Category: कलाप्रेस

  • रामजी ज्ञवालीको लापत्ता सन्तानः अभिभावक नहेर्ने सन्तानको चरित्र फर्दाफास

    रामजी ज्ञवालीको लापत्ता सन्तानः अभिभावक नहेर्ने सन्तानको चरित्र फर्दाफास

    रुपन्देही । बुटवलबाट पत्रकारिता थालेर काठमाण्डौं गएका रामजी ज्ञवालीले निर्माण गरेको लापत्ता सन्तानले अभिभावक नहेर्ने सन्तानको चरित्र पर्दाफास गरेको छ ।

    बाआमाको संघर्ष र वृद्ध अवस्थामा उनीहरूलाई आश्रम पुर्‍याउने दर्दनाक कथा बोकेको सर्ट फिल्म ‘लापत्ता सन्तान’ले दर्शकको मन जित्दै गएको छ । केही समयअघि ओएसआर डिजिटल युट्‌युबमार्फत सार्वजनिक गरिएको उक्त फिल्म २० मिनेट ३५ सेकेण्डको छ ।

    छोरारबुहारीको व्यस्त जीवनशैलीका कारण पर्याप्त समय नहुने भएकाले आमालाई वृद्धाश्रम राखेको कथा फिल्ममा समेटिएको छ ।
    उक्त फिल्मको लेखकरनिर्देशन रामजी ज्ञवालीले गरेका हुन् ।

    ज्ञवाली लामो समयको पत्रकारितापछि फिल्म निर्माणमा लागेका हुन् । फिल्ममा आमाको भूमिकामा रश्मी भट्ट छन् भने अन्य कलाकारहरूमा ओजस्वीविक्रम विष्ट, आशिष पराजुली, अर्जुन आचार्य, सविना राउत, नीलम भट्ट र मनीष प्रीतम निरौलाको अभिनय रहेको छ । फिल्म नीरज कँडेलको छायांकन र नहकुल खड्काको सम्पादनमा बनेको छ ।

    ज्ञवालीले यसअघि डार्क मुन, आराध्या, एक लभर, हनिमुन लगायतका प्रोजेक्ट बनाइसकेका छन् । उनले निर्माण गरेर विभिन्न फेस्टिभल तथा विशेष शोमा गएको डकुमेन्ट्री सर्ट फिल्म ‘रित्तो गाउँ’ भने सार्वजनिक हुन बाँकी छ ।

    निर्माता ज्ञवालीले पछिल्लो समय नेपाली समाजमा सन्तानहरुले अभिभावकलाई हेर्न नखोज्ने विषयलाई यो फिलिममा समेटिएको र आफूले सोँचेभन्दा धेरै बजार पाएका बताए । उनले बुटवलको दैनिक पत्र दैनिक, जनसंघर्षबाट पत्रकारिता गरेर काठमाण्डौ गएका थिए ।

    https://www.youtube.com/watch?v=_I5DgVlt1mo&fbclid=IwY2xjawGZM7BleHRuA2FlbQIxMAABHQSmCOPn7wDpCkqeGPZbymTh-Eo3925MzhM0M-RNGwnwy2qHEQcIeA2yrQ_aem_r_KY-Javu2hjZZg-g9DqZg

  • ‘ह्रस्व दीर्घ’को ट्रेलर सार्वजनिक

    ‘ह्रस्व दीर्घ’को ट्रेलर सार्वजनिक

    काठमाडौं । कात्तिक ३० गते रिलिज हुने सिनेमा ‘ह्रस्व दीर्घ’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा एक्सन, प्रेम र बिछोड देख्न सकिन्छ । एक धार्मिक धामभित्र रहेको प्रेम जोडीको कथा र प्रेम पाउनका लागि उनीहरूले गरेको संघर्ष ट्रेलरमा देख्न सकिन्छ ।

    ट्रेलरको आकर्षक पक्ष साउन्ड, एक्सन र संवाद हो । उच्च कोटीको एक्सन र सस्पेन्सलाई दर्शकले रुचाउने छन् ।

    ट्रेलरमा सिनेमाका अधिकांश प्रमुख कलाकारलाई देख्न सकिन्छ । साउथका हेवीवेट कलाकारको अभिनयले पनि प्रतीक्षित बनेको सिनेमालाई ट्रेलरले थप हाइप दिने निश्चित छ ।

    ‘ह्रस्व दीर्घ’लाई चन्द्र पन्तले निर्देशन गरेका छन् । सिनेमामा नीता ढुंगाना, हरिहर अधिकारी, विपना थापालगायत कलाकारको अभिनय छ । ‘ह्रस्व दीर्घ’मा दक्षिण भारतीय कलाकार ब्रह्मानन्दम, सुनिल वर्मालगायतले अभिनय गरेका छन् ।

    नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । सिनेमामा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आदर्श मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।

    अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् ।

    यसअघि केही भोजपुरी सिनेमाको निर्देशन तथा करिब पाँच दर्जनभन्दा बढी नेपाली सिनेमामा द्वन्द्व निर्देशकको रूपमा काम गरिसकेका पन्तको यो निर्देशकीय डेव्यु नेपाली सिनेमा हो ।

    अभिनेत्री निता ढुंगानाको लगानी निर्माण भएको यो सिनेमा नेपाली, तेलुगु र हिन्दी गरी तीन भाषामा रिलिज हुनेछ । विजय बस्यालले पोस्टर डिजाइन गरेको सिनेमालाई मनोज राठी र उज्ज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दैछ ।

  • अञ्जली डिसीको स्वरमा रहेको ए मेरो परदेशीमा केकी अधिकारीको अभिनय (भिडियो)

    अञ्जली डिसीको स्वरमा रहेको ए मेरो परदेशीमा केकी अधिकारीको अभिनय (भिडियो)

    काठमाडौं । गायिका अन्जली डिसीको स्वरमा ए मेरो परदेशी गीत सार्वजनिक भएको छ । डिसीको एकल स्वर रहेको उक्त गीतमा म्यूजिक र लिरिक्स काशी जेट्लीको नै रहेको छ भने गीतको एरेन्ज बिशाल निरौलाले गरेका हुन् ।

    म्यूजिक भिडियोमा चर्चित नायिका केकी अधिकारी, काशी जेट्ली र रमा थपलियाको अभिनय रहेको छ । उक्त गीतमा सह कलाकारको रुपमा कृष्णप्रसाद ढुंगाना, राज कार्की, विपना लाम्गाडे, बाबा जोन (केदार बानियाँ) र सिम्रन राउतको पनि अभियन रहेको छ । यस्तै गीतमा बाल कलाकारको रुपमा अदित थपलियाको अभिनय रहेको छ ।

    चर्चित निर्देशक अम्भिर बिष्टले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा सुरेन्द्र बसेलले सहायक निर्देशकको भूमिका निर्वाह गरेका छन् भने कथा काशी जेट्टीकै रहेको छ । म्यूजिक भिडियाे ब्रेकिग नेपाल युट्युव च्यानलबाट मंगलबार सार्वजनिक भएको हाे ।

  • पाँच करोडपटक हेरिएको ‘रुकुम मैकोट’ डेढ महिनादेखि ग्लोबल ट्रेण्डिङमा

    पाँच करोडपटक हेरिएको ‘रुकुम मैकोट’ डेढ महिनादेखि ग्लोबल ट्रेण्डिङमा

    काठमाडौं । चलचित्र ‘खुस्मा’को गीत ‘रुकुम मैकोट’ डेढ महिनादेखि युट्युबको ग्लोबल ट्रेण्डिङमा छ । एसडी योगी र शान्तिश्री परियारको स्वर रहेको यस गीत गत असोज ६ गतेदेखि युट्युबको ग्लोबल ट्रेण्डिङमा समावेश छ । अहिले भने ग्लोबल ट्रेण्डिङको ८६ औं स्थानमा छ ।

    टिकटक र इन्स्टाग्राम, फेसबुकका रिल्सहरुमा लोकप्रिय यस गीतलाई अहिलेसम्म ५ करोडपटक हेरिएको छ । एसडी योगीकै संगीत रहेको यस गीतको शब्द सुरेन्द्र रानाले लेखेका हुन् । अशोक थापा मगरको निर्देशन रहेको ‘खुस्मा’मा धिरज मगर र उपासना सिंह ठकुरी मुख्य भूमिकामा छन् ।

    ‘रुकुम मैकोट’ ग्लोबल ट्रेण्डिङको ५९ औं स्थानसम्म उक्लिएको थियो । युट्युबले हरेक साता ग्लोबल टप म्युजिक भिडियोको सूचि सार्वजनिक गर्ने गर्छ । अहिले ग्लोबल ट्रेण्डिङको शीर्ष स्थानमा रोज र ब्रुनो मार्सको ‘एपीटी’ छ भने दोस्रो नम्बरमा ‘स्त्री २’को ‘आजकी रात’ छ ।

  • कात्तिक ३० गतेदेखि ‘ह्रस्व-दीर्घ’ प्रदर्शन हुँदै, फरक कथावस्तुमा उत्कृष्ट चलचित्र बनेको दाबी

    कात्तिक ३० गतेदेखि ‘ह्रस्व-दीर्घ’ प्रदर्शन हुँदै, फरक कथावस्तुमा उत्कृष्ट चलचित्र बनेको दाबी

    कैलाली । चलचित्र ‘ह्रस्व–दीर्घ’ कात्तिक ३० गते प्रदर्शन हुने भएको छ । नेपाली, हिन्दी र अन्य भाषामा एकैदिन उक्त चलचित्र प्रदर्शनको तयारी गरिएको छ । सुदूरपश्चिम जन्मथलो रहेका निर्देशक चन्द्र पन्तको निर्देशन रहेको उक्त चलचित्रमा नेपाल र भारतका लोकप्रिय कलाकारहरूले अभिनय रहेको छ ।

    सोमबार धनगढीमा पत्रकारहरूसँगको भेटघाटमा निर्देशक पन्तले फरक कथावस्तुका साथ ह्रस्व दीर्घ उत्कृष्ट चलचित्र बनेको दाबी गरेका छन्।

    ज्योतिषसमेत रहेका नायक हरिहर अधिकारी र अभिनेत्री नीता ढुङ्गानाको अभिनय रहेको चलचित्रमा अभिनेत्री बिपना थापा पनि लामो समयपछि देखिँदै छन् । हरिहर र नितासँगै, चर्चित दक्षिण भारतीय कलाकार ब्रह्मानन्द, बलिउड कलाकार प्रदीप रावतसँगै गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाललगायतको अभिनय छ ।

    विश्वकै ठूलो मानिएको भारतको रामोजी स्टुडियोदेखि मुम्बई, चितवन र काठमाडौँमा चलचित्रको छायाङ्कन गरिएको छ ।

    अभिनेता हरिहरद्वारा लिखित कथामा आधारित यो फिल्ममा बलिउड छायाङ्कन कवीरलालको छायाङ्कन, मित्र डी गुरुङको सम्पादन, रामजी लामिछाने र बलिउड कोरियोग्राफर शुष्मा सुमनको कोरियोग्राफी छ ।

    यो फिल्म नीता फिल्म्सको ब्यानरमा निर्माण भएको हो । चलचित्रका निर्देशक पन्तले थुर्पै नेपाली चलचित्र सहित दर्जनौँ भोजपुरी चलचित्रहरू निर्देशन गरिसकेका छन् ।

     

  • ‘पूर्णबहादुरको सारङ्गी’ मा दर्शकको उभार, भारतीय फिल्महरु पाखा लाग्दै

    ‘पूर्णबहादुरको सारङ्गी’ मा दर्शकको उभार, भारतीय फिल्महरु पाखा लाग्दै

    काठमाडौं । विजय बरालको मुख्य भूमिका रहेको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ व्यवसायिक सफलतातर्फ लम्किएको छ । बाबु-छोराको सम्बन्धमा बुनिएको यो मार्मिक चलचित्रलाई तिहारको बिदामा दर्शकले बलियो साथ दिइरहेका छन् ।

    बिहीबार चलचित्रको रिलिज हुँदा दर्शकको उपस्थिति त्यति उत्साहजनक थिएन, तर वर्ड अफ माउथ बलियो हुँदा भोलिपल्टदेखि हलहरु भरिन थाले । शुक्रबारबाट पिकअप लिएको चलचित्रले आइतबारसम्म आइपुग्दा निर्माताको अनुहारमा मुस्कान भरिदिएको छ । हलहरु हाउसफुल छन् ।

    दशैंमा चम्केको नेपाली चलचित्रको बजारले तिहारमा पनि निरन्तरता पाएको हो । दशैंमा तीन वटा नेपाली चलचित्र एकसाथ रिलिज भएका थिए । तीमध्ये ‘छक्कापञ्जा ५’ र ‘१२ गाउँ’ ब्लकबस्टर भए भने ‘ज्वाइँ साब’ ले पनि लगानी उठायो । ‘छक्कापञ्जा ५’ र ‘१२ गाउँँ’ अहिले पनि हलहरुबाट उत्रिसकेका छैनन् । यद्यपि ‘पूर्णबहादुरको सारङ्गी’ ले ती दुवै चलचित्रको चर्चालाई ओझेलमा पारिदिएको छ ।

    यो चलचित्र रिलिज हुँदा प्रदर्शकहरुले त्यति विश्वास गरेका थिएनन् । उनीहरुले यसै साता रिलिज भएका दुई भारतीय चलचित्र ‘भुलभुलैया ३’ र ‘सिंघम एगेन’ को तुलनामा न्यून शो दिएका थिए, तर दर्शकको चाप बढेसँगै प्रदर्शकहरु ‘पूर्णबहादुरको सारङ्गी’ लाई शो थप्न बाध्य भएका छन् । भारतीय फिल्महरुले कब्जा गरेको शो खोसेर ‘पूर्णबहादुरको सारङ्गी’लाई दिइएको हो । दुवै भारतीय फिल्ममा नेपाली दर्शकको खासै आकर्षण देखिएको छैन ।

    देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले सुरुको दिन यो चलचित्रलाई देशभरि जम्मा ३८ शो दिएको थियो, तर दर्शकको चाप बढेपछि आज काठमाडौंमा ३१ र मोफसलमा ३३ गरी कुल ६४ शो उपलब्ध गराइएको छ । अन्इअलहरुले पनि सुरुमा तीन-तीन शो दिएकोमा अहिले सात शोसम्म पुर्‍याएका छन् । केही हलहरुले मध्यरातसम्म शो राख्नुपरेको र प्रि-बुकिङ उत्साहजनक रहेको जनाइएको छ ।

    प्राप्त शोमा चलचित्रको अकुपेन्सी ८० देखि शत प्रतिशतसम्म देखिन्छ । अहिलेसम्म निर्माण पक्षले चलचित्रको कलेक्सन सार्वजनिक गरेको छैन । दर्शकको मागअनुसार शो बढाएकोमा

    यो चलचित्र हेर्ने दर्शकले निकै सकारात्मक प्रतिक्रिया दिइरहेका छन् । चलचित्र हेर्दा आँसु थाम्न गाह्रो भएको अधिकांश दर्शकको प्रतिक्रिया छ । चलचित्रको प्रवर्द्धनका लागि हलमा पुगेका कलाकारहरुलाई नै दर्शकले अंगालो हालेर रोइरहेका भिडिओहरु सार्वजनिक भएका छन् ।

    चलचित्र रिलिज हुनु अगाडि ‘काँधेकुरी’ बोलको गीत टिकटकमा भाइरल भएको थियो । यही गीतले यो चलचित्रको हाइपलाई माथि उठाउन सफल भएको हो । चलचित्र रिलिज भएपछि यसको कन्टेन्टलाई दर्शकले मन पराए । फलतः ठूलो स्टारकास्टविना पनि चलचित्रले बक्स अफिस गुलजार बनाउन सफल भयो ।

  • मधेश-पहाडको कथा र सौन्दर्यमा ‘केटी हराएको सूचना’

    मधेश-पहाडको कथा र सौन्दर्यमा ‘केटी हराएको सूचना’

    काठमाडौं । वृतचित्र ‘उजेली’, ‘हाम्रो मुमिन’ लगायत निर्देशन गरेर परिचित हुनुभएका निर्देशक दीपेन्द्र गौचनले ठूलो पर्दाका लागि चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ निर्देशन गरेका छन् । झन्डै ३२ वर्षपछि चलचित्रकर्ममा फर्किनुभएका निर्देशक गौचनले पहाडी समुदायको केटा र मधेसी समुदायकी केटीको रहनसहन तथा मेलमिलापको विषयवस्तुलाई पर्दामा ल्याएको बताए ।

    “म तराईको सौन्दर्य र यसको समृद्ध सांस्कृतिक विविधता देखाउन चाहन्थेँ । किनकि पहाडी र हिमाली क्षेत्रका धेरै कथा पर्दामा आएका छन् । जसरी उजेलीको चर्चा हुन्छ, त्यसरी नै केटी हराएको सूचनालाई पनि आउँदा धेरै वर्षसम्म सम्झिरहने गरी बनाउने कोसिस गरेको छु”, उनले भने ।

    निर्देशक गौचनले सामाजिक सञ्जालबाट भेटिएका दुई पात्रबीच यात्रामा निस्किँदा आउने उतारचढाव, भौगोलिक सांस्कृतिक विविधता र दुई फरक समुदायको मनोविज्ञानलाई चलचित्रमा समेटेको बताए । उनले चलचित्रका अधिकांश दृश्य अभिनेता नाजिर हुसेन र अभिनेत्री सृष्टि श्रेष्ठमै केन्द्रीत रहेको बताए ।

    “चलचित्रमा दुई पात्रको फरक भूगोल र मनोविज्ञानलाई देखाउन खोजेको हुँ, त्यहि भएर अधिकांश दृश्यमा उहाँहरू नै हुनुहुन्छ । यो हाम्रो अहिलेको समयको कथा हो, जहाँ समाजभन्दा बढी सामाजिक सञ्जालमा रमाउने प्रचलन बढिरहेको छ । चलचित्रले हामीलाई आफूभित्रको खुसी खोज्न प्रेरित गर्छ”, निर्देशक गौचनले भने ।

    चलचित्रमा अभिनेता हुसेन राम र अभिनेत्री श्रेष्ठ सीताको भूमिकामा हुनुहुन्छ । अभिनेता हुसेनले यसपटक आफूले शून्यतामा रहेर अभिनय गरेको बताए ।

    उनले भने, “हामीलाई काम गर्ने प्रस्ताव आउँदा भूमिकाबारे भनिन्छ, त्यसलाई निर्देशक र लेखकको सहयोगमा तयार गरिन्छ । म आफैँ तराईको भएकाले आफ्नो पात्रलाई तयार गरेको थिएँ तर निर्देशक गौचनले मलाई ‘न्युट्रल’ बस्न सुझाव दिनुभयो । त्यसकारण यो रामको पात्र एकदमै सरल र जीवन्त देखिएको छ । यो मेरो लागि नयाँ अनुभव पनि हो ।”

    अभिनेत्री श्रेष्ठले यस चलचित्रमा गरिएको काम आफ्नो लागि अहिलेसम्म कै उत्कृष्ट रहेको बताए । “मेरो पात्र निर्माणसँगै छायाङ्कनमा पाएको स्पष्टता र सरलता अहिलेसम्मकै उत्कृष्ट अनुभव रह्यो । यो हामीले नजरअन्दाज गरिरहेको एउटा विषय हो”, उनले भने ।

    ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको चलचित्रमा सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल, ओमप्रकाश कर्णलगायत कलाकारले अभिनय गरेका छन् ।

  • ‘पूर्णबहादुरको सारङ्गी’ ले बजाएका धुनहरू

    ‘पूर्णबहादुरको सारङ्गी’ ले बजाएका धुनहरू

    भुईंसम्मै टेकेँ मैले तिमी टेक्नु धुरी

    सकेजति छेकिदिउँला घाम, आँधि हुरी

    पाखुरीमा ताकत रहेसम्म बोकिहिँड्छु

    हालेर काँधेकुरी…

    अहिले टिकटकमा निकै भाइरल भइरहेको यस गीतले चलचित्र ‘पूर्णबहादुरको सारंगी’ को सिंगो कथासार बोकेको छ । सारंगी रेटेर पेट पाल्ने एक गन्धर्व गायकले आफ्नो छोरालाई ‘ठूलो मान्छे’ बनाउन गरेको संघर्ष र त्यागको कथा चलचित्रले पेश गर्छ ।

    पञ्चायतकालीन नेपालको सामाजिक परिवेश (थोरै राजनीतिक अन्तरघुलनसहित) लाई चित्रण गर्दै चलचित्रले बाबु–छोराको सम्वन्धलाई मार्मिकरुपमा वर्णन गरेको छ । नेपाली मौलिकताको सुगन्ध बोकेको सतप्रतिशत ‘अर्गानिक’ चलचित्र हो यो । सुरुदेखि अन्त्यसम्म दर्शकलाई भावनात्मकरुपमा बाँधेर राख्ने र हेरिसकेपश्चात पनि मनमस्तिष्कमा प्रभाव पारिराख्ने क्षमता चलचित्रमा छ ।

    यस्तो छ कथासारः

    रातोदिन सारंगी रेटेर जीवन गुजारा गरिरहेको पूर्णबहादुर गन्धर्व (विजय बराल) यस चलचित्रको केन्द्रीय पात्र हो । उसले आफ्ना पिताबाट विरासतमा पाएको सारंगीलाई जिउने आधार बनाएको छ । रोगी र वयोवृद्ध बुवा छोराको सहारामा बाँचिरहेका छन् ।

    पूर्णबहादुरलाई गाउँका कथित ठूलाबडाहरुले गर्ने तिरस्कार र सामाजिक विभेदले कुनै फरक पर्दैन । आफ्नो कर्ममा नै मागेर खान लेखेकोमा उ विश्वस्त छ । सन्तान दरसन्तानले पनि यही पेशा अंगाल्नुपर्छ भन्नेमा ढुक्क छ । तर, पूर्णबहादुरले विवाह गरेपछि कथाले नयाँ मोड लिन्छ ।

    पूर्णबहादुरले रोदी जितेर आफूले मनपराएकी केटी बाटुलीलाई भगाउँछ । पूर्णबहादुरको कलासँग लोभिएर आएकी बाटुली विहेपछि फरक मनोदशामा पुग्छिन् । श्रीमानलाई गाउँसमाजमा गरिएको अपमानजनक व्यवहारले उनलाई बिझाउँछ ।

    श्रीमानले मागेर खाएको देख्दा श्रममा विश्वास गर्ने बाटुलीको आत्मसम्मानमा ठेस लाग्छ । अनि सुरु हुन्छ श्रीमान–श्रीमतीबीच अन्तरविरोध । सन्तानप्राप्तिपश्चात अन्तरविरोध अझै सघन बन्न थाल्छ । बाटुलीले कुनै पनि हालतमा छोरालाई ‘गाइने’ नबनाउने प्रण गर्छिन् ।

    दमले च्यापेर पूर्णबहादुरको पिताले मृत्यूवरण गर्छन् । त्यही दिन बाटुली बालक छोरो लिएर गाउँको एक युवकसित शहर हिँड्छिन् । तर, छोराले बाटोमै आमालाई छोडेर भाग्छ, र घर फर्किन्छ । आफूलाई शहर पुर्याएर काममा लगाउने आश्वासन दिएका युवकको नियत पनि ठिक नभएको पाएपछि बाटुली यता न उताको हुन्छिन् ।

    बुवाको किरिया बसेको पूर्णबहादुर श्रीमती ‘पोइल हिँडेको’ खबरले भड्किन्छ । तर, छोरो फिर्ता आएपछि उसले आफूलाई सम्हाल्छ । र, आफ्नो बाँकी जीवन छोराकै लागि समर्पित गर्छ ।

    पूर्णबहादुरले कहिल्यै अर्को विवाहको बारेमा सोच्दा पनि सोच्दैन । बीचमा केही घटनाक्रमहरुले गर्दा उसको जीवनको अभिष्ट पनि फेरिन्छ । उ छोरालाई अब आफूजस्तो ‘गाइने’ होइन सेतो कोट लगाउने डाक्टर बनाउने महासंकल्प लिएर संघर्षको नयाँ आयाममा प्रवेश गर्छ ।

    कलाकारहरुको अभिनय

    ‘पूर्णबहादुरको सारंगी’ भूमिकाको हिसाबले पूर्णरुपमा विजय बरालको चलचित्र हो । सिंगै चलचित्र उनको वरिपरि घुमेको छ । अरु सबै सहायक पात्रहरु हुन् ।

    बरालका लागि यो चलचित्र विशेष महत्वपूर्ण हुनेछ । यसअघि अधिकांस चलचित्रमा मुख्य पात्रको मतियार वा चम्चाको रुपमा देखिने गरेका उनले पहिलोपटक लिड रोल पाएका छन् । त्यसैले पूर्णबहादुर उनको लागि एउटा छलाङ नै हो । यो चलचित्र व्यवसायीकरूपमा सफल भयो भने सबैभन्दा बढी फाइदा उनलाई नै पुग्ने निश्चित छ ।

    जस्तो भूमिकामा पनि ज्यान भर्न सक्ने क्षमताका बरालले ‘पूर्णबहादुर’ चरित्रलाई पनि पूर्ण न्याय दिएका छन् । अन्य चलचित्रमा उनको पात्रमा देखिने रोचकता भने पूर्णबहादुरमा छैन । कबड्डीबाट उनको फ्यान बनेकाहरुलाई पूर्णबहादुरको भावुक अवतारमा अलि खल्लो लाग्न सक्छ ।

    पूर्णबहादुरको छोराको भूमिकामा प्रकाश सपुतको छनोटमाथि भने प्रश्न उठाउन सकिन्छ । कथाले उनीभन्दा निकै कम उमेरको कलाकार माग गरेको छ । भर्खर एसएसली पास भएको टिनएजरको भूमिका सपुतलाई सुहाएको छैन । अभिनय पनि ‘वाउ’ भन्ने खालको छैन ।

    पूर्णबहादुरकी पत्नी बाटुली बनेकी अञ्जना बराइलीको अभिनय शशक्त छ । भूमिका लामो नभए पनि उनले आफ्नो छाप छोडेकी छन् । उनको अनुहारको एक्सप्रेसनले नै धेरै कुरा बोल्छ ।

    चलचित्रमा प्रभावकारी उपस्थिति जनाएका अर्का कलाकार हुन् मुकुन भुषाल । उनको भूमिका र अभिनय दुवै बलियो छ । मर्दा र पर्दा सँधै साथ दिने नजिकका दाजुभाइहरु पनि तपाईंको प्रगतिमा भने खुशी हुन सक्दैनन् भन्ने उनको चरित्रमार्पmत अभिव्यक्त गरिएको छ ।

    बुद्धी तामाङको भूमिका र अभिनय दुवै विशेष छैन । उनको ठाउँमा जो कलाकार भए पनि हुन्थ्यो । बुद्धीबाट दर्शककले थोरबहुत हास्यरसको अपेक्षा गर्छन्, जुन चलचित्रमा पूरा हुँदैन ।

    चलचित्रमा बालकलाकार स्वयम् केसीको भूमिका पनि अहम् छ । उनले पनि चित्तबुझ्दो अभिनय गरेका छन् । आफूलाई चलचित्रको कमजोर कडी बन्न दिएका छैनन् ।

    शंकर आचार्य, माओत्से गुरुङ र भोलाराज सापकोटा आआफ्नो भूमिकामा जमेका छन् । अन्य कलाकारहरुको अभिनयमा पनि खोट लगाइहाल्ने ठाउँ छैन ।

    सबल पक्ष

    निर्देशक सरोज पौडेलको यो पहिलो चलचित्र हो, तर उनको काम कुनै अनुभवि निर्देशकको भन्दा कम छैन । निर्देशकीय हिसाबले ठूलो गल्ति गरेका छैनन् । सकेसम्म हरेक कुराहरु जिवन्त र यथार्थपरक देखाउने प्रयत्न गरेका छन् । ५० वर्ष पुरानो जनजीवन पर्दा उतार्न चुनौतिपूर्ण नै थियो । यसमा निर्देशकको यथेष्ट मिहिनत परेको छ ।

    चलचित्रको सबैभन्दा बलियो पक्ष भनेको मौलिक विषयवस्तु नै हो । पुरातन नेपाली समाजभित्रको एउटा सीमान्तकृत पात्रको कथालाई यथार्थपरक ढंगले प्रस्तुत गरिएको छ । कथामा कोही पनि नायक–नायिका, खलनायक, हास्यकलाकार आदि छैनन् । केवल कलाकार छन् । कलाकारको चरित्रचित्रणमा पर्याप्त ध्यान पुर्याइएको छ ।

    चलचित्रका थुप्रै सन्दर्भहरु सम्झनायोग्य छन् । धेरै दृष्यले दर्शकको मन निचोर्छन्, आँखा भरिदिन्छन् । अरुले फालेको स्कुलको ड्रेस लगाएर हिँड्दा कमललाई स्कुलको मास्टरले ‘गाइनेहरुले यस्तो लुगा लगाउनुहुन्न’ भन्दै जबरजस्ती फुकाल्न लगाउँछन् । त्यसपछिको दृश्यमा एउटा खेतबारीमा त्यस्तै स्कुलको लुगा लगाएर ठडिएको बुख्याँचा देखिन्छ । त्यो देखेर पूर्णबहादुरको बाबुछोराले केही बोल्दैनन्, तर दर्शकले बुझ्छन् ।

    छोराले स्कुलको नाटकमा डाक्टर बनेपछि नमस्कार खाँदा पूर्णबहादुरले अनुभव गरेको आत्मसम्मान, शहरबाट छोराले पठाएको चिठी पढ्न लाउँदाखेरि उनको अनुहारमा देखिएको जिज्ञासा र उत्साहलाई जिवन्तरुपमा उतारिएको छ ।

    चलचित्रमा तत्कालीन राजनीतिक परिवेशलाई खासै जोड दिइएको छैन । यद्यपि, राजनीतिलाई छोइएको छ । प्रजातन्त्रका लागि लडेका कम्युनिष्ट विचारधारा बोक्नेहरुप्रति आलोचनात्मक दृष्टिकोा राख्दै चलचित्रले उनीहरुको द्वैध चरित्र उजागर गर्न खोजेको छ । बोलीमा क्रान्ति र समानताको कुरा गर्नेहरु नै व्यवहारमा सामन्तवादी थिए भन्छ चलचित्रले ।

    प्राविधिक पक्षहरुमा पनि चलचित्र सवल नै छ । सिनेमाटोग्राफीदेखि ब्याकग्राउन्ड स्कोर प्रभावकारी छन् । सन्दर्भअनुसार पात्रको अनुहारमा कलर खेलाइएको छ ।

    चलचित्रको अर्को सवल पक्ष संगीत पनि हो । सबै गीतहरु कर्णप्रिय हुनुको साथै कथाको माग अनुसार पनि छन् । गीतले कथामा रोकावट पैदा गरेको महसुस हुँदैन ।

    कमजोर पक्ष

    चलचित्रको सबैभन्दा ठूलो कमजोरी चाहिँ आवश्यकताभन्दा बढी पीडादायी बनाउने प्रयास हो । चलचित्रमा दर्शकले सन्तोषको सास फेर्न पाउने ठाउँहरु थोरै छन् । मनोरञ्जन खोज्न हलसम्म जाने दर्शकलाई चलचित्र अलि बोझिलो लाग्न सक्छ । केही भावुक दृष्यहरुले दर्शकलाई कनेक्ट नगर्न पनि सक्छन् ।

    थुप्रै नेपाली फिल्म मेकर्सहरुमा फिल्म हिट हुन दर्शक रुवाउनुपर्छ भन्ने खालको सोच पाइन्छ । दर्शक रुँदै हलबाट निस्किए भने त्यसलाई उनीहरुले ठूलो सफलताको रुपमा लिन्छन् । तर, भुल्नु के हुँदैन भने दर्शक टिकट काटेर हलसम्म जाने भनेको मुलतः मनोरञ्जनका लागि हो । दुई–अढाइ घन्टा खुशी हुनलाई हो । रुनलाई मान्छेसँग आफ्नै दुख काफी छन् । दु:खैदु:खमा चलचित्र सिध्याउनु दर्शकप्रति अन्याय हो ।

    पूर्णबहादुरको सारंगीभित्र हल्काफुल्का दृष्यहरुको कमि महसुस हुन्छ । बीचबीचमा हास्यरस मिसाएको भए सुनमा सुगन्ध हुन्थ्यो । विजय बराल र अञ्जना बराइलीबीच अलिकति प्रेम–रोमान्स वा नोकझोकहरु थप्न सकिन्थ्यो । यी कुराहरु नहुँदा सुरुदेखि अन्त्यसम्मै चलचित्र ‘भावुक’ बन्न पुगेको छ ।

    चलचित्रको कथा बलियो भए पनि पटकथामा त्रुटिहरु छन् । प्रकाश सपुतको क्यारेक्टरलाई सुरुमै एक्सपोज गर्नु आवश्यक थिएन । यसले क्लाइमेक्सको कौतुहल समाप्त गरिदिएको छ । अन्त्यमा के हुन्छ भनेर दर्शकले सहजै अनुमान गर्न सक्छन् ।

    पिताको मृत्यू हुनासाथ शहरमा रहेका छोराले किन खबर पाएनन्, जबकि उनीसँग सहजै फोन सम्पर्क हुन सक्थ्यो भन्ने प्रश्न अनुत्तरित छ । सबैभन्दा कमजोरी चाहीँ पूर्णबहादुरले स्वर गुमाएको घटनामा गरिएको छ । गीत गाएर पेट पाल्ने व्यक्तिले आवाज गुमाउनु एकदमै हृदयविदारक हो । तर, यसलाई निकै हचुवा तरिकाले प्रस्तुत गरिएको छ, जसले दर्शकमा खासै ठूलो संवेदना सिर्जना गर्न सक्दैन ।

    साथै, यो घटनालाई हिन्दू धर्मसँग जोड्न खोज्नु पनि विल्कुलै आवश्यक थिएन । भजनकिर्तन भइरहेको ठाउँमा गीत गाउन खोज्दा कुटपिट गरिएको लखेटिएको दृष्यले हिन्दू धर्मलाई नै आक्षेपित गरेको प्रतित हुन्छ । नेपालमा हिन्दू धर्माबलम्बिहरु यति अमानवीय अवश्य छैनन् ।

    चलचित्रमा बाटुलीको कथालाई अधुरै छोडिएको छ । उत्तराद्र्धतिर उनलाई कथामा फर्काएर वा आमाछोराको मिलन गराएर एउटा रोचक ट्स्विट ल्याउन सकिन्थ्यो । सायद लेखकले क्लाइमेक्सलाई ‘फिल्मी’ बनाउन चाहेनन् ।

    निष्कर्ष

    कमीकमजोरीका बाबजुद ‘पूर्णबहादुरको सारंगी’ एउटा सशक्त चलचित्र हो, जसमा बाबु–छोराबीचको आत्मीय सम्वन्धको धुन भेटिन्छ । छोराका लागि संघर्ष गरेका हरेक बाबु र बाबुको संघर्ष बुझेका हरेक छोराले यो चलचित्र हेरिरहँदा आफूलाई ‘रिलेट’ गर्न सक्नेछन् ।

    नेपाली चलचित्रको बदलिएको धारलाई प्रतिनिधित्व गर्ने चलचित्र पनि हो पूर्णबहादुरको सारंगी । कुनै पनि चलचित्रमा राम्रो अनुहार र जिउडाल भएका दुई थान हिरो–हिरोइन हुनैपर्ने बम्बइया थ्यौरी नेपाली चलचित्रको मुलधारले खारेज गरिसकेको छ । चलचित्रमा मुख्य भूमिका पाउन अनुहार र जिउडाल होइन, अभिनय क्षमता हेरिन्छ । दयाहाङ राईदेखि विपिन कार्की हुँदै जितु नेपालसम्मलाई दर्शकले लिड क्यारेक्टरमा स्वीकारिहेका छन् । यही श्रृंखलाको पछिल्लो कडी बनेका छन् विजय बराल ।

    ‘नेपाली चलचित्रलाई माया गरौं’ भनेर दर्शक डाक्नुपर्ने चलचित्र होइन पूर्णबहादुरको सारंगी । चलचित्रमा नयाँ–नयाँ स्वाद खोज्ने दर्शकहरुले यो चलचित्रको टिकट काट्दा पैसा खेर जाँदैन ।

     

  • शाहरुख खानलाई मध्यरातमा पूजा शर्माको ‘बर्थ डे वीस’, आफूलाई खराब समयमा हौसला दिएको दाबी

    शाहरुख खानलाई मध्यरातमा पूजा शर्माको ‘बर्थ डे वीस’, आफूलाई खराब समयमा हौसला दिएको दाबी

    काठमाडौंं । नेपालकी अभिनेत्री पूजा शर्माले भारतीय अभिनेता शाहरुख खानलाई सामाजिक सञ्जालबाट जन्मदिनको शुभकामना दिएकी छन् । आज मध्यरातपछि उनले शुभकामना सन्देश फेसबुकमा पोस्ट गरेकी हुन् ।

    पूजा आफूलाई शाहरुखको डाइहार्ड फ्यान भनेर चिनाउने गर्छिन् । उनले एकपटक शाहरुखको जन्मदिनमा केक काटेरसमेत खाएकी थिइन् । त्यसैले उनले लेखेकोे शुभकामना सन्देश आश्चर्यजनक होइन । आश्चर्यजनक त, यो सन्देशमा उनले गरेको एउटा दाबी हो ।

    पूजाले आफ्नो एकदमै खराब समय चलिरहँदा शाहरुख खानले हौसला दिएको दाबी गरेकी छन् ।

    उनले अंग्रेजीमा लेखेको सन्देशको नेपाली भावनानुवाद यस्तो छ, ‘अत्यन्त सम्मानित र प्रतिभाशाली अभिनेतालाई जन्मदिनको शुभकामना । थ्यांक यु एसआरके, म एकदमै कमजोर भएको बेला हौसला दिएकोमा । तिमी एउटा गज्जबको व्यक्ति हौ । अल्लाहले मेरो आइडल तिमीलाई स्वस्थ र खुशी राखुन् । लभ यु किङ ।’

    शाहरुखले कहिले र कसरी हौसला दिए भन्ने पूजाले बताएकी छैनन् । शाहरुखले सायदै पूजालाई चिन्छन् । एकपटक अर्की अभिनेत्री सुष्मा कार्की विदेशमा रहँदा सडकमा सलमान खानसँग फोटो खिच्ने मौका पाएकी थिइन् । त्यही फोटो देखाएर सलमान आफ्नो साथी भएको अभिव्यक्तिसमेत दिन भ्याइन् । पूजासित त शाहरुखसँग खिचेको त्यस्तो फोटो पनि छैन ।

    पूजाको दाबीलाई धेरैले पत्याएका छैनन् भन्ने उनको पोस्टमा आएका हाहा रियाक्टहरुबाट बुझ्न सकिन्छ । कमेन्टमा समेत उनलाई कतिपयले उडाएका छन् ।

    राजा लामा पाख्रिनले गिज्याउँदै सोधेका छन्, ‘आबुइ १ अनि खोइ त शाहरुखले थ्यांक यु क्वीन फर बर्ठ डे विस भनेर रिप्लाइ गरेको ?’

    सुवास संकल्प श्रेष्ठले लेखेका छन्, ‘नेपाली सेलेब्रेटीलाई मध्यरातमा यसरी बलिउडका सेलेब्रेटीको जन्मदिनको शुभकामना दिनै पर्ने अवस्था छ, बद्लामा पाउने फुस्सा । अनि नेपाली फिल्मलाई र फिल्मकर्मीलाई माया गरौं के भन्नु भन्ने कुरा नि आउँछ । पर्खी पर्खी यसरी अरु कुनै नेपाली सेलेब्रेटीको पूजाले वीस गरेको खासै देख्या छैन मैले । अनि यिनीहरुको विरोध गर्नु, फिल्म नचल्नु र हलबाट फिल्म उतारेर हिन्दी फिल्म लगाउँदा के को टाउको दुखाई । ’

    यो प्रतिक्रियामा पूजाले ‘माइ लाइफ माइ च्वाइस, नन अफ योर विजनेस’ भन्दै रिप्लाइ हानेकी छन् ।

  • तिहारको अवसर पारी चलचित्र ‘डोरी’को घोषणा

    तिहारको अवसर पारी चलचित्र ‘डोरी’को घोषणा

    काठमाडौं। जी सेवेन प्रोडक्सनको ब्यानरमा निर्माण हुने नयाँ नेपाली चलचित्र ‘डोरी’ निर्माण घोषणा गरिएको छ । हरर, थ्रिलर, एक्सन र कमेडीको मिश्रणमा निर्माण हुन लागेको यस चलचित्रलाई अरुण लामाले निर्देशन गर्नेछन् ।

    यसअघि विभिन्न लघु चलचित्र र वृत्तचित्र निर्देशन गरिसकेका लामाको यो पहिलो फिचर चलचित्र हो ।

    निर्देशक लामाले ‘डोरी’को कथा परिवारको आर्थिक बोझ हल्का गर्न जीवनका जोखिमपूर्ण निर्णयहरू लिने एउटा जीवनको गहिरो दुष्चक्रमा फसेको सङ्घर्षशील युवाको वरिपरि घुम्ने जनाएका छन् ।

    उनका अनुसार चलचित्रमा हाँसो, त्रास, र असफलतासहितको सङ्घर्षलाई रोचक तरिकामा प्रस्तुत गरिने छ ।

    चलचित्रमा मुख्य भूमिकामा प्रवीण खतिवडा, शिशिर बाङ्गदेल, कविता आले, राज पौडेल, विशाल राई, मिलन राई, नूतन र वीरेन्द्र सिंह कुशवाहा लगायतको अभिनय रहनेछ ।

    मुख्य नायिकाको चयनको प्रक्रिया अन्तिम चरणमा रहेको बताइएको छ । यस चलचित्रमा प्रमुख भूमिका निभाउने मध्येका एक कलाकार राज पौडेलले यही चलचित्रमार्फत चलचित्र अभिनयमा डेब्यू गर्दैछन् ।

    चलचित्रको लेखन निर्देशक अरुण लामाले नै गरेका छन् भने स्क्रिप्टलाई मनोज पण्डितले डक्टरिङ गरेका छन् ।

    यसका निर्माताको नाम ‘मिस्टर एक्स’ रहेको जनाएको छ भने कार्यकारी निर्माता राज थापा रहेका छन् ।

    सिनेमाटोग्राफी सौरभ लामा र एक्सन निर्देशनमा राजु तामाङले गर्नेछन् । ‘डोरी’ आगामी वर्ष सन् २०२५ मा नेपाली सिनेमा घरहरूमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।

  • करण परियारले गाए १२ वर्ष अघि तयार पारिएको गीत

    करण परियारले गाए १२ वर्ष अघि तयार पारिएको गीत

    काठमाडौं । डा. आर सुनामले १२ वर्षअघि लेखेको म कति रोए बोलको गीत नेपाल आइडल करण परियारले गाएका छन् ।

    डा. सुनामकै संगीतमा तयार पारिएको गीत परियारको आवाजमा रेकर्ड गर्दै सार्वजनिक गरिएको हो ।

    पुष्कर सुनुवारको युट्युब च्यानलबाट रिलिज भएको गीतमा संगीत संयोजन सुनुवारकै रहेको छ । गीत रेकर्डिङ र मिक्सिङ विप्लव अधिकारीले गरेका छन् ।

    मेलोडी नेपाल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतलाई मोहन सुनुवारले छायांकन र सम्पादन गरेका छन् ।

  • तिहारमा गुञ्जिन्छन् यी कालजयी गीत

    तिहारमा गुञ्जिन्छन् यी कालजयी गीत

    काठमाडौं । उज्यालोको पर्व तिहारको रौनकताले छोइसकेको छ। घर उज्यालो पार्नुका साथै देउसी र भैलो खेलेर मनाइने यो पर्वमा गुञ्जिने गीत अधिकांश नेपाली चलचित्रकै छन्। कालजयी ती गीतहरू अहिलेको पुस्तामा पनि उत्तिकै लोकप्रिय छन् । तिहारको प्रसङ्ग नेपाली चलचित्रमा राखिनुका साथै गीतसङ्गीत पनि समेटिएको छ।

    ‘स्वर्ग’ मा समावेश ‘तिहारै आयो लौ झिलिमिली’ यो गीतले तिहार आएको आभास हुन्छ । यो गीत तिहारमा गाउँदेखि सहरसम्म गुञ्जिने गर्छ। पच्चीस वर्षदेखि यो गीत सबैको रोजाइमा परिरहेको छ। अभिनेता शिव श्रेष्ठ र अभिनेत्री गौरी मल्लको अभिनय रहेको यस गीतमा लोचन भट्टराई र नुतन प्रधानले स्वर दिएका छन्। यादव खरेलको रचना गरेको सो गीतमा शम्भुजित बाँस्कोटाले सङ्गीत सिर्जना गरेका छन्।

    ‘दियो बाली साँझको’ पनि गीत उत्तिकै लोकप्रिय छ। चलचित्र ‘चिनो’ मा समावेश यस गीतमा अभिनेत्री शुभद्रा अधिकारी र अभिनेता केशव भट्टराईले नृत्य गरेका छन्। कुशुम गजमेरले शब्द रचना तथा रञ्जित गजमेरले सङ्गीत सिर्जना गरेको सो गीतमा गायिका आशा भोस्लेले स्वर दिएका छन्। निर्देशक तुलसी घिमिरेले चलचित्र तिहारको गीत र प्रसङ्गलाई कथावस्तुअनुसार नै प्रस्तुत गरेका छन्।

    मनिला सोताङले गाएको चलचित्र ‘अन्याय’ मा समावेश ‘अधरमा आज उनकै छ’ तिहारमा गुञ्जिने अर्को लोकप्रिय गीत हो। गीतकार रत्नशमशेर थापाले शब्द रचना गरेको उक्त गीतमा रञ्जित गजमेरले सङ्गीत सिर्जना गरेका छन्। अभिनेता विश्व बस्नेत, अभिनेत्री मीरा माधुरी, गीताञ्जली सुनारलगायतका कलाकारहरू प्रस्तुत हुनुभएको सो गीतको श्रव्यदृश्य पनि दर्शकको रोजाइमा पर्छ।

    चलचित्र ‘विजय पराजय’ मा समावेश ‘निधारमा लार्काएर सप्तरङ्गी टीका’, चलचित्र ‘माइती’मा समावेश ‘हाँसेर बोल बैनी’लगायतका गीतहरू नै तिहारमा देउसीभैलोसँगै सबैको रोजाइमा पर्ने गरेका छन्। नेपाली संस्कृतिलाई समेटेर यी गीतहरू अझै लोकप्रिय हुनुको कारण प्रसङ्ग र श्रव्यदृश्यको उत्तिकै भूमिका रहेको सङ्गीतकार तथा गायक कर्णराज गिरीले बताए।

    उनले भने, ‘ती समयमा कथामै गीत र चाडपर्वको प्रसङ्ग थियो। गीतिसङग्रहको तुलनामा चलचित्रका गीतहरू बढी प्रचार हुने गरेका छन् । त्यहिँ कारण तिहार मात्र नभई दसैँ, होलीलगायतका पर्वमा पनि पुरानै गीत रोजाइमा पर्ने गरेका छन्।’

    गायक गिरीले उल्लेखित गीतहरू चाडपर्वमा मात्र गुञ्जिने र लागत खर्च बढी हुने भएकाले नयाँ चलचित्रमा देख्न नपाइएको हुनसक्ने बताए। पछिल्लो समय चाडपर्व लक्षित गीतसङ्गीत नबन्ने गरेका होइनन्। तर, सङख्या निकै न्यून छ। पछिल्लो समय बनेका गीतसङगीतले माथि उल्लेखितलाई विस्थापित गर्न सकेको छैन। पुराना गीतको मिठास दर्शक तथा स्रोताको मनमा बसेको उनको भनाइ छ।

    ‘नयाँ गीतमा चाडपर्वको माहोल, संस्कृति र मिठास कम देखिएको हुन् सक्छ। मेरो रोजाईमा पनि तिहारका पुरानै गीत पर्ने गरेका छन्। नयाँ गीत चाडपर्वलाई लक्षित गर्दै तयार गर्ने निकै कम छन्’, गायक गिरीले भने।

    रासस

  • ह्रस्वदिर्घका मेकर्सको खुलासा– ब्रम्हानन्दको रोलमा जितु नेपाललाई गरिएको थियो अफर

    ह्रस्वदिर्घका मेकर्सको खुलासा– ब्रम्हानन्दको रोलमा जितु नेपाललाई गरिएको थियो अफर

    काठमाडौं। झण्डै २ वर्षदेखि बन्ने भनी चर्चामा रहेको चलचित्र ‘ह्रस्व दीर्घ’ अन्तत कात्तिक ३० गतेदेखि प्रदर्शनमा आउने भएको छ। अभिनेत्री नीता ढुंगानाले निर्माण गरेको चलचित्रमा नेपालीमात्र नभएर दक्षिण भारतीय कलाकारहरुको समेत अभिनय रहेको छ भने चलचित्र नेपाली र हिन्दी दुई भाषामा एकैसाथ प्रदर्शन हुने भएको छ।

    चलचित्र ‘शुभलभ’ पछि अभिनय करियरबाट परै रहेका नीता पति हरिहर अधिकारीलाई यस चलचित्रमा मुख्य भुमिकामा देख्न सकिन्छ। चलचित्रमा हरिहरसँगै अभिनेत्री विपना थापा, गरिमा शर्मा, रेखा थापा, प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, सरोज खनाल, रवीन्द्र झाको अभिनय हेर्न पाइन्छ भने भारतबाट भारतीय कलाकारहरु ब्रह्मानन्दम, अली, सुनिल वर्मा, प्रदीप रावत, कबीर दुहन सिंहलगायतले अभिनय गरेका छन।

    हालका लागि चलचित्रको मुख्य आकर्षण ब्रह्मानन्दम रहेका छन्। प्रचारप्रसारमा पनि उनको चर्चा खुबै हुने गर्दछ। चलचित्र निर्माण टिमका अनुसार ब्रह्मानन्दम चलचित्रको लागि पहिलो रोजाई थिएनन। उनको ठाउँमा निर्माण टिमले जितु नेपाललाई अप्रोच गरेका थिए। तर जितु ‘ह्यारीकी प्यारी’मा व्यस्त भएपछि उनी चलचित्र ‘ह्रस्व दीर्घ’मा जोडि सकेनन्। उनी नभ्याउने भएपछि टिमले ब्रह्मानन्दमलाई चलचित्रमा भित्र्याएको हो।

    ठुलोे बजेटमा बनेको यो चलचित्रको लगानी भने टिमले अहिलेसम्म खुलाएको छैन। चलचित्रको अनुभव बारे सुनाउँदै एकैपटक अभिनय र निर्मात्री बनेकी अभिनेत्री ढुंगाना सुनाउँछिन,‘‘प्रोड्युसर मात्र बनेको भए पनि हुने रहेछ । दुई–तीनतिरको दबाब झेल्न निकै गाह्रो हुने रहेछ। हाम्रो उद्योगमा कसैले पनि सपोट गरेनन् ।’

    उनले वर्षौदेखि अभिनय गर्दा सिक्न नसकेको पाठ निर्माता बनेर सिकेको बताइन् । उनले भनिन्, ‘म मार्फत दुई फिल्म उद्योगलाई जोडेर काम गर्ने वातावरण बन्यो ।’

    यसै चलचित्रबाट चन्द्र पन्तले निर्देशनमा डेब्यु गरेका छन् भने अभिनेत्री बिपना थापाले १६ वर्षपछि सिने क्षेत्रमा पुनरागमन गरेकी छिन्। चलचित्रमा उनी हरिहरकी आमाको भूमिकामा छिन्।

  • नव्याश्रीको म्युजिकल सर्ट फिल्म ‘महाकाली’ सार्वजनिक (भिडियो)

    नव्याश्रीको म्युजिकल सर्ट फिल्म ‘महाकाली’ सार्वजनिक (भिडियो)

    काठमाडौं । नव्याश्रीको लेखन तथा निर्माण गरिएको म्युजिकल म्युजिकल सर्ट फिल्म ‘महाकाली’ सार्वजनिक भएको छ ।

    शिव र पार्वतीको पौराणिक कथा प्रस्तुत गर्ने म्युजिकल सर्ट फिल्ममा नव्याश्री, लोमश शर्मा, राजकुमार थापा र प्रकाश कँडेलको अभिनय छ । नव्याश्रीले यसमा काली र पार्वती दुवैको भूमिका निर्वाह गरेकी छन् भने लोमशले शिवको भूमिका निर्वाह गरेका छन् ।

    एलिना चौहान र श्रीधर अधिकारीको गायन तथा श्रीधरको भने संगीत रहेको म्युजिकल फिल्ममा रामजी राउत एसोसिएट निर्देशक हुन् ।

    भिडियोमा सुरेश पाण्डेको कोरियोग्राफी, श्रीकृष्ण श्रेष्ठको भीएफएक्स, मदन कश्यप घिमिरेको छायांकन र भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ । ‘महाकाली’ ‘ओएसआर डिजिटल’ युट्युब च्यानलबाट मंग्लबार सार्वजनिक भएको हो ।

    बाल्यकालदेखि नै अभिनयमा लगाव राख्ने नव्याश्री भारतको दार्जीलिङकी स्थायी बासिन्दा हुन् । उनले १४ वर्षको उमेरमा ‘प्लानेट मिस इण्डिया वर्ल्ड २०१८’ को उपाधि जितिसकेकी छन् ।

  • ‘देउसी गीत तिहारको रमाइलो’ रिलिज (भिडिओ)

    ‘देउसी गीत तिहारको रमाइलो’ रिलिज (भिडिओ)

    काठमाडौं । डिलाइटेड म्युजिक इण्डष्टिजले देउसी गीत तिहारको रमाईलो म्यूजिक भिडियो रिलिज गरेको छ ।

    सम्पूर्ण नेपालीहरुमा तिहारको शुभकामना व्यक्त गर्दै संस्कृतिको परम्परा जगेर्ना गर्दै मनोरञ्जन दिने हिसाबले छमछमी नाच्दै, मिठो देउसी भट्याउदै परम्परागत शैलीको तिहार गीत सार्वजनिक गरिएको इण्डष्ट्रीजले जनाएको छ ।

    गीतकार डा.डी.पी दाहाल परिश्रमीको रचनामा दाहाल र सबिन लिम्बुको संगीत, सबिन लिम्बु, रोजिना बस्नेत र डीपी दाहालको श्वर रहेको देउसी गीत तिहारको रमाइलोको म्युजिक भिडियो बनेको छ ।

    रिता सिम्खडा दाहालको प्रश्तुती रहेको सो गीतको म्युजिक भिडियोलाई अहिलेका चिरपरिचत निर्देशक कृष्णदेब रुपाखेतीले निर्देशन गर्नु भएको छ । रावल बराईलीको कोरीयोग्राफी, ज्ञानेन्द्र शर्माको छायांकन, स्मारीका ढकाल, सुरेश कोइल लगायतको अभिनय रहेको छ ।

    यस गीतको मिक्सीङ्ख मास्टरिङ्ख रंजन राइको रहेको छ भने सिलन लम्सालको सम्पादन  रहेकोछ । गीत रेकर्डिङ्ग अलंकार स्टुडियोमा भएको हो । यो गीत DP Dahal (Delighted Nepal) युट्युब च्यानलबाट रिलिीज भएको हो । भिडियो हेरेर सल्लाह सुझाव दिनका लागि निर्माण पक्षले सबैसँग अनुरोध गरेका छन् ।

     

  • ‘जेरी अन टप’ को शुभमुहूर्त

    ‘जेरी अन टप’ को शुभमुहूर्त

    काठमाडौं । अनन्या फिल्मसको ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘जेरी अन टप’ को आज शुभमुहूर्त भएको छ ।

    ललितपुर पाटन स्थित बङ्गलामुखी मन्दिरमा सोमबार शुभमुहूर्त गरिएको हो ।

    फिल्मको प्रमुख कलाकारमा भुवन केसी, बिपना थापा, अनमोल केसी, जसिता गुरुङ, आँचल शर्मा, सुरक्षा पन्त, केदार घिमिरे (माग्ने बुढा) निर्मल शर्मा रहेका छन् ।

    फिल्ममा अनमोलको बुवाको भूमिकामा स्वयम भुवन केसी देखिने छन् भने आमाको भूमिकामा बिपना थापा खेल्ने बताइएको छ ।

    सुयोग गुरुङको निर्देशनमा बन्न लागेको यो फिल्म यसै ।आजैबाट फ्लोरमा जाँदैछ ।

    फिल्मको निर्माणमा सरोज न्यौपानेलाई दीपक भण्डारी, रविन शेरचन र रामकृष्ण श्रेष्ठले सघाएका छन् ।

    यसको एसोसिएट निर्माता ओम अग्रवाल र विवेक थापा हुन् ।

    यो फिल्मको प्रदर्शन अधिकार उपत्यकामा करण क्रेजीको रिच इन्टरटेन्मेन्ट र मोफसलमा एफडी कम्पनीले लिएको छ ।

  • हलमा ‘१२ गाउँ’को पोस्टर छेकिएको भन्दै विराज भट्ट क्रोधित, फ्याँकिदिए स्वागतको बुके

    हलमा ‘१२ गाउँ’को पोस्टर छेकिएको भन्दै विराज भट्ट क्रोधित, फ्याँकिदिए स्वागतको बुके

    रुपन्देही । ‘१२ गाउँ’ सुपरहिट भएसँगै यसका निर्माता, निर्देशक तथा अभिनेता विराज भट्टको फुर्तिफार्ति निकै बढिरहेको छ आजकाल । जुनसुकै ठाउँमा पनि उनी बेग्लै रोव र आत्मविश्वासका साथ प्रस्तुत हुन्छन् । कतिपयले यसलाई घमन्डको संज्ञा पनि दिएका छन् ।

    अहिले एउटा भिडिओ फुटेज सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसमा विराज कुनै कुरामा असन्तुष्ट भएर फुलको बुके मिल्काएको देखिन्छ । यो घटना हिजोको हो ।

    आफ्नो चलचित्रको प्रवर्द्धधनका क्रममा बाँकेको नेपालगन्जस्थित क्यूएफएस हल भिजिटका लागि छोरा समिरलाई लिएर पुगेका थिए बिराज । हल सञ्चालकले उनलाई फुलगुच्छा दिएर स्वागत गरेर भित्र लगेर बसाले । तर, बिराजको अनुहारमा खुशी भन्दा पनि क्रोध थियो । यो क्रोधको कारण रहेछ, हलबाहिर ‘१२ गाउँ’को ठूलो ब्यानर नदेख्नु ।

    उनले आफ्नो चलचित्रको पोष्टर देखिने ठाउँमा नराखिएको भन्दै हल सञ्चालकसँग आक्रोश पोखेका थिए । यही क्रममा आफूलाई दिइएको फुलगुच्छा मिल्काइदिएका हुन् । बाबुले यसरी उत्तेजना देखाइरहँदा छोरा समिर भने शान्त भएर बसेका थिए ।

    नेपालगन्जमा चलचित्र पत्रकारिता गर्दै आएका समीरमान श्रेष्ठका अनुसार १२ गाउँको पोस्टर नराखिएको भने होइन । तर, अलिकति ओझेलमा थियो ।

    उनले भने, ‘त्यो हलमा एकैपटक तीनवटा फिलिम रिलिज भएका थिए । अगाडिपट्टि दुईवटा मात्रै पोस्टर अट्ने ठाउँ छ । त्यसमा छक्कापन्जा र ज्वाईँसाहेबको पोस्टर थियो । १२ गाउँको अलिकति साइडमा थियो । बिराज पुगेपछि यस्तो अन्याय पनि गर्नुहुन्छ ? खै मेरो पोष्टर ? भनेर रिसाउनुभएको हो । यही क्रममा हातमा दिएको फूल टेबुलमा फालेको क्लिप भाइरल भएछ । यो ठूलो कुरा भने थिएन ।’

    टिकटक प्रयोगकर्ताहरुले भने विभिन्न प्रतिक्रियाहरु दिइरहेका छन् । धेरैले बिराजले अहम्ता देखाएको भन्दै आलोचना गरेका छन् । उनका फ्यानहरुले भने आफ्नो फिल्मको पोस्टर नदेखेपछि रिसाउनु स्वभाविक भएको प्रतिक्रिया दिएका छन् ।

  • असल कलाकार बन्नका लागि अनुप बरालका १० टिप्स

    असल कलाकार बन्नका लागि अनुप बरालका १० टिप्स

    काठमाडाैं । तीन दशक बढी समयदेखि रङ्गकर्ममा सक्रिय छन् अनुप बराल । रङ्गकर्मका अलावा फिल्मको निर्देशन र अभिनयमा पनि सक्रिय छन् । भारतको नेशनल स्कुल अफ ड्रामा (एनएसडी)मा अध्ययन गरेका बरालले नाटकहरुको निर्देशन पनि गरिरहेका छन् ।

    उनले पछिल्लो समय निर्देशन गरेको नाटक ‘एउटा सपनाको अवसान’ हो । यो नाटक विश्व प्रसिद्ध नाटककार आर्थर मिलरको नाटक ‘डेथ अफ सेल्समेन’को नेपाली अनुवाद हो । त्यस्तै उनको निर्देशन रहेको पछिल्लो फिल्म हो, ‘दोख’ ।

    अहिले गृहशहर पोखरामा हंसध्वनि थिएटरको निर्माणमा सक्रिय रहेका बराल अभिनयमा रुचि रहेकाहरुलाई प्रशिक्षण पनि दिन्छन् । बराल चलचित्रमा स्थापित भइसकेका कलाकारहरुलाई पनि अभिनयको प्रशिक्षण दिइरहेका हुन्छन् । उनै बरालले नेपालप्रेसलाई आफ्नो अनुभवका आधारमा असल कलाकार बन्न चाहनेहरुमा चाहिने १० विशेषता बताएका छन् । फिल्म तथा रङ्गगमञ्चमा ग्ल्यामर देखेर अभिनयको क्षेत्रमा हामफाल्न उत्सुक किशोरकिशोरीहरुलाई बरालका सुझावहरु:

    एउटा डाक्टर, इञ्जिनिएर या पाइलट बन्न जसरी वर्षौंको अध्ययन, अभ्यास र समय लाग्छ । त्यसैगरी अभिनयमा महारत हासिल गर्न वर्षौंको अध्ययन, निरन्तरको अभ्यास र साधना चाहिन्छ । तीन महिनाको अभिनय कोर्स या अन्य लघु कार्यशालाले शिकारु कलाकारहरुलाई अभिनयबारे आधारभूत ज्ञानमात्र उपलब्ध गराउँछ, तर ऊ खतरा कलाकार बन्नसक्छ भन्ने कुनै ग्यारेन्टी गर्दैन ।

    अभिनयमा महारत हासिल गर्न समय, समर्पण र स्व-अनुभव आवश्यक हुन्छ । किनभने अभिनय अनुभावात्मक हुन्छ । लिबरल आर्टमा सिकिने कुराहरु अनुभवबाट नै समृद्ध भएका हुन्छन् । अभिनय पनि यसै प्रकारले अनुभावात्मक हुन्छ ।

    असफलताबाट सिक्न र फेरि आफ्नो कलामा निखार ल्याउन समय चाहिन्छ । यदि त्यति समय हामीसँग छैन र हामी सर्टकट बाटो हिँडेर रातरात स्टार बन्न चाहन्छौं भने हामी गलत प्रोफेसनमा छौं भनेर बुझे हुन्छ । किनभने अभिनयको यात्रामा कुनै सर्टकर्ट बाटो छैन । जसले सर्टकर्ट बाटो हिँड्न खोज्छ, उसको प्रोफेसनल लाइफ पनि सर्ट नै हुन्छ ।

    राम्रा कलाकारहरु प्रायः मञ्चमा या क्यामेराको अगाडि वर्षौं काम गरेपछि मात्र बनेका हुन् । यसै पनि अभिनय मानवीय अनुभवलाई मूर्त रुप दिने कला हो । पछिल्लो समय थिएटरमा काम गरिरहेका कलाकारले जसरी फिल्ममा आफूलाई स्थापित गरिरहेका छन्, त्यो देखेर नवपुस्तालाई लोभ लाग्नु स्वाभाविक हो, तर सौगात मल्ल, दयाहाङ राई, विपीन कार्कीहरु रातारात लाइम लाइटमा आएका होइनन् । त्यसका लागि उनीहरुले आफ्ना जीवनको लामो समय आफ्नो प्रतिभा माझ्न खर्च गरेका छन् ।

    संसारका महानतम अभिनेताहरु डेनियल डे लुइस, मेरिल स्ट्रिप, केट ब्लान्चेट या आल पचिनो थिएटरको पृष्ठभूमिबाट आएका हुन् । कलाकारको जीवनको संघर्ष, उनीहरुको असफलता र आफ्नो कामको शिल्पलाई माझ्न गरेको मेहनतलाई नबुझी उनीहरुको सफलतालाई हेरेरमात्र हामी असल कलाकार बन्न सक्दैनौं ।

    अभिनय प्रशिक्षणको फाइदा फिल्म र स्टेजमा व्यवसायिक कलाकार बन्नुमा मात्र सीमित छैन । यसका अन्य धेरै फाइदा छन् । यस्ता प्रशिक्षणले व्यक्तिको निजी र व्यवसायिक जीवनको विभिन्न पक्षलाई लाभ पुर्‍याउँछ । यस्ता कोर्सले बच्चाहरुभित्र भएको संकोच हटाएर एउटा ठूलो मासअघि आफ्नो भावनालाई निर्धक्क व्यक्त गर्न आत्मविश्वास प्रदान गर्छ ।

    अभिनय कक्षाको माध्यमबाट उनीहरुले साहित्य, इतिहास र विभिन्न सांस्कृतिक गाथासँग परिचित हुने मौका पाउँछन् । अभिनय कक्षाहरुले व्यक्तिमा आत्मविश्वास जगाउँछ । साथै मार्केटिङ, शिक्षा, कानून र जनसम्पर्कसहितका अरु कैयौं क्षेत्रमा सफलता प्राप्त गर्न अभिनयको कक्षाले महत्वपूर्ण भूमिका खेलिरहेका हुन्छन् ।

    एउटा असल कलाकार बन्न अभिनयको शिल्प जानेरमात्र हुँदैन, व्यक्तिसँग प्रतिभा पनि हुनुपर्छ । त्यसपछि तकनिकी र व्यक्तिगत गुणहरुको समिश्रण हुन अति आवश्यक हुन्छ । मेरो आजसम्मको बुझाई र अनुभवको आधारमा भन्ने हो भने एउटा असल कलाकार भित्र १० वटा चारित्रिक विशेषता भेटेको छु ।

    १) लगाव र समर्पण

    एउटा असल कलाकारसँग उसको मनभित्र आफ्नो कलाप्रति गहिरो लगाव हुन्छ । यो लगावले उसको समर्पण भावलाई प्रेरित गर्छ । जसले कलाकारलाई आफ्नो सीप सुधार्न, चुनौतीको सामना गर्न र स्थिति कठिन हुँदा पनि प्रतिबद्ध रहन र आवश्यक पर्दा कडा मेहनत गर्न सक्षम बनाउँछ ।

    २) भावनात्मक बुद्धिमता र समानुभूति

    एउटा राम्रो कलाकार जहिले पनि आफूद्वारा निर्वाह गरिएको भूमिकासँग गहिराइपूर्वक जोडिएको हुन्छ । यसको लागि उक्त कलाकारसँग भावनात्मक बुद्धिमता आवश्यक हुन्छ । यसको मतलब कलाकारभित्र आफ्नो भावना सँगसँगै अरुको भावनालाई बुझ्ने र त्यसलाई व्यवस्थित गर्ने क्षमता हुनुपर्छ । समानुभूतिले एउटा कलाकारलाई विभिन्न पात्रहरुको भूमिका खेल्न र त्यसलाई प्रामाणिकताका साथ चित्रित गर्ने अनुमति दिन्छ ।

    ३) लचिलोपन र दृढता

    एउटा कलाकारको यात्रा अक्सर अस्वीकृतिहरु, असफलताहरु र कठिन क्षणहरुले भरिएको हुन्छ । असफलताको अवसादबाट बाहिर निस्कन लचिलोपन हुनु महत्वपूर्ण कुरा हो । दृढ भएर अगाडि बढिररहन र दीर्घकालीन विकासमा ध्यान केन्द्रित गर्नसक्ने क्षमता एउटा असल कलाकारको पहिचान हो ।

    ४) आत्म-जागरुकता

    असल कलाकार आत्म-जागरुक हुन्छन् । उनीहरु आफ्नो शक्ति र कमजोरीलाई बुझ्छन् । लगातार आत्मसुधारमा काम गर्छन् । यो आत्म-जागरुकताले आफ्नो कलालाई परिष्कृत गर्न होस् या मानसिक स्वास्थ्यको चुनौतीलाई समाधान गर्न मद्दत गरिरहेको हुन्छ ।

    ५) अनुकूलनशीलता र खुला विचार भएको हुनु

    जहिल्यै नयाँ विचार, भूमिका र कौशलको खोज गर्ने इच्छा आवश्यक हुन्छ । अनुकूलनीय र खुला विचार भएको व्यक्ति हुनाले कलाकारलाई विभिन्न शैली, किसिम र रचनात्मक प्रक्रियाहरुलाई नेभिगेट गर्नमा मद्दत पुर्‍याउँछ, जसले गर्दा उक्त अभिनेताको काममा ताजापन र बहुआयाम भेट्न सकिन्छ ।

    ६) अनुशासन र फोकस

    प्रतिभा छ भनेरमात्र हुँदैन । महान कलाकारहरुले जहिलेसुकै आफ्नो कलामाथि अभ्यास गर्ने, रिहर्सल गर्ने, टाइम निकाल्ने र लगातार आफ्नो काममा सुधार ल्याउने अनुशासन बसालेका हुन्छन् । फोकसले चाहिँ कलाकारलाई सुस्त प्रगति हुँदा पनि आफ्नो काममा प्रतिबद्ध रहन अनुमति दिन्छ ।

    ७) मानसिक स्वास्थ्य

    एउटा कलकारको करियरमा मानसिक स्वास्थ्यले महत्वपूर्ण भूमिका निर्वाह गर्छ । अभिनय कहिलेकाहीँ भावनात्मक रुपबाट कठिन भइदिन सक्छ । यसैले स्व-हेरचाह, चिकित्सा या माइन्डफुलनेसका प्रथाहरुको माध्यमबाट राम्रो मानसिक स्वास्थ्य बनाइराख्नु महत्वपूर्ण कुरा हो । तनाव, अस्वीकृति र व्यक्तिगत जीवनमा सन्तुलनको व्यवस्थापन गर्न सिक्नुले एउटा स्वस्थ व्यक्तित्व र करियरलाई पूर्ण बनाएर राख्न मद्दत गर्छ ।

    ८) विनम्रता र सिकिरहने इच्छा

    सफल कलाकारहरु आफ्नो कलाको सदैव विद्यार्थी बनिरहन चाहन्छन् । यिनीहरु प्रत्येक प्रतिक्रिया, आलोचनालाई विनम्रतापूर्वक स्वीकार गर्छन् । अरुबाट सिक्छन् र लगातार आफ्नो शिल्पलाई विकास गरिरहेका हुन्छन् । यस किसिमको मानसिकताले उनीहरुलाई कलात्मक र व्यक्तिगत रुपमा विकसित गरिरहन्छ ।

    ९) सहयोग र टीम वर्क

    एउटा असल कलाकारलाई थाहा हुन्छ कि निर्देशक, साथी कलाकारहरु र प्रोडक्सन टीमसँग कसरी राम्रो काम गर्ने हो । रचनात्मक दृष्टिकोणलाई जीवनमा उपयोग गर्न प्रभावकारी सञ्चार र सहयोगात्मक सोच आवश्यक हुन्छ ।

    १०) नियन्त्रित महत्वाकांक्षा

    उच्च महत्वाकांक्षाले एउटा कलाकारलाई प्रेरित गर्नसक्छ, तर यसलाई धैर्यका साथ यथार्थमुखी बनाउनुपर्छ । नियन्त्रित र सन्तुलित गर्नुपर्छ । महत्वाकांक्षाले विकासतिर प्रेरित गर्नुपर्छ । जब हामीले त्यसलाई अनियन्त्रित बनाउँछौं भने त्यो डाहा, ईर्ष्या या असन्तोषको कारण बन्नसक्छ । असल अभिनेताहरुले आफूले प्राप्त गर्न योग्य लक्ष्य निर्धारित गर्न र यात्राको आनन्द लिन सिकेका हुन्छन् ।

  • जति लफडा भए पनि दीपक दाइसँग सहकार्य गर्न जहिल्यै तयार छु: सन्तोष सेन

    जति लफडा भए पनि दीपक दाइसँग सहकार्य गर्न जहिल्यै तयार छु: सन्तोष सेन

    काठमाडौं । गएको बैशाखमा सुटिङ सकिएको थियो भने यो पटकको दशैंमा ‘बलिदान’ फिल्म रिलिज हुने थियो । निर्माता तथा निर्देशक सन्तोष सेनका अनुसार प्राविधिक कारणले फिल्मको सुटमा ढिलाइ भयो । अब यो फिल्म कि आउँदो नयाँ वर्षमा कि त आउँदो वर्षको दशैंमा रिलिज हुनेछ ।

    यो फिल्मको केही भाग इटहरीको बीएमसी स्टुडियोमा भव्य सेट बनाएर सुट भएको छ । अबको बाँकी भाग पूर्वी नेपालका कानेपोखरी, रंगेलीलगायत ठाउँहरुमा हुनेछ । त्यतैतिर जंगलमा छुट्टै गाउँ निर्माण गरेर पनि फिल्मको सुटिङ गर्ने योजनामा निर्माण टीम रहेको छ ।

    एक्सन प्रधान यस फिल्ममा अभिनेता समीर भट्ट मुख्य भूमिकामा छन् । भट्टको अलावा सौगात मल्ल, अर्पण थापालगायत कलाकारको पनि अभिनय रहनेछ । अहिले हलमा राम्रो व्यापार गरिरहेको ‘१२ गाउँ’का अभिनेता समीर भट्टको डेव्यु फिल्म ‘बलिदान’ नै भए पनि हलमा भने ‘१२ गाउँ’ पहिले प्रदर्शन भयो ।

    यस पटकको दशैंमा ‘१२ गाउँ’सँगै दीपकराज गिरीको ‘छक्कापञ्जा ५’ पनि प्रदर्शन भयो । छक्कापञ्जा टीमले प्रदर्शन अगाडि सामाजिक सञ्जालमा एकदमै गाली खाएको थियो, तर फिल्म भने बक्स अफिसमा ब्लकबस्टर सावित भयो । यही सिलसिलामा ‘छक्कापञ्जा’ टीमका गिरी र सञ्चारकर्मी प्रकाश सुवेदीले अन्तर्वार्ताका क्रममा सेनलाई ‘साइबर सेनाको कमान्डर’ भनेपछि उनले सामाजिक सञ्जालमा यो आरोपको खण्डन गर्दै स्पष्टीकरण दिएका थिए ।

    यिनै विषयहरुमा रहेर नेपालप्रेसकर्मी नवीनकाजी राईले निर्माता तथा निर्देशक सन्तोष सेनसँग गरेको अन्तर्वार्ताको सम्पादित अंशः

    – ‘बलिदान’का कामहरु के कति भइरहेका छन् ?

    दर्शकलाई राम्रो क्वालिटी पनि दिऔं भनेर ६ करोड निर्माण लागत अनुमान गरेर काम सुरु गरेका हौं । हामीले प्रविधि र प्राविधिकहरु भारतबाट ल्यायौं । अझै ४०-४५ दिनको सुटिङ बाँकी छ । ‘बलिदान’लाई ड्रिम प्रोजेक्ट मानेर खर्चमा कम्प्रोमाइज नगरी काम गरिरहेका छौं ।

    ‘सन्तोष सेनले प्रमोसनमात्रै गर्छ, मिडियाबाजी गर्छ, तर फिल्ममा केही कन्टेन्ट हुँदैन’ भन्ने दर्शकहरुलाई ‘अब चाहिँ सेनले कन्टेन्टमा पनि काम गर्न थालेछ, यतिको उत्कृष्ट फिल्म बनाउँछ भने सोचेका पनि थिएनौं’ भन्ने तहको सरप्राइज दिनेगरी काम गरिरहेका छौं । कथादेखि नै मेहनत गरिरहेका छौं । राम्रो चिजलाई त अलिकति बढी समय लागिहाल्छ नि !

    – ६ करोडमाथिको बजेट समीर भट्ट एक्लैले धान्नसक्छ ?

    समीर भट्टमात्रै भन्दा पनि सौगात मल्ल, अर्पण थापा, दिव्यदेव जस्ता होनहार कलाकारहरु पनि ‘बलिदान’का पिल्लरहरु हुन् । यो फिल्म नेपाली बजारमा मात्रै नभएर विश्व बजारमा जाने सम्भावना छ । भोजपुरी फिल्मका वितरकले उता रिलिज गर्न अफर गरिरहनुभएको छ । हिन्दी वितरकले पनि कुरा गरिरहनुभएको छ ।

    ‘बलिदान’ बैशाखमा सुट गर्ने योजना भएको थियो । त्यसवेला पोस्टर सुट गरेपछि फिल्मको प्लानिङका लागि इटहरी आइयो, तर स्टुडियो राम्रो नबनिसकेको कारण सेट लगाउन ढिलाइ भयो । त्यसैले भनेको समयमा सुट गर्न सकिएन ।

    पात्रको गहिराइमा पुगेर काम गर्ने सौगात मल्ल हुनुहुन्छ । समीर भट्टको पात्रले कथालाई डोर्‍याएर जान्छ । ‘प्रेमगीत ३’ जस्तो काल्पनिक कथामा ठीकैको फिल्म बनाउँदा पनि राम्रै भएको थियो । ‘बलिदान’ त ग्लोबल मार्केटमा एक स्टेप अगाडि जाने आशासहित बनाइएको फिल्म हो ।

    – ‘बलिदान’ समीर भट्टको डेव्यु फिल्म हो भनेर प्रचार गरिएको थियो, तर प्रदर्शन हुँदा ‘१२ गाउँ’ भयो, के कारणले हो ?

    ‘बलिदान’ बैशाखमा सुट गर्ने योजना भएको थियो । त्यसवेला पोस्टर सुट गरेपछि फिल्मको प्लानिङका लागि इटहरी आइयो, तर स्टुडियो राम्रो नबनिसकेको कारण सेट लगाउन ढिलाइ भयो । त्यसैले भनेको समयमा सुट गर्न सकिएन ।

    अनि विराज दाइले पहिल्यै काम गरिसकेको स्क्रिप्टलाई लिएर भन्नुभयो, ‘समीरको पनि पात्र एड गरेर फिल्म खिचेर लिएर आउँछु । तिम्रो फिल्मको त यति ठूलो सेट छ, ठूलो क्यानभासमा आत्तिएर हुन्न ! ‘१२ गाउँ’मा हामी बाउछोरा आउँछौं, त्यसपछि तिमी ‘बलिदान’मा काम गर ।’ अनि हाम्रो सरसल्लाहमै ‘१२ गाउँ’बाट समीरलाई डेव्यु गराउने निधो गरिएको हो ।

    – अहिले ‘१२ गाउँ’ले करोडौं ग्रस कलेक्सन गरिरहेको छ । यो कलेक्सनको रेकर्डलाई ‘बलिदान’ले ब्रेक गर्ने आत्मविश्वास तपाईंमा कतिको छ ?

    ‘बलिदान’ त समीरको पात्रमा भयंकर काम गरिएको फिल्म हो । उसको जीवन्त अभिनय ‘बलिदान’मा छ । उसले ‘बलिदान’को कथा बोकेको छ । ‘१२ गाउँ’मा ऊ स्टाइलिस हिरोको रुपमा छ, ‘बलिदान’मा चाहिँ माटो र मातृभूमिको विषयलाई लिएर अगाडि बढेको पात्र हो । हरेक दर्शकले एकदमै इन्जोय गर्नुहुनेछ ।

    – ‘१२ गाउँ’को बक्स अफिस रेकर्ड ब्रेक गर्छ ?

    समीरको पात्रको हिसाबले ‘१२ गाउँ’मा दर्शकहरुले जति मन पराउनुभयो, ‘बलिदान’मा ५० गुणा बढी मन पराउनुहुन्छ जस्तो लाग्छ । यति भनेपछि रेकर्ड ब्रेकको कुरा आफैं बुझ्नु न !

    – स्टारकिडहरुको भीडमा समीरमा अलग क्षमता के देख्नुभएको छ ?

    मैले उसलाई पहिलो पटक भेट्दा ऊ कलाकारिताप्रति एकदमै गम्भीर पाएँ । ऊसँग जुनुन थियो । यही कारण नै मैले दुई महिना धाएर उसलाई फिल्ममा साइन गरेको हो । उसले ‘सक्दिनँ’ भन्ने केही छैन । पात्रमा पनि मज्जाले डुब्नसक्छ । एक्सन र डान्स त चाहिने भइहाल्यो । साथै मज्जाले अभिनय गर्नसक्ने कलाकार हो ऊ ।

    मासले खोजेको एक्सन, सुगठित ज्यान जुन समीरमा छ, नेपाली फिल्म क्षेत्रमा त्यसको अभाव महसुस चाहिँ भएको थियो । अबको पुस्ताको एक्सनमा समीरको आगमन भएको छ ।

    – नेपाली फिल्म क्षेत्रमा एक्सन स्टारको अभाव समीरले पूरा गर्छ ?

    मासले खोजेको एक्सन, सुगठित ज्यान जुन समीरमा छ, नेपाली फिल्म क्षेत्रमा त्यसको अभाव महसुस चाहिँ भएको थियो । अबको पुस्ताको एक्सनमा समीरको आगमन भएको छ ।

    – पछिल्लो समय आएर ‘साइबर कमान्डर’को आरोप तपाईंमाथि लाग्यो । यो आरोपलाई कसरी हेरिरहनुभएको छ ?

    मलाई अलिकति नरमाइलो लाग्यो । कलाकारितामा सपना बुनिरहेका पुस्ताहरुलाई यस्ता स्क्यान्डलहरुले निरुत्साहित बनाउँछ । यस्तो विवाद सकेसम्म ल्याउनु हुन्नथ्यो । मिडियाले नराम्रा कुराहरु औंल्याउने हो, तर यस्ता स्क्यान्डलहरु लिएर आएर मिडियाका साथीहरुले यो क्षेत्रलाई धमिलो बनाउने काम गर्नु भनेको फिल्म क्षेत्रलाई नै घाटा हो ।

    यस्ता हल्लाहरु आउँदा हाम्रो फिल्म क्षेत्रको सानो परिवारमा धमिलो पस्ने भयो । समाजमा नराम्रो म्यासेज जाने कुरालाई प्राथमिकता दिने भन्दा पनि राम्रो कुराहरुलाई दर्शकमाझ पस्कँदा सबैलाई राम्रो हुन्छ ।

    अस्तिको त्यो अन्तर्वार्तामा मलाई आरोप लगाइयो । म सिंगो नेपाली फिल्म क्षेत्रलाई प्रगतिको बाटोमा हिँडेको हेर्न चाहने मान्छे हो । कलाको कुनै धर्म पनि हुँदैन । यसको कुनै बाउन्ड्री हुँदैन । यो क्षेत्रमा त हामीले सँगै मिलेर अगाडि बढ्नुपर्ने हो । खै किन आरोप लगाइयो, मलाई नै थाहा छैन !

    – तपाईंलाई ‘साइबर कमान्डर’ किन भनियो होला ?

    मेरो कसैसँग दुश्मनी छैन । म स्वार्थी भएको भए ‘प्रेमगीत ४’ बनाएर करोडौं आम्दानी गर्थें होला । मैले मेरा फिल्महरुबाट जति पनि कमाएँ, त्यसमा दुई रुपैयाँ थप हालेर काम गरिरहेको छु । हाम्रा फिल्महरु संसारभरि जानुपर्छ भनेर काम गरिरहेको छु ।

    म स्वार्थहीन फिल्मप्रेमी हो । म सबैको फिल्मले राम्रो गरोस् भन्ने चाहन्छु । यो क्षेत्रमा मान्छेलाई किन तल झार्न खोजिन्छ, म बुझ्दिनँ । मसँग यहाँहरु किन रिसाउनुहुन्छ, मलाई थाहा छैन । किन मेरो कमजोर पक्ष खोजीखोजी हान्न खोज्नुहुन्छ, अहिलेसम्म बुझेको छैन । खै, उहाँहरुको नियत विस्तारै बुझिएला । मेरो नियत चाहिँ स्पष्ट छ, नेपाली फिल्महरुले राम्रो गर्नुपर्छ ।

    – दीपकराज गिरीलाई ‘बलिदान’मा खेल्न प्रस्ताव गर्नुभएको थियो हो ?

    अलि अगाडि मैले ‘बलिदान’को लागि दशैंको डेट घोषणा गरेको थिएँ । दीपक दाइले ‘ब्रदर मैले दशैंमा सोचेको हो’ भन्नुभयो । मैले ‘हुन्छ दाइ, भेटेर कुरा गरौं’ भनें । हामी भेट्यौं । उहाँले ‘दशैंमा दर्शकले मेरो फिल्म कुरेर बस्छन्’ भन्नुभयो । मैले भनें, ‘यो कुरामा लफडा गरिरहनु परेन दाइ, दशैंमा फूलपाती, घटस्थाना छ । मिलाएर तीनचार दिनको फरकमा फिल्म रिलिज गरौंला नि !’

    अहिले पनि दीपक दाइसँग काम गर्न मन छ । किनभने उहाँ गम्भीर रुपमा कुनै पनि प्रोजेक्टमा लाग्नुहुन्छ । केही राम्रो गरौं भन्ने सोच भएको मान्छे हो उहाँ । त्यही कारण पनि केमियोकै रुपमा भए पनि फिल्ममा जोडिऔं भनेर सम्बन्ध र कलाकारको हिसाबले अफर गरेको थिएँ ।

    मलाई कसैसँग भिड्न मन लाग्दैन । अहिले दीपक दाइको विषयमा बोल्न मन छैन । मैले फिल्ममा उहाँलाई अफर गरेको हो । उहाँले खेल्छु पनि भन्नुभएको थियो । मैले केमियोका लागि पनि प्रस्ताव राखेको थिएँ । फिल्ममा हिरोइजमवाला एक्सन नभए पनि सिचुएसनल एक्सन थियो, त्यही भएर प्रस्ताव गरेको थिएँ ।

    अहिले पनि दीपक दाइसँग काम गर्न मन छ । किनभने उहाँ गम्भीर रुपमा कुनै पनि प्रोजेक्टमा लाग्नुहुन्छ । केही राम्रो गरौं भन्ने सोच भएको मान्छे हो उहाँ । त्यही कारण पनि केमियोकै रुपमा भए पनि फिल्ममा जोडिऔं भनेर सम्बन्ध र कलाकारको हिसाबले अफर गरेको थिएँ । पछि उहाँको मुड बदलियो सायद ।

    – ‘साइबर सेनाको कमान्डर’को आरोप ‘१२ गाउँ’ समर्थन गरिरहेको कारणले हो कि भन्ने त लाग्दैन नि तपाईंलाई ?

    मैले समीर भट्टको पोस्टर लन्च गरें । त्यसपछि उसलाई निरन्तर ब्रान्डिङ गरिरहेको छु । ‘बलिदान’को प्रोटागोनिस्टलाई ब्रान्डिङ गरिनँ भने भोलि ‘बलिदान’को भविष्य के हुन्छ भन्ने चिन्ता मलाई हुन्छ नि ! मैले ‘१२ गाउँ’ भन्दा पनि समीरको ब्रान्डिङ गर्ने हो ।

    मैले समीरलाई यसरी ब्रान्डिङ गरेका कारणले उहाँहरुलाई साइबर स्यालहरुको कमान्डर हो कि भन्ने लागेको हुनसक्छ । बक्स अफिसमा जुधिरहेको एउटा फिल्मको हिरोलाई प्रमोट गरिरहँदा मैले नै साइबर आक्रमणको नेतृत्व लिएँ कि भन्ने उहाँहरुलाई लाग्नसक्छ, तर मेरो नियत त्यस्तो होइन । मेरो काम मन पराउनेहरुलाई पनि भन्ने गरेको छु, ‘मेरो कामको समर्थन गर, तर मसँग जोडेर अरु कसैलाई पनि गाली नगर !’

    उहाँहरुले मलाई आरोप लगाएपछि पनि मैले दुई दिनसम्म केही बोलिनँ, तर शुभचिन्तकहरुको म्यासेज, कमेन्टहरुले गर्दा म बोल्न बाध्य भएँ । यो घटनाले भोलिका दिनमा कसैलाई विनाप्रमाण आक्षेप लगाउनुअघि सोच्न बाध्य बनाउँछ । म त सत्यका लागि आवाज उठाउनुपर्ने भएकाले बोलेको हुँ ।

    – दीपकराज गिरीसँग भविष्यमा सहकार्य गर्ने सम्भावना कतिको छ ?

    यी सबैकुरा हुँदाहुँदै पनि दीपक दाइसँग काम गर्न म हिजो पनि रेडी थिएँ । अहिले तत्काल पनि रेडी छु । ‘बलिदान’को लागि ठाउँ रहेसम्म केमियो रोलका लागि अफर गर्न सक्छु । म उहाँको कलाकारिता र योगदानको फ्यान हो ।

    उहाँप्रति सम्मान हुँदाहुँदै अलिकति तीतो सत्य बोलें । मलाई लगाइएको लाञ्छनाले दिमाग घुमाइरहेकाले बोलें । कतिपय सत्य कुरा तीता हुन्छन् । कतिपय तीता कुराहरु मीठा हुन्छन् । उहाँसँग सहकार्य गर्न त म जहिल्यै तयार हो । खालि परिस्थितिले हामीलाई आरोप-प्रत्यारोप लगाउनुपर्ने बनाइदियो । मेरो चित्त दुख्यो ।

    – अन्तिममा धेरैले समीरलाई अबको सुपरस्टार हो भनिरहेको सुनिन्छ । समीर अबको सुपरस्टार हो ?

    सुपरस्टार त फिल्म क्षेत्रमा एक जना हुन्छ । हामी त जसलाई पनि सुपरस्टार भन्छौं । समीर सुपरस्टारकै लाइनमा छ । उसको गन्तव्य सुपरस्टार हुने हो, तर गन्तव्यमा पुग्छ कि पुग्दैन भन्ने भोलिको दिनले बताउला । त्यसका लागि उसको फिल्म छनोट मुख्य कुरा हो । सुपरस्टारका लागि त धेरै उकाली-ओरालीको यात्रा तय गर्नुपर्‍यो, तर ऊ सुपरस्टारको लक्षण बोकेरै आएको कलाकार हो ।

  • ‘ह्रस्व दीर्घ’को विदेश राइट्स बिक्री, कार्तिक ३० मा नेपाली र हिन्दीमा रिलिज हुने

    ‘ह्रस्व दीर्घ’को विदेश राइट्स बिक्री, कार्तिक ३० मा नेपाली र हिन्दीमा रिलिज हुने

    काठमाडौं । अभिनेत्री नीता ढुंगानाको लगानीमा निर्माण भएको सिनेमा ‘ह्रस्व दीर्घ’ नेपालमा नेपाली हिन्दी भाषामा एकै दिन रिलिज हुने भएको छ । शुक्रबार निर्माण टिमले सेभेन सिज इन्टरटेनमेन्टलाई विदेश राइट् बेच्दै सिनेमा नेपालमा कार्तिक ३० गते नेपालीसँगै हिन्दी भाषामा पनि प्रदर्शन हुने जानकारी दिएको हो ।

    सिनेमा विदेशमा भने एक हप्तापछि अर्थात् मंसिर ७ गतेबाट नेपाली र हिन्दी दुवै भाषामा रिलिज हुने जानकारी निर्मात्री नीता ढुंगानाले बताइन् । सिनेमाको विदेश रिलिजको हिन्दी रिलिज अधिकार पनि सेभेन सिजले नै खरिद गरेको हो । यो कम्पनिका सञ्चालक मध्येका एक विनोद पौडेलले ह्रस्व दीर्घ विदेशमा बक्सअफिस नै रिलिज हुने जानकारी दिए ।

    नेपाली र हिन्दीमा रिलिज भएको दुई महिना पश्चात यो सिनेमा तेलुगु भाषामा पनि रिलिज गर्ने तयारी भैरहेको अभिनेता हरिहर अधिकारीले बताए । हाम्रो सिनेमाका धेरै दक्षिण भारतीय र बलिउड कलाकारले अभिनय गरेकाले पनि नेपालीसँगै हिन्दी र तेलुगु भाषामा हामीले ह्रस्व दीर्घलाई भारतमा प्रथामिकताका साथ रिलिज गदैछौं । भारतीय वितरकले पनि सिनेमाप्रति राम्रो चासो देखाएको हरिहरले बताए ।

    नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । सिनेमामा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।

    अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् ।

    सिनेमालाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । यसअघि केही भोजपुरी सिनेमाको निर्देशन तथा करिब पाँच दर्जनभन्दा बढी नेपाली सिनेमामा द्धन्द्व निर्देशकको रुपमा काम गरिसकेका पन्तको यो निर्देशकीय डेव्यु नेपाली सिनेमा हो ।

    अभिनेत्री निता ढुंगानाको लगानी निर्माण भएको यो सिनेमा नेपाली, तेलुगु र हिंन्दी गरी तीन भाषामा रिलिज हुनेछ । विजय वस्यालले पोस्टर डिजाइन गरेको सिनेमालाई मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दैछ ।