Category: कलाप्रेस

  • करिश्माले बुटिक रेष्टुरेन्ट संचालनमा ल्याउने, श्रीपञ्चमी अवसरमा गरिन् शिलान्यास

    करिश्माले बुटिक रेष्टुरेन्ट संचालनमा ल्याउने, श्रीपञ्चमी अवसरमा गरिन् शिलान्यास

    काठमाडौं । बसन्त पञ्चमी अर्थात सरस्वती पूजा धार्मिक रुपमा पवित्र मानिन्छ । काम गर्न साइत हेर्नु पर्दैन भन्ने आम मान्यता छ । नेपाली फिल्म क्षेत्रमा पनि मंगलबार नयाँ कामको थालनी गरिएको छ ।

    आज केही निर्माताले फिल्मको शुभमुहूर्त र निर्माणको घोषणा गरेका छन् । केहीले भने नीजि कामको थालनी गरे । निर्मात्री एवं अभिनेत्री करिश्मा मानन्धरले पनि श्रीपञ्चमीलाई नयाँ साइतको रुपमा लिएकी छिन् ।

    गोदावरीस्थित आफ्नो घर पछाडिको खाली जग्गामा करिश्माले बुटिक रेष्टुरेन्ट संचालनमा ल्याउन लागेकी छिन् । दुई वर्षभित्र संचालनमा ल्याउने योजना बुनिएको रेष्टुरेन्टको मंगलबार करिश्मा र उनका पति विनोदले शिलान्यास गरेका छन् ।

    ‘बुटिक रेष्टुरेन्ट बनाउने गरि व्यवसायिक उद्देश्यले भवन बनाउन लागेकी हुँ’ करिश्माले नेपाल प्रेससँग भनिन्, ‘अहिले बसिरहेको घरभन्दा आराम र शान्त पनि हुनेछ ।’

  • सुशान्तका को-स्टारले पनि गरे आत्महत्या, ‘एमएस धोनी’मा गरेका थिए अभिनय

    सुशान्तका को-स्टारले पनि गरे आत्महत्या, ‘एमएस धोनी’मा गरेका थिए अभिनय

    काठमाडौं । बलिउड अभिनेता सुशान्तसिंह राजपूतको रहस्यमय मृत्युपछि उनका साथी एवं को-स्टार सन्दीप नहरको पनि मृत्यु भएको छ ।

    मुम्बइ प्रहरीका अनुसार नहरले फेसबुक भिडियोसहितको सुसाइड नोट लेख्दै आत्महत्या गरेका हुन् । नहरले सुशान्तसँग ‘एमएस धोनी : द अनटोल्ड स्टोरी’ र अक्षय कुमारसँग ‘केशरी’मा पनि अभिनय गरेका थिए ।

    व्यक्तिगत समस्याको कारण आफूले मृत्यु रोजेको उनले सुसाइड नोटमा लेखेका छन् । आफ्नी पत्नी कञ्चनासँग राम्रो सम्बन्ध नरहेको पनि उनले लेखेका छन् । मुम्बइको ओसिवारास्थित निवासमा उनको मृत्यु भएको हो ।

    मुम्बइ प्रहरीले घटनाबारे अनुसन्धान गर्न केस दर्ता गरेको छ ।

  • अन्तरजातीय प्रेमकथामा फिल्म ‘घिन्ताङ’ बन्ने, गौरव र लक्ष्मी लिड रोलमा

    अन्तरजातीय प्रेमकथामा फिल्म ‘घिन्ताङ’ बन्ने, गौरव र लक्ष्मी लिड रोलमा

    काठमाडौं । दीपक श्रेष्ठले निर्देशन गर्ने फिल्म ‘घिन्ताङ’को शुभमुहूर्त राजधानीमा मंगलबार गरिएको छ । कमलादी गणेश मन्दिरमा पूजाआजा गर्दै कास्ट एन्ड क्रिउले फिल्म निर्माणको घोषणा गरे ।

    अन्तरजातीय प्रेमकथाको सम्बन्ध पेश गर्ने फिल्ममा गौरव पहारी र लक्ष्मी बर्देवाको मुख्य भूमिका हुनेछ । फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ लगायतको अतिथि भूमिका पनि हुनेछ ।

    नेपाल प्रेससँग कुरा गर्दै फिल्मले अन्तरजातीय सम्बन्धलाई चित्रण गर्ने बताए । शुक्रबारदेखि छायांकन सुरु हुने फिल्मलाई काठमाडौं र कुलेखानी क्षेत्रमा खिचिने भएको छ ।

    फिल्मको निर्माण नियन्त्रकमा पुष्कर लामा छन् ।

  • सिरियल किसर इमरान हासमी ‘टाइगर ३’ मा भिलेन, कट्रिनाका लागि सलमानसँग लड्ने

    सिरियल किसर इमरान हासमी ‘टाइगर ३’ मा भिलेन, कट्रिनाका लागि सलमानसँग लड्ने

    काठमाडौं । सलमान खान स्टारर ‘टाइगर ३’मा इमरान हासमीलाई लिड भिलेनको रुपमा देख्न पाइने भएको छ ।

    लभरब्वाइ तथा सिरियल किसरको छवि बनाएका हासमीले टाइगर फ्रेन्चाइजमा भने सलमानसँग कट्रिना क्याफका लागि लडाइ लड्नेछन् ।

    यशराज फिल्मको यो एक्सन-थ्रीलरमा कट्रिना र सलमानलाई क्रमशः जोया र टाइगर नामक जासुसी पात्रको रुपमा देख्न सकिन्छ । हासमीले पहिलोपटक यशराज ब्यानरमा काम गर्न लागेका हुन् ।

    सन् २०१२ मा रिलिज भएको फिल्म एक था टाइगरले टाइगर नामक भारतीय खुफिया एजेन्सी रअका एक जासुसको कथा भन्छ जो पाकिस्तानी जासुसी संस्थाकी महिला एजेन्टको प्रेममा पर्छ ।

    सन् २०१७ को दोस्रो सिक्वेलमा टाइगर र जोया इराकमा बन्दी बनाइएकाहरुको उद्दारका लागि खटिएको मिसनमा सहभागि थिए । टाइगरको तेस्रो सिरिजलाई चाहिँ मनिष शर्माले निर्देशन गर्ने भएका छन् । आगामी महिनादेखि छायांकन सुरु हुने जनाइएको छ ।

  • हलमा फिल्म संकट : कबड्डी कबड्डी कबड्डी र कागबेनी पुनः रिलिज

    हलमा फिल्म संकट : कबड्डी कबड्डी कबड्डी र कागबेनी पुनः रिलिज

    काठमाडौं । प्रदर्शन गर्ने फिल्मको अभाव भएपछि प्रदर्शकले पुरानै फिल्मलाई रि-रिलिज गर्न थालेका छन् । भ्यालेन्टाइन डेमा १३ वर्ष पुरानो लभस्टोरी फिल्म ‘सानो संसार’ रिलिज भयो ।

    सोमबारदेखि ‘कबड्डी कबड्डी कबड्डी’ पुनः रिलिज भएको छ । १९ फेब्रुअरीदेखि सौगात मल्ल स्टारर ‘कागबेनी’ पुनः रिलिज हुने तयारीमा छ । निर्माण सकिएर बसेका फिल्मले प्रदर्शन मिति घोषणा नगर्दा प्रदर्शकलाई पुरानै रिलिज गर्न दबाब परेको हो ।

    आउने शुक्रबार दक्षिण भारतीय फिल्म ‘चक्रका रक्षक’ रिलिज तयारीमा छ । अहिले हलमा हलिउडको मुलान र भारतीय फिल्म ‘मास्टर’ मात्र नयाँ हुन् तर, न्यून अकुपेन्सीमा यी फिल्म प्रदर्शन भैरहेका छन् । भ्यालेन्टाइन डेमा समेत अपेक्षित दर्शक आउन नसकेको हल संचालक बताउँछन् ।

    पुराना हिट फिल्म रि-रिलिज गरेपनि दर्शक भने हलमा पुगेको छैनन् । कोरोना भाइरस महामारीले गर्दा झन्डै १० महिना बन्द फिल्म हललाई गत पुस १० गतेदेखि ५० प्रतिशत अकुपेन्सीमा सामाजिक मापदण्ड पालना गर्दै चलाउन सरकारले अनुमति दिएको थियो ।

  • १० औं नेफ्टा फिल्म अवार्ड : उत्कृष्ट पाँच मनोनयन घोषणा

    १० औं नेफ्टा फिल्म अवार्ड : उत्कृष्ट पाँच मनोनयन घोषणा

    काठमाडौं- १० औं नेफ्टा फिल्म अवार्ड २०७७ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक भएको छ । राजधानीमा आयोजित कार्यक्रममा चलचित्र प्राविधिक संघले २०७५ सालमा प्रदर्शनमा आएका फिल्मबाट ३० भन्दा बढि विधाका उत्कृष्ट पाँच प्रतिस्पर्धी सार्वजनिक गरेको हो ।

    उद्घाटन सत्रमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहाल, पूर्वअध्यक्ष राजकुमार राई लगायतले अवार्ड सफलताको कामना गर्दै मन्तव्य राखे । कांग्रेस प्रवक्ता शर्माले दुरदराजमा लुकिरहेका नागरिकहरुको कथालाई फिल्मको माध्यमबाट बाहिर ल्याउन सुझाव दिए ।

    ‘उड्दै गरेको जहाज होइन, त्यो जहाजले उड्दै गर्दा छोडेको माटोको पीडालाई पर्दामा ल्याउनुपर्छ’ प्रवक्ता शर्माले भने, ‘फिल्म समाजको ऐना हो, सरकारले नदेखेका, नखोजेका कथा फिल्मले समेट्नसक्छ ।’ नेफ्टा अध्यक्ष पुष्कर लामाले कोरोनाबीच थलिएको फिल्म उधोगलाई चलायमान गराउन अवार्ड कोशेढुङ्गा साबित हुने विश्वास पोखे ।

    कार्यक्रममा ३१ विधामा मनोनित फिल्म तथा फिल्मकर्मीलाई प्रमाणपत्र प्रदान गरियो । जस अन्तर्गत अवार्डमा सर्वाधिक १३ विधामा फिल्म ‘प्रसाद’ मनोनयनमा परेको छ । यस्तै फिल्म ‘ए मेरो हजुर ३’ एघार र ‘छक्का पञ्जा ३’ दस विधामा मनोनयनमा परेको छ ।

    फागुन २९ गते प्रदान गरिने अवार्डको उत्कृष्ट फिल्मको प्रतिस्पर्धामा प्रसाद, रोमियो एण्ड मुना, हरी, कथा काठमाडौुं र छक्का पञ्जा ३ परेका छन् भने निर्देशकको प्रतिस्पर्धामा प्रसादबाट दिनेश राउत, रोमियो एण्ड मुनाबाट नरेशकुमार केशी, रामकहानीबाट सुदर्शन थापा, छक्का पञ्जा ३ बाट दीपाश्री निरौंला रुए मेरो हजुर ३बाट झरना थापा प्रतिस्पर्धामा छन् ।

    उत्कृष्ट अभिनेतातर्फ विपिन कार्की प्रसाद, विनय श्रेष्ठ रोमियो एण्ड मुना, विपिन कार्की हरी, खगेन्द्र लामिछाने डमरूको डण्डिबियो र अनमोल केसी ए मेरो हजुर ३ प्रतिस्पर्धामा रहँदा उत्कृष्ट अभिनेत्रीतर्फ प्रसादबाट नम्रता श्रेष्ठ, रोमियो एण्ड मुनाबाट सृष्टि श्रेष्ठ, साइँलीबाट मेनुका प्रधान, रामकहानीबाट पूजा शर्मा र छक्का पञ्जा ३ु बाट दीपिका प्रसाइँ प्रतिस्पर्धामा छानिएका छन् ।

    चलचित्रकर्मीको वास्तविक सम्मान भन्ने नारासहित आयोजना हुन लागेको अवार्डमा नेफ्टासँग ड्रिम हाइ नेपालले सहकार्य गरेको छ । एलआइसी १० औं नेफ्टा अवार्ड अन्तर्गतका उत्कृष्ट पाँच प्रतिस्पर्धाको मनोनयन यसप्रकार छः

    Best Movies
    Prasad
    Romeo & Muna
    Hari
    Katha Kathmandu
    Chhakka Panja 3

    Best Director
    Romeo & Muna – Naresh Kumar Kc
    Prasad – Dinesh Raut
    Ramkahani – Sudarshan Thapa
    Chhakka Panja 3 – Deepashree Niraula
    A Mero Hajur 3 – Jharana Thapa

    Best Actor
    Prasad – Bipin Karki
    Romeo & Muna – Vinaya Shretha
    Hari – Bipin Karki
    Damaruko Dandibiyo – Khagendra Lamichhane
    A Mero Hajer 3 – Anamol KC

    Best Actress
    Prasad – Namrata Shrestha
    Romeo & Muna – Shristi Shrestha
    Saili – Menuka Pradhan
    Ramkahani – Pooja Sharma
    Chhakka Panja 3 – Deepika Prasain

    Actor In Supporting Role ( Male )
    Intu Mintu Londonma – Saruk Tamrakar
    Saili – Dayahang Rai
    Yatra – Salon Basnet
    Damaruko Dandibiyo – Anup Baral
    Chhakka Panja 3 – Jitu Nepal

    Actor In Supporting Role ( Female )
    Katha Kathmandu – Shandhya K.c
    Damaruko Dandibiyo – Laxmi Bardewa
    Saili – Kenika K.c
    Yatra – Janawi Basnet
    Gopi – Surakshya Panta

    Actor In Negative Role
    Jya Shambhu – Prashanta Tamrakar
    Katha Kathmandu -Pramod Agrahari
    Prasad – Nischal Basnet
    Ramkahani – Jitu Nepal
    Black – Aayush Rijal

    Actor in Comic Role
    Chhakka Panja 3 – Kedar Ghimire
    Chhakka Panja 3 – Buddhi Tamang
    Ramkahani – Wilsonbikram Rai
    Ramkahani – Rabindra Jha
    Changa – Jeevan Bhattrai

    Debut Actor ( Male )
    Intu Mintu Londonma – Dhiraj Magar
    The Break up – Amesh Sharma
    Kahi Katai – Sonam Warfunwa
    Nai Nabhannu La 5 – Abhishek Nepal
    Boby – Umesh Thapa

    Debut Actor ( Female )
    A Mero Hajur 3 – Suhana Thapa
    Yatra – Malika Mahat
    Bhor – Pooja Karna
    Captain – Upasana Singh Thakuri
    Chhiring – Kamana Bhujel

    Colourist
    A Mero Hajur 3 – Kapil Parajuli
    Hari – Arjun Karki
    Reomeo & Muna – Shushil Neupane
    Saili – Nimesh Shrestha
    Love Station – Kapil Parajuli

    Cinematographer
    Saili – Shailendra Dhoj Karki
    Katha Kathmandu – Lujaw Singh
    A Mero Hajur 3 – Sanjay Lopchan Lama
    Hari – Chintan Rajbhandari
    Love Station – Aalok Kumar Sukla

    Film editor
    Katha Kathmandu – Mitra Gurung
    Hari – Arjun Karki
    Damaruko Dandibiyo – Nimesh shrestha
    Amero Hajur 3 – Digha Khadka
    Love Station – lokesh Bajracharya

    Story
    Prasad – Shushil Poudel
    Bhor – Krishna Dharawasi
    Damaruko Dandibiyo – Khagendra Lamichhane
    Katha Kathmandu – Sangeeta Shrestha
    Chhakka Panja 3 – deepakraj Giri

    Screen Play
    Chakka Panja 3 – Deepakraj Giri
    prasad – Shushil Poudel
    Reomeo & Muna – Naresh Kumar K.c
    Gopi – Samipya Raj Timalsina
    Saili – Ram babu Gurung

    Dialogue
    Chhakka Panja 3 – Deepakraj giri/ Jitu Nepal/ kedar ghimire/ Yaman Shrestha
    Prasad – Shushil Poudel
    Gopi – Samipya Raj Timalsina
    Romeo & Muna – Niraj Maharjan
    Damaruko Dandibiyo – Khagendra Lamichhane

    Background Score
    Prasad – Sailesh Shrestha / Rohit Shakya
    Hari – Jeshan Kunwar
    Saili – Rohit Shakya
    A Mero Hajur 3 – Shailesh Shrestha
    Damaruko Dandibiyo – Alish Karki

    Sound Mixing
    Romeo & Muna – Bijit Changemaae
    Katha Kathmandu – Manoj Rajbhandari
    Prasad – Uttam Neupane
    Chhakka Panja 3 – Sunayaman Shrestha
    Damaruko Dandibiyo – Mukesh Shah

    Action Director
    Mattimala – Rajendra Chaudhari
    Ranveer – Chandra Panta
    Yatra – Himal K.c
    Chhiring – Chandra Panta
    Jya Shambhu – Shree Shrestha

    Art Director
    Romeo & Muna – Pasang Temba Sherpa
    Prasad – Raju Painter
    Ramkahani – Chirajeebi Bhandari
    Intu Mintu Londonma – Menuka Rai
    Hari – Sujan Thapa Magar

    Costume designer
    Intu Mintu Londonma – Yubi Thapa
    Romeo & Muna – Bina Ghale
    A Mero Hajur 3 – Yubi Thapa
    Kaira – Reeta Khadka ( Reet ) / Bonika Karki
    Chhiring – Yash Kumar

    Make up & Hair Artist
    Saili – Laxmi Tamang ( Samara )
    Reomeo & Muna – Samser Lama
    Intu Mintu Londonma – Dipu Poudel
    The Break up – Shraddha Maskey
    A Mero Hajur 3 – Prathishtha Shankha

    Debut Director
    Intu Mintu Londonma – Renisha Bantawa Rai
    Katha Kathmandu – Sangeeta Shrestha
    Damaruko Dandibiyo – chhetan Gurung
    Hari – Saphal k.c/ Prateek gurung
    Yatra – Smrat Shakya

    Visual effect
    Romeo & Muna – I Dream Animation
    Damaruko Dandibiyo – Manoj Shrestha
    Chhiring – Satyam Rana / Achyut Bajgain
    Ranveer – Bikram Bhandari ( Glaze Entertainment )
    Captain – Satyam Rana / Samir Miya

    Best Lyricist
    Prasad – Lai Lai – Ganesh Shahi
    A Mero Hajur 3 – Jindagi Nai Vandinama – Ek Narayan Bhandari
    Rose – Phul Haina kada – rajesh Kumar Shrestha
    Intu Mintu Londonma – Udayo Hawale – harcules Basnet
    Nai Nabhannu La 5 – Balapanko Umera – Basanta Sapkota

    Best Music Director
    Prasad – Lai Lai – Subash Bhushal
    Rose – Phul Haina kada – Alish Karki
    Captain – Rahar Chha Sangai – Arjun Pokharel
    A mero hajur 3 – Paran Paran – Ashish Abiral
    Chhakka Panja 3 – Pahilo Numberma – Deepak Sharma

    Best Music Arranger
    Prasad – Udaya paudel
    Intu mintu london ma – Rikesh Gurung
    Jay bhole – Rajan Ishan
    Nai Nabhannu La 5 – Maharaj Thapa
    Chhakka Panja 3 – Udaya paudel

    Choreographer
    A mero hajur 3 – Jindagi Nai Mandina Ma – Kabiraj Gahatraj
    Jay Bhole – Tiriri – Basanta Shrestha
    Intu Mintu London Ma – Udayo Hawale – Bikram Lama
    Captain – Rahar Chha Sangai – Kabiraj Gahatraj
    Chhakka Panja 3 – Pahilo Number Ma – Kabiraj Gahatraj

    Singer Male
    Prasad – Lai Lai – Ketan Chhetri
    Intu Mintu London Ma – Harkulesh Basnet
    Chhakka Panja 3 – Pahilo Number ma – Devid Shankar
    A mero hajur 3 – Jindagi Nai Mandina Ma – Sugam Pokharel
    Captain – Rahar Chha Sangai – Sugam Pokharel

    Singer Female
    A mero hajur 3 – Jindagi Nai Mandina Ma – Prabisha Adhikari
    Nai Nabhannu La 5 – Balapan – Samikshya Adhikari
    Intu Mintu London Ma – Udayo Hawale – Nikhita Thapa
    Captain – Rahar Chha Sangai – Anju Pant
    Chhakka Panja 3 – Pahilo Number Ma – Bindu Pariyar

    Best Trailer
    Shahil Khan – Amero Hajur 3
    Bipin Malla – Chhakka Panja 3
    Krishna Bhandari – Intu Mintu London Ma
    Shandesh Shah – Nai Nabhannu La 5
    Shahil Khan – Captain

  • फिल्म ‘तिम्रो मेरो साथ’ इन्डकल्याप : अमेरिका, बेलायत र अष्ट्रेलियाबाट प्रदर्शनमा आउने

    फिल्म ‘तिम्रो मेरो साथ’ इन्डकल्याप : अमेरिका, बेलायत र अष्ट्रेलियाबाट प्रदर्शनमा आउने

    फिल्म ‘तिम्रो मेरो साथ’को छायांकन सकिएको छ । सुन्दर सहर पोखरामा एकसाता छायांकन गरिएपछी इन्ड-कल्याप गरिएको हो ।

    शनिबार यसबारे जानकारी दिन पोखरामा पत्रकार सम्मेलन आयोजना गरियो । फिल्मका निर्माता, निर्देशक तथा गीतकार रमेश एमके पौडेलले छायाँकन अबधिभर साथ दिने सबैलाई धन्यवाद व्यक्त गरे । ‘छायांकन सकिएको घोषणा गर्न पाएकोमा हामी दंग छौँ’ –उनले भने ‘यस्तै साथ र समर्थन आगामी दिनमा पनि पाउने आशा र बिश्वासमा छौं ।’

    चलचित्र पत्रकार संघ कास्कीको आयोजनामा भएको प्रेसमिटमा अभिनेता नायक पुष्प खड्काले फिल्म राम्रो बनेको दाबी गरे । सबै वर्गका दर्शकको रुचिलाई ध्यानमा राखेर फिल्म निर्माण गरिएको उनले बताए ।

    अभिनेता सन्दिप क्षेत्रीले यो फिल्मले आफ्नो कलाकारिता यात्रामा नयाँ फड्को मार्ने दाबी गरे । फिल्म लेखक तथा कार्यकारी निर्माता सबिर श्रेष्ठ, छायाँकार शिब ढकाल र नृत्य निर्देशक रामजी लामिछानेले पनि फिल्मबारे बारेमा बोलेका थिए ।

    दुई करोड हाराहरीमा लगानी रहेको बताइएको छ । नेपालभन्दा पहिले अमेरिका, अष्ट्रेलिया र बेलायत लगायतका देशबाट प्रदर्शनमा ल्याउने निर्माताको तयारी छ । नेपालमा भने दशै र तिहारको बिचको समयमा रिलिज गरिने भएको छ ।

    बोधी एचडी र आर्यन फिल्मसको ब्यानरमा बनेको फिल्ममामा पुष्प खड्का , साम्राज्ञी शाह , सरोज खनाल , सन्दिप क्षेत्री र खगेश्वर पुन मगर (खबपू) लगायतका कलाकारको अभिनय छ ।

  • १३ वर्षपछि नम्रता श्रेष्ठको ‘सानो संसार’ हलमा, भ्यालेन्टाइन डेमा रिलिज हुने

    १३ वर्षपछि नम्रता श्रेष्ठको ‘सानो संसार’ हलमा, भ्यालेन्टाइन डेमा रिलिज हुने

    काठमाडौं । फिल्म हेरेर भ्यालेन्टाइन डे सेलिव्रेसन गर्ने तयारीमा हुनुहुन्छ भने खुशिको खबर छ । सन् २००८ को चर्चित नेपाली फिल्म ‘सानो संसार’ १३ वर्षपछि पुनः सिनेमा घरमा प्रदर्शन हुने भएको छ ।

    निर्माता कम्पनी क्वेस्ट इन्टरटेनमेन्टले भ्यालेन्टाइन डेको अवसर पारेर फिल्मलाई आइतबार देशब्यापी रिलिज गर्न लागेको हो । क्यूएफएक्स लगायतका मल्टिप्लेक्समा कर्मा, नम्रता श्रेष्ठ, नीर शाह र विनय श्रेष्ठ स्टारर फिल्म रिलिज हुने भएको हो ।

    मल्टिप्लेक्समा निकै रुचाइएको र फिल्ममा डिजिटल ट्रेन्ड विकास हुँदा बेलाको यो फिल्मलाई समिक्षकले पनि रुचाएका थिए । नेपाल प्रेसले पनि भ्यालेन्टाइन डेमा हेर्न सकिने उत्कृष्ट १० फिल्मको सूचिमा यसलाई समेटेको थियो ।

    रवि र ऋतु निकै मिल्ने साथी हुन् तर, वास्तविक जीवनमा एकअर्काले घृणा गर्ने परिस्थितीमा उनीहरुको सम्बन्ध कसरी अगाडि बढ्छ भन्ने चित्रण यसमा छ । २ घन्टा २४ मिनेट लामो फिल्मलाई दिवंगत आलोक नेम्वाङले निर्देशन गरेका हुन् । फिल्मलाई रोमान्टिक कमेडी जनरामा राखिएको छ ।

    अहिले नेपाली फिल्म हलमा डिज्नेको सुपरहिरोइन फिल्म ‘मुलान’, भारतको मास्टर, हलिउडको मन्स्टर हन्टर लगायतका फिल्म प्रदर्शन भैरहेका छन् ।

  • ‘डाकिनी’ अफिसियल ट्रेलर रिलिज, फिल्मलाई अप्रिलमा नेपाल रिलिज गर्ने तयारी

    ‘डाकिनी’ अफिसियल ट्रेलर रिलिज, फिल्मलाई अप्रिलमा नेपाल रिलिज गर्ने तयारी

    काठमाडौं । नेपाली फिल्म डाकिनी (लुकिङ फर अ लेडी विथ फ्यांग्स एन्ड मुस्टाच)को अफिसियल ट्रेलर रिलिज भएको छ । फिल्मको विश्वव्यापी अधिकार किनेको अमेरिकी कम्पनी एब्रामोरामाले ट्रेलर सार्वजनिक गरेको हो ।

    खिन्से नोर्बु निर्देशित फिल्म अप्रिल ८ मा न्यूयोर्कमा प्रिमियर हुँदैछ भने नेपालमा सोही महिनामा रिलिज तयारी भैरहेको छ ।

    फिल्मलाई ओलिभिया ह्यारिसन, रविन्द्रसिंह बानियाँ र म्याक्स दिपेश खत्रीले मिलेर निर्माण गरेका हुन् । ‘इन द मुड फर लभ’ फेम्ड मार्क ली पिङ बिङ छायांकार हुन् ।

    छिरिङ तासी ग्यालेन्जन, टल्कु कुन्जोङ, तेन्जिङ कुन्सेल र नवाङ तेन्जिङको मुख्य अभिनय रहेको फिल्मलाई यसैवर्ष नेपालमा रिलिज गर्ने तयारी भैरहेको निर्माता बानियाँले बताए ।

  • सेलेव्रिटी प्रेम : कोही खुलेर, कोही लुकेर !

    सेलेव्रिटी प्रेम : कोही खुलेर, कोही लुकेर !

    काठमाडौं । सेलिब्रिटीको निजी जीवन सँधै नीजि हुँदैन । उनीहरुका प्रेम-विछोडदेखि विवाह र डिभोर्ससम्मका घटना मिडियाका लागि मसालेदार समाचार हुन् भने पाठकका लागि पठनीय खुराक ।

    कतिपय सेलिब्रटीले आफूलाई खुला किताबका रुपमा प्रस्तुत गर्छन् । आफ्ना व्यक्तिगत जीवनसँग जोडिएका कुराहरुलाई आफैं सार्वजनिक गरिदिन्छन् । कति सेलिब्रिटीहरु चाहिँ यस्ता कुरा मिडियामा नआउन् भन्ने चाहन्छन् र भरिसक्य मिडियाबाट भाग्छन् ।

    सेलिब्रिटीको निजीजीवनका कुरा गर्दा सर्वाधिक चर्चा गरिने विषय हो प्रेम । कोही सेलिब्रिटी प्रेममा पर्नु भनेको मिडियाका लागि ‘ब्रेकिङ न्यूज’ हो । उनीहरु आफैंले प्रेम स्वीकारे त मिडियालाई पनि सहजै हुन्छ, तर नस्वीकार्दा चाहिँ सकस पर्छ । र, पनि गसिपका रुपमा यस्ता समाचारहरु आइ नै रहन्छन् ।

    भ्यालेन्टाइनमा मायालुसँग हेर्न सकिने यी हुन् टपटेन नेपाली फिल्म

    भ्यालेन्टाइन, रातो गुलाब र प्रणय जोडीहरु !

    जो एक्लै जीवनको रथ गुडाइरहेका छन् 

    भ्यालेन्टाइन डेमा कहाँ घुम्ने ? यी हुन् काठमाडौं आसपासका १० ‘डेटिङ स्पट’

    भ्यालेन्टाइन डे नजिकिएको छ । अरु युवा–युवतीहरुले जस्तै सेलिब्रिटीहरुले पनि आफ्ना युगल जोडीसँग भ्यालेन्टाइन डे विशेष प्रकारले मनाउने योजना बुनिरहेका छन् । प्रेममा नभएकाहरु चाहिँ दिक्क मान्दै होलान् ।

    नेपालको मनोरञ्जन क्षेत्रमा क्रियाशील धेरै सेलिब्रिटीहरु विवाहित छन् । अविवाहितमध्ये धेरैजसो प्रेममा छन् । थोरै सेलिब्रिटीहरु सिंगल पनि छन् । जो प्रेममा छन्, उनीहरु सबैले सार्वजनिकरुपमा प्रेम स्वीकारेका छैनन् । त्यस हिसाबले सेलिब्रिटीका अफेयरलाई घोषित र अघोषित गरी दुईवटा श्रेणीमा राख्नुपर्ने हुन्छ ।

    जो घोषित प्रेममा छन् :

    सौगात मल्ल र सृष्टी श्रेष्ठ
    अभिनेता सौगात मल्ल र पूर्वमिस नेपाल एवं अभिनेत्री सृष्टि श्रेष्ठ केही वर्षदेखि रिलेसनसिपमा छन् । उनीहरुले यो सम्वन्धलाई लुकाएका पनि छैनन् ।

    लिभइन टुगेदरमा रहेका यो जोडी आगामी वर्ष विवाहको तयारीमा छ । उनीहरुले केही फिल्ममा स्क्रिन सेयर पनि गरेका छन् । सार्वजनिक कार्यक्रममा एकसाथ उपस्थित भएको भने कमै देखिन्छ । सौगात ‘रिजर्भ’ स्वभावको भएकाले उनीहरुले आफ्नो प्रेमलाई सार्वजनिकरुपमा प्रदर्शन गरेर हिँडेका छैनन् ।

    अञ्जु पन्त र थीर कोइराला
    लिजेन्डरी गायिका अञ्जु पन्त र इलामका थीर कोइराला प्रेममा छन् । उनीहले अर्को वर्ष विवाह गर्न लागेको समाचार सार्वजनिक भइसकेको छ ।

    मिडियामा विहेको चर्चा भएपछि केही दिनअघि दुबैजनाले खुलेर प्रेमलाई स्वीकारेका थिए । अञ्जुको यो दोस्रो विवाह हुनेछ । मनोज राजसँग डिभोर्स भएपछि अञ्जुले लामो समयदेखि सिंगल थिइन् । मनोज र अञ्जुकी एक छोरी छिन् ।

    थीरसँग अञ्जुको भेट नेपाल टेलिभिजनको ६ वर्षअघि एउटा कार्यक्रममा भएको थियो । लामो समयदेखि उनीहरु प्रेममा थिए । इटहरीमा बस्ने थीर हाल एउटा गैरसरकारी संस्था सञ्चालन गर्छन् । उनी पूर्वपत्रकार हुन् ।

    श्रृंखला खतिवडा र सिसन बानियाँ
    पूर्वमिस नेपाल श्रृंखला खतिवडा र भ्लगर सिसन बानियाँ लामो समयदेखि गहिरो प्रेममा छन् । उनीहरुले आफ्नो प्रेमलाई विभिन्न माध्यमबाट व्यक्त गरिरहेको पाइन्छ । खासगरि, टिकटकमा उनीहरुको निकटता झल्किने धेरै भिडियो फुटेजहरु भाइरल छन् ।

    श्रृंखला विश्व सुन्दरी प्रतियोगितामा भाग लिँदा ‘ब्युटी अफ पर्पस’ का लागि पेश गरेको भिडियो सिसनले बनाइदिएका थिए । त्यही भिडियोमार्फत श्रृंखलाले ‘ब्यूटी विथ पर्पस’ को ताज पनि जितिन् । त्यही बिन्दुबाट यो जोडीबीच प्रेम झांगिएको विश्वास गरिन्छ ।

    त्यसो त श्रृंखला र सिसन दुवै आफूहरुको प्रेम सम्वन्धबारे मिडियासँग बोल्न चाहँदैनन् । यो आफूहरुको निजी विषय भन्दै पन्छिने गर्छन् ।

    नीता ढुंगाना र हरिहर अधिकारी
    अभिनेत्री नीता ढुंगाना अभिनेता एवं ज्योतिषी हरिहर अधिकारीसँगको प्रेममा छिन् । केही वर्षदेखि यो जोडी डेट गरिरहेको छ ।

    नीता यसअघि आमेश भण्डारीसित गहिरो प्रेममा थिइन् । आमेशसँग छुट्टिएपछि एक्लिएकी नीता अहिले हरिहरसँग नजिकिएकी हुन् । हरिहरसँगको संगतले उनी आध्यात्मतर्फ झुकाव राख्न थालेकी छन् । उनले एउटा भजन रेकर्डसमेत गराएकी छन् । नीताको फिल्मी करिअर स्थिर छ ।

    यता हरिहर ज्योतिष विधामा राम्रै परिचित हुन् । आफैंले निर्माण गरेको चलचित्र ‘शुभलभ’ मा उनी नायक बने । तर, त्यसपछि उनको करिअर माथि उक्लिन सकेको छैन । बरु नीतिासँगको अफेयरले उनी चर्चामा आएका छन् ।

    नम्रता श्रेष्ठ र दावा स्टिभन शेर्पा
    व्वाइफ्रेन्ड फेरिरहने नायिकाका रुपमा चिनिन्छिन् नम्रता श्रेष्ठ । तर, पछिल्लो केही वर्षदेखि उनी दावा स्टिभन शेर्पासँगको प्रेममा स्थिर छिन् । उनीहरु खहिले खुलेर डेट गरिरहेका छन् ।

    नम्रता र दावाले विवाहकै तयारी गरिरहेको बुझिएको छ । दावा पर्यटन व्यवसायी हुन् । यो जोडीले सँगै विदेश तथा नेपालको पर्यटकीय क्षेत्र पनि घुमघाम गरिसकेको छ । नेपालमा हुने अवार्ड फङ्सन र अन्य फिल्मी कार्यक्रममा पनि नम्रताले दावालाई आफूसँगै लैजान्छिन् । नेपाली बाबु र बेल्जियन आमाबाट जन्मेका दावाले सगरमाथा आरोहणसमेत गरिसकेका छन् । एक समाचारमा जनाइएअनुसार उनी नेपाली, हिन्दी, अंग्रेजी, डच र जर्मन गरी पाँच भाषामा बोल्न सक्छन् ।

    दावाभन्दा अघि डिजे तान्त्रिकसँग प्रेममा थिइन् नम्रता । उनीहरुको सेक्स भिडियोसमेत लिक भएको थियो ।

    सविन श्रेष्ठ र अनु शाह
    अभिनेता सविन श्रेष्ठ र अनु शाह प्रेम पनि बारम्बार मिडियामा चर्चा भइरहने विषय हो । लामो समयदेखि प्रेममा रहेका उनीहरुले एक वर्षअगाडि मात्रै सार्वजनिक स्वीकारोक्ति गरेका थिए ।

    सविन र अनुको भेट ७ वर्षअघि एउटा फोटोसुटका क्रममा भएको थियो । त्यसपछि केही फिल्ममा सँगै काम गर्ने क्रममा उनीहरु नजिकिएर माया बस्यो । एकपटक उनीहरुले बिहे गरेको हल्ला पनि चलेको थियो, तर पुष्टि भएन ।

    सामाजिक सञ्जालमा अनुले सविनसँगका तस्वीरहरु पोष्ट गरेर प्रेम व्यक्त गर्ने गरेकी छन् । उनले आफ्नो गर्दनमा सविनको नामको ट्याटुसमेत खोपेकी छन् । उनीहरुले चाँडै विवाह गर्न सक्ने अनुमान छ । उनीहरु दुवैको फिल्मी करिअरले भने गति लिन सकेको छैन ।

    मलिना जोशी र सुशान्त प्रधान
    पूर्वमिस नेपाल एवं अभिनेत्री मलिना जोशी सुशान्त प्रधानसँग प्रेम सम्बन्धमा छिन् । सुशान्त शारीरिक सुगठन व्यवसायी हुन् । उनीहरु तीन वर्षदेखि प्रेम सम्बन्धमा छन् । उनीहरु चाँडै विहे बन्धनमा बाँधिने तयारीमा रहेको स्रोत बताउँछ ।

    मलिना यसअघि अभिनेता अनुपविक्रम शाहीसित अफेयरमा थिइन् । उनीहरुले केही फिल्ममा सँगै काम गरेका थिए । अनुपस्थित ब्रेकअपपछि मलिना सुशान्तसँग नजिकिएकी हुन् । सुशान्तसँग घुमघाम गरेका तस्वीर मलिनाले इन्स्टाग्राममा सेयर गर्ने गरेकी छन् ।

    अभिनेता सलिनमान बनियाँ र मोडल अस्प्रिना श्रेष्ठले खुलेरै डेट गरिरहेका छन् । सामाजिक संजालमा पनि एकअर्काको तस्विर सेयर गर्दै माया व्यक्त गरिरहेका हुन्छन् । 

    अभिनेत्री आना शर्माको सोनम छिरिङ शेर्पासँग पाँच वर्षदेखि चक्कर चलिरहेको छ । सोनम दिवंगत पर्यटन व्यवसायी एवं यति एयरलायन्सका मालिक आङ छिरिङ शेर्पाका कान्छा छोरा हुन् ।

    अभिनेत्री बेनिशा हमाल र फिल्म निर्माता रौनकविक्रम कँडेल पनि गहिरो प्रेममा छन् । ‘कबड्डी’ फिल्म निर्माता कँडेल र बेनिशा दुबै चितवनका हुन्

    अघोषित : जो गसिपमा छन् 

    अनमोल केसी–आज्ञा करणजित
    सुपरस्टार नायक अनमोल केसी आफ्नो प्रेम प्रसंगलाई लिएर कमै चर्चामा आउने गर्छन् । रिजर्भ स्वभावका उनी यस्तो विषयमा मिडियासँग खुल्दैनन् पनि । त्यसैले उनको प्रेम जीवन फ्यानहरुका लागि कौतुहलको विषय बनिरहेको छ ।

    केही समयअघि अभिनेत्री सारा अनमोलले श्रीपाली डेट गरिरहेको गसिप ब्यापक भएको थियो । उनीहरु एक–अर्कासँग नजिकिएका पनि थिए । तर, अहिले उनीहरुबीच ब्रेकअप भैसकेको बताइन्छ ।

    निकट स्रोतका अनुसार अनमोल अहिले आज्ञा करणजीतसँग डेटमा छन् । आज्ञा अनमोलको आगामी फिल्म ‘पारस’ का लागि उत्कृष्ट तीनमा छनोट अभिनेत्री पनि हुन् ।

    पुजा शर्मा र आकाश श्रेष्ठ
    अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठबीच निकटता बढ्दो छ । उनीहरु प्रेममा रहेको अनुमान धेरैले गरेका भए पनि दुवैले स्वीकारेका छैनन् ।

    पछिल्लो समय पूजा र आकाश फिल्ममा लगातार स्क्रिन सेयर गरिरहेका छन् । पुजाले निर्माण गरेको फिल्म राम कहानीमा आकाशलाई हिरो बनाएकी थिइन् । त्यहीँबाट उनीहरुको निकटता सुरु भएको हो ।

    नायिका पुजाको नाम लामो समयदेखि निर्देशक सुदर्शन थापासँग जोडिएको थियो । सुदर्शनले नै पुजालाई ब्रेक दिएका हुन् । त्यसयता उनले आफ्नो सबै फिल्ममा पुजालाई नायिका बनाए । तर, पुजा अहिले आकाशसँग नजिकिएपछि सुदर्शन एक्लिएका छन् । यद्यपि, कतिपयले पुजा अहिले आकाश र सुदर्शनसँग एकसाथ डेट गरिरहेको पनि बताउने गर्छन् ।

    केकी अधिकारी र आर्जन पाण्डे
    सादगी नायिकाको छवि बनाएकी केकी अधिकारीको प्रेम जीवन पनि दर्शकका लागि कौतुहलकै विषयका रुपमा रहेको छ । पछिल्लो समय उनको नाम आर्जन पाण्डेसँग जोडिए पनि दुवैले यसलाई स्वीकारेका छैनन् ।

    केकी र आर्जनका केही टिकटक भिडियोहरुमा उनीहरुको निकटता झल्किन्छ । उनीहरु केही सार्वजनिक कार्यक्रममा पनि सँगै देखिएपछि अफेयरको चर्चा सुरु भएको हो । आर्जन पाण्डे मोडल हुन् ।

    पल शाह र गरिमा शर्मा
    अभिनेता पल शाह म्युजिक भिडियो मोडल गरिमा शर्मासँग अफेयरमा रहेको बताइन्छ । तर, उनीहरुले यस विषयमा केही खुलासा गरेका छैनन् । निकटका साथीभाइ भन उनीहरुबीच प्रेम सुरु भएको बताउँछन् ।

    पल शाहको नाम विगतमा आँचल शर्मासँग जोडिएको थियो । उनीहरुबीच प्रेम रहेको चर्चा लामो समय चल्दै आएपनि दुवैले स्वीकारेका थिएनन् । अन्ततः आँचलले डा. उदिप श्रेष्ठसँग विवाह गरिन् ।

    आँचलको विहेपछि एक्लिएका पल नयाँ प्रेमिका खोज्नुपर्ने दवावमा थिए । उनले म्युजिक भिडियोमा अभिनय गर्ने क्रममा गरिमालाई भेटेका हुन् । गरिमा टिकटकबाट उदाएकी सुन्दरी हुन् । पल र गरिमाले एकसाथ ब्याक टु ब्याक म्युजिक भिडियो खेलिरहेका छन् । उनीहरु दुवैले आफूहरुको केमेस्ट्र मिलेको अन्तरवार्तामा बताएका छन् ।

    प्रदिप खड्का र क्रिस्टिना गुरुङ
    अभिनेता प्रदीप खड्का र उनकी को–स्टार क्रिस्टिना गुरुङ अफेयरमा रहेको बताइन्छ । यी दुबैजना रिलिज हुने तयारीमा रहेको फिल्म ‘पे्रमगीत ३’ का को–स्टार समेत हुन् । त्यसो त कतिपयले फिल्मको प्रमोसनका लागि उनीहरुले आफैं अफेयरको गसिप चलाएकोदावी पनि गरेका छन् ।

    जो छुट्टिए :

    अभिनेत्री साम्राज्ञी शाहको हालै उद्योगी भवानी राणाका छोरा देवान्कसँग ब्रेकअप भएको भनिएको छ । त्यसअघि उनका मयन्क खड्कासँग ब्रेकअप भएका थियो । अभिनेता सलोन बस्नेत करिश्मा श्रेष्ठसँगको ब्रेकअपपछि अहिले सिंगल छन् ।

    अभिनेत्री वर्षा शिवाकोटी र सविनजंग थापाको ब्रेकअप भएको हालै खुलासा भएको थियो । सविनले इन्स्टाग्राममार्फत ब्रेकअप भएको जनाउ दिएका हुन् । उनीहरुले अर्को वर्ष विवाह गर्ने भनिएको थियो ।

    भ्यालेन्टाइन डेका लागि भारतबाट झण्डै १ करोडको गुलाफ फूल आयात

    पोखरेली होटलका भ्यालेन्टाइन अफर: जोडीलाई ताल घुमाउनेदेखि आकाशमा उडाउनेसम्म

  • ‘द सेक्रेट्स अफ राधा’ छायांकन सुरु : सौगात, सृष्टि, खगेन्द्र र मेनुका लिड रोलमा

    ‘द सेक्रेट्स अफ राधा’ छायांकन सुरु : सौगात, सृष्टि, खगेन्द्र र मेनुका लिड रोलमा

    काठमाडौं । सुवर्ण थापाको निर्देशन र सौगात मल्लको निर्माण रहने फिल्म ‘द सेक्रेट्स अफ राधा’को छायांकन चित्लाङमा सुरु भएको छ । दुई सातासम्म मकवानपुरको उक्त पर्यटकीय थलोमा फिल्म सुटिङ हुनेछ ।

    ३५ दिने सुटिङ तालिका निर्धारण गरिएको फिल्मको बाँकी छायांकन काठमाडौंमा हुने भएको छ । आगामी दशैं पछि फिल्म रिलिज गर्ने लक्ष्यसहित छायांकन सुरु गरिएको निर्देशक थापाले नेपाल प्रेसलाई जानकारी दिए ।

    फिल्ममा सौगात मल्ल, सृष्टि श्रेष्ठ, मेनुका प्रधान, खगेन्द्र लामिछाने लगायतको मुख्य भूमिका छ । यही फिल्ममार्फत सौगातले फिल्म निर्माणमा हात हालेका हुन् । फिल्म निर्माताको रुपमा रमाइलो अनुभव भैरहेको जानकारी सौगातले दिए ।

  • ‘सूर्यवंशी’ चैत २० मा रिलिज हुने : फिल्मद्वारा मल्टिप्लेक्स रिलिज बहिष्कार

    ‘सूर्यवंशी’ चैत २० मा रिलिज हुने : फिल्मद्वारा मल्टिप्लेक्स रिलिज बहिष्कार

    काठमाडौं । कोरोनाभाइरस महामारीले रोकिएको बलिउडको प्रतीक्षित फिल्म ‘सूर्यवंशी’ अन्ततः आगामी चैत २० गते रिलिज हुने भएको छ ।भारतीय संचारमाध्यमका अनुसार भारतीय सिंगल स्क्रिन र भारतबाहिरका मल्टिप्लेक्समा रिलिज हुने भएको छ ।

    परम्परागत रिलिज प्रणाली बिपरितको शैलीमा फिल्म रिलिज हुने जनाइएको छ । फिल्म भारतीय मल्टिप्लेक्समा चाहिँ प्रदर्शन हुनेछैन । भारतका ठूला मल्टिप्लेक्स पीभीआर, आइनक्स, कानिर्भल लगायतका मल्टिप्लेक्समा फिल्म नलाग्ने भएको हो ।

    मास दर्शकसम्म पहँुचका लागि फिल्मलाई एकल पर्दामा लगाउने निर्णय भएका यसक वितरकले जनाएका छन् । निर्माताको यस्तो निर्णयपछि फिल्मको कलेक्सनमा असर त पुग्ने छ भने ब्यापार गर्ने मल्टिप्लेक्सको योजनामा धक्का पुगेको छ ।

    अक्षय कुमार र कट्रिना क्याफ स्टारर फिल्मलाई रोहित सेठ्ठीले निर्देशन गरेका हुन् । फिल्मलाई करण जोहरले निर्माण गरेका हुन् ।

  • अर्थमन्त्री र फिल्मकर्मी भेट : बजेटमा सरकारले फिल्मलाई कर र भन्सारमा सहुलियत दिने

    अर्थमन्त्री र फिल्मकर्मी भेट : बजेटमा सरकारले फिल्मलाई कर र भन्सारमा सहुलियत दिने

    काठमाडौं । कोभिड प्रभावित राहत, भन्सार र मनोरञ्जन करमा छुट लगायतका माग राख्दै नेपाली फिल्मकर्मीको डेलिगेसनले अर्थमन्त्री विष्णु पौडेललाई भेट गरेको छ ।

    अर्थ मन्त्रालयमा आयोजित भेटमा चलचित्र संघका पूर्वअध्यक्षहरु र पदाधिकारी सहभागि थिए । सरकारले फिल्म क्षेत्रलाई कोभिड प्रभावित क्षेत्रको रुपमा सूचिकृत गरेपनि अर्थ मन्त्रालयमा आएर फाइल रोकिएको थियो ।

    सरकारकै उक्त निर्णयलाई कार्यान्वयन गर्नुपर्ने माग फिल्मकर्मीले गरेका थिए । नेपाल प्रेससँग कुरा गदै चलचित्र संघका अध्यक्ष मधुसुधन प्रधानले यो मागमा अर्थमन्त्री सकारात्मक भएको र चाँडै कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए ।

    भारतबाट ल्याइने फिल्म निर्माण र हलका उपकरण भन्सार मिनाहा गर्न पनि संघले माग गरेको छ । दुईवर्षदेखि फिल्म उपकरण नेपालमा आयात हुन सकेको छैन । यसअघि साढे दुई प्रतिशत भन्सार शुल्क र चलचित्र विकास बोर्डको सिफारिस भए सरकारले ल्याउन अनुमति दिन्थ्यो ।

    केही वर्षको लागि भएपनि चलचित्र क्षेत्रलाई करमुक्त गर्न पनि संघले माग राखेको छ । साथै, मनोरञ्जन कर मिनाहा गर्नुपर्ने माग छ । अहिले विभिन्न शीर्षकमा ३३ प्रतिशत कर फिल्म व्यवसायीले सरकारलाई बुझाइरहेका छन् । कर र भन्सार सम्बन्धी मागलाई आगामी बजेटमा सम्बोधन गर्ने प्रतिबद्धता अर्थमन्त्री पौडेलले व्यक्त गरेका छन् ।

    भेटमा काठमाडौं महानगरपालिकाका पूर्वमेयर केशव स्थापित, चलचित्र संघका पूर्व अध्यक्षहरु नकिम उद्दिन, प्रदीप उदय लगायत सहभागि थिए ।

  • नेपाली फिल्म ‘डाकिनी’को विश्व्यापी राइट अमेरिकी कम्पनी एब्रामोरोमाले किन्यो

    नेपाली फिल्म ‘डाकिनी’को विश्व्यापी राइट अमेरिकी कम्पनी एब्रामोरोमाले किन्यो

    काठमाडौं । न्यूयोर्कस्थित फिल्म वितरक कम्पनी एब्रामोरामाले नेपाली फिल्म डाकिनी (लुकिङ फर अ लेडी विथ फ्यांग्स एन्ड मुस्टाच)को विश्वव्यापी वितरण अधिकार खरिद गरेको छ ।

    खिन्से नोर्बु निर्देशित यो फिल्मलाई आगामी अप्रिल ८ मा न्यूयोर्कमा रुबिन स्रग्रहालयले भर्चुअल प्रिमियर गर्दैछ । नेपालमा छायांकन गरिएको र नेपाली भाषाको उक्त फिल्म एब्रामोरामाको डिजिटल प्लेटफर्ममा समेत रिलिज गर्ने जनाइएको छ ।

    काठमाडौंमा क्याफे चलाएर बसिरहेको एक युवालाई सपनामा केही संकेत मिल्छ । एकदिन उसको साथीले सपनाको अर्थ खुलाइदिन्छ र भन्छ– तिमी अब जम्मा ७ दिन बाँच्छौं । तर, जब उसले यो संकट डाकिनीले हटाउन सक्ने थाहा पाउँछ अनि शुरू हुन्छ जुँगा र दाह्रा भएकी डाकिनीको खोजी । उसले डाकिनी कहाँ फेला पार्छ ? उसको जीवन बच्छ कि बच्दैन ? यसकै वरपर फिल्मको कथा बगेको छ ।

    फिल्म समिक्षा : डाकिनी

    प्रिमियरपछि निर्देशक नोर्बुले डा. रिचर्ड जे डेभिड्सनसँग फिल्मबारे संवाद समेत गर्दैछन् । फिल्मलाई ओलिभिया ह्यारिसन, रविन्द्रसिंह बानियाँ र म्याक्स दिपेश खत्रीले मिलेर निर्माण गरेका हुन् । ‘इन द मुड फर लभ’ फेम्ड मार्क ली पिङ बिङ छायांकार हुन् ।

    छिरिङ तासी ग्यालेन्जन, टल्कु कुन्जोङ, तेन्जिङ कुन्सेल र नवाङ तेन्जिङको मुख्य अभिनय रहेको फिल्मलाई यसैवर्ष नेपालमा रिलिज गर्ने तयारी भैरहेको निर्माता बानियाँले बताए ।

  • बिगबोस प्रतियोगी रोहित नेपाली फिल्म खेल्दै, ‘तिमीसँगै हुने मन छ’मा अनुबन्धित

    बिगबोस प्रतियोगी रोहित नेपाली फिल्म खेल्दै, ‘तिमीसँगै हुने मन छ’मा अनुबन्धित

    भारतीय टेलिभिजन अभिनेता एवं रियालिटी सो बिगबोसका प्रतियोगी रोहित सुचान्तीले नेपाली फिल्ममा अभिनय गर्ने भएका छन् । दिवाकर भट्टराईले निर्माण एवं निर्देशन गर्न लागेको फिल्म ‘तिमीसँगै हुने मन छ’मा रोहितलाई लिड-मेलमा देख्न पाइने भएको छ ।

    फिल्ममा रोहितले दीपिका प्रसाईसँगै अनस्क्रिन रोमान्स गर्ने भएका छन् । चैतको पहिलो सातादेखि छायांकन सुरु हुने फिल्मका अन्य कलाकार भने चाँडै तय गरिने निर्देशक भट्टराईले नेपाल प्रेसलाई जानकारी दिए । दीपिका यसअघि नै लिडलेडीमा फाइनल छिन् ।

    ओमनमः शिवाय ब्यानरमा निर्माण हुने फिल्म प्रेमकथामा आधारित हुनेछ । निर्देशक भट्टराईले प्राविधिक टीम पनि मुम्बईबाट ल्याउने योजना बनाएका छन् । चर्चित भारतीय टिभी सिरियल सास बिना ससुरालमा बाल कलाकारको रुपमा अभिनय सुरु गरेका सुचान्तीले स्टार प्लसको साथ निभाना साथियामा पनि अभिनय गरेका छन् ।

    अक्टोबर २०१८ मा उनलाई बिगबोसको १२ औं सेकेन्ड वाइल्डकार्ड इन्ट्री प्रतियोगीको रुपमा देखिएको थियो । एमटीभी इन्डियाको वारियर हाइमा पनि उनलाई देखिएको थियो ।

  • राजेश र अनुपपछि पल शाह पनि ‘सत्यम’मा अनुबन्धित

    राजेश र अनुपपछि पल शाह पनि ‘सत्यम’मा अनुबन्धित

    काठमाण्डौ। अभिनेता पल शाह पनि फिल्म ‘सत्यम’मा अनुबन्धित भएका छन् । राजेश हमाल र अनुपविक्रम शाहीपछि पल फिल्ममा जोडिएका हुन् । कथावस्तु र भूमिका मनपरेपछि पलले फिल्म साइन्ड गरेको निर्माता रेशम सापकोटाले जानकारी दिए ।

    पलको प्रवेशसँगै सत्यम लाइनअपले लगभग पूर्णता प्राप्त गरेको छ । हमाललाई आफ्नो आदर्श मान्ने गरेका पलले पहिलो पटक हमालसँग फिल्ममा स्क्रिन सेयर गर्न लागेका हुन् । अनुपसँग पनि उनको पहिलो सहकार्य हो ।

    पहिलोपटक हमालसँग फिल्म खेल्न लागेकोप्रति पल उत्साही सुनिए । पछिल्ला छिमलका तीन लोकप्रिय अभिनेतालाई पहिलोपटक पर्दामा सँगै देख्न लागिएको हो ।

    निर्माताले फिल्ममा पलको भूमिकाबारे खुलाउन चाहेनन् । फिल्मलाई उत्कृष्ट बनाउन कलाकारको टीम बलियो बनाउन लागेको उनको भनाई छ । सहायक निर्मातामा श्याम मल्ल र गणेश पौडेल रहेका छन् ।

    एक्सन जनरामा निर्माण हुन लागेको फिल्म ‘सत्यम्’ का लागि निर्माण टीमले अडिसनबाट पनि कलाकार छनोट गर्दैछ । यसका लागि काठमाडौं र पोखरामा अडिसन भइसकेको छ, जसमा कूल ५ सय २३ जनाले सहभागिता जनाएका थिए । अब निर्माण टिमले भर्चुअल अडिसन आह्वान गरेको छ । भर्चुअलमा नेपालसँगै विदेशबाट पनि अडिसन दिन सक्ने निर्देशक कार्कीले जानकारी दिए ।

  • ‘डिसेम्बर फल्स’मा आर्यन र उपासनाको रोमान्टिक लुक्स (फोटो फिचर)

    ‘डिसेम्बर फल्स’मा आर्यन र उपासनाको रोमान्टिक लुक्स (फोटो फिचर)

    काठमाडौं । माघ पहिलो साताबाट पोखराका बिभिन्न स्थानमा छायांकन भइरहेको फिल्म ‘डिसेम्बर फल्स’ का तस्विर सार्वजनिक भएका छन् । फोटामा अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासनासिंह ठकुरी बिभिन्न भावमा प्रस्तुत भएको देखिन्छ ।

    प्रविण झाको निर्देशनमा निर्माण भइरहेको फिल्मलाई दक्षिण भारतीय फिल्मका ब्यस्त छायाँकार महेश आर गुप्ताले खिचिरहेका छन् । रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्माता लक्ष्मण रिजाल र निर्मातामा राजकुमार भट्ट छन् ।

    फिल्मको केही दिनमा पोखरा सेडयुल समापन हुने र त्यसपछि झण्डै दुई साता काठमाडौमा खिचिने बताइएको छ । आर्यन र उपासनाका साथमा सुमन थापा रोहित, सलोन बस्नेत, दयाराम दाहाल, नरेश भट्टराईको अभिनय छ ।

    बिपी खनालको कथा रहेको फिल्मको पटकथा र सम्वाद केदार भुसालले लेखेका हुन् । ०७८ को साउन १ गते प्रदर्शन मिति तोकिएको छ ।

  • ‘फटाह फणिन्द्रे’मा सुष्मा र छुल्ठिमसँग कर्माले रोमान्स गर्ने

    ‘फटाह फणिन्द्रे’मा सुष्मा र छुल्ठिमसँग कर्माले रोमान्स गर्ने

    काठमाडौँ । अभिनेता कर्मा ‘फटाह फणिन्द्रे’ बन्ने भएका छन् । अरुण खड्काको निर्माण एवं निर्देशन रहने फिल्मको उनी मुख्य भूमिकाको लागि छनौट भएका हुन् । मंगलबार जन्मदिनको अवसर पारेर निर्माता खड्काले फिल्मको मुख्य भूमिकाको लागि कर्मासँगै अभिनेत्री छुल्ठिम गुरुङ र रोहित रुम्बालाई अनुबन्धित गरेको हो ।

    केही अगाडि घोषणा भएको यो फिल्मको मुख्य भूमिकाको लागि यस अगाडि सुष्मा कार्की चयन भएकी थिइन् । फिल्मको अन्य कलाकार भने छनौटको क्रममा रहेका छन् । श्रीराम बालाजी फिल्मस् र अरुण फिल्म प्रोडक्सन प्रालीको संयुक्त ब्यानरमा निर्माण हुन लागेको फिल्मको प्रस्तुतकर्ता सुनिल मानन्धर हुन् ।

    विक्रमसिंह गुरुङ निर्माता र नेत्र बिष्ट कार्यकारी निर्माता रहेको फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व, विपिन मल्लको सम्पादन र इश्वरलाला सिंकेमनको छायाँकन रहनेछ । उत्तम केसीको कथा रहेको फिल्ममा पट्कथा, संबाद हिमाल उप्रेती, सुशिल पोखरेल र अरुण खड्काको रहेको छ ।

    यस अगाडि ‘तिम्रो लागि’, ‘पाठशाला’ लगायत केही फिल्म निर्माण गरेका अरुण यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् । फिल्म निर्माणको सिलसिलामा आफूले यो क्षेत्रमा बिताएको एक दशकमा सिकेको र बटुलेको अनुभव ‘फटाह फणिन्दे्र’ मा निर्देशक मार्फत खन्याउन लागेको खड्काले बताए ।चैतको पहिलो साताबाट छायाँकन सुरु हुने फिल्म क्राइम थ्रीलर र रोमान्टिक ड्रामा विधामा आधारित हुनेछ ।

  • नौ विधामा अस्कर अवार्ड मनोनयन घोषणा, युरोपेली फिल्मको दबदबा

    नौ विधामा अस्कर अवार्ड मनोनयन घोषणा, युरोपेली फिल्मको दबदबा

    काठमाडौं । अप्रिल २५ तारिखमा कोरोनाकालको अस्कर अवार्ड वितरण हुदैछ । बुधबार बिहान अस्कर आयोजक द एकेडेमी अफ मोसन पिक्चर्स आर्ट एन्ड साइन्सेजले नौ विधाको मनोनयन घोषणा गरेको छ ।

    डकुमेन्ट्री, इन्टरनेसनल फिचर, ओरजिनल स्कोर, ओरजिनल सङ, मेकअप एन्ड हेयरस्टाइलिङ, भिजुअल इफेक्ट्स, डकुमेन्ट्री– लाइभ एक्सन र एनिमेटेड सट् फिल्मको लागि मनोनयन सार्वजनिक गरिएको हो ।

    छानिने १५ मध्ये डकुमेन्ट्री फिचरतर्फ २३८ डकुमेन्ट्री र ९३ वटा अन्तराष्ट्रिय फिचर प्रतिस्पर्धामा थिए । कोरोना महामारीका कारण अधिकांश फिल्मले २०२० देखि २०२१ लाई रिलिज डेट पोस्टपोन्ड गरेका थिए । १५ मार्चमा अन्य विधाको पनि मनोनयन सार्वजनिक हुनेछ । महामारीले गर्दा भीएफएक्स विधालाई समावेश गरिएको छैन ।

    डकुमेन्ट्री फिचर
    २३८ फिल्ममध्ये १५ फिल्म डकुमेन्ट्री फिचर विधामा सीधै प्रवेश गर्न पाउनेछन् ।
    अल इन : द फाइट फर डेमोक्रासी
    ब्वाइज स्टेट
    कलेक्टिभ
    क्रिभ क्याम्प
    डीक जोन्सन इज डेड
    गुन्डा
    एमएलके एफबीआइ
    द मोल एजेन्ट
    माइ अक्टोपस टिचर
    नट्टुर्नो
    ७६ डेज
    टाइम
    द ट्रफल हन्टर्स
    वेलकम टु चेचेन्या

    इन्टरनेसनल फिचर फिल्म
    ९३ औं अस्कर अवार्डका लागि यो विधामा १५ फिल्मले सीधै मतदानको लागि प्रवेशको अवसर पाउनेछन् । यो विधामा ९३ फिल्म प्रतिस्पर्धामा छानिएका थिए । नेपालले यो विधामा यसपटक भाग लिएको थिएन ।

    बोस्निया एन्ज हर्जगोभिना –क्यो भाडिस ऐडा ?
    चिली –द मोल एजेन्ट
    चेक रिपब्लिक –चार्लाटन
    डेनमार्क –अनादर राउन्ड
    फ्रान्स –टु अफ अस
    ग्वाटेमाला –ला लोरोना
    हङकङ –बेटर डेज
    इरान –सन् चिल्ड्रेन
    आइभोरी कोस्ट –नाइट अफ दी किङ्स
    मेक्सिको –आइएम नट लंगर हियर
    नर्वे –होप
    रोमानिया –कलेक्टिभ
    रसिया –डियर कमरेड्स
    ताइवान –अ सन्
    ट्युनिसिया –द म्यान हु सोल्ड हिज स्किन

  • प्रियंकाको आत्मकथा ‘अनफिनिस्ड’ रिलिज, समीक्षा गर्दै अमेजनले लेख्यो– एउटा विद्रोही बायोग्राफी !

    प्रियंकाको आत्मकथा ‘अनफिनिस्ड’ रिलिज, समीक्षा गर्दै अमेजनले लेख्यो– एउटा विद्रोही बायोग्राफी !

    अभिनेत्री प्रियंका चोपडाको आत्मकथा ‘अनफिनिस्ड’ मंगलबार प्रकाशन भएको छ । अमेजनले पुस्तकलाई दार्शनिक कुराले प्रेरित भएको र पढ्नयोग्य भन्दै समिक्षा गरेको छ ।

    ‘सार्वजनिक व्यक्ति प्रियंका चोपडाको जीवनबारेको उल्लेखनीय र प्रेरणादायी कथा । उनले आफ्ना चुनौति र विजयलाई इमान्दारिताका साथ उल्लेख गरेकी छिन्’ अमेजन लेख्छ, ‘प्रियंकाजस्तै पुस्तक आफैमा बोल्ड, अनुकरणीय, विद्रोही र दार्शनिक कुराले प्रेरित छ ।’

    बलिउडमा स्थापित भएपछि हलिउडको आफ्नो करियर र विश्व सुन्दरी प्रतियोगितामा आफ्नो विजयबारे प्रियंकाले पुस्तकमा वर्णन गरेकी छिन् । प्रियंकाले आफ्ना दिवंगत पिताप्रति पुस्तक समर्पण गदै उनकै प्रेरणाले आफू अघि बढेको उल्लेख गरेकी छिन् ।

    पुस्तक प्रकाशनलाई लिएर आफू भावुक र उत्साहित भएको समेत प्रियंकाले उल्लेख गरेकी छिन् । समिक्षाको अन्त्यमा अमेजनले प्रियंकाको पुस्तकले आउने पुस्तालाई मार्गनिर्देशन गर्ने समेत लेखेको छ ।

    २४० पृष्ठ लामो प्रियंकाको उक्त पुस्तकलाई पेन्गुइन भाइकिङले प्रकाशन गरेको हो ।