Category: कलाप्रेस

  • ‘रिमै’ शिर्षक गीत सार्वजनिक

    ‘रिमै’ शिर्षक गीत सार्वजनिक

    काठमाडौं । खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भएको सिनेमा ‘रिमै’को शिर्षक गीत सार्वजनिक भएको छ । आगामी भदौ २० गतेबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमाको सार्वजनिक गीतमा मुख्य कलाकारहरु दयाहाङ राई, रिश्मा गुरुङ, अर्पण थापा र गौमाया गुरुङ फिचर्ड छन् ।

    बुधबार सार्वजनिक गीतमा दीपक शर्माको शब्द रचना तथा कम्पोज रहेको गीतमा रिता केसी र अंशु लामा (अश बहादुर गुरुङ) स्वर छ । गुरुङ परिवेशमा तयार पारेको गीतको अडियो तथा भिडियोले दर्शकलाई उत्साहित बनाउने देखिन्छ । किनभने, लामो समयपछि यो सिनेमाबाट दयाहाङ राई र रिश्मा गुरुङ (काजी र मैंया) को जोडी पुनः पर्दामा हेर्न पाइने भएको हो । जसले दर्शकमा सिनेमाप्रति उत्साह थपेको छ ।

    गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स् प्रालीको प्रस्तुती र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको सिनेमामा कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको पनि अभिनय रहेको छ ।

    उपेन्द्र सुब्बाको लेखन रहेको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले छायांकन गरेका हुन् । वीरवल घले कार्यकारी निर्माता रहेको सिनेमामा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह-निर्माताको रुपमा रहेका छन् ।

    सिनेमामा दीपक शर्मा र थानेश्वर गौतमको संगीत, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, बिष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डि गुरुङको सम्पादन रहेको छ ।

  • ‘माइतीघर’ले आयोजना गर्‍यो नृत्य प्रतियोगिता, जित्नेलाई ५ लाख नगद पुरस्कार

    ‘माइतीघर’ले आयोजना गर्‍यो नृत्य प्रतियोगिता, जित्नेलाई ५ लाख नगद पुरस्कार

    काठमाडौं । दशैंको फूलपातीको अवसर पारेर असोज १३ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘माइतीघर’ ले नृत्य प्रतियोगिता आयोजना गरेको छ। यो चलचित्रको शीर्ष गीत ‘बसन्त नै बस्न खोज्छ यहाँ लोलायर’ मा नृत्य गरेर उत्कृष्ट हुने व्यक्ति वा समुहलाई ५ लाख नगद पुरस्कार दिने निर्माण टिमले घोषणा गरेको छ ।

    चलचित्रका प्रस्तुतकर्ता रोहित अधिकारीका अनुसार भदौको पहिलो साता चलचित्रको शिर्ष गीत सार्वजनिक हुनेछ। सार्वजनिक भएको उक्त गीतको ४० सेकेन्डदेखि २ मिनेटसम्मको भिडियो बनाएर ओएसआर डिटिजलको मेल आइडी osrdigitalnp@gmail.comमा पठाउनुपर्नेछ । ती भिडियोहरु ओएसआरको युट्युब, फेसबुक र टिकटक एकाउन्टबाट सार्वजनिक हुनेछ ।

    सार्वजनिक भिडियोमध्येबाट सर्वाधिक धेरै भ्यूज आउने र उत्कृष्ट कोरियोग्राफी भएको भिडियोलाई छनोट गरेर ५ लाख नगद पुरस्कार दिइने अधिकारीको भनाइ छ । भिडियो भदौको २० गतेसम्ममा बनाएर पठाइसक्नुपर्नेछ । भने निर्माणपक्षले असोजको १२ गते उत्कृष्ट भिडियो बनाउने व्यक्ति वा समुहको नाम घोषणा गर्ने र पुरस्कार प्रदान गर्नेछ ।

    ‘बसन्त नै बस्न खोज्छ यहाँ लोलायर’ मा भारतीय गायिका सञ्जिवनीको स्वर छ । मिलन तामाङको निर्देशनमा बनेको ‘माइतीघर’ मा धिरज मगर, केदार घिमिरे, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, वुद्दि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापा लगायतका कलाकारहरुको अभिनय छ ।

    चलचित्रमा चन्द्रकुमार दोङको कथा, सुशन प्रजापतिको डोआपी, रामशरण पाठकको पटकथा तथा संवाद र सुरेन्द्र पौडेलको सम्पादन छ। रविन शेरचन र धिरज तामाङको लगानी रहेको चलचित्रको कार्यकारी निर्मातामा ईश्वर श्रेष्ठ र निरज कटुवाल छन् ।

  • १२ वर्षपछि दीपाश्री निरौला र नीता ढुङ्गानाले सहकार्य गर्दै

    १२ वर्षपछि दीपाश्री निरौला र नीता ढुङ्गानाले सहकार्य गर्दै

    काठमाडौं । १२ वर्षपछि अभिनेत्री, निर्देशक तथा निर्मात्रीद्वय दीपा श्री निरौला र नीता ढुङ्गानाले एउटै चलचित्रमा सहकार्य गर्ने भएका छन् । ‘नीता फिल्म्स’को प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्र ‘पार्वती’मा दीपाश्री अनुबन्ध भएसँगै यी दुईले फेरि एकपटक सहकार्य गर्ने पक्का भएको हो।

    अभिनेत्री नीता ढुङ्गानाले दिपा श्री निरौलालाई आफ्नो चलचित्र ‘पार्वती’ मा अनुबन्ध गराएकी हुन्। दीपाश्रीलाई अनुबन्ध गराएपछि उनी भन्छिन्,‘हामी अगाडिदेखि सल्लाह गरेर मौखिक रुपमा ओके थियो। मंगलबार भने दिदी फाइनल हुनुभयो। मेरो प्रोजेक्टमा दीपा दिदी हुनु भनेको मेरो लागी सौभाग्यको कुरा हो।’

    चलचित्रमा नीताले दीपालाई नायिकाको रुपमा अनुबन्ध गराएकी हुन्।

    चलचित्रमा अनुबन्ध भएपछि पुराना दिन सम्झिँदै दीपाले भनिन,‘आजभन्दा १२ वर्षअघि २०७० सालमा ‘छ एकान छ’मा नीताले हामीलाई हेल्प गरेकी थिइन् ।

    १२ वर्षपछि खोलो फर्किन्छ भने झैँ नीताले आज मलाई उनको चलचित्रमा अनुबन्ध गराईन। शिव– पार्वतीको यस्तो पवित्र साउन महिनामा ‘पार्वती’ जस्तो चलचित्रमा लिड रोल पाए। धन्यवाद सबैलाई मलाई सम्झेकोमा।’

    ‘पार्वती’मा दिपासँगै नीता स्वयंले मुख्य भुमिकामा अभिनय गर्दैछिन्। उनकै निर्देशन तथा लेखनमा तयार भएको यो चलचित्रको असोजदेखि छायांकन सुरु हुनेछ। छायांकन अघि नै चलचित्रको दुई वटा पोस्टर सार्वजनिक भइसकेको छ भने माघ १ गते लाई प्रदर्शन मिति तय गरिसकिएको छ।

  • आयो बिष्णु माझीको तिज गीत

    आयो बिष्णु माझीको तिज गीत

    काठमाडौं । पारखीहरुको पर्खाइलाई अन्त्य गर्दै गायिका बिष्णु माझीको तिज गीत सार्वजनिक भएको छ । ‘म त नराउरी’ बोलको गीत आज युट्यूवमा अपलोड गरिएको हो ।

    सदा झैं यो गीतमा पनि बिष्णुका पति सुन्दरमणी अधिकारीको शब्द र संगीत रहेको छ । यसपाली पनि उनले तिज गीतमा छोरीको बेदना र लैंगिक विभेदकै विषयवस्तु समाएका छन् ।

    गीतका शब्दहरु मार्मिक भए पनि लय र भिडिओको अवधारणामा भने नयाँपनको अभाव छ ।भिडिओमा प्रमुख मोडेलको रुपमा ललिता पौडेलले नै अभिनय गरेकी छन्, जो सँधै बिष्णु माझीका पछिल्ला तिज गीतमा लगातार देखिँदै आएकी छन् ।

    एउटै मोडल र पुरानो ढर्राको कोरियोग्राफीले गर्दा फरकपनको आभास हुन सकेको छैन । भिडिओ हेर्दा पहिले धेरैपटक हेरेकोजस्तो महसुस हुन्छ । बिष्णु माझीको गायिकीमा उनकै सिग्नेचर स्टाइल छ । उनका पारखीहरु भने पक्कै तृप्त हुनेछन् ।

  • मुख्य कलाकारबिनै प्रचारमा निस्कियो ‘रिमै’ टिम

    मुख्य कलाकारबिनै प्रचारमा निस्कियो ‘रिमै’ टिम

    काठमाडौं । आगामी भदौ २० गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘रिमै’को टिम मुख्य कलाकारबिनै प्रचारमा लागिपरेको छ । दयाहाङ राई, अर्पन थापा, रिश्मा गुरुङ, गौमाया गुरुङ, माओत्से गुरुङ, बुद्धि तामाङलगायत प्रमुख कलाकारबिनै ‘रिमै’ टिम प्रचारमा प्रचारमा होमिएको हो ।

    गत शनिबार राजधानीमा आयोजित ३१ औं विश्व आदिवासी दिवसको अवसरमा काठमाडौंका विभिन्न ठाउँमा सम्पन्न र्‍यालीमा चलचित्रको टिम ‘रिमै’ लेखिएको टिसर्ट लगाएर पुगेको थियो । रंगीन पोशाक, परम्परागत भेषभूषा र सांस्कृतिक झाँकीसहितको र्‍यालीमा सिनेमा ‘रिमै’ टिमले आफ्नो उपस्थितिलाई विशेष बनाएको थियो ।

    प्रचारकै क्रममा निर्देशक खिलबहादुर गुरुङले चलचित्रमार्फत् आदिवासी समुदायको वास्तविक कथा, संस्कृति र चुनौतीलाई दर्शकसम्म पुर्याउने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

    चलचित्रले प्रचार सुरु गरिसक्दा पनि चलचित्रको मूल अनुहार दयाहाङ राई लगायत कलाकारहरु उपस्थित नहुनुको पछाडि भने पारिश्रमिकको विवाद हो । ‘रिमै’को निर्माण टिमले प्राविधिकदेखि कलाकारसम्मको पारिश्रमिक पूर्ण रुपमा तिरिसकेको छैन । यही कारण दयाहाङ, पटकथा लेखक उपेन्द्र सुब्बा लगायतले चलचित्रको पोस्टर र टिजरसम्म सेयर गरेका छैनन् ।

    चलचित्रका निर्माता वीरबल गुरुङले तिर्दै जाने, चाँडोभन्दा चाँडो तिरिसक्ने नेपालप्रेसलाई बताएका छन् । यता दयाहाङ भने निर्माताले प्राविधिक र कलाकारलाई तिर्न बाँकी रकम पूर्ण रुपमा नतिरेसम्म चलचित्रको प्रमोसनमा नलाग्ने, टिजर र पोस्टर सेयर नगर्ने अडान लिएर बसेका छन् ।

    बरु दयाहाङ र उपेन्द्रले आज सार्वजनिक भएको ‘जारी २’को टिजर भटाभट सेयर गरेका छन् । ‘जारी २’को लेखक तथा निर्देशक उपेन्द्र हुन् भन् दयाहाङ र मिरुना मगर मु्ख्य भूमिकामा छन् । ‘जारी २’ असोज ३ गतेबाट प्रदर्शन हुँदैछ भने ‘रिमै’ भदौ २० गतेबाट । तर, मुख्य कलाकारले सर्त राखिदिँदा ‘रिमैको निर्माण टिमलाई अप्ठ्यारो परेको देखिन्छ ।

    जतिचाँडो ‘रिमै’को निर्माण टिमले प्राविधिक र कलाकारको बाँकी पारिश्रमिक दिन्छ त्यति चाँडो आफू प्रचारमा लाग्ने दयाहाङको तर्क छ । यता निर्माता वीरबल पनि जतिसक्दो चाँडो सबै पैसा तिर्नलाई लागिपरेको बताउँछन् ।

  • जारी-२ को टिजर सार्वजनिक

    जारी-२ को टिजर सार्वजनिक

    काठमाडौं । असोज ३ गते रिलिज हुने ‘जारी-२, सङ अफ च्याब्रुङ’को टिजर सार्वजनिक भएको छ।

    सार्वजनिक टिजरले लिम्बु समुदायको पहिचान च्याब्रुङ बाजाको सेरोफेरोमा आफ्नो समुदायको कथा पस्केको छ।

    च्याब्रुङ नै नाच्न नजान्ने लिम्बुलाई ‘नाङ्गो’ पहाडसँग तुलना गर्ने संवादबाट सुरु हुने २ मिनेट ३४ सेकेन्ड अवधिको ट्रेलरले च्याब्रुङलाई लिम्बुको खुशीको स्वरमा व्याख्या गर्दै, सिनेमाले आफ्नो कथा पेस गर्ने टिजरबाट बुझ्न सकिन्छ।

    टिजरले फिल्म आफ्नो सांस्कृतिक पहिचान र त्यसको सेरोफेरोमा सामाजिक र पारिवारिक उकालो–ओरालोमा केन्द्रित हुने जनाउँ दिन्छ।

    उपेन्द्र सुब्बा लिखित तथा निर्देशित फिल्मलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन्।

    सिनेमामा दयाहाङ राई, मिरुना मगर तथा विजय बरालको प्रमुख भूमिका रहेको छ।

    फिल्ममा दया, मिरुना तथा विजयका अलावा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहेको छ।

    बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्म यो वर्ष व्यापार गर्ने फिल्मको श्रेणीमा राखिएको छ।

    ‘जारी’ सिनेमा २०८० सालको ब्लकबस्टर सिनेमा हो। सो वर्ष सिनेमाले नेपाली बक्स अफिसमा १७ करोड माथिको व्यापार गरेको थियो। त्यसैले निर्माण घोषणा भएदेखि नै यो सिनेमालाई प्रतिक्षित फिल्मको सूचीमा राखिएको छ।

  • श्रीकृष्ण बितेको ११ वर्ष पूरा, युट्यूबमा हेर्नुस् उनका यी ५ हिट फिल्म

    श्रीकृष्ण बितेको ११ वर्ष पूरा, युट्यूबमा हेर्नुस् उनका यी ५ हिट फिल्म

    आजकै दिन २०७१ साल साउन २५ गते अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन भएको थियो । श्रेष्ठको ४७ वर्षको उमेरमा भारतको गंगाराम अस्पताल, नयाँ दिल्लीमा निधन भएको थियो ।

    त्यसवेला श्रेष्ठ अभिनेत्री स्वेता खड्कासँग भर्खरै विवाह बन्धनमा बाँधिएका थिए । विवाहपछि उनीहरु भारत गएका थिएँ । जहाँ श्रेष्ठको स्वास्थमा समस्या देखा परेको थियो । तत्कालै अस्पताल भर्ना भएका उनलाई निमोनिया र हड्डीको क्यान्सर भएको पत्ता लागेका थियो । यही रोगको उपचारका क्रममा श्रेष्ठको भारतमा निधन भएको थियो ।

    श्रेष्ठको निधन हुँदा नेपालमा भने उनको चलचित्र ‘कोहीनुर’ प्रदर्शन भएको दुई दिन मात्रै भएको थियो । निधनपछि श्रेष्ठलाई काठमाडौं ल्याएर आर्यघाटमा अन्तिम संस्कार गरिएको थियो । उनको अन्त्योष्टिमा हजारौं सुभेच्छुक र दर्शकहरुको सहभागिता रहेको थियो भने नेपाल सरकारलाई राष्ट्रिय सम्मान प्रदान गरेको थियो ।

    श्रेष्ठको निधनमा हजारौं दर्शक भावविह्वल बन्दै पशुपति आर्यघाट पुगेका थिए । नपुगुन् पनि कसरी ! नेपाली चलचित्र क्षेत्रका श्रेष्ठ यस्ता अभिनेता हुन्, जसले अधिकांश हिट र सुपरहिट चलचित्र दिए । उनले खेलेका भण्डै तीन दर्जन चलचित्रमध्ये ‘भुमरी’,(डेव्यु), ‘कसम’, ‘कोहीनूर’, ‘कहाँ भेटिएला’, ‘नाता रगतको’, ‘भरोसा’, ‘पाहुना’, ‘अजम्बरी नाता’, ‘प्रेम युद्ध’, ‘जीवन रेखा’, ‘हामी तीन भाइ’, ‘सुख दुःख’, ‘ए मेरो हजुर’, ‘यस्तै हुन्छ पिरती’, ‘उपकार’, ‘वर पीपल’, ‘गुरुचेला’, ‘आफन्त’, ‘आफ्नो मान्छे’ ‘गोर्खाली,’ ट्रक ड्राइभर’जस्ता दुई दर्जन हाराहारी चलचित्र त तत्कालीन समयमा सुपरहिट नै भएका थिए ।

    नृत्यमा पनि उत्तिकै पोख्त रहेका श्रेष्ठले खेलेका चलचित्रको संख्याका आधारमा सबैभन्दा धेरै हिट चलचित्र दिने उनी एक्ला अभिनेता हुन् । उनीपछि दोस्रो नम्बरमा भुवन केसीले खेलेकामध्ये धेरै हिट चलचित्र दिएका छन् । उनै श्रेष्ठले खेलेकामध्ये उत्कृष्ट पाँच चलचित्रहरु हेर्नुहोस् युट्युबमा ः–

    कोहीनूर

    यो चलचित्र श्रेष्ठको अन्तिम चलचित्र हो । यता हलहरुमा चलचित्र चलिरहँदा श्रेष्ठ भारतको अस्पतालमा अन्तिम सास लिइरहेका थिए । यो चलचित्र चेलिबेटी बेचबिखानको कथामा आधरित छ । चलचित्रमा गरिबीको फाइदा उठाउँदै आर्थिक प्रभलोपन पारेर मुम्बाइका कोठीहरुमा बेचिन बाध्य नेपाली महिलाहरुको कथालाई समेटिएको छ ।

    मुम्बाइको कोठीमा बेचिएकी युवती कोहीनूरको प्रेममा परेका नेपाली युवक अभिषेक खरेल(बाबु)ले बेचिएका युवतीहरुलाई बचाउन गरेको संघर्ष चलचित्रको केन्द्रिय विषयवस्तु हो । यो चलचित्रले ११ वर्षअघि ऐतिहासिक रुपमा १४ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको थियो । जुन कलेक्सन तत्कालीन समयमा धेरै नै ठूलो थियो । अहिले पनि यो चलचित्र सबैभन्दा धेरै कमाउने सर्वकालीन नेपाली चलचित्रहरुको सूचिमा नवौं नम्बरमा छ ।

    चलचित्रमा श्रेष्ठ र स्वेता खड्का मुख्य भूमिकामा थिए भने निर्देशक तथा कथाकार आकाश अधिकारी थिए ।

    हामी तीन भाइ

    सन् २००४ मा प्रदर्शन भएको यो चलचित्रमा त्यसवेलाका सुपरस्टारहरु श्रेष्ठ, राजेश हमाल र निखिल उप्रेती मुख्य भूमिकामा थिए । उनीहरुसँगै रेखा थापा, झरना थापा र नन्दिता केसी पनि मुख्य भूमिकामै थिए । टुहुरो तथा सडक बालक हरि (राजेश हमाल)ले अर्का दुई टुहुरा राम र लक्षण(श्रेष्ठ र उप्रेती)लाई भेटाउँछ । दुवैलाई आफूसँगै राख्छ, शिक्ष प्रदान गर्छ । पछि लक्ष्मण धनी व्यापारीको छोरा भएको पत्ता लाग्छ, जसको पितालाई मुख्य भिलेनहरुले मारेका थिए ।

    परिवार, सम्बन्ध, भावनाको मिश्रण रहेको यो चलचित्र त्यसवेलाक सुपरहिट भएको थियो । यो चलचित्रमा समावेश सबै गीतहरु सुपरहिट भएका थिए । ‘तिर्खा लाग्यो निरमाया’, ‘पिरती मिसाउँदै’, ‘मलाई यो जिन्दगीले’, ‘कल कल खोला’, ‘बाजा घन्काउँदै’ गीतहरु अहिले पनि दर्शकहरुले उत्तिकै चासोका साथ सुन्ने गर्छन् ।

    अजम्बरी नाता

    प्रदीप श्रष्ठ निर्देशित यस चलचित्रमा श्रेष्ठको अलवा राजेश हमाल, रेखा थापा, निरुता सिंह लगायत कलाकार पनि मुख्य भूमिकामा थिए । चलचित्रमा अभिसेक (श्रीकृष्ण श्रेष्ठ)ले चिया बगानको फ्याक्ट्रीमा गाडी चलाउँछ । चाँदनी (निरुता सिंह) त्यही फ्याक्ट्रीमा मजदुरी गर्छिन् । चाँदनीमाथि फ्याक्ट्रीको म्यानेजरले गिद्धे नजर लगाउँछ । अर्कातिर कर्ण (राजेश हमाल) पैसाका लागि जे पनि गर्ने गुण्डा हो । काजल (रेखा थापा)ले कर्णलाई मन पराउँछे । यसरी नै चलचित्रको कथा अगाडि बढेको छ ।

    यस चलचित्र पनि त्यसवेला सुपरहिट भएको थियो भने ‘आकाश र चाँदनीको’ बोलको गीत सवंकालीन हिट गीत हो । ‘चियाको बोटैमा’, ‘मुटुभरि वेदना’ लगायत गीत पनि सर्वाधिक चलेका थिए ।

    ट्रक ड्राइभर

    २०५१ सालमा प्रदर्शित यस चलचित्रमा श्रेष्ठ, शिव श्रेष्ठ, करिश्मा मानन्धर नै मुख्य भूमिकामा छन् । मदनकृष्ण श्रेष्ठ पनि यस चलचित्रमा निर्णायक भूमिकामा छन् ।

    चलचित्रको कथामा हाइवे छेउको रेस्टुरेन्टमा काम गर्ने युवतीसँग ट्रक डाइभर प्रेममा पर्छ । तर, युवतीका पिता अत्यान्तै क्रुर हुन्छन्, व्यापारको लागि विवाह गरेर टाढा जान दिँदैनन् । यता दुर्घटनामा परेर ट्रक डाइभरको मृत्यु हुन्छ । केटीले पनि आत्महत्याको कोसिस गर्छे । तर, एक युवाले उसलाई बचाउँछ । अनि युवतीको पेटमा रहेको बच्चालाई आफ्नो नाम दिएर उनीहरु सहरमा छिर्छन् ।

    यो चलचित्रको ‘सम्झना बिर्सना’, ‘चिठ्ठी आएन’ जस्ता गीत कालजयी छन् ।

    वर पिपल

    २५ वर्ष अगाडि प्रदर्शन भएको यस चलचित्रमा श्रेष्ठ र पूजा चन्द मुख्य भूमिकामा छन् । वनस्पतिबारे अध्ययन गरिरहेका युवक (श्रीकृष्ण) प्राक्टिकलका लागि जंगलमा अध्ययन गर्न जाँदा स्थानीय युवती (पूजा)सँग प्रेममा परेपछि उत्पन्न हुने घटनाक्रममाथि निर्मित छ यो चलचित्र ।

    लक्ष्मीनाथ शर्मा निर्देशित यस चलचित्रको ‘जनम जनम जिउँला सँगै’ गीत अहिले पनि उत्तिकै लोकप्रिय छ ।

  • प्रकाश सपूतका ‘खराब दिन’

    प्रकाश सपूतका ‘खराब दिन’

    प्रकाश सपूत सृजनात्मक छन् । सामाजिक मुद्दाहरूलाई टिपेर आफ्ना गीतका शब्दहरूमा टपक्क राख्न सिपालु छन् । शब्दहरूमा मीठो लय सृजना गरेर गाउन खप्पिस छन् । गीतका म्युजिक भिडियोहरूमा चलचित्रकै शैलीमा कथा हाल्नमा उस्ताद छन् । बोली उस्तै मिजासिलो छ । र, त प्रिय छन् ।

    सबैको प्रिय हुँदाहुँदै पनि सपूत गीतको शब्दका कारण, भिडियोको कथाका कारण विवाद र बहसको घेराभित्र परिरहन्छन् । कहिले ‘पीर’, ‘सकमबरी’जस्ता गीतबाट उनी आलोचकको तारो बन्छन् त कहिले ‘बोल माया’ जस्ता गीतमा आँसु बेचेको आरोप खेप्छन् । कहिले नेताको प्रशंसा गरेर दर्शक/स्रोताको निशानामा पर्छन् त कहिले ‘अहंकारयुक्त’ अभिव्यक्तिका कारण विवादमा अलमलिन्छन् ।

    प्रकाश सपूतका पछिल्ला दिनहरू त्यति ठिकठाक चलिरहेका छैनन् । गत वर्ष प्रदर्शनमा आएको र ब्लक बस्टर भएको चलचित्र पूर्णबहादुरको सारङ्गीको प्रमोसनका दौरान कन्ट्रोभर्सीमा परेदेखि उनलाई निरन्तर एकपछि अर्को व्यवधान परिरहेको छ ।

    सपूतले ‘पूर्णबहादुरको सारङ्गी’ को सन्दर्भमा एउटा लामो स्ट्याटस लेखेका थिए । सपूतका अनुसार ‘वसन्त’ पछि मात्रै ‘पूर्णबहादुरको सारङ्गी’ प्रदर्शन गर्ने सम्झौता भएको थियो । तर, सपूत ‘वसन्त’कै छायाङ्कनमा रहेको बेला ‘पूर्णबहादुरको सारङ्गी’को प्रदर्शन मिति तय भयो,- २०८१, कात्तिक १५ गते ! २०८१ चैत २२ गते प्रदर्शन मिति घोषणा गरिएको ‘वसन्त’भन्दा पाँच महिनाअघि नै ‘पूर्णबहादुरको सारङ्गी’ को प्रदर्शन मिति घोषणा गरिएपछि सपूत असन्तुष्ट बने ।

    सामाजिक सञ्जालमा लामो स्टाटसमार्फत् उनले दु:खेसो र आक्रोश एकसाथ देखाए । सँगै उनभित्र सुषुप्त अवस्थामा रहेको दम्भ पनि प्रकट भयो । स्टाटसमार्फत् उनले गरेको तर्कलाई मनोवैज्ञानिक रूपमा नियाल्ने हो भने त्यहाँ गुनासोको लेपनमा सपूतको दम्भ प्रष्टै दृष्टिगोचर हुन्छ ।

    आलोचनाले घेरिएकै बीच चैत २२ मा ‘वसन्त’ प्रदर्शनमा आयो । समीक्षात्मक रूपले मिश्रित प्रतिक्रिया पाए । तर बक्स अफिसमा चलचित्र फेल भयो । महँगो बजेटमा बनेको ‘वसन्त’ले दुई करोड १० लाख मात्रै ग्रस कलेक्सन गर्‍यो । कलेक्सनको हिसाबले निर्माताको हातमा घरेलु बक्स अफिसबाट ७५ देखि ८५ लाखको बीचमा रकम हात लाग्यो । जब कि चलचित्रमा चार करोडमाथि लगानी गरिएको थियो ।

    उनले एक ठाउँमा लेखेका थिए, ‘पर्दामा सपना, संघर्ष र इमानको कथा बनाएर बाहिर चाहिँ अरुको सपना, संघर्ष र इमानमाथि बेइमानी र बदनामी गर्नेहरूसँग फेरि जोडिन नपरोस् ।’ उनले थप लेखेका थिए, ‘सृजना दर्शकको शुभेच्छा र स्वयं सृजनाको दमले चल्छ । सर्जक, निर्माता र कलाकारको दम्भले होइन ।’

    खासमा दुवै पक्षले आ-आफ्नो स्वार्थका लागि दाउ छोपेका थिए । सपूतलाई आफ्नो स्टारडम वसन्तमा प्रयोग गर्नु थियो, पूर्णबहादुरको सारङ्गीका निर्मातालाई भने वसन्तअघि नै प्रकाशको स्टारडम प्रयोग गर्नु थियो । त्यसैले निर्माताको निर्णयले सपूत क्रुद्ध भए । पूर्णबहादुरको सारङ्गीको ट्रेलर लन्च कार्यक्रमसम्ममा गएनन् । बरु चेतावनीयुक्त स्ट्याटस पोष्ट्याए । उनको स्टाटसको भाषा कोमल थियो, मुलायम थियो, तर आशय निकै कठोर र उग्र थियो ।

    पूर्णबहादुरको सारङ्गी ब्लकबस्टर भयो । इतिहासकै सर्वाधिक सफल नेपाली चलचित्रको कीर्तिमान राख्यो । तर, चलचित्रका एक महत्त्वपूर्ण पात्र हुँदाहुँदै पनि यसको सफलताको जस सपूतलाई गएन । सबै श्रेय विजय बरालले लिए । कारण, सपूतले चलचित्र रिलिजअघि प्रमोसनमा साथ नदिनु । जब दर्शक हलमा धुइरिए, त्यसपछि मात्रै सपूतले पनि हलहरूमा पाइला राखेका थिए । तर, त्यसले कुनै क्षतिपूर्ति भएन । उल्टै दर्शक देखेपछि लोभिएर हलमा दौडिएको अर्को आरोप खेप्नुपर्‍यो ।

    धेरै आलोचना आउन थालेपछि सपूतले माफी माग्दै एक स्ट्याटस लेखे, ‘जानी-नजानी मन दुखाएकोमा माफी चाहन्छु । कमजोरीहरू सुधार्दै जाउँला । अब त उमेरले पनि अलि पाको हुँदै गइयो । सस्तो चर्चा, परिचर्चा, सफलता, व्यस्तताभन्दा पनि एउटा राम्रो विचार र व्यवहारसहितको व्यक्ति बन्न चाहन्छु । यसरी खबरदारी चाहिँ गर्दै गर्नुस्, तर राम्रो ऊर्जा पनि दिनुस् न है ।’

    त्यसबेलादेखि ‘नाइँ भनेसि नाइँ’ सम्म आइपुग्दा सपूत ओरालो यात्रामा देखिएका छन् । एक वर्षदेखि सपूतले अप्ठ्यारोहरू झेलिरहेका छन् । नयाँ गीत ‘नाइँ भनेसि नाइँ’ ले अपेक्षित भ्यूज नपाएको चर्चा व्याप्त छ । ७ दिनमा ७ लाख लाख भ्यूज अरुका लागि धेरै हो, तर सपूतका लागि कम । समीक्षा अधिकारी र एलिना चौहानजस्ता अहिलेका हटकेक गायिकाहरूलाई लिएर पनि सपूतले राम्ररी सदुपयोग गर्न सकेनन् । उनका अन्य गीतहरूले जस्तो यो गीतले कुनै बहसको सिर्जना पनि गर्न सकेन ।

    सफलताको शिखर चुमिसकेपछि सपूतले गुजारेको सम्भवतः प्रतिकुल समय यही एक वर्ष हो । सात वर्षअघिको ‘बोल माया’ देखि सपूत दर्शकको मायाले पुलपुलिएका मात्रै थिए । बितेको एक वर्ष तिनै दर्शकले सपूतलाई प्रश्न गरे । उनको अभिव्यक्ति र गतिविधिहरू विवादित बने ।

    प्रकाश सपूत स्वभावतः अहंकारी होइनन् । उनले एक पटक यो पंतिकारसँग भनेका थिए, ‘मलाई देख्नेहरूले भुईँबाट उठेको देख्लान्, तर त्यसो होइन । म भुईँभन्दा तल खाडलबाट उठेको हुँ । अहिले म सबैले देख्ने ठाउँमा छु भनेर गर्व लाग्दैन । यो उचाइबाट एक दिन त झर्नैपर्छ । तर, खुसी यसमा लाग्छ कि अब झर्दा पनि म भुईँसम्म मात्र झर्छु, त्यो खाडलमा झर्नु पर्दैन ।’

    सपूतको यो अभिव्यक्तिको जग भने उनले झेलेर आएको गरिबी र अभाव हो । सामाजिक संरचनाको पिँधमा रहेर उनले भोगेको विभेद हो । अनि सपना प्राप्तिको लागि उनले गरेको ज्याद्रो संघर्ष हो ।

    प्रकाशका हजुरबा बागलुङको धम्जा गाउँमा बोरा बोकेर विष्टकहाँ अन्न उठाउन जान्थे । बुवाको पालामा घरमा भैँसी पाल्न सक्ने भए । घरको आधा भागमा भैँसी र आधा भागमा परिवार बस्थे । सपूत त्यही आधा घरमा हुर्किए ।

    सपूत स्वयंले होटेलमा काम गरे । दोहोरीमा गाए । २०६९ सालमा एल्बम पनि ल्याए । दुर्भाग्य ! गीतहरू चलेनन् । पारिवारिक जीवन चलाउनु थियो, उनले विदेश जानेबारे सोचे । तर, उनले विदेश गइहाल्न परेन । बिस्तारै उनको करियरले पिक अप लिँदै गयो । र आजको प्रकाश सपूत बने ।

    दोहोरी ब्याटलदेखि ‘बोल माया’, ‘गलबन्दी’, ‘सकमबरी’, ‘कुरा बुझ्न पर्च’, ‘बदला बरी लै’, ‘पीर’ जस्ता गीतहरूले सपूतको बेग्लै इमेज निर्माण गर्‍यो । दर्शक/स्रोताले सपूतलाई अविरल माया दिइरहे । उनका गीतहरूले करोडौँ भ्यूज पाइरहे । दर्जन बढी गीतहरू करोड क्लबमा पुगेका छन् ।

    सपूतको सृजनात्मक विशेषता हो, आम मानिसको कथालाई संवेदनायुक्त तवरले दर्शक/स्रोतालाई भन्नु !  ‘बोल माया’, ‘बदला बरी लै’जस्ता गीतहरूले आम मानिसको संवेदनालाई च्वास्सै छोएर जान्छन् । ‘पीर’, ‘सकमबरी’ जस्ता गीतले सामाजिक/राजनीतिक मुद्दाहरूलाई ज्वलन्तरूपमा उठाएका छन् ।

    गीतहरूमा सपूत लय मात्रै हाल्दैनन्, कहानी पनि हाल्छन् । गीतमार्फत उनी कथा भन्छन् । कथासँगै मुद्दा पनि उठाउँछन् । बहस सृजना गर्छन् । सपूतको गीत आउनु भनेको बहस पनि सँगसँगै आउनु हो भन्ने भाष्य नै निर्माण भइसकेको छ । सयौँ कलाकारको भिडमा सपूतले निर्माण गरेको आफ्नो परिचय विल्कूल पृथक छ ।

    उनले प्रशंसाका दुईचार शब्द-फूल ओलीमाथि छर्किदिए । अनि त के चाहियो ! उनलाई एमालेको ‘झोले’ को ट्याग लाग्यो । कलाकार निष्पक्ष बस्नुपर्नेमा सपूतले खुलेआम एउटा नेताको प्रशंसा गरेको भन्दै दर्शक/स्रोताको निशानामा उनी परे । यतिसम्म उनको खेदो खनियो कि ‘वसन्त’ बहिष्कार गर्नुपर्छ भन्नेसम्मका प्रतिक्रिया आए ।

    अर्कातिर कतिपयले त सपूतले विवादकै लागि समेत गीत ल्याउँछन् भन्न भ्याएका छन् । ‘सकम्बरी’ गीतमा साहित्यकार पारिजातको उपन्यास ‘शिरीषको फूल’ की पात्र सकमबरीलाई कमजोर र निरीह देखाइएको भन्दै उनको चर्को आलोचना भयो । तत्कालीन समाजको मूल्य र मान्यताविपरीत आफ्नो अस्तित्वको वकालत गर्ने बागी पात्र सकमबरीलाई शरीर बेच्न विवश निरीह पात्र देखाइएको धेरैले रुचाएनन् ।

    अध्येता यादव देवकोटाले सपूतलाई प्रश्न गरेका थिए, ‘आफैँले सहरमा ल्याएर जागिरको प्रलोभनमा पारेर यौन शोषण गरेको युवतीको बारेमा पुरुषलाई बडो क्रान्तिकारी चिन्ता छ,- तिम्रो कानको झुम्का कसरी आयो ? पाउजु कसरी किन्यौ ? रातो स्कुटर कसले किन्दियो ? तिम्रो बैँसको आयु कति छ ? ओ गायक ! तिम्रो इज्जत महिलाको योनीले कति बोकिरहनुपर्ने हौ ?’

    अर्को गीत ‘पीर’ मा माओवादी पूर्वछापामारलाई देहव्यापारमा लगाएको भन्दै माओवादी नेताहरूले सपूतको चर्को आलोचना गरेका थिए । उनीहरूले गीत हटाउन दबाब दिए । चौतर्फी दबाब आएपछि सपूतले बाध्य भएर गीत हटाए । लगत्तै एडिटेड भर्सन अपलोड गरेका थिए, जहाँ यौनकर्मीको दृश्य हटाइएको थियो ।

    अर्कातिर ‘बोल माया’, ‘बदला बरी लै’जस्ता गीतहरूमार्फत पाएको सकारात्मक प्रतिक्रियाले सपूतलाई चर्चाको केन्द्रमा राखेको थियो ।

    गीत गाउँदै, गीतमार्फत कथा भन्दै थिए सपूत । सङ्गीतको दुनियाँमा जबरजस्त उपस्थिति जनाइरहेका थिए । तर, उनलाई चलचित्रमा ‘हिरो’ बन्ने  ‘भूत’ चढ्यो । राजेश हमाल, निखिल उप्रेती, दिलीप रायमाझीहरूलाई पर्दामा हेरेर हुर्किएका सपूत ‘परदेशी २’मा हिरो समेत बने । चलचित्रले बक्स अफिसमा झण्डै सात करोडको व्यापार गर्‍यो ।

    पहिले गीतबाट हिट, पछि चलचित्र पनि हिट ! ‘परदेशी २’ हिट बनेपछि सानैदेखि सुषुप्त रूपमा हिरो बन्ने महत्त्वाकाङ्क्षा पालेका सपूत हौसिए । हिरो बन्ने उनको तिर्खालाई ‘परदेशी २’ले मात्रै मेटाउन सकेन । त्यसपछि उनी भटाभट एकपछि अर्को चलचित्र साइन गरिरहेका छन् । अहिले पनि उनी अभिनयमै बढी व्यस्त छन्, जुन उनको मुख्य विधा होइन ।

    दर्शक/स्रोताको मायाले पुलपुलिएका सपूत गत वर्ष नै अर्को ठूलो कन्ट्रोभर्सीमा फस्न पुगे । उनी ‘वसन्त’को प्रचारमा व्यस्त थिए । गत फागुन १९ मा प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि लेखिएको किताब ‘केपी ओली : सपना, संघर्ष र सङ्कल्प’ पुस्तक विमोचन कार्यक्रमका लागि उनलाई निम्तो आयो । प्रधानमन्त्रीकै किताब विमोचन कार्यक्रम भनिएपछि उनले टार्न सकेनन् । गएपछि किताबको प्रशंसा गर्नैपर्‍यो । किताबका पात्रको गुणगान गाउनैपर्‍यो ।

    सपूतले भने, ‘सपना देख्न पछि हट्ने, प्रगति गर्न पछि हट्ने, संघर्ष गर्न पछि हट्नेहरूका लागि केपी शर्मा ओलीज्यूजको जीवन साँच्चिकै प्रेरणादायी छ । उहाँको जीवनको ग्राफलाई मात्रै हेर्ने हो भने पनि जीवनमा असम्भव केही हुन्न रहेछ भन्ने प्रेरणा लिइरहेको हुन्छु ।’

    सपूतले वाध्यात्मक परिस्थितिमा ओलीको प्रशंसा गरे । सार्वजनिक मञ्चमा उभिएर, निज व्यक्तिकै उपस्थितिमा आलोचना गर्ने कुरा पनि आउँदैनथ्यो । उनले प्रशंसाका दुईचार शब्द-फूल ओलीमाथि छर्किदिए । अनि त के चाहियो ! उनलाई एमालेको ‘झोले’ को ट्याग लाग्यो । कलाकार निष्पक्ष बस्नुपर्नेमा सपूतले खुलेआम एउटा नेताको प्रशंसा गरेको भन्दै दर्शक/स्रोताको निशानामा उनी परे । यतिसम्म उनको खेदो खनियो कि ‘वसन्त’ बहिष्कार गर्नुपर्छ भन्नेसम्मका प्रतिक्रिया आए ।

    आलोचनाले आजित बनेका सपूतले फागुन २२ मा नेपाल सुनचाँदी व्यवसायी महासंघको १२ औँ साधारण सभामा अतिथिको रूपमा पोखरा पुगेर भने, ‘मलाई कार्यक्रमको अध्यक्ष, प्रमुख अतिथिबारे धेरै बोल्न मन थियो । तर, म बोल्न होइन, गीत गाउन नै ठिक रहेछु ।’ यति भनेर उनले दुई वटा गीत गाएका थिए ।

    आलोचनाले घेरिएकै बीच चैत २२ मा ‘वसन्त’ प्रदर्शनमा आयो । समीक्षात्मक रूपले मिश्रित प्रतिक्रिया पाए । तर बक्स अफिसमा चलचित्र फेल भयो । महँगो बजेटमा बनेको ‘वसन्त’ले दुई करोड १० लाख मात्रै ग्रस कलेक्सन गर्‍यो । कलेक्सनको हिसाबले निर्माताको हातमा घरेलु बक्स अफिसबाट ७५ देखि ८५ लाखको बीचमा रकम हात लाग्यो । जब कि चलचित्रमा चार करोडमाथि लगानी गरिएको थियो । सीधा भन्नुपर्दा सपूतलाई ‘वसन्त’ले निराश बनायो ।

    ‘वसन्त’ पछि सपूत पुनः सांगीतिक संसारमै फर्किए । पाँच दिन अगाडि मात्रै ‘नाइँ भनेसि नाइँ’ (बदला बरी लै २) सार्वजनिक भयो । तर, यो गीतको बारेमा माथि नै चर्चा गरियो ।

    सपूतको पछिल्लो एक वर्षको करियरको अडिट गर्ने हो भने साँच्चिकै उनको दिनहरू खराब चलिरहेको स्वीकार्नै पर्छ । चलचित्रले भनेजस्तो व्यापार गर्न सकेन, गीतले सोचेजस्तो भ्युज प्राप्त गर्न सकेन । माया गर्ने दर्शक/स्रोताबाटै आलोचित हुनुपर्‍यो । सफल भएको ‘पूर्णबहादुरको सारङ्गी’ बाट पनि क्रेडिट पाएनन् ।

    आउँदो दसैँको फूलपातीमा सपूतको ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ एकै दिन प्रदर्शनमा आउँदैछन् । यी चलचित्रले नै निर्धारण गर्नेछ, सपूतको अभिनय यात्रा अब कसरी अगाडि बढ्नेछ । सङ्गीत-सृजना र चलचित्र-अभिनय दुई डुङ्गामा सपूतले एकै पटक खुट्टा राखिसकेका छन् । दुई वटा डुङ्गामा खुट्टा राखेर कुनै ठेगानामा पुग्न सकिँदैन भन्ने आहान नै छ । हेरौँ, सपूतले कुन डुङ्गाबाट आफ्नो खुट्टा झिक्छन् !

  • करिश्माकी छोरी कविता व्यवसायमा,  पार्टी भेन्यूमा लगानी

    करिश्माकी छोरी कविता व्यवसायमा, पार्टी भेन्यूमा लगानी

    काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता मानन्धर व्यवसायी बनेकी छन् । उनको समेत लगानीमा काठमाडौंमा एउटा शानदार पार्टी भेन्यू सञ्चालनमा आएको छ ।

    काठमाडौंको भैंसेपार्टीमा स्थापना गरिएको ‘ट्रपिकल आइल्यान्ड रिसेप्सन एन्ड क्याफे’ को भव्य उद्घाटन गरियो । उद्घाटन कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको उपस्थिति थियो । यस्तै, करिश्मा निकट केही कलाकारहरू तथा चलचित्र पत्रकार प्रकाश सुबेदी पनि गएका थिए । सबैले पार्टी भेन्यूको तारिफ गरेर कवितालाई शुभकामना दिए ।

    स्रोतका अनुसार यो पार्टी प्यालेसमा कविता र उनका दुईजना साथीहरूको लगानी रहेको छ । लगानीको कुल रकम खुलाइएको छैन ।

    आमा करिश्माका अनुसार कविताको रुचि पहिल्यैदेखि आतिथ्य व्यवसायमा थियो ।

    उनले भनिन्, ‘कविताले साइकोलोजी पढे पनि उसको पहिल्यैबाट हस्पिटालिटीमा रुचि रहेछ । त्यसमा हामीले पुरा साथ र सहयोग गरेका छौँ ।’

    कवितालाई बुवा आमाले बुढानीलकण्ठमा एउटा घर गिफ्ट गरेका थिए । अहिले उनले सो घर बेचेर पार्टी भेन्यूमा लगानी गरेको बुझिएको छ । करिश्माको गोदावरीमै दुई वटा घर छन् ।

    एउटा घर पति विनोद मानन्धरको पहिल्यै थियो भने अर्को शानदार बंगला केही समयअघि बनाएकी हुन् । यसअघि केबी स्टुडियो रहेको जग्गामा बंगला निर्माण गरिएको हो । अब पुरानो घरमा पनि करिश्मा दम्पतीले पार्टी भेन्यू जस्तो बनाउने तयारी गरेका छन् ।

    करिश्माकी छोरी कविताले अमेरिकामा अध्ययन गरेपश्चात् चलचित्रमा करिअर बनाउन खोजेकी थिइन् । तर, कविताको डेब्यू फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ ले अपेक्षित सफलता नपाएपछि उनको फिल्मी करिअर अगाडि बढ्न सकेन ।

    करिश्मा स्वयम्ले छोरीलाई नायिका बनाएर ‘बनबास’ नामक चलचित्र निर्माण गर्ने योजना पनि बनाएकी थिइन् । तर उनको योजना पनि अधुरो रह्यो । अहिले आएर कविताले व्यवसायतिर आफ्नो आफ्नो भाग्य आजमाउन गर्न खोजेकी छन् ।

  • विजय बराल अभिनीत ‘जनै हराएको मान्छे’को ट्रेलर : कोरिया जाने सपना र ठगीको कथा

    विजय बराल अभिनीत ‘जनै हराएको मान्छे’को ट्रेलर : कोरिया जाने सपना र ठगीको कथा

    काठमाडौं । चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण पक्षले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो।

    सार्वजनिक ट्रेलरमा आर्थिक अभाव, सम्पन्न बन्ने सपना र त्यहीँ सपना पूरा गर्न चलचित्रको मुख्य पात्रले गर्ने संघर्षलाई देखाएको छ । ट्रेलर कोरिया जान मुख्य पात्रले गरेको संघर्ष र काठमाडौं आएपछि ठगिएको कथा वरिपरि घुमेको छ।

    ट्रेलरको केन्द्रमा चलचित्रको तीन मुख्य पात्रहरू अभिनेता विजय बराल, अभिनेत्रीद्वय केकी अधिकारी र मिरुना मगर छन् । पारिवारिक कथामा बनेको यो चलचित्रले आम नेपालीको मन जित्नेमा निर्माण पक्ष ढुक्क छन् ।

    चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’ यहीँ भदौ ६ गते रिलिज हुँदैछ । हिमाल न्यौपानेले निर्देशन गरेको यो चलचित्रको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ का अभिनेता मनिष राउत छन् ।

    चलचित्रमा विजय, केकी र मिरुनासँगै सुशांक मैनाली, गौरव पहाडी, भोलाराज सापकोटा, रियर राई, तारा शर्मा, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ । पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् ।

    चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । अलटाइम ब्लकबस्टर चलचित्र ‘पूर्णबहादुरको सारंगी’पछि विजय बराल मुख्य भूमिकामा रहेको यो उनको दोस्रो चलचित्र हो ।

  • दर्शकको प्रतिक्रियाले भावुक पल, बेनिशा भन्छिन् -रातभर सुत्न सकेकी थिइनँ ,अहिले ढुक्क छु

    दर्शकको प्रतिक्रियाले भावुक पल, बेनिशा भन्छिन् -रातभर सुत्न सकेकी थिइनँ ,अहिले ढुक्क छु

    काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘मोहर’ ले दर्शकबाट सुखद प्रतिक्रिया पाएको छ । पहिलो दिन मध्यम अकुपेन्सी रहेको यो चलचित्रको दोश्रो दिन अर्थात शनिबारको अकुपेन्सी पनि सुखद देखिएको छ। चलचित्र हेरेर बाहिरिएका अधिकाशंले कथावस्तु मन परेको र चलचित्रले धेरै ठाँउ भावुक बनाएको प्रतिक्रिया दिएका छन् ।

    वितरक करण श्रेष्ठका अनुसार अनलाईन बुकिङभन्दा चलचित्रको वर्ड अफ माउथ बलियो छ, जसका कारण निर्माण टिम चलचित्रलाई लिएर थप आशावादी रहेको श्रेष्ठ बताउँछन् ।

    रिलिजको पहिलो दिनबाटै चलचित्रका प्रमुख कलाकारहरु हल भिजिटमा दौडिरहेका छन् । दर्शक भेट्न् बिग मुभिज पुगेका नायक पल शाह दर्शकको प्रतिक्रिया सुनेर भावुक भएका छन् । उनले भनेका छन्,’अहिले म बोल्न सकिरहेको छैन । एउटा कलाकारका लागि निर्देशक र टिम बलियो भयो भने उसले काम देखाउन सक्छ । एक त, यसपटक हामीले निकै मिहिनेत गरेका थियौं । दर्शकको प्रतिक्रियाबाट मिहिनेत सफल भयो भन्ने लागेको छ ।’

    चलचित्रलाई लिएर दर्शकको उत्साह देखेर नायिका नीति शाह पनि भावुक भएकी छिन् । नीतिले आफूले यही क्षेत्रमा केही गर्न चाहेकाले, अझै बढी मिहिनेत गर्नुपर्ने भएको बताईन।।

    त्यस्तै, यसै चलचित्रकी अर्की नायिका बेनिशा हमाल पनि आफ्नो चलचित्र र अभिनयले पाएको प्रशंसाबाट दङ्ग छिन। आफ्ना दुई चलचित्र एउटै मितिमा, एकैसाथ प्रदर्शनमा आएपछी उनलाई दुईतिर कुदन भ्याईनभ्याई भएको थियो। उनी भन्छिन् ,’ कति टेन्सन भएको थियो। के हुन्छ होला, कस्तो होला भनेर रातभरी सुत्ने सकेको थिइन् । तर दर्शकले दुईटै चलचित्रलाई स्विकार्दिनु भयो। कामको तारिफ गर्दिनुभयो। एकदमै खुसी अनि ढुक्क छु।’

    ‘मोहर’ले पाएको दर्शक प्रतिक्रिया र व्यापारबाट चलचित्रका निर्माता चुम्बन जंग शाही पनि उत्साहित छन् ।

    प्रदर्शनरत चलचित्र ‘मोहर’ मा पल शाह, नीति शाह, वेनिशा हमाल, अर्जुन जंग शाही, लक्ष्मी गिरी, मिथिला शर्मा, रवीन्द्र झा, सारा शर्मा लगायतका कलाकारहरुको अभिनय छ ।

    चुम्बन जंग शाही निर्माता रहेको चलचित्रमा ओम प्रतिकको लेखन तथा निर्देशन छ । देउकी प्रथामा आधारित यो चलचित्रको कथावस्तु पल, बेनिशा र नीतिको त्रिकोणात्मक प्रेमकथा वरिपरि घुमेको छ।

  • ‘सिटामोल’ ले पाएको प्रतिक्रियाबाट मख्ख बेनिशा र सौगात, भन्छन्- हाम्रो मेहेनतले रंग पायो

    ‘सिटामोल’ ले पाएको प्रतिक्रियाबाट मख्ख बेनिशा र सौगात, भन्छन्- हाम्रो मेहेनतले रंग पायो

    काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘सिटामोल’ ले दर्शकबाट सुखद प्रतिक्रिया पाएको छ। आज बिहान औषत अकुपेन्सीबाट प्रदर्शन सुर भएको चलचित्रको दिनभरीको अकुपेन्सी सन्तोषजनक छ। भोलि शनिबार र सार्वजनिक बिदा भएकाले, चलचित्रको अकुपेन्सी झनै बढने निर्माण टिमको विश्वास छ।

    ‘सिटामोल’ ले एक पूर्वमाओवादी कमान्डरलाई केन्द्रमा राखेर कथा भन्छ। चलचित्रले जनयुद्धको विषयलाई उठान गरेकाले आफुहरुले रिलेट गर्न सकेको र धेरै दृश्यमा भावुक भएको अधिकाशं दर्शकको प्रतिक्रिया छ।

    रिलिजको पहिलो दिनबाटै चलचित्रका प्रमुख कलाकारहरु हल भिजिटमा दौडिरहेका छन् । दर्शक भेट्न् नायक सौगात मल्ल र नायिका बेनिशा हमाल हल–हल पुगिरहेका छन् । दर्शकको प्रतिक्रिया सुनेर कलाकारदेखि निर्माण टिम उत्साहित देखिएका छन् ।

    दर्शकको प्रतिक्रिया सुनेपछि नायक सौगात मल्ल भन्छन्,’दर्शक भेट्न् हिड्नु परेकाले मैले आफै पुरै चलचित्र हेर्न पाएको छैन। तर सबैको प्रतिक्रिया सुनेरै खुसी लागेको छ। दर्शकले मन पराईदिनु भयो भनेपछि हामिले गरेको मेहेनतले रंग पायो।’

    चलचित्र हेर्न युवाहरु बढी आएको सौगातको भनाई छ। त्यस्तै, चलचित्रकी मुख्य नायिका बेनिशा हमाल पनि दर्शकको प्रतिक्रियाबाट भावुक भएकी छिन। उनले भनिन् ,’साच्चै भन्नुपर्दा म हिजो रातभरी सुतेकै छैन । कति टेन्सन लागेको थियो। दुईटा चलचित्र एकैपटक प्रदर्शनमा आउँदा कस्तो प्रतिक्रिया आउला भन्ने डर थियो। किनकी मेरो लागी दुईटै चलचित्र उत्तिकै महत्त्वपूर्ण छ। आज दुइटै चलचित्रले उत्कृष्ट प्रतिक्रिया पाउदा आफै भावुक भए।’

    चलचित्र हेर्न पुगेका अन्य कलाकारहरुले पनि ‘सिटामोल’ को खुलेर तारिफ गरेका छन् । चलचित्र एकपटक हेर्नै पर्ने बनेको धेरैले प्रतिक्रिया दिएका छन् ।

    राजबहादुर सानेको निर्देशनमा बनेको चलचित्रमा नायिका बेनिशा हमाल र नायक सौगात मल्ल मुख्य भुमिकामा छन् । चलचित्रको कथा प्रदिप भाद्र्वाजले लेखेका हुन् ।

  • म्याकुरीलाई पूर्वपत्नीको फोनः मेरो भिडिओ हेरेउ ? तिम्रो कमेडीले मलाई अप्ठेरो पर्‍याे !

    म्याकुरीलाई पूर्वपत्नीको फोनः मेरो भिडिओ हेरेउ ? तिम्रो कमेडीले मलाई अप्ठेरो पर्‍याे !

    काठमाडौँ । वैवाहिक जीवन तोडिएपछि एक-अर्कासँग संवाद र बोलचालै गर्नु हुँदैन भन्ने कहाँ लेखेको छ र । जब एक-अर्काको कुनै पनि क्रियाकलापले समस्या आउँछ, आपसी संवादबाटै सुल्झाएको राम्रो हो ।

    कमेडियन पवन खतिवडा उर्फ ‘म्याकुरी’ की पूर्वपत्नी सुम्निमा खालिङ राईले पनि संवादकै बाटो अपनाएकी छन् । केही दिनअघि एक भिडियो सार्वजनिक गर्दै उनले म्याकुरीको कमेडीमा विवाह र डिभोर्सको प्रसंगलाई बारम्बार ल्याउँदा आफूलाई अप्ठेरो परिरहेको गुनासो पोखेकी थिइन् । अहिले उनले म्याकुरीलाई फोनै गरेर सम्झाएकी छन् ।

    टिभी रियालिटी शो ‘कमेडी दरबार’ मा म्याकुरी आफंैले आफ्नो असफल वैवाहिक सम्वन्धलाई ‘कन्टेन्ट’ को मसला बनाउँदै आएका छन् । अन्य कलाकारहरुले पनि म्याकुरीलाई ‘पत्नीपिडित’ वा ‘पत्नीबाट कुटाइ खाने पुरुष’ का रुपमा चित्रित गर्दै मजाक गर्छन् । यसबाट दर्शकलाई मनोरञ्जन भए पनि आफुलाई समस्या परेको भनाइ सुम्निमाको छ । यही विषयमा उनले म्याकुरीसँग फोनमा कुराकानी गरेकी हुन् ।

    सुम्निमाले म्याकुरीलाई फोन गरेको भिडियो रेकर्ड नै गरेर आफ्नो अफिसियल युट्युब च्यानलमा हालेकी छिन् । १९ हजार २ सय सब्सक्राइबर भएको च्यानलमा यो भिडिओले एक लाखभन्दा बढी भ्यूज बटुलिसकेको छ । रोचक के भने सुम्निमाले यो संवादलाई प्रोफेसनलाइज्ड गर्न कुनै कसर छोडेकी छैनन् । भिडिओको सुरुवातमा हाइलाइट्स पनि निकालिएको छ । यो भिडिओ १६ मिनेटभन्दा लामो छ ।

    भिडिओ रेकर्ड गरेकाले पनि हुन सक्छ, उनी पूर्वपतीसँग शालिन र सौम्य तरिकाले प्रस्तुत भएकी छन् । म्याकुरीले पनि सकारात्मक रेस्पोन्स गरेको सुनिन्छ ।

    म्याकुरी र सुम्निमाको फोन संवाद यसरी सुरु भएको छः

    सुम्निमाः हेलो, पवन सर होइन ? म सुम्निमा बोलेको । एउटा काम थियो ।

    पवनः हजुर हजुर ।

    सुम्निमाः म एउटा मिडियाबाट बोलिरहेको छु । एउटा कुराले तनाव भएर सल्लाह गर्न फोन गरेको ।

    पवनः के सल्लाह ?

    सुम्निमाः तिमीले कमेडी गर्दा जहिले बुढी-बुढी… भन्छौ । मैले त्यस्तो नगर भनेर एउटा भिडियो पनि बनाएकी थिएँ । तिमीले हेर्यौ कि हेरेनौ ?

    पवनः अँ मैले थाहा पाइराथेँ ।

    सुम्निमाः त्यसो नगर्देउ भन्नलाई हो के मैले फोन गरेको । धेरै कमेन्ट आयो ।

    पवनः होइन, मैले त्यसरी डाइरेक्टली भनेको छैन । घुमाएर भनेको हो । त्यै पनि अचेल मैले त्यस्तो धेरै यो कुराहरु गर्दिनँ नि ।’

    सुम्निमाः अस्ति भर्खरको एपिसोडमा पनि ‘मान्छेले बुझेर बिहे गर्नुपर्छ’ भन्दै थियौ । त्यस्तो भन्दा त मान्छेहरुले मलाई नै सोच्छन् नि । जे भए पनि दाग लागिसक्यो । यो कुरा बिर्सिन खोज्यो, बेलाबेला फेरि यही कुरा आउँछ । पहिला ठिकै छ भन्ने सोचेर मैले छोडिदिएँ । तर अहिले सबैले मलाई नै नराम्रो भन्न थाले । जेमा पनि मेरै नाम हुन्छ । त्यो कारणले भनेको के । ठीकै छ । अहिलेसम्म जे भयो भयो, अब यस्तो नगर्देउ भन्नलाई हो के ।’

    पवनः त्यस्तरी सिधै पीन्च पर्ने गरी त भनेको छैन…

    सुम्निमाः भिडियो हाल्दा पनि मान्छेले सानो क्लीप काटेर हाल्दिन्छन् । त्यहीँ क्लीप हेरेर मलाई मान्छेले बुढी नै खत्तम रहेछ भनेर जज गर्छन् । त्यो नजरले हेर्दा गाह्रो भयो के । होस न त भनेर सहेको । तर बिर्सिन खोजेको कुरा बारम्बार आइराख्छ । सहनु पनि कति ! मैले मजाक गर्नलाई बिहे गरेको थिइनँ । त्यसरी बिहेलाई मजाक गर्नु राम्रो हैन, त्यो पनि कलामा मिसाएर । अरु त कसैले त्यस्तो गरेको छैन ।

    पवनः तिम्रो कुरा मैले बुझें, थ्यांक यु त्यसका लागि । म हल्लामा छु के अहिले । फोन काटिन्छ

    फोन काटिएपछि सुम्निमाले यसअघि पवनको एउटा अन्तरवार्तालाई लिएर गुनासो गर्छिन् । उक्त अन्तरवार्तामा पवनले आफ्नो निजी कुराहरु तोडमोड गरेर बाहिर ल्याएपछि आफूले मुद्दा हाल्नेसमेत सोचेको उनले बताए ।

    ‘त्यसबेला उसलाई म्यासेन्जरमा मार गाली गरेको थिएँ । उसले एक दुई वचन फर्कायो । अहिले त म्यासेन्जरमा ब्लक गरेको छु,’ सुम्निमाले भनिन् ।

     

  • प्रकाश सुवेदीको दाबी- स्वस्तिमा र प्रकाश सपूतबीच पानी बाराबार छ

    प्रकाश सुवेदीको दाबी- स्वस्तिमा र प्रकाश सपूतबीच पानी बाराबार छ

    काठमाडौं । चर्चित पत्रकार प्रकाश सुवेदीले नायिका स्वस्तिमा खड्का र गायक प्रकाश सपूतबीच पानी बोलचाल बन्द रहेको दाबी गरेका छन् । आफ्नो टेलिभिजन कार्यक्रम रजतपटबाट उनले यस्तो दाबी गरेका हुन् ।

    प्रकाश सपूत र स्वस्तिमाको सम्बन्ध विगतमा निकै राम्रो थियो । सपूतले आफ्ना केही हिट गीतमा स्वस्तिमालाई अभिनय गराएका थिए । सपूतको होम प्रोडक्सन चलचित्र वसन्तमा पनि स्वस्तिमा नायिका थिइन् । निर्माणाधीन चलचित्र ‘हरिबहादुरको जुत्ता’ मा पनि उनीहरू दुवैले एकसाथ अभिनय गरेका छन् ।

    ‘वसन्त’ को प्रचारप्रसारमा स्वस्तिमा नहिँडेपछि सपूत उनीसँग रुष्ट भएको सुवेदीले बताएका छन् । त्यसयता उनीहरूको बोलचाल नभएको उनको भनाइ छ । सुवेदीका अनुसार हालै ‘हरिबहादुरको जुत्ता’ का लागि फोटोसुट गर्न जाँदा पनि उनीहरू एक अर्कासँग बोलेनन् ।

    वसन्तको प्रमोसनका दौरान उनीहरूले विभिन्न मिडियाहरूमा सँगै अन्तरवार्ता दिएका थिए । ती अन्तरवार्ताहरुमा उनीहरुको सम्बन्ध निकै प्रगाढ देखिन्थ्यो । तर वसन्तले हलहरूमा राम्रो व्यापार गरेन । सुरुकै दिनबाट दर्शकको खडेरी लागेपछि स्वस्तिमा हल भिजिटमा गइनन् । त्यही भएर प्रकाश सपुतले चित्त दुखाएका हुन सक्छन् ।

    ‘हरिबहादुरको जुत्ता’ को पोस्टर स्वस्तिमाका श्रीमान निश्चल बस्नेतले सुरुमा शेयर नगरेको विषयमा पनि सुवेदीले रोचक टिप्पणी गरेका छन् ।

    उनी भन्छन्, ‘सुरुमा ल्याइएको पोस्टरमा हरिवंश आचार्यमात्र फिचर्ड थिए । आफ्नो श्रीमतीको फोटो नराखेपछि निश्चलले त्यो पोस्टर किन शेयर गर्थे । बरु माइतीघरको पोस्टर शेयर गरेर बसे । त्यसपछि हतारहतार निर्माण पक्षले स्वस्तिमालगायत सबै मुख्य कलाकारलाई समावेश गरेर अर्को पोस्टर ल्यायो त्यो पोस्टर भने निश्चले तुरुन्तै शेयर गरे ।’

  • बल्छी धुर्वेसँग अलग भएका राजु मास्टरको ६ वर्षपछि ‘मेरी बास्सै’ मा कमब्याक, लेखन र निर्देशन सम्हाल्ने

    बल्छी धुर्वेसँग अलग भएका राजु मास्टरको ६ वर्षपछि ‘मेरी बास्सै’ मा कमब्याक, लेखन र निर्देशन सम्हाल्ने

    काठमाडौं । झण्डै दुई दशकको यात्रा पूरा गर्ने तयारीमा रहेको हाँस्य टेलिसिरियल ‘मेरी बास्सै’ को प्रमुख जिम्मेवारी लिएर कलाकार राजु पौडेल (राजु मास्टर) ले कमब्याक गरेका छन् । आगामी साताबाट प्रसारण हुनेगरी उनले ‘मेरी बास्सै’ को लेखन र निर्देशनको जिम्मेवारी लिएका हुन् । साथै, उनले राजु मास्टरकै भूमिकामा अभिनय समेत गर्नेछन् ।

    मिडिया हवको प्रस्तुतीमा १९ वर्षको यात्रा गरिरहेको मेरी बास्सैबाटै राजुले कलाकारिताको यात्रा तय गरेका थिए । सुरुबाटै १२ बर्षसम्म निरन्तर अभिनय गरेका उनले बीचमा ६ वर्ष अन्य सिरियलमा काम गरे । अहिले पुनः आफ्नै घरमा फर्किन पाउँदा खुसी र जिम्मेवारी बोध भएको बताउँछन् ।

    ‘मेरी बास्सै मेरो घर हो, आफ्नै घरमा फर्किन पाउँदा खुसी लागेको छ । यही ठाउँले मलाई कलाकारिता सिकायो । आज यहाँसम्म आउन सक्नु भनेकै मेरिबास्सैको देन हो’, राजुले भने ।
    ‘अहिले लेखन र निर्देशनको पनि जिम्मेवारी लिएर फर्किँदा चुनौतीको महसुस गरेको उनले बताए ।

    राजुले पछिल्लो समय मेरिबास्सैबाट बाहिरिएर आफ्नै लेखन, निर्देशन, अभिनय र निर्माणमा ‘सकस’ सिरियलमा काम गरिरहेका छन् । त्यसैले पनि उनले राम्रो अनुभव बटुलेका छन् ।
    मेरी बास्सैको ९२३ भागबाट राजुले जिम्मेवारी सम्हाल्नेछन् । उनका अनुसार अब नयाँ कथाबाट सिरियल अगाडि बढ्नेछ ।

    राजु अगाडि भन्छन्, ‘हामीले चार भाग छायांकन गरिसकेका छौं । मेरी बास्सैको छायांकनस्थल धादिङको ज्वालामुखी पाउँपालिकाको ५, खरी भदुवार राजेका छौं ।’

    राजु मेरिबास्सैमा ६ वर्ष अघिको आफ्नो परिवार लिएर फर्किएको बताउँछन् । उनीसहित मास्टर्नीको भूमिकामा अनिता बस्नेत, सालीको भूमिकामा सबिना आचार्य (सबु) पनि छन् ।

    यस्तै कलाकारहरु रामचन्द्र अधिकारी (गोक्ते काजी), सुरबिर पण्डित (दाह्री बा), पल्पसा डंगोल (चम्सुरी), निरु खड्का (निर्मली), दिपेन्द्र तिमल्सिना (बालक), साया भण्डारी (राधिका), मुकेश हमाल (सुन्दरे), यादव थापा (ब्याज प्रसाद) लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

    राजु मास्टरले मेरी बास्सैबाट अलग भएपछि मरिचमान श्रेष्ठ (बल्छी धुर्वे) सँग सहकार्य गरेका थिए । उनीहरुको सहकार्य सफल पनि रह्यो । उनीहरले दुईवटा सिरियल ‘हल्का रमाइलो’ र ‘जुठे’ मा सहकार्य गरे पनि पछि कुरा नमिलेपछि अलग भएका छन् ।

    हल्का रमाइलो र जुठे दुवै अहिले बल्छी धुर्वे एक्लैले गर्छन् । राजु मास्टरले भने अब सकस र मेरी बास्सैलाई निरन्तरता दिने छन् ।

    मेरी बास्सैलाई घनश्याम पोखरेल र ज्ञान कुमार कट्टेलले खिच्नेछन् भने रवीन्द्र भट्ट र अशोक चौधरीले सम्पादन गर्नेछन् । व्यवस्थापनको जिम्मेवारीमा उज्जवल खड्का रहेका छन् । मेरी बास्सै प्रत्येक मंगलबार साँझ नेपाल टेलिभिजन र मिडिया हव अफिसियल युट्युव च्यानलमार्फत प्रसारण हुँदै आएको छ ।

  • अस्ट्रेलिया टुरमा निस्किदै प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड

    अस्ट्रेलिया टुरमा निस्किदै प्रमोद खरेल एण्ड परम्परा ब्याण्ड

    काठमाडौं । गायक प्रमोद खरेल आफ्नो ब्याण्ड परम्परा लिएर अस्ट्रेलिया टुरमा निस्किने भएका छन् । उनी अस्ट्रेलियाका बिभिन्न शहरमा आगामी २२ अगस्ट देखी १४ सेप्टेम्बर सम्म हुने साँगितीक कार्यक्रमका लागी निस्किन लागेका हुन् ।

    प्रमोदका अनुसार अस्ट्रेलियाका पाँचवटा सहर सिड्नी, क्यानबेरा, ब्रिसबेन, मेलवर्न र न्यूक्यासलमा सांगीतिक कार्यक्रम हुनेछ । मेला हब र न्यानगन फाइन मेट्सको प्रस्तुति रहने कार्यक्रममा आफ्नो ब्याण्डका अन्य ६ सदस्य सहित अस्ट्रेलिया पुग्नेछन् ।

    उनीसँगै ब्याण्डमा लिड गिटारिस्ट देवासिस तामाङ, बेस गिटारिस्ट कुशल थापासँगै फ्ल्युटमा सञ्जीव मैनाली, ड्रमममा भुपेन्द्र रसाइली, मादलमा जेपी जोशी, किबोर्डमा राहुल भुजेल रहने छन् ।

    अर्को साताको अस्ट्रेलिया टुरका लागी अहिले तयारी गरिरहेका छौं । अस्ट्रेलियाका बिभिन्न शहरका दर्शकहरुलाई मनोरन्जनका लागी तयारी रहन आगह्र गछौं, प्रमोदले भने । ब्याण्ड सहितको यो पहिलो साँगितीक टुर भएकाले पनि हामी उत्साहित छों । ‘परम्परा’ले यो मंगलबार नयाँ गीत ‘के मा बस्यो दिल’ सार्वजनिक गर्दैछ ।

    परम्परा ब्याण्डले आगामी बर्षको जुन र जुलाइमा अमेरिकाको टुरमा निस्किने तयारी गर्दैछ ।

  • आजबाट सौगात मल्ल अभिनीत ‘सिटामोल’ र पल शाह अभिनीत ‘मोहर’ प्रदर्शनमा

    आजबाट सौगात मल्ल अभिनीत ‘सिटामोल’ र पल शाह अभिनीत ‘मोहर’ प्रदर्शनमा

    काठमाडौं । आजबाट सौगात मल्ल अभिनीत चलचित्र सिटामोल र पल शाह अभिनीत चलचित्र मोहर एकसाथ प्रदर्शनमा आएको छ। यो महिना प्रदर्शनमा आउने यी दुई अन्तिम चलचित्र हुन्।

    यी दुवै चलचित्रमा अभिनेत्री बेनिशा हमाल मुख्य भूमिकामा छिन् । ‘मोहर’ मा भने बेनिशासँगै अर्की अभिनेत्री नीति शाह पनि फिचर्ड छिन् ।

    शोको कुरा गर्ने हो भने, यी दुवै चलचित्रले बराबरी जसो शो पाएका छन् । देशकै ठुलो मल्टिप्लेक्स क्युएफएक्सले काठमाडौंभित्र ‘सिटामोल’लाई १५ शो र मोहर’ लाई १४ शो पाएको छ। त्यस्तै, दोस्रो ठूलो मल्टिप्लेक्स आइएनआइ सिनेमाजले मोहरलाई १२ शो दिएको छ भने सिटामोलले ११ शो पाएको छ। अन्य हलमा पनि यी दुईले बराबर जस्तै शो पाएका छन् ।

    राजबहादुर सानेले निर्देशन गरेको चलचित्र सिटामोल सामाजिक कथामा बनेको चलचित्र हो। यसले एक पूर्वमाओवादी कमान्डरलाई केन्द्रमा राखेर कथा भन्छ।

    त्यस्तै, मोहर सामाजिक–थ्रिलर चलचित्र हो। ओम प्रतीकको निर्देशनमा बनेको यो चलचित्रले देउकी प्रथाको नाममा बालिकामाथि हुने हिंसाको कथा भन्छ।

    दुवै चलचित्रमा स्थापित नायक(नायिका भएकाले कुन चलचित्रले कस्तो व्यापार गर्ला भन्ने धेरैको कौतूहलको विषय हो । दुवै चलचित्रको पहिलो दिनको अनलाइन बुकिङ सुखद देखिएको छ भने दुवै चलचित्रको पहिलो दिनको कलेक्सन हेर्न भने आजको दिन कुर्नुपर्नेछ।

  • प्रकाश सुबेदीमाथि निर्माता विनोद पौडेलको आरोप: पैसा नदिएपछि दुस्मनी साँध्न खोजे

    प्रकाश सुबेदीमाथि निर्माता विनोद पौडेलको आरोप: पैसा नदिएपछि दुस्मनी साँध्न खोजे

    काठमाडौं । ब्लक बस्टर चलचित्र ‘पूर्णबहादुरको सारंगी’ का निर्माता विनोद पौडेलले चलचित्र पत्रकार प्रकाश सुबेदीमाथि गम्भीर आरोप लगाएका छन् ।

    सुबेदीले सञ्चालन गर्ने रजतपट कार्यक्रमको टिमले आफूसँग पैसा मागेको र दिन इन्कार गरेपछि आफ्नो विषयमा गलत रिपोर्ट बनाइएको उनको दाबी छ ।

    रजतपट कार्यक्रमको पछिल्लो एपिसोडमा विनोद पौडेलमाथि सुबेदीले घोचपेचयुक्त गसिप वाचन गरेका थिए । पौडेलले आफ्नो चलचित्रको एउटा गीतले युट्युबमा भ्यूज नपाएपछि ‘बुस्ट’ को सहारा लिएको सुबेदीले बताएका छन् ।

    उनले कार्यक्रममा भनेका छन्, ‘अभिमन्यू सिनेमाको माली गीत २१ हजार मात्रै भ्यूज थियो, तर पौडेलले बुस्ट गरेर आज डेढ लाख पुर्‍याउन भ्याइसकेछन् । अब सिनेमा पनि बुस्ट गर्ने होला होइन त रु गर्नुस्, गर्नुस् । २५/३० लाखको टिकट किन्ने तपाईँ नै हो । त्यसमाथि अहिले त पूर्णबहादुरको सारंगीबाट कमाएको पैसा पनि टन्न छँदैछ ।’

    पछि फेरि सुबेदीले यो गसिप मात्रै भएको बताए ।

    उनले भने, ‘यो गसिप हो नि फेरि विनोद जी । फेरि तपाईँ त स्टाटस लेख्न माहिर हुनुहुन्छ । तपाईंको स्टाटस कहिले आउला र कमेन्ट ठोकिहालौँ भनेर पर्खिने पनि कम छैनन् ।’

    नभन्दै निर्माता पौडेलले सुबेदीविरुद्ध स्टाटस ठोकिदिए । स्टाटसमा उनले अभिमन्यू चलचित्रको मिडिया कोअर्डिनेटरसँग रजतपट टिमले प्रमोसनका लागि पैसा मागेपछि आफूले इन्कार गरेको उल्लेख गरेका छन् ।

    उनी लेख्छन्, ‘हाम्रो अभिमन्यु चलचित्र को mभमष्ब अययचमष्लबतयच संग रजतपट टिमले उचयmयतष्यल को लागी पैसा छुट्याएको छ कि छैन भनेर पैसा मागेपछि मैले हुँदैन भने। चलचित्र राम्रो बनाको छु म यो पल्ट पनि रजतपटमा नगर्ने भनेछि दुस्मनी निकाल्न प्रकाश सुबेदी सरले मेरो बारेमा हिजोको एपिसोडमा रिपोट बनाउनुभएछ। छ’

    उनी थप्छन्, ‘हुन त धेरै जना यस्तो विषय आउँदा डराएर चुप लाग्नु हुन्छ किनकि भोलि रजतपट टिमले रिलिज भएछि रिपोर्ट बनाएर फिल्मको बारे नराम्रो भनिदिनुहोला भनेर । तर मलाई यो कुराको मतलब छैन । त्यही प्रोडुसरको पैसा लिएर त्यही प्रोडुसरको खेदो खनेको देखेकोछु मैले। आखिर रजतपटलाई पैसा नदिँदापनि त ब्लकबस्टर भयो पूर्णबहादुरको सारंगी हैन र ? कि रजतपटलाई पैसा दिँदैमा हिट हुने हो र ?’

    गोजीको पैसा हालेर गीत बुस्ट गर्नु वा हलको टिकट काट्नु आफ्नो मार्केटिङ रणनीतिको हिस्सा भएको उनी बताउँछन् ।

    ‘ल गीत बुष्ट गरेँ, सोसलमिडियोमा कन्टेन्ट बुस्ट गरेँ, टिकट पनि काटेँ, के मैले पाप गरेर कि अरूको पैसा ठगेर धम्क्याएर गरे ? नितान्त मेरो गोजीको पैसा हालेर गरे के यसो गर्नु अपराध हो ? मेरो फिल्को मार्केटिगं गर्न मैले आफ्नो हिसाबले नपाउने ? के तपाईँको कार्यक्रममा मार्केटिङ गर्नु अनिवार्य हो ? हामी फिल्म बनाउने मान्छे हो हजुर अरूको कन्ट्रोभर्सी बनाउने मान्छे हैन।
    ‘र अर्को कुरा पूर्णबहादुरको सारंगीको पैसा नहुँदा पनि मैले भात खाएकै थिएँ है र अहिले पनि त्यही भात नै हो। पूर्ण बहादुरको सारंगीको पैसाको कसले मिलेर हिनामिना गरे तपाईँलाई त पक्कै थाहा छ होला, किनकि कसले कतिको बुष्टिङ गर्‍यो त्यो थाहा हुनेलाई यति जाबो कुरा त के थाहा नहोला र ?’

    त्यसो त सुबेदीप्रति विनोदको जस्तै गुनासो चलचित्र क्षेत्रमा अनगिन्ती निर्माता, निर्देशक र कलाकारको छ । प्रमोसनका लागि पैसा दिए मात्रै चलचित्रको सकारात्मक चर्चा गर्ने, अन्यथा निरन्तर गाली र कटाक्ष गर्ने गरेको धेरैको मुखबाट सुनिन्छ । तर सामाजिक सञ्जालमा लेख्ने हिम्मत भने कमैले गर्ने गरेका छन् । विनोदले स्टाटस त लेखे, तर यसबापत अब सुबेदीको प्रत्याक्रमण झेल्न उनी तयार भएर बस्नुपर्ने छ । सुबेदीले सम्भवतः पौडेलमाथि अर्को हप्ता प्रहार गर्नका लागि ‘हतियार’ तिखार्न थालिसके ।

    (‘सुबेदीजी, यो गसिप मात्रै हो है !’)

  • क्यानाडा जान ठिक्क परेका खेम सेन्चुरी अचानक बिरामी, एयरपाेर्टबाट ल्याएर अस्पताल भर्ना

    क्यानाडा जान ठिक्क परेका खेम सेन्चुरी अचानक बिरामी, एयरपाेर्टबाट ल्याएर अस्पताल भर्ना

    काठमाडौं । गायक खेम सेन्चुरी एक महिनाको सांगीतिक यात्राका लागि क्यानडा जाने क्रममा दिल्ली उड्न लाग्दा अचानक बिरामी भएका छन् ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यात्री प्रतीक्षालयमा रहँदा अचानक पेटमा समस्या देखिएपछि सिनामंगलस्थित केएमसी अस्पतालमा भर्ना गरिएको उनका निकटस्थ शम्भु कुँवरले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

    उनी सांगीतिक कार्यक्रमका लागि क्यानडा, इजरायल र अस्ट्रेलिया जान लागेका थिए ।

    उनको स्वास्थ्य अवस्था क्रमिक सुधार आइरहेको कुँवरले जानकारी गराएका छन् ।

    बिरामीका कारण अगस्ट ९ मा क्यानडामा हुने “हिमालयन मेला” कार्यक्रममा भने उपस्थिति जनाउन नसक्ने भएका छन् ।

    यद्यपि चिकित्सकहरुसँगको परामर्शमा बाँकी कार्यक्रममा जाने योजनामा रहेको पनि बताइएको छ ।

     

  • केदार र वर्षाको ‘माग्ने राजा’ ट्रेलर सार्वजनिक (भिडियाे)

    केदार र वर्षाको ‘माग्ने राजा’ ट्रेलर सार्वजनिक (भिडियाे)

    काठमाडौं । ऋषि लामिछानेको निर्देशनमा निर्माण भएको सिनेमा ’माग्ने राजा’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको ३ मिनेट ४० सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो । यो सिनेमाको ट्रेलरमा मुख्य अभिनेता केदार घिमिरे (माग्ने बुढा)लाई नै केन्द्रमा राखिएको छ ।

    सिनेमाको ट्रेलरले कथावस्तु र चरित्र चित्रणबारे प्रकाश पार्छ । मुख्य अभिनेता केदारसहित वर्षा सिवाकोटी, विल्सनविक्रम राई, शिशिर बाङ्देल, शारदा गिरीलाई ट्रेलरमा स्थान दिइएको छ । सार्वजनिक ट्रेलरमा मिस पबीलाई टेलिभिजन प्रस्तोता तथा गायिका तथा पूर्व राष्ट्रिय सभा सदस्य कोमल वलीलाई न्यायाधीशको रुपमा देखाइएको छ ।

    एक गाउँले साधारण युवाको धनी बन्ने सपनाको कथावस्तुमा सिनेमा निर्माण भएको सार्वजनिक ट्रेलरबाट बुझ्न सकिन्छ । केदारलाई विभिन्न अवतारमा प्रस्तुत गरिएको छ । केदारले शीर्ष भूमिकामा अभिनय गरेको यो पहिलो सिनेमा हो । यसअघि उनी सहायक भूमिकामा सिमित थिए ।

    आगामी भदौ ६ गतेबाट रिलिज हुने सिनेमाले मुलुकको सामाजिक, आर्थिक र राजनीतिक परिस्थितीलाई ब्यंग्य गरेको छ । बिना मिहेनत पैसा कमाउन नहुने सन्देश दिने सिनेमाको ट्रेलरले दर्शकमाझ कौतुहल्ता पैदा गर्न सफल देखिन्छ ।

    आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता तथा निर्माता मुनाल घिमिरे हुन् । ’इच्छा’ रिलिजको लामो समयपछि सिनेमा निर्माणमा फर्केका छन् । निर्माता घिमिरे हाल दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष समेत हुन् ।

    नरेन्द्र मैनालीले खिचेको सिनेमामा अभिनेता आर्यन सिग्देलको पनि विशेष भूमिका रहेको छ । आरआर फिल्मस्ले वितरण गर्ने सिनेमामा सामीप्य राज तिमल्सेनाको कथा, पटकथा तथा संवाद र दीपक शर्मा बाबुल गिरीको संगीत रहेको छ ।

  • अप्ठेरो परिस्थितिबीच विशाल भण्डारीले कमेडी च्याम्पियन ३ का विजेतालाई दिए पूर्वघोषित कार (भिडिओ)

    अप्ठेरो परिस्थितिबीच विशाल भण्डारीले कमेडी च्याम्पियन ३ का विजेतालाई दिए पूर्वघोषित कार (भिडिओ)

    काठमाडौं । कमेडी च्याम्पियन ३ मा विजेता बनेका कमेडियन सुनील खड्काले कार पुरस्कार आज प्राप्त गरेका छन् । अघिल्लो वर्ष असारमा उनले कमेडी च्याम्पियनको उपाधि जितेका थिए ।

    सुनीललाई कमेडी च्याम्पियनका सञ्चालक विशाल भन्डारीले आज एक कार्यक्रमबीच कार हस्तान्तरण गरे । करिब ४० लाख रुपैयाँ मूल्यको नेटा कार खड्काले प्राप्त गरेका छन् । उनले विषय परिस्थितिमा पनि आफूलाई कार दिएकोमा भण्डारीप्रति आभार प्रकट गरे ।

    भण्डारीले आफू जतिसुकै अप्ठेरो परे पनि साथी, सहकर्मी र विजेतालाई अप्ठेरोमा पार्न नचाहेको बताए ।

    कमेडी च्याम्पियनका सञ्चालक भण्डारी अहिले आर्थिक झमेलामा छन् । आफूलाई पार्टनरले धोका दिएको र मुद्दामामलामा अल्झाएको उनको गुनासो छ ।

  • भोलिबाट सौगात मल्ल अभिनित ‘सिटामोल’ र पल शाह अभिनित ‘मोहर’ प्रदर्शनमा

    भोलिबाट सौगात मल्ल अभिनित ‘सिटामोल’ र पल शाह अभिनित ‘मोहर’ प्रदर्शनमा

    काठमाडौं । भाेलि (साउन २३) बाट अभिनेत्री बेनिशा हमाल अभिनित दुई चलचित्र ‘सिटामोल’ र ‘मोहर’ एकसाथ प्रदर्शनमा आउने भएका छन् । यी दुवै चलचित्रमा बेनिशा मुख्य भूमिकामा छिन् ।

    भाेलिबाट प्रदर्शनमा आउने बेनिशाको चलचित्र ‘सिटामोल’मा मुख्य अभिनेताको रूपमा सौगात मल्ल छन् भने मोहरमा पल शाह छन् । ‘मोहर’ मा पलसँगै अर्की अभिनेत्री नीति शाह पनि छिन् ।

    यी दुवै चलचित्रले बराबरी जसो शो पाएका छन् । देशकै ठुलो मल्टिप्लेक्स क्युएफएक्सले काठमाडौंभित्र ‘सिटामोल’लाई १५ शो दिएको छ भने मोहर’ले १४ शो पाएको छ।

    त्यस्तै, दोस्रो ठूलो मल्टिप्लेक्स आइएनआइ सिनेमाजले मोहरलाई १२ शो दिएको छ भने सिटामोलले ११ शो पाएको छ। अन्य हलमा पनि यी दुईले बराबर जस्तै शो पाएका छन् ।

    राजबहादुर सानेले निर्देशन गरेको चलचित्र सिटामोल सामाजिक कथामा बनेको चलचित्र हो। यसले एक पूर्वमाओवादी कमाण्डरलाई केन्द्रमा राखेर कथा भन्छ।

    त्यस्तै, मोहर सामाजिक–थ्रिलर चलचित्र हो। ओम प्रतीकको निर्देशनमा बनेको यो चलचित्रले देउकी प्रथाको नाममा बालिकामाथि हुने हिंसाको कथा भन्छ।

    यो महिना प्रदर्शनमा आउने यी दुई अन्तिम चलचित्र हुन्। यी दुवै चलचित्रमा स्थापित नायक-नायिका भएकाले कुन चलचित्रले कस्तो व्यापार गर्ला भन्ने धेरैको कौतुहलको विषय हो ।

    (यसअघि भुलबस  भोलिबाट हुनुपर्नेमा आजबाट भनेर समाचार प्रकाशन हुन गएकाले क्षमायाचनासहित सच्याइएकाे छ । )

  • ‘आँखा मार्ने’ मा नाजिर र प्रियंका सँगसँगै

    ‘आँखा मार्ने’ मा नाजिर र प्रियंका सँगसँगै

    काठमाडौं । गायक तथा संगीतकार कृष्ण विकको ‘आँखा मार्ने’ बोलको गीतको भिडिओ सार्वजनिक गरिएको छ । विककै शब्द संगीत रहेको गीतको महिला गायनमा मनिषा सुनारले साथ दिएकी छन् ।

    एन एक्स मसको एरेन्जमा तयार गीतको भिडिओमा नाजिर हुसेन र प्रिंयकाले कार्की रोमान्टिक मुडमा देखिएका छन् । यो भिडिओ संगीतकार कृष्ण विकको डेब्यू निर्देशन हो ।

    उनले यसअघि ‘यानीमाया’, ‘रातो टिकी’, ‘राधा पियारी’, ‘हजुर मुसुक्कै’ लगायतका गीत ल्याएका छन् ।

    उनले भने, ‘नाजिर र प्रियङ्काको केमेष्टि दर्शकको रोजाइ बन्ला भन्ने अपेक्षा राखेको छु ।’

    कृष्ण विकको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भिडिओ सार्वजनिक गरिएको छ ।

  • ‘बलिदान’ मा निर्देशक सेन आफैँ कलाकार, चिन्नै नसकिने हुलिया

    ‘बलिदान’ मा निर्देशक सेन आफैँ कलाकार, चिन्नै नसकिने हुलिया

    काठमाडौं । वडा दसैँको अवसर पारेर फूलपातीबाट रिलिजको तयारीमा रहेको चलचित्र ‘बलिदान’ को एकैपटक चारवटा पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले आफ्नो प्रचारप्रसार अभियानलाई थप सशक्त बनाउँदै एकैपटक ४ मुख्य पात्रहरूको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको हो।

    यसमा रोचक के छ भने, सार्वजनिक पोस्टरमध्ये एउटामा निर्देशक सन्तोष सेन आफैँ छन् । उनले अरु कलाकारसंगको पोस्टरसंगै आफ्नो एक छुट्टै पोस्टर पनि सार्वजनिक गरेका हुन। पोस्टरमा उनी चिन्नै नसकिने हुलियामा छन् । पोस्टर झट्ट हेर्दा पहिलो नजरमा उनलाई चिन्नै गाह्रो पर्छ। यसअघि उनले कहिले आफू यो चलचित्रमा कलाकारको रुपैँया रहेको जिकिर गरेका थिएनन् । एकैचोटि उनले पोस्टर सार्वजनिक गर्दै आफू चलचित्रमा रहेको जानकारी दिएका हुन।

    सेनका अनुसार चलचित्रमा निभाएको उनको पात्रले समाजलाई परिभाषित गरेको छ। उनले चलचित्रमा आफ्नो भुमिकाबारे भने खुलाएका छैनन् ।

    बुधवार सार्वजनिक गरिएको अन्य तीन पोस्टरमा अभिनेता अर्पण थापा, अभिनेत्री ऋचा शर्मा र अभिनेता हेमन्त बुढाथोकी फिचर्ड छन् । टिजर सार्वजनिक हुनुअघि चलचित्रका केही विशेष पात्रहरूको गहिरो प्रभाव छोड्ने अनुहारलाई दर्शकसामु पस्किएको सेनको भनाई छ। यी तस्बिरहरू केवल पोस्टर नभई समाजका कुनाकाप्चामा लुकेको आवाज भएको सेन बताउँछन् ।

    सन्तोस सेनको निर्देशन र आसुसेन फिल्म्स् प्रा.लि. को प्रस्तुति रहेको चलचित्रमा निर्माता पवन ब्राडफोर्ड बिस्टको लगानी छ।

  • उच्च शोसहित ‘सिटामोल’ को अग्रीम टिकट बुकिङ खुल्ला, बक्सअफिसमा कस्तो रहँला सुरुवात ?

    उच्च शोसहित ‘सिटामोल’ को अग्रीम टिकट बुकिङ खुल्ला, बक्सअफिसमा कस्तो रहँला सुरुवात ?

    काठमाडौं । साउन २३ गते (शुक्रबार) बाट प्रदर्शनमा आउने सिनेमा ‘सिटामोल’को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । देशभरका अधिकांश मल्टीप्लेक्स हलले अग्रीम टिकट बुकिङ खुल्ला गरिसके पनि केही हलमा खुल्ने चरणमा छ । यो सिनेमाले अग्रीम टिकट बुकिङमा राम्रो शो पाएको हो ।

    सिनेमाका प्रचार सामाग्रीले दर्शकमाझ बनाएको राम्रो हाइपलाई मध्ये नजर गर्दै मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्मले ‘सिटामोल’लाई राम्रो शो उपलब्ध गराएका छन् । अग्रीम टिकट बुकिङ दर्शकको चाप देखिएको खण्डमा विस्तारै शो थपिँदै जाने विश्वास निर्माण टिमको छ । देशकै ठुलो मल्टीप्लेकस चेन क्युएफएक्सले ‘सिटामोल’लाई काठमाडौं उपत्यकामा १५ शो र मोफसलमा १६ शो गरि देशभरका चेनमा ३१ शो दिएको हो ।

    यता, देशकै दोस्रो ठुलो मल्टीप्लेक्स चेनले आइएनआइ सिनेमाजले आफ्ना ४ आउटलेटमा ११ शो, बिग मूभिजले २ शो, एफक्युब सिनेमाजले ३ शो, बिएसआर मूभिजले २ शो, वान सिनेमाजले ६ शो, सिने डी सेफले ३ शो, कीर्तिपुर सिनेप्लेक्सले २ शो उपलब्ध गराएका छन् । रञ्जना, विश्वज्योति, सीके सिनेमाज लगायत काठमाडौंसहित मोफसलमा धेरै सहरका हलमा अग्रीम टिकट बुकिङ खुल्ने चरणमा रहेकाले ‘सिटामोल’ले शुक्रबारसम्म करिब १५० बढि शोसहित प्रदर्शनमा आउने अपेक्षा निर्माण टिमको छ ।

    सिनेमाले सार्वजनिक प्रचार सामाग्री पोस्टर, गीत, टिजर तथा ट्रेलरबाट पाएको प्रतिक्रियाबाट यो सिनेमाले बक्सअफिसमा राम्रो सुरुवात गर्ने देखिन्छ ।

    राज बहादुर साने निर्देशित सिनेमामा सौगात मल्ल, बेनिशा हमाल, श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ । श्री कृष्ण र जानुकाले यही सिनेमाबाट नेपाली रजतपटमा डेव्यु गरेका हुन् ।

    तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको सिनेमाको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन्। सिमोस सुनुवारको प्रस्तुती रहेको सिनेमामा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह(निर्मातामा छन् ।

    बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, डिआई कलर राजेन्द्र मोक्तान, साउण्ड डिजाइनर मुकेश शाह, द्धन्द्व निर्देशन देव महर्जन र शंकर महर्जन, राकेश दाहालको पोस्टर डिजाइन, प्रोडक्सन म्यानेजर विकास तामाङ र धनबहादुर राई रहेको सिनेमालाई दिव्य सुवेदीले खिचेका हुन् ।

  • बेनिशा अभिनीत दुई चलचित्र ‘सिटामोल’ र ‘मोहर’ एकै दिन प्रदर्शनमा, कसले कति पाए शो ?

    बेनिशा अभिनीत दुई चलचित्र ‘सिटामोल’ र ‘मोहर’ एकै दिन प्रदर्शनमा, कसले कति पाए शो ?

    काठमाडौं । यहीँ शुक्रबारदेखि प्रदर्शनमा आउन लागेका दुई नेपाली चलचित्र ‘सिटामोल’ र ‘मोहर’को अग्रिम टिकट बुकिङ खुला भएको छ। यो महिना प्रदर्शनमा आउने यी दुई अन्तिम चलचित्र हुन।

    दुवै चलचित्रमा अभिनेत्री बेनिशा हमाल मुख्य भूमिकामा छिन। दुवै चलचित्रको प्रोमोसनको लागी बेनिशा हिँडिरहेकी छिन् । एकै दिन आफ्ना दुई चलचित्र प्रदर्शनमा आउँदा उनलाई प्रोमोसनमा कुद्न भ्याई-नभ्याई भएको छ।

    प्रदर्शनमा आउन लागेको बेनिशाको चलचित्र सिटामोलमा मुख्य अभिनेताको रूपमा सौगात मल्ल छन् भने मोहरमा पल शाह छन् । पलसंगै मोहर मा नीति शाह पनि छिन् ।

    यी दुवै चलचित्रले शो तालिका तय गर्दै अग्रिम बुकिङ खुलाएका हुन्। देशको सबभन्दा ठूलो मल्टिप्लेक्स चेनले दुवै चलचित्रलाई पहिलो दिनमा लागि बराबरी जसो शो दिएको छ।

    क्युएफएक्सले काठमाडौंभित्र सिटामोललाई १५ शो दिएको छ भने मोहरले १४ शो पाएको छ। दोस्रो ठूलो आइएनआइ सिनेमाजले मोहरलाई १२ शो दिएको छ भने सिटामोलले ११ शो पाएको छ। त्यस्तै, वान सिनेमाजले दुवै फिल्मलाई ६र६ शो दिएको छ। अन्य मल्टिप्लेक्सले पनि दुवै चलचित्रको लागि बुकिङ खुलाइसकेका छन्।

    राजबहादुर सानेले निर्देशन गरेको चलचित्र सिटामोल सामाजिक कथामा बनेको चलचित्र हो। यसले एक पूर्वमाओवादी कमाण्डरलाई केन्द्रमा राखेर कथा भन्छ।

    त्यस्तै, मोहर सामाजिक–थ्रिलर चलचित्र हो। ओम प्रतीकको निर्देशनमा बनेको यो चलचित्रले देउकी प्रथाको नाममा बालिकामाथि हुने हिंसाको कथा भन्छ।

  • सुप्रमा–ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार डा. खनालको ‘सावर्णि’लाई प्रदान गरिने

    सुप्रमा–ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार डा. खनालको ‘सावर्णि’लाई प्रदान गरिने

    काठमाडौं । सुप्रमा–ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार–२०२५ डा. श्रीधर खनालको ‘सावर्णि’ लाई प्रदान गरिने भएको छ।

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बेलायत च्याप्टरले उक्त पुरस्कार खनाललाई प्रदान गर्ने निर्णय गरेको हो।

    सर्वोकृष्ट घोषित १० पुस्तकहरु मध्येबाट खनालको उपन्यास ‘सावर्णि’ लाई पुरस्कारका लागि निर्णायक समितिद्वारा सर्वसमितिले छनोट गरिएको पुरस्कार समिति संयोजक डा। रुपक श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार सुप्रमा–ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कारले नेपाली साहित्यमा उल्लेखनीय योगदान गर्ने साहित्यकारलाई सम्मान गर्दै आएको छ।

    पुरस्कारको राशी ५ सय पाउण्ड रहेको छ। २०८१ सालमा एआई र रोबोटिक्समा आधारित उक्त उपन्यास बुक हिल पब्लिकेसनबाट प्रकाशित भएको थियो । ए।आई। र मानव भविष्यलाई नौलो शैलीले प्रस्तुत गरेका कारण रोचक लागेको पाठकहरुले प्रतिक्रिया दिएका थिए ।

    उक्त कृतिलाई नेपालकै पहिलो रोबोटिक्स साइन्स फिक्सन पनि दाबी गरिएको छ ।

     

  • सिटामोल’को नयाँ गीत ‘रातो पछ्यौरी’ सार्वजनिक

    सिटामोल’को नयाँ गीत ‘रातो पछ्यौरी’ सार्वजनिक

    काठमाडौं । फिल्म प्रदर्शनको संघारमा फिल्म ‘सिटामोल’ को नयाँ गीत ‘रातो पछ्यौरी’ सार्वजनिक गरिएको छ। आगामी साउन २३ गतेबाट  रिलिज हुने तयारीमा रहेको फिल्मको यो गीत सार्वजनिक गरेको हो । गीतमा अञ्जना खतिवडा र रवि ओडको स्वर रहेको छ । गीतमा बाबुल गिरीले शब्द, संगीत तथा एरेन्जमेन्ट गरेका हुन् ।

    गीतले नेपाली मौलिकता झल्काउने र फिल्मको कथा भावलाई थप सशक्त बनाउने विश्वास गरिएको छ। यसअघि सार्वजनिक गरिएको फिल्मको ट्रेलरले दर्शकबाट निकै सकारात्मक प्रतिक्रिया पाएको थियो।

    ट्रेलरमा नेपाली समाजमा विद्यमान गरिबी, बेरोजगारी, पारिवारिक झमेला र सरकारी उदासीनतालाई हांस्य व्यङ्ग्य शैलीमा प्रस्तुत गरिएको छ, जसले दर्शकको मन जित्न सफल भएको देखिन्छ।

    राजबहादुर साने निर्देशित फिल्ममा सौगात मल्ल र बेनिशा हमाल मुख्य भूमिकामा छन्। साथै, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल, साथै बाल कलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसीको पनि दमदार अभिनय रहनेछ।

    श्रीकृष्ण र जानुकाले यही चलचित्रबाट नेपाली रजतपटमा डेब्यू गर्दै छन्। तुल्सी देवी फिल्म प्रालिको निर्माण तथा जुनतारा फिल्म्सको सहकार्यमा बनेको सिटामोलको कथा प्रदीप भारद्धाज र निर्देशक राजबहादुर सानेले लेखेका हुन्।

    फिल्ममा सिमोस सुनुवारको प्रस्तुति, भूगोल कुमार कार्की र विकाश राज जोशीको निर्माण, अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी को कार्यकारी निर्माण तथा गंगाराम श्रेष्ठ को सह-निर्माण रहेको छ।

    प्राविधिक पक्षमा बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको डिआई कलर, मुकेश शाहको साउण्ड डिजाइन, देव महर्जन र शंकर महर्जनको द्वन्द्व निर्देशन, राकेश दाहालको पोस्टर डिजाइन, विकास तामाङ र धनबहादुर राईको प्रोडक्सन म्यानेजमेन्ट तथा दिव्य सुवेदीको छायांकन रहेको छ।

  • ‘जारी २’सँग प्रकाश सपूतको ‘सोल्टिनी’ नभिड्ने, कहिले होला प्रदर्शन ?

    ‘जारी २’सँग प्रकाश सपूतको ‘सोल्टिनी’ नभिड्ने, कहिले होला प्रदर्शन ?

    काठमाडौं । असोज ३ मा ‘जारी २’सँग प्रकाश सपूत स्टारर ‘सोल्टिनी’ नभिड्ने पक्का भएको छ । निर्माण टिमका एक सदस्यले दिएको जानकारी अनुसार ‘जारी २’सँग ‘सोल्टिनी’ अब भिड्ने छैन । ती सदस्यले भने, ‘अब दशैं र तिहारको बीचतिर प्रदर्शन हुने तयारी छ । प्रदर्शन मिति छिट्टै सार्जवनिक हुनेछ ।’

    तिहारमा पनि चलचित्रको चाप उस्तै भएकाले तिहारभन्दा एक साता अगाडि चलचित्र प्रदर्शन हुने सम्भावना धेरै रहेको उनले बताए । असाजे ३ मा चलचित्र प्रदर्शन गर्ने भनेर छयांकन अगाबै ‘सोल्टिनी’को प्रदर्शन मिति तय गरिएको थियो । चलचित्रको फस्ट लुक र एउटा गीत सार्वजनिक भइसकेको छ ।

    चलचित्रमा प्रकाश र परीक्षा लिम्बुको मुख्य भुमिका रहेको ‘सोल्टिनी’ अर्जुन सुवेदीको निर्देशनमा तयार भएको हो ।

    यो दशैंमा प्रकाशको ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ एकसाथ प्रदर्शन हुँदैछ भने यसअघि उनको ‘वसन्त’ प्रदर्शन भएको थियो । दशैंमा प्रदर्शन हुने दुवै चलचित्र मल्टीस्टारर भएकाले ‘सोल्टिनी’ प्रकाशका लागि विशेष छ । संविधान विदवसको वसर पारेर असोज ३ मा भने दयाहाङ राई स्टारर ‘जारी २’ एक्लै प्रदर्शन हुने भएको छ ।

  • ‘अभिमन्यु : च्याप्टर-१’को ‘माली’ गीत सार्वजनिक, प्रतिस्पर्धाको लागि आह्वान

    ‘अभिमन्यु : च्याप्टर-१’को ‘माली’ गीत सार्वजनिक, प्रतिस्पर्धाको लागि आह्वान

    काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर-१’को गीत सार्वजनिक भएको छ । रक्षाबन्धनलाई मध्यनजर गरेर सोमबार निर्माणपक्षले चलचित्रको ‘माली’ बोलको गीत सार्वजनिक गरेको हो ।

    प्रशान्त सिवाकोटीको शब्द, संगीत तथा स्वर रहेको गीतमा विषम आचार्यको संगीत संयोजन छ । प्रशान्त तिनै संगीतकर्मी हुन्, जसले चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’का अधिकांश गीत गाएका थिए ।

    सार्वजनिक गीतको भिडियाेमा दाजु र बहिनीबिचको सम्बन्ध र जिम्मेवारीको कथा देखाईएको छ । भिडियाेमा दाजुले बहिनीलाई गर्ने माया र बहिनीको हाँसोमा खुसी अनि संसार देख्ने जिम्मेवार दाजुको कथा छ ।

    गीत सार्वजनिक गर्दै निर्माणपक्षले भिडियो प्रतिस्पर्धाको पनि घोषणा गरेको छ । प्रतिस्पर्धामा भाग लिने प्रतिस्पर्धीले दाजुभाइ-दिदीबहिनीले रक्षाबन्धनको राखी बाँधेको भिडियो बनाएर सेयर गर्नुपर्नेछ। उत्कृष्ट ३ भिडियोलाई क्रमशः ५० हजार, ३० हजार र १५ हजार रकम पुरस्कार राखिएको छ।

    ‘अभिमन्यु : च्याप्टर–१’ यहीँ भदौ २७ गते रिलिज हुँदैछ । हिन्दी भर्सनमा भने असोज ६ अर्थात् सेप्टेम्बर २२ मा वल्र्डवाइड रिलिज हुनेछ।पोस्टप्रोडक्सनमा रहेको चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को मुख्य भूमिकामा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला छन् ।

    सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको यो चलचित्रलाई सुशान्त गौतमले निर्देशन गरेका हुन् । मुकेश खनालको लेखन रहेको चलचित्रको निर्मातामा विनोद पौडेल र गुञ्जन गिरी छन् ।

  • ‘कबड्डी ५’ दशैंको भोलिपल्टै फ्लोरमा जाने पक्का, दयाहाङ र सौगात फाइनल

    ‘कबड्डी ५’ दशैंको भोलिपल्टै फ्लोरमा जाने पक्का, दयाहाङ र सौगात फाइनल

    काठमाडाैं । रामबाबु गुरुङ निर्देशित ‘कबड्डी’ फ्रेन्चाइजको पाँचौं श्रंखला दशैंको भोलिपल्टै फ्लोरमा जाने पक्का भएको छ । निर्माण टिमका एक सदस्यले दिएको जानकारी अनुसार दशैंको भोलिपल्टै चलचित्र फ्लोरमा जानेछ ।

    ‘अहिले स्क्रिप्टको फाइनल छाँटकाटको काम भइरहको छ,’ ती सदस्यले भने, ‘कलाकारहरुमा दयाहाङ राई र सौगात मल्लको अलवा बुद्धि तामाङ, विजय बराल मुख्य भूमिकामा हुनेछन् । तर, हिरोइन को हुने भन्ने चाहिँ पक्का भइसकेको छैन ।’

    दयाहाङ कबड्डी श्रंखलाको सुरुवातदेखि नै थिए भने सौगात मल्ला ‘कबड्डी २’ र ‘कबड्डी ४ ः फाइनल म्याच’मा थिए । निर्माण पक्षले फाइनल म्याचलाई अन्तिम श्रंखला भने पनि पुनः पाचौं श्रंखला बनाउने तयारीमा जुटेको हो । यससँगै कबड्डी श्रंखला कहाँ पुगेर टुंगिन्छ, यकिनका साथ भन्न सकिने अवस्था छैन । ‘कबड्डी ४’ले २१ करोड ४० लाख ग्रस गरेको थियो ।

    तर, ‘कबड्डी ५’को सेड्युअलले दयाहाङका अन्य चलचित्रको निर्माता र निर्देशकहरुलाई भने अप्ठ्यारोमा पारेको छ । अशोक शर्माको ‘डबल त्रिपल’ भदौमा सुट हुने तालिका थियो । तर, अर्का अभिनेता खगेन्द्र लामिछाने ‘क्याप्टेन साब’मा व्यस्त भएपछि ‘डबल त्रिपल’को सुटिङ मंसिरमा धकेलिएको छ ।

    ‘डबल त्रिपल’सँग माओत्से गुरुङको ‘पेन्सन पट्टा’ र अनिल बुढाको ‘मित ज्यु’मा पनि दयाहाङ नै छन् । यी तिनै चलचित्रले मंसिर ताकिरहेका छन् । अब दयाहाङले यी तीनमध्ये कुन चलचित्र छनोट गर्छन्, त्यही चलचित्रको सुट मंसिरमा हुनेछ ।

  • ‘मोहर’ ले पायो ‘पीजी’ सर्टिफिकेट, १६ वर्ष मुनीका बालबालिकाले हेर्न मिल्ने

    ‘मोहर’ ले पायो ‘पीजी’ सर्टिफिकेट, १६ वर्ष मुनीका बालबालिकाले हेर्न मिल्ने

    काठमाडौं । आउँदो शुक्रबार अर्थात साउनको २३ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘मोहर’ ले पीजी सर्टिफिकेट पाएको छ।

    देउकी प्रथामा आधारित यो चलचित्रलाई सेन्सर बोर्डले सोमबार ‘पीजी सर्टिफिकेट’ दिएको हो । अब, यो चलचित्र हेर्न १६ वर्ष मुनीका बालबालिकाले बुवाआमालाई साथमा लिएर जान पाउनेछन्।

    फिल्म मेकर्स प्रा.लि.को व्यानरमा निर्माण भएको यो चलचित्रको प्रदर्शन मिति नजिकिएसंगै यतिबेला निर्माण टिम प्रचारप्रसारमा खटिएको छ। चलचित्रको मुख्य अभिनेता शाह चलचित्रको प्रचारका लागी चितवन पुगेका छन् । चितवनमा आयोजना भएका विभिन्न कार्यक्रममा उनी सहभागी भएका छन भने पर्सामा आयोजित एक कार्यक्रममा उनले दर्शकहरुसँग साक्षात्कार गरेका छन् ।

    चितवनका दर्शकसँग साक्षात्कार गरेका पल आजै पोखरामा आयोजना हुने कार्यक्रममा दर्शकसँग भेटघाट गर्नेछन। ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार पारिएको यो चलचित्रको निर्माता चुम्बन जंग शाही हुन् । चलचित्रमा पल शाह, नीति शाह, बेनिशा हमाल, अर्जुन जंग शाही, लक्ष्मी गिरी, सारा शर्मा, रवीन्द्र झा लगायतका कलाकारहरुको अभिनय छ ।

  • महायज्ञमा केदार र वर्षा, चलचित्रको प्रचारको साथै २५ हजार सहयोग

    महायज्ञमा केदार र वर्षा, चलचित्रको प्रचारको साथै २५ हजार सहयोग

    काठमाडाैं । भदौ ६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको प्रचारका क्रममा ‘माग्ने राजा’को मुख्य कलाकार केदार घिमिरे, वर्षा शिवाकोटी, निर्देशक ऋषि लामिछाने, लेखक सामिप्यराज तिमिल्सिना पशुपति परिसर पुगेका छन् । पशुपति परिसरमा अयोजना भइरहेको महायज्ञमा भक्तजनहरुसँग भजन गाएर नाचगान समेत गरे ।

    कलाकार घिमिरेले २५ हजार १ रुपैयाँ सहयोग पनि गरेका छन् । भक्तपुर र ललितपुरमा मामाघर आश्रम स्थापनार्थ मानवसेवा फाउण्डेसनले आयोजना गरेको महायज्ञमा घिमिरेले आर्थिक सहयोग पनि गरेका हुन् ।

    चलचित्रको प्रचार गर्न महायज्ञ पुगेका विषयमा घिमिरेले भने, ‘साउनको सोमबार पशुपति गएको थिएन । आज सोमबार पारेर गएको थिएँ । त्यहाँ महायज्ञ पनि भइरहेको रहेछ । हाम्रो चलचित्र हेर्ने दर्शक पनि उपस्थित हुनुभएको रहेछ । त्यहाँ पनि सहभागी भयौं ।’

    उनले थपे, ‘पूण्य भूमिमा पुग्दा दर्शकहरु पनि भेटिनुभयो । म त खुसीले भजन गाएर नाचेँ पनि । भवन निर्माणका लागि सहयोग पनि गरेँ ।’

  • ‘जहाजैमा’बाट बाहिरिए सौगात, एड्भान्स रकम पनि फिर्ता गरे

    ‘जहाजैमा’बाट बाहिरिए सौगात, एड्भान्स रकम पनि फिर्ता गरे

    काठमाडौं । कृषा चौलागाईंले निर्देशन गर्ने चलचित्र ‘जहाजै’बाट अभिनेता सौगात मल्ल बाहिरिएका छन् । चलचित्रबाट बाहिरिएसँगै सौगातले एड्भान्स रकम पनि निर्माण पक्षलाई फिर्ता दिएका छन् ।

    सौगातका अनुसार चलचित्रमा उनको भूमिका महत्वपूर्ण थियो । निर्माण पक्षले सौगातको ज्यानमा जिम गरेर कटहरु देखिनुपर्ने, मार्सल आर्ट पनि सिक्नुपर्ने बताएका थिए । सौगातले भने, ‘पात्रका लागि मिहेनत गर्नुपर्ने भएकाले मैले तीन महिनाको समय मागेको थिएँ । तर, उहाँहरुले एक महिनामै तयार हुनु भन्नुभयो । यहीबीचमा मेरो खुट्टाको अप्रेसन गर्नुपर्ने भयो, डक्टरले २२ दिन रेस्ट गर्नु भन्नुभयो । यसपछि मैले नभ्याउने भएँ ।’

    मिहेनत नगरी चलचित्र खेल्दा पात्रमाथि अन्याय हुने भएकाले आफूले रातारात निर्माण पक्षलाई जानकारी गराएको र एड्भान्स रकम फिर्ता गरेको सौगातले बताए । दशैअघि अर्को चलचित्रको सुट भएको र दशैं लगत्तै ‘कबड्डी ५’को सुटमा व्यस्त हुने भएकाले पनि ‘जहाजैमा’ चलचित्रका लागि समय निकाल्न नसकेको बताए ।

    ‘जहाजैमा’मा केदारप्रसाद घिमिरे ‘माग्ने बूढा’, कार्म, जापानी फिल्ममा अभिनय गर्दै आइरहेकी फिलिपिनो अभिनेत्री रुजेल इचिमिया लगायतको अभिनय रहने पक्का भइसकेको छ ।

  • धिरज र उपासनाको ‘जलाकी’ पोस्टर रिलिज

    धिरज र उपासनाको ‘जलाकी’ पोस्टर रिलिज

    काठमाडौं । गत वर्षको असोज ३ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापामगर नयाँ सिनेमा ‘जलाकी’ निर्माण गर्दैछन् । यो सिनेमाको गत चैत्रमा केही दिन छायांकन समेत भैसकेको छ । अब असोज २१ गतेबाट यो सिनेमाको दोस्रो चरणको छायांकन तयारी चलिरहेको छ ।

    गत असार ३० गते चलचित्र विकास बोर्ड हरेक वर्ष वितरण गर्ने राष्ट्रिय चलचित्र पुरस्कारमा ‘खुस्मा’बाट अभिनेत्री उपासना सिंह ठकुरीले उत्कृष्ट अभिनेत्रीको अवार्ड समेत जितेकी छन् । ‘जलाकी’मा पनि उपासनाको मुख्य भूमिका रहनेछ । उनले यो सिनेमामा अभिनेता धिरज मगर र सोनम तोप्देनसँग स्क्रिन सेयर गर्दैछिन् । ‘खुस्मा’मा पनि उनको जोडी धिरज मगरसँग नै बाँधिएको थियो । त्यसैले पनि यो जोडीको ‘जलाकी’ दर्शकको प्रतीक्षामा रहने देखिन्छ ।

    सोमबार यो सिनेमाबाट अभिनेता धिरज मगर र उपासना सिंह ठकुरीलाई प्रस्तुत गर्दै दुई पोस्टर समेत रिलिज गरिएको छ । सिनेमाको सार्वजनिक पोस्टरलाई ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले डिजाइन गरेका हुन् । यो सिनेमाबाट मिस सिक्किम साहारा हाङमा लिम्बुले नेपाली रजतपटमा डेव्यु गर्दैछिन् ।

    त्रिकोणात्मक प्रेम कथामा आधारित शिल्पा मस्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, संगीता थापा मगर, राजु रेग्मी मगर, खड्क बहादुर पुन (खबपु) रहेका छन् ।

    ‘जलाकी’ मगर समुदायको आस्थाको प्रतीकको रूपमा मानिने ढुङगाले चिनेको स्तम्भलाई बुझाउँछ । कसैको सम्झना र मायाको प्रतीकको रूपमा मानिने यो सिनेमाको छायांकन पहिलो, दोस्रो र तेस्रो गरी तिन चरणमा रहने कुरा सिनेमाका निर्देशक अशोक थापा मगरले बताए ।

    रुकुम, रोल्पा, म्याग्दी, बागलुङ, पोखराका विभिन्न भू-भाग र दक्षिण कोरियामा समेत छायांकन गरिने यो सिनेमाले मगर र गुरुङ समुदायको संस्कृतिलाई झल्काउने छ । सिनेमाका निर्माताहरूमा ओम घर्ती मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् ।

    एम मिडिया प्रालीको व्यानरमा निर्माण हुन लागेका सिनेमाको डिओपीमा शैलेन्द्र डी कार्की, लाइन प्रोडुसरमा राजु रेग्मी मगर र मुख्य सहायक निर्देशकमा महेश बराल तथा एसडी योगी र सरित राईको संगीत अनि सुरेन्द्र राना र राम अविरल विष्टको गीत रचना रहनेछ ।

    निर्देशक अशोक थापा मगरको डेव्यु निर्देशकिय सिनेमा ‘खुस्मा’ समावेश गीत ‘रुकुम मैकोट’ले युटुबमा पाँच महिनामा दश करोड भ्युज पाउने पहिलो ऐतिहासिक रेकर्ड राख्न समेत सफल भएको थियो ।