Category: कलाप्रेस

  • रिलिज अगावै दर्शकलाई देखाइयो ‘पुजार सार्की’ (भिडिओ)

    रिलिज अगावै दर्शकलाई देखाइयो ‘पुजार सार्की’ (भिडिओ)

    काठमाडौं। सामान्यतया, चलचित्र रिलिजपूर्व फिल्मकर्मी र मिडियालाई बोलाएर प्रिमियर गर्ने गरिन्छ र रिलिजको दिनबाट दर्शकलाई चलचित्र देखाईन्छ। तर चलचित्र ‘पुजार सार्की’ले भने रिलिज अगावै दर्शकलाई चलचित्र देखाएको छ। काठमाडौंका विभिन्न स्थानहरूमा गरिएको एक सर्वेक्षणबाट छनोट भएका १०० जना दर्शकलाई निर्माण टिमले रिलिज अगावै चलचित्र देखाएको हो।

    ‘पुजार सार्की’ हेर्न व्यग्र प्रतीक्षा गरिरहेका र पहिलो रोजाइमा ‘पुजार सार्की’ भएका दर्शक निर्माण टिमको छनोटमा परेका थिए। मङ्गलवार साँझ काठमाडौंको सिडिसि सिनेमा हलमा गरिएको ‘दर्शक विशेष शो’ मा सय बढी दर्शकको उपस्थिति रहेको थियो। दर्शकसँगै ‘पुजार सार्की’का कलाकारहरूले पनि चलचित्र हेरेका थिए।

    रिलिज अगावै चलचित्र देखाइनुको उद्देश्य प्रष्ट्याउँदै निर्देशक दिनेश राउत भन्छन,‘हामीले यस्तो गर्नुको मुल उद्देश्य भनेको चलचित्रप्रति दर्शकको वास्तविक दृष्टिकोण बुझ्नु, आफ्नो चलचित्रबारे दर्शकले बुझेको कुरालाई थाहा पाउनु र चलचित्र हेरेका दर्शकको प्रतिक्रियाबाट आएका सुझावहरूलाई मनन गरेर दर्शकको चाहना अनुरूप सुधार गर्नु हो।’

    चलचित्र हेरेर निस्किएका दशैकले चलचित्रको विषय, कलाकारहरूको सशक्त अभिनय, प्रदीप खड्का, आर्यन सिग्देल र पल शाहको को बेजोड र फरक भूमिका र निर्देशकिय क्षमताको तारिफ गरेका थिए।

    यहीँ बिहीबारबाट रिलिज हुन लागेको चलचित्र ‘पुजार सार्की’लाई दिनेश राउतले निर्देशन गरेका हुन्। चलचित्रलाई समीक्षात्मक तथा व्यावसायिक दुवै हिसाबले उत्कृष्ट बनाउने आफ्नो प्रयास रहेको राउतको भनाइ छ। प्रदिप खड्का, पल शाह, आर्यन सिग्देल, अञ्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको अभिनय रहेको चलचित्रलाई विकास सुवेदीले लेखेका छन्। यसअघि विकास र दिनेशले चलचित्र ‘प्रकाश’मा सहकार्य गरेका थिए।

    चलचित्रलाई सुवास भुसालले निर्माण गरेका हुन्। किङ्गडम नेटवर्कको ब्यानरमा बनेको यो चलचित्रलाई नेपालमा आरआर फिल्मसले वितरण गर्दैछ भने अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले वितरण गर्दैछ। राजेश श्रेष्ठको डिओपी रहेको ‘पुजार सार्की’लाई भरत रेग्मीले सम्पादन, सुप्रिम पराजुलीले कलर ग्रेडिङ र हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन्। चलचित्रको पोस्टर डिजाइन रोयल भिमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेका हुन्।

  • प्रियंकाले भारतमा दादासाहेब फाल्के फिल्म अवार्ड थाप्ने

    प्रियंकाले भारतमा दादासाहेब फाल्के फिल्म अवार्ड थाप्ने

    काठमाडौं । अभिनेत्री प्रियंका कार्कीले भारतको प्रतिष्ठित दादासाहेब फाल्के फिल्म अवार्ड प्राप्त गरेकी छन् । दादासाहेब फाल्के फिल्म फाउन्डेसनले आयोजना गर्ने अवार्ड आउँदो ३० मेमा मुम्बइमा हुँदैछ ।

    फाउन्डसले गत १९ मेममा प्रियंकालाई पत्राचार गर्दै उन अवार्डका लागि छनोट भएका जानकार दिएको हो । प्रियंकाले ‘बेस्ट एक्ट्रेस नेपाल’ को ट्रफी प्राप्त गर्ने छिन् ।

    प्रियंकाले अवार्ड पाउने भएपछि सासु रविना देशराजले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै खुशी साटेकी छन् । उनले प्रियंकालाई ‘नेपाली चलचित्र क्षेत्रकी रानी’ को संज्ञा समेत दिएकी छन् ।

    ‘तिमी हाम्रो जीवनको र नेपाली फिल्मकी रानी हौ । तिमी यो गौरवपूर्ण अवार्डका लागि योग्य थियौ’ रविनाले लेखेकी छन् ।

  • वितरक फाइनल भएसँगै जेठ १५ बाट फ्लोरमा जाँदै ‘ऊनको स्वीटर’

    वितरक फाइनल भएसँगै जेठ १५ बाट फ्लोरमा जाँदै ‘ऊनको स्वीटर’

    काठमाडौं । फिल्म ‘ऊनको स्वीटर’को उपत्यका र मोफसल वितरणका लागि वितरकहरुसँग सम्झौता भएको छ। निर्माण टिमले सोमबार उपत्यका वितरण अधिकारका लागि गोविन्द शाहीको काफिया फिल्मस् र मोफसल वितरणका लागि कुवेर सिने डिस्ट्रिब्युसन प्रा‍‍.लि सँग सम्झौता गरेको छ।

    उपत्यका र मोफसल वितरणका लागि वितरकहरुसँग सम्झौता भएको छ। निर्माण टिमले सोमबार उपत्यका वितरण अधिकारका लागि गोविन्द शाही र मोफसल वितरणका लागि कुवेर सिने डिस्ट्रिब्युसन प्रालिसँग सम्झौता गरेको छ।

    वितरक फाइनल भएसंगै निर्माण टिम आगामी जेठ १५ गतेबाट फ्लोरमा जाने तयारीमा छ। निर्देशक नवीन चौहानका अनुसार अब जेठ २५ बाट फिल्मको सुटिङ सुरु हुनेछ। फिल्मलाई पाँचथरका विभिन्न स्थानमा खिचिनेछ।

    फिल्ममा अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको मुख्य अभिनय छ। तीन महिनाअघि फिल्मको टाइटल गीत ‘फूल’को पूरा अंशसँगै वीपिन र मिरुनाको नयाँ अवतार पनि सार्वजनिक गरिएको थियो।

    ‘ऊनको स्वीटर’ निर्देशक चौहानको पहिलो फिचर फिल्म हो। फिल्मलाई आर्टमान्डूले निर्माण गर्नेछ। यसअघि आर्टमान्डूले निर्माण गरेका म्युजिकल फिल्महरू लोकप्रिय छन्। यसअघि आर्टमान्डूले निर्माण गरेका म्युजिकल फिल्महरू लोकप्रिय छन्।

    फिल्ममा विपीन र मिरुनासँगै माओत्से गुरुङ, सुरज तमू, एलेक्स पारस, परीक्षा लिम्बू, मिलन खत्री, अरुण पुन मगर, भावना खपाङ्गी मगर, कवि राई, रुपेश लामा, प्रकाश बस्नेत, लक्ष्मी योङहाङ, प्रेम सुब्बा, इन्द्रनारायण आङदेम्बे र नरेश लावती लगायतका कलाकारको मुख्य भूमिका छ।

    फिल्मलाई निर्देशक चौहानले नै लेखेका छन् भने सह(लेखन सुरज कटुवालले गरेका छन्। फिल्ममा मुख्य सहायक निर्देशक फिरोज खड्का छन्।

    फिल्ममा गायक सुजन चापागाईं र कोविद बज्रले संगीत निर्देशन गर्नेछन्। फिल्मको गीतमा हर्क साउदको शब्द रचना रहनेछ। फिल्ममा झुमा लिम्बुको पनि एउटा गीत रहेको छ। फिल्ममा सुरज तमूले कास्टिङ निर्देशन गर्नेछन्। फिल्मलाई सिनेमाटोग्राफर चिन्तनराज भण्डारीले खिच्नेछन्। फिल्ममा काजी रानाले प्रोडक्सन डिजाइन गर्नेछन्।

    फिल्मको सम्पादन कृष्ण भण्डारीले गर्नेछन् भने पब्लिसिटी डिजाइन ट्राइटेण्ड कन्सेप्टका रोयल भिमसेनले गर्नेछन्। यो वर्षको शरद ऋतुमा प्रदर्शन गर्ने लक्ष्य रहेको छ।

  • पुजार सार्कीमा पल शाहको लुक्स यस्तो पनि

    पुजार सार्कीमा पल शाहको लुक्स यस्तो पनि

    काठमाडौं । पुजार सार्की रिलिज हुन दुई दिन अगाडि अभिनेता पल शाहले चलचित्रका दुई तस्विर सार्वजनिक गरेका छन्, जसमा उनी वृद्ध अवतारमा देखिन्छन् । तस्विर हेर्दा पल शाह हुन् भनेर ठम्याउनै गाह्रो पर्छ ।

    पछिल्लो समयमा पुजार सार्कीको ट्रेलर रिलिजदेखि प्रमोसनल अन्तरवार्ताहरुमा समेत पल अनुपस्थित छन् । यसलाई लिएर विभिन्न अड्कलवाजी भइरहेका बेला पलले सामाजिक सञ्जालमा छोटो प्रष्टीकरणसहित आफ्नो पृथक लुक्स सार्वजनिक गरेका हुन् । उनको यो लुक्सले चलचित्रप्रति दर्शकको कौतुहल थप बढाउन सक्छ ।

    पलले यो चलचित्र आफ्नो करिअरमा महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन् । आफू अहिले अर्को चलचित्र ‘रावायण’ को छायांकनमा व्यस्त रहेकाले पुजार सार्कीको प्रमोसनमा हिँड्न नसकेको उनको प्रष्टीकरण छ ।

    उनी लेख्छन्, ‘मेरो भूमिका र प्रचारको सहभागिताका विषयमा मेरा शुभेच्छुकहरुले देखाउनु भएको चासो र चिन्ताप्रति नतमस्तक छु। थुप्रै सञ्चारमाध्यमहरूमा पनि मेरो खोजी भइरहेको खबर पाइरहेको छु। चाहेर पनि मैले प्रत्यक्ष रूपमा म यहाँहरूको अगाडी उपस्थित हुन सकेको छैन। मेरो यो बाध्यतालाई यहाँहरूले बुझिदिनुहुनेछ भन्ने अपेक्षा लिएको छु।’

  • असार ७ मा कमल एक्चै मगरको ‘शिरफूल’

    असार ७ मा कमल एक्चै मगरको ‘शिरफूल’

    काठमाडौं । कमल एक्चै मगरको निर्देशनमा बनेको चलचित्र ‘शिरफूल’ असार ७ गतेबाट प्रदर्शनमा आउने भएको छ। चलचित्रमा रुपा राना, राज थापा, देवराज आले, विनिता थापा, सुनिल रोका, नमिता तामाङ, पुजा गदाल, लिला गुरुङ, निता पुन, किरण मगरलगायतको अभिनय रहेको छ।

    ‘शिरफूल’ महिलाहरुले शिरमा लगाउने एक प्रकारको गहना हो। नेपाली समाजमा छोरी चेलीलाई शिरको फूलको रुपमा लिने चलन भएकाले चलचित्रमा छोरीलाई बिम्बको रुपमा बुझाउन खोजिएको निर्देशक मगर बताउँछन्। निर्देशक मगरले यसअघि चलचित्र ‘डेसान’ निर्देशन गरेका थिए। चलचित्रमा अहिलेको बढ्दो आधुनिकताको प्रभावसँगै युवा पुस्तामा देखिएको सांस्कृतिक विकृतिलाई पनि चित्रण गर्ने प्रयास गरिएको छ ।

    चलचित्रमा राजु थापा, डिपी खनाल र कृष्ण केसीको शब्द, हरि लम्साल र देवराज आले मगरको संगीत, देवराज आले मगरको कथा, निरोज श्रेष्ठको छायांकन र मिलन श्रेष्ठको सम्पादन छ। आशिर्वाद पुन मगर र माया छन्त्याल पुनको लगानीमा बनेको चलचित्रको पटकथा संवाद राज थापा र राजु युगिनले लेखेका हुन् ।

    तारा श्रीस, आर्जन पाण्डे, हरि लम्साल, मेलिना राई र देवराज आलेले स्वर स्वर रहेको चलचित्रमा अभिनेत्री मरिस्का पोखरेलको पनि विशेष भूमिका छ। चलचित्रलाइ आर आर फिल्म्सले देशभर वितरण गर्दैछ।

  • परीक्षाकाे पहिलाे परीक्षा (भिडिओ)

    परीक्षाकाे पहिलाे परीक्षा (भिडिओ)

    काठमाडौं । यदि तपाईंले चलचित्र ‘पुजार सार्की’ को सार्वजनिक कुनै पनि गीत, ट्रेलर वा टिजर हेर्नुभएको छ । तपाईंको नौलो लाग्नेछ ‘गौमाया’, तर ‘गौमाया’ कुनै नौलो पात्र होइन ।

    प्रदीपकी प्रेमिकाको भूमिका निभाएकी ‘गौमाया’ को वास्तविक नाम परीक्षा लिम्बू हो । धेरैलाई उनको यो पहिलो चलचित्र जस्तो लाग्न सक्छ, तर उनले यसअघि चलचित्र ‘जारी’ र ‘छक्का पञ्जा’मा सहायक भूमिका निभाइसकेकी छन् । यसपालि परीक्षा चलचित्र ‘पुजार सार्की’मार्फत पूर्ण भूमिकामा देखिँदैछिन् । यही जेठ १० गते विश्वव्यापी प्रदर्शनमा आउन लागेको चलचित्रमा परीक्षाले ‘गौमाया’ को भूमिका निभाएकी छन् ।

    भिडिओ:

    चलचित्रमा परीक्षासहित अहिले रुचाइएका तीन अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय देख्न सकिन्छ । विकास सुवेदीको लेखन र निर्देशक दिनेश राउतको निर्देशनमा बनेको चलचित्रमा नायिका अञ्जना बराइलीको पनि अभिनय छ । यी पाँचै जना कलाकारमध्ये उमेरको हिसाबले परीक्षा सबैभन्दा कान्छी हुन् । टिनएजमै रहेकी परीक्षाले काम भने कुनै अब्बल कलाकारको भन्दा कम गरेकी छैनन् ।

    परीक्षाले यस चलचित्रमा अडिसनमार्फत आफ्नो स्थान बनाएकी थिइन् । मंगोलियन फेस भएकाले पनि उनलाई चलचित्रमा जोडिन थप सहज भयो । उनले अडिसनको लागि ६ वटा भिडियो पठाएकी थिइन् । सुरुवाती दिन सम्झिँदै उनी भन्छिन्, ‘उहाँहरूले मंगोलियन लुक्सकी युवती खोजिरहनु भएको रहेछ । मलाई चिन्नु हुनेले चलचित्रको अडिसन खुलेकाले प्रयास गर्न सुझाव दिनुभयो । त्यसपछि मैले सुरुमा एउटा भिडियो पठाएँ । चलचित्रमा अनुबन्धित हुनुअघिसम्म ६ वटा भिडियो पठाएँ’, उनले भनिन् ।

    अभिनयको भिडियो पठाइरहँदा उनलाई कास्की जिल्लास्थित कास्कीकोट क्षेत्रको स्थानीय लवज बोल्न समस्या भयो । लवजकै कारण उनी यस चलचित्रमा काम गर्ने या नगर्ने भन्ने विषयमै अन्योलमा परिन् । अन्योलबीच उनलाई चलचित्रको टीमले भाषा ‘प्राक्टिस’ गरायो । उनले अभ्यास पनि राम्रै गरिन् । अभ्यासपछि परीक्षामा चलचित्रको लागि जरुरी पर्ने भाषा र चरित्रको सबै सम्भावना देखेपछि उनलाई निर्माण पक्षले ‘पुजार सार्की’को लागि फाइनल गर्‍यो । त्यसपछि उनी भइन्, ‘मैतबहादुर’ अर्थात प्रदीप खड्काको जोडी ‘गौमाया मगर’ ।

    प्रदीपसँग उनको यो पहिलो सहकार्य हो । परीक्षा भन्छिन्, ‘मैले प्रदीपजीबाट धेरै कुरा सिकें । उहाँ कसरी काम गर्नुहुँदो रहेछ र कसरी क्यारेक्टरमा बस्नुहुँदो रहेछ भन्ने थाहा पाएँ । उहाँ आफ्नो काममा जति अब्बल हुनुहुन्छ, व्यक्तिगत रूपमा त्यति नै सहयोगी पनि हुनुहुन्छ ।’

    परीक्षालाई सुरुमा तीन जना स्टार एकैसाथ भएको चलचित्रमा काम गर्दा कस्तो हुन्छ होला भन्ने डर रहेछ ।
    ‘मलाई सुरुमा उहाँहरूले कसरी काम गर्नुहुन्छ होला वा मलाई कसरी ‘ट्रिट’ गर्नुहुन्छ होला भन्ने कौतुहल र डर थियो, तर उहाँहरूलाई भेटिसकेपछि भने त्यो सबै हरायो । उहाँहरूसँग काम गर्दा झनै धेरै कुरा सिक्न पाइने रहेछ भन्ने भयो’, उनले सुनाइन् ।

    चलचित्रमा प्रदीपसँग परीक्षाको अन्तरजातीय प्रेम छ । चलचित्रमा गरेको अभिनय र कथाबाट अन्तरजातीय प्रेम निकै गाह्रो हुने परीक्षाले महसुस गरेकी छन् । अहिलेसम्म आफूले जातीय विभेद नदेखेको उनको भनाइ छ । परीक्षाले भनिन्, ‘मैले हाम्रो घरमा कहिल्यै पनि जातीय विभेदको कुरा गरेको सुनिनँ । एक चोटि साथीको मुखबाट सुनेकी थिएँ । कास्कीकोट पुगेपछि भने प्रत्यक्ष देख्न पाएँ । त्यहाँ त तल्लो वर्गको छुट्टै बस्ती रहेछ ।’

    उनका अनुसार कास्कीकोटमा तल्लो जातका लागि भनेर बस्तीहरु छुट्याइएका छन् ।

    ‘उहाँहरु आफ्नो थरअनुसार आफ्नै छुट्टै बस्ती र समाज बनाएर बस्नुभएको छ’, उनले थपिन्, ‘तर अचम्मको कुरा के हो भने त्यहाँ तल्लो वर्ग भनेर छुट्याएको समाजभित्र समेत भेदभाव छ । उहाँहरु हामीभन्दा यो जात अझ सानो हो भन्दै आफ्नै समाजभित्र जात वर्गीकरण गर्नुहुँदो रहेछ । जमाना कहाँ पुगिसक्यो, उहाँहरु भने आफ्नै समाजबाट माथि उठ्न सक्नुभएको रहेनछ । त्यो देखेर चाहिँ साह्रै नरमाइलो लाग्यो ।’

    चलचित्रमा परीक्षाले मगर समुदायको प्रतिनिधित्व गरेकी छन् ।

    ‘यो जातीय विभेदले कुनै एक व्यक्तिलाई मात्र नभएर उनीहरूसँग जोडिएका सबै मान्छेहरूलाई गाह्रो पार्दो रहेछ । प्रेम गर्ने जोडीलाई त यो मामलामा झनै गाह्रो रहेछ’, परीक्षा भन्छिन्, ‘मैले चलचित्रमा एउटा पात्र भएर विभेद महसुस गर्न पाएँ, जुन रियल लाइफमा कहिल्यै महसुस गरेकी थिइनँ । यो अनुभवका लागि म भाग्यशाली छु ।’

    परीक्षालाई भाषामा भने निकै गाह्रो परेको सुनाइन् । पूर्वकी बासिन्दा भएकाले पनि होला उनलाई पश्चिमको लवजमा ढल्न केही समय लाग्यो । यो आफ्नो लागि एक चुनौती भएको र आफूबाट अर्को मान्छे हुन पाउँदा निकै इन्जोय पनि गरेको परीक्षा बताउँछिन् ।

    ‘जारी र छक्का पञ्जामा धेरै कुरा सिक्न पाएँ । पुजार सार्कीमा भने ती सिकेका कुरा लागू गर्ने कोसिस गरेकी छु । तीन वटै चलचित्रमार्फत राम्रो ब्यानर, राम्रो ब्रान्ड र राम्रो टीमसँग काम गर्ने मौका पाएँ । एकदमै आशावादी र हर्षित छु’, उनी भन्छिन् ।

    परीक्षालाई ‘पुजार सार्की’बाट ठूलो आशा छ । उनको बुझाइमा उनको उमेरका दर्शकले ‘पुजार सार्की’ हेर्नुपर्छ ।

    ‘समाज र देशको भविष्य बनाउने हामी युवाहरु नै हौं । परिपक्व भइसकेपछि सम्झाउन र सम्झिन समय लाग्छ । त्यसैले सानैदेखि जातीय विभेद गर्नुहुँदैन भनेर सिकाउन सकियो भने त्यो भविष्यका लागि फलदायी हुनसक्छ’, उनी भन्छिन्, ‘चलचित्रले २०४६ सालमा हाम्रो समाज यस्तो थियो, अब यस्तो हुनुहुँदैन भन्ने सन्देश दिएको छ । त्यसैले एकचोटि सबैले यो चलचित्र हेर्न जरुरी छ ।’

  • र्‍यापर पौडेलको ‘लेभलको गाना’ सार्वजनिक (भिडिओ)

    र्‍यापर पौडेलको ‘लेभलको गाना’ सार्वजनिक (भिडिओ)

    काठमाडौं । र्‍यापर गाैरव पौडेल रेडक्यापले नयाँ गीत सार्वजनिक गरेका छन् । आफ्नै आधिकारिक युट्युब च्यानल रेडक्याप म्युजिकमार्फत पौडेलले ‘लेभलको गाना’ रिलिज गरेका हुन् ।

    पौडेलले आफ्नो जन्म दिनको अवसरमा नयाँ गीत सार्वजनिक गरेका हुन् । र्‍यापमा शब्द, कम्पोज र स्वर पौडेलकै रहेको छ । उनका यसअघि करिब आधा दर्जन गीत सार्वजनिक भइसकेका छन् ।

    पत्रकार समेत रहेका पौडेल पूर्व नेपाल प्रेसकर्मी हुन् । पर्वतबाट काठमाडौं आएर संघर्ष गरिरहेका पौडेलले आफ्नै गाथालाई गीतमा प्रस्तुत गर्नेदेखि देशका वेथितिबारे उजागार गर्छन् ।

    भिडिओः

  • बिहेपछि अष्ट्रेलिया पलायन भइन् एलिना चौहान, उडानमा रहेको करिअरमाथि प्रश्नचिन्ह

    बिहेपछि अष्ट्रेलिया पलायन भइन् एलिना चौहान, उडानमा रहेको करिअरमाथि प्रश्नचिन्ह

    काठमाडौं । अहिलेका सर्वाधिक ‘डिमान्डेड’ गायिकामध्ये पर्छिन् एलिना चौहान । कुनै पनि कोणबाट ‘टप फाइभ’ गायिकाको सूची बनाउनुपर्‍यो भने उनलाई छुटाउन गाह्रो हुन्छ ।

    केही समयदेखि करिअरको पिकमा रहेकी यी गायिकाले भर्खरै बिहे गरिन् । अष्ट्रेलियामा व्यवसाय गर्दै आएका बागलुङ निवासी विष्णु सापकोटासँग उनले एक महिना अगाडि लगनगाँठो कसेकी हुन् । बिहेपछि उनको सांगीतिक करिअरमा नयाँ मोड आएको छ । एलिना श्रीमानसँगै अष्ट्रेलिया पलायन भएकी छन् ।

    केही दिनअगाडि एलिना सांगीतिक कार्यक्रमका लागि श्रीमानलाई समेत साथ लिएर दुबई गएकी थिइन् । त्यहाँ उनीहरूले घुमघाम र मस्ती गरे । दुबइबाट उनीहरू नेपाल नफर्कीकन सिधै अष्ट्रेलिया गएका हुन् । अष्ट्रेलियामा एलिना आफ्नो सांगीतिक करिअरभन्दा श्रीमानको व्यापार–व्यवसायमा बढी व्यस्त रहनेछिन् ।

    विष्णुले अष्ट्रेलियामा मायालु फर्निचरका नाममा शोरुम चलाएका छन् । मायालु फर्निचरको टिकटक पेजमा हालै एउटा भिडिओ अपलोड गरिएको छ । भिडियोमा विष्णुले एलिनासँग बसेर आफ्नो शोरुमको विज्ञापन गरिरहेको देख्न सकिन्छ

    हेर्नुस भिडिओ

    एलिनाका श्रीमान् विष्णुले बिहेलगत्तै केही मिडियालाई अन्तरवार्ता लिएर श्रीमतीलाई अष्ट्रेलियामा आफूसँगै राख्ने बताएका थिए ।

    उनले भनेका छन्, ‘हामी सँगै बस्छौँ । उता (अष्ट्रेलियामा) पनि नेपालीहरूले खोलेको स्टुडियो छ । त्यसमै एलिनाको गीत रेकर्ड हुन्छ र युट्युबमा अपलोड गरिन्छ । उनले मेरो व्यवसायमा समेत सहयोग गर्छिन् । नेपालमा दशैं तिहारका बेलामा मेला महोत्सवको सिजन हुन्छ । त्यो समयमा उता मेरो व्यवसायको अफसिजन हुन्छ । त्यसैले दशैं-तिहारको बेला नेपालमा आएर मेला महोत्सवमा पनि गाउँछिन् । उनको सांगीतक करिअर रोकिँदैन ।’

    एलिना स्वयम्ले भने अष्ट्रेलिया पलायन हुने सन्दर्भमा खुलेर बोलेकी छैनन् । यद्यपि, उनले आफू नेपाल र अष्ट्रेलिया दुवैतिर बस्ने प्रतिक्रिया दिएकी थिइन् । तर, अष्ट्रेलिया पलायन भइसकेपछि एलिनाको अहिलेको सांगीतिक रफ्तार कायम राख्न भने सम्भव हुने छैन । यदि निर्णय परिवर्तन गरिनन् भने एलिनाको करिअर सुस्ताउने र नेपाली संगीतबजारबाट उनी हराउन सक्ने खतरा संगीतकर्मीहरुले औँल्याएका छन् ।

    उनीसँग निकट एक संगीतकार भन्छन्, ‘नेपालमा यस्तो जल्दोबल्दो करिअर छोडेर अष्ट्रेलिया भासिने निर्णय लिनुले अचम्मित छु । अष्ट्रेलियामा बसेर नेपालमा हिट भइराख्न सम्भव हुने कुरा होइन । थुप्रै कलाकारहरू विदेश भासिएपछि गुमनाम बनेको हामीले देखेकै छौँ । यसै पनि संगीत क्षेत्रमा चर्को प्रतिस्पर्धा छ । उहाँ उपलब्ध नहुँदा विकल्पको कमी छैन । उहाँले नेपालमै बसेर आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिँदा राम्रो हुन्छ ।’

    मौलिक आवाजकी धनी एलिना सुन्दर र ग्ल्यामरस गायिकाको रूपमा पनि चिनिन्छन् । गसिपहरुमा छाइराख्ने भए पनि अहिलेसम्म कुनै पनि गम्भीर विवादमा मुछिएकी छैनन् । दर्शक/स्रोतामाझ बेग्लै छाप छोड्न सफल उनको देश तथा विदेशका स्टेज शोमा निकै राम्रो डिमान्ड छ । महिनै पिच्छेजस्तो विदेश उडिरहन्थिन् ।

    गीत गाएरै एलिनाले मनग्गे आर्जन गरिरहेकी थिइन् । उनी एउटा गीत रेकर्ड गराएको १५ हजार रुपैयाँ लिन्छिन् । यस्तै मेला-महोत्सवमा गाउँदा उनलाई ५० हजारदेखि ७० हजारसम्म दिन आयोजक हिच्किचाउँदैनन् । एकपटक विदेश भ्रमण गर्दा डेढ लाख रुपैयाँसम्म हात पर्छ । समग्रमा अहिले सबैभन्दा धेरै कमाउने गायिकाकै सूचीमा पर्छिन् उनी । तर, समय सधैँ उस्तै हुँदैन ।

    बिहेपछि एलिनाको सबै डिल विष्णुले गर्न थालेका छन् । एक अन्तरवार्तामा एलिनाले बताए अनुसार उनलाई गीत गाउन बोलाउन अब श्रीमानसँग कुरा गरेर सबै कुरा फिक्स्ड गर्नुपर्छ । सामाजिक सञ्जालमा कतिले यसलाई लिएर ‘विष्णु माझी’ सँग पनि तुलना गर्न थालेका छन् । यद्यपि, यो उनीहरूको आपसी समझदारीको कुरा हो । मुख्य कुरा चाहिँ एलिनाका फ्यान र शुभचिन्तकहरु उनलाई विदेश पलायन भएको हेर्न चाहँदैनन् । उनीजत्तिको कलाकार पनि विदेश भासिने हो भने नेपालमा को बस्ने भन्ने प्रश्न पनि उठ्छ नि, होइन र रु

  • मार्तडीमा समीक्षा क्रेज, हरेक गीतमा ‘वान्स मोर’काे वर्षा

    मार्तडीमा समीक्षा क्रेज, हरेक गीतमा ‘वान्स मोर’काे वर्षा

    कैलाली । बाजुरा सदरमुकाम मार्तडीमा गायिका समीक्षा अधिकारीले हजारौं दर्शकलाई झुमाएकी छन् । ‘बालापनको उमेर’ गीत गाउँदै स्टेज चढेकी उनले हरेक गीत दोहोर्‍याएर गाउनुपरेको थियो ।

    ‘बालापनको उमेर’ गीत २ पटकसम्म गाएकी उनले ‘बोक्सीको घर’को गीत ‘बुझिनँ मैले’ गीत डेढ घण्टामा आधा दर्जन पटक गाइन् ।

    ‘सूर्ती माड्दामाड्दै’, ‘धनगढीको बसमा’, ‘कुरा बुझ्नुपर्छ’ लगायतका जति गीत समीक्षाले गाइन्, सबैमा ‘वान्स मोर’ माथि ‘वान्स मोर’ काे वर्षा भएको थियो ।

    बिहानैदेखि मौसम बिग्रिए पनि साँझ अबेरसम्म दर्शक समीक्षाको लागि कुरेका थिए । बेला बेलामा झरी परिरहेको थियो । पानीमा रुझेर पनि उनको प्रस्तुतिमा दर्शक झुमेका थिए । पानी परेर ओसिएको जमिनमा समीक्षाको गीतमा दर्शकले धूलो उडाएका थिए ।

    बैशाख २८ गते सुरु भएको बहसमा बार्जु बाजुरा महोत्सव २०८१ मा शनिबार अहिलेसम्मकै सबैभन्दा धेरै दर्शक रहेको सांस्कृतिक समिति संयोजक राजेशपायल विकले जानकारी दिए ।

    जिल्लाको समग्र सांस्कृतिक पक्षलाई महोत्सवले बलियो बनाएको र शनिबारको प्रस्तुतिले थप ऊर्जा मिलेको आयोजक सुदूर साहित्य प्रतिष्ठानका अध्यक्ष तथा महोत्सव संयोजक हर्क कठायतले जानकारी दिए ।

  • भक्तराज आचार्यको बायोपिक ‘आचार्य’ असार ७ बाट पुनः प्रदर्शनमा आउने

    भक्तराज आचार्यको बायोपिक ‘आचार्य’ असार ७ बाट पुनः प्रदर्शनमा आउने

    काठमाडौं । चलचित्र ‘आचार्य’ १३ वर्षपछि पुनः प्रदर्शनमा आउने भएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रमबीच चलचित्र आगामी असार ७ गतेबाट पुनः प्रदर्शनमा आउने जानकारी दिइएको हो ।

    गत फागुनमा निधन भएका गायक भक्तराज आचार्यको जीवनीमा आधारित सिनेमालाई नेपाल तथा विदेशमा एकसाथ प्रदर्शन गरिनेछ । नेपालमा ब्यांकटेस इन्टरटेनमेन्ट र विदेशमा सेभेन सिजले सिनेमा प्रदर्शन गर्नेछ ।

    सिनेमामा गायक आचार्यको भूमिका उनकै जेठा छोरा सत्यराजले निर्वाह गरेका छन् । उनी सिनेमाका निर्माता पनि हुन् ।

    पहिलो पटक सिनेमा रिलिज हुँदा धेरैले हेर्न नपाएकाले पुनः रिलिज गर्न लागिएको उनले बताए । यो बुबाप्रति ट्रिब्युट पनि रहेको उनको भनाइ छ ।

    उनका अनुसार नयाँ सिनेमा जस्तै गरी रिलिज गरिनेछ । आगामी साता ट्रेलर रिलिज गरिँदैछ । असार ५ गते राजधानीमा सिनेमाको भव्य प्रिमियर शोको आयोजना गरिने सत्यराजले बताए ।

    प्रशान्त रसाइलीको निर्देशनमा तयार भएको सिनेमामा सत्यराजसहित सुनिल पोखरेल, अरुणा कार्की, दयाहाङ राई, विपीन कार्की, सौगात मल्ललगायतको पनि अभिनय छ ।

    भजन शिरोमणि भक्तराज आचार्यलाई श्रद्धाञ्जलीस्वरुप सिनेमा पुनः रिलिज गर्न लागेको कान्छा छोरा स्वरुपराजले बताए ।

    ‘सायद त्यो बेला यो सिनेमाका लागि सही समय थिएन । अहिले एकदमै उपयुक्त समय लागेकाले सिनेमा पुनः रिलिज गर्न लागिएको हो’, उनले भने ।

    सिनेमामा गायक आचार्यको जीवनका अनेक पाटाहरु केलाइएको छ । उनले पाएको सफलता, गरेको संघर्ष र भोगेका दुःखको कथामा सिनेमा निर्माण गरिएको छ ।

    २०४६ सालमा सांघातिक आक्रमणपछि उनको जिब्रोमा सेतो दाग देखिएको थियो । डाक्टरले क्यान्सर भएको घोषणा गरेपछि जिब्रो काटिएको थियो । यसपछि उनको सुर र स्वर गुम्न पुग्यो । त्यो घटनालाई पनि यो सिनेमाले देखाउँछ ।

    सिनेमाको पुनः रिलिज घोषणा कार्यक्रममा संगीतकार लक्षण शेष, चेतन सापकोटा, वसन्त सापकोटालगायतका थुप्रै सेलिब्रेटीको उपस्थिति थियो । कार्यक्रममा उपस्थित अधिकांशले ‘आचार्य’ पुनः रिलिज गर्नु भजन शिरोमणिको लागि अर्थपूर्ण श्रद्धाञ्जली हुने बताएका थिए ।

    निर्माण टीमका अनुसार सिनेमाको ट्रिमिङ तथा पुनः सम्पादनको काम टुल्की निर्देशक देवजंग थापाले गरेका हुन् । सिनेमामा भजन शिरोमणि तथा वरिष्ठ गायक भक्तराज आचार्यको निधनपश्चातका फुटेजहरु पनि समावेश गरिएका छन् । यस पटक आफूहरुले दर्शकलाई पूर्ण रुपमा बायोपिक सिनेमा देखाउन खोजेको अभिनेता सत्यराजले बताए । सिनेमाका निर्माता रोशन राई हुन् ।

  • दिलको उपचार गर्ने डाक्टर स्मृतिको दिल छुने ‘म्युजिक भिडिओ’ बजारमा

    दिलको उपचार गर्ने डाक्टर स्मृतिको दिल छुने ‘म्युजिक भिडिओ’ बजारमा

    काठमाडौं । मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपप्राध्यापकका रुपमा कार्यरत डाक्टर स्मृति शाक्य पेशाले चिकित्सक हुन् ।

    लामो समयदेखि यही क्षेत्रमा निरन्तर सोव गर्दै आएकी मुटुरोग विशेषज्ञ डा.स्मृतिले अहिलेसम्म हजारौँ दिल अर्थात हृदय रोगीहरुको सफल उपचार गरिसकेकी छन् ।

    चिकित्सक पेशामा अब्बल डाक्टर स्मृतिले पछिल्लो सयम डाक्टर मात्रै होइन गायिकाको पनि परिचय थप्दै गायिका स्मृति पनि बनेकी छन् ।

    हजारौँ हृदय रोगीहरुको दिल छोएर सफल उपचार गरेकी शाक्यले पछिल्लो समय ‘मैले माया लाएको धोका दिन होइन, मैले प्रीति गाँसेको दुःख दिन होइन’ बोलको मर्मस्पर्शी गीतको म्युजिक भिडिओ बजारमा ल्याएकी छन् ।

    भिडिओ:

    युट्युटुबमार्फत सार्वजनिक गरिएको उक्त गीतमा एकल सङ्गीका चार वटा एल्बम बजारमा ल्याइसकेका पूर्वप्रदेशमन्त्री डाक्टर अजयक्रान्ति शाक्यको शब्द रहेको छ ।

    चिकित्सक शाक्यले गाएको गीतमा संगीत पनि पूर्वमन्त्री शाक्यकै रहेको छ । म्युजिक भिडिओको छायाङ्कन देवकुमार श्रेष्ठको निर्देशनमा भएको हो । म्युजिक भिडियोका सबै दृष्य काठमाडौं र ललितपुरमा छायाङ्कन गरिएको छ ।

    म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र नायिका करुणा श्रेष्ठको मोडलिङ रहेको छ । म्युजिक भिडियोमा चिकित्सक शाक्य स्वयंको पनि अभिनय देख्न सकिन्छ ।

    पछिल्लो समय चिकित्सकीय पेशासँगै गायनको क्षेत्रमा पनि रुचि राख्दै आएकी शाक्यले यस अघि अरुणा लामा र रुद्रमणिको गायन तथा अम्बर गुरुङको संगीत रहेको गीत ‘ए–कान्छा मलाई सुनको तारा खसाइ देऊन’ बोलको गीत संगीतज्ञ हरिशरण सायमीसँग ‘कभर सङ’ गाइसकेकी छन् ।

    पूर्वमन्त्री शाक्यकै शब्द तथा संगीत रहेको ‘केही मिठा कुरा गरौन, दुई कदमसँगै हिँडौन, जिन्दगीको के भरोसा, माया माया तिमी नै माया’ बोलको गीतमा चिकित्सक शाक्यकै स्वर रहेको छ । यो गीत पनि छायाङ्कनको क्रममा रहेको छ ।

  • चलचित्रमा पहिले जस्तो समय छैन, अब विधाले राज गर्छ : आर्यन सिग्देल

    चलचित्रमा पहिले जस्तो समय छैन, अब विधाले राज गर्छ : आर्यन सिग्देल

    काठमाडौं । ‘हिफाजत’, ‘किस्मत’, ‘कसले चोर्‍यो मेरो मन’, ‘मेरो एउटा साथी छ’ जस्ता हिट चलचित्रहरु गरिसकेका अभिनेता आर्यन सिग्देल नेपाली सिने क्षेत्रमा कुनै नौलो नाम होइन । अहिलेका पुस्ताका लागि उनी दोस्रो पुस्ता हुन्, तर उनको क्रेज अहिले पनि उस्तै छ ।

    उनका पालाका कति कलाकार पलायन भइसके त कतिले सिने क्षेत्रबाट विश्राम लिएका छन्, तर आर्यन अहिले पनि उहीं जोसका साथ सिने नगरीमा छाइरहेका छन् । अहिलेका पुस्ताका अभिनेत्रीसँग उनी जोडीको रुपमा स्क्रिन शेयर गरिरहेका छन्, रोमान्स गरिरहेका छन् ।

    आर्यनले चलचित्र ‘किस्मत’ बाट डेब्यु गरेका थिए, जुन चलचित्र नै हिट भयो । त्यसपश्चात उनी झनै जोसका साथ आफ्नो कर्ममा निरन्तर लागिरहे । दर्शकले विशेषतः आर्यनलाई ‘चकलेटी र रोमान्टिक हिरो’ को रुपमा चिन्छन् । थुप्रै रोमान्टिक चलचित्र गरिसकेका आर्यन यस पटक भने केही फरक अवतारमा देखिएका छन् । रोमान्टिक अवतारमा देखिरहेका दर्शकले उनलाई यसपालि गम्भीर सामाजिक विषयवस्तु उठान गर्ने पात्रको रुपमा देख्नेछन् । उनलाई दर्शकले आफ्नो प्रेम पाउन जातीय छुवाछूतविरुद्ध लडिरहेको एक पात्रको रुपमा पर्दामा हेर्न पाउनेछन् ।

    आर्यन रिल लाइफमा जति रोमान्टिक देखिन्छन्, रियल लाइफमा त्यति नै खुला मनका छन् । उनी केही हक्की स्वभावका छन् । आफ्नो मनमा लागेको कुरा उनी नहिचकिचाइ फ्याट्ट भन्दिहाल्छन् । पूजा-पाठ र अध्यात्ममा खासै रुचि नराख्ने आर्यनले यही जेठ १० गते रिलिज हुन लागेको चलचित्र ‘पुजार सार्की’ मा पुजारको भूमिका निभाएका छन्, जुन उनको लागि पनि एक फरक अनुभव हो । उनी यस चलचित्रलाई समयको माग मान्छन् । सुरुमा कथा सुन्दा नै रमाइलो लागेको आर्यनलाई अहिले पर्दामा आफूलाई हेरिसकेपछि झनै रमाइलो लागेको बताउँछन् ।

    आफूले गरिरहेको विधाभन्दा भिन्नै विधामा काम गर्नुपर्दा कत्तिको गाह्रो हुन्छ ? उनी यस चलचित्रमा कसरी जोडिए ? के अब यो चलचित्रले उनको रोमान्टिक हिरोको छवि मेटाइदिनेछ ? यीलगायत प्रश्नहरुमा अभिनेता आर्यन सिग्देलसँग नेपाल प्रेसकर्मी तपस्या राणाले गरेको कुराकानी-

    – तपाईंलाई नयाँ पुस्ताका फ्यानहरुले ‘मैले बच्चैदेखि हेर्दै आएको कलाकार हो’ भन्ने अभिव्यक्ति दिँदा बुढो भएछु भन्ने महसुस हुँदैन ?

    हुँदैन । म त झनै खुसी हुन्छु । उहाँहरुले मलाई अहिलेसम्म पनि हेर्नु हुँदोरहेछ भने जस्तो लाग्छ । आफ्ना समकालीनहरुसँग त काम गरियो नै, अहिलेका नयाँ जेनेरेसनका कलाकारसँग पनि उनीहरुकै उमेरको भएर स्क्रिन शेयर गर्न पाउँदा त झनै हर्षित हुन्छु । म त यसलाई प्लस प्वाइन्टको रुपमा लिन्छु ।

    – रिलमा र रियलमा फरक हुनुहुँदो रहेछ भनेर कहिल्यै दर्शकहरुले आएर भन्नुभएको छ ?

    छ । प्रायः प्रशंसा पाइरहेको हुन्छु । प्रायःले मलाई तपाईं रिलमा भन्दा रियलमा राम्रो हुनुहुँदो रहेछ भन्छन् । म स्क्रिनमा रियलमा भन्दा अलि मोटो देखिन्छु । गाला अलिक ठूलो देखिन्छ । यो फेरि मलाई पनि फिल हुने कुरा हो । सायद त्यही भएर पनि होला, रिल र रियलमा केही फरक देखिएको !

    – ‘पुजार सार्की’ले तपाईंको रोमान्टिक हिरोको छवि मेटाउने सम्भावना कति छ ?

    त्यो त मेटिँदैन । बरु ‘पुजार सार्की’ले अर्को एउटा छाप छाड्न भने अवश्य सफल हुनेछ ।

    – चलचित्रमा कसरी जोडिनुभयो ?

    खासमा यस चलचित्रको निर्देशक दिनेश राउत र म प्रायः सँगै नै हुन्छौं । दिनेशको दिमागमा यो चलचित्रको कथा धेरै अगाडि आएको थियो । पहिला दिनेश र यसै चलचित्रका लेखक विकास सुवेदी अर्को प्रोजेक्टको स्टोरी लेख्न कास्कीकोट जाँदा दिनेशलाई यो आइडिया आएको थियो । त्यहाँबाट फर्किएपछि उसले मलाई एकदमै खुसी हुँदै यो गर्दा ठीक हुन्छ होला है भनेर यो चलचित्रबारे सुनाएको थियो । मैले पनि ठीक हुन्छ भन्ने प्रतिक्रिया दिए, तर त्यो समय यो कुरा यतिमै स्थगित भयो ।

    त्यसपछि दिनेश अर्कै प्रोजेक्टमा लाग्यो । म अन्तै व्यस्त भएँ । पछि यो प्रोजेक्टबारे पुनः कुरा हुन थालेपछि दिनेशले मलाई प्रदीप पनि इन हुने भयो, त्यसैले तिमी पनि साइन गर्न आउ भनेर बोलायो । म साइन गर्न गएँ । भरे त्यहाँ पुगेपछि पो थाहा भयो, प्रदीपको त पहिल्यै साइन भइसकेछ । दिनेश र मेरो कुरा भैइरहन्थ्यो । त्यसैले मलाई मेरो रोल पुजारको हो भन्ने अगाडि नै थाहा थियो, तर चलचित्रमा साइन गरेर आधिकारिक रुपमै पहिलो इन्ट्री चाहिँ प्रदीपको भएको हो ।

    – आफूले गरिराख्ने पात्रभन्दा भिन्न पात्र निभाउन कतिको गाह्रो हुँदोरहेछ ?

    चलचित्रमा लुक्सको कुरा चल्दै गर्दा मलाई दिनेशले एक दिन अचानक फोन गरेर ‘तिम्रो ड्याडीको पुरानो पुरानो फोटो पठाउ त’ भन्यो । मैले पनि पठाएँ । ती फोटोहरु रिफेरेन्सको लागि रहेछ । यो चलचित्रमा पुजारको लुक्स मेरो बुवाको लुक्सबाट लिइएको छ । म पूजा-पाठबाट पर रहे पनि मेरो बुवा भने पुजारी हो ।

    त्यसैले हामीले लुक्सको लागि मेरो बुवाको रिफेरेन्स लिएका थियौं । लुक्समा काम गर्न मलाई एकदमै सजिलो भयो । किनकि मेरो ड्याडी र मेरो फेसकट धेरै मिल्छ । धेरै तोडमोड गर्नै परेन । लुक्सपछि कुरा आयो पात्र निभाउनेबारे । त्यहीको स्थानीय लवच र डाइलगको रिदम पकड्न हामीलाई वर्कशप गराइएको थियो, जहाँ चलचित्रका लेखक विकास सुवेदी स्वयं हुनुहुन्थ्यो । उहाँ पनि उतैतिरको हुनुहुन्छ । वर्कशपका कारण उहाँको बासिन्दाको रिदम पकड्न पनि खासै गाह्रो भएन ।

    – यो चलचित्र सत्य घटनामा आधारित हो ?

    सत्य घटनाभन्दा पनि कास्कीकोटमा एक जना व्यक्ति हुनुहुन्छ, जसले यसरी नै जातीय विभेदविरुद्ध आवाज उठाउनुभएको रहेछ । त्यहीबाट केही आइडिया लिएर यो चलचित्र बनाइएको हो । यो एउटा जातीय विभेदको द्वन्द्व हो । चलचित्रमा तीनै वटा पात्रले आआफ्नै कारणले द्वन्द्व गरिरहेका छन् । जसको जे कारण भए पनि तीनै जनाको अन्तिम सार भनेको जातीय विभेद हुनुहुन्न भन्ने हो ।

    – तपाईं चलचित्रमा लिड रोलमै हुनुहुन्छ । कतिको भार महसुस गरिरहनु भएको छ ?

    म चलचित्रको लिड क्यारेक्टर होइन, टाइटल क्यारेक्टर हुँ । चलचित्रमा अरु चार जना उस्तै राम्रो काम गर्ने कलाकार हुनुहुन्छ । त्यसैले जसले आफ्नो प्रस्तुति र अभिनयले लिड गर्नुहुन्छ, उहाँ नै लिड क्यारेक्टर हो । चलचित्रको नाम भएकै पात्रले सदैव चलचित्र लिड गर्छ भन्ने छैन । कहिलेकाहीँ सानो १५ सेकेन्डको पात्रले पनि चलचित्र लिड गरेर लैजान सक्छ । एक वाक्यमा भन्नुपर्दा हामी सबैजना नै लिड हौं । यति हो, जुन पुजार सार्कीको पात्र मैले निभाउने मौका पाएको छु, त्यसलाइ दर्शकले आत्मसात गरिदिनु हुन्छ भन्नेमा म पूर्ण विश्वस्त छु ।

    – अरु बेला खासै मिडियामा आउनुहुन्न । कन्ट्रोभर्सी सिर्जना हुन्छ भनेर डराउनुहुन्छ भन्ने सुनिन्छ । सत्य हो ?

    हैन । म सिनेमा रिलिजको बेला प्रायः हिँडिरहेको नै हुन्छु । विनाकाम चाहिँ मलाई मिडियामा खासै आइराख्न औचित्य लाग्दैन । म अलिकति स्पेस चाहने मान्छे हो । भोलि पुजार सार्की रिलिज हुन्छ । रिलिजपछि केही समय मैले मिडिया यताउता सबै छाडेर आफूलाई पनि स्पेस दिनुपर्‍यो । त्यति हो, त्यस्तो डराउने होइन ।

    – चलचित्रको छायांकन कति दिनसम्म चल्यो ?

    ४९ दिन, तर सबैजना सँगै भने त्योभन्दा अगाडिदेखि नै भइयो । किनकि छायांकनअघि एक महिना वर्कशप पनि भएको थियो ।

    – कास्कीकोटको माहोल बुझ्ने मौका कतिको पाउनुभयो ? त्यहाँ अहिले पनि जातीय विभेद छ ?

    राम्ररी नै बुझ्ने मौका पाइयो । किनकि चलचित्रको छायांकन हुनुपूर्व नै हामी त्यहाँ पुगेका थियौं । काम गर्न सहज हुन्छ भनेर त्यहाँका बासिन्दाको चालचलन र बोलीको लवज बुझ्न हामी केही दिन अगाडि कास्कीकोट गएका थियौं । त्यहाँ पहिलाको जस्तो अहिले विभेदको माहोल त छैन, तर परिवेश, घर, गोठ, आदि भने पहिलाको जस्तै छ । गाउँ ठूलो छ । त्यसैले सबै परिवर्तन हुन समय लाग्छ । सहजताको लागि कोही शहरतिर झर्नुभएको छ भने कोही बाहिर जानुभएको छ, तर गाउँ पहिलाको जस्तै छ, जसले गर्दा हामीलाई छायांकन गर्न सजिलो भयो । मलाई त गाउँभन्दा पनि सबै कुरा भएको स्टुडियो गए जस्तो महसुस भयो । त्यहाँका बासिन्दाले गर्ने स्वागत-सत्कार पनि धेरै राम्रो थियो ।

    – तीन जना नायक एकै ठाउँमा हुँदा ‘यसले भन्दा मैले राम्रो गर्नुपर्छ’ भन्ने प्रतिस्पर्धी भावना कति हुँदो रहेछ ?

    एउटै पात्र तीन जनाले नै निभाउनु परेको भए, सायद कसले राम्रो गर्ने भन्ने खालको प्रतिस्पर्धा हुन्थ्यो होला । तर, तीन व्यक्तिले तीन छुट्टै पात्र निभाउनु परेकाले प्रतिस्पर्धाको महसुस नै भएन । चलचित्रमा मैतबहादुर, मेघराज र पुजार विल्कुलै भिन्न पात्र हुन् । त्यसैले कसैलाई यसले आफ्नो पात्रमा बबाल गर्‍यो है भन्ने मनमा लाग्यो भने पनि त्यो आफ्नो पात्रमा ढाल्न मिल्दैन थियो । कसैले कसैसँग प्रतिस्पर्धा नै गर्न खोजे पनि फरक फरक पात्र भएकाले त्यो सोच्न पनि सम्भव थिएन । हामी त बरु छायांकनमा उल्टै एक अर्कालाई यस्तो गर्दा चाहिँ कथालाई अझ न्याय मिल्छ होला भनेर प्रोत्साहन गर्थ्यौं । बरु केही थप्दा राम्रो हुन्छ भने यसरी गरौं भन्ने एक-अर्कामा सल्लाहमा हुन्थ्यो ।

    – पल र प्रदीपमा सुधार गर्नुपर्ने कुरा के के पाउनुभयो ?

    दुई जनै फ्रेन्डली छन्, मेहनती छन् । एक दिन पनि युनिटलाई प्रेसर दिएको देखिनँ । प्रदीप अरु कुरामा व्यस्त हुँदा पनि ४९ दिन त्यही चलचित्रको लागि भनेर बस्यो । प्रदीप एक दिन पनि रिसाएको मैले देखिनँ । कोही मान्छे दिल र दिमागबाटै मात्र काम सोचेर विनास्वार्थ अघि बढ्छ भने उसलाई सफल हुन कसैले छेक्न सक्दैन । त्यस्तो व्यक्तिलाई मैले केही सल्लाह नै दिनुपर्दैन ।

    – पल र प्रदीपमा कोसँग बढी नजिक हुनुभयो ?

    प्रदीपसँग । किनकि प्रदीपसँग स्क्रिन र टाइम शेयर धेरै भयो । ऊसँग चिनजान पनि पहिलेदेखि नै थियो । सबैजना सारङकोट हुँदा हामी दुई जनामात्र नौडाँडामा एउटै होटलमा, एउटै कम्पाउन्डमा थियौं । त्यसैले अलि नजिक प्रदीपसँगै भएँ ।

    – दुई जना सँगै हुँदा कस्ता खालका कुरा बढी भयो ? पारिश्रमिकको बारेमा के कति भन्ने हुन्थ्यो कि हुँदैन थियो ?

    त्यस्तो केही भएन । पारिश्रमिकको कुरा त झन हुँदै हुँदैन थियो । सुट सकिएपछि म गाडी लिएर पोखरा घुम्न निस्किन्थें । प्रदीप र पल आफ्नै काममा लाग्थे । फुर्सद हुँदा बढी सँगै भएको प्रदीप र म हो । हामी दुई जनाको फेरि एउटै बानी के छ भने कसैको व्यक्तिगत कुरा नगर्ने । त्यत्रो दिन सँगै हुँदा मलाई प्रदीपको घर कहाँ हो भन्ने त थाहा थिएन । मैले अस्ति भर्खर थाहा पाएको !

    चाहे त्यो आफ्नो होस् या अर्काको, मलाई कसैको पनि व्यक्तिगत कुरामा छिरेको मन पर्दैन । प्रदीप र मेरो प्रायः आगामी दिनमा गर्न लागेको प्रोजेक्ट र अन्य कामबारे कुरा हुन्थ्यो । एक त प्रदीप अहिलेको जोसिलो युवा, त्यसमा पनि मार्केटिङ पढेको मान्छे । उसमा नयाँ विचारहरु हुन्छन् । त्यसैले कामका कुरा धेरै हुन्थे ।

    – नयाँ पुस्तासँग काम गर्नुभएको छ । पहिले र अहिलेका कलाकार, उनीहरुको अभिनय र अहिलेको सिने क्षेत्रमा के भिन्नता पाउनुभयो ?

    पहिला हाम्रो समयमा अहिलेको जस्तो धेरै प्लेटफर्म थिएन । स्क्रिनमा आउन, पर्फम गर्न र अवसर पाउन मुस्किल थियो । अहिले केही सजिलो छ । प्लेटफर्म, मेकिङदेखि सबै कुरामा सहज छ । एउटा सानो मोबाइलमै गरेको पर्फमेन्सले पनि अवसर पाउने समय छ । विकल्प धेरै छन्, जुन पहिला थिएन । हामीले ‘बेस्ट फर्म द वर्स’ गर्नुपर्थ्यो , अहिलेकाले ‘बेस्ट फर्म द बेस्ट’ गर्न पाउँछन् । अहिले मेकरहरु पनि धेरै आउनुभएको छ । त्यहीमाथि सिनेमा पढेर आउनुभएको छ । समग्रमा भन्नुपर्दा हाम्रो पालोमा केही कठिन थियो । अहिले धेरै सहज छ ।

    – सिने क्षेत्रमा पहिला झैं अहिले एकक्षत्र राज गर्नसक्ने सम्भावना भएको कलाकारको रुपमा कसलाई हेर्नुहुन्छ ?

    अब त्यो समय नै रहेन । धेरै प्लेटफर्म र अवसर भएकाले गर्दा त्यो समय फर्केर आउन गाह्रो छ । अब त आफ्नो विधाले राज गर्ने बेला आएको छ । प्रदीपले आफ्नो छुट्टै पहिचान बनाएर राज गरिरहेको छ, त्यसैगरी अरु कलाकारले आआफ्नो पहिचान बनाउँदै राज गरिरहनु भएको छ । अबको पुस्ता यसरी नै चल्छ ।

    – चलचित्र रिलिज भएको भोलिपल्टबाट बक्स अफिस कलेक्सन सार्वजनिक गर्ने होडबाजी चलिरहेको बेला ‘पुजार सार्की’ ले भने विषयवस्तुले दर्शकको मन जितोस् भन्ने छ या व्यापारिक हिसाबले सफल होस् भन्ने ?

    कसैले चलचित्र प्रदर्शन गर्दैछ र बक्स अफिसमै लगाउँदैछ भने कमाउनुपर्छ भन्ने जसलाई पनि हुन्छ । मेरो चलचित्रले दर्शकको मन जितोस्, तर पैसा नकमाओस् र पछि म अर्काइभ गरेर त्यो चलचित्र घरमा लगेर राख्छु भन्ने कसैलाई मन हुँदैन । त्यसैले दर्शकले चलचित्र मन पराउनु पर्‍यो, सँगसँगै पैसा पनि कमाउनु पर्‍यो, तर पैसा कमाउने होडबाजीमा यति रेर्कड ब्रेक र उति रेकर्ड ब्रेक भन्ने होड चाहिँ नचलोस् ।

  • ‘लण्डन टु पेरिस’को दोस्रो गीत ‘चाहान्छु यो माया’ सार्वजनिक

    ‘लण्डन टु पेरिस’को दोस्रो गीत ‘चाहान्छु यो माया’ सार्वजनिक

    काठमाडौं । घनश्याम लामिछाने निर्देशित सिनेमा ‘लण्डन टु पेरिस’को दोस्रो गीत ‘चाहान्छु यो माया’ सार्वजनिक गरिएको छ । शुक्रबार ओएसआर डिजिटलको युट्युब च्यानलबाट सिनेमाको यो रोमान्टिक गीत रिलिज गरिएको हो ।

    सिनेमाको सार्वजनिक यो गीतमा एसडी योगीको संगीत तथा राम अविरल बिष्टको शब्द रचना अनि संगीतकार योगी र नभिता पौडेलको स्वर रहेको छ । रिकेश गुरुङ संगीत निर्माता रहेको गीतलाई साहिल खानले सम्पादन गरेका हुन् । सिनेमाको सार्वजनिक गीतमा साम्राज्ञी, निश्चल र गरिमाबीचको त्रिकोणात्मक प्रेमलाई देखाइएको छ ।

    सिनेमाले ट्राभल लभस्टोरीको कथा पेस गर्छ । सिनेमाको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । सिनेमामा साम्राज्ञी, निश्चल र गरिमाका अलवा कविर खड्का, रुष्मा थापा, मनिश श्रेष्ठ तथा मनिष गान्धीको प्रमुख अभिनय रहेको छ । निश्चल र गरिमाले यही सिनेमाबाट डेब्यू गरेका हुन् ।

    एबी इन्टरनेश्नलको प्रस्तुति रहेको सिनेमामा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ । अमित बस्नेतले निर्माण गरेको सिनेमामा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् । सनिश खकुरेल र अजित केआर थापा सिनेमाको सह-निर्माता हुन् भने अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुन् । सिनेमा जेष्ठ २५ गतेबाट रिलिज हुँदैछ ।

    सिनेमामा अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफी, साहिल खानको ट्रेलर, विजय वस्यालको पोस्टर डिजाइन, मुख्य सहायक निर्देशकमा फिरोज खड्का रहेका छन् । रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले सिनेमालाई नेपालभर वितरण गर्नेछन् ।

  • गणेश उप्रेतीको ‘सँगै जिउने मर्ने कसम’ लिरिकल भिडिओ सार्वजनिक

    गणेश उप्रेतीको ‘सँगै जिउने मर्ने कसम’ लिरिकल भिडिओ सार्वजनिक

    काठमाडौं । गायिका मुना ठटालको आवाजमा सजिएको गीत ‘सँगै जिउने मर्ने कसम’ गीतको लिरिकल भिडिओ सार्वजनिक भएको छ ।

    करुणा कँडेलको निर्माण रहेको उक्त लिरिकल भिडिओ एरीना इन्टरटेन्टमेन्ट यूटुब च्यानलमार्फत शुक्रबार सार्वजनिक गरिएको हो । गीतमा शब्द गणेश उप्रेतीको रहेको छ भने संगीत संयोजन न्हुछे महर्जनले गरेका छन् ।

    रेडियो नेपालको आधुनिक गीत प्रतियोगीतामा गायनतर्फ तेस्रो स्थान हासिल गर्न सफल यो गीतले दर्शकको मन अत्याधिक जित्ने विश्वास उनीहरुको छ ।

    एक दशकदेखि गीत संगीतमा क्रियाशील रहेका गणेश उप्रेतीको ‘तिम्रो दिलको’, ‘लगन जुरेर’, ‘लाइदेउ माया’, ‘नजरको गुलेली’ जस्ता चर्चित गीतहरु यस अघि नै सार्वजनिक भइसकेका छन् ।

  • धरौटीमा छुटे गायक रवि ओड

    धरौटीमा छुटे गायक रवि ओड

    कैलाली । वैवाहिक बलात्कारको मुद्दापछि प्रहरी नियन्त्रण रहेका नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओड धरौटीमा रिहा भएका छन् ।

    जिल्ला अदालत कञ्चनपुरले आज उनलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश जोशीले जानकारी दिए ।

  • ‘पुजार सार्की’ को ‘जाऊँ माया’ बोलको गीत सार्वजनिक

    ‘पुजार सार्की’ को ‘जाऊँ माया’ बोलको गीत सार्वजनिक

    काठमाडौं । यही जेठ १० गते विश्वभर एकसाथ रिलिज हुने चलचित्र ‘पुजार सार्की’ मा समावेश ‘जाऊँ माया’ बोलको गीत सार्वजनिक भएको छ ।

    ओएसआर डिजिटल युट्युब च्यानलमार्फत मंगलबार सार्वजनिक गरिएको गीतका दृश्यहरूमा पुजारको चरित्रमा रहेका अभिनेता आर्यन सिग्देल र अभिनेत्री अञ्जना बराइलीको प्रेम र पीडालाई देखाइएको छ ।

    त्यसैगरी गीतमा मैतबहादुरको भूमिकामा रहेका अभिनेता प्रदीप खड्का र अभिनेत्री परीक्षा लिम्बूको प्रेम प्राप्तिको सकसलाई पनि स्थान दिइएको छ । गीतका दृश्यहरुमा अन्तरजातीय प्रेमबाट उब्जिएका सामाजिक र पारिवारिक समस्यालाई मूल स्थान दिइएको छ ।

    ‘जाऊँ माया’ गीतका शब्दले समाजले प्रेम अस्वीकार गरेपश्चात नौ डाँडा काटेर जान प्रेमिकालाई आग्रह गरेको कुरा दर्शाएको छ ।

    यसअघि चलचित्रका रोमान्टिक गीतहरू सार्वजनिक गरिएको थियो । यो गीतमा दुःखका भावना व्यक्त गरिएको छ । बी पाण्डेले शब्द रचना गरेको यस गीतमा केतन क्षेत्रीको स्वर रहेको छ । पाण्डेका शब्दमा सुवास भुसालले सङ्गीत भरेका छन् । करिब २ सय गीत रचना गरेका पाण्डेले भुसालकै सङ्गीत र दिनेश राउतकै निर्देशनमा बनेको ‘प्रसाद’मा ‘बनकी चरी के भन्छ’ र चलचित्र ‘सेल्फी किङ’को लागि भुसालकै सङ्गीतमा ‘जाली रुमाल’ बोलका गीत रचना गरेका थिए ।

    चलचित्रमा तीन नायक आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह एकसाथ देखिएका छन् । नायिकाहरूमा अञ्जना बराइली र परीक्षा लिम्बू छन्, जसले ग्रामीण परिवेशका युवतीहरूको भूमिका निभाएका छन् । चलचित्रमा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्दरमण पराजुली, राजेश बिसुराललगायतको पनि अभिनय रहेको छ ।

    चलचित्रलाई दिनेश राउतले निर्देशन र सुवास भुसालले निर्माण गरेका हुन् । किङ्डम नेटवर्कको ब्यानरमा बनेको चलचित्र नेपालमा आरआर फिल्मस् र अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले वितरण गर्नेछन् । राजेश श्रेष्ठको डीओपी रहेको ‘पुजार सार्की’मा भरत रेग्मीले सम्पादन, सुप्रिम पराजुलीले कलर ग्रेडिङ र हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ ।

  • ‘गिल्टी अर नट गिल्टी’ मञ्चन हुने

    ‘गिल्टी अर नट गिल्टी’ मञ्चन हुने

    काठमाडौं। टेकुस्थित कौसी थिएटरमा जेठ ३ देखि नाटक ‘गिल्टी अर नट गिल्टी’ मञ्चन हुने भएको छ।

    जेठ २६ गतेसम्म मञ्चन हुने यो नाटक रसियन-अमेरिकन लेखक अयन र्‍यान्डको नाटक ‘अन द नाइट अफ जनवरी सिक्सटिन्थ’मा आधारित छ।

    राजकमल फकिरको निर्देशन तथा डिजाइन यो नाटक तयार भएको हो।

    नेपालीकरण गरिएको यो नाटकले अग्रवाल इन्भेष्मेन्ट भेन्चरका सञ्चालक राधेश्याम अग्रवाल पात्रको १९औँ तलाबाट खसेर मृत्यु भएपछि घटना हत्या हो कि आत्महत्या हो भन्ने विषयको अदालती बहस प्रस्तुत गर्नेछ।

    रहस्य र थ्रीलर जनरामा बनेको नाटकमा विजय ताम्राकार, आभास अधिकारी, समापिका गौतम, बासना तिमल्सिना, रुपेश लामा, सागर दाहाल, जेम्स ढकाल, अशोक गौतम, नवीन चन्द्र अर्याल, अरुण पौडेल, सुष्मा निरौला, मनिष ब्यन्जु, सदिन लुइँटेल, रौनक कार्की, विजया पौडेल, इशा सिजाली लगायत कलाकारको अभिनय छ।

    फकिर ड्रिमको प्रस्तुति रहेको नाटकमा ध्वनि संयोजन नरेश गजुरेलको रहनेछ भने प्रकाश व्यवस्थापन आशान्त शर्माको रहने छ।

    नाटक मङ्गलवार बाहेक साताको प्रत्येक दिन बेलुका ५:३० बजे र शनिवार दिउँसो १ बजेको अतिरिक्त सो हुनेछ।

  • चलचित्र ‘मोदीबेनी’ श्रावण १८ गते रिलिज हुने

    चलचित्र ‘मोदीबेनी’ श्रावण १८ गते रिलिज हुने

    काठमाडौं। चलचित्र ‘मोदीबेनी’ आगामी श्रावण १८ गते रिलिज हुने भएको छ । चलचित्रका निर्माता दिलीप केसीले यो चलचित्रको लागि सबैभन्दा उत्तम मिति भएकाले टुङ्गो लगाइएको बताए ।

    ‘मोदीबेनी’ले पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित कथा भन्ने निर्देशक शङ्कर कोइरालाले बताए ।

    यस चलचित्रमा अभिनेताको रूपमा अमर प्रताप श्रेष्ठले डेब्यु गर्दैछन् भने उनको अपोजिटमा अभिनेत्री वर्षा सिवाकोटीको अभिनय रहेको छ ।

    यस चलचित्रबाट अभिनेत्री रेजिना उप्रेतीले करिब १२ वर्षपछि कमब्याक गरेकी छन् । निर्देशक कोइरालाले पनि यही चलचित्रबाट निर्देशनमा डेब्यु गरेका छन् ।

    ‘मोदीबेनी’मा अमर, वर्षा र रेजिनासहित प्रवीण खतिवडा, सरोज खनाल, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबिस लगायतको अभिनय रहेको छ ।

    डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो चलचित्रलाई आनन्द विक्रम क्षेत्रीले लेखेका छन् । चलचित्रमा दिलीप के.सी. निर्माता र हरि श्रेष्ठ सह-निर्माता रहेका छन्।

    उत्सव दाहालको डिओपी, भरत रेग्मीको सम्पादन, दीपेन्द्र गौतम (माइकल) को प्रोडक्शन डिजाइन, श्याम बरालको मेकअप, गीता पौडेलको हेयर डिजाइन, भीम श्रेष्ठको ड्रेस डिजाइन र सगुन तामाङको प्रमुख सहायक निर्देशन रहेको छ ।

    चलचित्रलाई रिच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्दैछन् । चलचित्रको पोस्टर डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेका छन् ।

  • गायक प्रकाश दुतराजको बादी समुदायका महिलाको कथा बोकेको ‘करिम’ सार्वजनिक (भिडिओ)

    गायक प्रकाश दुतराजको बादी समुदायका महिलाको कथा बोकेको ‘करिम’ सार्वजनिक (भिडिओ)

    काठमाडौं । नेपाली शिक्षक हरिराम शाही कक्षामा पहिलो दिन पढाउन जान्छन् । कक्षा सुरु गर्नु अघि उनले विद्यार्थीको परिचयबाट सुरु गर्छन । परिचयको सुरुमा एक जना शर्मा थर गरेका विद्यार्थीले आफ्नो नाम, आमाको र बाबुको नाम भन्दै परिचय सक्काउँछन् ।

    लगत्तै परिचय दिन उठ्छन् छात्रा कुमारी बादी । उनले आफ्नो आमाको नाम उर्मिला बादी भने लगत्तै बुवाको नाममा गएर रोकिन्छिन् । बुवाको नाम भन्न नसकेको देखेर विद्यार्थी सबै उनलाई ट्वाल्ल परेर हेर्छन ।

    तीन जना बादी समुदायका महिला कर्णाली नदी किनारमा नुहाउन पुगेका छन् । उनीहरुबीचमा कुराकानी भइरहेको हुन्छ, एक जना महिलाले भन्छिन्, ह्या चमेली, हेर न यो कर्णालीले रगत र पसिना बगाए जसरी हाम्रा पन दुख पिडा बगाई लग्या भए हुनेछियो धेकी । अर्की महिलाले थप्दै भन्छिन्, अम के दिदी हामी की कति हलुको हुनेछियो है दिदी । अर्की महिलाले थप्दै भन्छिन्ः अ राइके साइली बच्चा पाउने छ भन्यो, त्यो बच्चा पन माथी पशलेको हो हरे । अर्की महिलाले थप्दै भन्छिन्, अझ हेर न, लाग्ने खर्च पनि दिन्छु भनेको छ हरे । अर्की महिलाले भन्छिन्, छोरी भया त हाम्रै जसो दुख हुन्याहो धेकी । अर्की महिला थप्दै भन्छिन्, अ छोरै भइदिया हुनेछियो । त्यसपछि मात्रै बल्ल गीत सुरु हुन्छ ।

    यि सम्वाद बादी समुदायका महिलाको कथा बोकेको गीत एवम म्यूजिक भिडियो ‘करिम’काे सुरुवाती चरणका अंश हुन् । राउटे समुदायको दुख पिडा समेटिएको रिमै गित तथा म्यूजिक भिडियोको अपार सफलतापछि गायक एवम सर्जक प्रकाश दुतराजले भर्खरै मात्रै बादी समुदायका महिला तथा बालिकाले बाध्यताले यौन व्यवसायमा लाग्नु परेको कथा व्यथा समेटेर ‘करिम’ गीत तथा म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् ।

    गायक दुतराज र चर्चित गायिका शान्तिश्री परियारको स्वर रहेको १५ मिनेट ११ सेकेण्डको म्यूजिक भिडियो करिम गायक दुतराजकै यूट्यु च्यानलबाट सार्वजनिक भएको हो । १२ घण्टा अघि सार्वजनिक भएको गीत यूट्युवमा एक लाख २५ हजार भन्दा बढीले हेरिसकेका छन् ।

    शब्द र संगीत दुतराजकै रहेको गीतमा संगीत संयोजन बिबी अनुरागीले गरेका छन् भने गितार सञ्जिव बराइली, सार्रगी हेमन्त कान्छा रसाइली, ध्वनी मिश्रण श्यामश्वेत रसाइलीको रहेको छ । कमल सिंजाली र गोविन्द अनेक रेकडिष्ट रहेको गीत प्रिज्मा स्टुडियोमा रेकर्ड भएको हो । गीतमा गायक दुतराजसँगै अन्जु चौलागाई, सुस्मिता कुँवर, दिपेश परियार, सन्तोष दुतराज, सर्जुन राई, गौरब गिरी र रोहित देउवाले अभिनय गरेका छन् ।

    https://www.youtube.com/watch?v=fUclawyqvks

    म्यूजिक भिडियोमा बाल कलाकार आयुषा गौतम, सिम्रन परियार र प्रमिसा कटवालको पनि अभिनय रहेको छ । अनिल के मानन्धरले छायांकन गरेको म्यूजिक भिडियो नविन घर्तिमगरले निर्देशन गरेका हुन् । प्रस्तुत गीत कथा सदिऔँ देखि शोषण, दमन, दुःख कष्ट, पिर र अभावमा पर्दै आएका बादी समुदायका छोरी, चेली र आमाप्रति समर्पित रहेको गायक दुतराजले बताए ।

    म्यूजिक भिडियोको अन्तिममा बादी समुदायकै एउटा महिलाले आफ्नो मृत्यु भन्दा अघि लेखेको पत्र उनको मृत्युपछि गायक दुतराजको हातमा पर्छ, जहाँ लेखिएको छ, पिरमा पन छ्रैन, सिरमा पन छैन । हाम्रा त तकदिरमा नै सिन्दुर छैन । म उर्मिला बादी । न मन बुझाउने ठाउँ छ, न मनको सुनाउने ठाउँ छ । न गरी खाउँ भनि सरकारले दियाको माटो नै छ । कैलाई सुनाउ मेरा दुखका कुरा । कैलाई भनु म मेरा रगतका कथा । कल्ले मलम लगाइदिने मेरा शरिरका घाउमा । सबै कुरा फेरिदैँ आए । राजा रजौटा फेरिए, राज्यका नक्सा फेरिए । व्यवस्था पन फेरियो । हाम्रो जनजिवन फेरिएन । न समाजले हेर्ने नजर फेरियो । म त मरिजाउला, ति मेरी कोपिला जस्ती छोरीको चिन्ता लाग्दोछ । सम्हाली दिनु है । फेरि दाग नलाग्ने गरी ।

    पश्चिम नेपालमा बसोबास गर्ने बादी समुदाय दलित जातिभित्रको सीमान्तकृत समुदाय हो । नेपालको जनगणना २०६८ अनुसार कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा गरेर यो समुदायको जम्मा जनसंख्या ३८ हजार मात्रै छ । यो समुदायका नागरिक पश्चिम नेपालका विभिन्न जिल्लामा ससानो संख्यामा बस्दै आएका छन् ।

    इतिहासकारका अनुसार भारतमा १४ सय शताब्दीमाा राजा, रजौटाको मनोरञ्जनका लागि नेपाल ल्याइएका बादी समुदायले लामो समयदेखि बाद्यवादन र नाचगानलाई आफ्नो पेसा बनाएका थिए ।

  • फिल्म रिलिजअगावै अनमोल-जसिताको जोडी हिट ! के रियल लाइफमै प्रेममा छन् ?

    फिल्म रिलिजअगावै अनमोल-जसिताको जोडी हिट ! के रियल लाइफमै प्रेममा छन् ?

    काठमाडौं । के सुपरस्टार अनमोल केसी प्रेममा छन् ? के नायिका जसिता गुरुङ उनकी रियल लाइफ प्रेमिका हुन् ?

    चलचित्र ‘फर्की-फर्की’ रिलिजको संघारमा यी दुई प्रश्न कलिउडको ‘गसिपनगरी’ भित्र गर्माउँदो छ । हालैका अन्तर्वार्तामा दुवैको हाउभाउ र प्रस्तुति हेर्दा यो सम्भावनालाई नकार्न सकिने अवस्था देखिँदैन ।

    ‘इन्ट्रोभर्ट’ नायकका रुपमा चिनिन्छन् अनमोल । अरु कलाकारले जस्तो उनी आफ्नो निजी जीवनलाई मिडियामा छताछुल्ल पार्दैनन् । खासमा त उनी आफ्नो फिल्म रिलिजको छेकोमा बाहेक मिडियामा देखा नै पर्दैनन् ।

    ‘फर्की-फर्की’ रिलिज हुनुभन्दा करिब १५ दिन अगाडि मात्रै मिडियाका लागि अनमोलले आफ्नो दैलो उघारिदिए । अहिले उनका अन्तर्वार्ता लिन टेलिभिजनदेखि युट्युब च्यानल र अखबारदेखि अनलाइनसम्मका मिडियापसर्नहरु लाइन लागेका छन् । केही दिन यो गसिप नगरी अनमोल-जसितामय हुनेमा शंका छैन । र, हरेक अन्तर्वार्तामा उनीहरुलाई नछुटाइ सोधिनेछ- के तपाईंहरु प्रेममा हो ?

    अनमोल र जसिताले पहिलो पटक फिल्ममा सहकार्य गरेका हुन् । चलचित्रमा जोडी बाँधिनासाथै उनीहरुको ‘केमेस्ट्री’ को चर्चा हुन थालेको थियो । रिलिजसम्म आइपुग्दा कतिपयले उनीहरु प्रेममा नै परिसकेको दाबीसमेत गर्न थालेका छन् । औपचारिक कुराकानीमा उनीहरु दुवै यसलाई स्वीकार्दैनन्, तर सम्भावनालाई नकार्न पनि सक्दैनन् ।

    अनमोल र जसिता सँगै अन्तर्वार्तामा प्रस्तुत हुँदा एक-अर्काप्रति उनीहरुको झुकाव र प्रेम लुकाउनै नसक्ने गरी पोखिन थालेको छ । जस्तो कि अनमोलले आफ्नो पारिवारिक कुरा सुनाउँदा जसिताको आँखामा आँसु छचल्कियो । अप्ठेरा प्रश्नको जवाफ नदिँदा रक्सी पिउन लगाइने कार्यक्रममा अनमोलले जसितालाई गाह्रो हुने भन्दै उनको साटो आफैंले पिइदिए ।

    यसअघि पनि एक–दुई नायिकासँग अनमोलको नाम जोडिएको थियो । तर, अफेयरमै रहेको दाबी गर्न सकिने कुनै पनि छनक उनले सार्वजनिक रुपमा पेश गरेका थिएनन् । जसितासँग नाम जोडिँदा भने अनमोल निकै ‘कम्फर्टेबल’ देखिन्छन् ।

    एउटा अन्तर्वार्तामा उनलाई यदि तपाईंहरुको विवाह भयो भने आश्चर्यको विषय हुन्छ कि हुँदैन भनेर सोधिएको छ । जवाफमा अनमोलले भनेका छन्, ‘उनलाई डिजर्भ गर्ने मान्छे एकदमै लक्की हुनुपर्छ । यदि (हाम्रो बिहे) भइहाल्यो भने म आफूलाई धेरै भाग्यमानी सम्झिने छु ।’

    यही प्रश्नमा जसिताको जवाफ पनि सकारात्मक नै छ ।

    उनी भन्छिन्, ‘भविष्यमा जे पनि हुनसक्छ । (भविष्यमा बिहे भयो भने) आश्चर्यचकित हुनुपर्दैन । अनमोललाई जीवन साथी पाउने केटी भाग्यमानी हो, चाहे व्वाइफ्रेन्डका रुपमा होस् वा श्रीमानका रुपमा ।’

    धेरै दर्शकले तपाईंहरुलाई ‘कपल’ को रुपमा हेर्न चाहेका छन् नि भन्ने प्रश्नमा अनमोलले झनै खुलेर बोलेका छन् ।

    ‘दर्शकहरुले भनेको कुरा हामीले मान्नु पनि पर्छ । उहाँहरु नै हाम्रो भगवान हो’, उनी भन्छन्, ‘तर, अहिले चाहिँ हामी करिअरमा नै फोकस्ड छौं ।’

    आफूलाई सुटिङस्थलमा केयर गरेको भनेर पनि अनमोलले जसिताको तारिफ गरे ।

    उनी भन्छन्, ‘म अहिलेसम्म उनीसित मेरो किन सहकार्य भएन भनेर सोच्छु । उनीसित काम गर्दा धेरै कुराहरु सिक्ने मौका पाएँ । डान्समा मलाई उनले धेरै हेल्प गरिन् । कसरी एफर्टलेस नाच्ने भनेर सिकाइन् । उनले मलाई धेरै केयर पनि गर्थिन् । म काम गरिरहँदा भोक प्यास सबै बिर्सिएको हुन्छु । उनले मलाई रिमाइन्ड गराउँथिन् । मैले आफ्नो स्किनको कहिल्यै ध्यान राख्दिन थिएँ । उनलाई भेटेपछि राख्न थालें ।’

    जसिता पनि अनमोलको बयान गरेर थाक्दिनन् ।

    उनी भन्छिन्, ‘मैले अनमोललाई अब्जर्भ गरेर नै उबाट धेरै सिकें । ऊ एकदमै अनुशासित छ । अलवेज प्रिपेयर्ड रहन्छ । एकदमै मेहनति छ । उसलाई अरुले बोल्ने लाइनहरु पनि सबै याद हुन्छ । उसित काम गर्न पाउँदा नै आफूलाई भाग्यमानी सम्झिएकी छु ।’