Category: कलाप्रेस

  • प्रकाश सुबेदी भन्छन्ः कुनै बेला सेन्सर बोर्डको सदस्य रहेकोमा आफैंलाई धिक्कार्छु

    प्रकाश सुबेदी भन्छन्ः कुनै बेला सेन्सर बोर्डको सदस्य रहेकोमा आफैंलाई धिक्कार्छु

    काठमाडौं। केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले चलचित्र ‘रंगेली’को शीर्षकमा आपत्ति जनाउँदै सेन्सर पासको प्रमाणपत्र दिन अस्वीकार गरेपछि यतिबेला सामाजिक सञ्जाल तातेको छ।

    सेन्सर बोर्डको निर्णयलाई लिएर फिल्मकर्मीहरुले आपत्ति जनाइरहेका छन। आफ्नो समाजिक संजालमार्फत स्टाटस लेख्दै सेन्सर बोर्डले गरेको निर्णय उचित नभएको अधिकतमको गुनासो र आलोचना छ।

    यसै बिच पत्रकार तथा कार्यक्रम प्रस्तोता प्रकाश सुबेदीले पनि सेन्सर बोर्डको निर्णयलाई लिएर गुनासो पोखेका छन। उनले कुनै समय आफू सेन्सर बोर्डको सदस्य रहेकोमा आफैलाई धिक्कारी रहेको बताएका छन्।

    उनले लेखेका छन,’आफू पनि कुनै बेला सेन्सर बोर्ड को सदस्य बनेकोमा पछुतो मात्रै होइन आफूले आफूलाई धिक्कारी रहेको छु आज।’

    बाँकी कुरा भने उनले आफ्नो कार्यक्रममै प्रष्टयाउने जनाएका छन।

    अर्जुन सुवेदी निर्देशित ग्याङस्टर चलचित्र ‘रंगेली’ यहीँ फागुन २५ गते बाट प्रदर्शन हुँदैछ । सुरुमा चलचित्रको नाम ‘ग्याङस्टर रंगेली’ राखिएको थियो। तर पछि नाम परिवर्तन गरेर ‘रंगेली’ मात्र राखिएको हो।

  • बुद्धि तामाङले लुटे नायीका केकी अधिकारीको सपना (भिडियो)

    बुद्धि तामाङले लुटे नायीका केकी अधिकारीको सपना (भिडियो)

    काठमाडौं । इलामको चुलाचुली घर भई हाल बेलायत बस्दै आएका साहित्यकार, गीतकार नरेश विक्रम नेम्वाङको शब्दमा रहेको ‘लुट्यौ तिमीले’ गीत सार्वजनिक भएको छ ।

    चर्चित नायीका केकी अधिकारी तथा हास्य कलाकार बुद्धि तामाङको अभिनय रहेको उक्त गीतमा संगीतकार शिखर सन्तोषको संगीत रहेको छ भने भारतिय चर्चित गायीका सञ्जिवनी तथा अर्का चर्चित गायक राज सिग्देलले गीतमा स्वर भरेका छन् ।

    बेलायत बस्दै आएका साहित्यकार, गीतकार नेम्वाङ विगत लामो समयदेखि साहित्य सिर्जना गर्दै आइरहेका छन् । बेलायतमै रहेर नेपाली गितसंगीतको सेवामा समर्पित रहेका साहित्यकार नेम्वाङको यस गीतको म्युजिक भिडियो निर्देशन अहिलेका चर्चित म्युजिक भिडियो निर्देशक निकेश खड्काले गरेका हुन ।

    म्युजिक नेपालको उत्पादन रहेको उक्त गीत म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

  • गायक पदम राईको ‘हातैमा लेखेको’ सार्वजनिक (भिडिओ)

    गायक पदम राईको ‘हातैमा लेखेको’ सार्वजनिक (भिडिओ)

    काठमाडौं । गायक पदम राई र सुनिता सन्यक लिम्बुको स्वर रहेको डान्सिङ नम्बर ‘हातैमा लेखेको’को बोलको गीत सार्वजनिक भएको छ ।

    डिपी खनालको शब्द रहेको यस गीतको संगीत ताराप्रकाश लिम्बुले भरेका हुन् । ए वान म्युजिकसियनमा रेकर्ड भएको यस गीतको एरेन्ज उदयराज पौडेलको रहेको छ ।

    युट्युबमार्फत् सार्वजनिक गरिएको यस गीतको भिडियोमा गायका राई र गायिका लिम्बुको साथमा रिया लामा र निमबाबु ताङलाई फिचरिङ गरिएको छ ।

    सागर लामिछानेले निर्देशन गरेको भिडियोमा सम्भव सुवेदीको छयंकन र अनिल रानाको सम्पादन रहेको छ । यसअघि गायक राईको ‘पछिपछि लाएर’, ‘सख्खर चिनी’, ‘सरकारी अड्डा’, ‘यसो हेरेँ पूर्वतिर’ लगायत गीत चर्चित छन् ।

    भिडिओः

  • रानी र नारायणको ‘शिव शिव’ गीतको भिडियो सार्वजनिक

    रानी र नारायणको ‘शिव शिव’ गीतको भिडियो सार्वजनिक

    काठमाडौं । महाशिवरात्री पर्व आउन एक सातामात्र बाँकी छ । शिवरात्री पर्व नजिकिँदै जाँदा गीतसंगीत क्षेत्रका कलाकारहरुले गीतसंगीत पनि बजारमा ल्याउन थालेका छन् ।

    यही क्रममा गायिका रानी शाक्य र गायक नारायण बाबुले ‘शिव शिव’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् ।

    नारायण बाबुकै शब्द तथा संगीत रहेको गीतमा शिव भगवानको महिमा गाइएको छ । गीतको भिडियोमा मोडल वीना राउत र ईश्वर बल्लभ उप्रेतीले मोडलिङ गरेका छन् ।

    जीवन शाहीको निर्देशनमा तयार भएको यो भिडियोमा दिनेश पराजुलीको छायांकन, टेकेन्द्र शाहको सम्पादन, सन्तोष राजबाहकको कोरियोग्राफी छ ।

  • ‘डिग्री माइला’ को क्लिप शेयर गर्दै विनोद चौधरीको यस्तो ठट्टा

    ‘डिग्री माइला’ को क्लिप शेयर गर्दै विनोद चौधरीको यस्तो ठट्टा

    काठमाडौं । अभिनेता दयाहाङ राई स्टारर चलचित्र ‘डिग्री माइला’ प्रदर्शनीको तयारीमा छ । रिलिज हुनुपूर्व नै चलचित्रको उच्च चर्चा भइरहेको छ । वैशाख १ गते प्रदर्शन हुने यो चलचित्रको ट्रेलरले नै दर्शकको ध्यान तानिरहेको छ ।

    नेपाली अर्बपति तथा कांग्रेस सांसद विनोद चौधरीले सोही ट्रेलरको एक क्लिप शेयर गरेका छन् । जहाँ सीजी ग्रुप र उनको प्रसंग छ ।

    चौधरीले शेयर गरेको क्लिपमा दयाहाङ र माओत्सेको संवाद यस्तो छ-

    दयाहाङ : सीजी ग्रुप सुन्या छौ ? चाउचाउ बनाउँछ नि ! यसले मलाई मासिक चार लाखको अफर गर्‍या थियो ।

    माओत्से : तैंले किन खाइनस् त ?

    दयाहाङ : चौधरी आफैं धनी छ, धनीमाथि धनी के बनौं ?

    ठट्टाभावमा चौधरीले लेखेका छन्, ‘मैले एक वर्षमा कमाउने त तपाईंले यही एउटै फिल्मबाट कमाउनुहुन्छ होलाजस्तै छ त दयाहाङजी, हैट !’

  • आत्महत्या गर्नहुन्न भन्ने सन्देश बोकेको सुवास केसीको ‘दिनपछि रात’ सार्वजनिक

    आत्महत्या गर्नहुन्न भन्ने सन्देश बोकेको सुवास केसीको ‘दिनपछि रात’ सार्वजनिक

    काठमाडौं । सुवास केसीको स्वरमा ‘दिनपछि रात’ बोलको नयाँ सन्देशमुलक म्युजिक भिडिओ सार्वजनिक भएको छ ।

    करिब आठ मिनेट लामो भिडिओ भरि अहिलेका युवाहरुलाई लंक्षित गरेर आत्महत्या गर्न नहुने सन्देश दिन खोजिएको छ । उमेरको जोशमा होस् गुमाउँदा आउने परिणामको अन्तिम विकल्प आत्महत्या होइन भन्ने सन्देश भिडिओले दिन खोजेको छ ।

    आत्महत्या समस्याको समाधान नभएको गायक केसी बताउँछन् । भिडिओबारे गायक केसी भन्छन्, ’समस्या आइपर्दा कहिलेकाँही हामी के गर्ने के गर्ने छुट्याउन सक्दैनौ । अनि समस्याको अन्तिम समाधान हामी आत्महत्या हो भन्ने सोच्छौ । यो समस्या विशेषत युवाहरुमा बढी देखिने गर्दछ । उनीहरुलाई यो उमेरमा सही गाइड गर्ने व्यक्तिको खाँचो हुन्छ । त्यसैले अहिलेका युवाहरुलाई प्राथमिकतामा राखेर यो भिडिओ बनाएको हो ।’

    ‘मर्ने त मरेर जान्छन। तर कति दुख गरेर हुर्काएका ती आमाबुवामा यहाँ के बित्छ त्यो मरेर जानेले सोच्दैनन। हरेक समस्याको समाधान हुन्छ । त्यसैले मर्नुभन्दा बाँचेर समस्यासँग लड्नु ठिक हो भनेर पर्दामार्फत देखाउने खोजेको छु’, उनले जोडे ।

    सार्वजनिक गीतको भिडिओमा योगेश सिंह, विशाल गिरी, दिवाकर घिमिरे, किरण शाही ठकुरी, मञ्जु गिरी, आदि लगायतका कलाकारले अभिनय गरेका छन् ।

    गीतमा गणेश सुबेदिको शब्द छ। सन्दिप कार्कीको म्युजिक तथा एरेन्ज रहेको गीतमा रुबिन शाहीको मिक्सिङ तथा मास्टरिङ रहेको छ । पृथक रेकर्डसमा रेकर्ड गरिएको गीतमा नगेन्द्र राईको बाँसुरी, रोहित शर्माको असिस्टेन्ट क्यामरा र मिलिन्द शाक्यको साउन्ड छ ।

    भिडिओलाई निर्देशक महेश केसीले निर्देशन गरेका छन् । भिडिओको सम्पादन पनि उनी स्वयंले गरेका हुन् ।

    भिडिओ सुवास केसीको आफ्नै आधिकारिक युट्उब च्यानल ’इम्पेरिओ एजुकेसन’ मार्फत सार्वजनिक भएको छ । उनी इम्पेरिओ एजुकेसनका संस्थापक हुन् । यो उनको पहिलो सृजना भने होइन । उनले दुई वर्ष अगाडि ’चम चम’ बोलको गीत निकालेका थिए। गीतको भिडिओमा उनी आफैले अभिनय गरेका थिए ।

     

  • म्याकुरी र सुम्निमाबीच सम्बन्धविच्छेदको ‘भद्र सहमति’, आइतबार मुद्दा दर्ताको तयारी

    म्याकुरी र सुम्निमाबीच सम्बन्धविच्छेदको ‘भद्र सहमति’, आइतबार मुद्दा दर्ताको तयारी

    काठमाडौं । हाँस्यव्यंग्य कलाकार पवन खतिवडा म्याकुरीको वैवाहिक सम्बन्ध विघटनको लगभग संघारमा पुगेको छ । लामो समयको आपसी कलहपछि उनीहरु दुवै डिभोर्सका लागि तयार भएका छन् ।

    पवनले श्रीमतीको बानीव्यहोरा आफ्ना लागि असैह्य बनेको भन्दै डिभोर्स मागिरहेका थिए । सुम्निमा भने त्यसका लागि तयार थिइनन् ।

    आफूलाई कानूनीरुपमा पन्छाएर पवनले अर्को विहेको बाटो खोल्न खोजेको उनको आरोप थियो । केही बाहिरी व्यक्तिहरु उनीहरुको विवादमा घुसेर थप गिजोल्ने प्रयास गरेका थिए ।

    तर, अहिले उनीहरु दुवैले थप तिक्तता बढाउनुको साटो अदालत जाने भद्र सहमति गरेका हुन् । निकट स्रोतका अनुसार आइतबार उनीहरुको डिभोर्स केस फाइल हुन सक्ने छ । पवन आज पनि वकिल लिएर जिल्ला अदालत पुगेका थिए । अदालतले केही कागजातहरु अपुग भएको भनेर फर्काएको स्रोतले बतायो ।

    पवनले सुम्निमाको तर्फबाट डिभोर्स केस फाइल गर्न आग्रह गरेका थिए । कानूनी व्यवस्था अनुसार श्रीमतीले डिभोर्स मागेमा प्रक्रिया छोटो र सरल हुन्छ । तर, सुम्निमा आफैंले मुद्दा हाल्न तयार भएकी छैनन् । त्यसैले पवन स्वयम्ले डिभोर्सका लागि निवेदन दिन लागेका हुन् ।

    पवन र सुम्निमाबीच सम्पत्तिको बाँडफाँटको विषयमा कुरा मिलेको छैन । सुम्निमाले आफ्नो ४० लाख रुपैयाँ पवनले सिध्याएको दाबी गर्दै आएकी छन् । पवनले चढिरहेको गाडी पनि आफ्नो पैसाले किनेको उनको भनाइ छ । पवनले भने आफ्नो आधा सम्पत्ति दिन तयार रहेको बताएका छन् । ४० लाख रुपैयाँ आफूले सिध्याएको भने उनी मान्न तयार छैनन् ।

    पत्रकार सम्मेलनमा उनले भनेका थिए, ‘मैले ४० लाख रुपैयाँ खर्च गरेको प्रमाण दिनुपर्छ । यत्रो पैसा उनीसँग कहाँबाट आयो । उनले मेरो पैसाले किनेको ५–६ तोला सुन पनि नक्कली रहेछ । १८ लाखको गाडी किन्दा मेरो ६–७ लाख रुपैयाँ परेको छ ।’

    सम्पत्तिको बाँडफाँड अदालतले नै निरोपण गर्नेगरी उनीहरु मुद्दामा जान सहमत भएका हुन् । रिह्याब सेन्टरबाट एक महिना अगाडि निस्केदेखि सुम्निमा पवनसँग बसेकी छैनन् । पवन र सुम्निमाको विवादमा आफूलाई अभियन्ता बताउने शर्मिला वाइवा घुसेकी थिइन् । शर्मिलाले सुम्निमा र उनकी बहिनीलाई साथ लिएर पवनमाथि हातपात समेत गरेकी थिइन् । उक्त घटनालाई लिएर पवनले शर्मिलाविरुद्ध जाहेरी दिए । शर्मिला पक्राउ पनि परिसकेकी छन् । तर, पत्नी सुम्निमाविरुद्ध भने पवनले जाहेरी दिएका छैनन् ।

    सुम्निमा र पवनको विवाह २०७८ साल असोज १८ गते भएको थियो । दुई वर्ष प्रेमसम्बन्धमा रहेपछि उनीहरुले औपचारिक तवरबाट विवाह गरेका थिए । उनीहरुबाट कुनै पनि सन्तान भएनन् ।

  • बाइस वर्षपछि संजयले ल्याए ‘तिमि जस्तै’

    बाइस वर्षपछि संजयले ल्याए ‘तिमि जस्तै’

    काठमाडौं । ‘धेरै भो’,‘रुमाल लुकाई लुकाई खेल्दा’,‘हुदैन कसैको मुटू ढुङ्गाको’ लगायतका गीत मार्फत गायनमा स्थापित भएका पृथक स्वरका धनि चर्चित गायक संजय किशोर श्रेष्ठले झन्डै दुई दशकपछि नयाँ गीत ‘तिमी जस्तै’ सार्वजनिक गरेका छन् । आज काठमाडौं जमलस्थित विश्वज्योति चलचित्र भवनमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले गायनमा पुनः आगमन गर्दा पाएको साथले हौसला मिलेको बताए ।

    ‘पुनः गायनमा सक्रियता बढाउने जमर्को गरेको छु । जेम्स दाईका कारण यो सम्भव भएको हो । आश छ, पहिला झैँ माया पाउने छु’, गायक श्रेष्ठले भने,‘समय अनुसार आफूलाई परिमार्जित गर्ने कोसिश गरेको छु । आगामी दिनमा पनि समय सापेक्ष गीत सार्वजनिक गर्नेछु ।’

    उनले सार्वजनिक गरेको गीतमा जेम्स प्रधानको शब्द र सङ्गीत रहेको छ भने गीतको भिडियो पनि जेम्सले नै निर्देशन गरेका हुन् । भिडियोमा गायक श्रेष्ठ नै देखिएका छन् । उनी नेपाल आएपछि गायक तथा सङ्गीतकार जेम्स प्रधानसँग भेट भएपछि साङ्गीतिक सहकार्य जुटेको हो ।

    ‘मैले गीतलाई तयार गरेर राखेको थिएँ । एकदिन गायक श्रेष्ठ आएर सुने । यही गीतमार्फत पुनः गायनमा सक्रियता दिन्छु भनेपछि हामीले सहकार्य गरेका हौँ’, सङ्गीतकार प्रधानले भने,‘यो गीतको श्रव्यदृश्य पनि मैले नै तयार गरेको छु । हामीले धेरै सोचेर गीतको मर्मअनुसार दृश्याङ्कन गरेका हौँ ।’

    कार्यक्रममा उपस्थित गायक शशी गुरुङले आफू झैँ दुई दशक पश्चात सक्रियता देखाएको भन्दै गायक श्रेष्ठलाई शुभकामना दिए । उनले भने,‘म पनि बाइस वर्षपछि केही दिन अगाडि मात्र नयाँ गीत लिएर आएँ । संजयलाई पनि निरन्तरता दिनुपर्छ भन्न चाहन्छु । उनको गायन शैली र गायनको मिठास गज्जब छ ।’

    अर्का गायक भीम तुलाधरले गायक श्रेष्ठको आवाज अन्य भन्दा छुटै मिठास भएको बताए । ‘संजयले दुई दशक अगाडि पाएको चर्चा लोभ लाग्दो थियो । विविध कारणले उसले पाउनु पर्ने सफलता पाएन । अमेरिका पुगेर पनि नेपाल फर्किएर सङ्गीतमा भविष्य देख्नु सुखद कुरा हो । उसलाई निरन्तरताको कामना’, गयाक तुलाधरले भने ।

    कार्यक्रममा गायक बबिन प्रधान, कविन्द्र श्रेष्ठ, डिजाइनर अनिल स्थापित, सञ्चारकर्मी तथा गीतकार नरेश भट्टराईले गायक श्रेष्ठको गायन यात्राको बारेमा चर्चा गर्दै शुभकामना दिएका थिए । सार्वजानिक भिडियोमा जेसिका प्रधानको रङ्ग संयोजन र सम्पादन, जेम्स प्रधानको शब्द र सङ्गीत, श्याम तामाङले छायाङ्कन गरेका हुन् ।

  • उपहारको कहिले बार बिर्सिन्छुमा रेखाको ग्ल्यामर

    उपहारको कहिले बार बिर्सिन्छुमा रेखाको ग्ल्यामर

    काठमाडौं । यही फागुन २५ गतेबाट रिलिज हुने फिल्म ‘उपहार’को नयाँ गीत ‘कहिले बार बिर्सिन्छु’ सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक गीतमा अन्जु पन्त र साइराज खातीको स्वर, अर्जुन पोखरेलको संगीत र इन्दिरा अधिकारीको शब्द छ ।

    गीतको भिडियोमा अभिनेत्री रेखा थापालाई धेरै समयपछि ग्ल्यामर अवतारमा दर्शकले हेर्न पाउँछन् । गीतमा उनको जोडीका रुपमा मुकुन भुषाल छन् । गीतमा मुकुन र रेखाबाहेक समर्पण जंग कार्की र पूजा शर्मा तथा तेज गिरी र बेनिशा हमालको जोडीलाई देख्न सकिन्छ । फरक फरक लोकेसनमा खिचिएको भिडियो हेर्दा आकर्षक छ ।

    रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको ब्यानरमा रेखा थापा प्रस्तुतकर्ता रहेको फिल्ममा रेखा थापा, पूजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुषाल, शोभारस घिमिरे, मञ्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्यायलगायतको पनि अभिनय छ ।

    बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतीक र समीक्षा देउजा हुन् । फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यु निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।

    फिल्मको वितरण उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले गर्नेछ । गीत ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो ।

  • ‘अगस्त्य च्याप्टर १’ ले पायो ‘पीजी’ सर्टिफिकेट

    ‘अगस्त्य च्याप्टर १’ ले पायो ‘पीजी’ सर्टिफिकेट

    काठमाडौं । यही शुक्रबारबाट विश्वव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘अगस्त्य च्याप्टर १’ ले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) बाट ‘पीजी’ सर्टिफिकेट पाएको छ ।

    यो सर्टिफिकेट पाएपछि १६ वर्षभन्दा कम उमेरका दर्शकले चलचित्र हेर्न जाँदा अभिभावक अनिवार्य रुपमा लैजानुपर्ने हुन्छ । चलचित्रको बुधबार सेन्सर भएको थियो ।

    चलचित्रले देशभरका हलमा राम्रै शो पाएको छ । चलचित्रलाई देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले उपत्यकाभित्र १५ शो दिएको छ भने उपत्यका बाहिर २९ शो दिएको छ ।

    त्यस्तै काठमाडौंको वान सिनेमाजले दुई चेन गरेर ८, बीग मुभिजले ३, एफक्यूबले ३, बीएसआरले ४, आईएनआई चेनले सबै हलमा गरेर १२ शो दिएको छ । उपत्यका बाहिरका अन्य थिएटरले प्रत्येक थिएटरमा ३–३ शो दिएका छन् । शोको अनुपात हेर्दा देशभरका १११ फिल्म हलले ‘अगस्त्य च्याप्टर १’लाई २५९ शो उपलब्ध गराएका छन् ।

    निर्माण पक्षका अनुसार अष्ट्रेलियामा चलचित्रको शोको टिकट बिक्री भइसकेको छ ।

    चलचित्रमा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, निश्चल बस्नेत, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायतका कलाकारको अभिनय छ । विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता तथा प्रकाश मल्ल, अनिश तामाङ र विनोद पौडेल निर्माता रहेको फिल्ममा सञ्जय लामाको छायांकन, निर्देशक चौधरी स्वयंको लेखन, निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र एसडी योगीको संगीत छ ।

    डार्क हर्स इन्टरटेन्टमेन्ट र सेभेन सिज इन्टरटेन्टमेन्टको प्रस्तुति रहेको चलचित्र अमेरिका र बेलायतमा ८०० देखि एक हजार, क्यानडामा १५०, युरोपका अन्य देशसँगै जापान, कोरिया, हङकङ र थाइल्यान्डमा १५०, अष्ट्रेलिया र न्युजिल्याण्डमा ५०० र मध्यपूर्वका देशहरूमा ७५० शोमा रिलिज हुने बताइएको छ ।

  • दिलिप रायमाझीकी छोरीले प्रदीप खड्कासँग स्क्रिन सेयर गर्दै, बुवाआमाले गरे सम्झौता

    दिलिप रायमाझीकी छोरीले प्रदीप खड्कासँग स्क्रिन सेयर गर्दै, बुवाआमाले गरे सम्झौता

    काठमाडौं । अभिनेता दिलीप रायमाझीकी छोरी दिव्या रायमाझी ‘एक्टर’मा अनुबन्धित भएकी छन् । उनले चलचित्र ‘एक्टर’ मा नायक प्रदीप खड्कासँग स्क्रिन शेयर गर्ने भएकी हुन् ।

    बिहीबार चलचित्र निर्मातासँग दिव्याको तर्फबाट उनका बुवा दिलीप रायमाझी र आमा मञ्जु रायमाझीले सम्झौता गरेका हुन् । दिव्या हाल अमेरिकामै भएकाले दिलीप र मञ्जुले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

    चलचित्रमा यसअघि नै प्रदीप खड्का, आना शर्मा र राजबल्लभ कोइराला अनुबन्धित भइसकेका छन् । वैशाखको पहिलो साताबाट छायांकन सुरु हुने यो चलचित्रको प्रदर्शन भने कात्तिकमा हुनेछ ।

    चलचित्रलाई राजन भुसालले निर्देशन र थमन भण्डारीले निर्माण गर्दैछन् । दिव्याको यो डेब्यु चलचित्र भने होइन। यस अघि उनी चलचित्र ‘वरिष्ठ बलराम’मा अनुबन्धित भईसकेकी छन्।

  • उषाको ‘भर्जिन जवानी’ सार्वजनिक

    उषाको ‘भर्जिन जवानी’ सार्वजनिक

    काठमाडौं । उषा उप्रेतीको अभिनय रहेको डान्सिङ नम्बर ‘भर्जिन जवानी’ सार्वजनिक गरिएको छ । बिहीबार राजधानीको एक रेष्टुरेन्टमा कार्यक्रम गर्दै यो गीतको भिडियो सार्वजनिक गरिएको हो । मोडल उषा उप्रेतीलाई म्युजिक भिडियोमा अहिलेसम्मकै बोल्ड अवतारमा प्रस्तुत गरिएको छ ।

    शुक्र तामाङको निर्माण रहेको म्युजिक भिडियोलाई सुरेश पाण्डेयले निर्देशन गरेका हुन् । गीतको भिडियोमा कोरियोग्राफी पनि स्वयंम निर्देशक पाण्डेय नै रहेको छ । राजु कोइरालाको शब्द रचना रहेको गीतमा दुर्गा दाहाल साउदको संगीत तथा स्वर सुन्न सकिन्छ ।

    गीतमा लक्षु प्रकाश मल्लको एरेञ्ज र दीप श्रेष्ठको मास्टरिङ तथा मिक्सिङ छ । भिडियोमा प्रिया नगरकोटीको मेकअप तथा हेयर, हिमाल श्रेष्ठको क्यामरा एसिस्ट, सौरभ लामाको छायाङ्कन, सौखिन तिमल्सिनाको सम्पादन, कलर र पोस्टर, जटा शंकरको आर्ट र कमल परियारको कोरियोग्राफी एसिस्ट छ । भिडियो शुक्र तामाङको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

    भिडियो लिंक

  • ‘महाजात्रा’ नेपालसहित विश्वभर एकसाथ प्रदर्शन हुने

    ‘महाजात्रा’ नेपालसहित विश्वभर एकसाथ प्रदर्शन हुने

    काठमाडौं । प्रदीप भट्टराईको निर्देशनमा निर्माण भएको सिनेमा ‘महाजात्रा’ नेपालसहित विश्वभर एकसाथ प्रदर्शन हुने भएको छ ।

    ‘जात्रा’ शृङ्खलाको तेस्रो भाग ‘महाजात्रा’को नेपाल र भारत बाहेकको प्रदर्शन र वितरणको अधिकार खरिद गरेको एमएसएम इन्टरटेन्मेन्टस्ले विश्वभर एकसाथ रिलिज हुने जानकारी दिएको हो ।

    षट्कोण आर्टसको ब्यानरमा निर्माण भएको सिनेमालाई संयुक्त राज्य अमेरिका र क्यानाडामा नाम्लो इभेन्ट्स र कोसेली कोलोराडो, मिडलइस्ट अन्तर्गतका देशमा कन्सेप्ट भिजन र सुप्रिम फिल्म प्रोडक्सन एण्ड डिस्ट्रिव्युसन, युरोप अन्तर्गतका देशमा एनएमटी डेनमार्क, जापानमा आन्वी इन्टरटेनमेन्ट्स, कोरियामा विशाल आवाज मल्टिमिडिया, न्युजिल्यान्डमा लाखे इभेन्ट्स र अष्ट्रेलियामा एमएसएम इन्टरटेनमेन्टस् र रोटे पिङले सिनेमालाई प्रदर्शन गर्दैछ ।

    नेपाली सिनेमाको बजार विस्तार र प्रवर्दधनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका एमएसएम इन्टरटेनमेन्टस्ले ‘जात्रा’का दुवै शृङ्खला दर्शकको मन जितेको कारण विश्वभर एकसाथ भव्य रुपमा प्रदर्शन हुने जनाएको छ ।

    यो कम्पनीका सञ्चालक छत्र थापाले प्रवासमा रहेका नेपाली दर्शकले निर्देशक प्रदीप भट्टराई, षट्कोण आर्ट्स, रवीन्द्रसिंह बानियाँको समूहलाई विश्वास गर्नुका साथै आशावादी रहने गरेको बताए ।

    सिनेमामा विपिन कार्की, रविन्द्रसिंह बानियाँ र रविन्द्र झाको शीर्ष भूमिका छ । सिनेमामा हरिवंश आचार्यले खलपात्रको भूमिका निर्वाह गरेका छन् ।

    सिनेमा हासो र रोदनको मिश्रणलाई मौलिक्तासहित प्रस्तुत गरिएकाले यो शृङ्खला दर्शकको प्रिय बनेको र ‘महाजात्रा’ले त्यही बाटो पछ्याउने उनको दाबी छ । सिनेमाले वक्सअफिसमा उत्साहजनक व्यापार गर्ने आशा राखिएको छ ।

    सिनेमामा हरिवंश आचार्य, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

    म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलको संयूक्त निर्माण रहेको सिनेमाको डायस्पोरा प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले लिएको छ ।

    जित बहादुर रुवाली एसोसियट निर्देशक रहेको सिनेमामा पुरुषोत्तम प्रधान छायाँकन, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशन तथा आशिष अविरल संगीत, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर रहेका छन् ।

     

  • दार्जिलिङकी सोसल मिडिया इन्फ्लुयन्सरसित दुर्गेशले खेले म्युजिक भिडिओ

    दार्जिलिङकी सोसल मिडिया इन्फ्लुयन्सरसित दुर्गेशले खेले म्युजिक भिडिओ

    काठमाडौं । गायक तथा मोडल दुर्गेश थापा र भारतका सोसल मिडिया इन्फ्लुयन्सर नवश्रीको नेपाली म्यूजिक भिडिओको पोस्टर सार्वजनिक भएको छ । बुधबार दार्जिलिङकी नवश्री र दुर्गेशको ‘रुपकी रानी शेरको राजा’को म्युजिक भिडिओको पोस्टर सार्वजनिक भएको हो ।

    नवश्री दार्जिलिङकी बासिन्दा हुन् । उनी आफ्नी आमासँग दार्जिलिङकीमै बस्छिन् । बाल्यकालदेखि नै अभिनयमा झुकाव राख्ने नवश्रीले १४ वर्षको उमेरमै ‘प्लानेट मिस इन्डिया वर्ल्ड २०१८’ को उपाधि हात पारेकी थिइन् ।

    रिलिजको तयारीमा रहेको भिडिओमा राजकुमार थापा र प्रकाश कँडेलले खलनायकको भूमिका निर्वाह गरेका छन् । गीतमा भने कृष्ण केसी र सदिक्षा केटलले स्वर भरेका छन् । कृष्ण केसीको संगीत संयोजन रहेको गीतलाई एचबीएन रेकर्डिङ स्टुडियोमा रेकर्ड र मिक्सिङ गरिएको हो ।

    भिडिओलाई अजय रेडमीले खिचेका छन् । क्रान्ति केसीको निर्देशन र सम्पादन रहेको भिडिओलाई क्रान्ति केसी र देवराज सापकोटाले मिलेर कोरियोग्राफी गरेका हुन् ।

     

  • ‘अगस्त्य च्याप्टर १’ को अग्रिम टिकट बुकिङ खुल्ला, देशभर २ सय ५९ शो उपलब्ध

    ‘अगस्त्य च्याप्टर १’ को अग्रिम टिकट बुकिङ खुल्ला, देशभर २ सय ५९ शो उपलब्ध

    काठमाडौं । यही शुक्रवारबाट विश्वव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘अगस्त्य च्याप्टर १’ को एडभान्स बुकिङ खुलेको छ। चलचित्रले देशका अधिकांश थिएटरहरूमा राम्रै शो पाएको छ।

    सौरभ चौधरी निर्देशित चलचित्रलाई देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले उपत्यकाभित्र १५ शो दिएको छ भने उपत्यकाबाहिर २९ शो दिएको छ ।

    त्यस्तै, काठमाडौंको वान सिनेमाजले दुई चेन गरेर ८ शो, बीग मुभिजले ३ शो, एफक्यूबले ३ शो, बीएसआरले ४ शो, आइएनआई चेनले सबै हलमा गरेर १२ शो दिएको छ ।

    उपत्यका बाहिरका अन्य थिएटरले प्रत्येक थिएटरमा ३–३ शो दिएका छन्। समग्रमा देशभरका १ सय ११ फिल्म हलले ‘अगस्त्य च्याप्टर १’लाई २ सय ५९ शोहरु उपलब्ध गराएका छन् ।

    चलचित्रको प्रोमोसनको लागी यतिबेला चलचित्रका कलाकार र निर्माण टिम कम्मर कसेर लागी परेको छ। अभिनेता सौगात मल्ल दर्शक भेटघाटका लागी तराइ लागेका छन् । अभिनेता नाजिर हुसेन र अभिनेत्री मलिका महत पनि प्रचारप्रसारमै व्यस्त छन्।

    चलचित्रका लागि सौगातले आफ्नो तौल २० केजी घटाएर १० केजी बढाएका थिए। त्यस्तै, अर्का कलाकार नाजिरले पनि चलचित्रकै लागि २० किलो तौल बढाएका छन् । चलचित्रमा प्रमोद अग्रहरी भिलेनको रूपमा देखिएका छन्।

    चलचित्रमा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, निश्चल बस्नेत, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायतका कलाकारको अभिनय छ ।

    विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता तथा प्रकाश मल्ल, अनिस तामाङ र विनोद पौडेल निर्माता रहेको फिल्ममा सञ्जय लामाको छायांकन, निर्देशक चौधरी स्वयंको लेखन, निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र एसडी योगीको संगीत छ ।

    डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्म अमेरिका र बेलायतमा ८ सयदेखि एक हजार शो, क्यानडामा १ सय ५० शो, युरोपका अन्य देशसँगै जापान, कोरिया, हङकङ र थाइल्यान्डमा १ सय ५० शो, अष्ट्रेलिया र न्युजिल्याण्डमा पाँच सय शो र मध्यपूर्वका देशहरूमा ७ सय ५० शोमा रिलिज हुने छ ।

  • चलचित्रको भिलेन समाजका लागि भिलेन देखिए पनि ऊ आफ्नो लागि भने हिरो नै हो – प्रमोद अग्रहरी

    चलचित्रको भिलेन समाजका लागि भिलेन देखिए पनि ऊ आफ्नो लागि भने हिरो नै हो – प्रमोद अग्रहरी

    काठमाडौं। यहीँ फागुन १८ गतेबाट रिलिज हुने चलचित्र ‘अगस्त्य च्याप्टर १’मा अभिनेता प्रमोद अग्रहरिलाई पनि देख्न सकिनेछ। आफूले अभिनय गरेको हरेक चलचित्रमा भिलेनको भूमिकामा देखिँदै आएका प्रमोदले यो चलचित्रमा पनि आफ्नो भिलेन लुक्सलाई नै दर्शकमाँझ पस्किएका छन। उनी चलचित्रमा ‘त्रिपाठी’ को भूमिकामा देखिएका छन।

    ट्रेलरमा समावेश अग्रहरीले बोलेको ‘म आज् स्वयम्, म अन्त्य स्वयम्, जनम हुँ म, मरण स्वयम्, निर्माता हुँ, संघार स्वयम्’ दर्शकलाई रुचाएका थिए। प्रमोदका अनुसार चलचित्रमा उनको ‘त्रिपाठी’ चरित्र बाहुबली जस्तै छ अर्थात सबै कुरा उनकै अन्डरमा छ । चलचित्रमा उनको आफ्नै सञ्जाल भएको र उनको इसारा बिना समाजको केही कुरा पनि वरपर नचल्ने त्रिपाठीको भनाइ छ।

    ‘मैले गरेका कतिपय क्यारेक्टर आफ्ना लागि दमदार नै लाग्छन् । फरक चाहिँ त्यो क्यारेक्टर कसरी बाँचिरहेको छ भन्ने मात्र हो । किनकी हरेक चलचित्रमा मेरो चरित्र फरक परिवेश र फरक शैलीको हुन्छ’, प्रमोद भन्छन् ।

    प्रमोद परासीका हुन् । चलचित्रको ट्रेलरले मधेसकै कथा देखाएको छ । प्रमोदको बुझाईमा उनले ‘अगस्त्य च्याप्टर १’को जस्तो कथा परासीमा देखेका छैनन। ‘यस्तो कथा मैले अन्य ठाउँमा देखेको छु। भारतमा पनि देखेको छु। मैले त्यो देखेको क्यारेक्टरलाई मात्र फिल्ममा उतारेको हुँ । पहिरन, लुक्स उनीहरुबाटै लिएको हो’, प्रमोदले खुलाए।

    ‘क्यारेक्टर भनेको एउटा बच्चा जन्माउनु जस्तै हो। त्यसकारण पहिरनदेखि सबै कुरा जुटाउन राम्रै तयारी गरियो। मुख्य कुरा विचार हो। आन्तरिक रुपमा के चलिरहेको छ भन्ने हो जुन एउटा क्यारेक्टरका लागि महत्वपूर्ण हुन्छ,’उनी सुनाउँछन,‘आँखाले देखेका कुरालाई कसरी प्रस्तुत गर्ने भन्ने फेरि अर्को तयारी हो। म पुषदेखि नै त्यो क्यारेक्टरमै थिएँ । संवाददेखि सबे कुराहरुको राम्रो तयारी गरिएको छ।’

    आफ्नो चरित्रले दर्शकलाई ‘कनेक्ट’ गर्छन् भन्ने कुरामा प्रमोद ढुक्क छन् । ‘ट्रेलर हेर्दै मेरो संवादले धेरैलाई छोइसकेको छ। सामाजिक सञ्जालमा होस् या युट्उबमा, आएका प्रतिक्रियाबाट नै ती कुरा थाहा पाइसकेको छु । दर्शकले मेरो क्यारेक्टरको बारेमा कुरा गरिरहनुभएको मैले सुनेको छु’, उनी भन्छन् ।

    प्रमोद आफ्ना हरेक चरित्र आफ्ना लागि चुनौतिपूर्ण ठान्छन् । ‘मेरो चरित्र मेरै लागि चुनौतिपूर्ण हुन्छ। त्यसो हुँदा मैले अरुको चरित्रसँग किन चुनौति मान्नेरु यो चलचित्रमा रहेका बाँकी ६,७ जना कलाकारबीच एकापसमा राम्रै सहकार्य भयो। मलाई लाग्छ यो चलचित्रमा एउटा राम्रो काम भएको छ’, उनी जोड्छन।

    ‘चलचित्रको वर्कसप भएको थिएन। दुई चारपटक स्क्रिप्ट पढें। बीचमा बुवा बित्नु भएपछि घर आउनुपर्यो। उहाँको काम सकेर पछि पुन चलचित्र युनिटसँग जोडिएँ । फिल्मको स्क्रिप्ट पढिरहँदा आफ्नो क्यारेक्टरबाट के आउने वाला छ भन्ने मलाई थाहा थियो, त्यही अनुसार तयारी गरें’, प्रमोद भन्छन् ।

    प्रमोदको अनुभवमा चलचित्रको भिलेन समाजका लागि भिलेन देखिए पनि ऊ आफ्नो लागि भने हिरो नै हो । ‘उसले गरेको क्रियाकलापले कसैलाई असर पर्दा ऊ भिलेन हुन्छ । तर मैले गरिरहेको कुरा त आफ्ना लागि राम्रै हुन्छ नि। मेरो क्यारेक्टर समाजका लागि पोजेटिभ छ या नेगेटिभ छ भन्ने दर्शकको हेराईमा भर पर्छ । अगस्त्य च्याप्टर १ हेरेर निस्कँदा दर्शकले यो कुरा पक्कै सम्झनुहुन्छ’, उनी सुनाउँछन।

    डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको यो चलचित्रमा प्रमोदका अलावा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, निश्चल बस्नेत, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायतका कलाकारको अभिनय छ ।

    विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता तथा प्रकाश मल्ल, अनिस तामाङ र विनोद पौडेल निर्माता रहेको चलचित्रमा सञ्जय लामाको छायांकन, निर्देशक चौधरी स्वयंको लेखन, निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र एसडी योगीको संगीत छ ।

    चलचित्र यही शुक्रबार अर्थात् १८ गतेबाट नेपालसँगै विश्व भरबाट रिलिज हुँदैछ।

  • भक्तराजका ३ कालजयी गीत: तीन गीतकारका संस्मरण र अतीत

    भक्तराजका ३ कालजयी गीत: तीन गीतकारका संस्मरण र अतीत

    भजन शिरोमणि भक्तराज आचार्य ८१ वर्षको उमेरमा दिवंगत भए २०८०, फागुन १४ मा । २०४६ साल मंसिर १९ गते बौद्धको ‘छिरिङ रेस्टुरेन्ट’ मा संघातिक हमलामा परेपछि उनको जादुमयी स्वर सदाको लागि गयो । झनै २०५० सालमा क्यान्सरका कारण जिब्रो नै काटेर फाल्नु परेपछि उनी आवाजविहीन नै बने ।

    २०३० सालदेखि २०४६ सालसम्मको १६ वर्षको अन्तरालमा भक्तराजले करिब चार सय ५० गीत गाएका छन् । यसमा आधुनिक, भजन, राष्ट्रिय, बाल गीतलगायत विधा समेटिएका छन् ।

    गीतका शब्दहरूलाई प्रष्टसँग उच्चारण गरेर गाउन सक्ने क्षमता भएका यी मूर्धन्य गायक तथा संगीतकारका दर्जनौं कालजयी गीतहरू छन् । सूर र तालमा राम्रो पकड राख्ने भक्तराज तत्सम् र तद्भव शब्दहरूको उच्चारण यति राम्रोसँग गर्थे कि नारायण गोपाल नै भक्तराजको प्रशंसक रहेको उनका समकालीन संगीतकारहरू बताउँछन् ।

    ‘हजार सपनाहरूको माया लागेर आउँछ’, ‘जति चोट दिन्छौ देऊ मायालु’, ‘हजार आँखा हेर्ने मेरी मायालुलाई’, ‘मुटु जलिरहेछ’, ‘जीवन भनुँ त घात छ’, ‘जहाँ छन् बुद्धका आँखा’ लगायत दर्जनौं कालजयी गीतहरू छन् भक्तराजका ।

    ०००

    जहाँ छन् बुद्धका आँखा स्निग्ध, शान्त र सुन्दर
    त्यहाँ छ शान्तिको क्षेत्र मेरो राष्ट्र मनोहर
    प्राणभन्दा प्यारो लाग्छ मेरो देश कता कता
    छल्किन्छ ममता मेरो भावगंगा जता जता

    गीतकार डा. बमबहादुर थापा जितालीले लेखेको यो गीतमा भक्तराज आचार्यले संगीत र स्वर भरेका छन् । रोचक प्रसंग त के भने यो गीत तयार भएर रेडियोमा बजेको दुई वर्षपछि मात्रै भक्तराज र बमबहादुरबीच चिनजान भएको थियो । त्यो पनि अस्पतालको आईसीयूमा ।

    २०४४ सालको कुरा हो । बमबहादुरले अनुष्टुप छन्दमा एक कविता लेखेका थिए । शीर्षक थियो ‘सिपाही संकल्प’ ! २०४४ सालको ‘सिपाही’ पत्रिकामा यो कविता छापिएको थियो ।

    वर्षभरि छापिएका रचनामध्ये सर्वोत्कृष्ट रचनालाई ‘सिपाही’ मासिकले पुरस्कृत गर्थ्यो । त्यस वर्ष कविताहरूको मूल्यांकनकर्ता थिए श्यामदास वैष्णव । बमबहादुर भने राष्ट्रिय कम्प्युटर केन्द्रमा जागिरे थिए । श्यामदासले बमबहादुरको कवितालाई सर्वोत्कृष्ट भनेर सिफारिस गरिदिएछन् ।

    बमबहादुर त्यसबेलाको प्रसंग सुनाउँछन्, ‘उहाँले मेरो कवितालाई सर्वोत्कृष्ट बनाउनुभएको रहेछ । तर, आर्मीको जर्नेललाई सर्वोत्कृष्ट गरिएछ । मलाई दोस्रो बनाउँदा कमजोरलाई बनाइयो भनेर थाहा पाउने भएकाले मलाई त आउट नै गरेछन् । किनभने आर्मीहरूले पुरस्कार जितेपछि उनीहरूको ग्रेड थप हुने वा प्रमोसन हुने लगायत फाइदा हुँदो रहेछ । यसपछि उहाँले रचनामा अन्याय गरिनु हुँदैन भनेर आर्मीलाई भन्नुभयो ।’

    तर, पुरस्कृत गरिसकिएको थियो । पुरस्कार फिर्ता लिने कुरा भएन । श्यामदासले बमबहादुरलाई रेडियो नेपालमा लिएर गए र अर्को प्रस्ताव राखे, ‘यो रेकर्ड गर्नुपर्छ बुझ्नुभयो ? राम्रो सृजना आउट गरेको राम्रो होइन । म यो गीत रेकर्ड गरेर देखाउँछु ।’

    अनि बमबहादुरले रेडियो नेपालकै कौसीमा बसेर तीन श्लोक छनोट गरेर श्यामदासलाई दिए । स्थायी र अन्तरा पनि बनाइदिए त्यही कविताबाट । यसपछि श्यामदासले बमबहादुरलाई रेडियो नेपालमा लिएर गए ।

    बमबहादुर सम्झन्छन्, ‘उहाँले सरासर नीर शाहको कोठामा लिएर जानुभयो । नीर शाहलाई यस्तो रचना रेकर्ड गर्नुपर्‍यो भनेर भन्नुभयो । अनि नीर शाहले चाहिँ गीतको शिरदेखि पुछारसम्म पढ्नुभयो । अनि भन्नुभयो, ‘वाफ रे ! गीत त यस्तो पो हुनुपर्छ, अरुले नगरे म मेरो पकेटको पैसाले रेकर्ड गराउँछु ।’

    यसपछि गीत छाडेर बमबहादुर फर्किए ।

    एक महिनापछि उनले सूचना पाए, ‘गीत रेकर्ड भयो ।’ उनको गीत रेडियो नेपाल, नेपाल टेलिभिन र रत्न रेकर्डिङले संयुक्त रूपमा रेकर्ड गरेका थिए । साथै उनलाई ‘पारिश्रमिक लिन आउनू, गीत पनि सुन्नू’ भनेर पनि सूचना दिइएको थियो ।

    रेडियो नेपालमा गएर उनले गीत सुने । बमबहादुर प्रफुल्लित सुनिन्छन्, ‘गीत सुन्दा यति आनन्द आयो कि, आहा ! किनभने यो मेरो पहिलो गीत थियो । संगीत र स्वर भक्तराज आचार्यको थियो ।’

    यसपछि बमबहादुर तीन सय रूपैयाँ पारिश्रमिक लिएर फर्किए । पछि एकैपटक उनले समाचार सुने, बौद्धमा भक्तराजमाथि हमला भयो । उनी वीर अस्पतालको आईसीयूमा छन् ।

    बमबहादुर भन्छन्, ‘बेहोसीबाट होसमा आउनसाथ उनले साला र श्रीमतीलाई ‘बुद्धका आँखा’ गीत लेख्ने को हो ? म भेट्न चाहन्छु ।’

    संयोग कस्तो भने भक्तराजका साला रमेश पाण्डे पनि राष्ट्रिय कम्प्युटर केन्द्रमा काम गर्ने गर्थे । तर, भक्तराजकै साला भनेर बमबहादुरसँग चिनजान थिए । रमेशले बमबहादुरलाई भने, ‘भिनाजुले भेट्न चाहनुभएको छ । भेट्न जानू ।’

    बमबहादुर सम्झन्छन्, ‘म गएपछि उहाँलाई ‘जहाँ छन् बुद्धका आँखा’ लेख्ने उहाँ नै भनेर आफन्तहरूले भन्दा मलाई अंगालो हालेर भन्नुभएको थियो, तिम्रो गीत देख्नेबित्तिकै पहिचान गरेको थिएँ ।’

    बमबहादुरका अनुसार श्यामदासलाई स्थायी र अन्तरा छुट्याएर दिएपछि श्यामदासले आफ्नो गीत सहित भक्तराजलाई दिएछन् । भक्तराजले बमबहादुरका गीत कम्पोज गरेका रहेछन् ।

    ०००

    जति चोट दिन्छौ देऊ मायालु मुटुभित्र साँचेर राख्नेछु
    जति आँसु दिन्छौ देऊ मायालु, दुई आँखाबाट झार्नेछु

    गीतकार सुवासचन्द्र ढुंगेल महाराजगन्जमा प्रवीणताप्रमाणपत्र पढ्दै थिए २०३६/३७ सालतिर । यही बेला उनले लेखेको गीत हो यो । यो गीत २०३८ सालमा भक्तराज आचार्यले संगीत भरेर स्वर दिएका थिए ।
    सुवासचन्द्र बाल्यकालदेखि नै रेडियो नेपाल आउने जाने गर्थे । वासुदेव मुनालको कार्यक्रममा सहभागिता जनाउँथे । त्यसैले पनि रेडियो नेपालसँग परिचित थिए । किशोर कालमा प्रवेश गरेपछि भने भक्तराजले गाएको यो कालजयी गीत लेखे- ‘जति चोट दिन्छौ देऊ मायालु ।’

    सुवासचन्द्र सुनाउँछन्, ‘त्यसबेला म अलि सेन्टिमेन्टल गितीकथा लेख्थेँ । मलाई भावनात्मक गीतहरू लेख्न मन पर्थ्यो । त्यस्तै परिस्थितिमा पनि थिएँ । आफूलाई मन परेको कुरा भित्रैदेखि लेख्न सक्ने उर्वर समय पनि थियो । अहिलेकाले माया प्रेमलाई हल्काफुल्का लिन्छन् । तर, फूल कहिल्यै पुरानो हुँदैन भनेजस्तो एउटा अवस्थालाई चित्रण गरेको कुरा कहिल्यै पुरानो हुँदैन ।’

    सुवासचन्द्र ढुंगेल भक्तराजको गायकीको प्रशंसक थिए । तर, चिनजान भने थिएन ।

    उनका साथी विदुर खड्का रेडियो नेपालमा काम गर्थे । ललितपुरको महालक्ष्मीस्थानमा भक्तराजको छिमेकी पनि थिए । अनि एक दिन विदुरको पछि लागेर सुवासचन्द्र भक्तराजको घर गए २०३७/३८ सालतिर । आफूले लेखेको गीत देखाए ।

    सुवासचन्द्र सुनाउँछन्, ‘तीन अन्तराको गीत थियो । तर, उहाँले पाँच मिनेटभन्दा लामो हुन्छ भनेपछि दुई अन्तरामात्रै गाएको हो ।’

    गीत तयार भयो, सबैले रुचाए । भक्तराज त यसै चर्चित थिए । सुवासचन्द्रलाई पनि चर्चित बनायो । उनको यो तेस्रो गीत थियो । तेस्रो गीत नै चर्चित बनेपछि उनलाई गीत लेखाउनेहरूकै लर्को लागेको थियो । त्यसवेला रेडियो नेपालमै दिनको चार पाँच पटक यो गीत बज्थ्यो ।

    पछि भक्तराजसँग सुवासचन्द्रले अर्को तथा अन्तिम गीत गरे,-

    तिम्रो मनमा मिलनको फूल फुल्दा
    मेरो मनमा विछोडको खडेरी परेछ

    ०००

    जीवन भनुँ त घात छ
    मृत्यु भनुँ त सास छ
    दोधारमा बाँचु कति ?
    हर गीतमा चित्कार छ

    २०३८ सालदेखि चिनजान भएका गीतकार तथा कवि दिनेश अधिकारी र भक्तराज आचार्यबीच केही समयदेखि गीत गर्ने कुराकानी भइरहेको थियो । यो समयमा दिनेश नेपाल ल क्याम्पस पढ्ने गर्थे । २०३९ सालदेखि नै गीत लेख्न सुरू गरेको दिनेशको दोस्रो गीत ‘तिमी यसै लजायौ, म यसै धकाएँ’ चर्चित बनिसकेको थियो । गीतकारको रूपमा दिनेश पनि प्रख्यात बनिसकेका थिए ।

    भक्तराज-दिनेशले पटकपटक सहकार्य गर्ने योजना बनाए पनि सफल हुन सकिरहेको थिएन । २०४१ सालको बिदामा दिनेश काठमाडौं आए । किनभने यसबेला उनी सरकारी जागिरे भइसकेका थिए । काठमाडौं आएको बेला ‘एउटा गीत चाहियो, गरौं’ भन्ने कुरा भयो । दिनेश बैतडी फर्किए ।

    दिनेश बैतडी फिरे । उतैबाट हुलाकमार्फत् गीत पठाए,- जीव भनुँ त घात छ ।

    २०४२ सालमा रामराजाप्रसाद सिंह लगायतले बम बिस्फोट गराएको घटनाका कारण रेडियो नेपाल डिस्टर्ब भएको थियो । अनि भक्तराजले दिनेशलाई चिठीमै जवाफ पठाए, ‘मलाई गीत मन पर्‍यो । रेडियोमा डिस्टर्ब भइरहेको अवस्था छ । अहिले क्युमा बस्नुपर्ला ।’

    तर, चिठीमा भनिएजस्तो गीत रेकर्ड हुन ढिला भएन । रेडियोमा गुन्जन पो थाल्यो ।

    दिनेश यो गीत लेख्नुको कारण सुनाउँछन्, ‘यो गीत एक खालको सोचमा गएर लेखेको हुँ । एक किसिमको फ्रस्टेसन छ । तर, जीवनसँग भागेर कतै जान पनि सकिँदैन । जीवनमा सन्तुष्टि पनि छैन । यो दोसाँधमा रहँदा लेखिएको गीत हो यो ।’

    २०४६ सालको दुर्घटना भइसकेपछि रेडियो नेपालका धेरै कार्यक्रमहरूमा दुर्घटनाको कुरा गर्थे, अनि यही गीत बजाउँथे, ‘जीवन भनुँ त घात छ ।’

    दिनेश भन्छन्, ‘भक्तराज दाइको त्यो दुर्घटना सम्झेर यो गीत सुन्दा म आफैं धेरैपटक रोएको छु । पछि भक्तराज दाइले पनि एक संस्मरणमा यो गीतको प्रसंग निकालेर मेरो भविष्य पहिल्यै देखिएको रहेछ, मेरो जीवनकै सबैभन्दा नजिकको गीत यही हो भनेर भन्नुभएको थियो ।’

    दिनेश र भक्तराजले सहकार्य गरेको यही नै पहिलो र अन्तिम गीत हो ।

    ०००

  • विराजको ‘१२ गाउँ’मा न्यान्सी हिरोइन

    विराजको ‘१२ गाउँ’मा न्यान्सी हिरोइन

    काठमाडौं । विराज भट्टको ‘१२ गाउँ‘मा न्यान्सी खड्का नायिका बन्ने भएकी छन्। अभिनेता विराजले यसको पुष्टि गर्दै अनुबन्धन सम्झौता भइसकेको बताए।

    ‘हामीले स्क्रिप्ट सुनायौँ, उहाँले मनपराउनुभयो। हाम्रो सिनेमाको पात्रले खोजेको जस्तै भएकाले उहाँलाई अनुबन्धित गरेका छौँ‘, विराजले भने ।

    खड्का मिस नेपाल इन्टरनेशनल-२०२२ हुन्। विराटनगर घर भएकी न्यान्सी व्यावसायिक मोडलसमेत हुन् भने उनले आमसञ्चार विषयमा अमेरिकाबाट स्नातक गरेकी छन् ।

    उनी केही समय अगाडि जापानमा भएको ‘मिस इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गरेकी थिइन। यसका अलावा न्यान्सीले मानसिक स्वास्थ्यमा जनचेतना फैलाउने काममा सक्रिय रहँदै आएकी छन्।

    यसै सिनेमाबाट विराज आफ्ना छोरा समीर भट्टलाई डेब्यू गर्ने योजनामा छन्। त्यसैले सिनेमामा न्यान्सी कसको जोडी बन्छिन् भन्ने बारेमा निर्माण पक्षले हालसम्म केही खुलाएको छैन।

    हाल प्रिप्रोडक्सनको चरणमा रहेको ‘१२ गाउँ‘ ठूलो बजेटमा तयार हुनेछ। सिनेमा चैत १५ बाट छायाँकनमा जाने भएको छ।

    सन्तोष सरकारको कथा तथा पटकथामा अभिनेता विराज प्रमुख भूमिकामा देखिनेछन् । सिनेमालाई विराज आफैँले निर्देशन गर्नेछन् ।

    सन् २०२४ मा रिलिज हुने सिनेमामा विराजले नेपाली सिनेमा इतिहासकै उच्च स्तरीय एक्सन पस्किने तयारी गरेका छन् । उनले यसलाई अन्तर्रराष्ट्रिय स्तरमा लैजाने गरी तयारी गरिरहेका छन् । नेपाली सिनेमामा एक्सन भूमिकाहरूबाटै सुपरस्टार बनेका विराज पछिल्लो समय भोजपुरी सिनेमामा व्यस्त छन् । उनी भोजपुरी सिनेमाका ‘ए’ लिस्टर स्टार हुन् ।

    ‘१२ गाउँ’ सिनेमा विराजको होमप्रोडकसन कम्पनी विराज भट्ट फिल्म प्रोडक्सन कम्पनीको ब्यानरमा तयार हुनेछ । विराजले योसिनेमालाई आफ्नो करियरको महत्वाकांक्षी सिनेमा मानेका छन् ।

  • अगस्त्यको रिलिज डेट नजिकिएसँगै सौगात हिँडे दर्शक भेट्न

    अगस्त्यको रिलिज डेट नजिकिएसँगै सौगात हिँडे दर्शक भेट्न

    काठमाडौं । सौरभ चौधरी निर्देशित एक्सन–थ्रीलर चलचित्र ‘अगस्त्य’को रिलिज डेट नजिकिएसँगै दर्शक भेटघाटका लागि अभिनेता सौगात मल्ल तराई लागेका छन् ।

    तराईको भूभागसँगै हरेक नेपालीले हेर्नेपर्ने कथा बनेको बताउँदै सौगातले अगत्स्यले नेपालीको सामाजिक र मानसिक तवरबाट समग्र कथा बोलेको बताएका छन् । चलचित्र पत्रकार संघ नेपाल रुपन्देही शाखाले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै सौगात मल्लले सो कुरा बताएका हुन् ।

    आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उपस्थित हुँदै अभिनेता सौगात मल्ल अगत्स्य एउटा सामाजिक कथा भित्रको एक्सन सस्पेन्स र थ्रिलर फिल्म भएको जनाएका हुन् । फागुन १८ गतेबाट प्रदर्शनीको तयारीमा रहेको चलचित्र एक्सन जनरा रुचाउने दर्शकका लागि पर्खाइको सूचीमा रहेको सौगात मल्लको भनाई छ ।

    सो अवसरमा बोल्दै खलनायकका रुपमा ट्रेलरमा देखिएका बिश्वास बस्नेतले फिल्म हेर्दा आनन्द लाग्ने र पूर्ण कमर्शियल बनेकोले दर्शकले सौगात मल्लको पुनः नयाँपन देख्ने बताए ।

    ट्रेलर सार्वजनिक भएसंगै चलचित्रको प्रचारको लागि यतिबेला निर्माण टिम कम्मर कसेर लागेको छ । चलचित्रमा कलाकारहरु सौगात मल्ल, नाजिर हुुसेन, मलिका महत, निश्चल बस्नेत, प्रमोद अग्रहरि, रविन्द्र झा, शिशिर बाङ्देल, सिम्रन खड्का लगायत फिचर्ड छन् ।

    भारत र नेपालका विभिन्न थलोमा छायांकन गरिएको चलचित्रमा सौगातको बहुचरित्रकरण देख्न सकिन्छ । प्रकाश मल्ल, अनिश तामाङ र विनोद पौडेलले निर्माण गरेको चलचित्रको कथा पनि सौरभ स्वयंको हो। चलचित्रको कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् । चलचित्रलाई सेभेन सिजले अन्तर्राष्ट्रिय वितरण गर्दैछ ।

  • देशको सिमानामा काँडेतार लगाउनुपर्ने माग गर्दै सिनेमा ‘काँडेतार’को हस्ताक्षर संकलन

    देशको सिमानामा काँडेतार लगाउनुपर्ने माग गर्दै सिनेमा ‘काँडेतार’को हस्ताक्षर संकलन

    काठमाडौं । चलचित्र ‘काँडेतार’को टीमले देशभरको सिमानामा काँडेतार लगाउनुपर्ने मागसहित हस्ताक्षर संकलन गरेको छ । चलचित्रका निर्देशक तथा कलाकार नवल खड्काले सञ्चालन गरेको अभियानअन्तर्गत मंगलबार रत्नपार्कमा हस्ताक्षर संकलन गरिएको हो ।

    आफूले चलचित्र ‘काँडेतार’को विशेष शो गर्दा देशभरमा विभिन्न स्थानमा हस्ताक्षर अभियान सञ्चालन गरेको र आज थप संकलन गरिएको उनले बताए । उनले संकलन भएको हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाउने जानकारी दिए ।

    खड्काले निर्देशन गरेको चलचित्र ‘काँडेतार’ यही फागुन २५ गते रिलिज हुने तयारीमा छ। राष्ट्रिय भावनामा आधारित यो चलचित्रमा भारतले नेपालको सीमा मिचेर मुलुकको राष्ट्रिय स्वाधीनतामा हस्तक्षेप गरेको कथावस्तु पेश गरिएको छ । नेपाल-भारत सीमामा काँडेतार लगाएर सिमाना व्यवस्थित गर्नुपर्ने मत चलचित्रले पेश गरेको छ ।

    चलचित्रमा नवलसँगै गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरीका साथै बाल कलाकार नादिया खड्का र सनया खड्काको अभिनय रहेको छ ।

    सामना फिल्म्स प्रालिको ब्यानरमा बनेको चलचित्रको लेखन शिवम् अधिकारी र नवलले गरेका हुन् । मणि थापा र दीपक शर्माको संगीत रहेको ‘काँडेतार’को छायांकन सौरभ लामाले गरेका हुन् ।

    फिल्ममा श्री श्रेष्ठको द्वन्द्व र कविराज गहतराजको कोरियोग्राफी छ । नवल खड्का, माकिको राई र अञ्जु केसीको निर्माण रहेको चलचित्रकी कार्यकारी निर्माता सत्यकला राई हुन् ।