Category: कलाप्रेस

  • गालीसँग दीपकराजको ‘सरेन्डर’

    गालीसँग दीपकराजको ‘सरेन्डर’

    मान्छे आखिर परिस्थितिको दास न हो । परिस्थितिअनुसार बदलिन नसकेमा कुन दिन भड्खारोमा परिन्छ भन्ने दीपकराज गिरीले पक्कै बुझेका छन् ।

    चित्त नबुझेका कुरा धेरै सोचविचार नगरी फ्याट्ट भनिहाल्ने निर्भिक स्वभावका फिल्मकर्मी हुन् हुन त उनी । उनको फेसबुक अकाउन्टका पुराना पोस्टहरू एकसरो चियाउने हो भने पनि यो रुझानको छनक मिल्छ । तर, अहिले आएर उनले आफूमा बदलाब ल्याउने प्रयास गरिरहेका छन् । रहरले होइन, परिस्थितिले ।

    उनले पंतिकारसँग भने, ‘म एउटा डेमोक्रेटिक सोच भएको मान्छे हुँ । देशमा डेमोक्रेटिक एट्मोस्फियर (प्रजातान्त्रिक वातावरण) छ भनेर स्वस्थरूपमा आफ्ना भनाइहरू राख्ने गर्थेँ । तर, हाम्रो समाज त पहिलेजस्तो रहेनछ, अर्कै बनिसकेछ । समाज बदलिएसँगै मैले पनि आफ्नो शैली बदल्नुपर्छ भन्ने बुझेँ । जुन ठाउँमा तपाईंले आफ्ना भावनाहरूलाई स्वतःस्फुर्त राख्न सक्नुहुन्न, त्यहाँ तपाईंले आफ्नो शैली परिवर्तन गर्नैपर्छ । अब म सोचेर मात्रै टिप्पणी गर्छु । सकारात्मकताको पाटो समात्ने प्रयास गर्छु । कसैले हार्‍यो भन्लान्, कसैले बल्ल लाइनमा आयो भन्लान् । जे भने पनि मलाई स्वीकार्य छ ।’

    ०००

    ‘छक्का पञ्जा ५’ रिलिजको संघारमा दीपकराजले अनाहकमा गाली खाए । उनलाई ‘एन्जाइटी’ नै हुने गरी गाली आयो । सुरूमा त उनले गाली गर्नेहरूलाई साइबर सेना संज्ञा दिएर पन्छाउने र प्रतिरोध गर्ने प्रयास पनि गरे । तर, गालीका आयतन र घनत्व यति धेरै थियो कि उनलाई प्रतिरक्षात्मक बन्न करै लाग्यो । अहिले उनी कसरी हुन्छ, आलोचकहरू/विरोधिहरूलाई फकाउने र रिझाउने प्रयासमा निर्लिप्त छन् । उनको टोन डाउन भएको छ ।

    हुन त सामाजिक सञ्जालमा जति गाली आए पनि दीपकराजको ‘छक्का पञ्जा ५’ ब्लकबस्टर हुनबाट राकिएन । आजसम्म पनि यो फिल्म हेर्न आउने दर्शकको भिड सुकेको छैन । बरु ‘छक्कापञ्जा विरोधी’ को क्रन्दन अलि सुकेको छ । एक साताभित्रै १० करोडको विजनेस गरेर छक्कापञ्जाले नयाँ रेकर्ड राख्यो । करिब ३ करोड रूपैयाँमा बनेको फिल्मले रिलिज पहिल्यै लगानी सुरक्षित गरिसकेको थियो । अहिलेसम्म १६ करोड कमाएर फिल्मले दीपकराज एन्ड कम्पनीलाई मोटो मुनाफा दिइसकेको छ ।

    गाली खाँदाखाँदै पनि फिल्म हिट हुनु दीपकराजको ठूलो नैतिक जित थियो । उनले अविरमाला गरेर विजयोत्सव नै मनाउन सक्थे । तर, उनले यसलाई ‘जित’ को रूपमा लिन सकेका छैनन् । हलमा फिल्मले पैसा छाप्दै गर्दा दीपकराजको गोजी त न्यानो भयो, मन अझै पनि चिसै छ । कारण सामाजिक सञ्जालको अत्यास । गालीको त्रासले गर्दा आजकाल उनी खुलेर बोल्न खोज्दैनन् । ‘मिलाएर बोल्ने’ अभ्यास गरिरहेका छन् ।

    गत शुक्रबार दीपकराजले ‘आकस्मिक’ भन्दै एउटा पत्रकार सम्मेलन राखे । उक्त प्रेस मिटमा फिल्मको कमाइ सार्वजनिक गर्ने र आलोचकहरूलाई कडा जवाफ दिने तयारी थियो उनको । तर, लास्ट आवरमा रणनीति फेरियो । पत्रकार सम्मेलनमा दीपकराजले क्रोध लुकाए, केवल गुनासो र विरक्ति पोखे । दीपाश्री र माग्ने बुढालाई साइडमा राखेर आलोचकसँग माफी मागे ।

    ‘फिल्मबाट पैसा त आयो तर, आनन्द आएन,’ दीपकले भने, ‘सफलताको खुशी मनाउन पाएनौं । कस्तो खालको नेगेटिभिटी फैलियो बाबा १ हामीलाई एकदमै पोलिरहेको छ । हामीबाट कुनै गल्तीहरू भएका छन् भने माफी माग्छु ।’

    खासमा दीपकराजलाई किन आयो यतिविघ्न गाली ? को हुन् गाली गर्नेहरू ? के दीपकराज र माग्नेबुढाले भने झैं ‘साइबर सेना’ नै हुन् ? यसको पनि विश्लेषण गरौं ।

    दीपकराज र ‘छक्कापञ्जा’ लाई निशाना बनाउनेहरू विभिन्न तप्काका थिए । जो प्रभूत्वशाली छ र शक्तिशाली छ, उसका विरोधीहरू स्वतः सिर्जित हुने प्रकृतिको नियमै हो । उनीहरूले कुनै गल्ती गर्नै पर्दैन । उदाहणका लागि फुटबलमा ब्राजिल कुनै समय सर्वशक्तिमान मानिन्थ्यो । ब्राजिलका समर्थक संसारभर थिए, तर विरोधीहरू पनि उत्तिकै थिए । आज पनि कति फुटबल फ्यानहरू ब्राजिलले जोसुकैसँग भिड्दा पनि हारोस् भनेर उसको हरेक खेल हेर्छन् । क्रिकेटमा पनि भारतले हारोस् भनेर उसको खेल नछुटाउने नेपालमै धेरै छन् । यो एक खाले मानवीय प्रवृत्ति हो । ब्राजिल वा भारतको खेल मन नपरेर होइन, उनीहरूको दबदबा स्वीकार्न नसकेर विरोधी मानसिकता जन्मिएको हो ।

    नेपाली चलचित्रमा दीपकराजले पछिल्लो एक दशकमा राम्रै राज गरिरहेका छन् । वर्षका दुई-चारवटा फिल्मले बल्लतल्ल लगानी उठाउने इन्डष्ट्रीमा उनले ‘ब्याक टु ब्याक’८ वटा सुपरहिट फिल्म दिए । यो चानचुने सफलता होइन । पैसा पनि राम्रै कमाए । उनले नेतृत्व गरेको आमा सरस्वती मुभिजले एक अर्ब रूपैयाँ ग्रस आम्दानी कटाएको छ । यो एउटा अभूतपूर्व रेकर्ड हो । दीपकराजको यो प्रभूत्वले गर्दा उनीप्रति इर्श्या र कुण्ठा पालिरहेकाहरू इन्डष्ट्रीभित्रै मनग्गे छन् ।

    दीपकराजले जोगिएरै बोल्न खोजेका हुन् हुन त । तर, यो प्रश्नोत्तरबाट दर्शकले बुझ्ने यही हो कि दालमे कुछ काला है । सन्तोष सेनले पक्कै रोल खेलेका छन् । अन्तर्वार्ता दिन बोलाएको व्यक्तिलाई मन नपर्ने वा सम्वन्ध राम्रो नभएको मान्छेको फोटो देखाएर ऊविरुद्ध बोल्न उक्साउने सुवेदीको ‘सेग्मेन्ट’ छ । यही सेग्मेन्टमा दीपकराज फसे ।

    दर्शकको एउटा वर्गमा पनि दीपकराजले मात्रै कति रजाइँ गर्ने भन्ने मनोभावना देखिन्छ । यद्यपि, यीमध्ये अधिकांश नेपाली चलचित्रका नियमित दर्शक होइनन् । हिन्दी फिल्म टिकट काटेर हेर्ने र नेपाली फिल्म युट्यूवमा पर्खिने जमात ‘छक्कापञ्जा विरोधी’ बनेको हो । सायद उनीहरूले यसपाला दीपकराजको रिसकै कारण टिकट काटेर ‘१२ गाउँ’ हेरे ।

    दीपकराजसँग एकथरि दर्शक ‘महानायक काण्ड’ कै बेलादेखि चिढिएका थिए । जबकि यो काण्डमा उनको कुनै हात थिएन । छक्कापञ्जाकी निर्देशक तथा दीपककी व्यवसायिक सहयात्री दीपाश्री निरौलाले ‘राजेश हमाल महानायक हुनुहुन्छ र ?’ भनेर अन्तरवार्ता दिएपछि सिर्जना भएको कन्ट्रोभर्सीले आजपर्यन्त यो जोडीलाई दु:ख दिइरहेको छ । राजेश हमालका फ्यानहरू दीपकराजलाई ‘स्वघोषित महानायक’ भन्दै उडाउँछन् । तर, यसरी उडाउनेहरूले के बुझ्नुपर्छ भने राजेश हमालले तीन सयभन्दा बढी फिल्म गर्दा अनुमानित २ सयजति फ्लप भए । दीपकराजका सतप्रतिशत हिट छन् । राजेश हमालको नेपाली चलचित्रमा ठूलो योगदान छ, तर दीपकराज चाहीँ इन्ड्रष्ट्रीमा यत्तिकै हल्लेर बसिरहेका छैनन् ।

    सामाजिक सञ्जालमा दीपकराजमाथि खनिने सबैभन्दा ठूलो भिड चाहीँ ‘१२ गाउँ’ का समर्थकहरूको थियो । ‘१२ गाउँ’ रिलिज नहुँदै समीर भट्टको फ्यान भएकाहरूले सुरूबाटै दीपकराज र छक्कापञ्जालाई निशाना बनाए । दीपकराजलाई नरुचाउनेहरू ‘१२ गाउँ’ का कट्टर समर्थक भए । उनीहरूले अभियानै चलाए । छक्कापञ्जाका जुनसुकै सामग्री र टिमका सदस्यको कुनै पनि पोस्टमा ‘१२ गाउँ’ को प्रचार गर्न थालियो । दीपकराजलाई गालीगलौज सुरू भयो । दिपकराजलाई मात्र होइन, उनीप्रति झिनो सहानुभूति दर्शाउनेले पनि गाली खाए ।

    ‘छक्कापञ्जा’ र ‘१२ गाउँ’ को भिडन्त निश्चित भएसँगै यो ट्रेन्ड सुरू भएको हो । सुरूमा त ‘छक्कापञ्जा’ जस्तो ब्रान्डसँग फिल्म जुधाउनु विराज भट्टको मुर्खता ठानिएको थियो । तर, अन्तत्वगत्वा यो नै ब्रम्हास्त्र ठहरियो । छक्कापञ्जासित नजुधेको भए ‘१२ गाउँ’ ले यो हाइप सायदै पाउने थियो । यति ठूलो सफलताको कुनै छनक थिएन । गज्जबको एक्सन फिल्म भएर ‘१२ गाउँ’ चलेको होइन । दर्शक दक्षिण भारतीय शैलीको एक्सनकै लागि तड्पेका थिए भने त ‘रावायण’ पनि सुपरहिट हुनुपर्थ्यो । ‘१२ गाउँ’ को यो सफलतामा ‘एन्टी छक्कापञ्जा सेन्टिमेन्ट’ ले काम गरेकै हो ।

    नेपालमा कुनै पनि नेपाली चलचित्र चल्नु, घरेलु फिल्म र कलाकारप्रति दर्शकको क्रेज देखिनु खुशीको कुरा हो । तर, ‘१२ गाउँ’ जस्तो दक्षिण भारतीय धङधङी मात्र बोकेको, नेपाली मौलिकताको पत्तोअत्तो नभएको, २० वर्ष पुरानो सडेगलेको कथावस्तु पेलिएको फिल्म चल्दा, खोइ खुशी हुने कि दु:खी ? नेपाली चलचित्रले पछिल्लो दशकमा आफ्नै मौलिक धार समातेको छ । अर्गानिक विषयवस्तुहरूमा फिल्म बनिरहेका छन् । हिरो-गुण्डाको भारतीय कथावाचन शैलीबाट हामी बाहिर निस्किएका छौं । तर, ‘१२ गाउँ’ ले एक्सनका नाममा फेरि पुरातन दिशातर्फ फर्काउने जोखिम बढेको छ । एउटा हिरोले १०-१२ जना भिलेनलाई सोत्तर पारेको, त्यो देखेर हिरोइनले मन पराउने थालेको, अनि गीत गाउँदै नाचेको, गाउँका मुखिया भिलेन भएको, हिरोले लुगा फुकालेर सिक्स प्याक देखाएका दृष्यहरू ९० को दशकमै बासी भइसकेका हुन् ।

    यो चलचित्रको सबैभन्दा आपत्तिजनक कुरा चाहीँ हिन्दी भाषाको असान्दर्भिक प्रयोग हो । नेपाली फिल्ममा हिन्दी भाषा किन घुसाइयो भन्ने कुनै जवाफ छैन । खासमा भाषिक संसोधनविना यो फिल्म सेन्सर पास नै गरिनुहुन्नथ्यो । विदेशी दर्शकलाई देखाउने उद्देश्य हो भने चाहेको भाषामा डविङ गर्नुपर्छ । होइन भने नेपाली दर्शकलाई जबरजस्ती विदेशी भाषा पिलाउन पाईंदैन । यति संवेदनशील विषय कतै पनि चर्चामा आएन ।

    फिल्महरू विभिन्न जनराका बन्नुपर्छ । एक्सन पनि एउटा बलियो जनरा हो । तर, जुन जनराको फिल्म भए पनि स्क्रिप्ट बलियो चाहिन्छ । मौलिकता चाहिन्छ । एक्सनमा पनि मौलिकता हुन नसक्ने होइन । नेपाली फिल्मले बलिउड र साउथ इन्डियाको मेकिङसँग प्रतिस्पर्धा गर्न सक्दैन भने उनीहरूको कपी किन गर्ने ? मौलिकता नै हाम्रो मूलबाटो हो । यसबाट बहकिनु हुँदैन ।

    सायद यो आलेख पनि मूलबाटोबाट अलिकति बहकियो । फेरि दीपकराज गिरीमै फर्किउँ ।

    आकस्मिक प्रेसमिट गरेको भोलिपल्टै दीपकराज देखापरे प्रकाश सुवेदीको चर्चित टेलिभिजन कार्यक्रममा । ‘चिप्ल्याउने शो’ का रूपमा कहलिएको यो कार्यक्रम नेपाली चलचिकर्मीका लागि एउटा हाउँगुजी झैं बन्दै आएको छ । अन्तर्वार्ता दिन जाँदा कुनै न कुनै कन्ट्रोभर्सीमा परिने डर, नजाँदा अर्को हप्तादेखि ‘खेदाइ’ हुने पक्का । अरुबेला प्रकाश सुवेदीको नाम लिँदा नाक खुम्च्याए पनि प्राय कलाकारहरू आफ्नो फिल्मको प्रमोसनका दौरान नाकको चालले उनलाई अन्तर्वार्ता दिन जाने गर्छन् । नत्र ‘सिध्याइदिन्छन्’ भन्ने त्रास व्याप्त छ ।

    दीपकराजले भने प्रमोसनका दौरान नभएर चलचित्र हिट भइसकेपछि अन्तर्वार्ता दिएका हुन् । यसमा उनको प्रकाश सुवेदीसँग स्वार्थ मिलेको थियो । कसरी त ?

    ‘छक्कापञ्जा’ र ‘१२ गाउँ’ को भिडन्त निश्चित भएसँगै यो ट्रेन्ड सुरू भएको हो । सुरूमा त ‘छक्कापञ्जा’ जस्तो ब्रान्डसँग फिल्म जुधाउनु विराज भट्टको मुर्खता ठानिएको थियो । तर, अन्तत्वगत्वा यो नै ब्रम्हास्त्र ठहरियो । छक्कापञ्जासित नजुधेको भए ‘१२ गाउँ’ ले यो हाइप सायदै पाउने थियो । यति ठूलो सफलताको कुनै छनक थिएन ।

    सुवेदीले केही अघि आफ्नो कार्यक्रममा केही फिल्मी पण्डितहरूलाई बोलाएर दशैँमा रिलिज हुन लागेका तीन फिल्मको भविष्यवाणी गर्न लगाएका थिए । पण्डितहरूले छक्कापञ्जालाई पहिलो र ‘१२ गाउँ’ लाई तेस्रो स्थानमा राखिदिए । सुवेदीले जस्ताको तस्तै त्यसलाई प्रशारण गरे । अनि त के थियो, ‘१२ गाउँ’ का समर्थकको तारो बनिहाले सुवेदी पनि । पण्डितहरूसँगै उनले पनि भक्कु गाली खाए । सत्रुको सत्रु मित्र हुन्छ भनेजस्तो यही ‘१२ गाउँ’ बाट पाएको साझा रनाहाले दीपक र प्रकाशलाई एक ठाउँमा ल्याएको हो । उनीहरूले ‘सँगै बसेर रुने’ निधो गरेका हुन् । नत्र त उनीहरूबीच पुरानो महानायकवाला तुष अझै मेटिएको छैन होला ।

    यो अन्तर्वार्तामा दीपकराजले पहिला साइबर सेनाको संज्ञा दिएका ‘१२ गाउँ’ का फ्यानहरूलाई फकाउन भरमग्दुर प्रयास गरेका छन् । विराज भट्ट र समिर भट्टको उनले लामै गुणगान गाए । तर, त्यो मनैदेखि थियो भन्नेमा शंका गर्न सकिन्छ ।

    दीपकराजलाई तीन हिरोहरू प्रदीप खड्का, अनमोल केसी र समीर भट्टमध्ये अभिनय क्षमताका आधारमा को उत्कृष्ट भनेर सोधिएको थियो ? उनले कुनै सोचविचार नगरी जवाफ दिए- समीर भट्ट । सायद यो जवाफ दिन तयारै भएर आएका थिए ।

    स्मरणीय छ कि यही अन्तरवार्तामा उनले ‘१२ गाउँ’ अहिलेसम्म हेर्न नपाएको बताएका छन् । समीरले अभिनय गरेको चलचित्र यही एउटा मात्रै हो । दीपकराजलाई ‘अभिनय क्षमताका आधार’ मा उत्कृष्ट छनोट गर्न भनिएको थियो भने फिल्म नै नहेरिकन उनले प्रदीप र अनमोलको दाँजोमा समीर कसरी उत्कृष्ट अभिनेता ठहर गरिदिए ? उनको यो छनोट मनबाट आएको नभएर ‘ड्यामेज कन्ट्रोल’ का लागि थियो भन्ने सहजै अनुमान गर्न सकिन्छ । उनलाई ‘१२ गाउँ’ र समीरका फ्यानहरूको मन जित्नु थियो । गालीको चक्रवातमा छाता ओढ्नु थियो ।

    दीपकराजले भन्न त ‘मलाई गालीले गलाउन सक्दैन र तालीले मताउन सक्दैन’भने । तर, उनी गालीले गलिसकेको सबै हाउभाउबाट झल्किन्थ्यो । कुनै पनि प्रश्नमा उनले धक फुकाएर जवाफ दिन सकेका थिएनन् । उनका अभिव्यक्ति र बडी ल्याङ्वेजबीच सामञ्जस्यता नमिलेको प्रतीत हुन्थ्यो । अर्थात्, मनमा एउटा कुरा, मुखमा अर्को । एक ठाउँमा त अलिकति फँसिहाले ।

    प्रकाश सुवेदीले निर्माता सन्तोष सेनको फोटो देखाएर उनको विषयमा टिप्पणी गर्न लगाए । सुवेदीको ध्येय स्पष्ट थियो, सन्तोषका विरुद्ध दीपकराजलाई दुई-चार शब्द ओकल्न लगाउने र कन्ट्रोभर्सी निकाल्ने ।

    जवाफमा दीपकराजले सन्तोषले प्रशंसा नै गरे । साहसी निर्माता ह्यानतान भने । तर, सुवेदीले चाहेको जवाफ यो थिएन । अनि आफैंले कोट्याए, ‘उहाँलाई कमाण्डर भन्छन् नि ? तपाईंहरूको फिल्मविरुद्ध लागेको साइबर सेनाको कमाण्डर उहाँ नै हो त ?’

    गिरीले जवाफ दिए, ‘मैले पनि सुनेको छु, तर सुनेको भरमा कसैमाथि आरोप लगाउन मेरो नैतिकताले दिँदैन । यदि त्यस्तो हो भने मलाई केही भन्नु छैन ।’

    दीपकराजले जोगिएरै बोल्न खोजेका हुन् हुन त । तर, यो प्रश्नोत्तरबाट दर्शकले बुझ्ने यही हो कि दालमे कुछ काला है । सन्तोष सेनले पक्कै रोल खेलेका छन् । अन्तर्वार्ता दिन बोलाएको व्यक्तिलाई मन नपर्ने वा सम्वन्ध राम्रो नभएको मान्छेको फोटो देखाएर ऊविरुद्ध बोल्न उक्साउने सुवेदीको ‘सेग्मेन्ट’ छ । यही सेग्मेन्टमा दीपकराज फसे ।

    नेपालमा कुनै पनि नेपाली चलचित्र चल्नु, घरेलु फिल्म र कलाकारप्रति दर्शकको क्रेज देखिनु खुशीको कुरा हो । तर, ‘१२ गाउँ’ जस्तो दक्षिण भारतीय धङधङी मात्र बोकेको, नेपाली मौलिकताको पत्तोअत्तो नभएको, २० वर्ष पुरानो सडेगलेको कथावस्तु पेलिएको फिल्म चल्दा, खोइ खुशी हुने कि दु:खी ?

    यो अन्तर्वार्तामा सन्तोष सेनले आपत्ति जनाइसकेका छन् । फेरि दीपकराज विरोधीलाई सानो मसला मिलेको छ । सामाजिक सञ्जालमा एक राउन्ड गाली फेरि आइसकेको छ ।

    हुन त सामाजिक सञ्जाल नै संसार होइन । छक्कापञ्जाको दृष्टान्तबाट पनि यो पुष्टि भयो । यदि सामाजिक सञ्जाल नै अन्तिम सत्य हुन्थ्यो त यो फिल्मले दर्शक नपाएर प्याकप्याक हुनुपर्थ्यो । तर, पहिलो दिनबाटै छक्कापञ्जा हेर्न दर्शक उर्लिए । उनीहरूलाई सामाजिक सञ्जालको लहरले छोएन । सामाजिक सञ्जालको जनमत फेल खाएका उदाहरण राजनीतिमा देखिएका थिए, अहिले चलचित्रमा पनि देखियो ।

    यो हुँदाहुँदै पनि तपाईँ सामाजिक सञ्जाललाई इग्नोर त गर्न सक्नुहुन्न । दश जनाले प्रशंसा गरेर एकजनाले गाली गरे पनि गालीमै ध्यान जान्छ । त्यो गाली तपाईँले मात्रै पढ्नुहुन्न, तपाईँको परिवारले पढ्छ । बाबुआमादेखि छोराछोरी, सासू-ससुरासम्मलाई असर गर्छ । आफूलाई मात्रै परेको भए दीपकराजले पनि सायद डटेर सामना गर्न सक्थे । तर, सायद परिवारकै कारणले गर्दा ‘सरेन्डर’ गर्नुको विकल्प भएन ।

    सामाजिक सञ्जाललाई पूर्णरूपमा नकारात्मक आँखाले पनि हेर्न मिल्दैन । यो दशैँमा सामाजिक सञ्जालकै कारण नेपाली चलचित्रका पक्षमा अभूतपूर्व माहोल निर्माण भयो र विदेशी फिल्म पाखा लागे । यसलाई ऐतिहासिक उपलब्धी मान्न सकिन्छ ।

    सामाजिक सञ्जाल नेपाली फिल्मका विषयमा गरिएका बहस र टिकाटिप्पणीहरूले भरिए । यो बहस स्वस्थ, मर्यादित भएको भए सुनमा सुगन्ध हुन्थ्यो । जे होस, नेपाली चलचित्रप्रति दर्शकको चासो बढेको छ । यस्तो बेला अझै राम्रा-राम्रा चलचित्रहरू आउनुपर्छ । आउँदै पनि छन् । नेपालका हलमा विदेशी फिल्म नामेट नै हुनुपर्छ भन्ने होइन, तर सकेसम्म नेपालीको पैसा देशभित्रै रहोस् न ।

  • सरकारको निर्देशनले  फिल्म हलभित्र पपकर्न र कोकको मूल्य नघट्ने ! सञ्चालकको यस्तो तर्क

    सरकारको निर्देशनले फिल्म हलभित्र पपकर्न र कोकको मूल्य नघट्ने ! सञ्चालकको यस्तो तर्क

    काठमाडौं । मल्टिप्लेक्सहरुभित्र वास्तविक मूल्यभन्दा धेरै बढीमा खानेकुरा बेच्ने गरिएकाे जनगुनासाेलाई सम्बाेधन गर्दै हालै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक विज्ञिप्त निकाल्याे । विज्ञप्तिमा एमआरपीभन्दा बढी मूल्य  लिएको पाइएमा कारबाही हुने चेतावनीसमेत दिइएकाे छ ।

    फिल्म हेर्न आउने दर्शकलाई खानेकुरा बोकेर हलमा जान अनुमति दिइँदैन । त्यहीँ बिक्री वितरण हुने खानेकुरा किन्नुपर्छ, तर हलभित्र खानेकुराको मूल्य अस्वाभाविक महँगो हुने गरेको गुनासो दर्शकहरुले गर्दै आएका छन् । हालै आशिका तामाङले यो विषयलाई थप चर्चामा ल्याएपछि चासो दिन विभाग बाध्य भएको हो ।

    विभागका प्रवक्ता एवं अनुगमन शाखा अधिकृत डिकबहादुर कार्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अब उप्रान्त कुनै पनि चलचित्र हलको परिसरभित्र कुनै पनि व्यवसायीले सिलबन्दी गरिएको खाद्य तथा पेयपदार्थको प्याकेट वा बोतल उपलब्ध गराउँदा एमआरपीमा तोकिएकै मूल्यमा बिक्री गर्न अनुरोध गरिन्छ । अन्यथा कानूनबमोजिम कारबाही गरिन्छ ।’

    तर सरकारी विभागले निकालेको यो विज्ञप्तिले हल सञ्चालकहरुलाई केही असर नगर्ने देखिएको छ । विज्ञप्तिमा उल्लेख गरिएको ‘शिलबन्दी’ गरिएको खाद्य तथा पेयपदार्थबाहेक अरु खानेकुरामा विभागको ध्यान गएको देखिँदैन । पपकर्न, गिलासमार्फत बेचिने पेयपदार्थलाई दर्शकहरुले अत्यधिक महँगो मूल्य तिर्ने गरेका छन् । दर्शकको गुनासो पनि यसरी बेचिने पेयपदार्थ वा खानेकुराको मूल्यलाई लिएर हो, तर विभागले ‘शिलबन्दी गरिएको खाद्य तथा पेयपदार्थ’ भनेर मूल समस्यालाई ध्यान दिएको देखिँदैन ।

    नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन भने आफूहरुले एमआरपीमै दर्शकलाई सामानहरु बेचिरहेको बताउँछन् । गिलासमा राखेर बेचिएका पेयपदार्थ चाहीँ हलको आफ्नै उत्पादन भएकाले हलले नै मूल्य राख्ने गरेको उनकाे भनाइ छ ।

    उनले भने, ‘तपाईंले कुनै वस्तु आफैं उत्पादन गर्नुभयो भने आफैं मूल्य राख्न पाइयो । पेयपदार्थ कोक भए पनि दर्शकलाई बेच्ने कोक हामी आफैंले उत्पादन गर्ने हो । कोक बनाउने मेसिन कम्पनीले हामीलाई दिएको हुन्छ । कम्पनीले हामीलाई सिरपमात्रै पठाएको हुन्छ ।’

    कम्पनीले मेसिन र सिरपमात्रै पठाउने भएकाले आफूहरुले मूल्य राखेर बेच्ने गरेको महर्जनको दाबी छ । सँगै त्यसरी कपमा बेचे पनि राज्यलाई कर तिरिरहेको उनको भनाइ छ । कुनै पनि रेस्टुरेन्टले मम, बर्गरहरु आफूले नै रेट राखेर बेच्न पाए जस्तै आफूहरुले आफ्नो उत्पादनमा आफ्नै रेट राख्ने गरेको उनले बताए ।

    धेरैलाई लाग्न सक्छ, हल सञ्चालकहरुले टिकट बेचेर नै मुनाफा कमाउँछन्, तर हलको आम्दानीमा टिकटको मात्रै भूमिका हुँदैन । हल सञ्चालकको प्रमुख कमाइ टिकट बिक्री नै भए पनि यसपछिको प्रमुख कमाइमा पर्छ पपकर्न, सफट् ड्रिंक्स र अन्य स्न्याक्सहरु । तेस्रो कमाइ भनेको हलमा फिल्म सुरु हुनुअघि बज्ने विज्ञापनहरु हुन् । अन्य विविध इभेन्ट, निजी तरिकाले गरिने हल बुकिङहरु पनि हल सञ्चालकको आम्दानीको स्रोत हुन् ।

    सबैलाई थाहै छ, फिल्म हलमा २० देखि ३० रुपैयाँ पर्ने पपकर्नलाई २५० रुपैयाँ तिर्नुपर्छ । बाहिर ६० रुपैयाँ पर्ने कोकलाई १७० रुपैयाँ तिर्नुपर्छ । बाहिर बढीमा २० रुपैयाँ पर्ने पानीलाई कम्तीमा ५० रुपैयाँ तिर्नुपर्छ ।

    दर्शकहरुले बाहिरको खानेकुरा लान पाउँदैनन् । हलभित्र छिर्ने वेला सबै चेकजाँच गरिन्छ । खानेकुरा लगेका छन् भने बाहिरै राख्नुपर्छ र फिल्म हलको क्याफेबाट किनेरमात्रै खान पाइन्छ । जहाँ एमआरपी मूल्यभन्दा बढी रकम तिर्नुपर्छ ।

    कुनै पनि सामानको बिक्रेताले एमआरपी मूल्यभन्दा ज्यादा मूल्य राखेर कुनै पनि सामान बेच्नै पाउँदैन, तर हल सञ्चालकले मनमौजी मूल्य राखेर महँगोमा दर्शकहरुलाई बेचिरहेका छन् । उक्त मूल्यले दर्शकको ढाड भने सेकिरहेको हुन्छ ।

    यसरी बजारमा प्रचलित एमआरपीभन्दा बढी पैसा फिल्म हलहरुले लिएपछि सन् २०१२ मा इजरायलको संसदमै कुरा उठेको थियो । ‘पपकर्न बिल’लाई लिएर उठेको उक्त सवालपछि इजरायलको उपभोक्ता संरक्षण ऐन (१९८१) नै संशोधन भयो । यो संशोधन भएपछि दर्शकले फिल्म हलमा घरबाटै खानेकुरा लिएर जान पाउने बाटो कानूनी रुपमै पास भएको थियो । यस प्रकरण ‘पपकर्न ल’ नामले संसारभर प्रसिद्ध छ र सम्भवतः दर्शकले हलभित्र खानेकुरा लिएर जान पाउने देश इजरायल एक्लो हो ।

    तर नेपाललगायत संसारभर फिल्म हलले आफ्नै ब्राण्ड बनाएर महँगो मूल्यमा दर्शकलाई बेचिरहेका हुन्छन् । उनीहरुले प्रायः बजारमा पाइने बोतल बोच्दैनन् । उनीहरुले कोकको बोतल नबेचेर गिलासमा बेच्दा आफ्नै हिसाबले एमआरपी मूल्य राख्न पाउने भए । यही सुविधाको उपयोग गरेर दर्शकलाई महँगोमा सामानहरु बेच्ने गरेका छन् । सामान्य बजारमा पाइने खानेकुराभन्दा फिल्म हलमा पाइने खानेकुरा २५० प्रतिशतदेखि ४०० प्रतिशतसम्म बढी मूल्य दर्शकले तिरिरहेका हुन्छन् ।

    काठमाडौंको बालाजुस्थित अष्टनारायण हलका सञ्चालक सोहित मानन्धर आफूहरुले बजारमा पाइने सामानहरुलाई नै हलमा राखेर एमआरपीमै बेचिरहेको बताउँछन् ।

    उनले भने, ‘हामीले कोल्ड ड्रिंक्सलाई ग्लासहरुमा बेचेका छैनौं । ग्लासहरुमा प्राइसट्याग हुँदैन । बोतलकै हिसाबमा बेचिरहेका छौं ।’

    कम्पनीबाटै बोतलहरु ल्याएर बेच्ने गरे पनि अब मेसिन नै ल्याएर बेच्ने योजनामा रहेको मानन्धरले बताए । बोतलमा भन्दा ग्लासहरुमा बेच्दा नै बढी फाइदा हुने उनको भनाइ छ ।

    ‘ग्लासमा व्यापार गर्नेहरुले बढी नाफा कमाइरहेका हुन्छन् । मुख्य रुपमा पैसामात्रै हेर्नेहरुलाई ग्लासमा बेच्दा फाइदा हो, तर ग्लासमा बेचे पनि करको दायरामै आइरहेका हुन्छन्’, मानन्धरले भने, ‘हलहरुले फिल्मको व्यापारले भन्दा खानेकुराको व्यापारले बढी कमाइरहेको हुन्छ । फिल्मको व्यापारबाट त ३३ प्रतिशतमात्रै आउँछ । अलिकति बढी नाफा भनेकै खानेकुरामा हो ।’

  • ‘१२ गाउँ’ लिएर आफ्नै गाउँ फर्किए ‘भोजराज’, सिनेमा हलमा यस्तो देखियो

    ‘१२ गाउँ’ लिएर आफ्नै गाउँ फर्किए ‘भोजराज’, सिनेमा हलमा यस्तो देखियो

    कैलाली । विराज भट्टको एक्सन र समीर भट्टको फाइटमा उमेरले झन्डै ६० पुग्दै गरेकी भगरथी भट्ट उत्साहित हुन्छिन् । आसपासमा रहेका युवाहरूले हुटिङ गर्दा र सिट्ठी बजाउँदा उनीमा थप ऊर्जा आउँछ।

    धनगढीको एसटीएस सिनेमा घरमा छोरी लक्ष्मीसँग अन्तिमतिर बसेर १२ गाउँ हेरिरहेकी भगरथीलाई विराज भट्टले स्टेजमै बोलाएपछि धेरैले थाहा पाए उनी विराजको आमा र समीरको हजुर आमा हुन् भनेर ।

    दशैंको फूलपातीका दिन असोज २४ गते रिलिज भएको एक्सन मुभीमा आजका दिनसम्म पनि दर्शकको चाप घटेको छैन । ‘छक्कापञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ एकैदिन रिलिज हुँदा पनि १२ गाउँले राम्रो सफलता पाइरहेको छ ।

    दोस्रो सातासम्म उपत्यकाका हलहरूमा रहेका विराज छोरा र भाइलाई लिएर बिहीबार धनगढी पुगेका थिए । धनगढी विराजको जन्म थलो हो । यहाँ साथीहरूले विराजलाई भोजराज भनेर चिन्छन् ।

    ‘ऊ भोजराज हो, फिल्ममा आएपछि विराज भयो ’ १२ गाउँ हेरिसकेपछि आमा भगरथीले भनिन् ‘मेरो छोरोलाई देश विदेशले चिनेको छ मलाई गर्व लागेको छ । ’

    भगरथीका पाँच सन्तान मध्ये विराज माइला हुन् । १२ गाउँमा विराजसँगै देखिएका कृष्ण भट्ट उनका कान्छा भाइ हुन् । एउटै चलचित्रमा छोरा र भाइलाई खेलाएका विराजले बिहीबार धनगढीमा दर्शकहरूको निकै राम्रो साथ पाए ।

    २४ गतेदेखि अहिलेसम्म यहाँको एसटिएस सिनेमा घरमा दर्शकहरूको चाप कम भएको छैन । बिहीबारको टिकट त झन् दुई दिन पहिल्यै बुक भइसकेको थियो । बिहीबार आएका सयौँले टिकट पाएनन् ।

    ‘दुई दिन पहिल्यै सबै सोका टिकटहरू बुक भइसकेको थिए म्यानेजर योगेन्द्र नायकले भने, ‘आज आउनु भएका धेरैले टिकट पाउनु भएन उहाँहरूलाई फेरि भोलि आउनु होला भन्दै फर्कायौँ ।’

    १२ः४५ मा सिनेमा घर पुगेका विराजले केहीबेर पत्रकारहरूसँग कुराकानी गरेका थिए । त्यसक्रममा उनले अहिलेसम्म पनि निकै राम्रो दर्शकहरूको साथ पाइरहेको भन्दै अझै केही साता चलचित्र चल्ने बताए ।

    ‘यो मेरो जन्मथलो हो । काठमाडौँ उपत्यकापछि पहिलो पटक यहाँ आएको हुँ ’ उनले पत्रकारहरूसँग भने, ‘अहिलेसम्म देशैभरि निकै राम्रो साथ पाइरहेको छु । अझै केही साता यस्तै साथ पाउने अपेक्षा छ । ’

    चलचित्र हेर्न आएका दर्शकहरूले विराज र समीर दुबैलाई चलचित्र निकै राम्रो भएको प्रतिक्रिया दिएका थिए । उनीहरुले दुबै कलाकारको एक्सन, डाइलग र विषयवस्तु मन पराएको बताए ।

    विराज भट्टलाई दर्शकहरूले चट्चट्चट् वा डाइलग भन्नेपछि समीरले ‘बजाइदे नरसिङ्गा, बर्साइदे फूल, बढ्दै छ कदम मेरो ।
    सिंहासन तेरो, साम्राज्य तेरो, तर, राज मेरो ।’ हुटिङले सिनेमा घर नै थर्किएको थियो ।

    बिहीबार धनगढीस्थित एसटिएस सिनेमा हलमा विराज भट्टको निर्देशनमा रहेको चलचित्र १२ गाउँ उनकी आमा भागरथीले पनि हेर्दै थिन। अभिनेता विराज र समीर हलमा पुग्दा विराजले ‘मेरी आमा पनि यतै कतै हुनुहुन्छ’ भनेर खोजेका थिए। त्यसपछि दर्शक दीर्घाबाट आमा स्टेज पुगिन्, छोरा र नातिलाई अङ्कमाल गरिन् ।

  • अर्जुन सापकोटाले आफ्नै बिहेको फुटेज हालेर बनाएको म्युजिक भिडिओ एक नम्बर ट्रेन्डिङमा

    अर्जुन सापकोटाले आफ्नै बिहेको फुटेज हालेर बनाएको म्युजिक भिडिओ एक नम्बर ट्रेन्डिङमा

    काठमाडौं । गायक अर्जुन सापकोटा नयाँ गीत ‘दुख साटम्ला’ ले नेपालमा युट्युबको म्युजिङ ट्रेन्डिङमा शीर्षस्थान कब्जा गरेको छ । रिलिज भएको चौथो दिनमा यो गीत नम्बर १ ट्रेन्डिङमा उक्लिएको हो ।

    सापकोटाको यसअघि ‘बस्यौ अलक्कै’ बोलको गीत हिट भएको थियो । ६ महिनाअगाडि सार्वजनिक भएको गीतले १ करोड २० लाख भ्यूज पाइसकेको छ । अहिले आएको नयाँ गीत पनि दर्शक/स्रोताले रुचाएसँगै उनले ब्याक टु ब्याक सफलता पाएका छन् ।

    गायक सापकोटा गत २३ असोजमा दीपा सिम्खडासँग विवाह बन्धनमा बाँधिएका थिए । यो गीतको म्युजिक भिडिओमा उनले आफ्नो विवाहका वास्तविक फुटेजहरू प्रयोग गरेका छन् । म्युजिक भिडिओभित्र माओवादी नेता नारायणकाजी श्रेष्ठ पनि एक झलक देखिएका छन् । उनी अर्जुन र दिपको विहेमा शुभकामना दिन उपस्थित भएका थिए ।

    गीतको रचना सन्तोष सापकोटाले गरेका हुन् । संगीत अर्जुनको आफ्नै छ । गायनमा उनलाई समीक्षा अधिकारी र देवी घर्तीले स्वर दिएका छन् ।

    यो गीतलाई अहिलेसम्म ८ लाखभन्दा बढी भ्यूज मिलिसकेको छ । एक हजार १ सयभन्दा बढी प्रतिक्रियाहरू आएका छन् ।

  • ‘१२ गाउँ’ को अभूतपूर्व व्यापार, दुई हप्तामा कति कमायाे ?

    ‘१२ गाउँ’ को अभूतपूर्व व्यापार, दुई हप्तामा कति कमायाे ?

    काठमाडौं । विराज भट्टले निर्माण तथा निर्देशन गरेको चलचित्र ‘१२ गाउँ’ कीर्तिमानी व्यापारको यात्रामा अघि बढेको छ । दशैँको फूलपातिका दिन असोज २४ गते रिलिज भएको यो एक्सन मुभीमा आजका दिनसम्म पनि दर्शककाे चाप घटेकाे छैन ।

    दशैमा एकैसाथ तीन नयाँ चलचित्र ‘छक्कापञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ रिलिज भएका थिए । यीमध्ये हलहरूमा छक्कापञ्जाले सबैभन्दा बढी शो पाएको थियो भने त्यसपछि १२ गाउँ र ज्वाइँ साबले । आजबाट तीनवटै फिल्महरू तेस्रो हप्तामा प्रवेश गरेका छन् ।

    व्यापारमा पहिलो दिनबाटै छक्कापञ्जा ५ र १२ गाउँको नेक टु नेक टक्कर थियो । बढी हलहरू पाएकाले सुरुवाति दिनहरूमा छक्कापञ्जाले धेरै कलेक्सन गर्न सफल भयो । तर, १२ गाउँमा दर्शकको उभार बेसी देखिएपछि हलहरूले सो चलचित्रलाई सो बढाउँदै लगे । आजको मितिमा आइपुग्दा ‘छक्कापञ्जा’ भन्दा ‘१२ गाउँ’ शो संख्या र कलेक्सन दुवैमा अगाडि पुगेको छ ।

    छक्कापञ्जाका निर्माता तथा कलाकार दीपकराज गिरीले आफ्नो चलचित्रको व्यापार १५ करोड नजिक रहेको बताएका छन् । चलचित्रले सुरूमा पाएको शो खासै नघटेको र दर्शकको चाप पनि यथावत् रहेको उनको दावी छ । छक्कापञ्जा ५ ले रिलिज अगाडि नै ओभरसिज राइट्स बिक्री गरेर लगानी उठाइसकेको थियो ।

    हलहरूबाट हुने आम्दानी चोखो मुनाफा हो । टिकट बिक्रीबाट प्राप्त हुने रकमको ५० प्रतिशत हलले र बाँकी ५० प्रतिशत निर्माताले पाउने व्यवस्था छ ।

    यता, ‘१२ गाउँ’मा भने अहिलेसम्म कुनै पनि नेपाली चलचित्रमा नदेखिएको क्रेज देखिएको छ । चलचित्रले मिडियाहरूमा राम्रो समीक्षा पाएको थिएन । दक्षिण भारतीय चलचित्रको भद्दा नक्कल गरिएको र कथावस्तु बकवास रहेको भनेर आलोचना खेपेको थियो । तर, दर्शकले भने १२ गाउँलाई निरन्तर साथ दिएका छन् । अहिले पनि चलचित्रले फुल अकुपेन्सी पाइरहेको छ ।

    १२ गाउँका वितरक गोविन्द शाही हिजोसम्मको रिपोर्टअनुसार अनुमानित २२ करोड रूपैयाँ ग्रस कलेक्सन भइसकेको दावी गर्छन्। पहिलो साताभन्दा दोस्रो सातामा शो धेरै थपिएकाले कमाइ पनि ह्वात्तै बढेको उनकाे भनाइ छ ।

    स्राेतका अनुसार  शाहीकाे दावीअनुसार नभए पनि चलचित्रले हिजाेसम्म १८ कराेड ८५ लाख रूपैया ग्रस कलेक्सन छ । यही रफ्तारमा जाँदा यस चलचित्रले केही दिनमै  लाइफटाइम सर्वाधिक कलेक्सन गर्ने नेपाली चलचित्रको कीर्तिमान राख्ने पक्कापक्कीजस्तै देखिन्छ । नेपालमा सबैभन्दा बढी आम्दानी गर्ने चलचित्रको कीर्तिमान ‘जारी’ को नाममा छ । २०८० सालमा वैशाखमा प्रदर्शनमा आएको उक्त चलचित्रले २५ करोडको लाइफटाइम विजनेस गरेको थियो ।

    ‘मैले अहिलेसम्म दर्शकको यस्तो फ्लो र कमाइको रफ्तार नेपाली चलचित्रमा देखेको थिइनँ,’ शाहीले भने, ‘नेपाली मात्र नभएर विदेशी चलचित्र पनि पहिलो तीन दिनपछि बिस्तारै खस्किन थाल्थे । तर, १२ गाउँको रौनक अहिले पनि हलहरुमा उस्तै नै छ ।’

    हलहरूको अकुपेन्सीमा पनि अहिले १२ गाउँ हावी रहेको उनले बताए ।

    ‘सुरूमा छक्कापञ्जाको ब्रान्डले गर्दा हामीले कम शो पायौं । तर, अहिले छक्कापञ्जाभन्दा हाम्रो धेरै राम्रो शो छ,’ उनले भने ।

    नेपालमा सफलतासँगै १२ गाउँको विदेशमा पनि उच्च डिमान्ड छ । विदेशमा भएको कमाइको आँकडा भने निर्माण पक्षले सार्वजनिक गरेको छैन । एक्सन जनरामा बनेको यो चलचित्रमा विराज भट्ट र उनका छोरा समिर भट्टले प्रमुख भूमिका निभाएका छन् ।

  • आफूलाई ‘साइबर कमान्डर’ प्रमाणित गर्न सन्तोष सेनको दीपकराज र प्रकाश सुवेदीलाई चुनौती

    आफूलाई ‘साइबर कमान्डर’ प्रमाणित गर्न सन्तोष सेनको दीपकराज र प्रकाश सुवेदीलाई चुनौती

    काठमाडौं । निर्माता तथा निर्देशक सन्तोष सेनले ‘छक्कापञ्जा ५’ लाई सामाजिक सञ्जालमा गाली गरिनुमा आफ्नो हात नभएको प्रष्टीकरण दिएका छन् । ‘द प्रकाश सुवेदी शो’ मा आफूलाई ‘साइबर सेनाको कमान्डर’ भनिएकोप्रति उनले आपत्ति जनाए ।

    फेसबुकमा २५ मिनेट लामो भिडियो सार्वजनिक गर्दै सेनले आफू ‘कमान्डर’ भएको प्रमाणित गर्न चुनौती पनि दिएका छन् । अन्तर्वार्ता सार्वजनिक भएपछि आफूलाई शुभचिन्तकको सयौं म्यासेज आएको भन्दै उनले विनाप्रमाण आरोप नलगाउन आग्रह गरे । उनले जसले सुवेदी र गिरीलाई आफू ‘साइबर कमान्डर’ हो भनेर भने तिनलाई अगाडि उभ्याउन चुनौती पनि दिएका छन् ।

    ‘प्रकाश दाइले नै मलाई कमान्डर भन्नुभयो । सुरुमा त सामान्य नै लाग्यो, तर मलाई दैनिक सयौं म्यासेज आए । तपाईंहरुले यसरी कसरी आरोप लगाउनुहुन्छ ? हामीलाई बुझाइदिनु प¥यो’, सेनले भने, ‘म नेपाली चलचित्रलाई माया गर्ने मान्छे हो, दिमागबाट होइन, मनबाट बोल्छु ।

    उहाँहरुलाई कसले त्यसो भने, त्यो मान्छेलाई खडा गर्नुपर्‍यो । मान्छेलाई त्यसै लाञ्छना लगाएर भएन । मैले कसैलाई गाली गरेर डिप्रेसनमा लान पाउँछ ? त्यस्तो गरेको खण्डमा मलाई जेल हाल्नुपर्छ ।’

    सेनले आफूले ‘छक्कापञ्जा ५’लाई पनि ‘१२ गाउँ’ लाई जसरी नै सपोर्ट गरेको दाबी गरे । आफूले पोस्टर पनि सेयर गरेको, तर गिरीले कुनै रियाक्ट नगरेपछि डिलिट गरेको उनको भनाइ छ । यसअघिको ‘छक्कापञ्जा ४’लाई ज्यानै दिएर लागेको पनि उनले बताएका छन् ।

    सञ्चारकर्मी प्रकाश सुवेदीसँग दुई दिनअघि अभिनेता दीपकराज गिरीको अन्तर्वार्ता सार्वजनिक भएको थियो । उक्त अन्तर्वार्तामा सुवेदीले सेनको तस्बिर देखाउँदै ‘उहाँलाई कमान्डर भन्दा रहेछन् नि, हो ?’ भनेर गिरीलाई प्रश्न सोधेका थिए । गिरीले आफूले पनि त्यो सुनेको उल्लेख गर्दै भनेका थिए- कमान्डिङ राम्रो छ ।

    ‘छक्कापन्जा’ टीमले गाली खानुमा सेनको हात रहेको आफूले सुनिरहेको गिरीले बताएका छन्, तर ठोसमा आफूले दाबीका साथ भन्न नैतिकताले नदिने उनको भनाइ छ ।

    गिरीले भनेका छन्, ‘मेरो कानमा चाहिँ आएको छ । तँविरुद्ध क्याम्पेनिङ गर्‍यो भन्छन्, तर म सुनेको भरमा दौडिन्नँ । यदि हो भने पनि ठीकै छ नि ! मैले केही गर्न सक्दिनँ, तर म होइन भन्छु । मलाई छक्कापञ्जा ४ मा उहाँले एकदमै नैतिक बल दिनुभएको हो ।’

    भिडियोमा बोल्दै सेनले समीर भट्ट फिल्म क्षेत्रमा आउँदा गिरीहरु खुसी नभएको पनि बताए । उनले भने, ‘समीर भट्ट यो क्षेत्रमा आउँदा तपाईंहरु खुसी हुनुहुन्न । दीपकराज गिरीले उद्योग धानेको कुरा पनि बजारमा आएको छ । कोही एक जनाले करोडौं कमाएर धानेको छैन उद्योग । यो उद्योग चलायमान हुनलाई सबैको भूमिका छ ।’

    सेनले मनमा तुष बोकेर मीठो बोलेरमात्रै नहुनेसमेत बताए ।

  • ‘पूर्णबहादुरकाे सारङ्गी’को प्रचारमा एक्लै हिँडिरहेका विजय बराल, प्रकाश सपूत किन छैनन् ?

    ‘पूर्णबहादुरकाे सारङ्गी’को प्रचारमा एक्लै हिँडिरहेका विजय बराल, प्रकाश सपूत किन छैनन् ?

    काठमाडौं । आउँदो कात्तिक १५ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’को टीम अहिले प्रचारप्रसारका क्रममा मोफसलमा छ । पूर्वी नेपाल हुँदै अहिले प्रचार टीम पश्चिम नेपालको यात्रामा छ । प्रचार टीममा कलाकारहरु विजय बराल, अञ्जना बराइली, मुकुन भुसाल, गायक प्रशान्त शिवाकोटी, सारङ्गीवादक विराज गन्धर्वलगायत छन्, तर मुख्यमध्येको एक कलाकार प्रकाश सपूत भने प्रचारप्रसारमा देखिएका छैनन् ।

    निर्मातासँगको खटपटका कारण प्रचारमा ननिस्किएका सपूत व्यस्तताका कारण प्रचारप्रसारमा नआएको बरालको भनाइ छ । साथै पोखराबाट सपूत प्रचारमा जोडिने पनि बताए, तर पूर्व-पश्चिम सबै भ्याइसकेपछि अन्तिममा जोडिएर त्यसको अर्थ छ त भन्ने प्रश्नमा बरालले भने, ‘त्यसपछि काठमाडौंमा पनि प्रचारका काम छन् नि !’

    सपूतको अभाव खड्किएको छैन ? बराल सुनाउँछन्, ‘उहाँ नहुँदा कस्तो कस्तो लाग्छ नि ! टीम सँगै होस् भन्ने लाग्छ ।’

    बराल अहिले प्रचारप्रसारमा ‘कबड्डी’ चलचित्रको चर्चित पात्र बिकेले लेखेको चिठी दर्शकलाई सुनाउँदै हिँडिरहेका छन् । कतै ‘जारी’ चलचित्रको मंगलसिह बनेर ‘आफैं बल गरौं है’ भन्दै हिँडिरहेका छन् । यद्यपि दर्शकले बिकेलाई अत्यधिक रुचाएको बरालको अनुभव छ ।

    बिके यसरी लोकप्रिय हुनुमा कबड्डीका चार श्रृंखला आठ वर्षसम्म नियमित आउनु पनि रहेको बरालको बुझाइ छ । ‘साथै म पनि यही समाजको मान्छे हुँ, मलाई फरक नजरियाले हेर्नुपर्दैन भन्ने मानसिकता लिएर हिँडेको चरित्र हो बिके’, बराल सुनाउँछन्, ‘भाग एकदेखि चारसम्म पुग्दा मुखिनीले घरभित्र छिर्न दिएकी छे । बिकेले समाजको परिवर्तन पनि देखाइरहेको छ, त्यसैले दर्शकले मन पराउनुभएको होला ।’

    कहिलेकाहीँ बराललाई बिकेको स्वभाव र आफ्नो स्वभाव पनि मिल्छ जस्तै लाग्छ । बिकेले काजीका लागि आफ्नो सपनालाई लथालिंग छाडिदिन्छ । आफैंलाई बिर्सेर काजीको प्रेम सम्बन्ध सफल बनाउनतिर मात्रै जोड लगाइदिन्छ ।

    बराल सुनाउँछन्, ‘साथीले पनि अप्ठ्यारोमा साथ छाडेर गइदिन सक्छ, तर बिकेले छाड्दैन । ऊ साथीका लागि सपना देख्ने पात्र हो, मजस्तै ।’

    दर्शकमाझ विजय बराल भन्नासाथ बिके पात्र परिचित छ, तर यस पटक ‘पूर्णबहादुरको सारङ्गी’ले दर्शकको यो बुझाइलाई बदल्ने बरालको विश्वास छ । यसको कारण भनेको आफूले गरेका विभिन्न लेयरका चरित्रहरु रहेको बताउँछन् ।

    बरालका अनुसार यस फिल्ममा उनले तीन लेयरको पात्र निभाएका छन् । उमेरकै हिसाबले पनि युवावस्था, अधबैंसे अवस्था र वृद्धावस्था । पूर्णबहादुरको पात्र भावनात्मक र मानसिक रुपले चुनौतीपूर्ण भए पनि आफूले न्याय दिन कोसिस गरेकाले यस पटक दर्शकले फरक स्वाद पाउनसक्ने बरालको विश्वास छ ।

    सपूतलाई छोरा पात्र बनाएर बरालले पूर्णबहादुरको भूमिका निभाएका छन् । बराल सुनाउँछन्, ‘उहाँ (सपुत) र मेरो उमेर उस्तैजस्तै हो । त्यही कारण स्क्रिनमा उहाँ छोरा देखिनुहुन्छ कि हुन्न भन्ने थियो, तर जुन तरिकाले उहाँ छोरा बन्नुभयो, अन्त्यमा आउँदा बाउछोराको सुन्दर सम्बन्ध देखियो ।’

    साथै सपूतसँग काम गर्न सहज भएको पनि बरालले बताए । उनले घुमाउरो भाषामा भने, ‘अरुका लागि थाहा छैन, मेरा लागि सहज भयो । उहाँ बाहिर कस्तो हुनुहुन्छ, म त्यता हेर्दिनँ, तर अभिनयमा उहाँको सरलता छ । त्यो भएर मलाई राम्रो लागेको हो ।’

    अनि सपूतविना प्रमोसनमा हिँड्दा कस्तो लागिरहेछ ? बरालले भने, ‘सँगै भएको भए कस्तो गजब हुन्थ्यो । फेरि अचेल त यस्तो लाग्छ कि म त साइड रोल खेल्दा खेल्दा साइड नै हो कि जस्तो लाग्न थालिसक्यो । म लिडको रुपमा हुँदा पनि कोही छ भनेर साथ खोजिरहेको छु । मलाई आवश्यकता साथको होइन, कामको हो । खासमा मलाई साथ त्यही बेला चाहिएको थियो, जुनबेला गाह्रो थियो । अब त काम देखिइसकेको छ । अचेल त साथभन्दा काम नै ठूलो हो भन्ने लाग्छ ।’

    फिल्मको ट्रेलरमा सपूतलाई कम स्थान दिइनुमा चाहिँ कथालाई सस्पेन्स राख्न भएको बरालको भनाइ छ । बराल भन्छन्, ‘टिजर उहाँबाट सुरु गरिएको छ । चलचित्रमा उहाँको भूमिका ठूलो छ । बच्चाको भूमिका पनि उहाँकै पात्र हो । उहाँले नखेले पनि बच्चा त उहाँकै पात्र हो नि ! अनि सानो बच्चा कमल गन्धर्भले ठूलो इमेज बनाउँछ नि !’

    यो फिल्मको कथा पूर्णबहादुरको हो कि कमल गन्धर्वको हो ?

    ‘कथा त पूर्णबहादुरको हो । सपना पूर्णबहादुरको हो । त्यो सपना पूरा गर्न खोजेको कमल गन्धर्वले हो । बाउ त बाउ नै हो । बाउ सधैं हिरो नै हुन्छ ।’

    अहिले सपूत प्रचारप्रसारमा नदेखिनुका कारण निर्मातासँग प्रदर्शन मितिलाई लिएर भएको विवाद पनि हो । यसबारे सपूतले सञ्जालमा स्टाटस नै लेखेर निर्माताले बेइमानी गरेको बताएका थिए । ‘पूर्णबहादुरको सारङ्गी’ सपूतकै चलचित्र ‘वसन्त’पछि मात्रै प्रदर्शन गर्ने सम्झौता भएको थियो । त्यसअघि नै यो चलचित्र प्रदर्शन गर्ने तयारी गरेको भन्दै सपूतले बेमाइनी भएको र यो टीमसँग अब कहिल्यै काम नगर्ने बताएका थिए ।

    लगत्तै निर्माता विनोद पौडेलले सपूतसँगै सल्लाह गरेर यस फिल्मको पोस्टर सार्वजनिक गरेको स्पष्टीकरण दिएका थिए ।

  • ‘सानो संसार’का निर्देशक भन्छन्- हामी ‘वर्ड अफ माउथ’मा विश्वास गर्छौं

    ‘सानो संसार’का निर्देशक भन्छन्- हामी ‘वर्ड अफ माउथ’मा विश्वास गर्छौं

    काठमाडौं । मध्यमवर्गीय परिवारको कथा भन्ने फिल्म ‘सानो संसार’ आउँदो शुक्रबारबाट पुनः प्रदर्शन हुँदैछ । गत असोज १२ गते प्रदर्शन स्थगित गरिएको ‘सानो संसार’ पुनः प्रदर्शनमा आउन लागेको हो ।

    समीक्षकहरुबाट राम्रो प्रतिक्रिया पाएको यस फिल्मको व्यापारलाई त्यसवेला निरन्तर परेको झरीले प्रभावित बनाएको थियो । यसपछि प्रदर्शन रोकेको निर्माण टिमले अहिले पुनः प्रदर्शन गर्न लागेका हुन् । यो पुनः प्रदर्शनलाई लिएर आफूहरु उत्साहित रहेको निर्देशक सिद्धार्थ पुडासैनीले बताए ।

    पहिलेको जस्तो हाइप नभए पनि विस्तारै फिल्मले गति पक्रनेमा आफूहरु विस्वास्त रहेको पुडासैनीको दाबी छ । उनले भने, ‘दर्शकको वर्ड अफ माउथको कारण फिल्मले गति लिन्छ भन्नेमा हामी विस्वास्त छौं । साथै फिल्मको विषयवस्तुले पनि दर्शकलाई आकर्षित गर्नेछ ।’

    स्टार पावरबिना नै आफूहरुले राम्रो कथामा फिल्म बनाएको पुडासैनीको दाबी छ । आफूहरुले विषयवस्तु बेच्नकै लागि यो फिल्म बनाएकाले दर्शकको माया पाउनेमा ढुक्क रहेको बताए । उनले थपे, ‘पहिलो, दोस्रो र तेस्रो दिनपछि फिल्मले यतिकै गति लिन्छ भन्ने हाम्रो विस्वास छ ।’

    ‘छक्का पन्जा ५’ र ‘१२ गाउँ’को क्रेज रहे पनि, हलहरुले यी दुई फिल्मलाई बढी शो दिए पनि ‘सानो संसार’ले पाएका शोहरुमा दर्शकको चित्त बुझाउने आत्मविस्वास पुडासैनीको छ । अर्जुन कुमार निर्माता रहेको यस फिल्ममा अन्जना रिजाल, अनु दाहाल, राज पंगेनी शर्मा, सितादेवी तिमिल्सेना, जीवन गौतम लगायत कलाकारको अभिनय रहेको छ ।

     

  • ‘तेल भीसा’ को नयाँ गीतमा अमेरिका भासिएका कलाकारको घुँइचो

    ‘तेल भीसा’ को नयाँ गीतमा अमेरिका भासिएका कलाकारको घुँइचो

    काठमाडौं । शंकर घिमिरेको निर्देशनमा निर्माण भएको चलचित्र ‘तेल भिसा’ को तेस्रो गीत ‘कति रमाइलो’ बोलको सार्वजनिक भएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमबीच गीत सार्वजनिक गरिएको हो ।

    यो गीतमा चलचित्रकी मुख्य अभिनेत्री वर्षा राउतको ‘बेबी सावर’ मा भएको जमघट र नाचगानलाई प्रस्तुत गरिएको छ । यो गीत अमेरिकामा खिचिएको हो । अञ्जु पन्त र आशिष अविरलको गायन रहेको गीतमा एकनारायण भण्डारीको शब्द तथा गायक अविरल स्वयंको संगीत छ । यसअघि यस चलचित्रको ‘तुकुनको मुकुन’ गीत रिलिज गरिएको थियो, जसले राम्रो रेस्पोन्स पाइरहेको छ ।

    शिशिर खातीको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा अमेरिकामा रहँदै आएका कलाकारहरु दीलिप रायमाझी, सुशील क्षेत्री, अरुणिमा लम्साल, उषा पौडेल, विमलेश अधिकारी, अनुराग कुँवर प्रस्तुत छन् । उनीहरुसँगै चलचित्रका मुख्य कलाकारहरु वर्षासहित विपिन कार्की, पूजा चन्द र ऋचा घिमिरेलाई पनि भिडियोमा फिचर्ड छन् ।

    सिनेमाको गीत रिलिज कार्यक्रममा ऋचाले १० वर्षपछि नेपाली चलचित्रमा काम गर्दा एकदमै उर्जा महसुस भएको सुनाइन् ।

    उनी भन्छिन्, ‘चलचित्र नखेल्दा वा नबनाउँदा अक्सिजनको कमी हुने वा बाँच्नका लागि दिन कम हुने त होइन । तर, आफूलाई मन परेको काम गर्दा एकदमै उर्जा आउने रहेछ । १० वर्षपछि सिनेमा गर्दा त्यो महसुस गरेकी छु । यस्तो लाग्यो मेरो झुकाव र लगाव सिनेमाप्रति नै रहेछ ।’

    ‘तेल भिसा’को छायांकनपश्चात नाटक खेल्न अमेरिका पुगेकी अभिनेत्री वर्षा राउत पनि गीत रिलिज कार्यक्रममा उपस्थित थिइन् । उनी अमेरिकामा मञ्चन भइरहेको नाटकको कामलाई केही समयलाई स्थगित गर्दै यो सिनेमाको प्रचार र दशैं तिहार मनाउन नेपाल फर्केकी हुन् ।

    भाइटीकाको भोलिपल्टै फेरि अमेरिका उड्ने तयारीमा छिन् । यो हप्ता यही चलचित्रको प्रचारमा व्यस्त हुने तालिका रहेको गीत रिलिज कार्यक्रममा जानकारी दिइन् ।

  • अब फिल्म हलभित्र पानीसहितका पेय पदार्थ एमआरपीमै पाइने

    अब फिल्म हलभित्र पानीसहितका पेय पदार्थ एमआरपीमै पाइने

    काठमाडौं। अब चलचित्र हलभित्र पानीसहितका पेय पदार्थ एमआरपीमै पाइने भएको छ।

    वाणिज्य, आपुर्ती तथा उपभोक्ता संरक्षण विभाग र नेपाल चलचित्र संघबीच बुधबार भएको छलफलपछि एमआरपीमै पानीलगायत सिलबन्दी गरिएका खाद्य तथा पेय पदार्थ विक्री गर्ने सहमति भएको हो।

    विभागले प्रेस विज्ञप्ती जारी गर्दै एमआरपीमा विक्री नगरे व्यवसायीलाई कारबाही हुने जनाएको छ।

  • सुस्मा र पूजा एक-अर्कासँग लपक्कै, दर्शकले भने- के देख्नुपर्‍यो !

    सुस्मा र पूजा एक-अर्कासँग लपक्कै, दर्शकले भने- के देख्नुपर्‍यो !

    काठमाडौं । नायिकाद्वय पूजा शर्मा र सुष्मा कार्कीबीचको पुरानो रिसइबीबारे जानकारी राख्नेहरु यी दुईको एउटा टिकटक भिडिओ देखेर जिल खाएका छन् । भिडिओमा दुवै जना एक-अर्काको अंगालामा यसरी चिप्किएका छन् मानौं, वर्षौंपछि विछोडिएर भेट भएका ‘जिग्री’ हुन् ।

    सुष्माले आफ्नो टिकटक अकाउन्टबाट पोस्ट गरेको भिडिओको क्याप्सनमा पूजालाई लभ इमोजीसहित ‘स्वीटहार्ट’ सम्वोधन गरेकी छन् । भिडिओ पक्कै पनि ताजा नै हुनुपर्छ किनकि सुस्मा अहिले अस्ट्रेलियाबाट दसैं मनाउन नेपाल आएकी छन् । पूजाले चलाउने रेस्टुरेन्टमा गएर भेटेको हुनसक्छ ।

    विगतमा पूजा र सुस्माको खराब सम्वन्धबारे नेपाली फिल्म इन्डष्ट्रीमा सायदै कोही अनभिज्ञ छन् । उनीहरूबीच पानी बाराबारकै स्थिति थियो । एक-अर्काको नाम सुन्दा पनि नाक खुम्च्याउने गर्थे । कतै सार्वजनिक कार्यक्रममा जम्काभेट भयो भने पनि मुन्टो बटारेर हिँड्थे । दुवैले एक–अर्कालाई होच्याएर थुप्रै अन्तर्वार्ताहरु दिएका छन् ।

    पूजा र सुष्माबीच कटुता कसरी सुरू भएको थियो त ? जानकारहरुका अनुसार यसको केन्द्रमा छन् निर्देशक सुदर्शन थापा । एक समय सुदर्शन र सुस्माबीच प्रगाढ सम्वन्ध थियो । सुदर्शनले नै सुस्मालाई आफ्नो फिल्मबाट डेब्यु गराएका हुन्, तर पछि उनीहरुबीच फाटो आयो । त्यसपछि सुदर्शन पूजासँग नजिकिएका थिए ।

    सुदर्शन र पूजाको सहयात्रा निकै जम्यो पनि । उनीहरु अफेयरमा रहेको आशंकासमेत कतिपयले गरेका थिए, तर सुदर्शनले सुप्रिया कटवालसँग विवाह गरिसकेका छन् भने पूजा युद्ध बानियासँग विवाहको तयारीमा छिन् । चलचित्रमा भने सुदर्शन र पूजाले अझै पनि सहकार्य गरिरहेका छन् । उनीहरुले मिलेर हालै ‘रावायण’ निर्माण गरेका थिए ।

    सुदर्शन आफूसँग टाढिएर पूजासँग नजिकिएको सुस्मालाई सह्य नभएको बताइन्छ । त्यही विन्दुबाट सुस्मा उनीहरू दुवैसँग चिढिएकी हुन् । सुदर्शनसँग टाढिएपश्चात सुस्माको फिल्मी करिअर पनि सिथिल बन्दै गयो ।

    केही वर्षअघि एउटा फिल्मी कार्यक्रमको भिडिओ क्लिपले पूजाप्रति सुस्माको ‘नफरत’ छताछुल्ल बनाएको थियो । कार्यक्रममा अभिनेत्रीहरु रेखा थापा, पूजा शर्मा र स्वेता खड्का लहरै बसेका थिए । पछाडिबाट सुस्मा आइन् । उनले रेखाको गाला चिमोट्दै हात मिलाइन्, तर रेखासँगै बसेकी पूजालाई अनदेखा गरिन् ।

    रेखाले सुस्माको हातै तानेर पूजासँग मिलाइदिन खोजेकी थिइन्, तर पनि सुस्माले जबरजस्ती हात फुत्काइन् । अनि पूजाको साइडमा बसेकी स्वेता खड्कासँग गाला जोडिन् । रेखा र पूजा मुखामुख गरेर हाँसे, तर ‘कुरा काट्न’ पाएनन् । किनकि सुस्मा उनीहरुको ठीक पछाडिको सिटमा बस्न पुगिन् ।

    अन्ततः पूजा र सुस्माबीच मेलमिलाप गराउन उनै रेखा थापा सूत्रधार बनेको विश्वास गरिएको छ । रेखाले आफ्नो फिल्म ‘उपहार’मा पूजा र सुस्मा दुवैलाई खेलाएकी थिइन् । सुटिङ स्पटमा उनीहरुको भेट भयो । सँगै काम गरेपछि बोलचाल नगरी सुख्खै भएन ।

    सुस्मा कार्की अहिले नेपाली फिल्म इन्डष्ट्रीबाट पलायन भइसकेकी छन् । ‘उपहार’ खेलेपछि उनी अस्ट्रेलिया भासिइन् । अहिले दसैं मनाउन नेपाल आएकी छन् ।

    पूजासँग उनले कहाँ भेटेर टिकटक बनाएकी हुन् भन्ने खुलेको छैन, तर टिकटकमा रमाइला प्रतिक्रियाहरु आइरहेका छन् । धेरैले चकित हुँदै लेखेका छन्, ‘लौन, यो के देख्नुपर्‍यो !’

  • ‘पारस सरकार ‘पूर्वयुवराज’ होइनन्’

    ‘पारस सरकार ‘पूर्वयुवराज’ होइनन्’

    काठमाडौं । युरोपका विभिन्न देशमा ११ शो गरेर नेपाल फर्किएका कमेडियन भरतमणि पौडेल मंसिरबाट प्रशारण हुने टेलिभिजन कार्यक्रमको तीव्र तयारीमा छन् । कमेडी च्याम्पियन- २ का विजेता पौडेल एक दशकदेखि हास्यव्यंग्य क्षेत्रमा सक्रिय छन् ।

    उनै पौडेलसँग गरिएको कुराकानीको सम्पादित अंश-

    – युरोप टुर कस्तो रह्यो ?

    कमेडी कलाको फरक विधा हो । कमेडीको पनि टुर हुन्छ भनेर दर्शकलाई बुझाउन गाह्रो भएको अवस्थामा मामा इभेन्टस्ले विश्वास गरेका कारण युरोपभरि ११ ठाउँमा टुर गर्‍यौं । पोल्यान्डबाट सुरु भएको टुर पोर्चुगल पुगेर टुंगियो । युरोपको दर्शक हास्नलाई कुरेर बस्नुभएको रहेछ । हामी हँसाउनलाई पर्खेर बसेका थियौं । दुवैको चाहना मिल्यो ।

    – आर्थिक पाटो कस्तो रह्यो ?

    भोको पेटले क्रान्ति त हुँदैन । यद्यपि अहिले नै पैसामुखी भइसकेका छैनौं । हामी आफ्नो काममा खुसी छौं । सेभिङ छैन । म बाँचिरहेको छु, यसैमा खुसी छु ।

    – अनि ११ वटा शो आर्थिक हिसाबले चाहिँ कस्तो रह्यो ?

    (लामो हाँसो) एक्जाक्ट भन्यो भने अरु देशमा धेरै लिएको पनि हुनसक्छु । सम्बन्धको हिसाबले कुनै ठाउँमा कम पनि लिएको हुनसक्छु । भोलि युरोप जाँदा अलिकति भए पनि बढ्छ । किनभने हामीले पहिलो पटक युरोपमा बस्नुहुने नेपाली भाषीलाई मज्जाले पेट मिचिमिची हँसायौं । उहाँहरुले यस्तो प्रोग्राम वर्षमा दुईपटक भइदिए हुन्थ्यो भन्नुभयो । पैसाभन्दा पनि दर्शक र प्रेम कमाइयो ।

    – हसाउनु कत्तिको चुनौतीपूर्ण छ ?

    मेरो सन्दर्भमा लास्टै गाह्रो हो । कुनै पनि तयार पारिएको चिज समयमा पस्किन सकिएन भने त्यो बासी भइदिन्छ । र, एकपटक पस्किसकेको चिज पुनः पस्किन सकिँदैन ।

    – दर्शकहरुले के कुरामा बढी रमाइलो मान्दा रहेछन् ?

    पात्रको हिसाबले पारस सरकारकै गरें । धेरै दर्शकले रुचाएको प्रस्तुति हो कमेडी च्याम्पियनमा । मेरो मिमिक्री पनि मन पराउनुहुन्छ । कन्टेन्टको हिसाबमा अहिलेको राजनीतिक अस्तव्यस्ततालाई नै हामीले मध्यनजर गरेर कमेडीमार्फत खबरदारी गरेका थियौं ।

    – ‘पारस शाह’को पात्रमा युरोपमा पनि प्रस्तुति दिनुभयो । एउटै पात्र रिपिटेडली बोकेर हिँड्दा बोर लाग्दैन ?

    व्यक्तिगत रुपमा चाहिँ एकै पात्रमा धेरै प्रस्तुति दिइरहँदा नयाँ केही गर्न मन लागिरहेको छ, तर दर्शकका लागि पारस सरकार पहिलो टेस्ट हो । म पो धेरै देश घुमेकाले एकै पात्र धेरै पटक गर्दा थाकेको हुनसक्छु । दर्शकलाई त्यही हेर्न मनलाग्दो रहेछ ।

    कुनै पनि तयार पारिएको चिज समयमा पस्किन सकिएन भने त्यो बासी भइदिन्छ । र, एकपटक पस्किसकेको चिज पुनः पस्किन सकिँदैन ।

    म कुनै पनि ठाउँमा जाँदा कन्टेन्ट र क्यारेक्टर दोहोर्‍याउँदिनँ, तर दर्शकलाई पारस सरकारमै मजा आइरहेको छ । दर्शकलाई मजा आएसम्म मैले प्रस्तुति दिइरहनुपर्छ ।

    – ‘पारस शाह’लाई दर्शकले के कारणले मजा माने जस्तो लाग्छ ?

    राजनीतिक वितृष्णा ! पारस सरकारमार्फत् नेपालको राजनीति अस्तव्यस्ततालाई मज्जैले घोचपेच गरेको छु । विदेशमा रहनुभएका नेपालीहरुमा अहिलेका कुनै न कुनै नेताहरुका पालामा बाध्यतावश देश छाड्नु परेको पीडा छ । नेपालप्रतिको राजनीतिक अस्तव्यस्ततालाई हामीले मजैले घोचपेच गरेका छौं । त्यो पीडालाई समय सान्दर्भिक रुपमा कमेडीमा जोडेको हुँ ।

    पारस सरकारको आफ्नो निजी जिन्दगी छ । मैले अभिनयमार्फत उहाँको भूमिका बनाएँ । अभिनयमार्फत राजनीतिक कुराहरुलाई जोकको माध्यमबाट सुसूचित गर्ने कोसिस गरेको छु । दर्शकले त्यो मनपराइ दिनुभएको हो ।

    – राजनीतिक अस्तव्यस्तताको कारण त अहिलेको केन्द्रीय राजनीतिका पात्रहरु होलान् नि ! पूर्वयुवराज पारस नै किन ?

    म चाहिँ पारस सरकारलाई युवराजमात्रै भन्न रुचाउँछु । मैले अभिनय गरेको पात्र चाहिँ पारस सरकार हो । तपाईंले भनेकै कुराहरु पारस सरकारको मुखबाट जाने हो । जस्तै मैले केपी ओलीका कुरा, प्रचण्ड, बाबुरामका कुरा गर्छु । पात्रमात्रै पारस सरकार हो ।

    – तपाईंले निर्वाह गरेको पारस शाहको पात्रलाई राजनीतिक कारणले भन्दा पनि उनको जीवनशैली, उनीसँग जोडिएका सन्दर्भ र प्रसंगहरुका कारण दर्शकले मनपराएका हुन् कि ?

    अवश्य ! म आफैं पारस सरकारको ठूलो शुभचिन्तक हो । त्यो भएर पनि उहाँको पात्र गर्न सहज भएको हो । व्यक्तिगत जीवनशैलीका कारण पनि उहाँ चर्चामा हुनुहुन्छ । त्यही कारण उहाँको माध्यमबाट खबरदारी गरिरहेको चिजलाई जनताले मनपराइ दिएको हो ।

    – उहाँको व्यक्तिगत जीवन चाहिँ कस्तो लाग्छ ?

    मलाई त एकदमै राम्रो लाग्छ । राजाको छोरो भएर पनि हामी जस्तो सामान्य भएर हिँडिरहनु भएको छ ।

    – सामान्य भएर हिँड्नुमा त नेपालको संविधानभन्दा माथि त कोही पनि छैन नि ?

    यसलाई जसरी पनि व्याख्या विश्लेषण गर्न मिल्छ । म राजनीतिज्ञ त होइन । अघि तपाईंले ‘पूर्वयुवराज’ भनिरहँदा म चाहिँ ‘पूर्वयुवराज’ भन्न चाहन्नँ । त्यसपछि कोही युवराज भएको भए म पूर्व भन्थें । त्यसपछि कोही युवराज नै भएनन् । त्यसकारण म युवराज नै मात्र भन्न चाहन्छु ।

    म आफैं पारस सरकारको ठूलो शुभचिन्तक हो । त्यो भएर पनि उहाँको पात्र गर्न सहज भएको हो । व्यक्तिगत जीवनशैलीका कारण पनि उहाँ चर्चामा हुनुहुन्छ । त्यही कारण उहाँको माध्यमबाट खबरदारी गरिरहेको चिजलाई जनताले मनपराइ दिएको हो ।

    – अनि संविधानभन्दा माथि हो र पारस शाह ?

    त्यै त, म राजनीतिज्ञ होइन । म उहाँलाई युवराज भन्छु । कानून, न्याय, संविधानप्रति त उच्च सम्मान छ । म यही व्यवस्थामा रमाइरहेको छु, तर मलाई लागेको कुरा यही हो । मेरो व्यक्तिगत विचार पनि हुन जाला कतिपय कुराहरु । मलाई कानूनले चाहिँ पूर्वयुवराज नै भन भनेर ल्याप्चे हनाउँदैन होला !

    – पूर्व राजसंस्थालाई कसरी हेर्नुहुन्छ ?

    राजसंस्थाप्रति उच्च सम्मान छ । म कुनै पार्टीसँग आबद्ध पनि छैन । साधारण सदस्यसम्म लिएको छैन । पार्टीमै लागेर कलाकारिता गर्नुपर्छ भन्ने पनि लाग्दैन ।

    – अनि हेलमेट नलगाई हिँड्नेलगायत पारस शाहले गरेका हर्कतहरुलाई चाहिँ कसरी लिनुहुन्छ ?

    उहाँको व्यक्तिगत जीवन हो त्यो । देशमा न्याय छ, संविधान छ । कुनै समय उहाँको विशिष्ट जीवन थियो, अहिले साधारण जीवन बाँचिरहनु भएको छ ।

    – त्यो साधारण जीवन पारस शाहले चाहेर बाँचेको हो कि नेपालको संविधानले बाँच्न बाध्य बनाएको हो ?

    उहाँले चाहेरै बाँच्नुभएको हो जस्तो लाग्छ । एकडेढ वर्षअघि उहाँलाई भेटेको छु । त्यसरी धेरै नेतासँग बसेको छु, तर उहाँसँग बस्दा बेग्लै भाइब्स आएको हो । बेग्लै कुरा भयो, जे होस् । अरुले गर्ने कुरा र उहाँले गर्ने कुरामा आकाश-पतालको भिन्नता देखेको छु । त्यहाँबाट पनि उहाँको शुभचिन्तक भएको हुँ ।

    – त्यसो भए २०६२/६३ को जनआन्दोलनलाई कसरी हेर्नुहुन्छ ?

    परिवर्तनको संवाहक आन्दोलनको रुपमा बुझेको छु । जे जे हुँदै जान्छ, राम्रैको लागि हुँदै जान्छ ।

    – अहिले ‘राजा आऊ देश बचाऊ’ भन्ने पनि सुनिन्छ । राजाले नै देश बचाउलान् त ?

    मैले तीन वर्षअघि कमेडी च्याम्पियनमा पनि भनेको थिएँ, व्यवस्था खराब होइन, व्यवस्थापन खराब हो । व्यवस्थापकहरु सुध्रन आवश्यक छ, तर व्यवस्थापक पनि नसुध्रने, व्यवस्थापन पनि नसुध्रने हो भने विकल्प के त ?

    – भनेपछि राजा आउनैपर्‍यो ?

    विकल्प के त ?

    – प्रसंग बदलौं, तपाईंहरुको प्रस्तुतिमा पन्च लाइनहरु हुन्छन् । कहिलेकाहीँ पन्च लाइनहरुमा दर्शक नहाँसिदिन सक्छन् । पन्च लाइन काम नलाग्दा कस्तो महसुस हुन्छ ?

    त्यस्तो जीवनमा एक पटक भएको छ । प्रस्तुति स्टार्ट गरें । ३५-४० मिनेटको सेट थियो होला । ३० मिनेटसम्म मान्छेहरु सुनसान छन् । अगाडि बसेका भीआईपीहरु वेलावेला ताली पड्काउँछन् । पछाडि बस्नेहरुले पड्काउँदैनन् ।

    मैले तीन वर्षअघि कमेडी च्याम्पियनमा पनि भनेको थिएँ, व्यवस्था खराब होइन, व्यवस्थापन खराब हो । व्यवस्थापकहरु सुध्रन आवश्यक छ, तर व्यवस्थापक पनि नसुध्रने, व्यवस्थापन पनि नसुध्रने हो भने विकल्प के त ?

    त्यसमा कमजोरी मेरै हो । दर्शक कस्तो, कुन उमेर समूहको आउँछ भनेर अध्ययन नगरी जाँदाको दुर्घटना हो । त्यसवेला रातोपिरो भइन्छ, होपलेस भइन्छ, तर आफ्नो धर्म त निभाउनुपर्‍यो । जतिसुकै होपलेस भए पनि ताली नपड्किँदा पनि जोक्सहरु भनेरै आउँछु ।

    – होपलेस हुँदा स्टेज छाडिदिऊँ जस्तो लाग्दैन ?

    लाग्छ नि ! पैसा लिइएको हुन्छ । भोलि आयोजकसँग सम्बन्ध बनाउनुपर्ने हुन्छ । दर्शकसँग सम्बन्ध बनाउनुपर्ने हुन्छ । खराब माहोल भयो भनेर माइक छाडिदिन मन लाग्छ, तर रोजीरोटी नै त्यही हो । यो जोक चलेन, अर्को चल्ला कि भन्ने हुन्छ । अचेल दर्शकको वर्ग, सामाजिक परिवेश हेर्छु । उनीहरुको रुचिको विषय के छ भनेर अध्ययन गरेर जान्छु ।

    – पछिल्लो पुस्ताका तपाईंहरु क्यारिकेचर र रोस्टमा मात्रै रमाएको देखिन्छ । कमेडीका अरु विधाहरुमा किन कोसिस नगरेको ?

    नेपालमा रोस्ट आएको धेरै भएको छैन । कमेडी च्याम्पियनबाट आएको हो । हाम्रो स्कुलिङ मह जोडी, सीताराम कट्टेल, केदार घिमिरे, मनोज गजुरेल, जितु नेपाललगायत दाइहरुलाई हेर्दै भएको हो । अलि फरक सन्दीप क्षेत्री दाइले गर्नुभएको हो ।

    मलाई चाहिँ के लाग्छ भने हामीले कमेडीका फरक फरक विधाहरु सिक्नु पनि पर्ने हो । यहाँ सिकाउनलाई कुनै कलेज छैन । जति सिकिन्छ, नेट इन्टरनेटबाट हो ।

    – प्रयोग त गर्न सकिन्छ नि ?

    हाम्रो समाज रोस्ट त मजाले पचाउने भइसकेको छैन । एकै पटक पर पुग्दा पनि त त्यो चिज नबिक्ला नि ! कन्फर्म बिक्छ भन्ने थाहा भएको भए प्रयास गर्थ्यौं होला । अहिले रोस्ट त गाह्रो मान्छन् मान्छेले ।

    – जे बिक्छ, त्यहीमात्रै बेच्ने हो त ?

    हो नि ! हामी जोकको व्यापारी हौं । दर्शकले जे मन पराउनुहुन्छ, त्यही दिने हो ।

    – तपाईंहरु रोस्ट गर्दा सन्तोष पन्तलाई मदिरा, मनोज गजुरेललाई निजी जीवनमात्रै कोट्याएर बस्नुहुन्छ । एकै विषयमा मात्रै रोस्ट हानिरहनुको कारण के हो ?

    मलाई पनि बढी उडाउने भनेको ड्रिंक्समा हो, तर उनीहरुले भने जस्तो म धेरै ड्रिंक्स गर्दिनँ । रोस्टले सन्तोष सर, मनोज दाइमाथि केपरिरा’छ, उहाँलाई नै थाहा होला । अब कमेडियनहरुको कोणबाट हेर्दा चाहिँ स्थापित भइसकेको कुरालाई जोक बनाउन सजिलो हुन्छ । अर्को चाहिँ पछि आउने साथीहरुले नयाँ कुरा खोज्न नसकेको पनि हो ।

    मलाईभन्दा बढी तनाव त विशाल दाइको कम्पनीलाई हुनुपर्छ । पाउनुपर्ने चिज पाइयो, नामसारी छैन । उहाँहरुकै बिलबुक लिएर हिँडिरहेको छु । उहाँहरुले जहिले पास गरिदिनुहुन्छ, उहाँहरुको इच्छा ।

    – हिमेश पन्त, सुमन कार्की, सुमन कोइराला, मेक्सम गौडेल, बिक्की अग्रवाल, सीता न्यौपाने कस्तो लाग्छ ?

    पछिल्लो समय हिमेश पन्तको ग्रोथ देखिएको छ । फिल्म पनि गरिसक्नुभयो । उहाँका कमेडी पनि मलाई मनपर्छ । उहाँको कमेडी कसैलाई मन पर्ला, कसैलाई नपर्ला । के गर्दा चाहिँ दर्शकले मनपराइ दिनुहुन्छ भनेर हामी घोटिइरहेका हुन्छौं ।

    सुमन कार्की चाहिँ भर्सटाइल कमेडियन हो । मेरो प्रिय साथी पनि हो, हाम्रो संघर्षको धरातल पनि एकै हो । हामीले रेडियोबाटै यात्रा सुरु गरेका हौं । ऊ पनि क्यारिकेचर गर्ने, म पनि । म पनि क्यारेक्टर गर्ने, ऊ पनि । हाम्रो सबै उस्तै छ ।

    सुमन कोइराला ट्यालेन्ट मान्छे हो । उसले गर्ने व्यंग्यको तीर अर्कै तहको लाग्छ । मभन्दा खत्रा हो भन्ने लाग्छ । मेक्सम गौडेल चाहिँ धेरै प्रतिभाको खानी हो । ऊ गाउँछ, नृत्य पनि गर्छ । अनि कमेडी पनि गर्छ । कमेडीको प्याकेज हो ऊ ।

    बिक्की अग्रवाल दाइले अहिले कमेडी दरबार लिएर बस्नुभएको छ । उहाँहरुको बेग्लै टीम छ । उहाँ र म कमेडी च्याम्पियनमा प्रतिस्पर्धामा पनि थियौं । उहाँ कमेडियनभन्दा पनि बिजनेसम्यान बढी हो । उहाँ कलाकार त हो नै, सँगै व्यवसायी पनि हो ।

    सीता न्यौपाने चाहिँ पछिल्लो पुस्तामा मैले देखेको महिला कमेडियन नै हो । उहाँको एउटा प्रस्तुति मैले तीनचार पटक हेरेको छु ।

    – अनि तपाईंले कमेडी च्याम्पियनको गाडी पाएको, ब्ल्यु बुक नपाएको प्रसंग के हो ?

    गाडी मेरो नाममा पास भएको छैन । मैले जुन डेटमा गाडी पाउनुपर्थ्यो, त्यही डेटमा पाएको हो । पुरस्कार रकम पनि पाएको हो, गाडी पनि पाएको हो । ब्ल्यु बुक नपाउँदा मेरो नाममा गाडी चाहिँ छैन, तर कुदाइरा’छु भनेको थिएँ ।

    कमेडी विधा एकदमै ध्यान दिनुपर्ने विधा हो, तर महोत्सवहरुमा ड्रिंक गरेर नाच्नमात्रै खोजिरहेको दर्शक पनि पाउँछु । उफ्रिने, ज्याकेट खोल्ने, धूलो उडाउने मान्छेहरु भेट्छु । उहाँहरुलाई गीतै ठीक छ, त्यहाँ म फिट छैन जास्तो लाग्छ । त्यसैले म इन्डोर प्रोग्राम नै गर्छु ।

    – तपाईंको नाममा पास किन नभएको हो ?

    एउटा कमेडियन भएर के सोच्छु भने मैले यावत चिजमा धेरै सोच्नुहुँदैन । मैले टाउको दुखाउने विषय भनेको कसरी धेरै मान्छे हसाउने भन्नेमात्रै हुन्छ । मलाई के हुन्छ त गाडी पास भएन भने ? केही समस्या छैन । जुन दिन समस्या पर्छ, सम्बन्धित निकायले हेर्छ ।

    मलाईभन्दा बढी तनाव त विशाल दाइको कम्पनीलाई हुनुपर्छ । पाउनुपर्ने चिज पाइयो, नामसारी छैन । उहाँहरुकै बिलबुक लिएर हिँडिरहेको छु । उहाँहरुले जहिले पास गरिदिनुहुन्छ, उहाँहरुको इच्छा ।

    – गाडी पास होस् भन्ने चाहनुहुन्छ ?

    मैले भनेको छु, तपाईंहरुलाई गाह्रो पर्छ वा पर्दैन थाहा छैन । दिने सामान दिइसक्नु भयो, कागजमा पास गरिदिँदा के समस्या पर्छ र भनेको थिएँ । उहाँहरुले हाम्रो हिसाबकिताब मिलिरहेको छैन, व्यवहारिक पाटो सल्टेपछि मिल्छ भन्नुभयो । ‘तनाव नलेऊ, तिमीले तनाव लिने कुरै होइन’ भन्नुभएको छ ।

    – अन्त्यमा, एउटा शोको कति चार्ज लिनुहुन्छ ?

    सम्बन्धको कारण, चिनजानको कारणले पनि शो गर्नुपर्छ । म चाहिँ आउटडोर प्रोग्राम गर्दिनँ खासमा । म इन्डोरमात्रै गर्छु । मेला महोत्सवबाट बढी फोन आउँछ । त्यहाँ विभिन्न क्याटागोरीका दर्शक हुन्छन् । कमेडीलाई इन्जोय नगर्ने पाउँछु, इन्जोय गर्ने पनि पाउँछु ।

    तीन वर्ष अघिसम्म त आउटडोर प्रोग्राम गरेरै आएको हो । अहिले चाहिँ गर्दिनँ । कमेडी विधा एकदमै ध्यान दिनुपर्ने विधा हो, तर महोत्सवहरुमा ड्रिंक गरेर नाच्नमात्रै खोजिरहेको दर्शक पनि पाउँछु । उफ्रिने, ज्याकेट खोल्ने, धूलो उडाउने मान्छेहरु भेट्छु । उहाँहरुलाई गीतै ठीक छ, त्यहाँ म फिट छैन जास्तो लाग्छ । त्यसैले म इन्डोर प्रोग्राम नै गर्छु । अहिलेसम्म एक शोको एक लाख ५० हजार रुपैयाँ लिएर काम गरिरहेको छु ।

  • ‘बच्चाहरु लड्छन्, लड्न देऔं ! लडेपछि उठ्न सिक्छन्’

    ‘बच्चाहरु लड्छन्, लड्न देऔं ! लडेपछि उठ्न सिक्छन्’

    काठमाडौं । ‘गाउँ आएको बाटो’ फिल्मको प्रदर्शनताका बाल कलाकार प्रसन राई रोएको भिडियो भाइरल भयो । एक अन्तर्वार्तामा प्रसनको व्यक्तिगत र पारिवारिक कुरा सोधिएपछि क्यामेराको अगाडि नै उनी भावुक बने ।

    प्रसनलाई सोधिएको प्रश्न न फिल्मसँग सम्बन्धित थियो न त उनको कलाकारितासँग । प्रश्नकर्ताले बच्चाको निजी जीवनलाई कोट्याइदिएपछि उनी जवाफ दिन नसकेर रोए ।

    बच्चाको उक्त भिडियो क्लिप भाइरल भएपछि रंगकर्मी केदार श्रेष्ठले सञ्जालमा दुःखेसो पोखे । जो यस फिल्मको कास्टिङ डाइरेक्टरसमेत थिए । बच्चाहरुलाई अभिनय गराउने जिम्मा नै केदारको थियो ।

    केदारले दुःखेसो पोख्नुमा मुख्य कारण थियो, कहिल्यै अभिनय नगरेका बच्चासित साथी बनेर, अभिनय सिकाएर क्यामेराको अगाडि उभ्याएका थिए । अर्को कारण थियो, रंगकर्मीको अलावा केदार बाल साहित्यकार पनि हुनु । सँगै बाल अधिकारको पक्षमा वकालत गर्दै हिँडेको अभियन्ता हुनु ।

    बानेश्वरको उमोजा कफी सपमा यो प्रसंग कोट्याउँदा नोस्टालजिक हुँदै केदारले भने, ‘मलाई त्यो अन्तर्वार्तामा मिडियाले बच्चाहरुको आँसु खोजिरहेको जस्तो लाग्यो । आँसुलाई ग्लोरिफाइ गरे जस्तो लागेकाले दुःखेसो पोखेको थिएँ ।’

    उनले लेखेका थिए, ‘बाल भावनाको कदर नगरी, बाल सुलभताको हेक्का नराखी, पूर्वजानकारी नलिई, विनाअध्ययन बच्चालाई आघात पर्ने नितान्त निजी कुरा सोध्ने अनि ‘हाउ स्वीट, सो सरी’ भन्दै आँसु बेचेर भ्युज किन्नेहरुप्रति घोर भर्त्सना छ । बालवयका कलाकारलाई कलाकारकै रुपमा बाल सुलभ जिज्ञासा राख, उसको गाला चिमोट्दै, मन चिमोट्दै च्व च्व गर्दै प्रश्न तेर्साएर इजलासगिरी नगर । अनि यस्तै कन्टेन्टमा रमाउनेहरुप्रति पनि आपत्ति छ ।’

    केदारले ‘ऐना झ्यालको पुतली’ फिल्ममा पनि कास्टिङ डाइरेक्टरको काम गरे । यो फिल्ममा त तीन जना बच्चा नै मुख्य भूमिकामा छन् । उनको आफ्नै छोटो फिल्म ‘जूनको जुत्ता’ पनि जुत्ता उल्टो लगाउने बालिकाको कथा हो । ‘जूनको जुत्ता’ विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरुमा पनि छनोट भएको थियो । ३०-४० वटा नाटकमा काम गरिसके । ती नाटकमा बालबालिकालाई आफ्नो क्षमता प्रस्फुटन गर्ने अवसर प्रदान गरेका छन् ।

    ‘पहिले बच्चाको साथी बनेर हेर’

    सम्भवतः हामी सबैको बाल्यकालीन स्मृतिमा छ- शिक्षकको लठ्ठी । हातमा हरियो डाम बोक्नु, केही गल्ती गर्नसाथ कुखुरा बन्नु, उठबस गर्नु सामान्य दैनिकी हुन्थ्यो विद्यालयमा । विद्यार्थीहरुले शिक्षकको डरका कारण जबरजस्ती पढ्नुपर्थ्यो । विद्यालय एक खालको त्रास गृह हुन्थ्यो बालबच्चाका लागि ।

    बालबालिकालाई थर्काएर, तर्साएर, पिटेर पढाउने विधि गलत हो भन्ने विभिन्न अध्ययनहरुले देखाएका छन् । यस्तो तरिकाले पढाउँदा बालबालिकाले विद्यालयको परीक्षा त पास गर्लान्, तर जीवनको परीक्षा ? उनीहरुको मानसिक स्वास्थ्य ? प्रश्नहरु धेरै छन् ।

    पाठ्यक्रम जसोतसो शिक्षकको डरले बालबालिकाले छिचोल्लान् रे, तर उनीहरुलाई सृजनात्मक काममा सहभागी गराउनु अर्को चुनौती रहेको केदारको अनुभव छ । उनको अनुभवले भन्छ, बालबालिकाले आफ्नो क्षमता खुलेर प्रस्तुत गर्ने वातावरण बनाउनु अर्को चुनौती हो । झनै फिल्ममा उनीहरुलाई जीवन्त अभिनय गराउनु कति ठूलो चुनौती होला ! एउटा सानो गल्तीले मात्रै पनि सिंगो फिल्मलाई असर गर्नसक्छ । निर्देशकले भन्न चाहेको कथा नभनिन सक्छ ।

    केदारले धेरै पटक बालबालिकासँग साथी बनेर उनीहरुबाट सुन्दर काम निकाल्ने जिम्मेवारी सम्हालेका छन् । चाहे ‘गाउँ आएको बाटो’ होस् या ‘ऐना झ्यालको पुतली’, चाहे ‘जूनको जुत्ता’ होस् या रंगमञ्चका नाटकहरु ! बालबालिकाबाट उत्कृष्ट काम निकालेका छन् केदारले ।

    कोही बच्चा बोलक्कड हुन्छन् । कोही अन्तरमुखी स्वभावका हुन्छन् । कोही एकदमै चकचक गरिरहनुपर्ने खालका हुन्छन् । यी फरक फरक स्वभावका बच्चाहरुसँग सहकार्य गरेर कसरी उत्कृष्ट काम निकाल्ने ?

    ‘पहिलो कुरा त यसमा कुनै पनि म्याथम्याटिकल टेक्निक हुँदैन । बच्चासँग काम गर्दा आफूमा बच्चाको स्वभाव हुनुपर्‍यो । उनीहरुका लागि आफू पनि बच्चा जस्तै बनिदिनुपर्‍यो’, केदार सुनाउँछन्, ‘उनीहरुलाई केही कुरा सिकाउँदैछु भनेर होइन, उनीहरुसँग खेल्दैछु भनेर सोच्नुपर्‍यो । खेल्दाखेल्दै आफूले जानेको कुरा उनीहरुलाई दिँदैछु भन्ने भयो भने सिकाउनेलाई पनि दबाब हुँदैन ।’

    बच्चाले सिकाउने व्यक्तिलाई साथीको रुपमा स्वीकार गरेपछि बच्चासँग साथी भइने केदारको अनुभव छ । उनको अनुभवले भन्छ, यदि बच्चाले स्वीकार गर्न थाल्यो भने खत्रै तरिकाले स्वीकार गर्छ । यदि इग्नोर गर्न थाल्यो भने खत्रै तरिकाले इग्नोर गर्छ ।

    उदाहरणका लागि कोही बच्चाले मन नपरेको मान्छे छ भने उसले वास्तै गर्दैन । बाउआमाले जति नै ‘अंकल आन्टीसँग बोल’ भने पनि उसले वास्ता नै गर्दैन । यसको एकै कारण हो, उसलाई त्यो मान्छे मनै परेन ।

    ‘सेल्फ रेस्पेक्टको सवाल बच्चाहरुमा एकदमै धेरै हुन्छ । उनीहरु हरेक कुरालाई इमोसनको तरिकाले मात्रै हेर्छन् । कसैले हेपिरा’छ भने सिर्फ हेपाइको तरिकाले मात्रै बुझ्छ । हामी ठूलो भएपछि पो कसैको इगो, एट्टिट्युडलाई पेशासँग जोडेर विश्लेषण गर्छौं । यत्तिको मान्छेको यत्तिको व्यवहार पच्छ भनेर कम्प्रोमाइज गर्छौं’, केदार अनुभव सुनाउँछन् ।

    पछिल्लो समय बाल साहित्यमा काम गरिरहँदा श्रेष्ठहरु बाल रंगमञ्च हुनुपर्छ भनेर लागिपरे । बाल रंगमञ्च प्रोफेसनलहरुले गरिदिने काम हो, तर नेपालमा भने बालबालिका रंगमञ्चमा उत्रिँदा बाल रंगमञ्च भनिदिने चलन छ । केदारको प्रश्न छ, ‘त्यसो भए बच्चाले लेखेको कविता बाल साहित्य हुनुपर्थ्यो । किन ठूलाले लेखेको बाल साहित्य हुन्छ ?’

    उनको एउटामात्रै धारणा छ, कुनै पनि सृजनाको दर्शक बालबालिका पनि हो भने त्यो बाल साहित्य हो, बाल सिनेमा हो । र, बालबालिकाका लागि बनेको सृजना सबैका लागि हो । जस्तोः हिन्दी फिल्म ‘तारे जमिन पर’ । वा ‘सेक्रेट सुपरस्टार’ !

    ‘खै बालबालिकाको पक्षमा बोलिदिने मान्छे ?’

    बालबालिकालाई हामी स्वःस्फूर्त रुपमा आफ्नो प्रतिभा पस्कने अवसर दिँदैनौं । बरु उनीहरुमाथि निरन्तर मानसिक र शारीरिक दबाब बढाइरहन्छौं । यो गलत तरिका सिधै गएर समाज र राजनीतिसँग जोडिने केदारको बुझाइ छ । हामीले बसालेको गलत थितिसँग जोडिने केदारको बुझाइ छ ।

    उनलाई लाग्छ, बालबालिकालाई यो सिस्टमले नै सबैभन्दा बढी अवहेलना गरेको छ ।

    जनजाति आन्दोलनमा बोलिदिने मान्छे छन् । महिला आन्दोलनमा बोलिदिने मान्छे छन् । आन्दोलनमा लागेका मान्छेहरु आफैं पनि बोल्छन्, तर बालबालिकाले बोल्न सक्दैनन् । उनीहरुको बोलिदिने मान्छे पनि विरलै भेटिन्छन् । केदारलाई यही कुराले निराश बनाउँछ कहिलेकाहीँ, ‘जब कि जुन देशले बालबालिकालाई पहिलो प्राथमिकता दिएर नीति बनाएका छन्, ती देशमात्रै समृद्ध भएका छन् ।’

    हाम्रोमा त सांस्कृतिक रुपमा पनि बच्चालाई हेप्ने संस्कृति रहेको श्रेष्ठको अनुभव छ ।

    हाम्रो बहुचर्चित भनाइ छ, ‘सानालाई माया गरौं, ठूलालाई आदर गरौं ।’

    केदारलाई यो भनाइको भाष्य नै गलत लाग्छ । सानालाई माया भनेको पप्पी गर्नुमात्रै हो त ? लाडे स्वर निकालेर बोलाउनुमात्रै हो त ? भन्छन्, ‘आदर त साना बच्चालाई चाहिने हो । किनभने आदरभित्रै माया हुन्छ । वृद्ध अवस्थामा पुगेका मान्छेलाई आदर भनेर घरमा थन्काइदिने, आश्रममा राखिदिने गर्छन् । खासमा माया त वृद्धहरुलाई चाहिने हो नि !’

    बालबालिकालाई भविष्यको कर्णधार भनिन्छ । अर्थात् भविष्यलाई काँधमा बोकेर हिँड्ने । ‘यस्तो भाष्य बनाउने हो’, श्रेष्ठ जंगिन्छन्, ‘भविष्य काँधमा बोकेर हिँड्ने व्यक्ति होइन, भोलिको भविष्य नै बालबालिका हो ।’

    केदारहरुले बालबालिकालाई ‘फुच्चेफुच्ची’ नभन्नु भनेर अभियान नै चलाए । जस्तैः आइमाई शब्द नराम्रो होइन, तर यो शब्दलाई जुन नियतका साथ प्रयोग गरिन्छ, त्यो चाहिँ गलत हो । त्यस्तै जुन नियतका साथ ‘फुच्चेफुच्ची’ भनिन्छ, त्यो नियतको विरुद्ध केदारहरुले अभियान चलाएका थिए ।

    ‘ऐना झ्यालको पुतली’मा मुख्य कलाकार नै तीन जना बच्चा छन् । ती बच्चाहरुले यसरी काम गरेका छन् कि कास्टिङ डाइरेक्टर श्रेष्ठ प्रशंसित बने । ‘गाउँ आएको बाटो’मा पनि दयाहाङ राईको छोरा बनेका प्रसनले एकदमै राम्रोसँग काम गरेका छन् । श्रेष्ठले नै बनाएको ‘जूनको जुत्ता’मा एन्टागोनिस्ट नै थिएन । उनले ठोसमा एन्टागोनिस्ट खोजेर पनि बसेनन् । यही फिल्म अन्तर्राष्ट्रिय फेस्टिभलहरुमा पुग्यो ।

    केदारको अनुभवले भन्छ, ‘हाम्रो वरिपरि रहेका कतिपय बच्चाहरु खराब पनि होलान्, तर कसरी खराब भए भनेर खोज्ने हो भने उनीहरु खराब लाग्दैन । अर्को मान्छे चाहिँ खराब लाग्छ ।’

    ‘बच्चा लड्छ ! लडेरै त उठ्न सिक्छ’

    केदारले बालबालिकालाई अभिनयको प्रशिक्षण पनि दिन्छन् । यही वर्ष अन्तर्राष्ट्रिय बाल चलचित्र महोत्सव गर्ने तयारीमा पनि उनको टीम लागिपरेको छ ।

    केदारसित आफ्ना बच्चाहरु लिएर अभिभावक आइपुग्छन् । बजारमा फिल्मी क्षेत्रको ग्ल्यामर देखेर आएका अभिभावकले श्रेष्ठलाई सोध्ने पहिलो प्रश्न हो, ‘यति सिकेपछि फिल्म खेल्न पाउँछ ? नाटक गर्न पाउँछ ?’

    ‘हामीले त व्यक्तित्व विकासको लागि ट्रेनिङ दिने हो । के बन्ने, त्यो त बच्चाको छनोट हो । अभिनय कक्षाले उसको क्षमतालाई पहिल्याउन सजिलो बनाउनेमात्रै हो’, केदार सुनाउँछन् ।

    उनी स्वयंको बच्चा डेढ वर्षको भयो । बच्चाको सामुन्ने केदार किताब पढ्छन् । बच्चाले पनि किताब नै पढ्न खोज्छ र किताब भएको व्यक्ति घरमा जाँदा बच्चा खुसी हुन्छ । रोएको वेला किताब दियो भने शान्त हुन्छ ।

    ‘बच्चालाई एक्सप्लोर गर्न दिने हो । कुनै सामान बिग्रेर घाटा हुँदैन भने खेलाउन दिनुपर्छ । केही गर्छु भन्दा सक्छस् र भनेर आशंका गर्ने होइन, गर्न दिने हो’, केदार सुनाउँछन्, ‘म मेरो मिसेसलाई भन्छु, धेरै रोयो भने बच्चा आफैं तनावमा जान्छ । अनि रुन छाड्छ । जीवनमा कति रुनुपर्छ, पर्छ । अलिकति लड्यो भने मिसेस आत्तिन्छे । लड्छ त ! लडेर उठ्छ । लडेको वेला फुत्त उठाइदियौं भने कसरी उठ्ने भनेर उसले सिक्नै सक्दैन । यस्तो गर्नुको मतलव बच्चालाई इग्नोर गरिएको होइन नि, छेउमा बसेर हेरिरहनु भनेको केयर त गरिरहेकै छौं नि !’

    बच्चा आफैंले आफ्नो जीवनमा आइपरेका समस्याहरुलाई पहिचान गरेर समाधान खोज्छ, त्यस्तो अवसर सृजना गरिदिनु अभिभावकको दायित्व भएको केदारको भनाइ छ । उनी भन्छन्, ‘जूनको जुत्ता यही थिममा बनेको फिल्म हो । उल्टो जुत्ता लगाउने बानी बच्चीले आफैं सुधार्छे ।’

  • नेपाली चलचित्रको ‘गुड न्युज’ र ‘ब्याड न्युज’

    नेपाली चलचित्रको ‘गुड न्युज’ र ‘ब्याड न्युज’

    काठमाडौं । दशैँको उल्लासबीच नेपाली चलचित्रहरूले बक्स अफिसमा धुमधडाका गरिरहेका छन् । वितरकहरूका अनुसार ‘छक्का पन्जा ५’ले १० करोडको आँकडा पार गरेको छ भने ‘१२ गाउँ’ ले पनि सात करोड कटाइसकेको छ । ‘ज्वाइँ साब’ ले पनि पिकअप लिइरहेको बताइन्छ ।

    ‘छक्का पन्जा-५’ र ‘१२ गाउँ’ को व्यापारिक सफलता नेपाली फिल्म क्षेत्रकै लागि शुभ समाचार हो । यो शुभ समाचारको बीचमा भनेको संजालका कमेन्ट बक्समा लेखिएका गालीगलौज भने ‘शुभ’ छैनन् । संजालमा एक पक्षले अर्को पक्षलाई ‘बाइकट’ गरिरहेका छन् । यी दुई फिल्ममध्ये कुन फिल्म के कारणले राम्रो हो भनेर स्वस्थ्य बहस भएको देखिँदैन ।

    कलाकारको नीजि जीवनमा घुसेर, तीन पुस्ते निकालेर अनेक खालका गाली गर्नु खास नेपाली दर्शकको पहिचान हो कि झैँ लाग्ने गरी गालीगलौजमा दर्शक उत्रिएका छन् । कसैको धारणा सुन्ने भन्दा पनि मन नपरेको फिल्म या कलाकारलाई सीधै ‘निषेध’ गर्ने प्रवृत्ति मौलाएको देखिन्छ । ‘नेपाली समाज मिलेर बस्छ’ भन्ने सांस्कृतिक, ऐतिहासिक भाष्यलाई नै माथ खुवाउने गरी दर्शकहरू कित्ताकाट भइरहेको सन्दर्भ समाजशास्त्रीका लागि अध्ययनको विषय हुनसक्छ ।

    अर्कातिर ‘जात्रा’ निर्देशक प्रदीप भट्टराईले पनि ‘जात्रा’ बाहेक अरू फिल्ममा कोसिस गरिरहेका छन् । तर, ‘जात्रा-निर्देशक’ को परिचयभन्दा अलग परिचय बनाउन सकेका छैनन् । दीपक-दीपाले त ‘छक्का पन्जा’ सिरिजभन्दा बाहिर हात हाल्ने कोसिस नै गरेका छैनन् । यसले के देखाउँछ भने व्यावसायिक रूपमा फिल्म बनाउने मेकरहरू जे चल्छ, त्यही चिजमात्रै बेचिरहेका छन् । नयाँ विषयवस्तुमा जोखिम मोल्ने आँट नै गरिरहेका छैनन् ।

    दर्शकले जुन किसिमको रवैया देखाइरहेका छन्, त्यो नेपाली फिल्म क्षेत्रको लागि राम्रो संकेत होइन । के नेपाली फिल्मले नेपाली समाज, संस्कृति, मनोविज्ञानलाई टिप्न सकेको छ ? नेपाली फिल्महरूले कस्तो भाष्य बनाइरहेका छन् ? कस्ता कस्ता प्रयोगहरू भइरहेका छन् ?

    नेपाली फिल्म भनेर गर्व गर्नुपर्ने फिल्म कस्तो हुनुपर्ने हो ? यस्ता सवालहरूमा बहस विमर्शहरू हुनुपर्थ्यो । साउथ इन्डियन फिल्म अन्धनक्कल गर्नु ठीक हो ? अथवा टेलिसिरियलको ह्याङ नउत्रिएको भिजुअल सामग्री मौलिक नेपाली फिल्म हो त ? नेपाली फिल्म क्षेत्र समृद्ध भएको हेर्न चाहनेहरूले गर्ने सवाल यी हुनुपर्ने थियो । यहाँ त सञ्जालकर्मीहरू फिल्म नै नहेरी पक्षधरता लिइदिन्छन् । अनि अर्को फिल्मलाई दुत्कार्छन् ।

    लेखक तथा निर्देशक कुमार भट्टराईको मतमा यस्ता प्रवृत्तिबाट नेपाली फिल्मलाई जोगाउनै पर्छ ।

    उनी भन्छन्, ‘नेपाली फिल्म क्षेत्र यस्तो किन छ भनेर बुझ्न बितेको ५० वर्षको नेपाली समाज र राजनीति हेर्नुपर्छ । नेपाली राजनीतिमा निषेध मात्रै होइन, फरक मत राख्नेहरूलाई दबाउने प्रवृत्ति छ । त्यही प्रवृत्ति फिल्म क्षेत्रमा देखिन्छ, यसबाट जोगिनुपर्छ ।’

    रौद्र अवतारमा फिल्ममेकर

    दर्शकमा जुन किसिमको रवैया देखियो, त्यसबाट मेकरहरू पनि बहकिए । ‘छक्का पन्जा-५’माथि संजालमा निरन्तर आक्रमण भएपछि दीपकराज गिरी र केदार घिमिरे ‘माग्ने बूढा’ले ‘साइबर सेना’ सक्रिय भएको भन्दै आक्रोश पोखे ।

    उक्त अभिव्यक्तिलाई लिएर आलोचना समेत भयो । पछि माग्नेबुढाले सञ्जालमार्फत माफी मागे । उनले लेखेका थिए, ‘बुझाइको तत्कालीन अवस्था र अहिलेको बुझाइको अवस्थामा फरक महसुस गरेको छु । साइबर सेना शब्द प्रयोग गरेकोमा क्षमा चाहन्छु ।’

    माग्ने बुढाको अभिव्यक्तिको प्रतिक्रिया स्वरूप विराज भट्टले ‘साइबर सेना’ भन्नेहरूले हलमा आएर दर्शकको भिड हेर्दा हुन्छ भनेर चुनौती दिए । उनले अहंकारसहित आफ्नो फिल्ममाथि ‘नकारात्मक’ टिप्पणी गर्नेहरूको हैसियतमा प्रश्न उठाए । आत्मप्रशंसा गर्दै भने, ‘मलाई यसै बाघ भनिएको होइन क्या !’

    फिल्मकर्मी नै यसरी आरोप प्रत्यारोपमा किन उत्रिए ?

    भट्टराईको विश्लेषण छ, ‘यसले के देखाउँछ भने नेपाली फिल्म निर्माण हुन थालेको आधा दशक बितिसक्दा पनि नेपाली फिल्ममेकरको मानसिकता जहाँको त्यहीँ छ ।’

    लेखक तथा समीक्षक सामिप्यराज तिमल्सेना नेपाली दर्शकमा मात्रै नभएर मेकरमा पनि आलोचनात्मक चेतको खडेरी देख्छन् । नेपाली समाज भाइरलमुखी हुँदै गएको उनको बुझाइ छ ।

    उनी भन्छन्, ‘हिजो ‘नाइँ मलाई त्यै केटी चाहिन्छ’ जस्ता गीत भाइरल भएका थिए । अहिले संगीतमा स्वर नभएका मान्छेको गीत ज्यादा हिट छन् । सिनेमामा पनि त्यही सोच छ । दुई चार–पटक हाँस्न–रुन पाइयो भन्दैमा आलोचनात्मक सोचलाई स्थान नै दिँदैनौँ । अनि कसरी मेकरहरू गम्भीर भएर जान्छन् ?’

    दर्शकले जुन किसिमको रवैया देखाइरहेका छन्, त्यो नेपाली फिल्म क्षेत्रको लागि राम्रो संकेत होइन । के नेपाली फिल्मले नेपाली समाज, संस्कृति, मनोविज्ञानलाई टिप्न सकेको छ ? नेपाली फिल्महरूले कस्तो भाष्य बनाइरहेका छन् ? कस्ता कस्ता प्रयोगहरू भइरहेका छन् ?

    गत वर्ष हलिउडमा ठूला बजेटका दुई फिल्म सँगै प्रदर्शन भए, ‘ओपनहाइमर’ र ‘बार्बी’ । फरक-फरक विषयवस्तुमाथि बनेका यी दुवै फिल्मले बक्स अफिसमा धुम मच्चाए । ‘ओपनहाइमर’ ले नौ सय ७० मिलियन डलर कमायो भने ‘बार्बी’ ले १ अर्ब ४० करोड डलर गुटमुटायो । यी दुवै फिल्मलाई हलिउडले पर्व जसरी सेलिब्रेट गर्‍यो । संजालमा दर्शकहरूले ‘ह्यासट्याग बार्बेनहाइमर’ ट्रेन्ड नै चलाए ।

    भट्टराई भन्छन्, ‘यहाँ त नयाँले पुरानालाई नमान्ने । पुरानाले नयाँलाई नमान्ने प्रवृत्ति छ । देखिने/नदेखिने गरी एकअर्काको खुट्टा तानातान गरेपछिको नतिजा यस्तै हो । जस्तो मेकर, उस्तै दर्शक ।’

    दर्शकको ‘सिनेमा लिट्रेसी’ माथि प्रश्न

    लकडाउनका बेला दर्शकहरूले संसारभरका फिल्महरू हेरे । मुभी लभर्स जस्ता फिल्म पारखीका ग्रुपहरूमा अनेक फिल्महरूबारे छलफल भए । फिल्महरूमा भएका प्रयोग, फिल्मले उठाएका मुद्दा, कलाकारको अभिनय लगायत विषयमा विमर्शहरू भए ।

    ‘नुमाफुङ’, ‘मुकुण्डो’ जस्ता नेपाली फिल्महरू पुनः बहसमा आए । ‘सेतो सूर्य’, ‘कालो पोथी’ जस्ता फिल्महरूमाथि चर्चा भए । नवीन सुब्बा, छिरिङरितार शेर्पा, दीपक रौनियार, मीन भाम लगायत मेकरहरूबारे चर्चा भए । अनि लकडाउनपछि एक खालको सार्वजनिक धारणा बनाइयो, ‘अहिलेका दर्शकहरूमा सिनेमा लिट्रेसी बढेको छ । नेपाली मेकरहरूले दर्शकको चेतना अनुरूपको फिल्महरू दिन सकेका छैनन् ।’

    भट्टराईलाई पनि लाग्छ, अहिलेका दर्शकहरू स्मार्ट छन् । उनीहरू चेतनाको हिसाबले समृद्ध छन् । तर, ‘छक्का पन्जा-५’ र ‘१२ गाउँ’ माथि दर्शकहरूको जुन खालको गतिविधि देखियो, त्यसले दर्शकको चेतनामै प्रश्न गर्नुपर्ने अवस्था देखिएको हो कि भन्ने आशंका पैदा गरेको छ ।

    ‘ऐना झ्यालको पुतली’ फेम्ड निर्देशक सुजित बिडारी भने समाजप्रति जिम्मेवारी हुन्छ कि हुन्न भनेर नसोची बनाइएका फिल्महरूबारे बहस गर्नु नै व्यर्थ ठान्छन् ।

    ‘१२ गाउँ’ र ‘छक्का पन्जा’ सँगै अर्को इन्टेलेक्चुअल फिल्म आएको भए विमर्श हुन सक्थ्यो । दर्शकसँग अहिले विकल्प छैन, जे छ त्यही हेर्ने हो,’ बिडारी भन्छन्, ‘अहिलेका दर्शकमा सिनेमा लिट्रेसी नभएको पनि होइन । तर, त्यस्ता दर्शकको संख्या यति पनि छैन कि तिनले फिल्म हेरिदिनाले लगानी सुरक्षित गरोस् ।’

    ‘छक्का पन्जा-५’ र ‘१२ गाउँ’ को व्यापारिक सफलता नेपाली फिल्म क्षेत्रकै लागि शुभ समाचार हो । यो शुभ समाचारको बीचमा भनेको संजालका कमेन्ट बक्समा लेखिएका गालीगलौज भने ‘शुभ’ छैनन् । संजालमा एक पक्षले अर्को पक्षलाई ‘बाइकट’ गरिरहेका छन् । यी दुई फिल्ममध्ये कुन फिल्म के कारणले राम्रो हो भनेर स्वस्थ्य बहस भएको देखिँदैन ।

    राम्रा फिल्महरूको नाममा इरानियन, युरोपियनहरूको उदाहरण दिइन्छ । अहिलेको समयमा बसेर मात्रै त्यस्ता फिल्महरू हेर्न नहुने विडारीको मत छ । बरु त्यहाँको समाजको इतिहासलाई नजिकबाट हेर्नुपर्ने उनी बताउँछन् । भन्छन्, ‘बितेको आठ दश वर्षमा नेपाली फिल्म क्षेत्रमा निकै नै प्रगति भएको देखिन्छ । विषयवस्तु छनोटहरूलाई लिएर सन्तुष्ट हुने ठाउँहरू चाहिँ छन् ।’

    सन्तुष्ट हुने ठाउँहरू प्रशस्त हुँदाहुँदै असन्तुष्ट हुने ठाउँहरू पनि उस्तै मात्रामा रहेको तिमल्सेना बताउँछन् । अहिले गुणगान गाउनेहरूले भोलि गाली पनि गर्छन् भनेर मेकरहरूले सोच्ने समेत नगरेको तिमल्सेनाको बुझाइ छ ।

    ‘हाम्रा मान्यताहरू क्षणभरमा भताभुंग हुँदो रहेछ । एग्रेसिभ, अरुको उन्नति प्रगति देखि नसहने प्रवृत्ति नेपाली समाजको बन्दै गएको देखिन्छ । कुनैबेला शान्त त कुनै वेला रिसराग प्रष्टै देखिन्छ,’ तिमल्सेना थप्छन्, ‘दीपक-दीपाले कसैलाई केही भनेकै थिएनन् । तर, फिल्म बहिस्कारको कुरा गरियो । यसले के देखाउँछ भने हामी बेसिक रूपमा शिक्षित भएका रहेनछौँ । सुध्रिसकेका रहेनछौँ ।’

    जे चल्छ, त्यही बन्छ

    ‘छक्का पन्जा’ सिरिजलाई मिहीन ढंगले केलाउने हो भने टिभीमा आउने ‘तीतो सत्य’ टेलिसिरियलकै ‘बिग भर्सन’ अवतरण हो । ‘तीतो सत्य’ कै कथा वाचन शैलीको निरन्तरता ‘छक्का पन्जा’ सिरिजमा भेटिन्छ । अर्कातिर ‘१२ गाउँ’ विराज भट्ट करियरको पिकमा हुँदाको कथा संरचनाको ह्याङओभर भन्दा फरक पर्दैन ।

    दुई दशकअघिको शोषक मुखियासँग बा आमाको मृत्युको बदला लिने कथा संरचनामा निर्माण भएको ‘१२ गाउँ’ साउथ इन्डियन फिल्महरूको अन्धनक्कल हो । यसमा मौलिकता नामको कुनै चिज छैन । नेपाली फिल्म हो भन्ने महसुस कलाकारले नेपाली भाषा बोल्दा मात्रै हुन्छ । यद्यपि, भाषामा पनि बदमासी गरेर यथेष्ट हिन्दी घुसाइएको छ ।

    यी दुई फिल्म ‘जे चल्छ, त्यही बन्छ’ भन्ने मानसिकताको उपज हुन् । जे बिक्छ, त्यही बेच्ने प्रवृत्तिको पुनरुत्पादन पनि हो । यी दुई फिल्मका मेकर मात्रै यो प्रकारको मानसिकताबाट ग्रसित छैनन् । व्यावसायिक रूपमा जति पनि नेपाली फिल्महरू चलेका छन्, ती फिल्मका मेकरहरू यही मानसिकताको रोगी देखिन्छन् ।

    लकडाउनका बेला दर्शकहरूले संसारभरका फिल्महरू हेरे । मुभी लभर्स जस्ता फिल्म पारखीका ग्रुपहरूमा अनेक फिल्महरूबारे छलफल भए । फिल्महरूमा भएका प्रयोग, फिल्मले उठाएका मुद्दा, कलाकारको अभिनय लगायत विषयमा विमर्शहरू भए ।

    ‘कबड्डी’ सिरिजका निर्देशक रामबाबु गुरुङलाई नै हेरौँ न ! उनका ‘कबड्डी’ सिरिजबाहेक अरू फिल्म चल्नै सकेन । तर, उनले कोसिस नगरेका भने होइनन् । गुरुङ निर्देशित ‘सेन्टी भाइरस’ जस्ता फिल्म डिजास्टर फ्लप भए ।

    अर्कातिर ‘जात्रा’ निर्देशक प्रदीप भट्टराईले पनि ‘जात्रा’ बाहेक अरू फिल्ममा कोसिस गरिरहेका छन् । तर, ‘जात्रा-निर्देशक’ को परिचयभन्दा अलग परिचय बनाउन सकेका छैनन् । दीपक-दीपाले त ‘छक्का पन्जा’ सिरिजभन्दा बाहिर हात हाल्ने कोसिस नै गरेका छैनन् । यसले के देखाउँछ भने व्यावसायिक रूपमा फिल्म बनाउने मेकरहरू जे चल्छ, त्यही चिजमात्रै बेचिरहेका छन् । नयाँ विषयवस्तुमा जोखिम मोल्ने आँट नै गरिरहेका छैनन् ।

    यस्तो हुनुमा हामीले कथा संरचनामा काम गर्न नसक्नु नै मुख्य कारक रहेको भट्टराईको मत छ । उनी भन्छन्, ‘हामी प्रयोग गर्नै डराउँछौँ । यस्तै चल्छ भनेर बस्छौँ । नयाँ मेकरले फिल्म बनाउने आँट गर्दैन । बनाए भने पनि चल्दैन । चलेका मेकरहरु चलेको सिरिजभन्दा बाहिर जाने जोखिम मोल्दैनन् ।’

  • गन्धर्व समुदायको कथा भन्ने चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को ट्रेलर सार्वजनिक

    गन्धर्व समुदायको कथा भन्ने चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को ट्रेलर सार्वजनिक

    काठमाडाैं। यहीँ कात्तिक १५ गते बाट रिलिज हुने चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को ट्रेलर सार्वजनिक भएको छ । आज एक कार्यक्रमको आयोजना गर्दै निर्माणपक्षले ट्रेलर सार्वजनिक गरेको हो ।

    चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलरमा गन्धर्व समुदायको पुर्ख्यौली पेसा, दुःख, प्रेम, बिछोड र शैक्षिक अवस्थालाई देखाइएको छ । ३ मिनेट २६ सेकेण्ड लामो ट्रेलरले सारंगीको परम्परा जोगाउन र यसलाई पुस्तान्तरण गर्नेतर्फ गाइने समुदायले गर्ने संघर्षको कथा भन्छ ।

    कार्यक्रममा उपस्थित चलचित्रको शीर्ष भूमिकामा रहेका विजय बरालले टिजरबाट आएको दर्शकको प्रतिक्रियाबाट आफु हौसिएको बताए। उनले भने,‘यसपटक अझ बढी खुसी छु । आफ्नो कामले सकारात्मक प्रतिक्रिया पाउँदा ऊर्जा मिलेको छ । कलाकारको हिसाबले धेरैपछि फरक तरिकाले काम गर्न पाएको छु।’

    त्यसै गरी कार्यक्रममा बोल्दै निर्देशक सरोज पौडेलले आफूहरूले आफ्नै गाउँ–ठाउँ र माटोको कथा भन्नुपर्छ भनेर यो विषय रोजेको र त्यसको उचित मूल्यांकन हुने अपेक्षा लिएको बताए । ‘हामीले टिजर, ट्रेलर र चलचित्रमा जे कुरा देखाएका छौं वास्तवमा यो हामी आम निम्न मध्यमवर्गीय परिवारका नेपालीको कथा हो। धेरैलाई आफ्नै कथाजस्तो लाग्छ सक्छ भने कतिलाई आफ्नै टोल छिमेकमा देखेको विषय र घटना जस्तो आभास हुन सक्छ,’उनले सुनाए।

    संगीतकार प्रशान्त शिवाकोटीले संगीत दिएको चलचित्रमा हेमन्त कान्छा रसाइलीको सारङ्गी र प्रशान्त शिवाकोटी, मेलिना राई, तथा पुष्पन प्रधानको स्वर रहेको छ । चलचित्रको संवाद महेश दवाडीले लेखेका हुन् भने निर्माता बिनोद पौडेल र प्याट्रिक सुवेदी हुन् । कार्यकारी निर्मातामा रमेश चौलागाई, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।

    सरोज पौडेलको कथा तथा निर्देशन रहेको चलचित्रमा विजय बराल, मुकुन भुसाल, अञ्जना बराइली, प्रकाश सपूत, बुद्धि तामाङ, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, स्वायम् केसी, जान्वी पौडेल लगायतको अभिनय देख्न सकिन्छ ।

    सेभेन सिज सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको चलचित्रको निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् भने कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल रहेका छन् ।

  • दोस्रो सातामा थपियो ‘१२ गाउँ’ को शो, ‘छक्कापञ्जा ५’ भन्दा बढी

    दोस्रो सातामा थपियो ‘१२ गाउँ’ को शो, ‘छक्कापञ्जा ५’ भन्दा बढी

    काठ्माडौं । दशैँको अवसर पारेर फूलपातीको दिन (असोज २४) बाट रिलिज भएको तीन चलचित्र ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ आजबाट प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेका छन् । दोस्रो हप्तामा लागेसँगै कुनै चलचित्रको शो संख्या घटेको छ, कुनैको थप गरिएको छ भने कुनै चलचित्र हलबाटै उतार्नु पर्ने अवस्था आएको छ ।

    रिलिजको पहिलो दिन ‘छक्का पञ्जा ५’ ले धेरै शो पाएको थियो । दीपाश्री निरौला निर्देशित यो चलचित्रले देशभर झण्डै २५० हाराहारीको शो पाएको थियो । ‘छक्का पञ्जा ५’ लाई क्यूएफएक्सले १०० माथि शो दिएको थियो । दोस्रो सातामा प्रवेश गरेसँगै काठमाडौंका क्यूएफएक्स चेनहरूमा ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’ को शो बराबरजस्तो छ । चलचित्रले आज देशभरबाट ७१ शो पाएको छ । चलचित्रलाई दोस्रो ठूलो मल्टिप्लेक्स आईएनआई सिनेमाजले ९, बिग मुभिजमा ३ र वान सिनेमाजले ६ शो दिएको छ ।

    दोस्रो धेरै शो पाउने चलचित्र ‘१२ गाउँ’ ले भने आफ्नो रफ्तार तेज बनाएको छ । विराज भट्ट निर्देशित एक्सन चलचित्र ‘१२ गाउँ’ले आक्रामक व्यापारसँगै दर्शकको साथ भव्य पाएपछि चलचित्रको शो बढाइएको हो । सुरूमा यो चलचित्रले देशभरबाट १३५ शो प्राप्त गरेको थियो । आजको रेकर्डअनुसार ‘१२ गाउँ’ ले ‘छक्का पञ्जा ५’ लाई शो संख्यामा उछिनेको छ । चलचित्रले आज देशभरबाट ८६ शो पाएको छ । ‘१२ गाउँ’ लाई आईएनआई सिनेमाजले ६, बिग मुभिजमा ३ र वान सिनेमाजले ७ शो दिएको छ । बिग मुभिजमा ‘१२ गाउँ’ अगाडि देखिएको छ भने शुक्रबारका लागि क्यूएफएक्सका काठमाडौंका आउटलेटमा ‘१२ गाउँ’ ले नै बढी शो पाएको छ ।

    त्यसैगरी, प्रर्दशनको पहिलो दिन ठिकै अकुपेन्सी देखिएको चलचित्र ‘ज्वाइँ साब’ ले पनि पिकअप लिइरहेको छ । वसन्त निरौला निर्देशित यो चलचित्रले देशभर ९४ शो पाएको थियो । प्रदर्शनपछि केही पिकअप लिए पनि रिलिजको दोस्रो साता प्रवेश गरेसँगै यो चलचित्रको शो संख्या भने ह्वात्तै घटेको छ। आज चलचित्रले देशभरबाट मात्र ८ शो पाएको छ । यो चलचित्रको दोस्रो ठूलो मल्टिप्लेक्स आईएनआई सिनेमाजमा कुनै शो छैन भने बिग मुभिज र वान सिनेमाजले क्रमश १/१ वटा शो दिएका छन् ।

    यता निर्देशक, निर्माता तथा अभिनेता निश्चल बस्नेतले भने आफ्नो चलचित्र ‘बेहुली फ्रम मेघौली’ हलबाट उतारेका छन् । असोज १७ गतेबाट रिलिज भएको यो चलचित्रलाई निश्चलले बिहीबारदेखि हलबाट उतारेका हुन् । चलचित्रले राम्रो प्रतिक्रिया पाउँदा-पाउँदै पनि हलहरूले आफ्नो चलचित्रको शो घटाएको र हिन्दी चलचित्रलाई शो दिएको उनको गुनासो थियो । उनले ‘बेहुली फ्रम मेघौली’ लाई चाँडै ओटिटी प्लेटफर्ममा राख्ने पनि बताएका छन् ।

  • १४१ राष्ट्रको संविधान पर्गेल्दै भीमार्जुनले ल्याए दुई पुस्तक

    १४१ राष्ट्रको संविधान पर्गेल्दै भीमार्जुनले ल्याए दुई पुस्तक

    काठमाडौं । संविधानविद् भीमार्जुन आचार्यले विश्वका १४१ वटा राष्ट्रका संविधानहरूको विवेचना गर्दै पुस्तक प्रकाशन गरेका छन् ।

    fundamental rights in the worlds constitution नामको अंग्रेजी भाषाको पुस्तक उनले एकै पटक दुईवटा खण्डमा निकालेका हुन् ।

    पुस्तक सार्वजनिक गर्न आचार्यले कुनै औपचारिक कार्यक्रम राखेनन् । दुई दिनअघि पुस्तक बजारमा आएको उनले जानकारी दिए । पुस्तक लेखन र अनुसन्धानमा झण्डै ८ वर्ष खर्चिएको उनले नेपाल प्रेसलाई बताए ।

    पुस्तकमा १४१ राष्ट्रहरूको संवैधानिक अवस्था, संविधान निर्माणको पृष्ठभूमि, शासन पद्धति, सरकारका स्वरूप र मौलिक अधिकारको चर्चा गरिएको छ । यो पुस्तक पैरवी प्रकाशनले छापेको हो ।

  • विपीन कार्कीलाई दोस्रो पटक पुत्रीलाभ

    विपीन कार्कीलाई दोस्रो पटक पुत्रीलाभ

    काठमाडौं । अभिनेता विपीन कार्कीलाई पुत्रीलाभ भएको छ । दोस्रो सन्तानको रुपमा उनलाई बुधबार पुत्रीलाभ भएको हो । उनको पहिलो सन्तान पनि छोरी नै हुन् ।

    विपीनकी पत्नी रेस्मा कटुवालले आज बिहान सुमेरु सिटी अस्पतालमा दोस्रो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी हुन् ।

    श्रीमती र छोरीसँग अस्पतालमा रहेका विपीन अबको केही दिनपछि पुनः आफ्नो काममा फर्कनेछन् । उनी यसपछि ‘ऊनको स्वीटर’ को छायांकनमा व्यस्त हुनेछन् ।

    २ महिना अगाडि मात्रै अभिनेता कार्कीलाई मातृशोक परेको थियो । विपीनकी आमा सरस्वती कार्कीको उपचारको क्रममा निधन भएको थियो । मातृशोक परेपछि विपीनको ‘ऊनको स्वीटर’को छायांकन रोकिएको थियो ।

    उनी ‘ऊनको स्वीटर’को पछि तुलसी घिमिरेको फिल्म ‘पहाड’ र सौरभ चौधरीको ‘कर्मा’मा व्यस्त हुनेछन् ।

  • ‘बेहुली फ्रम मेघौली’ अब ओटीटीमा हालिने, हलबाट उतार्ने निश्चलको घोषणा

    ‘बेहुली फ्रम मेघौली’ अब ओटीटीमा हालिने, हलबाट उतार्ने निश्चलको घोषणा

    काठमाडौं । दुई साताअघि रिलिज भएको चलचित्र ‘बेहुली फ्रम मेघौली’ लाई हलबाट उतार्ने घोषणा निर्माता÷निर्देशक निश्चल बस्नेतले गरेका छन् । दर्शकबाट राम्रो प्रतिक्रिया बटुलेको यो चलचित्र अब ओटीटीमा हाल्ने उनको तयारी छ ।

    पहिलो साता राम्रो व्यापार गरेको चलचित्रले दोस्रो सातामा उल्लेख्य शो पाउन सकेको थिएन । फूलपातीको दिन तीन वटा नयाँ चलचित्र रिलिज भएपछि ‘बेहुली फ्रम मेघौली’ हेपाइमा परेको हो । अहिले हलहरूले न्यून संख्यामा यो चलचित्रलाई शो दिएका छन् । पाएका शोहरुमा अकुपेन्सी राम्रो छ ।

    पर्याप्त शो पाउन नसकेपछि यसअघि बस्नेतले हलहरूप्रति असन्तुष्टि जनाएका थिए । हिन्दी चलचित्रलाई स्थान दिएर आफ्नो चलचित्र पन्छाइएको उनको गुनासो थियो । आज उनले अर्को स्टाटस लेख्दै अब हलमा नलगाउने बताएका छन् ।

    उनले लेखेका छन्, ‘हाम्रो चलचित्रलाई हलमा हेरिदिनुहुने सबै दर्शकलाई धेरै धेरै धन्यवाद । सम्मानजनक शो उपलब्ध गराउनुभएकोमा क्यूएफएक्सलाई धेरै धेरै धन्यवाद । भोलिबाट हाम्रो फिल्म नेपालको सबै हलमा नलगाउने निर्णय गरेका छौं ।’

    उनले अब ओटीपीको समस्या समाधान गर्दै एमएसएम भिडिओमा चाँडै भेट्ने बताएका छन् ।

    निश्चलका अनुसार अमेरिका, जापान, क्यानडा र सिंगापुरमा यो एप उपलब्ध नहुने उनको भनाइ छ ।

  • कोजाग्रत पूर्णिमामा जीतगढीमा सरायँ नाच प्रस्तुत गरिने

    कोजाग्रत पूर्णिमामा जीतगढीमा सरायँ नाच प्रस्तुत गरिने

    रुपन्देही । घटस्थापनादेखि शुरु भएको दशैं भन्नाले टीका-जमरा, नाचगान, खानपानमात्रै हैन, सरायँ नाचले पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । परम्परागत हातहतियार र युद्धकलाको झल्को दिने सरायँ नाच दशैंको अन्तिम दिन पूर्णिमामा खेलिन्छ ।

    यसैबीच जीतगढी सरायँ व्यवस्थापन समिति बुटवल- १३ ले पूर्णिमाको दिनमा सरायँ नाच प्रदर्शन गर्ने भएको छ । विगतका वर्षहरुमा जस्तै बुधबार सरायँ नाच देखाउन लागिएको आयोजक समितिले जनाएको छ ।

    समितिका अध्यक्ष खिमबहादुर थापाले ऐतिहासिक एवं लोपोन्मुख सरायँ नाच संरक्षणका लागि सरायँ नाच प्रदर्शन गर्न लागिएको बताए । विसं २०७० सालदेखि गुल्मी, पाल्पा, अर्घाखाँची, प्यूठानबाट बसाइसराइ गरी बुटवल क्षेत्रमा आएकाहरुको पहलमा सरायँ नाच संरक्षण गर्ने उद्देश्यले वर्षेनि यो कार्यक्रम राखिएको अध्यक्ष थापाले बताए ।

    सरायँ नाच संरक्षण गर्न बुटवल उपमहानगरपालिका र प्रदेश सरकारबाट सहयोग भएको पनि उनले बताए ।

    लुम्बिनी प्रदेश उद्योग तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानले उद्घाटन गर्ने सो सरायँ नाचमा नेपाली सेनाको टुकडीले पनि सरायँ प्रदर्शन गर्ने कार्यक्रम छ ।

    समितिका सचिव पिताम्बर भण्डारीले दिउँसो १ देखि साँझ ५ बजेसम्म सरायँ नाच प्रदर्शन गरिने बताए ।

    नेपाल र नेपालीको मौलिक संस्कार र संस्कृति पछिल्लो समय संकटमा पर्दै जान थालेपछि १ दशक अघिदेखि समितिले निरन्तर सरायँ नाच प्रदर्शन गर्दै आएको सचिव भण्डारीको भनाइ छ । परापूर्वकालदेखि नाच्दै आएको सारायँ नाचलाई अहिलेका पुस्तासम्म देखाउनुपर्छ भन्ने लागेरै कार्यक्रम गर्न लागिएको आयोजकहरुले बताएका छन् ।

    सरायँ खेल्दा तरबार, खुकुरी आदि परम्परागत हातहतियारहरु नचाएर युद्धकला प्रदर्शन गर्दै एकापसमा खुसी साटासाट गर्ने र रमाइलो गर्ने संस्थापक ऋषि आजाद बताउँछन् । सरायँ नाच विशेष गरी लुम्बिनी प्रदेशका गुल्मी, अर्घाखाँची, प्यूठान, कपिलवस्तु, रुपन्देही, दाङ तथा गण्डकी प्रदेशको बागलुङ, स्याङ्जा तथा अन्य विभिन्न जिल्लाहरुका कोट तथा शक्तिपीठहरूमा नाच्ने प्रचलन छ ।

    पहिले पहाडी जिल्लामा मात्रै गरिने यो नाच अहिले बसाइसराइसँगै तराईमा पनि सुरु गरिएको हो ।