Category: कलाप्रेस

  • ‘एनिमल’को दोस्रो भागमा बबी देओलको पात्र दोहोरिने

    ‘एनिमल’को दोस्रो भागमा बबी देओलको पात्र दोहोरिने

    काठमाडौं । वर्ष २०२३ मा भारतमा ब्लकबस्टर ठहरिएको चलचित्र ‘एनिमल’ को दोस्रो भागमा बबी देओलको क्यारेक्टरलाई पुनर्जीवित गराइने भएको छ ।

    ‘एनिमल’मा रणवीर कपुरपछि बबी देओललाई दर्शकले अत्यधिक रुचाएपछि उनको क्यारेक्टरलाई पुनर्जीवित गराउने सोच निर्माण टीमले गरेको हो ।

    ‘एनिमल’मा बबीको पात्रको मृत्यु भएको देखाइएको छ । तर, ‘एनिमल पार्क’मा उनको रोललाई पुनजीर्वित तुल्याउने निर्माताको भनाइ रहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । ‘एनिमल पार्क’मा पारिवारिक दर्शकलाई आकर्षित गर्न निर्माण पक्षले एक्सनका साथै इमोश्नल ड्रामा देखाउने बताइएको छ ।

    बबी पनि सिक्वेलका लागि पूर्ण रुपमा तयार भएको निर्माण टीमको भनाइ छ ।

    भारतमा ५४३ करोड भारु कमाएर ‘एनिमल’ले बक्स अफिसमा थुप्रो रेकर्ड बनायो । चलचित्रलाई अत्यधिक रुचाइएको र फ्यानले चलचित्रको दोस्रो भागको माग गरेपछि दर्शकलाई निराश नतुल्याई निर्माताले चलचित्रको दोस्रो पार्ट ‘एनिमल पार्क’को घोषणा गरेका थिए ।

    टी–सिरिज, सिने वान स्टुडियो र भद्रकाली पिक्चर्सको ब्यानरमा बनेको चलचित्रमा रणवीर र बबीसहित अनिल कपुर, रश्मिका मन्दाना र तृप्ती डिमरीको मुख्य भूमिका थियो ।

  • स्थानीय तहको पूर्वाग्रहले शिक्षकले दु:ख पाएको महासंघको भनाइ, संविधान संशोधनको माग (भिडिओ)

    स्थानीय तहको पूर्वाग्रहले शिक्षकले दु:ख पाएको महासंघको भनाइ, संविधान संशोधनको माग (भिडिओ)

    काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षकहरूलाई स्थानीय तहको मातहतमा नराख्ने गरी संविधान संशोधन गर्न माग गरेको छ ।

    बुधबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयकको सम्बन्धमा कुरा राख्दै नेपाल शिक्षक महासंघले उक्त माग राखेको हो । महासंघका अध्यक्ष कमला तुलाधरले शिक्षकहरूलाई स्थानीय तह मातहत राखेर कारबाही गर्नेसम्मको अधिकार दिँदा आग्रह, पूर्वाग्रहका साथ कारबाही गरिने गरेको गुनासो गरिन् ।

    स्थानीय तहहरुका कारण शिक्षकहरू पीडित हुने अवस्था रहेको उनको भनाइ थियो ।

    उनले भनिन्, ‘स्थानीय तहमा शिक्षकहरू बस्न मानेनन् भन्ने तपाईँहरूलाई पनि गाह्रो परिराखेको । आफैँले बनाएको संविधान । फेरि कसरी ब्याक हुने ? त्यो ब्याक हुँदाखेरी के हुने ? होइन नि त्यस्तो । संविधान राम्रो हुन्छ भनेर बनाइयो । तर, बनाउँदै गर्दाखेरी राम्रै भएको संविधान, ऐन, नियम, कानूनहरु अभ्यास हुँदै जाँदाखेरी बेठीक हुँदै गयो भने त्यसलाई संशोधन पनि गर्नुपर्ने अवस्था आउँछ । शिक्षकलाई कारबाही गर्ने कुरो स्थानीय तहलाई दिँदाखेरी त्यहाँ त कारबाही गर्नुपर्नेलाई कारबाही नभइकन, कारबाही नगर्नुपर्नेलाई चाहीँ कारबाही हुनसक्छ । विभिन्न आग्रह, पूर्वाग्रह, नाता, सम्बन्धको कारणले । स्थानीय तहभन्दा अलिकति माथि प्रदेश अथवा शिक्षा विभागसम्म पुर्‍याइदियो भने अलि राम्रो हुन्छ । स्थानीय तहबाट शिक्षकहरूले दुःख पाइरहेका छन् ।’

    महासंघले शिक्षक-कर्मचारीको रजिष्ट्रेसन, तालिम र पेशागत विकासमा काम गर्न एउटा शिक्षण काउन्सिल बनाउनसमेत माग गरेको छ । त्यस्तै, यसअघि तत्कालीन शिक्षक छनोट समिति वा आयोगद्वारा सोझै प्रा.वि.द्वितीय, नि.मा. द्वितीय श्रेणीबाट सेवा प्रवेश गरेका र त्यही पदबाट बढुवा समेत भएका शिक्षकहरुको हकमा उनीहरुको पद अनुसार माथिल्लो तहको समान स्तरको माथिल्लो तहको पदमा समायोजन हुने व्यवस्था मिलाउनुपर्ने पनि बताएको छ ।

    त्यस्तै विभिन्न कारणबाट आन्तरिक परीक्षामा सामेल हुन नपाइ बिस्थापनमा परेका तात्कालीन अस्थायी शिक्षकलाई परीक्षा दिन पाउने व्यवस्था गर्न पनि सुझाव दिएको छ । त्यसैगरी, शिक्षकको सुविधायुक्त उपचारको लागि शिक्षक अस्पतालको प्रवन्ध गर्ने र शिक्षकको आचरण, विभागीय सजाय, बर्खास्तीजस्ता कुरा नियमावलीमा राख्नेगरी अघि बढ्न महासंघको सुझाव रहेको महासचिव लक्ष्मीकिशोर सुवेदीले बताए ।

    महासंघले स्थानीय तहले शिक्षकहरूको सेवा, सुविधाको ग्यारेन्टी गर्न नसक्ने बताएको छ । त्यस्तै स्थानीय तहले संघीय र प्रदेश कानून विपरित कानून बनाउन नपाउने प्रावधान राख्नुपर्ने पनि महासंघको सुझाव छ । महासंघले विद्यालय शिक्षा विधेयकको सम्बन्धमा बुँदागत रुपमा सुझाव पेश गरेको छ ।

  • प्रकाश सपूतको ‘मुटु कटक्कै’ युट्युबको शीर्ष स्थानमा

    प्रकाश सपूतको ‘मुटु कटक्कै’ युट्युबको शीर्ष स्थानमा

    काठमाडौं । गायक एवं सर्जक प्रकाश सपुतको नयाँ गीत सोमबार मात्रै सार्वजनिक भएको ‘मुटु कटक्कै’  युट्युब ट्रेडिङको शीर्ष स्थानमा उक्लिएको छ ।

    सार्वजनिक भएको २४ घण्टा बिते लगत्तै १० लाख भन्दा बढीले युट्युवमा हेरिसकेका छन् । ‘मुटु कटक्कै’ को भिडिओ सोमबार गायक सपुतकै युट्युव च्यानलबाट सार्वजनिक भएको हो । यस गीतमा तत्कालै दर्शक झुम्मिएका छन् । गती सार्वजनिक भएको ५ लाख २५ हजारपटक हेरिएको युट्युबको भिडियो शीर्ष ट्रेन्डिङतर्फ लम्किएको छ ।

    यो गीतको गायनमा सपुतलाई थप दुई गायक प्रताप दास र कुशल बेल्बासेले साथ दिएका छन् । ‘केटा मान्छेलाई रुन एउटा ठाउँ चाहिन्छ’ भन्ने रोचक विषयवस्तु उनले गीतमार्फत उठान गरेका छन् ।

    गीतको शब्द र संगीत प्रकाश सपुतकै हुन् । भिडियोमा उनले कुशुम शर्मा उर्फ सकम्बरीलाई आफ्नो अनस्क्रिन जोडी बनाएका छन् । सपुतको गीत ‘फुलमाया’ बाट हिट भएकी कुशमको ग्ल्यामर लुकले दर्शकलाई तानकेो छ ।

    बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मिएका गायक प्रकाश सपूतका यसअघि ‘गलबन्दी’, ‘बोलमाया बोल’, ‘फुटेका चुरा’, ‘बदला बरीलै’, ‘मेरो पनि होइन र यो देश’, ‘पर–पर छु’, ‘पिर’, ‘सकम्बरी’, ‘दमाइ महाराजा’ र ‘कुरा बुझ्नुपर्छ एक र दुई’ लगायत गीत सार्वजनिक भइसकेका छन् ।

    गायक प्रकाश सपुतका गीत सँधै दर्शक तथा स्रोताका लागि प्रतिक्षित हुन्छन् । हरेक गीतमा नयाँ शैली र भिडियोमा सिर्जनशीलता उनको विशेषता हो ।

  • ‘रिमै’मा जोडिए सौगात

    ‘रिमै’मा जोडिए सौगात

    काठमाडौं । अभिनेता सौगात मल्ल चलचित्र ‘रिमै’मा अनुबन्धित भएका छन् । योसँगै सिनेमाको मुख्य लाइनअप पूरा भएको छ। सिनेमा यसअघि ब्लकबस्टर “कबड्डी’ सिरिजका प्रथम दुई भागकी मूख्य अभिनेत्री रिस्मा गुरुङ्ग र अभिनेता दयाहाङ्ग राई अनुबन्धित भइसकेका छन्।

    उनीहरु तीनै जनाले ‘कबड्डी’को दोश्रो श्रृंखलामा एकसाथ काम थिए। खिल बहादुर गुरुङ्गको निर्देशनमा तयार हुने सिनेमालाई सिनेमा गोरख सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रालिको व्यानरले निर्माण गर्न लागेको हो। सिनेमामा दया, रिस्मा, सौगातसँगै डेब्यू अभिनेता विरबल घले प्रमूख भूमिका रहनेछ।

    उपेन्द्र सुब्बा सिनेमाका पटकथा लेखक हुन भने कथा निर्देशक गुरुङ्ग र अभिनेता घलेले लेखेका हुन्। सिनेमाको कार्यकारी निर्मातामा टिका गुरुङ्ग(युके), प्रकाश गुरुङ्ग(युके), जित यात्री गुरुङ्ग (नर्वे)तथा सचि कुमारी घले रहेकछन् भने दुन बहादुर घले, हेमा गुरुङ्ग तथा विजय लामा सिनेमामा सह(निर्माताका रुपमा रहनेछन्। सिनेमाको हाल प्रिप्रोडक्सन चलिरहेको छ।

    ‘रिमै’फागुनबाट फ्लोरमा जाने। ‘कबड्डी सिनेमामा दया र रिस्माको नोकझोकलाई दर्शकहरुले खुबै मनपराएका थिए। यो सिनेमाले त्यो ‘केमिस्ट्री’लाई पुनः ताजा गराउने अनुमान गर्न सकिन्छ। सिनेमामा सौगातको अनुबन्धनले रोमाञ्चक कथाको अपेक्षालाई रोचक बनाउने अपेक्षा बढाएको छ

  • गायक यस कुमारको ‘तिमी छौ र त’ म्युजिक भिडिओ सार्वजनिक

    गायक यस कुमारको ‘तिमी छौ र त’ म्युजिक भिडिओ सार्वजनिक

    काठमाडौं । गायक यश कुमारको शब्द, संगीत र स्वर रहेको गीत ‘तिमी छौ र त’को भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक म्यूजिक भिडियाेकाे लिरिक्स, म्यूजिक कम्पोज र स्वर गायक एस कुमारकै रहको छ भने गायक एस कुमार, अनु थापा, राजेश घतानी र प्रेम शुब्बाको अभिनय रहेको छ । दिनेश पराजुलीले छायांकन गरेको म्यूजिक भिडियोको निर्देशन विज्ञान राईले गरेका हुन् ।

    मंगलबार राजधानीमा आयोजित म्युजिकल सिनेमा भनिएको भिडियो सार्वजनिक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किँरातीले गीत संगीतले समाजमा सकारात्मकता प्रवाह गर्ने भन्दै सर्जकको प्रसंशा गरेका हुन् ।

    ‘यो गीत हेरेपछि मलाई असहज पनि भयो । किनकि यो गीतले हाम्रो एउटा समाजको कथालाई देखाएको छ । यो भिडियो हेरेपछि समाजले केही सिक्छ भन्ने लागेको छ’, मन्त्री किराँतीले भने, ‘यसलाई मनोरंजनको रुपमा मात्र लिनु हुँदैन । यसले समाज सुधार्न भूमिका निर्वाह गर्नुका साथै कुल ग्राहस्थ उत्पादनमा समेत टेवा दिन्छ ।’

    उनले मनाङ्ग र मुस्ताङ्गमा बढेको पर्यटकमा नेपाली गीत संगीत र सिनेमाको योगदान रहेको भन्दै यसलाई उद्योगको रुपमा विकसित गर्न सके राम्रो हुने बताए । सरकारले लक्ष्य लिएको दश लाख भन्दा बढी पर्यटक हिजोसम्म नेपाल भित्रिएको जानकारी दिदै मन्त्री किँरातीले गीतसंगीत र सिनेमासँग जोडिएका सर्जकलाई धन्यवाद दिए ।

    मन्त्री किँरातीले गायक यश कुमारको जीवनीसँग प्रभावित भएको जानकारी गराउदै ‘बालुवाको फूल’ भन्दै अरुका लागि उदाहरण बन्ने जिकिर गरेका छन् । गायक यश कुमारले बाल्यकालमा खोला किनारको वस्तीमा बालुवा चालेर जीविकोपार्जन गरेको स्मरण गर्दै मन्त्री किँरातीले उनको प्रसंशा गरेका थिए । गायक यश कुमारले गीत संगीतको माध्यमले मनोरंजनसँगै संदेश प्रभाव गर्न खोजेको बताए ।

    ‘मैले सुरुआती समयदेखी नै गीतसंगीतले पार्ने प्रभावको बारेमा बुझेर त्यहिँ अनुरुप सिर्जना गरिरहेको छु । यसपटक पनि दुई समुदायको अहमताले निम्त्याउने कथालाई देखाएको छु । यसले समाजमा थोरै भएपनि चेतना बढाउने काम गर्छ भन्नेमा विश्वस्त छुु, यश कुमारले भने । सार्वजनिक गीतको भिडियोमा यश कुमारसँगै अनु थापा, प्रेम सुब्बा, राजेश घतानी लगायतका कलाकारले अभिनय गरेका छन् ।

    गायक यश कुमारले मंगलबार नयाँ गीत ‘तिमी छौं र त’ सार्वजनिक कार्यक्रममा प्रेमले कुनैपनि जात नहेर्ने बताएका छन् । आफुले यो गीतमा ब्राहामण समुदायको युवा र लिम्बु समुदायकी युवतीबीचको पेम बुनेर म्युजिकल सिनेमा निर्माण गरेको उल्लेख गरेका छन् ।

    गायक यशले यो गीतलाई आफुले मौलिक र टिपिकल देखाउन लिम्बु समुदायको बोलीचालीको भाषा प्रयोग गरेकाले यसलाई दर्शकले अश्लिल शब्दको रुपमा बुझेर गाली नगरी दिन आग्रहसमेत गीत रिलिज कार्यक्रममा गरेका थिए ।

  • हरेस खाएर थाकेकाहरुलाई आत्मबल दिने- ‘टुवेल्थ फेल’

    हरेस खाएर थाकेकाहरुलाई आत्मबल दिने- ‘टुवेल्थ फेल’

    तपाईं बलिउडको धुमधडका मसलेदार फिल्मबाट आजित हुनुभएको छ ? आजित हुनुभएको छ भने तपाईंलाई रिफ्रेस बनाउने एउटा फिल्म युट्युबमा छ, ‘टुभेल्थ फेल’ । यो फिल्मले अठोट, संकल्प र सपना प्राप्तिको मीठो स्वाद चखाउँछ । हजार ठक्कर र अप्ठ्यारासँग लडेर सपनाको उडान भर्ने जोश सृजना गरिदिन्छ ।

    यो फिल्मको कथा सन् २००५ मा आईपीएस अफिसर बनेका मनोजकुमार शर्माको जीवनीमा आधरित हो । मध्यप्रदेशको गरिब परिवारमा हुर्किएका शर्मा १२ कक्षामा चिट चोर्न नपाएर फेल भएका थिए । यसपछि मेहनतले पढेर, टेम्पो चलाएर, सडकमा भोकभोकै सुतेर, लाइब्रेरीमा काम गरेर आईपीएस अफिसर बनेका थिए । उनै शर्मा लाखौं प्रतिस्पर्धीलाई पछि पार्दै आईपीएस अफिसर बन्दासम्मको संघर्षको कथा नै ‘टुभेल्थ फेल’ हो ।

    सानो गाउँबाट फिल्मको सुरुवात हुन्छ । मुख्य पात्र मनोज घरको छतमा बसेर चिट बनाइरहेको छ । उसको पिता इमानदारिताका कारण जागिरबाट निकालिन्छ । र अदालतको चक्कर काट्न सुरु गर्छ ।

    मनोजले एक इमानदार डीएसपीसँगको भेटपछि प्रहरी अफिसर हुने अठोट गर्छ । तर, बाटो सहज हुँदैन । पिताको जागिर गएपछि घरको अवस्था जर्जर बन्छ । मनोज भने बिए पास गरेपछि हजुरआमाको पेन्सन लिएर प्रहरी अफिसर बन्न ग्वालियर शहर निस्कन्छ । तर, बाटोमा हजुरआमाले दिएको पैसा र झोला सबै हराउँछ । ऊ सडकमा आउँछ । तर, मनोजसित एकैथोक हुन्छ, त्यो हो अठोट र प्रण ।

    त्यही प्रणका कारण ऊ दिल्ली पुगेर लाइब्रेरीमा काम गरेर, आँटाचक्कीमा काम गरेर अन्तत चौथोपटकमा युपीएससी अन्तर्गतको आईपीएस अफिसर बन्न सफल हुन्छ । यस यात्रामा मनोजलाई उसकी प्रेमिशा श्रद्धाले साथ दिन्छिन् ।

    मनोजको यो यात्रा यहाँ दुई अनुच्छेदमा भन्न जति सजिलो छ, वास्तविकतामा उत्तिकै जटिल छ ! उसले गरेको संघर्ष, संघर्षमा आएका उतारचढाव र सपना प्राप्तिको भोक– सिनेमामा बडो सुन्दर ढंगले बुनिएको छ ।

    फिल्मले भन्छ, सपनाको यात्रा कहिल्यै पनि सरल रेखामा हुँदैन । सपनाको यात्रामा निस्कनेहरु कहिले अक्करे भिरको गोहोमा हिँड्नुपर्छ । कहिले अग्लाअग्ला पहाड चढ्नुपर्छ । कहिले मरुभूमिको तिर्खा सहन सक्नुपर्छ । कहिले भेलमा हाम फाल्न सक्नुपर्छ । अनि मात्रै उसले सपनाको फाँट भेटाउँछ ।

    सानातिना हण्डर र ठक्करमा हरेस खाएर भाग्नेहरुलाई रोक्ने सिनेमा हो, ‘टुवेल्थ फेल’ । एउटा मामुली युवकले तय गरेको कठीन यात्रा र उसले प्राप्त गरेको सफलताको कथा हो, ‘टुवेल्थ फेल’ । हरेस खाएर थाकेकाहरुलाई पुर्नजाग्रित गर्ने कथा हो ‘टुवेल्थ फेल’ ।

    र यस कथालाई सिनेमामा जसरी बुनिएको छ, त्यसले दर्शकलाई बाँधिराख्न सक्षम छ । तीन दशकअघि ‘परिन्दा’, ‘१९४२ ः अ लभ स्टोरी’ जस्ता फिल्म दिएका विद्युविनोड चोपडाले अहिले फेरि सुन्दर फिल्म पस्किएका छन्, ‘टुवेल्थ फेल’ ।

    फिल्मको वास्तविक पात्र मनोज कुमार शर्मा अहिले मुम्बाइ पुलिसको एडिसनल कमिसनर छन् । साथै उनको काम गर्ने शैलीका कारण उनलाई उनलाई ‘सिंघम’ र ‘सिम्बा’ पनि भन्ने गरिन्छ । शर्माको वास्तविक कथालाई अनुराग पाठकले गैरआख्यान शैलीमा लेखेर २०१९ मै पुस्तक प्रकाशित गरिसकेका छन् । यो फिल्म त्यही पुस्तकमा आधारित हो ।

    र ‘टुवेल्थ फेल’ हेर्नुभएको छैन भने हेर्नुहोस् । तपाईंलाई फिल्मले त निराश बनाउँदैन नै, सपना प्राप्तिका लागि अन्तिम पलसम्म लडिरहने आत्मबल प्रदान गर्छ ।

     

  • प्रकाश सपुतको ‘रुवावासी सेन्टर’ चर्चामा, कस्तो छ नयाँ गीत ?

    प्रकाश सपुतको ‘रुवावासी सेन्टर’ चर्चामा, कस्तो छ नयाँ गीत ?

    काठमाडौं । गायक प्रकाश सपुतका गीतहरु सँधै दर्शक/स्रोताका लागि प्रतिक्षित हुन्छन् । हरेक गीतमा नयाँ शैली र भिडियोमा सिर्जनशीलता उनको विशेषता हो ।
    सपुतको नयाँ गीत ‘मुटु कटक्कै’ को भिडिओ हिजो युट्युबमा रिलिज भएको छ । तत्कालै दर्शकहरु यसमा झुम्मिएका छन् । २१ घन्टासम्ममा ५ लाख २५ हजारपटक हेरिएको युट्युबको भिडियो शीर्ष ट्रेन्डिङतर्फ लम्किएको छ ।

    यो गीतको गायनमा सपुतलाई थप दुई गायक प्रताप दास र कुशल बेल्बासेले साथ दिएका छन् । सपुतको अघिल्लो गीत ‘दमाइ महाराज’ जस्तै भजन शैलीमा गाइएको हुँदा नयाँपनको महसुस हुँदैन । तर, भिडिओको अवधारणा विल्कुलै नौलो छ । ‘केटा मान्छेहरुलाई रुन एउटा ठाउँ चाहिन्छ’ भन्ने रोचक विषयवस्तु उनले अघि सारेका छन् ।

    केटाहरु रुनका लागि शहरमा खुलेको छ, रुवावासी केन्द्र । रुनलाई प्रेममा धोका खाएका युवाहरु त्यहाँ गएर रुन लाइन लाग्छन् । निश्चित शुल्क तिरेपछि उनीहरुलाई एउटा गाउन र आँशु पुछ्न रुमाल दिइन्छ । अनि एउटा कोठामा रुन्चे गीत सुन्दै केटाहरु छाति पिटिपिटि रुन्छन् ।

    हरेक कुराहरु व्यवसायीकरण भइरहेको जमानामा सपुतले ‘रुवावासी केन्द्र’ को अवधारणा वास्तवमा अविश्वसनीय पनि लाग्दैन । यो भिडियोबाट काटिएको ‘रुवावासी केन्द्र’को होडिङ बोर्ड सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियो नहेर्नेले साँच्चिकै हो कि भन्ने पनि ठानेका छन् ।

    गीतको शब्द र संगीत प्रकाश सपुतकै हुन् । भिडियोमा उनले कुशुम शर्मा उर्फ सकम्बरीलाई आफ्नो अनस्क्रिन जोडी बनाएका छन् । सपुतको गीत ‘फुलमाया’ बाट हिट भएकी कुशमले यो भिडियोमा भने त्यति धेरै स्पेस पाएकी छैनन् । यद्यपि, उनको ग्ल्यामर लुकले दर्शकलाई रिझाउने छ ।

  • ‘महाजात्रा’ फर्स्टलुक्स पोस्टर : फन्डिद्र, जोयश र मुन्नाका बन्दी हरिवंश

    ‘महाजात्रा’ फर्स्टलुक्स पोस्टर : फन्डिद्र, जोयश र मुन्नाका बन्दी हरिवंश

    काठमाडौं । आगामी चैत्र ९ गतेबाट नेपालसहित विदेशमा समेत प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘महाजात्रा’ फर्स्टलुक्स सार्वजनिक गरिएको छ । जहाँ अभिनेता हरिवंश आचार्यसँगै शृङ्खलाका तीन कलाकार विपिन कार्की, रवीन्द्रसिंह बानियाँ र रवीन्द्र झा देखिएका छन् ।

    मंगलबार सार्वजनिक पोस्टरमा ‘जात्रा’ देखि नै फडिन्द्र (विपिन), जोयश (रवीन्द्र बानियाँ) र मुन्ना (रवीन्द्र झा) को भूमिका देखिँदै आएका तीन पात्रले अभिनेता आचार्यलाई ह्वीलचेयरमा लागिरहेका छन् । उनीहरूले अभिनेता आचार्यलाई बन्दी बनाएको संकेत पोस्टरले गरेको छ ।

    सिनेमाका अभिनेता तथा कार्यकारी निर्माता बानियाँले सिनेमाको कथासार झल्किने पोस्टर सार्वजनिक गरिएको बताए । ‘पोस्टरमा देखिएका पात्रले सिनेमाको कथासार झल्काउँछ । पृष्ठभूमिमा गाडी, पैसा अनि हामी तीनसँगै हरिवंश दाइ । यसले धेरै तथ्य सङ्केत गरेको छ’, अभिनेता बानियाँले भने ।

    सिनेमा ‘जात्रा’ र ‘जात्रै जात्रा’को व्यावसायिक र समीक्षात्मक सफलता पश्चात् षट्कोण आट्र्सको निर्माणमा तेस्रो शृङखला ‘महाजात्रा’मा जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रूपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक तवरले प्रस्तुत गरिएको छ ।

    निर्देशक प्रदीप भट्टराईले सिनेमामार्फत प्रस्तुत गर्दै आएको भावमै रहेर कथा तयार गरिएको बताए । अर्थात् सिनेमामा हाँसो र रोदनको मिश्रण छ । अर्ग्यानिक र यथार्थलाई प्रस्तुत गरिएकै कारण यो शृङ्खला दर्शकको प्रिय बनेको छ । नेपालमा सिनेमाले रेकर्ड ब्रेक व्यापार गर्ने अनुमान वितरकले गरिरहेका छन् । सिनेमाको सार्वजनिक फर्स्टलुक पोस्टरले पनि त्यसको संकेत गरेको छ ।

    सिनेमामा अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको पनि अभिनय रहेको छ । म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता रहेको सिनेमाको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ ।

    फिल्मको एक गीतमा अभिनेता अरुण क्षेत्री र मोडल आश्मा विश्वकर्मा देखिने छन् । सिनेमा जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायांकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल संगीतकार, शमशेर लामा शृङ्गार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर रहेका छन् ।

  • ‘द अन ब्रेकेबल अगस्त्यः च्याप्टर १’को फस्टलुक रिलिज गर्दै प्रदर्शन मिति घोषणा

    ‘द अन ब्रेकेबल अगस्त्यः च्याप्टर १’को फस्टलुक रिलिज गर्दै प्रदर्शन मिति घोषणा

    काठमाडौं । फिल्म ‘द अन ब्रेकेबल अगस्त्यः च्याप्टर १’को फस्टलुक रिलिज गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ ।

    फिल्मका नायक सौगात मल्लको दुई वटा गेटअप सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति पक्का गरिएको हो । यो फिल्मलाई फागुनको १८ गतेबाट नेपालसँगै विश्वभर रिलिज गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ । यो फिल्म फागुन १८ मा सोलो रिलिज हुनेछ ।

    सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मको फस्टलुकमा नायक सौगात मल्ललाई ‘सौर्य’ पात्रको रुपमा चित्रित गरिएको छ । एउटा लुक्समा सौगातको कसिलो शरीर देख्न सकिन्छ । जहाँ, उनको एक्सन देख्न सकिन्छ । अर्को लुक्समा भने उनी गोरखपुरको रेलवे अगाडि हिडिरहेको देख्न सकिन्छ ।

    यी दुवै लुक्सले सौगात मल्लको भूमिका र उनको अभिनयलाई लिएर आम दर्शकमाझ कौतुहलता पैदा गर्ने निश्चित छ । निर्माणपक्षले दिएको जानकारी अनुसार, यो फिल्मका लागि सौगातले सुरुवातमा करिब २० केजी तौल घटाएका थिए । पछि, फेरि सौगातले १० केजी तौल बढाएका थिए । फिल्मका लागि सौगात मल्लले गरेको मिहिनेत पोष्टरमा प्रष्ट छल्किएको छ ।

    फिल्ममा सौगातको साथमा नाजिर हुसेन, मलिका महत्त, प्रमोद अग्रहरि, विजय बराल, रविन्द्र झा लगायतका कलाकारको पनि अभिनय छ । तर, निर्माणपक्षले फस्टलुकमा सौगातको मात्र दुई फरक गेटअप सार्वजनिक गरेको हो । फिल्ममा संजय लामाको छायांकन छ ।

    यो फिल्मलाई डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार पारिएको हो । फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र बिनोद पौडेलको लगानी छ । फिल्मका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् । फिल्मलाई नेपालभर डीसीएनले वितरण गर्नेछ ।

     

  • अंग्रेजी नयाँ वर्षको अवसरमा रोमान्टिक फ्लेभरको गीतमा बरुण र कुसुमको रोमान्स (भिडिओ)

    अंग्रेजी नयाँ वर्षको अवसरमा रोमान्टिक फ्लेभरको गीतमा बरुण र कुसुमको रोमान्स (भिडिओ)

    काठमाडौं । गायक प्रताप दासको स्वरमा रहेको गीत ‘चाहन्छु ५’ सार्वजनिक भएको छ । गीतमा सरोज पोखरेलको शब्द र संगीत, देवेश राईको एरेन्ज र किशोर थापाको मिक्सिङ तथा मास्टरिङ छ ।

    सरोजकै प्रस्तुती रहेको भिडिओमा बरुण अधिकारी र कुसुम शर्मा फिचर्ड छन् । अङ्ग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा सार्वजनिक रोमान्टिक फ्लेभरको गीतमा वरुण र कुसुमको जोडी निकै सुहाएको छ ।

    कलाकार बरुण अधिकारी एक दशकसम्म नेपाली हाँस्य टेलिसिरियल, म्युजिक भिडियो हुँदै नेपाली फिल्मको निर्देशन समेत गरिसकेका चर्चित व्यक्ति हुन् । उनी विगत ५ वर्षदेखि अमेरिकामा रहदै आएका छन् ।

    गीत सार्वजनिक पछि बरुणले भने, ‘पछिल्लो पुस्ताको माया प्रेमको कथालाई समेटेर म्युजिक भिडियो निर्माण गरेका छौँ । आशा छ कुसुम र मेरो रिलको जोडिलाई दर्शकहरूले मन पराउनु हुनेछ । राम्रो मेहनत गरेका छौँ । परिणाम पनि राम्रो हुन्छ भन्ने आशा छ।’

    ए वान म्यूजिसियनमा रेकर्ड गरिएको गीतमा रत्न बिकको फ्लयुट र राजेश श्रेष्ठको रेकर्डिङ छ ।

    साजन कट्टेलको निर्देशनमा बनेको म्युजिक भिडिओमा पुनम चौधरीको मेकअप, दिनेश पराजुलीको छायांकन, राकेश दाहालको सम्पादन र सरोज पोखरेलको कन्सेप्ट छ ।

  • लाेचनले किड्नी दिन चाहिन्, नारायणगाेपालले मानेनन्

    लाेचनले किड्नी दिन चाहिन्, नारायणगाेपालले मानेनन्

    काठमाडौं । ‘माया गर्नेको चोखो माया पनि देखियो’

    गायिका लोचन भट्टराईका दर्जनौं गीत छन्, ‘रिटरिटिङ बजाउ बिनायो’, ‘खोटाङ जिल्ला दिक्तेल बजार’, ‘ए दाजु नसमाउ नाडीमा’, ‘तिहारै आयो लौ झिलिमिली’ लगायत । तर, ‘माया गर्नेको’ गीत उनको सांगीतिक करियरमा विशेष छ । जो गायक नारायणगोपालसँग जोडिन्छ ।

    एक दिन लोचन नारायणगोपालको घर गएकी थिइन् । नारायण गोपाल गीत रियाज गरिरहेका थिए । लोचनलाई नारायणगोपालले भने, ‘विश्वविद्यालयको एउटा कार्यक्रम छ । म दुईचार वटा गीत गाउँदैछु । एउटा नयाँ युगल गीत कम्पोज गरेको छु ।’

    अनि लोचनलाई सुनाए, ‘माया गर्नेको चोखो माया पनि देखियो ।’

    कालीप्रसाद रिजालले लेखेको यस गीतमा नारायणगोपाल स्वयंको संगीत थियो । यही गीतमा लोचनले पनि रियाज गरिन् ।

    छुट्ने वेला नारायण गोपालले भने, ‘अर्को एकजना साथी पनि खोज न गाउनलाई ।’

    लोचनले गायिका सुनिता सुब्बालाई भनिन् । सुनिताले एक वचनमै मानिन् । दुवैले गीत रियाज गरे । कार्यक्रम भयो । दुवैले गीत गाए र त्यही कार्यक्रम नै नारायणगोपालको जीवनको अन्तिम कार्यक्रम भयो । यसपछि २०४७ मंसिर १९ गते उनको निधन भयो ।

    नारायणगोपाल बिते पनि लोचनले यो गीतलाई हरेक स्टेजमा गाइन् । उनलाई फर्माइस पनि यही गीतको धेरै हुन्थ्यो । गीत रेकर्ड त भएको थिएन । तर, ज्यादै पपुलर बनिसकेको थियो ।

    एक दिन लोचनलाई नारायणगोपालकी धर्मपत्नीले भनिन्, ‘तपाईंको आवाजमा रेकर्ड गर्नुस् यो गीत ।’

    अनि लोचनले २०४९ सालमा रेडियो नेपालमा यो गीत पहिलो पटक रेकर्ड गराइन् ।

    ‘म कसैको आभारी भएर बाँच्न चाहन्नँ’

    नारायणगोपाल सिकिस्त बिरामी थिए । उनको मृगौलाको डाइलाइसिस भइरहेको थियो । सुगरले निकै साह्रो गरी च्यापेको थियो । खुट्टाहरु सुन्निएका थिए । तर, गायनमा भने सक्रिय नै थिए । २०४७ सालको एक दिन गायिका लोचन भट्टराई नारायणगोपालको घरमा गइन् । नारायणगोपालसँग दिनभरि बसेर गफ गरिन् ।

    र, अन्त्यमा लोचनले भनिन्, ‘दाइ अहिले त धेरै सजिलो छ, हजुरलाई म किड्नी दिन्छु ।’

    नारायाणगोपालले भने, ‘म कसैको आभारी भएर बाँच्न चाहन्नँ ।’

    बरु आफू तराईको कुनै ठाउँमा थोरै जग्गा लिएर बस्न चाहेको बताए । जहाँ केराघारी होस् । लिचीका बोटहरु होऊन् । आँपका बोटहरु होऊन् । माछा पोखरी होस् । गाईको हुल होस् । सबै गाईहरुको घाँटीमा घण्ट होस् । गाईहरु लस्करै हिँड्दा घण्टहरु बज्छन्, मधुर आवाज निस्कन्छ । जसले आफूलाई शान्ति दिनेछ ।

    नारायणगोपालले भनेका थिए, ‘गाईहरु लाम लागेर हिँड्छन् । उनीहरुको घण्ट बज्छन् । कस्तो मधुर आवाज आउँछ होला ।’

    नारायणगोपालसँगको त्यो भेट

    नारायणगोपालसँग लोचनको पहिलो भेट २०४५ सालमा भयो, रेडियो नेपालमा ।

    २०४४ सालमा रेडियो नेपालको आधुनिक गीत प्रतियोगितामा लोचन प्रथम हुँदा जज थिए नारायणगोपाल । तर, उनको औपचारिक भेट भने भएको थिएन । देखभेट भने भएको थियो ।

    २०४५ सालको एक दिन संगीतकार भूपेन्द्र रायमाझी लोचनकहाँ आए । भूपेन्द्रकै संगीतमा लोचनले रेडियो नेपालमा गीत गाएकी थिइन् । भूपेन्द्रले लोचनलाई भने, ‘नारायणगोपालले रेडियो नेपालमा फर्स्ट हुने गायिकालाई बोलाऊ भनेर भन्नुभएको छ ।’

    सुरुमा त लोचनले भूपेन्द्रको कुरालाई पत्याइनन् । रेडियोमा सुनेको नारायणगोपाल । क्यासेटको कभरमा मात्रै देखेको नारायणगोपाल । उनैले आफूलाई भेट्न बोलाएको कुरा उनले पत्याइहाल्न सकिनन् । तर, भूपेन्द्रले कन्भिन्स गरेपछि भने लोचन नारायणगोपाललाई भेट्न गइन्, कालिकास्थानमा ।

    म्युजिक नेपालको स्टुडियो भर्खरै खुलेको थियो । साढे तीन वर्षको छोरालाई लिएर लोचन कालिकास्थान पुगिन् । तर, नारायणगोपालको अघि के बोल्ने केही मेसो थिएन । उनले सिर्फ नमस्कारमात्रै गरिन् । नारायणगोपालले बस्न इशारा गरे । अनि सोध्न थाले-

    ‘तिमीलाई यो गीतको कोरस आउँछ ?’ लोचनले टाउको हल्लाइन् ।

    नारायणगोपालले फेरि अर्को गीतबारे सोधे । लोचनले टाउको हल्लाइन् । सोध्ने र टाउको हल्लाउने क्रम केहीबेर चलिरह्यो । तबलावादक राजु अग्रवाललाई समोसा लिन न्युरोड पठाए नारायणगोपालले । सबैले समोसा खाए । छुटे । रिहर्सल नै भएन ।

    त्यसपछि एकै पटक प्रज्ञाभवनमा कार्यक्रम भयो । लोचनले कोरसमा नारायणगोपाललाई साथ दिइन् । यसपछि कहिले पोखरा, कहिले धनगढी, कहिले दार्जिलिङका कार्यक्रमहरुमा लोचन नारायणगोपालसितै गइन् । युगल गीतहरुमा नारायणगोपाललाई साथ दिइन् ।

    ती भित्तामा टाँसिएका शुभेक्षाहरु

    २०४७ साल ।

    नारायणगोपाललाई वीर अस्पतालमा राखिएको थियो । स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि आईसीयुमा राखिएको थियो । लोचन अस्पताल पनि गइरहन्थिन् ।

    अहिले आएर लोचनलाई थकथक लाग्छ, ‘नारायणगोपाल दाइको जीवनको कति महत्वपूर्ण कुरा क्यामेरामा कैद हुनै पाएन ।’

    नारायणगोपाल बिरामी भएको थाहा पाएपछि शुभचिन्तकहरुले अस्पतालको भित्ताभरि चिठी र सन्देशहरु कागजमा लेखेर टाँसेका थिए । कति कागजमा लेखिएका थिए, ‘म किड्नी दिन्छु ।’

    लोचन अस्पतालको त्यो दृश्य सम्झिन्छिन्, ‘यति धेरै कागजहरु टाँसिएका थिए कि म शब्दमा भन्न सक्दिनँ । मेरो आँखामा झलझली छ । बाहिर बाटोदेखि नै नारायणगोपालको स्वास्थ्यको कामना गर्दै ठूलो भीड लागेको हुन्थ्यो ।’

    मृगौलाको बिरामीलाई खानै मन नलाग्ने । अनि नारायणगोपालको परिवार भने झोल तरकारी भए पनि खुवाउन चाहने । एक दिन लोचनलाई नारायणगोपाल पत्नीले भनिन्, ‘दाइले खानुहुन्छ कि बहिनी, एक पटक दाइलाई भन्नू न !’

    तर, लोचनलाई नारायणगोपालले भन्थे, ‘तिमीलाई भाउजूले पठाएकी हो ?’ अनि खानै मान्थेनन् ।

    लोचनका अनुसार नारायणगोपाल एकदमै सिकिस्त हुँदा उनको एउटै चाहना थियो, आफ्नो तत्कालको अवस्थाको कुनै पनि फोटो नखिचियोस् । हुन पनि त्यसवेलाको नारायणगोपालको फोटो पनि छैन । बरु आफूलाई दर्शक, स्रोताले जुन रुपमा देखेका छन्, त्यही रुपमा नै सधैं उनीहरुको मनमा बस्ने चाहना लोचनलाई सुनाएका थिए ।

    लोचन भन्छिन्, ‘तर, उहाँका शुभचिन्तकहरुले हातले लेखेका कागजका चिर्कटोहरु भित्ताभरि नै थियो । पछि उप्काएर कता फालियो होला ? कसैले क्यामेराले भिडियो पनि खिचेन । संकलन गरेको भए अहिले पुस्तककै रुपमा तयार हुन्थ्यो ।’

    जनवादी गीतबाट संगीतको दुनियाँमा

    लोचनको बाल्यकाल धरानमा बित्यो । घाँस-दाउरा गर्दा नै गीत गाउन सिकिन् । उनलाई लता मंगेशकर, मोहम्मद रफीदेखि नारायणगोपाल, तारादेवी, अरुणा लामासम्मको गीत कण्ठस्तै हुन्थ्यो । सानै उमेरमा गलाका कारण धरानमा चिनिएकी थिइन् ।

    यही सिलसिलामा लोचनको भेट भयो कवि तथा लेखक मन्जुलसँग । सँगै जनवादी गायक रामेशसँग । यो २०३१/३२ सालतिरको कुरा हो । एक दिन लोचनले चिनेको एक जना दाइले मन्जुलसँग भेटाए । लोचन र उनका भाइ निशान भट्टराईले केही गीत सुनाए ।

    अनि मन्जुलले भने, ‘मसँग पनि गीत छ, गाउँछौ त ?’

    लोचन र निशान गाउने भनेपछि हुरुक्क हुने । उनीहरुले हुन्छ भने ।

    पञ्चायतकालको उत्कर्षको वेला राल्फा समूहमार्फत् मन्जुल, रामेशहरु गाउँगाउँमा गीत गाउँदै हिँडेका थिए । गीतमार्फत् जनतामाझ चेतना पनि फैलाउँदै गएका थिए । लोचन पनि मन्जुल र रामेशसँग गीत गाएर हिँड्न थालिन् । पहिलो गीत उनलाई ठ्याक्कै थाहा छैन । तर, स्थायीको दोस्रो लाइन भने अझै याद छ, ‘नमार गरिबलाई, नजाउ अंग्रेजी पल्टनमा’ ।

    धरानमा लाहुर जानेहरुको लाइन लाग्ने भएकाले पनि गीत ज्यादै चर्चित बन्यो । यसपछि लोचन राल्फाले गर्ने कुनै कार्यक्रममा पनि छुटिनन् । तत्कालीन मालेअन्तर्गत रहेर विभिन्न कार्यक्रमहरुमा जनवादी गीत गाउँदै हिँडिन् । मन्जुल गीत लेख्थे, रामेश कम्पोज गरिहाल्थे । गाउन लोचन छँदै थिइन् ।

    मन्जुल बारबार भन्ने गर्थे, ‘मान्छेले सुखसुविधा र भोगप्रति ध्यान दियो भने उसको विचार कमजोर भएर जान्छ । मान्छेले आफ्नो जीवन र विचारलाई कतै गएर पनि धमिलिन दिनु हुँँदैन ।’

    जनवादी गीत गाउने क्रममै २०१९ सालमा लोचनको विवाह भयो । उनी काठमाडौं आइन् । यसपछि भने लोचनले मूल प्रवाहको बाटो पक्रिइन्, रेडियो नेपालको आधुनिक गीत प्रतियोगितामा भिडेर ।

    काव्य भुल्दै गएको नेपाली संगीत

    लोचनले गाएको एउटा गीत छ, ‘ए दाजु नसमाउ नाडीमा ।’

    श्याम नेपालीसित लोचनले गाएको यो गीत केही समयअघि ‘छक्कापञ्जा-२’मा समावेश भएको थियो । आफूसित सल्लाह नगरी फिल्ममा गीत राखिएपछि लोचनले गुनासो पनि गरेकी थिइन् ।

    यो गीतको कथा भने श्यामको हजुरबासित जोडिन्छ । श्यामको पुर्ख्यौली विरादरी रहेको यो गीत कुनै समय श्यामका हजुरबुवाले गाउने गर्थे । सारंगीको साथमा हजुरबाले गाउने गरेको यस गीतलाई श्यामले लोचनसँग रेकर्ड गराएका थिए ।

    लोचन भन्छिन्, ‘दीपकराग गिरीको छक्कापञ्जामा यो गीत राख्दै गर्दा मलाई सोधेको भए पनि हुन्थ्यो जस्तो लाग्छ । तर, जब हामी अध्यात्म चिन्तनतिर लाग्छौं, त्यहाँ पुगेपछि यी सारा चिज झिनामसिना लाग्छन् । ओहो ! पुग्नुपर्ने गोधुली कहाँ छ, कहाँ यता हराइरहे जस्तो लाग्छ ।’

    जनवादी गीत, आधुनिक गीत, लोकदोहोरी, झ्याउरे, सोरठी, चर्या हुँदै अलिपछि लोचन कविता गीततिर लागिन् । लक्ष्मीप्रसाद देवकोटा, माधवप्रसाद घिमिरे, यज्ञनिधि दाहाललगायत दर्जनौं कविका गीत बनाइन् ।

    कवितालाई गाउनुका पछाडि लोचनको आफ्नै तर्कहरु छन् । गीत गाउने क्रममै उनले थाहा पाइन्, विकसित देशहरुमा गायकगायिकाहरु त्यतिवेला स्थापित हुन्छन्, जतिवेला उनीहरुले कविता गाउँछन् । प्रसिद्ध पप गायक माइकल ज्याक्सनले नै प्रसिद्ध कमेडियन चार्ली च्याप्लिनको गीत ‘स्माइल’ गाएका छन् ।

    लोचन थप्छिन्, ‘हामी सानो कुरामा रमाउँछौं । यति भए पुगिहाल्छ भन्छौं । तर, उनीहरुलाई यतिले पुग्दैन । म विदेशका धेरै कार्यक्रमहरुमा गएँ । त्यहाँका कलाकारले यो ३०० वर्ष पुरानो कविता भनेर प्रस्तुति दिनुहुन्छ । तर, हामी त दर्शकले जति बुझ्नुहुन्छ, त्यति मात्रै गाउँछौं । पछिल्लो समय त दर्शकले साहित्य बुझ्दैन भन्ने चरणमा पुगेका छौं, तर ।’

    लौ सुन म भन्छु मेरो राम कहानी
    त्यो एक दिनको घाम, सयौं दिनको पानी

    लोचनलाई लाग्छ, यति दुई लाइनमै कति ठूलो काव्य छ ! अनि अहिले आएर गहिरो काव्य कसले बुझ्छ र भनेर भन्छौं ? कलाकारसित स्रोता÷दर्शककै हातमा हुन्छ, कुन बाटोमा लाने ? त्यो कलाकारको गलामा हुन्छ ।

    लोचन भन्छिन्, ‘यहाँ त बजारमा जे आउँछ, त्यही पस्कने संस्कृति छ । तर, त्यस्ता गीतहरु स्वीकार्नुभएको दर्शकले काव्यलाई अस्वीकार गर्ने भन्ने त हुँदैन नि ! हामी हल्काफुल्का चिज गाएर मान्छेको माझमा रमाइलो गरेर आयआर्जन गर्दै मात्रै बाँचिरहने ?’

    कविता गाउनुको मज्जा !

    कविता गाउँदै गर्दा लोचनलाई काव्यभित्र चुर्लुम्म डुब्नुको मज्जाको अर्कै अनुभूति हुन्छ । काव्यभित्रको रस लिने, स्वाद लिने पनि आदत हो भन्ने उनलाई लाग्छ । त्यो आदत लगाउने काम स्रष्टाहरुको हो भन्ने उनको तर्क छ । विशेषतः कविताहरुको ह्रश्व, दीर्घ हुन्छन् । विश्राम र नियम हुन्छन् । भाषाको आफ्नै खाले नियम हुन्छन् ।

    अहिले भानुभक्तको ‘रामायण’लाई गाएर आफ्नो युट्युबमा पनि लगातार हालिरहेकी छन् लोचन । आफ्नो बहुविधा गायकीबारे लोचन भन्छिन्, ‘जीवन त सप्तरंगी छ नि ! एउटा रंगमा मात्रै जीवन देख्नु हाम्रो बुझाइको सीमितता हो ।’

    उनको एकै चासो छ, कविता, पप, लोक, आधुनिक, छन्द गाउँदा भाषाको गलत उच्चारण हुनु भएन । व्याकरणले पनि कि कथ्यमा जाउ, कि लेख्यमा जाउ भन्छ । तर, भाषाको उच्चारण भने शुद्ध हुनुपर्छ ।

    लोचन भन्छिन्, ‘हाम्रो राष्ट्रिय गान नै गलत छ । फुटकर गीतको त कुरै नगरौं ।’

    उनको भनाइ छ, खासमा ‘सयौं थुँगा हुन्छ । तर, गीत गाउँदा स्वर तानेर सSSSयौं थुङ्गा भनिएको छ । तर, सयौं भनेको कहिल्यै सSSSयौं हुँदैन । गीतमा तSSSराई, पSSSहाड, हिSSSमाल भनिएको छ । तर, भाषागत रुपले त तराई, पहाड, हिमाल नै भन्नुपर्छ ।’

    संसारमा यति धेरै गीतहरु र गायकगायिका छन्, उनीहरुले गीत बिगारेका छैनन् । गलत उच्चारण गरेका छैनन् । तर, नेपालमा राष्ट्रिय गान नै गलत तरिकाले उच्चारण गरिएकोप्रति लोचनको विमति छ । राष्ट्रिय गानमा अम्बर गुरुङको संगीत छ । राजेश पायल राईलगायत दर्जनौं गायकगायिकाले स्वर दिएका छन् ।

    अनि राष्ट्रिय गानमा भएको यो गल्ती गायकगायिकाहरुको कि अम्बर गुरुङको ?

    लोचन हाकाहाकी भन्छिन्, ‘अम्बर दाइकै हो । कि त गीत गाउनेहरु सचेत हुनुपर्थ्यो । यसौं गरौं न त भन्नेहरु हुनुपर्थ्यो । जहाँसम्म लाग्छ, अम्बर दाइले त्यो सल्लाह पनि पाउनुभएन । तर, अम्बर दाइका अघिल्ला धेरै गीतहरुमा गलत उच्चारण छन् । त्यो भनेको उहाँलाई भाषाको ज्ञान नभएरै हो । उहाँ भाषाविद् पनि हुन जरुरी थियो । राष्ट्रिय गान भनेको त संसारभर बज्छ । यसले देशको मात्रै होइन, भाषाको पनि प्रतिनिधित्व गर्छ । भाषासँगै लिपिको पनि गर्छ । अनि लिपिको त उच्चारण सही हुनुपर्छ होला नि !’

    लोचनलाई लाग्छ, भाषाको सही उच्चारणमा सबैभन्दा बढी ख्याल संगीतकारले गरिदिनु पर्‍यो । संगीतकारले नै भाषाको उच्चारण मिलाएर कम्पोज गरिदिएको छ भने समस्या आउँदैन । तर, त्यसका लागि संगीतकार राम्रो भाषाविज्ञसमेत हुन जरुरी छ ।

  • ‘दयारानी’को गीत रिलिज (भिडिओ)

    ‘दयारानी’को गीत रिलिज (भिडिओ)

    काठमाडौं । अभिनेता माओत्से गुरुङको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘दयारानी’को गीत रिलिज भएको छ । सोमबार अंग्रेजी नयाँ वर्षको अवसर पारेर इन्टरनेटमा रिलिज गरिएको ‘चोरी चोरी’ बोलको गीतमा सिनेमाका मुख्य कलाकार दयाहाङ राई र दीया पुन फिचर्ड छन् ।

    मनोज थापा मगरको संगीत तथा हर्क साउँदको शब्द रचना रहेको गीतमा संगीतकार थापा मगर र सदीक्षा कट्टेलको स्वर सुन्न सकिन्छ । आगामी माघ २६ गतेबाट सिनेमा नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शनमा आउनेछ । अभिनेता माओत्से गुरुङले यही सिनेमाबाट निर्देशनमा डेव्यु गरेका हुन् ।

    बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । सिनेमामा दयाहाङ र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, र्शिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङ लगायतका कलाकार पनि अभिनय छ ।

    मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् । सिनेमाको कास्टिङ डारेक्टर मणिराम पोखरेल हुन् । सिनेमालाई नेपालमा प्रचण्डमान श्रेष्ठको कम्पनि टिफल्क फिल्मस् र विदेशमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्नेछ ।

  • ‘हात्ती छाप’को प्रचारका लागि सौगात मल्लसहितको टीम पश्चिम नेपालमा

    ‘हात्ती छाप’को प्रचारका लागि सौगात मल्लसहितको टीम पश्चिम नेपालमा

    काठमाडौं । चलचित्र ‘हात्ती छाप’को प्रचारका लागि नायक सौगात मल्ल पश्चिम नेपालको विभिन्न जिल्लामा पुगिरहेका छन् । चलचित्रका प्रस्तुतकर्ता किरण नेपाली, कलाकार कमलमणि नेपालको साथमा सौगातले पश्चिमका विभिन्न जिल्लामा आयोजना भएको महोत्सवमा पुगेर चलचित्रको प्रचार गरे ।

    सौगात मल्ल नेपालगञ्जमा आयोजित महोत्सव, कैलालीको लम्कीमा आयोजित महोत्सव र बर्दियाको गुलरियामा आयोजित महोत्सवमा पुगेका छन् । यी महोत्सवमा उपस्थित भएका नायक सौगात मल्लले दर्शकलाई आफ्ना चलचित्रका हिट संवादहरू सुनाएका थिए ।

    यस्तै, कलाकार कमलमणि नेपालले पनि दर्शकलाई पेट मिचिमिची हँसाएका थिए । सौगातलाई देख्दा दर्शकहरूमा उत्साह देखिएको थियो । दर्शकहरूले नायक मल्लसँग माघ २६ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘हात्ती छाप’ हेर्नका लागि आफूहरू उत्साहित भएको बताएका थिए ।

    चलचित्रका प्रस्तुतकर्ता किरण नेपाली भन्छन्, ‘दर्शकहरूमा चलचित्रप्रति उत्साही निकै रहेको पायौँ । यसले, हामीलाई निकै खुशी बनाएको छ । हामी चलचित्रको बारेमा जानकारी दिन पश्चिमदेखि पूर्वसम्म पुग्नेछौँ ।’

    नायक सौगात मल्लले पनि दर्शकको उत्साहजनक साथ पाउँदा खुशी लागेको बताएका छन् । महोत्सवमा पुग्दा दर्शकले चलचित्र र आफूप्रति देखाएको मायाले झनै उत्साह थपिएको सौगातको भनाई थियो ।

    आज चलचित्रकी नायिका उपासना सिंह ठकुरी र कलाकार बुद्धि तामाङ दाङ पुगेका छन् । उनीहरूले दाङका मिडिया र दर्शकसँग साक्षात्कार गर्नेछन् ।
    चलचित्रको टिम पश्चिम नेपालको प्रचार सकेर काठमाडौं फर्किनेछ । यसपछि, केही दिनमा पूर्वी नेपालमा पुग्ने बताइएको छ ।

    चलचित्र ‘हात्ती छाप’लाई सिमोस सुनुवारले निर्देशन गरेका हुन् । चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, कमलमणि नेपाल, विल्सन विक्रम राई, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय छ ।

  • क्वालिटी इन्टरटेन्मेन्ट अवार्ड २०२३ मा सागर जोशी र रचना रिमालको ‘बाडुल्की’ सर्वोत्कृष्ट

    क्वालिटी इन्टरटेन्मेन्ट अवार्ड २०२३ मा सागर जोशी र रचना रिमालको ‘बाडुल्की’ सर्वोत्कृष्ट

    काठमाडौं । पत्रकार तथा गायक सागर जोशीले क्वालिटी इन्टरटेन्मेन्ट अवार्ड २०२३ मा पप लोक विधाअन्तर्गत उत्कृष्ट गायकको अवार्ड जितेका छन् । जोशी र गायिका रचना रिमालले गाएको ‘बाडुल्की’ बोलको गीतले यस वर्षको अवार्ड जितेको हो ।

    यसै गीतबाट मोडल विकास सुवेदीले पनि उत्कृष्ट मोडेलको अवार्ड हात पारेका छन् ।

    हिमांशु रायमाझीले लेखेको यस गीतमा कृष्ण पाण्डेको संगीत रहेको छ । उत्तम श्रेष्ठ शिशिरले खिचेको यस गीतको भिडियोमा सुवेदी र समारिका ढकालको मोडलिङ रहेको छ ।

  • नायिकाहरुको कर्मकाण्ड: विदेश जानासाथ बिकिनी फोटोसुट

    नायिकाहरुको कर्मकाण्ड: विदेश जानासाथ बिकिनी फोटोसुट

    काठमाडौं । बिकिनी अर्थात् महिलाहरुले लगाउने टु पिस पहिरन । पश्चिमा देशहरुमा सामान्य मानिए पनि नेपालमा भने महिलाहरुले यस्तो पोशाक आत्मविश्वासपूर्वक लगाइहाल्ने अवस्था अझै छैन ।

    त्यसो त बिकिनी भनेको रेगुलर लगाएर हिँड्ने कुरा पनि होइन । खासगरि समुद्री तटमा घुमघाम गर्दा महिलाहरुले बिकिनी लगाउने गर्छन् । नेपालमा समुद्र नभएकाले पनि बिकिनीमा युवतीहरु अभ्यस्त नभएका हुन् । अरु त अरु, ग्ल्यामर फिल्डका युवतीहरु पनि बिकिनी लगाउन धकाउँछन् । यद्यपि, विदेश जाँदा भने उनीहरुको अनिवार्य काम नै हुन्छ- बिकिनी फोटोसुट ।

    विभिन्न स्टेज कार्यक्रमहरुका लागि विदेश जाने नायिकाहरु बिकिनी फोटोसुट गर्न छुटाउँदैनन् । यस्तो लाग्छ कि यो नगरे विदेश र सी विच घुम्न गएको कुनै अर्थ हुँदैन । पछिल्लो समय ब्याक टु ब्याक नेपाली नायिकाहरुको बिकिनीका तस्विरहरु सामाजिक सञ्जालमा आइरहेका छन् ।

    नायिकाहरुले यसरी बिकिनी फोटो पोस्ट गर्दा प्रतिक्रियाको आँधी नै आउँछ । तर, सकारात्मक प्रतिक्रियाहरु भने कमै हुन्छन् । धेरैले भद्दा गालीगलौज गर्ने गर्छन् । शरीरमाथि अनेकथरि टिप्पणी हुन्छ । थोरैले प्रशंसा पनि गर्छन् ।

    ‘यही देखाउन विदेश गएको ? यो भन्दा छोटो लुगा भेटिएन ? बरु केही पनि नलगाए भइगो नि ?’ यस्तै यस्तै कमेन्टहरुले अभिनेत्रीहरुलाई हैरान पार्ने गरेका छन् । अब त उनीहरु यस्ता कमेन्टहरुसँग पनि बानी परिसके । जनताले पचाए पनि नपचाए पनि उनीहरुलाई बिकिनी फोटोसुट गरेर फेसबुकको वालमा टाँस्नै पर्छ ।

    यहाँ बिकिनी फोटोसुट गरेका नायिकाहरु र उनीहरुले पाएको प्रतिक्रियाबारे चर्चा गर्न खोजिएको छः

    वर्षा सिवाकोटी

    चलचित्र ‘नाईं नभन्नु ल २’ बाट चलचित्र क्षेत्रमा पाइला टेकेकी नायिका वर्षा सिवाकोटी गसिप र विवादहरुमा छाइरहन्छिन् । तर, उनको करिअरले भने खासै उछाल लिन सकिरहेको छैन । वर्षा ‘बोल्ड’ नायिकाको रुपमा चिनिन्नन् र अंगप्रदर्शनमा धेरै रुचि पनि राख्दिनन् । तर, एक पटक अमेरिकाको समुद्री तटमा गरेको बिकिनी फोटोसुटका कारण उनले धेरै ट्रोलको शिकार हुनुपर्‍यो ।

    २०७८ साल चैतमा अमेरिका जाँदा उनले फ्लोरिडाको सी बिचमा रमाएका बेला आफूलाई तस्विरमा कैद गरेकी थिइन् । हरियो बिकिनीमा उनै निकै हट देखिएकी थिइन् । तर, वर्षालाई यस्तो हट अवतारमा देख्दा फ्यानहरु भने भड्किए । उनले धेरै नकारात्मक प्रतिक्रियाको सामना गर्नुपरेको थियो । अन्ततः वर्षा आफ्नो सामाजिक सञ्जालबाट उक्त तस्विर हटाउन बाध्य भइन् ।

    साम्राज्ञी राज्यलक्ष्मी शाह

    साम्राज्ञी नेपाली सिने जगतकी बोल्ड नायिकाका रुपमा चिनिन्छिन् । उनी सार्वजनिक कार्यक्रमहरुमा पनि छोटा लुगा लगाउने गर्छिन् । उनका लागि बिकिनी ठूलो कुरा होइन ।

    साम्राज्ञीले केही समयअघि थाइल्यान्ड पुग्दा त्यहाँको माया बे बिच र फिफी आइल्यान्डमा बिकिनी सुट गरेकी थिइन् । पिंंक बिकिनीमा खुलेकी उनले तस्विर सँगसँगै रिलसमेत सेयर गरिन् । तर, उनका पोस्टहरुले त्यति महत्व पाएनन् । सधैं हट लुक्समै देख्दै आएकाले होला अरु अभिनेत्रीहरुलाई झैं फ्यानहरुले उनलाई नकारात्मक टिप्पणी गर्ने जाँगर पनि चलाएनन् ।

    साम्राज्ञी बेलाबेलामा विदेश पुगी बिकिनी फोटोसुट गरिराख्ने गर्छिन् । २०७६ सालमा इन्डोनेसियाको बालीमा प्रेमीसँग रोमान्स गरेको तस्वीरलाई लिएर भने उनको चर्को ट्रोल भएको थियो । बिकिनी लगाएर गरेको फोटोसुटमा उनलाई प्रेमीले संवेदनशील अंगहरुमा स्पर्श र चुम्बन गरेका थिए ।

    आँचल शर्मा

    विवाहअघि भन्दा विवाहपछि बोल्ड अवतारमा देखिन थालेकी छन् नायिका आँचल शर्मा । प्रायः आफ्नो अभिव्यक्तिका कारण ट्रोल भइराख्ने नायिकाको हालै बिकिनी तस्विरले पनि राम्रै गसिप जन्मायो ।

    आफ्नो श्रीमानसँग छुट्टी मनाउन फिलिपिन्स पुगेकी आँचलले बोरा आइल्यान्डमा बिकिनीमा तस्विर खिचाएकी थिइन् । श्रीमानले खिचिदिएको तस्विर पोस्ट गर्नासाथ उनलाई पनि आलोचनाको वर्षा भएको थियो । फ्यानहरुले उनका श्रीमानलाई पनि जोडेर भद्दा कमेन्ट्स गरे । योभन्दा अघि आँचलले बिकिनीमा खासै तस्विरहरु पोष्ट गरेकी थिइनन् ।

    विवाहपछि शरीर मेन्टेन गरेकी आँचलले यसपालि सायद सहज भएकै कारण बिकिनीमा आफ्ना तस्विरहरु खिचाएकी थिइन् । तर, दर्शकलाई उनको सो तस्विर पाच्य भएन । कति दर्शकले त उनी फिलिपिन्स त्यही तस्विर खिचाउन मात्र गएको भन्ने जस्ता कमेन्ट्स पनि गरे ।

    स्वस्तिमा खड्का

    आँचल जस्तै स्वस्तिमा पनि विवाहित नायिका हुन् । श्रीमान निर्देशक निश्चल बस्नेतद्वारा निर्देशित चलचित्र ‘दिमाग खराब’को प्रदर्शनीमा सहभागी हुन निश्चल र स्वस्तिमा खड्का केही दिनअघि अष्ट्रेलिया पुगेका थिए ।

    चलचित्रको प्रदर्शनीमा सहभागी हुनुका साथै यो जोडी घुमघामको लागि निस्केको थियो । घुमघामको क्रममा स्वस्तिमाले पनि अष्ट्रेलियाको सिड्नी बिच (क्रोनुला बिच) मा बिकिनी सुट गराइन् । श्रीमानले खिचिदिएको उनका तस्बिरहरु सार्वजनिक गरेलगत्तै उनलाई पनि प्रतिक्रियाको वर्षा भयो ।

    अधिकतम चलचित्रहरुमा साधारण जीवनशैलीमा प्रस्तुत भइरहेकी नायिकालाई अचानक बिकिनीमा देख्दा कतिपय दर्शकले सहजै पचाउन सकेनन् । ‘दिमाग खराब’मा पनि उनले विपन्न परिवारकी गृहिणीको भूमिका निवाएकी थिइन् ।

    अदिती बुढाथोकी

    थोरै चलचित्रमा अभिनय गरेकी नायिका अदिती बुढाथोकी बोल्ड फोटोसुटमा भने अरुभन्दा धेरै अगाडि छिन् । उनी आफ्नो इन्स्टा पेजमा लगातार हट फोटोहरु सेयर गरिरहन्छिन् । फिगरले पनि साथ दिएर होला, अदितीको ट्रोल भने कमै हुने गरेको छ ।

    केही दिनअघि मात्रै अदितीले बिकिनी लगाएका तस्विरहरु पोष्ट गरेकी थिइन् । दुबई पुगेर उनले ती तस्विरहरु खिचाएकी हुन् । उसो त उनी बेलाबेला आफ्ना बिकिनी लगाएका तस्विरहरु सामाजिक सञ्जालमा पोष्ट्याइरहन्छिन् ।

    प्रियंका कार्की

    ट्रोलहरुमा रमाउने नायिका हुन् प्रियंका कार्की । ट्रोल गर्नेहरुलाई उनी विभिन्न मसला दिइरहन्छिन्, जसमध्ये एउटा हो हट फोटोसुट । उनले पनि बारम्बार विदेश गएर बिकिनी फोटोसुट गर्ने गरेकी छन् । जति भद्दा कमेन्टहरु आए पनि प्रियंकालाई त्यसले कुनै असर गर्दैन । उनले गर्भवती अवस्थामा समेत बिकिनी फोटोसुट गरेकी थिइन् । एक पटक त उनले आफ्नी हुनेवाला सासू रविना देशराजसँग समेत बिकिनी फोटोसुट गरेकी थिइन् ।

    नम्रता सापकोटा

    खासै चर्चामा नरहेकी नायिका नम्रता सापकोटाले पनि बिकिनी फोटोसुटमार्फत दर्शकको ध्यानाकर्षण गर्ने प्रयास गरेकी छन् । भारतको भर्कला बिच पुगी उनले आफ्ना उक्त तस्विरहरु खिचाएकी थिइन् । तस्विरहरु सामान्य भएकाले गर्दा खासै नकारात्मक टिप्पणीहरु छैनन् । यतिबेला उनी भारत भ्रमणमा छिन् । भारतका विभिन्न स्थल र नदीहरु पुग्दै उनी आफ्ना तस्विरहरु सेयर गरिरहेकी छन् ।

    रहर कि कर्मकाण्ड ?

    सबैलाई थाहै छ, नेपाल भूपरिवेष्ठित देश हो । सानातिना नदी-खोला र स्विमिङ पुलमा चित्त बुझाउनु परेका नेपालीहरुको लागि आँखाले भ्याउनै नसक्ने समुद्र पक्कै पनि एउटा चाखको विषय हो । समुद्रमा पुग्नु, हेर्न पाउनु र त्यहाँ तस्विर खिचाउनु धेरैको सपना हुन्छ ।

    विदेशी संस्कृतिलाई नियाल्ने हो भने समुद्री तटमा वयस्कदेखि वुद्धासम्मका महिलाहरु बिकिनीमै हुन्छन् । उनीहरुको लागि बिकिनी कुनै मुद्दा होइन । जसले जस्तोसुकै बिकिनी लगाए पनि कसैलाई कसैको मतलब हुँदैन । तर, नेपालका अभिनेत्रीहरुले भने विदेशमा गएर बिकिनी लगाउँदा मिडियामा समाचार र गसिपको बाढी लाग्छ । यस्ता समाचारमा सकारात्मक प्रतिक्रियाहरु निकै कम आउँछन् । आखिर किन ?

    नेपालीहरु अहिले पनि महिलालाई साडी र गुन्यु चोलो वा कुर्ता सुरुवालमै हेर्न चाहन्छन् । यस्ता पोशाक लगाउने महिलालाई नै संस्कारी मानिन्छ । केही वर्ष अगाडिसम्म विवाहित महिलाले पाइन्ट लगाउँदा जिभ्रो टोक्ने गरिन्थ्यो । अहिले विस्तारै यसलाई सामान्य मान्न थालिएको छ । तर, अझै पनि बुहारीलाई छोरीले जस्तो पहिरन लगाएर हिँड्ने अनुमति छैन ।

    विदेशी चलचित्रमा न्युड सिन हेर्दा पनि सामान्य ठान्ने दर्शकहरु नेपाली चलचित्रमा नायिकाहरुले सामान्य किस सिन दिँदा पनि आत्तिन्छन् । त्यस्तो सिन लामो समयका लागि गसिपको विषय बन्छ । नायिकाले विकिनी लगाएको दृश्यमा अझै पनि दर्शकहरु सिटी फुक्छन् । देशअनुसारको भेष भनेको सायद यही नै होला ।

  • अमिताभले सँधैका लागि छोडेका हुन् केविसी ? आँखाभरि आँशु लिएर यसो भने

    अमिताभले सँधैका लागि छोडेका हुन् केविसी ? आँखाभरि आँशु लिएर यसो भने

    मुम्बई । अमिताभ बच्चन भारतीय मनोरञ्जन क्षेत्रको एक उत्कृष्ट नाममा गनिने गर्दछन् । पाँच दशक बढी समय सिने क्षेत्रमा खर्चिएका बच्चन उमेरले ८१ वर्ष पुगे ।

    बलिउडका महानायक मानिने बच्चनले आफ्नो अभिनय यात्रामा थुप्रै हिट चलचित्रहरु दिएका छन् । २०० भन्दा बढी चलचित्रहरूमा अभिनय गरिसकेका बच्चन दिवार, शोले, जञ्जीर, ब्ल्याक, सत्ते पे सत्ता, सिलसिला, बागवान, जस्ता अन्य थुप्रै चलचित्रका लागि परिचित छन् ।

    वर्ष २००० बाट बच्चनले रियालिटी टिभी शो ‘कौन बनेगा करोडपति’ मार्फत डेब्यु गरे । सुरुवाती चरणदेखि हालसम्मको १५ वटै सिजनहरूमा उनी नै कार्यक्रमको होस्टका रुपमा देखिदै आएका छन् ।

    दुई दिन अघि सोनी टिभीले आफ्नो इन्स्टाग्राम पेजमा कौन बनेगा करोडपति सिजन १५ को ग्राण्ड फिनालेको सानो प्रोमोशनल भिडियो पोष्ट गरेको थियो । उक्त भिडियोमा बच्चन भावुक देखिएका छन् । उक्त शोबाट बिदा माग्दैगर्दा उनको आँखामा आँशु देखिएको छ । छचल्किएको आँशु र उनले दिएको अभिव्यक्तिका कारण उनी अब यस कार्यक्रमबाट बिदा लिन लागेका हुन् कि भन्ने अधिकतम दर्शकले अनुमान लगाएका छन् ।

    मरुन टक्सिडो, सेतो शर्ट र चाँदी रंगको टाई लगाएर देखिएका बच्चनले भिडियोमा भनेका छन्–

    ‘अब म जाँदैछु । र भोलीबाट यो मञ्च अब सजिदैन । आफ्ना मान्छेहरुलाई अब भोलिबाट म यहाँ आउन सक्दिनँ भनेर भन्न न मनले मान्दो रहेछ न हिम्मत नै आउँदो रहेछ । अहिलेको लागि म अमिताभ बच्चन यो मञ्चबाट अन्तिमचोटी भन्न चाहन्छु, शुभरात्री, शुभरात्री, शुभरात्री ।’

    बिदा माग्दैगर्दा उनको आँखामा आँशु देखिएको छ। उक्त भिडियो हेरेपछि उनका फ्यानहरूले बच्चनले शोबाट सन्यास लिन लागेको अड्कल काटिरहेका छन भने उनले यो सिजनको लागी बिदा मागेका हुन या सधैँको लागी बिदा मागेका हुन भन्ने कुरामा पनि अन्यौलमा छन।

  • राजेशपायल राई सिक्किम जान रोकिए, के हो ‘हेभनली पाथ’ को लफडा ?

    राजेशपायल राई सिक्किम जान रोकिए, के हो ‘हेभनली पाथ’ को लफडा ?

    काठमाडौं । सांगीतिक कार्यक्रममको लागि सिक्किम जान लागेका गायक राजेशपायल राई रोकिएका छन् । सिक्किममा उनलाई बहिष्कार गर्ने चेतावनी दिइएको थियो ।

    सिक्किमको पेलिङ गाल्सिङ जिल्लामा आज आइतबार अर्थात् डिसेम्बर ३१ मा कञ्चनजञ्घा विन्टर टुरिज्म फेस्टिभल आयोजना गरिएको छ । यसमा राजेशपायल पनि निम्त्याइएका थिए । तर, सामाजिक सञ्जालमा उनीविरुद्ध केही आक्रोशित टिप्पणीहरुका कारण भ्रमण रद्द भएको निकट स्रोतले बतायो । आयोजकले नै उनलाई नआउन आग्रह गरेको हो वा उनी आफैंले हात झिकेका हुन् भन्ने स्पष्ट हुन सकेको छैन ।

    यो लफडाको जरो चाहिँ केही महिना अघिको एउटा सन्दर्भसँग जोडिएको छ । पर्यटन, संस्कृति तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीको उपस्थितिमा गत असार २३ गते हात्तीवन किराँत माङहिम परिसरमा भएको एक वृक्षारोपण कार्यक्रममा राजेशपायल पनि उपस्थित भएका थिए । वृक्षारोपण सकिएपछिको औपचारिक कार्यक्रममा राजेशपायलले अनायाश जंगिए ।

    जब उनलाई बोल्नका लागि आग्रह गरियो, राजेशपायलले कार्यक्रमस्थलमा टाँगिएको एउटा ब्यानरमाथि आपत्ति प्रकट गरे । उक्त ब्यानर नउतारेसम्म नबोल्ने अडानसमेत लिए ।

    ‘मैले बोल्दा यो निकाल्दिनुस्, नत्र म तपाईंहरुको सबै च्यातिदिन्छु’, मन्त्री किराँतीसँगै बसेका राजेशपायलले चोर औंलाले ईंगित गर्दै उनले भने ।

    यो वृक्षारोपण कार्यक्रमको आयोजना सानो हात्तिवन किराँत माङहिम व्यवस्थापन समिति, किराँत याक्खा छुम्मा केन्द्रीय समिति, सुनवार सेवा समाज संघीय समिति र किरात याक्युङ चुम्लुङ संघीय समितिले संयुक्तरुपमा गरेका थिए ।

    यी चार संस्थाबाहेकको एक ब्यानर टाँगिएको थियो- हेभनली पाथको । राजेशपायलले देख्न नचाहेको ब्यानर यही नै थियो । उनले कडा अडान लिएपछि ब्यानर हटाइयो र कार्यक्रम सुचारु भयो । तत्कालै ब्यानर झारिएपछि विवादले ठूलो रुप लिएन ।

    तर, जब यो भिडिओ बाहिर आयो, राजेशपायल विवादमा परे । राई समुदायभित्रैका हेभनली पाथका अनुयायीहरु उनीसँग रिसाए । यसको तरंग सिक्किमसम्म पुग्यो । फलस्वरुप त्यहाँ राजेशपायलको विरोध सुरु भएको हो ।

    सिक्किमका हेभनली पाथमा विश्वास राख्ने केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले राईको चर्को विरोध गर्दै स्टाटस लेखेका हुन् । आयुस बान्तवा राईले राजेश पायल राईको तस्बिर राखेर लेखेका छन्, ‘राजेश पायल राई सिक्किम आए हामी हेभेन्ली पाथका युवाहरुले उग्ररुप लिनेछौँँँ ।’

    खाम्दाक रोहनले अंग्रेजीमा लेखेको पोस्टमा भनेका छन्, ‘हाम्रो सिक्किममा राजेश पायल राईलाई छिर्न दिनु हुँदैन । उ धर्म विरोधी कलाकार हो । उ सही मान्छे होइन । उ सिक्किममा आयो भने उसको … सिक्किमका हजारौँ युवाहरु तयार छन् ।’

    स्रोतका अनुसार राजेशपायलको कार्यक्रममा ढुंगामुढा गर्नेसम्मको धम्की आएको थियो । यद्यपि उनले यस विषयमा केही पनि बोलेका छैनन् । नेपाल प्रेसले पटक–पटक सम्पर्क गर्ने प्रयास गर्दा उनले फोन उठाएनन् ।

    के हो हेभेन्ली पाथ ?

    उदयपुरका भक्तबहादुर राईद्वारा संचालित छुट्टै धार्मिक अस्तित्व दाबी गर्नेहरुको समूह हेभेन्ली पाथ हो । भक्तबहादुरले आफूलाई सुप्रिम मास्टर गड एञ्जल उपनाम राखेका छन् । उनी आफूलाई किराँतीहरुको धर्मगुरु भएको दाबी गर्छन् ।

    लाखौंको संख्यामा आफ्ना अनुयायी बनाएका भक्तबहादुरले आफूमा अलौकिक शक्ति भएको दाबी गर्दै आएका छन् । विशेष गरेर राई समुदायमा आफ्नो प्रभाव विस्तार गरेका भक्तबहादुरको नेपालदेखि सिक्किम, हङकङ, बेलायततिर पनि राम्रो संख्यामा भक्तजनहरु भएको बताइन्छ ।

    ‘प्रेमवाद’ नामक आफ्नै दर्शन बनाएका भक्तबहादुरका अनुयायीहरु हत्या हिंसा गर्नुहुन्न भन्ने ठान्छन् । उनीहरुको समुदायमा मासु वर्जित जस्तै छ । भक्तबहादुरले ‘निसुई’ नामको आफ्नै छुट्टै धर्मग्रन्थ लेखेका छन् । छुट्टै भाषामा लेखिएको यस किताबलाई उनका अनुयायीहरु मन्त्रको रुपमा पढ्छन् । साथै क्रिस्टियन चर्चको जस्तै संरचनामा ठाउँ ठाउँमा ‘सेमेचुङ’ स्थापना गरिएको छ । जहाँ उनका अनुयायीहरु हरेक शनिबार भेला भएर भजन किर्तन गाउँछन् ।

    उदयपुरको साविकको मैनामैनी २ मा २०३७ सालमा जन्मिएका भक्तबहादुर क्यानेडियन नागरिक हुन् । आफ्ना अनुयायीहरुलाई आफू जन्मँदा घरै उज्यालो भएको, पानीमा हिँड्न सक्ने, चरा झैं उड्न सक्ने दाबी गर्ने गर्छन् ।

    तर, यी सबै कुरा हावादारी रहेको उनलाई नजिकबाट चिनेकाहरुको भनाइ छ । भक्तबहादुरलाई किराँती समुदायको संस्कार, संस्कृतिलाई बिगारेको आरोप लाग्दै आएको छ । धर्मगुरुको भेषमा उनले किराँतीहरुको ऐतिहासिक चुल्हो उखेल्ने गरेको आरोप लाग्ने गरेको छ ।

     

  • क्राइममा आधारित वेब सिरिज ‘आरती’को नेपाली संस्करणको प्रिमियर सम्पन्न

    क्राइममा आधारित वेब सिरिज ‘आरती’को नेपाली संस्करणको प्रिमियर सम्पन्न

    काठमाडाैं । क्राइममा आधारित वेब सिरिज ‘आरती’को नेपाली संस्करणको प्रिमियर सम्पन्न भएको छ । काठमाडौँस्थित अर्किड इन्टरनेशनल कलेजमा एक कार्यक्रमको आयोजना गरी प्रिमियर सम्पन्न गरिएको हो ।

    संघीय सांसद एवं मधेश प्रदेशको पूर्व सामाजिक विकासमन्त्री नवल किशोर शाहको प्रमुख आतिथ्यमा प्रिमियरको आयोजना भएको थियो भने कार्यक्रममा सिरिजको इपिसोड १, २ र ६ स्क्रिनिङ्ग समेत गरिएको थियो।

    ‘नेपाली–मैथिली सिनेमाको इतिहासमा आरती सिरिज धेरै दृष्टिकोणले सराहनीय रहेको छ । यस सिरिजले सत्ता, कानुन र समाजलाई न्यायको जीवन्तताका लागि अभिप्रेरित गर्दछ । सत्ताको दुरूपयोग गर्नेहरू र ढिला गतिमा हिँडने न्यायलयलाई सजग गर्दछ’, कार्यक्रममा बोल्दै पूर्व मन्त्री शाहले भने ।

    कार्यक्रममा अभिनेता मुकुन भुषाल, वरिष्ठ कलाकार नवीन श्रेष्ठ, सिनेमाटोग्राफर निरज कंडेल, चलचित्र पत्रकार संघका महासचिव रघुनाथ सापकोटा, अभियन्ता पुण्य गौतम, पूर्व प्रहरी नायब उपरिक्षक चन्द्र नारायण यादव, ब्रीजवाटर कलेजको प्रिन्सिपल नारायण दास, अर्किड कलेजका प्रिन्सिपल विदुर दाहाल, नेत्र ज्योति संघका अध्यक्ष डा.शैलेश मिश्र, गायक सन्तोष सानु, लाफमाण्डुको निर्देशक रूपेश घिमिरे लगायतका अतिथिहरुको उपस्थिति थियाे ।

    सिरिजमा नूतन, राज पौडेल, गीता श्री, लक्ष्मण अधिकारी, मनिषा गिरी, शिव कुर्मी, दीप नारायण शर्मा, हरि प्रसाद कंडेल र संसार अधिकारीको प्रमुख अभिनय रहेको छ । रोशन दासको कथा र निर्देशन रहेको सिरिजको कथा लेखन हिक्मत शर्माले गरेका हुन् । सिरिजकोे सिनेमाटोग्राफी नितेश घतानले गरेका हुन भने इडिट कवीर ओड र कलर कमलीले मिलेर गरेका हुन् ।

    आशिश दासले निर्माण रहेको सिरिजमा रिता देवी सह–निर्माण रहेको छ। सिरिजमा सह निर्देशक खेम राज कोइराला, प्रोडक्सन एच पी कडेल र क्रियटिभ निर्माता राकेश साह रहेका छन् ।

    नेपाली र मैथिली गरी दुईवटा भाषामा निर्माण भएको सिरिजले बलात्कार र महिला हिंसाको कथा बोल्छ । सिरिज ६ भागमा विभाजन गरिएको छ भने सिरिज यहीँ पुस १६ गतेबाट नेट टिभीमा प्रसारण हुने भएको छ ।

     

  • धर्मेन्द्र विह्वलको कविता सङ्ग्रह ‘शहरक भीड़मे एसगर हम’ प्रकाशित

    धर्मेन्द्र विह्वलको कविता सङ्ग्रह ‘शहरक भीड़मे एसगर हम’ प्रकाशित

    काठमाडौं । साहित्यकार धर्मेन्द्र विह्वल अर्थात पत्रकार धर्मेन्द्र झाकाे पछिल्लो पटक मैथिली भाषामा कविता सङ्ग्रह ‘शहरक भीडमे एसगर हम’प्रकाशित भएको छ ।

    उनको यो छैठौँ कविता सङ्ग्रह हो । मैथिली साहित्यमा प्रयोगधर्मी कविका रूपमा स्थापित विह्वलको यो कृति पनि एक प्रयोग नै हो । उनले यो कृतिमा एकै शीर्षक शहरमा ५१ वटा कविता अटाएर विशेष कृतिको रुपमा प्रकाशित गरेका छन् ।

    यस संग्रहबाट मैथिली कविताका पाठकहरूले कवि धर्मेन्द्रको विस्तारित कविताको आनन्द लिन सक्नेछन् । आफ्नो समयको काव्यात्मक प्रतिमान स्थापित गर्न उन्मुख कवि धर्मेन्द्रको यो कविता संग्रहलाई विवेकशील पाठक, समीक्षक र साहित्यकार दार्शनिकहरूले पक्कै मन पराउने छन् ।

    उनका कविताहरूमा व्यक्तिगत अनुभवहरूको जरा गाडिएको हुन्छ र यस कृतिमा समेत त्यो बुझाइको अनुभव गर्न सकिन्छ । विह्वलका अनुसार साहित्य भनेको कल्पना मात्र होइन, यसले वास्तविकताका तत्वहरू समाहित गर्दछ र उनको काव्यात्मक अभिव्यक्तिमा त्यो भाव प्रष्ट प्रतिबिम्बित हुन्छ ।

    छिट्टै मैथिली भाषामै अर्को कृति प्रकाशनको तयारीमा रहेको विह्वल आजिवन सञ्चार जगत र साहित्य लेखनबाट आफू बिट मार्ने सोचमा नरहेको बताउँछन् ।

    उनी भन्छन्,यो कर्म मेरो दैनिकी र जीवनको अभिन्न अंग सरह नै बनिसकेको छ ।’

    मिथिला नट्यकला परिषद्ले प्रकाशन गरेको यस कृति ‘शहरक भीड़मे एसगर हम’ मा आवरणसहित सबै चित्रहरू मिथिला चित्रकलाका धरहरा प्रसिद्ध कलाकार एस सी सुमनले बनाएका छन् । वास्तवमा सुमनको चित्रले कवितालाइ पूर्णता प्रदान गरेको छ । विह्वल्को शब्द र सुमनको चित्रको ‘फ्युजन’ ले सङ्ग्रहलाइ विशेष बनाएको छ ।

    यस अघि विव्हलका‘रस्ता तकैत जिनगी (२०५१)’ , ‘एक सृष्टि एक कविता (२०५६०)। एक समयक बात (२०६३), ‘धुवाँएल आकृतिसभ (२०६३) र ‘व्योमक ओहि पार (२०७८) मैथिली कविता सङ्ग्रह प्रकाशित छन ।

  • यसकुमारले ल्याए नयाँ गीतको ट्रेलर, संवादले निम्तिन सक्छ विवाद

    यसकुमारले ल्याए नयाँ गीतको ट्रेलर, संवादले निम्तिन सक्छ विवाद

    काठमाडौं । गायक यश कुमारले आफ्नो नयाँ गीत ‘तिमी छौ र त’ को ट्रेलर युट्यूवमा सार्वजनिक गरेका छन् । प्रेमभावको गीत भए पनि ट्रेलरमा समावेश गरिएका संवादहरुले विवाद निम्त्याउने निश्चित छ ।

    यशकुमारले यसअघि ‘सुस्तरी… सुस्तरी…’ बोलको गीतमार्फत निकै प्रशंसा कमाएका थिए । नगरप्रहरीले सडक व्यापारीबीचको प्रेम देखाइएको उक्त गीतको भिडिओ सिर्जनात्मक थियो । उक्त गीतले एक करोडभन्दा बढी भ्यूज कमाइसकेको छ । तर, यो नयाँ गीतमा भने यशकुमारले धार्मिक र जातीय सद्भाव भड्काउने खालका संवादहरु राखेका छन् ।

    सामान्यतया गीतको ट्रेलर ल्याउने चलन हुँदैन । एकैपटक गीत नै रिलिज गरिन्छ । तर, यशकुमारको उद्देश्य गीत आउनु पहिल्यै चर्चा र विवाद सिर्जना गर्ने देखिएको छ ।

    १ मिनेट २४ सेकेन्डको ट्रेलर हेर्दा भिडियोको कथा एक ब्राम्हण युवक र जनजाती समुदायकी युवतीबीचको अन्तरजातीय प्रेम सम्वन्धमा बुनिएको छ । भिडिओमा केटा र केटीका बाबुले जात र धर्मलक्ष्यित आपत्तिजनक शब्दहरु बोलेका छन् ।

    केटीका बुवाले भन्छन्, ‘तँ सुँगुरको मासु खानेकी छोरीलाई घरमा भित्र्याएर मेरो संस्कारलाई जुठो बनाउँछु रु’

    केटाका बुवाले जवाफ दिन्छन्, ‘तँ पशुको मु… खाने चोखो, म मासु खाने जुठो रु’ त्यसपछि उनले सुँगुरको टाउको बोकेर केटाका बुवालाई लखेट्दै जातीयरुपमा अनर्गल शब्दहरु बोलेका छन् ।

    गीतका शब्दहरु यश कुमारकै हुन् भने कम्पोज पनि उनकै हो । भिडिओलाई विज्ञान राईले निर्देशन गरेका छन् । यसअघि ‘सुस्तरी सुस्तरी’ बाट चर्चा कमाएकी अनु थापाले भिडिओमा यश कुमारकी प्रेमिकाको रुपमा अभिनय गरेकी छन् ।