Category: कलाप्रेस

  • अमेरिकन डीजे वाल्सी फायरले एलओडीमा प्रस्तुति दिने

    अमेरिकन डीजे वाल्सी फायरले एलओडीमा प्रस्तुति दिने

    काठमाडौँ । नेपालस्थित अमेरिकी दूतावासको सहकार्यमा ठमेलस्थित एलओडी क्लबमा जमैकन अमेरिकी डीजे वाल्सी फायरले प्रस्तुति दिने भएका छन् । यही फेब्रुअरी २१ मा प्रस्तुति दिन डीजे वाल्सी फायरलाई नेपाल ल्याइएको हो ।

    वाल्सी फायर डीजे मेजर लेजर समूहका सदस्य डीजे वाल्सी फायरल जमैकन अमेरिकी डीजे, एमसी र रेकर्ड निर्मातासमेत हुन् । बुधबारको प्रस्तुतिमा समूह डीजे डिप्लो र एप ड्रम्सको साथमा रहने जनाइएको छ ।

    वाल्सी फायरको कार्यक्रम बुधबार राति ११ बजे सुरु हुने क्लबका निर्देशक रविन श्रेष्ठले बताए । सहभागी हुन चाहने दर्शकले ई–सेवाबाट १ हजार मूल्यको टिकट लिन सक्नेछन् ।

    यसअघि पनि एलओडीमा बलिउडका नेहा कक्कर, अर्मन मल्लिक र इण्डियन आइडल पवनदीपलगायतका गायकहरूले शो गरिसकेका छन् । त्यसैगरी, टिम्मी ट्रम्पेट, टोपिक, स्टेबिन बेन, ज्योतिका टंगारीलगायतका कलाकारले समेत प्रस्तुति दिइसकेका छन् ।

  • चलचित्र पत्रकारको राष्ट्रिय भेला सुरु

    चलचित्र पत्रकारको राष्ट्रिय भेला सुरु

    हेटौंडा । चलचित्र पत्रकार संघले आयोजना गरेको नेपालको प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला हेटौंडामा सुरु भएको छ । संस्था स्थापनाको २५ वर्ष पुरा भएको अवसरमा चलचित्र पत्रकार संघ नेपाल केन्द्रीय समितिले फागुन ५ देखि ८ गतेसम्म राष्ट्रिय भेला आयोजना गरेको हो ।

    स्थानीय ठाउँहरुलाई नेपाली सिनेमा मार्फत पर्यटन प्रवर्द्वन गर्ने उदेश्यले आयोजना भएको राष्ट्रिय भेलामा अभिनेता तथा हाल चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी विशेष अथितिको रूपमा उपस्थित थिए। त्यस्तै गरी, हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना लामालाई प्रमुख अतिथिको रूपमा निम्त्याईएको थियो।

    कार्यक्रममा बोल्दै केसीले चलचित्र कानूनमा ढिलाइ हुँदा चलचित्र क्षेत्रको अपेक्षित विकास हुन नसकेको र विकास बोर्ड स्वायत्त हुनुपर्ने बताए । ‘अब कानून ल्याउने अन्तिम तयारी भइसकेको छ भने मस्यौदा मन्त्रालयमा पेश भइसकेको छ’ केसीले सुनाए।

    भेलामा देशभरबाट झण्डै दुई सय पत्रकारहरुको उपस्थिति रहेको थियो । फागुन ७ गते भने सिनेमा पर्यटन, सिनेमा बजार, मिडिया प्रमोशन र कर्पोरेट लगानी, फिल्म सेन्सर, नेपाली सिनेमाको अबको बाटो, केन्द्रीय चलचित्र ऐन र सेन्सर कार्यविधि बिषयहरुमा संवाद र अन्तर्कृया कार्यक्रम आयोजना हुनेछ ।

    कार्यक्रममा चलचित्र बिकास बोर्डका अध्यक्ष भुवन केसी, सेन्सर बोर्डका अध्यक्ष तथा सह सचिव नेत्र प्रसाद सुवेदी, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल टेलिभिजनका महाप्रवन्धक फूलमान वल, बिज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाई, बागमती प्रदेशका संचार रजिष्ट्रार रेवती सापकोटा, पर्यटन बोर्डका प्रबन्धक सुर्य थपालिया, संचार मन्त्रालयका प्रतिनिधि, पर्यटन मन्त्रालयका प्रतिनिधि लगायत वक्ताहरुको उपस्थिति रहनेछ ।

    यस्तै दयाराम दाहाल, नरेन्द्र महर्जन, जनक तामाङ, स्वस्तिमा खड्का, केकी अधिकारी, दिनेश डिसी, आकाश अधिकारी, निश्चल बस्नेत, अशोक प्यासी राई, मनोज पण्डित, संजोक बस्याल, अरुण बराल, चिरन्जिबी पौडेल, मोहन निरौला, राजु केसी, नवल खड्का, रवि अधिकारी, के एल पीडित, विदुर गिरी, शान्तिप्रिय, ध्रुव लम्साल, प्रकाश सायमी, डब्बु क्षेत्रीलगायत चलचित्रकर्मी तथा पत्रकारहरुको उपस्थिति रहनेछ । कार्यक्रममा चलचित्र पत्रकारिता कार्यशाला पनि संचालन हुँदैछ जसमा अरुण बराल र चिरन्जिबी पौडेलले पत्रकारहरु लाई प्रशिक्षण दिने छन्।

  • कमल खत्रीको आवाजमा ‘छिन छिन मा’ सार्वजनिक

    कमल खत्रीको आवाजमा ‘छिन छिन मा’ सार्वजनिक

    काठमाडौं । गायक कमल खत्रीको आवाजमा रहेको नयाँ म्युजिक भिडियो ‘छिन छिन मा’ सार्वजनिक गरिएको छ |

    दरबार मार्गको राइजिङ्ग मलमा प्रमुख अतिथिका रूपमा निम्त्याइएका वरिष्ठ रचनाकार रमेश अधिकारीबाट कार्यक्रमको विमोचन गरिएको थियो।

    अधिकारीले सबै टिमलाई शुभकामना दिएर कार्यक्रम सुरु गरिएका थिए। कार्यक्रममा अन्य अतिथिहरू रविन थापा, निर्देशक तथा कोरियोग्राफर राजीव समर , विभोर पोखरेल, गायक सबु थापा र आशिस भण्डारीको उपस्थित रहेको थियो।

    गायक कमल खत्रीको रचना तथा संगीत रहेको गीतको भिडियोमा सुनिल न्यौपाने, बिना राउत,अलिशा शर्मा र करिश्मा शाही ठकुरीको अभिनय देख्न सकिन्छ | सुनिल पेशाले एक मेडिकल व्यवसाय पनि हुन।

    उनले यो भन्दा अगाडी ‘सुनकोशी, ‘टुङ्गनाको धुन’ जस्ता गीतहरूमा अभिनय गरिसकेका छन् | कला क्षेत्रमा बच्चैदेखि आफ्नो चाहाना भएकाले आफूले देखेको सपना पुरा हुँदै गरेको बताउँछन्।

    रोशन विश्वकर्माको निर्देशन रहेको भिडियोमा छायांकन दिपेन बस्नेतको, ड्रेस डिजाइन सोनी सिन्जाली मगर र पूजा गुरुङ्गको , भिडियो सम्पादन तथा कलर दिलसन शाहको, प्रोड्क्सन डिजाइन टार्जन लिम्बुको र आर्ट जट्टा शंकरको रहेको छ |

    निर्माता मिना बर्तौलाको लगानी रहेको भिडियो समिप इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

  • रेखालाई चुनावमा हराएका सुनील शर्माले दिए ‘उपहार’लाई शुभकामना

    रेखालाई चुनावमा हराएका सुनील शर्माले दिए ‘उपहार’लाई शुभकामना

    काठमाडौं । मोरङ क्षेत्र नम्बर-३ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद सुनिल शर्माले फिल्म ‘उपहार’ले नेपाली फिल्मको उचाइ अझ माथि पुर्‍याउने बताएका छन् ।

    शुक्रवार सार्वजनिक भएको ट्रेलर हेरेपछि उनले सामाजिक सञ्जाल फेसबुकमा ट्रेलर शेयर गर्दै स्टाटस लेखेका छन् ।

    ‘नेपाली सिने जगतकी सुपरस्टार चर्चित अभिनेत्री महिला नेतृ बहिनी रेखा थापा टिमको फागुन २५ गते शिवरात्रिको दिन चलचित्र ‘उपहार’ प्रदर्शनमा आउँदैछ । सोही अनुरूप फिल्मको ट्रेलर सार्वजनिक भयो, हेरियो । निक्कै कौतुहलता जगाउने ट्रेलर हेरे पछि पक्कै पनि यो फिल्मबाट रेखा र टिमले नेपाली चलचित्रको हाइट अझै माथि पुर्‍याउने आशा एवम् विश्वास राखेको छु’, उनले लेखेका छन् ।

    उनले अभिनेत्री रेखा थापालाई नेतृत्वदायी भूमिका निभाउन सक्ने, हक्की, निडर र महिला दिदीबहिनीहरूको पिर भावना बुझ्न सक्ने क्षमतावान् नारीका रूपमा आफूले चिनेको उल्लेख गरेका छन् ।

    ‘रेखा म निर्वाचित मोरङ क्षेत्र नम्बर ३ को विराट चोक निवासी चेली पनि हुन् । उनी नेतृत्वदायी भूमिका निभाउन सक्ने, हक्की, निडर र महिला दिदीबहिनीहरूको पिर भावना बुझ्न सक्ने क्षमतावान् नारी हुन् । बहिनीलाई मेरो साथ सहयोग र शुभेच्छा सधैँ रहने छ । सहकार्य रहने छ । बहिनी रेखा तथा सिंगो उपहार टिमलाई बधाई तथा शुभकामना,’ उनले लेखेका छन् ।

    ज्ञानेन्द्र देउजा निर्देशित फिल्मको शुक्रवार सार्वजनिक ट्रेलरमा काठमाडौं महानगरपालिकाले सर्वसाधारणको घर भत्काएपछि उत्पन्न परिस्थितिलाई चित्रण गरिएको छ । खास गरी बाटोमा व्यापार गर्ने सर्वसाधारणको व्यापारलाई नगर प्रहरीले उठाएर लगेपछिको तनावलाई पनि ट्रेलरमा स्थान दिइएको छ ।

    अभिनेत्री रेखा थापालाई चिया बेच्ने महिलाको रूपमा प्रस्तुत गरिएको ट्रेलरमा अभिनेता मुकुन भुसाललाई ट्याक्सी ड्राइभरका रूपमा देखाइएको छ ।ट्रेलरका अधिकांश दृश्यमा कमेडीलाई स्थान दिइएको छ ।

    फिल्ममा रेखा थापा, पूजा शर्मा, मुकुन भुसाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुसाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्यायलगायतको पनि अभिनय छ ।

    बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् । रेखा फिल्मस् र कपनगढी फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।

  • ‘दिमाग खराब’ले पुरा गर्‍यो प्रदर्शनको १०० औँ दिन

    ‘दिमाग खराब’ले पुरा गर्‍यो प्रदर्शनको १०० औँ दिन

    काठमाडौं । गत कार्तिक २४ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘दिमाग खराब’ले प्रदर्शकको एक सय दिन पार गरेको छ । ‘जारी’पछि यस वर्ष एक सय दिन मनाउने यो दोस्रो सिनेमा हो । त्यसयता रिलिज भएका ‘जम्प’, ‘दुई कदम’, ‘चित्रा’, ‘पर्खी बसेँ तिमीलाई’ र ‘हात्ती छाप’ नेपाली सिनेमा बक्सअफिस असफल भएका छन् ।

    तर, यसैबीच गत माघ २६ गतेबाट प्रदर्शनमा आएको ‘दयारानी’ले राम्रो व्यापार गरे पनि ‘दिमाग खराब’ भने केही सिनेमा हलमा कार्तिक २४ देखि निरन्तर नियमित प्रदर्शनमा रहेका छन् । यो सिनेमा हाल नियमित प्रदर्शनको १०० औँ दिनमा रहेको छ ।

    निश्चल बस्नेत निर्देशित सिनेमा रञ्जना न्यूरोड, विश्वज्योति जमल तथा भिएफएक्स सिनेमाज् घोराहीमा प्रदर्शन भइरहेको छ । सिनेमामा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की आदिको मुख्य अभिनय रहेको छ । सिनेमाले हालसम्म १० करोडमाथिको व्यापार गरिसकेको छ ।

    सिनेमा आर्ट्सको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता रौनक विक्रम कँडेल हुन भने कार्यकारी निर्मातामा सुरज बम मल्ल ठकुरी रहेका छन् । काठमाडौंमा सिनेमाका वितरक गोविन्द शाही हुन् भने काठमाडौं बाहिर मनोज राठी हुन् । आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको सिनेमा राजनीतिक विषयमा केन्द्रित रहेर निर्माण भएको हो ।

    सिनेमामा सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ ।

  • गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायका तीन गीति एल्बम विमोचन

    गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायका तीन गीति एल्बम विमोचन

    काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायका फरक शैलीका तीन गीति एल्बम विमोचन गरिएको छ ।

    शुक्रवार काठमाडौंको चाबहिलमा एक कार्यक्रमका बीच कीर्तिमानी गीतकार उपाध्यायका ‘आकांक्षा’, ‘अभिभूत’ र ‘अभिलाषा’ एल्बम विमोचन गरिएको हो ।

    एल्बमलाई कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, कीर्तिमानी गायक/संगीतकार सागर अधिकारी ‘शरद’, सञ्चारकर्मी, लेखक एवं मिलाप फाउण्डेसनकी अध्यक्ष गीता अधिकारी, युथ क्रियसनका अध्यक्ष रमेश थापा, गीतकार उपाध्यायलगायतले विमोचन गरेका थिए ।

    यी तीनवटै एल्बम फरक शैलीका रहेका छन् । एल्बम ‘आकांक्षा’मा म्यासअपसङ रहेका छन् । अर्थात् एउटै ट्र्याकमा धेरै गीतहरूको अंशलाई जोडेर गीत बनाइएको छ । यसमा तीन दर्जनभन्दा बढी गीत रहेका छन् । यस्तै, एल्बम ‘अभिभूत’मा रिंगब्याक टोन सिआरबिटी र पिआरबिटी एकल गीतकारको शब्द रचनामा रहेका १५० भन्दा बढी गीतहरू रहेका छन् । त्यसै गरी एल्बम ‘अभिलाषा’ गीत सुरु हुनुभन्दा अगाडिको धुनलाई लिएर अर्थात् परिचय धुनलाई लिएर बनाइएको छ । जसमा १५० भन्दा बढी गीत रहेका छन् ।

    आफूले आफ्ना प्रस्तुतिलाई फरक-फरक ढंगले प्रस्तुत गर्नेक्रममा तीन गीत यसरूपमा प्रस्तुत गरेको उनले बताए ।

    विमोचन समारोहमा संगीतकार श्रेष्ठले उपाध्यायले आफ्ना प्रस्तुतिलाई सधैँ फरक ढंगले प्रस्तुत गर्ने गरेको आफूले पाएको उल्लेख गर्दै आज त्यसैको अर्को रूप यहाँ प्रस्तुत भएको बताए । ‘सधैँ नयाँ–नयाँ खोज गर्ने क्रममा डा. उपाध्यायका १३२ विश्व कीर्तिमान भएका छन् । त्यसैको निरन्तरता स्वरूप आजको यो प्रस्तुति रहेको छ,’ संगीतकार श्रेष्ठले भने ।

    अधिकारीले आफू लामो समयदेखि डा. उपाध्यायसँग सहकार्य गर्दै आएको बताउँदै उनको कार्यलाई बधाई तथा शुभकामना दिएका थिए । यस्तै, सो अवसरमा अन्य अतिथिहरूले पनि नयाँ एल्बमका लागि डा. उपाध्यायलाई बधाई तथा शुभकामना दिएका थिए ।  डा. उपाध्यायले हालै प्रेमदिवसको अवसर पारेर आफ्ना १५० भन्दा बढी गीतलाई ‘हट एयर बेलुन’मार्फत् आकाशमा उडाएर सार्वजनिक गरेका थिए ।

    डा. उपाध्यायले विभिन्न विधामा १३२ विश्व कीर्तिमान कायम गरेका छन् । यस्तै, उनका एक दर्जन बढी उपन्यास, तीन गीति पुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन् । दुई सय पचासको हाराहारीमा गीत सार्वजनिक गर्नुभएका उपाध्यायका सयौँ गीतका भिडियो पनि सार्वजनिक छन् । तीन गीति एल्बम विमोचन समारोहमा पत्रकारले राखेको जिज्ञासाको उत्तर दिँदै डा. उपाध्यायले आफ्ना विश्व कीर्तिमानको संख्या १५१ पुग्ने तयारीमा रहेको जानकारी दिएका थिए ।

  • चलचित्र पत्रकारको राष्ट्रिय भेला हेटौंडामा, तयारी पूरा

    चलचित्र पत्रकारको राष्ट्रिय भेला हेटौंडामा, तयारी पूरा

    हेटौंडा । चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेला हेटौंडामा आजदेखि सुरु हुँदैछ। संस्था स्थापनाको २५ वर्ष पुरा भएको अवसरमा चलचित्र पत्रकार संघ नेपाल केन्द्रीय समितिले फागुन ५ देखि ८ गतेसम्म राष्ट्रिय भेला आयोजना  हुँदैछ ।

    सिनेमा पर्यटनको आधारलाई अघि सार्दै संघले राष्ट्रिय भेलामा सिनेमा संवाद, अन्तरकृया, कार्यशाला, गोष्ठि, कार्यपत्र प्रस्तुत लगायतका विभिन्न कार्यक्रमहरु गरिने संघका केन्द्रीय अध्यक्ष समीर बलामीले बताए ।

    स्थानीय ठाउँहरुलाई नेपाली सिनेमा मार्फत पर्यटन प्रवर्द्वन गर्ने उदेश्यले राष्ट्रिय भेलाको आयोजना गरेको अध्यक्ष बलामीले बताए । भेलामा देशभरबाट दुई सय पचास जना पत्रकारहरु र ५० बढी कलाकार अतिथिको रुपमा उपस्थित हुने र सोही अनुसार व्यवस्थापन पुरा गरिसकेको संघका मकवानपुर शाखा अध्यक्ष कपिल खड्काले बताए । कार्यक्रममा नेपाली चलचित्र उद्योगको कार्यपत्र र चलचित्र पत्रकारिता क्षेत्रको कार्यपत्र प्रस्तुत हुनेछ ।

    फागुन ६ गते भेलाको औपचारिक उद्घाटन सँगै बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तयार पारेको चलचित्र ऐन मस्यौदा माथि छलफल हुनेछ । प्रेस काउन्सिल नेपालले सोही कार्यक्रममा विट पत्रकारिता र हेटौंडाका पत्रकारका लागि पत्रकार आचार संहितामाथी छलफल गर्नेछ ।

    बिज्ञापन बोर्डले अनलाईन व्यवस्थापक सम्बन्धी कार्यशाला आयोजना गर्नेछ । यस्तै फागुन ७ गते सिनेमा पर्यटन, सिनेमा बजार, मिडिया प्रमोशन र कर्पोरेट लगानी, फिल्म सेन्सर, नेपाली सिनेमाको अबको बाटो, केन्द्रीय चलचित्र ऐन र सेन्सर कार्यविधि बिषयहरुमा संवाद र अन्तर्कृया कार्यक्रम आयोजना हुनेछ ।

    चलचित्र बिकास बोर्डका अध्यक्ष भुवन केसी, सेन्सर बोर्डका अध्यक्ष तथा सह सचिव नेत्र प्रसाद सुवेदी, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल टेलिभिजनका महाप्रवन्धक फूलमान वल, बिज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाई, बागमती प्रदेशका संचार रजिष्ट्रार रेवती सापकोटा, पर्यटन बोर्डका प्रबन्धक सुर्य थपालिया, संचार मन्त्रालयका प्रतिनिधि, पर्यटन मन्त्रालयका प्रतिनिधि लगायत वक्ताहरुको उपस्थिति कार्यक्रममा रहनेछ ।

    यस्तै दयाराम दाहाल, नरेन्द्र महर्जन, जनक तामाङ, स्वस्तिमा खड्का, केकी अधिकारी, दिनेश डिसी, आकाश अधिकारी, निश्चल बस्नेत, अशोक प्यासी राई, मनोज पण्डित, संजोक बस्याल, अरुण बराल, चिरन्जिबी पौडेल, मोहन निरौला, राजु केसी, नवल खड्का, रवि अधिकारी, के एल पीडित, विदुर गिरी, शान्तिप्रिय, ध्रुव लम्साल, प्रकाश सायमी, डब्बु क्षेत्रीलगायत चलचित्रकर्मी तथा पत्रकारहरुको उपस्थिति रहनेछ । चलचित्र पत्रकारिता कार्यशाला पनि संचालन गरिनेछ जसमा अरुण बराल र चिरन्जिबी पौडेलले पत्रकारहरु लाई प्रशिक्षण दिने छन्।

  • उल्लेख्य शो सहित दोश्रो सातामा ‘दयारानी

    उल्लेख्य शो सहित दोश्रो सातामा ‘दयारानी

    काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको ‘दयारानी’ आफ्नो प्रदर्शनको दोश्रो सातामा प्रवेश गरेको छ । माओत्से गुरूङ निर्देशित सिनेमाले एक सातामा १ करोड ५० लाख ग्रस कलेक्सन गरेको सिनेमाका वितरकले बताएका छन् ।

    सिनेमामा दयाहाङ राई तथा दीया पुनको प्रमूख भूमिका रहेको छ । दयाहाङ र दीयाका अलवा विजय वराल, नयन गुरुङ, श्रृषा कुँवर आदिको प्रमुख भूमिका रहेको छ । सिनेमाले दर्शकहरुबाट सुखद प्रतिक्रिया बटुलिरहेको छ । सिनेमाले विशेषगरी मोफसलमा राम्रो व्यापार गरिरहेको छ भने काठमाडौंको व्यापार उल्लेखनीय छ ।

    सिनेमाको व्यापारबाट निर्देशक गुरुङ खुशी देखिएका छन् । उनले सिनेमाको व्यापार र प्रतिक्रियाबाट आफूलाई हौसला मिलेको बताए । उनले दर्शकलाफ यो मायाप्रेमका लागि धन्यवाद छ भन्ने प्रतिक्रिया दिएका छन् ।
    प्रदर्शनको दोश्रो सातामा सिनेमाले उल्लेख्य मात्रमा शो संख्या पाएको छ ।

    सिनेमाले आफू कहिल्यै बाबु बन्न नसक्ने तथ्य लुकाएपछि आइपर्ने सामाजिका तथा पारिवारिक घटनाक्रमलाई पेस गरेको छ । सिनेमा हेर्ने दर्शकहरुले ‘दयारानी’को विषयवस्तु मनपराएका छन् ।

    बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् ।

    सिनेमाको कास्टिङ डारेक्टर मणिराम पोखरेल हुन् । सिनेमालाई नेपालमा प्रचण्डमान श्रेष्ठको कम्पनि टिफल्क फिल्मस् र विदेशमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गरेको हो ।

  • ‘लन्डन टु पेरिस’ सिनेमाको छायांकन सकियो

    ‘लन्डन टु पेरिस’ सिनेमाको छायांकन सकियो

    काठमाडौं । घनश्याम लामिछाने निर्देशित ‘लन्डन टु पेरिस’ सिनेमाको छायांकन सकिएको छ । कोरोना लगत्तै छायांकनमा गएको सिनेमाको प्राविधिक कारणले २० प्रतिशत सुटिङ हुन बाँकी थियो । बाँकी छायांकन सकिएसँगै धमाधम मुम्बईमा सम्पादनको काम चलिरहेको जानकारी निर्देशक घनश्याम लामिछानेले दिएका छन् ।

    निर्देशक लामिछानेले दिएको जानकारी अनुसार एउटा गीतको आधा जति र केही दृश्य बाँकी रहेको थियो । आफ्नो छायाँकन सकेर अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र डेब्यू अभिनेता निश्चल खड्का भारतको मुम्बईबाट नेपाल फर्किसकेका छन् । सिनेमाको अन्तिम सम्पादन सकिएपछि रिलिज डेट घोषणा गर्ने तयारी रहेको छ ।

    ‘एक वर्षपछि सम्पूर्ण छायाँकन ढिलै गरी राम्रै भएकाले म पनि खुशी छु । कहिलेकाँही सिनेमा ढिला हुँदा सिनेमा रोकिने नबन्ने गरेकोमा ढिला नै भएपनि हामीले सिनेमा पूरा गर्न सक्यौं । यसमा म खुशी छु’, लामिछानेले भने । छिट्टै नै एउटा रोमान्टिक सिनेमाले दर्शकको मन जित्नेमा आशावादी भएको उनको भनाइ छ ।

    यसैगरी सिनेमाको पहिला खिचेको भागको डबिङ र कलर समेत भैसकेको छ भने मिक्सिङ तथा भिएफएक्सको काम अहिले खिचेको दृश्यहरुको डबिङ सकिएपछि हुनेछ । गरिमा शर्मा र कबीर खड्काको पनि मुख्य भुमिका रहेको ट्राभल लभस्टोरीको कथामा निर्माण हुन लागेको सिनेमाको सम्पूर्ण छायांकन बेलायतमा गरिएको छ । निश्चल र गरिमा यही सिनेमाबाट डेब्यू गर्दैछन् ।

    एबी इन्टरनेशनलको ब्यानरमा निर्माण हुने सिनेमाको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । सिनेमाको निर्मातामा अमित बस्नेत, अजित कुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरेल र सह-निर्मातामा अजित सिंह छन् ।

  • शर्मिलालाई कृष्ण कँडेलको प्रश्न- मैले ह्यारेसमेन्ट गरेको भए हिजो किन ‘भगवान् दाइ’ भन्दै हिँड्नुभयो ?

    शर्मिलालाई कृष्ण कँडेलको प्रश्न- मैले ह्यारेसमेन्ट गरेको भए हिजो किन ‘भगवान् दाइ’ भन्दै हिँड्नुभयो ?

    काठमाडौं । इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलले आफूमाथि लगाइएका आरोपबारे पत्रकार सम्मेलनमार्फत जवाफ दिएका छन् । उनले कुनै पनि कलाकारमाथि शोषण र दुर्व्यवहार नगरेको बताए ।

    इन्द्रेणीबाट हटाइएका ६ जना कलाकारले आफूहरूलाई अन्यायमा पारिएको भन्दै कँडेलविरुद्ध पत्रकार सम्मेलन गरेका थिए । उनीहरूमध्ये शर्मिला श्रेष्ठले आफूमाथि कँडेलले ‘ह्यारेसमेन्ट’ गरेको आरोप पनि लगाएकी छन् । कँडेल आफ्नो कोठामा जान खोजेको तर आफूले नलगेपछि काममा पेल्न थालेको उनको आरोप छ ।

    इन्द्रेणीको टीमसहित उपस्थित भएका कँडेलले आफूमाथि लागेका अधिकांश आरोप इन्कार गरे । युट्यूवका क्यामराहरूको भिडबीच उनी भावुकता र आवेशमिश्रित मनोदशामा प्रस्तुत भएका थिए । खासगरी शर्मिलाले लगाएको ‘ह्यारेसमेन्ट’ आरोपमा उनको आक्रोश थियो । उनले शर्मिलालाई ‘आफूले ह्यारेसमेन्ट गरेको भए अहिलेसम्म किन मौन बसेको ?’ भन्दै प्रश्न गरे ।

    कँडेलले भने, ‘अहिले जसलाई जे-जे भने पनि हुने भयो यो देशमा । शर्मिला बहिनी ! यदि मैले तपाईंलाई ह्यारेसमेन्ट गरेको थिएँ भने तीन वर्ष के हेर्नुभयो भन्नुस् त ? म विदेश जाँदा तपाईं एयरपोर्टमा आएर ‘भगवान् दाइ’ भन्दै ढोग गर्नुभएको थियो । अहिले राक्षस भन्ने हो भने त्यो बेला किन भगवान् भन्नुभयो ? त्यही बेला मलाई तैंले किन यसो गरिस् भन्नु पर्दैन ?’

    सबै कर्मचारीको कोठामा जाने गरेको आरोपलाई उनले आंशिक स्वीकार गरे ।

    कँडेलले भने, ‘परेको बेलामा काम विशेषले साथीभाइको कोठामा गइयो होला । गइन्छ पनि । त्यसैलाई लिएर ह्यारेसमेन्ट भन्न मिल्छ ?’

    आर्थिक कारणले इन्द्रेणीमा कार्यरत कर्मचारीहरुलाई स्थायीरूपमा राख्न नसक्ने भएपछि नयाँ करार गरेको कँडेलले बताए । त्यसैअनुसार आन्तरिक विधान बनाएको र वकिल राखेर सबैलाई हस्ताक्षर गराएको उनको भनाइ छ ।

    ‘कार्यक्रम भएको बेलामा बोलाउने भनेर सबैलाई एउटै व्यहोरामा सही गराइएको हो, उहाँहरूलाई मात्र होइन,’ कँडेलले भने ।

    १० वर्षमा घर बनाइदिने आश्वासन आफूले नदिएको उनले बताए ।

    ‘इन्द्रेणी त जग्गा लिजमा लिएर चलाइरहेको छु । ५ वर्षपछि के हुने हो टुंगो छैन । मैले कसरी अरुको घर बनाइदिने ठेक्का लिन सक्छु ?’ कँडेलले प्रश्न गरे ।

    इन्द्रेणीका गाडी चालककी पत्नीलाई ४ लाख रूपैयाँ दिएको आरोप भने कँडेलले स्वीकार गरेका थिए । उक्त पैसा केका लागि दिइएको भन्ने उनले ठोस जवाफ दिन सकेनन् । आर्थिक पारदर्शीताको विषयमा उठेको प्रश्नमा कँडेलले सबै आयव्ययको लेखापरीक्षण हुने गरेको भनेर पन्छिए ।

    कर्मचारीहरूलाई कुटपिट गरिएको आरोप कँडेलले आंशिक स्वीकार गरे । आफूविरुद्ध गालीगालौज र ज्यानकै धम्की दिइएपछि आफ्ना भाइभतिजाले धकेलाधकेल गरेको उनले बताए ।

    ‘उनीहरूले ममाथि नचाहिँदा आरोप लगाएर आक्रामकरूपमा पेश भएपछि मेरा मान्छेहरू पनि आक्रोशित हुनु स्वाभाविक हो । अलिकति धकेलाधकेल गरेका हुन्,’ कँडेलले भने, ‘त्यस्तो कुटपिट नभै भएको थियो भने त वकिल साब त्यही हुनुहुन्थ्यो, प्रहरीको हवल्दार हुनुहुन्थ्यो । त्यही दिन किन उजुरबाजुर गरिएन ?’

  • रेखा थापाको फिल्म ‘उपहार’को ट्रेलर सार्वजनिक

    रेखा थापाको फिल्म ‘उपहार’को ट्रेलर सार्वजनिक

    काठमाडौं । यही फागुन २५ गतेबाट रिलिज हुने फिल्म ‘उपहार’को ट्रेलर सार्वजनिक भएको छ । ज्ञानेन्द्र देउजा निर्देशित फिल्मको ट्रेलर शुक्रबार ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।

    ट्रेलरमा काठमाडौं महानगरपालिकाले सर्वसाधारणको घर भत्काएपछि उत्पन्न परिस्थितिलाई चित्रण गरिएको छ । खास गरी बाटोमा व्यापार गर्ने सर्वसाधारणको व्यापारलाई नगर प्रहरीले उठाएर लगेपछिको तनावलाई पनि ट्रेलरमा स्थान दिइएको छ ।

    अभिनेत्री रेखा थापालाई चिया बेच्ने महिलाको रुपमा प्रस्तुत गरिएको ट्रेलरमा अभिनेता मुकुन भुषाललाई ट्याक्सी ड्राइभरका रुपमा देखाइएको छ ।ट्रेलरका अधिकांश दृश्यमा कमेडीलाई स्थान दिइएको छ ।

    फिल्ममा रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्यायलगायतको पनि अभिनय छ ।

    बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् । रेखा फिल्मस् र कपनगढी फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।

    फिल्मको वितरण उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले गर्नेछ ।

  • दान्भीको छायांकन भारतको कालिम्पोङमा

    दान्भीको छायांकन भारतको कालिम्पोङमा

    काठमाडौं । भारतको कालिम्पोङ नेपाली फिल्म ‘दान्भी’को छायांकन धमाधम भइरहेको छ । रुपेश तामाङको निर्देशनमा तयार भइरहेको फिल्मको तेस्रो सेड्यूलको छायांकन भारतमा भइरहेको हो । निर्माण पक्षले यो फिल्मको एक्सनले भरिएको टिजर सार्वजनिक गरिसकेको छ ।

    फिल्मको पहिलो हाफको दृश्यको छायांकन कालिम्पोङ भइरहेको निर्माण पक्षले जानकारी दिएको छ ।

    फिल्मको छायांकनमा मुख्य कलाकारहरू पूजा शर्मा, कुन्साङ बोमजोमले अभिनय गरिरहेका छन् । एक सातादेखि कालिम्पोङमा रहेकी नायिका शर्माले भनिन्–‘हामीले फिल्मको मुख्य अंशको छायांकन गरिरहेका छौँ । अझै, एक साता छायांकन सेड्यूल छ ।’

    फिल्मको टिजर सार्वजनिक भए पनि प्रदर्शन मिति भने तय गरिएको छैन । फिल्मको काम सकेपछि मात्र प्रदर्शन मिति तय गर्ने तयारीमा निर्माण पक्ष छ । फिल्ममा पूजा र कुन्साङको साथमा फिल्म ‘पर्खी बसेँ तिमीलाई’का मुख्य नायक किरण श्रेष्ठको पनि अभिनय छ ।

    यो फिल्ममा देव मगर र अनुप गडालको लगानी छ । फिल्मका कार्यकारी निर्माता पवन राना मगर हुन् । फिल्ममा कमला मल्ल, पन्चबहादुर तामाङ, श्रवण कुमार श्रेष्ठ र जीवन तामाङ सह–निर्माताको रूपमा छन् ।

    श्री श्रेष्ठको एक्सन निर्देशन रहेको फिल्ममा हरि बहादुर घलेको छायांकन, रविना थापा मगरको कथा, सन्जोग कुँवर रानाको पटकथा तथा संवाद, अर्जुन पोखरेल, नरेश जोशी र केदार राज नेपालको संगीत, बन्दे प्रसादको सम्पादन, कविराज गहतराज र बाहुल बराइलीको कोरियोग्राफी छ । फिल्मका मुख्य सहाय निर्देशक नवराज शर्मा हुन् ।

     

  • यस्तो छ ‘अगस्त्य’को ट्रेलर

    यस्तो छ ‘अगस्त्य’को ट्रेलर

    काठमाडौं । एक्सन-थ्रीलर फिल्म ‘अगस्त्य’को ट्रेलर सार्वजनिक भएको छ ।

    बिहीबार सार्वजनिक ट्रेलरले सिनेमाले बदलाको कथा पेस गर्ने देखाएको छ । सिनेमालाई सौरभ चौधरीले निर्देशन गरेका हुन्।

    सार्वजनिक ट्रेलरमा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, निश्चल बस्नेत, प्रमोद अग्रहरी, रविन्द्र झा, शिशिर बाङ्देल, सिम्रन खड्काले स्थान पाएका छन् ।

    फागुन १८ गते रिलिज हुने सिनेमाले टिजर रिलिजपछि तारिफ बटुलेकोमा सार्वजनिक ट्रेलरले दर्शकलाई सिनेमा हेर्न आकर्षण गर्ने देखिएको छ ।

    प्रकाश मल्ल, अनिश तामाङ र विनोद पौडेलले निर्माण गरेको फिल्मलाई निर्देशक चौधरीले नै लेखेका हुन् । विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता रहेको सिनेमालाई डायस्पोरामा सेभेन सिजले वितरण गर्दैछ ।

  • कृष्ण कँडेलको प्रष्टीकरणः कसैको श्रम र सम्मानमा आँच पुर्याएको छैन

    कृष्ण कँडेलको प्रष्टीकरणः कसैको श्रम र सम्मानमा आँच पुर्याएको छैन

    काठमाडौं । ईन्द्रेणीका सञ्चालक कृष्ण कँडेलले आफूले कसैको पनि श्रम र सम्मानमा आँच नपुर्याएको प्रष्टीकरण दिएका छन् । उनीसँग काम गर्ने कलाकारहरुले कँडेलले आफूहरुलाई अन्याय गरेको भन्दै आवाज उठाएपछि विभिन्न सञ्चार माध्यममा समाचार आएका थिए ।

    कँडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो प्रष्टीकरण दिँदै समाचार लेख्नेविरुद्ध कानूनी उपचार खोज्ने चेतावनी समेत दिएका छन् । उनले नुबझी झुटो समाचार बनाए कानूनी उपचार खोज्ने चेतावनी दिएका हुन् ।

    कँडेलको भण्डाफोर गर्न भन्दै आजै कलाकारहरुले पत्रकार सम्मेलन पनि गरेका थिए ।

  • ‘र्‍याप ब्याटल नेपाल’ को अडिसनका लागि प्राविधकसहितको टोली सिक्किम प्रस्थान

    ‘र्‍याप ब्याटल नेपाल’ को अडिसनका लागि प्राविधकसहितको टोली सिक्किम प्रस्थान

    काठमाडौं । युजिसा इन्टरनेशनलको आयोजना र राज्य मिडिया नेटवर्कको सह–आयोजनामा हुन लागेको रियालिटी शो ‘र्‍याप ब्याटल नेपाल’ को अडिसनका लागि प्राविधकसहितको टोली सिक्किम प्रस्थान गरेको छ । शोको टिम बिहीबार काठमाडौंबाट सिक्किमका लागि प्रस्थान गरेको हो । टोलीलाई राज्य मिडिया नेटवर्कका अध्यक्ष सरोज ओझाले बिदाई गरेका छन् ।

    यो शो एपीवान टेलिभिजनमा अप्रिलबाट प्रसारण आउँदैछ । नेपाली साङ्गीतिक फाँटकादेखि बलिउडका संगीतकर्मी शोमा निर्णायक रहने शोका निर्देशक सानु खानले बताएका छन् । इभेन्ट निर्देशक डेभिल सिंह राजपुतले युवासहित सबै किसिमका दर्शकलाई सांगीतिक माहोलमाँझ रम्ने वातावरण शोले दिने बताए ।

    शोको अडिसन सिक्किमसहित दार्जिलिङ र सिलिगुढीमा हुँदैछ । दार्जिलिङ र सिलिगुढीको अडिसनपश्चात नेपालको झापा, इटहरी, जनकपुर, चितवन, पोखरा हुदै काठमाडौंमा अडिसन हुनेछ । जस अनुसार फेबु्रअरी १७ मा सिक्किमको रेमन्ती सङ्गीत एकेडेमी, फेबु्रअरी १९ मा दार्जिलिङको होटल युमा, फेबु्रअरी १९ मा सिलिगुढिको कर्मा म्युजिक एकेडेमी, फागुन ११ गते झापा बिर्तामोडस्थित बिटिएम मन्त्र थकाली, फागुन १३ गते इटहरीको होटेल मादेन इन, फागुन १५ गते जनकपुरको होटल राजदरबार नवरंग रिसोर्ट, फागुन १७ गते चितवनको भरतपुरस्थित चितवन गार्डेन रिसोर्ट, फागुन १९ मा पोखरा लेकसाईडस्थित क्लब सिक्स्टिन र २१ एवम् २२ फागुनमा काठमाडौँमा हुँदैछ ।

  • सकियो नीतिको डेब्यु चलचित्र ‘खजुरे ब्रो’ को छायांकन

    सकियो नीतिको डेब्यु चलचित्र ‘खजुरे ब्रो’ को छायांकन

    काठमाडौं। एक महिना देखि धरानमा भईरहेको चलचित्र ‘खजुरे ब्रो’को छायाँकन सकिएको छ। चलचित्रको सम्पूर्ण छायाँकन २५ दिनमा सकिएको कार्यकारी निर्माता डायमन्ड उप्रेतीले बताएका छन। पारिवारिक व्यङ्ग्यात्मक ‘लाइट कमेडी’ जनरामा आधारित चलचित्र ‘खजुरे ब्रो’ ले धरानको संस्कृतिको प्रवर्धन गर्नुको साथै स्थानीय कला र रहनसहन झल्काउने निर्माण पक्षको भनाइ छ।

    छायांकनको क्रममा स्थानीयले ठुलो सहयोग गरेको र चलचित्रको छिट्टै पोस्ट प्रोडक्सनको काम अघि बढ्ने निर्माता नवीन मानन्धरको भनाइ छ। दिव्यदृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा निर्देशक सुरज सुनुवारले निर्देशन गरेको चलचित्रको निर्माण नवीन मानन्धर र सुरज सुनुवारले गरेका हुन्। कमेडी जनराको चलचित्रको लेखक पनि निर्देशक सुनुवार नै हुन्। चलचित्रमा रेयर राई, महेश त्रिपाठी, नीति शाह, नविन मानन्धर, प्रकाश भुजेल, बिनिता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्की, मनिष राउत, प्रेम सुब्बा र सुजाता राईको मुख्य भूमिका रहनेछ।

    No description available.

    ‘खजुरे ब्रो’ नीति शाहको डेब्यु चलचित्र हो। चलचित्रमा दार्जलिङ्गका कलाकार शान्तिला तामाङको पनि अभिनय रहेको छ। चलचित्रमा मेयर हर्क साम्पाङको बिसेष भूमिका रहेको छ। चलचित्रमा धरानका मेयर हर्क साम्पाङले अतिथि कलाकारको भूमिकाको काम गरेका छन् ।

    चलचित्रका कार्यकारी निर्माता डायमन्ड उप्रेती हुन् । शिशिर बिसंखेले छायाँकन गरेको चलचित्रमा अनमोल गुरुङको संगीत र सोनाली शिल्पाकारको मेकअप रहेको छ। चलचित्रको सह निर्माता अनिल मानन्धर र पिकेश मानन्धर रहेका छन्। चलचित्र जेठ महिनामा प्रदर्शन गर्ने निर्माण टिमको योजना रहेको छ।

    No description available.

     

  • इन्द्रेणीबाट निकालिएका कलाकार रुँदै लाइभमा, कृष्ण कँडेलले अन्यायमा पारेको आरोप

    इन्द्रेणीबाट निकालिएका कलाकार रुँदै लाइभमा, कृष्ण कँडेलले अन्यायमा पारेको आरोप

    काठमाडौं । लाइभ दोहोरीको चर्चित प्लेटफर्म इन्द्रेणीभित्रको विवाद सतहमा आएको छ । इन्द्रेणीबाट अघोषित निष्कासनमा परेका पाँचजना कलाकारले फेसबुक लाइभमा आएर सञ्चालक कृष्ण कँडेलविरुद्ध विभिन्न आरोप लगाएका छन् ।

    शर्मिला श्रेष्ठलगायतका कलाकारहरू संयुक्तरूपमा लाइभमा आएका हुन् । उनीहरूले पुसदेखि आफूहरूलाई कार्यक्रममा नबोलाइएको बताए । पूर्ण कँडेल र लक्ष्मी घिमिरेले आफूहरूमाथि हातपातसमेत भएको दाबी गरे । यद्यपि, उनीहरूले के कति कारणले विवाद भएको हो र किन उनीहरूलाई निकालियो भन्ने स्पष्टरूपमा बताएनन् । आगामी दिनमा थप तथ्यहरू बाहिर ल्याउने उनीहरूको भनाइ थियो ।
    लाइभमा बताइएअनुसार पाँचजनालाई बोलाएको बेलामा मात्रै आउने भनेर कागजमा सही गर्न लगाइएको थियो । आर्थिक कारणले तलवमा राख्न नसक्ने भनेर कँडेलले बताएका छन् । तर, कार्यक्रम नियमित सुटिङ हुँदा पनि नबोलाएर आफूहरूलाई अघोषित निष्कासन गरिएको कलाकारहरूले बताए ।

    लाइभ आएकाहरूमा शर्मिलासहित खगेन्द्र विश्वकर्मा, पूर्ण कँडेल, लक्ष्मी घिमिरेलगायत छन् । कँडेल र घिमिरे सञ्चालक कृष्ण कँडेलका नातेदारसमेत हुन् ।

    इन्द्रेणीमा नियमित देखिने गरेकी शर्मिला श्रेष्ठ लाइभमै रोएकी थिइन् । आफ्नो बुवाआमाले कृष्ण कँडेललाई भगवान् मान्ने तर आफूलाई उनैले अन्यायमा पारेको श्रेष्ठले बताइन् ।

    उनको भनाइ यस्तो छः

    म विगत ५-७ वर्षदेखि इन्द्रेणीमा थिएँ । दर्शकहरूले मलाई नियमित देखिराख्नुभएको थियो । तर, पुसदेखि म इन्द्रेणीमा गएकी छैन । कार्यक्रमहरू रेकर्ड भइरहे पनि हामीलाई बोलाइएको छैन । एक महिना प्रतीक्षा गर्दा पनि कुनै रेस्पोन्स नभएपछि लाइभ आउन बाध्य भएका हौं । धेरै दर्शकहरूले कार्यक्रमका बारेमा सोधिरहनु हुन्छ । म विभिन्न बहाना गरेर पन्छिन्छु ।

    आज सरस्वती पूजाको दिन हो । म सरस्वती माताको कसम खाएर भन्छु कि कुनै झूटो कुरा बोल्दिनँ । मेरी आमाले टिभीमा कृष्ण कँडेललाई देख्दा ढोग्नुहुन्छ । मेरो बुवाले पनि भगवान् मान्नुहुन्छ । त्यसैले मैले घरमा भन्न सकेको छैन । मलाई थाहा छ, दर्शकबाट पनि गालीको वर्षा हुन्छ होला । जुन थालमा खायो त्यसैमा थुकेको आरोप लाग्छ होला । तर, सबैले भगवान् मानेको व्यक्तिलाई मैले खप्न सकिनँ । औषधि खाएर निदाउनुपर्ने अवस्था आएको छ ।

    टिका सानुलाई बिदा गर्ने बेलामा उहाँले भन्नुभएको थियो कि, एकजनालाई झम्टिन आउने बाघले तपाईंहरूलाई पनि भोलि टोक्न सक्छ । यस्तै नै भएको छ । हामीलाई किन बोलाइएन त भनेर अफिसमा जाँदा मेरा कलाकार साथीहरू मसित बोलेनन् । म जाँदा दनादन कार्यक्रम सुटिङ भइरहेको थियो । म स्टुडियो भित्र छिरिनँ । अफिसका स्टाफहरूसँग राम्रो हाँसिखुशी कुरा गरेँ । आफ्नो चोट लुकाएर आएँ ।

    म अब ढुंगाको भगवान्‌लाई विश्वास गर्दिनँ । इन्द्रेणीमा काम गर्दा नै मेरो स्वर, शरीर सबै सकियो । तँलाई उपचार गर्नुपर्छ कि भनेर कहिल्यै सोधिएन । लास्टमा परेको बोलामा मात्र बोलाउने र तलबमा नराख्ने भनेर हटाइयो । मानसिक टर्चर दिइयो ।

    एक वर्ष अगाडि पनि यस्तै व्यवहार भएपछि म १५ दिनसम्म इन्द्रेणी नगई बसेकी थिएँ । त्यो थाहा पाएपछि मेरो आमाले भगवानको थलो छोडेर हिँड्ने ? तैंले के गरेर खान्छेस् भनेर मलाई गाली गर्नुभयो । घरबाट टर्चर भएपछि म आफैं गएँ । क्यामरा अन भएपछि मुसुक्क हाँसेर नाच्थेँ । तर, भित्र पीडा अर्कै थियो । संस्थाको इज्जत जान्छ भनेर हामीले बाहिर बोलेनौं । आखिर उहाँले नै हाम्रो रोजिरोटी टारिदिनुभएको थियो ।

    म मेरी आमासित क्षमा माग्छु, तपाईंले भगवान् ठानेको मान्छेलाई मैले खप्न सकिनँ । उहाँको प्यारी हुन सकिनँ । किन भन्ने चाहीँ पछि भन्नेछु ।

    कृष्ण कँडेलको सालो पर्ने लक्ष्मी घिमिरेले आफूहरूमाथि हातपात भएको बताए ।

    उनले सुनाए, ‘कृष्ण कँडेलले राणाको जस्तो स्वभाव देखाउनुहुन्थ्यो । गत माघ ५ र ६ गते गते एउटा मिटिङ भनेर सबैलाई बोलाइयो । हामीलाई सीसी क्यामरा नभएको कोठामा राखियो । ८-१० जना डन पाराका मान्छेहरू राखेर दाइ पूर्ण कँडेल र मप्रति हातपात गरियो । उहाँ .(कृष्ण कँडेल) मेरो भिनाजु हो । कुशल कँडेल मेरो भाञ्जा हो । भाञ्जा र भिनाजुलाई लात्तै लात्तले हान्यो भनेर उहाँको श्रीमती, मेरो दिदी प्रतिमा कँडेलले गाउँभरि प्रचार गर्नुभएको छ । हेर्नुस् मेरो हातमा गाँठा पनि छन् ।’

    पूर्ण कँडेलले पनि आफूहरूलाई बाध्यतामा पारेर हस्ताक्षर गर्न लगाइएको बताए । आफूमाथि गुण्डा लगाएर हातपात पनि गरिएको भन्दै उनले गालाको खत पनि देखाएका थिए ।

    के भन्छन् कृष्ण कँडेल ?

    कलाकारहरूले लगाएको आरोपका विषयमा बुझ्न नेपाल प्रेसले सम्पर्क गर्दा कँडेलले खासै बोल्न चाहेनन् । यो समाचार बनाउने विषय नै नभएको उनको टिप्पणी छ ।

    ‘केही बुझ्नु छ भने इन्द्रेणीमा नै आएर बुझ्नुस् । कोही फेसबुमा आएर रुँदैमा समाचार बनाउनुपर्ने जस्तो लाग्दैन,’ उनले भने ।

  • ‘कट्टा हान्दिन्छु’ विवादमा ट्विस्ट : चोरीको उजुरी दिनेकै ‘चोरी’ समातियो

    ‘कट्टा हान्दिन्छु’ विवादमा ट्विस्ट : चोरीको उजुरी दिनेकै ‘चोरी’ समातियो

    काठमाडौं । गायिका एलिना चौहानले गाएको पछिल्लो गीत ‘कट्टा हान्दिन्छु’ एकातिर सुपरहिट भइरहेको छ भने अर्कोतिर विवादित पनि । रिलिज भएको एक महिनाभित्रै करोड क्लबभित्र प्रवेश गर्ने बाटोमा रहँदा गीतमाथि ‘कपीराइट’ को झ्याउलो आइपरेको हो ।

    गायक विश्वराम कार्कीले आफ्नो सिर्जना चोरी गरिएको आरोप लगाउँदै प्रतिलिपि अधिकार कार्यालयमा उजुरी गरेका छन् । कार्कीको आवाजमा पनि कट्टा हान्दिन्छु बोलको गीत युट्युबमा रिलिज भइसकेको छ ।

    एलिनाले गाएको गीतभन्दा केही दिन पछाडि कार्कीले गाएको गीतको भिडिओ अपलोड भएको हो । कार्कीको गीत खासै कर्णप्रिय नभए पनि विवाद र चर्चाको बलमा यसले पनि ठिकठाक भ्यूज पाइरहेको छ ।

    विश्वरामले १७ जनवरीमा कट्टा हान्दिन्छु गीतको अडियो आफ्नो युट्युब च्यानलबाट रिलिज गरेका थिए । अडिओमा लिरिक्स कार्की जी र महेन्द्र सुबेदीको तथा संगीत क्रेडिट कार्की जीलाई दिइएको छ । त्यसको ५ दिनपछि २२ जनवरीमा एलिनाको गीत रिलिज भयो । यसमा शब्द नेत्र अर्याल र संगीत खेम सेञ्चुरीले दिएका छन् । एलिनाको गीत चर्चामा आए लगत्तै विश्वरामले १ फेब्रुअरीमा आफ्नो गीतको भिडियो रिलिज गरेका हुन् ।

    विश्वरामले आफ्नो उजुरीमा दाबी गरे अनुसार उनले २०७८ साल वैशाख १५ गते यो गीत आफ्नो लगानीमा रेकर्ड गराएका थिए ।

    म्युजिक भिडियो रिलिज गर्न ढिलाइ भएको उनको भनाइ छ । उक्त गीत हुबहु कपि गरेर भिडिओसहित सार्वजनिक गरिएको उनको भनाइ छ ।

    यी दुई गीतका दुईवटा हरफ मिल्दाजुल्दा छन् । संगीत भने फरक छ ।

    एलिनाको गीतः

    मान दिनेलाई मान दिन्छु, शान दिनेलाई शान दिन्छु
    तिमीले धोका दियौ भने मा कसम कट्टा हान्दिन्छु

    विश्वरामको गीत:

    शान दिनेलाई शान दिन्छु, मान दिनेलाई मान दिन्छु
    धेरै बढी बोलेपछि कट्टा हान्दिन्छु

    आफ्नो गीतको अडियो आइसकेपछि नेत्र अर्यालले चोरी गरेको आरोप विश्वरामको छ । उनलाई अभिनेता तथा भाइरल म्यान जयकिशन बस्नेतले साथ दिएका छन् । बस्नेतका अनुसार उनले आफ्नो फिल्म धुम २ मा बोलेको हिट डाइलग विश्वरामले अनुमति लिएर गीतमा प्रयोग गरेका हुन् ।

    ‘खासमा मान दिनेलाई मान दिन्छु, शान दिनेलाई हान्दिन्छु भन्ने डाइलग मैले धुम २ मा लेखेको हो । मैले आफ्नो जग्गा बेचेर बनाएको फिल्ममा राखेको डाइलगको कपीराइट मसित छ । विश्वरामजीले अनुमति लिएर प्रयोग गर्नुभयो । तर, उहाँहरूले अनुमति लिनुभएन,’ बस्नेतले भनेका छन् ।

    यस विषयमा अर्यालसँग बुझ्न खोज्दा उनको फोन रिसिभ भएन । गीतका संगीतकार तथा गायक खेम सेञ्चुरीले भने नचाहिँदो विवाद सिर्जना खोजिएको भन्दै उनले दुख व्यक्त गरे । दुई हरफ मिल्दोजुल्दो हुनु संयोग मात्र भएको उनको भनाइ छ ।

    सेञ्चुरी भन्छन्, ‘कतिपय बोलिचालीका भाषा र शब्दहरू संयोगवश मिल्न सक्छन् । नेत्र अर्याल आफैँमा अब्बल गीतकार हुनुहुन्छ । उहाँले कसैको चोरिरहनु पर्दैन ।’

    उनले थपे, ‘यसरी एकाध पङ्ति संयोगवश मिले भन्दैमा कपीराइट क्लेम गर्दै जाने हो भने त कुनै पनि गीत सुरक्षित नहोलान् ।’

    विश्वरामले आफ्नो गीत चोरी भएको दाबी गरिरहँदा नयाँ ट्विस्ट आएको छ । गायिका एलिना चौहानले आफ्नो सामाजिक सञ्जालबाट ५ वर्ष पुरानो एउटा गीत सार्वजनिक गरेकी छन्, जसको केही शब्द विश्वरामको गीतसित हुबहु मिल्छ । मोहन साउदले गाएको सो गीतको बोल छ ‘अब धेरै बोलिस् भने कट्टा हानिदिन्छु ।’

    विश्वरामलाई ईंगित गर्दै हाँसोको इमोजीसहित एलिनाले लेखेकी छन्, ‘को चोर ?’

  • सक्किगोनी टिमले बनाउने नयाँ फिल्मको नाम- ‘लाज शरणम्’

    सक्किगोनी टिमले बनाउने नयाँ फिल्मको नाम- ‘लाज शरणम्’

    काठमाडौं । चर्चित हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ को टिमले नयाँ चलचित्र निर्माणको औपचारिक घोषणा गरेको छ । चलचित्रको नाम ‘लज्जा शरणम’ रहनेछ ।

    वसन्त पञ्चमीको अवसर पारेर सामाजिक सञ्जालमार्फत नाम सार्वजनिक गरिएको हो । चलचित्रका बारेमा विस्तृत जानकारी भने दिइएको छैन ।

    चलचित्रको निर्देशन भने सम्भवतः अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्री) ले गर्नेछन् । उनीहरूले सक्किगोनीको निर्देशन गर्दै आएका छन् ।

    चलचित्रमा सक्किगोनीका थुप्रै कलाकारहरूलाई देख्न सकिने छ । अन्य कलाकारहरूबारे जानकारी दिइएको छैन ।

  • प्रेम दिवसको अवसरमा राजकुमार बगरले ल्याए ‘तिमी नभए’ (भिडिओ)

    प्रेम दिवसको अवसरमा राजकुमार बगरले ल्याए ‘तिमी नभए’ (भिडिओ)

    काठमाडौं । गीतकार एवं संगीतकार राजकुमार बगरको शब्द संगीतमा ‘तिमी नभए’ नामक अर्को नयाँ प्रस्तुति सार्वजनिक भएको छ ।

    गीतमा नव प्रतिभा रमेश किशोर ढकालले स्वर दिएका छन् । राजु कार्कीको संगीत संयोजन रहेको उक्त गीतको रेकर्डिङ, मिक्सिङ र माष्टरिङ राजकुमार बगरले नै गरेका हुन् । विशेषगरी वियोगान्त गीतहरू रचना गर्न रुचाउने बगरले यो पटक संयोगान्त गीत प्रस्तुत गरेका छन् ।

    प्रेम दिवसलाई लक्षित गरी निर्माण गरिएको उक्त म्युजिक भिडियोमा लोकप्रिय मोडल सनम कठायत र कविता न्यौपानेको अभिनय हेर्न सकिन्छ ।

    एभरेष्ट ग्यालेरी नामक युट्यूब च्यानलले बजारमा ल्याएको उक्त गीतमा जनक सिंहको निर्देशन,दीपक गिरीको छायाङ्कन र अमृत चापागाईँको सम्पादन रहेको छ।