Category: कलाप्रेस

  • ‘मिस एण्ड मिसेस ब्युटिफुल नेपाल २०२४’ को उपाधी सञ्जिला र बिजयालाई

    ‘मिस एण्ड मिसेस ब्युटिफुल नेपाल २०२४’ को उपाधी सञ्जिला र बिजयालाई

    काठमाडौं । दक्ष इन्टरनेसनल र राज ब्युटी एकेडेमी एण्ड मेकअप स्टुडियोको आयोजनामा भएको सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिसेस ब्युटिफुल नेपाल २०२४’ सम्पन्न भएको छ । प्रतियोगिता अन्तर्गत नवौं संस्करणको ‘मिस ब्युटिफुल नेपाल’ को उपाधि सञ्जिला तामाङ र आठौं संस्करणको ‘मिसेस ब्युटिफुल नेपाल’को उपाधि विजया अधिकारीले जितेका छन् ।

    प्रतियोगितामा ‘मिस ब्युटिफुल नेपाल’ तर्फ विपना मल्ल ‘फष्ट रनरअप’, इश्वरी हमाल ठकुरी ‘सेकेण्ड रनरअप’ र ‘पब्लिक च्वाईस’, जेलिना भट्टराई ‘मोष्ट पपुलर’ र सञ्जिला तामाङ ‘मोष्ट ट्यालेन्ट’ घोषित भए ।

    त्यस्तै ‘मिसेस ब्युटिफुल नेपाल’तर्फ रमिता बज्राचार्य ‘फष्ट रनरअप’, रितु रौनियार ‘सेकेण्ड रनरअप’, विजया अधिकारी ‘पब्लिक च्वाईस’ र ‘मोष्ट पपुलर’ घोषित भए । फिनालेमा दुवै समूहका आठ-आठ गरी १६ प्रतिष्पर्धी थिए ।

    प्रतियोगिताको निर्णायकमा सरोज खनाल, यम बराल, सुनिता दुलाल, मञ्जु थापा, बालकृष्ण पोख्रेल, मनकुमारी पोखे्रल र निलम गुरुङ थिए । कार्यक्रमको अध्यक्षता दक्ष इन्टरनेशनलका प्रमुख एवम् कार्यक्रम संयोजक मेकअप आर्टिष्ट टेकराज पाण्डेले गरेका थिए । कार्यक्रममा संगीतकार शम्भुजित बाँस्कोटा, प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीलगायतको उपस्थिति थियो ।

    रोजिन शाक्यले सञ्चालन गरेको प्रतियोगिताको कोरियोग्राफर रबिता मगर र इभेन्ट मेनेजर गीता उप्रेती थिइन् ।

  • प्रियंकापछि ‘माइली’ मा अभिनेत्री करिश्मा मानन्धर अनुबन्धित

    प्रियंकापछि ‘माइली’ मा अभिनेत्री करिश्मा मानन्धर अनुबन्धित

    काठमाडौं । रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने चलचित्र ‘माइली’ मा अभिनेत्री करिश्मा मानन्धर अनुबन्धित भएकी छिन। बाबू साहेब बलामीको कन्सेप्ट र निर्देशन रहने चलचित्रका लागि करिश्मालाई निर्माण पक्षले अनुबन्धित गरेको हो ।

    यस अघि चलचित्रमा नायिका प्रियंका कार्की अनुबन्धित भएकी थिइन् । निर्देशक बलामीले सत्य घटनामा आधारित हुने भनिएको चलचित्रमा महिलाको पीडा देखाइने बताएका छन। ‘दलित महिलाको श्रीमान नभएपछि समाजले ऊमाथि कस्तो दृष्टि लगाउछ ? उसका स–साना नाबालक छोरी हुर्काउन कति कठिन हुन्छ ? यहि समाज जातियताको आडमा कसरी प्रताडित गर्छ भन्ने कथा फिल्ममा देखाइनेछ’, निर्देशक बलामीले भने ।

    असारको अन्तिमबाट छायांकन गरिने चलचित्र मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौं र दुबईमा खिचिनेछ । चलचित्रमा शंकर अधिकारी ‘घायल’को गीत, पटकथा तथा संवाद तथा राजेन्द्र बजगाइको संगीत रहनेछ ।

  • हसन राईको ‘मखमली चोली’ सार्वजनिक

    हसन राईको ‘मखमली चोली’ सार्वजनिक

    काठमाडौँ। गायक हसन राईको स्वरमा रहको नयाँ गीत ‘मखमली चोली’ सार्वजनिक गरिएको छ। राजधानीमा एक कार्यक्रमका बीच भिडियो सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा रोशन राई ‘पालुवा स्टार’ को शब्द रचना र रोशन बान्तवा सूचा राईको संगीत रहेको छ। फडिन्द्र राईको संगीत संयोजन रहेको गीत लोक लयमा बनेको छ।

    नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई प्रमुख अथिती रहेको कार्यक्रममा संगीतकर्मीहरुको उलेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा गीतकार आनन्द अधिकारी, संगीतकार शान्तिराम राई, संगीतकार महेश खड्का, गायक सिताराम पोखरेल, संगीतकार डक्टर किराँत, कलाकार बिष्णु रिजाल, गायक रुपकुमार राई लगायत थुप्रैको उपस्थिति रहेको थियो।

    समन अधिकारीको निर्देशनमा बनेको भिडियोको छायाँकन उत्सव दाहालले गरेका हुन् भने सम्पादन सौखिन तिमल्सिनाले गरेका हुन्। रेस्क्यु क्रियसनले निर्माण गरेको भिडियोमा कृस गुरुङ र उषा तामाङ फिचर्ड छन। भिडियोमा लाहुरे संगको मायाको कथालाई प्रस्तुत गरिएको छ। भिडियोका निर्माता प्रयास राई हुन्।

    भिडियो रोसन राई ‘पालुवा स्टार’ को अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

  • एकल पिताको भूमिका निभाएका रामकृष्ण ढकालको ‘मायाको घर’ सार्वजनिक

    एकल पिताको भूमिका निभाएका रामकृष्ण ढकालको ‘मायाको घर’ सार्वजनिक

    काठमाडौं। लोकप्रिय गायक रामकृष्ण ढकालको नयाँ गीत ‘मायाको घर’ सार्वजनिक भएको छ। शुक्रवार काठमाडौंको दरबारमार्ग स्थित क्युएफएक्स सिनेमा, राइजिङ मलमा एक कार्यक्रमको आयोजना गर्दै यस गीतको भिडियो सार्वजनिक गरिएको हो।

    गीतमा गोविन्द कँडेल ‘आशु’को शब्द रचना, हरि लम्सालको सङ्गीत तथा रामकृष्ण ढकालको स्वर रहेको छ। मर्मस्पर्शी गीत ‘मायाको घर’मा बुवा र छोरीको कथा छ। स्वीकृति सापकोटाले निर्देशन गरेको भिडियोमा गायक ढकाल र पाँच वर्षीया कलाकार आर्या भानीले अभिनय गरेका छन्। भिडियोमा ढकालले एकल पिता र आर्याले छोरीको भूमिका निभाएकी छिन।

    कार्यक्रममा ढकालले यो भिडियोको कथा कहीँ कतै हाम्रो नजिकमा मेल खाने बताए। उनले यो कथा आफ्नो पनि नजिकको रहेको र धेरैको जीवनमा मेल खाने प्रतिक्रिया दिए। निर्देशक सापकोटाले भिडियोमा हाम्रै समाजमा रहेको कथालाई उतारेको जनाइन्। उनले यो आफ्नो पहिलो निर्देशन रहेको समेत जानकारी दिइन्। कलाकार आर्याले पनि कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिइन्।

    विशेष अतिथिको रूपमा उपस्थित नेपाल नाट्य तथा सङ्गीत प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राईले म्युजिक भिडियोको सफलताको शुभकामना दिँदै नेपाली गीत सङ्गीत क्षेत्रमा गायक रामकृष्ण ढकालको नाम सुनौलो रहेको बताए। कार्यक्रममा गीतकार कँडेल, सङ्गीतकार लम्साल तथा अतिथिको रूपमा गायक द्वय यम बराल र हेमन्त शर्माको पनि उपस्थिति थियो। राई, शर्मा र बरालले संयुक्त रूपमा म्युजिक भिडियो सार्वजनिक गरेका थिए।

    भिडियोमा सुशील खनालको छायाङ्कन तथा सम्पादन रहेको छ । भिडियोको क्रिएटिभ हेड आशा गौतम र सहायक निर्देशक रोशन अधिकारी हुन्।

  • ‘घरज्वाइँ’को दोस्रो गीत ‘यानीमाया’ सार्वजनिक

    ‘घरज्वाइँ’को दोस्रो गीत ‘यानीमाया’ सार्वजनिक

    काठमाडौं । अनिल बुढा मगरको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘घरज्वाइँ’को दोस्रो गीत ‘यानीमाया’ सार्वजनिक भएको छ । शनिबार युट्युबमा सार्वजनिक भएको गीतमा सिनेमाका मुख्य कलाकार दयाहाङ राई र मिरुना मगर पिचर्ड छन् ।

    सार्वजनिक गीतमा हर्क साउदको शब्द रचना तथा मनोज थापा मगरको संगीत तथा स्वर रहेको छ । यही गीतको रिदममा सिनेमाको ब्याग्राउण्ड म्युजिक तयार गरिएको निर्देशकले केहीदिन अगाडी आयोजित सिनेमाको ट्रेलर रिलिज कार्यक्रममा बताएका थिए । सिनेमाको दृश्यभाषा र क्यारेक्टरको हिँडाइ र बोलाईलाई समेत सिनेमाको यही गीतको थिममा नै राखेर प्रस्तुत गरिएको उनको दाबी थियो ।

    जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन् । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको सिनेमाको कथा निर्देशक अनिल आफैले लेखेका हुन् । पटकथा तथा संवाद लेखनमा भने उनलाई बिनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।

    सिनेमालाई जनक घर्ती मगरले निर्माण गरेका हुन् । सिनेमामा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ । सिनेमा असार २८ गतेबाट नेपाल र विदेशमा एकसाथ रिलिज हुनेछ ।

    सिनेमाका गीतमा हर्क साउद र मनोज थापा मगरको शब्द तथा संगीत छ । कृष्ण भन्डारीले सम्पादन गर्ने सिनेमाको डिजिटल पार्टनर बुढा सुब्बा डिजिटल हो । एमएसएमले अष्ट्रेलियाले सिनेमाको विदेश प्रदर्शन अधिकार लिएको छ । नेपालमा सिनेमालाई आरआर फिल्मसले वितरण गर्दैछ ।

     

  • ‘फान यूएसए च्याप्टर’लाई कलाकार संघको आधिकारिता

    ‘फान यूएसए च्याप्टर’लाई कलाकार संघको आधिकारिता

    काठमाडौं। नेपाल चलचित्र कलाकार संघले आफ्नो संस्थाको अमेरिका शाखा (फान यूएसए च्याप्टर) को पुनर्गठित समितिलाई आधिकारिकता प्रदान गरेको छ ।

    अमेरिकामा रहेका नेपाली कलाकारहरूलाई संगठित गर्न, नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा पहुँच पुर्‍याई नेपाली चलचित्रको संरक्षण गर्न र पेसाकर्मीको उत्थान गर्ने उद्देश्यले नेपाल चलचित्र कलाकार संघले पुनर्गठित समितिलाई आधिकारिकता प्रदान गरेको हो।

    संघका अध्यक्ष मोहन निरौलाद्वारा जारी आधिकारिकता पत्रमा फान यूएस च्याप्टरको पुनर्गठित समितिलाई आधिकारिकता दिन सिफारिस भई आएकाले त्यहाँबाट प्राप्त पदाधिकारी सदस्यहरूलाई यूएस शाखाको रूपमा आधिकारिता प्रदान गर्ने निर्णय भएको उल्लेख छ ।

    अमेरिका शाखाको पहिलो अध्यक्ष अभिनेता नवराज श्रेष्ठ थिए भने त्यसपछिको कार्यकाल अभिनेता विक्रान्त बस्नेतले सम्हालेका थिए। केही महिना अगाडी संघका निवर्तमान अध्यक्ष अमेरिका गएको अवसर पारेर उनकै उपस्थितिमा अमेरिकामा सम्पन्न भेलाले सर्वसम्मत रूपमा अभिनेता दिनेश कार्कीको नेतृत्वमा संघको अमेरिका शाखा पुनर्गठन गरेको हो ।

    पुनर्गठित समितिलाई नेपाल चलचित्र कलाकार संघको केन्द्रीय कार्यसमितिले महासचिव तथा अन्तर्राष्ट्रिय समन्वय समितिका संयोजक सविन श्रेष्ठको सिफारिसमा २०८१ आषाढ २० गते देखि लागु हुने गरी आधिकारिकता प्रदान गरेको छ ।

    आधिकारिकता पत्रमा भनिएको छ, ‘नेपाल चलचित्र कलाकार संघका निवर्तमान अध्यक्ष रवीन्द्र खड्काको उपस्थितिमा नेपाल चलचित्र कलाकार संघ, संयुक्त राज्य अमेरिका शाखाको पुनर्गठन गरिएको पत्र प्राप्त भई सो सम्बन्धमा संघका महासचिव तथा अन्तर्राष्ट्रिय समन्वय संयोजक सविन श्रेष्ठबाट संयुक्त राज्य अमेरिका शाखा (फान यूएसए च्याप्टर) को पुनर्गठित समितिलाई आधिकारिता दिन सिफारिस भई आएकाले त्यहाँबाट प्राप्त पदाधिकारी सदस्यहरूलाई यूएस शाखाको रूपमा आधिकारिताका प्रदान गर्ने निर्णय भएकाले बधाईका साथ जानकारी गराउँदछौ ।’

    फान यूएस च्याप्टरको अध्यक्षमा दिनेश कार्की, वरिष्ठ उपाध्यक्षमा गणेश उप्रेती, महासचिवमा सवास बि. थापा, कोषाध्यक्षमा मदन थापा, सचिवमा पुष्कर पन्त र सदस्यहरूमा दीपक त्रिपाठी, किशोर सुब्बा, गोपाल अधिकारी, मोहन मिश्र, सुन्दर श्रेष्ठ, सूर्य सिम्खडा, सुमन विष्ट, दिनेश थापा, गीता शाही, राजेश ढुंगाना, रामकृष्ण महर्जन र प्रवेश उप्रेती रहेका छन्।

  • ‘ईट्स माई शो’ का विवादित संवादहरू कान्तिपुर टिभीले दुई हप्तापछि हटायो

    ‘ईट्स माई शो’ का विवादित संवादहरू कान्तिपुर टिभीले दुई हप्तापछि हटायो

    काठमाडौं । कान्तिपुर टेलिभिजनले ‘ईट्स माई शो’ को विवादित एपिसोडमा कैँची चलाएको छ । टेलिभिजनमा प्रशारण भएको १३ दिनपछि केही आलोचित दृश्य र संवादहरू हटाइएको हो ।

    ओसिन सिटौलाले चलाएको कार्यक्रमलाई लिएर नायिका जसिता गुरुङले प्रेस काउन्सिलमा उजुरी दिएकी थिइन् । त्यसभन्दा अगाडि नै काउन्सिलले टेलिभिजनलाई पुर्जी काटिसकेको थियो ।

    सिटौलालाई बोलाएर बयान पनि लिइएको छ । कान्तिपुरको लिखित जवाफ र बयानपछि काउन्सिलले केही दृश्यहरू हटाउनका लागि निर्देशन दिएको थियो ।

    कान्तिपुरले नायिका जसिता गुरुङको व्यक्तिगत जीवनबारे बोलिएका संवादहरू हटाएको छ । नायक अनमोल केसीका विषयमा गरिएको सवाल जवाफलाई पनि सम्पादन गरिएको छ । कान्तिपुरले भिडिओ सम्पादन गरेपछि जसिताले आफूलाई साथ दिने सम्पूर्णप्रति धन्यवाद व्यक्त गरेकी छिन् ।

    उनले ईन्स्टाग्रामको स्टोरीमा लेखेकी छिन्, ‘अन्ततः ईट्स माई शोबाट मेरोबारे बोलिएको क्लिप सम्पादन गरी हटाइएको छ । यस्तो कसैलाई नहोस् भन्ने मेरो आशा छ । यो समयभरि, मलाई साथ दिनुहुने र माया गर्नुहुने सबैप्रति म आभारी छु ।’

    प्रेस काउन्सिलले लिखित निर्देशन पठाउनुअघि जसिताले कान्तिपुरको व्यवस्थापन टिमलाई नै उक्त क्लिप हटाउन आग्रह गरेकी थिइन् । तर कान्तिपुरले नहटाएपछि उनले प्रेस काउन्सिलमा उजुरी दिएकी हुन् ।

    केही दिनअघि बयान दिन ओसिन सिटौला प्रेस काउन्सिल पुगेकी थिइन। उनले आफूबाट गल्ती भएको स्वीकारोक्ति व्यक्त गरे पनि भिडिओ हटाउनेबारे केही बोलेकी थिइनन् । सिटौलासँगको छलफल सकिएपश्चात् बसेको आचारसंहिता अनुगमन उपसमितिको बैठकले ईट्स माई शोका केही अंशहरु तत्काल हटाउनुपर्ने निष्कर्ष निकालेको थियो ।

    स्वस्तिमाले बोलेको ‘खानासँगै सेक्स गर्न मन पर्छ’ भन्ने संवाद र जवाफ दिन नसके लुगा फुकाल्नुपर्ने सर्तसहितका प्रश्नोत्तर भने हटाइएको छैन ।

  • ५० करोड भारु लिएर अनन्त अम्बानीको विवाहमा प्रस्तुति दिन भारत आइपुगे जस्टिन बीबर

    ५० करोड भारु लिएर अनन्त अम्बानीको विवाहमा प्रस्तुति दिन भारत आइपुगे जस्टिन बीबर

    भारत । भारतका धनाढ्य मुकेश अम्बानीका छोरा अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहमा क्यानडाका चर्चित गायक जस्टिन बीबरले प्रस्तुति दिँदैछन् ।

    जस्टिनले अनन्त र राधिकाको संगीत समारोहमा आफ्नो प्रस्तुति दिन लागेका हुन जुन यहीँ जुलाई ५ मा हुँदैछ। जस्टिन बाहेक अनन्त र राधिकाको संगीत समारोहमा बादशाह र करण औजलाले पनि आफ्नो सांगीतिक प्रस्तुति दिनेछन्।

    आफ्नो प्रस्तुतिका लागी जस्टिनले अम्बानी परिवारबाट महँगो पारिश्रमिक लिएका छन्। बिहीबार भारत आइपुगेका जस्टिनले ५० करोड भारू पारिश्रमिक लिने नवभारत टाइम्सका अनुसारले जनाएको छ ।

    ४ वर्ष प्रेम सम्बन्धमा रहेका अनन्त र राधिकाले २०२२ मा इन्गेजमेन्ट गरेका थिए। राधिका एनकोर हेल्थकेयरका सीईओ वीरेन मर्चेन्टकी छोरी हुन। अनन्त र राधिकाको विवाह १२ जुलाईमा हुँदैछ।

  • म्युजिकल सिनेमा ‘हिरुलाल-द सोल अफ कर्णाली’ सार्वजनिक (भिडियाे)

    म्युजिकल सिनेमा ‘हिरुलाल-द सोल अफ कर्णाली’ सार्वजनिक (भिडियाे)

    काठमाडौँ। कर्णाली प्रदेशको जन-जीवनमा आधारित म्युजिकल सिनेमा ‘हिरुलाल–द सोल अफ कर्णाली’ सार्वजनिक गरिएको छ ।

    जुम्लाको विभिन्न स्थानमा छायांकन गरिएको म्युजिकल सिनेमामा सुदूरपश्चिम र कर्णाली प्रदेशमा प्रचलित ठाडी भाका र लोक देउडाको सम्मिश्रण गरिएको छ ।

    सार्वजनिक म्युजिकल सिनेमामा आर्थिक र अन्य अवसरका लागि विदेशीन बाध्य स्थानीयको पिडालाई प्रस्तुत गरिएको छ। यो म्युजिक सिनेमालाई सञ्चारकर्मी रतन देवकोटाले निर्देशन गरेका हुन् ।

    ‘आफ्नो पहिलो डेव्यु निर्देशकीय म्युजिक सिनेमामा आफ्नो गृह प्रदेशको कथा व्यथा प्रस्तुत गर्नुपर्छ भन्ने भएपछि एउटा जुझारु टिम बनाएर यो कथा भन्ने आँट गरेको हुँ,’ उनले भने ।

    यो गीतको म्युजिक कम्पोज चक्र बमले गरेका छन्। उनी यो म्युजिकल सिनेमाका एसिस्टेन्ट निर्देशक तथा गायक समेत हुन् । चक्रलाई गायनमा रचना रिमालले साथ दिएकी छन् ।

    गीतमा समावेश ठाडी भाकामा देउडा गायिका डिक्रा देवी बादीले स्वर भरेकी छन् । गीतका संगीत निर्माता कोविद बज्र हुन् भने गीतको कथा, क्रियटिभ निर्देशक तथा प्रोडक्सन डिजाइनर गोविन्द सुनार हुन् ।

    सौरभ लामिछानेको छायांकन रहेको भिडियोमा नायिका रेनु नाथ योगी, बालकलाकार संजय परियार र गायक चक्र बमले अभिनय गरेका छन् । योगीले ‘प्रकाश’ पश्चात् हिरुलालमा पुनः जुम्लाकी स्थानीय महिलाको भूमिका निर्वाह गरेकी हुन् ।

    https://www.youtube.com/watch?v=WfrmjK1fFSk

  • ‘आउटल: दफा २१९’ मा सुशीलको नेपाल आर्मीसँग कस्तो कनेक्सन ?

    ‘आउटल: दफा २१९’ मा सुशीलको नेपाल आर्मीसँग कस्तो कनेक्सन ?

    काठमाडौं । फस्टलुक सार्वजनिक भएसँगै चर्चामा रहेको फिल्म ‘आउटलः दफा २१९’को टिजर केही दिनमै सार्वजनिक हुँदैछ । यो फिल्म असोजको ३ गतेबाट रिलिज गर्ने तयारीमा यसको निर्माण पक्ष छ ।

    फिल्ममा नायक सुशील श्रेष्ठले मुख्य भूमिका निर्वाह गरेका छन् । यसैबीच, निर्माण पक्षले सुशीलको केही तस्बिर सार्वजनिक गरेका छन् । जहाँ, सुशील नेपाल आर्मीले प्रयोग गर्ने हेलिकप्टरमा देखिन्छन् ।

    यसले, फिल्ममा सुशीलको नेपाल आर्मीसँग कस्तो कनेक्सन होला भन्ने कौतुहलता दर्शकमाझ बढेको छ । फिल्मको टीमले त्रिभुवन विमानस्थलमा रहेको नेपाल आर्मीको हेलिकप्टर पार्किङ एरियामै फिल्मको छायांकन गरेको हो ।

    अमित अग्रहरीको निर्माणमा तयार भएको यो फिल्मलाई विक्की महर्जनले निर्देशन गरेका हुन् । विक्की महर्जनकै लेखन रहेको यो फिल्ममा नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन लगायतको पनि अभिनय हेर्न सकिन्छ ।

    विनोद कडायत र शशाङ्क खड्का कार्यकारी निर्माता रहेको फिल्ममा विकास चौधरी सह–निर्माताको रूपमा छन् ।

    नवीन गुरुङको डीओपी रहेको यो फिल्ममा साहिल खानको सम्पादन छ । चुल्ठे काजीको एक्सन रहेको फिल्मका प्रोडक्शन म्यानेजर ईश्वर घिमिरे हुन् । यो फिल्मलाई नेपालभर डीसीएनले वितरण गर्नेछ ।

  • आँचल र विवेकको ‘वर एण्ड बधु’ भदौ १४ बाट रिलिज हुने

    आँचल र विवेकको ‘वर एण्ड बधु’ भदौ १४ बाट रिलिज हुने

    काठमाडौं । फिल्म ‘वर एण्ड बधु’को रिलिज मिति पक्का गरिएको छ । निर्माणपक्षले वितरकसँग सल्लाह गरेर फिल्मको प्रदर्शन मिति तय गरेको जानकारी दिएको छ ।

    मिलन चाम्सको निर्देशनमा तयार भएको यो फिल्म भदौको १४ गतेबाट देशभरका हलमा रिलिज गर्ने पक्का गरिएको हो । यो फिल्ममा नायिका आँचल शर्मा र नव–नायक विवेक कर्माचार्यको मुख्य भूमिका छ ।

    फिल्ममा आँचल र विवेकको रोमान्सदेखि एक्सन हेर्न सकिनेछ । यो फिल्ममा गरिमा शर्मा, विजु पार्की, हिमेश पन्त, श्रृष्टी खड्का, बिजय लामा, किरण केसी, कुसुम शर्मा, सरिता लामिछाने, रविन्द्र खड्का, अन्सु महर्जन, दिनेश काफ्ले, सीता न्यौपाने, सुरविर पण्डित, हिउवाला गौतम, यमन श्रेष्ठ लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

    फिल्ममा जानुका थापाको लगानी छ भने अमित रिजाल फिल्मका कार्यकारी निर्माता हुन् । एलआरके प्रोडक्शनको ब्यारनमा बनेको यो फिल्ममा सुदिप बरालको छायांकन, हिमाल केसीको एक्सन छ ।

    फिल्म ‘वर एण्ड बधु’ले सामाजिक कथालाई रमाइलो शैलीमा भन्ने निर्माणपक्षले बताएको छ । तीजको छेको पारेर यो फिल्म रिलिज गर्न लागिएको हो । फिल्मको छायांकन नेपाल र रोमानियामा गरिएको हो । फिल्मको हाल प्रोष्ट प्रोडक्शनको काम चलिरहेको छ ।

  • प्रेस काउन्सिलमा दलबलसहित पुगिन् ओसिन सिटौला, के दिइन् बयान ?

    प्रेस काउन्सिलमा दलबलसहित पुगिन् ओसिन सिटौला, के दिइन् बयान ?

    काठमाडौं । कान्तिपुर टेलिभिजनको विवादित कार्यक्रम ‘इट्स माइ शो’ कि प्रस्तोता ओसिन सिटौलाले प्रेस काउन्सिलमा पुगेर बयान दिएकी छन् । उनले आफूबाट गल्ती भएको स्वीकारोक्ति व्यक्त गरेको काउन्सिल स्रोतले बतायो ।

    काउन्सिलले आज दिउँसो १ बजे ओसिनलाई बोलाएको थियो । उनी बोलाइएको समयभन्दा आधा घन्टा ढिला गरी पुगेकी थिइन् । टेलिभिजन स्रोतका अनुसार प्रेस काउन्सिललाई अटेर गरेर बस्ने मुडमा व्यवस्थापन थियो । तर, नियमनकारी निकायलाई अवज्ञा गरेर साध्ये लाग्दैन भन्ने भएपछि जाने निर्णय भएको हो ।

    ओसिनले टेलिभिजनको व्यवस्थापकीय र सम्पादकीय टीमको दलबल आफूसँग लगेकी थिइन् । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत स्वयम् छलफलमा सहभागी भए । यस्तै पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, नेपाल बार एसोसियसनका महासचिव अञ्जिता खनाल, उजुरी महाशाखा प्रमुख रामशरण बोहोरासहितका पदाधिकारी र कर्मचारी बसेका थिए ।

    काउन्सिलसँगको छलफलमा सिटौला अलि हतास रुपमा प्रस्तुत भएको स्रोतले बतायो । उनले उक्त एपिसोडपछि आफूमाथि पनि ह्यारेसमेन्ट भइरहेको गुनासो गरेकी थिइन् । अरुको निजी जीवनमाथि असर पुग्ने कुरा आफूबाट नभएर गेस्टबाट आएको उनले दाबी गरिन् ।
    ‘मैले प्रश्नमात्रै गरेको हुँ । विवादित कुराहरु गेस्टबाट आएका हुन्’, ओसिनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

    उनले काउन्सिलले आचारसंहिता पालनामा लिएको पहलकदमी राम्रो भए पनि आफूलाई मात्रै टार्गेट गरिएको हो कि भन्ने आशंका उब्जेको बताइन् । काउन्सिल पदाधिकारीहरुले आचारसंहिता उल्लंघनका विषयहरुमा नियमितजसो ठूला-साना सबै सञ्चारमाध्यमहरुलाई पुर्जी काटेर आवश्यक कारबाही गर्ने गरेको भनेर उनलाई बुझाए ।

    सिटौलाले कार्यक्रमको प्रस्तुति र सवालजवाफमा आफ्नो गल्ती स्वीकार गरेकी छन् । कार्यक्रमबाट अरु व्यक्तिहरुलाई क्षति पुगेको कान्तिपुर टोलीका सबैले महसुस गरेका थिए । उनीहरुले काउन्सिलको नीति-निर्देशनहरु यसअघि पनि पालना गरेको र अब पनि पालना गर्ने प्रतिबद्धता जनाएका छन् ।

    सिटौलासँगको छलफल सकिएपश्चात बसेको आचारसंहिता अनुगमन उपसमितिको बैठकले इट्स माइ शोका केही अंशहरु तत्काल हटाउनुपर्ने निष्कर्ष निकालेको छ । यसबमोजिम नायिका स्वस्तिमा खड्काले बोलेको ‘खानासँगै सेक्स गर्न मन पर्छ’ भन्ने संवाद, जवाफ दिन नसके लुगा फुकाल्नुपर्ने शर्तसहितका प्रश्नोत्तर र अन्य कलाकारहरुको व्यक्तिगत जीवनमा असर पार्ने संवादहरु यथासक्य चाँडो हटाएर त्यसको जानकारी गराउन टेलिभिजनलाई लिखित निर्देशन दिएको छ ।

    कान्तिपुर टेलिभिजनको इट्स माइ शोको गत असार ८ गते प्रशारित एपिसोडलाई लिएर तीव्र विवाद उब्जेको थियो । यसमा काउन्सिलले पहलकदमी लिएर कान्तिपुरलाई २४ घन्टे पुर्जी थमायो । कान्तिपुरले यसको जवाफ दिए पनि त्यसमा सन्तुष्ट हुन नसकेर काउन्सिलले छलफलका लागि बोलाएको हो । नायिका जसिता गुरुङले कान्तिपुर टेलिभिजनविरुद्ध काउन्सिलमा उजुरी पनि दिएकी छन् ।

  • राजेशपायलकी पूर्वपत्नीलाई मध्यरातमा ‘बुढा’ को यादले सताएपछि…

    राजेशपायलकी पूर्वपत्नीलाई मध्यरातमा ‘बुढा’ को यादले सताएपछि…

    काठमाडौं । गायक राजेश पायल राई र उनी पत्नी साङबुङले कानूनीरुपमा सम्बन्ध विच्छेद गरेर आआफ्नो बाटो लागिसकेका छन् । तर, यस्तो लाग्छ कि साङबुङले भने अझै पनि पूर्वपतीलाई आफ्नो मनबाट भने निकाल्न सकिरहेकी छैनन् ।

    हिजो मध्यरातमा साङबुङले गरेको पोस्ट यसैको प्रमाण हो, जुन उनले अहिलेसम्म डिलिट गरेकी छैनन् । राति ११ः२७ मा उनले ‘मेरो पनि त मनै हो कति धेरै माया छ, तिम्रो पनि त मनै हो किन निष्ठुरी रहेछ…’ बोलको गीतमा एउटा भिडियो बनाएर पोष्ट गरेकी थिइन् । उक्त भिडियोमा उनले ‘मिस यु…’ लेखेर रोएको इमोजी राखेकी छन् ।

    यो पोस्टमा उनले कसलाई मिस यु भनेको हो भन्ने खुल्दैन । कमेन्टमा एकजनाले सोधेका छन्, ‘कसलाई हो ?’ जवाफमा साङबुङले लभ इमोजीसहित लेखेकी छन्, ‘बुढालाई ।’

    साङबुङ र राजेशपायलबीच गत चैतमा डिभोर्स भएको थियो । त्यसयता उनीहरू दुवै एक–अर्काबाट फुक्का भइसकेका छन् । दुवैले अको विवाह गरेका छैनन् । त्यसैले साङबुङले ‘बुढा’ भनेर राजेशपायललाई नै ईंगित गरेको बुझ्न सकिन्छ । यो पोस्टभन्दा केही घन्टा अगाडि पनि साङबुङले ‘मिस यु’ भन्दै भिडिओ स्टोरी हालेकी थिइन् ।

    अहिले मात्र होइन, यसअगाडि पनि साङबुङले पटक पटक राजेशपायलप्रति रुझान देखाइरहेकी छन् । पूर्वपतिप्रति उनमा तिक्तताभन्दा प्रेम नै झल्किन्छ । केही दिनअगाडि साङबुङ र राजेशपायलले छोराको जन्मदिन सँगै मनाएको भिडियो सार्वजनिक भएको थियो ।

    राजेशपायल भने अहिले सांगीतिक कार्यक्रमका सिलसिलामा विदेश यात्रामा छन् । उनले शनिबार दुबईमा प्रस्तुति दिएका थिए ।

  • ‘ह्रस्व दीर्घ’ छायांकनको लागि नेपाल आए ‘पुष्पा’ भिलेन सुनील र ‘गजनी’ भिलेन प्रदीप

    ‘ह्रस्व दीर्घ’ छायांकनको लागि नेपाल आए ‘पुष्पा’ भिलेन सुनील र ‘गजनी’ भिलेन प्रदीप

    काठमाडौं । चन्द्र पन्तको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘ह्रस्व दीर्घ’को अहिले काठमाडौंमा चौंथो सेड्युलको छायांकन धमाधम भैरहेको छ । अबको ४ दिनसम्म यो सिनेमाको काठमाडौंका विभिन्न स्थानमा छायांकन गरिने निर्देशक पन्तले बताए ।

    ‘यो सिनेमाको अन्तिम सेड्युल हो । ४ दिनमा सिनेमाको सम्पुर्ण छायांकन सकिनेछ । त्यसपछि हामी पूर्णरुपमा सिनेमाको प्रचारप्रसार तथा पोष्ट प्रोडक्सनको काममा लाग्ने छौं’, निर्देशक पन्तले बताए । सोमबार बिहानबाट ललितपुरस्थित इन्टरनेशनल क्लबबाट छायांकन सुरु गरिएको सिनेमाको साँझ सोही ठाउँमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरिएको थियो ।

    सिनेमाकी निर्मात्री समेत रहेकी अभिनेत्री नीता ढुंगानाले बलिउड सिनेमा ‘गजनी’ भिलेन प्रदीप रावत र दक्षिण भारतीय सिनेमा ‘पुष्पा’को भिलेन सुनिल वर्माको पार्टको छायांकन अहिले चलिरहेको जानकारी दिइन् । उहाँहरु छायांकनको लागि नेपाल आएको बेला मिडियासँग पनि साक्षात्कार गरौं भन्ने उद्देश्यले पनि पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएको उनले बताइन् ।

    बलिउड सिनेमा ‘गजनी’ भिलेन प्रदीप रावतले आफुले सिनेमामा अभिनेत्री नीता ढुंगानाको पिताको भुमिकामा अभिनय गर्न लागेको बताए । यसअघि भोजपुरी सिनेमा ‘माही’मा पनि नीतासँग स्क्रिन सेयर गरेको स्मरण गर्दै नीता राम्रो कलाकारसँगै निर्माता समेत रहेको अनुभव सुनाए । निर्देशक चन्द्र पन्तलाई नेपाली सिनेमाको कोहीनुर भन्दै स्टन्ट मास्टरबाट निर्देशक बन्दासम्मको यात्रालाई प्रदीपले पत्रकार सामु प्रस्तुत गरेका थिए ।

    यस्तै, दक्षिण भारतीय सिनेमा ‘पुष्पा’का भिलेन सुनील वर्माले पनि नेपाली सिनेमामा अभिनय गर्न पाउँदा खुशी लागेको बताए । सिनेमाको स्कृप्ट अनुसार सिनेमा पनि उत्कृष्ट बन्ने विश्वास रहेको भन्दै यो सिनेमाले नेपाली सिनेमालाई भारतीय सिनेमा उद्योगसँग जोड्ने पुलको काम गर्ने बताए । साथै, ‘ह्रस्व दीर्घ’ नेपालको पहिलो प्यान इन्डिया सिनेमा भएकाले यसलाई भारतीय दर्शकमाझ लैजान उत्साहीत रहेको सुनाए ।

    नीता फिल्मस्को प्रस्तुतीमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । सिनेमामा नीता, हरिहर, प्रदीप र सुनीलका अलवा ब्रह्मानन्दम, अली, कवीर सिंह दुहान, सञ्चीता लुईटेल, विपना थापा, प्रशानत ताम्राकार, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ ।

    अभिनेता हरिहर अधिकारीको कथा र प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् । नेपाली, तेलुगु र हिंन्दी गरी तीन भाषामा यो सिनेमा रिलिज हुनेछ । आगामी असोज ३ गतेबाट प्रदर्शनमा आउने सिनेमालाई मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दैछ ।

  • कान्तिपुर टीभीको ‘झारा टार्ने’ जवाफ, प्रेस काउन्सीलले ओसिन सिटौलालाई बयानका लागि बोलायो

    कान्तिपुर टीभीको ‘झारा टार्ने’ जवाफ, प्रेस काउन्सीलले ओसिन सिटौलालाई बयानका लागि बोलायो

    काठमाडौं । कान्तिपुर टीभीले विवादित कार्यक्रम ‘इट्स माइ शो’ का विषयमा प्रेस काउन्सीलले सोधेको स्पष्टीकरणको जवाफ पठाएको छ । तर, कान्तिपुरले पठाएको जवाफ चित्तबुझ्दो नरहेको काउन्सील स्रोतले बतायो ।

    ओसिन सिटौलाले चलाएको ‘इट्स माइ शो’ विभिन्न कलाकारको चरित्रहत्या हुने गरी सवालजवाफ गरिएको पाइएपछि काउन्सीलले २४ घन्टे पुर्जी काटेको थियो ।

    कान्तिपुरले काउन्सीललाई टालटुले जवाफ दिएको र गल्ती महसुस नगरेको बुझिएको छ । कान्तिपुरको जवाफी पत्रमा आफूहरु पत्रकार आचारसंहिताप्रति प्रतिवद्ध रहेको उल्लेख गरिए पनि गल्ती सच्याउने तत्परता व्यक्त भएको छैन ।

    ‘आफूहरुले हल्काफुल्का गसिपको रुपमा सो कार्यक्रम चलाएको भनेर हल्काफुल्का जवाफ आएको छ । यो झारा टार्ने कुरा मात्रै हो । काउन्सीलले यस विषयलाई गम्भीर रुपमा लिएर थप कारबाहीको प्रक्रिया अगाडि बढाउँछ’, काउन्सील स्रोतले भन्यो ।

    नायिका जसिता गुरुङले लिखित उजुरी समेत दर्ता गरिसकेको हुँदा कान्तिपुरलाई यत्तिकै उन्मुक्ति दिन सकिने अवस्था नरहेको पनि स्रोतको भनाइ छ ।

    कान्तिपुरको जवाफबाट सन्तुष्ट हुन नसकेको काउन्सीलले कार्यक्रम सञ्चालिका ओसिन सिटौलालाई कार्यालयमै उपस्थित भएर बयान दिन आज पत्र काटेको छ ।

    पत्रमा भनिएको छ, ‘…इट्स माई शो विथ ओसिन सिटौला नामक कार्यक्रममा सम्प्रेषण भएका सामग्री अनुगमन गर्दा कतिपय अंशहरु पत्रकार आचारसंहिता प्रतिकूल देखिएको सन्दर्भमा तपाईंलाई देहायको स्थान, मिति र समयमा उपस्थितिका लागि निर्णयानुसार जानकारी गराइन्छ ।’

     

  • आयुष्मानले भने- ‘न्यूड सिन’ मैले खिचेको होइन, प्रियंका राम्रो परिवारकी मान्छे हुन्

    आयुष्मानले भने- ‘न्यूड सिन’ मैले खिचेको होइन, प्रियंका राम्रो परिवारकी मान्छे हुन्

    काठमाडौं । निर्माणाधीन वेव सिरिज ‘साहु बा’ को एउटा ‘न्यूड सिन’ केही दिनदेखि चर्चामा छ । ट्रेलरमै न्यूड सिन समावेश भएको विषयमा नेपाल प्रेसमा समाचार आएलगत्तै निर्माणपक्षले यसलाई ‘ब्लर’ गरेको थियो ।

    न्यूड सिनमा देखिएका महिला र पुरुष पात्र को हुन् भनेर निर्माण पक्षले अहिलेसम्म आधिकारिकरूपमा केही बताएको छैन । यद्यपि, गसिपको बजारमा यो दृष्य नायिका प्रियंका कार्कीले दिएको हल्ला व्याप्त छ । चलचित्रका निर्देशक सुयोग योङले भने न्युड सिन दिने कलाकार को हो भनेर थाहा पाउन सिरिज नै पर्खिनुपर्ने बताएका छन् ।

    प्रियंकाको प्रमुख भूमिका रहेको यो सिरिजलाई उनैका श्रीमान् आयुष्मान देशराजले छायांकन गरेका हुन् । प्रमुख छायांकार भएका कारण कतै श्रीमतीको नांगो दृष्य श्रीमानले खिचेका त होइनन् भन्ने अड्कलबाजी पनि भइरहेको छ । तर, आयूष्मानले भने यसलाई नकारेका छन् ।

    न्यूड सिनका बारेमा पहिलोपटक मुख खोल्दै आयुष्मानले यो एउटा कला भएको बताए । उक्त दृष्य प्रियंकाको हो कि होइन भन्ने चाहीँ उनले खुलाउन चाहेनन् ।

    न्यूड सिनबारे आयुष्मानको भनाइ यस्तो छः

    मलाई यो त्यस्तो ठूलो विषय लाग्दैन । यो एउटा कला हो र कला एउटा एक्सप्रेसन । त्यो सिनमा प्रियंका नै हो भनेर कसैले भनेको पनि छैन । यदि कसैले त्यो प्रियंका नै हो भनेर धारणा बनाउन चाहनुहुन्छ भने, म त्यसलाई पविर्तन गर्न पनि चाहन्नँ ।’

    त्यो जनरामा मिल्ने चिजमात्र हामीले प्रस्तुत गर्न प्रयास गरेका छौं । त्यसलाई प्रष्टीकरण गर्नुपर्ने मेरो कर्तव्य हो जस्तो लाग्दैन, न त त्यसमा मेरो अधिकार नै छ । दर्शकले हेरेपछि आफैँ थाहा पाइहाल्नुहुन्छ । त्यो सिन सिरिजको एउटा भाग मात्र हो । त्यही सिनले हेर्न उत्साह जागेको भए हेर्नुहोस् । तर सिरिजमा यो बाहेक पनि धेरै कुराहरू छन् । त्यो सिन खिच्दा म (छायांकनमा) थिइनँ । अर्कै टीम हुनुहुन्थ्यो ।

    हाम्रो एउटा नियम के छ भने काम चाहे जति होस्, तर घरको आँगनभित्र छिरेपछि कामको कुरा बाहिरै राखेर छिर्ने हो । चाहे त्यो प्रियंका होस् या म । यदि त्यो न्यूड सिन प्रियंकाकै भएर मैले खिच्नुपरेको भए पनि ठूलो विषय हुँदैनथ्यो । म क्यामरा पछाडि हुन्थेँ । उसले एउटा कलाकार भएर कलाकारिता निभाइरहेको हुन्थ्यो ।

    ऊ राम्रै परिवारबाट आएको मान्छे हो । के देखाउनुहुन्छ र के देखाउनुहुन्न भन्ने कुरा फिल्म बोर्डले पनि बताएकै छ । के प्रस्तुत गर्नुपर्छ र के गर्नुहुन्न भन्ने हामीलाई पनि थाहा छ । त्यसमा उसको आफ्नै सीमा छ । त्यहीँ भएर यसलाई सामान्य सोचौँ ।

  • शत्रुघन सिन्हा अस्पताल भर्ना, भेट्न पुगे छोरी सोनाक्षी र ज्वाइँ जहिर

    शत्रुघन सिन्हा अस्पताल भर्ना, भेट्न पुगे छोरी सोनाक्षी र ज्वाइँ जहिर

    नयाँ दिल्ली । बलिउडका दिग्गज अभिनेता शत्रुघन सिन्हा अस्पताल भर्ना भएका छन् । छोरीको बिहे भएको ६ दिनमै शत्रुघन अस्पताल भर्ना भएका छन् । उनलाई भेट्न छोरी सोनाक्षी र ज्वाइँ जहिर इकबाल अस्पताल बाहिर देखिएपछि अनेकौं अड्कलबाजी सुरु भएको छ ।

    शत्रुघन सिन्हालाई चोट लागेकाले अस्पतालमा भर्ना गरिएको खबर बाहिर आएको छ । शत्रुघनका छोरा लवका अनुसार बुवालाई भाइरल ज्वरो आएपछि अस्पताल भर्ना गरिएको हो ।

    ‘उहाँ कमजोर पनि हुनुहुन्थ्यो । त्यसैले हामीले उहाँलाई अस्पतालमा भर्ना गरायौं’, इन्डियन एक्सप्रेसले छोरा लवलाई उद्धृत गर्दै समाचार छापेको छ ।

    टाइम्स नाउले भने अभिनेता घरको डाइनिङ हलमा चिप्लिएर लडेको र उनलाई चोट लागेकोले अस्पताल लगिएको बताएको छ ।

    एक दिन घरमै उपचार गरिएको भए पनि दुखाइ कम नभएपछि सिन्हालाई अर्को दिन बिहान कोकिलाबेन अस्पताल लगिएको र डाक्टरहरूले उनलाई भर्ना गर्न सल्लाह दिएको बताइएको छ । उनलाई सोमबार साँझसम्म अस्पतालबाट डिस्चार्ज गरिने बताइएको छ ।

  • निलम्स अवार्डमा यौनिक अल्पसंख्यक समुदायका ७ जना व्यक्तित्व सम्मानित

    निलम्स अवार्डमा यौनिक अल्पसंख्यक समुदायका ७ जना व्यक्तित्व सम्मानित

    काठमाडौं । प्राइड मन्थ २०२४ को अवसरमा क्रमशः इन्टरटेनमेन्टको ब्यानरमा निलम्स अवार्ड भएको छ । अवार्ड ट्रान्स एक्टिभिस्ट, मेक अप आर्टिष्ट तथा समाजसेवी निलम पौडेलको एकल पहलमा राजधानीमा भएको हो ।

    अवार्ड समारोहमा यौनिक अल्पसंख्यक समुदायमा अमूल्य योगदान दिने व्यक्तित्वहरूलाई सम्मान गरिएको छ । यस वर्ष, यौनिक अल्पसंख्यक समुदायको संरक्षण र प्रवर्द्धन गर्न सामुदायिकस्तरमा लामो समयदेखि प्रयास गरेकोमा प्रत्येक प्रदेशबाट एकएक व्यक्तित्वलाई सम्मान गरिएको हो ।

    समारोहमा कोशीबाट देवनारायण चौधरी, मधेशबाट अब्दुल शाहमद (नाग्मा), बाग्मतीबाट किरण थापा, लुम्बिनीबाट रजनी थकाली, लुम्बिनीबाट रेशम न्यौपाने, कर्णालीबाट अञ्जली बीसी र सुदूरपश्चिम प्रदेशबाट राजु लामा सम्मानित भए ।

    क्रमशः इन्टरटेनमेन्टकी निर्देशक निलम पौडेलले लामो समयदेखि विभिन्न सञ्चारमाध्यममा अभिलेखीकरण भई उनीहरूले भोग्नुपरेको भेदभावलाई प्रकाश पार्दै समुदायको लचिलोपन, साहस र अटल मनोभावमा प्रकाश पार्न गत वर्ष २०२३ देखि निलम अवार्ड कार्यक्रम गरिएको बताइन् ।

    अवार्ड कार्यक्रममा मिस पिंक नेपाल २०२४ अनमोल राई, फस्ट रनर अप सरोसी न्यौपाने र सेकेन्ड रनर अप आरोही बस्नेतलाई सामाजिक परिवर्तनप्रतिको समर्पणको लागि अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो । यस वर्षदेखि महामहिम पुरस्कार पनि सुरु गरिएको छ, जुन दुई ड्रेस डिजाइनर सञ्चिता बराल र सोनम सुब्बा लिम्बूले पाएका छन् ।

    अवार्ड कार्यक्रममा अभिनेत्री करिश्मा मानन्धर, भर्खरै अमेरिकाबाट नेपाल आएकी अभिनेत्री पूजा चन्दसँगै अभिनेत्री श्वेता खड्का, मिस युनिभर्स सोफिया भुजेल, प्राइम टेलिभिजन कार्यक्रम प्रस्तोता विना श्रेष्ठ र सञ्चारकर्मी आरती चटौत सहभागी भएका थिए ।

  • दुबईमा राजेशपायलको हंगामा : फ्यानलाई स्टेजमा उकालेर कामुक डान्स

    दुबईमा राजेशपायलको हंगामा : फ्यानलाई स्टेजमा उकालेर कामुक डान्स

    काठमाडौं । गायक राजेशपायल राई अहिले आफ्नो सांगीतिक टुरका सिलसिलामा दुबईमा छन् । उनले शनिवार मध्यरात दुबईस्थित याक एन्ड यति एभरेस्ट क्लबमा धमाकेदार प्रस्तुति दिए ।

    खचाखच दर्शकबीच राजेशपायलले डेढ घण्टाभन्दा बढी समय लिएर आफ्ना करिब ३० वटा गीतहरू सुनाएका थिए । उनका अन्य कन्सर्टजस्तै दुबईको कन्सर्ट पनि ‘लाइभली’ थियो ।

    राजेशपायल स्टेजमा आफू पनि झुमे र दर्शकलाई पनि झुमाए ।

    ‘मैले मायाले दिएको चिनो…’ बोलको गीत गाउँदै राजेश पायलले स्टेजमा इन्ट्री गरेका थिए । पहिल्यैदेखि हुटिङ गरिरहेका दर्शक उनको इन्ट्रीपछि झनै क्रेजी भए । स्टेजमा आएर राजेश पायलले भने, ‘कस्तो हट हट केटीहरू रहेछन् यार ।’

    युवायुवतीहरू सुरुबाटै राजेश पायललाई स्पर्श गर्न लालायित थिए । केही फ्यानहरू स्टेज उक्लिन प्रयासरत थिए । तर, राजेश पायलसँग रहेका दोहोरो ज्यानका बाउन्सरले उनीहरूलाई उक्लिन दिइरहेका थिएनन् । जसोतसो उक्लिएका एक युवकलाई बडीगार्डले बोकेरै तल झारे ।

    राजेशले अन्तिममा गाए आफ्नो सर्वाधिक लोकप्रिय गीत ‘सागर सरी चोखो माया…’ । आफ्नो प्रस्तुतिलाई बिट मार्न लाग्दा दर्शकबाट डिमान्ड भएपछि उनी यो गीत गाउन तयार भएका थिए । त्यसपछि उनले आफूलाई कसैले साथ दिनुपर्ने बताए ।
    ‘कोही केटी साथी आउने हो गीत गाउन ?’ राजेश पायलले माइकबाट आग्रह गरे ।

    त्यसपछि एक युवतीलाई औंल्याउँद भने, ‘तपाई आउनुस्… आउनुस्… माइक ल्याइदिनुस् उहाँलाई ।’

    उनले ठट्टा पनि गरे, ‘यति ह्यान्डसम छु बिहे गर्‍या छैन । तर, मलाई आइ लभ यु चैं नभन्नु होला । भर्खर डिभोर्स भएको… एक वर्षपछि आइ लभ यु भन्नुहोला ।’

    यद्यपि, ती युवती आउन चाहिनन् । राजेश पायलले एक्लै गाउन थाले । गाउने क्रममा फेरि दर्शकहरू उनीतिर हात लम्काउन थाले । यही क्रममा राजेश पायलले एक युवतीको च्याप्पै हात समाते र उनलाई स्टेजमा उकाले । बाउन्सर हतारिँदै आएर उनलाई रोक्न खोजेका थिए, तर राजेश पायलले नै नछोडेपछि उनी पछि हटे । त्यसपछि राजेश पायलले ‘सागर सरी चोखो माया…’ गीतलाई निरन्तरता दिँदै युवतीसँग कामूक नृत्य गर्न थाले । युवती पनि आफ्नो प्रिय गायकसँग चिप्किएर नाच्न पाउँदा मदहोश बनिन् ।

    यो गीतसँगै राजेश पायलले आफ्नो प्रस्तुति टुंग्याए । अन्त्यमा उनले दर्शकलाई छोटो सम्वोधन गरे ।

    ‘म तपाईँहरूकै हुँ । म जहाँ जान्छु, त्यहाँ नेपाली गीतसंगीत गएको छ । तपाईंहरुबिनाको राजेशपायल राई म कल्पना गर्न सक्दिनँ,’ उनले भने ।

  • गायिका सुमी पराजुलीलाई ‘सर्वोत्कृष्ट लोक पप गायन महिला’ अवार्ड

    गायिका सुमी पराजुलीलाई ‘सर्वोत्कृष्ट लोक पप गायन महिला’ अवार्ड

    काठमाडौं । । गायिका सुमी पराजुलीले ‘सर्वोत्कृष्ट लोक पप गायन महिला’ को अवार्ड प्राप्त गरेकी छन् । थाइल्याण्डको बैंककमा भएको सगरमाथा म्युजिक अवार्ड २०८१ मा उनले सर्वोत्कृष्ट लोक पप गायन महिला अवार्ड प्राप्त गर्न सफल भएकी हुन् । उनले ‘चुम्मा चपक्कै’ गीतबाट अवार्ड जितेकी हुन् ।

    गायिका पराजुलीले खुसी व्यक्त गर्दै सामाजिक संञ्जालमा लेखेकी छन्, ‘सगरमाथा म्युजिक अवार्ड छैठो–२०८१ यो वर्षको लोक पप गायनमा मेरो गित चुम्मा चपक्कैले वर्षको सर्वोत्कृष्ट लोक पप गायन महिला अवार्ड पाउन सफल भएको छ । सम्पूर्ण दर्शक श्रोता मेरा शुभेच्छुकमा आभार व्यक्त गर्दै अझै यस्तै माया र हौसला पाइरहु । धन्यवाद ।’ पराजुलीको यो तेस्रो अवार्ड हो । उनका एक दर्जन गीत चर्चित छन् ।