Category: कलाप्रेस

  • करको विरोधमा माघ २२ गते देशभरका हल बन्द गर्ने चलचित्र संघको निर्णय

    करको विरोधमा माघ २२ गते देशभरका हल बन्द गर्ने चलचित्र संघको निर्णय

    काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जनलगायतका करको विरोधमा माघ २२ गते देशभरका हल बन्द गरिने भएको छ ।

    चलचित्र संघका महासचिव तथा प्रवक्ता नरेन्द्र महर्जनले विज्ञप्ति जारी गर्दै सांकेतिकरूपमा २२ गते एकदिन हल बन्द गर्ने जानकारी गराएका छन् । सरकारले चलचित्र क्षेत्रलाई विभिन्न करको नाममा ३३ प्रतिशतभन्दा बढी कर तिर्न बाध्य पारेको संघको भनाइ छ । चलचित्र विकास बोर्ड स्थापना हुनुपूर्व देशमा ४५० हल भएपनि अहिले १५० हलमात्र सञ्चालनमा रहेको संघले जनाएको छ ।

    ‘चलचित्र क्षेत्रले विभिन्न करहरूको नाममा ३३ प्रतिशतभन्दा बढी करहरु तिर्न बाध्य पारिएको छ भने मूल्य अभिवृद्धि कर तथा कर्पोरेट कर लागू भएपछि अन्य करहरुको नलगाउने संहिताविपरीत चलचित्र विकास शुल्क, स्थानीय मनोरञ्जन कर लगायत विभिन्न करहरुले चलचित्र व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्था भएको हुँदा मूल्य अभिवृद्धि कर बाहेकका अन्य अव्यावहारिक करहरुको खारेजीको माग गर्दै सांकेतिक रुपमा आगामी माघ २२ गते सोमबार एक दिन मुलुकभरका चलचित्र घरहरु बन्द गर्ने निर्णय भएको व्यहोरा जानकारी गराउँदछु,’ विज्ञप्तिमा भनिएको छ।

  • ‘हात्तीछाप’ माघ २६ मा नेपालसहित विभिन्न देशमा रिलिज हुने

    ‘हात्तीछाप’ माघ २६ मा नेपालसहित विभिन्न देशमा रिलिज हुने

    काठमाडौं । चलचित्र ‘हात्तीछाप’ माघ २६ बाट नेपालसहित विभिन्न देशमा रिलिज हुने भएको छ । फिल्मको अन्तर्राष्ट्रिय वितरणको जिम्मा लिएको एमएसएम इन्टरटेन्मेन्टले विश्वभर यो फिल्म रिलिज हुने बताएको छ ।

    चलचित्रलाई अष्ट्रेलियामा एमएसएम इन्टरटेन्मेन्ट र रोटेपिङ इन्टरटेन्मेन्टले मिलेर फिल्म रिलिज गर्दैछन् । अमेरिका-क्यानडामा यात्री डिजिटल र यूरोपका देशमा नेपाली मुभी टाइम डेनमार्कले रिलिज गर्ने पक्का भएको छ । मध्यपूर्वमा सुप्रिम फिल्म प्रोडक्शन एन्ड डिस्ट्रिब्यूसन र दक्षिण कोरिया र जापानमा फिल्मलाई यूएनए इन्टरटेन्मेन्टले रिलिज गर्दैछ ।

    सिमोस सुनुवारको निर्देशनमा बनेको यो चलचित्रमा किरण नेपालीको प्रस्तुति रहेको छ । दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, विजय बराल, वुद्धि तामाङ, विल्सनविक्रम राईलगायतका कलाकारले ‘हात्तीछाप’ मा अभिनय गरेका छन् ।

  • प्रमोद खरेलको ‘चोट’मा उषा र एलपी

    प्रमोद खरेलको ‘चोट’मा उषा र एलपी

    काठमाडौं। गायक प्रमोद खरेल स्वरवद्ध नयाँ गीति भिडियो ‘मनमा पर्‍यो चोट’ सार्वजनिक भएको छ। सोमबार प्रिमियर गरिएको गीतले प्रेमको लालचमा परेर धोका पाएको युवकको कथा बोल्छ ।

    स्वार्थ केन्द्रीत प्रेमको जालमा फसाएर एक युवतीले युवकको जिन्दगीमाथि गरेको खेलबाँडलाई भिडियोमा फिल्मी शैलीमा प्रस्तुत गरिएको छ । पछिल्लो समयमा युवा–युवतीमा फस्टाउँदो नाटकीय प्रेम र त्यसले सम्वन्धित व्यक्तिको जीवनमा ल्याउने उतारचढावलाई निर्देशक गौरव गिरीले भिडियोमा चित्रण गरेका छन् ।

    मोडलद्वय एलपी शर्मा र उषा उप्रेतीको जीवन्त अभिनय भिडियोमा देख्न सकिन्छ। भिडिओमा भद्रजंग कुँवर, रोहित देउवा, हेमन्त धामी, सञ्जु अधिकारी, सुसन्या लिली खड्काको अभिनय देख्न सकिन्छ ।

    गौरव गिरी र एलपी शर्माको शब्द रचना रहेको गीतमा संगीतकार रोहित देउवाले संगीत भरेका छन् । एरेञ्जको काम विषम आचार्यको छ भने मिक्सिङ तथा मास्टरिङ सजन शाहको छ ।

    बसन्त कुँवरले छायांकन गरेको भिडियोमा कालिञ्चोक आसपासका रमणीय दृश्यलाई सुन्दर तरिकाले कैद गरिएको छ । दिनेश खड्का प्रोडक्सन म्यानेजर रहेको भिडिओमा सरस्वती श्रेष्ठको मेकअप र बलभद्र कुँवरको सम्पादन रहेको छ।

  • शुभमुहूर्तसँगै छायांकनमा ‘मोदीबेनी’, मुख्य अभिनेत्रीमा वर्षा सिवाकोटी

    शुभमुहूर्तसँगै छायांकनमा ‘मोदीबेनी’, मुख्य अभिनेत्रीमा वर्षा सिवाकोटी

    काठमाडौं । मंगलबार कमलादीस्थित गणेश मन्दिरमा पूजा गर्दै सिनेमा ‘मोदीबेनी’को शुभमुहूर्त गरिएको छ । मुहूर्तसँगै सिनेमाको टीम छायांनमा निस्किएको छ । सिनेमामा अभिनेत्री वर्षा सिवाकोटीले मुख्य भूमिकामा अभिनय गर्ने भएकी छन् ।

    अभिनेत्री सिवाकोटी मुहूर्त समारोहमा उपस्थित हुँदै आफूले डेब्यु अभिनेता अमर प्रताप श्रेष्ठसँग स्क्रिन शेयर गर्न लागेको जानकारी दिइन् । सिनेमाको टिम र स्क्रिप्ट मन परेर आफूले ‘मोदीबेनी’मा अभिनय गर्न लागेको बताइन् ।

    ‘मेरो भूमिका मैले गरिरहेको भन्दा भिन्न छ । कथावस्तु पनि चलनचल्तीका सिनेमाहरूको भन्दा फरक छ । यो सिनेमा नयाँ प्रयोग पनि हुनसक्छ’, उनले भनिन्, ‘अहिले दर्शकले पनि केही फरक नै खोजिरहनुभएको छ । त्यसको लागि यो चलचित्र उदाहरण बन्न सक्छ ।’

    ओजस थिएटरमा दुई वटा नाटकमा मुख्ख भूमिकामा अभिनय गरेका श्रेष्ठले केही विज्ञापन तथा ‘प्रीतको रित’ नामक वेब सिरिजमा अभिनय गरेका थिए । अभिनेता श्रेष्ठले आफू पूर्ण रूपमा सिनेमाको लागि तयार भएर अभिनयमा होमिन लागेको बताए ।

    यो सिनेमाबाट झण्डै ९ वर्षपछि अभिनेत्री रेजिना उप्रेतीले कमब्याक गर्दैछिन् । सिनेमामा उनले कलाकार दिलीप केसीसँग स्क्रिन शेयर गर्नेछिन् । उप्रेतीले यसबीचमा आफूलाई अफर आएका सिनेमाहरूमा भूमिका मन नपरेर अभिनय नगरेको र यो सिनेमामा आफूले अहिलेसम्मकै सशक्त भूमिकामा अभिनय गर्न लागेको बताइन् ।

    अभिनेता दिलीप केसीले समाज परिवर्तनको लागि क्रान्ति गर्ने पात्रको भूमिकामा आफूले अभिनय गर्न लागेको बताए । अभिनेता सरोज खनालले पनि सिनेमामा मुख्ख भूमिका निभाउनेछन् ।

    सिनेमामा अमर, सरोज, रेजिना, वर्षा, दिलीपका अलावा कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेह भट्टराई, लाबिस लगायतको अभिनय रहनेछ । मुख्ख कलाकार अमरसहित अन्य केही कलाकारहरू अडिशनमार्फत् छनोट गरिएका हुन् ।

    डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण हुने सिनेमालाई आनन्द बिक्रम क्षेत्रीले लेखेका छन् । सिनेमामा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सह-निर्माता रहेका छन् । करिब पैँतिस-चालिस वर्ष पहिले र हालको कथालाई मिश्रण गरी बनाइने सिनेमाले पर्वत जिल्लाको मोदीबेनी क्षेत्रको कथा भन्नेछ ।

    निर्देशक शंकर कोइरालाले सामाजिक कथामा सिनेमा बन्ने बताए । सिनेमामा उत्सव दाहालको डिओपी, दिपेन्द्र गौतम (माइकल)को प्रोडक्शन डिजाइन, श्याम बरालको मेकअप, गिता पौडेलको हेयर डिजाइन, भिम श्रेष्ठको ड्रेस डिजाइन र सगुन तामाङ मुख्ख सहायक निर्देशनको रुपमा रहनेछन् ।

     

  • चलचित्र ‘पुजार सार्की’को छायांकन सुरु : आर्यन, प्रदीप र पल एकैसाथ देखिँदै

    चलचित्र ‘पुजार सार्की’को छायांकन सुरु : आर्यन, प्रदीप र पल एकैसाथ देखिँदै

    काठमाडौं । निर्देशक दिनेश राउतको निर्देशनमा निर्माण हुने सिनेमा ‘पुजार सार्की’को शुभमुहूर्तसँगै छायांकन सुरु गरिएको । यो सिनेमामा तीन स्टार अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ काम गर्न लागेका छन् । मंगलबार कास्कीकोटमा शुभमुहूर्त गर्दै सिनेमाको छायांकन सुरु गरिएको हो ।

    आइतबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै कास्कीकोट गाउँ पुगेको थियो । सिनेमाको छायांकन पनि सोही गाउँमा हुनेछ । निर्देशक राउतले यो सिनेमालाई जातीय विभेद विरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा संघर्षको कथा रहेको बताए । यो सिनेमालाई विकास सुवेदीले लेखेका हुन् । यसअघि विकास र दिनेशले ‘प्रकाश’मा सहकार्य गरेका थिए ।

    सिनेमामा अभिनेत्री अन्जना बराइली र परीक्षा लिम्बुको पनि मुख्ख भूमिका रहनेछ । सिनेमामा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको अभिनय रहनेछ ।

    दर्शकको रोजाइका तीन स्टारहरू एकसाथ सिनेमामा आउन लागेको खबर बाहिरिएदेखि नै पुजार सार्की चर्चामा छ । यो सिनेमाले दर्शकमा छोड्ने छाप पनि स्मरणीय हुने अपेक्षा गरिएको छ । सिनेमालाई संगीतकार सुवास भुसालले निर्माण गर्दैछन् । एक दर्जन सिनेमामा संगीत दिएका भुसालले पहिलो पटक सिनेमा निर्माण गर्न लागेका हुन् । यो सिनेमाका लागि पनि निर्माता भुसाल आफैले संगीत तयार गरेका छन् ।

    राजेश श्रेष्ठको डिओपी रहने ‘पुजार सार्की’मा सुप्रिम पराजुलीको सम्पादन तथा कलर ग्रेडिङ, उत्तम न्यौपानेको साउण्ड डिजाइन, शैलेश श्रेष्ठको ब्याकराउण्ड स्कोर, कसम नेपालको प्रोडक्शन डिजाइन, मनोज जोशीको प्रोडक्शन कन्ट्रोल र प्रोडक्शन व्यवस्थापन विदुर मानन्धरले गर्नेछन् ।

    किङ्गडम नेटवर्कको ब्यानरमा बन्ने सिनेमामा हिमाल केसी द्वन्द्व निर्देशन, दिनेश बहादुर रावत मुख्य सहायक निर्देशक, राजेश राज गिरी, तर्क राज न्यौपाने र आयुष दाहाल सहायक निर्देशक, दिनेश लामा कला निर्देशक, माधव प्रसाद पाण्डे र प्रिया रोक्काको मेकअप रहनेछ ।

  • अष्ट्रेलियामा फिल्म ‘चित्रा’को रेड कार्पेट प्रिमियर, स्थानीय मेयर तथा कलाकार सहभागी हुने

    अष्ट्रेलियामा फिल्म ‘चित्रा’को रेड कार्पेट प्रिमियर, स्थानीय मेयर तथा कलाकार सहभागी हुने

    काठमाडौं । बाबु छोरीको पारिवारिक कथा बोकेको ‘चित्रा’ फिल्मको अष्ट्रेलियामा रेड कार्पेट प्रिमियर हुने भएको छ ।

    निर्माण पक्षले दिएको जानकारी अनुसार फिल्मको फेब्रुअरी ९ तारिखमा अष्ट्रेलियाको तासमानिया राज्यको भिलेज सिनेमाज् इस्टल्यान्डस, रोशनी पार्कमा प्रिमियर हुनेछ ।

    निर्माताबाट अभिनेतामा डेब्यू गरेका सन्तोष अधिकारीले प्रिमियरमा सो शहरका मेयरसहित केही कलाकारहरू समेत सहभागी हुने जानकारी दिएका छन् ।

    फिल्मबाट मिलेको प्रतिक्रियाबाट हौसिएका अधिकारीले आफ्नो कर्मभूमि अष्ट्रेलियाका फिल्ममेकरले जन्मभूमि नेपाललाई आफ्नो छायाङ्कन गन्तव्यका रुपमासमेत चिनुन् भन्ने उद्देश्यले सिनेमाको प्रिमियर गर्न लागिएको जानकारी दिए । उनले पर्यटनलाई पनि केही टेवा मिल्न सक्ने बताए ।

    उनले यसलाई आफ्नो देशका लागि गरेको व्यक्तिगत प्रयास भनेका छन् ।

    सो प्रिमियरको टिकट दर ३० अष्ट्रेलियन डलर तोकिएको छ । नेपालको झल्को दिने प्रिमियरस्थल तास्मानियामा भुटानी नेपालीसहितका नेपालीहरूको उल्लेखनीय बसोबास रहेको छ ।

    घनश्याम लामिछाने निर्देशित फिल्म पुस २७ गते शुक्रवारबाट सार्वजनिक प्रदर्शनमा आएको थियो। पौषको २२ गते गरिएको प्रिमियरमा फिल्मले प्रशंसा बटुल्न सफल भएको थियो ।

    यो फिल्ममा डेब्यू अभिनेता सन्तोषका अलावा प्रमोद अग्रहरी, अर्पण थापा, मेनुका प्रदान, शुभेच्छा खड्का, प्रकाश घिमिरे, अञ्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, कुमार गुरुङ, उज्ज्वल ढकालको पनि अभिनय छ । महेश पौडेलको छायांकन रहेको ‘चित्रा’मा राजनराज सिवाकोटीको संगीत छ भने मनिष गौतमको पटकथा एवं संवाद लेखन छ ।

    चित्राका निर्माता आशिष थापा मगर हुन् भने सन्तोष अधिकारी कार्यकारी निर्मातामा रहेका छन् । यस्तै, फिल्मको एसोसिएट निर्मातामा राज श्रेष्ठ छन् । फिल्ममा बनिश शाह र सन्देश शाहको संयुक्त सम्पादन रहेको छ।

  • सलिनमान बनियाँ ५ वर्षपछि ठूलो पर्दामा कमब्याक गर्दै

    सलिनमान बनियाँ ५ वर्षपछि ठूलो पर्दामा कमब्याक गर्दै

    काठमाडौं । अभिनेता सलिनमान बनियाँले फिल्म ‘यात्रा: अ म्युजिकल भ्लग’ रिलिजको करिब ५ वर्षपछि ठुलो पर्दामा कमब्याक गर्ने भएका छन् ।

    मङ्गलवार सलिनको मुख्य भूमिका रहने फिल्म ‘युओजी (युनिभर्सिटी अफ गुण्डाज)’ निर्माणको घोषणा गरिएको छ ।

    फिल्मको सार्वजनिक थिम पोस्टरमा अभिनेता सलिन र सलोन बस्नेतलाई एक्सन मुडमा देख्न सकिन्छ ।

    पोस्टरमा पृष्ठभूमिमा गाडीमा आगो लाग्नुका साथै कलेज गेट र भवन देखाइएको छ । सार्वजनिक पोस्टरले फिल्ममा विश्वविद्यालयमा हुने गुन्डाराजलाई उठाएको बुझ्न सकिन्छ ।

    फिल्मको मुख्य भूमिकामा अभिनेता सलोन बस्नेत पनि अनुबन्धित भैसकेका छन् । यो फिल्म सलोनको होम प्रोडक्सन सलोन सलिना फिल्मस् प्रालीको ब्यानरमा निर्माण हुनेछ ।

    सलोन र सलिनमानले ए मेरो हजुर २’ र ‘यात्रा’ पछि तेस्रो पटक एकसाथ स्क्रिन सेयर गर्न लागेका हुन् ।

    फिल्म आगामी वैशाख वा ज्येष्ठबाट फ्लोरमा जानेछ । फिल्मको बजेट ४ करोड रहेको निर्माण टिमले जानकारी दिएको छ । फिल्मको निर्देशक, प्राविधिक लगायतको जानकारी बिस्तारै सार्वजनिक गर्दै जाने तयारी निर्माण टिमको छ ।

    पूर्ण रूपमा एक्सन जनरामा निर्माण हुने फिल्मका लागि यति बेला सलिन र सलोन ज्यान बनाउन वर्कआउट गरिरहेका छन् । फिल्मको निर्माण टिमले अझै दुई अभिनेता र दुई अभिनेत्री छनोटको चरणमा छन् ।

  • ‘दुःखी आत्मा’मा दयाहाङको जोडी आँचल

    ‘दुःखी आत्मा’मा दयाहाङको जोडी आँचल

    काठमाडौं । लेखक तथा निर्देशक दीपेन्द्र लामाको निर्देशनमा निर्माण हुने सिनेमा ‘दुःखी आत्मा’को मुख्य भुमिकामा अभिनेत्री आँचल शर्मा अनुबन्धित भएकी छन् । निर्माण कम्पनि क्लक वर्क क्रियसनले सिनेमाको मुख्य अभिनेत्रीमा सोमबार आँचल शर्मासँग लिखित सम्झौता गरिएको हो ।

    कथाको डिमाण्ड अनुसार आँचललाई लिइएको निर्देशक लामाले बताएका छन् । अभिनेता दयाहाङ राई यसअघिनै अनुबन्धित् भइसकेको सिनेमाको निर्माता हिमाल कडरिया हुन् । निर्देशक दीपेन्द्र र निर्माता हिमालले यसअघि निर्माण गरेको सिनेमा ‘नाङ्गो गाउँ’ बक्सअफिसमा हिट भएको थियो ।

    ‘दुःखी आत्मा’ उनीहरुको दोश्रो सहकार्य हो । यसपछि यही टिमले तेश्रो सहकार्यको रुपमा ‘नाङ्गो गाउँ(२’ निर्माण गर्ने घोषणा गरिसकेको छ । आगामी चैत्रमा छायांकन गरिने ‘दुखी आत्मा’को स्क्रिप्ट लेखन कार्य अन्तिम चरणमा पुगेको छ ।

    सिनेमाका अन्य कलाकार, प्राबिधिक चयन कार्य केही समयमा गरिने जानकारी निर्माता हिमालले दिएका छन् । काठमाडौंको सेरोफेरोमा खिचिने सोसियल कमेडी जनराको सिनेमाको बितरण आरआर फिल्मस्ले गर्नेछ ।

  • कलाकारले गलत सन्देश दिने विज्ञापन गर्नु हुँदैन : भुवन केसी (भिडिओ)

    कलाकारले गलत सन्देश दिने विज्ञापन गर्नु हुँदैन : भुवन केसी (भिडिओ)

    काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले कलाकारहरुले विज्ञापनमा काम गर्दा सजग हुनुपर्ने बताएका छन् ।

    सोमबार काठमाडौंमा भएको विज्ञापनमा कलाकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका छन् । उनले कलाकारहरुले कुन सामग्रीको विज्ञापन गर्ने र केको नगर्ने ? भन्ने कुरामा धेरै सजग हुन जरुरी रहेको बताए । उनले मदिरा, चुरोट लगायतका विज्ञापन कलाकारहरुले गर्नु नहुने बताए ।

    उनले गलत सन्देश दिने विज्ञापन गर्नु नहुने बताए । उनले कलाकारहरुले सामाजिक कामका विज्ञापनहरु निःशुल्क गर्नुपर्ने बताए । विज्ञापन दाताहरुले पनि कुन उत्पादनको विज्ञापन गराउने र कुनको नगराउने भन्नेमा धेरै शतर्क हुन जरुरी रहेको बताए ।

    ‘कुन सामग्रीको विज्ञापन गर्ने र केको नगर्ने ? भन्नेकुरामा धेरै सजग हुन जरुरी छ । कुनै मदिरा वा कुनै चुरोट वा अरु पनि निषेधित गरिएका विज्ञापनहरु कलाकारहरुले गर्नु हुँदैन । गलत म्यासेज फैल्याउने विज्ञापन पनि कलाकारले गर्नु हुँदैन’, उनले भने, ‘समाजमा कहिले काहीँ एकदमै राम्रा सामाजिक कामका विज्ञापनहरु निःशुल्क पनि गरिदिनुपर्छ र गरेका पनि छौँ । त्यस्तोमा कलाकारहरु सजग हुनुपर्छ र विज्ञापन दाताहरुले पनि कुन उत्पादनको विज्ञापन गराउने र कुनको नगराउने भन्नेमा धेरै सजग हुनुपर्छ ।’

    अध्यक्ष केसीले नेपालमा चल्ने कुनैपनि विज्ञापनमा नेपाली कलाकार अनिवार्य हुनुपर्ने बताए ।

     

     

  • ‘दयारानी’ ट्रेलर, बाबु बन्न नसक्ने तथ्य लुकाउँदाको रोचक कहानी

    ‘दयारानी’ ट्रेलर, बाबु बन्न नसक्ने तथ्य लुकाउँदाको रोचक कहानी

    काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुन स्टारर सिनेमा ‘दयारानी’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरले सिनेमा पारिवारिक कथामा आधारित रहेको देखाएको हो ।

    झण्डै २ मिनेट ३५ सेकेण्ड लामो ट्रेलरमा दयाहाङले आफू बाबु बन्न नसक्ने तथ्य लुकाएपछि उनकी श्रीमती र परिवारले उनको दोश्रो विवाह गर्ने कुरा गरेपछिको उत्पन्न परिस्थितिलाई ट्रेलरमा प्रस्तुत गरिएको छ ।

    यसका अलावा आफ्नो कमजोरी लुकाउन दोश्रो विवाह टार्दै आएका दयामाथि अर्को एक युवतीले आफ्नो सन्तानको बाबु भएको आरोप लगाएको प्रसंगलाई ट्रेलरमा देखाइएको छ । यी दुई घटनाक्रमको उतारचढाव नै सिनेमाको कथा भएको ट्रेलरबाट बुझ्न सकिन्छ ।

    ट्रेलरले सिनेमा सिचुयसनल कमेडीले भरपुर रहेको संकेत गर्दै सिनेमाले दर्शकलाई पूर्ण मनोरञ्जन दिने आशा देखाएको छ । माओत्से गुरुङको डेब्यू निर्देशन रहेको सिनेमामा माघ २६ गते रिलिज हुँदैछ । नेपाली सिनेजगतले यो सिनेमालाई वक्सअफिसमा राम्रो व्यापारिक नतिजा बोकेको सिनेमाका रुपमा हेरेका छन् ।

    बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । सिनेमामा दयाहाङ र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङ लगायतका कलाकार पनि अभिनय छ ।

    मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् । सिनेमाको कास्टिङ डारेक्टर मणिराम पोखरेल हुन् । सिनेमालाई नेपालमा प्रचण्डमान श्रेष्ठको कम्पनि टिफल्क फिल्मस् र विदेशमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्नेछ ।

  • भोजपुरका सुस्त श्रवण कौशिका र दालाक्पा- इशाराका भरमा नाचेर नृत्य प्रतियोगिताको फाइनलमा

    भोजपुरका सुस्त श्रवण कौशिका र दालाक्पा- इशाराका भरमा नाचेर नृत्य प्रतियोगिताको फाइनलमा

    टक्सार (भोजपुर) । इच्छाशक्ति भए अपांगतालाई जितेर केही गर्न सकिन्छ भन्ने उदाहरण भोजपुरका दुई सुस्त श्रवण बालबालिका बनेका छन् । उनीहरू जन्मजात नै बोल्न र सुन्न सक्दैनन् । प्राकृतिकरूपमा श्रवण क्षमता नभए पनि उनीहरूको जोश-जाँगर लाेभलाग्दाे छ ।
    सदरमुकाममा सञ्चालनमा रहेको भोजपुर बहिरा आवासीय विद्यालयमा कक्षा ३ मा अध्ययनरत् ९ वर्षीया कौशिका ल्वागुन र ११ वर्षका दालाक्पा शेर्पा अहिले ‘पूर्वाञ्चल गट ट्यालेन्ट’ प्रतियोगिता र ‘भोजपुर गट ट्यालेन्ट’ गायन तथा नृत्य प्रतियोगितामा प्रतिस्पर्धामा छन् । विशेष शिक्षक सन्तकुमार तुम्बापोले उनीहरूलाई हौसला दिइरहेका छन् ।
    ‘दुवैजनाको कला देखेर हामी सबै हर्षित छौं, उहाँहरूको संघर्ष र लगनशीलताले नयाँ पाठ सिकाएको छ’, शिक्षक तुम्बापोले भने, ‘समाजमा लुकेका अन्य व्यक्तिलाई पनि यी दुई बालबालिकाको प्रतिभाले हौसला दिलाएको छ, मेरो पनि सुनाइमा समस्या छ, गीतहरू पटकपटक अभ्यास गर्छु, अनिमात्र गीत कण्ठ हुन्छ, कार्यक्रममा बजेको गीतको शब्द त्यति बुझ्दिन, तर सांकेतिक नम्बर र सूत्रले ‘स्टेप’ मिलाउने गर्छु ।’
    बोल्न र सुन्नै नसक्नेलाई नाच्न सिकाएर प्रतिभाशाली बनाउने शिक्षक सन्तकुमारको मेहनतलाई सबैले प्रशंसा गरेका छन् । गीतसंगीत अनुसार शिक्षकको तुम्बापोको इशारामा कौशिका र दालाक्पा नाच्ने गर्छन् ।
    षडानन्द नगरपालिका घर भएकी कौशिका भोजपुर गट ट्यालेन्ट प्रतियोगिताअन्तर्गत भएको फाइनलमा प्रवेश गरिसकेका छन् । दालाक्पा पनि पूर्वाञ्चल गट ट्यालेन्टका लागि फाइनल प्रवेश गरेका छन् ।
    ‘शिक्षकले गराएको अभ्यास र इशाराले यहाँसम्म आइपुग्नु बालबालिकाको प्रतिभा हो’, भोजपुर डान्स क्रुका सञ्चालक सुशन घिमिरे भन्छन्, ‘अन्य प्रतिस्पर्धीभन्दा उहाँहरू केहीमा कमी देखिनुभएको छैन ।’
    दुई बालबालिकाको प्रतिभाले विद्यालय परिवारसँगै अरुमा हौसला थपेको प्रधानाध्यापक सरिता तामाङ्ग बताउँछिन् ।
  • ‘हात्ती छाप’को टिमले सातदोबाटोमा चलायो स्वास्थ्य शिविर

    ‘हात्ती छाप’को टिमले सातदोबाटोमा चलायो स्वास्थ्य शिविर

    काठमाडौं । माघ २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘हात्ती छाप’ को टिम अहिले प्रचारमा व्यस्त छ ।

    निर्माण टिमले चलचित्रको प्रचारसँगै सामाजिक सेवा पनि रहेको छ । माघको १३ गते ‘हात्ती छाप’को टिमले लायन्स क्लबसँगको सहकार्यमा किस्पाङ २ सातदोबाटोमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

    शिविरमा निःशुल्क उपचारका साथै औषधी वितरण समेत गरिएको फिल्मका प्रस्तुतकर्ता किरण नेपालीले जानकारी दिए । यस्तै, जटिल रोगका बिरामीहरूलाई काठमाडौंको टिचिङ अस्पतालमा सहजीकरण गरिने नेपालीको भनाई छ ।

    बृहत् स्वास्थ्य शिविरमा सात सय बढी नागरिकहरूले निःशुल्क स्वास्थ्य परीक्षण गरेका थिए । यस्तै, उक्त शिविरमा १५ लाख भन्दा बढीको औषधी निःशुल्क वितरण गरिएको थियो । शिविरमा टिचिङ अस्पतालका ४९ जना डाक्टरहरूले नागरिकहरूको स्वास्थ्य परीक्षण गरेका थिए ।

    शिविरपछि निर्माता किरण नेपालीले भने, ‘हामीले फिल्मलाई व्यावसायिक कोणबाट मात्र हेर्नु हुँदैन । फिल्मलाई सामाजिक सेवामा पनि लगाउन सक्नुपर्छ । यसैले, हामीले यो स्वास्थ्य शिविरको आयोजना गरेका हौँ ।’

    सिमोस सुनुवारको निर्देशनमा किरण नेपालीको प्रस्तुतिमा तयार भएको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, विजय बराल, बुद्धि तामाङ, पुष्कर गुरुङ, बेनिशा हमाल, कमलमणी नेपाल, सुष्मा निरौला, विल्सन विक्रम राई लगायतका कलाकारको अभिनय छ ।

  • मेनुका पौडेलले पाइन् स्मार्ट भिजन चस्मा, कसरी काम गर्छ ?

    मेनुका पौडेलले पाइन् स्मार्ट भिजन चस्मा, कसरी काम गर्छ ?

    काठमाडौं । इन्डियन आइडलकी प्रतिस्पर्धी गायिका मेनुका पौडेलले आर्टिफिसियल इन्टिलिजेन्स (एआई) जडित स्मार्ट भिजन चस्मा पाएकी छन् ।

    आइतबार भारतीय नेत्र चिकित्सक डाक्टर नितिन र रोहनले एआई जडित उक्त चस्मा प्रदान गरेका हुन् ।

    आइडलमा एकपछि अर्को सफलता लोकप्रियता पाइरहेकी मेनुकाले चस्माको माध्यमबाट रियाज गर्न सक्ने, एक्लै हिँडडुल गर्न सक्ने, पढ्न सक्ने र सामुन्ने उभिएको मान्छेलाई चिन्न सक्ने बताइएको छ ।

    शोको मञ्चमै मेनुकाले उक्त चस्मा लगाएर डेमो प्रदर्शन गरेकी थिइन् ।

    चस्मामा क्यामेरा जडान छ । क्यामेराले फोटो खिच्ने र सेन्सरले उक्त इमेजबारे विस्तृत चित्र बताउँछ । चस्माको सेन्सरमा एआई जडान गरिएको छ ।

  • ‘अगस्त्य : च्याप्टर १’को टिजर सार्वजनिक (भिडिओ)

    ‘अगस्त्य : च्याप्टर १’को टिजर सार्वजनिक (भिडिओ)

    काठमाडौं । आगामी फागुन १८ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘अगस्त्य : च्याप्टर १’को टिजर सार्वजनिक गरिएको छ । आइतबार राजधानीको एक हलमा आयोजित कार्यक्रमका बीच निर्माण टिमले सिनेमाको अफिसियल टिजर रिलिज गरेको हो ।

    सिनेमाको सार्वजनिक १ मिले ५६ सेकेण्ड लामा टिजरमा महत्वपूर्ण दृश्यलाई समेटेर तयार पारिएको छ । सिनेमाको टिजर रिलिज कार्यक्रममा निर्देशक सौरभ चौधरी, अभिनेता सौगात मल्ल, नाजिर हुसेन, प्रमोद अग्रहरी, मलिका महत लगायत उपस्थित थिए ।

    सिनेमाको टिजरमा अभिनेता सौगात मल्लको बहुचरित्रकरण देख्न सकिन्छ । उनको प्रेमीदेखि ग्याङस्टर हुँदै मानसिक सन्तुलन गुमाएर सडकसम्मको चरित्र चित्रण टिजरमा देख्न सकिन्छ । बदलाको कथामा आधारित सिनेमामा मलिकालाई सौगातकी प्रेमिकाको भूमिकामा देखाइएको छ ।

    सौगातले आफूले मन पराएकी युवतीलाई अपहरणबाट मुक्त गर्न गर्ने लडाइँको कथा सिनेमामा प्रस्तुत छ । सौगात सबै चरित्रमा ‘पर्फेक्ट’ देखिएका छन् । उनको मानसिक सन्तुलन गुमाएको अवतारले पनि दर्शकमाझ कौतुहल्ता पैदा गर्ने देखिन्छ । टिजरमा नाजिरलाई एक्सन अवतारमा देख्न सकिन्छ ।

    सिनेमामा सौगात, नाजिर र मलिकाका अलवा निश्चल बस्नेत, प्रमोद अग्रहरी, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्र लगायतका कलाकारको अभिनय छ ।

    डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको सिनेमाका लेखक तथा निर्देशक सौरभ चौधरीले टिजर बनाउन मिहिनेत गरेका छन् । प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेलको सिनेमामा लगानी छ । विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता रहेको सिनेमाको टिजरलाई पूर्ण रुपमा व्यावसायिक शैलीमा तयार पारिएको छ ।

     

  • दयाहाङ र मिरुना अभिनित चलचित्र ‘मनसरा’को छायांकन अन्तिम चरणमा

    दयाहाङ र मिरुना अभिनित चलचित्र ‘मनसरा’को छायांकन अन्तिम चरणमा

    कठामाडौं । दयाहाङ राई तथा मिरुना मगर स्टारर सिनेमा ‘मनसरा’को ६५ प्रतिशत छायांकन सकिएको छ । विगत २० दिनदेखि सिनेमाको ललितपुर नख्खीपोट आसपासमा धमाधम छायांकन चलिरहेको छ ।

    अभिनेता दयाहाङ ‘भूठान’को छायांकनका लागि हाल अमेरिका पुगिसकेका छन् । उनी अमेरिकाबाट पुगेको भएपनि हाल ‘मनसरा’मा मिरुना, मेनुका प्रधान तथा प्रविण खतिवडाका दृश्यहरुको छायांकन धमाधम चलिरहेको छ । दयाहाङ सिनेमाको बाँकी छायांकनका लागि २०-२२ गतेसम्ममा नेपाल फर्किनेछन् ।

    दयाहाङ नेपाल आएपछि सिनेमा छायांकनका लागि ललितपुरपछि पाँचथर पुग्नेछन् । यस वर्षको ब्लकबस्टर सिनेमा ‘जारी’का निर्देशक उपेन्द्र सुब्बा यो सिनेमाका निर्देशक हुन् । कवि हुँदै सिनेमा लेखनबाट निर्देशनमा होमिएका सुब्बाको ‘मनसरा’लाई प्रतिक्षित सिनेमाको सूचीमा राखिएको छ ।

    सिनेमाले ‘जारी’ले जस्तै अर्गानिक कथा पस्किने बताइएको छ । सिनेमामा सुब्बाले सिनेमाका छायाँकार शैलेन्द्र ध्वज कार्कीसँग निर्माण सहकार्य गरिरहेका छन् । छायाँकार कार्कीले सिनेमाको हाल योजना अनुसारको काम भइरहेको बताउँदै दयाहाङ नेपाल फर्किएपछि ७–१० दिनमा सिनेमाको छायांकन सम्पन्न हुने जानकारी दिए ।

    यसैगरी निर्देशक सुब्बाले जाडोको मौसम भएपनि सिनेमाको छायांकन सोचअनुसार भैइरहेको बताए । उनले सिनेमालाई उत्कृष्ट बन्ने बताउँदै त्यसका लागि कुनै कसर नराखिने धारणा व्यक्त गरे ।

    सिनेमालाई एप्पल इन्टरटेन्मेन्टले वितरण गर्नेछ । सिनेमा वैशाख २१ मा रिलिज हुनेछ । सिनेमाको थिएटर पार्टनर क्यूएफएक्स रहेको छ भने जी टु वान डिजिटल पार्टनर हो ।

    निर्देशक सुब्बाकै लेखन रहेको सिनेमामा विष्ण कुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह–निर्माता हुन् । त्यसैगरी सिजन दाहाल कार्यकारी निर्माता रहेको सिनेमामा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रुपमा रहनेछन् ।

    सिनेमामा निमेश श्रेष्ठको समपादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन रहनेछ ।

  • मनाङमा चलचित्र ‘खुस्मा’को छायाँकन सुरु, दोश्रो सेड्यूल पूर्वी रुकुममा

    मनाङमा चलचित्र ‘खुस्मा’को छायाँकन सुरु, दोश्रो सेड्यूल पूर्वी रुकुममा

    काठमाडौं । हिमाली जिल्लामा मनाङ ‘खुस्मा’को पहिलो सेड्यूलको छायाँकन सुरु भएको छ । माघ १० गतेबाट सिनेमाले आफ्नो पहिलो सेड्यूल सुरु गरेको हो ।

    हिउँका दृश्यहरु सिनेमाको महत्वपूर्ण अंग भएकाले मनाङमा सिनेमा छायाँकनका लागि पुगेको हो । यो सिनेमाबाट अभिनेता धिरज मगर र अभिनेत्री उपसना सिंह ठकुरीले पहिलोपटक रिल जोडी बनेर पर्दामा आउँदैछन् ।

    सिनेमालाई डेब्यू निर्देशक अशोक थापा मगरले निर्देशन गरिरहेका छन् । अशोक डकुमेन्ट्री फिल्मबाट अन्तर्राष्ट्रिय स्तरमा पुरस्कृत निर्देशक हुन् । उनले डकुमेन्टरी फिल्ममा नौ वटा विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलबाट अवार्ड प्राप्त गरिसकेका छन् ।

    यो सिनेमाबाट उनले फिचर सिनेमामा डेब्यू गर्न लागेका हुन् ।

    मनाङमा आफ्नो १० दिने सुटिङ तालिका सकेर युनिट बाँकी छायाँकनका लागि पूर्वी रुकुम जानेछ ।

    ॐ एम मिडिया प्रा.लि.को प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमामा बेताने मगर, चन्द्र भट्टचन, मोहन राई र सुस्मिता बुढाथोकी निर्माता रहेका छन् ।

    ‘खुस्मा’मा एस डी योगीले सुरेन्द्र राना तथा राम अविरल विष्टको गीतमा संगीत दिनेछन् भने दिपक बज्राचार्य छायाँकार रहनेछन् ।

    सिनेमामा धिरज र उपसनाका अलावा अस्तित्व भट्टचन, खड्क बहादुर पुन (खबपु) तथा अरुण मगरको अभिनय रहनेछ ।

    प्रेम कथामा आधारित ‘खुस्मा’ एम मिडिया प्रा.लि.को ब्यानरमा निर्माण हुनेछ । सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस्ले वितरण गर्नेछ ।

     

  • स्तन घटाउने सर्जरी गर्दा ब्राजिलियन पप स्टार ड्यानी लीको मृत्यु

    स्तन घटाउने सर्जरी गर्दा ब्राजिलियन पप स्टार ड्यानी लीको मृत्यु

    ब्राजिल । ब्राजिलकी पप स्टार ड्यानी लीको लिपोसक्सन सर्जरीका क्रममा मृत्यु भएको छ । ड्यानीको आकस्मिक निधनले श्रीमान् मार्सेलो मिरा स्तब्ध बनेका छन् ।

    हिट गीत ‘इउ सो दा अमाजोनिया’(आई एम फ्रम अमेजोन)कि चर्चित गायिका ड्यानी लीको २४ जनवरीमा लिपोसक्सनका क्रममा जटिलताका कारण निधन भएको हो ।

    ड्यानी लीको लिपोसक्सन १९ जनवरीमा ब्राजिलको पिनहाइसमा भएको थियो । रिपोर्टहरूका अनुसार, ड्यानी लीले ढाड, पेट र स्तन घटाउने लिपोसक्सन गराएकी थिइन् ।

    सर्जरीका क्रममा जटिलता देखिए पछि उनलाई तुरुन्तै नजिकैको शहर क्युरिटिबाको अस्पतालमा लगिएको थियो । अस्पतालमै उनले अन्तिम सास लिएकी थिइन् । अचानक मृत्यु भएपछि अनुसन्धान भइरहेको अंग्रेजी सञ्चारमाध्यमहरुले जनाएको छ ।

    ड्यानीले शल्यक्रियाका लागि २५००० ब्राजिलियन रियल (६ लाख ७६ हजार ४५० नेपाली रुपैयाँ) तिरेकी थिइन् ।

    ड्यानी अमेजन जङ्गलमा अवस्थित ‘अफुआ’ कि हुन् । उनले ५ वर्षको उमेरदेखि नै गाउन सुरु गरेकी थिइन् । आफ्नै गृहनगरमा भएको ट्यालेन्ट शोमा भाग लिएपछि उनी १७ वर्षको उमेरमा ‘मकापा’ सरेकी थिइन् ।

    उनको ‘इउ सो डा अमाजोनिया’ २०१४ मा रिलिज भएको थियो भने दुई महिनाअघि मात्रै उनले आफ्नो अन्तिम गीत सार्वजनिक गरेकी थिइन् । उनको अन्तिम गीत ‘गुएरा डे आमोर’ जनवरी १४ मा रिलिज भएको थियो । ड्यानीको सात वर्षीया छोरी पनि छिन् ।

    लिपोसक्सन एक प्रकारको शल्यक्रिया हो । यो शल्यक्रिया पेट, तिघ्रा, हिप, हात, घाँटी आदि जस्ता शरीरका विभिन्न भागहरुबाट बोसो हटाउन प्रयोग गरिन्छ । लिपोसक्सनले यस्ता बोसो भएका भागहरूलाई आकार दिने काम गर्दछ । यो प्रक्रियालाई कन्टोरिङ पनि भनिन्छ ।

     

  • फिल्म खेल्दै ओली, ‘नमेटिने घाउ’ मा प्रधानमन्त्रीको भूमिका निभाउने (भिडिओ)

    फिल्म खेल्दै ओली, ‘नमेटिने घाउ’ मा प्रधानमन्त्रीको भूमिका निभाउने (भिडिओ)

    काठमाडौं । एसिड (तेजाब) आक्रमणबाट पीडित किशोरी र महिलाहरूका पीडा र जीवन कथालाई समेटर चलचित्र निर्माण हुने भएको छ । उक्त चलचित्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको भूमिकामा देखिने भएका छन् । चलचित्रमा ओलीलाई पनि देख्न सकिने शुभमुहूर्तमा जानकारी दिइयो ।

    ओलीले निर्माता रमित ढुंगानालगायतको टोलीले निर्माण गर्न लागेको ‘नमेटिने घाउ’ को शुभमुहूर्त गरे ।

    ओली प्रधानमन्त्री भएको बेला एसिड आक्रमणकारीहरूलाई कडा सजाय गर्ने कानून ल्याएको र पीडितहरूलाई राहत र क्षतिपूर्तिको व्यवस्था गरेकाले ओलीको हातबाट चलचित्रको शुभमुहूर्त गर्न लागिएको निर्माण टीमले जनाएको छ ।

    केही समयअघि मात्रै ओलीले एमाले केन्द्रीय कार्यालयमा देशभरका एसिड आक्रमणबाट पीडितहरूलाई भेला गरेर विशेष कार्यक्रम गरेका थिए ।

    तस्बिरहरू : उमेश कार्की । 

  • चलचित्र ‘खजुरे ब्रो’ मा हर्क साम्पाङको विशेष भूमिका, नीतिसँग सुटिङमा हर्क

    चलचित्र ‘खजुरे ब्रो’ मा हर्क साम्पाङको विशेष भूमिका, नीतिसँग सुटिङमा हर्क

    काठमाडौँ। चलचित्र ‘खजुरे ब्रो’ मा धरानका मेयर हर्क साम्पाङले अतिथि कलाकारको भूमिकाको काम गर्ने भएका छन् । चलचित्रमा मेयर साम्पाङको विशेष भुमिका रहेको छ। साम्पाङको चरित्रको छायांकन सकिएको चलचित्र निर्माण युनिटले जानकारी दिएको छ ।

    ुधरानको आइकनिक व्यक्तिको विषयलाई लिएर यहाँको सांस्कृतिक पक्ष उजागर गर्ने उद्देश्य थियो। त्यसको लागि नगरप्रमुखको अवश्य नै भूमिका रहन्छ,’कार्यकारी निर्माता डायमण्ड उप्रेतीले भने, ‘चलचित्रमा उहाँको विशेष भुमिका हुनेछ ।’

    चलचित्र ुखजुरे ब्रोु पारिवारिक व्यङ्ग्यात्मक ‘लाइट कमेडी’ जनरामा आधारित व्यावसायिक चलचित्र हो। चलचित्रले धरानको संस्कृतिको प्रवर्धन गर्ने र ठूलो पर्दामा स्थानीय कला र रहनसहन झल्काउने निर्माण पक्षको भनाइ छ ।

    दिव्यदृश्य इन्टरटेन्टमेन्टको ब्यानर र निर्देशक सुरज सुनुवारको निर्देशनमा बनिरहेको चलचित्र ‘खजुरे ब्रो’ को निर्माण नवीन मानन्धर र सुरज सुनुवारले गरेका हुन्। कमेडी जनरामा बन्ने चलचित्रको लेखक पनि निर्देशक सुनुवार नै हुन् । चलचित्रमा रेयर राई, महेश त्रिपाठी, नीति शाह, नविन मानन्धर, प्रकाश भुजेल, बिनिता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्की, मनिष राउत, प्रेम सुब्बा र सुजाता राईको मुख्य भूमिका रहनेछ।

    ‘खजुरे ब्रो’ नीति शाहको डेब्यु चलचित्र हो। चलचित्रमा दार्जिलिङ कलाकार शान्तिला तामाङको पनि अभिनय रहेको छ।

    चलचित्रका कार्यकारी निर्माता डायमन्ड उप्रेती हुन् । शिशिर बिसंखेले छायाँकन गर्ने चलचित्रमा अनमोल गुरुङको संगीत रहेको छ। चलचित्र हाल धरानमा छायाँकन भई रहेको छ । चलचित्रको सह निर्माता अनिल मानन्धर र पिकेश मानन्धर रहेका छन्। चलचित्र जेठ महिनामा प्रदर्शन गर्ने निर्माण टिमको योजना रहेको छ।

  • चलचित्र ‘खजुरे ब्रो’ मा हर्क साम्पाङको ‘विशेष भूमिका’, नीतिसँग सुटिङमा हर्क

    चलचित्र ‘खजुरे ब्रो’ मा हर्क साम्पाङको ‘विशेष भूमिका’, नीतिसँग सुटिङमा हर्क

    काठमाडौँ। चलचित्र ‘खजुरे ब्रो’ मा धरानका मेयर हर्क साम्पाङले अतिथि कलाकारको भूमिकाको काम गर्ने भएका छन् । चलचित्रमा मेयर साम्पाङको विशेष भूमिका रहेको छ। साम्पाङको चरित्रको छायांकन सकिएको चलचित्र निर्माण युनिटले जानकारी दिएको छ ।

    ‘धरानको आइकनिक व्यक्तिको विषयलाई लिएर यहाँको सांस्कृतिक पक्ष उजागर गर्ने उद्देश्य थियो। त्यसको लागि नगरप्रमुखको अवश्य नै भूमिका रहन्छ’, कार्यकारी निर्माता डायमण्ड उप्रेतीले भने, ‘चलचित्रमा उहाँको विशेष भूमिका हुनेछ ।’

    चलचित्र ‘खजुरे ब्रो’ पारिवारिक व्यङ्ग्यात्मक ‘लाइट कमेडी’ जनरामा आधारित व्यावसायिक चलचित्र हो। चलचित्रले धरानको संस्कृतिको प्रवर्धन गर्ने र ठूलो पर्दामा स्थानीय कला र रहनसहन झल्काउने निर्माण पक्षको भनाइ छ ।

    दिव्य दृश्य इन्टरटेन्टमेन्टको ब्यानर र निर्देशक सुरज सुनुवारको निर्देशनमा बनिरहेको चलचित्र ‘खजुरे ब्रो’ को निर्माण नवीन मानन्धर र सुरज सुनुवारले गरेका हुन्। कमेडी जनरामा बन्ने चलचित्रको लेखक पनि निर्देशक सुनुवार नै हुन् ।

    चलचित्रमा रेयर राई, महेश त्रिपाठी, नीति शाह, नवीन मानन्धर, प्रकाश भुजेल, विनीता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्की, मनिष राउत, प्रेम सुब्बा र सुजाता राईको मुख्य भूमिका रहनेछ।

    ‘खजुरे ब्रो’ नीति शाहको डेब्यु चलचित्र हो। चलचित्रमा दार्जिलिङ कलाकार शान्तिला तामाङको पनि अभिनय रहेको छ।

    चलचित्रका कार्यकारी निर्माता डायमन्ड उप्रेती हुन् । शिशिर बिसंखेले छायाङ्कन गर्ने चलचित्रमा अनमोल गुरुङको संगीत रहेको छ। चलचित्र हाल धरानमा छायाङ्कन भई रहेको छ । चलचित्रको सह निर्माता अनिल मानन्धर र पिकेश मानन्धर रहेका छन्। चलचित्र जेठ महिनामा प्रदर्शन गर्ने निर्माण टिमको योजना रहेको छ।