Category: कलाप्रेस

  • नेपाल आउँदै बलिउड अभिनेत्री नोरा फतेही

    नेपाल आउँदै बलिउड अभिनेत्री नोरा फतेही

    काठमाडौं । बलिउड अभिनेत्री तथा डान्सर नोरा फतेही नेपाल आउने भएकी छन् । उनी जेठ ३ मा बौद्ध टुसालस्थित हायात ग्राउन्डमा हुने ‘नोरा फतेही लाइभ इन नेपाल’ का लागि नेपाल आउन लागेकी हुन् ।

    वर्ल्डवाइइ फिल्मस् नेटवर्क प्रालिको प्रस्तुतिमा यो कार्यक्रम शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको ‘ह्युमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ हुनेछ । कार्यक्रमको इभेन्ट व्यवस्थापन मनु मिडिया प्रालिले हेर्नेछ ।

    नेपालमा आयोजना हुँदै आएका इन्टरनेशनल आर्टिस्टहरुको शोबीच ‘नोरा फतेही लाइभ इन नेपाल’ अझ उत्कृष्ट हुने दाबी इभेन्ट म्यानेजर मनिष कार्कीको छ । कार्यक्रमका लागि मुम्बईबाट
    नोरासहित २० बढी कोसर डान्सरहरु प्रस्तुतिका लागि नेपाल आउनेछन् ।

    फिल्म निर्माण र सामाजिक काममा लाग्दै आएको आयोजक संस्थाका अध्यक्ष देव मगरका अनुसार ‘नोरा फतेही लाइभ इन नेपाल’मा चर्चित नेपाली कलाकारहरुको पनि प्रस्तुति रहनेछ ।

    कार्यक्रममा टिकटको मूल्य २ हजार, ४ हजार, ७ हजार र १६ हजार तय गरिएको छ । आइतबारदेखि खल्ती एपमार्फत टिकट काट्न सकिनेछ । कार्यक्रममा इन्टरनेशनल कोर्डिनेटरका रुपमा युद्व बानियाँ र डिजिटल मार्केटिङ मनिष बखतीले हेरिरहेका छन् ।

    नोराको बलिउडमा ‘दिलबर दिलबर’, ‘कुसु कुसु’, ‘ओ साकी साकी’, ‘नाच मेरी रानी’ जस्ता गीतहरु सुपर हिट छन् ।

  • निर्देशक कृषा चौलागाईं निर्देशित चलचित्र ‘पिताम्बर’ ले पायो ‘पिजी’ सर्टिफिकेट

    निर्देशक कृषा चौलागाईं निर्देशित चलचित्र ‘पिताम्बर’ ले पायो ‘पिजी’ सर्टिफिकेट

    काठमाडौं । यही चैत २९ गतेबाट रिलिज हुने मल्टिस्टारर चलचित्र ‘पिताम्बर’ ले केन्द्रीय चलचित्र जाँच समितिबाट ‘पिजी’ सर्टिफिकेट पाएको छ । सर्टिफिकेट पाएसंगै अब यो चलचित्र हेर्न १६ वर्ष मुनिका बालबालिकाले आफ्नो बाबु-आमालाई साथ लिएर जानुपर्नेछ ।

    केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको व्यानरमा निर्माण भएको चलचित्रमा कृषा चौलागाईंको निर्देशन छ । चलचित्रमा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, आर्यन सिग्देल, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईको अभिनय छ ।

    चलचित्रमा बाल कलाकारका रुपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी (अनमोल)ले समेत अभिनय गरेका छन् । विशाल चौलागाईं निर्माता रहेको चलचित्रमा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता, प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन र ट्रेलर, समिर मिया र सत्यम रानाको भीएफएक्स, आशीष अविरल र बाबुल गिरीको संगीत र हिमाल केसीको द्वन्द्व छ ।

    चलचित्रलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।

  • चलचित्र ‘झिल्को’को गीत ‘नाच पुतली’ सार्वजनिक

    चलचित्र ‘झिल्को’को गीत ‘नाच पुतली’ सार्वजनिक

    काठमाडौं । नेपाली चलचित्र ‘झिल्को’को गीत ‘नाच पुतली’ सार्वजनिक गरिएको छ । शुक्रवार इन्टरनेटमार्फत सार्वजनिक गरिएको यो गीत मार्मिक भावनासँग जोडिएको छ, जसमा दुःखी बालिकालाई फकाउँदै उसलाई खुसी बनाउने प्रयास गरिएको देखिन्छ ।

    गीतमा आनन्द अधिकारीको मन छुने शब्द, दिपक शर्माको सशक्त सङ्गीत, र शाहिमा श्रेष्ठको स्वर रहेको छ ।

    गीतको भिडियोमा दुई आकर्षक स्थानहरू र दुई ऊर्जावान नृत्यांगनाहरू, आश्मा विश्वकर्मा र चाहना पुनको आकर्षक नृत्य प्रस्तुति देख्न सकिन्छ ।

    उनीहरू दुवैले चलचित्रकी मुख्य कलाकार आयुषी ढकाललाई फकाउने प्रयास गरेको देखिन्छ, जसले भिडियोलाई थप रहस्यमयी बनाएको छ । यसका साथै, भिडियोमा अभिनेता सुनिल पोखरेलको उदासीपूर्ण उपस्थिति देखाइएको छ, जसले चलचित्रको कथाको गम्भीरतालाई दर्शाइरहेको छ ।

    आगामी वैशाख १९ गते देशभर प्रदर्शनमा आउने यो चलचित्र अहिलेको पुस्तामा बढ्दो डिजिटल निर्भरता र त्यसले पार्ने मनोवैज्ञानिक, सामाजिक तथा पारिवारिक असरलाई उजागर गरी बनेको निर्देशक यादव कुमार भट्टराईले बताए । यसमा मोबाइलको अत्यधिक प्रयोगका कारण सम्बन्धमा आउने दरार, व्यक्तिहरूबिचको दूरी, र वास्तविक जीवनभन्दा डिजिटल संसारमै गुम्सिँदै गएका पात्रहरूको कथा देखाइएको उनले जनाए ।

    सामाजिक विषयवस्तुमा आधारित चलचित्रहरू निर्देशन गर्दै आएका निर्देशक भट्टराईले यसअघि सुपर हिट चलचित्र ‘झोला’ र अर्को चलचित्र ‘भोर’ निर्देशन गरेका थिए ।

    ‘झिल्को’मा आयुषी ढकाल, सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जेनीश श्रेष्ठ, र जेभीश श्रेष्ठको अभिनय रहेको छ । चलचित्रको छायाङ्कन दीपक बज्राचार्य, सम्पादन निमेष श्रेष्ठ, कलर तथा साउन्ड मिक्सिङ श्याम कुँवर, र साउन्ड डिजाइन उत्तम न्यौपानेले गरेका छन् ।

    ‘झिल्को’को कथा तथा पटकथा निर्देशक भट्टराईले अरुणदेव जोशी र देव व्रतसँग मिलेर तयार पारेका हुन् भने मिडिया फर कल्चर प्रा।लि। को प्रस्तुति र जनता टिभीको निर्माण सहकार्यमा तयार भएको हो ।

  • दिपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेरा: घर नं २’को एकैचोटि तीन पोस्टर सार्वजनिक

    दिपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेरा: घर नं २’को एकैचोटि तीन पोस्टर सार्वजनिक

    काठमाडौं । दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेरा: घर नं २’को पोस्टर रिलिज भएको छ । निर्माण पक्षले एकैपटक चलचित्रको ३ पोस्टर सार्वजनिक गरेको हो।

    पोस्टर रिलिजसँगै निर्माण टिमले चलचित्रको नयाँ रिलिज मिति पनि सार्वजनिक गरेको छ। यसअघि यो चलचित्र जेठ ९ गते रिलिज हुने भनिएको थियो। तर अब भने यो चलचित्र पहिला तोकिएको मिति भन्दा एक हप्ता अगाडी अर्थात जेठ २ मा रिलिज हुने भएको छ ।

    सार्वजनिक गरिएका तीन पोस्टरमध्ये एकमा अभिनेता निश्चल बस्नेतलाई सोलो प्रस्तुत गरिएको छ, जहाँ उनी कतै पुग्न हतार भएझै गरी कुदिरहेका छन। दोश्रो पोस्टरमा अर्का अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री उपासना सिंह ठकुरीलाई रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ । झोला भिरेर हातमा केही सामान बोकेर हिँडिरहेकी उपासनालाई खगेन्द्रले साइकल डोर्याउँदै अनि मुस्कुराउँदै पछ्यारहेको देख्न सकिन्छ ।

    त्यसैगरी, तेश्रो पोस्टरमा भने चलचित्रका अधिकाशं मुख्य पात्रहरुलाई एकसाथ प्रस्तुत गरिएको छ। यो पोस्टरमा पात्रहरूलाई तीन तले घरको विभिन्न कोठाको झ्यालमा भएझैं गरी प्रस्तुत गरिएको छ । जहाँ कोही कलाकार गम्भीर भावमा देखिएका छन, कोही चिन्तित मुद्रामा त कोहि खुशी मुद्रामा। यस पोस्टरमा कलाकारहरु आर्यन सिग्देल, खगेन्द्र लामिछाने, केकी अधिकारी, निश्चल बस्नेत, प्रकाश घिमिरे, उपसना सिंह ठकुरी र श्रृजना नापित छन।

    यो चलचित्र लेखक बुद्धि सागरले लेखेका हुन्। एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको प्रस्तुतिमा बनेको चलचित्रमा कृष्णबहादुर थापाको छायांकन छ। चलचित्रका निर्माता नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन हुन।

    युवराज कार्की कार्यकारी निर्माता रहेको चलचित्रमा आर्यन सिग्देल, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरेलगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

  • विपिन कार्कीको एक्सन चलचित्र ‘कर्मा’को ट्रेलर सार्वजनिक

    विपिन कार्कीको एक्सन चलचित्र ‘कर्मा’को ट्रेलर सार्वजनिक

    काठमाडौं । सौरभ चौधरी निर्देशित चलचित्र ‘कर्मा’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर ‘कर्मा’को ट्रेलर सार्वजनिक गरिएको हो ।

    ट्रेलरमा चलचित्रका प्राय सबै मुख्य कलाकार अटाएका छन् । विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, सरिता गिरीलगायत कलाकार अटाएको ट्रेलरमा एक्सनले मुल स्थान पाएको छ ।

    ट्रेलरमा भ्रष्ट समाजले एक निर्दोष र सिधा युवालाई कुन हदसम्म पुर्याउँछ भन्ने देखाएको छ । आफ्नो उद्देश्य प्राप्तिका लागि हिँडेको युवा कसरी परिवन्धमा परेर गुण्डागर्दी र प्रहरीको कष्टडीसम्म पुग्छ भन्ने ट्रेलरले देखाएको छ।

    विपीनलाई एक्सनमा उतारेका निर्देशक सौरभ चौधरीले एक्सनको जगमा बसेर पैसा र पावरका लागि मरिहत्ते गर्ने समाजको कथा भन्ने प्रयास गरेका छन् ।

    ‘कर्मा’मा विपीन, उपासना मुकुन र सरितासँगै दिब्यदेब, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालागायतको अभिनय रहेको छ ।

    नयाँ वर्ष २०८२ को छेको पारेर चलचित्र ‘कर्मा’ आगामी चैत २९ गते रिलिज हुँदै छ । नेपाल र विदेशमा यो चलचित्र एकसाथ प्रदर्शन हुनेछ । चलचित्रको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन् । भने चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्रीको अधिकार सेभेन सिज सिनेमाले लिएको छ ।

    चलचित्रमा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ । तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको सिनेमामा समीर मियाको भिएफएक्स, उत्तम न्यौपानेको व्याकग्राउण्ड स्कोर, शाहिल खानको टिजर–ट्रेलर र विजय बश्यालको पब्लिसिटी छ। आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी रहेको छ ।

     

  • ६० फिट लामो आफ्नो पोस्टर देखेर छक्क परे हमाल, भने- यति ठूलो पोस्टर कहिले देखेको थिइन्

    ६० फिट लामो आफ्नो पोस्टर देखेर छक्क परे हमाल, भने- यति ठूलो पोस्टर कहिले देखेको थिइन्

    काठमाडौं । चलचित्र ‘नरसिंहाः अवतार’ बाट अभिनेता राजेश हमालले आठ वर्षपछि सिने क्षेत्रमा कमब्याक गर्दैछन्। यो आठ वर्षको समयमा उनले कुनै चलचित्र गरेनन् ।

    बरु फाट्टफुट्ट केही कार्यक्रमहरुमा सहभागी भने भए। उनले यो आठ वर्ष अफर नआएर चलचित्र गरेनन् वा अफर आएर पनि चलचित्र गरेनन्, त्यो उनैलाई थाहा होला। जे होस, लामै समयपछि भएपनि उनी दिवाकर निर्देशित चलचित्रबाट पुन चलचित्र क्षेत्रमा फर्किएका छन। यो उनी र उनको फ्यान अनि शुभचिन्तकको लागि खुसीको कुरा हो।

    उनको कमब्याक चलचित्रको केही दिन अघि मात्र दुइटा पोस्टर सार्वजनिक गरिएको थियो। एउटा पोस्टरमा उनी सिंगल फिर्चड थिए भने अर्को पोस्टरमा नायक राज कटुवाल। पोस्टर काठ्माडौंको ग्लोबल कलेजमा एक कार्यक्रममाबीच पाँच सय विद्यार्थीहरुको उपस्थितिमा सार्वजनिक गरिएको थियो।

    पोस्टर सार्वजनिक भएपछि उनी आफै छक्क परे। कार्यक्रममा निर्माणपक्षले ग्लोबल कलेजको अग्लो भवनबाट उनको ६० फिट लामो पोस्टर सार्वजनिक गरेको थियो। आफू फिर्चड चलचित्रको त्यति लामो पोस्टर देखेर नायक हमाल आफै चकित बने। उनको ६० फिट लामो पोस्टर एक हुल विद्यार्थी मिलेर तल ग्राउन्डमा पनि फिजारेर बोकिरहेका थिए।

    उनले कार्यक्रममै आफ्नो फिल्मी करिअरमा यति लामो पोस्टर अहिलेसम्म नदेखेको बताए । उनले भने,’मैले चलचित्र खेलेको कति वर्ष भयो त्यो मलाई थाहा भएन, तर जति सुकै वर्ष भएपनी यति ठुलो पोस्टर मैले कहिले देखेको थिइन् ।’

    केही वर्षको अन्तरालमा चलचित्र गरेकोले आफ्नो लागि ‘नरसिंहाः अवतार’ विशेष रहेको पनि उनले कार्यक्रममा सुनाए। ‘मैले दिवाकरजी जस्तो निर्देशक पाए। उहाँले निर्देशन गरेको चलचित्रमा खेल्ने पाए। त्यसमा म एकदमै खुसी छु।’

    निर्माणपक्षका अनुसार नायक हमालको ८ वर्षपछिको कमब्याक चलचित्र भएकाले पनि केही नयाँ तरिकाले पोस्टर सार्वजनिक गरिएको हो।

    दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा राजेश हमाल, निर शाह, राज कटुवाल, नीति शाह, सरोज खनाल, सनिषा भट्टराई, प्रशान्त ताम्राकार, दीपा शाही लगायतका कलाकारहरुको अभिनय छ ।

    चलचित्रमा दीपक ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने र नेम महर्जनको लगानी छ ।

  • चलचित्र ‘जन्ते बाख्रो’को पहिलो गीत ‘घामै राजा’ सार्वजनिक

    चलचित्र ‘जन्ते बाख्रो’को पहिलो गीत ‘घामै राजा’ सार्वजनिक

    काठमाडौं । सिमोस सुनुवारको निर्देशनमा निर्माण भएको सिनेमा ‘जन्ते बाख्रो’को पहिलो गीत ‘घामै राजा’ सार्वजनिक गरिएको छ ।

    बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच संगीतकार बाबुल गिरीको शब्द रचना, संगीत तथा स्वर रहेको गीतमा सिनेमाका मुख्य कलाकार सौगात मल्ल र गरिमा शर्मा रोमान्टिक अवतारमा प्रस्तुत छन् ।

    गीतको अन्तिममा अभिनेता आशिफ शाहलाई पनि सप्राइजको रुपमा देखाइएको छ ।

    आगामी जेठ ९ गतेबाट सिनेमा देशभरका सिनेमा घरमा रिलिज हुनेछ । यसअघि सिनेमाको फस्र्लुक सार्वजनिक गर्दै जेठ २३ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको सिनेमा अब जेठ ९ गतेबाट प्रदर्शनमा आउने जानकारी सिनेमाको गीत रिलिज कार्यक्रममा गराइयो ।

    निर्माण सन्तोष गौतमले सिनेमाका मुख्य अभिनेता सौगात मल्लको मुख्य भूमिका रहेको सिनेमा ‘भाईरल गोर्खे’ अर्को हप्ता नै प्रदर्शन आउने भएकाले टाइम ग्यापको लागि दुई हप्ता प्रि–पोण्ड गरिएको बताए ।

    आफू र आफ्नो टीमले जन्ते बाख्रो निर्माणमा निकै मेहनत गरेकाले दर्शकले सिनेमा रुचाउनेमा आशावादी रहेको उनको भनाई यो । आफु जन्ते बाख्रोको नेपाल र विदेश रिलिज एकै पटक गर्ने तयारीमा रहेको पनि खुलाए ।

    सिनेमाका निर्देशक सिमोस सुनुवारले पनि आफ्ना अघिल्ला सिनेमाको गल्ती कमजोरी ‘जन्ते बाख्रो’मा सुधार गर्दै दर्शकमाझ एउटा राम्रो सिनेमा पस्किने तयारी गरेको बताए । यो सिनेमाका लागि कलाकारदेखि कथा लेखनसम्म आफ्नो टिमले निकै मेहनत गरेकाले दर्शकलाई जन्ते बाख्रो मन पर्नेमा विश्वस्त देखिए ।

    यता सिनेमाकी मुख्य अभिनेत्री गरिमा शर्माले आफु पहिलो पटक सिनेमा मुख्य भूमिकामा देखिएकाले स्टेज चढ्दा डर लागेको बताइन् । सिनेमामा सौगात, आशिफर गरिमासँगै रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

    मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा निर्माण भएको छ । प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद लेखन रहेको सिनेमाको निर्माता सन्तोष गौतम हुन् ।

    सिनेमा हरि हुँमागाईको डिओपी, उत्तम हुँमागाईको सिनेमाटोग्राफी, सुनिल शिवभक्तिको सम्पादन र रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम) को पोस्टर डिजाइन रहेको छ । टिफल्क फिल्मस्ले वितरण गर्ने सिनेमाको डिजिटल राइट्स जी टु वान डिजिटलले खरिद गरेको छ।

  • ‘न्यु इयर इभ एट जर्मन होम्स’मा गुन्जिँदै राम कृष्ण ढकाल एण्ड ब्याण्ड

    ‘न्यु इयर इभ एट जर्मन होम्स’मा गुन्जिँदै राम कृष्ण ढकाल एण्ड ब्याण्ड

    काठमाडौं । नयाँ वर्ष २०८२ सालको पूर्वसन्ध्यामा भक्तपुरको गठ्ठाघरमा रहेको जर्मन होम्सले ‘न्यु इयर इभ’ कार्यक्रम गर्ने भएको छ।

    वरिष्ठ लोकप्रिय गायक राम कृष्ण ढकाल एण्ड ब्याण्डको विशेष प्रस्तुति रहने उक्त कार्यक्रमलाई ‘न्यु इयर इभ एट जर्मन होम्स विथ राम कृष्ण ढकाल’ नाम दिइएको छ । कार्यक्रममा गायक ढकालका अलावा अन्य राष्ट्रिय कलाकारहरूको पनि प्रस्तुति रहने छ ।

    चैत ३१ गते बेलुका ६ बजेबाट सुरु हुने उक्त कार्यक्रम राती १२ बजेसम्म चल्नेछ। कार्यक्रमलाई नेपाल कै चर्चित उद्घोषिका र नायिका रीमा विश्वकर्माले सञ्चालन गर्नेछिन् । ‘न्यु इयर इभ एट जर्मन होम्स’मा साङ्गीतिक कार्यक्रमको साथसाथै कमेडी, साल्सा नृत्य र डी।जे सेसन पनि रहने छ ।

    न्यु जर्मन आर्किटेक्चरमा बनेको भव्य हल उद्घाटन समेत रहेको उक्त कार्यक्रममा करिब १५ सय देखी २ हजार दर्शकलाई सहभागिता गराउने लक्ष्य राखिएको छ।

    ‘न्यु इयर इभ एट जर्मन होम्स’ मा सहभागिता जनाउन यही चैत २२ गते बाट खल्ती एप मार्फत टिकट वुकिङ्ग गर्न सकिनेछ भने डोर सेलको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा सहभागी हुने मध्यबाट एक जनाले थाइल्यान्ड ट्रिपको पुरस्कार प्राप्त गर्न सक्नेछन् भने अन्य विशेष उपहारहरू पनि रहेका छन् ।

    जर्मन होम्समा आयोजना हुने यो विशेष कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण तयारीहरू तीव्र रूपमा अघि बढिरहेको आयोजकले जनाएको छ । २०८१ साललाई धन्यवाद भन्दै नयाँ ऊर्जाका साथ २०८२ साललाई स्वागत गर्नको लागि भव्य कार्यक्रमको आयोजना गरेको जर्मन होम्स होटेल ७ इभेन्ट भेन्युका सञ्चालक एवम् कार्यकारी निर्देशक राजन कार्कीले जानकारी दिए ।

    नयाँ वर्षको पूर्वसन्ध्यामा भव्य साङ्गीतिक वातावरणको आनन्द लिन इच्छुक सम्पूर्णलाई कार्यक्रम स्थलमा उपस्थित हुन आयोजक टिमले आग्रह गरेको छ।

    नयाँ होटेल रुम र १५०० जनाको क्यापासिटी रहेको बलरुम साथै इनडोर र आउटडोर सुविधा दिई रहेको जर्मन होम्स हस्पिटालिटी ९होटेल एण्ड इभेन्ट भेन्यु० बिगत ४ वर्ष देखी गठ्ठाघरमा रही उच्च गुणस्तरको सेवा प्रदान गर्दै आएको एक प्रतिष्ठित गन्तव्य हो ।

  • खुल्यो ‘वसन्त’ को टिकट बुकिङ, हलले कति दिए शो ?

    खुल्यो ‘वसन्त’ को टिकट बुकिङ, हलले कति दिए शो ?

    काठमाडौं । चैत २२ गते शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘वसन्त’को अग्रीम टिकट बुकिङ खुला गरिएको छ । सिनेमाका सार्वजनिक प्रचार सामाग्रीले दर्शकमाझ उच्च हाइप निर्माण गरेकाले मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्मले यो सिनेमालाई उच्च शो दिने देखिएको छ ।

    देशकै ठुलो मल्टीप्लेक्स चेन क्युएफएक्सले सिनेमाको ३ दिन अगावै अग्रीम टिकट बुकिङ खुला गर्दै काठमाडौं उपत्यकामा मात्रै ३३ शो दिएको छ । हामीले यो समाचार तयार पार्दासम्म मोफसलमा इटहरी बाहेकका हलमा वसन्तलाई क्युएफएक्सले ३८ शोसहित देशभर ७१ शो उपलब्ध गराएको छ ।

    प्रकाश सपुतको डेव्यु निर्देशकिय सिनेमा ‘वसन्त’लाई आइएनआइ सिनेमाजले लोत्से मल, एनबी सेन्टर, क्युबक्स बुटवल र सिमरा बिजनेस सेन्टरको हलमा गरी १६ सो दिएको छ ।

    वान सिनेमाजले आइप्लेक्स र कालीमाटी ट्रेड सेन्टरमा १० सो दिएको छ । त्यस्तै एफक्युबले ५ शो, बिग मुभिजले ५ शो, बिएसआर सिनेमाजले ४ शो दिएको छ ।

    अझै सिनेमा रिलिज हुने समय एक दिन बाँकी रहेको हुँदा बिहीबार साँझसम्म पनि शोहरु थपिने क्रम जारी रहनेछ । सिनेमालाई अग्रीम टिकट बुकिङका क्रममा हलले उपलब्ध गराएको शो ट्रेण्ड हेर्दा सिनेमा शुक्रबार ४ सय हाराहारी शोसहित प्रदर्शनमा आउने देखिन्छ ।

    नेपाल र विदेशमा एक साथ रिलिज हुने सिनेमा ‘वसन्त’मा प्रकास सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारीको अभिनय रहेको छ ।

    गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले नै तयार पारेका हुन् ।

    विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा सिनेमाले भन्ने छ । सिनेमाको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् ।

    गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा सिनेमाको छायांकन गरिएको हो । गायक तथा अभिनेता प्रकाश सपुतको डेव्यु निर्देशकिय सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन् । काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनिले सिनेमालाई वितरण गर्नेछन् ।

    यसैबीच, सिनेमा ‘वसन्त’ सेन्सर पास भएको छ । यो सिनेमालाई केन्द्रीय जाँच समिति (सेन्सर बोर्ड)ले युनिभर्सल सर्टिफिकेट दिएको हो । यो सिनेमाले युनिभर्सल सर्टिफिकेट पाएसँगै हरेक उमेर समुहका दर्शकले सजिलै हेर्न पाउने छन् ।

  • हिन्दी भाषामा रिलिज हुँदै ‘आउटलः दफा २१९’, ट्रेलर सार्वजनिक

    हिन्दी भाषामा रिलिज हुँदै ‘आउटलः दफा २१९’, ट्रेलर सार्वजनिक

    काठ्माडाैं। अमित अग्रहरिको निर्माण र विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘आउटलः दफा २१९’ हिन्दी भाषामा रिलिज हुने भएको छ । हिन्दी भाषामा रिलिज हुने भएसंगै चलचित्रको हिन्दी ट्रेलर पनि सार्वजनिक भएको छ ।

    चलचित्रका निर्माता अग्रहरिलका अनुसार चलचित्र हिन्दी भाषामा डब गरिएको छ भने चलचित्र हलमा रिलिज हुने वा ओटीटीबाट रिलिज गर्ने भन्ने विषयमा सल्लाह भइरहेको छ। चलचित्रको हिन्दी भर्सनमा दक्षिण भारतीय चलचित्र ‘केजीएफ’मा आवाज दिएका कलाकारहरुले स्वर भरेका छन् ।

    चलचित्रमा सुशील श्रेष्ठ, शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी लगायतका कलाकारहरुको अभिनय छ । यो चलचित्र नेपाली भाषामा फाल्गुन २९ गते रिलिज भएको थियो। एक्सन जनरामा निर्माण भएको यो चलचित्र अझै पनि हलमा चलिरहेको छ ।

    साहिल खानको सम्पादन रहेको यो चलचित्रमा चुल्ठे काजीको एक्सन र नविन गुरुङको डीओपी छ ।

     

  • दुर्गेश थापाको लाइभ कन्सर्ट हायातमा हुँदै, टिकट खल्ती वा आइएमई पे बाट लिन सकिने

    दुर्गेश थापाको लाइभ कन्सर्ट हायातमा हुँदै, टिकट खल्ती वा आइएमई पे बाट लिन सकिने

    काठमाडौं । ‘दुश्मन हेरेको हेरई’ ‘रातो रातो खुर्सानी पिरो छ’ ‘बिचबिचमा’  र अनेकौँ सुपर हिट गीत दिएका दुर्गेश थापाको काठमाडौँमा पहिलो लाइभ कन्सर्ट हुँदै छ । यही वैशाख १८, २०८२ (मे १, २०२५) , हायात ग्राउन्ड बौद्ध मा हुन गइरहेको उक्त कन्सर्टको टिकट नेपालको अग्रणी डिजिटल वालेट खल्ती र आइएमई पे जुन कुनै प्लेटफर्मबाट लिन सकिन्छ।

    आयोजक ट्राइएङल इन्क सँग साझेदारी गर्दै खल्ती र आइएमई पे’ले प्रयोगकर्ताहरूलाई अनलाइन मार्फत सजिलै टिकट लिन सुविधा उपलब्ध गराएको छ । एक भाइब नै मानिएका थापा आफ्नो ऊर्जा र आकर्षक प्रस्तुति का लागि परिचित छन् जसका कारण हेर्न आउने दर्शकहरूलाई भरपुर मनोरञ्जन हुने कुरामा विश्वस्त रहेको कुरा साझेदारहरू बताउँछन्।

    थापाको साथसाथै उक्त कन्सर्टमा अन्य विभिन्न लोकप्रिय गायक तथा कलाकारहरूको पनि प्रस्तुति रहनेछ।

  • अरु क्यारेक्टर धेरै गरेँ, अब एक्सन चलचित्रबाट अफर आओस् भन्नेछ : उपास्ना सिंह ठकुरी

    अरु क्यारेक्टर धेरै गरेँ, अब एक्सन चलचित्रबाट अफर आओस् भन्नेछ : उपास्ना सिंह ठकुरी

    काठमाडौं । यहीँ चैत २९ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्र हो, ‘कर्मा’ । ‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीले निर्देशन गरेको यो चलचित्रमा नायक विपिन कार्कीसँगै नायिका उपासना सिंह ठकुरी मुख्य भूमिकामा छिन।

    उपासना अहिलेकी डिमान्डेड नायिका मध्येमा पर्दछिन्। अहिलेको चल्तीको नायिकाको लिस्टमा उनी पनि गनिन्छिन् । एकपछि अर्को चलचित्रमा व्यस्त नायिका उपासनाले आफू ‘कर्मा’को एक्सन हेरेर प्रभावित भएको बताएकी छन् । सेटमा कर्माको एक्सन सिन हेरेर आफू लोभिएको उनको भनाई छ ।

    ‘म कर्मामा एक्सन अवतारमा छैन । तर, कर्मामा जसरी एक्सन सिनमा काम भएको मैले देखेँ, म निकै नै प्रभावित भएकी छु, ‘उनले भनिन्, ‘कर्मामा एक्सनको काम देखेर मलाई एक्सनमा काम गर्न रहर लागेको छ ।’

    उनी चलचित्रमा एक्सन गर्ने नायकको अपोजिटमा छिन । एक्सन चलचित्रमा काम गरिरहँदा आफूलाई पनि एक्सन चलचित्रमा काम गर्ने रहर भएकाले, सोही जनराको चलचित्रबाट अफरको अपेक्षा रहेको उपास्नाले सुनाइन् ।

    ‘अरू क्यारेक्टर धेरै गरेँ । तर, अब एक्सन सिनेमाबाट अफर आओस् भन्नेछ। म एक्सन चलचित्रको अफरको पर्खाइमा छु,’ उनले जोडिन।

    एक्सन चलचित्रमा काम गर्न आफू जस्तो सुकै तयारी गर्न पनि तयार रहेको उनले बताइन्। ‘कर्मा’मा उपासना विपिन कार्कीको अपोजिटमा छिन् । विपिन र उपासनासँगै ‘कर्मा’का सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेव, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालगायतको अभिनय रहेको छ ।

    नयाँ वर्ष २०८२ को छेको पारेर चलचित्र ‘कर्मा’ यहीँ चैत २९ गतेबाट रिलिज हुँदैछ । नेपाल र विदेशमा यो चलचित्र एकसाथ प्रदर्शन हुनेछ । ‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको छ । चलचित्रको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन् । चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्रीको अधिकार सेभेन सिज सिनेमाले लिएको छ ।

    चलचित्रमा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ । तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको चलचित्रमा समीर मियाको भिएफएक्स, उत्तम न्यौपानेको व्याकग्राउण्ड स्कोर, शाहिल खानको टिजर–ट्रेलर र विजय वश्यालको पब्लिसिटी डिजाइन छ। आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी रहेको छ ।

  • ‘मलाई बुवाले माया गर्दैनन्’ भन्दै एन्जिलाको अंगालोमा भक्कानिएर रोए दर्शक, एन्जिलाको पनि रुवाबासी

    ‘मलाई बुवाले माया गर्दैनन्’ भन्दै एन्जिलाको अंगालोमा भक्कानिएर रोए दर्शक, एन्जिलाको पनि रुवाबासी

    काठमाडौं । प्रदर्शनरत चलचित्र ‘अञ्जिला’की प्रमुख कलाकार तथा राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बाका अहिले केही क्लिपहरू सामाजिक सञ्जालमा भाइरल छन् ।

    भिडियोमा उनलाई दर्शकले अंगालो हालेर रोइरहेको देख्न सकिन्छ भने दर्शकसँग उनी पनि रोइरहेकी छिन । रुँदै उक्त महिलाले एन्जिलालाई आफ्नो जीवनको केही घटनाहरू सुनाइरहेको पनि भिडियोमा देख्न सकिन्छ।

    आखिर किन एन्जिला र सो महिला एक अर्कालाई अंगालो हालेर रोइरहेका छन् ? कहाँ बाट आयो यो भिडियो ?

    प्रायलाई थाहै होला, अहिले एन्जिलाको जीवनमा आधारित चलचित्र ‘अन्जिला’ देशव्यापी प्रदर्शनमा छ। आफ्नो कार्य व्यस्तताका कारण प्रचारप्रसारमा मज्जाले हिंड्न नपाएकी एन्जिला अहिले हल भिजिटमा व्यस्त छिन। आफ्नै जीवनमा आधारित यस चलचित्रको प्रचारका लागि उनी चैत १५ गते ग्रिसबाट नेपाल आएकी थिइन्। हाल एन्जिला ग्रिसको शीर्ष डिभिजनको महिला फुटबल लिगमा निस एट्रोमिटौबाट खेलिरहेकी छिन् । यही खेलको लागि उनी केही महिनायता ग्रिसमा नै रहँदै आएकी थिइन् । चलचित्रको प्रचारप्रसार सकेर उनी पुनः ग्रिस फर्किनेछिन् ।

    एन्जिला ग्रिसबाट आउने भएपछि उनलाई स्वागत गर्न चलचित्र युनिट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। विमानस्थलमा स्वागत कार्यक्रम सकिएपछि सोही दिन एन्जिला दिउँसो काठमाडौंको छाया सेन्टरस्थित क्युएफएक्स सिनेमाजमा दर्शकहरूसँग भेटघाट गर्न पुगिन। त्यसपछि, त्यहीँ दिन साँझ इटहरीको इलाइट सिनेमा हलमा पुगेर दर्शकहरूसँग अन्तरक्रिया गरिन् । शनिवार बिहान विराटनगरको क्युएफएक्स सिनेमाजमा उपस्थित भई दर्शकहरूसँग संवाद गरेपछि दिउँसो धरानको फ्रेन्ड्स सिनेमाजमा पुगिन् । धरानमा उनलाई लिम्बू संस्कृतिको च्याब्रुङ नाचद्वारा सम्मानपूर्वक हलमा प्रवेश गराइएको थियो ।

    त्यसयता एन्जिला देशका विभिन्न ठाँउहरुको हलभिजिटमा व्यस्त छिन। उनको अहिले भाइरल भइरहेको क्लिप पोखराको हल भिजिटको हो। चलचित्र हेर्न पुगेका अधिकतम दर्शक उनलाई हलमा देखेपछि भावुक भएका थिए। एन्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको कथाले धेरैलाई भावुक बनाएको थियो। एक महिला दर्शकले त एन्जिलालाई हलमा देखेपछि आफूलाई सम्हाल्नै सकिनन्। पर्दामा उनले गरेको सङ्घर्ष देखेपछि सो महिलाले हलमै एन्जिलालाई अंगालो हालेर रोइन ।

    पोखरा हल भिजिटबाट भाइरल भएको सो भिडियोमा एन्जिला पहिला ठिक देखिन्छिन्। तर अंगालो हालेकी महिलाले रुँदै उनलाई केही सुनाइन्, जसले उनको पनि आँखा रसायो। भिडियोमा सो महिला दर्शकले धरधरी रुँदै भनेकी छिन, ‘मेरो जिन्दगी पनि त्यस्तै भएको छ। मलाई मेरो जन्म दिने बुवाले माया गर्नुहुन्न। मैले अहिलेसम्म मेरो जन्म दिने बुवाको माया पाएको छैन। के गर्नु ? लोग्नेको माया पनि पाएको छैन मैले। म दुइटा छोराको लागी एक्लै संघर्ष गर्दैछु। आज कस्तो साइतमा भगवानले तपाईँसँग भेट्न जुराइदिनु भएछ ।’

    दर्शकको यस्तो कुरा सुनेपछि एन्जिला रोएकी हुन। भिडियोमा रुँदै गरेकी उक्त महिलालाई एन्जिलाले सम्झाउन खोजेकी छिन, तर उनले आफैलाई सम्हाल्न सकिरहेकी थिइनन्। चलचित्रमा एन्जिलाको बाल्यकालदेखि खेलाडी हुँदासम्मको कथा समेटिएको छ जहाँ उनी आफैले प्रमुख भूमिका निभाएकी छन्।

    निर्देशक मिलन चाम्स निर्देशित चलचित्रमा ‘अन्जिला’ मा एन्जिलासँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ । चैत २९ गतेदेखि प्रदर्शनमा आएको यो चलचित्रले, प्रदर्शनको १३ दिनमै ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो ।

  • ‘पिताम्बर’को एक्सनपूर्ण ट्रेलर रिलिज, कृषा भन्छिन्- ट्रेलर आएसँगै हामीले दर्शकसँग आत्मसमर्पण गरिसक्यौं

    ‘पिताम्बर’को एक्सनपूर्ण ट्रेलर रिलिज, कृषा भन्छिन्- ट्रेलर आएसँगै हामीले दर्शकसँग आत्मसमर्पण गरिसक्यौं

    काठमाडौं । नयाँवर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेबाट रिलिज हुने चलचित्र ‘पिताम्बर’को एक्सनपूर्ण ट्रेलर सार्वजनिक भएको छ। राजधानीमा मंगलबार एक कार्यक्रम गर्दै निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो ।

    अभिनेत्री सुरक्षा पन्त र एक बच्चा गहुँबारीमा रमाईरहेको दृश्यबाट ट्रेलर सुरु भएको छ। ट्रेलरमा एक्सनका दृश्यले स्थान पाएका छन् । बदलाको भाव देखाउने ट्रेलरमा अधिकांश दृश्य एक्सनकै छन् भने चलचित्रका प्रायः सबै कलाकारलाई ट्रेलरमा स्थान दिइएको छ ।

    कार्यक्रममा चलचित्रकी निर्देशक कृषा चौलागाईंसहित सबै प्रमुख कलाकारहरु उपस्थित थिए। ट्रेलर हेरेर निस्किएकी कृषाले ट्रेलरबाट आफू सन्तुष्ट भएको बताइन् । उनले भनिन,‘ट्रेलर आएसँगै हामीले दर्शकसँग आत्मसमर्पण गरिसक्यौं । टिजर, गीत र पोस्टरजस्तै ट्रेलरलाई पनि दर्शकले मनपराइदिनुहुनेछ भन्नेमा हामी ढुक्क छौं।’

    कार्यक्रममा बोल्दै चलचित्रका निर्माता विशाल चौलागाईले आफूले नेपाली फिल्म क्षेत्रलाई एउटा राम्रो चलचित्र दिएको बताए । उनले फिल्मकर्मी सबै मिलेर जान सकेमा फिल्म उद्योगको भलाई हुने जनाए।

    केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको व्यानरमा निर्माण भएको चलचित्रमा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, आर्यन सिग्देल, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईको अभिनय छ ।

    चलचित्रमा बाल कलाकारका रुपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी (अनमोल)ले समेत अभिनय गरेका छन् ।

    विशाल चौलागाईं निर्माता रहेको चलचित्रमा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता, प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन, आशीष अविरल र बाबुल गिरीको संगीत र हिमाल केसीको द्वन्द्व छ । चलचित्रलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।

     

  • ‘ऊनको स्वीटर’को टिजर सार्वजनिक

    ‘ऊनको स्वीटर’को टिजर सार्वजनिक

    काठमाडौं । अभिनेता विपीन कार्की स्टारर चलचित्र ‘ऊनको स्वीटर’ को टिजर सार्वजनिक भएको छ । मंगलबार एक कार्यक्रमबीच चलचित्रको टिजर सार्वजनिक गरिएको हो ।

    विपीन कार्की र मिरूना मगर मुख्य भूमिकामा रहेको चलचित्रमा विल्सनविक्रम राई, एलेक्स पारस र परीक्षा लिम्बूको पनि प्रमुख अभिनय छ । यिनै पाँच कलाकारको वरिपरि घुम्दै टिजरले प्रेम, स्मृति र सम्बन्धका उतारचढावलाई सौन्दर्यपूर्ण ढङ्गले प्रस्तुत गर्ने प्रयास गरेको छ ।

    टिजरमा मिरूनाले दिएको डायरीमा विपीनले आफ्ना भावना लेख्दै गरेको दृश्य प्रस्तुत गरिएको छ । ‘ऊनको स्वीटर’ आर्टमान्डु प्रालिको निर्माणमा बनेको पहिलो फिचर चलचित्र हो । सुजन चापागाईंको सङ्गीत रहेको चलचित्रलाई नवीन चौहानले लेखन तथा निर्देशन गरेका हुन् । सुरज कटुवालको सहलेखन रहेको छ ।

    चलचित्रमा सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमू, र भावना खपाङ्गी मगरलगायतको पनि अभिनय रहेको छ ।

  • ‘अभिमन्यु’को शुभमुहूर्तसँगै सुरु भयो छायांकन

    ‘अभिमन्यु’को शुभमुहूर्तसँगै सुरु भयो छायांकन

    काठमाडौं । आगामी भदौ २७ गते रिलिजको तयारीमा रहेको चलचित्र ‘अभिमन्यु’को शुभमुहूर्त गरिएको छ । निर्माण पक्षले मंगलबार कीर्तिपुरमा पूजा गर्दै चलचित्रको शुभमुहूर्त गरेको हो । मुहूर्त सट लिइएसँगै चलचित्रको छायांकन पनि सुरु भएको छ ।

    शुभमुहूर्तमा चलचित्रका मुख्य कलाकारहरुको उपस्थिति थियो । ‘अभिमन्यु’मा गौमाया गुरुङ, सरिता गिरी, लक्ष्मी बर्देवा, शिशिर वाङ्देल, किरण श्रेष्ठलगायतका कलाकार मुख्य भूमिकामा छन् ।

    निर्माता विनोद पौडेलले चलचित्रको पात्रअनुसार बलियो लाइनअप तयार गरिएको बताएका छन् । पौडेलले सर्वकालीन ब्लकबस्टर चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ बनाएका थिए ।

    सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण हुने चलचित्र ‘अभिमन्यु’लाई सुशान्त गौतमले निर्देशन गर्नेछन् । यो उनको डेब्यु निर्देशन हो । मुकेश खनालको लेखन रहेको चलचित्रको क्रिएटिभ निर्देशक मदन थापा हुन् । थापाले यसअघि चलचित्र ‘बाटोः रोड टु डेथ’ निर्देशन गरेका थिए ।

    विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको चलचित्रका सह–निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ हुन् । शरद महतोको डीओपी रहने यो चलचित्र विश्वभर एकसाथ हिन्दी र नेपाली भाषामा रिलिज हुने बताइएको छ ।

  • ‘महाभोज’को ‘मख्खै परें’ गीतको भिडिओ सार्वजनिक

    ‘महाभोज’को ‘मख्खै परें’ गीतको भिडिओ सार्वजनिक

    काठमाडौं । आगामी जेठ १५ गते रिलिजको तयारीमा रहेको चलचित्र ‘महाभोज’को गीत ‘मख्खै परें’ सार्वजनिक भएको छ । गीतमा सुरेन्द्र दियालीको शब्द रचना, प्रशान्त सिवाकोटीको स्वर तथा सङ्गीत र ससिका राईले पनि स्वर रहेको छ।

    सार्वजनिक भिडिओमा चलचित्रका प्रमुख कलाकारहरू दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ र मलिका महतले कौडा नृत्य गरेका छन् । भिडिओमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री सुरक्षा पन्तको उपस्थिति पनि छ ।

    भिडिओमा आर्यनलाई गाउँको सम्भ्रान्त व्यक्तिको रूपमा प्रस्तुत गरिएको छ भने सुरक्षा उनकी पत्नीको भूमिकामा देखिएकी छन् । मौसम हिमालीले कोरियोग्राफी गरेको भिडियोको अन्त्यमा मलिका र खगेन्द्र छापामारको पोसाकमा देखिएका छन् ।

    दिनेश राउतको निर्देशनमा बनेको ‘महाभोज’मा विकास सुवेदीको स्क्रिप्ट लेखन छ। चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्रसिंह कुशवाहलगायतका कलाकारहरूको अभिनय रहेको छ ।

    क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त निर्माणमा तयार भएको यस चलचित्रका निर्माता हिमाल कडरिया हुन् ।

  • राजेश हमालको चलचित्र ‘नरसिंहाः अवतार’को फस्टलुक सार्वजनिक, जेठ ९ मा रिलिज

    राजेश हमालको चलचित्र ‘नरसिंहाः अवतार’को फस्टलुक सार्वजनिक, जेठ ९ मा रिलिज

    काठ्माडौं । नायक राजेश हमाल अभिनित चलचित्र ‘नरसिंहाः अवतार’को फस्टलुक सार्वजनिक भएको छ । सोमबार काठमाडौंको ग्लोबल कलेजमा आयोजित एक कार्यक्रमकाबिच पाँच सय बढी विद्यार्थीहरुको उपस्थितीमा चलचित्रको फस्टलुक पोस्टर सार्वजनिक गरिएको हो ।

    कार्यक्रममा विद्यार्थीहरुलाई नायक राजेश हमालसँग सम्बन्धित १० प्रश्न गरिएको थियो । सही जवाफ दिने विद्यार्थीलाई चलचित्रका कलाकारहरुले उपहार प्रदान गरेका थिए ।

    फस्टलुकसंगै चलचित्रको प्रदर्शन मिति पनि तय भएको छ । यसअघि चैत्रको २९ गते आउने भनिएको यो चलचित्र अब आउँदो वर्षको जेठ ९ गते रिलिजमा आउने पक्का भएको छ । दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रबाट नायक राजेश हमालले ८ वर्षपछि नेपाली सिने क्षेत्रमा कमब्याक गर्दैछन् ।

    चलचित्रमा राजेश हमालको साथमा सरोज खनाल, नीर शाह, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, उषा खड्गी, अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार, रमेश चन्द सोडारी, प्रकाश कुँवर, राजिभ जंग बस्नेत, दीपा शाही, प्रभु श्रेष्ठ, अमित गिरी, एभेलिना खड्का, समाइरा थापा, आशा पौडेल लगायतका कलाकाररुको अभिनय छ ।

    राजु विक्रम थापाले खिचेको चलचित्रमा कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, चन्द्र पन्तको कथा, राजु लामाको एक्सन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन, शम्भुजित बाँस्कोटा र अर्जुन पोखरेलको संगीत छ । पोस्टरको डिजाइन राकेश दाहालले गरेका हुन् । चलचित्रमा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने र नेम महर्जनको लगानी छ । करण सिंह प्रोडक्सन डिजाइनर रहेको यो चलचित्रका एसोसियट निर्देशक वसन्त अधिकारी हुन् ।

  • सुशान्त केसीको स्वर रहेको ‘कर्मा’को ‘पागल’ गीत सार्वजनिक

    सुशान्त केसीको स्वर रहेको ‘कर्मा’को ‘पागल’ गीत सार्वजनिक

    काठमाडौं । सुशान्त केसीको स्वर रहेको चलचित्र ‘कर्मा’को ‘पागल’ गीत सार्वजनिक भएको छ । गीत सोमबार सुशान्त केसीको यूट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

    सार्वजनिक प्रेमिल गीतमा सुशान्त स्वयंको शब्द तथा संगीत छ । गीतको भिडियोमा चलचित्रका मुख्य पात्रहरु विपीन कार्की र उपासनासिंह ठकुरी फिचर्ड छन् । चलचित्रका फुटेजहरु भिडियोमा प्रयोग गरिएको छ । भिडियोमा कलाकार जति नै सुशान्त पनि फिचर्ड छन् ।

    चलचित्रका लागि सुशान्तले गाएको यो पहिलो गीत हो । यसअघि थुप्रै चलचित्रबाट अफर आए पनि सुशान्तले गीत गाएका थिएनन् ।

    नयाँ वर्ष २०८२ को छेको पारेर चलचित्र ‘कर्मा’ आगामी चैत २९ गते रिलिज हुँदैछ । यो चलचित्र नेपाल र विदेशमा एकसाथ रिलिज हुँदैछ । चलचित्रमा विपीन र उपासनासँगै मुकुन भुसाल, दिव्यदेव, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालगायतको अभिनय रहेको छ ।

    एक्सन जनरामा निर्माण भएको ‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको छ । चलचित्रको कथा निर्देशक चौधरीले नै लेखेका छन् ।

    चलचित्रमा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, निमेष श्रेष्ठको सम्पादन, तारानाथ न्यौपाने, मुख्य सहायक निर्देशन, समीर मियाको भीएफएक्स, उत्तम न्यौपानेको ब्याकग्राउन्ड स्कोर, शाहिल खानको टिजर–ट्रेलर र विजय बस्यालको पब्लिसिटी डिजाइन छ।

    चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्रीको अधिकार सेभेन सिज सिनेमाले लिएको छ । आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’ मा वसन्त लम्सालको लगानी छ ।

  • भाइरल गर्ल मोनालिसालाई फिल्म अफर गर्ने निर्देशक बलात्कारको आरोपमा पक्राउ

    भाइरल गर्ल मोनालिसालाई फिल्म अफर गर्ने निर्देशक बलात्कारको आरोपमा पक्राउ

    नयाँ दिल्ली । भारतको महाकुम्भ मेलामा भाइरल भएकी युवती मोनालिसालाई चलचित्रमा काम दिने वाचा गरेका निर्देशक सनोज मिश्रालाई दिल्ली प्रहरीले पक्राउ गरेको छ । उनलाई बलात्कारको गम्भीर आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

    प्रहरीका अनुसार सनोज मिश्रमाथि एक युवतीलाई पटक-पटक बलात्कार गरेको आरोप लागेको छ । एउटा सानो सहरबाट आएकी ती युवती नायिका बन्ने सपना देखेर आएकी थिइन् ।

    सनोजले उनलाई फिल्ममा भूमिका दिने वाचा गरेर बोलाएका थिए । शारीरिक शोषण गरेको र कसैलाई भनेमा फिल्म उद्योगमा काम नपाउने धम्की सनोजले दिएको पीडित महिलाले बयानमा बताएकी छन् । यस विषयमा उजुरी परेपछि प्रहरीले अनुसन्धान सुरु गरी सनोजलाई पक्राउ गरेको हो । उनको गिरफ्तारीले मोनालिसाको छविमाथि पनि प्रश्न उठन थालेको छ ।

    दिल्ली उच्च अदालतले उनको जमानत निवेदन खारेज गरेपछि नबी करीम प्रहरीले उनलाई हिरासतमा लिएको थियो । सनोजले महाकुम्भ मेलामा माला बेच्ने मोनालिसालाई पनि आफ्नो फिल्म ‘द डायरी अफ मणिपुर’मा काम दिने प्रस्ताव गरेका थिए ।

    विशेषगरी आँखाका कारण सामाजिक सञ्जालमा भाइरल भएकी मोनालिसालाई सनोज आफैँ उनको घर गएर, उनलाई फिल्मको लागि साइन गराई, उनको तालिम पनि सुरु गरेका थिए । तर अब यो गिरफ्तारीले मोनालिसाको फिल्मी करियर दोधारमा परेको छ ।

    प्रहरीले सनोजविरुद्ध पहिले पनि धेरै उजुरी परेको तर यसपटक भने प्रमाणको आधारमा कारबाही गरेको बताएको छ ।