडौं । गत मंसिर २९ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘दुई कदम’ हङकङमा प्रदर्शन हुने भएको छ । नयाँ वर्षको अवसर पारेर आगामी ३१ डिसेम्बर अर्थात् पौष १५ गते हङकङमा प्रिमियर गर्न लागिएको हो ।

    फिल्मको प्रिमियरमा सहभागी हुन मुख्य कलाकार डेव्यु अभिनेता इओन लिम्बु हङकङ प्रस्थान गरेका छन् । फिल्मको त्यहाँ शोको आयोजना गंगा लिम्बुले गरेकी हुन् । जिएच वाम्पोअ सिनेमामा दुई कदमको शोको आयोजना गरिएको हो ।

    उदय सुब्बा निर्देशित फिल्ममा इओन र सिमोनका अलावा गौरव पहारी, विमला लिम्बु, सुनिल थापा, कविता आले, सुरवीर पण्डित, प्रेम सुब्बा, बुद्धि तामाङ, अर्जुन गुरुङ, जीवन लिम्बु, चन्दा दाहाल, प्रीतिका शर्मा आदिको पनि अभिनय छ । फिल्मको एक गीतमा विल्सन विक्रम राई, वर्षा सिवाकोटी र गीता ढुंगानाले पनि नृत्य गरेका छन् ।

    अजम्बरी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा तारा देवी लिम्बु र गंगा लिम्बुले लगानी छ । पूर्वको धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा खिचिएको फिल्मको एक गीत मुस्ताङमा छायांकन गरिएको थियो ।

    फिल्ममा विक्रम डिसीको छायांकन, दयाराम घिमिरेको कथा तथा पटकथा, ताराप्रकाश लिम्बु, विकास चौधरी र आशिष अविरलको संगीत, डिपी खनालको गीत लेखन, रामजी लामिछानेको कोरियोग्राफी, राजु किराँतीको द्वन्द्व निर्देशन र प्रविन ढकालको सम्पादन छ ।

  • चलचित्र डिग्री माइलाको फस्ट लुक सार्वजनिक

    चलचित्र डिग्री माइलाको फस्ट लुक सार्वजनिक

    काठमाडौं । चलचित्र ‘डिग्री माइला’को फस्ट लुक सार्वजनिक भएको छ ।

    कबड्डी सिरिजका निर्देशक रामबाबु गुरुङको निर्देशनमा ‘डिग्री माइला-एमए थर्ड क्लास’ चलचित्र निर्माण भइरहेको छ ।

    चलचित्रमा आँचल शर्मा र दयाहाङ राईको मुख्य अभिनय रहेको छ ।

    चलचित्रको छायांकन काठमाडौं ,ओखलढुंगा रुम्जाटारमा भइरहेको छ ।

    चलचित्र आगामी वैशाख १ गते रिलिज गर्ने तयारी निर्माण पक्षको छ ।

  • विश्व चर्चित कोरियाली चलचित्र प्यारासाइटका नायकको निधन

    विश्व चर्चित कोरियाली चलचित्र प्यारासाइटका नायकको निधन

    काठमाडौं । ओस्कार विजेता विश्व प्रसिद्ध कोरियाली चलचित्र प्यारासाइटका नायकको मृत्यु भएको छ ।

    बीबीसीका अनुसार दक्षिण कोरियाली नायक ली सुन क्युनको ४८ वर्षको उमेरमा निधन भएको हो ।

    दक्षिण कोरियाको राजधानी सिओलको कार पार्कमा बेहोस अवस्थामा रहेका उनी पछि मृत घोषित भएका हुन् ।

    यद्यपि नायक आफैँले आफूलाई मारेका हुन वा अरू कुनै कारण हो भन्नेमा कुनै यकिन नभएको बिबिसीले उल्लेख गरेको छ ।

    नायकले घर छोड्नु अगाडि केहि लेखेर गएको बताइएको छ । तर, के लेखेका थिए भन्ने अहिलेसम्म खुलाइएको छैन ।

    उनी गत अक्टोबरबाट लागूऔषध प्रयोग गरेको आरोपमा प्रहरीको छानबिनमा परेका थिए ।

    सन २०१९ मा विश्व बजार तताएको प्यारासाइट चलचित्रका चर्चित नायकको रूपमा चिनिएका उनी चलचित्रमा एक धनाड्य पार्क दोङ इक नामको पात्रको रूपमा खेलेका छन् ।

  • दिनेशको ‘गाउँ नै रमाइलो’मा दयाहाङ र आर्यन फाइनल, दशैंमा रिलिज हुने

    दिनेशको ‘गाउँ नै रमाइलो’मा दयाहाङ र आर्यन फाइनल, दशैंमा रिलिज हुने

    काठमाडौं । यस वर्षको सुपरहिट फिल्म ‘नाङ्गो गाउँ’का निर्माता हिमाल कडरियाले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् ।

    हिमालले निर्माण गर्न लागेको नयाँ फिल्मको नाम ‘गाउँ नै रमाइलो’ राखिएको छ । यो फिल्मलाई दिनेश राउतले निर्देशन गर्ने पक्का भएको छ । फिल्ममा विकास सुवेदीको लेखन रहनेछ ।

    दिनेशले फिल्म ‘पुजार सार्की’को काम सकेपछि ‘गाउँ नै रमाइलो’को छायांकन सुरु गर्नेछन् ।
    फिल्ममा नायकद्धय दयाहाङ राई र आर्यन सिग्देलले काम गर्ने पक्का भएको निर्माता कडरियाले जानकारी दिएका छन् ।

    दया र आर्यनले यसअघि फिल्म ‘मेरो एउटा साथी छ’मा काम गरेका थिए । यी दुई नायकको टिमअपले फेरि दर्शकमाझ नयाँ उत्साह थपिने पक्का छ ।

    यो फिल्मलाई आउँदो वर्षको दशैंमा रिलिज गर्ने घोषणा समेत गरिएको छ । क्लक वार्क क्रियशनको ब्यानरमा निर्माण हुने यो फिल्मले गाउँको कथालाई रोचक तरिकाले प्रस्तुत गर्ने बुझिएको छ ।

    फिल्मका अन्य कलाकारहरूको घोषणा बिस्तारै गरिने निर्माण पक्षले बताएको छ । यो फिल्मको नेपाल वितरणको जिम्मा आरआर फिल्मस्ले लिएको छ ।

    यस्तै, ओभरसिजमा एमएसएम इन्टरटेन्मेन्टले यो फिल्म वितरणको जिम्मा लिएको छ । फिल्मको छायांकन आउँदो वर्षको जेठबाट सुरु हुने निर्माण पक्षले उल्लेख गरेको छ ।

    निर्माता कडरियाले फिल्म ‘दुःखी आत्मा’ निर्माणको घोषणा पनि गरिसकेका छन् । दीपेन्द्र लामाले निर्देशन गर्ने यो फिल्ममा दयाहाङ राई फाइनल भइसकेका छन् ।

  • भाइरल बनेकाे भिडिओ ‘इन्की पिंकी पंकी’को वास्तविकता के हो ?

    भाइरल बनेकाे भिडिओ ‘इन्की पिंकी पंकी’को वास्तविकता के हो ?

    काठमाडौं । हुन त अहिले टिकटक ब्याण्ड छ । तर कतिपय आईएसपी र वैकल्पिक माध्यमबाट टिकटक चलिराखेको छ । छैन भने पनि तपाईंले फेसबुक, इन्स्टाग्राम रिल वा युट्युबको सर्ट त हेर्नुहुन्छ होला । जहाँ तपाईंले पछिल्लो समय ‘इन्की पिंकी पोंकी’ राइम्स भाइरल भएको हेर्नुभएको होला ।

    यो गीतको वास्तविकता के हो र कसरी अहिले साहरुख खानको चलचित्र कुछ कुछ होता हैको शीर्षक गीतको लयमा भाइरल भएको भन्नेबारे जान्ने प्रयास गर्दैछौं ।

    यो वास्तवमा छोटो अंग्रेजी राइम्स हो । बच्चाहरुलाई काउन्टिङ तथा सुरुवाती शिक्षा आर्जनमा सहयोग गर्न तयार पारिएको राइम्स हो । यसको ओरिजिनल लेखक को हुन् भन्ने विषयमा एक मत छैन । इन्टरनेटमा खोज्ने हो भने यो शीर्षकको लेखकमा अष्ट्रेलियन प्याट एडवर्डसको नाम भेटिन्छ । त्यस्तै, भारतीय चलचित्र सुडिगाडुमा पनि यसको समावेश गरिएको छ । जुन युट्युबमा ८ वर्ष अगाडिकाे मितिमा देखिन्छ ।

    अहिले टिकटकलगायत सामाजिक सञ्जालमा भाइरल भएको गीत ओरिजिनल भने होइन । ओरिजिनल राइम्स भने यस्तो छ । जुन ९ वर्षअघि युट्युबमा सार्वजनिक भएको थियो । यसको लय अर्कै छ ।

    अब अहिले आएर भाइरल कसरी भयो त ? जसको पछाडि भने दक्षिण अफ्रिकाको जोहानेसबर्गमा बस्ने हुसेन भ्यालीले गत वर्ष यो गीतको नयाँ भर्सन बनाए । जसमा कुछ कुछ होता हैको शीर्षक गीतको लय समावेश गरे ।

    जुन भर्संनमा इन्स्टाग्राममा भारतीय कलाकार तथा क्रिकेटरहरुले मिम र रिल्स बनाए । त्यसपछि भने यो राइम्स त्यही चर्चित लयमा विश्वभर भाइरल बन्यो । अहिले टिकटकमा यही गीतमा हजारौं भिडिओ बनेका छन् । तर पछिल्लाे समय यसले झन चर्चा बटुल्दै गयाे ।

     

     

     

  • फ्रेबुअरी ९ बाट जापान र कोरियामा ‘हात्तीछाप’

    फ्रेबुअरी ९ बाट जापान र कोरियामा ‘हात्तीछाप’

    काठमाडौं । नेपाली फिल्मका लागि विदेशी बजार लगानी उठाउने बलियो माध्यम बनिरहेको छ । दर्शकले प्रतिक्षा गरेका फिल्महरुले विदेशी बजारबाट राम्रो रकम कमाइरहेका छन् ।

    माघको २६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘हात्तीछाप’ पनि अहिले प्रतिक्षामा छ । ‘दिमाग खराब’ रिलिज भएपछि सुनसान बनेको नेपाली फिल्मको बजार अब यो फिल्मले उकास्ने अपेक्षा धेरैको छ ।

    यसैबिच, यो फिल्मलाई फ्रेबुअरी ९ तारिखबाट जापान र दक्षिण कोरियामा रिलिज गर्ने तयारी गरिएको छ । फिल्मको जापान र कोरिया वितरणको जिम्मा टिम यूएनएले लिएको छ । यूएनए इन्टरटेन्मेन्टले फिल्मको प्रचार जापान र कोरियामा धमाधम गरिरहेको छ । टिम यूएनएका प्रबन्ध निर्देशक उज्ज्वल गुरागाँइले भने–‘फिल्मको टिजर सार्वजनिक भएपछि जापान र कोरियाका दर्शकले हात्तीछापलाई प्रतिक्षा गरिरहनुभएको छ । यसले, हामीलाई अझै उत्साहित बनाएको छ ।’

    किरण नेपालीको प्रस्तुतिमा सिमोस सुनुवारले निर्देशन गरेको यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, विजय बराल, बुद्धि तामाङ, कमलमणी नेपाल, सुष्मा निरौला, विल्सन विक्रम राई लगायतका कलाकारको अभिनय छ ।

    जापान र कोरिया नेपाली फिल्मका लागि राम्रो बजार मानिन्छन् । यसैले, यो बजारमा ‘हात्तीछाप’ले पनि उत्कृष्ट व्यापार गर्ने विश्वास टिम यूएनएको छ ।

  • हिन्दी फिल्म ‘जग्गा जासुस’का सहनिर्देशक प्रधानको सिरिज ‘खेल’को शुभमुर्हूत, मुख्य भूमिकामा सुरक्षा पन्त

    हिन्दी फिल्म ‘जग्गा जासुस’का सहनिर्देशक प्रधानको सिरिज ‘खेल’को शुभमुर्हूत, मुख्य भूमिकामा सुरक्षा पन्त

    काठमाडौं । नेपाली सिरिज ‘खेल’को शुभमुर्हूत गरिएको छ । काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा सोमबार बिहान सिरिजका निर्देशक, कलाकार तथा प्राविधिकहरूको उपस्थितिमा क्यामेरा र स्क्रिप्ट पूजा गरिएको हो ।

    बलिउडका दर्जन बढी चलचित्रमा सहनिर्देशन गरेका अनुराग प्रधानले निर्देशन गर्ने यस सिरिजमा अभिनेत्री सुरक्षा पन्तले प्रमुख अभिनय गर्दैछिन् । पन्तसँगै भोला सापकोटा, सरिता गिरी, मोनिका थापा, समापिका गौतम, हेना नगरकोटी, यमप्रसाद ओलीलगायतको अभिनय रहनेछ ।

    सिरिज काठमाडौंभित्र करिब एक महिना छायाङ्कन हुनेछ । निर्देशक प्रधानले १०० वर्ष अगाडिको काठमाडौंको सेटअपमा पूरै सिरिज छायाङ्कन हुने बताए ।

    ओटीटी प्लेटफर्म ‘नेटफ्लिक्स’को प्राविधिक मूल्याङ्कनमा आधारित रही बन्ने यो सिरिजको पहिलो सिजन पाँच शृङ्खलाको हुने प्रधानले बताए । नेटफ्लिक्समा स्ट्रिमिङ भइरहेका केही बलिउड चलचित्रमा काम गरेका उनले नेपाली कन्टेन्टको लागि नेटफ्लिक्सले अग्रिम लगानी नगरी पछि मूल्याङ्कन गरी रिलिजबारे निर्णय लिने बताएपछि आफूले सोहीअनुरूप सिरिजमा काम गरिरहेको बताए ।

    पौराणिक र अध्यात्ममा आधारित यो सिरिजमा चार जना साथीको कथा रहनेछ । एक दशकअगाडि बलिउडको चर्चित चलचित्र ‘बर्फी’मा इन्टर्न गरी चलचित्र यात्रा सुरु गरेका दार्जिलिङ निवासी निर्देशक प्रधानले बलिउडका चर्चित चलचित्रहरू ‘जग्गा जासुस’, ‘बादशाहो’, ‘हिटः द फर्स्ट केस’, ‘धक धक’लगायतका चलचित्र तथा सिरिजमा सहनिर्देशन गरेका छन् ।

    सिरिज अभिनेत्री सुरक्षा पन्तले आफू पहिलेदेखि नै ओटीटीको वकालत गर्दै आएको बताइन् । उनले अब बन्ने चलचित्र तथा सिरिजहरू हलमा मात्र सीमित हुन नहुने बताउँदै नेटफ्लिक्सको गुणस्तर र लक्ष्यमा बनिरहेको सिरिजमा काम गर्न पाउँदा खुसी रहेको जनाइन् ।

    सिरिजमा आफ्नो भूमिकाबारे बताउँदै उनले भनिन्, ‘अध्ययनको लागि काठमाडौंको होस्टेलमा बस्ने साथीहरूले अध्यात्ममा आधारित खेल खेल्दै गर्दा वास्तविक जीवनमा हानि पुगेपछि त्यसबाट उम्किनलाई पुनः खेल्ने खेल कथा हो । चार जना केटी साथीको टीमको प्रमुखको रूपमा मैले काम गर्दैछु । कुनै पनि खेललाई निष्ठापूर्वक नखेल्दा हाम्रो जीवनमा कस्तो हानि हुन्छ भन्ने दर्साउन खोजिएको छ ।’

    सिरुपाते कट्स प्रालिले निर्माण गर्ने यस सिरिजका निर्माताहरू आशिषराज महर्जन र लुइशराज महर्जन हुन् । सहनिर्माता कुनाल गुरुङ हुन् । निर्माता आशिषको कथामा निर्देशक प्रधानले पटकथा लेखेका छन् ।

    यसका सिनेमाटोग्राफर रोशन राई हुन् । राईले पनि बलिउडका केही चलचित्रमा सिनेमाटोग्राफी टीममा रहेर काम गरेका छन् । सिरिजमा एलेक्स बासुकलाको कस्ट्युम डिजाइन, किशोर नेपालको कला निर्देशन, आस्था श्रेष्ठको सहनिर्देशन रहनेछ । यमप्रसाद ओली प्रोडक्सन विभाग प्रमुख हुन् ।

  • ‘सम्झन्छु म तिमीलाई’ भन्दै प्रेमीकासँग रोमान्टिक बने रबिन (भिडिओ)

    ‘सम्झन्छु म तिमीलाई’ भन्दै प्रेमीकासँग रोमान्टिक बने रबिन (भिडिओ)

    काठमाडौँ । गायक रबिन बर्तौलाको ‘सम्झन्छु म तिमीलाई’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । शब्द, संगीत र स्वर गायक बर्तौलाकै रहेको गीतमा एरेन्ज उदयराज पौडेलको रहेको छ ।

    कुमार केसीको मिक्सिगं तथा मास्टरिगं रहेको सार्वजनिक गीतमा एक दृष्टिविहिन युवतीको रोमाञ्चक प्रेम र उनलाई सुख दुस् खमा साथ दिने प्रेमीको चोखो मायाको निर्देशक केशवराज भट्टले कलात्मक शैलीमा भिडियोमा प्रस्तुत गरेका छन् ।

    माया हेराई भोगाई जस्तै महशुस पनि हो भन्ने कुरालाई नजिकबाट केलाइएको सम्झन्छु म तिमीलाई बोलको गीतमा गायक बर्तौला र सुन्दरी सोफी धरेल गज्जबसँग खुलेका छन् ।

    भिडियोमा गायिका प्रेक्षा लम्सालको पनि अभिनय देख्न सकिन्छ । उत्तम हुमागाईको छायांकन रहेको सार्वजनिक गीतको सम्पादन बन्दे पाण्डेले गरेका हुन् भने कलरिगं प्रविन ढकालले गरेका हुन् । भिडियो गायक स्वयमकै अफिसियल च्यानल रबिन बर्तौलाबाट बजारमा आएको हो । गायक बर्तौला पेशाले सिभिल इििञ्जनियर हुन् ।

    भिडिओ

     

  • ‘नेशनल सोसल वेलफेयर अवार्ड २०२३’ चौथो संस्करण आयोजना हुँदै

    ‘नेशनल सोसल वेलफेयर अवार्ड २०२३’ चौथो संस्करण आयोजना हुँदै

    काठमाडौं । सिजन मिडियाले ‘नेशनल सोसल वेलफेयर अवार्ड २०२३’ नामक राष्ट्रिय अवार्ड तथा समाजसेवीहरूको कामको सम्मानस्वरूप चौंथोे संस्करणको कार्यक्रम आयोजना गर्ने भएको छ ।

    लामो समयदेखि सांस्कृतिक, सामाजिक तथा मनोरञ्जनात्मक क्षेत्रमा अग्रणी संस्थाका रूपमा काम गर्दै आएको सिजन मिडियाले विगतका वर्षहरूझैं यस वर्ष पनि विभिन्न सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्व र संस्थाहरूको कामको मूल्याङ्कन र उनीहरूको कामलाई अझै हौसला प्रदान गर्ने उद्देश्यले २०८० साल माघ अन्तिम साता काठमाडौँमा सम्मान कार्यक्रम हुने भएको हो ।

    कार्यक्रममा नेपाल तथा विदेशमा रहेर विभिन्न क्षेत्रहरूमा रहेर नेपाल र नेपालीको दुःख सुखमा साथ तथा हौसला प्रदान गर्ने विभिन्न संघसंस्था तथा सामाजिक व्यक्तित्वलाई सम्मान गरिनेछ ।

    विभिन्न मानवीय, महामारी, वाढी पहिरो भूकम्प तथा प्राकृतिक प्रकोपको विषम अवस्थामा दिनरात नभनी विभिन्न क्षेत्रमा अग्रपंक्तिमा खटेका व्यक्ति तथा संस्था साथै निरन्तर रूपमा सामाजिक सेवाभावले समाज रहेर सामाजिक सेवामा निरन्तर काम गर्नेलाई यसपटक पनि विशेष सम्मान गर्न लागिएको हो ।

    हरेक मानिस वा समाजमा रहेका विविध समस्या परेको समयमा सानोभन्दा सानो सहयोगले पनि ठूलो महत्व पु¥याएको हुन्छ भने समुदायको जीवनरक्षा गर्न बल पुगेको हुन्छ ।

    सामाजिक क्षेत्रमा उनीहरूले दिएको योगदानको शब्दमा समेत उतार्न असम्भव नै हुन्छ । समाजका ती विशेष व्यक्तिलाई यसपटक संस्थाले अवार्ड तथा सम्मान प्रदान गरी उनीहरूको काम गर्ने सोच र सामाजिक दायित्वलाई हौसला दिन लागिएको हो ।

    यस्तै सामाजिक क्षेत्रमा लामो समयदेखि क्रियाशील अन्य व्यक्तित्व तथा संस्थालाई समेत हामी यसपटक पनि सम्मान प्रदान गर्न गइरहेका छौँ । सिजन मिडियाका कार्यक्रम व्यवस्थापक रेजिना तुलाधरले सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वलाई प्रोत्साहित गर्ने उद्देश्यले अवार्ड गर्न लागिएको जानकारी दिए ।

    ‘सबै नागरिकमा सामाजिक भावना विगत ४ वर्षदेखि निरन्तर रूपमा उहाँहरूको जोश जागर र सामाजिक सेवालाई जागृत गर्न अवार्ड कार्यक्रम गर्दैछौं’, उनले भने, ‘यसले नयाँ पुस्तालाई पनि प्रेरणा दिनेछ ।’

    उनले सम्मानका लागि संस्थाले विभिन्न मापदण्ड बनाएको र त्यसका आधारमा छनोट भएका व्यक्तित्वलाई विशेष कार्यक्रमको आयोजना गरी सम्मानित गरिनेछ ।

    सधैँ जस्तै साथ र सहयोग प्रदान गर्दै आउनुभएका सामाजिक व्यक्तित्व तथा हाम्रा मार्गदर्शकलाई पुनः हामी नमन गर्दै यस कार्यमा यहाँहरूको साथ र सहयोग रहने समेत विश्वास व्यक्त गर्दछौँ । सकारात्मक सोच राखौँ, सामाजिक दायित्व पूरा गरौँ र राम्रा काम गर्नेलाई प्रेरणा र हौसला प्रदान गरौँ ।

     

  • गढीमाई मन्दिरमा वेब सिरिज ‘कैंची’को शुभमुहूर्त

    गढीमाई मन्दिरमा वेब सिरिज ‘कैंची’को शुभमुहूर्त

    काठमाडौं । सिमराको जितपुरस्थित गढीमाई मन्दिरमा वेब सिरिज ‘कैंची’को शुभमुहूर्त गरिएको छ । पौष १३ अर्थात् अंग्रेजी नयाँ वर्षको अवसर पारेर यो सिरिजको छायांकन सुरु गरिनेछ । दशैंको अवसर पारेर टिजर सार्वजनिक गर्दै निर्माण टिमले यो सिरिजको निर्माण घोषणा गरेको थियो ।

    मधेशको सेटअपमा कथा लेखिएको सिरिजमा अभिनेता कामेश्वर चौरासिया, आमिर गौतम, पूजा ठाकुर, सुनिता पासवान, घनश्याम गिरी, दीपक चन्द, प्रदीप ढकाल, हरिश विक्रम खडायत, शुभम भुमियार, रियाज आचार्य, दिपक आरजे र सरोज शाको अभिनय रहनेछ ।

    सत्य घटनाबाट प्रभावित वेब सिरिजमा पारिवारिक सम्बन्ध र त्यसले ल्याउने कलहलाई प्रस्तुत गर्ने तयारी निर्माण टिमको छ । बिशेषगरी नेपालको तराई क्षेत्रमा घट्ने विभिन्न घटनामा यो सिरिज बन्ने छ । कैँचीको कथा अभिनेता कामेश्वर चौरासिया र पटकथा तथा संवाद कामेश्वर र निर्देशक नरेशनाथ योगीले लेखेका हुन् । यो सिरिजको निर्देशन नरेश आफैले गर्दैछन् ।

    बड्डी इन्टरटेनमेन्ट र अक्स इन्टरनेशनल स्टुडियोको प्रस्तुतीमा निर्माण हुने सिरिजको निर्मातामा गणेश प्रसाद बाघ र कार्यकारी निर्मातामा समिर खरेल रहेका छन् । मित्र डि गुरुङको सम्पादन, मनिष भट्टको मुख्य सहायक निर्देशन, सुमित राज भट्टको एसोसियट निर्देशन, निहाल नरेन सिंहको कला निर्देशन र निसाल पौडेलको डिओपी वेब सिरिजमा रहनेछ ।