काठमाडौं । कवि एवम् साहित्यकार शेखर विकल्पका शब्दमा रचिएको गीत ‘पारिजातको फूल’ सार्वजनिक भएको छ । गीतमा प्रख्यात गायक रामकृष्ण ढकालले स्वर दिएका छन् भने सङ्गीत केशव ज्ञवालीले भरेका छन् ।
विष्णु भट्टराईको निर्देशनमा तयार भएको यो गीत ‘के एण्ड बी इन्टरटेन्मेन्ट’ युट्युव च्यानलमार्फत यसै साता सार्वजनिक गरिएको हो ।
म्युजिक भिडिओको निर्देशन भने विष्णु भट्टराईले गरेका छन् । भिडिओमा सुरज पन्थ, श्रुती गिरी र राज अर्यालको अभिनय रहेको छ ।
काठमाडौं । केही दिनदेखि गायिकाद्वय एलिना चौहान र समीक्षा अधिकारीले आफ्नो सामाजिक सञ्जालमा अभद्र टिप्पणी गर्ने प्रयोगकर्ताहरूको प्रोफाइल सार्वजनिक गरिरहेका छन् । उनीहरूले आफ्नो आत्मसम्मानमा ठेस पुर्याउने तथा अभद्र र छुद्र शब्दहरू प्रयोग गरेर कमेन्ट गर्ने प्रयोगकर्ताको कमेन्ट र फोटो आफ्नो संजालमा सार्वजनिक गरेका हुन् ।
धेरैले अपाच्य शब्द प्रयोग गरेर निजी जीवनमै असर गर्ने गरी कमेन्ट र म्यासेज गरेपछि एलिना र समिक्षाले यो कदम चालेका हुन् । असहिष्णु र अभद्र व्यवहार गर्नेहरूलाई सञ्जालबाटै खुलेआम सार्वजनिक गरिदिएपछि कतिपय प्रयोगकर्ताले चौहान र अधिकारीसँग माफीसमेत मागेका छन् । आफूले सार्वजनिक गरेपछि माफी मागेको समेत उनीहरूले सामाजिक सञ्जालबाटै जानकारी गराएका हुन् ।
अहिले यी दुईले चालेको यो कदम अभियानकै रूपमा चलिरहेको छ । हुन त, सामाजिक सञ्जालमा दुर्व्यवहारमा पर्ने यी दुई गायिकामात्रै होइनन् । अरु थुप्रै कलाकार, चलचित्रकर्मी र गायक–गायिकालाई पनि यस्तो कमेन्ट आउने गरेको देख्न सकिन्छ । कतिले यो विषयमा बोल्ने गरेका छन् भने कतिले यसमा खासै चासो दिँदैनन । समीक्षा र एलिनाले भने ‘आफूमाथि भएको अन्याय’ विरुद्ध सामाजिक सञ्जालमै लडाइँ सुरु गरेका हुन् । उनीहरूको यो कदममा फिल्मकर्मी र कलाकारहरूले साथ दिएका छन् ।
समीक्षा र एलिनाको यो कदमलाई साथ दिँदै निर्माता तथा अभिनेता दीपक राज गिरीले उनीहरूको पक्षमा लामो स्ट्याटस नै लेखेका छन् । उनले लेखेका छन्, ‘दुवै गायिका मलाइ मन पर्ने गायिका हुन् । जटिल परिस्थितिमा आफूमाथि खनिने त्यस्ता सामाजिक सञ्जालका फुर्सदिला गाली सम्राटहरूलाई तिमीहरूले सामाजिक सञ्जालमै उनीहरुको हर्कत उदाङ्गो पार्ने जुन अभियान चलायौ, त्यो एकदमै प्रशंसनीय छ । दूबै जनालाइ शुभकामना । जय नेपाल ।’
त्यस्तै, गैँडा उपनामले परिचित अर्का हाँस्य–कलाकार निर्मल पौडेलले पनि यी दुईले चालेको यो कदमको प्रशंसा गरेका छन् । उनले ‘ह्याट्स अफ’ लेख्दै यी दुईको अभियानमा सर्मथनमा जनाएका छन।
अर्का कलाकार तथा स्ट्यान्डअप कमेडियन सुमन कार्कीले भने दिपक राज गिरीकै पोस्ट सेयर गर्दै समीक्षा र एलिनालाई ढाडस दिएका छन् । कार्कीले लेखेका छन्, ‘सबैलाई सम्मानले बाच्न दिऊँ ।’
अभिनेत्री केकी अधिकारी पनि यी दुई गायिकाको साथमा देखिएकी छन् । आफ्नो सामाजिक संजालको स्टोरीदेखि पोष्टसम्ममा केकीले समिक्षा र एलिनाको समाचार शेयर गरेकी छिन।
केकीले समीक्षा र एलिनाबारेको समाचार सेयर गर्दै लेखिकी छन्, ‘भनिन्छ– अति गर्नु तर अत्याचार नगर्नु । अत्याचारको मूल्य चुकाउनैपर्छ ।’
अर्की अभिनेत्री तथा निर्मात्री निता ढ्गांनाले यी दुईको समर्थनमा लामो स्टाट्स नै लेखेकी छिन। एलिनाको एक भिडियो शेयर गदै उनले जे गर्यौ सही गर्यौ भन्दै एलिनालाई ढाडस दिएकी छिन। उनले लेखेकी छिन,‘हो, कलाकारहरुले ताली र गाली दुवै सहनुपर्छ। तर अत्याचारको पनि सीमा नागेपछि नराम्रो कमेन्ट गर्नेहरूलाई र नकारात्मक सोच राख्नेहरुलाई, यो गतिलो झापड हो। कुनै पनि छोरी–चेलीको प्रोफाइलमा गएर नराम्रो कमेन्ट गर्ने काम नगर्नुस्। यदि तपाईंलाई मन पर्दैन भने उसलाई ब्लक गरिदिनुस् । अबको समय ,नराम्रो गर्नेहरूप्रति लडेर अगाडि बढ्ने हो, खुम्चिएर बस्ने समय हैन।’
अभिनेत्री ऋचा शर्माले पनि यी दुईको समाचार शेयर गर्दै ‘सावधान’ लेखेकी छिन। यसअघि ऋचाले पनि आफूमाथि अभद्र गाली गरिएको भन्दै स्क्रिनसट सहित सामाजिक सञ्जालमा एक पोस्ट गरेकी थिइन् ।
समिक्षा र एलिनाको यो कदममा निर्माता रोहित अधिकारीले पनि साथ दिएका छन। यी दुई गायिकाले केही व्यक्तिको खराब मानसिकता उदाङ्गो पारेको अधिकारीको बुझाइ छ । गायिकाहरूको पक्षमा उनले लेखेका छन्, ‘दरिद्र मानसिकताका मान्छेहरूलाई सबक सिकाउनैपर्छ ।’
काठमाडौं । केही दिनदेखि गायिकाद्वय एलिना चौहान र समीक्षा अधिकारीले सुरू गरेको ‘प्रोफाइल सार्वजनिक अभियान’ को बिसर्जन भएको छ । चौहानले एक भिडिओ सन्देशमार्फत् उनले अभियान सकिएको घोषणा गरेकी हुन् ।
केही दिनदेखि यी दुई गायिकाले आफूहरूलाई कमेन्ट, म्यासेजमा अभद्र गाली गर्ने, अपाच्य शब्दहरु प्रयोग गर्ने प्रयोगकर्ताको फ्रोफाइल सार्वजनिक अभियान चलाएका थिए । उनीहरूले आफ्नो आत्मसम्मानमा ठेस पुर्याउने, व्यक्तिगत जीवनमा असर गर्ने र मानसिक स्वास्थ्यमै समस्या पर्नेगरी छुद्र शब्दहरूको प्रयोग गरेर गाली गर्नेहरूलाई सामाजिक सञ्जालबाटै धमाधम सार्वजनिक गरिरहेका थिए ।
उनीहरूले यसरी प्रयोगकर्ताको प्रोफाइल नै सार्वजनिक गर्न थालेपछि कतिपयले उनीहरूसँग माफीसमेत मागेका थिए ।
अहिले तेस्रो दिनमा आइपुगेर भने गायिका चौहानले यो अभियान समाप्त भएको बताएकी छन् । उनले आफूहरूको पक्षमा बोल्ने मिडियाहरूलाई पनि धन्यवाद दिँदै भनेकी छन्, ‘सबै मिडिया उस्तै हुँदैनन् भनेर प्रमाणित गरिदिनुभएको छ ।’
‘कतिपय कलाकार भएपछि यति सहन सक्दैन भन्दै हुनुहुन्थ्यो । सहन सकिन्छ, तर गल्ती छ भने मात्रै । हामी गाली खानलाई कलाकार भएको होइन, हाम्रो कला प्रस्तुत गरेर हजुरहरूलाई मनोरन्जन दिनलाई पो कलाकार भएको हो त,’ चौहानले भनेकी छन्, ‘तपाईंहरूको घरको फ्रस्टेसन, श्रीमतीसँगको फ्रस्टेसन पोख्ने ठाउँ हामी होइन । रक्सी खाएको बेला फ्रस्टेसन निकाल्ने ठाउँ हामी होइन । यदि हामीसँग तपाईंहरूलाई चित्त बुझ्दैन भने ब्लक गर्दा हुन्छ ।’
आफूहरूले ‘जस्तालाई तस्तै’ अभियान चलाएपछि कतिपयले ‘तिमीलाई मान्छे चाहिँदैन ?’ भनेर समेत सोधेको बताउँदै भनिन्, ‘यस्तो घाँस मान्छे चाहिँदैन । बरु थोरै मान्छे होस्, बुझ्ने मान्छे होस् । व्यक्तिगत जीवनलाई जज गर्ने मान्छे चाहिँदैन ।’
आफ्ना लागि आफ्नै लड्न सुरू गरेपछि यो अभियानले धेरै प्रभावकारी समेत भएको चौहानले बताएकी छन् । अब फेरि यति गर्दा पनि त्यस्ता खराब मान्छेहरु छाँटिएन भने कानुनीरूपमा अगाडि बढ्ने बाटो सधैँलाई खुल्ला रहेको समेत बताइन् । अब उजुरी गर्न प्रहरी चौकी जान नपर्नें, मेल गर्दा पनि हुने बताउँदै सबैलाई सचेत रहन सुझाव पनि दिइन् ।
दुई दिनअघि चौहानले फेसबुकमा लेखेकी थिइन्, ‘कमेन्टको अत्याचार धेरै भयो । अब पालैपालो पोस्ट गर्छु ।’
साथै एक भिडिओ सन्देशमार्फत सञ्जालमा आएर नकारात्मक प्रतिक्रियाहरूलाई अब सहेर नबस्ने समेत बताएकी थिइन् । थप कानूनी उपचारको लागि जाने समेत बताएकी थिइन् ।
अधिकारी र चौहानको यो हिम्मतको चौतर्फी प्रशंसा भइरहेको छ ।
अधिकारी र चौहानले झैँ यसअघि अभिनेत्री ऋचा शर्माले समेत आफूमाथि अभद्र गाली गरिएको भन्दै स्क्रिन सट सहित सामाजिक सञ्जालमा एक पोस्ट गरेकी थिइन् । टिकटकर तथा मोडल प्रिन्सी-प्रिज्मा खतिवडाले पनि आफूविरुद्ध आएको अमर्यादित कमेन्ट गर्नेको फेसबुक आईडी सेयर गरेका थिए ।
व्यक्तिगत र व्यावसायिक जीवनमै असर गर्ने गरी, मानसिक स्वास्थ्यमै असर गर्ने गरी तुच्छ शब्दहरू प्रयोग गरेर गरिएको कमेन्ट, म्यासेजविरुद्ध पछिल्लो समय कलाकारहरूले सामाजिक सञ्जालबाटै आक्रामक तवरले प्रतिक्रिया दिन थालेका छन् । योबाहेक भरपर्दो अन्य समाधानको बाटो केही नभएपछि सञ्जालबाटै बोल्न बाध्य हुनु परेको कलाकारहरूले बताउने गरेका छन् ।
काठमाडौं । गायक एकदेव लिम्बुको नेपाली गीत ‘झिमझिमाउने आँखा’को हिन्दी भर्सन सार्वजनिक भएको छ । हिन्दी भर्सनमा एकदेवलाई नेहा कक्करले साथ दिएकी छन् । हिन्दी गीतको कम्पोज रजत नागपालले गरेका छन् ।
हिन्दी भर्सनमा नेहा कक्करसँगै गाउने वातावरण चाहिँ कसरी मिल्यो भन्ने प्रश्नमा एकदेवले भने, ‘मलाई उतैबाट अफर आएको हो । त्यहाँको एकजना गीतहरूको प्रमोसन गर्ने चिनेको मान्छेले मलाई कल गरेर प्रस्ताव गरेको थियो । सुरुमा त पूरा गीत नै किन्न खोजेको थियो, त्यो प्रस्ताव चाहिँ मानिनँ ।’
गीतको सम्पूर्ण कपीराइट नै किन्ने प्रस्ताव चाहिँ अस्वीकार गरेको एकदेवले बताए ।
नेहा कक्करसँग सहकार्य गर्दाको अनुभूति पनि एकदेवले सेयर गर्दै भने, ‘यो मेरो सांगीतिक करियरको लागि अविस्मरणीय पल हो । नेपाली संगीत संसारभर भइरहेको छ र संसारभरका दर्शक÷स्रोतले रुचाइरहेका छन् भन्ने प्रमाण पनि हो ।’
गीतको म्युजिक भिडियो प्लेडिएमएफ अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको छ । नेपाली र हिन्दी दुवै भाषालाई मिश्रण गरेर गीत तयार गरेको छ । जहाँ एकदेवले हिन्दीमा गाएका छन् भने नेहाले नेपालीमा गाएकी छन् ।
उनले गीतको हुकलाइन ‘झिमझिमाउने आँखाले मनै मेरो अल्झेछ, आँखा लोभी मन पापी भुतुक्कै भएँ म’ नेपालीमा गाएकी छन् ।
छ महिनाअघि युट्युबमा रिलिज भएको एकदेवको ‘झिमझिमाउने आँखा’लाई अहिलेसम्म तीन करोड २० लाखपटक हेरिएको छ । यो गीत ग्लोबल ट्रेण्डिङमा समेत परेको थियो । एकदेवका ‘शीरफूल’, ‘आँखामा आउने सपनी’, ‘तिम्रो मुटुमा’ जस्ता गीतहरु चर्चित छन् ।
काठमाडौं । अभिनेता दीपकराज गिरीले गायिकाद्वय समीक्षा अधिकारी र एलिना चौहानको आँट र हिम्मतको प्रशंसा गरेका छन् । गाली सम्राटहरुको हर्कत सामाजिक सञ्जालमै उदांगो पार्ने काम प्रशंसनीय भएको बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै गिरीले भनेका छन्, ‘ यस्ता उछृंखलता विरुद्ध साइबरमा गयो, कानुन नै कमजोर, ठूला नेतालाई गाली गर्यो भने समातेर तु कारबाही गरिहाल्ने, अन्य मानिसलाई गरिएको गालीगलौजको रिपोर्ट कसले सुन्ने रु सुने पनि वर्षौँ लाग्ने । त्यसकै पछि लागिरहने फुर्सद कहाँ पाउनु फेरि रु यस्तो जटिल परिस्थितिमा आफूमाथि खनिने गाली सम्राटहरुलाई तिमीहरूले उदांगो पर्यौ । दुवैलाई शुभकामना ।’
केही दिनदेखि यी दुई गायिकाले आफूहरूलाई कमेन्टमा अभद्र गाली गर्ने, अपाच्य शब्दहरू प्रयोगकर्ताको प्रोफाइल नै सार्वजनिक गरिरहेका छन् । उनीहरूले आफ्नो आत्मसम्मानमा ठेस पुर्याउने तथा अभद्र र छुद्र शब्दहरू प्रयोग गरेर कमेन्ट गर्ने प्रयोगकर्ताहरूलाई सामाजिक सञ्जालबाटै सार्वजनिक गरेका हुन् ।
उनीहरूले अपाच्य शब्द प्रयोग गरेर निजी जीवनमै असर गर्ने गरी कमेन्ट गर्ने, म्यासेज गर्ने प्रयोगकर्ताहरूलाई धमाधम सार्वजनिक गरिरहेका छन् । असहिष्णु र अभद्र व्यवहार गर्नेहरूलाई सञ्जालबाटै खुलेआम सार्वजनिक गरिदिएपछि कतिपय प्रयोगकर्ताले चौहान र अधिकारीसँग माफी समेत मागेका छन् । आफूले सार्वजनिक गरेपछि माफी मागेको समेत उनीहरूले सामाजिक सञ्जालबाटै जानकारी गराएका छन् ।
दुई दिन अघि चौहानले फेसबुकमा लेखेकी थिइन्, ‘कमेन्टको अत्याचार धेरै भयो । अब पालैपालो पोस्ट गर्छु ।’
साथै एक भिडियो सन्देशमार्फत सञ्जालमा आएर नकारात्मक प्रतिक्रियाहरूलाई अब सहेर नबस्ने समेत बताएकी थिइन् । थप कानुनी उपचारको लागि जाने समेत बताएकी थिइन् ।
अधिकारी र चौहानको यो हिम्मतको चौतर्फी प्रशंसा भइरहेको छ । यही क्रममा गिरीले पनि दुवै गायिकालाई सम्बोधन गर्दै ऐक्यबद्धता जनाएका हुन् ।
गिरीले प्रश्न पनि गरेका छन्, ‘यो ठाउँमा जसले जति गाली गर्न सक्यो, त्यो हिरो ! चुपचाप काम गरेर खाने पात्रहरू चाहिँ खलनायक रु व्यक्तिगत जीवन कसको तलमाथि हुन्न रु को चाहन्छ खराब होस्, तर भइदिन सक्छ कहिलेकाहीँ । को छ यहाँ कमजोरीविहीन मान्छे रु एउटै पेशामा भएका प्रतिस्पर्धीहरूकै संलग्नतामा पनि यस्ता गाली किन्ने र बेच्ने काम भइरहेको अवस्था छ ।’
गिरीले आफू समीक्षाको साहसको प्रशंसक भएको समेत उल्लेख गरेका छन् । सानै उमेरमा जति ठूलो बज्रपात परे पनि घुँडा नटेकेकैले समीक्षा अहिलेको ठाउँमा आइपुगेको बताएका छन् ।
अधिकारी र चौहानले झैँ यसअघि अभिनेत्री ऋचा शर्माले समेत आफूमाथि अभद्र गाली गरिएको भन्दै स्क्रिन सट सहित सामाजिक सञ्जालमा एक पोस्ट गरेकी थिइन् । टिकटकर तथा मोडल प्रिन्सी–प्रिज्मा खतिवडाले पनि आफूविरुद्ध आएको अमर्यादित कमेन्ट गर्नेको फेसबुक आइडी सेयर गरेका थिए।
व्यक्तिगत र व्यावसायिक जीवनमै असर गर्ने गरी, मानसिक स्वास्थ्यमै असर गर्ने गरी तुच्छ शब्दहरू प्रयोग गरेर गरिएको कमेन्ट, म्यासेजविरुद्ध पछिल्लो समय कलाकारहरूले सामाजिक सञ्जालबाटै आक्रामक तवरले प्रतिक्रिया दिन थालेका छन् । योबाहेक भरपर्दो अन्य समाधानको बाटो केही नभएपछि सञ्जालबाटै बोल्न बाध्य हुनु परेको कलाकारहरूले बताउने गरेका छन् ।
काठमाडौं । ‘गैँडा’ उपनामले परिचित कलाकार निर्मल शर्माले आजभन्दा दुई महिना अगाडी अभिनेता विपिन कार्की मुख्य भूमिकामा रहेको एक चलचित्रमा काम गरेका थिए । चलचित्र गर्नुपूर्व उनले पारिश्रमिकको लागि कागजी सम्झौता गरे ।
३४ प्रतिशत पारिश्रमिक लिएपछि चलचित्रमा उनको काम सुरु भयो । रिलिजपूर्व यो चलचित्रको खुबै चर्चा थियो । बक्स अफिसमा तहल्का पिट्ने अनुमानबीच उल्टो परिणाम आयो । चलचित्र फ्लप भयो।
ठूलो लगानीमा बनेको चलचित्र फ्लप भएपछि कलाकारले पाउनुपर्ने पारिश्रमिक रोकियो । चलचित्रबाट कमाएर बाँकी दिन सम्भव भएन । काम गरेको दुई महिना बढी बितिसक्दा पनि पारिश्रमिक नआएपछि निर्मलले आफूले पाउनुपर्ने ६६ प्रतिशत पारिश्रमिक नलिने घोषणा गरेका छन् । उनले आज आफ्नो सामाजिक संजालमा एक स्टाट्स लेख्दै सो घोषणा गरेका हुन् ।
उनले आफ्नो स्टाटसमा चलचित्रको नाम खुलाएका छैनन् । हामीले फोन गरे बुझ्न खोज्दा पनि नाम खुलाउन पनि चाहेनन् । तर उनको संकेत बुझ्दा त्यो चलचित्र हो, गत वर्ष चैत २९ मा रिलिज भएको ‘कर्मा’, जहाँ विपिनलाई एक्सन अवतारमा उतारिएको छ । विपिनको एक्सन अवतार हेर्न उनका फ्यान र शुभचिन्तकहरु हलमा उर्लिने निर्माण टिमको अपेक्षा थियो । तर उनको एक्सनले दर्शक तान्न सकेन ।
निर्मलले शो चलचित्रमा आफूले कति पारिश्रमिकको सम्झौता गरेको भन्नेसमेत खुलाउन चाहेनन् ।
उनले भने, ‘मैले पारिश्रमिक नलिने भनेर आफ्नो इच्छाले भनेको हो । बाँकी कुन र कति भन्नेबारे म खुलाउन चाहन्नँ ।’
पारिश्रमिक नपाउने निश्चित देखेपछि ‘स्टन्ट’ गर्नुभएको त होइन भन्ने प्रश्नमा उनी भन्छन्, ‘त्यस्तो हैन, मसँग सम्झौता गरेको कागज अहिले पनि छ । मैले अहिले पनि पारिश्रमिक माग्न पाउँछु । तर चलचित्र बनाउँदा उहाँहरुले गरेको दुख र रिलिजपछि चलचित्रले पाएको नपत्याउँदो असफलता देखेर मैले आफै पाउनुपर्ने पारिश्रमिक त्यागेको हो ।’
त्यसो त अहिले रिलिजमा आएका अधिकांस फिल्म फ्लप नै छन् । थोरै चलचित्रले मात्रै लगानी उठाइरहेको अवस्था छ । यस्तोमा आफूले पाउने पारिश्रमिक नै त्यागेर कलाकारले कसरी जीवन धान्न सक्लान् भन्ने प्रश्न उठ्छ ।
यस विषयमा निर्मल भन्छन्, ‘सबैले त्याग्नुपर्छ भन्ने हैन, मैले उहाँहरुको अवस्था र दुख देखेर यो निर्णय लिएको हो । अरुले पनि यही गर्नुपर्छ भन्ने छैन ।’
यसअघि पनि निर्मलले अभिनय गरेका थुप्रै चलचित्रहरु फ्लप नभएका हैनन् । तर उनले पारिश्रमिक नै त्याग्ने घोषणा गरेका थिएनन् ।
उनी भन्छन्, ‘म यो क्षेत्रमा लागेको २६ वर्ष भयो । म आफैं पनि निर्माता भएका कारण उहाँहरुको समस्या बुझ्न सक्छु । एक त म धेरै चलचित्र पनि गर्दिनँ । निर्माता भएका कारण उहाँहरुको समस्या मेरो मनमा प¥यो । भगवानले खान–लाउन पुग्ने दिनु नै भएको छ, यो एउटाको पारिश्रमिक त्याग्दा केही फरक पर्दैन भनेर मात्र हो । बाँकी अरु केही हैन ।’
पछिल्लो समय कलाकारको पारिश्रमिक चुलिएको छ । चलेका ‘स्टार’ ले एउटै चलचित्रबाट ५०–६० लाख लिएको समाचारहरु आइरहेका छन् । जबकि ती चलचित्रले कहिलेकाहीँ उनीहरुले लिएको पारिश्रमिक बराबर पनि ग्रस कलेक्सन गर्दैनन् ।
निर्मललाई भने बाहिर समाचारमा आएकै बमोजिम पारिश्रमिक कलाकारले लिएकोमा शंका छ ।
उनी भन्छन्, ‘चर्चा त जे पनि हुन्छ । तपाई–हामीले कागजमा देखेका छौ र ? भन्न त यहाँ १ करोड नै भन्दा पनि भयो । तर त्यसको पुष्टि खै ? यी सबै मार्केटिङ स्ट्रेटेजीहरु हुन् । जबसम्म आँखाले देखिदैन, तबसम्म केही भन्न सकिदैन । यो बारेमा मलाई थाहा भएन ।’
अहिले अधिकांस फिल्म फ्लप हुँदा पनि फिल्म निर्माणको संख्या भने घटेको छैन । जति नै निर्माता डुबेपनि चलचित्र बन्ने र बनाउने क्रम जारी नै छ । आखिर किन निर्माताहरु यसरी सिनेमामा आँखा चिम्लेर पैसा खन्इाइरहेका होलान् ?
यसबारे निर्मल भन्छन्, ‘यसका पनि धेरै कारणहरु छन् । कोही ग्ल्यामरको लोभले चलचित्र बनाउन आउँछन् । कोहीलाई चलचित्र क्षेत्रको डार्क साइडबारे थाहै हुँदैन । कोही अध्ययन नै नगरी आउँछन् । कतिलाई चलचित्र बनाउन आउँछ तर मार्केटिङ गर्न जान्दैनन् । त्यसैले जबसम्म यो क्षेत्रको डार्क साइड नबुजी, राम्ररी अध्ययन नगरी र ग्ल्यामरको लोभले मात्र निर्माताहरु चलचित्र बनाउन होमिन्छन्, तबसम्म फ्लप हुने प्रकिया चलिरहन्छ ।’
काठमाडौं । आफू अभिनित चलचित्र फ्लप भएपछि अभिनेता निर्मल शर्माले आफूले लिनुपर्ने ६६ प्रतिशत पारिश्रमिक त्याग्ने घोषणा गरेका छन् । आफ्नो सामाजिक संजालमा एक स्टाट्स लेख्दै गैंडा उपनामले परिचित निर्मल शर्माले सो घोषणा गरेका हुन् ।
उनले लेखेका छन्, ‘म कलाकारिता रुचाउने सामान्य कलाकार, चलचित्र क्षेत्रप्रतिको अगाध प्रेम र निर्माता पहिले सुरक्षित हुनुपर्छ अनि मात्र यो क्षेत्र चलायमान हुन्छ भन्ने मान्यता राख्छु । मैले कुनै महान काम त गरेको हैन तर हालसालै पदर्शन भएको आफूले पनि खेलेको चलचित्रले नसोचेको असफलता पाएपछि निर्माताको ज्यादै माया लाग्यो । सम्झौता पत्र हातमै छ । लिन बाँकी ६६ प्रतिशत पारिश्रमिक नलिने निर्णय गरेँ । मनले मानेन । सेभ प्रड्युसर्स फस्ट ।’
निर्मलले लामो समयदेखि पहिला निर्मातालाई जोगाउनुपर्छ भन्ने धारणा आफ्नो सामाजिक संजालमा राख्दै आएका छन् । निर्माता जोगिएमात्र फिल्म उद्योग सुरक्षित हुने उनको भनाइ छ ।
उनको यो पोस्टमा निर्माता तथा अभिनेता दीपकराज गिरी, निर्माता रोहित अधिकारी, निर्देशक दीपेन्द्र लामा लगायतले समर्थन जनाएका छन् ।
उनको यो घोषणामा सर्मथन जनाउँदै दिपकले लेखेका छन्, ‘एकदम राम्रो हो । तर यतिका फिल्म असफल हूदॉ त बर्षको १५० फिल्म बन्दैछ, त्यो माथि कलाकारले असफल फिल्मको पैसा यसरी नै फिर्ता दिने हो भने त बर्षको ३०० वटा फिल्म बन्ला नि फेरि ।’
पछिल्लो समय धमाधम कलाकारले एउटै चलचित्रबाट ५० लाख माथि पारिश्रमिक लिने गरेको चर्चा छ । चलचित्रले सोचेजस्तो व्यापार नगरेपनि कलाकारले पारिश्रमिक बढाएर लिने गरेको चर्चाबिच निर्मलले यस्तो स्टाट्स लेख्दै पारिश्रमिक नलिने घोषणा गरेका हुन् ।
काठमाडौं । हिजोदेखि गायिकाद्वय एलिना चौहान र समीक्षा अधिकारीले सामाजिक सञ्जालमा अभद्र टिप्पणी गर्ने प्रयोगकर्ताहरूको प्रोफाइल नै सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेका छन् । उनीहरूले आफ्नो आत्मसम्मानमा ठेस पुर्याउने तथा अभद्र र छुद्र शब्दहरू प्रयोग गरेर कमेन्ट गर्ने प्रयोगकर्ताहरूलाई सामाजिक सञ्जालबाटै सार्वजनिक गरेका हुन् ।
उनीहरूले अपाच्य शब्द प्रयोग गरेर निजी जीवनमै असर गर्ने गरी कमेन्ट गर्ने, म्यासेज गर्ने प्रयोगकर्ताहरूलाई धमाधम सार्वजनिक गरिरहेका छन् । असहिष्णु र अभद्र व्यवहार गर्नेहरूलाई सञ्जालबाटै खुलेआम सार्वजनिक गरिदिएपछि कतिपय प्रयोगकर्ताले चौहान र अधिकारीसँग माफी समेत मागेका छन् । आफूले सार्वजनिक गरेपछि माफी मागेको समेत उनीहरूले सामाजिक सञ्जालबाटै जानकारी गराएका छन् ।
हिजो मात्रै चौहानले फेसबुकमा लेखेकी थिइन्, ‘कमेन्टको अत्याचार धेरै भयो । अब पालैपालो पोस्ट गर्छु ।’
साथै एक भिडियो सन्देशमार्फत सञ्जालमा आएर नकारात्मक प्रतिक्रियाहरूलाई अब सहेर नबस्ने समेत बताएकी थिइन् । थप कानुनी उपचारको लागि जाने समेत बताएकी थिइन् ।
यसअघि अभिनेत्री ऋचा शर्माले समेत आफूमाथि अभद्र गाली गरिएको भन्दै स्क्रिनसट सहित सामाजिक सञ्जालमा एक पोस्ट गरेकी थिइन् । टिकटकर तथा मोडल प्रिन्सी–प्रिज्मा खतिवडाले पनि आफूविरुद्ध आएको अमर्यादित कमेन्ट गर्नेको फेसबुक आइडी सेयर गरेका थिए।
व्यक्तिगत र व्यावसायिक जीवनमै असर गर्ने गरी, मानसिक स्वास्थ्यमै असर गर्ने गरी तुच्छ शब्दहरू प्रयोग गरेर गरिएको कमेन्ट, म्यासेजविरुद्ध पछिल्लो समय कलाकारहरूले सामाजिक सञ्जालबाटै आक्रामक तवरले प्रतिक्रिया दिन थालेका छन् । योबाहेक भरपर्दो अन्य समाधानको बाटो केही नभएपछि सञ्जालबाटै बोल्न बाध्य हुनु परेको कलाकारहरूले बताउने गरेका छन् ।
काठमाडौं । कमेडी नाइट्स विथ च्याम्पियन्सको पछिल्लो एपिसोडमा पूर्वराजा ज्ञानेन्द्र शाहको क्यारिकेचर गरेका कलाकार प्रभात लामाले आफूलाई धम्की आएको गुनासो गरेका छन् । सो एपिसोड प्रशारणपछि पूर्वराजाका समर्थकले फोन गरेरै धम्की दिएको उनको भनाइ छ ।
लामाले फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन्, ‘कमेडी नाइट विथ च्याम्पियन’ को पछिल्लो अंकमा मैले पुर्व राजा ज्ञानेन्द्रको क्यारिकेचर पछि केही साथिहरु रिसाएर म्यासेज फोन गरिराख्नु भएको छ । म हालको गणतान्त्रीक मुलुकको स्वतन्त्र नागरिकको हैसियतले महामहिम राष्ट्रपति र सम्माननीय प्रधनमन्त्रीज्यूको पनि गलत कार्यको व्यंग्य र प्रश्न उठाउने अधिकार राख्न सक्छु भने पूर्वराजाको क्यारिकेचर गर्दा गलत के भयो ? तपाईंको राजा नआउदै यस्तो रवाफ देखाउनु हुन्छ भने साँच्चै राजा आएको दिन के गर्नु हुन्छ ? मलाई मेरो काम गर्न दिनुस् तपाई तपाईको राजा ल्याउदै गर्नुस् ।’
यस विषयमा लामासँग हामीले थप बुझ्न खोज्दा उनले भने, ‘आज बिहानै फोन आयो । फोनमा ‘हाम्रो राजा भनेको विष्णु भगवानको अवतार हो, तैंले कसरी आँट गरिस्,’ भनेर मुख छाडेर गाली गर्नुभयो ।’
साथै ‘राजसंस्थालाई सम्मान गर्न सिक्’ भनेर समेत थर्काएको उनले बताए । लामाले भने, ‘मेरो राजसंस्थाप्रति कुनै दुश्मनी छैन । म राजनीति गर्नलाई कमेडीको स्टेजमा गएको पनि होइन । मैले कलाको सम्मान गर्ने हो । अनेक परिस्थितिमा गणतन्त्रकै सन्दर्भमा पनि मैले व्यंग्यात्मक प्रस्तुति दिएको छु ।’
फोन कलको अलवा म्यासेजहरु टन्नै आइरहेको, कमेन्टहरुमा समेत आफूलाई गालीगलैज गरिरहेको उनले बताए । उनले भने, ‘गेस्टको रुपमा राजावादीहरु ज्ञानेन्द्र शाही, खुश्बु ओली र स्वागत नेपाल आउनुभएपछि पूर्वराजाको क्यारिकेचर गरेको थिएँ । कमेडीमा लुक्सले पनि महत्व त राख्छ, तर लुक्सभन्दा मेजर कुरा विषयवस्तु हो । यही कारण पूर्वराजाको क्यारिकेचर गर्ने आँट गरेको थिएँ । मैले कलाकारको रुपमा क्यारिकेचर गरेको हुँ । मेरो जातलाई नै जोडेर गाली नगरिदिनुभएको भए हुन्थ्यो । ’
कमेडी नाइटस् विथ च्याम्पियनको १३ औं एपिसोडमा लामाले पूर्वराजाको क्यारिकेचर गरेका थिए । उनको प्रस्तुति औसत थियो । यसअघि उनले निर्वाह गरेको पूर्वमन्त्री अफताव आलमको पात्रले चर्चा र प्रशंसा पाएको थियो । त्यसको तुलनामा पूर्वराजाको क्यारिकेचर भने ‘ह्यूमरस’ हुन सकेन । यो एपिसोडका अन्य प्रस्तुतिहरु भने निकै मन पराइएका छन् ।
काठमाडौं । नेपालकै होचो ठाउँ झापाको कचनकवलदेखि सगरमाथाको चुचुरोसम्मको रोचक, साहसिक र ऐतिहासिक यात्रालाई समेटेर निर्माण गरिएको वृत्तचित्र ‘जिरो टु ८८४८’ को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार नयाँ बानेश्वरस्थित वान सिनेमाजमा ट्रेलर सार्वजनिक गरिएको हो ।
निरञ्जन पाण्डे र बलराम बुढाथोकीले संयुक्त रूपमा निर्देशन गरेको यस वृत्तचित्रको अवधारणा सञ्चारकर्मी प्रेम बानियाँको हो । यस वृत्तचित्रमा सगरमाथा चढ्न हिंडेकाहरुको कथा, संकल्प र बाटोमा उनीहरुले भोग्ने चुनौतीहरु देखाइएको छ ।
सञ्चारकर्मी प्रेम बानियाँले पहिलो यात्रीका रुपमा यात्रा थालेका थिए । त्यससँगै १८ पटक सगरमाथा आरोहण गरिसकेका टेण्डी शेर्पा, विश्व साइकल यात्री पुष्कर शाह, आरोही, तथा लेखक कोन्राड एन्कर, आङपासाङ शेर्पा लगायतको यात्रा यसमा समावेश छ ।
कचनकवलदेखि सुरु भएको यात्रा इलामको कन्याम, श्रीअन्तु, धनकुटाको नाम्जे, हिले बजार, भोजपुरको मुन्धुम ट्रेल, खोटाङको हलेसी हुँदै , ओखलढुंगा, सोलुखुम्बुको पातले, सल्लेरी, बुप्सा, थामडाँडाहुँदै सुर्के, फाक्दिङहुँदै मञ्जो, नाम्चे बजार, खुम्जुङ, त्याङ्बोचे, दिङ्बोचे, लोबुचे, गोरखक्षेपपछि कालापत्थर र बेसक्याम्प क्याम्पसम्म पुग्छ । त्यसपछि क्याम्प १, क्याम्प २, क्याम्प ३, क्याम्प ४ (साउथकोल), हिलारी स्टेप हुँदै शिखरमा पुगेर यात्रा सम्पन्न हुनेछ ।
‘यो केवल वृत्तचित्रमात्रै होइन । देश चिनाउने हाम्रो अठोट हो,’ पत्रकार प्रेम बानियाँले भने, ‘समुद्री सतहबाट ५८ मिटरमा रहेको कचनकवललाई खनेर समुद्री सतह बराबर बनाउन सकिन्छ र त्यहाँ एउटा गाउँ बसाल्न सकिन्छ, जहाँबाट सगरमाथासम्मको यात्रा गर्न सकिन्छ भन्ने अवधारणा हामीले यसमार्फत अघि सारेका छौं । नेपालका लागि यो इतिहासको एक गौरव क्षण हो र संसारकै लागि एउटा रोचक नयाँ अध्ययाको आरम्भ हो । यो अवधारणालाई पूरा गर्ने हाम्रो लक्ष्य छ ।’
‘मानिसको जीवन पनि जिरोबाट सुरु हुन्छ र बिस्तारै बाल्यकाल, किशोरावस्था, वयस्क हुँदै अघि बढ्छ । यो यात्रा मानव जीवनको एउटा यात्राको संकेत पनि हो ।’
झन्डै ५ सय १० किलोमिटर दूरीको पदयात्रा पूरा गर्न झन्डै ९० दिन लागेको पनि उनले बताए । निर्देशक निरञ्जन पाण्डेले देशका लागि केही गरौं भन्ने हुटहुटीले वृत्तचित्र निर्माणमा प्रेरित गरेको बताए । ‘हामी लामो समय नेपालको सिर्जनात्म क्षेत्रमा काम गरेर हाल अमेरिकामा बस्ने साथीहरुले देशका लागि मिलेर केही गरौं भनेर लामो समयदेखि सोचेका थियौं ।
त्यसक्रममा देशलाई चिनाउनेगरी यो अवधारणा अघि सार्न सफल भयौं । टेण्डी शेर्पा, पुस्कार शाहलगायत व्यक्तित्व हामीसँग जोडिनुभयो । अब यस वृत्तचित्रलाई अमेरिकाका सबै राज्यमा लगेर देखाउने, त्यसपछि युरोप र अस्टे«लिया तथा एशियाका अन्य देशमा देखाएर नेपालका हलहरुमा सार्वजनिक गर्ने हाम्रो सोच छ ।
यसलाई हामीले देश चिनाउने माध्यमका रुपमा सोचेका छौं । विश्वमा कहीँ संभवन नभएको एक मात्र जिरो टु ८८४८ को अवधारणा ल्याउन सफल भएका छौं । यस पदमार्गलई विकास गर्न सके हाम्रो देशको पर्यटन फस्टाउनेछ र देशलाई विश्वभर चिनाउन सकिनेछ र समृद्धीको एउटा आधार खडा हुनेछ,’ उनले भने ।
जलवायु परिवर्तन अध्ययनका लागि पनि यस गन्तव्य विशिष्ट हुने उनले बताए । त्यस्तै भूगर्भ पर्यटनको अध्ययन केन्द्र समेत बन्नसक्ने धारणा राखे ।
वृत्तचित्रलाई निर्देशकद्वय निरन्जन पाण्डे र बलराम बुढाथोकीले मिलेर सम्पादन तथा छायाँकन गरेका हुन् । श्री वाग्ले कार्यकारी निर्माता रहेको वृत्तचित्रमा उमंग शाही सहायक छाँयाकार छन् । त्यस्तै प्रोडक्सन टिममा कपिलशरण वाग्ले, राजेन्द्र पाण्डे, लक्ष्मण पराजुली र जयनारायण शाह छन् । वृत्तचित्रमा समावेश सगरमाथा शिखरका दृश्य सुजन गुरुङ र दोजी शेर्पाले छायाँकन गरेका हुन् । उनीहरु दुबै यसका लागि शिखरमा पुगेका थिए ।
काठमाडौं । पछिल्लो समयको सर्वाधिक चर्चामा रहेको कमेडी शो ‘कमेडी दरबार’मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र नेकपा एमाले केन्द्रीय सदस्य कोमल ओली एकसाथ पाहुनाको रुपमा पुगेका छन् ।
आज मङ्गलबार ’कमेडी दरबार’को सुट भएको थियो ।
जहाँ राजेन्द्र लिङ्देन र कोमल ओलीलाई एकै साथ देख्दा उपस्थित दर्शकहरुले पनि निकै मनोरञ्जन लिएका थिए । पछिल्लो समय राप्रपाले गर्दै आएको राजावादी आन्दोलन सँगसँगै कोमल ओली राप्रपाबाट एमालेमा प्रवेश भएसँगैका विषयहरु एपिसोडमा रमाइलो ढङ्गबाट प्रस्तुत गरिएको छ ।
पछिल्लो समयको लोकप्रिय शोमा आफू पाहुना भएर आउन पाउँदा खुसी लागेको राजेन्द्र लिंगदेनले बताएका छन् । साथै उनले नेताहरुलाई रमाइलो ढंगबाट गरेको व्यङ्ग्य संगै कलाकारहरूको प्रस्तुति उत्कृष्ट लागेको बताए ।
कलाकार तथा नेत्री कोमल ओलीले ‘कमेडी दरबार’ पहिलेदेखि नै हेर्दै आएको र आज आफूमाथि नै व्यङ्ग्य भएको देख्दा अझ आफूलाई रमाइलो लागेको बताइन् ।
आजको एपिसोडमा सुन्दर खनाल पूर्व राजा ज्ञानेन्द्र शाह बनेर प्रस्तुत भएका छन् भने कमेडियन खबपु चञ्चल मगर राजेन्द्र लिङ्देनको अवतारमा पुगेका छन्। यसैगरी पवन खतिवडा म्याकुरी कोमल ओली बनेर पुगेका छन् ।
श्रद्धा प्रसाईले निर्देशन गर्दै आएको सो बिक्कि अगरवाल र सजिना खनालले होस्ट गरिरहेका छन्।
शोमा उत्सब सापकोटा, हिमेश पन्त, पवन खतिवडा, सुजिता श्रेष्ठ, सुन्दर खनाल, बिटी कान्छा, विकाश अर्याल, सरोज भन्डारी, पवित्रा शाकी (मिस पबी), पवन खतिवडा (म्याकुरी) ले प्रस्तुती दिंदै आएका छन्। यस पटकको भागमा ऋितिज केसी र खबपु मगर गेष्ट कमेडीयनको रुपमा थिए। शोको विकाश अर्याल र सरोज भन्डारी स्किष्ट राइटर हुन् ।
शोमा महाराजाको रूपमा मनोज गजुरेल र महारानीको रूपमा गौरी मल्ल रहँदै आएका छन् । अहिले केहि भागका लागी चलचित्र निर्देशक प्रदीप भट्टराई महाराजाको रूपमा छन् ।
सो आगामी शुक्रबार प्राइम टेलिभिजन र ओएसआर रियालिटी युट्युबमार्फत प्रसारण हुनेछ ।
काठमाडौँ । ‘जात्रा’ शृङ्खलामार्फत स्थापित भएको ब्यानर षट्कोण आट्र्सले निर्माण गर्ने नयाँ फिल्म ‘लालीबजार’ मा अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गर्ने भएकी छिन् ।
‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ निर्माण गरेर दर्शक र प्रदर्शकको विश्वास जितिसकेको उक्त ब्यानरले आज अभिनेत्री खड्का फिचर्ड पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति आगामी फागुन १ गतेलाई तय गरेको छ ।
सार्वजनिक पोस्टरमा अभिनेत्री खड्का भिन्न देखिएकी छिन् । गर्भवती महिला देखिएता पनि उनको शृङ्गार र हाउभाउले फरक चित्रण गरेको छ ।
अर्थात् उनको शारीरिक अवस्था र उनको चाहना पोस्टरमा भिन्न देखाइएको छ । यम थापाको लेखन तथा निर्देशनमा तयार हुने ‘लालीबजार’ लाई रवीन्द्रसिंह बानियाँ र म्याक्स दीपेस खत्रीले निर्माण गर्दैछन् भने यसका कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् ।
अभिनेत्री खड्काले फिल्मको कथावस्तु र निर्माण टिमको कारणले आफू नयाँ फरक रूपमा प्रस्तुत हुन् तयार भएको बताइन ।
उनले भनिन्, ‘मेरा अघिल्ला फिल्म भन्दा यसमा भिन्न स्वस्तिमा दर्शकले देख्नुहुनेछ । सार्वजनिक गरिएको पोस्टरले पनि धेरै कुरा भनिरहेको छ, म यो पात्रलाई जीवन्त बनाउन निकै उत्साहित छु ।’
निर्माता बानियाँका अनुसार षट्कोण आट्र्सले स्क्रीप्ट खोजीकै क्रममा निर्देशक थापासँग सहकार्यको सुरुआत गरेको हो ।
उनले भने, ‘हामी अन्य लेखक तथा निर्देशकसँग सहकार्य गर्न छलफलमा थियौँ । राम्रो कथा दर्शकसम्म जानबाट वञ्चित नहोस् भनेर हामीले केही लेखक तथा निर्देशकसँग सहकार्यका लागि छलफल गरेका थियौँ । सोही क्रममा निर्देशक थापाले पठाउनु भएको स्क्रीप्टले हामीलाई आकर्षित गर्यो । उहाँले स्क्रीप्ट लिएर काम गर्नुस् भन्नुभएको थियो तर हामीले नै निर्देशन गर्न आग्रह गर्यौँ ।’
निर्देशक थापा पनि आफ्नो करिअरलाई ‘लालीबजार’ ले नयाँ उचाइ दिनेमा विश्वस्त छन् । निर्देशनमा केही समय विश्राम लिएका निर्देशक थापाले यसपटकको कार्यशैलीले आफ्नो कामलाई झनै परिपक्व बनाएको बताए ।
उनले भने,‘मेरो एक भेटमा निर्देशक भट्टराईसँग काम गर्ने विषयमा छलफल भएको थियो । सोही क्रममा म षट्कोण आट्र्समा आइपुगेको हु, यहाँ आएपछि मसँग भएको एउटा आइडिया सेयर गरें । उहाँहरूलाई मन परेपछि हामीले काम अगाडि बढाएका हौँ, निर्देशनको जिम्मेवारी पनि मलाई नै दिनुभएको छ । यो मेरा लागि अवसर र चुनौती दुवै हो ।’
उनले फिल्मका अन्य कलाकार र विषयवस्तुका बारेमा क्रमशः जानकारी दिदै जाने बताउनुभयो । सार्वजनिक गरिएको पोस्टरमा केशव पाण्डेको फोटोग्राफी रहेको छ भने रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट) ले पोस्टर तयार पारेको हुन् ।
आगामी दसैँ लगत्तै छायाङ्कन गरिने ‘लालीबजार’ षट्कोण आट्र्स एकल निर्माता भएर निर्माण गरिरहेको पाँचौँ फिल्म हो । यसबाहेक ‘टल्कजङ्ग भर्सेस टुल्के’, ‘डाकिनी’, ‘सुपर मङ्क’ लगायतका फिल्ममा अन्य व्यानरसँग सहकार्य गरेको छ ।
काठमाडौं । एकै दिन अभिनेता अनमोल केसीको भागमा तनाव र खुसी आइलागेको छ । आजै मात्र अनमोल विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा पर्यो । अनि आज नै उनी ‘ए मेरो हजुर ५’ मा अनुबन्ध पनि भए ।
सबैभन्दा पहिला अनमोल विरुद्ध दायर भएको मुद्दाको कुरा गरौं । केगी दिनयता गत वर्ष जेठ १० मा प्रदर्शन भएको चलचित्र ‘फर्की फर्की’ को एक क्लिप भाइरल भइरहेछ ।
उक्त क्लिपमा अनमोल र अभिनेत्री जसिता गुरूङबीचको संवाद छ । उक्त संवादमा अनमोलले एउटा मोबाइल नम्बर दिन्छन् । उक्त नम्बर अस्तित्वमै छैन भन्ठानेर निर्देशक सुयोग गुरुङले चलचित्रमा राखेका थिए ।
तर उक्त नम्बर साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठको पर्यो । चलचित्र एमएसएम भिडियो प्ल्याटफर्ममा सार्वजनिक भएपछि उमेरले सात दशक हिर्काइसकेका श्रेष्ठको फोन तारन्तार बज्न थाल्यो । अनमोलको फोन भन्ठानेर उनलाई मध्यराति समेत फोन आउन थाल्यो ।
यस्तो फोनले आफ्नो मानसिक अवस्था र सामाजिक जीवनमै असर गरेपछि चलचित्रको टिमलाई गुहारे । निर्देशक सुयोगले नम्बर हटाउने आश्वासन पनि दिए । तर नहटाएको श्रेष्ठको गुनासो छ ।
यसपछि उनले चलचित्र विकास बोर्ड गुहारे । विकास बोर्डको अध्यक्ष अनमोलको पिता भुवन केसी नै थिए । तर उनले पनि गम्भीर रूपमा लिएनन् । यसपछि भने श्रेष्ठले काठमाडौं अदालत गुहारे ।
अदालतमा श्रेष्ठले अनमोल, निर्देशक सुयोग, निर्माता रोहित अधिकारी र चलचित्र जाँच पास समितिलाई विपक्षी बनाई रिट निवेदन दायर गरेका छन् । यस विषयमा निर्माता अधिकारीलाई बुझ्दा उनले चलचित्रबाट हटाइसकेको बताए ।
यद्यपि मुद्दा नै दायर भइसकेपछि यस मामलाको छिनोफानो अदालतबाटै हुनेछ । त्यसका लागि अभिनेता अनमोलले समेत अदालतको तारिख धाउनु पर्नेछ । निर्माण टिमको सानो गल्तीका कारण अदालत धाउनु परेपछि अनमोललाई तनाब हुने नै भयो ।
अदालतको तारिख धाउनुपर्ने तनावका बीच आजै अनमोललाई खुसी पनि मिलेको छ । उनी चलचित्र ‘ए मेरो हजुर ५’ मा अनुबन्ध भएका छन् । यस चलचित्रमा अनमोलले सुहाना थापासँग जोडी बाँध्नेछन् । ‘ए मेरो हजुर ४’ मा पनि अनमोलले सुहानासँग जोडी बाँधेका थिए ।
नयाँ चलचित्रमा अनुबन्ध भएपछि अनमोलले सामाजिक संजालमा एक स्टाटस लेख्दै लामो समयको विश्रामपश्चात् नयाँ अध्यायको सुरुवात गरेको बताएका छन् ।
उनले लेखेका छन्, ‘जेरी अन टप’, ‘बाटुलो जुन’ र ‘ए मेरो हजुर – ५’ मार्फत् नेपाली चलचित्र उधोगमा नयाँ जोशका साथ हजुरहरूमाझ उपस्थित हुन लागेको यो खुशीको कुरा सुनाउन पाउँदा म निकै उत्साहित र हर्षित छु ।’
साथै आजसम्मको यात्रामा साथ, सहयोग, माया, हौसला, प्रेरणा र सुभेच्छा दिने सबैप्रति कृतज्ञ भएको बताएका छन् । ‘जेरी अन टप’ चलचित्र ‘जेरी’को सिक्वेल हो भने ‘बाटुलो जून’ अनमोलको होम प्रोडक्सनको चलचित्र हो ।
काठमाडौं । बलिउड अभिनेता सलमान खानले आफू ट्राइजेकिनल न्युराल्जिया र ब्रेन एन्युरिज्म रोगबाट ग्रसित भएको बताएका छन् । नेटफ्लिक्समा प्रशारण हुने ‘द ग्रेट इण्डियन कपील शो’मा बोल्दै उनले यस्तो खुलसामा गरेका हुन् । यस्तो गम्भीर रोगबाट ग्रसित भए पनि आफू अहोरात्र काममा खटिरहेको समेत उनले बताए ।
उनले आफूलाई ट्राइजेकिनल न्युराल्जिया अर्थात् फेस नर्भ डिसअर्डर रोग लागेको बताए । यो यस्तो खालको रोग हो, जसले अनुहारको नशामा असह्य दुखाइ सृजना गर्छ । यस रोगबारे उनले भनेका छन्, ‘ट्राइजेकिनल न्युराल्जिया रोग मलाई थियो, यो रोग यति पीडादायक हुन्छ कि यसलाई सुसाइड डिजिज पनि भनिन्छ ।’
यो रोगको लक्षण भनेको अनुहारको एक भागमा करेन्ट लागे जस्तो पीडा हुनु हो । साथै बोल्दा, खाँदा र हाँस्दा पनि समस्या निम्त्याउँछ । कहिलेकाहीँ बिरामीलाई आत्महत्याको सोचसम्म सृजना गर्ने गर्छ ।
साथै ब्रेन एन्युरिज्म नामक अर्को रोगसँग लडिरहेको भए पनि काममा सक्रिय भइरहेको बताए । यो रोगले मस्तिष्कका रक्तनलीहरु फुटाइदिने वा सुकाइदिने गर्छ । यदि रक्तनली फुट्यो भने ब्रेन ह्यामरेज हुनसक्छ, जो एकदमै घातक कुरा हो ।
सलमानले आफू अहिले डाक्टरको नियमित निगरानीमा भएको समेत बताए । उनले थपे, ‘मलाई यी रोगहरु भए पनि म आफ्नो काम रोक्न सक्दिनँ । म अहिले फिल्म, फिटनेश र लाइफस्टाइल दुवैमा ध्यान दिइरहेको छु ।’
उनले थप भने, ‘म अहिले सुटिङको दौरान दैनिक हड्डीहरु भाँचिरहेको छु । मसल्सहरु फुटिरहेको छ । ट्राइजेमिनल न्युराल्जियासँग जुधिरहेको छु । मेरो मस्तिष्कमा एन्युरिज्म छ । यी सबै हुँदहुँदै पनि काम गरिरहेकै छु ।’
भिडियो सार्वजनिक भएपछि फ्यानहरुले सलमानमाथि शुभेच्छा प्रकट गरिरहेका छन् ।
गत मार्चमा उनको चलचित्र ‘सिकन्दर’ रिलिज भएको थियो, तर चलचित्रले अपेक्षित व्यापार गर्न सकेन । उनको अब ‘किक २’ र ‘टाइगर भर्सेज पठान’ चलचित्र प्रदर्शनमा आउँदैछन् ।
काठमाडौं । ‘दुश्मन हेरेको हेर्यै’ गीतले सय मिलियन (१० करोड) भ्युज प्राप्त गरेपछि गायक तथा मोडल दुर्गेश थापा खुसीले गदगद छन् । गीत युट्युबमा सार्वजनिक गरेको पाँच महिनामै सय मिलियनको दुर्लभ आँकडा पार गर्दै गर्दा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत बधाई दिएपछि डबल खुसी मिलेको थापाले बताए ।
उनले नेपाल प्रेसलाई भने, ‘देशको अभिभावक जस्तो सम्मानित व्यक्तिले त्यसरी मेरो सृजनालाई बधाइ दिनु धेरै खुसीको कुरा हो । उहाँको बधाईले हामीले गीत निर्माण गर्दाताका गरेको मिहेनतको कदर भएको छ । हुन त नेपाली दाजुभाइ दिदिबहिनीले १० करोडपटक हेरिदिनुभएर मलाई पहिल्यै पुरस्कृत गरिसक्नुभएको छ । यस्तो माहौलमा प्रधानमन्त्रीको समेत बधाई आउँदा को खुसी हुँदैन होला र !’
कुराकानीकै क्रममा थापाले प्रधानमन्त्री ओलीसँगको भेटको सन्दर्भ पनि सम्झिए । ओली र थापा काठमाडौंबाट जनकपुर जाँदा एउटै फ्लाइटमा परेका रहेछन् । साथै थापाले ओलीसँग फोटोसमेत खिचेका रहेछन् । उक्त भेट सम्झिँदै उनले भने, ‘त्यसबेला मैले फोटो पनि खिचेको थिएँ उहाँसँग । त्यो नै उहाँसँगको मेरो पहिलो हो ।’
अनि फेरि भेट्न मन छ कि छैन त ? भन्ने प्रश्नमा थापाले भने, ‘किन नहुनु ? देशको अभिभावकजस्तो मान्छेले बोलाउनुभयो भने भेट्नलाई म आतुर छु ।’
प्रधानमन्त्रीले थापालाई बधाई दिएपछि प्रधानमन्त्रीकै सांगीतिक चेतमाथि संजालमा प्रश्न तेर्स्याउनेहरु थुप्रो छन् । कतिपय संगीतकर्मीहरुले प्रधानमन्त्रीलाई नै उडाउँदै बग्रेल्ती स्टाटसहरु लेखिरहेका छन् । उनीहरुलाई के भन्नुहुन्छ त ? भन्ने प्रश्नमा थापाले थपे, ‘मन पराउने र माया गर्नेहरु त शुभचिन्तक नै भए । अब ममाथि आफ्नो कुण्ठा पोख्ने निन्दकहरुलाई त ‘दुश्मन छ धेरै, दुश्मन हेरेको हेर्यै’ भन्न चाहन्छु ।’
साथै प्रधानमन्त्री ओलीलाई सुभेच्छा पनि प्रकट गरे । ‘तपाईंको दुश्मनहरु पनि हेरेको हेरै होउन् ।’
प्रधानमन्त्री ओली कस्तो खालको नेता हो त ? भन्ने प्रश्नमा चाहिँ थापाले घुमाउरो उत्तर दिए, ‘देशमा पक्ष र विपक्षमा मान्छेहरु लाग्छन् । यो देशमा जसले राम्रो काम गर्छ, म त उसकै पक्षमा हो । उहाँ राम्रै नेता हो, मलाई मन पर्छ ।’
हामीले थप प्रश्न सोध्यौं, ‘अहिलेको सरकारले कस्तो काम गरिरहेको छ त ?’
थापाले छोटोमीठो जवाफ दिए, ‘समग्रमा राम्रो काम गरिरहेको छ ।’
हिजो साँझ प्रधानमन्त्री ओलीले सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै थापालाई बधाइ दिएका थिए । उनले लेखेका थिए, ‘आजको नयाँ पिढीले बेग्लै स्वादका गीतरसंगीतमा रुचि देखाउन थालेको ‘दुश्मन हेरेको हेर्र्य’ गीतको भ्युवरबाट थाहा हुँछ । सय मिलियन भ्युज पुगेको उपलक्षमा गीतका सर्जक दुगेश थापालाई बधाई ।’
थापाकै शब्द, संगीत रहेको यस गीतमा आनन्द कार्की, एलिना चौहान र समीक्षा अधिकारीको समेत स्वर छ भने म्युजिक भिडियोमा प्रियंका कार्की र कविता नेपालीले उनलाई साथ दिएका छन् ।
यसअघि ‘कुटुमा कुटु सुपारी दाना’, ‘साली मन पर्यो’, ‘रुकुम मैकोट’, ‘अरेली काँडैले’ जस्ता केही गीतहरुले सय मिलियनको दुर्लभ आँकडा पार गरेका छन् ।
काठमाडौं । गत वर्षको जेठ १० गते प्रदर्शनमा आएको चलचित्र ‘फर्की फर्की’ले अनुमतिविना आफ्नो असली नम्बर चलचित्रमा प्रयोग गरेको भन्दै साहित्यकार नरेन्द्रकुमार श्रेष्ठले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् । अनमोल केसी अभिनीत यस चलचित्रमा आफ्नो नम्बर अनुमतिबिना प्रयोग भएपछि श्रेष्ठले मुद्दा दायर गरेका हुन् ।
आफ्नो मोबाइल नम्बर दुरुपयोग गरिएको र एमएसएम ओटीटी प्ल्याटर्फममा पनि मोबाइल नम्बर नहटाइएकोले आफूलाई मानसिक र शारीरिक रुपमा नै हानी पुगेको भन्दै उनले मुद्दा दायर गरेका हुन् ।
चलचित्रको एउटा संवादमा अनमोलले अभिनेत्री जसितालाई नम्बर दिने क्रममा दिएको नम्बर श्रेष्ठको परेपछि उनी अदालतको ढोका ढकढकाउन पुगेका हुन् ।
यस विषयमा बुझ्न खोज्दा निर्माता रोहित अधिकारीले भने, ‘निर्देशकले कोसिस गर्दा यो नम्बरमा फोन लागेनछ । नम्बर डेड भइसकेको ठानेर चलचित्रमा प्रयोग गरेछ । पछि त्यो नम्बर उहाँ (श्रेष्ठ)को निस्कियो ।’
पछि नम्बर हटाए पछि एमएसएम भिडियोमा यही नम्बर नहटाएको फाइल गएपछि समस्या भएको अधिकारीले बताए । नम्बर हटाउनु भनेर चलचित्र विकास बोर्डले पनि पत्र काटेको अधिकारीले बताए । साथै साहित्यकार श्रेष्ठको घरमै गएर माफी समेत मागेको पनि उनले बताए । तर, सबै सल्टिसक्दा पनि किन मुद्दा दायर गर्नुभयो, आफू अचम्ममा परेको अधिकारीले बताए ।
अहिले एमएसएम भिडियोबाट पनि श्रेष्ठको नम्बर भएको फाइल नै उडाएर नयाँ फाइला राखिएको अधिकारीले बताए ।
श्रेष्ठले अभिनेता केसी, निर्देशक सुयोग गुरुङ, केन्द्रीय जाँच पास समिति, निर्माता अधिकारीलाई विपक्षी बनाएर रिट निवेदन दायर गरेका छन् ।
काठमाडौं । पछिल्लो समय पर्यटन प्रवर्द्धनमा युवाहरूको भूमिका उच्च रहेको छ । नेपालको कला, संस्कृति र पर्यटन प्रवर्द्धनलाई उजागर गर्ने लक्ष्य लिएर देशका ७० जिल्लामा पाइला राखिसकेका मिसन सिबिरिगोले हालै कास्कीको रमणीय पर्यटकीय क्षेत्र कोरिमा छायांकन गरिएको नयाँ म्युजिकल फिल्म ‘बतास जस्तै’ सार्वजनिक गरेका छन् ।
सिक्लेस गाउँ र कोरिका रमणीय दृश्यहरू समेटिएको यस भिडियोमा, अहिलेको पुस्ताले आफ्ना घर–परिवार र माटो छोडेर परदेसिनु परिरहेको पीडादायी यथार्थलाई प्रभावशाली ढंगले प्रस्तुत गरेका छन्।
कोटाङ्गमा जन्मिएका मिसन सिबिरिगो आफैमा एक कुशल भिडियोग्राफर हुँन्, नेपालको दूरदराजमा लुकेका कथाहरू, संस्कृति र सौन्दर्यलाई क्यामेरामा कैद गर्दै, सम्पूर्ण दर्शकमाझ पुर्याउने लक्ष्य लिएका बताउँछन्।
भिडियोमा कलाकार जुना गुरूङ, बाल कलाकार नियति गुरुङको अभिनय रहेको छ भने संवाद, अभिनय तथा अवधारणा स्वयं मिसन सिबिरिगोको रहेको छन्।
गीतमा गायिका सुनिता थेगिमको स्वर, मविन्द्र राईका शब्द तथा संगीत र अनिल के मानन्धरको निर्देशन रहेको छ।
काठमाडौं । गायक तथा मोडल दुर्गेश थापाको गीत ‘दुश्मन हेरेको हेर्यै’ले सय मिलियन (१० करोड) भ्युजको आँकडा छोएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बधाइ दिएका छन् । सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै थापालाई बधाइ दिएका हुन् ।
उनले लेखेका छन्, ‘आजको नयाँ पिढीले बेग्लै स्वादका गीतरसंगीतमा रुचि देखाउन थालेको ‘दुश्मन हेरेको हेर्र्य’ गीतको भ्युवरबाट थाहा हुँछ । सय मिलियन भ्युज पुगेको उपलक्षमा गीतका सर्जक दुगेशथापालाई बधाई ।’
थापाको गीतले पाँच महिनामै यस गीतले दश करोड भ्युजको आँकडा छोएको हो ।
गीतले दश करोडको आँकडा छोएपछि थापाले पनि सामाजिक संजालमा एक भावुक पोस्ट गर्दै आफू भावुक भएको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘म भावुक छु, अभिभूत छु । हजुरहरुले दिनुभएको मायाले हाम्रो सृजनाले असाध्यै ठूलो उचाइ चुम्न सफल भयो ।’
थापाकै शब्द, संगीत रहेको यस गीतमा आनन्द कार्की, एलिना चौहान र समीक्षा अधिकारीको समेत स्वर छ भने म्युजिक भिडियोमा प्रियंका कार्की र कविता नेपालीले उनलाई साथ दिएका छन् ।
यसअघि ‘कुटुमा कुटु सुपारी दाना’, ‘साली मन पर्यो’, ‘रुकुम मैकोट’, ‘अरेली काँडैले’ जस्ता केही गीतहरुले सय मिलियनको दुर्लभ आँकडा पार गरेका छन् ।
काठमाडौं । टेलिभिजन श्रृंखला ‘मेरी बास्सै’मार्फत ‘अप्सरा’ आमाबाट चर्चित अलाकार लक्ष्मी श्रेष्ठ स्तन क्यान्सरलगायत रोगका कारण थलिएकी छन् ।
गत दशैंदेखि बिरामी भएकी उनी नियमित चेकजाँच गर्दै अस्पताल-घर आउनेजाने गरिरहेकी थिइन् । पछिल्लो समय भने भक्तपुर क्यान्सर अस्पतालले फिर्ता पठाइदिएपछि कपन बालुवाखानीस्थिति घरमै थलिएकी छन् ।
घरमा छोरीले स्याहारसुसार गरिरहे पनि पछिल्लो समय खानासमेत खान छाडेको पारिवारिक स्रोतले जनाएको छ । पारिवारिक स्रोताका अनुसार अहिले श्रेष्ठले खाने गरेको नियमित औषधि पनि छुटाइसकेको बताइएको छ ।
उनले ‘मेरी बास्सै’मा सीताराम कट्टेल धुर्मुसले निर्वाह गरेको खड्काजी नामक पात्रको श्रीमतीको भूमिका निभाएकी थिइन् । मेरी बास्सै’का साथै उनले ‘जिरे खोर्सानी’, ‘कान्छी’ सहितका टेलिसिरियल, म्युजिक भिडियो र चलचित्रमा समेत अभिनय गरेकी छन् ।
उनलाई अहिले सँगै सहकार्य गरेका कलाकारहरुले घरमै गएर भेटिरहेका छन् ।
काठमाडौं । ‘प्रेमगीत ३’बाट अभिनेताको परिचय बनाएका मनिष राउत निर्देशनमा सिफ्ट भएका छन् । उक्त चलचित्रमा अभिनय गरेर चर्चामा आएका उनी ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरु’मा भने असोसियट निर्देशकको भूमिकामा छन् ।
अभिनयबाट करियर सुरु गरेका राउत निर्देशनतिर ढल्किनुको कारण बताउछन्, ‘निर्देशन पनि क्रिएटिभ काम नै हो । अभिनय त गरेँ, अब निर्देशनको काममा पनि विस्तारै अनुभव संगाल्दै जाउँ भन्ने हो । अभिनय र निर्देशन सँगैसँगै अगाडि बढाउँदा थप हसज हुन्छ कि भन्ने मेरो सोच हो ।’
उनले अगाडि भने, ‘म पूरै निर्देशक त होइन । तर, निर्देशकको कामको पनि अनुभव गरेको खण्डमा अभिनयलाई पनि सहयोग हुन्छ भन्ने लाग्छ ।’
मनिष चलचित्र पढेका अभिनेता हुन् । अभिनयबाटै करियर सुरु गरेका राउतले मन मिल्ने टिम र राम्रो कथा भएकाले फरक डिपार्टमेन्टमा काम गरेको प्रष्ट्याए । हरेक अभिनेताको चाह निर्देशन पनि हुने गरेको दृष्टान्त दिँदै उनी अभिनय र निर्देशनलाई सकेसम्म सँगै अगाडि बढाउन चाहेको बताए ।
भदौ ६ गते रिलिज हुने ‘जनै हराएको मान्छे स् सम्बन्धका धागाहरू’ अहिले पोस्टप्रोडक्सनमा छ । चलचित्रमा विजय बरालसँगै भोलाराज सापकोटा, केकी अधिकारी, मिरुना मगर, लगायत कलाकारको अभिनय रहेको छ ।
थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको चलचित्रमा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ । चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् ।
अलटाइम ब्लकबस्टर चलचित्र ‘पूर्णबहादुरको सारंगी’पछि विजय बरालको मुख्य भूमिकामा आउन लागेको यस वर्षको यो पहिलो चलचित्र हो ।
काठमाडौं । कलात्मक इन्टेरियर डिजाइनले सुसज्जित सहरको कुनै पनि कफीसपको एउटा कुनोतिर कुमार नगरकोटी भेटिन सक्ने सम्भावनालाई नकार्न सकिँदैन । जहाँ अगाडिको टेबलमा कफीको कप, एस्ट्रे र औंलामा सल्किरहेको मार्लबोरो च्यापिएको हुनसक्छ । गफ गर्नलाई साथीभाइ हुनसक्छन् । एक्लै पनि हुनसक्छन् वा कुनै नयाँ किताब पनि उनको साथमा साथीको रूपमा हुनसक्छ ।
प्रचण्ड गर्मीले चिट्चिट् पसिना निकालिरहेको छ भने पनि नगरकोटी कफीसपको एसी नजिक बस्दैनन् । हातमा सिग्रेट सल्काएर धुवाँको मुस्लो निकाल्ने ग्राहकहरूलाई कफीसपले बाहिर अलग्गै आरक्षणको व्यवस्था गरिदिएको हुन्छ । जहाँ बोनसमा सडकतिरको हल्लाखल्ला हुन्छ । अनि जाडोमा भए चिसो र गर्मीमा भए गर्मी नै सहनुपर्ने हुन्छ धूमपानका लतीहरूले ।
यी सबै (अ)सुविधाहरू सहन/भोग्न तयार भएर नगरकोटी कुनोतिर बस्छन् । साथीभाइ छन् भने संसारभरका निर्देशकका फिल्म छानीछनी फिल्मका गफमै मग्न हुन्छन् । सिनेम्याटोग्राफी, साउन्डहरूमाथि चर्चा गर्छन् । मनपसन्द पेन्टिङ, म्युजिकमाथि गफगाफ गर्छन् । यस्ता गफमा साहित्य चाहिँ छुट्नसक्छ । झनै नेपाली साहित्य, गुट-उपगुटका कथाव्यथा त वर्जित नै हुन्छ । बरु साबुनका प्रकार वा अगरबत्तीका बासना ‘टक अफ द टेबल’ हुनसक्छ । राम्रो आइसक्रिम पाइने ठाउँ वा मासुका प्रकारहरू छलफलको मुद्दा हुनसक्छ ।
नगरकोटी फिल्महरूमा बढी नै झुकाव राख्छन् । लगाव राख्छन् । उनमा फिल्मको गहिरो प्रभाव पनि छ । त्यसैले त भन्छन्, ‘म फिल्म मोन्स्टर हुँ, फिल्म–दैत्य । प्रायः दिनमा एउटा फिल्म हेरेकै हुन्छु । म सबैभन्दा पहिला फिल्मप्रेमी हुँ । साहित्य दोस्रो नम्बरमा आउँछ । म एक्सिडेन्टल लेखक हुँ । कसैले मलाई फिल्म र साहित्यमा के चुज गर्छस् भनेर सोधेमा फिल्म चुज गर्छु । फिल्म मेरो फस्ट लभ हो ।’
०००
पछिल्लो समय नगरकोटीका फिक्सनहरू डिजिटलाइज हुँदैछन् । आफ्नै सृजनाहरू आफ्नै स्वरमा लयबद्ध वाचनसहित नगरकोटी स्वयं डिजिटलाइज भइरहेका छन् ।
उनका छोटा कवितादेखि लामा लेखहरू कलात्मक भिडियो सेटिङका साथ बोनसमा पाश्र्व धुनसमेत थपेर टिकटक, इन्स्टाग्राम, यूट्युब, फेसबुक, स्पोटीफाइतिर अपलोड भइरहेका छन् । अलग्गै पोडकास्टको प्याकेजसमेत ल्याउने रणनीतिका साथ युद्धस्तरमा खटिरहेका छन् ।
बालकुमारीको साँघुरो डेरामा बसेर फिक्सन डिजाइन गर्ने नगरकोटी डिजिटलाइज हुँदै जानुको पछाडि एकै कारण बताउँछन्, ‘मलाई नयाँ चिजहरूप्रति एकदमै रुचि छ ।
‘म टेक्निकल एस्पेक्टतिर अशिक्षित मान्छे नै हो । म निरक्षर जस्तो हो’, नगरकोटी सुनाउँछन्, ‘नयाँ पुस्ता आइरहेको छ, नयाँनयाँ टर्महरू पनि आइरहेका छन् । यस्ता चिजहरूप्रति मेरो औधी लगाव छ । यही कारण म मेरो आफ्नै निरक्षरताविरुद्ध लडिरहेको छु ।’
नगरकोटीको छोरा गृष्मिलले भर्खरै एसईई दियो । हिजो नगरकोटीले तातेताते गराएको गृष्मिल उनीसितै बसेर डबल सट अमेरिकानो पिउने भइसके । नगरकोटी स्वयं पनि प्रहरी बुवाको पछिपछि लागेर हिँड्नेवेलामा जस्तो रहेनन् । चार दर्जन बढी क्यालेन्डर फटाइसके, हाफ सेन्चुरी (अफिसियल्ली ५०) हिर्काइसके ।
छोराको पुस्तासँग कसरी संवाद गर्ने त ? उनीहरूसित कसरी साथी बन्न सकिएला त ? उनीहरूले के सोच्छन् ? के खान्छन् ? के बोल्छन् ? यस्तै सवालहरूको घेराबन्दीमा छन् ।
मूलतः नगरकोटी नवीनतासँग औधी झुकाव राख्छन् ।
‘समयको एउटा चरित्र हुन्छ । हरेक समयले आफूसँगै एउटा व्यक्तित्व बोकेको हुन्छ । लङ टाइम अगो, त्यहाँ त्यो समयको चरित्र अर्कै थियो । हैन हैन, हाम्रो समयको चरित्र अर्कै थियो’, नगरकोटी गम्भीर बन्छन्, ‘अहिले टेक्नोलोजीले एकदुई वर्षमा हरेक चिजलाई सिफ्ट गरिरहेको छ । यस्तो समयमा म चाहिँ उतैतिर भएँ भने त मेरो औचित्य सकियो !’
नगरकोटीको यस्तै यस्तै सोचको उपज हो, अडियो/भिडियोहरू । पोडकास्टका खातिर आधा घण्टा, एक घण्टा चट्ट स्टुडियोमा बसेर उनी अडियो रेकर्ड गर्छन् । अपलोड गर्छन् । सुहाउँदिलो पाश्र्व धुन साथमै हुन्छ । अनि अपलोड गर्छन् ।
पोडकास्ट सुन्नेहरूले प्रतिक्रिया दिन्छन्, ‘गज्जब छ यो त !’
सुन्नेहरूको थप प्रतिक्रिया हुन्छ, ‘तपाईंलाई आवाजले पनि एकदमै साथ दिएको छ ।’
नगरकोटी बोल्छन्, ‘अहिलेसम्म जेजेमा रुचि लाग्छ, त्यही त्यही गरिरा’छु । पोडकास्ट पनि त्यसरी नै गरेँ । त्यसरी भिडियो पोयट्री बनाउन थालेँ ।’
डिजिटलाइज हुँदै गर्दा नगरकोटीले कविताहरू पनि भिडियो सुहाउँदो लेख्न थाले । पछिल्लो चरणका कवितालाई उनले नाम नै दिएका छन्- लयालु कविता । आनन्दले वाचन गर्न मिल्ने कविताहरू लेखिरहेका छन् । उनको आफ्नै विश्वास के छ भने सबै राम्रा कविता वाचनयोग्य हुँदैनन् ।
यस्ता साराका सारा गतिविधिको पछाडि एउटा चाहनाले डोर्याइरहेछ उनलाई, त्यो हो सान्दर्भिकताको लालच । त्यसैले त संक्षेपमा सुनाउँछन्, ‘जब तपाईं सान्दर्भिकता गुमाउन थाल्नुहुन्छ, अनि तपाईं मर्नुहुन्छ । हरेक आर्टिस्टको सन्दर्भमा यो लागू हुन्छ । प्यारा मनप्रिय पेन्टर, गायक, संगीतकारहरू ! तपाईंहरू कत्तिको सान्दर्भिक हुनुहुन्छ ? यदि हुनुहुन्न भने भइराख्नलाई तपार्ईंले के गर्ने हो त ? सोच्न जरुरी छ ।’
नगरकोटी आफूलाई ‘मदिरा डिभोर्सी’ करार गर्छन् । एक समय थियो, उनी पूर्णतया मदिराका प्यालाहरूमै डुबेर बस्थे । अहिले मदिराबाट माइलौं दूर छन् ।
नगरकोटीको दाबी छ- विश्वमा कस्तो साहित्य लेखिँदैछ, अपडेट छन् । नयाँ फिल्म मेकरहरूले कस्ता फिल्म बनाइरहेका छन्, अपडेट छन् । नयाँ पुस्ताले कस्तो कविता लेखिरहेछ, अपडेट छन् । कुमासागरलाई दर्शक/स्रोताले किन रुचाइरहेका छन्, अपडेट छन् ।
‘तपाईं यो समयसँग जोडिनुभएन भने तपाईं स्टकमा रहे जस्तो हुन्छ । एउटा टाइम लुपमा फसे जस्तो हुन्छ । यसबाट बाहिर आउन तपाईं नयाँ चिजहरूसँग जोडिनैपर्छ । म त आउटडेटेड हुन लागिसकेँ’, उनको निचोड छ, ‘जब नयाँ नयाँ चिजहरूप्रति तपाईंको लगाव हुन्छ, तपाईंले आफैंले आफैंलाई अपडेट गर्दै लैजानुहुन्छ । नयाँ चिज थाहा पाए जस्तो पनि हुने, रिफ्रेस पनि भइने ।’
नगरकोटी सारांश सुनाउँछन्, ‘हरेक सहरको आआफ्नै स्वाद हुन्छ, दृश्य हुन्छ । समयको पनि आफ्नै स्वाद हुन्छ । समयको आफ्नै धुकधुकी हुन्छ । एउटा संगीत हुन्छ । एउटा ध्वनि हुन्छ । आजभन्दा १० वर्ष अगाडिको सहरको ध्वनि र अहिलेको ध्वनिमा फरक छ । नयाँ समयसँगै हामीले हिँड्न जान्नुपर्छ । हामी जस्तो ड्रिमरलाई त त्यो झनै आवश्यक छ ।’
०००
नगरकोटीको लेखनले थरीथरीका पाठक पाएको छ । कोही पाठक मेमोयरका प्रशंसक छन् त कोही फिक्सनका । कोही नगरकोटीले निर्माण गर्ने काल्पनिकीका प्रशंसक छन् त कोही नगरकोटीले डिजाइन गर्ने वाक्यहरूको कोरियोग्राफीका । कोही नगरकोटीको ड्रेसअप र बोल्ने तौरतरिकाकै प्रशंसक छन् । हातका बाला, घाँटीका मालाहरूका प्रशंसक छन् ।
कुनै योजनाविना सनकमा बाँच्ने/लेख्ने नगरकोटीका प्रशंसक पनि त्यस्तै छन्, जस्तो उनी छन् । कुराकानीको क्रममा मैले जिज्ञासा राखेँ, ‘कस्ता कस्ता पाठकसँग इनकाउन्टर भएको छ त तपाईंको ?’
पाठकसँगका इन्काउन्टरहरू पनि तिलस्मी कथा जस्ता रैछन्, ठ्याक्कै पत्याइहाल्न गाह्रो हुने ! फिल्मको कहानी जस्तो अजीव अजीवका इन्काउन्टर रैछन्, विश्वास गरिहाल्न गाह्रो हुने !
पाठक भर्सेज नगरकोटी- १
‘एक दिन पिसाब फेर्नलाई पब्लिक ट्वाइलेट गएँ । ट्वाइलेटमा उभिएर लहरै पिसाब फेर्नुपर्ने हुन्छ । सुरुमा त मलाई देखेर मेरो पाठक झस्किन्छ । गेटअप नै त्यस्तै भएर होला’, नगरकोटी हाँस्दै सुनाउँछन्, ‘हातको इशाराले दाम्मी भन्छ अनि ‘कविता’ मात्रै भन्छ, अनि जान्छ ।’
पाठक भर्सेज नगरकोटी- २
प्रायः पठाओ चढिरहन्छन् । कतिपय पठाओ चालकले ‘लेखक हो तपाईं ?’ भनेर सोध्छन् । कतिपयले किताब पढेको बताउँछन् । एक पटक एक जनाले उनको लुक्स हेरेर सोधे, ‘तपाईं एक्टर पनि हो ?’
नगरकोटीले जवाफ दिए, ‘हजुर हो, फिल्म पनि खेलेको छु ।’
ती व्यक्तिले सोधे, ‘अनि राजेन्द्र खड्कीको हालखबर के छ त ?’
पाठक भर्सेज नगरकोटी- ३
‘एकपटक म बाटोमा हिँडिरहेको थिएँ । विपरीत दिशाबाट जिन्स लगाएको, कानमा हेडफोन लगाएको योङ केटा म नजिक आयो । मलाई हेर्यो । हातले हेडफोन छुँदै ‘सुनिरहेको छु’ भनेर गयो’, नगरकोटी हाँस्छन्, ‘त्यो केटाले मेरो पोडकास्ट सुनिरहेको रहेछ । आयो, सुनिरहेको छु भन्यो, गयो । मेरा पाठकहरू त्यस्ता अजीव अजीवका छन् ।’
पाठक भर्सेज नगरकोटी- ४
एक दिनको कुरा हो, फेब्रुअरी १४ को दिन थियो । भ्यालेन्टाइन डेको शुभसाइतमा नगरकोटीलाई एउटा म्यासेज आयो, ‘तपाईं खाली तान्त्रिक गल्ली भनेको छ, चप्पल पड्काएर, चुरोट तानेर हिँडेको छ, मर्निङ वाक भनेको छ । अब फिक्सन डिजाइनर माउन्ट एभरेस्टको बेसक्याम्पमा गएर मर्निङ वाक गर्छ ।’
नगरकोटीलाई म्यासेज रमाइलो लाग्यो । म्यासेज आएको नम्बरमा कल गरे । उताबाट जवाफ आयो, ‘हामी भोलि जाने हो । तपाईं ठ्याक्कै ७ बजे बालकुमारीको पुलमा तयार भएर बस्नुस् ।’
नगरकोटी सुनाउँछन्, ‘भोलि बालकुमारी पुलमा गएँ । गाडी आयो । एयरपोर्ट गइयो । गाडी त्यही राखेर हेलिकोप्टर रिजर्भ गरियो । एक जनाले एउटा खल्तीबाट एक लाख निकाल्यो । अर्कोले पनि त्यसै ग¥यो । अर्कोले पनि त्यसै ग¥यो । हेलिकोप्टरमा पाइलटले पर्खिरहेको रहेछ । हेलिकोप्टर चढियो । लुक्ला पुगियो । त्यहाँबाट १५ मिनेटमा बेसक्याम्प पुगियो ।’
नगरकोटी थप बोल्छन्, ‘मान्छेहरूलाई यस्तो घटना पत्याउन गाह्रो पर्छ । फिक्सन जस्तो लाग्छ । मेरो जीवनमा यस्तो भइरहन्छ ।’
०००
अस्ति भर्खरैमात्र नगरकोटी लोमान्थाङ पुगेर आए । प्रायः बालकुमारीको कोठाबाट बाहिर निस्कनुपर्ने प्रमुख काममध्ये एउटा काम हो, किताब किन्न । अर्को चाहिँ नयाँ नयाँ क्याफेतिर कफी पिउन निस्कन्छन् ।
नगरकोटी ठमेलको एक किताब पसलमा किताब किन्नलाई साढे ८ बजे तयार भए । जाम कम हुने भएकाले यो समय छनोट गरेका थिए । सोचे, ‘ठमेलमा किताब पसल १० बजे खुल्छ । ९ बजे पुगिहाल्छु म । काठमाडौं गेस्ट हाउसको गार्डेनमा बसेर कफी पिउँछु । एक जना साथीलाई पनि बोलाउँछु, गफगाफ पनि हुन्छ । धेरै भयो भटे नभएको पनि ।’
पठाओ बोलाउनुअघि बाल्यकालीन साथीलाई फोन गरे । साथीले आफू मुग्लिन पुगेको बतायो । अकस्मात् काम परेर मुस्ताङ जाँदै गरेको बतायो । नगरकोटीले भने, ‘मलाई पो अकस्मात् जस्तो भयो यो त ! मैले ठमेलमा कफी खाउँ भनेर फोन गरेको थिएँ ।’
‘अब मुस्ताङमा कफी खाने’ भन्दै ‘एकछिन ल’ भनेर फोन राख्यो । एकैछिनमा नगरकोटीको मोबाइलमा काठमाडौं-पोखराको प्लेनको टिकेट खस्यो । साथीले उनलाई फोन गरेर भने, ‘म पोखरा पुग्नु र तिमी पोखरा आइपुग्नु उस्ताउस्तै हुन्छ ।’
‘म हरेक चिज अकस्मात्, आकस्मिक बनाउने कोसिस गर्छु । टिकेट आएपछि मैले ठमेल नजाने निधो गरेँ । सावित्री (श्रीमती) हाँसेको हास्यै छे । तुरुन्तै कपडा तयार गरेँ । एयरपोर्ट गएँ’, नगरकोटी सुनाउँछन्, ‘साथीभन्दा म एक घण्टा अगाडि पोखरा पुगेँ । पोखराबाट उसकै गाडीमा मुस्ताङ गएँ । फर्कने वेला एउटा गजबको पिच बाटो देखेँ । यो बाटो कहाँ जाला भनेर सोधेँ । लोमान्थाङ जाने रैछ । हामी लोमान्थाङ हिँड्यौं ।’
नगरकोटी बताउँछन्, ‘आकस्मिक चिजहरू मुख इन्जोय गर्छु म । त्यस्ता चिजमा एक किसिमको क्युरोसिटी हुन्छ के !’
०००
नगरकोटीले भविष्यको योजना बनाएर कहिल्यै बाँचेनन्, बाँच्नेवाला पनि छैनन् । आकस्मिक चिजहरूप्रति उनको हदसम्मकै लगाव छ । मुडअनुसार चल्छन् । अगाडि जे आउँछ, एस्सेप्ट गर्छन्, हिँड्छन् । विवाहसमेत उनको आकस्मिकताको उपज हो ।
‘मैले बिहे गरेँ । बिहे गरिसकेपछि एउटा विन्दुमा पुगेपछि लाग्यो, यो लङ लास्ट होला जस्तो छैन । त्यसैले अब छुट्टिनु नै ठीक हुन्छ, ल हिँड, छुटौं भनेँ । सुटकेस बोकेर ऊ आफ्नो बाटो लागी, म आफ्नो बाटो लागेँ’, नगरकोटी सुनाउँछन्, ‘सावित्रा कार्कीसँग भेट भयो । बिहे गर्ने हो ? गरौं भन्ने भयो । कहिले गरौं ? आजै गरौं, अनि गरियो ।’
नगरकोटी कतै किताब पसलतिर पुग्छन् । नामै नसुनिएको नयाँ किताबको आकर्षक कभरमाथि उनको नजर पर्छ । भन्नेले त भन्छन्, डन्ट जज अ बुक बाइ इटस् कभर ! नगरकोटी भने ठीक उल्टा छन्, ‘समटाइम्स यु ह्याभ टु जज ।’ अनि किताब किन्दिन्छन्
…
उनका लेखनमा प्रायः तन्त्रमन्त्रका प्रसंग हुन्छन् । तान्त्रिक गल्लीका सन्दर्भ हुन्छन् ।
किन त ?
‘तन्त्रमन्त्र अनि अघोरीतिर डेडिकेटेडली लागेको त छैन । यत्ति हो, मलाई रहस्यमयी चिजमा गहन रुचि छ । रहस्यले मलाई एकदमै तानिरहन्छ’, उनी भन्छन्, ‘छ्यांग उज्यालोभन्दा केही रहस्य होस्, केही छायाँ होस् । यस्ता चिजहरूले आकर्षण गर्छ मलाई । यस्ता चिजले तपाईंलाई इम्याजिनेसन गर्ने सुविधा दिन्छ ।’
…
किताबबाट रोयल्टी आउँछ मासिक रूपमा । त्यही रोयल्टीले घर जेनतेन चलाएका छन् ।
अर्को महिनाको लागि आजै पैसाको जुगाड गर्नतिर समय खेर फाल्दैनन् । अर्को महिनाको अप्ठेरो त्यही महिना आएपछि सल्टाउँला भन्दै हिँड्छन् । ठूलो रहर पनि छैन । बैंक ब्यालेन्सको जुगाड पनि गरेका छैनन् । यो महिना आउँछ, सकिन्छ । अर्को महिना फेरि आउँछ, सकिन्छ ।
बाहिरफेर खासै खर्च पनि छैन । कफी पिउँछन्, सिग्रेट तान्छन् । ‘म घरदेखि बाहिर खासै निस्कन्नँ । आजकल त म झन्झन् एक्लैएक्लै हुँदै गइरहेको छु । मानिसहरूसँग मलाई त्यति रुचि हुन छाड्यो’, उनी भन्छन् ।
…
नगरकोटी आफूलाई ‘मदिरा डिभोर्सी’ करार गर्छन् । एक समय थियो, उनी पूर्णतया मदिराका प्यालाहरूमै डुबेर बस्थे । अहिले मदिराबाट माइलौं दूर छन् ।
नगरकोटीको आफ्नैखाले विश्वास छ, ‘मलाई के लाग्छ भने कुनै पनि चिजको एक्स्ट्रिममै जानुपर्छ । एक्स्ट्रिममा पुगेर नैतिकता, अनैतिकता सबै हटाऊ । कसैले प्रेम गर्छौ, एक्स्ट्रिममा पुगेर गर । यसपछि तिमी एउटा विन्दुमा पुग्छौ । यसपछि मात्रै त्यो चिजलाई सर्लक्कै छाडेर नयाँ यात्रामा निस्कन सक्छौ । कुनै चिजप्रति यति धेरै मुग्ध हुन सक्नुपर्छ कि अनिमात्रै त्यसबाट मुक्ति सम्भव छ ।’
काठमाडौं । दुर्गेश थापाको गीत ‘दुश्मन हेरेको हेर्यै’ले सय मिलियन भ्युजको दुर्लभ आँकडा छोएको छ । पाँच महिनामै यस गीतले दश करोड भ्युजको आँकडा छोएको हो ।
गीतले दश करोडको आँकडा छोएपछि दुर्गेशले सामाजिक संजालमा एक भावुक पोस्ट गर्दै आफू भावुक भएको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘म भावुक छु, अभिभूत छु । हजुरहरुले दिनुभएको मायाले हाम्रो सृजनाले असाध्यै ठूलो उचाइ चुम्न सफल भयो ।’
उनले उत्साहित हुँदै थप लेखेका छन्, ‘दुर्गेश थापा नाम होइन, ब्राण्ड हो ।’
थापाकै शब्द, संगीत रहेको यस गीतमा आनन्द कार्की, एलिना चौहान र समीक्षा अधिकारीको समेत स्वर छ भने म्युजिक भिडियोमा प्रियंका कार्की र कविता नेपालीले उनलाई साथ दिएका छन् ।
यसअघि ‘कुटुमा कुटु सुपारी दाना’, ‘साली मन पर्यो’, ‘रुकुम मैकोट’, ‘अरेली काँडैले’ जस्ता केही गीतहरुले सय मिलियनको दुर्लभ आँकडा पार गरेका छन् ।
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले चलचित्र निर्देशक सागर ढुंगेललाई सम्मान गरेका छन् ।
चौथो राष्ट्रिय थारु चलचित्र तथा सांस्कृतिक महोत्सवका अवसरमा सुनसरीको झुम्कामा आयोजित कार्यक्रममा निर्देशक ढुंगेललाई सम्मन गरिएको हो ।
उनले ३२ वर्ष अगाडि नेपाल टेलिभिजनबाट प्रशारित थारु भाषाको पहिलो टेलिशृङ्खला जित्त भुतको लेखन तथा निर्देशन गरेका थिए ।
थारु चलचित्र तथा सांस्कृतिक संघद्वारा उक्त महोत्सवको आयोजना गरिएको थियो । संघका अध्यक्ष थारू समुदायका अग्रणी कलाकार पर्शुराम चौधरी हुन् ।
सम्मानपछि निर्देशक ढुंगेलले आयोजक संस्था र अध्यक्ष चौधरीप्रति आभार व्यक्त गरे । उनले भने, ‘यो सम्मान जित्त भुतका सम्पूर्ण कलाकार तथा प्राविधिकको साझा सम्मान हो ।
काठमाडाैं। बलिउड अभिनेत्री काजोल आफ्नो नयाँ चलचित्र ‘माँ’को प्रचारका क्रममा दिएको अभिव्यक्तिका कारण विवादमा तानिएकी छन्। उनले संचारकर्मीसँगको संवादका क्रममा हैदरावादस्थित रामोजी फिल्म सिटीलाई ‘भूत घर’ भनेपछि विवादमा तानिएकी हुन् ।
उनले भनेकी थिइन्, ‘कहिलेकाहीँ कुनै कुनै ठाउँमा गएपछि अनौठो महसुस हुन्छ । मैले रामोजी फिल्म सिटीमा त्यही अनुभव गरेकी छु, जहाँ म रातभर सुत्न सकिनँ । अनि त्यहाँबाट छिटोभन्दा छिटो बाहिर निस्कनु नै ठिक लागेको थियो ।’
उनले अगाडि भनेकी थिइन्, ‘रामोजी फिल्म सिटीलाई संसारकै सबैभन्दा भुतिया स्थानहरुमध्ये एक मानिन्छ । यद्यपि म भाग्यमानी रहेँछु, मैले कुनै अप्रिय घटना व्यहोर्नु परेन ।’
काजोलले यस्तो अभिव्यक्ति दिएपछि हैदरावादबासीहरुले काजोलको विरोध गरिरहेका छन् । रामोजी फिल्म सिटीको गौरवमाथि नै आँच आउने गरी गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै काजोलको आलोचना गरिरहेका छन् । यस्तो खालको प्रचार सिर्फ सस्तो प्रचार शैली भएको भन्दै सामाजिक संजालमा समेत उनको आलोचना भइरहेको छ ।
यही जुन २७ बाट उनको चलचित्र ‘माँ’ प्रदर्शन हुँदैछ । तर, विवादित अभिव्यक्तिले चलचित्रको व्यापारलाई असर गर्ने भन्दै निर्माताहरु चिन्तित देखिएका छन् ।
काजोलले उल्लेख गरेको रामोजी फिल्म सिटी हैदरावादको बाहिर क्षेत्रमा अवस्थित छ । संसारकै सबैभन्दा ठूला फिल्म स्टुडियोमध्ये रामोजी पनि एक हो । झण्डै दुई हजार एकड क्षेत्रफलमा फैलिएको यो कम्प्लेक्स सन् १९९६ मा दिवंगत निर्माता तथा व्यवसायी रामोजी रावद्धारा स्थापना गरिएको थियो ।
काठमाडौं । चर्चित हाँस्य-कलाकार केदार प्रसाद घिमिरे (माग्ने बुढा) ले ६१ लाख पारिश्रमिक लिएर अहिलेसम्मकै महँगा कलाकार बनेका छन् । उनले चलचित्र ‘माग्ने राजा’ मा ६१ लाख पारिश्रमिक लिएका हुन् ।
माग्ने बुढा केही समय अघिदेखि नै आफ्नो पारिश्रमिकलाई लिएर चर्चामा थिए । ‘छक्का पन्जा’ को टिमबाट बाहिर काम गर्न थालेपछी उनले एउटै चलचित्रबाट ५० देखि ६० लाख पारिश्रमिक लिने गरेको कुरा समाचारको हेडलाइन नै बनेको थियो ।
यहीँ चर्चाबिच शुक्रबार ‘माग्ने राजा’ को पोस्टर सार्वजनिक कार्यक्रममा निर्माता मुनाल घिमिरेले माग्ने बुढाको पारिश्रमिक खुलाएका हुन् ।
कार्यक्रममा बोल्दै मुनालले भने, ‘हामीले केदारजीलाई ६१ लाख पारिश्रमिक दिएका हौं । ५१ लाख रुपैयाँ हामीले उहाँलाई दिइसकेका छौं । १० लाख हामीले उहाँलाई दिन बाँकी छ ।’
पारिश्रमिक महँगो लिएपछि केदारले कर तिरेका छन् या छैनन् भन्ने प्रश्न पनि कार्यक्रममा उठेको थियो। सो प्रश्नको उत्तर दिदै माग्ने बुढाले आफूले कर तिर्ने प्रतिक्रिया दिए। पारिश्रमिक पुरा आएपछि कर तिर्ने उनको भनाई थियो ।
‘राज्यको कर तिर्नुपर्छ । कर नतिरी देशले मलाई यस्तो गरेन उस्तो गरेन भन्न मिल्दैन। त्यसैले कर तिर्छु र तिर्नुपर्छ,’ उनले भने।
माग्नेबुढाको पारिश्रमिक खुलाएका निर्माता घिमिरेले बर्षाको भने पारिश्रमिक खुलाउन चाहेनन् । उनले बर्षाले मागे जति आफुले पारिश्रमिक दिएको बताउँदै कुरालाई टुंग्याए ।
काठमाडौं । एक लेखक, निर्देशक अनि आफैँमा एक अब्बल अभिनेता । अर्थात् खगेन्द्र लामिछाने ।
महादेवको इलाकामा हनुमानको सहारा लिएर सिक्का खोज्न बागमतीमा पस्ने पशुपतिप्रसाद खकुरेल होस् (पशुपतिप्रसाद) वा ‘बाउसापलाई दर्शन अरेस्’ भन्ने टुल्के (टलकजंग भर्सेस टुल्के) वा मेयरको गालामा ९ नम्बर चप्पलको ६ नम्बरी डाम बसाउने इन्द्रप्रसाद शर्मा (दिमाग खराब), खगेन्द्रले केही यादगार चरित्रमा प्राण भरेका छन् ।
फिल्म निर्माण र पटकथा लेखनमा व्यस्त खगेन्द्र साहित्यमा पनि उत्तिकै अब्बल छन् । साहित्यको बजारमा ‘फूलानी’, ‘पानीफोटो’, ‘खगेन्द्र लामिछानेका नाटक’ जस्ता पुस्तक सजाएका खगेन्द्र पछिल्लो समय भने लेखनमा भन्दा अभिनयमा बढी सक्रिय देखिन्छन् । अहिले उनी अभिनित चलचित्र ‘महाभोज’ हलमा लागिरहेको छ । सहकारी ठगी र सहकारी पीडितको कथामा आधारित यो चलचित्रमा खगेन्द्रले सशक्त भूमिका निर्वाह गरेका छन् ।
यही ‘महाभोज’ र उनको जीवनमा आधारित रहेर खगेन्द्रसँग गरिएको केही गम्भीर अनि केही रोचक कुराकानीः
– महाभोज कस्तो फिल्म हो र यसले तपाईँको करिअरमा कतिको महत्व राख्छ ?
हामी कुनै पनि विधामा चलचित्र वा साहित्य लेख्ने मान्छेले प्राय आफू वा अरुले भोगेको वर्तमान समयको मुद्धा उठाउने गर्छौं । इतिहास र भविष्यका कुरा त छँदैछ । हामीले महसुस गरेको र देखेको कुरालाई नै हामी चलचित्रको पर्दामार्फत भन्ने प्रयास गर्छौं । महाभोज पनि यस्तै एउटा हामीले सुन्दै आएको सहकारी ठगीको कथा हो ।
एउटा कलाकारको लागि हरेक चलचित्र महत्वपूर्ण हुन्छ । सबै चलचित्रको आ-आफ्नै विशेषता हुन्छन् । दिनेशजी अहिले नेपालको स्थापित निर्देशकमध्यको एक हुनुहुन्छ । उहाँसँग मेरो यो पहिलो सहकार्य हो । मलाई व्यक्तिगतरूपमा पनि उहाँसँग एकपटक काम गर्न र उहाँको काम गर्ने शैली हेर्न मन थियो । हेरेँ, काम गरेँ । सबै राम्रो भएको छ । हामी प्राय चलचित्रको व्यापारलाई हेरेर कलाकारको भविष्य निर्धारण गर्दिन्छौं । तर, मलाई त्यस्तो लाग्दैन । कहिलेकाँही चलचित्र राम्रो हुँदा पनि व्यापार साचेजस्तो हुँदैन । कहिले नसोचेको प्रगति हुन्छ । त्यसैले हरेक चलचित्रको आफ्नै महत्व छ ।
– तपाईं आफूलाई ‘महाभोज’ को ‘हिरो’ भन्न रुचाउनुहुन्छ ?
म कहिले पनि आफूलाई हिरो भन्दिनँ । हामी एउटा स्कुलिङबाट आएको मान्छे हो । हामीमात्र काम हेर्छौं । हामी आफूले आफूलाई आर्टिस्ट वा एक्टर भन्न रुचाउँछौं । त्यो बाहेकका हिरो, स्टार, सुपरस्टार, आदिजस्ता ट्याग हामीलाई आवश्यक पनि छैन र त्यतातिर हाम्रो ध्यान पनि जाँदैन । हामी एक्टर हौँ । हामीले हामीलाई दिइएको पात्रलाई इमान्दारिताका साथ निभाउने हो । त्यति हो ।
– यो चलचित्रमा निर्देशन दिनेश राउतले तपाईंलाई नै खोजिनुको कारण के हो जस्तो लाग्छ ?
यो प्रश्न दिनेशजीलाई नै सोध्नुपर्छ । हाम्रो यसबारे कहिले कुरा पनि भएन । मलाई सुरूमा यो चलचित्रको प्रस्ताव आउँदा नै मैले दिनेशजीलाई मेरो पात्रको बारे मलाई नभन्नुहोस, म पहिला आफैँ स्क्रिप्ट पढ्छु भनेको थिएँ । दिनेशजी ओके हुनुभएपछि पहिला पुरै स्क्रिप्ट पढेँ । कथा मलाई मन पर्यो । त्यसपछि चलचित्रको वर्कसपमा गएँ । वर्कसपमा गएपछि मात्र मैले दिनेशजीलाई मेरो क्यारेक्टरबारे सोधेको हो ।
तर, स्क्रिप्ट पढ्दै गर्दा नै मलाई मेरो क्यारेक्टर यो होला भन्ने लागिसकेको थियो । चलचित्रमा मलाई जुन पात्र दिइएको छ, त्यो सायद दिनेशजीले सोचेर नै दिनुभएको हो । मैले आफूले सकेको काम गरेको छु । सायद उहाँ मेरो कामले खुसी हुनुहुन्छ होला ।
-चलचित्रमा धेरै स्टारहरू छन्, उनीहरूबीच आफू कतै हराउँछु कि जस्तो लागेको थिएन ?
एक अभिनेताको हिसाबले मैले कहिले पनि यो विषयमा सोचिनँ । एउटा चलचित्रमा, कुनै पनि अनावश्यक पात्रलाई बढी समय दिन मिल्दैन । पात्रलाई त्यति नै समय दिने हो, जति उसको आवश्यकता छ । मेरो विचारमा चलचित्रमा कुनै पनि पात्र सानो-ठूलो, धेरैथोरै, मेरोभन्दा स्क्रिन टाइम उसको धेरै वा म कतै हराउँछु कि भन्ने हुँदैन । हामी थिएटरबाट आएका मान्छे हौँ । थिएटरमा हामी राजा-महाराजाको पछाडि भाला लिएर उभिने क्यारेक्टर समेत गर्थ्यौँ । हामीलाई थिएटरमा पात्र हैन, कथा प्रमुख हो र पात्र जे होस, त्यसलाई निष्ठापूर्ण निभाउनुपर्छ भन्ने सिकाइएको हुन्छ । त्यसैले हाम्रो दिमागमा यस्तो केही पनि आउँदैन ।
– चलचित्रमा तपाईं अन्जना बराइलीको जोडीको रूपमा हुनुहुन्छ । उहाँको अभिनय क्षमताबारे के भन्नुहुन्छ ?
अन्जनाको काम राम्रो छ । उनलाई मैले चलचित्र गर्नुअघि नै चिनेको हो । मेरो भाइहरूको प्रोडक्सनबाट तयार भएको एउटा म्युजिक भिडिओमा उनले काम गरेकी थिइन् । पछि उनले ‘महापुरुष’ बाट डेब्यु गरिन् । मैले त्यो चलचित्र हेरेँ । पछिल्लो समय उनले गरेको प्राय सबै चलचित्र मैले हेरेको छु । चलचित्रमा उनको ग्रोथ देखिएको छ । उनी विचार गरेर चलचित्र छान्छिन् । महाभोजको प्रिप्रोडक्सनको समयमा पनि उनलाई लागेको कुरा मज्जाले सोध्ने अनि हरेक कुरामा सक्रिय हुने गर्थिन् । यो उनको राम्रो विशेषता हो । राम्रो गर्दैछिन् र उनको अझै ग्रोथ हुन्छ भन्ने मलाई लागेको छ ।
– आर्यन सिग्देलसँगको सहकार्य कस्तो रह्यो ?
उसँग पनि राम्रो भयो । आर्यनसँग यो मेरो दोस्रो सहकार्य हो । दुईटा चलचित्र गर्दै हामी राम्रो साथीजस्तो भयौं । पहिला म थिएटर गर्दा, आर्यन सिनेमा क्षेत्रमा आइसकेको थियो । उसले कलिलै उमेरबाट सिनेमा सुरू गरेको हो । म उनको फिल्म हेर्न जान्थेँ पनि । अहिले सँगै काम गर्न जुर्यो । ऊ मान्छे अनुशासित छ । काममा प्रतिवद्ध अनि रमाइलो मान्छे छ । राम्रो छ ।
– दिनेश राउतको निर्देशनमा काम गर्न कतिको सहज भयो ? उहाँको निर्देशनको विशेषता के लाग्यो ?
उहाँको दुई-तीनवटा कुराले मलाई एकदमै प्रभावित पार्यो । कलाकार भएपछि हामीले निर्देशकलाई विश्वास गर्नुपर्ने हुन्छ । अहिलेसम्म उहाँसँग काम नगरेकाले, मलाई उहाँले कस्तो ढंगले काम गर्नुहुन्छ भन्ने थाहा थिएन । तर, हामी प्रिप्रोडक्सन र स्क्रिप्ट डिस्कसनको समयमा बस्दै मलाई केही कुराको छनक आयो ।
सेटमा गएपछि मलाई यो थाहा भयो कि उहाँ एकदमै शान्त तरिकाले काम गर्नु हँदोरहेछ । उहाँ कुनै पनि काममा हडबडाउनुहुन्न । कलाकारलाई स्पेस दिएर आनन्दले काम गर्नुहुन्छ । उहाँले आफूलाई चाहिएको कुरा कलाकारबाट जसरी पनि निकाल्नुहुन्छ । कलाकारले गल्ती गरेपनि मज्जाले टाईम दिएर ट्रयाकमा ल्याउने काम गर्नुहुन्छ । उहाँको जिन्दगीमा सिनेमा भन्दा अरु केही नै छैन । निर्देशनबाहेक अरुमा ध्यान जिरो हो उहाँको । यस्तै विशेषताका कारण काम गर्न पनि सहज भयो ।
– तपाईँ प्राय व्यवसायिकभन्दा यस्तै फरक खालका चलचित्रहरूमा देखिनुहुन्छ । यो संयोगमात्र हो कि तपाईँको चाहना नै यही हो ?
म अलि अर्गानिक कथातिर तानिन्छु । समाजमा सबैले रिलेट गर्न सक्ने चरित्र भयो भने मलाई काम गर्न मज्जा लाग्छ । मैले कर्मसियल चलचित्र १,२ वटा गरेको छु । सफल पनि भएको छ । खासमा एउटा कलाकार भएपछि म यस्तो मात्र पात्र गर्छु भन्न मिल्दैन । कलाकारले आफूलाई हरेक पात्रमा ढाल्न सक्नुपर्छ । तर, मेरो परिवेशमा चाहिँ संयोग नै हो भन्दा हुन्छ । म पहिला सधैँ प्राय दु:खी चरित्रमा देखिँदै आएँ । सधैँ चलचित्रमा दु:खी मात्र भएको कारण, मान्छेलाई एउटै लाग्दो रहेछ । यहँ कुरा म कलाकारको हिसाबले हेर्दा फरक देख्छु । तर, बाहिरबाट हेर्नेलाई भने एउटै लाग्दो रहेछ । सबैलाई मेरो कमन फ्याक्टर नै दु:खी भन्ने लागेछ । त्यही भएर पछिल्लो समय म केही परिवर्तन गर्न खोज्दैछु ।
– आफूले अहिलेसम्म गरेको काममध्य उत्कृष्ट चलचित्रको नाम लिनु पर्यो भने ?
क्यारेक्टरको हिसाबले हेर्ने हो भने, मलाई ‘टलकजंग भर्सेस टुल्के’ को टुल्के पात्रले बढी प्रभावित पार्छ । चलचित्र लागेको १० वर्षभन्दा बढी भयो, तर मसँग अहिले पनि प्राय मान्छेले टुल्केको कुरा गर्नुहुन्छ । स्क्रिनप्ले, कथा र दर्शकको रोजाईको हिसावले हेर्ने हो भने मलाई ‘पशुपति प्रसाद’ ले धेरै प्रभावित पार्छ । मेरा अरु चलचित्रहरू पनि राम्रा छन् । प्रोडक्सनको हिसाबले चुकेता पनि ‘धनपति’ पनि राम्रो छ । मेरो पहिला चलचित्र ‘बधशाला’ राम्रो छ । सबै आफैँले मन परेर छानेरै गरेको चलचित्र हो । सबै राम्रा छन् ।
– तपाईंलाई प्राय कस्तो रोलहरू अफर आउँछन् ?
प्राय गाउँले वा सहरकै भएपनि संघर्ष गर्ने पात्रको रोल बढी आउँछन् । उहाँहरूले मलाई यस्तै रोलमा बढी रिलेट गर्नुहुँदो रहेछ । मेकर्सहरूलाई खगेन्द्र दु:खी पात्रमा बढी सुहाउँछ भन्ने छाप बसिसकेछ । त्यही भएर त्यस्तै पात्र बढी अफर आउँछन् । अब केही फरक गर्न खोज्दैछु ।
– आएका कति चलचित्रहरू छाड्नुभएको छ ?
छाड्न त मैले धेरै चलचित्र छाडेँ । अहिले पनि थुप्रै अफरहरू आउँछन्, तर म छानेर गर्छु । मलाई चलचित्र गर्न एउटा कारण चाहिन्छ । त्यो चलचित्र किन गर्ने त ? पैसाको कारणले मात्रै म चलचित्र गर्दिनँ । चलचित्रमा केही न केही हुनुपर्छ । कुनै पात्र रोचक हुनसक्छ वा कुनैको पुरै कथा राम्रो हुनसक्छ । कतिपय अवस्थामा सम्बन्ध पनि हेर्नुपर्ने हुन्छ ।
अरुको मलाई थाहा भएन तर म चाहिँ पैसाभन्दा कथा र पात्र बढी हेर्छु । अहिले त बरु मैले धेरै चलचित्र गरेको हो । पहिला एक, डेढ वर्षमा एउटा वा धेरैमा दुईटा चलचित्र गर्थेँ । पछि के लाग्यो भने, हाम्रो देशमा कलाकारले वर्षमा एक वा दुईटा मात्र चलचित्र गरेर गुजारा गर्न गाह्रो रहेछ । महंगी दिनदिनै बढ्ने, अनि काम घट्ने । हामीले सबै आवश्यकताहरू यही काम गरेर पुर्याउनुपर्छ । त्यसैले अहिले भने वर्षमा २ देखि ३ वटासम्म चलचित्रहरू गर्छु ।
– तपाईँको करिअरमा सबैभन्दा महत्वपूर्ण चलचित्र कुन हो जस्तो लाग्छ ?
म खासमा बधशाला भन्ने चलचित्रको लागी सिनेमा क्षेत्रमा आएको थिए । मेरो डेब्यू फिल्म पनि यही हो । संयोगले मैले यो फिल्म खेलेको थिएँ । नत्र यो भन्दा पहिला मेरो दिमागमा सिनेमा खेल्छु वा सिनेमामा आउँछु भन्ने सोच नै थिएन । म त्यति बेला थिएटरमा काम गरिरहेको थिएँ । हातमा राम्रो जागीर थियो । म त्यसमै खुसी थिएँ । पछि संयोगले यो चलचित्र गर्न पुगेँ ।
चलचित्र गरेपछि मलाई एकदमै रमाइलो लाग्यो । राम्रो गर्न सक्यो भने त फिल्म क्षेत्र पनि भविष्य रहेछ भन्ने भएपछि हामी आफैले ‘टलकजंग भर्सेस टुल्के’ बनाएका हौं ।
– तपाईँलाई सिनेमा खेल्न बढी रुचि छ कि लेख्न ?
मलाई लेख्नभन्दा खेल्न मनपर्छ । चलचित्र लेख्न बढो गाह्रो काम हो । लेख्न त मैले आजसम्म ९/१० वटै चलचित्र लेखेँ, तर सिनेमा लेख्न साह्रै गाह्रो छ । पछिल्लो समय त्यही भएर पनि म लेख्न भन्दा, साथीभाइले लेखेको स्क्रिप्टमा मद्दत गर्ने गर्छु । बरु राम्रो लेख्नेलाई प्रोत्साहन गर्छु । यदि फेरि साहित्यको कुरा गर्नुहुन्छ भने, मलाई लेख्न मनपर्छ । एउटा चलचित्र गरेर सक्नु र एउटा उपन्यास लेख्नुमा, मलाई मज्जाको चाहिँ उपन्यास लेख्नैमा आउँछ । तर, चलचित्र लेख्न मलाई साह्रै गाह्रो लाग्छ ।
– महाभोजमा तपाईँले नायिका त पाउनुभयो तर रोमान्स गर्न पाउनुभएन नि !
चलचित्रमा मेरो रोमान्स गर्ने क्यारेक्टर नै हैन । रोमान्स मैले व्यक्तिगत जीवनमा गरिरहेको छु । मेरो घरमा श्रीमती छिन् । रोमान्स भइहाल्छ ।
– तपाईलाई चलचित्रमा खासै नाचेको देखिँदैन । नाच्नै नआएर हो कि क्यारेक्टरमै डान्स गर्न नपरेर हो ?
कतिपय अवस्थामा नपरेर पनि हो र अर्को कुरा मलाई नाच्न पनि आउँदैन । महाभोजको दुईवटा गीतमा भने थोरै नाचेको छु, त्यहीँ पनि नजानी-नजानी नाचेकोको हो । एकदम गाह्रो भयो । दिनेशजी, दयाजी र अरु साथीहरूले हौस्याएर नाचेको हो । नत्र मलाई खासै नाच्नै आउँदैन ।
– तोकिएको समयमा महाभोज रिलिज नहुँदा कतिको धक्का परेको छ ?
राम्रै धक्का परेको छ । हामीले लामो समयदेखि चलचित्र १५ गते आउने भनेर प्रचार गरिरह्यौं । दर्शकको दिमागमा पनि यही मिति गड्यो । तर, परिस्थिति यस्तो आयो कि चलचित्र सार्नुपर्यो । आन्दोलनका कारण पहिलाजस्तो भौतिक क्षति नभए पनि, केही नराम्रो हुनसक्ला भन्ने डरले हामीले चलचित्र १५ दिन पछाडि सार्यौं । त्यो ग्यापमा हामीले दर्शकलाई चलचित्र १५ दिन पछि सर्यो है भनेर कति कन्भिन्स गर्न सक्यौं भन्ने कुराले महत्व राख्यो ।
हामी अहिले पनि कोसिस गरिरहेका छौं । चलचित्र राम्रो छ, तर जस्तो सोचेका थियौं त्यस्तो भइरहेको छैन । खै केमा गडबड भो ? त्यसैले अहिले पनि हामी सबै टीम दर्शकसम्म चलचित्र पुर्याउर कसेर लागिपरेका छौं ।
– महाभोज फेल भयो भने तपाईँको करिअरमा कस्तो असर पर्ला ?
मैले अगाडि पनि भनिसकेँ, कलाकारको काम आफूलाई दिएको भूमिका राम्रोसँग प्ले गर्नु हो । काम गरिरहँदा भोलि के हुन्छ थाहा हुँदैन । सफलता र असफलता भनेको जीवनको चक्र हो । मलाई यस्तो कुराले फरक पर्दैन । म जस्तो परिस्थिति आएपनि काम गरिरहन्छु ।
– सहकारी समस्याबारे तपाईको बुझाइ के छ? रवि लामिछाने जेलमा रहेको विषयमा तपाईँ के भन्न चाहनुहुन्छ ?
रवि लामिछानेको केस हामीले कमेन्ट गर्ने विषय हैन । कानूनी प्रक्रियामा भएको कुरा हो, यसलाई कानूनले नै हेर्छ । कुरा रह्यो, सहकारीको । खासमा यो सहकारी भन्ने कुरा देशमा राम्रो मनसायले ल्याइएको चिज हो । यसले देश परिवर्तन पनि गरेको छ । मैले त अझ नजिकबाट देखेको छु ।
पहिला गाँउमा सापटी वा ऋण चाहिँदा, पैसा भएकाहरूसँग महँगो ब्याजमा लिनुपर्ने बाध्यता र समस्यालाई सहकारीले अन्त्य गरेको हो । दुईचार पैसा हुँदा राख्ने अनि नहुँदा आनन्दले झिक्ने माध्यम हो सहकारी । मेरो नजरमा सहकारी कहिले नराम्रो भएन । म अहिले पनि सहकारीलाई लिएर सकारात्मक छु । पछिल्लो समय सहकारीसम्बन्धी नराम्रा समाचारहरू आए । अपचलन र ठगी हुन थाले । मान्छे पीडित भए तर सहकारीले राम्रै काम गर्दै आएको हो । हिनामिना गर्नेलाई कानूनले सजाय दिनुर्पछ र दिन्छ । यति हो मैले अहिले भन्ने ।
काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधरिक बायोपिक ‘अन्जिला’ले प्रदर्शनको सय दिने दुर्लभ यात्रा पूरा गरेको छ । यस चलचित्रले काठमडौंको क्युएफएक्स चेनको सामाखुसीस्थित सिटी स्क्वायर मलमा सय दिन पूरा गरेको हो ।
सय दिन पूरा गरेको अवसरमा भने अहिले क्युएफएक्स सिटी स्क्वायर मलसहित काठमाडौंकै कीर्तिपुर सिनेप्लेक्स, इटहरीको इलाइट हल, विर्तामोडको पाथीभरा सिनेप्लाजा, चितवन पर्सा बजारको जनज्योती सिनेमा र विराटनगरको सेन्ट्रल मल्टीप्लेक्समा चलचित्र प्रदर्शन भइरहेको छ । सय दिनसम्म चलचित्र प्रदर्शन हुँदा १२ करोडमाथि ग्रस कलेक्सन गरेको निर्माताको दाबी छ । यद्यपि चलचित्र विकास बोर्डले आधिकारिक रुपमा बक्स अफिस रिपोर्ट सार्वजनिक गर्न भने बाँकी छ ।
गत फागुन २९ गतेबाट प्रदर्शनमा आएको यो चलचित्र वर्ड अफ माउथ बलियो हुँदा राम्रो ग्रस कलेक्सन गर्न सफल भएको हो । साथै गत वर्ष सर्वाधिक कमाइ गर्ने उत्कृष्ट पाँच चलचित्रमा समेत ‘अन्जिला’ अटाएको छ ।
मिलन चाम्सको निर्देशनमा तयार भएको ‘अञ्जिला’मा कप्तान एन्जिला आफैँ मुख्य भूमिकामा छिन् भने दयाहाङ राई, सिर्जना सुब्बा, विजय बराल, माओत्से गुरुङ, प्रेमकुमार श्रेष्ठ लगायतको पनि अभिनय रहेको छ ।
काठमाडौं । नायक प्रदीप खड्का र निर्देशक सुदर्शन थापाले १० वर्षपछि चलचित्रमा सहकार्य गर्ने भएका छन् । निर्देशक थापाले नायक खड्कालाई लिएर चलचित्र ‘शुभ विवाह’ निर्माण तथा निर्देशन गर्ने भएका छन् ।
१० वर्षअघि ‘प्रेमगीत’मा सहकार्य गरेका निर्देशक थापा र अभिनेता खड्काले त्यसपछि कुनै चलचित्रमा सहकार्य गरेका थिएनन् । निर्देशक थापाले यो चलचित्रका लागि अभिनेता खड्कासँग गत वर्ष नै लिखित सम्झौता गरेका थिए, तर दुवैतर्फबाट चलचित्रको नाम भने सार्वजनिक गरिएको थिएन ।
प्रेम कथामा आधारित ‘प्रेम गीत’ले बक्स अफिसमा राम्रो कलेक्सन गरेको थियो । यो चलचित्रबाट निर्देशक थापासँगै नायक खड्का र नायिका पूजा शर्माले दर्शकबाट राम्रो प्रतिक्रिया पाएका थिए ।
अहिले बन्न लागेको चलचित्र ‘शुभ विवाह’ पनि प्रेम कथामा आधारित पारिवारिक चलचित्र भएको निर्देशक थापाको भनाइ छ । यो चलचित्रले समाजको मूल्य मान्यतालाई आत्मसात गर्दै नेपाली धर्म र संस्कृतिअनुसार विवाहको महत्वलाई दर्शाउने थापा बताउँछन् ।
चलचित्रको लागि अभिनेत्री भने अहिलेसम्म टुङ्गो लागेको छैन ।
काठमाडौं । प्रदर्शनरत चलचित्र ‘महाभोज’ ले राजधानीमा विशेष शोको आयोजना गरेको छ। सोमबार आयोजित यो शोमा नेपाली चलचित्र, साहित्य र अन्य क्षेत्रका विशिष्ट व्यक्तित्वहरूले ‘महाभोज’ हेरेका छन् ।
शोमा कलाकार हरिवंश आचार्य, सरोज खनाल, जितु नेपाल, आयुष्मान देशराज जोशी, परीक्षा लिम्बु, निर्देशक तुलसी घिमिरे, नवीन चौहान, प्रदीप भट्टराई, साहित्यकार अमर न्यौपाने, विवेक ओझा, राजनीतिक विश्लेषक मुमाराम खनाल, समाज शास्त्री निर्मला ढकाल लगायतको उपस्थिति थियो।
सहकारी ठगी र सहकारी पीडितको कथा उठान गरिएको ‘महाभोज’ हेरेपछि उपस्थित सबैले चलचित्रको खुलेर तारिफ गरेका छन् । संवेदनशील सामाजिक यथार्थ र मानवीय संवेदनशीलतालाई गहिराइमा चित्रण गरेको बताउँदै सबैले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिएका छन् । भने धेरैले ‘महाभोज’ एकपटक हेर्नै पर्ने चलचित्र बनेको पनि बताएका छन् ।
महाभोज हेरेर निस्किएका साहित्यकार अमर न्यौपानेले चलचित्रले कानुनी राज्यको चुनौती माथि प्रश्न उठाएको बताए । ‘यत्रो सङ्घर्ष गरेर हामीले संविधान र कानुन बनाएका छौँ । हामी २०८२ सालको लोकतान्त्रिक गणतन्त्रमा छौँ तर सहकारी पीडितहरूलाई न्याय गर्न कानुनले कुनै काम गरेको छैन । पीडकहरू अझै पनि प्रमाण लुकाउने ठाउँमा छन् । यत्रो ठुलो परिवर्तनपछि पनि कानुनले काम नगर्दा बल प्रयोग गर्नुपर्ने हो त भन्ने प्रश्न यो चलचित्रले उठाउँछ,’ उनले जोडे।
चलचित्र हेर्न पुगेका वरिष्ठ हाँस्य-कलाकार हरिवंश आचार्यले चलचित्रले जनताको पैसाको दुरुपयोग कसरी हुन्छ भन्ने यथार्थ चित्रण गरेको बताए । जनताको पैसालाई माथिल्लो स्तरसम्मका नेताहरूले कसरी अपचलन गरेका छन् भनेर चलचित्रमा राम्रोसँग देखाएको उनले बताए ।
अर्का कलाकार सरोज खनालले पनि चलचित्रको मुख्य सन्देशलाई प्रकाश पार्दै भने, ‘गोली ठोकेर मान्छे मार्ने मात्र हत्यारा हुँदैन, मर्न बाध्य पार्ने मान्छे सबभन्दा ठुलो हत्यारा हुन्छ भन्ने सन्देश नै ‘महाभोज’ ले दिएको सबैभन्दा ठुलो सन्देश हो । हाम्रो देशमा यो प्रकृति भएका धेरै मानिसहरू छन्, उनीहरूलाई यो चलचित्रले झकझक्याउँछ ।’
कलाकार जितु नेपालले चलचित्रको विषयवस्तुको मार्मिकता र यथार्थपरकताको प्रशंसा गरे । उनले भने,’चलचित्रले उठाएको विषयवस्तु नै एकदम राम्रो र मार्मिक छ । यसमा सहकारी ठगीलाई जसरी देखाइएको छ, त्यो यथार्थपरक छ । समग्रमा चलचित्र अत्यन्त रमाइलो छ।’
त्यस्तै, कलाकार परीक्षा लिम्बुले पनि चलचित्रले नेतृत्वको नकारात्मक प्रभाव कसरी समाजमा पर्छ भन्ने कुरा देखाएको उल्लेख गरिन् । ‘मलाई एकदमै यथार्थ महसुस भयो । एक जना नराम्रो नेतृत्वको कारणले पूरै समाजलाई कति नकारात्मक समस्या पर्छ भन्ने उदाहरण यो चलचित्रले देखाएको छ,’ उनले सुनाइन् ।
दिनेश राउतको निर्देशन र विकास सुवेदीको लेखन रहेको ‘महाभोज’ क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुति हो । हिमाल कडरियाले निर्माण गरेको यस चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, बुद्धि तामाङ, विनोद न्यौपाने, कमलमणि नेपाल, मोहन निरौला, वसुन्धरा भुसाल, सुरक्षा पन्त लगायतका कलाकारहरूको अभिनय छ ।
काठमाडौं । आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘सिटामोल’को पहिलो गीत ‘झुम्का कानैमा’ सार्वजनिक गरिएको छ ।
कर्णाली प्रदेशमा प्रचलित हुड्के नाचमा तयार गरिएको गीतको अडियो देउडा र लोक फ्लेवरलाई मिश्रण गरिएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमाल फिचर्ड छन् ।
बाबुल गिरीको संगीत र स्वर रहेको गीतको शब्द रचना गोवन्द भट्टले गरेका हुन् । गायनमा पछिल्लो समयकी चर्चित गायिका शान्तिश्री परियारले संगीतकार गिरीलाई साथ दिएकी छन् ।
प्रवीन सिंहले खिचेको गीतमा कविराज गहतराजको कोरियोग्राफी हेर्न सकिन्छ । सार्वजनिक गीतको अडियो तथा भिडियो उत्कृष्ट बनेकाले दर्शकको मन जित्ने विश्वास निर्माण टिमलाई छ ।
राज बहादुर सानेको निर्देशनमा निर्माण भएको सिनेमाको गीत रिलिज कार्यक्रमका प्रतिनिसभा सांसद ज्ञानेन्द्र शाही प्रमुख अतिथिको रुपमा सहभागी भएका थिए । उनले सिनेमाको गीत जस्तै सिनेमा पनि उत्कृष्ट बनेको होस् भन्दै सफलताको शुभकामना दिए ।
सिनेमाको गीत रिलिज कार्यक्रममा निर्देशक सानेले ‘सिटामोल’ले आफ्नो करिअर बदल्ने दाबी गरेका छन् । उनले भने, ‘यो हामीले एकदमै दुःखले बनाएको सिनेमा हो । म दाबी गरेर भन्न सक्छु कि ‘सिटामोल’ले मेरो करिअर बदल्नेछ । मैले बनाएको अहिलेसम्मकै राम्रो सिनेमा समेत सिटामोल हो ।’ यो सिनेमाले नेपाली समाजको यथार्थ कथालाई प्रस्तुत गरेको निर्देशक सानेको दाबी छ ।
सिनेमामा सौगात र बेनिशासहित श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण परियार, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ । श्री कृष्ण र जानुकाले यही सिनेमाबाट नेपाली रजतपटमा डेव्यु गरेका हुन् ।
तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको सिनेमाको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन् । सिमोस सुनुवारको प्रस्तुती रहेको सिनेमामा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह–निर्मातामा छन् ।
बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, डिआई कलर राजेन्द्र मोक्तान, साउण्ड डिजाइनर मुकेश शाह, द्धन्द्व निर्देशन देव महर्जन र शंकर महर्जन, राकेश दाहालको पोस्टर डिजाइन, प्रोडक्सन म्यानेजर विकास तामाङ र धनबहादुर राई रहेको सिनेमालाई दिव्य सुवेदीले खिचेका हुन् ।
काठमाडाैं। २०८२ सालको बैसाख र जेठ नेपाली चलचित्रको लागि लाभदायक रहेन । यो दुई महिनामा १० चलचित्र प्रदर्शन भए । प्रदर्शन भएका चलचित्रमध्ये ‘ऊनको स्वेटर’ मात्रै सुपरहिट भएको छ । यस चलचित्रले अहिलेसम्म १० करोडमाथि ग्रस कलेक्सन गरिसकेको छ ।
तर, यो दुई महिनाबीचमा प्रदर्शन भएका अन्य चलचित्रले भने बक्स अफिसमा कमाल देखाउन सकेन । केही चलचित्र त डिजास्टर फ्लप भए ।
गत बैसाखमा प्रदर्शनमा आएको ‘भूठान’, ‘खेल’, ‘झिल्को’ र ‘जार’ चलचित्रले दर्शकलाई हलसम्म तान्न सकेन । यी चलचित्रले आफ्नो लगानी समेत उठाउन सकेन । त्यस्तै जेठमा प्रदर्शनमा आएका ‘के घर के डेरा: घर नम्बर २’, ‘हेल्लो काशीराम’, ‘नरसिंहाः अवतार’, ‘जन्तेबाख्रो’ र ‘महाभोज’ प्रदर्शनमा आए ।
यीमध्ये राजेश हमाल अभीनित ‘नरसिंहा :अवतार’प्रति दर्शकको अपेक्षा धेरै थियो । तर, कथा कमजोर भएपछि हमालको ८ वर्षपछिको कमब्याक रहेको चलचित्रले लगानी उठाउन सकेन । त्यस्तै ‘के घर के डेरा’ले पनि लगानी उठाउने गरी व्यापार गर्न सकेन ।
‘जन्ते बाख्रो’ र ‘महाभोज’ अहिले प्रदर्शनरत छन् । तर, यी दुवै चलचित्रको व्यापार अपेक्षित छैन । गत वर्ष भने सुरुवाती दुई महिनामा ‘मनसरा’, ‘पुजार सार्की’, ‘फर्की फर्की’, ‘गाउँ आएको बाटो’ र ‘बोक्सीको घर’ले राम्रो व्यापार गरेको थियो ।
अब साउनबाट धेरै चलचित्रहरु प्रदर्शानको तयारीमा छन् । तिनीहरुले दर्शकलाई आकर्षित गर्न सक्लान् या नसक्लान्, त्यो भने चलचित्र प्रदर्शन भएपछि नै थाहा हुनेछ ।
काठमाडौं । एक रियालिटी शोका दौरान संगीतकार सुरेश अधिकारीले प्रतियोगी प्रशान्त पोखरेललाई नराम्रोसँग थर्काए । कुनै पनि स्रष्टाको ओरिजिनल गीत तोडमोड गरेर गाउने अधिकार कसैलाई नभएको भन्दै त्यसरी गाउनु अपराध हो भनेर पनि सम्झाए ।
पोखरेलले गोपाल योन्जनको शब्द, संगीत र नारायण गोपालको स्वर रहेको गीत ‘चुमेर पानाभरि’ गाएका थिए । पोखरेलले गीतको ओरिजिनल बिटलाई तोडमोड गरेर गाएका थिए । आफ्नै शैली र पारामा गीतको कम्पोज नै तहसनहस हुनेगरी गीत गाएपछि अधिकारी आक्रोशित बनेका हुन् ।
उनले भने, ‘गीतलाई हामीले घटीबढी गरेर गायौं भने हामी सिद्धियौं । त्यसरी गाएपछि न गीतको मीठास न त त्यसको स्वरुप नै बाँकी रहन्छ । केही पनि बाँकी रहँदैन ।’
अधिकारीले थपे, ‘तपाईंलाई आफ्नो सृजनशीलता हाल्न सक्छौं कि भन्ने लागेको हुनसक्छ । तर, अरुको कम्पोजमा आफ्नो सृजनशीलता हाल्ने अधिकार तपाईंलाई छैन । त्यो कम्पोज सर्जकको आर्ट हो । उसको कृति हो । कसैले बनाएको चित्रमा मैले गएर रातो रङ थपिदिन मिल्दैन । रातो टिका लगाएको ठाउँमा मैले गएर नीलो टीका लगाइदिन पाइँदैन ।’
हामीले युट्युबमा खोज्ने हो भने अहिले पनि धेरै त्यस्ता नेपाली गीतहरु भेटिन्छन्, जसलाई मोडिफाइड भर्सनमा गाइएको हुन्छ । कालजयी पुराना नेपाली गीतहरुको मर्ममै प्रहार हुने गरी गाइएका यस्ता कभर गीतहरुलाई दर्शक/स्रोताले पनि रुचाइरहेका हुन्छन् ।
अग्रज संगीतकार गोपाल योन्जन, नातीकाजी, अम्बर गुरुङ जस्ता स्रष्टाहरुको सृजनालाई तोडमोड गरेर गाइएका गीतहरु प्रशस्तै भेटिन्छन् । पुराना र नयाँ नेपाली गीतलाई ‘म्यास अप’का नाममा सुरताल बिगारेर गाइएका गीतहरु युट्युबमा खोज्ने हो भने हजारौं भेटिन्छन् ।
त्यस्ता गीतमा न ओरिजिनल सर्जकले बनाएको नोट र स्केललाई पछ्याइएको हुन्छ, न त गीतको मर्मलाई पक्रिएर नै गाइएको हुन्छ । बेसुरमा गाइएका त्यस्ता गीतहरुले ओरिजिनल गीत र सर्जकको मिहनेतकै चीरहरण गरेका हुन्छन् ।
गीतकै चीरहरण मात्रै होइन, स्रष्टाको प्रतिलिपि अधिकारलाई समेत कुण्ठित गरिएको हुन्छ । यसरी गाइएका गीतहरु गीतहरुले लाखौं भ्युज पाएर हजारौं रुपैयाँ रोयल्टी लिँदै गर्दा गीत सृजना गर्ने सर्जकको हात भने रित्तो हुन्छ । यसरी गाउनेहरुले सर्जकलाई रोयल्टी दिने कुरा कल्पनाभन्दा बाहिरको छ ।
स्रष्टाहरुले आफ्ना सृजना कसैले व्यवसायिक प्रयोजनका लागि प्रयोग गर्छ भने उसले निश्चित मात्रामा रोयल्टी बुझाउनुपर्छ । प्रतिलिपि अधिकार ऐना २०५९ ले पनि स्रष्टाको प्रतिलिपि अधिकारलाई सुनिश्चित गरेको छ ।
मानौ कुनै लेखकले किताब लेख्छ भने उक्त किताबमाथि लेखकको नैतिक तथा आर्थिक अधिकार सुरक्षित हुन्छ । चित्रकारले चित्र बनाउँछ भने, गीतकारले गीत लेख्छ भने, संगीतकारले संगीत गर्छ भने उक्त सृजनामा स्रष्टाको प्रतिलिपि अधिकार सुरक्षित हुन्छ ।
तर, त्यही अधिकारलाई कभर र म्यासअपका नाममा गीत गाएर लाखौं कमाउनेहरुले कुल्चिदिएका उदाहरण प्रशस्तै भेटिन्छन् । यति मात्रै होइन, गीत नै बिगारेर गाइदिँदा स्रष्टाहरु मरेतुल्य भएका छन् ।
संगीतकार अधिकारीले नेपाल प्रेसलाई भने, ‘कानूनीरुपमा पनि अन्तर्राष्ट्रिय प्रतिलिपि अधिकार अन्तर्गत स्रष्टाको अधिकारलाई कुण्ठित बनाउन पाइँदैन । व्यवहारमा पनि बंग्याएर गाउन पाइँदैन । यसरी बंगाउँदै जाने हो भने पाँचौं चरणसम्म बंग्याइँदा स्रष्टाको सृजनाको स्वरुप नै अर्कै हुन्छ । त्यसैले मोडिफाइड गरेर गाउनु राम्रो हुँदै होइन ।’
यस्तो तौरतरीकाले पुस्तान्तरणमा पनि समस्या पार्ने अधिकारीले बताए । पछिल्लो पुस्तालाई दिएर जाने कुरा नै मोडिफाइड भएपछि खास नेपाली संगीत पनि बाँकी नरहने अधिकारीको विश्लेषण छ ।
यसै पनि विभिन्न कम्पनीहरुले युट्युब, स्पोटीफाइ जस्ता प्ल्याटफर्ममा स्रष्टाको अनुमतिबिना गीतहरु अपलोड गरेर मनमौजी रुपमा आम्दानी गरिरहेका छन् ।
उनीहरुले स्रष्टालाई न्यायपूर्ण तवरले क्षतिपूर्ति दिनुपर्छ भनेर डेढ दशकदेखि रोयल्टीको हक खोजिरहेका छन् ।
प्रेमध्वज प्रधान, भक्तराज आचार्यजस्ता सर्जकहरु रोयल्टीको हक खोज्दाखोज्दै दिवंगत भए । अधिकारी, महेश खड्का, लक्ष्मण शेष, वसन्त सापकोटा, पारस मुकारुङ जस्ता स्रष्टाहरु अहिलेसम्म रोयल्टीको हक नै खोजिरहेका छन् ।
आफूहरु यसरी गम्भीर रुपले अन्यायमा परिरहेका वेला मूल सृजनालाई नै तोडमोड गरेर गाइदिनु अपराध सरह रहेको स्रष्टाहरुको भनाइ छ ।
अधिकारीले मेरो भ्वाइस युनिभर्स नामक रियालिटी शोका अर्का प्रतिस्पर्धी वाङ्गे गुरुङलाई भने, ‘हामीले अरुको गीत गाउँदै गर्दा जतिवटा नोटलाई देखाउनुपर्छ, त्यति नै देखाउँदा कारीगरी देखिन्छ । तर हामीले त्यसलाई छाड्यौं, भत्कायौं र नयाँ कला देखाउन खोज्यौं भने वास्तविक कला मर्छ ।’
गुरुङले जसयोन्जन प्यासीको शब्द्य, कर्म योन्जनको शब्द र डेजी बराइलीको स्वर रहेको ‘एउटा खुल्ला किताब हुँ’ बोलको गीत गाएका थिए ।
काठमाडौं । एसएण्डएस प्रोडक्सनको ब्यानरमा चलचित्र ‘किन लाग्छ माया’ बन्ने भएको छ ।
मोनु खड्काको निर्माण र कुवेर तामाङको निर्देशनमा तयार हुन लागेको यो चलचित्रमा मिस पवि, जानबी बस्नेत, धिरेन शाक्य, राजेन्द्र खड्की, हिउवाला गौतम, सबिन बास्तोला, रवि डंगोल, गोपाल ढकाल, आदि लगायतका कलाकारहरूको अभिनय रहने भएको छ ।
यहीँ असारको पहिलो साताबाट छायांकन सुरु हुने यो चलचित्रको मुख्य भूमिकामा मेघ सुवेदीले काम गर्दैछन् । मेघले दर्जनौँ म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।
स्याडो रियरको कथा रहने यो चलचित्रमा रामकाजी घिमिरेको पटकथा तथा संवाद, रामशरण उप्रेतीको छायांकन, पुस्कर सुनुवारको संगीत, रामजी लामिछाने र अभि वाग्लेको कोरियोग्राफी, राजेन्द्र खड्गीको एक्सन रहनेछ ।
अर्जुन प्रसाद पोखरेल निर्माण नियन्त्रक रहेको चलचित्रमा रामशरण कोइरालाको मुख्य सहायक निर्देशन, दिप्त प्रकाश अधिकारी र सुवास गोतामेको सहायक निर्देशन रहनेछ ।
चलचित्रको छायांकन काठमाडौं, पोखरा, चितवन, पूर्वी नवलपरासी, मुस्ताङ लगायतका स्थानमा हुनेछ ।
काठमाडौं । नेपालको एक दुर्लभ र लोपोन्मुख भाषा मानिने सुनुवार भाषामा नयाँ गीत सार्वजनिक भएको छ। सुनुवार (कोइँच) भाषाको गीत ‘टुङ्ना ताप्स्यो’ नामक म्युजिक भिडियो शुक्रबार सार्वजनिक भएको हो।
गीतमा अमरदीप सुनुवारको रचना, रामकुमार पौडेलको संगीत र कल्पना सुनुवारले स्वर रहेको छ। उक्त गीतमा सुजन सुनुवार, कल्पना सुनुवारलगायत अन्य कलाकारहरूको अभिनय गरेका छन्।
भिडियोले सुनुवार जातिको परम्परागत पोसाक तथा संस्कृति, युवा-युवतीहरू बजारमा भेटघाट भई नाचगान गरेको देख्न सकिन्छ।
गीत सार्वजनिक कार्यक्रममा बोल्दै गीतकार संघ वसन्त वित्यसी थापाले सुनुवार भाषामा आएको नयाँ गीतलाई नेपाली सांगीतिक फाँटमा सकारात्मक र उदाहरणीय प्रयासको रूपमा हेरिएको बताए। उनले भने, ‘यस प्रकारका सिर्जनात्मक प्रयासले बहुभाषिक समाजमा भाषिक विविधताको सम्मान गर्छ र भाषाहरूको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्न सक्छ।’
गीतका रचनाकार सुनुवार नेपाली सांगीतिक क्षेत्रमा विविधताको रंग थप्ने प्रयास गरेको बताए। उनले स्थानीय भाषा र संस्कृतिको संरक्षणप्रति पनि सकारात्मक सन्देश दिन गीत रचना गरिएको बताए। गीतमा सुनुवार भाषा मात्र नभई समुदायको जीवनशैली, भावना र संस्कृति झल्किएको छ। उनले भने, ‘हामीले यो गीत सिर्जना गर्दा हाम्रो भाषा, पहिचान र संस्कृति जोगाउने अभिप्राय राखेका थियौं। नयाँ पुस्तालाई आफ्नो भाषा र संगीतप्रति गर्व गर्न प्रेरणा मिलोस् भन्ने चाहना छ।’
सनुवारले भने, ‘भाषा मरे संस्कृति मर्छ, त्यसैले गीत, संगीत र कला मार्फत हामी आफ्नो पहिचान बचाइरहेका छौं।’ उनका अनुसार यस्तो सिर्जनाले लोपोन्मुख भाषाहरूमा रुचि बढाउनेछ र यसको अध्ययन, प्रचारप्रसार र जगेर्नामा मद्दत पुग्नेछ।
कार्यक्रममा रामेछापका जिल्लाका पूर्वसांसदहरुको आतिथ्यता रहेको थियो। गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा उत्साहजनक प्रतिक्रिया पाइरहेको छ।
काठमाडौं । निर्माता रोहित अधिकारीले गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘महाभोज’का निर्देशित दिनेश राउत लक्षित कडा टिप्पणी गरेका छन् ।
अधिकारीले फेसबुक स्टाटसमा लेखेका छन्, ‘सबै कलाकारहरुको भिड जम्मा गर्दैमा निर्देशनमा सफल भइँदैन नि महाशय ! अरुलाई गरेको पापको नतिजा विस्तारै देखिँदैछ । अझै देखिन्छ ।’
गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘महाभोज’को अकुपेन्सी कमजोर देखिएपछि अधिकारीले राउत लक्षित तिखो टिप्पणी गरेका हुन् । अधिकारीको यस्तो खाले टिप्पणीको पछाडि भने ‘फर्की फर्की’ र ‘पुजार सार्की’को सन्दर्भ कारक छ ।
गत वर्ष जेठ १० मा अधिकारी निर्माता रहेको अनमोल केसी स्टारर ‘फर्की फर्की’ले प्रदर्शन मिति तय गरेको थियो । यही मितिमा राउत निर्देशित तथा प्रदीप खड्का स्टारर ‘पुजार सार्की’ पनि जुध्न आइपुग्यो । बक्स अफिसमा ‘फर्की फर्की’भन्दा ‘पुजार सार्की’ निकै अगाडि रह्यो ।
त्यसवेला राउतले ‘फर्की फर्की’को शूभमूहर्तमै आएर शुभकामना दिएको र पछि सोही मितिमा ‘पुजार सार्की’ भिडाउन ल्याएको अधिकारीको आरोप छ ।
यही पुरानो घाउलाई कोट्याउँदै अधिकारीले लेखेको स्टाटसमुनि अभिनेता दीपकराज गिरीले कमेन्ट गरेका छन्, ‘हामी सबै एक–अर्काको असफलतामा खुसी मनाउन थालेको धेरै भयो । अरुले नलेखी व्यवहारमा देखाउँथे । तिमीले लेख्यौ नै !’
गिरीले यसरी नै लडिरहने हो भने लडेरै नेपाली चलचित्र सिद्दिने उल्लेख गरेका छन् । उनले थप लेखेका छन्, ‘हामी चलचित्र बनाइरहेका छौं कि बम ?’
गिरीको कमेन्टमा रिप्लाइ गर्दै अधिकारीले लेखेका छन्, ‘आफ्नै चलचित्रका निर्माता, वितरकहरुसमेतले चलचित्र नजुधाउन अनुरोध गर्दा पनि जुधाउने अड्डी कस्छ भने त्यो कस्तो नियत हो ? हिन्दू धर्मअनुसार त्यो पाप र कालो नियत भएको राक्षसपना हो ।’
गिरी र अधिकरीले सुपरहिट चलचित्र ‘छ माया छपक्कै’मा सहकार्य गरेका थिए । अधिकारी र राउतले पनि २०७६ सालमै ‘मेरो एउटा साथी छ’ चलचित्रमा सहकार्य गर्ने घोषणा गरेका थिए । यद्यपि यो चलचित्र बनेन । ‘पुजार सार्की’ र ‘फर्की फर्की’को रिलिजताका आइपुग्दा भने कुनै समय चलचित्रमा सहकार्य गर्न तम्तयार यो जोडीको मित्रता दुश्मनीमा परिणत भइसकेको थियो ।
अहिले ‘महाभोज’ले कमजोर प्रदर्शन गर्दा त्यही तुष अधिकारीले राउतमाथि पोखेका हुन् । यस विषयमा राउतले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन् । ‘महाभोज’मा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महतलगायत कलाकारको शीर्ष भूमिका छ ।