Category: कलाप्रेस

  • सम्पदा घिमिरेलाई मिस युनिभर्स नेपाल २०२४ को उपाधि

    सम्पदा घिमिरेलाई मिस युनिभर्स नेपाल २०२४ को उपाधि

    काठमाडौं । ग्लोबल ग्ल्यामर भेन्चरद्वारा आयोजित ‘मिस युनिभर्स नेपाल २०२४’ को ताज सम्पदा घिमिरेले जितेकी छिन् । यो विश्व प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस युनिभर्सको पाँचौं नेपाली संस्करण हो । २२ प्रतियोगीलाई पछि पार्दै उनले उपाधि चुमेकी हुन् ।

    अमेरिकी कम्पनीका लागि डिजिटल मार्केटिङको काम पनि गर्दै आएकी सम्पदा मोडलिङ पनि गर्दै आएकी छन् । ठूला सपना देख्न र मेहनत गर्ने कुरामा विश्वास गर्ने उनी पशु प्रेमी र वन्यजन्तु संरक्षणको लागि वकालत गर्छिन् । उनले आगामी नोभेम्बरमा मेक्सिकोमा आयोजना हुने ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

    हिजो साँझ ललितपुरको गोदावरी कन्भेन्सन सेन्टरमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा पहिलो रनरअप स्मृति सिंह, दोस्रो रनरअप अक्षिता क्षेत्री, तेस्रो रनरअप करेन मुर्रे र चौथो रनर अप सुजल बम भए ।

    प्रतियोगीतालाई नेसनल कोरियोग्राफर दिक्पाल कार्कीले कोरियोग्राफी गरेका थिए भने निर्णायक मण्डलमा गोल्डस्टारका कार्यकारी निर्देशक विदुषी राणा, शिवम सिमेन्टका अध्यक्ष गौरव गोयल र समिक्षा श्रद्धा सांघाइ, पुर्व मिस नेपाल इशानी श्रेष्ठ, पूर्व मिस युनिभर्स सोफिया भुजेल, अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, नेतृ डिना उपाध्यायको सहभागिता रहेको थियो ।

    कार्यक्रममा अरु विभिन्न उपशीर्षकमा विजेता पनि छानिएको थियो । करेन मुर्रेले हिल्टन मिस एलिगेन्स, स्मृति सिंहले टिभिएस् मिस स्मार्ट, समृद्धि केसीले वाउ मिस फ्री एण्ड फियरलेस, श्रेयङ्का थापाले ग्लोबल आएमई मिस इको फ्रेन्ड्ली, करेन मुर्रेले डिकस्मो मिस द मोस्ट ब्युटिफुल स्किन त्यस्तै गरी स्मृति सिंहले एक्स एज मिस फोटोजेनिक, अस्मि ढकालले मिस मल्टीमिडिया र रेनाता कट्टेलले मिस फ्रेन्ड्ली उपाधि जित्न सफल भएका छन् ।

     

  • दयाहाङ समुदायको हिरो कि सबैको ?

    दयाहाङ समुदायको हिरो कि सबैको ?

    काठमाडौं । अभिनेत्री पूजा शर्माले ६ महिना अगाडि दिएको अन्तरवार्ताको एउटा क्लीप अहिले भाइरल छ, जसमा उनले ‘सामुदायिक एकता’ को विषयमा टिप्पणी गरेकी छन् । अभिनेता दयाहाङ राईलाई आफ्नो समुदायले टेवा दिएको तर आर्यन समुदायमा त्यस्तो ‘युनिटी’ नरहेको निष्कर्ष उनको छ ।

    एक युट्युब पोडकास्टमा उनले भनेकी थिइन्, ‘हामीहरुको फिल्म विदेशमा बिक्न कति गाह्रो छ । तर, दया दाइहरुको फिल्महरु के हुँदो रहेछ भने कस्तो मज्जाले उनीहरुको युनिटी हुँदो रहेछ क्या । मंगोलियनहरु हरेक चिजहरु कति सपोर्ट गर्ने रैछ । हामी आर्यनहरुको कोही हुँदैन ।’

    प्रश्नकर्ताले समेत ‘दयाहाङलाई हिट गराएकै समुदायले हो’ भनेर थप उक्साएका छन् । पूजाले ‘अर्को जन्ममा मंगोलियन हुन पाउँ’ भनेर कामनासमेत गरेकी छन् ।

    पूजाको अभिव्यक्तिमा उनको कुण्ठाभन्दा पनि निर्दोषिता र कमजोर बौद्धिकता झल्किन्छ । जे होस्, त्यतातिर नजाऔं । ‘खाली’ हलहरुमा लागिरहेको ‘रावायण’ तिर पनि नजाऔं । मूल प्रश्नतिर जाऔं, के दयाहाङको फिल्म समुदायले नै चलाइदिएका हुन् त ?

    २०७८ सालको जनगणना अनुसार राईहरुको जनसंख्या ६ लाख ४० हजार छ अर्थात् झण्डै तीन करोड जनसंख्याको दुई दशमलव दुई प्रतिशत मात्रै छ । यसमा पनि फिल्म हेर्न हलमा जानसक्ने अधिकांश जनसंख्या विदेशमा छन् ।

    सबैभन्दा धेरै जनसंख्या क्षत्रीको ४७ लाख ९६ हजार बढी अर्थात् १६ दशमलव ४५ प्रतिशत छ । दोस्रोमा ब्रह्मणको ३२ लाख ९२ हजारभन्दा बढी अर्थात् ११ दशमलव २९ प्रतिशत छ । यसपछि क्रमशः अन्य जातजातिहरु छन् । दयाहाङको समुदाय दशौं नम्बरमा आउँछ । अब वृद्धवुद्धा, बालबालिका जोडेर चानचुन ६ लाख ४० हजार जनसंख्या रहेको राई समुदायको मात्रै हिरो हो त दयाहाङ ?

    यद्यपि, क्षत्री, ब्राह्मणबाहेक बाँकी सबै आदिवासी, जनजाति, मधेसी, दलित, अल्पसंख्यक हुन् । तर, मंगोल र आर्यन भनेर समुदाय विभाजन गर्ने हो भने दलित, मुस्लिम, मधेसी सबै आर्यन समुदायभित्र पर्छन् । अब प्रश्न यो कि छ अब दयाहाङ सबै नेपालीको कलाकार हो कि मंगोलियनको ?

    निर्माता रोहित अधिकारी प्रतिप्रश्न गर्छन्, ‘कसले भन्यो मंगोलियनको मात्रै ? दयाहाङ सिंगो नेपाली समाजको हिरो हो’, रोहित थप्छन्, ‘उहाँको कबड्डी फिल्मले २० करोडमाथि ग्रस कलेक्सन गरेको छ । यो ग्रस उहाँको समुदायले मात्रै हेरिदिएर सम्भव छैन । उहाँको ‘लुट’ फिल्म समुदायले हेरेर चलिदिएको होइन । योङस्टरहरुले हेरेर चलेको हो ।’

    नाट्यकर्मी अनुप बरालको तर्क छ, ‘कुनै पनि कला र कलाकारको क्षमता कुनै विशेष समुदायले सदासयता राख्दैमा सर्वप्रिय हुन्छ भन्ने हुँदैन ।’ त्यो त कलाकारको रचनात्मकता र उसले बाँचेको कलाको मुल्यले निर्धारित गर्ने कुरा रहेको अनुपको मत छ ।

    ‘कलाकारसँग क्षमता छैन र उसले गरेको काममा गहिराई छैन भने जति टाउको फोडे पनि केही हुनेवाला छैन । कुनै कलाकारको फिल्म चल्दा उसको समुदायको फेवरले चलेको भन्नु कलाकारको क्षमतालाई अवमूल्यन गर्नु हो’, अनुप भन्छन्, ‘उसका धेरै फिल्म नचलेका पनि त होलान् । त्यो बेला फलानो समुदायले हेरेनन् त्यही भएर नचलेको भन्ने ? यो त साह्रै क्लोज्ड माइन्ड वाला कुरा हुन्छ ।’

    नाट्यकर्मी आकांक्षा कार्की पनि दयाहाङलाई निश्चित समुदायको मात्रै कलाकारको ट्याग भिराउनु गलत रहेको तर्क गर्छिन् । दर्शकले केवल राम्रो फिल्म हेर्न चाहेको आकांक्षाको विश्लेषण छ । झुर र खराब फिल्म बनाएर दर्शक आउँछन् भन्ने सोच्नु नै भ्रम रहेको उनी बताउँछिन् ।

    ‘उहाँ (दयाहाङ) लाई निश्चित समुदाय र दर्शकले आफू जस्तै मान्छे देख्छ । साथै फिल्म चल्नुमा दयाहाङको मेहनत र प्रतिभा पनि हो । सायद उहाँको लक पनि हो । उहाँले जस्तै अवसर अर्को मान्छेले नपाएको हुनसक्छ । तर, उहाँ सबैको मिश्रण हो, नेपाली कलाकार हो ।’

    निर्माता अधिकारी त दयाहाङलाई अहिलेका चल्तीका कलाकार अनमोल, प्रदीपभन्दा एक तह माथि राख्छन् । दयाहाङको मार्केट पनि राम्रो भएको रोहितको बुझाइ छ ।

    ‘उहाँ (दयाहाङ)सँग काम गर्दा हलबाट एक रुपैयाँ पैसा नउठाए पनि ५० प्रतिशत लगानी सुरक्षित हुन्छ । विदेशमा ८० लाखदेखि माथिमा बिक्री हुन्छ । डिजिटल राइटस् दयाहाङ भएपछि सजिलै बिक्री हुन्छ’, उनी भन्छन् । अधिकारी दयाहाङसँग सहकार्य गर्ने तयारीमा पनि छन् ।

    आकांक्षाको भनाइमा कोही कलाकारको क्रेजको हिसाबले पहिलो फिल्मलाई दर्शकले हेरिदिन सक्छन् । त्यसपछि भने विषय, प्रस्तुति र अभिनय क्षमता नै चाहिने उनको मत छ । युट्युबतिर गफै गरेको भरमा दर्शक फिल्म हेर्न चाहिँ नआउने बताउँछिन् ।

    उनी भन्छिन्, ‘सम्भवतः दयाहाङ वा मंगोलियनहरुले बनाएको फिल्म चलेको देखेर पूजाले त्यो समुदायमा एकता महसुस गरेको हुनुपर्छ । यदि त्यस्तै हुन्थ्यो भने दयाहाङका सबै फिल्महरु ब्लकबस्टर हुनुपर्थ्याे । दयाहाङका धेरै फिल्महरु फ्लप पनि भएका छन् ।’

    दयाहाङ ०६२/६३ पछिको पहिलो स्टार हो : मनोज पण्डित

    दयाहाङ २०६२/६३ को जनआन्दोलनपछिको पहिलो स्टार नायक हो । जनजातिरआदिवासीको कुरा उठ्न थालेपछिको नायक हो । लोकतान्त्रिक गणतन्त्र नेपालको परिवर्तित राजनीतिक चेतको उत्पादन हो ।

    दयाहाङको उत्पादनमा पछिल्लो समयका स्रष्टाहरुको ठूलो हात छ । हामीले विद्रोह गर्यौं । हाम्रो विद्रोहको प्रतिनिधि पात्र हो ऊ । त्यसैले दयाहाङको उत्पादन कुनै समुदायले गरेको होइन, सिंगो नेपालले गरेको हो ।

    २०४६ सालको जनआन्दोलनले स्रष्टाहरुको चेतनामा ठूलो मात्रामा परिवर्तन ल्याएन । माओवादी विद्रोहपछि आममानिसको चेतनामा परिवर्तन भयो । साहित्य र कलामा नयाँ चेतना ल्याइदियो कि अबको देश भनेको चाहिँ समावेशी देश हो । एउटा समुदायको प्रभुत्वमा बाँच्ने देश होइन ।

    दयाहाङ यो देशभित्र सबैं छौं भन्ने उच्च चेत राख्ने युवाहरुको प्रतिनिधि पात्र हो । उसलाई निश्चित समुदायमा सीमित गर्न मिल्दैन । दयाहाङहरु अभिनयको प्राविधिकता, कलात्मकता, यसको सांस्कृतिक र सामाजिक पक्षलाई अध्ययन गरेर आएका हुन् । अनुहार र वलिष्ठ शरीरको भरमा आएका होइनन् । दयाहाङहरु स्थापित हुनुमा उनीहरुको ज्ञान र सीपको भूमिका छ ।

    अर्को चाहिँ सामाजिक रुपमा स्थापित भइसकेको कलाकार जनतासँग भइरहनुपर्छ । समाजमा पहिचानको, अधिकारको कुरा उठिरहेको हुन्छ । अब पहिचानको मुद्दा उठ्दा आफ्नो समुदायको कलाकारलाई पहिचानको आधारमा प्राथमिकता दिने काम संसारभर भइरहने कुरा हो ।

    फिल्म समाजको राजनीतिभन्दा पर छैन । अधिकारको लडाइँभन्दा पर छैन । कहिलेकाहीँ कुनै समुदायले अफ्नो प्रतिनिधित्व गर्ने कलाकारलाई पहिचानको हतियार बनाउनु समाजले गर्ने काम हो । यो काम समाजको राजनीतिक प्रक्रिया हो । यसलाई इग्नोर गर्न मिल्दैन ।

    दयाहाङलाई सामुदायिक लाभ प्राप्त छ । त्यो लाभ प्राप्त हुनुमा कलाकारको हात हुँदैन । हिजो राजेश हमाललाई पनि लाभ प्राप्त थियो त । राजेशलाई सुगठित शरीर र अनुहारले फाइदा दिएकै थियो ।

    हिजोको समयमा मंगोलियनहरुलाई फिल्म क्षेत्रले रिजेक्सन गरेकै थियो । हिजो नायक हुनु भनेको आवरणलाई मात्रै प्रश्रय दिएको अवस्था थियो । हिजो त्यसो गर्दा चाहिँ सही हुने, आज अर्को आवरणका कलाकारले अलिकति माया पाउँदा के चाहिँ फरक भयो त ?

  • गगन थापाको स्टाटस र मीन भामको कांग्रेस कनेक्सन

    गगन थापाको स्टाटस र मीन भामको कांग्रेस कनेक्सन

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्देशक मीन भामको प्रशंसा गर्दै हिजो एउटा स्टाटस लेखेका छन् । भामले निर्देशन गरेको पछिल्लो चलचित्र ‘साम्बाला’ को प्रिमियरपछि उनले लेखेका स्टाटस केहीले आपत्तिसमेत जनाएका छन् ।

    थापाले उक्त स्टाटसमा ‘साम्बाला’ ओस्कार जित्नसक्ने चलचित्र भएको टिप्पणी गरेका थिए । आपत्ति यसमा होइन । स्टाटसमा मीन भामप्रति ‘कांग्रेसी’ हरुले थप गर्व गर्नुपर्ने गगनले बताएका छन् । यसमा धेरैको असन्तुष्टि रहेको छ ।

    हेर्नुस गगन थापाको स्टाटसः

    प्रिय भाइ मीन, तिमी हाम्रो पुस्ताको अब्बल सिनेकर्मी हो । Oscar Worthy चलचित्र ‘साम्बाला’ निर्माण गरेकोमा बधाई र सफलताको शुभकामना । कांग्रेसीहरूले त आफ्नो परिवारको एउटा सदस्य अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सिनेकर्मी हो भन्दा थप गर्व गर्न सक्ने विषय हो । ‘साम्बाला’ सिनेमा हलमा भदौ २८ गते आउदैछ, प्रतीक्षामा छु । सबैलाई हेर्न आग्रह पनि गर्दछु ।’

    ‘ओस्कार जित्नसक्ने’ भने पनि थापाले यो चलचित्र नहेरिसकेको उनकै स्टाटसबाट बुझिन्छ । उनी तीन दिन अगाडि भएको चलचित्रको प्रिमियरमा उपस्थित थिएनन् । बरु कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा आएका थिए ।

    थापाले भामको सफलतालाई किन ‘कांग्रेसी’ सँग जोड्नुको कारण चाहीँ उनको राजनीतिक पृष्ठभूमि हो । भाम लामो समयदेखि नेपाली कांग्रेसमा आवद्ध छन् ।

    उनलाई गत वर्ष मंसिरमा भएको प्रतिनिधिसभाको चुनावमा कांग्रेसले मुगुबाट समानुपातिकमा सिफारिससमेत गरेको थियो । तर बन्दसूचीमा भने अटाउन सकेनन् । पिछडिएको खस आर्यतर्फबाट सिफारिस भएका भामको नाम पार्टी केन्द्रमा आए पनि निर्वाचन आयोगसम्म नपुग्दा उनी माननीय बन्न बञ्चित भए ।

    भाम २०५० सालदेखि नै कांग्रेस राजनीति छन् । २०५० सालदेखि २०५३ सालसम्म नेविसंघको गाउँ समिति अध्यक्ष भएका भाम २०५४ देखि २०५६ सम्म नेविसंघको जिल्ला महासचिव बनेका थिए । २०७७–७८ सालमा कांग्रेसको सूचना तथा सञ्चार विभागको सदस्य बनेका भाम पछिल्लो समय भने पार्टीका त्यति सक्रिय छैनन् ।

     

  • चलचित्र ‘एक्टर’बाट नायिका आना शर्माको क्यारेक्टर पोस्टर सार्वजनिक

    चलचित्र ‘एक्टर’बाट नायिका आना शर्माको क्यारेक्टर पोस्टर सार्वजनिक

    काठ्माडौँ। यहीँ कात्तिक १५ गते (लक्ष्मीपूजा)बाट प्रदर्शन हुन लागेको चलचित्र ‘एक्टरः टेक वान’ले नायिका आना शर्माको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ ।

    बिहीबार रोयल भिमसेन र सुजन श्रेष्ठ (ट्राइडेन कन्सेप्ट)को कन्सेप्ट डिजाइनमा तयार भएको पोस्टरमा नायिका आना मात्र चित्रित छिन्। पोस्टरमा आना सहरिया युवतीका रुपमा चित्रित छिन् । आकर्षक लुक्समा रहेकी उनी वान पिसमा छिन् । कलर गरेको कपाल र गला खुलेको वान पिसले उनलाई खुलेको छ ।

    चलचित्रमा उनको चरित्रको नाम प्रकृति रहेको छ। यसअघि यो चलचित्रका तीन वटा पोस्टर सार्वजनिक भएका थिए । जहाँ फर्स्टलुक पोस्टरमा चलचित्रका प्रमुख कलाकार प्रदीप खड्काका पाँच भिन्न गेटअपमा सार्वजनिक गरिएको थियो भने दोस्रो पोष्टरमा उनी कालो टिसर्ट र लामो कपालमा अनुहारभरि चोटैचोटसहित देखिएका थिए। त्यसै गरी, अर्को पोस्टरमा यही चलचित्रबाट करिब १० वर्षपछि अभिनयमा कमव्याक गरेका अभिनेता राजबल्लभ कोइरालाको जन्मदिनको अवसर पारेर निर्माण पक्षले उनी फिचर्ड क्यारेक्टर थिम पोस्टर सार्वजनिक गरेको थियो ।

    राजन भुसालको निर्देशन रहेको ‘एक्टर’मा प्रदीप, राजवल्लभ र आनासँगै नव–नायिका दिव्या रायमाझी, अभिनेता दिव्य देव, सुशील सिटौलालगायतको अभिनय रहेको छ । दिव्या अभिनेता दिलीप रायमाझीकी छोरी हुन् । अदृत फिल्मस् र मोती फिल्मस्को प्रस्तुतिमा रहेको चलचित्रका निर्माता थमन कुमार भण्डारी हुन् । अनिश भुसाल सह–निर्माता रहेको चलचित्रको क्रिएटिभ प्रोडुसर मोती कार्की र लाइन प्रोड्युसरमा तोरन क्षेत्री हुन् ।

    नरेन्द्र मैनालीले खिचेको चलचित्रको कथा आकाश बराल र राजन स्वयंले लेखेका छन् । शिशिर खाती र किरण थापाको कोरियोग्राफी रहेको चलचित्रमा अष्टम महर्जनको द्वन्द्व, कृष्णमान तामाङको आर्ट डिरेक्सन र हर्कुलस बस्नेत, रोहित शाक्य र एलिस कार्कीको संगीत रहेको छ । चलचित्रमा निमेश श्रेष्ठको सम्पादन, राजेन्द्र मोक्तानको कलर, साहिल खानको पोष्ट प्रोडक्सन सुपरभाइजर, रेलिजा श्रेष्ठको प्रोडक्सन डिजाइनर, नविन श्रेष्ठको साउण्ड र रोमन बज्राचार्यको ब्याकराउण्ड स्कोर रहेको छ।

  • सिनेमा ‘तेल भिसा’को दोस्रो गीत रिलिज (भिडिओ)

    सिनेमा ‘तेल भिसा’को दोस्रो गीत रिलिज (भिडिओ)

    काठमाडौं । आगामी मंसिर ७ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘तेल भिसा’को दोस्रो गीत ‘तुकुनको मुकुन मन पर्या’ सार्वजनिक भएको छ ।

    बिहीबार युट्युबमा सार्वजनिक सिनेमाको गीतमा सिनेमाका मुख्य अभिनेता विपिन कार्की, पुजा चन्द, बुद्धि तामाङ र जाहन्वी बस्नेत फिचर्ड छन् ।

    सिनेमाको यो गीतमा कृष्ण भारद्धाजको संगीत, राजन इशानको एरेञ्ज तथा निर्विकल्पम, कृष्ण भारद्धाज, शंकर अधिकारी घायल र नवीन बिकको शब्द रचना र शान्तिश्री परियार र साइराज खत्रीको स्वर छ । गीतको अडियो तथा भिडियो उत्कृष्ट बनेको छ ।

    निर्देशक शंकर घिमिरेको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘तेल भिसा’मा अभिनेता विपिन कार्कीको बृद्ध र जवानगरी दोहोरो भुमिका हेर्न पाइनेछ । सिनेमामा विपिनसँगै वर्षा राउत, पुजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती र विदेशी कलाकारहरुको अभिनय रहेको छ ।

    वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुती रहेको सिनेमामा अनिल पाण्डे र शिवराज कार्कीको लगानी छ । प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको सिनेमामा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्धाजको संगीत र अजय खड्काको सम्पादन छ ।

    भिडिओ

  • ब्रेकअपबारे पहिलोपटक खुले सिसन बानियाँ- म ‘मुभ अन’ भइसकेँ, तर उनलाई समाजले पीडा दियो

    ब्रेकअपबारे पहिलोपटक खुले सिसन बानियाँ- म ‘मुभ अन’ भइसकेँ, तर उनलाई समाजले पीडा दियो

    काठमाडौं । भ्लगर सिसन बानिया सामाजिक सञ्जालमा अत्यधिक ट्रोलको शिकार हुने युवामध्ये पर्छन् । विगतको असफल प्रेम सम्बन्धलाई लिएर अहिलेसम्म पनि ट्रोलरहरुले उनलाई टोकस्न छोडेका छैनन् ।

    पूर्व मिस नेपाल शृङ्खला खतिवडासँग प्रेममा परेका थिए सिसन । दुवैले सार्वजनिकरुपमा स्वीकार नगरेको भएता पनि उनीहरूका गतिविधि र सामीप्यताले यो ‘ओपन सेक्रेट’ जस्तै थियो । तर, उनीहरुबीच ब्रेक अप भयो । केही समयअघि शृङ्खलाले कान्तिपुर पब्लिकेसनको सम्भव सिरोहियासँग विवाह गरिसकेकी छन् ।

    सिसनसँग ब्रेकअप र सम्भवसँग विवाहपश्चात् खासगरी शृङ्खलाले सामाजिक सञ्जालमा ट्रोलको आँधिबेरी नै सहनु परेको छ । संघर्षमा साथ दिएका सिसनलाई धोका दिएर धनाढ्य युवक रोजेको भन्दै शृङ्खलामाथि तीखा प्रहारहरू हुने गरेका छन् । एक पटक शृङ्खलाले आफूलाई सामाजिक सञ्जालले रुवाएको भनेर सार्वजनिक अभिव्यक्तिसमेत दिएकी थिइन् ।

    उनले दिक्दारी पोख्दै यो पनि भनेकी थिइन्, ‘धन्न म कृतज्ञ छु कि कम्तीमा म मेरो सामाजिक सञ्जाललाई चाहेको बेलामा लगआउट गर्न सक्छु ।’

    अर्कोतर्फ सिसन भने ब्रेकअपपछि केही समय विक्षिप्त बनेका थिए । उनीमाथि धेरैले सहानुभूति दर्शाए पनि । अहिले भने उनी आफ्नो पुरानो लयमा फर्किसकेका छन् ।

    सिसनले कहिल्यै पनि शृङ्खलासँगको सम्बन्ध र ब्रेकअपबारे बोलेका थिएनन् । तर, हिजो मात्रै एउटा पोडकास्टमा उनी पहिलो पटक खुलेका छन् । उनले आफू ब्रेकअपको पिडाबाट बाहिर निस्किसकेको बताए ।

    सिसनले अन्तरवार्तामा शृङ्खलाको नाम कतै पनि उच्चारण गरेका छैनन्, तर उनीप्रति तयथेष्ट सहानुभूति र सद्भाव व्यक्त गरेका छन् । आफू पुरुष भएर सहानुभूति पाएको तर महिला भएकाले नै शृङ्खलाले समाजबाट प्रताडना खेप्नुपरेको उनको टिप्पणी छ ।

    ट्रोलरहरुले शृङ्खलालाई निशाना बनाएकोप्रति सिसनको चिन्ता र आक्रोश पोखिएको छ ।

    अन्तिम पटक यो विषयमा बोलेको भन्दै सिसनले के-के भने त ? उनकै शब्दमा:

    …मेरो त जे पनि पोख्ने बानी छ । रिस, खुशी सबै थोक पोख्छु । भित्रको इस्यूहरु म धेरै भन्दिनँ, त्यो त आफैँ डिल गर्ने कुरा हो । तर, मलाई पोख्न मन लाग्छ । त्यो समयमा म सम्भव भएसम्म वास्तविक रूपमा नै रहने प्रयास गरेँ । गएँ पोडकास्टहरुमा, ड्रिङ्क गर्‍या छ, चुरोटसुरोट खाइद्या छ । निकाल्दिएँ सबै । मभित्र त्यही थियो । मभित्र रिस थियो, सबै कुरा थियो । केही महिनामा नै त्यो गयो । मलाई पुग्यो । किनकि मैले सबै पोखेँ । आइ मुभ्ड अन मजाले नै । म ‘स्टक’ भएर बसिनँ । आइ एम ह्यापिएर दिस वे ।

    तर, कस्तरी स्टोरी लाइन बन्यो भने मप्रति चैँ माया आयो । मैले सहानुभूति खोजेकोजस्तो पनि देखियो होला तर म पहिलेदेखि त्यस्तै हो । अहिले चाहिँ जे गरे पनि त्यसैसित जोडेर … ब्रेक अप भएपछि कपाल काट्यो, ब्रेक अप गरेपछि यसरी हिँड्न थाल्यो, यस्ता कुराहरू । त्यो रिजन थिएन । म पहिलेदेखि नै यस्तै इभल्भिङ मान्छे हो । नयाँ–नयाँ कुरा गरिराख्छु ।

    अर्को कुरा, उताको पार्टी जो हुनुहुन्छ एकदमै धेरै ‘भिलेनाइज्ड’ हुनुभयो । मान्छेहरूले कमेन्टभरि…. नेपाली मानसिकतामा यो तथ्य हो कि धनी मान्छे, राम्रो घरपरिवार भएपछि अलिकति धेरै ‘भिलेनाइज्ड’ हुन्छ । त्यस्तै मुभी हेरेर बाँचियो । गरिब भएर छोडिदियो भन्ने कुराहरू लेखेका हुन्छन् । द्याट्स नट द केस । मेरो त गइसक्यो । ५–६ महिनामा रिस सिस मर्यो । मान्छेहरूले लेख्न थाले मायालाग्दो भएछ भनेर… मैले अलिकति बढी गरेछु कि । मलाई पनि एक्सप्रेस गर्नु त थ्यो । दबाएर राख्नै सकिनँ ।

    मलाई के फिल भयो भने मान्छेहरूले किन उता त्यस्तो गरिराख्या छ । उ पनि त मान्छे हो । उसले कसैलाई नराम्रो गर्‍या छैन । हामीबीच जे भयो एकदम नेचुरल थियो । फेरि यो क्लीप भाइरल भएर उसलाई नै औँल्याउने पनि हुन सक्छ । तर मैले राम्ररी एनालाइज गरेँ के रहेछ त भनेर । सी द पर्सन हु इज अ गर्ल… स्मार्ट…. उ आफै मजाले कमाउन समाउन सक्ने सक्षम मान्छे हो । त्यत्रो इन्स्टिच्यूट पढेको । नर्मल केटा मान्छे भए… म त हेर्नुस्… चुरोट, बियर खाएर यो बाट निस्किन सक्छु । उसको कुरा के हो भने सी फलोड हर हार्ट, आफूले चाहेको केटासँग बिहे गरेको हो । केही गल्ती भन्न मिल्दैन ।

    यो अहिलेसम्मकै पहिलो घटना पनि होइन । सबैको भइराख्छ । तर खोइ कहिलेकाहीँ मलाई खुशी पार्न पनि मान्छेले ‘मैले यस्तो यस्तो लेख्दिएँ’ भनेर सुनाउँछन् । म भन्छु ‘भाइ प्लीज त्यस्तो नगर’ । मैले त राम्ररी संगत गर्‍या मान्छे हो । गुड इन्टेनसन छ । देशका लागि राम्रो ‘एसेट’ हो । राम्रो माइन्ड सेट, गुड लिडर । आइ एक्चुअल्ली मिस्ड द ब्रेन बरु । अहिले पनि सधैँ उसको शुभचिन्तक हुँ । एकदम जिनियस मान्छे हो ।

    उसको आफ्नो पर्सनल लाइफ हो नि । तपाईँले आफूलाई मन लागेको कुरा गर्न सक्नुहुन्छ । मान्छेलाई चैँ कमेन्टमा गाली गरेर मेरो बदला लिइद्याजस्तो भइरा होला, तर मलाई चाहिएकै छैन । किनकि तपाईँले विष निकाल्नुभयो भने तपाईँ नै आफैँ विषाक्त हुँदै जाने हो । म त सधैँ शुभचिन्तक नै भइदिने हो । द वन्ली वे इज लभ । उसले ‘थम्स अप’ दियो र आ–आफ्नो बाटो लागियो । म त मजाले मुभ अन भइसकेँ ।

    उहाँलाई पहिले पनि फेमिली यस्तोउस्तो भनेर टाइटल जित्दा आलोचना भयो । कोभिडको टाइममा के के भनेर एउटा खैरेले उसलाई र्याग हान्यो । त्यसपछि राम्रो गरिराख्दा पनि यो खायो, त्यो खायो, यो गर्‍यो त्यो गर्‍यो… खाली नराम्रो । त्यो मान्छेलाई जमानादेखि नराम्रो छ । यो चैँ क्लाइमेक्स जस्तो भइदियो । त्यो पर्टिकुलर मान्छेलाई जहिले पनि समाजले पेल्यो । मैले रियलाइज गरेँ, यदि उ केटा भइदिएको भए त ‘ग्लोरिफाइड’ हुने थियो । उसको गल्ती के मात्र भयो भने, नेपाली समाजमा छोरी भएर जन्मियो । एउटा छोरी मान्छे स्मार्ट भयो, सेल्फ डिपेन्डेन्ट भयो, सक्षम भयो । समाजलाई यो नपच्या हो । टाइटल पनि जित्ने, त्यहाँ पनि पढ्ने, यो पनि गर्दिने, सक्सेसै सक्सेस । यस्तो कसरी हुन सक्छ भन्याजस्तो ।

    म लागि परेर त होइन, तर मेरोबाट फुल सपोर्ट हो । यदि यसबाट बाहिर निस्किएको खण्डमा… कहिलेकाहीँ त एड्भाइस पनि दिन पाएजस्तो हुन्छ उसको माइन्डलाई, किनकि धेरै नराम्रो भइरहेको छ । म त एकदम पिसमा छु । आफ्नो लाइफ बाँचिरहेको छु । तर त्यता धेरै डिस्टर्व भयो क्या । नानाथरि के–के भन्द्या छ । सुत्न कति गाह्रो भयो होला त्यो मान्छेलाई । हुन सक्छ कि उनले चाँडै बच्चा जन्माउँदैछिन् । के अब हामी उसको बच्चालाई पनि गाली गर्ने सबैजना केमेन्टमा मिलेर ? उसको सासू होला । फेमिली होला । हसबेन्ड होला । म यो सबैभित्र मेरो नाम आवस् भन्ने चाहन्न । प्लीज, आइ डन्ट वान्ट टु बि असोसिएट ।

    उ केही पनि नेगेटिभ डिजर्भ गर्ने मान्छे होइन । उ सफल भएको दिन नेपालको महिलाको जित भएको हुन्छ । सबै महिलाहरूलाई हामीले दबाएर राखेको हो । उ केटा म केटी भएको भए म जान्थेँ क्या । हेर यसले नसकेको… यो झारपातलाई छोडेर गई… तँ भ्लगै बनाएर बस… भन्थे होला म केटी भएको भए । उनले पोडकास्टमा स्मोक र ड्रिंक गरेर मैले जस्तो कुरा गरेको भए ? मरेन ? म कसरी पास भएँ ? केटा भएर । भनेको पिपल डन्ट लाइक अ स्ट्रङ इन्टेलिजेन्ट स्मार्ट वुमन बिइङ सक्सेसफुल हो कि ? म चैँ जे पायो त्यही कुराहरू गरेर पनि केटा भएकाले सजिलै पास भएँ । जो मान्छे बोल्या पनि छैन बिचरा । बिहेको फोटो पनि कति हाइड गरेको छ । उसको डिसिजन हो यार ।

    यो लास्ट टाइम हो, यो टपिकमा बोल्ने । जतिजति बोल्यो…म आगोमा घ्यू हाल्न चाहन्न । मेरो तर्फबाट वि पास्ड द्याट । मेरो उमेर हेर्नुस् । जिन्दगीमा के–के भइसक्यो । जे-जति पोइजन थ्यो पोखिसकेँ । आइ निडेड द्याट । मेरो पनि धेरै मिस्टेक थियो । हुन सक्छ म टक्सिक थिएँ । यू नेभर नो । तपाईंले जज गर्न सक्नुहुन्न । उसको वाल हेर्दाखेरि नै गाली… यो अधिकार किन पायो भन्ने कुरा हो । म त टेन्सनमा हुन्छु । यस्तरी भयो भने कसरी सुत्ने यार ? कसरी एभ्रिडे स्माइल गरेर अगाडि बाँच्ने ? कहीँ जान पनि टेन्सन ।

    यस्तो नेगेटिभिटी जहिले उसलाई परिराख्ने हो । जिन्दगी नै संघर्ष भयो उसको बिचरा । न उसले कसैलाई नराम्रो भनेको छ । इन्टरभ्यू आउँदा पनि यस्तो सोच्ने तँ ? वाला छ क्या । म स्टप गर भनेर भन्छु । कति लेख्दिरा हुन्छु नगर, जो मन लाग्यो त्यहीसित गयो । उ पैसाको लागि जानुपर्ने मान्छे नै होइन नि । धेरै सक्षम मान्छे हो । महिला भएकाले र सफल भएकाले नै यो सबै हेट आइराख्या हो । मान्छेले हेर्दा अब त झन् सेट भयो भन्याजस्तो । उसको आफ्नै छ नि त । सी लिभ्ज अप टु द्याट ।

    कसरी ओभरकर हुने दाइ ? मलाई पनि यस्तो भाछ भनेर हजारौंले म्यासेज गर्थे । सबैलाई भा’छ नि त । एम्बेसडर अफ ब्रोकेन हार्ट भएँ म । कुरा पनि गरिराको हुन्थेँ मजाले सेयर गरेर । जति सकिन्छ मानिसहरुसँग कुरा गर्न प्रयास गर्थेँ । त्यो बेलामा म सबैभन्दा पहिले त बाहिर हिँड्न थालेँ, त्यसले धेरै हेल्प भयो । यसै टेन्सन, त्यसै टेन्सन । कम्तीमा म योबाट बाहिर निस्किएपछि स्लिम ट्रिम हेल्दियर भएर निस्किन्छु भन्ने भयो । एकदम ब्याड फिल भाको छ भने जिम सिम जाने । कम्तीमा कुद । मेरो त पसिनाबाटै धेरै रिसरागहरु निस्कियो ।

    पछि रियलाइज गरेँ । बझाङमा हुँदाखेरि एक्लै सूर्यास्त हेरेर बस्या थिएँ । होइन यार जे हुन्छ राम्रोका लागि हुन्छ भन्ने आयो । ठिक छ राम्रो गर भनेर त्यहाँबाट नै पठाएँ । मे बी आइ एम वान टु ब्लेम इन द्याट ।

    पछिसम्म यस्तो नहोस् कि उनीहरुले बच्चा पाए, अनि संसारले बिचराको गल्ती देखाइदिन्छ । उसको रिलेटिभहरुको अगाडि म त भिलेन भइरा होला । मलाई त्यो चाहिएको छैन । जेनुयनली भन्दा राम्रो होस । म्युचुअल डिसिजन भनेर छोडिदिउँ न । त्यो समयमा कस्तो हुन्छ भने लाइफमा ‘अलाइन’ हुन्छ दुईजनाको । म त अहिले पनि यही फिल्डमा हो । उहाँको अलिकति अर्कै फिल्ड होला । करिअर पनि अलाइन भएन, यो पनि अलाइन भएन । ओके, ह्यान्ड सेक, लेट्स गो… सकियो इट्स अल गुड । अब चाहिँ म गर्दिनँ यो बारेमा कुरा ।

    अहिलेको टाइममा यस्तो हुँदोरहेछ । क्या मजा आइरहेको छ सिंगल लाइफ । आइ गेट टु फोकस । ध्यान कतै पनि छैन । अहिले डिस्ट्रयाक्ट भयो भने धेरै कुरा तहसनहस हुन्छ । यसमै मजा आइरहेको छ । विवाह गर्नलाई हतार छैन । म एउटा मुभी गर्छु । विजनेस अलिकति सेट होस अनि बल्ल रिल्याक्स्ड भएर गर्ने हो । यो प्लान छ कि ४० वर्षदेखि धेरै सेट भइसक्छ । मलाई हतार छैन । वि सुड नर्मलाइज पिपल रिमेनिङ सिंगल अल्सो ।

  • चलचित्र ‘ज्वाइँ साब’को ‘कसम बत्तीको’मा जितु र नीतिको बिहे र रोमान्स (भिडिओ)

    चलचित्र ‘ज्वाइँ साब’को ‘कसम बत्तीको’मा जितु र नीतिको बिहे र रोमान्स (भिडिओ)

    काठमाडौं । असोजको २४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘ज्वाइँ साब’को पहिलो गीत ‘कसम बत्तीको’ सार्वजनिक भएको छ । आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै यो गीत सार्वजनिक गरिएको हो ।

    सार्वजनिक गीतमा निशान भट्टराई र समीक्षा अधिकारीको स्वर, यादव लम्सालको शब्द, अर्जुन पोखरेलको संगीत छ । यो गीतको अडियो शक्तिशाली छ । गीतका अधिकांश अंशहरु सामाजिक संजालमा हिट हुने खालका छन् ।

    दशैंको फूलपातीमा रिलिज हुन लागेको यो फिल्मलाई बसन्त निरौलाले निर्देशन गरेका हुन् । सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु जितु नेपाल र नीति शाहले नृत्य गरेका छन् । बिहेको परिवेशलाई समावेश गर्दै यो गीतको भिडियो तयार पारिएको छ ।

    विजय बस्याल कार्यकारी निर्माता रहेको यो फिल्ममा मीनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ । राजकुमार पण्डितको प्रस्तुतिमा तयार भएको फिल्ममा वुद्धि तामाङ, हिमेश पन्त, रमेश वुढाथोकी, निमा पाण्डे, शिशिर वाङ्देल, कविता आले, दीपक आचार्य, राजकुमार पण्डित, कमलमणी नेपाल, प्रकाश घिमिरे, दीपक अधिकारी, राजेन्द्र नेपाली, सीपी पौडेल, विश्व मुखिया, सुमन राई, रोशन नेपाल, सुनिल तामाङ, नविन काफ्ले, शिवु पाण्डे लगायतका कलाकारहरुको अभिनय छ ।

    अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत रहेको फिल्ममा संजय थापाको एक्सन, श्याम तामाङको छायांकन, सन्देश शाहको सम्पादन छ ।

    रेड आई फिल्मस्को प्रस्तुति र मौसम फिल्मस्को सहकार्यमा यो फिल्म निर्माण भएको हो ।

    भिडिओ

  • ठगी आरोपमा हास्य कलाकार ‘इकु’ पक्राउ

    ठगी आरोपमा हास्य कलाकार ‘इकु’ पक्राउ

    काठमाडौं। चर्चित कलाकार सुलेमान शंकर इकु पक्राउ परेका छन् ।

    कलाकार भिसामा युरोप पठाउँछु भनेर विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई पक्राउ गरेको हो ।

    ४० वर्षीय इकुले युरोपका विभिन्न देशमा आयोजना हुने सांस्कृतिक कार्यक्रममा आवश्यक पर्ने कलाकारका लागि कलाकार भिसामा लैजानेभन्दै प्रति व्यक्ती १५ देखि २० लाख रुपैयाँसम्म लिएको सीआईबीको दाबी छ।

    प्रहरीका अनुसार इकुले उनको नाममा रहेको एसएमएस फ्लिम्स प्रालीका नाममा पीडितलाई पैसा जम्मा गर्न लगाएका थिए।

    कलाकार भिसामा लैजान्छु भन्दै पैसा लिइएका व्यक्तिहरू जान नपाएपछि प्रहरी सम्पर्कमा पुगेका थिए।

  • पूजा र पल ‘रावायण’ लाई दर्शक खोज्दै मोफसल, पुण्य गौतमदेखि सन्तोष देउजासम्मको जोडबल

    पूजा र पल ‘रावायण’ लाई दर्शक खोज्दै मोफसल, पुण्य गौतमदेखि सन्तोष देउजासम्मको जोडबल

    काठमाडौं । चलचित्र ‘रावायण’ की निर्मात्री तथा अभिनेत्री पूजा शर्मा अभिनेता पल शाहलाई लिएर मोफसल यात्रामा छिन् । उनीहरू विभिन्न हलहरूमा पुगेर दर्शकहरूसँग भेटघाट र अन्तरक्रिया गरिरहेका छन् ।

    उच्च महत्वाकांक्षाका साथ निर्माण गरेको ‘रावायण’ ले अपेक्षित व्यापार गर्न नसकेपछि पूजालाई धक्का लागेको छ । काठमाडौंसहित देशभरका हलहरूमा तेस्रो दिनबाटै दर्शकको खडेरी परेको थियो । तर, पनि हार नमानीकन पूजा दर्शक जुटाउन प्रयासमा मोफसल यात्रामा निस्किएकी हुन् । उनले सामाजिक सञ्जालबाट आफ्नो चलचित्रमा दर्शक बढिरहेको भान पार्न प्रयास गरिरहेकी छन् ।

    पल र पूजा हिजो नेपालगञ्ज पुगेका थिए । त्यहाँको एक हलभित्र उनीहरूले दर्शकहरूसँग केही समय बिताए । पलको पेजबाट केहीबेर लाइभसमेत गरिएको थियो । आज उनीहरू दाङ पुगेका छन् भने भोलि धनगढी जाने योजना छ । दाङ पल शाहको गृहनगर हो । दुवैले चलचित्रमा अकुपेन्सी बढ्न थालेको दाबी गर्दै केही हलको बुकिङका स्क्रिनसट सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

    कमेन्ट बक्समा केही दर्शकको सहानुभूति पनि उनीहरूलाई प्राप्त भएको छ । एकजनाले लेखेका छन्, ‘पूजाजी एकमात्र त्यस्तो कलाकार हो, जसले नेपाली फिल्म ईन्डस्ट्रीलाई माथि पुर्‍याउन र टिकाइराख्न आफू अहोरात्र खटिएर, आफू मैनबत्ती बन्नु परे पनि सहेर फिल्मी प्रकाश छरिरहनुभएको छ, सलाम छ पूजाजी ।’

    एकजनाले ‘यति दर्शक आएर फिल्मले लगानी उठाउँछ त ?’ भनेर सोधेका छन् । जवाफमा पूजाले अलिअलि गर्दै बढ्दै जाने बताउँछिन् ।

    ‘म पनि एकैपटक सफल भएको होइन, विस्तारै हुन्छ,’ उनले लेखेकी छन् । यद्यपि, यो रिप्लाई कमेन्ट उनले पछि हटाइन् ।

    दर्शकबाट केही रमाइला प्रतिक्रिया पनि आएका छन् । कसैले फिल्म चलाउनका लागि ‘काण्ड’ निकाल्न सुझाव दिएका छन् त कसैले पहिलेजसरी नै ‘रुन’ आग्रह गरेका छन् । तर, पूजालाई भने आफ्नो मिहिनेतमै विश्वास छ । उनी लेख्छिन्, ‘आशा गर्छु कि कडा मिहिनेत कहिल्यै असफल हुँदैन । जय वास्तविक दर्शक ।’

    केही दर्शकको कडा प्रतिक्रिया पनि देख्न सकिन्छ । एकजनाको कमेन्ट यस्तो छः

    ‘के गर्छौ मङ्गगले आफ्नै ढङ्गले । बोलीमा सुधार ल्याउनु घमण्ड अलिक कम गर्नु नारीको सत्रु नारी नहुनु फ्लिम तेसै हिट ।’

    युट्यूवरहरूको साथ, पुण्य गौतम पनि मिसिए

    दर्शकको साथ नपाए पनि पूजालाई युट्यूवरहरूले भने बलियो साथ दिएका थिए । पूजानिकट केही युट्यूव च्यानलले शुक्रबार र शनिबार दर्शकको भेलबाढी नै आएजसरी होहल्ला गरे । जबकि ती दुई दिनमा पनि हलहरूको अकुपेन्सी सन्तोषजनक थिएन । आइतबारदेखि भने युट्यूवरहरू सेलाएको देखिन्छ ।

    यसैबीच सामाजिक सञ्जालका विश्लेषक पुण्य गौतमले पूजाप्रति दह्रो समर्थन र ऐक्यवद्धता प्रस्तुत गरेका छन् । उनले पूजासँग फोनमा कुराकानी गर्दै एक च्यानलबाट लाइभसमेत गरेका थिए ।
    पुण्यसितको कुराकानीमा पूजाले आफू विरुद्ध सञ्जाल नै लागेको गुनासो गरेकी छन् । उनीहरूबीच संवादको एक अंश यस्तो छः

    पुण्य गौतमः ‘ल फिल्म एकदम सफल भयो भन्ने सूचना पायौं । भिडिओ पनि हेर्‍यौं । वास्तवमा तपाईंहरूविरुद्ध ग्रान्ड डिजाइन गरेर प्रपोगाण्डा गरिया छनि, मैले बोल्न सुरू गरिसक्या’छु । हिजो पनि बोलेँ, आज पनि बोल्दैछु । रावायण ब्लक बस्टर हो र हुन्छ । र, यसले अपार सफलता हासिल गर्छ भनेर बोल्या’छु पूजाजी ।’

    पूजा शर्माः धन्यवाद पुण्यजी ! आफूले सत्कर्म राम्रो गर्नुपर्छ । एक-दुई दिन हो, लास्टमा राम्रो कामले नै बोल्छ । सञ्जालै लाग्या छ । तर, त्यसले केही पनि हुँदैन । भगवान् छ साक्षी दाइ । मलाई यो इन्डष्ट्रीबाट लखेट्न खोज्या छन् । अझै १० वटा फिल्म बनाउँछु । झन्-झन् राम्रो फिल्म बनाउँछु । यति भए पुग्छ दाइ मलाई ।

    पुण्य : ऐश्वर्या रायले एउटा फिल्म तलमाथि भयो भन्दैमा फिल्मबाट हात धोइन् र ? एन्जेलिना जोलीले गरिन् र ? तपाईं भनेको त मैले बोलेकै छु, करिश्मा मानन्धर दिज्यू रेखा थापापछि अहिलेको जेनेरेसनको सबैभन्दा उम्दा एक्ट्रेस हो । तपाईं अगाडि बढ्नुपर्छ । सुरूदेखि नै पलजी र तपाईंलाई हाम्रो साथ छ क्या । म यहाँ धेरै कुरा गर्न चाहन्न । तपाईंसँग पनि माइक्रो इन्फर्मेसन होला । मैले बुझेको के हो भने इन्डष्ट्रीभित्र तपाईंहरूको खुट्टा तान्ने र दुष्प्रचार गरेर दर्शकलाई हलबाट लखेटन् ग्रान्ड कन्स्पिरेसी भो । तर, दर्शकले बुझिसके । यो फिल्म राम्रो छ र हेर्नुपर्छ । पलजीलाई पनि नमस्कार भन्दिनुहोला ।’

    यस्तै कपुरबोट मिडियाका सञ्चालक चर्चित युट्यूवर सन्तोष देउजा पनि पूजाको प्रतिरक्षामा उत्रेका छन् । फेसबुकमा उनले एक स्टाटस लेख्दै रावायणको प्रचारप्रसार गरे । सन्तोषका अनुसार एउटा स्टाटसको विषयलाई लिएर पूजाले उनीसँग रावायण रिलिजको अघिल्लो दिन अबेर रातिसम्म झगडा गरेकी थिइन् ।

    उनी लेख्छन्, ‘पूजाको मुख अलि छुच्चो भएपनि मन सफा छ भन्ने सोचेर आज स-परिवारै चलचित्र रावायण हेरेर भर्खर फर्केँ । ‘यति राम्रो फिल्मको तपाईंले किन सपोर्ट नगर्नुभएको ?’ भन्दै फर्कदा अनुष्काले मलाई गाली गरिन् ।’

  • साम्बाला : दृश्य भाषामा लेखिएको सुन्दर ‘कविता’

    साम्बाला : दृश्य भाषामा लेखिएको सुन्दर ‘कविता’

    मीनबहादुर भाम निर्देशित ‘साम्बाला’ हेर्नकै लागि नेपाल आएका नवाजुद्दीन सिद्दिकी र अनुराग कश्यपलाई एकै छिन परै राखौँ । बर्लिन, लोकार्नो जस्ता अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरुमा पुगेर इतिहास रचिसकेको यो फिल्म चाहिँ कस्तो छ त ? स्क्रिप्टले नै संसारभर करोडौँ रुपैयाँ फन्ड जितेको सम्बाला १४ करोड लगानीमा बनेको अहिलेसम्मकै महँगो नेपाली फिल्म पनि हो ।

    ‘साम्बाला’ अर्थात् मिथिकल ह्याभन । ‘साम्बाला’ भन्नाले यस्तो सहर, जहाँ पाप र हिंसा हुँदैन । रिम्पोछेहरुले पुनर्जन्म लिने ठाउँ हो । तर, फिल्म ‘साम्बाला’ र मिथक ‘साम्बाला’ फरक छन् ।

    फिल्म ‘साम्बाला’मा उच्च हिमाली भेगको भूगोल छ । त्यहाँ हिउँमा जीवन खोज्ने मानिसहरू छन् । ती मानिसहरूको विश्वास पद्धति र संस्कृति छ । संस्कार छ । दर्शन छ । त्यहाँ दुःखलाई छिचोल्दै आफ्नै जीवनको गीत गाउन खोज्ने पेमाहरु छन् । र, पेमाहरु आफैँलाई खोजिरहेका छन् ‘साम्बाला’मा ।

    आफैँलाई खोज्न/आफैँलाई चिन्न कति सजिलो छ ? सायद सजिलो छैन । अरूलाई खोज्ने बहानामा आफैँलाई खोजिरहेकी पेमाले आफूलाई भेट्छिन् त ? कसैलाई भेट्ने लालसामा भित्रभित्रै आफ्नै स्वतन्त्रताको खोजी गरिरहेकी पेमाले समाजसित विद्रोह गर्न सक्छिन् त ? यसका लागि ‘साम्बाला’ हलमै गएर हेर्नुपर्ने हुन्छ ।

    खासमा ‘साम्बाला’ हिमालको कथा हो ।

    हिमाल टाढाबाट हेर्दा सुन्दर देखिन्छ । नजिकबाट हेर्नेहरूका लागि हिमाल दुःख हो । चिसो हिउँ छिचोलेर बाँच्नु अर्को संघर्ष हो । मान्छे पनि हिमाल जस्तै त हो, दुरीबाट हेरे राम्रो, नजिकैबाट हेरे अप्ठ्यारो । परबाट हेरे मुस्कान देखिन्छ, नजिकबाट हेरे आँसु महसुस गरिन्छ ।

    देखेका सबै सपनाहरू पूरा हुनुपर्छ भन्ने छैन । सबै सपना पूरा हुँदैनन् पनि । परिस्थितिले गिजोलेपछि, जिम्मेवारीले थिचेपछि कतिपय सपनालाई सदाको लागि बिर्सिदिनुपर्ने हुन्छ ।

    सारमा ‘साम्बाला’ पेमा नामक महिलाको कथा हो ।

    तीनजना दाजुभाइसित उनको विवाह हुन्छ । जेठो टासी, माइलो कर्म, कान्छो दावा । माइलो सानैदेखि लामा बनेर गुम्बामा छन् । टासी व्यापारको क्रममा तिब्बत जान्छ । यता पेमा गर्भवती छन् । तर, त्यो गर्भ टासीको होइन भन्ने हल्ला गाउँमा चल्छ । गाउँमा चलेको हल्लालाई हावाले उडाएर ल्हासाबाट फर्किरहेका टासीको कानमा ठोक्किन्छ । तासीको पुरुष अहम्मा चोट लाग्छ । ऊ उतै कतै हराउँछ, याकहरुलाई मात्रै घर फर्काउँछ ।

    गर्भवती पेमा श्रीमान् टासीलाई खोज्न अनिश्चित यात्रामा निस्किन्छिन् । पेमाको यही यात्रालाई कवितात्मक दृश्य भाषामा पस्केका छन् भामले ।

    ०००

    भनिन्छ नि, बिहानले दिनको संकेत गर्छ । फिल्मको ओपनिङ सट नै ‘साम्बाला’को कथा सार हो । ओपनिङ सटमा पेमाको टाउकोले घाम छेकेको छ । पेमा लुङ्दर मिलाइरहेकी छे । पेमाको अनुहार कालो छाया मात्रै देखिन्छ । बिस्तारै क्यामेरा चल्न थाल्छ । र बिस्तारै पेमाको अनुहार उज्यालो हुँदै आउँछ । अर्थात् पेमाले आफूलाई राम्रोसँग चिनेकी नै छैन । चिन्नै बाँकी छ । आफू को हो भनेर चिन्दै जानेछिन् ।

    ‘साम्बाला’ पेमाको आफैँभित्रको उज्यालोको यात्राको कथा हो । त्यो यात्रामा निस्कन उसले दुःखको अँध्यारो सुरुङको बाटो भएर हिँड्नुपर्ने छ । यति धेरै कुरा भामले एकै सटमा भनेका छन् ।

    बहुपति प्रथालाई निरन्तरता दिइरहेको पुरानो सोच भएको गाउँमा परपुरुषसँगको ‘झुटो’ हल्ला चल्नु एक महिलाका लागि मृत्युसरह हो । त्यस्तो अवस्थाबाट समाजसँग विद्रोह गरेर स्वतन्त्रताको वकालत गर्नु अक्सिजनविना सगरमाथा चढ्नु जस्तै हो । पेमाका लागि झुटो हल्ला कति ठूलो समस्या हो भनेर भामले पेमाको नाबालक श्रीमान् दावामार्फत् भनेका छन् ।

    १०/११ वर्षको दावा स्कुलमा झगडा गर्छ । पेमा स्कुल जान्छिन् । स्कुलबाट दावा दौडन्छ । पेमा दावालाई पछ्याउँछे । बाटोमा पुल आउँछ । पेमा पुलको बीचमा पुग्छिन् । त्यहाँ दावाले पेमा–रामको सम्बन्धबारे गाउँभरि हल्ला चलेको, पेटको बच्चा पनि रामको भएको र टासी आएपछि आफूले सबै बताउने बताउँछ । यसपछि दावा पुल तरेर जान्छ, पेमा पुलको बीचमा अडिन्छिन् । न अगाडि बढुँ, न पछाडि फर्कुँ ! पेमाको मनोविज्ञानलाई पुलको बीचमा राखेर भामले यसरी खिचेका छन् ।

    ……

    देखेका सबै सपनाहरू पूरा हुनुपर्छ भन्ने छैन । सबै सपना पूरा हुँदैनन् पनि । परिस्थितिले गिजोलेपछि, जिम्मेवारीले थिचेपछि कतिपय सपनालाई सदाको लागि बिर्सिदिनुपर्ने हुन्छ ।

    दावाको सपना हो, पाइलट बन्ने ।

    बुद्ध धर्ममा माइलो छोरालाई लामा बनाइन्छ । ऊ गुम्बामा बस्छ । तर, कहिलेकाहीँ आवश्यक पर्दा लामा अध्ययनलाई निरन्तरता दिँदै घर परिवारको जिम्मेवारी पनि सम्हाल्नुपर्ने हुन्छ । जसका लागि ‘घोडा चढ्ने’ बिम्बको प्रयोग गरिएको छ ।

    दावाले पाइलट बनेपछि पेमालाई हवाई जहाजमा उडाउने बताएको हुन्छ । तर परिस्थिति दावाको सपनाको प्रतिकूलतामा बदलिइसकेको हुन्छ । घर नआएका टासीलाई भेटेर सत्य बताउन पेमा घरबाट निस्कन्छे । निस्कने वेला चिठीमा घर हेर्नु, याक स्याहार्नु भनेर कागजमा लेख्छे । कागजलाई टेबलमा राख्छे । उक्त कागजलाई दावाको खेलौना हवाई जहाजले थिचिदिन्छे ।

    दावाले ठूलो भएपछि आकाशमा उडाउने हवाई जहाज घरको जिम्मेवारीमा आएर अवतरण हुन्छ । अब चारैतिर हिमालले छेकेको सानो गाउँमा याकहरूलाई चराएर बस्नुपर्नेछ दावाले । यति धेरै कुरा मीन धामले कागजलाई हवाई जहाजले थिचिदिएको सानो सिनमै भनिभ्याएका छन् ।

    …….

    मध्यान्तरमा पेमा टासीलाई खोज्न निस्किएकी छन् । उनको पछाडि ब्लर गरिएको छ । त्यही ब्लरमा पेमालाई पछ्याउँदै आइपुग्छन् लामा कर्म । रिम्पोछेले कर्मलाई पेमासित पठाएको छ । तर, यसवेलासम्म पेमाले भने परिस्थितिलाई फरक तरीकाले सोचिसकेकी छे । यसको संकेत मीन भामले अलि अगाडि नै दिएका छन् । पेमाले आमासित ‘कर्म पनि छ’ भन्ने संवाद बोलेकी हुन्छे ।

    पेमा बिस्तारै बदलिँदै गरेको देखाउन मीन भामले धेरै फुटेज र संवादको प्रयोग गरेका छैनन् । जस्तो: कविता पारखीहरूलाई थाहा हुन्छ नि, थोरै शब्दबाट धेरै कुरा कसरी भनिएको हुन्छ ! भामले शब्दको ठाउँमा दृश्यको प्रयोग गरेका छन् ।

    …….

    हाम्रो समाजमा केही कुरा हुन्छन्, जुन कानुन जस्तै हुन्छ । यो गर्न हुन्छ, यो गर्न हुँदैन भनेर हाम्रो समाजमा स्थापित केही मान्यताहरू हुन्छन् । जस्तो, चेलीलाई खुट्टाले छुनु हुँदैन ।

    त्यस्तै मान्यता अनुरूप लामाहरू कतिपय ठाउँमा घोडा चढ्दैनन् । लामाहरूले घोडा नचढ्नु उनीहरूको विश्वाससँग जोडिएको कुरा भयो । जनावरलाई दुःख दिनुहुन्न, आफ्नै हातखुट्टा छँदै छ भन्ने विश्वास उनीहरूमा हुन्छ । उनीहरू यसै पनि अहिंसाको पक्षपोषक हुन् । तर, परिस्थिति बिस्तारै बदलिँदैछ । यसलाई भामले एउटा संवादमार्फत् प्रष्ट्याएका छन् ।

    पेमाले कर्मलाई भन्छिन्, ‘अब तिमीले घोडा चढ्न सिक्नुपर्छ ।’

    पेमाको घोडा चढ्ने प्रस्ताव कर्मको जिम्मेवारी पनि हो । किनभने टासी हराएको छ । घोडा चढ्नुलाई यौनिक बिम्ब पनि हो । लापत्ता भएका टासी, भविष्य अनिश्चित भएकी गर्भवती पेमा र गुम्बाबाट बाहिर निस्केका कर्मबीचमा ‘घोडा चढ्ने’ बिम्बलाई सुन्दर ढंगले भामले प्रयोग गरेका छन् ।

    बुद्ध धर्ममा माइलो छोरालाई लामा बनाइन्छ । ऊ गुम्बामा बस्छ । तर, कहिलेकाहीँ आवश्यक पर्दा लामा अध्ययनलाई निरन्तरता दिँदै घर परिवारको जिम्मेवारी पनि सम्हाल्नुपर्ने हुन्छ । जसका लागि ‘घोडा चढ्ने’ बिम्बको प्रयोग गरिएको छ ।

    पेमा र कर्म पठारको बाटो हिँड्दै हिँड्दै जाँदा हिमालको नजिक पुगिसकेका हुन्छन् । ब्याकग्राउण्डमा हिमाललाई देखाइएको छ । कर्म भने घोडामा चढ्छ । तर, लड्छ । सँगै अर्को दृश्यमा कर्म घोडा चढ्छ । जब ऊ घोडा चढ्छ, उसले गुरु रिम्पोछेलाई सम्झन्छ । घोडा चढ्नुअघि भने रिम्पोछेलाई सम्झिएको हुँदैन ।

    यो दृश्यले के बताउँछ भने कर्ममा विरोधाभाष छ । कर्म मात्रै होइन, प्राय हरेक मान्छे विरोधाभाषपूर्ण नै हुन्छन् । हामी गल्ती गर्छौँ, अनि पछुताउँछौैं । यो मानवीय स्वभावलाई प्रष्ट्याउन भामले कर्मलाई घोडा चढाएर रिम्पोछे सम्झाएका छन् । दोधार मनस्थितिमा पेमालाई स्वको खोजीमा हिँडाएका छन् ।

    स्वेटरसँगै पेमाको आफैँलाई चिन्ने/बुझ्ने यात्रा पनि सुरु भएको छ । जति जति पेमाको औँलाहरू कुरुषमा चल्छन्, उति नै पेमा बदलिँदै गएकी छे । सामान्य घर गृहस्थी गरिरहेकी उनी बिस्तारै गम्भीर कुरा गर्न थालेकी छन् । धागोलाई पहेँलो बनाउन पहेँलो फूल टिपेकी थिइन् । पछि कर्मले फूल टिपेर सिउरिदिन खोज्दा भन्छिन्, ‘फूललाई त्यहीँ फक्रन दिनू !’

    …….

    ‘साम्बाला’मा एउटा पात्र छ- घोडा !

    राम्रा फिल्महरूमा सधैँ व्यक्ति मात्रै पात्र भइरहँदैन । वस्तुहरू झनै सघन पात्र बनिदिन्छन् । ‘साम्बाला’ मा घोडाको यात्रा आफैँमा रोमाञ्चक छ । तासी हराएपछि (नियतवश) घोडामा निस्केकी पेमाले बाटोमा घोडा हराउँछे । घोडा हराएपछि घोडाले बोक्ने गरेको भारीको जिम्मेवारी कसको हो ? कर्मको ! टासी हराएपछि कर्मको काँधमा आइपरेको घरको जिम्मेवारी देखाउन भामले घोडाले बोक्ने भारी कर्मलाई बोकाएका छन् ।

    तर, भारी बोकेको केही समयपछि घोडा भेटिन्छ । कर्मको ढाडमा थेचारिएको भारी घोडाको ढाडमा सर्छ ।

    घोडाको यात्रा निरन्तर भइरहन्छ । पेमाको कुम्लोकुटुरो बोकिरहेको घोडा अन्त्यतिर हराउँछ । पेमाले खोज्छिन् । फ्याउराहरू कराउँछन् । र घोडाको लास भेटिन्छ । मृत घोडा भेटिनुले टासी मरिसकेको वा कहिल्यै नभेटिने संकेत गर्छ ।

    साम्बालामा अर्को पात्र छ,- अक्षर खोपिएको ढुंगा !

    लुङदरमा मन्त्रहरू हुन्छन् । उक्त मन्त्रलाई हावाले हल्लाउँछ । हावाको माध्यमबाट मानिसभित्र छिर्छ भन्ने विश्वास बौद्धमार्गीमा छ । त्यही विश्वास ढुंगामा खोपिएको मन्त्रमा पनि हुन्छ । भर्खरै विवाह गरेको टासीले पनि ढुंगा खोप्छ । आफूले खोपेको ढुंगा ल्हासा जाँदा लिएर गएको हुन्छ ।

    टासी घर नफर्की बेपत्ता भएको त हुन्छ । तर, ऊ पूर्णरुपमा रूपमा हराउने नियतले बेपत्ता भएको हुँदैन । वा उसले कतै न कतैबाट पेमालाई नियालिरहेको छ । जस्तो: कर्मले घोडा चढ्न थालेपछि, पेमासँग बाजा बजाएर गीत गाउन थालेपछि अचानक टासीले छाडेको ढुंगा भेटिन्छ । ढुंगाले कर्मलाई पूर्ण रूपमा घर फर्कन पनि दिँदैन, गुम्बा फर्कन पनि दिँदैन ।

    ‘साम्बाला’मा अर्को पात्र पनि छ,- स्वेटर !

    पेमाले धागो केलाउँदै स्वेटर बुन्न सुरु गर्दादेखि नै स्वेटरले पेमासँगै यात्रा गरेको छ । सबैले स्वेटर मन पराउँछन् । तर, पेमाले कसका लागि बुनिदिएकी हो ?

    स्वेटरसँगै पेमाको आफैँलाई चिन्ने/बुझ्ने यात्रा पनि सुरु भएको छ । जति जति पेमाको औँलाहरू कुरुषमा चल्छन्, उति नै पेमा बदलिँदै गएकी छे । सामान्य घर गृहस्थी गरिरहेकी उनी बिस्तारै गम्भीर कुरा गर्न थालेकी छन् । धागोलाई पहेँलो बनाउन पहेँलो फूल टिपेकी थिइन् । पछि कर्मले फूल टिपेर सिउरिदिन खोज्दा भन्छिन्, ‘फूललाई त्यहीँ फक्रन दिनू !’

    धागोको पहेँलो र लामा/आनीहरुले लगाउने लुगाको माथितिरको भागको पहेँलोबीच भामले केही न केही भन्न खोजेका छन् । जुन पहेँलो धागो स्वेटरको रूपमा बिस्तारै पूर्ण हुने तरखरमा छ । स्वेटरमार्फत् भामले भन्न खोजेका छन्, पेमा आफैँलाई भेटाउने यात्रामा छिन् ।

    जसै पेमाले स्वेटर पूरा गर्छिन्, त्यही वेला रिम्पोछे मरेको खबर राम सरले ल्याइपुर्‍याउँछ । पेमाले कर्मलाई राम सरसँग गुम्बा पठाउँछिन् । र पेमा एक्लै यात्रामा निस्कन्छिन् । त्यो यात्रामा उनले बुनेर पूरा गरेको स्वेटर आफैँ लगाउँछिन् । यो ‘साम्बाला’ को जबरर्जस्त दृश्य हो ।

    पछि पेमा र टासीको भेट हुन्छ । तर, टासीले बच्चा जसको भए पनि फालिदिनू भनेर भनिदिन्छ । एउटा निर्दोष बच्चालाई फाल्नुभन्दा बच्चा फाल्न लाउने टासीलाई छाड्नु उपयुक्त ठान्छिन् पेमाले । टासीले पेमाको ठाउँमा समाज रोज्छ, पेमाले आफ्नो स्वनिर्णय रोज्छिन् । पुरातन सोच भएको समाजमा योभन्दा ठूलो विद्रोह अर्को कुनै हुन सक्छ र !

    जब राम सर र कर्मलाई फर्काएर पेमा एक्लै अगाडि बढ्छिन्, तब उनी हिमालको शिखरमा पुग्छिन् । हिउँ नै हिउँले भरिएको डाँडामा एक्लै घोडासँग हिँडिरहेकी हुन्छिन् । पुरुषहरुलाई घर फर्काएपछि पो पेमाले शिखर चढ्छिन् । जुन शिखरबाट टासीले देख्न नसके पनि देख्नुपर्ने अनन्त शिखरहरू देख्न सक्नेछिन् । ‘साम्बाला’को सबैभन्दा सुन्दर दृश्य यो पनि हो ।

    ०००

    गौतम बुद्धबारे धेरैलाई थाहा छ । तर, उसकी श्रीमती यशोधराबारे धेरैलाई थाहा छैन । भामले ‘साम्बाला’ मार्फत् नभनिएको यशोधराको कथा भन्ने कोसिस गरेका छन् ।

    ‘साम्बाला’ यशोधराले आफूलाई खोजेको कथा हो । सुत्केरी श्रीमती छाडेर हिँडेका सिद्धार्थ गौतम पछि बुद्ध बने । बुद्ध बनेर गाउँ फिरे । ज्ञान बाँडे । तर, सुत्केरी यशोधराको आँखाबाट बुद्ध कस्ता देखिएलान् ? यशोधराको पनि त आफ्नो यात्रा होला । आफ्नै स्वको खोजी होला । भामले यही कुरा बताउन पेमा र टासीको सहारा लिएका छन् । र पेमालाई स्वको खोजीमा हिँडाएका छन् ।

    पछि पेमा र टासीको भेट हुन्छ । तर, टासीले बच्चा जसको भए पनि फालिदिनू भनेर भनिदिन्छ । एउटा निर्दोष बच्चालाई फाल्नुभन्दा बच्चा फाल्न लाउने टासीलाई छाड्नु उपयुक्त ठान्छिन् पेमाले । टासीले पेमाको ठाउँमा समाज रोज्छ, पेमाले आफ्नो स्वनिर्णय रोज्छिन् । पुरातन सोच भएको समाजमा योभन्दा ठूलो विद्रोह अर्को कुनै हुन सक्छ र ! फिल्ममा सबै पात्रहरू आफ्नो विवेकको गच्छे अनुसार आफैंलाई खोज्न निस्किएका छन् । मान्छेले आफ्नो विवेककै आधारमा आफूलाई निख्खर देख्दै जाने हो ।

    हिमालको जीवनशैली अनुसार सुस्त गतिमै क्यामेरा चलाइएको छ । मल्टिपल फ्रेमहरुमा काम गरिएको छ । आत्महत्या गरेकी युवतीको लासको अन्तिम संस्कारहरू गर्दा आकाशमा गिद्धहरूलाई घुमाइएको छ । एकै फ्रेममा अन्तिम संस्कार छ, उडिरहेका गिद्ध छन् । धनुकाँड हानेर आफूलाई निर्दोष सावित् गर्नुपर्ने दृश्यहरूमा चाहिँ समस्या छ । यदि यस्तो हो भने मानिसहरूले धनुकाँड हान्न पहिल्यै सिकिसकेका हुन्छन् । तर, आत्महत्या गरेकी महिलाले धनुकाँड नै समात्न जान्दिन । उपल्लो डोल्पामायो संस्कार छ जस्तो पनि लाग्दैन ।

    गत वर्ष यो पंङ्तिकार उपल्लो डोल्पाको यात्रामा निस्किएको थियो, केही साथीहरूसहित । झण्डै एक महिनाको यात्रामा फोक्सुण्डो, से गुम्बा, साल्दाङ हुँदै धो–तराप पुगेपछि ‘साम्बाला’ को सुट सकाएका भामसँग भेट भएको थियो । त्यसवेला भामले कम्मरभन्दा माथिसम्मको हिउँमा उभिएर सुट गरेको बताएका थिए । उता साल्दाङमा हुँदैखेरि अभिनेता कर्मा बिरामी परेको खबर सुनेका थियौँ ।

    जीवनमा उज्यालो पनि छ, अँध्यारो पनि छ । सुख छ, दुस्ख पनि छ । हाँसो छ, आँसु पनि छ । यसका लागि फिल्ममा खैरो रङलाई खेलाएका छन् भामले । खैरो अर्थात् कालो र सेतो रङको मिश्रण ।

    उच्च हिमाली भेगमा खिचिएको‘साम्बाला’ भाम स्वयंको चिन्तनको नजिता हो । भाम स्वयं पनि बुद्धिजमप्रति गहिरो झुकाव राख्छन् सायद । फिल्ममा पुनर्जन्म जबरजस्त स्थापित गरिएको छ । सहलेखक अविनाश विक्रम शाह, कलाकार थिन्ले ल्हामो, सोनाम तोप्देन, कर्मा लगायतको काम जबरजस्त छ । समग्रमा नेपाली फिल्म क्षेत्रलाई भामले दिएको सुन्दर कविता हो ‘साम्बाला’ । संसार घुमेर आफ्नै घरमा फिरेको ‘साम्बाला’ आउँदो शुक्रबारबाट देशभरका हलहरुमा लाग्दैछ ।

  • एकैसाथ तीन रियालिटी शो घोषणा, सारेगामप लिटिल च्याम्प्सको दोस्रो सिजनमा सबै जज नयाँ

    एकैसाथ तीन रियालिटी शो घोषणा, सारेगामप लिटिल च्याम्प्सको दोस्रो सिजनमा सबै जज नयाँ

    काठ्माडौं । सारेगमप लिटिल च्याम्प्सको पहिलो सिजनको भब्य सफलतापछि नोबडी प्रोडक्सनले सिजन २ ल्याउने भएको छ । राजधानीस्थित दुषित पृन्सेस होटलमा आयोजित एक कार्यक्रमका बीच सारेगमप लिटिल च्याम्पस नेपालको दोश्रो सिजन आउने घोषणा गरिएको हो ।

    क्राईम पेट्रोल नेपालको पहिलो सिजन बनाएपछि सुस्ताएको नोबडी प्रोडक्सनले लगभग ३० महिनापछी सारेगमप लिटिल च्याम्पस सिजन २ संगै एकै साथ तीनवटा रियालिटी शोको घोषणा गरेको छ। सारेगमप लिटिल च्याम्पस नेपाल सिजन २, अन्ताक्षरी र ब्रीलियन्ट ब्रेन्स शोको घोषणा गर्दै नोबडी प्रोडक्सनले आफू यो क्षेत्रबाट कहिले टाढा जान नसक्ने जनाएको छ । संगीतको बाह्रखरी ट्याग लाईन सहित घोषणा गरिएको अन्ताक्षरीको डिजिटल अडिसन यहीँ घटस्थापनाबाट खुल्ने छ ।

    लगभग एक महिना पहिले डिजिटल अडिसन सुरु गरिएको सारेगमप लिटिल च्याम्पस नेपाल सिजन २ मा अहिलेसम्म लगभग १२ हजार जनाले अडिसन भिडियो पठाईसकेका छन् ।

    सिजन १ झैँ सिजन २ ले पनि दर्शकको अपार साथ र माया पाउनेमा बिपिन कुमार आचार्य विश्वस्त छन। नेपालमा को बन्छ करोडपति, क्राईम पेट्रोल नेपाल जस्ता रियालिटी शो मात्र नभई ग्यालेक्सी फोरकेको सम्पुर्ण कृएटिभ जर्नीलाई बिहाईन्ड द सिन बसेर नेतृत्व गरेका बिपिन यो कार्यक्रमको होस्ट समेत रहनेछन् । पर्दा पछाडी बसेर काम गर्न रुचाउने बिपिनको फ्रन्ट फुट यात्रा कस्तो हुनेछ त्यो भने आउने दिनले बताउने छ ।

    सिजन २ मा सम्पुर्ण जजहरु पनि फेरबदल गरिएको छ । यो सिजनमा जजको रुपमा दर्शकले दिप श्रेष्ठ, स्वप्न सुमन र सुवानी मोक्तानलाई देख्न पाउनेछन। पहिलाका जजहरु सबै परिवर्तन हुनुलाई नकारात्मक तरिकाले नलिन बिपिनले आग्रह गरेका छन। पहिलाका जजहरुको कार्य व्यस्तताका कारण समय नमिलेपछी यो सिजनमा सबै जजहरु परिवर्तन गर्नुपरेको बिपिनले कार्यक्रममा जानकारी गराए ।

    फर्मुला प्लस एक्स्लुसिभ कमर्सियल पार्टनरको रुपमा रहनेछ भने डिजिटल मिडिया पार्टनरको रुपमा रास्तृय संचार रहनेछ। कार्यक्रमको बाकी घोषणाहरु थप कार्यक्रमको आयोजना गर्दै दर्शकलाई जानकारी गराइनेछ ।

     

  • ‘भ्रष्टाचारको चपेटामा देश’ लिएर आए सुशासन अभियन्ता हेम पाठक, म्युजिक भिडियो रिलिज

    ‘भ्रष्टाचारको चपेटामा देश’ लिएर आए सुशासन अभियन्ता हेम पाठक, म्युजिक भिडियो रिलिज

    काठमाडौं । भ्रष्टाचार विरोधी अभियन्ता अमेरिका निवासी हेम पाठकको भ्रष्टाचार विरोधी गीत मंगलवार काठमाडौंमा सार्वजनिक भएको छ । हेम-सरिता पाठक फाउन्डेसनका प्रमुख संरक्षक समेत रहेका पाठकले रचना रचना गरेको भ्रष्टाचार विरुद्धको गीत ‘भ्रष्टाचारको चपेटामा देश’ म्युजिक भिडियोको एक समारोहबीच सार्वजनिक गरिएको हो ।

    नेपाल सरकारका पूर्व मुख्य सचिव लीला गड्तौला र वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले म्युजिक भिडिओको लोकार्पण गरेका थिए । कार्यक्रममा गीतकार हेम पाठकले विशेष मन्तव्य राख्दै गीत सिर्जना र संस्थाको उदेश्य र महत्वमाथि प्रकाश पारेका थिए ।

    साथै गीतकार पाठकले आफू नेपालमा रहँदा तीन दशकअघि सामाजिक विकास समाज, अनामनगरमार्फत भ्रष्टाचार विरुद्धको जुलुस निकालेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सभाकक्षमा भ्रष्टाचार विरुद्धको कार्यक्रम गरेको स्मरण गरेका थिए ।

    सोही अवसरमा गीतकार पाठकले बृद्द भ्रष्टाचारीहरु मरेर गए पनि तिनीहरुको हड्डी जेलमा हालेर असुलउपर गर्नुपर्ने बताए । फाउन्डेसनकी संरक्षक सरिता पाठकको सभापतित्वमा सम्पन्न सो कार्यक्रमका विशिष्ट अतिथिहरु वरिष्ठ सर्जक एवं भ्रष्टाचार विरुद्धको अभियन्ता भरत जंगम, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, इतिहासविद् प्रा. डा. सुरेन्द्र के. सी. र नेपाल गीतकार संघका अध्यक्ष वसन्त थापा सहभागी थिए ।

    कार्यक्रममा फाउन्डेसनका सल्लाहकारहरु रवीन्द्र मिश्र, रामेश्वर फुँयाल, विज्ञान शर्मा, रमेश खरेल, देवेन्द्र सिटौला र तीर्थ कोइराला तथा पूर्व राजदूत अर्जुन कार्की,फाउन्डेसनका नेपाल शाखाका अध्यक्ष राधेश्याम लेकालीको उपस्थिति रहेको थियो ।

    यसैगरी संस्थाका भ्रष्टाचार विरुद्धका अभिव्यक्ति दूत किरण के. सी. (म्युजिक भिडियोका नायक), “भ्रष्टाचारको चपेटामा देश“ म्युजिक भिडियोकी गायिका कुन्ती मोक्तान, गायक शिशिर योगी, र सङ्गीतकार बी बी अनुरागी लगायत म्युजिक भिडियोका कलाकारहरु विद्या कार्की, रेष्मा श्रेष्ठ, राजु भुजू, आर. के. मानन्धर र म्युजिक भिडियोका निर्देशक सुदन के. सी. सहभागी थिए ।

    फाउन्डेसनका नेपाल शाखाका अध्यक्ष राधेश्याम लेकालीले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको संचालन कार्यक्रम प्रस्तोता बिबुसा बस्नेतले गरेकी थिइन । फाउन्डेसनले भ्रष्टाचारविरुद्ध समाचार लेख्ने पत्रकार तथा कविहरुलाई समेत पुरस्कृत गर्दै आएको छ ।

     

     

  • धिरज मगरको जन्म दिनमा सिनेमा ‘खुस्मा’को ट्रेलर रिलिज (भिडिओ)

    धिरज मगरको जन्म दिनमा सिनेमा ‘खुस्मा’को ट्रेलर रिलिज (भिडिओ)

    काठमाडौं । अभिनेता धिरज मगरको जन्मदिनको अवसर पारेर सिनेमा ‘खुस्मा’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको ट्रेलर रिलिज गरिएको हो ।

    सिनेमाको चार मिनेट लामो ट्रेलर रिलिज पश्चात धिरजको जन्मदिनको केक काटेर सेलिब्रेसन समेत गरिएको थियो । सिनेमाको ट्रेलरले जनयुद्धको प्रभावका बावजुद अकुंराएको एक जोडीको प्रेम र गाउँमा माओवादी सशस्त्र द्धन्द्व बढेपछि गाउँबाट वेपत्ता श्रीमानको प्रतिक्षामा रहेकी श्रीमती तथा परिवारको कथा उठाएको बुझिन्छ ।

    धिरज र उपासनालाई प्रेमी–प्रेमीकाको रुपमा प्रस्तुत गरिएको सिनेमाको सार्वजनिक ट्रेलरले दर्शकको मन जित्ने देखिन्छ । सिनेमाका मुख्य अभिनेता धिरज मगरले आफू जन्मेको गाउँमा सिनेमा छायांकनको अवसरमा फर्कन पाएकोमा निर्देशक अशोक थापा मगर प्रति आभारी छु । २ वर्षको उमेर युके गएपनि सधैं मनमा आफ्नो जन्म गाउँको प्रचार प्रसार गर्ने इच्छा थियो । सायद यो सिनेमाबाट पुरा भयो भन्ने लागेको छ ।

    एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन् । उनले यसअघि केही डकुमेन्ट्री सिनेमा लेखन तथा निर्देशन गरेपनि यो नै ठुलो पर्दाको पहिलो निर्देशकिय सिनेमा हो । डकुमेन्ट्री सिनेमाबाट निर्देशक थापाले नौ वटा बिभिन्न अन्र्तराष्ट्रिय सिनेमा महोत्सवबाट आवार्ड प्राप्त गरिसकेका छन् ।

    सिनेमाको निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर छन्, भने सह–निर्माता सुस्मिता बुढाथोकी हुन् । सिनेमामा दिपक बज्राचार्यको छायांकन रहेको छ । सिनेमाका यसअघि सार्वजनिक गीत र टिजरलाई दर्शकले रुचाएका छन् ।

    सिनेमामा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

    मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित सिनेमाले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ । एसडी योगी र छान्जु पार्क (कोरियन)को संगीत, सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ । सिनेमाको वितरण गोविन्द शाहीको काफिया फिल्मस्ले गर्नेछ ।

    भिडिओ

     

  • एआई र रोबोटिक्समा आधारित पहिलो नेपाली उपन्यास ‘सावर्णि’ आउँदै

    एआई र रोबोटिक्समा आधारित पहिलो नेपाली उपन्यास ‘सावर्णि’ आउँदै

    काठमाडौं । आर्टिफिसिएल इन्टलिजेन्ट (एआई) र रोबोटिक्स विषय प्रधान नेपाली उपन्यास बजारमा आउने भएको छ । डा. श्रीधर खनालको ‘सावर्णि’ नेपाली साहित्यमा फरक विषयको उपन्यास बताइएको छ । प्रकाशक बुकहिलले ‘सावर्णि’ प्रकाशन गर्ने भएको हो ।

    ३६ वर्षीय लेखक डा. खनाल बाल रोग विशेषज्ञ हुन् ।

    प्रकाशक भूपेन्द्र खड्काले यो उपन्यास महाभारत र कृष्ण युगका कथा र आज मानिस स्वयंले जन्माएको एआई र रोबोटिक्सको कथा समेटिएको बताए । पुस्तकमा मानव सभ्यताको विकासअघि र अहिलेको मानवसिर्जिन प्रविधि पनि उल्लेख छ ।

    बुकहिलले यसलाई पहिलो नेपाली रोबोटिक्स फिक्सन बताएको छ ।

    १७० पृष्ठको यो उपन्यासको मूल्य ४०० रूपैयाँ राखिएको छ । उपन्यास असोज पहिलो साता विमोचनको तयारी छ ।

  • नेपालमा अब राम्रो चलचित्र निर्माण हुने माहोल बनेको छः भारतीय अभिनेता नवाजुद्दिन

    नेपालमा अब राम्रो चलचित्र निर्माण हुने माहोल बनेको छः भारतीय अभिनेता नवाजुद्दिन

    काठमाडौं । भारतीय अभिनेता नवाजुद्दिन सिद्धिकीले नेपालमा राम्रो चलचित्र निर्माण हुने माहोल बनेको बताएका छन् ।

    सोमवार काठमाडौंमा अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै उनले नेपाली चलचित्र शाम्बलाले चलचित्रका लागि नेपालमा अब नयाँ माहोल बनेको बताएका हुन् । उनले निर्देशक मिनबहादुर भामले चलचित्रलाई उत्कृष्ट बनाएको आफूले पाएको पनि बताए ।

    उनले देशमा एक पटक मात्रै चलचित्र क्षेत्रको माहोल बनाउने कलाकार, निर्देशकहरु आउने भन्दै त्यो माहोल चलचित्र शाम्बलासँगै बनेको दाबी गरे।

    उनले भने, ‘एउटा देश एक पटक मात्रै त्यस्तो मानिसहरु आउँछन् जसले त्यो बेलामा सिनेमा वा अरु कुनैपनि चिजलाई माथिल्लो स्तरमा लैजान्छन् । त्यसले एउटा माहोल बन्छ । अब नेपालमा पनि त्यस्ता निर्देशक, कलाकारहरु आउँछन् । जो अहिले पनि छन् । अब उनीहरुले नेपाली सिनेमा क्षेत्रको माहोल अझै बढ्नेछ । उनीहरुले नै नेपालको सिनेमा क्षेत्रलाई अघि बढाउनेछन् ।’

    अभिनेता सिद्धिकीले नेपाली चलचित्रको भविष्य उज्वल रहेको बताए ।

  • हङकङमा गुन्जिँदै ‘मंगोलियन हर्ट’

    हङकङमा गुन्जिँदै ‘मंगोलियन हर्ट’

    काठमाडौं । चर्चित सांगीतिक ब्यान्ड ‘मंगोलियन हर्ट’ आठ वर्षपछि हङकङमा गुन्जिने भएको छ । अष्ट्रेलिया, दक्षिण कोरिया, दुबई, अबुधबीपछि मंगोलियन हर्टले हङकङको युन् लोङ थिएटरमा आगामी १५ सेप्टेम्बरमा वृहत कन्सर्ट गर्ने भएको हो ।

    ब्यान्डका म्यानेजर एवम् गितारिस्ट बबि लामाले हङकङमा ८ वर्षपछि फेरि कन्सर्ट गर्ने मौका जुरेकाले विशेष तयारी गरिरहेको बताए । ‘८ वर्षअघि हङकङमा कन्सर्ट गर्दा दर्शकको व्यापक प्रेम पाएका थियौं,’ लामाले भने, ‘फेरि त्यो प्रेमिल माहोलको मौका जुरेको छ । हामी विशेष तयारी गरिरहेका छौं । हङकङवासीलाई पुराना तथा नयाँ गीत गाएर मनोरञ्जन दिलाउन आतुर छौं ।’

    ३२ वर्षअघि सन् १९९२ मा स्थापना भएको लोक, स्लो रक, पप मेलोडी यो ब्यान्डमा गायक राजु लामासहित रिदम गीतारमा बबी लामा, ड्रममा सन्तोष थापा मगर, लिड गीतारमा भुपेन्द्र बज्राचार्य, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन छन् ।

    ‘बाँदलपारिको देशबाट’, ‘मेरो नेपाल’, ‘सुम्निमा’, ‘म माया लाउँदिनँ’, ‘हल्ला चलेछ’, ‘तिमीलाई देखेर’, ‘पर्खाइमा’, ‘सायद तिम्रो बाटोमा’, ‘उँभो उँभो खासा’ सैलुङ्गे मेला, आदि मंगोलियन हार्टका चर्चित गीतहरु हुन् ।

    कन्सर्ट नेपाली टच हङकङले आयोजना गर्न लागेको हो । कन्सर्टमा मंगोलियन हार्टसँगै नेपालबाट गायक धर्मेन्द्र सेवान, सन्तोस पुन र आस्मा विश्वकर्माले समेत प्रस्तुति दिने आयोजकले जनाएको छ ।

     

  • बाबुछोरीको कथामा चलचित्र ‘रंगी’ बनाउँदै सलोन बस्नेत

    बाबुछोरीको कथामा चलचित्र ‘रंगी’ बनाउँदै सलोन बस्नेत

    काठमाडौं । सलोन सलिना फिल्मस् प्रालिको ब्यानरमा नयाँ चलचित्र ‘रंगी’ निर्माण हुने भएको छ । सलोन बस्नेत प्रस्तुतकर्ता रहने चलचित्रमा सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहनेछ । निर्देशक न्यौपानेले ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’लगायतका चलचित्रमा मुख्य सहायक निर्देशनको रूपमा काम गरिसकेका छन् ।

    चलचित्र निर्माण घोषणासँगै निर्माण पक्षले चलचित्रको टाइटल पोस्टर पनि सार्वजनिक गरेको छ । जहाँ साइकलमा बसिरहेकी एक बालिका र उनीसँग खेल्दै गरेका एक पुरुष देखाइएको छ । पृष्ठभूमिमा सूर्यास्त हुँदै गरेको देखाइएको छ । चलचित्रले बाबु छोरीको कथालाई चित्रण गर्ने अनुमान गर्न सकिन्छ ।

    सक्षम सुवेदीको निर्माण रहने चलचित्रमा सुमन गजमेरको लेखन छ । सौरभ लामा छायाकारका रुपमा अनुबन्धित भइसकेका छन् भने चलचित्रका लागि कलाकार फाइनल भइसकेका छैनन् ।

     

  • चार दिनमै सुक्यो ‘रावायण’, दक्षिण भारतीय फिल्मको धङधङीले पूजा-सुदर्शनलाई बुमर्‍याङ

    चार दिनमै सुक्यो ‘रावायण’, दक्षिण भारतीय फिल्मको धङधङीले पूजा-सुदर्शनलाई बुमर्‍याङ

    काठमाडौं । पूजा शर्मा निर्मित तथा सुदर्शन थापा निर्देशित महत्वाकांक्षी चलचित्र ‘रावायण’ फ्लपको बाटोमा देखिएको छ । करोडौं लगानीको चलचित्रमा तेस्रो दिनबाटै दर्शक आउन छाडेका छन् ।

    गत शुक्रबार रिलिज हुनुअघि चलचित्रले राम्रै हाइप बनाएको थियो । निर्मात्री पूजा शर्माले मेकिङदेखि पब्लिसिटीसम्ममा खुलेर मिहिनेत गरेकी थिइन् । खर्चमा कुनै कञ्जुस्याईं गरिएको थिएन । चलचित्रको लगानी कति हो भन्ने सार्वजनिक गरिएको छैन । यद्यपि, साढे तीनदेखि चार करोडसम्म खर्च भएको हुनसक्ने आंकलन गर्न सकिन्छ ।

    शुक्रबार र शनिबार नै चलचित्रले अपेक्षित दर्शक पाएन । केही हलहरुमा देखिएको दर्शकको सामान्य फ्लोलाई देखाएर दुई दिन हल्लाखल्ला गरिएको थियो ।

    पूजा र पलले हलहरुमा पुगेर दर्शकसँग साक्षात्कार मात्र गरेनन्, हलबाहिर गाडीको हुटबाट टाउको निकालेर नक्कली स्टारडमको प्रहसन समेत गरे । तर, तेस्रो दिनबाट भने उनीहरु हल जान छोडेका छन् ।

    आइतबार चलचित्रको व्यापार दयनीय रहेको सिनेमा हलहरुको अकुपेन्सीबाट देखिन्छ । अधिकांश मल्टिप्लेक्सहरुमा बुकिङ न्यून थियो । आज दर्शकको उपस्थिति झन् निराशाजनक छ ।

    पहिलो हप्ता नै यसरी सिथिल भएपछि ‘रावायण’ ले हलबाट लगानी उठाउन असम्भवप्राय देखिन्छ । इनिसियल कमजोर रहेको चलचित्रले कहिलेकाहीँ माउथ पब्लिसिटीको बलमा रिकभरि लिन सक्छन् । तर, यो चलचित्रको माउथ पब्लिसिटी पनि कमजोर छ ।

    निर्माण पक्षले तीन दिनमा ग्रस कलेक्सन कति भयो भन्ने सार्वजनिक गर्न सकेको छैन । यस विषयमा चलचित्रका वितरक रोहित कट्टेलसँग जिज्ञासा राख्दा उनले बताउन चाहेनन् ।

    ‘हिजोको कलेक्सन मकहाँ आइसकेको छैन । शुक्रबार र शनिबार दर्शकको फ्लो ठिकठिकै थियो । तर, अहिले कलेक्सन सार्वजनिक नगर्ने निर्माण टिममा सल्लाह भएको छ’, उनले भने ।

    ‘रावायण’ को विजनेस अभिनेता पल शाहका लागि पनि उत्तिकै महत्वपूर्ण थियो । यो उनी जेलबाट निस्केपछि एकल हिराेकाे रूपमा पहिलो फिल्म हो । तर,  पल शाहका हार्डकोर फ्यानहरु समेत चलचित्रबाट निराश बनेका छन् ।

    रिलिजअघि व्यापक चर्चा बटुलेको भए पनि चलचित्रको कन्टेन्टमै समस्या थियो । दक्षिण भारतीय चलचित्रको अन्धनक्कलले पूजा–सुदर्शनलाई डुबाएको सहज विश्लेषण गर्न सकिन्छ ।

    नेपाली मौलिकता कतै पनि नभेटिने चलचित्रलाई बढीभन्दा बढी हिंस्रक बनाउन खोजिएको छ । कतिपय संवाद र दृष्यहरु भारतीय र दक्षिण भारतीय फिल्मबाटट सिधै कपी गरिएका छन् । गीतहरुमा समेत नेपालीपन छैन ।

    सुदर्शन थापा एक सक्षम निर्देशक हुन् । विगतमा थुप्रै चलचित्रबाट उनले आफूलाई प्रमाणित गरिसकेका छन् । तर, यो चलचित्रमा उनी विषयवस्तुको छनोटमै चिप्लिए । पछिल्लो समयमा दक्षिण भारतीय रुझानमा देखिएका केही नेपाली मेकर्सहरुका लागि यो एउटा चेतावनीको घन्टी पनि हो ।

     

  • मिस युनिभर्स नेपालकी प्रतियोगी अस्मीले सुरु गरिन् विद्युतीय हिंसाविरुद्धको अभियान

    मिस युनिभर्स नेपालकी प्रतियोगी अस्मीले सुरु गरिन् विद्युतीय हिंसाविरुद्धको अभियान

    काठमाडौं । मिस युनिभर्स नेपाल २०२४ की प्रतियोगी अस्मी ढकालले बालबालिकामा हुने विद्युतीय हिंसाविरुद्ध अभियान सुरु गरेकी छन् । उनी बाल संरक्षण संस्था ‘चाइल्ड सेफ नेट’सँग सहकार्य गर्दै नेपालमा मात्र होइन, विश्वभरका बालबालिकालाई अनलाइन हिंसाबाट जोगाउन प्रयासरत छिन् ।

    सामाजिक सञ्जालमा बालबालिकाको उच्च जोखिमलाई ध्यानमा राख्दै, अस्मीले साइबर बुलिङ, अनलाइन उत्पीडन, धम्की र अनुपयुक्त सामग्रीहरूको विरुद्धमा जनचेतना फैलाउने उद्देश्यले यो अभियान सुरु गरेकी हुन् ।

    अस्मीको अभियानले अभिभावक, विद्यालय, र समाजका अन्य जिम्मेवार निकायलाई बालबालिकालाई सुरक्षित अनलाइन वातावरण सिर्जना गर्न प्रेरित गर्दैछ । उनी भन्छिन्, ‘हामी सबैले अनलाइन जोखिमलाई बुझेर बालबालिकालाई सुरक्षित राख्न भूमिका खेल्नुपर्छ ।’

    अस्मीले यसअघि पनि समाजसेवामा सक्रिय भूमिका निभाइसकेकी छन्। २०१९ मा कोरोनाभाइरस महामारीको समयमा उनले ‘रेनेसा’ नामक डिजिटल पत्रिका प्रकाशन गरी ओझेलमा परेका युवाहरूको प्रतिभा उजागर गरेकी थिइन् । साथै, उनले काठमाडौँ एनिमल ट्रिटमेन्ट सेन्टरमा स्वयंसेवकको रूपमा पनि काम गरेकी थिइन्।

    उनले बालबालिकाको विद्युतीय हिंसाविरुद्धको यो अभियानलाई मिस युनिभर्स नेपालको मञ्चबाट अगाडि बढाउने योजना बनाएकी छन् । उनी यो प्रतियोगितामा विजयी भए अभियानलाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउन सक्षम हुने विश्वास छ। अस्मीको यो अभियानले विद्युतीय सञ्जालमा बालबालिकाको सुरक्षित भविष्य सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

    उनको अभियानले बालबालिकाको सुरक्षामा मात्रै नभई उनीहरूको मानसिक स्वास्थ्य र समग्र विकासमा सकारात्मक असर पार्ने आशा गरिएको छ ।

     

  • ‘साम्बाला’को प्रिमियरमा नेपाली र भारतीय कलाकारदेखि नेताहरुसम्म (तस्बिरहरु)

    ‘साम्बाला’को प्रिमियरमा नेपाली र भारतीय कलाकारदेखि नेताहरुसम्म (तस्बिरहरु)

    काठमाडौं । मीनबहादुर भाम निर्देशित बहुप्रतिष्ठित फिल्म ‘साम्बाला’को विशेष प्रिमियर सो सम्पन्न भएको छ । ठमेलस्थित छायाँ सेन्टरमा भएको प्रिमियरमा नेपालीदेखि भारतीय कलाकार मात्रै नभएर नेताहरुको पनि सहभागिता रहेको थियो ।

    सोकै लागि भारतीय कलाकार नवाजुद्दिन सिद्दिकी र निर्देशक अनुराग कश्यपलगायत आएका छन् । त्यस्तै, नेपालीका कलाकारको पनि बाक्लो उपस्थिति रहेको थियो ।

    निर शाह, दयाहाङ राई, नाजिर हुसेन, जितु नेपाल, सृष्टि श्रेष्ठ, कर्मालगायत कलाकारहरु सहभागी थिए । त्यस्तै, आनी छोइङ डोल्मा, सत्य–स्वरुपराज आचार्य जस्ता गायक गायिकाको पनि उपस्थिति थियो । उता नेताहरुको पनि राम्रो उत्साह देखिएको थियो । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, रास्वपा नेतृ सुमना श्रेष्ठ, सांसद तथा निर्देशक असिम शाहलगायतले प्रिमियरमा सहभागिता जनाएका थिए ।

    चलचित्र ‘साम्बाला’ जर्मनीस्थित बर्लिनको ७४औँ संस्करण मुख्य प्रतिस्पर्धाअन्तर्गत छानिएको थियो । नेपालमा साम्बालाको यो पहिलो प्रिमियर सो हो । करिब साढे २ घण्टाकाे फिल्म उक्त प्रतिस्पर्धामा छानिने पहिलो नेपाली मुभि हो ।

    फिल्ममा हिमाली भेगकी गर्भवती महिलाले व्यापारका लागि ल्हासातिर हराएका श्रीमान् खोज्दाको कथा समेटिएको छ।

    निर्देशक भाम र अविनाशविक्रम शाह लेखेको यस फिल्म डोल्पाको ४२ सयदेखि ६ हजारको उचाइमा खिचिएको छ। ‘साम्बाला’ तिब्बती र नेपाली भाषामा निर्माण भएको छ।

    यो फिल्म नेपालसहित फ्रान्स, नर्वे, हङकङ, टर्की, ताइवान, अमेरिका र कतारसँगको सहकार्यमा बनेको छ भने यसको बजेट ९ लाख ८० हजार युरो रहेको जनाइको छ। निर्देशक भाम यो फिल्ममा विश्वका विभिन्न चर्चित ल्याबबाट करोडौँको अनुदानसमेत पाएको थियो ।

    ‘साम्बाला’मा थिन्ले ल्हामो, सोनम तोपदेन, कर्मा शाक्यलगायतको अभिनय छ।

    भाम निर्देशित छोटो फिल्म ‘बाँसुल्ली’बाट पहिलोपटक नेपालबाट भेनिसमा छानिएको थियो भने फिचर फिल्म ‘कालोपोथी’ले भेनिस क्रिटिक्स विकतर्फ ‘फेडेरा उत्कृष्ट फिल्म अवार्ड’ समेत जितेको थियो ।