काठमाडोैं । अहिले पाइलट रामेश्वर थापाको जीवनीमा आधरित बायोपिकको सुटिङ धमाधम भइरहेको छ । दिपेन्द्र के खनालले निर्देशन गर्ने यस चलचित्रमा अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री सुरक्षा पन्त मुख्य भूमिकामा छिन् ।
खगेन्द्रले थापाको भूमिका निर्वाह गरिरहेका छन् भने पन्तले थापाकी श्रीमतीको भूमिका निभाइरहेकी छन् । यी दुई पात्रका अलवा अन्य तीन सय जना कलाकारको अभिनय रहने निर्देशक खनाले बताए । उनले भने, ‘मुख्य भूमिका खगेन्द्र र सुरक्षाको छ । यसपछि अन्य तीन सय कलाकारले अभिनय गर्नुहुनेछ ।’
थापाका जीवनमा धेरै मान्छे आउने, जाने गर्ने भएकाले यति धेरै कलाकार समेटिने खनालले बताए । उनका अनुसार मुख्य रुपमा चलचित्रमा क्याप्टेन थापाको संघर्ष र सफलता समेटिने छ । थापाको राजनीतिक सक्रियता, मिडिया संचालन लगायत कुराहरु थोरबहुत समेटिए पनि उनको संघर्ष र सफलतालाई केन्द्रमा राखिने खनालको भनाइ ।
अहिलेको क्याप्टेन थापा कसरी यो सफलतासम्म आइपुगे भन्ने विषय नै चलचित्रको केन्द्रीय विषय रहेको छ । क्याप्टेन थापा सफल हुनुमा उसको परिवार र श्रीमतीको भूमिका कति महत्वपूर्ण थियो भन्ने पाटो पनि प्राथमिकताका साथ समेटिने खनालले बताए ।
पटकथा प्रोडक्सनको दोस्रो प्रस्तुति रहेको यस चलचित्रमा लामिछाने, पन्त मुख्य भूमिकामा छन् ।कृष्णबहादुर थापा छायांकार रहेको चलचित्रको छायांकन काठमाडौं, चितवन र काभ्रेका विभिन्न स्थानमा हुनेछ।
यार्सा स्टुडियोसँगै रिच इन्टरटेन्मेन्टको प्रस्तुति रहने यो चलचित्रको निर्मातामा निर्देशक दीपेन्द्र स्वयं, करण श्रेष्ठ र श्रृष्टिमा खनाल छन् भने कार्यकारी निर्मातामा सिर्जना नापित छिन् । चलचित्रको कथा पनि निर्देशक खनाल स्वयंले लेखेका छन् ।
काठमाडौंं । चितवनबाट नेपालमै सहकारीको पहिलो थालनीकर्ता बखानसिंह को जीवनीमा आधारित औपन्यासिक कृति बखान प्रकाशन हुने भएको छ ।
शिखा बुक्सले बखान उपन्यास प्रकाशन गर्न लागेको पुस्तक बखानका लेखक चितवनका पत्रकार वसन्त पराजुली हुन् । शिखा बुक्सले शुक्रबार बखान उपन्यासको आवरण (कभर) सार्वजनिक गरेको छ ।
शिखा बुक्सका प्रबन्ध निर्देशक पुष्पराज पौडेलले साउन अन्तिममा बखान बजारमा आउने जानकारी दिए । ‘हामी प्रकाशनको अन्तिम तयारीमा छौँ । साउन अन्तिम सम्ममा किताब बजारमा ल्याउने हाम्रो तयारी छ ।’, उनले भने ।
पराजुलीको यो चौथो कृति हो । उपन्यास भने पहिलो भएको पराजुलीले जानकारी दिए ।
उनले बखान उपन्यासमा राणाशासन र पञ्चायतविरुद्धको लडाइँमा आफ्ना दुई जवान छोरा गुमाएका, चितवनमा बस्ती विकास गर्नेदेखि नेपालकै पहिलो सहकारीका संस्थापक बखानसिंह गुरुङको दुःखदायी जीवनी, राजा महेन्द्रको रहस्यमय मृत्यु र निकुञ्जमा सिकारको इतिहाससम्मको नालीबेली रहेको बताए ।
‘इतिहास, संस्कृति र पर्यावरणको सुन्दर प्रस्तुति हो बखान उपन्यास, पत्रकार पराजुलीले भने ।नेपाल पत्रकार महासंघ चितवनका अध्यक्षसमेत रहेका पराजुलीका यसअघि कुमाता, मोम्चो र ड्रिमि आईज गरी ३ वटा कथासंग्रह प्रकाशन भइसकेका छन् ।
काठमाडौं । ‘म त सुतेर उठेको पैसामा’ गीत सार्वजनिक भएसँगै दर्शकले माग्ने बुढा अर्थात् केदार घिमिरेलाई नयाँ स्वरुपमा देख्न पाउने पक्का भएको छ । निर्देशक ऋषि लामिछानेले सिनेमाको कथा गीतको फेन्टासी वरिपरि घुमेको र गीतमा देखिएको माग्नेको स्वरुप सिनेमाको केन्द्रमा रहेको बताएका छन् ।
‘टिजर र लोकगीतमा हामीले केदार घिमिरेलाई पुरानो छविमा कायम राखेका थियौँ । यसले गर्दा कतिपय दर्शकलाई सिनेमा पुरानै ढर्रामा त छैन भन्ने शंका लागेको थियो,’ निर्देशक लामिछानेले भने, ‘यो गीतसँगै हामी सिनेमाको मुद्दामा प्रवेश गरेका छौँ । दर्शकले केदार घिमिरेलाई बिल्कुलै नयाँ अवतारमा देख्न सक्नुहुनेछ ।’ यसो भनिरहँदा निर्देशक लामिछानेले सिनेमाले कमेडी शैलीलाई भने नछाडेको बताए ।
निर्माता मुनाल घिमिरेका अनुसार सिनेमाले हाँसोसँगै समसामयिक मुद्दालाई पनि कथ्यमा समेट्ने प्रयास गरेको बताएका छन् । प्रचार सामाग्रीको स्वीकार्यताले उत्साहित रहेका मुनाल घिमिरे भन्छन्, ‘हाँसो भन्दैमा यसमा सस्ता जोक छैनन् । सिनेमामा हामीले हँसाउँदा हसाउँदै देशको समस्या र नागरिकको रुपमा समस्याको निदान पनि सुझाएका छौँ । सिनेमाको प्रदर्शनपछि यसले नयाँ बहसको सिर्जना गर्छ भन्ने कुरामा विश्वस्त छौँ ।’
निर्माण घोषणासँगै चर्चामा रहेको सिनेमा ‘माग्ने राजा’को प्रदर्शनको दिन नजिकिँदै जाँदा यसका प्रचार सामाग्रीले पनि दर्शक लोभ्याउँदै गएका छन् । पोस्टर रिलिज गरेर आक्रामक प्रचारमा उत्रिएको सिनेमाले अहिलेसम्म दुई गीत र टिजर सार्वजनिक गरिसकेको छ । जसमध्ये एउटा गीतले ठिकैको माया पाएको भएपनि टिजर र हालै सार्वजनिक भएको गीत ‘म त सुतेर उठेको पैसामा’ले दर्शकको राम्रो माया पाएका छन्।
सिनेमाको टिजरले हालसम्म १२ लाख हाराहारी माया पाइसकेको छ भने ५ दिनअघि सार्वजनिक ‘म त सुतेर उठेको पैसामा’ले छोटो समयमै २१ लाख भ्युज प्राप्त गरेर सिनेमालाई दर्शकमाझ थप प्रतीक्षित बनाएको छ ।
पैसालाई केन्द्रमा राखेर बनेको गीतको मेलोडी र शब्दले दर्शकको मनोविज्ञान टपक्क समातेको छ । यही कारण अहिले गीत टिकटकमा पनि भाइरल बनेको छ । गीतका टुक्रा टुक्रामा बनेका रचनात्मक टिकटकले जो कोहीलाई प्रशन्न बनाउँछन् ।
ऋषि लामिछानेको निर्देशनमा निर्माण भएको सिनेमा भदौ ६ मा प्रदर्शनमा आउँदैछ । मुनाल घिमिरेको निर्माणमा तयार भएको सिनेमामा विल्सन विक्रम राई,वर्षा सिवाकोटी, शिशिर वाङदेल, शारदा गिरी, राधिका कँडेल आदि कलाकारको अभिनय रहेको छ । नरेन्द्र मैनालीको छायांकन, मित्र गुरुङको सम्पादन, दीपक शर्मा र बाबुल गिरीको संगीत रहेको सिनेमालाई सामीप्य राज तिमल्सेनाले लेखेका हुन् ।
काठमाडौं । मण्डला थिएटर, थापागाउँमा मञ्चन भइरहेको ‘स्वर्णदेश’ नाटकले नेपाली समाजको एउटा चिसो साँचो नङ्ग्याएको छ, अमेरिका पुग्ने सपना बोकेर जीवनको जोखिम उठाउने युवाहरूको कथा।
सरिता कठायतको लेखन र आकास नेपालीको निर्देशनमा बनेको यो नाटक कुनै काल्पनिक कल्पना होइन, बरु यथार्थले छोएको कथा हो। जंगल, नदी र समुद्र पार गर्दै अमेरिका पुग्न खोज्नेहरूको समूहमार्फत नाटकले त्यो भयावह यात्रा, सपना र पीडाको चित्रण गर्छ।
पात्रहरू फरक देखिए पनि उनीहरूलाई जोड्ने धागो एउटै छ।गरिबी, ऋण, आशा र ‘केही गरेर फर्कने’ इच्छा। तर कतिपय फर्कंदैनन्। नाटकले यिनै यथार्थलाई संवाद, मौनता र प्रतीकात्मक प्रस्तुतिमार्फत दर्शकसामु राख्छ।
निर्देशक आकास नेपालीका लागि यो पहिलो निर्देशन हो। अभिनयबाट थियटरमा सुरू गरेका उनले निर्देशनमा पनि भावनाको गहिराइ देखाएका छन्। उनी भन्छन्, “यो नाटक मस्तिष्कले होइन, मुटुले हेर्नुपर्ने हो। हामीले संवादभन्दा बीचका मौनता समाउन खोजेका छौं।”
नाटकको निर्माणमा थ्इीइ भ्लतभचतबष्लmभलत र क्गखबपबकजब एष्अतगचभक एखत। ीतम। को सहकार्य छ। योलोका तर्फबाट, “देश छोड्न बाध्य बनाउने संरचनात्मक कमजोरीलाई कलामार्फत बोलाउनु आजको आवश्यकता हो,” भनिएको छ।
सुवकाशाका अनुसार, स्वर्णदेश उनीहरूको पहिलो नाटक हो, जसबाट सचेतना र संवाद सुरु होस् भन्ने अपेक्षा गरिएको छ।
मण्डला थिएटरले पनि यो नाटकलाई विशेष मानेको छ। संस्थामार्फत प्रशिक्षण लिएका कलाकारहरूकै प्रस्तुति भएको यो नाटकले मञ्चमात्र होइन, भविष्य निर्माण गर्ने बाटो पनि खोल्ने मञ्च भएको पुष्टि गरेको छ।
‘स्वर्णदेश’ मण्डला थिएटरमा हरेक दिन साँझ ६:४५ बजे मञ्चन हुँदैछ ९सोमबारबाहेक०। शनिबार थप विशेष शो दिउँसो ३स्३० बजे पनि हेर्न सकिन्छ।
‘स्वर्णदेश’ केवल नाटक होइन, प्रश्न हो। देश किन छोडिन्छरु सपना किन बिक्छरु र, सुनौलो देशको मूल्य कति महँगो पर्छ ?
काठमाडौं । आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘सिटामोल’को ट्रेलर हालै सार्वजनिक भएको छ । जसले दर्शकमाझ गहिरो प्रभाव छाडेको छ ।
सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण श्रेष्ठ, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक बाल कलाकार करण नेपाली जस्ता कलाकारहको दमदार अभिनय झल्किने यो ट्रेलरले पारिवारिक कथा, सामाजिक यथार्थ र व्यक्तिगत संघर्षलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ।
ट्रेलरको सुरुवातमै दर्शकले गाउँको परिवेश, पुराना मूल्य(मान्यता र आधुनिक यथार्थबीचको टकराव देख्न पाउँछन् । सौगात मल्लको पात्र एक संवेदनशील तर विद्रोही स्वभावको व्यक्ति देखिन्छ । जसले आफ्नो परिवार र समाजबीच सन्तुलन खोजिरहेको छ । बेनिशा हमालले एक आत्मविश्वासी महिलाको भूमिकामा गहिरो प्रभाव पार्छिन् ।
सामाजिक मुद्दा उठान गरेको सिनेमाको ट्रेलरले स्वास्थ्य, गरिबी, महिला सशक्तीकरण, अनि सामाजिक विभाजनजस्ता मुद्दाहरूलाई गम्भीर तर भावनात्मक शैलीमा उठाएको छ। ‘सिटामोल’ केवल औषधिको नाम होइन, समाजमा व्याप्त पीडाको प्रतीकझैं देखिन्छ।
सिनेमाको विशेषगरीप्राविधिक पक्ष विशेषगरी छायांकन उत्कृष्ट देखिन्छ । दृश्यहरूमा सिनेम्याटोग्राफीको कलात्मकता छ। संवादहरू गहिरा छन् र पृष्ठभूमि संगीतले कथा प्रवाहलाई थप तीव्र बनाउँछ। सम्पादन गतिशील छ, जसले ट्रेलरलाई लयबद्ध बनाएको छ।
यो समाचार पार्दै गर्दा सिनेमाको ट्रेलरलाई तीन लाख ७६ हजार बढि दर्शकले हेरेका छन् । सिनेमाको ट्रेलर हेरिसकेपछि अधिकौश दर्शकले सौगात मल्ल र बेनिशा हमालको अभिनयका साथै गम्भीर सामाजिक सन्देश तथा भावनात्मक सम्वाद र सशक्त व्याकग्राउण्ड म्युजिकले मन जितेको प्रतिक्रिया दिएका छन् ।
गत वर्ष रिलिज भएको सर्वकालिन ब्लकबस्टर सिनेमा ‘पूर्णबहादुरको सारङ्गी’ पश्चात अर्को दर्शक रुवाउने सिनेमाको रुपमा ‘सिटामोल’ देखिएको प्रतिक्रिया कमेन्टबक्समा देख्न सकिन्छ । जसले दर्शकमाझ सिनेमाको हाइप उच्च बनाएको छ । ट्रेलरले दर्शकहरूमा उच्च प्रतिक्षा सिर्जना गरेको छ। यदि ट्रेलरमा देखाइएको कथा र भावनालाई पर्दामा न्याय गर्न सकेको खण्डमा ुसिटामोलु एक अविस्मरणीय सिनेमा बन्ने देखिन्छ ।
राज बहादुर साने निर्देशित सिनेमामा सौगात र बेनिशासहित श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ । श्री कृष्ण र जानुकाले यही सिनेमाबाट नेपाली रजतपटमा डेव्यु गरेका हुन् ।
तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको सिनेमाको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन् । सिमोस सुनुवारको प्रस्तुती रहेको सिनेमामा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह-निर्मातामा छन् ।
बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, डिआई कलर राजेन्द्र मोक्तान, साउण्ड डिजाइनर मुकेश शाह, द्धन्द्व निर्देशन देव महर्जन र शंकर महर्जन, राकेश दाहालको पोस्टर डिजाइन, प्रोडक्सन म्यानेजर विकास तामाङ र धनबहादुर राई रहेको सिनेमालाई दिव्य सुवेदीले खिचेका हुन् ।
काठमाडाैं । मिस नेपाल २०२५’ का २६ जना फाइनलिस्टको औपचारिक घोषणा गरिएको छ ।
शुक्रबार आयोजित ‘स्यास सेरेमोनीमा’ फाइनलिस्टको औपचारिक घोषणा गरिएकोयसवर्षको मिस नेपाल प्रतियोगिता फिनाले भदौ १४ गते ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा हुने तय भएको छ ।
काठमाडौं । हिजोमात्र जन्मदिन मनाइरहेकी अभिनेत्री बेनिशा हमालका लागि यो महिना विशेष हुनेवाला छ । उनका दुई चलचित्र साउन २३ गते एकैदिन रिलिज हुँदैछन् । दर्शकले जुन चलचित्र छाने पनि बेनिशाकै पक्षमा हुनेछ किनकी दुवै चलचित्रलाई उनैले डोर्याएकी छन् ।
चलचित्रले दर्शकलाई हलसम्ममा डोर्याउलान् कि नडोर्याउलान्, प्रदर्शन भएपछि मात्रै थाहा होला । तर, चलचित्रमा मिहेनतको कुनै कसर बाँकी नराखेको उनी बताउँछिन् । बेनिशालाई अहिले पनि भ्याइनभ्याइ छ । चलचित्रको प्रमोसनमा लगातार खटिइरहेकी छन् । मिडियाहरूमा अन्तर्वार्ता दिँदै हिँडिरहेकी छन् ।
हिजो चलचित्रको सुटिङ, डबिङले थकित हुन्थिन्, अहिले अन्तर्वार्ताले थकित भइरहेकी छन् । अभिनयमा जति जोड लगाएकी थिइन्, प्रमोशनमा डबल जोड लगाइरहेकी छन् । चलचित्र प्रदर्शनअघि दिएका अन्तर्वार्ताले चलचित्रलाई कत्तिको फाइदा पुर्याउँछ ?
बेनिशाको अनुभवले भन्छ, अवश्य पुर्याउँछ । सुटिङको क्रममा सामना गरेका चुनौतीका प्रसंगसँगै रमाइला क्षणहरूलाई दर्शकमाझ पुर्याउँदा, आफूले दर्शकसँग सेयर गर्न चाहेका कुराहरु बोल्दा चलचित्रलाई फाइदै हुने उनको अनुभव छ । सही तरीकाले आफ्नो कुरा नराख्दा भने धेरै बेफाइदा हुने उनको तर्क छ ।
पहिलो चलचित्र ‘स्वर’ देखि हरर चलचित्र ‘घर’ सम्मको प्रमोसनमा सक्रिय भइन् बेनिशा । बितेको डेढ दशकमा वर्षको एउटाको चलचित्रको हिसाबले ठूलो पर्दामा देखिइन् ।
हर-एक चलचित्रमा उनले अभिनय, सुटिङ, डबिङको अलवा प्रमोसनमा पनि पसिना बगाएकी छन् ।
000
उनको व्यवसायिकरूपमा सफल चलचित्र ‘छक्का पन्जा ४’ हो भने समीक्षात्मक रूपले सफल चलचित्र भने ‘कालो पोथी’ । दुवै चलचित्रबारे बेनिशा भन्छिन्, ‘कालो पोथीमा मुख्य पात्र बच्चाहरू भएकाले मैले धेरै श्रेय लिन पाइनँ होला । हलमा पनि चलचित्र राम्रै चलेको थियो । तर, जुन स्तरको अनुभव छक्कापन्जा गर्दाखेरि भयो, त्यो फरक थियो ।’
बेनिशाले करियर सुरू गरेको १३ वर्षपछि हात लागेको ब्लकबस्टर चलचित्र हो, ‘छक्का पन्जा ४’ । यो बीचमा ‘ब्लाइन्ड रक्स’, ‘झ्यानाकुटी’ लगायत थुप्रै चलचित्रमा देखिइन् । यी चलचित्रलाई लिएर अपेक्षित पनि थिइन् । यद्यपि यी चलचित्र बक्स अफिसमा फितलो साबित भए ।
‘सफलता वा असफलताको कथा लेखन, निर्देशन, निर्माण, अभिनय सबैसँग ठोक्किएर आउँछ । कुनै कुनै चलचित्र लक्षित दर्शकसमक्ष पुर्याउन सक्दैनौं,’ बेनिसाको अनुभवले भन्छ, ‘मैले मेरा चलचित्रमा गर्नुपर्ने सबै कोसिस गरेकी छु । कोसिस गर्दा पनि सफल हुँदैन त म के गरुँ !’
उनले अभिनय गरेको ‘मोक्ष’ले समीक्षात्मक रूपमा राम्रो प्रतिक्रिया पायो । ‘ब्लाइन्ड रक्स’ हेर्ने दर्शकसँग प्रत्यक्ष भेटघाट हुँदा अहिले पनि गज्जबको प्रतिक्रिया दिने गरेका छन् । यो चलचित्र सृष्टी केसीको बायोपिकमा आधरिक चलचित्र थियो ।
यी चलचित्र लक्षित दर्शकसम्म नपुगेकोमा बेनिशालाई अहिले पनि थकथक लाग्छ ।
‘हामी बजार व्यवस्थापनमा चुक्यौं जस्तो महसुस हुन्छ,’ बेनिशा थकथकाउँछिन्, ‘धेरैभन्दा धेरै दर्शकसम्म पुर्याउन सकेनौं, मार्केटिङ कमजोर भयो ।’
तर, मार्केटिङका क्रममा जुन खालको भ्रम पैदा गर्ने गरिन्छ, त्यस्ता हर्कतप्रति उनको सोझै असहमति छ । यस्ता हर्कतले सृजनालाई नै क्षति पुर्याउने उनको धारणा छ । भन्छिन्, ‘दर्शकमा कौतुहलता जगाउन सक्नु मार्केटिङ होला ।’
अन्तिममा भने दर्शकको रुची निर्णयक हुन्छ । दर्शकलाई यही मनपर्छ भनेर निचोड निकाल्नु हतारो हुने उनको निचोड छ । दर्शकको व्यवहार अनपेक्षित र अविश्वासनीय हुने उनको अनुभव छ । थोरै अपेक्षा राखेको चिजमा धेरै माया दिएको दर्शकले धेरै अपेक्षा राखेको चिजमा थोरै मात्रै माया दिने गरेको अनुभव छ उनीसित ।
000
बितेको डेढ दशकदेखि घरेलु बक्स अफिसको प्रत्यक्षदर्शी हुन् बेनिशा । भुक्तभोगी पनि हुन् । धेरै अपेक्षा गरिएका चलचित्र बक्स अफिसमा खरानी भएको देखेकी छन् । अपेक्षा नै नगरिएका चलचित्रले बक्स अफिसमा आगो बबलेको पनि देखेकी छन् । औसतभन्दा तलका चलचित्रले कमाल गरेको समेत देखेकी छन् । र पनि उनी भन्छिन्, ‘कस्तो चलचित्र चल्छ, कस्तो चल्दैन, मलाई अझैसम्म थाहा छैन ।’
आफूले खेलेका हरेक चलचित्र प्रदर्शनअघि चल्छ जस्तो लागे झैँ उनलाई पनि ‘मोहर’ र ‘सिटामोल’ चल्छ भन्ने नै लाग्छ । यद्यपि चल्छ वा चल्दैनको ठोस जवाफ साउन २३ पछि मात्रै थाहा हुनेछ ।
‘सिटामोल’ पश्चिम नेपालको कथा हो । चलचित्रमा शिक्षा, स्वास्थ्य, रोजगारीको समस्यालाई तड्कारो रूपमा देखाउन खोजिएको छ । ‘मोहर’ चाहिँ देउकी प्रथामा आधरित छ ।
‘सिटामोल’को तारा र ‘मोहर’को यशोदा पात्र अर्थपूर्ण मात्रै नभएर दर्शकको मनमा बस्ने खालको भएको उनको दाबी छ । प्रस्तुत छ, उनै बेनिशासँग गरिएको कुराकानीको सम्पादित अंश :-
– चलचित्र लगातार असफल हुँदा पनि तपाईंले नियमित काम पाइरहनुभयो है ?
मैले कामले नै जितेको हो जस्तो लाग्छ । जो आउनुहुन्छ, उहाँहरुले ‘तपाईंको काम देखेर मलाई एकपटक तपाईंसँग काम गरौं लागेको थियो’ भन्नुहुन्छ । त्यस्तो प्रतिक्रिया सुन्दा एकदमै कृतज्ञ महसुस हुन्छ ।
– एकदमै मिहेनत गरेको महत्वकांक्षी चलचित्र असफल हुँदा तपाईँलाई कस्तो महसुस हुन्छ ?
नराम्रो लाग्छ । पहिले पहिले त अपेक्षित चलचित्र असफल हुँदा एकदमै नराम्रो लाग्थ्यो, अहिले अलि कम भएको छ । त्यस्तो असफलताले दिने असर अचेल आफूमा पर्नै दिन्नँ, किनभने व्यापार मेरो हातमा हुँदैन नि त !
प्रदर्शनअघि मैले मेरो धर्म इमानदारिताका साथ पूरा गरेकी हुन्छु । प्रमोसनमा जति सक्छु, धेरै दर्शकसम्म पुग्न प्रयास गर्छु । अनि कामको सन्दर्भमा मलाई दिइएको पात्रलाई कसरी हुन्छ न्याय गरौं भन्ने लाग्छ । यति गर्दागर्दै हुँदैन भने त के नै गर्न सकिन्छ र हैन ?
– निर्माता डुबेको देख्दाखेरि तपाईंलाई कस्तो लाग्छ ?
नराम्रो लाग्छ, माया लाग्छ नि ! किनभने उहाँहरुले त्यत्रो सपना देख्नुभएको हुन्छ । उहाँहरूको लगावलाई नजिकबाट देखिएको हुन्छ ।
– मानौं, कुनै चलचित्र प्रदर्शनपछि असफल भयो । र, तपाईंले पारिश्रमिक लिन बाँकी नै छ भने त्यस्तो अवस्थामा तपाईं के गर्नुहुन्छ ?
हाम्रो चार किस्तामा हुन्छ । सम्झौता गर्दा २५ प्रतिशत लिन्छौं । अनि सुटिङको दौरान २५, डबिङको बेला २५ र प्रदर्शनअघि २५ प्रतिशत लिन्छौं । कथंकदाचित अन्तिम किस्ता बाँकी थियो, त्यो रकम नलिँदा हामीलाई खासै समस्या पर्दैन भने छाडिन्छ होला । तर, त्यसरी छोड्नु परेको अनुभव चाहिँ छैन ।
– पहिलो चलचित्र ‘स्वर’ मा कति पारिश्रमिक लिनुभएको थियो ?
अँ, ठ्याक्कै याद आएन । २५ हजार लिएको थियो कि ! खै पचास हजार पो लिएकी थिएँ कि !
– अहिले कति लिनुहुन्छ ?
अब अहिले त भन्न मिल्दैन । कतिपय अवस्थामा स्क्रिप्ट एकदमै मन परेको छ, नयाँ निर्माता आउनुभएको छ, उहाँहरूसँग सीमित बजेट छ, तर एकदम सम्भावना भएको स्क्रिप्ट छ भने न्यूनतम पारिश्रमिकमै काम गरिन्छ । अझ टीम पनि राम्रो छ, उहाँहरूबाट चाहिँ केही नयाँ निस्किन्छ भन्ने लाग्दा पारिश्रमिकमा सम्झौता गरेर पनि काम गरेको छु ।
– ठ्याक्कै नाम भन्नुपर्दा ?
अँ, मैले पछिल्लो समय गरेको ‘द ब्लु लाइट’ हो । यसमा मैले कम पारिश्रमिक लिएँ । म स्वयं कार्यकारी निर्मातामा पनि बसेकी छु ।
– पारिश्रमिकको कुरामा ५०-६० लाखका समाचारहरू आइरहेका छन् । यस्ता समाचारहरू हेर्दा तपाईंलाई कस्तो लाग्छ ?
कलाकारको हिसाबले मैले माग गरे बमोजिम दिने मान्छे तयार छ भने त्यो दुईजनाबीचको कुरा हो । लिन पाइयो । तर, यही चिजलाई बक्री गर्न खोजेर, यी चिजमै रुमल्लियो भने चाहिँ गलत सन्देश जान सक्छ ।
– कति पारिश्रमिक लिँदा चाहिँ ठिक हो ? तपाईंको अनुभवले के भन्छ ?
मैले ठ्याक्कै यति नै पारिश्रमिक लिनुपर्छ भनेर भन्नै मिल्दैन । अँ, ‘पूर्णबहादुरको सारङ्गी’लाई मानक मानेर त्यस्ता खालका चलचित्र १० वटा वर्षमा बन्छन् भने हल्ला भए अनुसार पारिश्रमिक लिन जायज छ । व्यावसायिक हिसाबले कति सिनेमाहरू सफल छन् भनेर हिसाब गरेर हेर्यौँ भने चाहिँ अलिकति अप्ठ्यारो छ ।
– अभिनयको मास्टर भनिने सौगात मल्लसँग ‘सिटामोल’, चकलेटी नायक भनिने पल शाहसँग ‘मोहर’ । यी दुई कलाकारसँग काम गर्दाको अनुभव कस्तो रह्यो ?
दुवैजनासँग एकदमै राम्रो अनुभव भयो । सौगातजीसँग चाहिँ धेरै सिक्ने मौका मिल्यो ।
– पल शाहसँग मिलेन ?
राम्रो गर्नलाई कुनै कसर बाँकी नराख्ने मान्छे हो उहाँ । अनि स्वाभावको हिसाबले पनि उहाँ एकदम रमाइलो गरिराख्ने मान्छे । सौगातजी चाहिँ एकान्त मन पराउने, सरल स्वभावको हुनुहुन्छ । दुवैजनाबाट मैले सिक्न पाएँ ।
दुवैजनाको आ-आफ्नै क्षमता छ । नाचको कुरा गर्दा, चकलेटी छविको कुरा गर्दा त्यसमा पल फिट हुनुहुन्छ । अनि गम्भीर र परिपक्व मान्छेको पात्र गर्नुपर्यो भने सौगात फिट हुनुहुन्छ ।
– अपेक्षा धेरै गरेको, तर असफल भएको कुनै चलचित्र ?
मलाई ‘झ्यानाकुटी’को याद छ । ‘झ्यानाकुटी’ बाट मैले एकदमै धेरै अपेक्षा राखेकी थिएँ । मेरो लागि त्यो पात्र पनि एकदमै चुनौतीपूर्ण थियो । अलिकति गम्भीर चलचित्र थियो । तर, सोचे अनुरूपको नुहँदा एकदमै दु:खी भएकी थिएँ ।
– असफलताको त्यो पीडाबाट कसरी बाहिर निस्कनुभयो ?
अब त्यहीँ बसिरहन त सकिँदैन नि ! अरु कामहरू पनि हुन्छन् । केही समय दुखी भएँ, त्यसपछि फेरि अगाडि बढेँ । अरु कामहरू पनि पाउन थालेँ । यसपछि आफैँ अगाडि बढिँदो रहेछ ।
– एकदमै दुःखी वा निराश हुँदा के गर्नुहुन्छ ?
सुत्छु ।
– निद्रा लाग्छ ?
मलाई तनावको बेला एकदमै निद्रा लाग्छ । केही सोच्दिनँ, स्वाइँस्वाइँ सुत्छु । अहिले पनि मलाई एकदमै तनाव भयो भने घर जान्छु, मोबाइल अफ गर्छु, अनि सुत्छु । उठ्दाखेरि तनाव कम भइसकेको हुन्छ ।
काठमाडाैं । अभिनेता सौगात मल्लको खुट्टाको अप्रेसनका कारण ‘सिटामोल’को प्रमोसन रोकिएको छ । अब आइतबारपछि मात्रै उनी चलचित्रको प्रमोसनमा सक्रिय हुने भएका छन् ।
उनको खुट्टाको बूढी औंला छेवैमा अनावश्यक रुपमा मासु पलाएको थियो । उक्त मासुले मल्ललाई हिँडडुल गर्न अप्ठ्यारो भइरहेको थियो । उक्त मासुलाई काटेर फालेको मल्ले बताए । उनको अप्रेसन गत आइतबार काठमाडौं मेडिकल कलेजमा भएको थियो ।
सौगातले भने, ‘मासु पलाएका कारण हिँडडुल गर्न अलि अप्ठ्यारो भएको थियो । गत आइतबार केएमसीमा डक्टरहरुले काटेर फालिदिनुभयो । एक रात अस्पतालमा बसेर फर्किएँ ।’
अब आउँदो आइतबार घाउको टाँका खोलिने मल्लले बताए । मल्लका अनुसार घाउलाई सजिलो होस् भनेर डक्टरले लामै टाँका लगाइदिएका छन् । उक्त टाँका खोलेपछि पुनः चलचित्रको प्रमोसनमा सक्रिय हुने उनले बताए ।
‘सिटामोल’ साउन २३ बाट प्रदर्शन हुँदैछ । चलचित्रमा मल्लसँगै बेनिशा हमाल मुख्य भूमिकामा छिन् । चलचित्रको निर्देशन राजबहादुर सानेले गरेका हुन् ।
काठमाडौं । ‘सिंगिङ स्टार’ सुरु भएको तीन महिना बितिसक्दा पनि तलव नपाएपछि सोही कार्यक्रमकी जज त्रिशला गुरुङले एक स्टाट्स लेख्दै गुनासो पोखेकी छिन। त्रिशलाले देशको मनोरञ्जन उद्योगको अवस्था देखेर आफु अत्यन्तै दुखी भएको र कार्यक्रम सुरु भएको ३ महिना बितिसक्दा पनि कसैले रकमको आधा भुक्तानीसमेत नपाएका बताएकी छिन।
उनले लेखेकी छिन, ‘सबैलाई नमस्कार। आज हाम्रो देशको मनोरञ्जन उद्योगको अवस्था देखेर म अत्यन्तै दुखी छु। तपाईंहरुले याद गर्नुभएकै छ कि म यस वर्ष ‘सिंगिङ स्टार नेपाल’ को एक जजको रूपमा थिएँ। हामी सधैं हाम्रो कामप्रति इमान्दार थियौं र सधैं ब्रान्डलाई आफ्नै जस्तै सोच्थ्यौं। तर कार्यक्रम सुरु भएको ३ महिना बितिसक्दा पनि हामीले सम्झौतामा भएको रकमको आधा पनि भुक्तानी पाएका छैनौं ।’
अहिले आएर कार्यक्रमका संयोजक तथा डिरेक्टर प्रमोद भण्डारी पुर्ण रुपले सम्पर्कविहिन भएको त्रिशलाको भनाइ छ। उनी भन्छिन,‘ कार्यक्रमका प्रोजेक्ट हेड पुरै टिमलाई पूर्ण रूपमा बेवास्ता गरेर बसिरहनु भएको छ। यो उद्धोेगमा गरिएको सम्झौताहरुलाई अहिले मजाकको रूपमा हेरिएको छ।’
आफुहरु समस्यामा परेकाले समाधान गर्ने उत्तम तरिकाको सुझाव दिन त्रिशलाले सबैलाई आग्रह गरेकी छन। साथै उनले कार्यक्रमसँग सम्बन्धित सबै मिडिया पार्टनरहरू र निर्माण कम्पनीहरुलाई ट्याग गर्न आफुलाई मद्दत गर्नसमेत बैलाई अनुरोध गरेकी छिन।
त्रिशलाले आफ्नो कार्यक्रमको एक मिडिया पार्टनर प्राईम टिभीलाई ट्यागमेत गरेकी छिन।
‘रील्स इन्टरटेन्मेन्ट’ को प्रस्तुतिमा तयार भएको ‘सिङ्गिङ स्टार नेपाल सिजन १’ प्रत्येक शनिवार र आइतबार राति ९ बजे प्राइम टिभी र बुढासुब्बा युटउब च्यानलबाट प्रसारण हुन्थ्यो। कार्यक्रम तीन महिना अघिबाट मात्र सुरु भएको हो। चार दिन अघि मात्र कार्यक्रमको एपिपोड ४ प्रसारण भएको थियो।
कार्यक्रमको प्रोजेक्ट हेड र निर्देशकमा अहिले सम्पर्कविहिन रहेका प्रमोद कुमार भण्डारी छन् भने निर्माता टोलीमा शिखर गौतम, बुद्धि प्रसाद ढुंगाना, र नभराज चौलागाईं छन्। साथै कार्यक्रमको जजहरूमा डा. त्रिशला गुरुङका अलावा अर्जुन पोखरेल र सनुप पौडेल रहेका छन्।
काठमाडौं । आगामी साउन २३ गते जनैपूर्णिमाको अवसरमा प्रदर्शनमा आउने सिनेमा ‘सिटामोल’ को ट्रेलर सार्वजनिक गरिएको छ ।
बुधबार सार्वजनिक सिनेमाको ३ मिनेट २० सेकेण्ड लामो ट्रेलरमा हल्का शैलीको कमेडी, सटिक संवाद र सामाजिक व्यङ्ग्यले भरिएको ट्रेलरले ‘सिटामोल’प्रति दर्शकको चासो बढाएको छ ।
सिनेमाको सार्वजनिक ट्रेलरका सुरुका दृश्यहरूमा नेपाली समाजमा देखिने पारिवारिक झमेला, गरिबी, बेरोजगारी र सरकारी लापरवाहीलाई हास्य व्यङ्ग्यको रुपमा प्रस्तुत गरिएको छ । मुख्य पात्रहरू गाउँले परिवेशमा देखिन्छन्, जहाँ मानिसले सामान्य समस्या समाधानका लागि पनि धेरै दुःख पाइरहेका देखिन्छ ।
सिनेमामा सामाजिक सन्देशलाई हास्यरसको माध्यमबाट प्रस्तुत गर्ने प्रयास गरिएको छ, जसले दर्शकलाई हँसाउँदै सोच्न पनि बाध्य पार्ने संकेत ट्रेलरले दिएको छ । पात्रहरूले बोलेका संवाद, तिखा कटाक्ष र सरल तर गम्भीर प्रसंगहरूले ट्रेलरलाई प्रभावशाली बनाएको छ । ट्रेलरमा सौगात मल्ल र बेनिशा हमाल अनुभवी कलाकारको दमदार अभिनय झल्किन्छ । उनीहरूको सहज अभिनयले ट्रेलरलाई अझ आकर्षक बनाएको छ ।
यो सिनेमाको निर्देशन पक्षबाट सशक्त व्यङ्ग्य शैली अपनाइएको छ भने, सम्पादन र सिनेमाटोग्राफीले ग्रामीण परिवेशलाई राम्रोसँग उतारेको देखिन्छ । ‘सिटामोल’ नेपाली समाजका दुःख(पिर, विडम्बना र भ्रष्ट प्रणालीप्रतिको कटाक्ष हो । ट्रेलरले देखाएअनुसार सिनेमाले कमेडी मात्र होइन, गहिरो सन्देश पनि दिन खोजेको देखिन्छ ।
राज बहादुर साने निर्देशित सिनेमामा सौगात मल्ल र बेनिशा हमालसहित श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ । श्री कृष्ण र जानुकाले यही सिनेमाबाट नेपाली रजतपटमा डेव्यु गरेका हुन् ।
तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको सिनेमाको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन् । सिमोस सुनुवारको प्रस्तुती रहेको सिनेमामा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह(निर्मातामा छन् ।
बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, डिआई कलर राजेन्द्र मोक्तान, साउण्ड डिजाइनर मुकेश शाह, द्धन्द्व निर्देशन देव महर्जन र शंकर महर्जन, राकेश दाहालको पोस्टर डिजाइन, प्रोडक्सन म्यानेजर विकास तामाङ र धनबहादुर राई रहेको सिनेमालाई दिव्य सुवेदीले खिचेका हुन् ।
काठमाडौं । रमा कार्कीको रचना रहेको तीज गीत ‘तीजको पार्टीमा’ सार्वजनिक भएको छ । म्यूजिक नेपालले बजारमा ल्याएको गीतमा अभिज्ञा घिमिरेको श्वर र महेश खड्काको संगीत छ ।
गीतमा अहिलेकी लोकप्रिय मोडल अञ्जली अधिकारीसहित सज्जु बुढाथोकी, सोनम चौधरीलगायतको अभिनय र नृत्य छ । म्यूजिक भिडिओको निर्देशन मिनाक्षी कोइरालाले गरेकी हुन् भने नृत्य निर्देशक प्रशान्त मगर रहेका छन् ।
काठमाडौं । हालै सञ्चारकर्मी प्रकाश सुवेदीले आफ्नो टेलिभिजन कार्यक्रममा नायिका वर्षा शिवाकोटीलाई ट्रोल ‘फिल्ममा ढंगले रुन पनि नजान्ने नायिका’ को संज्ञा दिए । वर्षाले हालै आयोजित राष्ट्रिय चलचित्र अवार्डप्रति पोखेको असन्तुष्टिलाई लक्ष्यित गर्दै उनले यस्तो अतिरञ्जित टिप्पणी गरेका थिए ।
सुबेदीको एउटा प्रवृत्तिसँग चलचित्रकर्मीहरु भलिभाँति परिचित छन् । उनी आफ्नो कार्यक्रममा अन्तरवार्ता दिन नमान्ने वा आफूसँग राम्रो सम्वन्ध नरहेका कलाकारहरुलाई मौका पायो कि उछितो काढिहाल्छन् । बर्षामाथि उनले गरेको टिप्पणीलाई पनि यही पाटोबाट हेरिएको छ । विगतमा उनले अनमोल केसी लगायतका थुप्रै कलाकारहरुलाई यसैगरि खेदो गरेका थिए ।
वर्षाले आफ्नो राष्ट्रिय चलचित्र अवार्डको प्रोत्साहन पुरस्कारमा महिला कलाकारलाई नसमेटिएकोप्रति असन्तोष पोखेकी थिइन् । त्यसमा टिप्पणी गर्दै सुबेदीले भने, ‘फिल्ममा राम्रोसँग रुन पनि नआउने नायिकालाई अवार्ड चाहियो रे ।’ उनले वर्षाले रोएको अभिनय गरेको एउटा भिडिओ क्लीप पनि देखाएका थिए ।
खासमा वर्षा शिवाकोटी सुबेदीले भनेजस्तो ‘रुनै नजान्ने’ कलाकार होइनन् । थुप्रै चलचित्रमा उत्कृष्ट अभिनय गरेकी वर्षामाथि सुबेदीले यो टिप्पणी केवल पुरानो तुष पोख्नका लागि गरेको बुझाइ चलचित्रवृत्तमा छ ।
केही समयअघि वर्षाले एउटा अपार्टमेन्ट खरिद गरेको समाचारहरु आएका थिए । उक्त समाचारलाई तोडमोड गर्दै सुबेदीले आफ्नो कार्यक्रममा गसिप बनाएका थिए । उनले एक पुरुष कलाकारसँग वर्षाको नाम जोड्दै अपार्टमेन्टमा उनको पनि लगानी रहेको दावी गरेपछि वर्षाले सुबेदी विरुद्ध प्रेस काउन्सीलमा उजुरीसमेत गरेकी थिइन् । त्यसयता वर्षाले सुबेदीलाई अन्तरवार्ता दिएकी छैनन् ।
बर्षा अभिनित नयाँ चलचित्र ‘माग्ने राजा’ रिलिजको पर्खाइमा छ । हिजो ‘माग्नेराजा’ को गीत सार्वजनिक कार्यक्रममा वर्षासँग सुबेदीको टिप्पणीबारे पत्रकारले प्रतिक्रिया मागेका थिए । कार्यक्रममा सहभागी हुन लबिम मल पुगेकी वर्षालाई सञ्चारकर्मीहरूले सोधे, ‘वर्षाजी तपाईं रुन जान्नु हुन्न रे हो ?’
कटाक्षयुक्त जवाफ दिँदै उनले भनिन्, ‘हो, यो सहि हो । मलाई रुनै आउदैन । खासमा कुरा के हो भने, सबै बच्चाहरू जन्मिदा रुँदै जन्मन्छन्, तर म चाहिँ हाँस्दै जन्मिएको थिए रे । त्यसैले मलाई रुन आउँदैन । म अहिले हरेक दिन रुन सिक्दैछु । प्रयास गरिरहेको छु। मैले उहाँलाई हरेक दिन रुने प्राक्टिस गरेर भिडियो पठाउने विचार गर्दैछु ।’
उनी आफ्नो स्टाटसबारे प्रस्ट पार्दै थप्छिन्, ‘कस्तो–कस्तो परिस्थिति हाँसेर टारियो । खासमा मैले मेरो स्टाटमा त्यस्तो नराम्रो केहि लेखेकै थिइनँ। म के लेख्दैछु भन्ने कुरा स्पष्ट भएरै मैले त्यस्तो लेखेको हो । मैले भन्न चाहेको कुरा मेरो स्टाट्समा क्लियर छ । एउटा विचार राखेपछि सामाजिक सञ्जालमा विवादहरु पक्कै आउँछ । एउटै चिजमा सबैजनाको समर्थन हुनुपर्छ भन्ने छैन,’ उनी जोडछिन् ।
आफुले लेखेको स्टाटसले सृजना भएको विवादले आफुलाई केही फरक नपरेको वर्षा बताउँछिन् ।
उनी भन्छिन्, ‘यही विषयमा टाउको दुखाउने भए किन लेख्थेँ होला र रु आफुलाई बोल्नुपर्छ भन्ने लागेको कुरा मैले लेखेकी हुँ । राष्ट्रसँग जोडिएको र आफुलाई चित्त नबुजेको कुरा लेखेको हो । यसपटक आवाज उठाउँदा अर्को पटक केही हुन्छ कि भनेर लेखेको हो ।’
‘मैले मेरो स्टाटसमा न कसैलाई ईंगित गरेको छु न त कोही अर्वाडको लागि लायक छैन भनेको छु । न अवार्ड मैले पाउनुपथ्र्यो भनेको छु । म त्यो लेबलमा पुगेकै छैन । मैले त्यस्तो काम केही गरेको छैन जसले मलाई अवार्ड दिलाओस् । मेरो दर्शक, मेरो निर्देशक र मेरो निर्माताले मेरो कामको मुल्यांकन गरेर मलाई प्रोत्साहन गर्दिनुभयो भने त्यही मेरो लागी सबैभन्दा ठुलो अवार्ड हो ।’
काठमाडौं । खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भएको सिनेमा ‘रिमै’ को टिजर सार्वजनिक गरिएको छ ।
मंगलबार सिनेमाको करिब २ मिनेट लामो टिजर सार्वजनिक गर्दै निर्माण टिमले सिनेमाको प्रदर्शन मिति समेत एक हप्ता अगाडी ल्याएको हो ।यसअघि भदौ २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा अब भदौ २० गतेबाट देशव्यापी प्रदर्शनमा आउनेछ ।
सिनेमाको यो टिजरले एक रहस्यमय, रोमाञ्चक र भावनात्मक कथा प्रस्तुत गर्ने संकेत गरेको छ । टिजरमा ग्रामीण परिवेश, संस्कृति, प्रेम, पीडा र बदला मिसिएको कथावस्तु झल्काइएको छ । दयाहाङ राईको गम्भीर भूमिका, रिश्मा गुरुङको आत्मीय उपस्थिति, अर्पण थापाको रहस्यमय चरित्र र बुद्धि तामाङको गहिरो अभिनयले दर्शकको ध्यान खिच्न सफल भएको देखिन्छ ।
सिनेमाको छायांकन र संवादले समाजका गहिरा यथार्थ प्रस्तुत गर्ने आशा टिजरले दिलाउँछ । टिजरको अन्त्यतिर देखिएको तनावपूर्ण दृश्यले कथामा द्वन्द्वको पाटो पनि महत्वपूर्ण रहने संकेत गर्छ । गुरुङ संस्कारलाई विशेष रुपमा प्रस्तुत गरिएको टिजरले सिनेमाप्रति दर्शकमाझ उत्साह पैदा गर्ने विश्वास निर्माण टिमको छ ।
गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स् प्रालीको प्रस्तुती र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको सिनेमामा गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको अभिनय रहेको छ ।
उपेन्द्र सुब्बाको लेखन रहेको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले छायांकन गरेका हुन् । वीरवल घले कार्यकारी निर्माता रहेको सिनेमामा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह-निर्माताको रुपमा रहेका छन् ।
सिनेमामा दीपक शर्मा र थानेश्वर गौतमको संगीत, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, बिष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डि गुरुङको सम्पादन रहेको छ ।
काठमाडौं । कमेडी च्याम्पियन र कमेडी नाइट विथ च्याम्पियनका निर्माता विशाल भण्डारी र उनको व्यापारिक साझेदार हरि भट्टराईबीचको आर्थिक विवाद सामाजिक संजालमा छताछुल्ल भइरहेको छ । अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा उनीहरु दुवै आरोप प्रंत्यारोपमा भिडिरहेका छन् ।
भण्डारीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै कम्पनीमा साझेदारको रुपमा भित्रिएका भट्टराईले आर्थिक शोषण र मानसिक यातना दिएको अरोप लगाएका थिए । भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत गुहारेका छन् ।
अर्कातिर भट्टराईको अर्कै दावी छ । प्रेस विज्ञप्ती जारी गरेका उनले भण्डारीले मापसे गरेर गाडी दुर्घटना गराएको र त्यसको ५० लाख क्षतिपूर्ति कम्पनीलाई भराएपछि आफू अलग भएको बताएका छन् ।
यसैबीच भण्डारीले सामाजिक संजालमा अर्को स्टाटस लेख्दै आफ्नो टिमलाई अलपत्र पारेर भट्टराई मलेसिया भागेको दावी गरेका छन् ।
भट्टराईलाई सम्बोधन गर्दै भण्डारीले लखेका छन्, ‘तपाईंले वर्ष दिन टर्चर दिँदा म नेपाल नै बसेँ । समस्याको सामना गरेँ । कानुनी लडाइँ सुरु गरेँ । म भागिरहँदा तपाईंले लखेटको लखेट्यै गर्नुभयो । एकपटक फर्केर पलटवार गरेको, तपाईं त मलेसिया कुदिसक्नुभएछ ।’
भण्डारीले भागेर समस्याको समाधान नहुने समेत बताएका छन् ।
उनले थप लेखेका छन्, ‘हाम्रो टिमलाई यसरी अलपत्र पारेर हिँड्न, भाग्न सुहाउँछ रु व्यवहार मिलाउनु पर्दैन ?’ तर, भट्टराई भने आफू नभागेको बताउँछन् । आफूले दशकौंदेखि मलेसियामा व्यवसाय गर्दै आएको र व्यवसायकै सिलसिलामा मलेसिया आएको उनको भनाइ छ ।
भट्टराईले भने, ‘अदालतमा मुद्दा छ । अदालतले पेसी तोकेको बेला उपस्थिति भइरहेको छु । म नभए पनि मेरो प्रतिनिधि उपस्थित हुन्छ । कामको सिलसिलामा आउँदा कसरी भागेको भयो ? यति सजिलै अदालतले भाग्न दिन्छ ?’
एक सातापछि नै आफू नेपाल फर्कने पनि उनले बताए । मुद्दा अदालतमा विचाराधीन भएको र फैसला आएपछि सबै छिनोफानो हुने भट्टराईले उल्लेख गरे ।उनले भने, ‘मुद्दा अदालतमा छ, अहिले मिडिया ट्रायल नगर्दा राम्रो हो ।’
काठमाडौं । आफूलाई लागेको कुरा निर्धक्क सामाजिक सञ्जालमा लेखिहाल्ने गायिका हुन् ज्योति मगर । बाहिर छवि जे-जस्तो भए पनि सामाजिक सञ्जालमा उनले लेख्ने स्टाटसहरु भने गम्भीर प्रकृतिका र बहस जन्माउने खालका हुन्छन् ।
आज भने ज्योति फरक अवतारमा प्रस्तुत भएकी छन् । उनले फेसबुकमा एउटा गजल पोस्ट गरेकी छन्, जसले निकै प्रतिक्रिया बटुलिरहेको छ । यो गजल पनि आफैँमा बहस जन्माउने स्तरकै छ । कतिले चाहिँ उनी आफैँले लेखेकी हुन् त ? भन्नेमा पनि आशंका व्यक्त गरेका छन् ।
हुन त अहिले सामाजिक सञ्जालमा ऋषि धमलाको ‘कविता’ भाइरल भइरहेको छ, जुन उनले आफ्नै टेलिभिजन कार्यक्रममा गर्वसाथ सुनाएका थिए ।
धमलाको छेउ न टुप्पोको कवितालाई लिएर धेरैले हँसिमजाक गरिरहँदा ज्योतिको गजलले भने संवेदनशील विषयवस्तुको उठान गरेको छ, जसको पक्ष र विपक्षमा मानिसहरू बाँडिनेछन् ।
ज्योति मगरले अमुक ‘पुरुष’ प्रति सहानुभूतिशील हुँदै यो कविता रचेकी हुन् । अहिले गायिका एलिना चौहानले पूर्वपति विष्णु सापकोटालाई विभिन्न आरोपहरू लगाएर अन्तरवार्तामा छाइरहेकी बेला ज्योतिको यस्तो कविता आउनु अर्थपूर्ण लाग्छ । ज्योतिले विष्णुलाई नै लक्षित गरेर यो गजल लेखेकी हुन् वा होइनन्, त्यो उनैलाई थाहा होला, तर उनको गजलले विष्णुलाई राहत भन्ने पक्कै मिल्ने छ ।
स्मरणीय के छ भने एलिना चौहानको विषयलाई सबैभन्दा पहिले ज्योतिले नै सामाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन् । उनले नाम नखुलाईकन ‘एक गायिकालाई श्रीमानले दिएको यातना’ को विषयमा स्टाटस लेखेपछि एलिना र विष्णुको सन्दर्भमा चर्चामा आएको थियो । पछि एलिनाको आग्रहमा उनले त्यो स्टाटस हटाइन् । तर, अहिले एलिना आफैँले छताछुल्ल बनाइरहेकी छन् । यस्तोमा ज्योतिले कुन आशयले यो गजल पोस्ट गरेकी हुन् भन्ने कौतूहलको विषय बनेको छ ।
उनको गजलमा एकजनाले कमेन्ट गरेका छन्:
कार्यक्रममा सँगै जाँदा गाडी मा एउटी गायिका बहिनीले यसो भनिन् भन्दै, एलिनालाई उचालेको अपार सफलतापछि अब विष्णुलाई हल्का मलम लाए जस्तो गरी घाउ कोट्याउन सुरु । तर निर्दोष पुरुषका वास्तविकता बोकेका छन् शब्दहरूले ।
ज्योतिले ‘निर्दोष पुरुषहरूलाई समर्पण गर्दै’ पेश गरेको गजल यस्तो छः
हो ऊ पुरुष हो सधैँ बलवान हुन्छ ऊ कठै कोले भन्छ र लुकेर एक्लै रुन्छ ऊ।।।
बोल्यो भने नामर्द कहलाऊ छ र त हजार लाञ्छना गाली गलौच चुपचाप सुन्छ ऊ, हो ऊ पुरुष हो सधैँ बलवान हुन्छ ऊ कठै कोले भन्छ र लुकेर एक्लै रुन्छ ऊ।।।
आफै ढल्छ आफै उठ्छ आफै लाई सुमसुम्याउनु तिम्ले दिएको कालो दाग आफ्नै आँसु ले धुन्छ ऊ, हो ऊ पुरुष हो सधैँ बलवान् हुन्छ ऊ कठै कोले भन्छ र लुकेर एक्लै रुन्छ ऊ।।।
बडेमानको जिउ भित्र सानो बालक लुकेको छ प्रेम पाए श्रद्धाले तिम्रो पाउ नै छुन्छ ऊ, हो ऊ पुरुष हो सधैँ बलवान हुन्छ ऊ कठै कोले भन्छ र लुकेर एक्लै रुन्छ ऊ।।।
समाजको नजरमा दोषी बनाइ गिराइदेऊ तर पनि सबसे पहिला तिम्रै खुशी चुन्छ ऊ, हो ऊ पुरुष हो सधैँ बलवान हुन्छ ऊ कठै कोले भन्छ र लुकेर एक्लै रुन्छ ऊ।।।
कस्तो कठोर मुटु उसको वियोगमा नि हाँसिरन्छ छल्किनै आटेको पीडा लाई जबर्जस्ती थुन्छ ऊ, हो ऊ पुरुष हो सधैँ बलवान हुन्छ ऊ कठै कोले भन्छ र लुकेर एक्लै रुन्छ ऊ।।।
माया गरे जस्तो गर भ्रमको खेती गोड्न थाल्छ भ्रमको फूल फुलाइ सुन्दर माला बुन्छ ऊ, हो ऊ पुरुष हो सधैँ बलवान हुन्छ ऊ कठै कोले भन्छ र लुकेर एक्लै रुन्छ ऊ।।।
काठमाडौं । घरमा श्रीमती छाडेर आफ्नै कम्पनीको एचआर प्रमुख स्क्रिस्टिन क्याबटलाई लिएर कन्सर्ट हेर्न जाँदा डेटा विश्लेषण कम्पनी स्ट्रोनोमरका सीईओ एण्डी बायरनले छँदाखाँदाको जागिरबाट हात धुनु परेको छ । कम्पनीबाट वार्षिक साढे नौ करोड नेपाली रुपैयाँ तलब र थप बोनस खाइरहेका बायरनको जागिर भिडियो क्लिप सार्वजनिक भएपछि धरापमा परेको थियो ।
विश्वपप्रसिद्ध ब्याण्ड कोल्डप्लेको अमेरिकाको बोस्टनमा भएको एक कन्सर्टका दौरान क्यामेराले बायरन र क्याबट रमाइरहेको दृश्य खिचेको थियो । ऊक्त दृश्यमा रोमान्टिक ट्र्याक बजिरहेको हुन्छ भने बायरनको अंगालोमा क्याबट बेरिएकी हुन्छिन् । दुवैबीच एकदमै आत्मी र प्रेमिल सम्बन्ध देखिन्छ । तर, दुर्भाग्य के हो भने यी दुवै विवाहित हुन् । बायरनको घरमा श्रीमती र बालबच्चा थिए भने क्याबटले पनि घरमै श्रीमान्लाई छाडेर आएकी थिइन् ।
क्यामेराले खिचेको फुटेजमा दुवै एक अर्कासँग लाज मानिरहेको देखिन्छन् । दुवै केही झस्किएको देखिन्छ भने बायरन क्यामेराबाट छलिन खोज्छन् । क्याबटले लाजले मुख छोप्छिन् । यो भिडियो सामान्य मान्छेको भए अलग हुन्थ्यो, तर ५०० भन्दा बढी कर्मचारी भएको र एक अर्ब डलर बजार मूल्य भएको कम्पनीको सीईओ र एचआर प्रमुखको थियो । प्रत्यक्षदर्शीहरुले त केसम्म भनेका छन् भने दुवैले लामो समयसम्म किस समेत गरेका थिए । यद्यपि उक्त दृश्य भने क्यामेराले खिचेको छैन ।
तर, यो भिडियोले दुवैको नीजि र पेशागत जीवनलाई तहसनहस बनाइदिएको छ । बायरनले सीईओ पदबाट राजीनामा दिइसकेका छन् । बायरनकी पत्नी मेगन केरिगनले यस घटनाले आफू आहत् भएको प्रतिक्रिया दिएकी छन् भने सामाजिक संजालबाट बायरनको थर समेत हटाइसकेकी छन् ।
अमेरिकी मिडियाका अनुसार उनले डिभोर्सको प्रक्रिया समेत सुरु गर्ने तयारीमा छिन् । यो डिभोर्स केसलाई जेफ बेजोसको डिभोर्ससँग समेत तुलना गरिएको छ । बेजोसले अबौं डलर रुपैयाँ डिभोर्स गर्दा श्रीमतीलाई दिनु परेको थियो ।
बायरन र क्याबटले यो सम्बन्धलाई अस्वीकार गरेका छैनन् । उनीहरुले स्वीकार पनि गरेका छैनन् । तर, स्ट्रानोमरका कर्मचारीहरुका अनुसार उनीहरु लामो समयदेखि विवाहेत्तर सम्बन्धमा रहेको बताएको पश्चिमी मिडियाहरुले लेखेका छन् । यस्तो खालको ‘अफिस रोमान्स’ कम्पनीको प्रतिष्ठामा आँच आएको भन्दै लगानीकर्ताहरुले चिन्ता समेत व्यक्त गरेको जनाइएको छ ।
काठमाडाैं । आगामी भाद्र ६ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘माग्ने राजा’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमामा समावेश दोस्रो गीत ‘म त सुतेर उठेको पैसामा’ सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा सिनेमा मुख्य कलाकार केदार घिमिरे (माग्ने बुढा), विल्सन विक्रम राई (तक्मे बुढा) र बालकलाकार रोनिश खड्का फिचर्ड छन् ।
संगीतबार बाबुल गिरीको स्वर रहेको गीतको संगीत, शब्द रचना तथा एरेञ्ज समेत स्वयंको हो । उनलाई चाइल्ड भर्सनमा सिनेमाका कलाकार समेत रहेका रोनिश खड्काले गायनमा साथ दिएका छन् । गम्भिर बिष्टको कोरियोग्राफी रहेको गीतको अडियो तथा भिडियो उत्कृष्ट देखिन्छ । यो गीत सामाजिक सञ्जाल टिकटक तथा फेसबुक रिल्समा भाइरल हुने सहज अनुमान गर्न सकिन्छ । गीतमा समावेश शब्दले दर्शकलाई सहजै आफु तर्फ आकर्षण गर्न सक्छन् ।
सिनेमालाई ऋषि लामिछानेले निर्देशन गरेका हुन् । यो सिनेमाबाट उनले करिब ८ वर्षपछि निर्देशनमा कमव्याक गरेका छन् । सिनेमाका प्रस्तुतकर्ता तथा निर्माता मुनाल घिमिरे हुन् । ‘इच्छा’ रिलिजको लामो समयपछि सिनेमा निर्माणमा फर्केका छन् । निर्माता घिमिरे हाल दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष समेत हुन् ।
आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमामा केदार र वर्षासहित पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी र टिकटकर मोडल पवित्रा साकी उर्फ मिस पबीको अभिनय छ । नरेन्द्र मैनालीले खिचेको सिनेमामा अभिनेता आर्यन सिग्देलको पनि विशेष भूमिका रहेको छ । आरआर फिल्मस्ले वितरण गर्ने सिनेमामा सामीप्य राज तिमल्सेनाको कथा, पटकथा तथा संवाद र दीपक शर्मा बाबुल गिरीको संगीत रहेको छ ।
काठमाडौं । गायक राजेशपायल राई र उनकी पूर्वपत्नी साङबुङ राईबीच प्रहरीमा मिलापत्र भएको छ । साङबुङले तीनकुने वृत्तमा राजेशपायलविरुद्ध उजुरी लिएर गएपछि प्रहरीले दुवैलाई राखेर हिजो मिलापत्र गराएको हो ।
दुवैले आपसमा कुरा मिलाएर सहमति गरेको तीनकुने प्रहरी वृत्तका डीएसपी हरि खतिवडाले बताए । प्रहरीमा उजुरी दर्ता नभएको उनको भनाइ छ ।
साङबुङको लिखित उजुरीमा राजेशपायलले आफूलाई अप्ठेरो पर्ने खालका क्रियाकलाप र हातपात गरेको तथा धाकधम्की दिएको भन्दै जीउज्यानको सुरक्षा माग गरिएको थियो । उनले पूर्वपतिलाई पनि प्रहरी कार्यालयमा झिकाउन माग गरेकी थिइन् । त्यसैबमोजिम प्रहरीले राजेशपायललाई बोलाएर छलफल गराएको हो । छलफलपछि दुवैले एक-अर्काको जीवनमा हस्तक्षेप नगर्ने र झैझगडा नगर्ने प्रतिवद्धता जनाएका छन् ।
केही दिनअघि साङबुङ र राजेशपायलबीच विवाद भएको थियो । राजेशपायलको अनामनगरस्थित घरमा बच्चा लिन जाँदा जाँदा राजेशपायलले आफूलाई दुर्व्यवहार गरेको आरोप साङबुङले लगाएकी थिइन् । त्यसबेला पनि विवाद प्रहरीसम्म पुगेको थियो ।
राजेशपायलले भने साङबुङको आरोप अस्वीकार गर्दै आएका छन् । आफू स्वयम् पूर्वपत्नीबाट पीडित बनिरहेको उनको गुनासो छ ।
राजेशपायल र साङबुङबाट एकमात्र सन्तानका रूपमा नाबालक छोरा छन् । छोरा साङबुङसँग भए पनि उनको सबै खर्च राजेशपायलले गर्छन् । छोराकै कारणले उनीहरू बेलाबखत एक-अर्काको घरमा आउजाउ गर्ने गरेका थिए । अब भने यसरी आउजाउ नगर्ने सहमति भएको छ । छोरालाई एक-अर्काको घरबाट ल्याउनु परेमा परिवारका अन्य सदस्यलाई पठाउने समेत समझदारी दुवैले गरेका छन् ।
काठमाडाैं । तिज, दशैं तिहार, नयाँ वर्षमा चलचित्र प्रदर्शन गराउन हानथाप गर्ने चलचित्रकर्मीहरु अहिले भने शीतनिद्रामा छन् । वर्षमा ६० भन्दा बढी नेपाली चलचित्र प्रदर्शन हुने हलहरुमा पछिल्लो समय नेपाली चलचित्रको खडेरी परेको छ । असार र साउन महिनामा झरी, बाढी पहिरोलगायत मौसम प्रतिकूल हुने भएकाले चलचित्र रिलिज गर्न निर्माताहरु डराउने गर्छन् ।
अन्य समयमा वितरकले विदेशी चलचित्र भिडाउन ल्यायो भनेर गुनासो गर्ने निर्माताहरुले यो दुई महिना भने विदेशी चलचित्रलाई नै रजाइँ गर्न छाडिदिएका छन् ।
हलहरुमा हेर्ने हो भने अहिले विदेशी चलचित्रहरुको बाढी नै छ । ‘निकिता रोय’, ‘तान्भी: द ग्रेट’, ‘मालिक, ‘मेट्रो इन दिनो’, ‘सितारे जमिन पर’ र ‘सैयारा’ प्रदर्शनरत छ ।
भारतमा आश्चर्यजनक रुपमा कमाइ गरेको ‘सैयारा’ले नेपालमा पनि राम्रो कमाइ गरिरहेको छ । अहिलेसम्म करोडमाथि ग्रस कलेक्सन गरिसकेको बताइन्छ । त्यस्तै ‘आइ नो ह्वाट यू डिड लास्ट समर’, ‘सुपरम्यान’, ‘जुरासिक वर्ल्ड रीबर्थ’ र ‘एफ वान: द मुभी’ प्रदर्शन भइरहेका छन् ।
गत बैसाख २६ गते प्रदर्शनमा आएको ‘ऊनको स्वीटर’ मात्रै केही हलमा प्रदर्शन भइरहेको छ । यसरी हेर्दा १० विदेशी चलचित्रले नेपाली बक्स अफिसमा रजाइँ गरिरहेको देखिन्छ ।
असार र साउन महिनामा नेपाली चलचित्रहरु प्रदर्शन हुन सकेनन् । यो बीचमा ‘यो मन त मेरो नेपाली हो’ प्रदर्शन भएको थियो । तर, चलचित्रले हलमा पानी समेत भन्न पाएन ।
अब भने फेरि नेपाली चलचित्रको प्रदर्शनको चाप देखिएको छ । आउँदो साउन १६ बाट ‘रियाल सिंगेट’ लाग्दैछ भने साउन २३ बाट ‘मोहर’ र ‘सिटामोल’ लाग्दैछ । यसपछि भने दशैं तिहारसम्मै चलचित्रको चाप बाक्लो देखिन्छ । झनै दशैंमा त हेभ्भीवेट भिडन्त नै देखिने करिब करिब पक्का भइसकेको छ ।
गाउँ शब्द आफैँमा एउटा सुगन्ध हो- काँचो माटोको, बाको पुरानो चप्पल, आमाले बनाएको दाउरा चुलोमा अलिकति डढेको भात, कराईमा उम्लिरहेको दूध । यो सुगन्ध सहरमा हुर्किएका नाकको नोस्टालजिया होइन । तर, एक पटक गाउँ लागियो भने यो गन्ध नाकमा मात्र होइन, मनभित्रै गडेर बस्छ- वर्षौँसम्म । ठीक त्यस्तै अनुभूति गराउँछ दक्षिण कोरियाली चलचित्र ‘द वे होम’ ।
कतिपय चलचित्रहरू त्यस्ता हुन्छन्, जसले हेर्दाहेर्दै तपाईँको आँखा मात्र होइन, हृदय पनि टक्क रोकिदिन्छ । कथाले कसरी मोड लिन्छ होला ? अब के हुन्छ ? पात्रको पीडा, मौनता र सम्झनाले मनभित्र कतै गहिरो चोट पुर्याउँछ ।
यस्तो लाग्छ,- यो कथा त आफ्नै हो कि जस्तो ! ती दृश्यहरूमा, ती अनुहारहरूमा, आफ्नै सम्झना टाँसिएर आउँछ । कथाभित्रको हरेक संवाद, मौनता र भावनामा हराउँदै जान्छ मन । अनि कतैभित्र बाटो बनाउँदै आउँछ एक धुन – ‘केही त भन्नुपर्छ’, ‘केही त लेख्नुपर्छ’ भन्ने व्याकुलता ।
आज ‘द वे होम’ हेर्दा म यही अनुभवमा डुबेँ । एउटा साथीको ‘क्याजुअल’ सुझावमा, फुर्सदको दिनमा यत्तिकै हेर्न थालिएको चलचित्र अन्ततः एक गहिरो अनुभूति बन्यो – जसले मनभित्र हलचल ल्यायो । लाग्यो, यो फिल्म त सहरमा बसेर पनि गाउँको गन्ध नबिर्सेका सबैले एक चोटि अवश्य हेर्नुपर्ने चलचित्र हो । त्यसैले मनका ती मौन भावनाहरूलाई शब्दमा पोख्ने प्रयास गरेँ – जसरी ‘द वे होम’ले मौनताभित्र माया देखायो, मैले पनि केही शब्दमार्फत त्यो मौन अनुभव बाँड्न चाहेँ ।
यो चलचित्र एउटा सहरिया बालक र गाउँमा बस्ने तथा बोल्न नसक्ने हजुरआमाबीचको कथामा आधारित छ । यो कथामात्र होइन । यो त मौनताभित्रको माया, बानीभित्रको सम्बन्ध, र परम्पराभित्रको गहिराइको यथार्थ हो । र यो कथा केवल कोरियाली गाउँको होइन – यो हाम्रो नेपालको, हाम्रा गाउँहरूको, हाम्रा बुढापाकाहरूको पनि हो ।
द वे होम’को सबैभन्दा शक्तिशाली पक्ष हो – मौनता । हजुरआमाले बोल्न सक्दिनन्, तर उनका प्रत्येक गतिविधि ममताले भरिएको हुन्छ । नातिले हरेक कुरामा रिसाउँदा पनि चुप लागेर स्याहार्छिन्, नातिलाई राति डर लागेर उठ्दा छेउमा पल्टिन्छिन्, नातिको जुत्ता च्यातिन्छ – आफ्नै चप्पल बेचेर नयाँ किन्दिन्छिन् । के त्यो माया बुझ्न शब्द चाहिन्छ ?
साङ-उ लाई एउटा असन्तुष्ट बालकको रूपमा चलचित्रमा देखाइएको छ । शहरमा आफ्नै आमा बिरामी परेपछि उसलाई गाउँमा लगिन्छ – त्यहाँ जहाँ न इन्टरनेट छ, न चिकन, न गेम । तर उसलाई गेम खेल्न ‘डिजिटल डिभाइस’ नै चाहिन्छ, खानलाई प्याक गरिएका खाना नै चाहिन्छ । अनि मनपर्ने भिडियो गेम चाहिन्छ । उसले हरेक कुरामा निहुँ खोज्छ, हजुरआमाको मौन अनुहार देखेर घृणा गर्छ र गाउँको जीवनलाई हेपेझैँ गर्छ । तर समयसँगै एउटा नमिठो अनुभव मीठो पाठमा परिणत हुन्छ – माया, सहिष्णुता र मौनताको भाषा बुझ्ने अनुभवमा ।
नेपालका सयौँ बालबालिका पनि आज सहरमा हुर्किँदै छन् – गाउँ भन्ने शब्द उनीहरूको शब्दकोशमा बाँकी त छ, तर अनुभूतिमा छैन । उनीहरूलाई हजुरआमाको हातको तातो ढिँडोभन्दा ‘म्याक्डोनाल्ड’को बर्गर मिठो लाग्छ । गाउँको बास, घाम, चुलो र ढुङ्गे धाराको कहानी उनीहरूलाई ’पछौटेपन’ लाग्छ । तर जब उनीहरू अचानक गाउँ जान्छन् – जब उनीहरूले करेसाबारीमा फुलेको सिमीको फूल, ढुङ्गामा बसेको भ्यागुतो र काठको खुर्पेटो समातिरहेकी बूढी आमालाई देख्छन् – त्यति बेला उनीहरूको मनमा एक किसिमको चिनजान जन्मिन्छ ।
चलचित्रको दृश्यहरूलाई नियाल्दा लाग्छ – कोरियन गाउँ, तर नेपाली मुटु । माटोको घर, फुसको छानो, खेतका आलीहरू, भैँसीको घाँटीमा झुन्डिएको घण्टी, टाढाबाट सुनिने कुकुरको भुकाइ – यस्तै त हो हाम्रो गाउँ पनि ! फिल्ममा हजुरआमाले कोठामा जतन गरेर आफूले नखाई राखेको खानेकुरा लगेर नातिलाई खुवाउँछिन्, हाम्री हजुरआमाले पनि त त्यही गर्नुहुन्थ्यो के रे ! फरक के छ भने त्यहाँ कोरियन भाषा हाम्रोमा नेपाली भाषा, तर मायाको भाषा त एउटै हो ।
गाउँले जीवन रमाइलो मात्रै होइन – कठिन पनि हो । फिल्ममा देखाइएझैँ हजुरआमाले खाना बचाएर राख्छिन्, रोग लाग्दा गतिलो उपचार छैन, छरछिमेकको सहारा नै सबै थोक हो । नेपालका गाउँहरू पनि यस्तै छन् । आज पनि कतै बुबाले बाख्रा बेचेर नातिको लुगाको खर्च जुटाएका छन् ।
‘द वे होम’को सबैभन्दा शक्तिशाली पक्ष हो – मौनता । हजुरआमाले बोल्न सक्दिनन्, तर उनका प्रत्येक गतिविधि ममताले भरिएको हुन्छ । नातिले हरेक कुरामा रिसाउँदा पनि चुप लागेर स्याहार्छिन्, नातिलाई राति डर लागेर उठ्दा छेउमा पल्टिन्छिन्, नातिको जुत्ता च्यातिन्छ – आफ्नै चप्पल बेचेर नयाँ किन्दिन्छिन् । के त्यो माया बुझ्न शब्द चाहिन्छ ?
नेपालका सयौँ हजुरआमा पनि आज यस्तै मौन माया बाँडिरहेका छन् । उनीहरूसँग कुरा गर्ने कोही नजिकका आफन्त छैन, छोराछोरी परदेश पसेका छन्, नातिनातिना सहरका अपार्टमेन्टमा व्यस्त छन् । तर हजुरआमा बिहानै उठ्छिन्, तुलसीमा पानी हाल्छिन्, सन्तानको नाम लिँदै पूजा गर्छिन् । कुनै दिन फर्किएला भनेर कुर्दै बस्छिन् । उनीहरूको त्यो मौनता त्यस्तो अ प्रेषित प्रेमपत्र जस्तै हो, जुन सम्बन्धित मान्छेलाई पठाइँदैन, तर हरेक दिन कोरिन्छ ।
जब साङ–उ आफ्नी हजुरआमालाई छाडेर सहर फर्कन लाग्छ । उसले पछाडि फर्किएर हेर्छ, पहिलो पटक उसले हजुरआमाको अनुहार बुझ्न खोजेको हुन्छ । नेपालका नातिनातिनाहरू पनि गाउँबाट फर्किँदा त्यस्तै अनुभूति गर्छन् होला- टाढिँदै गर्दा बल्ल थाहा हुन्छ, माया त त्यही थियो जुन देखिँदैनथ्यो तर महसुस हुन्थ्यो ।
साङ–उले बल्ल बुझ्छ – मायालाई बोल्ने होइन, महसुस गर्ने हो । हामीले पनि बुझ्न जरुरी छ, गाउँ हाम्रो जरा हो, हाम्रो आत्मा हो । सहरको भीडमा हराएर हामीले त्यो मौन मायालाई नबिर्सौँ, जसले हामीलाई बोल्न सिकायो, हिँड्न सिकायो, र जीवन बुझ्न सिकायो ।
सहरले हामीलाई धेरै कुरा दियो, सुविधा, सीप, सम्भावना । तर, गाउँले हामीलाई मानवता दियो, सहिष्णुता दियो, र मायाले भरिपूर्ण हृदय दियो ।
गाउँले जीवन रमाइलो मात्रै होइन – कठिन पनि हो । फिल्ममा देखाइएझैँ हजुरआमाले खाना बचाएर राख्छिन्, रोग लाग्दा गतिलो उपचार छैन, छरछिमेकको सहारा नै सबै थोक हो । नेपालका गाउँहरू पनि यस्तै छन् । आज पनि कतै बुबाले बाख्रा बेचेर नातिको लुगाको खर्च जुटाएका छन् । कतै आमाले सहरबाट आएका नाति नातिनीलाई जाँतोमा पिसेको पिठोको रोटी पकाएर खुवाउँदा हर्ष मानेकी हुन्छिन् । तर त्यो गरिबी माया दिएर समेटिएको हुन्छ । ‘द वे होमले यिनै कुरा मौन शैलीमा प्रस्तुत गर्छ – धुवाँ निस्किएको चुलो, टोलाएर हेरेको हजुरआमाको नजर, र अन्त्यमा आँसु सहितको अनुहारले भरिएको माया ।
चलचित्र हेर्दा, तपाईँ एक छिनका लागि सहर बिर्सनुहुन्छ । तपाईँको मन बाल्यकालतिर फर्किन्छ । जहाँ बिहान घाम लागेपछि बारीमा आमाको अनुहार देखिन्थ्यो, साँझ बुबाले आगोमा पोलेको आलु ल्याएर खान दिनुहुन्थ्यो । तपाईँलाई के लाग्छ होला थाहा छैन तर, मलाई पनि त्यही लाग्छ, गाउँले जीवन सरल थियो, साँचो थियो।
‘द वे होम’ एक चलचित्र होइन – एक अ प्रेषित स्नेह पत्र हो, जुन हाम्रा हजुरआमाले सहरमा रहेका नातिनातिनीहरूलाई लेखेका हुन् । त्यो पत्रमा शब्द छैनन्, तर भावना छन् । र त्यो पत्र पढ्न तपाईँलाई बोल्नुपर्ने आवश्यकता पर्दैन, केवल बुझ्न सक्ने मन चाहिन्छ ।
हामी धेरै पर आइपुगेका छौँ, सहरको भिडभाड, हतारो, प्रविधिको चमकमा । हिजो गाउँमा हिँडेको बाटो आज ‘गुगल म्याप’मा हराइसकेको छ, हिजोको तुलसीको मठ आज बालकोनीको गमलामा सीमित छ । तर ‘द वे होम’ हेर्दा मन एकपल्ट फेरि फर्कन्छ त्यही गल्लीमा, त्यही हजुरआमाको अँगालोमा, त्यही मौन ममताको संसारमा । त्यो मौनता, जुन शब्दमा आउँदैन, तर आँखामा झल्किन्छ । त्यो माया, जुन गुनासो बिना दिइन्छ, तर जीवनभर महसुस हुन्छ।
सहरले हामीलाई धेरै कुरा दियो, सुविधा, सीप, सम्भावना । तर, गाउँले हामीलाई मानवता दियो, सहिष्णुता दियो, र मायाले भरिपूर्ण हृदय दियो ।
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका शीर्ष नेताहरू चलचित्र महाभोज हेर्न सिटी सेन्टर पुगेका छन् ।
प्रचण्ड, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल तथा समाजवादी मोर्चाका नेताहरू आज साँझ ५ बजेको शो हेर्न काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरको बिग मुभिज पुगेका हुन् । माओवादीका जनवर्गीय संगठनका नेताहरू र समाजवादी मोर्चाका अन्य नेता-कार्यकर्ताहरू पनि उनीहरूका साथमा थिए ।
उपत्यका जनसम्पर्क तथा सांस्कृतिक अभियान अन्तर्गत जनसांस्कृतिक महासंघ, नेपाल, बागमती प्रदेशको आयोजनामा चलचित्र महाभोज को विशेष प्रदर्शन गरिएको हो ।
प्रगतिशील समाज रूपान्तरण र समसामयिक कथावस्तुमा आधारित यस चलचित्रले ‘सत्य कहिल्यै लुक्न सक्दैन’ भन्ने मूल सन्देश बोकेको छ ।
चलचित्र महाभोज का निर्माता हिमाल कडरिया हुन् भने निर्देशक दिनेश राउत र कार्यकारी निर्माता किरण नेपाली रहेका छन् । चलचित्रमा दयाहाङ राई, खगेन्द्र लामिछाने, आर्यन सिग्देल, बुद्धि तामाङ, अञ्जना बराइली, मल्लिका महत, गौमाया गुरुङ, बसुन्धरा भुसाललगायत कलाकारहरूको अभिनय रहेको छ ।
काठमाडौं । लोकप्रिय टेलिभिजन कार्यक्रम कमेडी च्याम्पियन र कमेडी नाइट विथ च्याम्पियनका निर्माता विशाल भण्डारी चेक अनादर सम्बन्धी मुद्दामा दुईपटक पक्राउ परेर छुटेको खुलेको छ । भण्डारीले दिएको चेक नसाटिएको भन्दै व्यापारिक साझेदार हरि भट्टराईले प्रहरीमा उजुरी गरेर उनलाई दुईपटक थुनाएका हुन् ।
नेपाल प्रेसको सम्पर्कमा आएका भट्टराईले भण्डारीले लगाएका आरोपहरुको खण्डन गरेका छन् । भण्डारीले मापसे गरेर कम्पनीको गाडी दुर्घटना गराएको र त्यसको सबै क्षतिपूर्ति कम्पनीकै थाप्लोमा हाल्न खोजेपछि आफूले अलग्गिने निर्णय लिएको उनको भनाइ छ ।
मलेसियामा बसेर व्यवसाय गर्दै आएका भट्टराईले त्यहाँ कमाएको पैसा नेपालमै लगानी गर्ने सोचका साथ भण्डारीसँग साझेदारी गरेको बताए ।
उनले भने, ‘दुई वर्षअघि नेपाल आउँदा विशाल भण्डारीसँग भेट भएकोउ थियो । उनको प्रस्ताव ठिक लागेपछि कमेडी च्याम्पियनमा लगानी गर्न तयार भएँ ।’
लगानी गरेको २४ महिनासम्म रकम फिर्ता माग्न नपाउने विषयमा भद्र सहमति भएको उनले पनि स्वीकार गरेका छन् । तर, गाडी दुर्घटनापछि आफूले उक्त सहमति तोड्नु परेको भट्टराईको भनाइ छ ।
‘सबै कुरा ठिकठाकै चलिरहेको थियो । तर, उहाँ नगरकोट जाँदा गाडी दुर्घटनामा पर्नुभयो । रक्सी खाएर गाडी चलाउनुभएको रहेछ । कम्पनीको गाडी पूरै ध्वस्त भयो । घाइतेहरुको उपचार पनि गर्नुपर्यो । यो सबै खर्च उहाँले कम्पनीको नाममा थोपर्नुभयो, जसमा मेरो असहमति थियो । त्यसपछि नै मैले मेरो लगानी फिर्ता मागेको हो’, भट्टराईले भने ।
उक्त दुर्घटनामा भण्डारीले ५० लाख रुपैयाँ क्षति कम्पनीको नाममा चढाएको उनले बताए ।
भट्टराईले थपे, ‘त्यो दुर्घटनाको पचास लाख माथि खर्च निकालिएकोउ थियो । मापसे गरेर भएको दुर्घटना इन्सुरेन्सले पनि नव्यहोर्दो रहेछ । तर त्यस्तो खर्च त कम्पनीलाई भराउन पाइएन नि ! कम्पनीको कामले गएको भए अलग कुरा हुन्थ्यो ।’
त्यसपछि आफूले लगानी फिर्ता माग्दा भण्डारीले विभिन्न मितिको चेक काटेर दिएको उनले बताए । तोकिएकोउ मितिमा ती चेक नसाटिएपछि आफूले चेक बाउन्स गराएर प्रहरीमा मुद्दा हालेको उनले जानकारी दिए ।
उनले भने, ‘उहाँलाई दुईपटक प्रहरीले चेक अनादर केसमा पक्राउ गरेर थुन्यो । दुवैपटक उहाँ एक दिन हिरासत बसेर छुट्नुभयो ।’
दुर्घटना भएको बेला भट्टराई देशबाहिरै थिए । कमेडी च्याम्पियन केही हप्ता रोकियो । त्यसपछि आफू तत्काल नेपाल फर्किएर अब सहकार्य नगर्ने निर्णय सुनाएको उनी बताउँछन् ।
‘२४ महिनासम्म लगानी फिर्ता नमाग्ने भद्र सहमति थियो रे त ?’ भन्ने प्रश्नमा भट्टराईले भने, ‘त्यसोभए उहाँले चेक काटेर किन दिनुभयो त ? उहाँले कम्पनीलाई त्यत्रो क्षति पुर्याएपछि म सहकार्य गर्दिनँ, लगानीको पैसा फिर्ता देऊ भन्न त पाउँछु नि । दुर्घटनापछि नै उहाँले मलाई चेक दिनुभएको हो ।’
आफूले पावर लगाएर थर्काएको, धम्काएको भन्ने आरोप उनले अस्वीकार गरेका छन् । उनले भने, ‘अदालतमा मुद्दा छ, पुलिसमा जाहेरी छ । अब धम्काउने, थर्काउने कुरा कसरी आउँछ ?’
भण्डारीले करिब १८÷१९ महिनाअघि भट्टराईले ३.५ करोड लगानीमा ३० प्रतिशत सेयर लिने गरी भट्टराई कम्पनीमा प्रवेश गरेको बताएका छन् । भण्डारीका अनुसार सेयर बाँडफाँटपछि उनीहरू दुईजना कम्पनीको सञ्चालक र बाँकी दुई शेयरधनी साधारण सदस्य रहने गरी सम्झौता भएको थियो ।
कम्पनीको तर्फबाट गरिने आर्थिक कारोबारका चेकहरुमा भण्डारीको एकल हस्ताक्षर हुने प्रावधान बनाइएको थियो । तर, सम्झौता विपरीत कमेडी च्याम्पियन सिजन ३ सकिनासाथ पैसा मागरेर आफूलाई मानसिक यातना दिएको भण्डारीको आरोप छ ।
आफूले कमेडी च्याम्प्यिन सिजन २ का विजेता सुनिल खड्कालाई भट्टराईकै कारण पुरस्कार दिन नसकेको बताएका छन् । साथै आफूले भोगेको अन्यायबारे प्रधानमन्त्रीको सचिवालयलाई समेत गुहारेको उनले बताएका छन् । तर, कानुनी प्रक्रियामा गइसकेपछि अदालतको फैसला अन्तिम हुने भट्टराईको भनाइ छ ।
काठमाडौं । गायक दुर्गेश थापाले मोडल गुराँस नानीलाई नयाँ फोन गिफ्ट दिने भएको छन। आफु अनर (HONOR) फोन को ब्रान्ड एम्बेसडरमा नियुक्त भएपछि उपहारस्वरुप पाएको फोन दुर्गेशले गुराँस नानीलाई दिन लागेका हुन। फोन उपहार दिने भएपछि दुर्गेशले गुराँसको उज्जवल भविष्यको कामना गर्दै एक स्टाटस् पनि लेखेका छन ।
दुर्गेशले स्टाट्समा लभ इमोजी राखेर लेखेका छन, ‘गुराँस नानी, हजुरको सपना, कलाकारिताको चाहाना र हजुरको शैलीलाई मन पराएर नै हामिले पछिल्लो समय हजुरसँग सहकार्य गर्यौ जसले निकै सफलता प्राप्त गरेको छ। म अनरको ब्रान्ड एम्बेसडर बनेपछि पाएको पहिलो X6c फोन हजुरलाई उपहार दिँदा यो खुशी अझ बिशेष बनेको छ। यो फोनलेअब हजुरको प्रस्तुति अझै बिशेष बन्नेछ । सधै माया, सधै सम्मान — दुर्गेश थापाको तर्फबाट।’
दुर्गेशले गुराँसलाई दिन लागेको अनरको X6c फोन यहीँ जुलाई १३ मा लन्च भएको हो। जसको बजार मूल्य १२८ जिबिको १६,९९९ रुपैयाँ र २५६ जिबिको १८,९९९ रुपैयाँ छ।
दुर्गेशले १० दिन अघि भ्लगर सिसन बानियाँसँग मिलेर नयाँ गीत ‘जाने भए जाउ माया’ बोलको गीत बजारमा ल्याएका थिए। यो गीतले रिलिजको २४ घण्टाभित्र धेरै भ्युज पाउने नेपाली गीतको रेकर्ड बनाएको थियो। रिलिजको दुई घण्टामै ट्रेन्डिङमा उक्लिएको गीतलाई २० घण्टामै १६ लाख ३६ हजारभन्दा बढीपटक हेरिएको थियो। २४ घण्टाभित्र यति धेरै पटक कुनै नेपाली गीत हेरिएको थिएन। अहिलेसम्म यो गीतलाई ७९ लाख ४४ हजार पटक बढी हेरिएको छ भने गीत अहिले पनि म्युजिकको ट्रेन्डिङ नम्वर १ मा छ।
गीतको भिडियोमा दुर्गेश र सिसनसँगै गुँरास नानी फिचर्ड छिन् ।
काठमाडौं । लोकप्रिय टेलिभिजन कार्यक्रम कमेडी च्याम्पियन र कमेडी नाइट विथ च्याम्पियनका निर्माता विशाल भण्डारी गम्भीर आर्थिक झमेलामा परेका छन् । साझेदारले धोका दिएपछि आफू मुद्दा-मामिलामा फँसिरहेको उनको गुनासो छ ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै भण्डारीले गुनासो पोखेका हुन् । आफ्नो पहुँचको दुरुपयोग गरेर साझेदारले आर्थिक शोषण गरेको तथा मानसिक यातना दिएको उनको आरोप छ । उनले समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत गुहारेका छन् ।
भण्डारीका अनुसार करिब १८/१९ महिनाअघि आफूलाई एनआरएन दावी गर्ने एक व्यक्तिले ३.५ करोड लगानीमा ३०% सेयर लिने गरे कम्पनीमा प्रवेश गरेका थिए । उनीसँग भएको करारमा २४ महिना लगानी ननिकाल्ने स्पष्ट उल्लेख भएको भण्डारीले बताएका छन् । कमेडी च्याम्पियन सिजन ३ चलाउन आवश्यक परेको १.५ करोड तत्काल दिने र पछि मुनाफाको हिसाब आएपछि थप गरेर ३.५ करोड पुर्याउने मौखिक ‘भद्र सहमति’ भएको उनको भनाइ छ ।
भण्डारीका अनुसार सेयर बाँडफाँटपछि उनीहरू दुईजना कम्पनीको सञ्चालक र बाँकी दुई शेयरधनी साधारण सदस्य रहने गरी सम्झौता भएको थियो । कम्पनीको तर्फबाट गरिने आर्थिक कारोबारका चेकहरुमा भण्डारीको एकल हस्ताक्षर हुने प्रावधान बनाइएको थियो । अनुमानित मुनाफा जोडेर आफूसँग ती साझेदारले ५० लाखको दुईवटा, २५ लाखको एउटा र ३० लाखको तीनवटा गरेर २ करोड १५ लाखको सेक्युरिटी चेक लिएको भण्डारीले बताएका छन् ।
‘कमेडी च्याम्पियन सिजन ३ सकिनासाथ मसँग पैसा कहिले आउँछ, म निस्किन्छु भन्ने बहाना बनाएर सम्झौताविपरीत मलाई पैसाको लागि मानसिक यातना दिन थालियो,’ उनले लेखेका छन् ।
चेकमा लेखेको पैसा नआएपछि साझेदारले बैंकिङ कसुरमा मुद्दा दायर गरे । आफूलाई मुद्दाको दबाबमा राखेर २ करोड ४० लाख रूपैयाँ असुलिएको भण्डारीले बताएका छन् । यसमा भएको बैंकिङ करोबारको सबै प्रमाण आफूसँग रहेको उनको भनाइ छ ।
कम्पनीका बाँकी शेयर धनीले पनि आफूलाई विभिन्न मुद्दा हालेर हिसाब मागेको भण्डारी बताउँछन् । उनकाअनुसार २.४ करोड अपचलन लगायतको मुद्दा जिल्ला अदालत काठमाडौ र उच्च अदालत पाटनमा चलिरहेको छ । चेकबापत दाबी गरेको रकम लगेर पनि मिलापत्र गर्न नआएको भन्दै उनले पनि साझेदारविरुद्ध आपराधिक लाभको मुद्दा काठमाडौं परिसरमा हाले ।
‘जति गरेपनि उसले लगेको पैसा फिर्ता नगर्ने र जबरजस्ति पेलेरै जाने नियत देखाएपछि मैले बाँकी शेयर धनीलाई सहमत गराएर उसले लगेको २.४ करोडमध्ये बढी गएको ९० लाखको नेपाल सरकारको कम्पनी ऐन अन्तर्गत हुन आउने कर तिरायर मिलापत्र गर्ने सल्लाह भयो,’ भण्डारी भन्छन्, ‘तर अझै पनि मिलापत्र गर्न नआउने, कहिले कार्यक्रम रोक्न मुद्दा हाल्ने, कहिले कम्पनीको खाता रोक्न मुद्दा हाल्ने धम्काउने लगायतको काम गर्ने गरेर कम्पनिको कार्यसम्पादनमा निरन्तर रुकावट गर्ने काम भइरहेको छ ।’
भण्डारीले सिजन ३ को विजेतालाई कार पुरस्कार दिन नसकेकोमा दु:खमनाउ गरेका छन् । कमेडी च्याम्पियन सिजन २ मा सुनील खड्का विजेता भएका थिए र कार जितेका थिए । सीजी मोटर्स अन्तरगतको नेटा भीको गाडी जिते पनि खडेकाले अहिलेसम्म नपाएका हुन् ।
भण्डारी भन्छन्, ‘यसअघि बिजेतालाई महिना दिन नबित्दै गाडी उपहार दिने ईतिहास थियो हाम्रो, तर यो पटक सिजन ३ को बिजेता कलाकार भाईलाई घोषित पुरस्कार दिन सकिएको छैन । कतिमय विभागको वेतन पनि बाँकी नै छ । समयमा पैसा दिन ठुलै कसरत गर्दा पनि नसकिने अवस्थामा उसले पुर्याएर छाडेको छ ।’
यो विषयमा प्रधान मन्त्री केपी शर्मा ओलीको सचिवालयमा गएर मद्दत मागेको भण्डारीले बताएका छन् ।
‘सचिवालय भन्दा माथि पुग्यो पुगेन थाहा भएन । देश बनाउँछु भन्नेलाई मेरो मुद्दा सानो लागेको पनि हुन सक्छ,’ उनले भनेका छन् ।
‘संघर्षबाट बिचलित भई हरेस खाएर आत्तिने स्वाभावको कोही अरु मेरो स्थानमा हुन्थ्यो भने कुनै अप्रिय घट्ना घटिसक्थ्यो,’ भण्डारी लेख्छन्, ‘उसले गलत प्रभाव र भ्रममा पारेकोले हुन सक्छ सम्बन्धित निकायका (प्रहरि परिसरका ठुलै दर्जाका प्रहरी लगायतले) अधिकारीहरुले पनि थोरै वास्तविकता नियाल्न आवश्यक नै ठानेनन् । उल्टै मलाई गरेको त्यो बेलाको तुच्छ सम्बोधन आज पनि स्मरण हँुदा अप्रिय लाग्छ । मरेतुल्य भएको त्यो क्षण बिर्सन खोज्दा पनि सक्दिनँ ।’
यो मुद्दालाई सरकार र न्यायालयले गम्भीरताका साथ हेर्न जरुरी रहेको भण्डारीले उल्लेख गरेका छन् । यदि कार्यक्रम बन्द भएमा ११० जनाको रोजगारी गुम्ने भन्दै उनले सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।
भण्डारीले साझेदारको नाम गोप्य राखे पनि नेपाल प्रेसले बुझेअनुसार उनी मलेसियामा रहेर व्यवसाय गर्दै आएका हरि भट्टराई हुन् । भट्टराईको तर्फबाट कुनै पनि सार्वजनिक बयान आएको छैन ।
यस विषयमा नेपाल प्रेसले प्रधानमन्त्रीको सचिवालयमा सम्पर्क गर्दा भण्डारीले सहयोग मागेको बुझियो ।
सचिवालयका एक जिम्मेवार सदस्यले भने, ‘उहाँ आएर कुराकानी गर्नुभएको हो । तर, यस्तो विषयवस्तु प्रधानमन्त्रीलाई सुनाउने कुरा हुँदैन । हामीले प्रहरीसँग समन्वय गरिदिएका थियौं ।’
काठमाडाैं। माअोवादी केन्द्रका नेता सुदन किरातीले आफू मन्त्री हुँदा जनवादी गायक जीवन शर्माले संगीत एकेडेमीको कुलपति हुन नमानेको बताएका छन् । २०७९ फागुनमा आफू संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुँदा संगीत एकेडेमीको कूलपति हुनुस् भनेर अनुरोध गर्दा शर्माले इन्कार गरेको बताएका छन् ।
किरातीले संजालमा शर्मासँगको तस्बिर सेयर गर्दै लेखेका छन्, ‘३ फागुन ०७९ मा उहाँलाई मैले भनेको थिएँ, तपाई नेपाल नाट्य सङ्गीत प्रतिष्ठानको कुलपति बनिदिनुहोस्। उहाँले भन्नु भयो प्रस्तावको लागी धन्यवाद, कृपया मलाई कुलपति नबनाइ दिनुहोस् ।’
शर्माले कूलपति बन्न नमानेको देख्दा आफू अचम्ममा परेको उल्लेख गरेका छन् । उनले थप लेखेका छन्, ‘नेपालमा त्यस्तो मान्छे पनि रहेछ त्यति ठूलो पदमा बसिदिनुहोस् भन्दा पनि बस्दिन भन्ने ।’
किरातीले शर्मासँगको भेटको तस्बिर पनि सार्वजनिक गरेका छन् । शर्माका ‘छेकेर छेकिन्न’, ‘लिस्ने लेकमा’, ‘सल्लाघारीमा’, ‘सामान्तले’, ‘पाल्पा रानीवन’, ‘कोही साथी’ लगायत गति चर्चित छन् । त्यसबेला पूर्वमन्त्री किरातीले निशा शर्मा संगीत एकेडेमीको कूलपति नियुक्त गरेका थिए ।
भर्खरै लेखक राधिका कल्पितको कथासंग्रह ‘सम्मोहन’ सार्वजनिक भएको छ । १४ वटा कथा संग्रहित यस संग्रहभित्रका कथाहरुले महिला, अल्पसंख्यक लैंगिक समूहका नित्तान्त नीजि अनुभूतिहरुलाई समेटेको छ । सुन्दर शब्द शिल्पसहित गम्भीर मुद्दामाथि लेखिएका कथाहरु पठनयोग्य छन् ।
कथासंग्रहअघि राधिकाले ‘वरफका कोइलाहरु’ कवितासंग्रह ल्याएकी थिइन् । लेखनको अलवा राधिका प्राध्यापन पेशामा पनि सक्रिय छिन् । उनै रधिकालाई अर्की कथाकार रेनुका जिसीले पाँच प्रश्न सोधेकी छन् । प्रस्तुत छ, कथाकारलाई कथाकारकै पाँच प्रश्न अन्तर्गत राधिका र रेनुकाबीचको कुराकानी :–
आफ्ना कुराहरू कवितामै भनिरहनुभएको थियो । पछिल्लो समय बाटो बदलेर कथातिर लाग्नुभयो, किन ?
एउटा लेखकका लागि सबैभन्दा महत्वपूर्ण कुरा आफूले लेखनमार्फत् के व्यक्त गर्न खोज्दैछु भन्ने हो । दोस्रो कुरा, आफूले भन्न खोजेको कुरा कुन विद्यामा सहज र स्वतःस्फुर्त रुपमा अभिव्यक्त गर्न सकिन्छ भन्ने हो । जुन विद्यामा लेखे पनि लेखनका विषयवस्तु यही समय, यही समाज र यही ब्रम्हाण्डसँग जोडिएका हुन्छन् ।
यति हुँदाहुँदै पनि एउटै कुरा कथामार्फत् र कवितामार्फत् भनिनुले अलि फरक प्रभाव पार्दाे रहेछ । मेरो लेखन यात्रा स्वान्त सुखायबाट सुरु भएको थियो । समयक्रममा मेरो लेखनको उद्देश्य आवाजविहीनहरुको आवाज मुखरित गर्नु, केही सामाजिक मुद्धाहरुमा आफ्नो मत राख्नु, विभेद र विसंगतिका बिरुद्ध आवाज उठाउनु बन्यो । यसका लागि आख्यानमा एउटा पात्र खडा गरेर त्यो पात्रमार्फत् आफ्ना कुराहरु भन्दा पाठकले पनि आफूलाई पात्रमा अनुभूत गर्न सक्दा रहेछन् । यसको प्रभाव प्रत्यक्ष र प्रभावकारी हुँदोरहेछ ।
मेरा कविताका पाठक कवि या साहित्यकार मात्र थिए । तर, पछिल्लो मेरा केही कथाहरु बाहिर आएपछि गैरसाहित्यिक व्यक्तिले पनि आफ्ना प्रतिक्रिया दिनुभयो । यसबाट मैले कविताले भन्दा कथाले पाठकलाई प्रत्यक्ष सम्बोधन गर्न सक्दोरहेछ कि जस्तो लाग्यो ।
तपाईंले ‘सम्मोहन’ कथासङ्ग्रहभित्रका केही कथाहरुमा महिला र अल्पसंख्यक लैङ्गिक समूहका नितान्त निजी अनुभूतिहरुलाई निकै निर्भिक र सुन्दर ढङ्गले कथामा ल्याउनुभएको छ । यस्ता विषयवस्तुमा लेख्नुका पछाडि केही ठोस कारण छन् ?
नेपाली साहित्यमा महिलाका नितान्त नीजि अनुभूतिहरु न्यायसंगत ढङ्गबाट आएनन् । सबै अनुभूति पुरुषका नजरबाट लेखिए । उदाहरणका लागि महिला सौन्दर्य पुरुषका आँखाबाट अथवा एकजना पुरुषले नारी सौन्दर्यलाई जसरी वोध गर्छ, त्यसरी नै लेखियो । त्यस्तै प्रेम, विवाह अथवा अन्य नारी पुरुष सम्बन्धका विविध आयामहरुमा नारीलाई एक निष्क्रिय पात्र अथवा निष्क्रिय ग्रहणकर्ताका रुपमा चित्रण गरिएको पाइन्छ ।
प्रेम होस् या यौन, विवाह होस् अथवा विचार नै किन नहोस्, जुनसुकै संबन्धका लागि पुरुष अग्रसर हुने, पुरुष निर्भिक प्रस्तावक हुने र नारी जहिले पनि प्यासिभ रिसेप्टर अथवा निष्क्रिय ग्रहणकर्ता, मौन स्विकृति दिने खालका पात्रका रुपमा चित्रण गरियो । उदाहरणका लागि स्त्रीको मौनताको संकेत प्रतिरोध पनि हुन सक्थ्यो तर, त्यसलाई प्रतिकारको रुपमा नबुझाएर त्यसलाई ‘मौन स्विकृति लक्षणम्’ भनेर अपव्याख्या गरियो । महिलालाई इन्कार, इजहार या प्रतिरोध गर्नसक्ने पात्रका रुपमा उभ्याउन सकिएन ।
यसो भन्दैमा नेपाली साहित्यमा यस्ता पात्र आउदै आएका छैनन् भन्न खोजेको होइन । विपीका आख्यानका इन्द्रमाया, सुम्निमा जस्ता विद्रोही र सक्रिय महिला पात्र आएका छन् । तर आम लेखाइमा पुरुषले महिलालाई सक्रिय, विद्रोही भन्दा पनि त्यागी, सहनशील, सुन्दरी, कोमल भनेर चित्रण गर्न रुचाएको देखिन्छ । अब महिलाको सौन्दर्य के लाई मान्ने ? चरित्रका मापदण्ड के हुन् त ? के अब भानुभक्तिय वधूशिक्षा र चाणक्य नीतिमा व्याख्या गरिए अनुसारकै चारित्रिक गुणलाई सकार्दै र गुनगान गाउँदै लेखिरहने हो त ? के जैविक रुपमै महिला प्यासिभ रिसेप्टर हुन त ? अबका कुनै नारीले आफूलाई मनपर्ने पुरुषलाई प्रेम या विवाहको प्रस्ताव राखिन् भने सुर्वणखाको जस्तै नाक काटिरहने हो त ? विधवाहरु सतित्वको नाममा स्वत्व मार्दै जानुलाई गौरव मानिरहने हो त ?
मलाई लाग्छ अब यी कथ्य र भाष्य पुर्नपरिभाषित हुन जरुरी छ । र यही नारीवादी दृष्टिकोणबाट पारिजात, बानिरा गिरी र प्रेमा शाहका कलमबाट महिलालाई सक्रिय कर्ताका रुपमा आख्यानको केन्द्रमा राखेर लेखिए । तर विपि, पारिजात हुँदै त्यही गतिमा, निरन्तर विकसित रुपमा जसरी आइरहनुुपथ्र्यो, आउन सकिरहेको छैन । वर्तमान भौतिक समाज कहाँ नाबालक कन्यादानको समयबाट लिभिङ टुगेदसम्मको उत्तरआधुनिक समाजमा फड्को मारिसकेको छ । तर, लेखनमा भने नारी पात्रलाई सहनशिला, शुशिला र प्यासिभ रिसेप्टरकै रुपमा चित्रण गर्न छाडिएको छैन ।
जैविक रुपमै महिला पुरुषजत्तिकै (कुनै पक्षमा अझ बढी) शक्तिशाली छन्, निडर छन्, आत्मविश्वासी छन् तर, लैङ्गीक संरचना र सोचले त्यसको उल्टो बन्न वाध्य पारेको छ । अनि त्यही उल्टोपाल्टो पारिएको तथ्यलाई साहित्यकारहरुले अझ बढाइचडाई गरी उहि स्टरियोटाइप्सकै कोमल, सुन्दरी, लजालु, दयालु, क्षमाशील अनि जे भने पनि हवस् भन्दै टाउको हल्लाउने नारी पात्र खडा गरिरहेका छन् । अब त महिलाको नैसर्गिक स्वभाव जस्तो छ त्यस्तै निडर, आत्मसम्मानयुक्त डोमिन्यान्ट क्यारेक्टर बनाएर लेखिनुपर्छ भन्ने लाग्छ । म त्यही कुरालाई केन्द्रमा राखेर लेख्ने प्रयास गरिरहेकी छु ।
महिलालाई लेखनका लागि सहज वातावरण छ ? तपाईंले भोगेका असहजता के के हुन् ?
यसमा तीनवटा प्रमुख वाधकहरु भोगेँ मैले । एउटा घरभित्र लेखक भनेर नस्विकारिनु र लेखकका लागि चाहिने यथेष्ठ समय र वातावरण नपाउनु । दोश्रो चुनौती हो, हजारवटा बाधाहरु छिचोलेर एउटा महिलाले केही चिज बजारमा ल्याएको हुन्छ । अनि बजारमा आएपछि महिलाको साहित्य भनेपछि महत्वका साथ नपढिनु । तेस्रो हो, यसैपनि समाजमा लेखनलाई अनुत्पादक भनेर बुझिएको छ । त्यसमाथि महिलाले जागिर बाहेकका घर र गृहस्थलाई दिएको समय नै अनुत्पादक भनेर भनिरहेको बखतमा लेख्नका लागि आवश्यक अनुसन्धान, स्थानीय स्थलको अवलोकन र त्यो ठाउँलाई आत्मसात गरेर आख्यानीकरण गर्न एउटी महिलालाई खै सुविधा ? एउटै ठाउँमा पटक–पटक पुग्नुपर्ने हुनसक्छ, एउटै पात्रसँग पटक–पटक भेट्नपर्ने हुनसक्छ, जुन कुरा मिलाउन एउटा महिलालाई असम्भव प्रायः हुन्छ । सायद नेपाली आममहिला लेखकको साझा समस्या यही हो जस्तो लाग्छ । म पनि त्यसबाट अछुतो छैन ।
यस संग्रहका पाठकहरूबाट कस्तो अपेक्षा राख्नु भएको छ ? के त्यो अपेक्षा पूरा भएको छ ?
‘सम्मोहन’मा मैले महिलाका केही निजात्मक अनुभूति, स्त्रीपुरुष मनोविज्ञान र लैङ्गिक अल्पसंख्यकहरुको आवाजलाई समेटेकी छु । जति पाठकले पढ्नुभएको छ, त्यसबाट राम्रो र उत्साहजनक प्रतिक्रियाहरु आएका छन् । तर नेपाली साहित्यिक बजार प्रचारप्रसारमुखी रहेछ, त्यसमा होडबाजी गर्न, भिड्न नसक्नेको किताब सबैतिर नपुग्दो पनि रहेछ । तर स्तरीय साहित्य ढिलोचाँडो पढिन्छ । यो पुस्ताले नपढे अर्को पुस्ताले पढ्छ भन्ने कुरामा विश्वस्त छु । मलाई हतार र भिडन्त गर्नु पनि छैन ।
तपाईंका कथाको मूल स्वर के हो ?
मेरा कथामा स्वतःस्फूर्त रुपमा नारीपुरुष मनोविज्ञान आउँछ । मेरा कथाहरु घटनाविशेष भन्दा पनि चरित्र विशेष हुन्छन् । एउटा पात्रको चरित्रका विभिन्न आयामहरुलाई चिरफार गर्नु नै मेरो लेखनको ध्येय रहन्छ । एउटै मान्छे समाजमा फरक–फरक पात्रको रुपमा फरक फरक अनुहारमा बाँचेको हुन्छ । उसको अदृश्य र अन्तरनिहित स्वभाव र मनोप्रवृत्तिको मुकुण्डो उर्ताने प्रयास नै मेरा कथाको प्रयास हुन् ।
काठमाडौं । नेपालमा पहिलो पटक हरर, काल्पिनक र लोककथा चलचित्र महोत्सव आयोजना हुने भएको छ ।
अन्तर्राष्ट्रिय रूपमा मनाइने पर्व हेलोवीनको अवसरमा अक्टोवर ३१ देखि नोभेम्वर २ सम्म महोत्सव आयोजना हुन लागेको महोत्सवका निर्देशक रसिक पाठकले बताए ।
उनका अनुसार, नेपालमा यी बिधाका चलचित्र खासै नबन्ने र दर्शकले हेर्न पनि नपाउने अवस्था भएकाले नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले महोत्सव मार्फत यस्ता बिधाका चलचित्रहरुलाई देशमा प्रचार प्रसार गर्न आयोजना गर्न लागिएको हो । नेपालमा यस्ता चलचित्र निमार्णका लागि महोत्सवले थप वातावरण बनाउन सजिलो बनाउने उनको विश्वास छ ।
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानद्वारा नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिवल (नीफ) को सह–आयोजनामा महोत्सव हुन लागेको पाठकले बताए । महोत्सव गर्नुको मुख्य उदेश्य भनेको नेपालमा हरर, काल्पनिक र लोककथामा आधारित चलचित्रहरूलाई प्रवद्र्धन गर्ने र यी विधाहरूका लागि दर्शकहरू बढाउन मद्दत गर्ने लक्ष्य राखेको पाठकको भनाई थियो ।
महोत्सवमा अन्तराष्ट्रिय प्रतिस्पर्धा मात्रै हुनेछ भने सो प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्म, सर्ट फिल्म, साउथ एसियन फिल्म र युथ फिल्म लाई पुरस्कृत गर्ने आयोजकले जनाएको छ । यसका साथै चलचित्रहरुको लागि आवेदन पनि खुल्ला गरिएको पाठको भनाई छ ।
काठमाडौँ । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो सिजनका लागि कर्णाली यसभिएसले महानायक राजेश हमाललाई आफ्नो ब्राण्ड एम्बेसडरको रूपमा अनुबन्धित गरेको छ । कर्णाली यसभिएसका व्यवस्थापक लोकेन्द्र गिरी र अभिनेता हमालबिच शनिबार सम्झैता पत्रमा हस्तक्षर भएको हो ।
कर्णाली यसभिएसले अभिनेता हमाल जस्तो दिग्गज व्यक्तिलाई आफ्नो ब्राण्ड एम्बेसडरको रूपमा पाउनु गौरवको कुरा भएको बताए । त्यस्तै महानायक हमालले कर्णाली यसभिएसले नेपाली महिला खेलाडीहरुलाई हौसला प्रदान गर्ने अवसर दिएकाे भन्दै खुशी व्यक्त गरे । हमालले आफूले पनि जिवनका विभिन्न चरणमा भलिबल खेलेको स्मरण गर्दै भने भलीबल एउटा राष्ट्रिय खेल हो । यसका माध्यमबाट हाम्रा चेलीहरुले विश्वमा एउटा छुट्टै स्थान बनाउन सक्नेछन् । हमालले गत वर्षको च्याम्पियन टोली कर्णाली यसभिएसले यो वर्ष पनि बाजी मार्ने विश्वास व्यक्त गरे ।
कर्णाली यसभिएसले बिहिबार मात्रै प्रशिक्षकको रुपमा कुमार राई र मार्की खेलाडी सुमित्रा रेग्मीलाई यो वर्ष पनि निरन्तरता दिएको छ । पहिलो संस्करणको विजेता समेत रहेको कर्णालीले दोस्रो संस्करणमा मार्की खेलाडी सुमित्रा रेग्मीलाई निरन्तरता दिएको हो । दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग ईन्फिनिटी ड्रिम्सको आयोजनामा आगामी भदौ २० गतेदेखि २८ गतेसम्म हुनेछ।
काठमाडौँ । नेपालमा पहिलो पटक हरर, काल्पिनक र लोककथा चलचित्र महोत्सव आयोजना हुने भएको छ ।
अन्तर्राष्ट्रिय रूपमा मनाइने पर्व हेलोवीनको अवसरमा अक्टोवर ३१ देखि नोभेम्वर २ सम्म महोत्सव आयोजना हुन लागेको महोत्सवका निर्देशक रसिक पाठकले बताए ।
उनका अनुसार, नेपालमा यी बिधाका चलचित्र खासै नबन्ने र दर्शकले हेर्न पनि नपाउने अवस्था भएकाले नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले महोत्सव मार्फत यस्ता बिधाका चलचित्रहरुलाई देशमा प्रचार प्रसार गर्न आयोजना गर्न लागिएको हो ।
नेपालमा यस्ता चलचित्र निमार्णका लागि महोत्सवले थप वातावरण बनाउन सजिलो बनाउने उनको विश्वास छ ।
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानद्वारा नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिवल (नीफ) को सह–आयोजनामा महोत्सव हुन लागेको पाठकले बताए ।
महोत्सव गर्नुको मुख्य उदेश्य भनेको नेपालमा हरर, काल्पनिक र लोककथामा आधारित चलचित्रहरूलाई प्रवद्र्धन गर्ने र यी विधाहरूका लागि दर्शकहरू बढाउन मद्दत गर्ने लक्ष्य राखेको पाठकको भनाई थियो ।
महोत्सवमा अन्तराष्ट्रिय प्रतिस्पर्धा मात्रै हुनेछ भने सो प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्म, सर्ट फिल्म, साउथ एसियन फिल्म र युथ फिल्म लाई पुरस्कृत गर्ने आयोजकले जनाएको छ । यसका साथै चलचित्रहरुको लागि आवेदन पनि खुल्ला गरिएको पाठको भनाई छ ।
काठमाडौं । गायिका एलिना चौहानले आफ्नो चरित्रको बचाउका लागि विगत खोतल्न बाध्य भएको बताएकी छन् । पूर्वपति बिष्णु सापकोटाले सामाजिक सञ्जालमा स्टाटस लेखेलगत्तै एलिनाको पनि स्टाटस आएको हो ।
एलिनाले स्टाटससँगै एउटा तस्विर पनि सार्वजनिक गरेकी छन्, जहाँ उनको अनुहार सुन्निएको र घाउचोट लागेको देखिन्छ । उनले अष्ट्रेलियामा श्रीमानबाट शारीरिक यातना भोगेको बताउँदै आएकी थिइन् ।
एलिनाले लेखेकी छिन्, ‘हामीबीचको कुरा त आपसी समझदारीमै त्यही दिन सकिएको थियो, तर समाजकै दवाव, सामाजिक सञ्जालको दुरुपयोग, र सतही धारणाले त्यो सकिएको कुरा फेरि दोहो¥याएर मेरो व्यक्तिगत जीवनमाथि गम्भीर अन्याय ग¥यो । म कानुनी प्रक्रियामा जान बाध्य भएँ । म आफ्नो चरित्रको बचाउ गर्न बाध्य भएँ । मैले मेरो विगत खोल्नुपर्यो ।’
विगतको सम्बन्धसँग आफ्नो कुनै दुश्मनी नभएको र बदला लिने सोच पनि नरहेको उनले प्रष्ट पारेकी छन् । आफ्नो लडाइँ कोही व्यक्तीसँग नभएर नारीलाई नै सँधै गलत देख्ने मानसिकतासँग भएको उनको भनाइ छ । अब आफु चुप नलाग्ने उनले बताएकी छन् ।
एलिना लेख्छिन्, ‘अब यो केवल मेरो न्यायको लडाइँ होइन, यो हरेक नेपाली चेलीको आवाज हो । म हरेक कानुनी, सामाजिक र नैतिक बाटो अपनाएर न्यायका लागि अगाडि बढ्नेछु । किनकि म एक्लो भए पनि, सत्य मेरो साथमा छ ।’
काठमाडौं । गायिका एलिना चौहानका पूर्वपति बिष्णु सापकोटाले आफ्नो डिभोर्सका विषयमा पहिलोपटक मुख खोलेका छन् । एलिनाले लगाइरहेका आरोपहरुका सम्बन्धमा उनले सामाजिक सञ्जालबाट प्रतिक्रिया जनाएका हुन् ।
सापकोटाले आफ्नो मौनतालाई कमजोरी नठान्न चेतावनी दिएका छन् । आफ्नो चरित्रहत्याका विरुद्ध अष्ट्रेलियामा नै कानूनी प्रक्रिया अगाडि बढाइसकेको उनको भनाइ छ ।
सापकोटाले लेखेका छन्, ‘म स्पष्टरूपमा भन्न चाहन्छु – अहिले मेरो बारेमा भइरहेका अनावश्यक टिकटक भिडियोहरु र भ्रामक गतिविधिहरूले मेरो व्यक्तिगत र सामाजिक प्रतिष्ठामा गम्भीर असर पुरÞ्याइरहेका छन् ।
प्रतिशोध नभई, मेरो व्यक्तिगत अधिकार, प्रतिष्ठा र आत्म– सम्मानको संरक्षणका लागि मेरो ब्यक्तिगत मानहानी तथा ब्याबसायिक नोक्सानिको क्षतिपुर्ति सहित मैले अष्ट्रेलियामा कानुनी प्रक्रिया अघि बढाइसकेको छु । कानुन सबैका लागि समान हुन्छ र न्यायको सही मार्ग पनि त्यही हो ।’
उनले आफ्नो मौनतालाई कमजोरी ठान्नु वा दोष स्वीकारेको संकेत मान्नु पूर्णरुपमा अनुचित हुने बताएका छन् । ‘अहिले दुबैको आ–आफ्नै व्यक्तिगत, पारिवारिक र व्यावसायिक जीवन छ । कहिलेसम्म यस कुराको सिकार हुनुपर्ने हो हामी ?’, उनले प्रश्न गरेका छन् ।
काठमाडौं । अभिनेता समिर भट्ट अभिनित चलचित्र ‘बलिदान’को पोस्टर सार्वजनिक भएको छ। दसैँको फूलपातीको अवसर पारेर रिलिजको तयारीमा रहेको यो चलचित्रको ६० फिट अग्लो पोस्टर सार्वजनिक गरिएको हो।
बिहीबार काठमाडौंको गोङ्गबु बसपार्कस्थित ल्होत्से मलमा चलचित्रको पोस्टर सार्वजनिक गरिएको हो। सार्वजनिक पोस्टरले चलचित्रको भाव, शैली र उद्देश्यको एक स्पष्ट चित्र प्रस्तुत गर्छ ।
पोस्टरमा रगतले लतपतिएका, घाइते र क्रुद्ध मुद्रामा देखिएका अभिनेता समीर भट्ट एक विशालकाय मानव आकृतिमाथि भालाजस्तो देखिने अस्त्र प्रयोग गर्दै आक्रामक रूपमा प्रस्तुत छन् । उनको अनुहारमा आक्रोश, हिम्मत र बलिदानको भाव झल्किन्छ।
यो चलचित्रलाई सन्तोष सेनले निर्देशन गरेका हुन। पोस्टर सार्वजनिक गर्दै सेन भन्छन्,’बलिदान एउटा सिनेम्याटिक क्रान्तिको सुरुवात हो। यो केवल चलचित्र होइन, एउटा अभियान हो। चलचित्रको हरेक फ्रेममा हालिएको आत्माले यसलाई मजबुत सिनेम्याटिक संरचना बनाएको छ।’
‘आसुसेन फिल्म्स् प्रालि’को प्रस्तुति रहेको ‘बलिदान’मा समीर भट्टसंगै सौगात मल्ल, कविता राय, अर्पण थापा, ऋचा शर्मा, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारहरूको अभिनय रहेको छ। चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् भने कार्यकारी निर्माता प्रेम पुरी हुन्।
काठमाडौं । यही श्रावण १६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘रियाल रिङ्गेट’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ ।
सार्वजनिक ट्रेलरमा नेपाली युवाहरूले अपनाउने वैदेशिक रोजगारी र रोजगारीको सिलसिलामा भोग्नुपरेका विभिन्न कठिनाइ देखाइएको छ।
ट्रेलरका केही दृश्यहरू दिल छुने छन्। ती दृश्यले आतङ्कवादीको सामूहिक बन्दी बनाइएका तथा कब्जामा परेका नेपाली कामदारहरूको झल्को दिन्छन् ।
चलचित्रका अभिनेता प्रमोद चौलागाईँले कब्जामा रहेकै बेला नेपालमा पठाएको भिडियो सन्देश टेलिभिजनमा प्रसारण भइरहेको ट्रेलरमा देख्न सकिन्छ।
चलचित्रको नाम ‘रियाल रिङ्गेट’ आफैँमा प्रतीकात्मक छ । ‘रियाल’ कतार र साउदी अरेबियाको मुद्रा हो भने ‘रिङ्गेट’ मलेसियाको मुद्रा हो । यी दुवै नामको संयोजनले नेपाली श्रमिकहरूको मुख्य गन्तव्य मुलुकहरू सङ्केत गर्छ, जहाँ लाखौँ नेपालीहरूले राम्रो भविष्यको खोजी र आफ्नो परिवारको गुजारा चलाउन काम गरिरहेका छन् ।
चलचित्रमा अभिनेत्री निता ढुङ्गाना मुख्य भूमिकामा छिन। उनका साथै चलचित्रमा प्रमोद चौलागाईं, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी लगायतका कलाकारहरूको अभिनय छ ।
चलचित्रको लेखन प्रदीप भारद्वाज ले गरेका हुन् भने चलचित्रको छायांकन भारतको राजस्थान, नेपालको चितवन, काठमाडौं र लेटाङमा गरिएको छ ।
काठमाडौं । बंगलादेशमा पहिलो पटक नेपाली फिल्म रिलिज भएको छ । नाजिर हुसेन र सृष्टि श्रेष्ठ शीर्ष भूमिकामा रहेको फिल्म मिसिङः केटी हराएको सूचना बंगलादेशमा आजबाट प्रदर्शनमा आएको हो ।
दीपेन्द्र गौचनको लेखन तथा निर्देशन रहेको फिचर फिल्म बंगलादेशमा प्रदर्शन हुने पहिलो फिल्म भएको निर्माण टीमले जनाएको छ ।
यसअघि हिजो फिल्मको प्रिमियर गरिएको थियो । प्रिमियरमा बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी लगायत निर्माण टीम र त्यहाँ रहेका नेपालीहरुसहित ५ सय जनाको सहभागी थिए ।
बंगाली कम्पोजर तथा सिंगर जेफर लगायत चलचित्र निर्देशक तथा कलाकार, डाइरेक्टर र प्रोड्युरहरु पनि प्रिमियरमा सहभागिता थियो ।
फिल्ममा सामाजिक सञ्जालमा भेटिएको युवायुवतीको कथा देखाइएको छ।
काठमाडौँ । चार दिनअघि गायिका एलिना चौहानले आफ्नो आधिकारिक युट्युब च्यानलमा एक ‘तीज गीत’ सार्वजनिक गरिन् । ‘छोरीको शिर आमा’ बोलको उक्त टिकटकमा निकै भाइरल छ र युट्युबमा पनि राम्रो भ्यूज बटुलिरहेको छ । विशेषतः महिला टिकटकरहरुले उनको यो गीतको भावसँग आफूलाई रिलेट गरिरहेका छन् ।
यो गीतले छोटो समयमै धेरै हाइप पाउनुको पछाडिको एक प्रमुख कारण हो– एलिनाको आफ्नै जीवनसँग मेल खानु । गीतको भिडियोमा एक पत्नीले पतिबाट भोगेको हिंसा र पिडालाई व्यक्त गरिएको छ । भिडओका दृश्यहरू एलिनाले पछिल्ला अन्तरवार्ताहरूमा सुनाएको आफ्नो कथासँग हुबहु मिल्छन् ।
एलिनाले पति विष्णु सापकोटासँग गत माघमा सम्बन्धविछेद गरेकी थिइन् । विवाह गरेको एक वर्ष नबित्दै सम्बन्ध टुटेको हो । सुरुमा एलिनाले आफूहरू छुटिनुको कारण खुलस्त पारेकी थिइनन् । आफूलाई दर्शकबाट अभद्र र नकारात्मक टिप्पणी आउन थालेपछि उनले केही दिन ती व्यक्तिको तस्बिर र कमेन्ट सार्वजनिक गर्ने अभियानै थालिन् । साइबर ब्युरोमा उजुर पनि दिइन् । एलिनाको उजुरीको आधारमा एक जनालाई प्रहरीले पक्राउसमेत गरिसकेको छ ।
एलिना अहिले भने अन्तरवार्ता दिन व्यस्त छिन् । विभिन्न युट्युब च्यानलहरूमा दिनहुँ जसो उनको नयाँ–नयाँ अन्तरवार्ताहरू आइरहेका छन् । विषयवस्तु उही डिभोर्स र पूर्वपति । उनले पूर्वपति विष्णु सापकोटामाथि विभिन्न आरोपहरू लगाएकी छन् । मुख्य आरोप चाहिँ श्रीमानले आफूमाथि घरेलु हिंसा गरेको भन्ने छ । त्यसबाहेक नचाहिँदो शंका गरेको र मानसिक टर्चर दिएको उनले सुनाइरहेकी छन् । एलिना मात्र नभएर उनका परिवारका सदस्यले पनि युट्युबमा अन्तरवार्ता दिन थालेका छन् ।
यही मेसोमा एलिनाले ‘छोरीको शिर आमा’ बोलको तिज गीत आफ्नै नामको युट्युब च्यानलबाट सार्वजनिक गरेकी हुन् । आफ्नो भोगाइसँग रिलेट गरेर यसअघि पनि उनले थुप्रै गीतहरु गाइसकेकी छन् । यो त्यसैको एउटा कडी हो । कतिपयले आफ्नो गीत हिट बनाउनकै लागि एलिनाले श्रीमानविरुद्ध अन्तरवार्ताहरू दिएर हिँडेको आरोप पनि लगाएका छन् । तर, यस्तो आरोपमा कुनै दम नभएको उनी निकटस्थहरु बताउँछन् ।
विवाहपछि श्रीमानसँगै अष्ट्रेलिया उडेकी एलिना दुई महिनामै नेपाल फर्केकी थिइन् । त्यसबेला नै उनी सही सलामत नरहेको अड्कलबाजीहरू धेरैले गरिरहेका थिए । उनी नेपाल आउनासाथ ओशो तपोवनमा ध्यान गर्न पुग्नुले अझै आशंका जन्माएको थियो । त्यसबेला दिएका अन्तरवार्ताहरूमा उनी पटक्कै खुल्न सकेकी थिइनन् । मनभरि पिडा बोकेर हिँडेको महसुस उनका शुभचिन्तकलाई भइरहेको थियो ।
अहिले भने उनी पूरै खुलिसकेकी छन् । एउटा दुईटा होइन, डिभोर्सकै विषयमा उनले आधा दर्जनभन्दा बढी इन्टरभ्यू दिइसकिन् । ती सबै इन्टरभ्यूको सार उस्तै उस्तै नै छ । एउटा अन्तरवार्तामा एलिनाले भाइलाई पनि ल्याएकी छन् ।
डिभोर्सअघिको कुरा सम्झिँदै उनले भनेकी छन्, ‘अष्ट्रेलियाबाट फर्किएपछि मुड बिग्रिरहन्थ्यो । बाहिर साधारण देखिन्थे तर भित्र सन्तुलित थिईनँ । कति रात खाइनँ, कति रात सुतिनँ । गाह्रो हुँदा कति रात त्यतिकै उठेर हिँड्थेँ । बाहिर सिन्दूर लगाएर हिँड्थेँ, तर भित्र के परेको छ भन्ने आफैलाई मात्र थाहा थियो । मरौँ जस्तो लाग्थ्यो ।’
छटपटाएर रात कटाउन गाह्रो हुँदा कति रात एक्लै पशुपति गएर रुने गरेको एलिनाको भनाइ छ ।
‘मान्छेहरू त्यस्तो कुरा बिर्सिदेऊ भन्छन् । भनेजस्तो सजिलो हुन्छ र रु बिर्सिन खोजे पनि पिडा मनमा गडिरहने रहेछ । चटक्कै बिर्सिन त कि स्मरण शक्ति नै जानुपर्यो । नत्र कता–कता त्यो कुराले घोचिरहने रहेछ,’ उनी थप्छिन् ।
एलिनाका अनुसार पूर्वपति विष्णु सापकोटासँग विवाह गर्नु उनको मात्र रहर थियो । उनको विवाहलाई लिएर घरमा कोही पनि खुसी थिएनन् । यहाँसम्म कि विवाहपछि पनि उनका दाइ र भाइ विष्णुसँग राम्ररी बोल्दैन थिए ।
खासमा एलिनाको सम्बन्धमा खटपट विवाहअघिबाटै थियो । एकपटक त ब्रेकअप नै भएको हो । फेरि प्याचअप भयो । स्वभावगत कमजोरी, अपरिपक्वता वा अन्धो प्रेमले गर्दा एलिनाले विष्णुसँगै बिहे गर्ने जिद्दी लिइन् । विष्णुलाई राम्रोसँग चिनिसकेर पनि, उनको सबै ब्यहोरा जानिसकेर पनि एलिनाले उनैलाई जीवनसाथी रोज्ने अठोट छोड्न सकिनन् । त्यसबेला यो जोडी कत्तिको टिकाउ होला भन्नेमा एलिनाका परिवार र निकटस्थ मात्र होइन, आमदर्शकलाई पनि आशंका थियो । भयो पनि त्यस्तै ।
अहिले दिएका अन्तरवार्तामा एलिनाले बिहेअघिबाटै शंका र झगडाले उग्ररुप लिने गरेको स्वीकारेकी छन् । रुँदारुँदै आफू कैयौंपटक बेहोस भएको उनको भनाइ छ । आमाबुवा र परिवारका सदस्यहरुले नमान्दा नमान्दै पनि आफूले विष्णुसँग विवाहको जिद्दी लिएकोमा उनी अहिले आत्मग्लानि गरिरहेकी छन् ।
एक अन्तरवार्तामा एलिनाले आफूलाई विष्णुले परपुरुषसँगको आशंका गरेको समेत बताएकी छन् । यो उनी अष्ट्रेलियाबाट नेपाल फर्किसकेपछिको कुरा हो ।
उनी भन्छिन्, ‘नेपाल फर्किदा जे भएपनि ठिकै छ भन्ने थियो । कुटेको कुरालाई समेत मैले माफ गरेरै नेपाल आएको थिएँ । तर नेपाल आएपछि उहाँले मेरो नाम एकजना मान्छेसँग यस्तो तरिकाले जोडिनुभयो कि मैले हैन भन्दा पनि उहाँले मान्नुभएन । उहाँ उल्टै हो भन्ने कुरा साबित गर्नतर्फ लाग्नुभयो । त्यसपछि सम्बन्ध झन् बिग्रियो ।’
सुरुमा त आफ्नो र परिवारको इज्जतका कारण डिभोर्सको निर्णय लिन एलिनालाई गाह्रो भयो । तर बुवाले आफूलाई हौसला दिएको उनी बताउँछिन् ।
‘त्यतिबेला बुवाले मलाई म बाचिञ्जेल तेरो लागि लड्छु, मरेपछि के होला होला भनेपछि मलाई आँट आयो । डिभोर्स नगरे पनि तेरो सम्बन्ध धेरै टिक्दैन र अब फेरि गइस् भने मेरा बुवाआमा छन् भनेर बिर्सेरै जानु भनेपछि मलाई पछाडि फर्किन मन लागेन,’ उनले भनेकी छन् ।
डिभोर्स गर्दा एलिनाले आफ्नो ममीलाई साथ लिएर गएकी थिइन् । डिभोर्स पेपरमा साइन गर्नुअघि संसार हल्लिएजस्तो भएको उनी बताउँछिन् । ‘आँखामा टिलपिल आँशु थियो । मैले पुलुक्क आमातिर हेरेँ । आमाले हातको इसाराले आँसु नझार भनेपछि थामिएँ,’ एलिना सुनाउँछिन् ।
एलिनाको वैवाहिक सम्बन्धमा दरार आएको खबर सर्वप्रथम गायिका ज्योति मगरबाट बाहिरिएको थियो । तर एलिनाले उक्त पोष्ट हटाउन लगाइन् ।
यसबारे उनी भन्छिन्, ‘म उसलाई छोडे पनि अर्कै तरिकाले छोड्छु भन्ने थियो । अरूलाई किन नराम्रो बनाउनु भनेर मैले ज्योति दिदीलाई स्टाटस हटाउन लगाएँ । डिभोर्सपछि पनि मैले खासै केही बोलिनँ । बदला लिएर भन्दा बदलिएर देखाउँछु भन्ने थियो । तर यो समाजले मलाई उल्टो बनाइदियो ।’
चाहिनेभन्दा धेरै राम्रो हुँदा आफै मर्नुपर्ने भएपछि डिभोर्सको कारणबारे बोलेको एलिना बताउँछिन् ।
डिभोर्सपछि एलिनाले एक भिडिओ सन्देश जारी गर्दै आफ्नो पूर्वपतिलाई कसैले पनि नराम्रो नभन्न आग्रह गरेकी थिइन् ।
उनले भनेकी थिइन्, ‘आफूले माया गरेको मान्छेलाई गाली गर्दा आफूले गाली खाएको भन्दा धेरै पीडा हुने रहेछ । मलाई यो समयमा साथ दिनुस् तर उहाँलाई नराम्रो नभन्नुहोला । गाली नगर्नुहोला । मैले आफै जिन्दगी बिगारेको हो । उहाँले पनि म कलाकार हो भन्ने थाहा पाउँदा पाउँदै विवाह गर्नुभएको हो ।’
एलिनाका भाइले पनि दिदीको चाँडै डिभोर्स हुन्छ भन्ने आफूहरूलाई पहिल्यै थाहा भएको बताएका छन् ।
उनी भन्छन्, ‘हामीलाई पहिल्यै थाहा थियो । सबैले सम्झाएको पनि हो । बीचमा ब्लक गरेर बोल्न पनि छाडेकी थिई । तर उसले मेलमा भएपनि मेसेज गरेर म्यानिपुलेट गर्थ्यो । कति पटक मैले आफै अब उसलाई मेसेज नगर्नु भनेर विष्णुलाई भन्थेँ । तर एलिनालाई अझै माया गर्छु भन्दै म्यासेज गरिहाल्थ्यो ।’
‘नेपाल फर्किएपछि पनि दिदी झुण्डिएर मर्छे कि भन्ने हामीलाई पिर थियो । जतिखेरै ढोका लगाएर रुँदै बस्थी । राती बेलाबेला उसको कोठामा गएर हेर्थे। उ सुतेको देखेपछि आनन्दले आएर सुत्थे। कहिलेकाहीँ राती एक्कासि उठेर पशुपति जान्थी अनि रोएर फर्किन्थी। बाटोमा कुकुरले टोक्न खोज्दा पनि वास्ता गर्दिनथी ।’
भाइका अनुसार विष्णुले एलिनालाई हरेक कुरामा शंका गर्थे । विष्णुले नचाहिँदो बोल्ने, बुझाउन खोज्दा पनि नबुझ्ने, स्पष्टीकरण दिन खोज्दा उल्टै त्यहीँ मान्छेसँग सुतेर आइस भन्ने गर्थे ।
दिदी रोएर छटपटाएको देख्दा सहन नसकेर आफै कति पटक ट्वाइलेटमा गएर रुने गरेको भाइ सुनाउँछन् ।
आफ्नो अवस्था देख्दा भाइले विष्णुलाई मेसेज गरेर एकपटक भएपनि बोल्न आग्रह गरेको दिनहरू एलिना सम्झिन्छिन् । आफ्नो कारणले परिवारका सबै सदस्य पूर्वपति विष्णु सापकोटासँग झुक्नु परेकोमा आफूलाई नराम्रो लागेको उनले बताएकी छन् । भेडाजस्तो पछि लाग्नु र एकदिन सबै ठिक हुन्छ भन्ने सोचेर हिँड्नु ठुलो गल्ती भएको एलिनाको भनाइ छ ।
उनी भन्छिन्, ‘साँचो माया कहिले मर्दैन भन्थे तर मर्दो रहेछ । ऊसँग छुटाउन मलाई मेरो परिवार र साथीभाइले समेत प्रयास गरे पनि कसैले सकेनन् । तर अन्तिममा मलाई उसैले उसलाई बिर्साउन मद्दत गर्यो । उसले मात्र त्यो काम गर्न सक्यो ।’
यी सबै भए एक पक्षका बयान । कुनै पनि अन्तरद्वन्द्वका घटनामा दुवै पक्षको कुरा नसुनीकन निष्कर्षमा पुग्नु गलत हुन सक्छ । तर, एलिनाले सुनाएका विवरणहरूलाई धेरैले विश्वास गरेका छन् । विश्वास गर्ने आधारहरू छन् ।
यस द्वन्द्वको अर्को पक्ष विष्णु सापकोटा र उनको परिवार भने पूर्णरुपमा मौन छ । विष्णु अहिले अष्ट्रेलियामै छन् । देशबाहिर भएकाले मात्रै उनले बोल्न नसकेका भने आवश्यक होइन । किनकि अहिले आफ्नो भनाइ बाहिर ल्याउनका लागि कुनै मिडियाको सहारा चाहिँदैन । आफ्नै सामाजिक सञ्जाल काफी हुन्छ ।
विष्णु नबोल्नुका दुईवटा कारण हुन सक्छन् । पहिलो एलिना र उनका समर्थकहरूले भनेजस्तो बोल्ने र बचाउ गर्ने कुनै ठाउँ नै नहुने । एलिनाले सबैकुरा सत्य बोलेको र उनीसँग प्रमाण पनि हुन सक्ने भएकाले विष्णुको मुख बाँधिएको हुन सक्छ ।
कतिपयले चाहिँ विष्णुको मौनतालाई उनको सहनशीलता र भद्रताको द्योतक पनि मानेका छन् । एलिनाले दिनदिनै मिडियामा अन्तरवार्ता दिएर गम्भीर आरोपहरू लगाइरहँदा पनि विष्णुले जवाफ नफर्काएकोलाई सकारात्मकरुपमा लिनेहरू पनि धेरै नै छन् । उनीहरूले विष्णुलाई लेखिरहेका छन्– तिमीले नबोलेरै मन जित्यौ ।
कतिपयलाई एलिनाले लगातार एउटै विषयमा अन्तरवार्ता दिइरहेको पनि चित्त बुझेको छैन । एक–दुईपटक बोल्नु स्वाभाविक भए पनि एउटै कुरा मिडियापिच्छे गएर दोहोर्याउनुले एलिनालाई नै हल्का बनाइरहेको टिप्पणी उनीहरूले गरेका छन् । एलिनाले ‘सेलिब्रिटी पावर’ को प्रयोग गरेर मिडियालाई हातमा लिएको तर विष्णु मिडियाबाट टाढा रहेकाले बोल्न नपाएको दाबी पनि कसै कसैले गरेका छन् ।
जे भए पनि यो घटना धेरैका लागि एउटा शिक्षा हो । प्रेममा पागल भएर आफ्नो बुवाआमा र परिवारको अवज्ञा गर्ने छोरीहरूका लागि पाठ हो । एलिनाले भनेका कुराहरूमा कतिपय अतिरञ्जना पनि हुन सक्लान्, उनको पनि केही गल्ती र कमीकमजोरी हुन सक्ला, त्यो आफ्नो ठाउँमा छ, तर उनी पतिबाट पीडित हुन् भन्नेमा शंका छैन । अन्यथा कोही पनि छोरी मान्छेले यति छोटो समयमा यस्तो कठोर कदम चाल्न सक्दैन ।
यद्यपि, एलिनालाई एउटा सुझाव चाहिँ दिनैपर्छ । एउटै कुरालाई दोहोर्याइ तेहेराइ भन्दा अडियन्सहरु वाक्क हुन सक्छन् र बिस्तारै उनले सहानुभूति गुमाउँदै जान सक्छिन् । त्यसैले अब यो च्याप्टरलाई क्लोज गरेर आफ्नो करिअरमा फोकस गर्दा नै उचित हुन्छ ।