Category: कलाप्रेस

  • चलचित्र ‘कार्साङ’को प्रिमियर साे हेरेपछि दिपाले भनिन्- जितुले गरेको काम रमाइलो छ

    चलचित्र ‘कार्साङ’को प्रिमियर साे हेरेपछि दिपाले भनिन्- जितुले गरेको काम रमाइलो छ

    काठमाडौं । पुस २६ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्र ‘कार्साङ’को बुधबार राजधानीमा प्रिमियर साे गरिएकाे छ ।प्रिमियरमा चलचित्रले उत्साहजनक प्रतिक्रिया पायो भने कार्यक्रममा आएका चलचित्रकर्मीहरु पनि चलचित्र राम्रो बनेको बताए ।

    प्रिमियर समारोहमा उपस्थित कलाकार तथा अन्य विभिन्न क्षेत्रका व्यक्तिले ‘कार्साङ’लाई हेर्नैपर्ने मौलिक चलचित्र भएको प्रतिक्रिया दिए। शेर्पा समुदायको मौलिक कथा भन्ने चलचित्रले उनीहरूको संस्कार र संस्कृति देखाउन नचुकेको कलाकारहरूले बताएका थिए। शेर्पा समुदायको संस्कृति अनुभूत गर्न पनि यो चलचित्र एकपटक हेर्नैपर्ने धेरैको भनाई थियो।

    चलचित्र हेर्न चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, निर्देशक तथा कलाकार दीपाश्री निरौला, निर्देशक दीपेन्द्र के खनाल, वितरक, निर्माता तथा निर्देशक अशोक शर्मा, बसन्त निरौला, कलाकार केदार घिमिरे ’माग्ने बुढा’, हास्य कलाकार किरण केसी (रातामकै), कवि विप्लव प्रतीक, कलाकार अनुप बराल, मनिष राउत, गायक कमल खत्री, मेलिना मैनाली लगायत कलाकार प्रिमियरमा पुगेका थिए ।

    चलचित्र हेरेपछि केदार घिमिरेले ‘कार्साङ’ अत्यन्तै राम्रो सिनेमा बनेको प्रतिक्रिया दिए । त्यस्तै, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र निर्देशक तथा कलाकार दीपाश्री निरौलाले पनि चलचित्रले शेर्पा समुदायको कथा देखाउने र मौलिकपनले भरिएको हुनाले एकचोटी हेर्नै पर्ने चलचित्र बनेको प्रतिक्रिया दिए।

    जितुको कामको तारिफ गर्दै दीपाश्रीले जितुको अभिनय पछिल्ला फिल्मपिच्छे उत्कृष्ट बन्दै गएको बताइन् । उनले भनिन,’हामी एकदमै खुसी छौ। एकपछि अरु फिल्ममा भाइले जीवन्त अभिनय गर्नुभएको छ। क्यारेक्टर चेन्ज गर्नुभएको छ । अलिकती नृत्यमा सुधार गर्नुपर्छ नत्र सबै पात्र निभाउन सक्ने मान्छे हो उहाँ ।’

    यस्तै किसिमको अभिनय गर्दै जान जितुलाई उनले शुभकामना समेत दिइन् । ‘छक्कापञ्जा’ सिरिजदेखि जितु जीवन्त कलाकारको रुपमा अघि आएको दीपाको भनाइ थियो ।

    त्यस्तै, कार्यक्रममा उपस्थित सबैले चलचित्र र कलकारको अभिनयको खुलेर तारिफ गरे। विषयवस्तु र अभिनय दुवैले तारिफ पाएकाले चलचित्रको निर्माणपक्षले पनि दर्शकले चलचित्र मन पराउनेमा ढुक्क भएको जानकारी दिए।

    बुधबार सिटी सेन्टर काठमाडौंमा आयोजना गरिएको प्रिमियरलाई शेर्पा समुदायको बस्तीमा पुगेको झल्को दिने तरिकाले तयार पारिएको थियो। कार्यक्रमलाई शेर्पा समुदायको नृत्यसँगै गुम्बा झैँ धजापताकाले सजाइएको थियो ।

    पुस २६ गते रिलिज हुने चलचित्र ‘कार्साङ’ यम शेर्पाले निर्देशकिय चलचित्र हो । ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा केन्द्रित यो चलचित्रले अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथावस्तुलाई प्रस्तुत गर्छ ।

    चलचित्रमा दयाहाङ राई, सिर्जना निङलेखुसँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारको अभिनय रहेको छ ।

    यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् भने सह–निर्मातामा गोविन्द बोहरा छन् । कार्यकारी निर्माताको रूपमा भने आङछिरिङ शेर्पाले काम गरेका छन् ।

     

  • ‘कार्साङ’ ले पायो देशव्यापी १३० शो, अग्रिम बुकिङ खुला

    ‘कार्साङ’ ले पायो देशव्यापी १३० शो, अग्रिम बुकिङ खुला

    काठमाडौं । दयाहाङ राई, जितु नेपाल, दीया मास्के र सिर्जना निङलेखु अभिनित चलचित्र ‘कार्साङ’ ले देशव्यापी १३० शो पाएको छ । शुक्रबारबाट रिलिज हुने चलचित्रको अग्रिम बुकिङ पनि खुला भएको छ । क्यूएफएक्स चेनलगायत केही मल्टिप्लेक्सले ‘कार्साङ’को अग्रिम टिकट बुकिङ खुला गरेका हुन् ।

    देशभरका हलहरूले सुखद् शो दिँदै बुकिङ खुलाएसँगै देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा यो चलचित्रले काठमाडौं उपत्यकाका आउटलेटमा २५ शो पाएको छ । काठमाडौं बाहिरका स्टेशनमा पनि ‘कार्साङ’लाई क्यूएफएक्सले २८ शो उपलब्ध गराएको छ । रिलिजको पहिलो दिन नै १३० शो पाउनु राम्रो हो। यदि चलचित्रको वर्ड अफ माउथ बलियो भएमा शो थपिँदै जाने हो ।

    यसैगरी दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआई सिनेमाजले यो चलचित्रलाई आफ्ना तीनवटा आउटलेटमा १५ शो दिएको छ । त्यसैगरी, एफ क्युब सिनेमाजले र विएसआर मुभिजले पनि ६-६ शो उपलब्ध गराएका छन् । बिग मुभिज र वान सिनेमाजमा भने बुकिङ खुला हुन बाँकी छ ।

    यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘कार्साङ’ ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा केन्द्रित चलचित्र हो । २ घन्टा ५ मिनेटको चलचित्रले अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथावस्तुलाई प्रस्तुत गर्छ ।

    यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् । सह-निर्मातामा गोविन्द बोहरा छन् भने आङछिरिङ शेर्पा प्रस्तुतकर्ता हुन् ।

  • ‘कुस्ती’ मा आइआइएफटीको पहिरन देखिँदै धिरज र मिरुना

    ‘कुस्ती’ मा आइआइएफटीको पहिरन देखिँदै धिरज र मिरुना

    काठमाडौँ । कलाकार बुद्धि तामाङको निर्माण रहने फिल्म ‘कुस्ती’ भेषभूषा पार्टनरको रूपमा आइआइएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइन जोडिएको छ ।

    मङ्गलवार आइआइएफटीका तर्फबाट प्रमुखद्वय सन्नी सुब्बा र ऊर्जा मानन्धर र फिल्मको तर्फबाट निर्देशक अनिल योञ्जनले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

    फिल्म ‘कुस्ती’ मा अभिनेता धिरज मगर र अभिनेत्री मिरुना मगरले लगाउने पहिरनको डिजाइन आइआइएफटीका २४ विद्यार्थीले गर्ने निर्देशक योञ्जनले बताए ।

    उनले भने,‘हामीले आइआइएफटीमा अध्ययनरत विद्यार्थीलाई फेशनको माध्यमले फिल्मसँग जोडेका छौँ । उहाँहरूको नवीनतम सोचले हामीले कल्पना गरेको पात्रलाई मूर्तरूप दिनेमा विश्वस्त छौँ ।’

    कलाकारद्वय धिरज र मिरुनाले आइआइएफटीसँग पहिलो पटक सहकार्य गर्न लागेको भन्दै खुसी व्यक्त गरे । उनीहरूले आफ्नो पहिरन बारे विमर्श गर्दै केही पोसाक ट्रायल पनि गरेका छन् ।

    आइआइएफटी प्रमुख सन्नी सुब्बाले यो सहकार्यले नयाँ सुरुआत गरेको बताइन । उनले भनिन्, ‘हामीले फेशन र डिजाइन सम्बन्धी विभिन्न शो गरिरहेका छौँ । तर यसपटक आइआइएफटीको नवीनतम सोचलाई दर्शकले पर्दामा हेर्न पाउनु हुनेछ । यसले फिल्ममा कलाकारले प्रयोग गर्ने पोसाक र समग्र फेशनमा बदलाव ल्याउने छ ।’

    उक्त अवसरमा निर्देशक अनिल र कलाकारद्वय धिरज र मिरुनाले आइआइएफटीका विद्यार्थीसँग अन्तरक्रियासमेत गरेका थिए ।

    अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार हुने फिल्मको सार्वजनिक पोस्टरले नै चर्चा पाएको थियो ।

    कलाकारको स्वभावलाई रङ्ग अनुसार प्रस्तुत गरिएका कारण यो नयाँ र फिल्मको थिम अनुसार देखिएको थियो ।

    अनुषा सिनेमावुड पिक्चर्स प्रालीको व्यानरमा बन्ने फिल्म ‘कुस्ती’ मा सम्बन्धमा रहेको एक जोडीको प्रेम कथामा तयार हुनेछ ।

    छुटिन नसक्ने र सँगै रहन पनि नसक्ने जोडीको प्रेम कथा रहेको फिल्म ‘कुस्ती’ आउँदो फागुन पहिलोसातादेखि छायाङ्कनमा जाने तयारीमा छ ।

    काठमाडौँ रीच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट, मोफसल एफडी कम्पनिले प्रदर्शनका लागि वितरण गर्ने फिल्म आउँदो वर्ष विसं २०८२ को भदौमा प्रदर्शन हुनेछ ।

  • फिल्म ‘दुःखी आत्मा’को टिजर रिलिज (भिडिओ)

    फिल्म ‘दुःखी आत्मा’को टिजर रिलिज (भिडिओ)

    काठमाडौं । फागुनको २ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘दु:खी आत्मा’को ३ मिनेट भन्दा लामो टिजर सार्वजनिक भएको छ ।

    दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा हिमाल कडरियाको लगानी छ । सुदिप ढकाल कार्यकारी निर्माता रहेको फिल्ममा आलोक शुक्लाको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ ।

    सार्वजनिक भएको टिजरमा फिल्मका मुख्य दुई कलाकारहरु नायक दयाहाङ राई र नायिका आँचल शर्मा हाबी छन् । यो फिल्मलाई निर्माणपक्षले एडल्ट बिषयवस्तुमा तयार पारेको भनेको छ ।

    जसकाकारण, फिल्म भित्र द्धिअर्थी लाग्ने संवादहरु प्रशस्त छन् । विशेषगरि, आँचलको संवादले पनि यो कुरा वुझाउँछ । साथमा फिल्ममा अनुप विक्रम शाही, वुद्दि तामाङ, रेअर राई, पुष्कर गुरुङ, कविता आले, लोकेन्द्र लेखक, आरती आचार्य, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर, शिशिर वाङ्देल लगायतका कलाकारहरुको फिल्ममा अभिनय छ ।

    यो फिल्मको टिजरले दर्शकलाई पेट मिचिमिची हसाउँछ । यसपटक, दयाहाङले आफ्नो काम गर्ने कथावस्तुको शैली फेरेका छन् । दया यो फिल्ममा रोमान्टिक साथै पीडित पनि देखिएका छन् । उनको पीडाको भाव के हो त्यो ट्रेलरले अझै खुलाउनेछ ।

    प्रेम दिवसको अवसर पारेर रिलिजमा आउन लागेको यो फिल्मले दर्शकलाई हलसम्म तान्ने देखिएको छ । क्लक वर्क क्रियशनको व्यानरमा यो फिल्म निर्माण भएको हो ।

  • विश्वप्रख्यात डान्स शो ‘डब्लुओडी’ नेपालमा भित्रियो, विजेता टीमले अमेरिका जान पाउने

    विश्वप्रख्यात डान्स शो ‘डब्लुओडी’ नेपालमा भित्रियो, विजेता टीमले अमेरिका जान पाउने

    काठमाडौं । विश्वका २५ देशहरूमा हुँदै आएको डान्सको चर्चित स्टेज ‘वर्ल्ड अफ डान्स’ (डब्लुओडी) अब नेपालमा पनि हुने भएको छ । नृत्यमा भविष्य खोज्नेहरूका लागि उत्कृष्ट मानिने यस स्टेजको फ्रेन्चाइज मण्डला इन्टरटेनमेन्टले नेपाल भित्र्याएको हो ।

    ‘वर्ल्ड अफ डान्स’ नेपाल आगामी माघ २४ गते बिहीबार हुने आयोजकले जनाएको छ । हालै एक पत्रकार सम्मेलन गरि जुरी टिम, ट्रफिसँगै बिजेताले पाउने पुरस्कार लगायतका विषयमा जानकारी गराइयो ।

    यसमा देशैभरीबाट आवेदन परेका डान्सरहरूले विभिन्न चरण पार गर्दै बिजेता बन्न सक्नेछन् । अहिलेसम्म डिजिटल अडिसनबाट तीन सयभन्दा बढीको आवेदन परेको र छनौटको काम भइरहेको आयोजकले जनाएको छ ।

    यो रियालिटी शो नभई एक डान्स कम्पिटिसन हो, जसमा डिजिटल, फिजिकल अडिसन पार गर्दै बिजेता छनौट गरिनेछ । बिजेता टिमले अमेरिकामा यही २०२५ जुलाई १६ देखी जुलाई २१ सम्म आयोजना हुने वर्ल्ड अफ डान्समा सहभागी जनाउन पाउनेछन्, जसमा २५ देशका बिजेताहरूबीच प्रतिस्पर्धा हुनेछ ।

    यसमा सहभागी हुने टीमहरूलाई तीन डिभिजनमा राखिएको छ । पहिलो अपर टीम डिभिजन, यसमा जुनसुकै उमेर समूहका डान्सरले सहभागी लिन पाउनेछन् । साथै यसमा एकजना, दुईजना, तीनजना अथवा चारजनासम्मको एक टीम बनेर डान्स गर्न पाउनेछन् । दोस्रो सिनिअर टीम डिभिजन, यसमा १८ वर्षभन्दा बढी उमेरका डान्सरले सहभागी हुन पाउनेछन् । तेस्रो जुनिअर टीम डिभिजन, जसमा १८ वा १८ वर्षभन्दा मुनिका डान्सरहरूले सहभागी हुन पाउनेछन् ।

    सहभागी तीन डिभिजनकै बिजेताले एक/एक लाख नगद पुरस्कार पाउनेछन् । यस्तै अमेरिकामा हुने डब्लु.ओ. डीमा भने सिनिअर र जुनिअर टीम डिभिजनमा बिजेतासँगै दोस्रो र तेस्रो स्थान हासिल गर्ने टीमले पनि सहभागी जनाउन पाउनेछ ।

    सिनिअर टीम डिभिजन र जुनिअर टीम डिभिजनले मात्र अमेरिकामा हुने डब्लु.ओ.डी. मा सहभागी हुन पाउने पाउने प्रावधान रहेको शोका नेशनल डिरेक्टर रोशन गहतराजले जानकारी दिए । नेपालमा अहिलेसम्म नृत्यकै लागl भनेर यस्तो किसिमका शो नआएको भन्दै उनले डब्लु.ओ.डी. नेपाल नृत्यमा भविष्य बनाउन चाहनेहरुका लागि उत्कृष्ट शो बन्ने विश्वास दिलाए ।

    शोको जुरी टिममा निशान गौचन, जेडी तमु र मुकेश ढकाल रहेका छन् । शोको इभेन्ट कन्सल्टेन्टको रुपमा अभिनेता प्रशान्त ताम्राकार रहेका छन् ।

  • ‘ममी’ को ‘म त यसै नक्कली’ गीत सार्वजनिक

    ‘ममी’ को ‘म त यसै नक्कली’ गीत सार्वजनिक

    काठमाडौं । यही माघ २५ देखि प्रदर्शनमा आउन लागेको हरर फ्यामिली ड्रामा चलचित्र ‘ममी’ को ‘म त यसै नक्कली’ बोलको गीत सार्वजनिक भएको छ ।

    काठमाडौंमा आज एक समारोहबीच गीत सार्वजनिक गरिएको हो । हर्क साउदको शब्द रहेको गीतमा समीक्षा अधिकारी र बिग्यानी पराजुलीको स्वर छ । त्यस्तै सङ्गीत एसडी योगीले भरेका छन् ।

    माघ २५ गते रिलिज हुने सिनेमामा प्रियंका कार्की, दीया मास्के तथा सुलक्षण भारती प्रमुख भूमिका रहेको छ । सिनेमामा उनीहरुका अलावा समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गीत विष्टलगायतका कलाकारहरूको अभिनय रहेको छ ।

    सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको सिनेमामा समर निरौला र पूर्णिमा जोशीको लेखन तथा समर निरौलाको निर्देशन रहेको छ । समर डेब्यू निर्देशक हुन् ।

  • प्रकाश सपूतको सिनेमा ‘वसन्त’को पोस्टर सार्वजनिक

    प्रकाश सपूतको सिनेमा ‘वसन्त’को पोस्टर सार्वजनिक

    काठमाडौं । प्रकाश सपूतले आफ्नो ड्रिम प्रोजेक्ट ‘वसन्त’को पोस्टर सार्वजनिक गरेका छन् । प्रकाश आफ्नै लेखन तथा निर्देशक रहेको सिनेमाको पोस्टर सार्वजनिक गरेका हुन् ।

    पोस्टरमा प्रकाश आफैँ फिचर्ड छन् । पोस्टरमा प्रकाशको पात्र अध्ययनशील देखिएको छ । केही लेखिरहेको र केही सोचिरहेको देखिन्छ । टेबुलमा किताबको चाङ छ भने भित्तामा लक्ष्मीप्रसाद देवकोटा र पारिजातका तस्बिर छन् । यसले उनी कहीँ साहित्य लेखिरहेको अनुमान हुन्छ । ‘वसन्त’मा सपूतको लेखन, निर्देशन, निर्माण, अभिनय, गायन र संगीत रहेको छ । यो चलचित्र चैत २२ गते रिलिज हुनेछ ।

    उनका यसअघिका सिनेमा र गीतका कारण यो सिनेमाबाट धेरैले अपेक्षा राखेका छन् । पोस्टर सार्वजनिक गर्दै उनले लामो स्टाटस लेखेका छन् । जहाँ उनले चलचित्र ‘वसन्त’ निर्माण गर्दाका चुनौतीका अनुभव लेखेका छन् ।

    ‘वसन्त’ निर्माणमा व्यस्त हुँदा धेरै कुरा नचाहेर पनि छोड्नु परेको बताएका छन् । गीत, स्टेज, चलचित्रको प्रचारमा समय दिन नसकेको बताएका छन् । यसका कारण आफ्नो आलोचना भएको बताएका छन् । तर पनि आफू ‘वसन्त’मा सफल भए यसबाट गुमेका सबै कुरा फिर्ता हुने उनको विश्वास छ ।

    उनले ‘वसन्त’ निर्माणको क्रममा संगीतबाट कमाएको समय, साथीभाइ र आराम गुमाएको बताएका छन् । यो सिनेमा आफ्नो जीवनकै ठूलो सपना पूरा गर्न गरिएको प्रयास भएको बताएका छन् । यो चलचित्र निर्माणका कारण आफूले एक वर्षदेखि नयाँ गीत सार्वजनिक नगरेको तथा आफूले मन्दिर ठानेको देश–विदेशका कार्यक्रम जान नपाएको बताएका छन् ।

    ‘मैले ‘वसन्त’ मा मभित्रका सबै रङ्गहरू पोखेको छु । ‘यदि ‘वसन्त’ तपाईँलाई बबाल लाग्यो भने, म बबाल हुँ । यदि लागेन भने मेरो प्रतिभाको दायरा यति नै हो । मेरो सीमितता यहीसम्म हो । मैले यहाँभन्दा थप केही जान्दिनँ,’ यसो भनौं, म यो जन्मका लागि जम्माजम्मी यति नै हुँ, ‘वसन्त’ जति । मलाई विश्वास छ, ‘वसन्त’ले समयले खोसेका सबै कुरा फिर्ता दिनेछ ।’

    ‘वसन्त’मा प्रकाशसँगै अभिनेत्री स्वस्तिमा खड्का, खड्गबहादुर पुन, प्रभात पाल, श्री शिभांसी, उर्मिला लाम्गादेलगायतका कलाकारको अभिनय छ ।
    गलबन्दी प्रोडक्सनको ब्यानरमा बनेको सिनेमामा मोहन विश्वकर्मा र बिन्दु बोहरा निर्माता छन् ।

    कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र वीरेन्द्रनारायण श्रेष्ठ रहेका छन् । प्रकाश सपूतको डेब्यु चलचित्र ‘परदेशी–२’ सुपरहिट भएको थियो । हालै प्रदर्शनमा आएको दोस्रो सिनेमा ‘पूर्णबहादुरको सारङ्गी’ले पनि कीर्तिमानी व्यापार गरेको थियो । उनले निर्देशनमा पनि हात हालेका छन् । उनको ‘वसन्त’ डेब्यु निर्देशन हो ।

  • ‘एक्टरः टेक वन’को ‘के भरोसा गरम’ सार्वजनिक, आना र दिव्यासँग रोमान्टिक प्रदीप (भिडिओ)

    ‘एक्टरः टेक वन’को ‘के भरोसा गरम’ सार्वजनिक, आना र दिव्यासँग रोमान्टिक प्रदीप (भिडिओ)

    काठमाडौं । माघ १६ गतेबाट रिलिज हुने चलचित्र ‘एक्टरः टेक वन’को सशक्त गीत ‘के भरोसा गरम’ सार्वजनिक भएको छ ।

    सार्वजनिक गीतको भिडियोमा अभिनेता प्रदिप खड्कालाई दुई नायिकाहरू आना शर्मा र दिव्या रायमाझीसँग प्रेममा रहेको देखाइएको छ । गीतमा त्रिकोणात्मक प्रेमकथा देखाएको छ ।

    गीतको भिडियोले यस चलचित्रमा प्रदिपको दोहोरो भूमिका रहेको हुन सक्ने दर्साएको छ। गीतको भिडियोमा प्रदिप नायिका आनासंग बोल्न सक्ने र अर्कि नायिका दिव्या रायमाझीसंग बोल्न नसक्ने भूमिकाका देखिएका छन् ।

    हर्कुलस बस्नेत र इन्दिरा जोशीको आवाज रहेको गीतमा उर्मिला गुरुङको शब्द र हर्कुलस बस्नेतको सङ्गीत स्वयंको संगीत रहेको छ। गीतमा किरण थापाले कोरियोग्राफी गरेका छन् भने कलर ग्रेडिङ राजेन्द्र मोक्तानको रहेको छ ।

    चलचित्रको निर्देशन राजन भुसालले गरेका हुन् भने स्क्रिप्ट आकाश बराल र राजन भुसालको सहकार्यमा तयार गरिएको छ । चलचित्रमा प्रदिप, आना, र दिव्याका साथै राजबल्लभ कोइराला, दिव्य देव, उषा रजक, सृजना अधिकारी, र सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका छ ।

    ‘एक्टरः टेक वन’ अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति हो । यसका निर्माता थमन कुमार भण्डारी, क्रियटिभ निर्माता मोती कार्की र सह–निर्माता अनीश भुसाल रहेका छन् ।

    चलचित्रका प्राविधिक पक्ष झन् प्रभावशाली देखिन्छन् । चलचित्रको छायाङ्कन नरेन्द्र मैनालीले गरेका हुन् भने सम्पादन निमेष श्रेष्ठले गरेका छन् ।

  • ‘पूर्ण बहादुरको सारङ्गी’ का निर्देशक सरोज पौडेलले घोषणा गरे नयाँ चलचित्र

    ‘पूर्ण बहादुरको सारङ्गी’ का निर्देशक सरोज पौडेलले घोषणा गरे नयाँ चलचित्र

    काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ का निर्देशक सरोज पौडेलले नयाँ चलचित्रको निर्माण घोषणा गरेका छन् । आफूले निर्देशन गरेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ ब्लकबस्टर भएपछि निर्देशक पौडेलले ‘कोसेढुंगा’ निर्माणको घोषणा गरेका हुन् ।

    सरोज पौडेलले आफूले निर्देशन गर्ने चलचित्रको थिम पोस्टर सार्वजनिक गर्दै निर्माणको घोषणा गरेका छन् । थिम पोस्टरमा घुरमैलो बिहानीलाई पृष्ठभूमिमा राखेर पहाडलाई हेरिरहेकी एक महिला उभिएकी छिन् । माथि डाँडामा उभिएकी उनको अगाडि अग्लो रुख र पहाडी शैलीको घर छ ।

    निर्माण पक्षका अनुसार चलचित्र २०८२ मा रिलिज हुनेछ । नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा प्रेविल कँडेल र हरि महतको लगानी रहने छ भने दिनेश खड्का कार्यकारी निर्माता रहेका छन् ।

    बाबु श्रेष्ठको डीओपी रहने चलचित्र सुरेन्द्र पौडेलले सम्पादन गर्नेछन् । चलचित्रमा संगीत रिदम कँडेल र आषिश अविरलको रहनेछ । कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा रहनेछन् । चलचित्रको मुख्य भूमिकामा को-को रहनेछन् त्यो भने निर्माण टिमले जानकारी दिएको छैन ।

  • विद्युतीय शवदाहगृहमा सचिनको आज दाहसंस्कार, आँखा दान गर्ने बाबुको इच्छा अपूरो

    विद्युतीय शवदाहगृहमा सचिनको आज दाहसंस्कार, आँखा दान गर्ने बाबुको इच्छा अपूरो

    काठमाडौं । हिजो निधन भएका बालकलाकार सचिन परियारको आज अन्त्येष्टि गरिएको छ । पशुपतिमा रहेको विद्युतीय शवदाहगृहमा उनको केहीबेरअघि दाहसंस्कार गरिएको हो ।

    सचिनलाई दाहसंस्कारका लागि हिजै पशुपति पुर्‍याइएको थियो । तर, आफन्तजनको पर्खाइमा २४ घन्टासम्म शवदाहगृहमा यत्तिकै राखियो । भर्खरै उनको दाहसंस्कार भएको बुझिएको छ । परिवारजन, आफन्तसहित सीमित व्यक्तिहरूको उपस्थितिमा दाहसंस्कार भएको हो ।

    सचिनलाई पशुपति ल्याइएपछि बाबु तेजेन्द्र परियारले उनको आँखा दान गर्न खोजेका थिए । आफ्नो छोराको आँखाले अरुले संसार हेरुन् भन्ने उनको चाहना पूरा भने भएन । आँखा दानको प्रक्रियाका लागि आएका स्वास्थ्यकर्मीले सचिनको रिपोर्ट हेरेपछि आँखा दान गर्न नमिल्ने बताएका थिए ।

    सचिनको पूरै शरीरमा इन्फेक्सन फैलिएको र आँखा पनि स्वस्थ नरहेको निष्कर्ष पनि सो प्रक्रिया रोकिएको हो ।

  • भाइरल बालक सचिन परियारको निधन

    भाइरल बालक सचिन परियारको निधन

    काठमाडौं । सामाजिक सञ्जालमा भाइरल बालक सचिन परियारको निधन भएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा आज बिहान करिब १० बजे उनी बितेका हुन् ।

    स्वास्थ्यमा समस्या आएपछि एक साताअघि सचिनलाई अस्पताल भर्ना गरिएको थियो । आईसीयूमा राखेर उपचार गरिए पनि उनको स्वास्थ्यमा सुधार आउन सकेन । उनको निधन भएको पारिवारिक स्रोत र अस्पताल स्रोतले पुष्टि गरेको छ । उनी १३ वर्षका थिए ।

    सचिनका बाबु तेजेन्द्र परियारले छोराको उपचारमा आर्थिक अभाव भएको बताउँदै आएका थिए । सचिनको शव अस्पतालबाट निकालिएको छैन । बाबु र परिवारका सदस्यहरु अस्पतालमा छन् ।

    मिठो बोली र अनौठो हाउभाउले भाइरल बनेका सचिन सानैदेखि शारीरिकरूपमा कमजोर थिए । पछिल्लो समय उनी सडकमा मानिसहरुसँग पैसा मागेर हिँडिरहेका देखिन्थे । बुवा तेजेन्द्र परियारले छोराको उपचारका लागि उठेको सहयोग दुरुपयोग गरेको आरोप समेत लाग्दै आएको छ ।

  • ‘पूजा सरः राजागंज’को पोस्टर सार्वजनिक

    ‘पूजा सरः राजागंज’को पोस्टर सार्वजनिक

    काठमाडौं । ‘पूजा सरः राजागंज’को पोस्टर सार्वजनिक गरिएको छ । चैत १ गते रिलिज हुने चलचित्रको पोस्टर निर्माण पक्षले आज सार्वजनिक गरेको हो ।

    पोस्टरमा चलचित्रका मुख्य कलाकार फिचर्ड छन् । दयाहाङ राई, आशा मगराती, विजय बराल र निकिता चाण्डक पोस्टरमा छन् । दयाहाङ प्रहरी एसपीको पोशाकमा देखिएका छन् ।

    कुनै घटनाका लागि तयार रहेको प्रहरी टोलीजस्तो देखिएको छ । ‘पूजा सरः राजागंज’लाई ‘ह्वाइट सन’ फेम्ड निर्देशक दीपक रौनियारले निर्देशन गरेका छन् ।

    रौनियार तिनै निर्देशक हुन जसको पछिल्लो रिलिज ‘ह्वाइट सन’को प्रशंसा विश्वविख्यात ब्राजिली लेखक पाउलो कोहेलो समेतले प्रशंसा गरेका थिए ।

    यो सिनेमालाई ‘द न्यूयोर्क टाइम्स’ले हेर्नुपर्ने ९ नव निर्देशकको सूचीमासमेत राखेको थियो । सिनेमालाई ‘कबड्डी’ सिरिजका निर्देशक रामबाबु गुरुङले निर्माण गरेका छन् ।

    सिनेमालाई पुलिस थ्रिलरको जनरामा राखिएको छ । सिनेमामा ऋचा शर्मा, पशुपति राई, गौमाया गुरुङ, घनश्याम मिश्रा, आरती मण्डल तथा पुष्पा यादवको पनि अभिनय रहेको छ ।

  • शेर्पा समुदायको सांस्कृतिक कथावस्तुलाई समेटेको चलचित्र ‘कार्साङ’ को ट्रेलर सार्वजनिक

    शेर्पा समुदायको सांस्कृतिक कथावस्तुलाई समेटेको चलचित्र ‘कार्साङ’ को ट्रेलर सार्वजनिक

    काठमाडौं । चलचित्र ‘कार्साङ’को ट्रेलर सार्वजनिक भएको छ । ३ मिनेट ९ सेकेन्ड लामो सार्वजनिक ट्रेलरमा चलचित्रका सबै मुख्य पात्रहरुलाई अटाइएको छ ।

    ट्रेलर दयाहाङ राईलाई समाजले पानीबाट काटने चेतावनीबाट सुरु हुन्छ ।

    ट्रेलरले झाँक्री विद्यामा समाजले गर्ने विश्वास, सामाजिक परम्परा, आर्थिक कारोबार, प्रशासन र समाजले गर्ने बहिष्कारलाई समेटेको छ ।

    रिस, द्वेष र समाजको निर्णयले परिवारमा देखिने विचलन र फाटो देखाउँदै ट्रेलरले चलचित्रको मुख्य पात्रले स्वाभिमानका लागि गर्ने संघर्ष र सम्झौता देखाएको छ ।

    पुस २६ गते बाट रिलिज हुने यो चलचित्र यम शेर्पाको डेब्यु निर्देशकीय चलचित्र हो । ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा केन्द्रित रहेको यो चलचित्रले अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथावस्तुलाई प्रस्तुत गरेको छ । यद्यपि, सबैले सिनेमा रिलेट गर्ने निर्देशकको दाबी छ ।

    चलचित्रमा दयाहाङ राई, सिर्जना निङलेखुसँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारको अभिनय रहेको छ ।

    यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् । सह–निर्मातामा गोविन्द बोहरा छन् भने कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पाले काम गरेका छन् ।

  • ‘गाउँ फर्क’को लिरिकल गीतको भिडियो सार्वजनिक

    ‘गाउँ फर्क’को लिरिकल गीतको भिडियो सार्वजनिक

    काठमाडौं । लेखक तथा निर्देशक विश्वमणी घिमिरे र एलबी कटवालको निर्देशनमा बन्ने जनचेतना मूलक टेलिश्रृंखला ‘गाउँ फर्क’को लिरिकल गीत सार्वजनिक भएको छ । गीत नयाँ वर्ष २०२५ तथा टोपी दिवसको अवसर पारेर आज सार्वजनिक गरिएको हो ।

    गीतको भिडियोमा नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, कलाकार सुवास गजुरेल, उत्तम केसी र सुभेक्षा थापा लगायतलाई देख्न सकिन्छ ।

    यस्तै गीतमा कलाकारहरू मुकुन्द मैनाली, मनमाया कटवाल, लक्ष्मीनाथ तिम्सिना, अशोक सिवाकोटी, अस्मिता बस्नेत, आसा भुसाल, इच्क्षा सिंह, प्रतीक्षा काफ्ले, मुभ थापा र चन्दा भट्टराईलाई देखाइएको छ ।

    शङ्कर अधिकारी घायलको शब्द, विकाश चौधरीको सङ्गीत र नारायण थापाको स्वर रहेको गीत ‘गाउँ फर्क’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतले गाउँ घरको कथा र बिदेसिएका नेपालीहरूको कथा समेटेको छ ।

    निर्देशक घिमिरेका अनुसार यो टेलिश्रृंखला धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं –४, चानुवामा छायाङ्कन गरिने र नेपाल टेलिभिजनबाट चाँडै प्रसारणमा आउने छ । उनका अनुसार आम नागरिकले टिकटक, फेसबुक, र युट्युब लगायतको सामाजिक सञ्जालमा गाउँ फर्कको गीतमा अडियो लिई भिडियो बनाउँदा कुनै कपिराइट नलाग्ने बताए ।

    गीतको भिडियो सम्पादन श्रीभा सञ्चारको स्टुडियोमा उपेश कोइराला र सुरज ढकालले गरेका हुन् ।

  • सिनेमा ‘११ः५५’ को प्रदर्शन मिति घोषणा

    सिनेमा ‘११ः५५’ को प्रदर्शन मिति घोषणा

    काठमाडौं । क्राइम थ्रिलर जनरामा निर्माण भएको सिनेमा ‘११ः५५’ (डु नट ट्रस्ट एनिवान) को प्रदर्शन मिति घोषणा गरिएको छ ।

    मङ्गलवार अङ्ग्रेजी नयाँ वर्षको पूर्व सन्ध्यामा सिनेमाको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी चैत्र ८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो ।

    सिनेमाको सार्वजनिक पोस्टरमा सिनेमाका मुख्य कलाकार महेश त्रिपाठी, सृष्टि श्रेष्ठ, करिष्मा श्रेष्ठ, एमएस अग्रज र डेव्यु अभिनेता सागर खनाल प्रस्तुत छन् ।

    सिनेमाको लेखन तथा निर्देशन केशव पाण्डेले गरेका हुन् । यो उनको डेव्यु निर्देशकिय सिनेमा हो । सिनेमामा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको लेखन रहेको छ ।

    अल्मोडा राना उप्रेतीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन, राजेन्द्र मोक्तानको कलर, शैलेश श्रेष्ठको साउण्ड डिजाइन तथा मिक्सिङ, प्रद्युम्न मिश्रको डिओपी, रामशरण उप्रेतीको सिनेमाटोग्रफी, पासाङ दावा शेर्पाको सम्पादन र सुवास राज काफ्ले सिनेमामा प्रोडक्सन डिजाइनरको रूपमा रहेका छन् ।

    विचित्र फिल्मस् र गुड जब आर्ट्सको व्यानरमा निर्माण भएको सिनेमामा श्याम शर्मा र सरोजा शर्माको लगानी छ । सिनेमामा अभिनेता बुद्धि तामाङ र विशाल पहारीको पनि अभिनय दर्शकले हेर्न पाउनेछन् । सिनेमाका कार्यकारी निर्माता एमएस अग्रज हुन् । सिनेमालाई कुवेर सिने डिष्ट्रीब्युसन प्रालिले वितरण गर्नेछ ।

  • ‘कार्साङ’मा झाँक्री बनेका दयाहाङ भन्छन्- मन्त्र फुकेको आगोमा नाचें

    ‘कार्साङ’मा झाँक्री बनेका दयाहाङ भन्छन्- मन्त्र फुकेको आगोमा नाचें

    काठमाडौं । रिलिज मिति नजिकिएसँगै चलचित्र ‘कार्साङ’को टीम प्रचारप्रसारमा लागेको छ । यसैबीच चलचित्र निर्माण टीमले सोमबार राजधानीमा एक पत्रकार भेटघाट कार्यक्रम गरेको छ ।

    कार्यक्रममा अभिनेता दयाहाङ राईले झाँक्री विद्यालाई अन्धविश्वास भनेर सबैले सहजै भने पनि लामो अभ्यास र अनुभव आधारमा त्यसमा केही शक्ति रहेको आफूले पाएको बताए ।

    उनले चलचित्र गहन विषयमा दर्शकको मन छुने बनेको बताए । आर्थिक अवस्था कमजोर भएको क्यारेक्टरमा आफू ‘कार्साङ’मा रहेको बताउँदै दयाहाङले सिनेमामा झाँक्री हुँदाको स्मरण गरे ।

    ‘झाँक्री विद्या जान्नुपर्ने र आगोमा नाच्नुपर्ने क्यारेक्टर थियो । चलचित्र हो चिटिङ भइहाल्छ नि भन्नेमा म थिएँ, तर उहाँहरू केही हुन्न मन्त्र पढेर आगोको राप मारेको छ भन्नुभयो’, कार्यक्रममा बोल्दै उनले भने, ‘निर्देशकले पनि खासै केही हुँदैन भन्नुभयो। एकछिन त के गर्नु गर्नु भयो । ट्राइ चाहिँ गर्छु भन्ने सोचेर आगोमा पसें । सफल भएँ । उहाँहरुसँग ज्ञान रहेछ ।’

    कार्यक्रममा निर्देशक यम शेर्पाले सुनाए, ‘चलचित्रले दर्शकको मन छुन्छ, भावुक बनाउँछ र हसाउँछ पनि । दयाहाङ राई, दीया मास्के, जितु नेपाल, सिर्जना निङलेखु जस्ता कलाकारको अभिनयनले चलचित्रलाई थप सशक्त बनाएको छ ।’

    चलचित्रको विषयवस्तु र प्रस्तुतिलाई दर्शकले मन पराउने उनको दाबी छ ।

    कार्यक्रममा उपस्थित कलाकार जितु नेपालले चलचित्र विषय, प्रस्तुति र अभिनय सबै हिसाबले राम्रो बनेको बताए ।

    आफू विदेशमा हुँदा धेरैले यो चलचित्रको विषय र भूमिकालाई लिएर सोधेको उनले सुनाए ।

    पोस्टर निस्किएपछि दर्शकको चासो झनै बढेको र आफ्नो रोलबारे धेरैले सोध्ने गरेको जितुको भनाइ छ । कलाकारका लागि चरित्र कुन भन्दा पनि काम कस्तो गरें भन्ने कुराले अर्थ राख्ने उनी बताउँछन् ।

    ‘म केन्द्रीय चरित्रमा छु वा सहायक ? त्यसले केही अर्थ राख्दैन । चलचित्र कस्तो छ र अभिनय कस्तो छ भन्ने कुरा हो’, जितु अगाडि भन्छन्, ‘म केन्द्रीय चरित्रमा हुँदा पनि काम गर्छु । सहायक चरित्रमा हुँदा पनि काम गर्छु ।’

    नायिका सिर्जना निङलेखुले भने ‘कार्साङ’ आफ्नो पहिलो चलचित्र भएको बताइन् । ‘मेरो काम कस्तो छ भनेर हेर्न र मलाई प्रतिक्रिया दिन भए पनि यो चलचित्र हेर्नुपर्छ । समग्रमा चलचित्र राम्रो बनेको छ । मैले पनि राम्रो काम गर्ने प्रयास गरेको छु’, उनले सुनाइन् ।

    पुस २६ गते रिलिज हुने ‘कार्साङ’ यम शेर्पाको डेब्यु निर्देशकीय चलचित्र हो । चलचित्रमा दयाहाङ, सिर्जना, जितु र दीयासँगै बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायतका कलाकारको अभिनय रहेको छ ।

    यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् । सहनिर्मातामा गोविन्द बोहरा छन् । कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पाले काम गरेका छन् ।

  • प्रदीप खड्का अभिनित चलचित्र ‘एक्टरः टेक वन’को पोस्टर सार्वजनिक

    प्रदीप खड्का अभिनित चलचित्र ‘एक्टरः टेक वन’को पोस्टर सार्वजनिक

    काठमाडौं । प्रदीप खड्का अभिनित चलचित्र ‘एक्टरः टेक वन’को नयाँ पोस्टर र मोशन पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको नयाँ ब्रान्डिङ योजनास्वरूप प्रचार सामग्रीको रूपमा यी पोस्टरहरू सार्वजनिक गरिएको निर्देशक राजन भुसालले बताए ।

    एउटा पोस्टरमा प्रमुख कलाकारहरू प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी र राजबल्लभ कोइरालालाई राखिएको छ । अर्को पोस्टरमा अभिनेताद्वय खड्का र कोइरालालाई मात्र प्रस्तुत गरिएको छ । यी पोस्टर विजय बस्यालले डिजाइन गरेका हुन् ।

    अभिनेता कोइराला १० वर्षपछि यसे चलचित्रबाट ठूलो पर्दामा फर्किँदैछन् । दिव्या रायमाझीले यही चलचित्रबाट आफ्नो अभिनय यात्रा सुरु गरेकी छन् । दिव्या अभिनेता दिलीप रायमाझीकी छोरी हुन् ।

    चलचित्रलाई राजन भुसालले निर्देशन गरेका छन् । स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् । चलचित्रमा प्रदीप, आना, दिव्या, राजबल्लभका साथै दिव्य देव, उषा रजक, सुशील सिटौलालगायतको भूमिका छ ।

    अदृत फिल्म्स् र मोती फिल्मको संयुक्त प्रस्तुति रहेको चलचित्रका निर्माता थमनकुमार भण्डारी र सहनिर्माता अनिश भुसाल रहेका छन् ।

    चलचित्रको छायाङ्कन नरेन्द्र मैनालीले गरेका हुन् । सम्पादन निमेष श्रेष्ठले गरेका छन् । सङ्गीत हर्कुलस बस्नेत, रोहित शाक्य र एलिस कार्कीले दिएका छन् । कोरियोग्राफी शिशिर खाती र किरण थापाले गरेका छन् । पोस्टप्रोडक्सन सुपरभाइजर साहिल खान रहेको चलचित्रमा द्वन्द्व निर्देशन अष्ट महर्जन र कला निर्देशन कृष्णमान तामाङको रहेको छ ।

  • टंक तिमिल्सिनाको ‘मन-माया’मा आश्मा विश्वकर्माको हट नृत्य, युट्युबको ट्रेन्डिङ ५ मा (भिडियो)

    टंक तिमिल्सिनाको ‘मन-माया’मा आश्मा विश्वकर्माको हट नृत्य, युट्युबको ट्रेन्डिङ ५ मा (भिडियो)

    काठमाडौं । गायक टंक तिमिल्सिनाको नयाँ गीत ‘मन-माया’ युट्युबको ट्रेन्डिङ नम्बर ५ मा प्रवेश गरेको छ । तिमिल्सिनाको आफ्नै स्वर रहेको उक्त गीतमा चर्चित लोक गायिका शान्तिश्री परियारले साथ दिएकी छन् ।

    पुस्कर खत्रीले म्युजिक एरेन्ज गरेको गीतमा शब्द र संगीत गायक तिमिल्सिनाकै रहेको छ । गीतमा गायक तिमिल्सिनासँगै चर्चित मोडल आश्मा विश्वकर्मा, दीपक ढकाल र हेमराज अधिकारी (खण्टे खलास)को नृत्य तथा अभिनय रहेको छ ।

    विक्रम चौहानको कोरियोग्राफी तथा निर्देशन रहेको गीतमा सुनिता लाम्गाडको आकर्षक ¥याप रहेको छ । पछिल्लो समय युवाले एकदमै रुचाएकी मोडल आश्मा विश्वकर्माको हट नृत्य तथा अभिनय हेर्न सकिन्छ ।

    यसअघिका गीत संगीतभन्दा केही फरक र नयाँपन ल्याएका कारण धेरै स्रोता तथा दर्शकले म्यूजिक भिडियो मन पराएको प्रतिक्रिया पाएको गायक तिमिल्सिनाले बताए । गायक तिमिल्सिनाको युट्युब च्यानलबाट सार्वजनिक भएको गीत पाँचौं दिनमा ७ लाख पटक हेरिसकिएको छ ।

    गायक तिमिल्सिनाले यसअघि गाएका गीत मेरी चम्मा, मुगु रारा तालैमा युट्युबको ट्रेन्डिङ नम्बर १ मा पुगेका थिए । तिमिल्सिनाले अहिलेसम्म लोक, आधुनिक र देउडासहित करिब ४०० गीत बजारमा ल्याइसकेका छन् ।

  • बुद्धी तामाङको निर्माण रहने फिल्म ‘कुस्ती’ काे घोषणा

    बुद्धी तामाङको निर्माण रहने फिल्म ‘कुस्ती’ काे घोषणा

    काठमाडौं । तमु ल्होसारको अवसर पारेर कलाकार बुद्धी तामाङको निर्माण रहने फिल्म ‘कुस्ती’ घोषणा गरिएको छ । अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार हुने फिल्मको सार्वजनिक पोस्टरमा धीरज मगर र मिरुना मगर फिचर्ड छन् । यसपटक पोस्टरमा लाइट ग्रीन र लाइट पिङककोको प्रयोग गरिएको छ ।

    पोस्टरमा धीरज मगरले लाइट पिङ्क ड्रेस लगाएका छन् भने मिरुना मगरले लाइट ग्रीन ड्रेसमा देखिएका छन् । धीरजको स्वभाव लाइट पिङ्क जस्तै छ । उ जेन्टल छ, केयरिङ छ, रोमान्टिक छ र सफ्ट छ ।

    यस्तै, मिरुना लाइट ग्रीन कलर झैँ प्रगतिशील सम्बन्ध जोड्ने, हरेक कुरामा पर्फेक्ट खोज्ने स्वभावकी छिन् । फिल्ममा धीरज र मिरुनासँगै बुद्धी तामाङको पनि अभिनय रहने छ ।

    अनुषा सिनेमावुड पिक्चर्स प्रालीको व्यानरमा बन्ने फिल्म ‘कुस्ती’ मा सम्बन्धमा रहेको एक जोडीको प्रेम कथा देखाइने निर्देशक योञ्जनले बताए ।

    उनले भने,‘उनीहरु एक अर्कालाई धेरै माया गर्छन् तर आ–आफ्नो स्वभावले गर्दा एकसाथ रहन कठिनाइको सामना गरिरहेका छन् । दर्शकले यो जोडीबाट गर्ने अपेक्षालाई पूर्ण गर्ने हाम्रो प्रयाश रहनेछ ।’

    कलाकार बुद्धी तामाङले कथावस्तु र टीमका कारण आफू निर्माणमा आएको बताए । उनले भने, ‘म यसै क्षेत्रमा छु । यसपटक कथावस्तु मन पर्नुका साथै टीम अनुभवी रहेकाले निर्माताको रुपमा अगाडि आएको छु । यसपटक सबैको साथ र सहयोगले यो यात्रा सफल हुनेमा विश्वस्त छु । हामी फिल्मको विषयमा अन्य जानकारी र टिमको परिचय विस्तारै दिनेछौँ ।’

    उनले छुटिन नसक्ने र सँगै रहन पनि नसक्ने जोडीको प्रेम कथा हो ‘कुस्ती’ रहेको बताए । काठमाडौँ रीच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट, मोफसल एफडी कम्पनिले प्रदर्शनका लागि वितरण गर्ने फिल्म आउँदो वर्ष विसं २०८२ को भाद्रमा प्रदर्शन हुनेछ ।

    पोस्टरमा उमङग शाहीको फोटोग्राफी र राकेश दाहालको पोस्टर डिजाइन रहेको छ ।

  • हरर फ्यामिली ड्रामा ‘ममी’को टिजर रिलिज (भिडिओ)

    हरर फ्यामिली ड्रामा ‘ममी’को टिजर रिलिज (भिडिओ)

    काठमाडौं । हरर फ्यामिली ड्रामा ‘ममी’को टिजर रिलिज भएको छ । सिनेमाले परिवारको प्रिय कुकुरको दुःखद् निधन पश्चात छोरीले घरमा कालो बिरालो पाल्न थालेपछि सिलसिलेवार ढंगले परिवार निम्तिने काला विपत्तिको श्रृंखला र त्यसले विगठन उन्मुख हुनथालेको परिवारको कथा पेस गर्छ ।आज सार्वजनिक गरिएको टिजरले सिनेमाले दर्शकलाई अपेक्षा अनुसारको हरर अनुभव दिने देखाएको छ ।

    माघ २५ गते रिलिज हुने सिनेमामा प्रियंका कार्की, दीया मास्के तथा सुलक्षण भारती प्रमुख भूमिका रहेको छ । सिनेमामा उनीहरुका अलावा समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गीत विष्टलगायतका कलाकारहरूको अभिनय रहेको छ ।

    सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको सिनेमामा समर निरौला र पूर्णिमा जोशीको लेखन तथा समर निरौलाको निर्देशन रहेको छ । समर डेब्यू निर्देशक हुन् । सिनेमाका निर्माता लोक राज जोशी तथा पूर्णिमा जोशी हुन भने कार्यकारीनिर्मातामा सुमन कोइराला रहेका छन् ।

    ‘ममी’को छायाँकन निशाल पौडेल र शरद महतोले संयूक्त रुपमा गरेका हुन् भने सम्पादन सुरेन महर्जनको रहेको छ । यसैगरी पाश्र्व ध्वनीमा रोहित शाक्य, साउन्ड डिजाईनमा श्रवल आर पि रंग संमयोजनमा दिपेश चौधरीतथा संगीतकारमा एसडी योगी रहेका छन् ।

    सिनेमालाई काठमाडौं उपत्यकामा काफिया फिल्मस् र मोफसलमा कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् ।