Category: कलाप्रेस

  • काठमाडौंमा ‘अर्जुन रेड्डी’को नेपाली रिमेकलाई अडिसन : युवायुवतीको घुइँचो

    काठमाडौंमा ‘अर्जुन रेड्डी’को नेपाली रिमेकलाई अडिसन : युवायुवतीको घुइँचो

    काठमाडौंं । सन् २०१७ को चर्चित दक्षिण भारतीय फिल्म ‘अर्जुन रेड्डी’को नेपाल रिमेकका लागि शनिबार काठमाडौंमा अडिसन आयोजना गरिएको छ । मीनभवनस्थित एभरेस्ट फिल्म कलेजमा विहानैदेखि युवायुवतीको घुइँचो रह्यो ।

    पहिलो दिन एक हजार जनाले अडिसन दिने निर्देशक विशाल सापकोटाले जानकारी दिए । फिल्मका तीन मुख्य कलाकार अर्जुन, प्रीति र शिवको पात्रमा अडिसन दिन नेपाली फिल्मका चलेका नामहरु पनि उपस्थित देखिन्थे ।

    काठमाडौंबाहिरका सहरबाट पनि अडिसन दिन युवायुवती आइपुगेका थिए । अर्जुन रेड्डीकै हुलियामा अधिकांश युवा देखिन्थे । निर्देशक विशालसहित अभिनेता सुदाम सिके लगायतले अडिसन लिएका थिए ।

    ६ महिनापछि छायांकन सुरु हुने फिल्मलाई रिमेक भनिएपनि नामाकरण गरिएको छैन । दुई सातापछि मुख्य कलाकार तय गरिने र त्यसपछि कार्यशाला लगायतका काम अघि बढाइने निर्देशक सापकोटाले जानकारी दिए ।

  • ‘कृष्णलीला’ ट्रेलर : प्रेमको अर्थ खोज्दै पुष्प र श्रद्धा !

    ‘कृष्णलीला’ ट्रेलर : प्रेमको अर्थ खोज्दै पुष्प र श्रद्धा !

    यो कथामा एउटा राजा, रानी भैदिए…!

    यो गीत केही महिना अघि नै टीकटकमा हिट भैसकेको थियो । तर, कमैलाई थाहा थियो –फिल्म कृष्णलीलामा यो समावेश छ भनेर । यही फिल्मले शुक्रबार ट्रेलर इन्टरनेट रिलिज गरेको छ ।

    पुष्प खड्का र डेब्यु गर्ल श्रद्धा क्षेत्रीको मुख्य भूमिका रहेको फिल्म नयाँवर्षको छेकोमा चैत २७ गते देशव्यापी प्रदर्शन हुने तयारीमा छ ।

    कृष्ण र लीला नामक दुई पात्रको प्रेम एवं कथावस्तु फिल्म हो । पुष्प र श्रद्धाले दुई मुख्य पात्रको भूमिकामा अभिनय गरेका छन् । चोखो प्रेम गर्ने कृष्ण पात्र कसरी समाज र कानूनको आँखामा अपराधी बन्छ भन्ने कथा यसमा बुनिएको छ ।

    बुद्धि तामाङ, रविन्द्र झा पनि फिल्ममा छन् । ‘पण्डित बाजेको लौरी’ र ‘रोल्पा रोग’ फेम्ड निर्देशक ओलीको यो फिल्ममा प्रेम समेटिएको छ । इलाम र झापमा फिल्मांकन गरिएको फिल्मलाई लक्ष्मण सुवेदीले लेखेका हुन् । हेर्नूस ट्रेलर :

    https://www.youtube.com/watch?v=2FXRknJlmAc&t=205s

  • अनिष्काले गुहारिन् महावीर : मिस युनिभर्सलाई कस्ट्युम डिजाइन गर्दै आविष्कार केन्द्र

    अनिष्काले गुहारिन् महावीर : मिस युनिभर्सलाई कस्ट्युम डिजाइन गर्दै आविष्कार केन्द्र

    काठमाडौं । महावीर पुन बैज्ञानिक आविष्कारले चर्चित छन् । कोरोना महामारीमा उनले पीपीइ र भेन्टिलेटर बनाए । अब भने फेसन डिजाइनिङमा जमर्को गर्दैछन् ।

    आउँदो मे १६ मा अमेरिकामा हुने प्रतिष्ठित ब्यूटी पेजेन्ट मिस युनिभर्सको लागि महावीरले ड्रेस डिजाइन गर्ने भएका छन् । उक्त पेजेन्टमा नेपाली प्रतियोगी अनिष्का शर्माले भाग लिँदैछिन् । अनिष्काकै अनुरोधमा महावीरको राष्ट्रिय आविष्कार केन्द्रले कस्ट्युम डिजाइन गर्न लागेको हो ।

    पर्वतारोही र सगरमाथाको झलक देखाउने गरि कस्ट्युम बनाउनुपर्ने भएकाले अनिष्काले महावीर गुहारेकी हुन् । स्टेजमा गएर स्वीच थिच्नेवित्तिकै पछाडि पट्टी आफै खोलिएर हिमाल देखाउनुपर्ने अवधारणाको कस्ट्युम अनिष्कालाई चाहिने रहेछ ।

    महावीरले उक्त डिजाइनका लागि आवश्यक पर्ने इन्जिनियर र अस्थिपञ्जरको खोजी गरेका छन् । यो राष्ट्रिय पहिरनका लागि महावीरले फेसन डिजाइन र इन्जिनियरिङलाई जोड्ने अवधारणा बुनेका छन् ।

    नेपाल प्रेससँग कुरा गर्दै महावीरले इलेक्ट्रोनिकल र मेकानिकल पक्षमा राष्ट्रिय आविष्कार केन्द्रले सहयोग गर्ने बताए ।

     

  • भ्वाइस अफ नेपालको तेस्रो सिजन आजबाट, निर्णायकमा तृष्णा गुरुङको इन्ट्री

    भ्वाइस अफ नेपालको तेस्रो सिजन आजबाट, निर्णायकमा तृष्णा गुरुङको इन्ट्री

    काठमाडौं । नेपालको चर्चित गायन रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’ को तेस्रो सिजन आजबाट प्रशारण सुरु हुँदैछ । हिमालयन टेलिभिजनमा शुक्रबार राति ८ बजे पहिलो एपिसोड प्रशारण हुने बिहिबार आयोजित एक कार्यक्रममा जानकारी दिइयो ।

    यसअघिका दुई सिजनको लोकप्रियताले यो रियालिटी शो संगीतप्रेमीमाझ प्रतिक्षित बनेको थियो । प्रतिस्पर्धी रियालिटी शो ‘नेपाल आइडल’ को पछिल्लो सिजन खासै चर्चामा आउन नसकेको हुँदा ‘भ्वाइस अफ नेपाल’ सँग ‘नेपालको नम्बर १ रियालिटी शो’ बन्नसक्ने अवसर छ ।

    दि भ्वाइस अफ नेपालमा ‘ब्लाइन्ड अडिसन’ लाई सबैभन्दा रोमाञ्चक प्रतिस्पर्धाका रुपमा लिइन्छ । त्यसपछिका राउन्ड भने तुलनात्मकरुपमा फितलो भएको दर्शकको गुनासो छ । साथै, भ्वाइस नेपालका विजेताले पनि अपेक्षित ‘हाइप’ पाउन सकेका छैनन् ।

    भ्वाइस अफ नेपालका चार जना निर्णायकहरुमध्ये तीन पुरुष र एक महिला छन् । तेस्रो सिजनमा एकजना निर्णयक परिवर्तन गरिएको छ ।

    गायिका आस्था राउतको ठाउँमा तृष्णा गुरुङ आएकी छन् । अन्य निर्णायकमा दीप श्रेष्ठ, प्रमोद खरेल र राजु लामा यथावत छन् । तृष्णा युवा पुस्तामा लोकप्रियता कमाइरहेकी उदयीमान गायिका हुन् ।

    भ्वाइस अफ नेपाल प्रख्यात अन्तर्राष्ट्रिय रियालिटी शो ‘दि भ्वाइस’ को नेपाली संस्करण हो । यसको पहिलो सिजनमा सिडी विजय अधिकारीले जितेका थिए भने दोस्रो सिजनमा राम लिम्बु विजेता बनेका थिए । उनीहरु दुवै संगीत क्षेत्रमा संघर्षरत छन् ।

  • कोरियाली पप ब्यान्ड ‘ट्रेजर’ले नेपालको शिक्षामा सघाउने, छात्रवृत्तिदेखि स्कुल बनाउनेसम्म

    कोरियाली पप ब्यान्ड ‘ट्रेजर’ले नेपालको शिक्षामा सघाउने, छात्रवृत्तिदेखि स्कुल बनाउनेसम्म

    काठमाडौं । चर्चित दक्षिण कोरियाली पप ब्यान्ड ‘ट्रेजर’ले नेपालको दुर्गम क्षेत्रको लागि शैक्षिक सहयोगको घोषणा गरेको छ । ‘ह्याप्पी बिन’ नामक अनलाइन डोनेसन अभियानमार्फत उक्त पप ब्यान्डले सहयोग गर्ने जनाएको के–पप स्टार म्यागजिनले जनाएको छ ।

    पप ब्यान्ड ट्रेजर सहयोगका लागि मुजु-वाइजी फाउन्डेसन र उम होङ गिल फाउन्डेसनसँग सहकार्य गर्ने भएको छ । ह्याप्पी बिनले बचत भएको रकमलाई सामाजिक सहयोगमा लगानी गर्दै आएको छ ।

    ‘नेपाली बालबालिका र प्रौढको लागि खुलेको विद्यालयमा उक्त सहयोग लक्षित हुनेछ’ म्यागजिनले उल्लेख गरेको छ । लक्षित विद्यालयमा कुर्सी, कालोपाटी र छात्रवृत्ति व्यवस्थापनमा सहयोग हुने जनाइएको छ । शेर्पा समुदायका बालबालिकालाई छात्रवृत्ति प्रदान गरिने भएको छ ।

    मुजु वाइ–जी फाउन्डेसनले सन् २०१५ देखि म्युजिक थेरापी परियोजना संचालन गरिरहेको छ । फाउन्डेसनले भनेको छ– हामी नेपाललाई सानो सहयोग गर्न चाहन्छौं जहाँको विद्यालयको निर्माण कोरोनाभाइरसको परिस्थितीले गर्दा ढिलिएको छ ।

     

  • आइतबारदेखि बुद्ध थिएटर फेस्टिभल, सात नाटक मञ्चन हुने

    आइतबारदेखि बुद्ध थिएटर फेस्टिभल, सात नाटक मञ्चन हुने

    काठमाडौं । गौतम बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावलाई रंगमञ्चमार्फत विश्वमाझ चिनाउने उद्देश्यले बुद्ध थिएटर फेस्टिभल आयोजना हुने भएको छ ।

    डबली थिएटरले बागमती प्रदेश सरकार र सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरसँग मिलेर गर्न लागेको फेस्टिभल चैत आठदेखि सुरु भएर चैत्र १४ गतेसम्म चल्नेछ ।

    डबली थिएटरका निर्देशक पुष्कर गुरुङले फेस्टिभलमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गरी ७ नाटकको मञ्चन एवं चर्या नृत्य तथा कार्यपत्र प्रस्तुत गरिने जानकारी गराए ।

    फेस्टिभलमा भारत र हङकङका एक–एक नाटक छन् भने बाँकी ५ नाटक नेपालकै हुन् । उनका अनुसार ८ गते भारतीय नाटक निर्देशक दानी करमाकर निर्देशित ‘तथागत’सँगै फेस्टिभलको उद्घाटन हुनेछ भने अन्तिम दिन वीरेन्द्र हमालको निर्देशन रहेको ‘प्रतीज्ञा समुद्पाद’ मञ्चन हुनेछ ।

    फेस्टिभलमा विकास जोशीको निर्देशनमा रहेको ‘सिद्धार्थको गृहत्याग’, निशा पाख्रिनको निर्देशन रहेको ‘ट्यागमोलहुइजिन’ सुदीपजंग कार्कीको निर्देशन रहेको ‘मालिनी’, म्यान लीको निर्देशन रहेको ‘सिद्धार्थ इन हङकङ’ , सुदीप डंगोलको निर्देशन रहेको ‘विम्बको सपना’ मञ्चन हुनेछन् ।

    आयोजक डबली थिएटरले रंगमञ्चको माध्यमबाट बुद्ध दर्शन तथा ज्ञान सम्पे्रषण गर्न केही वर्षयता बुद्ध थिएटर फेस्टिभल आयोजना गर्दे आइरहेको छ ।

  • मनोवादको आवाजमा विदेशिएका युवाको कथा ‘लालुमै’

    मनोवादको आवाजमा विदेशिएका युवाको कथा ‘लालुमै’

    काठमाडौं । ह्वाइट म्याजिक स्टुडियोको प्रस्तुतिमा म्युजिक भिडियो ‘लालुमै’ सार्वजनिक भएको छ । गीतमा विदेशिने युवाको कथा प्रस्तुत गरिएको छ ।

    मनोवादको स्वर, शब्द र लय रहेको गीतको भिडियोमा प्रवीण खतिवडाको निर्देशन छ । गीतमा रुविन श्रेष्ठ (कुटुम्ब) को संगीत संयोजन छ । नवीनबाबु गुरुङ र सुशील तामाङको संयुक्त छायांकन रहेको भिडियोमा निशान कम्यपको सम्पादन र कलरिङ् छ ।

    सुरज महर्जनको परिकल्पनामा तयार पारिएको भिडियोमा प्रमिला खनाल, आर्जेश रेग्मी, गुन्जन जोशी, अन्जु देउजा, विजय बराल, घनश्याम जोशी, मौसम खड्का, राज न्यौपाने, उत्तमराज पाण्डे, शक्ति राई, उमेश तामाङ, रञ्जना ओली र सुरज तमुलगायतको अभिनय रहेको छ ।

    https://www.youtube.com/watch?v=yVqCzVRtoLo

  • प्रधानमन्त्री ओलीले लेखेको ‘म त भाग्यमानी’ गीतको भिडियो यूट्यवमा

    प्रधानमन्त्री ओलीले लेखेको ‘म त भाग्यमानी’ गीतको भिडियो यूट्यवमा

    काठमाडौं । छानेर नि होइन, होइन जानीजानी तर, जन्मे नेपालमा मत कति भाग्यमानी प्रधानमन्त्री केपी  शर्मा ओलीले लेखेको यी शब्दमा बुनिएको गीतको भिडियो युट्यूवमा रिलिज गरिएको छ । यो गीतमा शिशिर योगीले स्वर र संगीत दिएका छन् ।

    आठ मिनेटभन्दा लामो भिडियालाई वीरेन्द्र भाटले निर्देशन गरेका हुन् । भिडियोको सुरुवातमा ओलीले दोस्रोपटक मृर्गौला प्रत्यारोपण गर्नुपूर्व दिएको मन्तव्यको फुटेज राखिएको छ । भिडियोमा योगी स्वयमले अभिनय गरेका छन् । अरु कलाकार प्रयोग गरिएको छैन ।

  • फ्राइडे रिलिज : माओत्सेको ‘शिरसुवा’ प्रदर्शन हुँदै, अनलाइन बुकिङ खुला

    फ्राइडे रिलिज : माओत्सेको ‘शिरसुवा’ प्रदर्शन हुँदै, अनलाइन बुकिङ खुला

    काठमाडौं । अभिनेता समेत रहेका माओत्से गुरुङ निर्देशित फिल्म ‘शिरसुबा’ शुक्रबार प्रदर्शन हुने भएको छ । रिलिजको पूर्वसन्ध्यामा अनलाइट टिकट खुला भएको छ ।

    पोखराको मल्टिप्लेक्स मिडटाउन ग्यालेरियामा फिल्म प्रदर्शन हुन लागेको हो । कोरोनाभाइरस महामारीपछि गुरुङ फिल्महरु नियमितरुपमा व्यवसायिक थिएटरमा रिलिज भैरहेका छन् ।

    बिमल गुरुङको निर्माण, माओत्सेको निर्देशन र सुसन प्रजापतिको सिनेम्याटोग्राफी रहेको फिल्म शिरसुबा नामक एक गुरुङ युवतीको कथावस्तुमा आधारित छ ।

    शंकर र शिरसुवा नामक दुई पात्रको प्रेम वरपर फिल्म घुम्छ । बाध्यताले प्रेमी बिदेशिँदा प्रेममा सिर्जना हुने विछोड यसको कथ्य हो । प्रेममा वैदेशिक रोजगारीको प्रभाव फिल्मले प्रस्तुत गर्छ ।

    मूलधारको नेपाली भाषी फिल्ममा समेत स्थापित माओत्सेले एकसाथ गुरुङ भाषी फिल्ममा समेत सक्रियता देखाइरहेका छन् । च्यारिटी प्रदर्शन शैलीमा अभ्यस्त गुरुङ फिल्मलाई मेनस्ट्रिम दर्शकमाझ लैजान भाइरस प्यान्डेमिकपछि गुरुङ फिल्म एसोसिएसनले हलमा रिलिज गरेको हो ।

    जिफानले कम्तीमा १५ फिल्मको लाइनअप घोषणा गरिसकेको छ । उसले आगामी वर्षमा अन्तर्राष्ट्रिय बजारको खोजी गर्ने र गैरगुरुङ दर्शक खोज्ने उद्देश्य पनि लिएको छ । अध्यक्ष भोज गुरुङले हलमा नियमित प्रदर्शन परिवर्तनको प्रस्थानविन्दु भएको बताए ।

    शुक्रबारै जोन अब्राहम र इमरान हासमी अभिनित बलिउड क्राइम ड्रामा ‘मुम्बइ सागा’ पनि देशव्यापी प्रदर्शनमा आउँदैछ । सन् ८० र ९० को दशकमा भारतको आर्थिक राजधानी मुम्बइमा भएको रुपान्तरणको कथावस्तुमा फिल्म आधारित छ । अहिले फिल्म हलहरुमा गतवर्षको अस्कर अवार्डमा चर्चित फिल्म ‘१९१७’ प्रदर्शनरत छ ।

  • सुरक्षा पन्तको यौनजन्य हिंसा अनुभव : मलाई फोन गरेर एक रातको रेट सोध्थे

    सुरक्षा पन्तको यौनजन्य हिंसा अनुभव : मलाई फोन गरेर एक रातको रेट सोध्थे

    काठमाडौं । नायिका सुरक्षा पन्तले आफूमाथि भएका यौनजन्य दुव्र्यवहारको विषयमा खुलेर बोलेकी छन् । एक टेलिभिजन कार्यक्रममा उनले सानैदेखि दुव्र्यवहारको शिकार बनेको र चलचित्र क्षेत्रमा आएपछि समेत त्यो जारी रहेको बताइन् ।

    कांग्रेस नेता विश्वप्रकाश शर्माले सञ्चालन गर्ने टेलिभिजन कार्यक्रममा पूर्वमिस नेपाल श्रृंखला खतिवडासँगै उनी सहभागी भएकी थिइन् । प्रस्तोताको भूमिकामा रहेका शर्माले दुई सुन्दरीलाई उनीहरुले भोगेका यौनजन्य हिंसाको अनुभूतिहरु सेयर गर्न आग्रह गरेका थिए ।

    सुरक्षाले भनिन्, ‘हामी पनि सानैदेखि ह्यारेसमेन्टको पार्ट भइरहेकै हो । सानोतिनो घटना भइरहेका हुन्छन् ।’ उनले एउटा घटना सुनाइन्, ‘अलि सानो छँदा बाटोमा हिँडिरहेको थिएँ । बाइकमा आएका दुईजना केटाले मेरो छातिमा हात राखेर स्वाट्ट भागे ।’

    सुरक्षाले आफ्ना सिनियर दाइहरुले पाठ सिकाउने बहानामा नजिक हुन खोजेकोदेखि कक्षाकोठामा शिक्षकबाट ‘ब्याड टच’ को शिकार भएका अनुभवहरु सेयर गरिन् । सिनेमा क्षेत्रमा आउँदा पनि विभिन्न किसिमले दुव्र्यवहार भोग्नुपरेको उनको भनाइ छ ।

    ‘सुरु–सुरुमा मलाई अपरिचित नम्बरबाट धेरै फोन आउँथे । अनि डाइरेक्ट तिम्रो ‘रेट’ कति हो ? एक रातको कति लिन्छौ ? जस्ता कुराहरु सोध्थे । म झसंग बन्थेँ ।’ उनले भनिन्, ‘के कुरा गरेको तपाईंले यस्तो भन्दा यो त नर्मल हो जसले पनि गर्छन्, भन्थे । त्यस्तो सुन्दा त यो पेशालाई लिएर नै म झसंग हुन्थेँ ।’

    अहिले पनि म्युजिक भिडियोमा अभिनय गर्ने क्रममा असहज परिस्थितिको सामना गर्नुपर्ने सुरक्षाले उल्लेख गरिन् । खासगरि, अभिनयभन्दा बाहिरको ब्याकग्राउन्डबाट आएकाहरुसँग अन्तरंग दृश्य सुटिङ गर्दा अनकम्फर्टेबल फिल हुने गरेको उनले बताइन् ।

    ‘विदेशमा बस्नुभएकाहरु नन एक्टर्सहरु धेरैले फिल्म वा म्युजिक भिडियो खेल्न प्रस्ताव गर्नुहुन्छ । तर उहाँहरुसँग अभिनय गर्दा धेरै असहजता महसुस गर्ने गरेकी छु । संवेदनशील दृष्यहरु, जस्तो बेड सिन, किस सिन, इन्टिमेट सिनहरु सुटिङ गर्दा उहाँहरुले नजानेर हो वा नियतवस हो गलत तरिकाले प्रिजेन्ट हुनुहुन्छ ।

    उनीहरुलाई अभिनयको शिल्प थाहा नभएर पनि हुन सक्छ वा जानाजान पनि हुन सक्छ, आवश्यकताभन्दा बढी इन्टिमेट हुन खोज्नुहुन्छ । त्यो बेला अम्प्लिेक्स सिचुयसन आइदिन्छ,’ सुरक्षाले सुनाइन् ।

    एकजनालाई प्रहरीमै पुर्‍याएँ : श्रृंखला

    पूर्वमिस नेपाल श्रृंखला खतिवडाले पनि आफूले भोगेका दुव्र्यवहारहरुको अनुभव विश्वप्रकाशसँग सेयर गरिन् । बाल्यकालदेखि नै थरिथरिका ह्यारेसमेन्ट भोग्नुपरेको उनको भनाइ छ ।

    ‘सार्वजनिक यातायातदेखि मुभी थिएटरसम्म ब्याड टचको शिकार हुनुपरेको छ । कलेज पढ्दा एकजनालाई त प्रहरीमै पुर्‍याएकी छु,’ उनले भनिन् ।

    श्रृंखलाका अनुसार कलेजमा उनलाई एक युवकले मन पराएका थिए । तर, आफूले इन्ट्रेस्ट नदिएपछि जबरजस्ती नजिकिन खोजेको उनले बताइन् ।

    ‘उनी फोर्सफुल्ली मसित बोल्न र नजिक हुन खोज्थे । यसले मलाई ह्यारेसमेन्ट फिल भयो र मैले यो कुरा प्रहरीमा पुर्‍याउनुपरेको थियो,’ श्रृंखलाले भनिन् ।

    मिस नेपाल भएपछि चाहिँ दुव्र्यवहारको शिकार हुनु नपरेको उनले बताइन् । ग्ल्यामर क्षेत्र एकदमै आकर्षक भए पनि युवतीहरु धेरै किसिमका ह्यारेसमेन्टबाट जोगिनुपर्ने उनको भनाइ छ ।

  • ‘नाइँ नभन्नू ल ६’को लिडमा सलोन बस्नेत, जेठदेखि छायांकन थालनी हुँदै

    ‘नाइँ नभन्नू ल ६’को लिडमा सलोन बस्नेत, जेठदेखि छायांकन थालनी हुँदै

    काठमाडौं । रुचाइएको फिल्म श्रृंखला ‘नाइँ नभन्नू ल’ छायांकनमा जाने तयारीमा छ । निर्माता एवं निर्देशक विकासराज आचार्यले जेठ पहिलो सातादेखि छैठौं सिक्वेलको छायांकन प्रारम्भ हुने बताए ।

    अनुभव रेग्मी र सेड्रिना शर्मा मुख्य भूमिकामा पहिलेदेखि नै छन् । श्रृंखलामा थप कलाकार पनि तय भएका छन् । फिल्मको मुख्य भूमिकामा सलोन बस्नेत अनुबन्धित भएका छन् ।

    नेपाल प्रेससँग कुरा गर्दै निर्देशक आचार्यले सलोनलाई प्रमुख भूमिकामा प्रस्तुत गर्न लागिएको बताए । सलोनको जोडी बाँध्ने तयारीमा उनी छन् । तर, सलोनको स्क्रिन कपल को बन्छ भन्ने टुंगो चाहिँ छैन । ‘सलोनको जोडी हुने युवतीको खोजी गरिरहेका छौं’ आचार्यले भने ।

    टीकटकमा रुचाइएकी बालिका अल्बिना खड्का समेत फिल्ममा प्रस्तुत हुने भएकी छिन् । फिल्मको प्रदर्शन मिति भने बजार सामान्य बनेमात्र घोषणा गरिने उनले जनाए ।

  • प्रधानमन्त्री ओलीलाई सर्वोत्कृष्ट गीतकारको अवार्ड प्रदान

    प्रधानमन्त्री ओलीलाई सर्वोत्कृष्ट गीतकारको अवार्ड प्रदान

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्कृष्ट गीतकारको अवार्ड पाएका छन् । उनले बालुवाटारमा निम अवार्डको प्रमाणपत्र ग्रहण गरे ।

    आफूले रचना गरेको ‘स्वदेशमै रोजगारी’ बोलको गीतका लागि निम अवार्ड ग्रहण गरेका हुन् । अवार्डका तर्फबाट ओलीलाई प्रमाणपत्र प्रदान गर्न निर्देशक मोहन निरौला, मनोज भेटवाल लगायत बालुवाटार पुगेका थिए ।

    प्रधानमन्त्री ओलीको रचना, किरण क्रिएसनको प्रस्तुति, युवा नेता रमेश पौडेलको संयोजन तयार भएको उक्त गीतमा मलिना राई र शान्तिराम राईको स्वर तथा संगीत छ ।

  • बक्सअफिसमा हेभिवेट भीडन्त : इदमा जोनको ‘सत्यमेव जयते २’ भर्सेस सलमान स्टारर ‘राधे’

    बक्सअफिसमा हेभिवेट भीडन्त : इदमा जोनको ‘सत्यमेव जयते २’ भर्सेस सलमान स्टारर ‘राधे’

    काठमाडौं- सलमान खान स्टारर ‘राधे’ र जोन अब्राहमको ‘सत्यमवे जयते २’ बीच बक्सअफिस भीडन्त निश्चित भएको छ ।

    ‘सत्यमेव जयते २’ को पोस्टरमा नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ जहाँ जोनलाई एक्सन चरित्रमा प्रस्तुत गरिएको छ । अब यी दुई फिल्म आगामी इदमा प्रदर्शन हुनेछन् ।

    यी दुई एक्सन फिल्म दर्शकमाझ बहुप्रतीक्षित छन् । सत्यमवे जयते २ मा जोनको तीनवटा भूमिका हुने जनाइएको छ । जोन स्टारर यो फिल्मले थप पोस्टर लन्च गर्ने तयारी गरेको छ ।

    यसअघिका इद बिदामा सलमानका फिल्महरु मात्र एक्लो प्रदर्शनमा आउँथे । यसपटकको इद बिदामा भारतमा ४ दिनको बिदा तय भएको छ जसले गर्दा बक्सअफिसमा कमाइ राम्रो हुने अपेक्षा गरिएको छ ।

  • मिस वर्ल्डको मिति र स्थान घोषणा, मिस नेपाल नम्रताले थालिन् तयारी

    मिस वर्ल्डको मिति र स्थान घोषणा, मिस नेपाल नम्रताले थालिन् तयारी

    काठमाडौं- कोरोनाभाइरस महामारीले रोकिएको सन् २०२१ को विश्व सुन्दरी प्रतियोगिता (मिस वर्ल्ड)को मिति र स्थान घोषणा भएको छ ।

    ७० औं मिस वर्ल्ड आगामी डिसेम्बर १६ मा अमेरिकाको पुएर्तो रिकोमा आयोजना हुने भएको छ । मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरका अनुसार मिति घोषणासँगै वर्तमान मिस नेपाल नम्रता श्रेष्ठलाई तयारीका लागि प्रशस्त समय मिलेको छ ।

    यसैसातादेखि नम्रताले मिस वर्ल्डका लागि तयारी सुरु गरेकी छिन् । उनी चाँडै ब्यूटी अफ पर्पसको प्रोजेक्ट र भिडियो निर्माणमा पनि सक्रिय हुने जानकारी हिडन ट्रेजरले दिएको छ । रचना शर्मा गुरुङले नम्रतालाई कोरियोग्राफी सिकाइरहेकी छिन् ।

    नयाँ मिस वर्ल्डलाई गतवर्षकी विश्व सुन्दरी जमैकाकी टोनी आनसिङले ताज पहिर्‍याउनेछिन् । टोनी लकडाउनअघि नेपाल भ्रमणमा समेत आएकी थिइन् ।

    आगामी डिसेम्बर छेकोमै नयाँ मिस नेपालको समेत घोषणा हुनेछ । नयाँ आउने मिस नेपालले चाहिँ सन् २०२२ को विश्व सुन्दरी प्रतियोगितामा भाग लिनेछिन् । भाइरस महामारीले गर्दा तालिका प्रभावित भएको हो ।

  • वर्षाको सस्पेन्स-थ्रीलर ‘ए साथी सुन’ छायांकन सुरु

    वर्षाको सस्पेन्स-थ्रीलर ‘ए साथी सुन’ छायांकन सुरु

    काठमाडौं- वर्षा शिवाकोटीको मुख्य भूमिका रहने सस्पेन्स-थ्रीलर ड्रामा ‘ए साथी सुन’को छायांकन मंगलबारदेखि सुरु भएको छ । हेटौंडाबाट सुरु फिल्मांकन वीरगञ्जमा समेत हुनेछ ।

    नेपाल प्रेससँग कुरा गर्दै वर्षाले आफू रोचक भूमिकामा यो फिल्ममा चित्रण हुने बताइन् । वर्षा बाहेक अन्य कलाकार नयाँ छन् । ‘बदलाको कथामा फिल्म आधारित हुनेछ’ उनले भनिन्, ‘दर्शकले मेरो क्यारेक्टरमा इन्जोए गर्नुहुनेछ ।’

    रमेश बानियाँले वर्षाको अपोजिटमा स्क्रिन-सेयर गर्नेछन् । राघव आचार्यले निर्देशन गर्ने फिल्मलाई बीना कार्कीले निर्माण गर्ने भएकी छिन् । फिल्मलाई नयाँवर्षमा प्रदर्शन गर्ने निर्माताको तयारी छ ।

  • अस्कर अवार्ड मनोनयन घोषणा, ‘म्यांक’ सर्वाधिक १० विधामा (सूचीसहित)

    अस्कर अवार्ड मनोनयन घोषणा, ‘म्यांक’ सर्वाधिक १० विधामा (सूचीसहित)

    काठमाडौं– ९३ औं अस्कर अवार्डको मनोनयन सार्वजनिक भएको छ । भर्चुअलरुपमा सोमबार बेलुका नोमिनेसन घोषणा भएको हो ।

    प्रियंका चोपडा र उनका पति निक जोनसले २३ वटै विधाको मनोनयन घोषणा गरे ।

    नेटफिल्क्सले निर्माण गरेको फिल्म ‘म्यांक’ सर्वाधिक १० विधामा मनोनित भएको छ । अर्को प्रतीक्षित फिल्म नोमल्यान्ड ६ विधामा मनोनित भएको छ । शताब्दी लामो अस्कर इतिहासमा पहिलोपटक समावेशी मनोनयन घोषणा भएको जनाइएको छ ।

    आउँदो अप्रिल २५ मा अस्कर अवार्ड वितरण हुनेछ ।

    महत्वपूर्ण विधाका सूचि :

    फिल्म
    फादर
    जुडास एन्ड द ब्ल्याक मसिहा
    म्यांक
    मिनारी
    नोमल्यान्ड
    प्रमिसिङ योङ वुमन
    साउन्ड अफ मेटल
    द ट्रायल अफ दी सिकागो सेभेन

    निर्देशक
    थोमस भिन्टरवर्ग –एनदर राउन्ड
    एमेराल्ड फेनेल –प्रमिसिङ योङ वुमन
    डेभिड फिन्चर –म्यांक
    ली आइज्याक चुङ –मिनारी
    चोल झाओ –नोमल्यान्ड

    अभिनेत्री
    भायोला डेभिस –म राइनिज ब्ल्याक बटम
    आन्ड्रा डे –द युनाइटेड स्टेट्स भर्सेस बिल्ली होलिडे
    भेनेसा किरबाइ –पिसेज अफ अ वुमन
    फ्रान्सेस म्याकडरम्यान्ड –नोमल्यान्ड
    क्यारी मुलिगन –प्रमिसिङ योङ वुमन

    अभिनेता
    रिज अहमद –साउन्ड अफ मेटल
    चाडविक बोसम्यान –म राइनिज ब्ल्याक बटम
    एन्थोनी हपकिन्स –द फादर
    ग्यारी वल्डम्यान –म्यांक
    स्टिभन युनान –मिनारी

    छायांकन
    जुडास एन्ड द ब्ल्याक मसिहा
    म्यांक
    न्यूज अफ दी वल्र्ड
    नोमल्यान्ड
    द ट्रायल अफ दी सिकागो सेभेन

    सम्पादन
    द फादर
    नोमल्यान्ड
    प्रमिसिङ योङ वुमन
    साउन्ड अफ मेटल
    द ट्रायल अफ दी सिकागो सेभेन

    अन्तर्राष्ट्रिय फिचर
    डेनमार्क –एनादर राउन्ड
    हङकङ –बेटर डेज
    रोमानिया –कलेक्टिभ
    ट्युनिसिया –द म्यान हु सोल्ड हिज स्किन
    बोस्निया एन्ड हर्ज गोभिना –क्यो भाडिस ऐडा ?

     

  • आमिर खानद्वारा सामाजिक संजाल त्यागेको औपचारिक घोषणा

    आमिर खानद्वारा सामाजिक संजाल त्यागेको औपचारिक घोषणा

    मुम्बई- बलिउड अभिनेता आमिर खानले सामाजिक संजाल प्रयोग नगर्ने औपचारिक घोषणा गरेका छन् । जन्मदिन मनाएको एकदिनपछि सोमबार उनले आइन्दा सामाजिक संजाल नचलाउने बताएका हुन् ।

    प्रशंसकलाई जन्मदिनको धन्यवाद दिन पोस्ट गरिएको ट्वीटललाई उनले अन्तिम भनेका छन् । काममा सक्रिय हुनको लागि आफूले मोबाइललाई छाडेको समेत उनले उल्लेख गरेका छन् ।

    आमिर खानले सामाजिक संजाल छाडेपछि आमिर खान प्रोडक्सनले नयाँ ट्वीटर ह्यान्डल लन्च गरेको छ । आमिरको यही ह्यान्डलले उनको बारेमा जानकारी गराउने भएको छ ।

  • सोनीद्वारा क्राइम थ्रीलर ‘काठमाण्डू कनेक्सन’ टीजर रिलिज

    सोनीद्वारा क्राइम थ्रीलर ‘काठमाण्डू कनेक्सन’ टीजर रिलिज

    काठमाडौं- भारतको सोनी टेलिभिजनले सन् १९९३ को चर्चित मुम्बइ विस्फोट घटनामा आधारित टिभी सिरिज ‘काठमाण्डू कनेक्सन’को टीजर इन्टरनेट रिलिज गरेको छ ।

    मुम्बइ विस्फोट, होटल संचालक र पत्रकार अपहरणका तत्कालिन घटनामा नेपाली राजधानीसँग सम्बन्ध देखिएको चित्रण यसमा छ । सोनीको सहायक टेलिभिजन सोनी लाइभले यसलाई स्ट्रिमिङ गर्ने भएको छ ।

    यो क्राइम थ्रीलर सिरिजमा अमित सियाल, गोपाल दत र अक्ष प्रदर्शनको मुख्य भूमिका छ । आगामी अप्रिलमा यो सिरिजलाई प्रिमियर गर्ने सोनीले जनाएको छ ।

    हेर्नूस टीजर :

  • प्रमोद र छुल्ठिमको फिल्म ‘ए’ छायांकन मंगलबारदेखि, यस्तो छ अग्रहरिको जासुसी लुक्स

    प्रमोद र छुल्ठिमको फिल्म ‘ए’ छायांकन मंगलबारदेखि, यस्तो छ अग्रहरिको जासुसी लुक्स

    काठमाडौं- अभिनेता प्रमोद अग्रहरी नेफ्टा फिल्म अवार्ड सेरेमोनीमा भिन्न लुक्समा भेटिए । लामो दाह्री र खिरिलो ज्यानको अवतारमा उनको लुक्स स्टाइलिस देखिन्थ्यो ।

    दाह्री र ज्यान बनाउनु चाहिँ उनको सौख होइन । बरु, मंगलबारदेखि छायांकन सुरु हुने फिल्म ‘ए’ को पात्र लुक्सका लागि उनले यस्तो गेटअप बनाएका हुन् ।

    सस्पेन्स थ्रीलर बताइएको यो फिल्ममा प्रमोदलाई एक जासुसी पात्रको रुपमा देख्न सकिन्छ । झमकबहादुर फेम्ड निर्देशक बोमन कटुवालले निर्देशन गर्ने फिल्ममा प्रमोद एक मुख्य पात्र हुन् ।

    सोहित मानन्धर, प्रवीण खतिवडा, रिस्ता बस्नेत, छुल्ठिम गुरुङ लगायतको मुख्य भूमिका छ । सोहितले यसमा प्रहरी अधिकृतको भूमिका निर्वाह गर्दैछन् ।

    मंगलबार पाटनदेखि छायांकन सुरु हुने फिल्म काठमाडौं र बनेपा लगायतका थलोमा हुनेछ । प्रल्हाद काफ्ले निर्माता हुन् । अग्रहरि अभिनित अन्य दुई फिल्म मन्द मन्द र एक वर्ष २०७८ मा प्रदर्शन तयारीमा छन् ।

  • आलिया भइन् २८, जन्मदिनमा ‘सीता’ लुक्स रिलिज

    आलिया भइन् २८, जन्मदिनमा ‘सीता’ लुक्स रिलिज

    मुम्बई- बलिउड डीभा आलिया भाट सोमबारदेखि २८ वर्षमा प्रवेश गरेकी छिन् । अभिनय करियर सुरु गरेको ८ वर्षमै उनको लोकप्रियताको ग्राफ चुलिएको छ ।

    जन्मदिन अवसरमै आलियाले सोमबार आफ्नो आगामी फिल्म आरआरआरको फस्टलुक पोस्टर सार्वजनिक गरेकी छिन् । ‘बाहुबली’ फेम्ड एसएस राजामौली निर्देशित उक्त फिल्ममा आलियाले सीता नामक पात्रको भूमिका चित्रण गरेकी छिन् ।

    सीता पात्रकै पोस्टर उनले सार्वजनिक गरेकी हुन् । निर्माताले फस्टलुक आउटपछि आलियाका फ्यान खुशि भएका छन् । पोस्टरमा आलिया चार्मिङ देखिएकी छिन् । बोटल ग्रीन सारीमा सजिएकी आलिया र दियोलाई चित्रण गरिएको छ ।

    पिरियड ड्रामा आरआरआरमा जुनियर एनटीआर, राम चरम, अजय देवगण र आलियाको मुख्य भूमिका छ । उत्तर भारतको उपनिवेशवादी शासनको कालखण्डलाई चित्रण गरिएको छ । आउने अक्टोबर १३, २०२१ (असोज २७, २०७८ दशैं)मा फिल्म रिलिज हुनेछ ।